2 Timothy
2 Timothy front
२ तिमोथीको परिचय
भाग १: सामान्य परिचय
२ तिमोथीको पुस्तकको रूपरेखा
पावलले तिमोथीलाई अभिवादन गर्छन् र उनले परमेश्वरको सेवा गरिरहँदा कठिनाइहरूलाई खप्न उनलाई उत्साह दिन्छन् (१:१-२:१३) ।
पावलले तिमोथीलाई सामान्य निर्देशनहरू दिन्छन् (२:१४–२६) ।
पावलले तिमोथीलाई भविष्यका घटनाहरूका बारेमा चेतावनी दिन्छन् र उनले परमेश्वरको सेवकाइ कसरी गर्ने भनेर उनलाई निर्देशन दिन्छन् (३:१-४:८) ।
पावलले व्यक्तिगत टिप्पणीहरू दिन्छन् (४:९-२४) ।
२ तिमोथीको पुस्तक कसले लेखे ?
पावलले २ तिमोथीलाई लेखे । उनी टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टियन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टियनहरूलाई सताए । उनी एक ख्रीष्टियन भइसकेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैपटक रोमी साम्राज्यभरी यात्रा गरे ।
पावलले तिमोथीलाई लेखेको यो दोस्रो पत्र हो । तिमोथी उनको चेला र नजिकका मित्र थिए । पावलले यो पत्र उनी रोममा झ्यालाखानामा हुँदा लेखे । यो पत्र लेखेको छिट्टै पछि पावल मर्ने थिए ।
२ तिमोथीको पुस्तक केको बारेमा हो ?
एफिससको सहरका विश्वासीहरूलाई सहायता पुर्याउनका लागि पावलले तिमोथीलाई त्यहीँ छोडेका थिए । तिमोथीलाई विभिन्न विषयमा शिक्षा दिनलाई पावलले यो पत्र लेखे । झूटा शिक्षकहरूका बारेमा चेतावनी र कठिन परिस्थितिहरूमा सहनशीलताजस्ता शीर्षकहरूमा तिनले लेखेका छन् । यो पत्रले मण्डलीहरूका बीचमा नेतृत्व लिनका लागि पावलले तिमोथीलाई तालिम दिइरहेका कुरा दर्शाउँछ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ तिमोथी” वा “दोस्रो तिमोथी” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको दोस्रो पत्र” वा “तिमोथीलाई दोस्रो पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
२ तिमोथीमा भएको सिपाहीको चित्रण के हो ?
पावलले झ्यालखानामा पर्खेर बस्दा, चाँडै नै तिनको मृत्यु हुने छ भनी थाहा पाएर तिनले आफ्नो बारेमा येशू ख्रीष्टको सिपाही भएको कुरा गरेका छन् । सिपाहीहरूले आफ्ना अगुवाका कुरा मान्दछन् । त्यसरी नै ख्रीष्टिएनहरूले येशूका कुरा मान्नुपर्दछ । ख्रीष्टको “सिपाही”को रूपमा विश्वासीहरूले उहाँका आज्ञापालन गर्नुपर्दछ, यद्यपि त्यसको परिणामस्वरूप तिनीहरूले मर्न किन नपरोस् ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्ने कुराको के अर्थ हुन्छ ?
धर्मशास्त्रको साँचो लेखक परमेश्वर हुनुहुन्छ । पुस्तक लेख्ने मानवीय लेखकहरूलाई उहाँले प्रेरणा दिनुभयो । मानिसहरूले लेखिरहेका कुरा परमेश्वरले नै तिनीहरूलाई लेख्ने तुल्याउनुभयो । यसकारण, यसलाई परमेश्वरको वचन भनेको हो । यसले बाइबलको बारेमा धेरै अर्थ दिन्छ । पहिलो, बाइबल त्रुटिरहीत छ र यसलाई विश्वास गर्न सकिन्छ । दोस्रो, धर्मशास्त्रलाई बङ्ग्याउने र नष्ट पार्न खज्ने मानिसहरूबाट यसको सुरक्षाका लागि हामी परमेश्वरमा भर पर्न सक्छौँ । तेस्रो, परमेश्वरको वचनलाई सारा संसारको भाषामा अनुवाद गर्नुपर्छ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । यहाँ “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ४:२२ हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
समावेशी र अनन्य "हामी" र "हाम्रो"
यस पुस्तकमा, "हामी" र "हाम्रो" ले लेखक, पावल, प्रापक, तिमओथी र सबै विश्वासीहरूलाई समावेश गर्दछ। (हेर्नुहोस्: "हामी" को समावेशी र असमावेशी रूप)
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
२ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख पाठ्यक्रमसामग्रीसगँ सम्बन्धित समस्याहरू के-के हुन्?
