Titus
Titus front
तीतसको परिचय
भाग १: सामान्य परिचय
तीतसको पुस्तकको रूपरेखा
पावलले तीतसलाई धर्मी अगुवाहरू चुन्नलाई निेर्देशन दिन्छन् (१:१-१६)
पावलले मानिसहरूलाई धर्मी जीवन जिउनलाई तालिम दिनको लागि निर्देशन दिन्छन् (२:१-३:११)
३. पावलले उनका केही योजनाहरू बाँडेर र विभिन्न विश्वासीहरूलाई अभिवादन पठाएर अन्त गर्छन् (३:१२-१५)
तीतसको पुस्तक कसले लेखे?
पावलले तीतसको पुस्तक लेखे। पावल टार्सस शहरबाट थिए। अघिल्लो जीवनमा उनी शाउल भनि चिनिन्थे। ख्रीष्टीयन हुनुभन्दा पहिले पावल एक फरिसी थिए। उनले ख्रीष्टीयनहरुलाई सताए। ख्रीष्टीयन भइसकेपछि, उनले रोमी साम्राज्यभरि मानिसहरूलाई येशूको बारेमा सुनाउँदै थुप्रै यात्रहरु यात्रा गरेका थिए।
तीतसको पुस्तक केको बारेमा हो?
पावलले यो पत्र उनको सङ्गी सेवक, तीतसलाई लेखे, जसले क्रेटको टापूमा भएका मण्डलीहरूलाई अगुवाइ गरिरहेका थिए। पावलले उनलाई मण्डलीका अगुवाहरू छान्ने विषयमा निर्देशन दिए। विश्वासीहरूले एक अर्कासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि पावलले वर्णन गरे। उनले तिनीहरू सबैलाई परमेश्वरलाई प्रसन्न तुल्याउने किसिमले जीवन जिउनलाई पनि प्रोत्साहन गरे।
यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ?
अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत नाम, “तीतस” भनेर बोलाउन सक्छन्। अथवा तिनीहरूले अझ स्पष्ट शीर्षक पनि छान्न सक्छन् जस्तै, “तीतसलाई पावलको पत्र” वा “तीतसको लागि एक पत्र”। (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
मानिसहरूले के-के भूमिकाहरूमा मण्डलीभित्र सेवा गर्न सक्छन्?
कुनै महिला वा सम्बन्धविच्छेद भएको मानिसले मण्डली भित्र नेतृत्वपनको पदमा रहेर सेवा गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा तीतसको पुस्तकमा केही शिक्षाहरू छन्। यस्ता प्रकारका शिक्षाहरूसित बाइबलका विद्दानहरू असहमत छन्। यो पुस्तक अनुवाद गर्नुभन्दा पहिले यस्ता प्रकारका विषयहरूमा थप अध्ययन गर्नु आवश्यक छ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी” शब्दको एकवचन र बहुवचन
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ। साथै, “तिमी” शब्द प्राय सधैं एकवचन देखिन्छ र त्यसले तीतसलाई जनाउँछ। यसको अपवाद ३:१५ हो। (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
परमेश्वर हाम्रा मुक्तिदाताको अर्थ के हो?
यस पत्रमा यो एउटा सामान्य वाक्यांश हो। परमेश्वरले कसरी उहाँको विरुद्धमा पाप गरेको कुराको लागि तिनीहरूलाई ख्रीष्टमा क्षमा गर्नुभयो, र उहाँले सबै मानिसहरूको न्याय गर्दा तिनीहरूलाई क्षमा दिएर उहाँले कसरी बचाउनुभयो भन्ने कुरा पाठकहरूलाई विचार गर्न लगाउन पावलले खोजेका हुन्। यस पत्रमा भएको त्यस्तै समान वाक्यांश चाहिँ “हाम्रा महान् परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्ट” भन्ने हो।
Titus 1
तीतस १ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावल औपचारिक रूपमा यो पत्रलाई १-२ पदहरूमा परिचय गराउँछन्। प्राचिन समयमा लेखकहरूले प्राय यहि पत्र लेखन शैलीलाई पछ्याउथे।
६-९ पदहरूमा, कुनै मानिस मण्डलीमा एक एल्डर हुने हो भने उसमा हुनुपर्ने विभिन्न गुणहरूको पावलले सूची बनाउँछन्। (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-abstractnouns/01.md) पावलले १ तिमोथी ३ मा त्यस्तै खालको सूची तयार पारेका छन्।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
एल्डरहरू
मण्डलीले मण्डलीका अगुवाहरूका लागि विभिन्न शीर्षकहरूको प्रयोग गरेको छ। ती केही शीर्षकहरूमा निरीक्षक, एल्डर, पास्टर, र बिशप पर्छन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
गर्नुपर्छ, हुनसक्छ, गर्नैपर्छ
यूएलटीले आवश्यकताहरू वा दायित्वहरू सङ्केत गर्ने विभिन्न शब्दहरू प्रयोग गर्दछ। यी क्रियापदहरूमा फरक-फरक मात्राको जोड दिइएको हुन्छ। सूक्ष्म भिन्नताहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ। यूएसटीले यी क्रियापदहरूलाई बढी सामान्य किसिमले अनुवाद गर्छ।
