नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

2 Corinthians

2 Corinthians front

२ कोरिन्थीहरूको परिचय

भाग १: सामान्य परिचय

२ कोरिन्थीहरूको पुस्तकको रूपरेखा
  1. पावलले कोरिन्थी ख्रीष्‍टिएनहरूका निम्ति परमेश्‍वरलाई धन्यवाद दिन्छन् (१:१-११)
  2. पावलले आफ्नो आचरण र सेवकाइलाई व्याख्या गर्छन् (१:१२-७:१६)
  3. यरूशलेमको मण्डलीको निम्ति आर्थिक सहायता गर्ने बारे पावलले उल्लेख गर्छन् (८:१-९:१५)
  4. पावलले प्रेरितको रूपमा भएको उनको अधिकारको बचाउ गर्छन् (१०:१-१३:१०)
  5. पावलले अन्तिम अभिवादन र उत्साह दिन्छन् (१३:११-१४)
२ कोरिन्थीहरूको पुस्तक कसले लेखेको हो ?

यसका लेखक पावल थिए । उनी टार्सस सहरका थिए । उनलाई उनको पहिलाको जीवनमा शाऊल नाउँले चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनअगि उनी फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । उनी ख्रीष्‍टिएन भएपछि येशूको बारेमा मानिसहरूलाई बताउँदै रोमी साम्रज्यभरी थुप्रै पटक यात्रा गरे ।

कोरिन्थमा भएको मण्डलीलाई पावलले सुरु गरेका थिए । यो पत्र लेख्दा उनी एफिसस सहरमा बसिरहेका थिए ।

२ कोरिन्थीहरूको पुस्तक केको बारेमा हो ?

२ कोरिन्थीहरूमा पावलले कोरिन्थको सहरमा भएका ख्रीष्‍टिएनहरू माझमा रहेको कलहहरूका बारेमा लेख्‍नलाई निरन्तरता दिए । कोरिन्थीहरूले तिनीहरूलाई पहिले दिइएका निर्देशनहरू पालन गरेको कुरा यस पत्रमा प्रष्‍ट हुन्छ । २ कोरिन्थीहरूमा पावलले तिनीहरूलाई परमेश्‍वरलाई प्रशन्न तुल्याउने किसिमले जिउनलाई उत्साह दिन्छन् ।

येशू ख्रीष्‍टले नै सुसमाचार प्रचार गर्नलाई प्रेरितको रूपमा उनलाई पठाउनुभएको हो भनी तिनीहरूलाई निश्‍चय गराउन पनि पावलले लेखे । पावलले यो कुरा तिनीहरूले बुझेको चाहे किनभने यहूदी ख्रीष्‍टिएनहरूको एक समूहले उनले गरिरहेका कामको विरोध गरेका थिए । पावललाई परमेश्‍वरले पठाउनुभएको होइन र उनले झूटो सन्देश प्रचार गरिरहेका थिए भनी तिनीहरूले दाबी गरे । यहूदी ख्रीष्‍टिएनहरूको यस समूहले गैरयहूदी ख्रीष्‍टिएनहरूले मोशाको व्यवस्था पालन गरेको चाहे ।

यस पुस्तकको शीर्षकलाई कसरी अनुवाद गर्नुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत नाउँ “२ कोरिन्थीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षकलाई छान्‍न सक्छन्, जस्तै, “कोरिन्थमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक धारणाहरू

कोरिन्थको सहर कस्तो थियो ?

कोरिन्थ प्राचीन ग्रीसमा अवस्थित एउटा प्रमूख सहर थियो । यो भूमध्यसागरको नजिकै रहेको हुनाले धेरै यात्रुहरू र व्यापारीहरू त्यहाँ सामानहरू किन्न र बेच्न आउँथे । यसको परिणामस्वरूप यो धेरै विविध संस्कारहरूका मानिसहरू भएको सहर बन्यो । त्यो सहर अनैतिक रीतिले जीवन जिउने मानिसहरूको लागि प्रख्यात थियो । त्यहाँका मानिसहरूले अफ्रोडाइट अर्थात् प्रेमकी ग्रीक देवीलाई पुज्थे । अफ्रोडाइटलाई सम्‍मान गर्ने चाडपर्वहरूको रूपमा, त्यसका पूजा गर्नेहरूले मन्दिरका वेश्‍याहरूसँग शारीरिक सम्बन्धहरू राख्‍थे ।

पावलले “झूटा प्रेरितहरू” भन्नुको आशय के हो ? (११:१३) ?

यिनीहरू यहूदी ख्रीष्‍टिएनहरू थिए । गैरयहूदी ख्रीष्‍टिएनहरूले ख्रीष्‍टलाई अनुसरण गर्न तिनीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनी तिनीहरूले सिकाउँथे । यस विषयमा ख्रीष्‍टिएन अगुवाहरू यरूशलेममा भेला भएर निर्णय गरेका थिए (हेर्नुहोस्ः प्रेरित १५) । तैपनि यरूशलेमका अगुवाहरूले निर्णय गरेको कुरासँग सहमत नभएका केही समूहहरू थिए भन्ने प्रष्‍ट छ ।

भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

एकवचन र बहुवचन “तिमीहरू”

यस पुस्तकमा “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमीहरू” शब्द प्रायः सदैव नै बहुवचनमा नै छ र यसले कोरिन्थका विश्‍वासीहरूलाई जनाउँछ । त्यहाँ यसका दुई अपवादहरू छन्ः ६:२ र १२:९ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)

२ कोरिन्थीहरूको यूएलटिमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

धर्मशास्‍त्रले विविध धारणाहरूमध्ये कुनै एउटालाई जनाउन यस्ता शब्दहरू प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अंग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्न सिद्धान्तहरू अनुसरण गर्छः

  • कहिलेकाहीँ कुनै खण्डमा भएको अर्थले नैतिक पवित्रताको अर्थ दिन्छ । सुसमाचारलाई बुझ्नको निम्ति महत्त्वपूर्ण तथ्यचाहिँ परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई पापरहित ठान्नुहुन्छ भन्‍ने हो किनभने तिनीहरू येशू ख्रीष्‍टसँग एक भएका हुन्छन् । अर्को सम्बन्धित तथ्यचाहिँ परमेश्‍वर सिद्ध र खोटरहित हुनुहुन्छ भन्ने हो । तेस्रो तथ्यचाहिँ ख्रीष्‍टिएनहरूले जीवनमा खोटरहीत र दोषरहित व्यवहार गर्नुपर्छ भन्ने हो । यी खण्‍डहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्‍वर”, “पवित्र जनहरू”, वा “पवित्र मानिसहरू”लाई प्रयोग गर्छ ।

  • २ कोरिन्थीहरूमा भएका अधिकांश खण्डहरूको अर्थले ख्रीष्‍टिएनहरूले निभाएको कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्‍डहरूमा, यूएलटीले “विश्‍वासी” वा “विश्‍वासीहरू”को प्रयोग गर्छ । (हेर्नुहोस्ः १:१; ८:४; ९:१, १२; १३:१३)

  • कहिलेकाहीँ यी खण्डहरूमा भएको अर्थले कोही व्यक्ति वा केही कुरा परमेश्‍वरको निम्ति मात्रै अलग गरिएको अवधारणालाई अर्थ दिएको हुन्छ । यस्ता खण्‍डहरूमा, यूएलटीले “अलग गरिएको”, “... लाई अर्पण गरिएको”, “ ... को लागि आरक्षण गरिएको” वा “शुद्ध पारिएको” भनी उल्लेख गर्छ ।

यी विचारहरूलाई आफ्नो संस्करणहरूमा कसरी उल्लेख गर्ने भनी विचार गर्दा अनुवदाकहरूको निम्ति यूएसटी उपयोगी हुनेछ ।

“ख्रीष्‍टमा” र “प्रभुमा” जस्ता अभिव्यक्तिहरूबाट पावलले के भन्‍न खोजे ?

यस्ता अभिव्यक्तिहरू १:१९, २०; २:१२, १७; ३:१४; ५:१७, १९, २१; १०:१७; १२:२ र १३:४ मा पाइन्छन् । पावलले यी अभिव्यक्तिहरूद्वारा ख्रीष्‍ट र विश्‍वासीहरू बीचको घनिष्‍ठ सम्बन्धको अवधारणालाई व्यक्त गर्न खोजे । त्यसै गरी, उनले अन्य अर्थहरूमा पनि प्रयोग गरे । उदाहरणको लागि, हेर्नुहोस्, “प्रभुमा मेरो निम्ति एउटा ढोका खुलेको थियो”, (२:१२) जहाँ पावलको निम्ति प्रभुद्वारा एउटा ढोका खोलिएको थियो भनेर पावलले निर्दिष्‍ट रूपले बताउन खोजे ।

कृपया यस किसिमका अभिव्यक्तिहरूको थप विस्तृत विवरणको निम्ति रोमीको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

ख्रीष्‍टमा “नयाँ सृष्‍टि” हुनु भनेको के हो? (५:१७)

जब कुनै व्यक्तिले ख्रीष्‍टमा विश्‍वास गर्छ परमेश्‍वरले उसलाई “नयाँ संसार”को हिस्सा तुल्याउनुहुन्छ भन्‍ने पावलको सन्देश थियो । परमेश्‍वरले पवित्रता, शान्ति र आनन्दको एउटा नयाँ संसार दिनुहुन्छ । यो नयाँ संसारमा, विश्‍वासीहरूसँग पवित्र आत्माले तिनीहरूलाई दिनुभएको एउटा नयाँ स्वभाव हुन्छ । अनुवादकले यस विचारलाई व्यक्त गर्ने कोसिस गर्नुपर्छ ।

२ कोरिन्थीहरूको पुस्तकको खण्डहरूमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • “र हाम्रो निम्ति भएको तिमीहरूको प्रेममा” (८:७) । यूएलटी र यूएसटी लगायतका धेरै संस्करणहरूले यसरी उल्लेख गर्छन् । तथापि, अन्य धेरै संस्करणहरूले यसलाई “र तिमीरूको निम्ति भएको हाम्रो प्रेममा” भनी उल्लेख गर्छन् । ती हरेक भनाइहरू मौलिक छन् भनेर बलियो प्रमाण छ । अनुवादकहरूले उनीहरूको क्षेत्रमा अन्य संस्करणहरूले अपनाउन रोजेका भनाइलाई नै शायद अपनाउनुपर्छ ।

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

2 Corinthians 1

२ कोरिन्थीहरू ०१ साधारण टिपोटहरू

संरचना र प्रारूप

पहिलो हरफले प्राचीन पूर्वी नजिक क्षेत्रमा पत्र सुरु गर्ने शैलीलाई दर्शाउँछ ।

विशेष धरणाहरू

पावलको इमानदारी

पावल इमानदार थिएनन् भनी मानिसहरूले उनको आलोचना गरिरहेका थिए । उनले गरिरहेका कुराहरूको आशयहरू उल्लेख गरेर उनले तिनीहरूको प्रतिवाद गरे ।

सान्तवना

सान्त्वना यस अध्यायको मुख्य विषयवस्तु हो । पवित्र आत्माले ख्रीष्‍टिएनहरूलाई सान्त्वना दिनुहुन्छ । सम्भवतः कोरिन्थीहरू कष्‍टमा परेका थिए र तिनीहरूलाई सान्तवना जरुरत थियो ।

यस अध्यायको महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

आलङ्कारिक प्रश्‍न

इमानदार नभएको दोषारोपणको प्रतिकार गर्नलाई पावलले दुई वटा आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

यस अध्यायका अनुवादका अन्य सम्भावित जटिलताहरू

हामी

पावलले “हामी” सर्वनाम प्रयोग गर्छन् । यस सम्भवतः तिमोथी र उनी आफैँलाई जनाउँछ । यसले अन्य मानिसहरूलाई पनि समेट्न सक्छ ।

बैना

पावलले पवित्र आत्मालाई बैना भन्छन्, जुनचाहिँ ख्रीष्‍टिएनको अनन्त जीवनको निम्ति प्रतिज्ञा वा किस्ता हो । ख्रीष्‍टिएनहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । तर तिनीहरू नमेरसम्म तिनीहरूले परमेश्‍वरद्वारा दिइएका सबै प्रतिज्ञाहरू अनुभव गर्नेछैनन् । पवित्र आत्माचाहिँ यो हुनेछ भन्‍नको लागि व्यक्तिगत बैना हुनुहुन्छ । यो धारणा व्यापारिक शब्दावलीबाट लिइएको हो । कुनै व्यक्तिले रुपियाँपैसा पुनः तिर्नेछन् भनी कुनै मूल्यवान वस्तु अर्को व्यक्तिलाई “बैना”को रूपमा दिन्छन् । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता अनि बचाउनु, सुरक्षित)

2 Corinthians 1:1

पावलले कोरिन्थको मण्डलीलाई अभिवादन गरेपछि, उनले सतावट र येशू ख्रीष्‍टद्वाराको सान्त्वनाको बारेमा लेख्छन् । तिमोथी पनि उनीसित नै छन् । यस पत्रभरी “तिमी” शब्दले कोरिन्थको मण्डलीमा भएका मानिसहरू र त्यस क्षेत्रका बाँकी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । सम्भवतः पावलले भनेका कुरा तिमोथीले चर्मपत्रमा लेख्छन् ।

Παῦλος…τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ

तपाईंको भाषामा पत्रको लेखक र त्यसका लक्षित प्रापकहरूलाई सम्बोधन गर्ने कुनै खास तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “म, पावलले तिमीहरू, कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, यो पत्र लेखेँ”

Τιμόθεος ὁ ἀδελφὸς

यसले सङ्केत गर्छ कि पावल र कोरिन्थीहरू दुवैले तिमोथीलाई चिन्थे र तिनीहरूले तिनलाई तिनीहरूको आत्मिक भाइ ठान्थे ।

Ἀχαΐᾳ

यो वर्तमान समयको ग्रीसको पश्‍चिमी भागमा पर्ने रोमी प्रान्तको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

2 Corinthians 1:2

χάρις ὑμῖν καὶ εἰρήνη

यो पावलले आफ्ना पत्रहरूमा प्रायः प्रयोग गर्ने अभिवादन हो ।

2 Corinthians 1:3

εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्‍टको परमेश्‍वर तथा पितालाई हामीले सदैव स्तुति गरौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ Θεὸς καὶ Πατὴρ

“परमेश्‍वर, जो पिता हुनुहुन्छ”

ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως

यी दुई वाक्यांशहरूले एउटै कुरालाई दुई फरक तरिकाले बताउँछ । दुवै वाक्यांशहरूले परमेश्‍वरलाई जनाउँछ (हेर्नुहोस्ः समान्तरता)

ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως

सम्भावित अर्थहरू हुन् १) “दया” र “सारा सान्त्वना” जस्ता शब्दहरूले “पिता” र “परमेश्‍वर”को चरित्रलाई वर्णन गर्छ वा २) “पिता” र “परमेश्‍वर” शब्दहरूले त्यो व्यक्तिलाई जनाउँछ जो “दया” र “सारा सान्त्वना”को स्रोत हुनुहुन्छ ।

2 Corinthians 1:4

παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν

यहाँ “हामीलाई” र “हाम्रो”ले कोरिन्थीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

2 Corinthians 1:5

ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς

पावलले ख्रीष्‍टका कष्‍टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्‍टले हाम्रो निम्ति अत्यधिक कष्‍ट भोग्‍नुभयो” (हेर्नुहोस्ः रूपक)

τὰ παθήματα τοῦ Χριστοῦ

सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्‍टको बारेमा प्रचार गरेको कारण भोगेका कष्‍टलाई जनाउँछ वा २) यसले ख्रीष्‍टले तिनीहरूका निम्ति भोग्नुभएको कष्‍टलाई जनाउँछ ।

περισσεύει…ἡ παράκλησις ἡμῶν

पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 1:6

εἴτε δὲ θλιβόμεθα

यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, कोरिन्थीहरूलाई होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर यदि मानिसहरूले हामीलाई कष्‍ट दिन्छन् भने” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि कर्तृवाच्य र कर्मवाच्य)

εἴτε παρακαλούμεθα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि परमेश्‍वरले हामीलाई सान्तवना दिनुहुन्छ भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης

“तिमीहरूले प्रभावकारी सान्तवना अनुभव गर्छौ”

2 Corinthians 1:8

οὐ…θέλομεν ὑμᾶς ἀγνοεῖν

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले थाहा गरेको हामी चाहन्छौँ” (हेर्नुहोस्ः निषेधात्मक)

ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν

पावल र तिमोथीले तिनीहरूको निराशाको संवेगलाई तिनीहरूले बोक्नुपर्ने गह्रौँ भारीजस्तै गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

ὑπερβολὴν…ἐβαρήθημεν

शब्द “मिचिएका” ले निराशाको भावलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले भोगेका कष्‍टहरूले हामीलाई पूर्ण रूपमा कुल्च्यो” वा “हामी पूर्ण निराशामा थियौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 1:9

αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν

पावल र तिमोथीले उनीहरूको निराशाको भावलाई मृत्युदण्डको दोष पाएको व्यक्तिसँग तुलना गर्दै छन् । वैकल्पिक अनुवादः “हामी मृत्युदण्डको दोष पाएको व्यक्ति झैँ निराशामा थियौँ” (हेर्नुहोस्ः रूपक)

ἀλλ’ ἐπὶ τῷ Θεῷ

“हाम्रो भरोसा राखौँ” भन्ने शब्दहरू यस वाक्यांशबाट छुटेको छ । वैकल्पिक अनुवादः “तर बरु, हाम्रो भरोसा परमेश्‍वरमा राख्‍न” (हेर्नुहोस्ः शब्दलोप)

τῷ ἐγείροντι τοὺς νεκρούς

यहाँ उठाउनु भनेको मरिसकेको कोही व्यक्तिलाई फेरि जीवित तुल्याउने कुरालाई जनाउने एउटा उपमा हो । वैकल्पिक अनुवादः “जसले मरेकाहरूलाई फेरि जिउने तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 1:10

θανάτου

पावलले उनीहरूले भोगेका कष्‍टहरूका कारण भएको उनको निराशाको भावलाई एउटा घातक जोखिम वा भयानक खतरासँग तुलना गर्छन् (युडीबी) । वैकल्पिक अनुवादः “निराशा” (हेर्नुहोस्ः रूपक)

καὶ ἔτι ῥύσεται

“उहाँले हाम्रो उद्धार गरिरहनुहुनेछ”

2 Corinthians 1:11

συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει

“जसै तिमीहरू अर्थात् कोरिन्थको मण्डलीका मानिसहरूले पनि हामीलाई सहयोग गर्छौ, परमेश्‍वरले हामीलाई खतराबाट बचाउनुहुनेछ”

τὸ εἰς ἡμᾶς χάρισμα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनुग्रही कृपा जुन परमेश्‍वरले हामीलाई दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 1:12

पावलले यी पदहरूमा “हामी”, “हाम्रो”, “हामी आफैँ”, र “हामीलाई” शब्दहरू आफैँ र तिमोथीलाई र सम्भवतः तिनीहरूसँगै सेवा गर्ने अरूहरूलाई जनाउन प्रयोग गर्छन् । यी शब्दहरूले उनले पत्र लेखिरहेका मानिसहरूलाई समेट्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν

यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्‍टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।

τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν

पावलले दोषी नभएको कुरालाई मानौँ उनको विवेक एउटा बोल्‍न सक्‍ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “हामीले हाम्रो विवेकद्वारा जान्दछौँ” (हेर्नुहोस्ः मानवीकरण)

οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν χάριτι Θεοῦ

यहाँ “शारीरिक” शब्दले मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी मानवीय बुद्धिमा होइन, तर परमेश्‍वरको अनुग्रहमा भर परेका छौँ” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 1:13

οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरूले लेखेका सबै कुरा तिमीहरूले पढ्न र बुझ्न सक्छौ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

2 Corinthians 1:14

καύχημα ὑμῶν

यहाँ “गर्वित” र “घमण्ड गर्ने” शब्दहरूलाई केही कुरामा ठूलो सन्तुष्‍टि र आनन्दको भावना अनुभव गर्ने सकारात्मक अर्थमा प्रयोग गरिएको छ ।

2 Corinthians 1:15

पावलले कोरिन्थीहरूलाई कम्तीमा तीन वटा पत्रहरू लेखे । बाइबलमा कोरिन्थीहरूलाई लेखिएको दुई वटा पत्रहरू मात्र अभिलेख राखिएका छन् ।

पावलले उनको पहिलो पत्रपछि कोरिन्थमा भएका विश्‍वासीहरूलाई भेट्ने विशुद्ध उद्देश्‍यहरूसँग उनको सच्चा अपेक्षालाई व्याख्या गर्छन् ।

ταύτῃ τῇ πεποιθήσει

“यो” शब्दले कोरिन्थीहरूको बारेमा पावलका अघिल्ला टिप्पणीहरूलाई जनाउँछ ।

δευτέραν χάριν σχῆτε

“मैले तिमीहरूलाई दुई पटक भेटेको कुराबाट तिमीहरूले लाभ लिन सक”

2 Corinthians 1:16

ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν

“यहूदियाको मेरो यात्रामा मलाई सहायता पुर्‍याउन”

2 Corinthians 1:17

μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην?

पावल कोरिन्थीहरूलाई भेट्ने आफ्नो निर्णयमा निश्‍चित भएको कुरामा जोड दिनलाई उनले यो प्रश्‍न प्रयोग गरेका हुन् । प्रश्‍नको अपेक्षित जवाफ होइन हो । वैकल्पिक अनुवादः “म हिच्किचाउँदै थिइनँ ।” वा “म आफ्नो निर्णयमा निर्धक्क थिएँ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ?

पावलले कोरिन्थीहरूलाई भेट्ने उनको योजनाहरू सच्चा थिए भन्‍ने कुरालाई जोड दिन यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म मानवीय मापदण्डअनुसार कुराहरूको योजना बनाउँदिन ... एउटै समयमा ... ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ?

यसको अर्थ हो कि पावलले एकै समयमा उनले भेटघाट गर्नेछन् र उनले भेटघाट गर्नेछैनन् भनेर भनेनन् । “हो” र “होइन” शब्दहरू जोड दिनको निम्ति दोहोर्‍याइएको छ । वैकल्‍पिक अनुवादः “म कुराहरूको योजनाहरू बनाउँदिन ... ताकि मैले 'हो, म निश्‍चय नै भेटघाट गर्नेछु' र 'होइन, म पक्कै पनि भेटघाट गर्नेछैन' भनी एकै बखतमा भनूँ !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि प्रतिरूपी)

2 Corinthians 1:19

ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς, Ἰησοῦς Χριστός…οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.

