नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

1 Corinthians

1 Corinthians front

१ कोरिन्‍थीको परिचय

भाग १: सामान्‍य परिचय

१ कोरिन्‍थीको पुस्‍तकको रूपरेखा
  1. मण्‍डलीको विभाजन (१:१०-४:२१)
  2. नीतिगत पाप र अनियमितता (५:१-१३)
  3. ख्रीष्‍टिएनहरूले अरू ख्रीष्‍टिएनहरूलाई अदालतमा लाने कुरा (६:१-२०)
  4. विवाह र यससम्‍बन्‍धी कुरा (७:१-४०)
  5. ख्रीष्‍टिएन स्‍वतन्‍त्रताको दुरूपयोग, मूर्तिलाई चढाएको खानेकुरा, मूर्तिपूजाबाट टढा हुनु, स्‍त्रीहरूले शिर ढाक्‍नु (८:१-१३, १०:१-११:१६)
  6. प्रेरितको भूमिकामा पावलको अधिकार (९:१-२७)
  7. प्रभु-भोज (११:१७-३४)
  8. पवित्र आत्‍माका वरदानहरू (१२:१-३१)
  9. प्रेम (१३:१-१३)
  10. पवित्र आत्‍माका वरदानहरू: अगमवाणी र भाषाहरू (१४:१-४०)
  11. विश्‍वासीहरूको पुनरुत्‍थान र ख्रीष्‍टको पुनरुत्‍थान (१५:१-५८)
  12. समापनः येरूशलेमका ख्रीष्‍टिएनहरूको योगदान, अनुरोध र व्यक्तिगत अभिवादनहरू (१६:१-२४)
कोरिन्‍थको पुस्‍तक कसले लेख्‍यो ?

पावलले १ कोरिन्‍थी लेखे । पावल तार्सस सहरका मानिस थिए । उनको सुरुको जीवनमा उनी साउल भनेर चिनिएका थिए । ख्रीष्‍टिएन हुनुअगि पावल फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रिस्चियन बनेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैचोटी रोमी साम्राज्‍यभरि यात्रा गरे ।

कोरिन्‍थमा भेटघाट गर्ने मण्‍डलीको स्‍थापना पावल आफैँले गरेका थिए । उनले यो पत्र लेखेको समयमा उनी एफिसस सहरमा बसोबास गरिरहेका थिए ।

१ कोरिन्‍थीको पुस्‍तकले कुन विषयवस्‍तु समेटेको छ ?

१ कोरिन्‍थीको पुस्‍तक कोरिन्‍थ सहरमा भएका विश्‍वासीहरूका लागि पावलले लेखेका पत्र हो । त्‍यहाँ भएका विश्‍वासीका बीचमा समस्‍याहरू उत्‍पन्‍न भएका थिए भनी पावलले सुनेका थिए । तिनीहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । कसैले कुनै-कुनै ख्रीष्‍टिएन शिक्षा बुझेका थिएनन् । अनि तिनीहरूमध्‍ये कसैले खराब व्‍यवहार गरेका थिए । यो पत्रमा, पवलले तिनीहरूका समस्‍याका समाधान दर्शाए र परमेश्‍वरलाई मनपर्दो जीवन बिताउन उत्‍साह दिए ।

यस पुस्‍तकको शीर्षक कसरी अनुवाद गर्न सकिन्‍छ ?

अनुवादकहरूले यस पुस्‍तकलाई परम्‍परागत शीर्षक, “पहिलो कोरिन्‍थी” भन्‍न मन पराउँछन् । अन्‍यथा तिनीहरूले, “कोरिन्‍थमा भएको मण्‍डलीलाई पावलले लेखेका पहिलो पत्र”, भनेर अझ स्‍पष्‍ट हुने शीर्षक चयन गर्छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक तथा सांस्‍कृतिक धारणाहरू

कोरिन्‍थ सहर कस्‍तो थियो ?

