John
John front
यूहन्नाको सुसमाचारको परिचय
भाग १: सामान्य परिचय
यूहन्नाको सुसमाचारको रूपरेखा
- येशू को हुनुहुन्छ भन्ने बारेमा परिचय(१:१-१८)
- येशूको बप्तिस्मा हुन्छ, र उहाँले बाह्र चेलाहरू चुन्नुहुन्छ (१:१९-५१)
- येशूले प्रचार गर्नुहुन्छ, सिकाउनुहुन्छ, र मानिसहरूलाई निको पार्नुहुन्छ (२-११)
- येशूको मृत्युअघिका सात दिनहरू (१२-१९)
- मरियमले येशूको पाउलाई अभिषेक गर्छिन् (१२:१-११)
- येशू यरूशलेममा गधामा चढेर जानुहुन्छ (१२:१२-१९)
- केही ग्रीक मानिसहरू येशूलाई भेट्न चाहन्छन् (१२:२०-३६)
- यहूदी अगुवाहरूले येशूलाई इन्कार गर्छन् (१२:३७-५०)
- येशूले उहाँका चेलाहरूलाई सिकाउनुहुन्छ (१३-१७)
- येशू गिरफ्तार हुनुहुन्छ र उहाँलाई केरकार गरिन्छ (१८:१-१९:१५)
- येशू क्रूसमा टङ्ग्याइनुहुन्छ र गाडिनुहुन्छ (१९:१६-४२)
- येशू मृतकहरूबाट बौह्रिउठ्नुहुन्छ (२०:१-२९)
- यूहन्नाले उनको सुसमाचार किन लेखे भनेर बताउँछन् (२०:३०-३१)
- येशू चेलाहरूसँग भेट्नुहुन्छ (२१)
यूहन्नाको सुसमाचार केको बारेमा हो ?
यूहन्नाको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्येको एक हो जसले येशू ख्रीष्टको जीवनको केही भागलाई वर्णन गर्छ । सुसमाचारका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूका बारेमा लेखे । यूहन्नाले भने कि उनले उनको सुसमाचार लेखे “ताकि मानिसहरूले विश्वास गरून् कि येशू नै ख्रीष्ट, जीवित परमेश्वरको पुत्र हुनुहुन्छ” (२०:३१) ।
यूहन्नाको सुसमाचार अरू तीन सुसमाचारहरूबाट धेरै भिन्न छ । यूहन्नाले अरू लेखकहरूले तिनीहरूका सुसमाचारहरूमा उल्लेख गरेका केही शिक्षाहरू र घटनाहरू समावेश गर्दैनन् । साथै, यूहन्नाले अरू सुसमाचारहरूमा नभएका केही शिक्षाहरू र घटनाहरूका बारेमा लेखे ।
येशूले जे भन्नुभयो सो सत्य थियो भनी प्रमाणित गर्न येशूले गर्नुभएका चिन्हहरूका बारेमा यूहन्नाले धेरै लेखे । (हेर्नुहोस्ः चिन्ह, प्रमाण, स्मरणपत्र)
यो पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक, “यूहन्नाको सुसमाचार” वा “यूहन्नाले बताएका सुसमाचार” भनेर बोलाउन रोज्न सक्छन् । अथवा तिनीहरूले बढी स्पष्ट हुने किसिमको शीर्षक रोज्न सक्छन्, जस्तै, “येशूको बारेमा भएको सुसमाचार जुन यूहन्नाले लेखे” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
यूहन्नाको सुसमाचार कसले लेख्यो ?
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, ख्रीष्टिएन समयको सुरुदेखि, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक थिए भनेर सोचेका छन् ।
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
यूहन्नाले येशूको जीवनको अन्तिम हप्ताको बारेमा किन त्यति धेरै लेख्छन् ?
यूहन्नाले येशूको अन्तिम हप्ताको बारेमा धेरै लेखे । उनका पाठकहरूले येशूको अन्तिम हप्ता र क्रूसमा भएको उहाँको मृत्युको बारेमा गहिरिएर सोचेको उनी चाहन्थे । उनी मानिसहरूले यो बुझेको चाहन्थे कि येशू स्वइच्छाले क्रूसमा मर्नुभयो ताकि परमेश्वरले तिनीहरूलाई उहाँको विरुद्धमा पाप गरेको लागि क्षमा दिन सक्नुभएको होस् ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
यूहन्नाको सुसमाचारमा “रहनु”, “बस्नु” र “वास गर्नु” जस्ता शब्दहरूले के अर्थ दिन्छन् ?
