नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

1 Thessalonians

1 Thessalonians front

१ थेसलोनिकीहरूको परिचय

भाग १: सामान्य परिचय

१ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा
  1. अभिवादन (१:१)
  2. थेसलोनिकी ख्रीष्‍टिएनहरूका लागि धन्यवादको प्रार्थना (१:२-१०)
  3. थेसलोनिकेमा पावलको सेवकाइ (२:१-१६)
  4. तिनीहरूको आत्मिक वृद्धिको लागि पावलको फिक्री
  5. आमा झैँ (२:७)
  6. बाबु झैँ (२:११)
  7. पावलले तिमोथीलाई थेसलोनिकीहरूकहाँ पठाउँछन् र तिमोथीले पावललाई खबर पठाउँछन् (३:१-१३)
  8. व्यवहारिक निर्देशनहरू
  9. परमेश्‍वरलाई खुशी बनाउन जिउने (४:१-१२)
  10. मरेकाहरूको सम्बन्धमा सान्तवना (४:१२-१८)
  11. ख्रीष्‍टको पुनरागमन धर्मी जीवनको जिउनको लागि हौसला हो (५:१-११)
  12. आखिरी आशिष्, धन्यवाद, र प्रार्थनाहरू (५:१२-२८)
१ थेसलोनिकी कसले लेखे ?

१ थेसलोनिकी पावलले लेखे । पावल तार्सस सहरका मानिस थिए । तिनको सुरुको जीवनमा तिनलाई साउल भन्‍थे । ख्रीष्‍टिएन बन्‍नुभन्‍दा पहिले पावल फरिसी थिए । त्‍यस बेला तिनले ख्रीष्‍टिएनहरूलाई सताए । तिनी ख्रीष्‍टिएन भएपछि, मानिसहरूलाई येशूको बारेमा प्रचार गर्दै रोमी साम्राज्‍यभरि तिनले धेरैपल्ट यात्रा गरे ।

पावल कोरिन्‍थ सहरमा बसेको समयमा तिनले यो पत्र लेखे । बाइबलमा भएका पावलका सबै पत्रमध्‍ये १ थेसलोनिकी नै तिनको पहिलो पत्र थियो भन्‍ने धेरै विद्वानहरूको विचार रहेको छ ।

१ थेसलोनिकीहरूको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र थेसलोनिकी सहरका विश्‍वासीहरूलाई लेखे । सहरका यहूदीहरूले तिनलाई सहर छोड्न बाध्‍य पारेपछि तिनले तिनले यो पत्र लेखे । तिनलाई छोड्‍न बाध्‍य पारिएको भए तापनि तिनले थेसलोनिकीकहाँ गरेको भ्रमण सफल रह्‌यो भनी तिनले यो पत्रमा उल्‍लेख गरे ।

थेसलोनिकीका विश्‍वासीहरूका बारेमा तिमोथीले ल्‍याएको समाचार सुनेर पावलले जवाफ लेखे । त्यहाँका विश्‍वासीहरूले सतावटको सामना गरिरहेका थिए । यसर्थ, निरन्‍तर परमेश्‍वरलाई मनपर्दो जीवन बिताउन तिनले उनीहरूलाई उत्‍साह दिए । ख्रीष्‍टको दोस्रो आगमनभन्‍दा पहिले मर्ने विश्‍वासीहरूका बारेमा के हुन्‍छ भन्‍ने कुरा स्‍पष्‍ट पारेर तिनले उनीहरूलाई सान्त्‍वना दिए ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ थेसलोनिकीहरू” वा “पहिलो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । तिनीहरूले त्यसको साटोमा अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्‍डलीलाई पावलको पहिलो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्‍टिएनहरूलाई पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

येशूको “दोस्रो आगमन” भनेको के हो ?

येशू फेरि यस पृथ्‍वीमा फर्केर आउनुहुने कुराका बारेमा पावलले धेरै कुरा लेखे । जब येशू फर्कनुहुन्‍छ, तब उहाँले सबै मानवजातिको न्‍याय गर्नुहुनेछ । उहाँले सृष्‍टिमाथि राज्‍य गर्नुहुन्‍छ र त्‍यस बेला सबैतिर शान्‍ति हुनेछ ।

ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मरेकाहरूलाई के हुनेछ ?

ख्रीष्‍ट फेरि दोस्रोपटक आउनुभन्‍दा पहिले मर्नेहरूका जीवनमा फेरि फर्केर आउनेछन् र येशूको साथमा हुनेछन् भनेर पावलले स्‍पष्‍ट पारेका छन् । तिनीहरू सदासर्वदा मरिरहने छैनन् । थेसलोनिकीहरूलाई उत्‍साह दिनका लागि पावलले यो पत्र लेखे । किनभने मर्नेहरूले येशूको पुनरागमनको महान् दिनलाई देख्‍न पाउनेछैनन् भनेर तिनीहरूमध्‍ये कसैले चिन्‍ता गरेका थिए ।

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

पावलले “ख्रीष्‍टमा”, “प्रभुमा” जस्ता अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्‍ट र विश्‍वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

१ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

तलका पदहरूका लागि, बाइबलका आधुनिक अनुवादहरू पुराना अनुवादहरूभन्‍दा अलि फरक छन् । यूएलटीमा आधुनिक अनुवादका पदहरू लिएको छ, र पुरानो अनुवादलाई पादटिप्‍पणीमा राखेको छ । यदि कुनै क्षेत्रमा बाइबलका पुराना अनुवाद छन् भने, अनुवादकहरूले ती अनुवादमा पाइने पाठलाई विचार गरून् । अन्‍यथा, अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्‍ने सुझाव रहेको छ ।

  • “तिमीहरूलाई अनुग्रह र शान्ति होस्” (१:१) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति भएको होस् ।”
  • “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरिरहेको झैँ गरेर हामी तिमीहरूको माझमा कोमल थियौँ ।” (२:७) अन्य नयाँ संस्करणहरू र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “बरु, एउटी आमाले तिनका आफ्‍नै छोराछोरीहरूलाई स्याहार-सुसार गरेको बेलामा जस्तै हामी तिमीहरूको माझमा शिशुहरू झैँ थियौँ ।”
  • “तिमोथी, हाम्रा भाइ र परमेश्‍वरको लागि सङ्गी सेवक” (३:२) । केही अरू संस्करणहरूमा यसरी भनिएको छः “तिमोथी, हाम्रो भाइ र परमेश्‍वरको दास ।”

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

1 Thessalonians 1

१ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पद १ ले औपचारिक रूपमा यो पत्रको परिचय गराउँछ । प्राचीन मध्‍यपूर्वका पत्र लेखकहरूले सामान्‍य रूपमा यस्‍तै किसिमका परिचय लेख्‍ने गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कठिनाइ

थेसलोनिकीमा भएका ख्रीष्‍टिएनहरूलाई अरू मानिसहरूले सताए । तर त्‍यहाँ भएका ख्रीष्‍टिएनहरूले त्‍यसलाई राम्रोसँग सम्‍हाले । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

1 Thessalonians 1:1

पावलले आफूलाई यो पत्रका लेखकका रूपमा परिचय गराउँछन्, र थेसलोनिकीमा भएको मण्‍डलीलाई अभिवादन गर्दछन् ।

Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος; τῇ ἐκκλησίᾳ

यो पत्र लेख्‍ने पावल हुन् भनी युडीबीले स्पष्‍ट पार्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

χάρις ὑμῖν καὶ εἰρήνη

मानिसहरूसँग दयापूर्व र शान्‍तिपूर्ण किसिमले व्‍यवहार गर्ने व्‍यक्‍तिलाई जनाउने लक्षणाका रूपमा “अनुग्रह” र “शान्‍ति” शब्‍दहरूको प्रयोग भएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्‍ति होस्” (हेर्नुहोस्ः लक्षणा)

ὑμῖν

यहाँ “तिमीहरू” भन्‍ने शब्दले थेसलोनिकेका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

1 Thessalonians 1:2

यस पत्रमा अन्य किसिमले नबताइएसम्‍म, “हामी” र “हामीलाई” शब्‍दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्‍द बहुवचन हो, र यसले थेसलोनिकीको मण्‍डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)

εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε

यहाँ “सधैँ” भन्‍नाले यो बुझिन्छ कि जब पावल परमेश्‍वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्‍वरकहाँ प्रस्तुत गर्थे ।

μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως

“हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”

1 Thessalonians 1:3

τοῦ ἔργου τῆς πίστεως

परमेश्‍वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)

1 Thessalonians 1:4

थेसलोनिकीमा भएका विश्‍वासीहरूलाई पावलले निरन्‍तर धन्‍यवाद दिन्‍छन् र परमेश्‍वरमा भएको तिनीहरूको विश्‍वासको लागि तिनीहरूको प्रशंसा गर्दछन् । परमेश्‍वरको वचन प्रचारको कार्यद्वारा मात्र होइन ।

ἀδελφοὶ

यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी विश्‍वासीहरू हुन्छ ।

“हामी” भन्‍ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्‍वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

1 Thessalonians 1:5

οὐκ…ἐν λόγῳ μόνον

“हामीले भनेका कुरामा मात्र होइन”

ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ

सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्‍वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्‍चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।

πληροφορίᾳ πολλῇ

भाववाचक नामपद शब्द “निश्‍चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्‍वरले तिमीहरूलाई निश्‍चित बनाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)

οἷοι

“हामी आफैँले कसरी व्यवहार गर्‍यौँ जब”

1 Thessalonians 1:6

ὑμεῖς μιμηταὶ…ἐγενήθητε

“देखासिकी” गर्नुको अर्थ त्‍यस्‍तै काम गर्नु वा अर्को व्‍यक्तिको व्‍यवहारको नक्‍कल गर्नु हो ।

δεξάμενοι τὸν λόγον

“सन्देशलाई स्वागत गर्‍यौ” वा “हामीले जे बताउनुपर्ने थियो सो स्वीकार गर्‍यौ”

ἐν θλίψει πολλῇ

“ठुला-ठुला कष्‍टहरूको समयमा” वा “ज्यादै सतावटमा”

1 Thessalonians 1:7

ἐν τῇ Ἀχαΐᾳ

यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)