Hebrews
Hebrews front
हिब्रूहरूको परिचय
भाग १: सामान्य परिचय
हिब्रूहरूको पुस्तकको रूपरेखा
- येशू परमेश्वरका अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१:१-४:१३)
- येशू येरूशलेममा भएको मन्दिरमा सेवा गर्ने पूरोहितहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (४:१४-७:२८)
- येशूको सेवकाइ पुरानो करारभन्दा महान् छ जुन परमेश्वरले उहाँका मानिसहरूसँग बनाउनुभयो (८:१-१०:३९)
- विश्वास के जस्तो छ (११:१-४०)
- परमेश्वरप्रति विश्वासयोग्य रहन प्रोत्साहन (१२:१-२९)
- आखिरी हौसलाहरू र अभिवादनहरू (१३:१-२५)
हिब्रूहरूको पुस्तक कसले लेखे ?
हिब्रूहरूलाई कसले लेखे भनेर कसैले पनि जान्दैन । सम्भवतः यी नै मानिसहरूले लेखे होलान् भन्दै विद्वानहरूले धेरै जनाको नाउँ उल्लेख गरेका छन् । यस्ता सम्भावित लेखकहरूमध्ये पावल, लूका र बारनाबास हुन् । यो लेखेको मिति पनि अज्ञात छ । धेरै विद्वानहरूले यो सन् ७० भन्दा पहिले लेखिएको थियो भनी विचार गर्दछन् । सन् ७० मा यरूशलेमलाई नष्ट पारियो, तर यरूशलेमको नष्ट भएको थिएन झैँ गरी यस पत्रका लेखकले कुरा गरेका छन् ।
हिब्रूहरूको पुस्तक केको बारेमा हो ?
येशूले पुरानो करारका भविष्यवाणीहरू पूरा गर्नुभयो भनी हिब्रुको पुस्तकका लेखकले दर्शाउँछन् । यहूदी ख्रीष्टिएनहरूलाई उत्साह दिन र पुरानो करारले दिन सक्ने कुनै पनि कुराभन्दा येशू झन् असल हुनुहुन्छ भनी स्पष्ट पार्नका लागि लेखकले यसो गरे । येशूले सिद्ध प्रधान पूजाहारी हुनुहुन्छ । येशूले सिद्ध बलिदान पनि हुनुहुन्थ्यो । येशूको बलिदान एकचोटी र सधैँका लागि भएको हुनाले जनावरहरूका बलिदान व्यर्थ भए । यसकारण, परमेश्वरले मानिसहरू ग्रहण गर्नका लागि येशू नै एक मात्र बाटो हुनुहुन्छ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “हिब्रूहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “हिब्रूहरूलाई पत्र” वा “यहूदी ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
के पाठकहरूले यस पुस्तकलाई पुरानो करारमा आवश्यक परेका बलिहरू र पूरोहितहरूको कामको बारेमा नजानिकन बुझ्न सक्छन् ?
यी कुरा नबझिकन पाठकहरूलाई यो पुस्तक बुझ्न धेरै कठिन पर्नेछ । अनुवादकहरूले कतै टिप्पणीहरूमा वा यस पुस्तकको परिचयमा पुरानो करारका यस्ता केही विचारहरूका बारेमा स्पष्ट पार्नुपर्दछ ।
हिब्रूहरूको पुस्तकमा रगतको अवधारणालाई कसरी प्रयोग गरिएको छ ?
