Revelation
Revelation front
प्रकाशको परिचय
भाग १: सामान्य परिचय
प्रकाशको पुस्तकको रूपरेखा
- सुरुवात (१:१-२०)
- सात मण्डलीहरूलाई पत्रहरू (२:१-३:२२)
- स्वर्गमा हुनुभएको परमेश्वरको दर्शन, र थुमाको दर्शन (४:१-११)
- सात मोहोरहरू (६:१-८:१)
- सात तुरहीहरू (८:२-१३:१८)
- थुमाको आराधना गर्नेहरू, शहीदहरू, क्रोधको कटनी (१४:१-२०)
- सात कचौराहरू (१५:१-१८:२४)
- स्वर्गमा आराधना (१९:१-१०)
- थुमाको न्याय, पशुको विनाश, हजार वर्ष, शैतानको विनाश, र अन्तिम इन्साफ (२०:११-१५)
- नयाँ सृष्टि, नयाँ येरूशलेम (२१:१-२२:५)
- पुनरागमनको लागि येशूको प्रतिज्ञा, स्वर्गदूतहरूबाटको साक्षी, समापनका लागि यूहन्ना केही शब्दहरू, उहाँको मण्डलीको लागि ख्रीष्टको सन्देश, निमन्त्रणा र चेतावनी (२२:६-२१)
प्रकाशको पुस्तक कसले लेखे ?
लेखकले आफैँलाई यूहन्नाको रूपमा परिचय गराए । यिनी सम्भवतः प्रेरित यूहन्ना थिए । उनले प्रकाशको पुस्तक पत्मोसको टापूमा हुँदाखेरी लेखे । मानिसहरूलाई येशूको बारेमा सिकाएका कारण रोमीहरूले यूहन्नालाई निर्वासनमा पठाएका थिए ।
प्रकाशको पुस्तक केको बारेमा हो ?
विश्वासीहरूलाई कष्ट भोगिरहेका समयमा पनि विश्वासयोग्य रहनलाई प्रोत्साहन गर्नका लागि यूहन्नाले प्रकाशको पुस्तक लेखे । शैतान र त्यसका अनुयायीहरूले विश्वासीहरूको विरुद्धमा लडिरहेको र तिनीहरूलाई मारेको विषयमा उनले देखेका दर्शनहरूलाई यूहन्नाले वर्णन गरे । दर्शनहरूमा, परमेश्वरले दुष्ट मानिसहरूलाई सजाय दिनका लागि पृथ्वीमा धेरै भयानक कुराहरू हुन दिनुहुन्छ । आखिरमा, येशूले शैतान र त्यसका पक्षधरहरूलाई हराउनुहुन्छ । त्यसपछि येशूले विश्वासयोग्य रहेकाहरूलाई सान्तवना दिनुहुन्छ । साथै विश्वासीहरू सदाको लागि परमेश्वरसँग नयाँ स्वर्ग र पृथ्वीमा बस्नेछन् ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रकाश” वा “येशू ख्रीष्टको प्रकाश” वा “सन्त यूहन्नालाई भएको प्रकाश” वा “यूहन्नाले बताएको संसारको अन्तिम सर्वनाश” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले भन्न सम्भव भएको अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “येशू ख्रीष्टले यूहन्नालाई देखाउनुभएका कुराहरू ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
प्रकाशको पुस्तक कस्तो प्रकारको लेखन हो ?
यूहन्नाले उनका दर्शनहरूलाई वर्णन गर्नको लागि एउटा विशेष किसिमको लेखनको प्रयोग गर्छन् । यूहन्नाले आफूले देखेका कुराहरूलाई थुप्रै प्रतीकहरूको प्रयोग गरेर वर्णन गरे । यस प्रकारको लेखन शैलीलाई प्रतीकात्मक अगमवाणी वा संसारको विनाशसँग सम्बन्धीत साहित्य भनिन्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
प्रकाशको पुस्तकमा भएका घटनाहरू विगतका हुन् वा भविष्यका हुन् ?
