नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Galatians

Galatians front

गलातीहरूको परिचय

भाग १: सामान्य परिचय

गलातीहरूको पुस्तकको रूपरेखा
  1. पावलले येशू ख्रीष्‍टको प्रेरितको रूपमा भएको उनको अधिकारको घोषणा गर्छन्; उनले भन्छन् कि गलातियामा भएका ख्रीष्‍टिएनहरूले अरू मानिसहरूबाट ग्रहण गरेको झूटा शिक्षाहरूद्वारा उनी चकित छन् (१:१-१०) ।
  2. पावलले भन्छन् कि मानिसहरूले ख्रीष्‍टमा विश्‍वास गरेर मात्रै मुक्ति पाउँछन्, व्यवस्था पालन गरेर होइन (१:११-२:२१) ।
  3. मानिसहरूले ख्रीष्‍टमा विश्‍वास गर्दा मात्र परमेश्‍वरले तिनीहरूलाई आफूसँग ठीक सम्बन्धमा राख्‍नुहुन्छ; अब्राहामको उदाहरण; व्यवस्थाले ल्याउने श्राप (र उद्धारको कुनै माध्यम होइन); दासत्व र स्‍वतन्‍त्रतालाई हागार र साराद्वारा तुलना र चित्रण गरिएको (३:१-४:३१) ।
  4. जब मानिसहरू ख्रीष्‍टसँग जोडिन्छन्, तिनीहरू मोशाको व्यवस्था पालन गर्नुपर्ने कुराबाट स्वतन्‍त्र हुन्छन् । तिनीहरू पवित्र आत्माले अगुवाइ गर्नुभए अनुसार जिउनलाई पनि स्वतन्‍त्र छन् । तिनीहरू पापको मागहरूलाई इन्कार गर्न स्वतन्‍त्र छन् । तिनीहरू एक अर्काका बोझहरू बोक्‍नलाई स्वतन्‍त्र छन् (५:१-६:१०) ।
  5. पावलले खतना भएको हुनमा र मोशाको व्यवस्था पालना गरेकोमा भरोसा नराख्‍न ख्रीष्‍टिएनहरूलाई चेतावनी दिन्छन् । बरु, तिनीहरूले ख्रीष्‍टमा भरोसा राख्‍नुपर्छ (६:११-१८) ।
गलातीहरूको पुस्तक कसले लेखे ?

टार्सस सहरबाटका पावल लेखक थिए । उनलाई सुरुको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनले येशू ख्रीष्‍टमा विश्‍वास गर्न थालेपछि, उनी धेरैपटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

पावलले यो पत्र कहिले लेखे र तिनले यो लेख्‍दा तिनी कहाँ थिए भन्‍ने कुरा जानकारी छैन । पावल एफिससमा थिए र तिनले येशूको सुसमाचार प्रचारको दोस्रो यात्रा पूरा गरेपछि यो पत्र लेखे भन्‍ने कोही विद्वानको विचार रहेको छ । पावल सिरियाको एन्टिओक सहरमा थिए र तिनले सुसमाचारको पहिलो यात्रा पूरा गर्नेबित्तिकै यो पत्र लेखे भन्‍ने अरु कोही विद्वानको विचार रहेको छ ।

गलातीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र गलातिया क्षेत्रमा भएका यहूदी र अन्‍यजाति दुवैका लागि लेखेका थिए । ख्रीष्‍टिएनहरूले मोशाको व्‍यवस्‍था पालन गर्नै पर्छ भन्‍ने झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी दिनका लागि तिनले यो पत्र लेखे । येशूमा विश्‍वास गरेर कुनै पनि व्‍यक्तिले उद्धार पाउन सक्‍दछ भनेर पावलले सुसमाचारको प्रतिरक्षा गरे । मानिसहरूले असल काम गरेको परिणामस्‍वरूप उद्धार पाउने होइन, तर परमेश्‍वर दयालु हुनुभएको परिणामस्‍वरूप तिनीहरूले उद्धार पाउँछन् । कुनै पनि व्‍यक्तिले व्‍यवस्‍थालाई पूर्ण रूपले पालन गर्न सक्‍दैन । मोशाको व्‍यवस्‍था पालन गरेर परमेश्‍वरलाई खुसी पार्ने प्रयास गर्दा परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञाको घोषणा मात्र गर्नुहुन्‍छ । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, बचाउनु, सुरक्षित, विश्‍वास अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू)

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “गलातीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ प्रस्‍ट हुने शीर्षकलाई छान्‍न सक्छन्, जस्तै कि, “गलातियामा भएको मण्‍डलीलाई पावलको पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

“यहीदीहरूजस्तै गरी जिउने” (२:१४) भन्‍नुको अर्थ के हो ?

