Mark
Mark front
मर्कुसको सुसमाचारको परिचय
भाग १: सामान्य परिचय
मर्कुसको पुस्तकको रूपरेखा
- परिचय (१:१-१३)
- गालीलमा येशूको सेवकाइ
- सुरुको सेवकाइ (१:१४-३:६)
- येशू मानिसहरूको सामु अझ बढी लोकप्रिय बन्नुहुन्छ (३:७-५:४३)
- गालीलबाट गएको र त्यसपछि फर्केको (६:१-८:२६)
- यरूशलेमतर्फको यात्रा, येशूले उहाँको आफ्नै मृत्युको भविष्यवाणी गर्नुहुँदा पनि बारम्बार त्यहाँ गएको; चेलाहरूले गलत बुझ्छन्, र येशूले तिनीहरूलाई उहाँलाई पछ्याउन कति गाह्रो हुनेछ भनेर सिकाउनुहुन्छ (८:२७-१०:५२)
- सेवकाइका अन्तिम दिनहरू र यरूशलेममा हुने अन्तिम द्वन्द्वको लागि तयारी (११:१-१३:३७)
- ख्रीष्टको मृत्यु र रित्तो चिहान (१४:१-१६:८)
मर्कुसको पुस्तक केको बारेमा हो ?
मर्कुसको सुसमाचार नयाँ करारमा भएका चारवटा पुस्तकहरूमध्ये एक हो जसले येशू ख्रीष्टको जीवनका पक्षहरूलाई वर्णन गर्छन् । सुसमाचारहरूका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूको बारेमा लेखे । येशूले कसरी दुःखभोग गर्नुभयो र क्रूसमा मर्नुभयो भन्ने विषयमा मर्कुसले निकै लेखे । उनले सतावट खेपिरहेका उनका पाठकहरूलाई प्रोत्साहन गर्नलाई यसो गरे । मर्कुसले यहूदी परम्पराहरू र केही आरमेइक शब्दहरूलाई पनि व्याख्या गरे । यसले सङ्केत गर्न सक्छ कि मर्कुसले उनका अधिकांश पहिला पाठकहरू अन्यजातिहरू हुनेछन् भन्ने अपेक्षा गरे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “मर्कुसको सुसमाचार” वा “मर्कुसको अनुरूप भएको सुसमाचार” भनेर बोलाउनलाई छान्न सक्छन् । तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तो कि, “येशूको बारेमा भएको सुसन्देश जुन मर्कुसले लेखे” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
मर्कुसको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि, अधिकांश ख्रीष्टिएनहरूले विश्वास गरेका छन् कि लेखक चाहिँ मर्कुस नै थिए । मर्कुसलाई यूहन्ना मर्कुस पनि भनेर चिनिन्थ्यो । उनी पत्रुसको नजिकका मित्र थिए । येशूले भन्नुभएको र गर्नुभएको कुराको साक्षी हुन मर्कुस आफैँले नपाएका हुन सक्छन् । तर धेरै विद्वानहरूले विचार गर्छन् कि मर्कुसले उनको सुसमाचारमा पत्रुसले उनलाई येशूको बारेमा भनेका कुराहरू लेखे ।
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
येशूका सिकाउने पद्धतिहरू के थिए ?
मानिसहरूले येशूलाई एक रब्बीको रूपमा सम्मान गर्थे । रब्बी भनेको परमेश्वरको व्यवस्थाको शिक्षक हो । येशूले इस्राएलमा भएका अन्य धार्मिक शिक्षकहरूले झैँ गरेर सिकाउनुभयो । उहाँका विद्यार्थीहरू थिए जसले उहाँलाई उहाँ जहाँ जानुभए पनि पछ्याउँथे । यी विद्यार्थीहरूलाई चेलाहरू भनिन्थ्यो । उहाँले धेरैपटक दृष्टान्तहरू भन्नुभयो । दृष्टान्तहरू भनेका कथाहरू हुन् जसले नैतिक पाठहरू सिकाउँछन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था अनि चेला अनि दृष्टान्त)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
सिनोप्टिक(उस्तै विचारधारा राख्ने) सुसमाचारहरू के-के हुन् ?
