Luke
Luke front
लूकाको सुसमाचारको परिचय
भाग १: सामान्य परिचय
लूकाको पुस्तकको रूपरेखा
- परिचय र लेख्नुको उद्देश्य (१:१-४)
- येशूको जन्म र उहाँको सेवकाइको लागि उहाँको तयारी (१:५-४:१३)
- येशूको गालीलमा भएको सेवकाइ (४:१४–९:५०)
- येशूको यरूशलेमतर्फको यात्रा
- चेलापन (९:५१–११:१३)
- विवाद र येशूको शोक (११:१४–१४:३५)
- हराएको र पाइएको बारेमा दृष्टान्तहरू । इमान्दारी र बेइमानीको बारेमा दृष्टान्तहरू (१५:१–१६:३१)
- परमेश्वरको राज्य (१७:१–१९:२७)
- यशूको यरूशलेममा प्रवेश (१९:२८–४४)
- यरूशलेममा येशू (१९:४५–२१:४)
- उहाँको पुनरागमनको बारेमा येशूको शिक्षा (२१:५–३६)
- येशूको मृत्यु, दफन, र पुनरुत्थान (२२:१–२४:५३)
लूकाको सुसमाचार केको बारेमा हो ?
लूकाको सुसमाचार नयाँ करारमा भएका चार पुस्तकहरूमध्ये एक हो जसले येशू ख्रीष्टको जीवनको केही कुरालाई वर्णन गर्छ । सुसमाचारका लेखकहरूले येशू को हुनुहुन्थ्यो र उहाँले के गर्नुभयो भन्ने कुराको विभिन्न पक्षहरूको बारेमा लेखे । लूकाले उनको सुसमाचार थियोफिलस नाम गरेका एक व्यक्तिको लागि लेखे । लूकाले येशूको जीवनको बारेमा एउटा एकदमै ठीक विवरण लेखे ताकि के सत्य हो भनेर थियोफिलस निश्चित होऊन् । तापनि, सुसमाचारले सारा विश्वासीहरूलाई उत्साहित गरेको कुरालाई लूकाले अपेक्षा गरे, थियोफिलसलाई मात्र होइन ।
लूकाको सुसमाचार लूकाद्वारा लेखिएको दुई पुस्तकहरूमध्येको पहिलो हो, जसमा प्रेरितहरूको पुस्तक चाहिँ उनको दोस्रो पुस्तक हो । लूकाले अन्यजाति पाठकहरूको लागि लेखेका जस्तो देखिन्छ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “लूकाको सुसमाचार” वा “लूकाको अनुसार रहेको सुसमाचार” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, उदाहरणको लागि, “येशूको बारेमा भएको सुसमाचार जुन लूकाले लेखे ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
लूकाको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिँदैन । उही व्यक्ति जसले यो पुस्तक लेखे, उनैले प्रेरितहरूको पुस्तक पनि लेखे । प्रेरितहरूको पुस्तकको खण्डहरूमा, लेखकले “हामी” शब्दको प्रयोग गर्छन् । यसले सङ्केत गर्छ कि लेखकले पावलसँगै यात्रा गरेका थिए । अधिकांश विद्वानहरूले विचार गर्छन् कि लूका नै ती व्यक्ति थिए जसले पावलसँग यात्रा गरेका थिए । त्यसैले सुरुका ख्रीष्टिएन समयहरूदेखि, अधिकांश ख्रीष्टिएनहरूले विचार गरेका छन् कि लूका नै लूकाको पुस्तक र प्रेरितहरूको पुस्तकको लेखक थिए ।
लूका एक औषधोपचार गर्ने चिकित्सक थिए । उनको लेखन शैलीले देखाउँछ कि उनी एक शिक्षित मानिस थिए । उनी सम्भवतः एक अन्यजाति थिए । सम्भवतः लूका आफैँले येशूले भन्नुभएको र गर्नुभएको कुराहरू देखेनन् । तर उनले बताए कि उनले त्यस्ता धेरै मानिसहरूसँग कुरा गरे जसले देखेका थिए ।
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
लूकाको सुसमाचारमा भएका स्त्रीहरूको भूमिकाहरू के हुन् ?
लूकाले उनको सुसमाचारमा स्त्रीहरूलाई धेरै सकारात्मक रूपमा वर्णन गरे । उदाहरणको लागि, लूकाले धेरैपटक स्त्रीहरू अधिकांश पुरुषहरूभन्दा परमेश्वरप्रति बढी विश्वासयोग्य रहेका देखाए । (हेर्नुहोस्ः विश्वासयोग्य, विश्वासयोग्यता)
लूकाले येशूको जीवनको अन्तिम हप्ताको बारेमा किन त्यति धेरै लेखे ?
लूकाले येशूको अन्तिम हप्ताको बारेमा निकै लेखे । येशूको अन्तिम हप्ता र क्रूसमा भएको उहाँको मृत्युको बारेमा उनका पाठकहरूले गहिरो रूपले सोचेका उनले चाहे । मानिसहरूले यो बुझेको उनले चाहे कि येशू स्वइच्छाले क्रूसमा मर्नुभयो ताकि परमेश्वरले तिनीहरूलाई उहाँको विरुद्धमा पाप गरेको कुरालाई माफ गर्न सक्नुभएको होस् । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
सिनोप्टिक(उस्तै विचारधारा राख्ने) सुसमाचारहरू के-के हुन् ?
मत्ती, मर्कूस, र लूकाको सुसमाचारहरूलाई सिनोप्टिक सुसमाचारहरू भनिन्छ किनभने तिनीहरूमा समान किसिमका पाठ्यखण्डहरू छन् । “सिनोप्टिक” शब्दको अर्थ एकसाथ देख्नु हो ।
जब दुई वा तीन सुसमाचारहरूमा भएका पाठ्य खण्डहरू दुरुस्तै एउटै वा लगभग उस्तै हुन्छ, तिनीहरूलाई “समान” भएको भनिन्छ । जब यी खण्डहरूको अनुवाद हुन्छ, अनुवादकहरूले सम्भव भएसम्म एउटै शब्दहरको प्रयोग गर्नुपर्छ र तिनीहरूलाई समान बनाउनुपर्छ ।
किन येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ ?
सुसमाचारहरूमा, येशूले आफैँलाई “मानिसको पुत्र” भनी बोलाउनुभयो । यो दानिएल ७:१३-१४ लाई जनाएर उल्लेख गरिएको हो । यो खण्डमा त्यहाँ “मानिसको पुत्र” भनी वर्णन गरिएको एकजना व्यक्ति छ । यसको अर्थ हो कि त्यो व्यक्ति मानिस झैँ देखिने कोही थियो । जातिहरूमाथि सदाको लागि शासन गर्न परमेश्वरले मानिसको पुत्रलाई अधिकार दिनुभयो । र सारा मानिसहरूले सदासर्वदा उहाँलाई आराधना गर्नेछन् ।
येशूका समयका यहूदीहरूले “मानिसको पुत्र”लाई कसैको लागि पनि नामको रूपमा प्रयोग गर्दैनथे । त्यसैकारण, तिनीहरूलाई उहाँ वास्तवमा को हुनुहुन्छ भनी बुझ्नलाई तिनीहरूलाई सहायता गर्न येशूले त्यसलाई आफ्नो लागि प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र)
“मानिसको पुत्र” शीर्षकको अनुवाद गर्न धेरै भाषाहरूमा कठिन हुन सक्छ । पाठकहरूले शाब्दिक रूपमा उस्तै प्रकारले गरिएको अनुवादलाई गलत तरिकाले बुझ्न सक्छन् । अनुवादकहरूले विकल्पहरूको बारेमा विचार गर्न सक्छन्, जस्तै, “मानव” । शीर्षकको व्याख्या गर्न एउटा पादटिप्पणी राख्न पनि सहयोगी हुन सक्छ ।
लूकाको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरू अति प्राचीन पाण्डुलिपिहरूमा छैनन् । यूएलटी र यूएसटीले यी पदहरूलाई समावेश गर्छन्, तर केही अरू संस्करणहरूले गर्दैनन् ।
- “तब स्वर्गबाट एकजना स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई सामर्थ्य दिए । व्याकुल हुनुभएर, उहाँले अझ दृढताका साथ प्रार्थना गर्नुभयो, र उहाँका पसिना रगतका ठूल्ठूला थोपाहरू झैँ बनेर भुइँमा खसिरहेका थिए ।” (२२:४३–४४)
- “येशूले भन्नुभयो, ‘पिता, यिनीहरूलाई क्षमा दिनुहोस्, किनकि तिनीहरूले के गरिरहेका छन् भनेर तिनीहरूले जान्दैनन् ।’” (२३:३४)
निम्न दिइएको पद धेरै नयाँ संस्करणहरूमा समावेश गरिएको छैन । केही संस्करणहरूले यसलाई ठूला कोष्ठकहरूभित्र राख्छन् । अनुवादकहरूलाई यो पदको अनुवाद नगर्न सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा यो पद भएको बाइबलका पुराना संस्करणहरू छन् भने, अनुवादकले त्यसलाई समावेश गर्न सक्छन् । यदि तिनीहरूको अनुवाद हुन्छ भने, त्यो लूकाको सुसमाचारबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्छ ।
- “किनकि उनले चाडको समयमा एकजना कैदीलाई स्वतन्त्र गर्नुपर्थ्यो” (२३:१७)
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Luke 1
लूका ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई दायाँतिर टाढामा राख्छन् । यूएलटीले १:४६-५५, ६८-७९ मा भएको कवितालाई यसो गर्दछ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उसलाई यूहन्ना भनिनेछ”
प्राचीन मध्यपूर्व क्षेत्रमा भएका अधिकांश मानिसहरूले कुनै बालकलाई तिनीहरूकै घरानाहरूमा भएको उही नाम राख्थे । एलीशिबा र जकरियाले तिनीहरूको छोराको नाम यूहन्ना राखेकोमा मानिसहरू चकित भएका थिए किनभने त्यो नाम गरेको कोही व्यक्ति तिनीहरूको परिवारमा थिएन ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
लूकाको भाषा सरल र सिधा खालको छ । उनले थुप्रै भाषाका अलङ्कारहरूको प्रयोग गर्दैनन् ।
Luke 1:1
उनले थियोफिलसलाई किन लेख्छन् भनेर लूकाले व्याख्या गर्छन् ।
περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων
“ती कुराहरूको विषयमा जुन हाम्रा माझमा घटेका छन्” वा “ती घटनाहरूको बारेमा जुन हाम्रा माझमा घटेका छन्”
ἐν ἡμῖν
थियोफिलस को थिए भनी पक्का गरी कसैले पनि जान्दैन । यदि तिनी ख्रीष्टिएन थिए भने, “हामी” शब्दले यहाँ तिनलाई समावेश गर्छ र त्यसैले समावेशी हुन्छ, तर यदि थिएनन् भने, त्यो असमावेशी हुन्छ । (हेर्नुहोस्ः समावेशी “हामी” अनि "हामी" को समावेशी र असमावेशी रूप)
Luke 1:2
οἱ…αὐτόπται…γενόμενοι
एउटा “प्रत्यक्षदर्शी” भनेको त्यो व्यक्ति हो जसले केही कुरा भएको देख्यो, र वचको सेवक त्यो व्यक्ति हो जसले मानिसहरूलाई परमेश्वरको सन्देश बताएर परमेश्वरको सेवा गर्छ । तिनीहरू कसरी वचनका सेवकहरू थिए भनी तपाईंले प्रस्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जे भएको थियो सो देखे र मानिसहरूलाई उहाँको सन्देश बताएर परमेश्वरको सेवा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὑπηρέται…τοῦ λόγου
“वचन” शब्द धेरै शब्दहरूले बनेको सन्देशको लागि एउटा प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “सन्देशका सेवकहरू” वा “परमेश्वरको सन्देशका सेवकहरू” (हेर्नुहोस्ः उपलक्षण)
Luke 1:3
παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς
“होशियारीपूर्वक अनुसन्धान गरे ।” यसको मतलब जे भएको थियो, त्यसबारे ठीकसँग पत्ता लगाउन लूका सावधान थिए । सम्भवतः के भएको थियो भनी निश्चय गर्नलाई उनले विभिन्न मानिसहरूसँग कुराकानी गरे होलान् ताकि उनले यी घटनाहरूबारे लेखेका कुराहरू ठीक होऊन् ।
κράτιστε Θεόφιλε
थियोफिलसलाई आदर र सम्मान देखाउनलाई लूकाले यसो भने । यसको अर्थ थियोफिलस एक प्रतिष्ठित सरकारी अधिकृत भएको हुन सक्छ । यो खण्डले तपाईंले संस्कारमा उच्च ओहदाका मानिसहरूलाई सम्बोधन गर्न प्रयोग गरिने शैलीको प्रयोग गर्नुपर्छ । केहीले यो सम्बोधनलाई यसरी सुरुमा पनि राख्न चाहन्छन्, “ ... थियोफिलसलाई” वा “प्रिय ... थियोफिलस ।”
κράτιστε
“आदरणीय” वा “माननीय”
Θεόφιλε
यसको अर्थ हुन्छ, “परमेश्वरका मित्र ।” यसले यी मानिसको चरित्रलाई पनि बताउन सक्छ वा यो उनको वास्तविक नाम पनि हुन सक्छ । अधिकांश अनुवादहरूले यसलाई नामको रूपमा लिएका छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 1:5
जकरिया र एलीशिबाको परिचय दिइन्छ । यी पदहरूले तिनीहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
स्वर्गदूतले यूहन्नाको जन्मको भविष्यवाणी गर्छन् ।
ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας
पदावली “समयमा”लाई एउटा नयाँ घटनालाई सङ्केत गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “यहूदामा हेरोद राजाले शासन गरेको समय अवधिमा” (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐγένετο…ἱερεύς τις
“त्यहाँ एकजना खास ... थिए” वा “त्यहाँ एकजना ... थिए ।” यो कथामा एउटा महत्त्वपूर्ण पात्रलाई परिचय गराउने शैली हो । तपाईंको भाषामा यसलाई कसरी व्यक्त गरिन्छ त्यसबारे विचार गर्ननुहोस् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἐξ ἐφημερίας Ἀβιά
यसले पूजाहारीहरूलाई जनाउँछ भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूको दल” वा “पूजाहारीहरूको समूह” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ἀβιά
“जो अबियाबाट जन्मेका वा अबियाका सन्तान थिए ।” अबिया पूजाहारीहरूको यो समूहको एक पूर्खा थिए र तिनीहरू सबै हारूनका सन्तानहरू थिए, जो इस्राएलीहरूका प्रथम पूजाहारी थिए ।
ἐκ τῶν θυγατέρων Ἀαρών
“उनकी पत्नी हारूनको सन्तान थिएन ।” यसको अर्थ हो कि तिनी जकरिया जस्तै पूजाहारीहरूको उही वंशबाटकी थिइन् । वैकल्पिक अनुवादः “उनकी पत्नी पनि हारूनको वंशबाट आएकी थिइन्” वा “जकरिया र उनकी पत्नी एलीशिबा दुवै हारूनको वंशबाट आएका थिए ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών
“हारूनको वंशबाट”
Luke 1:6
ἐναντίον τοῦ Θεοῦ
“परमेश्वरको दृष्टिमा” वा “परमेश्वरको रायमा”
πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου
“परमप्रभुले आज्ञा गर्नुभएका र खोज्नुभएका सबै कुरा”
Luke 1:7
καὶ