कोरिन्‍थचाहिँ प्राचीन ग्रीसमा अवस्‍थित एउटा प्रमुख सहर थियो । यो भूमध्‍यसागरको नजिक रहेको हुनाले धेरै जना यात्रु र व्‍यापारी समान किनबेच गर्न त्‍यहाँ त्‍यहाँ आउँथे । यसकारण, त्‍यो सहरमा धेरै र विभिन्‍न किसिमका संस्‍कृतिका मानिसहरू थिए । त्‍यो सहरका मानिसहरूले अनैतिक तरिकाले जीवन बिताउँछन् भनेर नाम कमाएको थियो । मानिसहरूले एफ्रोडाइट अर्थात् ग्रिकको प्रेमकी देवीको पूजा गर्थे । एफ्रोडाइटलाई आदर गर्ने उत्‍सवका रूपमा देवीका पूजा गर्नेहरूले त्‍यस मन्‍दिरका वेश्‍याहरूसित यौन सम्‍बन्‍ध राख्‍दथे ।

मूर्तिहरूलाई बलि चढाएको मासु खाँदा के समस्‍या हुन्‍थ्‍यो ?

कोरिन्‍थमा भएका झुटा देवीदेवतालाई धेरै जनावर बलि चढाइन्‍थ्‍यो । पूजारीहरू र पूजा गर्नेहरूले मासुको केही भाग आफूसित राख्‍दथे । धेरै मासु बजारमा बेच्‍ने गरिन्‍थ्‍यो । त्‍यस्‍ता झुटा देवीदेवतालाई बलि चढाएका हुनाले त्‍यो मासु खानु ठीक हुन्‍छ कि हुँदैन भनेर धेरै जना ख्रीष्‍टिएनहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । पावलले यो समस्‍यको समाधान १ कोरिन्‍थीमा लेखेका छन् ।

भाग ३: अनुवादका महत्त्वपूर्ण पक्षहरू

“पवित्र” र “पवित्र हुने” विचारलाई युएलटि को १ कोरिन्‍थीमा कसरी अर्थ लगाइएको छ ?

धेरै किसिमका विचारमध्‍ये कुनै एकलाई जनाउन धर्मशास्‍त्रमा यस्‍ता शब्‍दहरूका प्रयोग भएका छन् । यसकारण, अनुवादकहरूलाई आआफ्‍ना अनुवादमा यी शब्‍दका अर्थ राम्रोसित लेख्‍न कठिन भएको पाइएको छ । युएलटि को १ कोरिन्‍थीको अङ्ग्रेजी अनुवादमा भने तल दिइएका सिद्धान्‍तहरू स्‍थापित गर्न खोजिएको पाइन्‍छ:

  • कुनै बेला धर्मशास्‍त्रको खण्‍डमा नैतिक पवित्रता जनाएको छ । ख्रीष्‍टिएनहरूको मिलाप येशू ख्रीष्‍टसित भएको हुनाले परमेश्‍वरले तिनीहरूलाई पापरहित भएको विचार गर्नुहुन्‍छ । सुसमाचार बुझ्‍नका लागि यो तथ्‍य महत्त्वपूर्ण हुन्‍छ । अर्को सम्‍बन्‍धित तथ्‍यचाहिँ परमेश्‍वर सिद्ध र त्रुटीहीन हुनुहुन्‍छ भन्‍ने हो । तेस्रो तथ्‍यचाहिँ ख्रीष्‍टिएनहरूले जीवनमा स्‍वत:रूपमा दोषरहित र त्रुटीरहीन व्‍यवहार गर्नुपर्छ । यी सन्‍दर्भमा, यूएलटिले “पवित्र”, पवित्र परमेश्‍वर”, “पवित्रहरू”, वा पवित्र मानिसहरू”, भनेर प्रयोग गरेको छ । (हेर्नुहोस्ः १:२; ३:१७)
  • कुनै बेला धर्मशास्‍त्रको खण्‍डको अर्थले साधारण सन्‍दर्भको अर्थ दिन्‍छ । तिनमा कुनै विशेष भूमिका जोडिएको हुँदैन । यस्‍ता सन्‍दर्भहरूमा, यूएलटिले “विश्‍वासी”, र अविश्‍वासी” जस्‍ता शब्‍दहरू प्रयोग गर्छ । (हेर्नुहोस्ः ६:१, २; १४:३३; १६:१, १५)
  • कुनै बेला धर्मशास्‍त्रको खण्‍डको अर्थले कुनै व्यक्ति वा कुनै थोकलाई परमेश्‍वरको लागि मात्र भनेर अलग गर्ने कुरालाई जनाउँछ । यस्‍ता सन्‍दर्भहरूमा यूएलटिले, “अलग गरिएको”, “समर्पण गरिएको”, “सुरक्षित गरिएको”, वा “पवित्र पारिएको”, भनेर प्रयोग गरेको पाइन्‍छ । (हेर्नुहोस्ः १:२; ६:११; ७:१४,३४)

