1 Timothy
1 Timothy front
१ तिमोथीको परिचय
भाग १: सामान्य परिचय
१ तिमोथीको पुस्तकको रूपरेखा
यो पत्रमा, पावलले तिमोथीलाई व्यक्त्तिगत आदेशहरु दिएका छन जसले उनलाई उनको प्रतिनिधिको रुपमा र आफ्नो अधिकारको रुपमा काम गर्न शसक्त्त बनाउँछ, र येशूका अनुयायीहरुले समुदायमा कसरी बस्नुपर्दछ भनेर निर्देशन दिदछ।
अभिवादनहरू (१:१- २)
पावलले तिमोथीलाई मानिसहरुलाई झुटो शि्द्दान्तहरु नसिकाउन भनि भन्ने कुरामा आज्ञा दिए (१ः३-२०)
पावल कसरी मण्डलीमा पुन व्यवस्थापनको कुरा र डिकनहरु योग्य छन भन्ने कुरालाई पक्का गर्नलाई निर्देशन दिन्छन (२:१-१५)
पावल कसरी एलडर र डिकनहरु योग्य भएको कुराको पक्का गर्ने भन्ने कुरामा निर्देशन गर्छन (३ः१४-५ः२)।
पावलले तिमोथीलाई उनको व्यक्तिगत आचरणको बारेमा आज्ञा दिन्छन (३ः१४-५ः२)।
पावलले योग्य विधवाहरु (५ः३-१६) र एडरहरुलाई (५ः१७-२०) मण्डलीले सहायता गर्नेकुरामा पक्का हुने कुरा बारेमा निर्देशन दिन्छन।
पावलले तिमोथीलाई निष्पक्ष हुनुपर्छ भनि आज्ञा दिन्छन (५ः२१-२५)
पावलले मालिक - सेवक सम्बन्धमा सुव्यवस्था सुनिश्चित गर्न निर्देशन दिन्छन (६ः१-२क)
९. पावलले तिमोथीलाई आफूलाई कसरी सिकाउने र आचरण गर्ने भन्ने कुरामा आज्ञा गर्छन (६ः२ख-१६)
धनी ंमानिसहरु कसरी जीउने भन्ने सम्बन्धि कुरामा पावलले निर्देशन दिन्छन (६ः१७-१९)
पावलले तिमोथीलाई उनको हरेचाहमा सुम्पिएको कुरामा रक्षा गर्ने भन्ने कुरामा आज्ञा दिन्छन (६ः२०-२१क)
सम्पूर्ण मण्डलीलाई समापनको आशीर्वाद (६ः२१ख)
१ तिमोथीको पुस्तक कसले लेखे?
पावल नाम गरेको व्यक्त्तिले १ तिमोथी लेखे। पावल टार्सस शहरबाट थिए। अघिल्लो जीवनमा उनी शाउल भनि चिनिन्थे। ख्रिष्टियन हुनुभन्दा पहिले पावल एक फरिसी थिए। उनले ख्रिष्टियनहरुलाई सताए। ख्रिष्टियन भइसकेपछि, उनले रोमी साम्राज्यभरि मानिसहरुलाई येशूको बारेमा सुनाउँदै थुप्रै यात्रहरु यात्रा गरेका थिए।
पावलले तिमोथीलाई अन्य पत्रहरुपनि लेखेका थिए होलान तर यो चाहिँ पहिलो हो जुन हामिसँग अझैँ छ। यसैले यसलाई १ तिमोथी वा पहिलो तिमोथी भनिन्छ। तिमोथी पावलको पहिलो चेला र नजिकको साथी थिए। पावलले सायद यो पत्र उनको जीवनको अन्तिमतिर लेखेका थिए।
१ तिमोथीको पुस्तक केको बारेमा हो?
पावलले एफिसस शहरका विश्वासीहरुलाई सहायता गर्नको निम्ति तिमोथीलाई त्यहाँ छोडेका थिए। पावलले तिमोथीलाई विभिन्न विषयहरुमा निर्देशन गर्नका निम्ति यो पत्र लेखेका थिए। उनले उल्लेख गरेका विषयहरुमा मण्डलीको आराधना, मण्डली अगुवाहरुको योग्यताहरु र झुटा शिक्षा विरुद्द चेतावनी पर्दछन। यो पत्रले पावलले तिमोथीलाई मण्डलीहरुमाझँ कसरी तालिम दिदै थिए भन्ने कुरा बताउछ र तिमोथीले पनि अन्य अगुवाहरुलाई तालिम दिएका थिए।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ?
अनुवादकहरु यस पुस्तकलाई यसको चलनअनुसारको शिर्षक "१ तिमोथी" वा "पहिलो तिमोथी" भनि भन्न सक्छन। अथवा तिनिहरु फरक शिर्षक पनि छान्न सक्छन, जस्तै "पावलको पहिलो पत्र तिमोथीलाई" (हेर्नुहोस नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
चेलापन के हो?
चेलापन भनेको मानिसहरूलाई ख्रिष्टको चेलाहरू बनाउने कामको प्रक्रिया हो। चेलापनको लक्ष्य भनेको अरू ख्रिष्टियनहरुलाई अझ बढी ख्रिष्ट जस्तै हुनलाई प्रोत्साहित गर्नु हो। एक अगुवाले कम परिपक्क ख्रिष्टियनहरुलाई कसरी तालिम दिनुपर्छ भन्ने बारेमा यस पत्रले थुप्रै निर्देशनहरू दिन्छ। (हेर्नुहोस्ः चेला)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरु
पावलको "ख्रिष्टमा" भन्ने अभिव्यक्तिको अर्थ के हो?
पावलले व्यक्त गर्न खोजेको विचार ख्रिष्ट र विश्वासीहरुबिचको एक नजिकको सम्बन्ध भन्ने बुझिन्छ। यस्ता प्रकारका अभिव्यक्तिहरुको अझै धेरै जानकारीको निम्ति कृपया रोमीको पुस्तको परिचय हेर्नुहोला।
१ तिमोथी पुस्तकको मुख्य खण्डिय मुद्दाहरु के - के हुन?
६ः५ मा, पुरात्तन पाण्डुलिपिहरु पछिल्ला पण्डुलिपिहरुभन्दा फरक छन। आधुनिक अनुवादहरु फरक हुनको कारण तिनिहरुले कुन ग्रिक पाण्डुलिपिहरु प्रयोग गरे भन्ने कुराले गर्दा हुन सक्छ। युएलटि खण्डले सबैभन्दा पुरानो पाण्डुलिपिबाट अनुवाद गर्छ र पछिल्ला पाण्डुलिपिहरुलाई फुटनोटमा राखि भिन्नता देखाउँछ। यदि बाइबलको अनुवाद सामान्य क्षेत्रमा अवस्थित छ भने, अनुवादकहरुले त्यो अनुवादको निर्णयलाई त्यो अनुवादको निर्णयलाई पछ्याउने कुरामा विचार गर्नुपर्छ। नत्रभने, अनुवादहरुलाई पुरात्तन ग्रिक पाण्डुलिपिहरु पछ्याउन सल्लाह दिइन्छ जसै उदाहरण युएलटि खण्डमा देख्न सकिन्छ। (हेर्नुहोसः खण्डमा भएका भिन्नताहरू)
1 Timothy 1
१ तिमोथी १ सामान्य नोटहरु
संरचना र ढाँचा
पावल औपचारिक रुपमा यो पत्रलाई १-२ पदहरुमा परिचय गराउँछन्। प्राचिन समयमा लेखकहरुले प्राय यहि पत्र लेखन शैलीलाई पछ्याउथे।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मिक सन्तान
यस अध्यायमा, पावल तिमोथीलाई एक "छोरा" र उनको "बालक" भनि भन्छन। पावलले तिमोथीलाई एक ख्रिष्टियन र मण्डलीको अगुवाको रुपमा चेलापनको तालिम दिएका थिए। पावलले उनलाई ख्रिष्टमा विश्वास गर्न पनि डोर्याएका हुनसक्छन। यसकारण पावल तिमोथीलाई उनको "विश्वासको छोरा" भनि भन्छन। (हेर्नुहोसः चेला, विश्वास and आत्मा, आत्मिक and रूपक))
रुपक
यो अध्यायमा पावल ति मानिसहरुलाई बुझाँउन सङ्केतिक रुपमा बोल्दछन जो तिनिहरुको विश्वासको उद्देश्य पुरा गर्दैनन्। जसै तिनिहरुले लक्ष्य राखिएको "निशाना गुमाएका छन" "तिनिहरु फर्किएका छन" गलत बाटोमा लागेका छन, र मानौं कि तिनिहरुको जहाज डुबेको छ। उनले सङ्केतिक रुपमा बोल्दै येशूका अनुयायीहरुलाई विश्वासयोग्य भई "उत्तम लडाई लडन" भनि भनेका छन।
1 Timothy 1:1
Παῦλος
यो समयको चलनअुसार अनुसार, पत्र लेखकहरुले पहिला आफ्नो नाम उल्लेख गर्दथे। तपाईहरुको आफ्नो भाषामा पनि यो प्रकारको पत्रको लेखकलाई परिचय गराउने चलन छ होला। यसले श्रोताहरुलाई सहज बनाउँदछ। अन्य कुराहरु तपाई यहाँ उल्लेख गर्न सक्नुहुन्छ। लेखकको परिचय पछि लगत्तै तपाई कसलाई लेखिएको हो भनि उल्लेख गर्न सक्नुहुन्छ। वकैल्पिक अनुवादः "म, पावल, जसले यो पत्र तिमोथीलाई लेख्दै छु।
κατ’ ἐπιταγὴν Θεοῦ
वकैल्पिक अनुवादः “परमेश्वरको अधिकारद्दारा"
Θεοῦ Σωτῆρος ἡμῶν
वकैल्पिक अनुवादः “परमेश्वर, जसले हामीलाई बचाउनुहुन्छ”
Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν
यहाँ, हाम्रो आशाले साङ्केति तवरले त्यस व्यक्तिलाई जनाउँछ जसमा हामीले आशा राखेका छौँ। वैकल्पिक अनुवादः “ख्रिष्ट येशू, जसमा हामी ढुक्क छौ" वा "ख्रिष्ट येशू, जसमा हामी भरोसा गर्छौं। (हेर्नुहोस्ः लक्षणा)
1 Timothy 1:2
γνησίῳ τέκνῳ
पावल तिमोथीसँगको एक नजिकको सम्बन्धको कुरा गर्छन मानौ कि तिनिहरु बाबु र छोरा थिए। यसले पावलको तिमोथीप्रतिको निष्कपट प्रेम र अनुमोदनलाई देखाउँछ। यो कुरा पनि हुन सक्ने देखिन्छ कि पावलले व्यक्त्तिगत रुपले तिमोथीलाई ख्रिष्टमा भरोसा गर्ने कुरामा डोर्याएका थिए। यो अर्को कारण हुन सक्छ कि पावल उनलाई आफ्नो बालकजस्तै ठान्दछन त्यो समयदेखि जब पावलको कारण तिमोथी येशूको अनुयायीभई नयाँ जीवनमा प्रवेश गर्छन। वैकल्पिक अनुवादः “जो मेरो लागि साँच्चै एक छोरा झैँ छन्” (हेर्नुहोस्ः रूपक)
χάρις, ἔλεος, εἰρήνη
यो चलनअनुसार, पत्र लेखकहरु कुनैपनि पत्रको मुख्य विषय उठान गर्नुभन्दा पहिले श्रोतालाई राम्रो कामना प्रदान गर्ने गर्दथे। वैकल्पिक अनुवादः "म आशा गर्दछु कि तिमीहरु परमेश्वरको दया, कृपा र शान्तिको अनुभव गर्दै छौ।"
Θεοῦ Πατρὸς
यहाँ, परमेश्वरको निम्ति पिता एक महत्वपुर्ण शिर्षक हो। वैकल्पिक अनुवादः "परमेश्वर, जो हाम्रो पिता हुनुहुन्छ" (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν
वैकल्पिक अनुवादः “ख्रीष्ट येशू, जो हाम्रा प्रभु हुनुहुन्छ”
1 Timothy 1:3
σε
यो पत्रमा, एक अपवाद बाहेक तिमी, तिम्रो र आफेैलाई भन्ने शब्दहरुले तिमोथीलाई जनाउँछ र तिनिहरु एकवचनमा उल्लेखित छन। एउटा टिप्पणीले ६ः२१ मा एक अपवादको बारेमा छलफल गर्नेछ। (हेर्नुहोस्ः तिमीका रूपहरू)
καθὼς παρεκάλεσά σε
वैकल्पिक अनुवादः "जसै मैले तिमीलाई भने"
προσμεῖναι ἐν Ἐφέσῳ
एफिसस शहरमा त्यहाँ मलाई पर्ख।
ἑτεροδιδασκαλεῖν
निहितार्थ यो छ कि यि मानिसहरु पावल र तिमोथीले सिकाएका भन्दा बेग्लै किसिमले मानिसहरुलाई सिकाउँदै थिए। यदि यो तपाईहरुको पाठकहरुलाई मदत हुन्छ भने तपाईहरु यो स्पष्ट रुपले भन्न सक्नुहुन्छ।वैकल्पिक अनुवादः “हामीले सिकाएको भन्दा फरक सिद्धान्त” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Timothy 1:4
μύθοις
यि कुनै न कुनै प्रकारका काल्पनिक कथाहरू थिए, साहेद विभिन्न आध्यात्मिक प्राणीहरूको अनुमानित शोषणको बारेमा। तर हामीलाई यि कुथाहरू केको बारेमा हुन भन्ने कुरा ठ्याक्कै थाहा भएन, सायद तिनिहरूका निम्ति सामान्य शब्द प्रयोग गर्नु उत्तम हुनेछ। वैकल्पिक अनुवादः "बनाइएका कथाहरू"
γενεαλογίαις ἀπεράντοις
यी धेरै लामो छन भन्ने कुरामा जोड दिन पावल अनन्त शब्दलाई अतिरन्जनको रुपमा प्रयोग गर्छन्। वैकल्पिक अनुवादः "नामहरुको सूचीले यो देखाउँछ कि मानौ तिनिहरु कहिल्यै समाप्त हुनेछैनन् (हेर्नुहोसः )
यी धेरै लामो छन् भनी जोड दिन पावलले अनन्त शब्दलाई अतिरञ्जनको रूपमा प्रयोग गर्छन्। वैकल्पिक अनुवाद: "नामहरूको सूची जुन तिनीहरू कहिल्यै समाप्त हुनेछैनन् जस्तो देखिन्छ" (हेर्नुहोस्: अतिशयोक्ति र सामान्यीकरण)
γενεαλογίαις
प्राय, यो शब्दले कुनै व्यक्तिको पुर्खाहरुको रेकर्डलाई जनाउँछ। यद्यपि, यस अवस्थामा यसको अर्थ आध्यात्मिक प्राणीहरूको कथित पुर्खाहरूको रेकर्ड पनि हुन सक्छ। वैकल्पिक अनुवाद: "नामहरूको सूचीहरु"
αἵτινες ἐκζητήσεις παρέχουσι
मानिसहरु यी कथाहरु र नामहरुको सूचीको बारेमा बहस गरिरहेका थिए, तर तिनीहरु साँचो हुन् कि होइनन् भन्ने कुरा कसैलाई पनि थाहा थिएन। वैकल्पिक अनुवादः "यसले मानिसहरुलाई रिसाएर असहमत बचाउँछ।"
οἰκονομίαν Θεοῦ
यदि यो तपाईको भाषामा स्पष्ट छ भने, तपाई भाववाचक नाम भण्डारेपन पछाडी एउटा ठोस नाम जस्तै "योजना" वा "काम" व्यक्त गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादहरू: "हामीलाई बचाउनको लागि परमेश्वरको योजना बुझ्न मद्दत गर्दै" वा "हामीलाई परमेश्वरको काम गर्न मद्दत गर्दै" (हेर्नुहोस्: भाववाचक नाम)
1 Timothy 1:5
δὲ
पावल यो शब्द पृष्ठभूमि जानकारीको निम्ति प्रयोग गर्छन जसले तिमोथीलाई उहाँ के कुरा आज्ञा गर्दैछन भन्ने कुरा बुझ्न मदत गर्नेछ। तपाई यसलाई आफ्नो भाषामा एक शब्द वा वाक्यांशसँग अनुवाद गर्न सक्नुहुन्छ जसले पृष्ठभूमिको जानकारी परिचय गर्दछ।