येशूले परमेश्‍वरको प्रतिज्ञाहरूको बारेमा “हो” भन्नुहुन्छ, जसको अर्थ हो कि तिनीहरू सत्य हुन् भनी उहाँले पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरको पुत्र ... परमेश्‍वरका प्रतिज्ञाहरूको बारेमा ‘हो’ र ‘होइन’ भन्‍नुहुन्न । बरु उहाँले सदैव ‘हो’ भन्नुहुन्छ ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ τοῦ Θεοῦ…Υἱὸς

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपमा हो जसले परमेश्‍वरसितको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

2 Corinthians 1:20

ὅσαι…ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναί

यसको अर्थ हो कि येशूले परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई येशू ख्रीष्‍टमा पक्का गरिन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν αὐτῷ τὸ ναί…δι’ αὐτοῦ

“उहाँ” शब्दले येशू ख्रीष्‍टलाई जनाउँछ ।

2 Corinthians 1:21

ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर जसले हाम्रो सम्बन्धलाई एक आपसमा सुदृढ गर्नुहुन्छ किनभने हामी ख्रीष्‍टमा छौँ” वा २) “परमेश्‍वर जसले ख्रीष्‍टसँग दुवै हाम्रो र तिमीहरूको सम्बन्धलाई सुदृढ पार्नुहुन्छ ।”

χρίσας ἡμᾶς

सम्भावित अर्थहरू हुन् १) “उहाँले हामीलाई सुसमाचार प्रचार गर्नलाई पठाउनुभयो” वा २) “उहाँको हामीलाई उहाँका मानिसहरू हुनलाई चुन्नुभयो ।”

2 Corinthians 1:22

ὁ καὶ σφραγισάμενος ἡμᾶς

हामी परमेश्‍वरका हौँ भनेर परमेश्‍वरले देखाउनुहुने कुरालाई हामी उहाँका हौँ भन्‍ने चिन्ह परमेश्‍वरले हामीमा लगाउनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्‍पिक अनुवादः “उहाँले हामीमाथि उहाँको स्वमित्वको चिन्ह लगाउनुभएको छ” वा “हामी उहाँका हौँ भन्‍ने कुरा उहाँ देखाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)

δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν

यहाँ “हृदयहरू” भन्‍ने शब्दले व्यक्तिको सबैभन्दा अन्तरभागलाई जनाउँछ । वैकल्‍पिक अनुवादः वैकल्‍पिक अनुवादः “हामी हरेक भित्र बस्नलाई आत्मा दिनुभयो” (हेर्नुहोस्ः लक्षणा)

τὸν ἀρραβῶνα τοῦ Πνεύματος

आत्माको बारेमा यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति आंशिक किस्ता हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 1:23

ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν

“साक्षी दिनको लागि” पदावलीले कुनै बहसलाई मिलाउनको निम्ति कुनै व्यक्तिले आफूले देखेको वा सुनेको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेको कुरा सत्य हो भनेर देखाइदिन म परमेश्‍वरलाई बिन्ती गर्छु”

ὅτι φειδόμενος ὑμῶν

“ताकि म तिमीहरूलाई थप कष्‍टमा नपारूँ”

2 Corinthians 1:24

συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν

“हामी तिमीहरूसँगै काम गरिरहेका छौँ ताकि तिमीहरूलाई आनन्द हुन सकोस्”

τῇ…πίστει ἑστήκατε

“खडा” शब्दले परिवर्तन नहुने केही कुरालाई जनाउन सक्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको विश्‍वासमा दृढ रहो” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 2

२ कोरिन्थीहरू ०२ सामान्य टिपोटहरू

विशेष धारणाहरू

रूखो लेखाइ

यस अध्यायमा, पावलले कोरिन्थीहरूलाई पहिले लेखेका पत्रबारे उल्लेख गर्छन् । त्यस पत्रमा रूखो र सच्याउने भाव थियो । पावलले सम्भवतः यो पत्र पहिलो पत्रभन्दा पछि र दोस्रो पत्रभन्दा अघि लेखेका थिए । गल्ती गर्ने व्यक्तिलाई मण्डलीले हप्काउनुपर्छ भनी उनले अर्थ लगाउँछन् । पावल अब त्यो व्यक्तिप्रति अनुग्रही हुन तिनीहरूलाई प्रोत्साहन गर्छन् । (हेर्नुहोस्ः अनुग्रह, अनुग्रहमय अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

यस अध्यायमा भएका अनुवादका अन्य जटिलताहरू

सुबास्ना

सुबास्नाचाहिँ मिठो लाग्‍ने बास्ना हो । धर्मशास्‍त्रले धेरैपटक परमेश्‍वरलाई प्रशन्न तुल्याउने कुराहरूलाई मिठो बास्ना भएको कुराको रूपमा वर्णन गर्छ ।

2 Corinthians 2:1

तिनीहरूप्रतिको तिनको महान्‌ प्रेमले गर्दा उनको पहिलो पत्रको उनको हप्की (अनैतिकताको पापलाई तिनीहरूले स्वीकार गरेकामा हप्की) ले उनलाई साथै कोरिन्थका मण्डलीका मानिसहरू र अनैतिक मानिसलाई पनि पीडा दियो भनी पावलले प्रष्‍ट पार्छन् ।

“मैले निर्णय गरेँ”

ἐν λύπῃ

“तिमीहरूलाई पीडा दिन सक्ने परिस्थितिहरूमा”

2 Corinthians 2:2

εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ?

पावल तिनीहरूकहाँ आउने कुराले तिनीहरूलाई पीडा दिन्छ भने यसले न त उनलाई न तिनीहरूलाई नै लाभ हुन्छ भनी जोड दिन उनले यो आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई पीडा दिएँ भने, मलाई खुशी तुल्याउने भनेको ती नै व्यक्तिहरू हुन् जसलाई मैले पीडा दिएको थिएँ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὁ λυπούμενος ἐξ ἐμοῦ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यही व्यक्ति जसलाई मैले चोट पुर्‍याएको थिएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 2:3

ἔγραψα τοῦτο αὐτὸ

यसले अर्को पत्रलाई जनाउँछ जुन पावलले कोरिन्थीहरूलाई लेखेका थिए, जुन हराइसकेको छ । वैकल्‍पिक अनुवादः “मैले लेखेँ जसरी मैले मेरो अघिल्लो पत्रमा लेखेको थिएँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μὴ…λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν

पावलले उनलाई संवेगात्मक पीडा दिने केही कोरिन्थी विश्‍वासीहरूको बारेमा कुरा गरिरहेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई रमाहट गराउनुपर्नेहरूले मलाई चोट नलगाऊन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν

“तिमीहरूलाई जे कुराले आनन्द दिन्छ मलाई पनि त्यही कुराले आनन्द दिन्छ”

2 Corinthians 2:4

ἐκ γὰρ πολλῆς θλίψεως

यहाँ “कष्‍ट” शब्दले भावनात्मक पीडालाई जनाउँछ ।

συνοχῆς καρδίας

यहाँ “हृदय” शब्दले संवेगहरूको स्थानलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अत्यन्त कष्‍टसित” (हेर्नुहोस्ः लक्षणा)

διὰ πολλῶν δακρύων

“धेरै विलाप गरेर”

2 Corinthians 2:6

ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “दण्ड” शब्दलाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः वैकल्‍पिक अनुवादः “जुन तरिकाले त्यो व्यक्तिलाई अधिकांशले दण्‍ड दिएको छ, सो पर्याप्‍त छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)

ἱκανὸν

“पुग्‍दो छ”

2 Corinthians 2:7

μή πως τῇ περισσοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος

यसको अर्थ अति धेरै कष्‍टको प्रबल संवेगात्मक प्रतिक्रिया हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अत्यन्त कष्‍टले उसलाई विचलित नबनाओस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 2:8

तिनीहरूले दण्ड दिएका व्यक्तिलाई प्रेम देखाउन र क्षमा दिनलाई पावलले कोरिन्थको मण्डलीलाई उत्साह दिन्छन् । उनले पनि त्यसलाई क्षमा गरेका छन् भनी उनले लेख्छन् ।

κυρῶσαι εἰς αὐτὸν ἀγάπην

यसको आशय तिनीहरूले यस मानिसप्रति तिनीहरूको प्रेम सबै विश्‍वासीहरूको उपस्थितिमा पुष्‍टि गर्नुपर्छ भन्‍ने हो ।

2 Corinthians 2:9

εἰς πάντα ὑπήκοοί ἐστε

सम्भावित अर्थहरू हुन् 1) “तिमीहरू सबै कुरामा परमेश्‍वरप्रति आज्ञाकारी छौ” वा २) “मैले तिमीहरूलाई सिकाएका सबै कुरामा तिमीहरू आज्ञाकारी छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 2:10

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको खातिर मैले त्यसलाई माफ गरिदिएको छु (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

δι’ ὑμᾶς

सम्भावित अर्थहरू हुन्ः १) “तिमीहरूका निम्ति मेरो प्रेमको कारण क्षमा गरिएको” (यूडीबी) वा (२) “तिमीहरूको भलाइको निम्ति क्षमा गरिएको ।”

2 Corinthians 2:11

οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν

पावलले ठीक विपरित कुरालाई जोड दिन नकारात्मक अभिव्यक्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि हामीलाई त्यसका योजनाहरूको बारेमा राम्ररी थाहा छ” (हेर्नुहोस्ः निषेधात्मक)

2 Corinthians 2:12

पावलले त्रोआस र माकेडोनियामा सुसमाचार प्रचार गर्न पाएका अवसरहरूलाई उल्लेख गरेर कोरिन्थका विश्‍वासीहरूलाई उत्साह दिन्छन् ।

εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ

पावलले सुसमाचार प्रचार गर्ने आफ्नो अवसरलाई एउटा ढोकाको रूपमा कुरा गर्छन् जसद्वारा भएर जान उनलाई अनुमति मिलेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले मेरो निम्ति एउटा ढोका खोल्नुभयो... सुसमाचार प्रचार गर्न” वा “प्रभुले मलाई अवसर दिनुभयो... सुसमाचार प्रचार गर्न” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 2:13

οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου

“मेरो मन विचलित थियो” वा “म चिन्तित थिएँ”

Τίτον τὸν ἀδελφόν μου

पावलले तीतसलाई उनको आत्मिक भाइको रूपमा बताउँछन् ।

ἀλλὰ ἀποταξάμενος αὐτοῖς

“त्यसैले मैले त्रोआसका मानिसहरूलाई छाडेँ”

2 Corinthians 2:14

τῷ…Θεῷ…τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ

पावलले परमेश्‍वरको बारेमा उहाँ एक विजयी जुलुसलाई अगुवाइ गरिरहनुभएको एक विजयी सेनापति र उनी आफैँ र उनका सहकर्मीहरूचाहिँ त्यस जुलुसमा सहभागी हुने व्यक्तिहरू भए झैँ गरी बताउँछन् । सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर, जसले ख्रीष्‍टमा हामीलाई सदैव उहाँको विजयमा सहभागी हुन लगाउनुहुन्छ” वा २) “परमेश्‍वर, जसले ख्रीष्‍टमा हामीलाई ती व्यक्तिहरूमाथि सदैव विजयमा अगुवाइ गर्नुहुन्छ जसमाथि उहाँले विजय हासिल गर्नुभएको छ” (हेर्नुहोस्ः रूपक)

τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ, φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ

पावलले ख्रीष्‍टको ज्ञानलाई मिठो बास्ना भएको धूप झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “जसरी बलिरहेको धूपको मिठो बास्ना त्यसको नजिक रहेका सबैजनातिर फैलिन्छ, त्यसै गरी उहाँले ख्रीष्‍टको ज्ञानलाई हाम्रो कुरा सुन्‍ने सबैकहाँ फैलन लगाउनुहुन्छ” (हेर्नुहोस्ः रूपक)

φανεροῦντι…ἐν παντὶ τόπῳ

“उहाँले फैलाउनुहुन्छ ... हामी जहाँ पनि जान्छौँ”

2 Corinthians 2:15

Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ

पावलले उनको सेवकाइलाई कसैले परमेश्‍वरको निम्ति चढाएको होमबलि झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ

सम्भावित अर्थहरू हुन् १) “मिठो सुबास्‍ना जुन ख्रीष्‍टको ज्ञान हो” वा २) “मिठो सुबास्ना जुन ख्रीष्‍टले दिनुहुन्छ”

τοῖς σῳζομένοις

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले बचाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 2:16

ὀσμὴ

“ख्रीष्‍टको ज्ञान एउटा सुबास्ना हो ।” यसले २ कोरिन्थीहरू २:१४ को सन्दर्भलाई जनाउँछ, जहाँ पावलले ख्रीष्‍टको ज्ञानलाई मिठो बास्ना आउने धूप भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः रूपक)

ὀσμὴ ἐκ θανάτου εἰς θάνατον

सम्भावित अर्थहरू हुन् १) “मृत्यु” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “मृत्यु गराउने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई मर्न लगाउने मृत्युको दुर्गन्ध” (हेर्नुहोस्ः प्रतिरूपी)

οἷς

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जोहरूलाई परमेश्‍वरले बचाइरहनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν

सम्भावित अर्थहरू हुन् १) “जीवन” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “जीवन दिने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई जीवन दिने जीवनको सुगन्ध” (हेर्नुहोस्ः प्रतिरूपी)

πρὸς ταῦτα τίς ἱκανός?

परमेश्‍वरले तिनीहरूलाई गर्नको निम्ति बोलाउनुभएको सेवकाइ गर्नलाई कोही पनि योग्यको छैन भन्‍ने कुरालाई जोड दिन पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी कुराहरूको लागि कोही पनि योग्य छैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

2 Corinthians 2:17

καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ

यहाँ “वचन” “सन्देश”को लागि प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः “जसले परमेश्‍वरको सन्देश बेच्छन्” (हेर्नुहोस्ः लक्षणा)

εἰλικρινείας

“शुद्ध अभिप्रायहरू”

κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν

“हामी ख्रीष्‍टसँग जोडिएका मानिसहरू जसरी बोल्छौँ” वा “हामी ख्रीष्‍टको अधिकारसहित बोल्छौँ”

κατέναντι Θεοῦ

परमेश्‍वरले तिनीहरूलाई हेरिरहनुभएको छ भन्‍ने सजगतासँगै पावल र उनका सहकर्मीहरूले सुसमाचार प्रचार गर्छन् । वैकल्‍पिक अनुवादः “हामी परमेश्‍वरको उपस्थितिमा बोल्छौँ” (हेर्नुहोस्ः शब्दलोप)

2 Corinthians 3

२ कोरिन्थी ०३ सामान्य टिपोटहरू

संरचना र प्रारूप

पावलले आफ्नो प्रतिरक्षालाई निरन्तरता दिन्छन् । पावलले कोरिन्थी ख्रीष्‍टिएनहरूलाई उनको कामको प्रमाणको रूपमा हेर्छन् ।

यस अध्यायका विशेष धारनाहरू

मोशाका व्यवस्था

परमेश्‍वरले ढुङ्गाको पाटीमा दश आज्ञाहरू दिनुभएको कुरालाई पावलले सङ्केत गर्छन् । यसले मोशाको व्यवस्थालाई दर्शाउँछ । व्यवस्था असल थियो किनभने यो परमेश्‍वरबाट आएको थियो । तर परमेश्‍वरले इस्राएलीहरूलाई दण्ड दिनुभयो किनभने तिनीहरूले त्यसको अवज्ञा गरे । यदि पुरानो करारलाई अझै अनुवाद गरिएको छैन भने यो अध्याय बुझ्‍न अनुवाकहरूका निम्ति कठिन हुन सक्छ । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि करार अनि प्रकट गर्नु, प्रकाश)

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

रूपकहरू

पावलले यस अध्यायमा प्रयोग गरिएका धेरै रूपकहरूलाई जटिल आत्मिक सत्यताहरू व्याख्या गर्नलाई प्रयोग गर्छन् । यसले पावलको शिक्षालाई बुझ्न अझ सहज वा अझ जटिल बनाउँछ भन्‍ने कुरा अपष्‍ट छ । (हेर्नुहोस्ः रूपक)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

“यो अक्षरहरूको करार होइन तर आत्माको करार हो ।”

पावलले पुरानो र नयाँ करार बीच फरक छुट्टाउँछन् । नयाँ करार नियमहरू र नितीहरूको पद्धति होइन । यहाँ “आत्मा”ले सम्भवतः पवित्र आत्मालाई जनाउँछ । यसले नयाँ करारलाई स्वभावमा “आत्मिक” भएको कुरालाई पनि जनाउन सक्छ । (हेर्नुहोस्ः आत्मा, आत्मिक)

2 Corinthians 3:1

पावलले ख्रीष्‍टद्वारा गरेका कुराहरू तिनीहरूलाई बताइरहँदा उनले घमण्ड गरिरहेका छैनन् भनी तिनीहरूलाई याद दिलाउँछन् ।

ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν?

उनीहरूले आफ्नै बारेमा घमण्ड गरिरहेका छैनन् भनी जोड दिनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले फेरि आफूहरू स्वयम्‌कै प्रशंसा गर्न थालिरहेका छैनौँ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν?

कोरिन्थीहरूलाई पावल र तिमोथीको असल प्रतिष्‍ठाको बारेमा पहिले नै थाहा छ भनी व्यक्त गर्नलाई पावलले यो कुरा बताउँछन् । प्रश्‍नले अकरणमा भएको जवाफ दिन लगाउँछ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूलाई चाहिए जस्तै हामीलाई तिमीहरूको निम्ति वा तिमीहरूबाट कुनै सिफारिस पत्रको आवश्यक पर्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

συστατικῶν ἐπιστολῶν

यो कुनै व्यक्तिले अरू कसैको चिनारी दिनलाई र त्यस व्यक्तिलाई तिनीहरूको सहमति दिनलाई लेख्‍ने पत्र हो ।

2 Corinthians 3:2

ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε

कोरिन्थीहरू सिफारिस पत्र हुन् झैँ गरी पावलले कोरिन्थीहरूको बारेमा उल्लेख गर्छन् । तिनीहरू विश्‍वासी भएको कुराले नै अरूहरूप्रतिको पावलको सेवकाइलाई मान्य तुल्याउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू आफैँ नै हाम्रा सिफारिस पत्र जस्तै हौ” (हेर्नुहोस्ः रूपक)

ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν

यहाँ “हृदयहरू” शब्दले तिनीहरूको विचारहरू र संवेगहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरू तिनीहरूका सिफारिस पत्र हुन् भन्ने कुरामा पावल र तिनीहरूका सहकर्मीहरू पक्का छन् वा २) पावल र तिनका सहमकर्मीहरूले कोरिन्थीहरूको गहन रूपमा वास्ता गर्छन् । (हेर्नुहोस्ः लक्षणा)

ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν

यसलाई “ख्रीष्‍ट”लाई कर्ताको रूपमा अर्थ दिने गरी कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन ख्रीष्‍टले हाम्रा हृदयहरूमा लेख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन सबै मानिसहरूले जान्‍न र पढ्न सक्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 3:3

ἐστὲ ἐπιστολὴ Χριστοῦ

पावलले प्रष्‍ट पार्छन् कि ख्रीष्‍ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले पत्र लेख्‍नुभएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टले लेख्‍नुभएको एउटा पत्र हौ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

διακονηθεῖσα ὑφ’ ἡμῶν

“हामीद्वारा ल्याइएको”

ἐνγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις

कोरिन्थीहरू एउटा आत्मिक पत्र जस्तै हुन, मानिसले भौतिक वस्तुहरूले लेखेका पत्र जस्ता होइनन् भनेर पावलले प्रष्‍ट पार्छन् ।

ἐνγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले मसीले लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि शब्दलोप)

οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले ढुङ्गाका पाटीहरूमा खोपेर लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले मानव हृदयका पाटीहरूमा लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि शब्दलोप)

πλαξὶν καρδίαις σαρκίναις

पावलले तिनीहरूका हृदयहरू ढुङ्गा वा माटोको कुनै सम्‍म परेका टुक्राहरू हुन् झैँ गरी उल्लेख गर्छन् जसमा मानिसहरूले अक्षरहरू खोप्छन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 3:4

πεποίθησιν δὲ τοιαύτην ἔχομεν

यसले पावलले भर्खरै भनेका कुरालाई जनाउँछ । कोरिन्थीहरू परमेश्‍वरको सामु पावलको सेवकाइको प्रमाण हुन् भनेर जानेको कुराबाट उनको आत्मविश्‍वास आउँछ ।

2 Corinthians 3:5

ἀφ’ ἑαυτῶν ἱκανοί

“हामी आफैँमा योग्य” वा “हामी आफैँमा पर्याप्‍त”

λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν

यहाँ “कुनै पनि कुरा” शब्दहरूले पावलको प्रेरितीय सेवकाइसँग सम्बन्धित कुनै पनि कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामीले सेवकाइमा गरेका कुनै पनि कुरा हाम्रो आफ्नै प्रयासहरूबाट आएका हुन् भनी दाबी गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ

“परमेश्‍वरले हामीलाई हाम्रो पर्याप्‍तता दिनुहुन्छ”

2 Corinthians 3:6

καινῆς διαθήκης, οὐ γράμματος

यहाँ “अक्षर” शब्दको अर्थ वर्णमालाका अक्षरहरू हो र यसले मानिसहरूले लेख्ने शब्दहरूलाई जनाउँछ । यो वाक्यांशले पुरानो करारको व्यवस्थालाई सङ्केत गर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले लेखेका आज्ञाहरूमा आधारित नभएको एउटा करार” (हेर्नुहोस्ः उपलक्षण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀλλὰ Πνεύματος

परमेश्‍वरको करारलाई मानिसहरूसित स्थापित गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “तर आत्माले जे गर्नुहुन्छ सो कुरामा आधारित भएको एउटा करार” (हेर्नुहोस्ः शब्दलोप)

τὸ…γράμμα ἀποκτέννει

पावलले पुराको करारको व्यवस्थालाई एउटा व्यक्तिको रूपमा उल्लेख गर्छन् जसले मार्छ । त्यो व्यवस्थाको पछि लाग्नाले आत्मिक मृत्युमा डोहोर्‍याउँछ । वैकल्‍पिक अनुवादः “लिखित व्यवस्थाले मृत्युमा डोहोर्‍याउँछ” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 3:7

पावलले पुरानो करारको धिमा हुँदै गएको महिमा र नयाँ करारको श्रेष्‍ठता र स्वतन्त्रताको बीचमा भएको भिन्‍नतालाई देखाउँछन् । उनले मोशाको घुम्टो र वर्तमान प्रकाशको स्पष्‍टताको बीचमा भएको भिन्‍नतालाई देखाउँछन् । अहिले प्रकट गरिएको कुराभन्दा मोशाको समय कम स्पष्‍ट तस्वीर थियो ।

εἰ δὲ ἡ διακονία τοῦ θανάτου…ἐγενήθη ἐν δόξῃ, ὥστε

पावलले जोड दिन्छन् कि हुन त व्यवस्थाले मृत्युतिर लैजान्छ, तैपनि त्यो अझै निकै महिमामय थियो । (हेर्नुहोस्ः व्यङ्ग्य)

ἡ διακονία τοῦ θανάτου

“मृत्युको सेवकाइ ।” यसले परमेश्‍वरले मोशाद्वारा दिनुभएको पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मृत्यु गराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν γράμμασιν ἐντετυπωμένη λίθοις

“ढुङ्गामा अक्षरहरूले खोपिएको ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन परमेश्‍वरले ढुङ्गामा अक्षरहरूले खोप्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐν δόξῃ, ὥστε

“अति धेरै महिमामा”

“तिनीहरूले हेर्न सकेनन् किनभने”

2 Corinthians 3:8

πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ?

“ ... पैदा गर्ने सेवा” भन्दा “आत्माले गर्नुहुने सेवा” झनै धेरै महिमामय हुनुपर्छ किनभने यसले जीवनतिर डोर्‍याउँछ भनी जोड दिनलाई पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसैले आत्माले गर्नुहुने सेवा अझ बढी महिमामय हुनुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἡ διακονία τοῦ Πνεύματος

“आत्माको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्‍पिक अनुवादः “जीवन दिने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 3:9

τῇ διακονίᾳ τῆς κατακρίσεως

“दोषी ठहराउने सेवकाइ ।” यसले पुरानो करारको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई दोषी ठहराउने सेवकाइ किनभने त्यो व्यवस्थामा आधारित छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ

यहाँ “कति” शब्दले वाक्यांशलाई प्रश्‍नको रूपमा होइन, आश्‍चर्यको रूपमा उल्लेख गर्छ । वैकल्‍पिक अनुवादः “त्यसोभए धार्मिकताको सेवा अझ धेरै महिमामा प्रशस्त हुनुपर्छ !” (हेर्नुहोस्ः विस्मयादि)

πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.

