नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

36-01

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

याकूब

यिनी बाइबलमा याकूबको पुस्तक लेख्‍ने व्यक्ति भन्दा फरक याकूब हुन् । यसलाई प्रस्ट बनाउनको लागि, केही भाषाहरूले दुई थोरै फरक नामहरूको प्रयोग गर्न वा फरक हिज्‍जेसँग लेख्‍न आवश्‍यक हुन सक्छ ।

36-02

ज्यादा सेतो

अर्थात, “बढि सेतो ।”

36-03

देखा परे

यसरी भन्‍न सम्भव छ, “कता हो कताबाट देखा परे ।” तिनीहरू अचानक त्यहाँ थिए ।

यरूशलेममा

केही भाषाहरूले यसो भन्‍न रुचाउन सक्छन्, “यरूशलेमको सहरमा ।”

36-04

वासहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “ठूलो घरसँग भित्ता जोडिएको सानो वासघर” वा, “बारीमा बनाइएका झुप्रोहरू” वा, “पालहरू ।” यसले यहूदीहरूले वार्षिक यहूदी बिदामा रूखका हाँगाहरूबाट बनाउने जस्ता साना, एकल, अस्थायी वासहरूलाई जनाउँछ ।

उनले के भनिरहेका थिए जानेनन्

अर्थात, “जे भइरहेको थियो सो कुरा नबुझिकनै बोलिरहेका थिए” वा, “स्‍पष्‍टसँग नसोचिकनै बोले किनभने उनी अत्यन्तै उत्साहित थिए ।”

36-05

बादलबाट आइरहेको एउटा आवाज । त्यसले भन्यो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “एउटा आवाजले बादलबाट यसो भन्दै बोल्यो” वा, “परमेश्‍वरले बादलबाट बोल्नुभयो र भन्‍नुभयो ।”

उहाँलाई सुन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ नै हुनुहुन्छ जसलाई तिमीहरूले सुन्‍नुपर्छ ।”

भयभीत

अर्थात, “असाध्यै तर्सिएका ।”

भुइँमा लडे

अर्थात, “झट्टै भुइँतिर निहुरे” वा, “तुरुन्तै तल भुइँमा झरे ।” यो कुरा पक्‍का गर्नुहोस् कि “लडे” शब्दको अनुवाद कुनै दुर्घटना जस्तो नसुनियोस् । तिनीहरूले सम्भवतः आश्‍चर्य र डरमा परेर यो कुरा जानाजान गरे ।

36-06

तिनीहरूलाई छुनुभयो

अर्थात, “तिनीहरू माथि उहाँको हात राख्‍नुभयो ।” केही भाषाहरूले उहाँले तिनीहरूलाई कहाँ छुनुभयो भनेर बताउन रोज्‍न सक्छन् । यदि त्यसो हो भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँले तिनीहरूलाई काँधमा छुनुभयो” वा, “उहाँले हरेकको काँधमा उहाँको हात राख्‍नुभयो ।”

नडराओ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “डराउन छोड ।”

उठ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उभ” वा, “कृपया उठ ।” यो कुरा पक्‍का गर्नुहोस् कि येशूले यो कुरा दयाका साथ भन्‍नुभएको जस्तो सुनिन्छ ।

त्यहाँ अझै भइरहनुभएको भनेको येशू मात्रै हुनुहुन्थ्यो

यो थप्‍न पनि सम्भव छ, “मोशा र एलिया गइसकेका थिए ।”

36-07

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।