2 Peter
2 Peter front
२ पत्रुसको परिचय
भाग १: सामान्य परिचय
२ पत्रुसको पुस्तकको रूपरेखा
- परिचय (१:१-२)
- असल जीवन जिउनलाई सम्झाउने कुरा, किनभने परमेश्वरले हामीलाई सक्षम बनाउनुभएको छ (१:३-२१)
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (२:१-२२)
- येशूको दोस्रो आगमनको लागि तयारी गर्नलाई प्रोत्साहन (३:१-१७)
२ पत्रुसको पुस्तक कसले लेखे ?
लेखकले आफैँलाई सिमोन पत्रुसको रूपमा परिचय गराए । सिमोन पत्रुस एक जना प्रेरित थिए । तिनले १ पत्रुस पनि लेखे । पत्रुसले आफ्नो मृत्यु हुनअगि रोमको झ्यालखानाबाट यो पत्र लेखेको हुन सक्छ । पत्रुसले यो पत्रलाई दोस्रो पत्र भनेका छन्, यसैले यो लेखिएको मिति १ पत्रुस भन्दा पछि हो भन्न सक्छौँ । पहिलो पत्र तिनले जुन पाठकहरूलाई लेखे, उनीहरूलाई तिनले यो पत्र पनि लेखे । ती पाठकहरू शायद एसियाको पश्चिमी प्रायद्वीपभरी छरपष्ट भएका ख्रीष्टिएनहरू थिए ।
२ पत्रुसको पुस्तक केको बारेमा हो ?
विश्वासीहरूले असल जीवन बिताउन सकून् भनेर तिनीहरूलाई उत्साह दिनका लागि पत्रुसले यो पत्र लेखे । येशू दोस्रोपल्ट आउन ढिला गरिरहनुभएको छ भनेर सिकाइरहेका झूटा शिक्षकहरूका विरुद्धमा तिनले चेतावनी दिए । येशू फेरि आउन ढिला गर्नुहुन्न भनेर तिनले उनीहरूलाई बताए । बरु, परमेश्वरले मानिसहरूलाई पश्चाताप गर्ने मौका दिँदै हुनुहुन्थ्यो, र यसरी तिनीहरू बाँच्न सक्ने छन् ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ पत्रुस” वा “दोस्रो पत्रुस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “पत्रुसबाटको दोस्रो पत्र” वा “पत्रुसले लेखेको दोस्रो पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
ती को मानिसहरू थिए जसको विरुद्धमा पत्रुसले बोले ?
पत्रुसले विरोध गरेर बोलेका झूटा शिक्षकहरू ज्ञानवादीहरू भनेर चिनिएकाहरू हुन सक्ने सम्भावना छ । यी शिक्षकले आफ्नै फाइदाका लागि धर्मशास्त्रका शिक्षालाई बङ्ग्याए । तिनीहरूले अनैतिक प्रकारले जिवन बिताउँथे र अरू मानिसलाई त्यसै गर्न सिकाउँथे ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्नु अर्थ के हुन्छ ?
धर्मशास्त्रको सिद्धान्त अति नै महत्त्वपूर्ण कुरा हो । २ पत्रुसले पाठकहरूलाई यो कुरा बुझ्न सहायता पुर्याउँदछ, कि धर्मशास्त्रका प्रत्येक लेखकका लेख्ने तरिका आफ्नै विशिष्ट प्रकारका भए तापनि परमेश्वर नै धर्मशास्त्रका साँचो लेखक हुनुहुन्छ (१:२०-२१) ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पत्रुसलाई जनाउँछ । साथै, “तिमीहरू” शब्द सधैँ बहुवचनमा छ र त्यसले पत्रुसका श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
२ पत्रुसको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
तल दिइएका पदहरूका लागि, बाइबलका कुनै आधुनिक अनुवादमा पुरानो अनुवादभन्दा फरक भएको पाइन्छ । यूएलटीले आधुनिक पाठको प्रयोग गरेको छ र पुरानो पाठलाई पादटिप्पणीमा राखेको छ । अनुवादकहरू भएका ठाउँमा बाइबलको अनुवाद छँदै छ भने, तिनीहरूले तिनै अनुवादहरूका पाठलाई प्रयोग गर्ने कुरालाई विचार गर्न सक्छन् । यदि छैन भने, आधुनिक अनुवादका पाठलाई प्रयोग गर्ने सुझाव अनुवादकहरूलाई दिइन्छ ।
- “इन्साफको समयसम्मलाई तल्लो अन्धकारको साङ्लाहरूमा राखिन” (२:४) । कुनै आधुनिक अनुवाद र पुरानो अनुवादले यसरी लेखेका छन्, “इन्साफ नहोउञ्जेलका लागि तल्लो अन्धकारको खाडलमा राखिन ।”
- “तिनीहरूले तिमीहरूसँग भोज गरिरहँदा तिनीहरूका छलपूर्ण कार्यहरूमा तिनीहरू रमाउँछन्” (२:१३) । केही संस्करणहरूमा यसरी छ, “तिमीहरूसँग प्रेम भोजहरूमा बस्दा तिनीहरूका कार्यहरूमा तिनीहरू रमाउँछन् ।”
- “बओर” (२:१५) । केही अरू संस्करणहरूमा यसरी भनिएको छ, “बोसोर ।”
- “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू प्रकट गरिनेछन्” (३:१०) । अन्य संस्करणहरूमा यसरी छ, “द्यातुहरूलाई आगोले जलाइनेछ, र पृथ्वी र त्यसमा गरिएका कुराहरू जल्नेछन् ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Peter 1
२ पत्रुस ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पत्रुसले पद १-२ मा औपचारिक रूपले यो पत्रको परिचय दिन्छन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरको ज्ञान
परमेश्वरको ज्ञान हुनुको अर्थ उहाँको आफ्नो हुनु हो वा उहाँसँग सम्बन्ध राख्नु हो । यहाँ “ज्ञान” भन्नाले दिमागले परमेश्वरलाई चिन्नेभन्दा अझ धेरै कुरा हो । यो ज्ञानले गर्दा परमेश्वरले त्यो व्यक्तिलाई बचाउनुहुन्छ र उसलाई अनुग्रह र शान्ति दिनुहुन्छ । (हेर्नुहोस्ः जान्नु, ज्ञान, अपरिचित, छुट्याउन)
धर्मी जीवन जिउने
विश्वासीहरूलाई भक्तिको जीवन बिताउन आवश्यक पर्ने सबै कुरा उहाँले तिनीहरूलाई दिनुभएको छ भनेर पत्रुसले सिकाएका छन् । यसकारण, विश्वासीहरूले परमेश्वरको आज्ञापालन गर्नका लागि आफूले सक्ने हरेक कुरा गर्न तिनीहरूले भरसक प्रयास गर्नुपर्दछ । यदि विश्वासीहरूले निरन्तर रूपले यी कुरा गर्दछन् भने, येशूसँगको तिनीहरूको आफ्नो सम्बन्धद्वारा तिनीहरू प्रभावकारी र उत्पादनशील हुन सक्दछन् । तापनि, यदि विश्वासीहरूले निरन्तर रूपमा भक्तिको जीवन बिताउँदैनन् भने, परमेश्वरले तिनीहरूलाई बचाउनका लागि ख्रीष्टद्वारा जे गर्नुभयो, त्यो कुरालाई तिनीहरूले बिर्सेको जस्तै हो । (हेर्नुहोस्ः ईश्वरीय, ईश्वरभक्ति अनि बचाउनु, सुरक्षित)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
धर्मशास्त्रको सत्यता
धर्मशास्त्रमा भएका अगमवाणीहरू मानिसहरूले आफैँले बनाएका कुरा होइनन् भनी पत्रुसले सिकाएका छन् । परमेश्वरको सन्देश बोलेका र तिनलाई लेखेका मानिसहरूलाई पवित्र आत्मा आफैँले त्यो सन्देश प्रकट गरिदिनुभयो । साथै, पत्रुस र अरु प्रेरितहरूले प्रचार गरेको येशूको सन्देश तिनीहरू आफैँले कल्पना गरेका कथाहरू थिएनन् । येशूले गर्नुभएका कुराहरूको साक्षी तिनीहरूले दिए र परमेश्वरले येशूलाई उहाँको पुत्र भन्नुभएको सुने ।