παραγγελίας
यसले पावलले तिमोथीलाई १ः३ र १ः४ मा दिएका निर्देशनहरुलाई जनाउँछ
ἐστὶν ἀγάπη
आज्ञाहरूको लक्षय भनेको परमेश्वरका जनहरूले प्रेम देखाउने भन्ने हो। यदि "प्रेम" को वस्तु समावेश गर्न आवश्यक छ भने, तपाईं "एक अर्का" वा "अरुहरू" भनि भन्न सक्नुहुन्छ। यसमा परमेश्वरप्रतिको प्रेम पनि समावेश हुन सक्छ। वैकल्पिक अनुवादः "के यो प्ररमेश्वरका मानिसहरूले अरुलाई गरिने प्रेम हो।" (हेर्नुहोसः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκ καθαρᾶς καρδίας
यहाँ “विशुद्ध” शब्दको अर्थ त्यस व्यक्तिसँग खराबी गर्नलाई लुकेको मनसाय छैन भन्ने हुन्छ । यहाँ “हृदय”ले व्यक्तिको मन र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो मनबाट जुन इमान्दार छ” (हेर्नुहोस्ः लक्षणा)
συνειδήσεως ἀγαθῆς
“गलतको साटोमा ठीक कुराहरू छान्ने विवेक”
πίστεως ἀνυποκρίτου
“सच्चा विश्वास” वा “कपटरहितको विश्वास”
1 Timothy 1:6
τινες ἀστοχήσαντες
पावलले ख्रीष्टमा गरिने विश्वासको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै लक्ष्य राख्नुपर्ने निशाना हो । पावलको अर्थ यो हो कि केही मानिसहरूले तिनीहरूको विश्वासको उद्देश्यलाई पूरा गरिरहेका छैनन्, जुन चाहिँ उनले १:५ मा व्याख्या गरेको जस्तै प्रेम गर्नु नै हो । (हेर्नुहोस्ः रूपक)
ἐξετράπησαν εἰς
यहाँ “तर्केका छन्” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा गर्न छाडेका छन् भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
1 Timothy 1:7
νομοδιδάσκαλοι
यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ ।
μὴ νοοῦντες
“तिनीहरूले नबुझे तापनि” वा “र अझै पनि तिनीहरूले बुझ्दैनन्”
“जुन तिनीहरूले त्यस्तो दृढताका साथ सत्य हो भनी भन्छन्”
1 Timothy 1:8
οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος
“व्यवस्था उपयोगी छ भनी हामी बुझ्दछौँ” वा “व्यवस्था फाइदाजनक छ भनी हामी बुझ्दछौँ”
ἐάν τις αὐτῷ νομίμως χρῆται
“यदि कोही व्यक्तिले यसलाई ठीक ढङ्गले प्रयोग गर्छ भने” वा “यदी कोही व्यक्तिले यसलाई परमेश्वरले चाहनुभएको अनुसार प्रयोग गर्छ भने”
1 Timothy 1:9
εἰδὼς τοῦτο
“किनभने हामी यो चाल पाउँछौँ” वा “हामी यो पनि जान्दछौँ”
δικαίῳ νόμος οὐ κεῖται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले धर्मी मानिसको लागि व्यवस्था बनाउनुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δικαίῳ
यहाँ “मानिस” शब्दले पुरुष र स्त्री दुवैलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “एक धर्मी व्यक्ति” वा “एक असल व्यक्ति” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले व्यवस्था बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 1:10
πόρνοις
यसले त्यस्तो व्यक्तिलाई जनाउँछ जो आफूसँग विवाह नभएको कोही व्यक्तिसँग सुत्छ ।
ἀρσενοκοίταις
अरू पुरुषहरूसँग सुत्ने पुरुषहरू
ἀνδραποδισταῖς
“तिनीहरू जसले मानिसहरूलाई दासहरूको रूपमा बेच्नको लागि अपहरण गर्छन्” वा “मानिसहरूलाई दासहरूको रूपमा बेच्नको लागि लिने मानिसहरू”
καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
“साँचो ख्रीष्टिएन शिक्षाको विरुद्धमा भएको अन्य कुनै पनि काम गर्नेहरूको निम्ति”
1 Timothy 1:11
τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ
“धन्यको परमेश्वरको महिमाको बारेमा भएको सुसमाचार” वा “महिमामय र धन्यको परमेश्वरको सुसमाचार”
ὃ ἐπιστεύθην ἐγώ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले मलाई दिनुभएको छ र त्यसको निम्ति मलाई जिम्मेवार बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 1:12
पावलले विगतमा कसरी काम गरे भन्ने कुरा बताउँछन् र तिमोथीलाई परमेश्वरमा भर पर्न उत्साह दिन्छन् ।
πιστόν με ἡγήσατο
“उहाँले मलाई भरोसायोग्य ठान्नुभयो” वा “उहाँले मलाई भरपर्दो ठान्नुभयो”
θέμενος εἰς διακονίαν
पावलले परमेश्वरको सेवा गर्ने काम चाहिँ कसैलाई राख्न सकिने स्थान भएजसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सेवा गर्नलाई नियुक्त गर्नुभयो” वा “उहाँले मलाई उहाँको सेवकको रूपमा नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
1 Timothy 1:13
ὄντα βλάσφημον
“म ख्रीष्टको विरुद्धमा दुष्ट कुराहरू बोल्ने व्यक्ति थिएँ ।” पावलले उनी ख्रीष्टिएन हुनुभन्दा अगाडिको समयमा भएको उनको चरित्रलाई जनाइरहेका छन् ।
διώκτην
“एक व्यक्ति जसले ख्रीष्टमा विश्वास गर्नेहरूलाई सतावट दिन्थ्यो”
ὑβριστήν
“एक व्यक्ति जो अरू मानिसहरूप्रति निर्दयी थियो ।” यो एउटा यस्तो व्यक्ति हो जसले विश्वास गर्छ कि उससँग अरूहरूलाई चोट लाउने अधिकार छ ।
ἠλεήθην, ὅτι ἀγνοῶν, ἐποίησα ἐν ἀπιστίᾳ
“तर किनभने म येशूमा विश्वास गर्दैनथै, र मैले के गरिरहेको थिएँ भनेर मलाई थाहा थिएन, मैले येशूबाट कृपा प्राप्त गरेँ”
ἠλεήθην
“येशूले मलाई कृपा देखाउनुभयो” वा “येशूले ममाथि कृपा गर्नुभयो”
1 Timothy 1:14
“र अनुग्रह”
ὑπερεπλεόνασεν…ἡ χάρις τοῦ Κυρίου ἡμῶν
पावलले परमेश्वरको अनुग्रहको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै तरल पदार्थ हो जसले कुनै भाँडोलाई भर्न सक्थ्यो र भाँडो भरिएपछि भाँडोको मुखबाट पोखिन सक्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई धेरै अनुग्रह देखाउनुभयो” (हेर्नुहोस्ः रूपक)
μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ
यो परमेश्वरले पावललाई धेरै अनुग्रह देखाउनुभएको प्रतिफल हो । वैकल्पिक अनुवादः “जसले मलाई येशूमा भरोसा गर्ने र उहाँलाई प्रेम गर्ने तुल्यायो”
यसले येशूको विषयमा यसरी बताउँछ कि मानौँ उहाँ तरल पदार्थ राख्ने कुनै भाँडो हुनुहुन्छ । यहाँ “येशू ख्रीष्टमा” भन्ने कुराले येशूसँग सम्बन्ध भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जुन ख्रीष्ट येशूले परमेश्वरलाई दिनको लागि मलाई सक्षम बनाउनुहुन्छ किनकि म उहाँसँग एक भएको छु” (हेर्नुहोस्ः रूपक)
1 Timothy 1:15
πιστὸς ὁ λόγος
“यो भनाइ सत्य छ”
καὶ πάσης ἀποδοχῆς ἄξιος
“हामीले यसलाई बिना कुनै शंका ग्रहण गर्नुपर्छ” वा “हामीले यसलाई पूर्ण निश्चयताका साथ ग्रहण गरेको सुहाउँछ”
1 Timothy 1:16
ἠλεήθην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई दया देखाउनुभयो” वा “मैले परमेश्वरबाट दया प्राप्त गरेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἵνα ἐν ἐμοὶ πρώτῳ
“ताकि मद्वारा, ... सबैभन्दा खराब पापी”
1 Timothy 1:17
δὲ
यहाँ “अब” शब्दलाई मुख्य शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ पावलले परमेश्वरलाई प्रशंसा गर्छन् ।
“अनन्तका राजा” वा “सदाको लागि मुख्य शासक”
τιμὴ καὶ δόξα
“आदर” र “महिमा” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब मानिसहरूले युग-युगका राजालाई सदा आदर र महिमा गरून् जो अविनाशी, अदृश्य, र एकमात्र परमेश्वर हुनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
1 Timothy 1:18
ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι
पावलले उनका निर्देशनहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनले तिनलाई कुनै भौतिक वस्तु जसरी नै तिमोथीको अगाडि राख्न सक्थे । वैकल्पिक अनुवादः “म तिमीलाई यो आज्ञा भरोसाका साथ सुम्पदैछु” वा “म तिमीलाई यो आज्ञा दिइरहेको छु” (हेर्नुहोस्ः रूपक)
τέκνον
पावलले तिमोथीसँगको उनको नजिकको सम्बन्धको विषयमा यसरी बताउँछन् कि मानौँ पावल चाहिँ बाबु हुन् र तिमोथी बालक हुन् । यो पनि सम्भाव्य छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्टमा ल्याइएको थियो, र त्यसैले गर्दा हो कि पावलले उनलाई आफ्नै सन्तान जस्तै ठाने । वैकल्पिक अनुवादः “जो साँच्चै मेरो सन्तान झैँ छन्” (हेर्नुहोस्ः रूपक)
κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूले तिम्रो बारेमा अगमवाणी गरेको कुरा अनुसार” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στρατεύῃ…τὴν καλὴν στρατείαν
तिमोथीले प्रभुको लागि काम गर्दै रहेको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनी कुनै युद्ध लडिरहेको सिपाही हुन् । वैकल्पिक अनुवादः “प्रभुको लागि कडा मिहिनतका साथ काम गरिरहन सक” (हेर्नुहोस्ः रूपक)
1 Timothy 1:19
ἀγαθὴν συνείδησιν
“गलतको साटोमा असल कुरालाई छान्ने विवेक ।” तपाईंले यसलाई १ तिमोथी १:५ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
τινες…περὶ τὴν πίστιν ἐναυάγησαν
पावलले यी मानिसहरूको विश्वासको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै जहाज हो जसलाई समुद्रमा तहसनहस गर्न सकिन्थ्यो । उनको अर्थ हो कि तिनीहरूले तिनीहरूका विश्वासलाई नाश पारेका छन् र अब येशूमा विश्वास गर्दैनन् । यदि यो लक्षित भाषामा बुझिनेछ भने तपाईंले यसलाई वा यस्तै समान अलङ्कारलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
1 Timothy 1:20
Ὑμέναιος…Ἀλέξανδρος
यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οὓς παρέδωκα τῷ Σατανᾷ
पावलले यी मानिसहरूलाई भौतिक रूपमा नै शैतानकहाँ जिम्मा लगाएको जसरी कुरा गर्छन् । यसको अर्थ सम्भवतः यो हो कि पावलले तिनीहरूलाई विश्वासीहरूको समुदायबाट इन्कार गरे । किनकि तिनीहरू अब समुदायको हिस्सा होइनन्, शैतानले तिनीहरूमाथि शक्ति चलाउन सक्छ र तिनीहरूलाई हानी गर्न सक्छ । (हेर्नुहोस्ः रूपक)
ἵνα παιδευθῶσι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिनीहरूलाई सिकाउनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 2
१ तिमोथी ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
शान्ति
पावलले ख्रीष्टिएनहरूलाई सबैको लागि प्रार्थना गर्नलाई उत्साह दिन्छन् । तिनीहरूले शासकहरूको लागि प्रार्थना गर्नुपर्छ ताकि ख्रीष्टिएनहरूले शान्तिपूर्ण रूपमा, र धर्मी र आदरणीय तरिकाले जीवन जिउन सकून् ।
मण्डलीमा स्त्रीहरू
यो खण्डलाई त्यसको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको आधारमा कसरी बुझ्ने भनेर विद्वानहरू फरक मत राख्छन् । केही विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्री सबै कुराहरूमा पूर्ण रूपमा बराबर हुन्छन् । अरू विद्वानहरूले विश्वास गर्छन् कि परमेश्वरले पुरुष र स्त्रीलाई विवाहमा र मण्डलीमा फरक छुट्ट्याउन सकिने विभिन्न भूमिकाहरूमा सेवा गर्ने गरी सृजनुभयो । अनुवादकहरूले यो खण्डलाई कसरी अनुवाद गर्छन् भन्ने कुरामा आफूहरूले यो विषयलाई बुझ्ने तरिकाले असर पार्न नदिन तिनीहरू होशियार हुनुपर्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू”
