नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

37-01

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

मरियम

येशूको आमाको नाम पनि मरियम थियो । यिनी फरक स्‍त्री थिइन् ।

यो बिरामीको अन्त लाजरस मरेर जानेमा हुनेछैन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यो बिरामीको आखिरी परिणाम लाजरसको मृत्यु हुनेछैन” वा, “लाजरस बिरामी छन्, तर यो बिरामीको आखिरी परिणाम मृत्यु होइन ।” येशूका चेलाहरूले शायद सोचे कि यसको अर्थ लाजरस मर्ने थिएनन् । तर येशू जान्‍नुहुन्थ्यो कि, लाजरस तिनको बिरामीले गर्दा मर्ने भएतापनि, अन्तिममा जिउने थिए ।

37-02

तर उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन कुर्नभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले उहाँले गएर लाजरसलाई निको पार्नुभएको चाहे तापनि उहाँ आफू हुनुभएको ठाउँमा दुई दिन रहनुभयो ।”

यहूदिया

यसले इस्राएलको दक्षिणी भागलाई जनाउँछ, जहाँ यहूदाको कुलको बसोबास थियो । केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यहूदियाको क्षेत्र ।”

निदाएका छन्, र मैले तिनलाई उठाउनुपर्छ ।

यो पदावलीलाई “निदाएको” र “उठाउनु”को लागि भएका साधारण शब्दहरूको प्रयोग गरेर तपाईंको भाषामा अनुवाद गर्नुहोस् । येशूले यी शब्दहरूको प्रयोग फरक अर्थ राखेर गरिरहनुभएको भएतापनि, चेलाहरूले त्यसलाई अझै बुझेनन् ।

37-03

उनी राम्रो हुनेछन्

चेलाहरूले यसको यसरी अर्थ लगाए, “अब हामीलाई तिनीकहाँ जानुको कुनै औचित्य नै छैन, किनकि तिनी निको हुनेछन् ।”

म आनन्दित छु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म खुशी छु” वा, “यो असल हो कि ।” यसको अर्थ उहाँ लाजरस मरेकोमा खुशी हुनुहुन्थ्यो भन्‍ने होइन, बरु तर उहाँ खुशी हुनुहुन्थ्यो कि परमेश्‍वरले उहाँ कति महान् हुनुहुन्छ भनेर देखाउन गइरहनुभएको थियो ।

37-04

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७:०१

येशूलाई भेट्न बाहिर गइन्

अर्थात, “येशू सहरमा आइरहनुहुँदा उहाँलाई भेट्न गइन् ।”

मेरो भाइ मर्ने थिएन ।

अर्थात, “तपाईंले मेरो भाइलाई निको पार्नुहुने थियो र ऊ मर्ने थिएन” वा, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो ।”

तिमीहरूले उहाँसँग मागको जे पनि कुरा तिमीहरूलाई दिनुहुनेछ

अर्थात, “तिमीहरूले उहाँलाई बिन्ती गरेको जे पनि कुरा गर्नुहुनेछ ।”

37-05

म पुनरुत्थान र जीवन हुँ

यो “म हुँ” भन्‍ने थुप्रै धेरै शक्तिशाली भनाईहरूमध्येको एउटा हो जसमा येशूले उहाँको आधारभूत स्वभावको बारेमा केही भन्‍नुहुन्छ । यसमा चाहिँ, येशूले उहाँ पुनरुत्थान र जीवनको “प्रदायक” वा, “श्रोत” हुनुहुन्छ भनेर सङ्‍केत दिनुभयो । यदि सम्भव छ भने, यो उहाँको आधारभूत स्वभाव हो भनेर प्रस्ट पार्ने किसिमले यो पदावलीलाई अनुवाद गर्नुहोस् । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “म नै हुँ जसले मानिसहरूलाई बिउताउँछ र तिनीहरूलाई जिउने तुल्याउँछ ।”

ऊ मरेतापनि बाँच्‍नेछ

अर्थात, “ऊ मरेतापनि, सदासर्वदाको लागि बाँच्‍नेछ ।” अङ्‍ग्रेजी शब्द “ऊ”ले केवल पुरुष मानिसहरूलाई मात्र जनाउँदैन । येशूलाई विश्‍वास गर्ने स्‍त्रीहरू पनि सदासर्वदाको जिउनेछन् ।

