नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Mark

Mark front

मर्कुसको सुसमाचारको परिचय

भाग १: सामान्य परिचय

मर्कुसको पुस्तकको रूपरेखा
  1. परिचय (१:१-१३)
  2. गालीलमा येशूको सेवकाइ
  3. सुरुको सेवकाइ (१:१४-३:६)
  4. येशू मानिसहरूको सामु अझ बढी लोकप्रिय बन्‍नुहुन्छ (३:७-५:४३)
  5. गालीलबाट गएको र त्यसपछि फर्केको (६:१-८:२६)
  6. यरूशलेमतर्फको यात्रा, येशूले उहाँको आफ्नै मृत्युको भविष्‍यवाणी गर्नुहुँदा पनि बारम्बार त्यहाँ गएको; चेलाहरूले गलत बुझ्‍छन्, र येशूले तिनीहरूलाई उहाँलाई पछ्याउन कति गाह्रो हुनेछ भनेर सिकाउनुहुन्छ (८:२७-१०:५२)
  7. सेवकाइका अन्तिम दिनहरू र यरूशलेममा हुने अन्तिम द्वन्द्वको लागि तयारी (११:१-१३:३७)
  8. ख्रीष्‍टको मृत्यु र रित्तो चिहान (१४:१-१६:८)
मर्कुसको पुस्तक केको बारेमा हो ?

मर्कुसको सुसमाचार नयाँ करारमा भएका चारवटा पुस्तकहरूमध्ये एक हो जसले येशू ख्रीष्‍टको जीवनका पक्षहरूलाई वर्णन गर्छन् । सुसमाचारहरूका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्‍ने कुराको विभिन्‍न पक्षहरूको बारेमा लेखे । येशूले कसरी दुःखभोग गर्नुभयो र क्रूसमा मर्नुभयो भन्‍ने विषयमा मर्कुसले निकै लेखे । उनले सतावट खेपिरहेका उनका पाठकहरूलाई प्रोत्साहन गर्नलाई यसो गरे । मर्कुसले यहूदी परम्पराहरू र केही आरमेइक शब्दहरूलाई पनि व्याख्या गरे । यसले सङ्केत गर्न सक्छ कि मर्कुसले उनका अधिकांश पहिला पाठकहरू अन्यजातिहरू हुनेछन् भन्‍ने अपेक्षा गरे ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “मर्कुसको सुसमाचार” वा “मर्कुसको अनुरूप भएको सुसमाचार” भनेर बोलाउनलाई छान्‍न सक्छन् । तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तो कि, “येशूको बारेमा भएको सुसन्देश जुन मर्कुसले लेखे” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

मर्कुसको पुस्तक कसले लेखे ?

यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्‍टिएन समयहरूदेखि, अधिकांश ख्रीष्‍टिएनहरूले विश्‍वास गरेका छन् कि लेखक चाहिँ मर्कुस नै थिए । मर्कुसलाई यूहन्‍ना मर्कुस पनि भनेर चिनिन्थ्यो । उनी पत्रुसको नजिकका मित्र थिए । येशूले भन्‍नुभएको र गर्नुभएको कुराको साक्षी हुन मर्कुस आफैँले नपाएका हुन सक्छन् । तर धेरै विद्वानहरूले विचार गर्छन् कि मर्कुसले उनको सुसमाचारमा पत्रुसले उनलाई येशूको बारेमा भनेका कुराहरू लेखे ।

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

येशूका सिकाउने पद्धतिहरू के थिए ?

मानिसहरूले येशूलाई एक रब्‍बीको रूपमा सम्‍मान गर्थे । रब्‍बी भनेको परमेश्‍वरको व्यवस्थाको शिक्षक हो । येशूले इस्राएलमा भएका अन्य धार्मिक शिक्षकहरूले झैँ गरेर सिकाउनुभयो । उहाँका विद्यार्थीहरू थिए जसले उहाँलाई उहाँ जहाँ जानुभए पनि पछ्याउँथे । यी विद्यार्थीहरूलाई चेलाहरू भनिन्थ्यो । उहाँले धेरैपटक दृष्‍टान्तहरू भन्‍नुभयो । दृष्‍टान्तहरू भनेका कथाहरू हुन् जसले नैतिक पाठहरू सिकाउँछन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि चेला अनि दृष्‍टान्त)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

सिनोप्‍टिक(उस्‍तै विचारधारा राख्‍ने) सुसमाचारहरू के-के हुन् ?

मत्ती, मर्कुस, र लूकाको सुसमाचारहरूलाई सिनोप्‍टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा भएका थुप्रै खण्‍डहरू उस्तै खालका छन् । “सिनोप्‍टिक” शब्दको अर्थ “एकसाथ देख्‍नु” भन्‍ने हुन्छ ।

जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्यखण्‍डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्‍डहरूको अनुवाद हुन्छ, अनुवादकले सम्भव भएसम्‍म एउटै शब्दहरूको प्रयोग गर्नुपर्छ र तिनीहरूलाई उस्तै खालका बनाउनुपर्छ ।

किन येशूले आफैँलाई “मानिसको पुत्र” भनेर बोलाउनुहुन्छ ?

सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भनेर बोलाउनुहुन्छ । यो चाहिँ दानिएल ७:१३-१४ गरिएको उल्‍लेख हो । यस खण्‍डमा “मानिसको पुत्र” भनेर वर्णन गरिएको एकजना व्यक्ति छन् । त्यसको अर्थ हो कि ती व्यक्ति कोही थिए जो मानव प्राणी झैँ देखिन्थे । परमेश्‍वरले मानिसको पुत्रलाई जातिहरूमाथि सदासर्वदाको लागि राज गर्नलाई अधिकार दिनुभयो । अनि सारा मानिसहरूले उहाँलाई सदासर्वदा आराधना गर्नेछन् ।

येशूको समयका यहूदीहरूले नामको रूपमा कसैको लागि पनि “मानिको पुत्र” प्रयोग गर्दैनथे । त्यसैकारण, येशूले उहाँ साँचो रूपमा को हुनुहुन्थ्यो भनेर बुझ्‍न तिनीहरूलाई सहायता गर्नको लागि त्यो आफ्‍नै लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र)

“मानिसको पुत्र” भन्‍ने नामलाई अनुवाद गर्न थुप्रै भाषाहरूमा गाह्रो हुन सक्‍छ । शाब्दिक अनुवादलाई पाठकहरूले गलत तवरमा बुझ्‍न सक्छन् । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्‍छन्, जस्तै, “मानव” । शीर्षकलाई व्याख्या गर्नका निमित्त पादटिप्‍पणी राख्‍नाले सहयोगी हुन सक्छ ।

किन मर्कुसले छोटो समयावधिहरूलाई सङ्केत गर्ने शब्दहरू बारम्बार प्रयोग गर्छन् ?

मर्कुसको सुसमाचारले “तुरुन्तै” भन्‍ने शब्द केही बयालीस पटक प्रयोग गर्छ । घटनाको विवरणहरूलाई अझ रोचक र प्रस्‍ट बनाउनलाई मर्कुसले यसो गर्छन् । यसले पाठकलाई एउटा घटनाबाट अर्को घटनामा छिटोछिटो गरेर लैजान्छ ।

मर्कुसको पुस्तकको पाठ्यखण्‍डमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएका पदहरू बाइबलका पुराना संस्करणहरूमा पाइन्छन् तर अधिकांश नयाँ संस्करणहरूमा समावेश गरिएका छैनन् । अनुवादकहरूलाई यी पदहरू समावेश नगर्नलाई सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूको क्षेत्रमा, त्यहाँ बाइबलका पुराना संस्करणहरू छन् जसले यी पदहरूमध्ये कुनै एउटा वा सोभन्दा बढीलाई समावेश गर्छन् भने, अनुवादकरूले तिनलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूलाई समावेश गरिन्छ भने, तिनीहरू सम्भवतः मर्कुसको सुसमाचारबाट लिइएका मौलिक कुरा थिएनन् भनेर सङ्केत गर्नका लागि तिनीहरूलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राखिनुपर्छ ।

  • “यदि कुनै मानिसको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।” (७:१६)
  • “जहाँ तिनीहरूको कीरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन” (९:४४)
  • “जहाँ तिनीहरूको कीरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन” (९:४६)
  • “अनि धर्मशास्‍त्र पूरा भयो जसले भन्छ, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’” (१५:२८)

निम्‍न दिइएको खण्‍ड सबैभन्दा सुरुका पाण्‍डुलिपिहरूमा पाइँदैन । अधिकांश बाइबलहरूले यसलाई समावेश गर्छन्, तर नयाँ बाइबलहरूले त्यसलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राख्‍छन् वा यो खण्‍ड मर्कुसको सुसमाचारबाट लिइएको मौलिक कुरा नहुन सक्‍छ भनेर कुनै तरिकाले जनाउँछन् । अनुवादकहरूलाई बाइबलका नयाँ संस्करणहरूले जस्तै किसिमको केही गर्नलाई सुझाव दिइन्छ ।

  • “हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित हुनुभएपछि, उहाँ पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात भूतहरू निकाल्‍नुभएको थियो । तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइदिइन्, जब तिनीहरू शोक मनाइरहेका र रोइरहेका थिए । तिनीहरूले उहाँ जीवित हुनुहुन्थ्यो र उहाँ तिनीबाट देखिनुभएको थियो भनी सुने, तर तिनीहरूले विश्‍वास गरेनन् । यसपछि उहाँ तिनीहरूमध्येका अरू दुईजनाकहाँ फरक रूपमा देखा पर्नुभयो जसै तिनीहरू गाउँतिर बाहिर गइरहेका थिए । तिनीहरू गए र बाँकीका चेलाहरूलाई बताइदिए, तर तिनीहरूले उनीहरूलाई विश्‍वास गरेनन् । येशू पछि एघारजनाकहाँ देखा पर्नुभयो जसै तिनीहरू टेबुलमा ढल्‍किरहेका थिए, र उहाँले तिनीहरूलाई तिनीहरूका अविश्‍वास र हृदयको कठोरताको लागि हप्‍काउनुभयो, किनभने तिनीहरूले उहाँ मरेकाहरूबाट बौह्रिउठिसक्‍नुभएपछि उहाँलाई देखेकाहरूलाई विश्‍वास गरेनन् । उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘सारा संसारमा जाओ, र समस्त सृष्‍टिलाई सुसमाचार प्रचार गर । विश्‍वास गर्ने र बप्‍तिस्मा लिनेले मुक्ति पाउनेछ, र विश्‍वास नगर्ने दोषी ठहरिनेछ । विश्‍वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्ः मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन् । तिनीहरूले सर्पहरूलाई तिनीहरूका हातले उठाउनेछन्, र यदि तिनीहरूले केही प्राणघातक कुराहरू पिए भने पनि त्यसले तिनीहरूलाई हानी गर्नेछैन । तिनीहरूले बिरामीहरूमाथि हात राख्‍नेछन्, र तिनीहरू निको हुनेछन् ।’ प्रभुले तिनीहरूसँग बोलिसक्‍नुभएपछि, उहाँ माथि स्‍वर्गतिर लगिनुभयो र परमेश्‍वरको दाहिने हाततर्फ बस्‍नुभयो । चेलाहरू गए र सबैतिर प्रचार गरे, र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र वचनलाई चिन्हहरूद्वारा समर्थन गर्नुभयो जुन तिनीहरूसँगै गए ।” (१६:९-२०)

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

Mark 1

मर्कुस ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२-३ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तपाईंले मलाई शुद्ध बनाउन सक्‍नुहुन्छ”

कुष्‍ठरोग छालाको एउटा रोग थियो जसले एक व्यक्तिलाई अशुद्ध र परमेश्‍वरलाई उचित तवरले आराधना गर्नलाई असक्षम बनाउँथ्यो । येशू मानिसहरूलाई शारीरिक रूपमा “शुद्ध” वा स्वस्थ बनाउन र साथसाथै आत्मिक रूपमा “शुद्ध” वा परमेश्‍वरको सामु धर्मी बनाउन सक्षम हुनुहुन्छ । (हेर्नुहोस्ः शुद्ध पार्नु, शुद्ध)

“परमेश्‍वरको राज्य नजिकै छ”

“परमेश्‍वरको राज्य” यस समयमा नै त्यहाँ थियो वा अझ आउँदै गरेको केही कुरा हो भन्‍ने विषयमा विद्वानहरू बहस गर्छन् । अङ्ग्रेजी अनुवादहरूले बारम्बार “हातैमा” भन्‍ने वाक्यांशलाई प्रयोग गर्छन्, तर यसले अनुवादकरूको लागि कठिनाइ पैदा गर्न सक्‍छ । अन्य संस्करणहरूले “आउँदैछ” र “नजिक आएको छ” भन्‍ने जस्ता वाक्यांशहरूलाई प्रयोग गर्छन् ।

Mark 1:1

सामान्य जानकारीः मर्कुसको पुस्तक येशूलाई बप्‍तिस्मा दिने यूहन्‍नाको आगमनबारे यशैयाले गरेको अगमवाणीसँगै सुरु हुन्छ । यसका लेखक मर्कुस हुन्, जसलाई यूहन्‍ना मर्कुस पनि भनिन्छ, जो मरियम नाम गरेका थुप्रै स्‍त्रीहरूमध्ये एकजनाका छोरा हुन् । तिनी बारनाबासका भान्जा पनि हुन् ।

Υἱοῦ Θεοῦ

यो येशूको निम्ति महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Mark 1:2

πρὸ προσώπου σου

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ हुन्छ, “तिम्रो अगि ।” (हेर्नुहोस्ः टुक्काहरू)

προσώπου σου…τὴν ὁδόν σου

यहाँ “तिम्रो” शब्दले येशूलाई जनाउँछ र यो एकवचन हो । तपार्इंले अनुवाद गर्नुहुँदा “तिम्रो” सर्वनाम प्रयोग गर्नुहोस्, किनभने एउटा अगमवक्ताबाट लिइएको उद्धरण हो र तिनले येशूको नाउँ प्रयोग गरेका थिएनन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ὃς

यसले सन्देशवाहकलाई जनाउँछ ।

κατασκευάσει τὴν ὁδόν σου

यसो गर्नुले प्रभुको आगमनको लागि मानिसहरूलाई तयार गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिम्रो आगमनको लागि मानिसहरूलाई तयार गर्नेछन्” (हेर्नुहोस्ः रूपक)

Mark 1:3

φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ

यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उजाडस्थानमा एकजना कराइरहनेको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कसैले कराइरहेको आवाज सुने”

ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ

यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)

ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου

“बाटोलाई परमप्रभुको लागि तयार पार ।” यसो गर्नुले परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयार रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले आफ्‍ना पापहरूको पश्‍चात्ताप गरेर यो गर्छन् । वैकल्‍पिक अनुवादः “परमप्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयार गर” वा “पश्‍चात्ताप गर र परमप्रभु आउनुहुनको लागि तयार होऊ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 1:4

यी पदहरूमा “तिनी”, “तिनलाई” र “तिनको” शब्दहरूले यूहन्‍नालाई जनाउँछन् ।

ἐγένετο Ἰωάννης

तपार्इंको पाठकले अघिल्‍लो पदमा यशैयाले भनेको सन्देशवाहक यूहन्‍ना नै हुन् भनेर बुझेको होस् ।

Mark 1:5

πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμεῖται πάντες

“पूरै इलाका” भन्‍ने शब्दहरू त्यस इलाकामा बस्‍ने मानिसहरूलाई जनाउने अलङ्कार हो र सामान्यकरण गरिएको हो जसले मानिसहरूको ठूलो सङ्ख्यालाई जनाउँछ, तर प्रत्येक व्यक्तिलाई होइन । वैकल्पिक अनुवादः “यहूदिया र यरूशलेमबाटका धेरै मानिसहरू” (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)

ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν

तिनीहरूले यी कुराहरू एकै समयमा गरे । मानिसहरूलाई बप्‍तिस्मा दिइयो किनभने तिनीहरूले आफ्‍ना पापहरूको पश्‍चात्ताप गरे । वैकल्पिक अनुवादः “जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे, यूहन्‍नाले तिनीहरूलाई यर्दन नदीमा बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 1:7

ἐκήρυσσεν

“यूहन्‍नाले घोषणा गरे”

οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ

यूहन्‍नाले येशू कति महान् हुनुहुन्छ भनी देखाउन आफैँलाई नोकरसँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “म उहाँका जुत्ताहरू फुकाल्ने जस्ता तुच्‍छ काम गर्न पनि योग्यको छैन” (हेर्नुहोस्ः रूपक)

τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ

त्यस बेला जब येशू पृथ्‍वीमा हुनुहुन्थ्यो, मानिसहरूले प्राय छालाले बनेको चप्‍पललाई छालाकै फित्ताले खुट्टामा बाँधेर लगाउँथे ।

κύψας

“झुक्‍न”

Mark 1:8

αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ

यस अलङ्कारले यूहन्‍नाको पानीको बप्‍तिस्मालाई पवित्र आत्माको भावी बप्‍तिस्मासँग तुलना गर्छ । यसको अर्थ हुन्छ कि यूहन्‍नाको बप्‍तिस्माले मानिसहरूलाई तिनीहरूको पापहरूबाट साङ्केतिक रूपमा मात्र शुद्ध पार्छ । पवित्र आत्माको बप्‍तिस्माले मानिसहरूलाई तिनीहरूका पापहरूबाट साँचो रूपमा शुद्ध पार्नेछ । यदि सम्भव हुन्छ भने, दुईको बीचमा भएको तुलनालाई कायम राख्‍नलाई यहाँ “बप्‍तिस्मा दिनु”को लागि उही शब्दलाई प्रयोग गर्नुहोस् जुन तपाईंले यूहन्‍नाको बप्‍तिस्माको लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः रूपक)

Mark 1:9

ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις

यसले कथावर्णनमा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)

ἐβαπτίσθη…ὑπὸ Ἰωάννου

यसलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाले उहाँलाई बप्‍तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 1:10

τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν

सम्भावित अर्थहरू हुन्ः १) यो एउटा उपमा हो, र आत्मा आकाशबाट चरा जमिनतिर आए जस्तै गरी येशूमाथि ओर्लनुभयो वा २) आत्मा येशूमाथि ओर्लदै गर्नुहुँदा साँच्‍चै ढुकुर जस्तै नै देखिनुभयो । (हेर्नुहोस्ः उपमा)

Mark 1:11

φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν

यसले परमेश्‍वरले बोलिरहनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । कहिलेकाहीँ मानिसहरूले परमेश्‍वरलाई प्रत्यक्ष रूपमा जनाउने काम गर्दैनन् किनभने तिनीहरूले उहाँलाई आदर गर्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वर स्वर्गबाट बोल्नुभयो” (हेर्नुहोस्ः लक्षणा अनि व्यञ्‍जना)

ὁ Υἱός μου ὁ ἀγαπητός

यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो । पिताले येशूको निम्ति भएको आफ्‍नो अनन्‍त प्रेमको कारण उहाँलाई आफ्‍नो “प्रिय पुत्र” भन्‍नुहुन्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Mark 1:12

येशू उहाँको बप्‍तिस्मापछि चालिस दिनसम्‍म उजाडस्थानमा बस्‍नुहुन्छ, अनि गालीलमा सिकाउन र उहाँका चेलाहरूलाई बोलाउन जानुहुन्छ ।

αὐτὸν ἐκβάλλει

“येशूलाई जनालाई कर लगाउनुभयो”

Mark 1:13

ἦν ἐν τῇ ἐρήμῳ

“उहाँ उजाडस्थानमा बस्‍नुभयो”

τεσσεράκοντα ἡμέρας

“४० दिन” (हेर्नुहोस्ः सङ्ख्याहरू)

ἦν μετὰ

“उहाँ ... को माझमा रहनुभयो”

Mark 1:14

μετὰ…τὸ παραδοθῆναι τὸν Ἰωάννην

“यूहन्‍नालाई झ्यालखानामा राखिएपछि ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्‍नालाई गिरफ्तार गरेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κηρύσσων τὸ εὐαγγέλιον

“धेरै मानिसहरूलाई खुशीको खबर भन्दै”

Mark 1:15

πεπλήρωται ὁ καιρὸς

“समय अब यही हो”

ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ

“परमेश्‍वरले उहाँका मानिसहरूमाथि शासन गर्न थालनी गर्ने समय लगभग भइसकेको छ”

Mark 1:16

εἶδεν Σίμωνα καὶ Ἀνδρέαν

“येशूले सिमोन र अन्द्रियासलाई देख्‍नुभयो”

ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ

यस भनाइको पूर्ण अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “माछा मार्न पानीमा जाल हान्दै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 1:17

δεῦτε ὀπίσω μου

“मलाई पछ्याओ” वा “मसँगै आओ”

ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων

यस अलङ्कारको अर्थ हुन्छ कि पत्रुस र अन्द्रियासले मानिसहरूलाई परमेश्‍वरको साँचो सन्देश सिकाउनेछन्, ताकि अरूहरूले पनि येशूलाई पछ्याऊन् । वैकल्पिक अनुवादः “तिमीहरूले माछा बटुलेको जस्तै गरी मेरो लागि मानिसहरू बटुल्‍नलाई म तिमीहरूलाई सिकाउनेछु” (हेर्नुहोस्ः रूपक)

Mark 1:19

ἐν τῷ πλοίῳ

यो डुङ्गा याकूब र यूहन्‍नाको थियो भनी अनुमान गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको डुङ्गामा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα

“जालहरू मर्मत गर्दै”

Mark 1:20

ἐκάλεσεν αὐτούς

येशूले याकूब र यूहन्‍नालाई किन बोलाउनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँसँग आउन बोलाउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τῶν μισθωτῶν

“तिनीहरूका निम्ति काम गर्ने नोकरहरू”

ἀπῆλθον ὀπίσω αὐτοῦ

याकूब र यूहन्‍ना येशूसँगै गए ।

Mark 1:21

विश्रामको दिनमा येशूले कफर्नहुमको सहरमा भएको सभाघरमा सिकाउनुहुन्छ । उहाँले एउटा मानिसबाट भूत निकाल्नुभएर गालील वरिपरिका सबै नजिकैका क्षेत्रहरूमा भएका मानिसहरूलाई चकित बनाउनुहुन्छ ।

εἰσπορεύονται εἰς Καφαρναούμ

“कफर्नहुममा आइपुग्‍नुभयो”

Mark 1:22

ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς

“अधिकार भएको कोही व्यक्ति” र “शास्‍त्रीहरू”को बारेमा कुरा गर्दा “सिकाउनु”को अवधारणालाई प्रस्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँले तिनीहरूलाई अधिकार भएको व्यक्तिले जस्तो गरी सिकाइरहनुभएको थियो, शास्‍त्रीहरूले सिकाउने जस्तो गरी होइन” (हेर्नुहोस्ः शब्दलोप)

Mark 1:24

τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ?

भूतहरूले यो आलङ्कारिक प्रश्‍न सोध्छन् जसको अर्थ हुन्छ कि येशूले तिनीहरूमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन अनि तिनीहरूले उहाँले तिनीहरूलाई छोडिदिनुभएको इच्छा गर्छन् । वैकल्पिक अनुवादः “हे नासरतका येशू, हामीलाई एक्लै छोडिदिनुहोस् ! तपार्इंले हामीमाथि हस्तक्षेप गर्नुपर्ने कुनै कारण छैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἦλθες ἀπολέσαι ἡμᾶς

भूतहरूले तिनीहरूलाई कुनै हानि नगर्न येशूलाई आग्रह गर्नका लागि यो आलङ्कारिक प्रश्‍न गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई नाश नगर्नुहोस् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 1:26

σπαράξαν αὐτὸν

यहाँ “त्यस” शब्दले त्यो भूत लागेको मानिसलाई जनाउँछ ।

φωνῆσαν φωνῇ μεγάλῃ

कराउने भूत हो, त्यो मानिस होइन ।

Mark 1:27

τί ἐστιν τοῦτο? διδαχὴ καινή κατ’ ἐξουσίαν! καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!

मानिसहरूले तिनीहरू कति अचम्‍मित भएका थिए भनेर देखाउनलाई दुई प्रश्‍नहरूको प्रयोग गर्छन । प्रश्‍नहरूलाई विस्मयादिबोधक वाक्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले एक आपसमा भने, ‘यो त अचम्मको छ ! यिनले त नयाँ शिक्षा दिन्छन्, र यिनी त अधिकारसँग बोल्छन् ! ... अनि तिनीहरूले उहाँको आज्ञा मान्छन् !’” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐπιτάσσει

गर्नुहुन्छ “उहाँ” शब्दले येशूलाई जनाउँछ ।

Mark 1:29

येशूले भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँले सिमोनकी सासूलाई र साथै अन्य धेरै मानिसहरूलाई निको पार्नुभयो ।

Mark 1:30

ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα

“अब” शब्दले कथामा सिमोनकी सासूलाई परिचय गराउँछ र तिनको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय अनि पृष्ठभूमिको जानकारी)

Mark 1:31

ἤγειρεν αὐτὴν

“तिनलाई उभिन लगाउनुभयो” वा “तिनलाई खाटबाट बाहिर आउन सक्षम बनाउनुभयो”

ἀφῆκεν αὐτὴν ὁ πυρετός

तिनलाई कसले निको पार्‍यो भनेर स्पष्‍ट रूपमा देखाउन तपाईंलाई इच्‍छा लाग्‍न सक्छ । वैकल्पिक अनुवादः “येशूले तिनको जरोलाई निको पार्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

διηκόνει αὐτοῖς

तिनले खानेकुरा दिइन् भन्‍ने कुरालाई स्‍पष्‍ट पार्नलाई तपाईंलाई इच्छा लाग्‍न सक्छ । वैकल्पिक अनुवादः “तिनले उहाँहरूलाई खाने र पिउने कुरा दिइन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 1:32

यहाँ “उहाँलाई” र “उहाँ” जस्ता शब्दहरूले येशूलाई जनाउँछन् ।

πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους

आएका ठूलो सङ्ख्याको मानिसहरूलाई जोड दिनका लागि यहाँ “सबै” शब्द अतिरञ्‍जन गरेको कुरा हो । वैकल्पिक अनुवादः “धेरै जो बिरामी वा भूत लागेकाहरू थिए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 1:33

ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν

“सहर” शब्द चाहिँ त्यस सहरमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ “सारा” शब्द शायद सहरबाटका अधिकांश मानिसहरू भेला भए भनेर जोड दिनका लागि गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरू ढोका बाहिर भेला भए” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)

Mark 1:35

यहाँ “उहाँलाई” र “उहाँ” भन्‍ने शब्दहरूले येशूलाई जनाउँछन् ।

येशूले मानिसहरूलाई निको पार्ने उहाँको समयको बीचमा पनि प्रार्थना गर्ने समय निकाल्नुहुन्छ । त्यसपछि उहाँ गालील सहरभरी प्रचार गर्न, निको पार्न र भूतहरू निकाल्न जानुहुन्छ ।

ἔρημον τόπον

“उहाँ एक्लै हुन सक्‍नुहुने ठाउँ”

Mark 1:36

Σίμων καὶ οἱ μετ’ αὐτοῦ

यहाँ “तिनी”ले सिमोनलाई जनाउँछ । साथै, तिनीसँग भएकाहरूमा अन्द्रियास, याकूब, यूहन्‍ना र सम्भवतः अरू मानिसहरू पनि पर्छन् ।

Mark 1:37

πάντες ζητοῦσίν σε

यहाँ “सबै” शब्द येशूलाई धेरै मानिसहरूले खोजिरहेका थिए भनी जोड दिनका लागि गरिएको अतिरञ्‍जन हो । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले तपार्इंलाई खोजिरहेका छन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 1:38

यहाँ “उहाँ” र “म” भन्‍ने शब्दहरूले येशूलाई जनाउँछन् ।

ἄγωμεν ἀλλαχοῦ

“हामी अरू कुनै ठाउँमा जानुपर्छ ।” यहाँ येशूले उहाँलगायत सिमोन, अन्द्रियास, याकूब र यूहन्‍नालाई जनाउन “हामी” शब्द प्रयोग गर्नुहुन्छ ।

Mark 1:39

ἦλθεν…εἰς ὅλην τὴν Γαλιλαίαν

“सारा ... भरी” भन्‍ने शब्दहरू येशू आफ्नो सेवकाइको समयमा गालीलका विभिन्‍न ठाउँहरूमा जानुभयो भनी जोड दिनका लागि गरिएको अतिरञ्‍जन हो । वैकल्‍पिक अनुवादः “उहाँ गालीलमा भएका थुप्रै स्थानहरूमा जानुभयो” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 1:40

ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν λέγων αὐτῷ

“एक जना कुष्‍ठरोगी येशूकहाँ आयो । त्यसले घुँडा टेक्यो र येशूलाई बिन्ती गर्दै थियो र भन्यो”

ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι

पहिलो वाक्यांशमा, “मलाई शुद्ध बनाउनलाई” भन्‍ने शब्दहरूलाई दोस्रो वाक्यांशको कारण बुझिएको छ । वैकल्पिक अनुवादः “यदि तपार्इं मलाई शुद्ध पार्न इच्छुक हुनुहुन्छ भने तपार्इंले मलाई शुद्ध पार्न सक्‍हुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

θέλῃς

“चाहनु” वा “इच्छा गर्नु”

δύνασαί με καθαρίσαι

बाइबलको समयमा कुनै व्यक्तिलाई कुनै छालासम्बन्धी रोग लाग्यो भने सङ्क्रमण नहुने गरी निको नभएसम्म अशुद्ध नै ठानिन्थ्यो । वैकल्‍पिक अनुवादः “तपाईंले मलाई निको पार्न सक्‍नुहुन्छ” (हेर्नुहोस्ः रूपक)

Mark 1:41

σπλαγχνισθεὶς

यहाँ “दयाले भरिनु” भनेको एउटा वाक्‍पद्धति हो जसको अर्थ अर्काको खाँचोको विषयमा भावनात्मक रूपमा महसुस गर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसलाई दया गरेर” वा “त्यस मानिसलाई येशूले दया गर्नुभयो, त्यसैले उहाँले” (हेर्नुहोस्ः टुक्काहरू)

θέλω

येशूले के गर्न इच्छा गरिरहनुभएको थियो भन्‍ने कुरालाई व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्‍पिक अनुवादः “म तिमीलाई शुद्ध बनाउन इच्छा गरिरहेको छु” (हेर्नुहोस्ः शब्दलोप)

Mark 1:43

यहाँ प्रयोग गरिएको “त्यसलाई” शब्दले येशूले निको पार्नुभएको कुष्‍ठरोगीलाई जनाउँछ ।

Mark 1:44

ὅρα μηδενὶ, μηδὲν εἴπῃς

“कसैलाई केही पनि नभन्‍नलाई पक्‍का गर”

σεαυτὸν δεῖξον τῷ ἱερεῖ

पूजाहारीले त्यसको कुष्‍ठरोग साँच्‍चै गएको थियो वा थिएन भनी पूजाहारीले हेर्न सकोस् भनेर येशूले त्यस मानिसलाई आफैँलाई पूजाहारीकहाँ देखाउनलाई भन्‍नुभयो । यदि मानिसहरू अशुद्ध भएका थिए र अब अशुद्ध छैनन् भने मोशाको व्यवस्थामा मानिसहरूले आफैँलाई पूजाहारीकहाँ प्रस्तुत गर्नुपर्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

σεαυτὸν δεῖξον

यहाँ “आफैँलाई” शब्दले कुष्‍ठरोगीको छालालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिम्रो छाला देखाऊ” (हेर्नुहोस्ः उपलक्षण)

μαρτύριον αὐτοῖς

तपार्इंको भाषामा सम्भव हुन्छ भने “तिनीहरू” सर्वनामलाई नै प्रयोग गर्नु उत्तम हुन्छ । सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूका निम्ति गवाही” वा २) “मानिसहरूलाई गवाही ।”

Mark 1:45

ὁ δὲ ἐξελθὼν

“त्यो” शब्दले येशूले निको पार्नुभएको मानिसलाई जनाउँछ ।

ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον

यहाँ “खबरलाई व्यापक रूपमा फैलाउनु” भनेको अलङ्कार हो जसले थुप्रै ठाउँहरूमा भएका मानिसहरूलाई भएको कुरा बताउने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशूले गर्नुभएको कुराको बारेमा धेरै ठाउँहरूमा भएका मानिसहरूलाई बताउन सुरु गर्‍यो” (हेर्नुहोस्ः and रूपक)

ὥστε

त्यस मानिसले यति धेरै खबर फैलायो कि

ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν

यो चाहिँ त्यस मानिसले त्यति धेरै त्यो खबर फैलाएको परिणाम थियो । यहाँ “खुल्लमखुल्ला” भनेको “सार्वजनिक रूपमा” भन्‍ने कुरालाई जनाउने अलङ्कार हो । येशू सहरहरूमा प्रवेश गर्न सक्‍नुभएन किनभने धेरै मानिसहरू उहाँको वरिपरि भीड लाग्‍ने थिए । वैकल्‍पिक अनुवादः “कि येशू अब उप्रान्त कुनै सहरमा सार्वजनिक रूपमा जान सक्‍नुहुँदैनथ्यो” वा “धेरै मानिसहरूले उहाँलाई देख्‍ने गरेर येशू अब सहरहरूमा प्रवेश गर्न सक्‍नुहुँदैनथ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐρήμοις τόποις

“निर्जन ठाउँहरू” वा “कोही पनि नबस्‍ने ठाउँहरू”

πάντοθεν

“सबैतिर” भन्‍ने शब्द चाहिँ अतिशयोक्ति हो जुन मानिसहरू कति धेरै ठाउँहरूबाट आए भनी जोड दिनका लागि प्रयोग गरिएको छ । प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “सारा क्षेत्रभरीबाट” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 2

मर्कुस ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पापीहरू”

जब येशूको समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गरिरहेका थिए, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्ताको पालना गर्दैनथे र बरु चोर्ने र यौन सम्बन्धीका पापहरू गर्ने गर्थे । जब येशूले उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो भनेर भन्‍नुभयो, उहाँले भन्‍न खोज्‍नुभएको कुरा यो हो कि ती मानिसहरू मात्र उहाँका अनुयायीहरू हुन सक्छन् जसले तिनीहरू पापीहरू हुन् भनेर विश्‍वास गर्छन् । यो कुरा ती मानिसहरूको लागि पनि सत्य हो जसलाई अधिकांश मानिसहरूले “पापीहरू”को रूपमा सोच्‍दैनन् । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)

उपवास बस्‍ने र भोज गर्ने

मानिसहरू तिनीहरू निराश हुँदा वा आफ्‍ना पापहरूको लागि तिनीहरू क्षमाप्रार्थी थिए भनेर परमेश्‍वरलाई देखाइरहेको समयमा उपवास बस्‍थे, वा लामो समयसम्‍म केही नखाई रहन्थे । जब तिनीहरू खुशी हुन्थे, जस्तो कि विवाहभोजहरूको समयमा, तिनीहरू भोजहरू राख्‍थे, जहाँ तिनीहरू धेरै खाना खान्थे । (हेर्नुहोस्ः उपवास)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

येशूले भन्‍नुभएको र गर्नुभएको कुरामा तिनीहरू रिसाएका थिए र तिनीहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर विश्‍वास गर्दैनथे भनेर देखाउनलाई यहूदी अगुवाहरूले आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गरे (मर्कुस २:७) । येशूले चाहिँ यहूदी अगुवाहरू अहंकारी थिए भनेर देखाउनका लागि तिनको प्रयोग गर्नुभयो (मर्कुस २:२५-२६) । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 2:1

गालीलभरि मानिसहरूलाई निको पारेर र प्रचार गरेर येशू कफर्नहुममा फर्कनुहुन्छ जहाँ उहाँले पक्षाघातीको पाप क्षमा गर्नुहुहुन्छ र निको पार्नुहुन्छ ।

ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँका मानिहरूले उहाँ उसको घरमा बसिरहनुभएको छ भनी सुने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 2:2

καὶ συνήχθησαν πολλοὶ

“त्यहाँ” भन्‍ने शब्दले येशू कफर्नहुममा बस्‍नुभएको घरलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू त्यहाँ भेला भए” वा “घरमा धेरै मानिसहरू आए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μηκέτι χωρεῖν…τὰ

यसले घरभित्र कुनै ठाउँ नभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यहाँ तिनीहरूका निम्ति कुनै ठाउँ नै थिएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐλάλει αὐτοῖς τὸν λόγον

“येशूले तिनीहरूलाई उहाँको सन्देश भन्‍नुभयो”

Mark 2:3

αἰρόμενον ὑπὸ τεσσάρων

“तिनीहरूमध्ये चार जनाले त्यसलाई बोकिरहेका थिए ।” त्यो मानिसलाई ल्याउने समूहमा मानिसहरू चार जनाभन्दा पनि धेरै हुन सक्‍ने सम्भावना छ ।

φέροντες…παραλυτικὸν

“हिँड्न नसक्‍ने वा त्यसको हात नै चलाउन नसक्‍ने एक जना मानिसलाई ल्याइरहेका थिए”

Mark 2:4

μὴ δυνάμενοι προσενέγκαι αὐτῷ

“येशू हुनुभएको ठाउँको नजिक पुग्‍न सकेनन्”

ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι

येशू बस्‍नुभएको घरको छानो समतल परको थियो र त्यसलाई टाएलले छाएको थियो । छानोमा प्वाल बनाउने प्रक्रियालाई स्पष्‍ट रूपमा व्याख्या गर्न सकिन्छ वा तपार्इंको भाषामा बुझियोस् भनेर अझ सामान्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशू हुनुभएको ठाउँको माथिको छानाको झिंगटीहरू हटाए । अनि जब तिनीहरूले माटोको छानामा प्वाल बनाए, तिनीहरूले तल झारे” वा “तिनीहरूले येशू हुनुभएको माथिको छानोमा प्वाल बनाए र त्यसपछि तिनीहरूले तल झारे”

Mark 2:5

ἰδὼν…τὴν πίστιν αὐτῶν

“मानिसहरूको विश्‍वास देखेर ।” सम्भावित अर्थहरू हुन् १) पक्षाघाती मानिसलाई बोक्‍ने मानिसहरूसँग मात्र विश्‍वास थियो वा २) पक्षाघाती र त्यसलाई बोक्‍ने मानिसहरू सबैसँग विश्‍वास थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τέκνον

“छोरो” शब्दले येशूले त्यो मानिसलाई बाबुले आफ्नो छोरोलाई वास्ता गरेजस्तै वास्ता गर्नुहुने कुरोलाई देखाउँछ । वैकल्पिक अनुवादः “मेरो छोरो” (हेर्नुहोस्ः रूपक)

ἀφέωνται σου αἱ ἁμαρτίαι

यदि सम्भव हुन्छ भने यसलाई त्यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि कसले त्यस मानिसका पापहरू क्षमा गर्छ भन्‍ने कुरालाई येशूले स्‍पष्‍टसँग भन्‍नुहुँदैन । वैकल्‍पिक अनुवादः “तिम्रा पापहरू गएका छन्” वा “तिमीले आफ्‍नो पापको लागि मूल्य तिर्नुपर्दैन” वा “तिम्रा पापहरू तिम्रो विरुद्धमा गनिन्दैनन्”

Mark 2:6

διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν

“तिनहरूका मनमा” मानिसहरूका विचारहरूको प्रतिस्थापकीय पदावली हो । वैकल्पिक अनुवादः “तिनीहरू आफैँसँग विचार गरिरहेका थिए” (हेर्नुहोस्ः लक्षणा)

Mark 2:7

τί οὗτος οὕτως λαλεῖ?

येशूले “तिम्रा पापहरू क्षमा भएका छन्” भन्‍नुभएकोमा तिनीहरूलाई उठेको रीस देखाउनलाई शास्‍त्रीहरूले यस प्रश्‍नको प्रयोग गरे । वैकल्पिक अनुवादः “यो मानिसले यसरी बोल्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός?

किनकि केवल परमेश्‍वरले मात्र पापहरूको क्षमा गर्न सक्‍नुहुन्छ, येशूले “तिम्रा पापहरू क्षमा भएका छन्” भन्‍नुहुँदैन भनेर बताउनलाई शास्‍त्रीहरूले यस प्रश्‍नको प्रयोग गरे । वैकल्पिक अनुवादः “परमेश्‍वरले मात्र पाप क्षमा गर्न सक्‍नुहुन्छ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 2:8

τῷ πνεύματι αὐτοῦ

“उहाँको अन्तर आत्मामा” वा “आफैँमा”

οὕτως διαλογίζονται ἐν ἑαυτοῖς

हरेक शास्‍त्रीले आफ्‍नै मनमा विचार गरिरहेको थियो; तिनीहरूले एक अर्कामा कुरा गरिरहेका थिएनन् ।

τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν?

येशूले शास्‍त्रीहरूलाई तिनीहरूले भनिरहेका कुराहरू गलत छन् भनी बताउनलाई यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले सोचिरहेका कुरा गलत छ ।” वा “मैले ईश्‍वरनिन्दा गरिरहेको छु भनेर नठान ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ταῦτα…ἐν ταῖς καρδίαις ὑμῶν

“हृदय” शब्द तिनीहरूका भित्री विचार र इच्छाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको भित्री मनमा” वा “यी कुराहरू” (हेर्नुहोस्ः लक्षणा)

Mark 2:9

τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει?

येशूले साँच्‍चै पापहरू क्षमा गर्न सक्‍नुहुन्थ्यो वा हुँदैनथ्यो भनेर के कुराले प्रमाणित गर्न सक्ला भनी शास्‍त्रीहरूलाई सोच्‍न लगाउनका लागि उहाँले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मैले भर्खर पक्षघाती मानिसलाई भनेँ, ‘तिम्रा पापहरू क्षमा भएका छन् ।’ तिमीहरूलाई सोच्‍न सक्छौ कि यसो भन्‍नु झन् कठिन छ, ‘उठ, तिम्रो खाट बोक, र हिँड’, किनभने मैले पापहरू क्षमा गर्न सक्छु वा सक्दिन भन्‍ने कुराको प्रमाणलाई ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्‍ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्‍छौ होला कि पक्षाघाती मानिसलाई ‘उठ, तिम्रो खाट बोक, र हिँड’ भन्‍नुभन्दा ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु सजिलो हुन्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 2:10

ἵνα δὲ εἰδῆτε

“तर ताकि तिमीहरूलाई थाहा हुन सकोस् ।” “तिमीहरू” शब्दले शास्‍त्रीहरू र भीडलाई जनाउँछ ।

ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου

येशूले आफैँलाई “मानिसका पुत्र” को रूपमा जनाउँदै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “कि म मानिसको पुत्र हुँ र मसँग अधिकार छ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)

Mark 2:12

ἔμπροσθεν πάντων

“त्यहाँ भएका सबै मानिसहरूले हेरिरहँदा”

Mark 2:13

येशूले भीडलाई गालील समुद्र नजिकै सिकाइरहनुभएको छ, अनि उहाँले लेवीलाई उहाँको पछि लाग्‍न बोलाउनुहुन्छ ।

τὴν θάλασσαν

यो गालीलको समुद्र हो जसलाई गनेसरेतको तालको रूपमा पनि चिनिथ्यो ।

ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν

“मानिसहरू उहाँ जहाँ हुनुहुन्थ्यो, त्यहीँ नै गए”

Mark 2:14

Λευεὶν τὸν τοῦ Ἁλφαίου

अल्फयस लेवीका बुबा थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 2:15

अब दिन ढल्किसकेको छ, र येशू खाना खान लेवीको घरमा हुनुहुन्छ ।

τῇ οἰκίᾳ αὐτοῦ

“लेवी बस्‍ने घर”

ἁμαρτωλοὶ

ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर अरूहरूले धेरै नराम्रो पापहरू भनी ठानेका कुराहरू गर्थे

ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθουν αὐτῷ

सम्भावित अर्थहरू हुन् १) “किनकि त्यहाँ धेरै कर उठाउनेहरू र पापी मानिसहरू थिए जसले येशूलाई पछ्याउँथे” वा २) “किनकि येशूका धेरै चेलाहरू थिए र तिनीहरूले उहाँलाई पछ्याउँथे ।”

Mark 2:16

ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει?

शास्‍त्री र फरिसीहरू येशूको अतिथी सत्कारप्रति असहमत थिए भनी देखाउन तिनीहरूले यो प्रश्‍न सोधे । यसलाई कथनको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पापीहरू र कर उठाउनेहरूसँग खानुहुँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 2:17

येशूले कर उठाउनेहरू र पापी मानिसहरूसँग खानेबारेमा शास्‍त्रीहरूले भनेका कुराको जवाफ दिनुहुन्छ ।

λέγει αὐτοῖς

“उहाँले शास्‍त्रीहरूलाई भन्‍नुभयो”

οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες

केवल ती मानिसहरूले मात्र तिनीहरूलाई येशूको खाँचो छ भनेर चाल पाउँछन् जसले जान्दछन् कि तिनीहरू पापीहरू हुन् भन्‍ने कुरा तिनीहरूलाई सिकाउनका लागि येशूले बिरामी मानिसहरू र वैद्यको उखानको प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः हितोपदेश)

“स्वस्थ”

οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς

येशूले उहाँको शिक्षा सुन्‍नेहरूले उहाँ सहायता चाहनेहरूका निम्ति आउनुभएको हो भनी बुझेको चाहनुभयो । वैकल्‍पिक अनुवादः “म ती मानिसहरूको लागि आएँ जसले बुझ्‍छन् कि तिनीहरू पापपूर्ण छन्, ती मानिसहरूको लागि होइन जसले आफूहरू धर्मी छौँ भनेर विश्‍वास गर्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)

ἀλλὰ ἁμαρτωλούς

“म ... लाई बोलाउन आएँ” भन्‍ने शब्दहरूलाई यसभन्दा अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर म त पापी मानिसहरूलाई बोलाउन आएँ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 2:18

येशू उहाँका चेलाहरूसँग हुनुहुँदा तिनीहरू किन उपवास बस्‍नुपर्दैन भनी देखाउन उहाँले दृष्‍टान्तहरू भन्‍नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

ἦσαν…οἱ Φαρισαῖοι νηστεύοντες…οἱ μαθηταὶ τῶν Φαρισαίων

यी दुई वाक्यांशहरूले एउटै समूहका मानिसहरूलाई जनाउँछ, तर दोस्रो चाहिँ बढी तोकेर भनिएको छ । दुवैले फरिसीको दलका पक्षधरहरूलाई जनाउँछन्, तर तिनीहरूले फरिसीहरूका अगुवाहरूमा ध्यान लगाउँदैनन् । वैकल्‍पिक अनुवादः “फरिसीहरूका चेलाहरू उपवास बसिरहेका थिए ... फरिसीहरूला चेलाहरू”

ἔρχονται

“केही मानिसहरू ।” यसलाई तिनीहरू को-को थिए भनी निर्दिष्‍ट नगरी अनुवाद गर्नु नै उत्तम हुन्छ । यदि तपार्इंको भाषामा निर्दिष्‍ट पार्नुपर्छ भने सम्भावित अर्थहरू हुन् १) यी मानिसहरूमा यूहन्‍ना वा फरिसीहरूका चेलाहरू पर्दैन थिए वा २) यी मानिसहरू यूहन्‍नाका चेलाहरूमध्येका थिए ।

ἔρχονται καὶ λέγουσιν αὐτῷ

“आए र येशूलाई भने”

Mark 2:19

μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν?