यी शब्दहरूको अर्थ मिल्दाजुल्दा छन् । यिनीहरूलाई पूर्णतया फरक वर्गहरूको रूपमा हेर्न आवश्यक छैन ।
1 Timothy 2:1
सबै मानिसहरूको लागि प्रार्थना गर्नको लागि पावलले तिमोथीलाई उत्साह दिन्छन् ।
πρῶτον πάντων
“सबैभन्दा बढी महत्वपूर्ण” वा “सबैकुरा भन्दा अगि”
ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सबै विश्वासीहरूलाई परमेश्वरलाई अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू, र धन्यवादज्ञापनहरू चढाउनको लागि आग्रह गर्दछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παρακαλῶ
“म बिन्ती गर्छु” वा “म अनुरोध गर्छु”
1 Timothy 2:2
ἤρεμον καὶ ἡσύχιον βίον
यहाँ “शान्तिपूर्ण” र “शान्त”को अर्थ एउटै हुन्छ । सबै विश्वासीहरूले अधिकारीहरूबाट कुनै समस्या ननिम्त्याइकन शान्त जीवन जिउन सक्षम भएका पावल चाहन्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι
“जसले परमेश्वरको महिमा गर्छ र जसलाई अरू मानिसहरूले सम्मान गर्नेछन्”
1 Timothy 2:4
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै मानिसहरूलाई बचाउन र तिनीहरू सत्यताको ज्ञानमा आएका चाहनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν
पावलले परमेश्वरको बारेमा सत्यतालाई जान्ने विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै स्थान हो जहाँ मानिसहरूलाई ल्याउन सकिन्छ । वैकल्पिक अनुवादः “सत्य के हो भनेर जान्न र स्वीकार गर्न” (हेर्नुहोस्ः रूपक)
1 Timothy 2:5
εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων
मध्यस्तकर्ता भनेको त्यस्तो व्यक्ति हो जसले विवादमा रहेका दुई पक्षहरूका बीचमा शान्तिपूर्ण निष्कर्ष ल्याउनका निमित्त बहस गर्नलाई सहयोग गर्छन् । यहाँ येशूले पापीहरूलाई परमेश्वरसँगको शान्तिपूर्ण सम्बन्धमा प्रवेश गर्नलाई सहायता गर्नुहुन्छ ।
1 Timothy 2:6
δοὺς ἑαυτὸν
“स्वेच्छाले मर्नुभयो”
ἀντίλυτρον ὑπὲρ πάντων
“स्वतन्त्रताको निम्ति चुकाएको मूल्यस्वरूप” वा “स्वतन्त्रता पाउनलाई तिरेको भुक्तानीस्वरूप”
τὸ μαρτύριον
यो परमेश्वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भन्ने कुराको विषयमा भएको गवाही थियो भनेर स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनी ठीक समयमा दिइएको प्रमाणस्वरूप” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καιροῖς ἰδίοις
यसको अर्थ हो कि यो परमेश्वरले चुन्नुभएको समय थियो ।
1 Timothy 2:7
εἰς ὃ
“यसैको लागि” वा “यही कारणले”
ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले म, पावललाई, एक शिक्षक र प्रेरित बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ
“म अन्यजातिहरूलाई विश्वास र सत्यताको सन्देश सिकाउँछु ।” यहाँ पावलले एउटै विचारलाई व्यक्त गर्नको लागि “विश्वास” र “सत्यता” जस्ता शब्दहरूको प्रयोग गरिरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म अन्याजातिहरूलाई सत्य विश्वासको बारेमा सिकाउँछु” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
1 Timothy 2:8
पावलले प्रार्थनाको बारेमा भएका उनका निर्देशनहरू दिन सकाउँछन् र त्यसपछि स्त्रीहरूको लागि केही खास निर्देशनहरू दिन्छन् ।
προσεύχεσθαι…ἐπαίροντας ὁσίους χεῖρας
यहाँ “पवित्र हात”ले सम्पूर्ण व्यक्ति नै पवित्र छ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “सबै ठाउँमा भएका पवित्र पुरुषहरूले तिनीहरूका हातहरू उचालेका र प्रार्थना गरेका म चाहन्छु” (हेर्नुहोस्ः लक्षणा)
τοὺς ἄνδρας ἐν παντὶ τόπῳ
“सबै ठाउँमा भएका पुरुषहरू” वा “सबैतिरका पुरुषहरू ।” यहाँ “मानिसहरू” शब्दले खासगरी पुरुषहरूलाई जनाउँछ ।
ἐπαίροντας ὁσίους χεῖρας
प्रार्थना गर्दा मानिसहरूले तिनीहरूका हातहरू उचाल्नु भनेको सामान्य शारीरिक हाउभाउ थियो ।
1 Timothy 2:9
यी दुवै शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । स्त्रीहरूले सुहाउँदो वस्त्रहरू पहिरनुपर्छ र पुरुषहरूबाट अनुचित ध्यानाकर्षण हुने ठाउँ दिनुहुँदैन भनेर पावलले जोड दिइरहेका छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
μὴ ἐν πλέγμασιν
पावलको समयमा, थुप्रै रोमी स्त्रीहरूले आफूलाई आकर्षक बनाउनको लागि तिनीहरूका कपालमा चुल्ठो बाट्ने गर्दथे । चुल्ठो बाट्नु भनेको कुनै स्त्रीले तिनको कपालमा अनावश्यक आकर्षण तान्ने एउटा तरिका हो । यदि कपालमा चुल्ठो बाट्ने भनेको नजानिएको कुरा हो भने, यसलाई अझ बढी सामान्य तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले नक्कल-झक्कल शैलीको कपाल बनाउनुहुँदैन” वा “तिनीहरूले शानदार किसिमले कपाल सिङ्गार्नु हुँदैन जसले ध्यानाकर्षण गर्छ” (हेर्नुहोस्ः लक्षणा)
μαργαρίταις
यी सुन्दर र मूल्यवान् सेता गुच्चाहरू हुन् जसलाई मानिसहरूले गहनाको रूपमा प्रयोग गर्छन् । ती समुद्रमा बस्ने कुनै खास किसिमको साना जीवहरूको खोलभित्र बन्छन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
1 Timothy 2:10
ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν
“जसले आफूहरूले गर्ने असल कुराहरूद्वारा परमेश्वरलाई सम्मान गर्न चाहन्छन्”
1 Timothy 2:11
ἐν ἡσυχίᾳ
“चुपचाप भएर”
ἐν πάσῃ ὑποταγῇ
“र सिकाइएका कुराहरूमा समर्पण गर्नु”
1 Timothy 2:12
“म स्त्रीलाई स्वीकृति दिन्न”
1 Timothy 2:13
Ἀδὰμ…πρῶτος ἐπλάσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आदम नै हुन् जसलाई परमेश्वरले पहिला बनाउनुभयो” वा “परमेश्वरले आदमलाई पहिला बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἶτα Εὕα
बुझिएको जानकारीलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र त्यसपछि परमेश्वरले हव्वालाई बनाउनुभयो” वा “त्यसपछि परमेश्वरले हव्वाको सृष्टि गर्नुभयो” (हेर्नुहोस्ः शब्दलोप)
1 Timothy 2:14
Ἀδὰμ οὐκ ἠπατήθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ती आदम थिएनन् जसलाई सर्पले छल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यो एक स्त्री थिइन् जसले परमेश्वरको अनाज्ञापालन गरिन् जब सर्पले तिनलाई छल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 2:15
σωθήσεται…διὰ τῆς τεκνογονίας
यहाँ “तिनी”ले सामान्य अर्थमा स्त्रीहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) परमेश्वरले स्त्रीहरूलाई शारीरिक रूपमा सुरक्षित राख्नुहुनेछ जब तिनीहरूले सन्तानलाई जन्म दिन्छन्, वा २) परमेश्वरले स्त्रीहरूलाई तिनीहरूका पापहरूबाट तिनीहरूको सन्तान जन्माउने भूमिकाद्वारा बचाउनुहुनेछ ।
σωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई बचाउनुहुनेछ” वा “परमेश्वरले स्त्रीहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐὰν μείνωσιν
“यदी तिनीहरू ... मा रहे भने” वा “यदी तिनीहरू ... जिइरहे भने ।” यहाँ “तिनीहरू”ले स्त्रीहरूलाई जनाउँछ ।
ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ
यहाँ भएका भाववाचक नामपदहरूलाई मौखिक वाक्यांशहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूलाई भरोसा गर्न र अरूहरूलाई प्रेम गर्न र एक पवित्र जीवन जिउनमा” (हेर्नुहोस्ः भाववाचक नाम)
μετὰ σωφροσύνης
यस वाक्पद्धतिको लागि सम्भावित अर्थहरू हुन् १) “असल निर्णयका साथ”, २) “भद्रताका साथ”, ३) “आत्मसंयमका साथ ।” (हेर्नुहोस्ः टुक्काहरू)
यदि अनुवादमा यो वाक्पद्धति रहन्छ भने, भाववाचक नामपद “सुशीलता”लाई विशेषणको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक सुशील दिमाग”" (हेर्नुहोस्ः भाववाचक नाम)
1 Timothy 3
१ तिमोथी ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
१ तिमोथी ३:१६ शायद एउटा गीत, कविता, वा सबै विश्वासीहरूको लागि साझा रहेका महत्त्वपूर्ण शिक्षाहरूलाई सूचीकृत गर्न सुरुको मण्डलीले प्रयोग गर्ने सार थियो ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
निरीक्षकहरू र डिकनहरू
मण्डली अगुवाहरूको लागि प्रयोग गरिएका विभिन्न शीर्षकहरूलाई लिएर त्यहाँ केही असहमति छ । त्यस्ता केही शीर्षकहरू हुन्ः निरीक्षक, एल्डर, पास्टर, र बिशप ।मण्डलीका अगुवाहरूका लागि मण्डलीले विभिन्न शीर्षकहरूको प्रयोग गरेको छ । ती केही शीर्षकहरूमा एल्डर, पास्टर, र बिशप पर्छन् । पदहरू १-२ मा “बिशप” शब्दले मूल भाषाको अर्थलाई झल्काउँछ । पदहरू ८ र १२ मा अर्कै किसिमको मण्डलीको अगुवाको रूपमा “डिकनहरू”को बारेमा पावलले लेख्छन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
चारित्रिक विशेषताहरू
यदि कोही मानिस मण्डलीमा निरीक्षक वा डिकन हुने हो भने त्यस मानिसमा हुनुपर्ने विभिन्न विशेषताहरूलाई यस अध्यायले सूचीकृत गर्छ । (हेर्नुहोस्ः भाववाचक नाम)
1 Timothy 3:1
मण्डलीका बिशपहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरू कस्ता हुनुपर्छ भन्ने विषयमा पावलले केही विशेष निर्देशनहरू दिन्छन् ।
καλοῦ ἔργου
“एउटा सम्मानित कार्य”
1 Timothy 3:2
μιᾶς γυναικὸς ἄνδρα
बिशपको एउटा मात्रै श्रीमती हुनुपर्दछ । यसले विगतमा पत्नी मरेका वा पत्नीसँग सम्बन्धविच्छेद भएका, वा कहिल्यै विवाह नगरेका पुरुषहरूलाई हटाउँछ वा हटाउँदैन भनेर प्रस्ट छैन ।
δεῖ…εἶναι…νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον
“उसले कुनै पनि अत्याधिक हुने गरी गर्नुहुँदैन, विवेकशील भएर सोच्नुपर्छ र असल व्यवहार देखाउनुपर्छ, र आगन्तुकहरूप्रति मैत्रीपूर्ण हुनुपर्छ”
1 Timothy 3:3
μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον
“तिनले कहिल्यै पनि असाध्यै मद्यपान गर्नुहुँदैन नता झगडा वा विवाद गर्न मन पराउने हुन हुन्छ, तर त्यसको साटोमा ऊ भलाद्मी र शान्तिपूर्ण हुनुपर्छ”
ἀφιλάργυρον
“पैसाको लागि लोभी”
1 Timothy 3:4
προϊστάμενον
“तिनले ... अगुवाइ गर्नुपर्छ” वा “तिनले ... को वास्ता गर्नुपर्छ”
ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος
सम्भावित अर्थहरू हुन् १) बिशपका छोराछोरीहरूले तिनीहरूका बाबुको आज्ञापालन गर्नुपर्छ र तिनलाई सम्मान देखाउनुपर्छ वा २) बिशपका छोराछोरीहरूले सबैलाई सम्मान देखाउनुपर्छ वा ३) बिशपले तिनको घरानामा भएकाहरूलाई सम्मान देखाउनुपर्छ जसै तिनले उनीहरूलाई अगुवाइ गर्छन् ।
“पूर्ण सम्मान” वा “सबै समयहरूमा आदरपूर्वक”
1 Timothy 3:5
“किनकि जब कुनै मानिसले ... व्यवस्थापन गर्न सक्दैन”
εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται?