यो भिन्नता देखाउने शब्दले यसपछि आउने कुराहरूचाहिँ अपेक्षा गरिएको भन्दा विपरीत छन् भनी देखाउँछ । मानिसहरूले अपेक्षा गरेका थिए कि तिनीहरूले जे ठीक छ त्यो गरे भने परमेश्वरले तिनीहरूलाई सन्तान दिनुहुने थियो । तथापि, यो जोडीले जे ठीक थियो त्यही गरेका थिए र पनि तिनीहरूको कुनै सन्तान भएको थिएन ।
Luke 1:8
ἐγένετο δὲ
यो वाक्यांशलाई पृष्ठभूमि जानकारीबाट सहभागीहरूमा कथा सरेको कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
ἐν τῷ ἱερατεύειν αὐτὸν…ἔναντι τοῦ Θεοῦ
जकरिया परमेश्वरको मन्दिरमा थिए भनी बुझिएको छ र पूजाहारीका यी कामहरू परमेश्वरको आराधना गर्ने कुराको हिस्सा थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ
“जब त्यो उनको समूहको पालो थियो” वा “जब उनको समूहको सेवा गर्ने समय आयो”
Luke 1:9
κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε
यो वाक्यले पूजाहारीको कामहरूको बारेमा हामीलाई जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
“पारम्परिक तरिका” वा “तिनीहरूको सामान्य तरिका”
ἔλαχε
चिट्ठा एउटा चिन्ह लगाइएको ढुङ्गा हो जसलाई कुनै कुरा निर्णय गर्नलाई भुइँमा फ्याँकिन्छ वा गुडाइन्छ । तिनीहरूले कुन पूजाहारी छानेको परमेश्वरले चाहनुहुन्छ भनी देखाउन उहाँले चिट्ठालाई प्रयोग गर्नुहुन्छ भन्ने पूजाहारीहरूले विश्वास गर्थे ।
τοῦ θυμιᾶσαι
हरेक बिहान र साँझ पूजाहारीहरूले परमेश्वरलाई भेटी स्वरूप मन्दिरभित्र एउटा विशेष वेदीमा मिठो बास्ना आउने धूप बाल्नुपर्थ्यो ।
Luke 1:10
πᾶν τὸ πλῆθος…τοῦ λαοῦ
“मानिसहरूको एउटा ठूलो सङ्ख्या” वा “धेरै मानिसहरू”
ἔξω
चोक मन्दिर वरिपरिको घेरिएको क्षेत्र थियो । वैकल्पिक अनुवादः “मन्दिरको भवन बाहिर” वा “मन्दिर बाहिरको चोकमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῇ ὥρᾳ τοῦ θυμιάματος
“तोकिएको समयमा ।” धूप बालेर भेटी चढाउनलाई यो बिहानको वा साँझको समय थियो भनेर प्रस्ट छैन ।
Luke 1:11
जब जकरियाले मन्दिरमा उनको काम गर्छन्, एकजना स्वर्गदूत उनलाई सन्देश दिन परमेश्वरबाट आउँछन् ।
δὲ
यो शब्दले कथामा घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
ὤφθη…αὐτῷ
“उनीकहाँ अचानक आए” वा “त्यहाँ अचानक जकरियासँग थिए ।” यसले व्यक्त गर्छ कि स्वर्गदूत जकरियासँग उपस्थित थिए, र सामान्य रूपमा कनै दर्शन थिएन ।
Luke 1:12
ἐταράχθη Ζαχαρίας…φόβος ἐπέπεσεν ἐπ’ αὐτόν
यी दुई वाक्यांशहरूको एउटै अर्थ हुन्छ, र जकरिया कति डराएका थिए भनी जोड दिन्छ ।
ἰδών
“जब जकरियाले स्वर्गदूतलाई देखे ।” जकरिया डराएका थिए किनभने स्वर्गदूतको रूप डरलाग्दो प्रकारको थियो । उनले केही गल्ती गरेका थिएनन्, त्यसैले स्वर्गदूतले दण्ड दिनेछन् भनेर उनी डराएका थिएनन् ।
φόβος ἐπέπεσεν ἐπ’ αὐτόν
डरलाई यसरी वर्णन गरिएको छ मानौँ त्यो केही कुरा थियो जसले जकरियालाई आक्रमण गर्यो वा ढाक्यो । (हेर्नुहोस्ः रूपक)
Luke 1:13
μὴ φοβοῦ
“मसँग डराउन छोड” वा “तिमी मसँग डराउन जरुरी छैन”
εἰσηκούσθη ἡ δέησίς σου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो कुरा बुझिएको छ कि परमेश्वरले जकरियाले मागेको कुरा उनलाई दिनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ तिमीले जे मागेका छौ सो तिमीलाई दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“तिम्रो लागि एउटा छोरो पाउनेछिन्” वा “तिम्रो छोरोलाई जन्म दिनेछिन्”
Luke 1:14
ἔσται χαρά σοι καὶ ἀγαλλίασις
“खुशी” र “आनन्द” शब्दहरूको एउटै अर्थ हुन्छ र त्यो आनन्द कति महान् हुनेछ भनेर जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीलाई धेरै आनन्द हुनेछ” वा “तिमी धेरै खुशी हुनेछौ” (हेर्नुहोस्ः प्रतिरूपी)
ἐπὶ τῇ γενέσει αὐτοῦ
“उसको जन्मको कारणले”
Luke 1:15
ἔσται γὰρ μέγας
“यो ऊ महान् हुने भएको कारणले गर्दा हो” जकरिया र अरू “धेरै” मानिसहरू आनन्द मनाउनेछन् किनभने यूहन्ना “प्रभुको दृष्टिमा महान् हुनेछन् ।” पद १५ को बाँकीको अंशले यूहन्नाले कसरी जिएको परमेश्वर चाहनुहुन्छ भनेर बताउँछ ।
ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου
“ऊ प्रभुको लागि एउटा धेरै महत्त्वपूर्ण व्यक्ति हुनेछ” वा “परमेश्वरले उसलाई धेरै महत्त्वपूर्ण भएको ठान्नुहुनेछ”
Πνεύματος Ἁγίου πλησθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उसलाई सामर्थी बनाउनुहुनेछ” वा “पवित्र आत्माले उसलाई अगुवाइ गर्नुहुनेछ ।” यो कुरा पक्का गर्नुहोस् कि कुनै दुष्टात्माले कोही व्यक्तिलाई गर्न सक्ने कुरा भनेको जस्तो यो नसुनियोस् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ
“ऊ उसको आमाको गर्भमा हुँदाखेरि नै” वा “ऊ जन्मिनुभन्दा अगावै”
Luke 1:16
πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον
यहाँ “फर्काइन” भनेको कोही व्यक्ति पश्चात्ताप गरेर प्रभुको आराधना गर्ने कुराको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले इस्राएलका धेरै मानिसहरूलाई पश्चात्ताप गर्न र परमप्रभु तिनीहरूका परमेश्वरको आराधना गर्न लगाउनेछन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 1:17
αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ
प्रभु आउनभन्दा अगाडि, उनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ ।
यहाँ कोही व्यक्ति“को मुहार” एउटा उपमा हो जसले सो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्पिक अनुवादः “प्रभु” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν πνεύματι καὶ δυνάμει Ἠλεία
“उही आत्मा र शक्तिसँग जुन एलियासँग थियो ।” “आत्मा” शब्दले कि त परमेश्वरको पवित्र आत्मालाई जनाउँछ वा एलियाको आचरण वा उनको विचार गर्ने शैलीलाई जनाउँछ । यो कुरा निश्चय गर्नुहोस् कि “आत्मा” शब्दको अर्थ भूत वा दुष्टात्मा हुँदैन ।
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα
“तिनीहरूका छोराछोरीहरूको फेरि वास्ता गर्न बाबुहरूलाई मनाउन” वा “बाबुहरूलाई तिनीहरूका छोराछोरीहरूसँगको सम्बन्ध पुनर्स्थापना गराउन”
ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα
हृदयको बारेमा यसरी बताइएको छ मानौँ त्यो केही यस्तो कुरा हो जसलाई कुनै फरक दिशमा जान लगाउनलाई फर्काउन सकिन्छ । यसले कसैको केही कुराप्रतिको आचरणलाई बदल्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
ἀπειθεῖς…δικαίων
यहाँ यसले ती मानिसहरुलाई जनाउँछ जसले प्रभुको आज्ञापालन गर्दैनन् ।
λαὸν κατεσκευασμένον
मानिसहरू के गर्नका लागि तयार पारिनेछन् भन्ने कुरालाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको सन्देशलाई विश्वास गर्न तत्पर रहेका मानिसहरू प्रभुको लागि तयार गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 1:18
κατὰ τί γνώσομαι τοῦτο
“तपाईंले भनेको कुरा निश्चय नै हुन्छ भनेर मैले कसरी थाहा पाउन सक्छु ?” यहाँ “थाहा पाउनु” भनेको अनुभवद्वारा सिक्नु हो, जसले सुझाव दिन्छ कि जकरियाले प्रमाणको रूपमा चिन्ह मागिरहेका थिए । वैकल्पिक अनुवादः “यो कुरा हुनेछ भनेर मलाई प्रमाणित गर्न तपाईं के गर्न सक्नुहुन्छ ?”
Luke 1:19
ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ
यो जकरियालाई एउटा हप्कीको रूपमा बताइएको छ । परमेश्वरबाट सिधै आएर भएको गब्रिएलको उपस्थिति नै जकरियाको लागि पर्याप्त प्रमाण हुनुपर्ने थियो ।
ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ
“जसले सेवा गर्छ”
ἀπεστάλην λαλῆσαι πρὸς σὲ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई तिमीसँग कुरा गर्न पठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 1:20
καὶ ἰδοὺ
“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु त्यो दुवै सत्य र महत्त्वपूर्ण छ”
σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι
यिनीहरूको एउटै अर्थ हुन्छ, र उनको गुंगोपनको पूर्णतालाई जोड दिनलाई दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “बोल्नलाई पूर्ण रूपले असक्षम” वा “बोल्नलाई बिल्कुलै असक्षम” (हेर्नुहोस्ः प्रतिरूपी)
οὐκ ἐπίστευσας τοῖς λόγοις μου
“मैले जे भनेको छु, त्यसमा विश्वास गरेनौ”
εἰς τὸν καιρὸν αὐτῶν
“तोकिएको समयमा”
Luke 1:21
καὶ
यसले मन्दिरभित्र के भयो भन्ने कुरादेखि बाहिर के भयो भन्ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “जब त्यो भइरहेको थियो” वा “जब स्वर्गदूत र जकरिया कुरा गरिरहेका थिए”
Luke 1:22
ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός
यी कुराहरू सम्भवतः एकै समयमा भए, र जकरियाको इशाराहरूले मानिसहरूलाई बुझ्नलाई सहायता गर्यो कि तिनले दर्शन पाएका थिए । त्यो कुरा देखाउनको लागि क्रमलाई बदल्दा तपाईंका पाठकहरूलाई सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनले तिनीहरूलाई इशारा गरिरहे र चुप बसे । त्यसैले तिनीहरूले चाल पाए कि तिनी मन्दिरभित्र हुँदा तिनले दर्शन देखेका थिए”
ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ
अघिल्लो विवरणले सङ्केत गर्यो कि गब्रिएल वास्तवमै जकरियाकहाँ मन्दिरमा आए । मानिसहरूले सो कुरा थाहा नपाएर अनुमान गरे कि जकरियाले एउटा दर्शन देखेका थिए ।
Luke 1:23
καὶ ἐγένετο
यो वाक्यांशले कथालाई जकरियाको सेवा सकिसकेपछिको समयमा अगाडि बढाउँछ ।
ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ
जकरिया यरूशलेममा बस्दैनथे, जहाँ मन्दिर अवस्थित थियो । तिनले तिनको गाउँसम्म यात्रा गरे ।
Luke 1:24
μετὰ δὲ ταύτας τὰς ἡμέρας
“यी दिनहरू” वाक्यांशले त्यो समयलाई जनाउँछ जब जकरियाले मन्दिरमा सेवा गरिरहेका थिए । यसले केलाई जनाउँछ भनेर अझ प्रस्टसँग बताउन सम्भव छ । वैकल्पिक अनुवादः “जकरियाको मन्दिरमा सेवा गर्ने समयपछि” (हेर्नुहोस्ः नयाँ घटनाको परिचय अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“जकरियाकी पत्नी”
περιέκρυβεν ἑαυτὴν μῆνας πέντε
“तिनको घर छोडिनन्” वा “आफूमात्रै एक्लै भित्रै बसिन्”
Luke 1:25
οὕτως μοι πεποίηκεν Κύριος
यो पदावलीले प्रभुले तिनलाई गर्भवती हुन दिनुभयो भन्ने तथ्यलाई जनाउँछ ।
οὕτως μοι πεποίηκεν Κύριος
यो एउटा सकारात्मक उद्गार हो । तिनी प्रभुले तिनको लागि गरिदिनुभएको कुराको लागि धेरै खुशी थिइन् ।
ἐπεῖδεν
“ ... माथि हेर्नु” भनेको एउटा उपमा हो जसको अर्थ “व्यवहार गर्नु” वा “... सँग कार्यव्यवहार गर्नु” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मलाई दयापूर्वक ध्यान दिनुभयो” वा “ममाथि दया गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις
यसले तिनले सन्तान पाउन नसकेको कारण अनुभव गरेको शर्मलाई जनाउँछ ।
Luke 1:26
गब्रिएल स्वर्गदूतले मरियमलाई घोषणा गर्छन् कि तिनी एकजना व्यक्तिको आमा हुन गइरहेकी थिइन् जो परमेश्वरको पुत्र हुनुहुन्छ ।
ἐν…τῷ μηνὶ τῷ ἕκτῳ
“एलीशिबाको गर्भावस्थाको छैटौँ महिनामा ।” यदि यसले वर्षको छैटौँ महिनासँग अलमलिन पुर्याउँछ भने, यसलाई प्रस्टसँग बताउन आवश्यक हुन सक्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले गब्रिएल स्वर्गदूतलाई जानलाई आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 1:27
मरियमले योसेफसँग विवाह गर्ने थिइन् भन्ने कुरामा मरियमका बुबाआमा सहमत भएका थिए । हुन त तिनीहरूले सहवास गरेका थिएनन्, योसेफले तिनलाई आफ्नी पत्नीको रूपमा सोचेका वा कुरा गरेका हुन सक्छन् ।
ἐξ οἴκου Δαυεὶδ
“उनी दाऊदकै कुलबाटका थिए” वा “उनी राजा दाऊदको सन्तान थिए”
τὸ ὄνομα τῆς παρθένου Μαριάμ
यसले मरियमलाई कथामा एउटा नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 1:28
χαῖρε
यो एउटा प्रचलित अभिवादन थियो । यसको अर्थ हुन्छ “आनन्द मनाओ” वा “खुसी होओ ।”
κεχαριτωμένη
“तिमी जसले महान् अनुग्रह पाएकी छ्यौ !” वा “तिमी जसले विशेष दया पाएकी छ्यौ !”
