1 John
1 John front
१ यूहन्नाको परिचय
भाग १: सामान्य परिचय
१ यूहन्नाको पुस्तकको रूपरेखा
यो एउटा पत्र हो जुन प्रेरित यूहन्नाले येशूका चौलाहरूलाई गलत कुराहरूमा विश्वास गर्न र गलत तरिकाले बाँच्न अगुवाई गर्ने झुटा शिक्षकहरूलाई चुनौती दिन र सच्याउन लेखेका थिए। त्यो समयमा, पत्रको सुरू र अन्तिम खण्डको ढाचाँ फरक थियो। पत्रको मुख्य खण्ड बिचमा आयो।
परिचय (१:१-४)
पत्रको मुख्य भाग (१ः ५-५ः१२)
- साचोँ विश्वासीहरूले परमेश्वरको आज्ञा पालन गर्छन र एक अर्कालाई प्रेम गर्छन्।
- येशू नै मसिह हुनुहुन्छ भनि इन्कार गर्नु झूटा शिक्षा हो (२ः १८-२ः२७)
- परमेश्वरका साचोँ सन्तानहरूले पाप गर्दैनन् (२ः२८-३ः१०)
- साचोँ विश्वासीहरूले एकअर्कालाई बलिदानको रूपमा मद्दत गर्छन् (३ः११-१८)
- साचोँ विश्वासीहरूले प्रार्थनामा भरोसा राख्छन् (३ः१९-२४)
- येशू मानव हुनुभयो भनी इन्कार गर्नु झूटा शिक्षा हो (४ः१-६)
- साचोँ विश्वासीहरूले एकअर्कालाई परमेश्वले प्रेम गरे जस्तै प्रेम गर्छन् (४ः७-२१)
- येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनि इन्कार गर्नु झूटा शिक्षा हो (५ः१-१२)
- पत्रको अन्त्य (५ः१३-२१)
१ यूहन्नाको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि नै, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक हुन् भनी ठानेका छन् । उनले यूहन्नाको सुसमाचार पनि लेखे, र त्यो पुस्तक र यो पत्रको विषयवस्तुमा धेरै समानताहरू छन्। यदि यूहन्नाले यो पत्र लेखेको भए, उनले सायद आफ्नो जीवनको अन्त्यतिर त्यसो गरेको हुनुपर्छ।
१ यूहन्नाको पुस्तक केको बारेमा हो ?
यूहन्नाले यो पत्र ख्रीष्टिएनहरूलाई त्यो समयमा लेखे जब झूटा शिक्षकहरूले तिनीहरूलाई सताइरहेका थिए । यूहन्नाले यो पत्र लेख्नुको उद्देश्य चाहिँ विश्वासीहरूलाई पाप गर्नबाट जोगाउनु थियो । उनले विश्वासीहरूलाई झूटा शिक्षाहरूबाट जोगाउन चाहन्थे । साथै तिनीहरूले उद्धार पाएका छन् भनेर पनि उनी विश्वासीहरूलाई भरोसा दिलाउन चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ यूहन्ना” वा “पहिलो यूहन्ना” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यूहन्नाबाटको पहिलो पत्र” वा “यूहन्नाले लेखेको पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
यूहन्नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?
यूहन्नाले जुन मानिसहरूको विरुद्धमा बोले तिनीहरू सम्भवतः ती थिए जसलाई “नोस्टिकहरू” भनेर चिनिने थियो । भौतिक संसार दुष्ट छ भनी यी मानिसहरूले विश्वास गर्थे । किनकि तिनीहरूले विश्वास गर्थे कि येशू चाहिँ ईश्वरीय हुनुहुन्थ्यो, तिनीहरूले उहाँ साँचो रूपमा मानिस पनि हुनुहुन्थ्यो भन्ने कुरालाई इन्कार गरे । यसको कारण चाहिँ भौतिक शरीर दुष्ट भएको कारण परमेश्वर मानव बन्नुहुने थिएन भनेर तिनीहरूले ठान्थे । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
"पाप"