पावलले “धार्मिकताको सेवा”लाई अर्को वस्तु पैदा गर्न सक्‍ने वा वृद्धि गर्न सक्‍ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । उनले भन्‍न खोजेको यो हो कि व्यवस्था, जसको पनि महिमा थियो, त्योभन्दा “धार्मिकताको सेवा” झन् बढी महिमामय हुन्छ । (हेर्नुहोस्ः रूपक)

ἡ διακονία τῆς δικαιοσύνης

“धार्मिकताको सेवकाइ ।” यसले नयाँ करारलाई जनाउँछ, जसको पावल एक सेवक हुन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई धर्मी बनाउने सेवकाइ किनभने त्यो आत्मामा आधारित छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 3:10

καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον…εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης

निकै धेरै महिमामय रहेको नयाँ करारसँग तुलना गर्दा पुरानो करार अब महिमामय देखिँदैन ।

τὸ δεδοξασμένον

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “व्यवस्था जसलाई परमेश्‍वरले एकपटक महिमामय बनाउनुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐν τούτῳ τῷ μέρει

“यो तरिकाले”

2 Corinthians 3:11

τὸ καταργούμενον

यसले “दण्डाज्ञाको सेवा”लाई जनाउँछ, जसलाई पावलले लुप्‍त हुन सक्ने कुनै एउटा वस्तुको रूपमा उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “त्यो जुन अनुपयोगी भइरहेको थियो” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 3:12

ἔχοντες οὖν τοιαύτην ἐλπίδα

यसले पावलले भर्खरै भेनका कुरालाई जनाउँछ । उनको आशा नयाँ करारसँग एउटा अनन्त महिमा छ भनेर जान्ने कुराबाट आउँछ ।

τοιαύτην ἐλπίδα

“त्यस्तो आत्मविश्‍वास”

2 Corinthians 3:13

τὸ τέλος τοῦ καταργουμένου

यसले मोशाको अनुहारमा चम्केको महिमालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको अनुहारमा भएको महिमा जसै त्यो पूर्ण रूपमा बिलाएर गयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 3:14

ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν

“तर तिनीहरूको मन कठोर पारिएको थियो ।” पावलले इस्राएली मानिसहरूको मनलाई बन्द गर्न वा कठोर बनाउन सकिने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । यो अभिव्यक्तिको आशय तिनीहरूले जे देखेका थिए सो बुझ्न असक्षम थिए भन्‍ने हो । वैकल्‍पिक अनुवादः “तर इस्राएलीहरूले जे देखे सो बुझ्न सकेनन्” (हेर्नुहोस्ः रूपक)

ἄχρι γὰρ τῆς σήμερον ἡμέρας

पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई

τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει

जसरी इस्राएलीहरूले मोशाको मुहारमा महिमा देख्न सकेनन् किनभने तिनले तिनको मुहार एउटा घुम्टोले छोपेका थिए, त्यहाँ एउटा आत्मिक घुम्टो छ जसले मानिसहरूलाई तिनीहरूले पुरानो करार पढ्दा बुझ्नबाट रोक्छ । (हेर्नुहोस्ः रूपक)

ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης

“जब तिनीहरूले कसैले पुरानो करार पढेको सुन्छन्”

μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται

यहाँ “त्यसलाई” शब्दको दुईटै प्रयोगहरूले “उही पर्दा”लाई जनाउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “घुम्टोलाई कसैले पनि हटाउँदैन किनभने ख्रीष्‍टमा मात्र परमेश्‍वरले त्यसलाई हटाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 3:15

ἀλλ’ ἕως σήμερον

यो वाक्यांशले पावलले कोरिन्थीहरूलाई लेखिरहेको समयलाई जनाउँछ ।

ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς

यहाँ “मोशा” शब्दले पुरानो करारको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पनि कसैले मोशाको व्यवस्था पढ्छ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)

κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται

यहाँ “हृदयहरू” शब्दले मानिसहरूले विचार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ, र मानिसहरूले पुरानो करारलाई बुझ्न असक्षम भइरहेको कुरालाई तिनीहरूसँग एउटा घुम्टो भए झैँ गरी बताइएको छ जसले तिनीहरूको हृदयलाई ढाक्छ जसरी एउटा भौतिक घुम्टोले तिनीहरूको आँखालाई ढाक्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले सुनिरहेका कुराहरू बुझ्न तिनीहरू असक्षम हुन्छन्” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

2 Corinthians 3:16

ἡνίκα…ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον

यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैप्रति बफादार हुनु हो । वैकल्पिक अनुवादः “जब कुनै व्यक्तिले प्रभुको आराधना गर्न सुरु गर्छ” वा “जब कुनै व्यक्तिले प्रभुमा भरोसा गर्न सुरु गर्छ” (हेर्नुहोस्ः रूपक)

περιαιρεῖται τὸ κάλυμμα

परमेश्‍वरले तिनीहरूलाई बुझ्ने क्षमता दिनुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले घुम्टोलाई उठाएर हटाउनुहुन्छ” वा “परमेश्‍वरले तिनीहरूलाई बुझ्ने क्षमता दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 3:18

ἡμεῖς δὲ πάντες

यहाँ “हामीलाई” शब्दले सारा विश्‍वासीहरूलाई जनाउँछ, जसमा पावल र कोरिन्थीहरू पनि समेटिएका छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμενοι

मोशाले तिनको मुहारलाई घुम्टोले ढाकेको कारण त्यसमा झल्‍किएको परमेश्‍वरको महिमालाई देख्‍न नसक्‍ने इस्राएलीहरूको विपरीतमा, विश्‍वासीहरूलाई परमेश्‍वरको महिमा देख्‍न र बुझ्नबाट रोक्‍ने त्यहाँ केही छैन । (हेर्नुहोस्ः रूपक)

τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα

आत्माले विश्‍वासीहरूलाई उहाँजस्तै महिमामय हुनलाई परिवर्तन गरिरहनुभएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले हामीलाई उहाँको जस्तै महिमामय रूपमा परिवर्तन गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀπὸ δόξης εἰς δόξαν

“एउटा महिमाको परिमाणदेखि अर्को महिमाको परिमाणसम्म ।” यसको अर्थ हो कि आत्माले विश्‍वासीहरूको महिमालाई निरन्तर वृद्धि गरिरहनुभएको छ ।

καθάπερ ἀπὸ Κυρίου

“जसरी यो प्रभुबाट आउँछ”

2 Corinthians 4

२ कोरिन्थी ०४ सामान्य टिपोटहरू

संरचना र प्रारूप

यो अध्याय “यसकारण” शब्दबाट सुरु हुन्छ । यसले अघिल्लो अध्यायले सिकाएको कुरालाई जोड्छ । यी अध्यायहरूलाई कसरी विभाजान गरिएको छ भनी पाठकहरू अन्योलमा पर्न सक्छन् ।

यस अध्यायका विशेष धारणाहरू

सेवकाइ

पावलले मानिसहरूलाई ख्रीष्‍टको बारेमा बताएर तिनीहरूको सेवा गर्छन् । उनले मानिसहरूलाई विश्‍वास गर्नलाई छकाउने प्रयास गर्दैनन् । यदि तिनीहरूले सुसमाचारलाई बुझ्दैनन् भने त्यो समस्य नितान्त आत्मिक समस्या हो । (हेर्नुहोस्ः आत्मा, आत्मिक)

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

ज्योति र अन्धकार

बाइबलले धेरैपटक अधर्मी मानिसहरू अर्थात परमेश्‍वरलाई प्रशन्न तुल्याउने काम नगर्ने मानिसहरूलाई तिनीहरू अन्धकारमा हिँडिरहेको जस्तै गरी तिनीहरूको बारेमा उल्लेख गर्छ । यसले ज्योतिको बारेमा ती पापी मानिसहरूलाई धर्मी बन्न, तिनीहरूले गरिरहेका कामहरू गलत छन् भनी बुझ्‍न, र परमेश्‍वरको आज्ञापालन गर्न सुरु गर्नलाई सक्षम तुल्याउने कुराको रूपमा उल्लेख गर्छ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)

जीवन र मृत्यु

पावलले यहाँ शारीरिक जीवन र मृत्युलाई जनाउँदैनन् । जीवनले एउटा ख्रीष्‍टिएनले येशूमा पाउने नयाँ जीवनलाई दर्शाउँछ । मृत्युले येशूमा विश्‍वास गर्नु अघिको जीवन जिउने पुरानो शैलीलाई दर्शाउँछ । (हेर्नुहोस्ः जीवन, जिउनु, बाँच्‍नु, जीवित अनि मर्नु, मृत, घातक, मृत्यु अनि विश्‍वास)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

आशा

पावलले जानिजानि एउटा दोहोरिने संरचनाको प्रयोग गर्छन् । उनले एउटा कथन बनाउँछन् । त्यसपछि उनले विपरितजस्तो देखिने वा विरोधाभासपूर्ण भनाइलाई इन्कार गर्छन् वा एउटा अपवाद दिन्छन् । एकसाथमा, यिनीहरूले पाठकलाई कठिन परिस्थितिहरूमा आशा दिन्छन् । (हेर्नुहोस्ः आशा)

2 Corinthians 4:1

पावल लेख्छन् कि उनी उनको सेवकाइमा ख्रीष्‍टलाई प्रचार गरेर इमानदार छन् र आफ्नै प्रशंसा गरिरहेका छैनन् । उनले आफू जिउने तरिकामा येशूको मृत्यु र जीवन देखाउँछन् ताकि कोरिन्थी विश्‍वासीहरूमा जीवनले काम गर्न सकोस् ।

ἠλεήθημεν, οὐκ ἐνκακοῦμεν

यहाँ “हामी” शब्दले पावल र उनको सहकर्मीलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

καθὼς ἠλεήθημεν

यो वाक्यांशले पावल र उनका सहकर्मीहरूसँग कसरी “यो सेवकाइ छ” भनेर व्याख्या गर्छ । यो परमेश्‍वरले तिनीहरूलाई उहाँको कृपाद्वारा दिनुभएको एउटा उपहार हो । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले हामीलाई कृपा देखाउनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 4:2

ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης

यसको अर्थ हो कि पावल र उनका सहमकर्मीहरूले “गोप्य र शर्मलाग्दो” कुराहरू गर्न इन्कार गरे । यसको आशय तिनीहरूले विगतमा ती कुराहरू गरेका थिए भन्‍ने होइन ।

τὰ κρυπτὰ τῆς αἰσχύνης

“गोप्य” शब्दले मानिसहरूले गोप्य रूपमा गर्ने कुरालाई वर्णन गर्छ । शर्मलाग्दो कुराहरूले ती कुराहरू गर्ने मानिसहरूलाई लज्जित भएको महसुस गराउनुपर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले गोप्य रूपमा गर्ने कुराहरू, किनभने तिनीहरूले लज्‍जित बनाउँछ” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

περιπατοῦντες ἐν πανουργίᾳ

“छलकपटद्वारा जिउनु”

μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ

यहाँ “परमेश्‍वरको वचन” परमेश्‍वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन हो । यो वाक्यांशले एउटा सकारात्मक विचारलाई व्यक्त गर्न दुईवटा नकारात्मक विचारहरूको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “हामी परमेश्‍वरको सन्देशलाई गलत तरिकाले चलाउँदैनौँ” वा “हामी परमेश्‍वरको वचनलाई सहि तरिकाले चलाउँछौँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि लक्षणा)

συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων

यसको अर्थ हो कि तिनीहरू ठीक वा बेठीक हुन भनी निर्णय गर्न तिनीहरूको कुरा सुन्‍ने हरेक व्यक्तिलाई तिनीहरूले पर्याप्‍त प्रमाण दिन्छन् ।

ἐνώπιον τοῦ Θεοῦ

यसले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ । परमेश्‍वरको बुझाइ र पावलको सत्यताको स्वीकृतिलाई परमेश्‍वरले तिनीहरूलाई देख्‍न सकिरहनुभएको कुराको रूपमा जनाइएको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वर साक्षीको रूपमा हुनुभएर” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 4:3

εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον

यसले पावलले २ कोरिन्थीहरू ३:१४-१६ मा बताउन सुरु गरेका कुरालाई जनाउँछ । त्यहाँ पावलले व्याख्या गरे कि मानिसहरूले पुरानो करार पढ्दा तिनीहरूलाई बुझ्नबाट रोक्‍नलाई त्यहाँ एउटा आत्मिक घुम्टो छ । त्यसैगरी, मानिसहरू सुसमाचार बुझ्‍नलाई सक्षम छैनन् । (हेर्नुहोस्ः रूपक)

εἰ…ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν…ἐστὶν κεκαλυμμένον

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि एउटा घुम्टोले हाम्रो सुसमाचारलाई ढाक्छ भने, त्यो घुम्टोले त्यसलाई ढाक्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸ εὐαγγέλιον ἡμῶν

“हामीले प्रचार गर्ने सन्देश”

2 Corinthians 4:4

ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων

पावलले तिनीहरूको मनको आँखाहरू भए झैँ गरी र तिनीहरूको बुझ्न नसक्‍ने असमर्थतालाई तिनीहरूको मन देख्नलाई असमर्थ भएको जसरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “यस संसारको देवले अविश्‍वासीहरूलाई बुझ्नबाट रोक लगाएको छ” (हेर्नुहोस्ः रूपक)

ὁ θεὸς τοῦ αἰῶνος τούτου

“यस संसारलाई शासन गर्ने ईश्‍वर ।” यो पदावलीले शैतानलाई सङ्केत गर्दछ ।

μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ

जसरी इस्राएलीहरूले मोशाको मुहारमा चम्केको महिमा देख्न सकेका थिएनन् किनभने तिनले त्यसलाई घुम्टोले ढाकेका थिए (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:१३), अविश्‍वासीहरूले सुसमाचारमा चम्किने ख्रीष्‍टको महिमालाई देख्‍न सक्दैनन् । यसको अर्थ हो कि तिनीहरू “ख्रीष्‍टको महिमाको सुसमाचार”लाई बुझ्न असक्षम छन् । (हेर्नुहोस्ः रूपक)

τὸν φωτισμὸν τοῦ εὐαγγελίου

“ज्योति जुन सुसमाचारबाट आउँछ”

τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ

“ख्रीष्‍टको महिमाको बारेमा सुसमाचार”

2 Corinthians 4:5

ἀλλὰ Ἰησοῦν Χριστὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν

तपाईंले यी वाक्यांशहरूको लागि क्रियापदहरू प्रदान गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तर हामीले ख्रीष्‍ट येशूलाई प्रभुको रूपमा घोषणा गर्छौं, र हामी आफैँलाई तिमीहरूका सेवकहरूको रूपमा घोषणा गर्छौं” (हेर्नुहोस्ः शब्दलोप)

διὰ Ἰησοῦν

“येशूको कारण”

2 Corinthians 4:6

ἐκ σκότους φῶς λάμψει

यस वाक्यसँगै, परमेश्‍वरले ज्योतिलाई सृष्‍ट‍ि गर्नुभएको कुरालाई पावलले जनाउँछन्, जसरी उत्पत्तिको पुस्तकमा वर्णन गरिएको छ ।

ὃς ἔλαμψεν…πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ

यहाँ “ज्योति” शब्दले बुझ्ने क्षमतालाई जनाउँछ । जसरी परमेश्‍वरले ज्योति सृष्‍टि गर्नुभयो, उहाँले विश्‍वासीहरूको लागि समझ पनि सृजनुहुन्छ । “उहाँ ... चम्किनुभएको छ... हामीलाई परमेश्‍वरको महिमा बुझ्नलाई सक्षम तुल्याउन” (हेर्नुहोस्ः रूपक)

ἐν ταῖς καρδίαις ἡμῶν

यहाँ “हृदय” शब्दले मन र विचारहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा मनहरूमा” (हेर्नुहोस्ः लक्षणा)

πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ

“ज्योति, जुन परमेश्‍वरको महिमाको ज्ञान हो”

τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ

“येशू ख्रीष्‍टको मुहारमा परमेश्‍वरको महिमा ।” जसरी परमेश्‍वरको महिमा मोशाको मुहारमा चम्क्यो (हेर्नुहोस्ः २ कोरिन्थीहरू ३:७), त्यो येशूको मुहारमा पनि चम्किन्छ । यसको आशय हो कि जब पावलले सुसमाचार प्रचार गर्छन्, मानिसहरूले परमेश्‍वरको महिमाको बारेमा भएको सन्देशलाई देख्‍न र बुझ्न सक्छन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 4:7

ἔχομεν δὲ

यहाँ “हामी” शब्दले पावल र उनका सहकर्मीहरूलाई जनाउँछ, तर कोरिन्थीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

ἔχομεν…τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν

पावलले सुसमाचारलाई एउटा बहुमूल्य धन भए झैँ गरी र तिनीहरूको शरीरहरूलाई माटोबाट बनाइएको फुट्न सक्ने भाँडो भए झैँ गरी उल्लेख गर्छन् । तिनीहरूले प्रचार गर्ने सुसमाचारको मूल्यको तुलनामा तिनीहरू कम मूल्यका छन् भनी यसले जोड दिन्छ । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 4:8

ἐν παντὶ θλιβόμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई हर किसिमले सताउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 4:9

διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई सताउँछन्, तर परमेश्‍वरले हामीलाई त्याग्‍नुहुन्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई प्रहार गरेर लडाउँछन्, तर हामी नष्‍ट भएका छैनौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

“हामीलाई नराम्ररी चोट लगाइएको छ”

2 Corinthians 4:10

πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες

पावलले उनका कष्‍टहरूलाई तिनीहरू येशूको मृत्युको एउटा अनुभव भएको जसरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी येशू मर्नुभए झैँ गरी धेरैपटक मृत्युको खतरामा छौँ” वा “हामी सधैँ यस्तो किसिमले कष्‍ट भोग्छौँ कि हामी येशूको मृत्युको अनुभव गर्छौं” (हेर्नुहोस्ः रूपक)

καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ

सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जिवन हाम्रा शरीरहरूमा पनि प्रकट होस् ।”

καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अरू मानिसहरूले हाम्रो शरीरहरूमा येशूको जीवन देखून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 4:11

ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν

येशूको मृत्युलाई बोकिहिँड्नुले येशूप्रति बफदार भएकोले मर्न सकिने खतरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनकि हामी जो जीवित छौँ, परमेश्‍वरले हामीलाई सदैव मृत्युको सामना गर्नलाई डोहोर्‍याउनुहुन्छ किनभने हामी येशूसित जोडिएका छौँ” वा “मानिसहरूले हामी जीवित रहेकाहरूलाई सदैव मृत्युको जोखिममा पार्छन् किनभने हामी येशूसित जोडिएका छौँ” (हेर्नुहोस्ः रूपक)

ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν

येशूको जीवन हामीमा प्रकट भएको परमेश्‍वर चाहनुहुन्छ । सम्भावित अर्थहरू हुन् १) “हाम्रो शरीरहरू फेरि जिउनेछन्, किनभने येशू जीवित हुनुहुन्छ” वा २) “येशूले दिनुहुने आत्मिक जीवन हाम्रो शरीरहरूमा पनि प्रकट होस् ।” तपाईंले यो वाक्यांशलाई २ कोरिन्थीहरू ४:१० मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यो वाक्यांशलाई २ कोरिन्थीहरू ४:१० मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “ताकि अरू मानिसहरूले हाम्रो शरीरमा येशूको जीवन देखून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 4:12

ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν

पावलले मृत्यु र जीवनलाई तिनीहरू काम गर्न सक्ने व्यक्तिहरू भए झैँ गरी उल्लेख गर्छन् । यसको आशय हो कि तिनीहरू सदैव शारीरिक मृत्युको जोखिममा छन् ताकि कोरिन्थीहरूले आत्मिक जीवन पाउन सकून् । (हेर्नुहोस्ः मानवीकरण)

2 Corinthians 4:13

τὸ αὐτὸ πνεῦμα τῆς πίστεως

“विश्‍वासको उही आचरण ।” यहाँ “आत्मा” शब्दले व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ ।

κατὰ τὸ γεγραμμένον

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यी वचनहरू लेख्‍ने व्यक्ति अनुसार” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐπίστευσα, διὸ ἐλάλησα

यो भजनसङ्ग्रहबाटको एउटा उद्धरण हो ।

2 Corinthians 4:14

ὁ ἐγείρας τὸν Ἰησοῦν, καὶ…ἐγερεῖ

यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित तुल्याउनु हो । वैकल्पिक अनुवादः “ताकि उहाँ जसले प्रभु येशूलाई पुनः जीवित हुने तुल्याउनुभयो ... हुनेछ” वा “परमेश्‍वर, जसले प्रभु येशूलाई बिउभताउनुभयो, ... हुनेछ” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 4:15

τὰ γὰρ πάντα δι’ ὑμᾶς

यहाँ “सबै कुरा” शब्दहरूले ती सबै कष्‍टहरूलाई जनाउँछ जुन पावलले अघिल्ला पदहरूमा वर्णन गरेका छन् ।

ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसै परमेश्‍वरले उहाँको अनुग्रहलाई धेरै मानिसहरूमा फैलाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὴν εὐχαριστίαν περισσεύσῃ

पावलले धन्यवाद दिने कुरा कुनै एउटा वस्तु भएको जसरी उल्लेख गर्छन् जुन आफैँ वृद्धि हुन सक्छ । वैकल्‍पिक अनुवादः “धेरैभन्दा धेरै मानिसहरूले धन्यवाद दिन सकून्” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 4:16

नदेखिने अनन्त थोकहरूको तुलनामा कोरिन्थीहरूका कठिनाइहरू साना छन् र लामो समयसम्म रहँदैनन् भनी पावलले उल्लेख गर्छन् ।

διὸ οὐκ ἐνκακοῦμεν

यसलाई सकारात्मक कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि हामी निश्‍चित रहौँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται

यसले उनीहरूको भौतिक शरीर कुहिरहेको र मरिरहेकोलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा भौतिक शरीरहरू कमजोर हुँदैछन् र मर्दैछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ

यसले तिनीहरूको भित्री, आत्मिक जीवनहरू झन-झन बलियो हुँदैगएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा आत्मिक व्यक्तित्वहरू दिनदिनै बलिया पारिँदैछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हाम्रो भित्री मनुष्यत्वलाई हरेक दिन झन् नयाँ बनाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 4:17

τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν…αἰώνιον βάρος δόξης, κατεργάζεται ἡμῖν

तिनका कष्‍टहरू र परमेश्‍वरले तिनलाई दिनुहुने महिमा चाहिँ तिनीहरू कुनै वस्तुहरू भएको जसरी पावलले उल्लेख गर्छन् जसलाई जोख्‍न सकिन्छ । महिमा कष्‍टभन्दा अत्याधिक मात्रामा वजनदार छ । (हेर्नुहोस्ः रूपक)

καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν

जुन महिमा पावलले महसुस गर्नेछन् त्यो यति गह्रौँ छ कि कसैले पनि त्यसलाई जोख्‍न सक्‍दैन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन कसैले पनि नाप्न सक्दैन” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 4:18

τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले देख्‍न सक्‍ने कुराहरू ... हामीले देख्‍न नसक्‍ने कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀλλὰ τὰ μὴ βλεπόμενα

तपाईंले यस वाक्यांशको लागि क्रियापद प्रदान गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी अदृश्‍य रहेका कुराहरूलाई हेरिरहेका छौँ” (हेर्नुहोस्ः शब्दलोप)

2 Corinthians 5

२ कोरिन्थी ०५ सामान्य टिपोटहरू

यस अध्यायका विशेष धारणाहरू

स्वर्गमा नयाँ शरीरहरू

उनी मर्दा अझ राम्रो शरीर प्राप्‍त गर्नेछन् भनी पावल जान्दछन् । यसैकारणले उनी सुसमाचार प्रचार गर्दा मारिने कुरासित डराउँदैनन् । त्यसैले तिनले अरूहरूलाई बताउँछन् कि तिनीहरू पनि परमेश्‍वरसँग पुनर्मिलापमा आउन सक्छन् । ख्रीष्‍टले तिनीहरूका पापहरू लानुहुनेछ र तिनीहरूलाई उहाँको धार्मिकता दिनुहुनेछ । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, मिलाप गराउनु, मिलाप अनि पाप, पापूर्ण, पापी, पाप गर्दै अनि धर्मी, धार्मिकता)

नयाँ सृष्‍टि

पुरानो र नयाँ सृष्‍टिले सम्भवतः पावलले पुरानो र नयाँ मनुष्‍यत्वलाई कसरी चित्रण गर्छन् भन्‍ने कुरालाई जनाउँछ । यी धारणाहरू पुरानो र नयाँ मानिसको जस्तै हुन् । सम्भवतः “पुरानो” शब्दले मानिस जन्मेको पापपूर्ण स्वभावलाई जनाउँदैन । यसले जीवन जिउने पुरानो शैलीलाई वा पापमा बाँधिएको ख्रीष्‍टिएनको पहिलाको अवस्थालाई जनाउँछ । “नयाँ सृष्‍टि” नयाँ स्वभाव वा नयाँ जीवन हो जुन कोही व्यक्ति ख्रीष्‍टमा विश्‍वास गर्न आइसकेपछि परमेश्‍वरले उसलाई दिनुहुन्छ । (हेर्नुहोस्ः विश्‍वास)

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

घर

ख्रीष्‍टिएनको घर अब यस संसारमा होइन । एक ख्रीष्‍टिएनको वास्तविक घर स्वर्गमा छ । यो अलङ्कारको प्रयोग गरेर, पावलले जोड दिन्छन् कि ख्रीष्‍टिएनका यस संसारमा भएका बाध्यताहरू अस्थायी हुन् । यसले कष्‍ट भोगिरहेकाहरूलाई आशा दिन्छ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि रूपक अनि आशा)

यस अध्यायका अन्य अनुवाद जटिलताहरू

“मिलापको सन्देश”

यसले सुसमाचारलाई जनाउँछ । पावलले परमेश्‍वरसित शत्रुतामा रहेका मानिसहरूलाई पश्‍चाताप गर्न र उहाँसँग मिलापमा आउनलाई बोलाउँछन् । (हेर्नुहोस्ः पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप अनि मिलाप गराउनु, मिलाप)

2 Corinthians 5:1

पावलले विश्‍वासीहरूको पार्थिव शरीरहरू र परमेश्‍वरले दिनुहुने स्वर्गीय शरीरहरूको बीचमा भएको भिन्‍नतालाई देखाएर निरन्तरता दिन्छन् ।

ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν

यहाँ अस्थायी “पार्थिव वासस्थान” मानिसको भौतिक शरीरको लागि एउटा अलङ्कार हो । यहाँ “परमेश्‍वरबाटको भवन” चाहिँ विश्‍वासीहरू मरेपछि परमेश्‍वरले दिनुहुने नयाँ शरीरको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)

ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामी बसेको पार्थिव वासस्थानलाई नष्‍ट पार्छन् भने” वा “यदि मानिसहरूले हाम्रो शरीरहरूलाई मार्छन् भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς

यहाँ “घर” भनेको “परमेश्‍वरबाटको भवन” भनेको जस्तै हो । यहाँ “हातहरू” चाहिँ मानवलाई समग्र रूपमा प्रतिनिधित्व गर्ने उपलक्षक शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो एउटा घर हो जसलाई मानिसहरूले बनाएका होइनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि उपलक्षण)

2 Corinthians 5:2

ἐν τούτῳ στενάζομεν

यहाँ “यो पाल”को अर्थ “हामी बसोबास गर्ने पार्थिव वासस्थान” जस्तै नै हो । चिन्ताले सुस्केरा हाल्‍नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्‍ने आवाज हो ।

τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες

“हाम्रो स्वर्गीय वासस्थान” शब्दहरूले “परमेश्‍वरबाट आउने भवन” भन्‍ने नै अर्थ दिन्छ । पावलले पुनरुत्थानको शरीरलाई त्यो दुवै भवन र कोही व्यक्तिले पहिरन सक्ने कपडा भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 5:3

ἐνδυσάμενοι

“हाम्रा स्वर्गीय वासस्थान धारण गरेर”

οὐ γυμνοὶ εὑρεθησόμεθα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी नाङ्गा हुनेछैनौँ” वा “परमेश्‍वरले हामीलाई नाङ्गो पाउनुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 5:4

