नेपाली (Nepali): Open Bible Stories Translation Notes

Updated ? hours ago # views See on DCS

32-01

गेरासेनी मानिसहरू

गेरासेनीहरू गालील समुद्रको पूर्वी किनाराको छेउमा भएको क्षेत्रमा बस्दथे । तिनीहरू यहूदीहरूका सन्तानहरू थिए, तर हामी तिनीहरूको बारेमा कमै मात्र जान्दछौँ ।

32-02

... लाई भूत लागेको थियो

अर्थात, “उसमा भूतहरू थिए” वा, “दुष्‍ट आत्माहरूबाट नियन्‍त्रित थिए ।”

32-03

उसका पाखुराहरू र खुट्टाहरू बाँधिन्थ्यो

अर्थात, “बन्देज लगाइएको थियो” वा, “बन्धित ।”

तिनीहरूलाई छिनालिराख्थ्यो

केही भाषाहरूले यसो भन्‍न जरुरी हुन सक्छ, “साङ्लाहरूलाई छिनालिराख्थ्यो ।”

32-04

चिहानहरू हुँदो

अर्थात, “चिहानहरूको नजिकै” वा, “चिहानहरूको वरिपरि ।”

32-05

उहाँको सामु घुँडा टेक्यो

यो चाहिँ उसले आफू येशूको चरणमा परिरहेको थियो र उहाँको सहयोगको लागि बिन्ती बिसाइरहेको थियो भन्‍ने कुरालाई जनाउने सङ्केतात्मक कार्य थियो । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/translate-symaction/01.md)

भन्‍नुभयो, “यस मानिसबाट बाहिर आइज !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छः “त्यसलाई ती मानिसबाट बाहिर आउनका लागि भन्‍नुभयो !” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-quotations/01.md)

32-06

चिच्‍यायो

अर्थात, “करायो” वा, “अचम्ममा परेर करायो ।”

तपाईं मसँग के चाहनुहुन्छ

यो अभिव्यक्तिको अर्थ हुन्छ, “तपाईं मलाई के गर्न जाँदै हुनुहुन्छ ?”

सबैभन्दा उच्‍चका परेमश्‍वर

अर्थात, “सर्वोच्‍च परमेश्‍वर” वा, “सबैभन्दा सार्वभौम परमेश्‍वर” वा, “सर्वशक्तिमान् परेमश्‍वर ।” यहाँ “उच्‍च”को अर्थले परमेश्‍वरको महानतालाई जनाउँछ । यसले उचाई वा अग्लो हुनुलाई जनाउँदैन ।

फौज

यो भूतहरूको समूहको नाम थियो, तर यसले भूतहरू निकै अनगिन्ती थिए भनेर पनि वर्णन गर्छ । यो नामलाई प्रयोग गर्नुहोस् यदि तपाईंको भाषामा त्यसपछि आउने टिप्पणीले अर्थलाई स्पष्‍ट बनाइदिन्छ । होइन भने, तपाईंले त्यसलाई केही अरू भनेर अनुवाद गर्न आवश्‍यक हुन सक्छ, जस्तै, “सेना” वा, “भीड” वा, “हजारौँ ।”

हामी धेरै छौँ

अर्थात, “हामीहरू यहाँ धेरै छौँ” वा, “हामी धेरै भूतहरू हौँ ।”

32-07

हामीलाई नपठाउनुहोस्

अर्थात, “हामीलाई जाने नबनाउनुहोस् ।”

कृपया हामीलाई पठाउनुहोस्

अर्थात, “कृपया हामीलाई जान दिनुहोस् ।”

साटोमा

अर्थात, “हामीलाई जान लाउनको साटोमा ।”

32-08

बगाल

अर्थात, “सुँगुरहरूको बगाल” वा, “सुँगुरहरूको झुण्ड ।” धेरै भाषाहरूमा जनावरहरूका समूहहरूको लागि खास नामहरू हुन्छन्, जस्तै “भेडाहरूको बथान”, “वस्तुभाउहरूको बगाल”, “कुकुरहरूको ‍हुल” र “माछाहरूको हुल ।” त्यो एउटा शब्दको प्रयोग गर्नुहोस् जसलाई सुँगुरहरूको ठूलो समूहको लागि ठीकसँगले प्रयोग गर्न सकिन्छ ।

32-09

जे भयो

अर्थात, “कसरी येशूले भूतहरूलाई त्यस मानिसबाट सुँगुरहरूमा पठाउनुभएको थियो ।”

जसलाई भूतहरू लागेको थियो

अर्थात, “जसभित्र भूतहरू रहेका थिए” वा, “जो दुष्‍ट आत्माहरूबाट नियन्‍त्रित भएको थियो ।”