मानिसहरूलाई पहिले नै थाहा भएको केही कुरा तिनीहरूलाई सम्झाउनलाई र त्यसलाई उहाँमा र उहाँका चेलाहरूमा लागु गर्न तिनीहरूलाई प्रोत्साहन गर्नलाई येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “विवाहमा सहभागी हुनेहरूले दुलहा तिनीहरूको साथमा हुँदा उपवास बस्दैनन् । बरु तिनीहरूले रमाइलो गर्छन् र भोज मनाउँछन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 2:20

ἀπαρθῇ…ὁ νυμφίος

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा जानेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀπαρθῇ ἀπ’ αὐτῶν…νηστεύσουσιν

शब्दहरू “तिनीहरूबाट” र “तिनीहरूले”ले दुलहाका जन्तीहरू (साथीहरू) लाई बुझाउँछन् ।

Mark 2:21

οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν

यदि नयाँ कपडा अझ पनि खुम्चेको छैन भने नयाँ कपडाको टालोले पुरानो कपडालाई टाल्दा पुरानो कपडा झनै नराम्रो गरी च्यातिन्छ । अनि नयाँ र पुरानो दुवै कपडा नष्‍ट हुन्छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 2:22

येशूले अर्को दृष्‍टान्त भन्‍न थाल्नुहुन्छ । यो चाहिँ नयाँ दाखमद्यलाई नयाँ मशकमा राख्‍नु भन्दा पुरानो मशकमा राख्‍ने सम्बन्धी छ । (हेर्नुहोस्ः दृष्टान्त)

οἶνον νέον

“दाख रस ।” यसले नमत्ताएको (नपिराएको) मद्यलाई जनाउँछ । यदि तपार्इंको क्षेत्रमा अङ्गुरबारे जानकारी छैन भने फललाई जनाउने चलनचल्तीको शब्दलाई प्रयोग गर्नुहोस् ।

ἀσκοὺς παλαιούς

यसले धेरै पटक प्रयोग गरिसकेको मशकलाई जनाउँछ ।

ἀσκοὺς

यो जनावरका छालाहरूबाट बनाइएका झोलाहरू हुन् । यसलाई “दाखमद्य राख्‍ने झोला” वा “छालाको झोला” पनि भन्‍न सकिन्छ ।

ῥήξει ὁ οἶνος τοὺς ἀσκούς

नयाँ दाखमद्य पिरिँदा (मत्तिँदा) त्यो फैलिन्छ र यसले पुरानो, कमजोर मशकहरूलाई च्यात्छ ।

ἀπόλλυται

“बरबाद हुनेछन्”

ἀσκοὺς καινούς

“ताजा मशकहरू” वा “नयाँ दाखमद्यका झोलाहरू ।” यसले कहिल्यै प्रयोग नगरिएका मशकहरूलाई जनाउँछ ।

Mark 2:23

येशूले आफ्ना चेलाहरूले विश्रामको दिनमा अन्‍नको बाला टिप्दा तिनीहरू गलत थिएनन् भनी देखाउन धर्मशास्‍त्रबाट एउटा उदाहरण भन्‍नुहुन्छ ।

τίλλοντες τοὺς στάχυας

अरूको खेतको अन्‍‍नको बाला टिप्‍नु र खानुलाई चोरी गरिएको ठानिँदैनथ्यो । प्रश्‍नचाहिँ यो विश्रामको दिनमा उचित थियो वा थिएन भन्‍ने थियो । चेलाहरूले अन्‍नका बालामा भएका बिउ खानलाई ती टिपे । यसलाई पूरा अर्थ देखाउने गरी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्‍नको बाला टिप्नु र बिउ खानु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοὺς στάχυας

यो गहुँको टुप्‍पोको भाग हो, जुन अलि अग्‍लो किसिमको घाँसपात हो । यसमा अन्‍नको पाकेको दाना वा बिउ हुन्छ ।

Mark 2:24

चेलाहरूले के गरिरहेका थिए (पद २३) भन्‍ने बारेमा सोध्‍नलाई फरिसीहरूले एउटा प्रश्‍न सोध्‍छन् ।

ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν

अरूको खेतको अन्‍‍नको बाला टिप्‍नु र खानुलाई चोरी गरिएको ठानिँदैनथ्यो (पद २३) । प्रश्‍नचाहिँ यो विश्रामको दिनमा गर्नु उचित थियो वा थिएन भन्‍ने थियो ।

ἴδε, τί ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν?

फरिसीहरूले येशूलाई दोष लगाउन प्रश्‍न सोध्छन् । यसलाई कथनको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हेर्नुहोस् ! तिनीहरूले विश्रामको दिनसम्बन्धी यहूदी नियमहरू तोडिरहेका छन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἴδε

“यसलाई हेर्नुहोस्” वा “सुन्‍नुहोस् ।” यो तिनीहरूलाई कुनै कुरा देखाउन कसैको ध्यान खिँच्‍नका लागि प्रयोग गरिने शब्द हो । यदि तपार्इंको भाषामा कसैको ध्यान खिँच्‍नलाई प्रयोग गर्ने त्यस्ता शब्दहरू छन् भने तपार्इंले यहाँ प्रयोग गर्न सक्‍नुहुनेछ ।

Mark 2:25

येशूले फरिसीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभएर तिनीहरूलाई हप्‍काउन थाल्‍नुहुन्छ ।

λέγει αὐτοῖς

“येशूले फरिसीहरूलाई भन्‍नुभयो”

οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ…οἱ μετ’ αὐτοῦ?

दाऊदले विश्रामको दिनमा गरेका केही कुरालाई शास्‍त्रीहरू र फरिसीहरूलाई सम्झना गराउनलाई येशूले यो प्रश्‍न सोध्‍नुहुन्छ । प्रश्‍न धेरै लामो छ, त्यसैले यसलाई दुई वाक्यहरूमा भाग लगाउन सकिन्छ । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ

यसलाई एउटा आज्ञाको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका बेला तिनीहरूले के गरे भनेर तिमीले के पढ्यौ, सो याद गर ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ

येशूले दाऊदको बारेमा पुरानो करारमा भएको कुरालाई पढ्ने कुरालाई जनाउनुहुन्छ । अस्पष्‍ट जानकारी देखाएर पनि यसलाई अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्‍त्रमा पढ दाऊदले के गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 2:26

येशूले पद २५ मा उहाँले सोध्‍नलाई सुरु गर्नुभएको प्रश्‍नलाई सिद्ध्याउनुहुन्छ ।

πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ…τοῖς σὺν αὐτῷ οὖσιν?

यसलाई पद २५ बाट अलग रहेको एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी परमेश्‍वरको भवनभित्र पसे ... तिनीहरूसँग भएकाहरूलाई ... ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

πῶς εἰσῆλθεν

“तिनी”ले दाऊदलाई बुझाउँछ ।

τοὺς ἄρτους τῆς Προθέσεως

यसले पुरानो करारको समयमा परमेश्‍वरलाई बलिदानको रूपमा चढाइएको वा पवित्र वासस्थानको सुनको टेबुलमा राखिने बाह्रवटा रोटीलाई जनाउँछ ।

Mark 2:27

τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο

येशूले परमेश्‍वरले विश्रामको दिन किन स्थापित गर्नुभयो भनी प्रस्‍ट पार्नुहुन्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले विश्रामको दिन मानव-जातिको निम्ति बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸν ἄνθρωπον

“मानिस” वा “मानिसहरू” वा “मानिसहरूका खाँचोको निम्ति” । यसले पुरुष र नारी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον

“बनाइएको थियो” भन्‍ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । तिनीहरूलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानव-जाति विश्रामको दिनको निम्ति बनाइएको थिएन” वा “परमेश्‍वरले मानिसलाई विश्रामको दिनको निम्ति बनाउनुभएन” (हेर्नुहोस्ः शब्दलोप)

Mark 3

मर्कुस ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विश्रामको दिन

विश्रामको दिनमा काम गर्नु चाहिँ मोशाको व्यवस्थाको विरुद्धमा थियो । फरिसीहरूले विश्‍वास गर्थे कि कुनै बिरामी व्यक्तिलाई विश्रामको दिनमा चङ्गाइ गर्नु भनेको “काम” थियो, त्यसैले येशूले विश्रामको दिनमा एकजना व्यक्तिलाई निको पार्नुहुँदा तिनीहरूले उहाँले गल्ती गर्नुभयो भनी भने । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

“आत्माको विरुद्धमा भएको ईश्‍वरनिन्दा”

यो पाप गर्दा मानिसहरूले कस्ता किसिमका कामहरू गर्छन् वा कस्ता वचनहरू भन्छन् भनेर कसैले पनि पक्‍का गरी जान्दैन । यद्यपि, तिनीहरूले त्यसो गर्दा सम्भवतः पवित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग भनेको मानिसहरूलाई तिनीहरू पापीहरू हुन् र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्न आवश्‍यक छ भनेर बुझ्‍ने बनाउनु हो । त्यसैकारण, कोही व्यक्ति जसले पाप गर्नलाई छोड्ने कोसिस गर्दैन उसले सम्भवतः आत्माको विरुद्धमा ईश्‍वरनिन्दा गरिरहेको छ । (हेर्नुहोस्ः निन्दा, निन्दा गर्नु अनि पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

बाह्र चेलाहरू

बाह्र चेलाहरूको सूची निम्नानुसार छः

मत्तीमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्‍ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्‍करियोत ।

मर्कुसमाः

सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्‍ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्‍करियोत ।

लूकामाः

सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्‍फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्‍थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत ।

सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।

दाजुभाइहरू र दिदीबहिनीहरू

अधिकांश मानिसहरूले एउटै बाबुआमा हुनेहरूलाई “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् र तिनीहरूका जीवनमा भएका सबैभन्दा महत्त्वपूर्ण मानिसहरूको रूपमा विचार गर्छन् । धैरै मानिसहरूले एउटै हजुरबुबा वा हजुरआमा हुनेहरूलाई पनि “दाजुभाइ” र “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको परमेश्‍वरको आज्ञापालन गर्नेहरू हुन् भनेर भन्‍नुहुन्छ । (हेर्नुहोस्ः भाइ)

Mark 3:1

येशूले विश्रामको दिनमा एक जना मानिसलाई सभाघरमा निको पार्नुहुन्छ र फरिसीहरूले विश्रामको दिनका नियमहरूबारे गरेका कुराको विषयमा उहाँलाई कस्तो लाग्छ भनी देखाउनुहुन्छ । फरिसीहरू र हेरोदीहरूले येशूलाई मार्ने योजना बनाउन थाल्छन् ।

ἄνθρωπος, ἐξηραμμένην ἔχων τὴν χεῖρα

“हातमा अपाङ्गता भएको एक जना मानिस”

Mark 3:2

παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασιν θεραπεύσει αὐτόν

“केही मानिसहरूले येशूले त्यस हात सुकेको मानिसलाई निको पार्नुहुने थियो कि भनी उहाँलाई नियालेर हेरे”

παρετήρουν αὐτὸν

“फरिसीहरूमध्ये केहीले ।” पछि ३:६(./05.md) मा यिनीहरू फरिसीहरू हुन् भन्‍ने पहिचान गरिन्छ ।

ἵνα κατηγορήσωσιν αὐτοῦ

यदि येशूले त्यस मानिसलाई त्यो दिन निको पार्नुभएको भए, फरिसीहरूले उहाँलाई विश्रामको दिनमा काम गरेर व्यवस्था तोडेको दोष लगाउने थिए । वैकल्पिक अनुवादः “ताकि तिनीहरूले उहाँले गलत गर्नुभएकोमा दोष लगाउन सकून्” वा “ताकि तिनीहरूले उहाँलाई व्यवस्था तोडेको दोष लगाउन सकून्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 3:3

εἰς τὸ μέσον

“यो भीडको माझमा”

Mark 3:4

ἔξεστιν τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι?

येशूले यो तिनीहरूलाई चुनौती दिन भन्‍नुभयो । मानिसहरूलाई विश्रामको दिनमा निको पार्नु उचित छ भनेर तिनीहरूले स्वीकार गरेको उहाँ चाहनुहुन्थ्यो । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι

यी दुई वाक्यांशहरूमा दोस्रो चाहिँ बढी चरम भनाइ भएको हुनुभन्दा बाहेक दुवैको समान किसिमको अर्थ हुन्छ । (हेर्नुहोस्ः समान्तरता)

ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι

यो येशूले अर्को प्रकारले फेरि सोध्‍नुभएको प्रश्‍न भएको हुनाले “के उचित छ” भन्‍ने वाक्यांशलाई दोहोर्‍याउनु उचित हुन सक्छ । वैकल्पिक अनुवादः “जीवन बचाउन वा मार्न उचित हुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

ψυχὴν

यसले शारीरिक जीवनलाई बुझाउँछ र यो व्यक्तिको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कसैलाई मर्नबाट” वा “कसैको जीवन” (हेर्नुहोस्ः लक्षणा)

οἱ δὲ ἐσιώπων

“तर तिनीहरूले उहाँलाई जवाफ दिन इन्कार गरे”

Mark 3:5

περιβλεψάμενος

“येशूले यताउता हेर्नुभयो”

συνλυπούμενος

“ज्यादै उदास हुनुभयो”

ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν

फरिसीहरू त्यो सुकेको हात भएको मानिसमाथि दया गर्न कति अनिच्छुक थिए भनी यो उपमाले बताउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरू त्यो मानिसलाई दया देखाउन अनिच्छुक थिए” (हेर्नुहोस्ः रूपक)

ἔκτεινον τὴν χεῖρα σου

“तिम्रो हात लम्काऊ”

ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसका हात निको पार्नुभयो” वा “येशूले त्यसका हात पहिले जस्तो थियो, त्यस्तै बनाइदिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 3:6

συμβούλιον ἐποίουν

“एउटा योजना बनाउन थाले”

τῶν Ἡρῳδιανῶν

यो हेरोद एन्टिपासलाई समर्थन गर्ने अनौपचारिक राजनीतिक पार्टी हो ।

ὅπως αὐτὸν ἀπολέσωσιν

“तिनीहरूले येशूलाई कसरी मारौँ भनी”

Mark 3:7

ठूलो भीडले येशूलाई पछ्याउँछ, र उहाँले धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।

τὴν θάλασσαν

यसले गालील समुद्रलाई जनाउँछ ।

Mark 3:8

τῆς Ἰδουμαίας

यसलाई पहिले एदोम भनेर चिनिन्थ्यो जसले यहूदिया प्रान्तको दक्षिणपट्टिको आधा भागलाई ओगटेको थियो ।

ὅσα ἐποίει

यसले येशूले गरिरहनुभएका आश्‍चर्यकर्महरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “येशूले गरिरहनुभएका महान् आश्‍चर्यकर्महरू”

ἦλθον πρὸς αὐτόν

“येशू हुनुभएको ठाउँमा आयो”

Mark 3:9

येशूको वरिपरि भएको ठूलो भीडको कारण उहाँले आफ्‍ना चेलाहरूलाई के गर्नलाई भन्‍नुभयो भनेर पद ९ ले बताउँछ । त्यति ठूलो भीड येशूको वरिपरि किन थियो भनेर पद १० ले बताउँछ । घटनाहरूलाई तिनीहरू घटेकै क्रममा प्रस्तुत गर्नलाई यी पदहरूमा भएको जानकारीलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः घटनाक्रमहरू)

εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν

किनभने भीडले येशूतर्फ अगाडि ठेलिरहेको थियो, ‍उहाँ तिनीहरूद्वारा कुल्चिइने खतरामा हुनुहुन्थ्यो । तिनीहरूले उहाँलाई जानाजान कुल्चिने थिएनन् । त्यहाँ यति धेरै मानिसहरू भएकोले गर्दा मात्र हो ।

Mark 3:10

πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας

त्यति धेरै मानिसहरू येशूको वरिपरि किन भीड लागिरहेका थिए भनेर यसले बताउँछ, मानिसहरू यति धेरै थिए कि तिनीहरूले उहाँलाई कुल्चीमिल्ची गर्न सक्थे जस्तो भयो । वैकल्पिक अनुवादः “तर, किनभने येशूले धैरै मानिसहरूलाई निको पार्नुभएको थियो, सबैजनाले ... उहाँलाई छुन” (हेर्नुहोस्ः संयोजक शब्दहरू )

πολλοὺς γὰρ ἐθεράπευσεν

“धेरै”ले येशूले पहिले नै निको पार्नुभएका धेरै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने उहाँले धैरै मानिसहरूलाई निको पार्नुभएको थियो” (हेर्नुहोस्ः शब्दलोप)

ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας

तिनीहरूले यसो गरे किनभने तिनीहरूले विश्‍वास गरे कि येशूलाई छुनाले तिनीहरूलाई राम्रो बनाउनेछ । यसलाई प्रस्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै बिरामी मानिसहरू उहाँलाई छुन उत्सुकतासाथ अगाडि बढे ताकि तिनीहरू निको हुन सकून्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 3:11

αὐτὸν ἐθεώρουν

“येशूलाई देखे”

προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα

यहाँ “तिनीहरू”ले अशुद्ध आत्माहरूलाई जनाउँछ । यी तिनीहरू हुन् जसले तिनीहरूले अधीन गरेका मानिसहरूलाई ती सब गर्न लगाइरहेका थिए । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको वशमा भएका मानिसहरूलाई तिनीहरूले उहाँको सामु लडाउने र उहाँसँग कराउने बनाइरहेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

προσέπιπτον αὐτῷ

अशुद्ध आत्माहरूले येशूलाई प्रेम गरेका वा आराधना गर्न चाहेका हुनाले उहाँको सामु घोप्टो परेका होइनन् । तिनीहरू उहाँसँग डराएका हुनाले उहाँको सामु घोप्टो परे ।

σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ

येशू “परमेश्‍वरका पुत्र” हुनुभएको हुनाले उहाँसँग अशुद्ध आत्माहरूमाथि शक्ति थियो ।

ὁ Υἱὸς τοῦ Θεοῦ

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Mark 3:12

πολλὰ ἐπετίμα αὐτοῖς

“येशूले अशुद्ध आत्माहरूलाई कडा आज्ञा गर्नुभयो”

μὴ αὐτὸν φανερὸν ποιήσωσιν

“उहाँ को हुनुहुन्थ्यो भनी प्रकट नगर्न”

Mark 3:13

येशूले आफ्‍ना चेलाहरू बनाउन इच्‍छा गर्नुभएका मानिसहरूलाई चुन्‍नुहुन्छ ।

Mark 3:14

ἵνα ὦσιν μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν

“ताकि तिनीहरू उहाँसँग रहन्थे र उहाँले तिनीहरूलाई सन्देश प्रचार गर्न पठाउन सक्‍नुहुन्थ्यो”

Mark 3:16

καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι, Πέτρον

लेखकले बाह्र जना प्रेरितका नाउँहरूका सूची दिन थाल्छन् । सिमोन त्यस सूचीमा पहिलो छन् ।

Mark 3:17

καὶ ἐπέθηκεν αὐτοῖς

शब्द “जसलाई”ले जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना दुवैलाई बुझाउँछ ।

ὀνόματα Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς

येशूले तिनीहरूलाई यसो भनेर बोलाउनुभयो किनभने तिनीहरू गर्जनहरू जस्तै थिए । वैकल्‍पिक अनुवादः “बोअनर्गेस नाउँ, जसको अर्थ गर्जन जस्तै देखिने मानिसहरू भन्‍ने हुन्छ” वा “बोअनर्गेस नाउँ, जसको अर्थ गर्जनका मानिसहरू भन्‍ने हुन्छ” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 3:18

Θαδδαῖον

यो मानिसको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 3:19

ὃς καὶ παρέδωκεν αὐτόν

“जसले येशूलाई धोका दिने थियो” “जसले येशूलाई धोका दिने थियो” शब्द “जसले”ले यहूदा इस्करियोतलाई जनाउँछ ।

Mark 3:20

καὶ ἔρχεται εἰς οἶκον

“त्यसपछि येशू उहाँ बसिरहनुभएको घरमा जानुभयो”

μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν

“रोटी”ले खानालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशू र उहाँका चेलाहरूले खान पनि सक्‍नुभएन” वा “उहाँहरूले केही पनि खान सक्‍नुभएन” (हेर्नुहोस्ः उपलक्षण)

Mark 3:21

ἐξῆλθον κρατῆσαι αὐτόν

उहाँका परिवारका सदस्यहरू घर भित्र गए, ताकि तिनीहरूले उहाँलाई पक्रन सकून र तिनीहरूसँग घर जान कर लाउन सकून् ।

ἔλεγον γὰρ

“तिनीहरू”को सम्भावित अर्थहरू हुन् १) उहाँका आफन्तहरू वा २) भीडका केही मानिसहरू ।

ἐξέστη

येशूको परिवारले उहाँले गरिरहनुभएका कामहरूको बारेमा तिनीहरूले के सोचिरहेका छन् भनी बुझाउन यो टुक्‍का प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “पागल” वा “होस नभएको” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 3:22

ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια

“भूतहरूका शासक बालजिबुलद्वारा नै येशूले भूतहरू निकाल्नुहुन्छ”

Mark 3:23

येशू शैतानको वशमा चल्नुहुन्छ भनेर मानिसहरूले सोच्नु किन मूर्ख छ भनी येशूले दृष्‍टान्तद्वारा व्याख्या गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

προσκαλεσάμενος αὐτοὺς

“येशूले मानिसहरूलाई उहाँकहाँ आउनलाई बोलाउनुभयो”

πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν?

येशूले बालजिबुलद्वारा भूतहरू निकाल्नुभयो भन्‍ने कुराको फरिसीहरूलाई जवाफमा उहाँले यो आलङ्कारिक प्रश्‍न सोध्‍नुभयो । यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शैतानले आफैँलाई निकाल्न सक्दैन !” वा “शैतान आफ्नै दुष्‍ट आत्माहरूको विरुद्धमा जाँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 3:24

ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ

“राज्य” शब्द राज्यमा बस्‍ने मानिसहरूको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि राज्यमा बस्‍ने मानिसहरू एक आपसमा विभाजित हुन्छन् भने” (हेर्नुहोस्ः लक्षणा)

οὐ δύναται σταθῆναι

यसको अर्थ हुन्छ कि मानिसहरू एकीकृत हुनेछैनन् र तिनीहरूको पतन हुनेछ । वैकल्पिक अनुवादः “रहन सक्दैन” वा “पतन हुनेछ” (हेर्नुहोस्ः रूपक अनि निषेधात्मक)

Mark 3:25

οἰκία

यो घरमा बस्‍ने मानिसहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परिवार” वा “घराना” (हेर्नुहोस्ः लक्षणा)

Mark 3:26

εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη

“आफ्नै” निजवाचक सर्वनाम हो जसले शैतानलाई जनाउँछ, र यो त्यसको दुष्‍ट आत्माहरूको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि शैतान र त्यसका दुष्‍ट आत्माहरू एक आपसमा लड्छन् भने” वा “यदि शैतान र त्यसका दुष्‍ट आत्माहरू एक आपसमा खडा हुन्छन् र विभाजित हुन्छन् भने” (हेर्नुहोस्ः निजवाचक सर्वनाम अनि लक्षणा)

οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει

यो रूपक हो जसको अर्थ ऊ लड्नेछ र रहन सक्दैन भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एकीकृत हुन छोड्नेछन्” वा “रहन सक्दैन र अन्त आएको छ” वा “पतन हुनेछ र अन्त आएको छ” (हेर्नुहोस्ः रूपक)

Mark 3:27

διαρπάσει

एउटा व्यक्तिको मूल्यवान् कुरा र धन चोर्नु

Mark 3:28

ἀμὴν, λέγω ὑμῖν

यसले यसपछि भनिएको भनाइ खासगरी सत्य र महत्त्वपूर्ण छ भनेर सङ्केत गर्छ ।

τοῖς υἱοῖς τῶν ἀνθρώπων

“जो मानिसबाट जन्मेकाहरू हुन्” यो अभिव्यक्ति मानिसहरूको मानवतालाई जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मानिसहरू”

βλασφημήσωσιν

बोल्नु

Mark 3:30

ἔλεγον

“मानिसहरूले भनिरहेका थिए”

πνεῦμα ἀκάθαρτον ἔχει

यो अशुद्ध आत्मा लागेको छ भनी बुझाउने टुक्‍का हो । वैकल्पिक अनुवादः “अशुद्ध आत्मा लागेको छ” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 3:31

καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ

“तब येशूका आमा र भाइहरू आए”

ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν

“तिनीहरू बाहिर छन् भनी उहाँलाई बताउन र उहाँलाई तिनीहरूकहाँ आउन लगाउन कसैलाई भित्र पठाए”

Mark 3:32

ζητοῦσίν σε

“तपार्इंलाई सोधिरहेका छन्”

Mark 3:33

τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου?

येशूले मानिसहरूलाई सिकाउनका लागि यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “मेरा आमा र भाइहरू वास्तवमा को हुन् भनेर म तिमीहरूलाई भन्‍नेछु” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 3:35

ὃς…ἂν ποιήσῃ…οὗτος…ἐστίν

“तिनीहरू जसले ... गर्छन् ... तिनीहरू ... हुन्”

οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν

यो एउटा अलङ्कार हो जसको अर्थ येशूका चेलाहरू येशूको आत्मिक परिवारका हुन् भन्‍ने हुन्छ । यो उहाँको शारीरिक परिवारको हुनुभन्दा बढी महत्त्वपूर्ण छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति मेरो लागि भाइ, बहिनी, वा आमा जस्तै हो” (हेर्नुहोस्ः रूपक)

Mark 4

मर्कुस ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

मर्कुस ४:३-१० ले एउटा दृष्‍टान्तको निर्माण गर्छ । यस दृष्‍टान्तलाई ४:१४-२३ मा व्याख्या गरिएको छ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:१२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दृष्‍टान्तहरू

दृष्‍टान्तहरू भनेका छोटा कथाहरू थिए जुन येशूले भन्‍नुभयो ताकि उहाँले तिनीहरूलाई सिकाउन कोसिस गरिरहनुभएको पाठलाई मानिसहरूले सजिलैसँग बुझून् । उहाँलाई विश्‍वास गर्न नचाहनेहरूले सत्यतालाई नबुझून् भनेर पनि उहाँले ती कथाहरू भन्‍नुभयो ।

Mark 4:1

येशूले समुद्र किनारमा डुङ्गाबाट सिकाउनुहुँदा उहाँले तिनीहरूलाई बिउ छर्नेको दृष्‍टान्त भन्‍नुभयो । (हेर्नुहोस्ः दृष्टान्त)

τὴν θάλασσαν

यो गालीलको समुद्र हो ।

Mark 4:3

ἀκούετε! ἰδοὺ…ὁ σπείρων

“ध्यान देओ ! एउटा किसान”

किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “उसका बिउहरू”

Mark 4:4

ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν

“उसले जमिनमा बिउ छर्दा ।” विभिन्‍न ठाउँका मानिसहरूले बिउ विभिन्‍न तरिकाले छर्छन् । यस दृष्‍टान्तमा बिउलाई उमार्नलाई तयार पारिएको जमिनमाथि फ्याँकेर छरिएको छ ।

κατέφαγεν αὐτό

किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “केही बिउहरू ... तिनीहरूलाई नष्‍ट गरे”

Mark 4:5

οὐκ εἶχεν…ἐξανέτειλεν…τὸ μὴ ἔχειν

किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । “अन्य बिउहरू ... तिनीहरूको ... थिएन ... तिनीहरू उम्रे ... तिनीहरूको ... थिएन”

ἐξανέτειλεν

“ढुङ्गेनी जमिनमा परेको बिउ छिट्टै बढ्न थाल्यो”

γῆν

यसले तपार्इंले बिउ रोप्नसक्ने खुकुलो जमिनमाथिको धूलोलाई जनाउँछ ।

Mark 4:6

ἐκαυματίσθη

यसले कलिलो बिरुवाहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले कलिलो बिरुवाहरूलाई डढायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη

“कलिलो बिरुवाहरूको जरा नभएको हुनाले तिनीहरू सुकिहाले”

Mark 4:7

συνέπνιξαν αὐτό…οὐκ ἔδωκεν

किसानले छरेका सबै बिउहरूलाई यहाँ तिनीहरू एउटै बिउ भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई मर्कुस ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “अन्य बिउहरू ... तिनीहरूलाई निसासिदियो ... तिनीहरूले ... फलाएनन्”

Mark 4:8

αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν

एउटा बिरुवाले उत्पादन गरेको अन्‍नलाई जुन बिउबाट त्यो उम्रेको थियो त्यससँग तुलना गरिएको छ । वाक्यांशलाई छोटो पार्न यहाँ उत्सर्गको प्रयोग गरिएको छ तर तिनीहरूलाई लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “केही बिरुवाहरूले त्यो मानिसले छरेको बिउ भन्दा तीस गुणा बढी फलाए, केहीले साठी गुणा बढी फल फलाए, र केहीले सय गुणा बढी फल फलाए” (हेर्नुहोस्ः शब्दलोप)

τριάκοντα…ἑξήκοντα…ἑκατόν

“३० ... ६० ... १०० ।” यिनीहरूलाई अङ्कमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 4:9

ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही प्रयत्‍न गर्नुपर्ने हुन सक्छ । यहाँ “कान छ” भन्‍ने वाक्यांश प्रतिस्थापन शब्द हो जसले बुझ्‍न र आज्ञापालन गर्नलाई भएको तत्परतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले सुन्‍न इच्‍छा गरिरहेको छ, सुनोस्” वा “जसले बुझ्‍न इच्‍छा गरिरहेको छ, उसले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)

ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω

किनकि येशू उहाँलाई सुनेर बसेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, यहाँ द्वितीय पुरुषको प्रयोग गर्न तपाईंलाई इच्‍छा हुन सक्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू सुन्‍न इच्‍छा गरिरहेका छौ भने, सुन” वा “यदि तिमीहरूले बुझ्‍न इच्‍छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)

Mark 4:10

ὅτε ἐγένετο κατὰ μόνας

यसको अर्थ येशू मात्रै हुनुहुँदा भन्‍ने होइन; बरु भीड गइसकेको थियो अनि येशू बाह्र जना र उहाँका केही नजिकका अनुयायीहरू सँग मात्रै हुनुहुन्थ्यो भन्‍ने हुन्छ ।

Mark 4:11

ὑμῖν…δέδοται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । “परमेश्‍वरले तिमीहरूलाई दिनुभएको छ” वा “मैले तिमीहरूलाई दिएको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐκείνοις…τοῖς ἔξω

“तर तिनीहरूलाई जो तिमीहरूका माझमा छैनन् ।” यसले अरू सबै मानिसहरूलाई जनाउँछ, जो बाह्र जनामध्येका वा येशूका अन्य नजिकका अनुयायीहरूमध्येका थिएनन् ।

ἐν παραβολαῖς τὰ πάντα γίνεται

येशूले मानिसहरूलाई दृष्‍टान्त दिनुहुन्छ भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सबै कुराहरू दृष्‍टान्तमा बोलेको छु” (हेर्नुहोस्ः शब्दलोप)

Mark 4:12

βλέποντες…ἀκούοντες

येशूले उहाँले तिनीहरूलाई देखाउनुभएको कुरा हेर्ने र उहाँले तिनीहरूलाई बताउनुभएको कुरा सुन्‍ने मानिसहरूको बारेमा बोलिरहनुभएको ठानिएको छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले मैले के गरिरहेको छु देख्छन् ... जब तिनीहरूले मैले के भनिरहेको छु सुन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

βλέπωσι καὶ μὴ ἴδωσιν

येशूले तिनीहरूले हेरेका कुराहरूलाई बुझ्नुलाई देख्नुको रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले हेर्छन् तर बुझ्दैनन्” (हेर्नुहोस्ः रूपक)

μήποτε ἐπιστρέψωσιν

“परमेश्‍वरतर्फ फर्क ।” यहाँ “फर्कनु” भनेको “पश्‍चात्ताप गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले पश्‍चात्ताप गर्ने थिए” (हेर्नुहोस्ः रूपक)

Mark 4:13

येशूले आफ्ना चेलाहरूलाई जमिनको दृष्‍टान्तको व्याख्या गर्नुहुन्छ र लुकेका कुराहरू प्रकट गरिनेछ भन्‍ने देखाउन बत्तीको प्रयोग गर्नेबारे बताउनुहुन्छ ।

καὶ λέγει αὐτοῖς

“अनि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो”

οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε?

येशूका चेलाहरूले उहाँको दृष्‍टान्त बुझ्‍न नसकेकोमा उहाँ कति निराश हुनुहुन्थ्यो भनेर देखाउनलाई उहाँले यी प्रश्‍नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरूले यो दृष्‍टान्त बुझ्न सक्दैनौ भने, तिमीहरूलाई अरू सबै दृष्‍टान्तहरू बुझ्न कति कठिन हुनेछ भन्‍ने बारेमा सोच” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 4:14

ὁ σπείρων

“आफ्नो बिउ छर्ने किसानले जनाउँछ”

τὸν λόγον σπείρει

“वचन”ले परमेश्‍वरको सन्देशलाई प्रतिनिधित्व गर्छ । सन्देशलाई छर्नुले त्यो कुरा सिकाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “त्यो व्यक्ति जसले मानिसहरूलाई परमेश्‍वरको सन्देश सिकाउँछ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

Mark 4:15

οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν

“केही मानिसहरू बाटोका किनाराहरूमा परेका बिउहरूजस्तै हुन्छन्” वा “केही मानिसहरू बाटोजस्ता छन् जहाँ केही बिउहरू परे”

τὴν ὁδὸν

“मार्ग”

ὅταν ἀκούσωσιν

यहाँ “यसलाई”ले “वचन” वा “परमेश्‍वरको सन्देश” लाई जनाउँछ ।

Mark 4:16

οὗτοί εἰσιν…οἱ

“अनि केही मानिसहरू बिउहरूजस्ता छन् ।” केही मानिसहरू कसरी ढुंङे माटोमा परेका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)

Mark 4:17

οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς

यो अति छोटो जरा भएका कलिला ‍बिरुवाहरूसँगको तुलना हो । मानिसहरूले पहिले वचन सुन्दा तिनीहरू उत्साहित भएका, तर तिनीहरू यसप्रति समर्पित थिएनन् भन्‍ने यो रूपकको अर्थ हो । वैकल्पिक अनुवादः “अनि तिनीहरू जरा नभएका कलिला बिरुवाहरूजस्ता हुन्” (हेर्नुहोस्ः रूपक)

οὐκ…ῥίζαν

यो जराहरू कति छोटा थिए भनी जोड दिने अतिशयोक्ति हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον

सङ्कष्‍ट मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरेको कारण आउँछ भनी व्याख्या गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरेको कारण सङ्कष्‍ट वा सतावट आउँछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

σκανδαλίζονται

यो दृष्‍टान्तमा “ठेस खानु” को अर्थ हुन्छ, “परमेश्‍वरको सन्देशमा विश्‍वास गर्न छोड्नु” (हेर्नुहोस्ः रूपक)

Mark 4:18

ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι

केही मानिसहरू कसरी काँढाका माझमा छरिएका बिउहरूजस्ता हुन्छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “र अरू मानिसहरू काँढाका बिचमा छरिएका बिउहरूजस्ता थिए” (हेर्नुहोस्ः रूपक)

Mark 4:19

αἱ μέριμναι τοῦ αἰῶνος

“यो जीवनको फिक्रीहरू” वा “यो वर्तमान जीवनको चिन्ताहरू”

ἡ ἀπάτη τοῦ πλούτου

“धन-सम्पत्तिको लागि चाहना”

εἰσπορευόμεναι, συνπνίγουσιν τὸν λόγον

येशूले ती मानिसहरूको बारेमा बताउँदै गर्नुहुँदा जो काँढाका बिचमा परेका बिउहरू जस्ता छन्, उहाँले लालसा र चिन्ताले तिनीहरूको जीवनमा वचनलाई के गर्छ भनी व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “काँढाहरूले कलिला बिरुवालाई निसासिन लगाएजस्तै तिनीहरूको जीवनमा प्रवेश गर्छन् र वचनलाई निसासिन लगाउँछन्” (हेर्नुहोस्ः रूपक)

ἄκαρπος γίνεται

“वचनले तिनीहरूमा कुनै फल फलाउँदैन”

Mark 4:20

ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες

केही मानिसहरू कसरी असल जमिनमा छरिएका बिउहरूजस्ता छन् भनी येशूले व्याख्या गर्न सुरु गर्नुभयो । वैकल्पिक अनुवादः “असल माटोमा छरिएका बिउहरू जस्तै” (हेर्नुहोस्ः रूपक)

ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν

यसले त्यो बिरुवाले उत्पादन गर्ने अन्‍नलाई जनाउँछ । वैकल्पिक अनुवादः “छरेको भन्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा अन्‍न फलाउँछ” वा “छरेको भन्दा केहीले ३० गुणा, केहीले ६० गुणा र केहीले १०० गुणा अन्‍न फलाउँछ” (हेर्नुहोस्ः शब्दलोप or सङ्ख्याहरू)

Mark 4:21

καὶ ἔλεγεν αὐτοῖς

“येशूले भीडलाई भन्‍नुभयो”

μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην?

यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले निश्‍चय पनि बत्तीलाई डोकोमुनि वा खाटमुनि राख्‍न घरभित्र ल्याउँदैनौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 4:22

οὐ γάρ ἐστιν κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ; οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν

यसलाई सकारात्मक कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने लुकाइएका सबै कुरा प्रकट गरिनेछन्, र सबै गुप्‍त कुराहरू खुलस्त हुनेछन्” (हेर्नुहोस्ः निषेधात्मक)

οὐ…ἐστιν κρυπτὸν…οὐδὲ ἐγένετο ἀπόκρυφον

“लुकाइएको कुनै पनि कुरा छैन ... गोप्य राखेको कुनै पनि कुरा छैन” दुवै वाक्यांशको अर्थ एउटै हो । सबै गुप्‍त कुरा प्रकट गरिनेछन् भनी येशूले जोड दिँदै हुनुहुन्छ । (हेर्नुहोस्ः समान्तरता)

Mark 4:23

εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω

येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर भन्‍नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही प्रयत्‍न गर्नुपर्ने हुन सक्छ । यहाँ “सुन्‍ने कान” भन्‍ने वाक्यांश प्रतिस्थापन शब्द हो जसले बुझ्‍न र आज्ञापालन गर्नलाई भएको तत्परतालाई जनाउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई मर्कुस ४:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि कसैले सुन्‍न इच्‍छा गरिरहेको छ भने, सुनोस्” वा “यदि कसैले बुझ्‍न इच्‍छा गरिरहेको छ भने, उसले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)

εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω

किनकि येशू उहाँलाई सुनेर बसेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, यहाँ द्वितीय पुरुषको प्रयोग गर्न तपाईंलाई इच्‍छा हुन सक्छ । तपाईंले यस्तै समान वाक्यांशलाई मर्कुस ४:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू सुन्‍न इच्‍छा गरिरहेका छौ भने, सुन” वा “यदि तिमीहरूले बुझ्‍न इच्‍छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)

Mark 4:24

ἔλεγεν αὐτοῖς

“येशूले भीडलाई भन्‍नुभयो”

ἐν ᾧ μέτρῳ μετρεῖτε

सम्भावित अर्थहरू हुन् १) येशूले वास्तविक नाप र अरूहरूलाई उदारतापूर्व दिने बारेमा कुरा गरिरहनुभएको छ वा २) यो एउटा अलङ्कार हो जसमा येशूले “बुझ्नु”लाई “नाप्नु”को रूपमा बताउनु हुन्छ । (हेर्नुहोस्ः रूपक)

μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको लागि त्यो परिमाण नाप्‍नुहुनेछ, र उहाँले तिमीहरूलाई त्यो थपिदिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 4:25

δοθήσεται αὐτῷ…καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτο

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई परमेश्‍वरले थप दिनुहुनेछ ... परमेश्‍वरले त्यसबाट खोस्‍नुहुनेछ” वा “परमेश्‍वरले उसलाई बढी दिनुहुनेछ ... परमेश्‍वरले उसबाट लानुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 4:26

येशूले परमेश्‍वरको राज्यलाई व्याख्या गर्न दृष्‍टान्त भन्‍नुहुन्छ, जसलाई उहाँले पछि आफ्ना चेलाहरूलाई व्याख्या गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον

येशूले परमेश्‍वरको राज्यलाई बिउ छर्ने किसानसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “बिउ छर्ने किसानजस्तै” (हेर्नुहोस्ः उपमा)

Mark 4:27

καθεύδῃ καὶ ἐγείρηται, νύκτα καὶ ἡμέραν

यो त्यस मानिसले बानी परेर गर्ने केही कुरा हो । वैकल्पिक अनुवादः “ऊ प्रत्येक राति सुत्छ र प्रत्येक दिन उठ्छ” वा “ऊ प्रत्येक राति सुत्छ र अघिल्लो दिन उठ्छ”

ὡς οὐκ οἶδεν αὐτός

“त्यस मानिसले बिउ कसरी उम्रन्छ र बढ्छ भनेर नजानेको भएतापनि”

Mark 4:28

χόρτον

डाँठ वा मुना

στάχυν

डाँठमाथि रहेको टुप्‍पो वा फल हुने बिरुवाको भाग

Mark 4:29

εὐθὺς ἀποστέλλει τὸ δρέπανον

यहाँ “हँसिया” किसानको निम्ति वा अन्‍न कटनी गर्न किसानले पठाएका मानिसहरूको प्रतिनिधित्व गर्ने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “त्यो अन्‍न कटनी गर्न हँसिया लिएर तुरुन्तै बाहिर जान्छ” वा “त्यसले तुरुन्तै मानिसहरूलाई हँसियासहित कटनी गर्न पठाउँछ” (हेर्नुहोस्ः लक्षणा)

δρέπανον

अन्‍न काट्न प्रयोग गरिने बक्राकारको धारिलो हतियार

ὅτι παρέστηκεν ὁ θερισμός

यहाँ “आएको छ” भन्‍ने पदावली बाली कटनीको निम्ति पाकेको जनाउने टुक्‍का हो । वैकल्पिक अनुवादः “किनभने अन्‍न कटनीको निम्ति तयार छ” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 4:30

πῶς ὁμοιώσωμεν τὴν Βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν?

येशूले परमेश्‍वरको राज्य के हो भनी उहाँका कुरा सुन्‍नेहरूलाई विचार गर्न लगाउन यो प्रश्‍न सोध्‍नुभयो । वैकल्पिक अनुवादः “यो दृष्‍टान्तले परमेश्‍वरको राज्य के हो भनी म व्याख्या गर्न सक्छु” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 4:31

ὅταν σπαρῇ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले यसलाई छर्छ” वा “जब कसैले यसलाई रोप्छ”

Mark 4:32

καὶ ποιεῖ κλάδους μεγάλους

रायोको बोटलाई यसले ठूलो हाँगाहरू बनाउँछ भनी वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “ठूला हाँगाहरूसँग” (हेर्नुहोस्ः मानवीकरण)

Mark 4:33

ἐλάλει αὐτοῖς τὸν λόγον

यहाँ “वचन” भनेको “परमेश्‍वरको सन्देश”लाई जनाउने प्रतिस्थापकीय शब्द हो । “तिनीहरू” शब्दले भीडलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उहाँले तिनीहरूलाई परमेश्‍वरको सन्देश सिकाउनुभयो” (हेर्नुहोस्ः उपलक्षण)

καθὼς ἠδύναντο ἀκούειν

“अनि तिनीहरू केही बुझ्‍न सक्थे भने उहाँले थप भनिरहनुहुन्थ्यो”

Mark 4:34

κατ’ ἰδίαν

यसको अर्थ उहाँ भीडहरूदेखि टाढा हुनुहुन्थ्यो तर उहाँका चेलाहरूसँग अझै पनि उहाँसगै थिए ।

ἐπέλυεν πάντα

यहाँ “सबै कुरा” अतिशयोक्ति वा अतिरञ्‍जन हो । उहाँले आफ्ना सबै दृष्‍टान्तहरू व्याख्या गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँले आफ्ना सबै दृष्‍टान्तहरू व्याख्या गर्नुभयो” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 4:35

येशू र उहाँका चेलाहरू भीडबाट उम्कन डुङ्गा चढ्दा ठूलो आँधी आउँछ । येशू र उहाँका चेलाहरू भीडबाट उम्कन डुङ्गा चढ्दा ठूलो आँधी आउँछ । आँधी र समुद्रले पनि उहाँको आज्ञा मानेको देखेर उहाँका चेलाहरू भयभीत भए ।

λέγει αὐτοῖς

“येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

τὸ πέραν

“गालील समुद्रको अर्को पट्टि” वा “समुद्रको अर्कोपट्टि”

Mark 4:37

यहाँ “चल्न थाल्यो” भनेको “सुरु भयो” भन्‍ने टुक्‍का हो । वैकल्पिक अनुवादः “भयङ्कर आँधीबेहरी सुरु भयो” (हेर्नुहोस्ः टुक्काहरू)

ἤδη γεμίζεσθαι τὸ πλοῖον

डुङ्गा पानीले भरिँदै थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “डुङ्गा पानीले भरिने खतरामा थियो” (हेर्नुहोस्ः शब्दलोप)

Mark 4:38

τῇ πρύμνῃ

यो डुङ्गाको धेरै पछाडिको भागमा हुन्छ । “डुङ्गाको पछाडिको भाग”

ἐγείρουσιν αὐτὸν

“तिनीहरू” शब्दले चेलाहरूलाई जनाउँछ । अर्को पद, पद ३९ मा भएको समान किसिमको अवधारणालाई तुलना गर्नुहोस्, जसमा छ, “उहाँ उठ्नुभयो ।” “उहाँ”ले येशूलाई जनाउँछ ।

οὐ μέλει σοι ὅτι ἀπολλύμεθα?