2 Peter 1:1
Σίμων Πέτρος
पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्वासीहरूलाई पहिचान गर्छन् र अभिवादन गर्छन् ।
δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ
पत्रुसले येशू ख्रीष्टको दास हुने कुराको विषयमा बताउँछन् । उनलाई ख्रीष्टको प्रेरितको पद र अधिकार पनि दिइएको थियो ।
τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν
ती मानिसहरूले विश्वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्वरले उनीहरूलाई त्यो विश्वास दिनुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले उस्तै बहुमूल्य विश्वास दिनुभएका मानिसहरूलाई” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῖς…λαχοῦσιν
“तिमीहरू जसले प्राप्त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।
ἡμῖν
यहाँ शब्द “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनले पत्र लेखिरहेका मानिसहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्त गरेका छौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
2 Peter 1:2
χάρις…καὶ εἰρήνη πληθυνθείη
परमेश्वरले विश्वासीहरूलाई अनुग्रह र शान्ति दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनुग्रह र तिमीहरूको शान्तिको वृद्धि गर्नुभएको होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
χάρις…καὶ εἰρήνη πληθυνθείη
पत्रुसले शान्तिलाई आकारमा वा सङ्ख्यामा वृद्धि हुने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर र येशू हाम्रा प्रभुलाई तिमीहरूले चिनेको कुराद्वारा” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 1:3
ὡς…ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ…δεδωρημένης
पत्रुसले विश्वासीहरूलाई ईश्वरीय जीवन जिउने सम्बन्धमा शिक्षा दिन सुरु गर्छन् ।
πρὸς ζωὴν καὶ εὐσέβειαν
यहाँ “धार्मिकता”ले “जीवन”लाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “धार्मिक जीवनको निम्ति” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
ἡμᾶς
यहाँ “हामीलाई” शब्दले पत्रुस र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Peter 1:4
δι’ ὧν
यहाँ “यी कुराहरू” भन्ने कुराले “उहाँको आफ्नै महिमा र सद्गुण”लाई जनाउँछ ।
διὰ τούτων
“तिमीहरू भाग लिन सक”
θείας…φύσεως
परमेश्वर जस्तो हुनुहुन्छ
ἀποφυγόντες τῆς…φθορᾶς
पत्रुस भन्छन्, पापमय अभिलाषाहरूले गर्दा हुने भ्रष्टताबाट आउने दुःख नभोग्ने मानिसहरू उक्त भ्रष्टताबाट उम्केर बाँचेका मानिसहरू हुन् । “भ्रष्टता” शब्द भाववाचक नाउँ हो, र यसलाई क्रियापदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी यस संसारको पापमय अभिलाषाहरूले तिमीहरूलाई फेरि भ्रष्ट पार्ने छैन” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
2 Peter 1:5
καὶ αὐτὸ τοῦτο δὲ
यो शब्दले पत्रुसले यो भन्दा अगाडिका पदहरूमा भनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले गर्नुभएका कुराहरूको कारणले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Peter 1:7
τὴν φιλαδελφίαν…τῇ φιλαδελφίᾳ
यसले मित्र वा परिवारका सदस्यहरूलाई गरिने प्रेमलाई जनाउँछ र तिनीहरूले तिनीहरूका आत्मिक पारिवारलाई प्रेम गर्नुपर्छ भन्ने अर्थ दिन सक्छ ।
2 Peter 1:8
ταῦτα
यसले विश्वास, सद्गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, ईश्वरभक्ति, भातृ स्नेह र प्रेमलाई जनाउँछ, जसलाई पत्रुसले अगाडिका पदहरूमा उल्लेख गरेका छन् ।
οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν
पत्रुसले यस्ता गुण नभएको व्यक्तिलाई अन्न नउब्जाउने खेतसँग तुलना गरेका छन् । यसलाई सकारात्मक तरिकाले पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उत्पादन गर्नेछौ र फलवन्त हुनेछौ” वा “तिमीहरू प्रभावकारी हुनेछौ” (हेर्नुहोस्ः रूपक अनि दोहोरो नकारात्मक)
οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους
यी शब्दहरूले एउटै अर्थ दिन्छन् र त्यस्तो व्यक्ति फलवन्त हुँदैन वा येशूलाई चिनेर पनि केही फाइदा पाउन सक्दैन भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “फलविहीन” (हेर्नुहोस्ः प्रतिरूपी)
εἰς τὴν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ἐπίγνωσιν
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वर र येशू हाम्रा प्रभुलाई चिनेको कुराद्वारा” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 1:9
ᾧ…μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν
कुनै पनि व्यक्ति जससँग यी कुराहरू छैन
τυφλός ἐστιν μυωπάζων
यी कुराहरू नभएको व्यक्तिलाई पत्रुसले टाढाको नदेख्ने वा अन्धो व्यक्तिसँग तुलना गरेका छन् किनकि त्यसले ती कुराहरूको महत्त्व देख्दैन । वैकल्पिक अनुवादः “तिनीहरूको मूल्य नबुझ्ने टाढाको वस्तु नदेख्ने व्यक्ति जस्तै हुन्छ” (हेर्नुहोस्ः रूपक)
τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν
यसलाई अनुवाद गर्न तपाईंले क्रियापद प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसका पुराना पापहरू धुनुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 1:10
βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι
“बोलावट” र चुनाउ” शब्दहरूले एउटै अर्थ दिन्छन् र यसले परमेश्वरले तिनीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आफ्नो बनाउनको निम्ति छान्नुभएको हो भन्ने कुरामा निश्चित होओ” (हेर्नुहोस्ः प्रतिरूपी)
οὐ μὴ πταίσητέ ποτε
यहाँ “लोट्नु” भन्ने शब्दले १) पाप गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पापपूर्ण स्वभावको अभ्यास गर्नेछैनौ” वा २) ख्रीष्टप्रति विश्वासयोग्य नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्टप्रति विश्वासघाति हुनेछैनौ” (हेर्नुहोस्ः रूपक)