हिब्रूहरू ९:७.md) मा सुरु गरेर, रगतको अवधारणालाई धेरैपटक परमेश्वरको इस्राएलसँगको करारअनुसार बलिदान गरिएको कुनै पशुको मृत्युलाई जनाउन एउटा प्रतिस्थापनको रूपमा प्रयोग गरिएको छ । लेखकले येशू ख्रीष्टको मृत्युलाई प्रतिनिधित्व गर्न पनि रगतको प्रयोग गरे । येशू सिद्ध बलिदान हुनुभयो ताकि परमेश्वरले मानिसहरूलाई उहाँको विरुद्धमा पाप गरेकोमा क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः लक्षणा)
हिब्रूहरू ९:१९ मा सुरु गरेर, लेखकले छर्कने कुराको अवधारणालाई प्रतीकात्मक कार्यको रूपमा प्रयोग गरे । पुरानो करारका पूजाहारीहरूले जनावर बलिदानको रगतलाई छर्कने कार्य गर्दथे । यो मानिसहरू वा कुनै वस्तुमाथि जनावरको मृत्युको लाभलाई लागु गरिएको कुराको सङ्केत थियो । यसले मानिसहरू वा वस्तु परमेश्वरमा ग्रहणयोग्य भएको कुरालाई दर्शाउँथ्यो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
हिब्रूहरूको यूएलटीमा “पवित्र” र “शुद्ध बनाउनु”का अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
धर्मशास्त्रले धेरै विचारहरूमध्ये कुनै एकलाई जनाउनका लागि यस्ता शब्दहरूको प्रयोग गर्दछ । यसकारण, अनुवादकहरूलाई आफ्नो अनुवादमा ती शब्दलाई राम्रोसँग बुझ्ने गरी लेख्न प्रायः कठिनाइ पर्न सक्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्नलिखित सिद्धान्तहरूको उपयोग गर्दछः
- कुनै बेला कुनै खण्डको अर्थले नैतिक रूपमा पवित्र हुने कुरालाई जनाउँछ । सुसमाचार बुझ्नका लागि विशेष महत्त्वपूर्ण भनेको ख्रीष्टिएनहरू येशू ख्रीष्टसँग मिलापमा हुने हुनाले परमेश्वरले तिनीहरूलाई पापरहित देख्नुहुन्छ भन्ने तथ्य हो । परमेश्वर सिद्ध र त्रुटिरहित हुनुहुन्छ भन्ने कुरा जनाउने अर्को सान्दर्भिक तथ्य हो । तेस्रो तथ्य, ख्रीष्टिएनहरूले आफैँमा जीवनमा दोषरहित र त्रुटिरहित किसिमले जिउनुपर्दछ भन्ने हो । यी सन्दर्भमा यूएलटीले, “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जन” र “पवित्र मानिसहरू” शब्दहरूको प्रयोग गर्दछ ।
- कुनै बेला यसको ख्रीष्टिएनहरूलाई जनाउने सामान्य अर्थ हुन्छ, र तिनीहरूद्वारा कुनै विशेष भूमिका निर्वाह गर्नुपर्ने अर्थ लाग्दैन । यी सन्दर्भमा यूएलटीले, “विश्वासी” वा “विश्वासीहरू” शब्दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः 6:10; 13:24)
- कुनै बेला परमेश्वरको लागि कुनै मानिस वा कुनै थोक अलग गरिएको भन्ने अर्थ लाग्छ । यी सन्दर्भमा यूएलटीले, “शुद्ध गर्नु”, “अलग गर्नु”, “अर्पण गर्नु” वा “सुरक्षित गर्नु” शब्दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः २:११; ९:१३; १०:१०, १४, २९; १३:१२)
अनुवादकहरूले यी विचारलाई आफ्नो भाषामा कसरी लेख्ने भनी विचार गरिरहँदा प्रायः यूएसटीले सहायता पुर्याउन सक्दछ
हिब्रूहरूको पुस्तकमा पाठ्यसामग्रीसँग सम्बन्धित भएका प्रमुख विषयहरू के-के हुन् ?
