Colossians
Colossians front
कलस्सीहरूको परिचय
भाग १: सामान्य परिचय
कलस्सीहरूको पुस्तकको रूपरेखा
- अभिवादन, धन्यवादज्ञापन, र प्रार्थना (१:१-१२)
- ख्रीष्टको व्यक्तित्व र काम
- छुटकारा र उद्धार (१:१३-१४)
- ख्रीष्टः अदृश्य परमेश्वर, र सारा सृष्टिमाथि हुनुहुनेको प्रतिरूप (१:१५-१७)
- ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, र मण्डलीले उहाँमा भरोसा गर्छ (१:१८-२:७)
- विश्वासयोग्यताका जाँचहरू
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू (२:८-१९)
- साँचो ईश्वरीयता चाहिँ कठोर नियमहरू र अलचिलो परम्पराहरू होइन (२:२०-२३)
- शिक्षा र जीवनी
- ख्रीष्टमा भएको जीवन (३:१-४)
- पुरानो र नयाँ जीवन (३:५-१७)
- ख्रीष्टिएन परिवार (३:१८-४:१)
- ख्रीष्टिएन व्यवहार (४:२-६)
- समापन र अभिवादनहरू
- पावलले तुखिकस र ओनेसिमसलाई धन्यवाद दिन्छन् (४:७-९)
- पावलले उनका सङ्गीहरूबाटको अभिवादनहरू पठाउँछन् (४:१०-१४)
- पावलले अर्खिप्पस र लाउडिकियामा भएका ख्रीष्टिएनहरूलाई निर्देशनहरू दिन्छन् (४:१५-१७)
- पावलको व्यक्तिगत अभिवादन (४:१८)
कलस्सीहरूको पुस्तक कसले लेखे ?
पावलले कलस्सीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनी झ्यालखानामा हुँदा लेखे ।
कलस्सीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र एसियाको दक्षिण-पश्चिमी भागको कलस्से नामक सहरमा भएका विश्वासीहरूलाई लेखे । यो पत्र लेख्नुको मुख्य उद्देश्य चाहिँ झूटा शिक्षकहरूबाट सुसमाचारको बचाउ गर्नु थियो । परमेश्वरको प्रतिरूप, सारा थोकहरूको पालनकर्ता, र मण्डलीको शिरको रूपमा येशूलाई प्रशंसा गरेर उनले त्यसो गरे । परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुनको लागि केवल ख्रीष्टको मात्र खाँचो छ भनेर तिनीहरूले बुझेका पावल चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “कलस्सीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “कलस्सेमा भएको मण्डलीलाई पावलको पत्र” वा “कलस्सेमा भएको ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
कलस्सेमा भएको मण्डलीले सङ्घर्ष गरिरहेको धार्मिक विषयहरू के थिए ?
कलस्सेमा भएको मण्डलीमा, त्यहाँ झूटा शिक्षकहरू थिए । तिनीहरूको खास शिक्षा जानिएको छैन । तर तिनीहरूले तिनीहरूका अनुयायीहरूलाई शायद स्वर्गदूतहरूको आराधना गर्न र धार्मिक चाडपर्वहरूको विषयमा भएका कडा नियमहरूलाई पालना गर्नलाई सिकाए । तिनीहरूले शायद कोही व्यक्तिको खतना हुनैपर्छ र केही निश्चित प्रकारका खानेकुरा मात्रै खान हुन्छ भनेर पनि सिकाए । पावलले बताए कि यी झूटा शिक्षाहरू मानिसहरूका मनबाट आएका हुन् र परमेश्वरबाट होइन ।
पावलले स्वर्ग र पृथ्वीको चित्रणलाई कसरी प्रयोग गरे ?
