नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Philippians

Philippians front

फिलिप्‍पीहरूको परिचय

भाग १: सामान्य परिचय

फिलिप्‍पीहरूको पुस्तकको रूपरेखा
  1. अभिवादन, धन्यवादज्ञापन र प्रार्थना (१:१-११)
  2. पावलको आफ्‍नो सेवाकाइको लागि उनको प्रतिवेदन (१:१२-२६)
  3. निर्देशनहरू
  4. दृढ रहन (१:२७-३०)
  5. एकीकृत हुन (२:१-२)
  6. नम्र हुन (२:३-११)
  7. परमेश्‍वरले तिमीहरूमा काम गर्नुभएर हाम्रो उद्धारको काम गर्न (२:१२-१३)
  8. निर्दोष र ज्योति हुन (२:१४-१८)
  9. तिमोथी र इपाफ्रोडिटस (२:१९-३०)
  10. झूटा शिक्षकहरूको बारेमा चेतावनी (३:१-४:१)
  11. व्यक्तिगत निर्देशन (४:२-५)
  12. आनन्द मनाओ र नआत्तिओ (४:४-६)
  13. अन्तिम टिप्‍पणीहरू -- मूल्यमान्यताहरू (४:८-९)
  14. सन्तुष्‍टि (४:१०-२०)
  15. आखिरी अभिवादनहरू (४:२१-२३)
फिलिप्‍पीहरूको पुस्तक कसले लेखे ?

पावलले फिलिप्‍पीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्‍टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

पावलले यो पत्र उनी रोममा झ्‍यालखानामा हुँदा लेखे ।

फिलिप्‍पीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई लेखे, जुन चाहिँ माकेडोनियामा भएको एक सहर हो । फिलिप्‍पीहरूले उनलाई पठाएका उपहारको लागि तिनीहरूलाई धन्यवाद दिनका निमित्त उनले यो पत्र लेखे । उनले झ्‍यालखानामा कसरी समय बिताइरहेका छन् भनेर बताउन र तिनीहरूले दुःख भोग गरिरहेका भएतापनि आनन्द मनाउनको लागि तिनीहरूलाई उत्साह दिन उनी चाहन्थे । उनले तिनीहरूलाई इपाफ्रोडिटस नाम गरेका एकजना व्यक्तिको बारेमा पनि लेखे । तिनी नै पावललाई उपहार ल्याइदिने व्यक्ति थिए । पावलसँग भेटघाट गरिरहेको बेलामा, इपाफ्रोडिटस बिरामी परे । त्यसैले, पावलले उनलाई फिलिप्‍पीहरूकहाँ फिर्ता पठाउने निर्णय गरे । पावलले इपाफ्रोडिटसलाई स्वागत गर्न र तिनी फर्किँदा तिनीप्रति दयालु बन्‍न फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई प्रोत्साहन गरे ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलिप्‍पीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “फिलिप्‍पीमा भएको मण्‍डलीलाई पावलको पत्र” वा “फिलिप्‍पीमा भएका ख्रीष्‍टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

फिलिप्‍पीको सहर कस्तो खालको थियो ?

फिलिप्‍पी माकेडोनियाको क्षेत्रमा फिलिपद्वारा स्थापित गरिएको थियो, जो अलेक्जेन्डर महान्‌का पिता थिए । यसको अर्थ हो कि फिलिप्‍पीका नागरिकहरूलाई रोमका नागरिकहरू भनेर पनि मानिन्थ्यो । फिलिप्‍पीका नागरिकहरू रोमका नागरिकहरू भएकामा गर्व गर्दथे । तर पावलले विश्‍वासीहरूलाई बताए कि तिनीहरू स्वर्गका नागरिकहरू हुन् (३:२०) ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी”को एकवचन र बहुवचन रूपहरू

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र फिलिप्‍पीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । यसको अपवाद ४:३ हो । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)

यस पत्रमा “ख्रीष्‍टको क्रूसका शत्रुहरू” (३:१८) को-को थिए ?