2 Peter 1:11
πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई अनन्त राज्यमा प्रशस्त गरी प्रवेश दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ
पस्ने अवसर
2 Peter 1:12
διὸ
पत्रुस विश्वासीहरूलाई निरन्तर सम्झना दिलाउने वा सिकाउने दायित्व आफ्नो भएको कुरा तिनीहरूलाई बताउँछन् ।
ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ
“तिमीहरूले यी कुराहरूको सत्यतालाई बलियो गरी विश्वास गर्छौ”
2 Peter 1:13
διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει
यहाँ “जगाउनु” भन्ने शब्दले कसैलाई निद्राबाट बिउँझाउनु भन्ने अर्थ दिन्छ । पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्ने कुरालाई तिनीहरूलाई निद्राबाट बिउँझाउने कामसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई यी कुराहरूको बारेमा सम्झना दिलाउन ताकि तिमीहरूले यस बारेमा सोच” (हेर्नुहोस्ः रूपक)
ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι
पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जबसम्म म यस शरीरमा छु” वा “जबसम्म म जीवित छु” (हेर्नुहोस्ः रूपक अनि व्यञ्जना)
2 Peter 1:14
ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου
पत्रुसले आफ्नो शरीरलाई कुनै एउटा पालको रूपमा व्यक्त गर्छन् जुन उनले लगाइरहेका छन् र पछि त्याग्नेछन् । उनको शरीरमा हुने कुराले जीवित हुने कुरालाई प्रतिनिधित्व गर्छ, र त्यसलाई त्याग्ने कुराले मर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “म यस शरीरलाई चाँडै त्याग्नेछु” वा “म चाँडै मर्नेछु” (हेर्नुहोस्ः रूपक अनि व्यञ्जना)
2 Peter 1:15
τούτων
यहाँ “यी कुराहरू” भन्ने शब्दहरूले पत्रुसले अघिल्ला पदहरूमा भनेका सबै कुराहरूलाई जनाउँछ ।
पत्रुसले आफ्नो मृत्युलाई एउटा ठाउँ छोडेर कुनै अर्को ठाउँमा जाने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मेरो मृत्युपछि” वा “म मरेपछि” (हेर्नुहोस्ः रूपक अनि व्यञ्जना)
2 Peter 1:16
γὰρ
पत्रुसले विश्वासीहरूलाई आफ्नो शिक्षाको बारेमा बताउने कामलाई निरन्तरता दिन्छन् र ती किन विश्वासयोग्य छन् भनेर बताउँछन् ।
ἐγνωρίσαμεν
यहाँ “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनका पाठकहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “किनकि हामी प्रेरितहरूले बनावटी कथाहरूलाई पछ्याएनौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν…δύναμιν καὶ παρουσίαν
यी दुई वाक्यांशहरूले एउटै कुरालाई बुझाउँछन् र एकल वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शक्तिशाली आगमन” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν
सम्भावित अर्थहरू हुन् १) प्रभु येशूको भविष्यको दोस्रो आगमन वा २) प्रभु येशूको प्रथम आगमन ।
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
यहाँ “हाम्रा” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Peter 1:17
φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς Μεγαλοπρεποῦς Δόξης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँले वैभवपूर्ण महिमाबाट आएको आवाज सुन्नुभयो” वा “जब उहाँले वैभवपूर्ण महिमाको आवाजले उहाँसँग बोलेको उहाँले सुन्नुभयो” वा “जब वैभवपूर्ण महिमाले उहाँसँग बोल्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς Μεγαλοπρεποῦς Δόξης
पत्रुसले परमेश्वरको महिमाको बारेमा कुरा गर्छन् । यो परमेश्वरप्रति गरिएको आदरको कारण उहाँको नाम नलिईकनै उहाँलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “परमेश्वर, सर्वोच्च महिमाले भनिरहनुभएको” (हेर्नुहोस्ः लक्षणा अनि व्यञ्जना)
2 Peter 1:18
ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν
“हामी” शब्दबाट पत्रुसले आफैँलाई र चेलाहरू याकूब र यूहन्नालाई जनाउँछन् जसले परमेश्वरको आवाज सुने । वैकल्पिक अनुवादः “हामी आफैँले यो स्वर सुन्यौँ जुन स्वर्गबाट आयो” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐξ οὐρανοῦ, ἐνεχθεῖσαν
“उहाँको आवाज सुन्यौँ जसले स्वर्गबाट बोल्नुभयो”
σὺν αὐτῷ, ὄντες
“हामी येशूसँग थियौँ”
2 Peter 1:19
पत्रुसले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον
पत्रुस र अन्य प्रेरितहरूले देखेको कुराहरूले, जुन उनले अघिल्ला पदहरूमा वर्णन गरे, अगमवक्ताहरूले बोलेको कुरालाई स्पष्ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि हामीले देखेका कुराहरूले अगमवाणीको वचनलाई अझ निश्चित बनाएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
ἔχομεν
यहाँ “हामी” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ, जसमा पत्रुस र उनका पाठकहरू पनि पर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
βεβαιότερον τὸν προφητικὸν λόγον
यसले पुरानो करारलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले बोलेको धर्मशास्त्रका वचनहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ᾧ καλῶς ποιεῖτε προσέχοντες
पत्रुसले विश्वासीहरूलाई अगमवाणीका वचनहरूलाई ध्यान दिनको निम्ति निर्देशन दिन्छन् ।
ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ
पत्रुसले अगमवाणीका वचनहरूलाई बिहान उज्यालो नहोउञ्जेलसम्म अन्धकारमा ज्योति दिने बत्तीसँग तुलना गर्छन् । आउनेवाला बिहानले ख्रीष्टको आगमनलाई जनाउँछ । (हेर्नुहोस्ः उपमा)
φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν
पत्रुसले ख्रीष्टलाई “बिहानको तारा”को रूपमा बताउँछन्, जसले सङ्केत गर्छ कि दिनको सुरुवात र अन्धकारको अन्त्य नजिकै छ । ख्रीष्टले सबै आशङ्का हटाएर उहाँ को हुनुहुन्छ भन्ने कुराको पूर्ण समझ ल्याएर विश्वासीहरूको हृदयमा उज्यालो ल्याउनुहुनेछ । यहाँ “हृदयहरू” भन्ने शब्द मानिसहरूका दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको हृदयमा उहाँको ज्योति चम्काउनुहुन्छ जसरी बिहानको ताराले त्यसको ज्योति संसारमा चम्काउँछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