Titus 1:1
κατὰ πίστιν
विश्वास एक भाववाचक नाम हो। यहाँ यसले येशूमा विश्वास गर्नु वा भरोसा गर्नु भन्ने बुझाउँछ। यदि यो तपाईंहरूको भाषामा स्पष्ट छ भने, तपाईंहरूले यूसटीमा भएझैं यसलाई यी क्रियाहरूको प्रयोग गरि अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवाद: "विश्वासलाई बलियो बनाउन" वा "तिनिहरूलाई [परमेश्वरका चुनिएका मानिसहरू] उहाँमाथि थप भरोसा गर्न मदत गर्न" (हेर्नुहोस्: भाववाचक नाम)
ἐπίγνωσιν
यहाँ, ज्ञान एक भाववाचक नाम हो। यदि यो तपाईंको भाषामा स्पष्ट छ भने, तपाईं "जान्नु" भन्ने जस्तो क्रियाको प्रयोग गर्न सक्नुहुन्छ जसरी यूयसटीमा देख्न सकिन्छ। पावल मानिसहरूले परमेश्वर र ख्रीष्टको बारेमा सत्य सन्देश जानेको चाहन्छन् ताकि उनीहरूको जीवन जियाई परमेश्वरलाई प्रसन्न तुल्याओस्। (हेर्नुहोसः भाववाचक नाम)
τῆς κατ’ εὐσέβειαν
यहाँ, धर्मी एक भाववाचक नाम हो जसले परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन भनि बुझाउँछ। वैकल्पिक अनुवादः "त्यो परमेश्वरलाई आदर गर्ने कुरामा उपयुक्त्त छ।" (हेर्नुहोसः भाववाचक नाम)
Titus 1:2
ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου
“जसले हामीलाई अनन्त जीवनको निश्चित आशा दिन्छ” वा “अनन्त जीवनको लागि हाम्रो निश्चित आशाको आधारमा”
πρὸ χρόνων αἰωνίων
“समय सुरू हुनभन्दा अगाडि”
Titus 1:3
καιροῖς ἰδίοις
“उचित समयमा”
ἐφανέρωσεν…τὸν λόγον αὐτοῦ
पावलले परमेश्वरको सन्देशको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूले देख्ने किसिमले प्रदर्शित गराउन मिल्छ। वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सन्देश बुझ्ने तुल्याउनुभयो” (हेर्नुहोस्ः रूपक)
ἐν κηρύγματι
“सन्देशको घोषणाद्वारा”
ὃ ἐπιστεύθην ἐγὼ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई सुम्पनुभयो” वा “उहाँले मलाई प्रचार गर्ने जिम्मेवारी दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ
“परमेश्वरको, जसले हामीलाई बचाउनुहुन्छ”
ἡμῶν
यसले पावल, तीतस,र सारा ख्रीष्टीयनहरुलाई समावेश गर्छ। (हेर्नुहोस्ः समावेशी “हामी”)
Titus 1:4
γνησίῳ τέκνῳ
यद्यपि तीतस पावलका शारीरिक छोरा थिएनन्, तिनिहरूको ख्रीष्टमा साझाँ विश्वास थियो। पावल विश्वासद्दारा कायम भएको ख्रीष्टसँगको सम्बन्धलाई शारीरिक सम्बन्ध भन्दा बढी महत्वपुर्ण ठान्दछन्। यसकारण, तिनिहरूको उमेरको हिसाबले र ख्रीष्टमा भएको साझाँ विश्वासको कारण पावल तीतसलाई आफ्नो छोरा ठान्छन्। यो पनि हुन सक्छ कि पावलले तीतसलाई ख्रीष्टमा विश्वासमा डोहोर्याएका थिए, र त्यसैले आत्मिक रूपले तीतस एक छोरा हुन। वैकल्पिक अनुवादः “तिमी मेरा निम्ति छोराजस्तै हौ” (हेर्नुहोस्ः रूपक)
κοινὴν πίστιν
पावल र तीतस दुवैसँग ख्रीष्टमा एउटै विश्वास छ। वैकल्पिक अनुवादः “किनभने हामी दुवै ख्रीष्टमा विश्वास गर्छौँ”
χάρις καὶ εἰρήνη
यो पावलले प्रयोग गर्ने प्रचलित अभिवादन थियो। बुझिएको जानकारीलाई तपाईंले स्पष्टसँग उल्लेख गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “तिमीहरूले दया र भित्री शान्ति अनुभव गरेका होओ” (हेर्नुहोस्ः शब्दलोप)
Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν
“ख्रीष्ट येशू जो हाम्रा मुक्तिदाता हुनुहुन्छ”
ἡμῶν
यसले पावल, तीतस, र सारा ख्रीष्टियनहरूलाई समावेश गर्छ। (हेर्नुहोस्ः समावेशी “हामी”)
Titus 1:5
τούτου χάριν
संयोजक वाक्यांश “यस उद्देश्यको लागि” भन्ने कुराले पावलले तीतसलाई क्रेटमा छोड्दा उनले पूरा गर्न चाहेको लक्ष्यलाई (मण्डलीमा एल्डरहरूको अभिषेक गर्न) परिचय गराउँछ। वैकल्पिक अनुवादः “यही कारण हो” (हेर्नुहोस्ः जडान - लक्ष्य (उद्देश्य) सम्बन्ध)
ἀπέλιπόν σε ἐν Κρήτῃ
“मैले तिमीलाई क्रेटमा बस्नलाई भनेँ”
ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ
“ताकि गर्न आवश्यक रहेका कुराहरू तिमीले प्रबन्ध गरेर सिद्ध्याऊ”