चेलाहरूले तिनीहरूको डर पोखाउन यो प्रश्‍न गरे । यो प्रश्‍नलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “के भइरहेको छ भनी तपार्इंले ध्यान दिनुपर्छ; हामी सबै जना मर्न लागेका छौँ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀπολλύμεθα

“हामी”ले चेलाहरू र येशूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Mark 4:39

σιώπα, πεφίμωσο

यी दुवै वाक्यांशहरू एउटै हुन् र येशूले बतास र समुद्रले के गरेको चाहनुहुन्थ्यो भन्‍ने कुरालाई जोड दिन प्रयोग गरिएका हुन् । (हेर्नुहोस्ः प्रतिरूपी)

γαλήνη μεγάλη

“समुद्र अति अचल भयो” वा “समुद्र अति शान्त भयो”

Mark 4:40

καὶ εἶπεν αὐτοῖς

“अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

τί δειλοί ἐστε? οὔπω ἔχετε πίστιν

येशू तिनीहरूका साथमा हुँदा पनि तिनीहरू किन डराएका भनी विचार गर्न उहाँले यो प्रश्‍न सोध्‍नुभयो । यी प्रश्‍नहरूलाई भनाइहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू डराउनु हुँदैन । तिमीहरूसँग धेरै विश्‍वास हुनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 4:41

τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ?

येशूले गर्नुभएको काम देखेर चकित हुँदै चेलाहरूले यो प्रश्‍न सोधे । यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी मानिस त साधारण मानिसजस्ता छैनन्; हावा र समुद्रले पनि यिनले भनेको मान्छन् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 5

मर्कुस ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका सम्भावित कठिनाइहरू

“तालिता, कूमी”

“तालिता, कूमी” भन्‍ने शब्दहरू (मर्कुस ५:४१) आरमेइक भाषाबट लिइएका हुन् । मर्कुसले तिनीहरूको उच्‍चारणलाई लेख्‍छन् र त्यसपछि तिनको अनुवाद गर्छन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

Mark 5:1

येशूले त्यस ठूलो आँधीलाई शान्त पार्नुभएपछि उहाँले धेरै भूतहरू भएको मानिसलाई निको पार्नुहुन्छ, तर गेरासेनसका स्थानीय बासिन्दाहरू त्यसको चङ्गाइप्रति खुसी हुँदैनन्‌ र तिनीहरूले येशूलाई त्यहाँबाट जानलाई आग्रह गर्छन् ।

ἦλθον

“उहाँहरू” शब्दले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।

τῆς θαλάσσης

यसले गालीलको समुद्रलाई जनाउँछ ।

τῶν Γερασηνῶν

यसले गेरासेनसमा बस्‍ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 5:2

ἐν πνεύματι ἀκαθάρτῳ

यो त्यो मानिस अशुद्ध आत्माको “वश”मा वा “नियन्त्रण”मा छ भनी अर्थ दिने टुक्‍का हो । वैकल्पिक अनुवादः “अशुद्ध आत्माको नियन्त्रणमा रहेको” वा “अशुद्ध आत्माको वशमा भएको” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 5:4

αὐτὸν πολλάκις…δεδέσθαι

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई धेरै पटक बाँधेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὰς πέδας συντετρῖφθαι

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “उसले ठिँगुरोहरूलाई टुक्राटुक्रा पार्‍यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

πέδαις

धातुका टुक्राहरू जुन मानिसहरूले कैदीहरूको पाखुराहरू र खुट्टाहरूमा लगाउँछन् र त्यसलाई सार्न नसकिने अन्य वस्तुहरूसँग गाँस्छन् ताकि कैदीहरू सर्न नसकून्

οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι

त्यो मानिस यस्तो बलियो थियो कि कसैले पनि त्यसलाई वशमा राख्‍न सक्दैनथ्यो । त्यो मानिस यस्तो बलियो थियो कि कसैले पनि त्यसलाई वशमा राख्‍न सक्दैनथ्यो । वैकल्पिक अनुवादः “त्यो यति बलियो थियो कि त्यसलाई वशमा राख्‍न कोही पनि त्यति तागतिलो थिएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

αὐτὸν δαμάσαι

“त्यसलाई नियन्त्रण गर्न”

Mark 5:5

κατακόπτων ἑαυτὸν λίθοις

प्रायः भूत लाग्दा भूतले मानिसलाई आफैँलाई काट्नेजस्ता आफैँलाई हानि गराउने काम गराउँछ ।

Mark 5:6

καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν

जब त्यो मानिसले येशूलाई पहिलो चोटि देख्यो, येशू डुङ्गाबाट बाहिर निस्किरहनुभएको हुनसक्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

προσεκύνησεν

त्यसले येशूको सामु आराधना गर्न होइन, तर आदर र सम्मानले घुँडा टेक्यो ।

Mark 5:7

घटेका घटनाहरूलाई तिनीहरू घटेकै क्रममा राख्न यी दुई पदहरूमा दिइएको जानकारीलाई पुनः मिलाउन सकिन्छ । (हेर्नुहोस्ः घटनाक्रमहरू)

κράξας

“अशुद्ध आत्मा चिच्‍च्‍यायो”

τί ἐμοὶ καὶ σοί Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου?

अशुद्ध आत्माले डराएर यो प्रश्‍न गर्छ । यसलाई कथनको रूपमा पनि लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र, येशू, मलाई छोडिदिनुहोस् ! तपार्इंले ममाथि हस्तक्षेप गर्ने कुनै कारण छैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Ἰησοῦ…μή με βασανίσῃς

येशूसँग अशुद्ध आत्मालाई पीडा दिने शक्ति छ ।

Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ὁρκίζω σε τὸν Θεόν

यहाँ अशुद्ध आत्माले येशूसँग बिन्ती गर्दा परमेश्‍वरको नाउँमा शपथ खाँदै छ । यस प्रकारको अनुरोध तपाईंको भाषामा कसरी गरिन्छ भन्‍ने कुरालाई विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “म परमेश्‍वरको सामु तपार्इंलाई बिन्ती गर्छु” वा “म परमेश्‍वरको नाउँमा किरिया खाएर तपार्इंलाई बिन्ती गर्छु”

Mark 5:9

ἐπηρώτα αὐτόν

“अनि येशूले त्यो अशुद्ध आत्मालई सोध्‍नुभयो”

λέγει αὐτῷ, Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.

एउटा भूत नै सबैको तर्फबाट बोलिरहेको छ । त्यसले तिनीहरूको बारेमा कुनै एउटा फौज, रोमी सेनाको यस्तै ६,००० जनाको पल्टनजस्तै गरी बोल्यो । वैकल्पिक अनुवादः “अनि भूतले उहाँलाई भन्यो, ‘हामीलाई फौज भन्‍नुहोस्, किनभने हामी धेरै जना यो मानिसभित्र छौँ ।’” (हेर्नुहोस्ः रूपक)

Mark 5:12

παρεκάλεσαν αὐτὸν

“अशुद्ध आत्माहरूले येशूसँग बिन्ती गरे”

Mark 5:13

ἐπέτρεψεν αὐτοῖς

येशूले तिनीहरूलाई के गर्न अनुमति दिनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले अशुद्ध आत्माहरूलाई तिनीहरूले मागेका कुरा गर्न अनुमति दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὥρμησεν…κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ

तपार्इंले यसलाई अलग-अलग वाक्य बनाउन सक्‍नुहुन्छः “समुद्रमा । त्यहाँ झण्डै दुई हजारवटा सुँगुर थिए र तिनीहरू समुद्रमा डुबे”

ὡς δισχίλιοι

“लगभग २,००० ओटा सुँगुरहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 5:14

εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς

त्यस मानिसले यो खबर गाउँ र सहरमा भएका मानिसहरूकहाँ पुर्‍यायो भनी स्पष्‍टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सहर र गाउँमा भएका मानिसहरूकहाँ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 5:15

τὸν λεγεῶνα

यो त्यस मानिसमा भएका थुप्रै भूतहरूको नाम थियो । तपाईंले यसलाई मर्कुस ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

σωφρονοῦντα

यो एउटा टुक्‍का हो जसको अर्थ हुन्छ कि उसले स्पष्‍ट रूपमा सोचिरहेको थियो । वैकल्पिक अनुवादः “सामन्य मनस्थितिको” वा “स्पष्‍ट रूपमा विचार गर्दै” (हेर्नुहोस्ः टुक्काहरू)

ἐφοβήθησαν

“तिनीहरू” शब्दले के भएको रहेछ भनी हेर्न जाने मानिसहरूको समूहलाई जनाउँछ ।

Mark 5:16

οἱ ἰδόντες, πῶς ἐγένετο

“के भएको थियो भनी देख्‍ने मानिसहरू”

Mark 5:18

ὁ δαιμονισθεὶς

त्यो मानिसलाई अहिले भूत लागेको थिएन तैपनि त्यसलाई यसरी नै वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “त्यो मानिस जसलाई भूत लागेको थियो”

Mark 5:19

καὶ οὐκ ἀφῆκεν αὐτόν

येशूले त्यो मानिसलाई के गर्न अनुमति दिनुभएन भनी प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँले त्यो मानिसलाई उहाँहरूसँग आउन अनुमति दिनुभएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 5:20

τῇ Δεκαπόλει

यो प्रदेशको नाउँ हो जसको अर्थ दसवटा सहरहरू हुन्छ । यो गालील सहरको दक्षिण-पूर्वपट्टि पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

πάντες ἐθαύμαζον

मानिसहरू किन छक्‍क परे भनी प्रस्ट पार्न उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यस मानिसले भनेको कुरा सुन्ने मानिसहरू सबै छक्‍क परे” (हेर्नुहोस्ः शब्दलोप)

Mark 5:21

येशूले गेरासेनस प्रदेशमा भूत लागेको मानिसलाई निको पार्नुभएपछि उहाँ र उहाँका चेलाहरू तालको पारिपट्टि कफर्नहुमतिर फर्कनुभयो जहाँ सभाघरका शासकले येशूलाई तिनकी छोरी निको पारिदन बिन्ती गर्छन् ।

τὸ πέραν

यो शब्दमा अतिरिक्त जानकारी थप्‍नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि” (हेर्नुहोस्ः शब्दलोप)

παρὰ τὴν θάλασσαν

“समुद्री तटमा” वा “समुद्रको किनारमा”

τὴν θάλασσαν

यो गालीलको समुद्र हो ।

Mark 5:22

Ἰάειρος

यो मानिसको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 5:23

ἐπιθῇς τὰς χεῖρας

“हात राख्‍नु”ले अगमवक्ता वा शिक्षकले कसैमाथि उनको हात राखेर निको पार्ने वा आशिष् दिने कुरालाई बुझाउँछ । यस अवस्थामा, याइरसले तिनकी छोरीलाई निको पार्न येशूसँग बिन्ती गर्दै छन् ।

ἵνα σωθῇ καὶ ζήσῃ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिनलाई निको पार्नुहोस् र तिनलाई जीवित तुल्याउनुहोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 5:24

καὶ ἀπῆλθεν μετ’ αὐτοῦ

“त्यसैले येशू याइरससँग जानुभयो ।” येशूका चेलाहरू पनि तिनीसँग गए । वैकल्पिक अनुवादः “त्यसैले येशू र उहाँका चेलाहरू याइरससँग जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

συνέθλιβον αὐτόν

यसको अर्थ हो कि तिनीहरू येशूको वरिपरि भीड लागे र येशूको नजिक हुन ठेलमठेल गरे ।

Mark 5:25

येशू बाह्र वर्षकी केटीलाई निको पार्न बाटोमा जाँदै गर्नुहुँदा बाह्र वर्षदेखि रगत बग्‍ने रोग भएकी महिलाले निको हुन येशूलाई छोएर अवरोध पुर्‍याएकी छिन् ।

καὶ γυνὴ οὖσα

“अब”ले कथामा यो महिलालाई चिनाएको सङ्केत दिन्छ । तपार्इंको भाषामा कथामा नयाँ मानिसहरूलाई कसरी चिनाइन्छ, विचार गर्नुहोस् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)

ἐν ῥύσει αἵματος δώδεκα ἔτη

ती महिलाको खुल्ला घाउ थिएन; तर तिनको महिनावारीको रगत नै रोकिँदैनथ्यो । तपार्इंको भाषामा यस अवस्थालाई जनाउने नरम तरिका हुनसक्छ । (हेर्नुहोस्ः व्यञ्‍जना)

δώδεκα ἔτη

“१२ वर्षदेखि” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 5:26

εἰς τὸ χεῖρον ἐλθοῦσα

“तिनको बिमार अझ बिग्रँदै गयो” वा “तिनको रक्तस्राव अझ बढ्यो”

Mark 5:27

τὰ περὶ τοῦ Ἰησοῦ

तिनले येशूले मानिसहरूलाई कसरी निको पार्नुभयो भनी सुनेकी थिइन् । वैकल्पिक अनुवादः “यो कि येशूले मानिसहरूलाई निको पार्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοῦ ἱματίου

बाहिरी वस्‍त्र वा ओड्ने

Mark 5:28

σωθήσομαι

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 5:29

ἴαται ἀπὸ τῆς μάστιγος

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोगले तिनलाई छोडेको थियो” वा “तिनी फेरि बिरामी भई रहिनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 5:30

τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν

जब ती महिलाले येशूलाई छोइन् र निको भइन्, येशूले उहाँको शक्तिले तिनलाई निको पारिरहेको थाहा गर्नुभयो । येशूले तिनलाई निको पार्नुहुँदा मानिसहरूलाई निको पार्ने उहाँको कुनै शक्ति उहाँ आफैँले गुमाउनुभएन । वैकल्पिक अनुवादः “यो कि उहाँको निको पार्ने शक्तिले त्यस महिलालाई निको पारेको थियो”

Mark 5:31

τὸν ὄχλον συνθλίβοντά σε

यसको अर्थ हो कि तिनीहरू येशूको वरिपरि भीड लागे र येशूको नजिक हुनको लागि एक आपसमा ठेलमठेला गरे । तपाईंले यसलाई मर्कुस ५:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Mark 5:33

προσέπεσεν αὐτῷ

“उहाँको सामु घुँडा टेकिन् ।” तिनले येशूको सामु आदर र समर्पणताको कार्यस्वरूप घुँडा टेकिन् ।

εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν

“सबै सत्यता”ले तिनले उहाँलाई कसरी छोइन् र तिनी कसरी निको भइन् भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले उहाँलाई कसरी छोएकी थिइन् भन्‍नेबारे सबै सत्यता बताइन्” (हेर्नुहोस्ः शब्दलोप)

Mark 5:34

θυγάτηρ

येशूले ती महिलालाई विश्‍वासीको रूपमा जनाउन आलङ्कारिक रूपमा यो शब्द प्रयोग गर्दै हुनुहुन्थ्‍यो ।

ἡ πίστις σου

“ममा गरेको तिम्रो विश्‍वासले”

Mark 5:35

ἔτι αὐτοῦ λαλοῦντος

“येशू बोलिरहनुहुँदा”

ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου

सम्भावित अर्थहरू हुन् १) यी मानिसहरू याइरसका घरबाट आएका थिए वा २) याइरसले यी मानिसहरूलाई पहिले नै येशूलाई हेर्न जान आदेश दिएका थिए वा ३) यी मानिसहरू याइरसको अनुपस्थितिमा सभाघर चलाउने मानिसले पठाएका थिए ।

τοῦ ἀρχισυναγώγου

“सभाघरका अगुवा” याइरस हुन् ।

λέγοντες

“सभाघर, याइरसलाई भन्दै”

τί ἔτι σκύλλεις τὸν διδάσκαλον?

यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गुरुलाई कष्‍ट दिनु अब व्यर्थ हुन्छ ।” वा “अब गुरुलाई कष्‍ट दिन जरुरी छैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὸν διδάσκαλον

यसले येशूलाई जनाउँछ ।

Mark 5:36

युडीबीमा जस्तै घटनाहरूलाई तिनीहरू घटेकै क्रममा प्रस्तुत गर्न ३७ र ३८ पदहरूमा दिइएका जानकारीलाई पुनः मिलाउन सकिन्छ । (हेर्नुहोस्ः घटनाक्रमहरू) अनि पदका पुलहरू)

μόνον πίστευε

आवश्यक परे येशूले याइरसलाई के विश्‍वास गर्न आज्ञा गरिरहनुभएको थियो भनी उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रो छोरीलाई जीवित पार्न सक्‍छु भनी विश्‍वास मात्र गर”

Mark 5:37

οὐκ ἀφῆκεν

येशूले अनुमति दिनुभएन

μετ’ αὐτοῦ συνακολουθῆσαι

“उहाँसँग आउन ।” उहाँहरू कहाँ गइरहनुभएको थियो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “उहाँसँग याइरसको घरमा जान” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 5:38

θεωρεῖ

येशूले देख्‍नुभयो

Mark 5:39

λέγει αὐτοῖς

“येशूले ती रोइरहेका मानिसहरूलाई भन्‍नुभयो”

τί θορυβεῖσθε καὶ κλαίετε?

येशूले तिनीहरूलाई तिनीहरूको विश्‍वासको कमी देखाउन यो प्रश्‍न सोध्‍नुभयो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो निराश हुने र रुने समय होइन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει

येशूले सुत्‍ने कुरालाई जनाउने प्रचलनको शब्द प्रयोग गर्नुहुन्छ, र अनुवादले पनि त्यसै गर्नुपर्छ ।

Mark 5:40

κατεγέλων αὐτοῦ

येशूले सुत्‍ने कुरालाई जनाउने प्रचलनको शब्द प्रयोग गर्नुभयो (पद ३९) । पाठकले बुझ्‍नुपर्छ कि सुन्‍ने मानिसहरू येशूमाथि हाँस्छन् किनभने तिनीहरूलाई मृत व्यक्ति र सुतिरहेको व्यक्तिको बीचमा भएको भिन्‍नता साँचो रूपमा जान्दछन् र तिनीहरू विचार गर्छन् कि उहाँले त्यो जान्‍नुहुन्‍न ।

ἐκβαλὼν πάντας

“अरू सबै मानिसलाई घर बाहिर पठाउनुभयो”

τοὺς μετ’ αὐτοῦ

यसले पत्रुस, याकूब र यूहन्‍नालाई जनाउँछ ।

εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον

बालिका सुतिरहेकी कोठाभित्र जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 5:41

ταλιθὰ, κοῦμ!

यो आरमेइक वाक्य हो, जुन येशूले ती सानी केटीसँग तिनको भाषामा बोल्नुभयो । यसलाई जस्ताको तस्तै तपार्इंको वर्णमालामा लेख्‍नुहोस् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

Mark 5:42

ἦν…ἐτῶν δώδεκα

“तिनी १२ वर्षकी थिइन्” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 5:43

διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ

यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘यो कसैले थाहा पाउनु हुँदैन !’ त्यसपछि” वा “उहाँले तिनीहरूलाई कडाइका साथ आज्ञा गर्नुभयो, ‘मैले गरेको कुरा कसैलाई नभन्‍नू ।’ त्यसपछि” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

διεστείλατο αὐτοῖς πολλὰ

“उहाँले तिनीहरूलाई कडाइका साथ अह्राउनुभयो”

καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν

यसलाई प्रत्यक्ष कथनमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिनलाई केही खाने कुरा देओ ।’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

Mark 6

मर्कुस ०६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तेलले अभिषेक गरिएको”

प्राचीन मध्यपूर्व क्षेत्रमा मानिसहरूले बिरामी मानिसहरूलाई जैतूनको तेल लगाएर निको पार्ने कोसिस गर्ने गर्थे ।

Mark 6:1

येशू आफू हुर्कनुभएको सहरमा फर्केर आउनुहुन्छ जहाँ उहाँलाई स्वीकार गरिन्‍न ।

τὴν πατρίδα αὐτοῦ

यसले नासरतको सहरलाई जनाउँछ जहाँ उहाँ हुर्कनुभयो र जहाँ उहाँको परिवार पनि बस्छन् । यसको अर्थ त्यहाँ उहाँको जग्गा जमिन थियो भन्‍ने होइन ।

Mark 6:2

τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ

यो कर्मवाच्यको संरचनामा सोधिएको प्रश्‍नलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनले पाएको यो बुद्धि कस्तो हो ?”

διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι

यसले येशू आफैँले आश्‍चर्कर्महरू गर्नुहुन्छ भन्‍ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “जुन उहाँ आफैँले गर्नुहुन्छ”

Mark 6:3

οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, καὶ ἀδελφὸς Ἰακώβου, καὶ Ἰωσῆτος, καὶ Ἰούδα, καὶ Σίμωνος? καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς?

यो प्रश्‍नहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यिनी एक साधारण सिकर्मी मात्र हुन् । हामी यिनी र यिनको परिवारलाई चिन्छौँ । हामी यिनकी आमा मरियमलाई चिन्छौँ । हामी यिनका भाइहरू याकूब, योसेफ, यहूदा र सिमोनलाई चिन्छौँ । अनि यिनका बहिनीहरू पनि यहाँ हामीसँगै रहन्छन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 6:4

αὐτοῖς

“भीडलाई”

οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ

यो वाक्यले सकारात्मक कुरालाई जोड दिन युगल अकरणको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “अगमवक्तालाई ... मा बाहेक सदैव आदर गरिन्छ” वा “अगमवक्तालाई आदर नगरिने ठाउँ भनेको ... मात्र हो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

Mark 6:5

ὀλίγοις ἀρρώστοις, ἐπιθεὶς τὰς χεῖρας

अगमवक्ताहरू र शिक्षकहरूले निको पार्न वा आशिष् दिन मानिसहरूमाथि आफ्ना हात राख्थे । यहाँ, येशूले मानिसहरूलाई निको पारिरहनुभएको थियो ।

Mark 6:7

पद ८ र ९ मा भएका येशूका निर्देशनहरूलाई उहाँले चेलाहरूलाई के गर्नलाई भन्‍नुभयो र तिनीहरूलाई के नगर्नलाई भन्‍नुभयो भन्‍ने कुराहरूलाई अलग राख्‍नलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः पदका पुलहरू)

येशूले आफ्ना चेलाहरूलाई दुई-दुई जनाको जोडी बनाएर प्रचार गर्न र निको पार्न पठाउनुहुन्छ ।

προσκαλεῖται τοὺς δώδεκα

यहाँ “बोलाउनुभयो”को अर्थ उहाँले बाह्र जनालाई उहाँकहाँ आउनलाई डाक्‍नुभयो भन्‍ने हुन्छ ।

δύο δύο

“२-२ जना” वा “जोडि-जोडिमा” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 6:8

μὴ ἄρτον

यहाँ “रोटी” भनेको खानाको निम्ति अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “कुनै खानेकुरा छैन” (हेर्नुहोस्ः उपलक्षण)

Mark 6:10

ἔλεγεν αὐτοῖς

“येशूले बाह्र जनालाई भन्‍नुभयो”

ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν

“त्यहीँ बस”को अर्थ हरेक दिन खान र बस्‍न फर्केर त्यहि घरमा जानु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यहीँ नै खाओ र सुत” (हेर्नुहोस्ः लक्षणा)

Mark 6:11

εἰς μαρτύριον αὐτοῖς

“तिनीहरूका अगाडि गवाहीको रूपमा” । यो तिनीहरूका लागि कसरी गवाही थियो भनी व्याख्या गर्नु उपयुक्त हुन्छ । “तिनीहरूलाई गवाहीको रूपमा । त्यसरी तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भनी गवाही दिँदै हुनेछौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:12

ἐξελθόντες

“तिनीहरू”ले बाह्र जना चेलालाई जनाउँछ र त्यसमा येशू पर्नुहुन्‍न । साथै, तिनीहरू विभिन्‍न सहरमा गए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरू विभिन्‍न सहरहरूमा गए” (हेर्नुहोस्ः शब्दलोप)

यहाँ “फर्कनु” भनेको अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “पाप गर्न रोक” वा “तिनीहरूका पापका निम्ति पश्‍चात्ताप गर्नु” (हेर्नुहोस्ः रूपक)

Mark 6:13

δαιμόνια πολλὰ ἐξέβαλλον

तिनीहरूले मानिसहरूबाट भूतहरू बाहिर निकाले भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसहरूबाट धेरै भूतहरू निकाले” (हेर्नुहोस्ः शब्दलोप)

Mark 6:14

जब हेरोदले येशूको बारेमा सुन्छन्, कसैले बप्‍तिस्मा दिने यूहन्‍नालाई मृतकहरूबाट जीवित पार्‍यो कि भनी तिनी चिन्तित हुन्छन् । (हेरोदले बप्‍तिस्मा दिने यूहन्‍नालाई मार्न लगाएका थिए ।)

ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης

“यो”ले भूत निकाल्ने र मानिसहरूलाई निको पार्ने समेत गरेर येशू र उहाँका चेलाहरूले विभिन्‍न सहरमा गरिरहनुभएका सबै कुराहरूलाई जनाउँछ ।

ἔλεγον, ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται

केहीले येशूलाई बप्‍तिस्‍मा-दिने यूहन्‍ना ठानिरहेका थिए । यसलाई प्रस्ट पारेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले भनिरहेका थिए, ‘तिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो ... थिए’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Ἰωάννης ὁ βαπτίζων ἐγήγερται

यहाँ “बौह्रइएका” भनेको वाक्‍पद्धति हो जसले “पुनः जिउन लगाइएको” भन्‍ने कुरालाई जनाउँछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्‍तिस्मा-दिने यूहन्‍नालाई फेरि जीवित हुने तुल्याइएका थिए” वा “परमेश्‍वरले बप्‍तिस्मा-दिने यूहन्‍नालाई फेरि जीवित हुने तुल्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)

Mark 6:15

ἄλλοι δὲ ἔλεγον, ὅτι Ἠλείας ἐστίν

केही मानिसहरूले उहाँलाई किन एलिया भने भनी प्रस्ट पार्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “अरू केहीले भने, ‘यिनी एलिया हुन, जसलाई परमेश्‍वरले फेरि पठाउने प्रतिज्ञा गर्नुभयो’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:16

लेखकले पद १७ मा हेरोद र तिनले यूहन्‍नाको शिर किन काट्न लगाए भन्‍ने बारेमा पृष्‍ठभूमि जानकारी दिन सुरु गर्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

ὃν ἐγὼ ἀπεκεφάλισα

यहाँ हेरोदले आफैँलाई जनाउन “मैले” शब्द प्रयोग गर्छन् । “मैले” शब्द हेरोदका सिपाहीहरूका निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “जसको शिर काट्न मैले मेरा सिपाहीहरूलाई आदेश दिएँ” (हेर्नुहोस्ः लक्षणा)

ἠγέρθη

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फेरि जीवित भएका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 6:17

αὐτὸς…ὁ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हेरोदले सिपाहीहरूलाई यूहन्‍नालाई गिरफ्तार गर्न पठाए र तिनलाई बाँधेर झ्यालखानामा राख्‍न लगाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

“हाल्न आदेश दिए”

διὰ Ἡρῳδιάδα

“हेरोदियासको कारण”

τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ

“फिलिप, तिनको भाइकी पत्‍नी ।” हेरोदको भाइ फिलिप प्रेरितको पुस्तकका प्रचारक वा येशूका बाह्र चेलाहरू मध्येका फिलिप होइनन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὅτι αὐτὴν ἐγάμησεν

“किनभने हेरोदले त्यसलाई विवाह गरेका थिए”

Mark 6:19

ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο

यसको कर्ता हेरोदियास हो र तिनले अरू कसैले यूहन्‍नालाई मारेको चाहना गर्दा “तिनी” प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले उनलाई कसैले मारेको चाहिन्, तर तिनले मार्न लगाउन सकेकी थिइनन्” (हेर्नुहोस्ः लक्षणा)

Mark 6:20

ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς

हेरोद यूहन्‍नासँग किन डराउँथे भनी देखाउन यी दुईवटा उपवाक्यहरूलाई फरक तरिकाले जोड्न सकिन्छ । वैकल्पिक अनुवाद: “हेरोद यूहन्‍नासँग डराए, किनभने तिनी जान्दथे” (हेर्नुहोस्ः संयोजक शब्दहरू )

εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον

“यूहन्‍ना धर्मी व्यक्ति थिए भनी हेरोदले जान्दथे”

ἀκούσας αὐτοῦ

“यूहन्‍नाको कुरा सुन्दा”

Mark 6:21

लेखकले हेरोद र यूहन्‍नाको टाउको काटिएको बारेमा पृष्‍ठभूमि जानकारीलाई दिन निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν, τοῖς μεγιστᾶσιν αὐτοῦ

यहाँ “तिनी”ले हेरोदलाई जनाउँछ र यो तिनले खाना तयार पार्न लगाएका नोकरको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनले आफ्ना अधिकृतहरूलाई भोज दिए” वा “तिनले गालीलका ... आफ्ना अधिकृतहरूलाई तिनीसँगै खान र उत्सव मनाउन निमन्त्रणा गरे”

τοῖς γενεσίοις αὐτοῦ δεῖπνον

एउटा औपचारिक खाना वा भोज

Mark 6:22

τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος

“आफैँ” शब्द निजवाचक सर्वनाम हो जुन हेरोदियासकी छोरी आफैँ भोजमा नाचेकी थिइन् भनी याद राख्नुपर्ने कुरा थियो भनेर जोड दिन प्रयोग गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)

εἰσελθούσης

“कोठाभित्र आइन्”

Mark 6:23

ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου

“तिमीले माग्यौ भने मैले तिमीलाई मसँग भएका र शासन गर्ने ठाउँको आधासम्म दिनेछु”

Mark 6:24

ἐξελθοῦσα

“कोठाबाट बाहिर गइन्”

Mark 6:25

πίνακι

“पाटीमा” वा “काठको ठूलो थालमा”

Mark 6:26

διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους

शपथमा भनिएको कुरा, र शपथ र बेलुकीको भोजनमा आएका पाहुनाहरूको बीचमा भएको सम्बन्धलाई प्रस्‍ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले जे मागे पनि तिनलाई दिन्छु भनी उनले प्रतिज्ञा गरेका कुरा उनका पाहुनाहरूले सुनेका हुनाले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:28

ἐπὶ πίνακι

“एउटा किस्तीमा”

Mark 6:29

ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ

“जब यूहन्‍नाका चेलाहरू”

Mark 6:30

चेलाहरू प्रचार र निको पार्ने कामबाट फर्केपछि उहाँहरू कहीँ एकान्तमा जानुहुन्छ, तर येशूले सिकाउनुभएको सुन्‍न त्यहाँ धेरै मानिसहरू आउँछन् । जब ढिलो हुन्छ उहाँले मानिसहरूलाई खुवाउनुहुन्छ र सबैलाई पठाउनुहुन्छ र उहाँले चाहिँ एकलै प्रार्थना गहर्नुहुन्छ ।

Mark 6:31

ἔρημον τόπον

कुनै पनि मानिस नभएको ठाउँ

ἦσαν…οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί

यसको अर्थ हुन्छ, कि मानिसहरू प्रेरिहरूकहाँ निरन्तर आउने र जाने गरिरहेका थिए ।

οὐδὲ…εὐκαίρουν

“तिनीहरू”ले सबै प्रेरितहरूलाई जनाउँछ ।

Mark 6:32

καὶ ἀπῆλθον

यहाँ “उहाँहरू”मा येशू र चेलाहरू दुवै पर्नुहुन्छ ।

Mark 6:33

εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν πολλοί

“मानिसहरूले येशू र प्रेरितहरू गइरहनुभएको देखे”

πεζῇ

मानिसहरू जमिनमा पैदल हिँडेर गइरहेका छन्, जसले चेलाहरू डुङ्गामा कसरी गए भन्‍ने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ ।

Mark 6:34

εἶδεν πολὺν ὄχλον

“येशूले ठूलो भीडलाई देख्‍नुभयो”

ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα

येशूले मानिसहरूलाई अलमलिएका भेडाहरूसँग तुलना गर्नुहुन्छ जब तिनीहरूसँग डोहोर्‍याउने गोठालो हुँदैनन् । (हेर्नुहोस्ः उपमा)

Mark 6:35

καὶ ἤδη ὥρας πολλῆς γενομένης

यसको अर्थ दिन ढलेको थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जब ढिलो हुँदै थियो” वा “अपराह्‍ण सकिन लाग्दा” (हेर्नुहोस्ः टुक्काहरू)

ἔρημός ἐστιν ὁ τόπος

यसले त्यस्तो स्थानलाई जनाउँछ जहाँ कोही मानिसहरू हुँदैनन् । तपाईंले यसलाई मर्कुस ६:३१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Mark 6:37

ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς

“तर येशूले जवाफ दिनुभयो र उहाँका चेलाहरूलाई भन्‍नुभयो”

ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν?

तिनीहरूसँग पर्याप्‍त खाना किन्‍ने कुनै उपाय छैन भन्‍न चेलाहरूले यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “हामीसँग दुई सय दिनारी थियो नै भने पनि हामीले यो भीडलाई खुवाउन पर्याप्‍त रोटी किन्‍न सक्दैनौँ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

δηναρίων διακοσίων

“२०० दिनारी ।” “दिनारी” शब्दको एकवचन शब्द “दिनारिअस” हो । एक दिनारिअस एक दिनको ज्याला बराबरको रोमी चाँदिको सिक्‍का हो । (हेर्नुहोस्ः बाइबलीय पैसा अनि सङ्ख्याहरू)

Mark 6:38

ἄρτους

मुछेको पीठोको डल्‍लाहरू जसलाई आकार दिइएको छ र पकाइएको छ

Mark 6:39

τῷ χλωρῷ χόρτῳ

तपार्इंको भाषामा स्वस्थ्य घाँसको निम्ति प्रयोग गरिने रङ जनाउने शब्द प्रयोग गर्नुहोस् जुन हरियो रङको हुन पनि सक्छ वा नहुन पनि सक्छ ।

Mark 6:40

πρασιαὶ, κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα

यसले हरेक समूहमा भएका मानिसहरूको सङ्ख्यालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनैमा पचास जना र कुनैमा सय जनाको समूह” (हेर्नुहोस्ः सङ्ख्याहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:41

ἀναβλέψας εἰς τὸν οὐρανὸν

यसको अर्थ हुन्छ कि उहाँले आकाशतिर हेर्नुभयो, जुन परमेश्‍वर बस्‍नुहुने ठाउँसँग सम्बन्धित छ ।

εὐλόγησεν

“उहाँले आशिष्‌ व्यक्त गर्नुभयो” वा “उहाँले धन्यवाद दिनुभयो”

τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν

“सबैले खाऊन् भनेर उहाँले दुईवटा माछा पनि बाँडिदिनुभयो”

Mark 6:43

ἦραν

सम्भावित अर्थहरू हुन् १) “चेलाहरूले उठाए” वा २) “मानिसहरूले उठाए ।”

κλάσματα δώδεκα κοφίνων πληρώματα

“रोटीका टुक्रा-टाक्रीले भरिएका बाह्र डालाहरू”

δώδεκα κοφίνων

“१२ डालाहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Mark 6:44

πεντακισχίλιοι ἄνδρες

“५,००० मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)

ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες

महिला र बालबालिकाहरूको सङ्ख्या गनिएको थिएन । यदि नबुझिने हुन्छ भने महिला र बालबालिकाहरू पनि त्यहाँ थिए भनी स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि त्यहाँ रोटी खाने मानिसहरू पाँच हजार जना थिए । तिनीहरूले महिला र बालबालिकाहरूलाई गनेनन् ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:45

εἰς τὸ πέραν

यसले गालील समुद्रलाई जनाउँछ । यसलाई स्पष्‍ट पारेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गालील समुद्रको पारीपट्टि” (हेर्नुहोस्ः शब्दलोप)

Βηθσαϊδάν

यो गालील समुद्रको उत्तरी किनारको एउटा सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 6:46

ἀποταξάμενος αὐτοῖς

“जब मानिसहरू गए”

Mark 6:48

चेलाहरूले ताल पार गर्न लाग्दा आँधी आउँछ । येशूलाई पानीमाथि हिँडिरहनुभएको देखेर तिनीहरू भयभीत हुन्छन् । येशूले कसरी आँधीलाई शान्त पार्न सक्नुहुन्छ भनी तिनीहरूले बुझ्दैनन् ।

τετάρτην φυλακὴν

यो बिहानको ३ बजे देखि घाम उदाउने बेला सम्मको समय हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)

Mark 6:49

φάντασμά

एक मृतकको आत्मा वा अरू कुनै किसिमको आत्मा

Mark 6:50

θαρσεῖτε…μὴ φοβεῖσθε

यी दुवै वाक्यांशको अर्थ एउटै हो जसले चेलाहरू डराउनु आवश्‍यक थिएन भनी जोड दिन्छ । आवश्यक परे तिनीहरूलाई जोडेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मदेखि नडराओ !” (हेर्नुहोस्ः समान्तरता)

Mark 6:51

λείαν ἐν ἑαυτοῖς ἐξίσταντο

यदि तपार्इंले यसलाई अझ प्रस्ट पार्नुपर्छ भने तिनीहरू केद्वारा अचम्मित भएका थिए भनी उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले गर्नुभएको कुराले तिनीहरू पूर्ण रूपमा चकित भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 6:52

ἐπὶ τοῖς ἄρτοις

“रोटीहरू”ले यहाँ येशूले रोटीलाई बढाउनुहुँदाको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले रोटीको वृद्धि गराउनुहुँदा त्यसको अर्थ के थियो” वा “येशूले थोरै रोटीहरूलाई धेरै हुन लगाउनुहुँदा त्यसको अर्थ के थियो” (हेर्नुहोस्ः लक्षणा)

ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη

कठोर हृदय भएको हुनुले बुझ्‍नलाई निकै हठी हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू बुझ्‍नलाई निकै हठी थिए” (हेर्नुहोस्ः रूपक)

Mark 6:53

जब मानिसहरूले येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर गनेसरेतमा आइपुग्‍नुभएको देखे, उहाँले निको पार्नुभएको होस् भनी मानिसहरू ल्याए । उहाँहरू जहाँ गए पनि यस्तो हुन्छ ।

Γεννησαρὲτ

यो गालील समुद्रको उत्तर-पश्‍चिममा अवस्थित प्रदेशको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 6:55

περιέδραμον ὅλην τὴν χώραν ἐκείνην

तिनीहरू किन प्रदेशभरी गए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “येशू त्यहाँ हुनुहुन्छ भनी अरूहरूलाई बताउन तिनीहरू प्रदेशभरी दौडेर गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

περιέδραμον…ἤκουον

यहाँ “तिनीहरू”ले चेलाहरूलाई नभई येशूलाई चिन्‍ने मानिसहरूलाई जनाउँछ ।

τοὺς κακῶς ἔχοντας

यसले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

Mark 6:56

ὅπου ἂν εἰσεπορεύετο

“येशू जहाँ जानुहुन्थ्यो”

ἐτίθεσαν

यहाँ “उनीहरू”ले मानिसहरूलाई जनाउँछ । यसले येशूका चेलाहरूलाई जनाउँदैन ।

τοὺς ἀσθενοῦντας

यसले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ बिरामी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

παρεκάλουν αὐτὸν

सम्भावित अर्थहरू हुन् १) “बिरामीहरूले उहाँसँग बिन्ती गरे” वा २) “मानिसहरूले उहाँसँग बिन्ती गरे ।”

ἅψωνται

“तिनीहरूलाई”ले बिरामीहरूलाई जनाउँछ ।

τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ

“उहाँको वस्‍त्रको छेउ” वा “उहाँको लुगाको छेउ”

ὅσοι ἂν

“तिनीहरू सबै जो”

Mark 7

मर्कुस ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ७:६-७ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

हात धुने कुरा

फरिसीहरूले धेरै कुराहरू धुन्थे जुन फोहोर पनि थिएनन् किनभने तिनीहरूले परमेश्‍वरले तिनीहरू असल थिए भनेर सोच्‍नुभएको बनाउन तिनीहरूले कोसिस गरिरहेका थिए । तिनीहरूले खानुभन्दा अगाडि तिनीहरूका हातहरू फोहोर नभएतापनि र मोशाको व्यवस्थाले तिनीहरूले त्यसो गर्नुपर्छ भनेर नभनेको भएतापनि धुन्थे । येशूले भन्‍नुभयो कि तिनीहरू गलत थिए र मानिसहरूले ठीक कुराहरू सोचेर र गरेर परमेश्‍वरलाई खुशी बनाउँछन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि शुद्ध पार्नु, शुद्ध)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“इफ्‍फाता”

यो एउटा आरमेइक शब्द हो । मर्कुसले ग्रीक अक्षरहरूलाई प्रयोग गरेर त्यसको उच्‍चारणलाई लेखे र त्यसपछि त्यसको अर्थ के हो भनेर व्याख्या गरे । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

Mark 7:1

येशूले फरिसी र शास्‍त्रीहरूलाई हप्‍काउनुहुन्छ ।

συνάγονται πρὸς αὐτὸν

“येशूको वरिपरि भेला भए”

Mark 7:2

येशूका चेलाहरूले खानु अघि हात नधोएकोमा फरिसीहरू किन नराम्रो मानेका थिए भन्‍ने देखाउनको लागि पदहरू ३ र ४ ले फरिसीहरूको धुने परम्पराबारे पृष्‍ठभूमि जानकारी दिन्छन् । बुझ्‍नलाई सजिलो बनाउनका लागि जानकारीलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी अनि पदका पुलहरू)

ἰδόντες

“फरिसीहरू र शास्‍त्रीहरूले देखे”

τοῦτ’ ἔστιν ἀνίπτοις

“नधोइएका” भन्‍ने शब्दले चेलाहरूका हातहरू किन फोहोर थिए भन्‍ने कुरालाई व्याख्या गर्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्थात्, ती हातहरूले जुन तिनीहरूले हात धोएका थिएनन्” वा “अर्थात्, तिनीहरूले हात धोएका थिएनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 7:3

τῶν πρεσβυτέρων

यहूदी धार्मिक अगुवाहरू तिनीहरूको समुदायका अगुवाहरू र मानिसहरूका निम्ति न्यायकर्ताहरू पनि थिए ।

Mark 7:4

χαλκίων

“काँसाका किट्लीहररू” वा “धातुका भाँडाहरू”

Mark 7:5

διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον?