ὁ Κύριος μετὰ σοῦ
“तिमीसँग” एउटा उपमा हो जसले साथ र स्वीकारको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “प्रभु तिमीसँग खुशी हुनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 1:29
διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος
मरियमले हरेक शब्दको अर्थ बुझिन्, तर स्वर्गदूतले तिनलाई यो अचम्मको अभिवादन किन भनेको भन्ने कुरा बुझिनन् ।
Luke 1:30
μὴ φοβοῦ
मरियम उनको रूपसँग डराएको स्वर्गदूत चाहँदैनन्, किनभने परमेश्वरले उनलाई एउटा सकारात्मक सन्देशसहित पठाउनुभयो ।
εὗρες…χάριν παρὰ τῷ Θεῷ
“निगाह प्राप्त गर्नु” भन्ने उपमाको अर्थ कसैबाट सकारात्मक ढङ्गले स्वीकार गरिनु भन्ने हुन्छ । परमेश्वरलाई कर्ताको रूपमा देखाउने गरी यो वाक्यलाई बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई उहाँको अनुग्रह दिने अठोट गर्नुभएको छ” वा “परमेश्वरले तिमीलाई उहाँको दया देखाइरहनुभएको छ” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 1:31
συνλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν
मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।
Luke 1:32
Ὑψίστου
मरियमले “एउटा छोरा” जन्माउनेछिन् जसलाई “सर्वोच्चको पुत्र” कहलाइनेछ । येशू त्यसैले एउटा मानव पुत्र हुनुहुन्छ जो मानव आमाबाट जन्मिनुभएको हो, र उहाँ परमेश्वरको पुत्र पनि हुनुहुन्छ । यी नाउँहरूलाई ध्यानपूर्वक अनुवाद गरिनुपर्छ ।
Υἱὸς Ὑψίστου κληθήσεται
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँलाई ... बोलाउनेछन्” वा २) “परमेश्वरले उहाँलाई ... बोलाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Υἱὸς Ὑψίστου κληθήσεται
यो येशू, परमेश्वरको पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
δώσει αὐτῷ…τὸν θρόνον Δαυεὶδ, τοῦ πατρὸς αὐτοῦ
सिंहासनले राजाको शासन गर्ने अधिकारको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “उहाँलाई उहाँका पूर्खा दाऊदले गरेजस्तै राजाको रूपमा शासन गर्ने अधिकार दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Luke 1:33
τῆς βασιλείας αὐτοῦ, οὐκ ἔσται τέλος
अकरणमा भएको वाक्यांश “कुनै अन्त्य”ले जोड दिन्छ कि यो सदाको लागि लम्बिरहन्छ । यसलाई सकारात्मक वाक्यांशसहित पनि बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको राज्य कहिल्यै सकिने छैन” (हेर्नुहोस्ः निषेधात्मक)
Luke 1:34
πῶς ἔσται τοῦτο
मरियमले यो कसरी हुन सक्थ्यो भनी नबुझे तापनि यो हुन्छ भन्ने कुरामा तिनले शङ्का गरिनन् ।
ἄνδρα οὐ γινώσκω
तिनी कुनै यौन क्रियामा सहभागी भएकी थिइनन् भनेर बताउनलाई मरियमले यो नम्र अभिव्यक्तिको प्रयोग गरिन् । वैकल्पिक अनुवादः “म एक कन्या हुँ ।” (हेर्नुहोस्ः व्यञ्जना)
Luke 1:35
मरियमको गर्भधारणको प्रक्रियाको सुरुवात पवित्र आत्मा तिनीमाथि आउनुभएबाट सुरु हुने थियो ।
“ढाक्नुहुनेछ”
δύναμις Ὑψίστου ἐπισκιάσει σοι
यो परमेश्वरको “शक्ति” थियो जसले मरियमलाई तिनी कुमारी अवस्थामा छँदाखेरी नै अलौकिक रीतिले गर्भवति हुन लगाउने थियो । त्यहाँ कुनै शारीरिक वा यौन सम्बन्ध थिएन भन्ने कुराप्रति होसियार हुनुहोस्-यो एउटा आश्चर्यकर्म थियो ।
“तिमीलाई छायाँले झैँ ढाक्नुहुनेछ”
τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले जन्मनुहुने पवित्र जनलाई तिनीहरूले परमेश्वरको पुत्र भनेर बोलाउनेछन्” वा “त्यसैले त्यो बालक जो जन्मनुहुनेछ, उहाँ पवित्र हुनुहुनेछ, र मानिसहरूले उहाँलाई परमेश्वरको पुत्र भनी बोलाउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“पवित्र बालक” वा “पवित्र शिशु”
διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 1:36
ἰδοὺ
“ध्यान देऊ, किनकि जे मैले तिमीलाई बताउन लागेको छु, त्यो सत्य र महत्त्वपूर्ण दुवै छः तिम्री नातेदार”
यदि खास सम्बन्ध बताउन तपाइंलाई आवश्यक हुन्छ भने, एलीशिबा सम्भवतः मरियमकी काकी वा तिनको बाबु वा आमाकी काकी थिइन् ।
καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς
“एलीशिबा पहिल्यै धेरै वृद्धा भइसकेको भएतापनि, ... पनि एक छोरोसँग गर्भवती भएकी छिन्” वा “एलीशिबा, हुन त तिनी वृद्धा हुन्, तिनी पनि गर्भवती भएकी छिन् र एउटा छोरो पाउनेछिन् ।” मरियम र एलीशिबाले गर्भधारण गर्दा दुवै नै वृद्धा थिए भन्ने अर्थ नलागोस् भन्ने कुराप्रति होसियार हुनुहोस् ।
οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ
“तिनको गर्भावस्थाको छैटौँ महिना”
Luke 1:37
ὅτι
“किनभने केही पनि” वा “यसले देखाउँछ कि केही पनि”
οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα
परमेश्वरले एलीशिबालाई गर्नुभएको कुरा नै परमेश्वर कुनै पनि कुरा गर्न सक्षम हुनुहुन्छ भन्ने प्रमाण थियो-उहाँले मरियमलाई पनि तिनले कुनै पुरुषसँग शारीरिक सम्बन्ध नराखीकनै तिनलाई गर्भवती बन्न सक्षम तुल्याउन सक्नुहुन्थ्यो । यस कथनमा भएको युगल अकरणलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कुनै पनि कुरा गर्न सक्नुहुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Luke 1:38
ἰδοὺ
“म यहाँ छु, ... दासी” वा “म दासी हुन पाउँदा खुशी छु ।” तिनले नम्रताका साथ र स्वेच्छाले प्रतिक्रिया जनाउँदै छिन् ।
ἡ δούλη Κυρίου
तिनको परमप्रभुप्रतिको नम्रता र आज्ञाकारिता देखाउने एउटा अभिव्यक्ति छान्नुहोस् । तिनले तिनी परमप्रभुकी दासी भएकोमा घमण्ड गरिरहेकी थिइनन् ।
γένοιτό μοι
“यो मलाई होस् ।” मरियमले स्वर्गदूतले तिनलाई हुनेछ भनेका कुराहरू तिनको जीवनमा पूरा होस् भनेर तिनको तत्परतालाई अभिव्यक्त गर्दै थिइन् ।
Luke 1:39
δὲ…ἐν ταῖς ἡμέραις ταύταις
मरियम तिनकी नातेदार एलीशिबालाई भेट्न जान्छिन् जसले यूहन्नालाई जन्म दिन गइरहेकी थिइन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀναστᾶσα
यो उपमाको अर्थ हो कि तिनी केवल उठिनन्, तर त्यसका साथै “तयार भइन्” । वैकल्पिक अनुवादः “सुरु गरिन्” वा “तयार भइन्” (हेर्नुहोस्ः टुक्काहरू)
τὴν ὀρινὴν
“पहाडी क्षेत्र” वा “इस्राएलको पहाडी भाग”
Luke 1:40
εἰσῆλθεν εἰς
यस्तो आशय दिन खोजिएको छ कि मरियमले जकरियाको घरभित्र जान अगाडि नै तिनको यात्रा सकाइन् । यसलाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनी आइपुगिन्, तिनी गइन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 1:41
καὶ ἐγένετο
यो वाक्यांशलाई कथाको यस भागमा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
ἐν τῇ κοιλίᾳ αὐτῆς
“एलीशिबाको गर्भमा”
ἐσκίρτησεν
अचानक चल्यो
Luke 1:42
ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν
यी दुई वाक्यांशहरूको अर्थ एउटै हो र एलीशिबा कति उत्साहित थिइन् भन्ने कुरामा जोड दिनलाई प्रयोग गरिएको छ । तिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जोडले चिच्याइन्” (हेर्नुहोस्ः प्रतिरूपी)
φωνῇ μεγάλῃ
यो उपमाको अर्थ “तिनको स्वर ठूलो गरिन्” भन्ने हो । (हेर्नुहोस्ः टुक्काहरू)
ἐν γυναιξίν
“नारीहरू माझमा” भन्ने उपमाको अर्थ “अरू कुनै स्त्रीभन्दा बढी” भन्ने हुन्छ (हेर्नुहोस्ः टुक्काहरू)
ὁ καρπὸς τῆς κοιλίας σου
मरियमको बालकको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै बोटले फलाउने फल हो । वैकल्पिक अनुवादः “तिम्रो गर्भमा भएको बालक” वा “तिमीले जन्माउने बालक” (हेर्नुहोस्ः रूपक)
Luke 1:43
καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς ἐμέ?
एलीशिबाले जानकारीको लागि सोधिरहेकी थिइनन् । बरु प्रभुकी आमा उनको घरमा आएकोमा उनी चकित थिइन् र खुसी छिन् भनी देखाउँदै थिइन् । वैकल्पिक अनुवादः “यो कस्तो अचम्मको कुरा कि मेरा प्रभुकी आमा मकहाँ आउनुभएको छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἡ μήτηρ τοῦ Κυρίου μου
यो स्पष्ट पार्न सकिन्छ कि एलीशिबाले “तिमी” शब्द थपेर मरियमलाई “मेरा प्रभुकी आमा” भनेर बोलाउँदै थिइन् । वैकल्पिक अनुवादः “तिमी, मेरा प्रभुकी आमा” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 1:44
ἰδοὺ γὰρ
यो वाक्यांशले एलीशिबाले यसपछि बताउन लागेको उदेकलाग्दो कथनमा ध्यान दिन मरियमलाई सजग गराउँछ ।
ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου
कुनै आवाज सुनेको कुरालाई मानौँ त्यो आवाज कानमा आएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “जब मैले तिम्रो अभिवादनको आवाज सुनेँ” (हेर्नुहोस्ः लक्षणा)
ἐσκίρτησεν ἐν ἀγαλλιάσει
“अचानक आनन्दले चल्यो” वा “जोडदार तरिकाले पल्ट्यो किनभने ऊ त्यति खुशी थियो”
Luke 1:45
ἡ πιστεύσασα…τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου
एलीशिबाले मरियमको बारेमा मरियमसँग कुरा गर्दै थिइन् । वैकल्पिक अनुवादः “तिमी धन्यकी हौ जसले विश्वास गर्यौ ... जुन तिमीलाई परमप्रभुबाट बताइएको थियो” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष अनि कर्तृवाच्य र कर्मवाच्य)
ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου
कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई आशिष् दिनुहुनेछ किनभने तिनले विश्वास गरिन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“यी कुराहरू वास्तवमै हुने छन्” वा “यी कुराहरू सत्य हुन आउने छन्”
ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου
यहाँ “द्वारा”को साटोमा “बाट” शब्द प्रयोग गरिएको छ किनभने ती गब्रिएल स्वर्गदूत थिए जसले बोलेको मरियमले वास्तवमा सुनिन् (हेर्नुहोस् [लूका १:२६] (../01/26.md)), तर सन्देश (“ती कुराहरू”) चाहिँ अन्ततः प्रभुबाट नै आयो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले प्रभुबाट सुनेकी सन्देश” वा “प्रभुको सन्देश जुन स्वर्गदूतले तिनलाई भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 1:46
मरियमले तिनको उद्धारकर्ता प्रभुको लागि प्रशंसाको गीत गाउन थाल्छिन् ।
μεγαλύνει ἡ ψυχή μου
“प्राण” शब्दले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । तिनले भनिरहेकी छिन् कि तिनको आराधना तिनको अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो भित्री व्यक्तित्वले प्रशंसा गर्दछ” वा “म प्रशंसा गर्छु” (हेर्नुहोस्ः उपलक्षण)
Luke 1:47
ἠγαλλίασεν τὸ πνεῦμά μου
“प्राण” र “आत्मा” दुवैले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । मरियमले भनिरहेकी छिन् कि तिनको आराधना तिनको भित्री अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो हृदयले आनन्द मनाएको छ” वा “म आनन्द मनाउँछु” (हेर्नुहोस्ः उपलक्षण)
ἠγαλλίασεν
“धेरै आनन्दित भएको महसुस गर्छ” वा “धेरै खुसी भएको छ”
“मलाई बचाउनुहुने परमेश्वर” वा “परमेश्वर जसले मलाई बचाउनुहुन्छ”
Luke 1:48
ὅτι
“यो किनभने उहाँ”
ἐπέβλεψεν ἐπὶ
“वास्तासहित हेर्नुभयो” वा “वास्ता गर्नुभएको छ”
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ
“दरिद्रता ।” मरियमको परिवार धनी थिएन ।
ἰδοὺ γὰρ
यो वाक्यांशले निम्न कथनमा ध्यान केन्द्रित गराउँछ ।
“अहिले र भविष्यमा”
πᾶσαι αἱ γενεαί
“सबै पुस्ताहरूमा भएका मानिसहरू”
Luke 1:49
ὁ δυνατός
“परमेश्वर, जो शक्तिशाली हुनुहुन्छ”
ἅγιον τὸ ὄνομα αὐτοῦ
यहाँ “नाउँ” ले परमेश्वरको समग्र व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ” (हेर्नुहोस्ः लक्षणा)
Luke 1:50
“परमेश्वरको कृपा”
εἰς γενεὰς καὶ γενεὰς
“एउटा पुस्तादेखि अर्को पुस्तासम्म” वा “हरेक पुस्ता भरी” वा “हरेक समयका मानिसहरूलाई”
Luke 1:51
ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ
यहाँ “उहाँको बाहुली” एक प्रतिस्थापन शब्द हो जसले परमेश्वरको शक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “उहाँ धेरै शक्तिलाई हुनुहुन्छ भनेर देखाउनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
διεσκόρπισεν
“... तिनीहरूलाई तुल्याउनुभएको छ ... हृदयहरूलाई विभिन्न दिशातिर भगाउनु”
ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν
यहाँ “हृदयहरू” मानिसहरूका भित्री व्यक्तित्त्वको लागि एक प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जो तिनीहरूका विचारहरूमा घमण्डी थिए” वा “जो घमण्डी थिए” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 1:52
καθεῖλεν δυνάστας ἀπὸ θρόνων
सिंहासन राजा बस्ने एउटा कुर्सी हो, र यो उनको अधिकारको एउटा चिन्ह हो । राजालाई उनको सिंहासनबाट निकालियो भने उनीसँग राजाको रूपमा शासन गर्ने अधिकार हुँदैन भन्ने हो । वैकल्पिक अनुवादः “उहाँले राजाहरूका अधिकार खोस्नुभएको छ” वा “उहाँले शासकहरूलाई शासन गर्न रोक्नुभएको छ” (हेर्नुहोस्ः उपलक्षण)
ὕψωσεν ταπεινούς
यो शब्द चित्रमा महत्त्वपूर्ण मानिसहरू कम महत्त्वपूर्ण मानिसहरूभन्दा उच्च मानिसहरू हुन् । वैकल्पिक अनुवादः “दरिद्रहरूलाई महत्त्वपूर्ण मानिसहरू बनाउनुभएको छ” वा “अरूले इज्जत नदिएका मानिसहरूलाई इज्जत दिनुभएको छ ।” (हेर्नुहोस्ः रूपक)
ταπεινούς
“दरिद्रतामा ।” तपाईंले यसलाई लूका १:४८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
Luke 1:53
καὶ
यदि सम्भव छ भने यी दुई विपरीत कार्यहरूको बीचमा भएको भिन्नतालाई अनुवादमा प्रस्ट बनाउनुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) “भोकाहरूलाई खानलाई असल खानेकुराहरू दिनुभएको छ ।” वा २) “खाँचोमा परेकाहरूलाई असल थोकहरू दिनुभएको छ ।”
Luke 1:54
इस्राएलको बारेमा भएको जानकारीलाई एकसाथ राख्नलाई यूएसटीले यी पदहरूलाई पदको पुल हुने गरेर पुनः मिलाउँदछ । (हेर्नुहोस्ः पदका पुलहरू)
“परमप्रभुले सहायता गर्नुभएको छ ।”
παιδὸς αὐτοῦ
यदि पाठकहरू यसमा इस्राएल भन्ने नाम भएको मानिससँग अलमलिन्छन् भने वैकल्पिक अनुवादः “उहाँको दास, इस्राएल जाति” वा “इस्राएलीहरू, जो उहाँका दासहरू हुन् ।”
μνησθῆναι ἐλέους
परमेश्वरले भुल्न सक्नुहुन्न । जब परमेश्वरले “सम्झनुहुन्छ”, यो एउटा उपमा हो जसको अर्थ हो कि परमेश्वर उहाँको अघिल्लो प्रतिज्ञामा काम गर्नुहुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 1:55
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν
“उहाँले हाम्रा पूर्खाहरूसँग गर्छु भनी प्रतिज्ञा गर्नुभएजस्तै ।” यो वाक्यांशले अब्राहामलाई गरिएको परमेश्वरको प्रतिज्ञाको बारेमा पृष्ठभूमि जानकारी दिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले हाम्रा पूर्खाहरूसँग उहाँ कृपालु हुनेछु भनी प्रतिज्ञा गर्नुभयो ।” (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τῷ σπέρματι αὐτοῦ
“अब्राहामका सन्तानहरू”
Luke 1:56
एलीशिबाले तिनको बच्चा जन्माउँछिन् र जकरियाले तिनीहरूको बच्चाको नाउँ राख्छन् ।
ἔμεινεν…Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς
“मरियम तिनको (मरियमको) घरमा फर्किन् ।” वा “मरियम आफ्नै घरमा फर्किन्”
Luke 1:57
δὲ
यो शब्दले कथामा अर्को घटनाको सुरूवातलाई अङ्कित गर्दछ ।
τοῦ τεκεῖν αὐτήν
“तिनको बालकलाई जन्म दिन”
Luke 1:58
“एलीशिबाका छिमेकीहरू र नातेदारहरू”
ἐμεγάλυνεν…τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς
“तिनीप्रति कति दयालु हुनुभएको”
Luke 1:59
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथाको प्रमुख बहावमा रोकावट आएको कुरालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यहाँ लूका कथाको एउटा नयाँ भाग बताउन थाल्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ
यहाँ “आठौं दिन”ले बच्चाको जन्म भएपछिको समयलाई जनाउँछ, जुन पहिलो दिनबाट गन्ती हुन्छ, जुन ऊ जन्मेको दिन हो । वैकल्पिक अनुवादः “बालकको जीवनको आठौँ दिनमा” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἦλθον περιτεμεῖν τὸ παιδίον
यो प्राय एउटा उत्सव हुन्थ्यो जब एक जनाले बालकको खतना गर्थे र अरूहरू परिवारसँगै उत्सव मनाउनलाई त्यहाँ उपस्थित हुन्थे । वैकल्पिक अनुवादः “तिनीहरू बालकको खतनाको उत्सवको लागि आए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν
“तिनीहरू उनको नाम राख्न गइरहेका थिए” वा “तिनीहरूले उनको नाम राख्न चाहे”
“उनका बुबाको नाम”
Luke 1:61
οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ
“त्यो नामद्वारा” वा “उहि नामद्वारा”
Luke 1:62
यसले ती मानिसहरूलाई जनाउँछ जो खतनाको उत्सवको लागि त्यहाँ थिए ।
ἐνένευον…τῷ πατρὶ αὐτοῦ
“हात हल्लाए ।” कि त जकरिया सुन्न, र साथसाथै बोल्न असमर्थ थिए, वा मानिसहरूले सोचे कि उनले सुन्न सक्दैनन् ।
“बालकका बुबालाई”
τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό
“जकरियाले बालकको नाम के राखेको चाहन्थे”
Luke 1:63
αἰτήσας
जकरियाले बोल्न नसकको कारण, उनले कसरी “मागे” भनेर बताउन सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उनलाई तिनीहरूले लेख्ने पाटी दिएको चाहन्छन् भनेर मानिसहरूलाई देखाउन उनले हातले इसारा गरेको हुनुपर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πινακίδιον
“जसमाथि केही कुरा लेख्न सकिन्छ”
छक्क परेका वा चकित भएका
Luke 1:64
ἀνεῴχθη…τὸ στόμα αὐτοῦ…καὶ ἡ γλῶσσα αὐτοῦ
यी शब्दहरूको चित्रले उनी अचानक बोल्न सक्षम भए भन्ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः टुक्काहरू अनि समान्तरता)
ἀνεῴχθη…τὸ στόμα αὐτοῦ…καὶ ἡ γλῶσσα αὐτοῦ
यी वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उनको मुख खोल्नुभयो र उनको जिब्रोको बन्धन टुटाइदिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 1:65
ἐγένετο ἐπὶ πάντας φόβος
“जकरिया र एलीशिबाको वरिपरि बस्नेहरू सबै डराएका थिए ।” तिनीहरू किन भयभीत थिए भनेर स्पष्ट रूपमा बताउनु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जकरियालाई गर्नुभएको कुराको कारण तिनीहरूका वरिपरि बस्नेहरू सबै परमेश्वरको भयमा थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντας…τοὺς περιοικοῦντας αὐτούς…ἐν ὅλῃ τῇ ὀρεινῇ
यहाँ “सबैजना” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “उनीहरू जो तिनीहरूको वरिपरि बस्थे” वा “त्यो क्षेत्रमा बस्ने धेरैजना” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα
“यी कुराहरू फैलियो” भन्ने वाक्यांश मानिसहरूले ती बारेमा कुरा गरेको लागि एक अलङ्कार हो । यहाँ भएको कर्म वाच्यको क्रियापदलाई कर्तृ वाच्यको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै कुराहरूको बारेमा यहूदियाको सारा पहाडी गाउँभरी मानिसहरूद्वारा कुरा गरियो” वा “यी सबै कुराहरूको बारेमा यहूदियाको पहाडी गाउँभरीका मानिसहरूले कुरा गरे” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 1:66
ἔθεντο πάντες οἱ ἀκούσαντες, ἐν τῇ καρδίᾳ αὐτῶν
“यी कुराहरूका बारेमा सुन्ने सबैले”
ἔθεντο…ἐν τῇ καρδίᾳ αὐτῶν
घटेका कुराहरूको बारेमा धेरै सोच्नुलाई ती कुराहरू तिनीहरूका हृदयमा सुरक्षितसाथ सञ्चय गरेको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “यी विषयहरूको बारेमा होशियारीका साथ सोचे” वा “यी घटनाहरूको बारेमा धेरै सोचे” (हेर्नुहोस्ः रूपक)
“हृदयहरू । तिनीहरूले सोधे”
τί ἄρα τὸ παιδίον τοῦτο ἔσται?