φωσφόρος
“बिहानको तारा” ले शुक्र ग्रहलाई जनाउँछ, जुन कहिलेकाहीँ सूर्य उदाउनुभन्दा अगाडि उदाउँछ र दिनको सुरुवातलाई सङ्केत गर्छ ।
2 Peter 1:20
τοῦτο πρῶτον γινώσκοντες
“सबैभन्दा महत्त्वपूर्ण रूपमा, तिमीहरूले यो बुझ्नुपर्छ”
πᾶσα προφητεία Γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται
सम्भावित अर्थहरू हुन् १) अगमवक्ताहरूले आफ्नै तरिकाले अगमवाणी बोलेका होइनन् वा २) अगमवाणीहरूलाई बुझ्नको निम्ति मानिसहरूले पवित्र आत्मामा भर पर्नुपर्छ वा ३) मानिसहरूले अगमवाणीहरूलाई सम्पूर्ण विश्वासीको समुदायको सहयोगमा व्याख्या गर्नुपर्छ ।
2 Peter 1:21
ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι, ἐλάλησαν ἀπὸ Θεοῦ ἄνθρωποι
परमेश्वरले चाहनुभएको कुरा लेख्न अगमवक्ताहरूलाई पवित्र आत्माले सहायता गर्नुभएको कुरा चाहिँ पवित्र आत्माले तिनीहरूलाई एक ठाउँदेखि अर्को ठाउँसम्म बोक्नुभएको भए झैँ गरेर पत्रुसले बताउँछन् । वैकल्पिक अनुवादः “मानिसहरूले पवित्र आत्माको अगुवाइमा परमेश्वरबाट आएको वचन बोले” (हेर्नुहोस्ः रूपक)
2 Peter 2
२ पत्रुस ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
शरीर
“शरीर” शब्द व्यक्तिको पापमय स्वभाव जनाउने अलङ्कारको हो । मानवजातिको शारीरिक अङ्ग पापमय हुँदैन । भक्तिमय कुराहरू सबैलाई तिरस्कार गर्ने र पापमय कुराहरूको चाहना गर्ने मानवजातिको स्वभावलाई “शरीर” शब्दले प्रतिनिधित्व गर्दछ । मानवजातिले येशूमा विश्वास गरेर पवित्र आत्मा पाउनुअगि सबै मानवको अवस्था यही हो । (हेर्नुहोस्ः मासु, देह)
अन्तर्निहित जानकारी
यदि अहिलेसम्म पुरानो करारको अनुवाद भएको छैन भने २:४-८ मा भएका थुप्रै तुलनात्मक खण्डहरू बुझ्न कठिन हुन्छ । यसका लागि अरू स्पष्ट पार्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Peter 2:1
δὲ
पत्रुसले विश्वासीहरूलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन सुरु गर्छन् ।
ἐν τῷ λαῷ
इस्राएलीहरूलाई छल गर्दै जसरी झूटा अगमवक्ताहरू आए, त्यसरी नै ख्रीष्टको बारेमा झूट बोल्दै झूटा शिक्षकहरू पनि आउनेछन् ।
αἱρέσεις ἀπωλείας
“झूटा शिक्षाहरू” ले ख्रीष्ट र प्रेरितहरूको शिक्षाभन्दा फरक विचारलाई जनाउँछ । यी झूटा शिक्षाहरूले तिनमा विश्वास गर्नेहरूको विश्वासलाई नष्ट गर्ने काम गर्छन् ।
τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην
यहाँ “मालिक” शब्दले दासहरू राखेको व्यक्तिलाई जनाउँछ । पत्रुस भन्छन्, येशू मानिसहरूका मालिक हुनुहुन्छ, र उहाँले आफ्नो मृत्युको मोल तिरेर तिनीहरूलाई किन्नुभएको छ । (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Peter 2:2
ταῖς ἀσελγείαις
अनैतिक यौन व्यवहार
ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται
“सत्यताको मार्ग” भन्ने वाक्यांशले ख्रीष्टिएन विश्वास परमेश्वरकहाँ पुग्ने सत्य बाटो हो भन्ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास नगर्नेहरूले सत्यताको मार्गलाई निन्दा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 2:3
πλαστοῖς λόγοις
“झूट बोलेर तिनीहरूलाई पैसा दिनलाई तिमीहरूलाई मनाउनेछन्”
οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει
पत्रुसले “दण्डाज्ञा” र “विनाश”लाई काम गर्ने कुनै मानिसको रूपमा व्यक्त गर्छन् । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झूटा शिक्षकहरूको विनाश कति चाँडै हुनेछ भन्ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः मानवीकरण अनि समान्तरता)
οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει
तपाईंले यी वाक्यांशहरूलाई सकारात्मक तरिकाले अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई चाँडै दोष लगाउनुहुनेछ; उहाँ तिनीहरूको विनाश गर्नको निम्ति तयार हुनुहुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि भाववाचक नाम)
2 Peter 2:4
εἰ
पत्रुसले परमेश्वरको विरुद्धमा काम गर्ने मानिसहरूको उदाहरण दिन्छन्, जसलाई तिनीहरूको कामको कारण परमेश्वरले सजाय दिनुभयो ।
οὐκ ἐφείσατο
“सजाय दिनबाट पछि हट्नुभएन” वा “सजाय दिनुभयो”
ταρταρώσας
“टार्टारस” शब्द चाहिँ ग्रीक धर्मबाट लिइएको हो जसले त्यो स्थानलाई जनाउँछ जहाँ दुष्ट आत्माहरू र मरिगएका खराब मानिसहरूलाई दण्ड दिइन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई नरकमा हालिदिनुभयो” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले तिनीहरूलाई घोर अन्धकारको साङ्लाले बाँधेर राख्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σειροῖς ζόφου
सम्भावित अर्थहरू हुन् १) “निस्पट्ट अन्धकार ठाउँमा साङ्लाले बाँधेर वा २) “तिनीहरूलाई साङ्लाले जस्तै थुनेर राख्ने घोर अन्धकारमा ।” (हेर्नुहोस्ः रूपक)
εἰς κρίσιν
यसले परमेश्वरले सबैजनालाई इन्साफ गर्ने दिनलाई जनाउँछ ।
2 Peter 2:5
ἀρχαίου κόσμου οὐκ ἐφείσατο
“संसार” शब्दले त्यसमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्राचीन संसारमा बस्ने मानिसहरूलाई पनि बाँकी राख्नुभएन” (हेर्नुहोस्ः लक्षणा)
ὄγδοον, Νῶε
प्राचीन संसारमा बस्ने मानिसहरूलाई नष्ट गर्नुहुँदा उहाँले नोआ र अरू सात जनालाई नष्ट गर्नुभएन ।
2 Peter 2:6
πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας
“सदोम र गमोराका सहरहरूलाई खरानी नहोउञ्जेलसम्म जलाउनुभयो”
यहाँ “तिनीहरू” शब्दले सदोम र गमोरा अनि ती सहरहरूमा बस्ने मानिसहरूलाई जनाउँछ ।
ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς
सदोम र गमोराले परमेश्वरको आज्ञा नमान्नेहरूलाई के हुन्छ भन्ने कुराको उदाहरण र चेतावनीलाई जनाउँछ ।
2 Peter 2:7
καὶ