अनुवादकहरूले यस्‍ता विचारलाई आआफ्‍ना अनुवादमा कसरी लेख्‍ने होला भनेर सोचिरहेका बेलामा यूएसटिले प्राय: सहायता पुर्‍याउँछ ।

“शरीर”, को अर्थ के हो ?

“शरीर”, वा शरीरका”, भन्‍ने शब्‍दहरूलाई पावलले पापपूर्ण कुराहरू गर्ने ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गर्छन् । तापनि, यो भौतिक संसार भने खराब होइन । धर्मी जीवन बिताउने ख्रीष्‍टिएनहरूलाई जनाउन पावलले, “आत्‍मिक” भन्‍ने शब्‍द प्रयोग गर्छन् । पवित्र आत्‍माले तिनीहरूलाई जे गर्न सिकाउनुभयो, तिनीहरूले त्‍यही गरेका हुनाले यो यसो भनियो । (हेर्नुहोस्ः मासु, देह अनि धर्मी, धार्मिकता अनि आत्मा, आत्मिक)

“ख्रीष्‍टमा”, “प्रभुमा”, आदि भनेर पावलले के भन्‍न खोजेका होलान् ?

१ कोरिन्‍थी १:२, ३०, ३१; ३:१; ४:१०, १५, १७; ६:११, १९; ७:२२; ९:१, २; ११:११, २५; १२:३, ९, १३, १८, २५; १४:१६; १५:१८, १९, २२, ३१, ५८; १६:१९, २४ मा यसो भनिएको पाइन्‍छ । ख्रीष्‍ट तथा विश्‍वासीहरूसितको घनिष्‍ठ सम्‍बन्‍धका कुरा बुझाउनका लागि पावलले यी कुरा लेखे । साथसाथै, तिनले अरू अर्थ पनि जनाए । उदाहरणका लागि, हेर्नुहोस, “ख्रीष्‍ट येशूमा पवित्र जन हुनका लागि बोलाइएकाहरू”, (१:२), जहाँ ख्रीष्‍टिएन विश्‍वासीहरू ख्रीष्‍टमा समर्पित भएका कुरालाई पावलले विशेष रूपले अर्थ्‍याएका छन् ।

यस किसिमका विचारहरूका बारेमा विस्‍तृत रूपमा जानकारी लिनका लागि रोमीको पुस्‍तकको परिचय हेर्नुहोस् ।

१ कोरिन्‍थीको पुस्‍तकमा भएका प्रमुख पक्षहरू के के हुन् ?

तल दिइएका पदहरू भने, बाइबलको पुराना अनुवादहरूमा भन्‍दा आधुनिक अनुवादहरूमा फरक पाइन्‍छ । अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्‍ने हाम्रो सुझाव रहेको छ । तापनि, कुनै अनुवादकका क्षेत्रमा बाइबलका पुराना अनुवादहरू पढिन्‍छन् भने, अनुवादकहरूले तिनकै अनुसरण गर्न सक्‍छन् । यस्‍तो अवस्‍था भएमा शायद ती पद, १ कोरिन्‍थीको मौलिक अर्थ होइनन् कि भनी जनाउनका लागि तिनलाई ठूला कोष्‍ठकहरू ([]) भित्र राख्‍नुपर्छ ।