कहिल्यै मर्नेछैनन्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “सदासर्वदाको लागि जिउनेछन् ।”

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७:०१

37-06

मरियम

यिनी ३७:०१ मा भएको उही स्‍त्री हुन्, येशूको आमा होइन ।

येशूको पाउमा परिन्

अर्थात, आदरको चिन्ह स्वरूप “येशूको पाउ अगाडि घुँडा टेकिन्” ।

मेरो भाइ मर्ने थिएन ।

अर्थात, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो” वा, “तपाईंले मेरो भाइको मृत्युलाई रोक्‍न सक्‍नुहुन्थ्यो” वा, “मेरो भाइ अझै जीवित हुने थियो ।”

37-07

उहाँले तिनीहरूलाई भन्‍नुभयो

अर्थात, “उहाँले त्यहाँ भएका मानिसहरूलाई भन्‍नुभयो ।” उहाँले ढुङ्‍गा गुडाएर हटाउनको लागि सम्भवतः मरियम र मार्थालाई भनिरहनुभएको थिएन ।

ढुङ्‍गा गुडाएर हटाओ

केही भाषाहरूले यसो भन्‍न रोज्‍न सक्छन्, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाओ ।”

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७:०१

ऊ चार दिन देखि मृत छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “ऊ चार दिन अगाडि मर्‍यो अनि उसको शरीर त्यहाँ छ ।”

37-08

के मैले तिमीलाई भनिन र ?

अर्थात, “मैले तिमीलाई के भनेँ, सो सम्झ ।” येशूले यो प्रश्‍न जवाफ पाउनको लागि सोधिरहनुभएको छैन, त्यसैले केह भाषाहरूले यसलाई एउटा आज्ञाको रूपमा अनुवाद गर्नुपर्छ ।

परमेश्‍वरको शक्ति हेर

अर्थात, “परमेश्‍वरको शक्ति प्रदर्शित भएको हर” वा, “परमेश्‍वरले उहाँ कति शक्तिशाली हुनुहुन्छ भनेर देखाउनुभएको हेर ।”

ढुङ्‍गालाई गुडाएर हटाए

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “चिहानको प्रवेशद्वारबाट ढुङ्‍गालाई गुडाएर हटाए ।”

37-09

मलाई सुनिरहनुहुँदा

अर्थात, “मलाई ध्यान दिएर सुनिरहनुहुँदा ।” यो कुरा थप्दा सहयोगी हुन सक्छ, “जसै म तपाईंलाई प्रार्थना गर्छु” वा, “जब म तपाईंसँग कुरा गर्छु ।”

बाहिर आऊ

केही भाषाहरूले यसो भन्‍न रोज्‍न सक्छन्, “चिहानबाट बाहिर आऊ ।”

37-10

लाजरस बाहिर आए !

केही भाषाहरूले यसो भन्‍नुपर्छ, “लाजरस चिहानबाट बाहिर आए !”

चिहानको कपडाहरू

अर्थात, “मलामीको कपडाहरू ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “मलामीको बाँधपट्टिहरू” वा, “कपडाको पट्टिहरू ।”

यो आश्‍चर्यकर्मको कारण

अर्थात, “किनकि परमेश्‍वरले यो उदेकलाग्दो आश्‍चर्यकर्म गर्नुभएको थियो” वा, “किनकि येशूले लाजरसलाई फेरि जीवित भएर आउने बनाउनुभएको थियो ।”

37-11

डाह गरे

अर्थात, “येशूको शक्ति र प्रसिद्धिको डाही थिए” वा, “त्यति धेरै यहूदीहरूले येशूमा विश्‍वास गरिरहेको कारण डाही थिए ।”

एकसाथ भेला भए

अर्थात, “सँगै भेट भए” वा, “एकसाथ जुटे ।” यो सल्लाह नगरिकनै कहिलेकाहीँ कुनै बेलामौका परेर हुने वैठक थिएन, तर एउटा विशेष उद्देश्‍यको लागि भएको वैठक थियो, जसको उद्देश्‍य थियो-येशूलाई कसरी मार्ने भनेर योजना गर्न ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।