पत्रुसले लोतको उदाहरण दिन्छन्, जसलाई परमेश्वरले दण्ड पाउन योग्य मानिसहरूका बीचबाट उद्धार गरेर निकाल्नुभयो ।
τῶν ἀθέσμων
“परमेश्वरको व्यवस्था उल्लङ्घन गर्ने मानिसहरूको अनैतिक व्यवहार”
2 Peter 2:8
ὁ δίκαιος
यसले लोतलाई जनाउँछ ।
ψυχὴν δικαίαν…ἐβασάνιζεν
यहाँ “आत्मा” शब्दले लोतको विचार र भावनाहरूलाई जनाउँछ । सदोम र गमोराका मानिसहरूको अनैतिक आचरणले उनलाई भावनात्मक रूपमा विचलित बनायो । वैकल्पिक अनुवादः “निकै विचलित भए” (हेर्नुहोस्ः उपलक्षण)
2 Peter 2:10
δὲ
पत्रुसले अधर्मी मानिसका गुणहरूको बारेमा वर्णन गर्दै यो खण्डको सुरु गर्छन् ।
“यो” शब्दले २ पत्रुस २:०९ मा परमेश्वरले अधर्मी मानिसहरूलाई न्यायको दिनसम्म थुनामा राख्ने कामलाई जनाउँछ ।
σαρκὸς
यहाँ “शरीरका इच्छाहरू” भन्ने वाक्यांशले पापमय स्वभावका इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्ना भ्रष्ट, पापमय इच्छाहरूमा लागिरहनेहरू ”
κυριότητος καταφρονοῦντας
“परमेश्वरको अधिकारको अधीनमा हुन नमान्नु ।” यहाँ “अधिकार” शब्दले शायद परमेश्वरको अधिकारलाई जनाउँछ ।
यहाँ “अधिकार”ले परमेश्वरलाई जनाउँछ, जससँग आज्ञाहरू दिने र अनाज्ञाकारीहरूलाई दण्ड दिने अधिकार छ । (हेर्नुहोस्ः लक्षणा)
αὐθάδεις
“तिनीहरूलाई मन लागेको कुरा जे पनि गर्ने”
δόξας
यस वाक्यांशले स्वर्गदूतहरू वा भूतहरूजस्ता आत्मिक प्राणीहरूलाई जनाउँछ ।
2 Peter 2:11
ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες
“झूटा शिक्षकहरूको भन्दा बढी सामर्थ्य र शक्ति”
οὐ φέρουσιν κατ’ αὐτῶν…βλάσφημον κρίσιν
“तिनीहरू” शब्दले स्वर्गदूतहरूलाई जनाउँछ । “तिनीहरू” शब्दको सम्भावित अर्थहरू हुन् १) महिमितहरू वा २) झूटा शिक्षकहरू ।
तिनीहरूलाई स्वर्गदूतहरूले दोष लगाउन सक्छन् भन्ने कुरालाई तिनीहरूले दोषारोपणको हतियार प्रयोग गरेर आक्रमण गर्न सक्ने भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
2 Peter 2:12
οὗτοι…ὡς ἄλογα ζῷα
जसरी पशुहरूले तर्क गर्न सक्दैनन्, यी मानिसहरूसँग पनि तर्क गर्न सकिँदैन । वैकल्पिक अनुवादः “यी झूटा अगमवक्ताहरू अज्ञानी पशुहरूजस्तै छन् जो पक्रेर मारिनलाई बनाइएका हुन्” (हेर्नुहोस्ः रूपक)
ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες
तिनीहरूले नजानेका र नबुझेका कुराहरूको बारेमा तिनीहरू दुष्ट कुराहरू गर्छन् ।
καὶ φθαρήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 2:13
ἀδικούμενοι μισθὸν ἀδικίας
झूटा शिक्षकहरूले पाउने दण्डलाई पत्रुसले इनामको रूपमा व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूका गलत कामहरूलाई मिल्ने किसिमका दण्डहरू तिनीहरूले प्राप्त गर्नेछन्” (हेर्नुहोस्ः व्यङ्ग्य)
τὴν ἐν ἡμέρᾳ τρυφήν
यहाँ “आनन्द” शब्दले खन्चुवापन, पियक्कडपन र यौन गतिविधिजस्ता अनैतिक कुराहरूलाई जनाउँछ । यी कामहरू दिनमा गर्ने कुराले ती मानिसहरू यस्ता कामहरू गर्दा लाज मान्दैनन् भन्ने जनाउँछ ।
σπίλοι καὶ μῶμοι
“धब्बा” र “दागहरू” शब्दहरूले एउटै अर्थ दिन्छन् । पत्रुसले झूटा शिक्षकहरूलाई कपडामा लागेका दागहरूको रूपमा व्यक्त गरेका छन्, जसलाई लगाउनेले लाजको बोध गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरू कपडामा लागेका धब्बा र दागहरू हुन, जसले अपमान ल्याउँछ” (हेर्नुहोस्ः रूपक अनि प्रतिरूपी)
2 Peter 2:14
ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος
यहाँ “आँखा”ले तिनीहरूका इच्छाहरूलाई प्रतिनिधित्व गर्छ र “भरिएका आँखा” भन्ने कुराले तिनीहरूले निरन्तर केही कुरा चाहन्छन् भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निरन्तर व्यभिचार गर्न चाहन्छन्” (हेर्नुहोस्ः लक्षणा)
तिनीहरू आफ्नो कुवासनालाई सन्तुष्ट पार्नको निम्ति नै पाप गर्छन्, तिनीहरूले गरेका पापहरूले कहिल्यै पनि तिनीहरूलाई सन्तुष्टि दिँदैनन् ।
δελεάζοντες ψυχὰς ἀστηρίκτους
यहाँ “मनहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनवुादः “तिनीहरूले अस्थिर मानिसहरूलाई लोभ्याउँछन्” (हेर्नुहोस्ः उपलक्षण)
καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες
यहाँ “मन” शब्दले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । तिनीहरूको बानीको कारणले तिनीहरूले आफैँलाई लोभी भएर सोच्न र काम गर्न तालिम दिएका छन् । (हेर्नुहोस्ः लक्षणा)
2 Peter 2:15
καταλειπόντες εὐθεῖαν ὁδὸν
“झूटा शिक्षकहरूले सही मार्गलाई त्यागेका छन् ... लाई पछ्याउनलाई बरालिएर गएका छन् ।” झूटा शिक्षकहरूले सही कुरालाई इन्कार गरेर परमेश्वरको आज्ञापालन गर्न मानेनन् ।
εὐθεῖαν ὁδὸν
परमेश्वरको आदर गर्ने सही व्यवहारलाई पछ्याउन मिल्ने सही मार्गको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः रूपक)
2 Peter 2:16
ἔλεγξιν…ἔσχεν
परमेश्वरले बालामलाई हप्काउनुभयो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले त्यसलाई हप्काउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)
स्वाभाविक रूपमा बोल्न नसक्ने गधाले मानिसजस्तै गरी बोल्यो ।
ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν
परमेश्वरले अगमवक्ताको मूर्खतापूर्ण कामलाई रोक्नको निम्ति एउटा गधालाई प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः लक्षणा)
2 Peter 2:17
οὗτοί εἰσιν πηγαὶ ἄνυδροι
मूलको पानीले तिर्खाएका मानिसहरूलाई ताजगी दिन्छ, तर “पानी बिनाको मूल”ले तिर्खाएको मानिसलाई दुःखित तुल्याउँछ । त्यसरी नै, झूटा शिक्षकहरूले धेरै कुराका प्रतिज्ञाहरू गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः रूपक)
ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι
जब मानिसहरूले आँधीको बादल देख्छन्, तिनीहरूले पानी पर्ने आशा गर्छन् । तर जब पानी पर्नु अगाडि नै हावाले त्यो बादललाई उडायो भने मानिसहरू निराश हुन्छन् । त्यसरी नै, झूटा अगमवक्ताहरूले धेरै कुराको प्रतिज्ञा गर्दछन्, तर तिनीहरूले प्रतिज्ञा गरेका कुराहरू गर्न तिनीहरू असक्षम हुन्छन् । (हेर्नुहोस्ः रूपक)
οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται
“तिनीहरू” शब्दले झूटा शिक्षकहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको निम्ति घोर अन्धकार साँचेर राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 2:18
ὑπέρογκα…ματαιότητος φθεγγόμενοι
तिनीहरूले प्रभावशाली तर अर्थहीन शब्दहरू बोल्छन् ।
δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς
तिनीहरूले मानिसहरूलाई अनैतिक र पापमय कार्यहरूमा लगाउनलाई पापमय स्वभावलाई ध्यान दिन्छन् ।
τοὺς ὀλίγως ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους
यस वाक्यांशले हालैमा विश्वासीहरू बनेका मानिसहरूलाई जनाउँछ । “गलत कुरा गरेर जिउनेहरू” भन्ने वाक्यांशले ती अविश्वासीहरूलाई जनाउँछ जो अझै पनि पापमा जिउँछन् । वैकल्पिक अुनवादः “आफूहरूले पहिले गरेको झैँ गरेर र अरू मानिसहरूले झैँ गरेर पापपूर्ण तरिकाले जिउनुको साटोमा सही तरकाले जिउने कोसिस गर्ने मानिसहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्त्र पारिनुपर्छ । (हेर्नुहोस्ः रूपक)
2 Peter 2:19
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι
यहाँ “स्वतन्त्रता” भनेको कोही व्यक्तिले चाहेअनुसार नै जिउन सक्ने क्षमतालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तिनीहरूले उनीहरूलाई उनीहरूले चाहेअनुसार ठ्याक्कै त्यही तरिकाले जिउनलाई क्षमता दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ नै आफ्ना पापपूर्ण इच्छाहरूबाट उम्कन सक्दैनन्” (हेर्नुहोस्ः रूपक)
δοῦλοι
पापमय तरिकाले जिउने मानिसहरूलाई पत्रुसले पापको दासहरूको रूपमा चित्रित गर्छन् जसलाई तिनीहरूको कैदबाट स्वतन्त्र पारिनुपर्छ । (हेर्नुहोस्ः रूपक)
ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται
पत्रुसले कुनै मानिसलाई जे कुराले नियन्त्रणमा राख्छ, ऊ त्यसैको दास बन्ने र त्यो कुराचाहिँ मानिसको मालिक बन्ने कुरा गर्छन् । वैकल्पिक अनुवादः “किनकि यदि कुनै कुराले मानिसलाई नियन्त्रणमा राख्छ भने त्यो व्यक्ति त्यस कुराको दास जस्तै बन्छ । (हेर्नुहोस्ः रूपक)
2 Peter 2:20
αὐτοῖς
“तिनीहरू” र “तिनीहरूलाई” भन्ने शब्दहरूले झूटा शिक्षकहरूलाई जनाउँछ जसको बारेमा पत्रुसले १२-१९ का पदहरूमा कुरा गर्छन् ।
εἰ…ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου, ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων
यो वाक्य अवस्थाअनुसारको भनाइको विवरण हो जुन भनाइ सत्य छ । झूटा शिक्षकहरू एकपटक “उम्केका” थिए, तर यदि तिनीहरू फेरि पनि अल्झिन्छन् ... र जित्छ भने, तब तिनीहरूको अन्तिम अवस्था पहिलेको भन्दा खराब भएको हुन्छ ।
τὰ μιάσματα τοῦ κόσμου
“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अशुद्ध बनाउँछ । “संसार”ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू” (हेर्नुहोस्ः लक्षणा)
ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ
तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ । तपाईंले २ पत्रुस १:२ मा यस्तै समान वाक्यांशहरूलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर” (हेर्नुहोस्ः भाववाचक नाम)
γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων
“तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब हुन्छ”
2 Peter 2:21
τὴν ὁδὸν τῆς δικαιοσύνης
पत्रुसले जीवनलाई “मार्ग” वा “बाटो”को रूपमा व्यक्त गर्छन् । यस वाक्यांशले परमेश्वरको इच्छाअनुसारको जीवन जिउने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
ὑποστρέψαι ἐκ τῆς…ἁγίας ἐντολῆς
यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पवित्र आज्ञाको पालना गर्न छोड्नु” (हेर्नुहोस्ः रूपक)
τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई दिनुभएका पवित्र आज्ञा” वा “पवित्र आज्ञा जुन तिनीहरूले प्राप्त गरे भनेर परमेश्वरले पक्का गर्नुभयो”" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 2:22
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας
“यो उखान तिनीहरूमा लागु हुन्छ” वा “यो उखानले तिनीहरूको वर्णन गर्छ”
κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη, εἰς κυλισμὸν βορβόρου
पत्रुसले झूटा शिक्षकहरू “धार्मिकताको मार्ग” थाहा हुँदाहुँदै पनि कसरी तिनीहरूलाई नैतिक र आत्मिक रूपले अशुद्ध पार्ने कुराहरूतर्फ फर्केका छन् भन्ने कुरा बुझाउनलाई यी दुईवटा उखानको प्रयोग गरेका छन् । (हेर्नुहोस्ः हितोपदेश)
2 Peter 3
२ पत्रुस ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आगो
कुनै थोकहरूलाई नष्ट गर्न वा फोहर र काम नलाग्ने थोकहरू जलाएर नष्ट पारी कुनै कुरालाई शुद्ध पार्न मानिसहरूले आगोको प्रयोग गर्ने गर्दछन् । यसकारण, जब परमेश्वरले दुष्टहरूलाई दण्ड दिनुहुन्छ अथवा आफ्ना मानिसहरूको शुद्धिकरण गर्नुहुन्छ, तब यो कुरालाई प्रायः आगोसँग सम्बन्ध जोडेर गरेको हुन्छ । (हेर्नुहोस्ः आगो)
प्रभुको दिन
प्रभुको आगमनको ठीक समय मानिसहरूलाई छक्क पार्ने गरी आउने छ । “रातमा चोर आए झैँ” भन्ने उपमाको अर्थ यही हो । यसकारणले, प्रभुको आगमनका लागि ख्रीष्टिएनहरू तयार रहनुपर्छ । (हेर्नुहोस्ः प्रभुको दिन, याहोवेको दिन अनि उपमा)
2 Peter 3:1
ἀγαπητοί
पत्रुस अन्तिम दिनको बारेमा कुरा गर्न सुरु गर्छन् ।
διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν
पत्रुसले आफ्ना पाठकहरूलाई यी कुराहरूको बारेमा सोच्न लगाउने कुरालाई तिनीहरूलाई निद्राबाट उठाउने कुरासँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई शुद्ध कुराहरू सोच्ने बनाउन” (हेर्नुहोस्ः रूपक)
2 Peter 3:2