οἱ ὄντες ἐν τῷ σκήνει

पावलले भौतिक शरीरलाई त्यो एउटा “पाल” भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

ἐν τῷ σκήνει, στενάζομεν

“पाल” शब्दले “हामी वास गर्ने पार्थिव वासस्थान”लाई जनाउँछ । चिन्ताले सुस्केरा हाल्नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्ने आवाज हो । तपाईंले यसलाई २ कोरिन्थीहरू ५:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

βαρούμενοι

पावलले भौतिक शरीरले भोग्ने कठिनाइहरूलाई बोक्न कठिन हुने गह्रौँ वस्तुहरूलाई झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

οὐ θέλομεν ἐκδύσασθαι…ἐπενδύσασθαι

पावलले शरीरलाई वस्‍त्र भए झैँ गरी उल्लेख गर्छन् । यहाँ “वस्‍त्र फुकाल्नु”ले भौतिक शरीरको मृत्युलाई जनाउँछ; “वस्‍त्र पहिरिएको”ले परमेश्‍वरले दिनुहुने पुनरुत्थानको शरीर पाउनुलाई जनाउँछ। (हेर्नुहोस्ः रूपक)

ἐκδύσασθαι

“वस्‍त्र बिना हुनु” वा “नाङ्गो हुनु”

ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς

पावलले जीवनलाई एउटा जनावर भएको जसरी कुरा गर्छन् जसले “जे मरणशील छ” त्यसलाई खान्छ । मरेर जाने भौतिक शरीरलाई सदासर्वदा जिउने पुनरुत्थानको शरीरद्वारा प्रतिस्थापन गरिनेछ । (हेर्नुहोस्ः रूपक)

ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि जे मरणशील छ त्यसलाई जीवनले निलोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 5:5

ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος

आत्मालाई यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति एक बैना हुनुहुन्छ । तपाईंले यसलाई २ कोरिन्थीहरू १:२२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 5:6

विश्‍वासीहरूले नयाँ शरीर पाउने र पवित्र आत्मालाई बैनाको रूपमा पाउने हुनाले, पावलले तिनीहरूलाई प्रभुलाई प्रसन्न तुल्याउने गरी विश्‍वासद्वारा जिउनलाई याद दिलाउँछन् । उनले अरूहरूलाई मनाउन तिनीहरूलाई याद दिलाएर निरन्तरता दिन्छन् किनभने १) विश्‍वासीहरू ख्रीष्‍टको न्याय आसन अगाडि खडा हुनुपर्छ र २) विश्‍वासीहरूको निम्ति मर्नुहुने ख्रीष्‍टको लागि भएको प्रेमको कारण ।

ἐνδημοῦντες ἐν τῷ σώματι

पावलले भौतिक शरीरलाई कोही व्यक्ति बस्ने ठाउँको रूपमा उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “जब हामी यस पार्थिव शरीरमा बसिरहेका छौँ” (हेर्नुहोस्ः रूपक)

ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου

“हामी प्रभुसँग घरमा छैनौँ” वा “हामी प्रभुसँग स्वर्गमा छैनौँ”

2 Corinthians 5:7

διὰ πίστεως…περιπατοῦμεν, οὐ διὰ εἴδους

यहाँ “हिँड्नु” भनेको “जिउनु” वा “आचरण देखाउनु”को निम्ति अलङकार हो । वैकल्पिक अनुवादः “हामी विश्‍वास अनुसार हिँड्छौँ, हामीले जे देख्छौँ त्यस अनुसार होइन” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 5:8

εὐδοκοῦμεν, μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος

यहाँ “शरीर”ले भौतिक शरीरलाई जनाउँछ ।

ἐνδημῆσαι πρὸς τὸν Κύριον

“प्रभुसँग स्वर्गमा घरमा”

2 Corinthians 5:9

εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες

“प्रभु” शब्दलाई अघिल्लो पदहरूबाट लिन सकिन्छ । वैकल्‍पिक अनुवादः “चाहे हामी प्रभुसँग घरमा होऔँ वा प्रभुबाट टाढा होऔँ” (हेर्नुहोस्ः शब्दलोप)

εὐάρεστοι αὐτῷ εἶναι

“प्रभुलाई खुशी बनाउन”

2 Corinthians 5:10

ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ

“न्यायको निम्ति ख्रीष्‍टको अगाडि”

κομίσηται ἕκαστος

“हरेक व्यक्तिले उसले पाउनुपर्ने पाओस्”

τὰ διὰ τοῦ σώματος

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले भौतिक शरीरमा हुँदा गरेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

εἴτε ἀγαθὸν εἴτε κακὸν

“चाहे ती कुराहरू असल वा खराब होऊन्”

2 Corinthians 5:11

εἰδότες…τὸν φόβον τοῦ Κυρίου

“प्रभुको भय मान्‍नु भनेको के हो सो जानेर”

ἀνθρώπους πείθομεν

सम्भावित अर्थहरू हुन् १) “हामीले मानिसहरूलाई सुसमाचारको सत्यतामा विश्‍वस्त बनाउँछौँ” वा २) “हामी सच्चा प्रेरितहरू हौँ भनी हामी मानिसहरूलाई विश्‍वस्त पार्छौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Θεῷ…πεφανερώμεθα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी कस्ता किसिमका मानिसहरू हौँ भनी परमेश्‍वरले प्रष्‍ट रूपमा देख्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι

“कि तिमीहरू पनि यसमा विश्‍वस्त हौ”

2 Corinthians 5:12

ἵνα ἔχητε

“ताकि तिमीहरूसित ... लाई भन्न केही कुरा होस्”

τοὺς ἐν προσώπῳ καυχωμένους, καὶ μὴ ἐν καρδίᾳ

यहाँ “बाहिरी रूप”ले क्षमता र स्तरजस्ता बाह‍्‌य अभिव्यक्तिहरूलाई जनाउँछ । “हृदय” शब्दले व्यक्तिको भित्री चरित्रलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले तिनीहरूका आफ्‍नै कार्यहरूको प्रशंसा गर्छन्, तर तिनीहरूका भित्री व्यक्तित्वमा वास्तवमा कस्ता छन् भन्‍ने कुराको मतलब गर्दैनन्” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 5:13

εἴτε…ἐξέστημεν…εἴτε σωφρονοῦμεν

पावलले उनी र उनका सहकर्मीहरूको बारेमा अरूहरूले विचार गर्ने कुराहरूको बारेमा बताइरहेका छन् । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामीलाई बौलाहा सम्झन्छन् भने ... यदि मानिसहरूले हामीलाई समझदार सम्झन्छन् भने” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 5:14

ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ

सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍टको निम्ति हाम्रो प्रेम” वा “हाम्रो लागि ख्रीष्‍टको प्रेम ।”

ὑπὲρ πάντων ἀπέθανεν

“सबै मानिसहरूको निम्ति मर्नुभयो”

2 Corinthians 5:15

τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι

“उहाँ जो तिनीहरूको खातिर मर्नुभयो र जसलाई परमेश्‍वरले फेरि जीवित हुने तुल्याउनुभयो” वा “ख्रीष्‍ट, जो तिनीहरूका खातिर मर्नुभयो र जसलाई परमेश्‍वरले बिउँताउनुभयो”

τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι

सम्भावित अर्थहरू हुन् १) यी शब्दहरूले “मर्नुभयो”लाई मात्र जनाउँछ वा २) यी शब्दहरूले “मर्नुभयो” र “बिउँताइनुभएको थियो” दुवैलाई जनाउँछ ।

2 Corinthians 5:16

ख्रीष्‍टको प्रेम र मृत्युको कारण, हामीले मानवीय मापदण्डहरूद्वारा न्याय गर्नुहुँदैन । ख्रीष्‍टको मृत्युद्वारा परमेश्‍वरसँग कसरी एक हुने र शान्तिमा रहने र ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता प्राप्‍त गर्ने भनी अरूहरूलाई सिकाउन हामीलाई नियुक्त गरिएको छ ।

ὥστε

यसले पावलले आफू स्वयमको निम्ति भन्दा ख्रीष्‍टको निम्ति जिउने कुराको बारेमा भर्खरै बताएको कुरालाई जनाउँछ ।

2 Corinthians 5:17

καινὴ κτίσις

पावलले ख्रीष्‍टमा विश्‍वास गर्ने कोही व्यक्तिको बारेमा यसरी कुरा गर्छन् मानौँ परमेश्‍वरले एउटा नयाँ व्यक्ति सृष्‍टि गर्नुभएको हो । वैकल्‍पिक अनुवादः “ऊ एउटा नयाँ व्यक्ति हो” (हेर्नुहोस्ः रूपक)

τὰ ἀρχαῖα παρῆλθεν

यहाँ “पुराना कुराहरू”ले कोही व्यक्तिले ख्रीष्‍टमा विश्‍वास गर्नु अगाडि तिनीहरूको स्वभावलाई वर्णन गर्ने कुराहरूलाई जनाउँछ ।

ἰδοὺ

यहाँ “हेर” शब्दले यसपछिको चकित बनाउने जानकारीप्रति ध्यान दिन हामीलाई सावधान गराउँछ ।

2 Corinthians 5:18

τὰ…πάντα

“परमेश्‍वरले यी सबै कुराहरू गर्नुभएको छ ।” यसले पुराना कुराहरूलाई नयाँ कुराहरूले प्रतिस्थापन गर्ने कुराको बारेमा अघिल्ला पदहरूमा पावलले भर्खरै बताएको कुरालाई जनाउँछ ।

τὴν διακονίαν τῆς καταλλαγῆς

यसलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई उहाँसँग पुनर्मिलाप गराउने सेवकाइ” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 5:19

“यसको अर्थ हो”

ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ

यहाँ “संसार” शब्दले संसारमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टमा, परमेश्‍वरले मानवजातिलाई आफूसँग पुनर्मिलाप गराइरहनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)

θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς

परमेश्‍वरले मानिसहरूलाई आफूसित पुनर्मिलाप गराउँदै हुनुहुन्छ भन्ने सन्देश फैलाउने जिम्मेवारी परमेश्‍वरले पावललाई दिनुभएको छ ।

τὸν λόγον τῆς καταλλαγῆς

“पुनर्मिलापको बारेमा भएको सन्देश”

2 Corinthians 5:20

ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई ख्रीष्‍टका प्रतिनिधिहरूको रूपमा नियुक्ति गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὑπὲρ Χριστοῦ…πρεσβεύομεν

“जसले ख्रीष्‍टको लागि बोल्छन्”

καταλλάγητε τῷ Θεῷ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँसँग पुनर्मिलापमा ल्याउन देओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 5:21

τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν

“परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रो लागि पापको बलि बन्‍न लगाउनुभयो”

ἡμῶν…ἡμεῖς

यहाँ “हाम्रो” र “हामी” शब्दहरू समावेशी छन् र सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

τὸν μὴ γνόντα ἁμαρτίαν

“ख्रीष्‍ट नै हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुभएन”

“परमेश्‍वरले यो गर्नुभयो ... ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता”

ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ

“परमेश्‍वरको धार्मिकता” भन्‍ने वाक्यांशले परमेश्‍वरले चाहनुहुने धार्मिकतालाई बुझाउँछ र जुन परमेश्‍वरबाट आउँछ । वैकल्‍पिक अनुवादः “ताकि हामीसँग ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता हामीमा होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 6

२ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू

संरचना र प्रारूप

केही संस्कतणहरूले पढ्नलाई सजिलो होस् भनी कविताको हरेक हरफलाई बाँकी पाठ्यांशहरू भन्दा दुर लान्छन् । यूएलटीले पद २ र १६-१८ पदहरूलाई यसो गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायको विशेष धारणाहरू

सेवकहरू

पावलले ख्रीष्‍टिएनहरूलाई परमेश्‍वरको सेवकहरूको रूपमा उल्लेख गर्छन् । परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई सबै परिस्थितिहरूमा उहाँको सेवा गर्नलाई आह्वान गर्नुहुन्छ । पावल र उनका सहकर्मीहरूले परमेश्‍वरको सेवा गरेका केही जटिल परिस्थितिहरूलाई उल्लेख गर्छन् ।

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

अन्तरहरू

पावलले चार जोडी अन्तरहरूको प्रयोग गर्छन्ः धार्मिकता र व्यवस्थाहीनता, ज्योति र अन्धकार, ख्रीष्‍ट र शैतान, अनि परमेश्‍वरको मन्दिर र मूर्तिहरू । यी अन्तरहरूले ख्रीष्‍टिएनहरू र गैर-ख्रीष्‍टिएनहरूको बीचमा भएको भिन्नतालाई देखाउँछन् । (हेर्नुहोस्ः धर्मी, धार्मिकता अनि प्रकाश, प्रकाश, चमक, उज्यालो, प्रबुद्ध अनि अन्धकार)

ज्योति र अन्धकार

बाइबलले प्रायः अधार्मिक मानिसहरू, परमेश्‍वरलाई प्रशन्‍न तुल्याउने काम नगर्ने मानिसहरूको बारेमा तिनीहरू अन्धकारको वरिपरि हिँडिरहेको झैँ गरी उल्लेख गर्छ । यसले ज्योतिलाई ती पापी मानिसहरूलाई धर्मी हुन, तिनीहरूले गरिरहेका कुरा गलत छ भनी बुझ्‍न र परमेश्‍वरको आज्ञापालन गर्न सक्षम बनाउने कुराको रूपमा उल्लेख गर्छ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)

आलङ्कारिक प्रश्‍नहरू

पावलले उनका पाठकहरूलाई सिकाउनका निमित्त एक लहर आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यी सबै प्रश्‍नहरूले उही कुरा उल्लेख गर्छन्ः ख्रीष्‍टिएनहरूले पापमा जिउनेरूसित घनिष्‍ठ रूपमा संगति गर्नु हुँदैन । जोड दिनका लागि पावलले यी प्रश्‍नहरूलाई दोहोर्‍याउँछन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

हामी

पावलले सम्भवतः कम्तीमा पनि उनी र तिमोथीलाई दर्शाउन “हामी” सर्वनामको प्रयोग गर्छन् । यसले अरूहरूलाई पनि समेट्न सक्छ ।

2 Corinthians 6:1

पद २ मा, पावलले यशैया अगमवक्ताको पुस्तकबाट एउटा अंशलाई उद्‌धृत गर्छन् ।

परमेश्‍वरको लागि एकसाथ काम गर्ने कुरा कस्तो हुनुपर्छ भनेर पावलले सारांश निकाल्छन् ।

συνεργοῦντες

पावल बताउन खोज्दैछन् कि उनी र तिमोथी परमेश्‍वरसँगै काम गर्दै छन् । वैकल्पिक अनुवाद: “परमेश्‍वरसँगै काम गर्दै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καὶ, παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς

पावलले परमेश्‍वरको अनुग्रहलाई तिनीहरूको जीवनमा प्रभावकारी हुनलाई अनुमति दिन तिनीहरूसँग बिन्ती गर्छन् । यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले परमेश्‍वरबाट प्राप्‍त गरेका अनुग्रहको प्रयोग गर्न हामी तिमीहरूलाई बिन्ती गर्दछौँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

2 Corinthians 6:2

λέγει γάρ

“किनभने परमेश्‍वरले भन्‍नुहुन्छ ।” यसले यशैया अगमवक्ताको पुस्तकबाटको एउटा उद्धरणलाई परिचय गराउँछ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले धर्मशास्‍त्रमा भन्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἰδοὺ

यहाँ “हेर” शब्दले यसपछिको चकित पार्ने जानकारीप्रति ध्यान दिन हामीलाई सजग बनाउँछ ।

2 Corinthians 6:3

μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν

पावलले कोही व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वास गर्नबाट बाधा दिने कुनै पनि कुरालाई उक्त व्यक्ति ठेस खाने र लड्ने कुनै भौतिक वस्तु भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई हाम्रो सन्देशमा विश्‍वास गर्नबाट रोक्‍ने कुनै पनि कुरा हामी गर्न चाहँदैनौँ” (हेर्नुहोस्ः रूपक)

μὴ μωμηθῇ ἡ διακονία

“बदनाम भएको” शब्दले मानिसहरूले पावलको सेवकाइको बारेमा नराम्रो रीतिले कुरा गरेको, र उनले प्रचार गरेको सन्देशको विरुद्धमा काम गरिरहेको कुरालाई दर्शाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि हाम्रो सेवकाइको बारेमा नराम्ररी बोल्‍न सक्‍ने भएको हामी चाहन्‍नौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 6:4

यहाँ जब पावलले “हामी”को प्रयोग गर्छन्, उनले आफैँ र तिमोथीलाई जनाउँदै छन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι

“हामीले गर्ने सबै कुराले हामी परमेश्‍वरका सेवकहरू हौँ भनेर प्रमाणित गर्छौं”

Θεοῦ διάκονοι: ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις

पावलले विभिन्‍न कठिन परिस्थितिहरूलाई उल्‍लेख गर्छन् जसमा तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।

2 Corinthians 6:5

ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις

पावलले विभिन्‍न कठिन परिस्थितिहरूलाई उल्‍लेख गर्न निरन्तरता दिन्छन् जसमा तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर तिनीहरूले प्रमाणित गरे ।

2 Corinthians 6:6

ἐν ἁγνότητι…ἐν ἀγάπῃ ἀνυποκρίτῳ

पावलले थुप्रै नैतिक सद्‌गुणहरूको सूची बनाउँछन् जुन तिनीहरूले कठिन परिस्थितिहरूमा कायम राखेका थिए जसले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्‍यो ।

2 Corinthians 6:7

ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ

परमेश्‍वरको शक्तिमा सुसमाचार प्रचार गर्ने तिनीहरूको समर्पणताले तिनीहरू परमेश्‍वरका सेवकहरू हुन् भनेर साबित गर्छ ।

ἐν λόγῳ ἀληθείας

“सत्यताको बारेमा परमेश्‍वरको सन्देश बताएर” वा “परमेश्‍वरको सत्य सन्देश बताएर”

ἐν δυνάμει Θεοῦ

“मानिसहरूलाई परमेश्‍वरको शक्ति देखाएर”

διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν

पावलले तिनीहरूको धार्मिकताको बारेमा तिनीहरूले आत्मिक लडाइँ लड्नलाई प्रयोग गर्ने हतियारहरू भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

τῶν ὅπλων τῆς δικαιοσύνης

“हाम्रो शस्‍त्रको रूपमा धार्मिकता” वा “हाम्रो हतियारको रूपमा धार्मिकता”

τῶν δεξιῶν καὶ ἀριστερῶν

सम्भावित अर्थहरू हुन् १) कि त्यहाँ एउटा हातमा हतियार छ र अर्को हातमा कवच छ २) कि तिनीहरू कुनै पनि दिशाबाट आइपर्ने आक्रमणलाई रोक्‍नलाई सक्षम भएर युद्धको निम्ति पूर्ण रूपमा सुसज्जित छन् ।

2 Corinthians 6:8

पावलले उनी र उनका सेवकाइको बारेमा मानिसहरूले कसरी विचार गर्छन् भन्‍ने कुराको थुप्रै चरम कुराहरूको सूची बनाउँछन् । (हेर्नुहोस्ः मेरिज्म)

ὡς πλάνοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई छली भएको दोष लगाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 6:9

ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानौँ मानिसहरूले हामीलाई चिनेका थिएनन् र तापनि मानिसहरूले हामीलाई राम्ररी जान्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी मानिसहरूले हामीलाई हाम्रा कामहरूको निम्ति दण्ड दिएको झैँ गरी काम गर्छौं, तर तिनीहरूले हामीलाई मृत्युदण्ड दिए झैँ गरी होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 6:11

पावलले कोरिन्थका विश्‍वासीहरूलाई मूर्तिहरूबाट अलग भएर परमेश्‍वरको निम्ति शुद्ध जीवनहरू जिउनलाई उत्साह दिन्छन् ।

τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς

“इमानदारीसाथ तिमीहरूलाई भनेका छौँ”

ἡ καρδία ἡμῶν πεπλάτυνται

पावलले कोरिन्थीहरूप्रतिको उनको महान् स्नेहलाई खुला हृदय भएको झैँ गरी उल्लेख गर्छन् । यहाँ “हृदय” कोही व्यक्तिको भावनाहरूको लागि एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै प्रेम गर्छौँ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

2 Corinthians 6:12

στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν

पावलले तिनको निम्ति कोरिन्थीहरूको प्रेमको कमीलाई तिनीहरूको हृदय साँघुरो ठाउँ हुने गरी निचोरिएको झैँ गरी उल्लेख गर्छन् । यहाँ “हृदय” कोही व्यक्तिको भावनाहरूको लागि एक प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

οὐ στενοχωρεῖσθε ἐν ἡμῖν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले तिमीहरूको हृदयहरूलाई नियन्त्रण गरेका छैनौँ” वा “तिमीहरूले हामीलाई प्रेम गर्न रोक्नलाई हामीले कुनै कारण दिएका छैनौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूका आफ्नै हृदयहरूले तिमीहरूलाई नियन्त्रण गरिरहेका छन्” वा “तिमीहरूका आफ्नै कारणहरूले गर्दा तिमीहरूले हामीलाई प्रेम गर्न छाडेका छौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 6:13

πλατύνθητε καὶ ὑμεῖς

पावलले कोरिन्थीहरूलाई उनले तिनीहरूलाई प्रेम गरे जस्तै गरी उनलाई प्रेम गर्न आग्रह गर्छन् । वैकल्‍पिक अनुवादः “हामीलाई प्रेम फर्काओ” वा “हामीले तिमीहरूलाई प्रेम गरे जत्तिकै हामीलाई प्रेम गर” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 6:14

पद १६ मा, पावलले पुरानो करारका थुप्रै अगमवक्तहरूबाटका अंशहरूलाई व्याख्या गर्छन्ः मोशा, जकरिया, आमोस र सम्भवतः अरूहरू ।

μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूसँग मात्र एकसाथ बाँधिएका होओ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

μὴ γίνεσθε ἑτεροζυγοῦντες

पावलले एकै उद्देश्यको निम्ति सँगै काम गर्ने कुरालाई त्यो कुनै हलो वा गाडालाई तान्न सँगै नारिएका दुई वटा पशुहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ ... सँग टोली बनाओ” वा “ ... सँग घनिष्‍ठ सम्बन्ध राख” (हेर्नुहोस्ः रूपक)

τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “किनकि धार्मिकताको व्यवस्थाहीनतासँग कुनै सरोकार हुन सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος?

पावलले ज्योति र अन्धकारसँगै रहन सक्दैनन् भनेर जोड दिनलाई यो प्रश्‍न सोध्छन् किनभने ज्योतिले अन्धकारलाई हटाउँछ । “ज्योति” र “अन्धकार” शब्दहरूले विश्‍वासीहरू र अविश्‍वासीहरूको नैतिक र आत्मिक गुणहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ज्योतिको अन्धकारसित कुनै संगति हुन सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि रूपक)

2 Corinthians 6:15

τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट र बेलिआलको बीचमा कुनै सहमति हुँदैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Βελιάρ

यो दुष्‍टको निम्ति अर्को नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “एकजना विश्‍वासीको कुनै अविश्‍वासीसँग केही साझा कुरा हुँदैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

2 Corinthians 6:16

τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων?