“ख्रीष्‍टको क्रूसका शत्रुहरू” भनेका सम्भवतः ती मानिसहरू थिए जसले आफैँलाई विश्‍वासीहरू भन्थे, तर परमेश्‍वरका आज्ञाहरूको पालना गर्दैनथे । तिनीहरू ठान्थे कि ख्रीष्‍टमा भएको स्वतन्‍त्रताको अर्थ विश्‍वासीहरूले तिनीहरूले जे चाहे सोही गर्न सक्‍थे र परमेश्‍वरले तिनीहरूलाई दण्‍ड दिनुहने थिएन (३:१९) ।

किन यस पत्रमा “आनन्द” र “हर्ष मनाउनु” जस्ता शब्दहरू बारम्बार प्रयोग गरिएका छन् ?

पावलले यो पत्र लेख्‍दा उनी झ्‍यालखानामा थिए (१:७) । उनले कष्‍ट काटिरहेका भएतापनि, पावलले भने कि उनी आनन्दले पूर्ण थिए किनभने परमेश्‍वर उनीप्रति येशू ख्रीष्‍टद्वारा दयालु हुनुभएको थियो । त्यस्तै प्रकारको भरोसा येशू ख्रीष्‍टमा राख्‍नको लागि उनले आफ्‍ना पाठकहरूलाई उत्साह दिन चाहन्थे । (हेर्नुहोस्ः व्यङ्ग्य)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारको अभिव्यक्ति १:१, ८, १३, १४, २६, २७; २:१, ५, १९, २४, २९; ३:१, ३, ९, १४; ४:१, २, ४, ७, १०, १३, १९, २१ मा आउँछ । पावलले ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

फिलिप्‍पीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • केही संस्करणहरूमा यो पत्रको आखिरी पदको अन्तमा “आमेन्” छ (४:२३) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा त्यो छैन । यदि “आमेन”लाई उल्‍लेख गरिन्छ भने, त्यो फिलिप्‍पीहरूको पुस्तकमै भएको कुरा मूल कुरा होइन भनेर सङ्केत दिनको लागि त्यसलाई ठूला कोष्‍ठकहरूमा ([]) राखिनुपर्छ ।

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

Philippians 1

फिलिप्‍पीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले यस पत्रको सुरुवातमा एउटा प्रार्थनालाई समावेश गर्छन् । त्यस समयमा, धार्मिक अगुवाहरूले अनौपचारिक पत्रहरूलाई कहिलेकाहीँ प्रार्थनाका साथ सुरु गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टको दिन

यसले सम्भवतः ख्रीष्‍ट फर्कनुहुने दिनलाई जनाउँछ । पावलले धेरैपटक ख्रीष्‍टको पुनरागमनलाई ईश्‍वरीय जीवन जिउनको लागि प्रेरणा दिने कुरासँग जोड्थे । (हेर्नुहोस्ः ईश्‍वरीय, ईश्‍वरभक्‍ति)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी कथन

विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २१ मा भएको भनाइ एउटा विरोधाभासी कथन होः “मर्नु चाहिँ लाभ हो ।” यो किन सत्य हो भनेर पावलले पद २३ मा व्याख्या गर्छन् । (फिलिप्‍पीहरू १:२१)

Philippians 1:1

पावल र तिमोथीले यो पत्र फिलिप्पीमा भएको मण्डलीलाई लेखेका थिए । किनकि पत्रको पछिल्लो भागमा पावलले “म” लेख्‍छन्, सामान्यतया उनी नै यस पत्रका लेखक हुन् र पावलसँगै रहेका तिमोथीले चाहिँ पावलले भन्दै गर्दा यो लेखेका हुन् भनेर अनुमान गरिन्छ । यहाँ प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्‍ने शब्दहरूले फिलिप्पीका मण्डलीका विश्‍वासीहरूलाई जनाउँछन् र यी बहुवचनमा प्रयोग भएका छन् । “हाम्रा” भन्‍ने शब्दले ख्रीष्‍टमा भएका सबै विश्‍वासीहरूलाई जनाउँछ जसमा पावल, तिमोथी र फिलिप्पीका विश्‍वासीहरू पनि पर्दछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि समावेशी “हामी”)

यदि तपाईंको भाषामा पत्रको लेखकहरूको परिचय दिने कुनै विशेष तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