तल दिइएका पदहरूमा, सबैभन्दा पुरानो ग्रीक पाण्डुलिपिहरू पछिल्ला ग्रीक पाण्डुलिपिहरू भन्दा भिन्न छन्। बाइबलका नयाँ अनुवादहरू ग्रीक पाण्डुलिपिको आधारमा अनुवाद गरेकाहरू फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्छ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्छ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादमा भएका पाठलाई प्रयोग गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई आधुनिक पाठलाई अनुसरण गर्नु सुझाव दिइन्छ ।
- “यसैको कारण, म एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ” (१:११) । केही पुराना संस्करणहरू छन्, जसमा यसरी बताइएको छ, “यसको कारण, म अन्यजातिहरूको लागि एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ ।”
- “तिनीहरूलाई परमेश्वरको सामु चेतावनी देऊ” (२:१४) । त्यहाँ केही पुराना संस्करणहरू छन् जसमा भनिएको छ, “तिनीहरूलाई प्रभुको सामु चेतावनी देऊ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Timothy 1
२ तिमोथी ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले पदहरू १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मिक सन्तानहरू
पावलले तिमोथीलाई ख्रीष्टियन र मण्डलीका अगुवाका रूपमा अनुशासित गरे । तिनले ख्रीष्टमा विश्वास गर्न पावलले नै डोहोर्याएका पनि हुन सक्छन् । यसकारण, पावलले तिमोथीलाई “प्रिय बालक” भन्दछन् । (हेर्नुहोस्ः चेला अनि आत्मा, आत्मिक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
सतावट
पावलले यो पत्र लेख्दा तिनी झ्यालखानामा थिए । पावलले तिमोथीलाई सुसमाचारका लागि दुःख भोग्न उत्साह दिन्छन् ।
2 Timothy 1:2
ἡμῶν
2 Timothy 1:1
Παῦλος
यो पत्रले त्यस समयको सामान्य तरिकालाई पछ्याउँदै, लेखकको नाम र पहिचानबाट सुरु गरेर, त्यसपछि प्रापकलाई उल्लेख गरेको छ (पद २ मा) । तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । यदि त्यसो हो भने, तपाई यसलाई आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः "म पवल, यो पत्र लेख्दै छु।"
διὰ θελήματος Θεοῦ
पावल एक प्रेरित बने किनभने परमेश्वरले उनी एक प्रेरित बनेको चाहनुभयो। वैकल्पिक अनुवादः “परमेश्वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्वरले यसो भएको चाहनु भयो” ।
κατ’
यसको सम्भावित अर्थहरूः १) यसको अर्थ परमेश्वरले पावललाई येशूमा जीवन दिने परमेश्वरको प्रतिज्ञाको बारेमा बताउनलाई नियुक्त गर्नुभयो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “घोषणा गर्ने उद्देश्यको निम्ति ।” २) पावल प्रेरित बने किनभने तिनले येशूमा जीवनको प्रतिज्ञा पाएका थिए। वैकल्पिक अनुवादः "प्राप्त गर्ने परिणामजि रूपमा।"
ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
पावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्ट येशूको भएको कारण मानिसहरूले प्राप्त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूमा भएको कारण हामीले प्राप्त गर्ने जीवनको” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:2
Τιμοθέῳ
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । यदि त्यसो हो भने, तपाई यसलाई आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकलपिक अनुवादः "यो पत्र तिम्रो लागि हो, तिमीथी।"
ἀγαπητῷ τέκνῳ