पावलले तिमोथीलाई सिकाउनको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “उसले परमेश्वरको मण्डलीको हेरविचार गर्न सक्दैन” वा “ऊ परमेश्वरको मण्डलीलाई अगुवाइ गर्न सक्षम हुने छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐκκλησίας Θεοῦ
यहाँ “मण्डली”ले परमेश्वरका मानिसहरूको स्थानीय समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरूको समूह” वा “तिनले रेखदेख गरिरहेका विश्वासीहरू” (हेर्नुहोस्ः लक्षणा)
1 Timothy 3:6
μὴ νεόφυτον
“ऊ नयाँ विश्वासी हुनुहुँदैन” वा “ऊ एक परिपक्व विश्वासी हुनैपर्छ”
ἵνα μὴ…εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου
गल्ती गरेकोमा दण्डको भागीदार हुने कुरालाई पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको कुनै खाल्डो हो जसमा कोही व्यक्ति खस्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शैतानलाई दण्डित गर्नुभए झैँ गरी उहाँले उसलाई पनि दण्डित गर्नु” (हेर्नुहोस्ः रूपक)
1 Timothy 3:7
τῶν ἔξωθεν
“मण्डली बाहिर भएकाहरू ।” पावलले मण्डलीलाई कुनै स्थानको रूपमा वर्णन गर्छन्, र अविश्वासीहरू चाहिँ त्यसभन्दा बाहिर भएका मानिसहरूको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू जो ख्रीष्टिएनहरू होइनन्” (हेर्नुहोस्ः रूपक)
μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ
पावलले निन्दाको विषयमा र शैतानले कसैलाई पाप गर्न लगाउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो भनेको कुनै खाल्डो वा पासो हो जसमा कोही व्यक्ति खस्छ । यहाँ “ ... मा खस्नु” भनेको अनुभव गर्नु भनेको हो । वैकल्पिक अनुवादः “कुनै कुराले उसलाई अविश्वासीहरूको सामु लज्जामा पार्दैन ताकि शैतानले उसलाई पाप गर्न नलगाओस्” (हेर्नुहोस्ः रूपक)
1 Timothy 3:8
मण्डलीका डिकनहरू र तिनीहरूका पत्नीहरूले कसरी व्यवहार गर्नुपर्छ र तिनीहरू कस्ता हुनुपर्छ भन्ने विषयमा पावलले केही विशेष निर्देशनहरू दिन्छन् ।
διακόνους ὡσαύτως
“बिशपहरू जस्तै, डिकनहरू”
μὴ διλόγους
पावलले यी मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू “दुई जिब्रेहरू” थिए वा एकैपटकमा दुईवटा कुरा सक्थे । उनले भन्न खोजेको के हो भने तिनीहरूले एउटा कुरा भन्छन् तर अर्कै अर्थ दिएका हुन्छन् । वैकल्पिक अनुवादः “उचित तरिकाले व्यवहार गर्नुपर्छ र तिनीहरूले जे भन्छन् त्यसको अर्थ त्यही लाग्नुपर्छ” (हेर्नुहोस्ः रूपक)
1 Timothy 3:9
ἔχοντας
“तिनीहरूले परमेश्वरको साँचो सन्देशलाई विश्वास गरिरहनुपर्छ जुन सन्देश परमेश्वरले हामीलाई प्रकट गर्नुभयो र जुन हामी विश्वास गर्छौँ ।” यसले त्यो सत्यतालाई जनाउँछ जुन केही समयदेखि त्यहाँ थियो तर अब परमेश्वरले त्यस क्षणमा तिनीहरूलाई देखाइरहनुभएको थियो । पावलले परमेश्वरको बारेमा भएको साँचो सन्देशको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु हो जो कुनै व्यक्तिले आफैँसँग राख्न सक्थ्यो । (हेर्नुहोस्ः रूपक)
τὸ μυστήριον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सत्यता जुन परमेश्वरले प्रकट गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν καθαρᾷ συνειδήσει
आफूले कुनै गल्ती गरेको छैन भनी कुनै व्यक्तिले थाहा गर्ने कुरालाई पावलले यसरी बताउँछन् कि मानौँ त्यो ज्ञान वा विवेक शुद्ध थियो । वैकल्पिक अनुवादः “विश्वास, ठीक कुरा गर्नलाई तिनीहरूले भरमग्दुर कोसिस गरेका छन् भनी जानेर” (हेर्नुहोस्ः रूपक)
1 Timothy 3:10
καὶ οὗτοι…δοκιμαζέσθωσαν πρῶτον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूले पहिले तिनीहरूको जाँच गर्नुपर्छ” वा “तिनीहरूले पहिले आफैँलाई प्रमाणित गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यसको अर्थ हो कि अरू विश्वासीहरूले तिनीहरूको मूल्याङ्कन गर्नुपर्छ जो डिकन हुन चाहन्छन् र तिनीहरू मण्डलीमा सेवा गर्नका लागि योग्यका छन् वा छैनन् भनेर निधो गर्नुपर्छ ।
1 Timothy 3:11
γυναῖκας
सम्भावित अर्थहरू हुन् १) “स्त्रीहरू”ले डिकनहरूका पत्नीहरूलाई जनाउँछ वा २) “स्त्रीहरू”ले स्त्री डिकनहरूलाई जनाउँछ ।
σεμνάς
“उचित व्यवहार गरून्” वा “सम्मानका योग्य होऊन्”
μὴ διαβόλους
“तिनीहरूले अरू मानिसहरूको विरुद्धमा दुष्ट कुरा बोल्नु हुँदैन”
νηφαλίους
“कुनै पनि कुरा चाहिने भन्दा बढी नगर्ने ।” तपाईंले यसलाई १ तिमोथी ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1 Timothy 3:12
μιᾶς γυναικὸς ἄνδρες
एउटा मानिसको एउटा मात्रै पत्नी हुनुपर्दछ । यसले विगतमा पत्नी मरेका वा पत्नीसँग सम्बन्धविच्छेद भएका, वा कहिल्यै विवाह नगरेका पुरुषहरूलाई हटाउँछ वा हटाउँदैन भनेर प्रस्ट छैन । तपाईंले यसलाई १ तिमोथी ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων
“तिनीहरूका छोराछोरीहरू र तिनीहरूका घरहरूमा बस्नेहरूका राम्रोसँग हेरविचार गर्ने र तिनीहरूलाई डोहोर्याउने”
1 Timothy 3:13
γὰρ
“ती डिकनहरूका लागि” वा “ती मण्डलीका अगुवाहरूको लागि”
“तिनीहरूले आफूहरूका लागि प्राप्त गर्नु” वा “तिनीहरूले आफ्नै लागि पनि फाइदा गर्नु”
βαθμὸν…καλὸν
यसले भन्न खोजेको अर्थलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूको माझमा राम्रो इज्जत” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ
सम्भावित अर्थहरू हुन् १) तिनीहरूले अझ बढी निश्चयताका साथ येशूमा भरोसा गर्नेछन् वा २) तिनीहरूले येशूमा भएको आफ्नो विश्वासको बारेमा आत्मविश्वासका साथ अरू मानिसहरूलाई बताउनेछन् ।
1 Timothy 3:14
पावलले तिमोथीलाई लेख्नुको कारण बताउँछन् र ख्रीष्टको ईश्वरत्वको बारेमा वर्णन गर्छन् ।
1 Timothy 3:15
ἐὰν δὲ βραδύνω
“तर कुनै कारणवश म त्यहाँ छिट्टै जान सकिन भने” वा “तर यदि केही कुराले मलाई त्यहाँ चाँडो गरी जानलाई रोक्छ भने”
ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι
पावलले विश्वासीहरूको समूह चाहिँ एक परिवार भए झैँ गरी कुरा गर्छन् । सम्भावित अर्थहरू हुन् १) पावलले मण्डलीमा तिमोथीको आचरणको विषयमा मात्र कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “ताकि तिमीले परमेश्वरको परिवारको एक सदस्यको रूपमा आफैँलाई कसरी चलाउने भनेर जान्न सक” वा २) पावलले सामान्य अर्थमा विश्वासीहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरू सबैले परमेश्वरको परिवारका सदस्यहरूको रूपमा आफूहरूलाई कसरी चलाउने भनेर जान्न सक” (हेर्नुहोस्ः रूपक)
οἴκῳ Θεοῦ…ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος
परमेश्वरको घराना, मण्डली र मण्डली भन्न नमिल्ने कुराको बीचमा भेद छुट्ट्याउनुको साटोमा यस वाक्यांशले हामीलाई “परमेश्वरको घराना”को बारेमा जानकारी दिन्छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको घराना । परमेश्वरको परिवारकाहरू जीवित परमेश्वरमा विश्वास गर्नेहरूका समुदाय हुन्” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας
विश्वासीहरूले ख्रीष्टको बारेमा भएको सत्यताको गवाही दिने कुरालाई पावलले यसरी कुरा गर्छन् कि मानौँ तिनीहरू कुनै भवनलाई आड दिइरहेका खम्बा र जग हुन् । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन जीवित परमेश्वरको मण्डली हो । साथै, परमेश्वरको सत्यतालाई कायम राखेर र त्यसको बारेमा सिकाएर, मण्डलीका यी सदस्यहरूले सत्यतालाई आड दिन्छन् जसरी खाँबो र जगले कुनै भवनलाई आड दिन्छन्” (हेर्नुहोस्ः रूपक)
Θεοῦ ζῶντος
यहाँ यस अभिव्यक्तिले, यूएसटीमा जस्तै, परमेश्वरको विषयमा कुरा गरिरहेको हुन सक्छ जसले सबैलाई जीवन दिनुहुन्छ ।
1 Timothy 3:16
“कसैले पनि इन्कार गर्न सक्दैन”
μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον
“ ... कि परमेश्वरले प्रकट गर्नु भएको सत्यता महान् छ”
ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ
पावलले कुनै गीत वा कवितालाई उद्धरण गरिरहेका हुन सक्ने प्रबल सम्भावना छ । यदि तपाईंको भाषामा यो कविता हो भनेर सङ्केत गर्ने कुनै तरिका छ भने तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने, तपाईंले यसलाई कविताको शैलीको साटोमा साधारण गद्यको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः कविता)
ὃς ἐφανερώθη ἐν σαρκί
यहाँ “उहाँ”ले कसलाई जनाएको भनेर अस्पष्ट छ । यसले “परमेश्वर” वा “ख्रीष्ट”लाई जनाउन सक्छ । यसलाई “उहाँ” नै भनेर अनुवाद गर्दा बेस हुन सक्छ । यदि तपाईंले अझ बढी निर्दिष्ट रूपमा जनाउनुपर्छ भने तपाईंले यसलाई “ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ” वा “ख्रीष्ट” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
ἐν σαρκί
यहाँ पावलले “शरीर” शब्दको प्रयोग मानिसलाई जनाउनको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “साँचो मानवको रूपमा” (हेर्नुहोस्ः लक्षणा)
ἐδικαιώθη ἐν Πνεύματι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले पुष्टि गर्नुभयो कि उहाँले आफू जो हुनुहुन्थ्यो भनेर भन्नुभयो, उहाँ सो हुनुहुन्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὤφθη ἀγγέλοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उहाँलाई देखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκηρύχθη ἐν ἔθνεσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै जातिका मानिसहरूले उहाँको बारेमा अरूहरूलाई बताए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπιστεύθη ἐν κόσμῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारका धेरै भागका मानिसहरूले उहाँमाथि विश्वास गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀνελήμφθη ἐν δόξῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर पिताले उहाँलाई महिमामा माथि स्वर्गमा लैजानुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀνελήμφθη ἐν δόξῃ
यसको अर्थ हो कि उहाँले परमेश्वर पिताबाट शक्ति प्राप्त गर्नुभयो र उहाँ आदरका योग्य हुनुहुन्छ ।
1 Timothy 4
१ तिमोथी ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
१ तिमोथी ४:१ एउटा अगमवाणी हो । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
आखिरी समयहरू
यो अन्तिम दिनहरूलाई जनाउने अर्को एउटा तरिका हो । (हेर्नुहोस्ः अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू)
