2 Corinthians
2 Corinthians front
२ कोरिन्थीहरूको परिचय
भाग १: सामान्य परिचय
२ कोरिन्थीहरूको पुस्तकको रूपरेखा
- पावलले कोरिन्थी ख्रीष्टिएनहरूका निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् (१:१-११)
- पावलले आफ्नो आचरण र सेवकाइलाई व्याख्या गर्छन् (१:१२-७:१६)
- यरूशलेमको मण्डलीको निम्ति आर्थिक सहायता गर्ने बारे पावलले उल्लेख गर्छन् (८:१-९:१५)
- पावलले प्रेरितको रूपमा भएको उनको अधिकारको बचाउ गर्छन् (१०:१-१३:१०)
- पावलले अन्तिम अभिवादन र उत्साह दिन्छन् (१३:११-१४)
२ कोरिन्थीहरूको पुस्तक कसले लेखेको हो ?
यसका लेखक पावल थिए । उनी टार्सस सहरका थिए । उनलाई उनको पहिलाको जीवनमा शाऊल नाउँले चिनिन्थ्यो । ख्रीष्टिएन हुनअगि उनी फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपछि येशूको बारेमा मानिसहरूलाई बताउँदै रोमी साम्रज्यभरी थुप्रै पटक यात्रा गरे ।
कोरिन्थमा भएको मण्डलीलाई पावलले सुरु गरेका थिए । यो पत्र लेख्दा उनी एफिसस सहरमा बसिरहेका थिए ।
२ कोरिन्थीहरूको पुस्तक केको बारेमा हो ?
२ कोरिन्थीहरूमा पावलले कोरिन्थको सहरमा भएका ख्रीष्टिएनहरू माझमा रहेको कलहहरूका बारेमा लेख्नलाई निरन्तरता दिए । कोरिन्थीहरूले तिनीहरूलाई पहिले दिइएका निर्देशनहरू पालन गरेको कुरा यस पत्रमा प्रष्ट हुन्छ । २ कोरिन्थीहरूमा पावलले तिनीहरूलाई परमेश्वरलाई प्रशन्न तुल्याउने किसिमले जिउनलाई उत्साह दिन्छन् ।
येशू ख्रीष्टले नै सुसमाचार प्रचार गर्नलाई प्रेरितको रूपमा उनलाई पठाउनुभएको हो भनी तिनीहरूलाई निश्चय गराउन पनि पावलले लेखे । पावलले यो कुरा तिनीहरूले बुझेको चाहे किनभने यहूदी ख्रीष्टिएनहरूको एक समूहले उनले गरिरहेका कामको विरोध गरेका थिए । पावललाई परमेश्वरले पठाउनुभएको होइन र उनले झूटो सन्देश प्रचार गरिरहेका थिए भनी तिनीहरूले दाबी गरे । यहूदी ख्रीष्टिएनहरूको यस समूहले गैरयहूदी ख्रीष्टिएनहरूले मोशाको व्यवस्था पालन गरेको चाहे ।
यस पुस्तकको शीर्षकलाई कसरी अनुवाद गर्नुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत नाउँ “२ कोरिन्थीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षकलाई छान्न सक्छन्, जस्तै, “कोरिन्थमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक धारणाहरू
कोरिन्थको सहर कस्तो थियो ?
कोरिन्थ प्राचीन ग्रीसमा अवस्थित एउटा प्रमूख सहर थियो । यो भूमध्यसागरको नजिकै रहेको हुनाले धेरै यात्रुहरू र व्यापारीहरू त्यहाँ सामानहरू किन्न र बेच्न आउँथे । यसको परिणामस्वरूप यो धेरै विविध संस्कारहरूका मानिसहरू भएको सहर बन्यो । त्यो सहर अनैतिक रीतिले जीवन जिउने मानिसहरूको लागि प्रख्यात थियो । त्यहाँका मानिसहरूले अफ्रोडाइट अर्थात् प्रेमकी ग्रीक देवीलाई पुज्थे । अफ्रोडाइटलाई सम्मान गर्ने चाडपर्वहरूको रूपमा, त्यसका पूजा गर्नेहरूले मन्दिरका वेश्याहरूसँग शारीरिक सम्बन्धहरू राख्थे ।
पावलले “झूटा प्रेरितहरू” भन्नुको आशय के हो ? (११:१३) ?