अध्याय १ मा, यूहन्नाले हामीले पाप गरेका छौँ भनी इन्कार गर्नुहुँदैन भनी बताउँछन्। बरु, यदि हामीले हाम्रा पाप स्वीकार गर्यौँ भने, परमेश्वरले हामीलाई क्षमा गर्नुहुनेछ। अध्याय २ मा, यूहन्नाले भनेक छन् कि उनले यो पत्र लेखेका हुन् ताकि प्राप्तकर्ताहरूले पाप नगरून्, तर उनले थप्छन् कि यदि तिनीहरूले पाप गर्छन् भने, येशूले तिनीहरूको तर्फबाट वकालत गर्नुहुनेछ। तर अध्याय ३ मा, यूहन्नाले भनेका छन् कि जो कोहि परमेश्वरबाट जन्मीएको छ र परमेश्वरमा रहन्छ उसले पाप गर्दैन र पाप गर्न असक्षम हुन्छ। र अध्याय ५ मा, यूहन्ना भन्छन् कि हामीले केहि तरिकामा पाप गरिरहने मानिसहरूका लागि प्रार्थना गर्नु हुँदैन, यधपि हामीले अन्य तरिकामा पाप गरिरहेका मानिसहरूका लागि प्रार्थना गर्नुपर्छ। यो भ्रमित र विरोधाभासी लाग्न सक्छ।
यधपी व्याख्यात्मकरूपमा, यूहन्नाले यस पत्रमा चुनौती दिएका र सच्याएका मानिसहरू जसका शिक्षाहरूलाई मानिसहरूले आफ्नो शरीरमा के गरे त्यसले फरक पार्दैन भनेर भनिरहेका थिए। यो भने किनभने तिनीहरूले सोचेका थिए कि भौतिक कुरा खराब छ, र त्यसैले तिनीहरूले सोचे कि परमेश्वरले यसको वास्ता गर्नुहुदैन। वास्तवमा, तिनीहरुले पाप जस्तो कुनै चीज छैन भनेर भनिरहेका थिए । त्यसैले यूहन्नाले अध्याय १ मा भन्नु आवश्यक थियो कि पाप वास्तविक छ र सबैले पाप गरेका छन्। केहि विश्वासीहरू झूटो शिक्षाद्वारा धोकामा परेका हुन सक्छन् र पापहरू गरेका हुन सक्छन्, त्यसैले यूहन्नाले तिनीहरूलाई आश्वस्त पार्नु आवश्यक थियो कि यदि तिनीहरूले पश्चाताप गरे र आफ्ना पापहरू स्वीकार गरे भने, परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ। यूहन्नाले अध्याय २ मा यस्तै मिल्दोजुल्दो कुराहरू भन्छन्। त्यसपछि अध्याय ३ मा उनले बताउछन् कि विश्वासीहरूले परेश्वरका सन्तानहरू भएकोले नयाँ स्वाभावमा पाप गर्न चाहँदैनन् र पापको आनन्द लिँदैनन्। त्यसैले तिनीहरूले पापलाई क्षमा गर्ने वा क्षमा गर्नेहरू वास्तवमा परमेश्वरका सन्तान होइनन्, र परमेश्वरका सन्तान भएकाले तिनीहरू धेरैभन्दा धेरै आज्ञाकारी र पापबाट मुक्त हुन सक्छन् भनी बुझ्नुपर्छ। अन्तमा, अध्याय ५ मा, यूहन्नाले चेतावनी दिन्छन कि यदि एक व्यक्तिले निरन्तररूपमा पाप मात्र चाहन्छ भने, यसको अर्थ सम्भवतः तिनीहरूले येशूलाई अस्वीकार गरेका छन् र पवित्र आत्माबाट प्रभावित छैनन्। उनी भन्छन् कि त्यस अवस्थामा, उनीहरूको लागि प्रार्थना गर्नु प्रभावकारी नहुन सक्छ। तर उनले आफ्ना पाठकहरूलाई प्रोत्साहन दिन्छ कि यदि कुनै व्यक्तिले कहिलेकाहिँ पाप गर्छ तर पश्चाताप महसुस गर्छ भने, ऊ आत्माद्वारा प्रभावित हुन्छ, र त्यसैले अन्य विश्वासीहरूको प्रार्थनाले उनलाई पश्चाताप गर्न र फेरी सही बाटोमा हिड्न मदत गर्दछ। (हेर्नुहोस्: पाप, पापूर्ण, पापी, पाप गर्दै and विश्वास and क्षमा दिनु, क्षमा)
“रहनु”
