2 Peter
2 Peter front
२ पत्रुसको परिचय
भाग १: सामान्य परिचय
२ पत्रुसको पुस्तकको रूपरेखा
- परिचय (१:१-२)
- असल जीवन जिउनलाई सम्झाउने कुरा, किनभने परमेश्वरले हामीलाई सक्षम बनाउनुभएको छ (१:३-२१)
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (२:१-२२)
- येशूको दोस्रो आगमनको लागि तयारी गर्नलाई प्रोत्साहन (३:१-१७)
२ पत्रुसको पुस्तक कसले लेखे ?
लेखकले आफैँलाई सिमोन पत्रुसको रूपमा परिचय गराए । सिमोन पत्रुस एक जना प्रेरित थिए । तिनले १ पत्रुस पनि लेखे । पत्रुसले आफ्नो मृत्यु हुनअगि रोमको झ्यालखानाबाट यो पत्र लेखेको हुन सक्छ । पत्रुसले यो पत्रलाई दोस्रो पत्र भनेका छन्, यसैले यो लेखिएको मिति १ पत्रुस भन्दा पछि हो भन्न सक्छौँ । पहिलो पत्र तिनले जुन पाठकहरूलाई लेखे, उनीहरूलाई तिनले यो पत्र पनि लेखे । ती पाठकहरू शायद एसियाको पश्चिमी प्रायद्वीपभरी छरपष्ट भएका ख्रीष्टिएनहरू थिए ।
२ पत्रुसको पुस्तक केको बारेमा हो ?
विश्वासीहरूले असल जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उत्साह दिनका लागि पत्रुसले यो पत्र लेखे । येशू दोस्रोपल्ट आउन ढिला गरिरहनुभएको छ भनेर सिकाइरहेका झूटा शिक्षकहरूका विरुद्धमा तिनले चेतावनी दिए । येशू फेरि आउन ढिला गर्नुहुन्न भनेर तिनले उनीहरूलाई बताए । बरु, परमेश्वरले मानिसहरूलाई पश्चाताप गर्ने मौका दिँदै हुनुहुन्थ्यो, र यसरी तिनीहरू बाँच्न सक्ने छन् ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
ती को मानिसहरू थिए जसको विरुद्धमा पत्रुसले बोले ?
पत्रुसले विरोध गरेर बोलेका झूटा शिक्षकहरू ज्ञानवादीहरू भनेर चिनिएकाहरू हुन सक्ने सम्भावना छ । यी शिक्षकले आफ्नै फाइदाका लागि धर्मशास्त्रका शिक्षालाई बङ्ग्याए । तिनीहरूले अनैतिक प्रकारले जिवन बिताउँथे र अरू मानिसलाई त्यसै गर्न सिकाउँथे ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्नु अर्थ के हुन्छ ?
धर्मशास्त्रको सिद्धान्त अति नै महत्त्वपूर्ण कुरा हो । २ पत्रुसले पाठकहरूलाई यो कुरा बुझ्न सहायता पुर्याउँदछ, कि धर्मशास्त्रका प्रत्येक लेखकका लेख्ने तरिका आफ्नै विशिष्ट प्रकारका भए तापनि परमेश्वर नै धर्मशास्त्रका साँचो लेखक हुनुहुन्छ (१:२०-२१) ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
२ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
तल दिइएका पदहरूका लागि, बाइबलका कुनै आधुनिक अनुवादमा पुरानो अनुवादभन्दा फरक भएको पाइन्छ । यूएलटीले आधुनिक पाठको प्रयोग गरेको छ र पुरानो पाठलाई पादटिप्पणीमा राखेको छ । अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्छ ।
- “इन्साफको समयसम्मलाई तल्लो अन्धकारको साङ्लाहरूमा राखिन” (२:४) । कुनै आधुनिक अनुवाद र पुरानो अनुवादले यसरी लेखेका छन्, “इन्साफ नहोउञ्जेलका लागि तल्लो अन्धकारको खाडलमा राखिन ।”
- “तिनीहरूले तिमीहरूसँग भोज गरिरहँदा तिनीहरूका छलपूर्ण कार्यहरूमा तिनीहरू रमाउँछन्” (२:१३) । केही संस्करणहरूमा यसरी छ, “तिमीहरूसँग प्रेम भोजहरूमा बस्दा तिनीहरूका कार्यहरूमा तिनीहरू रमाउँछन् ।”
- “बओर” (२:१५) । केही अरू संस्करणहरूमा यसरी भनिएको छ, “बोसोर ।”
- “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू प्रकट गरिनेछन्” (३:१०) । अन्य संस्करणहरूमा यसरी छ, “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू जल्नेछन् ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Peter 1
२ पत्रुस ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पत्रुसले पद १-२ मा औपचारिक रूपले यो पत्रको परिचय दिन्छन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरको ज्ञान
परमेश्वरको ज्ञान हुनुको अर्थ उहाँको आफ्नो हुनु हो वा उहाँसँग सम्बन्ध राख्नु हो । यहाँ “ज्ञान” भन्नाले दिमागले परमेश्वरलाई चिन्नेभन्दा अझ धेरै कुरा हो । यो ज्ञानले गर्दा परमेश्वरले त्यो व्यक्तिलाई बचाउनुहुन्छ र उसलाई अनुग्रह र शान्ति दिनुहुन्छ । (हेर्नुहोस्ः जान्नु, ज्ञान, अपरिचित, छुट्याउन)
धर्मी जीवन जिउने
विश्वासीहरूलाई भक्तिको जीवन बिताउन आवश्यक पर्ने सबै कुरा उहाँले तिनीहरूलाई दिनुभएको छ भनेर पत्रुसले सिकाएका छन् । यसकारण, विश्वासीहरूले परमेश्वरको आज्ञापालन गर्नका लागि आफूले सक्ने हरेक कुरा गर्न तिनीहरूले भरसक प्रयास गर्नुपर्दछ । यदि विश्वासीहरूले निरन्तर रूपले यी कुरा गर्दछन् भने, येशूसँगको तिनीहरूको आफ्नो सम्बन्धद्वारा तिनीहरू प्रभावकारी र उत्पादनशील हुन सक्दछन् । तापनि, यदि विश्वासीहरूले निरन्तर रूपमा भक्तिको जीवन बिताउँदैनन् भने, परमेश्वरले तिनीहरूलाई बचाउनका लागि ख्रीष्टद्वारा जे गर्नुभयो, त्यो कुरालाई तिनीहरूले बिर्सेको जस्तै हो । (हेर्नुहोस्ः ईश्वरीय, ईश्वरभक्ति अनि बचाउनु, सुरक्षित)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
