1 Peter
1 Peter front
१ पत्रुसको परिचय
भाग १: सामान्य परिचय
१ पत्रुसको रूपरेखा
- परिचय (१:१-२)
- विश्वासीहरूलाई परमेश्वरको उद्धारको लागि प्रशंसा (१:३-२:१०)
- ख्रीष्टिएन जीवन (२:११-४:११)
- कष्टभोगको बेलामा डटिरहनलाई हौसला ४:१२-५:११) समापन (५:१२-१४)
१ पत्रुसको पुस्तक कसले लेखे ?
१ पत्रुसको पुस्तक प्रेरित पत्रुसद्वारा लेखिएको थियो । एसियाको दक्षिणी प्रायद्वीपभरि छरपष्ट भएका अन्यजाति ख्रीष्टिएनहरूका लागि उनले यो पत्र लेखे ।
१ पत्रुसको पुस्तक केको बारेमा हो ?
पत्रुसले यो पत्र लेख्नुको उद्देश्य तिनले यसरी उल्लेख गरेका छन्, “यो परमेश्वरको साँचो अनुग्रह हो भनेर तिमीहरूलाई उत्साह र साक्षी दिने” (५:१२) । ख्रीष्टिएनहरूले दुःखकष्टको सामना गर्नुपर्दा पनि तिनीहरूले निरन्तर रूपमा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भनी तिनले उत्साह दिए । येशूको दोस्रो आगमन चाँडै नै हुने छ भनेर तिनले तिनीहरूलाई यसो गर्न भने । अधिकारको स्थानमा रहेका व्यक्तिहरूप्रति ख्रीष्टिएनहरू समर्पित हुनुपर्छ भनेर उत्साह दिने कार्यसमेत तिनले गरे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ पत्रुस” वा “पहिलो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको पहिलो पत्र” वा “पत्रुसले लेखेको पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
ख्रीष्टिएनहरूलाई रोममा कस्तो व्यवहार गरिन्थ्यो ?
पत्रुसले यो पत्र लेख्दा शायद तिनी रोममा थिए । तिनले रोमलाई “बेबिलोन” भनेर साङ्केतिक नाउँ दिए (५:१३) । पत्रुसले यो पत्र लेखेको समयमा रोमीहरूले ख्रीष्टिएनहरूलाई नराम्रो ढङ्गले सतावट गरिरहेको जस्तो लाग्छ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा दुई ठाउँहरूमा बाहेक, जुन हुन्ः १ पत्रुस १:१६ र १ पत्रुस २:६, अरू ठाउँहरूमा “म” शब्दले पत्रुसलाई जनाउँछ । “तिमीहरू” शब्द सधैँ बहुवचन हो र यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
१ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
- “सत्यको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राणलाई शुद्ध पार्यौ । साँचो भातृप्रेमको उद्देश्य प्राप्तिका लागि यो कुरा भयो । यसैले एकअर्कालाई हृदयबाट प्रेम गर्नू” (१:२२) । यूएलटी, यूएसटी र अरू धेरै आधुनिक अनुवादले यसरी लेखेका छन् । कुनै पुरानो अनुवादमा लेखिएको छ, “साँचो भातृप्रेमको उद्देश्य प्राप्तिका लागि तिमीहरूले पवित्र आत्मामा सत्यको आज्ञाकारिताद्वारा आफ्नो प्राणलाई शुद्ध पार्यौ, यसैले एकअर्कालाई हृदयबाट प्रेम गर्नू ।”
अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्छ ।
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 Peter 1
१ पत्रुस ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पत्रुसले पद १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२४-२५ मा पुरानो करारबाट उद्धृत गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरले के प्रकट गर्नुहुन्छ
जब येशू दोस्रोपल्ट आउनुहुन्छ, तब परमेश्वरका मानिसहरूले येशूमाथि विश्वास राख्नू कति असल कुरा रहेछ भनी हरेक व्यक्तिले थाहा पाउने छन् । अनि परमेश्वरका मानिसहरूप्रति उहाँ कति धेरै अनुग्रही हुनुभएको छ भनेर तिनीहरूले थाहा पाउने छन् र सबै मानिसहरूले परमेश्वर र उहाँका मानिसहरूको प्रशंसा गर्ने छन् ।
पवित्रता
परमेश्वरले उहाँका मानिसहरू पवित्र होउन् भन्ने इच्छा गर्नुहुन्छ किनभने परमेश्वर पवित्र हुनुहुन्छ । (हेर्नुहोस्ः पवित्र, पवित्रता)
अनन्तता
अनन्त रहने थोकहरूका लागि जिउन र अन्त्य हुने यस संसारका थोकहरूका लागि नजिउन पत्रुसले ख्रीष्टिएनहरूलाई आग्रह गर्छन् । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभास
विरोधाभासको वाक्य एउटा साँचो वाक्य हो, जसले कुनै असम्भव कुरालाई स्पष्ट पार्दछ । पत्रुसले आफ्ना पाठकहरू एकै समयमा खुशी र दुःखी भएका कुरा लेख्दछन् (१ पत्रुस १:६) । तिनीहरूले कष्ट भोगिरहेका हुनाले तिनीहरू दुःखी भएका छन्, तर “अन्तिम समयमा” परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ भन्ने कुरा तिनीहरूले थाहा भएको हुनाले तिनीहरू खुशी छन् (१ पत्रुस १:५) ।
1 Peter 1:1