  • “त्‍यसकारण तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ” कुनै पुरानो अनुवादले, “तिमीहरूका शरीरले र आत्‍मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरका हुन्” (६:२०)
  • “म आफैँं व्‍यवस्‍थाको अधीनमा नभए तापनि व्‍यवस्‍थाको अधीनमा भएको जस्‍तै बनें” (९:२०) । कुनै पुरानो अनुवादमा यो खण्‍ड पूरै छुट्न गएको छ ।
  • “विवेकको खातिर अर्थात् अर्को मानिसको विवेकको खातिर” कुनै पुरानो अनुवादले “विवेकको खातिर: किनकि पृथ्‍वी र त्‍यसमा भएका हरेक कुराः अर्को मानिसको विवेकसमेत, प्रभुकै हुन्” (१०:२८)
  • “अनि मेरो शरीरलाई जलाउन दिन्‍छु” (१३:३) । पहिलेका कुनै अनुवादमा यस्‍तो छ, “अनि म आफ्‍नो शरीर दिन्‍छु, ताकि म गर्व गर्न सकूँ”
  • “तर यदि कसैले यसको उपेक्षा गर्छ भने, उसको पनि उपेक्षा गरियोस्” (१४:३८) । पहिलेका कुनै अनुवादमा यस्‍तो छ, तर यस कुरामा कुनै व्यक्ति अज्ञान छ भने, ऊ अज्ञानी नै होस्”

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

1 Corinthians 1

१ कोरिन्‍थी ०१ साधारण टिपोटहरू

संरचना र ढाँचा

सुरुका तीन पदमा अभिवादन छन् । प्राचीन पूर्वमा, चिट्ठी लेख्‍न सुरु गर्ने यो एउटा समान्‍य तरिका थियो ।

पढ्‍न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरफहरूलाई अरू हरफहरूभन्‍दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ का शब्‍दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।

यो अध्‍यायका विशेष विचारहरू

विभाजन

यो अध्‍यायमा, विभाजन भएको र भिन्‍नभिन्‍न प्रेरितको अनुसरण गरेका हुनाले पावलले मण्‍डलीलाई हप्‍काउँछन् । (हेनुहोस्ः प्रेरित, प्रेरितको काम)

आत्‍मिक वरदानहरू

मण्‍डलीलाई सहायता पुर्‍याउनलाई आत्‍मिक वरदानहरू विशेष अलौकिक दक्षताहरू हुन् । येशूलाई विश्‍वास गरेर ख्रीष्‍टिएन भएपछि पवित्र आत्‍माले उनीहरूलाई यी वरदानहरू दिनुहुन्‍छ । अध्‍याय १२ मा पवलले आत्‍मिक वरदानहरूका सूचि बनाएका छन् । यी वरदानमध्‍ये कुनैचाहिँ पवित्र आत्‍माले विकसित हुँदै गरेको सुरुको मण्‍डलीलाई मात्र दिनुभयो भनी कोही विद्वानले विश्‍वास गर्छन् । पवित्र आत्‍माका सबै वरदान आज पनि सबै ख्रीष्‍टिएनका लागि इतिहासभरि नै उपलब्‍ध छन् भनी अरू विद्वानले विश्‍वास गर्छन् । (हेर्नुहोस्ः विश्‍वास)

यो अध्‍यायका महत्त्वपूर्ण आलङ्कारिका भाषा

लक्षणा/व्‍यन्‍जना अर्थात् इडियमहरू

यो अध्‍यायमा, ख्रीष्‍ट पर्केर आउने कुरालाई पावलले दुईवटा भिन्‍नभिन्‍न वाक्‍यांशमा उल्‍लेख गर्छन्ः “हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्‍टको दिन” (हेर्नुहोस्ः टुक्काहरू)