यो नकारात्मक जवाफको अपेक्षा गर्ने आलङ्कारिक प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको मन्दिर र मूर्तिहरूको बीचमा कुनै सहमति हुँदैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος

पावलले सबै ख्रीष्‍टिएनहरूले परमेश्‍वर वास गर्ने मन्दिर निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी एउटा मन्दिर जस्तै छौँ जहाँ जीवित परमेश्‍वर बस्‍नुहुन्छ” (हेर्नुहोस्ः रूपक अनि समावेशी “हामी”)

ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐνπεριπατήσω

यो परमेश्‍वर मानिसहरूका माझमा हुने दुईवटा तरिकाहरूलाई जनाउने पुरानो करारको एउटा उद्धरण हो । “माझमा वास गर्नु” शब्दहरूले अरूहरू जहाँ बस्छन् त्यहिँ बस्नु र “माझमा हिँड्डुल गर्नु” शब्दहरूले तिनीहरू जहाँ जाँदा पनि तिनीहरूसँग हुने कुरालाई दर्शाउँछ । वैकल्‍पिक अनुवादः “म तिनीहरूसित हुनेछु र तिनीहरूलाई सहायता गर्नेछु” (हेर्नुहोस्ः समान्तरता अनि रूपक)

2 Corinthians 6:17

पावलले पुरानो करारका अगनवक्ताहरू, यशैया र इजकिएकको पुस्तकका अंशहरू उद्‌धृत गर्छन् ।

ἀφορίσθητε

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आफैँलाई अलग गर” वा “तिमीहरूलाई अलग गर्न मलाई अनुमति देओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀκαθάρτου μὴ ἅπτεσθε

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “शुद्ध थोकहरूलाई मात्र छोओ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

2 Corinthians 7

२ कोरिन्थीहरू ०७ सामान्य टिपोटहरू

संरचना र प्रारूप

२-४ का पदहरूमा, पावलले आफ्नो प्रतिरक्षालाई अन्त गर्छन् । तब उनले तीतस फर्केको र यसले उनलाई मिलेको सान्त्वनाको बारेमा उल्लेख गर्छन् ।

यस अध्यायका विशेष धारणाहरू

शुद्ध र अशुद्ध

परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई तिनीहरूको पापबाट शुद्ध पार्नुभएको अर्थमा तिनीहरू “शुद्ध” छन् । तिनीहरूले मोशाको व्यवस्थाअनुसार शुद्ध हुने कुराको बारेमा चिन्ता गर्नुपर्दैन । तापनि ईश्‍वरहीन जीवनले कोही ख्रीष्‍टिएनलाई अशुद्ध पार्न सक्छ । (हेर्नुहोस्ः शुद्ध पार्नु, शुद्ध अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

निराशापन र दुःख

यस अध्यायमा “निराशापन” र “दुःख” शब्दहरूले कोरिन्थीहरू पश्‍चाताप नै गर्ने गरी निराशामा थिए भन्‍ने दर्शाउँछ । (हेर्नुहोस्ः पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

हामी

पावलले सम्भवतः कम्तीमा पनि उनी आफैँ र तिमोथीलाई बुझाउनलाई “हामी” सर्वनाम प्रयोग गर्छन् । यसले अरू मानिसहरूलाई पनि समेट्न सक्छ ।

मौलिक परिस्थिति

यस अध्यायले पहिलेको अवस्थालाई विस्तृत रूपमा छलफल गर्छ । यस अध्यायमा भएका जानकारीबाट हामीले यस परिस्थितिको केही पक्षहरूलाई पहिचान गर्न सक्छौँ । तर यस किसिमको अपष्‍ट जनाकारीलाई अनुवाद नसमेट्न नै उत्तम हुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 7:1

पावलले तिनीहरूलाई पापबाट अलग रहन र पवित्रतालाई उद्देश्‍यपूर्ण रूपले खोजी गर्न तिनीहरूलाई याद दिलाइरहन्छन् ।

ἀγαπητοί

“तिमीहरू जसलाई म प्रेम गर्छु” वा “प्रिय मित्रहरू”

καθαρίσωμεν ἑαυτοὺς

यहाँ पावल परमेश्‍वरसँगको एक व्यक्तिको सम्बन्धलाई असर गर्ने कुनै पनि किसिमको पापबाट अलग रहन भनिरहेका छन् ।

ἐπιτελοῦντες ἁγιωσύνην

“पवित्र रहन सङ्घर्ष गरौँ”

ἐν φόβῳ Θεοῦ

“परमेश्‍वरको लागि विशेष आदरमा”

2 Corinthians 7:2

कोरिन्थीहरूलाई पछ्यान लगाउन प्रयास गरिरहेका अरू अगुवाहरूको बारेमा कोरिन्थका मानिसहरूलाई अघिबाटै चेतावनी दिएर पावलले तिनीहरूको बारेमा उनलाई लाग्‍ने कुरा मानिसहरूलाई याद दिलाउँछन् ।

χωρήσατε ἡμᾶς

यसले पावलले तिनीहरूलाई २ कोरिन्थीहरू ६:११-१३ मा उनको निम्ति तिनीहरूले हृदय खोल्‍ने बारेमा भनेको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको हृदयमा हाम्रो निम्ति ठाउँ बनाओ” वा “हामीलाई प्रेम गर र हामीलाई स्वीकार गर” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 7:3

πρὸς κατάκρισιν οὐ λέγω

“म यो तिमीहरूले गल्ती गरेको दोष लाउन भन्दिन ।” “यो” शब्दले पावलले भर्खरै मात्र कसैलाई खराबी नगरेको बारेमा बताएको कुरालाई जनाउँछ ।

ἐν ταῖς καρδίαις ἡμῶν ἐστε

पावलले उनी र उनका सहकर्मीहरूको कोरिन्थीहरूप्रतिको प्रेमलाई तिनीहरूले ती तिनीहरूको हृदयमा राखेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू हाम्रो निम्ति अति प्रिय छौ” (हेर्नुहोस्ः रूपक)

εἰς τὸ συναποθανεῖν καὶ συνζῆν

यसको आशय यो हो कि जे भए पनि पावल र उनका सहकर्मीहरूले कोरिन्थीहरूलाई प्रेम गरिरहने छन् । वैकल्‍पिक अनुवादः “चाहे हामी बाँचौँ वा चाहे हामी मरौँ” (हेर्नुहोस्ः टुक्काहरू)

“हामीलाई”ले कोरिन्थी विश्‍वासीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

2 Corinthians 7:4

πεπλήρωμαι τῇ παρακλήσει

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू मलाई सान्तवनाले भर्छौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὑπερπερισσεύομαι τῇ χαρᾷ

पावलले आनन्दको बारेमा यसरी बताउँछन् मानौँ त्यो चाहिँ एउटा तरल पदार्थ हो जसले उनी पोखिएर नगएसम्म भर्छ । वैकल्‍पिक अनुवादः “म अत्यन्त आनन्दित छु” (हेर्नुहोस्ः रूपक)

ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν

“हाम्रा सबै कठिनाइहरूका बाबजुद पनि”

2 Corinthians 7:5

ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν

यहाँ “हामी” शब्दले पावल र तिमोथीलाई बुझाउँछ तर कोरिन्थीहरू वा तीतसलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν

यहाँ “शरीरहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले आराम पाएनौँ” वा “हामी धेरै थकित थियौँ” (हेर्नुहोस्ः उपलक्षण)

ἐν παντὶ θλιβόμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले हरेक तवरले कष्‍ट भोग्यौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἔξωθεν μάχαι, ἔσωθεν φόβοι

“बाहिर”को लागि सम्भावित अर्थहरू हुन् १) “हाम्रा शरीरहरूबाट बाहिर” वा २) “मण्डली बाहिर ।” “भित्री” शब्दले तिनीहरूको भित्री संवेगलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अन्य मानिसहरूसितको द्वन्द्वहरूद्वारा र हामी आफैँभित्रका डरहरूद्वारा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 7:7

ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν

कोरिन्थीहरूले तीतसलाई सात्वना दिए भनेर थाहा पाएको कुराबाट पावलले सान्त्वना पाए । वैकल्‍पिक अनुवादः “तीतसले तिमीहरूबाट पाएको सान्त्वनाको बारेमा जानेर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 7:8

यसले यी कोरिन्थी विश्‍वासीहरूलाई लेखिएको पावलको अघिल्‍लो पत्रलाई जनाउँछ जहाँ उनले तिनीहरूलाई एक विश्‍वासीको आफ्‍नो बाबुकी पत्‍नीसितको यौन अनैतिकतालाई तिनीहरूले स्वीकार गरेको कुराको लागि हप्‍काएका थिए ।

पावलले तिनीहरूको ईश्‍वरीय कष्‍ट, ठीक कुरा गर्ने तिनीहरूको जोश, र उनी र तीतसलाई त्यसले ल्याएको आनन्दको लागि तिनीहरूको प्रशंसा गर्छन् ।

βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη

“जब मैले थाहा पाएँ कि मेरो पत्र”

2 Corinthians 7:9

οὐχ ὅτι ἐλυπήθητε

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले मेरो पत्रमा तिमीहरूलाई भनेको कुराले तिमीहरूलाई चिन्तामा पारेको कारण होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν

“हामीले तिमीहरूलाई हप्‍काएको कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौँ ।” यसको अर्थ हो कि हुन त त्यो पत्रले तिनीहरूलाई दुःखित बनायो, आखिरमा तिनीहरूले त्यो पत्रबाट लाभ उठाए किनभने त्यसले तिनीहरूलाई पश्‍चात्तापमा डोहोर्‍यायो । वैकल्‍पिक अनुवादः “त्यसैले हामीले तिमीहरूलाई कुनै रीतिले हानि पुर्‍याएनौँ” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 7:10

ἡ γὰρ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν…ἐργάζεται

यसअघि आएको कुरालाई र यसपछि आउने कुरालाई प्रस्‍ट पार्नलाई “पश्‍चाताप” शब्दलाई दोहोर्‍याउन सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने ईश्‍वरीय कष्‍टले पश्‍चात्ताप उत्पन्न गर्छ र पश्‍चात्तापले मुक्तितिर डोहोर्‍याउँछ” (हेर्नुहोस्ः शब्दलोप)

ἀμεταμέλητον

सम्भावित अर्थहरू हुन् १) तिनीहरूलाई दुःख पुर्‍याएकोमा पावललाई कुनै पश्‍चाताप छैन किनभने त्यो दुःखले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो वा २) कोरिन्थीहरूले दुःख भोगेकोमा पश्‍चाताप गर्नेछैनन् किनभने त्यसले तिनीहरूको पश्‍चाताप र मुक्तितिर डोहोर्‍यायो ।

ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται

तर सांसारिक शोकले उद्धारको साटो मृत्युतर्फ डोहोर्‍याउँछ किनभने यसले पश्‍चात्ताप ल्याउँदैन । वैकल्पिक अनुवादः “सांसारिक शोकले भने आत्मिक मृत्युतर्फ डोहोर्‍याउँछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 7:11

“हेर र आफ्‍नै लागि थाहा गर कि कति महान् सङ्कल्प”

ἀλλὰ ἀπολογίαν

यहाँ “कति” शब्दले यो भनाइलाई विस्मयादिबोधक कथन बनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्ने तिमीहरूको अठोट निकै महान्‌ थियो !” (हेर्नुहोस्ः विस्मयादि)

“तिमीहरूको रीस”

ἀλλὰ ἐκδίκησιν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि कसैले न्याय गराउनुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 7:12

“त्यो जसले गल्ती गर्‍यो”

τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν, τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूको हामीप्रतिको भलो चाहना सच्‍चा छ भनेर तिमीहरूलाई थाहा होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐνώπιον τοῦ Θεοῦ

यसले परमेश्‍वरको उपस्थितिलाई जनाउँछ । परमेश्‍वरको बुझाइ र पावलको सत्यताको स्वीकृति चाहिँ परमेश्‍वरले तिनीहरूलाई देख्न सक्ने कुराको रूपमा दर्शाइएको छ । तपाईंले यसलाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वर साक्षीको रूपमा” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 7:13

διὰ τοῦτο παρακεκλήμεθα

यहाँ “यस” शब्दले पावलले पहिले लेखेका पत्रप्रति कोरिन्थीहरूले दिएका प्रतिक्रियाको शैलीलाई बुझाउँछ, जसरी उनले अघिल्लो पदमा वर्णन गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो नै हो जसले हामीलाई उत्साह दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν

यहाँ “आत्मा” शब्दले कोही व्यक्तिको स्वभाव र प्रवृत्तिलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू सबैले उसको आत्मालाई ताजा बनायौ” वा “तिमीहरू सबैले उसलाई चिन्ता गर्नबाट रोक्यौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 7:14

ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι

“किनकि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरे पनि”

οὐ κατῃσχύνθην

“तिमीहरूले मलाई निराश पारेनौ”

ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη

“हामीले तिमीहरूको बारेमा तीतससित गरेको गर्वलाई तिमीहरूले सहि प्रमाणित गर्‍यौ”

2 Corinthians 7:15

τὴν πάντων ὑμῶν ὑπακοήν

यो नाउँ “आज्ञाकारिता”लाई “आज्ञापालन गर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसरी तिमीहरू सबैले आज्ञापालन गर्‍यौ” (हेर्नुहोस्ः भाववाचक नाम)

μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν

यहाँ “डर” र “कम्प”को समान अर्थ हुन्छ र डरको तीव्रतालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई उच्‍च आदरसहित स्वागत गर्‍यौ” (हेर्नुहोस्ः प्रतिरूपी)

μετὰ φόβου καὶ τρόμου

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरको निम्ति महान् आदरसाथ” वा २) “तीतसको निम्ति महान् आदरसाथ ।”

2 Corinthians 8

२ कोरिन्थीहरू ०८ सामान्य टिपोटहरू

संरचना र प्रारूप

८ र ९ अध्यायले नयाँ खण्ड सुरु गर्छन् । पावलले ग्रीसका विश्‍वासीहरूले यरूशलेमका खाँचोमा परेका विश्‍वासीहरूलाई कसरी सहायता गरे भनी उल्लेख गर्छन् ।

केही अनुवादहरूले पुरानो करारबाट लिइएका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीका खण्डहरूभन्दा दायाँतिर सार्छन् । यूएलटीले पद १५ को उद्‌धृत गरिएका शब्दहरूसित यसो गर्छ ।

यस अध्यायका विशेष धारणाहरू

यरूशलेमको मण्डलीलाई उपहार

कोरिन्थको मण्डलीले यरूशलेमका गरिब विश्‍वासीहरूलाई दिनको निम्ति पैसा तयार पार्न थाल्यो । माकेडोनियाका मण्डलीहरूले पनि उदार चित्तले दिएका थिए । पावलले कोरिन्थका विश्‍वासीहरूलाई उदार चित्तले दिनलाई उत्साह दिनलाई तीतस र अरू दुई जना विश्‍वासीहरूलाई पठाउँछन् । पावल र अरूहरूले चाहिँ रुपियाँपैसा यरूशलेममा लानेछन् । यो इमानदारपूर्वक भइरहेको छ भनी मानिसहरूले जानून् भनेर तिनीहरू चाहन्छन् ।

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

हामी

सम्भवतः पावलले कम्तीमा पनि आफू र तिमोथीलाई बुझाउन “हामी” सर्वनामको प्रयोग गर्छन् । यसले अरू मानिसहरूलाई पनि समेट्न सक्छ ।

विरोधाभासी

“विरोधाभासी” कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिने एउटा सत्य कथन हो । पद २ का यी शब्दहरू विरोधाभासी हुन्ः “तिनीहरूको आनन्दको प्रचुरता र तिनीहरूको गरिबीको पराकाष्‍ठाले उदारताको धनहरू उत्पन्न गरेको छ ।” पावलले पद ३ मा तिनीहरूको दरिद्रताले कसरी धनहरू उत्पन्न गर्‍यो भनी उल्लेख गर्छन् । पावलले अरू विरोधाभासीहरूमा पनि धनहरू र गरिबीलाई प्रयोग गर्छन् । (२ कोरिन्थीहरू ८:२)

2 Corinthians 8:1

उनको बदलिएको योजनाहरू र सेवकाइको दिशाको बारेमा व्याख्या गरिसकेपछि, पावल दिने बारेमा कुरा गर्छन् ।

τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनुग्रह जुन माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 8:2

ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν, ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν

पावलले “आनन्द” र “दरिद्रता”को बारेमा यसरी कुरा गर्छन् मानौँ ती जीवित प्राणीहरू हुन् जसले उदारतालाई उत्पन्न गर्न सक्‍छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूको महान् आनन्द र चरम दरिद्रताको कारण तिनीहरू अत्यन्‍त उदार भएका छन्” (हेर्नुहोस्ः मानवीकरण)

ἡ περισσεία τῆς χαρᾶς αὐτῶν

पावलले आनन्दको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै एउटा भौतिक वस्तु हो जुन नाप र परिमाणमा वृद्धि हुन सक्छ । (हेर्नुहोस्ः रूपक)

ἡ κατὰ βάθους πτωχεία αὐτῶν…τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν

माकेडोनियाका मण्डलीहरू कष्‍ट र गरिबीको परीक्षामा परेका भएतापनि, परमेश्‍वरको अनुग्रहद्वारा, तिनीहरू यरूशलेमका विश्‍वासीहरूका निम्ति पैसा संकलन गर्न सक्षम भएका छन् ।

τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν

“एउटा धेरै महान् उदारता ।” “ठूला धनहरू” शब्दहरूले तिनीहरूको उदारताको महान्‌तालाई जोड दिन्छ ।

2 Corinthians 8:3

यसले माकेडोनियाका मण्‍डलीहरूलाई जनाउँछ ।

“स्वेच्छाले”

2 Corinthians 8:4

τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους

पावलले यरूशलेममा भएका विश्‍वासीहरूलाई पैसा जुटाइदिने कुरालाई जनाइरहेका छन् । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका विश्‍वासीहरूको लागि जुटाइदिने यो सेवकाइ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 8:6

καθὼς προενήρξατο

पावलले यरूशलेमका विश्‍वासीहरूका निम्ति कोरिन्थीहरूबाट पैसा सङ्कलन गर्ने कामलाई उल्लेख गर्दै छन् । वैकल्पिक अनुवादः “जसले पहिलो स्थानमा तिमीहरूको दिने कार्यलाई प्रोत्साहित गरेका थिए ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην

तीतसले कोरिन्थीहरूलाई पैसा संकलन गर्ने काम पूरा गर्न सहायता गर्नु पर्थ्यो । वैकल्‍पिक अनुवादः “तिमीहरूको उदार उपहारलाई सङ्कलन गरेर दिने कुरालाई सकाउन तिमीहरूलाई उत्साह दिन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 8:7

ἐν ταύτῃ τῇ χάριτι περισσεύητε

पावलले कोरिन्थी विश्‍वासीहरूका बारेमा यसरी कुरा गर्छन् मानौँ तिनीहरूले भौतिक वस्तुहरू उत्पादन गर्नुपर्छ । वैकल्‍पिक अनुवादः “यरूशलेमका विश्‍वासीहरूलाई दिनको निम्ति असल गर्न पक्‍का गर” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 8:8

διὰ τῆς ἑτέρων σπουδῆς…τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων

माकेडोनियाका मण्‍डलीहरूको उदारतासँग तुलना गरेर पावलले कोरिन्थीहरूलाई उदारतापूर्वक दिनलाई प्रोत्साहन गरिरहेका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 8:9

τὴν χάριν τοῦ Κυρίου ἡμῶν

यस सन्दर्भमा, “अनुग्रह” शब्दले उदारतालाई जोड दिन्छ जससँग येशूले कोरिन्थीहरूलाई आशिष् दिनुभएको थियो ।

δι’ ὑμᾶς ἐπτώχευσεν, πλούσιος ὤν

पावलले येशूको देहधारणको अगाडि धनी हुनुभएको रूपमा र मानव हुनुभए पछाडि गरिब हुनुभएको रूपमा बताउँछन् । (हेर्नुहोस्ः रूपक)

ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε

पावलले येशू मानव हुनुभएको परीणामस्वरूप कोरिन्थीहरू आत्मिक रूपमा धनी भएको कुरा बताउँछन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 8:10

ἐν τούτῳ

यसले यरूशलेमका विश्‍वासीहरूका निम्ति तिनीहरूको पैसा सङ्कलन गर्ने कामलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “संकलनको सम्बन्धमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 8:11

καθάπερ ἡ προθυμία τοῦ θέλειν

यसलाई क्रियापद भएको वाक्यांशमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू उत्सुक थियौ र त्यसो गर्न चाहन्थ्यौ” (हेर्नुहोस्ः भाववाचक नाम)

καὶ τὸ ἐπιτελέσαι

“त्यसलाई पूरा गर्न” वा “त्यसलाई सिद्ध्याउन”

2 Corinthians 8:12

यहाँ “असल” र “स्वीकारयोग्‍य” शब्दहरूको उस्तै अर्थ हुन्छ र कुनै थोकको असलपनालाई जोड दिन्छ । वैकल्‍पिक अनुवादः “एउटा धेरै असल थोक” (हेर्नुहोस्ः प्रतिरूपी)

καθὸ ἐὰν ἔχῃ

“दिने कुरा कोही व्यक्तिसित भएको कुरामा आधारित हुनुपर्छ”

2 Corinthians 8:13

यसले यरूशलेममा भएका विश्‍वासीहरूका लागि पैसा संकलन गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पैसा संकलन गर्ने यो कामको लागि (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλῖψις

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले अरूहरूलाई मुक्त गरेर र आफैँमाथि बोझ लिन सक” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐξ ἰσότητος

“समानता हुनुपर्छ”

2 Corinthians 8:14

ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα

किनकि कोरिन्थीहरू वर्तमान समयमा काम गरिरहेका छन्, यस्तो आशय दिन खोजिएको छ कि यरूशलेममा भएका विश्‍वासीहरूले पनि कुनै समय भविष्यमा तिनीहरूलाई सहायता गर्नेछन् । वैकल्पिक अनुवादः “यो यस कारणले पनि कि भविष्यमा तिनीहरूको प्रशस्तताले तिमीहरूको खाँचो पूरा गर्न सकोस्”

2 Corinthians 8:15

καθὼς γέγραπται

यहाँ पावलले प्रस्थानको पुस्तकबाट उद्‌धृत गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसरी मोशाले लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

οὐκ ἠλαττόνησεν

यसलाई सकारात्मक रीतिले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसलाई चाहिएको सबैथोक थियो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

2 Corinthians 8:16

τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου

यहाँ “हृदय” शब्दले संवेगहरूलाई बुझाउँछ । यसको अर्थ हो कि परमेश्‍वरले तीतसलाई तिनीहरूलाई प्रेम गर्ने तुल्याउनुभयो । वैकल्‍पिक अनुवादः “जसले तीतसलाई मैले जत्तिकै तिमीहरूको वास्ता गर्ने बनाउनुभयो” (हेर्नुहोस्ः उपलक्षण)

τὴν αὐτὴν σπουδὴν

“उही उत्साह” र “उही गहिरो वास्ता”

2 Corinthians 8:17

ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο

पावलले तीतसलाई कोरिन्थमा फर्केर गएर संकलन गर्ने कामलाई पूरा गर्नलाई आग्रह गरेका कुरालाई जनाइरहेका छन् । वैकल्‍पिक अनुवादः “किनकि उनले संकलन गर्नमा तिमीहरूलाई सहायता गर्नलाई हाम्रो आग्रहमा सहमत मात्र भएनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 8:18

μετ’ αὐτοῦ

“तीतससँग”

τὸν ἀδελφὸν, οὗ ὁ ἔπαινος…διὰ πασῶν τῶν ἐκκλησιῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ती भाइ जसलाई सारा मण्डलीभरीका विश्‍वासीहरूले प्रशंसा गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 8:19

οὐ μόνον

“सारा मण्डलीभरीका विश्‍वासीहरूले उनको प्रशंसा मात्र गर्दैनन्”

καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मण्‍डलीहरूले उनलाई छाने पनि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν

“यो उदारताको काम गर्न ।” यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ ।

προθυμίαν ἡμῶν

“सहायता गर्ने हाम्रो उत्कट इच्छा प्रदर्शन गर्न”

2 Corinthians 8:20

ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν

यसले यरूशलेममा भेटी लैजाने कुरालाई जनाउँछ । भाववाचक संज्ञा “उदारता”लाई कुनै विशेषणसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस उदार उपहारलाई हामीले सम्हाल्ने तरिकाको बारेमा” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 8:21

προνοοῦμεν γὰρ καλὰ

“यस उपहारलाई सम्माननीय तरिकाले सम्हाल्न हामी होशियार छौँ”

ἐνώπιον Κυρίου…ἐνώπιον ἀνθρώπων

“प्रभुको रायमा ... मानिसहरूको रायमा”

2 Corinthians 8:22

αὐτοῖς

“तिनीहरूलाई” शब्दले तीतस र पहिले उल्लेख गरिएको भाइलाई जनाउँछ ।

2 Corinthians 8:23

κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός

“तिनी मेरो साझेदार हुन् जो तिमीहरूलाई सहायता गर्न मसँग काम गर्छन्”

ἀδελφοὶ ἡμῶν

यसले तीतससँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।

ἀπόστολοι ἐκκλησιῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मण्‍डलीहरूले तिनीहरूलाई पठाइएका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

δόξα Χριστοῦ

यसलाई क्रियापद भएको वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले मानिसहरूलाई ख्रीष्‍टलाई सम्‍मान गर्न लगाउनेछन्” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 9

२ कोरिन्थी ०९ सामान्य टिपोटहरू

संरचना र प्रारूप

केही संस्करणहरूले कविताको हेरक पङ्तिलाई पढ्नलाई सहज बनाउन बाँकीको खण्डभन्दा दायाँतिर सार्छन् । युएलटीले पद ९ को निम्ति यसै गर्छ, जसलाई पुरानो करारबाट उद्‌धृत गरिएको हो ।

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

रूपकहरू

पावलले तीनवटा कृषिजन्य रूपकहरू प्रयोग गर्छन् । उनले तिनीहरूलाई आवश्यकतामा परेका विश्‍वासीहरूलाई दिने बारेमा सिकाउनलाई प्रयोग गर्छन् । उदार चित्तले दिनेलाई परमेश्‍वरले इनाम दिनुहुनेछ भनी व्याख्या गर्नलाई रूपकहरूले सहायता गर्छन् । परमेश्‍वरले तिनीहरूलाई कसरी वा कहिले इनाम दिनुहुनेछ भनी पावलले बताउँदैनन् । (हेर्नुहोस्ः रूपक अनि इनाम, पुरस्कार, योग्य)

2 Corinthians 9:1

पावलले अखैयाको बारेमा बताउँदा, उनले दक्षिणी ग्रीसमा अवस्थित एक रोमी प्रान्तको बारेमा बताइरहेका छन् जहाँ कोरिन्थ पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

पावलले दिने विषयलाई नै निरन्तरता दिन्छन् । उनले यरूशलेमका खाँचोमा परेका विश्‍वासीहरूका निम्ति संकलन गरिने सहायता उनी आउनभन्दा पहिले नै होस् भन्‍ने चाहन्छन् ताकि यसबाट उनले फाइदा उठाएको जस्तो नदेखिओस् । दिने कुराले दिनेलाई कसरी आशिष् दिन्छ र परमेश्‍वरलाई महिमा गर्छ भन्‍ने बारेमा उनले बताउँछन् ।

τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους

यसले यरूशलेमका विश्‍वासीहरूलाई दिनलाई गरिएको पैसाको संकलनलाई जनाउँछ । यो भनाइको पूर्ण अर्थलाई प्रस्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यरूशलेममा भएका विश्‍वासीहरूका निम्ति सेवकाइ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 9:2

Ἀχαΐα παρεσκεύασται

यहाँ “अखैया” शब्दले यस प्रान्तमा बस्ने मानिसहरूलाई बुझाउँछ, र विशेष गरी कोरिन्थको मण्डलीका मानिसहरूलाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “अखैयाका मानिसहरूले तयारी गरिरहेका छन्” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 9:3

τοὺς ἀδελφούς

यसले तीतस र उनीसँगै जाने दुई अरू मानिसहरूलाई जनाउँछ ।

μὴ τὸ καύχημα ἡμῶν, τὸ ὑπὲρ ὑμῶν, κενωθῇ

पावलले कोरिन्थीहरूको बारेमा गर्व गरेका कुराहरू झूटा थिए भनी अरूहरूले सोचेका पावल चाहँदैनन् ।

2 Corinthians 9:4

εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους

“दिनलाई तिमीहरू तयारी नभएको पाउनु”

2 Corinthians 9:5

τοὺς ἀδελφοὺς, ἵνα προέλθωσιν εἰς ὑμᾶς

पावलको दृष्‍टिकोणमा भाइहरू जाँदैछन् । वैकल्पिक अनुवादः “भाइहरूलाई तिमीहरूकहाँ जान” (हेर्नुहोस्ः जानु र आउनु)

μὴ ὡς πλεονεξίαν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दिनलाई हामीले तिमीहरूलाई कर लगाए जसरी होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 9:6

ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει; καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει

दिने कुराको परिणामहरूलाई वर्णन गर्न पावल एउटा किसानले बिउ छरेको कुराको चित्रणलाई प्रयोग गर्छन् । जसरी एउटा किसानको फसल उसले कति रोप्छ भन्‍ने कुरामा आधारित हुन्छ, त्यसै गरेर कोरिन्थीहरूले कति उदारताका साथ दिन्छन् भन्‍ने कुराको आधारमा परमेश्‍वरका आशिष्‌हरू थोरै वा धेरै हुनेछन् । (हेर्नुहोस्ः रूपक)

2 Corinthians 9:7

καθὼς προῄρηται τῇ καρδίᾳ

यहाँ “हृदय” शब्दले विचारहरू र संवेगहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसले सङ्कल्‍प गरे अनुरूप दिनु” (हेर्नुहोस्ः लक्षणा)

μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης

यसलाई क्रियापद भएको वाक्यांशहरूका साथ अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले पछुतो मानेको कारण वा कसैले उसलाई दबाब दिइराखेको कारणले होइन” (हेर्नुहोस्ः भाववाचक नाम)

ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός

परमेश्‍वरले मानिसहरूले सङ्गी विश्‍वासीहरूलाई जुटाउन सहायता गर्नको लागि खुशीसाथ दिएको चाहनुहुन्छ ।

2 Corinthians 9:8

δυνατεῖ δὲ ὁ Θεὸς, πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς

अनुग्रहलाई कुनै मानिसले उपभोग गर्नेसक्नेभन्दा धेरै हासिल गर्न सक्ने कुनै भौतिक थोक भए झैँ गरी उल्लेख गरिएको छ । जब कसैले अरू विश्‍वासीलाई आर्थिक सहायता गर्छ, परमेश्‍वरले पनि त्यो दिने व्यक्तिलाई खाँचो पर्ने सबैकुरा दिनुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर तिमीहरूलाई आवश्यक पर्नेभन्दा धेरै दिन सक्षम हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)

χάριν

यसले यहाँ कोही ख्रीष्‍टिएनलाई आवश्यक पर्ने भौतिक थोकहरूलाई बुझाउँछ, परमेश्‍वरले उसलाई उसको पापहरूबाट बचाउनलाई पर्ने खाँचोलाई होइन ।

περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν

“ताकि तिमीहरू झन्-झन् धेरै अलस कामहरू गर्न सक्षम हुन सक”

2 Corinthians 9:9

καθὼς γέγραπται

“यो ठ्याक्‍कै लेखिएको अनुसार हो ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो ठ्याक्‍कै लेखकले लेखेको अनुसार हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 9:10

ὁ…ἐπιχορηγῶν

“परमेश्‍वर जसले जुटाउनुहुन्छ”

ἄρτον εἰς βρῶσιν

यहाँ “रोटी” शब्दले सामान्य रूपमा खानेकुरालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “खानलाई खानेकुरा” (हेर्नुहोस्ः लक्षणा)

χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν

पावलले कोरिन्थीहरूको धन-सम्पत्तिलाई बिउहरू भए झैँ गरी र अरूहरूलाई दिने कुरालाई बिउ छरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूको सम्पत्तिहरूलाई जुटाउनुभएर वृद्धि पनि गर्नुहुनेछ ताकि तिमीहरूले तिनीहरूलाई अरूहरूलाई दिएर छर्न सक” (हेर्नुहोस्ः रूपक)

αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν

कोरिन्थीहरूले तिनीहरूको उदारताबाट प्राप्‍त गर्ने लाभहरूलाई पावलले कटनीसँग तुलना गर्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको धार्मिकताको निम्ति तिमीहरूलाई अझ धेरै आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)

τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν

“तिमीहरूको धार्मिक कार्यहरूबाट आउने फसल ।” यहाँ “धार्मिकता” शब्दले यरूशलेमका विश्‍वासीहरूलाई कोरिन्थीहरूले तिनीहरूको स्रोतहरू दिने काममा भएको धार्मिक कार्यहरूलाई जनाउँछ ।

2 Corinthians 9:11

πλουτιζόμενοι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धनी बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἥτις κατεργάζεται δι’ ἡμῶν, εὐχαριστίαν τῷ Θεῷ

“यस” शब्दले कोरिन्थीहरूको उदारतालाई बुझाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूको उदारताले गर्दा, हामीले तिनीहरूकहाँ ल्याउने उपहारहरू प्राप्‍त गर्नेहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” वा “र जब हामीले आवश्यकतामा परेकाहरूलाई तिमीहरूका ती उपहारहरू दिन्छौँ, तिनीहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 9:12

ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης

यहाँ “सेवा” शब्दले पावल र उनका सहयात्रीहरूले यरूशलेममा भएका विश्‍वासीहरूका लागि ल्याइरहेका सहयोगलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यरूशलेमका विश्‍वासीहरूको निम्ति हामीले यो सेवा गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ

पावलले कोरिन्थी विश्‍वासीहरूको सेवाको कार्यलाई कुनै तरल पदार्थ भए झैँ गरी उल्लेख गर्छन् जुन कुनै भाँडामा अटाउन सक्‍नेभन्दा ज्यादा छ । वैकल्‍पिक अनुवादः “यसले त्यस्ता थुप्रै कामहरू पनि ल्याउनेछ जसको लागि मानिसहरूले परमेश्‍वरलाई धन्यवाद दिनेछन्” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 9:13

διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने यस सेवाले तिमीहरूलाई जाँचेको छ र प्रमाणित गरेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας

पावलले बताउँछन् कि कोरिन्थीहरूले येशूप्रति विश्‍वासयोग्य भएर र खाँचोमा परेका अरू विश्‍वासीहरूलाई उदारता साथ दिएर परमेश्‍वरलाई महिमा गर्नेछन् ।

2 Corinthians 9:15

ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ

“उहाँको वरदानको निम्ति, जसलाई शब्दहरूले वर्णन गर्न सक्दैन ।” सम्भावित अर्थहरू हुन् १) कि यो उपहारले “धेरै महान् अनुग्रह”लाई जनाउँछ जुन परमेश्‍वरले कोरिन्थीहरूलाई दिनुभएको छ, जसले तिनीहरूलाई त्यस्तो उदार हुन डोहोर्‍याएको छ वा २) कि यो उपहारले येशू ख्रीष्‍टलाई जनाउँछ जसलाई परमेश्‍वरले सबै विश्‍वासीहरूलाई दिनुभएको छ ।

2 Corinthians 10

२ कोरिन्थीहरू १० सामान्य टिपोटहरू

संरचना र प्रारूप

केही संस्करणहरूले पुरानो करारबाट उद्‌धृत गरिएका खण्डहरूलाई पृष्‍ठमा अरू बाँकी खण्डहरूभन्दा दायाँतिर सार्छन् । यूएलटीले पद १७ को उद्‌धृत गरिएका शब्दहरूसँग यसै गर्छ ।

यस अध्यायमा पावलले आफ्नो अधिकारको प्रतिरक्षा गर्नतर्फ फर्कन्छन् । उनले उनको बोल्ने शैली र लेख्ने शैलीको तुलना पनि गर्छन् ।

यस अध्यायका विशेष धारणाहरू

घमण्ड गर्ने

“घमण्ड गर्ने” कुरालाई प्रायः शेखी गर्ने ठानिन्छ, जुन ठीक होइन । तर यस पत्रमा “घमण्ड गर्ने”को अर्थ दृढताका साथ हर्षित हुनु वा आनन्दित हुनु हो ।

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

रूपक

पद ३-६ मा, पावलले युद्धबाट धेरै रूपकहरू प्रयोग गर्छन् । उनले सम्भवतः ख्रीष्‍टिएनहरू आत्मिक रूपमा युद्धमा भएको कुराको बारेमा तिनीहरूलाई अझ ठूलो रूपकको एक हिस्साको रूपमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

शरीर

“शरीर” सम्भवतः मानिसको पापपूर्ण स्वभावको निम्ति एक रूपक हो । पावलले हाम्रो भौतिक शरीरहरू पापपूर्ण छन् भनी सिकाइरहेका छैनन् । ख्रीष्‍टिएनहरू जीवित रहेसम्म(“शरीरमा”), हामी पाप गरिरहनेछौँ भनी पावलले सिकाइरहेका जस्ता देखिन्छन् । तर हाम्रो नयाँ स्वभाव पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः मासु, देह)

2 Corinthians 10:1

पावलले विषयलाई दिने कुराबाट उनले गरे झैँ गरी सिकाउने उनको अधिकारलाई पुष्‍टि गर्नतिर लान्छन् ।

διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ

“विनम्रता” र “कोमलता” शब्दहरू भाववाचक संज्ञाहरू हुन, र अर्कै किसिमले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म विनम्र र कोमल छु जसै म सो गर्छु, किनभने ख्रीष्‍टले मलाई त्यस प्रकारको बनाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 10:2

τοὺς λογιζομένους ἡμᾶς

“जसले विचार गर्छन् कि”

ὡς κατὰ σάρκα περιπατοῦντας

“शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । “हामी मानवीय मनसायहरूद्वारा काम गरिरहेका छौँ” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 10:3

ἐν σαρκὶ…περιπατοῦντες

यहाँ “हिँड्नु” भनेको “जिउनु”को लागि एउटा रूपक हो र “शरीर” भनेको भौतिक जीवनको लागि एउटा रूपक हो । वैकल्‍पिक अनुवादः “हामी हाम्रो जीवन भौतिक शरीरहरूमा जिउँछौँ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

οὐ…στρατευόμεθα

पावलले कोरिन्थीहरूलाई उनलाई विश्‍वास गर्न र झूटा शिक्षकहरूलाई नगर्नलाई मनाउने उनको प्रयासलाई उनले एउटा शारीरिक युद्ध लडिरहेको जसरी बताउँछन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)

οὐ κατὰ σάρκα στρατευόμεθα

सम्भावित अर्थहरू हुन् १) “शरीर” शब्द भौतिक जीवनको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “भौतिक हतियारहरू प्रयोग गरेर हाम्रा शत्रुहरूको विरुद्धमा लड्नु” वा २) “शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण शैलीहरूमा युद्ध गर्नु” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 10:4

τὰ…ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες

पावलले मानव बुद्धिलाई ईश्‍वरीय बुद्धिले गलत भएको देखाउने कुरालाई एउटा हतियार भएको जसरी कुरा गर्छन् जसद्वारा उनले कुनै शत्रुको किल्लालाई नाश गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “हामीले लड्ने हतियाहरूले... हाम्रो शत्रुहरूले भनेका कुराहरू पूर्ण रूपमा गलत छन् भनेर मानिसहरूलाई देखाउँछन्” (हेर्नुहोस्ः रूपक)

οὐ σαρκικὰ

सम्भावित अर्थहरू हुन् १) “शरीरिक” शब्द केवल भौतिक कुराको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “भौतिक होइनन्” वा २) “शारीरिक” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण होइनन्” वा “हामीलाई गलत गर्नलाई सक्षम बनाउँदैनन्” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 10:5

πᾶν ὕψωμα ἐπαιρόμενον

पावलले अझै पनि युद्धको रूपकलाई लिएर कुरा गरिरहेका छन्, मानौँ “परमेश्‍वरको ज्ञान” चाहिँ एउटा सेना हो र “हेरक उच्च थोक” चाहिँ त्यो सेनालाई बाहिर नै राख्नको निम्ति मानिसहरूले बनाएको पर्खाल हो । वैकल्‍पिक अनुवादः “आफूलाई सुरक्षित राख्न घमण्डी मानिसहरूले सोचेका हरेक झुटा तर्क”

πᾶν ὕψωμα

“घमण्डी मानिसहरूले गर्ने हरेक कुरा”

ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ

पावलले तर्कहरूलाई कुनै सेनाको विरुद्धमा खडा भएको उच्च पर्खाल भए झैँ गरी उल्लेख गर्छन् । “खडा हुनु” शब्दहरूको अर्थ “अग्लो रूपमा खडा हुनु” हो, त्यो “उच्च थोक” हावामा तैरिरहेको छ भनेको चाहिँ होइन । वैकल्‍पिक अनुवादः “मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ भनी चिन्नु नपरोस् भनी प्रयोग गर्छन्” (हेर्नुहोस्ः रूपक)

αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ

पावलले मानिसहरूको विचारहरूलाई युद्धमा उनले कब्जा गरेका शत्रुसेनाका सिपाहीहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “हामी देखाउँछौँ कि ती मानिसहरूसँग भएका सबै झूटा विचारहरू गलत छन् र मानिसहरूलाई ख्रीष्‍टको आज्ञा पालन गर्न सिकाउँछौँ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

2 Corinthians 10:6

ἐκδικῆσαι πᾶσαν παρακοήν

“अनाज्ञाकारी कार्यहरू” शब्दहरू ती कामहरू गर्ने मानिसहरूका निम्ति एक प्रतिस्थापन शब्द हुन् । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये हरेकलाई दण्‍ड दिन जसले हाम्रो अवज्ञा गर्छन्” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 10:7

τὰ κατὰ πρόσωπον βλέπετε

सम्भावित अर्थहरू हुन् १) यो एउटा आज्ञा हो वा २) यो एउटा कथन हो, “तिमीहरूले आफ्ना आँखाले देख्न सक्‍ने कुराहरूलाई मात्र हेरिरहेका छौ ।” केहीले यसलाई कथनको रूपमा उल्लेख गर्न सकिने एउटा आलङ्कारिक प्रश्‍न ठान्छन् । वैकल्‍पिक अनुवादः “के तिमीहरूले तिमीहरूको सामुन्ने जे स्पष्‍ट छ त्यसलाई हेरिरहेका छौ ?” वा “तिमीहरू आफ्नो सामु प्रस्‍ट भएको कुरालाई देख्न असक्षम भएको झैँ देखिन्छौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ

“उसले सम्झन जरूरी छ”

καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς

“जति ऊ ख्रीष्‍टको हो, हामी पनि त्यति नै ख्रीष्‍टका हौँ”

2 Corinthians 10:8

εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν

पावलले कोरिन्थीहरूलाई ख्रीष्‍टलाई अझ राम्ररी चिन्नलाई सहायता गर्ने कुरालाई भवन निर्माण गर्ने कुरा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई ख्रीष्‍टको उत्तम अनुयायी बनाउनलाई सहायता गर्न र तिमीहरूलाई निरुत्साहित पार्न होइन ताकि तिमीहरू उहाँलाई पछ्याउन छोड” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 10:9

ἂν ἐκφοβεῖν ὑμᾶς

“म तिमीहरूलाई डर देखाउने प्रयास गर्दै छु”

2 Corinthians 10:10

“दाबी गर्ने र सशक्त”

2 Corinthians 10:11

τοῦτο λογιζέσθω ὁ τοιοῦτος

“म त्यस्ता मानिसहरू सचेत होऊन् भन्‍ने चाहन्छु”

οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ

“हामी ती नै कुराहरू गर्नेछौँ जब हामी तिमीहरूसँग हुनेछौँ जसको बारेमा हामीले हाम्रा पत्रहरूमा लेखेका छौँ जब हामी तिमीहरूबाट टाढा रहेका छौँ”

ἐσμεν

यी शब्दहरूका सबै प्रयोगहरूले कोरिन्थीहरूलाई होइन तर पावलको सेवकाइको टोलीलाई बुझाउँछन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

2 Corinthians 10:12

ἐνκρῖναι ἢ συνκρῖναι ἑαυτούς, τισιν

“हामी उति नै असल छौँ भनी भन्न”

αὐτοὶ ἐν ἑαυτοῖς, ἑαυτοὺς μετροῦντες καὶ συνκρίνοντες ἑαυτοὺς ἑαυτοῖς

पावलले उही कुरालाई दुई पटक भनिरहेका छन् । (हेर्नुहोस्ः समान्तरता)

αὐτοὶ ἐν ἑαυτοῖς, ἑαυτοὺς μετροῦντες

पावलले भलाइलाई यसरी बताइरहेका छन् मानौँ त्यो केही कुरा हो जसको लम्बाइलाई मानिसहरूले मापन गर्न सक्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले एक अर्कालाई हेर्छन् र को उत्तम छ भनी हेर्ने प्रयास गर्छन्” (हेर्नुहोस्ः रूपक)

οὐ συνιᾶσιν

“तिनीहरू केही पनि जान्दैनन् भनेर सबैलाई देखाउँछन्”

2 Corinthians 10:13

पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी र ती कुराहरू जसमाथि उनको अधिकार छ तिनीहरूलाई उनको जमिनको सिमा वा “साँध”भित्र रहेको झैँ गरी उल्‍लेख गर्छन् र उनको अधिकार भित्र नरहेका कुराहरूलाई “साँध” बाहिर भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)

οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα

यो एउटा उपमा हो । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गर्नेछैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गर्नेछौँ” (हेर्नुहोस्ः टुक्काहरू)

κατὰ τὸ μέτρον τοῦ κανόνος, οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς

“परमेश्‍वरले ... अधिकारमुनि रहेका चीजहरूका बारेमा”

μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν

पावलले उनीसित भएको अधिकारलाई आफ्नो स्वामित्वमा रहेको जमिन भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “र तिमीहरू हाम्रो अधिकारको सीमाभित्र नै छौ” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 10:14

οὐ…ὑπερεκτείνομεν ἑαυτούς

“हाम्रो सीमाहरूभन्दा बाहिर गएनौँ”

2 Corinthians 10:15

οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι

यो एउटा उपमा हो । यस्तै समान शब्दहरू २ कोरिन्थीहरू १०:१३ मा कसरी अनुवाद भएका थिए, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रो अधिकार नभएका कुराहरूको बारेमा घमण्ड गरेका छैनौँ” वा “हाम्रो अधिकार भएका कुराहरूको बारेमा मात्र घमण्ड गरेका छौँ” (हेर्नुहोस्ः टुक्काहरू)

2 Corinthians 10:16

ἀλλοτρίῳ κανόνι

“परमेश्‍वरले अरू कसैको जिम्मामा दिनुभएको क्षेत्र”

2 Corinthians 10:17

ἐν Κυρίῳ καυχάσθω

“प्रभुले जे गर्नुभएको छ त्यसको बारेमा घमण्ड गर”

2 Corinthians 10:18

ὁ ἑαυτὸν συνιστάνων

यसको मतलब यो हो कि ऊ सही वा गलत छ कि भनेर निर्णय गर्नको लागि प्रत्येक व्यक्तिलाई पर्याप्‍त प्रमाण प्रदान गर्छ । “हामी आफैँलाई सिफारिस गर्ने”लाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

οὐ…ἐστιν δόκιμος

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले स्वीकार गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὃν ὁ Κύριος συνίστησιν

तपाईंले बुझिएको जानकारीलाई प्रस्‍ट पार्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ, ऊ त्यही व्यक्ति हो जसलाई प्रभुले पुष्‍टि पनि गर्नुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

2 Corinthians 11

२ कोरिन्थी ११ सामान्य टिपोटहरू

संरचना र प्रारूप

यस अध्यायमा, पावलले आफ्नो अधिकारको प्रतिरक्षालाई निरन्तरता दिन्छन् ।

यस अध्यायका विशेष धारणाहरू

झूटा शिक्षा

कोरिन्थीहरू झूटो शिक्षकहरूलाई स्वीकार गर्न छिटा थिए । तिनीहरूले येशू र सुसमाचारको बारेमा फरक र असत्य कुराहरू सिकाए । पावलले यी झूटा शिक्षकहरूको विपरितमा त्यागी रूपमा कोरिन्थीहरूको सेवा गरे । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार)

ज्योति

ज्योतिलाई नयाँ करारमा सामान्यतया रूपकको रूपमा प्रयोग गरिएको छ । पावलले यहाँ परमेश्‍वरको प्रकटिकरण र उहाँको धार्मिकतालाई दर्शाउन ज्योतिको प्रयोग गर्छन् । अन्धकारले पापलाई वर्णन गर्छ । पाप परमेश्‍वरबाट लुकेर रहन खोज्छ । (हेर्नुहोस्ः प्रकाश, प्रकाश, चमक, उज्यालो, प्रबुद्ध, धर्मी, धार्मिकता अनि अन्धकार अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

यस अध्यायका महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

रूपक

पावलले यस अध्यायलाई विस्तृत रूपकसँग सुरु गर्छन् । उनले आफूलाई दुलहीको बाबुसँग तुलना गर्छन् जसले उनको दुलहालाई एउटी शुद्ध, कुमारी दुलही दिइरहेका छन् । वैवाहिक अभ्यासहरू सांस्कृतिक पृष्‍ठभूमि अनुसार बदलिन्छन् । तर कसैलाई हुर्किसकेको र पवित्र बालकको रूपमा प्रस्तुत गर्न सहायता गर्ने अवधारणालाई यस खण्‍डमा स्‍पष्‍टसँग चित्रण गरिएको छ । (हेर्नुहोस्ः रूपक अनि पवित्र, पवित्रता अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

व्यङ्ग्‍य

यो अध्याय व्यङ्ग्‍यले भरिएको छ । पावल उनको व्यङ्ग्‍यद्वारा कोरिन्थी विश्‍वासीहरूलाई लज्जित पार्ने आशा गरिरहेका छन् ।

“तिमीहरू यी कुराहरू राम्रैसँग सहन्छौ !” पावल ठान्छन् कि जुन तरिकाले झूटा प्रेरितहरूले तिनीहरूलाई व्यवहार गरे, तिनीहरूले सहनुहुँदैन । तिनीहरू वास्तवमा प्रेरितहरू हुन् भनेर नै पावल ठान्दैनन् ।

“किनकि तिमीहरूले ती मूर्खहरूलाई खुशीसाथ सहन्छौ । तिमीहरू आफैँ बुद्धिमान् छौ !” भन्ने भनाइको अर्थ कोरिन्थीहरूले आफूलाई निकै बुद्धिमानी भएको मान्छन् तर पावल सहमत हुँदैनन् भन्‍ने हो ।

“म हाम्रो शर्मको लागि भन्छु कि हामी त्यसो गर्न साह्रै कमजोर थियौँ ।” पावलले उनलाई निकै गलत लागेको व्यवहारलाई त्याग्‍नको लागि त्यसको बारेमा बताइरहेका छन् । उनले यसरी बताइराखेका छन् कि मानौँ त्यो नगरेकोमा उनी गलत छन् भनी उनले सोच्छन् । उनले व्यङ्ग्‍यको रूपमा एउटा आलङ्कारिक प्रश्‍नलाई पनि प्रयोग गर्छन् । “के तिमीहरू उच्च हौ भनी आफैँलाई नम्र पार्दा मैले पाप गरेँ त ?” (हेर्नुहोस्ः व्यङ्ग्य अनि प्रेरित, प्रेरितको काम अनि आलङ्‍कारिक प्रश्‍न)

आलङ्कारिक प्रश्‍नहरू

आफूलाई उच्च दाबी गरिरहेका झूटा प्रेरितहरूलाई गलत देखाइरहँदा, पावलले एक लहरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । हरेक प्रश्‍नलाई जवाफसँगै राखिएको छः “के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएलीहरू हुन् ? म पनि हुँ । के तिनीहरू अब्राहामका सन्तानहरू हुन् ? म पनि हुँ । के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म दिमाग गुमाए झैँ गरी कुरा गर्दै छु ।) म बढी हुँ ।”

उनले आफूले परिवर्तन गराएकाहरूलाई सहानुभूति देखाउन पनि एक लहरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन्ः “को कमजोर छ, र मचाहिँ कमजोर छैन ? कसले अर्कोलाई पापमा फस्न लगाएको छ, र म भित्र-भित्रै जल्दिन ?”

