Matthew
Matthew front
मत्तीको सुसमाचारको परिचय
भाग १: सामान्य परिचय
मत्तीको पुस्तकको रूपरेखा
- येशू ख्रीष्टको जन्म र उहाँको सेवाकार्यको सुरुवात (१:१-४:२५)
- येशूको डाँडाको उपदेश (५:१-७:२८) १ निको पार्ने कार्यहरूद्वारा येशूले परमेश्वरको राज्यको उदाहरण दिनुहुन्छ (८:१-९:३४)
- कार्यलक्ष्य र राज्यको बारेमा येशूको शिक्षा (९:३५-१०:४२)
- परमेश्वरको राज्यको सुसमाचारको बारेमा येशूको शिक्षा । येशूको विरोधको सुरुवात (११:१-१२:५०)
- परमेश्वरको राज्यको बारेमा येशूका दृष्टान्तहरू (१३:१-५२)
- येशूको अझै विरोध गरेको र परमेश्वरको राज्यको बारेमा भएको गलत बुझाइ (१३:५३-१७:५७)
- परमेश्वरको राज्यमा भएको जीवनका बारेमा येशूको शिक्षा (१८:१-३५)
- येशूले यहूदियामा सेवकाइ गर्नुहुन्छ (१९:१-२२:४६)
- अन्तिम न्याय र उद्धारको सम्बन्धमा येशूको शिक्षा (२३:१-२५:४६)
- येशूको क्रुसीकरण, उहाँको मृत्यु र पुनरुत्थान (२६:१-२८:१९)
मत्तीको सुसमाचार केको बारेमा हो ?
मत्तीको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्ये एउटा हो जसले येशू ख्रीष्टको जीवनका केही अंशलाई वर्णन गर्छन् । येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने बारेमा सुसमाचारका लेखकहरूले भिन्नभिन्न पक्ष समेटेर लेखे । येशू नै मसिह हुनुहुन्थ्यो, र परमेश्वरले उहाँद्वारा इस्राएललाई बचाउनुहुने थियो भनेर मत्तीले देखाए । पुरानो करारका ख्रीष्टसम्बन्धी भएका भविष्यवाणीहरूलाई येशूले पूरा गर्नुभयो भनी मत्तीले धैरैपटक व्याख्या गरे । उनका पाठकहरू धेरैजसो यहूदीहरू हुन्छन् भन्ने उनको अपेक्षालाई यसले सङ्केत गर्न सक्छ । (हेर्नुहोस्ः ख्रीष्ट, मसीह)
यस पुस्तकको शीर्षकको कसरी अनुवाद गर्न सकिन्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक नाम, “मत्तीको सुसमाचार,” वा “मत्तीको अनुसार रहेको सुसमाचार” भनेर अनुवाद गर्न छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी प्रस्ट हुने शीर्षक छान्न सक्छन्, जस्तै कि, “येशूको बारेमा भएको सुसमाचार जुन मत्तीले लेखे ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
मत्तीको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिएको छैन । तापनि, ख्रीष्टिएनहरूको सुरुको समयदेखि नै धेरैजसो ख्रीष्टिएनहरूले प्रेरित मत्ती नै यसका लेखक थए भनेर विचार गरेका छन् ।
भाग २: महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धारणाहरू
“स्वर्गको राज्य” भनेको के हो ?
अन्य सुसमाचारका पुस्तकका लेखकहरूले परमेश्वरको राज्यको बारेमा जसरी लेखेका छन्, मत्तीले स्वर्गको राज्यको बारेमा ठीक त्यसरी नै बताएका छन् । स्वर्गको राज्यले परमेश्वरले सारा मानिसहरू र सारा सृष्टिलाई सबै ठाउँमा शासन गर्नुहुने कुराको प्रतिनिधित्व गर्दछ । परमेश्वरले आफ्नो राज्यमा स्वीकार गर्नुहुने मानिसहरू आशिषित् हुनेछन् । तिनीहरू सदासर्वदा परमेश्वरसँग वास गर्ने छन् ।
येशूका शिक्षा दिने शैलीहरू के थिए ?
मानिसहरूले येशूलाई एक रब्बीको रूपमा मान्थे । रब्बी भनेको परमेश्वरको व्यवस्थाको शिक्षक हो । इस्राएलका अरू धर्मगुरुहरूले सिकाउने तरिकाले नै येशूले पनि सिकाउनुहुन्थ्यो । उहाँसँग विद्यार्थीहरू थिए जसले उहाँलाई उहाँ जता जानुभयो त्यता पछ्याउँथे । ती विद्यार्थीहरूलाई चेलाहरू भनियो । उहाँले धेरैपटक दृष्टान्तहरू भन्नुभयो । दृष्टान्तहरू नैतिक पाठहरू सिकाउने कथाहरू हुन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था अनि चेला अनि दृष्टान्त)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
सिनोप्टिक अर्थात् समरूप सुसमाचार कुन-कुन हुन् ?
मत्ती, मर्कूस र लूकाको सुसमाचारलाई सिनोप्टिक अर्थात् समरूप सुसमाचारहरू भनिन्छ, किनभने तिनमा धेरैवटा मिल्दाजुल्दा खण्डहरू छन् । “सिनप्टिक” शब्दको अर्थ “एकसाथ हेर्नु” हो ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्य खण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समानान्तर” प्रतिलिपि भएको मानिन्छ । समानान्तर खण्डहरूको अनुवाद गर्दा अनुवादकहरूले उही शब्दहरूका प्रयोग गर्नुपर्छ र तिनलाई सकेसम्म मिल्दोजुल्दो बनाउनुपर्छ ।
येशूले किन आफैँलाई “मानिसको पुत्र” भनेर जनाउनुहुन्छ ?
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भन्नुहुन्छ । यो दानिएल ७:१३-१४ लाई गरिएको उल्लेख हो । यस खण्डमा “मानिसको पुत्र” भनेर वर्णन गरिएका त्यहाँ एकजना व्यक्ति हुनुहुन्छ । त्यसको अर्थ ती व्यक्ति कुनै मानिस झैँ देखिनुहुने कोही हुनुहुन्थ्यो । जातिजातिमाथि सदासर्वदा शासन गर्ने अधिकार परमेश्वरले ती मानिसको पुत्रलाई दिनुभयो । अनि सबै मानिसहरूले सदासर्वदा उहाँकै आराधना गर्नेछन् ।
येशूको समयका यहूदीहरूले कसैको नामको रूपमा “मानिसको पुत्र” भन्ने प्रयोग गर्दैनथे । यसकारण, येशू साँचो रूपमा को हुनुहुन्थ्यो भनी तिनीहरूले बुझ्न सकून् भनेर उहाँले यो नाम आफ्नो लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र)
“मानिसको पुत्र” भन्ने नामको अनुवाद गर्ने काम धेरैवटा भाषामा कठिन हुन सक्छ । शाब्दिक रूपमा गरिएको अनुवादलाई पाठकहरूले गलत बुझ्न सक्छन् । अनुवादकहरूले “मानव व्यक्ति” जस्ता विकल्पहरूलाई विचार गर्न सक्छन् । यस नामलाई व्याख्या गर्न एउटा पादटिप्पणी समावेश गर्दा पनि सहयोगी हुन सक्छ ।
मत्तीको पुस्तकको पाठ्यखण्डमा भएका प्रमुख विषयहरू के-के हुन् ?
बाइबलका पुराना संस्करणहरूमा निम्न दिइएका पदहरू पाइन्छन् तर अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन्ः
- “तिमीहरूलाई सराप्नेहरूलाई आशिष् देओ, र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर ।” (५:४४)
- “किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।” (६:१३)
- “तर यस्तो किसिमको भूतात्माचाहिँ प्रार्थना र उपवास बिना बाहिर निस्कँदैन ।” (१७:२१)
- “किनकि मानिसको पुत्र हराएकाहरूलाई बचाउन आएको हो ।” (१८:११)
- “किनकि धैरैलाई बोलाइएको छ, तर थोरैलाई चुनिएको छ” (२०:१६)
- “धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ, जबकि लामोलामो प्रार्थना गरी देखाउँछौ । यसकारण, तिमीहरूले अझ बढी दण्ड पाउने छौ ।” (२३:१४)
यी खण्डहरूलाई समावेश नगर्न अनुवादकहरूलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूको क्षेत्रमा, यी खण्डहरूमध्ये कुनै एउटा वा बढीलाई समावेश गर्ने बाइबलका पुराना संस्करणहरू पाइन्छन् भने, अनुवादकहरूले तिनलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूलाई समावेश गरियो भने, तिनीहरू सम्भवतः मत्तीको सुसमाचारबाट लिइएका मौलिक कुरा होइनन् भनेर सङ्केत दिनको लागि तिनीहरूलाई ठूला कोष्ठकहरूभित्र([]) राखिनुपर्छ । (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Matthew 1
मत्ती ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पुरानो करारबाटको कुनै उद्धरणलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२३ मा उद्धृत गरेर ल्याइएका सामग्रीको लागि यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
वंशावली
कुनै व्यक्तिको पूर्खा वा सन्तानका अभिलेख राख्ने सूची नै वंशावली हो । ठीक व्यक्तिलाई राजा बनाउन छनोट गर्नका लागि यहूदीहरूले वंशावलीहरूको प्रयोग गर्थे । राजाको छोरा मात्र राजा बन्न सक्ने नियम भएको हुनाले तिनीहरूले त्यसो गर्थे । अधिकांश महत्त्वपूर्ण मानिसहरूसँग तिनीहरूका वंशावलीको अभिलेख हुन्थ्यो ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
कर्म वाच्यको प्रयोग
मरियमको अरू पुरुषसँग यौन सम्पर्क भएको थिएन भनेर जनाउनका लागि मत्तीले यस अध्यायमा निकै उद्देश्यका साथै कर्म वाच्यको प्रयोग गर्दछन् । पवित्र आत्माले आश्चर्यपूर्ण कार्य गर्नुभएको हुनाले तिनले येशूलाई गर्भधारण गरिन् । धेरैवटा भाषामा कर्म वाच्य हुँदैन, त्यसैले ती भाषामा अनुवाद गर्नेहरूले सोही सत्यतालाई प्रस्तुत गर्नका लागि अन्य उपायहरू खोज्नुपर्दछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 1:1
येशू राजा दाऊद र अब्राहामका सन्तान हुनुहुन्छ भनेर दर्शाउनका लागि लेखकले उहाँको वंशावलीसँग सुरु गर्दछन् । वंशावली मत्ती १:१७ भर अगाडि बढिरहन्छ ।
βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ
यसलाई तपाईंले एउटा पूर्ण वाक्यमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो येशू ख्रीष्टको पूर्खाहरूका सूची हो”
Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυεὶδ, υἱοῦ Ἀβραάμ
येशू, दाऊद, र अब्राहामका बीचमा त्यहाँ थुप्रै पुस्ताहरू थिए । यहाँ “पुत्र”को अर्थ “सन्तान” हुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट, दाऊदका सन्तान, जो अब्राहामका सन्तान थिए”
υἱοῦ Δαυεὶδ
कहिलेकाहीँ “दाउदका पुत्र” भन्ने वाक्यांशलाई नामको रूपमा प्रयोग गरिएको छ, तर यहाँ भने येशूको पुर्ख्यौली चिनाउनका लागि मात्र प्रयोग भएको जस्तो छ ।
Matthew 1:2
Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ
“अब्राहाम इसहाकका पिता भए” वा “अब्राहामसँग इसहाक छोरा थियो” वा “अब्राहामसँग इसहाक नाम गरेका एक छोरा थिए ।” तपाईंले यसलाई अनुवाद गर्नलाई विभिन्न तरिकाहरू छन् । तपाईंले यहाँ जुन तरिकाले अनुवाद गर्नुभए पनि, येशूका पूर्खाहरूका सुचीभर त्यही तरिकाले नै अनुवाद गरेको खण्डमा सर्वोत्तम हुनेछ ।
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “इसहाक ... का पिता थिए, याकूब ... का पिता थिए” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 1:3
Φαρὲς…Ζάρα…Ἑσρώμ…Ἀράμ
यिनीहरू पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “फारेस ... का पिता थिए, हेस्रोन ... का पिता थिए” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 1:4
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “अम्मीनादाब ... का पिता थिए, नहशोन ... का पिता थिए” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 1:5
“सल्मोन बोअजका पिता थिए, र बोअजकी आमा राहाब थिइन्” वा “सल्मोन र राहाब बोअजका बाबुआमा थिए”
यहाँ “थिए” भन्ने बुझिएको छ । वैकल्पिक अनुवादः “बोअज ... का पिता थिए, ओबेद ... का पिता थिए” (हेर्नुहोस्ः शब्दलोप)
Βόες…ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ
“बोअज ओबेदका पिता थिए, र ओबेदकी आमा रूथ थिइन्” वा “बोअज र रूथ ओबेदका बाबुआमा थिए”
Matthew 1:6
यहाँ “थिए” भन्ने बुझिएको छ । “दाऊद सोलोमनका पिता थिए, र सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्” वा “दाऊद र उरियाहकी पत्नी सोलोमनका बाबुआमा थिए” (हेर्नुहोस्ः शब्दलोप)
τῆς τοῦ Οὐρίου
“उरियाहकी विधवा ।” सोलोमन उरियाहको मृत्यु भएपछि जन्मेका थिए ।
Matthew 1:7
यी दुवै वाक्यांशहरूमा “थिए” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “रहबाम अबियाका पिता थिए, र अबिया आसाका पिता थिए” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 1:10
τὸν Ἀμώς
कहिलेकाहीँ यसलाई “आमोस” भनेर अनुवाद गरिन्छ ।
Matthew 1:11
Ἰωσίας…ἐγέννησεν τὸν Ἰεχονίαν
“पूर्खा”को लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सकिन्छ, खासगरी तब जब “पूर्खा” शब्द कोही व्यक्तिको हजुरबुबा वा हजुरआमाभन्दा अगाडिका कोही व्यक्तिको लागि मात्र प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “योशियाह यकोनियासका हजुरबुबा थिए”
ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος
“जब तिनीहरूलाई बेबिलोनमा सर्नलाई कर लगाइएको थियो” वा “जब बेबिलोनीहरूले तिनीहरूलाई पराजित गरे र तिनीहरूलाई बेबिलोनमा गएर बस्न लगाए ।” यदि तपाईंको भाषामा को बेबिलोनमा गयो भनेर खुलाउनुपर्छ भने, तपाईंले “इस्राएलीहरू” वा “इस्राएलीहरू जो यहूदामा बस्थे” भनेर भन्न सक्नुहुन्छ ।
Βαβυλῶνος
यहाँ यसको अर्थ बेबिलोनको मुलुक भन्ने हुन्छ, बेबिलोनको सहर मात्रै होइन ।
Matthew 1:12
μετὰ…τὴν μετοικεσίαν Βαβυλῶνος
तपाईंले मत्ती १:११ मा प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्नुहोस् ।
Σαλαθιὴλ…ἐγέννησεν τὸν Ζοροβαβέλ
शालतिएल यरुबाबेलका हजुरबुबा थिए ।
Matthew 1:15
लेखकले येशूको वंशावलीलाई टुङ्ग्याउँछन्, जुन मत्ती १:१ मा सुरु भयो ।
Matthew 1:16
Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरियम, जसले येशूलाई जन्म दिइन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ λεγόμενος Χριστός
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले ख्रीष्ट भन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 1:17
δεκατέσσαρες
“१४” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τῆς μετοικεσίας Βαβυλῶνος
तपाईंले मत्ती १:११ मा प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्नुहोस् ।
Matthew 1:18
यहाँबाट कथाको नयाँ भागको सुरु हुन्छ, जसमा लेखकले येशूको जन्मसम्मका घटनाहरूका बारेमा वर्णन गर्दछन् ।
μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ
“उहाँकी आमा मरियमले योसेफसँग विवाह गर्न लागेकी थिइन् ।” सामान्यतया बाबुआमाले छोराछोरीका विवाहको प्रबन्ध मिलाइदिन्थे । वैकल्पिक अनुवादः “येशूकी आमा मरियमका बाबुआमाले तिनलाई विवाहमा योसेफलाई दिने प्रतिज्ञा गरेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας
योसेफसँग मरियमको मगनी भएको समयमा येशूको अघि नै जन्म भइसकेको थिएन भन्ने कुरा प्रस्ट बनाउने गरेर अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “मरियम, जो येशूकी आमा हुने थिइन्, तिनको मगनी भएको थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πρὶν…συνελθεῖν αὐτοὺς
“तिनीहरू विवाहित हुनभन्दा अगाडि ।” यसले मरियम र योसेफको सहवासलाई जनाएको हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सहवास गर्नभन्दा अगाडि” (हेर्नुहोस्ः व्यञ्जना)
εὑρέθη ἐν γαστρὶ ἔχουσα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले चाल पाए कि तिनले एउटा बालकलाई जन्म दिन लागेकी थिइन्” वा “तिनी गर्भवती भइन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκ Πνεύματος Ἁγίου
पवित्र आत्माको शक्तिले मरियमलाई कुनै पुरुषसँग सुत्नु अगावै गर्भवती हुन सक्षम बनाएको थियो ।
Matthew 1:19
Ἰωσὴφ…ὁ ἀνὴρ αὐτῆς
योसेफले अझैसम्म मरियमलाई विवाह गरेका थिएनन्, तर जब एक जना पुरुष र स्त्रीले एकआपसमा विवाह गर्ने प्रतिज्ञा गर्दथे, तब तिनीहरू सँगसँगै नबसे तापनि यहूदीहरूले तिनीहरूलाई पति र पत्नी ठान्दथे । वैकल्पिक अनुवादः “योसेफ, जसले मरियमलाई विवाह गर्नुपर्दथ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπολῦσαι αὐτήν
“तिनीहरूको विवाह गर्ने योजनालाई रद्द गर्न”
Matthew 1:20
αὐτοῦ ἐνθυμηθέντος
“जसै योसेफले विचार गरे”
κατ’ ὄναρ ἐφάνη αὐτῷ
“योसेफले सपना देखिरहँदा उनीकहाँ आए”
υἱὸς Δαυείδ
यहाँ “पुत्र”को अर्थ “सन्तान” हुन्छ ।
τὸ…ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले मरियमलाई यस बालकसँग गर्भवती हुने तुल्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 1:21
τέξεται…υἱὸν
किनभने परमेश्वरले नै स्वर्गदूतलाई पठाउनुभएको थियो, शिशु चाहिँ एउटा छोरा हुने थियो भनेर स्वर्गदूतलाई थाहा थियो ।
καλέσεις τὸ ὄνομα αὐτοῦ
“तिमीले उहाँको नाउँ ... राख्नुपर्छ” वा “तिमीले उहाँलाई ... नाउँ दिनुपर्छ ।” यो एउटा आज्ञा हो ।
αὐτὸς γὰρ σώσει
अनुवादकले एउटा पादटिप्पणी थप्न सक्छन् जसले भन्दछ, “‘येशू’ नाउँको अर्थ ‘परमप्रभुले बचाउनुहुन्छ’ भन्ने हुन्छ ।”
τὸν λαὸν αὐτοῦ
यसले यहूदीहरूलाई जनाउँछ ।
Matthew 1:22
येशूको जन्म धर्मशास्त्रअनुसार थियो भनी दर्शाउनका लागि लेखकले यशैया अगमवक्ताको खण्डलाई उद्धृत गर्दछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τοῦτο…ὅλον γέγονεν
अब स्वर्गदूत बोलिरहेका छैनन् । ती स्वर्गदूतले भनेका कुराको महत्त्वको बारेमा अब मत्तीले व्याख्या गर्दै छन् ।
τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले अगमवक्तालाई लामो समयअघि लेख्न भन्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ προφήτου
त्यहाँ थुप्रै अगमवक्ताहरू थिए । मत्तीले यशैयाको विषयमा कुरा गरिरहेका थिए । वैकल्पिक अनुवादः “यशैया अगमवक्ता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 1:23
ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
यहाँ मत्तीले यशैया अगमवक्तालाई उद्धृत गर्छन् ।
ἰδοὺ, ἡ παρθένος
“ध्यान देऊ, किनभने मैले तिमीहरूलाई भन्न लागेको कुरा सत्य र महत्त्वपूर्ण दुवै छः कन्या”
Ἐμμανουήλ
यो एक पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὅ ἐστιν μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός
यो यशैयाको पुस्तकमा छैन । मत्तीले “इम्मानुएल” नामको अर्थलाई व्याख्या गर्दै छन् । तपाईंले यसलाई एउटा अलग वाक्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो नाउँको अर्थ ‘परमेश्वर हामीहरूसँग’ भन्ने हुन्छ ।”
Matthew 1:24
लेखकले येशूको जन्मसम्मका घटनाहरूका उनको विवरणलाई टुङ्ग्याउँछन् ।
ὡς προσέταξεν…ὁ ἄγγελος Κυρίου
मरियमलाई उनकी पत्नीको रूपमा ल्याउन र बालकको नाम येशू राख्नलाई स्वर्गदूतले योसेफलाई भनेका थिए ।
παρέλαβεν τὴν γυναῖκα αὐτοῦ
“उनले मरियमलाई विवाह गरे”
Matthew 1:25
οὐκ ἐγίνωσκεν αὐτὴν
यो मृदुभाषा हो । वैकल्पिक अनुवादः “उनले तिनीसँग यौन सम्बन्ध राखेनन्” (हेर्नुहोस्ः व्यञ्जना)
υἱόν
“एउटा पुरुष बालकलाई” वा “तिनको छोरालाई ।” यो पक्का गर्नुहोस् कि योसेफलाई वास्तविक बाबुको रूपमा चित्रण गरिएको छैन भनेर प्रस्ट छ ।
καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ, Ἰησοῦν
“योसेफले बालकलाई येशू नाउँ दिए”
Matthew 2
मत्ती ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ६ र १८ पदहरूमा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट ल्याइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उहाँको तारा”
यी शब्दहरूले शायद त्यो तारालाई जनाउँछ जुन इस्राएलका नयाँ राजाको चिन्ह हो भनेर ज्ञानी मानिसहरूले विश्वास गरे । (हेर्नुहोस्ः चिन्ह, प्रमाण, स्मरणपत्र)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“ज्ञानी मानिसहरू”
यस वाक्यांशलाई अनुवाद गर्न अङ्ग्रेजी अनुवादहरूले थुप्रै विभिन्न शब्दहरूको प्रयोग गर्दछन् । तिनमा “मागी” र “बुद्धिमान् मानिसहरू” पर्छन् । यी मानिसहरू वैज्ञानिकहरू वा ज्योतिषीहरू भएका हुन सक्छन् । यदि तपाईंले सक्नुहुन्छ भने, यसलाई “विद्वान मानिसहरू” भनेर साधारण शब्दहरूसँग अनुवाद गर्नुपर्छ ।
Matthew 2:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ र त्यो यस अध्यायको अन्त्यसम्म निरन्तर अगि बढ्छ । यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासका बारेमा मत्तीले बताउँछन् ।
Βηθλέεμ τῆς Ἰουδαίας
“यहूदियाको प्रान्तमा रहेको बेथलेहेमको सहर”
ἐν…ἡμέραις Ἡρῴδου τοῦ βασιλέως
“जब हेरोद त्यहाँ राजा थिए”
Ἡρῴδου
यसले महान् हेरोदलाई जनाउँछ ।
μάγοι ἀπὸ ἀνατολῶν
“पूर्वबाटका मानिसहरू जसले ताराहरूको अध्ययन गर्थे”
ἀπὸ ἀνατολῶν
“यहूदियाको सुदूरपूर्वको मुलुकबाट”
Matthew 2:2
ποῦ ἐστιν ὁ τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων?
ती मानिसहरूलाई ताराहरूको अध्ययन गरेर थाहा भएको थियो कि राजा बन्नुहुने व्यक्ति चाहिँ जन्मिसक्नुभएको थियो । तिनीहरू उहाँ कहाँ हुनुहुन्छ भनेर जान्न कोसिस गरिरहेका थिए । वैकल्पिक अनुवादः “पछि यहूदीहरूको राजा बन्नुहुने एक बालकको जन्म भएको छ । उहाँ कहाँ हुनुहुन्छ ?”
αὐτοῦ τὸν ἀστέρα
तिनीहरूले बालक चाहिँ त्यस ताराको न्यायोचित हकदार थिए भनेर भनिरहेका थिएनन् । वैकल्पिक अनुवादः “त्यस तारा जसले उहाँको बारेमा बताउँछ” वा “त्यो तारा जुन उहाँको जन्मसँग सम्बन्धित छ”
ἐν τῇ ἀνατολῇ
“जसरी त्यो पूर्वमा देखा पर्यो” वा “जब हामी आफ्नो मुलुकमा थियौँ”
προσκυνῆσαι
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले बालकलाई ईश्वरीय हुनुभएको रूपमा आराधना गर्न अभिप्राय राखे वा २) तिनीहरूले उहाँलाई एक मानवीय राजाको रूपमा सम्मान गर्न चाहन्थे । यदि तपाईंको भाषामा कुनै त्यस्तो शब्द छ जसले यी दुवै कुराहरूलाई समावेश गर्छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्नुपर्छ ।
Matthew 2:3
ἐταράχθη
“तिनी चिन्तित थिए ।” त्यस बालकले उनलाई राजाको रूपमा भएको उनको ओहदाबाट हटाउनेछन् भनेर हेरोद डराएका थिए ।
πᾶσα Ἱεροσόλυμα
यहाँ “यरूशलेम”ले मानिसहरूलाई जनाउँछ । साथै, साथै “सारा” को अर्थ “धेरैजना” भन्ने हुन्छ । कति धेरै मानिसहरू बेचैन भएका थिए भन्ने कुरालाई जोड दिनका लागि मत्तीले यहाँ अतिरञ्जन गरिरहेका छन् । वैकल्पिक अनुवादः “यरूशलेममा भएका धेरैजसो मानिसहरू” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)
Matthew 2:4
पद ६ मा, ख्रीष्टको बेथलेहेममा जन्मनुहुनेछ भनी दर्शाउनका लागि मुख्य पूजाहारीहरू र मानिसहरूका शास्त्रीहरूले मीका अगमवक्ताको खण्डलाई उद्धृत गर्छन् ।
Matthew 2:5
ἐν Βηθλέεμ τῆς Ἰουδαίας
“यहूदियाको प्रान्तमा रहेको बेथलेहेमको सहरमा”
οὕτως…γέγραπται διὰ τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धेरै समय पहिले लेखेका कुरा यही हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 2:6
σύ Βηθλέεμ
मीकाले बेथलेहेमका मानिसहरूसँग तिनीहरू उनीसँगै भएका जसरी कुरा गरिरहेका थिए, तर तिनीहरू उनीसँग थिएनन् । साथै, “तुच्छ छैनस्” भन्ने कुरालाई सकारात्मक वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू, बेथलेहेमका मानिसहरू, तिमीहरूको सहर ... यहूदामा भएका सबैभन्दा बढी महत्त्वपूर्ण सहरहरूमध्ये एउटा हो” (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि निषेधात्मक)
ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ
मीकाले यी शासकको विषयमा एक गोठालोको रूपमा कुरा गर्नुहुन्छ । यसको अर्थ हो कि उहाँले मानिसहरूलाई डोहोर्याउनुहुनेछ र तिनीहरूको वास्ता गर्नुहुनेछ । वैकल्पिक अनुवादः “जसले मेरा मानिसहरू इस्राएललाई एक गोठालोले आफ्ना भेडाहरूलाई डोहोर्याए झैँ गरेर डोहोर्याउनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
Matthew 2:7
Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους
यसको अर्थ हो कि हेरोदले अरू मानिसहरूलाई थाहा नगराइकन ज्ञानी मानिसहरूसँग कुरा गरे ।
ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος
यसलाई प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू ... , र उनले तिनीहरूलाई सोधे, ‘यो तारा ठ्याक्कै कहिले देखा पर्यो ?’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
τὸν χρόνον τοῦ φαινομένου ἀστέρος
त्यो तारा कति बेला देखा पर्यो भनी ती ज्ञानी मानिसहरूले उनलाई बताए भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “ ... तारा कुन समयमा देखा परेको थियो ... । त्यो तारा पहिले कति बेला देखा पर्यो भनी ती ज्ञानी मानिसहरूले हेरोदलाई बताए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 2:8
τοῦ παιδίου
यसले येशूलाई जनाउँछ ।
ἀπαγγείλατέ μοι
“मलाई जानकारी देओ” वा “मलाई भन” वा “आएर मलाई खबर देओ”
προσκυνήσω αὐτῷ
तपाईंले यसलाई मत्ती २:२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 2:9
οἱ δὲ ἀκούσαντες
“ज्ञानी मानिसहरूले ... ”
εἶδον ἐν τῇ ἀνατολῇ
“तिनीहरूले पूर्वमा माथि आउँदै गरेको देखेका थिए” वा “तिनीहरूले आफ्नो मुलुकमा देखेका थिए”
προῆγεν αὐτούς
“तिनीहरूलाई मार्गनिर्देशन गर्यो” वा “तिनीहरूलाई डोहोर्यायो”
ἐστάθη ἐπάνω
“ ... माथि रोकियो”
οὗ ἦν τὸ παιδίον
“साना बालक बसिरहेको ठाउँमा”
Matthew 2:11
यहाँ मरियम, योसेफ, र साना बालक येशू बसिरहनुभएका घरतर्फ परिवेश बदलन्छ ।
ἐλθόντες
“ज्ञानी मानिसहरू गए”
πεσόντες προσεκύνησαν αὐτῷ
“तिनीहरूले घुँडा टेके र तिनीहरूका अनुहारहरूलाई भुइंसम्म झुकाए ।” तिनीहरूले येशूलाई सम्मान गर्न यसो गरे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τοὺς θησαυροὺς αὐτῶν
यहाँ “कन्तुरहरू”ले तिनीहरूले आफ्ना धनसम्पत्तिहरूलाई बोक्नलाई प्रयोग गर्ने बाकसहरू वा झोलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती भाँडाहरू जसमा तिनीहरू धनसम्पत्तिहरू राखिन्थे” (हेर्नुहोस्ः लक्षणा)
Matthew 2:12
χρηματισθέντες
“त्यसपछि, परमेश्वरले ज्ञानी मानिसहरूलाई चेतावनी दिनुभयो ।” परमेश्वर जान्नुहुन्थ्यो कि हेरोदले बालकलाई हानी गर्न चाहन्थे ।
κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην
यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भन्दै सपनामा ... , ‘राजा हेरोदकहाँ फर्केर नजानू’, त्यसैले” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 2:13
पद १५ मा, ख्रीष्टले मिश्रमा समय बिताउनुहुनेछ भनी दर्शाउनका लागि मत्तीले होशे अगमवक्ताबाट उद्धरण गर्छन् ।
ἀναχωρησάντων…αὐτῶν
“ज्ञानी मानिसहरू गइसकेका थिए”
φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ
“योसेफले सपना देखिरहेका बेलामा उनीकहाँ आए”
ἐγερθεὶς, παράλαβε…φεῦγε…ἴσθι…σοι
परमेश्वर योसेफसँग कुरा गरिरहनुभएको छ, त्यसैले यिनीहरू सबै एकवचनको रूपमा भएको हुनुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἕως ἂν εἴπω σοι
यो भनाइको पूर्ण अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “फर्केर आउनलाई सुरक्षित छ भनेर मैले तिमीलाई नभनेसम्म” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἴπω σοι
यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ । स्वर्गदूतले परमेश्वरको तर्फबाट बोलिरहेका छन् ।
Matthew 2:15
ἦν
यो बुझिएको छ कि योसेफ, मरियम, र येशू मिश्रमा नै रहनुभयो । वैकल्पिक अनुवादः “तिनीहरू रहे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἕως τῆς τελευτῆς Ἡρῴδου
हेरोद मत्ती २:१९ नआएसम्म मर्दैनन् । यो कथनले तिनीहरूको मिश्रवासको अवधिलाई वर्णन गर्छ, र हेरोद त्यो समयमा मरे भनेर यसले भन्दैन ।
ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου
“मैले मेरो पुत्रलाई मिश्रबाट बोलाएको छु”
τὸν Υἱόν μου
यसले होशेमा इस्राएलका मानिसहरूलाई जनाउँछ । यो कुरा परमेश्वरको पुत्र, येशूको बारेमा सत्य हो भनी भन्नलाई मत्तीले उद्धरण गरे । एकमात्र छोरा वा पहिलो छोरालाई जनाउने शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नुहोस् ।
Matthew 2:16
यी घटनाहरू हेरोदको मृत्यु हुनुभन्दा पहिला घट्छन्, जुन मत्तीले मत्ती २:१५ मा उल्लेख गरे । (हेर्नुहोस्ः घटनाक्रमहरू)
यहाँ परिवेश पुनः हेरोदतर्फ फर्किन्छ र ज्ञानी मानिसहरूले उनलाई छक्याएको कुरा चाल पाएपछि उनले के गरे भनेर बताउँछ ।
ἐνεπαίχθη ὑπὸ τῶν μάγων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्ञानी मानिसहरूले उनलाई छक्याएर शर्ममा पारेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀποστείλας, ἀνεῖλεν πάντας τοὺς παῖδας
हेरोद आफैँले ती बालकहरूलाई मारेनन् । वैकल्पिक अनुवादः “उनले सबै केटाहरूलाई मार्नलाई आफ्ना सिपाहीहरूलाई आदेश दिए” वा “त्यहाँ भएका सबै नर शिशुहरूलाई मार्नलाई उनले सिपाहीहरू पठाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διετοῦς καὶ κατωτέρω
“२ वर्षका अनि तीभन्दा साना” (हेर्नुहोस्ः सङ्ख्याहरू)
κατὰ τὸν χρόνον
“त्यो समयको आधारमा”
Matthew 2:17
बेथलेहेम क्षेत्रका सबै पुरुष बालकहरूको मृत्यु धर्मशास्त्रमा लेखिएअनुसार हुन आएको थियो भनी दर्शाउनका लागि मत्तीले यर्मिया अगमवक्ताबाट उद्धरण गर्छन् ।
τότε ἐπληρώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले पूरा गर्यो” वा “हेरोदका कार्यहरूले पूरा गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले यर्मिया अगमवक्ताद्वारा धेरै अघि भन्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 2:18
φωνὴ…ἠκούσθη…οὐκ εἰσίν
मत्तीले यर्मिया अगमवक्तालाई उद्धरण गरिरहेका छन् ।
φωνὴ…ἠκούσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले एउटा आवाज सुने” वा “त्यहाँ एउटा ठूलो आवाज भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς
राहेल यो समयभन्दा धेरै वर्ष पहिले जिउँथिन् । यो अगमवाणीले राहेल, जो मरिसकेकी छिन्, आफ्ना सन्तानहरूका लागि रुँदै गरेकी देखाउँछ ।
οὐκ ἤθελεν παρακληθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिनलाई सन्त्वना दिन सकेन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι οὐκ εἰσίν
“किनभने बालकहरू गएका थिए र फेरि कहिलै फर्कने थिएनन् ।” यहाँ “अब रहेनन्” भन्नु भनेको तिनीहरू मरेका थिए भन्नलाई नरम किसिमको भनाइ हो । वैकल्पिक अनुवादः “किनभने तिनीहरू मरेका थिए” (हेर्नुहोस्ः व्यञ्जना)
Matthew 2:19
यहाँ योसेफ, मरियम, र साना बालक येशू रहिरहनुभएको मिश्रतर्फ परिवेश बदलन्छ ।
ἰδοὺ
यसले अझ ठूलो कथामा भएको अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अघिका घटनाहरूमा भएकोभन्दा भिन्नै मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
Matthew 2:20
οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου
यहाँ “बालकको जीवन लिन खोज्थे” भनेको तिनीहरूले बालकलाई मार्न चाहन्थे भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले बालकलाई मार्न उहाँलाई खोजिरहेका थिए” (हेर्नुहोस्ः व्यञ्जना)
οἱ ζητοῦντες
यसले राजा हेरोद र उनका सल्लाहकारहरूलाई जनाउँछ ।
Matthew 2:22
यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासको बारेमा मत्ती २:१ मा सुरु भएको कथाको भाग यो अन्त हो ।
ἀκούσας δὲ
“तर जब योसेफले सुने”
Ἀρχέλαος
यो हेरोदको छोराको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἐφοβήθη
“योसेफ डराए”
Matthew 2:23
τὸ ῥηθὲν διὰ τῶν προφητῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुले अगमवक्ताहरूद्वारा धेरै समय पहिले भन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ναζωραῖος κληθήσεται
यहाँ “उहाँ”ले येशूलाई जनाउँछ । येशूको समयभन्दा पहिलेका अगमवक्ताहरूले उहाँलाई मसिह अथवा ख्रीष्ट भनेर जनाएका हुन सक्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्ट एक नासरी हुनुहुन्छ भनेर भन्ने थिए” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 3
मत्ती ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ३ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पश्चाताप सुहाउँदो फल फलाओ”
फल चाहिँ धर्मशास्त्रमा चित्रण गर्नलाई धेरै प्रयोग भएको शब्द हो । असल वा खराब व्यवहारका परिणामहरूलाई वर्णन गर्नका लागि लेखकहरूले यसको प्रयोग गर्छन् । यस अध्यायमा, असल फल भनेको परमेश्वरले अह्राउनुभएको अनुसार जिउनुको परिणाम हो । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“स्वर्गको राज्य नजिकै छ”
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
Matthew 3:1
यो कथाको नयाँ भागको सुरुवात हो जहाँ मत्तीले बप्तिस्मा दिने यूहन्नाको सेवकाइको विषयमा बताउँछन् । पद ३ मा, येशूको सेवकाइको लागि तयारी गर्नका लागि बप्तिस्मा दिने यूहन्ना परमेश्वरले नियुक्त गर्नुभएको सन्देशवाहक थिए भनी देखाउन मत्तीले यशैया अगमवक्ताबाट उद्धरण गर्छन् ।
ἐν…ταῖς ἡμέραις ἐκείναις
यो योसेफ र उनको परिवारले मिश्र छोडेर नासरतमा गएको धेरै वर्षपछिको समय हो । यो सम्भवतः येशूले उहाँको सेवकाइ सुरु गर्न लाग्नुभएको समयको छेउछाउमा हो । वैकल्पिक अनुवादः “केही समयपछि” वा “केही वर्षपश्चात”
Matthew 3:2
μετανοεῖτε
यो बहुवचनमा छ । यूहन्ना भीडहरूसँग कुरा गर्दैछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἤγγικεν…ἡ Βασιλεία τῶν Οὐρανῶν
“स्वर्गको राज्य” भन्ने वाक्यांशले परमेश्वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्र पाइन्छ । सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएको परमेश्वरले आफैँलाई राजाको रूपमा चाँडै देखाउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 3:3
οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यशैया अगमवक्ताले बप्तिस्मा दिने यूहन्नाको बारेमा बोलिरहेका थिए जब तिनले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुन्छन्”
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου; εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
यी दुई वाक्यांशहरूको अर्थ एउटै हुन्छ । (हेर्नुहोस्ः समान्तरता)
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου
“परमप्रभुको लागि बाटो तयार गर ।” यसो गर्ने कुराले प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार हुने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको लागि पश्चात्ताप गरेर यसो गर्दछन् । वैकल्पिक अनुवादः “प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयारी गर” वा “पश्चात्ताप गर र प्रभुको आगमनको लागि तयार होओ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 3:4
αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον
यहाँ “अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले बप्तिस्मा दिने यूहन्नाको पृष्ठभूमिको बारेमा बताउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ
यस्तो वस्त्रले यूहन्ना धेरै समय पहिलेका अगमवक्ताहरू, विशेष गरी एलिया अगमवक्ता जस्तै अगमवक्ता नै हुन् भन्ने कुराको सङ्केत दिन्छ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 3:5
Ἱεροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ πᾶσα ἡ περίχωρος
“यरूशलेम”, “यहूदिया” र “क्षेत्र” भन्ने शब्दहरू त्यस भेगबाटका मानिसहरूका लागि प्रतिस्थापन शब्दहरू हुन् । “सबै” शब्द चाहिँ थुप्रै धेरै मानिसहरू बाहिर गए भनेर जोड दिनका लागि अतिरञ्जन हो । वैकल्पिक अनुवादः “त्यसपछि यरूशलेम, यहूदिया, र त्यस क्षेत्रबाटका थुप्रै धेरै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)
Matthew 3:6
ἐβαπτίζοντο…ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐβαπτίζοντο
यसले यरूशलेम, यहूदिया र यर्दन नदी वरपरका क्षेत्रबाट आएका मानिसहरूलाई जनाउँछ ।
Matthew 3:7
बम्तिस्मा दिने यूहन्नाले फरिसी र सदुकीहरूलाई हप्काउन सुरु गर्छन् ।
γεννήματα ἐχιδνῶν, τίς
यो एउटा अलङ्कार हो । यहाँ “सन्तान”को अर्थ “त्यसको गुण भएको” भन्ने हुन्छ । यी सर्पहरू खतरनाक किसिमका सर्पहरू हुन् र दुष्टतालाई प्रतिनिधित्व गर्छ । यसलाई अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट विषालु सर्पहरू ! जसले” वा “तिमीहरू विषालु सर्पहरू जस्तै दुष्ट छौ ! जसले” (हेर्नुहोस्ः रूपक)
τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς?
यस आलङ्कारिक प्रश्नद्वारा बप्तिस्मा दिने यूहन्नाले फरिसीहरू र सदूकीहरूलाई हप्काइरहेका थिए किनभने परमेश्वरले तिनीहरूलाई दण्ड नदिऊन् भनेर तिनीहरूलाई बप्तिस्मा दिन तिनीहरूले उनलाई बिन्ती गरिरहेका थिए, तर तिनीहरूले पाप गर्न छोड्न चाहेनन् । वैकल्पिक अनुवादः “यसरी तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्दैनौ ।” वा “मैले तिमीहरूलाई बप्तिस्मा दिएकोले मात्रै तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्छौ भनेर नसोच ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς
“क्रोध” शब्दलाई परमेश्वरको दण्डलाई जनाउनको निम्ति प्रयोग गरिएको छ किनभने दण्डभन्दा अगाडि उहाँको क्रोध आउँछ । वैकल्पिक अनुवादः “आउन लागेको दण्डबाट भाग्न” वा “उम्कनलाई किनभने परमेश्वरले तिमीहरूलाई दण्ड दिनै लाग्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 3:8
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας
“फल फलाओ” भन्ने वाक्यांश व्यक्तिका कार्यहरूलाई जनाउने एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले साँच्चै नै पश्चात्ताप गरेका छौ भनेर तिमीहरूका कामहरूले देखाऊन्” (हेर्नुहोस्ः रूपक)
Matthew 3:9
πατέρα ἔχομεν τὸν Ἀβραάμ
“अब्राहाम हाम्रा पूर्खा हुन्” वा “हामीहरू अब्राहामका सन्तान हौँ ।” यहूदी अगुवाहरूले विचार गरे कि तिनीहरू अब्राहामका सन्तान भएका हुनाले परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुने थिएन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λέγω γὰρ ὑμῖν
यसले यूहन्नाले बताउन लागेको कुरामा जोड थप्छ ।
ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
“परमेश्वरले यी ढुङ्गाहरूबाट पनि शारीरिक सन्तानहरू बनाएर तिनीहरूलाई अब्राहामको निम्ति दिन सक्नुहुन्छ”
Matthew 3:10
फरिसी र सदूकीहरूलाई हप्काउने कुरालाई बप्तिस्मा दिने युहन्नाले निरन्तरता दिन्छन् ।
ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται; πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
यो अलङ्कारको अर्थ परमेश्वर पापीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरसँग उहाँको बन्चरो छ, र खराब फल फलाउने कुनै पनि रूखलाई काटेर ढाल्न र जलाउन उहाँ तयार हुनुहुन्छ” वा “जसरी कुनै मानिसले खराब फल फलाउने रूखलाई काट्न अनि जलाउनलाई आफ्नो बन्चरोलाई तयारी अवस्थामा राख्छ, त्यसरी नै तिमीहरूका पापहरूको कारण तिमीहरूलाई दण्ड दिनलाई परमेश्वर तयार हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 3:11
εἰς μετάνοιαν
“तिमिहरूले पश्चात्ताप गरेका छौ भनी देखाउनका लागि”
ὁ δὲ ὀπίσω μου ἐρχόμενος
यूहन्नापछि आउनुहुने व्यक्ति चाहिँ येशू हुनुहुन्छ ।
ἰσχυρότερός μού ἐστιν
“मभन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ”
αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί
यस अलङ्कारले यूहन्नाको पानीले दिने बप्तिस्मालाई भविष्यको आगोले दिने बप्तिस्मासँग तुलना गर्छ । यसको अर्थ हो कि यूहन्नाको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापबाट केवल प्रतीकात्मक रूपमा मात्र शुद्ध पार्दछ । पवित्र आत्मा र आगोको बप्तिस्माले मानिसहरूलाई तिनीहरूका पापबाट साँचो रूपमा शुद्ध पार्दछ । सम्भव भएमा, यूहन्नाको बप्तिस्मासँगको तुलनालाई कायम राख्नलाई तपाईंको अनुवादमा “बप्तिस्मा दिनु” शब्दलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Matthew 3:12
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ; καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ
ख्रीष्टले धर्मी मानिसहरूलाई अधर्मी मानिसहरूबाट अलग गर्नुहुने तरिकालाई यस अलङ्कारले कुनै मानिसले गहुँको दानालाई भुसबाट अलग गर्ने तरिकासँग तुलना गर्दछ । वैकल्पिक अनुवादः “ख्रीष्ट त्यो मानिसजस्तै हुनुहुन्छ जसको हातमा निफन्ने नाङ्लो छ” (हेर्नुहोस्ः रूपक)
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
यहाँ “उहाँको हातमा” भन्नुको अर्थ त्यो व्यक्ति काम गर्न तयार छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले आफ्नो हातमा निफन्ने नाङ्लो लिनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
τὸ πτύον
गहुँलाई हावामा उफारी गहुँको दानालाई भुसबाट अलग गर्नको निम्ति प्रयोग गरिने यो एउटा सामग्री हो । गह्रौँ गहुँका दानाहरू चाहिँ फेरि तल नै खस्छन् भने नचाहिएको भुसलाई चाहिँ हावाले उडाएर लैजान्छ । यसको आकार पराल उठाउन प्रयोग हुने काँटा भएको एउटा सामग्रीको जस्तै हुन्छ, तर यसका काँटाहरू फराकिला र काठले बनेका हुन्छन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ
ख्रीष्ट चाहिँ निफन्ने नाङ्लो हातमा लिएको मानिस जस्तै हुनुहुन्छ जो आफ्नो खलालाई सफा गर्न तयार हुनुहुन्छ ।
τὴν ἅλωνα αὐτοῦ
“उहाँको स्थल” वा “त्यो स्थल जहाँ उहाँले गहुँका दानाहरूलाई भुसबाट अलग राख्नुहुन्छ”
συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην…τὸ…ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ
यो एउटा अलङ्कार हो जसले दुष्ट मानिसहरूबाट धर्मी मानिसहरूलाई परमेश्वरले कसरी अलग गर्नुहुन्छ भन्ने कुरालाई देखाउँछ । किसानको धनसारमा गहुँलाई राखेको झैँ गरी धर्मीहरू स्वर्गमा जानेछन्, र परमेश्वरले भुसजस्ता मानिसहरूलाई कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ । (हेर्नुहोस्ः रूपक)
πυρὶ ἀσβέστῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कहिल्यै निभ्ने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 3:13
यहाँ परिवेश केही पछिल्लो समयतर्फ जान्छ, जब बप्तिस्मा दिने यूहन्नाले येशूलाई बप्तिस्मा दिन्छन् ।
βαπτισθῆναι ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि यूहन्नाले उहाँलाई बप्तिस्मा दिन सकून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 3:14
ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με?
यूहन्नाले येशूको अनुरोधप्रति उनको आश्चर्यलाई देखाउन एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तपाईं मभन्दा बढी महत्त्वपूर्ण हुनुहुन्छ । मैले तपाईंलाई बप्तिस्मा दिन हुँदैन । तपाईंले मलाई बप्तिस्मा दिनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 3:15
ἡμῖν
यहाँ “हाम्रो”ले येशू र यूहन्नालाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Matthew 3:16
यो बप्तिस्मा दिने यूहन्नाको बारेमा भएको कथाको भागको अन्त हो । यसले येशूलाई उनले बप्तिस्मा दिएपछि के भयो भन्ने कुरालाई वर्णन गर्छ ।
βαπτισθεὶς δὲ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले येशूलाई बप्तिस्मा दिएपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἰδοὺ
“हेर” शब्दले यसपछि आउने आश्चर्यपूर्ण जानकारीमा ध्यान दिन हामीलाई सजग तुल्याउँछ ।
ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले आकाश उघ्रेको देख्नुभयो” वा “परमेश्वरले येशूको लागि स्वर्ग उघारिदिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καταβαῖνον ὡσεὶ περιστερὰν
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा एउटा ढुकुरको रूपमा हुनुहुन्थ्यो भनेर बताउने यो एउटा सामान्य कथन हो वा २) यो एउटा उपमा हो जसले येशूमाथि पवित्र आत्मा बिस्तारै आउँदै गर्नुभएको कुरालाई एउटा ढुकुर तल आउने तरिकासँग तुलना गर्छ । (हेर्नुहोस्ः उपमा)
Matthew 3:17
φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα
“येशूले स्वर्गबाट एउटा आवाज सुन्नुभयो ।” यहाँ “आवाज”ले परमेश्वरले बोलिरहनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर स्वर्गबाट बोल्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
ὁ Υἱός μου
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 4
मत्ती ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् । ६, १५ र १६ पदहरूमा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद १० मा भएको उद्धरणसँग यसै गर्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“स्वर्गको राज्य नजिक आएको छ”
येशूले यी वचनहरू बोल्नुहुँदा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
“यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने”
पदहरू ३ र ६ मा भएका शब्दहरूलाई येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो वा हुनुहुन्थेन भनेर शैतानलाई थाहा थिएन भन्ने अर्थ दिएको जसरी पाठकले बुझ्नुहुँदैन । येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी परमेश्वरले पहिले नै भनिसक्नुभएको थियो (मत्ती ३:१७), त्यसैले येशू को हुनुहुन्थ्यो भनेर शैतानलाई थाहा थियो । त्यसलाई यो पनि थाहा थियो कि येशूले ढुङ्गाहरूलाई रोटी बनाउन सक्नुहुन्थ्यो र अग्ला स्थानहरूबाट हाम फालेर पनि कुनै चोटपटक बिनाको हुन सक्नुहुन्थ्यो । त्यसले यी कुराहरू गर्न लगाउँदै थियो ताकि उहाँले परमेश्वरको अनाज्ञापालन गर्नुभएको होस् र शैतानको आज्ञापालन गर्नुभएको होस् । यी शब्दहरूलाई “किनभने तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ” वा “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ । तपाईंले के गर्न सक्नुहुन्छ सो मलाई देखाउनुहोस्” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः शैतान, दियाबलस, दुष्ट अनि परमेश्वरका पुत्र, पुत्र)
Matthew 4:1
यहाँ मत्तीले कथाको नयाँ भागलाई सुरु गर्छन् जसमा येशूले ४० दिन उजाडस्थानमा बिताउनुहुन्छ, जहाँ शैतानले उहाँलाई परीक्षा गर्छ । पद ४ मा, येशूले व्यवस्थाको पुस्तकबाटको एउटा उद्धरणद्वारा शैतानलाई हप्काउनुहुन्छ ।
ὁ Ἰησοῦς ἀνήχθη…ὑπὸ τοῦ Πνεύματος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले येशूलाई डोहोर्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πειρασθῆναι ὑπὸ τοῦ διαβόλου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि दुष्टले येशूलाई परीक्षा गर्न सकोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 4:2
νηστεύσας…ἐπείνασεν
यिनीहरूले येशूलाई जनाउँछन् ।
ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα
“४० दिन र ४० रात ।” यसले २४ घन्टे अवधिलाई जनाउँछ । वैकल्पिक अनुवादः “४० दिनहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 4:3
ὁ πειράζων
यी शब्दहरूले “दुष्ट” भनेको जस्तै एउटै व्यक्तिलाई जनाउँछन् (पद १) । तपार्इंले यी दुवैलाई अनुवाद गर्न एउटै शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ ।
εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) यो येशूको आफ्नै फाइदाको निम्ति आश्चर्यकर्महरू गर्नलाई एउटा परीक्षा हो । वैकल्पिक अनुवादः “तपार्इं परमेश्वरका पुत्र हुनुभएको कारण, तपार्इंले आज्ञा दिन सक्नुहुन्छ” वा २) यो एउटा चुनैती वा अभियोग हो । वैकल्पिक अनुवादः “आज्ञा दिनुभएर तपार्इं परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्”
Υἱὸς…τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται
तपाईंले यसलाई एउटा प्रत्यक्ष उद्धरणसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “‘रोटी बन्’ भनेर यी ढुङ्गाहरूलाई भन्नुहोस् ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἄρτοι
यहाँ “रोटी”ले सामान्य रूपमा खानेकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “खानेकुरा” (हेर्नुहोस्ः उपलक्षण)
Matthew 4:4
γέγραπται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै समय पहिले मोशाले यसलाई धर्मशास्त्रमा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος
यसले जीवनमा खानेकुराभन्दा बढी महत्त्वपूर्ण कुरा केही छ भन्ने अर्थ दिन्छ ।
ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ
यहाँ “वचन” र “मुख”ले परमेश्वरले भन्नुहुने कुरालाई जनाउँछन् । वैकल्पिक अनुवादः “तर परमेश्वरले भन्नुहुने हरेक कुरा सुनेर” (हेर्नुहोस्ः लक्षणा)
Matthew 4:5
पद ६ मा, येशूको परीक्षा गर्नका लागि शैतानले भजनसंग्रहबाट उद्धरण गर्छ ।
Matthew 4:6
εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) यो येशूको आफ्नै फाइदाको निम्ति आश्चर्यकर्म गर्नलाई एउटा परीक्षा हो । वैकल्पिक अनुवादः “तपार्इं परमेश्वरका पुत्र हुनुभएको कारण, तपार्इंले तल हामफाल्न सक्नुहुन्छ” वा २) यो एउटा चुनैती वा अभियोग हो । वैकल्पिक अनुवादः “तल हामफालेर तपार्इं साँच्चै परमेश्वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्”
Υἱὸς…τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
βάλε σεαυτὸν κάτω
“आफैँलाई तल जमिनमा खसाल्नुहोस्” वा “हामफाल्नुहोस्”
γέγραπται γὰρ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि लेखकले धर्मशास्त्रमा लेखेका छन्” वा “किनकि धर्मशास्त्रमा यसो भनिएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ
“तपार्इंको ख्याल गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, र” यसलाई प्रत्यक्ष उद्धरणसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई यस्तो भन्नुहुनेछ, ‘यिनको ख्याल गर्नू’, र ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἀροῦσίν σε
“स्वर्गदूतहरूले तपाईंलाई पक्रनेछन्”
Matthew 4:7
पद ७ मा, व्यवस्थाको पुस्तकबाटको अर्को उद्धरण लिएर येशूले शैतानलाई हप्काउनुहुन्छ ।
πάλιν γέγραπται
येशूले फेरि पनि धर्मशास्त्रलाई उद्धरण गरिरहनुभएको छ भनेर बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा के लेखे भनेर म फेरि पनि तँलाई भन्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि शब्दलोप)
οὐκ ἐκπειράσεις
यहाँ “तैँले” भन्ने शब्दले कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कोही व्यक्तिले परीक्षा गर्नुहुँदैन” वा “कुनै पनि व्यक्तिले परीक्षा गर्नुहुँदैन”
Matthew 4:8
πάλιν…ὁ διάβολος
“त्यसपछि, दुष्ट”
Matthew 4:9
εἶπεν αὐτῷ
“दुष्टले येशूलाई भन्यो”
ταῦτά σοι πάντα δώσω
“म तपार्इंलाई यी सबै कुराहरू दिनेछु ।” परीक्षा गर्नेले यहाँ तीमध्ये केही कुराहरू मात्रै होइन तर “यी सबै कुराहरू” दिनेछु भनेर जोड दिइरहेको छ ।
πεσὼν
“तपाईंको मुहार भुइँसम्म झुकाउनुहोस् ।” त्यस व्यक्तिले आराधना गरिरहेको थियो भनेर देखाउनलाई यो सामान्य चलन थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 4:10
पद १० मा, व्यवस्थाको पुस्तकबाटको अर्को उद्धरण लिएर येशूले शैतानलाई हप्काउनुहुन्छ ।
शैतानले कसरी येशूको परीक्षा गर्यो भन्ने बारेमा भएको कथाको खण्डको यो अन्त हो ।
γέγραπται γάρ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मोशाले पनि धर्मशास्त्रमा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προσκυνήσεις…λατρεύσεις
प्रयोग गरिएका “तैँले”का दुवै शब्दहरू एकवचनमा छन्, जुन सुन्ने कुनै पनि व्यक्तिको लागि आज्ञा हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 4:11
ἰδοὺ
यहाँ प्रयोग गरिएको “हेर” शब्दले यसपछि आउने महत्त्वपूर्ण नयाँ जानकारीको बारेमा ध्यान केन्द्रित गर्न हामीलाई सतर्क गराउँदछ ।
Matthew 4:12
यो कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले गालीलको सेवकाइको सुरुवातलाई मत्तीले वर्णन गर्छन् । यी पदहरूले येशू कसरी गालीलमा आइपुग्नुभयो भन्ने कुरालाई व्याख्या गर्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
δὲ
यहाँ यो शब्दलाई प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग बताउन सुरु गर्छन् ।
Ἰωάννης παρεδόθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राजाले यूहन्नालाई गिरफ्तार गरेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 4:13
ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ
“जबूलून” र “नप्ताली” भनेका ती कुलहरूका नाउँहरू हुन् जुन विदेशीहरूले इस्राएलको भूमि कब्जा गर्नुभन्दा धेरै वर्ष पहिला यी क्षेत्रहरूमा बस्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 4:14
पदहरू १५ र १६ मा, गालीलमा भएको येशूको सेवकाइ अगमवाणी पूरा भएको कुरा थियो भनेर देखाउनलाई मत्तीले यशैया अगमवक्ताको खण्डलाई उद्धरण गर्छन् ।
यसले येशूले कफर्नहुममा बस्न जानुभएको कुरालाई जनाउँछ ।
τὸ ῥηθὲν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले भन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 4:15
γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ…Γαλιλαία τῶν ἐθνῶν
यी क्षेत्रहरूले त्यही इलाकालाई वर्णन गर्छन् ।
ὁδὸν θαλάσσης
यो गालीलको समुद्र हो ।
Matthew 4:16
ὁ λαὸς ὁ καθήμενος
यी शब्दहरूलाई “जबूलूनको मुलुक” (पद १५) भनेर सुरु हुने वाक्यसँग जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जबूलून र नप्तालीको क्षेत्रमा ... जहाँ धेरै अन्यजातिहरू बस्छन्, ती मानिसहरू जो ... बस्थे”
ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα
यहाँ “अन्धकार” भनेको परमेश्वरको बारेमा थाहा नहुनुलाई जनाउने अलङ्कार हो । अनि “ज्योति” भनेको परमेश्वरको सत्य सन्देशको लागि अलङ्कार हो जुन सन्देशले मानिसहरूलाई तिनीहरूको पापबाट बचाउँछ । (हेर्नुहोस्ः रूपक)
τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς
वाक्यको पहिलो भाग जस्तै यसको मूलभूत रूपमा उही अर्थ हुन्छ । यहाँ “मृत्युको क्षेत्र र छायाँमा बस्नेहरू” भनेको एउटा अलङ्कार हो । यसले तिनीहरूलाई प्रतिनिधित्व गर्छ जसले परमेश्वरलाई चिनेका थिएनन् । यी मानिसहरू मरेर परमेश्वरबाट सदाको लागि अलग हुने खतरामा थिए । (हेर्नुहोस्ः समान्तरता अनि रूपक)
Matthew 4:17
ἤγγικεν…ἡ Βασιλεία τῶν Οὐρανῶν
“स्वर्गको राज्य” भन्ने वाक्यांशले परमेश्वरले राजाको रूपमा शासन गर्नुभएको कुरालाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्रै छ । सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”को अर्थ दिने शब्दलाई समावेश गर्नुहोस् । तपार्इंले यसलाई मत्ती ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 4:18
यसले येशूको गालीलको सेवकाइको बारेमा भएको कथाभित्रै एउटा नयाँ परिवेशलाई सुरु गर्छ । यहाँ उहाँले मानिसहरूलाई उहाँको चेलाहरू हुनलाई भेला गर्न सुरु गर्नुहुन्छ ।
βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν
यसको पूर्ण अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा पक्रनको निम्ति पानीमा जाल फ्याँकिरहेका” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 4:19
δεῦτε ὀπίσω μου
येशूले सिमोन र अन्द्रियासलाई उहाँलाई पछ्याउन, उहाँसँग बस्न, र उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा चेलाहरू बन”
ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων
यो अलङ्कारको अर्थ हो कि सिमोन र अन्द्रियासले मानिसहरूलाई परमेश्वरको सत्य सन्देश सिकाउनेछन्, ताकि अरूहरूले पनि येशूलाई पछ्याऊन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई मकहाँ मानिसहरू बटुलेर ल्याउनलाई सिकाउनेछु जसरी तिमीहरूले माछा जम्मा गर्ने गर्थ्यौ” (हेर्नुहोस्ः रूपक)
Matthew 4:21
येशूले अझ अरू मानिसहरूलाई उहाँका चेलाहरू हुनलाई बोलाउनुहुन्छ ।
ἐκάλεσεν αὐτούς
“येशूले यूहन्ना र याकूबलाई बोलाउनुभयो ।” यो वाक्यांशले यो पनि अर्थ दिन्छ कि येशूले तिनीहरूलाई उहाँलाई पछ्याउन, उहाँसँग बस्न, र उहाँका चेलाहरू हुनको निम्ति बोलाउनुभयो ।
Matthew 4:22
οἱ…εὐθέως ἀφέντες
“तिनीहरूले त्यही क्षणमा नै छोडे”
ἀφέντες τὸ πλοῖον…ἠκολούθησαν αὐτῷ
यो एउटा जीवन परिवर्तन हो भनेर स्पष्ट हुनुपर्छ । यी मानिसहरू अब उप्रान्त मछुवाहरू हुन गइरहेका थिएनन् र तिनीहरूका बाँकी जीवनभरी येशूलाई पछ्याउन पारिवारिक व्यवसाय त्यागिरहेका छन् ।
Matthew 4:23
गालीलमा येशूको सेवकाइको सुरुवातको बारेमा भएको कथाको भागको यो अन्त हो । यी पदहरूले उहाँले के गर्नुभयो र मानिसहरूले कसरी प्रतिउत्तर जनाए भन्ने कुराको सारांश दिन्छन् । (हेर्नुहोस्ः कथाको समापन)
διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν
“गालीलीहरूको सभाघरहरूमा सिकाउँदै” वा “ती मानिसहरूका सभाघरहरूमा सिकाउँदै”
κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भन्ने सुसमाचार प्रचार गर्दै” (हेर्नुहोस्ः लक्षणा)
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
“रोग” र “बिमारी” शब्दहरू एक आपसमा निकै सम्बन्धित छन्, तर सम्भव भएसम्म यी शब्दहरूलाई दुई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले व्यक्तिलाई बिरामी बनाउँछ ।
μαλακίαν
त्यो भनेको रोग भएको कारणले आएको शारीरिक दुर्बलता वा कष्ट हो ।
Matthew 4:24
δαιμονιζομένους
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई भूतहरूले अधीनमा राखेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σεληνιαζομένους
यसले छारे रोग लागेको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, छारे रोग लागेको कोही खास व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई कहिलेकाहीँ अनियन्त्रित रूपमा काम्ने हुन्थ्यो” वा “तिनीहरू जो कहिलेकाहीँ बेहोश हुन्थे र अनियन्त्रित रूपमा काम्थे” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
καὶ παραλυτικούς
यसले पक्षघात भएको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, पक्षघात भएको कोही खास व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “र कोही पनि जसलाई पक्षघात भएको थियो” वा “र तिनीहरू जो हिँड्न सक्दैनथे” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
Matthew 4:25
Δεκαπόλεως
यो नामको अर्थ “दशवटा सहरहरू” भन्ने हुन्छ । यो गालील समुद्रको दक्षिणपूर्वमा रहेको एउटा क्षेत्रको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 5
मत्ती ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
मत्ती ५-७ मा भएको शब्दहरूलाई धेरै मानिसहरूले डाँडाको उपदेश भन्छन् । यो येशूले सिकाउनुभएको एउटा लामो पाठ हो । बाइबलले यो पाठलाई ती भागमा विभाजन गर्छ, तर यसले कहिलेकाहीँ पाठकलाई अलमल्याउन सक्छ । यदि तपाईंको अनुवादले खण्डलाई विभिन्न भागहरूमा विभाजन गर्छ भने, यो पक्का गर्नुहोस् कि यो सम्पूर्ण उपदेश चाहिँ एउटा ठूलो खण्ड हो भनेर पाठकले बुझेको होस् ।
धन्यका वचनहरू वा आशिष्हरू भनी जानिएको मत्ती ५:३-१० लाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सारेर सलग राखिएको छ, जसमा हरेक पङ्क्ति “धन्यका” शब्दबाट सुरु भएको छ । पृष्ठमा यस किसिमले शब्दहरूलाई राख्ने कुराले यस शिक्षाको साहित्यिक स्वरूपलाई महत्त्व दिन्छ ।
यस उपदेशमा येशूले थुप्रै विभिन्न विषयहरूको बारेमा कुरा गर्नुभयो, त्यसैले येशूले विषय बदल्नुभएको समयमा खण्डमा एउटा खाली पङ्क्तिलाई राखेर तपाईंले पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उहाँका चेलाहरू”
येशूलाई पछ्याउने जो कोही पनि व्यक्तिलाई एक अनुयायी वा चेला भनी जनाउन सम्भव छ । येशूले उहाँका बाह्र अनुयायीहरूलाई उहाँका सबैभन्दा नजिकैका चेलाहरू, “बाह्र चेलाहरू” हुनलाई छान्नुभयो । तिनीहरू पछि गएर प्ररितहरू भनी जानिने थिए ।
Matthew 5:1
पद ३ मा, येशूले धन्यका भएका मानिसहरूका गुणहरूलाई वर्णन गर्न सुरु गर्नुहुन्छ ।
यहाँ कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले उहाँका चेलाहरूलाई सिकाउन सुरु गर्नुहुन्छ । यो भाग अध्याय ७ सम्म लगातार अगि बढ्छ र बारम्बार डाँडाको उपदेश भनी बोलाइएको छ ।
Matthew 5:2
ἀνοίξας τὸ στόμα αὐτοῦ
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “येशूले बोल्न थाल्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
ἐδίδασκεν αὐτοὺς
“तिनीहरू” शब्दले उहाँका चेलाहरूलाई जनाउँछ ।
Matthew 5:3
οἱ πτωχοὶ τῷ πνεύματι
यसले नम्र भएको कोही व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू जसले जान्दछन् कि तिनीहरूलाई परमेश्वरको खाँचो छ” (हेर्नुहोस्ः टुक्काहरू)
ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश मत्तीको पुस्तकमा मात्रै छ । यदि सम्भव भएमा, “स्वर्ग”लाई तपाईंको अनुवादमा राख्नुहोस् । वैकल्पिक अनुवादः “किनकि स्वर्गमा हुनुभएको परमेश्वर तिनीहरूको राजा हुनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 5:4
οἱ πενθοῦντες
तिनीहरू निरास हुनुमा सम्भावित कारणहरू हुन् १) संसारको पापपूर्णता वा २) तिनीहरूका आफ्नै पापहरू वा ३) कसैको मृत्यु । तपाईंको भाषामा खाँचो नपरेसम्म तिनीहरूको शोक गर्नुको कारणलाई प्रस्ट नगर्नुहोस् ।
αὐτοὶ παρακληθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:5
οἱ πραεῖς
“विनम्र भएकाहरू” वा “तिनीहरू जो आफ्नै शक्तिमा भर पर्दैनन्”
αὐτοὶ κληρονομήσουσι τὴν γῆν
“परमेश्वरले तिनीहरूलाई समस्त पृथ्वी दिनुहुनेछ”
Matthew 5:6
οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην
यो अलङ्कारले ती मानिसहरूलाई वर्णन गर्छ जसले ठीक कुरा गर्नलाई उत्कट इच्छा गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू जसले खान र पिउन चाहे जत्तिकै ठीक तरिकाले जिउन चाहना गर्छन्” (हेर्नुहोस्ः रूपक)
αὐτοὶ χορτασθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भर्नुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई सन्तुष्ट पार्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:8
οἱ καθαροὶ τῇ καρδίᾳ
“ती मानिसहरू जसका हृदयहरू शुद्ध छन् ।” यहाँ “हृदय” भनेको व्यक्तिको भित्री व्यक्तित्व वा अभिप्रायहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरको मात्र सेवा गर्न चाहन्छन्” (हेर्नुहोस्ः लक्षणा)
αὐτοὶ τὸν Θεὸν ὄψονται
यहाँ “देख्नु”को अर्थ तिनीहरू परमेश्वरको उपस्थितिमा जिउनेछन् भन्ने हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई उहाँसँगै जिउन दिनुहुनेछ”
Matthew 5:9
οἱ εἰρηνοποιοί
यी ती मानिसहरू हुन् जसले अरूहरूलाई एक अर्कासँग शान्तिमा रहनलाई सहयोग गर्छन् ।
ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले तिनीहरूलाई उहाँका छोराछोरीहरू भन्नुहुनेछ” वा “तिनीहरू परमेश्वरका छोराछोरीहरू हुनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
υἱοὶ Θεοῦ
यहाँ “छोराहरू” भन्ने शब्दलाई तपाईंको भाषामा कुनै मानिसको छोरा वा बालकको लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दसँग नै अनुवाद गर्दा बेस हुन्छ ।
Matthew 5:10
οἱ δεδιωγμένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई अरूहरूले अन्यायपूर्ण रीतिले व्यवहार गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἕνεκεν δικαιοσύνης
“किनभने तिनीहरू परमेश्वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्छन्”
αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्रै पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”लाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती ५:३ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “किनकि स्वर्गमा हुनुभएको परमेश्वर तिनीहरूको राजा हुनेुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 5:11
येशूले धन्यका भएका मानिसहरूको विशेषताहरूलाई वर्णन गर्नलाई सकाउनुहुन्छ ।
μακάριοί ἐστε
“तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι
“तिमीहरूको विरुद्धमा सबै किसिमका खराब झूटहरू भन्नु” वा “तिमीहरूका विरुद्धमा खराब कुराहरू भन्नु जुन सत्य होइनन्”
ἕνεκεν ἐμοῦ
“किनभने तिमीहरू मलाई पछ्याउँछौ” वा “किनभने तिमीहरूले मलाई विश्वास गर्छौ”
Matthew 5:12
χαίρετε καὶ ἀγαλλιᾶσθε
“आनन्द मनाउनु” र “धेरै खुशी हुनु” लगभग एउटै अर्थ हुन्छ । येशूले उहाँलाई सुन्नेहरू केवल आनन्द मनाएको मात्र चाहनुहुँदैनथ्यो तर सम्भव भएमा आनन्द मनाउनेभन्दा पनि बढी गरेको चाहनुहुन्थ्यो । (हेर्नुहोस्ः प्रतिरूपी)
Matthew 5:13
येशूले उहाँका चेलाहरू कसरी नून र ज्योति जस्ता छन् भनेर सिकाउन सुरु गर्नुहुन्छ ।
ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς
सम्भावित अर्थहरू हुन् १) जसरी नूनले खानालाई स्वादिलो बनाउँछ, येशूका चेलाहरूले संसारका मानिसहरूलाई प्रभावित पार्छन् ताकि तिनीहरू असल बनून् । वैकल्पिक अनुवादः “तिमीहरू संसारको मानिसहरूका लागि नून झैँ हौ” वा 2) जसरी नूनले खानेकुरालाई कुहिन नदिई राख्छ, येशूका चेलाहरूले मानिसहरूलाई पूर्ण रूपमा भ्रष्ट हुनबाट रोक्छन् । वैकल्पिक अनुवादः “जसरी नून खानेकुराको लागि हो, तिमीहरू संसारको लागि हौ” (हेर्नुहोस्ः रूपक)
ἐὰν…τὸ ἅλας μωρανθῇ
सम्भावित अर्थहरू हुन् १) “यदि नूनले आफूले गर्ने कुराहरू गर्ने त्यसको शक्ति गुमाएको छ भने” वा २) “यदि नूनले त्यसको स्वाद गुमाएको छ भने ।” (हेर्नुहोस्ः रूपक)
ἐν τίνι ἁλισθήσεται?
“त्यसलाई फेरि कसरी उपयोगी बनाउन सकिन्छ ?” येशूले चेलाहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो पुनः उपयोगी बन्ने त्यहाँ अरू कुनै उपाय हुँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि रूपक)
εἰ μὴ βληθὲν ἔξω, καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई बाहिर सडकमा फ्याँकेर त्यसमाथि हिँड्न बाहेक” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:14
ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου
यसको अर्थ हो कि येशूका अनुयायीहरूले परमेश्वरलाई नचिनेका सारा मानिसहरूलाई परमेश्वरको सत्यताको सन्देश ल्याउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू संसारका मानिसहरूका लागि ज्योति जस्तै हौ” (हेर्नुहोस्ः रूपक)
οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη
रातको समयमा जब अँध्यारो हुन्छ, मानिसहरूले सहरका बत्तीहरू बलिरहेको देख्न सक्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रातको अवधिमा, डाँडामा भएको सहरबाट चम्किने ज्योतिलाई कसैले पनि लुकाउन सक्दैन” वा “सबैले डाँडामा भएको सहरको बत्तीहरूलाई देख्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:15
οὐδὲ καίουσιν λύχνον
“मानिसहरूले बत्ती बाल्दैनन्”
τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον
“बत्तीलाई डालोमुनि राख्नु ।” मानिसहरूले बत्तीको ज्योति नदेखून् भनेर केवल लुकाउनलाई बत्ती बाल्नु भनेको मूर्खता हो भनेर यसले भनिरहेको छ ।
Matthew 5:16
λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων
यसको अर्थ हो कि अरूहरूले परमेश्वरको सत्यताको बारेमा थाहा गर्न सकून् भन्ने तवरमा येशूको एक चेलाले जीवन जिउनुपर्छ । वैकल्पिक अनुवादः “तिमीहरूका जीवन मानिसहरूका सामु चम्कने ज्योति जस्तो होस्” (हेर्नुहोस्ः रूपक)
τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
“पिता” शब्दलाई तपाईंको भाषामा कुनै मानिसको बाबुको लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दसँग अनुवाद गर्दा बेस हुन्छ ।
Matthew 5:17
येशूले उहाँ कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको छ भन्ने बारेमा सिकाउन थाल्नुहुन्छ ।
τοὺς προφήτας
यसले अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका कुराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Matthew 5:18
ἀμὴν,…λέγω ὑμῖν
“म तिमीहरूलाई सत्यता भन्दछु ।” यस वाक्यांशले येशूले त्यसपछि भन्नुभएको कुरामा जोड थप्छ ।
ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ
यहाँ “स्वर्ग” र “पृथ्वी”ले समस्त ब्रह्माण्डलाई जनाउँछन् । वैकल्पिक अनुवादः “जबसम्म ब्रह्माण्ड रहिरहन्छ” (हेर्नुहोस्ः मेरिज्म)
ἰῶτα ἓν ἢ μία κερέα
मात्रा भनेको सबैभन्दा सानो हिब्रू अक्षर थियो, र विन्दु भनेको सानो चिन्ह थियो जुन चाहिँ दुई हिब्रू अक्षरहरूको बीचमा भएको भिन्नता थियो । वैकल्पिक अनुवादः “सबैभन्दा सानो लिखित अक्षर वा अक्षरको सबैभन्दा सानो अंश पनि होइन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντα γένηται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै कुराहरू भएका छन्” वा “परमेश्वरले सबै कुराहरू हुन लगाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάντα
“सबै कुराहरू” भन्ने वाक्यांशले व्यवस्थामा भएको सबैकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “व्यवस्थामा भएको सबैकुरा” वा “ती सबै कुराहरू जुन व्यवस्थामा लेखिएका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 5:19
ὃς ἐὰν…λύσῃ
“जसले अनाज्ञापालन गर्छ” वा “जसले बेवास्ता गर्छ”
μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων
“यी आज्ञाहरूमध्ये कुनै एउटा, सबैभन्दा कम महत्त्वपूर्ण पनि”
διδάξῃ οὕτως τοὺς ἀνθρώπους…κληθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले ... त्यसो गर्न सिकाउँछ भने, परमेश्वरले त्यस व्यक्तिलाई ... भन्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐλάχιστος…ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको राजलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्रै पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग”लाई राख्नुहोस् । वैकल्पिक अनुवादः “उहाँको स्वर्गीय राज्यमा सबैभन्दा कम महत्त्वपूर्ण” वा “स्वर्गमा हुनुभएको हाम्रा परमेश्वरको शासनमुनि भएको सबैभन्दा कम महत्त्वपूर्ण” (हेर्नुहोस्ः लक्षणा)
ποιήσῃ καὶ διδάξῃ
“यी आज्ञाहरूको पालना गर्छ र त्यसै गर्न अरूहरूलाई सिकाउँछ”
μέγας
सबैभन्दा बढी महत्त्वपूर्ण
Matthew 5:20
λέγω γὰρ ὑμῖν
यसले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
ὑμῖν…ὑμῶν
यी बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη…οὐ μὴ εἰσέλθητε
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू ... प्रवेश गर्नलाई तिमीहरूको धार्मिकता फरिसीहरू ... भन्दा बढी हुनैपर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Matthew 5:21
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु”मा “तिमीहरू” बहुवचनमा छ । “नमार्नू” भन्ने कुरामा “तिमी” भनेर बुझिएको शब्द एकवचनमा छ, तर केही भाषाहरूमा त्यो बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले हत्या र रीसको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
ἐρρέθη τοῖς ἀρχαίοις
यसलाई कर्तृ वाच्यमा भएको क्रियापदसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भन्नुभयो जो लामो समय अगाडि बस्थे” वा “मोशाले तिमीहरूका पूर्खाहरूलाई लामो समय अगाडि भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὃς…ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει
यहाँ “इन्साफ”को अर्थ न्यायाधीशले त्यस व्यक्तिलाई मृत्युदण्डको आदेश दिनेछन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिको हत्या गर्ने कुनै पनि व्यक्तिलाई न्यायाधीशले मृत्युदण्डको आदेश दिनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐ φονεύσεις…φονεύσῃ
यो शब्दले हत्यालाई जनाउँछ, मार्ने कामको सबै किसिमहरूलाई होइन ।
ἔνοχος ἔσται τῇ κρίσει
यस्तो देखिन्छ कि येशूले यहाँ कुनै मानव न्यायधीशलाई जनाइरहनुभएको छैन तर परमेश्वरले आफ्नो भाइसँग रिसाएको व्यक्तिलाई दण्डको भागीदार ठहराइरहनुभएको कुरालाई जनाइरहनुभएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 5:22
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् ।
τῷ ἀδελφῷ αὐτοῦ
यसले सङ्गी विश्वासीलाई जनाउँछ, साक्खै भाइ वा छिमेकीलाई होइन ।
ῥακά…μωρέ
यो भनेको राम्ररी सोच्न नसक्ने मानिसहरूलाई गरिने अपमानहरू हुन् । “व्यर्थको व्यक्ति” भनेको लगभग “दिमाग नभएको” भन्नु जत्तिकै हो जहाँ “मूर्ख” शब्दले परमेश्वरप्रतिको अनाज्ञापालनको विचारलाई थप्छ ।
Συνεδρίῳ
यो सम्भवतः एक स्थानीय परिषद थियो, यरूशलेममा भएको प्रमुख महासभा (स्यानहेड्रिन) होइन ।
Matthew 5:23
προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
προσφέρῃς τὸ δῶρόν σου
“तिम्रो उपहार दिँदै” वा “तिम्रो उपहार ल्याउँदै”
ἐπὶ τὸ θυσιαστήριον
यो यरूशलेमको मन्दिरमा भएको परमेश्वरको वेदी हो भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “मन्दिरको वेदीमा परमेश्वरलाई” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κἀκεῖ μνησθῇς
“तिमी वेदीमा खडा भइरहेकै बेलामा तिमीले याद गर्यौ”
ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ
“तिमीले गरेको केही कुराको कारण अर्को व्यक्ति तिमीसँग रिसाएको छ”
Matthew 5:24
πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पहिला त्यस व्यक्तिसँग शान्ति बनाऊ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:25
ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ; μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τῷ ἀντιδίκῳ σου
यो त्यो व्यक्ति हो जसले कसैलाई केही खराब काम गरेकोमा दोष लगाउँछ । गल्ती गर्नेलाई न्यायाधीशको सामु दोष लगाउनका लागि उसले त्यसलाई अदालतमा लैजान्छ ।
σε παραδῷ…τῷ κριτῇ
यहाँ “तिमीलाई सुम्पनु” भन्नुको अर्थ कसैलाई कोही व्यक्तिको नियन्त्रणमा दिनु हो । वैकल्पिक अनुवादः “न्यायधीशलाई तिमीसँग व्यवहार गर्न दिनेछ” (हेर्नुहोस्ः टुक्काहरू)
ὁ κριτὴς τῷ ὑπηρέτῃ
यहाँ “तिमीलाई सुम्पनु” भन्नुको अर्थ कसैलाई कोही व्यक्तिको नियन्त्रणमा दिनु हो । वैकल्पिक अनुवादः “न्यायधीशले तिमीलाई अधीकारीको हातमा सुम्पनेछ” (हेर्नुहोस्ः टुक्काहरू)
τῷ ὑπηρέτῃ
एक व्यक्ति जससँग न्यायधीशको निर्णयहरूलाई कार्यान्वयन गर्ने अधिकार हुन्छ
εἰς φυλακὴν βληθήσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अधिकारीले तिमीलाई झ्यालखानामा हालिदेलान्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:26
ἀμὴν, λέγω σοι
“म तिमीलाई सत्यता भन्दछु ।” यस वाक्यांशले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
ἐκεῖθεν
“झ्यालखानाबाट”
Matthew 5:27
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” बहुवचनमा छ । “व्यभिचार नगर्नू” भन्ने आज्ञामा बुझिएको सर्वनाम “तिमी” एकवचनमा छ, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले व्यभिचार र कामवासनाको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
ὅτι ἐρρέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले भन्नुभयो” वा “कि मोशाले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ μοιχεύσεις
यो शब्दको अर्थ केही कुरालाई व्यवहारमा ल्याउनु वा गर्नु भन्ने हुन्छ ।
Matthew 5:28
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ
यो अलङ्कारले सङ्केत गर्छ कि त्यो मानिस जसले कुनै स्त्रीप्रति कामवासनाको भावनाले भरिन्छ, त्यो व्यक्ति व्यभिचारको कार्य वास्तवमै गर्ने कुनै मानिस झैँ दोषी हुन्छ । (हेर्नुहोस्ः रूपक)
πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν
“र त्यसलाई कामवासनाको चाहनाले विचार गर्छ” वा “र त्यससँग सुत्ने चाहना गर्छ”
ἐν τῇ καρδίᾳ αὐτοῦ
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उसको दिमागमा” वा “उसका सोचाइहरूमा” (हेर्नुहोस्ः लक्षणा)
Matthew 5:29
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ; συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो”का सबै प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
εἰ…ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε
यहाँ “आँखा” शब्दले व्यक्तिले हेर्ने कुरालाई जनाउँछ । अनि, “ठेस खानु” भनेको चाहिँ “पाप”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि तिमीले देखेको कुराले तिमीलाई ठेस खान लगाउँछ भने” वा “यदि तिमीले देखेको कुराको कारण तिमीलाई पाप गर्न मन लाग्छ भने” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ὁ ὀφθαλμός…ὁ δεξιὸς
यसको अर्थ चाहिँ बाँया आँखाको विपरीतमा सबैभन्दा महत्त्वपूर्ण आँखा भन्ने हुन्छ । तपाईंले “दाहिने” लाई “अझ राम्रो” वा “बढी बलियो” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ἔξελε αὐτὸν
पाप गर्नलाई रोक्नका लागि एक व्यक्तिले गर्नलाई आवश्यक परेको कुनै पनि कुरा गर्नलाई यो अतिरञ्जित गरिएको आदेश हो । यसको अर्थ “त्यसलाई बलजफ्तीपूर्ण रूपमा हटाउनु” वा “त्यसलाई नाश पार्नु” भन्ने हुन्छ । यदि दाहिने आँखा भनेर किटेर भनिएको छैन, तपाईंले यसलाई “तिम्रा आँखाहरूलाई नाश गर” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । यदि आँखाहरूलाई उल्लेख गरिएको छ भने, तपाईंले यसलाई “तिनीहरूलाई नाश पार” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
βάλε ἀπὸ σοῦ
“त्यसबाट छुटकारा पाऊ”
ἀπόληται ἓν τῶν μελῶν σου
“तिमीले तिम्रो शरीरको एउटा भागलाई गुमाउनुपर्छ”
καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो सम्पूर्ण शरीरलाई नरकमा फाल्नुभन्दा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:30
εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε
प्रतिस्थापन शब्दको यस किसिमको प्रयोगमा, हातले सम्पूर्ण व्यक्तिका कार्यहरूको अर्थ दिन्छ । (हेर्नुहोस्ः लक्षणा)
ἡ δεξιά σου χεὶρ
यसको अर्थ बाँया हातको विपरीतमा सबैभन्दा महत्त्वपूर्ण हात भन्ने हुन्छ । तपाईंले “दाहिने” लाई “अझ राम्रो” वा “बढी बलियो” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ἔκκοψον αὐτὴν
पाप गर्नलाई रोक्नका लागि एक व्यक्तिले गर्नलाई आवश्यक परेको कुनै पनि कुरा गर्नलाई यो अतिरञ्जित गरिएको आदेश हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Matthew 5:31
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले सम्बन्धविच्छेदको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
ἐρρέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसो पनि भन्नुभयो” वा “मोशाले यसो पनि भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ
यो सम्बन्धविच्छेदको लागि मृदुभाषी बोली हो । (हेर्नुहोस्ः व्यञ्जना)
δότω
“उसले दिनुपर्छ”
Matthew 5:32
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
ποιεῖ αὐτὴν μοιχευθῆναι
यसमा पुरुष हो जसले स्त्रीसँग अनुचित किसिमले सम्बन्धविच्छेद गर्छ जसले “तिनलाई व्यभिचार गर्ने तुल्याउँछ” । धेरै संस्कृतिहरूमा त्यस स्त्रीले पुनः विवाह गर्नु भनेको सामान्य कुरा हुन्छ, तर यदि सम्बन्धविच्छेद अनुचित छ भने, त्यस किसिमको पुनर्विवाह चाहिँ व्यभिचार हो ।
ἀπολελυμένην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनको पतिले तिनीसँग सम्बन्धविच्छेद गरिसकेपछि” वा “सम्बन्धविच्छेद गरिएकी स्त्री” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 5:33
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “शपथ नखाऊ” र “तिम्रा भाकलहरूलाई पूरा गर” भन्ने कुराहरूमा “तिमी” र “तिम्रा” शब्दहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले शपथ खाने बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
πάλιν ἠκούσατε
“साथै, तिमीहरू” वा “यहाँ अर्को एउटा उदाहरण छ । तिमीहरू”
ἐρρέθη τοῖς ἀρχαίοις
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले लामो समय अगाडि जिएका मानिसहरूलाई भन्नुभयो” वा “मोशाले तिमीहरूका पूर्खाहरूलाई लामो समय अगाडि भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου
“तैँले केही कुरा गर्नेछस् भनी शपथ खाएर पछि त्यो नगर्ने काम नगर् । बरु तैँले गर्नेछस् भनी परमप्रभुलाई तैँले शपथ हालेको कुनै पनि कुरा गर्”
Matthew 5:34
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
“शपथ खाने कामै नगर” वा “केही कुराको शपथ नखाओ”
θρόνος ἐστὶν τοῦ Θεοῦ
किनभने परमेश्वरले स्वर्गबाट राज गर्नुहुन्छ, येशूले स्वर्गको विषयमा त्यो कुनै सिंहासन भए झैँ गरी बताउनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो यहाँबाट हो कि परमेश्वरले शासन गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Matthew 5:35
मानिसहरूलाई शपथ नखानलाई भन्दै पद ३४ देखिका उहाँका वचनहरूलाई येशूले सकाउनुहुन्छ ।
μήτε ἐν τῇ γῇ…πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως
यहाँ येशूको अर्थ यो हो कि जब मानिसहरूले कुनै शपथ खान्छन् वा केही कुरा सत्य हो भनी जब तिनीहरूले भन्छन्, तिनीहरूले केही कुराको नाउँ लिएर शपथ खानु हुँदैन । केही मानिसहरूले सिकाइरहेका थिए कि यदि कोही व्यक्तिले परमेश्वरको नाउँ लिएर केही कुरा गर्नेछु भनी शपथ खान्छ भने त्यसले त्यो गर्नैपर्छ, तर अरू केही कुराको नाउँ लिएर शपथ खान्छ भने, जस्तो कि स्वर्ग वा पृथ्वीको, तब उसले शपथ हालेको कुरा केही गरी गरेन भने त्यो कम अपमानजनक हुन्छ । येशूले भन्नुहुन्छ कि स्वर्ग वा पृथ्वी वा यरूशलेम कसैको पनि नाउँमा शपथ खानु चाहिँ परमेश्वरको नाउँ लिएर शपथ खानु जत्तिकै गम्भीर हो किनभने ती सबै कुराहरू परमेश्वरकै हुन् ।
ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ
यो अलङ्कारको अर्थ पृथ्वी पनि परमेश्वरको हो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यो एउटा पाउदान जस्तै हो जहाँ राजाले आफ्ना पाउहरूलाई राख्छन्” (हेर्नुहोस्ः रूपक)
ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως
“किनकि यो त्यो सहर हो जुन परमेश्वर, महान् राजाको हो”
Matthew 5:36
परमेश्वरको सिंहासन, पाउदान र पृथ्वीको वासस्थानको नाउँमा शपथ खानका लागि ती तिनीहरूका होइनन् भनेर येशूले यस अघि आफ्ना श्रोताहरूलाई भन्नुभयो । यहाँ उहाँले भन्नुहुन्छ कि तिनीहरूले आफ्नै शिरका नाउँमा पनि शपथ खान हुँदैन ।
μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὀμόσῃς
यसले भाकल हाल्ने कुरालाई जनाउँछ । तपाईंले यसलाई मत्ती ५:३४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 5:37
ἔστω…ὁ λόγος ὑμῶν, ναὶ ναί, οὒ οὔ
“यदि तिम्रो अर्थ ‘हो’ भने ‘हो’ भन, र यदि तिम्रो अर्थ ‘होइन’ भने ‘होइन’ भन ।
Matthew 5:38
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “जसले तिमीलाई हिर्काउँछ” मा भएको “तिमी” शब्द र “उसलाई ... फर्काइदेऊ” मा बुझिएको “तिमी” शब्द दुवै एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले कुनै शत्रुको विरुद्धमा बदला लिने कुराको बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
ὅτι ἐρρέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई मत्ती ५:२७ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “कि परमेश्वरले भन्नुभयो” वा “कि मोशाले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος
मोशाको व्यवस्थाले कुनै व्यक्तिले अर्को व्यक्तिलाई त्यही तरिकाले हानि गर्न दिन्थ्यो जुन किसिमले त्यसले उसलाई हानि गरेको थियो, तर त्योभन्दा बढी हानि गर्न भने दिँदैनथ्यो ।
Matthew 5:39
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् ।
τῷ πονηρῷ
“एउटा दुष्ट व्यक्ति” वा “कोही जसले तिमीलाई हानि गर्छ”
ῥαπίζει…τὴν δεξιὰν σιαγόνα
येशूको समाजमा कुनै मानिसको गालामा झापट हान्नु भनेको चाहिँ अपमानको कुरा थियो । आँखा र हातको कुरा जस्तै, दाहिने गाला भनेको बढी महत्त्वपूर्ण हो, र त्यो गालामा हान्नु भनेको धेरै नराम्रो अपमान थियो ।
ῥαπίζει
खुला हातको हत्केलाले हान्छ
στρέψον αὐτῷ καὶ τὴν ἄλλην
“त्यसलाई तिम्रो अर्को गाला पनि हान्न देऊ”
Matthew 5:40
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “फर्काइदेऊ”, “जाऊ”, “देऊ”, र “इन्कार नगर” भन्ने आज्ञाहरूमा बुझिएको “तिमी” शब्द समेत गरी “तिमी” र “तिम्रो” का सबै प्रयोगहरू एकवचनमा छन् । केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὸν χιτῶνά…ἱμάτιον
“दौरा” चाहिँ गह्रौँ शर्ट वा स्वेटर जस्तै जिउमा लगाइन्थ्यो । “खास्टो”, जुन दुईमध्येमा बढी महत्त्वपूर्ण थियो, न्यानोपनको लागि “दौरा”माथि लगाइन्थ्यो र रातको समयमा कम्बलको रूपमा पनि प्रयोग गरिन्थ्यो ।
ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον
“त्यस व्यक्तिलाई ... पनि देऊ”
Matthew 5:41
ὅστις
“जो कोही जसले ।” उहाँले एक रोमी सिपाहीको बारेमा कुरा गरिरहनुभएको छ भनेर सन्दर्भले अर्थ लगाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μίλιον ἕν
यो भनेको एक हजार हिँडाइको दूरी हो, जुन हिँडाइको दूरी चाहिँ कुनै रोमी सिपाहीले कसैलाई उसको लागि केही कुरा बोक्नलाई कानुनी रूपमा नै बलजफ्तीसँग कर लाउन मिल्ने दूरी हो । यदि “माइल” भनेको अलमल्याउने किसिमको हुन्छ भने, त्यसलाई “एक किलोमिटर” वा “एक दूरी” भनेर अनुवाद गर्न सकिन्छ ।
μετ’ αὐτοῦ
यसले तपाईंलाई जानलाई कर लगाउने व्यक्तिलाई जनाउँछ ।
ὕπαγε μετ’ αὐτοῦ δύο
“उसले तिमीलाई कर लगाएको एक माइल जाऊ, र त्यसपछि अर्को माइल जाऊ ।” यदि “माइल” भनेको अलमल्याउने किसिमको हुन्छ भने, त्यसलाई “दुई किलोमिटर” वा “दोब्बर” भनेर अनुवाद गर्न सकिन्छ ।
Matthew 5:42
μὴ ἀποστραφῇς
“ ... लाई सापट दिनलाई इन्कार नगर ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... लाई सापट देऊ”
Matthew 5:43
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । यी शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन्, तर तपाईंले तिनीहरूलाई बहुवचनमा भएको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । “तिमीहरूले सुनेका छौ” र “म तिमीहरूलाई भन्दछु” भन्ने कुराहरूमा “तिमीहरू” शब्द बहुवचनमा छ । “तिमीले तिम्रो छिमेकीलाई प्रेम गर्नुपर्छ र तिम्रो शत्रुलाई घृणा गर्नुपर्छ” भन्ने कुरामा भएको “तिमी” र “तिम्रो” शब्दहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । त्यसपछिका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले शत्रुहरूलाई प्रेम गर्ने बारेमा कुरा गर्न सुरु गर्नुहुन्छ ।
ὅτι ἐρρέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई मत्ती ५:२७ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “कि परमेश्वरले भन्नुभयो” वा “कि मोशाले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν πλησίον σου
यहाँ “छिमेकी” शब्दले कुनै खास छिमेकीलाई जनाउँदैन, तर कुनै व्यक्तिको समुदाय वा मानव समूहको कुनै पनि सदस्यलाई जनाउँछ । यी ती मानिसहरू हुन् जसलाई कोही व्यक्तिले सामान्य रूपमा दयालु तवरले व्यवहार गर्न चाहन्छ अथवा कम्तीमा पनि उसले दयालु तवरले व्यवहार गर्नुपर्छ भनेर विश्वास गर्छ । वैकल्पिक अनुवादः “तिम्रा गाउँलेहरू” वा “तिनीहरू जो तिम्रो मानव समूहका हुन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
Matthew 5:44
ἐγὼ δὲ λέγω
येशू परमेश्वर र उहाँको वचनसँग सहमत बन्नुहुन्छ, तर धार्मिक अगुवाहरूले परमेश्वरको वचनलाई लागु गरेको तरिकासँग उहाँ सहमत हुनुहुन्न । “म” जोडदार छ । यसले सङ्केत गर्छ कि येशूले भन्नुहुने कुरा परमेश्वरबाटका सुरुका आज्ञाहरूसँग बराबर रूपमा महत्त्वपूर्ण छ । त्यस किसिमको जोडलाई देखाउने तरिकाले यस वाक्यांशलाई अनुवाद गर्ने कोसिस गर्नुहोस् । तपाईंले यसलाई मत्ती ५:२२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 5:45
γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν
“छोराहरू”लाई तपाईंको भाषामा कुनै मानिसका छोराहरू वा सन्तानहरूका लागि स्वभाविक रूपमा प्रयोग गरिने शब्दले अनुवाद गर्दा बेस हुन्छ ।
Πατρὸς ὑμῶν
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 5:46
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशू कसरी पुरानो करारको व्यवस्थालाई पूरा गर्न आउनुभएको हो भन्ने बारेमा सिकाउनलाई उहाँले सकाउनुहुन्छ । यो खण्ड मत्ती ५:१७ मा सुरु भयो ।
τίνα μισθὸν ἔχετε?
तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्ने कुरा चाहिँ त्यस्तो कुनै खास कुरा होइन जसको लागि परमेश्वरले तिनीहरूलाई इनाम दिनुहुनेछ भनेर मानिसहरूलाई सिकाउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यस आलङ्कारिक प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले केही इनाम पाउनेछैनौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν?
यस आलङ्कारिक प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कर उठाउनेहरूले पनि त्यसै गर्छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 5:47
τί περισσὸν ποιεῖτε?
यस प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले अरूहरूले भन्दा केही बढी गर्दैनौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀσπάσησθε
यो चाहिँ सुन्ने मानिसको सकुशलताको खबर सुन्ने चाहना देखाउनलाई प्रयोग हुने साधारण शब्द हो ।
οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν?
यस प्रश्नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्यजातिहरूले पनि त्यसै गर्छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 5:48
Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 6
मत्ती ०६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
मत्ती ६ ले “डाँडाको उपदेश” भनी जानिएको येशूको विस्तारित शिक्षालाई निरन्तरता दिन्छ ।
६:९-११ मा भएको प्रार्थनालाई तपाईंले बाँकीको खण्डभन्दा पृष्ठमा अझै दायाँतर्फ सारेर अलग गर्न सक्नुहुन्छ ।
यो प्रवचनमा येशूले विभिन्न विषयहरूको बारेमा बताउनुभयो, त्यसैले येशूले हरेक पटक विषय बदल्नुभएको बेलामा पाठ्यखण्डमा एउटा खाली पङ्क्ति राखेर पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
Matthew 6:1
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशूले मत्ती ५:३ मा सिकाउन सुरु गर्नुभएको उहाँको डाँडाको उपदेशमा आफ्ना चेलाहरूलाई सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ । यस खण्डमा, येशूले दान, प्रार्थना र उपवास जस्ता “धार्मिकताका कार्यहरू”लाई सम्बोधन गर्नुहुन्छ ।
ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς
त्यो व्यक्तिलाई देख्नेहरूले उसलाई आदर गर्नेछन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूका सामु ताकि तिनीहरूले तिमीहरूलाई देख्न सकून् र तिमीहरूले जे गरेका छौ, त्यसका लागि तिमीहरूलाई आदर गर्न सकून्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
τῷ Πατρὶ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 6:2
μὴ σαλπίσῃς ἔμπροσθέν σου
यो अलङ्कारको अर्थ मानिसहरूका ध्यान तान्ने उद्देश्यसहित केही कुरा गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “भीडमा ठूलो तुरही बजाउने कोही व्यक्ति सरह तिमीहरू आफैँतर्फ ध्यान तान्ने काम नगर” (हेर्नुहोस्ः रूपक)
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
Matthew 6:3
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
दानको सम्बन्धमा येशूले आफ्ना चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου
यो चाहिँ पूर्ण गोप्यताको लागि अलङ्कार हो । ठीक जसरी हातहरूले सामान्यतया एकसाथ काम गर्छन् र सबै समयहरूमा एउटाले के गरिरहेको छ भनेर अर्कोले “थाहा” पाउँछ भनेर भन्न सकिन्छ, तपाईंले गरिबहरूलाई दिइरहनुभएको समयमा तपाईंले आफ्नो सबैभन्दा नजिकै भएकाहरूलाई पनि थाहा पाउन दिनुहुँदैन । (हेर्नुहोस्ः रूपक)
Matthew 6:4
ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले अरू मानिसहरूलाई थाहा नगराइकन गरिबहरूलाई दिन सक्छौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 6:5
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पदहरू ५ र ७ मा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन्; पद ६ मा ती एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक भएको हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशूले प्रार्थनाको बारेमा सिकाउन थाल्नुहुन्छ ।
ὅπως φανῶσιν τοῖς ἀνθρώποις
तिनीहरूलाई देख्नेहरूले तिनीहरूलाई आदर गर्नेछन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मानिसहरूले तिनीहरूलाई देखून् र तिनीहरूलाई सम्मान देऊन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
Matthew 6:6
εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου
“कतै गोप्य स्थानमा जाओ” वा “त्यहाँ जाओ जहाँ तिमीहरू एक्लै हुन सक्छौ”
τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ
सम्भावित अर्थहरू हुन् १) परमेश्वरलाई कसैले पनि देख्न सक्दैन । वैकल्पिक अनुवादः “पिता, जो अदृश्य हुनुहुन्छ” वा २) परमेश्वर प्रार्थना गर्ने व्यक्तिको साथमा त्यस गोप्य स्थानमा हुनुहुन्छ । वैकल्पिक अनुवादः “पिता, जो गुप्तमा तिमीहरूको साथमा हुनुहुन्छ”
τῷ Πατρί σου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ
“तिम्रो पिताले तिमीले गुप्तमा के गर्छौ भनेर देख्नुहुनेछ र”
Matthew 6:7
μὴ βατταλογήσητε
सम्भावित अर्थहरू हुन् १) दोहोर्याएर भन्नु बेकार छ । वैकल्पिक अनुवादः “ती नै कुराहरूलाई बेकारमा भनेको भन्यै नगर” वा २) शब्दहरू वा वाक्यहरू अर्थहीन छन् । वैकल्पिक अनुवादः “अर्थहीन शब्दहरूलाई दोहोर्याइ नराख”
εἰσακουσθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका झूटा देवताहरूले तिनीहरूलाई सुन्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 6:8
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पहिलो वाक्यमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरू बहुवचनमा छन् । प्रार्थनाभित्र नै, “तपाईं” र “तपाईंको” शब्दहरू एकवचनमा छन् र परमेश्वर, “स्वर्गमा हुनुहुने हाम्रा पिता”लाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 6:9
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς
यो प्रार्थनाको सुरु हो र येशूले मानिसहरूलाई परमेश्वरलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर सिकाउनुहुन्छ ।
ἁγιασθήτω τὸ ὄνομά σου
यहाँ “तपाईंको नाउँ”ले परमेश्वर आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैलाई तपाईंलाई सम्मान गर्ने बनाउनुहोस्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 6:10
ἐλθέτω ἡ βασιλεία σου
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरले शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले सबैमाथि र सबैथोकमाथि पूर्णतया राज गर्नुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा सबैकुरा तपाईंको इच्छाअनुसार होओस् जसरी स्वर्गमा भएका सबैकुरा हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 6:11
यो येशूले मानिसहरूलाई सिकाइरहनुभएको प्रार्थनाको भाग हो । “हामी”, “हामीलाई”, र “हाम्रो” शब्दहरूका सबै प्रयोगहरूले केवल तिनीहरूलाई जनाउँछ जसले यो प्रार्थना गर्ने थिए । साथै ती शब्दहरूले परमेश्वरलाई जनाउँदैनन्, जसलाई तिनीहरूले प्रार्थना गरिरहेका हुने थिए । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὸν ἄρτον…τὸν ἐπιούσιον
यहाँ “रोटी”ले सामान्य रूपमा खानेकुरालाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
Matthew 6:12
τὰ ὀφειλήματα
ऋृण भनेको कुनै व्यक्तिले कोही अरूलाई तिर्नुपर्ने कुरा हो । यो पापहरूको लागि अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
τοῖς ὀφειλέταις ἡμῶν
ऋृणी भनेको त्यो व्यक्ति हो जसले अर्को व्यक्तिलाई ऋृण तिर्नुपर्छ । यो चाहिँ हाम्रा विरुद्धमा पाप गर्नेहरूको लागि भएको अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
Matthew 6:13
μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν
“परीक्षा” शब्द चाहिँ भाववाचक नाम हो, जसलाई क्रियापदका रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई केही कुराले परीक्षा गर्न नदिनुहोस्” वा “केही कुरालाई पनि हामीलाई पाप गर्ने इच्छा गर्ने तुल्याउन नदिनुहोस्” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 6:14
“तिमीहरू” र “तिमीहरूका” सबै प्रयोगहरू बहुवचनमा छन् । तापनि, यदि कुनै व्यक्तिले अरूहरूलाई क्षमा दिएन भने तिनीहरूलाई के हुनेछ भनेर येशूले तिनीहरूलाई भनिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὰ παραπτώματα αὐτῶν
भाववाचक नामपद शब्द “अपराधहरू”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले तिमीहरूको विरुद्धमा अपराध गर्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 6:15
τοῖς ἀνθρώποις…τὰ παραπτώματα ὑμῶν
भाववाचक नामपद शब्द “अपराधहरू”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले तिमीहरूको विरुद्धमा अपराध गर्छन् ... जब तिमीहरूले परमेश्वरको विरुद्धमा अपराध गर्छौ” वा “जब तिनीहरूले तिमीहरूलाई हानि गर्ने कुराहरू गर्छन् ... जब तिमीहरूले तिमीहरूका पितालाई रीस उठाउने कुराहरू गर्छौ” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 6:16
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पद १६ मा भएका “तिमीहरू” शब्दका सबै प्रयोगहरू बहुवचनमा छन् । पदहरू १७ र १८ मा जहाँ येशूले तिनीहरूलाई उपवास बस्दा कसरी व्यवहार गर्ने भन्ने बारेमा सिकाउनुहुन्छ, “तिमी” र “तिम्रो” शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन् । केही भाषाहरूमा “तिमी” शब्दका ती प्रयोगहरू बहुवचनमा हुन आवश्यक पर्न सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशूले उपवासको बारेमा सिकाउन सुरु गर्नुहुन्छ ।
ἀφανίζουσιν…τὰ πρόσωπα αὐτῶν
पाखण्डीहरूले आफ्ना अनुहारहरू धुने वा आफ्नो कपाल कोर्ने गर्दैनथे । आफूहरूतिर जानाजान ध्यान आकर्षित गर्ने उद्देश्यले तिनीहरूले यसो गर्थे ताकि मानिसहरूले तिनीहरूलाई हेरून् र उपवास बसेकोमा तिनीहरूलाई आदर गरून् ।
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
Matthew 6:17
ἄλειψαί σου τὴν κεφαλὴν
“तिम्रो कपालमा तेल लगाऊ” वा “तिम्रो कपाल कोर ।” यहाँ शिरलाई “अभिषेक गर्नु”ले कसैले आफ्नो कपालको सामान्य रूपमा हेरविचार गर्ने कार्यलाई जनाउँछ । यसले “ख्रीष्ट” अर्थात् “अभिषिक्त जन”सँग कुनै सरोकार राख्दैन । मानिसहरूले उपवास बसेका होऊन् वा नहोऊन्, तिनीहरू एकसमान देखिनुपर्दछ भन्ने येशूको भनाइको अर्थ हो ।
Matthew 6:18
τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ
सम्भावित अर्थहरू हुन् १) परमेश्वरलाई कसैले पनि देख्न सक्दैन । वैकल्पिक अनुवादः “पिता, जो अदृश्य हुनुहुन्छ” वा २) परमेश्वर गोप्य तवरमा उपवास बस्ने व्यक्तिको साथमा हुनुहुन्छ । वैकल्पिक अनुवादः “पिता, जो गुप्तमा तिमीहरूको साथमा हुनुहुन्छ ।” तपाईंले यसलाई मत्ती ६:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
τῷ Πατρί σου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ βλέπων ἐν τῷ κρυφαίῳ
“तिमीले गुप्तमा के गर्छौ भनेर जसले देख्नुहुन्छ ।” तपाईंले यसलाई मत्ती ६:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 6:19
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन्, जसमा पद २१ अपवाद हो, जहाँ ती एकवचनमा छन् । केही भाषाहरूमा “तिमी” र “तिम्रो” शब्दहरूका यी प्रयोगहरू बहुवचनमा हुन आवश्यक पर्न सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशूले रुपैयाँ-पैसा र धनसम्पत्तिका बारेमा सिकाउन सुरु गर्नुहुन्छ ।
θησαυροὺς
सम्पत्तिहरू, ती कुराहरू जसलाई एक व्यक्तिले सबैभन्दा बढी मूल्य दिन्छ
ὅπου σὴς καὶ βρῶσις ἀφανίζει
“जहाँ कीरा र खियाले धनसम्पत्तिलाई नष्ट गर्छन्”
σὴς
लुगालाई नष्ट गर्ने सानो उड्ने फट्याङग्रो
βρῶσις
फलामे द्यातुहरूमा बन्ने खेरो रङ्गको पदार्थ
Matthew 6:20
θησαυρίζετε…ὑμῖν θησαυροὺς ἐν οὐρανῷ
यो अलङ्कार हो जसको अर्थ पृथ्वीमा असल कुराहरू गर्नु भन्ने हुन्छ ताकि स्वर्गमा परमेश्वरले तपाईंलाई इनाम दिनुभएको होस् । (हेर्नुहोस्ः रूपक)
Matthew 6:21
ἐκεῖ ἔσται καὶ ἡ καρδία σου
यहाँ “हृदय”को अर्थ व्यक्तिका विचारहरू र चासोहरू हुन् । (हेर्नुहोस्ः लक्षणा)
Matthew 6:22
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो” शब्दहरूका प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक पर्न सक्छ । हेर्नुहोस्ः तिमीका रूपहरू)
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός…φωτεινὸν ἔσται
यसले व्यक्तिलाई देख्न सहायता पुर्याउने स्वस्थ आँखालाई व्यक्तिलाई दृष्टिविहीन तुल्याउने बिरामी आँखासँग तुलना गर्छ । यो आत्मिक स्वास्थ्यलाई जनाउने अलङ्कार हो । लोभलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः “खराब आँखा” भन्ने वाक्यांशलाई प्रयोग गर्थे । यसको अर्थ चाहिँ यदि कोही व्यक्ति परमेश्वरमा पूर्ण रूपमा समर्पित छ र परमेश्वरले झैँ गरी विभिन्न कुराहरूलाई देख्छ वा लिन्छ भने उसले जे ठीक छ त्यही गरिरहेको हुन्छ । यदि कोही व्यक्ति बढी पाउनका लागि लोभी छ भने, उसले जे खराब छ त्यही गरिरहेको हुन्छ । (हेर्नुहोस्ः रूपक)
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός
यो अलङ्कारको अर्थ जसरी बत्तीले कुनै व्यक्तिलाई अँध्यारोमा हेर्न सहायता गर्छ, त्यसरी नै आँखाले व्यक्तिलाई देख्न सहायता गर्छ । वैकल्पिक अनुवादः “बत्तीले झैँ गरी, आँखाले तिमीलाई चीजहरूलाई प्रस्टसँग देख्नलाई सहायता गर्छ” (हेर्नुहोस्ः रूपक)
ὀφθαλμός
तपाईंले यसलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ, “आँखाहरू” ।
Matthew 6:23
ἐὰν δὲ ὁ ὀφθαλμός σου…τὸ σκότος πόσον
यसले व्यक्तिलाई देख्न सहायता पुर्याउने स्वस्थ आँखालाई व्यक्तिलाई दृष्टिविहीन तुल्याउने बिरामी आँखासँग तुलना गर्छ । यो आत्मिक स्वास्थ्यलाई जनाउने अलङ्कार हो । लोभलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः “खराब आँखा” भन्ने वाक्यांशलाई प्रयोग गर्थे । यसको अर्थ चाहिँ यदि कोही व्यक्ति परमेश्वरमा पूर्ण रूपमा समर्पित छ र परमेश्वरले झैँ गरी विभिन्न कुराहरूलाई देख्छ वा लिन्छ भने उसले जे ठीक छ त्यही गरिरहेको हुन्छ । यदि कोही व्यक्ति बढी पाउनका लागि लोभी छ भने, उसले जे खराब छ त्यही गरिरहेको हुन्छ । (हेर्नुहोस्ः रूपक)
ἐὰν…ὁ ὀφθαλμός σου πονηρὸς ᾖ
यसले जादूलाई जनाउँदैन । कोही लोभी व्यक्तिलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः यसलाई अलङ्कारको रूपमा प्रयोग गर्थे । (हेर्नुहोस्ः रूपक)
εἰ…τὸ φῶς τὸ ἐν σοὶ σκότος, ἐστίν τὸ σκότος πόσον
“यदि तिम्रो शरीरमा ज्योति ल्याउनुपर्ने कुराले नै अन्धकार ल्यायो भने, तब तिम्रो शरीर पूर्ण अन्धकारमा हुनेछ”
Matthew 6:24
ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει
यी दुवै वाक्यांशहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । तिनीहरूले जोड दिन्छन् कि एउटा व्यक्तिले एकै समयमा परमेश्वर र पैसा दुवैलाई प्रेम गर्न र दुवैप्रति समर्पित हुन सक्दैन । (हेर्नुहोस्ः समान्तरता)
οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ
“तिमीहरूले परमेश्वर र पैसालाई एकै समयमा सेवा गर्न सक्दैनौ”
Matthew 6:25
यहाँ भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
λέγω ὑμῖν
येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
ὑμῖν
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ ।
οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रस्ट छ कि जीवन तिमीहरूले खाने कुराभन्दा ठूलो हो, र तिमीहरूको शरीर तिमीहरूले लगाउने कुराभन्दा ठूलो हो ।” वा “प्रस्ट रूपमा जीवनमा त्यहाँ ती कुराहरू छन् जुन खानेकुराभन्दा ठूला छन्, र शरीरको विषयमा त्यहाँ ती कुराहरू छन् जुन लत्ता कपडाहरूभन्दा ठूला छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 6:26
ἀποθήκας
अन्नबालीहरूलाई थुपार्ने ठाउँहरू
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रस्ट छ कि तिमीहरू चराचुरुङ्गीहरूभन्दा बढी मूल्यवान् छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 6:27
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यहाँ “उसको आयुमा एक घडी थप्नु” भनेको एक व्यक्तिको जीवन जिउने समयावधिमा समय थप्ने कुराको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “चिन्ता मात्रै गरेर, तिमीहरूमध्ये कसैले पनि, तिमीहरूका जीवनमा वर्षहरू थप्न सक्दैनौ । तिमीहरूले तिमीहरूको जीवनमा एक मिनेट पनि थप्न सक्दैनौ ! त्यसैले तिमीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि तिमीहरूले चिन्ता गर्नुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि रूपक)
πῆχυν ἕνα
एक क्युबिट भनेको आधा मिटरभन्दा अलिकति कम नापको लम्बाइ हो । (हेर्नुहोस्ः बाइबलीय दुरी)
Matthew 6:28
περὶ ἐνδύματος τί μεριμνᾶτε?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले के लगाउने होला भनी तिमीहरूले चिन्ता गर्नुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
“मान”
τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν; οὐ κοπιῶσιν οὐδὲ νήθουσιν
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
κρίνα
लिली भनेको एक खालको जङ्गली फूल हो । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Matthew 6:29
οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
λέγω…ὑμῖν
येशूले यसपछि भन्नुहुने कुरामा यस वाक्यांशले जोड थप्छ ।
περιεβάλετο ὡς ἓν τούτων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस्ता वस्त्रहरू पहिरेनन् जुन यी लिलीहरू जत्तिकै सुन्दर थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 6:30
τὸν χόρτον τοῦ ἀγροῦ…οὕτως ἀμφιέννυσιν
येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
χόρτον
यदि तपाईंको भाषामा “घाँस” र अघिल्लो पदमा तपाईंले “लिलीहरू”को लागि प्रयोग गर्नुभएको शब्दलाई समावेश गर्ने कुनै शब्द छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
εἰς κλίβανον βαλλόμενον
त्यस समयका यहूदीहरूले खाना पकाउनका लागि तिनीहरूको आगोमा घाँसलाई प्रयोग गर्थे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ” वा “कसैले त्यसलाई बालिदिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι?
तिनीहरूलाई खाँचो परेका कुराहरू परमेश्वरले जुटाउनुहुनेछ भनेर सिकाउनका लागि येशूले यस प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ ... विश्वास ... , उहाँले तिमीहरूलाई निश्चय नै पहिराउनुहुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὑμᾶς, ὀλιγόπιστοι
“तिमीहरू जससँग त्यस्तो कम विश्वास छ ।” येशूले मानिसहरूलाई यस किसिमले सम्बोधन गर्नुहुन्छ किनभने लत्ता कपडाहरूको लागि भएको तिनीहरूको चिन्ताले तिनीहरूसँग परमेश्वरमाथि थोरै मात्र विश्वास छ भनेर देखाउँछ ।
Matthew 6:31
οὖν
“यो सबैकुराहरूको कारण”
τί περιβαλώμεθα
यस वाक्यमा, “कपडाहरू” भनेको भौतिक सम्पत्तिहरूको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “हामीसँग के सम्पत्तिहरू हुनेछ” (हेर्नुहोस्ः उपलक्षण)
Matthew 6:32
πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν
“किनकि अन्यजातिहरू तिनीहरूले के खाने, पिउने, र लगाउने भनेर चिन्तित रहन्छन्”
οἶδεν…ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων
परमेश्वरले तिनीहरूका आधारभूत खाँचोहरू पूरा भएका छन् भन्ने कुरालाई पक्का गर्नुहुनेछ भन्ने अर्थ येशूले दिनुहुन्छ ।
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 6:33
ζητεῖτε…πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर, जो तिमीहरूका राजा हुनुहुन्छ, उहाँको सेवा गर्न र ठीक कुरा गर्नलाई तिमीहरू आफूलाई लगाऊ” (हेर्नुहोस्ः लक्षणा)
ταῦτα πάντα προστεθήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका लागि यी सबैकुराहरू जुटाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 6:34
οὖν
“यो सबैकुराहरूको कारण”
ἡ…αὔριον μεριμνήσει ἑαυτῆς
येशूले “भोलि”को विषयमा त्यो कुनै चिन्ता गर्न सक्ने व्यक्ति भए झैँ गरी कुरा गर्नुहुन्छ । येशूको भनाइको अर्थ हो कि एक व्यक्तिसँग चिन्ता गर्नलाई प्रशस्त कुराहरू हुनेछन् जब अर्को दिन आउँछ । (हेर्नुहोस्ः मानवीकरण)
Matthew 7
मत्ती ०७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो प्रवचनमा येशूले विभिन्न विषयहरूको बारेमा बताउनुभयो, त्यसैले येशूले हरेक पटक विषय बदल्नुभएको बेलामा पाठ्यखण्डमा एउटा खाली पङ्क्ति राखेर पाठकलाई सहयोग गर्ने इच्छा गर्न सक्नुहुन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मत्ती ५-७
मत्ती ५-७ मा भएको शब्दहरूलाई धेरै मानिसहरूले डाँडाको उपदेश भन्छन् । यो येशूले सिकाउनुभएको एउटा लामो पाठ हो । बाइबलले यो पाठलाई ती भागमा विभाजन गर्छ, तर यसले कहिलेकाहीँ पाठकलाई अलमल्याउन सक्छ । यदि तपाईंको अनुवादले खण्डलाई विभिन्न भागहरूमा विभाजन गर्छ भने, यो पक्का गर्नुहोस् कि यो सम्पूर्ण उपदेश चाहिँ एउटा ठूलो खण्ड हो भनेर पाठकले बुझेको होस् ।
“तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ”
फल चाहिँ धर्मशास्त्रमा प्रयोग गरिएको सामान्य चित्रण हो । असल वा खराब कार्यहरूका प्रतिफलहरूलाई वर्णन गर्नका लागि यसको प्रयोग गरिएको छ । यस अध्यायमा, असल फल भनेको परमेश्वरले अह्राउनुभएको अनुसार जीवन जिउनुको परिणाम हो । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन)
Matthew 7:1
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” शब्दका प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
येशूले मत्ती ५:३ मा सिकाउन सुरु गर्नुभएको उहाँको डाँडाको उपदेशमा आफ्ना चेलाहरूलाई सिकाउनलाई उहाँले निरन्तरता दिनुहुन्छ ।
μὴ κρίνετε
यहाँ “इन्साफ गर्नु” भन्ने कुरामा “कठोर रूपमा दण्डाज्ञा दिनु” वा “दोषी ठहराउनु” भन्ने किसिमको कडा अर्थ छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई कठोर रूपमा दण्डाज्ञा नदेओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μὴ κριθῆτε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पनि कठोर रूपमा दण्डाज्ञा दिनुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 7:2
γὰρ
येशूले ७:१ मा जे भन्नुभयो, त्यसैको आधारमा ७:२ को वाक्य रहेको छ भन्ने कुरालाई पाठकले बुझेको छ भन्ने कुरामा निश्चित हुनुहोस् ।
ἐν ᾧ…κρίματι κρίνετε, κριθήσεσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्यही तरिकाले दोषी ठहराउनुहुनेछ जुन तरिकाले तिमीहरूले अरूहरूलाई दोषी ठहराउँछौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ᾧ μέτρῳ
सम्भावित अर्थहरू हुन् १) यो दण्ड दिइएको परिमाण हो वा २) यो इन्साफको लागि प्रयोग गरिएको मापदण्ड हो ।
μετρηθήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्यसैले नाप्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 7:3
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो” शब्दहरूका प्रयोगहरू सबै एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्यक पर्न सक्छ ।
τί δὲ βλέπεις τὸ κάρφος…τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς?
अरू मानिसहरूका पापहरूतर्फ ध्यान लगाउने र तिनीहरू आफ्नैलाई बेवास्ता गर्ने गरेकामा मानिसहरूलाई हप्काउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी ... भाइको आँखामा ... हेर्छौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढालाई तिमी ख्याल गर्दैनौ ।” वा “ ... भाइको आँखा ... नहेर र तिम्रो आफ्नै आँखामा भएको मूढालाई बेवास्ता नगर ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου
यो एउटा अलङ्कार हो जसले सङ्गी विश्वासीको कम्ती महत्त्व राख्ने त्रुटिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
κάρφος
“थोप्लो” वा “छेस्को” वा “धूलोको कण ।” कुनै व्यक्तिका आँखामा परिराख्ने सबैभन्दा सानो कुरालाई जनाउने शब्दलाई प्रयोग गर्नुहोस् ।
τοῦ ἀδελφοῦ σου
७:३-५ मा भएका “भाइ” शब्दका सबै प्रयोगहरूले एक सङ्गी विश्वासीलाई जनाउँछन्, साक्खै भाइ वा कुनै छिमेकीलाई होइन ।
τὴν…ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν
यो अलङ्कार कुनै व्यक्तिको ज्यादै महत्त्व राख्ने त्रुटिहरूका लागि हो । मूढा व्यक्तिको आँखाभित्र साँच्चै पस्न सक्दैन । एक व्यक्तिले अर्को व्यक्तिका कम्ती महत्त्व राख्ने त्रुटिहरूमा ध्यान दिनभन्दा पहिले उसको आफ्नै ज्यादा महत्त्व राख्ने त्रुटिहरूमा ध्यान दिनुपर्छ भन्ने कुरालाई जोड दिनका लागि येशूले अतिरञ्जन गरिरहनुभएको छ । (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)
δοκὸν
कसैले काटेर राखेको रूखको सबैभन्दा ठूलो भाग
Matthew 7:4
ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ?
मानिसहरूले अर्को व्यक्तिका पापमा ध्यान दिनुभन्दा पहिले तिनीहरूले आफ्नै पापमा ध्यान दिनका लागि चनौति दिनलाई येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले ... भन्नुहुँदैन ... तिम्रो आफ्नै आँखामा छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 7:6
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् ।
τοῖς κυσίν…τῶν χοίρων
यहूदीहरूले यी पशुहरूलाई घृणित सम्झन्थे, र तिनको मासु नखानलाई परमेश्वरले यहूदीहरूलाई भन्नुभएको थियो । तिनीहरू दुष्ट मानिसहरूका लागि अलङ्कारहरू हुन् जुन मानिसहरूले पवित्र थोकहरूलाई मान्यता गर्दैनन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः रूपक)
τοὺς μαργαρίτας
यिनीहरू गोला, मूल्यवान् पत्थरहरू वा दानाहरू जस्तै हुन् । तिनीहरू परमेश्वरको ज्ञान वा सामान्य अर्थमा बहुमूल्य थोकहरूको लागि अलङ्कार हुन् । (हेर्नुहोस्ः रूपक)
καταπατήσουσιν
“सुँगुरहरूले कुल्चन सक्छन्”
στραφέντες ῥήξωσιν ὑμᾶς
“कुकुरहरू त्यसपछि फर्कनेछन् र लुछ्नेछन्”
Matthew 7:7
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू सबै बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
αἰτεῖτε…ζητεῖτε…κρούετε
यी कुराहरू परमेश्वरसँग प्रार्थना गर्ने कुराको लागि अलङ्कारहरू हुन् । उहाँले जवाफ नदिउञ्जेलसम्म हामीले प्रार्थना गरिरहनुपर्छ भन्ने कुरालाई क्रियापदले दर्शाउँछ । यदि तपाईंको भाषामा केही कुरालाई दोहोर्याइ-दोहोर्याइ निरन्तर गरिरहने कुरालाई जनाउने कुनै संरचना छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
αἰτεῖτε
कसैबाट चीजहरूको लागि अनुरोध गर्नु, यहाँ चाहिँ परमेश्वरबाट
δοθήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई जे खाँचो छ सो परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ζητεῖτε
कसैलाई खोज्नु, यहाँ चाहिँ परमेश्वरलाई
κρούετε
ढोकामा ढकढक्याउनु भनेको घर वा कोठाभित्र भएको व्यक्तिलाई ढोका खोलिदिनका लागि अनुरोध गर्ने नम्र तरिका हो । यदि ढोकामा ढकढक्याउनु भनेको तपाईंको समाजमा रुखो हो त्यसो गरिँदैन भने, त्यो शब्दलाई प्रयोग गर्नुहोस् जसले मानिसहरूले कसरी ढोकाहरू खोलिदिनका लागि विनम्रतापूर्वक अनुरोध गर्छन् भनेर वर्णन गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई भन कि उहाँले ढोका खोलिदिनुभएको तिमी चाहन्छौ”
ἀνοιγήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो तिमीहरूका लागि खोलिदिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 7:9
ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको माझमा त्यहाँ कोही त्यस्तो व्यक्ति छैन ... ढुङ्गा ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἄρτον
यसले सामान्य अर्थमा खानेकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केही खानेकुरा” (हेर्नुहोस्ः उपलक्षण)
λίθον
यस नामपद शब्दलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।
Matthew 7:10
ἰχθὺν…ὄφιν
यी नामपद शब्दहरूलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।
ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ?
येशूले मानिसहरूलाई सिकाउनका लागि अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । यो कुरा बुझिएको छ कि येशूले अझै पनि कुनै मानिस र त्यसको छोरालाई जनाइरहनुभएको छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूमध्ये एकजना पनि त्यस्तो व्यक्ति छैन, यदि उसको छोराले माछा माग्यो भने, उसलाई सर्पो दिनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि शब्दलोप)
Matthew 7:11
येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तब तिमीहरूका स्वर्गमा हुनहुने पिताले ... निश्चय पनि उसलाई दिनुहुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 7:12
ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι
“अरूहरूले तिमीहरूलाई जे-जस्तो तरिकाले व्यवहार गरून् भनी तिमीहरू चाहन्छौ”
οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται
यहाँ “व्यवस्था” र “अगमवक्ताहरू”ले मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि मोशा र अगमवक्ताहरूले धर्मशास्त्रमा यही कुरा सिकाउँछन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 7:13
विनाशतर्फको फराकिलो ढोकाबाट भित्र पस्ने वा जीवनतर्फको साँघुरो ढोकाबाट भित्र पस्ने कुराको चित्रणले मानिसहरू कसरी जिउँछन् भन्ने कुरालाई र तिनीहरूले जीवन जिउने तरिकाको प्रतिफलहरूलाई प्रतिनिधित्व गर्छ । जब तपाईंले अनुवाद गर्नुहुन्छ, दुई प्रकारका ढोकाहरू र बाटाहरूको बीचमा भएको भिन्नतालाई जोड दिनका लागि “चौडा” र “फराकिलो”को लागि उचित शब्दहरूको प्रयोग गर्नुहोस् जुन शब्दहरू सम्भव भएसम्म “साँघुरो” शब्दबाट भिन्न होस् ।
εἰσέλθατε διὰ τῆς στενῆς πύλης…πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς
यो चाहिँ मानिसहरू बाटोमा यात्रा गरिरहेका र एउटा ढोकाबाट भित्र पसेर कुनै राज्यमा जाँदै गरेका कुराको एउटा चित्रण हो । एउटा राज्यमा प्रवेश गर्न सजिलो छ; अर्कोमा भने प्रवेश गर्न कठिन छ । (हेर्नुहोस्ः रूपक)
εἰσέλθατε διὰ τῆς στενῆς πύλης
तपाईंले यसलाई पद १४ को अन्त्यतिर लैजानुपर्ने हुन सक्छः “त्यसकारण, साँघुरो ढोकाबाट भित्र पस ।”
τῆς στενῆς πύλης…ἡ ὁδὸς
सम्भावित अर्थहरू हुन् १) “बाटो”ले राज्यको ढोकासम्म पुर्याउने सडकलाई जनाउँछ, वा २) “ढोका” र “बाटो” दुवैले राज्यको प्रवेशद्वारलाई जनाउँछ ।
εἰς τὴν ἀπώλειαν
भाववाचक नामपद शब्दलाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस स्थानतर्फ जहाँ मानिसहरू मर्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 7:14
मानिसहरूले तिनीहरू कसरी जिउन गइरहेका थिए भन्ने कुरालाई छान्ने भनेको चाहिँ मानौँ तिनीहरूले एउटा बाटोबाट जाने कि अर्को बाटोबाट जाने भनेर छानिरहेका भए झैँ गरी कुरा गर्न येशूले निरन्तरता दिनुहुन्छ ।
εἰς τὴν ζωήν
भाववाचक नामपद शब्द “जीवन”लाई “जीउनु” क्रियापदलाई प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस स्थानतर्फ जहाँ मानिसहरू बाँच्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 7:15
προσέχετε ἀπὸ
“ ... को विरुद्धमा चनाखो रहो”
οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες
यो अलङ्कारको अर्थ हो कि झूटा अगमवक्ताहरूले तिनीहरू असल भएको र मानिसहरूलाई सहायता गर्न चाहेको बहाना बनाउनेछन्, तर वास्तवमा तिनीहरू दुष्ट हुन् र मानिसहरूलाई हानि गर्नेछन् । (हेर्नुहोस्ः रूपक)
Matthew 7:16
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς
यस अलङ्कारले एक व्यक्तिका कार्यहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी तिमीहरूले एउटा रूखलाई त्यसमा फल्ने फलद्वारा चिन्दछौ, तिमीहरूले झूटा अगमवक्ताहरूलाई तिनीहरूले गर्ने व्यवहारहरूद्वारा चिन्नेछौ” (हेर्नुहोस्ः रूपक)
μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα?
येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । जवाफ चाहिँ बटुल्दैनन् भन्नुपर्छ भनेर मानिसहरूलाई थाहा भएको हुनुपर्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ... सिउँडीबाट ... बटुल्दैनन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 7:17
πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ
असल कामहरू वा वचनहरू दिने असल अगमवक्ताहरूलाई जनाउनका लागि येशूले फलको अलङ्कारलाई प्रयोग गर्न निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
τὸ…σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ
दुष्ट कामहरू गर्ने खराब अगमवक्ताहरूलाई जनाउनका लागि येशूले फलको अलङ्कारलाई प्रयोग गर्न निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Matthew 7:19
πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
येशूले झूटा अगमवक्ताहरूलाई जनाउनका लागि फल दिने रूखहरूलाई अलङ्कारको रूपमा प्रयोग गर्नलाई निरन्तरता दिनुहुन्छ । यहाँ, उहाँले खराब रूखहरूलाई के हुनेछ भनेर मात्र भन्नुहुन्छ । झूटा अगमवक्ताहरूलाई पनि त्यही नै कुरा हुनेछ भनेर बुझिएको छ । (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले काट्छन् र बाल्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 7:20
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς
“तिनीहरूका” शब्दले कि त अगमवक्ताहरू वा कि रूखहरूलाई जनाउन सक्छ । यो अलङ्कारले रूखहरूका फल र अगमवक्ताहरूका कामहरू दुवैले तिनीहरू असल वा खराब छन् भन्ने कुरा प्रकट गर्छन् भन्ने अर्थ दिन्छ । यदि सम्भव भएमा, यसलाई रूखहरू र अगमवक्ताहरू दुवैलाई जनाउन सक्ने गरी अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Matthew 7:21
εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य” भन्ने कुराले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएको परमेश्वरसँग जिउनेछ जब उहाँले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
“जो कोही पनि जसले स्वर्गमा हुनुभएको मेरा पिताले चाहना गर्नुभएको कुरा गर्छ”
τοῦ Πατρός μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 7:22
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
उहाँले इन्साफको दिनलाई जनाइरहनुभएको थियो भनेर उहाँलाई सुन्नेहरूले बुझ्नेछन् भनी जान्नुभएर येशूले “त्यस दिन” भन्नुभयो । तपाईंका पाठकहरूले बुझ्नेछैनन् भने मात्रै तपाईंले “इन्साफको दिन”लाई समावेश गर्नुपर्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν?
मानिसहरूले यी कुराहरू गरे भनी जोड दिनका लागि तिनीहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले अगमवाणी बोल्यौँ ... हामीले भूतहरू धपायौँ ... हामीले थुप्रै शक्तिशाली कामहरू गर्यौँ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐ…ἐπροφητεύσαμεν
यो “हामी” शब्दले येशूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τῷ σῷ ὀνόματι
सम्भावित अर्थहरू हुन् १) “तपाईंको अधिकारद्वारा” वा “तपाईंको शक्तिद्वारा” वा २) “किनभने हामीले जे गरेको तपाईंले चाहनुभयो सो गरिरहेका थियौँ” वा ३) “किनभने हामीले त्यो गर्नका लागि तपाईंसँग शक्ति माग्यौँ” (हेर्नुहोस्ः लक्षणा)
δυνάμεις
“आश्चर्यकर्महरू”
Matthew 7:23
οὐδέποτε ἔγνων ὑμᾶς
यसको अर्थ त्यो व्यक्ति येशूको हुँदैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू मेरा चेला होइनौ” वा “तिमीहरूसँग मेरो कुनै सरोकार छैन” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 7:24
οὖν
“त्यसले गर्दा”
μου τοὺς λόγους τούτους
यहाँ “वचनहरू”ले येशूले भन्नुभएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν
येशूले उहाँका वचनहरूको पालना गर्नेहरूलाई त्यस्तो एउटा व्यक्तिसँग तुलना गर्नुहुन्छ जसले उसको घरलाई केही कुराले नोक्सान गर्न नसक्ने ठाउँमा बनाउँछ । (हेर्नुहोस्ः उपमा)
πέτραν
यो माथि सतहमा रहेको माटोभन्दा धेरैमुनि जमिनको पिँधमा रहेको चट्टान हो, माथि जमिनमा भएको ठूलो ढुङ्गा होइन ।
Matthew 7:25
τεθεμελίωτο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले त्यसलाई ... बनायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 7:26
यो येशूको डाँडाको उपदेशको अन्त्य हो, जुन मत्ती ५:३ मा सुरु भएको थियो ।
ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον
येशूले अघिल्लो पदबाटको उपमालाई निरन्तरता दिनुहुन्छ । उहाँका वचनहरूलाई पालना नगर्नेहरूलाई उहाँले मूर्ख घर-निर्माणकर्ताहरूसँग तुलना गर्नुहुन्छ । केवल एउटा मूर्खले मात्रै बलौटे स्थानमा घर बनाउने थियो जहाँ पानी, बाढी, र बतासले बालुवालाई बगाएर लैजान सक्छ । (हेर्नुहोस्ः उपमा)
Matthew 7:27
ἔπεσεν
तपाईंको भाषामा भएको साधारण शब्दलाई प्रयोग गर्नुहोस् जसले घर भत्कँदा हुने कुरालाई वर्णन गर्छ ।
ἦν ἡ πτῶσις αὐτῆς μεγάλη
पानी, बाढी, र बतासले त्यस घरलाई पूर्ण रूपमा नाश गरिदियो ।
Matthew 7:28
भीडमा भएका मानिसहरूले डाँडाको उपदेशको येशूको शिक्षाप्रति कसरी प्रतिक्रया जनाए भन्ने कुरालाई यी पदहरूले वर्णन गर्छन् । (हेर्नुहोस्ः कथाको समापन)
καὶ ἐγένετο, ὅτε
यस वाक्यांशले कथालाई येशूको शिक्षाहरूबाट त्यसपछि के भयो भन्नेतर्फ लैजान्छ । वैकल्पिक अनुवादः “जब” वा “ ... पछि”
ἐξεπλήσσοντο…ἐπὶ τῇ διδαχῇ αὐτοῦ
येशूले सिकाउनुभएको कुरामा मात्र होइन, तर उहाँले सिकाउनुभएको तरिकामा समेत तिनीहरू अचम्ममा परेका थिए भनेर ७:२९ मा प्रस्ट हुन्छ । वैकल्पिक अनुवादः “उहाँले सिकाउनुभएको तरिकासँग तिनीहरू अचम्मित भएका थिए”
Matthew 8
मत्ती ०८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो अध्यायले एउटा नयाँ खण्डलाई सुरु गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आश्चर्यकर्महरू
अरू कुनै मानिसहरूले नियन्त्रण गर्न नसक्ने कुराहरूलाई येशूले नियन्त्रण गर्न सक्नुहुन्थ्यो भनी दर्शाउनका लागि उहाँले आश्चर्यकर्महरू गर्नुभयो । उहाँले आश्चर्यकर्महरू गर्नुभएको कारणले उहाँको आराधना गर्नु उचित छ भनेर पनि उहाँले देखाउनुभयो । (हेर्नुहोस्ः अधिकार)
Matthew 8:1
यो कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले मानिसहरूलाई निको पार्नुभएको थुप्रै विवरणहरू छन् । यो विषयवस्तु मत्ती ९:३५ सम्म लम्बिरहन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί
“येशू डाँडाबाट तल आइसक्नुभएपछि, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो ।” त्यस भीडमा उहाँसँग माथि डाँडा भएका मानिसहरू र उहाँसँग त्यहाँ नभएका मानिसहरू दुवै हुन सक्छन् ।
Matthew 8:2
ἰδοὺ
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिप्रति सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
λεπρὸς
“कुष्ठरोग लागेको मानिस” वा “छालाको रोग भएको मानिस”
προσεκύνει αὐτῷ
यो येशूको सामु देखाइएको नम्र आदरको चिन्ह हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐὰν θέλῃς
“यदि तपार्इंले चाहनुभयो भने” वा “यदि तपार्इंले इच्छा गर्नुहुन्छ भने ।” येशूसँग निको पार्ने शक्ति थियो भन्ने कुरा त्यस कुष्ठरोगीलाई थाहा थियो, तर येशूले उसलाई छुन चाहनुहुन्छ कि हुँदैन भन्ने कुरा भने उसलाई थाहा थिएन ।
δύνασαί με καθαρίσαι
यहाँ “शुद्ध पार्नु” भनेको निको हुनु र फेरि पनि समुदायमा बस्न सक्षम हुनु हो । वैकल्पिक अनुवादः “तपार्इंले मलाई निको पार्न सक्नुहुन्छ” वा “कृपया मलाई निको पारिदिनुहोस्” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 8:3
καθαρίσθητι
यसो भनेर येशूले त्यस मानिसलाई निको पार्नुभयो । (हेर्नुहोस्ः आज्ञार्थका- अन्य प्रयोगहरू)
εὐθέως ἐκαθαρίσθη
“त्यही समयमा ऊ शुद्ध भयो”
ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα
येशूले “शुद्ध होऊ” भन्नुभएको कुराको नतिजा चाहिँ त्यो मानिस निको हुनु थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ राम्रो भयो” वा “कुष्ठरोगले उसलाई छोड्यो” वा “कुष्ठरोग सकियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 8:4
αὐτῷ
यसले येशूले भर्खरै निको पार्नुभएको मानिसलाई जनाउँछ ।
ὅρα μηδενὶ εἴπῃς
“कसैलाई पनि कुनै कुरा नबताउनू” वा “मैले तिमीलाई निको पारेको कुरा कसैलाई पनि नभन्नू”
σεαυτὸν, δεῖξον τῷ ἱερεῖ
यहूदीहरूको व्यवस्थाअनुसार निको भएको व्यक्तिले आफ्नो छालालाई पूजाहारीलाई देखाउनुपर्थ्यो, जसले त्यसपछि उसलाई वा उनलाई समुदायमा अरू मानिसहरूसँगै हुनलाई अनुमति दिन्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς
मोशाको व्यवस्थाअनुसार कुष्ठरोगबाट निको भएको व्यक्तिले पूजाहारीलाई धन्यवादको भेटी चढाउनु पर्थ्यो । जब पूजाहारीले त्यो भेटी ग्रहण गर्थे, तब त्यो व्यक्ति निको भएको थियो भन्ने कुरा मानिसहरूलाई थाहा हुन्थ्यो । कुष्ठरोगीहरूलाई तिनीहरूको चङ्गाइको प्रमाण तिनीहरूसँग नभएसम्म समाजबाट बहिष्कार गरिन्थ्यो, समुदायबाट प्रतिबन्ध लगाइन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτοῖς
यसले सम्भवतः १) पूजाहारीहरूलाई वा २) सबै मानिसहरू वा ३) येशूका आलोचकहरूलाई जनाएको हुन सक्छ । यदि सम्भव भएमा, यी समूहहरूमध्ये जुनलाई पनि जनाउन सक्ने सर्वनामको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः सर्वनामहरू)
Matthew 8:5
यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशूले अर्को व्यक्तिलाई निको पार्नुभएको विषयमा बताउँछ ।
προσῆλθεν αὐτῷ…παρακαλῶν αὐτὸν
यहाँ “उहाँ”ले येशूलाई जनाउँछ ।
Matthew 8:6
παραλυτικός
रोग वा झड्काको कारणले चल्न नसक्ने भएको
Matthew 8:7
λέγει αὐτῷ
“येशूले त्यस कप्तानलाई भन्नुभयो”
ἐγὼ ἐλθὼν, θεραπεύσω αὐτόν
“म तिम्रो घरमा आउनेछु र तिम्रो नोकरलाई निको पार्नेछु”
Matthew 8:8
μου ὑπὸ τὴν στέγην
यो एउटा वाक्पद्धति हो जसले घरको भित्रपट्टिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो घरभित्र” (हेर्नुहोस्ः टुक्काहरू)
εἰπὲ λόγῳ
यहाँ “वचन”ले कुनै आज्ञालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आज्ञा गर्नुहोस्” (हेर्नुहोस्ः लक्षणा)
ἰαθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राम्रो हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 8:9
ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, τασσόμενος ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो अरू कसैको अधिकारमुनि छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὸ ἐξουσίαν…ὑπ’ ἐμαυτὸν
कसैको मुनि” हुनुको अर्थ कम महत्त्वको हुनु र बढी महत्त्व भएको व्यक्तिका आज्ञाहरू पालन गर्नुपर्ने हुनु हो । (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 8:10
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले येशूले यसपछि भन्नुहुने कुरामा जोड थप्छ ।
παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον
आफूहरू परमेश्वरको सन्तान हौँ भनेर दाबी गर्ने इस्राएलमा भएका यहूदीहरूसँग अरू कसैसँगभन्दा बढी महान् विश्वास हुन्छ भनेर येशूलाई सुन्नेहरूले सोचेका हुन सक्छन् । तिनीहरू गलत छन् र त्यस कप्तानको विश्वास बढी महान् थियो भनेर येशूले भन्दै हुनुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 8:11
ὑμῖν
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र मत्ती ८:१० मा “उहाँलाई पछ्याइरहेकाहरू”लाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν
“पूर्व” र “पश्चिम” भनेर एक आपसमा विपरीतमा रहेका कुराहरूलाई प्रयोग गर्नु भनेको “सबैठाउँ”बाट भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “सबैठाउँबाट” वा “सबै दिशामा भएका धेरै टाढाका ठाउँहरूबाट” (हेर्नुहोस्ः मेरिज्म)
ἀνακλιθήσονται
त्यस समाजका मानिसहरू खाने बेलामा टेबुलको छेउमा ढल्कन्थे । यो वाक्यांशले सङ्केत गर्छ कि टेबुलमा भएकाहरू सबै परिवार र नजिकका मित्रहरू हुन् । परमेश्वरको राज्यमा भएको रमाहटको विषयमा त्यहाँ भएका मानिसहरूले भोज मनाइरहेका थिए भने झैँ गरेर बारम्बार बताइएको छ । वैकल्पिक अनुवादः “परिवार र साथीहरूको रूपमा बस्छन्” (हेर्नुहोस्ः लक्षणा)
ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले उहाँ राजा हुनुहुन्छ भनी देखाउनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 8:12
οἱ…υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले राज्यका छोराहरूलाई ... फाल्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἱ δὲ υἱοὶ τῆς βασιλείας
“ ... का छोराहरू” भन्ने वाक्यांश प्रतिस्थापन शब्दहरू हुन्, जसले यहूदिया राज्यका यहूदीहरूलाई जनाउँछ । त्यहाँ एउटा व्यङ्ग्य पनि छ किनभने “छोराहरू” बाहिर फालिनेछन् तर अपरिचितहरूलाई स्वागत गरिनेछ । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरलाई तिनीहरूमाथि शासन गर्नलाई अनुमति दिनुपर्ने थियो” (हेर्नुहोस्ः लक्षणा अनि व्यङ्ग्य)
τὸ σκότος τὸ ἐξώτερον
यहाँ “बाहिरी अन्धकार” भनेको परमेश्वरले उहाँलाई इन्कार गर्नेहरूलाई फाल्नुहुने स्थानको लागि प्रतिस्थापन शब्द हो । यो त्यस्तो ठाउँ हो जुन सदाको लागि परमेश्वरबाट पूर्ण रूपमा अलग गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरबाट टाढा रहेको अँध्यारो ठाउँ” (हेर्नुहोस्ः लक्षणा)
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
यहाँ “दारा किटाइ” चाहिँ प्रतीकात्मक कार्य हो, जसले घोर निराशा र कठोर यातनालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “रुने र तिनीहरूको कठोर कष्टलाई देखाउने” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 8:13
γενηθήτω σοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो निम्ति त्यस्तै गर्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἰάθη ὁ παῖς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यस नोकरलाई निको पार्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῇ ὥρᾳ ἐκείνῃ
“येशूले त्यस नोकरलाई निको पार्नेछु भनी भन्नुभएको ठीक समयमा”
Matthew 8:14
यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशूले अर्को व्यक्तिलाई निको पारिरहनुभएको विषयमा बताउँछ ।
ἐλθὼν ὁ Ἰησοῦς
सम्भवतः चेलाहरू पनि येशूसँगै थिए, तर कथाको ध्यान चाहिँ येशूले भन्नुभएको र गर्नुभएको कुरामा छ, त्यसकारण गलत अर्थ आउन नदिनका लागि आवश्यक परेमा मात्र चेलाहरूको परिचय गराउनुहोस् ।
τὴν πενθερὰν αὐτοῦ
“पत्रुसकी पत्नीकी आमा”
Matthew 8:15
ἀφῆκεν αὐτὴν ὁ πυρετός
यहाँ प्रयोग गरिएको व्यक्तित्वकरणको कारण यदि तपार्इंको भाषामा ज्वरोले आफैँ सोच्न र काम गर्न सक्छ भन्ने अर्थ आउँछ भने, यसलाई “तिनी निको भइन्” वा “येशूले तिनलाई निको पार्नुभयो” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः मानवीकरण)
ἠγέρθη
“ओछ्यानबाट उठिन्”
Matthew 8:16
पद १७ मा, येशूको चङ्गाइको सेवकाइ चाहिँ अगमवाणीको पूरा भएको कुरा थियो भनी देखाउनलाई मत्तीले यशैया अगमवक्ताको खण्डलाई उद्धरण गर्छन् ।
यहाँ दृश्य पछि साँझको समयमा सर्छ र येशूले अरू धेरै मानिसहरूलाई निको पार्नुभएको र भूतहरू धपाउनुभएको विषयमा बताउँछ ।
ὀψίας δὲ γενομένης
किनभने यहूदीहरूले विश्रामको दिनमा काम वा यात्रा गर्दैनन्, “साँझ”को अर्थ विश्राम दिनपछि भन्ने हुन सक्छ । तिनीहरूले मानिसहरूलाई येशूकहाँ ल्याउनको निम्ति साँझसम्म पर्खे । गलत अर्थ आउन नदिन तपाईंलाई आवश्यक नपरेसम्म तपाईंले विश्रामको दिनलाई उल्लेख गर्न पर्दैन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δαιμονιζομένους πολλούς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू जसलाई भूतहरूले अधीनमा लिएका थिए” वा “धेरै मानिसहरू जसलाई भूतहरूले नियन्त्रण गरेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξέβαλεν τὰ πνεύματα λόγῳ
यहाँ “वचन”ले आज्ञालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले भूतात्माहरूलाई छाडेर जानलाई आदेश दिनुभयो” (हेर्नुहोस्ः लक्षणा)
Matthew 8:17
πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताले इस्राएलका मानिसहरूलाई भनेका अगमवाणीलाई येशूले पूरा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν
मत्तीले यशैया अगमवक्ताबाटको खण्डलाई उद्धरण गर्दैछन् । यी दुई वाक्यांशहरूका मूलभूत रूपमा एउटै अर्थ हुन्छ र उहाँले हाम्रा सबै रोगहरूलाई निको पार्नुभयो भन्ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “बिरामी भएकाहरूलाई निको पार्नुभयो र तिनीहरूलाई सन्चो बनाउनुभयो” (हेर्नुहोस्ः समान्तरता)
Matthew 8:18
यहाँ दृश्य परिवर्तन हुन्छ र उहाँलाई अनुसरण गर्न चाहने केही मानिसहरूलाई दिइएको येशूको जवाफको बारेमा बताउँछ ।
δὲ
यहाँ यो शब्दलाई प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
ἐκέλευσεν
“उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो”
Matthew 8:19
यसको अर्थ येशूले “निर्देशनहरू दिनुभए”पछि तर उहाँ डुङ्गामा चढ्नुभन्दा अगाडि भन्ने हुन्छ ।
ὅπου ἐὰν
कुनै पनि ठाउँमा
Matthew 8:20
αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις
येशूले यस उखानको साथमा जवाफ दिनुहुन्छ । यसको अर्थ हो कि जङ्गली जनावरहरूको पनि विश्राम गर्ने ठाउँ कतै छ । (हेर्नुहोस्ः हितोपदेश)
αἱ ἀλώπεκες
स्यालहरूचाहिँ कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरूले गुँडका चराहरू र अरू स-साना जनावरहरूलाई खान्छन् । यदि तपार्इंको क्षेत्रमा स्यालहरू अपरिचित छन् भने, कुकुरहरू जस्तै देखिने जनावरहरू वा अरू रौँदार पशुहरूलाई जनाउने कुनै साधारण शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
φωλεοὺς
स्यालहरूले बस्नको निम्ति जमिनमा दुला पार्दछन् । “स्यालहरू”को साटोमा तपार्इंले प्रयोग गर्नुभएको जनावर बस्ने ठाउँको निम्ति उचित शब्द प्रयोग गर्नुहोस् ।
ὁ…Υἱὸς τοῦ Ἀνθρώπου
येशू आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
यसले सुत्ने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवाद: “सुत्नको निम्ति उहाँको आफ्नै कुनै ठाउँ छैन” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 8:21
ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου
ती मानिसको बाबु मरिसकेका छन् र उनले तिनलाई तत्कालै गाडिदिनेछन्, अथवा ती मानिस आफ्नो बाबुको मृत्यु नहोउञ्जेलसम्म लामो समयसम्म बस्न चाहन्छन् ताकि पछि उनले तिनलाई तब गाड्न सकून् भन्ने कुरा अस्पष्ट छ । मुख्य कुरा यो हो कि ती मानिस येशूलाई पछ्याउनु भन्दा पहिले अरू नै केही गर्न चाहन्छन ।
Matthew 8:22
ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς
मुर्दाहरूले अन्य मुर्दाहरूलाई गाड्नेछन् भनेर येशूले शाब्दिक रूपमा भन्न खोज्नुभएको होइन । “मुर्दा”का सम्भावित अर्थहरूः १) चाँडै मर्नेहरूका लागि यो एउटा अलङ्कार हो, वा २) यो येशूको अनुसरण नगर्ने र आत्मिक रूपमा मरेकाहरूको लागि अलङ्कार हो । मुख्य कुरा यो हो कि चेलाले कुनै कुराले उसलाई येशूको पछि लाग्नलाई ढिलाइ गर्न दिनुहुँदैन । (हेर्नुहोस्ः रूपक)
Matthew 8:23
यहाँ दृश्य येशू र उहाँका चेलाहरूले गालील समुद्र पार गर्दा उहाँले आँधीलाई शान्त पार्नुभएको विवरणतर्फ सर्छ ।
καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον
“एउटा डुङ्गामा चढ्नुभयो”
ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ
तपार्इंले (मत्ती ८:२१-२) मा “चेला” र “पछ्याउनु”का लागि प्रयोग गर्नुभएका शब्दहरूलाई नै प्रयोग गर्ने कोसिस गर्नुहोस् ।
Matthew 8:24
ἰδοὺ
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “अचानक” वा “बिना कुनै चेतावनी”
σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रमा एउटा शक्तिशाली आँधी चल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले गर्दा डुङ्गालाई छालहरूले ढाकिदियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 8:25
ἤγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα!
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले पहिले येशूलाई उठाए र त्यसपछि तिनीहरूले भने, “हामीलाई बचाउनुहोस्” वा २) जसै तिनीहरूले येशूलाई उठाइरहेका थिए, तिनीहरूले “हामीलाई बचाउनुहोस्” भनिरहेका थिए ।
Κύριε, σῶσον, ἀπολλύμεθα!
यदि तपाईंले यी शब्दहरूलाई समावेशी वा असमावेशी शब्दको रूपमा अनुवाद गर्न आवश्यक पर्छ भने, तब समावेशी शब्द सर्वोत्तम हो । चेलाहरूको भनाइको अर्थ सम्भवतः येशूले चेलाहरू र उहाँ आफैँलाई डुब्नबाट बचाउनुभएको तिनीहरूले चाहन्थे भन्ने हो । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἀπολλύμεθα
“हामी मर्न लागिरहेका छौँ”
Matthew 8:26
αὐτοῖς
“चेलाहरूलाई”
τί δειλοί ἐστε, ὀλιγόπιστοι
येशूले चेलाहरूलाई यस आलङ्कारिक प्रश्नद्वारा हप्काइरहनुभएको थियो । वैकल्पिक अनुवाद: “तिमीहरू डराउनुहुँदैन, ... विश्वास ... !” वा “तिमीहरू डराउनुपर्ने कुनै कारण छैन, ... विश्वास ... !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὀλιγόπιστοι
“तिमीहरू जससँग त्यति कम विश्वास छ ।” येशूले उहाँका चेलाहरूलाई यसरी सम्बोधन गर्नुहुन्छ किनभने आँधीको कारण तिनीहरूलाई लागेको डरले देखाउँछ कि त्यसलाई उहाँले नियन्त्रण गर्न सक्नुहुन्छ भनेर तिनीहरूको उहाँमाथि थोरै मात्र विश्वास छ । तपाईंले यसलाई मत्ती ६:३० मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 8:27
ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν?
“बतासहरू र समुद्रले पनि उहाँको आज्ञा मान्दछन् ! उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ ?” यस आलङ्कारिक प्रश्नले चेलाहरू आश्चर्यचकित भएका थिए भन्ने कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “अहिलेसम्म हामीले देखेका मानिसहरूभन्दा यी मानिस फरक हुनुहुन्छ ! बतासहरू र छालहरूले पनि उहाँको आज्ञा मान्दछन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν
मानिसहरू वा जनावरहरूले आज्ञा मान्नु वा नमान्नु अचम्मको कुरा होइन, तर बतास र पानीले आज्ञा मान्नु भनेको ज्यादै अचम्मको कुरा हो । यस व्यक्तित्वकरणले प्राकृतिक तत्त्वहरूले मानिसहरूले जस्तै गरी सुन्न र प्रतिक्रिया दिन सक्षम भएका रूपमा वर्णन गर्छ । (हेर्नुहोस्ः मानवीकरण)
Matthew 8:28
यहाँ लेखक येशूले मानिसहरूलाई निको पार्नुहुने कुराको विषयवस्तुमा फर्कन्छन् । येशूले भूत लागेका दुईजना मानिसहरूलाई निको पार्नुभएको विवरणलाई यसले सुरु गर्छ ।
εἰς τὸ πέραν
“गालील समुद्रको पारिपट्टि”
τὴν χώραν τῶν Γαδαρηνῶν
गदरिनीहरूलाई गदरा सहरबाट नाम राखिएको थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
δύο δαιμονιζόμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती दुई मानिसहरू जसलाई भूतहरूले अधीनमा लिएका थिए” वा “दुई मानिसहरू जसलाई भूतहरूले नियन्त्रण गरिरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χαλεποὶ λείαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης
ती दुई जना मानिसहरूलाई नियन्त्रण गरिरहेका भूतहरू यति धेरै खतरनाक थिए कि कोही पनि त्यस क्षेत्रबाट भएर जान सक्दैनथ्यो ।
Matthew 8:29
ἰδοὺ
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ Θεοῦ?