यिनीहरू यहूदी ख्रीष्टिएनहरू थिए । गैरयहूदी ख्रीष्टिएनहरूले ख्रीष्टलाई अनुसरण गर्न तिनीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनी तिनीहरूले सिकाउँथे । यस विषयमा ख्रीष्टिएन अगुवाहरू यरूशलेममा भेला भएर निर्णय गरेका थिए (हेर्नुहोस्ः प्रेरित १५) । तैपनि यरूशलेमका अगुवाहरूले निर्णय गरेको कुरासँग सहमत नभएका केही समूहहरू थिए भन्ने प्रष्ट छ ।
भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू
एकवचन र बहुवचन “तिमीहरू”
यस पुस्तकमा “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमीहरू” शब्द प्रायः सदैव नै बहुवचनमा नै छ र यसले कोरिन्थका विश्वासीहरूलाई जनाउँछ । त्यहाँ यसका दुई अपवादहरू छन्ः ६:२ र १२:९ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
२ कोरिन्थीहरूको यूएलटिमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
धर्मशास्त्रले विविध धारणाहरूमध्ये कुनै एउटालाई जनाउन यस्ता शब्दहरू प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अंग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्न सिद्धान्तहरू अनुसरण गर्छः
कहिलेकाहीँ कुनै खण्डमा भएको अर्थले नैतिक पवित्रताको अर्थ दिन्छ । सुसमाचारलाई बुझ्नको निम्ति महत्त्वपूर्ण तथ्यचाहिँ परमेश्वरले ख्रीष्टिएनहरूलाई पापरहित ठान्नुहुन्छ भन्ने हो किनभने तिनीहरू येशू ख्रीष्टसँग एक भएका हुन्छन् । अर्को सम्बन्धित तथ्यचाहिँ परमेश्वर सिद्ध र खोटरहित हुनुहुन्छ भन्ने हो । तेस्रो तथ्यचाहिँ ख्रीष्टिएनहरूले जीवनमा खोटरहीत र दोषरहित व्यवहार गर्नुपर्छ भन्ने हो । यी खण्डहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जनहरू”, वा “पवित्र मानिसहरू”लाई प्रयोग गर्छ ।
२ कोरिन्थीहरूमा भएका अधिकांश खण्डहरूको अर्थले ख्रीष्टिएनहरूले निभाएको कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “विश्वासी” वा “विश्वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः १:१; ८:४; ९:१, १२; १३:१३)
कहिलेकाहीँ यी खण्डहरूमा भएको अर्थले कोही व्यक्ति वा केही कुरा परमेश्वरको निम्ति मात्रै अलग गरिएको अवधारणालाई अर्थ दिएको हुन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “अलग गरिएको”, “... लाई अर्पण गरिएको”, “ ... को लागि आरक्षण गरिएको” वा “शुद्ध पारिएको” भनी उल्लेख गर्छ ।
यी विचारहरूलाई आफ्नो संस्करणहरूमा कसरी उल्लेख गर्ने भनी विचार गर्दा अनुवदाकहरूको निम्ति यूएसटी उपयोगी हुनेछ ।
“ख्रीष्टमा” र “प्रभुमा” जस्ता अभिव्यक्तिहरूबाट पावलले के भन्न खोजे ?