यहाँ “हिँड्नु” भनेको “आज्ञापालन गर्ने” कुरालाई जनाउने अलङ्कार हो । फरिसी र शास्‍त्रीहरूले येशूको अधिकारलाई चुनौती दिन यो प्रश्‍न सोधे । यसलाई दुई कथनहरूको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इंका चेलाहरूले हाम्रा धार्मिक अगुवाहरूको परम्परा भङ्ग गर्छन् ! तिनीहरूले हाम्रो विधि प्रयोग गरेर आफ्‍नो हात धुनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि रूपक)

ἄρτον

यो खानाको निम्ति अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “खानेकुरा” (हेर्नुहोस्ः उपलक्षण)

Mark 7:6

यहाँ येशूले धेरै वर्षअगि धर्मशास्‍त्र लेख्‍ने यशैयाको खण्डलाई उद्धृत गर्नुहुन्छ ।

τοῖς χείλεσίν

यहाँ “ओठ” बोलीको निम्ति प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः “”by what they say“” (हेर्नुहोस्ः लक्षणा)

ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ

यहाँ “हृदय”ले व्यक्तिको विचार र संवेगलाई जनाउँछ । यो मानिसहरू परमेश्‍वरमा साँचो रूपमा समर्पित छैनन् भन्‍ने शैली हो । वैकल्पिक अनुवादः “तर तिनीहरूले मलाई साँचो रूपले प्रेम गर्दैनन्” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)

Mark 7:7

μάτην δὲ σέβονταί με

“तिनीहरूले मलाई बेकारको आराधना चढाउँछन्” वा “तिनीहरूले मेरो आराधना व्यर्थमा गर्छन्”

Mark 7:8

येशूले शास्‍त्रीहरू र फरिसीहरूलाई हप्काउन जारी राख्नुहुन्छ ।

ἀφέντες

मान्‍न इन्कार गर्छौ

κρατεῖτε

“बलियोसँग लाग्छौ” वा “मात्र पालन गर्छौ”

Mark 7:9

καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε

येशू उहाँका कुरा सुन्‍नेहरूलाई तिनीहरूले परमेश्‍वरको आज्ञा त्यागेकोमा हप्काउन यो व्यङ्ग्यको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो परम्परा पालन गर्न परमेश्‍वरको आज्ञा इन्कार गरेकोमा तिमीहरूले राम्रै गरेका छौ जस्तो तिमीहरूलाई लाग्छ, तर तिमीहरूले गरेका कुरा पटक्‍कै ठीक छैन” (हेर्नुहोस्ः व्यङ्ग्य)

καλῶς ἀθετεῖτε

“तिमीहरूले निपुणतासाथ इन्कार गर्छौ”

Mark 7:10

ὁ κακολογῶν πατέρα

“जसले सराप्छ”

θανάτῳ τελευτάτω

“मारिनै पर्छ”

ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्नो बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्नेलाई अधिकारीहरूले मार्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 7:11

κορβᾶν…ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς

शास्‍त्रीहरूको परम्पराअनुसार कुनै थोक एक पटक मन्दिरमा दिने प्रतिज्ञा गरेपछि त्यो अरू कुनै पनि उद्देश्‍यको निम्ति प्रयोग गर्न सकिँदैन ।

κορβᾶν

यहाँ “कुर्बान” भनेको हिब्रू शब्द हो जसले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले परमेश्‍वरलाई दिने प्रतिज्ञा गर्छन् । अनुवादकहरूले सामान्यतया लक्षित भाषाको वर्णमालाको प्रयोग गरेर त्यसको उच्‍चारणलाई अनुवाद गर्छन् । केही अनुवादकहरूले त्यसको अर्थलाई अनुवाद गर्छन्, र अर्थको बारेमा मर्कुसको पछि आउने व्याख्यालाई छोड्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई चढाइएको उपहार हो” वा “परमेश्‍वरको हो” (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

ὅ ἐστιν δῶρον

यस वाक्यांशले हिब्रू शब्द “कुर्बान”को अर्थलाई व्याख्या गर्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । मर्कुसले अर्थलाई व्याख्या गरे ताकि उनका गैर-यहूदी पाठकहरूले येशूले के भन्‍नुभयो भन्‍ने कुरालाई बुझ्‍न सकून् । वैकल्पिक अनुवादः “मैले यो परमेश्‍वरलाई दिएको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 7:12

पदहरू ११ र १२ मा, फरिसीहरूले कसरी बुबा आमाको आज्ञापालन गर्न परमेश्‍वरको आज्ञापालन गर्न पर्दैन भनेर सिकाउँछन् भनेर येशूले देखाउनुहुन्छ । पद ११ मा फरिसीहरूले मानिसहरूलाई तिनीहरूका सम्पत्तिको बारेमा भन्‍न अनुमति दिने कुराको विषयमा येशूले बताउनुहुन्छ, र पद १२ मा मानिसहरूले तिनीहरूको बाबुआमालाई सहयोग गर्ने कुराको विषयमा फरिसीहरूको आचरणलाई त्यस कुराले कसरी देखाउँछ भन्‍ने विषयमा उहाँले बताउनुहुन्छ । मानिसहरूले तिनीहरूका बाबुआमालाई सहयोग गर्ने विषयमा फरिसीहरूको आचरणको विषयमा पहिले बताउन र त्यसपछि त्यो आचरण फरिसीहरूले मानिसहरूलाई तिनीहरूको सम्पत्तिको बारेमा भन्‍न दिने कुरामा कसरी देखिन्छ भन्‍ने विषयमा बताउनलाई यस जानकारीलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ । (हेर्नुहोस्ः पदका पुलहरू)

οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί

यसो गरेर, फरिसीहरूले मानिसहरूलाई आफ्‍ना आमा-बुबाको लागि नजुटाउन अनुमति दिँदैछन्, यदि तिनीहरूले आमा-बुबालाई दिनसक्ने कुरा परमेश्‍वरलाई दिने प्रतिज्ञा गर्छन् । तपाईंले यी शब्दहरूलाई पद ११ मा “जे पनि सहयोग” भन्‍ने कुराबाट सुरु हुने शब्दहरूभन्दा अगाडि राख्‍ने गरेर क्रम मिलाएर राख्‍न सक्‍नुहुन्छः “तिमीहरूले एउटा व्यक्तिलाई उसको बाबुआमाको लागि केही पनि कुरा गर्न अनुमति दिँदैनौ जब उसले भनिसक्छ, ‘तपाईंहरूले मबाट प्राप्‍त गर्न सक्‍नुहुने जे पनि सहयोग कुर्बान हो ।’ (कुर्बानको अर्थ ‘परमेश्‍वरलाई दिइएको’ भन्‍ने हुन्छ ।)” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:13

ἀκυροῦντες

रद्द गरेको वा गर्न छोडेको

παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε

“अनि तिमीहरूले यस्तै अरू धेरै कुराहरू गरिरहेका छौ”

Mark 7:14

येशूले फरिसीहरू र शास्‍त्रीहरूलाई भनिरहनुभएको कुरा बुझ्‍न सहायता गर्न भीडलाई एउटा दृष्‍टान्त भन्‍नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

προσκαλεσάμενος

“येशूले बोलाउनुभयो”

ἀκούσατέ μου πάντες καὶ σύνετε

यहाँ “सुन” र “बुझ” सम्बन्धित शब्दहरू हुन् । येशूले उहाँका श्रोताहरूले उहाँले भनिरहनुभएको कुरा ध्यान दिएर सुन्‍नुपर्छ भनी जोड दिन यी शब्दहरूलाई सँगै प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

σύνετε

येशूले के बुझ्‍न भनिरहनुभएको छ भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “मैले के भन्‍न लागेको छु, त्यो बुझ्ने कोसिस गर” (हेर्नुहोस्ः शब्दलोप)

Mark 7:15

οὐδέν…ἔξωθεν τοῦ ἀνθρώπου

येशूले मानिसले खाने कुराबारे बोल्दै हुनुहुन्छ । यो “मानिसबाट बाहिर निस्कने कुराको” विपरीत हो । वैकल्पिक अनुवादः “मानिसको बाहिरबाट कुनै कुराले होइन जुन उसले खान सक्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά

यसले कुनै व्यक्तिले गर्ने वा भन्‍ने कुरालाई जनाउँछ । यो कुरा “व्यक्तिको बाहिर भएको कुरा उसभित्र प्रवेश गर्छ” भन्‍ने कुराबाट विपरीतमा छ । वैकल्‍पिक अनुवादः “यो व्यक्तिबाट बाहिर आउने कुरा हो जुन उसले भन्छ वा गर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:17

येशूले शास्‍त्रीहरू, फरिसीहरू र भीडलाई भन्‍नुभएको कुरा चेलाहरूले अझै बुझ्दैनन् । येशूले त्यसको अर्थ सबिस्तार ढङ्गमा व्याख्या गर्नुहुन्छ ।

καὶ

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । येशू अब भीडबाट टाढा, उहाँका चेलाहरूसँग एउटा घरमा हुनुहुन्छ ।

Mark 7:18

येशूले एउटा प्रश्‍न सोध्‍नुभएर उहाँका चेलाहरूलाई सिकाउन थाल्‍नुहुन्छ ।

οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε?

तिनीहरूले नबुझेकोमा उहाँलाई लागेको निराशालाई व्यक्त गर्नलाई येशूले यस प्रश्‍नलाई प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भनेका र गरेका सबैकुराहरू पछि, तिमीहरूले बुझेको म अपेक्षा गर्छु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 7:19

येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई उहाँले प्रयोग गरिरहनुभएको प्रश्‍न सोध्‍नलाई सकाउनुहुन्छ ।

ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ’ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται?

यो पद १८ मा “के तिमीहरू देख्दैनौ” भन्‍ने शब्दहरूका साथमा सुरु हुने प्रश्‍नको अन्त हो । येशूले चेलाहरूलाई पहिले नै थाहा भएको हुनुपर्ने केही कुरा सिकाउनलाई यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । “तिमीहरूले पहिल्यै बुझेको हुनुपर्छ कि एक व्यक्तिभित्र प्रवेश गर्ने कुनै पनि कुराले उसलाई अशुद्ध बनाउँदैन, किनभने त्यो उसको हृदयभित्र जान सक्दैन, तर त्यो उसको पेटभित्र जान्छ र त्यसपछि शौचमा बाहिर जान्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ येशूले भन्‍न खोज्‍नुभएको कुरा चाहिँ खानेकुराले व्यक्तिको चरित्रलाई असर गर्दैन । वैकल्‍पिक अनुवादः “त्यो उसको भित्री व्यक्तित्वभित्र जान सक्दैन” वा “त्यो उसको दिमागभित्र जान सक्दैन” (हेर्नुहोस्ः लक्षणा)

οὐκ εἰσπορεύεται

यहाँ “त्यो” शब्दले मानिसभित्र पस्‍ने अर्थात् मानिसले खाने कुरालाई जनाउँछ ।

καθαρίζων πάντα τὰ βρώματα

यो वाक्यांशको अर्थ के हुन्छ भनी स्पष्‍ट रूपमा व्याख्या गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबै खाने कुरा शुद्ध भन्‍नुको अर्थ परमेश्‍वरले उसलाई अशुद्ध नमान्‍नु भइकन नै मानिसले जे पनि खान सक्छ ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:20

ἔλεγεν

“येशूले भन्‍नुभयो”

τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον

“व्यक्तिलाई अशुद्ध पार्ने कुरा भनेको उसबाट बाहिर आउने कुरा हो”

Mark 7:21

ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται

यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “भित्री मनुष्यत्वबाट खराब सोचाइहरू आउँछन्” वा “दिमागबाट खराब सोचाइहरू आउँछन्” (हेर्नुहोस्ः लक्षणा)

Mark 7:22

ἀσέλγεια

कामवासनालाई नियन्त्रण नगर्नु

Mark 7:23

ἔσωθεν ἐκπορεύεται

यहाँ “भित्रबाट”ले मानिसको हृदयलाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “मानिसको हृदयभित्रबाट आउँछ” वा “मानिसको विचारभित्रबाट आउँछ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 7:24

येशू टुरोसको क्षेत्रतिर जानुहुँदा उहाँले असाधारण विश्‍वास भएकी गैरयहूदी महिलाकी छोरीलाई निको पार्नुहुन्छ ।

Mark 7:25

εἶχεν…πνεῦμα ἀκάθαρτον

यो टुक्‍का हो जसको अर्थ तिनी अशुद्ध आत्माको वशमा थिइन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “अशुद्ध आत्माको वशमा थियो” (हेर्नुहोस्ः टुक्काहरू)

προσέπεσεν

“घुँडा टेकिन् ।” यो आदर र समर्पणको कार्य हो ।

Mark 7:26

ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει

“अब” शब्दले मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्छ, किनभने यस वाक्यले हामीलाई त्यस स्‍त्रीको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

Συροφοινίκισσα

यो ती महिलाको राष्‍ट्रियताको पहिचान हो । तिनी सिरियाको फोनिकेको प्रान्तमा जन्मेकी थिइन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 7:27

ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα; οὐ γάρ ἐστιν καλόν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν

यहाँ येशूले यहूदीहरू छोराछोरीहरू र गैरयहूदीहरूचाहिँ कुकुरहरू हुन् जस्तै गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “इस्राएलका छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनभने छोराछोरीहरूको रोटी खोसेर गैरयहूदीहरूलाई दिनु उचित हुँदैन, जो कुकुरहरूजस्ता हुन् ।” (हेर्नुहोस्ः रूपक)

ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले पहिले इस्राएलका छोराछोरीहरूलाई खुवाउनुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἄρτον

यसले सामान्य खानालाई जनाउँछ । वैकल्पिक अनुवादः “खाना” (हेर्नुहोस्ः उपलक्षण)

τοῖς κυναρίοις

यसले घरमा पालिएका साना कुकुरहरूलाई जनाउँछ ।

Mark 7:29

ὕπαγε

येशूले भन्‍न खोजिरहनुभएको थियो त्यसले अब आफ्‍नी छोरीलाई सहयोग गर्नका लागि उहाँलाई बिन्ती गर्नलाई अब बसिरहन जरुरी थिएन । उहाँले त्यो गरिदिनुहुने थियो । वैकल्पिक अनुवादः “अहिले तिमी जान सक्छौ” वा “तिमी शान्तिसँग घर जान सक्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐξελήλυθεν τὸ δαιμόνιον, ἐκ τῆς θυγατρός σου

येशूले ती महिलाकी छोरीबाट अशुद्ध आत्मालाई निस्केर जाने तुल्याउनुभयो । यसलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले अशुद्ध आत्मालाई तिम्री छोरीबाट जाने तुल्याएको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:31

टुरोसमा मानिसहरूलाई निको पारेपछि येशू गालीलको समुद्रतिर जानुहुन्छ । त्यहाँ उहाँले बहिरो मानिसहरूलाई निको पार्नुहुन्छ र मानिसहरू छक्‍क पर्छन् ।

ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου

“टुरोसको क्षेत्र छोड्नुभयो”

ἀνὰ μέσον τῶν ὁρίων

सम्भावित अर्थहरू हुन् १) “त्यस क्षेत्रमा” किनभने येशू डेकापोलिस प्रदेशको समुद्रमा हुनुहुन्छ वा २) “त्यस क्षेत्रबाट भएर” किनभने येशू समुद्रतिर जान डेकापोलिस प्रदेश हुँदै जानुभयो ।

Δεκαπόλεως

यो एउटा क्षेत्रको नाउँ हो जसको अर्थ दसवटा सहरहरू हुन्छ । यो गालील समुद्रको दक्षिण-पूर्वपट्टि पर्छ । तपार्इंले यसलाई मर्कुस ५:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 7:32

φέρουσιν

“अनि मानिसहरूले ल्याए”

κωφὸν

“जसले सुन्‍न सक्दैन थियो”

παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα

अगमवक्ताहरू र शिक्षकहरूले मानिसहरूमाथि तिनीहरूलाई निको पार्न वा आशिष् दिन हात राख्ने गर्थे । यहाँ चाहिँ एउटा मानिसलाई निको पार्न मानिसहरूले येशूसँग बिन्ती गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसलाई निको पार्नका लागि उहाँको हात त्यस मानिसमाथि राख्‍न बिन्ती गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:33

ἀπολαβόμενος αὐτὸν

“येशूले त्यो मानिसलाई लानुभयो”

ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ

येशूले आफ्नै औँला त्यस मानिसको कानमा हालिरहनुभएको छ ।

πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ

येशूले थुक्‍नुहुन्छ र त्यो मानिसको जिब्रो छुनुहुन्छ ।

πτύσας

येशूले आफ्‍ना औँलाहरूमा थुक्‍नुभयो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “उहाँको औँलामा थुक्‍नुभएपछि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 7:34

ἀναβλέψας εἰς τὸν οὐρανὸν

यसको अर्थ हुन्छ, कि उहाँले आकाशतिर हेर्नुभयो, जुन परमेश्‍वर बस्‍नुहुने ठाउँसित सम्बन्धित छ ।

ἐφφαθά

यहाँ लेखकले आरमेइक शब्दद्वारा केही कुरालाई उल्लेख गर्छन् । यो शब्दलाई तपार्इंको भाषामा आफ्नो वर्णमाला प्रयोग गरेर जस्ताको तस्तै सार्नुपर्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

ἐστέναξεν

यसको अर्थ हो कि उहाँले गहिरो आवाज निकाल्‍नुभयो वा लामो गहिरो सास फेर्नुभयो जुन सुन्‍न सकिन्थ्यो । यसले सम्भवतः त्यस मानिसको लागि येशूको सहानुभूतिलाई देखाउँछ ।

λέγει αὐτῷ

“त्यो मानिसलाई भन्‍नुभयो”

Mark 7:35

ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί

यसको अर्थ हुन्छ कि त्यो सुन्‍न सक्‍ने भयो । वैकल्पिक अनुवादः “त्यसको कान खोलियो र त्यो सुन्‍न सक्‍ने भयो” वा “त्यो सुन्‍न सक्‍ने भयो”

ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यसलाई बोल्न बाधा दिने कुरालाई मिल्काइदिनुभयो” वा “येशूले त्यसको जिब्रो खोलिदिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 7:36

ὅσον…αὐτοῖς διεστέλλετο, αὐτοὶ

यसले उहाँले गर्नुभएको कुराको विषयमा कसैलाई पनि नभन्‍नलाई उहाँले तिनीहरूलाई अह्राउनुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जति धेरै उहाँले तिनीहरूलाई कसैलाई पनि नभन्‍नलाई अह्राउनुभयो” (हेर्नुहोस्ः शब्दलोप)

μᾶλλον περισσότερον

“अझ व्यापक रूपले” वा “झन्”

Mark 7:37

ὑπέρπερισσῶς ἐξεπλήσσοντο

“पूर्णतया अचम्‍मित थिए” वा “असाध्यै छक्‍क थिए” वा “सबै नापभन्दा पनि उता अचम्‍मित थिए”

τοὺς κωφοὺς…ἀλάλους

यिनीहरूले मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “बहिरो मानिसहरू ... गुँगो मानिसहरू” वा “सुन्‍न नसक्ने मानिसहरू ... बोल्न नसक्ने मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)

Mark 8

मर्कुस ०८ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

रोटी

जब येशू एउटा आश्‍चर्यकर्म गर्नुभयो र मानिसहरूको एउटा ठूलो भीडलाई रोटी प्रदान गर्नुभयो, तिनीहरूले सम्भवतः परमेश्‍वरले इस्राएलका मानिसहरूलाई तिनीहरू उजाडस्थानमा हुँदा आश्‍चर्यमयी ढङ्गले खानेकुरा जुटाउनुहुँदाको समयको बारेमा सोचे ।

खमीर भनेको खानेकुराको मिश्रण तत्त्व हो जसले रोटीलाई त्यो पकाउनुभन्दा अगाडि ठूलो बनाउँछ । यस अध्यायमा, येशूले खमीरलाई ती कुराहरू जनाउने अलङ्कारको रूपमा प्रयोग गर्नुहुन्छ जुन कुराहरूले मानिसहरूले सोच्‍ने, बोल्‍ने, र काम गर्ने तरिकालाई बदल्छन् । (हेर्नुहोस्ः रूपक)

“व्यभिचारी पुस्ता”

जब येशूले मानिसहरूलाई एक “व्यभिचारी पुस्ता” भन्‍नुभयो, उहाँले तिनीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य थिएनन् भनेर भनिरहनुभएको थियो । (हेर्नुहोस्ः विश्‍वासयोग्य, विश्‍वासयोग्यता अनि परमेश्‍वरका मानिस, मेरा मानिस)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

येशूले चेलाहरूलाई सिकाउने (मर्कुस ८:१७-२१) र मानिसहरूलाई हप्‍काउने (मर्कुस ८:१२) काम दुवै गर्ने एउटा तरिकाको रूपमा थुप्रै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी भनाइ

विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्‍नुहुन्छ, “जसले आफ्‍नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, र जसले उसको जीवन मेरो खातिर गुमाउँछ उसले त्यो पाउनेछ” (मर्कुस ८:३५-३७) ।

Mark 8:1

भोकाएको ठूलो भीड येशूसँग थियो । उहाँले सातवटा रोटी र केही माछा प्रयोग गरेर तिनीहरूलाई खुवाउनुहुन्छ अनि उहाँका चेलाहरू पारिपट्टि जान डुङ्गा चढ्छन् ।

ἐν ἐκείναις ταῖς ἡμέραις

यसलाई कथामा नयाँ घटना चिनाउन प्रयोग गरिन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)

Mark 8:2

ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τι φάγωσιν

“यी मानिसहरू मसँग रहेका तीन दिन भयो र तिनीहरूसँग खानलाई केही पनि छैन”

Mark 8:3

ἐκλυθήσονται

सम्भावित अर्थहरू हुन् १) जे भनेको त्यहि, “तिनीहरू केही बेरको लागि बेहोस होलान्” वा २) बढाइचढाइ गरीएको, “तिनीहरू कमजोर हुन सक्छन् ।” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 8:4

πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας?

येशूले चेलाहरूले पर्याप्‍त रोटी पाउन सक्‍ने अपेक्षा गर्नुभएकोमा तिनीहरू छक्‍क पर्छन् । वैकल्पिक अनुवादः “यो ठाउँ यति निर्जन स्थल छ, कि हामीले यहाँ यी मानिसहरूलाई पर्याप्‍त गरी पुग्‍ने रोटी पाउने ठाउँ नै छैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἄρτων

रोटीहरू भनेका मुछेको पीठोका डल्‍लाहरू हुन् जसलाइ आकार दिइएको हुन्छ र पकाइएको हुन्छ ।

Mark 8:5

ἠρώτα αὐτούς

“येशूले उहाँका चेलाहरूलाई सोध्‍नुभयो”

Mark 8:6

παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς

यसलाई प्रत्यक्ष कथनको रूपमा उल्लेख गर्न सकिन्छ । “येशूले भीडलाई आज्ञा गर्नुभयो, ‘भूइँमा बस’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

ἀναπεσεῖν

खानलाई टेबुल नहुँदा मानिसहरू कसरी खान्छन्, बसेर होस् वा सुतेर, तपार्इंको भाषामा लेख्‍नुहोस् ।

Mark 8:7

καὶ εἶχαν

यहाँ “तिनीहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउन प्रयोग गरिएको छ ।

εὐλογήσας αὐτὰ

“येशूले माछआको लागि धन्यवाद दिनुभयो”

Mark 8:8

ἔφαγον

“मानिसहरूले खाए”

ἦραν

“चेलाहरूले बटुले”

περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας

यसले भाँचिएका माछा र रोटीका टुक्राहरूलाई जनाउँछ जुन मानिसहरूले खाइसकेपछि बाँकी रहेका थिए । वैकल्पिक अनुवादः “उब्रेका रोटी र माछाहरूका टुक्राहरूले सातवटा ठुला डालाहरू भरिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:9

καὶ ἀπέλυσεν αὐτούς

उहाँले कहिले पठाउनुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले खाएपछि येशूले तिनीहरूलाई पठाउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:10

ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά

उहाँहरू दलमनुथा कसरी पुग्‍नुभयो भनी स्पष्‍ट पार्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँहरू दलमनुथा क्षेत्रतिर जान डुङ्गा चढेर गालील समुद्रबाट भएर जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Δαλμανουθά

यो गालील समुद्रको उत्तर-पश्‍चिमको किनारमा पर्ने ठाउँको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 8:11

दलमनुथामा येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढेर जानुअगि उहाँले फरिसीहरूलाई चिन्ह दिन इन्कार गर्नुहुन्छ ।

ζητοῦντες παρ’ αὐτοῦ

“तिनीहरूले ... को निम्ति उहाँसँग मागे”

σημεῖον ἀπὸ τοῦ οὐρανοῦ

तिनीहरू एउटा चिन्ह चाहन्थे जसले प्रमाणित गरिदिने थियो कि येशूको शक्ति र अधिकार परमेश्‍वरबाटका थिए । सम्भावित अर्थहरू हुन् १) “स्वर्ग” शब्द परमेश्‍वरको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्‍वरबाट एउटा चिन्ह” वा २) “स्वर्ग” शब्दले आकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आकाशबाट एउटा चिन्ह” (हेर्नुहोस्ः लक्षणा)

πειράζοντες αὐτόν

येशू परमेश्‍वरबाट आएको हुनुहुन्थ्यो भनी प्रमाणित गर्न लगाउन फरिसीहरूले उहाँलाई जाँच्न खोजे । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँलाई परमेश्‍वरले नै पठाउनुभएको थियो भनी प्रमाणित गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:12

ἀναστενάξας τῷ πνεύματι αὐτοῦ

यसको अर्थ हो कि उहाँले गहिरो आवाज निकाल्‍नुभयो वा लामो गहिरो सास फेर्नुभयो जुन सुन्‍न सकिन्थ्यो । यसले सम्भवतः फरिसीहरूले येशूलाई विश्‍वास गर्नलाई इन्कार गरेकोमा उहाँको गहन निराशालाई देखाउँछ । तपाईंले यसलाई मर्कुस ७:३४ मा कसरी अनुवाद गर्नुभयो , सो हेर्नुहोस् ।

τῷ πνεύματι αὐτοῦ

“उहाँ आफैँमा”

τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον?

येशूले तिनीहरूलाई हप्काउँदै हुनुहुन्छ । यो प्रश्‍नलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्ताले चिन्ह खोज्‍नुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τί ἡ γενεὰ αὕτη ζητεῖ

येशूले “यो पुस्ता” भन्‍नुहुँदा उहाँले त्यस बेला जिइरहेका मानिसहरूलाई जनाउँदै हुनुहुन्छ । यसमा यी फरिसीहरू पनि पर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू र यस पुस्ताका मानिसहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

εἰ δοθήσεται…σημεῖον

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म चिन्ह दिनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 8:13

ἀφεὶς αὐτοὺς, πάλιν ἐμβὰς

येशूका चेलाहरू उहाँसँगै गए । केही जानकारीलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई छोड्नुभयो, अनि फेरि उहाँका चेलाहरूसँग डुङ्गामा चढ्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

εἰς τὸ πέραν

यसले गालील समुद्रको वर्णन गर्छ, जसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्रको पारिपट्टि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:14

येशू र उहाँका चेलाहरू डुङ्गामा हुनुहुँदा फरिसीहरू र हेरोदले चिन्हहरू देखे तापनि उहाँहरूले तिनीहरूमा भएको समझको कमीबारे छलछल गर्नुहुन्छ ।

καὶ

यहाँ यो शब्दलाई मुख्य कथालाई विभाजन गर्न प्रयोग गरिएको छ । यहाँ लेखकले चेलाहरूले रोटी ल्याउन बिर्सेको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

εἰ μὴ ἕνα ἄρτον

यो नकारात्मक शैलीलाई तिनीहरूसँग कति थोरै रोटी थियो भनी जोड दिन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “एउटा मात्र” (हेर्नुहोस्ः निषेधात्मक)

Mark 8:15

ὁρᾶτε, βλέπετε

यी दुवैको अर्थ एउटै हुन्छ, र यहाँ जोड दिनलाई दोहोर्‍याइएको छ । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “जागा रहो !” (हेर्नुहोस्ः प्रतिरूपी)

τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου

यहाँ येशू उहाँका चेलाहरूसँग तिनीहरूले नबुझ्ने रूपकमा बोल्दै हुनुहुन्छ । येशूले फरिसी र हेरोदका शिक्षाहरूलाई खमिरसित तुलना गर्दै हुनुहुन्छ, तर तपार्इंले यसलाई अनुवाद गर्दा व्याख्या गर्नुहुन्‍न, किनभने चेलाहरू आफैँले यसलाई बुझेनन् । (हेर्नुहोस्ः रूपक)

Mark 8:16

ὅτι ἄρτους οὐκ ἔχουσιν

यस भनाइमा, “यो” शब्दले येशूले भन्‍नुभएको कुरालाई जनाउँछ भनेर व्यक्त गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले हामीसँग रोटी नभएकोले त्यसो भन्‍नुभएको होला” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἄρτους οὐκ ἔχουσιν

“छैन” भन्‍ने शब्द अतिरञ्‍जन गरिएको कुरा हो । चेलाहरूसँग एउटा रोटी थियो (८:१४), जुन नभएको भन्दा खासै फरक थिएन । वैकल्पिक अनुवादः “अति थोरै रोटी” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Mark 8:17

τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε?

यहाँ येशूले उहाँका चेलाहरूलाई हल्का हप्काउँदै हुनुहुन्छ, किनभने उहाँले केको बारेमा भनिरहनुभएको थियो भनी तिनीहरूले बुझ्‍नु पर्थ्यो । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले वास्तविक रोटीको बारेमा कुरा गरिरहेको छु भनी तिमीहरूले सोच्नु हुँदैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὔπω νοεῖτε, οὐδὲ συνίετε?

यी दुवै प्रश्‍नको आशय एउटै हो र यहाँ तिनीहरूले बुझ्दैनन् भनी जोड दिन तिनीहरूलाई सँगसँगै प्रयोग गरिएका छन् । यसलाई एउटा प्रश्‍न वा कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के तिमीहरू अझै पनि बुझ्दैनौ ?” वा “मैले अहिलेसम्म भनेका र गरेका कुराहरू तिमीहरूले बुझ्‍नुपर्छ र महसुस गर्नुपर्छ ।” (हेर्नुहोस्ः समान्तरता अनि आलङ्‍कारिक प्रश्‍न)

πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν?

यहाँ “हृदय” भनेको व्यक्तिको दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । यो वाक्यांश “हृदय बोधो भएका”ले केही कुरालाई बुझ्न सक्षम वा तत्पर नभएको जनाउँछ । येशूले चेलाहरूलाई हप्‍काउनलाई एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई पनि कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको सोच कति बोधो भएको छ !” वा “मैले भनेको कुरा बुझ्न तिमीहरू सुस्त छौ !” (हेर्नुहोस्ः लक्षणा अनि रूपक अनि आलङ्‍कारिक प्रश्‍न)

Mark 8:18

ὀφθαλμοὺς ἔχοντες, οὐ βλέπετε? καὶ ὦτα ἔχοντες, οὐκ ἀκούετε? καὶ οὐ μνημονεύετε?

येशूले आफ्ना चेलाहरूलाई अझै पनि हल्का हप्काउँदै हुनुहुन्छ । यी प्रश्‍नहरूलाई कथनहरूको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आँखा छन्, तर तिमीहरूले जे देख्छौ सो बुझ्दैनौ । तिमीहरूका कान छन्, तर तिमीहरूले जे सुन्छौ सो बुझ्दैनौ । तिमीहरूले सम्झनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 8:19

τοὺς πεντακισχιλίους

यसले येशूले ५,००० जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “५,००० मानिसहरू” (हेर्नुहोस्ः लक्षणा अनि सङ्ख्याहरू)

πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε

तिनीहरूले रोटी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबै खाएपछि तिमीहरूले रोटीका कति टोकरी टुक्राहरू बटुलेका थियौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:20

τοὺς τετρακισχιλίους

यसले येशूले ४,००० जनालाई खुवाउनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “४,००० जना मानिसहरू” (हेर्नुहोस्ः लक्षणा अनि सङ्ख्याहरू)

πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε

तिनीहरूले यी कहिले बटुलेका थिए भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “सबैले खाएपछि तिमीहरूले टुक्रा-टाक्रीले भरिएका कति टोकरी बटुलेका थियौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:21

πῶς οὔπω συνίετε?

चेलाहरूले नबुझेकोमा येशूले हल्कासँग हप्‍काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भन्‍ने र गर्ने कुरा तिमीहरूले अबसम्म बुझ्‍नुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 8:22

येशू र उहाँका चेलाहरू बेथसेदामा उत्रनुभएपछि येशूले एक जना दृष्‍टिविहीनलाई निको पार्नुहुन्छ ।

Βηθσαϊδάν

यो गालील समुद्रको उत्तरी किनारामा रहेको सहर हो । तपाईंले यस सहरको नामलाई मर्कुस ६:४५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ἵνα αὐτοῦ ἅψηται

तिनीहरूले किन येशूले त्यो मानिसलाई छुनुभएको चाहनुहुन्थ्यो भनी उल्लेख गर्नु उपयुक्त हुनसक्छ । वैकल्पिक अनुवादः “त्यसलाई निको पार्नको लागि त्यसलाई छुनु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:23

πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν

“जब येशूले त्यसको आँखामा थुक्‍नुभयो ... उहाँले त्यो मानिसलाई सोध्‍नुभयो”

Mark 8:24

ἀναβλέψας

“त्यो मानिसले माथि हेर्‍यो”

βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας

त्यसले अरू मानिसहरू हिँडेको देख्छ, तर स्पष्‍ट देख्दैन, त्यसकारण त्यसले तिनीहरूलाई रूखहरूसँग तुलना गर्छ । वैकल्पिक अनुवादः “हो, म मानिसहरूलाई देख्छु ! तिनीहरू हिँडिरहेका छन्, तर म स्पष्‍टसँग देख्दिनँ । तिनीहरू रूखहरूजस्तै देखिन्छन्” (हेर्नुहोस्ः उपमा)

Mark 8:25

εἶτα πάλιν ἐπέθηκεν

“अनि येशूले फेरि”

καὶ διέβλεψεν καὶ ἀπεκατέστη

“त्यसको दृष्‍टि प्राप्‍त भयो” भन्‍ने वाक्यांशलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस मानिसका आँखा पहिलेजस्तै बनाउनुभएर, त्यसपछि त्यसले आफ्ना आँखा खोल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 8:27

येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पी जानुहुँदा बाटोमा येशू को हुनुहुन्छ र उहाँलाई के हुनेछ भनी कुरा गर्नुहुन्छ ।

Mark 8:28

οἱ δὲ εἶπαν αὐτῷ λέγοντες

“तिनीहरूले यसो भन्दै जवाफ दिए”

Ἰωάννην τὸν Βαπτιστήν

चेलाहरूको जवाफ दिए कि यो त्यो व्यक्ति हो जुन केही मानिसहरूले येशू हुनुहुन्थ्यो भनी भन्थे । यसलाई अझ प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “केहीले तपार्इं बप्‍तिस्मा-दिने यूहन्‍ना हुनुहुन्छ भन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἄλλοι…ἄλλοι

“अरूहरू” शब्दले अरू मानिसहरूलाई जनाउँछ । यसले येशूको प्रश्‍नप्रति तिनीहरूका जवाफहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन् ... अरूहरूले तपार्इं ... हुनुहन्छ भन्छन्” (हेर्नुहोस्ः शब्दलोप)

Mark 8:29

αὐτὸς ἐπηρώτα αὐτούς

“येशूले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो”

Mark 8:30

ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ

उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले कसैलाई नभनेको येशूले चाहनुभयो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । साथै, यसलाई प्रत्यक्ष कथनमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी येशूले तिनीहरूलाई चेतावनी दिनुभयो” वा “येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, ‘म ख्रीष्‍ट हुँ भनी कसैलाई नभन्‍नू’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

Mark 8:31

τὸν Υἱὸν τοῦ Ἀνθρώπου

यो येशूको निम्त महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूले उसलाई इन्कार गर्नेछन् र मानिसहरूले तिनलाई मार्नेछन् अनि तीन दिनपछि ऊ मृत्युबाट जीवित भई उठ्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 8:32

παρρησίᾳ τὸν λόγον ἐλάλει

“उहाँले यो बुझ्‍न सजिलो हुने तरिकाले भन्‍नुभयो”

ἤρξατο ἐπιτιμᾶν αὐτῷ

मानिसका पुत्रलाई यस्तो हुनेछ भन्‍नुभएको कुरामा पत्रुसले येशूलाई हकार्न थाले । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरू भन्‍नुभएकोमा उहाँलाई हप्काउन थाले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:33

येशू मर्नुभएको र बौरनुभएको नचाहेकोमा पत्रुसलाई हप्काएपछि येशूले उहाँलाई कसरी पछ्याउने भनी उहाँका चेलाहरू र भीड दुवैलाई बताउनुहुन्छ ।

ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς

पत्रुसले शैतानको जस्तो काम गरिरहेका छन् भन्‍ने येशूको आशय हो, किनभने परमेश्‍वरले गर्नलाई पठाउनुभएको काम गर्न पत्रुसले रोक्दै थिए । वैकल्पिक अनुवादः “मबाट पछि हट्, किनभने तैँले शैतानले जस्तै काम गरिरहेको छस् ! तँ ... राखिरहेको छैनस्” (हेर्नुहोस्ः रूपक)

ὕπαγε ὀπίσω μου

“मबाट भागी हाल्”

Mark 8:34

ὀπίσω μου ἀκολουθεῖν

यहाँ येशूलाई पछ्याउनुले उहाँका चेलाहरूमध्येको एकजना हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो चेला होऊ” वा “मेरा चेलाहरूमध्येको एक होऊ” (हेर्नुहोस्ः रूपक)

ἀπαρνησάσθω ἑαυτὸν

“आफ्नै इच्छाहरूप्रति सुम्पिइनुहुन्‍न” वा “आफ्ना इच्छाहरू त्याग्नुपर्छ”

ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι

“उसको क्रूस बोकेर मलाई पछ्याउनुपर्छ ।” क्रूसले दुःखभोग र मृत्युलाई प्रतिनिधित्व गर्छ । क्रुस उठाउनु भनेको सतावट सहन र मर्न तत्पर हुनु हो । वैकल्‍पिक अनुवादः “कष्‍ट भोग्‍ने र मर्ने विन्दुसम्‍मै मेरो आज्ञापालन गर्नुपर्छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

ἀκολουθείτω μοι

यहाँ येशूलाई पछ्याउनुले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मेरो आज्ञापालन गर” (हेर्नुहोस्ः रूपक)

Mark 8:35

ὃς γὰρ ἐὰν θέλῃ

“किनकि जो कसैले चाहन्छ”

τὴν ψυχὴν

यसले शारीरिक र आत्मिक दुवै किसिमका जीवनलाई जनाउँछ ।

ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου

“मेरो र सुसमाचारको कराणले ।” येशूले उहाँको र सुसमाचारको कारणले जीवन गुमाउनेहरूको बारेमा बोल्दै हुनुहुन्छ । यसलाई स्पष्‍ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यसले मलाई पछ्याउँछ र अरूहरूलाई सुसमाचार प्रचार गर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 8:36

τί γὰρ ὠφελεῖ ἄνθρωπον, κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले सारा संसार नै हासिल गरे पनि आफ्नै जीवन गुमायो भने कुनै लाभ हुनेछैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ

यसलाई “यदि” शब्दबाट सुरु हुने कुनै शर्तको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि उसले सारा संसार हात पार्छ र त्यसपछि आफ्‍नै जीवनलाई गुमाउँछ भने”

κερδήσῃ τὸν κόσμον ὅλον

“सारा संसार” भन्‍ने शब्दहरू धेरै सम्पत्तिलाई जनाउन अतिरञ्‍जन गरिएको कुरा हो । वैकल्‍पिक अनुवादः “उसले त्यस समयसम्‍ममा पाउन चाहेको सबैथोक हात पार्न” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

ζημιωθῆναι

केही कुरालाई गुमाउनु भनेको त्यसलाई हराउनु वा त्यो कुरा अर्को व्यक्तिबाट अन्त लगिनु हो ।

Mark 8:37

τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले आफ्‍नो जीवनको सट्टामा दिन सक्‍ने कुनै पनि कुरा छैन ।” वा “कसैले आफ्‍नो जीवनको सट्टामा कुनै कुरा दिन सक्दैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τί…δοῖ ἄνθρωπος

यदि तपार्इंको भाषामा केही कुरा दिँदा लिने व्यक्तिको आवश्यकता पर्छ भने पाउनेको रूपमा परमेश्‍वरलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा व्यक्तिले परमेश्‍वरलाई के दिन सक्छ र ?”

Mark 8:38

ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους

“म र मेरो सन्देशसँग शर्माएको”

ἐν τῇ γενεᾷ ταύτῃ, τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ

येशूले यो पुस्तालाई व्यभिचारी भन्‍नुहुन्छ जसको अर्थ हुन्छ कि तिनीहरू परमेश्‍वरसँगको सम्बन्धमा विश्‍वासयोग्य छैनन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको विरुद्धमा व्यभिचार गर्ने र पापी मानिसहरूका पुस्तामा” वा “परमेश्‍वरप्रति अविश्‍वासी भएका र ज्यादै पापी मानिसहरूको यस पुस्तामा” (हेर्नुहोस्ः रूपक)

ὁ Υἱὸς τοῦ Ἀνθρώπου

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ὅταν ἔλθῃ

“जब उहाँ फर्केर आउनुहुन्छ”

ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ

जब येशू फर्कनुहुन्छ उहाँसँग उहाँको पिताको जस्तै महिमा हुनेछ ।

μετὰ τῶν ἀγγέλων τῶν ἁγίων

“पवित्र स्वर्गदूतहरूका साथमा”

Mark 9

मर्कुस ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“रूप परिवर्तन भएको”

धर्मशास्‍त्रले धेरैपटक परमेश्‍वरको महिमालाई एउटा महान्, चखिलो ज्योतिको रूपमा कुरा गर्छ । जब मानिसहरूले यस ज्योतिलाई देख्‍छन्, तिनीहरू डराउँछन् । मर्कुसले यस अध्यायमा भन्छन् कि येशूको वस्‍त्र यस महिमामय ज्योतिका साथमा चम्कियो जसले गर्दा उहाँका अनुयायीहरूले येशू साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर देख्‍न सके । त्यही समयमा, परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो कि येशू उहाँको पुत्र हुनुहन्थ्यो । (हेर्नुहोस्ः महिमा, महिमित अनि भय, डर, याहोवेको भय)

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

अतिशयोक्ति

येशूले ती कुराहरू भन्‍नुभयो जसलाई उहाँका अनुयायीहरूले शाब्दिक रूपमा जस्ताको तस्तै बुझेको अपेक्षा गर्नुभएन । जब उहाँले भन्‍नुभयो, “यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई काटिदेऊ” (मर्कुस ९:४३), उहाँले अतिरञ्‍जन गरेर बोलिरहनुभएको थियो ताकि तिनीहरूलाई थाहा होस् कि तिनीहरू त्यस्तो कुनै पनि कुराबाट टाढा रहनुपर्छ जसले तिनीहरूलाई पाप गर्न लगाउँछ, तब पनि टाढा रहनुपर्छ जब त्यो कुरा तिनीहरूले मन पराएका वा तिनीहरूलाई चाहिन्छ भनी सोचेका कुरा हो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

एलिया र मोशा

एलिया र मोशा अचानक येशू, याकूब, यूहन्‍ना, र पत्रुसकहाँ देखा पर्छन्, र त्यसपछि अल्‍पिन्छन् । उहाँहरू चारैजनाले एलिया र मोशालाई देख्‍नुहुन्छ, र किनभने एलिया र मोशाले येशूसँग कुरा गरे, पाठकले बुझ्‍नुपर्छ कि एलिया र मोशा शारीरिक रूपमा देखा परे ।

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र” भनेर जनाउनुभयो (मर्कुस ९:३१) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नै बारेमा कोही अरूको बारेमा कुरा गरिरहेको झैँ गरेर बोल्‍न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)

विरोधाभासी भनाइ

विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्‍नुहुन्छ, “यदि कोही प्रथम हुन चाहन्छ भने, ऊ सबैभन्दा अन्तिमको र सबैको सेवक हुनुपर्छ” (मर्कुस ९:३५) ।

Mark 9:1

येशूले आफ्ना चेलाहरू र मानिसहरूसँग उहाँलाई पछ्याउनेबारे कुरा गरिरहनुभएको छ । छ दिनपछि, उहाँ चेलाहरूसँग पहाडमाथि जानुहुन्छ, जहाँ उहाँको मुहार परिवर्तन हुन्छ र उहाँ परमेश्‍वरको राज्यमा कुनै दिन देखिनुहुनेजस्तै देखिनुहुन्छ ।

ἔλεγεν αὐτοῖς

“येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

τὴν Βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει

परमेश्‍वरको राज्य आउनुले परमेश्‍वरले आफैँलाई राजाको रूपमा देखाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले आफैँलाई ठूलो शक्तिका साथ राजाको रूपमा प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

Mark 9:2

κατ’ ἰδίαν μόνους

लेखकले यहाँ उहाँहरू एक्‍लै हुनुहुन्थ्यो र केवल येशू, पत्रुस, याकूब, र यूहन्‍ना मात्रै माथि पहाडमा जानुभयो भनेर जोड दिनका लागि निजवाचक सर्वनाम “उहाँहरू”को प्रयोग गर्छन् । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)

μετεμορφώθη ἔμπροσθεν αὐτῶν

जब तिनीहरूले उहाँलाई हेरे, उहाँको स्वरूप पहिले भएकोभन्दा भिन्दै थियो ।

μετεμορφώθη

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको स्वरूप परिवर्तन भएको थियो” वा “उहाँ धेरै फरक देखिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἔμπροσθεν αὐτῶν

“तिनीहरूको सम्मुख” वा “ताकि तिनीहरूले उहाँलाई प्रस्‍टसँग देख्‍न सकून्”

Mark 9:3

στίλβοντα

“टल्किरहेको” वा “बलिरहेको ।” येशूका लुगाहरू यति चहकिला थिए कि तिनीहरूले उज्यालो दिइरहेका थिए ।

λείαν

सम्भव भएसमम वा सबैभन्दा ज्यादाभन्दा पनि बढी

οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι

यसले प्राकृतिक उनलाई अझ धेरै सेतो बनाउन दाग हटाउने ब्लिच वा एमिनियाजस्ता रासायनिक पदार्थ प्रयोग गर्ने प्रक्रियाको वर्णन गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीका कुनै पनि मानिसले सेतो बनाउन सक्‍नेभन्दा बढी सेतो”

Mark 9:4

ὤφθη…Ἠλείας σὺν Μωϋσεῖ

यी मानिसहरू को हुन् भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै लामो समयअगिका अगमवक्ताहरू, मोशा र एलिया, देखा परे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἦσαν συνλαλοῦντες

यहाँ “तिनीहरू”ले एलिया र मोशालाई जनाउँछ ।

Mark 9:5

ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ

“पत्रुसले येशूलाई भने ।” यहाँ “जवाफ दिए” लाई वार्तालावमा पत्रुसलाई चिनाउन प्रयोग गरिएको छ । पत्रुसले प्रश्‍नको जवाफ दिइरहेका थिएनन् ।

καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι

“हामीलाई” भन्‍ने शब्दले पत्रुस, याकूब, र यूहन्‍नालाई मात्र जनाउँछ वा त्यहाँ हुनुभएका येशू, एलिया, र मोशा गरेर सबैलाई जनाउँछ भनेर स्‍पष्‍ट छैन । यदि दुवै छनोटहरूलाई सम्भव देखाउने गरी तपाईंले अनुवाद गर्न सक्‍नुहुन्छ भने, त्यसो गर्नुहोस् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि समावेशी “हामी”)

σκηνάς

सामान्य, अस्थायी ठाउँहरू जसमा बस्‍न र सुत्‍न सकिन्छ

Mark 9:6

οὐ γὰρ ᾔδει τί ἀποκριθῇ; ἔκφοβοι γὰρ ἐγένοντο

यो कोष्‍ठभित्र दिइएको वाक्यले पत्रुस, याकूब र यूहन्‍नाको पृष्‍ठभूमिबारे केही कुरा बताउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

ἔκφοβοι…ἐγένοντο

“तिनीहरू अति डराएका थिए” वा “तिनीहरू असाध्यै डराएका थिए”

Mark 9:7

ἐγένετο…ἐπισκιάζουσα αὐτοῖς

“देखा पर्‍यो र ढाक्यो”

ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης

“आवाज आयो” भनेको कोही बोलिरहेको कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । कसले बोल्‍यो भनेर स्‍पष्‍ट तवरमा व्यक्त गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “तब कसैले बादलबाट बोल्‍नुभयो” वा “तब परमेश्‍वर बादलबाट बोल्नुभयो” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ

परमेश्‍वर पिताले उहाँका “प्रिय पुत्र”, परमेश्‍वरको पुत्रको निम्ति उहाँको प्रेम व्यक्त गर्नुहुन्छ ।

ὁ Υἱός μου

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Mark 9:8

οὐκέτι…εἶδον

यहाँ “तिनीहरू”ले पत्रुस, याकूब र यूहन्‍नालाई जनाउँछ ।

Mark 9:9

διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ

उहाँले यो कुरालाई उहाँ मृत्युबाट जीवित हुनुभएपछि मात्र तिनीहरूलाई भन्‍ने अनुमति दिनुभयो भन्‍ने आशयलाई यसले व्यक्त गर्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐκ νεκρῶν ἀναστῇ

“मृतकहरूमध्येबाट जीवित भएको ।” यसको अर्थ फेरि जीवित हुनु हुन्छ । मृतकहरूले मरेका मानिसहरूलाई जनाउँछ र यो रूपकले मृत्युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मृत्युबाट बिउँतनुभएको” (हेर्नुहोस्ः लक्षणा)

Mark 9:10

ἐκ νεκρῶν ἀναστῆναι

“मृतकहरूमध्येबाट जीवित हुनु ।” यसको अर्थ फेरि जीवित हुनु हुन्छ । मृतकहरूले मरेका मानिसहरूलाई जनाउँछ र यो रूपकले मृत्युलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “”rising from death“” (हेर्नुहोस्ः लक्षणा)

καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς

यहाँ “ती कुराहरू तिनीहरूले आफैँसँग राखे” भनेको टुक्‍का हो जसको अर्थ तिनीहरूले देखेका कुरा कसैलाई पनि भनेनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसैले, आफूले देखेका कुराको बारेमा तिनीहरूले कसैलाई पनि भनेनन्” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 9:11

“मृत्युबाट जीवित भई उठ्‍नु” भन्‍नुको अर्थ के हो भनी पत्रुस, याकूब र यूहन्‍ना अलमल्लमा परेका भए तापनि तिनीहरूले एलियाको आगमनको बारेमा सोधे ।

ἐπηρώτων αὐτὸν

“तिनीहरू” शब्दले पत्रुस, याकूब, र यूहन्‍नालाई जनाउँछ ।

λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον?