आलङ्कारिका प्रश्‍न

गुट-उपगुटमा विभाजित भएका र मानवीय बुद्धिमा भर परेका हुनाले पावलले कोरिन्थीहरूलाई हप्‍काउनका लागि आलङ्कारिका प्रश्‍नको प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

यो अध्‍यायका अनुवाद सम्‍बन्धी अन्‍य सम्‍भाव्‍य कठिनाइहरू

ठेस लाग्‍ने ढुङ्गा

ठेस लाग्‍ने ढङ्गोचाहि चट्टानको एउटा टुक्रा हो, जसमा मानिसहरू ठेस खान्‍छन् । परमेश्‍वरले आफ्‍नो मसिह अर्थात् अभिषिक्त जनलाई क्रूसमा टाँगिन दिनुहुन्‍छ भन्‍ने कुरा विश्‍वास गर्न यहूदीहरूलाई कठिन भयो । (हेर्नुहोस्ः रूपक)

1 Corinthians 1:1

Παῦλος

तपाईंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल”

Σωσθένης, ὁ ἀδελφὸς

यसले पावल र कोरिन्थीहरू दुवैले सोस्थेनेसलाई चिन्दथे भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू र मैले चिनेका भाइ सोस्थेनेस” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

1 Corinthians 1:2

τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ…ἐν Κορίνθῳ

तपाईंको भाषामा जसका लागि कुनै पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्‍वरमा विश्‍वास गर्छन्”

ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ

यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीष्‍ट येशूले परमेश्‍वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्‍वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीष्‍ट येशूका हुन्”

τῇ οὔσῃ…κλητοῖς ἁγίοις

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ

यहाँ “नाउँ” शब्‍द येशू ख्रीष्‍ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्‍पिक अनुवादः “जसले प्रभु येशू ख्रीष्‍टमा पुकारा गर्छन्” (हेर्नुहोस्ः लक्षणा)

αὐτῶν καὶ ἡμῶν

“हाम्रा” शब्‍दले पावलका श्रोता/पाठकलाई समावेश गर्छ । येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

1 Corinthians 1:3

पावल र सोस्थेनेसले यो पत्र कोरिन्थमा भएको मण्डलीका ख्रीष्‍टिएनहरूलाई लेखे ।

अरू किसिमले नभनिएसम्म, “तिमी” र “तिम्रा” जस्ता शब्दहरूले पावलका श्रोताहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

1 Corinthians 1:4

पावलले विश्‍वासीहरूले उहाँको आगमनको प्रतीक्षा गर्दा उनीहरूको पद र ख्रीष्‍टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।

ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ

पावलले अनुग्रहलाई कुनै भौतिक वस्‍तुजस्‍तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्‍टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “किनभने ख्रीष्‍ट येशूले परमेश्‍वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)

1 Corinthians 1:5

ἐπλουτίσθητε ἐν αὐτῷ

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”

ἐν παντὶ

पावलले साधारण शब्‍दमा कुरा गरेका हुन् । वैकल्‍पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्‌ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

ἐν παντὶ λόγῳ

अरूलाई परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बताउनको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

πάσῃ γνώσει

परमेश्‍वरको सन्देश विभिन्‍न तरिकाले बुझ्नको लागि परमेश्‍वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।

1 Corinthians 1:6

τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν

सम्‍भावित अर्थहरू हुन् १) “तिमीहरूले आफैँंमा देख्‍यौ कि ख्रीष्‍टका बारेमा हामी जे भनेका थियौं, त्‍यो साँचो थियो” अथवा २) “तिमीहरू अहिले कसरी जिउँछौ सो हेरेर अरू मानिसले थाहा पाए कि ख्रीष्‍टका बारेमा हामीहरू र तिमीहरूले जे भन्‍यौ सो सत्‍य हो”

1 Corinthians 1:7

ὥστε

“किनभने मैले अहिले भनेको कुरा सत्‍य हो”

ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्” (हेर्नुहोस्ः निषेधात्मक)

τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले प्रभु येशू ख्रीष्‍टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्‍टले आफैँलाई प्रकट गर्ने समय”