धर्मशास्त्रको सत्यता
धर्मशास्त्रमा भएका अगमवाणीहरू मानिसहरूले आफैँले बनाएका कुरा होइनन् भनी पत्रुसले सिकाएका छन् । परमेश्वरको सन्देश बोलेका र तिनलाई लेखेका मानिसहरूलाई पवित्र आत्मा आफैँले त्यो सन्देश प्रकट गरिदिनुभयो । साथै, पत्रुस र अरु प्रेरितहरूले प्रचार गरेको येशूको सन्देश तिनीहरू आफैँले कल्पना गरेका कथाहरू थिएनन् । येशूले गर्नुभएका कुराहरूको साक्षी तिनीहरूले दिए र परमेश्वरले येशूलाई उहाँको पुत्र भन्नुभएको सुने ।
2 Peter 1:1
Σίμων Πέτρος
पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्वासीहरूलाई पहिचान गर्छन् र अभिवादन गर्छन् ।
δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ
पत्रुसले येशू ख्रीष्टको दास हुने कुराको विषयमा बताउँछन् । उनलाई ख्रीष्टको प्रेरितको पद र अधिकार पनि दिइएको थियो ।
τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν
ती मानिसहरूले विश्वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्वरले उनीहरूलाई त्यो विश्वास दिनुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले उस्तै बहुमूल्य विश्वास दिनुभएका मानिसहरूलाई” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῖς…λαχοῦσιν
“तिमीहरू जसले प्राप्त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।
ἡμῖν
यहाँ शब्द “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनले पत्र लेखिरहेका मानिसहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्त गरेका छौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
2 Peter 1:2
χάρις…καὶ εἰρήνη πληθυνθείη
परमेश्वरले विश्वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनुग्रह र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
χάρις…καὶ εἰρήνη πληθυνθείη
पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर र येशू हाम्रा प्रभुलाई तिमीहरूले चिनेको कुराद्वारा” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 1:3
ὡς…ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ…δεδωρημένης
पत्रुसले विश्वासीहरूलाई ईश्वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।
πρὸς ζωὴν καὶ εὐσέβειαν
यहाँ “धार्मिकता”ले “जीवन”लाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
ἡμᾶς
यहाँ “हामीलाई” शब्दले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Peter 1:4
δι’ ὧν
यहाँ “यी कुराहरू” भन्ने कुराले “उहाँको आफ्नै महिमा र सद्गुण”लाई जनाउँछ ।
διὰ τούτων
“तिमीहरू भाग लिन सक”
θείας…φύσεως
परमेश्वर जस्तो हुनुहुन्छ
ἀποφυγόντες τῆς…φθορᾶς
पत्रुस भन्छन्, पापमय अभिलाषाहरूले गर्दा हुने भ्रष्टताबाट आउने दुःख नभोग्ने मानिसहरू उक्त भ्रष्टताबाट उम्केर बाँचेका मानिसहरू हुन् । “भ्रष्टता” शब्द भाववाचक नाउँ हो, र यसलाई क्रियापदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी यस संसारको पापमय अभिलाषाहरूले तिमीहरूलाई फेरि भ्रष्ट पार्ने छैन” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
2 Peter 1:5
καὶ αὐτὸ τοῦτο δὲ
यो शब्दले पत्रुसले यो भन्दा अगाडिका पदहरूमा भनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले गर्नुभएका कुराहरूको कारणले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Peter 1:7
τὴν φιλαδελφίαν…τῇ φιλαδελφίᾳ
यसले मित्र वा परिवारका सदस्यहरूलाई गरिने प्रेमलाई जनाउँछ र तिनीहरूले तिनीहरूका आत्मिक पारिवारलाई प्रेम गर्नुपर्छ भन्ने अर्थ दिन सक्छ ।
2 Peter 1:8
ταῦτα
यसले विश्वास, सद्गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, ईश्वरभक्ति, भातृ स्नेह र प्रेमलाई जनाउँछ, जसलाई पत्रुसले अगाडिका पदहरूमा उल्लेख गरेका छन् ।
οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν
पत्रुसले यस्ता गुण नभएको व्यक्तिलाई अन्न नउब्जाउने खेतसँग तुलना गरेका छन् । यसलाई सकारात्मक तरिकाले पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उत्पादन गर्नेछौ र फलवन्त हुनेछौ” वा “तिमीहरू प्रभावकारी हुनेछौ” (हेर्नुहोस्ः रूपक अनि दोहोरो नकारात्मक)