अगमवाणी अनुसार एलिया स्वर्गबाट फेरि आउँछन् । अनि मानिसका पुत्र अर्थात् मसीह शासन गर्न र राज्य गर्न आउनुहुन्छ । मानिसको पुत्र कसरी मर्न र पुनः बिउँतन सक्‍नुहुन्थ्यो भन्‍ने बारेमा चेलाहरू अन्योलमा छन् । वैकल्‍पिक अनुवादः “शास्‍त्रीहरूले किन एलिया मसिह आउनुभन्दा अगाडि आउनुपर्छ भनेर भन्छन् ?” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:12

Ἠλείας μὲν ἐλθὼν πρῶτον ἀποκατιστάνει πάντα

यसो भनेर, येशूले पुष्‍टि गर्नुहुन्छ कि एलिया पहिला आउने थिए ।

καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ?

येशूले उहाँका चेलाहरूलाई धर्मशास्‍त्रले मानिसको पुत्रले कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनुपर्छ भनेर पनि सिकाउँछ भनेर सम्झाउनलाई यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म तिमीहरूले धर्मशास्‍त्रमा मानिसका पुत्रको बारेमा लेखिएको कुरा विचार गरेको चाहन्छु । धर्मशास्‍त्रले भन्छ कि उसले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐξουδενηθῇ

यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई घृणा गर्ने थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 9:13

ἐποίησαν αὐτῷ ὅσα ἤθελον

मानिसहरूले एलियालाई गरेका कुरा उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “अनि हाम्रा अगुवाहरूले तिनलाई तिनीहरूले चाहे अनुसार व्यवहार गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:14

येशू, पत्रुस, याकूब र यूहन्‍ना डाँडाबाट तल आउँदा तिनीहरूले शास्‍त्रीहरूले अरू चेलाहरूसँग विवाद गरिरहेका पाए ।

ἐλθόντες πρὸς τοὺς μαθητὰς

येशू पत्रुस, याकूब र यूहन्‍ना डाँडामाथि नगएका अरू चेलाहरूकहाँ फर्केर आउनुभयो ।

εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς

“येशू र ती तीन चेलाहरूले अरू चेलाहरूको वरिपरि एउटा ठूलो भीड लागेको देख्‍नुभयो”

γραμματεῖς συνζητοῦντας πρὸς αὐτούς

येशूसँग नगएका चेलाहरूसँग शास्‍त्रीहरूले विवाद गरिरहेका थिए ।

Mark 9:15

ἐξεθαμβήθησαν

तिनीहरू किन छक्‍क परे भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशू आउनुभएकोमा चकित भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:17

शास्‍त्रीहरू र चेलाहरूका बीचमा के बहस भइरहेको थियो भनी व्याख्या गर्न भूत लागेको केटाको बुबाले चेलाहरूलाई त्यसको छोराबाट भूत निकालिदेओ भनेको तर तिनीहरूले सकेनन् भने । त्यसपछि येशूले त्यो केटाबाट भूत निकाल्नुहुन्छ । पछि तिनीहरूले किन भूत निकाल्न सकेनन् भनी चेलाहरूले सोध्छन् ।

ἔχοντα πνεῦμα ἄλαλον

यसको अर्थ हुन्छ, कि त्यो केटासँग भूत छ । “त्यससँग अशुद्ध आत्मा छ” वा “त्यसलाई अशुद्ध आत्मा लागेको छ” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 9:18

ἀφρίζει

जिउ बटार्ने, वा मस्‍तिष्‍कको असन्तुलनले एक व्यक्तिलाई सास फेर्न वा निल्‍नलाई समस्या बनाउन सक्‍छ । यसले मुखबाट फिँज आउने बनाउँछ । यदि तपाईंको भाषामा त्यसलाई वर्णन गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “उसको मुखबाट पानीका फोकाहरू आउँछन्”

ξηραίνεται

“ऊ करक्‍क पर्छ” वा “उसको शरीर अरट्ठ पर्छ”

οὐκ ἴσχυσαν

यसले चेलाहरूले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्‍न नसकेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसबाट निकाल्न सकेनन्” (हेर्नुहोस्ः शब्दलोप)

Mark 9:19

ὁ…ἀποκριθεὶς αὐτοῖς λέγει

येशूलाई बिन्ती गर्ने केटाको बुबा थिए, तैपनि येशूले पूरा भीडलाई जवाफ दिनुहुन्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भीडलाई जवाफ दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὦ γενεὰ ἄπιστος

“तिमीहरू अविश्‍वासी पुस्ता ।” येशू भीडलाई जवाफ दिन लाग्‍नुहुँदा तिनीहरूलाई यसो भन्‍नुहुन्छ ।

ἕως πότε πρὸς ὑμᾶς ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν?

येशूले उहाँलाई दिक्क लागेको कुरा व्यक्त गर्न यो प्रश्‍न सोध्‍नुहुन्छ । दुवै प्रश्‍नको अर्थ एउटै हो । यिनीहरूलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको अविश्‍वासप्रति म थकित भएको छु !” वा “तिमीहरूको अविश्‍वासले मलाई थकित बनाउँछ । मैले कहिलेसम्म सहनु भनेर म चकित पर्छु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि समान्तरता)

ἀνέξομαι ὑμῶν

“तिमीहरूलाई खप्‍नु” वा “तिमीहरूलाई थाम्‍नु”

φέρετε αὐτὸν πρός με

“त्यो केटालाई मकहाँ ल्याओ”

Mark 9:20

τὸ πνεῦμα

यसले अशुद्ध आत्मालाई जनाउँछ । तपाईंले यसलाई मर्कुस ९:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

συνεσπάραξεν αὐτόν

यो शरीरमा मानिसको नियन्त्रण नभएको र शरीर भयानक तरिकाले काम्‍ने अवस्था हो ।

Mark 9:21

ἐκ παιδιόθεν

“ऊ सानो हुँदादेखि नै ।” यसलाई पूरा वाक्यको रूपमा उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “ऊ सानो हुँदादेखि नै उसलाई यस्तो हुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 9:22

σπλαγχνισθεὶς

“दया गर्नुहोस्”

Mark 9:23

εἰ δύνῃ?

येशूले त्यस मानिसले उहाँलाई भनेको कुरा दोहोर्‍याउनुभयो । वैकल्पिक अनुवादः “के तिमी मलाई ‘यदि तपार्इंले सक्‍नुहुन्छ भने’ भनी भन्छौ ?” वा “तिमी किन मलाई ‘यदि तपार्इंले सक्‍नुहुन्छ भने’ भनी भन्छौ ?” (हेर्नुहोस्ः शब्दलोप)

εἰ δύνῃ?

येशूले त्यस मानिसको शंकालाई हप्‍काउनलाई यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले मलाई यसो भन्‍नुहुँदैन, ‘यदि तपार्इं सक्षम हुनुहुन्छ भने ।’” वा “यदि म सक्षम छु कि भनेर तिमीले मलाई सोध्छौ । अवश्‍य पनि म सक्षम छु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

πάντα δυνατὰ τῷ πιστεύοντι

“परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूका निम्ति कुनै पनि कुरा गर्न सक्‍नुहुन्छ”

τῷ πιστεύοντι

“त्यस व्यक्तिको लागि” वा “जो कसैको लागि”

τῷ πιστεύοντι

यसले परमेश्‍वरमाथिको भरोसालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरमाथि विश्‍वास गर्छ”

Mark 9:24

βοήθει μου τῇ ἀπιστίᾳ

त्यो मानिसले उसको अविश्‍वासलाई जित्‍न सहायता गर्न र उसको विश्‍वास बढाइ दिन येशूसँग सहायता माग्दै छन् । वैकल्पिक अनुवादः “मैले विश्‍वास नगर्दा मलाई सहायता गर्नुहोस्” वा “धेरै विश्‍वास गर्न मलाई सहायता गर्नुहोस्”

Mark 9:25

ἐπισυντρέχει ὄχλος

यसको अर्थ हुन्छ, कि अरू मानिसहरू येशू हुनुभएकोतिर नै दौडिरहेका थिए र त्यहाँ भीड बढिरहेको थियो ।

τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα

गुँगा र बहिरो शब्दलाई व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तँ अशुद्ध आत्मा, तँ जसले त्यो केटालाई सुन्‍न र बोल्‍न असक्षम तुल्याइरहेको छस्”

Mark 9:26

κράξας

“अशुद्ध आत्मा चिच्‍च्‍यायो”

πολλὰ σπαράξας, αὐτόν

“त्यो केटोलाई भयङ्करसँग कँपायो”

ἐξῆλθεν

आत्मा त्यस केटाबाट बाहिर निस्क्यो भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “त्यो केटाबाट निस्क्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐγένετο ὡσεὶ νεκρὸς

त्यो केटाको अनुहारलाई मरेकोसँग तुलना गरिन्छ । वैकल्पिक अनुवादः “त्यो केटा मरेकोजस्तो देखियो” वा “त्यो केटा एउटा मृत व्यक्ति झैँ देखियो” (हेर्नुहोस्ः उपमा)

ὥστε τοὺς πολλοὺς

“त्यसैले, धेरै मानिसहरू”

Mark 9:27

κρατήσας τῆς χειρὸς αὐτοῦ

यसको अर्थ हुन्छ, कि येशूले त्यो केटाको हात आफ्नै हातले समात्‍नुभयो । वैकल्पिक अनुवादः “केटालाई हातले समात्‍नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)

ἤγειρεν αὐτόν

“त्यसलाई उठ्न सहायता गर्नुभयो”

Mark 9:28

κατ’ ἰδίαν

यसको अर्थ उहाँहरू एकलै हुनुहुन्थ्यो भन्‍ने हुन्छ ।

ἐκβαλεῖν αὐτό

“अशुद्ध आत्मालाई बाहिर निकाल्नु ।” यसले आत्मालाई त्यस केटाबाट बाहिर निकाल्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “केटाबाट अशुद्ध आत्मा निकाल्नु” (हेर्नुहोस्ः शब्दलोप)

Mark 9:29

τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ

“बाहेक” र “सकिँदैन” दुवै नकारात्मक शब्दहरू हुन् । कुनै भाषामा सकारात्मक प्रयोग गर्नु बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “यस्तोलाई प्रार्थनाद्वारा मात्र निकाल्न सकिन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

τοῦτο τὸ γένος

यसले अशुद्ध आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “यस्तो किसिमको अशुद्ध आत्मा” (हेर्नुहोस्ः शब्दलोप)

Mark 9:30

येशूले भूत लागेको मानिसलाई निको पार्नुभएपछि येशू र उहाँका चेलाहरूले उहाँहरू रहनुभएको घर छोड्नुभयो । उहाँले आफ्ना चेलाहरूलाई एक्लै सिकाउने समय लिनुहुन्छ ।

κἀκεῖθεν ἐξελθόντες

“येशू र उहाँका चेलाहरू त्यस क्षेत्रबाट जानुभयो”

παρεπορεύοντο διὰ

“हुँदै यात्रा गर्नुभयो” वा “भएर जानुभयो”

Mark 9:31

ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ

येशू भीडबाट अलग भएर आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । यसलाई अझ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले आफ्ना चेलाहरूलाई एकान्तमा सिकाउँदै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले मानिसको पुत्रलाई जिम्‍मा लगाउनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται

यहाँ येशूले आफैँलाई मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ । यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । “म अर्थात् मानिसका पुत्र” (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

εἰς χεῖρας ἀνθρώπων

यहाँ “हात” को अर्थ नियन्त्रण हो । वैकल्पिक अनुवादः “मानिसहरूको नियन्त्रणमा” वा “ताकि मानिसहरूले उसलाई वशमा राख्‍न सकून्” (हेर्नुहोस्ः लक्षणा)

ἀποκτανθεὶς, μετὰ τρεῖς ἡμέρας ἀναστήσεται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसलाई मारेपछि र तीन दिन भएपछि, ऊ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 9:32

ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι

उहाँले भन्‍नुभएको कुराको अर्थ के हो भनी येशूलाई सोध्‍न तिनीहरू डराए । वैकल्पिक अनुवादः “यसको अर्थ के हो भनी तिनीहरू उहाँलाई सोध्‍न डराए” (हेर्नुहोस्ः शब्दलोप)

Mark 9:33

जब उहाँहरू कफर्नहुममा आइपुग्‍नुहुन्छ, येशूले उहाँका चेलाहरूलाई विनम्र सेवक हुनेबारे सिकाउनुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)

ἦλθον εἰς

“उहाँहरू ... मा आइपुग्‍नुभयो ।” यहाँ “उहाँहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।

διελογίζεσθε

“के तिमीहरू एक अर्कासँग छलफल गरिरहेका थियौ”

Mark 9:34

οἱ…ἐσιώπων

तिनीहरू चुपचाप रहे किनभने तिनीहरूले के छलफल गरिरहेका थिए भनी भन्‍न तिनीहरू लजाए । वैकल्पिक अनुवादः “तिनीहरू चुपचाप रहे, किनभने तिनीहरू लज्‍जित भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τίς μείζων

यहाँ “सबैभन्दा ठूलो” भन्‍ने कुराले चेलाहरूको माझमा “सबैभन्दा महान्”लाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये सबैभन्दा ठूलो को थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:35

εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος

यहाँ “पहिलो” र “अन्तिम” विपरीतार्थी शब्हरू हुन् । येशूले सबैभन्दा महत्त्वपूर्ण हुनुलाई “पहिलो” र सबैभन्दा कमको हुनुलाई “अन्तिम” भनी बताउनुहुन्छ । वैकल्पिक अनुवादः “यदि कसैले परमेश्‍वरले उसलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुभएको चाहन्छ भने उसले आफैँलाई सबैभन्दा कमको ठान्‍नुपर्छ” (हेर्नुहोस्ः रूपक)

πάντων

“सबै मानिसभन्दा ... सबै मानिसको”

Mark 9:36

ἐν μέσῳ αὐτῶν

“तिनीहरू बीचमा” “तिनीहरूका”ले भीडलाई जनाउँछ ।

ἐναγκαλισάμενος αὐτὸ

यसको अर्थ हो कि उहाँले त्यस बालकलाई अँगालो मार्नुभयो र उसलाई उठाउनुभयो, र उहाँको काखमा राख्‍नुभयो ।

Mark 9:37

ἓν τῶν τοιούτων παιδίων

“यो बालकजस्तै”

ἐπὶ τῷ ὀνόματί μου

यसको अर्थ येशूको प्रेमको खातिर केही गर्नु हो । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले मलाई प्रेग गरेका हुनाले” वा “मेरो खातिर” (हेर्नुहोस्ः टुक्काहरू)

τὸν ἀποστείλαντά με

यसले उहाँलाई पृथ्वीमा पठाउनुहुने परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वर, जसले मलाई पठाउनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:38

ἔφη αὐτῷ ὁ Ἰωάννης

“यूहन्‍नाले येशूलाई भने”

ἐκβάλλοντα δαιμόνια

“भूतात्माहरूलाई अन्त पठाउँदै ।” यसले मानिसहरूबाट भूत निकालिरहेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूबाट भूत निकाल्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν τῷ ὀνόματί σου

यहाँ “नाउँ” येशूको अधिकार र शक्तिसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “तपार्इंको नाउँको अधिकारद्वारा” वा “तपार्इंको नाउँको शक्तिद्वारा” (हेर्नुहोस्ः लक्षणा)

οὐκ ἠκολούθει ἡμῖν

यसको अर्थ हुन्छ, कि त्यो चेलाहरूको समूहको थिएन । वैकल्पिक अनुवादः “त्यो हामीमध्येको होइन” वा “त्यो हामीसँग हिँड्दैन” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 9:40

οὐκ ἔστιν καθ’ ἡμῶν

“हामीलाई विरोध गरिरहेको छैन”

ὑπὲρ ἡμῶν ἐστιν

यसको अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले पनि हामीले हासिल गर्न खोजिरहेको लक्ष्य नै हासिल गर्न खोज्दै छ”

Mark 9:41

ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι, ὅτι Χριστοῦ ἐστε

येशूले एउटाले अर्कोलाई कसरी सहायता गर्न सक्छ भन्‍ने उदाहरणको रूपमा एक गिलास पानी दिनेबारे बताउनुहुन्छ । यो कसैलाई कुनै तरिकाले सहायता गर्ने कुराको रूपक हो । (हेर्नुहोस्ः रूपक)

οὐ μὴ ἀπολέσῃ

यो नकारात्मक वाक्यले सकारात्मक अर्थलाई जोड दिन्छ । कुनै भाषामा सकारात्मक कथनको प्रयोग गर्नु स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “निश्‍चय पाउनेछ” (हेर्नुहोस्ः निषेधात्मक)

Mark 9:42

μύλος ὀνικὸς

पिठो पिँध्‍न प्रयोग गरिने ठूलो गोलाकार ढुङ्गा

Mark 9:43

ἐὰν σκανδαλίσῃ σε ἡ χείρ σου

यहाँ “हात” तपार्इंले आफ्ना हातले गर्न इच्छा गर्नुहुने पापिष्‍ठ कामको निम्ति प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “यदि तिमीले आफ्नो कुनै हातले केही पापपूर्ण कार्य गर्न चाहन्छौ भने” (हेर्नुहोस्ः लक्षणा)

κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν

“हात बिना हुनु र त्यसपछि जीवनमा प्रवेश गर्नु” वा “जीवनमा प्रवेश गर्नुभन्दा अगाडि अपाङ्ग हुनु”

εἰσελθεῖν εἰς τὴν ζωὴν

मर्ने अनि त्यसपछि अनन्तसम्‍म जिउनलाई सुरु गर्नुलाई जीवनमा प्रवेश गर्ने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवाद: “अनन्त जीवनमा प्रवेश गर्नु” वा “मर्ने अनि सदाको लागि जिउन सुरु गर्ने” (हेर्नुहोस्ः रूपक)

κυλλὸν

चोट लागेर वा काटेर शरीरको अङ्ग गुमाउनु । यहाँ यसले हात गुमाउनुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “बिना हातको” वा “हात नभएको”

εἰς τὸ πῦρ τὸ ἄσβεστον

“जहाँ आगो कहिल्यै निभाउन सकिँदैन”

Mark 9:45

ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε

यहाँ “खुट्टा”ले तपार्इं जान नहुने ठाउँमा जाने जस्ता खुट्टाले गर्ने पापपूर्ण कुराको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यदि तिमीले आफ्ना खुट्टाले पापिष्‍ठ कुरा गर्ने इच्छा गर्छौ भने” (हेर्नुहोस्ः लक्षणा)

εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν

“खुट्टाविना हुनु र त्यसपछि जीवनमा प्रवेश गर्नु” वा “जीवनमा प्रवेश गर्नुभन्दा अगाडि लङ्गडो हुनु”

εἰσελθεῖν εἰς τὴν ζωὴν

मर्ने अनि त्यसपछि अनन्तसम्‍म जिउनलाई सुरु गर्नुलाई जीवनमा प्रवेश गर्ने कुराको रूपमा बताइएको छ । वैकल्पिक अनुवाद: “अनन्त जीवनमा प्रवेश गर्नु” वा “मर्ने अनि सदाको लागि जिउन सुरु गर्ने” (हेर्नुहोस्ः रूपक)

χωλὸν

“सहज ढङ्गले हिँड्न नसक्ने ।” यहाँ यसले एउटा खुट्टा नभएको कारण राम्ररी हिँड्न नसक्‍ने भएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “बिना खुट्टाको” वा “खुट्टा नभएको”

βληθῆναι εἰς τὴν Γέενναν

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्‍वरले तिमीलाई नरकमा फ्याँक्‍नलाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 9:47

ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν

यहाँ आँखा प्रतिस्थापकीय शब्द हो, यीमध्ये कुनैको लागि १) कुनै कुरालाई हेरेर पाप गर्न इच्छा गर्नु । वैकल्पिक अनुवादः “यदि तपार्इंले हेरेर कुनै पाप गर्न चाहनुहुन्छ भने, यसलाई निकालेर फ्याँकिदिनुहोस्” वा २) तिमीले ‍हेरेको कुराले पाप गर्ने चाहना गर्नु । वैकल्पिक अनुवादः “तिमीले हेरेको कुराले तिमीले पाप गर्न चाहन्छौ भने तिम्रा आँखा निकालिदेऊ” (हेर्नुहोस्ः लक्षणा)

μονόφθαλμον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα

यसले मानिस मर्दाखेरी भौतिक शरीरको अवस्थालाई जनाउँछ । मानिसले आफ्नो भौतिक शरीरलाई अनन्ततामा लाँदैन । वैकल्पिक अनुवादः “पृथ्वीमा दुईवटा आँखा लिएर जिउनुभन्दा यहाँ एउटा आँखासँग जिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

βληθῆναι εἰς τὴν Γέενναν

यसलाई कर्तृवाच्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्‍वरले तिमीलाई नरकमा फ्याँक्‍नलाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 9:48

ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ

यस भनाइको अर्थलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ मानिसहरूलाई खाने किराहरू मर्दैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 9:49

πᾶς…πυρὶ ἁλισθήσεται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबैलाई आगोले नुनिलो पार्नुहुन्छ” वा “जसरी नूनले बलिदानलाई शुद्ध पार्छ, त्यसरी नै परमेश्‍वरले सबैलाई कष्‍ट भोग्‍न लगाएर शुद्ध पार्नुहुन्छ ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

πυρὶ ἁλισθήσεται

यहाँ “आगो” भनेको कष्‍टभोगलाई जनाउने अलङ्कार हो, र मानिसहरूमाथि नुन हाल्‍नु भनेको तिनीहरूलाई शुद्ध बनाउने कुरालाई जनाउने अलङ्कार हो । त्यसैले “आगोले नुनिलो पारिनेछ” भनेको कष्‍टभोगबाट शुद्ध बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “कष्‍टभोगको आगोबाट शुद्ध बनाइनेछ” वा “बलिदानलाई नुनले शुद्ध बनाएको जस्तै गरी शुद्ध पारिनलाई कष्‍ट भोग्‍नेछ” (हेर्नुहोस्ः रूपक)

Mark 9:50

ἄναλον γένηται

“यसको नुनिलो स्वाद”

ἐν τίνι αὐτὸ ἀρτύσετε?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले यसलाई फेरि नूनिलो पार्न सक्दैनौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

αὐτὸ ἀρτύσετε

“फेरि नूनिलो स्वाद दिने”

ἔχετε ἐν ἑαυτοῖς ἅλα

येशूले एक अर्कालाई असल काम गर्ने कुराको बारेमा यसरी बताउनुहुन्छ मानौँ असल थोकहरू भनेको मानिसहरूसँग भएको नून हो । वैकल्पिक अनुवादः “नूनले खानामा स्वाद थपे झैँ एकले अर्कालाई असल गर” (हेर्नुहोस्ः रूपक)

Mark 10

मर्कुस १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारबाट लिइएका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १०:७-८ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सम्बन्धविच्छेद बारेमा येशूको शिक्षा

मोशाको व्यवस्था तोड्न ठीक छ भनेर येशूलाई भन्‍न लगाउन फरिसीहरू चाहन्थे, त्यसैले तिनीहरूले उहाँलाई सम्बन्धविच्छेदको बारेमा सोधे । सम्बन्धविच्छेदको बारेमा फरिसीहरूले गलत तरिकाले सिकाए भनेर देखाउनलाई परमेश्‍वरले सुरुमा विवाहको ढाँचा कसरी रच्‍नुभयो भनेर येशूले बताउनुहुन्छ ।

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

अलङ्कार

अलङ्कारहरू भनेका दृश्‍य वस्तुहरूका चित्रणहरू हुन् जसलाई वक्ताले अदृश्‍य सत्यताहरूको व्याख्या गर्नलाई प्रयोग गर्छन् । जब येशूले “मैले पिउने कचौरा”को विषयमा भन्‍नुभयो, उहाँले तिनीहरूले क्रूसमा भोग्‍ने कष्‍टको विषयमा त्यो कचौरामा भएको कुनै तीतो, विषालु तरल पदार्थ भए झैँ गरेर कुरा गरिरहनुभएको थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी भनाइ

विरोधाभासी भनाइ भनेको सत्य कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । येशूले विरोधाभासी भनाइलाई प्रयोग गर्नुहुन्छ जब उहाँले भन्‍नुहुन्छ, “तिमीहरूको माझमा जो ठूलो हुन चाहन्छ त्यो तिमीहरूको सेवक हुनुपर्छ” (मर्कुस १०:४३) ।

Mark 10:1

येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभएपछि येशूले फरिसीहरूसाथै उहाँका चेलाहरूलाई परमेश्‍वरले विवाह र विवाह विच्छेदमा खास के अपेक्षा गर्नुहुन्छ भनी याद दिलाउनुहुन्छ ।

ἐκεῖθεν ἀναστὰς, ἔρχεται

येशूका चेलाहरू उहाँसँगै यात्रा गरिरहेका थिए । उहाँहरू कफर्नहुमबाट जाँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू कफर्नहुमबाट जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καὶ πέραν τοῦ Ἰορδάνου

“र यर्दन नदीपारिको भूभागमा” वा “र यर्दन नदीको पूर्वपट्टि रहेको भूभागमा”

πάλιν ἐδίδασκεν αὐτούς

शब्द “तिनीहरूलाई”ले भीडहरूलाई जनाउँछ ।

εἰώθει

“उहाँको चलन थियो” वा “उहाँले सामान्यतया गर्नुभयो”

Mark 10:3

τί ὑμῖν ἐνετείλατο Μωϋσῆς?

मोशाले तिनीहरूका पुर्खाहरूलाई व्यवस्था दिए, जसलाई तिनीहरूले अब पालन गर्नुपर्थ्यो । वैकल्पिक अनुवादः “यसको बारेमा मोशाले तिमीहरूका पूर्खाहरूलाई के आज्ञा दिए”

Mark 10:4

βιβλίον ἀποστασίου

यो पुरुषले आफ्नी पत्‍नीलाई विवाह विच्छेद गरेको उल्लेख गर्ने कागज थियो ।

Mark 10:5

ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς…ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην

केही भाषाहरूमा वक्ताहरूले को बोलिरहेको छ भनी बताउन कुनै उद्धरणलाई बीचमा भङ्ग गर्दैनन् । बरु तिनीहरूले कसले बोलिरहेको छ भनेर पूर्ण उद्धरणको सुरुमा वा अन्तमा भन्छन् । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई भन्‍नुभयो, ‘यो यस कारणले थियो ... यो नियम । तर” (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू)

πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην

यस समयभन्दा लामो समयअगाडि, मोशाले यहूदीहरू र तिनीहरूका सन्तानहरूको लागि यो लेखे किनभने तिनीहरूका हृदयहरू कठोर थिए । येशूका समयका यहूदीहरूको पनि कठोर हृदय थियो, त्यसैले येशूले “तिमीहरूको” र “तिमीहरू” शब्दहरू प्रयोग गरेर तिनीहरूलाई पनि समेट्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरूका पूर्खाहरू र तिमीहरूका हृदय कठोर भएकोले तिनले यो व्यवस्था लेखे”

τὴν σκληροκαρδίαν ὑμῶν

यहाँ “हृदयहरू” भनेको व्यक्तिको भित्री मनुष्यत्व वा दिमागलाई जनाउने प्रतिस्थापन शब्द हो । “कठोर हृदयहरू” भन्‍ने वाक्यांश चाहिँ “हठीपना”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूका हठीपना” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

Mark 10:6

ἐποίησεν αὐτούς

“परमेश्‍वरले मानिसहरूलाई बनाउनुभयो”

Mark 10:7

परमेश्‍वरले उत्पत्तिको पुस्तकमा भन्‍नुभएको कुरालाई उद्धरण गर्न येशूले निरन्तरता दिनुहुन्छ ।

ἕνεκεν τούτου

“यसकारण” वा “यस कारणले”

Mark 10:8

καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

परमेश्‍वरले उत्पत्तिको पुस्तकमा भन्‍नुभएको कुरालाई उद्धरण गर्न येशूले सकाउनुहुन्छ ।

οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ

यो तिनीहरूको पति पत्‍नीको रूपमा नजिकको सम्बन्ध बताउने रूपक हो । वैकल्पिक अनुवादः “दुई जना मानिस एक जना जस्तै हुन्छन्” वा “तिनीहरू दुई जना होइनन्, तर तिनीहरू एउटै शरीर हुन्” (हेर्नुहोस्ः रूपक)

Mark 10:9

ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω

“जे परमेश्‍वरले एकसाथ जोड्नुभयो” भन्‍ने वाक्यांशले कुनै पनि विवाहित जोडिलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसकारण पति पत्‍नीलाई परमेश्‍वरले जोड्नुहुन्छ, कुनै मानिसले अलग नगरोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 10:10

καὶ εἰς

“जब येशू र उहाँका चेलाहरू ... हुनुहुन्थ्यो”

εἰς τὴν οἰκίαν

येशूका चेलाहरू उहाँसँग गुप्‍तमा कुरा गरिरहेका थिए । वैकल्पिक अनुवादः “घरभित्र एक्लै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

περὶ τούτου ἐπηρώτων αὐτόν

यहाँ “यस”ले येशूले भर्खरै फरिसीहरूसँग विवाह विच्छेदबारे गर्नुभएको वार्तालापलाई जनाउँछ ।

Mark 10:11

ὃς ἂν

“जो कोहीले”

μοιχᾶται ἐπ’ αὐτήν

यहाँ “त्यसको”ले पहिलो विवाह गरेकी महिलालाई जनाउँछ ।

Mark 10:12

μοιχᾶται

यस अवस्थामा त्यसले आफ्‍नो पूर्व पतिको विरुद्धमा फेरि व्यभिचार गर्छे । वैकल्पिक अनुवादः “त्यसले उसको विरुद्ध व्यभिचार गर्छे” वा “त्यसले त्यो पहिलो पुरुषको विरुद्धमा व्यभिचार गर्छे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 10:13

जब मानिसहरूले तिनीहरूका स-साना बालबालिकाहरूलाई येशूकहाँ ल्याउँदा चेलाहरूले तिनीहरूलाई ह‍प्काउँछन्, उहाँले बालबालिकाहरूलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरको ‍राज्यमा प्रवेश गर्न बालकजस्तै नम्र हुनुपर्छ भनी याद दिलाउनुहुन्छ ।

καὶ προσέφερον

“अब मानिसहरूले ल्याइरहेका थिए ।” यो कथाको अर्को भाग हो । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)

αὐτῶν ἅψηται

यसको अर्थ येशूले तिनीहरूलाई उहाँका हातले छोइदिनुहुने थियो र तिनीहरूलाई आशिष् दिनुहुने थियो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँका हातले तिनीहरूलाई छोइदिनुभएको होस् र आशिष् दिनुभएको होस्” वा “उहाँका तिनीहरूमाथि हात राख्‍नुभएको होस् र तिनीहरूलाई आशिष् दिनुभएको होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐπετίμησαν αὐτοῖς

“मानिसहरूलाई हप्‍काए”

Mark 10:14

ἰδὼν…ὁ Ἰησοῦς

शब्द “यो”ले मानिसहरूले येशूकहाँ बालबालिकाहरू ल्याउँदा चेलाहरूले हप्काएको कुरालाई जनाउँछ ।

ἠγανάκτησεν

“रिसाउनुभयो”

ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά

यी दुवै वाक्यको आशय एउटै हो, केवल जोड दिनलाई दोहोरिएका छन् । केही भाषाहरूमा अर्कै तरिकाले जोड दिनु बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “स-साना बालबालिकाहरूलाई मकहाँ आउन दिनलाई पक्का गर” (हेर्नुहोस्ः समान्तरता)

μὴ κωλύετε

यो युगल अकरण हो । केही भाषाहरूमा सकारात्मक कथन बढि स्वाभाविक हुन्छ । वैकल्पिक अनुवादः “अनुमति देओ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ

राज्य मानिसहरूको हुनुले राज्यले तिनीहरूलाई समावेश गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको राज्यले तिनीहरू जस्तै मानिसहरूलाई समावेश गर्छ” वा “किनभने तिनीहरू जस्तै मानिसहरू मात्रै परमेश्‍वरको राज्यको हिस्सा हुन्” (हेर्नुहोस्ः रूपक)

Mark 10:15

ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν

“यदि कसैले ग्रहण गर्दैन भने ... बालकको रूपमा, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन”

ὡς παιδίον

येशू मानिसहरूले परमेश्‍वरको राज्यलाई कसरी ग्रहण गर्नुपर्छ भन्‍नेलाई साना बालकहरूले यसलाई कसरी ग्रहण गर्छन् भन्‍नेसँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “एउटा बालकले गरेजस्तै गरी” (हेर्नुहोस्ः उपमा)

μὴ δέξηται τὴν Βασιλείαν τοῦ Θεοῦ

“तिनीहरूका राजाका रूपमा परमेश्‍वरलाई ग्रहण गर्दैन”

οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν

शब्द “यस”ले परमेश्‍वरको राज्यलाई जनाउँछ ।

Mark 10:16

ἐναγκαλισάμενος αὐτὰ

“उहाँले बालबालिकाहरूलाई अङ्गालो मार्नुभयो”

Mark 10:17

ἵνα ζωὴν αἰώνιον κληρονομήσω

यहाँ त्यस मानिसले “प्राप्‍त गर्नु” लाई “उत्तराधिकार पाउनु” जस्तै गरी भन्छ । पाउने कुरालाई जोड दिन यो रूपकको प्रयोग गरिएको छ । यहाँ उत्तराधिकार पाउनुको अर्थ कोही पहिले मर्नुपर्छ भन्‍ने होइन । वैकल्पिक अनुवादः “अनन्त जीवन प्राप्‍त गर्नु” (हेर्नुहोस्ः रूपक)

Mark 10:18

τί με λέγεις ἀγαθόν?

परमेश्‍वर असल हुनुभए जसरी कोही पनि मानिस असल छैन भनेर त्यस मानिसलाई सम्झाउनका लागि येशूले यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीले मलाई असल भनेर बोलाउँदा तिमीले के भनिरहेका छौ भनेर तिमी बुझ्‍दैनौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός

“असल । परमेश्‍वर मात्र असल हुनुहुन्छ”

Mark 10:19

μὴ ψευδομαρτυρήσῃς

“कसैको विरुद्धमा झुटो गवाही नदिनू” वा “कसैको बारेमा अदालतमा झूट नबोल”

Mark 10:21

ἕν σε ὑστερεῖ

“तिमीले एउटा कुरा छुटाइरहेका छौ ।” यहाँ “कमी” भनेको केही कुरा गर्नलाई आवश्‍यक रहेको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीले एउटा कुरा गर्न आवश्‍यक छ” वा “तिमीले अझै नगरेको एउटा कुरा छ” वा (हेर्नुहोस्ः रूपक)

δὸς τοῖς πτωχοῖς

यहाँ “ती”ले त्यसले बेच्ने थोकलाई जनाउँछ र यो त्यसले बेच्दा आउने पैसाको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “पैसा गरिबहरूलाई देऊ” (हेर्नुहोस्ः लक्षणा)

τοῖς πτωχοῖς

यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

θησαυρὸν

सम्पत्ति, बहुमूल्य थोकहरू

Mark 10:22

ἔχων κτήματα πολλά

“धेरै थोकहरू थियो”

Mark 10:23

πῶς δυσκόλως

“धेरै कठिन छ”

Mark 10:24

ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς

“येशूले उहाँका चेलाहरूलाई फेरि भन्‍नुभयो”

τέκνα, πῶς

“मेरा बालकहरू हो, कति ।” येशूले तिनीहरूलाई बुबाले आफ्ना छोराछोरीहरूलाई सिकाए झैँ सिकाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरा मित्रहरू हो, कति” (हेर्नुहोस्ः रूपक)

πῶς δύσκολόν ἐστιν

“यो साह्रै कठिन छ”

Mark 10:25

εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν

धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न धेरै कठिन छ भनी जोड दिन यो अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

εὐκοπώτερόν ἐστιν κάμηλον

यसले असम्भव परिस्थितिको कुरा गर्छ । यदि तपार्इंले यसलाई आफ्नो भाषामा उल्लेख गर्न सक्‍नुहुन्‍न भने यसलाई परिकल्पित परिस्थितिको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “ऊँटको निम्ति सजिलो हुन्थ्यो” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

τρυμαλιᾶς ῥαφίδος

“सियोको प्वाल ।” यसले सियोको टुप्‍पोमा भएको धागो छिराउने सानो प्वाललाई जनाउँछ ।

Mark 10:26

οἱ δὲ περισσῶς ἐξεπλήσσοντο

“चेलाहरू ... भए”

καὶ τίς δύναται σωθῆναι?

यसलाई कथनको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसो हो भने त कसैले पनि उद्धार पाउन सक्दैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 10:27

παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ Θεῷ

बुझिएको जानकारीलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसले आफैँलाई बचाउन असम्भव छ, तर परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ !” (हेर्नुहोस्ः शब्दलोप)

Mark 10:28

ἰδοὺ

यहाँ “हेर्नुहोस” शब्द पछि आउने शब्दमा ध्यान खिँच्‍नलाई प्रयोग गरिएको हो । त्यस्तै अरू तरिकाले पनि जोड दिन सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सबै थोक छाडेका छौँ र तपार्इंलाई पछ्याएका छौँ !”