सुरुको ख्रीष्टिएन कालखण्डदेखि, विद्वानहरूले प्रकाशलाई फरक-फरक तरिकाले उल्था गरेका छन् । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयमा घटेका घटनाहरूलाई वर्णन गरे । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयदेखि लिएर येशूको पुनरागमनसम्मको घटनाहरूलाई वर्णन गरे । अन्य विद्वानहरूले सोच्छन् कि ख्रीष्ट आउनुभन्दा ठीक अगाडिको छोटो समय अवधिमा हुने घटनाहरूलाई यूहन्नाले वर्णन गरे ।
अनुवादकहरूलाई यस पुस्तकको अनुवाद गर्नुभन्दा अगाडि त्यसको कसरी अर्थ लगाउने भनेर निर्णय गर्न जरुरी छैन । अनुवादकहरूले अगमवाणीहरूलाई यूएलटीमा प्रयोग गरिएका कालहरूमै छोड्नुपर्छ ।
के त्यहाँ बाइबलमा प्रकाशको पुस्तक झैँ अरू कुनै पुस्तकहरू छन् ?
बाइबलको अन्य कुनै पनि पुस्तक प्रकाशको पुस्तक झैँ छैन । तर, इजकिएल, जकरिया, विशेषगरी दानिएलमा भएका खण्डहरू प्रकाशमा भएको सामग्री र शैलीसँग एकसमान छन् । प्रकाशको पुस्तकलाई दानिएलको पुस्तक अनुवाद गरेकै समयमा अनुवाद गर्दा लाभदायी हुनसक्छ किनकि तिनीहरूमा भएका केही चित्रणहरू र शैली एकसमान किसिमका छन् ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
के कोही व्यक्तिले प्रकाशको पुस्तकलाई अनुवाद गर्न त्यसलाई बुझ्न आवश्यक छ ?
प्रकाशको पुस्तकलाई ठीकसँग अनुवाद गर्नका निमित्त कोही व्यक्तिले प्रकाशको पुस्तकमा प्रयोग गरिएका सबै चिन्हहरूलाई बुझ्न आवश्यक पर्दैन । अनुवादकहरूले तिनीहरूको अनुवादमा चिन्हहरू वा सङ्ख्याहरूको लागि सम्भाव्य अर्थहरू दिनुहुँदैन । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
“पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई प्रकाशको पुस्तकको यूएलटीमा कसरी प्रतिनिधित्व गरिएको छ ?
धर्मशास्त्रले विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, प्रकाशको पुस्तकको यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः * दुईवटा खण्डहरूमा भएका अर्थले नैतिक पवित्रतालाई सङ्केत गर्छ । यहाँ, यूएलबीले “पवित्र” शब्दलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १४:१२; २२:११) * सामान्यतया प्रकाशमा दिइएको सन्दर्भले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, प्रकाशको पुस्तकको यूएलटीले “विश्वासी” वा “विश्वासीहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः ५:८; ८:३, ४; ११:१८; १३:७; १६:६; १७:६; १८:२०, २४; १९:८; २०:९) * कहिलेकाहीँ दिइएको अर्थले कोही व्यक्ति वा केही कुरालाई परमेश्वरको लागि मात्र अलग गरिएको कुराको आशय दिन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “शुद्ध पार्नु”, “अलग गरिएको”, “ ... लाई समर्पित गरिएको”, र “ ... को लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ ।
जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर विचार गरिरहँदा यूएसटी धेरैपटक सहयोगी हुन सक्छ ।
समयका अवधिहरू