भूतहरूले एउटा प्रश्नको प्रयोग गर्छन् तर तिनीहरू येशूप्रति शत्रुतापूर्ण भइरहेका छन् । वैकल्पिक अनुवादः “हे परमेश्वरको पुत्र, हामीलाई दुःख नदिनुहोस् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Υἱὲ τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς
फेरि पनि, भूतहरूले शत्रुतापूर्ण ढङ्गले एउटा प्रश्नको प्रयोग गर्दै छन् । वैकल्पिक अनुवादः “एउटा खास समय जब परमेश्वरले हामीलाई दण्ड दिनुहुन्छ, त्यसभन्दा अगि नै हामीलाई दण्ड दिनुभएर तपार्इंले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 8:30
δὲ
मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि यो शब्दलाई यहाँ प्रयोग गरिएको छ । यहाँ मत्तीले एक हुल सुँगुरहरूको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् जुन येशू आइपुग्नुभन्दा अगिबाट नै त्यहाँ थिए । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Matthew 8:31
εἰ ἐκβάλλεις ἡμᾶς
भूतहरूलाई येशूले तिनीहरूलाई बाहिर निकाल्न लाग्नुभएको थियो भनेर थाहा थियो भन्ने कुरा बुझिएको छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंले हामीलाई बाहिर निकाल्न लाग्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἡμᾶς
यो असमावेशी हो जसमा भूतहरू मात्र पर्छन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Matthew 8:32
αὐτοῖς
यसले मानिसहरूभित्र भएको भूतहरूलाई जनाउँछ ।
οἱ…ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους
“ती भूतात्माहरूले त्यस मानिसलाई छोडे र सुँगुरहरूभित्र प्रवेश गरे”
ἰδοὺ
यसपछि आउने आश्चर्यलाग्दो जानकारीलाई ध्यान दिनका लागि यसले हामीलाई सचेत गराउँछ ।
ὥρμησεν…κατὰ τοῦ κρημνοῦ
“भिरालो पहाडबाट तल्तिर छिटो-छिटो दौडे”
ἀπέθανον ἐν τοῖς ὕδασιν
“तिनीहरू पानीमा खसे र डुबे”
Matthew 8:33
येशूले भूत लागेका दुईजना मानिसहरूलाई निको पार्नुभएको घटनाको विवरणलाई यसले अन्त गर्दछ ।
οἱ…βόσκοντες
“सुँगुरहरूको हेरचाह गरिरहेका”
τὰ τῶν δαιμονιζομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतात्माहरूले वशमा राखेका मानिसहरूलाई सहायता गर्न येशूले के गर्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 8:34
ἰδοὺ
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
πᾶσα ἡ πόλις
“सहर” शब्द चाहिँ त्यस सहरका मानिसहरूका लागि प्रतिस्थापन शब्द हो । “सारा” शब्द चाहिँ कति धेरै मानिसहरू बाहिर आए भन्ने कुरालाई जोड दिनका लागि सम्भवतः अतिरञ्जन गरिएको कुरा हो । प्रत्येक व्यक्ति नै बाहिर आएको हुनुपर्छ भन्ने जरुरी छैन । (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)
τῶν ὁρίων αὐτῶν
“तिनीहरूको क्षेत्र”
Matthew 9
मत्ती ०९ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पापीहरू”
जब येशूको समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गर्थे, तिनीहरूले मोशाको व्यवस्था पालन नगर्ने र बरु चोरी गर्ने वा यौन समबन्धीका पापहरू गर्ने मानिसहरूका बारेमा कुरा गरिरहेका हुन्थे । जब येशूले भन्नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँले भन्न खोज्नुभएको कुरा चाहिँ आफूहरूलाई पापीहरू हौँ भनी विश्वास गर्ने मानिसहरू मात्र उहाँका अनुयायीहरू हुन सक्छन् भन्ने हो । यो कुरा धेरै मानिसहरूले तिनीहरूलाई “पापीहरू”को रूपमा नठाने तापनि सत्य हो । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
कर्म वाच्य
यस अध्यायमा भएका थुप्रै वाक्यहरूले कुनै व्यक्तिमाथि घटेको कुरा कसले गराएको थियो भन्ने जानकारी नदिइकनै त्यस व्यक्तिलाई भएको केही कुराको बारेमा बताउँछन् । तपाईंले त्यस वाक्यलाई अनुवाद गर्नुपर्ने हुन सक्छ ताकि त्यो घटनाको कर्ता को थियो भनी त्यसले पाठकलाई बताउँछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
आलङ्कारिक प्रश्नहरू
यस अध्यायका वक्ताहरूले त्यस्ता प्रश्नहरू सोधे जसका जवाफ तिनीहरूलाई पहिले नै थाहा थियो । तिनीहरू आफ्ना श्रोताहरूसँग खुशी थिएनन् भनेर दर्शाउनका लागि वा तिनीहरूलाई सिकाउनका लागि वा तिनीहरूलाई विचार गर्ने तुल्याउनका लागि तिनीहरूले प्रश्नहरू सोधे । तपाईंको भाषामा यसो गर्ने अरू कुनै तरिका हुन सक्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
उखानहरू
उखानहरू धेरै छोटा वाक्यहरू हुन् जसले मूलभूत रूपमा सत्य रहेका कुराहरूको बारेमा भन्नलाई ती शब्दहरू प्रयोग गर्छन् जुन सम्झनलाई सजिला हुन्छन् । उखान बुझ्ने मानिसहरूमा सामान्यतया वक्ताको भाषा र संस्कृतिको बारेमा राम्रो ज्ञान हुनुपर्छ । जब तपाईंले यस अध्यायमा भएका उखानहरूलाई अनुवाद गर्नुहुन्छ, तपाईंले वक्ताले प्रयोग गरेकाभन्दा थुप्रै बढी शब्दहरूको प्रयोग गर्नुपर्ने हुन सक्छ ताकि तपाईंले ती श्रोताहरूलाई थाहा भएका तर तपाईंको पाठकलाई थाहा नभएको हुन सक्ने जानकारी थप्न सक्नुभएको होस् । (हेर्नुहोस्ः हितोपदेश)
Matthew 9:1
मत्ती विषयवस्तुतर्फ फर्कन्छन्, जुन उनले मत्ती ८:१ मा सुरु गरेका थिए, जुन येशूले मानिसहरूलाई चङ्गाइ गर्नुभएको सम्बन्धमा छ । येशूले एक पक्षाघाती मानिसलाई निको पार्नुभएको कुराको विवरणलाई यसले सुरु गर्छ ।
चेलाहरू पनि येशूसँगै थिए भनेर बुझिएको छ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πλοῖον
यो सम्भवतः मत्ती ८:२३ मा उल्लेख गरिएको डुङ्गा नै हो । अस्पष्टतालाई हटाउन आवश्यक परेको खण्डमा मात्रै तपाईंले यसलाई प्रस्ट बनाउन जरुरी हुन्छ ।
εἰς τὴν ἰδίαν πόλιν
“त्यस सहरमा जहाँ उहाँ बस्नुहुन्थ्यो ।” यसले कफर्नहुमलाई जनाउँछ ।
Matthew 9:2
ἰδοὺ
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसलाई देखाउने तरिका हुन सक्छ ।
προσέφερον
“सहरबाटका केही मानिसहरू”
τὴν πίστιν αὐτῶν
यसले ती मानिसहरूको विश्वासलाई जनाउँछ र पक्षाघात भएको मानिसको विश्वासलाई पनि समेटेको हुन सक्छ ।
τέκνον
त्यो मानिस येशूको वास्तविक छोरा थिएन । येशू उससँग नम्र प्रकारले बोलिरहनुभएको थियो । यदि यो अलमल्याउने किसिमको हुन्छ भने, यसलाई “मेरो मित्र” वा “हे जवान मानिस” भनेर पनि अनुवाद गर्न सकिन्छ वा हटाउन पनि सकिन्छ ।
ἀφίενταί σου αἱ ἁμαρτίαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रा पापहरू क्षमा गरेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:3
ἰδού
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἐν ἑαυτοῖς
सम्भावित अर्थहरू हुन् १) हरेकले मनैमन सोचिरहेको थियो, वा २) तिनीहरू एक आपसमा कुरा गरिरहेका थिए ।
βλασφημεῖ
येशूले ती कुराहरू गर्नलाई सक्षम हुनुभएको दाबी गर्दै हुनुहुन्थ्यो जुन परमेश्वरले मात्र गर्न सक्नुहुन्छ भनेर शास्त्रीहरूले विचार गरे ।
Matthew 9:4
ἰδὼν…τὰς ἐνθυμήσεις αὐτῶν
तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले कि त अलौकिक रीतिले थाहा गर्नुभयो कि तिनीहरूले एक अर्कासँग कुरा गरिरहेका देख्नुभएको कारणले थाहा गर्नुभयो ।
ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν?
येशूले शास्त्रीहरूलाई हप्काउनका लागि यो प्रश्नको प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
πονηρὰ
यो नैतिक खराबी वा दुष्टता हो, तथ्यमा भएको सामान्य त्रुटि मात्र होइन ।
ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदय”ले तिनीहरूको दिमाग वा विचारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Matthew 9:5
τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, ἀφέωνται σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει?
उहाँले पापहरू माफ गर्न सक्नुहुन्थ्यो वा हुन्थेन भन्ने कुरालाई के कुराले प्रमाणित गर्न सक्छ भन्ने बारेमा शास्त्रीहरूलाई विचार गर्ने बनाउनका लागि येशूले यो प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू क्षमा भएका छन् ।’ भन्नु अझ बढी कठिन हुन्छ भनेर तिमीहरूले सोच्न सक्छौ किनभने मैले कुनै मानिसलाई निको पार्न सक्छु वा सक्दिन भन्ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्ने कुराद्वारा देखाइनेछ ।” वा “‘उठ र हिँड’ भन्नुभन्दा ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्नु बढी सजिलो हुन्छ भनेर तिमीहरूले सोच्न सक्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί…ἐστιν εὐκοπώτερον εἰπεῖν, ἀφέωνται σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει?
यी उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुन चाहिँ बढी सजिलो छ, कसैलाई उसका पापहरू क्षमा भएका छन् भन्न, वा उसलाई उठ र हिँड भन्न ?” वा “कसैलाई उठ र हिँड भन्नुभन्दा उसका पापहरू क्षमा भएका छन् भन्नु बढी सजिलो हुन्छ भनी तिमीहरूले सोच्न सक्छौ ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἀφέωνται σου αἱ ἁμαρτίαι
यहाँ “तिम्रा” शब्द एकवचनमा छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेले तिम्रा पापहरू क्षमा गरेको छु” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:6
ἵνα δὲ εἰδῆτε
“म तिमीहरूलाई प्रमाणित गरिदिनेछु ।” “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
σου τὴν κλίνην…τὸν οἶκόν σου
यहाँ “तिमी” शब्द एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὕπαγε εἰς τὸν οἶκόν σου
येशूले त्यस मानिसलाई अन्त जानलाई मनाही गरिरहनुभएको छैन । उहाँले ती मानिसलाई घर जाने मौका दिइरहनुभएको छ ।
Matthew 9:7
येशूले पक्षाघाती मानिसलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले अन्त गर्दछ । त्यसपछि येशूले एकजना कर उठाउने व्यक्तिलाई उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ ।
Matthew 9:8
τὸν δόντα
“किनभने उहाँले दिनुभएको थियो”
ἐξουσίαν τοιαύτην
यसले पापहरू क्षमा भएको घोषणा गर्ने अधिकारलाई जनाउँछ ।
Matthew 9:9
καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν
यस वाक्यांशले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
παράγων
“ ... लाई छोड्दै हुनुहुन्थ्यो” वा “गइरहनुभएको थियो”
Μαθθαῖον…αὐτῷ…ἠκολούθησεν
मण्डलीको परम्पराले भन्छ कि यी मत्ती नै यस सुसमाचारका लेखक हुन्, तर यस खण्डले “तिनलाई” र “तिनी” भन्ने सर्वनामहरूलाई “मलाई” र “म” भन्ने सर्वनामहरूमा परिवर्तन गर्ने कुनै कारण दिँदैन ।
λέγει αὐτῷ
“येशूले मत्तीलाई भन्नुभयो”
ἀναστὰς, ἠκολούθησεν αὐτῷ
“मत्ती उठे र येशूको पछि लागे ।” यसको अर्थ मत्ती येशूको चेला बने भन्ने हुन्छ ।
Matthew 9:10
यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएका हुन् ।
τῇ οἰκίᾳ
यो सम्भवतः मत्तीको घर हो, तर यो येशूको घर पनि हुन सक्छ । अस्पष्टता हटाउन आवश्यक परेको खण्डमा मात्रै त्यसलाई प्रस्ट गर्नुहोस् ।
ἰδοὺ
यसले ठूलो कथाभित्रै अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἁμαρτωλοὶ
ती मानिसहरू जसले मोशाको व्यवस्थालाई पालन गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे
Matthew 9:11
καὶ ἰδόντες, οἱ Φαρισαῖοι
“जब फरिसीहरूले येशू कर उठाउनेहरू र पापी मानिसहरूसँग बसेर खाइरहनुभएको देखे”
διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν?
येशूले गरिरहनुभएको कुराको आलोचना गर्न फरिसीहरूले यो प्रश्नको प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 9:12
यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएका हुन् ।
ὁ δὲ ἀκούσας
यहाँ “यो” शब्दले येशूले कर उठाउनेहरू र पापी मानिसहरूसँग बसेर खानुभएको सम्बन्धमा फरिसीहरूले सोधेका प्रश्नलाई जनाउँछ ।
οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες
येशूले एउटा उखानबाट जवाफ दिनुहुन्छ । उहाँको तात्पर्य यो हो कि उहाँ यस्ता खालका मानिसहरूसँग खानुहुन्छ किनभने उहाँ पापीहरूलाई सहयोग गर्न आउनुभएको हो । (हेर्नुहोस्ः हितोपदेश)
οἱ ἰσχύοντες
“स्वस्थ मानिसहरू”
ἰατροῦ
वैद्य
οἱ κακῶς ἔχοντες
“चिकित्सकको आवश्यकता हुन्छ” भन्ने वाक्यांश बुझिएको छ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरूलाई चिकित्सकको आवश्यकता हुन्छ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 9:13
πορευθέντες δὲ, μάθετε τί ἐστιν
येशूले धर्मशास्त्रलाई उद्धरण गर्न लाग्नुभएको छ । वैकल्पिक अनुवाद: “परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको कुराको अर्थ तिमीहरूले सिक्नुपर्छ ।”
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र फरिसीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἔλεος θέλω καὶ οὐ θυσίαν
होशे अगमवक्ताले धर्मशास्त्रमा लेखेका कुराहरूलाई येशू उद्धरण गर्दै हुनुहुन्छ । यहाँ, “म”ले परमेश्वरलाई जनाउँछ ।
οὐ γὰρ ἦλθον
यहाँ “म”ले येशूलाई जनाउँछ ।
δικαίους
येशूले व्यङ्ग्यको प्रयोग गर्दै हुनुहुन्छ । उहाँ मान्नुहुन्न कि त्यहाँ कोही त्यस्ता मानिसहरू छन् जो धर्मी छन् र जसलाई पश्चाताप गर्न आवश्यकता छैन । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफूहरूलाई धर्मी ठान्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)
Matthew 9:14
येशूका चेलाहरूले उपवास बस्दैनन् भन्ने सम्बन्धमा भएको तथ्यको बारेमा बप्तिस्मा दिने यूहन्नाका चेलाहरूले प्रश्न गर्छन् ।
οὐ νηστεύουσιν
“निरन्तर खाइरहन्छन्”
Matthew 9:15
μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος?
येशूले यूहन्नाको चेलाहरूलाई जवाफ दिन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरू सबैलाई थाहा थियो कि विवाह उत्सवमा मानिसहरू शोक मनाउँदैनन् र उपवास बस्दैनन् । उहाँ अझै पनि उहाँका चेलाहरूसँग त्यहाँ हुनुभएका कारण उहाँका चेलाहरूले शोक मनाउँदैनन् भनेर देखाउनका लागि येशूले यस उखानलाई प्रयोग गर्नुहुन्छ । यस उखानलाई आफ्ना चेलाहरू शोक गर्दैनन् भनेर देखाउन प्रयोग गर्नुभयो किनभने उहाँ अझै तिनीहरूसँग हुनुहुन्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि हितोपदेश)
ἐλεύσονται δὲ ἡμέραι ὅταν
यो भविष्यमा भएको कुनै समयलाई जनाउने तरिका हो । वैकल्पिक अनुवादः “त्यो समय आउनेछ जब” वा “कुनै दिन”
ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा तिनीहरूसँग अरू बढी भइरहन सक्नेछैनन्” वा “कसैले दुलहालाई तिनीहरूबाट टाढा लानेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπαρθῇ
येशूले सम्भवतः उहाँको आफ्नै मृत्युलाई जनाइरहनुभएको छ, तर यसलाई यहाँ अनुवादमा प्रस्ट बनाइनुहुँदैन । विवाहको चित्रणलाई बनाइराख्नका लागि, दुलहा त्यहाँ अरू बढी हुनेछैनन् भनेर मात्र उल्लेख गर्नु बेस हुन्छ ।
Matthew 9:16
यूहन्नाका चेलाहरूले सोधेका प्रश्नको जवाफ दिनलाई येशूले निरन्तरता दिनुहुन्छ । मानिसहरूले एकसाथ नराख्ने पुरानो र नयाँ कुराहरूका दुई उदाहरणहरू दिनुभएर उहाँले यसो गर्नुभयो ।
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ
“कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा सिलाउँदैन” वा “मानिसहरूले पुरानो वस्त्रको फाटेको ठाउँमा छोप्नलाई टालोको रूपमा नयाँ कपडाको टुक्रा सिलाउदैनन्”
ἱματίῳ παλαιῷ…τοῦ ἱματίου
“पुरानो लुगा ... लुगा”
αἴρει…τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου
यदि कसैले त्यस कपडालाई धुने हो भने, नयाँ कपडाको टालो खुम्चिनेछ, तर पुरानो कपडा खुम्चिनेछैन । यसले टालोलाई वस्त्रबाट फटाउनेछ र झन् ठूलो प्वाल छोड्नेछ ।
τὸ πλήρωμα αὐτοῦ
“नयाँ कपडाको टुक्रा ।” यो पुरानो वस्त्रमा भएको प्वाललाई छोप्नका लागि प्रयोग गरिने कपडाको टुक्रा हो ।
χεῖρον σχίσμα γίνεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले फटाइलाई झन् खराब बनाउनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:17
यूहन्नाका चेलाहरूले सोधेका प्रश्नको जवाफ दिनलाई येशूले निरन्तरता दिनुहुन्छ ।
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς
यूहन्नाका चेलाहरूलाई जवाफ दिनका लागि येशूले अर्को उखानको प्रयोग गर्नुहुन्छ । यो उखानको अर्थ मत्ती ९:१६ मा भएको उखानको जस्तै हो ।
οὐδὲ βάλλουσιν
“नता कसैले ... खन्याउँछ” वा “मानिसहरूले कहिल्यै पनि ... राख्दैनन्”
οἶνον νέον
यसले खमिर नमिसाइएको मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुरहरूको बारेमा थाहा छैन भने, फलफुलको लागि भएको साधारण शब्दलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “अङ्गुरको रस” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἀσκοὺς παλαιούς
यसले ती मद्यका मशकहरूलाई जनाउँछ जुन पहिल्यैबाट नै तन्किसकेका र सुकिसकेका छन् किनभने तिनीहरू दाखमद्यमा खमिर मिसाउन पहिले नै प्रयोग गरिएका थिए ।
ἀσκοὺς
“दाखमद्य राख्ने झोलाहरू” वा “छालाका झोलाहरू ।” यी जनावरका छालाहरूबाट बनाइएका थैलीहरू थिए ।
ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि यसले मशकहरूलाई नष्ट गर्नेछ र दाखमद्य पोखाउनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ῥήγνυνται οἱ ἀσκοί
जब नयाँ दाखमद्यमा खमिर मिसाइएपछि त्यो फैलिन्छ, छालाहरू च्यातिनेछन् किनभने ती अब अरू बढी तन्कन सक्दैनन् ।
ἀσκοὺς καινούς
“दाखमद्य राख्ने नयाँ मशकहरू” वा “दाखमद्य राख्ने नयाँ झोलाहरू ।” यसले कसैले प्रयोग नगरेको मशकलाई जनाउँछ ।
ἀμφότεροι συντηροῦνται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले दाखमद्यको मशक र दाखमद्य दुवैलाई सुरक्षित राख्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:18
यस खण्डले येशूले एक यहूदी अधिकारीकी छोरीलाई तिनी मरिसकेपछि जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणलाई सुरु गर्छ ।
ταῦτα
यसले यूहन्नाका चेलाहरूलाई येशूले उपवासको बारेमा दिनुभएको जवाफलाई जनाउँछ ।
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
προσεκύνει αὐτῷ
यो चाहिँ यहूदी संस्कृतिमा कुनै व्यक्तिले आदर देखाउने एउटा तरिका हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν καὶ ζήσεται
तिनकी छोरीलाई फेरि जीवनमा फर्काउने शक्ति येशूसँग छ भनेर त्यस यहूदी अधिकारीले विश्वास गर्थे भन्ने कुरालाई यसले देखाउँछ ।
Matthew 9:19
οἱ μαθηταὶ αὐτοῦ
“येशूका चेलाहरू”
Matthew 9:20
येशू ती यहूदी अधिकारीको घरतर्फको बाटोमा जाँदै गर्नुहुँदा उहाँले कसरी अर्की एक स्त्रीलाई निको पार्नुभयो भन्ने कुरालाई यस खण्डले वर्णन गर्छ ।
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
αἱμορροοῦσα
“जसलाई रगत बग्ने भइरहेको थियो” वा “जसलाई बारम्बार रगत जाने भइरहेको थियो ।” तिनलाई सम्भवतः ठीक समय नभए तापनि तिनको गर्भबाट रगत बग्ने भइरहेको थियो । केही संस्कृतिहरूमा यस अवस्थालाई जनाउने नम्र शैली हुन सक्छ । (हेर्नुहोस्ः व्यञ्जना)
δώδεκα ἔτη
“१२ वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τοῦ ἱματίου αὐτοῦ
“उहाँको पोशाक” वा “जे उहाँले लगाइरहनुभएको थियो”
Matthew 9:21
ἔλεγεν γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.
तिनले येशूको वस्त्रलाई छुनु अगाडि आफैँलाई यसो भनिन् । तिनले येशूको वस्त्रलाई किन छोइन् भनेर यसले भन्छ । (हेर्नुहोस्ः घटनाक्रमहरू अनि पदका पुलहरू)
ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ
यहूदी व्यवस्थाअनुसार, तिनलाई रक्तस्राव भइरहेको कारण तिनले कसैलाई छुन हुँदैनथ्यो । येशूको शक्तिले तिनलाई निको पारोस् भनेर तिनले उहाँका वस्त्रहरूलाई छोइन् र त्यस गर्दा पनि (तिनले सोचिन्) तिनले उहाँलाई छोइन् भनेर उहाँलाई थाहा हुने थिएन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 9:22
ὁ δὲ Ἰησοῦς
“त्यस स्त्रीले गोप्य तवरमा उहाँलाई छुने आश गरिरहेकी थिइन्, तर येशू”
θύγατερ
ती स्त्री येशूकी वास्तविक छोरी थिइनन् । येशूले तिनीसँग नम्रतापूर्वक बोलिरहनुभएको थियो । यदि यो अलमल्याउने हुन्छ भने, यसलाई “हे जवान स्त्री” भनेर अनुवाद गर्न सकिन्छ वा यसलाई हटाउन पनि सकिन्छ ।
ἡ πίστις σου σέσωκέν σε
“किनभने तिमी ममाथि विश्वास गर्यौ, म तिमीलाई निको पार्नेछु”
ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनलाई त्यति नै खेर निको पार्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:23
यस खण्डले येशूले त्यस यहूदी अधिकारीकी छोरीलाई जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणतर्फ फर्काउँछ ।
τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
यो चाहिँ कोही मरेको व्यक्तिको लागि शोक गर्नलाई चलेको चलन थियो ।
τοὺς αὐλητὰς
“बाँसुरी बजाउने मानिसहरू”
Matthew 9:24
ἀναχωρεῖτε
येशू धेरै मानिसहरूसँग कुरा गरिरहनुभएको थियो, त्यसैले यदि तपार्इंको भाषामा बहुवचनको छुट्टै शब्द छ भने बहुवचनमा भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
οὐ…ἀπέθανεν τὸ κοράσιον, ἀλλὰ καθεύδει
येशू शब्दहरूमा भएको खेललाई प्रयोग गर्दै हुनुहुन्छ । येशूको समयमा मृत व्यक्तिलाई “निदाएको” कोही व्यक्तिको रूपमा जनाउनु चाहिँ सामान्य कुरा थियो । तर यहाँ मरेकी केटी उठ्नेछिन्, मानौँ तिनी सुतिरहेकी मात्र थिइन् । (हेर्नुहोस्ः व्यञ्जना)
Matthew 9:25
पद २६ चाहिँ सारांश दिने कथन हो जसमा येशूले त्यस ठिटीलाई मृतकबाट बिउँताउनुभएको कुराको परिणामलाई वर्णन गरिएको छ ।
यस खण्डले येशूले ती अधिकारीकी छोरीलाई जीवनमा फिर्ता ल्याउनुभएको घटनाको विवरणलाई अन्त गर्दछ ।
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भीडलाई बाहिर पठाउनुभएपछि” वा “परिवारले भीडलाई बाहिर पठाइसकेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἠγέρθη
“ओछ्यानबाट उठिन् ।” यसको अर्थ मत्ती ८:१५ मा भएको जस्तै हो ।
Matthew 9:26
καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην
“त्यस सारा क्षेत्रका मानिसहरूले यस खबरको बारेमा सुने” वा “ती ठिटी जीवित भएकी देख्ने मानिसहरूले त्यो कुराको बारेमा सारा क्षेत्रका मानिसहरूलाई भन्न थाले”
Matthew 9:27
यस खण्डले येशूले दुई दृष्टिविहीन मानिसहरूलाई निको पार्नुभएको घटनाको विवरणलाई सुरु गर्छ ।
καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ
जसै येशू त्यस क्षेत्रलाई छोडेर जाँदै हुनुहुन्थ्यो
παράγοντι…τῷ Ἰησοῦ
“छोडेर जाँदै हुनुहुन्थ्यो” वा “गइरहनुभएको थियो”
ἠκολούθησαν αὐτῷ
यसको अर्थ तिनीहरू येशूको पछाडि हिँडिरहेका थिए भन्ने हुन्छ, तिनीहरू उहाँका चेलाहरू नै बनेका हुन आवश्यक छैन ।
ἐλέησον ἡμᾶς
येशूले तिनीहरूलाई निको पार्नुभएको तिनीहरू चाहन्थे भन्ने अर्थलाई बुझिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Υἱὲ Δαυείδ
येशू दाऊदका वास्तविक पुत्र हुनुहुन्नथ्यो, त्यसैले यसलाई “दाऊदका सन्तान” भनेर अनुवाद गर्न सकिन्छ । तापनि, “दाऊदका पुत्र” भनेको मसिहको लागि एउटा नाउँ पनि हो, र मानिसहरूले सम्भवतः येशूलाई यस नाउँद्वारा बोलाइरहेका थिए ।
Matthew 9:28
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν
यो कि त येशूको आफ्नै घर हुन सक्छ वा मत्ती ९:१० मा उल्लेख गरिएको घर हुन सक्छ ।
ναί, Κύριε
तिनीहरूको पूरा जवाई उल्लेख गरिएको छैन, तर बुझिएको छ । वैकल्पिक अनुवादः “ज्यू, प्रभु, हामी विश्वास गर्छौँ कि तपाईंले हामीलाई निको पार्न सक्नुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 9:29
ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων
उहाँले ती दुवै मानिसहरूका आँखाहरूलाई एकै पटकमा छुनुभयो वा दाहिने हात प्रयोग गर्नुभएर पहिले एउटालाई अनि त्यसपछि अर्कोलाई छुनुभयो भन्ने कुरा स्पष्ट छैन । किनकि परम्परागत रूपमा देब्रे हात चाहिँ अशुद्ध कार्यहरूका लागि प्रयोग गरिन्थ्यो, उहाँले आफ्नो दाहिने हातलाई मात्र प्रयोग गर्नुभएको हुने सम्भावना धेरै प्रबल छ । उहाँले तिनीहरूलाई छुँदै गर्दा बोल्नुभयो वा तिनीहरूलाई पहिला छुनुभयो अनि त्यसपछि तिनीहरूसँग बोल्नुभयो भन्ने कुरा पनि प्रस्ट छैन ।
κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्वास गरेअनुसार म गर्नेछु” वा “किनभने तिमीहरू विश्वास गर्छौ, म तिमीहरूलाई निको पार्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:30
ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί
यसको अर्थ तिनीहरू देख्न सक्ने भए भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका आँखाहरूलाई निको पार्नुभयो” वा “ती दुई दृष्टिविहीन मानिसहरू देख्न सक्षम भए” (हेर्नुहोस्ः टुक्काहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
ὁρᾶτε μηδεὶς γινωσκέτω
यहाँ “ख्याल गर्नु” भनेको “पक्का हुनु” हो । वैकल्पिक अनुवादः “यस बारेमा कसैले पनि पत्ता लगाउँदैन भनेर पक्का होऊ” वा “मैले तिमीहरूलाई निको पारेँ भनेर कसैलाई पनि नभन” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 9:31
οἱ δὲ
“ती दुई मानिसहरूले येशूले तिनीहरूलाई भन्नुभएको कुरा गरेनन् । तिनीहरूले”
διεφήμισαν αὐτὸν
“तिनीहरूलाई के भएको थियो भनेर धेरै मानिसहरूलाई बताए”
Matthew 9:32
यो चाहिँ भूत लागेको एउटा मानिस जो बोल्न सक्दैनथ्यो, येशूले त्यसलाई निको पार्नुभएको घटना र मानिसहरूले कसरी प्रतिक्रिया जनाए भन्ने बारेमा भएको विवरण हो ।
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले बोल्न नसक्ने एउटा मानिस ... येशूकहाँ ... ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κωφὸν
बोल्न नसक्ने
ἄνθρωπον κωφὸν δαιμονιζόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई एउटा भूतले अधीनमा राखेको थियो” वा “जसलाई भूतले नियन्त्रण गरिरहेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:33
ἐκβληθέντος τοῦ δαιμονίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भूतलाई बाहिर निस्कन कर लगाउनुभएपछि” वा “येशूले भूतलाई छोडेर जान अह्राउनु भइसकेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐλάλησεν ὁ κωφός
“गूँगो मानिस बोल्न थाल्यो” वा “गूँगो अवस्थामा रहेको मानिस बोल्यो” वा “त्यो मानिस, जो अब गूँगो थिएन, बोल्यो”
ἐθαύμασαν οἱ ὄχλοι
“मानिसहरू अचम्मित भए”
οὐδέποτε ἐφάνη οὕτως
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो पहिला कहिल्यै भएको छैन” वा “कसैले पनि यस्तो कुरा पहिला कहिल्यै गरेको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 9:34
ἐκβάλλει τὰ δαιμόνια
“उहाँले भूतहरूलाई बाहिर निस्कन कर लगाउनुहुन्छ”
ἐκβάλλει
“उहाँ” सर्वनामले येशूलाई जनाउँछ ।
Matthew 9:35
पद ३६ ले कथाको नयाँ भागलाई सुरु गर्छ जहाँ येशूले आफ्ना चेलाहरूलाई सिकाउनुहुन्छ र तिनीहरूलाई प्रचार गर्न र उहाँले जस्तै गरी निको पार्न पठाउनुहुन्छ ।
पद ३५ चाहिँ गालीलमा भएको येशूको चङ्गाइको सेवकाइको बारेमा भएको कथाको भागको अन्त हो जुन मत्ती ८:१ मा सुरू भएको थियो । (हेर्नुहोस्ः कथाको समापन)
τὰς πόλεις πάσας
येशू कति धेरै सहरहरूमा जानुभयो भनेर जोड दिनका लागि “सबै” भन्ने शब्द चाहिँ अतिशयोक्ति हो । उहाँ तिनीहरू हरेकमा नै जानुभएको हुन आवश्यक छैन । वैकल्पिक अनुवाद: “धेरैजसो सहरहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
πόλεις…κώμας
“ठूला गाउँहरू ... साना गाउँहरू” वा “ठूला सहरहरू ... साना सहरहरू”
τὸ εὐαγγέλιον τῆς βασιλείας
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । तपाईंले यसलाई मत्ती ४:२३ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले आफैँलाई राजाको रूपमा देखाउनुहुनेछ भन्ने विषयमा भएको सुसमाचार प्रचार गर्दै” (हेर्नुहोस्ः भाववाचक नाम)
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्ने शब्दहरू धेरै सम्बन्धित छन्, तर सम्भव भएमा यी दुई शब्दहरूलाई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” चाहिँ मानिसलाई “बिमारी” बनाउने कुरा हो । “बिमारी” भनेको शारीरिक कमजोरी वा कष्ट हो जुन रोगको कारणले उत्पन्न हुन्छ ।
Matthew 9:36
ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα
यो उपमाको अर्थ तिनीहरूलाई डोहोर्याउने कुनै पनि अगुवा तिनीहरूसँग थिएनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूसँग कुनै अगुवा थिएन” (हेर्नुहोस्ः उपमा)
Matthew 9:37
अघिल्लो खण्डमा उल्लेख गरिएका भीडहरूका खाँचोहरूप्रति चेलाहरूले कसरी प्रतिक्रिया जनाउनुपर्छ भनेर तिनीहरूलाई बताउनका लागि येशूले फसल सम्बन्धीको एउटा उखानको प्रयोग गर्नुहुन्छ ।
ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι
येशूले आफूले देखिरहनुभएको कुराप्रति प्रतिक्रिया जनाउनका लागि एउटा उखानको प्रयोग गर्नुहुन्छ । येशूको भनाइको अर्थ यो हो कि त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई विश्वास गर्न तयार छन् तर तिनीहरूलाई परमेश्वरको सत्यता सिकाउनका लागि थोरै मात्र मानिसहरू छन् । (हेर्नुहोस्ः हितोपदेश)
ὁ μὲν θερισμὸς πολύς
“सबैजनाले सङ्कलन गर्नका लागि पाकेको बाली त्यहाँ टन्नै छ”
ἐργάται
“कामदारहरू”
Matthew 9:38
δεήθητε…τοῦ Κυρίου τοῦ θερισμοῦ
“परमेश्वरलाई प्रार्थना गर, किनभने उहाँसँग फसलमाथि अधिकार छ”
Matthew 10
मत्ती १० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
बाह्र चेलाहरूलाई पठाउने कार्य
येशूले कसरी बाह्र चेलाहरूलाई पठाउने कार्य गर्नुभयो भनी यस अध्यायका धेरै पदहरूले वर्णन गर्छन् । स्वर्गको राज्यको बारेमा भएको उहाँको सन्देश भन्नका लागि उहाँले तिनीहरूलाई पठाउनुभयो । तिनीहरूले इस्राएलमा मात्र उहाँको सन्देश सुनाउनुपर्थ्यो र अन्यजातिहरूलाई सुनाउनुहुने थिएन ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
बाह्र चेलाहरू
बाह्र चेलाहरूका सूचीहरू निम्नानुसार छन्ः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कूसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
यो कुरा सम्भाव्य छ कि थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्तिका दुई नामहरू हुन् ।
“स्वर्गको राज्य नजिकै आएको छ”
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
Matthew 10:1
येशूले उहाँको कार्य गर्नको निम्ति आफ्ना बाह्र चेलाहरूलाई पठाउनुभएको घटनाको विवरणलाई यस खण्डले सुरु गर्छ ।
προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ
“१२ चेलाहरूलाई डाक्नुभयो” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἔδωκεν αὐτοῖς ἐξουσίαν
पक्का गर्नुहोस् कि यो अधिकार १) अशुद्ध आत्माहरूलाई धपाउन र २) रोग र बिमारीलाई निको पार्नका लागि थियो भनेर खण्डले प्रस्टसँग बताउँछ ।
ὥστε ἐκβάλλειν αὐτὰ
“अशुद्ध आत्माहरूलाई छोडेर जाने बनाउन”
πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
“हरेक रोग र हरेक बिमारी ।” “रोग” र “बिमारी” भन्ने शब्दहरू धेरै सम्बन्धित छन्, तर सम्भव भएमा यी दुई शब्दहरूलाई भिन्न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” चाहिँ मानिसलाई “बिमारी” बनाउने कुरा हो । “बिमारी” भनेको शारीरिक कमजोरी वा कष्ट हो जुन रोगको कारणले उत्पन्न हुन्छ ।
Matthew 10:2
यहाँ लेखकले पृष्ठभूमि जानकारीको रूपमा बाह्र प्रेरितहरूका नाउँहरू प्रदान गर्छन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले बाह्र प्रेरितहरूका बारेमा पृष्ठभूमि जानकारी बताउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τῶν…δώδεκα ἀποστόλων
यो समूह मत्ती १०:१ मा भएको “बाह्र चेलाहरू”को समूह नै हो ।
πρῶτος
यो क्रममा पहिलो भनेको हो, पदमा होइन । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Matthew 10:3
Μαθθαῖος ὁ τελώνης
“मत्ती, जो एक कर उठाउने व्यक्ति थिए”
Matthew 10:4
ὁ Καναναῖος
सम्भावित अर्थहरू हुन् १) “उग्रपन्थी” भनेको एउटा नाउँ हो जसले देखाउँछ कि तिनी मानिसहरूको त्यो समूहको भाग थिए जुन समूहले यहूदी मानिसहरूलाई रोमी शासनबाट छुटाउन चाहन्थे । वैकल्पिक अनुवादः “देशभक्त” वा “राष्ट्रवादी” वा २) ““उग्रपन्थी” भनेको एउटा वर्णन हो जसले देखाउँछ कि तिनी परमेश्वरलाई सम्मानित गराउनका लागि जोशिला थिए । वैकल्पिक अनुवादः “जोशिलो व्यक्ति” वा “शोख भएका व्यक्ति”
ὁ καὶ παραδοὺς αὐτόν
“जसले येशूलाई धोका दिने थियो”
Matthew 10:5
हुन त पद ५ उहाँले बाह्रजनालाई पठाउनुभयो भनेर सुरु हुन्छ, येशूले यी निर्देशनहरू तिनीहरूलाई बाहिर पठाउनुभन्दा पहिले दिनुभयो । (हेर्नुहोस्ः घटनाक्रमहरू)
यहाँ येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ र के कुरालाई अपेक्षा गर्नुपर्छ भनेर निर्देशनहरू दिन थाल्नुहुन्छ ।
τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς
“येशूले यी बाह्रजना मानिसहरूलाई पठाउनुभयो” वा “यी नै ती बाह्र मानिसहरू थिए जसलाई येशूले पठाउनुभयो”
ἀπέστειλεν
येशूले तिनीहरूलाई एउटा खास उद्देश्यको निम्ति बाहिर पठाउनुभयो ।
παραγγείλας αὐτοῖς
“तिनीहरूले के गर्नुपर्छ भनेर उहाँले तिनीहरूलाई भन्नुभयो” वा “उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो”
Matthew 10:6
τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
यो एउटा अलङ्कार हो जसले समस्त इस्राएल देशलाई गोठालोबाट बरालिएका भेडाहरूसँग तुलना गर्छ । (हेर्नुहोस्ः रूपक)
οἴκου Ἰσραήλ
यसले इस्राएल जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू” वा “इस्राएलका सन्तानहरू” (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:7
πορευόμενοι
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । यो वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती ३:२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले उहाँ राजा हुनुहुन्छ भनी चाँडै देखाउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:8
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
θεραπεύετε…ἐγείρετε…καθαρίζετε…ἐκβάλλετε…ἐλάβετε…δότε
यी क्रियापदहरू र सर्वनामहरूले बाह्र प्रेरितहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
νεκροὺς ἐγείρετε
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मरेकाहरूलाई फेरि जीवित हुने तुल्याउनु” (हेर्नुहोस्ः टुक्काहरू)
δωρεὰν ἐλάβετε, δωρεὰν δότε
चेलाहरूले के प्राप्त गरेका थिए वा तिनीहरूले दिनुपर्थ्यो भनेर येशूले उल्लेख गर्नुभएन । केही भाषाहरूको लागि यो जानकारी वाक्यमा दिइनु जरुरी हुन सक्छ । यहाँ “सित्तैमा”को अर्थ त्यहाँ कुनै रकमको भुक्तानी थिएन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सित्तैमा तिमीहरूले यी कुराहरू प्राप्त गरेका छौ, सित्तैमा अरूहरूलाई देओ” वा “तिमीहरूले पैसा नतिरी यी कुराहरू प्राप्त गरेका छौ, त्यसैले अरूहरूलाई पनि पैसा तिर्न नलगाइकन तिनीहरूलाई देओ” (हेर्नुहोस्ः शब्दलोप)
δωρεὰν ἐλάβετε, δωρεὰν δότε
यहाँ “प्राप्त गर्यौ” भनेको एउटा अलङ्कार हो जसले विभिन्न कुराहरू गर्नलाई सक्षम बनाइएको कुरालाई प्रतिनिधित्व गर्छ, र “देओ” भनेको एउटा अलङ्कार हो जसले अरूहरूको लागि विभिन्न कुराहरू गर्नुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी कुराहरू गर्ने क्षमता सित्तैमा पाएका छौ, ती कुराहरू अरूहरूको लागि सित्तैमा गर” वा “तिमीहरूलाई यी कुराहरू गर्न मैले सित्तैमा सक्षम तुल्याएको छु, ती कुराहरू अरूहरूको लागि सित्तैमा गर” (हेर्नुहोस्ः रूपक)
Matthew 10:9
ὑμῶν
यसले बाह्र प्रेरितहरूलाई जनाउँछ र त्यसैले बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν
यी धातुहरू हुन् जसबाट सिक्काहरू बनाइन्थे । यो सूची पैसाको निम्ति प्रयोग गरिएको प्रतिस्थापन शब्द हो, त्यसैले यदि तपार्इंको क्षेत्रमा यी धातुहरू अपरिचित छन् भने, यस सूचीलाई “पैसा” भनेर अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
τὰς ζώνας
यसको अर्थ “पटुकाहरू” वा “पैसा राख्ने पटुकाहरू” भन्ने हुन्छ, तर यसले पैसा बोक्नको निम्ति प्रयोग हुने जुनसुकै कुरालाई पनि जनाउन सक्छ । पटुका भनेको कम्मरको वरिपरि बाँधिने लामो कपडा वा छालाको पट्टी हो । प्रायजसो त्यो फराकिलो हुने गर्थ्यो ताकि त्यसलाई पट्याउन सकियोस् र पैसा राख्नलाई प्रयोग गर्न सकियोस् ।
Matthew 10:10
πήραν
यो कि त यात्रामा जाँदा चिजबिजहरू बोक्नलाई प्रयोग गरिने कुनै पनि झोला हो, वा कसैले खानेकुरा वा पैसा जम्मा गर्नलाई प्रयोग गर्ने झोला हो ।
δύο χιτῶνας
तपाईंले मत्ती ५:४० मा “दौरा”को लागि प्रयोग गर्नुभएको शब्दलाई नै प्रयोग गर्नुहोस् ।
ὁ ἐργάτης
कामदार
τῆς τροφῆς αὐτοῦ
यहाँ “भोजन”ले एक व्यक्तिलाई चाहिने कुनै पनि कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जे उसलाई चाहिन्छ” (हेर्नुहोस्ः उपलक्षण)
Matthew 10:11
येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε
“जब पनि तिमीहरू कुनै सहर वा गाउँमा प्रवेश गर्छौ” वा “जब तिमीहरू कुनै सहर वा गाउँमा जान्छौ”
πόλιν…κώμην
“ठूलो गाउँ ... सानो गाउँ” वा “ठूलो सहर ... सानो सहर ।” तपाईंले यसलाई मत्ती ९:३५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
εἰσέλθητε
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἄξιός
एक “योग्य” व्यक्ति चाहिँ त्यो व्यक्ति हो जो चेलाहरूलाई स्वागत गर्न इच्छुक छ ।
κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε
यो भनाइको पूर्ण अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो सहर वा गाउँ नछोडुञ्जेलसम्म त्यही व्यक्तिको घरमा नै बस” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 10:12
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν
“त्यसलाई अभिवादन गर” भन्ने वाक्यांशको अर्थ घरलाई अभिवादन गर भन्ने हुन्छ । ती दिनहरूमा एउटा चलेको अभिवादन भनेको “यस घरलाई शान्ति होस् !” भन्ने हो । यहाँ “घर”ले त्यस घरमा बस्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जसै तिमीहरू त्यो घरमा पस्छौ, त्यस घरमा बस्ने मानिसहरूलाई अभिवादन गर” (हेर्नुहोस्ः लक्षणा)
εἰσερχόμενοι
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 10:13
ὑμῶν…ὑμῶν
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
μὲν ᾖ ἡ οἰκία ἀξία…μὴ ᾖ ἀξία
यहाँ “घर”ले त्यस घरमा बस्नेहरूलाई प्रतिनिधित्व गर्छ । एक “योग्य” व्यक्ति चाहिँ त्यो व्यक्ति हो जो चेलाहरूलाई स्वागत गर्न इच्छुक छ । येशूले यस व्यक्तिलाई “योग्यको नभएको” व्यक्तिसँग तुलना गर्नुहुन्छ, एउटा व्यक्ति जसले चेलाहरूलाई स्वागत गर्दैन । वैकल्पिक अनुवादः “त्यस घरमा बस्ने मानिसहरूले तिमीहरूलाई खुशीसाथ ग्रहण गर्छन्” वा “त्यस घरमा बस्ने मानिसहरूले तिमीहरूलाई राम्रो व्यवहार गर्छन्” (हेर्नुहोस्ः लक्षणा)
ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν
“त्यस” शब्दले घरलाई जनाउँछ, जसले त्यस घरमा बस्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूको शान्ति पाऊन्” वा “तिमीहरूले अभिवादन गरेको शान्ति तिनीहरूले पाऊन्” (हेर्नुहोस्ः लक्षणा)
ἐὰν…μὴ ᾖ ἀξία
“त्यस” शब्दले घरलाई जनाउँछ । यहाँ “घर”ले त्यस घरमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले तिमीहरूलाई खुशीसाथ ग्रहण गर्दैनन् भने” वा “यदि तिनीहरूले तिमीहरूलाई राम्रो व्यवहार गर्दैनन् भने” (हेर्नुहोस्ः लक्षणा)
ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω
सम्भावित अर्थहरू हुन् १) यदि त्यो घराना योग्यको थिएन भने, परमेश्वरले उहाँको शान्ति वा आशिष्लाई त्यस घरानाबाट रोक्नुहनेछ वा २) यदि त्यो घराना योग्यको थिएन भने, तब प्रेरितहरूले केही गर्नुपर्थ्यो, जस्तै कि तिनीहरूले शान्तिको निम्ति गरेको अभिवादनलाई परमेश्वरले पुरा नगर्नुभएको होस् भनेर उहाँसँग अनुरोध गर्नुपर्थ्यो । यदि तपार्इंको भाषामा अभिवादन वा त्यसको प्रभावलाई फिर्ता लिने अर्थ दिने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गरिनुपर्छ ।
Matthew 10:14
येशूले आफ्ना चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ भनेर निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ
“यदि त्यस सहरका कुनै पनि मानिसहरूले तिमीहरूलाई ग्रहण गर्दैनन् वा ... सुन्दैनन् भने”
ὑμᾶς…ὑμῶν
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀκούσῃ τοὺς λόγους ὑμῶν
यहाँ “वचनहरू”ले चेलाहरूले भन्ने कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको सन्देशलाई सुन्नु” वा “तिमीहरूले भन्नुपर्ने कुराहरूलाई सुन्नु” (हेर्नुहोस्ः लक्षणा)
πόλεως
तपाईंले यसलाई मत्ती १०:११ मा गर्नुभएको जस्तै गरी अनुवाद गर्नुपर्छ ।
ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν
“तिमीहरू जाँदा तिमीहरूका पाउमा लागेका धूलो टकटक्याओ ।” परमेश्वरले त्यो घर वा त्यस सहरका मानिसहरूलाई इन्कार गर्नुभएको छ भन्ने कुराको निम्ति यो एउटा चिन्ह हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 10:15
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἀνεκτότερον ἔσται
“कष्ट कम हुनेछ”
γῇ Σοδόμων καὶ Γομόρρων
यसले सदोम र गमोरामा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवाद: “सदोम र गमोराका सहरहरूमा बस्ने मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
τῇ πόλει ἐκείνῃ
यसले त्यस सहरका मानिसहरूलाई जनाउँछ जसले प्रेरितहरूलाई ग्रहण गर्दैनन् वा तिनीहरूको सन्देशलाई सुन्दैनन् । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरू जसले तिमीहरूलाई ग्रहण गर्दैनन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:16
येशूले उहाँका चेलाहरूलाई निर्देशन दिन निरन्तरता दिनुहुन्छ । यहाँ उहाँले तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा तिनीहरूलाई बताउन सुरु गर्नुहुन्छ ।
ἰδοὺ
“हेर” शब्दले त्यसपछि आएको कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “हेर, म ... पठाउँछु” वा “सुन, ... पठाउँछु” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देओ । म ... पठाउँछु”
ἐγὼ ἀποστέλλω ὑμᾶς
येशूले तिनीहरूलाई विशेष उद्देश्यको निम्ति बाहिर पठाउँदै हुनुहुन्छ ।
ὡς πρόβατα ἐν μέσῳ λύκων
भेडाहरू प्रतिरोध गर्ने क्षमता नभएका जनावरहरू हुन् जसलाई ब्वाँसाहरूले प्रायः आक्रमण गर्छन् । मानिसहरूले चेलाहरूलाई हानि गर्न सक्छन् भनेर येशूले भन्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “खतरनाक ब्वाँसाहरू जस्तै मानिसहरूको माझमा भेडाहरू झैँ गरी” वा “खतरनाक जनावरहरूको जस्तो व्यवहार गर्ने मानिसहरूको माझमा भेडाहरू झैँ गरी” (हेर्नुहोस्ः उपमा)
γίνεσθε…φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί
येशूले चेलाहरूलाई तिनीहरू मानिसहरूको माझमा सतर्क र अहानिकारक किसिमको हुनुपर्छ भनेर भनिरहनुभएको छ । यदि चेलाहरूलाई सर्पहरू वा ढुकुरहरूसँग तुलना गर्ने कुरा अलमल्याउने किसिमको छ भने, यी उपमाहरूलाई उल्लेख नगर्दा बेस हुनेछ । वैकल्पिक अनुवादः “समझदारी र सावधानीसँग व्यवहार गर, साथसाथै निर्दोषपना र नैतिकतासँग पनि” (हेर्नुहोस्ः उपमा)
Matthew 10:17
προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων; παραδώσουσιν γὰρ ὑμᾶς
तपाईंले यी दुई कथनहरू कसरी सम्बन्धित छन् भनेर देखाउनका लागि “किनभने” शब्द प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूदेखि सतर्क रहो किनभने तिनीहरूले ... ” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
παραδώσουσιν…ὑμᾶς εἰς
“तिमीहरूलाई ... का अधीनमा राख्नेछन्”
συνέδρια
स्थानीय धार्मिक अगुवाहरू वा एल्डरहरू जसले सँगै मिलेर समुदायमा शान्ति कायम राख्छन्
μαστιγώσουσιν ὑμᾶς
“तिमीहरूलाई कोर्राले हिर्काउनु”
Matthew 10:18
καὶ…ἀχθήσεσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई ... ल्याउनेछन्” वा “तिनीहरूले तिमीहरूलाई ... घिसार्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἕνεκεν ἐμοῦ
“किनभने तिमीहरू मेरा हौ” वा “किनभने तिमीहरू मलाई पछ्याउँछौ”
αὐτοῖς καὶ τοῖς ἔθνεσιν
The pronoun “तिनीहरूलाई” सर्वनामले कि त “बडाहाकिमहरू र राजाहरू”लाई जनाउँछ वा यहूदी आरोप लगाउनेहरूलाई जनाउँछ ।
Matthew 10:19
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
ὅταν δὲ παραδῶσιν ὑμᾶς
“जब मानिसहरूले तिमीहरूलाई परिषद्हरूमा लैजान्छन् ।” यहाँ भएका “मानिसहरू” मत्ती १०:१७ मा भएका “मानिसहरू” नै हुन् ।
ὑμᾶς…μὴ μεριμνήσητε…λαλήσητε…δοθήσεται…ὑμῖν…λαλήσητε
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
μὴ μεριμνήσητε
“फिक्री नगर”
πῶς ἢ τί λαλήσητε
“तिमीहरूले कसरी बोल्नेछौ वा तिमीहरूले के भन्नुपर्छ ।” यी दुईवटै अवधारणाहरूलाई एकसाथ जोड्न सकिन्छः “तिमीहरूले के भन्नुपर्ने हो” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि के भन्नुपर्छ भनेर पवित्र आत्माले तिमीहरूलाई बताउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν ἐκείνῃ τῇ ὥρᾳ
यहाँ “घडी”को अर्थ “त्यति नै समयमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यति नै समयमा” वा “त्यो समयमा” (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:20
ὑμεῖς…ὑμῶν…ὑμῖν
यी बहुवचनमा छन् र बाह्र प्रेरितहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν
यदि आवश्यक परेमा, यसलाई “तिमीहरूका स्वर्गीय पिता परमेश्वरको आत्मा” भनेर अनुवाद गर्न सकिन्छ वा यसले पवित्र आत्मा परमेश्वरलाई जनाउँछ र यस पृथ्वीको बाबुको आत्मालाई होइन बनेर प्रस्ट बनाउने कुनै पादटिप्पणी राख्न सकिन्छ ।
τοῦ Πατρὸς ὑμῶν
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἐν ὑμῖν
“तिमीहरूद्वारा”
Matthew 10:21
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον
“एउटा भाइले उसको भाइलाई मृत्युको निम्ति सुम्पिदिनेछ” वा “भाइहरूले तिनीहरूका भाइहरूलाई मृत्युको निम्ति सुम्पिदिनेछन् ।” येशूले धेरैपटक हुने केही कुराको बारेमा बताउनुहुन्छ ।
παραδώσει…ἀδελφὸν εἰς θάνατον
भाववाचक नामपद शब्द “मृत्यु”लाई एक क्रियापदकको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइलाई अधिकारीहरूको हातमा सुम्पिदिनेछ जसले उसलाई मार्नेछन्” (हेर्नुहोस्ः भाववाचक नाम)
πατὴρ τέκνον
यी शब्दहरूलाई पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाबुहरूले तिनीहरूका सन्तानहरूलाई मृत्युको लागि सुम्पिदिनेछन्” (हेर्नुहोस्ः शब्दलोप)
ἐπαναστήσονται…ἐπὶ
“ ... को विरुद्धमा विद्रोह गर्नु” वा “ ... को विरुद्धमा फर्कनु”
θανατώσουσιν αὐτούς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई मृत्युदण्ड दिन लगाउनु” वा “अधिकारीहरूले तिनीहरूलाई मृत्युदण्ड दिन लगाउनु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 10:22
ἔσεσθε μισούμενοι ὑπὸ πάντων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तिमीहरूलाई घृणा गर्नेछन्” वा “सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔσεσθε
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
διὰ τὸ ὄνομά μου
यहाँ “नाउँ”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने तिमीहरू ममा भरोस गर्छौ” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ὑπομείνας
“जो विश्वासयोग्य रहन्छ”
εἰς τέλος
“अन्त”को अर्थ एक व्यक्तिको मृत्यु हुँदा हो, सतावट समाप्त हुँदा हो, वा परमेश्वरले युगको अन्त्यमा आफैँलाई राजाको रूपमा देखाउनुहुँदा हो भनेर स्पष्ट छैन । मुख्य कुरा यो हो कि तिनीहरूले आवश्यक परेसम्म सहन्छन् ।
οὗτος σωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस व्यक्तिलाई छुटकारा दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 10:23
ἐν τῇ πόλει ταύτῃ
यहाँ “यस” शब्दले कुनै खास सहरलाई जनाउँदैन । वैकल्पिक अनुवादः “कुनै एक सहरमा”
φεύγετε εἰς τὴν ἑτέραν
“अर्को सहरमा भाग”
ἀμὴν…λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा बताइरहनुभएको छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἔλθῃ
“आइपुग्छ”
Matthew 10:24
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ
येशूले आफ्ना चेलाहरूलाई एउटा मूलभूत सत्यता सिकाउनका लागि एउटा उखानको प्रयोग गर्दै हुनुहुन्छ । येशूले जोड दिँदै हुनुहुन्छ कि मानिसहरूले येशूलाई गरेको व्यवहारभन्दा उत्तम व्यवहार मानिसहरूले चेलाहरूलाई गर्नेछन् भनेर तिनीहरूले अपेक्षा गर्नु हुँदैन । (हेर्नुहोस्ः हितोपदेश)
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον
“एक चेला सधैँ नै आफ्नो गुरुभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “एक गुरु सधैँ नै आफ्नो चेलाभन्दा बढी महत्त्वपूर्ण हुन्छ”
οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ
“र एक चेला सधैँ नै आफ्नो मालिकभन्दा कम महत्त्वपूर्ण हुन्छ” वा “र एक गुरु सधैँ नै आफ्नो नोकरभन्दा बढी महत्त्वपूर्ण हुन्छ”
Matthew 10:25
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ
“चेला आफ्नो गुरु जस्तै हुन सकेकोमा नै सन्तुष्ट हुनुपर्छ”
γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ
यदि यदि आवश्यक परेमा, चेला कसरी गुरु जस्तै हुन्छ भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “आफ्नो गुरुले जानेको जत्तिकै जान्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ
यदि आवश्यक परेमा, नोकर कसरी मालिक जस्तै हुन्छ भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “नोकर आफ्नो मालिक जत्तिकै महत्त्वपूर्ण भएकोमा नै सन्तुष्ट हुनुपर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ
फेरि पनि येशूले जोड दिइरहनुभएको छ कि किनकि मानिसहरूले उहाँलाई दुर्व्यवहार गरेका छन्, उहाँका चेलाहरूले आफूहरूलाई पनि त्यस्तै वा झन् खराब गर्नेछन् भनेर अपेक्षा गर्नुपर्छ ।
πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ
“उनको घरका सदस्यहरूलाई तिनीहरूले बोलाउने नामहरू निश्चित रूपमा झन् खराब हुनेछ” वा “तिनीहरूले पक्कै पनि उनको घरका सदस्यहरूलाई झन् धेरै नराम्रो नामहरूले बोलाउनेछन्”
εἰ…ἐπεκάλεσαν
“किनकि मानिसहरूले ... भनेका छन्”
τὸν οἰκοδεσπότην
येशूले यसलाई आफ्नै लागि एउटा अलङ्कारको रूपमा प्रयोग गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Βεελζεβοὺλ
यो नामलाई १) कि त सीधै “बालजिबुल” भनेर लेख्न सकिन्छ वा २) त्यसको मूल अर्थमा भन्न खोजिएको नाम, “शैतान” भनेर अनुवाद गर्न सकिन्छ ।
τοὺς οἰκιακοὺς αὐτοῦ
यो येशूका चेलाहरूका लागि भएको अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
Matthew 10:26
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
μὴ…φοβηθῆτε αὐτούς
यहाँ “तिनीहरू” शब्दले येशूका अनुयायीहरूलाई दुर्व्यवहार गर्ने मानिसहरूलाई जनाउँछ ।
οὐδὲν…ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται
यी दुवै भनाइहरूको एउटै अर्थ हुन्छ । ढाकिनु वा लुकाइनुले गोप्या राखिनुलाई प्रतिनिधित्व गर्छ, र प्रकट गरिनुले थाहा गराइनुलाई प्रतिनिधित्व गर्छ । परमेश्वरले सबैकुराहरू थाहा हुने बनाउनुहुनेछ भनेर येशूले जोड दिँदै हुनुहुन्छ । यसलाई कर्तृ वाक्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लुकाउने कुराहरूलाई परमेश्वरले प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 10:27
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί; καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων
यी दुवै भनाइहरूको एउटै अर्थ हुन्छ । येशूले जोड दिँदै हुनुहुन्छ कि उहाँले चेलाहरूलाई गोप्यमा भन्नुभएका कुराहरूलाई चेलाहरूले सबैलाई भन्नुपर्छ । वैकल्पिक अनुवादः “जे कुरा मैले तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले मानिसहरूलाई दिनको उज्यालोमा बताओ, र तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुनेका कुराहरूलाई घरका धुरीहरूबाट घोषणा गर” (हेर्नुहोस्ः समान्तरता)
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί
यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन रात चाहिँ फेरि “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । यहाँ “दिनको उज्यालो” भनेको “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जे म तिमीहरूलाई राती गोप्य रूपमा भन्दछु, दिनको उज्यालोमा सार्वजनिक रूपमा भन” (हेर्नुहोस्ः लक्षणा)
ὃ εἰς τὸ οὖς ἀκούετε
यो चाहिँ कानेखुसी गर्ने कुरालाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “जे म तिमीहरूलाई कानेखुसी गरेर भन्छु” (हेर्नुहोस्ः टुक्काहरू)
κηρύξατε ἐπὶ τῶν δωμάτων
येशू बस्नुभएका घरका धुरीहरू सम्म हुन्थे, र ठूलो स्वरले बोल्ने कुनै पनि व्यक्तिलाई टाढाका मानिसहरूले पनि सुन्न सक्थे । यहाँ “घरका धुरीहरू”ले कुनै पनि स्थानलाई जनाउँछ जहाँबाट सबै मानिसहरूले सुन्न सक्छन् । वैकल्पिक अनुवादः “सबैले सुन्ने गरी चर्को आवाजमा सार्वजनिक स्थानमा भन” (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:28
यहाँ येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग किन डराउनुपर्दैन भनेर कारणहरू दिन पनि थाल्नुहुन्छ ।
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले भोग्नुपर्ने सतावटको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι
यो आत्मालाई मार्न नसक्ने मानिसहरू र आत्मालाई मार्न सक्ने मानिसहरूका बीचमा गरिएको भेद होइन । आत्मालाई कुनै पनि व्यक्तिले मार्न सक्दैन । वैकल्पिक अनुवादः “मानिसहरूसँग नडराओ । तिनीहरूले शरीरलाई त मार्न सक्दछन्, तर तिनीहरूले आत्मालाई मार्न सक्दैनन्” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
τῶν ἀποκτεννόντων τὸ σῶμα
यसले शारीरिक मृत्यु ल्याउनुलाई जनाउँछ । यदि यी शब्दहरू असहज लाग्दो हुन्छन् भने, तिनीहरूलाई “तिमीहरूलाई मार्छन्” वा “अरू मानिसहरूलाई मार्दछन्” भनेर अनुवाद गर्न सकिन्छ ।
τὸ σῶμα
व्यक्तिको त्यो भाग जसलाई छुन सकिन्छ, जुन प्राण वा आत्मालाई गर्न मिल्दैन
τὴν…ψυχὴν…ἀποκτεῖναι
यसको अर्थ चाहिँ मानिसहरूलाई तिनीहरू शारीरिक रूपमा मरिसकेपछि तिनीहरूलाई हानि गर्नु हो ।
τὴν…ψυχὴν
व्यक्तिको त्यो भाग जसलाई छुन सकिँदैन र जुन भौतिक शरीर मरेपछि पनि बाँचिरहन्छ
φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον
मानिसहरू किन परमेश्वरसँग डराउनुपर्छ भनेर प्रस्ट पार्नलाई तपाईंले “किनभने” शब्द थप्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरसँग डराओ किनभने उहाँ ... सक्षम हुनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
Matthew 10:29
οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται?
येशूले उहाँका चेलाहरूलाई सिकाउनका लागि यस उखानलाई एउटा प्रश्नको रूपमा व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भङ्गेराहरूका बारेमा विचार गर । तिनीहरूको मूल्य यति कम हुन्छ कि तिमीहरूले केवल एउटा सानो सिक्कामा दुईवटा किन्न सक्छौ ।” (हेर्नुहोस्ः हितोपदेश अनि आलङ्कारिक प्रश्न)
στρουθία
यी धेरै साना, बिउ खाने चराहरू हुन् । वैकल्पिक अनुवादः “साना चराहरू” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἀσσαρίου
यसलाई प्रायः तपाईंको देशमा भएको सबैभन्दा कम महत्त्वको सिक्काको रूपमा अनुवाद गरिन्छ । यसले तामाको सिक्कालाई जनाउँछ जसको मूल्य एक मजदूरले एक दिनमा कमाउने ज्यालाभन्दा सोह्र गुणा कम हुन्छ । वैकल्पिक अनुवादः “अति नै थोरै पैसा”
ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा भँगेरा मर्यो र भुँइमा खस्यो भने पनि तिमीहरूका पितालाई थाहा हुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τοῦ Πατρὸς ὑμῶν
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 10:30
ὑμῶν…καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको शिरमा कतिवटा केशहरू छन् भन्ने कुरा पनि परमेश्वरलाई थाहा छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἠριθμημέναι
“गनिएका”
Matthew 10:31
πολλῶν στρουθίων διαφέρετε ὑμεῖς
“परमेश्वरले तिमीहरूलाई धेरै भङ्गेराहरूभन्दा बढी मूल्यवान् सम्झनुहुन्छ”
Matthew 10:32
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
πᾶς…ὅστις ὁμολογήσει ἐν ἐμοὶ…ὁμολογήσω κἀγὼ ἐν αὐτῷ
“जसले मलाई ... ग्रहण गर्छ ... म पनि मेरो पिताको सामु ग्रहण गर्नेछु” वा “यदि कसैले मलाई ... ग्रहण गर्छ भने ... म पनि उसलाई मेरो पिताको सामु ग्रहण गर्नेछु”
ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων
“ऊ मेरो चेला हो भनेर अरूहरूलाई भन्छ” वा “ऊ मप्रति बफादार छ भनेर अरू मानिसहरूको सामु स्वीकार गर्छ”
ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु त्यो व्यक्ति मेरो हो भनेर स्वीकार गर्नेछु” (हेर्नुहोस्ः शब्दलोप)
τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
“मेरो स्वर्गीय पिता”
τοῦ Πατρός μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 10:33
ὅστις…ἂν ἀρνήσηταί με…ἀρνήσομαι κἀγὼ αὐτὸν
“जसले मलाई ... इन्कार गर्छ ... म पनि मेरो पिताको सामु इन्कार गर्नेछु” वा “यदि कसैले मलाई ... इन्कार गर्छ भने ... म पनि उसलाई मेरो पिताको सामु इन्कार गर्नेछु”
ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων
“ऊ मप्रति बफादार छ भनेर अरू मानिसहरूको सामु इन्कार गर्छ” वा “ऊ मेरो चेला हो भनेर अरूहरूको सामु स्वीकार गर्नलाई इन्कार गर्छ”
ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु त्यो व्यक्ति मेरो हो भनेर स्वीकार गर्नलाई इन्कार गर्नेछु” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 10:34
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
μὴ νομίσητε
“नमान” वा “तिमीहरूले सोच्नुहुँदैन”
ἐπὶ τὴν γῆν
यसले पृथ्वीमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पृथ्वीका मानिसहरूलाई” वा “मानिसहरूलाई” (हेर्नुहोस्ः लक्षणा)
μάχαιραν
यो विभाजन, लडाइँ, र मानिसहरूको माझमा मारामारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Matthew 10:35
διχάσαι ἄνθρωπον κατὰ
“ ... को विरुद्धमा लड्न लगाउनु”
ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ
“एक छोरा उसको बाबुको विरुद्धमा”
Matthew 10:36
ἐχθροὶ τοῦ ἀνθρώπου
“एक व्यक्तिका शत्रुहरू” वा “एक व्यक्ति सबैभन्दा खराब शत्रुहरू”
οἱ οἰκιακοὶ αὐτοῦ
“उसको आफ्नै परिवारका सदस्यहरू”
Matthew 10:37
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
यहाँ “ऊ” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउछँ । वैकल्पिक अनुवादः “तिनीहरू जसले ... प्रेम गर्छन् ... योग्यका हुँदैनन्” वा “यदि तिमीहरूले ... प्रेम गर्छौ भने, तिमीहरू ... योग्यका हुँदैनौ” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ὁ φιλῶν
यहाँ “प्रेम” शब्दले “भातृ प्रेम” वा “मित्रको प्रेम”लाई जनाउँछ । वैकल्पिक अनुवादः “ ... को लागि वास्ता गर्छ” वा “ ... प्रति समर्पित छ” वा “ ... को चाह गर्छ”
μου ἄξιος
“मेरो हुनलाई लायक हुनु” वा “मेरो चेला बन्नलाई योग्य”
Matthew 10:38
οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου
“उसको क्रूस बोकेर मलाई पछ्याउनु ।” क्रूसले कष्ट र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रूस उठाउनुले दुःख भोग्न र मर्नलाई राजी हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “दुःखभोग गर्न र मृत्युको विन्दुसम्म पनि मेरो आज्ञापालन गर्नु” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
οὐ λαμβάνει
“माथि बोक्नु” वा “उठाउनु र बोक्नु”
Matthew 10:39
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν; καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि एउटा उखानको प्रयोग गर्नुहुन्छ । यी शब्दहरूलाई सम्भव भएसम्म थोरै शब्दहरूको प्रयोग गरी अनुवाद गर्नुपर्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफ्नो जीवन प्राप्त गर्छन् तिनीहरूले सो गुमाउनेछन् । तर तिनीहरू जसले तिनीहरूका जीवन गुमाउँछन् ... त्यो पाउनेछन्” वा “यदि तिमीले आफ्नो जीवन प्राप्त गर्यौ भने तिमीले त्यो गुमाउनेछौ । तर यदि तिमीले आफ्नो जीवन गुमायौ भने ... तिमीले त्यो प्राप्त गर्नेछौ” (हेर्नुहोस्ः हितोपदेश)
ὁ εὑρὼν
यो “राख्छ” वा “बचाउँछ”का लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “राख्ने कोसिस गर्छ” वा “बचाउने कोसिस गर्छ” (हेर्नुहोस्ः रूपक)
ἀπολέσει αὐτήν
यसको अर्थ त्यो व्यक्ति मर्छ भन्ने होइन । यो एउटा अलङ्कार हो जसको अर्थ त्यो व्यक्तिले परमेश्वरसँगको आत्मिक जीवन अनुभव गर्ने छैन हुन्छ । वैकल्पिक अनुवादः “साँचो जीवन हुनेछैन” (हेर्नुहोस्ः रूपक)
ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ
यसको अर्थ मर्नु हुँदैन । यो एउटा अलङ्कार हो जसको अर्थ कुनै व्यक्तिले उसको आफ्नो जीवनभन्दा येशूको आज्ञापालन गर्ने कुरालाई बढी महत्त्वपूर्ण सम्झन्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जसले आफैँलाई इन्कार गर्छ” (हेर्नुहोस्ः रूपक)
ἕνεκεν ἐμοῦ
“किनभने उसले मलाई भरोसा गर्छ” वा “मेरो लेखि” वा “मेरो कारण ।” यो मत्ती १०:१८ मा भएको “मेरो खातिर” भनेको जस्तै हो ।
εὑρήσει αὐτήν
यसको अर्थ त्यस व्यक्तिले परमेश्वरसँगको आत्मिक जीवन अनुभव गर्नेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “साँचो जीवन पाउनेछ” (हेर्नुहोस्ः रूपक)
Matthew 10:40
येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले अनुभव गर्न सक्ने सतावटसँग डराउनु नपर्ने कारणहरूको बारेमा निर्देशन दिनलाई निरन्तरता दिनुहुन्छ ।
ὁ δεχόμενος
“ऊ” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि” वा “जो पनि जसले” वा “ऊ जसले” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ὁ δεχόμενος
यसको अर्थ कसैलाई पाहुनाको रूपमा ग्रहण गर्नु भन्ने हुन्छ ।
ὑμᾶς
यो बहुवचनमा छ र बाह्र प्रेरितहरूलाफ जनाउँछ जससँग येशू बोलिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται
येशूको अर्थ हो कि जब कसैले तिमीहरूलाई स्वागत गर्छ, त्यो चाहिँ उहाँलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई स्वागत गर्छ, त्यो चाहिँ उसले मलाई स्वागत गरेको जस्तै हो” वा “यदि कसैले तिमीहरूलाई स्वागत गर्छ भने, त्यो चाहिँ उसले मलाई स्वागत गरेको जस्तै हो”
ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με
येशूको अर्थ हो कि जब कसैले येशूलाई स्वागत गर्छ, त्यो चाहिँ परमेश्वरलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “जब कसैले मलाई स्वागत गर्छ, त्यो चाहिँ उसले मलाई पठाउनुहुने परमेश्वर पितालाई स्वागत गरेको जस्तै हो” वा “यदि कसैले मलाई स्वागत गर्छ भने, त्यो चाहिँ उसले मलाई पठाउनुहुने परमेश्वर पितालाई स्वागत गरेको जस्तै हो”
Matthew 10:41
यहाँ “ऊ” शब्दले स्वागत गर्ने व्यक्तिलाई जनाउँदैन । यसले स्वागत गरिएको व्यक्तिलाई जनाउँछ ।
μισθὸν προφήτου
यसले परमेश्वरले अगमवक्तालाई दिनुहुने इनामलाई जनाउँछ, अगमवक्ताले अर्को व्यक्तिलाई दिने इनामलाई होइन ।
यहाँ “ऊ” शब्दले स्वागत गर्ने व्यक्तिलाई जनाउँदैन । यसले स्वागत गरिएको व्यक्तिलाई जनाउँछ ।
μισθὸν δικαίου
यसले परमेश्वरले धर्मी मानिसलाई दिनुहुने इनामलाई जनाउँछ, धर्मी मानिसले अर्को व्यक्तिलाई दिने इनामलाई होइन ।
Matthew 10:42
येशूले उहाँका चेलाहरूलाई तिनीहरू प्रचार गर्न जाँदा तिनीहरूले के गर्नुपर्छ र के कुरालाई अपेक्षा गर्नुपर्छ भन्ने बारेमा निर्देशन दिनलाई सिद्ध्याउनुहुन्छ ।
ὃς ἐὰν ποτίσῃ
“जो कोही जसले ... दिन्छ”
ἕνα τῶν μικρῶν τούτων
“यी तुच्छहरूमध्ये कुनै एक” वा “यीमध्ये सबैभन्दा कम महत्त्वपूर्ण ।” यहाँ “यिनीहरूमध्ये”ले येशूका चेलाहरूमध्ये कुनै एकलाई जनाउँछ ।
εἰς ὄνομα μαθητοῦ
“किनभने ऊ मेरो चेला हो ।” यहाँ “ऊ” शब्दले दिने व्यक्तिलाई जनाउँदैन तर महत्त्वको नभएको व्यक्तिलाई जनाउँछ ।
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ
यहाँ ऊ” र “उसको” शब्दले दिने व्यक्तिलाई जनाउँछ ।
οὐ μὴ ἀπολέσῃ
“परमेश्वरले उसलाई इन्कार गर्नुहुनेछैन ।” भएको कुनै सम्पत्ति लगिनुसँग यसको कुनै सरोकार छैन । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई निश्चय नै दिनुहुनेछ”
Matthew 11
मत्ती ११ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले सामान्यतया पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ११:१० मा उद्धृत गरेर राखिएको सामग्रीसँग यसै गर्छ ।
इस्राएलले ख्रीष्टलाई इन्कार गरेको कारणले मत्ती ११:२० बाट उहाँको सेवाकार्यको एउटा नयाँ चरणको सुरु हुन्छ भनेर केही विद्वानहरूले विश्वास गर्दछन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
गुप्त प्रकाश
येशूले मत्ती ११:२० पछि उहाँ आफ्नै बारेमा र पिता परमेश्वरको योजनाको बारेमा प्रकट गर्न सुरु गर्नुहुन्छ (../../mat/11/20.md)। साथसाथै उहाँलाई इन्कार गर्नेहरू (मत्ती ११:२५) बाट भने यो जानकारी लुकाएर राख्नुहुन्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“स्वर्गको राज्य जनिकै छ”
यूहन्नाले यी वचनहरू बोल्दा “स्वर्गको राज्य” आइसकेको थियो वा आउँदै थियो भनेर कसैलाई पनि पक्का गरी थाहा छैन । अङ्ग्रेजी अनुवादहरूले धेरैपटक “नजिकै” भन्ने वाक्यांशको प्रयोग गर्छन्, तर यी शब्दहरू अनुवाद गर्नलाई कठिन हुन सक्छन् । अन्य संस्करणहरूले “नजिक आउँदै छ” र “नजिक आएको छ” जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।
Matthew 11:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जहाँ बप्तिस्मा दिने यूहन्नाका चेलाहरूलाई येशूले कसरी जवाफ दिनुभयो भनी लेखकले भन्दछन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
καὶ ἐγένετο ὅτε
येशूले शिक्षा दिइसकेपछि के भयो भन्ने कुरामा यो वाक्यांशले कथालाई लैजान्छ । वैकल्पिक अनुवादः “तब” वा “त्यसपछि”
ἐτέλεσεν…διατάσσων
“शिक्षा दिन सकाउनुभएको थियो” वा “आज्ञा दिन सकाउनुभएको थियो ।”
τοῖς δώδεκα μαθηταῖς αὐτοῦ
यसले येशूका चुनिएका बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἐν ταῖς πόλεσιν αὐτῶν
यहाँ “तिनीहरू”शब्द ले सामान्य रूपमा सबै यहूदीहरूलाई जनाउँछ ।
Matthew 11:2
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग भन्न सुरु गर्दछन् ।
ὁ…Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ
“यूहन्ना झ्यालखानामा हुँदा जब उनले ... को बारेमा सुने” वा “जब कुनै व्यक्तिले झ्यालखानामा भएका यूहन्नालाई ... को बारेमा भन्यो ।” हुन त मत्तीले पाठकहरूलाई भनेका छैनन् कि राजा हेरोदले बप्तिस्मा दिने यूहन्नालाई जेलमा हालेका थिए, तर मूल श्रोता यस कथासँग परिचित भएको हुनुपर्छ र यहाँको अन्तर्निहित जानकारी बुझ्न सकेको हुनुपर्छ । मत्तीले बप्तिस्मा दिने यूहन्नाको बारेमा पछि थप जानकारी दिनेछन, त्यसैले यहाँ यसलाई स्पष्ट नबनाउन उत्तम हुन्छ ।
πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ
बप्तिस्मा दिने यूहन्नाले एउटा सन्देशसहित आफ्नै चेलाहरूलाई येशूकहाँ पठाए ।
Matthew 11:3
εἶπεν αὐτῷ
“उहाँ” सर्वनामले येशूलाई जनाउँछ ।
σὺ εἶ ὁ ἐρχόμενος
“के तपार्इं नै हुनुहुन्छ जो आउनुहुनेछ भनेर हामीले आशा गरिरहेका छौँ ।” यो मसीह वा ख्रीष्टलाई जनाउने अर्को तरिका हो ।
ἕτερον προσδοκῶμεν?
“कि हामीले अरू कसैलाई आशा गर्नुपर्छ ।” “हामी” सर्वनामले यूहन्नाका चेलाहरूलाई मात्र होइन, सबै यहूदीहरूलाई जनाउँछ ।
Matthew 11:4
ἀπαγγείλατε Ἰωάννῃ
“यूहन्नालाई भन”
Matthew 11:5
λεπροὶ καθαρίζονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म कुष्ठरोगीहरूलाई निको पार्दैछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
νεκροὶ ἐγείρονται
यहाँ बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्याइँदै छ” वा “म मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्याइरहेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
πτωχοὶ εὐαγγελίζονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले गरिबहरूलाई सुसमाचार सुनाउँदै छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πτωχοὶ
यस नामाकरण गरिएको क्रियापदलाई नामपद वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 11:7
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडका मानिसहरूलाई बताउन सुरु गर्नुहुन्छ ।
τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι? κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον?
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “निश्चय नै तिमीहरू मरुभूमिमा बतासले ... हेर्नलाई बाहिर निस्केनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
सम्भावित अर्थहरू हुन् १) येशूले यर्दन नदी छेउमा भएका वास्तविक बोटहरू भन्न खोज्नुभएको हो वा २) येशूले एक प्रकारको व्यक्तिको अर्थ दिनका लागि एउटा अलङ्कारको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “एउटा मानिस जसले सजिलैसँग उसको मन परिवर्तन गर्छ र बतासमा यताउता हल्लिने निगालो झैँ छ” (हेर्नुहोस्ः रूपक)
ὑπὸ ἀνέμου σαλευόμενον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासमा लहलहाउँदै” वा “बतासमा बहँदै” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 11:8
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον?