पत्रुसले आफैँलाई लेखकको रूपमा परिचित गराउँछन् र उनले लेख्दै गरेका विश्वासीहरूको परिचय दिँदै उनीहरूलाई अभिवादन गर्छन् ।
ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς
पत्रुसका पाठकहरू आफ्नो मुलुकदेखि बाहिर धेरै मुलुकमा छरपष्ट भएर बसेका कुरा तिनले गर्दछन् । (हेर्नुहोस्ः रूपक)
Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας
पत्रुसले उल्लेख गरेका अन्य ठाउँहरूसँगै, कापाडोकिया र बिथिनिया अहिलेको टर्की रहेको ठाउँमा रहेका रोमी प्रान्तहरू थिए ।
ἐκλεκτοῖς παρεπιδήμοις
“परमेश्वर पिताले चुन्नुभएकाहरू ।” परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नो पूर्वज्ञान अनुसार चुन्नुभएको छ ।
1 Peter 1:2
“उहाँको आफ्नै पूर्वज्ञान अनुसार”
πρόγνωσιν Θεοῦ Πατρός
भाववाचक नाउँ “पूर्वज्ञान” शब्दलाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) के हुने छ भनेर परमेश्वरले अगिदेखि नै निर्धारण गर्नुभयो । वैकल्पिक अनुवादः “पिता परमेश्वरले पहिलेदेखि नै जे निर्णय गर्नुभयो” वा २) के हुने छ भनेर परमेश्वरलाई समयभन्दा अगि नै थाहा थियो । वैकल्पिक अनुवादः “जे परमेश्वर पितालाई पहिलेबाट नै थाहा थियो” (हेर्नुहोस्ः भाववाचक नाम)
αἵματος Ἰησοῦ Χριστοῦ
यहाँ “रगत”ले येशूको मृत्युलाई जनाउँछ । जसरी मोशाले परमेश्वरसँग इस्राएलको मानिसहरूको करारको चिन्हस्वरूप तिनीहरूमाथि रगत छर्के, त्यसरी नै विश्वासीहरू पनि येशूको मृत्युद्वारा परमेश्वरसँगको करारमा छन् । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη
यो खण्डले अनुग्रहलाई विश्वासीहरूले प्राप्त गर्न सक्ने कुनै वस्तुको रूपमा र शान्तिलाई परिमाणमा बढ्न सक्ने केही कुराको रूपमा व्यक्त गर्दछ । अवश्य पनि,अनुग्रह भनेको वास्तवमा विश्वासीहरूप्रति परमेश्वरले गर्ने नरम व्यवहार हो, र शान्ति चाहिँ विश्वासीहरू परमेश्वरसँग सुरक्षा र आनन्दमा कसरी बस्छन् भन्ने कुरा हो । (हेर्नुहोस्ः भाववाचक नाम)
1 Peter 1:3
पत्रुस विश्वासीहरूको उद्धार र विश्वासको बारेमा कुरा गर्न सुरु गर्छन् । यहाँ उनले एउटा अलङ्कारको व्याख्या गर्छन् जसमा परमेश्वरले सारा विश्वासीहरूको निम्ति जे गर्ने प्रतिज्ञा गर्नुभएको छ, सो कुरालाई उहाँलाई तिनीहरूलाई दिने एउटा उत्तराधिकार भएको जसरी व्यक्त गरिएको छ ।
ἡμῶν…ἡμᾶς
“हाम्रा” र “हामी” शब्दहरूले पत्रुस र उनले लेखिरहेका व्यक्तिहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἀναγεννήσας ἡμᾶς
“उहाँले हामीलाई पुनर्जन्म लिने तुल्याउनुभएको छ”
1 Peter 1:4
εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον
यसलाई तपाईंले क्रियापद प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी उत्तराधिकार प्राप्त गर्न दृढ भएर आशा गर्छौँ” (हेर्नुहोस्ः भाववाचक नाम)
κληρονομίαν
परमेश्वरले विश्वासीहरूका निम्ति गर्नुभएको प्रतिज्ञा प्राप्त गर्ने कुरा परिवारको सदस्यबाट उत्तराधिकारको रूपमा पाइने जायजेथा र धनको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः रूपक)
ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον
पत्रुसले उत्तराधिकारलाई सिद्ध र अनन्तसम्म हुने केही कुराको रूपमा गर्नको निम्ति तीनवटा उस्तै किसिमका वाक्यांशको प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक)
τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका लागि परमेश्वरले स्वर्गमा सँचेर राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Peter 1:5
τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई सुरक्षा दिइरहनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν δυνάμει Θεοῦ
यहाँ “शक्ति” भनेको परमेश्वर शक्तिशाली हुनुहुन्छ र विश्वासीहरूलाई बचाउन सक्षम हुनुहुन्छ भन्ने कुरालाई बताउने एउटा तरिका हो । (हेर्नुहोस्ः भाववाचक नाम)
διὰ πίστεως
यहाँ “विश्वास”ले विश्वासीहरूले ख्रीष्टमाथि भरोसा गर्छन् भन्ने तथ्यलाई जनाउँछ । वैकल्पिक अनुवाद: “तिमीहरूको विश्वासको कारणले” (हेर्नुहोस्ः भाववाचक नाम)
ἑτοίμην ἀποκαλυφθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले प्रकट गर्न लाग्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)