1 Timothy 4:1
आत्माले भन्नुभएको कुरा हुनेछ भनेर पावलले तिमोथीलाई बताउँछन् र उनले सिकाउनुपर्ने कुराको विषयमा उत्साह दिन्छन् ।
δὲ
यहाँ यो शब्दलाई प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ पावलले शिक्षाको एउटा नयाँ पाटोको विषयमा बताउन थाल्छन् ।
ἐν ὑστέροις καιροῖς
सम्भावित अर्थहरू हुन् १) यसले पावलको मृत्युपश्चातको समयलाई जनाउँछ वा २) यो पावलको आफ्नो जीवनमै भएको पछिको समय हो ।
ἀποστήσονταί τινες τῆς πίστεως
मानिसहरूले ख्रीष्टमा विश्वास गर्न छोड्ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरूले कुनै स्थान वा वस्तुलाई भौतिक रूपमा छोडिरहेका थिए । वैकल्पिक अनुवादः “येशूमा भरोसा गर्न छोड्नु” (हेर्नुहोस्ः रूपक)
προσέχοντες
“र ... ध्यान दिनु” वा “किनभने तिनीहरूले ... ध्यान दिँदैछन्”
πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων
“मानिसहरूलाई छल गर्ने आत्माहरू र भूतहरूले सिकाउने कुराहरू”
1 Timothy 4:2
ἐν ὑποκρίσει ψευδολόγων
यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... भूतप्रेतहरू ... । यी मानिसहरू कपटीहरू हुनेछन् र झूटहरू बोल्नेछन्”
κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν
सम्भावित अर्थहरू हुन् १) आफूहरूले गल्ती गरिरहेका छौँ भनेर अब उप्रान्त भन्न नसक्ने मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ कसैले तातो फलामले डामेको छाला जस्तै गरी तिनीहरूका दिमाग खराब भएका छन् वा २) पावलले यी मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ शैतानले यी मानिसहरू त्यसका हुन् भनेर सङ्केत दिनको लागि त्यसले तिनीहरूमा तातो फलामले चिन्ह बनाएको थियो । (हेर्नुहोस्ः रूपक)
1 Timothy 4:3
“यी मानिसहरूले”
κωλυόντων γαμεῖν
तिनीहरूले विश्वासीहरूलाई विवाह गर्नलाई मनाही गर्नेछन् भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई विवाह गर्न मनाही गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπέχεσθαι βρωμάτων
तिनीहरूले केही निश्चित खानेकुराहरूलाई मात्र मनाही गर्नेछन् भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले विश्वासीहरूलाई केही निश्चित खानेकुराबाट टाढा बस्न लगाउनेछन्” वा “तिनीहरूले मानिसहरूलाई केही निश्चित खानेकुराहरू खान अनुमति दिनेछैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Timothy 4:4
πᾶν κτίσμα Θεοῦ καλόν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बनाउनुभएको सबै कुरा असल छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले कुनै पनि कुरालाई इन्कार गर्नुहुँदैन जसको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ” वा “हामीले धन्यवाद दिएर खाएका सबैकुरा ग्रहणयोग्य हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 4:5
एउटै विचारधारालाई व्यक्त गर्नको लागि “परमेश्वरको वचन” र “प्रार्थना”लाई एकसाथ प्रयोग गरिएको छ । प्रार्थना चाहिँ परमेश्वरले प्रकट गर्नुभएको सत्यतासँग सहमतिमा छ । वैकल्पिक अनुवादः “उहाँको वचनसँगको सहमतिमा प्रार्थना गरेर यो परमेश्वरको प्रयोगको लागि समर्पित गरिएको छ” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
ἁγιάζεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी यसलाई शुद्ध पार्छौँ” वा “हामीले यसलाई अलग राखेका छौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ λόγου Θεοῦ
यहाँ “वचन”ले परमेश्वरको सन्देश वा उहाँले प्रकट गर्नुभएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
1 Timothy 4:6
ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς
पावलले उनका निर्देशनहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू वस्तुहरू हुन् जसलाई विश्वासीहरूको सामु भौतिक रूपमा प्रस्तुत गर्न सकिन्छ । यहाँ, अगाडि राख्नु भनेको निर्देशन दिनु वा सम्झना गराउनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले विश्वासीहरूलाई यी कुराहरू सम्झन सहायता गर्यौ भने” (हेर्नुहोस्ः रूपक)
ταῦτα
यसले १ तिमोथी ३:१६ मा सुरु गरिएको शिक्षालाई जनाउँछ ।
τοῖς ἀδελφοῖς
यसले सारा विश्वासीहरूलाई जनाउँछ चाहे पुरुष होऊन् वा स्त्री होऊन् । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας
पावलले परमेश्वरको वचन र त्यसको शिक्षाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले तिमोथीलाई खुवाउन र तिनलाई बलियो बनाउन सक्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासका वचनहरू र तिमीले पछ्याएका असल शिक्षाले तिमीलाई ख्रीष्टमा अझ बलियो गरी विश्वास गर्ने बनाइरहेका छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας
“मानिसहरूलाई विश्वास गर्ने बनाउने वचनहरू”
1 Timothy 4:7
τοὺς…βεβήλους καὶ γραώδεις μύθους
“अपवित्र कथाहरू र वृद्धा श्रीमतीहरूका कथाहरू ।” “कथाहरू”को लागि प्रयोग गरिएको शब्द र “किंवदन्तीहरू”को लागि १ तिमोथी १:४ मा प्रयोग गरिएको शब्द एउटै हुन्, त्यसैले तपाईंले यहाँ त्यसरी नै अनुवाद गर्नुपर्छ ।
γραώδεις μύθους
यो सम्भवतः एउटा अभिव्यक्ति हो जसको अर्थ “मूर्ख” वा “अनौठो” हुन्छ । पावलले “वृद्धा स्त्रीहरू”लाई उल्लेख गरेर उनले तिनीहरूलाई अभिप्रायका साथै अपमान गरिरहेका छैनन् । बरु, उनलाई र उनका पाठकहरूलाई थाहा थियो कि पुरुषहरू स्त्रीहरूभन्दा कम उमेरमै मर्छन्, त्यसैले त्यहाँ पुरुषहरूभन्दा बढी स्त्रीहरू थिए जसका दिमागहरू वृद्ध उमेरका कारण कमजोर भएका छन् । (हेर्नुहोस्ः रूपक)
γύμναζε…σεαυτὸν πρὸς εὐσέβειαν
“परमेश्वरलाई आदर गर्न आफैँलाई तालिम देऊ” वा “परमेश्वरलाई खुशी पार्न सकिने तरिकाहरूले काम गर्नमा आफैँलाई तालिम देऊ”
1 Timothy 4:8
σωματικὴ γυμνασία
“शारीरिक अभ्यास”
ἐπαγγελίαν ἔχουσα
“यस जीवनका लागि लाभदायक हुन्छ”
1 Timothy 4:9
καὶ πάσης ἀποδοχῆς ἄξιος
“तिम्रो पूर्ण विश्वासको लागि योग्य” वा “तिम्रो पूर्ण भरोसाको लागि योग्य”
1 Timothy 4:10
εἰς τοῦτο γὰρ
“यो नै कारण हो”
κοπιῶμεν καὶ ἀγωνιζόμεθα
“सङ्घर्ष गर्नु” र “धेरै कठिन परिश्रम गर्नु” जस्ता शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । तिनीहरूले परमेश्वरको सेवा गर्ने तीव्रतालाई जोड दिनका लागि पावलले तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी अनि रूपक)
Θεῷ ζῶντι
यहाँ “जीवित परमेश्वर”को अर्थ सम्भवतः यसो हुन्छ, “परमेश्वर, जसले सबै मानिसहरूलाई जिउँदो बनाउनुहुन्छ ।”
बुझिएको जानकारीलाई स्पष्ट रुपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँ विशेष गरेर उहाँमाथि विश्वास गर्ने मानिसहरूको मुक्तिदाता हुनुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)
1 Timothy 4:11
“यी कुराहरूको आज्ञा देऊ र सिकाऊ” वा “मैले भर्खरै उल्लेख गरेका कुराहरूको आज्ञा देऊ र ती सिकाऊ”
1 Timothy 4:12
μηδείς σου τῆς νεότητος καταφρονείτω
“कसैलाई पनि तिमी जवान भएकोले तिमीलाई कम महत्त्वपूर्ण छौ भनेर ठान्न नदेऊ”
1 Timothy 4:13
πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ
“पठन”, “अर्ती दिनु”, र “शिक्षा” जस्ता शब्दहरूलाई मौखिक वाक्यांशहरूसहित अनुवाद गर्न सकिन्छ । आशय दिन खोजिएको जानकारीलाई पनि अनुवादमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउन, मानिसहरूलाई अर्ती दिन, र मानिसहरूलाई सिकाउन निरन्तरता देऊ” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Timothy 4:14
पावलले तिमोथी एक भाँडो भए जसरी कुरा गर्छन् जसमा परमेश्वरका वरदानहरू राख्न सकिन्थ्यो । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो आत्मिक वरदानलाई बेवास्ता नगर” (हेर्नुहोस्ः रूपक)
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रयोग गर्नलाई पक्का गर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὃ ἐδόθη σοι διὰ προφητείας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन तिमीले मण्डलीका अगुवाहरूले परमेश्वरको वचन बोल्दा प्राप्त गर्यौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου
यो एउटा खास समारोह थियो जसमा मण्डलीका अगुवाहरूले तिनीहरूका हातहरू तिमोथीमाथि राखे र परमेश्वरले तिनलाई आज्ञा गर्नुभएका काम गर्न तिनलाई उहाँले समर्थ बनाउनुभएको होस् भनेर प्रार्थना गरे ।
1 Timothy 4:15
ἐν τούτοις ἴσθι
तिमोथीको लागि भएका परमेश्वरका वरदानहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनी भौतिक रूपमा नै तीभित्र हुन सक्थे । वैकल्पिक अनुवादः “यी सबै कुराहरू गर र तिनको अनुसार जिऊ” (हेर्नुहोस्ः रूपक)
परमेश्वरको सेवा गर्ने तिमोथीको बढ्दो क्षमताको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै भौतिक वस्तु हो जसलाई अरूहरूले देख्न सक्छन् । वैकल्पिक अनुवादः “ताकि अरू मानिसहरूले थाहा गर्नेछन् कि तिमीले परमेश्वरको सेवा झन् असल र झन् असल किसिमले गरिरहेका छौ” (हेर्नुहोस्ः रूपक)
1 Timothy 4:16
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ
“आफैँलाई सावधानीपूर्वक चलाऊ र शिक्षालाई ध्यान देऊ” वा “तिम्रो आफ्नै स्वभावहरूलाई नियन्त्रण गर र शिक्षालाई ध्यान देऊ”
ἐπίμενε αὐτοῖς
“यी कुराहरू गर्नलाई निरन्तरता देऊ”
καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου
सम्भावित अर्थहरू हुन् १) तिमोथीले आफैँलाई र तिनका कुरा सुन्नेहरूलाई परमेश्वरको इन्साफबाट बचाउनेछन् वा २) तिमीले आफैँलाई र तिनका कुरा सुन्नेहरूलाई झूटा शिक्षकहरूको प्रभावबाट बचाउनेछन् ।
1 Timothy 5
१ तिमोथी ०५ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सम्मान र आदर
पावलले वृद्ध उमेरका ख्रीष्टिएनहरूलाई सम्मान र आदर गर्नका लागि जवान ख्रीष्टिएनहरूलाई उत्साह दिन्छन् । विभिन्न संस्कारहरूमा वृद्ध उमेरका मानिसहरूलाई फरक-फरक तरिकाले सम्मान र आदर गरिन्छ ।
विधवाहरू
प्राचीन पूर्व नजिक क्षेत्रमा, विधवाहरूको ख्याल राख्न महत्त्वपूर्ण कुरा थियो, किनभने तिनीहरूले आफ्नै लागि जुटाउन सक्दैनन् ।
1 Timothy 5:1
पावलले यी आज्ञाहरू एक व्यक्ति, तिमोथीलाई दिइरहेका थिए । “तिमी”को विभिन्न रूपहरू वा आज्ञाहरूका विभिन्न रूपहरू भएका भाषाहरूले यहाँ एकवचनलाई प्रयोग गर्नुपर्ने हुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