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “अनि, निश्चय नै तिमीहरू ... लुगा ... मानिसलाई हेर्न मरुभूमिमा बाहिर निस्केनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν μαλακοῖς ἠμφιεσμένον
“महँगो लुगा लगाएका ।” धनी मानिसहरूले यस्तो प्रकारको वस्त्र लगाउँथे ।
ἰδοὺ
यो शब्दले यसपछि आउने कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “साँच्चै”
τοῖς οἴκοις τῶν βασιλέων
“राजाहरूका दरबारहरू”
Matthew 11:9
बप्तिस्मा दिने यूहन्नाको जीवन र सेवाकार्यले अगमवाणी पूरा गर्यो भनी दर्शाउनका लागि पद १० मा येशूले मलाकी अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
ἀλλὰ τί ἐξήλθατε? προφήτην ἰδεῖν
येशूले बप्तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तर निश्चय नै तिमीहरू अगमवक्तालाई हेर्न मरुभूमिमा बाहिर निस्क्यौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ναί, λέγω ὑμῖν
“म तिमीहरूलाई भन्छु हो,”
περισσότερον προφήτου
यसलाई एउटा पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनी एक साधारण अगमवक्ता होइनन्” वा “उनी एक साधारण अगमवक्ताभन्दा धेरै महत्त्वपूर्ण छन्” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 11:10
οὗτός ἐστιν περὶ οὗ γέγραπται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्नाका बारेमा मलाकी अगमवक्ताले धेरै पहिले यो कुरा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου
“म” र “मेरो” सर्वनामहरूले परमेश्वरलाई जनाउँछन् । परमेश्वरले जे भन्नुभयो त्यही कुरा मलाकीले उद्धरण गरिरहेका छन् ।
πρὸ προσώπου σου
यहाँ “तिम्रो” एकवचनमा छ, किनभने उद्धरणमा परमेश्वर मलाकीसँग कुरा गरिरहनुभएको थियो । साथै, “मुहार”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो सामु” वा “तिम्रो अगि जान” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि उपलक्षण)
κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου
यो एउटा अलङ्कार हो जसको अर्थ मसिहको सन्देश ग्रहण गर्न समाचारवाहकले मानिसहरूलाई तयार पार्नेछन् भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
Matthew 11:11
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἐν γεννητοῖς γυναικῶν
हुन त आदम स्त्रीबाट जन्मेका होइनन्, यो सबै मानव प्राणीहरूलाई जनाउने तरिका हो । वैकल्पिक अनुवादः “ती सबै मानिसहरूको माझमा जो संसारमा जिएका थिए” (हेर्नुहोस्ः टुक्काहरू)
οὐκ ἐγήγερται…μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्ना सबैभन्दा महान् छन्” वा “बप्तिस्मा दिने यूहन्ना सबैभन्दा महत्त्वपूर्ण हुन्”
ὁ…μικρότερος ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको शासनमुनि भएको सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति” (हेर्नुहोस्ः लक्षणा)
μείζων αὐτοῦ ἐστιν
“यूहन्नाभन्दा बढी महान् हुन्छन्”
Matthew 11:12
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ
“यूहन्नाले आफ्नो सन्देश प्रचार गर्न सुरु गरेको समयदेखि ।” यहाँ “दिनहरू” शब्दले शायद महिनौ अथवा वर्षौँको समयावधिलाई जनाउँछ ।
ἡ Βασιλεία τῶν Οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
यो पदका सम्भाव्य व्याख्याहरू धेरै छन् । कोही मानिसले परमेश्वरको राज्यलाई तिनीहरूका आफ्नै स्वार्थी उद्देश्यका लागि प्रयोग गर्न चाहन्छन्, र यो कुरा हासिल गर्न अरू मानिसका विरुद्धमा तिनीहरू शक्ति प्रयोग गर्नसमेत इच्छुक हुन्छन् भन्ने अर्थ यूएसटी लगाउँदछ । अन्य संस्करणहरूले, परमेश्वरको राज्यमा प्रवेश गर्ने बोलावट अति जरुरी छ, र त्यो बोलावटको जवाफ दिन र फेरि पाप गर्ने परीक्षाको विरोध गर्न मानिसहरूले कठोर किसिमले काम गर्नुपर्दछ भनेर सकारात्मक व्याख्या गर्दछ । तेस्रो अर्थ, हिंस्रक मानिसहरूले परमेश्वरका मानिसहरूलाई हानि पुर्याउँछन् र परमेश्वरलाई राज्य गर्न नदिन खोज्दछन् ।
Matthew 11:13
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
πάντες…οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν
यहाँ “अगमवक्ता र व्यवस्था”ले अगमवक्ताहरू र मोशाले धर्मशास्त्रमा लेखेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने बप्तिस्मा दिने यूहन्नाको समयसम्म अगमवक्ताहरू र मोशाले अगमवाणी अगमवाणी गरेका कुराहरू यी नै हुन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 11:14
εἰ θέλετε
यहाँ “तिमीहरू” बहुवचन हो र भीडलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
αὐτός ἐστιν Ἠλείας, ὁ μέλλων ἔρχεσθαι
“उनी” शब्दले बप्तिस्मा दिने यूहन्नालाई जनाउँछ । बप्तिस्मा दिने यूहन्ना नै एलिया हुन् भनेर यसले भनिरहेको छैन । बप्तिस्मा दिने यूहन्नाले “एलिया, जो आउनुपर्नेछ” अथवा अर्को एलियाको बारेमा गरिएको भविष्यवाणीलाई पूरा गर्दछन् भनेर येशूले भन्न खोज्नुभएको हो । वैकल्पिक अनुवादः “जब मलाकी अगमवक्ताले एलिया फर्किनेछन् भनेर भने, उनले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गरिरहेका थिए”
Matthew 11:15
ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्नलाई कानहरू” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसले सुन्न चाहना गरिरहेको छ, सुनोस्” वा “बुझ्न मन गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमीहरू बुझ्न चाहिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 11:16
येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।
τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην?
त्यस समयका मानिसहरू र बजारमा खेल्ने केटाकेटीहरूले भन्न सक्ने कुराको बीचको तुलनालाई परिचित गराउनलाई येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यो पुस्ता ... जस्तो छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὴν γενεὰν ταύτην
“अहिले जीवित भएका मानिसहरू” वा “यी मानिसहरू” वा “तिमीहरू, यस पुस्ताका मानिसहरू”
ταῖς ἀγοραῖς
एउटा ठूलो, खुला क्षेत्र जहाँ मानिसहरूले सामानहरू किन्छन् र बेच्छन्
Matthew 11:17
पद १६ मा “यो ... जस्तो छ” शब्दहरूसँग सुरु भएको दृष्टान्तलाई येशूले निरन्तरता दिनुहुन्छ ।
λέγουσιν…οὐκ ἐκόψασθε
त्यसबेला जीवित मानिसहरूका वर्णन गर्न येशूले एउटा दृष्टान्त चलाउनुहुन्छ । उहाँले उनीहरूलाई बच्चाहरूको एउटा समूहसँग तुलना गर्नुहुन्छ जसले अरू बच्चाहरूलाई उनीहरूसँग खेलाउन खोज्दै छन् । तर, तिनीहरू जे गरे पनि, अरू केटाकेटीहरू उनीहरूसँग सामेल हुने छैनन् । येशूको भनाइको तात्पर्य यो हो कि यदि परमेश्वरले बप्तिस्मा दिने यूहन्नालाई पठाउनुभयो भने पनि, जो मरुभूमिमा वास गर्छन् र उपवास बस्छन्, वा येशू जस्तो कोही, जो पापीहरूसँग उत्सव मनाउनुहुन्छ र उपवास बस्नुहुन्न, त्यसले केही फरक पार्दैन । मानिसहरू, विशेष गरी फरिसीहरू र धार्मिक अगुवाहरू, अझै पनि हठी रहन्छन् र परमेश्वरको सत्यतालाई स्वीकार गर्नलाई इन्कार गर्छन् । (हेर्नुहोस्ः दृष्टान्त अनि उपमा)
ηὐλήσαμεν ὑμῖν
“हामी” सर्वनामले बजारमा भएका बालबालिकाहरूलाई जनाउँछ । यहाँ “तिमीहरू” बहुवचनमा छ र केटाकेटीहरूको अर्को समूहलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
καὶ οὐκ ὠρχήσασθε
“तर तिमीहरू त्यस हर्षोल्लासको सङ्गीतमा नाचेनौ”
ἐθρηνήσαμεν
यसको अर्थ मृत्यु संस्कारको समयमा स्त्रीहरूले झैँ तिनीहरूले दुःखका गीत गाए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ οὐκ ἐκόψασθε
“तर तिमीहरू हामीहरूसँग रोएनौ”
Matthew 11:18
येशूले भीडसँग बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्न समापन गर्नुहुन्छ ।
μήτε ἐσθίων μήτε πίνων
यहाँ “रोटी” ले भोजनलाई जनाउँछ । यसको अर्थ यूहन्नाले कहिल्यै खाँदै खाएनन् हुँदैन । यसको अर्थ तिनले प्रायः गरी उपवास बस्दथे, र जब तिनले खान्थे, तब तिनले असल र महङ्गा भोजन खाँदैनथे । वैकल्पिक अनुवादः “बारम्बार उपवास बस्दै र मद्य नपिउँदै” वा “मिठा खानेकुरा नखाँदै र दाखमद्य नपिउँदै” (हेर्नुहोस्ः उपलक्षण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λέγουσιν, δαιμόνιον ἔχει.
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनलाई भूत लागेको छ भनेर तिनीहरू भन्छन्” वा “तिनीहरूले उनलाई भूत लागेको छ भनेर दोष लगाउँछन्” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
λέγουσιν
“तिनीहरू” शब्दका सबै प्रयोगहरूले त्यस पुस्ताका मानिसहरू, र विशेषगरी फरिसीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछन् ।
Matthew 11:19
ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, आएँ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἦλθεν…ἐσθίων καὶ πίνων
यो यूहन्नाको भन्दा उल्टो व्यवहार हो । यसको अर्थ भोजन र पेयको समान्य मात्राभन्दा धेरै उपभोग गर्ने हुन्छ । यसको अर्थ येशूले खुशी मनाउनुभयो र अरू मानिसहरूले झैँ असल भोजन र पेयको उपभोग गर्नुभयो ।
λέγουσιν, ἰδοὺ, ἄνθρωπος, φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν!
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ एउटा घिचुवा मानिस हो भनेर तिनीहरू भन्छन् र मतवाला ... पापीहरू ।” वा “उसले धेरै खान्छ र पिउँछ र पापीहरू ... भनेर तिनीहरूले दोष लगाउँछन् ।” “मानिसको पुत्र” लाई तपाईंले “म, मानिसको पुत्र,” भनी अनुवाद गरेको भए, तपाईंले यसलाई अप्रत्यक्ष कथनका रूपमा लेख्न र प्रथम पुरुषको प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू भन्छन्, म घिचुवा मानिस र पियक्कड ... पापीहरूका मित्र हो ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἄνθρωπος, φάγος
“ऊ एउटा लोभी घिचुवा हो” वा “उसले निरन्तर रूपमा ज्यादै धेरै खान्छ”
οἰνοπότης
“मद्यपान गरेर मातेको” वा “उसले निरन्तर धेरै मद्य पिउँछ”
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς
यो एउटा उखान हो जसलाई येशूले यस अवस्थामा लागु गर्नुहुन्छ, किनभने उहाँ र यूहन्ना दुवैलाई इन्कार गर्ने मानिसहरू बुद्धिमान् भइरहेका थिएनन् । येशू र बप्तिस्मा दिने यूहन्ना बुद्धमान्हरू हुनुहुन्थ्यो, र उहाँहरूका कामहरूले त्यसलाई प्रमाणित गर्छन् । (हेर्नुहोस्ः हितोपदेश)
ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς
यहाँ “बुद्धि”लाई एक स्त्रीको रूपमा वर्णन गरिएको छ, जो तिनले गरेका कार्यद्वारा ठीक प्रमाणित हुन्छिन् । येशूले भन्न खोज्नुभएको यो हो कि कुनै व्यक्तिका कार्यहरूका परिणामहरूले त्यो व्यक्ति साँच्चै बुद्धिमान् हो भनी प्रमाणित हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिका कार्यहरूका परिणामहरूले ऊ बुद्धिमान् हो भनी प्रमाणित गर्छ” (हेर्नुहोस्ः मानवीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 11:20
येशूले पहिले आफूले आश्चर्यकर्महरू गर्नुभएका सहरहरूका मानिसहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
ὀνειδίζειν τὰς πόλεις
यहाँ “सहरहरू”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती सहरहरूका मानिसलाई हप्काउनु” (हेर्नुहोस्ः लक्षणा)
πόλεις
“नगरहरू”
ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले धेरैजसो शक्तिशाली कार्यहरू गर्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αἱ…δυνάμεις αὐτοῦ
“शक्तिशाली कामहरू” वा “शक्तिका कामहरू” वा “आश्चर्यकर्महरू”
Matthew 11:21
οὐαί σοι, Χοραζείν! οὐαί σοι, Βηθσαϊδάν!
खोराजीन सहर र बेथसेदा सहरका मानिसहरूले येशूलाई सुनिरहे झैँ गरी उहाँले तिनीहरूलाई भनिरहनुभएको छ, तर तिनीहरूले सुनिरहेका थिएनन् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह)
οὐαί σοι
“तेरो लागि यो कति डरलाग्दो हुनेछ ।” यहाँ “तेरो” एकवचनमा छ र सहरलाई जनाउँछ । यदि तपाईंको लागि सहरको साटोमा मानिसहरूलाई जनाउन बढी स्वभाविक हुन्छ भने, तपाईंले बहुवचनमा भएको शब्द “तिमीहरू” प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Χοραζείν…Βηθσαϊδάν…Τύρῳ…Σιδῶνι
यी सहरका नामहरू तिनमा बसोबास गर्ने मानिसहरू जनाउने लक्षणा शब्दहरू हुन् । (हेर्नुहोस्ः लक्षणा अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
εἰ…αἱ δυνάμεις…πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ
विगतमा हुन सक्ने, तर नभएका काल्पनिक परिस्थितिको बारेमा येशूले वर्णन गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले तँमा गरेका शक्तिशाली कार्यहरू टुरोस र सिदोनमा गरेको भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αἱ γενόμεναι ἐν ὑμῖν
यहाँ “तिमीहरू” बहुवचनमा छ र यसले खोराजीन र बेथसेदालाई जनाउँछ । यदि तपाईंको भाषामा बढी स्वभाविक लाग्छ भने यी दुई सहरलाई जनाउन तपाईंले “तँ” दुईपल्ट प्रयोग गर्न, अन्यथा, सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू” प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πάλαι…μετενόησαν
सर्वनाम “तिनीहरू”ले टुरोस र सिदोनका मानिसहरूलाई जनाउँछ ।
μετενόησαν
“आफ्ना पापहरूका निम्ति तिनीहरू दुःखी छन् भनेर तिनीहरूले देखाउँथे”
Matthew 11:22
Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν
यहाँ “टुरोस र सिदोन”ले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सिदोनका मानिसहरूलाई परमेश्वरले धेरै दया देखाउनुहुनेछ” वा “परमेश्वरले न्यायको दिनमा टुरोस र सिदोनका मानिसहरूलाई भन्दा तिमीहरूलाई अति कडा दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἢ ὑμῖν
यहाँ “तिमीहरू” बहुवचनमा छ र यसले खोराजीन र बेथसेदालाई जनाउँछ । यदि तपाईंको भाषामा बढी स्वभाविक लाग्छ भने यी दुई सहरलाई जनाउन तपाईंले “तँ” दुईपल्ट प्रयोग गर्न, अन्यथा, सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू” प्रयोग गर्न सक्नुहुन्छ । अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले मैले गरेका आश्चर्यकर्महरू देखेर पनि पश्चात्ताप गरेनौ, र मलाई विश्वास गरेनौ” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 11:23
येशूले यी सहरका मानिसहरूलाई निरन्तर रूपमा हप्काउनुहुन्छ, जहाँ उहाँले पहिले आश्चर्यकर्महरू गर्नुभयो ।
καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ? ἕως ᾍδου καταβήσῃ; ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον
कफर्नहुम सहरका मानिसहरूले येशूलाई सुनिरहेजस्तै गरी उहाँले तिनीहरूसँग बोलिरहनुभएको छ, तर तिनीहरूले सुनिरहेका थिएनन् । यी दुईवटा पदमा प्रयोग भएका सर्वनाम “तँ” एकवचन हो र यसले कफर्नहुमलाई जनाउँछ । (हेर्नुहोस्ः सम्बोधन चिन्ह)
यहाँ प्रयोग “तँ” जति सबै एकवचन हुन् । ती सहरका मानिसहरूलाई जनाउनु बढी स्वभाविक हुन्छ भने, तपाईंले बहुवचन “तिमीहरू” गरी अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Καφαρναούμ…Σοδόμοις
यी सहरहरूका नामहरू हुन् जसलाई कफर्नहुम र सदोममा बस्ने मानिसहरूलाई जनाउनको निम्ति प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः लक्षणा)
μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ?
“के स्वर्ग जानका लागि तेरो पुनरुत्थान हुने छ भनी विचार गर्छस् ?” येशूले कफर्नहुमका मानिसहरूलाई तिनीहरूको घमण्डको लागि हप्काउनलाई एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “स्वर्ग जानका लागि तिमीहरूले आफैँलाई पुनरुत्थान गराउन सक्दैनौ !” वा “अरू मानिसहरूले प्रशंसा गरेर तिमीहरू स्वर्ग जानका लागि पुनरुत्थान हुनेछैनौ !” वा “परमेश्वरले तिमीहरूले सोचेको जस्तो गरी तिमीहरूलाई स्वर्गमा लानुहुनेछैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
ἕως ᾍδου καταβήσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तँलाई तल पातालमा झार्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον
विगतमा हुन सक्ने, तर नभएका काल्पनिक परिस्थितिको बारेमा येशूले वर्णन गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले तँमा गरेका शक्तिशाली कार्यहरू सदोममा गरेको भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δυνάμεις
“शक्तिशाली कामहरू” वा शक्तिका कामहरू” वा “आश्चर्यकर्महरू”
ἔμεινεν
सर्वनाम “त्यो”ले सदोम सहरलाई जनाउँछ ।
Matthew 11:24
λέγω ὑμῖν
यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί
यहाँ “सदोम” ले त्यहाँ बसोबास गरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायको दिनमा तिमीहरूलाई भन्दा सदोम मुलुकलाई परमेश्वरले धेरै दया देखाउनुहुनेछ” वा “परमेश्वरले न्यायको दिनमा सदोमको मुलुकलाई भन्दा तिमीहरूलाई अति कडा दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἢ σοί
अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मैले गरेका आश्चर्यकर्महरू तिमीहरूले देखे, तापनि तिमीहरूले पश्चात्ताप गरेनौ, र मलाई विश्वास गरेनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 11:25
२५ र २६ पदहरूमा येशूले भीडको अगाडि नै उहाँको स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ । पद २७ मा, उहाँले फेरि मानिसहरूलाई सम्बोधन गर्न थाल्नुहुन्छ ।
Πάτερ
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς
“स्वर्ग र पृथ्वीमा राज गर्नुहुने प्रभु ।” “स्वर्ग र पृथ्वी” वाक्यांश ब्रह्माण्डमा भएका सबै मानिस र थोकहरू जनाउने विपरितार्थ अलङ्कार हो । वैकल्पिक अनुवादः “सारा ब्रह्माण्डमा शासन गर्नुहुने मालिक” (हेर्नुहोस्ः मेरिज्म)
ἔκρυψας ταῦτα…καὶ ἀπεκάλυψας αὐτὰ
“यी कुराहरू”को अर्थ के हो भनेर प्रस्ट छैन । यदि तपाईंको भाषामा के भन्न खोजेको हो भनेर प्रस्ट पार्न जरुरी छ भने, कुनै वैकल्पिक अनुवाद बेस हुन सक्छ । वैकल्पिक अनुवादः “तपाईंले यी सत्यताहरू लुकाउनुभयो... र तिनीहरूलाई प्रकट गर्नुभयो”
ἔκρυψας ταῦτα ἀπὸ
“तपाईंले यी कुराहरू ... बाट लुकाउनुभयो” वा “तपाईंले यी कुराहरूलाई थाहा हुन दिनुभएन ।” यो क्रियापद “प्रकट” को विपरितार्थ हो ।
ἀπὸ σοφῶν καὶ συνετῶν
यी नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूबाट जो बुद्धिमान् र समझदार छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
σοφῶν καὶ συνετῶν
येशूले व्यङ्ग प्रयोग गर्दै हुनुहुन्छ । यी मानिस साँच्चै बुद्धिमान् छन् भनी उहाँले विचार गर्नुहुन्न । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले आफूलाई बुद्धिमान् र समझदार सम्झन्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)
ἀπεκάλυψας αὐτὰ
“तिनीहरूलाई थाहा गराउनुभयो ।” सर्वनाम “तिनीहरू” ले यही पदमा पहिले नै उल्लेख गरिएको “यी कुराहरू” भन्ने वाक्यांशलाई जनाउँछ ।
νηπίοις
अन्जान व्यक्तिलाई येशूले सानो बालकसँग तुलना गर्नुहुन्छ । येशूले यो कुरामा जोड दिंदै हुनुहुन्छ कि, उहाँमाथि विश्वास गर्नेहरूमध्ये धेरै जना शिक्षित छैनन् वा आफैँलाई बुद्धिमान् भएको विचार गर्दैनन् । (हेर्नुहोस्ः रूपक)
Matthew 11:26
ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου
“तपाईंको दृष्टिमा” भन्ने वाक्यांश लक्षणा हो जसको अर्थ कुनै व्यक्तिले कुनै विषयमा कसरी विचार गर्दछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंले त्यसो गर्नु असल थियो भनेर देख्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
Matthew 11:27
πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले मलाई सबै कुरा सुम्पिदिनुभएको छ” वा “मेरा पिताले सबै कुरा मेरो जिम्मामा दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάντα
सम्भावित अर्थहरू हुन् १) परमेश्वर पिता आफैँले र उहाँको राज्यको बारेमा सबै कुरा येशूमा प्रकट गर्नुभयो वा २) परमेश्वरले येशूलाई सबै अधिकार दिनुभयो ।
τοῦ Πατρός μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ
“केवल पिताले मात्रै पुत्रलाई चिन्नुहुन्छ”
οὐδεὶς ἐπιγινώσκει
यहाँ “चिन्नु” शब्दको अर्थ कसैसँग परिचित हुनु मात्र होइन । यसको अर्थ व्यक्तिहरू आपसमा विशेष सम्बन्ध भएको हुनाले घनिष्ठ रूपले चिन्ने कुरा हो ।
τὸν Υἱὸν
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τὸν Υἱὸν
यो परमेश्वरको पुत्र, येशूको लागि एक महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς
“पुत्रले मात्रै पितालाई चिन्दछ”
Matthew 11:28
येशूले भीडसँग बोल्नलाई सकाउनुहुन्छ ।
πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς
“तिमीहरू”का सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
οἱ κοπιῶντες καὶ πεφορτισμένοι
येशूले मानिसहरू सारा व्यवस्थालाई पालन गर्नका लागि तिनीहरूको प्रयासमा निरुत्साहित भएको कुराको विषयमा यसरी कुरा गर्नुहुन्छ कि मानौँ ती नियमहरू गह्रौँ वजनहरू थिए र मानिसहरू ती बोक्नलाई परिश्रम गरिरहेका छन् । वैकल्पिक अनुवादः “जो धेरै कठिन परिश्रम गरेर निरुत्साहित भएका छन्” वा “जो धेरै कठिन परिश्रम गरेर व्यवस्थालाई सिद्ध रूपमा पालना गर्नलाई निरुत्साहित भएका छन्” (हेर्नुहोस्ः रूपक)
κἀγὼ ἀναπαύσω ὑμᾶς
“म तिमीहरूलाई तिमीहरूको परिश्रम र बोझबाट विश्राम दिनेछु”
Matthew 11:29
ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς
येशूले निरन्तर अलङ्कार प्रयोग गर्नुहुन्छ । मानिसहरूलाई आफ्नो चेलाहरू हुन र आफ्नो पछि हिंड्नका लागि येशूले निमन्त्रणा दिंदै हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ
यहाँ “नम्र” र “कोमल” को आधारभूत रूपमा एउटै अर्थ हुन्छ । येशू आफैँचाहिं धार्मिक अगुवाहरूभन्दा धेरै नै दयावान् हुनुहुन्छ भनेर जोड दिनका लागि उहाँले यी शब्दलाई एकसाथ प्रयोग गर्गुहुन्छ । वैकल्पिक अनुवादः “म भद्र र नम्र छु” वा “म धेरै कोमल छु” (हेर्नुहोस्ः प्रतिरूपी)
ταπεινὸς τῇ καρδίᾳ
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । “नम्र हृदयको” भनेको “विनम्र”लाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “विनम्र” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν
यहाँ “आत्मा” शब्दले सम्पूर्ण व्यक्तत्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्ना लागि विश्राम प्राप्त गर्ने छौ” वा “तिमीहरूले विश्राम गर्न सक्षम हुनेछौ” (हेर्नुहोस्ः उपलक्षण)
Matthew 11:30
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν
यी दुवै वाक्यांशको अर्थ एउटै हो । यहूदी व्यवस्था पालन गर्नुभन्दा येशूका आज्ञा पालन गर्न सजिलो छ भन्ने कुरामा उहाँले जोड दिनुहुन्छ । वैकल्पिक अनुवादः “किनभने जुन भारी तिमीहरूमाथि म राख्दछु, त्यो हलुका हुनाले तिमीहरूले त्यसलाई बोक्न सक्नेछौ” (हेर्नुहोस्ः समान्तरता)
τὸ φορτίον μου ἐλαφρόν ἐστιν
यहाँ उल्लेख गरिएको शब्द “हलुको” गह्रौँको विपरीतार्थक शब्द हो, अँध्यारो को विपरीत हैन ।
Matthew 12
मत्ती १२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १२:१८-२१ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
विश्रामको दिन
परमेश्वरका मानिसहरूले विश्रामको दिनको पालन कसरी गर्नुपर्छ भन्ने बारेमा यस अध्यायले धेरै कुरा भनेको छ । येशूले भन्नुभयो कि फरिसीहरूले बनाएका नियमहरूले मानिसहरूलाई विश्राम दिनको पालना गर्न सहायता गरेन जुन तरिकाले तिनीहरूले पालना गरेको परमेश्वरले चाहनुभएको थियो । (हेर्नुहोस्ः शबाथ)
“आत्माको विरुद्धमा ईश्वरनिन्दा”
मानिसहरूले यो पाप गर्दा तिनीहरूले के-के कार्यहरू गर्दछन् वा के-के वचनहरू बोल्दछन् भनी कसैलाई थाहा छैन । तापनि तिनीहरूले पवित्र आत्मा र उहाँको कामलाई अपमान गर्दछन् । मानिसहरू पापीहरू हुन् र तिनीहरूले क्षमा पाउनका लागि तिनीहरूले परमेश्वरमा पुकारा गर्नुपर्दछ भनेर मानिसहरूलाई बुझाउनु पवित्र आत्माको कामको एक हिस्सा हो । यसकारण, शायद पाप गर्न छोड्नलाई कोसिस नगर्ने कुनै पनि व्यक्तिले पवित्र आत्माको निन्दा गरिरहेको हुन्छ । (हेर्नुहोस्ः निन्दा, निन्दा गर्नु अनि पवित्र आत्मा, परमेश्वरका आत्मा, प्रभुका आत्मा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
दाजुभाइ र दिदीबहिनी
धेरैजसो मानिसहरूले एउटै आमाबुबा भएका मानिसहरूलाई “दाजुभाइ” तथा “दिदीबहिनी” भन्दछन्, र तिनीहरूका जीवनमा ती मानिस नै सबैभन्दा बढी महत्त्वपूर्ण हुन् भनी विचार गर्दछन् । धेरैजसो मानिसहरूले एउटै हजुरबुबा र हजुरआमा भएका मानिसहरूलाई पनि “दाजुभाइ” तथा “दिदीबहिनी” भन्दछन् । यस अध्यायमा येशू भन्नुहुन्छ, स्वर्गमा हुनुहुने उहाँको पिताको आज्ञा पालन गर्ने मानिसहरू नै उहाँको लागि सबैभन्दा बढी महत्त्वपूर्ण मानिसहरू हुन् । (हेर्नुहोस्ः भाइ)
Matthew 12:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जहाँ येशूको सेवाकार्यको बारेमा मानिसहरूबाट विरोध बढेर गएको कुरा लेखकले भनेका छन् । यहाँ, विश्रामको दिनमा दाना टिपेकामा फरिसीहरूले उहाँका चेलाहरूको आलोचना गर्छन् ।
ἐν ἐκείνῳ τῷ καιρῷ
यसले कथाको नयाँ भाग सुरु भएको सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “अलि पछि”
τῶν σπορίμων
अन्नबाली रोप्ने ठाउँ । यदि गहुँको बारेमा ज्ञात छैन भने र “अन्नबाली” चाहिँ केही ज्यादै नै मूलभूत हुन जान्छ भने, त्यस्तो अवस्थामा तपाईंले “ती बिरुवाका खेतहरू जसबाट तिनीहरूले रोटी बनाउँछन्” भन्ने वाक्यांशलाई प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
τίλλειν στάχυας καὶ ἐσθίειν
अरूहरूका खेतहरूमा भएका अन्नका दानाहरू टिप्नु र खानुलाई चोरी मानिँदैनथ्यो । अरू समयहरूमा नियमसङ्गत नै भएपनि कुनै व्यक्तिले सो काम विश्रामको दिनमा गर्न हुन्थ्यो वा हुँदैनथ्यो भन्ने चाहिँ प्रश्न हो ।
τίλλειν στάχυας καὶ ἐσθίειν
“केही गहुँ टिपे र त्यो खाए” वा “केही अन्न टिपे र त्यो खाए”
στάχυας
यो गहुँको बिरुवाको सबैभन्दा टुप्पोको भाग हो । यसमा बिरुवाको पाकेको अन्न वा बिउ हुन्छ ।
Matthew 12:2
ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν Σαββάτῳ
अरूहरूका खेतहरूमा भएका अन्नका दानाहरू टिप्नु र खानुलाई चोरी मानिँदैनथ्यो । अरू समयहरूमा नियमसङ्गत नै भएपनि कुनै व्यक्तिले सो काम विश्रामको दिनमा गर्न हुन्थ्यो वा हुँदैनथ्यो भन्ने चाहिँ प्रश्न हो ।
οἱ…Φαρισαῖοι
यसले फरिसी सबैलाई जनाउँदैन । वैकल्पिक अनुवादः “केही फरिसीहरू”
ἰδοὺ, οἱ μαθηταί σου
“हेर्नुहोस्, तपाईंका चेलाहरू ।” चेलाहरूले जे गरिरहेका थिए, त्यसमा ध्यान खिच्नका लागि फरिसीहरूले यो शब्द प्रयोग गरे ।
Matthew 12:3
फरिसीहरूका आलोचनालाई येशूले जवाफ दिनुहुन्छ ।
αὐτοῖς
“फरिसीहरूलाई”
οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετ’ αὐτοῦ
फरिसीहरूका आलोचनाको जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरूले पढेका धर्मशास्त्रको अर्थलाई विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “मलाई थाहा छ, यो कुराको बारेमा तिमीहरूले पढेका छौ ... उनीसँग भएका” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 12:4
τὸν οἶκον τοῦ Θεοῦ
दाउदको समयमा मन्दिर निर्माण भएकै थिएन । वैकल्पिक अनुवादः “पवित्र वासस्थान” वा “परमेश्वरको आराधना गर्ने ठाउँ”
τοὺς ἄρτους τῆς Προθέσεως
पवित्र वासस्थानमा पूजाहारीले परमेश्वरको उपस्थितिमा राखेको पवित्र रोटी । वैकल्पिक अनुवादः “पूजाहारीले परमेश्वरको सामुमा राख्ने रोटी” वा “पवित्र रोटी” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῖς μετ’ αὐτοῦ
“ती मानिसहरू जो दाऊदसँगै थिए”
εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις
“तर, व्यवस्थाअनुसार, केवल पूजाहारीले मात्र त्यो खान सक्थे”
Matthew 12:5
येशूले फरिसीहरूलाई निरन्तर जावाफ दिनुहुन्छ ।
οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν?
फरिसीहरूका आलोचनाको जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । तिनीहरूले पढेका धर्मशास्त्रको अर्थलाई विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि तिमीहरूले व्यवस्थामा पढेका छौ कि ... तर निर्दोष रहन्छन् ।” वा “तिमीहरूलाई थाहा हुनुपर्छ कि व्यवस्थाले सिकाउँछ कि ... तर निर्दोष रहन्छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ Σάββατον βεβηλοῦσιν
“तिनीहरूले अरू दिनहरूमा गर्ने कुराहरू विश्रामको दिनमा गर्नु”
ἀναίτιοί εἰσιν
“परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछैन” वा “परमेश्वरले तिनीहरूलाई दोषी ठान्नुहुन्न”
Matthew 12:6
λέγω…ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
τοῦ ἱεροῦ μεῖζόν
“कोही एकजना जो मन्दिरभन्दा बढी महत्त्वपूर्ण छन् ।” येशूले आफैँलाई बढी महान् व्यक्तिको रूपमा जनाउँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 12:7
पद ७ मा, फरिसीहरूलाई हप्काउनका लागि येशूले होसे अगमवक्ताबाट उदधृत गर्नुहुन्छ ।
येशूले फरिसीहरूलाई निरन्तर जावाफ दिनुहुन्छ ।
εἰ δὲ ἐγνώκειτε τί ἐστιν, ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους
यहाँ येशूले धर्मशास्त्रबाट उदधृत गर्नुहुन्छ । वैकल्पिक अनुवादः “होशे अगमवक्ताले धेरै पहिले यो कुरा लेखेः ‘म कृपा चाहन्छु र बलिदान होइन ।’ यसको अर्थ के हो भनी तिमीहरूले बुझेका भए, तिमीहरूले निर्दोष मानिसलाई दोष लगाउने थिएनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔλεος θέλω καὶ οὐ θυσίαν
मोशाको व्यवस्थामा, परमेश्वरले इस्राएलीहरूलाई बलिदान चढाउने आज्ञा दिनुभयो । यसको अर्थ परमेश्वरले बलिदानलाई भन्दा कृपालाई धेरै महत्त्व दिनुहुन्छ ।
θέλω
“म” सर्वनामले परमेश्वरलाई जनाउँछ ।
τοὺς ἀναιτίους
यसलाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो दोषी छैनन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 12:8
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Κύριος…ἐστιν τοῦ Σαββάτου
“विश्राम दिनमाथि प्रभुत्व गर्नुहुन्छ” वा “मानिसहरूले विश्राम दिनको दिनमा के-के गर्न सक्छन् भनी नियमहरू बनाउनुहुन्छ”
Matthew 12:9
यहाँ परिवेश त्यसभन्दा पछिको समयमा सर्छ जुन समयमा येशूले एकजना मानिसलाई विश्रामको दिनमा निको पार्नुभएकोमा उहाँको आलोचना गर्छन् ।
καὶ μεταβὰς ἐκεῖθεν
“येशू अन्नबालीका खेतहरूबाट हिँड्नुभयो” वा “त्यसपछि येशू जानुभयो”
τὴν συναγωγὴν αὐτῶν
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूको” शब्दले त्यस सहरका यहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सभाघर” वा २) “तिनीहरूको” शब्दले येशूले भर्खरै कुरा गर्नुभएको यहूदीहरूलाई जनाउँछ, र यो नै त्यो सभाघर थियो जहाँ तिनीहरू र त्यस सहरका अन्य यहूदीहरू भेला हुन्थे । “तिनीहरूको” शब्दको अर्थ सभाघर फरिसीहरूको नै हो भन्ने चाहिँ होइन । वैकल्पिक अनुवादः “तिनीहरू जाने सभाघर”
Matthew 12:10
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἄνθρωπος χεῖρα ἔχων ξηράν
“एक जना मानिस जसको हात पक्षाघात भएको थियो” वा “लङ्गडा हात भएको एक जना मानिस”
ἐπηρώτησαν αὐτὸν λέγοντες, εἰ ἔξεστι τοῖς Σάββασιν θεραπεύειν? ἵνα κατηγορήσωσιν αὐτοῦ
“फरिसीहरूले येशूलाई पाप गरेको दोष लगाउन चाहान्थे, यसैले तिनीहरूले उहाँलाई सोधे, ‘के विश्राम दिनमा निको पार्नु विधिवत् कुरा हो ?’”
εἰ ἔξεστι τοῖς Σάββασιν θεραπεύειν?
“मोशाको व्यवस्थाअनुसार, के एक व्यक्तिले अर्को व्यक्तिलाई विश्राम दिनमा निको पार्न सक्दछ”
ἵνα κατηγορήσωσιν αὐτοῦ
फरिसीहरूले येशूलाई मानिसहरूका सामु दोष लगाउने इच्छा मात्र गरेनन् । तिनीहरूले येशूलाई मोशाको व्यवस्थासँग बाझिने किसिमको जवाफ पनि दिन खोजे, र यसरी तिनीहरूले उहाँलाई न्यायाधीशका सामु लैजान र उहाँलाई व्यवस्था भङ्ग गरेको भनेर विधिवत् रूपले आरोप लगाउन सक्दथे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 12:11
येशूले फरिसीहरूको आलोचनालाई जावाफ दिनुहुन्छ ।
τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ?
फरिसीहरूलाई जवाफ दिन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । विश्राम दिनमा तिनीहरूले के-के काम गर्न सक्दछन् भनी विचार गर्न येशूले तिनीहरूलाई चुनौति दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये हरेकले, यदि तिमीहरूको एउटा भेडा ... त्यस भेडालाई पक्रने थियौ र त्यसलाई बाहिर तान्ने थियौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 12:12
πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου?
“कति बढी” भन्ने वाक्यांशले भनाइमा जोड दिन्छ । वैकल्पिक अनुवादः “स्पष्ट रूपमा, एक जना मानिस एउटा भेडाभन्दा बढी मूल्यवान् हुन्छ !” वा “एक जना मानिस एउटा भेडाभन्दा कति बढी मूल्यवान् हुन्छ सो विचार गर”
ἔξεστιν τοῖς Σάββασιν καλῶς ποιεῖν
“विश्रामको दिनमा असल गर्नेहरूले व्यवस्थाको पालना गरिरहेका छन्”
Matthew 12:13
τότε λέγει τῷ ἀνθρώπῳ, ἔκτεινόν σου τὴν χεῖρα.
यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि येशूले त्यो मानिसलाई उसको हात पसार्ने आदेश दिनुभयो” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
τῷ ἀνθρώπῳ
“पक्षाघाती हात भएको मानिसलाई” वा “अपाङ्ग हात भएको मानिसलाई”
ἔκτεινόν σου τὴν χεῖρα
“तिम्रो हात बाहिर निकाल” वा “तिम्रो हात फैलाऊ”
ἐξέτεινεν
“त्यस मानिसले ... पसार्यो”
ἀπεκατεστάθη, ὑγιὴς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो फेरि सद्दे भयो” वा “त्यो पुनः असल भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 12:14
συμβούλιον ἔλαβον κατ’ αὐτοῦ
“येशूलाई हानि गर्ने योजना बनाए”
ὅπως αὐτὸν ἀπολέσωσιν
“तिनीहरूले येशूलाई कसरी मार्न सक्छन् भनेर छलफल गरिरहेका थिए”
Matthew 12:15
येशूका कार्यहरूले यशैयाका अगमवाणीहरूमध्ये एउटालाई कसरी पूरा गर्यो भनेर यस विवरणले व्याख्या गर्छ ।
ὁ δὲ Ἰησοῦς γνοὺς, ἀνεχώρησεν
“फरिसीहरूले के योजना गरिरहेका थिए भनेर येशू जानकार हुनुभयो, त्यसैले उहाँ”
ἀνεχώρησεν ἐκεῖθεν
“ ... बाट बिदा हुनुभयो” वा “जानुभयो”
Matthew 12:16
μὴ φανερὸν αὐτὸν ποιήσωσιν
“उहाँको बारेमा अरू कसैलाई पनि नभन्न भनी”
Matthew 12:17
ἵνα πληρωθῇ τὸ ῥηθὲν
“ताकि ... सो सत्य हुन आओस्” भन्ने वाक्यांशलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ ... पूरा हुनलाई थियो”
τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले यशैया अगमवक्ताद्वारा लामो समय अघि भन्नुभयो”
Matthew 12:18
येशूको सेवाकार्यले धर्मशास्त्र पूरा गर्यो भनी दर्शाउनका लागि यहाँ मत्तीले यशैया अगमवक्ताबाट उद्धृत गर्नुभयो ।
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई बताउन लागेको कुरामा ध्यान देऊ”
μου…ᾑρέτισα…μου…μου…θήσω…μου
यी शब्दहरूका सबै प्रयोगहरूले परमेश्वरलाई जनाउँछन् । परमेश्वरले आफूलाई भन्नुभएको कुरालाई यशैयाले उद्धरण गर्दै छन् ।
ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου
“तिनी मेरो प्रिय हुन्, म तिनीसँग धेरै प्रसन्न छु”
εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου
यहाँ “प्राण” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जससँग म धेरै खुशी छु” (हेर्नुहोस्ः उपलक्षण)
κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ
यसको अर्थ हुन्छ कि परमेश्वरको सेवकले अन्यजातिहरूलाई न्याय हुनेछ भनेर भन्नेछन् । यसलाई प्रस्ट गरेर भन्न सकिन्छ कि परमेश्वर नै हुनुहुन्छ जसले न्याय ल्याउनुहुनेछ, र भाववाचक नामपद शब्द “न्याय”लाई “जे ठीक छ” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जातिहरूलाई घोषणा गर्नेछन् कि परमेश्वरले तिनीहरूको लागि जे ठीक छ सो गर्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि भाववाचक नाम)
Matthew 12:19
मत्तीले अगमवक्ता यशैयाबाट निरन्तर उद्धृत गर्दछन् ।
οὐδὲ ἀκούσει τις…τὴν φωνὴν αὐτοῦ
यहाँ मानिसहरूले तिनको स्वर नसुन्ने कुराले तिनले ठूलो स्वर गरी नबोल्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनले ठूलो स्वरले बोल्नुहुनेछैन” (हेर्नुहोस्ः लक्षणा)
οὐκ ἐρίσει…αὐτοῦ
यी शब्दहरूका सबै प्रयोगहरूले परमेश्वरको चुनिएको सेवकालाई जनाउँछन् ।
ἐν ταῖς πλατείαις
यो लक्षाणको रूपमा प्रयोग शब्द हो जसको अर्थ “सार्वजनिक रूपमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सहरहरू र गाउँहरूमा” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 12:20
οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν
“तिनी” शब्दका सबै प्रयोगहरूले परमेश्वरको चुनिएको सेवकालाई जनाउँछन् ।
κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει
यी दुवै वाक्यका अर्थ एउटै हुन्छ । परमेश्वरले चुन्नुभएको सेवक नम्र र दयालु हुन्छन् भनी जोड दिनका लागि ती अलङ्कारहरू हुन् । “फुटेको निगालो” र “धिपधिप बलिरहेको सलेदो” दुवैले कमजोर र चोट पुग्न सक्ने मानिसलाई जनाउँछन् । यदि यो अलङ्कारले अलमलमा पार्दछ भने, तपाईंले यसलाई शाब्दिक अर्थ दिने गरी अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः“कमजोर मानिसहरूप्रति तिनी दयालु हुनेछन्, र चोट पुग्न सक्नेहरूप्रति तिनी नम्र हुनेछन्” (हेर्नुहोस्ः समान्तरता अनि रूपक)
κάλαμον συντετριμμένον
“बिगार भएको बिरुवा”
λίνον τυφόμενον οὐ σβέσει
“तिनले धिपधिप भइरहेको सलेदोको आगोलाई मार्नेछैनन्” वा “तिनले धिपधिप भइरहेको कुनै पनि सलेदोलाई बल्नबाट रोक्नेछैनन्”
λίνον τυφόμενον
यसले बत्ती निभेर धुवाँ आउनै लागेको कमजोर दियोलाई जनाउँछ, र यो धुवाउने अवस्था हो ।
λίνον τυφόμενον…ἕως
यसलाई नयाँ वाक्यमा यसरी अनुवाद गर्न सकिन्छः “सलेदो । सम्म उहाँले यो काम गर्नुहुनेछ”
ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν
कसैलाई विजयमा पुर्याउने कुराले उसलाई विजयी तुल्याउने कुरालाई प्रतिनिधित्व गर्छ । न्यालाई विजयी तुल्याउने कुराले अनुचित कुराहरूलाई ठीक बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनले सबैकुराहरूलाई ठीक बनाउँछन्” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 12:21
τῷ ὀνόματι αὐτοῦ
यहाँ “नाउँ” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनमा” (हेर्नुहोस्ः उपलक्षण)
Matthew 12:22
यहाँ दृश्य घटना पछिको समयमा पुग्दछ, जति बेला येशूले शैतानको शक्तिले मानिसलाई निको पारेको भनी फरिसीहरूले उहाँलाई दोष लगाउँछन् ।
τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि भूतात्माले नियन्त्रण गरेको हुनाले अन्धो भएको र बोल्न नसक्ने व्यक्तिलाई कसैले येशूकहाँ लिएर आयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προσηνέχθη αὐτῷ…τυφλὸς καὶ κωφός
“कोही व्यक्ति जसले देख्न सक्दैनथ्यो र बोल्न सक्दैनथ्यो”
Matthew 12:23
ἐξίσταντο πάντες οἱ ὄχλοι
“त्यस मानिसलाई येशूले निको पार्नुभएको देख्ने सबै मानिसहरू ज्यादै अचम्मित भएका थिए”
ὁ υἱὸς Δαυείδ
यो ख्रीष्ट वा मसिहको नाउँ हो ।
υἱὸς
यहाँ यसको अर्थ “ ... को सन्तान” हुन्छ ।
Matthew 12:24
पद २५ मा, येशूले शैतानको शक्तिले त्यो मानिसलाई निको पारेको भन्ने फरिसीहरूले दोष लगाएको कुरामा उहाँले जवाफ दिन सुरु गर्नुहुन्छ ।
ἀκούσαντες
यसले अन्धो, बहिरो, र भूतात्मा लागेको मानिसलाई निको पारेको आश्चर्यकर्मलाई जनाउँछ ।
οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । “यस मानिसले आफू बालजिबुलको सेवक भएकोले मात्र भूतहरू निकाल्न सक्दछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
οὗτος
तिनीहरूले येशूलाई इन्कार गर्दछन् भनेर देखाउन फरिसीहरूले येशूलाई उहाँको नामद्वारा सम्बोधन गर्दैनन् ।
ἄρχοντι τῶν δαιμονίων
“भूतात्माहरूको प्रमुख”
Matthew 12:25
πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς οὐ σταθήσεται
फरिसीहरूलाई जावफ दिन येशूले उखानको प्रयोग गर्नुहुन्छ । यी दुवै वाक्यका अर्थ एउटै हो । यी वाक्यले जोड दिन्छन् कि बालजिबुलले अरू भूतात्माहरूसित युद्ध गर्नका लागि आफ्नो शक्ति खर्च गर्ने भन्ने कुराको कुनै अर्थ हुँदैन । (हेर्नुहोस्ः हितोपदेश अनि समान्तरता)
πᾶσα βασιλεία μερισθεῖσα καθ’ ἑαυτῆς ἐρημοῦται
यहाँ “राज्य” शब्दले राज्यमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब राज्यका मानिसहरू एकआपसमा झगडा गर्दछन्, तब त्यो राज्य टिक्ने छैन” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτῆς οὐ σταθήσεται
यहाँ “सहर” शब्दले त्यसमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ, अनि “घर” शब्दले परिवारलाई जनाउँछ । “आफैँमा विभाजित भएको” हुनुले त्यसका मानिसहरू एक आपसमा लडिरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जब मानिसहरू एक आपसमा झगडा गर्दछन्, तब त्यस कुराले सहर वा परिवारलाई नष्ट पार्दछ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Matthew 12:26
शैतानको शक्तिद्वारा येशूले त्यो मानिसलाई निको पार्नुभयो भनेर फरिसीहरूले भनेका कुरालाई येशूले निरन्तर जवाफ दिनुहुन्छ ।
εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει
शैतानको दोस्रो प्रयोगले शैतानको सेवा गर्ने भूतात्माहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि शैतानले त्यसको आफ्नै भूतात्माहरूको विरुद्धमा काम गर्छ भने” (हेर्नुहोस्ः लक्षणा)
πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ?
फरिसीहरूले भनिरहेका कुरा तार्किक छैन भनेर तिनीहरूलाई देखाउनका लागि येशूले यो प्रश्न चलाउनुहुन्छ । वैकल्पिक अनुवादः “यदि आफैँमा विभाजित भएको भए, त्यसको राज्य खडा हुन सक्दैन !” वा “यदि शैतान आफ्ना भूतात्माहरूको विरुद्धमा लड्ने हो भने, त्यसको राज्य टिक्न सक्दैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 12:27
Βεελζεβοὺλ
यस नामले “शैतान” (पद २६) भन्ने व्यक्तिलाई नै जनाउँछ ।
οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν?
फरिसीहरूलाई लाई चुनौति दिनका लागि येशूले अर्को प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसो भए तिमीहरूले भन्नुपर्छ, तिमीहरूलाई पछ्याउनेहरूले पनि बालजिबुलको शक्तिले भूतात्माहरू निकाल्दछन् । तर यो कुरा सत्य होइन भन्ने तिमीहरूलाई थाहा छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οἱ υἱοὶ ὑμῶν
येशूले फरिसीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो । “तिमीहरूका छोराहरू” भन्ने वाक्यांशले तिनीहरूका अनुयायीहरू जनाउँछ । गुरु वा अगुवाको पछि लाग्नेहरूलाई जनाउने यो एउटा प्रचलित तरिका थियो । वैकल्पिक अनुवादः “तिमीहरूका अनुयायीहरू” (हेर्नुहोस्ः रूपक)
διὰ τοῦτο, αὐτοὶ κριταὶ ἔσονται ὑμῶν
“तिमीहरूका चेलाहरूले परमेश्वरको शक्तिले भूतात्माहरू निकाल्ने हुनाले, मेरो बारेमा तिमीहरूले भनेका कुरा गलत हुन् भनी तिनीहरूले नै प्रमाणित गर्दछन् ।”
Matthew 12:28
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
εἰ δὲ…ἐγὼ
यहाँ “यदि” शब्दले येशूले आफैँले भूतात्मालाई उहाँले भूतात्माहरूलाई कसरी बाहिर निलाल्नुहुन्छ भनेर प्रश्न गरेको अर्थ लाग्दैन । यहाँ साँचो कथनको परिचय गराउन येशूले यहाँ यो शब्द प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तर किनभने म”
ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ Βασιλεία τοῦ Θεοῦ
“तब परमेश्वरको राज्य तिमीहरूका बीचमा आएको छ ।” यहाँ “राज्य” शब्दले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसको अर्थ तिमीहरूका बीचमा परमेश्वरले आफ्नो शासनको स्थापना गर्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
ἔφθασεν ἐφ’ ὑμᾶς
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 12:29
πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν? καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
फरिसीहरूलाई निरन्तर जवाफ दिनका लागि येशूले एउटा उखानको प्रयोग गर्नुहुन्छ । येशूका कुराको अर्थ, उहाँ शैतानभन्दा बढी बलियो हुनुभएको हुनाले उहाँले भूतात्मालाई बाहिर निकाल्न सक्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν?
फरिसीहरू र भीडलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “बलियो व्यक्तिलाई पहिले नबाँधीकन ... कोही पनि भित्र छिरेर चोर्न सक्दैन ।” वा “यदि कुनै मानिस भित्र छिर्न चाहन्छ भने ... उसले पहिले बलियो मानिसलाई बाँध्नुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν?
“बलियो व्यक्तिलाई पहिले नियन्त्रणमा नलिएसम्म”
τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει
“त्यसपछि उसले चोर्न सक्छ” वा “त्यसपछि ऊ चोर्न सक्षम हुन्छ”
Matthew 12:30
ὁ μὴ ὢν μετ’ ἐμοῦ
“जसले मलाई समर्थन गर्दैन” वा “जसले मसँगै काम गर्दैन”
κατ’ ἐμοῦ ἐστιν
“मेरो विरोध गर्दछ” वा “मेरो विरुद्धमा काम गर्छ”
ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει
भेडाका बगाललाई गोठालोकहाँ भेला पार्ने वा तिनलाई गोठालोको साथबाट छरपष्ट पार्ने व्यक्ति जनाउने अलङ्कार येशूले प्रयोग गर्नुहुन्छ । येशूको अर्थ हो कि कुनै व्यक्तिले मानिसहरूलाई येशूका चेलाहरू हुन सहायता पुर्याउँछ, वा मानिसहरूले येशूलाई इन्कार गर्ने उसले तुल्याउँछ । (हेर्नुहोस्ः रूपक)
Matthew 12:31
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
λέγω ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
λέγω ὑμῖν
यहाँ “तिमीहरूलाई” बहुवचन हो । येशू प्रत्यक्ष रूपमा फरिसीहरूसँग बोल्दै हुनुहुन्छ, तर उहाँले भीडलाई सिकाउँदै पनि हुनुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले गरेका हरेक पाप र तिनीहरूले भनेका हरेक दुष्ट कुराहरू परमेश्वरले क्षमा गर्नुहुनेछ” वा “परमेश्वरले ती हरेक व्यक्तिहरूलाई क्षमा दिनुहुनेछ, जसले पाप गर्दछन् वा दुष्ट कुराहरू भन्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ…τοῦ Πνεύματος, βλασφημία οὐκ ἀφεθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पवित्र आत्माको बारेमा दुष्ट कुराहरू भन्ने व्यक्तिलाई क्षमा गर्नुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 12:32
ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
यहाँ “वचन” शब्दले कसैले भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले मानिसको पुत्रको बारेमा कुनै खराब वचन बोल्छ” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἀφεθήσεται αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले एक व्यक्तिलाई त्यसको लागि क्षमा गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἀφεθήσεται αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो व्यक्तिलाई क्षमा गर्नुहुनेछैन”
οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι
यहाँ “यो संसार” र “आउने संसार”ले वर्तमान् जीवन र त्यसपछिको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो जीवनमा वा यसपछिको जीवनमा” वा “अहिले वा कहिल्यै पनि” (हेर्नुहोस्ः लक्षणा)
Matthew 12:33
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν
सम्भावित अर्थहरू हुन् १) “यदि तिमीहरूले रूखलाई असल बनाउछौ भने, त्यसको फल पनि असल हुने छ, र यदि रूखलाई खराब बनायौ भने, त्यसको फल पनि खराब हुने छ” वा २) “यदि तिमीहरूले कुनै रूख असल छ भनी मान्यौ भने, त्यसको फल असल भएको कारणले हो, र यदि तिमीहरूले कुनै रूख खराब छ भनी मान्यौ भने, त्यसको फल खराब भएको कारणले हो ।” यो एउटा उखान थियो । कुनै व्यक्ति असल कि खराब कस्तो भनी मानिसहरूले थाहा पाउन तिनीहरूले यो सत्यताको प्रयोग गर्नुपर्दछ ।
καλὸν…σαπρὸν
“स्वस्थ ... रोगी”
ἐκ γὰρ τοῦ καρποῦ, τὸ δένδρον γινώσκεται
यहाँ “फल” चाहिँ कुनै व्यक्तिले गर्ने कामको लागि अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको फल हेरेर त्यो रूख असल छ वा खराब छ भन्ने कुरा थाहा पाउँदछन्” वा “मानिसहरूले कोही व्यक्तिको कामका प्रतिफलहरू हेरेर त्यो व्यक्ति असल छ वा खराब छ भन्ने कुरा थाहा पाउँदछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Matthew 12:34
γεννήματα ἐχιδνῶν
यहाँ “सन्तानहरू” ले “को विशेषता भएका,” भन्ने अर्थ लाग्दछ । सर्पहरू विषालु सर्पहरू हुन् जो खतरनाक हुन्छन् र खराबलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यस्तै वाक्यांशलाई मत्ती ३:७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
γεννήματα…δύνασθε
यी बहुवचन हुन् र फरिसीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες?
फरिसीहरूलाई हप्काउन येशूले एउटा प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू असल कुरा बोल्न सक्दैनौ ।” वा “तिमीहरू खराब कुरा मात्र बोल्न सक्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐκ…τοῦ περισσεύματος τῆς καρδίας, τὸ στόμα λαλεῖ
यहाँ “हृदय”ले व्यक्तिको दिमागमा भएका विचारहरूलाई जनाउँछ । यहाँ “मुख”ले व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले उसको मुखबाट बोल्ने कुराले उसको दिमागमा भएको कुरालाई प्रकट गर्छ” (हेर्नुहोस्ः लक्षणा अनि उपलक्षण)
Matthew 12:35
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά; καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά
येशूले “हृदय”लाई एउटा भाँडो भएजस्तो गरी कुरा गर्नुहुन्छ, जसमा मानिसले असल वा खराब कुरा भर्दछ । व्यक्तिले जे भन्दछ, त्यो कुराले ऊ साँच्चै कस्तो किसिमको व्यक्ति हो भनी प्रकट गर्दछ, भन्ने यो अलङ्कारको अर्थ हो । यदि तपाईंले यो बिम्ब राख्न चाहनुहुन्छ भने, यूएसटीलाई हेर्नुहोस् । तपाईंले शब्दिक अर्थमा पनि अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “साँच्चै नै असल मानिसले असलै कुरा बोल्ने छ, र साँच्चै नै खराब मानिसले खराबै कुरा बोल्ने छ” (हेर्नुहोस्ः रूपक)
Matthew 12:36
येशूले शैतानको शक्तिद्वारा मानिसलाई निको पारेको भनेर फरिसीहरूले उहाँलाई दोष लगाएका कुरामा उहाँले जवाफ दिएर सिद्ध्याउनुहुन्छ ।
λέγω…ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον
“परमेश्वरले तिनीहरूलाई ... को बारेमा सोध्नुहुनेछ” वा “मानिसहरूले परमेश्वरलाई स्पष्टिकरण दिनुपर्नेछ”
πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν
यहाँ “वचन”ले कुनै मानिसले भन्ने केही कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बोल्ने हरेक हानि गर्ने वचन” (हेर्नुहोस्ः लक्षणा)
Matthew 12:37
δικαιωθήσῃ…καταδικασθήσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धर्मी ठहराउनुहुनेछ ... परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 12:38
पद ३९ मा, येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
येशूले सैतानको शक्तिद्वारा मानिसलाई निको पारेको भनेर फरिसीहरूले उहाँलाई दोष लगाएका कुरामा उहाँले जवाफ दिएपछि तुरुन्तै यी पदमा उल्लेखित कुराकानी हुन्छन् ।
θέλομεν
“हामी इच्छा गर्छौं”
ἀπὸ σοῦ σημεῖον ἰδεῖν
तिनीहरूले किन एउटा चिन्ह हेर्न चाहन्थे भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंबाट एउटा चिन्ह हेर्न ... , जसले तपाईंले भन्नुभएका कुरा साँचो हुन भनी प्रमाणित हुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 12:39
γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ
येशूले आफ्नो वर्तमान् पुस्तासँग कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट र व्यभिचारी पुस्ता हौ जसले मबाट चिन्ह माग गर्दछ ... तिमीहरूलाई दिइन्छ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
γενεὰ…μοιχαλὶς
यहाँ “व्यभिचारी” शब्द परमेश्वरमा विश्वासयोग्य नहुने मानिसहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “अविश्वासी पुस्ता” वा “ईश्वरहीन पुस्ता” (हेर्नुहोस्ः रूपक)
σημεῖον οὐ δοθήσεται αὐτῇ
येशूले तिनीहरूलाई कुनै चिन्ह दिनुहुने थिएन किनभने, उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभएको भएतापनि, तिनीहरूले उहाँलाई विश्वास गर्न इन्कार गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म यसलाई चिन्ह दिनेछैन” वा “परमेश्वरले तिमीहरूलाई चिन्ह दिनुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου
“परमेश्वरले योना अगमवक्तालाई दिनुभएको चिन्ह बाहेक”
Matthew 12:40
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας
यहाँ “दिन” र “रात” को अर्थ पूरै २४ घण्टाको अवधि हो । वैकल्पिक अनुवादः “तीन दिन पूरा” (हेर्नुहोस्ः मेरिज्म)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशू आफ्नो बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐν τῇ καρδίᾳ τῆς γῆς
यसको अर्थ भौतिक चिहानभित्र भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 12:41
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
ἄνδρες Νινευεῖται
“निनवेका नागरिकहरू”
ἐν τῇ κρίσει
“इन्साफको दिनमा” वा “जब परमेश्वरले मानिसहरूको इन्साफ गर्नुहुन्छ”
τῆς γενεᾶς ταύτης
यसले येशूले प्रचार गरिरहनुभएको समयमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
κατακρινοῦσιν αὐτήν
सम्भावित अर्थहरू हुन् १) यहाँ “दोषी ठहराउनु”ले आरोप लगाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र यस पुस्ताका मानिसहरूलाई आरोप लगाउनेछन्” वा २) परमेश्वरले यस पुस्ताका मानिसहरूलाई दोषी ठहराउनुहुनेछ किनभने तिनीहरूले निनवेका मानिसहरूले झैँ गरेर पश्चात्ताप गरेनन् । वैकल्पिक अनुवादः “र परमेश्वरले यस पुस्तालाई दोषी ठहराउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
καὶ ἰδοὺ
“र हेर ।” यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड दिन्छ ।
πλεῖον
“बढी महत्त्वपूर्ण कोही”
πλεῖον
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Ἰωνᾶ ὧδε
येशूको वाक्यमा भएको अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “योनाभन्दा अझै महान् कोही यहाँ छन्, तापनि तिमीहरूले अझै पनि पश्चाताप गरेका छैनौ, जुन कारणले गर्दा परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 12:42
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
βασίλισσα νότου
यसले शेबाकी रानीलाई जनाउँछ । शेबा इस्राएलबाट दक्षिणमा रहेको देश हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἐγερθήσεται ἐν τῇ κρίσει
“इन्साफमा खडा हुनेछिन्”
ἐν τῇ κρίσει
“इन्साफको दिनमा” वा “जब परमेश्वरले मानिसहरूको इन्साफ गर्नुहुन्छ ।” तपाईंले यसलाई मत्ती १२:४१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τῆς γενεᾶς ταύτης
यसले येशूले प्रचार गरिरहनुभएको समयमा बाँचिरहेका मानिसहरूलाई जनाउँछ ।
κατακρινεῖ αὐτήν
यस्तै वाक्यलाई मत्ती १२:४१ मा तपाईंले कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । सम्भावित अर्थहरू हुन् १) यहाँ “दोषी ठहराउनु”ले आरोप लगाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र यस पुस्ताका मानिसहरूलाई आरोप लगाउनेछिन्” वा २) परमेश्वरले यस पुस्ताका मानिसहरूलाई दोषी ठहराउनुहुनेछ किनभने तिनीहरूले दक्षिणकी रानीले झैँ बुद्धिका वचनहरूलाई सुनेनन् । वैकल्पिक अनुवादः “र परमेश्वरले यस पुस्तालाई दोषी ठहराउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς
यहाँ “पृथ्वीका कुना” लक्षणा हो, जसको अर्थ “टाढा” हुन्छ । वैकल्पिक अनुवादः “तिनी धेरै टाढाबाट आइन्” (हेर्नुहोस्ः टुक्काहरू)
ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος
दक्षिणकी रानीले किन येशूको पुस्तालाई दोषी ठहराउनेछिन् भनेर यो वाक्यले स्पष्ट पार्दछ । वैकल्पिक अनुवादः “किनकि तिनी ... आइन्” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
καὶ ἰδοὺ
“अनि हेर ।” यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
πλεῖον
“बढी महत्त्वपूर्ण कोही”
πλεῖον
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Σολομῶνος ὧδε
येशूको वाक्यमा भएको अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सोलोमनभन्दा महान् कोही यहाँ छन्, तापनि तिमीहरू वचन सुन्दैनौ । त्यसकारण परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुने छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 12:43
येशूले शास्त्रीहरू र फरिसीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ । उहाँले एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ ।
ἀνύδρων τόπων
“सुक्खा ठाउँहरू” वा “त्यस्ता ठाउँहरू जहाँ कोही मानिसहरू बस्दैनन्”
οὐχ εὑρίσκει
यहाँ “त्यो” शब्दले विश्रामलाई जनाउँछ ।
Matthew 12:44
τότε λέγει, εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον.
यसलाई उद्धरणको साटोमा एउटा वाक्यजस्तो गरी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैले, अशुद्ध आत्माले घरमा फर्किने निर्णय गर्दछ, जसबाट त्यो आएको थियो”
εἰς τὸν οἶκόν μου…ὅθεν ἐξῆλθον
यो अलङ्कार हो, जसले त्यो अशुद्ध आत्माले वास गरिरहेको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले छाडेको ठाउँमा” (हेर्नुहोस्ः रूपक)
εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यो घर सफा गरेको र सबै कुरालाई जहाँ हुनुपर्ने त्यहीँ राखिदिएको त्यो अशुद्ध आत्माले भेट्टाउँछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον
फेरि पनि यो अलङ्कार हो, जसले त्यो अशुद्ध आत्माले वास गरिरहेको व्यक्तिलाई जनाउँछ । यहाँ “सफा गरिएको र मिलाएर राखिएको” कुराले त्यो घरमा कोही पनि बसेका छैनन् भन्ने जनाउँछ । येशूले भन्न खोज्नुभएको चाहिं, जब अशुद्ध आत्माले कुनै व्यक्तिलाई छाडेर जान्छ, तब त्यो व्यक्तिले पवित्र आत्मालाई आफूमा वास गर्न निम्त्याउनुपर्दछ, अन्यथा, त्यो भूतात्मा फर्केर आउनेछ । (हेर्नुहोस्ः रूपक)
Matthew 12:45
येशूले पद ४३ मा “जब कुनै अशुद्ध आत्मा” शब्दहरूबाट सुरु गर्नुएको दृष्टान्तलाई सकाउनुहुन्छ ।
τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ; καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ
येशूले उहाँलाई विश्वास नगर्नुको खतराको विषयमा मानिसहरूलाई चेतावनी दिनलाई एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ
यसको अर्थ हो, येशूको पुस्ताले उहाँलाई विश्वास गर्दैनन् र उहाँका चेला बन्दैनन् भने तिनीहरूको अवस्था उहाँ आउनुअघिको भन्दा झन् खराब हुनेछ ।
Matthew 12:46
येशूकी आमा र उहाँका भाइहरूको आगमनचाहिँ उहाँको निम्ति उहाँको आत्मिक परिवारलाई व्याख्या गर्ने एउटा मौका बन्दछ ।
ἰδοὺ
“हेर” शब्दले कथामा आएका नयाँ मानिसहरूप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἡ μήτηρ
यिनी मरियम हुन्, येशूको मानवीय आमा ।
οἱ ἀδελφοὶ αὐτοῦ
यिनीहरू सम्भवतः मरियमबाट जन्मेका अरू छोराछोरी हुन्, तर यो सम्भव छ कि यहाँ “भाइहरू” शब्दले येशूका नातेदार भाइहरूलाई पनि जनाएको हुन सक्छ ।
ζητοῦντες…λαλῆσαι
“बोल्न चाहिरहेका”
Matthew 12:47
εἶπεν δέ τις αὐτῷ, ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूका आमा र भाइहरू बाहिर थिए र उहाँसँग कुरा गर्न चाहन्थे भनी कसैले उहाँलाई भन्यो” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 12:48
यो कथाको त्यस भागको अन्त हो जुन मत्ती १२:१ सुरू भएको थियो, जहाँ मत्तीले येशूको सेवकाइको बढ्दो विरोधको बारेमा बताउँछन् ।
τῷ λέγοντι αὐτῷ
त्यो व्यक्तिले येशूलाई भनेको खबरको कुरा बुझिएका छन् र यहाँ दोहोर्याइएका छैनन् । वैकल्पिक अनुवादः “जसले येशूलाई उहाँकी आमा र भाइहरू उहाँसँग बोल्न चाहन्थे भनेर बतायो” (हेर्नुहोस्ः शब्दलोप)
τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου?
येशूले मानिसहरूलाई सिकाउनका लागि यी प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “वास्तवमै मेरी आमा र मेरा भाइहरू को हुन् भन्ने कुरा म तिमीहरूलाई भन्नेछु” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 12:49
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देओ”
ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου
येशूका चेलाहरू नै उहाँका आत्मिक परिवारका सदस्यहरू हुन् भनी जनाउने यो एउटा अलङ्कार हो । उहाँको शारीरिक परिवारभन्दा यो झन् धेरै महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः रूपक)
Matthew 12:50
ὅστις…ἂν ποιήσῃ
“कुनै व्यक्ति जसले ... गर्छ”
τοῦ Πατρός μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
αὐτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν
परमेश्वरको आज्ञा पालन गर्ने मानिसहरू नै येशूका आत्मिक परिवारका सदस्यहरू हुन् भनी जनाउने यो एउटा अलङ्कार हो । उहाँको शारीरिक परिवारभन्दा यो झन् धेरै महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः रूपक)
Matthew 13
मत्ती १३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:१४-१५ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यो अध्यायले नयाँ खण्डको सुरु गर्दछ । यसमा स्वर्गको राज्यका बारेमा येशूका केही उखान उल्लेख छन् ।
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
लक्षणा
जब येशूका श्रोताहरूले स्वर्गमा बस्नुहुने परमेश्वरको बारेमा विचार गरुन् भन्ने उहाँको इच्छा हुन्छ, तब उहाँले प्रायः “स्वर्ग” शब्द बोल्नुहुन्छ (मत्ती १३:११) ।
अस्पष्ट जानकारी
आफ्ना श्रोताहरूले पहिले नै बुझेका कुरा वक्ताहरूले प्रायः भन्ने गर्दैनन् । येशू “समुद्रको छेउमा बस्नुभयो” भनेर मत्तीले जब लेखे (मत्ती १३:१), तब येशूले मानिसहरूलाई सिकाउन लाग्नुभएको थियो भनी शायद आफ्ना श्रोताहरूले थाहा पाउन् भन्ने तिनले आशा गरे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
अलङ्कार
स्पर्श गर्न नसकिने कुराहरू जनाउनका लागि वक्ताहरूले प्रायः स्पर्श गर्न सकिने कुराहरू जनाउने शब्दहरूका प्रयोग गर्दछन् । शैतानले कसरी मानिसहरूलाई येशूको वचन बुझ्नबाट मानिसहरूलाई वञ्चित गरायो भनी वर्णन गर्न येशूले चराले बिउ खाएको कुरा गर्नुभयो (मत्ती १३:१९) ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
कर्म वाच्य
घटना कसले गराएको थियो भन्ने जानकारी नदिएर नै कुनै व्यक्तिको जीवनमा कुनै घटना घटेको थियो भनी यस अध्यायका धेरै वाक्यले भन्दछन् । उदाहरणका लागि “ती डढे” (मत्ती १३:६) । त्यो घटनाको कर्ता को थियो भनी पाठकलाई जानकारी हुने गरी तपाईंले ती वाक्यको अनुवाद गर्नुपर्दछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
दृष्टान्तहरू
दृष्टान्तहरू येशूले भन्नुभएका छोटा कथाहरू हुन्, ताकि उहाँले सिकाउन खोज्नुभएको पाठ मानिसहरूले सजिलै बुझ्न सके । जसले उहाँमाथि विश्वास गर्न चाहेनन्, तिनीहरूले सत्यता बुझ्न नसकुन् भन्ने उद्देश्यले समेत उहाँले कथाहरू भन्नुभयो (मत्ती १३:११-१३) ।
Matthew 13:1
यो कथाको नयाँ भागको सुरुवात हो जहाँ येशूले भीडहरूलाई दृष्टान्तहरूको प्रयोग गर्दै स्वर्गको राज्यको बारेमा सिकाउन थाल्नुहुन्छ ।
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
अगिल्लो अध्यायमा झैँ यी घटनाहरू एकै दिनमा भएका थिए ।
ἐξελθὼν…τῆς οἰκίας
येशू कसको घरमा बसिरहनुभएको थियो भन्ने कुरा यहाँ उल्लेख गरिएको छैन ।
ἐκάθητο παρὰ τὴν θάλασσαν
यसको अर्थ उहाँ मानिसहरूलाई सिकाउनका लागि बस्नुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:2
ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι
येशू एउटा डुङ्गामा चड्नुभयो किनभने त्यसले मानिसहरूलाई सकाउन सजिलो हुन्थ्यो भन्ने अर्थ हुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πλοῖον
सम्भवतः यो एउटा काठको खुल्ला डुङ्गा थियो, जसमा पतवार पनि थियो । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Matthew 13:3
बिउ छर्ने मानिसको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ ।
καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς
“येशूले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुराहरू भन्नुभयो”
αὐτοῖς
“भीडमा भएका मानिसहरूलाई”
ἰδοὺ
“हेर” वा “सुन ।” यो शब्दले यसपछि के भन्ने हो, त्यसका लागि सचेत गराउँछ । वैकल्पिक अनुवादः “म जे भन्न गइरहेको छु, त्यसमा ध्यान देओ”
ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν
“एउटा किसान केही बिउहरू छर्नलाई खेतमा गयो”
Matthew 13:4
καὶ ἐν τῷ σπείρειν αὐτὸν
“जसै किसानले बिउ छरे”
παρὰ τὴν ὁδόν
यो खेतको छेउमा भएको “बाटो” हो । मानिसहरू त्यस जमिनमा हिँड्ने हुनाले त्यो जमिन ज्यादै कडा भएको हुन सक्छ ।
κατέφαγεν αὐτά
“सबै बिउलाई खाइदिए”
Matthew 13:5
τὰ πετρώδη
यो ढुङ्गाहरूले भरिएको जमिन हो जसमा ढुढुङ्गाहरूमाथि माटोको पातलो सतह मात्रै हुँदछ ।
καὶ εὐθέως ἐξανέτειλεν
“ती बिउहरू चाँडै उम्रे र बढे”
Matthew 13:6
ἐκαυματίσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्यको प्रकाशले ती बिरुवाहरू डढे र तिनीहरू धेरै तातो भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξηράνθη
“ती बिरुवाहरू सुके र मरे”
Matthew 13:7
येशूले बीउ छर्ने एक व्यक्तिको बारेमा उखान भन्न समाप्त गर्नुभयो ।
ἔπεσεν ἐπὶ τὰς ἀκάνθας
“ती ठाउँहरूमा खसे जहाँ काँडे बिरुवाहरू पनि उम्रन्थे”
ἀπέπνιξαν αὐτά
“नयाँ उम्रिएका बिरुवाहरूलाई निसासिदिए ।” झारहरूले अरू बिरुवाहरूलाई राम्ररी हुर्कनबाट कसरी रोक्छन् भन्ने कुरालाई बुझाउने सामान्य शब्दको प्रयोग गर्नुहोस् ।
Matthew 13:8
ἐδίδου καρπόν
“धेरै बिउहरू फलाए” वा “फल दिए”
ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα
“बिउहरू”, “फलाए” र “अन्न” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । यिनलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही बिउहरूले एक सय गुणा बढी अन्न फलाए, केही बिउहरूले साठी गुणा बढी अन्न फलाए, केही बिउहरूले तीस गुणा बढी अन्न फलाए” (हेर्नुहोस्ः शब्दलोप)
ἑκατὸν…ἑξήκοντα…τριάκοντα
“१०० ... ६० ... ३०” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 13:9
ὁ ἔχων ὦτα, ἀκουέτω
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यसलाई मत्ती ११:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न चाहना गरिरहेको छ, सुनोस्” वा “बुझ्न मन गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ ἔχων ὦτα, ἀκουέτω
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यसलाई मत्ती ११:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीहरू सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमीहरू बुझ्न चाहिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 13:10
येशूले किन दृष्टान्तहरूमा सिकाउनुहुन्छ भनी उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट पार्नुहुन्छ ।
Matthew 13:11
ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς Βασιλείας τῶν Οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται
यो वाक्यांशलाई कर्तृवाच्यमा र यसले दिन चाहेको अन्तर्निहित सन्देशलाई उल्लेख गर्दै अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिनुभएको छ, तर परमेश्वरले यो कुरा यी मानिसहरूलाई दिनुभएको छैन” वा “परमेश्वरले तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्नको निम्ति सक्षम बनाउनुभएको छ, तर परमेश्वरले यी मानिसहरूलाई सक्षम बनाउनुभएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὑμῖν δέδοται γνῶναι
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὰ μυστήρια τῆς Βασιλείας τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनहुने हाम्रा परमेश्वर र उहाँको शासनका बारेमा भएका गुप्त रहस्यहरू” (हेर्नुहोस्ः लक्षणा)
Matthew 13:12
ὅστις…ἔχει
“जससँग समझदारी छ” वा “जसल मैले सिकाएका कुराहरू ग्रहण गर्छ”
δοθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई अझ बढी समझदारी दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅστις…οὐκ ἔχει
“जससँग समझदारी छैन” वा “जसल मैले सिकाएका कुराहरू ग्रहण गर्दैन”
καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उससँग भएको पनि खोस्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 13:13
१४ पदमा, येशूले भविष्यवक्ता यशैयाको उद्धरण गर्नुभयो जसले यो देखाउँदछ कि येशूको शिक्षा बुझ्न मानिसहरूको असफलता भनेको भविष्यवाणीको पूर्ति हो ।
येशूले आफ्ना चेलाहरूलाई दृष्टान्तहरूमा किन शिक्षा दिनुहुन्छ भनेर बताउन जारी राख्नुभयो ।
αὐτοῖς…οὐ βλέπουσιν…οὐκ ἀκούουσιν
“तिनीहरूलाई” र “तिनीहरू” शब्दहरूका सबै प्रयोगहरूले भीडमा भएका मानिसहरूलाई जनाउँछ ।
ὅτι βλέποντες οὐ βλέπουσιν, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνίουσιν
भीडका मानिसहरूले बुझ्नलाई इन्कार गर्दछन् भनेर येशूले चेलाहरूलाई बताउनको निम्ति उहाँले यी दुईवटा समान्तर भनाइको प्रयोग गर्नुभएको हो । (हेर्नुहोस्ः समान्तरता)
βλέποντες
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले येशूले गर्नुहुने कुरालाई देखेकोलाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मैले जे गर्दछु, त्यो तिनीहरूले हेरे तापनि” वा २) यसले तिनीहरूका देख्ने क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले देखे तापनि”
οὐ βλέπουσιν
यहाँ “हेर्ने” कुराले बुझ्नेलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बुझ्दैनन्” (हेर्नुहोस्ः रूपक)
ἀκούοντες
सम्भावित अर्थहरू हुन् १) येशूले सिकाउनुहुने कुराहरूलाई तिनीहरूले सुनेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मैले जे भन्दै छु, सो तिनीहरूले सुने तापनि” वा २) यसले तिनीहरूका सुन्न सक्ने क्षमतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले सुने तापनि”
οὐκ ἀκούουσιν
यहाँ “सुन्ने” कुराले राम्ररी ध्यान दिएर सुन्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले राम्ररी सुन्दैनन्” वा “तिनीहरूले ध्यान दिंदैनन्” (हेर्नुहोस्ः रूपक)
Matthew 13:14
καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरै पहिले यशैया अगमवक्ताद्वारा जे भन्नुभयो, सो तिनीहरूले पूरा गर्दै छन्”
ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε; καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
यशैया अगमवक्ताको समयका विश्वास नगर्ने मानिसहरूका विषयमा उनले भनेका भनाइलाई यस खण्डले उल्लेख गर्दछ । येशूले उहाँको कुरा सुनिरहेको भीडका मानिसहरूलाई जनाउनको निम्ति यस भनाइको प्रयोग गर्नुभएको हो । यी भनाइहरू फेरि समानान्तर छन् र मानिसहरूले परमेश्वरको सत्यता बुझ्न अस्वीकार गरे भनेर जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε
“तिमीहरू सुन्छौ, तर तिमीहरूले बुझ्दैनौ ।” मानिसहरूले के सुन्दछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूद्वारा के भन्नुहुन्छ भनेर तिमीहरूले सुन्नेछौ, तर तिमीहरूले त्यसको साँचो अर्थलाई बुझ्नेछैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
मानिसहरूले के देख्दछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूद्वारा के गर्नुहुन्छ भनेर तिमीहरूले देख्नेछौ, तर तिमीहरूले त्यो बुझ्नेछैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:15
येशूले यसैया अगमवक्ताबाट उद्धृत गरेर सिद्ध्याउनुहुन्छ ।
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν; μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς
इस्राएलका मानिसहरूलाई सिक्न, हेर्न र सुन्न असक्षम बनाउने किसिमका शरीरिक रोगहरू लागेको छ जस्तो गरी परमेश्वरले १३:१५ मा तिनीहरूका बारेमा वर्णन गर्नुहुन्छ । तिनीहरू परमेश्वरकहाँ आउन्, ताकि उहाँले तिनीहरूलाई निको पार्नुहुन्छ भन्ने उहाँको इच्छा हो । यो मानिसहरूका आत्मिक स्थितिलाई छर्लङ्ग पार्ने अलङ्कार हो । यसको अर्थ मानिसहरू हठी भएका छन्, र परमेश्वरको सत्यता ग्रहण गर्न र बुझ्न इन्कार गर्दछन् । यदि तिनीहरूले त्यसो गर्थे भने, तिनीहरूले पश्चाताप गर्थे, अनि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुन्थ्यो र तिनीहरूलाई उहाँका मानिसहरू हुन स्वागत गर्नुहुन्थ्यो । तपाईंको अनुवादमा अलङ्कार राख्दा अर्थ स्पष्ट हुन्छ भने, त्यो राख्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου
यहाँ “हृदय” ले दिमागलाई जनाउँछ । वैकल्पिक अनुवादः “यी मानिसहरूका दिमागहरू सिक्न ढिला भएका छन्” वा “यी मानिसहरू अब सिक्न सक्दैनन्” (हेर्नुहोस्ः लक्षणा)
τοῖς ὠσὶν βαρέως ἤκουσαν
तिनीहरू शारीरिक रूपमा बहिरा छैनन् । यहाँ “सुन्नलाई बहिरा भएका” को अर्थ तिनीहरूले परमेश्वरको सत्यता सुन्न र सिक्न इन्कार गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले सुन्नलाई आफ्ना कान प्रयोग गर्न इन्कार गर्छन्” (हेर्नुहोस्ः लक्षणा)
τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν
तिनीहरूले शाब्दिक रूपले नै आफ्ना आँखा बन्द गरेका चाहिं होइनन् । यसको अर्थ तिनीहरू बुझ्नलाई इन्कार गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना आँखाले हेर्न इन्कार गरेका छन्” (हेर्नुहोस्ः लक्षणा)
μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν
“त्यसैले तिनीहरूका आफ्ना आँखाले तिनीहरूले देख्न सक्नेछैनन्, तिनीहरूका कानले सुन्न सक्ने छैनन्, तिनीहरूका हृदयले बुझ्न सक्नेछैनन्, र त्यसको परिणामस्वरूप तिनीहरू फेरि फर्कन सक्नेछैनन्”
τῇ καρδίᾳ συνῶσιν
यहाँ “हृदयहरू” शब्द चाहिँ मानिसहरूका भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । तपाईंले मानिसहरूका विचारहरू र भावनाहरूको स्रोतको लागि तपाईंको भाषामा भएको शब्दलाई प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूका दिमागले बुझ्नु” (हेर्नुहोस्ः लक्षणा)
ἐπιστρέψωσιν
“मतर्फ फर्केलान्” वा “पश्चात्ताप गर्लान्”
ἰάσομαι αὐτούς
“मलाई निको पार्न लगाउने थिए ।” यसको अर्थ मानिसहरूका पाप क्षमा गरेर र तिनीहरूलाई फेरि पनि आफ्ना मानिसहरूका रूपमा ग्रहण गरेर परमेश्वरले तिनीहरूलाई आत्मिक रूपले निको पार्नुहुने थियो । वैकल्पिक अनुवादः “अनि मैले तिनीहरूलाई स्वीकार गर्न लगाउने थिए” (हेर्नुहोस्ः रूपक)
Matthew 13:16
येशूले किन दृष्टान्तहरूमा सिकाउनुहुन्छ भनी उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट तुल्याउने कार्य सिद्ध्याउनुहुन्छ ।
ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν
यी दुवै वाक्यका अर्थ एउटै हो । येशूले जोड दिंदै हुनुहुन्छ, कि तिनीहरूले परमेश्वरलाई खुसी पारेका छन्, किनभने येशूले जे भन्नुभएको र गर्नुभएको छ, त्यसमा तिनीहरूले विश्वास गरेका छन् । (हेर्नुहोस्ः समान्तरता)
ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν
यहाँ “आँखा” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू धन्यका छौ किनकि तिमीहरूका आँखा देख्न सक्षम छन्” (हेर्नुहोस्ः उपलक्षण)
ὑμῶν…ὑμῶν
यी शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् र चेलाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν
यहाँ “कानहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । बुझेका जानकारीलाई तपाईंले स्पष्ट पार्न पनि सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू धन्यका हौ किनकि तिनीहरू सुन्न सक्षम छन्” (हेर्नुहोस्ः उपलक्षण अनि शब्दलोप)
Matthew 13:17
ἀμὴν, γὰρ λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
ὑμῖν…βλέπετε…ἀκούετε
यी शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् र चेलाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἃ βλέπετε
तिनीहरूले जे देखेका छन्, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले गरेका कामहरू जुन तिमीहरूले देखेका छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἃ ἀκούετε
तिनीहरूले जे सुनेका छन्, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनेका कुराहरू जुन तिमीहरूले सुनेका छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:18
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा स्पष्ट पार्न सुरु गर्नुहुन्छ, जो मत्ती १३:३ मा सुरु भएको थियो ।
Matthew 13:19
τὸν λόγον τῆς βασιλείας
“राजाको रूपमा परमेश्वरको शासनको बारेमा भएको सन्देश”
ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ
शैतानले कुनै व्यक्तिलाई बिर्सन लगाउने कुराको विषयमा येशूले यसरी बताउनुहुन्छ कि मानौँ शैतान भुइँमा भएको बिउलाई टिपेर लैजाने चरा हो । वैकल्पिक अनुवादः “दुष्टले त्यसलाई आफूले भर्खरै सुनेको सन्देश बिर्सन लगाउँछ जसरी चराले जमिनबाट बिउ टिपेर लैजान्छ” (हेर्नुहोस्ः रूपक)
ὁ πονηρὸς
यसले शैतानलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἁρπάζει
एउटा यस्तो शब्दको प्रयोग गर्नुहोस्, जसले अधिकार प्राप्त मालिकबाट कुनै कुरालाई खोसेर लैजानु भन्ने अर्थ दिन्छ ।
τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः वैकल्पिक अनुवादः “परमेश्वरले उसको हृदयमा छर्नुभएको वचन” वा “उसले सुनेको वचन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῇ καρδίᾳ αὐτοῦ
यहाँ “हृदय”ले सुन्ने मानिसको दिमागलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς
“बाटोको छेउमा छरिएको बिउ चाहिँ यही हो” वा “बिउ छरिएको बाटोले यो व्यक्तिलाई जनाउँछ”
παρὰ τὴν ὁδὸν
तपाईंले यसलाई मत्ती १३:४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 13:20
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा निरन्तर स्पष्ट पार्नुहुन्छ ।
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς
वाक्यांश “छरिएको चाहिँ” ले परेका बिउलाई जनाउँछ । वैकल्पिक अनुवादः “ढुङ्गेनी जमिनमा परेको बिउ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν
“बीउ छरिएको त्यो चट्टान जमिनले प्रतिनिधित्व गर्दछ” वा “बीउ परेको त्यो चट्टान जमिनले प्रतिनिधित्व गर्दछ”
ὁ τὸν λόγον ἀκούων
यो दृष्टान्तमा, बिउले वचनलाई जनाउँछ ।
τὸν λόγον
यसले परमेश्वरको सन्देशलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सन्देश” वा “परमेश्वरको शिक्षा” (हेर्नुहोस्ः लक्षणा)
μετὰ χαρᾶς λαμβάνων αὐτόν
वचनमा विश्वास गर्ने कुरालाई त्यसलाई ग्रहण गर्ने भनिएको छ । वैकल्पिक अनुवादः “आनन्दसाथ त्यसमा विश्वास गर्दछ” (हेर्नुहोस्ः रूपक)
Matthew 13:21
οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν
“तापनि उसका जराहरू सतहमा हुन्छन्, र केही बेर मात्र टिकिरहन्छ ।” जुन कुराले मानिसलाई निरन्तर परमेश्वरको सन्देशमा विश्वास गर्ने बनाउँछ, त्यो नै जरा हो । वैकल्पिक अनुवादः “जरा गहिरोमा नजाने बोटबिरुवाजस्तै, ऊ केही बेर मात्र टिकिरहन्छ” (हेर्नुहोस्ः रूपक)
εὐθὺς σκανδαλίζεται
यहाँ “ठेस खान्छ” को अर्थ विश्वास गर्न छोड्दछ । वैकल्पिक अनुवादः “तुरुन्तै त्यसको पतन हुन्छ” वा “तुरुन्तै त्यसले सन्देशलाई विश्वास गर्न छोड्छ” (हेर्नुहोस्ः रूपक)
Matthew 13:22
यहाँ येशूले आफ्ना चेलाहरूलाई बिउ छर्ने मानिसको दृष्टान्तको बारेमा निरन्तर स्पष्ट पार्नुहुन्छ ।
ὁ…σπαρείς
यसले रोपेको वा झरेको बीउलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरिएको चाहिँ बिउ” वा “झरेको चाहिँ बिउ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς
“काँडाका झाङ्हरू भएको जमिन जहाँ बिउ छरिएको थियो””
οὗτός ἐστιν ὁ
“यसले त्यो व्यक्तिलाई जनाउँछ”
τὸν λόγον
“सन्देश” वा “परमेश्वरको शिक्षा”
ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συνπνίγει τὸν λόγον
येशू संसारको चिन्ता र धनको छलकपटको बारेमा बताउनुहुन्छ जसले एक व्यक्तिलाई परमेश्वरको वचन पालन गर्नदेखि रोक्दछ जस्तो कि तिनीहरू बिरुवाको वरिपरि घुमफिर गर्न र यसलाई बढ्नबाट रोक्न सक्ने झारपात हो । वैकल्पिक अनुवादः “जसरी घाँसहरूले असल बिरुवाहरूलाई बढ्नबाट रोक्छ, यस संसारको वास्ता र धनीहरूको कपटले त्यस व्यक्तिलाई परमेश्वरको वचन सुन्नबाट रोक्दछ” (हेर्नुहोस्ः रूपक)
ἡ μέριμνα τοῦ αἰῶνος τούτου
“संसारमा भएका कुराहरू जसका बारेमा मानिसहरूले चिन्ता गर्छन्”
ἡ ἀπάτη τοῦ πλούτου
“धनसम्पत्ति” कसैलाई छल गर्न सक्ने व्यक्ति हो जस्तो गरी येशूले भन्नुहुन्छ । यसको अर्थ धेरै रुपयाँपैसाले मानिसहरूलाई खुसी तुल्याउँछ भनी तिनीहरू विचार गर्छन्, तर त्यसले खुसी तुल्याउँदैन । वैकल्पिक अनुवादः “पैसाको प्रेम” (हेर्नुहोस्ः मानवीकरण)
ἄκαρπος γίνεται
यहाँ मानिसलाई ऊ एक किसिसले बोटबिरुवा हो जस्तो गरी भनिएको छ । निष्फल हुने कुराले अनुत्पादक हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ उत्पादनहीन हुन्छ” वा “परमेश्वरले जे इच्छा गर्नुहुन्छ, त्यो उसले गर्दैन” (हेर्नुहोस्ः रूपक)
Matthew 13:23
ὁ…ἐπὶ τὴν καλὴν γῆν σπαρείς
“राम्रो माटो जहाँ बीउ छरियो”
ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὃ
मानिसलाई ऊ एक किसिसले बोटबिरुवा हो जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “एक स्वस्थ बिरुवा झैँ जसले अन्न फलाउँछ, ऊ उत्पादनशील हुन्छ” (हेर्नुहोस्ः रूपक)
ποιεῖ, ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα
“जति रोपिएको थियो” भन्ने वाक्यांशलाई हरेक सङ्ख्यामा बुझिएको छ । तपाईंले यसलाई मत्ती १३:८ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “केही मानिसहरूले रोपिएको भन्दा १०० गुणा बढी फलाउँछन्, केहीले ६० गुणा बढी फलाउँछन्, केहिले ३० गुणा बढी फलाउँछन्” (हेर्नुहोस्ः शब्दलोप अनि सङ्ख्याहरू)
Matthew 13:24
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν, ἀνθρώπῳ
यहाँ गरिने अनुवादले मानिसलाई स्वर्गको राज्यसँग सामान जस्तो देखाउनुहुँदैन, तर स्वर्गको राज्य दृष्टान्तमा व्याख्या गरिएको अवस्था जस्तै छ । (हेर्नुहोस्ः उपमा)
ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
καλὸν σπέρμα
“खानेकुराका असल बिउहरू” वा “अन्नका असल बिउहरू ।” येशूले गहुँको बारेमा बताइरहनुभएको थियो भनेर सम्भवतः श्रोताहरूले विचार गरे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:25
ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς
“खेतमा उसको शत्रु आयो”
ζιζάνια
यी सामाका बिरुवाहरू स-साना हुँदा अन्नका बिरुवाहरूजस्तै देखिन्छन्, तर यसका अन्नहरू विषालु हुन्छन् । वैकल्पिक अनुवादः “खराब बिउ” वा “सामाका बिउहरू”
Matthew 13:26
ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος
“जब गहुँका बिउहरू उम्रे” वा “जब बिरुवाहरू बाहिर निस्किए”
καρπὸν ἐποίησεν
“अनाज फलाए” वा “गहुँको अनाज फलाए”
τότε ἐφάνη καὶ τὰ ζιζάνια
“त्यसपछि मानिसहरूले खेतमा सामाहरू पनि उम्रिएका देखे”
Matthew 13:27
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ ।
τοῦ οἰκοδεσπότου
यो त्यही व्यक्ति हो, जसले आफ्नो खेतमा असल बिउ छरेको थियो ।
οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ?