τῶν προειρημένων ῥημάτων, ὑπὸ τῶν ἁγίων προφητῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा, जसलाई तिमीहरूका प्रेरितहरूले तिमीहरूलाई दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 3:3
τοῦτο πρῶτον γινώσκοντες
Know this as the most important thing." See how you translated this in 2 Peter 1:20.
κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
यहाँ “इच्छा” शब्दले परमेश्वरको इच्छाको विपरीतमा भएका पापमय इच्छाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका आफ्नै पापमय इच्छाअनुसार जिउँदै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
काम गर्नु, व्यवहार गर्नु
2 Peter 3:4
ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ
गिल्ला गर्नेहरूले येशू फर्केर आउनुहुनेछ भन्ने कुरा तिनीहरूले विश्वास गर्दैनन् भन्ने कुरालाई जोड दिनको निम्ति यो आलङ्कारिक प्रश्न सोध्छन् । “प्रतिज्ञा” शब्दले येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञाको पूर्णतालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू फर्केर आउनुहुनेछ भन्ने प्रतिज्ञा सत्य छैन ! उहाँ फर्केर आउनुहुन्न !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि लक्षणा)
οἱ πατέρες ἐκοιμήθησαν
यहाँ शब्द “पूर्खाहरू”ले धेरै अगाडिका पूर्वजहरूलाई जनाउँछ । निदाए भनेको मरे भनेर बनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरू मरे” (हेर्नुहोस्ः व्यञ्जना)
πάντα οὕτως διαμένει ἀπ’ ἀρχῆς κτίσεως
गिल्ला गर्नेहरूले “सबै” शब्द चलाएर बढाइचढाइ गर्छन्, र संसारमा भएका केही कुराहरू पनि परिवर्तन भएका छैनन्, येशू फर्कनुहुन्छ भन्ने कुरा पनि सत्य होइन भन्ने तर्क गर्छन् । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἀπ’ ἀρχῆς κτίσεως
यसलाई क्रियापद भएको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले संसारको सृष्टि गर्नुभएको समयदेखि” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 3:5
γῆ…συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै अगाडि परमेश्वरले स्वर्गहरू र पृथ्वी उहाँको वचनद्वारा स्थापित गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα
यसको अर्थ हो कि परमेश्वरले पानीलाई एक ठाउँमा जम्मा गरेर पानीबाट जमिनलाई बाहिर निकाल्नुभयो ।
2 Peter 3:6
δι’ ὧν
यहाँ “यी कुराहरूद्वारा” भन्नाले परमेश्वरको वचन र पानीलाई जनाउँछ ।
ὕδατι κατακλυσθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस समयको संसारलाई पानीद्वारा डुबाउनुभयो र त्यसलाई नष्ट गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 3:7
οἱ…νῦν οὐρανοὶ καὶ ἡ γῆ, τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν, πυρὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यही वचनद्वारा स्वर्गहरू र पृथ्वीलाई आगोको निम्ति जोगाएर राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ αὐτῷ λόγῳ
यहाँ “आदेश”ले परमेश्वरलाई जनाउँछ, जसले आदेश दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वर जसले त्यस्तै आदेश दिनुहुनेछ”
τηρούμενοι εἰς ἡμέραν κρίσεως
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ र नयाँ वाक्यको रूपमा सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ती कुराहरू न्यायको दिनको निम्ति सुरक्षित राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων
यसलाई क्रियापद भएका वाक्यांशहरूको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस दिनको लागि जब उहाँले अधर्मी मानिसहरूको इन्साफ गर्नुहुन्छ र तिनीहरूलाई नष्ट गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
2 Peter 3:8
ἓν…τοῦτο μὴ λανθανέτω ὑμᾶς
“यो कुरा बुझ्नबाट नचुक” वा “यसलाई बेवास्ता नगर”
ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη
“कि प्रभुको नजरमा, एक दिन एक हजार वर्ष झैँ हुन्छ”
2 Peter 3:9
οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας
“प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्ने काममा ढिलो गर्नुहुन्न”
ὥς τινες βραδύτητα ἡγοῦνται
केही मानिसहरूले सोच्छन् कि प्रभु आफ्नो प्रतिज्ञाहरू पूरा गर्नलाई ढिलो हुनुहुन्छ किनभने समयको बारेमा तिनीहरूको सोचाइ परमेश्वरको भन्दा फरक छ ।
2 Peter 3:10
δὲ
प्रभुले धैर्य गर्दै हुनुहुन्छ र मानिसहरूले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ तरैपनि उहाँ फर्कनुहुनेछ र न्याय ल्याउनुहुनेछ ।
ἥξει…ἡμέρα Κυρίου ὡς κλέπτης
प्रभुले सबैलाई न्याय गर्नुहुने दिन अचानक आएर मानिसहरूलाई चकित पार्ने चोर जस्तै हुन्छ भनेर पत्रुसले व्यक्त गर्छन् । (हेर्नुहोस्ः मानवीकरण अनि उपमा)
“स्वर्गहरू बिलाउनेछन्”
στοιχεῖα…λυθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनवुादः “परमेश्वरले तत्त्वहरूलाई आगोले जलाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στοιχεῖα…λυθήσεται
सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका कुराहरू, जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने कुराहरू जस्तै माटो, हावा र पानी ।
γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται
परमेश्वरले सारा पृथ्वीलाई र सबैका कामहरू हेर्नुहुनेछ र तब उहाँले सबै कुराको न्याय गर्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पृथ्वीलाई र मानिसहरूले त्यसमा गरेका सबै कुराहरूलाई प्रकट गरिदिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 3:11
τούτων οὕτως πάντων λυομένων
पत्रुसले प्रभुको दिनको प्रतीक्षा गर्ने क्रममा कसरी जिउने भन्ने कुरा विश्वासीहरूलाई भन्न सुरु गर्छन् ।
τούτων οὕτως πάντων λυομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले सबैकुरालाई यसरी नै नष्ट गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς?
