नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Philemon

Philemon front

फिलेमोनको परिचय

भाग १: सामान्य परिचय

फिलेमोनको पुस्तकको रूपरेखा
  1. पावलले फिलेमोनलाई अभिवादन गर्छन् (१:१-३)
  2. पावलले ओनेसिमसका बारेमा फिलेमोनलाई अनुरोध गर्छन् (१:४-२१)
  3. निष्‍कर्ष (१:२२-२५)
फिलेमोनको पुस्तक कसले लेखे ?

पावलले फिलेमोनको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । आफू ख्रीष्‍टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।

यो पत्र लेख्दा पावल झ्यालखानामा थिए ।

फिलेमोनको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र फिलेमोन नाम गरेका एकजना मानिसलाई लेखे । फिलेमोन एकजना ख्रीष्‍टिएन थिए जो कलस्सीको सहरमा बस्थे । उनको एकजना ओनेसिमस नाम गरेका दास थिए । ओनेसिमस उसको मालिकबाट भागेर गएका थियो र सम्भवतः तिनीबाट केही कुरा चोरेको पनि थियो । ओनेसिमस रोममा गए र पावललाई झ्यालखानामा भेटे ।

पावलले फिलेमोनलाई बताए कि उनले ओनेसिमसलाई उनीकहाँ फिर्ता पठाउँदैछन् । रोमी कानूनअनुसार फिलेमोनसँग ओनेसिमसलाई प्राणदण्‍ड दिने अधिकार थियो । तर पावलले भने कि फिलेमोनले ओनेसिमसलाई एक ख्रीष्‍टिएन भाइको रूपमा पुनः ग्रहण गर्नुपर्छ । फिलेमोनले ओनेसिमसलाई पावलकहाँ फर्केर आउन दिएर उनलाई झ्यालखानामा सहायता गर्न अनुमति दिनुपर्छ भनेर पनि उनले सुझाव दिए ।

यस पुस्‍तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलेमोन” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “फिलेमोनलाई पावलको पत्र” वा “पावलले फिलेमोनलाई लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

के यस पत्रले दासत्वको अभ्यासलाई स्‍वीकृति दिन्छ ?

पावलले ओनेसिमसलाई पुनः उसको पुरानो मालिककहाँ फिर्ता पठाए । तर त्यसको अर्थ यो थिएन कि पावलले दासत्व एउटा स्वीकारयोग्‍य अभ्यास थियो भनेर ठान्थे । बरु, जुनसुकै परिस्थितिहरूको बाबदुदमा पनि मानिसहरूले परमेश्‍वरको सेवा गर्नुपर्छ भन्‍ने कुरामा पावल चासो बढी थियो ।

“ख्रीष्‍टमा”, “प्रभुमा”, आदि ... जस्ता अभिव्यक्तिहरूबाट पावलले के भन्‍न खोजेका हुन् ?

पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको एकदमै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस्तो प्रकारको अभिव्यक्तिको विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूप

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले फिलेमोनलाई जनाउँछ । यसको दुई अपवादहरू १:२२ र १:२५ हुन् । त्यहाँ “तिमीहरू”ले फिलेमोन र विश्‍वासीहरूलाई जनाउँछ जो उनको घरमा भेला भएर भेट गर्थे । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)

Philemon 1

Philemon 1:1

पावलले तीनपटक आफैँलाई यस पत्रको लेखकको रूपमा परिचय गराउँछन् । यो प्रस्‍ट थियो कि तिमोथी उनीसँगै थिए र र पावलले भन्दै गर्दा सम्भवतः उनले नै पावलले बोलेका शब्दहरूले लेखे । पावलले अरूहरलाई पनि अभिवादन गर्छन् जो मण्‍डली सेवाको लागि फिलेमोनको घरमा भेला हुने गर्दथे । यहाँ प्रयोग भएका “म”, “मलाई”, “मेरो” भन्‍ने सबै शब्दहरूले पावललाई जनाउँछ । फिलेमोन मुख्य व्यक्ति हुन् जसका लागि यो पत्र लेखिएको थियो । अन्य किसिमले नबताइएसम्‍म यहाँ प्रयोग भएका “तिमी”, र “तिम्रो” शब्दहरूले उनलाई नै जनाउँछन् र एकवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