दासहरूले आश्चर्य मानेको कुरामा जोड दिनका लागि तिनीहरूले प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “तपार्इंले आफ्नो खेतमा असल बिउ छर्नुभएको थियो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχὶ…ἔσπειρας
शायद जमिनका मालिकले बिउ छर्न आफ्ना दासहरूलाई अह्राएको हुन सक्छ । वैकल्पिक अनुवादः “के हामीले ... छरेका होइनौँ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 13:28
ὁ δὲ ἔφη αὐτοῖς
“जग्गाका मालिकले आफ्ना नोकरहरूलाई भने”
θέλεις οὖν
“हामी” शब्दले नोकरहरूलाई जनाउँछ ।
Matthew 13:29
बारीमा गहुँ र सामा दुवै सँगसँगै बढ्दै गरेको बारेमा एउटा दृष्टान्त भन्ने कुरालाई येशूले समाप्त गर्नुहुन्छ ।
ὁ δέ φησιν
“जमिनका मालिकले आफ्ना नोकरहरूलाई भने”
Matthew 13:30
ἐρῶ τοῖς θερισταῖς, συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά; τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
तपार्इंले यो वाक्यांशलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ (वैकल्पिक अनुवाद): “म फसल कटनी गर्नेहरूलाई पहिला सामाहरूलाई बटुल्नू र तिनीहरूलाई आगोमा जलाउनको लागि मुठाहरूमा बाँध्नू भनेर भन्नेछु, र त्यसपछि गहुँलाईचाहिँ मेरो ढुकुटीमा जम्मा गर्नू भनेर भन्नेछु” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
τὴν ἀποθήκην
ढुकुटीचाहिँ खेतको घर हो जसलाई अन्न भण्डार गर्नको निम्ति प्रयोग गर्न सकिन्छ
Matthew 13:31
धेरै सानो बिउ बढेर धेरै ठूलो रुख हुने बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती 13:२4 मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
κόκκῳ σινάπεως
एउटा अति नै सानो बिउ, जुन पछि ठूलो बिरुवाको रूपमा बढ्छ (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Matthew 13:32
ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων
रायोको बिउचाहिँ वास्तविक श्रोताहरूलाई थाहा भएको सबैभन्दा सानो बिउ थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὅταν δὲ αὐξηθῇ
“तर जब त्यो बिरुवा हुर्कन्छ”
μεῖζον…ἐστὶν
“यो भन्दा विशाल हुन्छ”
γίνεται δένδρον
रायोको बिउ बढेर करिब २ देखि ४ मिटर अग्लो बोट हुन सक्छ ।
τὰ πετεινὰ τοῦ οὐρανοῦ
“चराहरू”
Matthew 13:33
खमिरले पिठोमा पार्ने प्रभावका बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν ζύμῃ
स्वर्गको राज्य खमिरजस्तो होइन, तर जसरी खमिर फैलिन्छ त्यसरी नै परमेश्वरको राज्य पनि फैलिन्छ । (हेर्नुहोस्ः उपमा)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती 13:२4 मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἀλεύρου σάτα τρία
“ठूलो परिमाणको पिठो” वा यस्तो शब्दले अनुवाद गर्नुहोस् जसलाई तपार्इंको संस्कृतिले पिठोको ठूलो परिमाणलाई जनाउनको निम्ति प्रयोग गर्दछ । (हेर्नुहोस्ः बाइबलीय आयतन)
γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον
यहाँ अन्तर्निहित सन्देश यो हो, कि खमिर र तीन कचौरा पिठोलाई मुछेर पकाइन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:34
यहाँ येशूले दृष्टान्तहरूमा शिक्षा दिनुहुने कुरा अगमवाणी पूरा भएको थियो भनी दर्शाउन लेखकले भजनसंग्रहबाट उद्धृत गर्दछन् ।
ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς
दुवै वाक्यका अर्थ एउटै हुन्छ । येशूले भिडलाई दृष्टान्तहरूमा शिक्षा दिनुभएका कुरालाई जोड दिनका लागि तिनलाई एकसाथ भनिएको हो । (हेर्नुहोस्ः समान्तरता)
ταῦτα πάντα
यसले येशूले सिकाउनुभएको कुरालाई जनाउँछ जुन मत्ती १३:१ मा सुरु भएको थियो ।
χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς
“उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा बाहेक केही पनि सिकाउनुभएन ।” युगल अकरणलाई सकारात्मक तरीकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई जे-जे कुराहरू भन्नुभयो, ती सबै दृष्टान्तहरूमा भन्नुभयो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Matthew 13:35
πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा धेरै लामो समयअगि उहाँले अगमवक्ताहरूमध्ये एक जनालाई लेख्नू भनेर भन्नुभएको कुरा सत्य हुन आओस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λέγοντος
“जब अगमवक्ताले भने”
ἀνοίξω…τὸ στόμα μου
यो लक्षणाको अर्थ बोल्नु हो । वैकल्पिक अनुवादः “म बोल्नेछु” (हेर्नुहोस्ः टुक्काहरू)
κεκρυμμένα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई परमेश्वरले गुप्त राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ καταβολῆς κόσμου
“संसारको सुरुवातदेखि नै” वा “परमेश्वरले संसारलाई सृष्टि गर्नुभएदेखि नै”
Matthew 13:36
यहाँ दृश्य घटना बद्लिएर घरमा पुग्दछ, जहाँ येशू र उहाँका चेलाहरू बस्दै हुनुहुन्थ्यो । गहुँ र सामा दुवै भएको बारीको दृष्टान्तको बारेमा येशूले तिनीहरूलाई अर्थ लगाउन सुरु गर्नुहुन्छ, जुन उहाँले सुरुमा मत्ती १३:२४ मा भन्नुभयो ।
ἦλθεν εἰς τὴν οἰκίαν
“भित्र जानुभयो” वा “उहाँ जहाँ बसिरहनुभएको थियो, त्यो घरभित्र जानुभयो”
Matthew 13:37
ὁ σπείρων τὸ καλὸν σπέρμα
“असल बिउ छर्ने व्यक्ति” वा “असल बिउलाई रोप्ने व्यक्ति”
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले उहाँ आफैँलाई जनाइरहनुभएको छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 13:38
οἱ υἱοὶ τῆς βασιλείας
यहाँ “का छोराहरू” को अर्थ कसैको वा कुनै व्यक्ति वा कुनै थोकसँग मिल्दोजुल्दो विशेषता हुने कुरा हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो राज्यका हुन्” (हेर्नुहोस्ः टुक्काहरू)
τῆς βασιλείας
यहाँ “राज्य” ले परमेश्वर राजालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका” (हेर्नुहोस्ः लक्षणा)
οἱ υἱοὶ τοῦ πονηροῦ
यहाँ “का छोराहरू” को अर्थ कसैको वा कुनै व्यक्ति वा कुनै थोकसँग मिल्दोजुल्दो विशेषता हुने कुरा हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जो दुष्टका हुन्” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 13:39
ὁ…ἐχθρὸς, ὁ σπείρας αὐτά
“शत्रु जसले सामाहरू रोपे”
Matthew 13:40
गहुँ र सामा दुवै भएको बारीको दृष्टान्तको बारेमा येशूले चेलाहरूलाई अर्थ लगाएर सिद्ध्याउनुहुन्छ ।
ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसकारण जसरी मानिसहरूले सामाहरूलाई बटुल्छन् र तिनीहरूलाई आगोमा जलाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 13:41
ἀποστελεῖ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ
यहाँ येशूले आफ्नै बारेमा बोलिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्रले मेरा स्वर्गदूतहरूलाई पठाउनेछु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τοὺς ποιοῦντας τὴν ἀνομίαν
“जसले व्यवस्थाहीन कार्यहरू गर्दछन्” वा “दुष्ट मानिसहरू”
Matthew 13:42
τὴν κάμινον τοῦ πυρός
यो नरकको आगो जनाउने अलङ्कार हो । यदि शब्द “भट्टी” अपरिचित छ भने “चुल्हो” भन्ने शब्दको प्रयोग गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अग्निमय चुलो” (हेर्नुहोस्ः रूपक)
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
यहाँ “दाह्रा किटाइ” भनेको एउटा प्रतीकात्मक कार्य हो, जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “रुँदै र तिनीहरूले धेरै कष्ट काटिरहेका छन् भनेर देखाउँदै” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 13:43
ἐκλάμψουσιν ὡς ὁ ἥλιος
तपाईंको भाषामा यो उपमा बुझ्न सकिँदैन भने, तपाईंले प्रयोग गर्न सक्नुहुन्छः “सूर्यलाई जस्तै हेर्न सजिलो हुनु ।” (हेर्नुहोस्ः उपमा)
τοῦ Πατρὸς αὐτῶν
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ ἔχων ὦτα, ἀκουέτω
येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउनलाई केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्नलाई कानहरू” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यस्तै समान वाक्यांशलाई मत्ती ११:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न चाहना गरिरहेको छ, सुनोस्” वा “बुझ्न मन गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ ἔχων ὦτα, ἀκουέτω
किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यसलाई मत्ती ११:१५ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीहरू सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमीहरू बुझ्न चाहिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 13:44
यी दुई दृष्टान्तहरूमा, येशूले स्वर्गको राज्य कस्तो छ भनेर उहाँका चेलाहरूलाई सिकाउनका लागि दुई उपमाहरूको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः उपमा)
कुनै अत्यन्तै मूल्यवान् थोक किन्नका लागि आफ्नो धनसम्पत्ति बेचेका मानिसहरूका दुई दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती 13:२4 मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ὁμοία ἐστὶν…θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो धन जुन कसैले जमिनमा लुकाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
θησαυρῷ
ज्यादै मूल्यवान् र अनमोल कुरा वा यी कुराहरूको सङ्कलन
ἔκρυψεν
“त्यसलाई ढाकियो”
πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον
यहाँ अन्तर्निहित सन्देश यो हो, कि त्यहाँ लुकाइएको धनलाई हात पार्नको निम्ति त्यस व्यक्तिले त्यो जमिन किन्दछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 13:45
ὁμοία…ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας
अन्तर्निहित जानकारी यो हो कि उसले किन्न सक्ने बहुमूल्य मोतीहरू खोजिरहेका थिए । (हेर्नुहोस्ः उपमा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀνθρώπῳ ἐμπόρῳ
व्यापारी भनेको सर-सामान बेच्ने व्यक्ति वा थोक बिक्रेता हो, जसले प्रायः धेरै टाढाबाट माल सामानहरू ल्याउँदछ
καλοὺς μαργαρίτας
“मोती” भन्नाले चिल्लो, कडा, टल्कने, हल्का सेतो रङ्को समुद्री सिपीभित्र बन्ने ससाना दाना हो, र रत्नझैं महङ्गो हुन्छ, वा मूल्यवान् गहना बनाउन प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “असल मोतीहरू” वा “सुन्दर मोतीहरू” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Matthew 13:47
माछा समात्नका लागि एउटा ठूलो जालको प्रयोग गर्ने जालहारीका बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν σαγήνῃ
राज्य नै चाहिँ जाल जस्तो होइन, तर एउटा जालले सबै प्रकारका माछाहरूलाई पक्रेको झैँ गरी राज्यले पनि सबै प्रकारका मानिसहरूलाई खिँच्छ । (हेर्नुहोस्ः उपमा)
ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । तपाईंले यसलाई मत्ती 13:२4 मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हाम्रा परमेश्वरले आफूलाई राजा देखाउँनुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ὁμοία…σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जालजस्तो हो जसलाई केही मछुवाहरूले समुद्रमा फाले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
βληθείσῃ εἰς τὴν θάλασσαν
“समुद्रमा फालियो”
ἐκ παντὸς γένους συναγαγούσῃ
“सबै प्रकारका माछा समात्यो”
Matthew 13:48
ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν
“त्यस जाललाई समुद्रको किनारमा ताने” वा “जाललाई किनारमा तानेर ल्याए”
τὰ καλὰ
“राम्रा जति”
τὰ…σαπρὰ
“खराब माछा” वा “खान नमिल्ने माछा”
ἔξω ἔβαλον
“राखेनन्”
Matthew 13:49
येशूले जालहारीको दृष्टान्तको व्याख्या गर्नुहुन्छ जसले माछा समात्नका लागि एउटा ठूलो जालको प्रयोग गर्दछ ।
ἐξελεύσονται
“बाहिर आउनेछन्” वा “बाहिर जानेछन्” वा “स्वर्गबाट आउनेछन्”
τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων
यी नामिक विशेषणलाई विशेषणकै रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरूबाट दुष्ट मानिसहरूलाई” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 13:50
βαλοῦσιν αὐτοὺς
“स्वर्गदूतहरूले दुष्ट मानिसहरूलाई फालिदिनेछन्”
τὴν κάμινον τοῦ πυρός
यो नरकको आगो जनाउने अलङ्कार हो । यदि शब्द “भट्टी” अपरिचित छ भने “चुल्हो” भन्ने शब्दको प्रयोग गर्न सकिन्छ । तपाईंले यसलाई मत्ती १३:४२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अग्निमय चुलो” (हेर्नुहोस्ः रूपक)
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
यहाँ “दाह्रा किटाइ” भनेको एउटा प्रतीकात्मक कार्य हो, जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “रुँदै र तिनीहरूको चरम यातनालाई देखाउँदै” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 13:51
घरको व्यवस्थापन गर्ने मानिसको बारेमा एउटा दृष्टान्त भनेर येशूले स्वर्गको राज्यको बारेमा वर्णन गर्नुहुन्छ । येशूले दृष्टान्तहरू प्रयोग गरेर भीडलाई स्वर्गको राज्यको बारेमा शिक्षा दिने कथाको यो आखिरी भाग हो ।
συνήκατε ταῦτα πάντα? λέγουσιν αὐτῷ, ναί.
यदि आवश्यक भएमा दुवै प्रत्यक्ष उद्धरणहरू अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यी सबै कुरा बुझेका छन् कि छैनन् भनेर येशूले तिनीहरूलाई सोध्नुभयो, र तिनीहरूले बुझेका छन् भनेर उत्तर दिए ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 13:52
μαθητευθεὶς τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर, जो राजा हुनुहुन्छ, उहाँको बारेमा भएको सत्यता सिकेको छ” वा “आफैँलाई परमेश्वरको शासनमा सुम्पेको छ” (हेर्नुहोस्ः लक्षणा)
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά
येशूले अर्को दृष्टान्त भन्नुहुन्छ । मोशा र अगमवक्ताहरूले लेखेका धर्मशास्त्र राम्ररी जानेको र यति बेला येशूको शिक्षा ग्रहण गरेको शास्त्रीलाई उहाँले घरको मालिकसँग तुलना गर्नुहुन्छ, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τοῦ θησαυροῦ αὐτοῦ
धन भनेको धेरै मूल्यवान र बहुमूल्य चीज वा चीजहरूको संग्रह हो । यहाँ यो शब्दले मूल्यवान् र अनमोल कुराहरूलाई सुरक्षित राखिने ठाउँ, “ढुकुटी” वा “भण्डार” लाई जनाएको हुन सक्छ ।
Matthew 13:53
καὶ ἐγένετο ὅτε
यो वाक्यांशले येशूको शिक्षाबाट त्यसपछि हुने घटनामा कथालाई बद्लिदिन्छ । वैकल्पिक अनुवादः “तब” वा “पछिबाट”
Matthew 13:54
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन निरन्तर अगि बढ्दछ मत्ती १७:२७, जहाँ स्वर्गको राज्यका बारेमा येशूको सेवाकार्य र शिक्षा निरन्तर विरोध भएको कुरा लेखले गरेका छन् । यहाँ, येशूको गृहनगरका मानिसहरूले उहाँलाई तिरस्कार गर्दछन् ।
τὴν πατρίδα αὐτοῦ
“उहाँ हुर्केको सहर ।” यसले नासरत सहरलाई जनाउँछ जहाँ येशू हुर्कनुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν τῇ συναγωγῇ αὐτῶν
सर्वनाम “तिनीहरू”ले त्यस क्षेत्रका मानिसहरूलाई जनाउँछ ।
ἐκπλήσσεσθαι αὐτοὺς
“तिनीहरू अचम्मित भए”
πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις?
येशू एक साधारण मानिस हुनुहुन्थ्यो भनेर मानिसहरूले विश्वास गरे । मानिसहरूले आफ्नो आश्चर्य व्यक्त गर्न यो प्रश्न प्रयोग गरे, किनभने येशू अति बुद्धिमान् हुनुहुन्थ्यो र आश्चर्यकामहरू गर्न सक्षम हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यस्तो साधारण मानिस पनि कसरी यति बुद्धिमान् हुन र यस्ता आश्चर्यकर्महरू गर्न सक्दछ ?” वा “यो अनौठो छ कि यिनले यति बुद्धिका साथ बोल्न सक्छन् र यी आश्चर्यकर्महरू गर्न सक्छन् !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि आलङ्कारिक प्रश्न)
Matthew 13:55
οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός? οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας?
आफूले येशू को हुनुहुन्छ भनी आफूले जानेको र उहाँ साधारण मानिस मात्र हुनुहुन्छ विश्वास रहेको कुरालाई व्यक्त गर्न भीडले यी प्रश्नहरूको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “यिनी सिकर्मीका छोरा त हुन् । हामी उनकी आमा मरियम, र उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा चिन्दछौँ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ τοῦ τέκτονος υἱός
सिकर्मी भनेको त्यो व्यक्ति हो, जसले काठ वा ढुङ्गाबाट केही कुराहरू बनाउँछ । यदि “सिकर्मी” भन्ने शब्द अपरिचित छ भने, “निर्माण गर्ने व्यक्ति” भनेर लेख्न सकिन्छ ।
Matthew 13:56
αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν?
आफूले येशू को हुनुहुन्छ भनी आफूले जानेको र उहाँ साधारण मानिस मात्र हुनुहुन्छ विश्वास रहेको कुरालाई व्यक्त गर्न भीडले यी प्रश्नहरूको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “अनि उनका सबै बहिनीहरू पनि हामीसँगै छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
πόθεν οὖν τούτῳ ταῦτα πάντα?
येशूले उहाँका क्षमताहरू अन्त कतैबाट पाएको हुनुपर्छ भन्ने तिनीहरूको बुझाइलाई देखाउनका लागि भीडले यो प्रश्नको प्रयोग गर्छ । सम्भवतः उहाँले आफ्ना क्षमताहरू परमेश्वरबाट पाएको कुरामा तिनीहरूलाई लागेको शंकालाई तिनीहरूले व्यक्त गरिरहेका थिए । वैकल्पिक अनुवादः “यिनले यी कुराहरू गर्ने आफ्नो क्षमता अन्त कतैबाट पाएका हुनुपर्छ !” वा “यिनले यी क्षमताहरू कहाँबाट पाए भनी हामी जान्दैनौँ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ταῦτα πάντα
यसले येशूको बुद्धि र आश्चर्यकर्महरू गर्ने क्षमतालाई जनाउँछ ।
Matthew 13:57
ἐσκανδαλίζοντο ἐν αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू हुर्कनुभएको सहरका मानिसहरू उहाँसँग खुशी भएनन्” वा “मानिसहरूले येशूलाई इन्कार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἔστιν προφήτης ἄτιμος
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा अगमवक्ताले सबै ठाउँमा आदर पाउँछ” वा “सबैठाउँका मानिसहरूले एउटा अगमवक्तालाई आदर गर्छन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τῇ πατρίδι
“उनको आफ्नै क्षेत्र” वा “उनी हुर्केको सहर”
ἐν τῇ οἰκίᾳ αὐτοῦ
“उनको आफ्नै घरमा”
Matthew 13:58
οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς
“येशूले उहाँको आफ्नै सहरमा धेरै आश्चर्यकर्महरू गर्नुभएन”
Matthew 14
मत्ती १४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पद १ र २ ले अध्याय १३ को वर्णनलाई निरन्तरता दिन्छ । पद ३-१२ ले उक्त वर्णनलाई रोक्छ र पहिले घटेका घटना, शायद शैतानले येशूको परीक्षा गर्ने बित्तिकै भएको घटना (हेर्नुहोस् मत्ती ४:१२) को बारेमा भन्दछ । पद १३ ले चाहिं पद २ मा लेखिएको वर्णनलाई निरन्तरता दिन्छ । यो कुरा निश्चय होस्, मत्तीले लेख्दै गरेका कुरालाई पद ३-१२ मा तिनले रोकेका, र यसरी तिनले फेरि निरन्तरता दिनअगि बिचमा पाठकका लागि नयाँ जानकारी घुसाइदिएका छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यस अध्यायमा भएका अनुवादका सम्भाव्य कठिनाइहरू
कर्म वाच्य
घटना कसले गराएको थियो भन्ने जानकारी नदिएर नै कुनै व्यक्तिको जीवनमा कुनै घटना घटेको थियो भनी यस अध्यायका धेरै वाक्यले भन्दछन् । उदाहरणका लागि, हेरोदियासकी छोरीकहाँ युहन्नाको टाउकोलाई कसले ल्यायो बन्ने कुरा लेखकले भन्दैनन् (मत्ती १४:११) । त्यो घटनाको कर्ता को थियो भनी पाठकलाई जानकारी हुने गरी तपाईंले ती वाक्यको अनुवाद गर्नुपर्दछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 14:1
हेरोदले येशूको बारेमा सुनेपछि तिनले केकस्तो प्रतिउत्तर जनाए भनी यी पदले स्पष्ट पार्दछन् । यो घटना चाहिँ यसपछि वर्णन गरिएको घटनापछि भएको थियो । (हेर्नुहोस्ः घटनाक्रमहरू)
ἐν ἐκείνῳ τῷ καιρῷ
“ती दिनहरूमा” वा “जब येशूले गालीलमा सेवा गरिरहनुभएको थियो”
ἤκουσεν…τὴν ἀκοὴν Ἰησοῦ
“येशूको बारेमा खबरहरू सुने” वा “येशूको ख्यातिको बारेमा सुने”
Matthew 14:2
εἶπεν
“हेरोदले भने”
ἠγέρθη ἀπὸ τῶν νεκρῶν
“मृत्युबाट” भन्ने शब्दहरूले तल्लो संसारमा भएका सबै मृत मानिसहरूको बारेमा एकसाथ बताउँछ । मृतकबाट बौह्रनु भनेको पुनः जीवित भएर आउनु हो ।
διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ
यदि कुनै व्यक्ति मृत्युबाट फर्किएको छ भने, उसमा शक्तिशाली कुराहरू गर्ने शक्ति हुन्छ भनी त्यो बेलाका कोही यहूदीले विश्वास गर्दथे ।
Matthew 14:3
येशूको बारेमा सुनेपछि हेरोदले किन त्यस्तो प्रतिक्रिया देखाए भनेर लेखकले बप्तिस्मा दिने यूहन्नाको मृत्युको बयान दिन्छ ।
यहाँ हेरोदले कसरी बप्तिस्मा दिने यूहन्नालाई मृत्युदण्ड दिएका थिए भनेर बताउन लेखकले सुरु गर्छन् । यसअगिका पदहरूमा उल्लेखित घटनाभन्दा यी घटना केही समय पहिले घटेका थिए । (हेर्नुहोस्ः घटनाक्रमहरू)
ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο
हेरोदले अन्य व्यक्तिहरूलाई उनको निम्ति यी कार्यहरू गर्न आदेश दिएका थिए । वैकल्पिक अनुवादः “हेरोदले यूहन्नालाई गिरफ्तार गर्न र बाँधेर झ्यालखानामा हाल्नलाई उनका सिपाहीहरूलाई अह्राएका थिए” (हेर्नुहोस्ः लक्षणा)
τὴν γυναῖκα Φιλίππου
फिलिप हेरोदका भाइको नाउँ हो । हेरोदले फिलिपकी पत्नीलाई उनको आफ्नै पत्नी बनाउनको निम्ति लिएका थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 14:4
ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
यदि आवश्यक छ भने, तपाईंले यूएसटीमा जस्तै गरी, १४:३-४ का घटनाहरूलाई ती घटेका क्रमअनुसार नै प्रस्तुत गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः घटनाक्रमहरू)
ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.
यदि आवश्यक हुन्छ बने, यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि व्यवस्थाअनुसार तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु उनको निम्ति न्यायसङ्गत छैन भनेर यूहन्नाले हेरोदलाई भनेका थिए ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης
“किनकि यूहन्नाले हेरोदलाई बारम्बार भनिरहेका थिए”
οὐκ ἔξεστίν
जब हेरोदले हेरोदियासलाई विवाह गरेका थिए, त्यो समयसम्म फिलिप जीवित नै थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 14:5
ἐφοβήθη
“हेरोद डराए”
αὐτὸν εἶχον
“तिनीहरूले यूहन्नालाई आदर गर्थे”
Matthew 14:6
ἐν τῷ μέσῳ
तपाईंले अस्पष्ट जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती पाहुनाहरूका माझमा जो जन्मदिनको उत्सवमा सहभागी हुन त्यहाँ आएका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 14:8
ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनकी आमाले तिनलाई सिकाएपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ δὲ προβιβασθεῖσα
“निर्देशन दिइन्” वा “भनिन्”
φησίν
“हेरोदियासकी छोरीले हेरोदलाई भनिन्”
πίνακι
एउटा ठूलो थाल
Matthew 14:9
καὶ ἐλυπήθη ὁ βασιλεὺς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनको अनुरोधले राजालाई ज्यादै दुःखित तुल्यायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ βασιλεὺς
“राजा हेरोद”
ἐκέλευσεν δοθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जे भनिन् सो गर्न उनले आफ्ना मानिसहरूलाई आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 14:10
हेरोदले कसरी बप्तिस्मा दिने यूहन्नालाई मारे भन्ने वर्णन यहाँ समाप्त हुन्छ ।
Matthew 14:11
ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले यूहन्नाको शिर थालमा ल्यायो र त्यो ठिटीलाई दियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πίνακι
एउटा ठूलो थाल
τῷ κορασίῳ
विवाह नगरेकी युवतीको निम्ति प्रयोग गरिने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
Matthew 14:12
οἱ μαθηταὶ αὐτοῦ
“यूहन्नाका चेलाहरू”
τὸ πτῶμα
“मृत शरीर”
ἐλθόντες, ἀπήγγειλαν τῷ Ἰησοῦ
यस कथनको पूरा अर्थ स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ गएर यूहन्नालाई जे भएको थियो, सो कुरा उहाँलाई बताए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 14:13
येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको आश्चर्यकर्मका बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
हेरोदले बप्तिस्मा दिने यूहन्नाको शिर काटे कुरा भन्ने येशूले सुन्नुभएपछि उहाँले कस्तो प्रतिक्रिया जनाउनुभयो भन्ने कुरा यी पदले वर्णन गर्दछन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
ἀκούσας
“यूहन्नालाई के भएको थियो भन्ने कुरा उहाँले सुन्नुभयो” वा “यूहन्नाको बारेमा उहाँले खबर सुन्नुभयो”
ὁ Ἰησοῦς ἀνεχώρησεν
“उहाँले छोड्नुभयो” वा “उहाँ भीडबाट टाढा जानुभयो ।” यो संकेत गरिएको छ कि येशूका चेलाहरू उहाँसँगै गए । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू बिदा भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκεῖθεν
“त्यो ठाउँबाट”
καὶ ἀκούσαντες, οἱ ὄχλοι
“जब भीडका मानिसहरूले उहाँहरू कहाँ जानुभएको थियो भन्ने कुरा सुने” वा “उहाँले त्यो ठाउँ छोड्नुभयो भनेर जब भीडका मानिसहरूले सुने”
οἱ ὄχλοι
“मानिसहरूको भीड” वा “मानिसहरूको ठूलो समूह” वा “मानिसहरू”
πεζῇ
यसको अर्थ भीडमा भएका मानिसहरू पैदल हिँड्दै थिए । (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 14:14
καὶ ἐξελθὼν
“जब येशू समुद्रको किनारमा आउनुभयो, उहाँले त्यहाँ एउटा ठूलो भीड देख्नुभयो”
Matthew 14:15
पाँचवटा साना रोटी र दुईवटा माछाले येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ सुरु हुन्छ ।
προσῆλθον αὐτῷ οἱ μαθηταὶ
“येशूका चेलाहरू उहाँकहाँ आए”
Matthew 14:16
οὐ χρείαν ἔχουσιν
“भीडमा भएका मानिसहरूलाई ... आवश्यक छैन”
δότε αὐτοῖς ὑμεῖς
शब्द “तिमीहरू” बहुवचन हो, जसले येशूका चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 14:17
οἱ δὲ λέγουσιν αὐτῷ
“चेलाहरूले येशूलाई भने”
πέντε ἄρτους
रोटी भन्नाले पिठो मुछेर पातलो गरी बेलेर पकाएको भोजन हो ।
Matthew 14:18
φέρετέ μοι ὧδε αὐτούς
“ती रोटीहरू र माछा मकहाँ ल्याओ”
Matthew 14:19
येशूले पाँच हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ समाप्त हुन्छ ।
ἀνακλιθῆναι
“ढल्कन ।” तपार्इंको संस्कृतिमा मानिसहरू खाना खाने समयमा प्रायः कस्तो अवस्थितिमा हुन्छन्, त्यही शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
λαβὼν
“उहाँका हातहरूमा राख्नुभयो ।” उहाँले ती चोर्नुभएको होइन । (हेर्नुहोस्ः टुक्काहरू)
κλάσας, ἔδωκεν…τοὺς ἄρτους
“रोटीहरू टुक्र्याउनुभयो”
τοὺς ἄρτους
“रोटीका भागहरू” वा “सिङ्गै रोटीहरू”
ἀναβλέψας
सम्भावित अर्थहरू हुन् १) “माथि हेर्दै गर्नुहुँदा” वा २) “माथि हेरेपछि ।”
Matthew 14:20
καὶ ἐχορτάσθησαν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू नअघाएसम्म” वा “तिनीहरू भोकाउन नछोडेसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἦραν
“चेलाहरूले बटुले” वा “केही मानिसहरूले बटुले”
δώδεκα κοφίνους πλήρεις
“१२ डाला भरि” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 14:21
οἱ δὲ ἐσθίοντες
“तिनीहरू जसले रोटी र माछा खाए”
ἄνδρες…πεντακισχίλιοι
“५,००० मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 14:22
येशूले पानीमाथि हिँडेर गर्न लाग्नुभएको आश्चर्यकर्मका बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् ।
यसपछिका पदहरूले येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभएको बित्तिकै पछिको घटनाहरूलाई वर्णन गर्छन् ।
καὶ εὐθέως ἠνάγκασεν
“येशूले मानिसहरूलाई खुवाउनुभएपछि तुरुन्तै, उहाँले”
Matthew 14:23
ὀψίας δὲ γενομένης
“अबेर साँझमा” वा “जब अँध्यारो भयो”
Matthew 14:24
ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων
“र ठूला छालहरूका कारणले गर्दा चेलाहरूले डुङ्गालाई नियन्त्रण गर्न सकेनन्”
Matthew 14:25
τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς
यहाँ चौथो पहर प्रयोग छ जो बिहान तीन बजेतिरदेखि सूर्योदयसम्म हो । वैकल्पिक अनुवादः “मिरमिरे उज्यालो हुनुभन्दा पहिले”
περιπατῶν ἐπὶ τὴν θάλασσαν
“पानीमाथि हिँडिरहनुभएको थियो”
Matthew 14:26
ἐταράχθησαν
“तिनीहरू ज्यादै डराएका थिए”
φάντασμά
एउटा व्यक्ति मरेपछि उसको शरीरलाई छोडेको आत्मा
Matthew 14:28
ἀποκριθεὶς δὲ αὐτῷ, ὁ Πέτρος εἶπεν
“पत्रुसले येशूलाई जवाफ दिए”
Matthew 14:30
βλέπων…τὸν ἄνεμον ἰσχυρὸν
यहाँ “बतासलाई देखे” भन्नुको अर्थ बतास चलेको तिनलाई थाहा भयो भन्ने हो । वैकल्पिक अनुवादः “जब हावाले छालहरूलाई अगिपछि हुत्याइरहेको पत्रसुले देखे” वा “जब तिनले हावाको झोक्का काति शक्तिशाली थियो भनी महसुस गरे” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 14:31
ὀλιγόπιστε, εἰς τί
“तिमीहरू जोसँग यति थोरै विश्वास छ ।” येशूले पत्रसुलाई यस किसिमले सम्बोधन गर्नुभयो किनभने पत्रुस डराए । यसलाई आश्चर्य मानेको कुराको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग कति थोरै विश्वास छ ! किन”
εἰς τί ἐδίστασας
त्यति बेला पत्रुसले सङ्का गर्न हुँदैनथ्यो भन्नका लागि येशूले एउटा प्रश्नलाई प्रयोग गर्नुभयो । पत्रुसले शङ्का गर्न हुँदैनथ्यो भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले शङ्का गर्नु हुँदैनथ्यो म तिमीलाई डुब्नबाट रोक्न सक्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 14:33
Θεοῦ Υἱὸς
यो येशूको लागि एक महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वरसँग उसको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 14:34
येशू पानीमाथि हिँड्नुभएपछि के भयो भन्ने कुरालाई यी पदले वर्णन गर्दछन् । येशूको सेवाकार्यप्रति मानिसहरूले केकस्तो किसिमले प्रतिउत्तर जनाउँदै थिए भनी तिनले सारांशमा व्यक्त गर्दछन् ।
καὶ διαπεράσαντες
“जब येशू र उहाँका चेलाहरूले ताललाई पार गर्नुभएको थियो”
Γεννησαρέτ
यो गालील समुद्रको किनाराको उत्तर-पश्चिम भागमा रहेको एउटा सानो सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 14:35
ἀπέστειλαν
“त्यस क्षेत्रका मानिसहरूले ... खबर पठाए”
Matthew 14:36
καὶ παρεκάλουν αὐτὸν
“बिरामी मानिसहरूले ... उहाँलाई बिन्ती गरे”
τοῦ ἱματίου αὐτοῦ
“उहाँको पोशाक” वा “उहाँले जे पहिरनुभएको थियो”
διεσώθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ठीक भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 15
मत्ती १५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १५:८-९ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“धर्मगुरुहरूका परम्पराहरू”
“धर्मगुरुहरूका परम्पराहरू” यहूदी धार्मिक अगुवाहरूले बनाएका मौखिक विधिविधान थिए, किनभने हरेक मानिसले मोशाको व्यवस्था पालन गरोस् भन्ने कुरामा तिनीहरू सुनिश्चित हुन चाहान्थे । तापनि, मोशाको व्यवस्था पालन गर्नभन्दा यी नियम पालन गर्न तिनीहरूले झन् धेरै कडा परिश्रम गर्नुपर्यो । त्यसका लागि येशूले धार्मिक अगुवाहररूलाई हप्काउनुभयो, र त्यसको परिणामस्वरूप तिनीहरू रिसाए । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
यहूदीहरू र गैरयहूदीहरू
आफूले जीवन बिताउने सही तरिकाले यहूदीहरूले परमेश्वरलाई खुशी पार्न सक्थे भन्ने येशूको समयका यहूदीहरूको विश्वास रहेको थियो । येशूले यहूदीहरू र गैरयहूदीहरू दुवैलाई आफ्ना मानिसका रूपमा स्वीकार्न सक्नुहुन्छ भनी उहाँका चेलाहरूलाई देखाउनका लागि उहाँले गैरयहूदी कनानी स्त्रीको छोरीलाई निको पार्नुभयो ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
भेडा
बाइबलले मानिसहरूलाई प्रायः भेडा भनी सम्बोधन गर्दछ, किनभने भेडाको हेरविचार गर्न तिनीलाई अरु कसैको जरुरत पर्दछ । यो चाहिँ तिनीहरूले राम्री देख्न नसक्ने र प्रायः अरु जनावरले तिनीहरूलाई सजिलै मार्न सक्ने ठाउँमा तिनीहरू जाने हुनाले हो । (हेर्नुहोस्ः रूपक)
Matthew 15:1
दृश्य घटना बद्लिएर यसअगिको अध्यायको समयभन्दा केही समयपछिको घटनामा पुग्दछ । यहाँ येशूले फरिसीहरूका आलोचनाको जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Matthew 15:2
διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων?
येशू र उहाँका चेलाहरूको आलोचना गर्नका लागि फरिसीहरू र शास्त्रीहरूले यो प्रश्नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईका चेलाहरूले पुराना धार्मिक अगुवाहरूले दिएका नियमहरूलाई आदर गर्दैनन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὴν παράδοσιν τῶν πρεσβυτέρων
यो मोशाको व्यवस्थासँग मिल्दोजुल्दो छैन् । मोशाभन्दा पछिका धार्मिक अगुवाहरूले दिएका व्यवस्थाका शिक्षा र व्याख्यालाई यसले जनाउँछ ।
οὐ…νίπτονται τὰς χεῖρας
यो धुने कुरा हातलाई शुद्ध पार्ने कुरा मात्र थिएन । यसले धर्मगरुहरूका परम्पराका रीतिरिवाजअनुसार धुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना हात ठिक किसिमले धुँदैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 15:3
διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν?
धार्मिक अगुवाहरूले जे गर्दछन्, त्यसलाई आलोचना गर्न येशूले एउटा प्रश्नले जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूका पुर्खाहरूले तिमीहरूलाई सिकाएका कुराको अनुसरण गर्नका लागि तिमीहरूले परमेश्वरको आज्ञा इन्कार गरको म देख्दछु !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 15:4
पद ४ मा, मानिसहरूले आफ्ना बुबाआमालाई कस्तो व्यवहार गरून् भन्ने परमेश्वरले आशा छ भनी दर्शाउनका लागि येशूले प्रस्थानबाट दुईपल्ट उद्धृत गर्नुहुन्छ ।
येशूले निरन्तर फरिसीहरूलाई जवाफ दिनुहुन्छ ।
θανάτῳ τελευτάτω
“उसलाई मानिसहरूले निश्चय पनि मार्नेछन्”
Matthew 15:5
ὑμεῖς δὲ λέγετε
यहाँ “तिमीहरू” बहुवचनमा छ र फरिसीहरू र शास्त्रीहरूलाई बुझाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 15:6
येशूले निरन्तर फरिसीहरूलाई हप्काउनुहुन्छ ।
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ
“तर तिमीहरू भन्छौ” भनेर सुरु हुने शब्दहरूमा (पद ५) उद्धरणभित्रै अर्को उद्धरण छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई अप्रत्यक्ष उद्धरणहरूमा अनुवाद गर्न सक्नुहुन्छ । “तर कुनै व्यक्तिले आफ्नो बुबाआमालाई, उसले परमेश्वरलाई भेटी दिइसकेको छ भन्यो भने, उसले आफ्नो बुबाआमाको आदर गरिरहनु आवश्यक छैन भनी तिमीहरू सिकाउँदछौ” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ
“आफ्नो बुबाको” भन्नाले “आफ्नो बुबाआमाको” भन्ने अर्थ लाग्दछ । यसको अर्थ कुनै व्यक्तिले आफ्नो बुबाआमाको वास्ता गरेर तिनीहरूप्रति उसले आदर दर्शाउनु आवश्यक छैन भनी धार्मिक अगुवाहरूले सिकाए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ
यहाँ “परमेश्वरको वचन”ले खास गरी उहाँका आज्ञाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरको वचनलाई त्यो रद्द भए झैँ गरी व्यवहार गरेका छौ” वा “तिमीहरूले परमेश्वरका आज्ञाहरूलाई बेवास्ता गरेका छौ”
διὰ τὴν παράδοσιν ὑμῶν
“किनभने तिमीहरू आफ्ना परम्पराहरूलाई पछ्याउन चाहन्छौ”
Matthew 15:7
पद ८ र ९ मा, फरिसी र शास्त्रीहरूलाई हप्काउनका लागि येशूले यसैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
फरिसी र शास्त्रीहरूलाई येशूले दिनुहुने जवाफलाई उहाँले सिद्ध्याउनुहुन्छ ।
καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας
“यशैयाले यस अगमवाणीमा सत्य कुरा भने”
λέγων
यसको अर्थ परमेश्वरले यशैयालाई जे भन्नुभयो, सो तिनले भन्दै छन् । वैकल्पिक अनुवादः “जब उनले परमेश्वरले जे भन्नुभएको थियो, त्यो भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 15:8
ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ
यहाँ “ओठ” ले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यी मानिसहरूले मलाई सबै ठीक कुराहरू भन्छन्” (हेर्नुहोस्ः लक्षणा)
με…ἐμοῦ
यो शब्द जतिपल्ट आउँदा पनि परमेश्वरलाई नै जनाउँछ ।
ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ
यहाँ “हृदय”ले व्यक्तिका विचारहरू र भावनाहरूलाई जनाउँछ । यो वाक्यांश मानिसहरू साँचो रूपले परमेश्वरमा समर्पित छैनन् भन्ने तरिका हो । वैकल्पिक अनुवादः “तर वास्तवमा तिनीहरूले मलाई प्रेम गर्दैनन्” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
Matthew 15:9
μάτην δὲ σέβονταί με
“तिनीहरूका आराधनाले मलाई कुनै असर पार्दैन” वा “तिनीहरूले मलाई आराधना गरेको बहाना मात्रै गर्दछन्”
ἐντάλματα ἀνθρώπων
“मानिसहरूका बनाएका नियमहरू”
Matthew 15:10
व्यक्तिलाई के कुराले अशुद्ध पार्दछ, अनि फरिसी र शास्त्रीहरूले उहाँको आलोचना गर्नु किन गलत कुरा हो भन्ने बारेमा येशूले भीड र आफ्ना चेलाहरूलाई सिकाउन सुरु गर्नुहुन्छ ।
Matthew 15:11
εἰσερχόμενον εἰς τὸ στόμα…ἐκπορευόμενον ἐκ τοῦ στόματος
येशू भन्नुहुन्छ, मानिसले खाएको कुराभन्दा मानिसले बोलेको कुरा भिन्न हुन्छ । येशूको अर्थ हो को मानिसले खानेकुरामा भन्दा मानिसले बोल्ने कुरामा चाहिँ परमेश्वरले बढी चासो लिनुहुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Matthew 15:12
οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो भनाइले फरिसीहरूलाई क्रोधित बनायो” वा “यो भनाइले फरिसीहरूलाई अप्रसन्न बनायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 15:13
πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται
यो एउटा अलङ्कार हो । येशूले भन्न खोज्नुभएको चाहिँ फरिसीहरू वास्तविक रूपले परमेश्वरका सन्तान होइनन्, यसैले परमेश्वरले तिनीहरूलाई हटाइदिनुहुने छ । (हेर्नुहोस्ः रूपक)
ὁ Πατήρ μου ὁ οὐράνιος
यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूबीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἐκριζωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले तिनीहरूलाई उखेल्नुहुनेछ” वा “उहाँले तिनीहरूलाई जमिनबाट बाहिर तान्नुहुनेछ” वा “उहाँले तिनीहरूलाई हटाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 15:14
ἄφετε αὐτούς
“तिनीहरू” शब्दले फरिसीहरूलाई जनाउछ ।
ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται
फरिसीहरूका बारेमा स्पष्ट पार्नका लागि येशूले अर्को अलङ्कारको प्रयोग गर्नुहुन्छ । येशूले भन्न खोज्नुभएको चाहिँ फरिसीहरूले परमेश्वरका आज्ञाहरू वा उहाँलाई कसरी खुशी तुल्याउने भन्ने कुरा नै बुझ्दैनन् । यसकारण, परमेश्वरलाई कसरी खुशी तुल्याउने भनेर तिनीहरूले अरुलाई सिकाउन सक्दैनन् । (हेर्नुहोस्ः रूपक)
Matthew 15:15
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तलाई व्याख्या गरिदिनका लागि पत्रुसले येशूलाई बिन्ती गर्छन् ।
ἡμῖν
“हामी चेलाहरूलाई”
Matthew 15:16
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तका बारेमा स्पष्ट पार्नुहुन्छ ।
ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε?
दृष्टान्त नबुझेका हुनाले चेलाहरूलाई हप्काउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । साथै “तिमीहरू” शब्दले जोड दिँदछ । आफ्नै चेलाहरूले समेत बुझेका छैनन् भनी येशूले विश्वास गर्न नै सक्नुहुन्न । वैकल्पिक अनुवादः “तिमीहरू मेरा चेलाहरू भएर पनि अझसम्म मैले सिकाएका कुरा नबुझ्दा मलाई खिन्नता हुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 15:17
οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται?
दृष्टान्त नबुझेका हुनाले चेलाहरूलाई हप्काउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “निश्चय तिमीहरू बिझ्दछौ ... शौचालयमा बाहिर निस्कन्छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἰς τὴν κοιλίαν χωρεῖ
“पेटभित्र जान्छ”
ἀφεδρῶνα
यो मानिसको शरीरबाट निस्कने फोहोरलाई निष्कासन गर्ने ठाउँको निम्ति प्रयोग गरिने शिष्ट शब्द हो ।
Matthew 15:18
येशूले मत्ती १५:१३-१४ मा भन्नुभएको दृष्टान्तका बारेमा येशूले निरन्तर स्पष्ट पार्नुहुन्छ ।
τὰ…ἐκπορευόμενα ἐκ τοῦ στόματος
यसले मानिसले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले बोल्ने शब्दहरू” (हेर्नुहोस्ः लक्षणा)
ἐκ τῆς καρδίας
यहाँ “हृदय”ले मानिसको दिमाग वा अन्तस्करणलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको भित्रबाट” वा “मानिसको दिमागबाट” (हेर्नुहोस्ः लक्षणा)
Matthew 15:19
φόνοι
निर्दोष मानिसलाई मार्नु
Matthew 15:20
ἀνίπτοις χερσὶν φαγεῖν
यसको अर्थ धर्मगुरुहरूका परम्पराबमोजिमका रीतिरिवाजअनुसार मानिसले आफ्नो हात धोएको छैन । वैकल्पिक अनुवादः “कोही व्यक्तिले पहिले हात नधोई खानु”
Matthew 15:21
येशूले कनानी स्त्रीको छोरीलाई निको पार्नुभएको वर्णनको सुरु यसले गर्दछ ।
ὁ Ἰησοῦς ἀνεχώρησεν
चेलाहरू पनि येशूको साथमा गए भन्ने अर्थ लाग्दछ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 15:22
ἰδοὺ, γυνὴ Χαναναία…ἐξελθοῦσα
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एक जना कनानी स्त्री आइन्”
γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραζεν
“कनानी भनिने मानिसहरूको समूहकी एउटी स्त्री ।” कनान अब एउटा देश रहेन । उनी टुरोस र सिदोन शहरहरू नजिकै बस्ने मानिसहरूका समूह थिए ।
ἐλέησόν με
येशूले तिनको छोरीलाई निको पारिदिनुभएको होस् भनी तिनले बिन्ती गरिरहेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “दया गर्नुहोस् र मेरी छोरीलाई निको पार्नुहोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Υἱὸς Δαυείδ
येशू दाउदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाउदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाउदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती स्त्रीले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछ ।
ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरी छोरीलाई भूतात्माले डरलाग्दो किसिमले अधीन गरेको छ” वा “एउटा दुष्टात्माले मेरी छोरीलाई धेरै नराम्ररी सताइरहेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 15:23
οὐκ ἀπεκρίθη αὐτῇ λόγον
यहाँ “शब्द”ले मानिसले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केही भन्नुभएन” (हेर्नुहोस्ः लक्षणा)
Matthew 15:24
οὐκ ἀπεστάλην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई अरू कसैकहाँ पठाउनुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ
यो सम्पूर्ण इस्राएल राज्यलाई बरालिएर आफ्ना गोठालोबाट छुटेका भेडासित तुलना गर्ने अलङ्कार हो । तपाईंले यसलाई मत्ती १०:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Matthew 15:25
ἡ
“कनानी स्त्री आइन्”
προσεκύνει αὐτῷ
ती स्त्रीले आफूलाई येशूको सामु नम्र तुल्याएकी कुरालाई यसले दर्शाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 15:26
οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
येशूले ती स्त्रीलाई एउटा उखानले जवाफ दिनुभयो । यसको मूल अर्थ जे कुरो यहूदीहरूको हो त्यो लिएर गैरयहूदीहरूलाई दिनु उचित हुँदैन भन्ने हुन्छ । (हेर्नुहोस्ः हितोपदेश)
τὸν ἄρτον τῶν τέκνων
यहाँ “रोटी”ले सामान्य भोजनलाई जनाउँछ । वैकल्पिक अनुवादः “छोराछोरीहरूको खाना” (हेर्नुहोस्ः उपलक्षण)
τοῖς κυναρίοις
यहूदीहरू कुकुरहरूलाई अशुद्ध जनावरहरू मान्थे । यहाँ तिनीहरू गैर-यहूदीहरूको लागि छविको रूपमा प्रयोग गरिन्छन् ।
Matthew 15:27
καὶ…τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν
येशूले त्यति बेला बोल्नुहुँदा उखानमा जुन बिम्ब प्रयोग गर्नुभयो, ती स्त्रीले त्यसैको प्रयोग गरेर जवाफ दिइन् । यहूदीहरूले फालेका असल कुराहरूबाट केही मात्र भए पनि गैरयहूदीहरूले पाउनुपर्छ भन्ने चाहिँ तिनको अर्थ हो । (हेर्नुहोस्ः रूपक)
τὰ κυνάρια
यहाँ मानिसहरूले घरपालुवा रूपमा राख्ने जुनसुकै आकारका कुकुरहरू जनाउने शब्दहरू प्रयोग भएका छन् । तपाईंले यसलाई मत्ती १५:२६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 15:28
γενηθήτω
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “I will do” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἰάθη ἡ θυγάτηρ αὐτῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनकी छोरीलाई निको पार्नुभयो” वा “तिनकी छोरी निको भइन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ τῆς ὥρας ἐκείνης
यो लक्षणा हो । वैकल्पिक अनुवादः “त्यही सयममा नै” वा “तुरुन्तै” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 15:29
येशूले चार हजार मानिसलाई भोजन गराउने आश्चर्यकर्म गर्न लाग्नुभएको कुराको बारेमा यी पदले पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Matthew 15:30
χωλούς, τυφλούς, κυλλούς, κωφούς
“हिँड्न नसक्ने मानिसहरू, कोही देख्न नसक्ने मानिसहरू, कोही बोल्न नसक्ने मानिसहरू, अनि अरूहरूचाहिँ हातहरू र खुट्टाहरूमा चोट लागेका मानिसहरू”
ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ
केही बिरामी मानिसहरू वा लङ्गडा मानिसहरू उभिन नसकेको झैँ देखिन्छ, त्यसैले जब तिनीहरूका साथीहरूले तिनीहरूलाई येशूकहाँ ल्याए, उनीहरूले तिनीहरूलाई उहाँको सामु भुइँमा राखिदिए । वैकल्पिक अनुवादः “भीडका मानिसहरूले बिरामीहरूलाई येशूको सामु जमिनमा राखिदिए”
Matthew 15:31
κυλλοὺς ὑγιεῖς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लङ्गडाहरू ठीक भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κυλλοὺς…χωλοὺς…τυφλοὺς
यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अपाङ्ग मानिसहरू ... लङ्गडा मानिसहरू... दृष्टिविहीन मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 15:32
सातवटा रोटी र अलिकत ससाना माछाले येशूले चार हजार मानिसलाई भोजन गराउनुभएको वर्णन यहाँ सुरु हुन्छ ।
νήστεις…μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ
“तिनीहरू बाटोमा बेहोस होलान्”
Matthew 15:33
πόθεν ἡμῖν ἐν ἐρημίᾳ, ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον?
भीडका लागि भोजन किन्ने ठाउँ कतै छैन भन्नलाई चेलाहरूले प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “नजिक कुनै त्यस्तो ठाउँ नै छैन जहाँबाट हामीले यति ठूलो भीडका लागि प्रयाप्त हुने गरी रोटी किन्न सक्दछौँ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 15:34
ἑπτά, καὶ ὀλίγα ἰχθύδια
बुझ्न सकेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “सातवटा रोटी र केही ससाना माछा” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 15:35
ἀναπεσεῖν ἐπὶ τὴν
भोजन गर्न बस्ने टेबल नभएको समयमा तपाईंको भाषामा टुक्रुक्क वा टुसुक्क भुइँमा बस्ने शब्द प्रयोग गर्नुहोस् ।
Matthew 15:36
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας
“येशूले सात रोटी र माछा आफ्नो हातमा लिनुभयो”
ἔκλασεν
“उहाँले रोटी टुक्रा पार्नुभयो””
ἐδίδου
“रोटी र माछा दिनुभयो”
Matthew 15:37
ἦραν
“चेलाहरूले जम्मा गरे” वा “केही मानिसहरूले जम्मा गरे”
Matthew 15:38
οἱ…ἐσθίοντες
“ती मानिसहरू जसले खाए”
τετρακισχίλιοι ἄνδρες
“४,००० पुरुषहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 15:39
τὰ ὅρια
“त्यो क्षेत्र”
Μαγαδάν
यो भूभागलाई कहिलेकाहीँ “मग्दाला” भनिन्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 16
मत्ती १६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
खमिर
मानिसहरूले परमेश्वरको बारेमा विचार गर्ने कुरालाई येशूले रोटी भए झैँ कुरा गर्नुभयो र मानिसहरूले परमेश्वरको बारेमा शिक्षा दिने कुरालाई उहाँले खमिर भएझैं कुरा गर्नुभयो । खमिरले मुछेको पिठोलाई फुलाइदिन्छ र रोटी पकाएपछि स्वादिलो हुन्छ । उहाँका चेलाहरूले फरिसी र सदुकीहरूका शिक्षा नसुनुन् भन्ने उहाँको इच्छा थियो । यदि तिनीहरूले त्यो सुने भने, परमेश्वर को हुनुहुन्छ र उहाँका आफ्ना मानिसहरूले कसरी जीवन बिताउन् भन्ने उहाँको इच्छा छ, सो तिनीहरूले बुझ्न सक्ने छैनन् । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
अलङ्कार
येशूले आफ्ना चेलाहरूलाई उहाँका आज्ञा पालन गर्न भन्नुभयो । उहाँले तिनीहरूलाई उहाँको “पछि लाग्न” भनेर यसो गर्नुभयो । यो कुराचाहिं उहाँ एउटा बाटोमा हिंडिरहनुभएको र तिनीहरू उहाँको पछिपछि हिँडिरहेका कुराजस्तो हो । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पृष्ठभूमि जानकारी
पद १ देखि २० सम्म मत्तीले १५ अध्यायको वर्णनलाई निरन्तरता दिन्छन् । यो वर्णन पद २१ मा रोकिन्छ । अनि येशू यरुसलेममा पुग्नुभएपछि मानिसहरूले उहाँलाई मार्ने छन्, भनी उहाँले आफ्ना चेलाहरूलाई दोहोर्याइ दोहोर्याइ भन्नुभयो भनेर मत्तीले पाठकहरूलाई जानकारी दिन्छन् । त्यसपछि यो वर्णन पद २२-२७ सम्म निरन्तर जान्छ, र येशूले आफू मर्ने कुरा पहिलोपल्ट गर्नुहुँदा के भयो, सो उल्लेख गर्दछ ।
विरोधाभास
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । येशूले भन्नुभयो, “किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ, उसले त्यो गुमाउने छ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो प्राप्त गर्ने छ” (मत्ती १६:२५) ।
Matthew 16:1
यसले येशू र फरिसी तथा सदुकीहरूका बिचमा मुठभेट सुरु गर्दछ ।
πειράζοντες
यहाँ “परीक्षा” लाई नकारात्मक अर्थमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “उहाँलाई चिनौति दिए” वा “उहाँलाई फसाउन खोजे”
Matthew 16:4
γενεὰ πονηρὰ καὶ μοιχαλὶς
येशू उहाँको वर्तमान पुस्तासँग कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट र व्यभिचारी पुस्ता हौ जसले मबाट चिन्ह माग गर्छ ... तिमीहरूलाई दिइनेछ” तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
γενεὰ πονηρὰ καὶ μοιχαλὶς
यहाँ “व्यभिचारी” भनेको परमेश्वरप्रति विश्वासयोग्य नरहेका मानिसहरूका लागि अलङ्कार हो । तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “एउटा अविश्वासी पुस्ता” वा “एउटा ईश्वरहीन पुस्ता” (हेर्नुहोस्ः रूपक)
σημεῖον…οὐ δοθήσεται αὐτῇ
येशूले तिनीहरूलाई कुनै चिन्ह दिनुहुने थिएन किनभने, उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभएको भएतापनि, तिनीहरूले उहाँलाई विश्वास गर्न इन्कार गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “म यसलाई कुनै चिन्ह दिनेछैन” वा “परमेश्वरले तिमीहरूलाई कुनै चिन्ह दिनुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ
“परमेश्वरले योना अगमवक्तालाई दिनुभएको चिन्हबाहेक ।” तपाईंले यसलाई मत्ती १२:३९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 16:5
यहाँ दृश्य घटना बद्लिएर पछिल्लो समयमा पुग्दछ । येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई एउटा अवसर लिनुहुन्छ ।
τὸ πέραν
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तालको पारिपट्टि” वा “गालील समुद्रपारि” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 16:6
τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
यहाँ “खमिर” अलङ्कार हो जसले खराब विचार र गलत शिक्षालाई जनाउँछ । यहाँ “खमिर” भनेर अनुवाद गर्नुहोस् र आफ्नो अनुवादमा यसको अर्थलाई स्पष्ट नपार्नुहोस् । यसको अर्थ १६:१२ मा स्पष्ट पारिनेछ । (हेर्नुहोस्ः रूपक)
Matthew 16:7
διελογίζοντο ἐν ἑαυτοῖς
“आपसमा विवाद गरे” वा “यसका बारेमा सोचे”
Matthew 16:8
ὀλιγόπιστοι
“तिमीहरू जोसँग यति थोरै विश्वास छ ।” येशूले मानिसहरूलाई यस किसिमले सम्बोधन गर्नुहुन्छ किनभने रोटी नल्याएका बारेमा भएको तिनीहरूको फिक्रीले तिनीहरूलाई जुटाइदिनका लागि येशूमाथि तिनीहरूको विश्वास थोरै भएको देखाउँछ । तपाईंले यसलाई मत्ती ६:३० मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε?
येशूले अहिले भन्नुभएका कुरा उहाँका चेलाहरूले नबुझेका हुनाले हप्काउनका लागि प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले फरिसी र सदुकीहरूको खमिरका बारेमा कुरा गर्दा तिमीहरूले रोटी ल्याउन बिर्सेका कारणले मैले यसो भनेको हो भनी तिमीहरूले विचार गरेको हुनाले मलाई खिन्नता हुन्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 16:9
येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई निरन्तरता दिनुहुन्छ ।
οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε?
चेलाहरूलाई हप्काउनका लागि येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि ... तिमीहरूले सम्झन्छौ ... तिमीहरूले बटुल्यौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τῶν πεντακισχιλίων
“५,०००” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 16:10
τῶν τετρακισχιλίων
“४,०००” (हेर्नुहोस्ः सङ्ख्याहरू)
οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε?
“के तिमीहरूले ... सात रोटीहरू ... सम्झदैनौ ... तिमीहरूले बटुल्यौ ?” येशूले उहाँका चेलाहरूलाई हप्काउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पक्कै पनि ... सात रोटीहरू ... तिमीहरूले सम्झन्छौ ... तिमीहरूले बटुल्यौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 16:11
येशूले फरिसीहरू र सदुकीहरूको बारेमा उहाँका चेलाहरूलाई चेतावनी दिनलाई निरन्तरता दिनुहुन्छ ।
πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν?
येशूले चेलाहरूलाई हप्काउनका लागि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्नेथ्यो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων
यहाँ “खमिर” अलङ्कार हो जसले खराब विचार र गलत शिक्षालाई जनाउँछ । यहाँ “खमिर” भनेर अनुवाद गर्नुहोस् र आफ्नो अनुवादमा यसको अर्थलाई स्पष्ट नपार्नुहोस् । चेलाहरूले यसको अर्थलाई १६:१२ मा बुझ्नेछन् । (हेर्नुहोस्ः रूपक)
Matthew 16:12
συνῆκαν
यिनीहरूले चेलाहरूलाई जनाउँछन् ।
Matthew 16:13
यहाँ दृश्य घटना बद्लिएर पछिल्लो समयमा पुग्दछ । येशू को हुनुहुन्छ भनी उहाँका चेलाहरूले बुझेका छन् कि छैनन् भनेर उहाँले प्रश्न सोध्नुहुन्छ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि वा एक नयाँ व्यक्तिको परिचय गराउनका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग बताउन थाल्छन् ।
τὸν Υἱὸν τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 16:16
ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई देखाउँदछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
τοῦ Θεοῦ τοῦ ζῶντος
यहाँ “जीवित” भन्नाले अन्य मानिसहरूले पूजा गर्ने देवहरू र मूर्तिहरूदेखि इस्राएलका परमेश्वरलाई भिन्न दर्शाउँछ । इस्राएलका परमेश्वर मात्र जीवित र काम गर्न क्षमतावान् हुनुहुन्छ ।
Matthew 16:17
Σίμων Βαριωνᾶ
“सिमोन, योनाका छोरा” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν
यहाँ “शरीर र रगत” ले मानवजातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै मानिसले प्रकट गरेको होइन” (हेर्नुहोस्ः उपलक्षण)
οὐκ ἀπεκάλυψέν
येशू नै ख्रीष्ट र जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने पत्रुसको भनाइलाई “यो” जनाउँछ ।
ἀλλ’ ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर स्वर्गमा हुनुहुने मेरा पिताले नै यो तिमीलाई प्रकट गर्नुभयो” (हेर्नुहोस्ः शब्दलोप)
ὁ Πατήρ μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 16:18
κἀγὼ δέ σοι λέγω
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
σὺ εἶ Πέτρος
पत्रुस नाउँको अर्थ “चट्टान” हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν
यहाँ “मेरो मण्डली निर्माण गर्ने छु,” भनेको येशूमा विश्वास गर्ने मानिसहरूलाई एकसाथ भेला पार्ने कुरा जनाउनका लागि अलङ्कार हो । सम्भावित अर्थहरू हुन् १) “यस चट्टान”ले पत्रुसलाई जनाउँछ वा २) “यस चट्टान”ले पत्रुसले भर्खरै मत्ती १६:१६ मा भनेका सत्यतालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς
यहाँ “पाताल” ले पर्खालले घेरिएको ढोकाहरू भएका सहरलाई जनाउँछ, जसमा मरेका मानिसहरू भित्र र अरू मानिसहरू बाहिर रहन्छन् । “पाताल” ले मृत्यु र “ढोका”ले त्यसको शक्तिलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “मृत्युको शक्ति मेरो मण्डलीमाथि विजयी हुनेछैन” वा 2) “मेरो मण्डलीले मृत्युको शक्तिलाई टुक्राउनेछ जसरी एउटा सेना कुनै सहर फोरेर भित्र प्रवेश गर्छ ।” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Matthew 16:19
δώσω σοι
यहाँ “तिमी” एकवचनमा छ र यसले पत्रुसलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὰς κλεῖδας τῆς Βασιλείας τῶν Οὐρανῶν
साँचाहरू भन्नाले ढोका खोल्न र बन्द गर्न प्रयोग गर्ने थोकहरू हुन् । यहाँ तिनले अधिकारलाई जनाउँछन् । (हेर्नुहोस्ः रूपक)
τῆς Βασιλείας τῶν Οὐρανῶν
यसले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς; καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς
यहाँ “बाँध्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरालाई निषेधित गर्नु भन्ने हुन्छ, र “गुमाउनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा हुन दिनु भन्ने हुन्छ । साथै, “स्वर्गमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वर आफैँलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीले पृथ्वीमा जे कुराको अनुमति दिन्छौ वा निषेध गर्छौ, त्यसलाई स्वर्गमा हुनुहुने परमेश्वरले समर्थन गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Matthew 16:21
येशूले आफू चाँडै मर्नुहुनेछ भनेर पहिलो पटक चेलाहरूलाई भन्नुहुन्छ ।
यहाँ “हात” ले शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जहाँ धर्मगुरु र मुख्य पूजाहारी र शास्त्रीहरूले उहाँलाई दुःख दिने छन्” (हेर्नुहोस्ः लक्षणा)
γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
यहाँ जीवनमा पुनः बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । धर्मगुरुहरू र मुख्य पूजाहारीहरूले येशूलाई दोष लगाउने थिए ताकि अरूहरूले उहाँलाई मार्न सकून् । वैकल्पिक अनुवादः “शास्त्रीहरू ... । मानिसहरूले तब उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῇ τρίτῃ ἡμέρᾳ
“तेस्रो” चाहिँ सङ्ख्या “तीन”लाई जनाउने शब्द हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Matthew 16:22
καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος
येशूले आफू चाँडै मर्नुहुनेछ भनेर पहिलो पटक तिनीहरूलाई भन्नुहुन्छ (पद २१) । यो पहिलो पटकपछि त्यही कुरा उहाँले धेरैपटक तिनीहरूलाई भन्नुहुनेछ । यो पहिलो पटकपछि हो जब पत्रुसले येशूलाई एकातिर लग्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
προσλαβόμενος αὐτὸν, ὁ Πέτρος
“कसैले पनि सुन्न नसक्ने भएपछि पत्रुसले येशूलाई भने”
ἵλεώς σοι
यो लक्षणा हो जसले “यो तपाईंको जीवनमा कदापि हुने छैन” भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “अहँ” वा “कदापि हुँदैन” वा “परमेश्वरले यो कुरा निषेध गरुन्” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 16:23
ὕπαγε ὀπίσω μου, Σατανᾶ! σκάνδαλον εἶ ἐμοῦ
येशूले भन्नुभएको कुराको अर्थ, परमेश्वरले जे काम गर्न येशूलाई पठाउनुभयो, त्यसबाट उहाँलाई पत्रुसले रोक्न खोजेको हुनाले तिनले शैतानले झैँ काम गर्दैछन् । वैकल्पिक अनुवादः “मबाट पछि हटिजा, किनभने तैंले शैतानले झैँ काम गर्दैछस् ! तँ मेरो लागि बाधा होस् !” वा “ए शैतान, मबाट पछि हटिजा ! तँ मेरो लागि बाधा भएको हुनाले मैले तँलाई शैतान भनेको हो” (हेर्नुहोस्ः रूपक)
ὕπαγε ὀπίσω μου
“मबाट टाढा जा”
Matthew 16:24
ὀπίσω μου ἐλθεῖν
यहाँ येशूलाई पछ्याउने कुराले उहाँका चेलाहरूमध्ये एक जना हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो चेला हुन” वा “मेरा चेलाहरूमध्ये एक जना हुन” (हेर्नुहोस्ः रूपक)
ἀπαρνησάσθω ἑαυτὸν
“आफ्नै इच्छाहरूमा तल्लीन हुनुहुँदैन” वा “आफ्ना इच्छाहरूलाई त्याग्नुपर्छ”
ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι
“आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःख र मृत्युलाई जनाउँछ । क्रूस उठाउने कुराले दुःख भोगेर मर्न तयार हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “दुःख भोग्नुपर्दा र मृत्युमा नै पुग्नुपर्दा पनि मेरो आज्ञा पालन गर्नुपर्दछ” or “दुःख भोग्नुपर्दा र मृत्युमा नै पुग्नुपर्दा पनि उसले मेरो आज्ञा पालन गर्नुपर्दछ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
καὶ ἀκολουθείτω μοι
यहाँ येशूलाई पछ्याउने भन्नाले उहाँको आज्ञापालन हो । वैकल्पिक अनुवादः “र मेरो आज्ञा पालन गर्नुपर्छ” (हेर्नुहोस्ः रूपक)
Matthew 16:25
“किनकि जो कोही जसले ... चाहन्छ”
ἀπολέσει αὐτήν
यसको अर्थ त्यो मानिसले मर्नै पर्छ भन्ने हुँदैन । कुनै मानिसले येशूको आज्ञा पालन गर्ने कुरालाई आफ्नो जीवनलाई भन्दा धेरै महत्त्व दिनुपर्छ भन्ने जनाउने अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
ἕνεκεν ἐμοῦ
“उसले ममाथि भरोसा गरेको हुनाले” वा “मेरो साटोमा” वा “मेरो कारणले”
εὑρήσει αὐτήν
कुनै मानिसले परमेश्वरसँगको आत्मिक जीवनको अनुभव गर्ने छ भन्ने कुरा जनाउने यो अलङ्कार हो । वैकल्पिक अनुवादः “साँचो जीवन भेट्टाउनेछ” (हेर्नुहोस्ः रूपक)
Matthew 16:26
τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ?