यूहन्नाले धेरैपटक “हुनु”, “रहनु” र “बस्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । यूहन्नाले कोही विश्वासी येशूप्रति अझ बढी विश्वासयोग्य हुने र येशूलाई अझ असल तरिकाले चिन्ने कुरालाई यसरी बताए मानौँ त्यो भनेको येशूको वचन त्यस विश्वासीमा “रहेको” हो । साथै, कोही व्यक्ति कसैसँग आत्मिक रूपले जोडिने कुरालाई यूहन्नाले यसरी बताए मानौँ त्यो भनेको त्यो व्यक्ति अर्को व्यक्तिमा “बसेको” हो । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” भनी भनिन्छ, र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ । पवित्र आत्मा पनि विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले तिनीहरूका भाषाहरूमा यी अवधारणाहरूलाई जस्ताको तस्तै प्रतिनिधित्व गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, यूहन्नाले “जसले आफू परमेश्वरमा रहन्छु भनी भन्छ” (१ यूहन्ना २:६) भन्दा उनले ख्रीष्टिएन परमेश्वरसँग आत्मिक रूपमा एकसाथ भएको अवधारणालाई व्यक्त गर्न खोजे । यूएसटीले भन्छ, “यदि हामी भन्छौँ कि हामी परमेश्वरसँग एकतामा छौँ”, तर अनुवादकहरूले कतिपटक यी अवधारणाहरूलाई राम्ररी सञ्चार गर्न अन्य अभिव्यक्तिहरू खोज्नुपर्ने हुन सक्छ । “परमेश्वरको वचन तिमीहरूमा रहन्छ” (१ यूहन्ना २:१४) भन्ने खण्डमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “तिमीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा पालन गर्न निरन्तरता दिन्छौ” । धेरै अनुवादकहरूले यो अनुवादलाई एउटा नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउनेछन् ।
"देखा पर्नु"
यस पत्रमा धेरै ठाउँहरूमा, यूहन्नाले एक शब्द प्रयोग गरेका छन् जसलाई ULT ले सामान्यतया "देखा पर्नु" भनेर अनुवाद गरेका छन्।यो वास्तवमा ग्रीकमा एक निष्क्रिय मौखिक रूपमा व्यक्त भएको छ, तर प्राय जसो यस अवस्थामा यो क्रियाको रूपलाई सक्रिय अर्थमा अनुवाद गर्न सकिन्छ। जब यसलाई सक्रिय अर्थमा अनुवाद गरिन्छ, यो बुझ्नु महत्वपूर्ण छ कि "देखा पर्नु" शब्दको अर्थ "त्यहाँ देखिन्थ्यो" भन्ने मात्र हुदैन। बरु यसको अर्थ "त्यहाँ हुन आयो" हुन्छ। यो अर्को नयाँ करारको पुस्तक , २ कोरिन्थीमा प्रयोग भएको शब्दको प्रयोगबाट राम्रोसगँ चित्रण गरिएको छ, जसमा पावलले ५ः१० मा लेख्छन् कि "हामी सबै ख्रीष्टको न्यायको आसनमा उपस्थित हुनै पर्छ।" स्पष्टरूपमा यसको अर्थ यो होइन कि हामी त्यहाँ उपस्थित भएको जस्तो मात्र देखिन्छौ। बरु, हामी वास्तवमा त्यहाँ प्रकट हुनैपर्छ।
पत्रभरि, यूहन्नाले "देखा पर्नु" शब्दलाई सक्रिय अर्थमा वा निष्क्रिय कुनअर्थमा प्रयोग गरेका छन भनेर निर्णय गर्न यो व्याख्याको सूक्ष्म कुरा हो। उदाहरणको लागि, १ः२ मा, यूहन्नाले "जीवनको वचन" अर्थात येशूलाई दुई पटक यो शब्द प्रयोग गरेका छन्। तर यो स्पष्ट छैन कि उहाँले येशू आफैँ "देखा हुनुभयो" अर्थात, उहाँ पृथ्वीमा आउनुभयो, वा परमेश्वरले येशूलाई संसारमा प्रकट गर्नु भयो भन्ने अवधारणालाई जोड दिएर उहाँ "देखा पर्नुभयो" (दृश्यत्मकरूपमा देखिने गरि) भनेर भनियको हो। र यस प्रक्रियामा येशू मार्फत उहाँले आफैलाई प्रकट गर्नुभयो। पत्यक ठाउँमा जहाँ यूहन्नाले यो शब्द प्रयोग गर्दछन्, यस शब्दमा ध्यान दिएका छन् र त्यस सन्दर्भमा यसको अर्थ के हो भनेर छलफल गरेका छन्।
“संसार”
यूहन्नाले यस पत्रमा "संसार" शब्दलाई विभिन्न अर्थमा प्रयोग गरेका छन्। यसको अर्थ पृथ्वी, केहि भौतिक, संसारमा बस्ने मानिसहरू, परमेश्वरको आदर नगर्ने मानिसहरू, वा परमेश्वरलाई आदर नगर्ने विचारका मानिसहरूको मूल्यमान्यतालाई बुझाउदछ। नोटहरूले प्रत्यक उदाहरणमा "संसार" शब्दको अर्थलाई सम्बोधन गर्नेछ जहाँ यूहन्नाले यसलाई प्रयोग गरेका छन्।