“यी बालक बढेर कस्तो किसिमको ठूलो व्यक्ति हुने होलान् ?” यो प्रश्न ती बालकबारे मानिसहरूले जे सुनेका थिए त्यसको बारेमा तिनीहरूको आश्चर्यलाई प्रकट गर्छ कथन हुन पनि सम्भव छ । वैकल्पिक अनुवादः “ बालक कति ठूलो मानिस हुने होलान् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ
पदावली “परमप्रभुको हात”ले परमप्रभुको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमप्रभुको शक्ति उनीसँग थियो” वा “परमप्रभुले उनीभित्र शक्तिशाली ढङगमा काम गरिरहनुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
Luke 1:67
जकरियाले उनको छोरो यूहन्नालाई के हुनेछ भनेर बताउँछन् ।
Ζαχαρίας…ἐπλήσθη Πνεύματος Ἁγίου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनका बाबु जकरियालाई भर्नुभयो, र जकरियाले अगमवाणी गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यूहन्नाको बुबा
ἐπροφήτευσεν λέγων
तपाईंको भाषामा प्रत्यक्ष कथनलाई उल्लेख गर्ने स्वाभाविक शैलीबारे विचार गर्नुहोस् । वैकल्पिक अनुवादः “अगमवाणी गरे र भने” वा “र अगमवाणी गरे र उनले यसो भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Luke 1:68
ὁ Θεὸς τοῦ Ἰσραήλ
“इस्राएल”ले यहाँ इस्राएलको जातिलाई जनाउँछ । परमेश्वर र इस्राएलको बीचमा भएको सम्बन्धलाई स्पष्ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलमाथि शासन गर्नुहुने परमेश्वर” वा “इस्राएलले आराधना गर्ने परमेश्वर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπεσκέψατο…τῷ λαῷ αὐτοῦ
“परमेश्वरका मानिसहरू”
Luke 1:69
ἤγειρεν κέρας σωτηρίας ἡμῖν
जनावरको सिङ चाहिँ त्यसको आफ्नै रक्षा गर्नलाई भएको त्यसको शक्तिको प्रतिक हो । यहाँ उठाउनु भनेको अस्तित्वमा ल्याउनु वा काम गर्न समर्थ बनाउनु हो । मसिहको बारेमा यसरी बताइएको छ मानौँ उहाँ एक सिङ हुनुहुन्छ जससँग इस्राएललाई बचाउने शक्ति छ । वैकल्पिक अनुवादः “उहाँले हामीकहाँ हामीलाई बचाउने शक्तिको साथमा कोही व्यक्तिलाई ल्याउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
ἐν οἴκῳ Δαυεὶδ, παιδὸς αὐτοῦ
यहाँ दाऊदको “घर”ले उनको परिवार, र विशेषगरी उनका सन्तानहरूलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “उहाँको दास दाऊदको परिवारमा” वा “जो उहाँको दास दाऊदको सन्तान हो” (हेर्नुहोस्ः लक्षणा)
Luke 1:70
“ठीक जसरी परमेश्वरले बताउनुभयो”
ἐλάλησεν διὰ στόματος τῶν ἁγίων…προφητῶν αὐτοῦ
जब परमेश्वर अगमवक्ताहरूद्वारा बोल्नुभयो, तिनीहरूले आफ्नै बोली प्रयोग गरे तापनि तिनीहरूले जे बोलेको परमेश्वरले चाहनुभयो, तिनीहरूलाई त्यहि बोल्न सक्षम तुल्याइए । वैकल्पिक अनुवादः “धेरै लामो समय अगाडि भएका उहाँका पवित्र अगमवक्ताहरूलाई उहाँले बोल्न लगाउनुयो” (युडीबी) (हेर्नुहोस्ः लक्षणा)
Luke 1:71
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν
भाववाचक नामहरू “मुक्ति”लाई “बचाउनु” वा “उद्धार गर्नु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... प्राचीन कालदेखि नै ... ।) उहाँले हाम्रा शत्रुहरूबाट हामीलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς
यी दुई वाक्यांशहरूले मूलभूत रूपमा उही अर्थ दिन्छन् र उनीहरूका शत्रुहरू कति कडासँग उनीहरूको विरूद्धमा छन् भनेर जोड दिनलाई दोहोर्याइएका छन् । (हेर्नुहोस्ः समान्तरता)
χειρὸς
हात शक्तिको लागि एक प्रतिस्थापन शब्द हो जुन कुनै व्यक्तिले हातले अभ्यास गर्नलाई प्रयोग गर्छ । वैकल्पिक अनुवादः “शक्ति” वा “नियन्त्रण” (हेर्नुहोस्ः लक्षणा)
Luke 1:72
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
“दयालु हुनु” वा “उहाँको दयाबमोजिम गर्नु”
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ
यहाँ “स्मरण गर्नु” को अर्थ प्रतिबद्धता पालन गर्नु वा कुनै कुरा पूरा गर्नु भन्ने हुन्छ ।
Luke 1:73
यी शब्दहरूले “उहाँको पवित्र करार”लाई जनाउँछन् (पद ७२) ।
τοῦ δοῦναι ἡμῖν
“हाम्रो लागि यसलाई सम्भव तुल्याउन”
Luke 1:74
ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि उहाँले हामीलाई हाम्रा शत्रुहरूको हातबाट उद्धार गरिसक्नु भएपछि हामी निडर भएर उहाँको सेवा गरौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκ χειρὸς ἐχθρῶν
यहाँ “हात” ले एउटा व्यक्तिले अर्कोमाथि गर्ने नियन्त्रण वा शक्तिलाई जनाउँछ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरूको नियन्त्रणबाट” (हेर्नुहोस्ः लक्षणा)
ἀφόβως
यसले तिनीहरूका शत्रुहरूको डरलाई नै जनाउँदछ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरूसँग नडराइकन” (हेर्नुहोस्ः शब्दलोप)
Luke 1:75
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
भाववाचक नामहरू “पवित्रता” र “धार्मिकता”लाई हटाउन यसलाई पुनः व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) हामी पवित्र र धार्मिक तरिकाहरूमा परमेश्वरको सेवा गर्न सकौँ । वैकल्पिक अनुवादः “जे पवित्र र धार्मिक छ सोहि गर्दै” वा २) हामी धर्मी र पवित्र होऔँ । वैकल्पिक अनुवादः “पवित्र र धर्मी भएर” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐνώπιον αὐτοῦ
यो एउटा उपमा हो जसको अर्थ “उहाँको उपस्थितिमा” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 1:76
καὶ σὺ δέ, παιδίον
जकरियाले उनको छोरालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सुरु गर्न यो पदावली प्रयोग गर्छन् । तपाईंको भाषामा प्रत्यक्ष भनाइको लागि तपाईंसँग समान तरिका हुन सक्छ ।
προφήτης…κληθήσῃ
मानिसहरूले उनी अगमवक्ता हुन् भनी थाहा पाउनेछन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमी अगमवक्ता हौ भनी चिन्नेछन् ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ὑψίστου
यी शब्दहरू परमेश्वरको लागि नम्र शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सर्वोच्चको सेवा गर्छन्” वा “जसले सर्वोच्च परमेश्वरको निम्ति बोल्छन्” (हेर्नुहोस्ः व्यञ्जना)
प्रभु आउनभन्दा अगाडि, तिनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ । तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
προπορεύσῃ…ἐνώπιον Κυρίου
कसैको “मुहार अगाडि” एउटा उपमा हुन सक्छ जसले त्यो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्पिक अनुवादः “प्रभु” तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः टुक्काहरू)
यो एउटा अलङ्कार हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई प्रभुको सन्देश सुन्न र विश्वास गर्न तयार गर्नेछन् । (हेर्नुहोस्ः रूपक)
Luke 1:77
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
“ज्ञान दिन” भन्ने वाक्यांश शिक्षाको लागि एक अलङ्कार हो । भाववाचक नाउँहरू “मुक्ति” र “क्षमा”लाई “बचाउनु”" र “क्षमा दिनु” क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरूको क्षमाद्वारा उद्धारको शिक्षा दिन” वा “उहाँका मानिसहरूलाई तिनीहरूका पापहरू क्षमा गर्नुभएर कसरी परमेश्वरले मानिसहरूलाई बचाउनुहुन्छ भनेर सिकाउन” (हेर्नुहोस्ः लक्षणा अनि भाववाचक नाम)
Luke 1:78
यो देखाउन सहयोगी हुन सक्छ कि परमेश्वरको कृपाले मानिसहरूलाई मद्दत गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्वर हामीप्रति दयालु र कृपालु हुनुहुन्छ ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀνατολὴ ἐξ ὕψους
ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Luke 1:79
ἐπιφᾶναι τοῖς…καθημένοις
ज्योति धेरैपटक सत्यताको लागि एउटा अलङ्कार हो । यहाँ, मुक्तिदाताले प्रदान गर्नुहुने आत्मिक सत्यता चाहिँ पृथ्वीलाई उज्यालो पार्ने सूर्योदय भए झैँ गरी बताइएको छ (पद ७८) । (हेर्नुहोस्ः रूपक)
“… लाई उहाँले ज्ञान दिनुहुनेछ” वा “… लाई उहाँले आत्मिक प्रकाश दिनुहुनेछ”
यहाँ अन्धकार आत्मिक सत्यताको अनुपस्थितिको लागि एउटा अलङ्कार हो । यहाँ, आत्मिक सत्यताको अभाव भएका मानिसहरू चाहिँ तिनीहरू अन्धकारमा बसिरहेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “सत्यता नजान्ने मानिसहरू” (हेर्नुहोस्ः रूपक)
τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις
यी दुई वाक्यांशहरूले परमेश्वरले कृपा देखाउनु अघिको तिनीहरूको गहिरो आत्मिक अन्धकारलाई जोड दिन एकसाथ काम गर्दछन् । (हेर्नुहोस्ः प्रतिरूपी)
τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις
धेरैपटक छाँयाले हुन लागेको केही कुरालाई प्रतिनिधित्व गर्छ । यहाँ, यसले नजिकिँदै गरेको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो मर्न लागेका छन्” (हेर्नुहोस्ः टुक्काहरू)
κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης
यहाँ “डोहोर्याउन” भनेको शिक्षाको लागि एउटा अलङ्कार हो, र “शान्तिको मार्ग” चाहिँ परमेश्वरसँग शान्तिमा जिउने कुराको लागि भएको अलङ्कार हो । यहाँ “हाम्रा पाउहरू” एक प्रतिस्थापकीय शब्द हो जसले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरसित कसरी शान्तिमा जिउने भनेर हामीलाई सिकाउन” (हेर्नुहोस्ः रूपक अनि उपलक्षण)
Luke 1:80
यसले यूहन्नाको हुर्किँदाखेरीको वर्षहरूको बारेमा संक्षिप्तमा बताउँछ ।
δὲ
यो शब्दलाई यहाँ कथाको प्रमुख बहावमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यूहन्नाको जन्मबाट एक वयस्क व्यक्तिको रूपमा उनको सेवकाइको थालनीमा लूका तुरुन्तै सर्छन् ।
ἐκραταιοῦτο πνεύματι
“आत्मिक रूपमा परिपक्व भए” वा “परमेश्वरसँगको उनको सम्बन्धमा बलियो भए”
ἦν ἐν ταῖς ἐρήμοις
“उजाड-स्थानमा बस्थे ।” लूकाले यूहन्ना कति उमेरदेखि उजाडस्थानमा बस्न थाले भन्ने कुरा बताउँदैनन् ।
ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ
यसले कुनै रोक्ने विन्दुलाई नै अङ्कित गर्छ भन्ने केही जरूरी छैन । यूहन्नाले सार्वजनिक रूपमा प्रचार गर्न थालिसकेपछि पनि उनले मरुभूमिमा बस्न निरन्तरता दिए ।
“जब उनले सार्वजनिक रूपमा प्रचार गर्न थाले”
ἡμέρας ἀναδείξεως αὐτοῦ
यसलाई यहाँ “समय” वा “अवसर”को सामान्य बुझाइमा प्रयोग गरिएको छ ।
Luke 2
लूका ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले २:१४, २९-३२ मा भएका पङ्क्तिहरूसँग यसो गर्छ ।
Luke 2:1
यसले येशूको जन्मको समयमा मरियम र योसेफ किन ठाउँ सर्नुपरेको थियो भनेर देखाउनलाई पृष्ठभूमि जानकारी दिन्छ ।
ἐν ταῖς ἡμέραις ἐκείναις
यो शब्दले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐγένετο
यो वाक्यांशलाई यो कुनै नयाँ विवरणको सुरुवात हो भनेर देखाउनलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा कुनै विवरणको थालनीलाई देखाउने तरिका छ भने, तपाईंले त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । केही संस्करणहरूले यो वाक्यांशलाई समावेश गर्दैनन् ।
Καίσαρος Αὐγούστου
“राजा अगस्टस” वा “सम्राट अगस्टस ।” अगस्टस रोमी साम्राज्यको पहिलो सम्राट थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि नयाँ र पुराना सहभागीहरूको परिचय)
ἐξῆλθεν δόγμα παρὰ
यो हुकुम साम्राज्यभर शायद सन्देशवाहकहरूद्वारा पुर्याइएको थियो । वैकल्पिक अनुवादः “सन्देशवाहकहरूलाई एउटा उर्दी सहित पठाए जसमा उनले ... हुकुम गरे” (हेर्नुहोस्ः टुक्काहरू)
ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले संसारका सबै मानिसलाई दर्ता गरून्” वा “तिनीहरूले संसारमा बस्ने सबै मानिसहरूको गणना गरून् र तिनीहरूका नाम लेखून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν οἰκουμένην
यहाँ “संसार” शब्दले संसारको केवल त्यस भागलाई मात्र प्रतिनिधित्व गर्छ जसलाई कैसर अगस्टसले शासन गर्थे । वैकल्पिक अनुवादः “साम्राज्य” वा “रोमी संसार” (हेर्नुहोस्ः उपलक्षण)
Luke 2:2
Κυρηνίου
कुरेनियस सिरियाका शासकको रूपमा नियुक्त गरिएका थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 2:3
ἐπορεύοντο πάντες
“सबैजनाले सुरु गरे” वा “सबैजना गइरहेका थिए”
εἰς τὴν ἑαυτοῦ πόλιν
यसले ती सहरहरूलाई जनाउँछ जहाँ मानिसहरूका पूर्वजहरू बस्थे । मानिसहरू चाहिँ भिन्नै सहरमा बसेका हुन सक्छन् । वैकल्पिक अनुवादः “त्यो सहर जहाँ पूर्खाहरू बस्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπογράφεσθαι
“खातामा आफ्नो नाम लेख्न लगाउन” वा “आधिकारिक विवरणमा समावेश गरिन”
Luke 2:4
यूएसटीले यी दुई पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ ताकि वाक्यहरूलाई छोटो बनाउन थप सजिलो बनोस् । (हेर्नुहोस्ः पदका पुलहरू)
यसले योसेफलाई कथामा एउटा नयाँ सहभागीको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
εἰς πόλιν Δαυεὶδ, ἥτις καλεῖται Βηθλέεμ
“दाऊदको सहर” भन्ने वाक्यांश बेथलेहेमको लागि एउटा नाम थियो जसले बेथलेहेम किन महत्त्वपूर्ण थियो भनेर बताउँछ । हुन त त्यो सानो सहर थियो, राजा दाऊद त्यहीँ जन्मेका थिए र मसिह पनि त्यहीँ नै जन्मनुहुने थियो भनी भविष्यवाणी गरिएको थियो । वैकल्पिक अनुवादः “बेथलेहेममा, राजा दाऊदको सहर” वा “बेथलेहेममा, त्यो सहर जहाँ राजा दाऊद जन्मेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ
“किनकि योसेफ दाऊदका सन्तान थिए”
Luke 2:5
ἀπογράψασθαι σὺν Μαριὰμ, τῇ ἐμνηστευμένῃ αὐτῷ
यसको अर्थ अधिकारीहरूले उनलाई गन्तीमा समावेश गर्न सकून् भनेर तिनीहरूलाई बताउनु भन्ने हो । यदि सम्भव हुन्छ भने आधिकारिक सरकारी गणनाको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
मरियमले नासरतबाट योसेफसँगै यात्रा गरिन् । स्त्रीहरूलाई पनि कर तिर्न लगाइन्थ्यो । त्यसैले, मरियमले पनि यात्रा गर्नुपर्यो र दर्ता गर्नुपर्यो । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Μαριὰμ, τῇ ἐμνηστευμένῃ αὐτῷ
“उनको मङ्गेतर” वा “उनलाई प्रतिज्ञा गरिएका व्यक्ति ।” मगनी भएको जोडिलाई वैधानिक रूपमा विवाहित नै ठानिन्थ्यो, तर तिनीहरूका बीचमा शारीरिक घनिष्ठता भएको हुँदैनथ्यो ।
Luke 2:6
तिनीहरू बसेका ठाउँको बारेमा भएको विस्तृत विवरणलाई एकसाथ राख्नको लागि यूएसटीले यी पदहरूलाई पदको एउटा पुल हुने गरेर पुनः मिलाएर राख्दछ । (हेर्नुहोस्ः पदका पुलहरू)
यसले येशूको जन्म र गोठालाहरूलाई स्वर्गदूतहरूद्वारा भएको घोषणाको बारेमा बताउँछ ।
ἐγένετο δὲ
यो वाक्यांशले कथामा अर्को घटनाको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ
“मरियम र योसेफ बेथलेहेममा हुँदा”
ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν
“तिनको बालक जन्माउने समय आयो”
Luke 2:7
ἐσπαργάνωσεν αὐτὸν
केही संस्कारहरूमा आमाहरूले तिनीहरूका बच्चाहरूलाई कपडा वा कम्बलले कसिलो गरेर बेह्रेर न्यानो बनाउँछन् । वैकल्पिक अनुवादः “उहाँको वरिपरि कपडालाई कसिलो गरेर बेह्रिन्” वा “उहाँलाई कसिलो गरेर कम्बलमा बेह्रिन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ
यो पशुहरूले खाऊन् भनेर मानिसहरूले कुँडो वा अन्य खानाहरू हाल्ने एउटा बाकस वा संरचना थियो । सम्भवतः यो सफा थियो र यसमा बालकको निम्ति डस्नाको रूपमा काम गर्ने सुख्खा कुँडो र केही नरम कुराहरू थिए । सुरक्षित राख्न र खुवाउनलाई सजिलो होस् भनेर पशुहरूलाई प्रायः घर नजिकै राखिन्थ्यो । मरियम र योसेफ पशुहरू राख्न प्रयोग गरिने कोठामा बसे ।
διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι
पाहुना कोठामा तिनीहरूलाई बस्न पुग्ने ठाउँ थिएन ।” धेरै मानिस बेथलेहेममा नाम दर्ता गर्न गएका हुनाले सम्भवतः यसो भएको थियो । लूकाले यसलाई पृष्ठभूमि जानकारीको रूपमा थप्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Luke 2:9
ἄγγελος Κυρίου
“प्रभुबाट आएका एउटा दूत” वा “प्रभुको सेवा गर्ने एउटा दूत”
ἐπέστη αὐτοῖς
“गोठालाहरूकहाँ आए”
δόξα Κυρίου περιέλαμψεν αὐτούς
चहकिलो ज्योतिको स्रोत प्रभुको महिमा थियो, जुन स्वर्गदूतहरू आएकै समयमा देखा पर्यो ।
Luke 2:10
μὴ φοβεῖσθε
“डराउन छोड”
εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ
“त्यसले सबै मानिसलाई धेरै खुसी तुल्याउनेछ”
παντὶ τῷ λαῷ
केहीले यसले यहूदीहरूलाई जनाउँछ भनी बुझ्छन् । अरूहरूले यसले सबै मानिसलाई जनाउँछ भनी बुझ्छन् ।
Luke 2:11
ἐν πόλει Δαυείδ
यसले बेथलेहेमलाई जनाउँछ ।
Luke 2:12
τοῦτο ὑμῖν τὸ σημεῖον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यो चिन्ह दिनुहुनेछ” वा “तिमीहरूले परमेश्वरबाट यो चिन्ह देख्नेछौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑμῖν τὸ σημεῖον
“प्रमाण ।” यो कि त स्वर्गदूतले भनिरहेका कुरा सत्य हो भनी प्रमाणित गर्ने एउटा चिन्ह हुन सक्छ, कि त गोठालाहरूलाई बालक पहिचान गर्नलाई सहायता पुर्याउने एउटा चिन्ह हुन सक्छ ।
ἐσπαργανωμένον
त्यो संस्कृतिमा आमाहरूले तिनीहरूका बच्चाहरूलाई सुरक्षा दिने र हेरविचार गर्ने यो सामान्य तरिका थियो । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “न्यानो कम्बलमा कसिलो गरेर बेह्रिएको” वा “कम्बलमा सजिलो बनाएर बेह्रिएको” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κείμενον ἐν φάτνῃ
यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
Luke 2:13
πλῆθος στρατιᾶς οὐρανίου
यहाँ “स्वर्गीय दल” शब्दले वास्तविक सेनालाई जनाउन पनि सक्छ वा स्वर्गदूतहरूको एउटा सङ्गठित समूहको लागि एउटा अलङ्कार पनि हुन सक्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट स्वर्गदूतहरूको एउटा ठूलो समूह” (हेर्नुहोस्ः रूपक)
αἰνούντων τὸν Θεὸν καὶ λεγόντων
“परमेश्वरलाई प्रशंसा दिँदै”
Luke 2:14
δόξα ἐν ὑψίστοις Θεῷ
सम्भावित अर्थहरू हुन् १) “सर्वोच्चमा हुनुभएका परमेश्वरलाई सम्मान देओ” वा २) “परमेश्वरलाई सबैभन्दा उच्च सम्मान देओ ।”
ἐν ἀνθρώποις εὐδοκίας
“परमेश्वर प्रसन्न हुनुभएको पृथ्वीका मानिसहरूसँग शान्ति होस्”
Luke 2:15
καὶ ἐγένετο
यो वाक्यांशलाई स्वर्गदूतहरूले छोडेपछि गोठालाहरूले के गरे भन्ने कुरामा कथामा आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ ।
“गोठालाहरूबाट”
“एक आपसमा”
διέλθωμεν…ἴδωμεν…ἡμῖν
गोठालाहरूले आपसमा कुरा गरिरहेका हुनाले बोल्नेलाई पनि समेट्ने गरी “हामीलाई” भन्ने शब्दको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
“हामी ... पर्छ”
यसले बालकको जन्मलाई जनाउँछ, र स्वर्गदूतहरू देखा परेको कुरालाई होइन ।
Luke 2:16
κείμενον ἐν τῇ φάτνῃ
यो कुनै प्रकारको बाकस वा संरचना थियो जसमा मानिसहरूले केही परालहरू वा पशुहरूलाई खानको लागि अन्य खानेकुराहरू राख्थे । तपाईंले यसलाई लूका २:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
Luke 2:17
τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूहरूले गोठालाहरूलाई जे भनेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“ती बालक”
Luke 2:18
τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गोठालाहरूले तिनीहरूलाई जे भने”" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 2:19
συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς
कसैले “मनमा गुन्नु” भनेको केही कुरा धेरै मूल्यवान् वा बहुमूल्य छ भनेर सोच्नु हो । मरियमले आफ्ना छोराको बारेमा भनिएका कुराहरूलाई मूल्यवान् सम्झिन् । वैकल्पिक अनुवादः “तिनलाई होसियारीपूर्वक याद गर्दै” वा “तिनलाई आनन्दसाथ सम्झँदै” (हेर्नुहोस्ः रूपक)
Luke 2:20
ὑπέστρεψαν οἱ ποιμένες
“गोठालाहरू भेडाहरू भएकोतिर नै फिर्ता गए”
δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν
यिनीहरू धेरै समान छन् र परमेश्वरले के गर्नुभएको थियो भन्ने बारेमा तिनीहरू कति उत्साहित थिए भनेर जोड दिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको महान्ताको बारेमा कुरा गर्दै र प्रशंसा गर्दै” (हेर्नुहोस्ः प्रतिरूपी)
Luke 2:21
परमेश्वरले यहूदी विश्वासीहरूलाई दिनुभएको आज्ञाहरूले छोरा बालकको कहिले खतना गर्ने र बाबुआमाले के बलिदानहरू ल्याउनु पर्ने भनेर तिनीहरूलाई बतायो ।
ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ
यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν
“उहाँको जीवनको आठौँ दिनको अन्त्य ।” उहाँ जन्मिनुभएको दिनलाई पहिलो दिनको रूपमा गनियो ।
ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς
योसेफ र मरियमले उहाँलाई उहाँको नाउँ दिए ।
τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन नामले स्वर्गदूतले उहाँलाई बोलाएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 2:22
यो वाक्यांशले यस नयाँ घटना अगाडिको समय बितेको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आवश्यक ठान्नुभएका दिनहरूको सङ्ख्या” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν
“तिनीहरू विधिपूर्वक रीतिले शुद्ध हुनको निमित्त ।” तपाईंले परमेश्वरको भूमिकालाई पनि उल्लेख गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई पुनः शुद्ध ठान्नुहुनको लागि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
παραστῆσαι τῷ Κυρίῳ
“उहाँलाई परमप्रभुकहाँ ल्याउन” वा “उहाँलाई परमप्रभुको उपस्थितिमा ल्याउन ।” यो परमेश्वरले पहिलो पुरुष बालकमाथि गर्नुभएको दाबीलाई स्वीकार गर्ने एउटा उत्सव थियो ।
Luke 2:23
καθὼς γέγραπται ἐν νόμῳ Κυρίου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखेको झैँ” वा “तिनीहरूले मोशाले लेखेको हुनाले यसो गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶν ἄρσεν διανοῖγον μήτραν
“गर्भ खोल्छ” भनेको गर्भबाट जन्मने पहिलो बालकको निम्ति प्रयोग गरिने एउटा उपमा हो । यो दुवै जनावरहरू र मानिसहरूमा लागु हुन्थ्यो । वैकल्पिक अनुवादः “पहिलो जन्मेको हरेक सन्तान जो पुरुष हो” वा “हरेक पहिलो जन्मेको छोरा” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 2:24
τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου
“त्यो जुन परमप्रभुको व्यवस्थाले पनि भन्छ ।” यो व्यवस्थामा भएको एउटा भिन्न स्थान हो । यसले सबै पुरुषहरूलाई जनाउँछ, चाहे ती पहिला जन्मेका होऊन वा नहोऊन् ।
Luke 2:25
जब मरियम र योसेफ मन्दिरमा हुन्छन्, तिनीहरूले दुईजना मानिसहरूलाई भेट्छन्ः शिमियोन, जसले परमेश्वरको प्रशंसा गर्छन् र बालकको बारेमा एउटा अगमवाणी दिन्छन्, अनि अगमवादिनी हन्ना ।
ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ, ᾧ ὄνομα Συμεών
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको विषयमा सचेत बनाउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής
यी भाववाचक शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे ठीक थियो सो गरे र परमेश्वरको भय माने” वा “परमेश्वरका व्यवस्थाहरूको पालना गरे र परमेश्वरको भय माने”
τοῦ Ἰσραήλ
“इस्राएल” शब्द इस्राएलका मानिसहरूका लागि एउटा प्रतिस्थापन शब्द हो । “सहानुभूति दिनु” भनेको तिनीहरूलाई सान्तवना, वा “सहानुभूति” प्रदान गर्नु हो । “इस्राएलको सान्तवना” शब्दहरू इस्राएलका मानिसहरूलाई सान्तवना वा सहानुभूति ल्याउनुहुने ख्रीष्ट वा मसिहको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उहाँ जसले इस्राएलका मानिसहरूलाई सान्तवना दिनुहुने थियो” (हेर्नुहोस्ः लक्षणा)
Πνεῦμα ἦν Ἅγιον ἐπ’ αὐτόν
“पवित्र आत्मा उनीसँग हुनुहुन्थ्यो ।” परमेश्वर उनीसँग विशेष प्रकारले हुनुहुन्थ्यो, र उनलाई उनको जीवनमा बुद्धि र मार्गनिर्देशन दिनुभयो ।
Luke 2:26
ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनलाई देखाउनुभएको थियो” वा “पवित्र आत्माले उनलाई बताउनुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ ἰδεῖν θάνατον πρὶν
“उनी मर्नभन्दा अगाडि उनले परमप्रभुको ख्रीष्टलाई देख्नेछन्”
Luke 2:27
ἦλθεν ἐν τῷ Πνεύματι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी पवित्र आत्माले उनलाई डोहोर्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἦλθεν…εἰς τὸ ἱερόν
केही भाषाहरूले “गए” भन्न सक्छन् ।
εἰς τὸ ἱερόν
“मन्दिरको प्राङ्गनमा ।” केवल पूरोहितहरू मात्र मन्दिर भवनमा प्रवेश गर्न सक्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς γονεῖς
“येशूका आमाबुबा”
τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ
“परमेश्वरले व्यवस्थाले जे माग गरेको थियो”
Luke 2:28
αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας
“शिमियोनले बालक येशूलाई आफ्नो अङ्गालोमा राखे” वा “शिमियोनले येशूलाई उनको अङ्गालोमा च्यापे”
Luke 2:29
ἀπολύεις τὸν δοῦλόν σου
“म तपाईंका दास हुँ । मलाई शान्तिसित जान दिनुहोस् ।” यहाँ शिमियोनले आफैँलाई सम्बोधन गरिरहेका थिए ।
ἀπολύεις τὸν δοῦλόν σου
यो “मर्नु” को निम्ति प्रयोय गरिने आदरार्थी टुक्का हो । (हेर्नुहोस्ः व्यञ्जना)
κατὰ τὸ ῥῆμά σου
यहाँ “वचन” चाहिँ “प्रतिज्ञा”को लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसरी तपाईंले प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
Luke 2:30
εἶδον οἱ ὀφθαλμοί μου
यो अभिव्यक्तिको अर्थ हुन्छ, “मैले व्यक्तिगत रीतिले देखेको छु” वा “म, आफैँले, देखेको छु” (हेर्नुहोस्ः उपलक्षण)
τὸ σωτήριόν σου
यो अभिव्यक्तिले त्यो व्यक्तिलाई जनाउँछ जसले उद्धार ल्याउने थियो-बालक येशू-जसलाई शिमियोनले पक्रिरहेका थिए । वैकल्पिक अनुवादः “उद्धारकर्ता जसलाई तपाईंले पठाउनुभयो” वा “एकजना जसलाई तपाईंले ... बचाउनलाई पठाउनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
Luke 2:31
ὃ ἡτοίμασας
तपाईंले अघिल्लो वाक्यांशलाई कसरी अनुवाद गर्नुहुन्छ भन्ने कुरामा भर पर्दै, यसलाई “जसलाई तपाईं” मा बदल्नु पर्ने हुन सक्छ ।
“योजना बनाउनुभएको छ” वा “हुन लगाउनुभएको छ”
Luke 2:32
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου, Ἰσραήλ
यो अलङ्कारको अर्थ हुन्छ कि बालकले मानिसहरूलाई परमेश्वरको इच्छा बुझ्नलाई सहयता गर्नुहुनेछ । अन्यजातिहरूले परमेश्वरको इच्छालाई बुझ्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको मानिसहरूले कुनै भौतिक वस्तुलाई देख्नलाई भौतिक ज्योतिको प्रयोग गरेको हो । अन्यजातिहरूले के कुरालाई देख्नेछन् भन्ने कुरालाई तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यो बालकले अन्यजातिहरूलाई परमेश्वरको इच्छा बुझ्नलाई सक्षम बनाउनुहुनेछ जसरी ज्योतिले मानिसहरूलाई स्पष्टसँग देख्न दिन्छ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου, Ἰσραήλ
के प्रकाश पारिनुपर्ने हो भन्ने कुरालाई उल्लेख गर्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको सत्यतालाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“तपाईंका मानिसहरू इस्राएलप्रति महिमा ल्याउनको लागि उहाँ कारण हुनुहुनेछ”
Luke 2:33
τοῖς λαλουμένοις περὶ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शिमियोनले उहाँको बारेमा भनेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 2:34
εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ
“बालककी आमा, मरियमलाई भने ।” यो कुरा पक्का गर्नुहोस् कि मरियम शिमियोनकी आमा हुन् भनेर नसुनियोस् ।
ἰδοὺ
शिमियोनले बताउन लागेको कुरा मरियमको लागि अत्यन्तै महत्त्वपूर्ण छ भनेर उनलाई भन्नलाई तिनले यो अभिव्यक्ति प्रयोग गरे ।
οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ
यस अलङ्कारमा परमेश्वरबाट तर्केर टाढा जाने र अझ नजिक जाने कुरालाई “उत्थान” र “पतन” को रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “यो बालकले इस्राएलका धेरै मानिसहरूलाई परमेश्वरबाट तर्केर टाढा जान लगाउने वा परमेश्वरको अझ नजिक ल्याउने बनाउनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 2:35
ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί
यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले धेरै मानिसहरूका विचारहरू प्रकट गर्नुहुनेछ” वा “धेरै मानिसहरूले गोप्य रूपमा सोच्ने कुरालाई उहाँले प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 2:36
καὶ ἦν Ἅννα προφῆτις
यसले कथामा एउटा नयाँ सहभागीलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Φανουήλ
यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
“७ वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἀπὸ τῆς παρθενίας αὐτῆς
“तिनले उनलाई विवाह गरेपछि”
Luke 2:37
αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων
सम्भावित अर्थहरू हुन् १) तिनी ८४ वर्षसम्म विधवा भइबसेकी थिइन् वा २) तिनी एक विधवा थिइन् र अब ८४ वर्ष पुगेकी थिइन् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ
यो सम्भवतः अतिरञ्जित गरिएको अभिव्यक्ति हुन सक्छ । तिनले मन्दिरमा यति धेरै समय बिताउँथिन् कि तिनले कहिल्यै मन्दिर नै नछोडेको जस्तो देखिन्थ्यो । वैकल्पिक अनुवादः “सदैव मन्दिरमा नै रहन्थिन्” वा “प्रायः मन्दिरमा नै हुन्थिन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