आफ्ना चेलाहरूलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसले मानिसलाई लाभ हुँदैन ... उसको जीवन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ
धेरै धनसम्पत्ति जनाउनका लागि बढाइचढाइ गरेर “सारा संसार” भनेको हो । वैकल्पिक अनुवादः “यदि उसले चाहेको सबै कुरा प्राप्त गरेर” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ
“तर उसले आफ्नो जीवन चाहिँ गुमायो भने”
ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ?
आफ्ना चेलाहरूलाई सिकाउनका लागि येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसले आफ्नो जीवन फेरि प्राप्त गर्नका लागि उसले दिन सक्ने कुनै पनि कुरा छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 16:27
μέλλει…ὁ Υἱὸς τοῦ Ἀνθρώπου…αὐτοῦ…ἀποδώσει
यहाँ येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... मेरा पिता ... त्यसपछि म” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
μέλλει…ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ
“आफ्नो पिताको जस्तै महिमा धारण गरेर आउनेछ”
μετὰ τῶν ἀγγέλων αὐτοῦ
“र स्वर्गदूतहरू उहाँसँगै हुने छन् ।” यो वाक्यको पहिलो भागलाई येशूले प्रथम पुरुषमा बोल्नुभएको जस्तो स्वरूपमा तपाईंले अनुवाद गर्नुहुन्छ भने, यसलाई तपाईंले, “र मेरा पिताका स्वर्गदूतहरू मसँग हुने छन्” भनेर अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τοῦ Πατρὸς αὐτοῦ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र मानिसको पुत्र, येशू बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
κατὰ τὴν πρᾶξιν αὐτοῦ
“हरेक व्यक्तिले गरेको कुराअनुसार”
Matthew 16:28
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ὑμῖν
यो शब्द जतिपल्ट दोहोरिए पनि बहुवचन हो र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
οὐ μὴ γεύσωνται θανάτου
यहाँ “चाख्ने” को अर्थ अनुभव गर्ने हो । वैकल्पिक अनुवादः “मृत्युको अनुभव गर्नेछैन” वा “मर्नेछैन” (हेर्नुहोस्ः टुक्काहरू)
ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ
यहाँ “राज्य” ले मानिसको पुत्रले राजा भएर राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जबसम्म तिनीहरूले मानिसका पुत्रलाई राजाको रूपमा आउँदै गरेको देख्दैनन्” वा “जबसम्म तिनीहरूले मानिसका पुत्र राजा हुनुहुन्छ भन्ने कुराको प्रमाण देख्दैनन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 17
मत्ती १७ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
एलिया
पुरानो करारका मलाकी अगमवक्ता येशू जन्मिनुभन्दा धेरै वर्ष पहिले बाँचेका थिए । मलाकीले भनेका थिए, कि ख्रीष्ट आउनुभन्दा पहिले एलिया नाउँ गरेका अगमवक्ता फर्केर आउने छन् । मलाकीले बप्तिस्मा दिने यूहन्नाका बारेमा बोलेका थिए भनेर येशूले स्पष्ट पार्नुभयो । एलियाले जे गर्ने छन् भनेर मलाकीले भनेका थिए, सो बप्तिस्मा दिने यूहन्नाले गरेका हुनाले येशूले त्यसो भन्नुभयो । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि ख्रीष्ट, मसीह)
“रूप परिवर्तन भयो”
परमेश्वरको महिमालाई धर्मशास्त्रले धेरैजसो ठूलो चम्किलो ज्योतिको रूपमा वर्णन गर्दछ । जब मानिसहरूले यस्तो ज्योति देख्दछन्, तब तिनीहरू डराउँछन् । येशूको शरीर उहाँको तेजिलो महिमाको ज्योतिले चम्कियो, र यसरी येशू साँच्चै परमेश्वरका पुत्र हुनुहुन्छ भनी उहाँका चेलाहरूले देख्न सके भनेर मत्तीले यो अध्यायमा भन्दछन् । साथसाथै, परमेश्वर आफैँले पनि भन्नुभयो, येशू उहाँका पुत्र हुनुहुन्छ । (हेर्नुहोस्ः महिमा, महिमित अनि भय, डर, याहोवेको भय)
Matthew 17:1
यसले येशूको रूप परिवर्तनको वर्णन सुरु गर्दछ ।
τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὸν ἀδελφὸν αὐτοῦ
“पत्रुस, याकूब र याकूबका भाइ यूहन्ना”
Matthew 17:2
μετεμορφώθη ἔμπροσθεν αὐτῶν
जब तिनीहरूले उहाँलाई हेरे, उहाँको स्वरूप पहिले भएकोभन्दा फरक थियो ।
μετεμορφώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको स्वरूप परिवर्तन भएको थियो” वा “उहाँ निकै फरक देखिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔμπροσθεν αὐτῶν
“तिनीहरूको अगाडि” वा “त्यसले गर्दा तिनीहरूले उहाँलाई स्पष्टसँग देख्न सक्थे”
ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
यी उपमा हुन् जसले येशूको रूप कति धेरै चम्किएको थियो भन्ने कुरामा जोड दिन्छन् । (हेर्नुहोस्ः उपमा)
τὰ…ἱμάτια αὐτοῦ
“जे उहाँले पहिरिरहनुभएको थियो”
Matthew 17:3
ἰδοὺ
यो शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
αὐτοῖς
यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ ।
μετ’ αὐτοῦ
“येशूसँग”
Matthew 17:4
ἀποκριθεὶς…ὁ Πέτρος εἶπεν
“भने ।” पत्रुसले कुनै प्रश्नको प्रतिक्रिया दिइरहेका थिएनन् ।
καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι
यहाँ “हामी” भन्नाले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ कि येशू, एलिया र मोशालगायत त्यहाँ भएका हरेक व्यक्तिलाई समेत जनाउँछ भन्ने कुरा स्पष्ट छैन । तपाईंले अनुवाद गर्द यी दुवै विकल्प सम्भव छ भने, त्यसै गर्नुहोस् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि समावेशी “हामी”)
Matthew 17:5
ἰδοὺ
यो शब्दले पाठकलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
ἐπεσκίασεν αὐτούς
“उनीहरूमाथि आयो”
φωνὴ ἐκ τῆς νεφέλης
यहाँ “आवाज” चाहिँ परमेश्वर बोल्नुभएको कुरा हो । वैकल्पिक अनुवादः “बादलबाट परमेश्वर उनीहरूसँग बोल्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
Matthew 17:6
καὶ ἀκούσαντες, οἱ μαθηταὶ
“परमेश्वर बोल्नुभएको चेलाहरूले सुने”
ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν
यहाँ “उनीहरू भुइँमा घोप्टो परे” भनेको चाहिँ एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरू अनुहार भुइँतिर हुने गरी अगाडि लोटे” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 17:9
तीन जना चेलाहरूले येशूको रूप परिवर्नलाई देखेपछि तुरुन्तै त्यसपछिका घटना भए ।
καὶ καταβαινόντων αὐτῶν
“जसै येशू र चेलाहरू”
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 17:10
τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον?
एलियाको पुनरुत्थान हुनेछ र ख्रीष्ट आउनुभन्दा पहिले उनी इस्राएलका मानिसहरूकहाँ फर्केर आउनेछन् भन्ने विश्वासलाई चेलाहरूले कुरा गरेका हुन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 17:11
ἀποκαταστήσει πάντα
“सबै कुरा सही क्रममा राख्नु” वा “ख्रीष्टलाई ग्रहण गर्न मानिसहरूलाई तयार पार्नु”
Matthew 17:12
λέγω δὲ ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἐποίησαν…αὐτῶν
यी शब्दहरूका सबै प्रयोगहरूले कि त १) यहूदी अगुवाहरू कि त २) सबै यहूदी मानिसहरूको अर्थ दिएको हुन सक्छ ।
यहाँ “हात”ले शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसको पुत्रलाई दुःख दिने छन्” (हेर्नुहोस्ः लक्षणा)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा भन्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 17:14
येशूले दुष्ट आत्मा लागेको एउटा केटोलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ । येशू र उहाँका चेलाहरू पहाडबाट तल आउनेबित्तिकै यी घटनाहरू घटे ।
Matthew 17:15
ἐλέησόν μου τὸν υἱόν
येशूले आफ्नो छोरो निको पारिदिनुभएको होस् भन्ने त्यो मानिसको इच्छालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “मेरो छोरामाथि कृपा गर्नुहोस् र उसलाई निको पार्नुहोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
σεληνιάζεται
यसको अर्थ उसलाई काम्ने रोग लागेको थियो । ऊ कहिलेकाहीँ बेहोस हुन्छ र अनियन्त्रित रूपमा चल्न थाल्छ । वैकल्पिक अनुवादः “काम्ने रोग लागेको छ”
Matthew 17:17
ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε
“यो पुस्ताले परमेश्वरमा विश्वास गर्दैन र के ठीक छ र के बेठीक छ भनेर जान्दैन । कहिले”
ἕως πότε μεθ’ ὑμῶν ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν?
यी प्रश्नहरूले येशू मानिसहरूसँग प्रसन्न हुनुहुन्न भनेर देखाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई साथ दिएर अब म थाकिसकेँ ! तिमीहरूको अविश्वास र भ्रष्टताले गर्दा म थाकिसकेँ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 17:18
ἐθεραπεύθη ὁ παῖς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो केटो स्वस्थ भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ τῆς ὥρας ἐκείνης
यो वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तुरुन्तै” वा “त्यो क्षणमा नै” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 17:19
ἡμεῖς
यहाँ “हामी” शब्दले वक्ताहरूलाई जनाउँछ तर सुन्नेहरूलाई होइन र त्यसैले त्यो असमावेशी छ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό?
“हामीले भूतात्मालाई केटोबाट बाहिर निकाल्न किन सकेनौँ ?”
Matthew 17:20
ἀμὴν, γὰρ λέγω ὑμῖν
म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως
रायोको दानालाई येशूले आश्चर्यकर्म गर्न आवश्यक विश्वासको परिमाणसित तुलना गर्नुहुन्छ । रायोको दाना धेरै नै सानो हुन्छ, तर त्यो बढेर ठूलो बिरुवा हुन्छ । येशूले भन्न खोज्नुभएको चाहिँ ठूलो आश्चर्यकर्म गर्नका लागि विश्वासको सानो परिमाण मात्र चाहिन्छ । (हेर्नुहोस्ः उपमा)
οὐδὲν ἀδυνατήσει ὑμῖν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जे पनि गर्न सक्षम हुनेछौ” (हेर्नुहोस्ः निषेधात्मक)
Matthew 17:22
यहाँ क्षणभरका लागि दृश्य घटना बद्लिन्छ र येशूले दोस्रोपल्ट उहाँको मृत्यु र पुनरुत्थानको बारेमा भविष्यवाणी गर्नुहुन्छ ।
συστρεφομένων…αὐτῶν
“येशू र उहाँका चेलाहरू बस्नुभयो”
μέλλει ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसका पुत्रलाई सुम्पिदिनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων
यहाँ “हात” शब्द मानिसहरूले केही गर्नलाई प्रयोग गर्ने शक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “लिइएको र मानिसहरूको शक्तिमुनि राखिएको” वा “लिइएको र ती मानिसहरूलाई दिइएको जसले उहाँलाई अधीनमा लिनेछन्” (हेर्नुहोस्ः लक्षणा)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका नियन्त्रणमा” वा “मानिसहरूकहाँ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 17:23
αὐτόν…ἐγερθήσεται
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τῇ τρίτῃ ἡμέρᾳ
“तेस्रो” भनेको सङ्ख्या “तीन”लाई जनाउने शब्द हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἐγερθήσεται
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई बिउँताउनुहनेछ” वा “परमेश्वरले उहाँलाई फेरि जीवित हुन लगाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
Matthew 17:24
यहाँ दृश्य घटना बद्लिएर फेरि पछिल्लो समयमा पुग्दछ जति बेला येशूले पत्रुसलाई मन्दिरको कर तिर्ने बारेमा सिकाउनुहुन्छ ।
ἐλθόντων…αὐτῶν
“जब येशू र उहाँका चेलाहरू”
τὰ δίδραχμα
यहूदीहरूले यरूशलेमको मन्दिरको खाँचो पूरा गर्नका लागि यो कर तिर्दथे । वैकल्पिक अनुवादः “मन्दिरको कर” (हेर्नुहोस्ः बाइबलीय पैसा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 17:25
τὴν οἰκίαν
“त्यो ठाउँ जहाँ येशू बसिरहनुभएको थियो”
τί σοι δοκεῖ, Σίμων? οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον? ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων?
येशूले आफूले जानकारी हासिल गर्न नभईकन सिमोनलाई सिकाउनका लागि यी प्रश्न सोध्नुभयो । वैकल्पिक अनुवादः “सिमोन, सुन । हामीलाई थाहा छ, जब राजाहरूले कर उठाउँछन्, तब त्यो तिनीहरूले आफ्नै नागरिकहरूबाट होइन, बरु, परदेशीहरूबाट उठाउँदछन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 17:26
यो मत्ती १३:५४ मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ स्वर्गको राज्यका बारेमा येशूको सेवा र शिक्षाको निरन्तर विरोध भएको कुराको वर्णन लेखकले गर्दछन् ।
येशूले कर तिर्ने बारेमा पत्रुसलाई निरन्तर सिकाउनुहुन्छ ।
εἰπόντος δέ, ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς
यदि तपाईंले येशूका मत्ती १७:२५ मा प्रश्नहरूलाई वाक्यहरूका रूपमा अनुवाद गरेको भए, यहाँ तपाईंले विकल्पको जवाफ दिनुपर्दछ । यसलाई तपाईंले अप्रत्यक्ष उद्धरणका रूपमा पनि लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जब पत्रुसले भने, ‘हो, त्यो ठीक कुरा हो । राजाहरूले परदेशीहरूबाट कर उठाउँदछन्,’ येशूले भन्नुभयो” वा “पत्रुसले येशूका कुरामा सहमत जनाएपछि येशूले भन्नुभयो” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἀπὸ τῶν ἀλλοτρίων
आधुनिक समयमा, नेताहरूले सामान्यतया तिनीहरूका आफ्नै नागरिकहरूबाट कर उठाउँदछन् । तर प्राचीन समयमा, नेताहरूले आफ्ना नागरिकहरूका साटोमा आफूले जितेका मानिसहरूमाथि कर लगाउँथे ।
οἱ υἱοί
ती मानिसहरू जसमाथि शासक वा राजाले राज गर्छन्
Matthew 17:27
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς
“तर हामी कर उठाउनेहरूलाई रिस उठाउन चाहँदैनौँ । यसैले जाऊ ।”
βάλε ἄγκιστρον
माझीले बल्छीलाई डोरीको टुप्पामा बाँद्धछन्, अनि माछा समात्नका लागि पानीमा फाल्दछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ στόμα αὐτοῦ
“माछाको मुख”
στατῆρα
चार दिनको ज्याला बराबरको चाँदीको सिक्का (हेर्नुहोस्ः बाइबलीय पैसा)
ἐκεῖνον λαβὼν, δὸς
“सेकेल लिऊ”
ἀντὶ ἐμοῦ καὶ σοῦ
यहाँ “तिम्रो” एकवचन हो र पत्रुसलाई जनाउँछ । प्रत्येक मानिसले आधा सेकेल कर तिर्नुपर्दथ्यो । यसैले एक सेकेल भए येशू र पत्रुसको लागि कर तिर्न पर्याप्त हुन्थ्यो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 18
मत्ती १८ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
येशूका चेलाहरूका विरुद्धमा अरू चेलाहरूले पाप गर्दछन् भने तिनीहरूले के गर्नुपर्दछ ?
आफ्ना चेलाहरूले एकआपसमा असल व्यवहार गर्नुपर्दछ, र एकअर्कालाई रिस गर्नुहुँदैन भनेर येशूले सिकाउनुभयो । कसैले पाप गरेर क्षमा माग्दछ भने, तिनीहरूले क्षमा गर्नुपर्दछ । उसले पहिले पनि त्यो पाप गरे पनि क्षमा गर्नुपर्दछ । यदि उसले आफ्नो पापको लागि क्षमा मागेको छैन भने, येशूका चेलाहरूले एकान्तमा वा सानो समूहमा उसित कुरा गर्नुपर्दछ । यदि आफ्नो पापको लागि उसले अझ पनि माफ माग्दैन भने, येशूका चेलाहरूले उसलाई दोषी ठहराउन सक्दछन् । (हेर्नुहोस्ः पश्चात्ताप गर्नु, पश्चात्ताप अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
Matthew 18:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन मत्ती १८:३५ सम्म निरन्तर चल्दछ, जहाँ येशूले स्वर्गको राज्यमा हुने जीवनका बारेमा सिकाउनुहुन्छ । यहाँ, येशूले चेलाहरूलाई सिकाउनका लागि सानो बालकलाई प्रयोग गर्नुहुन्छ ।
τίς ἄρα μείζων ἐστὶν
“सबैभन्दा प्रतिष्ठित को हो” वा “हाम्रा बीचमा भएकाहरूमध्ये सबैभन्दा प्रतिष्ठित को हो”
ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यमा” वा “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 18:3
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रवेश गर्नका लागि ... तिमीहरू बद्लिनुपर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
γένησθε ὡς τὰ παιδία
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उपमाको प्रयोग गर्नुहुन्छ, यसैले को सबैभन्दा प्रतिष्ठित हो भनेर तिनीहरूले फिक्री गर्नुहुँदैन । बालक झैँ नम्र हुनुपर्ने कुरामा तिनीहरूले ध्यान लगाउनुपर्दछ । (हेर्नुहोस्ः उपमा)
οὐ μὴ εἰσέλθητε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यभित्र प्रवेश” वा “स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुँदा उहाँको हुनु” (हेर्नुहोस्ः लक्षणा)
Matthew 18:4
यदि येशूका चेलाहरूले परमेश्वरको राज्यमा प्रतिष्ठित हुने इच्छा गर्दछन् भने, तिनीहरू बालक झैँ नम्र हुनुपर्दछ भनेर उहाँले तिनीहरूलाई निरन्तर सिकाउनुहुन्छ । (हेर्नुहोस्ः उपमा)
ἐστιν ὁ μείζων
“सबैभन्दा प्रतिष्ठित हुन्छ” वा “सबैभन्दा प्रतिष्ठित हुनेछ”
ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको राज्यमा” वा “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 18:5
ἐπὶ τῷ ὀνόματί μου
यहाँ “मेरो नाउ” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “ऊ मेरो चेला भएको हुनाले” (हेर्नुहोस्ः लक्षणा)
ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται
येशूले भन्न खोज्नुभएको चाहिँ यो उहाँलाई स्वागत गरेको जस्तै हो । वैकल्पिक अनुवादः “यो उसले मलाई स्वागत गर्न लागेको जस्तै हो” वा “यो उसले मलाई स्वागत गरेको जस्तै हो”
Matthew 18:6
ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसको गलामा एउटा ठूलो ढुङ्गो झुन्ड्याएर समुद्रको गहिराइमा फालिदिए हुन्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μύλος
गहुँको अन्नलाई पिसेर पिठो बनाउने गोलो आकारको एउटा ठूलो र गह्रौँ ढुङ्गो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गो”
Matthew 18:7
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उहाँले निरन्तर सानो बालकलाई प्रयोग गर्नुहुन्छ र बालकहरूलाई पाप गर्न लगाउनेलाई भयानक दुष्परिणाम आइपर्ने चेतावनी दिनुहुन्छ ।
τῷ κόσμῳ
यहाँ “संसार' ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारका मानिसहरूलाई” (हेर्नुहोस्ः लक्षणा)
τῶν σκανδάλων…ἐλθεῖν τὰ σκάνδαλα…τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται
यहाँ “ठेस लाउने” अलङ्कारको अर्थ नै पाप गर्न लाउने हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई पाप गर्न लाउने थोकहरू…त्यस्ता थोकहरू आउँछन् जसले मानिसहरूलाई पाप गर्न लगाउँछन् ... कुनै पनि व्यक्ति जसले अरूहरूलाई पाप गर्न लगाउँछ” (हेर्नुहोस्ः रूपक)
Matthew 18:8
εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ
मानिसले आफूलाई जुन कुराले पाप गर्न लगाउँछ, त्यसलाई आफ्नो जीवनबाट हटाउनका लागि उसले जुनसुकै मूल्य चकाउनुपर्छ भन्न येशूले यहाँ बढाइचढाइ गर्नुहुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
σου…σε…σοῦ…σοί
यी शब्द एकवचन रूपमा दोहोरिएका छन् । येशूले सामान्य रूपमा सबै मानिसलाई भन्नुभएको हो । यहाँ बहुवचन “तिमीहरू” लेखेर अनुवाद गर्दा तपाईंको भाषामा बढी स्वभाविक लाग्न सक्दछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
εἰς τὴν ζωὴν
“अनन्त जीवनमा”
ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα, βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई अनन्त आगोमा फाल्नुहुँदा दुवै हात वा दुवै खुट्टा हुनुभन्दा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 18:9
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ
शायद शरीरमा भएको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखालाई नै नष्ट पार्ने आज्ञा, सायद उहाँका श्रोताहरूले आफूलाई पाप गर्न लगाउने महत्त्वपूर्ण कुनै पनि थोकलाई तिनीहरूका जीवनबाट हटाउनका लागि तिनीहरूले आवश्यक जुनसुकै कदम उठाउनुपर्छ भन्न बढाइचढाइ भनिएको हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
σκανδαλίζει σε
यहाँ “ठेस लाउने” अलङ्कारको अर्थ नै पाप गर्न लाउने हो । वैकल्पिक अनुवादः “तिमीलाई पाप गर्न लगाउँछ” (हेर्नुहोस्ः रूपक)
σου…σε…σοῦ…σοί
यी शब्द एकवचन रूपमा दोहोरिएका छन् । येशूले सामान्य रूपमा सबै मानिसलाई भन्नुभएको हो । यहाँ बहुवचन “तिमीहरू” लेखेर अनुवाद गर्दा तपाईंको भाषामा बढी स्वभाविक लाग्न सक्दछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
εἰς τὴν ζωὴν
“अनन्त जीवनमा”
ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν τοῦ πυρός
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई अनन्त आगोमा फाल्नुहुँदा दुवै आँखा हुनुभन्दा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 18:10
ὁρᾶτε
“सचेत रहो” वा “निश्चित होओ”
μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων
“यी सानाहरूलाई तिमीहरूले महत्त्वहीन हुन् भनी तिमीहरू विचार नगर ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी सानाहरूलाई आदर गर”
λέγω γὰρ ὑμῖν
येशूले यसपछि जे भन्नुहुन्छ, त्यस कुरामा यसले जोड दिन्छ ।
οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς
सबैभन्दा प्रतिष्ठित स्वर्गदूतहरू मात्र परमेश्वरको उपस्थितिमा रहन्छन् भनी यहूदी गुरुहरूले सिकाए । येशूले भन्नुभएको कुराको अर्थ सबैभन्दा प्रतिष्ठित स्वर्गदूतहरूले यी सानाका बारेमा बोल्दछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου
यो लक्षणा हो, जसको अर्थ तिनीहरू परमेश्वरको उपस्थितिमा हुन्छन् । वैकल्पिक अनुवादः “सधैँ मेरो पिताको नजिक हुन्छन्” वा “सधैँ मेरा पिताको उपस्थितिमा हुन्छन्” (हेर्नुहोस्ः टुक्काहरू)
τοῦ Πατρός μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जुन परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 18:12
येशूले आफ्ना चेलाहरूलाई सिकाउनका लागि उहाँले निरन्तर सानो बालकलाई प्रयोग गर्नुहुन्छ, र परमेश्वरले मानिसहरूको वास्ता गर्नुहुने कुराको बारेमा स्पष्ट पार्न एउटा दृष्टान्त भन्नुहुन्छ ।
τί ὑμῖν δοκεῖ?
मानिसहरूले ध्यान देउन् भनेर येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी व्यवहार गर्छन् भनेर विचार गर ।” वा “यस बारेमा सोच ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὑμῖν
यो शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἑκατὸν…ἐνενήκοντα ἐννέα
“१०० ... ९९” (हेर्नुहोस्ः सङ्ख्याहरू)
οὐχὶ ἀφείς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον?
आफ्ना चेलाहरूलाई सिकाउन येशूले दृष्टान्त प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसले सधैँ ... छोड्छ र ... खोज्न जान्छ ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 18:13
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν, λέγω ὑμῖν, ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις
यो चाहिँ पद १२ मा “यदि कसैले” शब्दहरूबाट सुरु भएको दृष्टान्तको अन्त हो । (हेर्नुहोस्ः दृष्टान्त)
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ । “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 18:14
οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων
“यी सानाहरूमध्ये एउटै पनि मरोस् भनेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न” वा “यी सानाहरूमध्ये एउटै पनि मरेको स्वर्गमा हुनुहुने तिमीहरूका पिताले चाहनुहुन्न”
ὑμῶν
यो शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τοῦ Πατρὸς
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 18:15
येशूले पश्चात्ताप र क्षमादानको बारेमा शिक्षा दिन सुरुवात गर्नुहुन्छ ।
ὁ ἀδελφός σου
यसले परमेश्वरमा विश्वास गर्ने विश्वासी भाइलाई जनाउँछ, शारीरिक भाइलाई होइन । वैकल्पिक अनुवादः “तिम्रो सङ्गी विश्वासी”
ἐκέρδησας τὸν ἀδελφόν σου
“तिमीले आफ्नो भाइसँगको सम्बन्धलाई फेरि असल बनाउनेछौ”
Matthew 18:16
ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν, σταθῇ πᾶν ῥῆμα
यहाँ “मुख” र “वचन”ले मानिसले बोल्ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्ना विश्वासी भाइको बारेमा बोलेका कुरा दुई वा तीन जनाको साक्षीले सत्य साबित होस्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 18:17
ἐὰν…παρακούσῃ αὐτῶν
“यदि तिम्रो सङ्गी विश्वासीले तिमीसँगै आएका साक्षीहरूलाई सुन्न पनि इन्कार गर्छ भने”
τῆς ἐκκλησίας
“विश्वासीहरूका सारा समुदायलाई”
ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης
“तिमीले गैरयहूदी वा कर उठाउने व्यक्तिलाई जस्तो व्यवहार गर्थ्यौ उसलाई त्यस्तै व्यवहार गर ।” यसको अर्थ तिनीहरूले उसलाई विश्वासीहरूका समुदायबाट हटाइदिनुपर्दछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 18:18
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ὑμῖν…δήσητε…λύσητε
यो शब्द जतिपल्ट दोहोरिए पनि बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν οὐρανῷ
यहाँ “बाँध्नु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरालाई निषेध गर्नु हो, र “फुकाउनु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरालाई अनुमति दिनु भन्ने हुन्छ । साथै, “स्वर्गमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्वर आफैँलाई जनाउँछ । तपाईंले यस्तै वाक्यांशहरूलाई मत्ती १६:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिमीहरूले पृथ्वीमा निषेध गरेको वा अनुमति दिएको कुनै पनि कुरालाई स्वर्गमा हुनुहुने परमेश्वरले अनुमोदन गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
λέγω ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
Matthew 18:19
ἐὰν δύο…ἐξ ὑμῶν
येशूको अर्थ “यदि कम्तीमा तिमीहरूमध्ये दुईजना” वा “यदि तिमीहरूमध्ये दुई वा सोभन्दा बढी” हो भनेर बुझिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐὰν αἰτήσωνται…αὐτοῖς
यिनीहरूले “तिमीहरूमध्ये दुई”लाई जनाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू ... तिमीहरू”
τοῦ Πατρός μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 18:20
δύο ἢ τρεῖς
येशूको अर्थ “दुई वा तीन” वा “कम्तीमा दुईजना” हो भनेर बुझिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
συνηγμένοι
“भेट्नु”
εἰς τὸ ἐμὸν ὄνομα
यहाँ “नाउँ” सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिनीहरू मेरा चेलाहरू भएका हुनाले” (हेर्नुहोस्ः लक्षणा)
Matthew 18:21
ἑπτάκις
“७ पल्ट” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 18:22
ἑβδομηκοντάκις ἑπτά
सम्भावित अर्थहरू हुन् १) “७० गुणा ७ पल्ट” वा 2) “७७ गुणा ।” यदि सङ्ख्याको प्रयोग गर्दा अस्पष्ट हुन्छ भने, तपार्इंले यसलाई “तिमीहरूले गन्न सक्नेभन्दा धेरै पल्ट” वा “तिमिले जहिले पनि उसलाई माफ गर्नुपर्छ” भनेर अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 18:23
येशूले पश्चात्ताप र क्षमादानको बारेमा सिकाउनको निम्ति दृष्टान्तको प्रयोग गर्नुहुन्छ ।
ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν
यसले एउटा दृष्टान्त सुरु गर्दछ । तपाईंले यस्तै दृष्टान्तलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः दृष्टान्त)
συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ
“तिनका नोकरहरूले नोकरहरूलाई तिर्नुपर्ने हिसाब तिरुन्”
Matthew 18:24
προσηνέχθη εἷς αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले राजाका नोकरहरूमध्ये एउटालाई ल्यायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μυρίων ταλάντων
“१०,००० सुनका सिक्का” वा “त्यो नोकरले तिर्न सक्नेभन्दा धेरै पैसा” (हेर्नुहोस्ः बाइबलीय पैसा अनि सङ्ख्याहरू)
Matthew 18:25
ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “राजाले आफ्नो नोकरलाई त्यो मानिसलाई ... बेचिदिन र बेचेको पैसाले त्यो ऋृण तिर्न आज्ञा गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 18:26
πεσὼν οὖν ὁ δοῦλος προσεκύνει
त्यो नोकर धेरै नम्र किसिमले राजाकहाँ गएको कुरालाई यसले दर्शाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
προσεκύνει αὐτῷ
“राजाको सामु”
Matthew 18:27
σπλαγχνισθεὶς
“त्यस नोकरप्रति तिनले सहानुभूति महसुस गरे”
ἀπέλυσεν αὐτόν
“त्यसलाई जान दिए”
Matthew 18:28
येशूले आप्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἑκατὸν δηνάρια
“१०० दिनार” वा “एक सय दिनको ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा अनि सङ्ख्याहरू)
κρατήσας αὐτὸν
“पहिलो नोकरले उसको सङ्गी नोकरलाई समात्यो”
κρατήσας
“समात्यो” वा “अँठ्यायो”
Matthew 18:29
πεσὼν
त्यो सङ्गी नोकर जतिसक्दो नम्र भएर त्यस नोकरकहाँ गएको कुरालाई यसले दर्शाउँछ । तपाईंले यसलाई मत्ती १८:२६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
παρεκάλει αὐτὸν
“र उसलाई बिन्तीभाउ गर्यो”
Matthew 18:30
येशूले आप्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἀπελθὼν, ἔβαλεν αὐτὸν εἰς φυλακὴν
“पहिलो नोकर गयो र उसको सङ्गी नोकरलाई झ्यालखानामा हालिदियो”
Matthew 18:31
οἱ σύνδουλοι αὐτοῦ
“अरू नोकरहरू”
διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν
“राजालाई भनिदिए”
Matthew 18:32
येशूले आफ्ना चेलाहरूलाई दृष्टान्त भन्ने कुरा निरन्तर गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ
“त्यसपछि राजाले त्यो पहिलो नोकरलाई बोलाए”
παρεκάλεσάς με
तैँले मलाई बिन्ती गरिस्”
Matthew 18:33
οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα?
पहिलो नोकरलाई हप्काउनका लागि राजाले एउटा प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “तैँले पनि ... दया गर्नु पर्नेथियो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 18:34
यो मत्ती १८:१ मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ येशूले स्वर्गमा हुने जीवनका बारेमा सिकाउनुहुन्छ ।
क्षमा र मिलापको बारेमा येशूले भन्नुभएको दृष्टान्तलाई उहाँले सिद्ध्याउनुहुन्छ ।
ὁ κύριος αὐτοῦ
“राजा”
παρέδωκεν αὐτὸν
“उसलाई दिए ।” त्यो पहिलो नोकरलाई यातना दिनेहरूका हातमा सुम्पिनका लागि शायद राजा आफैँले लिएर गएनन् । वैकल्पिक अनुवादः “तिनले उसलाई सुम्पिदिन आफ्ना नोकरहरूलाई आदेश दिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῖς βασανισταῖς
“उसलाई यातना दिनेहरूकहाँ”
τὸ ὀφειλόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा पहिलो नोकरले राजालाई तिर्नुपर्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 18:35
ὁ Πατήρ μου ὁ οὐράνιος
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὑμῖν…ἕκαστος…ὑμῶν
जतिपल्ट आए पनि यी शब्द बहुवचन हुन् । येशू आफ्ना चेलाहरूसँग बोल्दै हुनुहुन्छ, तर यस दृष्टान्तले सामान्य सत्यता सिकाउँछ, जुन सबै विश्वासीका जीवनमा लागु हुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀπὸ τῶν καρδιῶν ὑμῶν
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । “तिमीहरूको हृदयबाट” भन्ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसको अर्थ “इमान्दारीसँग” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “इमान्दारीसँग” वा “पूर्णतया” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
Matthew 19
मत्ती १९ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
त्यागपत्र
त्यागपत्रका बारेमा येशूको शिक्षा गलत हो भनी मानिसहरूले विचार गरुन् भन्ने फरिसीहरूको इच्छा थियो । यसर्थ येशूले त्यागपत्रको बारेमा (मत्ती १९:३-१२) मा सिकाउनुभयो । परमेश्वरले सुरुमा सृष्टि गर्नुहुँदा भन्नुभएकै कुराका बारेमा येशूले बोल्नुभयो ।
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
लक्षणा
आफ्ना श्रोताहरूले स्वर्गमा बस्नुहुने परमेश्वरको बारेमा विचार गरून् भनी जब येशूले इच्छा गर्नुहुन्छ, तब उहाँले प्रायः “स्वर्ग” शब्द बोल्नुहुन्छ (मत्ती १:१२) ।
Matthew 19:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन मत्ती २२:४६ सम्म चलिरहन्छ, जसले यहूदियामा येशूले गर्नुभएको सेवाकार्यका बारेमा बताउँदछ । यी पदहरूले येशू कसरी यहूदियामा जानुभयो भन्ने बारेमा पृष्ठभूमि जानकारी उपलब्ध गराउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐγένετο, ὅτε
यो वाक्यांशले कथालाई येशूका शिक्षाहरूदेखि त्यसपछि के भयो भन्ने कुराका पुर्याउँछ । वैकल्पिक अनुवादः “जब” वा “त्यसपश्चात”
ἐτέλεσεν…τοὺς λόγους τούτους
यहाँ “यी कुरा” भन्नाले येशूले मत्ती १८:१ मा सिकाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “सिकाएर सिदध्याउनुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
“ ... बाट टाढा जानुभयो” वा “छोड्नुभयो”
Matthew 19:3
येशूले विवाह र सम्बन्धविच्छेदको बारेमा सिकाउन थाल्नुहुन्छ ।
προσῆλθον αὐτῷ
“येशूकहाँ आए”
πειράζοντες αὐτὸν καὶ λέγοντες
यहाँ “जाँच गर्दै” शब्द नकारात्मक अर्थमा प्रयोग भएको छ । वैकल्पिक अनुवादः “र उहाँलाई सोधेर उहाँलाई चुनौति दिए” वा “र उहाँलाई सोधेर उहाँलाई फसाउन खोजे”
Matthew 19:4
οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ’ ἀρχῆς, ἄρσεν καὶ θῆλυ, ἐποίησεν αὐτοὺς
पुरुषहरू, स्त्रीहरू, र विवाहको विषयमा धर्मशास्त्रले के भन्छ भनेर फरिसीहरूलाई सम्झाउनका लागि येशूले यस प्रश्नलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “निश्चय पनि तिमीहरूले पढेका छौ, सुरुमा जब परमेश्वरले सृष्टि गर्नुभयो, तब उहाँले पुरुष र स्त्री बनाउनुभयो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 19:5
पद ५ मा, पति र पत्नीले सम्बन्ध विच्छेद गर्नुहुँदैन भनी दर्शाउनका लागि येशूले उत्पत्तिबाट उद्धृत गर्नुहुन्छ ।
καὶ εἶπεν, ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν?
यो चाहिँ फरिसीहरूले धर्मशास्त्रबाट बुझेका छन् भनेर येशूले अपेक्षा गर्नुभएको कुराको भाग हो । यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि निश्चय पनि तिमीहरूलाई थाहा छ कि परमेश्वरले पनि भन्नुभयो कि यसकाण ... एउटै शरीर ... ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἕνεκα τούτου
यो उत्पत्तिमा भएको आदम र हव्वाको कथाको उद्धरण एक अंश हो । त्यो सन्दर्भको कारणले गर्दा पुरुषले आफ्नो बुबा र आमालाई छोड्दछ, किनभने पुरुषको साथी हुनका लागि परमेश्वरले स्त्रीलाई सृष्टि गर्नुभयो ।
κολληθήσεται τῇ γυναικὶ αὐτοῦ
“आफ्नी पत्नीसँग नजिक रहनु” वा “आफ्नी पत्नीसँग जिउनु”
ἔσονται οἱ δύο εἰς σάρκα μίαν
पति र पत्नीको एकता जनाउनका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरू एउटै व्यक्ति झैँ हुनेछन्” (हेर्नुहोस्ः रूपक)
Matthew 19:6
ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία
पति र पत्नीको एकता जनाउनका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “यसैले पति र पत्नीको अब दुई जना व्यक्तिजस्ता होइनन्, तर तिनीहरू एक जना व्यक्तिजस्ता हुन्” (हेर्नुहोस्ः रूपक)
Matthew 19:7
λέγουσιν αὐτῷ
“फरिसीहरूले येशूलाई भने”
Μωϋσῆς ἐνετείλατο
“हामी यहूदीहरूलाई आज्ञा दिनु”
βιβλίον ἀποστασίου
वैधानिक रूपमा विवाहलाई अन्त्य गर्ने दस्तावेज ।
Matthew 19:8
πρὸς τὴν σκληροκαρδίαν ὑμῶν
“हृदयको कठोरता” अलङ्कार हो र यसले “हठी स्वभाव” लाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूको हठीपनको कारण” वा “किनभने तिमीहरू हठी छौ” (हेर्नुहोस्ः रूपक)
τὴν σκληροκαρδίαν ὑμῶν…ἐπέτρεψεν ὑμῖν…τὰς γυναῖκας ὑμῶν
यहाँ “तिमीहरू”र “तिमीहरूको” बहुवचन रूपमा प्रयोग भएको छ । येशूले फरिसीहरूसँग कुराकारी गरिरहनुभएको छ, तर मोशाले धेरै वर्ष पहिले तिनीहरूका पूर्खाहरूलाई यो आज्ञा दिए । मोशाको आज्ञा सामान्य रूपमा सबै यहूदी पुरुषका लागि लागु भयो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀπ’ ἀρχῆς δὲ
यहाँ “सुरुदेखि” ले परमेश्वरले पुरुष र स्त्रीको सृष्टि गर्नुहुँदाको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Matthew 19:9
λέγω…ὑμῖν
यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
γαμήσῃ ἄλλην
बुझिएका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अर्की स्त्रीलाई विवाह गर्छ” (हेर्नुहोस्ः शब्दलोप)
καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται
सुरुका धेरै खण्डले यी शब्दहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Matthew 19:11
οἷς δέδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले अनुमति दिनुहुन्छ” वा “जसलाई परमेश्वरले सक्षम तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 19:12
εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως
अस्पष्ट जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने मानिसले विवाह नगर्ने धेरै कारण छन् । उदाहरण, नपुंसक जन्मेका मानिसहरू हुन्छन् ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्ता मानिसहरू पनि हुन्छन्, जसलाई अरू मानिसहरूले नपुंसक बनाएका हुन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς
सम्भावित अर्थहरू हुन् १) “पुरुषहरू जसले आफ्ना गोप्य अङ्गलाई हटाएर आफैँलाई नपुंसक बनाएका छन्” वा २) “पुरुषहरू जो अविवाहित रहेर र यौन सम्बन्धका कुराहरूबाट अलग रहेर शुद्ध रहन छान्छन् ।” (हेर्नुहोस्ः रूपक)
διὰ τὴν Βασιλείαν τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरूले झन् असल प्रकारले परमेश्वरको काम गर्न सकोस् भनेर” (हेर्नुहोस्ः लक्षणा)
χωρεῖν, χωρείτω
“यो शिक्षा स्वीकार गर्न सक्छ ... स्वीकार गरोस्”
Matthew 19:13
येशूले बालबालिकालाई ग्रहण गर्नुहुन्छ र आशिष् दिनुहुन्छ ।
προσηνέχθησαν αὐτῷ παιδία
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले साना बालकहरूलाई येशूकहाँ ल्याए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 19:14
ἄφετε
स्वीकृति गर्नु
μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με
“तिनीहरूलाई मकहाँ आउन रोक नलगाओ”
τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “किनकि जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले पृथ्वीमा उहाँको शासन स्थापित गर्नुहुन्छ, उहाँ यस्तैहरूमाथि राजा हुनुहुनेछ” वा “किनकि परमेश्वरले यस्तैहरूलाई उहाँको राज्यमा स्वीकृति दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
τῶν…τοιούτων ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν
“तिनीहरूको हो जो बालकहरू झैँ छन् ।” यो उपमा हो, र यसको अर्थ बालकहरू झैँ नम्रहरू परमेश्वरको राज्यमा प्रवेश गर्ने छन् । (हेर्नुहोस्ः उपमा)
Matthew 19:16
यहाँ अर्को समयको घटनाको वर्णन छ, जब येशूको पछि लाग्न के मूल्य चुकाउनुपर्दछ भनी उहाँले धनी मानिसलाई स्पष्ट पार्नुहुन्छ ।
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἀγαθὸν
ती कुराहरू जसले परमेश्वरलाई खुसी तुल्याउँछन् ।
Matthew 19:17
τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ?
के असल छ भनी येशूलाई सोध्नमा उसको कारणको बारेमा सोच्नलाई उत्साह दिनका लागि येशूले यस आलङ्कारिक प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “के असल छ भन्ने बारेमा तिमी मलाई सोध्छौ” वा “के असल छ भन्ने बारेमा तिमीले मलाई किन सोध्छौ भन्ने बारेमा सोच ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἷς ἐστιν ὁ ἀγαθός
“परमेश्वर मात्रै पूर्ण रूपमा असल हुनुहुन्छ”
εἰς τὴν ζωὴν εἰσελθεῖν
“अनन्त जीवन प्राप्त गर्न”
Matthew 19:19
ἀγαπήσεις τὸν πλησίον σου
आफ्ना छिमेकीहरू भनेको अरू यहूदीहरू मात्रै हुन् भन्ने तिनीहरूको विश्वास थियो । सबै मानिसलाई समावेश गर्नका लागि येशूले यो परिभाषालाई वृहत् बनाउनुहुन्छ ।
Matthew 19:21
εἰ θέλεις
“यदि तिमी इच्छा गर्छौ भने”
πτωχοῖς
यो नामिक विशेषण हो र यसलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो गरिब छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἕξεις θησαυρὸν ἐν οὐρανοῖς
स्वर्गमा धन” भन्नाले परमेश्वरबाट प्राप्त हुने इनामलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले स्वर्गमा इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
Matthew 19:23
येशूको पछि लागेर भौतिक धनसम्पत्ति र नातासम्बन्ध त्यागिदिँदा प्राप्त हुने इनामको बारेमा उहाँले आफ्ना चेलाहरूलाई स्पष्ट पार्नुहुन्छ ।
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य”ले राजाको रूपमा परमेश्वरको शासनलाई जनाउँछ । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरूले स्वर्गमा हुनुहुने तिनीहरूका परमेश्वरलाई ग्रहण गर्न” वा “परमेश्वरको राज्यमा प्रवेश गर्न” (हेर्नुहोस्ः लक्षणा)
Matthew 19:24
ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν Βασιλείαν Θεοῦ
धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन हुनेछ भनेर प्रस्ट पार्नलाई येशूले अतिरञ्जनको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τρήματος ῥαφίδος
धागो छिराउनको निम्ति बनाइएको सियोको माथिल्लो टुप्पोमा भएको प्वाल
Matthew 19:25
ἐξεπλήσσοντο σφόδρα
“चेलाहरू छक्क परेका थिए ।” यो संकेत गरिएको छ कि तिनीहरू चकित भए किनकि उनीहरूले विश्वास गरे कि धनी हुनु भनेको कुनै व्यक्तिलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भन्ने प्रमाण हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τίς ἄρα δύναται σωθῆναι?
तिनीहरूको आश्चर्यलाई जोड दिनका लागि चेलाहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसोभए, कोही पनि छैन जसलाई परमेश्वरले बचाउनुहुने छ !” वा “त्यसोभए त्यहाँ कोही छैन जसले अनन्त जीवन प्राप्त गर्नेछ ! (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 19:27
ἡμεῖς ἀφήκαμεν πάντα
“हामीले हाम्रा सबै धन त्यागेका छौँ” वा “हामीले हाम्रा सबै सम्पत्ति त्यागेका छौँ”
τί ἄρα ἔσται ἡμῖν?
“परमेश्वरले हामीलाई के असल कुरा दिनुहुन्छ त?”
Matthew 19:28
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἐν τῇ παλιγγενεσίᾳ
“नयाँ समयमा ।” परमेश्वरले सबै थोक फेरि स्थापित गर्नुहुने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोक नयाँ तुल्याउनुहुने समयमा” (हेर्नुहोस्ः लक्षणा)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καθίσῃ…ἐπὶ θρόνου δόξης αὐτοῦ
आफ्नो सिंहासनमा बस्ने कुराले राजा भएर राज्य गर्ने कुरालाई जनाउँछ । उहाँको महिमित सिंहासनले उहाँको महिमित शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्नो महिमित सिंहासनमा राजाको रूपमा बस्नुहुन्छ” वा “राजाले जस्तो गरी महिमित रूपले राज्य गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
καθήσεσθε καὶ…ἐπὶ δώδεκα θρόνους
यहाँ सिंहासनमा बस्ने कुराले राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । येशू पनि सिंहासनमा विराजमान हुनुहुन्छ, तर चेलाहरू उहाँ बराबर हुने छैनन् । तिनीहरूले उहाँबाट अधिकार प्राप्त गर्ने छन् । वैकल्पिक अनुवादः “राजाको रूपमा बाह्र सिंहासनमा बस्ने” (हेर्नुहोस्ः लक्षणा)
τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ
यहाँ “कुल”ले ती कुलअन्तर्गतका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका १२ कुलका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
Matthew 19:29
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματός
यहाँ “नाउँ” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने उसले ममाथि विश्वास गर्छ” (हेर्नुहोस्ः लक्षणा)
ἑκατονταπλασίονα λήμψεται
“तिनीहरूले असल कुराहरू जति त्यागे परमेश्वरबाट त्यसको सय गुणा बढी पाउनेछन्” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ζωὴν αἰώνιον κληρονομήσει
यो लक्षणा हो, जसको अर्थ “परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिएर आशिष् दिनुहुने छ” वा परमेश्वरले तिनीहरूलाई सदासर्वदा जीउने तुल्याउनुहुने छ ।” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 19:30
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι
यहाँ “पहिला” र “अन्तिम” शब्दहरूले मानिसहरूको स्तर वा महत्त्वलाई जनाउँछन् । मानिसहरूको अहिलेको स्तर र स्वर्गको राज्यमा हुने तिनीहरूको स्तरको बीचमा भएको भिन्नतालाई येशूले देखाइरहनुभएको छ । वैकल्पिक अनुवादः “तर धेरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् पछि सबभन्दा कम महत्त्वपूर्ण देखिनेछन्, र धेरै जो अहिले महत्त्वहीन देखिन्छन् पछि धेरै महत्त्वपूर्ण हुनेछन्”
Matthew 20
मत्ती २० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
जमिनदार र तिनको दाखबारीको दृष्टान्त
मानिसहरूले जुन कुरालाई ठीक हो भन्दछन्, त्यो चाहिँ परमेश्वरले जुन कुरालाई ठीक भन्नुहुन्छ, त्योभन्दा फरक हुन्छ भनी आफ्ना चेलाहरूलाई सिकाउन येशूले (मत्ती २०:१-१६) मा यो दृष्टान्त भन्नुभयो ।
Matthew 20:1
स्वर्गका राज्यका हकदार मानिसहरूलाई परमेश्वरले कस्तो इनाम दिनुहुन्छ भनी उदाहरण दिनलाई येशूले एउटा जमिनका मालिकको बारेमा दृष्टान्त बताउनुहुन्छ जसले कामदारहरूलाई काममा लगाउँछन् ।
ὁμοία γάρ ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν
यो दृष्टान्तको सुरु हो । तपार्इंले दृष्टान्तको परिचयलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः दृष्टान्त)
Matthew 20:2
συμφωνήσας
“जमिनका मालिक सहमत भएपछि”
δηναρίου
यो त्यसबेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा)
ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ
“उनले तिनीहरूलाई आफ्नो दाखबारीमा काम गर्न पठाए”
Matthew 20:3
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
καὶ ἐξελθὼν
“जमिनका मालिक फेरि बाहिर गए”
τρίτην ὥραν
यसलाई तेस्रो पहर भनिन्थ्यो, जुन बिहान नौ बजेतिर हुन्थ्यो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
“केही पनि नगरी बजारमा उभिरहेको” वा “कुनै काम नभई बजारमा उभिरहेका”
τῇ ἀγορᾷ
ठूलो खुल्ला क्षेत्र जहाँ मानिसहरूले खाद्यान्न र अन्य थोकहरू किनबेच गर्दछन्
Matthew 20:5
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
πάλιν ἐξελθὼν
“फेरि जमिनका मालिक बाहिर गए”
περὶ ἕκτην καὶ ἐνάτην ὥραν
छैटौँ पहर भनेको बाह्र बजेतिर हो । नवौँ पहर भनेको दिउँसो तीन बजेतिरको समय हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἐποίησεν ὡσαύτως
यसको अर्थ जमिनदार बजारमा गए र कामदारहरूलाई ज्यालामा काम अह्राए ।
Matthew 20:6
τὴν ἑνδεκάτην
यो दिउँसो पाँच बजेतिरको समय हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἑστῶτας
“केही पनि नगरी” वा “जसको कुनै काम थिएन”
Matthew 20:8
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले आखिरीमा समयमा ज्यालामा लगाएको कामदारहरूबाट सुरु गरेर, र आखिरमा ती कामदारहरू जसले सुरुमा काम गर्न थाले” वा “मैले सुरुमा काममा लगाएका कामदारहरूलाई तिर्न थालेर, त्यसपछि मैले अगाडि काममा लगाएका कामदारहरूलाई तिरेर, र आखिरमा मैले पहिला काममा लगाएका कामदारहरूलाई तिरेर”
Matthew 20:9
οἱ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “whom the landowner hired” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 20:10
δηνάριον
यो नै त्यो बेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा)
Matthew 20:11
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
λαβόντες
“सबैभन्दा धेरै समय काम गरेका कामदारहरूले जब ज्याला पाए”
τοῦ οἰκοδεσπότου
“दाखबारीका मालिक”
Matthew 20:12
ἴσους ἡμῖν αὐτοὺς ἐποίησας
“तपाईंले हामीलाई जति रुपयाँ दिनुभएको छ, उनीहरूलाई पनि त्यत्ति नै दिनुभएको छ”
τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα
“दिनभरीको बोझ सह्यौँ” भनेको एउटा लक्षणा हो जसको अर्थ “सारा दिन काम गर्यौँ” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीहरू जसले सारा दिन प्रचण्ड घाममा काम गरेका छौँ” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 20:13
येशूले दृष्टान्त भन्ने कुरालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἑνὶ αὐτῶν
“ती कामहारहरूमध्ये एक जना जसले सबैभन्दा लामो समय काम गरेका थिए”
ἑταῖρε
एउटा व्यक्तिले अर्को व्यक्तिलाई शिष्ट प्रकारले हप्काउँदा सम्बोधन गर्न प्रयोग गर्ने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
οὐχὶ δηναρίου συνεφώνησάς μοι
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले तिमीलाई एक दिनार दिनेछु भन्ने कुरामा हामी पहिले नै सहमत भएका थियौँ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
δηναρίου
यो नै त्यो बेलाको दैनिक ज्याला थियो । वैकल्पिक अनुवादः “एक दिनको ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा)
Matthew 20:15
कामदारहरूलाई ज्यालामा लगाउने जमिनदारको बारेमा येशूले भन्नुभएको दृष्टान्तलाई उहाँले सिद्ध्याउनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἢ οὐκ ἔξεστίν μοι, ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς?
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मसित भएको सम्पत्तिलाई मैले जस्तो इच्छा गर्छु त्यस्तै गर्न सक्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι?
गुनासो गर्ने कामदारहरूलाई हप्काउनका लागि जमिनदारले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “म अरू मानिसहरूप्रति उदार हुँदा डाही नबन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 20:16
οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι
यहाँ “पहिलो” र “अन्तिम”ले मानिसहरूको स्तर वा महत्त्वलाई जनाउँछ । मानिसहरूको अहिलेको स्तर र स्वर्गको राज्यमा हुने तिनीहरूको स्तरको बीचमा भएको भिन्नतालाई येशूले देखाइरहनुभएको छ । तपाईंले यस्तै समान वाक्यलाई मत्ती १९:३० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तर धेरै जो अहिले महत्त्वहीन देखिन्छन् पछि सबभन्दा धेरै महत्त्वपूर्ण देखिनेछन्, र धेरै जो अहिले महत्त्वपूर्ण देखिन्छन् पछि सबभन्दा कम महत्त्वपूर्ण हुनेछन्”
οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι
यहाँ दृष्टान्त सकिएको छ र येशूले बोलिराख्नुभएको छ । वैकल्पिक अनुवादः “त्यसपछि येशूले भन्नुभयो, ‘यसैले पछिल्ला हुनेहरू पहिलो हुने छन्’”
Matthew 20:17
येशू र उहाँका चेलाहरू यरूशलेमतर्फ यात्रा गर्न लाग्नुहुँदा येशूले आफ्नो मृत्यु र पुनरुत्थानका बारेमा तेस्रोपल्ट भविष्यवाणी गर्नुहुन्छ ।
ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα
यरुसलेम एउटा पहाडको माथिल्लो भागमा अवस्थित हुनाले त्यहाँ पुग्नलाई मानिसहरूले हिँडेर यात्रा गर्नुपर्दथ्यो ।
Matthew 20:18
ἰδοὺ, ἀναβαίνομεν
उहाँले भन्न लाग्नुभएको कुराप्रति तिनीहरूले ध्यान दिनै पर्छ भनेर चेलाहरूलाई बताउनका लागि येशूले “हेर” शब्द प्रयोग गर्नुहुन्छ ।
ἀναβαίνομεν
यहाँ “हामीहरू” ले येशू र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले मानिसका पुत्रलाई सुम्पिनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου…αὐτὸν
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
κατακρινοῦσιν
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई दोष लगाउनेछन् ।
Matthew 20:19
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, εἰς τὸ ἐμπαῖξαι
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गैरयहूदीहरूका माझमा सुम्पिदिनेछन्, र गैरयहूदीहरूले उहाँको ठट्टा गर्नेछन् ।
μαστιγῶσαι
“उसलाई कोर्रा लगाउन” वा “उसलाई कोर्राले हिर्काउन”
τῇ τρίτῃ ἡμέρᾳ
“तेस्रो” भनेको “तीन”को सङ्ख्यालाई जनाउने शब्द हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
αὐτὸν…σταυρῶσαι…ἀναστήσεται
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἀναστήσεται
“बिउँताइनेछ” शब्दहरू “पुनः जीवित बनाइने” कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई उठाउनुहुनेछ” वा “परमेश्वरले उसलाई पुनः जीवित बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 20:20
दुई चेलाका आमाले सोधेको प्रश्नको जवाफमा, येशूले आफ्ना चेलाहरूलाई अधिकार र स्वर्गको राज्यमा अरूको सेवा पुर्याउने कुरा सिकाउनुहुन्छ ।
τῶν υἱῶν Ζεβεδαίου
यसले याकूब र यूहन्नालाई जनाउँछ ।
Matthew 20:21
ἐκ δεξιῶν…ἐξ εὐωνύμων σου
यिनले शक्ति, अधिकार र आदरको पद भएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἐν τῇ βασιλείᾳ σου
यहाँ “राज्य”ले येशूले राजाको रूपमा राज्य गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तपाईं राजा हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 20:22
οὐκ οἴδατε
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र यसले आमा र उनका छोराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
δύνασθε
यहाँ “तिमीहरू” शब्द बहुवचन हो, तर येशू दुई छोराहरूसँग मात्र कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν
“कचौरा पिउनु” वा “कचौराबाट पिउनु” भनेको वाक्पद्धति हो जसको अर्थ दुःखभोग अनुभव गर्नु हो । वैकल्पिक अनुवादः “मैले भोग्न लागेको कुरा भोग्न” (हेर्नुहोस्ः टुक्काहरू)
λέγουσιν
“जब्दियाका छोराहरूले भने” वा “याकूब र यूहन्नाले भने”
Matthew 20:23
τὸ μὲν ποτήριόν μου πίεσθε
“कचौरा पिउनु” वा “कचौराबाट पिउनु” भनेको वाक्पद्धति हो जसको अर्थ दुःखभोग अनुभव गर्नु हो वैकल्पिक अनुवादः “मैले भोग्न लागेको जस्तै गरी तिमीहरूले दुःख भोग्नेछौ” (हेर्नुहोस्ः टुक्काहरू)
δεξιῶν…εὐωνύμων
यिनले शक्ति, अधिकार र आदरको पद भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई मत्ती २०:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो पिताले ती स्थानहरू तयार पार्नुभएको छ, र उहाँले इच्छा गर्नु भएकाहरूलाई ती दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ Πατρός μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 20:24
ἀκούσαντες
“याकूब र यूहन्नाले जे कुराका लागि बिन्ती गरेका थिए, सो बारेमा सुने”
ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν
यदि आवश्यक हुन्छ भने, ती दश जना चेला किन रिसाए भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू ती दुई दाजुभाइसँग धेरै रिसाए, किनभने तिनीहरूमध्ये हरेकले येशूको छेउमा आदरको स्थानमा बस्न चाहन्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 20:25
अधिकार र अरूको सेवा गर्ने बारेमा येशूले आफ्ना चेलाहरूलाई सिकाएर सिद्ध्याउनुहुन्छ ।
προσκαλεσάμενος αὐτοὺς
“बाह्र चेलालाई बोलाउनुभयो”
οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν
“गैरयहूदीहरूका शासकहरूले आफूले जे चाहे त्यही गर्न ती गैरयहूदीहरूलाई बाध्य तुल्याउँछन्”
οἱ μεγάλοι
“अन्यजातिका माझमा महत्त्वपूर्ण पुरुषहरू”
κατεξουσιάζουσιν αὐτῶν
“मानिसहरूलाई नियन्त्रण गर्छन्”
Matthew 20:26
ὃς ἐὰν θέλῃ
“जसले चाहन्छ” वा “जसले इच्छा गर्दछ”
Matthew 20:27
εἶναι πρῶτος
“महत्त्वपूर्ण हुन”
Matthew 20:28
ὁ Υἱὸς τοῦ Ἀνθρώπου…τὴν ψυχὴν αὐτοῦ
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्छ । यदि आवश्यक हुन्छ भने, तपाईंले यिनलाई प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
οὐκ ἦλθεν διακονηθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले उसको सेवा गरून् भनेर आएन” वा “अरू मानिसहरूले मेरो सेवा गर्नेछन् भनेर आएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀλλὰ διακονῆσαι
बुझेको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर अरू मानिसहरूलाई सेवा गर्न” (हेर्नुहोस्ः शब्दलोप)
καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
येशूको जीवन “छुटकाराको मोल” हुने कुरा चाहिँ मानिसहरूलाई तिनीहरूको आफ्नै पापहरूको लागि दण्ड पाउनबाट स्वतन्त्र गर्नका लागि उहाँ दण्डित हुनुहुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “धेरैका लागि उसको जीवन बदलीको रूपमा दिने” वा “धेरैलाई स्वतन्त्र गर्नलाई उसको जीवन बदलीको रूपमा दिने” (हेर्नुहोस्ः रूपक)
καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ
कसैले आफ्नो जीवन दिनु भनेको वाक्पद्धति हो जसको अर्थ स्वइच्छाले मर्नु हुन्छ, जुन प्रायः अरूहरूलाई मदत गर्नका लागि हुन्छ । वैकल्पिक अनुवादः “मर्नलाई” (हेर्नुहोस्ः टुक्काहरू)
ἀντὶ πολλῶν
बुझिएको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूका लागि” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 20:29
येशूले दुई अन्धा मानिसहरूलाई निको पार्नुभएको विवरणलाई यस खण्डले सुरु गर्छ ।
ἐκπορευομένων αὐτῶν
यसले चेलाहरू र येशूलाई जनाउँछ ।
ἠκολούθησεν αὐτῷ
“येशूलाई पछ्याए”
Matthew 20:30
ἀκούσαντες
“जब दुई अन्धा मानिसहरूले सुने”
παράγει
“तिनीहरूको छेउबाट भएर हिँडिरहनुभएको थियो”
Υἱὸς Δαυείδ
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ पनि हो, अनि ती मानिसले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेका हुन सक्दछन् ।
Matthew 20:32
ἐφώνησεν αὐτοὺς
“अन्धा मानिसहरूलाई बोलाउनुभयो”
“के इच्छा गर्छौ”
Matthew 20:33
ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν
देख्न सक्ने हुने कुरालाई ती मानिसहरूले आँखाहरू खोलिने कुराको रूपमा बताउँछन् । येशूको अघिल्लो प्रश्नको कारण, हामी बुझ्छौँ कि तिनीहरूले आफ्ना इच्छा जाहेर गरिरहेका थिए । वैकल्पिक अनुवादः “हामी चाहन्छौँ कि तपाईंले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्” वा “हामी देख्न सक्ने हुन चाहन्छौँ” (हेर्नुहोस्ः रूपक अनि शब्दलोप)
Matthew 20:34
σπλαγχνισθεὶς
“सहानुभूतिले देखाउनुभएर” वा “तिनीहरूप्रति सहानुभूति महसुस गर्नुभएर”
Matthew 21
मत्ती २१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । २१:५, १६ र ४२ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
गधा र बछेडो
येशू एउटा जनावरमाथि चढेर यरूशलेममा जानुभयो । यसरी उहाँ राजाजस्तै हुनुहुन्थ्यो, जसले एउटा खतरनाक युद्ध जितेपछि आफ्नो सहरमा फर्किरहेको थियो । साथै, पुरानो करारको समयका राजाहरू गधामा चढ्ने गर्दथे । अरु राजाहरू घोडाहरू चढ्ने गर्दथे । यसैले यहाँ येशूले आफूलाई इस्राएलको राजाको रूपमा प्रकट गर्दै हुनुहुन्थ्यो र उहाँ अरू राजा जस्तो हुनुहुँदैनथ्यो ।
यस घटनाका बारेमा मत्ती, मर्कूस, लूका र यूहन्ना सबैले लेखे । चेलाहरूले त्यो गधा येशूकहाँ ल्याइदिए भनेर मत्ती र मर्कूसले लेखे । येशूले गधा भेट्टाउनुभयो भनेर यूहन्नाले लेखे । तिनीहरूले गधाको एउटा बछेडोलाई उहाँकहाँ ल्याए भनेर लूकाले लेखे । गधा र त्यसको बछेडो दुवै भएको कुरालाई मत्तीले मात्र लेखेका छन् । येशूले गधा चढ्नुभयो, अथवा गधाको बछेडोमा चढ्नुभयो भन्ने कुराका बारेमा पक्का गरी कसैलाई पनि थाहा छैन । यी प्रत्येक वर्णनलाई सबैले एउटै कुरा भनेका छन् भनेर देखाउने कोसिस नगरी यूएलटी मा जस्तो छ, त्यस्तै अनुवाद गर्नु असल हुन्छ । (हेर्नुहोस्ः मत्ती २१:१-७ र मर्कूस ११:१-७ र लूका १९:२९-३६ र यूहन्ना १२:१४-१५)
होसन्ना
मानिसहरूले येशूलाई यरूशलेममा स्वागत गर्दा यसो भनेर कराए । यो शब्दको अर्थ “हामीलाई बचाउनुहोस्”, तर मानिसहरूले परमेश्वरको प्रशंसा गर्नका लागि यसलाई प्रयोग गरे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“परमेश्वरको राज्य तिमीहरूबाट खोसिने छ”
यो वाक्यांशको अर्थ के हो भने पक्का गरी कसैलाई थाहा छैन । परमेश्वरले कुनै दिन राज्य फर्काइदिनुहुने छ भनेर येशूले भन्न खोज्नुभएको हो अथवा होइन कसैले जान्दैन ।
Matthew 21:1
यहाँ यरूशलेममा येशूको प्रवेशको वर्णन सुरु हुन्छ । उहाँका चेलाहरूले के गर्नुपर्दछ भनेर यहाँ उहाँले तिनीहरूलाई सुझाव दिनुहुन्छ ।
Βηθφαγὴ
यो यरूशलेम नजिकको गाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 21:2
ὄνον δεδεμένην
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले बाँधेर राखेको एउटा गधा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δεδεμένην
त्यो गधा कसरी बाँधेर राखिएको थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा खाँबोमा बाँधेर राखिएको” वा “त्यहाँ एउटा रूखमा बाँधेर राखिएको” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πῶλον
गधाको नर बच्चा
Matthew 21:4
येशूले यरूशलेम प्रवेश गर्नुहुँदा उहाँले गधामा चढेर उहाँले अगमवाणी पूरा गर्नुभयो भनेर दर्शाउनका लागि लेखकले यहाँ जकरिया अगमवक्ताबाट उद्धृत गर्दछन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशूले गर्नुभएका कार्यकलापहरूले कसरी धर्मशास्त्र पूरा हुन आयो भनेर मत्तीले यहाँ स्पष्ट पार्दछन् ।
τοῦτο…γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो हुन आयो, र यसरी अगमवक्ताहरूद्वारा परमेश्वरले धेरै पहिले बोल्नुभएको कुरा येशूले पूरा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τοῦ προφήτου
त्यहाँ धेरै जना अगनवक्ताहरू थिए । मत्तीले जकरियाको बारेमा कुरा गरेका थिए । वैकल्पिक अनुवादः “जकरिया अगमवक्ता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 21:5
τῇ θυγατρὶ Σιών
सहरकी “छोरी” को अर्थ सहरका मानिस हो । वैकल्पिक अनुवादः “सियोनका मानिसहरू” वा “सियोनमा बस्ने मानिसहरू”
Σιών
यो यरूशलेमको अर्को नाम हो ।
ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου
“गधाको बच्चा अर्थात् एउटा बछेडा”ले त्यो गधा बच्चा हो भनीकन स्पष्ट पार्दछ । वैकल्पिक अनुवादः “एउटा बहर, नर गधा”
Matthew 21:7
τὰ ἱμάτια
बाहिर लगाउने लुगाहरू वा लामा दौराहरू ।
Matthew 21:8
ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ; ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ
येशूले यरूशलेममा प्रवेश गर्दै गर्नुहुँदा यी कुरा गरेर उहाँलाई स्वागत गरिएको थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि प्रतीकात्मक कार्य)
Matthew 21:9
ὡσαννὰ
यो शब्दको अर्थ “हामीालाई बचाउबुहोस्” हो तर यसको अर्थ “परमेश्वरको प्रशंसा गर” पनि हुन सक्छ ।
τῷ Υἱῷ Δαυείδ
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती भिडले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछन् ।
ἐν ὀνόματι Κυρίου
यहाँ “नाउँमा” को अर्थ “शक्तिमा” वा “प्रतिनिधिका रूपमा” हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको शक्तिमा” वा “परमप्रभुको प्रतिनिधिका रूपमा” (हेर्नुहोस्ः लक्षणा)
ὡσαννὰ ἐν τοῖς ὑψίστοις
यहाँ “सर्वोच्च”ले सर्वोच्च स्वर्गबाट राज्य गर्नुहुने परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वोच्च स्वर्गमा हुनुहुने परमेश्वरको प्रशंसा होस्” वा “परमेश्वरलाई प्रशंसा होस्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 21:10
ἐσείσθη πᾶσα ἡ πόλις
यहाँ “सहर” त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहरमा भएका सबै मानिसहरू उत्साहित भए” (हेर्नुहोस्ः लक्षणा)
ἐσείσθη
“उत्साहित”
Matthew 21:12
पद १३ मा, विक्रेताहरू र पैसा साट्नेहरूलाई हप्काउनका लागि येशूले यशैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
यसले येशू मन्दिरमा प्रवेश गर्नुभएको वर्णन सुरु गर्दछ ।
εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν
येशू वास्तविक मन्दिरको भित्र प्रवेश गर्नुभएन । उहाँ मन्दिर वरिपरिको चोकमा प्रवेश गर्नुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς πωλοῦντας καὶ ἀγοράζοντας
व्यापारीहरूले जनावरहरू र अरू थोकहरू बेचिरहेका थिए, जसलाई मन्दिरमा उचित बलिदान चढाउनका लागि यात्रुहरूले खरिद गर्दथे ।
Matthew 21:13
λέγει αὐτοῖς
“येशूले पैसा साट्नेहरू र सामान किनबेच गर्ने मानिसहरूलाई भन्नुभयो”
γέγραπται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धेरै समय पहिले लेखे” वा “परमेश्वरले धेरै समय पहिले भन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ οἶκός μου…κληθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो घर ... हुने छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ οἶκός μου
यहाँ “मेरो” ले परमेश्वरलाई जनाउँछ र “घर” ले मन्दिरलाई जनाउँछ ।
οἶκος προσευχῆς
यो लक्षणा हो । वैकल्पिक अनुवादः “मानिसहरूले प्रार्थना गर्ने ठाउँ” (हेर्नुहोस्ः टुक्काहरू)
σπήλαιον λῃστῶν
मानिसहरूले मन्दिरमा थोकहरू खरिद गर्ने र बेच्ने गरेका हुनाले हप्काउनका लागि येशूले अलङ्कार प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “लुटेराहरू लुक्ने ठाउँजस्तो” (हेर्नुहोस्ः रूपक)
Matthew 21:14
τυφλοὶ καὶ χωλοὶ
यी नामिक विशेषणहरूलाई विशेषणहरूमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो दृष्टिविहीन र लङ्गडा थिए” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
χωλοὶ
ती व्यक्तिहरू जो हिँड्न सक्दैन थिए वा चोट लागेका गोडाहरू भएका व्यक्तिहरू
Matthew 21:15
पद १६ मा, मानिसहरूले उहाँप्रति जस्तो प्रतिउत्तर जनाए, त्यसलाई ठिक ठहराउनका लागि येशूले भजनसंग्रहबाट उद्धृत गर्नुहुन्छ ।
τὰ θαυμάσια
“आश्चर्यपूर्ण थोकहरू” वा “आश्चर्यकर्महरू ।” यसले येशूले मत्ती २१:१४ मा दृष्टिविहीनहरू र लङ्गडाहरूलाई निको पार्नुभएका कराहरूलाई जनाउँछ ।
ὡσαννὰ
यो शब्दको अर्थ “हामीलाई बचाउनुहोस्”, तर “परमेश्वरको प्रशंसा होस्” भन्ने अर्थ पनि हुन्छ । तपाईंले यसलाई मत्ती २१:९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
τῷ Υἱῷ Δαυείδ
येशू दाऊदका आफ्नै छोरा हुनुहुन्नथ्यो, यसैले यसलाई “दाऊदका सन्तान” भनी अनुवाद गर्न सकिन्छ । तापनि “दाऊदका पुत्र” भन्ने मसिहको एउटा नाउँ हो, अनि ती भिडले येशूलाई उहाँको यो नाउँले सम्बोधन गरेको हुन सक्दछन् । तपाईंले यसलाई मत्ती २१:९ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
ἠγανάκτησαν
यसले तिनीहरू रिसाएका थिए भन्ने जनाउँछ, किनभने येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तिनीहरूले विश्वास गरेनन् र अरू मानिसले उहाँको प्रशंसा गरून् भन्ने तिनीहरूको इच्छा भएन । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँको प्रशंसा गरेका हुनाले तिनीहरू ज्यादै रिसाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 21:16
ἀκούεις τί οὗτοι λέγουσιν?
मुख्य पूजाहारी र शास्त्रीहरू येशूसँग रिसाएका हुनाले उहाँलाई हप्काउनका लागि तिनीहरूले प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीले आफ्नो बारेमा मानिसहरूलाई यी कुरा भन्न दिनुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κατηρτίσω αἶνον?
मुख्य पूजाहारी र शास्त्रीहरूलाई तिनीहरूले धर्मशास्त्रमा पढेका कुरा याद गराउन येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “हो, म तिनीहरूलाई सुन्दछु, तर तिमीहरूले धर्मशास्त्रमा जे पढेका थियौ, त्यो तिमीहरूले सम्झनुपर्छ ... प्रशंसा ।’” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κατηρτίσω αἶνον
“मुखबाट” भन्नाले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “साना बालक र शिशुहरूलाई तपाईंले प्रशंसा बोल्ने बनाउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
Matthew 21:17
καταλιπὼν αὐτοὺς
“येशू मुख्य पूजाहारी र शास्त्रीहरूबाट बिदा हुनुभयो”
Matthew 21:18
आफ्ना चेलाहरूलाई विश्वास र प्रार्थनाको बारेमा सिकाउनका लागि येशूले अञ्जीरको बोटलाई प्रयोग गर्नुभयो ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशू भोकाउनुभएको र यसकारण उहाँ अञ्जीरको बोट रोकिनुभएको छ भनेर मत्तीले यहाँ स्पष्ट पार्दछन् ।
Matthew 21:19
ἐξηράνθη
मर्यो र सुक्यो
Matthew 21:20
πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ?
चेलाहरू कति धेरै आश्चर्यमा परेका थिए भनी जोड दिन तिनीहरूले प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “यो अञ्जीरको बोट यति चाँडै सुकेको हुनाले हामीलाई आश्चर्य लागेको छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐξηράνθη
“सुक्नु र मर्नु”
Matthew 21:21
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि जे भन्नुहुन्छ, सो कुरामा यो वाक्यांशले जोड दिन्छ ।
ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε
यो विश्वास साँचो हुनुपर्दछ भनेर जोड दिनलाई येशूले एउटै विचारलाई सकारात्क र नकारात्मक दुवै रूपमा व्यक्त गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले साँचो रूपले विश्वास गर्यौ भने” (हेर्नुहोस्ः प्रतिरूपी)
κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν,
यो प्रत्यक्ष उद्धरणलाई तपाईंले अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्न सक्नुहुन्छ । यसलाई पनि कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस पहाडलाई उठेर आफैँलाई समुद्रमा फालिदे भन्न समेत तिमीहरू सक्षम हुने छौ” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 21:23
धार्मिक अगुवाहरूले येशूको अधिकारका बारेमा प्रश्न गरेको वर्णनको सुरु यहाँ हुन्छ ।
ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν
यसको अर्थ येशू वास्तविक मन्दिरको भित्र प्रवेश गर्नुभएन । उहाँ मन्दिर वरिपरिको चोकमा प्रवेश गर्नुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ταῦτα
यसले येशूले मन्दिरमा सिकाउनुभएको र निको पार्नुभएको कुरालाई जनाउँछ । शायद यसले अघिल्लो दिन येशूले किन्नेहरू र बेच्नेहरूलाई धपाउनुभएको कुरालाई पनि जनाउँछ ।
Matthew 21:25
येशूले निरन्तर रूपमा धार्मिक अगुवाहरूलाई जवाफ दिनुहुन्छ ।
πόθεν ἦν?
“उनले त्यसो गर्ने अधिकार कहाँबाट पाए ?”
ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ?
यसमा उद्धरणभित्र उद्धरण छ । प्रत्यक्ष उद्धरणहरूलाई तपाईंले अप्रत्यक्ष उद्धरणहरूका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाले उनको अधिकार स्वर्गबाट पाए भन्यौँ भने, येशूले हामीले किन यूहन्नालाई विश्वास गरेनौ भनेर सोध्नेछ ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἐξ οὐρανοῦ
यहाँ “स्वर्ग” शब्दले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गमा हुनुभएका परमेश्वरबाट” (हेर्नुहोस्ः लक्षणा)
διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ?
येशूले धार्मिक अगुवाहरूलाई आलङ्कारिक प्रश्न सोध्नुहुने कुरा तिनीहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “त्यसो भए तिमीहरूले बप्तिस्मा दिने यूहन्नालाई विश्वास गर्नुपर्थ्यो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 21:26
ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων,
यसमा उद्धरणभित्र उद्धरण छ । प्रत्यक्ष उद्धरणहरूलाई तपाईंले अप्रत्यक्ष उद्धरणहरूका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तर यूहन्नाले उनको अधिकार मानिसहरूबाट पाए भनी हामी विश्वास गर्छौँ भन्यौँ भने” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
φοβούμεθα τὸν ὄχλον
“भीडले के सोच्छ वा हामीलाई के गर्छ भनेर हामी डराउँछौँ”
πάντες…ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην
“यूहन्ना अगमवक्ता हुन् भनेर तिनीहरूले विश्वास गर्छन्”
Matthew 21:28
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूका अविश्वासका बारेमा उदाहरणसहित स्पष्ट पार्नलाई येशूले एउटा दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τί δὲ ὑμῖν δοκεῖ?