यूहन्नाले धेरैपटक “रहनु”, “बस्नु”, र “वास गर्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । कुनै विश्वासी येशूप्रति अझ विश्वासयोग्य हुने र त्यस विश्वासीले येशूलाई अझ राम्ररी चिन्ने कुरालाई यूहन्नाले येशूको वचन त्यस विश्वासीमा “रहेको” भने जसरी बताए । साथै, यूहन्नाले कोही व्यक्ति कोही अन्य व्यक्तिसँग आत्मिक रूपमा जोडिने कुरालाई त्यो व्यक्ति अर्को व्यक्तिमा “रहेको” भने जसरी बताए । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी बताइएको छ । पवित्र आत्मा विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका भाषाहरूमा ठ्याक्कै त्यही तरिकामा प्रस्तुत गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, जब उहाँले भन्नुभयो, “जसले मेरो देह खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म त्यसमा रहन्छु” (यूहन्ना ६:५६), कुनै ख्रीष्टिएन येशूसँग आत्मिक रूपले एकैसाथ हुने अवधारणालाई उनले व्यक्त गर्न चाहे । यूएसटीले “मसँग जोडिनेछ, र म उससँग जोडिनेछु” भन्ने अवधारणालाई प्रयोग गर्छ । तर अनुवादकहरूले यस अवधारणालाई व्यक्त गर्न अन्य तरिकाहरू खोज्नेपर्ने हुन सक्छ ।
“यदि मेरा वचनहरू तिमीहरूमा रहे भने” (यूहन्ना १५:७) भन्ने पाठ्यांशमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “यदि तिमीहरू मेरो सन्देशद्वारा जियौ भने” अनुवादकहरूले यो अनुवादलाई नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउन सक्छन् ।
यूहन्नाको सुसमाचारको पाठ्यखण्डमा भएका प्रमुख विषयहरू के-के हुन् ?
बाइबलका पूराना संस्करणहरूमा पाइने निम्न पदहरू अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन् । अनुवादकहरूलाई यी पदहरू अनुवाद नगर्नलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा, यी पदहरूलाई उल्लेख गर्ने बाइबलका पूराना संस्करणहरू छन् भने, अनुवादकहरूले तिनीहरूलाई समावेश गर्न सक्छन् । तिनीहरूको अनुवाद गरिएको खण्डमा, तिनीहरू यूहन्नाको सुसमाचारमा भएका मौलिक कुराहरू थिएनन् भनी सङ्केत गर्नको लागि, तिनीहरूलाई ठूला कोष्ठकहरूमा([]) राखिनुपर्छ ।
- “पानीको चलहललाई पर्खिरहेको । किनकि परमप्रभुका एकजना दूत बेलाबेलामा जलकुण्डमा ओर्लिन्थे र पानीलाई चलाइदिन्थे र पानीलाई चलाइदिएपछि जो पनि पहिला जान्थ्यो, तिनीहरूसँग भएका रोगबाट तिनीहरू निको हुन्थे” (५:३-४)
- “तिनीहरूको बीचबाट हुँदै जानुभएर, निस्किजानुभयो” (८:५९)
निम्न खण्ड अधिकांश पूराना र नयाँ संस्करणहरूमा समावेश गरिएका छन् । तर यो बाइबलको सुरुका प्रतिलिपीहरूमा छैनन् । अनुवादकहरूलाई यो पाठ्यांशलाई अनुवाद गर्नको लागि सुझाव दिइन्छ । तिनीहरू यूहन्नाको सुसमाचारमा भएका मौलिक कुराहरू थिएनन् भनी सङ्केत गर्नको लागि, तिनीहरूलाई ठूला कोष्ठकहरूमा([]) राखिनुपर्छ ।
- व्यभिचारी स्त्रीको कथा(७:५३-८:११)
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
John 1
यूहन्ना ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डलाई भन्दा दायाँतर्फ राख्छन् । यूएलटीले १:२३ मा भएको कवितासँग यसो गर्छ, जुन पूरानो करारबाटका शब्दहरू हुन् ।
यो अध्यायमा भएका विशेष अवधारणाहरू
“वचन”