यस्ता अभिव्यक्तिहरू १:१९, २०; २:१२, १७; ३:१४; ५:१७, १९, २१; १०:१७; १२:२ र १३:४ मा पाइन्छन् । पावलले यी अभिव्यक्तिहरूद्वारा ख्रीष्ट र विश्वासीहरू बीचको घनिष्ठ सम्बन्धको अवधारणालाई व्यक्त गर्न खोजे । त्यसै गरी, उनले अन्य अर्थहरूमा पनि प्रयोग गरे । उदाहरणको लागि, हेर्नुहोस्, “प्रभुमा मेरो निम्ति एउटा ढोका खुलेको थियो”, (२:१२) जहाँ पावलको निम्ति प्रभुद्वारा एउटा ढोका खोलिएको थियो भनेर पावलले निर्दिष्ट रूपले बताउन खोजे ।
कृपया यस किसिमका अभिव्यक्तिहरूको थप विस्तृत विवरणको निम्ति रोमीको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
ख्रीष्टमा “नयाँ सृष्टि” हुनु भनेको के हो? (५:१७)
जब कुनै व्यक्तिले ख्रीष्टमा विश्वास गर्छ परमेश्वरले उसलाई “नयाँ संसार”को हिस्सा तुल्याउनुहुन्छ भन्ने पावलको सन्देश थियो । परमेश्वरले पवित्रता, शान्ति र आनन्दको एउटा नयाँ संसार दिनुहुन्छ । यो नयाँ संसारमा, विश्वासीहरूसँग पवित्र आत्माले तिनीहरूलाई दिनुभएको एउटा नयाँ स्वभाव हुन्छ । अनुवादकले यस विचारलाई व्यक्त गर्ने कोसिस गर्नुपर्छ ।
२ कोरिन्थीहरूको पुस्तकको खण्डहरूमा भएका प्रमुख विषयहरू के-के हुन् ?
- “र हाम्रो निम्ति भएको तिमीहरूको प्रेममा” (८:७) । यूएलटी र यूएसटी लगायतका धेरै संस्करणहरूले यसरी उल्लेख गर्छन् । तथापि, अन्य धेरै संस्करणहरूले यसलाई “र तिमीरूको निम्ति भएको हाम्रो प्रेममा” भनी उल्लेख गर्छन् । ती हरेक भनाइहरू मौलिक छन् भनेर बलियो प्रमाण छ । अनुवादकहरूले उनीहरूको क्षेत्रमा अन्य संस्करणहरूले अपनाउन रोजेका भनाइलाई नै शायद अपनाउनुपर्छ ।
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Corinthians 1
२ कोरिन्थीहरू ०१ साधारण टिपोटहरू
संरचना र प्रारूप
पहिलो हरफले प्राचीन पूर्वी नजिक क्षेत्रमा पत्र सुरु गर्ने शैलीलाई दर्शाउँछ ।
विशेष धरणाहरू
पावलको इमानदारी
पावल इमानदार थिएनन् भनी मानिसहरूले उनको आलोचना गरिरहेका थिए । उनले गरिरहेका कुराहरूको आशयहरू उल्लेख गरेर उनले तिनीहरूको प्रतिवाद गरे ।
सान्तवना
सान्त्वना यस अध्यायको मुख्य विषयवस्तु हो । पवित्र आत्माले ख्रीष्टिएनहरूलाई सान्त्वना दिनुहुन्छ । सम्भवतः कोरिन्थीहरू कष्टमा परेका थिए र तिनीहरूलाई सान्तवना जरुरत थियो ।
यस अध्यायको महत्त्वपूर्ण भाषिक अलङ्कारहरू
आलङ्कारिक प्रश्न
इमानदार नभएको दोषारोपणको प्रतिकार गर्नलाई पावलले दुई वटा आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यस अध्यायका अनुवादका अन्य सम्भावित जटिलताहरू
हामी
पावलले “हामी” सर्वनाम प्रयोग गर्छन् । यस सम्भवतः तिमोथी र उनी आफैँलाई जनाउँछ । यसले अन्य मानिसहरूलाई पनि समेट्न सक्छ ।
बैना
पावलले पवित्र आत्मालाई बैना भन्छन्, जुनचाहिँ ख्रीष्टिएनको अनन्त जीवनको निम्ति प्रतिज्ञा वा किस्ता हो । ख्रीष्टिएनहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर तिनीहरू नमेरसम्म तिनीहरूले परमेश्वरद्वारा दिइएका सबै प्रतिज्ञाहरू अनुभव गर्नेछैनन् । पवित्र आत्माचाहिँ यो हुनेछ भन्नको लागि व्यक्तिगत बैना हुनुहुन्छ । यो धारणा व्यापारिक शब्दावलीबाट लिइएको हो । कुनै व्यक्तिले रुपियाँपैसा पुनः तिर्नेछन् भनी कुनै मूल्यवान वस्तु अर्को व्यक्तिलाई “बैना”को रूपमा दिन्छन् । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता अनि बचाउनु, सुरक्षित)
2 Corinthians 1:1
पावलले कोरिन्थको मण्डलीलाई अभिवादन गरेपछि, उनले सतावट र येशू ख्रीष्टद्वाराको सान्त्वनाको बारेमा लेख्छन् । तिमोथी पनि उनीसित नै छन् । यस पत्रभरी “तिमी” शब्दले कोरिन्थको मण्डलीमा भएका मानिसहरू र त्यस क्षेत्रका बाँकी ख्रीष्टिएनहरूलाई जनाउँछ । सम्भवतः पावलले भनेका कुरा तिमोथीले चर्मपत्रमा लेख्छन् ।
