नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

James

James front

याकूबको परिचय

भाग १: सामान्य परिचय

याकूबको पुस्तकको रूपरेखा
  1. अभिवादनहरू (१:१)
  2. जाँच र परिपक्वता (१:२-१८)
  3. परमेश्‍वरको वचन सुन्‍ने र गर्ने (१:१९-२७)
  4. कामहरूमा देखिएको साँचो विश्‍वास
  5. परमेश्‍वरको वचन (१:१९-२७)
  6. प्रेमको राजकीय नियम (२:१-१३)
  7. कामहरू (२:१४-२६)
  8. समुदायमा भएका कठिनाइहरू
  9. जिब्रोका खतराहरू (३:१-१२)
  10. माथिबाटको बुद्धि (३:१३-१८)
  11. सांसारिक इच्‍छाहरू (४:१-१२)
  12. तपाईंका निर्णयहरूमा परमेश्‍वरको दृष्‍टिकोण
  13. भोलिको बारेमा घमण्‍ड गर्ने (४:१३-१७)
  14. धनहरूका बारेमा चेतावनी (५:१-६)
  15. धीरजका साथ कष्‍ट भोग्‍ने (५:७-११)
  16. अन्तिम सल्‍लाहहरू
  17. शपथहरू (५:१२)
  18. प्रार्थना र चङ्गाइ (५:१३-१८)
  19. एक अर्काको लागि वास्ता (५:१९-२०)
याकूबको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई याकूबको रूपमा परिचय गराउँछन् । यिनी सम्भवतः येशूका सौतेनी भाइ याकूब थिए । याकूब प्राचीन मण्‍डलीमा एक अगुवा थिए र यरूशलेमको परिषदको एक हिस्‍सा थिए । प्रेरित पावलले पनि उनलाई मण्‍डलीको “एक खाँबो” भनी बोलाए ।

यिनी प्रेरित याकूब चाहिँ होइनन् । प्रेरित याकूब यो पत्र लेखिनुभन्दा अगाडि मारिएका थिए ।

याकूबको पुस्तक केको बारेमा हो ?

यस पत्रमा, याकूबले दुःखभोग गरिरहेका विश्‍वासीहरूलाई उत्साह दिए । तिनीहरूलाई अझ बढी परिपक्व ख्रीष्‍टिएनहरू हुन सहायता गर्नलाई परमेश्‍वरले तिनीहरूको कष्‍टलाई प्रयोग गर्नुहुन्छ भनेर उनले तिनीहरूलाई भने । विश्‍वासीहरूले असल कामहरू गर्नुपर्ने आवश्‍यकताको विषयमा पनि याकूबले तिनीहरूलाई बताए । विश्‍वासीहरू कसरी जिउनुपर्छ र एक अर्कालाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा उनले यस पत्रमा धेरै लेखे । उदाहरणको लागि, एक अर्कालाई उचित ढङ्गले व्यवहार गर्न, र एक अर्कासँग नलड्न, र आफ्‍ना धनहरूलाई बुद्धमानीपूर्वक रीतिले प्रयोग गर्नलाई उनले तिनीहरूलाई आज्ञा गरे ।

१:६, ११ र ३:१-१२ मा जस्तै गरी प्रकृतिबाटका धेरै उदाहरणहरू प्रयोग गरेर याकूबले उनका पाठकहरूलाई सिकाए । साथै, यस पत्रका थुप्रै अंशहरू येशूले डाँडाको उपदेशमा भन्‍नुभएका कुराहरूसँग समान छ (मत्ती ५-७) ।

“छरिएका बाह्र कुलहरू” को थिए ?

याकूबले भने कि उनले “छरिएका बाह्र कुलहरू”लाई लेखिरहेका थिए (१:१) । केही विद्वानहरूले विचार गर्छन् कि याकूबले यहूदी ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । अन्य विद्वानहरूले विचार गर्छन् कि याकूबले सामान्य रूपमा सारा ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । “सामान्य पत्रहरू”मध्येमा भएको एक पत्रको रूपमा यस पत्रलाई चिनिन्छ किनकि यो पत्र कुनै खास मण्‍डली वा व्यक्तिलाई लेखिएको थिएन ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “याकूब” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “याकूबबाटको एउटा पत्र” वा “याकूबले लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

एक व्यक्ति परमेश्‍वरको सामु कसरी धर्मी ठहरिन्छ भन्‍ने विषयमा के याकूब पावलसँग असहमत भए ?

