नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

46-01

स्तिफनसलाई मार्ने मानिसहरूका वस्‍त्रहरूलाई रखवाली गरे

४५:०६ मा हेर्नुहोस् ।

घरघरै

अर्थात, “धेरै घरहरूमा ।”

दमस्कस

दमस्कस हाल सिरिया देशको राजधानी हो । शाऊलको समयमा, यो रोमी साम्राज्यको अधीनमा रहेको एउटा सहर थियो । त्यहाँ भएका अधिकांश मानिसहरू यहूदीहरू थिएनन्, तर त्यहाँ केही यहूदीहरू र केही ख्रीष्‍टिएनहरू पनि रहन्थे ।

46-04

तर हननियाले भने

यदि यहाँ “तर” शब्दको प्रयोग किन गरिएको छ भनेर प्रस्‍ट हुँदैन भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर हननिया डराए, र त्यसैले भने ।”

परमेश्‍वरले उनलाई जवाफ दिनुभयो

परमेश्‍वरले यो किन भन्‍नुभयो भनेर स्पष्‍ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हननियालाई भरोसा दिलाउनलाई, परमेश्‍वरले भन्‍नुभयो ।”

मेरो नाम घोषणा गर्न

अर्थात, “मेरो बारेमा सिकाउन” वा, “मलाई परिचित गराउन ।”

मेरो नामको खातिर

अर्थात, “मेरो लागि” वा, “मेरो कारणले” वा, “किनकि उनले मेरो सेवा गर्छन्” वा, “किनकि उनले मेरो बारेमा अरूहरूलाई सिकाउँछन् ।”

46-05

यहाँ

अर्थात, “दमस्कसमा ।”

46-06

तत्कालै

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तुरुन्तै” वा, “तब ।”

यहूदीहरूसँग बहस गरे

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यहूदीहरूलाई येशूमा विश्‍वास गर्नको लागि गतिला कारणहरू दिए ।” वा, “यहूदीहरूसँग मनाउने ढङ्‍गले कुरा गरे ।”

46-07

सहरका ढोकाहरू

पर्खालले घेरेका सहरहरूको भित्र र बाहिर गर्ने साधारण मार्ग भनेको ढोकाहरू मात्रै थियो ।

एउटा डालोमा हालेर सहरको पर्खालबाट उनलाई तल झारे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उनलाई एउटा ठूलो डालो भित्र बस्‍नलाई सहयोग गरे र उनलाई सहरको पर्खालबाट त्यहि डालोसँगै तल झारे ।”

46-08

शाऊललाई स्‍वीकार गरे

अर्थात, “शाऊल पनि येशूमा विश्‍वासी हुन् भनेर विश्‍वास गरे ।”

46-09

एन्टिओखियाको सहर

यो एउटा प्राचीन सहर थियो जुन हालको टर्कि देशको सुदूर दक्षिणी टुप्पोमा, सिरियासँगको त्यसको सिमाना नजिकै र भूमध्यसागरको छेवैमा रहेको क्षेत्रमा अवस्थित थियो । यो यरूशलेमबाट ४५० माइल उत्तर-पश्‍चिममा थियो ।

मण्डलीलाई बलियो बनाउनको लागि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मण्डलीलाई आत्मिक रूपले वृद्धि हुन सहायता गर्नलाई” वा, “येशूमा विश्‍वासीहरूलाई तिनीहरूको विश्‍वासमा बलियो भएर बढ्नलाई सहायता गर्नको लागि” वा, “येशूलाई अझ बढि दह्रोसँग विश्‍वास गर्न मानिसहरूलाई सहायता गर्नको लागि ।”

46-10

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

मेरो लागि अलग गर ...

यो वाक्यलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मैले पावल र बारनाबासलाई जुन विशेष काम गर्नको लागि छानेको छु, त्यसको लागि तिनीहरूलाई नियुक्त गर ।”

मण्डली

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विश्‍वासीहरू” वा, “ख्रीष्‍टिएनहरू ।”

तिनीहरू माथि उनीहरूका हात राखे

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरू माथि उनीहरूका हातहरू राखेर तिनीहरूलाई पवित्र आत्माको शक्ति र अधिकारले आशिष् दिए” वा, “तिनीहरूको आत्मामा भएको एकताको चिन्ह स्वरूप उनीहरूका हातहरू तिनीहरू माथि राखे ।” केही भाषाहरूमा उनीहरूले उनीहरूका हातहरू कहाँ राखे भनेर बताउनुपर्ने हुनसक्छ । यदि त्यसो हो भने, उनीहरूले उनीहरूका हातहरू तिनीहरूका शिर, काँध वा ढाडमा राखे भनेर तपाईंले बताउन सक्‍नुहुन्छ ।

तिनीहरूलाई बाहिर पठाए

अर्थात, “तिनीहरूलाई पठाए” वा, “तिनीहरूलाई तिनीहरूका यात्रामा पठाए ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।