मत्ती, मर्कुस, र लूकाको सुसमाचारहरूलाई सिनोप्टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा भएका थुप्रै खण्डहरू उस्तै खालका छन् । “सिनोप्टिक” शब्दको अर्थ “एकसाथ देख्नु” भन्ने हुन्छ ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्यखण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्डहरूको अनुवाद हुन्छ, अनुवादकले सम्भव भएसम्म एउटै शब्दहरूको प्रयोग गर्नुपर्छ र तिनीहरूलाई उस्तै खालका बनाउनुपर्छ ।
किन येशूले आफैँलाई “मानिसको पुत्र” भनेर बोलाउनुहुन्छ ?
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भनेर बोलाउनुहुन्छ । यो चाहिँ दानिएल ७:१३-१४ गरिएको उल्लेख हो । यस खण्डमा “मानिसको पुत्र” भनेर वर्णन गरिएको एकजना व्यक्ति छन् । त्यसको अर्थ हो कि ती व्यक्ति कोही थिए जो मानव प्राणी झैँ देखिन्थे । परमेश्वरले मानिसको पुत्रलाई जातिहरूमाथि सदासर्वदाको लागि राज गर्नलाई अधिकार दिनुभयो । अनि सारा मानिसहरूले उहाँलाई सदासर्वदा आराधना गर्नेछन् ।
येशूको समयका यहूदीहरूले नामको रूपमा कसैको लागि पनि “मानिको पुत्र” प्रयोग गर्दैनथे । त्यसैकारण, येशूले उहाँ साँचो रूपमा को हुनुहुन्थ्यो भनेर बुझ्न तिनीहरूलाई सहायता गर्नको लागि त्यो आफ्नै लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र)
“मानिसको पुत्र” भन्ने नामलाई अनुवाद गर्न थुप्रै भाषाहरूमा गाह्रो हुन सक्छ । शाब्दिक अनुवादलाई पाठकहरूले गलत तवरमा बुझ्न सक्छन् । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्छन्, जस्तै, “मानव” । शीर्षकलाई व्याख्या गर्नका निमित्त पादटिप्पणी राख्नाले सहयोगी हुन सक्छ ।
किन मर्कुसले छोटो समयावधिहरूलाई सङ्केत गर्ने शब्दहरू बारम्बार प्रयोग गर्छन् ?
मर्कुसको सुसमाचारले “तुरुन्तै” भन्ने शब्द केही बयालीस पटक प्रयोग गर्छ । घटनाको विवरणहरूलाई अझ रोचक र प्रस्ट बनाउनलाई मर्कुसले यसो गर्छन् । यसले पाठकलाई एउटा घटनाबाट अर्को घटनामा छिटोछिटो गरेर लैजान्छ ।
मर्कुसको पुस्तकको पाठ्यखण्डमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरू बाइबलका पुराना संस्करणहरूमा पाइन्छन् तर अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन् । अनुवादकहरूलाई यी पदहरू समावेश नगर्नलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूको क्षेत्रमा, त्यहाँ बाइबलका पुराना संस्करणहरू छन् जसले यी पदहरूमध्ये कुनै एउटा वा सोभन्दा बढीलाई समावेश गर्छन् भने, अनुवादकरूले तिनलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूलाई समावेश गरिन्छ भने, तिनीहरू सम्भवतः मर्कुसको सुसमाचारबाट लिइएका मौलिक कुरा थिएनन् भनेर सङ्केत गर्नका लागि तिनीहरूलाई ठूला कोष्ठकहरूभित्र ([]) राखिनुपर्छ ।
- “यदि कुनै मानिसको सुन्ने कान छ भने, त्यसले सुनोस् ।” (७:१६)
- “जहाँ तिनीहरूको कीरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन” (९:४४)
- “जहाँ तिनीहरूको कीरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन” (९:४६)
- “अनि धर्मशास्त्र पूरा भयो जसले भन्छ, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’” (१५:२८)
निम्न दिइएको खण्ड सबैभन्दा सुरुका पाण्डुलिपिहरूमा पाइँदैन । अधिकांश बाइबलहरूले यसलाई समावेश गर्छन्, तर नयाँ बाइबलहरूले त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्छन् वा यो खण्ड मर्कुसको सुसमाचारबाट लिइएको मौलिक कुरा नहुन सक्छ भनेर कुनै तरिकाले जनाउँछन् । अनुवादकहरूलाई बाइबलका नयाँ संस्करणहरूले जस्तै किसिमको केही गर्नलाई सुझाव दिइन्छ ।
