नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Jude

Jude front

यहूदाको परिचय

भाग १: सामान्य परिचय

यहूदाको पुस्तकको रूपरेखा
  1. परिचय (१:१-२
  2. झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (1:३-४)
  3. पुरानो करारका उदाहरणहरू (१:५-१६)
  4. उचित प्रतिक्रिया (१:१७-२३)
  5. परमेश्‍वरलाई प्रशंसाहरू (१:२४-२५)
यहूदाको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई याकूबका भाइ यहूदाको रूपमा परिचय गराए । यहूदा र याकूब दुवै येशूका अर्ध-भाइहरू थिए । यो कुनै खास मण्‍डलीको लागि थियो वा के थियो भनेर जानिएको छैन ।

यहूदाको पुस्तक केको बारेमा हो ?

यस पत्रको उद्देश्‍य भनेको विश्‍वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्‍लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्‍टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्‍वर्गदूतहरू, दुष्‍टताको चिन्हस्‍वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ । यहूदाले यो पत्र झूटा शिक्षकहरूको विषयमा विश्‍वासीहरूलाई चेतावनी दिनलाई लेखे । यहूदाले धेरैपटक पुरानो करारलाई उल्‍लेख गरे । यसले सुझाव दिन सक्छ कि यहूदाले यो पत्र यहूदी ख्रीष्‍टिएन पाठकहरूलाई लेखिरहेका थिए । यो पत्र र २ पत्रुसमा भएका खण्‍डहरू समान तवरका छन् । तिनीहरू दुवैले स्वर्गदूतहरू, सदोम र गमोरा, र झूटा शिक्षकहरूको विषयमा कुरा गर्छन् ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

यहूदाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?

यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्‍टिकहरू” भनेर चिनिने थियो । यी शिक्षकहरूले तिनीहरूको आफ्‍नै फाइदाको निमित्त धर्मशास्‍त्रको शिक्षाहरूलाई बङ्गाए । तिनीहरू अनैतिक तवरले जिउँथे र अरूहरूलाई पनि त्यसै गर्न सिकाउँथे ।

Jude 1

Jude 1:1

Ἰούδας

यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् । यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्‍टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

Ἰούδας

यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ἀδελφὸς…Ἰακώβου

याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।

Jude 1:2

ἔλεος ὑμῖν, καὶ εἰρήνη, καὶ ἀγάπη πληθυνθείη

“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्‍ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । भाववाचक नामपद शब्दहरू जस्तै “दया”, “शान्ति”, र “प्रेम”लाई हटाउनको लागि यसलाई फरक भनाइमा पुनः बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर तिमीहरूप्रति दयालु भइरहनुभएको होस् ताकि तिमीहरू शान्तिपूर्ण ढङ्गले जिउन सक र एक अर्कालाई अझै बढी र अझै बढी प्रेम गर्न सक” (हेर्नुहोस्ः भाववाचक नाम)

Jude 1:3

ἡμῶν

यस पत्रमा प्रयोग भएको शब्द “हामी” ले यहूदा र विश्‍वासी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν

यहूदाले यस पत्र लेख्‍नुका कारणहरू विश्‍वासीहरूलाई बताउँछन् ।

περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας

“हामी सबैको एउटै मुक्ति”

ἀνάγκην ἔσχον γράψαι

“मैले यो लेख्‍नुको ठूलो आवश्‍यकता महसुस गरेँ” वा “मैले यो लेख्‍नु अत्यावश्‍यक भएको महसुस गरेँ”

παρακαλῶν ἐπαγωνίζεσθαι τῇ…πίστει

“साँचो शिक्षाको सुरक्षा गर्नको निम्ति तिमीहरूलाई उत्साह दिनलाई”

ἅπαξ

“अन्ततः र पूर्णरूपमा”

Jude 1:4

παρεισέδυσαν γάρ τινες ἄνθρωποι

“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्‍वासीहरूका माझमा आएका छन्”

οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα

यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्‍वरले दण्ड दिनको निम्ति चुन्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν

परमेश्‍वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्‍वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्” (हेर्नुहोस्ः रूपक)

τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν, ἀρνούμενοι

सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्‍वर हुनुहुन्‍न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्‍टको आज्ञा मान्दैनन् ।

Jude 1:5

πάντα

प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।

λαὸν ἐκ γῆς Αἰγύπτου σώσας

“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”

Jude 1:6

τὴν ἑαυτῶν ἀρχὴν

“परमेश्‍वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”

δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν

“परमेश्‍वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्‍नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”

ὑπὸ ζόφον

यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “नरकमा घोर अन्धकारमा” (हेर्नुहोस्ः लक्षणा)

μεγάλης ἡμέρας

परमेश्‍वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन