नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Acts

Acts front

प्रेरितहरूको परिचय

भाग १: सामान्य परिचय

प्रेरितहरूको पुस्तकको रूपरेखा
  1. मण्‍डली र त्यसको कार्यलक्ष्यको सुरुवात (१:१-२:४१)
  2. यरूशलेममा भएको सुरुको मण्‍डली (२:४२-६:७)
  3. बढ्‍दो विरोध र स्तिफनस शहीद भएको (६:८-७:६०)
  4. मण्‍डलीको सतावट र फिलिपको सेवकाइ (८:१-४०)
  5. पावल एक प्रेरित हुन्छन् (९:१-३१)
  6. पत्रुसको सेवकाइ र विश्‍वासमा आएका पहिलो अन्यजातिहरू (९:३२-१२:२४)
  7. पावल, अन्यजातिहरूको लागि प्रेरित, यहूदी व्यवस्था, र यरूशलेममा मण्‍डली अगुवाहरूको परिषद् (१२:२५-१६:५)
  8. भूमध्य क्षेत्रको मध्य भाग र दक्षिण-पश्‍चिमी एसियामा भएको द्वीपमा मण्‍डलीको विस्तार (१६:६-१९:२०)
  9. पावल यरूशलेमतर्फ यात्रा गर्छन् र रोममा एक कैदी बन्छन् (१९:२१-२८:३१)
प्रेरितको पुस्तक केको बारेमा के हो ?

प्रेरितहरूको पुस्तकले धेरै सङ्ख्‍यामा मानिसहरू विश्‍वासीहरू भइरहेको सुरुको मण्‍डलीको वर्णन गर्दछ । यसले पवित्र आत्‍माको शक्तिले सुरुका ख्रीष्‍टिएनहरूलाई सहायता पुर्‍याउनुभएको कुरालाई दर्शाउँछ । येशू स्‍वर्गमा फर्केर जानुभएपछि यस पुस्‍तकका घटनाहरू सुरु हुन्‍छन् र करिब तीस वर्षपछि अन्त्‍य हुन्‍छन् ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रेरितहरूको कार्यहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट हुने शीर्षकलाई छान्‍न सक्छन्, उदाहरणको लागि, “प्रेरितहरूद्वारा भएको पवित्र आत्माको कार्यहरू ।”

प्रेरितहरूको पुस्तक कसले लेखे ?

यस पुस्तकले लेखकको नाम उल्‍लेख गरेको छैन । तापनि, यो थियोफिलसलाई सम्‍बोधन गरेर लेखिएको छ । उनै थियोफिलसलाई लूकाको ससमाचारले पनि सम्‍बोधन गरेको छ । साथै, यस पुस्‍तकका केही भागमा लेखकले “हामी” शब्‍द प्रयोग गरेका छन् । यस कुराले लेखकले पावलसँगै यात्रा गरेका थिए भन्ने जनाउँछ । पावलका साथमा यात्रा गर्ने यी व्‍यक्ति लूका नै थिए भन्ने धेरैजसो विद्वानहरूको विचार रहेको छ । यसकारण, ख्रीष्‍टिएनहरूको सुरुको समयदेखि नै धेरैजसो ख्रीष्‍टिएनहरूले लूकाले नै प्रेरितहरूका काम र लूकाको सुसमाचार लेखेका हुन् भनेर विचार गरेका छन् ।

लूका चिकित्साविज्ञानका डाक्टर थिए । तिनले लेखेका तरिकाले तिनी शिक्षित मानिस थिए भन्‍ने दर्शाउँछ । शायद तिनी एक अन्‍यजाति थिए । प्रेरितहरूका पुस्तकमा वर्णन भएका धेरैजसो घटना तिनका आफ्‍नै आँखाले देखेका थिए ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

मण्‍डली भनेको के हो ?

मण्‍डली ख्रीष्‍टलाई विश्‍वास गर्ने मानिसहरूको समूह हो । मण्‍डलीले यहूदी र अन्‍यजाति दुवै विश्‍वासीहरूलाई समावेश गरेको हुन्‍छ । यस पुस्‍तकमा भएका घटनाहरूले परमेश्‍वरले मण्‍डलीलाई सहायता पुर्‍याउँदै हुनुहुन्‍छ भनी दर्शाउँछन् । धर्मी जीवन बिताउन उहाँले विश्‍वासीहरूलाई पवित्र आत्‍माद्वारा सशक्त तुल्‍याउनुभयो ।

भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

प्रेरितहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

प्रेरितको पुस्‍तकका पाठसम्‍बन्‍धी महत्त्वपूर्ण पक्षहरू यी नै हुन्ः

तलका पदहरू बाइबलका पुराना अनुवादहरूमा छन्, तर उत्तम प्राचीन प्रतिलिपिमा छैनन् । कुनै आधुनिक अनुवादले पुराना पदहरूलाई ठूला कोष्‍ठकहरूमा ([]) राख्‍छन् । यूएलटी र यूएसटीले तिनलाई पादटिप्‍पणीमा समावेश गर्छन् ।

  • “फिलिपले भने, ‘यदि तिमीले तिम्रो सारा हृदयले विश्‍वास गर्छौ भने, तिमीले बप्‍तिस्मा लिन सक्छौ ।’ इथियोपियालीले जवाफ दिए, ‘म विश्‍वास गर्छु कि येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्छ’” (प्रेरितहरू ८:३७) ।
  • “तर सिलासलाई त्यहाँ रहन उचित लाग्‍यो ।” (प्रेरितहरू १५:३४)
  • “र हामी उसलाई हाम्रो व्यवस्थाअनुसार इन्साफ गर्न चाहन्थ्यौँ । तर सेनापति लुसियस, आए र उसलाई हाम्रा हातहरूबाट जबरजस्ती लिएर तपाईंकहाँ पठाए ।” (प्रेरितहरू २४:६ख-८क)
  • “जब उनले यी कुराहरू भनिसकेका थिए, यहूदीहरू आपसमा ठूलो विवाद गर्दै बिदा भए ।” (प्रेरितहरू २८:२९)

तलका पदहरूमा, मौलिक लेखले के भनेको छ भन्‍ने पक्‍का छैन । अनुवादकहरूले कुन लेख अनुवाद गर्ने भनी रोज्नुपर्छ । यूएलटीले पहिलो पाठ समावेश गर्छ तर दोस्रो पाठलाई पादटिप्‍पणीमा समावेश गर्छ । * “तिनीहरू यरूशलेमबाट फर्के” (प्रेरितहरू १२:२५) । केही संस्करणहरूमा यसरी भनिएको छ, “तिनीहरू यरूशलेममा (अथवा त्यहाँ) फर्के” । * “उहाँले तिनीहरूलाई सहनुभयो” (प्रेरितहरू १३:१८) । केही संस्करणहरूमा यसरी भनिएको छ, “उहाँले तिनीहरूको वास्ता गर्नुभयो” । * “प्रभुले यसो भन्‍नुहुन्छ, जसले ती कुराहरू गर्नुभएको छ जुन प्राचीन कालहरूदेखि जानिएका छन् ।” (प्रेरितहरू १५:१७-१८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “प्रभुले यसो भन्‍नुहुन्छ, जसलाई प्राचीन कालहरूदेखिका उहाँका सबै कार्यहरू थाहा छ ।”

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

Acts 1

प्रेरितहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्‍यायमा लेखेको कुरालाई सामान्‍य रूपमा “स्‍वर्गारोहण” भनेर जानिन्‍छ । येशूको पुनरुत्थान भएपछि उहाँ फर्केर स्‍वर्गमा जानुभयो । उहाँको “दोस्रो आगमनमा” उहाँ फर्केर नआउञ्‍जेलसम्‍म उहाँ फेरि आउनुहुन्‍न । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि पुनरुत्थान)

यूएसटीले “प्रिय थियोफिलस” शब्‍दलाई अरू शब्‍दहरूबाट अलग राखेको छ । अङ्ग्रेजी भाषा बोल्‍नेहरूले पत्र लेख्‍न यसरी नै सुरु गर्दछन् । तपाईंले आफ्‍नो संस्‍कृतिका मानिसहरूले पत्र लेख्‍न सुरु गरे झैँ गरी यो पुस्‍तक सुरु गर्न सक्‍नुहुन्‍छ ।

केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२० मा भजनसङ्ग्रहको पुस्तकबाट लिइएको दुईवटा उद्धरणहरूसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

बप्‍तिस्मा दिनु

यस अध्‍यायमा “बप्‍तिस्‍मा” शब्दका दुई अर्थ रहेका छन् । यसले युहन्‍नाले दिएको पानीको बप्‍तिस्मा र पवित्र आत्‍माको बप्‍तिस्मालाई जनाउँछ (प्रेरितहरू १:५(../../act/01/05.md)) । (हेर्नुहोस्ः बप्‍तिस्मा दिनु, बप्‍तिस्मा)

“उहाँले परमेश्‍वरको राज्यको बारेमा बोल्‍नुभयो”

केही विद्वानहरू विश्‍वास गर्दछन्, येशूले “परमेश्‍वरको राज्‍यको बारेमा भन्‍नुहुँदा” उहाँको मृत्‍यु हुनुभन्‍दा पहिला परमेश्‍वरको राज्‍य किन आएन भनी उहाँले चेलाहरूलाई स्‍पष्‍ट पार्नुभयो । अरूको विश्‍वास छ, येशू जीवित हुनुहुँदा नै परमेश्‍वरको राज्‍य सुरु भयो । अनि यहाँ परमेश्‍वरको राज्‍य नयाँ स्‍वरूपमा सुरु हुने कुरालाई उहाँले स्‍पष्‍ट पार्दै हुनुहुन्‍छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बाह्र चेलाहरू

बाह्र चेलाहरूको सूची निम्‍नानुसार छः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कुसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।

आखेल्दामा

यो हिब्रु वा आरमेइक वाक्‍यांश हो । लूकाले यो ग्रीक अक्षरमा लेखे, र यसरी यो कस्‍तो सुन्‍न सकिन्‍छ भनेर तिनका पाठकहरूले थाहा पाऊन् । अनि तिनले यसको अर्थ बताए । तपाईंले यसलाई आफ्‍नो भाषाको अक्षरले लेखेर अर्थ स्‍पष्‍ट पार्नुपर्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

Acts 1:1

τὸν μὲν πρῶτον λόγον ἐποιησάμην

पहिलो पुस्तक लूकाको सुसमाचार हो ।

Θεόφιλε

लूकाले यो पुस्तक थियोफिलस नाम गरेका मानिसलाई लेखेका हुन् । कतिपय अनुवादहरूले तिनीहरूको पत्रमा सम्बोधन गर्ने तरिकालाई आफ्नै संस्कृतिअनुसार गर्ने गर्छन्, र पत्रको वाक्यको सुरुमा “प्रिय थियोफिलस” भनेर लेख्छन् । थियोफिलसको अर्थ हुन्छ, “परमेश्‍वरका मित्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Acts 1:2

ἀνελήμφθη

यसले येशू स्वर्गारोहण हुनुभएको कुरालाई देखाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँलाई माथि स्‍वर्गमा लाने दिनसम्‍म” वा “उहाँ माथि स्‍वर्गमा उक्‍लेर जानुभएको दिनसम्‍म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

पवित्र आत्माले निश्‍चित कुराहरूमा प्रेरितहरूलाई निर्देशन गर्न येशूलाई अगुवाइ गर्नुभयो ।

Acts 1:3

μετὰ τὸ παθεῖν αὐτὸν

यसले येशूको दुःख र क्रूसमा भएको मृत्युलाई जनाउँछ ।

δι’ ἡμερῶν τεσσεράκοντα, ὀπτανόμενος αὐτοῖς, καὶ λέγων

येशू प्रेरितहरूकहाँ र अरू धेरै जना चेलाहरूकहाँ देखा पर्नुभयो ।

Acts 1:4

ἠκούσατέ

यहाँ “उहाँ” शब्दले येशूलाई जनाउँछ । अन्य किसिमले नबताइएसम्‍म, प्रेरितको पुस्तकमा भएको “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

यो येशू मृतकहरूबाट जीवित भएर तिनीहरूकहाँ देखा परेको ४० दिनको समयमा भएको घटना हो ।

ἀπὸ Ἱεροσολύμων, μὴ χωρίζεσθαι

“येशूले उहाँका चेलाहरूसँग भेटघाट गरिरहँदा”

τὴν ἐπαγγελίαν τοῦ Πατρὸς

यो पवित्र आत्मालाई गरिएको उल्‍लेख हो । वैकल्पिक अनुवादः “पवित्र आत्मा, जसलाई पिताले पठाउने प्रतिज्ञा गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा)

ἣν ἠκούσατέ μου

यदि तपार्इंले अगिल्लो वाक्यमा “पवित्र आत्मा” शब्द पनि राखेर अनुवाद गर्नुभएको छ भने, तपार्इंले “त्यस” शब्दलाई “जस”मा परिवर्तन गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा येशूले भन्‍नुभयो”

Acts 1:5

Ἰωάννης

येशूले यूहन्‍नाले कसरी मानिसहरूलाई पानीको बप्‍तिस्मा दिए र परमेश्‍वरले कसरी विश्‍वासीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिनुहुने थियो भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउनुहुन्छ ।

Ἰωάννης

“यूहन्‍नाले वास्तवमा मानिसहरूलाई पानीको बप्‍तिस्मा दिए”

ὑμεῖς…βαπτισθήσεσθε

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई बप्‍तिस्मा दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Acts 1:6

οἱ μὲν οὖν συνελθόντες, ἠρώτων αὐτὸν

यहाँ “तिनीहरू” शब्दले प्रेरितहरूलाई जनाउँछ ।

εἰ…ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ

“के तपार्इंले इस्राएललाई फेरि एउटा बलियो राज्य बनाउनुहुनेछ”

Acts 1:7

χρόνους ἢ καιροὺς

सम्‍भावित अर्थहरू हुन् १) “समयहरू” र “ऋतुहरू” शब्‍दले विभिन्‍न प्रकारका समयहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “सामान्‍य समय अवधि वा खास मिति” वा २) यी दुई शब्‍द मूल रूपमा पर्यायवाची शब्दहरू हुन् । वैकल्पिक अनुवादः “ठीक समय” (हेर्नुहोस्ः प्रतिरूपी)

Acts 1:8

λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες

प्रेरितहरूले शक्ति प्राप्‍त गर्नेछन् र त्यसले तिनीहरूलाई येशूका साक्षीहरू हुनलाई सक्षम तुल्याउनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई शक्ति दिनुहुनेछ ... मेरो साक्षी हुनलाई ... ”

ἕως ἐσχάτου τῆς γῆς

सम्भावित अर्थहरू हुन् १) “सारा संसारभरी” वा २) “पृथ्वीका सबैभन्दा टाढाका ठाउँहरूसम्‍म” (हेर्नुहोस्ः टुक्काहरू)