νηστείαις καὶ δεήσεσιν λατρεύουσα
“धेरै अवसरहरूमा खानाबाट बञ्चित भएर र धेरै प्रार्थनाहरू चढाएर”
Luke 2:38
ἐπιστᾶσα
“तिनीहरूको छेउमा गए” वा “मरियम र योसेफकहाँ गए”
λύτρωσιν Ἰερουσαλήμ
यहाँ “उद्धार” शब्द त्यो काम गर्ने व्यक्तिलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “उहाँ जसले यरूशलेमलाई उद्धार गर्नुहुने थियो” वा “ती व्यक्ति जसले परमेश्वरका आशिष्हरू र कृपालाई यरूशलेममा फिर्ता ल्याउनुहुने थियो” (हेर्नुहोस्ः लक्षणा)
Luke 2:39
मरियम, योसेफ, र येशूले बेथलेहेमको सहरलाई छोड्नुहुन्छ र उहाँको बाल्यकालको लागि नासरतको सहरमा फर्किनुहुन्छ ।
πάντα τὰ κατὰ τὸν νόμον Κυρίου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमप्रभुको व्यवस्थाले तिनीहरूले गरेको खोजेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς πόλιν ἑαυτῶν Ναζαρέτ
यो वाक्यांशको अर्थ हो कि तिनीहरू नासरतमा बस्थे । यो निश्चय गर्नुहोस् कि नासरतको सहर तिनीहरूको स्वामित्वमा थियो भनेको जस्तो यो नसुनियोस् । वैकल्पिक अनुवादः “नासरतको सहर, जहाँ तिनीहरू बस्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 2:40
πληρούμενον σοφίᾳ
“अझ बुद्धिमानी हुँदै” वा “बुद्धिमान् कुराहरू सिक्दै”
χάρις Θεοῦ ἦν ἐπ’ αὐτό
“परमेश्वरले उहाँलाई आशिष् दिनुभयो” वा “परमेश्वर उहाँसँग एउटा विशेष तवरले हुनुहुन्थ्यो”
Luke 2:41
जब येशू १२ वर्षको हुनुभयो, उहाँ यरूशलेममा उहाँको परिवारसँगै जानुहुन्छ । उहाँ त्यहाँ हुनुभएको बेलामा, उहाँले प्रश्नहरू सोध्नुहुन्छ र मन्दिरका शिक्षकहरूको प्रश्नहरूको उत्तर दिनुहुन्छ ।
καὶ
यो पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
οἱ γονεῖς αὐτοῦ
“येशूका आमाबुबा”
Luke 2:42
ἀναβαινόντων αὐτῶν
यरूशलेम इस्राएलको अन्य कुनै पनि ठाउँभन्दा बढी उचाइमा थियो, त्यसैले इस्राएलीहरूले यरूशलेममा माथि जाने भनेर भन्नु सामान्य कुरा थियो ।
κατὰ τὸ ἔθος τῆς ἑορτῆς
“सामान्य समयमा” वा “जस्तो तिनीहरूले हरेक वर्ष गर्थे”
τῆς ἑορτῆς
यो निस्तार चाडको लागि अर्को नाम थियो, किनकि यसमा रीति बमोजिमको खाना खाने कुरा समावेश थियो ।
Luke 2:43
τελειωσάντων τὰς ἡμέρας
“जब चाड मनाउने सबै दिनहरू सिद्धिए” वा “तोकिएका दिनहरूसम्म चाड मनाएपछि”
Luke 2:44
νομίσαντες δὲ
“तिनीहरूले सोचे”
ἦλθον ἡμέρας ὁδὸν
“तिनीहरूले एक दिन यात्रा गरे” वा “तिनीहरू मानिसहरूले एक दिनमा हिँड्न सक्ने जति टाढा गए”
Luke 2:46
καὶ ἐγένετο
यहाँ यो वाक्यांशलाई कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्नलाई कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
ἐν τῷ ἱερῷ
यसले मन्दिर वरिपरि भएको प्राङ्गनलाई जनाउँछ । केवल पूरोहितहरूलाई मात्र भित्र प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र” वा “मन्दिरभित्र” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν μέσῳ τῶν διδασκάλων
यसको तात्पर्य ठीक केन्द्र होइन । बरु, यसको अर्थ “माझ” वा “सँगै” वा “बाट घेरिएर” भन्ने हुन्छ ।
τῶν διδασκάλων
“धार्मिक शिक्षकहरू” वा “मानिसहरूलाई परमेश्वरको बारेमा सिकाउनेहरू”
Luke 2:47
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ
तिनीहरूले बुझ्न सकेनन् कि कसरी एउटा बाह्र वर्षको केटोले कुनै धार्मिक शिक्षा बिना त्यति राम्ररी जवाफ दिन सक्छ ।
ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ
“उहाँले यति धेरै बुझ्नुभएकोमा” वा “उहाँले परमेश्वरको बारेमा यति धेरै बुझ्नुभएकोमा”
“उहाँले तिनीहरूलाई यति राम्रो जवाफ दिनुभएकोमा” वा “उहाँले तिनीहरूका प्रश्नहरूको त्यति राम्रो जवाफ दिनुभएकोमा”
Luke 2:48
καὶ ἰδόντες αὐτὸν
“जब मरियम र योसेफले येशूलाई भेट्टाए”
τί ἐποίησας ἡμῖν οὕτως?
यो अप्रत्यक्ष हप्की थियो किनभने उहाँ तिनीहरूसँग फर्केर घर जानुभएको थिएन । यसले तिनीहरूलाई उहाँको बारेमा चिन्ता गर्ने बनायो । वैकल्पिक अनुवादः “तिमीले हामीलाई यसो गर्नुहुने थिएन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἰδοὺ
यो शब्दलाई धेरैपटक कुनै नयाँ वा महत्त्वपूर्ण घटनाको सुरुवातलाई देखाउन प्रयोग गरिएको छ । यसलाई काम कहाँ सुरु हुन्छ भनेर देखाउनलाई पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईंको भाषामा यस किसिमले प्रयोग हुने कुनै वाक्यांश छ भने, त्यसलाई यहाँ प्रयोग गर्न स्वभाविक हुन्छ वा हुँदैन भनेर विचार गर्नुहोस् ।
Luke 2:49
τί ὅτι ἐζητεῖτέ με?
येशूले उहाँका बाबुआमालाई हल्का तवरले हप्काउन, र उहाँसँग उहाँको स्वर्गीय पिताबाटको तिनीहरूले बुझ्न नसकेका एउटा उद्देश्य छ भनेर बताउन सुरु गर्नलाई दुई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले मेरो बारेमा चिन्ता गर्न जरुरी थिएन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με?
उहाँको बाबुआमालाई त्यस उद्देश्यको बारेमा थाहा हुनुपर्थ्यो जसको लागि उहाँको पिताले उहाँलाई पठाउनुभयो भनेर भन्न प्रयास गर्नलाई येशूले यो दोस्रो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले थाहा पाउनुपर्थ्यो ... काम ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν τοῖς τοῦ πατρός μου
सम्भावित अर्थहरू हुन् १) येशूले उहाँको पिताले उहाँलाई दिनुभएको काम गरिरहनुभएको थियो भनेर सङ्केत गर्नलाई उहाँले यी शब्दहरूको अक्षरशः अर्थ दिन खोज्नुभयो, वा २) यी शब्दहरू एउटा उपमा हुन् जसले येशू त्यहाँ हुनुहुन्थ्यो भनेर सङ्केत गर्छन् जुन हो, “मेरा पिताको घरमा ।” तर किनकि अर्को पदले उहाँले उहाँका बाबुआमालाई भनिरहनुभएको कुरा तिनीहरूले बुझेनन् भनेर बताउँछ, यसलाई थप व्याख्या नगर्नु नै उत्तम हुन्छ ।
τοῦ πατρός μου
१२ को हुनुहुँदा, येशू, परमेश्वरको पुत्रले बुझ्नुभयो कि परमेश्वर उहाँको साँचो पिता हुनुहुन्थ्यो (योसेफ, मरियमको पति होइन) । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 2:51
καὶ κατέβη μετ’ αὐτῶν
“येशू मरियम र योसेफसँगै घर जानुभयो”
ἦν ὑποτασσόμενος αὐτοῖς
“तिनीहरूको आज्ञापालन गर्नुभयो” वा “सदैव तिनीहरूको आज्ञापालन गरिरहनुभयो”
διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς
यहाँ “हृदय” भनेको व्यक्तिको मन वा भित्री व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यी सबै कुरा होसियारीपूर्वक सम्झिन्” (हेर्नुहोस्ः लक्षणा)
Luke 2:52
Ἰησοῦς προέκοπτεν τῇ σοφίᾳ, καὶ ἡλικίᾳ
“अझै बुद्धिमान् र बलियो हुनुभयो ।” यसले बौद्धिक र शारीरिक वृद्धिलाई जनाउँछ ।
χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις
यसले आत्मिक र सामाजिक वृद्धिलाई जनाउँछ । यिनीहरूलाई अलग-अलग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरैभन्दा धेरै आशिष् दिनुभयो र मानिसहरूले उहाँलाई धेरैभन्दा धेरै मन पराए ।”
Luke 3
लूका ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउन कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ३:४-६ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटको शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
न्याय
सिपाहीहरू र कर उठाउनेहरूलाई यस अध्यायमा भएका यूहन्नाका निर्देशनहरू जटिल छैनन् । तिनीहरू ती कुराहरू हुन् जुन तिनीहरूलाई त्यसै थाहा हुनुपर्ने हो । उनले तिनीहरूलाई धर्मी तवरले जिउनलाई निर्देशन दिए । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि लूका ३:१२-१५)
वंशावली
वंशावली एउटा सूची हो जसले एउटा व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ । यस्ता सूचीहरू कसको राजा हुने हक थियो भनेर निर्धारण गर्नलाई धेरै महत्त्वपूर्ण हुन्थे, किनभने राजाको अधिकार सामान्यतया उनीभन्दा मुनि सर्थ्यो वा उनका बाबुबाट उत्तराधिकारको रूपमा प्राप्त गरिएको हुन्थ्यो । अरू महत्त्वपूर्ण मानिसहरूको पनि अभिलिखित वंशावली हुने कुरा सामान्य कुरा थियो ।
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
रूपक
अगमवाणीले धेरैपटक त्यसको अर्थ व्यक्त गर्नलाई रूपकहरूको प्रयोगलाई समावेश गर्छ । अगमवाणीको उचित उल्थाको लागि विभिन्न भेद छुट्ट्याउने आत्मिक समझदारीको आवश्यकता हुन्छ । यशैयाको अगमवाणी एउटा विस्तारित रूपक हो जसले बप्तिस्मा दिने यूहन्नाको सेवकाइलाई वर्णन गर्छ (लूका ३:४-६) । अनुवाद कठिन हुन्छ । यो सुझाव दिइन्छ कि अनुवादकले यूएलटीको हरेक पङ्क्तिलाई एउटा छुट्टै रूपकको रूपमा लिऊन् । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी) अनि रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“(हेरोद) ले यूहन्नालाई झ्यालखानामा कैदी बनाए”
यो घटनाले अलमल ल्याउन सक्छ किनभने लेखकले बताउँछन् कि यूहन्ना कैदमा हालिएका थिए र त्यसपछि उनले भन्छन् कि उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए । लेखकले सम्भवतः यो वाक्यांश यूहन्नालाई हेरोदले झ्यालखानामा हाल्नेछन् भन्ने आशामा प्रयोग गर्छन् । यसको अर्थ हुन जान्छ कि यो कथा वर्णनको समयमा यो भनाइ अझै पनि भविष्यमा नै छ ।
Luke 3:1
येशूको नातेदार भाइ यूहन्नाले उनको सेवकाइको थालनी गर्दा के भइरहेको छ भनेर बताउनलाई यी पदहरूले पृष्ठभूमि जानकारी दिन्छन् ।
जसरी यशैया अगमवक्ताले पहिल्यै भविष्यवाणी गरेका थिए, यूहन्नाले मानिसहरूलाई सुसन्देश प्रचार गर्न सुरु गर्छन् ।
Ποντίου Πειλάτου…Ἡρῴδου…Φιλίππου…Λυσανίου
यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῆς Ἰουδαίας…τῆς Γαλιλαίας…τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος…τῆς Ἀβειληνῆς
यी प्रदेशहरूका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:2
ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα
“यी दुवैले सँगसँगै प्रधान पूजाहारीको रूपमा सेवा गरिरहेका बेलामा ।” हन्नास प्रमुख पूजाहारी थिए, र रोमीहरूले उनको ज्वाइँ, कैयाफालाई उनको ठाउँमा प्रमुख पूजाहारी हुनलाई नियुक्त गरिसकेपछि पनि यहूदीहरूले उनलाई त्यसरी नै पहिचान गर्न निरन्तरता दिए ।
ἐγένετο ῥῆμα Θεοῦ
लेखकले परमेश्वरको सन्देशको विषयमा यसरी बताउँछन् मानौँ त्यो कुनै व्यक्ति हो जुन त्यसलाई सुन्नेहरूतर्फ सर्थ्यो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको सन्देश बोल्नुभयो” (हेर्नुहोस्ः रूपक)
Luke 3:3
κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
“बप्तिस्मा” र “पश्चात्ताप” जस्ता शब्दहरूलाई कार्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनीहरूका पापको निम्ति पश्चात्ताप गरिरहेका छन् भन्ने देखाउन मानिसहरूलाई बप्तिस्मा दिइनुपर्छ भनी उनले प्रचार गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
तिनीहरूले पश्चात्ताप गर्ने थिए ताकि परमेश्वरले तिनीहरूका पापहरूलाई क्षमा दिनुभएको होस् । “क्षमा” शब्दलाई एउटा कार्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिनीहरूका पाप क्षमा गरिऊन्” वा “कि परमेश्वरले तिनीहरूका पाप क्षमा गर्नुभएको होस्” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 3:4
लेखक, लूकाले बप्तिस्मा दिने यूहन्नाको विषयमा भएको यशैया अगमवक्ताको खण्डलाई उद्धृत गर्छन् ।
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου
यी शब्दहरूले यशैया अगमवक्ताबाटको एउटा उद्धरणलाई परिचय गराउँछन् । तिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र छुटेका शब्दहरूलाई राख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको जस्तै भयो” वा “यशैया अगमवक्ताले आफ्नो पुस्तकमा लेखेको कुरा यूहन्नाले पूरा गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि शब्दलोप)
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ
यसलाइ एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उजाडस्थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्थानमा कराइरहने कोही एकजनाको स्वर सुन्छन्”
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου; εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ
दोस्रो आज्ञाले पहिलोलाई व्याख्या गर्छ वा थप विस्तृत विवरण थप्छ ।
ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου
“परमप्रभुको लागि मार्ग तयार पार ।” यसो गर्नुले प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्नलाई तयार भइ रहने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको पश्चात्ताप गरेर यसो गर्छन् । वैकल्पिक अनुवादः “प्रभुको सन्देश सुन्नलाई तयार होओ जब उहाँ आउनुहुन्छ” वा “प्रभु आउनको लागि पश्चात्ताप गरेर तयार होओ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“बाटो” वा “सडक”
Luke 3:5
πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται
जब मानिसहरूले कुनै महत्त्वपूर्ण व्यक्तिको लागि बाटो तयार गर्छन् जो आउँदै गरेका हुन्छन्, तिनीहरूले उच्चमा रहेका ठाउँहरूलाई काटेर तल झार्छन् र होचा स्थानहरूलाई पुर्छन् ताकि बाटो समतल हुन सकोस् । यो अघिल्लो पदमा सुरु गरिएको अलङ्कारको हिस्सा हो । (हेर्नुहोस्ः रूपक)
πᾶσα φάραγξ πληρωθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले सडकको हरेक होचो भागलाई पुर्नेछन् ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “तिनीहरूले हरेक पहाड र डाँडालाई समतल पार्नेछन्” वा “तिनीहरूले सडकका हरेक उच्च भागलाई हटाउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 3:6
ὄψεται…τὸ σωτήριον τοῦ Θεοῦ
This can be stated as an action. “परमेश्वरले मानिसहरूलाई पापबाट कसरी बचाउनुहुन्छ भन्नेबारे सिक्नेछन् ।” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 3:7
βαπτισθῆναι ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाद्वारा बप्तिस्मा लिन आइरहेको” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γεννήματα ἐχιδνῶν
यो एउटा अलङ्कार हो । यहाँ “बच्चा”को अर्थ “उही गुणहरूले युक्त” भन्ने हुन्छ । साँभे सर्पहरू चाहिँ विषालु सर्पहरू हुन् जो खतरनाक हुन्छन् र जसले दुष्टतालाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू दुष्ट विषालु साँपहरू” वा “तिमीहरू विषालु सर्पजस्तै दुष्ट छौ” (हेर्नुहोस्ः रूपक)
τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς?