ἀφήκαμεν πάντα

“सबै थोक पछाडि छोडेका छौँ”

Mark 10:29

ἢ ἀγροὺς

“वा जमिनको टुक्राहरू” वा “अथवा उसको स्वामित्वमा भएको जमिन”

ἕνεκεν ἐμοῦ

“मेरो कारण” वा “मेरो निम्ति”

τοῦ εὐαγγελίου

“सुसमाचार प्रचार गर्नको निम्ति”

οὐδείς ἐστιν ὃς ἀφῆκεν

“त्यहाँ कोही छैन जसले ... छोडेको छ” (पद २९) भन्‍ने शब्दहरूबाट सुरु हुने वाक्य भन्‍नलाई येशूले सकाउनुहुन्छ । सम्पूर्ण वाक्यलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । “मेरो, र सुसमाचारको खातिर घर, वा दाजुभाइहरू, वा दिदीबहिनीहरू, वा आमा, वा बुबा, वा छोराछोरीहरू, वा जग्‍गाजमिन छोड्ने सबैले ... प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि निषेधात्मक)

Mark 10:30

ἐν τῷ καιρῷ τούτῳ

“यो जीवन” वा “यस वर्तमान युग”

ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα

पद २९ मा भएको सूची जस्तै, यसले सामान्य अर्थमा परिवारलाई वर्णन गर्छ । पद ३० मा “बुबाहरू” शब्द छुटेको छ, तर यसले उल्‍लेखनीय रूपमा अर्थलाई बदल्दैन ।

μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον

यसलाई भाववाचक नामपद शब्द “सतावट”मा भएको अवधारणालाई “दुःख भोग्‍नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिने गरेर फरक शब्दहरूमा लेख्‍न सकिन्छ । किनभने वाक्य चाहिँ धेरै लामो र जटिल छ, “प्राप्‍त गर्नेछ” भन्‍ने कुरालाई दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई सतावट दिए पनि आउने संसारमा तिनीहरूले अनन्त जीवन पाउनेछन्” (हेर्नुहोस्ः भाववाचक नाम)

ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ

“भविष्‍यको संसारमा” वा “भविष्‍यमा”

Mark 10:31

ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι

यहाँ पहिलो र पछिल्‍लो विपरीतार्थक हुन् । येशूले महत्त्वपूर्ण हुनुलाई पहिलो र महत्त्वपूर्ण नहुनुलाई पछिल्‍लो भन्‍नुहुन्छ । वैकल्पिक अनुवादः “महत्त्वपूर्णहरू महत्त्वहीनहरू हुनेछन् र महत्त्वहीनहरू महत्त्वपूर्ण हुनेछन्” (हेर्नुहोस्ः रूपक)

ἔσχατοι πρῶτοι

पछिल्‍ला हुने पदावलीले पछिल्ला हुने मानिसहरूलाई जनाउँछ । साथै, यस पदावलीमा बुझिएको क्रियापदलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जो पछिल्‍लो छन् तिनीहरू पहिला हुनेछन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण अनि शब्दलोप)

Mark 10:32

ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς

“येशू र उहाँका चेलाहरू बाटोमा हिँड्दै हुनुहुन्थ्यो ... र येशू उहाँका चेलाहरूका अगाडि हुनुहुन्थ्यो”

οἱ…ἀκολουθοῦντες

“जो तिनीहरूका पछि-पछि आइरहेका थिए ।” केही मानिसहरू येशू र उहाँका चेलाहरूको पछाडि हिँडिरहेका थिए ।

Mark 10:33

ἰδοὺ

“देख” वा “सुन” वा “मैले तिमीहरूलाई बताउन लागेको कुरामा ध्यान देऊ”

ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται

येशू आफ्नै बारेमा बोलिरहनुभएको छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्र” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मानिसका पुत्रलाई ... जिम्मा लगाउनेछ” वा “तिनीहरूले मानिसको पुत्रलाई ... सुम्पनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κατακρινοῦσιν

“तिनीहरू”ले मुख्य पूजाहारी र शास्‍त्रीहरूलाई जनाउँछ ।

παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν

“उसलाई अन्यजातिहरूको अधीनमा राख्‍नु”

Mark 10:34

ἐμπαίξουσιν

“मानिसहरूले गिल्‍ला गर्नेछन्”

“उसलाई मार्नेछन्”

ἀναστήσεται

यसले मृतकहरूबाट जीवित हुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ऊ मृत भएर रहनेबाट बौह्रनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 10:35

θέλομεν…αἰτήσωμέν…ἡμῖν

यी शब्दहरूले याकूब र यूहन्‍नालाई मात्र जनाउँछन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

Mark 10:37

ἐν τῇ δόξῃ σου

“जब तपार्इं महिमित हुनुहुन्छ ।” “तपार्इंको महिमा”ले येशू महिमित हुनुहुने र उहाँको राज्यमा शासन गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तपार्इंले आफ्नो राज्यमा शासन गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

Mark 10:38

οὐκ οἴδατε

“तिमीहरू बुझ्दैनौ”

πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω

यहाँ “कचौरा”ले येशूले भोग्‍नुहुने कष्‍टलाई जनाउँछ । कष्‍ट भोग्‍ने कुरालाई कचौराबाट पिउने कुराको रूपमा दर्शाइन्थ्यो । वैकल्पिक अनुवादः “मैले पिउने कष्‍टको कचौरा पिउनु” वा “कष्‍टको कचौराबाट पिउनु जुनबाट मैले पिउँछु” (हेर्नुहोस्ः रूपक)

τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι

यहाँ “बप्‍तिस्मा” र बप्‍तिस्मा हुनुले येशूले भोग्‍नुहुने कष्‍टलाई बुझाउँछ । जसरी बप्‍तिस्मा लिँदा पानीले व्यक्तिलाई ढाक्छ, त्यसरी नै येशूलाई कष्‍टले व्याकुल पार्नेछ । वैकल्पिक अनुवादः “कष्‍टको बप्‍तिस्मा सहनु जुन मैले सहनेछु” (हेर्नुहोस्ः रूपक)

Mark 10:39

δυνάμεθα

तिनीहरूले त्यस्तो कचौरा पिउन र बप्‍तिस्मा सहन सक्षम छन् भनी यसरी जवाफ दिन्छन् । (हेर्नुहोस्ः शब्दलोप)

πίεσθε

“तिमीहरूले पनि पिउनेछौ”

Mark 10:40

τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι

“तर मेरो दाहिने वा देब्रेपट्टि बस्‍न दिनेचाहिँ म होइनँ”

ἀλλ’ οἷς ἡτοίμασται

“तर ती ठाउँहरू तिनीहरूका हुन् जसका निम्ति ती तयार पारिएका छन् ।” “यो” शब्दले उहाँको दाहिने र देब्रेपट्टिका ठाउँहरूलाई बुझाउँछ ।

ἡτοίμασται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसलाई तयार पार्नुभएको छ” वा “परमेश्‍वरले तिनीहरूलाई तयार पार्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 10:41

ἀκούσαντες,

“यस”ले याकूब र यूहन्‍नाले येशूको दाहिने र देब्रेपट्टि बस्‍न पाऊँ भनेका कुरालाई जनाउँछ ।

Mark 10:42

προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς

“येशूले उहाँका चेलाहरूलाई बोलाउनुभयो”

οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वा “गैरयहूदीहरूमाथि शासन गर्छन्” सम्भावित अर्थहरू हुन् १) सामान्य रूपमा मानिसहरूले यी मानिसहरूलाई अन्यजातिहरूका शासकहरूको रूपमा मान्छन् । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले गैरयहूदीहरूका शासकहरू ठान्छन्” वा २) अन्यजातिहरूले यी मानिसहरूलाई तिनीहरूका शासकहरू मान्छन् । वैकल्पिक अनुवादः “जसलाई गैरयहूदीहरूले तिनीहरूका शासकहरू ठान्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κατακυριεύουσιν

नियन्त्रण गर्छन् वा त्यस माथि शक्ति लाद्छन्

κατεξουσιάζουσιν

“तिनीहरूको अधिकार चलाउँछन् ।” यसको अर्थ सहन नसकिने तरिकाले तिनीहरूको अधिकार देखाउने वा प्रयोग गर्ने भन्‍ने हुन्छ ।

Mark 10:43

οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν

यसले अगिल्‍लो पदको गैरयहूदी शासकहरूलाई जनाउँछ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनीहरूजस्ता नहोओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μέγας γενέσθαι

“उच्‍च आदरको हुनु”

Mark 10:44

εἶναι πρῶτος

यो सबैभन्दा महत्त्वपूर्ण हुनेको निम्ति रूपक हो । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण हुनु” (हेर्नुहोस्ः रूपक)

Mark 10:45

καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र मानिसहरूलाई उसको सेवा गराउन आएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

διακονηθῆναι, ἀλλὰ διακονῆσαι

“मानिसहरूद्वारा सेवा गरिन होइन, तर मानिसहरूको सेवा गर्न”

ἀντὶ πολλῶν

“धेरै मानिसहरूको निम्ति”

Mark 10:46

येशू र उहाँका चेलाहरू यरूशलेमतिर गइरहनुहुँदा येशूले दृष्‍टिविहीन बारतिमैलाई निको पार्नुहुन्छ जो त्यसपछि उहाँहरूसँगै हिँड्छ ।

ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης

“बारतिमै नाउँ गरेका दृष्‍टिविहीन भिखारी, तिमैका छोरा ।” बारतिमै मानिसको नाउँ हो । तिमै त्यसको बुबाको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 10:47

ἀκούσας ὅτι Ἰησοῦς…ἐστιν

बारतिमैले मानिसहरूले उहाँ येशू हुनुहुन्छ भनेको सुन्यो । वैकल्पिक अनुवादः “जब उसले यो त येशू हुनुहुन्छ भनेर मानिसहरूले भनेको सुन्यो” (हेर्नुहोस्ः शब्दलोप)

Υἱὲ Δαυεὶδ

येशूलाई दाऊदका पुत्र भनिन्थ्यो किनभने उहाँ दाऊद राजाका सन्तान हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “तपार्इं जो मसिह, राजा दाऊदका सन्तान हुनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 10:48

ἐπετίμων…πολλοὶ

“धेरै मानिसहरूले हप्काए”

πολλῷ μᾶλλον

“अझ धेरै”

Mark 10:49

εἶπεν, φωνήσατε αὐτόν

यसलाई कर्तृवाच्यमा वा प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई बोलाउन अरूहरूलाई आज्ञा गर्नुभयो” वा “तिनीहरूलाई आज्ञा गर्नुभयो, ‘त्यसलाई यहाँ आउनलाई बोलाओ ।’” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

φωνοῦσι

“तिनीहरू”ले भीडलाई जनाउँछ ।

θάρσει

“साहस राख” वा “नडराऊ”

φωνεῖ σε

“येशूले तिमीलाई बोलाउँदै हुनुहुन्छ”

Mark 10:50

ἀναπηδήσας

“उफ्र्यो”

Mark 10:51

ἀποκριθεὶς αὐτῷ

“दृष्‍टिविहीन मानिसलाई जवाफ दिनुभयो”

ἀναβλέψω

“देख्‍न सक्‍ने हुन”

Mark 10:52

ἡ πίστις σου σέσωκέν σε

यसलाई त्यो मानिसको विश्‍वासलाई जोड दिने तरिकाले लेखिएको छ । येशूले त्यो मानिसलाई निको पार्नुहुन्छ, किनभने येशूले त्यसलाई निको पार्नुहुन्छ भनी त्यसले विश्‍वास गर्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारिरहेको छु, किनभने तिमीले ममा विश्‍वास गर्‍यौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἠκολούθει αὐτῷ

“त्यसले येशूलाई पछ्यायो”

Mark 11

मर्कुस ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ११:९-१०, १७ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

गधा र बछेडा

येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा जानुभयो । यसरी उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जसले एउटा महत्त्वपूर्ण युद्ध जितेर सहरमा आएका थिए । साथै, पुरानो करारमा भएका इस्राएलका राजाहरू पनि गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसैले येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलका राजा हुनुहुन्थ्यो र उहाँ अरू राजाहरू जस्तो हुनुहुन्थेन ।

मत्ती, मर्कुस, लूका, र यूहन्‍ना सबैले यस घटनाको बारेमा लेखे । मत्ती र मर्कुसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्‍नाले लेखे कि येशूले एउटा गधा भेट्टाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ गधा र बछेडा दुवै थिए । येशू गधामाथि चढ्नुभयो वा बछेडामाथि चढ्नुभयो भनेर कसैले पनि पक्‍का गरेर जान्दैन । तिनीहरू सबैलाई ठ्याक्‍कै एउटै कुरा भन्‍न लाउने कोसिस नगरिकन यी हरेक विवरणहरूलाई यूएलटीमा देखिएको जस्तै गरेर अनुवाद गर्दा बेस हुनेछ । (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कुस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्‍ना १२:१४-१५)

Mark 11:1

καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν

“जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक आइपुग्‍नुभयो, उहाँहरू जैतून डाँडाको नजिक बेथानी र बेथफागेमा आउनुभयो” उहाँहरू यरूशलेमको क्षेत्रको बेथफागे र बेथानीमा आउनुभएको छ ।

Βηθφαγὴ

यो एउटा गाउँको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 11:2

τὴν κατέναντι ὑμῶν

“हाम्रो अगि”

πῶλον

यो एक जना मानिसलाई बोक्‍न सक्‍ने सानो गधा हो ।

ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων οὔπω ἐκάθισεν

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसमा कोही कहिल्यै चढेको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 11:3

τί ποιεῖτε τοῦτο?

“यसो”ले केलाई जनाउँछ भन्‍ने स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले बछेडोलाई किन फुकाएर लैजाँदै छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

αὐτοῦ χρείαν ἔχει

“आवश्‍यक छ”

εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε

येशूले प्रयोग गर्नुभएपछि यसलाई यहीँ नै छिट्टै फिर्ता पठाउनुहुनेछ । वैकल्पिक अनुवादः “उहाँलाई नचाहिने भएपछि यसलाई तुरुन्तै पठाउनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:4

ἀπῆλθον

“दुई जना चेलाहरू गए”

πῶλον

यो एक जना मानिसलाई बोक्‍न सक्‍ने सानो गधा हो । तपाईंले यसलाई मर्कुस ११:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Mark 11:6

οἱ…εἶπον

“तिनीहरूले जवाफ दिए”

καθὼς εἶπεν ὁ Ἰησοῦς

“जसरी येशूले तिनीहरूलाई जवाफ दिनलाई भन्‍नुभएको थियो ।” यसले बछेडो लाने बारेमा मानिसहरूले सोधेका प्रश्‍नहरूको जवाफलाई जनाउँछ ।

ἀφῆκαν αὐτούς

यसको अर्थ हुन्छ, कि उनीहरूले तिनीहरूलाई तिनीहरूले गरिरहेका काम गर्न दिए । वैकल्पिक अनुवादः “तिनीहरूलाई गधा साथमा लान दिए” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 11:7

ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτόν

“तिनीहरूका खास्टोहरू त्यसमाथि राखे, ताकि येशू यसमा चढ्न सक्‍नुभएको होस् ।” बछेडो वा घोडामाथि कुनै कम्बल वा त्यस्तै अरू कुनै कुरा भए चढ्न सजिलो हुन्छ । यहाँ चेलाहरूले तिनीहरूका कपडा राखे ।

τὰ ἱμάτια

“लबेदाहरू” वा “बाहिरी वस्‍त्र”

Mark 11:8

πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν

महत्त्वपूर्ण मानिसहरूको सम्मानमा बाटोमा कपडाहरू ओछ्याउने परम्परा थियो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूले उहाँलाई सम्मान गर्न बाटोमा तिनीहरूका कपडाहरू ओछ्याए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν

महत्त्वपूर्ण मानिसहरूको सम्मानमा तिनीहरूका अगि बाटोमा खजूरका हाँगाहरू बिछ्याउने परम्परा थियो । वैकल्पिक अनुवादः “अरूहरूले उहाँलाई सम्मान गर्न तिनीहरूले मैदानहरूबाट काटेर ल्याएका हाँगाहरू बाटोमा बिछ्याए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:9

οἱ ἀκολουθοῦντες

“जसले उहाँलाई पछ्यायो”

ὡσαννά

यस शब्दको अर्थ “हामीलाई बचाउनुहोस्” भन्‍ने हुन्छ, तर मानिसहरूले त्यो शब्द त्यस समयमा पनि ठूलो स्वरले भन्थे जब उनीहरू परमेश्‍वरको प्रशंसा गर्न चाहन्थे । तपाईंले त्यसलाई त्यो कसरी प्रयोग गरिएको थियो भन्‍ने कुराअनुसार अनुवाद गर्न सक्‍नुहुन्छ, वा तपाईंले “होसन्‍ना” लेख्‍नलाई तपाईंको भाषाको अक्षरहरूलाई प्रयोग गरेर त्यो शब्द लेख्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रशंसा होस्” (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

εὐλογημένος ὁ ἐρχόμενος

यसले येशूलाई जनाउँछ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इं धन्यको हुनुहुन्छ, जो ...” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν ὀνόματι Κυρίου

यो परमप्रभुको अधिकारको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमप्रभुको अधिकार” (हेर्नुहोस्ः लक्षणा)

εὐλογημένος

“परमेश्‍वरले आशिष् देऊन्”

Mark 11:10

εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν, Δαυείδ

“हाम्रा पिता दाऊदको आउँदै गरेको राज्य धन्यको छ ।” यसले येशूको आगमन र राजाको रूपमा शासन गर्नुभएको कुरालाई जनाउँछ । “धन्यको” भन्‍ने शब्दलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तपाईंको राज्यको आगमन धन्यको होस्” वा “तपाईंले आफ्‍नो आउँदै गरेको राज्यलाई शासन गर्नुहुँदा परमेश्‍वरले तपाईंलाई आशिष् दिनुभएको होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

τοῦ πατρὸς ἡμῶν, Δαυείδ

यहाँ पछि शासन गर्ने दाऊदको सन्तानलाई दाऊद आफैँ भए झैँ गरेर जनाइएको छ । वैकल्‍पिक अनुवादः “हाम्रा पिता दाऊदको सबैभन्दा महान् सन्तानको” वा “कि दाऊदको सबैभन्दा महान् सन्तानले शासन गर्नेछन्” (हेर्नुहोस्ः लक्षणा)

ὡσαννὰ ἐν τοῖς ὑψίστοις

सम्भावित अर्थहरू हुन् १) “स्वर्गमा हुनुहुने परमेश्‍वरको प्रशंसा होस्” वा २) “स्वर्गमा हुनेहरूले ‘होसन्‍ना‘ भनून् ।”

τοῖς ὑψίστοις

यहाँ स्वर्गलाई सर्वोच्‍चको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “सर्वोच्‍च स्वर्ग” वा “स्वर्ग” (हेर्नुहोस्ः रूपक)

Mark 11:11

ὀψίας ἤδη οὔσης τῆς ὥρας

“किनभने दिन ढल्किन लागेको थियो”

ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα

“उहाँ र उहाँका बाह्रजना चेलाहरूले यरूशलेम छोड्नुभएर बेथानियामा जानुभयो”

Mark 11:12

ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας

“जब उहाँहरू बेथानियाबाट यरूशलेममा फर्केर जाँदै हुनुहुन्थ्यो”

Mark 11:13

यो कुरा येशू र उहाँका चेलाहरू यरूशलेमतर्फ हिँड्दै गर्दा हुन्छ ।

εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ

“यदि त्यहाँ कुनै फल थियो कि भनी”

οὐδὲν εὗρεν εἰ μὴ φύλλα

यसको अर्थ हुन्छ, कि उहाँले कुनै पनि अञ्‍जीर भेट्टाउनुभएन । वैकल्पिक अनुवादः “उहाँले रुखमा पातहरू मात्र पाउनुभयो र रुखमा कुनै अञ्‍जीर थिएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि निषेधात्मक)

ὁ…καιρὸς

“वर्षको समय”

Mark 11:14

εἶπεν αὐτῇ, μηκέτι εἰς τὸν αἰῶνα, ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι

येशूले अञ्‍जीरलाई भन्‍नुहुन्छ र सराप दिनुहुन्छ । उहाँ यसरी बोल्नुहुन्छ, ताकि उहाँलाई चेलाहरूले सुनून् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह)

εἶπεν αὐτῇ

“उहाँ रूखसँग बोल्नुभयो”

ἤκουον οἱ μαθηταὶ αὐτοῦ

“यो”ले येशूले अञ्‍जीरको रूखसँग बोल्नुभएको कुरालाई जनाउँछ ।

Mark 11:15

ἔρχονται

“येशू र उहाँका चेलाहरू आए”

ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ

येशूले यी मानिसहरूलाई मन्दिरबाट बाहिर खेद्‌दै हुनुहुन्छ । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “बेच्‍नेहरू र किन्‍नेहरूलाई मन्दिरबाट बाहिर लखेट्न थाल्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας

“बेचिरहेका र किनिरहेका मानिसहरू”

Mark 11:17

परमेश्‍वरले धैरै समयअगि नै उहाँको मन्दिर सबै जातिका निम्ति प्रार्थनाको घर बन्‍नेछ भनी यशैया अगवक्ताद्वारा भन्‍नुभयो ।

οὐ γέγραπται, ὅτι ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν?

यहूदी अगुवाहरूले मन्दिरको दुरुपयोग गरेकोमा येशूले हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्‍वरले यसो भन्‍नुभयो भनेर धर्मशास्‍त्रमा यस्तो लेखिएको छ, ‘मैले मेरो भवनलाई एउटा घर भन्‍न चाहन्छु जहाँ सबै जातिका मानिसहरूले प्रार्थना गर्न सकून्’” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν

येशूले मानिसहरूलाई डाँकुहरूसँग र मन्दिरलाई डाँकूहरूको ओढारसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू डाँकुहरूजस्ता छौ जसले मेरो भवनलाई डाँकुहरूको ओढार जस्तो बनाएका छौ” (हेर्नुहोस्ः रूपक)

σπήλαιον λῃστῶν

“डाँकुहरू लुक्‍ने ओढार”

Mark 11:18

ἐζήτουν πῶς

“तिनीहरूले उपाय खोजिरहेका थिए”

Mark 11:19

ὅταν ὀψὲ ἐγένετο

“साँझमा”

ἐξεπορεύοντο ἔξω τῆς πόλεως

“येशू र उहाँका चेलाहरू सहरबाट जानुभयो”

Mark 11:20

येशूले चेलाहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुपर्ने कुराको सम्झना गराउन अञ्‍जीरको उदाहरण प्रयोग गर्नुहुन्छ ।

παραπορευόμενοι

“त्यहि बाटो भएर हिँडिरहनुभएको थियो”

τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν

यसलाई रूख मरेको थियो भनी स्पष्‍ट हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “अञ्‍जीरको रूख जरासम्म नै सुकेर मर्‍यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐξηραμμένην

“सुक्खा भएको”

Mark 11:21

ἀναμνησθεὶς ὁ Πέτρος

पत्रुसले के सम्झे भनी उल्लेख गर्नु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले अञ्‍जीरको रूखलाई भन्‍नुभएको कुरा पत्रुसले सम्झे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:22

ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς

“येशूले उहाँका चेलाहरूलाई जवाफ दिनुभयो”

Mark 11:23

ἀμὴν, λέγω ὑμῖν

“म तिमीहरूलाई सत्य भन्छु ।” यसले येशूले पछि भन्‍नुहुने कुरालाई जोड दिन्छ ।

ὃς ἂν εἴπῃ

“यदि कसैले भन्छ भने”

μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύῃ

यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यदि त्यसले हृदयमा साँच्‍चै विश्‍वास गर्छ भने” वा “यदि उसले शंका गर्दैन तर विश्‍वास गर्छ भने” (हेर्नुहोस्ः लक्षणा)

ἔσται αὐτῷ

“परमेश्‍वरले हुन लगाउनुहुनेछ”

Mark 11:24

διὰ τοῦτο λέγω ὑμῖν

“त्यसैले, म तिमीहरूलाई भन्दछु” (हेर्नुहोस्ः संयोजक शब्दहरू )

ἔσται ὑμῖν

यो हुनेछ भनी विश्‍वास गरिन्छ, किनभने तिमीहरूले जे मागेका छौ सो परमेश्‍वरले दिनुहुनेछ । This can be stated clearly. वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यो तिमीहरूलाई दिनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:25

ὅταν στήκετε προσευχόμενοι

हिब्रू संस्कारमा उभिएर प्रार्थना गर्ने प्रचलन छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले प्रार्थना गर्छौ”

εἴ τι ἔχετε κατά τινος

“तिमीहरूसँग कसैको विरुद्धमा वैमनस्यता छ भने ।” यहाँ “कुनै कुरा”ले तपार्इंको विरुद्धमा पाप गरेकोले भएको वैमनस्यता वा कसैको विरुद्धको रिसजस्ता कुनै पनि कुरालाई उल्लेख गर्न सक्छ ।

Mark 11:27

जब येशू अर्को दिन मन्दिरमा फर्कनुहुन्छ, पैसा साट्नेहरूलाई मन्दिर परिसरबाट बाहिर निकाल्नुभएको बारेमा मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्मिक अगुवाहरूको प्रश्‍नको जवाफ दिँदै उहाँले तिनीहरूलाई अर्को प्रश्‍न सोध्‍नुहुन्छ जसको तिनीहरू जवाफ दिन चाहँदैनन् ।

ἔρχονται…εἰς

“येशू र उहाँका चेलाहरू ... मा आउनुभयो”

ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ

यसको अर्थ हुन्छ, कि येशू मन्दिर परिसरमा हिँडिरहनुभएको थियो; मन्दिरभित्र होइन ।

Mark 11:28

ἔλεγον αὐτῷ

“तिनीहरूले” मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ ।

ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς? ἢ, τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην, ἵνα ταῦτα ποιῇς?

सम्भावित अर्थहरू हुन् १) यी दुवै प्रश्‍नको आशय एउटै हो र येशूको अधिकारलाई जोडदार प्रश्‍न गर्न सँगै सोधिएका हुन् र त्यसैले तिनीहरूलाई मिलाएर एउटा बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै थोक गर्ने अधिकार तिमीलाई कसले दियो ?” 2) तिनीहरू दुई फरक प्रश्‍नहरू हुन्, पहिलोले अधिकारको स्वभावको बारेमा सोधिरहेको छ र दोस्रोले त्यो उहाँलाई कसले दियो भनेर सोधिरहेको छ । (हेर्नुहोस्ः समान्तरता)

ταῦτα

“यी कुराहरू”ले मन्दिरमा येशूले बेच्‍नेहरूको टेबुलहरू पल्टाइदिनुभएको र उहाँले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूको विरुद्धमा बोल्नुभएका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीले हिजो यहाँ गरेजस्ता कुराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:29

“मलाई उत्तर देऊ”

Mark 11:30

τὸ βάπτισμα τὸ Ἰωάννου

“यूहन्‍नाले दिएका बप्‍तिस्मा”

ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων

“त्यो कुरा स्वर्गबाट अधिकार प्राप्‍त कुरा थियो वा मानिसहरूबाट”

ἐξ οὐρανοῦ

यहाँ “स्वर्ग”ले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरबाट” (हेर्नुहोस्ः लक्षणा)

ἐξ ἀνθρώπων

“मानिसहरूद्वारा”

Mark 11:31

ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ

यसले यूहन्‍नाको बप्‍तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो भन्यौँ भने” (हेर्नुहोस्ः शब्दलोप)

ἐξ οὐρανοῦ

यहाँ “स्वर्ग” शब्दले परमेश्‍वरलाई जनाउँछ । तपाईंले यसलाई मर्कुस ११:३० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्‍वरबाट” (हेर्नुहोस्ः लक्षणा)

οὐκ ἐπιστεύσατε αὐτῷ

“उनलाई”ले बप्‍तिस्मा-दिने यूहन्‍नालाई जनाउँछ ।

Mark 11:32

ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων

यसले यूहन्‍नाको बप्‍तिस्माको स्रोतलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘यो मानिसहरूबाट थियो,’” (हेर्नुहोस्ः शब्दलोप)

ἐξ ἀνθρώπων

“मानिसहरूद्वारा”

ἀλλὰ εἴπωμεν, ἐξ ἀνθρώπων?

धार्मिक अगुवाहरूले भन्‍न खोजेका कुराको अर्थ यो हो कि यदि तिनीहरूले यो जवाफ दिए भने मानिसहरूबाट कष्‍ट भोग्‍नेछन् । वैकल्‍पिक अनुवादः “तर यदि हामीले भन्यौँ, ‘मानिसहरूबाट’, त्यो असल हुनेछैन ।” वा “तर त्यो मानिसहरूबाट थियो भनेर हामी भन्‍न चाहँदैनौ ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि शब्दलोप)

ἐφοβοῦντο τὸν ὄχλον

धार्मिक अगुवाहरूले यूहन्‍नाको बप्‍तिस्मा मानिसहरूबाट थियो भनेर किन भन्‍न चाहँदैनथे भनेर लेखक, मर्कुसले व्याख्या गर्छन् । यसलाई स्पष्‍ट गरी लेख्‍न सकिन्छ । “तिनमीहरूले यो कुरा एक अर्कालाई भने किनभने तिनीहरू मानिसहरूसँग डराएका थिए” वा “तर तिनीहरू यूहन्‍नाको बप्‍तिस्मा मानिसहरूबाट थियो भन्‍न डराए किनभने तिनीहरू मानिसहरूसँग डराउँथे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 11:33

οὐκ οἴδαμεν

यसले यूहन्‍नाको बप्‍तिस्मालाई जनाउँछ । यो बुझिएको जानकारीलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो भनी हामी जान्दैनौँ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 12

मर्कुस १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १२:१०-११, ३६ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

परिकल्‍पित परिस्थितिहरू

परिकल्पित परिस्थितिहरू भनेका ती परिस्थितिहरू हुन् जुन वास्तवमै भएका हुँदैनन् । मानिसहरूले यी परिस्थितिहरूको वर्णन गर्छन् ताकि के असल र खराब छ वा ठीक र बेठीक छ भनेर तिनीहरूलाई सुन्‍नेहरूले के सोच्‍छन् भन्‍ने कुरा तिनीहरूले जानून् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

Mark 12:1

येशूले यो दृष्‍टान्त मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्मिक अगुवाहरूको विरुद्धमा भन्‍नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν

“तिनीहरूलाई”ले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ जोसँग येशू अगिल्‍लो अध्यायमा कुरा गर्दै हुनुहुन्थ्यो ।

περιέθηκεν φραγμὸν

तिनले दाखबारी वरिपरि बार लगाए । त्यो चाहिँ ससाना बोटहरूको पङ्क्ति, कुनै छेकबार, वा ढुङ्गाको पर्खाल हुन सक्छ ।

ὤρυξεν ὑπολήνιον

यसको अर्थ हुन्छ, कि त्यसले चट्टानमा खाल्डो बनायो, जुन दाख निचोर्नलाई कोलको आधार भाग थियो । वैकल्पिक अनुवादः “कोलको निम्ति चट्टानमा एउटा खाल्डो बनाउनु” वा “कोलबाट रस बटुल्‍ने एउटा भाँडो बनाउनु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐξέδετο αὐτὸν γεωργοῖς

दाखबारी अझै पनि त्यसको मालिकको नै थियो, तर तिनले दाख उमार्नेहरूलाई त्यसको हेरचाह गर्न दिए । जब दाखको फल पाक्‍थ्यो, तिनीहरूले त्यसको केही अंश मालिकलाई दिनुपर्थ्यो र बाँकी चाहिँ राख्‍नुपर्थ्यो ।

Mark 12:2

τῷ καιρῷ

यसले कटनी गर्ने समयलाई जनाउँछ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “जब दाखको कटनीको समय आयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:3

καὶ λαβόντες αὐτὸν

“तर दाख उमार्नेहरूले त्यो नोकरलाई समातेर लगे”

κενόν

यसको अर्थ हुन्छ, कि तिनीहरूले त्यसलाई फलको कुनै भाग दिएनन् । वैकल्पिक अनुवादः “कुनै दाखबिना नै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:4

ἀπέστειλεν πρὸς αὐτοὺς

“दाखबारीका मालिकले दाख उमार्नेहरूकहाँ पठाए”

κἀκεῖνον ἐκεφαλίωσαν

यसलाई अझ स्पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले त्यसको टाउकोमा हिर्काए, र तिनीहरूले त्यसलाई नराम्ररी चोट पुर्‍याए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:5

ἄλλον…κἀκεῖνον ἀπέκτειναν; καὶ πολλοὺς ἄλλους

यिनीहरूले अरू नोकरलाई जनाउँछ । वैकल्पिक अनुवादः “अझै अर्को नोकर ... धेरै अरू नोकरहरू” (हेर्नुहोस्ः शब्दलोप)

Mark 12:6

υἱὸν ἀγαπητόν

यसले यिनी मालिकका छोरा थिए भन्‍ने आशय दिन्छ । वैकल्पिक अनुवादः “तिनका प्रिय छोरो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:7

ὁ κληρονόμος

यिनी दाखबारीका मालिकका उत्तराधिकार थिए जसले तिनको मृत्युपछि दाखबारी प्राप्‍त गर्ने थिए । वैकल्पिक अनुवादः “मालिकको उत्तराधिकारी” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἡ κληρονομία

मोहीहरूले दाखबारीलाई “सम्पत्ति” को रूपमा दर्शाए । वैकल्पिक अनुवादः “यो दाखबारी” (हेर्नुहोस्ः उपलक्षण)

Mark 12:8

λαβόντες

“दाख उमार्नेहरूले छोरोलाई पक्रे”

Mark 12:9

τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος?

येशूले प्रश्‍न सोध्‍नुहुन्छ र मानिसहरूलाई सिकाउन जवाफ दिनुहुन्छ । प्रश्‍नलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, दाखबारीका मालिकले के गर्नेछन्, सो म तिनीहरूलाई बताउनेछु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὖν

येशूले दृष्‍टान्त भन्‍न सकाउनुभएको छ र अब यसपछि के हुनेछ भन्‍ने विषयमा तिनीहरूले के सोच्‍छन् भनेर मानिसहरूलाई सोधिरहनुभएको छ । (हेर्नुहोस्ः संयोजक शब्दहरू )

ἀπολέσει

मार्नु

δώσει τὸν ἀμπελῶνα ἄλλοις

“अरू”ले दाखबारीको हेरचाह गर्ने अरू दाख उमार्नेहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले दाखबारी यसलाई हेरचाह गर्ने दाख उमार्नेहरूलाई दिनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:10

यो धर्मशास्‍त्र परमेश्‍वरको वचनमा भन्दा धेरै लामो समयअगि लेखिएको थियो ।

οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε:

येशूले मानिसहरूलाई धर्मशास्‍त्रको खण्ड याद दिलाउनुहुन्छ । उहाँले यहाँ तिनीहरूलाई हप्‍काउन आलङ्कारिक प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै तिनीहरूले यो धर्मशास्‍त्र पढेका छौ ।” वा “तिनीहरूले यो धर्मशास्‍त्र सम्झनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐγενήθη εἰς κεφαλὴν γωνίας

यसलाई कर्तृ वाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले कुने-ढुङ्गो बनाउनुभयो”

Mark 12:11

παρὰ Κυρίου ἐγένετο αὕτη

प्रभुले यो गर्नुभएको छ ।

ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν

“हाम्रो दृष्‍टिमा” मानिसहरूका रायहरूका निम्ति रूपक हो जसले देख्‍ने कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “अनि हामीले यो देखेका छौँ र यो अचम्‍मको भएको विचार गर्‍यौँ” वा “अनि हामीलाई लाग्छ, कि यो अचम्‍मको छ” (हेर्नुहोस्ः रूपक)

Mark 12:12

ἐζήτουν αὐτὸν κρατῆσαι

“तिनीहरू”ले मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछ । यो समूहलाई “यहूदी अगुवाहरू” भन्‍न सकिन्छ ।

ἐζήτουν

“चाहे”

καὶ ἐφοβήθησαν τὸν ὄχλον

तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी डराए । यसलाई प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले येशूलाई गिरफ्तार गरे भने भीडले तिनीहरूलाई के गर्छ होला भनी तिनीहरू डराए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πρὸς αὐτοὺς

“तिनीहरूलाई दोष लगाउन”

Mark 12:13

येशूलाई फसाउने प्रयासमा केही फरिसीहरू र हेरोदीहरू अनि पछि सदुकीहरू प्रश्‍न लिएर उहाँकहाँ आउँछन् ।

καὶ ἀποστέλλουσιν

“अनि यहूदी अगुवाहरूले ... पठाए”

τῶν Ἡρῳδιανῶν

यो हेरोद एन्टिपासको समर्थन गर्ने अनौपचारिक राजनीतिक पार्टी हो ।

ἵνα αὐτὸν ἀγρεύσωσιν

यहाँ लेखकले येशूलाई छल्नुलाई “उहाँलाई फसाउने” कुराको रूपमा वर्णन् गर्छन् । वैकल्पिक अनुवादः “उहाँलाई छल्न” (हेर्नुहोस्ः रूपक)

Mark 12:14

λέγουσιν

यहाँ “तिनीहरू”ले फरिसीहरू र हेरोदीहरूले पठाएकाहरूमध्येका केहीलाई जनाउँछ ।

οὐ μέλει σοι περὶ οὐδενός

यसको अर्थ हुन्छ, कि येशूले पर्वाह गर्नुहुन्‍न । अकरणले बरु क्रियालाई परिवर्तन गर्न सक्छ । वैकल्पिक अनुवादः “तपार्इंले मानिसहरूको रायको पर्वाह गर्नुहुन्‍न” वा “तपार्इंले मानिसको निगाह पाउने कुराको पर्वाह गर्नुहुन्‍न” (हेर्नुहोस्ः निषेधात्मक)

Mark 12:15

ὁ…εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν

तिनीहरूले कपटपूर्ण तवरले काम गरिरहेका थिए । यसलाई अझ प्रस्ट बनाएर व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले के गरेको परमेश्‍वर चाहनुहुन्छ भनी तिनीहरूले जान्‍न नचाहेको कुरा येशूले जान्‍नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τί με πειράζετε?

येशू यहूदी अगुवाहरूलाई हप्काउनुहुन्छ, किनभने तिनीहरूले उहाँलाई छल्न कोसिस गरिरहेका थिए । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई कुनै गलत कुरा भन्‍न लगाइरहेका छौ, ताकि तिमीहरूले मलाई दोष लगाउन सक भन्‍ने म जान्दछु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

δηνάριον

यो एक दिनको ज्याला बराबरको सिक्‍का हो । (हेर्नुहोस्ः बाइबलीय पैसा)

Mark 12:16

οἱ δὲ ἤνεγκαν

“फरिसीहरू र हेरोदीहरूले एउटा सिक्‍का ल्याए”

ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή

“तस्बिर र नाउँ”

οἱ…εἶπαν αὐτῷ, Καίσαρος

यहाँ “कैसरको” भन्‍ने कुराले उसको प्रतिरूप र छापलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले भने,‘ती कैसरका स्वरूप र छाप हुन्’” (हेर्नुहोस्ः शब्दलोप)

Mark 12:17

τὰ Καίσαρος ἀπόδοτε Καίσαρι

जनताहरूले कर तिरेर सरकारको आदर गर्नुपर्छ भनी येशूले सिकाउनुभयो । यो आलङ्कारिक भाषालाई रोमी सरकार भनी परिवर्तन गरेर स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी सरकारको थोक रोमी सरकारलाई देओ” (हेर्नुहोस्ः लक्षणा)

καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ

बुझिएको क्रियापदलाई राख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्‍वरलाई देओ” (हेर्नुहोस्ः शब्दलोप)

ἐξεθαύμαζον ἐπ’ αὐτῷ

येशूले भन्‍नुभएको कुरामा तिनीहरू छक्‍क परे । यसलाई स्‍पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू उहाँसँग र उहाँले भन्‍नुभएको कुराप्रति चकित भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:18

οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι

यसले सदुकीहरू को हुन् भनी बताउँछ । यसलाई अझ प्रस्ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जसले मृतकहरूबाट पुनरुत्थान छैन भन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:19

Μωϋσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ

सदुकीहरूले मोशाले व्यवस्थामा लेखेका कुरा उद्धृत गर्दै छन् । मोशाको भनाइलाई अप्रत्यक्ष कथनमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले हाम्रो निम्ति लेखे, कि यदि कसैको दाजु मर्छ भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

ἔγραψεν ἡμῖν

“हामी यहूदीहरूका निम्ति लेखे ।” सदुकीहरू यहूदीहरूको एउटा समूह थियो । यहाँ तिनीहरूले “हाम्रो लागि” लाई तिनीहरू आफैँलाई र सबै यहूदीलाई जनाउन प्रयोग गर्छन् ।

λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα

“त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गर्नुपर्छ”

ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

“उसको दाजुको लागि छोरा जन्माउनुपर्छ ।” त्यस मानसिको प्रथम छोरालाई मृत दाजुको छोरा मानिने थियो, र त्यस छोराका सन्तानहरूलाई मृत दाजुका सन्तानहरू मानिने थियो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटा छोरो जन्माउनुपर्छ जसलाई मृत दाजुको छोरा मानिनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:20

ἑπτὰ ἀδελφοὶ ἦσαν

सदुकीहरूले वास्तवमा नघटेको एउटा अवस्थाको बारेमा कुरा गर्छन् किनभने येशूले तिनीहरूलाई के ठीक छ वा गलत भनेर उहाँले के सोच्‍नुहुन्छ भनी जवाफ दिनुभएको चाहन्छन् । वैकल्पिक अनुवादः “मानौँ, त्यहाँ सात जना दाजुभाइ थिए” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

ὁ πρῶτος

पहिलो दाजु

ὁ πρῶτος ἔλαβεν γυναῖκα

“पहिलोले एउटा स्‍त्रीलाई विवाह गर ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।

Mark 12:21

ὁ δεύτερος…ὁ τρίτος

यी सङ्ख्याहरूले हरेक दाजुभाइहरूलाई जनाउँछन् र तिनीहरूलाई यसरी नै व्यक्त गरिन्छ । वैकल्पिक अनुवादः “दोस्रो दाजु ... तेस्रो दाजु” (हेर्नुहोस्ः शब्दलोप)

ὁ δεύτερος ἔλαβεν αὐτήν

“दोस्रोले तिनलाई विवाह गरे ।” यहाँ महिलालाई विवाह गर्नुलाई लानु भनिएको छ ।

ὁ τρίτος ὡσαύτως

“त्यस्तै” भन्‍नुको अर्थ के हो त्यसलाई व्याख्या गर्नु उपयुक्त हुन्छ । वैकल्‍पिक अनुवादः “तेस्रो भाइले त्यसलाई विवाह गर्‍यो जसरी उसभन्दा जेठा भाइहरूले गरे, र ऊ पनि निस्सन्तान नै मर्‍यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:22

οἱ ἑπτὰ

यसले सबै दाजुभाइहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सातजना दाजुभाइहरू” (हेर्नुहोस्ः शब्दलोप)

οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα

हरेक भाइले ती महिलालाई विवाह गरे र कुनै छोराछोरीहरूविना नै मरे । यसलाई प्रस्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्तमा, ती सबै सातै जना हरेकले विवाह गरे, तर तिनीहरू कसैको तिनीसित छोराछोरीहरू भएनन् र सबै मरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:23

ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή

सदुकीहरूले यो प्रश्‍न सोधेर येशूलाई जाँचिरहेका छन् । यदि तपाईंका पाठकहरूले यसलाई जानकारीको लागि सोधिएको कुरा मात्र भनेर बुझ्‍न सक्छन् भने, यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “अब हामीलाई बताउनुहोस्, कि जब तिनीहरू फेरि जीवित भई उठ्छन् तिनी कसकी पत्‍नी हुन्छिन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 12:24

οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ?

येशूले सदुकीहरूलाई हप्काउनुहुन्छ, किनभने तिनीहरू परमेश्‍वरको व्यवस्थाबारे गलत छन् । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू गलत छौ, किनभने ... परमेश्‍वरको शक्ति ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ εἰδότες τὰς Γραφὰς

यसको अर्थ हुन्छ, कि तिनीहरूले पुरानो करारमा के लेखेका छन् भनी जान्दैनन् ।

τὴν δύναμιν τοῦ Θεοῦ

“परमेश्‍वर कति शक्तिशाली हुनुहन्छ”

Mark 12:25

ὅταν γὰρ…ἀναστῶσιν

यहाँ “तिनीहरू”ले उदाहरणका दाजुभाइहरू र महिलालाई जनाउँछ ।

ἀναστῶσιν

हिँड्नु र निद्राबाट उठ्नु भनेको मृत भइसकेपछि पुनः जीवित हुने कुरालाई जनाउने अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)

ἐκ νεκρῶν

तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट बिउँतने कुराले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।

οὔτε γαμοῦσιν οὔτε γαμίζονται

“तिनीहरूले विवाह गर्दैनन्, र तिनीहरूलाई विवाहमा दिइँदैन”

γαμίζονται

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्‍पिक अनुवादः “र कसैले पनि तिनीहरूलाई विवाहमा दिँदैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τοῖς οὐρανοῖς

यसले परमेश्‍वरको वासस्थानलाई जनाउँछ ।

Mark 12:26

ὅτι ἐγείρονται

यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जो बौह्रन्छन्” वा “जो फेरि जिउनलाई बौह्रन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῇ βίβλῳ Μωϋσέως

“मोशाले लेखेका पुस्तक”

τοῦ βάτου

यसले मोशाको पुस्तकको एउटा भागलाई जनाउँछ जसले जल्दै गरेको तर पनि भस्म नभएको पोथ्राबाट परमेश्‍वरले मोशासँग कुरा गर्नुभएको समयको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “बलिरहेको झाडीको बारेमा भएको खण्ड” वा “अग्‍निमय पोथ्राको बारेमा भएका शब्दहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοῦ βάτου

यसले कुनै एउटा झाडीलाई जनाउँछ, एउटा मोटो डाँठ भएको बोट हो जुन रूखभन्दा सानो हुन्छ ।

πῶς εἶπεν αὐτῷ ὁ Θεὸς

“परमेश्‍वरले मोशासँग कुरा गर्नुभएको समयको बारेमा”

ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ

यसको अर्थ अब्राहाम, इसहाक र याकूबले परमेश्‍वरको आराधना गर्छन् भन्‍ने हुन्छ । यी मानिसहरू शरीरिक रूपमा मरे, तर तिनीहरू आत्मिक रूपमा जीवित छन् र अझै आराधना गर्छन् ।

Mark 12:27

Θεὸς νεκρῶν, ἀλλὰ ζώντων

यहाँ “मृतकहरू”ले मरेका मानिसहरूलाई जनाउँछ र “जीवितहरू”ले जीवित रहेका मानिसहरूलाई जनाउँछ । साथै, “परमेश्‍वर” शब्दलाई दोस्रो वाक्यांशमा स्‍पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मृतक मानिसहरूका परमेश्‍वर होइन, तर जीवित मानिसहरूका परमेश्‍वर” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण अनि शब्दलोप)

ζώντων

यसमा शारीरिक रूपमा र आत्मिक रूपमा जीवित रहेका मानिसहरू पर्छन् ।

πολὺ πλανᾶσθε

तिनीहरू केमा गलत छन् भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले मृतकहरू फेरि जीवित हुँदैनन् भन्छौ, तिमीहरू गलत छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πολὺ πλανᾶσθε

“पूर्ण रूपमा गलत छौ” वा “धेरै गलत छौ”

Mark 12:28

ἐπηρώτησεν αὐτόν

“शास्‍त्रीले येशूलाई सोधे”

Mark 12:29

πρώτη ἐστίν

“सबैभन्दा महत्त्वपूर्ण” भन्‍ने कुराले सबैभन्दा महत्त्वपूर्ण आज्ञालाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण आज्ञा ... हो” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν

“सुन, हे इस्राएल ! परमप्रभु हाम्रा परमेश्‍वर एक मात्र प्रभु हुनुहुन्छ”

Mark 12:30

ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου

“हृदय” र “प्राण” व्यक्तिको भित्री मनुष्यत्वको निम्ति रूपक हो । यी चार वाक्यांशहरूलाई “पूर्णतया” वा “उत्सुकताका साथ” भन्‍ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः लक्षणा अनि प्रतिरूपी)

Mark 12:31

ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

मानिसहरूले एक अर्कालाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई तिनीहरूले आफैँलाई गर्ने प्रेमसँग तुलना गर्नको लागि येशूले यो उपमाको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो छिमेकीलाई तिमीले आफूलाई जति प्रेम गर्छौ त्यति नै प्रेम गर” (हेर्नुहोस्ः उपमा)

τούτων

यहाँ “यी”ले येशूले भर्खरै मानिसहरूलाई भन्‍नुभएको दुई आज्ञाहरूलाई जनाउँछ ।

Mark 12:32

καλῶς, Διδάσκαλε

“असल जवाफ, गुरु” वा “राम्रो भन्‍नुभयो, गुरु”

εἷς ἐστιν

यसको अर्थ त्यहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर एउटै मात्र हुनुहन्छ” (हेर्नुहोस्ः टुक्काहरू)

οὐκ ἔστιν ἄλλος

“परमेश्‍वर” शब्दलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “कि त्यहाँ अरू कुनै परमेश्‍वर छैन” (हेर्नुहोस्ः शब्दलोप)

Mark 12:33

ἐξ ὅλης τῆς καρδίας…ἐξ ὅλης τῆς συνέσεως…ἐξ ὅλης τῆς ἰσχύος

“हृदय” व्यक्तिको सोचाईहरू, भावनाहरू, वा भित्री मनुष्यत्वको निम्ति रूपक हो । यी तीन वाक्यांशहरूलाई “पूर्णतया” वा “उत्सुकताका साथ” भन्‍ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः लक्षणा)

τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν

तिनीहरूले आफैँलाई प्रेम गरे झैँ कसरी एउटाले अर्कालाई प्रेम गर्नुपर्छ भनी यो उपमाले तुलना गर्छ । वैकल्पिक अनुवादः “तिमीले आफूलाई प्रेम गरेजत्तिकै आफ्नो छिमेकीलाई प्रेम गर्नलाई” (हेर्नुहोस्ः उपमा)

περισσότερόν ἐστιν

यो टुक्‍काको अर्थ एउटाभन्दा अर्को बढी महत्त्वपूर्ण छ भन्‍ने हुन्छ । यस मामलामा यी दुईवटा आज्ञाहरू परमेश्‍वरलाई होमबलि र बलिदानभन्दा पनि बढि मनपर्दा छन् । यसलाई स्पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “भन्दा पनि बढि महत्त्वपूर्ण छ” वा “भन्दा पनि परमेश्‍वरलाई बढि मनपर्दो छ” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 12:34

οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ Θεοῦ

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । यहाँ येशूले मानिस परमेश्‍वरप्रति राजाको रूपमा समर्पित हुन तयार भएको कुरालाई परमेश्‍वरको राज्यको नजिक भएजस्तै गरी बोल्नुहुन्छ, मानौँ त्यो कुनै भौतिक स्थान हो । वैकल्पिक अनुवादः “तिमीहरू राजाको रूपमा परमेश्‍वरको अधीनमा हुन नजिकै छौ” (हेर्नुहोस्ः निषेधात्मक अनि रूपक)

οὐδεὶς οὐκέτι ἐτόλμα

यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै डराए” (हेर्नुहोस्ः निषेधात्मक)

Mark 12:35

ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ

केही समय बितेको थियो र अहिले येशू मन्दिरमा हुनुहुन्छ । यो अगिल्‍लो वार्तालापको अंश होइन । वैकल्पिक अनुवादः “पछि, जब येशूले मन्दिरमा सिकाइरहनुभएको थियो, उहाँले मानिसहरूलाई भन्‍नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς, υἱὸς Δαυείδ ἐστιν?