तल दिइएका पदहरूका लागि, बाइबलका नयाँ संस्करणहरू पुरानो संस्करणहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्दछ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्दछ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादहरूमा भएका पाठलाई प्रयोग गर्नुपर्दछ । यदि छैन भने, अनुवादकहरूले आधुनिक पाठको अनुसरण गर्नुपर्दछ ।
- “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ” (२:७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ र तपाईंले तिनलाई आफ्ना हातका कामहरूभन्दा माथि राख्नुभएको छ ।”
- “तिनीहरू जो आज्ञापालन गर्नेहरूसँग विश्वासमा जोडिएनन्” (४:२) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरू जसले त्यसमा विश्वास नजोडिकन त्यसलाई सुने ।”
- “ख्रीष्ट आएका असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो” (९:११) । केही नयाँ र पुराना संस्करणहरूमा यसरी छ, “ख्रीष्ट आउनुपर्ने असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो ।”
- “तिनीहरूमाथि जो कैदीहरू थिए” (१०:३४) । केही पुराना संस्करणहरूमा यसरी छ, “मेरा साङ्लाहरूमा मेरो ... ।”
- “तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग गरेर चिरियो । तिनीहरू तरवारले मारिए” (११:३७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरूलाई ढुङ्गा हानियो । तिनीहरूलाई दुई भागमा चिरियो । तिनीहरूको परीक्षा लिइयो । तिनीहरूलाई तरवारले मारियो ।”
- “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गा हानिनुपर्छ” (१२:२०) । केही पुराना संस्करणहरूमा यसरी छ, “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गाले हान्नुपर्छ वा वाणले हान्नुपर्छ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Hebrews 1
हिब्रूहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशू हाम्रो लागि स्वर्गदूतहरूभन्दा कसरी बढी महत्त्वपूर्ण हुनुहुन्छ भनेर यस अध्यायले वर्णन गर्दछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १:५, ७-१३ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
“हाम्रा पूर्खाहरू”
लेखकले यो पत्र त्यस्ता ख्रीष्टिएनहरूलाई लेखे, जो यहूदी धर्म मानेर हुर्केका थिए । यसकारण, यो पत्रलाई “हिब्रुहरू” भनियो ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
आलङ्कारिक प्रश्नहरू
येशू स्वर्गदूतहरूभन्दा महान् भनी प्रमाणित गर्न लेखकले अलङ्कारको प्रश्नहरू प्रयोग गर्दछन् । यी प्रश्नका जवाफ लेखक तथा पाठकहरू दुवैलाई थाहा छ, र पाठकहरूले यी प्रश्नका जवाफका बारेमा विचार गर्दा कुनै पनि स्वर्गदूतहरूभन्दा परमेश्वरका पुत्र महान् हुनुहुन्छ भनी तिनीहरूले विचार गर्न सक्ने छन् भन्ने महसुस लेखकलाई भएको छ ।
कविता
यहूदी शिक्षकहरू, जस्तै पुरानो करारका अगमवक्ताहरूले सबैभन्दा महत्त्वपूर्ण शिक्षालाई कविताको रूपमा लेख्ने गर्थे, र यसरी श्रोताहरूले ती सिक्न र सम्झन सक्दथे ।
Hebrews 1:1
यो पत्र कसलाई पठाइयो भनी यो प्राप्त गर्ने मानिसहरूका बारेमा यसले उल्लेख गर्दैन । तापनि, लेखकले विशेष गरेर हिब्रुहरू (यहूदीहरू)लाई लेखेका थिए, जसले पुरानो करारका धेरै खण्डहरू बुझ्न सक्दथे ।
यस भूमिकाले सम्पूर्ण पुस्तकका लागि पृष्ठभूमि प्रदान गर्दछः पुत्रभन्दा महान् कोही छैन - पुत्र नै सबैभन्दा महान् हुनुहुन्छ । पुत्र चाहिँ अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ भन्ने कुरामा जोड दिँदै यो पुस्तक सुरु भएको छ ।
Hebrews 1:2
ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων
“यी आखिरी दिनहरूमा ।” यो वाक्यांशले येशूले उहाँको सेवाकार्य सुरु गर्नुभएको समयदेखि लिएर परमेश्वरले आफ्नो सृष्टिमाथि पूर्ण रूपमा उहाँको शासन स्थापित नगरुञ्जेलको समयलाई जनाउँछ ।
ἐν Υἱῷ
यहाँ “पुत्र” भनेको येशू, परमेश्वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἔθηκεν κληρονόμον πάντων