उनले वास्तवमा तिनीहरूको जवाफको अपेक्षा गरिरहेका थिएनन् । यूहन्नाले मानिसहरूलाई हप्काइरहेका थिए किनभने तिनीहरूले उनलाई आफूहरूलाई बप्तिस्मा दिनलाई बिन्ती गरिरहेका थिए ताकि परमेश्वरले तिनीहरूलाई दण्ड नदिनुभएको होस्, तर तिनीहरू पाप गर्नलाई छोड्न चाहँदैनथे । वैकल्पिक अनुवादः “यसरी तिमीहरू परमेश्वरको क्रोधबाट भाग्न सक्दैनौ !” वा “बप्तिस्मा लिएर मात्र परमेश्वरको क्रोधबाट उम्कन सक्दैनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀπὸ τῆς μελλούσης ὀργῆς
शब्द “क्रोध” परमेश्वरको दण्डलाई जनाउनलाई प्रयोग गरिएको छ, किनभने उहाँको क्रोध अगि आउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले पठाउन लाग्नुभएको दण्डबाट” वा “परमेश्वरको क्रोधबाट जसमा उहाँले काम गर्न लागिरहनुभएको छ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 3:8
ποιήσατε…καρποὺς ἀξίους τῆς μετανοίας
यस अलङ्कारमा, कोही व्यक्तिको आचरणलाई फलसँग दाँजिएको छ । जसरी कुनै बोटले त्यस बोटको प्रकारसँग सुहाउँदो फल उत्पन्न गरेको अपेक्षा गरिन्छ, आफूले पश्चात्ताप गरेको छु भनेर बताउने कुनै व्यक्तिले पनि धर्मी तवरले जिएको अपेक्षा गरिन्छ । वैकल्पिक अनुवादः “त्यस प्रकारका फलहरू फलाओ जसले देखाउँछ कि तिमीहरूले पश्चात्ताप गरेका छौ” वा “ती कुराहरू गर जसले देखाउँछ कि तिमीहरू आफ्ना पापबाट तर्किगएका छौ” (हेर्नुहोस्ः रूपक)
“तिमीहरू आफैँलाई भन्दै” वा “सोच्दै”
πατέρα ἔχομεν τὸν Ἀβραάμ
“अब्राहाम हाम्रा पूर्वज हुन्” वा “हामी अब्राहामका सन्तानहरू हौँ ।” तिनीहरूले कि यसो भन्ने थिए भनेर अस्पष्ट छ भने, तपाईंले अन्तर्निहित जानकारीलाई पनि थप्न सक्नुहुन्छः “त्यसैले परमेश्वरले हामीलाई दण्ड दिनुहुने छैन ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
“अब्राहामका लागि सन्तान बनाउन”
ἐκ τῶν λίθων τούτων
यूहन्नाले सम्भवतः यर्दन नदी किनारमा भएका वास्तविक ढुङ्गाहरूलाई नै जनाइरहेका हुन सक्छन् ।
Luke 3:9
ἤδη…ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται
त्यो बन्चरो जुन रूखको जरालाई त्यसले काट्न सकोस् भनेर ठाउँमा बसिसकेको छ, सुरु हुन लागिरहेको दण्डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर रूखहरूको जरामा बन्चरो राखिसकेको मानिसजस्तै हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
πᾶν…δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
यहाँ “आगो” दण्डको लागि एउटा अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले हरेक रूखलाई काटेर ढाल्नुहुन्छ ... र त्यसलाई आगोमा फाल्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Luke 3:10
यूहन्नाले भीडमा भएका मानिसहरूले उनलाई सोधेका प्रश्नहरूको जवाफ दिन थाल्छन् ।
ἐπηρώτων αὐτὸν…λέγοντες
“उनलाई सोध्दै भने” वा “यूहन्नालाई सोध्दै”
Luke 3:11
ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς
“यसो भन्दै जवाफ दिए” वा “तिनीहरूलाई उत्तर दिए” वा “भने”
ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω
“बचेको खानेकुरालाई बाँड जसरी तिमीहरूले बढी भएको खास्टोलाई बाँड्यौ ।” यसले खाँचोमा भएकाहरूलाई खानेकुरा दिने कुरालाई नै जनाउँछ । वैकल्पिक अनुवादः “त्यो व्यक्तिलाई खानेकुरा देओ जससँग केही छैन” (हेर्नुहोस्ः शब्दलोप)
Luke 3:12
ἦλθον…βαπτισθῆναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाद्वारा बप्तिस्मा लिन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 3:13
μηδὲν πλέον…πράσσετε
“धेरै पैसा नमाग” वा “बढी पैसा उठाउन नखोज ।” कर उठाउनेहरूले तिनीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा उठाइरहेका थिए । यूहन्नाले तिनीहरूलाई त्यसो गर्न छोड्नुपर्छ भनेर बताउँछन् ।
παρὰ τὸ διατεταγμένον ὑμῖν
कर उठाउने व्यक्तिको अधिकार रोमबाट आउँछ भनेर देखाउनको लागि यो कर्म वाच्यमा छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई रोमीहरूले उठाउनलाई अधिकार दिएका भन्दा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 3:14
τί ποιήσωμεν καὶ ἡμεῖς?
हामी सिपाहीहरूबारे नि ? हामीले चाहिँ के गर्नुपर्छ ? शब्दहरू “हाम्रो” र “हामीले” मा यूहन्ना पर्दैनन् । सिपाहीहरूले भन्न खोजेका छन् कि यूहन्नाले भीड र कर उठाउनेलाई तिनीहरूले के गर्नुपर्छ भनेर बताइसकेका छन् र तिनीहरूले सिपाहीहरूको रूपमा के गर्नुपर्छ भनेर जान्न चाहन्छन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
μηδὲ συκοφαντήσητε
पैसा असुल्नलाई सिपाहीहरूले मानिसहरूलाई झूटो दोष लगाइरहेका थिए जस्तो देखिन्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसै गरी, तिनीहरूबाट पैसा असुल्नलाई कसैलाई पनि झूटो दोष नलगाओ” वा “कुनै पनि निर्दोष व्यक्तिलाई अवैधानिक काम गरेको छ नभन”
καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν
“तिम्रो तनखामा सन्तुष्ट होओ”
Luke 3:15
προσδοκῶντος δὲ τοῦ λαοῦ
“किनकि मानिसहरू” । यसले यूहन्नाकहाँ आएका मानिसहरूलाई जनाउँछ ।
διαλογιζομένων…ἐν ταῖς καρδίαις αὐτῶν
“यूहन्नाको विषयमा के सोच्ने भनेर सबैजना अनिश्चित थिए; तिनीहरूले आफैँलाई सोधे, ‘के उनी ख्रीष्ट हुन सक्छन् ?’” वा “यूहन्नाको विषयमा के सोच्ने भनेर कोही पनि निश्चित थिएन किनभने तिनीहरू सबै उनी ख्रीष्ट हुन सक्छन् कि भनेर विचार गर्दै थिए ।”
Luke 3:16
ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης
अझ महान् व्यक्ति आउँदै गरेको जवाफ यूहन्नाले दिँदा स्पष्टसँग यो अर्थ लाग्छ कि यूहन्ना ख्रीष्ट होइनन् । यसलाई तपाईंको पाठकहरूको लागि प्रस्टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यूहन्नाले तिनीहरू सबैलाई ... भनेर स्पष्ट बनाए कि उनी ख्रीष्ट होइनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐγὼ…ὕδατι βαπτίζω ὑμᾶς
“म पानीको प्रयोग गरेर बप्तिस्मा दिन्छु” वा “म पानीको माध्यमले बप्तिस्मा दिन्छु”
οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ
“उहाँको जुत्ताको फित्ता फुकाल्नलाई पनि म महत्त्वपूर्ण छैन ।” जुत्ताको फित्ता फुकाल्ने कर्तव्य दासको हुन्थ्यो । यूहन्नाले भन्दै थिए, कि उहाँ जो आउँदै हुनुहुन्थ्यो, उहाँको दास बन्नको लागि पनि उनी पर्याप्त मात्रामा योग्य थिएनन् ।
αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ, καὶ πυρί
यो अलङ्कारले एउटा व्यक्तिलाई पानीसँगको स्पर्शमा ल्याएर गर्ने वास्तविक बप्तिस्मासँग तिनीहरूलाई पवित्र आत्मा र आगोको सम्बन्धमा ल्याउने आत्मिक बप्तिस्मासँग तुलना गर्छ । (हेर्नुहोस्ः रूपक)
αὐτὸς ὑμᾶς βαπτίσει…πυρί
यहाँ “आगो” शब्दले १) इन्साफ वा २) शुद्धिकरणलाई जनाउन सक्छ । यसलाई “आगो”कै रूपमा छोड्नलाई रुचाइन्छ । (हेर्नुहोस्ः रूपक)
Luke 3:17
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ
“उहाँले निफन्ने नाङलो समाइरहनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ ।” यूहन्नाले ख्रीष्टले मानिसहरूको न्याय गर्न आउनुहुने कुरालाई मानौँ उहाँ एउटा किसान भएर गहुँबाट भुसलाई छुट्याउन तयार भएजसरी बताउँछन् । वैकल्पिक अनुवादः “तयार अवस्थामा रहेको किसान जस्तै उहाँ मानिसहरूको इन्साफ गर्नलाई तयार हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
πτύον
यो अन्नलाई माथि हावामा फ्याँकेर भुसबाट अलग गराउने सामग्री हो । अन्नको गह्रौँ दाना तल फर्केर आउँछ र अनावश्यक भुसलाई हावाले उडाएर लैजान्छ । यो सुकेको घाँस सोर्ने दाँते जस्तै हो ।
διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ
खला भनेको एउटा ठाउँ हो जहाँ गहुँलाई निफन्ने तयारी गर्नको लागि थाक लगाएर राखिएको थियो । खलालाई “सफा पार्नु” भनेको अनाज निफन्नलाई सकाउनु हो । वैकल्पिक अनुवादः “उहाँको अनाजलाई निफन्न सकाउनु”
καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ
गहुँ चाहिँ स्वीकार्य फसल हो जसलाई राखिन्छ र सञ्चय गरिन्छ ।
τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ
भुस कुनै कुराको निम्ति पनि उपयोगी नहुने हुनाले मानिसहरूले त्यसलाई जलाउँछन् ।
Luke 3:18
कथाले यूहन्नालाई के हुन लागिरहेको छ भनेर बताउँछ तर त्यो यस समयमा भइसकेको छैन । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
πολλὰ…καὶ ἕτερα παρακαλῶν
“अरू धेरै कडा अनुरोधहरूसहित”
Luke 3:19
ὁ…Ἡρῴδης ὁ τετράρχης
यिनी हेरोद राजा होइन, शासक थिए । उनको शासन गालील क्षेत्रमा मात्र सीमित थिए ।
ἐλεγχόμενος ὑπ’ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ
“किनभने हेरोदले उनका आफ्नै भाइकी पत्नी हेरोदियासलाई विवाह गरेका थिए ।” यो दुष्ट थियो किनभने हेरोदका भाइ अझै जीवित थिए । यसलाई प्रस्टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उनका भाइ अझै जीवितै हुँदा, उनले आफ्नो भाइकी पत्नी, हेरोदियासलाई विवाह गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 3:20
κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ
किनकि हेरोद बडाहाकिम थिए, उनले शायद उनका सिपाहीहरूलाई यूहन्नालाई थुन्नलाई आदेश दिएर यूहन्नालाई थुने । वैकल्पिक अनुवादः “उनले उनका सिपाहीहरूलाई यूहन्नालाई झ्यालखानामा थुन्न लगाए” वा “उनले उनका सिपाहीहरूलाई यूहन्नालाई झ्यालखानामा हाल्नलाई भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 3:21
अघिल्लो पदले बताउँछ कि हेरोदले यूहन्नालाई झ्यालखानामा हाले । यो कुरा प्रस्ट बनाउन सहयोगी हुन सक्छ कि पद २१ देखि सुरु भएको विवरण यूहन्नाको पक्राउभन्दा अगाडि भएको हो । यूएसटीले पद २१ लाई “तर यूहन्ना झ्यालखानामा हालिनुभन्दा पहिले” सँग सुरु गरेर यसो गर्छ । (हेर्नुहोस्ः घटनाक्रमहरू)
येशूले उहाँको सेवकाइ उहाँको बप्तिस्माबाट सुरु गर्नुहुन्छ ।
ἐγένετο δὲ
यो वाक्यांशले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
βαπτισθῆναι ἅπαντα τὸν λαὸν
“यूहन्नाले सबै मानिसलाई बप्तिस्मा दिँदै गर्दा ।” “सबै मानिसहरू” भन्ने पदावलीले यूहन्नासँग भएका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ Ἰησοῦ βαπτισθέντος
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले येशूलाई पनि बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀνεῳχθῆναι τὸν οὐρανὸν
“आकाश उघ्रियो” वा “आकाश खुल्ला भयो ।” यो साधारण बादल हट्ने कुराभन्दा बढी हो, तर यसको तात्पर्य के हो भनी स्पष्ट छैन । सम्भवतः यसको तात्पर्य आकाशमा प्वाल देखा पर्यो भन्ने हुन सक्छ ।
Luke 3:22
“पवित्र आत्मा येशूमाथि भौतिक रूपमा ओर्लिआउनुभयो”
φωνὴν ἐξ οὐρανοῦ γενέσθαι
यहाँ “स्वर्गबाट एउटा आवाज आयो” भन्ने कुराले पृथ्वीमा भएका मानिसहरूले स्वर्गमा हुनुभएको परमेश्वर बोलिरहनुभएको सुने भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । परमेश्वर येशूसँग बोल्नुभयो भन्ने कुरालाई प्रस्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट एउटा आवाजले यसो भन्यो” वा “परमेश्वर येशूसँग ... भन्दै स्वर्गबाट बोल्नुभयो” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ Υἱός μου
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 3:23
लूकाले येशूको बाबु मानिएको योसेफको वंशबाट उहाँका पूर्खाहरूको सूची बनाउँछन् ।
καὶ
यो शब्दलाई यहाँ कथा वर्णनबाट येशूको उमेर र पूर्खाहरूको पृष्ठभूमि जानकारीतर्फ आएको बदलावलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα
“३० वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ
“उहाँलाई योसेफको छोराको रूपमा चिनिन्थ्यो” वा “मानिसहरूले उहाँलाई योसेफको छोरा ठान्थे”
Luke 3:24
τοῦ Μαθθὰτ, τοῦ Λευεὶ, τοῦ Μελχεὶ, τοῦ Ἰανναὶ, τοῦ Ἰωσὴφ
यसले पद २४ मा भएको “उनी ... का छोरा ... एलीका छोरा, योसेफका ... ” शब्दहरूसहित सूचीलाई निरन्तरता दिन्छ । तपाईंको भाषामा मानिसहरूले पूर्खाहरूको सूची कसरी बनाउँछन्, त्यसलाई विचार गर्नुहोस् । तपाईंले सम्पूर्ण सूचीमा उस्तै पदावलीको प्रयोग गर्नुपर्छ । सम्भावित ढाँचाहरू हुन् १) “... उहाँ एलीका छोरा योसेफका छोरा हुनुहुन्थ्यो, जो मत्तातका छोरा थिए, जो लेवीका छोरा थिए, जो मल्कीका छोरा, जो यान्नाका छोरा, जो योसेफका छोरा” वा २) “... उहाँ ... योसेफका छोरा हुनुहुन्थ्यो । योसेफ एलीका छोरा थिए । एली मत्तातका छोरा थिए । मत्तात लेवीका छोरा थिए । लेवी मल्कीका छोरा थिए । मल्की यान्नाका छोरा थिए । यान्ना योसेफका छोरा थिए” वा ३) “उहाँको पिता ... योसेफ थिए । योसेफका पिता एली थिए । एलीका पिता मत्तात थिए । मत्तातका पिता लेवी थिए । लेवीका पिता मल्की थिए । मल्कीका पिता यान्ना थिए । यान्नाका पिता योसेफ थिए” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:25
τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλεὶ, τοῦ Ναγγαὶ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:26
τοῦ Μάαθ, τοῦ Ματταθίου, τοῦ Σεμεεῒν, τοῦ Ἰωσὴχ, τοῦ Ἰωδὰ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:27
τοῦ Ἰωανὰν, τοῦ Ῥησὰ, τοῦ Ζοροβαβὲλ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρεὶ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
शालतिएल नाउँ शेअलतिएल नामको फरक हिज्जे भएको हुन सक्छ (किनकि केही संस्करणहरूमा त्यो छ), तर पहिचान गर्न गाह्रो छ ।