“के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ?”

यो गिल्ला गर्न वा अपमान गर्नलाई प्रयोग गरिने विशेष किसिमको व्यङ्ग्‍य हो । यी झूटा शिक्षकहरूले साँच्चै ख्रीष्‍टको सेवा गर्छन् भनेर पावल विश्‍वास गर्दैनन्, केवल यति कि तिनीहरूले ख्रीष्‍टको सेवा गरेको ढोङ्ग मात्र गर्छन् ।

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

विरोधाभासी

“विरोधीभासी” भनेको एउटा साँचो कथन हो जसले केही असम्भव थोकलाई वर्णन गरेको जस्तो देखिन्छ । पद ३० मा भएको यो वाक्य विरोधाभासी होः “यदि मैले घमण्ड गर्नुपर्छ भने, म मेरा कमजोरीहरू देखाउने कुराहरूको बारेमा घमण्ड गर्नेछु ।” पावलले किन आफ्नो कमजोरीमा घमण्ड गर्ने थिए भनेर उनले २ कोरिन्थी १२:९ सम्म व्याख्या गर्दैनन् । (२ कोरिन्थीहरू ११:३०)

2 Corinthians 11:1

पावलले उनको प्रेरितीय सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन् ।

ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης

“मलाई मूर्खले झैँ व्यवहार गर्न देओ”

2 Corinthians 11:2

ζηλῶ…ὑμᾶς Θεοῦ ζήλῳ

यी शब्दहरूले कोरिन्थीहरू ख्रीष्‍टप्रति विश्‍वासयोग्य होऊन्, र उहाँलाई त्याग्‍नलाई तिनीहरूलाई कसैले पनि नमनाओस् भन्‍ने असल, दृढ इच्छाको विषयमा बताउँछन् ।

ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ

पावलले कोरिन्थी विश्‍वासीहरूको वास्ताको बारेमा उनले आफ्नी छोरी कुनै मानिसलाई विवाह गराउनलाई तयार गर्न त्यस मानिससँग प्रतिज्ञा गरेको र उनी त्यस मानिसप्रति उनको प्रतिज्ञा पूरा गर्न सक्षम होऊन् भनी उनले ठूलो चिन्ता गरेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म एउटा बाबु झैँ थिएँ जसले आफ्‍नी छोरी एक पतिलाई प्रस्तुत गर्ने प्रतिज्ञा गरे । मैले तिमीहरूलाई शुद्ध कन्याको रूपमा राख्ने प्रतिज्ञा गरेँ ताकि मैले तिमीहरूलाई ख्रीष्‍टलाई दिन सकौँ” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 11:3

φοβοῦμαι δὲ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς τὸν Χριστόν

“तर मलाई डर छ कि कुनै कारणले तिमीहरूका विचारहरू ख्रीष्‍टप्रतिको भक्तिपूर्ण र पवित्र आराधनाबाट बहकिएर जाला जसरी सर्पले आफ्नो चलाखीले हव्वालाई छल्यो”

φθαρῇ τὰ νοήματα ὑμῶν

पावलले विचारहरूलाई मानिसहरूले गलत मार्ग डोहोर्‍याउन सक्ने जनावरहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले तिमीहरूलाई झुटहरूमा विश्‍वास गर्न लगाउला” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 11:4

εἰ μὲν γὰρ ὁ ἐρχόμενος

“जब कोही आउँछ र”

πνεῦμα ἕτερον…ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε

“पवित्र आत्माभन्दा भिन्‍नै आत्मा ... , अथवा तिमीहरूले हामीबाट प्राप्‍त गरेकोभन्दा भिन्‍न सुसमाचार”

καλῶς ἀνέχεσθε

“यस्ता कुराहरूसँग व्यवहार गर्‍यौ ।” “यस्ता कुराहरूसँग व्यवहार गर्‍यौ ।” यी शब्दहरूलाई २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएका थिए, सो हेर्नुहोस् ।

2 Corinthians 11:5

τῶν ὑπέρλίαν ἀποστόλων

ती शिक्षकहरू मानिसहरूले भनेका भन्दा धेरै कम महत्त्वका छन् भनी देखाउन पावलले यहाँ व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती शिक्षकहरू जसलाई केहीले अन्य कोहीभन्दा पनि उत्तम ठान्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)

2 Corinthians 11:6

οὐ τῇ γνώσει

यो नकारात्मक वाक्यांशले उनी ज्ञानमा तालिम प्राप्‍त छन् भन्‍ने सकारात्मक सत्यतालाई जोड दिन्छ । भाववाचक नाउँ “ज्ञान”लाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म निश्‍चय नै ज्ञानमा तालिम प्राप्‍त छु” वा “तिनीहरूले जानेको कुरालाई थाहा गर्न म तालिम प्राप्‍त छु” (हेर्नुहोस्ः निषेधात्मक अनि भाववाचक नाम)

2 Corinthians 11:7

ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε

उनले कोरिन्थीहरूलाई विशेष किसिमले व्यवहार गरेका थिए भनी दाबी गर्न पावलले सुरु गरिरहेका छन् । आवश्यक परेमा, यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई लाग्छ तिमीहरू उच्च होऔ भनी मैले आफैँलाई नम्र पारेर मैले पाप गरिन भन्ने कुरामा हामी सहमत हुन्छौँ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν

“बदलामा तिमीहरूबाट कुनै कुरा आशा नगरिकन तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गरेँ”

2 Corinthians 11:8

ἄλλας ἐκκλησίας ἐσύλησα

पावललाई दिन बध्य नभएका मण्डलीहरूबाट उनले खर्च लिए भन्‍ने कुरालाई जोड दिनलाई यो एउटा अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “मैले अरू मण्डलीहरूबाट पैसा लिन स्वीकार गरेँ” (हेर्नुहोस्ः व्यङ्ग्य अनि अतिशयोक्ति र सामान्यीकरण)

τὴν ὑμῶν διακονίαν

यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मोल नतिरी मैले तिमीहरूको सेवा गर्न सकूँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 11:9

ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω

“म तिमीहरूको निम्ति कहिल्यै कुनै किसिमले पनि आर्थिक भार बनेको छैन ।” कसैले खर्च गरिदिनुपर्ने कोही व्यक्तिको बारेमा पावलले यसरी कुरा गर्छन् कि मानौँ तिनीहरू मानिसहरूले बोक्‍नुपर्ने गह्रौँ थोकहरू हुन् । यसको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले पैसा खर्च गर्नु नपरोस् ताकि तिमीहरू मसित रहन सक भन्‍ने निश्‍चय गर्नलाई मैले सक्ने सबै कुरा मैले गरेको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)

οἱ ἀδελφοὶ ἐλθόντες

यी “भाइहरू” सम्भवतः सबै पुरुषहरू थिए ।

ἀβαρῆ ἐμαυτὸν…ἐτήρησα καὶ τηρήσω

“म तिमीहरूलाई कहिल्यै पनि भार हुनेछैन”

2 Corinthians 11:10

ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ

पावलले जोड दिइरहेका छन् किनभने उनका पाठकहरूले उनले ख्रीष्‍टको बारेमा साँचो कुरा भन्छन् भनी जान्दछन्, उनले यहाँ सत्य भनिरहेका छन् भन्‍ने तिनीहरूले जान्न सक्छन् । “जसरी पक्‍कासँगले तिमीहरू जान्दछौ कि म ख्रीष्‍टको बारेमा सत्यता जान्दछु र घोषणा गर्छु, मैले जे भन्न लागिरहेको छु सो सत्य हो भनेर तिमीहरूले जान्‍न सक्छौ । यो”

ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि मलाई कहिल्यै पनि घमण्ड गर्नबाट रोक्न र मलाई चुप पार्न सक्षम हुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἡ καύχησις αὕτη…εἰς ἐμὲ

यसले पावलले (२ कोरिन्थीहरू ११:७-९) देखि सुरु गरेर जसको बारेमा बताए, त्यसलाई जनाउँछ ।

“अखैयाका क्षेत्रहरू ।” “भागहरू” शब्दले राजनीतिक विभाजनहरू होइन, भूमिको क्षेत्रहरूलाई जनाउँछ ।

2 Corinthians 11:11

διὰ τί? ὅτι οὐκ ἀγαπῶ ὑμᾶς?

कोरिन्थीहरूको निम्ति प्रेमलाई जोड दिन पावलले आलङ्कारिक प्रश्‍न प्रयोग गर्छन् । यी प्रश्‍नहरूलाई एउटै बनाउन वा एउटै कथनमा मिलाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “के मैले तिमीहरूलाई प्रेम नगरेकैले म तिमीहरूमाथि बोझ हुन नचाहेको हो त?” वा “तिमीहरूले मेरा आवश्यकताहरू पूर्ती गर्नबाट तिमीहरूलाई वञ्चित पार्छु किनभने यसले म तिमीहरूलाई प्रेम गर्छु भन्‍ने अरूहरूलाई देखाउँछ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὁ Θεὸς οἶδεν

तपाईंले बुझिएको कुरालाई प्रस्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरूलाई प्रेम गर्छु भनेर परमेश्‍वर जान्‍नुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

2 Corinthians 11:12

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍ट गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनले झूटा प्रेरितहरूको बारेमा कुरा गर्छन् ।

ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς

पावलले उनका शत्रुहरूले बताउने झूटा दाबीलाई उनले बोकेर कतै लैजान सक्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि मैले यसलाई असम्भव बनाउन सकौँ” (हेर्नुहोस्ः रूपक)

εὑρεθῶσιν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि तिनीहरू पनि हामी जस्तै हुन् भनी मानिसहरूले सोच्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 11:13

οἱ γὰρ τοιοῦτοι

“म जे गर्छु सो गर्छु किनभने मानिसहरू ती मन पराउँछन्”

ἐργάται δόλιοι

“बेइमानीपूर्ण काम गर्नेहरू”

μετασχηματιζόμενοι εἰς ἀποστόλους

“प्रेरितहरू होइनन्, तर तिनीहरूले आफैँलाई प्रेरितहरूजस्तो देखाउने कोसिस गर्छन्”

2 Corinthians 11:14

οὐ θαῦμα

पावलले यसलाई नकारात्मक स्वरूपमा उल्लेख गरेर कोरिन्थीहरूले धेरै “झुटा प्रेरितहरू” भेट्ने अपेक्षा गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिइरहेका छन् (२ कोरिन्थीहरू ११:१३) । वैकल्‍पिक अनुवादः “हामीले यो आशा गर्नुपर्छ” (हेर्नुहोस्ः निषेधात्मक)

αὐτὸς…ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός

“शैतान ज्योतिर्मय स्वर्गदूत होइन, तर त्यसले आफैँलाई ज्योतिर्मय स्वर्गदूत जस्तो देखाउने कोसिस गर्छ”

ἄγγελον φωτός

यहाँ “ज्योति” धार्मिकताको निम्ति रूपक हो । वैकल्‍पिक अनुवादः “धार्मिकताको एक स्वर्गदूत” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 11:15

οὐ μέγα…εἰ

पावलले यसलाई नकारात्मक स्वरूपमा उल्लेख गरेर कोरिन्थीहरूले धेरै “झुटा प्रेरितहरू” भेट्ने अपेक्षा गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिइरहेका छन् (२ कोरिन्थीहरू ११:१३) । वैकल्‍पिक अनुवादः “हामीले निश्‍चय पनि त्यसको अपेक्षा गर्नुपर्छ” (हेर्नुहोस्ः निषेधात्मक)

καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης

“उसका सेवकहरू धार्मिकताका सेवकहरू होइनन्, तर तिनीहरूले आफैँलाई धार्मिकताका सेवकहरू जस्तो बनाउने प्रयास गर्छन्”

2 Corinthians 11:16

γε κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι

“तिमीहरूले मलाई मूर्खलाई झैँ ग्रहण गरः मलाई भन्न देओ, र मेरा गर्वलाई मूर्खका शब्दहरू ठान”

2 Corinthians 11:18

κατὰ σάρκα

यहाँ प्रतिस्थापन शब्द “शरीर”ले मानिसलाई उसको पापपूर्ण स्वभावमा र उसका उपलब्धिहरूमा भएको बुझाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै मानवीय उपलब्धिहरूका बारेमा” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 11:19

ἀνέχεσθε τῶν ἀφρόνων

“मलाई स्वीकार जब म मूर्ख जस्तो व्यवहार गर्दछु ।” यस्तै समान वाक्यांश २ कोरिन्थीहरू ११:१ मा कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।

φρόνιμοι ὄντες

पावलले व्यङ्ग्यको प्रयोग गर्दै कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई बुद्धिमानी छौँ भन्‍ने ठान्छौ, तर तिमीहरू छैनौ !” (हेर्नुहोस्ः व्यङ्ग्य)

2 Corinthians 11:20

ὑμᾶς καταδουλοῖ

पावलले कोही मानिसहरूले अरूहरूलाई नियम पालन गर्नलाई बलजफ्ति गर्ने कुरालाई तिनीहरूलाई दास बनाउनलाई कर लगाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई तिनीहरूले बनाएका नियमहरू पछ्याउने बनाउँछ” (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)

κατεσθίει

पावलले उच्च प्रेरितहरूले मानिसहरूको भौतिक स्रोतहरू लिने कुरालाई मानिसहरूलाई नै खाइरहेको झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “उसले तिमीहरूको सबै सम्पत्ति लिन्छ” (हेर्नुहोस्ः रूपक)

λαμβάνει

कोही व्यक्तिले अर्को व्यक्तिलाई थाहा नभएको जानकारीबाट र त्यही जानकारीलाई आफूलाई सहायता गरेर अरूहरूलाई नोक्सानी पुर्‍याउने गरी प्रयोग गरेर फाइदा लिन्छ ।

2 Corinthians 11:21

κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν!

“हामीले तिमीहरूलाई त्यसरी नै व्यवहार गर्न साहसिला थिएनौँ भनेर म शर्मपूर्ण रूपमा स्वीकार गर्छु ।” पावल कमजोर भएको हुनाले कोरिन्थीहरूलाई राम्रो व्यवहार गरेका होइनन् भनेर तिनीहरूलाई बताउन उनले व्यङ्ग्यको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई हानि गर्ने शक्ति हामीसित थियो भन्दा म लज्‍जित छैन, तर हामीले तिमीहरूलाई राम्रो व्यवहार गर्‍यौँ” (हेर्नुहोस्ः व्यङ्ग्य)

ἐν ᾧ…ἄν τις τολμᾷ…τολμῶ κἀγώ

“कसैले जे बारेमा घमण्ड गर्छ ... म पनि त्यस बारेमा घमण्ड गर्ने आँट गर्छु”

2 Corinthians 11:22

जसै पावलले आफ्नो प्रेरितीय सेवकाइलाई पुष्‍टि गर्ने कुरालाई निरन्तरता दिन्छन्, उनी विश्‍वासी हुँदादेखि उनमाथि आइपरेका विशेष कुराहरू उल्लेख गर्छन् ।

Ἑβραῖοί εἰσιν? κἀγώ. Ἰσραηλεῖταί εἰσιν? κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν? κἀγώ.

पावलले कोरिन्थीहरूले सम्भवतः सोधिरहेका प्रश्‍नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्‍न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू महत्त्वपुर्ण छन् भनी तिमीहरूले सोचेका र तिनीहरूले भनेको कुरा विश्‍वास गरेको तिनीहरू चाहन्छन् किनभने तिनीहरू हिब्रूहरू र इस्राएलीहरू र अब्राहामका सन्तानहरू हुन् । त्यसोभए, म पनि हुँ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

2 Corinthians 11:23

διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ

पावलले कोरिन्थीहरूले सम्भवतः सोधिरहेका प्रश्‍नहरू नै सोधिरहेका छन् र उनी ती उच्च प्रेरितहरू झैँ यहूदी हुन् भनी जोड दिनलाई तिनीहरूको जवाफ दिइरहेका छन् । सम्भव भए प्रश्‍न र जवाफको ढाँचालाई राख्नु राम्रो हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू भन्छन्, तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्- म पागल झैँ बोल्दछु- तर म बढी हुँ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

παραφρονῶν λαλῶ

“म ठीक तरिकाले सोच्न नसक्ने जस्तै”

ὑπὲρ ἐγώ

तपाईंले बुझिएको जानकारीलाई प्रस्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म तिनीहरू भन्दा बढी ख्रीष्‍टको सेवक हुँ” (हेर्नुहोस्ः शब्दलोप)

ἐν κόποις περισσοτέρως

“मैले बढि मेहनत गरेको छु”

ἐν φυλακαῖς περισσοτέρως

“म धेरै पटक झ्यालखानामा परेको छु”

ἐν πληγαῖς ὑπερβαλλόντως

यो एउटा उपमा हो र उनलाई धेरै-धेरै पटक कुटिएको छ भनी जोड दिनलाई अतिरञ्‍जित गरिएको छ । वैकल्पिक अनुवादः “म साह्रै धेरै चोटि पिटिएको छु” वा “म गन्‍नै नसकिने गरी पिटिएको छु” (हेर्नुहोस्ः टुक्काहरू अनि अतिशयोक्ति र सामान्यीकरण)

ἐν θανάτοις πολλάκις

“र म धेरै पटक झण्डै मरेको छु”

2 Corinthians 11:24

τεσσεράκοντα παρὰ μίαν

यो ३९ पटक कोर्रा खाने कुरालाई व्यक्त गर्ने चलनचल्तीको अभिव्यक्ति थियो । यहूदी व्यवस्था अनुसार तिनीहरूले कुनै व्यक्तिलाई बढीमा चालिस कोर्रा लगाउन सक्थे, त्यसैले तिनीहरूले कसैलाई कोर्रा लगाउँदा उनन्चालिस कोर्रा मात्र लगाउँथे ताकि कारणवश गलत गनेमा कसैलाई बढी कोर्रा लगाएकोमा दोषी नठहरिऊन् ।

2 Corinthians 11:25

ἐραβδίσθην

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले मलाई काठको लौरोहरूले कुटे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐλιθάσθην

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म मरेँ भन्‍ने नठानेसम्म मानिसहरूले मलाई ढुङ्गाले हाने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα

पावलले उनी चढेको डुङ्गा डुबेपछि आफू पानीमाथि भएको कुरालाई उल्लेख गरेका हुन् ।

2 Corinthians 11:26

κινδύνοις ἐν ψευδαδέλφοις

यस कथनको पूरा अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “आफैँलाई ख्रीष्‍टमा भाइहरू भनेर दाबी गर्ने, तर पछि हामीलाई धोका दिने मानिसहरूको खतरामा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

2 Corinthians 11:27

γυμνότητι

यहाँ पावलले आफ्नो लुगाको आवश्यकतालाई देखाउन अतिरञ्‍जन गर्छन् । वैकल्पिक अनुवादः “मलाई न्यानो गर्ने पर्याप्‍त कपडा बिना” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

2 Corinthians 11:28

ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν

मण्डलीहरूले कतिको परमेश्‍वरको आज्ञापालन गर्छन् भन्‍ने कुराको लागि परमेश्‍वरले उनलाई उत्तरदायी तुल्याउनुहुन्छ भनेर पावल जान्दछन् र ती जानकारीलाई उनलाई तल धकेल्ने थोकहरू भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “सबै मण्डलीहरूको आत्मिक वृद्धिको निम्ति परमेश्‍वरले मलाई जिम्मेवार ठान्नुहुन्छ, र त्यसैले सदैव गह्रौँ वस्तुले मलाई थिचेको जस्तो मलाई महसुस हुन्छ” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 11:29

τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ, म आफैँ पनि त्यो दुर्बलता महसुस गर्छु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ?

सम्भवतः “कमजोर” शब्द आत्मिक अवस्थाको निम्ति रूपक हो, तर पावलले केको बारेमा उल्लेख गरिरहेका छन् भन्ने बारेमा कोही पनि निश्‍चित छैनन्, त्यसैले उही शब्द प्रयोग गर्न उत्तम हुन्छ । वैकल्पिक अनुवादः “जब कोही दुर्बल हुन्छ म पनि दुर्बल हुन्छु ।” (हेर्नुहोस्ः रूपक)

τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι?

जब कुनै सङ्गी विश्‍वासीलाई पाप गर्न लगाइन्छ तब पावलले आफ्नो रीस व्यक्त गर्न यो प्रश्‍न प्रयोग गर्छन् । यहाँ उनको रीसलाई उनीभित्र दन्किरहेको रूपमा उल्लेख गरिएको छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले अर्को भाइलाई पाप गर्न लगाउँछ, म रिसाउँछु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि रूपक)

σκανδαλίζεται

पावलले पापलाई केही कुरामा ठेस लागेर लड्ने कुरा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “पापतिर डोहोर्‍याइएको छ” वा “अरू कसैले गरेको केही कुराको कारण परमेश्‍वरले उसलाई पाप गर्न दिनुहुन्छ भन्‍ने ठानेको छ” (हेर्नुहोस्ः रूपक)

पावलले रिसाउने कुरालाई आफ्नो शरीरभित्र आगो भए झैँ गरी उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा रिसाएको छैन” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 11:30

τὰ τῆς ἀσθενείας

“जसले म कति कमजोर छु भनेर देखाउँछ”

2 Corinthians 11:31

οὐ ψεύδομαι

पावलले भनिरहेका कुरा सत्य हो भन्ने जोड दिन उनले न्युनोक्तिको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म पूर्ण सत्य भन्दै छु” (हेर्नुहोस्ः निषेधात्मक)

2 Corinthians 11:32

ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν

“राजा अरितसले नियुक्त गरेको हाकिमले मानिसहरूलाई सहरको पहरेदारी गर्न अह्राएका थिए”

πιάσαι με

“ताकि तिनीहरूले मलाई पक्रून् र गिरफ्तार गरून्”

2 Corinthians 11:33

ἐν σαργάνῃ, ἐχαλάσθην

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले मलाई एउटा डालोमा राखे र मलाई जमिनमा तल झारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὰς χεῖρας αὐτοῦ

पावलले बडाहाकिमको निम्ति प्रतिस्थापन शब्दको रूपमा बडाहाकिमको हातलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “बडाहाकिमबाट” (हेर्नुहोस्ः लक्षणा)

2 Corinthians 12

२ कोरिन्थी १२ सामान्य टिपोटहरू

संरचना र प्रारूप

यस अध्यायमा पावलले आफ्नो अधिकारको प्रतिरक्षालाई निरन्तरता दिन्छन् ।

जब पावल कोरिन्थीहरूसँग थिए, उनले आफ्ना शक्तिशाली कार्यहरूद्वारा आफैँलाई एक प्रेरित भएको कुरा प्रमाणित गरे । उनले तिनीहरूबाट कहिल्यै पनि केही कुरा लिएका थिएनन् । अब जहाँनिर उनी तेस्रो पटकको लागि आउँदैछन्, उनले अझै पनि केही कुरा लिनेछैनन् । उनले आशा गर्छन् कि जब उनी तिनीहरूलाई भेट्छन्, उनी तिनीहरूसँग रूखो हुनु पर्नेछैन । (हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)

यस अध्यायका विशेष धारणाहरू

पावलको दर्शन

पावलले अब स्वर्गको एउटा अद्‌भूत दर्शनको बारेमा बताएर उनको अधिकारको प्रतिरक्षा गर्छन् । हुन त उनले पद २-५ सम्म तस्रो पुरुषमा उल्लेख गर्छन्, तैपनि पद ७ ले सङ्केत गर्छ कि त्यो दर्शन अनुभव गर्ने व्यक्ति उनी नै हुन् । यो यति ठूलो थियो कि उनलाई नम्र पार्नलाई परमेश्‍वरले उनलाई शारीरिक दुर्बलता दिनुभयो । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय)

तेस्रो स्वर्ग

धेरै विद्वानहरूले “तेस्रो” स्‍वर्ग परमेश्‍वरको वासस्थान हो भनेर विश्‍वास गर्छन् । यो किनभने धर्मशास्‍त्रले पनि स्वर्गलाई आकाश (पहिलो स्वर्ग) र ब्रह्‌माण्डलाई (दोस्रो स्वर्ग) जनाउन प्रयोग गर्छ ।

यस अध्यायको महत्त्वपूर्ण भाषिक अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावललाई दोष लगाउने उनका शत्रुहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्दा उनले धेरै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन्ः “म तिमीहरूको निम्ति बोझ नभएको कुरा बाहेक तिमीहरू कसरी बाँकीका मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र ?” “”“के तीतसले तिमीहरूबाट फाइदा उठाए ? के हामी उही मार्गमा हिँडेनौँ र ? के हामी उही कदमहरूमा चलेनौँ र ?” र “के हामीले यो सब समय तिमीहरूकहाँ हाम्रो आफ्‍नै प्रतिरक्षा गरिरहेका छौँ भन्‍ने तिमीहरू सोच्छौ ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