पावलले रोमीहरूमा सिकाउँछन् कि ख्रीष्‍टिएनहरू विश्‍वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन, जबकि याकूबले ख्रीष्‍टिएन कामहरूद्वारा धर्मी ठहिरिन्छन् भनी सिकाएको जस्तो देखिन्छ । त्यहाँ कुनै विरोध छैन । यस विषयको एउटा समाधान भनेको “धर्मी ठहरिनु” भन्‍ने कुरालाई दुई फरक तरिकमा प्रयोग गरिएको छ भनेर बुझ्‍ने कुरा पर्छ । पावलले सिकाउँछन् कि ख्रीष्‍टिएनहरू परमेश्‍वरको सम्‍मुखमा धर्मी ठहरिन्छन् जबकि याकूबले सिकाउँछन् कि कोही मानिस अरू मानिसहरूको सम्‍मुखमा उसका कामहरूद्वारा धर्मी ठहरिन्छ ।पावलले रोमीहरूमा सिकाए कि ख्रीष्‍टिएनहरू विश्‍वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन । ख्रीष्‍टिएनहरू कामहरूद्वारा धर्मी ठहरिन्छन् भनेर याकूबले सिकाएको जस्तो देखिन्छ । यो अल्मल्याउने हुन सक्छ । तर पावल र याकूबले सिकाएका कुराहरूको अझ राम्रो बुझाइले देखाउँछ कि तिनीहरू एक आपसमा सहमत हुन्छन् । तिनीहरू दुवैले सिकाए कि धर्मी ठहरिनलाई एक व्यक्तिसँग विश्‍वास हुन जरुरी छ । साथै तिनीहरू दुवैले सिकाए कि सच्‍चा विश्‍वासले एक व्यक्तिलाई असल कामहरू गर्न लगाउँछ । यी कुराहरूको विषयमा पावल र याकूबले फरक तरिकाहरूमा सिकाए किनभने तिनीहरूका फरक पाठकहरू थिए जसलाई धर्मी ठहरिने कुराको विषयमा विभिन्‍न कुराहरू जान्‍न खाँचो थियो । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि विश्‍वास अनि कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

अनुवादकले याकूबको पुस्तकमा भएका विषयहरूको फेरबदल भएको कुराको कसरी सङ्केत गर्नुपर्छ ?

पत्र छिटो-छिटो गरेर एक विषयदेखि अर्को विषयमा सर्छ । कहिलेकाहीँ याकूबले पाठकहरूलाई बताउँदैनन् कि उनले विषय बदल्‍न लागेका छन् । पदहरूलाई एक अर्कासँग सम्बन्धित नभइ आउन दिनु स्वीकार्य छ । नयाँ पङ्क्तिबाट सुरु गरेर वा विषयहरूको बीचमा ठाउँ छोडेर खण्‍डहरूलाई अलग राख्‍दा अर्थ ल्याउन सक्छ ।

याकूबको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • “के तिमी जान्‍न चाहन्छौ, मूर्ख मानिस, काम बिनाको विश्‍वास कसरी बेकार छ ?” (२:२०) । यूएलटी, यूएसटी, र नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूमा यस्तो छ, “के तिमी जान्‍न चाहन्छौ, मूर्ख मानिस, कि काम बिनाको विश्‍वास मृत छ ?” यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

James 1

याकूब ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

याकूबले पद १ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले पत्रहरूलाई यसरी नै सुरु गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परीक्षा र जाँच