“थाहाँ पाउनु”
यस पत्रमा "थाहाँ पाउनु" क्रियालाई दुई फरक तरिकामा प्रयोग गरिएको छ। कहिलेकाहिँ यो ३ः२, ३ः५ र ३ः१९ मा जस्तै तथ्य जान्नको लागि प्रयोग गरिएको छ। कहिलेकाहिँ यसको अर्थ कसैलाई वा केहि कुरालाई अनुभव गर्नु र बुझ्नु भन्ने अर्थ जान्छ, जस्तै ३ः१, ३ः६, ३ः१६ र ३ः२० मा। कहिलेकाहिँ यञहन्नाले यसलाई एउटै वाक्यमा दुई फरक अर्थमा प्रयोग गरेका छन्, जस्तै २ः३ मा, "यसमा हामी जान्दछौ कि हामीले उहाँलाई चिनेका छौँ।" तपाईको भाषामा यी फरक अर्थहरूका लागि फरक फरक शब्दहरू हुनसक्छन्। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा सही ठाउँमा उपयुक्त शब्द प्रयोग गर्न होसियार हुनुपर्छ।
“हामी”
यस पत्रमा धेरै जसो अवस्थामा, प्रथम व्यक्ति बहुवचन सर्बनामहरू ("हामी, हाम्रो," आदि) समावेश हुन्छन्, र यदि तपाईको भाषाले तयो भिन्नतालाई छुट्याउछ भने, तपाईको अनुवादमा समावेशी रूपमा प्रयोग गर्नुहोस्। ती अवस्थाहरूमा, यूहन्नाले आफू र प्राप्तकर्ताहरू दुवैलाई थाहाँ भएको कुरा, वा उनि र प्राप्तकर्ताहरू दुवैका लागि सत्य कुराहरू बोल्दै छन्। यधपी केहि अवस्थामा, प्रथम व्यक्तिका सर्वनामहरू विशेष हुन्छन्, किनकि यूहन्नाले प्राप्तकर्ताहरूलाई आफू र उनका सँगी प्रेरितहरूले येशूबाट देखेका र सुनेका कुराहरू बताइरहेका छन्। नोटहरूले त्यस्ता सबै ठाउँहरू पहिचान गर्नेछ, र तिनीहरूमा तपाईले नसमेटिएको अर्थमा प्रयोग गर्नु पर्ने छ, यदि तपाईको भाषाले त्यो भिन्नतालाई पहिचान गर्छ भने। (हेर्नुहोस्: "हामी" को समावेशी र असमावेशी रूप)
“तिमि, तिम्रो”
यस अक्षरमा "तिमि" र "तिम्रो" शब्दहरू बहुवचनको लागि प्रयोग गरिन्छ।
ज्योति र अन्धकार
१ः५-७ र २ः८-११ मा यूहन्नाले विस्तारित रूपक प्रयोग गर्दछ जसमा ज्योतिले के असल वा पवित्र छ र अन्धकारले के खराब छ भनेर प्रतिनिधित्व गर्दछ। यदि यो तपाईको भाषामा सजिलै बुझिएन भने, तपाईले स्पष्ट रूपमा भन्नु पर्ने हुन सक्छ कि ज्योतिले भलाइलाई प्रतिनिधित्व गर्दछ वा त्यो ज्योति भलाई जस्तै हो वा तपाईले ज्योतिको बारेमा कुरा गर्न रोज्न सक्नुहुन्छ। प्रत्यक ठाउँमा यस रूपकलाई व्याख्या गर्न नोटहरू हुनेछ। (हेर्नुहोस्: विस्तारित रूपक)
१ यूहन्नाको पुस्तकको पाठमा भएका प्रमुख शाब्दिक मुद्दाहरू
जब बाईबलको पुरातन पाण्डुलिपिमा फरक हुन्छन्, ULT ले पुरातन पाण्डुलिपिलाई विद्वानहरूले यसको पाठमा सबैभन्दा सही मानेका पुरातन पाण्डुलिपि राख्छन्, तर यसले फुटनोटहरूमा अन्य सम्भवतः सहि पुरातन पाण्डुलिपिहरू राख्छन्। प्रत्यक अध्यायको परिचयले ती ठाउँहरूमा छलफल गर्नेछ जहाँ पुरातन पाण्डुलिपिहरू महत्वपूर्ण तरिकामा भिन्न छन्, र नोटहरूले ती ठाउँहरूलाई पुनः सम्बोधन गर्नेछन् जहाँ तिनीहरू पुस्तकमा हुन्छन्। यदि तपाईको क्षेत्रमा पहिले नै बाइबलको अनुवाद अवस्थित छ भने, त्यो सस्ंकरणा पाइने पुरातन पाण्डुलिपि प्योग गर्ने विचार गर्नुहोस्। यदि होइन भने, हामी तपाईलाई ULT पाठमा ती पुरातन पाण्डुलिपिहरू प्रयोग गर्न सिफारीस गर्छौ। (हेर्नुहोस्: खण्डमा भएका भिन्नताहरू)