व्यङ्ग्योक्ति

पावलले व्यङ्ग्योक्ति, एउटा विशेष प्रकारको व्यङ्ग्यको प्रयोग गर्छन्, जब उनले तिनीहरूलाई बिनामूल्य कसरी सहायता गरेका थिए भनी तिनीहरूलाई याद दिलाउँछन् । उनले भन्छन्, “यो गल्तीको निम्ति मलाई क्षमा देओ !” उनले नियमित व्यङ्ग्यको पनि प्रयोग गर्छन् जब उनले भन्छन्ः “तर, किनकि म यस्तो चलाख छु, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रेँ ।” त्यो सत्य हुन कति असम्भव छ भन्‍ने देखाएर यस दोषको विरुद्धमा आफ्नो प्रतिरक्षाको परिचय गराउनलाई उनले यसलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

विरोधाभाषी

“विरोधाभाषी” एउटा सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद ५ मा भएको यो वाक्य विरोधाभासी होः “म मेरा कमजोरीहरू बाहेक अरू कुराहरूमा घमण्ड गर्ने छैन ।” धेरै मानिसहरू कमजोर भएकोमा गर्व गर्दैनन् । पद १० मा भएको यो वाक्य पनि विरोधाभासी होः “किनकि जब पनि म कमजोर हुन्छु, तब म बलियो हुन्छु ।” पद ९ मा, यी दुवै भनाइहरू किन सत्य हुन् भनेर पावलले व्याख्या गर्छन् । (२ कोरिन्थीहरू १२:५)

2 Corinthians 12:1

परमेश्‍वरबाट आएको उनको प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्ने क्रममा, पावल उनी विश्‍वासी भएदेखि उनको जीवनमा घटेका निर्दिष्‍ट कुराहरूको उल्लेख गर्नलाई निरन्तरता दिन्छन् ।

ἐλεύσομαι…εἰς

“म कुरा गरिरहनेछु, तर अब ... बारेमा”

ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου

सम्भावित अर्थहरू हुन् १) पावलले जोड दिनको निम्ति उही कुरालाई बुझाउन “दर्शनहरू” र “प्रकाशहरू” जस्ता नामपदहरू संयुक्त गरेर प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यी कुराहरू जुन प्रभुले मलाई मात्र देख्न दिनुभएको छ” वा २) पावलले दुई भिन्न कुराहरूको बारेमा उल्लेख गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “प्रभुले मेरा आँखाहरूले मलाई देख्न अनुमति दिनुभएको गुप्‍त थोकहरू र उहाँले मलाई भन्‍नुभएका अरू गुप्‍त कुराहरू” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

2 Corinthians 12:2

οἶδα ἄνθρωπον ἐν Χριστῷ

पावलले अरू कसैको बारे बताए झैँ गरी वास्तवमा आफ्नै बारेमा बताइरहेका छन्, तर सम्भव भए यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुपर्छ ।

εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα

पावल यो अरू कुनै मानिसलाई भएको झैँ गरी आफैँलाई वर्णन गर्न निरन्तरता दिन्छन् । “मलाई थाहा छैन कि यो मान्छे उसको भौतिक शरीरमा थियो वा आत्मिक शरीरमा”

τρίτου οὐρανοῦ

यसले आकाश वा बाहिरी अन्तरिक्षलाई (ग्रहहरू, ताराहरू, र ब्रह्‌माण्ड) भन्दा परमेश्‍वरको वासस्थानलाई जनाउँछ ।

2 Corinthians 12:3

पावलले अरू कसैको बारेमा बताए झैँ गरी आफ्नै बारेमा बताउनलाई निरन्तरता दिन्छन् ।

2 Corinthians 12:4

ἡρπάγη εἰς τὸν Παράδεισον

यसले “यस मानिस”लाई के भयो भन्‍ने कुराको पावलको विवरणलाई निरन्तरता दिन्छ (पद ३) । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले यस मानिसलाई लानुभयो ... स्वर्गमा” वा २) “एउटा स्वर्गदूतले यस मानिसलाई लगे ... स्वर्गमा ।” सम्भव भएमा लाने मानिसलाई उल्लेख नगर्नु उत्तम हुन्छः “कसैले लग्यो ... स्वर्गमा” वा “तिनीहरूले लगे ... स्वर्गमा ।”

ἡρπάγη

अचानक र बलपूर्वक पक्रिलगियो

τὸν Παράδεισον

सम्भावित अर्थहरू हुन् १) स्वर्ग वा २) तेस्रो स्वर्ग वा ३) स्वर्गमा एउटा विशेष ठाउँ ।

2 Corinthians 12:5

τοῦ τοιούτου

“त्यस व्यक्तिको”

οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म मेरो कमजोरीहरूमा मात्र घमण्ड गर्नेछु”

2 Corinthians 12:6

जसै पावलले परमेश्‍वरबाट प्राप्‍त गरेका आफ्नो प्रेरितीय सेवकाइको प्रतिरक्षा गर्छन्, उनलाई नम्र पार्न परमेश्‍वरले उनलाई दिनुभएको कोमजोरीको बारेमा उनले बताउँछन् ।

μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ἐξ ἐμοῦ

“कसैले ममा देखेको र मबाट सुनेकोभन्दा बाहेक बढी श्रेय उसले मलाई दिने छैन”

2 Corinthians 12:7

यो पदले खुलाउँछ कि पावलले २ कोरिन्थीहरू १२:२ मा सुरु गरेर आफ्‍नै बारेमा कुरा गरिरहेका थिए ।

τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων

“किनभने ती प्रकाशहरू अरू कसैले देखेका कुनै पनि कुराभन्दा अत्यन्तै धेरै महान् थिए”

ἐδόθη μοι σκόλοψ τῇ σαρκί

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई शरीरमा एउटा काँडा दिनुभयो” वा “परमेश्‍वरले मेरो शरीरमा एउटा काँडा आउन दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

σκόλοψ τῇ σαρκί

यहाँ पावलका शारीरिक समस्याहरूलाई उनको शरीरलाई घोच्ने एउटा काँडासँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “पीडा” वा “शारीरिक समस्या” (हेर्नुहोस्ः रूपक)

ἄγγελος Σατανᾶ

“शैतानको एउटा सेवक”

μὴ ὑπεραίρωμαι

“अति घमण्डी”

2 Corinthians 12:8

τρὶς

पावलले उनको “काँडा”को निम्ति धेरै पटक प्रार्थना गरे भन्‍ने जोड दिनलाई उनले यी शब्दहरूलाई वाक्यको सुरुमा नै राख्छन् (२ कोरिन्थीहरू १२:७) ।

ὑπὲρ τούτου

“प्रभुलाई मेरो शरीरमा यस काँडाको विषयमा”, वा “प्रभुलाई यस पीडाको विषयमा”

2 Corinthians 12:9

ἀρκεῖ σοι ἡ χάρις μου

“म तिमीप्रति दयालु हुनेछु, र तिमीलाई चाहिने त्यति मात्रै हो”

ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται

“किनभने तिमी दुर्बल छँदा नै मेरो शक्तिले उत्कृष्‍ट रूपमा काम गर्छ”

ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ

पावलले ख्रीष्‍टको शक्तिलाई उनीमाथि निर्माण गरिएको पाल भए झैँ गरी उल्लेख गर्छन् । सम्भावित अर्थहरू १) “मसँग ख्रीष्‍टको शक्ति छ भनी मानिसहरू देख्न सकून्” वा २) “मसित साँच्चै ख्रीष्‍टको शक्ति हुन सकोस् ।” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 12:10

εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ

सम्भावित अर्थहरू हुन् १) “म ख्रीष्‍टको भएको कारण यदि कमजोरीहरू, अपमानहरू, कष्‍टहरू, सतावटहरू, र कष्‍टकर परिस्थितिहरू आउँछन् भने म यी कुराहरूमा सन्तुष्‍ट छु” वा २) “म कमजोरी ... मा सन्तुष्‍ट छु ... यदि यी कुराहरूले धेरै मानिसहरूलाई ख्रीष्‍टलाई चिन्‍न लगाउँछ भने ।”

ἐν ἀσθενείαις

“जब म कमजोर हुन्छु”

ἐν ὕβρεσιν

“म खराब मानिस हुँ भनी जब मानिसहरूले मलाई रीस उठाउने प्रयास गर्छन्”

ἐν ἀνάγκαις

“जब म कष्‍ट भोगिरहेको हुन्छु”

στενοχωρίαις

“जब त्यहाँ कष्‍ट हुन्छ”

ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι

जब पावलले गर्न आवश्यक कुराहरू गर्न सक्दैनन्, तब पावलभन्दा शक्तिशाली ख्रीष्‍टले गरिनु पर्ने आवश्यक कुराहरू पावलद्वारा गर्नुहुनेछ भनी पावलले भनिरहेका छन् । तथापि, यदि तपाईंको भाषाले दिन्छ भने यसलाई शाब्दिक रूपमा अनुवाद गर्न उत्तम हुन्छ ।

2 Corinthians 12:11

पावलले कोरिन्थमा भएका विश्‍वासीहरूलाई बलियो बनाउन प्रेरितका साँचा चिन्हहरू र तिनीहरूको सामु उनको नम्रताको याद दिलाउँछन् ।

γέγονα ἄφρων

“म मूर्ख झैँ व्यवहार गरिरहेको छु”

ὑμεῖς με ἠναγκάσατε

“तिमीहरूले मलाई यसरी कुरा गर्नलाई बाध्य बनायौ”

ἐγὼ…ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई प्रशंसा दिनुपर्ने थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

συνίστασθαι

सम्भावित अर्थहरू हुन् १) “प्रशंसा गर्नु” (२ कोरिन्थीहरू ०३:०१) वा २) “सिफारिस गर्नु” (२ कोरिन्थीहरू ०४:०२) ।

οὐδὲν γὰρ ὑστέρησα

नकारात्मक स्वरूपको प्रयोग गरेर, पावल तुच्छ हुन् भनी ठान्‍ने कोरिन्थीहरू गलत हुन् भनी उनले जोडसँग भनिरहेका छन् । वैकल्‍पिक अनुवादः “किनभने म उनीहरू जत्तिकै असल छु” (हेर्नुहोस्ः निषेधात्मक)

τῶν ὑπέρλίαν ἀποστόλων

ती शिक्षकहरू मानिसहरूले जति महत्त्वपूर्ण छन् भनेका छन् सोभन्दा कम महत्त्वका छन् भनी देखाउन पावलले यहाँ व्यङ्ग्यको प्रयोग गर्छन् । यसलाई १ कोरिन्थीहरू ११:०५ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “केहीले अरू कोहीभन्दा उत्तम ठानेका ती शिक्षकहरू” (हेर्नुहोस्ः व्यङ्ग्य)

2 Corinthians 12:12

τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη

यसलाई “चिन्हहरू”मा जोड दिएर कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले देखाएका चिन्हहरू एक प्रेरितका साँचा चिन्हहरू हुन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

दुवै पटक उही शब्दलाई प्रयोग गर्नुहोस् ।

σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν

यिनीहरू नै “प्रेरितका साँचा चिन्हहरू” हुन् जसलाई पावलले “पूर्ण धैर्यसाथ” प्रकट गरे ।

2 Corinthians 12:13

τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν?

पावलले कोरिन्थीहरूलाई हानि पुर्‍याउन चाहन्छन् भनी तिनीहरूले दोष लगाउँदा तिनीहरू गलत छन् भनी उनले जोड दिँदैछन् । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ ... तिमीहरूलाई ... बाहेक मैले तिमीहरूलाई अरू सबै मण्डलीहरूलाई व्यवहार गरे झैँ उही व्यवहार गरेको छु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν

“मैले तिमीहरूलाई पैसा वा मलाई खाँचो परेको अरू कुराहरू मागिन”

χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην!

पावल कोरिन्थीहरूलाई शर्ममा पार्न व्यङ्गात्मक हुँदैछन् । उनी र तिनीहरू दुवै जान्दछन् कि उनले तिनीहरूलाई केही खराबी गरेका छैनन्, तर उनले तिनीहरूलाई खराबी गरेका झैँ गरेर तिनीहरूले उनलाई व्यवहार गरिरहेका थिए । (हेर्नुहोस्ः व्यङ्ग्य)

τὴν ἀδικίαν ταύτην

पैसा र उनलाई खाँचो परेका अन्य कुराहरूको लागि नमाग्नु

2 Corinthians 12:14

ἀλλὰ ὑμᾶς

यस कथनको पूर्ण अर्थलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले चाहेका कुराहरू भनेको तिमीहरूले मलाई प्रेम र स्वीकार गर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐ…ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν

साना छोराछोरीहरूले आफ्ना स्वस्थ आमाबुबाहरूको निम्ति पैसा वा अरू थोकहरू बचाउन उत्तरदायी हुँदैनन् ।

2 Corinthians 12:15

ἐγὼ…ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι

पावलले आफ्नो काम र शारीरिक जीवनलाई उनी वा परमेश्‍वरले खर्च गर्न सक्ने पैसा भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “म कुनै पनि काम खुशीसाथ गर्नेछु र मानिसहरूले मलाई मार्न दिन म परमेश्‍वरलाई खुशीसाथ अनुमति दिन्छु” (हेर्नुहोस्ः रूपक)

ὑπὲρ τῶν ψυχῶν ὑμῶν

“प्राण” शब्द मानिसहरूको आफैँको निम्ति प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको लागि” वा “ताकि तिमीहरू राम्ररी जिउन सक” (हेर्नुहोस्ः लक्षणा)

εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧσσον ἀγαπῶμαι?

यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मैले तिमीहरूलाई यति धेरै प्रेम गर्छु भने, तिमीहरूले मलाई थोरै प्रेम गर्नुहुँदैन ।” वा “यदि ...धेरै ... , तिमीहरूले मलाई तिमीहरूले गरेभन्दा धेरै प्रेम गर्नुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

περισσοτέρως

पावलको प्रेम केभन्दा “बढी” हो भनेर प्रस्‍ट छैन । सम्भवतः वाक्यमा पछि “यति थोरै” सित तुलना गर्नको निम्ति “एकदम धेरै” वा “अति धेरै” प्रयोग गर्नु उत्तम हुन्छ ।

2 Corinthians 12:16

ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ, ὑμᾶς ἔλαβον

पावलले कोरिन्थीहरूसित पैसा नमागे पनि उनले तिनीहरूसँग झूट बोले भनी सोच्ने कोरिन्थीहरूलाई लज्जित पार्न उनले व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर अरूहरूले म छली थिएँ र छलकपट प्रयोग गरेँ भनेर विचार गर्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)

2 Corinthians 12:17

μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूकहाँ पठाएको कसैले पनि तिमीहरूबाट फाइदा लिएको छैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

2 Corinthians 12:18

μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος?

पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ होइन हो । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तीतसले तिमीहरूको फाइदा लिएनन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν

पावलले जिउने कुरालाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरू सबैको एउटै स्वभाव छ र हामी एकै प्रकारले जिउँछौँ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न) (हेर्नुहोस्ः रूपक)

οὐ τοῖς αὐτοῖς ἴχνεσιν?

पावलले जिउने कुरालाई सडकमा हिँडिरहेको झैँ गरी उल्लेख गर्छन् । पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि उत्तर चाहिँ हो नै हुन्छ । यो आलङ्कारिक प्रश्‍नलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “हामी सबैले एउटै तरिकाले काम गर्छौं ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि रूपक)

2 Corinthians 12:19

πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα?

मानिसहरूले सोचिरहेका हुन सक्‍ने कुरालाई स्वीकार गर्न पावलले यो प्रश्‍न प्रयोग गर्छन् । यो सत्य होइन भनी तिनीहरूलाई ढुक्क पार्न उनले यसो गर्छन् । वैकल्पिक अनुवादः “शायद तिमीहरू सोच्छौ कि यति बेलासम्म हामीले तिमीहरूको सामु आफ्‍नो सफाइ दिइरहेका छौँ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

κατέναντι Θεοῦ

पावलले गरेका सबै थोक परमेश्‍वरले थाहा गर्नुभएको विषयमा पावल यसरी कुरा गर्छन् मानौँ परमेश्‍वर शारीरिक रूपमा उपस्थित हुनुहुन्थ्यो र पावलले भनेका र गरेका सबै थोकलाई अवलोकन गर्नुभयो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको सामु” वा “परमेश्‍वरलाई साक्षीको रूपमा” वा “परमेश्‍वरको उपस्थितिमा” (हेर्नुहोस्ः रूपक)

ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς

“तिमीहरूलाई बलियो बनाउन ।” पावलले परमेश्‍वरको आज्ञापालन कसरी गर्ने भनेर थाहा गर्ने र उहाँको आज्ञापालन गर्न इच्छा गर्ने कुरालाई त्यो कुनै शारीरिक वृद्धि भए झैँ गरी उल्लेख गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले परमेश्‍वरलाई चिन्न सक र उहाँको आज्ञापालन अझ राम्ररी गर्न सक” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 12:20

οὐχ οἵους θέλω, εὕρω ὑμᾶς

“मैले पाएको कुरा मलाई मन नपर्न सक्छ” वा “मैले तिमीहरूले जे गरिरहेको देख्छु त्यो मलाई मन नपर्न सक्छ”

κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε

“तिमीहरूले ममा देखेको कुरा तिमीहरूलाई मन नपर्न सक्छ”

μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι

बहसहरू, ईर्ष्या, रीस दन्केको, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल जस्ता भाववाचक संज्ञाहरूलाई क्रियापदहरू प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू १) “तिमीहरूमध्ये केहीले हामीसित बहस गरिरहेका हुनेछौ, हामीसँग ईर्ष्यालु हुनेछौ, हामीसित अचानक रिसाउनेछौ, हाम्रो निजी जीवन बारेमा कुरा गरिरहेका हुन सक्छौ, घमण्डी हुनेछौ, हामीले तिमीहरूलाई डोहोर्‍याउँदा हाम्रो विरोध गर्नेछौ” वा २) “तिमीहरूमध्ये कसैले आपसमा बहस गरिरहनेछौ, आपसमा ईर्ष्या गरिरहनेछौ, आपसमा अचानक रिसाउनेछौ, एकले अर्काको निजी जीवन बारेमा कुरा गर्नेछौ, घमण्डी हुनेछौ र अगुवाइ गर्नलाई परमेश्‍वरले चुन्नुभएको व्यक्तिको विरुद्धमा लाग्नेछौ” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 12:21

πενθήσω πολλοὺς τῶν προημαρτηκότων,

“म दुःखित हुनेछु किनभने धेरै जनाले तिनीहरूको पुराना पापहरू त्यागेका छैनन्”

μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ

सम्भावित अर्थहरू हुन् १) पावल जोड दिनलाई झण्डै उही कुरा तीन पटकसम्म भनिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गर्ने गरेका व्यभिचारमय पापहरू गर्न छोडेनन्” वा २) पावलले तीन भिन्न पापहरूको बारेमा बताइरहेका छन् । (हेर्नुहोस्ः समान्तरता)

ἐπὶ τῇ ἀκαθαρσίᾳ

भाववाचक नामपद अशुद्धतालाई “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरू” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरूबारे गुप्‍त रूपमा विचार गरिरहने र इच्छा गरिरहने बारेमा” (हेर्नुहोस्ः भाववाचक नाम)

πορνείᾳ

भाववाचक नामपद “अनैतिकता”लाई “अनैतिक कार्यहरू”को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः भाववाचक नाम)

ἀσελγείᾳ

भाववाचक नामपद “कामवासना”लाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन इच्छाहरू तृप्‍त पार्ने कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः भाववाचक नाम)

2 Corinthians 13

२ कोरिन्थी १३ सामान्य टिपोटहरू

संरचना र प्रारूप

यस अध्यायमा, पावल आफ्नो अधिकारको प्रतिरक्षा गर्नलाई सकाउँछन् । तब उनले पत्रलाई अन्तिम अभिवादन र आशिष्‌द्वारा अन्त गर्छन् ।

यस अध्यायका विशेष धारणाहरू

तयारी

पावल कोरिन्थीहरूलाई भेटघाट गर्न तयारी गर्दा उनले तिनीहरूलाई निर्देशन् दिन्छन् । उनले मण्डलीमा कसैलाई अनुशासन गर्न नपरोस् भन्‍ने आशा गरिरहेका छन् ताकि उनले आनन्द साथ भेटघाट गर्न सकून् । (हेर्नुहोस्ः चेला)

यस अध्यायका अन्य सम्भावित अनुवाद जटिलताहरू

शक्ति र कोमजोरी

पावलले यस अध्यायमा विपरीत शब्दहरू “शक्ति” र “कमजोरी”लाई दोहोर्‍याइ-दोहोर्‍याइ प्रयोग गर्छन् । अनुवादकले आपसमा विपरीत छन् भनेर बुझिएका शब्दहरूलाई प्रयोग गर्नुपर्छ ।

“तिमीहरू विश्‍वासमा छौ वा छैनौ भनी हेर्न आफैँलाई जाँचेर हेर । तिमीहरूले आफ्‍नो जाँच गर ।”

यी वाक्यहरूको अर्थ के हुन् भन्ने कुरामा विद्वानहरूको मत विभाजित छ । केही विद्वानहरूले भन्छन् कि ख्रीष्‍टिएनहरूले तिनीहरूका कार्यहरू तिनीहरू ख्रीष्‍टिएन विश्‍वास अनुसार छ कि छैन भनी हेर्नलाई तिनीहरूले आफैँलाई जाँच्नुपर्छ । सन्दर्भले यस बुझाइलाई साथ दिन्छ । अरूहरूले भन्छन् कि यी वाक्यहरूको अर्थ ख्रीष्‍टिएनहरूले तिनीहरूका कार्यहरूलाई हेर्नुपर्छ र तिनीहरूले साँचो रूपमा उद्धार पाएका छन् कि छैनन् भनेर प्रश्‍न गर्नुपर्छ भन्‍ने हो । (हेर्नुहोस्ः विश्‍वास अनि बचाउनु, सुरक्षित)

2 Corinthians 13:1

पावलले स्थापित गर्छन् कि ख्रीष्‍ट पावलद्वारा बोल्दै हुनुहुन्छ र पावलले तिनीहरूलाई पुनर्स्थापना गर्न, उत्साह दिन र तिनीहरूलाई एकतामा ल्याउन चाहिरहेका छन् ।

ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दुई वा तीन जना मानिसहरूले उही कुरा भने पछि मात्र कसैले कुनै गल्ती गरेको छ भन्‍ने कुरामा विश्‍वास गर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

2 Corinthians 13:2

τοῖς λοιποῖς πᾶσιν

“तिमीहरू सबै अरू मानिसहरू”

2 Corinthians 13:4

καὶ…ἐσταυρώθη

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

परमेश्‍वरले हामीलाई उहाँमा र उहाँसँग जीवन जिउने शक्ति र सामर्थ्य दिनुहुन्छ ।

2 Corinthians 13:5

ἐν ὑμῖν

सम्भावित अर्थहरू हुन् १) हरेक व्यक्तिभित्र बसेर वा २) “तिमीहरूको माझमा”, समूहको हिस्सा र सबैभन्दा महत्त्वपूर्ण सदस्य ।

2 Corinthians 13:7

μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν

“कि तिमीहरूले पाप गर्दै नगर” वा “कि हामीले तिमीहरूलाई सच्याउँदा तिमीहरूले हाम्रो कुरा सुन्‍न इन्कार नगर ।” पावलले उनको भनाइद्वारा विपरीत कुरालाई जोड दिँदैछन् । वैकल्‍पिक अनुवादः “कि तिमीहरूले सबै थोक ठीक गर्नेछौ” (हेर्नुहोस्ः निषेधात्मक)

δόκιμοι

“महान् शिक्षकहरू हुन र सत्यता अनुसार जिउन”

2 Corinthians 13:8

οὐ…δυνάμεθά τι κατὰ τῆς ἀληθείας

“हामी मानिसहरूलाई सत्यता जान्‍नबाट रोक्न समर्थ छैनौँ”

“सत्यता; हामीले गर्ने सबैथोकले मानिसहरूलाई सत्यता जान्न सक्षम तुल्याउनेछ”

2 Corinthians 13:9

τὴν ὑμῶν κατάρτισιν

“आत्मिक रूपमा परिपक्‍व बन्‍न सक”

2 Corinthians 13:10

εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.

पावलले ख्रीष्‍टलाई राम्ररी चिन्न कोरिन्थीहरूलाई सहायता गर्ने कुरालाई उनले भवन निर्माण गरिरहेका झैँ गरी उल्लेख गर्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई २ कोरिन्थीहरू १०:८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई ख्रीष्‍टको उत्तम अनुयायी हुनलाई सहायता गर्न र तिमीहरूलाई निरुत्साहित गर्न होइन जसको कारण तिमीहरू उहाँलाई पछ्याउन छोड” (हेर्नुहोस्ः रूपक)

2 Corinthians 13:11

पावलले कोरिन्थी विश्‍वासीहरूलाई लेखेको उनको पत्रलाई अन्त गर्छन् ।

καταρτίζεσθε

“परिपक्‍वतातर्फ काम गर”

τὸ αὐτὸ φρονεῖτε

“एक अर्कासँग मिलापमा बस”

2 Corinthians 13:12

ἐν ἁγίῳ φιλήματι

“ख्रीष्‍टिय प्रेमले”

οἱ ἅγιοι

“तिनीहरू जसलाई परमेश्‍वरले आफ्नै लागि अलग गर्नुभएको छ”