तिमोथीलाई पुरुषहरू, स्त्रीहरू, विधवाहरू र जवान स्त्रीहरूसँग मण्डलीमा कसरी व्यवहार गर्ने भनेर बताउनलाई पावलले निरन्तरता दिन्छन् ।
πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς
“वृद्ध मानिससँग रुखो तरिकाले नबोल”
ἀλλὰ παρακάλει
“बरु, तिनलाई उत्साह देऊ”
ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς
तिमोथीले सङ्गी विश्वासीहरूलाई सच्चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः उपमा)
1 Timothy 5:2
ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς
तिमोथीले सङ्गी विश्वासीहरूलाई सच्चा प्रेम र आदरले व्यवहार गर्नुपर्छ भनेर उनलाई बताउनको लागि पावलले यी उपमाहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः उपमा)
तपाईंले बुझिएको जानकारीलाई स्पष्टसँग व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जवान स्त्रीहरूलाई अर्ती देऊ” वा “जवान स्त्रीहरूलाई उत्साह देऊ” (हेर्नुहोस्ः शब्दलोप)
ἐν πάσῃ ἁγνίᾳ
“शुद्ध विचारहरू र कामहरूले” वा “पवित्र तरिकाले”
1 Timothy 5:3
χήρας τίμα
“विधवाहरूलाई सम्मान गर र तिनीहरूको लागि जुटाऊ”
τὰς ὄντως χήρας
“तिनीहरूको लागि जुटाउनलाई कोही पनि नभएका विधवाहरू”
1 Timothy 5:4
πρῶτον
“सर्वप्रथम तिनीहरूले ... सिक्नुपर्छ” वा “ ... सिक्नलाई तिनीहरूले प्राथमिकता बनाऊन्”
τὸν ἴδιον οἶκον
“तिनीहरूको आफ्नै परिवारलाई” वा “तिनीहरूका घरहरूमा बसिरहेकाहरूलाई”
ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις
“तिनीहरूका बाबुआमाले तिनीहरूलाई दिएका असल थोकहरूको बदलीमा तिनीहरूले आफ्ना बाबुआमालाई असल गरून्”
1 Timothy 5:5
ἡ…ὄντως χήρα καὶ μεμονωμένη
“तर एक साँचो विधवाको कुनै परिवार हुँदैन”
προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς
“तिनले बिन्ती र प्रार्थना गरिरहन्छिन्”
ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς
यी दुई शब्दहरूको सामान्य रूपमा एउटै अर्थ हुन्छ । यी विधवाहरूले कति धेरै प्रार्थना गर्छन् भन्ने कुरालाई जोड दिनको लागि पावलले तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
νυκτὸς καὶ ἡμέρας
“हरेक समय”को अर्थ दिनको लागि “रात” र “दिन”लाई एकसाथ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हरेक समय” (हेर्नुहोस्ः मेरिज्म)
1 Timothy 5:6
ζῶσα τέθνηκεν
परमेश्वरलाई प्रसन्न पार्न नखोज्ने मानिसहरू मरेसरह हुन् भनेर पावलले भन्छन् । वैकल्पिक अनुवादः “मरेको व्यक्ति झैँ छिन्, तिनले परमेश्वरलाई प्रतिक्रिया दिँदिनन्” (हेर्नुहोस्ः रूपक)
यसले शारीरिक जीवनलाई जनाउँछ ।
1 Timothy 5:7
καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν
“यी कुराहरूको आज्ञा देऊ”
“ताकी कसैले पनि तिनीहरूमा गल्ती पत्ता लगाउन नसकोस् ।” “तिनीहरू”को सम्भावित अर्थहरू हुन् १) “ती विधवाहरू र तिनीहरूका परिवारहरू” वा २) “विश्वासीहरू ।” कर्तालाई “तिनीहरू” भनेर नै लेख्दा उत्तम हुन सक्छ ।
1 Timothy 5:8
τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ
“उसका नातेदारहरूका खाँचोहरूमा सहायता गर्दैन, विशेषगरी परिवारका ती सदस्यहरूका लागि जो उसको घरमा बस्छन्”
τὴν πίστιν ἤρνηται
“उसले हामीले विश्वास गरेको सत्यताको विरुद्धमा काम गरेको छ”
ἔστιν ἀπίστου χείρων
“येशूलाई विश्वास नगर्नेहरू भन्दा पनि अझ खराब हुन्छ ।” पावलले यो व्यक्ति एक अविश्वासीभन्दा पनि खराब हुन्छ भन्न खोजेका हुन् किनभने अविश्वासीहरूले पनि तिनीहरूका नातेदारहरूका हेरविचार गर्छन् । त्यसैकारण, एक विश्वासीले उसका नातेदारहरूलाई पक्कै पनि हेरविचार गर्नैपर्छ ।
1 Timothy 5:9
χήρα καταλεγέσθω
त्यहाँ विधवाहरूको लागि एक सूची भएको जस्तो देखिन्छ, जुन लिखित हुन पनि सक्छ नहुन पनि सक्छ । मण्डलीका सदस्यहरूले यी स्त्रीहरूका वास, वस्त्रहरू, र खानेकुराको लागि भएका खाँचोहरू पूरा गरिदिन्थे, र यी स्त्रीहरूले तिनीहरूका जीवन ख्रीष्टिएन समुदायको सेवामा समर्पण गरेको अपेक्षा गरिन्थ्यो ।
μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα
पछि पावलले ५:११-१६ मा गरेको व्याख्या अनुसार, ६० वर्षभन्दा कम उमेरका विधवाहरूले पुनः विवाह गर्न सक्दथे । त्यसैले ख्रीष्टिएन समुदायले ६० वर्षभन्दा बढी उमेरका विधवाहरूलाई मात्र हेरविचार गर्नुपर्ने थियो । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἑνὸς ἀνδρὸς γυνή
सम्भावित अर्थहरू हुन् १) तिनी आफ्नो पतिप्रति सधैँ विश्वासयोग्य थिइन् वा २) तिनले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेर अर्को मानिससँग पछि विवाह गरेकी थिइनन् ।
1 Timothy 5:10
ἐν ἔργοις καλοῖς μαρτυρουμένη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनको असल कामको बारेमा प्रमाण दिनुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξενοδόχησεν
“परदेशीहरूलाई तिनको घरमा स्वागत गरेकी”
ἁγίων πόδας ἔνιψεν
अरू मानिसहरूका खाँचोहरू पूरा गर्न र तिनीहरूको जीवनलाई बढी सुखमय बनाउनलाई एउटा तरिका चाहिँ धूलो र हिलोमा हिँडेका व्यक्तिहरूका मैला लागेका पाउहरू धुनु हो । यसको अर्थ सम्भवतः यो हो कि तिनले सामान्य रूपमा नम्रताको काम गरिन् । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूलाई सहायता गर्नको लागि साधारण कामहरू गरेकी छिन्” (हेर्नुहोस्ः लक्षणा)
ἁγίων
केही संस्करणहरूले यहाँ “विश्वासीहरू”लाई “सन्तहरू” वा “परमेश्वरका पवित्र मानिसहरू” भनेर अनुवाद गर्छन् । आवश्यक धारणा चाहिँ ख्रीष्टिएन विश्वासीहरूलाई जनाउनु हो ।
θλιβομένοις ἐπήρκεσεν
यहाँ “कष्टमा परेकाहरू” भनेको नामयोगी विशेषण हो जसलाई एउटा विशेषणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुःख भोगिरहेकाहरूलाई सहयोग गरेकी” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν
“सबै प्रकारका असल कामहरू गर्न आफैँलाई सुम्पेकी”
1 Timothy 5:11
νεωτέρας δὲ χήρας παραιτοῦ
“तर जवान विधवाहरूलाई सूचीमा समावेश नगर” । यो सूची चाहिँ ६० वर्षभन्दा माथिका विधवाहरूका लागि थियो जसलाई ख्रीष्टिएन समुदायले सहायता गर्ने थियो ।
ὅταν…καταστρηνιάσωσιν τοῦ Χριστοῦ
“किनकि जब तिनीहरूले आफ्नो शारीरिक अभिलाषाहरू पूरा गर्ने इच्छा गर्छन् र विवाह गर्छन्, तिनीहरूले विधवाहरूको रूपमा ख्रीष्टको सेवा गर्ने तिनीहरूका प्रतिज्ञाको विरुद्धमा जान्छन्”
1 Timothy 5:12
τὴν πρώτην πίστιν ἠθέτησαν
“तिनीहरूका अगाडिका प्रतिबद्धतालाई कायम राख्दैनन्” वा “त्यो गर्दैनन् जुन गर्नलाई तिनीहरूले अगाडि प्रतिज्ञा गरेका थिए”
प्रतिबद्धता चाहिँ समुदायले ती विधवाहरूका आवश्कताहरूलाई पूरा गरिदिएको खण्डमा तिनीहरूले ख्रीष्टिएन समुदायलाई तिनीहरूका बाँकी जीवनभर सेवा गर्ने सहमति थियो ।
1 Timothy 5:13
ἀργαὶ μανθάνουσιν
“केही पनि नगरी बस्ने बानीमा पर्छन्”
φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα
एउटै क्रियाकलापको विषयमा कुरा गर्नका लागि यी तीन वाक्यांशहरू सम्भवतः तीन तरिकाहरू हुन् । यी मानिसहरूले अरू मानिसहरूका निजी जीवनलाई ध्यान दिन हुँदैन र त्यसका बारेमा अरूहरूलाई बताउनुहुँदैन, जुन अरू मानिसहरूले ती कुराहरू सुनेर कुनै गतिला काम गर्दैनन् ।
φλύαροι
ती वचनहरू जसले ती सुन्नेहरूलाई केही सहायता गर्दैनन्
ती मानिसहरू जसले अरू मानिसहरूका निजी जीवनमा तिनीहरूका आफ्नै भलाइको लागि चासो लिन्छन् र अरू मानिसहरूको भलाइको लागि होइन
1 Timothy 5:14
“तिनको घरमा भएका सबैको वास्ता गर्नु”
τῷ ἀντικειμένῳ
सम्भावित अर्थहरू हुन् १) यसले शैतानलाई जनाउँछ वा २) यसले अविश्वासीहरूलाई जनाउँछ जो ख्रीष्टिएनहरूको विरुद्धमा छन् ।
यहाँ “हामीलाई” शब्दले तिमोथी समेत गरेर सम्पूर्ण ख्रीष्टिएन समुदायलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
1 Timothy 5:15
ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ
पावलले ख्रीष्टप्रतिको विश्वासयोग्यतामा जिउने कुरा चाहिँ कुनै पछ्याउनुपर्ने मार्ग भए झैँ गरी बताउँछन् । यसको अर्थ हो कि त्यस स्त्रीले येशूको आज्ञापालन गर्न छोडिन् र शैतानको आज्ञापालन गर्न थालिन् । वैकल्पिक अनुवादः “शैतानलाई पछ्याउनका निमित्त ख्रीष्टको मार्गलाई छोडे” वा “ख्रीष्टको साटोमा शैतानको आज्ञापालन गर्नलाई निर्णय गरे” (हेर्नुहोस्ः रूपक)
1 Timothy 5:16
τις πιστὴ
“कुनै पनि ख्रीष्टिएन स्त्री” वा “जो कोही पनि स्त्री जसले ख्रीष्टमा विश्वास गर्छिन्”
ἔχει χήρας
“तिनका नातेदारहरूको माझमा विधवाहरू छन्”
καὶ μὴ βαρείσθω ἡ ἐκκλησία
समूदायले तिनीहरूले सक्नेभन्दा बढी मानिसहरूलाई सहयोग गर्नुपर्ने अवस्थाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको तिनीहरूले आफ्ना पिठिउँहरूमा असाध्यै धेरै वजनहरू बोकिरहेका थिए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि मण्डलीसँग तिनीहरूले सक्नेभन्दा बढी काम नहोस्” वा “ताकि ख्रीष्टिएन समुदायले ती विधवाहरूलाई सहायता गर्न नपरोस् जसका परिवारहरूले तिनीहरूका लागि जुटाउन सक्छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ὄντως χήραις
“ती स्त्रीहरू जससँग तिनीहरूका लागि जुटाउनलाई कोही पनि छैन”
1 Timothy 5:17
पावलले फेरि पनि एल्डरहरूलाई (बिशपहरूलाई) कसरी व्यवहार गरिनुपर्छ भन्ने विषयमा कुरा गर्छन् र त्यसपछि तिमोथीलाई केही व्यक्तिगत निर्देशनहरू दिन्छन् ।
οἱ καλῶς προεστῶτες πρεσβύτεροι…ἀξιούσθωσαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै विश्वासीहरूले असल अगुवाइ गर्ने एल्डरहरूलाई योग्यका ठान्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διπλῆς τιμῆς
सम्भावित अर्थहरू हुन् १) “सम्मान र ज्याला” वा २) “अरूहरूले पाउनेभन्दा बढी सम्मान”
οἱ κοπιῶντες
पावलले वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु हो जसलाई लिएर कोही व्यक्तिले काम गर्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले परमेश्वरको वचन प्रचार गर्छन् र सिकाउँछन्” (हेर्नुहोस्ः रूपक)
1 Timothy 5:18
λέγει γὰρ ἡ Γραφή
यो मानवीकरण गरिएको हो, जसको अर्थ हुन्छ कि कसैले धर्मशास्त्रमा लेखेको कुरा यही नै हो । वैकल्पिक अनुवादः “किनकि हामी धर्मशास्त्रमा पढ्छौँ कि” (हेर्नुहोस्ः मानवीकरण)
βοῦν ἀλοῶντα οὐ φιμώσεις