1 John 1
१ यूहन्ना १ सामान्य टिपोटहरू
संरचना र ढाँचा
- पत्रको परिचय (1:1-4)
- साचोँ विश्वासीहरूले परमेश्वरको आज्ञा पालन गर्छन् र एकअर्कालाई प्रेम गर्छन् (१ः५-१०, २ः१७ सम्म)
यस अध्यायमा भएका महत्वपूर्ण अनुवादमा समस्याहरू
यस समयमा धेरै ग्रीक रचनाहरू जस्तै, शैलीगत उदेश्यको लागि यो पत्र धेरै लामो वाक्यबाट सुरु हुन्छ। यो १ः१ को सुरुदेखि १ः३ को मध्यसम्म जान्छ। यस वाक्यका भागहरू क्रममा छैनन् जुन धेरै भाषाहरूमा चलिरहेको छ। प्रत्यक्ष वस्तु पहिले आउँछ, र यो धेरै लामो छ, धेरै फरक खण्डहरू मिलेर बनेको छ। विषय र क्रिया अन्तको नजिक आउँदैन। र बिचमा, त्यहाँ एक लामो बिषयांतर छ। त्यसैले यो अनुवाद गर्न चुनौति हुन्छ।
तपाईको भाषामा राम्रोसगँ काम गर्न सक्ने एउटा प्रस्ताव भनेको पदलाई जोड्नु हो जसमा सबै १ः१-३ समावेश हुनसकोस्। तपाई यी लामो वाक्यहरूलाई धेरै साना वाक्यहरूमा विभाजन गर्न सक्नुहुन्छ, स्पष्टताको लागि विषय र क्रिया दोहोर्याउन सक्नु हुन्छ। यसले तपाइँलाई वाक्यका भागहरूलाई तपाईको भाषाअनुसार प्रचलित हुन दिन्छ र यसले तपाईका पाठकहरूलाई राम्रोसगँ बुझ्न सक्ने क्रममा प्रस्तुत गर्दछ। यहाँ १ यूहन्ना १"१-३ एक उदाहरणको रूपमा छ जुन तपाईको भाषामा स्पष्ट हुन सक्ने क्रममा पुनः व्यवस्थित गरिएको छः
"यसकारण हामीसगँ तिमीहरूको सङ्गति होस्, हामीले देखेका र सुनेका कुराहरू तिमीहरूलाई बताईरहेका छौँ। हामीले तिमीहरूलाई बताइरहेका छौँ जुन सुरुदेखि नै थियो, जुन हामिले सुनेका छौँ, जुन हाम्रो आखाँले देखिका छौँ, जुन हामीले हेरेका छौँ र हाम्रा हातहरूले छोएका छौँ।, " यो जीवनको वचनसँग सम्बन्धित छ । वास्तवमा, जीवन देखा पर्यो, र हामीले यसलाई देख्याै, र हामी यसको गवाही दिइरहेका छाै । हो, हामी तपाईलाई अनन्त जीवनको घोषणा गर्दैछाैँ जुन पितासँग थियो र त्यो हामीकहाँ आयो।"
यदि तपाईले यो दृष्टिकोण लिनुभयो भने, दोस्रो वाक्यलाई अनुवाद गर्ने अर्को तरिका यो हुनेछ, "हामी तपाईलाई सुरुदेखि के थियो, हामीले के सुन्यौँ, हामीले आफ्ना आखाँले के देख्यौँ, हामीले के हेर्यौँ र हाम्रा हातहरू के छोयोँ छन् भनेर घोषणा गरिरहेका छौँ।"
अर्को दृष्टिकोण जसले अझ राम्रोसगँ काम गर्न सक्छ, र जसलाई पदसगँ जोड्ने माध्यमको आवश्यकता पर्दैन, यसमा वाक्यांशहरूलाई तिनीहरूको वर्तमान क्रममा छोड्नुपर्छ, तर पद विभाजनहरूमा वाक्लाई तीन भागमा विभाजन गर्नु पर्छ। यदि तपाईले त्यसो गर्नु भयो भने, तपाईले १ः१ को अन्त्यको सट्टा "जीवनको वचनको सन्दर्भमा" वाक्यांशको अनुवाद पनि राख्न सक्नुहुन्छ र यसलाई पत्रको सामयिक परिचयको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ। अन्यथा, तपाईका पाठकहरूले १ः४ नपुग्दासम्म यो पत्र हो भनेर बुझ्दैनन्, जहाँ यूहन्नाले लेख्नको लागि आफ्नो उद्देश्य औपचारिक रूपमा बताउँछन्।
१ः१-४ को नोटहरूले यो लामो सुरुवाती वाक्यलाई कसरी अनुवाद गर्ने भनेर थप विशेष सुझावहरू प्रदान गर्दछ। (हेर्नुहोस्: पदका पुलहरू)
यस अध्यायमा महत्वपूर्ण पाठका मुद्दाहरू