यस पत्रमा, पावलले बारम्बार स्वर्गलाई “माथि” रहेको भनेर बताउँछन् । उनले यसलाई पृथ्वीबाट अलग देखाउँछन्, जसलाई धर्मशास्त्रले “तल” रहेको भनेर बताउँछ । यो चित्रणको उद्देश्य चाहिँ माथि स्वर्गमा बस्नुहुने परमेश्वरलाई सम्मान गर्ने तरिकाले जिउनलाई ख्रीष्टिएनहरूलाई सिकाउनु हो । पृथ्वी वा भौतिक संसार दुष्ट छ भनेर पावलले सिकाइरहेका छैनन् । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
कलस्सीहरूको यूएलटीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । कलस्सीहरूमा, यी शब्दहरूले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गर्छन् । त्यसैले यूएलटीमा भएको कलस्सीहरूको पुस्तकले “विश्वासीहरू” वा “तिनीहरू जसले उहाँमा विश्वास गर्छन्” भन्ने शब्दहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२, १२, २६)
के येशूको सृष्टि भएको थियो, कि उहाँ अनन्त हुनुहुन्छ ?
येशुको सृष्टि भएको थिएन तर उहाँ सधैँ परमेश्वरको रूपमा अस्तित्वमा रहनुभएको छ । येशू मानव प्राणी पनि हुनुभयो । कलस्सी १:१५ मा अलमल हुने सम्भाव्यता छ, जहाँ भनिएको छ कि “येशू सारा सृष्टिमाथि ज्येष्ठ हुनुहुन्छ” । यो भनाइको अर्थ हो कि येशू सारा सृष्टिमाथि प्रबल हुनुहुन्छ । यो भनाइको अर्थ यो होइन कि उहाँ परमेश्वरले सृष्टि गर्नुभएको पहिलो थोक हो । अनुवादकहरू होशियार हुनुपर्छ कि येशू सृष्टि गरिनुभएको प्राणी हुनुहुन्छ भनेर अर्थ नलागोस् ।
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
कलस्सीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूसँग मेल खाँदैनन् । यूएलटीमा भएको खण्डमा नयाँ भनाइलाई राखिएको छ र पुरानो भनाइलाई पादटिप्पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।
- “तिमीहरूलाई अनुग्रह होस् र परमेश्वर हाम्रा पिताबाट शान्ति” (१:२) । केही पुराना संस्करणहरूमा अझ लामो भनाइ छः “तिमीहरूलाई अनुग्रह होस् र परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट शान्ति ।”
- “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रो पक्षमा ख्रीष्टका एक विश्वासयोग्य सेवक हुन्” (१:७) । केही पुराना संस्करणहरूमा “तिमीहरूको लागि” भनेर राखिएको छः “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, तिमीहरूको लागि ख्रीष्टको एक विश्वासयोग्य सेवक ।”
- “पिता, जसले तिमीहरूलाई ज्योतिमा भएको विश्वासीहरूको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्य बनाउनुभएको छ” (१:१२) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “पिता, जसले हामीलाई ज्योतिमा भएको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्य बनाउनुभएको छ ।”
- “उहाँको पुत्रमा, हाम्रो उद्धार छ ।” (१:१४) केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँको पुत्रमा उहाँको रगतद्वारा हामीले उद्धार पाएका छौँ ।”
- “र हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो” (२:१३) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “र तिमीहरूलाई तिमीहरूका सबै अपराधहरू क्षमा गर्नुभयो ।”
- “जब ख्रीष्ट देखा पर्नुहुन्छ, जो तिमीहरूको जीवन हुनुहुन्छ” (३:४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “जब ख्रीष्ट देखा पर्नुहुन्छ, जो हाम्रो जीवन हुनुहुन्छ ।”
- “यो यी नै कुराहरूको लागि हो कि परमेश्वरको क्रोध अनाज्ञापालनका छोराहरूमाथि आउँदै छ” (३:६) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही नयाँ र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “यो यी नै कुराहरूको लागि हो कि परमेश्वरको क्रोध आउँदै छ ।”
- “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि हाम्रो बारेमा भएका विषयहरू तिमीहरूलाई थाहा होस्” (४:८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि तिमीहरूका बारेमा भएका विषयहरू तिनलाई थाहा होस् ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Colossians 1
कलस्सीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