प्रकाशमा थुप्रै विभिन्न समयका अवधिहरूलाई उल्लेख गरिएको छ । उदाहरणको लागि, त्यहाँ बयालीस महिना, सात वर्ष, र साँढे तीन दिनको थुप्रै उल्लेख छ । यी समयका अवधिहरू प्रतीकात्मक हुन् वा होइनन् भन्ने कुरामा विद्वानहरू विभाजित छन् । अनुवादकले यी समयका अवधिहरूलाई वास्तविक समयका अवधिहरूलाई जनाएको जसरी लिनुपर्छ । यो पनि सम्भाव्य छ कि यी समयावधिहरूले प्रकाशको पुस्तकलाई केही समग्र संरचना प्रदान गर्छन्, तर यी घटनाहरूको ठ्याक्कै मिल्ने कालक्रमलाई निर्धारण गर्न धेरै कठिन छ ।यूहन्नाले प्रकाशको पुस्तकमा विभिन्न समय अवधिहरूलाई उल्लेख गरे । उदाहरणको लागि, बयालीस महिना, सात वर्ष, र साँढे तीन दिन । केही विद्वानहरूले यी समयावधिहरू प्रतीकात्मक छन् भनी ठान्छन् । अन्य विद्वानहरूले ती वास्तविक समयावधिहरू हुन् भनी ठान्छन् । अनुवादकले ती समयावधिहरूलाई तिनीहरूले वास्तविक समयावधिहरूलाई उल्लेख गरिरहेको झैँ गरेर लिनुपर्छ । त्यसपछि तिनको महत्त्व वा तिनीहरूले के कुरालाई प्रतिनिधित्व गर्छन् भन्ने कुरा निर्धारण गर्ने भाग उल्था गर्ने व्यक्तिमा जान्छ ।
प्रकाशको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि, बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ भनाइलाई प्रयोग गर्छ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि बाइबलको कुनै अनुवाद सामान्य क्षेत्रमा पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि छैन भने नयाँ भनाइलाई पछ्याउनको लागि अनुवादकहरूलाई सुझाव दिइन्छ ।
- “‘अल्फा र ओमेगा म नै हुँ’, परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘सर्वशक्तिमान्, जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ’” (१:८) । केही संस्करणहरूले “सुरु र अन्त” भन्ने वाक्यांशलाई थप्छन् ।
- “धर्म-गुरूहरू घोप्टो परे र आराधना गरे” (५:१४) । केही पुराना संस्करणहरूमा यसरी छ, “धर्म-गुरूहरू घोप्टो परे र सदासर्वदा जीवित हुनुहुनेलाई आराधना गरे ।”
- “त्यसैले त्यसको (पृथ्वीको) एक तिहाइ जलिहाल्यो” (८:७) । केही पुराना संस्करणहरूले यो वाक्यांशलाई समावेश गर्दैनन् ।
- “उहाँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो” (११:१७) । केही संस्करणहरूले “र जो आउनुहुनेछ” भन्ने वाक्यांशलाई थप्छन् ।
- “तिनीहरू दोषरहित छन्” (१४:५) । केही संस्करणहरूले “परमेश्वरको सिंहासन अगाडि” भन्ने वाक्यांशलाई थप्छन् (१४:५) ।
- “पवित्र जन, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो” (१६:५) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “हे परमप्रभु, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो हुनुहुनेछ ।”
- “जातिहरू त्यस सहरको ज्योतिद्वारा हिँड्नेछन्” (२१:२४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उद्धार पाएका जातिहरू त्यस सहरको ज्योतिद्वारा हिँड्नेछन् ।”
- “आफ्ना वस्त्रहरू धुनेहरू धन्यका हुन्” (२२:१४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँका आज्ञाहरूको पालना गर्नेहरू धन्यका हुन् ।”
- “परमेश्वरले जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भागलाई हटाउनुहुनेछ” (२२:१९) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “परमेश्वरले जीवनको पुस्तकमा र पवित्र सहरमा भएको त्यसको भागलाई हटाउनुहुनेछ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Revelation 1