१ः४ मा, सबैभन्दा सटिक पुरातन पाण्डुलिपिहरू पढ्छन् "ताकि हाम्रो आनन्द पूरा होस्।" ULT ले यो पुरातन पाण्डुलिपिलाई पछ्याउछ। तथापि, केहि अन्य पुरातन पाण्डुलिपिहरूले "हाम्रो आनन्द" को सट्टा "तपाईको आनन्द" लेख्छन्।यदि तपाईको क्षेत्रमापहिले नै बाइबलको अनुवाद अवस्थित छ भने, त्यो संस्करणमा पाइने कुनै पनि पुरातन पाण्डुलिपि प्रयोग गर्ने विचार गर्नुहोस्। यदि अनुवाद पहिल्यै अवस्थित छेन भने, हामी तपाईलाई ULT पाठमा पुरातन पाण्डुलिपि पालना गर्ने सिफारिस गर्छौँ। (हेर्नुहोस्: खण्डमा भएका भिन्नताहरू)
1 John 1:1
प्रेरित यूहन्नाले यो पत्र विश्वासीहरूलाई लेखे । यहाँ भएका “तिमीहरू”, “तिमीहरूको”, र “तिमीहरूकै” शब्दका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई समावेश गर्छन् र ती बहुवचनमा छन् । यहाँ भएका “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र येशूसँग भएकाहरूलाई जनाउँछ । पदहरू १-२ मा “त्यो”, “जुन”, र “त्यस” जस्ता सर्वनामहरू प्रयोग भएका छन् । तिनीहरूले “जीवनको वचन” र “अनन्त जीवन”लाई जनाउँछन् । तर, किनकि यी येशूका लागि भएका नाउँहरू हुन्, तपाईंले “जो”, “जसलाई”, र “उहाँ” जस्ता व्यक्तिलाई जनाउने सर्वनामहरूको प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप अनि सर्वनामहरू)
ἀκηκόαμεν
तात्पर्य यो हो कि यूहन्ना र अन्य प्रत्यक्षदर्शीहरूले सुनेका कुरा येशू बोल्दै हुनुहुन्थ्यो। यदि यो तपाईको भाषामा स्पष्ट छ भणे, तपाई UST मा जस्तै यो जानकारी समावेश गर्न सक्नुह्छ। वैकल्पिक अुनवाद "हामीले बोलेको सुन्यौँ" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα
यी दुई वाक्यांशको अर्थ एउटै हो। यूहन्नाले सम्भवतः यसलाई जोड दिनको लागि दोहोर्याइएको हुन्। तपाईले यी वाक्यांशहरू संयोजन गर्न सक्नुहुन्छ र अर्को तरिकामा जोड देखाउन सक्नुहुन्छ यदि त्यो तपाईको पाठकहरूको लागि स्पष्ट हुन्छ भने। वैकल्पिक अनुवादः “जसलाई हामी आफैँले स्पष्टरुपमा देखेका छौँ” (हेर्नुहोस्ः समान्तरता)
τοῦ λόγου τῆς ζωῆς
यहाँ जीवनको वचन स्ष्ट रूपमा येशूको वर्णन हो। सामान्य परिचयले बताउँछ, यो पत्र र यूहन्नाको सुसमाचार बीच धेरै समानताहरू छन्। त्यो सुसमाचाार येशूको बारेमा यसो भन्दै सुरु हुन्छ, "आदिमा वचन थियो।" त्यसकारण यो सम्भव छ कि जब यूहन्नाले जीवनको वचनको यो पत्रमा "सुरुदेखि नै" भन्ने शब्दहरू भन्छन्, उनले येशूको बारेमा पनि बोल्दै छन्। ULT ले यो येशूको लागि शिर्षक हो भनी संकेत गर्न वचनको पहिलो शब्दलाई ठुलो गरेर संकेत गर्दछन्। वैकल्पिक अुनवादः "येशू, परमेश्वरको वचन, जसले जीवन दिनुहुन्छ। (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῆς ζωῆς
यस पत्रमा यूहन्नाले जीवनलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्, शाब्दिक रूपमा भौतिक जीवनलाई वा लाक्षणिक रूपमा आत्मीकि जिवनलाई बुझाउनको लागि। यस आत्मीकि जीवनको सन्दर्भ छ। वैकल्पिक अनुवादः "आत्मीकि जिवनका"। (हेर्नुहोस्ः लक्षणा)
यदि तपाई खण्ड शिर्षकहरू प्रयोग गर्दै हुनुहुन्छ भने, तपाई यहाँ पद १ भन्दा अगाडि एक शब्द राख्न सक्नुहुन्छ। सुझाव गरिएको शिर्षकः "जीवनको वचन" (हेर्नुहोस्: खण्डका शीर्षकहरू)
ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς—
१ः१-३ मा लामो वाक्य कसरी अनुवाद गर्ने भनेर यस अध्यायको सामान्य टिपोटहरूमा छलफल गेर्नुहोस्। यदि तपाईले यस पत्रको सामयिक परिचयको रूपमा जिवनको वचनको सन्दर्भमा वाक्यांशलाई अनुवाद गर्ने सुझावहरू पछ्याउनुहुन्छ भने, तपाईले पहिले नै संकेत गरिसक्नु भएको छ कि यस पदका चारवटा खण्डहरूले एक व्यक्ति, येशूलाई जनाउँछ। यदि तपाईको भाषामा "ऊँ," "को," र "कसलाई," जस्ता मानिसहरूलाई जनाउने सर्वनामहरू छन् भने, तिनीहरूलाई यहाँ प्रयोग गर्न उपयुक्त हुनेछ। वैकल्पिक अनुवादः "जीवनको वचनको सम्बन्धमा- उहाँ नै हुनुहुन्छ जो अनन्तकालदेखि अस्तित्वमा हुनुहुन्छ,जसलाई हामीले बोलेको सुन्यौँ, जसलाई हामीले आफ्नै आँखाले देख्यौँ, र जसलाई हामीले आफ्नै हातले छोयौँ र हेर्यौँ।" (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
ἀπ’ ἀρχῆς
यूहन्नाले यस पत्रमा सुरुदेखि नै वाक्यांशलाई विभिन्न तरिकामा प्रयोग गरेका छन्। यहाँ येशू सधैँ अस्तित्वमा हुनुहुन्छ भन्ने तथ्यलाई बुझाउँछ। वैकल्पिक अनुवादः "सबै अनन्तता देखि।" (हेर्नुहोस्ः टुक्काहरू)
ἀκηκόαμεν…ἑωράκαμεν…ἡμῶν…ἐθεασάμεθα…ἡμῶν
यहाँ हामी र हाम्रो सर्वनामहरू विशेष छन्, किनकि यूहन्नाले येशूको पार्थिव जीवनको लागि आफ्नो र अन्य प्रत्यक्षदर्शीहरूको तर्फबाट बोलिरहेका छन्, तर ती मानिसहरू जसलाई उनीले लेख्दैछन्, तिनीहरूले येशूलाई प्रत्यक्ष देखेका छैनन्। त्यसैले यदि तपाईको भाषाले त्यो भिन्नता छुट्याउछ भने, यहाँ विशेष रूपकहरू प्रयोग गर्नसकिन्छ। । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν…καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν
तपाईको भाषामा यी वाक्यांशहरूले अनावश्यक अतिरिक्त जानकारी व्यक्त गरेको देखिन्छ। यदि त्यसो हो भने, तपाई तिनीहरूलाई संक्षिप्त गर्न सक्नुहुन्छ। यधपि, तपाईको भाषामा जोड दिनको लागि यस्तो अतिरिक्त जानकारी प्रयोग गर्ने आफ्नै तरिका हुन सक्छ, र तपाईले आफ्नो अनुवादमा पनि त्यो प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "हामीले देख्यौँ… र छोयौँ" वा "हामीले आफ्नै आखाँले देख्यौँ… र आफ्नै हानले छोयौँ।" (हेर्नुहोस्ः अनावश्यकप्रत्यक्ष जानकरीहरूलाई कतिबेला अस्वभाविक बनउने)
1 John 1:2
καὶ ἡ ζωὴ ἐφανερώθη
१ यूहन्नाको परिचयको भाग ३ मा "देखिने" शब्दको चर्चा हेर्नुहोस्। यहाँ शब्दको अर्थ दुई कुरा मध्ये एक हुन सक्छ। (१) यूहन्नाले येशू यस पृथ्वीमा कसरी आउनुभयो भन्ने कुरामा जोड दिनुभएको हुन सक्छ। (UST ले यसलाई यसरी भनेको छ "उहाँ यहाँ पृथ्वीमा आउनुभयो") त्यो अवस्थामा, ग्रिक निष्क्रिय मौखिक क्रियालाई सक्रिय अर्थमा अनुवाद गर्न सकिन्छ। यस अध्यायको सामान्य टिप्पणीहरूले सुझाव दिएभैँ, यहाँ नयाँ वाक्य सुरु गर्न हपयोगी हुन सक्छ। वैकल्पिक अनुवादः "वास्तवमा जीवन साच्चै यहाँ आएको थियो" (२) यूहन्नाले परमेश्वरले येशूलाई संसारमा कसरी प्रकट गर्नुभयो र कसरी येशूद्वारा आफूलाई संसारमा प्रकट गर्नुभयो भनेर जोड दिएका छन्। त्यो कुरा बाहिर ल्याउनको लागि, तपाईले यसलाई निष्क्रिय मौखिक तरिकाका साथ अनुवाद गर्न सक्नुहुन्छ र यदि तपाईको भाषामा अनुवाद गर्दा निष्क्रिय मौखिक क्रिया छेन भने तपाईले यसलाई सक्रिय क्रियाको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "वास्तवमा, झिवन दृश्यात्मक बनाइएको थियो" वा ""वासतवमा, परमेश्वरले जीवनलाई दृश्यमान बचाउनुभयो। (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