येशूले धार्मिक अगुवाहरूलाई भन्न लाग्नुभएको दृष्टान्तका बारेमा गहन रूपले विचार गर्न तिनीहरूलाई चुनौति दिनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भन्न लागेको कुरामा तिमीहरू के विचार गर्दछौ मलाई भन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 21:29
μεταμεληθεὶς
त्यस छोराले उसका सोचाइहरूलाई पुनर्विचार गरेको र आफूले जसरी गर्छु भनी भनेको थियो सोभन्दा फरक तरिकाले व्यवहार गर्नलाई निर्णय गरेको कुरालाई यसले जनाउँछ । (हेर्नुहोस्ः रूपक)
Matthew 21:31
λέγουσιν
“मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भने”
λέγει αὐτοῖς ὁ Ἰησοῦς
“येशूले मुख्य पूजाहारीहरू र धर्मगुरुहरूलाई भन्नुभयो”
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि जे भन्नुहुन्छ, सो कुरामा यो वाक्यांशले जोड दिन्छ ।
οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν Βασιλείαν Θεοῦ
यहाँ “परमेश्वरको राज्य” राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्वरले पृथ्वीमा उहाँको आफ्नो राज्य स्थापना गर्नुहुन्छ, तब उहाँले कर उठाउनेहरू र वेश्याहरूमाथि तिमीहरूभन्दा पहिले राज्य गरेर तिनीहरूलाई आशिष् दिनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
προάγουσιν ὑμᾶς
सम्भावित अर्थहरू हुन् १) परमेश्वरले यहूदी धार्मिक अगुवाहरूभन्दा चाँडै उहाँले कर उठाउनेहरू र वेश्याहरू ग्रहण गर्नुहुन्छ, वा २) परमेश्वरले यहूदी धार्मिक अगुवाहरूका साटोमा उहाँले कर उठाउनेहरू र वेश्याहरूलाई ग्रहण गर्नुहुनेछ ।
Matthew 21:32
ἦλθεν…Ἰωάννης πρὸς ὑμᾶς
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र यसले इस्राएलका यहूदी धार्मिक अगुवाहरूलाई मात्र होइन, तर त्यहाँका सबै मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यूहन्ना इस्राएलका मानिसहरूकहाँ आए” (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐν ὁδῷ δικαιοσύνης
यो वाक्पद्धति हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई जिउनका लागि सही तरीका देखाए । वैकल्पिक अनुवादः “र तिमीहरूले कसरी जिएको परमेश्वर चाहुनुहुन्छ भनेर तिमीहरूलाई बताए” (हेर्नुहोस्ः टुक्काहरू)
οὐκ ἐπιστεύσατε αὐτῷ
यहाँ “तिमीहरू” बहुवचन हो र धार्मिक अगुवाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 21:33
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूका अविश्वासलाई उदाहरणसहित स्पष्ट पार्न येशूले विद्रोही मोहीहरूका दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
οἰκοδεσπότης
“एकजना व्यक्ति जससँग केही सम्पत्ति थियो”
φραγμὸν
“पर्खाल” वा “बार”
ὤρυξεν ἐν αὐτῷ ληνὸν
“दाख पेल्नका लागि दाखबारीमा एउटा खल्डो खने”
ἐξέδετο αὐτὸν γεωργοῖς
दाखबारी अझै पनि त्यसको मालिकको नै हो, तर उनले खेतालाहरूलाई त्यसको रखवाली गर्न दिए । जब अङ्गुर पाक्यो, तिनीहरीले केही मालिकलाई दिएर बाँकी आफू राख्न सक्थे ।
γεωργοῖς
यी ती व्यक्तिहरू थिए जसले दाख र त्यसका बोटहरूको हेरचाह उचित प्रकारले कसरी गर्ने भन्ने कुरा जान्दथे ।
Matthew 21:35
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τοὺς δούλους αὐτοῦ
“जमिनका मालिकका दासहरू”
Matthew 21:38
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
Matthew 21:40
οὖν
यहाँ “अब” शब्दले “यो क्षणमा” भन्ने अर्थ लाग्दैन, तर त्यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान तान्न प्रयोग भएको हो ।
Matthew 21:41
λέγουσιν αὐτῷ
येशूलाई कसले जवाफ दियो भन्ने कुरा मत्तीले स्पष्ट पार्दैनन् । जवाफ दिने मानिसहरूका बारेमा तपाईंले स्पष्ट पार्नु आवश्यक हुन्छ भने, तपाईंले “मानिसहरूले येशूलाई भने” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
Matthew 21:42
धार्मिक अगुवाहरूले इन्कार गरेको मानिसलाई परमेश्वरले आदर गर्नुहुन्छ भनी दर्शाउनका लागि येशूले यसैया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
यहाँ येशूले ती विद्रोही मोहीहरूका बारेमा भनिएको दृष्टान्तलाई स्पष्ट पार्न सुरु गर्नुहुन्छ ।
λέγει αὐτοῖς ὁ Ἰησοῦς
येशूले तल दिइएको प्रश्न कसलाई सोध्नुभयो सो स्पष्ट छैन । यदि तपाईंले “तिनीहरू” लाई स्पष्ट पार्न आवश्यक हुन्छ भने, तपाईंले मत्ती २१:४१ मा उल्लेख गरेकै मानिसलाई प्रयोग गर्नुहोस् ।
οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν?
यो धर्मशास्त्रले के भन्दछ, त्यो आफ्ना श्रोताहरूलाई गहन रूपमा सोच्ने बनाउनलाई येशूले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पढेका कुराका बारेमा विचार गर ... दृष्टिमा ... ।’” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
येशूले भजनसंग्रहबाट उद्धृत गर्नुहुन्छ । यो अलङ्कार हो, जसको अर्थ निर्माण गर्नेहरूले झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्कार गर्ने छन्, तर भवनको एउटा कुनेढुङ्गोलाई झैँ परमेश्वरले उहाँलाई आफ्नो राज्यमा सबैभन्दा बढी प्रतिष्ठित बनाउनुहुने छ । (हेर्नुहोस्ः रूपक)
ἐγενήθη εἰς κεφαλὴν γωνίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनाको शिर ढुङ्गो बनेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παρὰ Κυρίου ἐγένετο αὕτη
“यो महान् परिवर्तन परमप्रभुले गर्नुभएको हो”
ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
यहाँ “हाम्रो दृष्टिमा”ले हेर्ने कुरा जनाउँछ । वैकल्पिक अनुवादः “यो हेर्नलाई आश्चर्यपूर्ण छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 21:43
λέγω ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ὑμῖν
यहाँ “तिमीहरू” बहुवचन हो । येशू उहाँलाई इन्कार गरेका धार्मिक अगुवाहरूसँग बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀρθήσεται ἀφ’ ὑμῶν ἡ Βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει
यहाँ “परमेश्वरको राज्य” ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको राज्य तिमीहरूबाट खोस्नुहुनेछ र एउटा जातिलाई दिनुहुनेछ” वा “तिमीहरूलाई परमेश्वरले इन्कार गर्नुहुनेछ र उहाँ अरू जातिका मानिहरूमाथि राजा हुनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
ποιοῦντι τοὺς καρποὺς αὐτῆς
यहाँ “फलहरू” भनेको “नतिजाहरू” वा “प्रतिफल”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले असल नतिजाहरू ल्याउँछ” (हेर्नुहोस्ः रूपक)
Matthew 21:44
ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται
यहाँ “यो ढुङ्गा” मत्ती २१:४२ मा भएको ढुङ्गा हो । यो अलङ्कार जसको अर्थ ख्रीष्टको विरुद्धमा विद्रोह गर्नेहरूलाई उहाँले नष्ट गर्नुहुनेछ भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ढुङ्गामा खस्ने कुनै पनि मानिसलाई त्यसले टुक्राटुक्रा पार्नेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν
यो मूलभुत रूपमा यस अघिको वाक्यजस्तै हो । यो अलङ्कार जसको अर्थ ख्रीष्टले अन्तिम न्याय गर्नुहुनेछ र उहाँको विरुद्धमा विद्रोह गर्ने हरेकलाई नष्ट गर्नुहुनेछ भन्ने हुन्छ । (हेर्नुहोस्ः समान्तरता अनि रूपक)
Matthew 21:45
येशूले भन्नुभएको दृष्टान्तप्रति धार्मिक अगुवाहरूले प्रतिक्रिया जनाउँछन् ।
τὰς παραβολὰς αὐτοῦ
“येशूका दृष्टान्तहरू”
Matthew 22
मत्ती २२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । पद ४४ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
विवाह भोज
विवाह भोजको दृष्टान्तमा (मत्ती २२:१-१४) मा कुनै मानिसलाई बचाउने प्रस्ताव परमेश्वरले राख्नुहुँदा, त्यो मानिसले उक्त प्रस्तावलाई स्वीकार गर्नुपर्दछ भनेर येशूले सिकाउनुभयो । परमेश्वरसँगको जीवन राजाको छोराको विवाहमा उनले तयार पारेको भोजजस्तै हो भनेर येशूले सिकाउनुभयो । यसका अतिरिक्त, परमेश्वरले निम्तो दिनुभएका हरेक व्यक्तिले उक्त भोजमा जानका लागि आफूलाई उचित किसिमले तयार पार्ने छैनन् भनी येशूले जोड दिनुभयो । परमेश्वरले यी मानिसहरूलाई भोजबाट बाहिर फालिदिनुहुनेछ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अस्पष्ट जानकारी
वक्ताले आफ्ना श्रोताहरूले बुझिसकेका छन् भनी आफूले सोचेका कुराहरू सामान्यतया भनिरहँदैनन् । जब यो दृष्टान्ताका राजाले भने, “मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्” (मत्ती 22:4), तब ती पशु मार्नेहरूले ती पकाएका पनि छन् भनेर श्रोताहरूले बुझ्ने छन् भनी तिनले यो कुरा अनुमान गरे ।
विरोधाभास
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । यहूदीहरूका सन्तानका लागि नै पूर्खाहरू मालिकहरू वा प्रभुहरू हुन्, तर एउटा भजनमा दाऊदले आफ्ना सन्तानमध्ये एक जनालाई “प्रभु” भन्दछन् । येशूले यहूदी अगुवाहरूलाई यसो भनेर यो विरोधाभाषा भन्नुहुन्छ, “यसरी दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भन्दछन् भने, उनी कसरी दाऊदका पुत्र हुन सक्छन् त ?” (मत्ती २२:४५) ।
Matthew 22:1
धार्मिक अगुवाहरूलाई हप्काउन र तिनीहरूको अविश्वासलाई देखाउनका लागि येशूले विवाह भोजको बारेमा एउटा दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
αὐτοῖς
“मानिसहरूलाई”
Matthew 22:2
ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν
यो दृष्टान्तको सुरूवात हो । तपाईंले यसलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 22:3
τοὺς κεκλημένους
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई राजाले निम्त्याएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 22:4
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
δούλους λέγων, εἴπατε τοῖς κεκλημένοις
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । साथै, यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोकरहरूलाई ... , ती निम्त्याइएकालाई भन्नलाई आदेश दिए” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले जे भन्न लागेको छु त्यसमा ध्यान देओ”
οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα
यहाँ ती मारिएका पशु पकाइएका र खानका लागि तयार छन् भन्ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा नोकरहरूले मेरा गोरुहरू र मोटा पशुहरू मारेका र पकाएका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ
“खानका लागि मेरा सबैभन्दा असल गोरुहरू र मोटा पशुहरू”
Matthew 22:5
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
οἱ δὲ ἀμελήσαντες
“तर राजाले निम्तो दिएका पाहुनाहरूले निमन्त्रणालाई बेवास्ता गरे”
Matthew 22:7
ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους
यो सङ्केत दिइएको छ कि राजाका सिपाहीहरूले ती हत्याराहरूलाई मारे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 22:8
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
οἱ…κεκλημένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई मैले निमन्त्रणा दिएको थिएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 22:9
τὰς διεξόδους τῶν ὁδῶν
“जहाँ सडकहरू एक आपसमा मिल्दछन् ।” राजाले नोकरहरूलाई ती स्थानमा पठाउँदै छन् जहाँ उनीहरूले मानिसहरूलाई भेट्न सक्ने सम्भावना बढी हुन्छ ।
Matthew 22:10
πονηρούς τε καὶ ἀγαθούς
“दुवै असल मानिसहरू र खराब मानिसहरू”
καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी पाहुनाहरूले विवाहको घर भरिदिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ γάμος
एउटा ठूलो कोठा
Matthew 22:11
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
Matthew 22:12
πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου?
पाहुनालाई हप्काउन राजाले प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “तिमीले विवाहमा लगाउनुपर्ने उचित पोशाक लगाएका छैनौ । तिमी यहाँ बस्नुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ…ἐφιμώθη
“त्यो मानिस चुपचाप भयो”
Matthew 22:13
येशूले विवाहर भोजको बारेमा भन्नुभएको दृष्टान्त समाप्त पार्नुहुन्छ ।
δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας
“उसलाई बाँध, र यसरी उसले आफ्ना हात र खुट्टा चलाउन नसकोस्”
τὸ σκότος τὸ ἐξώτερον
यहाँ “बाहिरी अन्धकार”ले परमेश्वरलाई इन्कार गर्ने मानिसहरूलाई फालिने अनन्तको नरकलाई जनाउँछ । यो परमेश्वरबाट सदाको लागि अलग गरिएको ठाउँ हो । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरदेखि टाढा भएको अँध्यारो ठाउँ” (हेर्नुहोस्ः लक्षणा)
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
“दाह्रा किटाइ” भनेको सङ्केतात्मक कार्य हो, जसले ज्यादै बढी निराशा र दुःखलाई जनाउँछ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “रुँदै र तिनीहरूको चरम दुःखभोगलाई देखाउँदै” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 22:14
πολλοὶ γάρ εἰσιν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले धेरै मानिसलाई निम्तो दिनुहुन्छ, तर उहाँले थोरै मात्र चुन्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γάρ
यसले बीचको समयलाई जनाउँछ । येशूले दृष्टान्त भनेर समाप्त पार्नुभएको छ र अब उक्त दृष्टान्तका शिक्षालाई स्पष्ट पार्नुहुन्छ ।
Matthew 22:15
धार्मिक अगुवाहरूले धेरै कठिन प्रश्न सोधेर येशूलाई फसाउन खोजेका वर्णन यहाँबाट सुरु हुन्छ । यहाँ सिजरलाई कर तिर्ने बारेमा फरिसीहरूले येशूलाई सोधेका छन् ।
ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ
“कसरी तिनीहरूले येशूलाई केही गलत भन्न लगाउने भनेर ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकून्”
Matthew 22:16
τοὺς μαθητὰς αὐτῶν…τῶν Ἡρῳδιανῶν
फरिसीहरूका चेलाहरूले यहूदी अधिकारीहरूलाई मात्र कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । हेरोदीहरूले रोमी अधिकारीहरूलाई कर तिर्नुपर्ने कुराको समर्थन गर्थे । येशूले जेसुकै भन्नुभए तापनि उहाँले यीमध्ये कुनै एउटा समूहलाई चित्त दुखाउनुन्छ भनी फरिसीहरूले विश्वास गरेका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ἡρῳδιανῶν
यिनीहरू यहूदी राजा हेरोदका अधिकारीहरू र अनुयायीहरू थिए । तिनी रोमी अधिकारीहरूसँग मित्रतामा थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων
“तपार्इंले कुनै पनि व्यक्तिलाई विशेष आदर देखाउनुहुन्न” वा “तपार्इंले कसैलाई कोहीभन्दा बढी महत्त्वपूर्ण ठान्नुहुन्न”
Matthew 22:17
δοῦναι κῆνσον Καίσαρι
मानिसहरूले सिधा रूपमा कैसरलाई कर तिर्दैनथे, तर तिनका कर उठाउनेहरूमध्ये कुनै एक जनालाई तिर्दथे । वैकल्पिक अनुवादः “कैसरले तोकेको कर तिर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 22:18
τί με πειράζετε, ὑποκριταί?
येशूले आफूलाई फसाउन खोज्ने मानिसहरूलाई हप्काउनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “पाखण्डी हो, तिमीहरू मेरो जाँच नगर !” वा “पाखण्डी हो, तिमीहरू मेरो जाँच मात्रै गर्न खोजिरहेका छौ भनी म जान्दछु !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 22:19
δηνάριον
यो एउटा रोमी सिक्का थियो जसको मूल्य एक दिनको ज्याला बराबर हुन्थ्यो । (हेर्नुहोस्ः बाइबलीय पैसा)
Matthew 22:20
αὐτοῖς
यहाँ “तिनीहरूलाई”ले हेरोदीहरू र फरिसीहरूका चेलाहरूलाई जनाउँछ ।
τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή?
येशूले जे भन्दै हुनुहुन्छ, त्यस कुरामा मानिसहरूले गहन रूपमा विचार गरून् भनी उहाँले प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई भन, तिमीहरूले यो सिक्कामा कसको नाम र छाप देख्दछौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 22:21
Καίσαρος
तिनीहरूका जवाफमा भएको बुझ्ने सकिने जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो सिक्कामा कैसरको छाप र नाउँ लेखिएको छ” (हेर्नुहोस्ः शब्दलोप)
τὰ Καίσαρος
“ती कुराहरू जुन कैसरको स्वामित्वमा छन्”
τὰ τοῦ Θεοῦ
“ती कुराहरू जुन परमेश्वरको स्वामित्वमा छन्”
Matthew 22:23
सदुकीहरूले येशूलाई विवाह र मरेकाहरूका पुनरुत्थान सम्बन्धी कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोजे ।
Matthew 22:24
Διδάσκαλε, Μωϋσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ
धर्मशास्त्रमा मोशाले लेखेको वचनको बारेमा धार्मिक अगुवाहरूले उहाँलाई सोधिरहेका थिए । यदि तपार्इंको भाषाले एउटा भनाइभित्र अर्को भनाइलाई समावेश गर्न अनुमति दिँदैन भने, यसलाई अप्रत्यक्ष कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गुरुज्यू मोशाले भने कि यदि कुनै मानिस मर्यो भने” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ὁ ἀδελφὸς αὐτοῦ…τὴν γυναῖκα αὐτοῦ…τῷ ἀδελφῷ αὐτοῦ
यहाँ “उसको” भनेको मरेको मानिसको भनेको हो ।
Matthew 22:25
सदुकीहरूले येशूलाई निरन्तर प्रश्न सोध्दै छन् ।
ὁ πρῶτος
“सबैभन्दा ठूलो” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Matthew 22:26
ὁ δεύτερος…ὁ τρίτος…τῶν ἑπτά
“त्यसपछिको सबभन्दा ठूलो ... त्यसपछिको सबभन्दा ठूलो ... सबभन्दा कान्छो” वा “उसको सबभन्दा ठूलो भाइ ... त्यस भाइको सबभन्दा ठूलो भाइ ... सबभन्दा कान्छो” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Matthew 22:27
ὕστερον…πάντων
“सबै भाइहरू मरेपछाडि”
Matthew 22:28
οὖν
यहाँ सदुकीहरूले सात दाजुभाइसम्बन्धी कुराबाट आफ्नो वास्तविक प्रश्नमा पुग्दछन् ।
ἐν τῇ ἀναστάσει
“जब मरेका मानिसहरू फेरि जीवित हुन्छन्”
Matthew 22:29
πλανᾶσθε
यसको अर्थ येशूले भन्नुहुन्छ कि तिनीहरूले पुनरुत्थानको बारेमा जे विचार गर्दछन् त्यो भुल हो । वैकल्पिक अनुवादः “पुनरुत्थानको बारेमा तिमीहरू भुलमा परेका छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν δύναμιν τοῦ Θεοῦ
जे गर्न परमेश्वर समर्थ हुनुहुन्छ”
Matthew 22:30
ἐν…τῇ ἀναστάσει
“जब मरेका मानिसहरू फेरि जीवित हुन्छन्”
οὔτε γαμοῦσιν
“मानिसहरूले विवाह गर्नेछैनन्”
οὔτε γαμίζονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नता मानिसहरूले आफ्ना छोराछोरीहरू विवाहमा दिनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 22:31
मरेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर देखाउनका लागि येशूले एउटा प्रश्न सोध्न सुरु गर्नुहुन्छ ।
οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος
येशूले प्रश्न सोध्नुभएर सदुकीहरूलाई हप्काउनुहुन्छ । उहाँले कुनै जवाफ पर्खिरहनुभएको छैन । वैकल्पिक अनुवादः “म जान्दछु कि तिमीहरूले पढेका छौ कि ... परमेश्वर ... । तिमीहरू जान्दछौ कि उनले भने,” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे कुरा परमेश्वरले तिमीहरूसँग बोल्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 22:32
येशूले पद ३१ मा सोध्न सुरु गर्नुभएको प्रश्नलाई सोध्न सकाउनुहुन्छ ।
ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ?
पद ३१ मा “के तिमीहरूले पढेका छैनौ” भन्ने शब्दहरूबाट सुरु भएको प्रश्नको यो अन्त हो । धार्मिक अगुवाहरूलाई धर्मशास्त्रबाट पहिले नै थाहा भएको कुरालाई सम्झाउनका लागि येशूले यो प्रश्न सोध्नुहुन्छ । “म जान्दछु कि तिमीहरूले त्यो पढेका छौ, तर ... याकूब ... को अर्थ के हो भनेर तिमीहरूले बुझेको जस्तो देखिँदैन ।’” यो प्रत्यक्ष उद्धरणलाई तपाईंले अप्रत्यक्ष उद्धरणका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । “परमेश्वर, जसले मोशालाई उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकूबका परमेश्वर हुनुहुन्छ भनेर भन्नुभयो ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि आलङ्कारिक प्रश्न)
νεκρῶν, ἀλλὰ ζώντων
यी नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मृत्यु भएका मानिसहरूका ... , तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 22:34
एक जना व्यवस्थाको पण्डित फरिसीले येशूलाई सबैभन्दा ठूलो आज्ञाको बारेमा कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोज्यो ।
Matthew 22:35
νομικὸς
“व्यवस्थाको एक जना विशेषज्ञ ।” यिनी एक फरिसी हुन् जससँग मोशाका व्यवस्थालाई बुझ्ने विशेष क्षमता थियो ।
Matthew 22:37
सबैभन्दा ठूलो आज्ञाको रूपमा येशूले व्यवस्थाको पुस्तकबाट एउटा पद उद्धृत गर्नुहुन्छ ।
ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου
यी तीन वाक्यांशहरूलाई “पूर्ण रूपले” वा “व्यग्रताका साथ” भनेर अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यहाँ “हृदय” र “प्राण” भनेका व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्दहरू हुन् । (हेर्नुहोस्ः लक्षणा अनि प्रतिरूपी)
Matthew 22:38
ἡ μεγάλη καὶ πρώτη ἐντολή
यहाँ “महान्” र “पहिलो”को अर्थ एउटै हो । यो नै सबैभन्दा महत्त्वपूर्ण आज्ञा हो भन्ने कुरामा तिनीहरूले जोड दिन्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Matthew 22:39
दोस्रो ठूलो आज्ञाको रूपमा येशूले लेवीको पुस्तकबाट एउटा पद उद्धृत गर्नुहुन्छ ।
τὸν πλησίον σου
यहाँ “छिमेकी”को अर्थ नजिक बसोबास गर्नेहरूभन्दा अझै बढी हो । येशूको भनाइको अर्थ, एक व्यक्तिले सबै मानिसहरूलाई प्रेम गर्नुपर्दछ ।
Matthew 22:40
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται
यहाँ “सारा व्यवस्था र अगमवक्ताहरू”ले सारा धर्मशास्त्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा मोशा र अगमवक्ताहरूले लेखेका हरेक कुरा यी दुई आज्ञामा आधारित छन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 22:41
फरिसीहरूले उहाँलाई फसाउने तिनीहरूका प्रयासलाई रोक्नका लागि येशूले तिनीहरूलाई एउटा कठिन प्रश्न सोध्नुहुन्छ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग सुरु गर्दछन्, जहाँ येशूले धार्मिक अगुवाहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ ।
Matthew 22:42
υἱός
यी दुवै ठाउँमा “पुत्र” को अर्थ “सन्तान” हो ।
Matthew 22:43
ख्रीष्ट “दाऊदका पुत्र”भन्दा धेरै महान् हुनुहुन्छ भनी दर्शाउनका लागि येशूले भजनसंग्रबाट उद्धृत गर्नुहुन्छ ।
πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ Κύριον αὐτὸν
आफूले उद्धृत गर्न लागेको भजनसंग्रका बारेमा धार्मिक अगुवाहरूले गहन रूपमा विचार गरुन् भनी उहाँले एउटा प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसो भए, मलाई भन कि दाऊदले आत्मामा उहाँलाई किन प्रभु भन्दछन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Δαυεὶδ ἐν Πνεύματι
“”दाऊद जसलाई पवित्र आत्माले प्रेरणा दिनुभयो ।” यसको अर्थ दाऊदले जे भन्दछन्, त्यसमा पवित्र आत्माले प्रभाव पार्दै हुनुहुन्छ ।
καλεῖ…αὐτὸν
यहाँ “उहाँ” ले ख्रीष्टलाई जनाउँछ, जो दाऊदका सन्तान पनि हुनुहुन्छ ।
Matthew 22:44
εἶπεν Κύριος
यहाँ “परमप्रभु” भन्नाले पिता परमेश्वरलाई जनाउँछ ।
τῷ Κυρίῳ μου
यहाँ “प्रभु”ले ख्रीष्टलाई जनाउँछ । साथै, “मेरा”ले दाऊदलाई जनाउँछ । यसको अर्थ दाऊदभन्दा ख्रीष्ट महान् हुनुहुन्छ ।
κάθου ἐκ δεξιῶν μου
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको चाहिँ परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जबसम्म म तिम्रा शत्रुहरूलाई पराजित गर्दिन” वा “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो सामु झुक्ने तुल्याउँदिन” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 22:45
यो मत्ती १९:१ मा सुरु भएको कथाको आखिरी भाग हो, जसले येशूले यहूदियामा गर्नुभएको सेवाको बारेमा भन्दछ ।
धार्मिक अगुवाहरूले येशूलाई धेरैवटा कठिन प्रश्न सोधेर उहाँलाई फसाउन खोजेको वर्णनको यो नै आखिरी खण्ड हो ।
εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν, Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν?
येशूले जे भन्दै हुनुहुन्छ, त्यसमा धार्मिक अगुवाहरूले गहन रूपमा विचार गरून् भनी उहाँले एउटा प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “दाऊदले उहाँलाई ‘प्रभु’ भन्दछन्, र यसरी ख्रीष्ट चाहिँ दाऊदका सन्तानभन्दा धेरै बढी हुनुहुन्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν, Κύριον,
दाऊदले येशूलाई “प्रभु” भन्दछन्, किनभने येशू दाऊदका सन्तान मात्र होइन, तर उहाँ तिनीभन्दा महान् पनि हुनुहुन्थ्यो ।
Matthew 22:46
ἀποκριθῆναι αὐτῷ λόγον
यहाँ “शब्द” ले मानिसहरूले जे भन्दछन्, त्यसलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँलाई कुनै पनि जवाफ दिन” वा “उहाँलाई जवाफ दिन” (हेर्नुहोस्ः लक्षणा)
ἐπερωτῆσαι αὐτὸν οὐκέτι
यसको अर्थ, येशूले केही गलत कुरा भनून्, र यसरी धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्न सकून् भन्ने मनसायले फेरि कसैले पनि फेरि उहाँलाई त्यस्तो किसिमको प्रश्न सोधेनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 23
मत्ती २३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पाखण्डीहरू
येशूले फरिसीहरूलाई धेरैपल्ट (मत्ती २३:१३) पाखण्डीहरू भन्नुहुन्छ र उहाँले त्यसो भनेर के सङ्केत गरेको हो, सो उहाँले सचेत भएर गर्नुहुन्छ । फरिसीहरूले त्यस्ता नियमहरू बनाए, जसलाई कसैले पनि साँचो रूपमा पालन गर्न सक्दैनथे । जनसाधारणले त्यस्ता नियमहरू पालन गर्न नसकेर उनीहरू दोषी भएका छन् भनेर ती फरिसीले मानिसहरूलाई विश्वस्त तुल्याए । साथै, मोशाको व्यवस्थामा भएका परमेश्वरले दिनुभएका मौलिक आज्ञाहरू पालन गर्नुको साटोमा फरिसीहरूले आफूले बनाएका नियमहरू पालन गरे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
नाउँले बोलाउने
धेरैजसो संस्कृतिमा मानिसहरूको अपमान गर्नु गलत कुरा हो । फरिसीहरूले यस अध्यायमा उल्लेख नाउहरूमध्ये धेरैको प्रयोग गरेर मानिसहरूको अपमान गर्दथे । येशूले तिनीहरूलाई, “पाखण्डीहरू”, “अन्धा अगुवाहरू” “मूर्खहरू” र “सर्पहरू” (मत्ती २३:१६-१७) भन्नुभयो । येशूले प्रयोग गर्नुभएका यी शब्दले तिनीहरूले गलत काम गरेका हुनाले परमेश्वरले निश्चय पनि तिनीहरूलाई दण्ड दिनहुने छ भन्ने जनाउँछ ।
विरोधाभास
विरोधाभास साँचो भनाइ हो, जसले कुनै असम्भाव्य कुराको वर्णन गर्दछ । “जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका सेवक हुने छ” भन्नुहुँदा येशूले विरोधाभास प्रयोग गर्नुहुन्छ (मत्ती २३:११-१२) ।
Matthew 23:1
यहाँ कथाको नयाँ भाग सुरु हुन्छ, जुन मत्ती २५:४६ लगातार जान्छ, जहाँ येशूले उद्धार र अन्तिम न्यायको बारेमा सिकाउनुहुन्छ । यहाँ उहाँले शास्त्रीहरू र फरिसीहरूका बारेमा मानिसहरूलाई चेतावनी दिन सुरु गर्नुहुन्छ ।
Matthew 23:2
ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν
यहाँ “बस्छन्” ले शासन गर्ने र न्याय गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशासँग भए जस्तै अधिकार छ” वा “मोशाको व्यवस्थाको अर्थ के हो भनेर सिकाउने अधिकार छ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 23:3
πάντα οὖν ὅσα ἐὰν…ποιήσατε, καὶ τηρεῖτε
“सबै कुराहरू ... ती गर र ती मान” वा “हरेक कुरा ... त्यो गर र त्यो मान”
Matthew 23:4
δεσμεύουσιν δὲ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων; αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά
यहाँ “भारीहरू बाँधिदिन्छन् ... मानिसहरूका काँधमा राखिदिन्छन्” भनेको धार्मिक अगुवाहरूले थुप्रै कठिन नियमहरू बनाएका र मानिसहरूलाई ती पालन गर्ने बनाएका कुरालाई जनाउने अलङ्कार हो । अनि “एउटा औँला पनि चलाउनेछैनन्” भनेको धार्मिक अगुवाहरूले मानिसहरूलाई सहायता गर्नेछैनन् भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई पछ्याउनलाई कठिन रहेका थुप्रै नियमहरूको पालना गर्ने बनाउँछन् । तर मानिसहरूलाई ती नियमहरू पालना गर्नलाई सहयोग गर्नका लागि तिनीहरूले केही पनि गर्दैनन्” (हेर्नुहोस्ः रूपक अनि टुक्काहरू)
Matthew 23:5
πάντα δὲ τὰ ἔργα αὐτῶν, ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले देखुन् भनेर तिनीहरूले आफ्ना सबै काम गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα
यी दुवै कुरा फरिसीहरूले गर्दछन् र यसरी उनीहरूले आफूलाई अरू मानिसले भन्दा धेरै परमेश्वरको आदर गरेको स्वाङ् पार्दछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
φυλακτήρια
छालाका स-साना बाकसहरू जसमा धर्मशास्त्रको वचन लेखिएका कागजहरू राखिएका हुन्छन्
μεγαλύνουσι τὰ κράσπεδα
परमेश्वरप्रतिको तिनीहरूको भक्ति देखाउनका लागि आफ्ना वस्त्रका तल्लो भागमा फरिसीहरूले झुम्काहरू लगाउँछन् ।
Matthew 23:6
भीडहरू र चेलाहरूसँग फरिसीहरूका बारेमा येशूले निरन्तर बोल्नुहुन्छ ।
τὴν πρωτοκλισίαν…τὰς πρωτοκαθεδρίας
यी दुवै त्यस्ता ठाउँ हुन् जहाँ सबैभन्दा प्रतिष्ठित मानिसहरू बस्छन् ।
Matthew 23:7
ταῖς ἀγοραῖς
ठूलो खुल्ला क्षेत्र जहाँ मानिसहरूले खद्यन्न र अन्य थोकहरू किनबेच गर्दछन्
καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββεί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई ‘रब्बी’ भनी बोलाउनका लागि ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 23:8
ὑμεῖς δὲ μὴ κληθῆτε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई तिमीहरूले आफूलाई ... भन्न दिनुहुँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑμεῖς
तिमीहरू” जति सबै बहुवचन हुन् र येशूका सबै चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὑμεῖς ἀδελφοί ἐστε
यहाँ “दाजुभाइहरू”को अर्थ “सङ्गी विश्वासीहरू” हुन्छ ।
Matthew 23:9
Πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς;
येशूले उहाँलाई सुन्नेहरूलाई सबैभन्दा महत्त्वपूर्ण मानिसहरूलाई पनि तिनीहरूले आफ्ना लागि परमेश्वरभन्दा बढी महत्त्वपूर्ण हुन दिनुहुँदैन भनी बताउनका लागि अतिशयोक्तिको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा कुनै पनि मानिसलाई आफ्ना पिता भनी नपुकार” वा “पृथ्वीमा कुनै पनि मानिस तिमीहरूका पिता हो भनेर नभन” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ὁ Πατὴρ ὁ οὐράνιος
यहाँ “पिता” भनेको परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 23:10
μηδὲ κληθῆτε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “साथै, कसैलाई यसो भनेर सम्बोधन गर्न नदेओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ Χριστός
येशूले “ख्रीष्ट” भन्नुहुँदा उहाँले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म, ख्रीष्ट, म नै तिमीहरूका एक मात्र गरु हुँ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 23:11
ὁ…μείζων ὑμῶν
“तिमीहरूका बीचमा भएका सबैभन्दा प्रतिष्ठित मानिस”
ὑμῶν
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र येशूका चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 23:12
ὑψώσει ἑαυτὸν
“आफैँलाई महत्त्वपूर्ण बनाउँछ”
ταπεινωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑψωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रतिष्ठित तुल्याउनुहुनेछ” वा “परमेश्वरले आदर गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 23:13
येशूले स्वर्गको राज्यलाई त्यो कुनै एउटा घर भए झैँ गरी कुरा गर्नुहुन्छ, जसभित्र प्रवेश गर्ने ढोकालाई फरिसीहरूले बाहिरबाट थुनिदिएका छन् ताकि नता तिनीहरू नता अरू कोही त्यस घरभित्र प्रवेश गर्न सकून् । यदि तपाईंले घरको अलङ्कारलाई कायम राख्नुभयो भने, “थुन्नु” र “प्रवेश गर्नु”का सबै प्रयोगहरूलाई परिवर्तन गर्ने कुरालाई पक्का गर्नुहोस् । साथै, “स्वर्गको राज्य” भन्ने शब्दहरू जसले परमेश्वरलाई जनाउँछन, जो स्वर्गमा वास गर्नुहुन्छ, ती मत्तीमा मात्र पाइने कारण, “स्वर्ग”को लागि प्रयोग हुने तपाईंको भाषाको शब्दलाई तपाईंको अनुवादमा प्रयोग गर्ने कोसिस गर्नुहोस् । (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
धार्मिक अगुवाहरूलाई तिनीहरूको पाखण्डीपनको कारण येशूले तिनीहरूलाई हप्काउन सुरु गर्नुहुन्छ ।
οὐαὶ δὲ ὑμῖν
“तिमीहरूका लागि कति धेरै नराम्रो हुने छ !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
κλείετε τὴν Βασιλείαν τῶν Οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων; ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν
येशूले स्वर्गको राज्य, जुन भनेको परमेश्वरले मानिसहरूमाथि शासन गरिरहनुभएको कुरा हो, त्यसको बारेमा त्यो कुनै एउटा घर भए झैँ गरी कुरा गर्नुहुन्छ, जसभित्र प्रवेश गर्ने ढोकालाई फरिसीहरूले बाहिरबाट थुनिदिएका छन् ताकि नता तिनीहरू नता अरू कोही त्यस घरभित्र प्रवेश गर्न सकून् । “स्वर्गको राज्य” भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा मात्र पाइन्छ । यदि सम्भव भएमा, तपाईंको अनुवादमा “स्वर्ग” शब्दलाई राख्नुहोस् । वैकल्पिक अनुवादः “मानिसहरूका लागि स्वर्गको राज्यमा प्रवेश गर्नलाई तिमीहरूले असम्भव बनाइदिन्छौ ... तिमीहरू त्यसभित्र प्रवेश गर्दैनौ ... नता तिमीहरूले प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ” वा “तिमीहरू मानिसहरूलाई स्वर्गमा बस्नुहुने परमेश्वरलाई राजाको रूपमा ग्रहण गर्नबाट रोक्छौ ... तिमीहरू उहाँलाई राजाको रूपमा स्वीकार गर्दैनौ ... र उहाँलाई राजाको रूपमा स्वीकार गर्न लागेकाहरूको लागि त्यसो गर्न तिमीहरूले असम्भव बनाइदिन्छौ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Matthew 23:15
περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν
यो तिनीहरू टाढाटाढासम्म जान्छन् भनी जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “तिमीहरू धेरै टाढाको यात्रा गर्दछौ” (हेर्नुहोस्ः टुक्काहरू)
ποιῆσαι ἕνα προσήλυτον
“एक जना मानिसलाई तिमीहरूको धर्म स्वीकार गर्न लगाउनका लागि”
υἱὸν Γεέννης
यहाँ “छोरो” लक्षणा हो जसको अर्थ “कसैको भएको” हुन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जो नरकको हो” वा “नरकमा जानुपर्ने व्यक्ति” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 23:16
ὁδηγοὶ τυφλοὶ
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् । तपाईंले “अन्धा अगुवाहरू”लाई मत्ती १५:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ἐν τῷ ναῷ, οὐδέν ἐστιν
“मन्दिरको शपथ खाँदा उसले त्यो पालन गर्नुपर्दैन”
ὀφείλει
“आफ्नो शपथले बाँधिन्छ ।” “शपथले बाँधिन्छ” भन्ने वाक्यांश चाहिँ कसैले कुनै शपथमा गर्नेछु भनेर भनेको कुरा त्यसबाट खोजिएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “उसले प्रतिज्ञा गरेको कुरा गर्नैपर्छ” (हेर्नुहोस्ः रूपक)
Matthew 23:17
μωροὶ καὶ τυφλοί!
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् । (हेर्नुहोस्ः रूपक)
τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν?
फरिसीहरूलाई हप्काउनका लागि येशूले प्रश्नहरू प्रयोग गर्नुहुन्छ, किनभने तिनीहरूले मन्दिरभन्दा बढी सुनको महत्त्व भएको कुरा गरे । वैकल्पिक अनुवादः “परमेश्वरलाई सुन चढाएको मन्दिर चाहिँ सुनभन्दा बढी महत्त्वपूर्ण हुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν
“सुनलाई परमेश्वरको मात्र बनाउने मन्दिर”
Matthew 23:18
καί
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिमीहरूले यसो पनि भन्दछौ” (हेर्नुहोस्ः शब्दलोप)
οὐδέν ἐστιν
“आफूले गर्नलाई प्रतिज्ञा गरेको कुरा उसले गर्नुपर्दैन” वा “उसले आफ्नो प्रतिज्ञालाई पूरा गर्नुपर्दैन”
τῷ δώρῳ
यो कुनै व्यक्तिले ल्याएर परमेश्वरको वेदीमा चढाउने जनावर वा अन्न हो ।
ὀφείλει
“आफ्नो शपथले बाँधिन्छ ।” कसैले कुनै शपथमा गर्नेछु भनेर भनेको कुरा त्यसबाट खोजिएको कुरालाई त्यो व्यक्ति शपथले बाँधिए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “उसले प्रतिज्ञा गरेको कुरा गर्नैपर्छ” (हेर्नुहोस्ः रूपक)
Matthew 23:19
τυφλοί
यहूदी अगुवाहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् । (हेर्नुहोस्ः रूपक)
τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον?
फरिसीहरूलाई हप्काउनका लागि येशूले प्रश्नहरू प्रयोग गर्नुहुन्छ, किनभने तिनीहरूले वेदीभन्दा बढी उपहारको महत्त्व भएको कुरा गरे । वैकल्पिक अनुवादः “उपहारलाई पवित्र पार्ने वेदी चाहिँ उपहारभन्दा बढी महत्त्वपूर्ण हुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον
“परमेश्वरको लागि वेदीले नै भेटीलाई विशेष बनाउँछ”
Matthew 23:20
ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ
“मानिसहरूले त्यसमाथि राखेका सबै भेटीहरूद्वारा”
Matthew 23:21
τῷ κατοικοῦντι αὐτόν
परमेश्वर पिता
Matthew 23:22
τῷ καθημένῳ ἐπάνω αὐτοῦ
परमेश्वर पिता
Matthew 23:23
οὐαὶ ὑμῖν…ὑποκριταί!
“त्यो तिमीहरूका लागि कति भयानक हुनेछ ... पाखण्डीहरू !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον
यिनीहरू खानालाई स्वादिलो बनाउनका मानिसहरूले प्रयोग गर्ने विभिन्न पातहरू र बिउहरू हुन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἀφήκατε
“तिमीहरूले आज्ञापालन गरेका छैनौ”
τὰ βαρύτερα
“बढी महत्त्वपूर्ण कुराको मतलब हुन्छ”
ταῦτα δὲ ἔδει ποιῆσαι
“तिमीहरूले यी बढी महत्त्वपूर्ण नियमहरूको पालना गरेको हुनुपर्थ्यो”
κἀκεῖνα μὴ ἀφιέναι
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कम महत्त्व राख्ने नियमहरू पालन गर्दै” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Matthew 23:24
ὁδηγοὶ τυφλοί!
फरिसीहरूको बारेमा वर्णन गर्न येशूले यो अलङ्कारको प्रयोग गर्नुहुन्छ । येशूको भनाइको अर्थ परमेश्वरका आज्ञाहरू वा उहाँलाई कसरी खुशी पार्ने भन्ने कुरा नै फरिसीहरूले बुझ्दैनन् । यसकारण, परमेश्वरलाई कसरी खुशी पार्ने भनी तिनीहरूले अरूलाई सिकाउन सक्दैनन् । तपाईंले यस अलङ्कारलाई मत्ती १५:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες!
कम महत्त्वका नियमहरूलाई पालन गर्न होशियार हुनु र सबैभन्दा महत्त्वपूर्ण नियमहरू पालन गर्न बेवास्ता गर्नु भनेको सबैभन्दा सानो अशुद्ध जनावरलाई ननिल्नको निम्ति होशियार हुनु, तर जानेर वा नजानेर सबैभन्दा ठूलो अशुद्ध जनावरको मासु चाहिँ खानु जत्तिकै मूर्खता हो । वैकल्पिक अनुवादः “तिमीहरू त्यो व्यक्ति जस्तै मूर्ख छौ, जसले आफ्नो पिउने कुराहरूमा परेका भुसुनालाई चाल्दछ, तर उँटलाई चाहिँ निल्दछ” (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)
οἱ διϋλίζοντες τὸν κώνωπα
यसको अर्थ चाहिँ भुसुनालाई पिउने कुराबाट हटाउनका लागि त्यसलाई कुनै कपडाबाट खनाउनु भन्ने हुन्छ ।
κώνωπα
एउटा सानो उड्ने कुरा
Matthew 23:25
οὐαὶ ὑμῖν…ὑποκριταί!
“त्यो तिमीहरूका लागि कति भयानक हुनेछ ... पाखण्डीहरू !” तपाईंले यसलाई मत्ती ११:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
यो अलङ्कार हो, जसको अर्थ शास्त्रीहरू र फरिसीहरू अरूका सामु शुद्ध देखा पर्दछन्, तर भित्रपट्टि तिनीहरू दुष्ट छन् । (हेर्नुहोस्ः रूपक)
γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
“अरूसित भएका थोकहरू तिनीहरू चाहन्छन्, र आफ्नो स्वर्थअनुसार तिनीहरू काम गर्दछन्”
Matthew 23:26
Φαρισαῖε τυφλέ!
फरिसीहरू आत्मिक रूपले अन्धा थिए । तिनीहरूले आफूलाई शिक्षकहरू भएको विचार गरे तापनि, तिनीहरूले परमेश्वरको सत्यता बुझ्न सकेनन् । (हेर्नुहोस्ः रूपक)
καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν
यो अलङ्कार हो, जसको अर्थ यदि तिनीहरू आफ्ना भित्रपट्टि शुद्ध हुन्छन् भने, त्यसको परिणामस्वरूप तिनीहरू बाहिपट्टि पनि शुद्ध हुनेछन् । (हेर्नुहोस्ः रूपक)
Matthew 23:27
παρομοιάζετε τάφοις κεκονιαμένοις…ἀκαθαρσίας
यो उपमा हो जसको अर्थ शास्त्रीहरू र फरिसीहरू बाहिरपट्टि शुद्ध देखा पर्दछन्, तर भित्रपट्टि तिनीहरू दुष्ट छन् । (हेर्नुहोस्ः उपमा)
τάφοις κεκονιαμένοις
“कसैले सेतो रङ् पोतेका चिहानहरू ।” यहूदीहरूले चिहानहरू सेतो रङ् पोत्ने गर्थे, र यसरी मानिसहरूले सजिलै ती देख्न सक्थे र छुनबाट बच्न सक्थे । कुनै मानिसले चिहान छोयो भने अशुद्ध हुने रीतिरिवाज थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 23:29
τῶν δικαίων
यो नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरूका” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 23:30
ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν
“हाम्रा पूर्वजहरूका समयमा”
οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν
“हामी उनीहरूसँग मिल्ने थिएनौँ”
ἐν τῷ αἵματι τῶν προφητῶν
यहाँ “रगत”ले जीवनलाई जनाउँछ । रगत बगाउनुको अर्थ मार्नु हो । वैकल्पिक अनुवादः “मार्ने” वा “हत्या गर्ने” (हेर्नुहोस्ः लक्षणा)
Matthew 23:31
υἱοί ἐστε
यहाँ “छोराहरू”को अर्थ “सन्तानहरू” हुन्छ ।
Matthew 23:32
καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν
येशूले यसलाई अलङ्कारको रूपमा प्रयोग गर्नुहुन्छ, जसको अर्थ फरिसीहरूले ती दुष्ट कार्यहरू पूरा गर्ने छन्, जुन तिनीहरूका पूर्खाहरूले अगमवक्ताहरूका हत्या गरेर सुरु गरेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको कामलाई तिमीहरूले पूरा गर्छौ” (हेर्नुहोस्ः रूपक)
Matthew 23:33
ὄφεις, γεννήματα ἐχιδνῶν
सर्पहरू साँपहरू हुन् र साँभे साँपहरू चाहिँ विषालु सर्पहरू हुन् । तिनीहरू खतरनाक हुन्छन् र प्रायः दुष्टकाका चिन्हहरू हुन् । वैकल्पिक अनुवादः “तिमीहरू खतरनाक र विषालु सर्पहरूजस्तै दुष्ट छौ” (हेर्नुहोस्ः प्रतिरूपी अनि रूपक)
γεννήματα ἐχιδνῶν
यहाँ “सन्तानहरू” को अर्थ “त्यस्तै विशेषता भएका” भन्ने हुन्छ । तपाईंले यस्तै समान वाक्यांशलाई मत्ती ३:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης?
गाली गर्नका लागि येशूले यो प्रश्नलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “नरकको दण्डबाट उम्कनको निम्ति तिमीहरूलाई कुनै पनि उपाय छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 23:34
धार्मिक अगुवाहरूको पाखण्डीपनको कारण येशूले तिनीहरूलाई हप्काउन निरन्तरता दिनुहुन्छ ।
ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς
कसैले चाँडै नै कुनै कुरा गर्नेछन् भन्ने कुरा दर्शाउनका लागि कहिलेकाहीँ वर्तमान् काल क्रियापदका वाक्य प्रयोग हुन्छन् । वैकल्पिक अनुवादः “म अगमवक्ताहरू, बुद्धिमान् मानिसहरू र शास्त्रीहरू तिमीहरूकहाँ चाँडै नै पठाउनेछु”
Matthew 23:35
ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς
तिमीहरूमाथि नै आइपर्नेछ” भन्ने वाक्यांश लक्षणा हो, जसको अर्थ दण्ड पाउने कुरा हो । रगत बगाउने भन्नाले मार्ने अर्थ जनाउने लक्षणा हो, र यसरी “पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत”ले मारिएका धर्मी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै धर्मी मानिसहरूको हत्याका लागि परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः टुक्काहरू अनि लक्षणा)
ἀπὸ τοῦ αἵματος…ἕως τοῦ αἵματος
यहाँ “रगत”ले मारिएको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “हत्यादेखि ... हत्यासम्म” (हेर्नुहोस्ः लक्षणा)
Ἂβελ…Ζαχαρίου
हत्याराको पहिलो शिकार हाबिल थिए, र सम्भवतः जकरियाचाहिँ यहूदीहरूद्वारा मन्दिरमा हत्या गरिएकाहरूमध्ये अन्तिम व्यक्ति थिए भनेर मानिन्छ । यी दुई व्यक्तिहरूले सबै हत्या भएका धर्मी मानिसहरूलाई प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः मेरिज्म)
Ζαχαρίου
यी जकरिया बप्तिस्मा दिने यूहन्नाका पिता थिएनन् ।
ὃν ἐφονεύσατε
येशूले भन्नुहुन्न कि उहाँसँग कुरा गरिराखेका ती मानिसले नै साँचो अर्थमा जकरियालाई मारे । उहाँले भन्नुभएको चाहिँ तिनीहरूका पूर्खाहरूले मारेको हो ।
Matthew 23:36
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
Matthew 23:37
येशूले यरूशलेमका मानिसहरूका लागि शोक गर्नुहुन्छ, किनभने परमेश्वरले तिनीहरूकहाँ पठाउनुभएको हरेक सन्देशवहाकलाई तिनीहरूले इन्कार गरे ।
Ἰερουσαλὴμ, Ἰερουσαλήμ
यरूशलेमका मानिसहरूसँग बोल्नुहुँदा येशूले त्यो सहरसँग नै बोले जस्तै गरी बोल्नुहुन्छ । (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि लक्षणा)
τοὺς ἀπεσταλμένους πρὸς αὐτήν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले तँकहाँ पठाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ τέκνα σου
यरूशलेम एउटी स्त्री र त्यहाँका मानिसहरू चाहिँ तिनका सन्तान भए झैँ गरी येशूले सम्बोधन गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तेरा मानिसहरू” वा “तेरा वासिन्दाहरू” (हेर्नुहोस्ः रूपक)
ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας
यो उपमा हो जसले मानिसहरूप्रतिको येशूको प्रेम र उहाँले कसरी तिनीहरूको हेरविचार गर्न चाहनुहुन्थ्यो भन्ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्ः उपमा)
ὄρνις
पोथी कुखुरा । आफ्नो पखेटामुनि आफ्ना बच्चाहरूको सुरक्षा गर्ने कुनै पनि चरा राखेर तपाईंले अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Matthew 23:38
ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος
“परमेश्वरले तेरो घरलाई छोड्नुहुनेछ, र त्यो रित्तो हुनेछ”
ὁ οἶκος ὑμῶν
सम्भावित अर्थहरू हुन् १) “यरूशलेमको सहर” वा २) “मन्दिर ।” (हेर्नुहोस्ः लक्षणा)
Matthew 23:39
λέγω γὰρ ὑμῖν
यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου!
यहाँ “नाउँमा” अर्थ “शक्तिमा” वा “प्रतिनिधि भएर” भन्ने हुन्छ । तपाईंले यसलाई मत्ती २१:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमप्रभुको शक्तिमा आउने धन्यका हुन्” वा “परमप्रभुको प्रतिनिधि भएर आउने धन्यका हुन्” (हेर्नुहोस्ः लक्षणा)
Matthew 24
मत्ती २४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा, येशूले त्यो बेलादेखि उहाँ फेरि हरेक कुरामाथि राजा भएर दोस्रोपल्ट नआउन्जेलसम्मको भविष्यवाणी गर्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“युगको अन्त्य”
यस अध्यायमा, उहाँका चेलाहरूले येशू फेरि दोस्रोपल्ट कहिले आउनुहुने छ भनेर तिनीहरूले कसरी थाहा पाउने भनी सोधेका प्रश्नको जवाफ दिन सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
नोआको उदाहरण
नोआको समयमा मानिसहरूका पापका लागि तिनीहरूलाई दण्ड दिन परमेश्वरले ठूलो जलप्रलय पठाउनुभयो । यसरी जलप्रलय हुने कुराका बारेमा उहाँले तिनीहरूलाई धेरैपल्ट चेतावनी दिनुभयो, तर त्यो अचानक सुरु भयो । यस अध्यायमा येशूले त्यो जलप्रलय र अन्त्यका दिनको बारेमा तुलना गर्नुहुन्छ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“... गरून्”
यूएलटीले धेरैवाट आदेशात्मक आज्ञा दिनुहुन्छ । जस्तै “यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्” (२४:१६), “घरको छतमा हुने घरबाट कुनै सामान लिन तल नझरोस्” (२४:१७), र “खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् (२४:१८) । आज्ञा बनाउने धेरै विभिन्न तरिका छन् । अनुवाद गर्नेहरूले आफ्नो भाषाको सबैभन्दा स्वभाविक तरिका चुन्नुपर्छ ।
Matthew 24:1
येशू फेरि आउनअगि के हुनेछ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउन सुरुवात गर्नुहुन्छ ।
ἀπὸ τοῦ ἱεροῦ
येशू वास्तविक मन्दिरको भित्र हुनुहुन्नथ्यो । उहाँ मन्दिर वरिपरिको चोकमा हुनुहुन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 24:2
οὐ βλέπετε ταῦτα πάντα?
येशूले चेलाहरूलाई भन्न लाग्नुभएको कुरा तिनीहरूले गहन रूपले विचार गरुन् भनेर उहाँले प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “यी भवनहरूको बारेमा मलाई केही कुरा तिमीहरूलाई भन्न देओ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀμὴν, λέγω ὑμῖν
म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि येशूले जे भन्नुहुन्छ, त्यसमा यसले जोड दिन्छ ।
οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται
यसको अर्थ शत्रुका सेनाले ढुङ्गा भत्काउने छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः जब शत्रुका सेना आउने छन्, तब उनीहरूले यी भवनका हरेक ढुङ्गा भत्काउने छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:3
τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ συντελείας τοῦ αἰῶνος?
यहाँ “तपाईंको आगमन” भनेको येशू आफ्नो शक्तिमा आउने, पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्ने र यो युगको अन्त्य गर्ने कुरा हो । वैकल्पिक अनुवादः तपाईं आउन लाग्नुभएको छ र यो संसारको अन्त हुन लागेको छ भन्ने कुराको चिन्ह के हुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 24:4
βλέπετε μή τις ὑμᾶς πλανήσῃ
यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “होशियार होओ कि कसैले तिमीहरूलाई नछलोस्” (हेर्नुहोस्ः रूपक)
Matthew 24:5
πολλοὶ…ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου
यहाँ “नाउँमा” भन्नाले कसैको “शक्तिमा” वा “प्रतिनिधि भएर” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “धेरै जनाले आफू प्रतिनिधि भएर आएका हौँ भनी घोषणा गर्ने छन्” वा “धेरै जनाले मेरो लागि तिनीहरूले बोल्दै छन् भन्नेछन्” (हेर्नुहोस्ः लक्षणा)
πολλοὺς πλανήσουσιν
यहाँ “तिमीहरूलाई नभड्काओस्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “धेरै मानिसहरूलाई छल्नेछन्” (हेर्नुहोस्ः रूपक)
Matthew 24:6
ὁρᾶτε, μὴ θροεῖσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरूले तिमीहरूलाई विचलित पार्न नदेओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:7
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν
यी दुवैका अर्थ एउटै हो । येशूले जोड दिनुभएको कुराचहिं सबैतिरका मानिसले एकअर्काका विरुद्धमा युद्ध गर्नेछन् । (हेर्नुहोस्ः समान्तरता अनि लक्षणा)
Matthew 24:8
ἀρχὴ ὠδίνων
यसले कुनै स्त्रीले बालक जन्माउन लाग्दा अनुभव गर्ने पीडलाई जनाउँछ । यो अलङ्कारको अर्थ यी युद्ध, अनिकाल र भूकम्पहरूचाहिं यस युगलाई अन्त्यतर्फ डोहोर्याउने घटनाहरूका सुरु मात्रै हुन् । (हेर्नुहोस्ः रूपक)
Matthew 24:9
παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς
“मानिसहरूले तिमीहरूलाई अधिकारीहरूका हातमा सुम्पिदिने छन् जसले तिमीहरूलाई सताउने छन् र मार्नेछन् ।”
ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν
यहाँ “जातिहरू” भन्नाले जातिहरूका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक राष्ट्रका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
διὰ τὸ ὄνομά μου
यहाँ “नाउँ” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले ममाथि विश्वास गरेका हुनाले” (हेर्नुहोस्ः लक्षणा)
Matthew 24:11
ἐγερθήσονται
यहाँ “खडा हुनु” भनेको “स्थापित हुनु”को लागि वाक्पद्धति हो । वैकल्पिक अनुवादः “आउनेछन्” (हेर्नुहोस्ः टुक्काहरू)
καὶ πλανήσουσιν πολλούς
यहाँ “भड्काउनेछन्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र धेरै मानिसहरूलाई छल्नेछन्” (हेर्नुहोस्ः रूपक)
Matthew 24:12
τὸ πληθυνθῆναι τὴν ἀνομίαν
भाववाचन नाउँ “अधर्म” लाई “व्यवस्थाप्रति अनाज्ञाकारी” भनी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाप्रति अनाज्ञाकारिता बढ्नेछ” वा “मानिसहरूले बढीभन्दा बढी परमेश्वरको व्यवस्थामा अनाज्ञाकारी हुनेछन्” (हेर्नुहोस्ः भाववाचक नाम)
ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν
सम्भावित अर्थहरू हुन् १) “धेरै मानिसहरूले अब अरू मानिसहरूलाई प्रेम गर्ने छैनन्” वा २) “धेरै मानिसहरूले अब परमेश्वरलाई प्रेम गर्ने छैनन् ।” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 24:13
ὁ…ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अन्तिम घडीसम्म सहने मानिसलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ δὲ ὑπομείνας
“जो विश्वासयोग्य रहन्छ”
εἰς τέλος
अन्तिम घडी भन्नाले, यसले मानिसको मृत्यु, वा सतावटको अन्य, वा परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुने युगको अन्त्यको समयमध्ये कुनलाई जनाउँछ भनेर स्पष्ट भएको छैन । मुख्य कुरा चाहिँ जबसम्म सहनु आवश्यक हुन्छ, तबसम्म तिनीहरूले सहनै पर्दछ ।
τέλος
“संसारको अन्त्य” वा “युगको अन्त”
Matthew 24:14
κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας
यहाँ “राज्य” भन्नाले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शासनको बारेमा यो सन्देशलाई मानिसहरूले प्रचार गर्नेछन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
πᾶσιν τοῖς ἔθνεσιν
यहाँ “जाति” भन्नाले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै ठाउँका सबै मानिसलाई” (हेर्नुहोस्ः लक्षणा)
Matthew 24:15
τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लाजमर्दो मानिस जसले परमेश्वरका चीजहरूलाई अशुद्ध पार्छ, जसका बारेमा दानिएल अगमवक्ताले लेखेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ ἀναγινώσκων νοείτω
यो येशूले भन्नुभएको कुरा होइन । येशूका यी वचन पढ्नेले सोचुन् र अर्थ लगाउन् भनेर मत्तीले थपेका हुन् ।
Matthew 24:17
ὁ ἐπὶ τοῦ δώματος
येशूले बसोबास गर्नुभएको ठाउँका घरहरूका छत समथर हुन्थे र तिनमाथि मानिसहरू खडा हुन सक्दथे ।
Matthew 24:19
ταῖς ἐν γαστρὶ ἐχούσαις
यो “गर्भवती स्त्रीहरू”लाई जनाउने नम्र शैली हो । (हेर्नुहोस्ः व्यञ्जना)
ἐν ἐκείναις ταῖς ἡμέραις
“त्यो समयमा”
Matthew 24:20
ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν
“तिमीहरू भाग्न नपर्न” वा “तिमीहरू भाग्न दौडिन नपर्न”
χειμῶνος
“चिसो मौसम”
Matthew 24:22
εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ
यसलाई सकारात्मक रूपमा र कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो दुःखपूर्ण समयलाई परमेश्वरले घटाइदिनुभएन भने, हरेक मानिस मर्नेछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
σάρξ
मानिस ।” यहाँ “शरीर” भनेको सबै मानिसहरूलाई जनाउने साहित्यिक शैली हो । (हेर्नुहोस्ः उपलक्षण)
κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो दुःखपूर्ण समयलाई परमेश्वरले घटाउनुहुने छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:23
येशूले आफ्ना चेलाहरूसँग निरन्तर कुरा गर्नुहुन्छ ।
μὴ πιστεύσητε
“तिनीहरूले तिमीहरूलाई भनेका झुटा कुराहरूमाथि विश्वास नगर”
Matthew 24:24
ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς
यहाँ “भड्काउनेछन्” भनेको कसैलाई केही असत्य कुरामा विश्वास गर्नतिर डोहोर्याउने कुरालाई जनाउने अलङ्कार हो । यसलाई छुट्टै वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “छल्न, यदि सम्भव भएमा, चुनिएकालाई पनि” वा “मानिसहरूलाई छल्न ... । यदि सम्भव भएमा, तिनीहरूले चुनिएकालाई पनि छल्नेछन्” (हेर्नुहोस्ः रूपक)
Matthew 24:26
ἐὰν…εἴπωσιν ὑμῖν, ἰδοὺ, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, ख्रीष्ट उजाडस्थानमा हुनुहुन्छ, भन्दछन् भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἰδοὺ, ἐν τοῖς ταμείοις
यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ, भन्दछन् भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἐν τοῖς ταμείοις
“गुप्त कोठा” वा “गुप्ता ठाउँ”
Matthew 24:27
ὥσπερ…ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία
यसको अर्थ मानिसको पुत्र छिट्टै आउनुहुनेछ, र उहाँलाई देख्न सजिलो हुनेछ । (हेर्नुहोस्ः उपमा)
τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 24:28
ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί
यो सम्भवतः येशूको समयका मानिसहरूले बुझ्न सक्ने उखान हो । सम्भावित अर्थहरू हुन् १) जब मानिसका पुत्र आउनुहुनेछ, तब सबैले उहाँलाई देख्नेछन्, र उहाँ आउनुभएको छ भन्ने कुरा थाहा पाउनेछन् वा 2) जहाँ आत्मिक रूपमा मरेका मानिसहरू हुन्छन्, झूटा अगमवक्ताहरू तिनीहरूलाई झूट बोल्न त्यहाँ हुनेछन् । (हेर्नुहोस्ः हितोपदेश)
οἱ ἀετοί
bमरेका वा मर्न लागेका जनावरहरूका सिनोहरू खाने चराहरू
Matthew 24:29
εὐθέως…μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος
“ती दिनहरूको सङ्कष्ट सकिनासाथ, सूर्य”
τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων
“दुःखको समय”
ὁ ἥλιος σκοτισθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सूर्यलाई अँध्यारो बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आकाश र त्यसमाथि भएका कुराहरूलाई हल्लाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:30
τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
πᾶσαι αἱ φυλαὶ
यहाँ “जाति” ले मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै कुलहरूका मानिसहरू” वा “सबै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
Matthew 24:31
ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης
“जब तुरहीको ठूलो आवाज आउने छ, तब उनले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्” वा “जब स्वर्गदूतले तुरही बजाउनेछन्, तब उनले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्”
ἀποστελεῖ…αὐτοῦ
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐπισυνάξουσιν
“उहाँका स्वर्गदूतहरूले भेला गराउनेछन्”
τοὺς ἐκλεκτοὺς αὐτοῦ
ती मानिसहरू जसलाई मानिसका पुत्रले चुन्नुभएको छ ।
ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν
यी दुवैको अर्थ एउटै हो । यी लक्षणा हुन्, जसको अर्थ “हरेक ठाउँबाट” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “संसारभरिका सबै ठाउँबाट” (हेर्नुहोस्ः समान्तरता अनि टुक्काहरू)
Matthew 24:33
ἐγγύς ἐστιν
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरो आउने समय नजिकै छ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐπὶ θύραις
“ढोकाकै छेउमा ।” एक राजा वा महत्त्वपूर्ण अधिकारीले पर्खाल भएको शहरको ढोका नजिक पुगेको चित्रणलाई येशूले प्रयोग गर्नुहुन्छ । यो एक रूपक हो जसको अर्थ हो येशू आउनुहुने समय छिट्टै आउँछ । (हेर्नुहोस्ः रूपक)
Matthew 24:34
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη
यहाँ “बितेर जाने” भनेको चाहिँ नम्र भाषामा मरेर जाने भनेको हो । वैकल्पिक अनुवादः “यो पुस्ताका सबै मर्नेछैनन्” (हेर्नुहोस्ः व्यञ्जना)
ἡ γενεὰ αὕτη
सम्भावित उल्थाहरू हुन् १) “आज जीवित रहेका सबै मानिसहरू”, जसले येशूले बोल्दै गर्नुहुँदा जीवित रहेका मानिसहरूलाई जनाउँछ वा २) “मैले तिमीहरूलाई भर्खरै भनेका यी कुराहरू हुन लाग्दा जीवित रहेका सबै मानिसहरू ।” दुवै उल्थाहरू सम्भव हुने किसिमले अनुवाद गर्न कोसिस गर्नुहोस् ।
ἕως ἂν πάντα ταῦτα γένηται
“परमेश्वरले सबै कुराहरूलाई हुन नलाउनुभएसम्म”
οὐ μὴ παρέλθῃ
“हराउनु” वा “कुनै दिन अस्तित्वमा हुन छोड्नु”
Matthew 24:35
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται
“स्वर्ग” र “पृथ्वी” भन्ने शब्दहरू प्रतिस्थापकीय शब्दहरूहुन् जसले परमेश्वरले रच्नुभएका सबै कुराहरूलाई समावेश गर्छ, विशेषगरी ती कुराहरू जुन सदाकाल रहने देखिन्छन् । येशूले भन्दै हुनुहुन्छ कि उहाँको वचन चाहिँ यी सब कुराहरू जस्तो नभएर सदा रहने खालको छ । वैकल्पिक अनुवादः “स्वर्ग र पृथ्वी समेत बितेर जानेछ” (हेर्नुहोस्ः उपलक्षण)
οἱ…λόγοι μου οὐ μὴ παρέλθωσιν
यहाँ “वचन” ले येशूले भन्नुभएका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “म जे भन्दछु, सो सधैँ सत्य हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Matthew 24:36
τῆς ἡμέρας ἐκείνης καὶ ὥρας
यहाँ “दिन” र “घडी” मानिसको पुत्र फर्केर आउने ठिक समयलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
οὐδὲ ὁ Υἱός
“पुत्रलाई पनि होइन”
Υἱός
यो येशू, परमेश्वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Πατὴρ
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 24:37
ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
“नोआका दिनहरूजस्ता थिए, मानिसका पुत्र फेरि आउने दिन पनि त्यस्तै नै हुनेछ ।”
τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 24:39
καὶ οὐκ ἔγνωσαν
यसलाई छुट्टै वाक्यका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि के हुँदै थियो भनेर मानिसहरूले थाहा पाएनन्”
ἦρεν ἅπαντας; οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
यसलाई छुट्टै वाक्यका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बगायो । मानिसका पुत्र आउँदा पनि त्यस्तै हुने छ”
Matthew 24:40
येशू फर्केर आउनुहुने कुराका लागि तयार रहन उहाँले आफ्ना चेलाहरूलाई भन्न सुरु गर्नुहुन्छ ।
τότε
यो भनेको जब मानिसको पुत्र आउनुहुनेछ ।
εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται
सम्भावित अर्थहरू हुन् १) मानिसको पुत्रले एक जनालाई स्वर्गमा लैजानुहुनेछ, र अर्कोलाई चाहिँ दण्डको निम्ति पृथ्वीमा नै छोड्नुहुनेछ, वा २) स्वर्गदूतहरूले एक जनालाई दण्ड दिनको निम्ति लैजानेछन्, र अर्कोलाई चाहिँ आशिष् दिनको निम्ति छोड्नेछन् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:42
οὖν
“मैले तिमीहरूलाई भर्खर भनेका यी कुराहरू सत्य भएका कारण”
γρηγορεῖτε
“ध्यान देओ”
Matthew 24:43
εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁ κλέπτης
येशूले उहाँ मानिसहरूले आशा नगरेको समयमा आउनुहुनेछ भनेर भन्दै हुनुहुन्छ; उहाँ चोर्नलाई आउनुहुनेछ भन्न खोजिएको होइन । (हेर्नुहोस्ः रूपक)
ἐγρηγόρησεν ἂν
“उसले आफ्नो घरलाई पहरा दिने थियो”
οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले कसैलाई पनि आफ्नो घरभित्र प्रवेश गरेर त्यहाँ भएका कुराहरू चोर्न दिने थिएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:44
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 24:45
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको दृष्टान्त निरन्तर भन्नुहुन्छ ।
τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ?
आफ्ना चेलाहरूलाई सोच्ने बनाउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले, विश्वासयोग्य र बुद्धिमान् नोकर को हो ? ऊ त्यही हो जसलाई उसको मालिकले ... समय ... ।” वा “विश्वासयोग्य र बुद्धिमान् नोकरजस्तो होऔ, जसलाई उसको मालिकले ... समय ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν
“आफ्ना मालिकको घरमा भएका मानिसहरूलाई तिनीहरूका खाना दिनलाई”
Matthew 24:47
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
Matthew 24:48
येशू फेरि आउने कुराका लागि उहाँका चेलाहरू तयार हुनुपर्ने कुरालाई उदाहरणसहित स्पष्ट पार्न उहाँले मालिक र नोकरको बारेमा भन्नुभएको दृष्टान्तलाई अन्त गर्नुहुन्छ । (हेर्नुहोस्ः हितोपदेश)
εἴπῃ…ἐν τῇ καρδίᾳ αὐτοῦ
यहाँ “मनले” दिमागलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको मनमा ... विचार गर्छ” (हेर्नुहोस्ः लक्षणा)
χρονίζει μου ὁ κύριος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो मालिकले फर्किन ढिला गर्नुभएको छ” वा “मेरो मालिक लामै समय फर्किनुहुने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 24:50
ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει
यी दुवै वाक्यका अर्थ एउटै हो । नोकरले मालिक आउँछन् भनी आशा नगरेको बेलामा उनी आउँछन् भनी यी वाक्यले जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
Matthew 24:51
διχοτομήσει αὐτὸν
त्यो मानिसलाई भयानक दुःखमा पार्ने कुरा जनाउने यो लक्षणा हो । (हेर्नुहोस्ः टुक्काहरू)
τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει
“त्यसलाई पाखण्डीहरूसँगै राख्नु” वा “त्यसलाई पाखण्डीहरू पठाइएका ठाउँमा पठाउनु”
ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
यहाँ “दाह्रा किटाइ” भनेको प्रतीकात्मक कार्य हो जसले चरम दुःखभोगलाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “मानिसहरूको तिनीहरूको कष्टको कारण रुनेछन् र दाह्रा किट्नेछन्” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 25
मत्ती २५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले यसअगिको अध्यायको शिक्षालाई निरन्तरता दिन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दश कन्याको दृष्टान्त
आफ्ना चेलाहरू येशूको दोस्रो आगमनका लागि तयार रहून् भन्नका लागि उहाँले दश कन्याको दृष्टान्त (मत्ती 25:1-13) भन्नुभयो । उहाँका श्रोताहरूलाई यहूदी विवाहको प्रथा थाहा भएको हुनाले उनीहरूले यो उखान बुझ्न सके ।
जब यहूदीहरूले मागी विवाहका लागि तयारी गर्दछन्, तब तिनीहरूले हप्तौँ वा महिनौँपछि विवाह गर्ने योजना बनाउँछन् । उचित समयमा, दुलहा आफ्नी दुलहीको घरमा जान्छन्, जहाँ उनलाई दुलहीले पर्खिरहेकी हुन्छिन् । विवाह समारोह आयोजना हुन्छ, र दुलहादुलही दुवै दुलहाको घरमा जान्छन्, जहाँ भोजको आयोजना गरिन्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
Matthew 25:1
उहाँका चेलाहरू उहाँको आगमनको निमित्त तयार हुनुपर्छ भनेर प्रस्ट पार्नका लागि बुद्धिमति र निर्बुद्धि कन्याहरूका विषयमा येशूले एउटा दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὁμοιωθήσεται ἡ Βασιλεία τῶν Οὐρανῶν
यहाँ “स्वर्गको राज्य” भन्नाले परमेश्वरले राजाको रूपमा शासन गर्ने कुरा हो । “स्वर्गको राज्य” भन्ने वाक्यांशलाई मत्तीमा मात्र प्रयोग गरिएको छ । सम्भव भए, तपाईंको अनुवादमा “स्वर्ग” शब्द प्रयोग गर्नुहोस् । तपाईंले यसलाई मत्ती १३:२४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्छ, तब यस्तो हुनेछ” (हेर्नुहोस्ः लक्षणा)
λαμπάδας
यो यीमध्ये हुन सक्छ १) बत्तीहरू वा २) एउटा लौरोको टुप्पोमा एउटा कपडा बाँधेर त्यस कपडालाई तेलले भिजाएर बनाइने चिराक ।
Matthew 25:2
πέντε…ἐξ αὐτῶν
“कन्याहरूमध्ये पाँच जना”
Matthew 25:3
οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον
“तिनीहरूसँग आफ्ना बत्तीमा हालिएको तेल मात्रै थियो”
Matthew 25:5
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको एक नयाँ भाग बताउन थाल्नुहुन्छ ।
χρονίζοντος…τοῦ νυμφίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब दुलहा आउन धेरै समय लिइरहेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐνύσταξαν πᾶσαι
“दशै जना कन्या निन्द्रामा परे”
Matthew 25:6
κραυγὴ γέγονεν
“कसैले चिच्यायो”
Matthew 25:7
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν
“तिनीहरूले आफ्ना बत्तीहरू मिलाए, ताकि ती चम्किलो प्रकारले बलून्”
Matthew 25:8
αἱ…μωραὶ ταῖς φρονίμοις εἶπον
यी नामिक विशेषणलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्बुद्धि कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
αἱ λαμπάδες ἡμῶν σβέννυνται
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “हाम्रा बत्तीहरूको आगो निभ्न लागेका छन्” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 25:10
येशूले दश कन्याहरूको दृष्टान्त भन्न सकाउनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἀπερχομένων δὲ αὐτῶν
“पाँच जना निर्बुद्धि कन्या बाहिर गए”
ἀγοράσαι
बुझेको जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अलि धेरै तेल किन्न” (हेर्नुहोस्ः शब्दलोप)
αἱ ἕτοιμοι
पाँच जना कन्या जससँग फाल्तु तेल थियो
ἐκλείσθη ἡ θύρα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नोकरहरुले ढोका बन्द गरिदिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 25:11
ἄνοιξον ἡμῖν
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रो निम्ति ढोका खोलिदिनुहोस्, ताकि हामी भित्र आउन सकौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 25:12
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
οὐκ οἶδα ὑμᾶς
“तिमीहरू को हौ भन्ने कुरा मलाई थाहा छैन ।” यो दृष्टान्तको अन्त्य हो ।
Matthew 25:13
οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν
यहाँ “दिन” र “घडी”ले ठीक समयलाई जनाउँछ । अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र कति बेला आउने छ भनी ठीक समय तिमीहरूलाई थाहा छैन” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 25:14
येशूका चेलाहरू उहाँको अनुपस्थितिमा विश्वासयोग्य रहनुपर्छ र उहाँको आगमनको लागि तयार हुनुपर्छ भनेर प्रस्ट पार्नका लागि उहाँले विश्वासयोग्य र विश्वासहीन नोकरहरूका बारेमा एउटा दृष्टान्त भन्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ὥσπερ
“यो” शब्दले स्वर्गको राज्यलाई जनाउँछ (मत्ती १३:२४) ।
ἀποδημῶν
“जान तयार भएको” वा “छिट्टै जान लागेको”
παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ
“तिनीहरूलाई आफ्नो सम्पत्तिको हेरविचार गर्ने जिम्मा दिए”
τὰ ὑπάρχοντα αὐτοῦ
“तिनको जायजेथा”
Matthew 25:15
πέντε τάλαντα
“सुनका पाँच सिक्काहरू ।” यसलाई आजको आधुनिक पैसामा अनुवाद नगर्नुहोस् । एक सुनको “सिक्का” बीस वर्षको ज्याला बराबरको मूल्य थियो । यस दृष्टान्तले पाँच, दुई, र एक सिक्कासाथै त्यहाँ संलग्न भएको ठूलो परिमाणको सम्पत्तिलाई तुलना गर्दछ । वैकल्पिक अनुवादः “पाँच झोला सुन” वा, “पाँच झोला सुन, हरेक मोल करिब २० वर्षको ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा)
ᾧ δὲ δύο, ᾧ δὲ ἕν
यहाँ “सिक्का” लाई यसअगिको वाक्यको आधारमा बुझ्नुपर्दछ । वैकल्पिक अनुवादः “अर्कोलाई उनले सुनका दुई सिक्का ... एक सिक्का दिए” वा “अर्कोलाई उनले दुई झोला सुन ... एक झोला सुन दिए” (हेर्नुहोस्ः शब्दलोप)
κατὰ τὴν ἰδίαν δύναμιν
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रत्येक नोकरको सम्पत्तिको व्यवस्थापन गर्न सक्ने सिपअनुसार” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 25:16
ἐκέρδησεν ἄλλα πέντε τάλαντα
“आफ्नो लगानीबाट अर्को पाँच सिक्का कमायो”
Matthew 25:17
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि बाइबलीय पैसा)
ἐκέρδησεν ἄλλα δύο
“अर्को दुई सिक्का कमायो”
Matthew 25:19
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि बाइबलीय पैसा)
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ येशूले कथाको नयाँ भाग बताउन सुरु गर्नुहुन्छ ।
Matthew 25:20
πέντε τάλαντα ἐκέρδησα
“मैले अरू पाँच सिक्का कमाएको छु”
τάλαντα
सुनको एक “सिक्का” मोल बीस वर्षको ज्याला बराबर थियो । यसलाई आधुनिक रुपयाँपैसामा अनुवाद नगर्नुहोस् । तपाईंले यसलाई मत्ती २५:१५ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय पैसा)
Matthew 25:21
εὖ
“तिमीले असल गरेका छौ” वा “तिमीले ठीक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ ।
εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
“खुशीमा सामेल होऊ” भन्ने वाक्यांश लक्षणा हो । साथै, मालिकले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै छन् । वैकल्पिक अनुवादः “आऊ र मसँग खुशी होऊ” (हेर्नुहोस्ः टुक्काहरू अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 25:22
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि बाइबलीय पैसा)
δύο τάλαντα ἐκέρδησα
“मैले अरू दुई सिक्का कमाएको छु”
Matthew 25:23
εὖ
“तिमीले असल गरेका छौ” वा “तिमीले ठीक गरेका छौ ।” तपार्इंको संस्कृतिमा एउटा मालिक (अधिकारमा हुने व्यक्ति) ले आफ्नो नोकर (ऊभन्दा तल रहने व्यक्ति) ले गरेको कामलाई स्वीकार गरेको देखाउनको निम्ति प्रयोग गर्ने कुनै वाक्यांश हुन सक्छ । तपाईंले यसलाई मत्ती २५:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου
“खुशीमा सामेल होऊ” भन्ने वाक्यांश लक्षणा हो । साथै, मालिकले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै छन् । वैकल्पिक अनुवादः “आऊ र मसँग खुशी होऊ ।” तपाईंले यसलाई मत्ती २५:२१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः टुक्काहरू अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 25:24
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि बाइबलीय पैसा)
θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας
“आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ” र “नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ” भन्ने शब्दहरूको मतलब एउटै हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली जम्मा गर्यो । एक निर्दयी व्यापारीको मालिकलाई दोष लगाउनका लागि नोकरले यो अलङ्कार प्रयोग गर्दछ । (हेर्नुहोस्ः समान्तरता अनि रूपक)
οὐ διεσκόρπισας
“बिउ छर्नु ।” यसले हातभरीको बिउलाई माटोमा छर्केर रोप्ने कुरालाई जनाउँछ ।
Matthew 25:25
ἴδε, ἔχεις τὸ σόν
“हेर्नुहोस्, जे तपार्इंको हो त्यो यहाँ छ”
Matthew 25:26
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις
“तँ दुष्ट नोकर होस्, जसले काम गर्न मन गर्दैन । तँलाई थाहा थियो”
θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα
“आफूले नरोपेको ठाउँबाट कटनी गर्छु” र “नछरेको ठाउँबाट फसल निकाल्छु” भन्ने शब्दहरूको मतलब एउटै हो । तिनीहरू एक किसानलाई जनाउँछन् जसले आफूसँग सम्बन्धित नभएको बाली जम्मा गर्यो । तपाईंले यसलाई मत्ती २५:२४ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्, जहाँ नोकरले यी शब्दहरू किसानलाई गाली गर्नका लागि प्रयोग गर्छन् । पाठकले बुझ्नुपर्छ कि किसानले वास्तवमा नै आफू अरूहरूले रोपेका कुराहरूलाई जम्मा गर्दथे भनेर स्वीकार गरिरहेका थिए तर उनले भन्दैछन् कि त्यसो गर्दा पनि उनी ठीक छन् । (हेर्नुहोस्ः समान्तरता अनि रूपक)
Matthew 25:27
ἐκομισάμην ἂν τὸ ἐμὸν
बुझेको जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले मेरो आफ्नो पैसा फिर्ता पाउने थिएँ” (हेर्नुहोस्ः शब्दलोप)
τόκῳ
मालिकको पैसा अस्थाइ रूपमा प्रयोग गरे बापत साहुकारले तिर्ने शुल्क
Matthew 25:28
नोकर र सिक्काको दृष्टान्त भन्ने कुरालाई येशूले अन्त्य गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि बाइबलीय पैसा)
ἄρατε…τὸ τάλαντον
मालिकले अरु नोकरलाई अह्राउँदै छन् ।
τὸ τάλαντον
सुनको एक “सिक्का” मोल बिस वर्षको ज्याला बराबर थियो । यसलाई आधुनिक रुपयाँपैसामा अनुवाद नगर्नुहोस् । तपाईंले यसलाई मत्ती २५:१५ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय पैसा)
Matthew 25:29
τῷ…ἔχοντι
यसको अर्थ हुन्छ, जुन मानिससँग कुनै कुरा भने, त्यो कुरालाई बुद्धिमानीसाथ प्रयोग पनि गर्दछ । वैकल्पिक अनुवादः “जसले आफूसित भएका कुरालाई राम्रोसँग प्रयोग गर्दछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ περισσευθήσεται
“अझ धैरै बढी”
τοῦ δὲ μὴ ἔχοντος
यसको अर्थ हुन्छ, मानिससँग कुनै कुरा छ तर उसले त्यो बुद्धिमानीसाथ प्रयोग गर्दैन । वैकल्पिक अनुवादः “जसले आफूसित भएका कुरालाई राम्रोसँग प्रयोग गर्दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀρθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले खोस्नुहुने छ” वा “म खोस्ने छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 25:30
τὸ σκότος τὸ ἐξώτερον
यहाँ “बाहिरी अन्धकार” भनेको परमेश्वरले उहाँलाई इन्कार गर्ने मानिसहरूलाई पठाउनुहुने स्थानको लागि प्रतिस्थापन शब्द हो । यो त्यो स्थान हो जुन परमेश्वरबाट सदाको लागि अलग गरिएको हुन्छ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरबाट टाढा रहेको अँध्यारो स्थान” (हेर्नुहोस्ः लक्षणा)
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
“दाह्रा किटाइ” भनेको प्रतीकात्मक कार्य हो जसले चरम निराशा र दुःखभोगलाई जनाउँछ । तपाईंले यसलाई मत्ती ८:१२ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “रुँदै र तिनीहरूको चरम कष्टलाई व्यक्त गर्दै” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 25:31
अन्त्यको दिनमा येशू दोस्रोपल्ट आउनुहुँदा, उहाँले कसरी मानिसहरूको न्याय गर्नुहुने छ उहाँले आफ्ना चेलाहरूलाई भन्न सुरु गर्नुहुन्छ ।
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 25:32
καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले सबै जातिहरूलाई उहाँको सामुन्ने भेला गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔμπροσθεν αὐτοῦ
“उहाँको अगाडि”
πάντα τὰ ἔθνη
यहाँ “जातिहरू”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै देशका सबै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων
येशूले कसरी मानिसहरूलाई छुट्ट्याउनुहुनेछ भनी वर्णन गर्न उहाँले उपमाको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः उपमा)
Matthew 25:33
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων
यो अलङ्कार हो, जसको अर्थ मानिसको पुत्रले सारा मानिसलाई अलग गर्नुहुनेछ । उहाँले धर्मी मानिसलाई आफ्नो दायाँ हातपट्टि र पापीहरूलाई आफ्नो बायाँ हातपट्टि राख्नुहुनेछ । (हेर्नुहोस्ः रूपक)
Matthew 25:34
ὁ Βασιλεὺς…αὐτοῦ
यहाँ, “राजा” भनेको मानिसको पुत्रको लागि अर्को नाउँ हो । येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, राजाले ... मेरो दायाँ हातपट्टि” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आओ, तिमीहरू जसलाई मेरो पिताले आशिष् दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ Πατρός μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका निम्ति तयार पार्नुभएको राज्यमाथि अधिकार गर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν
यहाँ “राज्य” ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको शासनको आशिष् ग्रहण गर्नु, जुन उहाँले हामीलाई दिने योजना गर्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
ἀπὸ καταβολῆς κόσμου
“उहाँले सर्वप्रथम यस संसारको सृष्टि गर्नुभएको समयदेखि”
Matthew 25:37
οἱ δίκαιοι
यसलाई विशेषणको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἢ διψῶντα
बुझ्ने सक्ने जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अथवा हामीले कहिले तपाईंलाई तिर्खाउनुभएको देख्यौँ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 25:38
ἢ γυμνὸν
यो पद ३७ बाट सुरु भएका प्रश्नहरूको श्रृङ्खलाको अन्त्य हो । बुझिएको जानकारी स्पष्ट रूपमा भन्न सकिन्छ । वैकल्पिक अनुवादः “अथवा कहिले हामीले तपाईंलाई नाङ्गो देख्यौँ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 25:40
ὁ Βασιλεὺς
यो मानिसको पुत्रको अर्को नाउँ हो । येशूले तृतीय पुरुषमा आफ्नै बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐρεῖ αὐτοῖς
“उहाँको दाहिने हातपट्टिकाहरूलाई भन्नेछन्”
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ἑνὶ…τῶν ἐλαχίστων
“सबैभन्दा कम महत्त्वपूर्णमध्ये एकलाई”
τούτων τῶν ἀδελφῶν μου
यहाँ “भाइहरू” ले राजाको आज्ञापालन गर्ने कुनै पुरुष वा स्त्री दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ मेरा भाइहरू र बहिनीहरूलाई” वा “मेरा भाइहरू र बहिनीहरूजस्तै मानिसहरूलाई” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἐμοὶ ἐποιήσατε
“त्यो तिमीहरूले मेरो निम्ति गरेको म मान्नेछु”
Matthew 25:41
τότε ἐρεῖ καὶ
“त्यसपछि राजाले ।” येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोल्दै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
κατηραμένοι
“तिमीहरू जसलाई परमेश्वरले श्राप दिनुभएको छ”
τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनन्तको आगो जुन परमेश्वरले तयार पार्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῖς ἀγγέλοις αὐτοῦ
उहाँका सहयोगीहरू
Matthew 25:43
γυμνὸς καὶ οὐ περιεβάλετέ με
यहाँ “थिए” पछि “नाङ्गो” प्रयोग भएको बुझिन्छ । वैकल्पिक अनुवादः “म नाङो थिएँ, “तिमीहरूले मलाई कपडाहरू दिएनौ” (हेर्नुहोस्ः शब्दलोप)
ἀσθενὴς καὶ ἐν φυλακῇ
यहाँ “थिए” पछि “बिरामी” प्रयोग भएको बुझिन्छ वैकल्पिक अनुवादः “म बिरामी थिएँ र झ्यालखानामा पनि थिएँ ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 25:44
यो मत्ती २३:१ मा मा सुरु भएको कथाको आखिरी भाग हो, जहाँ येशूले उद्धार र अन्तिम न्यायको बारेमा शिक्षा दिनुहुन्छ ।
यस युगको अन्तमा येशूले कसरी मानिसहरूको न्याय गर्नुहुनेछ भन्ने कुरा उहाँले आफ्ना चेलाहरूलाई यस खण्डमा बताउन टुङ्ग्याउनुहुन्छ ।
ἀποκριθήσονται καὶ αὐτοὶ
“उहाँको देब्रेपट्टि भएकाहरूले पनि जवाफ दिनेछन्”
Matthew 25:45
ἑνὶ τούτων τῶν ἐλαχίστων
“मेरा मानिसहरूमा सबैभन्दा कम महत्त्वकाहरूमध्ये कुनै एक जनालाई पनि”
οὐδὲ ἐμοὶ ἐποιήσατε.
