नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

3 John

3 John front

३ यूहन्‍नाको परिचय

भाग १: सामान्य परिचय

३ यूहन्‍नाको पुस्तकको रूपरेखा
  1. परिचय (१:१) 

  2. अतिथि-सत्कार देखाउन उत्साह र निर्देशनहरू (१:२-८) 

  3. डियोत्रिफस र डेमेत्रियस (१:९-१२) 

  4. निष्कर्ष (१:१३-१४)

३ यूहन्‍नाको पुस्तक कसले लेखे ?

पत्रमा लेखकको नाम दिइएको छैन। लेखकले आफूलाई एल्डर (१:१) भनेर चिनाएका छन्। यो पत्र सायद प्रेरित यूहन्‍नाले आफ्नो जीवनको अन्ततिर लेखेका हुन सक्छन्।

३ यूहन्‍नाको पुस्तक केको बारेमा छ ?

यूहन्‍नाले यो पत्र गायस नाम गरेका विश्‍वासीलाई लेखेका थिए। तिनले गायसलाई आफ्नो इलाका हुँदै यात्रा गरिरहेका सँगी विश्‍वासीहरूलाई अतिथि सत्कार गर्न निर्देशन दिए।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत शीर्षक, "३ यूहन्‍ना" वा "तेस्रो यूहन्‍ना" रोज्‍न सक्छन्। वा तिनीहरूले "यूहन्‍नाबाट तेस्रो पत्र" वा "यूहन्‍नाले लेखेका तेस्रो पत्र" जस्ता स्पष्‍ट शीर्षक छनौट गर्न सक्छन्। (See: नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्‍वपूर्ण धार्मिक र साँस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन यो महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले झुटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन निरुत्साहित गरे । ३ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टियानहरूलाई विश्‍वासीलो शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन उत्साहित गरे ।

भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

लेखकले कसरी उनको पत्रमा पारिवारिक सम्बन्धहरूलाई प्रयोग गर्छन् ?

लेखकले भाइबालकहरू जस्ता शब्दहरू यस्तो किसिमले चलाएका छन् जुन अलमल्याउने हुनसक्छ । धर्मशास्‍त्रले धेरैपटक भाइहरू भन्‍ने शब्द यहूदीहरूलाई जनाउन प्रयोग गरेको छ । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द ख्रीष्‍टियानहरूलाई जनाउन प्रयोग गरेका छन् । साथै, यूहन्‍नाले केहि विश्‍वासीहरूलाई उनका बालकहरू भनेका छन् । यी ती विश्‍वासीहरू हुन् जसलाई उनले ख्रीष्‍टको आज्ञापालन गर्न सिकाए ।

यूहन्‍नाले अन्यजाति भन्‍ने शब्द पनि यस्तो किसिमले प्रयोग गरेका छन् जुन अलमल्याउने हुन सक्छ । धर्मशास्‍त्रले धेरैपटक अन्यजाति भन्‍ने शब्द ती मानिसहरूलाई जनाउन प्रयोग गरेको छ जो यहूदी होइनन् । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द तिनीहरूलाई जनाउन प्रयोग गरेका छन् जसले येशूमा विश्‍वास गर्दैनन् ।

3 John 1

3 John 1:1

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो। सबै तिमीतिम्रो ले गायसलाई जनाउँछ र यी एकवचन हुन्। (हेर्नुहोस्ः तिमीका रूपहरू)

ὁ πρεσβύτερος

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ। तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन्। लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Γαΐῳ

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ

वैकल्पिक अनुवाद: “जसलाई म साँचो रूपमा प्रेम गर्दछु”

3 John 1:2

περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν

वैकल्पिक अनुवाद: “म यो प्रार्थना गर्दछु कि तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

καθὼς εὐοδοῦταί σου ἡ ψυχή

वैकल्पिक अनुवाद: “जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

3 John 1:3

ἐρχομένων ἀδελφῶν

“जब सङ्गी विश्‍वासीहरू आए।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।

σὺ ἐν ἀληθείᾳ περιπατεῖς

यहाँ, कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्‍कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः रूपक)

3 John 1:4

τὰ ἐμὰ τέκνα

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः रूपक)

3 John 1:5

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिसहरू अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

ἀγαπητέ

यहाँ, प्रियलाई एक सँगी विश्‍वासीको रूपमा गायसको लागि मायाको शब्दको रूपमा प्रयोग गरिएको छ। आफ्नो भाषामा प्रिय मित्रको लागि यहाँ शब्द प्रयोग गर्नुहोस्।

πιστὸν ποιεῖς

वैकल्पिक अनुवादः “परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

ὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους

वैकल्पिक अनुवाद: "जब तिमी सँगी विश्‍वासीहरुलाई मद्दत गर्छाै, विशेष गरी जसलाई तिमी चिन्‍दैनाै"

3 John 1:6

οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας

यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्दछ (पद ५)। “अपरिचित व्यक्तिहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

οὓς καλῶς ποιήσεις, προπέμψας

यूहन्‍नाले यात्रा गरिरहेका विश्‍वासीहरूलाई मद्दत गर्ने आफ्नो सामान्य अभ्यासको लागि गायसको प्रशंसा गर्दैछन्। यसलाई गायसले निरन्तर गरिरहने कुरा हो भनी देखाउने तरिकामा यसलाई अनुवाद गर्नुहोस्।

3 John 1:7

ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον

यहाँ नाउँले येशूलाई जनाउँछ। यसको मतलब यो हुन सक्छ: (१) तिनीहरूले येशूको बारेमा अरूलाई बताउनको लागि आफू जहाँ थिए, त्यहीँ छाडे। (२) तिनीहरू जहाँ थिए त्यहाँ छोडे किनभने अरूले उनीहरूलाई येशूमा विश्‍वासको कारण छोड्न बाध्य तुल्याए। (३) यी दुवै कुरा। वैकल्पिक अनुवाद: "उनीहरू येशूको बारेमा मानिसहरूलाई बताउन बाहिर गएका कारण" (हेर्नुहोस्ः लक्षणा)

μηδὲν λαμβάνοντες

यसको अर्थ हुन सक्छ: (१) अविश्‍वासीहरूले तिनीहरूलाई केही दिएर मद्दत गरेका छैनन्। (२) तिनीहरूले अविश्‍वासीहबाट कुनै सहयोग वा उपहार स्वीकार गरेनन्।

τῶν ἐθνικῶν

यहाँ अन्यजाति ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

3 John 1:8

ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ

वैकल्पिक अनुवाद: “ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”