कुनै पत्रका लेखकहरूको परिचय दिनको निम्ति तपाईंको भाषामा निश्‍चित प्रकारको तरिका हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “म, पावल, ख्रीष्‍ट येशूको कैदी, र तिमोथी, हाम्रा भाइ, फिलेमोनलाई यो पत्र लेख्दै छौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

δέσμιος Χριστοῦ Ἰησοῦ

“ख्रीष्‍ट येशूको खातिर एक कैदी ।” पावलको प्रचारको विरोध गर्ने मानिसहरूले उनलाई कैदमा राखेर सजाय दिएका थिए ।

ὁ ἀδελφὸς

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन हुन्छ ।

ἡμῶν

यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

καὶ συνεργῷ ἡμῶν

“जो, हामी जस्तै, सुसमाचार फैलाउनलाई काम गर्दछन्”

Philemon 1:2

ἡμῶν

यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

यहाँ “बहिनी” भनेको तिनी एक विश्‍वासी थिइन् भन्‍ने हुन्छ, र एक नातेदार चाहिँ होइन । वैकल्‍पिक अनुवादः “हाम्री सङ्गी विश्‍वासी अप्‍फिया” वा “हाम्री आत्मिक बहिनी अप्‍फिया” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Ἀρχίππῳ

यो फिलेमोनको साथमा मण्‍डलीमा भएको एउटा व्यक्तिको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

τῷ συνστρατιώτῃ ἡμῶν

पावलले यहाँ अर्खिप्‍पसको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू दुवै सेनाका सिपाहीहरू थिए । उनको अर्थ हो कि अर्खिप्‍पसले सुसमाचार फैलाउनका लागि कडा मिहिनेतका साथ काम गर्छन्, जसरी पावल आफैँले कडा मिहिनेतका साथ काम गर्छन् । वैकल्‍पिक अनुवादः “हाम्रा सङ्गी आत्मिक योद्धा” वा “जसले हामीसँगै आत्मिक लडाइँ पनि लड्छन्” (हेर्नुहोस्ः रूपक)

Philemon 1:3

χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

“परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनुग्रह र शान्ति दिनुभएको होस् ।” यो एउटा आशिष् हो ।

ἡμῶν…ἡμῶν

यहाँ “हाम्रो” शब्दले पावल, उनीसँग भएकाहरू, र पाठकलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Πατρὸς

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Philemon 1:4

“हामीलाई” शब्द बहुवचनमा छ र त्यसले पाठकहरूलाई समेत गरेर पावल, उनीसँग भएकाहरू, र सारा ख्रीष्‍टिएनहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Philemon 1:6

ἡ κοινωνία τῆς πίστεώς σου

“तिम्रो हामीसँगको काम गराइले”

ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ

“असल कुरा जान्‍ने परिणाम ल्याओस्”

εἰς Χριστόν

“ख्रीष्‍टको कारणले गर्दा”

Philemon 1:7

τὰ σπλάγχνα τῶν ἁγίων

यहाँ “हृदयहरू” भनेको व्यक्तिको भावनाहरू वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले विश्‍वासीहरूलाई उत्‍साहित बनाएका छौ” वा “तिमीले विश्‍वासीहरूलाई सहायता गरेका छौ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)

σοῦ, ἀδελφέ

“तिमी, प्रिय भाइ” वा “तिमी, प्रिय साथी ।” पावलले फिलेमोनलाई “भाइ” भनेर बोलाए किनभने तिनीहरू दुवै जना विश्‍वासी थिए र उनले आफूहरूको मित्रतालाई पनि जोड दिइरहेका थिए ।

Philemon 1:8

पावलले उनको अनुरोध र उनको पत्र लेख्‍नुको कारण भन्‍नलाई सुरु गर्छन् ।