यी शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ । अनुवादक यो कुरामा सचेत हुनुपर्छ कि यहाँ “परीक्षा”को (याकूब १:१३) अर्थ र परमेश्‍वरले मानिसको “जाँच” गर्नुहुने कुराको (हिब्रूहरू ११:१७) अर्थमा केही महत्त्वपूर्ण भिन्‍नताहरू छन् ।यी दुई शब्दहरू मा एकसाथ आउँछन् । दुवै शब्दहरूले कोही एउटा व्यक्तिको विषयमा कुरा गर्छन् जसले केही असल गर्ने र केही खराब गर्ने बीचमा छान्‍न सक्छन् । तिनीहरूको बीचमा भएको भिन्‍नता महत्त्वपूर्ण छ । परमेश्‍वरले त्यस व्यक्तिको जाँच गरिरहनुभएको छ र जे असल छ सो गरेको चाहनुहुन्छ । शैतानले त्यस व्यक्तिलाई परीक्षा गरिरहेको छ र जे दुष्‍ट छ सो गरेको त्यसले चाहन्छ ।

मुकुटहरू

जाँच उतीर्ण हुने मानिसले प्राप्‍त गर्ने मुकुट चाहिँ एक इनाम हो, केही त्यस्तो कुरा जुन खास रूपमा केही असल गर्ने मानिसहरूले प्राप्‍त गर्छन् । (हेर्नुहोस्ः इनाम, पुरस्कार, योग्य)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले यस अध्यायमा थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन्, तपाईंले तिनीहरूलाई राम्ररी अनुवाद गर्नसक्‍नुभन्दा अगाडि अलङ्कारको विषयमा भएको पृष्‍ठमा रहेको सामग्रीलाई तपाईंले बुझ्‍न जरुरी छ । (हेर्नुहोस्ः रूपक)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“छरपष्‍ट भएर रहेका बाह्र कुलहरूलाई”

याकूबले यस पत्र कसलाई लेखे भनेर प्रस्‍ट छैन । उनले आफैँलाई प्रभु येशू ख्रीष्‍टको एक सेवक भनी भन्छन्, त्यसैले सम्भवतः उनले ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । तर उनले आफ्‍ना पाठकहरूलाई “छरपष्‍ट भएर रहेका बाह्र कुलहरू” भनी भन्छन्, ती शब्दहरू जसले सामान्यतया यहूदीहरूलाई जनाउँछन् । यो सम्भव छ कि उनले यी शब्दहरूलाई “परमेश्‍वरले चुन्‍नुभएका सारा मानिसहरू”को लागि एक अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् अथवा उनले यो पत्र तब लेखे जब अधिकांश ख्रीष्‍टिएनहरू यहूदीहरूको रूपमा हुर्किएका थिए ।

James 1:1

प्रेरित याकूबले यो पत्र सारा विश्‍वाीहरूलाई लेख्छन् । तिनीहरूमध्ये धेरैजना यहूदीहरू थिए, र तिनीहरू विभिन्न ठाउँहरूमा बस्थे ।

Ἰάκωβος

“यो पत्र ... बाट हो” भन्‍ने वाक्यांश स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “यो पत्र याकूब, परमेश्‍वरको र प्रभु येशू ख्रीष्‍टको सेवकबाट हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ταῖς δώδεκα φυλαῖς

सम्भावित अर्थहरू हुन् १) यो यहूदी ख्रीष्‍टिएनहरूको लागि प्रतिस्थापकीय शब्द हो, वा २) यो सबै ख्रीष्‍टिएनहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरका विश्‍वासयोग्‍य मानिसहरूलाई” (हेर्नुहोस्ः उपलक्षण अनि रूपक)

ἐν τῇ διασπορᾷ

“छरपष्‍ट भएर रहेका” शब्दहरूले सामान्यतया ती यहूदीहरूलाई जनाउँथ्यो जो आफ्‍नो स्वदेश इस्राएलबाट अन्य देशहरूमा छरिएका थिए । यो भाववाचक नामपद शब्दलाई “छरिएका” क्रियापद प्रयोग गरेको एउटा वाक्यांशसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो संसारभर छरिएका छन्” वा “जो अन्य देशहरूमा बस्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)

χαίρειν.

एउटा सामान्य अभिवादन, जस्तै “जय मसिह !” अथवा “शुभ दिन !”