येशूले उद्धृत गर्न लाग्‍नुभएको भजनसंग्रहबारे मानिसहरूलाई गहनतापूर्वक सोच्‍न लगाउन यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “शास्‍त्रीहरूले ख्रीष्‍टलाई किन दाऊदका पुत्र भन्छन् भनी विचार गर ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

υἱὸς Δαυείδ

“दाऊदको स‍न्तान”

Mark 12:36

αὐτὸς Δαυεὶδ

“आफैँले” शब्दले दाऊदलाई जनाउँछ अनि तिनमा र तिनले भनेका कुरामा जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ती दाऊद थिए जसले” (हेर्नुहोस्ः निजवाचक सर्वनाम)

ἐν τῷ Πνεύματι τῷ ἁγίῳ

यसको अर्थ तिनी पवित्र आत्माद्वारा प्रेरित थिए भन्‍ने हुन्छ । अर्थात, दाऊदले बोलेका कुराहरूलाई पवित्र आत्माले निर्देशन गर्नुभयो । वैकल्पिक अनुवादः “पवित्र आत्माद्वारा प्रेरित भएर” (हेर्नुहोस्ः टुक्काहरू)

εἶπεν…εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου

यहाँ दाऊदले परमेश्‍वरलाई “परमप्रभु” र ख्रीष्‍टलाई “मेरा प्रभु” भन्छन् । यसलाई अझ प्रस्टसँग लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “मसीहको बारेमा भने, ‘परमेश्‍वरले मेरा प्रभुलाई भन्‍नुभयो’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κάθου ἐκ δεξιῶν μου

यो येशूले भजनसंङ्ग्रहबाट उद्धृत गर्नुभएको हो । यहाँ परमेश्‍वर ख्रीष्‍टसँग बोलिरहनुभएको छ । “परमेश्‍वरको दाहिने हात”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान वा अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्‍पिक अनुवादः “मेरो छेउमा सम्‍मानको स्थानमा बस्‍नु” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου

यसमा परमेश्‍वरले शत्रुहरूलाई हराउनलाई तिनीहरूलाई पाउदान बनाउनेको रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई पूर्ण रूपमा नहराएसम्म” (हेर्नुहोस्ः रूपक)

Mark 12:37

λέγει αὐτὸν, Κύριον

यहाँ “उहाँलाई”ले ख्रीष्‍टलाई जनाउँछ ।

καὶ πόθεν υἱός αὐτοῦ ἐστιν?

यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, ख्रीष्‍ट कसरी दाऊदका सन्तान हुन सक्छन् भनी विचार गर” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 12:38

ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς

“अभिवादनहरू” भन्‍ने नामपद शब्दलाई “अभिवादन गर्नु” भन्‍ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । मानिसहरूले शास्‍त्रीहरूलाई आदर गर्थे भन्‍ने कुरालाई यी अभिवादनहरू देखायो । वैकल्पिक अनुवादः “र बजारहरूमा आदरपूर्वक अभिवादन गरिनलाई” वा “बजारहरूमा मानिसहरूले आदरपूर्वक अभिवादन गर्नको लागि” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:40

οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν

यहाँ येशूले शास्‍त्रीहरूले विधवाहरूलाई ठगेको र तिनीहरूको घर चोरेको कुरालाई तिनीहरूको घर खाएको रूपमा व्याख्या गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले विधवाहरूका घरहरू तिनीहरूबाट चोर्न तिनीहरूलाई ठग्छन्” (हेर्नुहोस्ः रूपक)

τὰς οἰκίας τῶν χηρῶν

“विधवाहरू” र “घरहरू” भन्‍ने शब्दहरू सहयोगविहीन भएका र कोही व्यक्तिका महत्त्वपूर्ण जायजेथाहरूलाई क्रमशः जनाउने प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्‍पिक अनुवादः “”everything from helpless people“” (हेर्नुहोस्ः उपलक्षण)

οὗτοι λήμψονται περισσότερον κρίμα

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई अझ ठूलो दण्डसहित दण्ड दिनुहुनेछ” वा “परमेश्‍वरले तिनीहरूलाई निश्‍चय पनि कडाइका साथ दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

λήμψονται περισσότερον κρίμα

“अझ ठूलो”ले तुलना गर्छ । यहाँ यो दण्ड पाउने अरू मानिसहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “अरू मानिसहरूले भन्दा अझ ठूलो दण्ड पाउनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 12:41

अझै पनि येशूले मन्दिर परिसरमा नै विधवाको भेटीको मूल्यबारे टिप्पणी गर्नुहुन्छ ।

τοῦ γαζοφυλακίου

यो बाकसमा, जसलाई सबै मानिसहरूले प्रयोग गर्न सक्थे, मन्दिरको भेटी सङ्कलन हुन्थ्यो ।

Mark 12:42

λεπτὰ δύο

“तामाका दुईवटा साना सिक्‍काहरू” । यी उपलब्ध सिक्‍काहरूमा सबैभन्दा कम मूल्यका थिए । (हेर्नुहोस्ः बाइबलीय पैसा)

ἐστιν κοδράντης

“निकै कम मूल्य भएको ।” मुद्रा भनेको निकै कम मूल्यको हुन्छ । यदि निकै कम मूल्यको सिक्‍का छ भने, “मुद्रा”लाई तपाईंको भाषामा भएको सबैभन्दा कम मूल्यको सिक्‍काको नामलाई प्रयोग गरेर अनुवाद गर्नुहोस् ।

Mark 12:43

पद ४३ मा येशूले भन्‍नुहुन्छ कि त्यस विधवाले धनी मानिसहरूले राखेको भन्दा बढी पैसा राखिन्, र पद ४४ मा उहाँले त्यसो भन्‍नुको कारण बताउनुहुन्छ । यस जानकारीलाई पुनः क्रम मिलाएर राख्‍न सकिन्छ ताकि येशूले उहाँको कारण पहिला भन्‍नुहुन्छ र त्यसपछि विधवाले बढी हालिन् भनेर भन्‍नुहुन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः पदका पुलहरू)

προσκαλεσάμενος

“अनि येशूले ... बोलाउनुभयो”

ἀμὴν, λέγω ὑμῖν

यसले सङ्केत गर्छ कि यसपछि आएको भनाइ विशेष रूपमा सत्य वा महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

πάντων…τῶν βαλλόντων εἰς

“ती सबै अरू मानिसहरू जसले पैसा हाले”

Mark 12:44

τοῦ περισσεύοντος

धेरै सम्पत्ति, धेरै बहुमूल्य थोकहरू

τῆς ὑστερήσεως αὐτῆς

“तिनीसँग भएको थोरै कुरा”

τὸν βίον αὐτῆς

“बाँच्‍नको लागि”

Mark 13

मर्कुस १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:२४-२५ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टको पुनरागमन

येशूले उहाँ फर्किनुभन्दा अगाडि के हुनेछ भन्‍ने बारेमा धेरै भन्‍नुभयो (मर्कुस १३:६-३७) । उहाँले आफ्‍ना अनुयायीहरूलाई भन्‍नुभयो कि उहाँ फर्किनुभन्दा अगाडि खराब कुराहरू संसारलाई हुनेछ र खराब कुराहरू तिनीहरूलाई हुनेछ, तिनीहरू उहाँ कुनै पनि समयमा फर्किनको लागि तयार हुनुपर्थ्यो ।

Mark 13:1

उहाँहरू मन्दिर परिसरबाट निस्कनुहुँदा हेरोदले बनाएको त्यो गजबको मन्दिरलाई भविष्यमा के हुने थियो भनी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुहुन्छ ।

ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί

“ढुङ्गाहरू”ले ढुङ्गाहरूलाई जनाउँछ जसबाट ती भवनहरू बनेका थिए । वैकल्पिक अनुवादः “गजबका भवनहरू र गजबका ढुङ्गाहरू जसबाट ती बनेका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:2

βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς? οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον

यो प्रश्‍न भवनहरूतिर ध्यान खिँच्नलाई प्रयोग गरिएको हो । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यी ठुला भवनहरूलाई हेर ! एउटा ढुङ्गा पनि” वा “अहिले तिमीहरूले यी ठुला भवनहरू देख्छौ, तर एउटा ढुङ्गा पनि” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ

शत्रु सेनाहरूले ढुङ्गाहरूलाई भत्काउनेछन् भन्‍ने आशय दिइएको छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, किनभने शत्रु सेनाहरू आउनेछन् र यी भवनहरू नष्‍ट पार्नेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

Mark 13:3

के हुन गइरहेको थियो भन्‍ने चेलाहरूको प्रश्‍नको जवाफ दिँदै येशूले भविष्यमा के हुन गइरहेको थियो भनी बताउनुहुन्छ ।

καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ…Πέτρος

येशू र उहाँका चेलाहरू जैतूनको पहाडसम्‍म हिँड्नुभएको थियो भनेर प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरको सामुन्‍नेमा भएको जैतून डाँडामा आइपुग्‍नुभएपछि येशू बस्‍नुभयो । त्यसपछि पत्रुस” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κατ’ ἰδίαν

जब उहाँहरू एक्लै हुनुहुन्थ्यो

Mark 13:4

πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα

यसले येशूले ढुङ्गाहरूलाई के हुन्छ भन्‍नुभएको थियो त्यसलाई जनाउँछ । यसलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी कुरा मन्दिरका भवनहरूलाई हुनेछन् ... मन्दिरका भवनहरूलाई हुन लागेका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὅταν…ταῦτα…πάντα

“कि यी सबै कुराहरू”

Mark 13:5

λέγειν αὐτοῖς

“उहाँका चेलाहरूलाई”

ὑμᾶς πλανήσῃ

यहाँ “तिमीहरूलाई बहकाउँछ” भनेको कसैलाई कुनै असत्य कुरा विश्‍वास गर्न मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई छल्छ” (हेर्नुहोस्ः रूपक)

Mark 13:6

πολλοὺς πλανήσουσιν

यहाँ “ ... बहकाउने” भनेको कसैलाई कुनै असत्य कुरा विश्‍वास गर्न मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिनीहरूले धेरै मानिसहरूलाई छल्‍नेछन्” (हेर्नुहोस्ः रूपक)

ἐπὶ τῷ ὀνόματί μου

सम्भावित अर्थहरू हुन् १) “मेरो अधिकारको दाबी गर्दै” वा २) “परमेश्‍वरले तिनीहरूलाई पठाउनुभएको दाबी गर्दै ।” (हेर्नुहोस्ः लक्षणा)

ἐγώ εἰμι

“म नै ख्रीष्‍ट हुँ”

Mark 13:7

ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων

“युद्धहरू र युद्धहरूको बारेमा खबरहरू सुन्‍नेछौ ।” सम्भावित अर्थहरू हुन् १) “नजिकमा युद्धहरूका वास्तविक आवाजहरू र टाढामा युद्धका खबरहरू सुन्‍नेछौ” वा २) “सुरु भइसकेको युद्धको बारेमा र मानिसहरूले युद्धहरू सुरु गर्न गइरहेको खबर सुन्‍नेछौ”

ἀλλ’ οὔπω τὸ τέλος

“तैपनि यो संसारको अन्त्य होइन” वा “तर अन्त चाहिँ ... नभएसम्‍म हुनेछैन” वा “तर अन्त पछि हुनेछ”

τὸ τέλος

यसले सम्भवतः संसारको अन्त्यलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:8

ἐγερθήσεται…ἐπ’

यो टुक्‍काको अर्थ एक अर्काको विरुद्धमा लड्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “विरुद्धमा लड्नेछ” (हेर्नुहोस्ः टुक्काहरू)

βασιλεία ἐπὶ βασιλείαν

“उठ्नेछ” भन्‍ने शब्दलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “राज्यको विरुद्ध राज्य उठ्नेछ” वा “एउटा राज्यको मानिसहरू अर्को राज्यका मानिसहरूका विरुद्धमा लड्नेछन्” (हेर्नुहोस्ः शब्दलोप)

ἀρχὴ ὠδίνων ταῦτα

येशू यी कुराहरूलाई प्रसव-वेदनाको सुरुवात भन्‍नुहुन्छ, किनभने तीपछि अझ धेरै डरलाग्दा कुराहरू हुनेछन् । वैकल्पिक अनुवादः “यी घटनाहरू बालक जन्माउन लागेकी महिलाको सुरुका वेदनाहरूजस्ता हुन् । (हेर्नुहोस्ः रूपक)

Mark 13:9

βλέπετε δὲ ὑμεῖς ἑαυτούς

“मानिसहरूले तिमीहरूलाई गर्ने कुराहरूप्रति तयार रहो”

παραδώσουσιν ὑμᾶς εἰς συνέδρια

“तिमीहरूलाई लानेछन् र परिषद्हरूको नियन्‍त्रणमा तिमीहरूलाई राख्‍नेछन्”

δαρήσεσθε

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पिट्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐπὶ…σταθήσεσθε

यसको अर्थ केरकार गरिनु र न्याय गरिनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “... को सामु तिमीहरूलाई केरकार गरिनेछ” वा “तिमीहरूलाई केरकार र न्याय गरिनेछ” (हेर्नुहोस्ः टुक्काहरू)

“मेरो कारण” वा “मेरो कारणले गर्दा”

εἰς μαρτύριον αὐτοῖς

यसको अर्थ हुन्छ, कि तिनीहरूले येशूको बारेमा गवाही दिनेछन् । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र मेरो बारेमा तिनीहरूलाई गवाही देओ” वा “र तिमीहरूले मेरो बारेमा तिनीहरूलाई बताउनेछौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:10

καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον

येशूले अझै पनि अन्त हुन अगि घट्ने कुराहरूबारे बताउँदै हुनुहुन्छ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अन्त आउनअगि सबै जातिलाई सुसमाचार प्रचार गरिनुपर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:11

παραδιδόντες

यहाँ यसको अर्थ मानिसहरूलाई अधिकारीहरूको नियन्त्रणमा राख्‍नु हो । वैकल्पिक अनुवादः “अधिकारीहरूलाई दिनेछन्” (हेर्नुहोस्ः टुक्काहरू)

ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον

“बोल्‍नुहुनेछ” भन्‍ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर पवित्र आत्माले तिमीहरूद्वारा बोल्नुहुनेछ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 13:12

παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον

“एक भाइले अर्को भाइलाई उसलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछ” वा “भाइहरूले तिनीहरूका भाइहरूलाई तिनीहरूलाई मार्ने मानिसहरूको नियन्त्रणमा सुम्पिदिनेछन् ।” यो धेरैपटक थुप्रै विभिन्‍न मानिसहरूलाई हुनेछ । येशू केवल एक व्यक्ति र उसको भाइको बारेमा मात्र कुरा गरिरहनुभएको छैन ।

ἀδελφὸς ἀδελφὸν

यसले दाजुभाइ तथा दिदी बहिनी दुबैलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरू ... तिनीहरूका सहोदर दाजुभाइ वा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

πατὴρ τέκνον

“मृत्युको लागि सुम्पिनेछ” भन्‍ने शब्दहरू अगाडिको वाक्यांशबाट बुझिएका छन् । यसको अर्थ हुन्छ, कि बुबाले आफ्नै छोरालाई धोका दिनेछ र त्यसको कारण मारिनेछ । वैकल्पिक अनुवादः “बुबाले आफ्ना बच्‍चालाई मारिनलाई सुम्पनेछ” वा “बुबाले आफ्नै सन्तानलाई मारिन दिएर धोका दिनेछ” (हेर्नुहोस्ः शब्दलोप अनि टुक्काहरू)

ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς

यसको अर्थ हुन्छ, कि छोराछोरीहरूले आफ्ना आमा-बुबाहरूको विरोध गर्नेछन् र तिनीहरूलाई धोका दिनेछन् । वैकल्पिक अनुवादः “छोराछोरीहरूले आमा-बुबाहरूको विरोध गर्नेछन्” (हेर्नुहोस्ः टुक्काहरू)

θανατώσουσιν αὐτούς

यसको अर्थ हुन्छ, कि अधिकारीहरूले बुबा-आमालाई मृत्युदण्ड दिनेछन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बाबुआमाहरूलाई मृत्युदण्डको आदेश दिन अधिकारीहरूलाई लगाउनेछन्” वा “अधिकारीहरूले बुबा-आमालाई मार्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 13:13

ἔσεσθε μισούμενοι ὑπὸ πάντων

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

διὰ τὸ ὄνομά μου

येशूले आफैँलाई जनाउन “मेरो नाउँ” लाई प्रतिस्थानको रूपमा प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले ममा विश्‍वास गरेका हुनाले” (हेर्नुहोस्ः लक्षणा)

ὁ…ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले अन्त्यसम्म कष्‍टहरू सहन्छ, त्यो व्यक्तिलाई परमेश्‍वरले बचाउनुहुनेछ” वा “परमेश्‍वरले अन्तसम्‍म डटिरहनेलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ…ὑπομείνας εἰς τέλος

यहाँ “रहन्छ” भन्‍ने कुराले सतावट खेपिरहँदा पनि परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “जसले कष्‍टभोग गर्छ र अन्तसम्‍मै परमेश्‍वरप्रति विश्‍वासयोग्‍य रहन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

εἰς τέλος

सम्भावित अर्थहरू हुन् १) “उसको जीवनको अन्तसम्‍मै” वा २) “त्यस समस्याको घडीको अन्तसम्‍मै”

Mark 13:14

τὸ βδέλυγμα τῆς ἐρημώσεως

यो पदावली दानिएलको पुस्तकबाट लिइएको हो । तिनका पाठकहरू यो खण्ड र घृणित थोकलाई मन्दिरभित्र प्रवेश गराएर अशुद्ध पार्नेसँग परिचित थिए होलान् । वैकल्पिक अनुवादः “लज्जास्पद कुरा जसले परमेश्‍वरका थोकहरूलाई अशुद्ध पार्छ” (हेर्नुहोस्ः रूपक)

ἑστηκότα ὅπου οὐ δεῖ

येशूका श्रोताहरूले यसले मन्दिरलाई जनाउँछ भन्‍ने जान्दथे । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मन्दिरमा यो नहुनुपर्ने ठाउँमा उभिरहेको” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ ἀναγινώσκων νοείτω

यो येशू बोलिरहनुभएको होइन । यसलाई मत्तीले ध्यान खिँच्न थपे, ताकि पाठकहरूले यो चेतावनीलाई सुनून् । वैकल्पिक अनुवादः “यो पढिरहेका सबैले यो चेतावनीमा ध्यान देऊन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:15

ἐπὶ τοῦ δώματος

येशू बस्‍नुभएको ठाउँमा घरका छानाहरू समतल थिए र त्यसमा मानिसहरू उभिन सक्थे ।

Mark 13:16

ὁ εἰς τὸν ἀγρὸν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω

यसले घरमा फर्कने कुरालाई जनाउँछ । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्नो घरमा नफर्कनू” (हेर्नुहोस्ः शब्दलोप)

“उसको खास्टो पाउन”

Mark 13:17

ταῖς ἐν γαστρὶ ἐχούσαις

यो कोही गर्भवती छ भनेर बताउने शिष्‍टोक्ति हो । वैकल्पिक अनुवादः “गर्भवती छन्” (हेर्नुहोस्ः व्यञ्‍जना)

Mark 13:18

προσεύχεσθε…ἵνα

“प्रार्थना गर, कि यी समयहरू” वा “प्रार्थना गर, कि यी थोकहरू”

χειμῶνος

“जाडो याममा” वा “जाडो र वर्षा याममा ।” यसले वर्षभित्रको जाडो र यात्रा गर्नलाई नमिठो र अप्ठेरो समयलाई जनाउँछ ।

Mark 13:19

οἵα οὐ γέγονεν τοιαύτη

“अहिलेसम्म भएकोमा सबैभन्दा ठूलो ।” यसले महासङकष्‍ट कति महान् र भयङ्कर हुनेछ भनी वर्णन गर्छ । यति भयावह सङ्कष्‍ट कहिल्यै भएको छैन जति यो हुनेछ ।

οὐ μὴ γένηται

“भन्दा ठूलो कहिल्यै हुनेछैन” वा “र त्यसपछि सङ्कष्‍ट, त्यहाँ त्यो जस्तो सङ्कष्‍ट फेरि कहिल्यै हुनेछैन”

Mark 13:20

μὴ ἐκολόβωσεν…τὰς ἡμέρας

“समय घटाइदिनुभएको थियो ।” यसले कुन “दिनहरू”लाई जनाउँछ भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “कष्‍टका दिनहरू घटाइएका थिए” वा “कष्‍टको समय घटाइएका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐκ ἂν ἐσώθη πᾶσα σάρξ

“प्राणी”ले मानिसहरूलाई जनाउँछ र “बाँच्‍नु”ले शारिरीक उद्धारलाई जनाउँछ । वैकल्पिक अनुवादः “कोही पनि बाँच्‍ने थिएन” वा “सबै मर्ने थिए” (हेर्नुहोस्ः उपलक्षण)

διὰ τοὺς ἐκλεκτοὺς

“चुनिएकाहरूलाई सहयोग गर्नका लागि”

τοὺς ἐκλεκτοὺς, οὓς ἐξελέξατο

“जसलाई उहाँले छान्‍नुभएको” भन्‍ने पदावलीको अर्थ “चुनिएकाहरू” भन्‍नु जस्तै हो । सँगसँगै, तिनीहरूले परमेश्‍वरले यी मानिसहरूलाई चुन्‍नुभयो भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

Mark 13:21

पद २१ मा येशूले एउटा आज्ञा दिनुहुन्छ, र पद २२ मा उहाँले त्यस आदेशको कारण भन्‍नुहुन्छ । यसलाई कारण पहिला, अनि आदेश दोस्रोमा आउने गरेर पुनः क्रम मिलाएर राख्‍न सकिन्छ, जसरी यूएसटीमा गरिएको छ । (हेर्नुहोस्ः पदका पुलहरू)

Mark 13:22

ψευδόχριστοι

“ख्रीष्‍ट हुँ भनी दाबी गर्ने मानिसहरू”

πρὸς τὸ ἀποπλανᾶν

“छल्नको लागि” वा “छल्ने आशा गर्दै” वा “छल्ने कोसिस गर्दै”

πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς

“चुनिएकाहरूलाई पनि” भन्‍ने वाक्यांशले अर्थ दिन्छ कि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरूले केही मानिसहरूलाई छल्नेछन्, तर तिनीहरूले चुनिएकाहरूलाई छल्‍न सक्‍नेछन् वा छैनन् भनेर जान्‍नेछैनन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई छल्नलाई, यदि सम्भव भए, चुनिएकाहरूलाई पनि छल्न” (हेर्नुहोस्ः शब्दलोप)

“ती मानिसहरू जसलाई परमेश्‍वरले चुन्‍नुभएको छ”

Mark 13:23

ὑμεῖς δὲ βλέπετε

“सजग रहो” वा “होसियार होओ”

προείρηκα ὑμῖν πάντα

येशूले तिनीहरूलाई चेतावनी दिन यी कुरा भन्‍नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई यी सबै थोक समय आउनअगि नै चेतावनी दिनलाई बताएको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:24

ὁ ἥλιος σκοτισθήσεται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्य चम्कनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς

यहाँ चन्द्रमालाई कसैलाई केही दिन सक्‍ने जीवित कुराजस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “चन्द्रमा चम्कनेछैन” वा “चन्द्रमा कालो हुनेछ” (हेर्नुहोस्ः मानवीकरण)

Mark 13:25

οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες

यसको अर्थ ती पृथ्वीमा खस्‍नेछन् भन्‍ने होइन, ती जहाँ छन् त्यहाँबाट खस्‍नेछन् । वैकल्पिक अनुवादः “ताराहरू आकाशबाट तिनीहरूका स्थानबाट खस्नेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिनेछ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका शक्तिहरू हल्‍लिनेछन्” वा “परमेश्‍वरले स्वर्गमा भएका शक्तिहरूलाई हल्लाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς

“स्वर्गमा भएका शक्तिशाली थोकहरू ।” सम्भावित अर्थहरू हुन् १) यसले सूर्य, चन्द्रमा, र ताराहरूलाई जनाउँछ वा २) यसले शक्तिशाली आत्मिक प्राणीहरूलाई जनाउँछ ।

ἐν τοῖς οὐρανοῖς

“आकाशमा”

Mark 13:26

τότε ὄψονται

“तब मानिसहरूले देख्‍नेछन्”

μετὰ δυνάμεως πολλῆς καὶ δόξης

“शक्तिशाली र महिमित रूपमा”

Mark 13:27

ἐπισυνάξει

“उस”ले परमेश्‍वरलाई जनाउँछ र उहाँका स्वर्गदूतहरूको निम्ति प्रतिस्थापकीय शब्द हो, किनकि चुनिएकाहरूलाई जम्मा गर्ने वास्तवमा तिनीहरू नै हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले बटुल्‍नेछन्” वा “उहाँका स्वर्गदूतहरूले बटुल्‍नेछन्” (हेर्नुहोस्ः लक्षणा)

τῶν τεσσάρων ἀνέμων

सारा संसारलाई चारै दिशा भनिएको छ जसले उत्तर, दक्षिण, पूर्व र पश्‍चिम गरी चार दिशाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उत्तर, दक्षिण, पूर्व र पश्‍चिम” वा “पृथ्वीका सबै भाग” (हेर्नुहोस्ः रूपक)

ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ

यी दुईवटा चरम सीमा चुनिएकाहरू सारा पृथ्वीबाट बटुलिनेछन् भनी जोड दिन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “पृथ्वीको हरेक ठाउँबाट” (हेर्नुहोस्ः मेरिज्म)

Mark 13:28

येशूले व्याख्या गरिरहनुभएका कुराहरू हुँदा मानिसहरूलाई होसियार हुनलाई याद दिलाउन उहाँले दुईवटा दृष्‍टान्तहरू भन्‍नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)

यहाँ “हाँगा”ले अञ्‍जीरका हाँगाहरूलाई जनाउँछ । “त्यसका हाँगाहरू कमलो हुन्छन् र तिनीहरूका पालुवा हाल्छन्”

ἁπαλὸς

“हरियो र नरम”

ἐκφύῃ τὰ φύλλα

यहाँ अञ्‍जीरको रूख जीवित भएको र स्वइच्छाले पातहरू वृद्धि गराउने जस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “यसका पातहरू पलाउन थाल्छन्” (हेर्नुहोस्ः मानवीकरण)

τὸ θέρος

वर्षको तातो समय वा वृद्धि हुने समय

Mark 13:29

ταῦτα

यसले महासङ्कष्‍टको दिनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भर्खरै व्याख्या गरेका यी कुराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐγγύς ἐστιν

“मानिसका पुत्र नजिकै हुनुहुन्छ”

ἐπὶ θύραις

यो टुक्‍काले यात्रु सहरको प्रवेशद्वारको नजिकै नै आइरहेको कुरालाई जनाउँदै उहाँ अति नजिक हुनुहुन्छ र लगभग आइपुग्‍नुभएको छ भन्‍ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “र करिब यहिँ नै हुनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 13:30

ἀμὴν, λέγω ὑμῖν

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

οὐ μὴ παρέλθῃ

यो कुनै मर्ने कुरालाई शिष्‍टतापूर्वक बताउने तरिका हो । वैकल्पिक अनुवादः “मर्नेछैन” वा “अन्त हुनेछैन” (हेर्नुहोस्ः व्यञ्‍जना)

μέχρις οὗ ταῦτα πάντα

“यी कुराहरू”ले महासङ्कष्‍टलाई जनाउँछ ।

Mark 13:31

ὁ οὐρανὸς καὶ ἡ γῆ

यी दुईवटा चरम सीमा सूर्य, चन्द्रमा, ताराहरू, ग्रहहरू र सम्पूर्ण पृथ्वीलगायत सारा आकाशलाई जनाउन व्यक्त गरिएका हुन् । वैकल्पिक अनुवादः “आकाश, पृथ्वी र तिनीहरूमा भएका सबै” (हेर्नुहोस्ः मेरिज्म)

παρελεύσονται

“अस्तित्वमा रहनेछैन ।” यसले संसारको अन्त्यलाई जनाउँछ ।

οἱ…λόγοι μου οὐ μὴ παρελεύσονται

येशूले वचनहरू शारिरीक रूपमा कहिल्यै नमर्ने थोकहरू जस्तै गरी तिनीहरूको शक्ति नगुम्‍नेबारे बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरा वचनहरूले कहिल्यै तिनीहरूका शक्ति गुमाउनेछैनन्” (हेर्नुहोस्ः रूपक)

Mark 13:32

τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας

यसले मानिसका पुत्र फर्कने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसका पुत्र फर्कने त्यस दिन वा घडी” वा “म फर्कने दिन वा घडी” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐδεὶς οἶδεν; οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ

यी शब्दहरूले केही मानिसहरूलाई तोक्छन् जसले मानिसको पुत्र कहिले फर्कनुहुनेछ भनेर जान्दैनन्, जो पिताबाट भिन्दै हुन्, जसले जान्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले जान्दैन—नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्—तर पिताले मात्रै” वा “नता स्वर्गका स्वर्गदूतहरू र नता पुत्रले जान्दछन्; कसैले जान्दैन तर पिताले मात्रै” (हेर्नुहोस्ः शब्दलोप)

οἱ ἄγγελοι ἐν οὐρανῷ

यहाँ “स्वर्ग”ले परमेश्‍वर बस्‍नुहुने स्थानलाई जनाउँछ ।

εἰ μὴ ὁ Πατήρ

यसलाई तपार्इंको भाषामा मानव पितालाई स्वाभाविक रूपमा जनाउने शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ । यो पुत्र कहिले फर्कनेछ भनी पिताले जान्‍नुहुन्छ भन्‍ने उत्सर्ग हो । वैकल्पिक अनुवादः “तर पिताले मात्र जान्‍नुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

Mark 13:33

πότε ὁ καιρός ἐστιν

यहाँ समयले केलाई जनाउँछ भन्‍ने कुरालाई स्पष्‍ट रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब यी सबै घटनाहरू हुनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 13:34

“हरेकले के-के गर्नुपर्छ भनी बताएर”

Mark 13:35

ἢ ὀψὲ

“वा उहाँ साँझमा फर्कन सक्‍नुहुन्छ”

ἀλεκτοροφωνίας

भाले एउटा चरा हो जुन बिहान सबेरै ठूलो स्वरले कराएर बास्छ ।

Mark 13:36

εὕρῃ ὑμᾶς καθεύδοντας

य‍हाँ येशूले तयारी नभइरहेको कुरालाई “सुतिरहेको” रूपमा बताउनुहुन्छ । वैकल्पिक अनुवादः “उहाँको आगमनको निम्ति तयारी नभएको पाउनुहुनेछ” (हेर्नुहोस्ः रूपक)

Mark 14

मर्कुस १४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १४:२७, ६२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

देह र रगत खाने

मर्कुस १४:२२-२५ ले येशूको उहाँका अनुयायीहरूसँगको अन्तिम भोजनलाई वर्णन गर्छ । यस समयमा, येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुरा उहाँको देह र रगत थियो । लगभग सबै ख्रीष्‍टिएन मण्‍डलीहरूले यस भोजलाई सम्‍झनलाई “प्रभु भोज”, “यूखरिस्‍ट”, वा “पवित्र सहभागिता” मनाउँछन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अब्‍बा, पिता

“अब्‍बा” भनेको आरमेइक शब्द हो जुन यहूदीहरूले तिनीहरूका बाबुहरूलाई भन्‍न प्रयोग गर्थे । मर्कुसले त्यसको उच्‍चारणलाई लेख्‍छन् र त्यसपछि त्यसलाई अनुवाद गर्छन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

“मानिसको पुत्र”

येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (मर्कुस १४:२०) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नै बारेमा कोही अरूको बारेमा कुरा गरिरहेको झैँ गरेर बोल्‍न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)

Mark 14:1

निस्तार-चाडको ठीक दुई दिनअगि मुख्य पुजाहारीहरू र शास्‍त्रीहरूले येशूलाई मार्न गोप्य तवरले षड्यन्त्र रचिरहेका छन् ।

ἐν δόλῳ

मानिसहरूले नदेख्‍ने गरी

Mark 14:2

ἔλεγον γάρ

यहाँ “तिनीहरू”ले मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूलाई जनाउँछ ।

μὴ ἐν τῇ ἑορτῇ

तिनीहरूले येशूलाई चाडको समयमा गिरफ्तार नगर्ने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “हामीले चाडको बेलामा यो गर्नुहुँदैन” (हेर्नुहोस्ः शब्दलोप)

Mark 14:3

येशूलाई अभिषेक गर्न प्रयोग गरिएको तेलप्रति कोही रिसाएका थिए, तैपनि उहाँले ती महिलाले उहाँ मर्नुअगि दफनको निम्ति उहाँको शरीरलाई अभिषेक गरेकी छन् भन्‍नुभयो ।

Σίμωνος τοῦ λεπροῦ

यो मानिसलाई पहिले कुष्‍ठरोग लागेको थियो, तर अहिले ऊ रोगी थिएन । ऊ सिमोन पत्रुस र सिमोल कुरेनीभन्दा अर्कै व्यक्ति हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

κατακειμένου αὐτοῦ

येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्‍ने गर्थे ।

ἀλάβαστρον

यो सिङ्गमरमरले बनेको भाँडो हो । सिङ्गमरमर महँगो पहेँलो-सेतो ढुङ्गा थियो । वैकल्पिक अनुवादः “सुन्दर सेतो ढुङ्गाको भाँडो” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)

μύρου, νάρδου πιστικῆς πολυτελοῦς

“त्यसमा जटामसी भनिने बहुमूल्य सुगन्धित अत्तर थियो” । जटामसी अत्तर बनाउने धेरै महँगो, मिठो बास्‍ना आउने तेल थियो । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)

αὐτοῦ τῆς κεφαλῆς

“येशूको टाउकोमाथि”

Mark 14:4

εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν?

ती महिलाले येशूको टाउकोमाथि अत्तर खन्याएको कुरालाई तिनीहरूले समर्थन नगरेको दर्शाउन तिनीहरूले यो प्रश्‍न सोधे । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले त्यो अत्तर खेर फालेको कुरा दुःखलाग्दो छ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 14:5

ἠδύνατο…τοῦτο τὸ μύρον πραθῆναι

त्यहाँ भेला भएकाहरूले रुपियाँ-पैसाप्रति बढी चासो राख्‍थे भनी मर्कुस आफ्ना पाठकहरूलाई देखाउन चाहन्छन् । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले यो अत्तरलाई बेच्‍न सक्थ्यौँ” वा “तिनले यो अत्तरलाई बेच्‍न सक्थिन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

δηναρίων τριακοσίων

“यो ३०० दिनारी ।” दिनारी रोमी चाँदीको सिक्‍का हो । (हेर्नुहोस्ः बाइबलीय पैसा अनि सङ्ख्याहरू)

δοθῆναι τοῖς πτωχοῖς

“गरिबहरू”ले गरिब मानिसहरूलाई जनाउँछ । अत्तर बेचेर आएको पैसा गरिबहरूलाई दिने कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “र पैसा गरिब मानिसहरूलाई दिन सकिन्थ्यो” (हेर्नुहोस्ः शब्दलोप अनि नामको काम गर्ने विशेषण)

Mark 14:6

τί αὐτῇ κόπους παρέχετε?

ती महिलाले गरेको कामलाई प्रश्‍न गरेकोमा येशूले पाहुनाहरूलाई हप्‍काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले तिनलाई दुःख दिनुहुँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 14:7

τοὺς πτωχοὺς

यसले गरिब मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

Mark 14:9

ἀμὴν…λέγω ὑμῖν

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ-जहाँ मेरा अनुयायीहरूले सुसमाचार प्रचार गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καὶ ὃ ἐποίησεν αὕτη, λαληθήσεται

“यी महिलाले गरेकी कुरा पनि भनिनेछ”

Mark 14:10

ती महिलाले येशूलाई अभिषेक गरेपछि यहूदाले येशूलाई मुख्य पूजाहारीलाई सुम्‍पने प्रतिज्ञा गर्छन् ।

ἵνα αὐτὸν παραδοῖ αὐτοῖς

यहूदाले येशूलाई अझै पनि सुम्पेको थिएन, बरु त्यो तिनीहरूसँग सबै कुराको प्रबन्ध गर्न गयो । वैकल्पिक अनुवादः “त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने प्रबन्ध गर्नको लागि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

αὐτὸν παραδοῖ

“येशूलाई तिनीहरूकहाँ ल्याउन ताकि तिनीहरूले उहाँलाई पक्रन सकून्”

Mark 14:11

οἱ δὲ ἀκούσαντες

मुख्य पूजाहारीहरूले के सुने भनेर स्पष्‍टसँग उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब मुख्य पूजाहारीहरूले तिनीहरूका निम्ति त्यसले जे गरिदिन मानिरहेको कुरा सुने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:12

येशूले चेलाहरूमध्ये दुई जनालाई निस्तारको भोज तयार पार्न पठाउनुहुन्छ ।

ὅτε τὸ Πάσχα ἔθυον

अखमिरी रोटीको चाडको सुरुमा थुमाको बलि चढाउने चलन थियो । वैकल्पिक अनुवादः “निस्तारको थुमा बलि चढाउने चलन थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

φάγῃς τὸ Πάσχα

यहाँ “निस्तार चाड”ले निस्तार चाडको भोजनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “निस्तार चाडको भोजन खान” (हेर्नुहोस्ः लक्षणा)

Mark 14:13

κεράμιον ὕδατος βαστάζων

“पानीले भरिएको ठूलो भाँडो बोकिरहेका”

Mark 14:14

ὁ διδάσκαλος λέγει, ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω?

यसलाई अप्रत्यक्ष कथनमा लेख्‍न सकिन्छ । यसलाई नम्र अनुरोध हुने गरी अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रा गुरुज्यूले पाहुना कोठा कहाँ छ भनी जान्‍न चाहनुहुन्छ जहाँ उहाँले आफ्‍ना चेलाहरूसँग निस्तारको भोज खानुभएको होस् ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

τὸ κατάλυμά

आगन्तुकहरूका निम्ति कोठा

Mark 14:15

ἐκεῖ ἑτοιμάσατε ἡμῖν

तिनीहरूले येशू र उहाँका चेलाहरूका निम्ति भोज तयार पार्नुपर्थ्यो । वैकल्पिक अनुवादः “त्यहाँ हामीलाई भोज तयार पार” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:16

ἐξῆλθον οἱ μαθηταὶ

“दुई जना चेलाहरू गए”

καθὼς εἶπεν

“येशूले भन्‍नुभए जस्तै”

Mark 14:17

त्यस साँझ येशू र चेलाहरूले भोज खाइरहनुभएको बेला तिनीहरूमध्ये कुनैले उहाँलाई धोका दिनेछ भनी येशू भन्‍नुहुन्छ ।

ἔρχεται μετὰ τῶν δώδεκα

उहाँहरू कहाँ आउनुभयो भनी उल्लेख गर्नु उपयुक्त हुन्छ । वैकल्पिक अनुवादः “उहाँ बाह्र जनासँग घरमा आउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:18

ἀνακειμένων αὐτῶν

येशूको संस्कारमा, जब मानिसहरू खान भेला हुन्थे, तिनीहरू होचो टेबुलको छेउमा सिरानीमा एकापट्टि ढल्केर अडेस लाग्‍ने गर्थे ।

ἀμὴν, λέγω ὑμῖν

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Mark 14:19

εἷς κατὰ εἷς

यसको अर्थ हुन्छ, कि हरेक चेलाले एक पटकमा एक जना गरेर उहाँलाई सोधे ।

μήτι ἐγώ?

सम्भावित अर्थहरू हुन् १) यो चेलाहरूले होइन भन्‍ने जवाफ पाउन भनी अपेक्षा गरेको प्रश्‍न हो वा २) यो जवाफ नचाहिने आलङ्कारिक प्रश्‍न हो । वैकल्पिक अनुवादः “निश्‍चय नै, तपार्इंलाई विश्‍वासघात गर्ने म होइन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:20

εἷς τῶν δώδεκα

“त्यो तिमीहरू बाह्र जनामध्येको एक जना हो, जसले अहिले”

ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον

येशूको संस्कारमा मानिसहरूले प्रायः एउटै कचौराको अचार वा झारपातहरू मिसाएको तेलमा चोपेर रोटी खाने गर्थे ।

Mark 14:21

ὅτι ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ

यहाँ येशूले धर्मशास्‍त्रले उहाँको मृत्युबारे गरेको अगमवाणीलाई जनाउनुहुन्छ । तपार्इंको भाषामा मृत्युको बारेमा बताउने शिष्‍ट तरिका छ भने यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “किनकि मानिसका पुत्र धर्मशास्‍त्रले भनेअनुसार मर्नेछ”

δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται

यसलाई अझ प्रत्यक्ष रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “जसले मानिसको पुत्रलाई धोका दिन्छ”“” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:22

ἄρτον

यो निस्तार-चाडको भोजको अंशको रूपमा खाइने अखमिरी रोटी थियो ।

ἔκλασεν

यसको अर्थ हुन्छ, कि उहाँले मानिसहरूले खानको निम्ति रोटीलाई टुक्रा-टुक्रा पार्नुभयो । वैकल्पिक अनुवादः “त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου

“यो रोटी लिऊ । यो मेरो शरीर हो ।” हुन त धेरैले रोटीलाई येशूको शरीरको प्रतीकको रूपमा र वास्तविक शरीर होइन भनेर बुझ्‍छन्, यस भनाइलाई अक्षरशः एउटै हुने गरेर अनुवाद गर्नु बेस हुन्छ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)

Mark 14:23

λαβὼν ποτήριον

यहाँ “कचौरा” दाखरसको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “उहाँले दाखरसको कचौरा लिनुभयो” (हेर्नुहोस्ः उपलक्षण)

Mark 14:24

τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης, τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν

करारचाहिँ पापको क्षमाको निम्ति हो । यसलाई अझ प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यो करारलाई पक्‍का गर्ने मेरो रगत हो; यो धेरैले पापको क्षमा पाऊन् भनेर बहाइने रगत हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοῦτό ἐστιν τὸ αἷμά μου

“यो दाखरस मेरो रगत हो ।” प्रायले त्यो दाखरसले येशूको रगतको प्रतिनिधित्व गर्छ र त्यो येशूको वास्तविक रगत होइन भनी बुझ्छन्, तैपनि यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उचित हुन्छ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)

Mark 14:25

ἀμὴν, λέγω ὑμῖν

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

ἐκ τοῦ γενήματος τῆς ἀμπέλου

“दाखरस ।” यो दाखरसलाई जनाउने वर्णनात्मक तरिका हो ।

καινὸν

सम्भावित अर्थहरु हुन् १) “फेरि” वा २) “नयाँ तरिकाले”

Mark 14:26

ὑμνήσαντες

भजन एक किसिमको गीत हो । पुरानो करारको भजनसंग्रहलाई गाउनु तिनीहरूको प्रचलन नै थियो ।

Mark 14:27

λέγει αὐτοῖς ὁ Ἰησοῦς

“येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो”

σκανδαλισθήσεσθε

यो छाड्नु भन्‍ने अर्थ दिने टुक्‍का हो । वैकल्पिक अनुवादः “मलाई छाड्नेछौ” (हेर्नुहोस्ः टुक्काहरू)

πατάξω

“मार्नु ।” यहाँ “म”ले परमेश्‍वरलाई जनाउँछ ।

τὰ πρόβατα διασκορπισθήσονται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म भेडाहरूलाई छरपष्‍ट पार्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 14:28

पत्रुसले उहाँलाई इन्कार गर्ने थियो भनी येशू स्पष्‍ट रूपमा बताउनुहुन्छ । पत्रुस र सबै चेलाले येशूलाई इन्कार गर्ने थिएनन् भन्‍ने कुरामा तिनीहरू पक्‍का छन् ।

ἐγερθῆναί με

यसको अर्थ हुन्छ, कि परमेश्‍वरले येशूलाई उहाँ मर्नुभएपछि फेरि मृतकहरूबाट जीवित पार्नुहुनेछ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई मृतकहरूबाट उठाउनुहुन्छ” वा “परमेश्‍वरले मलाई जीवित तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू अनि कर्तृवाच्य र कर्मवाच्य)

“म तिमीहरू भन्दा अगाडि जानेछु”

Mark 14:29

εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ

“म हुनेछैन”लाई “म पछि हट्नेछैन” भनेर पूर्ण रूपमा व्यक्त गर्न सकिन्छ । “पछि हट्नेछैन” युगल अकरण हो र यसले सकारात्मक अर्थ बहन गर्छ । आवश्यक परे यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले तपार्इंलाइ छोडे तापनि म तपार्इंसँग नै रहनेछु” (हेर्नुहोस्ः शब्दलोप अनि दोहोरो नकारात्मक)

Mark 14:30

ἀμὴν, λέγω σοι

यसले सङ्केत गर्छ कि यसपछि आउने भनाइ विशेष तवरमा सत्य र महत्त्वपूर्ण छ । तपाईंले यसलाई मर्कुस ३:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

ἀλέκτορα φωνῆσαι

भाले भनेको एउटा चरा हो जसले बिहान सबेरै कराउँछ । त्यसले ठूलो आवाज निकाल्नुलाई नै “बास्‍नु” भनिन्छ ।

दुई चोटि

σὺ…με ἀπαρνήσῃ

“तिमीले भन्‍नेछौ कि तिमीले मलाई चिन्दैनौ”

Mark 14:31

ἐὰν δέῃ με συναποθανεῖν

“म मर्नु परे तापनि”

ὡσαύτως…καὶ πάντες ἔλεγον

यसको अर्थ हुन्छ, कि सबैले पत्रुसले भनेको जस्तै कुरा गरे ।

Mark 14:32

जब उहाँहरू जैतून डाँडाको गेतसमनीमा जानुहुन्छ येशूले उहाँका तीन जना चेलालाई उहाँले प्रार्थना गर्नुहुँदा जागा रहन उत्साह दिनुहुन्छ । उहाँले तिनीहरूलाई ब्युँताउनुहुन्छ, र तेस्रो पटक तिनीहरूलाई उठाउनुहुन्छ, किनभने यो विश्‍वासघात गरिने समय हो ।

ἔρχονται εἰς χωρίον

यहाँ “उहाँहरू”ले येशू र उहाँका चेलाहरूलाई जनाउँछ ।

Mark 14:33

ἐκθαμβεῖσθαι

कष्‍टले आजित हुनुभयो

ἀδημονεῖν

“अति” शब्दले उहाँको प्राण साह्रै दुःखित भएको जनाउँछ । वैकल्पिक अनुवादः “अत्यन्तै दुःखित” (हेर्नुहोस्ः रूपक)

Mark 14:34

ἐστιν ἡ ψυχή μου

येशूले आफैँलाई उहाँको “प्राण”को रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म हुँ” (हेर्नुहोस्ः उपलक्षण)

ἕως θανάτου

येशूले अतिरञ्‍जित गरेर भन्दै हुनुहुन्छ किनभने घाम नउदाइसकेसम्म उहाँ मर्नुहुनेछैन भनेर येशूले जान्‍नुभए तापनि, उहाँले यति धेरै दुःख र कष्‍ट महसुस गर्नुहुन्छ कि उहाँले आफू मर्न नै लागेको छु जस्तो महसुस गर्नुहुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

γρηγορεῖτε

येशूले प्रार्थना गर्नुहुँदा चेलाहरू जागा रहनुपर्थ्यो । यसको अर्थ तिनीहरूले येशूले प्रार्थना गर्नुभएको हेर्नु भन्‍ने होइन ।

Mark 14:35

εἰ δυνατόν ἐστιν

यसको अर्थ यदि परमेश्‍वरले यो हुन अनुमति दिनुभयो भने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरले यसलाई अनुमति दिनुहुन्छ भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

παρέλθῃ…ἡ ὥρα

यहाँ “यो घडी”ले अहिले बगैँचाको र पछि हुने दुवै गरेर येशूको कष्‍टलाई जनाउँछ । वैकल्पिक अनुवादः “कि उहाँ यो घडी भएर जानु नपरोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:36

Ἀββά

“अब्बा” भनेको यहूदी छोराछोरीले बुबालाई बोलाउने शब्द हो । यसपछि “पिता” शब्द आएकोले यो शब्दलाई जस्ताको तस्तै राख्‍नु नै राम्रो हुन्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

ὁ Πατήρ

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ

येशूले सहनुपर्ने कष्‍ट कचौरा भएजस्तै गरी उहाँले उल्लेख गर्नुहुन्छ । (हेर्नुहोस्ः लक्षणा)

ἀλλ’ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ

परमेश्‍वरले जे चाहनुहुन्छ त्यहि गर्नुभएको होस् र येशूले चाहनुभए अनुसार होइन भनी उहाँले बिन्ती गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “तर मैले चाहे अनुसार होइन, तपार्इंले चाहे अनुसार गर्नुहोस्” (हेर्नुहोस्ः शब्दलोप)

Mark 14:37

εὑρίσκει αὐτοὺς καθεύδοντας

“तिनीहरूलाई” भनेको पत्रुस, याकूब र यूहन्‍ना हुन् ।

Σίμων, καθεύδεις? οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι?