“तिमोथी, जो ख्रीष्‍ट येशूका सेवकहरू हौँ”

यसले तिनीहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले ख्रीष्‍टसँग एउटै भएर उहाँको हुनलाई चुन्‍नुभयो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट येशूमा भएका परमेश्‍वरका सबै मानिसहरू” वा “तिनीहरू सबै जो परमेश्‍वरका हुन् किनभने तिनीहरू ख्रीष्‍टसँगै एक भएका छन्”

“मण्डलीका अगुवाहरू”

Philippians 1:3

ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν

यहाँ “तिमीहरूलाई सम्‍झनु” भन्‍ने कुराको अर्थ त्यो समय हो जब पावलले प्रार्थना गर्दा उनले फिलिप्पीहरूका बारेमा सोच्‍छन् । वैकल्पिक अनुवादः “हेरक पल्‍ट जब म तिमीहरूको बारेमा सोच्‍छु”

Philippians 1:5

τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον

फिलिप्पीहरूले पनि मानिसहरूलाई सुसमाचार प्रचार गर्ने कुरामा भाग लिएका हुनाले पावलले परमेश्‍वरलाई धन्यवाद व्यक्त गरिरहेका छन् । तिनीहरूले उनको लागि प्रार्थना गरिरहेका वा उनले यात्रा गरेर अरूहरूलाई बताउन सकून् भनेर पैसा पठाइरहेका कुरालाई उनले जनाइरहेका हुन सक्‍छन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले मलाई सुसमाचारलाई घोषणा गर्नको लागि सहायता गरिरहेका छौ” (हेर्नुहोस्ः लक्षणा)

Philippians 1:6

πεποιθὼς αὐτὸ τοῦτο

“मलाई पक्का छ”

ὁ ἐναρξάμενος

“परमेश्‍वर, जसले प्रारम्भ गर्नुभयो”

Philippians 1:7

“यो मेरो निम्ति ठीक छ” वा “यो मेरो निम्ति असल छ”

यहाँ “हृदय” भनेको व्यक्तिको संवेगहरूको लागि प्रतिस्थापन शब्द हो । यस वाक्पद्धतिले कडा स्नेहलाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई धेरै प्रेम गर्छु” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)

συνκοινωνούς μου τῆς χάριτος…ὄντας

“मसँगै अनुग्रहको सहभागी भएका छौ” वा “मसँगै अनुग्रहको भाग पाएका छौ”

Philippians 1:8

“परमेश्‍वर जान्‍नुहुन्छ” वा “परमेश्‍वरले बुझ्‍नुहुन्छ”

ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ

भाववाचक नामपद शब्द “अनुकम्‍पा”लाई “प्रेम गर्नु” भन्‍ने क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ख्रीष्‍ट येशूले हामी सबैलाई प्यारो गरेर प्रेम गर्नुभए झैँ म तिमीहरूलाई प्रेम गर्छु” (हेर्नुहोस्ः भाववाचक नाम)

Philippians 1:9

पावल फिलिप्पीका विश्‍वासीहरूका निम्ति प्रार्थना गर्छन् र प्रभुको निम्ति भएकोदुःखभोगमा रहेको आनन्दको विषयमा कुराकानी गर्छन् ।

पावलले प्रेमको विषयमा त्यो कुनै थोक भए झैँ गरेर बताउँछन् जसलाई मानिसहरूले थप परिमाणमा लिन सक्थे । वैकल्पिक अनुवादः “बढोस्” (हेर्नुहोस्ः रूपक)

यहाँ “समझ”को अर्थ परमेश्‍वरको बारेमा भएको बुझाइ हो । यसलाई स्पष्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई के कुराले प्रसन्‍न तुल्याउँछ भन्‍ने विषयमा जब तिमीहरूले झन् धेरै सिक्‍छौ र बुझ्‍छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Philippians 1:10

εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα

यसले चीजहरूलाई जाँच्ने र राम्रो लाग्ने कुराहरूलाई मात्र लिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जाँच गर र छान”

τὰ διαφέροντα

“जुन परमेश्‍वरलाई सबैभन्दा धेरै प्रसन्‍न पार्ने खालको छ”