- “हप्ताको पहिलो दिन सबेरै, उहाँ जीवित हुनुभएपछि, उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात भूतहरू निकाल्नुभएको थियो । तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइदिइन्, जब तिनीहरू शोक मनाइरहेका र रोइरहेका थिए । तिनीहरूले उहाँ जीवित हुनुहुन्थ्यो र उहाँ तिनीबाट देखिनुभएको थियो भनी सुने, तर तिनीहरूले विश्वास गरेनन् । यसपछि उहाँ तिनीहरूमध्येका अरू दुईजनाकहाँ फरक रूपमा देखा पर्नुभयो जसै तिनीहरू गाउँतिर बाहिर गइरहेका थिए । तिनीहरू गए र बाँकीका चेलाहरूलाई बताइदिए, तर तिनीहरूले उनीहरूलाई विश्वास गरेनन् । येशू पछि एघारजनाकहाँ देखा पर्नुभयो जसै तिनीहरू टेबुलमा ढल्किरहेका थिए, र उहाँले तिनीहरूलाई तिनीहरूका अविश्वास र हृदयको कठोरताको लागि हप्काउनुभयो, किनभने तिनीहरूले उहाँ मरेकाहरूबाट बौह्रिउठिसक्नुभएपछि उहाँलाई देखेकाहरूलाई विश्वास गरेनन् । उहाँले तिनीहरूलाई भन्नुभयो, ‘सारा संसारमा जाओ, र समस्त सृष्टिलाई सुसमाचार प्रचार गर । विश्वास गर्ने र बप्तिस्मा लिनेले मुक्ति पाउनेछ, र विश्वास नगर्ने दोषी ठहरिनेछ । विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्ः मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् । तिनीहरूले सर्पहरूलाई तिनीहरूका हातले उठाउनेछन्, र यदि तिनीहरूले केही प्राणघातक कुराहरू पिए भने पनि त्यसले तिनीहरूलाई हानी गर्नेछैन । तिनीहरूले बिरामीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन् ।’ प्रभुले तिनीहरूसँग बोलिसक्नुभएपछि, उहाँ माथि स्वर्गतिर लगिनुभयो र परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो । चेलाहरू गए र सबैतिर प्रचार गरे, र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा समर्थन गर्नुभयो जुन तिनीहरूसँगै गए ।” (१६:९-२०)
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Mark 1
मर्कुस ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२-३ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“तपाईंले मलाई शुद्ध बनाउन सक्नुहुन्छ”
कुष्ठरोग छालाको एउटा रोग थियो जसले एक व्यक्तिलाई अशुद्ध र परमेश्वरलाई उचित तवरले आराधना गर्नलाई असक्षम बनाउँथ्यो । येशू मानिसहरूलाई शारीरिक रूपमा “शुद्ध” वा स्वस्थ बनाउन र साथसाथै आत्मिक रूपमा “शुद्ध” वा परमेश्वरको सामु धर्मी बनाउन सक्षम हुनुहुन्छ । (हेर्नुहोस्ः शुद्ध पार्नु, शुद्ध)
“परमेश्वरको राज्य नजिकै छ”
“परमेश्वरको राज्य” यस समयमा नै त्यहाँ थियो वा अझ आउँदै गरेको केही कुरा हो भन्ने विषयमा विद्वानहरू बहस गर्छन् । अङ्ग्रेजी अनुवादहरूले बारम्बार “हातैमा” भन्ने वाक्यांशलाई प्रयोग गर्छन्, तर यसले अनुवादकरूको लागि कठिनाइ पैदा गर्न सक्छ । अन्य संस्करणहरूले “आउँदैछ” र “नजिक आएको छ” भन्ने जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
Mark 1:1
सामान्य जानकारीः मर्कुसको पुस्तक येशूलाई बप्तिस्मा दिने यूहन्नाको आगमनबारे यशैयाले गरेको अगमवाणीसँगै सुरु हुन्छ । यसका लेखक मर्कुस हुन्, जसलाई यूहन्ना मर्कुस पनि भनिन्छ, जो मरियम नाम गरेका थुप्रै स्त्रीहरूमध्ये एकजनाका छोरा हुन् । तिनी बारनाबासका भान्जा पनि हुन् ।
Υἱοῦ Θεοῦ
यो येशूको निम्ति महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Mark 1:2
πρὸ προσώπου σου
यो एउटा वाक्पद्धति हो जसको अर्थ हुन्छ, “तिम्रो अगि ।” (हेर्नुहोस्ः टुक्काहरू)
προσώπου σου…τὴν ὁδόν σου
यहाँ “तिम्रो” शब्दले येशूलाई जनाउँछ र यो एकवचन हो । तपार्इंले अनुवाद गर्नुहुँदा “तिम्रो” सर्वनाम प्रयोग गर्नुहोस्, किनभने एउटा अगमवक्ताबाट लिइएको उद्धरण हो र तिनले येशूको नाउँ प्रयोग गरेका थिएनन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὃς
यसले सन्देशवाहकलाई जनाउँछ ।
κατασκευάσει τὴν ὁδόν σου
यसो गर्नुले प्रभुको आगमनको लागि मानिसहरूलाई तयार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिम्रो आगमनको लागि मानिसहरूलाई तयार गर्नेछन्” (हेर्नुहोस्ः रूपक)
Mark 1:3
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा एकजना कराइरहनेको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कसैले कराइरहेको आवाज सुने”
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου
“बाटोलाई परमप्रभुको लागि तयार पार ।” यसो गर्नुले परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले आफ्ना पापहरूको पश्चात्ताप गरेर यो गर्छन् । वैकल्पिक अनुवादः “परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार गर” वा “पश्चात्ताप गर र परमप्रभु आउनुहुनको लागि तयार होऊ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Mark 1:4
यी पदहरूमा “तिनी”, “तिनलाई” र “तिनको” शब्दहरूले यूहन्नालाई जनाउँछन् ।
ἐγένετο Ἰωάννης
तपार्इंको पाठकले अघिल्लो पदमा यशैयाले भनेको सन्देशवाहक यूहन्ना नै हुन् भनेर बुझेको होस् ।
Mark 1:5
πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμεῖται πάντες
“पूरै इलाका” भन्ने शब्दहरू त्यस इलाकामा बस्ने मानिसहरूलाई जनाउने अलङ्कार हो र सामान्यकरण गरिएको हो जसले मानिसहरूको ठूलो सङ्ख्यालाई जनाउँछ, तर प्रत्येक व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “यहूदिया र यरूशलेमबाटका धेरै मानिसहरू” (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)
ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν
तिनीहरूले यी कुराहरू एकै समयमा गरे । मानिसहरूलाई बप्तिस्मा दिइयो किनभने तिनीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरे । वैकल्पिक अनुवादः “जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे, यूहन्नाले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Mark 1:7
ἐκήρυσσεν
“यूहन्नाले घोषणा गरे”
οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ
यूहन्नाले येशू कति महान् हुनुहुन्छ भनी देखाउन आफैँलाई नोकरसँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “म उहाँका जुत्ताहरू फुकाल्ने जस्ता तुच्छ काम गर्न पनि योग्यको छैन” (हेर्नुहोस्ः रूपक)
τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ
त्यस बेला जब येशू पृथ्वीमा हुनुहुन्थ्यो, मानिसहरूले प्राय छालाले बनेको चप्पललाई छालाकै फित्ताले खुट्टामा बाँधेर लगाउँथे ।
κύψας
“झुक्न”
Mark 1:8
αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ
यस अलङ्कारले यूहन्नाको पानीको बप्तिस्मालाई पवित्र आत्माको भावी बप्तिस्मासँग तुलना गर्छ । यसको अर्थ हुन्छ कि यूहन्नाको बप्तिस्माले मानिसहरूलाई तिनीहरूको पापहरूबाट साङ्केतिक रूपमा मात्र शुद्ध पार्छ । पवित्र आत्माको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापहरूबाट साँचो रूपमा शुद्ध पार्नेछ । यदि सम्भव हुन्छ भने, दुईको बीचमा भएको तुलनालाई कायम राख्नलाई यहाँ “बप्तिस्मा दिनु”को लागि उही शब्दलाई प्रयोग गर्नुहोस् जुन तपाईंले यूहन्नाको बप्तिस्माको लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः रूपक)
Mark 1:9
ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις
यसले कथावर्णनमा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)