“यहूदीले झैँ जिउनु” भन्‍नु अर्थ कसैले ख्रीष्‍टमाथि विश्‍वास गरेर पनि मोशाको व्‍यवस्था पालन गर्नु हो । यसो गर्नु अत्‍यावश्‍यक हुन्‍छ भनेर सुरुका ख्रीष्‍टिएनहरूलाई सिकाउने मानिसहरुलाई “यहूदीकरण गर्नेहरू” भनिन्‍थ्‍यो ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

गलातीहरूको पुस्तकमा “व्यवस्था” र “अनुग्रह” जस्ता शब्दहरूलाई पावलले कसरी प्रयोग गर्छन् ?

गलातीहरूलाई लेखेको पत्रमा यी शब्‍द विशिष्‍ट किसिमले प्रयोग भएको छ । ख्रीष्‍टिएन जीवन बिताउने कुराका सम्‍बन्‍धमा गलातीहरूलाई लेखेको पत्रमा महत्त्वपूर्ण शिक्षा छ । मोशाको व्‍यवस्‍थाको अधीनमा धर्मी वा पवित्र जीवन बिताउने हो भने व्‍यक्तिले धेरैवटा नियमहरू पालन गर्नुपर्ने हुन्‍छ । अब ख्रीष्‍टिएनहरूलाई भने अनुग्रहले नै पवित्र जीवन बिताउन उत्‍प्रेरित गर्दछ । यसको अर्थ ख्रीष्‍टिएनहरूले ख्रीष्‍टमा स्‍वतन्‍त्रता प्राप्‍त गरेका छन् । यसैले तिनीहरूले विशेष नियमहरू पालन गर्नुपर्ने आवश्‍यकता हुँदैन । बरु, ख्रीष्‍टिएनहरूले पवित्र जीवन बिताउनुपर्छ, किनभने परमेश्‍वर तिनीहरूप्रति अत्‍यन्‍त दयालु हुनुभएको हुनाले तिनीहरू कृतज्ञ भएका छन् । यसलाई “ख्रीष्‍टको व्‍यवस्‍था” भनिन्‍छ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता अनि पवित्र, पवित्रता)

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

यस प्रकारको अभिव्यक्ति १:२२; २:४, १७; ३:१४, २६, २८; ५:६, १० मा आउँछ । ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्नको लागि पावलले सामान्य अर्थमा भनेका हुन् । त्यही समयमा, उनले धेरैपटक अन्य प्रकारका सम्बन्धहरूको पनि सङ्केत दिन खोज्छन् । उदाहरणको लागि, हेर्नुहोस्, “जब हामी परमेश्‍वरले हामीलाई ख्रीष्‍टमा धर्म ठहराउनुहुने कुरालाई खोज्‍छौँ” (२:१७), जहाँ पावलले ख्रीष्‍टको माध्यमद्वारा धर्मी ठहराउने कुराको विषयमा बताउँ‍छन् ।

कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

गलातीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • “मूर्ख गलातीहरू हो, कस्को दुष्‍ट आँखाले तिमीहरूलाई हानी पुर्‍याएको छ ? के येशू ख्रीष्‍ट तिमीहरूकै आँखा अगाडि क्रूसमा टाँगिनुभएको कुराको चित्रण गरिएको थिएन ?” (३:१) यूएलटी, यूएसटी र अन्‍य अधुनिक अनुवाद यो पाठ छ । तापनि, बाइबलको पुरानो अनुवादले भन्‍दछ, “र यसरी तिमीहरू सत्‍यताको पालना गर्दैनौ ।” अनुवादकहरूलाई यो वाक्‍य समावेश नगर्ने सुझाव दिइन्‍छ । तापनि, अनुवादकहरूका क्षेत्रमा पुरानो अनुवादको प्रति छ भने, तिनीहरूले यसलाई समावेश गर्न सक्दछन् । यदि यसलाई अनुवाद गर्ने हो भने, यसलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राख्‍नुपर्दछ, र यसले सम्‍भवत: गलातीहरूलाई लेखेको मूल प्रतिमा यो वाक्‍य थिएन होला भन्‍ने कुराको सङ्केत गर्दछ । (हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

Galatians 1

गलातीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले लेखेका अरु पत्रभन्‍दा यो पत्र बेग्‍लै किसिमले सुरु गरे । तिनले यसरी थपेका छन्, “मानिसबाट वा मानिसद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ, परमेश्‍वर पिता जसले येशू ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो ।” झूटा शिक्षकहरूले पावलको विरोध गरिरहेका र तिनको अधिकारलाई तुच्‍छ ठानेका हुनाले तिनले यी शब्‍द समावेश गरेका हुन सक्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विश्‍वासबाट विपरीत मत

साँचो बाइबलीय सुसमाचारद्वारा मात्र परमेश्‍वरले मानिसहरूलाई अनन्‍तसम्‍म बचाउनुहुन्‍छ । अर्को कुनै सुसमाचार छ भने पनि परमेश्‍वरले त्‍यसलाई तिरस्‍कार गर्नुहुन्‍छ । झूटा सुसमाचार सिकाउने मानिसहरू स्रापित होउन् भनी पावलले परमेश्‍वरमा प्रार्थना चढाएका छन् । तिनीहरू बचाइने छैनन् । यसर्थ, तिनीहरू अख्रीष्‍टिएनजस्‍तै हुन् । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित, सधैँ रहिरहने, अनन्त, अनन्तता, शुभ खबर, सुसमाचार अनि दण्डाज्ञा दिनु, दण्डाज्ञा अनि सराप दिनु, श्रापित)

पावलका योग्‍यताहरू

अन्‍यजातिहरूले मोसाको व्‍यवस्था पालन गर्नुपर्छ भनेर सुरुको मण्‍डलीका कोही मानिसले सिकाइरहेका थिए । यो शिक्षालाई प्रतिवाद गर्नका लागि पद १३-१६ मा पावलले कसरी आफू पहिले पहिले जोसिलो यहूदी थिए भनेर स्‍पष्‍ट पार्दछन् । तर परमेश्‍वरले तिनको उद्धार गर्नुभयो र तिनलाई साँचो सुसमाचार देखाउनुभयो । एक जना यहूदी र अन्‍यजाति मानिसहरुका लागि प्रेरित भएका हुनाले यो समस्‍यालाई सम्‍बोधन गर्न पावलसँग विशिष्‍ट दक्षता थियो । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“तिमीहरू कति चाँडै एउटा फरक सुसमाचारतर्फ फर्कदैछौ”

पावलले सबभन्‍दा पहिले लेखेका पत्रहरूमध्‍ये गलातीहरूलाई लेखेको पत्र पनि एक हो । झूटा शिक्षाहरूले सुरुको मण्‍डलीमा पनि दु:ख दिएको कुरा यसले दर्शाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Galatians 1:1

पावल, एक प्रेरितले यो पत्र गलातियाको क्षेत्रमा भएका मण्‍डलीहरूलाई लेख्‍छन् । अन्य किसिमले नबताइएसम्‍म, यस पत्रमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्‍दले गलातीहरूलाई जनाउँछ, र बहुवचनका रूपमा प्रयोग भएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

τοῦ ἐγείραντος αὐτὸν

“जसले उहाँलाई पुनः जीवित हुन लगाउनुभयो”

Galatians 1:2

ἀδελφοί

यहाँ यसको अर्थ ख्रीष्‍टिएन मित्रहरू, पुरुष र स्‍त्री दुवैलाई जनाउँछ, किनभने ख्रीष्‍टका सबै विश्‍वासी एउटै आत्‍मिक परिवारका सदस्‍यहरू हुन्, र परमेश्‍वर तिनीहरूका स्‍वर्गका पिता हुन्‍हुन्‍छ । वैकल्‍पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनी” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