पत्रुसले तिनीहरूलाई पछि भन्ने कुरालाई जोड दिनको लागि यो आलङ्कारिक प्रश्नको प्रयोग गर्छन्, कि तिनीहरूले “पवित्र र धार्मिक जीवन जिउनुपर्छ ।” वैकल्पिक अनुवादः “तिमीहरू कस्ता मानिसहरू बन्नुपर्छ भन्ने तिमीहरूलाई थाहै छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
2 Peter 3:12
οὐρανοὶ…λυθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आकाशहरूलाई आगोले नष्ट गर्नुहुनेछ र उहाँले तत्त्वहरूलाई प्रचण्ड तापमा पगाल्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στοιχεῖα…τήκεται
सम्भावित अर्थहरू हुन् १) स्वर्गीय शरीरहरू जस्तै सूर्य, चन्द्रमा र ताराहरू वा २) स्वर्ग र पृथ्वी बनाउने चीजहरू जस्तै माटो, हावा, आगो र पानी । तपाईंले यसलाई २ पत्रुस ३:१०३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
2 Peter 3:13
ἐν οἷς δικαιοσύνη κατοικεῖ
पत्रुसले “धार्मिकता”लाई मानिसको रूपमा व्यक्त गर्छन् । यो धार्मिक मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनवुादः “जहाँ धार्मिक मानिसहरू बस्नेछन्” वा “जहाँ मानिसहरू धर्मी तवरमा जिउनेछन्” (हेर्नुहोस्ः मानवीकरण अनि लक्षणा)
2 Peter 3:14
σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी जिउने भरमग्दुर प्रयास गर कि तिमीहरूलाई परमेश्वरले दागरहित र खोटरहित अनि उहाँमा र एक अर्कामा शान्तिमा रहेको पाउन सक्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἄσπιλοι καὶ ἀμώμητοι
“दागरहित” र “खोटरहित” शब्दहरूले एउटै अर्थ दिन्छन् र नैतिक शुद्धतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपले शुद्ध” (हेर्नुहोस्ः प्रतिरूपी)
αὐτῷ
यहाँ यसले “दोषरहित” भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः रूपक)
2 Peter 3:15
τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε
हाम्रा प्रभु धैर्यवान् हुनुभएको कारणले न्यायको दिन अझसम्म पनि आएको छैन । यसले मानिसहरूलाई २ पत्रुस ३:९ मा बताए जसरी पश्चात्ताप गर्ने र उद्धार प्राप्त गर्ने मौका दिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभुको धैर्यलाई तिमीहरूलाई पश्चात्ताप गर्न र उद्धार पाउनलाई दिइएको मौकाको रूपमा लेओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उनलाई दिनुभएको बुद्धिअनुसार” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Peter 3:16
λαλῶν ἐν αὐταῖς περὶ τούτων
“पावलले मुक्तिमा डोहोर्याउने परमेश्वरको धैर्यको बारेमा आफ्ना सबै पत्रहरूमा कुरा गर्छन्”
ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν
पावलका पत्रहरूमा बुझ्न कठिन हुने कुराहरू पनि छन् ।
अशिक्षित र अस्थिर मानिसहरूले पावलका पत्रहरूमा भएका बुझ्न कठिन कुराहरूको गलत अर्थ लगाउँछन् ।
“अनपढ र स्थिर नभएका ।” धर्मशास्त्रलाई कसरी ठीक तरिकाले अर्थ लगाउने भनेर यी मानिसहरूलाई सिकाइएको छैन र तिनीहरू सुसमाचारको सत्यतामा राम्ररी स्थापित भएका छैनन् ।
πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν
“तिनीहरूको आफ्नै विनाशको परिणाम ल्याउँदै”
2 Peter 3:17
οὖν
पत्रुसले विश्वासीहरूलाई शिक्षा दिने काम सक्छन् र पत्रको अन्त्य पनि गर्छन् ।
“यी कुराहरू”ले परमेश्वरको धैर्य र झूटा शिक्षकहरूको शिक्षाको बारेमा भएका सत्यताहरूलाई जनाउँछ ।
“आफ्नो रक्षा गर”
τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες
यहाँ “टाढा लैजानु” भनेको केही गलत गर्नलाई मनाइनु भन्ने कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि व्यवस्थाहीन मानिसहरूले तिमीहरूलाई नछलून् र तिमीहरूलाई केही गलत गर्न नलगाऊन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἵνα μὴ…ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ
विश्वासयोग्यतालाई विश्वासीहरूले गुमाउन सक्ने किसिमको कुनै सम्पत्तिको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “तिमीहरू विश्वासयोग्य हुन छोड्नु” (हेर्नुहोस्ः रूपक)
2 Peter 3:18
χάριτι
यहाँ प्रभुको अनुग्रह र ज्ञानमा बढ्दै जाने भनेको उहाँको अनुग्रहको बारेमा अरू धेरै अनुभव गर्ने र उहाँलाई अरू धेरै जान्ने कुरा हो । भाववाचक नामपद शब्द “अनुग्रह” लाई “दयापूर्वक व्यवहार गर्नु” भन्ने वाक्यांशको साथमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह अरू धेरै प्राप्त गर र उहाँलाई अझ धेरै जान” वा “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टले तिमीहरूसँग कसरी दयापूर्वक व्यवहार गर्नुभएको छ, त्यो कुरालाई अझ बढी जान र उहाँलाई झन् राम्ररी चिन” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)