यदि तपाईले १ः१ मा व्यक्तिगत सर्वनामहरू प्रयोग गर्ने निर्णय गर्नुभयो भने, तपाईले तिनीहरूलाई यी अवस्थाहरूमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “हामीले उहाँलाई देखेका छौँ, हामीले उहाँलाई देखेका छौँ भनेर हामी गवाही दिन्छौँ” (हेर्नुहोस्ः सर्वनामहरू - यिनीहरूको प्रयोग कहिले गर्ने)
μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν
यी दुई वाक्यांशहरूले समान कुराहरूको अर्थ दिन्छ। यूहन्नाले सम्भवतः यसलाई जोड दिनलाई दोहोराएउने तरिका प्रयोग गरेका हुनसक्छन्। ुदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाईले यी वाक्यांशहरूलाई संयोजन गर्न सक्नुहुन्छ र अर्को तरिकामा जोड दिन सक्नुहुन्छ, जस्तै UST ले गर्दछ। वैकल्पिक अनुवादः “हामी तपाईलाई यस बारे उत्सुकतासाथ बताई रहेका छौँ।” (हेर्नुहोस्ः समान्तरता)
τὴν ζωὴν τὴν αἰώνιον
पहिलेको पदजस्तै, यहाँ यूहन्नाले येशूसगँ सम्बन्धित जीवनलाई उल्लेख गरेर लाक्षणिक रूपमा बोलिरहेका छन्। वैकल्पिक अनुवादः "येशू जो अनन्त जीवन हुनुहुन्छ" वा "येशू, जो सधैँ जिवित हुनुहुन्छ" (हेर्नुहोस्ः लक्षणा)
τὸν Πατέρα
पिताको उपाधि परमेश्वरको लागि महत्वपूर्ण उपाधि हो। वैकल्पिक अनुवादः “ परमेश्वर पिता” (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
καὶ ἐφανερώθη ἡμῖν
तपाईले यस पदलाई पहिले कसरी अनुवाद गर्योनुभयो हेर्नुहोस्। वैकल्पिक अनुवादः “र हामीकहाँ सिधै आउनुभयो," वा " र हामीलाई दृश्यात्मक बनाईयो" वा "र जसलाई परमेश्वरले हाम्रोलागि देखिने बनाउनुभयो।" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 1:3
ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν
यूहन्नाले येशू पृथ्वीमा जीवित हुदाँ आफू र अन्य प्रत्यक्षदर्शीहरूले देखेको र सुनेको तरिकालाई स्पष्ट रूपमा उल्लेख गर्दै हुनुहुन्छ। यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाई UST मा जस्तै यो जानकारी समावेश गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "येशू पृथ्वीमा जीवित हुदाँ हामीले के देख्यौँ र सुन्यौँ।" (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν…ἡ κοινωνία…ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ
यदि यो तपाईको भाषामा स्पष्ट हुन्छ भने, तपाईले अमूर्त संज्ञा संगति शब्दलाई "मित्र" र "निकट" जस्ता ठोस संज्ञालाई विशेषण घनिष्ठ शब्दको साथ व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "ताकी तपाईहरू हामीसगँ घनिष्ठ मित्र हुनसक्नुहुन्छ… हामी सबै परमेश्वर पिता र उहाँको पुत्र येशूसगँ घनिष्ठ मित्र हुन सक्छौँ ।" (हेर्नुहोस्ः भाववाचक नाम)