Galatians 1:4

περὶ τῶν ἁμαρτιῶν ἡμῶν

“पापहरू” भनेको पापको लागि हुने दण्‍डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हाम्रा पापको कारणले हामीले पाउनुपर्ने दण्ड लिनको निम्ति” (हेर्नुहोस्ः लक्षणा)

ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ

यहाँ “यस ... युग” ले यस युगमा कार्यरत शक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कि उहाँले हामीलाई आजको संसारमा काम गर्ने दुष्‍ट शक्तिहरूबाट सुरक्षित ठाउँमा ल्याउनुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)

यसले “परमेश्‍वर हाम्रा पिता”लाई जनाउँछ । उहाँ हाम्रा परमेश्‍वर र पिता हुनुहुन्छ ।

Galatians 1:6

पावलले यो पत्र लेख्‍नुपर्ने तिनका कारण दिन्‍छन्ः सुसमाचारलाई निरन्‍तर रूपमा बुझ्‍न तिनीहरूलाई तिनले स्‍मरण गराउँछन् ।

θαυμάζω

“म चकित भएको छु” वा “मलाई आश्‍चर्य लागेको छ ।” पावल निराश छन् कि तिनीहरूले यसो गरिरहेका थिए ।

οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος

यहाँ “उहाँबाट ... तर्किँदैछौ” भनेको परमेश्‍वरलाई शंका गर्न थालेको वा अब विश्‍वास गर्न छोडेको भन्‍ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिमीहरू कति चाँडै उहाँलाई शंका गर्न थालेका छौ” (हेर्नुहोस्ः रूपक)

“परमेश्‍वर, जसले तिमीहरूलाई बोलाउनुभयो”

यहाँ यसको अर्थ हुन्छ कि परमेश्‍वरले उहाँका छोराछोरी होउन् र उहाँको सेवा गरून् र येशूद्वारा उहाँको उद्धारको सन्‍देशको घोषणा गरून् भनेर मानिसहरूलाई नियुक्त गर्नुभयो अथवा चुन्‍नुभयो ।

“ख्रीष्‍टको अनुग्रहको कारण” वा “ख्रीष्‍टको अनुग्रहमय बलिदानको कारण”

यहाँ “फर्कँदैछौ” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरालाई विश्‍वास गर्न सुरु गर्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “त्यसको साटोमा तिमीहरू फरक सुसमाचारलाई विश्‍वास गर्न थालिरहेका छौ” (हेर्नुहोस्ः रूपक)

Galatians 1:7

οἱ ταράσσοντες

“केही मानिसहरू”

Galatians 1:8

यसले नघटेको र घट्न नहुने कुराको व्याख्या गरिरहेको छ । वैकल्‍पिक अनुवादः “प्रचार गर्ने हो भने” वा “प्रचार गर्ने रहेछ भने” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

παρ’ ὃ εὐηγγελισάμεθα

“सुसमाचारबाट फरक” वा “सन्देशबाट फरक”

ἀνάθεμα ἔστω

“परमेश्‍वरले त्यस व्यक्तिलाई सदाको लागि दण्ड दिनुपर्छ ।” यदि तपाईंको भाषामा कसैमाथि श्रापलाई बोलाउने कुनै चलिआएको तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

Galatians 1:10

ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν? ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν

यी आलङ्कारिक प्रश्‍नहरूले “होइन” भन्‍ने जवाफको आशा गर्छ । वैकल्पिक अनुवादः “म मानिसहरूबाट स्वीकृति खोज्दिन, तर त्यसको सट्टामा परमेश्‍वरबाट स्वीकृति खोज्दछु । मैले मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην

“यदि” र “भने” भन्‍ने शब्दहरू दुवै तथ्यप्रति विपरीत हुन्छन् । “मैले अहिले पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन; म ख्रीष्‍टको एक दास हुँ” वा “यदि मैले अझै पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छु भने, म ख्रीष्‍टको दास हुनेछैन”