Παῦλος…τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ
तपाईंको भाषामा पत्रको लेखक र त्यसका लक्षित प्रापकहरूलाई सम्बोधन गर्ने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावलले तिमीहरू, कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, यो पत्र लेखेँ”
Τιμόθεος ὁ ἀδελφὸς
यसले सङ्केत गर्छ कि पावल र कोरिन्थीहरू दुवैले तिमोथीलाई चिन्थे र तिनीहरूले तिनलाई तिनीहरूको आत्मिक भाइ ठान्थे ।
Ἀχαΐᾳ
यो वर्तमान समयको ग्रीसको पश्चिमी भागमा पर्ने रोमी प्रान्तको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Corinthians 1:2
χάρις ὑμῖν καὶ εἰρήνη
यो पावलले आफ्ना पत्रहरूमा प्रायः प्रयोग गर्ने अभिवादन हो ।
2 Corinthians 1:3
εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्टको परमेश्वर तथा पितालाई हामीले सदैव स्तुति गरौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Θεὸς καὶ Πατὴρ
“परमेश्वर, जो पिता हुनुहुन्छ”
ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως
यी दुई वाक्यांशहरूले एउटै कुरालाई दुई फरक तरिकाले बताउँछ । दुवै वाक्यांशहरूले परमेश्वरलाई जनाउँछ (हेर्नुहोस्ः समान्तरता)
ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως
सम्भावित अर्थहरू हुन् १) “दया” र “सारा सान्त्वना” जस्ता शब्दहरूले “पिता” र “परमेश्वर”को चरित्रलाई वर्णन गर्छ वा २) “पिता” र “परमेश्वर” शब्दहरूले त्यो व्यक्तिलाई जनाउँछ जो “दया” र “सारा सान्त्वना”को स्रोत हुनुहुन्छ ।
2 Corinthians 1:4
παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν
यहाँ “हामीलाई” र “हाम्रो”ले कोरिन्थीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Corinthians 1:5
ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς
पावलले ख्रीष्टका कष्टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्टले हाम्रो निम्ति अत्यधिक कष्ट भोग्नुभयो” (हेर्नुहोस्ः रूपक)
τὰ παθήματα τοῦ Χριστοῦ
सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्टको बारेमा प्रचार गरेको कारण भोगेका कष्टलाई जनाउँछ वा २) यसले ख्रीष्टले तिनीहरूका निम्ति भोग्नुभएको कष्टलाई जनाउँछ ।
περισσεύει…ἡ παράκλησις ἡμῶν
पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)
2 Corinthians 1:6
εἴτε δὲ θλιβόμεθα
यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, कोरिन्थीहरूलाई होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर यदि मानिसहरूले हामीलाई कष्ट दिन्छन् भने” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि कर्तृवाच्य र कर्मवाच्य)
εἴτε παρακαλούμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले हामीलाई सान्तवना दिनुहुन्छ भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης
“तिमीहरूले प्रभावकारी सान्तवना अनुभव गर्छौ”
2 Corinthians 1:8
οὐ…θέλομεν ὑμᾶς ἀγνοεῖν
यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले थाहा गरेको हामी चाहन्छौँ” (हेर्नुहोस्ः निषेधात्मक)
ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν
पावल र तिमोथीले तिनीहरूको निराशाको संवेगलाई तिनीहरूले बोक्नुपर्ने गह्रौँ भारीजस्तै गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὑπερβολὴν…ἐβαρήθημεν
शब्द “मिचिएका” ले निराशाको भावलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले भोगेका कष्टहरूले हामीलाई पूर्ण रूपमा कुल्च्यो” वा “हामी पूर्ण निराशामा थियौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)