पुत्रले पिताबाट धनसम्पत्तिको अधिकार पाउनुहुन्छ भनेजस्तै गरी लेखकले कुरा गर्दछन् । वैकल्पिक अनुवादः “सबै थोकको अधिकार गर्न” (हेर्नुहोस्ः रूपक)
δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας;
“पुत्रद्वारा नै परमेश्वरले सबै थोक बनाउनु पनि भयो”
Hebrews 1:3
ἀπαύγασμα τῆς δόξης
“उहाँको महिमाको ज्योति ।” परमेश्वरको महिमालाई धेरै उज्यालो ज्योतिसँग सम्बन्धित गरेर हेरिन्छ । लेखक भन्दछन्, पुत्र त्यो ज्योतिको स्वरूप हुनुहुन्छ र परमेश्वरको महिमालाई पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ ।
τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ
“महिमा ... , परमेश्वरको अस्तित्वको स्वरूप धारण ।” “उहाँको स्वभावकै विशेषता भएको” भन्नाले “परमेश्वरको महिमाको चमक” भन्ने कुरासँग मिल्दो अर्थ हो । पुत्रले परमेश्वरको स्वभाव र विशेषता धारण गर्नुहुन्छ र परमेश्वरका कुनै पनि कुराको पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ । वैकल्पिक अनुवादः “महिमित र परमेश्वरजस्तै हुनुहुन्छ” वा “महिमा, र परमेश्वरको बारेमा जे सत्य हो, सो पुत्रका बारेमा पनि सत्य हो”
τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ
“उहाँको शक्तिशाली वचन ।” यहाँ “वचन”ले सन्देश वा आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको शक्तिशाली आदेश” (हेर्नुहोस्ः लक्षणा)
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
भाववाचक नाम “शुद्धिकरण”लाई क्रियापदका रूपमा लेख्न सकिन्छः “शुद्ध पार्नु ।” वैकल्पिक अनुवादः “उहाँले हामीलाई पापबाट शुद्ध पार्ने कार्य समाप्त गर्नुभएपछि” वा “उहाँले हामीलाई हाम्रा पापबाट शुद्ध पार्न सिद्ध्याउनुभएपछि” (हेर्नुहोस्ः भाववाचक नाम)
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
पापको क्षमा गर्ने कुरा कुनै मानिसलाई सफा पार्ने कुरा जस्तो हो भनी लेखकले लेखेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पाप क्षमा गर्न उहाँले सम्भव पार्नुभयो” (हेर्नुहोस्ः रूपक)
ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
“परमेश्वरको दाहिने बाहुली”पट्टि विराजमान हुनु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “उहाँ सर्वोच्चको छेउमा सम्मान र अधिकारको स्थानमा बस्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
यहाँ “सर्वोच्च”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वोच्च परमेश्वर” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 1:4
पहिलो अगमवाणीको उद्धरण (तिमी मेरा पुत्र हौ) भजनसंग्रहबाट लिइएको हो । दोस्रो चाहिँ (म उनका पिता हुनेछु) शमूएल अगमवक्ताले लेखे । “उहाँ” शब्दका सबै प्रयोगहरूले पुत्र येशूलाई जनाउँछ । “तिमी” शब्दले येशूलाई जनाउँछ भने, “म” र “मलाई” शब्दहरूले परमेश्वर पितालाई जनाउँछ ।
γενόμενος
“पुत्र ... हुनुभएको छ”
ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς, κεκληρονόμηκεν ὄνομα
यहाँ “नाउँ” भन्नाले आदर र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी उहाँले प्राप्त गर्नुभएको आदर र अधिकार तिनीहरूका आदर र अधिकारभन्दा श्रेष्ठ छ” (हेर्नुहोस्ः लक्षणा)
κεκληρονόμηκεν
आदर र अधिकार प्राप्त गर्ने कुरालाई लेखकले बाबुबाट धनसम्पत्ति प्राप्त गर्ने कुरा जस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “उहाँले पाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 1:5
τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ…μοι εἰς Υἱόν?
परमेश्वरले उहाँका स्वर्गदूतहरूमध्ये कुनैलाई पनि आफ्नो पुत्र भन्नुहुन्न भनी यो प्रश्नले जोड दिन्छ । वैकल्पिक अनुवादः “किनभने स्वर्गदूतहरूमध्ये कुनैलाई पनि परमेश्वरले कदापि ‘तिमी मेरा पुत्र हौ ... मेरा पुत्र हुने छन्’ भन्नुभएको छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Υἱός μου εἶ σύ…ἐγὼ…γεγέννηκά σε
यी दुई खण्डका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः समान्तरता)