पावल तिमोथीका पिता थिएनन्, तर तिनले तिमोथीप्रतिको आफ्नो प्रेम र अनुमोदन व्यक्त गर्न “बालक” शब्दको प्रयोग गरेका छन्। यो सम्भव छ कि पावलले नै तिमोथीलाई ख्रीष्टको परिचय गराए, र यसैकारण पावलले उनलाई आफ्नो बालक जस्तै मानेका थिए । वैकल्पिक अनुवादः "जो मेरो लागी प्रिय बालक झैँ छ” वा "तिमी मेरो लागि प्यारो बालक जस्तै छौँ।" (हेर्नुहोस्ः रूपक)
χάρις, ἔλεος, εἰρήνη, ἀπὸ
लेखकको नाम र यसलाई प्राप्त गर्ने व्यक्ति (तिमोथी) बताएपछि, पावलले तिमोथीलाई आशिष्को कुरा लेखेका छन्। तपाईको भाषामा आशिष् व्यक्त गर्ने शब्द राख्नुहोस्, जुन तपाईका मानिसहरूले बुझ्दछन्। वैकल्पिक अनुवादः “… बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ … बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु।” (हेर्नुहोस्ः INVALID translate/translate-blessing)
Θεοῦ Πατρὸς
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । यहाँ पिताको सन्दर्भ यी हुनसक्छन्ः (१) ख्रीष्टका पिता। (२) विश्वासीहरूका पिता। वैकल्पि अनुवादः “परमेश्वर, जो पिता हुनुहुन्छ।”(हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
2 Timothy 1:3
ᾧ λατρεύω ἀπὸ προγόνων
यो एक वाक्यपद्धति हो जसको अर्थ पावलको परिवारले धेरै पुस्तादेखी परमेश्वरको सेवा गर्दै आएको छ। वैकल्पिक अनुवादः “जसको सेवा मेरा पूर्खाहरूले गरे र म पनि गर्छु्।” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν καθαρᾷ συνειδήσει
पावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि शुद्ध अन्तस्करण भएको व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्छ । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्न गरेको छु भन्ने जानेर” (हेर्नुहोस्ः रूपक)
ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν
अमूर्त संज्ञा सम्झना प्रयोग गरेर पावलले सम्झिने कामको बारेमा बोताएका छन्।तपाईको भाषामा यो अवधारणा व्यक्त गर्ने विशेष तरिका हुन सक्छ, जस्तै क्रियाको साथमा। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “जसरी म मेरो प्रार्थनामा निरन्तर तिम्रो विषयमा कुरा गर्छु।” (हेर्नुहोस्ः भाववाचक नाम)
νυκτὸς καὶ ἡμέρας
यहाँ “रात र दिन” लाई “सधैँ” को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यसको अर्थ यो हो कि जुनसुकै समय भए पनि पावलले बारम्बार परमेश्वरलाई प्रार्थना गर्छन्। यसको अर्थ उनले रानभरी र दिनभर कहिल्यै नरोकेर प्रार्थना गर्छन् होइन। वैकल्पिक अनुवादः “हरेक समयमा” वैकल्पिक अनुवादः “सधैँ” (हेर्नुहोस्ः मेरिज्म)
2 Timothy 1:4
σου τῶν δακρύων
यहाँ “तिम्रो आँसुहरू” ले तिमोथीको रुने वा धेरै दुखी भएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमी रोयौँ" वा "तिम्रो उदासीनता” (हेर्नुहोस्ः लक्षणा)
χαρᾶς πληρωθῶ
पावलले आफ्नै विषयमा उनी कसैले भर्न सक्ने एक भाँडो भए झैँ गरेर बताउँछन्। वैकल्पिक अनुवादः “म आनन्दित हुन सकूँ” वा “मसँग पूर्ण आनन्द हुन सकेको होस्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:5
τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως
पावलले तिमोथीको विश्वासलाई अमूर्त संज्ञाको रूपमा बुझाउँछन्। तपाईको भाषामा यो अवधारणा व्यक्त गर्ने विशेष तरिका हुन सक्छ जस्तै क्रियाको साथमा। यदि त्यसो हो भने, तपाईले आफ्नो अनुवादमा यसको प्रयोग गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः “तिम्रो विश्वास जुन वास्तविक छ” (हेर्नुहोस्ः भाववाचक नाम)