पावलले यस उद्धरणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् जसको अर्थ हुन्छ कि मण्डलीका अगुवाहरूले तिनीहरूका कामका लागि ख्रीष्टिएन समुदायबाट ज्याला पाउनुपर्छ । (हेर्नुहोस्ः रूपक)
οὐ φιμώσεις
कुनै पशुले काम गरिरहेको बेलामा नखाओस् भनेर त्यसको थुतुनो वा मुखमा लगाइने एउटा जालो (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
βοῦν ἀλοῶντα
एउटा गोरुले तब “अन्न दाइँ गर्छ” जब अन्नलाई डाँठबाट छुट्टाउन काटेर राखिएको अन्नका बालामाथि त्यो हिँड्छ वा कुनै भारी वस्तुलाई त्यसमाथि तान्छ । गोरुलाई त्यसले काम गर्दै गर्दा केही अन्न खान दिइन्थ्यो ।
ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ
“लायकको हुन्छ”
1 Timothy 5:19
κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ
पावलले आरोपहरूको विषयमा यसरी कुरा गर्छन् कि मानौँ ती वस्तुहरू हुन् जसलाई मानिसहरूद्वारा भौतिक रूपमा स्वीकार गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “कसैले लगाउने कुनै पनि आरोपलाई सत्य भनी स्वीकार गरी नहाल” (हेर्नुहोस्ः रूपक)
δύο ἢ τριῶν
“कम्तीमा दुईजना” वा “दुई वा सोभन्दा बढी”
1 Timothy 5:20
τοὺς ἁμαρτάνοντας
यसले परमेश्वरको अवाज्ञा गर्ने वा परमेश्वरलाई अप्रसन्न पार्ने कुनै पनि कुरा कुनै पनि व्यक्तिले गर्नुलाई जनाउँछ, जसमा ती कुराहरू पनि पर्छन् जसको बारेमा अरू मानिसहरूलाई जानकारी छैन ।
ἐνώπιον…πάντων
“जहाँ सबैले देख्न सक्छन्”
ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν
“ताकि अरूहरू पाप गर्नलाई डराऊन्”
1 Timothy 5:21
τῶν ἐκλεκτῶν ἀγγέλων
यसको अर्थ ती स्वर्गदूतहरू हुन्छ जसलाई परमेश्वर र येशूले उहाँहरूको विशेष तरिकाले सेवा गर्नलाई छान्नुभएको छ ।
“भेदभाव” र “पक्षपात”ले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । पावलले जोड दिइरहेका छन् कि तिमोथीले इमान्दारीताका साथ न्याय गर्नुपर्छ र सबैसँग असल व्यवहार गर्नुपर्छ । वैकल्पिक अनुवादः “ ... कि भेदभाव नगरीकन वा कसैलाई खास कृपा नदेखाइकन यी नियमहरूको पालना गर्न” (हेर्नुहोस्ः प्रतिरूपी)
ταῦτα φυλάξῃς
सम्भावित अर्थहरू हुन् १) यसले पावलले भर्खरै तिमोथीलाई भनेका नियमहरूलाई जनाउँछ वा २) यसले पावलले तिमोथीलाई बताउन लागेका नियमहरूलाई जनाउँछ ।
1 Timothy 5:22
χεῖρας ταχέως μηδενὶ ἐπιτίθει
हात राख्नु भनेको एक खास चलन थियो जसमा एक वा बढी मण्डलीका अगुवाहरूले तिनीहरूका हातहरू मानिसहरूमाथि राख्छन् र प्रार्थना गर्छन् कि परमेश्वरले ती मानिसहरूलाई मण्डलीमा उहाँलाई मनपर्दो किसिमले सेवा गर्नलाई सक्षम बनाउनुभएको होस् । ख्रीष्टिएन समुदायलाई सेवा गर्नका निमित्त कुनै व्यक्तिलाई आधिकारिक रूपमा अलग गर्नभन्दा अगाडि त्यस व्यक्तिले लामो समयसम्म असल चरित्र नदेखाएसम्म तिमोथीले कुर्नुपर्थ्यो ।
μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις
पावलले कोही व्यक्तिको पापको विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो कुनै वस्तु हो जुन अरूहरूसँग बाँड्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिको पापमा नजोडिऊ” वा “अर्को व्यक्तिले पाप गर्दा त्यसमा भाग नलिऊ” (हेर्नुहोस्ः रूपक)
सम्भावित अर्थहरू हुन् १) यदि तिमोथीले पापको दोषी भएको कुनै व्यक्तिलाई मण्डलीमा काम गर्नलाई छाने भने परमेश्वरले त्यस व्यक्तिको पापको लागि तिमोथीलाई जिम्मेवार ठहराउनुहुने थियो २) तिमोथीले ती पापहरू गर्नुहुँदैन जुन उनले अरूहरूले गर्दै गरेको देखे ।
1 Timothy 5:23
οἴνῳ ὀλίγῳ χρῶ
यो आशय दिइएको छ कि तिमोथीले केवल पानी मात्र पिउन हुँदैन भनेर पावलले भन्न खोजेका थिए । उनले दाखमद्यलाई औषधीको रूपमा प्रयोग गर्नको लागि तिमोथीलाई भनिरहेका छन् । धेरैपटक त्यस क्षेत्रमा भएको पानीले बिरामी ल्याउँथ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Timothy 5:24
τινῶν ἀνθρώπων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूका पापहरू निकै स्पष्ट हुन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν
“तिनीहरूका पापहरू ती मानिसहरूको अगाडि इन्साफमा जान्छन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिनीहरूका पापहरू यति स्पष्ट छन् कि तिनीहरूको विरुद्धमा कसैले साक्षी दिनभन्दा अगाडि नै तिनीहरू दोषी छन् भनेर सबैले जान्नेछन् वा २) तिनीहरूका पापहरू खुलस्त छन्, र परमेश्वरले तिनीहरूलाई अहिले नै न्याय गर्नुहुन्छ । (हेर्नुहोस्ः मानवीकरण)
τισὶν δὲ καὶ ἐπακολουθοῦσιν
“तर केही पापहरूले मानिसहरूलाई पछि पछ्याउँछन् ।” पावलले पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती सरिरहेका थिए । सम्भावित अर्थहरू हुन् १) तिमोथी र ख्रीष्टिएन समुदायलाई केही समय नभएसम्म केही पापहरूको बारेमा थाहा हुनेछैन वा २) अन्तिम इन्साफको बेला नभएसम्म परमेश्वरले केही पापहरूको इन्साफ गर्नुहुनेछैन । (हेर्नुहोस्ः रूपक)
1 Timothy 5:25
καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα
“केही असल कामहरू स्पष्ट हुन्छन्”
τὰ ἔργα τὰ καλὰ
यी कामहरूलाई “असल” मानिन्छ किनभने ती परमेश्वरको चरित्र, उद्देश्यहरू, र इच्छासँग मेल खान्छ ।
καὶ τὰ ἄλλως ἔχοντα, κρυβῆναι οὐ δύναταί
पावलले पापहरूको विषयमा यसरी कुरा गर्छन् कि मानौँ ती वस्तुहरू थिए जसलाई कसैले लुकाउन सक्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर प्रत्यक्ष नरहेका असल कामहरूको बारेमा पनि मानिसहरूले पछि पत्ता लगाउनेछन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 6
१ तिमोथी ०६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दासत्व
दासत्व असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । पावलले मालिकहरूलाई सम्मान गर्ने, आदर गर्ने, र दिलोज्यानले सेवा गर्ने विषयमा सिकाउँछन् । पावलले सारा विश्वासीहरूलाई धर्मी हुन र हरेक अवस्थामा सन्तुष्ट बन्नलाई सिकाउँछन् ।
1 Timothy 6:1
पावलले दासहरू र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् र त्यसपछि धर्मी जीवन जिउने विषयमा निर्देशनहरू दिनलाई निरन्तरता दिन्छन् ।
ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι
पावलले दासको रूपमा काम गर्ने मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू जुवा बोक्ने गोरूहरू हुन् । वैकल्पिक अनुवादः “दासहरूको रूपमा काम गर्ने सबैले” (हेर्नुहोस्ः रूपक)
ὅσοι εἰσὶν
पावलले विश्वासीहरूको बारेमा कुरा गर्दैछन् भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “विश्वासीहरू सबैले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अविश्वासीहरूले परमेश्वरको नाउँ र शिक्षाको बारेमा सधैँ सम्मानपूर्वक रीतिले कुरा गरून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि निषेधात्मक)
τὸ ὄνομα τοῦ Θεοῦ
यहाँ “नाउँ”ले परमेश्वरको स्वभाव वा चरित्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको चरित्र” वा “परमेश्वर” (हेर्नुहोस्ः लक्षणा)
ἡ διδασκαλία
“विश्वास” वा “सुसमाचार”
1 Timothy 6:2
ἀδελφοί εἰσιν
यहाँ “भाइहरू”को अर्थ “सङ्गी विश्वासीहरू” हुन्छ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि ती मालिकहरू जसलाई दासहरूले तिनीहरूका कामहरूमा सघाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ἀγαπητοὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “र दासहरूले तिनीहरूलाई प्रेम गर्नु पर्छ” वा २) “जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 6:4
τετύφωται
यहाँ “ऊ” शब्दले सामान्य रूपमा बेठीक शिक्षा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । यसलाई प्रस्ट बनाउनको लागि, तपाईंले यूएसटीमा जस्तै “ऊ” शब्दलाई “तिनीहरू” भनेर अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
μηδὲν ἐπιστάμενος
“परमेश्वरको सत्यताको बारेमा केही पनि बुझ्दैन”
νοσῶν περὶ ζητήσεις
पावलले अर्थहीन वादविवादमा भाग लिन हुन करमा परेको अनुभव गर्ने मानिसहरूलाई तिनीहरू बिरामी भए झैँ गरी बताउँछन् । त्यस्ता मानिसहरू वादविवाद गर्न असाध्यै रुचाउँछन् र तिनीहरू सहमत हुनलाई कुनै पनि बाटो पत्ता लगाउन चाहँदैनन् । वैकल्पिक अनुवादः “उसले वादविवाद मात्रै गर्न चाहन्छ” वा “उसले वादविवादहरूको लालसा गर्छ” (हेर्नुहोस्ः रूपक)
ζητήσεις καὶ λογομαχίας
“विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू, र यी विवादास्पद विषयहरू र तर्क वितर्कहरूको प्रतिफल ईर्ष्या हुन्छ”
λογομαχίας
“शब्दहरूको अर्थको बारेमा”
विवादहरू, लडाइँहरू
βλασφημίαι
मानिसहरूले एक अर्काको बारेमा झूटो तरिकाले खराब कुराहरू भन्नु
ὑπόνοιαι πονηραί
“अरूहरूले तिनीहरूलाई हानी गर्न चाहन्छन् भनेर मानिसहरूलाई लाग्नु”
1 Timothy 6:5
διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας
“दुष्ट दिमाग”
διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας
यहाँ “तिनीहरू” शब्दले येशूको शिक्षासँग सहमत नहुने कुनै पनि कुरा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “सत्यता गुमाएका छन्” भन्ने वाक्यांशले त्यसलाई बेवास्ता गर्नु वा त्यसलाई बिर्सनु भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतालाई बेवास्ता गरेका छन्” वा “तिनीहरूले सत्यतालाई बिर्सेका छन्” (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:6
δὲ
यसले शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्छ । यहाँ पावलले ईश्वरीयताबाट अधर्मी मानिसहरूले खोज्ने किसिमको धन (१ तिमोथी ६:५) र मानिसहरूले ईश्वरीयताबाट प्राप्त गर्ने साँचो किसिमको लाभको बीचमा भएको अन्तरलाई देखाउन सुरु गर्छन् । वैकल्पिक अनुवादः “अवश्य पनि”
ἡ εὐσέβεια μετὰ αὐταρκείας
“ईश्वरीयता” र “सन्तुष्टि” शब्दहरू भाववाचक नामपदहरू हुन् । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले धर्मी कुरा गरेर आफूसँग भएको कुराहरूमा सन्तुष्ट हुनु भनेको उसको लागि ठूलो लाभ हो” (हेर्नुहोस्ः भाववाचक नाम)
“ठूलो लाभ पुर्याउँछ” वा “हाम्रो लागि धेरै असल कुराहरू गर्छ”
1 Timothy 6:7
οὐδὲν…εἰσηνέγκαμεν εἰς τὸν κόσμον
“हामी जन्मँदा यस संसारमा केही पनि ल्याएनौँ”
οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα
“र हामी मर्दा हामीले कुनै पनि कुरा संसारबाट लैजान सक्दैनौँ”
1 Timothy 6:8
ἀρκεσθησόμεθα
“हामी ... हुनुपर्छ”
1 Timothy 6:9
δὲ
यो शब्दले शिक्षामा आएको छोटो रोकावटलाई सङ्केत गर्छ । धर्मी हुनाले तिनीहरूलाई धनी बनाउँछ भनेर विचार गर्नेहरूको बारेमा भएको विषयतर्फ पावल फर्कन्छन् (१ तिमोथी ६:५) ।
ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα
पैसाको परीक्षालाई आफूहरूलाई पाप गर्न लगाउन दिनेहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू खाल्डोमा खसेका पशुहरू हुन् जुन खाल्डोलाई शिकारीले पासोको रूपमा प्रयोग गरेको थियो । वैकल्पिक अनुवादः “धनी हुन चाहनेहरू तिनीहरूले प्रतिरोध गर्न सक्नेभन्दा बढी परिक्षामा पर्नेछन्, र तिनीहरू पासोमा परेको जन्तु झैँ हुनेछन्” (हेर्नुहोस्ः रूपक)
καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς
यसले पासोको अलङ्कारलाई निरन्तरता दिन्छ । यसको अर्थ हो कि तिनीहरूका मूर्ख र हानीकारक वासनाहरूले तिनीहरूलाई हराउनेछ । वैकल्पिक अनुवादः “र जसरी एउटा पशु शिकारीको पासोमा पर्छ, तिनीहरू थुप्रै मूर्ख र हानीकारक वासनाहरूमा फस्छन्” (हेर्नुहोस्ः रूपक)
αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν
आफूहरूलाई नाश पार्न पापलाई अनुमति दिने मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू डुङ्गा हुन जुन पानीमुनि डुब्छ । वैकल्पिक अनुवादः “अरू किसिमका दुष्टताहरूमा जसले मानिसहरूलाई बर्बाद पार्छ र नाश गर्छ मानौँ तिनीहरू पानीमुनि डुब्दै गरेको डुङ्गा हुन्” (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:10
ῥίζα…πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία
पावलले खराबीको कारक तत्व चाहिँ कुनै बिरुवाको जरा भए झैँ गरी बताउँछन् । वैकलाई अनुवादः “यस्तो हुन्छ किनभने पैसालाई प्रेम गर्नु नै सबै किसिमको दुष्टताको कारण हो” (हेर्नुहोस्ः रूपक)
ἧς τινες ὀρεγόμενοι
“जसले पैसाको चाह गर्छन्”
ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως
पावलले गलत इच्छाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू दुष्ट मार्गदर्शकहरू हुन् जसले जानाजान मानिसहरूलाई गलत मार्गमा डोहोर्याउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफूहरूलाई सत्यताबाट टाढा डोहोर्याउनलाई तिनीहरूका इच्छाहरूलाई अनुमति दिएका छन्” वा “सत्यतालाई विश्वास गर्न छोडेका छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς
पावलले पीडाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै तरवार हो जुन कुनै व्यक्तिले आफैँलाई प्रहार गर्नलाई प्रयोग गर्छ । वैकल्पिक अनुवादः “आफैँलाई धेरै दुःखित हुने बनाएका छन्” (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:11
यहाँ “तिमी” एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὦ ἄνθρωπε Θεοῦ
“परमेश्वरको सेवक” वा “ती व्यक्ति जो परमेश्वरका हुन्”
ταῦτα φεῦγε
पावलले यी परीक्षाहरू र पापहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसबाट कोही व्यक्ति टाढा भाग्न सक्थ्यो । वैकल्पिक अनुवादः “यी कुराहरूलाई पूर्णतया इन्कार गर” (हेर्नुहोस्ः रूपक)
ταῦτα
“यी कुराहरू”को सम्भावित अर्थहरू हुन् १) “रुपैँया-पैसाको मोह” वा २) विभिन्न शिक्षाहरू, घमण्ड, वादविवादहरू, र पैसाको प्रेम ।
δίωκε
“ ... को पछि दौड” वा “खेद ।” पावलले धार्मिकता र अन्य असल गुणहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती त्यस्ता कुराहरू हुन् जसको पछि-पछि कोही व्यक्ति दौडन सक्थ्यो । यो अलङ्कार “ ... बाट भाग” भन्ने कुराको विपरीत हो । यसको अर्थ हो कि केही कुरा पाउनलाई तपाईंले आफ्नो भरमग्दुर कोसिस गर्नुपर्छ । वैकल्पिक अनुवादः “पाउन खोज” वा “ ... मा व्यवहार गर्न तिमीले आफ्नो भरमग्दुर कोसिस गर” (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:12
ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως
यहाँ पावलले विश्वासमा अगाडि बढिरहेको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू कुनै खेलाडि हुन् जसले कुनै प्रतिस्पर्धालाई जित्न लडिरहेको थियो वा कुनै युद्ध लडिरहेको योद्धा थियो । वैकल्पिक अनुवादः “कुनै प्रतिस्पर्धामा खेलाडिले आफ्नो बल प्रयोग गरेजत्तिकै ख्रीष्टका शिक्षाहरूको पालना गर्न तिम्रो आफ्नो सबैबन्दा कठोर प्रयत्न गर” (हेर्नुहोस्ः रूपक)
ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς
यसले अलङ्कारलाई निरन्तरता दिन्छ । कुनै व्यक्तिले अनन्त जीवन प्राप्त गर्ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ तिनीहरू आफ्ना उपहार लिइरहेका कुनै विजयी खेलाडि वा योद्धा हुन् । वैकल्पिक अनुवादः “विजयी खेलाडिले उसको उपहार लिएको झैँ गरी अनन्त जीवनलाई तिम्रो इनामको रूपमा लिऊ” (हेर्नुहोस्ः रूपक)
εἰς ἣν ἐκλήθης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा परमेश्वरले तिमीलाई बोलाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὡμολόγησας τὴν καλὴν ὁμολογίαν
“तिमीले असल कुराको साक्षी दियौ” वा “तिमीले सत्यताको साक्षी दियौ”
ἐνώπιον πολλῶν μαρτύρων
तिमोथीले बताइरहेका मानिसहरूलाई सङ्केत गर्नको लागि पावलले कुनै स्थानको धारणालाई व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “धेरै साक्षीहरूलाई” (हेर्नुहोस्ः लक्षणा)
1 Timothy 6:13
पावलले ख्रीष्टको आगमनको बारेमा कुरा गर्छन्, धनीहरूलाई खास निर्देशनहरू दिन्छन्, र आखिरमा तिमोथीलाई एउटा विशेष सन्देश दिएर अन्त गर्छन् ।
“तिमीलाई म यही आज्ञा दिन्छु”
τοῦ ζῳοποιοῦντος τὰ πάντα
“परमेश्वरको उपस्थितिमा, जसले सबै थोकहरूलाई जिउने बनाउनुहुन्छ ।” यो आशय दिइएको छ कि पावलले परमेश्वरलाई उनको साक्षी हुनको निमित्त बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “परमेश्वर मेरो साक्षीको रूपमा, जसले सबै थोकलाई जिउने तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πειλάτου τὴν καλὴν ὁμολογίαν
“ख्रीष्ट येशूको उपस्थितिमा, जसले पिलातस ... गवाही दिनुभयो ।” यो आशय दिइएको छ कि पावलले येशूलाई उनको साक्षी हुनको लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूलाई साक्षीको रूपमा, जसले पिलातस ... गवाही दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Timothy 6:14
ἄσπιλον ἀνεπίλημπτον
“दाग” शब्द नैतिक त्रुटिको लागि एउटा अलङ्कार हो । सम्भावित अर्थहरू हुन् १) येशूले तिमोथीमा कुनै भूल पाउनुहुनेछैन वा कुनै गल्ती गरेकोमा उसलाई दोष लगाउनु हुनेछैन वा २) अरू मानिसहरूले तिमोथीमा कुनै भूल पाउनेछैनन् वा कुनै गल्ती गरेकोमा उसलाई दोष लगाउने छैनन् । (हेर्नुहोस्ः रूपक)
μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
“जबसम्म हाम्रा प्रभु येशू ख्रीष्ट फेरि आउनुहुन्न”
1 Timothy 6:15
परमेश्वरले येशूलाई प्रकट गर्नुहुनेछ भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले येशूलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ μακάριος καὶ μόνος Δυνάστης
“प्रशंसाको योग्यका व्यक्ति जसले संसारमाथि शासन गर्नुहुन्छ”
1 Timothy 6:16
ὁ μόνος ἔχων ἀθανασίαν
“उहाँसँग मात्र सदाकाल जिउने शक्ति छ”
φῶς οἰκῶν ἀπρόσιτον
“यति चम्किलो ज्योतिमा वास गर्नुहुन्छ कि कोही उहाँको नजिक जान सक्दैन”
1 Timothy 6:17
τοῖς πλουσίοις
यहाँ “धनी” नामबोधक विशेषण हो । यसलाई विशेषणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो धनीहरू छन् तिनीहरूलाई भन” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἐπὶ πλούτου ἀδηλότητι
“आफूहरूसँग भएका धेरै कुराहरूमा जुन तिनीहरूले गुमाउन सक्छन् ।” यहाँ भौतिक वस्तुहरूलाई जनाउन खोजिएको छ ।
πάντα πλουσίως εἰς ἀπόλαυσιν
“त्यस्ता सबै कुराहरू जसले हामीलाई साँच्चै खुशी बनाउनेछन् ।” यहाँ जनाउन खोजिएको कुराहरूमा भौतिक वस्तुहरू पर्न सक्छ, तर यो बढी सम्भाव्य छ कि यसले प्रेम, आनन्द, र शान्तिको अवस्थाहरूलाई जनाउँछ जसलाई मानिसहरूले भौतिक वस्तुहरूको माध्यमद्वारा प्राप्त गर्न कोसिस गर्छन् ।
1 Timothy 6:18
πλουτεῖν ἐν ἔργοις καλοῖς
पावलले आत्मिक आशिषहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू पार्थिव धन थिए । वैकल्पिक अनुवादः “अरूहरूलाई थुप्रै तरिकाहरूमा सेवा र सहयोग गर्न” (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:19
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον
परमेश्वरले स्वर्गमा दिनुहुने आशिष्हरूको विषयमा यहाँ पावलले यसरी बताउँछन् कि मानौँ ती त्यस्ता धनहरू हुन् जुन कोही व्यक्तिले पछिको प्रयोगको लागि थुपारिरहेको छ । साथै, मानिसहरूले यी आशिष्हरू कहिल्यै गुमाउनेछैनन् भन्ने कुराको निश्चयताको विषयमा यसरी बताइएको छ कि मानौँ ती कुनै भवनका जग हुन् । वैकल्पिक अनुवादः “यो चाहिँ मानौँ तिनीहरूले आफूहरूका लागि धेरै कुराहरू थुपारिरहेका झैँ हुनेछ जुन परमेश्वरले तिनीहरूलाई दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς
यसले १ तिमोथी ६:१२ को खेलकुदको अलङ्कारलाई स्मरण गराउँछ, जहाँ उपहार भनेको केही त्यस्तो कुरा हो जुन विजेताले वास्तवमै आफ्नो हातमा लिन सक्छ । यहाँ “उपहार” चाहिँ “साँचो” जीवन हो । (हेर्नुहोस्ः रूपक)
1 Timothy 6:20
τὴν παραθήκην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीलाई दिनुभएको सत्य सन्देशलाई विश्वासयोग्यताको साथ घोषणा गर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας
“मूर्खतापूर्ण कुराहरूमा ध्यान नदेऊ”
τῆς ψευδωνύμου γνώσεως
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई केही मानिसहरूले झूटो रूपमा ज्ञान भन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Timothy 6:21
περὶ τὴν πίστιν ἠστόχησαν
पावलले ख्रीष्टमा गरिने विश्वासको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो ताक्नुपर्ने कुनै निसाना हो । वैकल्पिक अनुवादः “तिनीहरूले साँचो विश्वासलाई बुझेका वा विश्वास गरेका छैनन्” (हेर्नुहोस्ः रूपक)
ἡ χάρις μεθ’ ὑμῶν
“परमेश्वरले तिमीहरू सबैलाई अनुग्रह दिनुभएको होस् ।” “तिमीहरू” बहुवचन हो र यसले सम्पूर्ण ख्रीष्टिएन समुदायलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)