येशूले सिमोन पत्रुसलाई सुतेको कारणले गर्दा हप्काउनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “सिमोन, मैले जागा रहो भन्दा पनि तिमी मस्त निद्रामा छौ । तिमी एक घण्टा पनि जागा रहन सकेनौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 14:38

ἵνα μὴ ἔλθητε εἰς πειρασμόν

येशूले परीक्षित हुने कुरालाई कुनै भौतिक ठाउँमा प्रवेश गरेजस्तै गरी बोल्नुहुन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू परीक्षामा नपर” (हेर्नुहोस्ः रूपक)

τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής

सिमोन पत्रुसले चाहेका कुरा तिनको आफ्नै बलले गर्न सक्दैनन् भनी येशूले चेतावनी दिँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमी आत्मामा तत्पर छौ, तर तिमीले चाहेको कुरा गर्न तिमी अति कमजोर छौ” वा “तिमीले मैले भनेको कुरा गर्न चाहन्छौ, तर तिमी कमजोर छौ”

τὸ…πνεῦμα…ἡ…σὰρξ

यसले पत्रुसका दुई फरक पक्षहरूलाई जनाउँछ । “आत्मा” भनेको भित्री इच्छा हो । “शरीर” मानवीय क्षमता र बल हो । (हेर्नुहोस्ः लक्षणा)

Mark 14:39

τὸν αὐτὸν λόγον εἰπών

“पहिले जे प्रार्थना गर्नुभएको थियो, त्यही प्रार्थना गर्नुभयो”

Mark 14:40

εὗρεν αὐτοὺς καθεύδοντας

“तिनीहरूलाई”ले पत्रुस, याकूब र यूहन्‍नालाई बुझाउँछ ।

ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι

यहाँ लेखकले निद्रा लागेको मानिसले आफ्नो आँखा खोल्न पनि कठिन भएको कुरालाई “लोलाएको आँखा” भएको भनेर जनाएका छन् । वैकल्पिक अनुवादः “किनकि तिनीहरू निन्द्राले यति हैरान भएका थिए, कि तिनीहरूलाई आँखा खुला राख्‍न पनि गाह्रो भइरहेको थियो” (हेर्नुहोस्ः रूपक)

Mark 14:41

ἔρχεται τὸ τρίτον

येशू जानुभएर फेरि प्रार्थना गर्नुभएको थियो । अनि उहाँ तिनीहरूकहाँ तेस्रो पटक पनि फर्केर आउनुभयो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि उहाँ फेरि जानुभयो र प्रार्थना गर्नुभयो । उहाँ तेस्रो पटक फर्केर आउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε.

उहाँका चेलाहरू जागा रहेर प्रार्थना नगरेकोमा येशूले तिनीहरूलाई हप्काउनुहुन्छ । यदि आवश्‍यक परेमा यो आलङ्कारिक प्रश्‍नलाई तपार्इंले कथनको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू अझै सुतिरहेका र आराम गरिरहेका छौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἦλθεν ἡ ὥρα

येशूको कष्‍ट र विश्‍वासघात हुनुको समय सुरु हुन लागेको छ ।

ἰδοὺ

“सुन !”

παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου

येशूले उहाँलाई धोका दिने व्यक्ति उहाँहरूको नजिक आइरहेको छ भनी चेलाहरूलाई चेतावनी दिनुहुन्छ । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, मानिसका पुत्रलाई धोका दिइँदै छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 14:43

यहूदाले येशूलाई धोका दिनलाई यहूदी अगुवाहरूसँग कसरी प्रबन्ध मिलायो भनी ४४ पदले पृष्‍ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

यहूदाले येशूलाई चुम्बन गरेर विश्‍वासघात गर्छ, अनि चेलाहरू भाग्‍छन् ।

Mark 14:44

δὲ ὁ παραδιδοὺς αὐτὸν

यसले यहूदालाई जनाउँछ ।

αὐτός ἐστιν

“उहाँ नै हो”ले यहूदाले पहिचान गराउन लागिरहेको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले चाहेको व्यक्ति उही हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:45

κατεφίλησεν αὐτόν

“अनि यहूदाले उहाँलाई चुम्बन गर्‍यो”

Mark 14:46

ἐπέβαλαν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν

यी दुवैको अर्थ एउटै हो र तिनीहरूले येशूलाई पक्रे भनी जोड दिन्छन् । वैकल्पिक अनुवादः “येशूलाई पक्रे र समाते” वा “उहाँलाई पक्रे” (हेर्नुहोस्ः समान्तरता)

Mark 14:47

τῶν παρεστηκότων

“जो नजिकै उभिरहेको थिए”

Mark 14:48

ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς

“येशूले भीडलाई भन्‍नुभयो”

ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συνλαβεῖν με?

येशूले भीडलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “म डाँकु हो जस्तै गरी भाला र लाठीहरूसहित मलाई पक्रन आउनु वाहियात कुरो हो !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 14:49

ἀλλ’ ἵνα

“तर हुन गएको छ ताकि”

Mark 14:50

ἔφυγον πάντες

यसले चेलाहरूलाई बुझाउँछ ।

Mark 14:51

σινδόνα

एक किसिमको बिरुवाको रेसाहरूद्वारा बनाइएको कपडा

κρατοῦσιν αὐτόν

“जब मानिसहरूले त्यस मानिसलाई पक्रे”

Mark 14:52

ὁ δὲ καταλιπὼν τὴν σινδόνα

त्यो मानिस भाग्‍ने कोसिस गर्दा अरूहरूले उसको कपडामा समातेर त्यसलाई रोक्‍ने कोसिस गरेका हुन सक्छन् ।

Mark 14:53

मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूका भीडले येशूलाई प्रधान पूजाहारीकहाँ लगेपछि येशूको विरुद्धमा झुटो गवाही दिन खडा भएकाहरूलाई पत्रुसले नजिकै बसेर हेर्छन् ।

συνέρχονται πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς

यसलाई बुझ्नका लागि सजिलो पार्न मिलाउन सकिन्छ । “सबै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए”

Mark 14:54

καὶ

यहाँ यसलाई लेखकले पत्रुसको बारेमा भन्‍न सुरु गर्दा कथा फेरिएको देखाउन प्रयोग गरिएको छ ।

ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως

पत्रुसले येशूलाई पछ्याउँदा प्रधान पूजाहारीको आँगनमा रोकिए । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनी प्रधान पूजाहारीको आँगनसम्म गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἦν συνκαθήμενος μετὰ τῶν ὑπηρετῶν

पत्रुस आँगनमा काम गरिरहेका पहरेदारहरूसँगै बसे । वैकल्पिक अनुवादः “तिनी आँगनमा पहरेदारहरूसँगै बसे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:55

δὲ

यहाँ यसलाई कथामा फेरबदल आएको देखाउन प्रयोग गरेका छन् किनकि लेखकले येशूलाई केरकार गरेको कुरालाई निरन्तरता दिन्छन् ।

εἰς τὸ θανατῶσαι αὐτόν

तिनीहरू आफैँले येशूलाई मृत्युदण्ड दिने होइनन्, बरु अरूलाई गर्न लगाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई मार्न लगाउँथे” वा “तिनीहरूले कसैलाई येशूलाई मार्न लगाउन सक्थे” (हेर्नुहोस्ः लक्षणा)

οὐχ ηὕρισκον

तिनीहरूले येशूलाई दोष लगाएर मार्न सक्‍ने येशूको विरुद्धमा कुनै पनि दोष भेट्टाएनन् । वैकल्पिक अनुवादः “तर उहाँलाई दोष लगाउन सक्‍ने कुनै पनि दोष तिनीहरूले भेट्टाएनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:56

यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्‍न सक्‍ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः रूपक)

ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν

यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । “तर तिनीहरूको गवाही एउटाको अर्कोसँग बाझ्यो”

Mark 14:57

यहाँ झूटो गवाही बोल्ने कुरालाई कसैले बोक्‍न सक्‍ने भौतिक कुरालाई झैँ गरी व्याख्या गरिएको छ । वैकल्पिक अनुवादः “उहाँको विरुद्धमा झुटो गवाही दिएर उहाँलाई दोष लगाए” (हेर्नुहोस्ः रूपक)

Mark 14:58

ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος

“हामीले येशूले भनेको सुन्यौँ ।” यहाँ “हामी”ले येशूको विरुद्धमा झूटो गवाही ल्याउनेहरूलाई जनाउँछ, जसमा जसलाई तिनीहरूले भनिरहेका छन् तिनीहरू पर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

τὸν χειροποίητον…ἀχειροποίητον

यहाँ “हात”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा बनाइएको ... मानिसको सहायता बिना” वा “मानिसहरूद्वारा निर्माण गरिएको ... मानिसको सहायता बिना” (हेर्नुहोस्ः उपलक्षण)

διὰ τριῶν ἡμερῶν

“तीन दिन भित्र ।” यसको अर्थ हुन्छ, कि मन्दिर तीन दिनभित्र निर्माण गरिने थियो ।

ἄλλον…οἰκοδομήσω

“मन्दिर” शब्दलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । यसलाई दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “अर्को मन्दिर निर्माण गर्नेछु” (हेर्नुहोस्ः शब्दलोप)

Mark 14:59

οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν

“एक-अर्कामा बाझ्यो ।” यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ ।

Mark 14:60

जब येशूले उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भनी बताउनुहुन्छ प्रधान पूजाहारी र त्यहाँ भएका सबै अगुवाले उहाँ मृत्युको योग्य भएको दोष लगाउँछन् ।

ἀναστὰς…εἰς μέσον

येशू क्रुद्ध भीडसँग बोल्न तिनीहरूका माझमा खडा हुनुभयो । येशू बोल्नलाई खडा हुनुहुँदा को-को उपस्थित थिए भनी देखाउन अनुवाद गर्नुहोस् । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूका माझमा खडा हुनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐκ ἀποκρίνῃ οὐδέν? τί οὗτοί σου καταμαρτυροῦσιν?

प्रधान पूजाहारीले साक्षीहरूले भनेका कुराबारे जानकारी लिइरहेका छैनन् । उनले साक्षीहरूले भनिरहेका कुरा गलत प्रमाणित गर्न चुनौती दिइरहेका छन् । वैकल्पिक अनुवादः “के तिमी जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा भनेका गवाहीको बारेमा तिमी के भन्छौ ?” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:61

τοῦ Εὐλογητοῦ

यहाँ परमेश्‍वरलाई “धन्यको” भनिएको छ । यहाँ “पुत्र”लाई तपार्इंको भाषामा मानव बुबाको “छोरा”लाई स्वाभाविक रूपमा प्रयोग गर्ने शब्द नै प्रयोग गरेर अनुवाद गर्नु राम्रो हुन्छ । वैकल्पिक अनुवादः “धन्यका पुत्र” वा “परमेश्‍वरका पुत्र” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण अनि पुत्र र पिताको अनुवाद)

Mark 14:62

ἐγώ εἰμι

यसको दोहोरो अर्थ हुन सक्छः १) प्रधान पूजाहारीको प्रश्‍नको जवाफ दिनु र (२) परमेश्‍वरले पुरानो करारमा आफूलाई “म हुँ” भन्‍नुभए झैँ आफैँलाई भन्‍नु ।

ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως

यहाँ “शक्ति” एउटा प्रतिस्थापकीय शब्द हो जसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्छ । “परमेश्‍वरको दाहिने हात”पट्टि बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्‍पिक अनुवादः “उहाँ सर्वशक्तिमान् परमेश्‍वरको छेउमा सम्‍मानको स्थानमा बस्‍नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि प्रतीकात्मक कार्य)

ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ

यहाँ येशूको आउनुहुँदा बादल पनि सँगै आउने कुराको रूपमा यसलाई वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “जब उहाँ आकाशमा बादलहरू हुँदै तल आउनुहुन्छ” (हेर्नुहोस्ः रूपक)

Mark 14:63

διαρρήξας τοὺς χιτῶνας αὐτοῦ

प्रधान पूजाहारीले येशूले भनेको कुरा सुनेर रिस र त्रास देखाउन जानाजान आफ्नो लुगा च्याते । वैकल्पिक अनुवादः “रीसले तिनको लुगा च्याते”

τί ἔτι χρείαν ἔχομεν μαρτύρων?

यसलाई कथनको रूपमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई यस मानिसको विरुद्धमा गवाही दिने अरू मानिसहरूको निश्‍चय नै आवश्यक छैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Mark 14:64

ἠκούσατε τῆς βλασφημίας

यसले येशूले भन्‍नुभएको कुरालाई देखाउँछ, जसलाई प्रधान पूजाहारीले ईश्‍वर-निन्दा भने । वैकल्पिक अनुवादः “त्यसले बोलेको ईश्‍वर-निन्दा तपार्इंहरूले सुन्‍नुभएकै छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οἱ…πάντες

कोठामा भएका सबै मानिसहरू

Mark 14:65

ἤρξαντό τινες

कोठामा भएका केही मानिसहरू

περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον

तिनीहरूले उहाँले नदेख्‍नुभएको होस् भनी अनुहार छोपे । वैकल्पिक अनुवादः “उहाँको अनुहार केही कुराले छोप्‍नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

προφήτευσον

तिनीहरूले उहाँलाई कसले कुटिरहेका छन् भनी भविष्‍यवाणी गर् भनी गिज्याए । वैकल्पिक अनुवादः “तँलाई कसले कुट्यो भविष्‍यवाणी गर्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οἱ ὑπηρέται

ती मानिसहरू जसले बडाहाकिमको घरको पहरेदारी गर्थे

Mark 14:66

येशूले भन्‍नुभए झैँ भाले दुई पटक बास्‍नुअगि नै पत्रुसले येशूलाई तीन पटक इन्कार गर्छन् ।

κάτω ἐν τῇ αὐλῇ

“आँगन बाहिर”

μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως

नोकर्नी केटीहरूले प्रधान पूजाहारीको निम्ति काम गर्थे । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीकहाँ काम गर्ने नोकर्नीहरूमध्ये एक जना” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:68

ἠρνήσατο

यसको अर्थ केही कुरा सत्य होइन भन्‍नु हो । यस अवस्थामा पत्रुसले त्यस नोकर्नीले भनेकी कुरा सत्य होइन भन्दै थिए ।

οὔτε οἶδα, οὔτε ἐπίσταμαι σὺ τί λέγεις

“बुझ्‍नु” र “जान्‍नु” दुवैको अर्थ यहाँ एउटै हो । पत्रुसले भनेका कुरालाई जोड दिन अर्थ दोहोर्‍याइएको छ । वैकल्पिक अनुवादः “तिमीले के भनिरहेका छौ, म साँच्‍चै बुझ्दिनँ” (हेर्नुहोस्ः प्रतिरूपी)

Mark 14:69

ἡ παιδίσκη

यो पत्रुसलाई अगाडि चिन्‍ने नोकर्नी केटी नै हो ।

οὗτος ἐξ αὐτῶν ἐστιν

मानिसहरूले पत्रसु पनि येशूका चेलाहरूमध्येका एक थिए भनी पहिचान गरिरहेका थिए । यसलाई अझ प्रस्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “येशूका चेलाहरूमध्ये एक जना” वा “तिनीहरूले गिरफ्तार गरेका मानिससँग भएकाहरूमध्ये एक जना” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 14:71

ἀναθεματίζειν

यदि तपार्इंको भाषामा सराप्‍ने व्यक्तिको नाउँ लिनुपर्छ भने परमेश्‍वरलाई उल्लेख गर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनलाई सराप दिऊन् भनी” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 14:72

εὐθὺς…ἀλέκτωρ ἐφώνησεν

भाले भनेको बिहान सबेरै कराएर बास्‍ने एउटा चरा हो । त्यसले निकालेको ठूलो आवाज चाहिँ बास्‍नु हो ।

ἐκ δευτέρου

यहाँ “दोस्रो” क्रमबोधक सङ्ख्या हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)

ἐπιβαλὼν

तिनी शोक र पीडाले आजित भएर तिनले संवेगको नियन्त्रण नै गुमाए । वैकल्पिक अनुवादः “तिनी पीडाले आजित भए” वा “तिनले आफ्नो संवेगको नियन्त्रण गुमाए” (हेर्नुहोस्ः टुक्काहरू)

Mark 15

मर्कुस १५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“मन्दिरको पर्दा दुई भागमा च्यातियो”

मन्दिरमा भएको पर्दा एउटा महत्त्वपूर्ण प्रतीक थियो जसले देखाउँथ्यो कि मानिसहरूलाई परमेश्‍वरसँग तिनीहरूको लागि बोलिदिनलाई कसैको खाँचो हुन्थ्यो । तिनीहरू परमेश्‍वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्दैनथे किनभने सबै मानिसहरू पापपूर्ण हुन्छन् र परमेश्‍वरले पापलाई घृणा गर्नुहुन्छ । येशूले मानिसहरूका पापहरूको मूल्य तिरिसक्‍नुभएको हुनाले येशूका मानिसहरूले अब परमेश्‍वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्छन् भनेर देखाउनलाई परमेश्‍वरले पर्दालाई च्यात्‍नुभयो ।

चिहान

येशू गाडिनुभएको चिहान (मर्कुस १५:४६) त्यस्तो खालको चिहान थियो जसमा धनी यहूदी परिवारकाहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चाहिँ चट्टानमा खोपिएको एउटा वास्तविक कोठा नै थियो । यसको एकापट्टि फराकिलो ठाउँ हुन्थ्यो जहाँ तिनीहरूले लाशलाई तेल र मसालाहरू लगाएर कपडामा बेह्रिसकेपछि त्यसलाई राख्‍न सक्थे । तब तिनीहरूले चिहानको अगाडिपट्टि एउटा ठुलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्‍न वा प्रवेश गर्न नसकोस् ।

यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

खिसी गरेको

येशूको आराधना गरेको (मर्कुस १५:१९) र एक राजासँग कुरा गरेको ढोङ्ग गरेर (मर्कुस १५:१८), सिपाहीहरू र यहूदीहरूले देखाए कि तिनीहरूले येशूलाई घृणा गर्थे र उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो भनेर विश्‍वास गर्दैनथे । (हेर्नुहोस्ः व्यङ्ग्य अनि खिल्ली उडाउने, खिल्ली उडाउने, उपहास गर्ने, उपहास गर्ने, उपहास गर्ने, हाँसो उठाउने)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

इलोई, इलोई, लामा सबखथनी ?

यो वाक्यांश आरमेइकमा छ । धेरैले यसको उच्‍चारणलाई ग्रीक अक्षरहरूको प्रयोग गरेर लेख्‍छन् । उनले त्यसपछि त्यसको अर्थलाई व्याख्या गर्छन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

Mark 15:1

जब मुख्य पूजाहारीहरू, धर्मगुरुहरू, शास्‍त्रीहरू, र परिषद्ले येशूलाई पिलातसकहाँ सुम्पे, तिनीहरूले येशूलाई थुप्रै खराब कुराहरू गर्नुभएको आरोप लगाए । जब पिलातसले तिनीहरूले भनेका कुराहरू सत्य हुन् भनी सोधे, येशूले तिनलाई जवाफ दिनुभएन ।

δήσαντες τὸν Ἰησοῦν, ἀπήνεγκαν

तिनीहरूले येशूलाई बाँध्‍ने आज्ञा दिए, तर उहाँलाई वास्तवमै बाँध्‍ने र लानेहरूचाहिँ पहरेदारहरू भएका हुन सक्थे । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई बाँध्‍ने आज्ञा दिए र उहाँलाई लगियो” वा “तिनीहरूले पहरेदारहरूलाई येशूलाई बाँध्‍ने आज्ञा दिए र तिनीहरूले उहाँलाई लगे” (हेर्नुहोस्ः लक्षणा)

παρέδωκαν Πειλάτῳ

तिनीहरूले येशूलाई पिलातसकहाँ लैजान लगाए र तिनको नियन्त्रणमा छाडे ।

Mark 15:2

σὺ λέγεις

सम्भावित अर्थहरू हुन् १) यसो भन्‍नुभएर, येशूले भन्दै हुनुहुन्थ्यो कि पिलातसले नै, येशूले होइन, उहाँलाई यहूदीहरूका राजा भनेर बोलाउँदै थिए । वैकल्‍पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्‍नुभएको छ” वा २) यसो भन्‍नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भनेर अर्थ लगाउनुभयो । वैकल्‍पिक अनुवादः “हो, जस्तो तपाईंले भन्‍नुभयो, म हुँ” वा “हो, यो तपाईंले भनेको जस्तै हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:3

κατηγόρουν αὐτοῦ…πολλά

“येशूलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए” वा “येशूले धेरै खराब कुराहरू गर्नुभएको थियो भनेर भनिरहेका थिए”

Mark 15:4

ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν

“पिलातसले फेरि येशूलाई सोधे”

οὐκ ἀποκρίνῃ οὐδέν?

यसलाई सकारात्मक तवरले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के तिमीसँग जवाफ छ ?”

ἴδε

“हेर” वा “सुन” वा “मैले तिमीलाई बताउन लागेको कुरामा ध्यान देऊ”

Mark 15:5

ὥστε θαυμάζειν τὸν Πειλᾶτον

येशूले कुनै जवाफ नदिनुभएको र प्रतिरक्षा नगर्नुभएकोले पिलातस छक्‍कै परे ।

Mark 15:6

भीडले येशूलाई मुक्त गर्नू भन्छ भनी पिलातसले आशा गरेका थिए, तर भीडले बारब्बालाई माग्यो ।

δὲ

लेखकले चाडको अवसरमा कैदीलाई मुक्त गर्ने पिलातसको परम्परा र बारब्बाको बारेमा पृष्‍ठभूमि जानकारी दिँदा कथामा भएको फेरबदललाई देखाउन यस शब्दको प्रयोग गरिएको हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

Mark 15:7

ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος

“त्यस बेला त्यहाँ बारब्बा नाउँ गरेका एक जना मानिस थिए, जो अरू मानिसहरूसँगै झ्यालखानामा थिए । तिनीहरूले रोमी सरकारको विरुद्धमा विद्रोह गर्दा हत्या गरेका थिए”

Mark 15:8

αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς

यसले पिलातसले चाडहरूमा एउटा कैदीलाई मुक्त गर्ने कुरालाई जनाउँछ । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले विगतमा गरेजस्तै एक जना कैदीलाई मुक्त गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:10

ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς

यो येशूलाई किन पिलातसकहाँ सुम्पिएको थियो भन्‍ने बारेमा भएको पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς

तिनीहरूले येशूको डाह गरे, किनभने धेरै जना मानिस उहाँको पछि लागेका थिए र उहाँका चेलाहरू बनिरहेका थिए । वैकल्पिक अनुवादः “मुख्य पूजाहारीहरू येशूप्रति डाही भए । त्यसैले, तिनीहरूले” वा “मुख्य पूजाहारीहरू येशूको लोकप्रियताप्रति डाही भए । त्यसैले, तिनीहरूले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:11

ἀνέσεισαν τὸν ὄχλον

यहाँ लेखकले त्यस भीडलाई कुनै भाँडामा चलाइएको वस्तुजस्तै गरी भीडलाई उक्साएको वा आग्रह गरेको बताउँछन् । वैकल्पिक अनुवादः “भीडलाई सुर्‍याए” वा “भीडलाई आग्रह गरे” (हेर्नुहोस्ः रूपक)

μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς

तिनीहरूले येशूको साटोमा बारब्बालाई छोडिदिनको लागि माग गरे । वैकल्पिक अनुवादः “येशूको सट्टामा मुक्त गरे” (हेर्नुहोस्ः शब्दलोप)

Mark 15:12

भीडले येशूको मृत्युको माग गर्छ । त्यसैले, पिलातसले येशूलाई सिपाहीहरूको हातमा सुम्पन्छन् जसले उहाँलाई गिल्ला गर्छन्, पिट्छन्, काँढाको मुकुट लगाइदिन्छन् र क्रुसमा टाँग्‍न लान्छन् ।

τί οὖν ποιήσω λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων?

यो बारब्बा तिनीहरूलाई छोडिदिने हो भने येशूलाई चाहिँ के गर्ने भनी तिनले सोध्छन् । यसलाई स्‍पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले बारब्बालाई छोड्‍ने हो भने यहूदीहरूका राजालाई के गरूँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:14

ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς

“पिलातसले भीडलाई भने”

Mark 15:15

τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι

“उनले जे गरेको भीडले चाहन्थ्यो सो गरेर तिनीहरूलाई खुशी बनाउनु”

τὸν Ἰησοῦν φραγελλώσας

पिलातसले वास्तवमा कोर्रा लगाएनन्, तर तिनका सिपाहीहरूले कोर्रा लगाए ।

φραγελλώσας

“कोर्राले पिट्नु ।” “कोर्रा लगाउनु”को अर्थ एकदमै पिडादायी कोर्राले पिट्नुभन्‍ने हुन्छ ।

παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ

पिलातसले तिनका सिपाहीहरूलाई येशूलाई क्रुसमा झुण्ड्याउन उहाँलाई लैजान आदेश दिए । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “तिनका सिपाहीहरूलाई उहाँलाई लैजान र क्रुसमा टाँग्‍न आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 15:16

τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον

यो चाहिँ रोमी सिपाहीहरू यरूशलेममा बस्‍ने ठाउँ थियो, र जहाँ बडाहाकिम पनि बस्थे जब तिनी यरूशलेममा हुन्थे । वैकल्पिक अनुवादः “सिपाहीहरूको ब्यारेकको चोक” वा “बडाहाकिमको निवासस्थानको आँगन”

ὅλην τὴν σπεῖραν

“सबै सिपाहीहरूको टोली”

Mark 15:17

ἐνδιδύσκουσιν αὐτὸν πορφύραν

बैजनी राजकीय रङ थियो । सिपाहीहरूले येशू राजा हुनुहुन्थ्यो भनेर विश्‍वास गर्दैनथे । तिनीहरूले उहाँलाई गिज्याउनलाई त्यसरी पोशाक पहिराए किनभने अरूहरूले उहाँ यहूदीहरूको राजा हुनुहुन्थ्यो भनेर भने ।

ἀκάνθινον στέφανον

“काँडेदार हाँगाहरूले बनाएको मुकुट”

Mark 15:18

Χαῖρε, Βασιλεῦ τῶν Ἰουδαίων

हात माथि उठाएर “सलाम” भनेर कैसरलाई मात्र अभिवादन गरिन्थ्यो । सिपाहीहरूले येशू यहूदीहरूका राजा हुनुहुन्थ्यो भनेर विश्‍वास गर्दैनथे । बरु तिनीहरूले उहाँको गिल्‍ला गर्न यसो भने । (हेर्नुहोस्ः व्यङ्ग्य)

Mark 15:19

καλάμῳ

“लट्ठी” वा “लौरो”

τιθέντες τὰ γόνατα

घुँडा टेक्ने व्यक्तिले उसका घुँडाहरूलाई खुम्चाउँछ, त्यसैले कहिलेकाहीँ घुँडा टेक्‍नेहरूले “तिनीहरूको घुँडा” खुम्चाएका भनेर भनिन्छ । वैकल्पिक अनुवादः “घुँडा टेके” वा “घुँडा टेकाए” (हेर्नुहोस्ः रूपक)

Mark 15:21

ἀγγαρεύουσιν…ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ

रोमी कानुनअनुसार एउटा सिपाहीले बाटोमा आउने मानिसलाई भारी बोक्‍न लगाउन सक्थ्यो । यहाँ तिनीहरूले सिमोनलाई क्रुस बोक्‍न कर गरे ।

ἀπ’ ἀγροῦ

“सहर बाहिरबाट”

ἀγγαρεύουσιν, παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου

यो सिपाहीहरूले येशूको क्रुस बोक्‍न कर लगाएका मानिसको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

Σίμωνα…Ἀλεξάνδρου…Ῥούφου

यिनीहरू मानिसहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Κυρηναῖον

यो एउटा ठाउँको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 15:22

सिपाहीहरूले येशूलाई गलगथा ल्याए जहाँ तिनीहरूले अन्य दुई जना मानिससँगै येशूलाई क्रुसमा टाँगे । धेरैले उहाँलाई गिल्ला गरे ।

Κρανίου Τόπος

“खप्परे ठाउँ” वा “खप्परहरूको ठाउँ ।” यो ठाउँको नाउँ हो । यसको अर्थ त्यहाँ धेरै खप्पर छन् भन्‍ने होइन । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Κρανίου

खप्‍पर भनेको शिरको हड्डीहरू हो, वा कुनै मांसपेशी नभएको टाउको हो ।

Mark 15:23

ἐσμυρνισμένον οἶνον

सिर्का अर्थात् मूर्र दुखाइ कम गर्ने औषधी हो भनी बताउनु उपयुक्त हुन सक्छ । वैकल्पिक अनुवादः “मूर्र नामको औषधि मिसाइएको दाखमद्य” वा “पीडा मुक्त गर्ने औषधि मिसाइएको दाखमद्य” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:25

ὥρα τρίτη

तेस्रो क्रमबोधक सङ्ख्या हो । यसले बिहानको नौ बजेलाई बुझाउँछ । वैकल्पिक अनुवादः “बिहान नौ बजे” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)

Mark 15:26

τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη

“उहाँले गर्नुभएको भनेर तिनीहरूले उहाँलाई आरोप लगाइरहेको अपराध”

Mark 15:27

ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ

यसलाई अझ स्पष्‍ट पारेर लेख्‍न सकिन्छ । वैकल्पिक अनुवादः “एक जनालाई उहाँको दाहिनेपट्टि एउटा क्रुसमा र अर्कोलाई उहाँको देब्रेपट्टि एउटा क्रुसमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:29

κινοῦντες τὰς κεφαλὰς αὐτῶν

यो मानिसहरूले येशूलाई अस्वीकार गरेको देखाउनलाई तिनीहरूले गर्ने साङ्केतिक कार्य हो ।

οὐὰ

यो गिल्ला गरेको अभिव्यक्ति हो । तपार्इंको भाषाको स्वाभाविक अभिव्यक्ति प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः विस्मयादि)

ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις

मानिसहरूले येशूले पहिले गर्छु भनी भविष्यवाणी गर्नुभएको कुरालाई उद्धृत गर्छन् । वैकल्पिक अनुवादः “तिमीले त मन्दिरलाई नष्‍ट गरेर तीन दिनमा निर्माण गर्छु भन्थ्यौ त” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:31

ὁμοίως

यसले येशूको नजिकैबाट जाने मानिसहरूले उहाँलाई जिस्काइरहेको तरिकालाई जनाउँछ ।

ἐμπαίζοντες πρὸς ἀλλήλους

“तिनीहरूले आपसमा येशूको बारेमा गिल्ला गर्ने कुराहरू गरिरहेका थिए”

Mark 15:32

ὁ Χριστὸς, ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω

अगुवाहरूले येशू चाहिँ ख्रीष्‍ट, इस्राएलका राजा हुनुहुन्छ भनेर विश्‍वास गर्दैनथे । वैकल्‍पिक अनुवादः “उसले आफैँलाई ख्रीष्‍ट र इस्राएलका राजा भन्छ । त्यसैले ऊ तल आओस्” वा “यदि ऊ वास्तवमै ख्रीष्‍ट र इस्राएलका राजा हो भने, ऊ तल आउनुपर्छ” (हेर्नुहोस्ः व्यङ्ग्य)

πιστεύσωμεν

यसले येशूलाई विश्‍वास गर्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँमा विश्‍वास गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὠνείδιζον

ठट्टा गरे, अपमान गरे

Mark 15:33

दिउँसो देखि तीन बजे जब येशू ठूलो सोरमा कराउनुहुन्छ र मर्नुहुन्छ, त्यस बेलासम्म सारा देशलाई अन्धकारले ढाक्छ । जब येशू मर्नुहुन्छ, मन्दिरको पर्दा माथि देखि तलसम्म च्यातिन्छ ।

ὥρας ἕκτης

यसले मध्यान्‍न वा १२ बजेलाई जनाउँछ ।

σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν

यहाँ लेखकले बाहिर अँध्यारो हुनुलाई अन्धकार छाल झैँ जमिनमाथि आएको जस्तै गरी व्याख्या गर्छन् । वैकल्पिक अनुवादः “सारा जगत् नै अन्धकार भयो” (हेर्नुहोस्ः रूपक)

Mark 15:34

τῇ ἐνάτῃ ὥρᾳ

यसले अपरान्हको ३ बजेलाई जनाउँछ । वैकल्पिक अनुवादः “अपरान्ह तिन बजे” वा “मध्य दिउँसोमा”

Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνει

यी आरमेइक भाषाका शब्दहरू हुन् जसलाई जस्ताको त्यस्तै आफ्नो भाषामा सार्नु होला । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)

ἐστιν μεθερμηνευόμενον

“जसको अर्थ हुन्छ”

Mark 15:35

καί τινες τῶν παρεστηκότων, ἀκούσαντες ἔλεγον

मानिसहरूले येशूले भन्‍नुभएको कुराको गलत अर्थ लगाए भनेर स्पष्‍टसँग भन्‍न सकिन्छ । वैकल्पिक अनुवादः “जब त्यहाँ उभिनेहरूले उहाँले भन्‍नुभएको कुराहरू सुने, तिनीहरूले गलत बुझे र भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:36

ὄξους

“चुक”

καλάμῳ

“लौरो ।” निगालोबाट बनेको लौरो ।

ἐπότιζεν αὐτόν

“त्यो येशूलाई दिए ।” त्यो मानिसले लट्ठीलाई माथि उठाए, ताकि येशूले त्यो स्पन्जबाट पिउन सक्‍नुभएको होस् । वैकल्पिक अनुवादः “येशूतिर उठाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:38

τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο

परमेश्‍वर स्वयम्‌ले पर्दा च्यात्‍नुभयो भनेर मर्कुसले देखाइरहेका छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मन्दिरको पर्दालाई दुई भागमा च्यात्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 15:39

ὁ κεντυρίων

यिनी येशूलाई क्रुसमा टाँग्‍ने सिपाहीहरूको निरीक्षण गर्ने कप्‍तान हुन् ।

ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ

यहाँ “अगाडि उभिनु” भनेको वाक्‍पद्धति हो जसको अर्थ कुनै व्यक्तितिर हेर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जो येशूको अगाडि उभिए” (हेर्नुहोस्ः टुक्काहरू)

ὅτι οὕτως ἐξέπνευσεν

“येशू कसरी मर्नुभएको थियो” वा “जुन तरिकाले येशू मर्नुभएको थियो”

Υἱὸς Θεοῦ

यो येशूको निम्ति महत्त्वपूर्ण उपमा हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Mark 15:40

ἀπὸ μακρόθεν θεωροῦσαι

“निकै परबाट हेरे”

ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ

“जो याकूब र योसेफकी आमा थिइन् ।” यसलाई कोष्‍ठविना पनि लेख्‍न सकिन्छ ।

Ἰακώβου τοῦ μικροῦ

“कान्छा याकूब ।” यो शायद अर्का याकूब नाउँ गरेका मानिसबाट छुट्ट्याउनलाई यस मानिसलाई “कान्छा” भनेर जनाइएको हुन सक्छ ।

Ἰωσῆ

यी योसेफ र येशूको साना भाइ एउटै व्यक्ति होइनन । तपाईंले यही नामलाई मर्कुस ६:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Σαλώμη

सलोमी महिलाको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Mark 15:41

αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα

“जब येशू गालीलमा हुनुहुन्थ्यो, यी महिलाहरूले उहाँलाई पछ्याए ... उहाँसँग यरूशलेम आए ।” यो टाढै उभिएर येशूलाई क्रुसमा टाँगेका हेर्ने महिलाहरूको पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα

यरूशलेम इस्राएलको प्रायः सबै ठाउँभन्दा अग्‍लो ठाउँमा पर्छ, त्यसैले मानिसहरूले यरूशलेममाथि जानु, र त्यहाँबाट तल आउनु भन्‍थे ।

Mark 15:42

अरिमाथियाका योसेफले येशूको मृत शरीर माग्छन् र मलमलको कपडाले बेह्रेर चिहानमा राख्छन् ।

ἤδη ὀψίας γενομένης

यहाँ साँझलाई कुनै एक ठाउँबाट अर्कोमा “आउन” सक्‍ने वस्तुजस्तो गरी बताइएको छ । वैकल्पिक अनुवादः “साँझ परेको थियो” वा “साँझ भयो” (हेर्नुहोस्ः रूपक)

Mark 15:43

ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν Βασιλείαν τοῦ Θεοῦ; τολμήσας, εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον

“त्यहाँ आए”ले योसेफ पिलातसकहाँ आएको कुरा जनाउँछ, जसलाई पृष्‍ठभूमि जानकारी दिइएपछि पनि व्याख्या गरिएको छ, तर तिनी आएको कुरालाई जोड दिन र कथामा तिनलाई चिनाउन पहिले राखियो । तपार्इंको भाषामा यसो गर्ने फरक तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “अरिमाथियाका योसेफ एक सम्‍मानित ... थिए” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)

Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας

“अरिमाथियाबाट आएका योसेफ ।” योसेफ मानिसको नाउँ हो, र अरिमाथिया तिनको ठाउँको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν Βασιλείαν τοῦ Θεοῦ

यो योसेफको बारेमा भएको पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)

τολμήσας, εἰσῆλθεν πρὸς τὸν Πειλᾶτον

“पिलातसकहाँ गए” वा “पिलातस भएका ठाउँमा गए”

ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ

यो प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ कि तिनी शरीर पाउन चाहन्थे ताकि तिनले त्यसलाई गाड्न सकून् । वैकल्‍पिक अनुवादः “येशूको शरीरलाई गाड्नका लागि तिनले त्यो पाउन अनुमति मागे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:44

ὁ δὲ Πειλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν; καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα

पिलातसले येशू मर्नुभयो भनी मानिसहरूले भनेको सुने । यसले तिनलाई चकित पार्‍यो । त्यसैले, पिलातसले यो सत्य हो वा होइन भनी जान्‍न कप्‍तानलाई बोलाए । यसलाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू अगि नै मरिसक्‍नुभएको थियो भनेर सुन्दा पिलातस छक्‍क परे, त्यसैले तिनले कप्‍तानलाई बोलाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Mark 15:45

ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ

“तिनले योसेफलाई येशूको शरीर लान दिए”

Mark 15:46

σινδόνα

मलमल भनेको एक किसिमको बिरुवाको रेसाहरूद्वारा बनाइएको कपडा हो । तपाईंले यसलाई मर्कुस १४:५१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

καθελὼν αὐτὸν…προσεκύλισεν λίθον

तपाईंले यसलाई प्रस्ट पार्न आवश्‍यक हुन सक्छ कि योसेफले सम्भवतः येशूलाई क्रुसबाट तल झार्न र चिहानको निम्ति तयार गर्न र चिहान बन्द गर्न अरूबाट सहायता लिए । वैकल्पिक अनुवादः “तिनी र अरूहरूले उहाँलाई तल झारे ... अनि तिनीहरूले ढुङ्गा गुडाएर राखे” (हेर्नुहोस्ः लक्षणा)

μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पहिेले कडा चट्टान खोपेर बनाएको चिहान” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

λίθον ἐπὶ

“अगाडि ठूलो चेप्‍टो ढुङ्गा”

Mark 15:47

Ἰωσῆτος

यी योसेफ र येशूको साना भाइ एउटै व्यक्ति होइनन् । तपाईंले यही नामलाई मर्कुस ६:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ποῦ τέθειται

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ र अरू मानिसहरूले येशूको शरीर गाडेको ठाउँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 16

मर्कुस १६ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

चिहान

येशू गाडिनुभएको चिहान (मर्कुस १५:४६) त्यस्तो खालको चिहान थियो जसमा धनी यहूदी परिवारकाहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चाहिँ चट्टानमा खोपिएको एउटा वास्तविक कोठा नै थियो । यसको एकापट्टि फराकिलो ठाउँ हुन्थ्यो जहाँ तिनीहरूले लाशलाई तेल र मसालाहरू लगाएर कपडामा बेह्रिसकेपछि त्यसलाई राख्‍न सक्थे । तब तिनीहरूले चिहानको अगाडिपट्टि एउटा ठुलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्‍न वा प्रवेश गर्न नसकोस् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

सेतो वस्‍त्र पहिरिएका एकजना जवान मानिस

मत्ती, मर्कुस, लूका, र यूहन्‍ना सबैले येशूको चिहानमा स्‍त्रीहरूकहाँ सेता वस्‍त्र लगाएका स्वर्गदूतहरू देखा परेको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनी बोलाए, तर त्यो चाहिँ तिनीहरू मानव रूपमा भएको कारणले गर्दा मात्रै हो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । यी हरेक खण्‍डहरूलाई ठ्याक्‍कै एउटै कुरा भन्‍न लगाउने कोसिस नगरिकन तिनीहरू यूएलटीमा जसरी छन् त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कुस १६:५ अनि लूका २४:४ अनि यूहन्‍ना २०:१२)

Mark 16:1

हप्‍ताको पहिलो दिन महिलाहरू सबेरै आउँछन् किनभने तिनीहरूले येशूको शरीरमा सुगन्धित मसलाहरू लगाउने आशा गर्छन् । तिनीहरूले येशू जीवित हुनुभएको छ भन्‍ने जवान मानिसलाई देख्दा तिनीहरू छक्‍क पर्छन्, तर तिनीहरू डराएका हुनाले अरू कसैलाई केही पनि भन्दैनन् ।

καὶ διαγενομένου τοῦ Σαββάτου

त्यो भनेको हप्‍ताको सातौँ दिन, विश्रामको दिन सकिए पछि, हप्‍ताको पहिलो दिन सुरु भइसकेको थियो ।

Mark 16:4

ἀποκεκύλισται ὁ λίθος

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ, वैकल्पिक अनुवादः “कसैले ढुङ्गा हटाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Mark 16:6

ἠγέρθη

येशू मृत्युबाट जीवित भई उठ्नुभएको छ भनी स्वर्गदूतले निश्‍चयताका साथ भनिरहेका छन् । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ जीवित भई उठ्नुभयो !” वा “परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो !” वा “उहाँ आफैँ मृतकहरूबाट जीवित हुनुभयो !” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)