यूहन्नाले येशूलाई जनाउन “वचन” भन्ने पदावलीको प्रयोग गर्छन् (यूहन्ना १:१, १४) । सारा मानिसहरूलाई परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण सन्देश भनेको येशू हुनुहुन्छ, जससँग एउटा भौतिक शरीर छ ।
ज्योति र अन्धकार
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्न र परमेश्वरको आज्ञापालन गर्न थाल्नको लागि सामर्थी बनाउँछ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
“परमेश्वरका सन्तान”
जब मानिसहरूले येशूमा विश्वास गर्छन्, तिनीहरू “क्रोधका सन्तान” हुनेबाट “परमेश्वरका सन्तान” हुने कुरामा जान्छन् । तिनीहरूलाई “परमेश्वरको परिवारमा” अपनाइन्छ । यो एउटा महत्त्वपूर्ण चित्रण हो जुन नयाँ करारमा खोलिनेछ ।
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
अलङ्कारहरू
यूहन्नाले पाठकलाई उनले असल र खराबको बारेमा र परमेश्वरले मानिसहरूलाई येशूद्वारा के बताउन चाहनुहुन्छ भन्ने बारेमा धेरै भन्दा धेरै लेखिरहेका हुनेछन् भनेर बताउन ज्योति र अन्धकार अनि वचनको अलङ्कारहरूलाई प्रयोग गर्छन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“आदिमा”
केही भाषाहरू र संस्कृतिहरूले संसारलाई त्यो सधैँ अस्तित्वमा भइरहेको र मानौँ त्यसको कुनै सुरुवात नै नभएको जसरी कुरा गर्छन् । तर “निकै लामो समय अगाडि” भन्ने कुरा “आदिमा” भन्ने कुराबाट फरक छ, र तपाईंको अनुवादले त्यस कुरालाई ठीक तरिकाले प्रवाह गर्छ भन्ने कुरामा तपाईं निश्चित हुन जरुरी छ ।
“मानिसको पुत्र”
येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (यूहन्ना १:५१) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूका आफ्नै बारेमा कुरा गर्न कोही अरूको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
John 1:1
ἐν ἀρχῇ ἦν
यसले परमेश्वरले स्वर्ग र पृथ्वी सृजनुभन्दा धेरै अगिको समयलाई जनाउँछ ।
ὁ λόγος, καὶ ὁ λόγος…καὶ Θεὸς ἦν ὁ λόγος
यसले येशूलाई जनाउँछ । सम्भव भएसम्म “वचन” भनेर नै अनुवाद गर्नुहोस् । यदि तपार्इंको भाषामा “वचन” शब्दले स्त्रीलाई जनाउँछ भने यसलाई “उहाँ जसलाई वचन भनिन्छ” भनेर अनुवाद गर्न सकिन्छ ।
John 1:3
πάντα δι’ αὐτοῦ ἐγένετο
यसलाई सक्रिय क्रियापदसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोक उहाँद्वारा बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν
यसलाई सक्रिय क्रियापदसँग अनुवाद गर्न सकिन्छ । यदि तपाईंको भाषाले युगल अकरणहरूको प्रयोगलाई स्वीकृति दिँदैन भने, यी शब्दहरूले “सबैकुराहरू उहाँद्वारा बनाइएका थिए” भन्ने कुराको विपरीत चाहिँ गलत हो भन्ने सन्देश प्रवाह गर्नुपर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँ बिना कुनै पनि थोक बनाउनुभएन” वा “बनाइएका सबै थोक उहाँद्वारा बनाइएका थिए” वा “परमेश्वरले बनाउनुभएको सबै थोक परमेश्वरले उहाँसँग बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि दोहोरो नकारात्मक)
John 1:4
ζωὴ
“उहाँमा जीवन थियो” भनेको सबै थोकलाई जिउँदो तुल्याउने कुराको लागि एक प्रतिस्थापन शब्द हो । अनि, “ज्योति” यहाँ “सत्यता”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सबैकुरालाई जीवित हुन लगाउनुहुने उहाँ नै हुनुहुन्छ । र उहाँले नै परमेश्वरको बारेमा के सत्य हो भनी प्रकट गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ἐν αὐτῷ
