2 Thessalonians
2 Thessalonians front
२ थेसलोनिकीहरूको परिचय
भाग १: सामान्य परिचय
२ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा
- अभिवादनहरू र धन्यवादज्ञापन (१:१-३)
- ख्रीष्टिएनहरू सतावटको कारण कष्ट काटिरहेका
- तिनीहरू परमेश्वरको राज्य र केरकारहरूबाटको छुटकाराको निम्ति उहाँको प्रतिज्ञाको योग्य छन् (१:५-७)
- ख्रीष्टिएनहरूलाई सताउनेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ (१:८-१२)
- ख्रीष्टको दोस्रो आगमन बारेमा केही विश्वासीहरूको गलत बुझाइ
- ख्रीष्टको पुनरागमन अझै भएको छैन (२:१-२)
- ख्रीष्टको पुनरागमन अगाडि आउने घटनाहरूको बारेमा निर्देशन (२:३-१२)
- परमेश्वरले थेसलोनिकी ख्रीष्टिएनहरूलाई बचाउनुहुनेछ भन्ने कुरामा पावलको निश्चयता
- “स्थिर रहन”लाई उहाँको बोलावट (२:१३-१५)
- परमेश्वरले तिनीहरूलाई सान्तवना प्रदान गर्नु भएको होस् भनेर उनको प्रार्थना (२:१६-१७)
- थेसलोनिकी विश्वासीहरूले उनको लागि प्रार्थना गरिदिनलाई पावलले अनुरोध गर्छन् (३:१-५)
- पावलले अल्छे विश्वासीहरूको बारेमा आदेश दिन्छन् (३:६-१५)
- अन्त्य (३:१६-१७)
२ थेसलोनिकीहरूको पुस्तक कसले लेखे ?br>
पावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपश्चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।
पावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्वासीहरूलाई लेखे । उनले ती विश्वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्वरलाई प्रसन्न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई दोस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
येशूको “दोस्रो आगमन” भनेको के हो ?
पावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्ट गर्नुहुनेछ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूद्वारा के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
२ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।
- “अनि व्यवस्थाहीनताको मानिस प्रकट हुन्छ” (२:३) । यूएलटी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । पुराना संस्करणहरूमा यसरी छ, “अनि पापको मानिस प्रकट हुन्छ ।”
- “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिलो फलहरूको रूपमा चुन्नुभयो” (२:१३) यूएलटी, यूडीबी, र केही अरू संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी छ, “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिल्यैबाट चुन्नुभयो ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Thessalonians 1
२ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्वरलाई विश्वास गर्नु चाहिँ परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्वास गर्नेहरूलाई परमेश्वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । (२ थेसलोनिकीहरू १:४-५)
2 Thessalonians 1:1
यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा समावेश गर्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् । अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचनमा छ र थेसलोनिकेको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
Σιλουανὸς
यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा पावलका सङ्गी यात्रुको रूपमा उल्लेखित गरिएका व्यक्ति नै हुन् ।
2 Thessalonians 1:2
χάρις ὑμῖν
पावलले साधारणतया उनका पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् ।
2 Thessalonians 1:3
पावल थेसलोनिकेमा भएका विश्वासीहरूको लागि धन्यवाद दिन्छन् ।
εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε
“धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्वरले थेसलोनिकी विश्वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἀδελφοί
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
καθὼς ἄξιόν ἐστιν
“यो गर्न सही कुरा हो” वा “यो असल छ”
πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους
“तिमीहरूले एक अर्कालाई सच्चा रूपमा प्रेम गर्छौ”
ἀλλήλους
यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
2 Thessalonians 1:4
αὐτοὺς ἡμᾶς
यहाँ “हामी आफैँ” शब्दहरू पावलको गर्वलाई जोड दिनको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
2 Thessalonians 1:5
εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्यको ठान्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 1:6
जसै पावलले भनिरहन्छन्, उनले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने बारेमा बताउँछन् ।
εἴπερ δίκαιον παρὰ Θεῷ
“परमेश्वर धर्मी हुनुहुन्छ” वा “परमेश्वर न्यायी हुनुहुन्छ”
παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
यहाँ “फिर्ता गर्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु हो जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “तिमीहरूलाई कष्ट दिनेहरूलाई परमेश्वरले कष्ट दिनहुन” (हेर्नुहोस्ः रूपक)
2 Thessalonians 1:7
καὶ ὑμῖν…ἄνεσιν
यी शब्दहरूले परमेश्वरले मानिसहरूलाई के “फिर्ता गर्नुभएकोमा” उहाँ धर्मी हुनुहुन्छ भन्ने कुराको विवरणलाई निरन्तरता दिन्छन् (पद ६) । यो एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु भन्ने हुन्छ जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “र तिमीहरूलाई आराम दिन” (हेर्नुहोस्ः रूपक)
ὑμῖν…ἄνεσιν
आराम प्रदान गर्नुहुने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन” (हेर्नुहोस्ः शब्दलोप)
ἀγγέλων δυνάμεως αὐτοῦ
“उहाँका शक्तिशाली स्वर्गदूतहरू”
2 Thessalonians 1:8
ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν
“परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्दो आगोमा दण्ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ”
2 Thessalonians 1:9
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον
यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)