प्रकाश ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यूहन्नाले पत्मोसको टापूमा हुँदा पाएका दर्शनको अभिलेख प्रकाशको पुस्तकले कसरी राख्छ भन्ने कुरालाई यस अध्यायले व्याख्या गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा दायाँतिर पर सार्छन् । यूएलटीले पद ७ मा भएका उद्धरण गरिएका शब्दहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सात मण्डलीहरू
यूहन्नाले यो पुस्तक सात वास्तविक मण्डलीहरूलाई लेखेका थिए, जुन मण्डलीहरू एसियाको पश्चिमी प्रायद्वीपमा अवस्थित थिए, जुन स्थान हालको टर्की देशमा पर्छ ।
सेतो
बाइबलले धेरैपटक कोही व्यक्तिको स्वामित्वमा एउटा चीजलाई “सेतो” भनेर बताउँछ । यो एउटा अलङ्कार हो र त्यस व्यक्तिले धर्मी तरिकाले र परमेश्वरलाई प्रसन्न तुल्याउने गरेर जिइरहेको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः रूपक अनि लक्षणा अनि धर्मी, धार्मिकता)
“उहाँ जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहनेछ”
परमेश्वर अहिले हुनुहुन्छ । उहाँ सधैँ अस्तित्वमा हुनुभएको छ । उहाँ सधैँ अस्तित्वमा हुनुहुनेछ । यो कुरा बताउनलाई तपाईंको भाषामा फरक तरिका हुन सक्छ ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
रगत
रगत भनेको मृत्युको लागि प्रतिस्थापन शब्द हो । येशले “हामीलाई हाम्रा पापहरूबाट उहाँको रगतद्वारा मुक्त पार्नुभएको छ” । यूहन्नाले भन्न खोजेका कुरा यो हो कि येशूले हाम्रो लागि मर्नुभएर हामीलाई हाम्रा पापहरूबाट बचाउनुभएको छ । (हेर्नुहोस्ः लक्षणा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“उहाँ बादलहरूसँग आउँदै हुनुहुन्छ”
परमेश्वरले येशूलाई मृतकहरूबाट बिउँताउनुभएपछि उहाँ स्वर्गमा चढिजानुहुने बेलामा उहाँ बादलहरूभित्र जानुभयो । जब येशू फर्कनुहुन्छ, उहाँ त्यस समयमा पनि “बादलहरूमा हुनुहुनेछ” । उहाँ बादलहरूमा बसिरहनुभएको हुनेछ वा तिनमा सवार भइरहनुभएको हुनेछ अथवा कुनै अन्य तरिकाले बादलहरूमा वा “बादलहरूसँगै” आउँदै गर्नुभएको हुनेछ भन्ने कुरा अस्पष्ट छ । तपाईंको अनुवादले यसलाई त्यस किसिमले व्यक्त गर्नुपर्छ जुन तपाईंको भाषामा स्वभाविक छ ।
“मानिसको पुत्र झैँ हुनुहुने कोही व्यक्ति”
यसले येशूलाई जनाउँछ । येशूले आफैँलाई सुसमाचारहरूमा “मानिसको पुत्र” भन्नुहुँदा प्रयोग गरिएका शब्दहरूलाई नै प्रयोग गरेर तपाईंले “मानिसको पुत्र”लाई अनुवाद गर्नुपर्छ ।
“सात मण्डलीहरूका स्वर्गदूतहरू”
यहाँ भएको “स्वर्गदूतहरू” शब्दको अर्थ “सन्देशवाहकहरू” पनि हुन सक्छ । यसले स्वर्गीय प्राणीहरू, वा यी सात मण्डलीहरूका सन्देशवाहकहरू वा अगुवाहरूलाई पनि जनाउन सक्छ । यूहन्नाले त्यही शब्द “स्वर्गदूत”लाई (एकवचनमा) पद १ मा र यस पुस्तकभर अन्य थुप्रै स्थानहरूमा पनि प्रयोग गर्छन् । तपाईंको अनुवादले पनि त्यही एउटै शब्दलाई प्रयोग गर्नुपर्छ ।
Revelation 1:1
यो प्रकाशको पुस्तकको परिचय हो । यसले व्याख्या गर्छ कि यो येशू ख्रीष्टबाटको प्रकाश हो र यसलाई पढ्नेहरूलाई यसले एउटा आशिष् दिन्छ ।
τοῖς δούλοις αὐτοῦ