“त्यो तिमीहरूले मेरो निम्ति नगरेको म मान्नेछु” वा “वास्तवमा त्यो म नै थिएँ जसलाई तिमीहरूले सहायता गरेनौ”
Matthew 25:46
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον
“राजाले यिनीहरू त्यस्तो ठाउँमा पठाउने छन्, जहाँ यिनीहरूले कहिल्यै नसकिने दण्ड पाउनेछन्”
οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον
बुझेको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर राजाले धर्मीहरूलाई चाहिँ त्यस्तो ठाउँमा पठाउनुहुनेछ, जहाँ तिनीहरूले सदासर्वदा परमेश्वरको साथमा बस्न पाउनेछन्” (हेर्नुहोस्ः शब्दलोप)
οἱ…δίκαιοι
यो नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 26
मत्ती २६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २६:३१ मा भएको कवितसासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
भेडाहरू
इस्राएलका मानिसहरूलाई जनाउनका लागि धर्मशास्त्रमा भेडा एउटा समान्य बिम्ब हो । तापनि मत्ती २६:३१ मा येशूले “भेड” शब्द आफ्ना चेलाहरूका लागि प्रयोग गर्नुभयो र उहाँलाई गिरफ्तार गरिँदा उनीहरू भाग्नेछन् भन्नुभयो ।
निस्तारचाड
निस्तारचाड त्यो पर्व हो, जति बेला परमेश्वरले मिश्रीहरूका जेठा छोराहरूलाई मार्नुभएको, तर इस्राएलीहरूलाई “निस्तार” अर्थात् छुटकारा दिनुभएको र तिनीहरूलाई बचाउनुभएको सम्झना गर्न यहूदीहरूले उत्सव मनाउँदछन् ।
देह र रगत खाने
यो मत्ती २६:२६-२८ खण्डले येशूले आफ्ना चेलाहरूका साथमा अन्तिपटक भोजन गर्नुभएको कुराको वर्णन गर्दछ । यस बेला, येशूले चेलाहरूलाई भन्नुभयो, कि तिनीहरूले जे खाइरहेका र पिइरहेका थिए, सो उहाँको देह र रगत थियो । करिब सबैजसो ख्रीष्टिएन मण्डलीले यो भोजको सम्झना गर्नका लागि “प्रभुभोज”, “युखारिस्ट”, वा “पवित्र “प्रभुभोज”, को आयोजना गर्दछ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
येशूलाई यहूदाको चुम्बन
यहाँ मत्ती २६:४९ ले यहूदाले कसरी येशूलाई चुम्बन गर्यो, र यसरी सिपाहीहरूले गिरफ्तार गर्न उहाँलाई चिने, सो कुरा लेखिएको छ । यहूदीहरूले एकअर्कालाई अभिवादन गर्दा उनीहरूले एकअर्कालाई चुम्बन गर्दथे ।
“म परमेश्वरको मन्दिर नष्ट पार्न सक्षम छु”
दुई जना मानिसले येशूलाई (मत्ती २६:६१) मा यसो भनेर दोष लगाए, कि उहाँले यरूशलेमको मन्दिरलाई नष्ट पार्नुहुन्छ र त्यसपछि “तीन दिनमा” फेरि बनाउनुहुन्छ । परमेश्वरले उहाँलाई मन्दिर नष्ट पार्ने र फेरि बनाउने अधिकार दिनुभएको छ भनी उहाँले दाबी गरेर उहाँले परमेश्वरको अपमान गरेको भनी तिनीहरूले उहाँलाई दोष लगाए । उहाँले सँच्चै भन्नुभएको चाहिँ यो थियो, यदि यहूदी अधिकारीहरूले त्यो मन्दिरलाई भत्काइदिन्छन् भने, उहाँले निश्चय पनि त्यसलाई तीन दिनमा खडा गरिदिनुहुने छ (यूहन्ना २:१९) ।
Matthew 26:1
यो कथाको नयाँ भागको सुरुवात हो जसले येशूको क्रूसमा मृत्यु, मृत्यु र पुनरुत्थानको बारेमा बताउँदछ । येशूले आफ्ना चेलाहरूलाई उहाँले कसरी कष्ट भोग्नुपर्नेछ र मर्नुहुनेछ भनेर यस खण्डमा बताउन सुरुवात गर्नुहुन्छ ।
καὶ ἐγένετο ὅτε
“त्यसपश्चात” वा “तब, त्यसपछि ।” यो वाक्यांशले कथालाई येशूको शिक्षादेखि पछि के भयो, सो कुरा पुर्याउँदछ ।
πάντας τοὺς λόγους τούτους
यसले मत्ती २४:३ मा सुरु गरेर येशूले सिकाउनुभएका सबै कुराहरूलाई जनाउँछ ।
Matthew 26:2
ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले मानिसका पुत्रलाई अरू मानिसहरूका हातमा सुम्पनेछन् जसले उहाँलाई क्रूसमा टाँग्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Matthew 26:3
यी पदहरूले येशूलाई गिरफ्तार गर्ने र मार्ने यहूदी अगुवाहरूको योजनाको बारेमा पृष्ठभूमि जानकारी प्रदान गर्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
συνήχθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकसाथ आए” वा “एकसाथ भेटघाट गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:4
δόλῳ
“येशूलाई गुप्त रूपले”
Matthew 26:5
μὴ ἐν τῇ ἑορτῇ
अगुवाहरूले जे कुरा चाडको समयमा गर्न चाहँदैनथे, सो कुरालाई अझ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी चाडको समयमा येशूलाई मार्नेछैनौ” (हेर्नुहोस्ः शब्दलोप)
ἐν τῇ ἑορτῇ
यो हरेक वर्षको निस्तारको चाड हो ।
Matthew 26:6
यस खण्डले एउटी स्त्रीले येशूको मृत्यु हुनअगि उहाँको शिरमा तेल खन्याएकी कुराको विवरण सुरु गर्छ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
Σίμωνος τοῦ λεπροῦ
यसको अर्थ यो मानिसको कुष्ठरोगलाई येशूले निको पार्नुभएको थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 26:7
ἀνακειμένου
“येशू कोल्टे परेर बसिरहनुभएको थियो ।” मानिसहरू प्रायः खाना खाने समयमा बस्ने आसनलाई व्याख्या गर्ने तपार्इंको भाषाको शब्दलाई तपार्इंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
προσῆλθεν αὐτῷ γυνὴ
“एउटी स्त्री येशूकहाँ आई”
ἀλάβαστρον
नरम ढुङ्गाबाट बनेको एउटा भाँडो जुन किन्नलाई धेरै महँगो पर्दछ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
μύρου βαρυτίμου
सुगन्धित वासना आउने तेल
κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
येशूको आदर गर्न ती स्त्रीले यसो गरेकी हुन् ।
Matthew 26:8
εἰς τί ἡ ἀπώλεια αὕτη?
ती स्त्रीले गरेको कामले गर्दा रीस उठेर चेलाहरूले यो प्रश्न सोध्दछन् । वैकल्पिक अनुवादः “यस अत्तरको नोक्सान गरेर यस स्त्रीले खराब काम गरेकी छे !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 26:9
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले यसलाई धेरै मूल्यमा बेच्न र त्यो रकम दिन सक्थिन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πτωχοῖς
यहाँ “गरिबहरू”लाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “गरिब मानिसहरूलाई” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 26:10
τί κόπους παρέχετε τῇ γυναικί?
येशूले आफ्ना चेलाहरूलाई हप्काउन यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले यी स्त्रीलाई कष्ट नदेओ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
παρέχετε
“तिमीहरू” जति सबै वहुवचन हुन् र चेलाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 26:11
τοὺς πτωχοὺς
यसलाई विशेषणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “poor people” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Matthew 26:12
τὸ μύρον
यो सुवासना दिने तेल हो । तपाईंले यसलाई मत्ती २६:७ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 26:13
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँजहाँ मानिसहरूले यो सुसमाचार प्रचार गर्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी स्त्रीले जे काम गरेकी गरेकी छिन्, सो तिनीहरूले याद गर्नेछन् र यिनको बारेमा अरुलाई भन्नेछन्” वा “यस स्त्रीले के गरिन् भनेर मानिसहरूले सम्झना गर्नेछन् र अरूहरूलाई उनको बारेमा बताउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:14
यहूदा इस्करियोत येशूलाई पक्रन र मार्नको निम्ति यहूदी अगुवाहरूलाई सहायता गर्न सहमत हुन्छ ।
Matthew 26:15
κἀγὼ ὑμῖν παραδώσω αὐτόν
“येशूलाई तपार्इंहरूकहाँ ल्याउन”
τριάκοντα ἀργύρια
पुरानो करारको अगमवाणीमा यी नै शब्दहरूको प्रयोग गरिएको हुँदा, यसलाई आधुनिक पैसामा परिवर्तन गर्नुभन्दा यिनै शब्दहरूलाई नै यहाँ राख्नुहोस् ।
τριάκοντα ἀργύρια
“तीस सिक्काहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 26:16
ἵνα αὐτὸν παραδῷ
“उहाँलाई तिनीहरूको हातमा दिन”
Matthew 26:17
यसले येशूले आफ्ना चेलाहरूका साथमा निस्तारचाडको उत्सव मनाउनुभएको कुराको वर्णन गर्दछ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
Matthew 26:18
ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν; πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.
यसमा उद्धरणहरूभित्र उद्धरणहरू रहेका छन् । तपाईंले प्रत्यक्ष उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्ना चेलाहरूलाई सहरभित्र कुनै एक जना व्यक्तिकहाँ गएर गुरुज्यूले यस्तो भन्नुहुन्छ भनेर बताइदिनू भनेर भन्नुभयो, ‘मेरो समय नजिकै आएको छ । म मेरा चेलाहरूसँग निस्तार-चाड तिम्रो घरमा मनाउनेछु ।’” वा “उहाँले आफ्ना चेलाहरूलाई सहरभित्र कुनै एक जना व्यक्तिकहाँ गएर गुरुज्यूले उहाँको समय नजिकै आएको छ र उहाँले आफ्ना चेलाहरूसँग निस्तार-चाड त्यस व्यक्तिको घरमा मनाउनुहुनेछ भनेर त्यस व्यक्तिलाई बताइदिनू भनेर भन्नुभयो ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ὁ καιρός μου
सम्भावित अर्थहरू हुन् १) “त्यो समय, जसको बारेमा मैले तिमीहरूलाई भनेको थिएँ” वा २) “त्यो समय, जुन परमेश्वरले मेरो निम्ति राखिदिनुभएको छ ।”
ἐγγύς ἐστιν
सम्भावित अर्थहरू हुन् १) “नजिकै छ” वा २) “आएको छ ।” (हेर्नुहोस्ः टुक्काहरू)
ποιῶ τὸ Πάσχα
“निस्तार-चाडको खाना खानु” वा “विशेष खाना खाएर निस्तार-चाड मनाउनु”
Matthew 26:20
ἀνέκειτο
तपाईंको समाजमा मानिसहरू खाना खाने समयमा प्रायः बस्ने आसनलाई जनाउने शब्दलाई यहाँ प्रयोग गर्नुहोस् ।
Matthew 26:21
ἀμὴν, λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
Matthew 26:22
μήτι ἐγώ εἰμι, Κύριε?
“निश्चय नै त्यो म होइनँ, के म हुँ, प्रभु ?” सम्भावित अर्थहरू हुन् १) प्रेरितहरूले येशूलाई धोका दिने छैनन् भनी तिनीहरूलाई थाहा भएका हुनाले यो एउटा आलङ्कारिक प्रश्न हो । वैकल्पिक अनुवादः “प्रभु, म तपाईंलाई कहिल्यै पनि धोका दिनेछैन् !” वा २) येशूले भन्नुभएको वाक्यले शायद तिनीहरूलाई दुःखी तुल्याएको अथवा अलमल्याएको हुनाले यो साँच्चै प्रश्न नै थियो । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 26:24
ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ὑπάγει
यहाँ “जानुपर्छ” शब्दले नम्र भाषामा मृत्युलाई भनेको हो । वैकल्पिक अनुवादः “ऊ आफ्नो मृत्युमा जानेछ” वा “मर्नेछ” (हेर्नुहोस्ः व्यञ्जना)
καθὼς γέγραπται περὶ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले उनको बारेमा धर्मशास्त्रमा जसरी लेखे”” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो मानिस जसले मानिसका पुत्रलाई धोका दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:25
μήτι ἐγώ εἰμι, Ῥαββεί?
“रब्बी, के तपाईंलाई धोका दिनै म हुँ?” शादय यहूदाले येशूलाई धोका दिने कुरा इन्कार गर्नका लागि उसले यो आलङ्करिक प्रश्नको प्रयोग गरेको हुनुपर्छ । वैकल्पिक अनुवादः “रब्बी, तपाईंलाई धोका दिने निश्चय पनि म होइन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
σὺ εἶπας
यो लक्षणा हो, जुन येशूले “हो” भन्न प्रयोग गर्नुहुन्छ, तर उहाँले भन्न खोजेको पूर्ण रूपमा प्रष्ट पनि हुँदैन । वैकल्पिक अनुवादः “तिमीले भनिरहेका छौ” वा “तिमीले स्वीकार गरिरहेका छौ” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 26:26
येशूले आफ्ना चेलाहरूका साथमा निस्तार चाडको उत्सव मनाउनुहुँदा उहाँले प्रभुभोजको स्थापना गर्नुभयो ।
λαβὼν…εὐλογήσας ἔκλασεν
तपार्इंले यी शब्दहरूलाई मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
Matthew 26:27
“लिनुभयो”लाई तपाईंले मत्ती १४:१९ मा जसरी अनुवाद गर्नुभएको थियो, त्यसरी नै अनुवाद गर्नुहोस् ।
ποτήριον
यहाँ “कचौरा” भन्नाले कचौरा र त्यसमा भएको दाखमद्यलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἔδωκεν αὐτοῖς
“त्यो चेलाहरूलाई दिनुभयो”
πίετε ἐξ αὐτοῦ
“यस कचौराबाट दाखमद्य पिओ”
Matthew 26:28
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου
“किनभने यो दाखमद्य मेरो रगत हो”
τὸ αἷμά…τῆς διαθήκης
“त्यो रगत जसले करार प्रभावकारी भइरहेको छ भन्ने कुरा देखाउँछ” वा “त्यो रगत जसले करारलाई सम्भव बनाउँछ”
ἐκχυννόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो शरीरबाट छिट्टै बहनेछ” वा “जब म मर्छु, मेरा घाउहरूबाट बहनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:29
λέγω…ὑμῖν
यसले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
τοῦ γενήματος τῆς ἀμπέλου
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “दाखमद्य” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου
यहाँ “राज्य”ले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब मेरा पिताले पृथ्वीमा उहाँको राज्य स्थापना गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Πατρός μου
यो परमेश्वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 26:30
पद ३१ मा, अगमवाणी पूरा होस् भनेर नै येशूका सबै चेलाले उहाँलाई छाडेर जानेछन् भनी दर्शाउनका लागि उहाँले जकरिया अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।
येशू र उहाँका चेलाहरू जैतून डाँडामा जाँदै गर्नुहुँदा उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिने कामलाई निरन्तरता दिनुहुन्छ ।
καὶ ὑμνήσαντες
परमेश्वरलाई प्रशंसाको एउटा गीत
Matthew 26:31
σκανδαλισθήσεσθε ἐν ἐμοὶ
“मलाई छोड्नेछौ”
γέγραπται γάρ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने जकरिया अगमवक्ताले धेरै समय पहिले धर्मशास्त्रमा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πατάξω
यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ । यसको अर्थ परमेश्वरले नै येशूलाई हानि पुर्याउने वा मार्ने अनुमति मानिसहरूलाई दिनुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸν ποιμένα…τὰ πρόβατα τῆς ποίμνης
यी येशू र चेलाहरूलाई जनाउने अलङ्कारहरू हुन् । (हेर्नुहोस्ः रूपक)
διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बथानका सबै भेडालाई तितरबितर पार्नेछन्” वा “बथानका सबै भेडा चारै दिशातर्फ दौडनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:32
μετὰ…τὸ ἐγερθῆναί με
यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई उठाउनुभएपछि” वा “परमेश्वरले मलाई जीवनमा फिर्ता ल्याउनुभएपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
Matthew 26:33
σκανδαλισθήσονται
तपाईंले यसलाई मत्ती २६:३१ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् ।
Matthew 26:34
ἀμὴν, λέγω σοι
“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्नुहुने कुरामा जोड थप्छ ।
πρὶν ἀλέκτορα φωνῆσαι
भालेहरू प्रायः घाम उदाउने समयमा बास्छन्, त्यसैले सुन्नेहरूले यी शब्दहरूलाई घाम उदाउने कुराको लागि भएको प्रतिस्थापन शब्दको रूपमा बुझेका हुन सक्छन् । तापनि, भाले साँच्चिकै बासेको कुरा पनि पछि कथाको एउटा महत्त्वपूर्ण भाग हो, त्यसैले “भाले” शब्दलाई तपाईंको अनुवादमा राख्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
ἀλέκτορα
एउटा नर जातको कुखुरा जसले सूर्य उदाउन लागेको समयमा जोडले कराउँछ
φωνῆσαι
यो चाहिँ भालेले ठूलो स्वरले कराउँदा गर्ने कुरालाई जनाउने चलेको नेपाली शब्द हो ।
τρὶς ἀπαρνήσῃ με
“तिमी मेरा चेला होइनौ भनेर तिमीले तीनपल्टसम्म भन्नेछौ”
Matthew 26:36
येशूले गेतसमनीको बगैँचामा प्रार्थना गरिरहनुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
Matthew 26:37
ἤρξατο λυπεῖσθαι
“उहाँ धेरै निराश हुनुभयो”
Matthew 26:38
περίλυπός ἐστιν ἡ ψυχή μου
यहाँ “प्राण”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “म धेरै निराश छु” (हेर्नुहोस्ः उपलक्षण)
ἕως θανάτου
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “र म मर्न सक्छु जस्तो मलाई लाग्छ” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 26:39
ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ
उहाँले प्रार्थना गर्नको निम्ति आफ्नो मुहारलाई जानाजान जमिनतर्फ झुकाउनुभयो । (हेर्नुहोस्ः टुक्काहरू)
Πάτερ μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई देखाउँदछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο
येशूले क्रूसमा मर्नुपर्ने कुरा समेत गरेर, उहाँले गर्नैपर्ने कुराहरू चाहिँ एक तीतो पेय पदार्थ भए झैँ गरी बताउनुहुन्छ जुन परमेश्वरले उहाँलाई एउटा कचौराबाट पिउनका लागि अह्राउनुभएको छ । “कचौरा” शब्द चाहिँ नयाँ करारमा एउटा महत्त्वपूर्ण शब्द हो, त्यसैले त्यससँग मिल्ने खालको शब्दलाई तपाईंको अनुवादमा प्रयोग गर्ने कोसिस गर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
τὸ ποτήριον τοῦτο
यहाँ “कचौरा” शब्द लक्षणा हो जसले कचौरा र त्यसमा हुने कुरालाई जनाउँछ । कचौरामा भएको कुरा येशूले सहनुपर्ने दुःखकष्टलाई जनाउने अलङ्कार हो । येशूले, दुःख र मृत्यु जुन उहाँले चाँडै भोग्नुपर्ने छ भनी उहाँलाई थाहा छ, सम्भव भए, उहाँले त्यो भोग्नु नपरोस् भनी पितासँग बिन्ती गरिरहनुभएको छ । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ
यसलाई पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म जे इच्छा गर्दछु, सो नगर्नुहोस्, तर तपाईं जे इच्छा गर्नुहुन्छ, सो गर्नुहोस्” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 26:40
λέγει τῷ Πέτρῳ, οὕτως οὐκ ἰσχύσατε…γρηγορῆσαι
येशूले पत्रुससँग कुरा गर्नुभए तापनि, “तिमीहरू” शब्द बहुवचन हो र यसले पत्रुस, याकूब र यूहन्नालाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ?
पत्रुस, याकूब र यूहन्नालाई हप्काउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू एक घण्टा पनि मसँग जागा रहन नसकेकोमा मलाई खिन्नता हुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 26:41
μὴ εἰσέλθητε εἰς πειρασμόν
यहाँ भाववाचक नाउँ “परीक्षा”लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई पाप गर्ने परीक्षामा नपारोस्” (हेर्नुहोस्ः भाववाचक नाम)
τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής
यहाँ “आत्मा” लक्षणा हो, र यसले मानिसको असल गर्ने इच्छाहरूलाई जनाउँछ । अनि “शरीर” भन्नाले व्यक्तिको शरीरको खाँचोहरू र इच्छाहरूलाई जनाउँछ । येशूको भनाइको अर्थ, चेलाहरूसँग परमेश्वरको इच्छा पूरा गर्ने इच्छा भएको हुन सक्छ, तर मानव रूपमा भने तिनीहरू कमजोर छन् र धेरैपटक असफल हुन्छन् । (हेर्नुहोस्ः लक्षणा अनि उपलक्षण)
Matthew 26:42
ἀπελθὼν
“येशू जानुभयो”
ἐκ δευτέρου
पहिलो पटकको कुरालाई मत्ती २६:३९ मा वर्णन गरिएको छ । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Πάτερ μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω
“यदि यो जानका लागि एउटै उपाय भनेको मैले पिउनु हो भने ।” येशूले आफूले गर्नुपर्ने कामको विषयमा त्यो कुनै तीतो पेय पदार्थ भए झैँ गरी बताउनुहुन्छ जुन पिउनलाई परमेश्वरले उहाँलाई आदेश दिनुभएको छ । (हेर्नुहोस्ः रूपक)
εἰ…τοῦτο
यहाँ “यो” शब्दले कचौरा र त्यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
ἐὰν μὴ αὐτὸ πίω
“जबसम्म म यसबाट पिउँदिन” वा “जबसम्म म यो कष्टको कचौराबाट पिउँदिन ।” यहाँ “यो” शब्दले कचौरा र त्यसमा भएको कुरालाई जनाउँछ, जुन मत्ती २६:३९ मा जस्तै गरी दुःखभोगको लागि अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
γενηθήτω τὸ θέλημά σου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईं जे चाहानुहुन्छ, सो पूरा होस्” वा “जे गर्न तपाईं चाहनुहुन्छ सो गर्नुहोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:43
ἦσαν…αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई धेरै निद्रा लागेको थियो” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 26:44
ἐκ τρίτου
पहिलो पटकको कुरालाई मत्ती २६:३९ मा वर्णन गरिएको छ । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Matthew 26:45
καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε?
चेलाहरू सुतिरहेका हुनाले तिनीहरूलाई हप्काउनका लागि येशूले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू अझै सुतिरहेका र आराम गरिरहेका हुनाले मलाई खिन्नता हुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἤγγικεν ἡ ὥρα
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “त्यो समय आइसकेको छ” (हेर्नुहोस्ः टुक्काहरू)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसको पुत्रलाई धोका दिँदैछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफैँलाई जनाउँदै हुनुहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν
यहाँ “हातमा” शब्दले शक्ति वा अधीनतालाई जनाउँछ । वैकल्पिक अनुवादः “पापीहरूका शक्तिमा सुम्पिइएको” वा “धोका दिइएको ताकि पापीहरूले उहाँमाथि शक्ति पाउन सकून्” (हेर्नुहोस्ः लक्षणा)
ἰδοὺ
“मैले तिमीहरूलाई जे भन्न गइरहेको छु, त्यसमा ध्यान लगाओ”
Matthew 26:47
यहूदाले येशूलाई धोका दिएको र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गरेको कथा यहाँबाट सुरु हुन्छ ।
καὶ ἔτι αὐτοῦ λαλοῦντος
“जब येशू बोलिरहनुभएको थियो”
ξύλων
व्यक्तिलाई हिर्काउन कडा काठका ठूला टुक्राहरू
Matthew 26:48
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले यहूदा र येशूलाई धोका दिनका लागि उसले योजना गरेको सङ्केतको बारेमा पृष्ठभूमि जानकारी भन्दछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
λέγων, ὃν ἂν φιλήσω, αὐτός ἐστιν; κρατήσατε αὐτόν.
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई उसले चुम्बन गर्छ, उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ जसलाई तिनीहरूले पक्रनुपर्छ भनेर उसले सङ्केत दिएको थियो ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ὃν ἂν φιλήσω
“उहाँ जसलाई म चुम्बन गर्छु” वा “त्यो मानिस जसलाई म चुम्बन गर्छु”
φιλήσω
यो एक व्यक्तिको शिक्षकलाई अभिवादन गर्ने आदरपूर्ण तरिका थियो ।
Matthew 26:49
προσελθὼν τῷ Ἰησοῦ
“यहूदा येशूकहाँ आयो”
κατεφίλησεν αὐτόν
“उसले उहाँलाई चुम्बन गरेर भेट्यो ।” असल मित्रहरूले एक अर्कालाई गालामा चुम्बन गर्थे, तर एक चेलाले उसको गुरूलाई सम्भवतः आदर देखाउनका लागि चुम्बन गर्थ्यो । यहूदाले येशूलाई कसरी चुम्बन गर्यो भनेर कसैले पनि पक्का गरी जान्दैन ।
Matthew 26:50
ἐπέβαλον τὰς χεῖρας
यहाँ “तिनीहरू” ले लाठा र तरवार बोकेका मानिसहरूलाई जनाउँछ जो यहूदा र धार्मिक अगुवाहरूका साथमा आएका थिए ।
ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν
“येशूलाई पक्रे, र उहाँलाई गिरफ्तार गरे”
Matthew 26:51
καὶ ἰδοὺ
यहाँ “हेर” शब्दले यसपछि आएको आश्चर्यपूर्ण जानकारीप्रति ध्यान लगाउनका लागि हामीलाई सचेत गराउँछ ।
Matthew 26:52
οἱ λαβόντες μάχαιραν
“तरवार” शब्द कसैलाई तरवारले मार्ने कार्यलाई जनाउने प्रतिस्थापन शब्द हो । अस्पष्ट जानकारीलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले अरूहरूलाई मार्न तरवार उठाउँछन्” वा “जो अरू मानिसहरूलाई मार्न चाहन्छन्” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μάχαιραν, ἐν μαχαίρῃ ἀπολοῦνται
“तरवारको माध्यमले मारिनेछन्” वा “कसैले तरवारले तिनीहरूलाई मार्नेछन्”
Matthew 26:53
ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων?
येशूले आफूलाई गिरफ्तार गर्ने मानिसहरूलाई रोक्न सक्नुहुन्छ भनी तरवार बोक्ने मानिसलाई जवाफ दिनका लागि उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले जान्नुपर्छ, कि म ... पुकार्न सक्छु ... स्वर्गदूतहरू ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
δοκεῖς
यहाँ “तिमी” एकवचन हो र तरवार बोक्ने मानिसलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὸν Πατέρα μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
πλείω δώδεκα λεγιῶνας ἀγγέλων
“पल्टन” शब्द चाहिँ सैनिक शब्द हो जसले लगभग ६,००० सिपाहीहरूको समूहलाई जनाउँछ । येशूको भनाइको अर्थ उहाँलाई गिरफ्तार गर्ने मानिसहरूलाई सजिलै रोक्नका लागि परमेश्वरले प्रशस्त स्वर्गदूत पठाउनुहुन्छ । स्वर्गदूतहरूको वास्तविक सङ्ख्या महत्त्वपूर्ण छैन । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूका १२ वटा ठूला समूहहरूभन्दा बढी” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Matthew 26:54
πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι?
आफैलाई गिरफ्तार गर्ने अनुमति येशूले यी मानिसलाई किन दिँदै हुनुहुन्छ भनी स्पष्ट पार्न उहाँले प्रश्न प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर यदि मैले त्यसो गरेको भए, हुनैपर्छ भनी परमेश्वरले धर्मशास्त्रले भन्नुभएका कुरा मैले पूरा हुन दिने थिएन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Matthew 26:55
ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συνλαβεῖν με?
येशूले आफूलाई गिरफ्तार गर्नेहरूका गलत कार्यहरू दर्शाउनका लागि उहाँले यो प्रश्न प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा छ, कि म चोर होइनँ, त्यसैले तिमीहरू मलाई पक्रनको निम्ति तरवार र लाठाहरू लिएर आउनु गलत हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ξύλων
मानिसहरूलाई हिर्काउनको निम्ति बनाइएको कडा खालका काठका ठूला टुक्राहरू
ἐν τῷ ἱερῷ
येशू वास्तविक मन्दिरभित्र हुनुहुन्थेन भन्ने अर्थ दिइएको छ । उहाँ मन्दिर वरिपरिको चोकमा हुनुहुन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 26:56
πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेका सबै कुरा म पूरा गर्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀφέντες αὐτὸν
तिनीहरू त्यहाँ उहाँसँग बस्नुपर्ने बेलामा तिनीहरूले उहाँलाई छोडे भन्ने अर्थ दिने शब्द तपार्इंको भाषामा छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
Matthew 26:57
यहूदी धार्मिक अगुवाहरूका महासभाका सामु येशूको जाँच भएको वर्णन यहाँबाट सुरु हुन्छ ।
Matthew 26:58
ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ
“पत्रुसले येशूलाई पछ्याए”
τῆς αὐλῆς τοῦ ἀρχιερέως
प्रधान पूजाहारीको घरको छेउमा भएको खुल्ला ठाउँ
καὶ εἰσελθὼν ἔσω
“पत्रुस भित्र गए”
Matthew 26:59
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
αὐτὸν θανατώσωσιν
यहाँ “तिनीहरू” शब्दले मुख्य पूजाहारीहरू र महासभाका सदस्यहरूलाई जनाउँछ ।
αὐτὸν θανατώσωσιν
“उहाँलाई मार्न कारण होस् भनेर”
Matthew 26:60
προσελθόντες δύο
“दुईजना मानिसहरू अगाडि आए” वा “दुईजना साक्षीहरू अगि आए”
Matthew 26:61
εἶπον, οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.
यदि तपाईंको भाषाले उद्धरण भित्र उद्धरण राख्न दिँदैन भने, तपाईंले यसलाई एकल उद्धरणको रूपमा पुनः लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यो मानिसले भन्यो, कि उसले ... दिनमा पुनर्निर्माण गर्न सक्दछ” (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
οὗτος ἔφη
“यो मानिस येशूले यसो भन्यो”
διὰ τριῶν ἡμερῶν
“तीन दिन भित्रमा”, सूर्य तीनपल्ट अस्ताउनभन्दा अगाडि, “तीन दिनपछि” होइन, जब सूर्य तेस्रो पटकको लागि अस्ताइसकेको हुन्छ ।
Matthew 26:62
τί οὗτοί σου καταμαρτυροῦσιν?
प्रधान पूजाहारीले येशूलाई साक्षीहरूले के भनेका बारेमा सोधिरहेका छैनन् । उनले येशूलाई साक्षीहरूलाई गलत भनेको प्रमाणित गर्न आग्रह गरिरहेका छन् । वैकल्पिक अनुवादः “साक्षीहरूले तिम्रो विरूद्धमा भनिरहेका कुरामा तिम्रो प्रतिक्रिया के छ ?”
Matthew 26:63
ὁ Υἱὸς τοῦ Θεοῦ
यो ख्रीष्ट र परमेश्वरको बीचको सम्बन्धका बारेमा वर्णन गर्ने महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
τοῦ Θεοῦ τοῦ ζῶντος
यहाँ “जीवित” भन्ने शब्दले अरू मानिसले पूजा गर्ने सबै देवता र मूर्तिहरूदेखि इस्राएलका परमेश्वरलाई फरक देखाउँछ । इस्राएलका परमेश्वर मात्र जीवित हुनुहुन्छ, र उहाँको मात्र कार्य गर्ने शक्ति छ । तपाईंले यसलाई मत्ती १६:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Matthew 26:64
σὺ εἶπας
यो लक्षणा हो, जसलाई येशूले “हो” भनी जनाउन प्रयोग गर्नुहुन्छ, र यसले उहाँले भन्नुभएको कुरालाई पूर्ण रूपले स्पष्ट पार्दैन । वैकल्पिक अनुवादः “तपार्इंले नै भनिरहनुभएको छ” वा “तपाईंले नै स्वीकार गरिरहनुभएको छ” (हेर्नुहोस्ः टुक्काहरू)
πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε
यहाँ “तपाईंहरू” बहुवचन हो । येशूले प्रधान पूजाहारी र अन्य मानिसहरूसँग कुरा गरिराख्नुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀπ’ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου
सम्भावित अर्थहरू हुन् १) “अबदेखि उसो” भन्ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसले अर्थ तिनीहरूले मानिसको पुत्रलाई भविष्यको कुनै समयमा उहाँको शक्तिमा देख्नेछन् वा २) “अबदेखि उसो” वाक्यांशको अर्थ येशूको केरकारको समय र त्यसपछिको समयदेखि, येशूले आफैँलाई मसिहको रूपमा देखाउँदै हुनुहुन्छ जो शक्तिशाली र विजयी हुनुहुन्छ ।
τὸν Υἱὸν τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा भन्दै हुनहुन्छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως
यहाँ “शक्ति”ले परमेश्वरलाई जनाउँछ । “परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको सङ्केतात्मक कार्य हो जसले परमेश्वरबाट महान् सम्मान र आदर प्राप्त गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वशक्तिमान् परमेश्वरको छेउमा सम्मानको स्थानमा बसिरहेको” (हेर्नुहोस्ः लक्षणा अनि प्रतीकात्मक कार्य)
ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
“स्वर्गका बादलहरूमाथि सवार हुनुभई पृथ्वीमा आउँदै गरेका”
Matthew 26:65
ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ
आफ्नो लुगा च्यात्नु भनेको दुःख वा रीसको चिन्ह थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐβλασφήμησεν
यसलाई ईश्वरनिन्दालाई बोलाउँदा यो बुझिन्छ कि प्रधान पूजाहारीले मत्ती २६:६४ मा भएका येशूका वचनहरूलाई परमेश्वर बराबर हुँ भनेर गरेको दाबीको रूपमा बुझे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τί ἔτι χρείαν ἔχομεν μαρτύρων?
प्रधान पूजाहारी र महासभाका सदस्यहरूले अरू बढी गवाहहरूका कुरा सुनिरहनु आवश्यक छैन भनी जोड दिनका लागि उनले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई अरू साक्षीहरूबाट सुन्नु आवश्यक पर्दैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
νῦν ἠκούσατε
यहाँ “तिमीहरू” शब्द बहुवचन हो र परिषद्का सदस्यहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 26:67
τότε ἐνέπτυσαν
सम्भावित अर्थहरू हुन् १) “त्यसपछि मानिसहरूमध्ये कसैले” वा २) “त्यसपछि सिपाहीहरूले ।”
ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ
उहाँको अपमान गर्न यसो गरेका थिए ।
Matthew 26:68
προφήτευσον ἡμῖν
यहाँ “हामीलाई अगमवाणी गरी भन्” भन्नुको अर्थ परमेश्वरको शक्तिद्वारा भन् भनेको हो । येसको अर्थ भविष्यमा के हुन्छ भन्नुपर्ने होइन ।
Χριστέ
येशूलाई हिर्काउनेहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर वास्तवमै विचारै गर्दैनन् । उहाँको गिल्ला गर्न तिनीहरूले उहाँलाई यसो भने । (हेर्नुहोस्ः व्यङ्ग्य)
Matthew 26:69
धार्मिक अगुवाहरूका येशूको जाँच भइरहँदा त्यही समयमा यी घटना घट्छन् ।
येशूले भन्नुभए जसरी नै, येशूलाई पत्रुसले चिन्छन् भन्ने कुरालाई उनले कसरी इन्कार गर्छन् भनेर बताउने कामलाई यस खण्डले सुरुवात गर्छ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
Matthew 26:70
οὐκ οἶδα τί λέγεις
त्यस नोकर्नी केटीले के भन्दै थिई भन्ने कुरा पत्रुसले बुझिरहेका थिए । उनी येशूसँग थिए भन्ने कुरालाई इन्कार गर्न उनले यी शब्दहरूको प्रयोग गरेका थिए ।
Matthew 26:71
ἐξελθόντα δὲ
“जब पत्रुस बाहिर गए”
τὸν πυλῶνα
आँगनको वरिपरिको पर्खालमा भएको द्वार
λέγει τοῖς ἐκεῖ
“त्यहाँ बसिरहेका मनिसहरूलाई भनी”
Matthew 26:72
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
“उनले शपथ खाँदै फेरि इन्कार गरे, ‘म त्यो मानिसलाई चिन्दिन !’”
Matthew 26:73
ἐξ αὐτῶν
“येशूसँग भएकाहरूमध्येको एकजना”
καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ
यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी यो भन्न सक्छौँ, कि तिमी गालीली हौ, किनभने तिमी गालीलको मानिसजस्तै गरी बोल्छौ”
Matthew 26:74
καταθεματίζειν
“उनी आफैँमाथि सराप परोस् भन्न”
ἀλέκτωρ ἐφώνησεν
भाले भनेको एउटा चरा हो, जुन सूर्योदय हुनु ठीक अगि ठूलो स्वरले कराउँछ । भालेले निकाल्ने आवाजलाई “बास्ने” भनिन्छ । तपाईंले यसलाई मत्ती २६:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Matthew 26:75
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “भाले बास्नुअगि पत्रुसले येशूलाई तीनपल्ट इन्कार गर्ने छन् भनी उहाँले तिनलाई भन्नुभएको कुरालाई तिनले सम्झे” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 27
मत्ती २७ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उहाँलाई बडा हाकिम पिलातसकहाँ सुम्पिदिए”
यहूदी अगुवाहरूले येशूलाई मार्नुअगि तिनीहरूले रोमी बडा हाकिम (गभर्नर) पन्तियस पिलातसबाट अनुमति लिनुपर्ने हुन्थ्यो । तिनीहरू आफैले येशूलाई मार्ने निर्णय लिन तिनीहरूलाई रोमी कानुनले अनुमति नदिएको हुनाले यसो गर्नुपर्यो। पिलातस येशूलाई स्वतन्त्र गरिदिन चाहान्थे, तर तिनीहरूले भयानक दुष्ट कैदी बारब्बालाई छोड्ने इच्छा व्यक्त गरे ।
चिहान
येशूलाई गाडिएको चिहान (मत्ती २७:६०) चाहिँ यस्तो किसिमको चिहान थियो, जसमा धनी यहूदी परिवारले आफ्ना मृतकहरू गाड्ने गर्दथे । यो चट्टानमा खोपेर बनाएको एउटा कोठा थियो । त्यसमा एकापट्टि समथर भाग थियो, जहाँ लासलाई तेल र सुगन्धित मसला दलेर कपडाले बह्रेपछि, तिनीहरूले त्यो लास राख्दथे । त्यसपछि चिहानको सामु एउटा ठूलो ढुङ्गालाई गुडाएर तिनीहरूले बन्द गर्दथे, र यसरी कोही पनि भित्र हेर्न वा पस्न सक्दैनथ्यो ।
यस अध्यायमा भएका भाषाका महत्वपूर्ण अलङ्कारहरू
गिल्ला
येशूको गिल्ला गर्न सिपाहीहरूले भने , “यहूदीहरूका राजालाई प्रणाम !” (मत्ती २७:२९) । उहाँ यहूदीहरूका राजा हो भनेर तिनीहरूले विचार गरेनन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
Matthew 27:1
पिलातसको सामु येशूको जाँच यहाँदेखि सुरु हुन्छ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
συμβούλιον ἔλαβον…κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν
येशूलाई मार्न रोमी अगुवाहरूलाई कसरी विश्वस्त तुल्याउने होला भनेर यहूदी अगुवाहरूले योजना गरे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 27:3
यहूदी धार्मिक अगुवाहरूका महासभाको सामु येशूको जाँच भइसकेपछि यी घटना भए, तर यो घटना पिलातसको सामु येशूको जाँच हुनुअगि वा उक्त अवधिमा नै भएको हो भनेर हामी जान्न सक्दैनौँ । (हेर्नुहोस्ः घटनाक्रमहरू)
यहूदाले कसरी आफैँलाई मार्यो भन्ने घटनाको विवरणलाई बताउनका लागि लेखकले येशूको केरकारको विवरण भन्न बन्द गरेका छन् ।
τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν
यदि नयाँ कथा सुरु भएको कुरा सङ्केत गर्ने तरिका तपाईंको भाषामा छ भने, तपाईंले त्यो यहाँ प्रयोग गर्नुपर्दछ ।
ὅτι κατεκρίθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले येशूलाई दण्डाज्ञा दिएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ τριάκοντα ἀργύρια
त्यो पैसा जुन चाहिँ येशूलाई धोका दिनको निम्ति मुख्य पूजाहारीहरूले यहूदालाई दिएका थिए । तपाईंले यसलाई मत्ती २६:१५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
Matthew 27:4
αἷμα ἀθῷον
यो लक्षणा हो जसले निर्दोष मानिसको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जसले मर्नुपर्ने काम गरेको छैन” (हेर्नुहोस्ः टुक्काहरू)
τί πρὸς ἡμᾶς?
यहूदाले भनेको कुरामा आफ्नो केही मतलब नभएको जोड दिन यहूदी अगुवाहरूले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “यो हाम्रो समस्या होइन !” वा “यो तिम्रो समस्या हो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 27:5
ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν
सम्भावित अर्थहरू हुन् १) मन्दिरको चोकमा हुँदा नै उसले ती चाँदीका सिक्काहरू फालिदयो, वा २) ऊ मन्दिरको चोकमा खडा थियो र उसले ती चाँदीका सिक्काहरू मन्दिरमा फालिदयो ।
Matthew 27:6
οὐκ ἔξεστιν βαλεῖν αὐτὰ
“हाम्रो व्यवस्थाले हामीलाई यो ... राख्न अनुमति दिँदैन”
βαλεῖν αὐτὰ
“यो चाँदीलाई राख्न”
τὸν κορβανᾶν
मन्दिर र पूजाहारीहरूका खाँचो हुने थोकहरू तिनीहरूले जुटाउनका लागि तिनीहरूलाई आवश्यक पर्ने पैसा राख्ने ठाउँ नै ढुकुटी हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τιμὴ αἵματός
यो लक्षणा हो, जसको अर्थ कसैलाई मार्न सहायता पुर्याउने मानिसलाई तिरेको पैसा हो । वैकल्पिक अनुवादः “कुनै मानिसको मृत्युको निम्ति तिरिएको पैसा” (हेर्नुहोस्ः टुक्काहरू)
Matthew 27:7
τὸν Ἀγρὸν τοῦ Κεραμέως
यो त्यो जमिन थियो जुन यरूशलेममा मरेका परदेशीहरूलाई दफन गर्नको निम्ति किनिएको थियो ।
Matthew 27:8
ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यो जमिनलाई ... भन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἕως τῆς σήμερον
यसको अर्थ मत्तीले यो पुस्तक लेखेको समय हुन्छ ।
Matthew 27:9
भविष्यवाणी पूरा हुनलाई यहूदाले आत्महत्या हो भनेर दर्शाउनका लागि लेखकले पुरानो करारबाट उद्धृत गर्दछन् ।
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले यर्मिया अगमवक्ताले भनेका कुरा पूरा गर्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूले तिनलाई तोकेको मूल्य” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
υἱῶν Ἰσραήλ
यसले इस्राएलका मानिसहरूमध्ये येशूलाई मार्न पैसा तिरिदिनेलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूमध्ये कोही कोही” वा “इस्राएलका अगुवाहरू” (हेर्नुहोस्ः लक्षणा)
Matthew 27:10
συνέταξέν μοι
यहाँ “मलाई” शब्दले यर्मियालाई जनाउँछ ।
Matthew 27:11
यसले Matthew २७:२ मा सुरु भएको रोमी शासकको सामुन्ने येशूको परीक्षाको घटनाको विवरणलाई निरन्तरता दिन्छ ।
δὲ
यदि तपार्इंको भाषामा बिरामपछि कुनै कथाको भागलाई निरन्तरता दिनको निम्ति कुनै तरिका छ भने, तपार्इंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।
τοῦ ἡγεμόνος
“पिलातस”
αὐτῷ σὺ λέγεις
सम्भावित अर्थहरू हुन् १) यसो भनेर, येशूले आफूलाई यहूदीहरूका राजा भन्नुभयो । वैकल्पिक अनुवादः “हो, तपाईंले भने झैँ म हुँ” वा “हो । यो तपाईंले भन्नुभएको जस्तै हो” वा २) यसो भनेर, येशूले भन्दै हुनुहुन्थ्यो, कि येशूलाई पिलातसले राजा भनेका हुन्, येशू आफैँले भन्नुभएको होइन । वैकल्पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 27:12
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब मुख्य पूजाहारीहरू र एल्डरहरूले उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:13
οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν?
येशू चुपचाप बस्नुभएको हुनाले आश्चर्यमा परेर पिलातसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “म अचम्मित छु, कि तिमीले यी मानिसहरूलाई केही जवाफ दिँदैनौ जसले तिमीलाई खराब कामहरूको अभियोग लगाउँदछन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Matthew 27:14
οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
“एउटै शब्द पनि बोल्नुभएन; यो कुराले हाकिमलाई ज्यादै आश्चर्यचकित बनायो ।” यो चाहिँ येशू बिल्कुलै चुपचाप हुनुहुन्थ्यो भन्ने कुरालाई जोड दिएर भन्ने एउटा तरिका हो ।
Matthew 27:15
δὲ
लेखकले मत्ती २७:१७ मा सुरुवात भएको घटनामा के हुन्छ भनेर पाठकहरूलाई बुझ्न सहायता गर्न केही जानकारी दिन सकियोस् भनेर मुख्य कथामा बिरामको सङ्केत गर्नलाई यो शब्दलाई यहाँ प्रयोग गरिएको हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἑορτὴν
यो निस्तारको समयमा मनाइने चाड हो ।
ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो कैदी जसलाई भीडले चुन्ने थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:16
εἶχον…δέσμιον ἐπίσημον
“त्यहाँ एउटा कुख्यात कैदी थियो””
ἐπίσημον
केही खराब काम गरेर राम्ररी परिचित भएको
Matthew 27:17
συνηγμένων…αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भीड जम्मा भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν λεγόμενον Χριστόν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले ख्रीष्ट भन्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:18
παρέδωκαν αὐτόν
“यहूदी अगुवाहरूले येशूलाई तिनीकहाँ ल्याए ।” पिलातसले येशूको इन्साफ गरून् भनेर तिनीहरूले त्यसो गरेका थिए ।
Matthew 27:19
καθημένου δὲ αὐτοῦ
“जब पिलातस ... बसिरहेका थिए”
καθημένου…αὐτοῦ ἐπὶ τοῦ βήματος
“न्यायाधीशको आसनमा बसेर ।” न्यायाधीशले न्यायको फैसला गर्दा त्यहाँ बस्दछन् ।
ἀπέστειλεν
“सन्देश पठाइन्”
πολλὰ…ἔπαθον σήμερον
“म आज धेरै दुःखी भएकी छु”
Matthew 27:20
δὲ
यहाँ “अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । भीडले बरब्बालाई किन चुन्यो भन्ने बारेमा मत्तीले पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी सिपाहीहरूलाई येशूलाई मार्न लगाउनु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:21
εἶπεν αὐτοῖς
“भीडलाई सोधे”
Matthew 27:22
τὸν λεγόμενον Χριστόν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले ख्रीष्ट भन्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:23
ἐποίησεν
“येशूले के गरेका छन्”
οἱ…ἔκραζον
“भीड चिच्यायो”
Matthew 27:24
ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου
पिलातसले आफू येशूको मृत्युका लागि जिम्मेवार छैनन् भनी जनाउन यसो गर्दछन् । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τοῦ αἵματος
यहाँ “रगत” ले व्यक्तिको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्यु” (हेर्नुहोस्ः लक्षणा)
ὑμεῖς ὄψεσθε
“यसमा तिमीहरू नै जिम्मेवार छौ”
Matthew 27:25
τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
यहाँ “रगत” कुनै व्यक्तिको मृत्युलाई जनाउने लक्षणा शब्द हो । “हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्” भन्ने वाक्यांश लक्षणा हो, जसले त्यहाँ भएका घटनाको जिम्मेवारी तिनीहरूले लिएका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हो ! उसलाई मृत्युदण्ड दिएकोमा हामी र हाम्रा सन्तानहरू खुशीसाथ जिम्मेवार हुनेछौँ !” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
Matthew 27:26
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν
“पिलातसले भीडका लागि बारब्बालाई छोडिदिए”
τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ
यसमा पिलातसले येशूलाई कोर्रा लगाउन सिपाहीहरूलाई आदेश दिए भन्ने बुझिन्छ । येशूलाई क्रूसमा टङ्गाउनका लागि सिपाहीहरूको हातमा दिनु भनेको चाहिँ येशूलाई क्रूसमा टङ्गाउनलाई तिनका सिपाहीहरूलाई आदेश दिने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनले आफ्ना सैनिकहरूलाई येशूलाई कोर्रा लगाउन र क्रूसमा टाँग्ने आज्ञा दिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक )
τὸν…Ἰησοῦν φραγελλώσας
“येशूलाई कोर्राले पिट्नु” वा “येशूलाई कोर्राले हिर्काउनु”
Matthew 27:27
यहाँ येशूको क्रसीकरण र मृत्युको वर्णन सुरु हुन्छ ।
ὅλην τὴν σπεῖραν
“सिपाहीहरूका समूह”
Matthew 27:28
καὶ ἐκδύσαντες αὐτὸν
“उहाँको लुगा झिकिदिए”
κοκκίνην
चम्किलो रातो
Matthew 27:29
στέφανον ἐξ ἀκανθῶν
“काँडा भएका हाँगाहरूबाट बनाइएको मुकुट” वा “ती हाँगाहरूबाट बनाइएको मुकुट, जसमा काँडा थिए”
κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ
राजाले बोक्ने राजदण्डको प्रतिनिधित्व गर्नका लागि तिनीहरूले येशूको हातमा एउटा लौरो राखिदिए । येशूलाई गिल्ला गर्न तिनीहरूले त्यसो गरे ।
χαῖρε, ὁ Βασιλεῦ τῶν Ἰουδαίων
येशूलाई गिल्ला गर्न तिनीहरूले त्यसो भने । तिनीहरूले येशूलाई “यहूदीहरूका राजा”, तर उहाँ साँच्चै राजा हुनुभएको कुरामा तिनीहरूले विश्वासै गरेनन् । अनि तैपनि तिनीहरूले जे भन्दै थिए, सो कुरा साँचो थियो । (हेर्नुहोस्ः व्यङ्ग्य)
χαῖρε
“हामी तपार्इंलाई आदर गर्छौं” वा “तपार्इंको आयु लामो होस्”
Matthew 27:30
καὶ ἐμπτύσαντες εἰς αὐτὸν
“आफ्नो थुक जम्मा पारेर सिपाहीहरूले येशूलाई थुके”
Matthew 27:32
ἐξερχόμενοι
यसको अर्थ येशू र सिपाहीहरू सहरबाट बाहिर गए । वैकल्पिक अनुवादः “जब तिनीहरू यरूशलेमबाट बाहिर आए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εὗρον ἄνθρωπον
“सिपाहीहरूले एउटा मानिसलाई देखे”
τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
“जसलाई सिपाहीहरूले आफ्नो साथमा जान जबरजस्ती गरे र यसरी उनले येशूको क्रूस बोक्न सकून्”
Matthew 27:33
τόπον λεγόμενον Γολγοθᾶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ जसलाई मानिसहरूले गलागथा भन्थे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:34
πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँलाई दाखमद्य दिए, जसमा तिनीहरूले पित्त मिसाएका दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χολῆς
तीतो, पहेँलो रङ्गको तरल पदार्थ, जसलाई शरीरले पाचन प्रक्रियाको निम्ति प्रयोग गर्दछ
Matthew 27:35
τὰ ἱμάτια αὐτοῦ
यी येशूले पहिरिरहनुभएका वस्त्रहरू थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 27:37
τὴν αἰτίαν αὐτοῦ
“उहाँलाई किन क्रूसमा झुण्डाइँदै थियो भनेर एउटा लिखित विवरण”
Matthew 27:38
τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले येशूसँग दुईजना डाँकूहरूलाई क्रुसमा चढाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:39
κινοῦντες τὰς κεφαλὰς αὐτῶν
तिनीहरूले येशूको गिल्ला गर्नको निम्ति यसो गरे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Matthew 27:40
εἰ υἱὸς εἶ τοῦ Θεοῦ, καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिनीहरूले विश्वास गरेनन्, त्यसैले यो कुरा उहाँले सत्य प्रमाणित गरून् भन्ने तिनीहरूको इच्छा थियो । वैकल्पिक अनुवादः “यदि तँ परमेश्वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आएर यो कुरा प्रमाणित गर्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
υἱὸς…τοῦ Θεοῦ
यो ख्रीष्टको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 27:42
ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι
सम्भावित अर्थहरू हुन् १) येशूले अरूहरूलाई बचाउनुभयो वा उहाँले आफैँलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा यहूदी अगुवाहरूले विश्वास गर्दैनन्, वा २) उहाँले अरूहरूलाई बचाउनुभयो भनेर तिनीहरूले विश्वास गर्छन् तर अहिले उहाँले आफैँलाई बचाउन सक्नुभएन भनेर उहाँमाथि ठट्टा गरिरहेका छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
Βασιλεὺς Ἰσραήλ ἐστιν,
अगुवाहरूले येशूको गिल्ला गरिरहेका छन् । तिनीहरूले उहाँलाई “इस्राएलको राजा” भने, तर उहाँ राजा हुनुहुन्छ भनेर तिनीहरूले साँच्चै विश्वास गर्दैनथे । वैकल्पिक अनुवादः “उसले भन्दछ कि ऊ इस्राएलको राजा हो” (हेर्नुहोस्ः व्यङ्ग्य)
Matthew 27:43
यहूदी अगुवाहरूले निरन्तर येशूको गिल्ला गर्छन् ।
εἶπεν γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός.
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने येशूले आफूलाई परमेश्वरका पुत्र समेत भन्यो ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Θεοῦ…Υἱός
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 27:44
οἱ λῃσταὶ, οἱ συνσταυρωθέντες σὺν αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले उहाँसँगै क्रूसमा टाँगेका डाँकूहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:45
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
ἀπὸ…ἕκτης ὥρας…ἕως ὥρας ἐνάτης
“लगभग मध्य दिउँसोदेखि ... तीन घण्टासम्म” वा “लगभग मध्य दिनको बाह्र बजेदेखि ... दिउँसोको तीन बजेसम्म”
σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν
अन्धकार” शब्द भाववाचक नाउँ हो । वैकल्पिक अनुवादः “सारा देशभर अँध्यारो भयो” (हेर्नुहोस्ः भाववाचक नाम)
Matthew 27:46
ἀνεβόησεν ὁ Ἰησοῦς
“येशूले पुकार्नुभयो” वा “येशूले चिच्च्याउनुभयो”
Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνει
यी शब्दहरू येशूले उहाँको आफ्नै भाषामा कराउनुभएको शब्दहरू हुन् । अनुवादकहरूले सामान्यतया यी शब्दहरूलाई जस्ताको तस्तै राख्ने गर्दछन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
Matthew 27:48
εἷς ἐξ αὐτῶν
सम्भावित अर्थहरू हुन् १) सिपाहीहरूमध्ये एकजना वा २) तिनीहरूमध्ये एकजना जसले उभिएर हेरिरहेका थिए ।
σπόγγον
यो चाहिँ तरल पदार्थलाई सोस्नका निम्ति निकालिएको समुद्री जनावर हो । यी तरल पदार्थहरूलाई बाहिर फ्याँक्न पनि सकिन्छ ।
ἐπότιζεν αὐτόν
“येशूलाई त्यो पिउन दियो”
Matthew 27:50
ἀφῆκεν τὸ πνεῦμα
यहाँ “प्राण” भन्नाले मानिसलाई जीवन दिने तत्व हो । यो वाक्यांशले येशू मर्नुभयो भनेको हो । वैकल्पिक अनुवादः “आफ्नो प्राण परमेश्वरमा सुम्पिदिएर उहाँ मर्नुभयो” वा “उहाँले आफ्नो अन्तिम सास फेर्नुभयो” (हेर्नुहोस्ः व्यञ्जना)
Matthew 27:51
जब येशू मर्नुभयो तब भएका घटनाहरूको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
ἰδοὺ
यहाँ “हेर” शब्दले यसपछि आएको आश्चर्यजनक जानकारीप्रति ध्यान दिनका लागि हामीलाई सचेत गराउँछ ।
τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरको पर्दा च्यातिएर दुई टुक्रा भयो” वा “परमेश्वरले मन्दिरको पर्दालाई दुई भाग भएर च्यातिने बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:52
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले चिहानहरू खोलिदिनुभयो र धेरै जना ईश्वरभक्त मानिसहरूका शरीरहरूलाई बिउँताउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई फेरि जीवित बनाउने कुराको लागि वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निद्रामा परेका धेरै ईश्वरभक्त मानिसहरूका शरीरहरूमा पुनः जीवन हालिदिनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
κεκοιμημένων
यो मर्ने कुरालाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “मरेका थिए” (हेर्नुहोस्ः व्यञ्जना)
Matthew 27:53
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
मत्तीले वर्णन गर्ने घटनाहरूको क्रम (पद ५२ मा “चिहानहरू उघारिए” भन्ने शब्दहरूबाट सुरु भएको) अस्पष्ट छ । भूकम्पपछि जब येशू मर्नुभयो र चिहानहरू उघारिए १) पवित्र मानिसहरू फेरि जीवनमा फर्किआए, र त्यसपछि, येशू बिउँतिनु भएपछि, पवित्र मानिसहरू यरूशलेममा प्रवेश गरे, जहाँ धेरै मानिसहरूले तिनीहरूलाई देखे, वा २) येशू जीवनमा फर्कनुभयो, र त्यसपछि पवित्र जनहरू बिउँतिए र सहरमा प्रवेश गरे, जहाँ धैरै मानिसहरूले तिनीहरूलाई देखे ।
Matthew 27:54
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν
“तिनीहरू जसले येशूलाई पहरा दिइरहेका थिए ।” यसले अन्य सिपाहीहरूलाई जनाउँछ जसले कप्तानको साथमा येशूलाई पहरा दिइरहेका थिए । वैकल्पिक अनुवादः “तिनीसँग भएका अन्य सिपाहीहरू जसले येशूलाई पहरा दिइरहेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Θεοῦ Υἱὸς
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 27:56
ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου
“याकूब र यूहन्नाकी आमा” वा “जब्दियाकी पत्नी”
Matthew 27:57
येशूलाई चिहानमा राख्ने कार्यको वर्णन यहाँ सुरु हुन्छ ।
Ἁριμαθαίας
यो इस्राएलको एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Matthew 27:58
τότε ὁ Πειλᾶτος ἐκέλευσεν ἀποδοθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि पिलातसले आफ्ना सिपाहीहरूलाई येशूको शरीर योसेफलाई दिइयोस् भनेर आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 27:59
σινδόνι καθαρᾷ
एउटा राम्रो, महँगो कपडा
Matthew 27:60
ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ
यसको अर्थ, योसेफका कामदारहरू थिए, जसले चट्टान काटेर चिहान बनाए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ προσκυλίσας λίθον μέγαν
शादय योसेफलाई त्यो ढुङ्गा गुडाउन सहायता पुर्याउन उनका साथमा अरू मानिसहरू थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 27:61
ἀπέναντι τοῦ τάφου
“चिहानको पारिपट्टि”
Matthew 27:62
τὴν παρασκευήν
विश्रामको दिनको निम्ति मानिसहरूले तयारी गर्ने दिन ।
συνήχθησαν…πρὸς Πειλᾶτον
“पिलातसलाई भेटे”
Matthew 27:63
ἐκεῖνος ὁ πλάνος…ἔτι ζῶν
“जब त्यो ठगाहा येशू जिउँदो थियो”
εἶπεν…μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरण रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि जीवित भइउठ्नेछ ।” वा “उसले भन्यो कि तीन दिनपछि ऊ फेरि बिउँतने थियो ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 27:64
κέλευσον…ἀσφαλισθῆναι τὸν τάφον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो चिहानको सुरक्षा गर्न आफ्ना सिपाहीहरूलाई आदेश दिनुहोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς τρίτης ἡμέρας
(हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ, κλέψωσιν αὐτὸν
“उसका चेलाहरू आऊलान् र उसको लास चोरेर लैजालान्”
εἴπωσιν τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν; καὶ
यो उद्धरणभित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरण रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उसका चेलाहरूले ... मानिसहरूलाई भन्लान् कि ऊ मृतकबाट जीवित भइउठको छ, र” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἀπὸ τῶν νεκρῶν
मरेर गएका ती सबैको माझबाट । यस अभिव्यक्तिले तल्लो संसारमा भएका सबै मृतक मानिसहरूलाई वर्णन गर्छ । तिनको माझबाट बिउँतनु भन्ने कुराले फेरि जीवित बन्ने कुराको विषयमा बताउँछ ।
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης
बुझेको जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले त्यसो भनेर मानिसहरूलाई छल गरे भने, त्यो चाहिँ उसले पहिले आफूलाई ख्रीष्ट भनेर मानिसहरूलाई छल गरेकोभन्दा झन् खराब हुनेछ” (हेर्नुहोस्ः शब्दलोप)
Matthew 27:65
κουστωδίαν
यसमा चार देखि सोह्र रोमी सिपाहीहरू हुन्थे ।
Matthew 27:66
σφραγίσαντες τὸν λίθον
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले ढुङ्गाको वरिपरि डोरी बेरे र चिहानको प्रवेशद्वारको दुवैपट्टिको चट्टानको पर्खालमा लगेर बाँधे वा २) तिनीहरूले ढुङ्गा र पर्खालको बीचको भागमा छाप राखे ।
μετὰ τῆς κουστωδίας
“त्यस ठाउँमा सिपाहीहरूलाई बस्न भने जहाँबाट तिनीहरूले मानिसहरूलाई चिहान छुनबाट रोक्न सक्थे”
Matthew 28
मत्ती २८ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
चिहान
येशूलाई गाडिएको चिहान (मत्ती २८:१) चाहिँ यस्तो किसिमको चिहान थियो, जसमा धनी यहूदी परिवारले आफ्ना मृतकहरू गाड्ने गर्दथे । यो चट्टानमा खोपेर बनाएको एउटा कोठा थियो । त्यसमा एकापट्टि समथर भाग थियो, जहाँ लासलाई तेल र सुगन्धित मसला दलेर कपडाले बह्रेपछि, तिनीहरूले त्यो लास राख्दथे । त्यसपछि चिहानको सामु एउटा ठूलो ढुङ्गालाई गुडाएर तिनीहरूले बन्द गर्दथे, र यसरी कोही पनि भित्र हेर्न वा पस्न सक्दैनथ्यो ।
“चेलाहरू बनाओ”
आखिरी भागको दुई पद (मत्ती २८:१९-२०) लाई प्रायः “महान् आज्ञा” भनेर जानिन्छ, किनभने ती पदमा सबै ख्रीष्टिएनलाई दिइएका ज्यादै महत्त्वपूर्ण आज्ञाहरू छन् । ख्रीष्टिएनहरूले मानिसहरूकहाँ गएर, तिनीहरूलाई सुसमाचार प्रचार गरेर र तिनीहरूलाई असल ख्रीष्टिएनहरू झैँ जीवन बिताउने उत्साह दिएर “चेला बानाउने” काम गर्नुपर्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
परमप्रभुका एउटा स्वर्गदूत
मत्ती, मर्कूस, लूका र यूहन्ना सबैले सेतो वस्त्र लगाएका स्वर्गदूतहरू येशूको चिहानमा स्त्रीहरूसँगै भएका कुरा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई मानिसहरू भने, तर स्वर्गदूतहरू पनि मानिसहरू जस्तै देखिने हुनाले नै त्यसो भनेका हुन् । दुईजना लेखकहरूले दुई स्वर्गदूतका बारेमा लेखे, तर अन्य दुई जना लेखकहरूले तीमध्ये एउटाको बारेमा मात्र लेखे । यी हरेक खण्डलाई सबै उस्तै देखाउने गरी अनुवाद गर्नुको साटोमा यूएलटीमा जस्तो छ, त्यस्तै अनुवाद गर्न उत्तम हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ र मर्कूस १६:५ र लूका २४:४ र यूहन्ना २०:१२)
Matthew 28:1
मृतकहरूबाट येशूको पुनरुत्थानको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων
“विश्रामको दिनको अन्त भएपछि आइतबारको बिहानीमा सूर्य उदाएपछि”
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग भन्न सुरु गर्छन् ।
ἡ ἄλλη Μαρία
“मरियम नाउँ गरेकी अर्की स्त्री ।” यिनी याकूब र योसेफका आमा मरियम हुन् (मत्ती २७:५६) ।
Matthew 28:2
ἰδοὺ
यहाँ “हेर” शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
σεισμὸς ἐγένετο μέγας; ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν, ἀπεκύλισε τὸν λίθον
सम्भावित अर्थहरू हुन् १) परमप्रभुका एउटा स्वर्गदूत तल ओर्लेकाले र उनले ढुङ्गा हटाएकाले भूकम्प गयो वा २) यी सबै घटनाहरू एउटै समयमा भए ।
σεισμὸς…μέγας
अचानक र तीव्र रूपमा जमिन हल्लनु
Matthew 28:3
ἡ εἰδέα αὐτοῦ
“स्वर्गदूतको स्वरूप”
ἦν…ὡς ἀστραπὴ
यो एउटा उपमा हो जसले ती स्वर्गदूत हेर्दा खेरी कति चम्किला थिए भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “बिजुली जस्तै चम्किलो थियो” (हेर्नुहोस्ः उपमा)
τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών
यो एउटा उपमा हो जसले ती स्वर्गदूतका वस्त्रहरू कति धेरै चम्किलो र सेतो थियो भन्ने कुरामा जोड दिन्छ । अघिल्लो वाक्यांशबाटको “थियो” भन्ने क्रियापदलाई दोहोर्याउन सकिन्छ । वैकल्पिक अनुवादः “उसको वस्त्र धेरै सेतो थियो, हिउँ जस्तै” (हेर्नुहोस्ः उपमा अनि शब्दलोप)
Matthew 28:4
ἐγενήθησαν ὡς νεκροί
यो उपमा हो, जसले ती सिपाहीहरू भइँमा ढले र हलचल गरेनन् भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “भुँइमा लडे र मरेका मानिसहरू झैँ त्यहाँ ढले” (हेर्नुहोस्ः उपमा)
Matthew 28:5
ταῖς γυναιξίν
“मरियम मग्दलिनी र मरियम नाम गरेकी अर्की स्त्री”
τὸν ἐσταυρωμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसालई मानिसहरू र सिपाहीहरूले क्रूसमा टाँगे” वा “जसलाई तिनीहरूले क्रुसमा टाँगे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Matthew 28:7
εἴπατε τοῖς μαθηταῖς αὐτοῦ, ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν; καὶ ἰδοὺ, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν; ἐκεῖ αὐτὸν ὄψεσθε.
यो उद्धरण भित्रको उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका चेलाहरूलाई भन कि उहाँ मृतकहरूबाट जीवित भइउठ्नुभएको छ र येशू तिमीहरूभन्दा अगि गालीलमा जानुभएको छ, जहाँ तिमीहरूले उहाँलाई देख्नेछौ ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἠγέρθη
“उहाँ फेरि जीवनमा फर्किआउनुभएको छ”
ἀπὸ τῶν νεκρῶν
तिनीहरू सबैको माझबाट जो मरेका छन् । यस अभिव्यक्तिले तल्लो संसारमा भएका सबै मृत मानिसहरूलाई वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँतनुले फेरि जीवित हुने कुराको विषयमा बताउँछ ।
προάγει ὑμᾶς…αὐτὸν ὄψεσθε
यहाँ “तिमीहरू” बहुवचनमा छ । यसले स्त्रीहरू र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
εἶπον ὑμῖν
यहाँ “तिमीहरू” बहुवचनमा छ र स्त्रीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Matthew 28:8
καὶ ἀπελθοῦσαι ταχὺ
“मरियम मग्दलिनी र मरियम नाम गरेकी अर्की स्त्री”
Matthew 28:9
ἰδοὺ
यहाँ “हेर” शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
χαίρετε
यो सामान्य अभिवादन हो, अङ्ग्रेजीमा “हेल्लो” भनेको जस्तै हो ।
ἐκράτησαν αὐτοῦ τοὺς πόδας
“तिनीहरूले आफ्ना घुँडाहरू टेके र उहाँका पाउ समाए”
Matthew 28:10
τοῖς ἀδελφοῖς μου
यसले येशूका चेलाहरूलाई जनाउँछ ।
Matthew 28:11
येशूको पुनरुत्थानप्रति यहूदी धार्मिक अगुवाहरूको प्रतिक्रियाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको एउटा नयाँ भाग बताउन थाल्छन् ।
αὐτῶν
यहाँ यसले मरियम मग्दलिनी र अर्की मरियमलाई जनाउँछ ।
ἰδού
वृहत कथामा अर्को घटनाको सुरुवातलाई यसले अङ्कित गर्छ । यसले अगाडिका घटनाहरूमा भएकाभन्दा फरक मानिसहरूलाई समावेश गर्न सक्छ । तपार्इंको भाषामा यस्तो गर्नको निम्ति कुनै तरिका हुन सक्छ ।
Matthew 28:12
συμβούλιόν τε λαβόντες
“तिनीहरूले आफ्नै बीचमा एउटा योजना बनाए ।” पूजाहारीहरू र धर्म-गुरुहरूले सिपाहीहरूलाई पैसा दिने निर्णय गरे ।
Matthew 28:13
εἴπατε ὅτι, οἱ μαθηταὶ αὐτοῦ…ἐλθόντες…ἡμῶν κοιμωμένων.
यदि तपाईंको भाषामा उद्धरणभित्र उद्धरण लेख्ने चलन छैन भने तपाईंले यसलाई एउटै उद्धरण बनाएर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “अरूहरूलाई भन कि तिमीहरू निदाइरहेका बेलामा ... येशूका चेलाहरू आए” (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Matthew 28:14
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος
“यदि बडा हाकिमले तिमीहरू सुतिरहेका बेलामा येशूका चेलाहरूले उसको लास लगे भनी सुने भने”
τοῦ ἡγεμόνος
“पिलातस” (मत्ती २७:२)
ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν
“चिन्ता नगर । हामी उहाँसित कुरा गरौँला र यसरी उहाँले तिमीहरूलाई दण्ड दिनुहुन्न ।”
Matthew 28:15
ἐποίησαν ὡς ἐδιδάχθησαν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले तिनीहरूलाई जे गर्नू भनेर भनेका थिए तिनीहरूले त्यसै गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ἡμέρας
“धेरै जना यहूदीहरूले यो खबर सुने र आजसम्म पनि अरुलाई यही कुरा भन्दै छन्”
μέχρι τῆς σήμερον ἡμέρας
यसले मत्तीले यो पुस्तक लेखेको समयलाई जनाउँछ ।
Matthew 28:16
येशूको पुनरुत्थानपछि उहाँले आफ्ना चेलाहरूलाई भेट्नुभएको घटनाको विवरणलाई यस खण्डले सुरुवात गर्दछ ।
Matthew 28:17
προσεκύνησαν, οἱ δὲ ἐδίστασαν
सम्भावित अर्थहरू हुन् १) तिनीहरूमध्ये केहीले शङ्का गरेको भएतापनि तिनीहरू सबैले येशूलाई दण्डवत् गरे, वा २) तिनीहरूमध्ये केहीले येशूलाई दण्डवत् गरे, तर अरूहरूले दण्डवत् गरेनन् किनभने तिनीहरूले शङ्का गरे ।
οἱ δὲ ἐδίστασαν
चेलाहरूले के कुरामा शङ्का गरे भनी स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ साँच्चै नै येशू हो र उहाँ फेरि जीवित हुनुभयो भन्ने कुरामा उनीहरूमध्ये कसैले शङ्का गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Matthew 28:18
ἐδόθη μοι πᾶσα ἐξουσία
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले सबै अधिकार मलाई दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς
यहाँ स्वर्ग र पृथ्वीमा भएका सबैथोकको अर्थ दिनका लागि “स्वर्ग” र “पृथ्वी” शब्दहरूलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः मेरिज्म)
Matthew 28:19
πάντα τὰ ἔθνη
यहाँ “जातिहरू” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हेरक जातिमा भएका सबै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
εἰς τὸ ὄνομα
यहाँ “नाउँ”ले अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Πατρὸς…τοῦ Υἱοῦ
यी महत्त्वपूर्ण नाउँहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Matthew 28:20
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले तिमीहरूलाई भन्न लागेको कुरामा ध्यान देऊ”
ἕως τῆς συντελείας τοῦ αἰῶνος
“यस युगको अन्त्य सम्म” वा “संसारको अन्तसम्म”