James 1:2

πᾶσαν χαρὰν ἡγήσασθε

“मेरा सङ्गी विश्‍वासीहरू हो, तिमीहरूका विभिन्‍न किसिमका दुःख-कष्‍टहरूलाई उत्सव मनाउने विषय झैँ सम्झ”

James 1:3

τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν

“जाँच”, “तिमीहरूको विश्‍वास”, र “धैर्यता” जस्ता अभिव्यक्तिहरू भनेका नामपद शब्दहरू हुन् जसले अर्थ कामहरू हुन्छ । परमेश्‍वरले जाँच गर्नुहुन्छ, अर्थात, विश्‍वासीहरूले उहाँलाई कति भरोसा गर्छन् र उहाँको आज्ञापालन गर्छन् भनेर उहाँले निधो गर्नुहुन्छ । विश्‍वासीहरूले (तपाईंले) उहाँलाई विश्‍वास गर्छन् र दुःख-भोगलाई सहन्छन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले कठिनाइहरू सहन्छौ, तिमीहरूले कति धेरै उहाँलाई भरोसा गर्छौ भनेर परमेश्‍वरले हेर्दै हुनुहुन्छ । फलस्वरूप, तिमीहरू अझ धेरै कठिनाइहरू सहन सक्षम हुनेछौ” (हेर्नुहोस्ः भाववाचक नाम)

James 1:4

ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω

यहाँ धैर्यको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै काममा लागेको व्यक्ति हो । वैकल्‍पिक अनुवादः “कुनै पनि कठिनाइलाई सहन सिक” (हेर्नुहोस्ः मानवीकरण)

τέλειοι καὶ ὁλόκληροι

सबै परिस्थितिहरूमा ख्रीष्‍टमा विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न सक्षम

ἐν μηδενὶ λειπόμενοι

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई चाहिने सबैकुराहरू भएर” वा “तिमीहरू हुनुपर्ने सबै कुरा भएर”

James 1:5

λείπεται σοφίας

“परमेश्‍वरसँग त्यसको लागि मागोस् । उहाँ नै हुनुहुन्छ जसले दिनुहुन्छ”

αἰτείτω παρὰ…Θεοῦ

“उदारतासँग दिनुहुन्छ र कसैलाई हप्काउनुहुन्‍न”

δοθήσεται αὐτῷ

“परमेश्‍वरले त्यो गर्नुहुनेछ” वा “परमेश्‍वरले तिमीहरूको प्रार्थनाको उत्तर दिनुहुनेछ”

James 1:6

μηδὲν διακρινόμενος

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उत्तर दिनुहुन्छ भन्‍ने कुराको पूर्ण निश्‍चयतासाथ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἔοικεν κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ

परमेश्‍वरले उसलाई सहायता गर्नुहुनेछ भन्‍ने कुरामा शङ्का गर्ने कुनै पनि व्यक्ति चाहिँ समुद्र वा ठूलो तालमा भएको पानी जस्तो हो जुन विभिन्‍न दिशामा यताउता गरिरहन्छ । (हेर्नुहोस्ः उपमा)

James 1:8

ἀνὴρ δίψυχος

“दोहोरो मनको” भन्‍ने वाक्यांशले कुनै व्यक्तिको विचारहरूलाई जनाउँछ जब ऊ निर्णय लिन असक्षमा हुन्छ । वैकल्पिक अनुवादः “येशूलाई पछ्याउने हो वा होइन भनेर निर्णय लिन सक्दैन” (हेर्नुहोस्ः रूपक)

ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ

यहाँ यस व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ ऊ कुनै एउटा बाटोमा बस्न सक्दैन तर त्यसको साटोमा एउटा बाटोदेखि अर्कोमा गइरहन्छ । (हेर्नुहोस्ः रूपक)

James 1:9

ὁ ἀδελφὸς ὁ ταπεινὸς

“त्यस्तो विश्‍वासी जोसँग प्रशस्त रुपियाँ-पैसा छैन”

τῷ ὕψει αὐτοῦ

परमेश्‍वरले सम्मान गर्नुभएको कोही व्यक्ति चाहिँ उच्‍च स्थानमा उभिरहेको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः रूपक)