यहाँ “उहाँ”ले त्यो व्यक्तिलाई जनाउँछ जसलाई वचन भनिन्छ ।
यहाँ “जीवन” को निम्ति सामान्य शब्द प्रयोग गर्नुहोस् । यदि तपार्इंले अझ बढी निर्दिष्ट रूपमा बताउनुपर्छ भने, “आत्मिक जीवन” भनेर अनुवाद गर्नुहोस् ।
John 1:5
ἐν τῇ σκοτίᾳ…καὶ ἡ σκοτία
यहाँ “ज्योति” जुन सत्य र असल छ त्यसको अलङ्कार हो । यहाँ “अन्धकार” चाहिँ गलत र दुष्टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सत्य चाहिँ अँध्यारो ठाउँमा चम्किरहेको ज्योति झैँ हो, र अँध्यारो ठाउँमा भएको कसैले पनि त्यो ज्योतिलाई निभाउन सक्दैन” (हेर्नुहोस्ः रूपक)
John 1:7
περὶ τοῦ φωτός
यहाँ “ज्योति” भनेको येशूमा परमेश्वरको प्रकाशको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “येशू कसरी परमेश्वरको साँचो प्रकाश झैँ हुनुहुन्छ भन्ने देखाउन” (हेर्नुहोस्ः रूपक)
John 1:9
τὸ φῶς τὸ ἀληθινὸν, ὃ
यहाँ ज्योति एउटा अलङ्कार हो जसले येशूलाई परमेश्वरको बारेमा भएको सत्यतालाई प्रकट गर्ने व्यक्ति र उहाँ आफैँ त्यो सत्य हुनुहुन्छ भनेर प्रतिनिधित्व गर्ने काम गर्छ । (हेर्नुहोस्ः रूपक)
John 1:10
καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω
“उहाँ संसारमा हुनुहुन्थ्यो र परमेश्वरले सबै थोक उहाँद्वारा बनाउनुभयो तापनि मानिसहरूले उहाँलाई चिनेनन्”
ὁ κόσμος
“संसार” संसारमा बस्ने सबै मानिसहरूको अर्थ दिने एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनवादः “उहाँ वास्तवमा को हुनुहुन्थ्यो भनेर मानिसहरूलाई थाहा थिएन” (हेर्नुहोस्ः लक्षणा)
John 1:11
εἰς τὰ ἴδια ἦλθεν
“उहाँ आफ्नै सङ्गी गाउँलेहरूकहाँ आउनुभयो, र उहाँका आफ्नै सङ्गी गाउँलेहरूले पनि उहाँलाई चिनेनन्”
αὐτὸν οὐ παρέλαβον
“उहाँलाई स्वीकार गर्नु ।” कसैलाई ग्रहण गर्नु भनेको उससँग सम्बन्ध निर्माण गर्ने आशामा उसलाई स्वागत गर्नु र आदरसाथ व्यवहार गर्नु हो ।
John 1:12
πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ
“नाउँ” शब्द यहाँ येशूको पहिचानको र उहाँको बारेमा सबै थोकको अर्थ दिने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँमा विश्वास गरे” (हेर्नुहोस्ः लक्षणा)
ἔδωκεν αὐτοῖς ἐξουσίαν
“उहाँले तिनीहरूलाई अधिकार दिनुभयो” वा “उहाँले तिनीहरूका लागि यो सम्भव बनाउनुभयो”
τέκνα Θεοῦ
“सन्तानहरू” शब्दचाहिँ बाबु र छोराछोरीहरूको जस्तो परमेश्वरसँग हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्ने एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
John 1:14
ὁ λόγος
यसले येशूलाई जनाउँछ । यदि सम्भव हुन्छ भने “वचन” भनेर अनुवाद गर्नुहोस् । यदि तपाईंको भाषामा “वचन” स्त्रीवाचक हो भने, “जसलाई वचन भनिन्छ” भनेर अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
σὰρξ ἐγένετο
यहाँ “देह”ले “व्यक्ति” वा “मानव”लाई प्रतिनिधित्व गर्छ । “मानिस हुनुभयो” वा “मानव हुनुभयो” वैकल्पिक अनुवादः “मानव हुनुभयो” वा “मानव प्राणी हुनुभयो” (हेर्नुहोस्ः उपलक्षण)