कुनै पत्रमा जस्तै, पावलले उनको पत्रलाई पदहरू १-२ मा कलस्सेमा भएका ख्रीष्टिएनहरूको सामु तिमोथी र आफैँलाई परिचय गराउँदै सुरु गर्छन् ।
पावलले यस अध्यायको धेरैजसो भाग दुई विषयहरूको वरिपरि रहेर लेख्छन्ः ख्रीष्ट को हुनुहुन्छ, र ख्रीष्टले एक ख्रीष्टिएनको लागि के गर्नुभएको छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
गोप्य सत्यता
यस अध्यायमा पावलले एउटा “गोप्य सत्यता”लाई जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एक समयमा जानिएको थिएन । तर अब परमेश्वरले त्यो प्रकट गर्नुभएको छ । परमेश्वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बरारबर उभ्याइलाई यस सत्यताको एउटा हिस्साले समावेश गर्छ । (हेर्नुहोस्ः प्रकट गर्नु, प्रकाश)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
ख्रीष्टिएन जीवनको लागि चित्रणहरू
ख्रीष्टिएन जीवनलाई वर्णन गर्नको लागि पावलले थुप्रै विभिन्न चित्रणहरूको प्रयोग गर्छन् । यस अध्यायमा, उनले “हिँड्नु” र “फल फलाउनु”को चित्रणहरूलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन चाहिँ एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २४ एउटा विरोधाभासी कथन होः “अब म तिमीहरूको लागि भएको मेरो दुःखभोगमा आनन्द मनाउँछु ।” मानिसहरूले सामान्यतया तिनीहरूले दुःखभोग गर्दा आनन्द मनाउँदैनन् । तर पदहरू २५-२९ मा पावलले उनको दुःखभोग किन असल छ भनेर व्याख्या गर्छन् । (कलस्सीहरू १:२४)
Colossians 1:1
हुन त यो पत्र पावल र तिमोथीबाट कलस्सी विश्वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्पष्ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः समावेशी “हामी” अनि तिमीका रूपहरू)
ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ
“जसलाई परमेश्वरले ख्रीष्ट येशूको एक प्रेरित हुनलाई चुन्नुभयो”
Colossians 1:3
εὐχαριστοῦμεν…τοῦ Κυρίου ἡμῶν
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Colossians 1:4
पावलले उनका पाठकगणलाई समेटिरहेका छैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा तिमीहरूको विश्वास”
Colossians 1:5
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς
यहाँ “निश्चित आशा”को अर्थ विश्वासीले निश्चित भएर अपेक्षा गर्न सक्ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्वरले सारा विश्वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्वासीहरूले पछि प्राप्त गर्नको लागि परमेश्वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्चित छौ कि परमेश्वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
τῷ λόγῳ τῆς ἀληθείας, τοῦ εὐαγγελίου
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”
Colossians 1:6
ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον
यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ” (हेर्नुहोस्ः रूपक)
ἐν παντὶ τῷ κόσμῳ
यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ
“परमेश्वरको साँचो अनुग्रह”
Colossians 1:7
ἡμῶν…ἡμῶν
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς
“यो ठ्याक्कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्कै हो । उनी”
Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ
यहाँ “हाम्रा पक्षमा” भन्ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।
Ἐπαφρᾶ
ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Colossians 1:8
ἡμῖν
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι
पावल पवित्र आत्माको विषयमा उहाँ कुनै स्थान हुनुभए झैँ गरी बताउँछन् जुन स्थानमा विश्वासीहरू रहेका थिए । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई प्रेम गर्न पवित्र आत्माले कसरी तिमीहरूलाई सक्षम पार्नुभएको छ” (हेर्नुहोस्ः रूपक)
Colossians 1:9
किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।
διὰ τοῦτο
“किनभने पवित्र आत्माले अरू विश्वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”
καὶ ἡμεῖς…ἠκούσαμεν, οὐ παυόμεθα
“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)