32-10

मानिसहरू

केही भाषाहरूले यसो भन्‍न रोज्न सक्छन्, “त्यस क्षेत्रबाटका मानिसहरू” वा, “गेरासेनी मानिसहरू ।”

डराएका

यसो भन्‍नु बढि राम्रो हुन सक्छ, “येशूले जे गर्नुभएको थियो त्यसको कारण डराएका ।”

येशूसँगै जानलाई बिन्ती गर्‍यो

अर्थात, “उसलाई उहाँसँगै आउन दिनको लागि येशूलाई बिन्ती गर्‍यो” वा, “येशूलाई ऊ पनि उहाँसँगै जान सक्थ्यो कि भनेर दृढताका साथ सोध्यो ।”

32-11

कसरी उहाँले तिमीमाथि दया गर्नुभएको छ

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “कसरी उहाँले तिमीलाई दया देखाउनुभएको छ” वा, “कि उहाँ तिमीप्रति दयालु हुनुभएको छ ।”

32-12

उसको कथा सुने

अर्थात, “त्यस मानिसले उससँग के भएको थियो भनेर बताएको कुराहरू सुने ।”

32-13

उहाँलाई ठेलमठेल गर्न थाले

अर्थात, “उहाँतिर जोडले घचेट्न थाले” वा, “उहाँको वरिपरि टाँसिएर भीड लाग्‍न लागे ।”

तिनी झन् खराब मात्र भइन्

अर्थात, “तिनको अवस्था अझ नराम्रो मात्र भयो” वा, “तिनको स्वास्थ्य राम्रो हुनुको साटोमा झन् खराब भयो” वा, “त्यसको साटोमा तिनी झन् बिरामी भइन् ।”

32-14

म निश्‍चित छु कि यदि मैले येशूका वस्‍त्रहरू छुन मात्र सकेँ भने, तब म पनि निको हुनेछु !

तिनले यो कुरा आफैँलाई येशूको वस्‍त्र छुनभन्दा अगाडि भनिन् । तिनले येशूको वस्‍त्रलाई किन छोइन् भनेर यसले बताउँछ । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-events/01.md)

यदि मैले येशूको वस्‍त्रहरू छुन मात्र सकेँ भने

यहूदी व्यवस्थाअनुसार, तिनले कसैलाई छुन हुँदैनथ्यो । तिनले उहाँका वस्‍त्रहरू छोइन् ताकि येशूको शक्तिले तिनलाई निको पारिदिओस् र पनि (तिनले सोचिन् कि) तिनले छोइन् भनेर उहाँले थाहा पाउनुहुने थिएन । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-explicit/01.md)

म निको पारिनेछु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/*_ta/src/branch/master/translate/figs-activepassive/01.md)

32-15

शक्ति उहाँबाट बाहिर गएको थियो

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “उहाँबाट निको पार्ने शक्ति अरू कसैमा बगेको थियो” वा, “उहाँको शक्तिले कसैलाई निको पारेको थियो ।” येशूले यसको कारण कुनै शक्ति गुमाउनुभएको चाहिँ होइन ।

तपाईंले किन सोध्‍नुभयो, ‘कसले मलाई छोयो ?’

केही भाषाहरूमा एउटा अप्रत्यक्ष उद्धरणको प्रयोग गर्नु बेस हुन सक्छ जस्तै, “तपाईंलाई कसले छोइरहेको थियो भनेर किन सोध्‍नुभयो ?” वा, “तपाईंलाई कसले छोयो भनेर तपाईं किन अचम्म मानिरहनुभएको छ ?”

32-16

तिनको घुँडा टेकिन्

अर्थात, “तुरुन्तै घुँडा टेकेर तल बसिन् ।”

येशूको अगाडि

अर्थात, “येशूको सामुन्‍नेमा ।”

काम्दै र धेरै डराएर

अर्थात, “डरले काम्दै” वा, “तिनी डराएका कारण काँप्दै ।”

तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिमीलाई निको पार्नुभएको छ किनभने तिमीले उहाँमा भरोसा गर्‍यौ ।”

शान्तिसँग जाऊ ।

मानिसहरूले एक अर्काबाट छुट्टिँदा यो परम्परागत आशिष् बोल्ने गर्थे । अरू भाषाहरूले पनि यस्तै केही भन्‍न सक्छन्, जस्तै, “राम्रोसँग जाऊ”, “परमेश्‍वरको साथमा जाऊ” वा, “शान्ति ।” यसलाई अनुवाद गर्ने अरू तरिकाहरू यी हुन सक्थे, “तिमी जाँदै गर्दा तिमीलाई शान्ति होस्” वा, “जाऊ र जान कि हामी बीच सबैकुरा राम्रै छ ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।