यसले ती मानिसहरूलाई जनाउँछ जसले ख्रीष्टमा विश्वास गर्छन् ।
ἃ δεῖ γενέσθαι ἐν τάχει
“ती घटनाहरू जुन छिटै हुनुपर्छ”
ἐσήμανεν
“त्यसलाई सञ्चार गर्नुभयो”
τῷ δούλῳ αὐτοῦ, Ἰωάννῃ
यूहन्नाले यो पुस्तक लेखे र यहाँ उनले आफैँलाई जनाइरहेका थिए । वैकल्पिक अनुवादः “म, यूहन्ना, उहाँको दासलाई” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 1:2
τὸν λόγον τοῦ Θεοῦ
“परमेश्वरले बोल्नुभएको सन्देश”
τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ
सम्भावित अर्थहरू हुन् १) यसले त्यो गवाहीलाई जनाउँछ जुन यूहन्नाले येशू ख्रीष्टको बारेमा दिएका छन् । वैकल्पिक अनुवादः “उहाँले येशू ख्रीष्टको बारेमा गवाही पनि दिनुभएको छ” वा २) “त्यो गवाही जुन येशू ख्रीष्टले आफ्नै बारेमा दिनुभएको छ”
Revelation 1:3
ὁ ἀναγινώσκων
यसले कुनै खास व्यक्तिलाई जनाउँदैन । यसले ठूलो स्वरले पाठ गर्ने जो कोहीलाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले ठूलो स्वरले पाठ गर्छ” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले यसमा लेखेका कुराहरू पालन गर्नु” वा “तिनीहरूले यसमा पढ्ने कुराहरूको पालना गर्नु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ…καιρὸς ἐγγύς
“हुनैपर्ने कुराहरू चाँडै हुनेछन्”
Revelation 1:4
यो यूहन्नाको पत्रको सुरुवात हो । यहाँ उनले आफैँलाई लेखकको रूपमा नाम दिन्छन् र ती मानिसहरूलाई अभिवादन गर्छन् जसलाई उनले लेखिरहेका छन् ।
χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ὁ ὢν…καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων
यो एउटा इच्छा वा आशिष् हो । हुन त ती कुराहरू वास्तवमा त्यस्ता तरिकाहरू हुन् जसअनुसार परमेश्वरले उहाँका मानिसहरूको लागि काम गर्नुभएको होस् भनी उनी चाहन्छन्, यूहन्नाले तिनको विषयमा यसरी बताउँछन् मानौँ ती परमेश्वरले दिन सक्नुहुने कुराहरू हुन् । वैकल्पिक अनुवादः “उहाँ जो ... र सात आत्माहरू ... र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक रीतिले व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्वक तरिकाले र सुरक्षामा जिउन सक्षम तुल्याउनुभएको होस्” (हेर्नुहोस्ः भाववाचक नाम)
ἀπὸ ὁ ὢν
“परमेश्वरबाट, जो ... ”
ὁ ἐρχόμενος
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ἑπτὰ πνευμάτων
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 1:5
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ
यसले [प्रकाश १:४] (./04.md) बाटको आशिष्लाई निरन्तरता दिन्छ । “तिमीहरूलाई येशू ख्रीष्टबाट अनुग्रह र शान्ति पनि भएको होस्” वा “र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्ण रूपमा र सुरक्षित तवरले जिउनलाई सक्षम तुल्याउनुभएको भएको होस्”
ὁ πρωτότοκος τῶν νεκρῶν
“मृत्युबाट बिउँताइनमा पहिलो व्यक्ति”
τῶν νεκρῶν
ती सबैको माझबाट जो मरेर गएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकैसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउनुले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।
λύσαντι ἡμᾶς
“हामीलाई स्वतन्त्र पार्नुभएको छ”