Luke 3:28
τοῦ Μελχεὶ, τοῦ Ἀδδεὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμαδὰμ, τοῦ Ἢρ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:29
τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Μαθθὰτ, τοῦ Λευεὶ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:30
τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰμ, τοῦ Ἐλιακεὶμ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:31
τοῦ Μελεὰ, τοῦ Μεννὰ, τοῦ Ματταθὰ, τοῦ Ναθὰμ, τοῦ Δαυεὶδ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:32
τοῦ Ἰεσσαὶ, τοῦ Ἰωβὴλ, τοῦ Βόος, τοῦ Σαλὰ, τοῦ Ναασσὼν
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:33
τοῦ Ἀμιναδὰβ, τοῦ Ἀδμεὶν, τοῦ Ἀρνεὶ, τοῦ Ἑσρὼμ, τοῦ Φαρὲς, τοῦ Ἰούδα
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:34
τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:35
τοῦ Σεροὺχ, τοῦ Ῥαγαὺ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλὰ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:36
τοῦ Καϊνὰμ, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:37
τοῦ Μαθουσαλὰ, τοῦ Ἑνὼχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰμ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 3:38
τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ Θεοῦ
यो [लूका ३:२३] (./23.md) देखि सुरु भएको येशूका पूर्खाहरूको सूचीको निरन्तरता हो । योभन्दा अगिल्ला पदहरूमा प्रयोग गर्नुभएको ढाँचालाई नै प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τοῦ Ἀδὰμ, τοῦ Θεοῦ
“आदम, परमेश्वरद्वारा सृजिएका” वा “आदम, जो परमेश्वरबाट थिए” वा “हामीले आदमलाई परमेश्वरका छोरा भन्न सक्छौँ”
Luke 4
लूका ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यसामग्रीभन्दा दायाँतिर सारेर राख्छन् । यूएलटीले ४:१०-११, १८-१९ मा भएको कवितासँग यसो गर्छ, जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
येशू दुष्टद्वारा परीक्षित हुनुभयो
हुन त यो कुरा सत्य हो कि दुष्टले साँच्चै विश्वास गर्यो कि त्यसले येशूलाई त्यसको आज्ञापालन गर्नलाई मनाउन सक्थ्यो, यो महत्त्वपूर्ण छ कि येशूले कहिल्यै वास्तवमै त्यसको आज्ञापालन गर्न साँच्चै इच्छा गर्नुभयो भनेर अर्थ नलागोस् ।
Luke 4:1
येशू ४० दिन उपवास बस्नुहुन्छ, र दुष्टले उहाँलाई पाप गर्नलाई मनाउन कोसिस गर्नलाई उहाँलाई भेट्छ ।
Ἰησοῦς δὲ
यूहन्नाले येशूलाई बप्तिस्मा दिइसकेपछि । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἤγετο ἐν τῷ Πνεύματι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई डोर्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 4:2
ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου
अधिकांश संस्करणहरूले भन्छन् कि परीक्षा चाहिँ पूरा ४० दिनको अवधिभर थियो । यूएसटीले यसलाई प्रस्ट बनाउन “जब उहाँ त्यहाँ हुनुहुन्थ्यो, दुष्टले उहाँलाई परीक्षा गरिरह्यो” भनेर बताउँछ ।
“४० दिन” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र दुष्टले उहाँलाई के गर्ने परीक्षा दियो भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “दियाबलसले उहाँलाई परमेश्वरको अनाज्ञापालन गर्न मनायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ οὐκ ἔφαγεν οὐδὲν
“उहाँ” शब्दले येशूलाई जनाउँछ ।
Luke 4:3
Υἱὸς…τοῦ Θεοῦ
दियाबलसले यो आश्चर्यकर्म गरेर उहाँ परमेश्वरका पुत्र नै भनी प्रमाणित गर्न चुनौती दिन्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εἶπεν…ὁ διάβολος
दियाबलसले ढुङ्गालाई कि हातमा समाइरहेको थियो कि भने नजिकैको ढुङ्गालाई देखाउँदै थियो ।
Luke 4:4
ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, γέγραπται
दुष्टको चुनौतिप्रति येशूको इन्कार उहाँको जवाफमा प्रस्टसँग बुझिएको छ । यसलाई तपाईंका पाठकहरूका लागि यसलाई प्रस्टसँग व्यक्त गर्न सहयोगी हुन सक्छ, जसरी यूएसटीले गर्छः “येशूले जवाफ दिनुभयो, ‘होइन, म त्यसो गर्ने छैन किनभने यसो लेखिएको छ ... केवल ... ।’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
γέγραπται
यो व्यवस्थाको पुस्तकबाट उद्धृत गरिएको भनाइ हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा लेखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος
“रोटी” शब्दले सामान्य रूपमा खानालाई जनाउँछ । खानेकुरालाई परमेश्वरसँग दाँजेर हेर्दा, त्यो आफैँले, कोही व्यक्तिलाई जीवित राख्न पर्याप्त छैन । येशूले किन ढुङ्गालाई रोटी बनाउनुभएन भनी धर्मशास्त्रबाट भन्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “मानिस रोटीले मात्र बाँच्दैन” वा “मानिस खानेकुराले मात्र बाँच्ने होइन” वा “परमेश्वर भन्नुहुन्छ कि त्यहाँ खानेकुराभन्दा बढी महत्त्वपूर्ण कुराहरू छन्” (हेर्नुहोस्ः उपलक्षण)
Luke 4:5
ἀναγαγὼν αὐτὸν
त्यसले येशूलाई माथि पहाडतर्फ डोहोर्यायो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν στιγμῇ χρόνου
“तुरुन्त” वा “तत्कालै”
Luke 4:6
ἐμοὶ παραδέδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् कि “तिनीहरू”ले १) राज्यहरूको अधिकार र वैभव वा २) राज्यहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई ती दिनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 4:7
ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ
यी दुई वाक्यांशहरू धेरै समान हुन् । तिनीहरूलाई जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तपाईं मलाई दण्डवत् गर्नलाई झुक्नुभयो भने” (हेर्नुहोस्ः प्रतिरूपी)
ἔσται σοῦ πᾶσα
“म यी सबै राज्यहरू, तिनीहरूको वैभवसहित तपाईंलाई दिनेछु”
Luke 4:8
γέγραπται
येशूले शैतानले भनेको कुरा गर्न इन्कार गर्नुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “होइन, म तेरो आराधना गर्ने छैन, किनभने यसो लेखिएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ
“त्यसलाई जवाफ दिनुभयो” वा “त्यसलाई प्रत्युत्तर दिनुभयो”
γέγραπται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्त्रमा लेखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις
उहाँले दियाबलसलाई किन दण्डवत् गर्नुहुन्न भनेर बताउन येशूले धर्मशास्त्रको खण्डबाट उद्धृत गर्दै हुनुहुन्छ ।
προσκυνήσεις
यसले पूरानो करारमा परमेश्वरको व्यवस्था प्राप्त गर्ने मानिसहरूलाई जनाउँछ । तपाईंले “तँ” लाई एकवचनमा पनि प्रयोग गर्न सक्नुहुन्छ किनभने यसलाई हरेकले पालन गर्नुपर्थ्यो, वा तपाईंले “तँ” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्नुहुन्छ किनभने यसलाई सबै मानिसले पालन गर्नुपर्थ्यो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
“उहाँलाई” शब्दले परमप्रभु परमेश्वरलाई जनाउँछ ।
Luke 4:9
τὸ πτερύγιον
यो मन्दिरको छानाको कुना थियो । यदि कोही त्यहाँबाट हाम्फाल्यो भने, त्यो व्यक्ति गम्भीर घाइते हुन्थ्यो वा मर्थ्यो ।
εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω
दियाबलसले येशूलाई उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनेर प्रमाणित गर्न चुनौती दिइरहेको छ ।
Υἱὸς…τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
βάλε σεαυτὸν ἐντεῦθεν κάτω
“तल जमिनमा हाम्फाल्नुहोस्”
Luke 4:10
γέγραπται γὰρ
भजनको पुस्तकबाटको दुष्टको उद्धरणको अर्थ यदि येशू परमेश्वरको पुत्र हुनुहुन्छ भने उहाँलाई चोट लाग्ने छैन भन्ने हुन्छ भनेर त्यसले बताउन खोज्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ, जसरी यूएसटीले गर्छः वैकल्पिक अनुवादः “तपाईंलाई चोट लाग्ने छैन, किनभने यसो लेखिएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
γέγραπται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ ।वैकल्पिक अनुवादः “लेखकले लेखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε
“उहाँ”ले परमेश्वरलाई जनाउँछ । येशूलाई भवनबाट हाम फाल्नलाई मनाउने प्रयासमा दुष्टले भजनको पुस्तकबाट आंशिक रूपमा उद्धरण गर्यो ।
Luke 4:12
εἴρηται
दुष्टले उहाँलाई गर्न भनेको कुरा उहाँले किन गर्नुहुने छैन भनेर येशूले दुष्टलाई बताउनुहुन्छ । त्यसो गर्नलाई उहाँले गर्नुभएको इन्कारलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “होइन, म त्यसो गर्ने छैन, किनभने यसो भनिएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἴρηται
येशूले व्यवस्थामा भएको मोशाका लेखहरूबाट उद्धरण गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले भनेका छन्” वा “मोशाले धर्मशास्त्रमा भनेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου
सम्भावित अर्थहरू हुन् १) मन्दिरबाट हाम फालेर येशूले परमेश्वरको जाँच गर्नुहुन्न, वा 2) दुष्टले येशू परमेश्वरको पुत्र हुनुहुन्छ वा हुनुहुन्न भनेर उहाँको जाँच गर्नुहुँदैन । यस पदको अर्थलाई व्याख्या गर्ने कोसिस गर्नुभन्दा यसलाई जसरी बताइएको छ त्यसरी नै अनुवाद गर्दा बेस हुन्छ ।
Luke 4:13
ἄχρι καιροῦ
“अर्को मौका नआएसम्म”
συντελέσας πάντα πειρασμὸν
यसको अर्थ यो हुँदैन कि दुष्ट त्यसको परीक्षामा सफल भयो-येशूले हरेक प्रयासलाई अवरोध गर्नुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूलाई परीक्षामा पार्ने कोसिस गर्न सकाएको थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 4:14
येशू गालीलमा फर्कनुहुन्छ, सभाघरमा सिकाउनुहुन्छ, र त्यहाँ भएका मानिसहरूलाई बताउनुहुन्छ कि उहाँले यशैया अगमवक्ताको धर्मशास्त्रको वचनलाई पूरा गर्दै हुनुहुन्छ ।
καὶ
यसले कथामा एउटा नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τῇ δυνάμει τοῦ Πνεύματος
“र आत्माले उहाँलाई शक्ति दिइरहनुभएको थियो ।” मानिसले सामान्यतया गर्न नसक्ने काम गर्न सक्षम गराउनलाई परमेश्वर विशेष तरिकाले येशूसँग हुनुहुन्थ्यो ।
φήμη ἐξῆλθεν…περὶ αὐτοῦ
“मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाए” वा “मानिसहरूले येशूको बारेमा अरू मानिसहरूलाई बताए” वा “उहाँको बारेमा भएको ज्ञान एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलियो” तिनीहरू जसले येशूलाई सुने, तिनीहरूले अरू मानिसहरूलाई भने, र ती अरू मानिसहरूले उहाँको बारेमा झन् अरू मानिसहरूलाई भने ।
καθ’ ὅλης τῆς περιχώρου
यसले गालील वरिपरिका क्षेत्र वा ठाउँहरूलाई जनाउँछ ।
Luke 4:15
δοξαζόμενος ὑπὸ πάντων
“हरेकले उहाँको बारेमा महान् कुराहरू भन्यो” वा “सबै मानिसहरूले राम्रो किसिमले कुरा गरे”
Luke 4:16
οὗ ἦν τεθραμμένος
“जहाँ उहाँको आमाबुबाले उहाँलाई हुर्काउनुभएको थियो” वा “जहाँ उहाँ बालक छँदा हुनुहुन्थ्यो” वा “जहाँ उहाँ हुर्कनुभयो”
κατὰ τὸ εἰωθὸς αὐτῷ
“जसरी उहाँले हरेक विश्रामको दिनमा गर्नुहुन्थ्यो ।” विश्रामको दिनमा सभाघर जानु उहाँको सामान्य क्रियाकलाप थियो ।
Luke 4:17
ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
βιβλίον τοῦ προφήτου Ἠσαΐου
यसले चर्मपत्रमा लेखिएको यशैयाको पुस्तकलाई जनाउँछ । यशैयाले वर्षौं पहिले वचनहरू लेखेका थिए र त्यसलाई अरू कसैले चर्मपत्रमा सारेको थियो ।
τὸν τόπον οὗ ἦν γεγραμμένον
“चर्मपत्रमा यी वचनहरू भएको ठाउँ ।” यो वाक्य अर्को पदसम्म निरन्तर जान्छ ।
Luke 4:18
Πνεῦμα Κυρίου ἐπ’ ἐμέ
“पवित्र आत्मा मसँग विशेष तरिकाले हुनुहुन्छ ।” यसो भन्ने कसैले परमेश्वरको वचन बोल्ने दाबी गरिरहेको छ ।
ἔχρισέν με
पुरानो करारमा, कुनै व्यक्तिलाई कुनै खास काम गर्नलाई शक्ति र अधिकार दिँदा रीतिको तेललाई त्यस व्यक्तिमाथि खनाइन्थ्यो । उहाँलाई उहाँको काम गर्नलाई तयार गर्नको लागि पवित्र आत्मा उहाँमाथि रहनुभएको कुरालाई जनाउन येशूले यो अलङ्कारलाई प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “पवित्र आत्मा मलाई सामर्थी बनाउन ममाथि हुनुहुन्छ” वा “पवित्र आत्माले मलाई शक्ति र अधिकार दिनुभयो” (हेर्नुहोस्ः रूपक)
πτωχοῖς…τυφλοῖς
“गरिब मानिसहरू”
κηρύξαι αἰχμαλώτοις ἄφεσιν
“कैदमा राखिएकाहरूलाई तिनीहरू स्वतन्त्र भएर जान सक्छन् भनी भन्नु” वा “युद्धका बन्दीहरूलाई स्वतन्त्र पार्न”
κηρύξαι…τυφλοῖς ἀνάβλεψιν
“दृष्टिविहीनहरूलाई दृष्टि दिन” वा “दृष्टिविहीनहरूलाई फेरि देख्न सक्ने बनाउन”
ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει
“दुर्व्यवहारमा परेकाहरूलाई स्वतन्त्र पार्न”
Luke 4:19
κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν
“परमप्रभु उहाँका मानिसहरूलाई आशिष् दिन तयार हुनुहुन्छ भनी हरेकलाई बताउन” “यो परमप्रभुले उहाँको दया देखाउनुहुने वर्ष हो भनी घोषणा गर्न”
Luke 4:20
πτύξας τὸ βιβλίον
चर्मपत्रलाई त्यसभित्रको लेखनलाई सुरक्षित गर्नलाई नली आकारको वस्तुलाई झैँ गरी बेह्रेर बन्द गरेर राखिन्थ्यो ।
τῷ ὑπηρέτῃ
यसले सभाघरमा धर्मशास्त्र अभिलिखित चर्मपत्रहरूलाई उचित वास्ता र आदरसाथ बाहिर ल्याइयो वा ल्याइएन र थन्काइयो वा थन्काइएन भनी हेर्ने कामदारलाई जनाउँछ ।
πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ
यो उपमाको अर्थ, “उहाँमा नै मग्न थिए” वा “उहाँलाई नै हेरिरहेका थिए” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 4:21
πεπλήρωται ἡ Γραφὴ αὕτη
आफ्नो काम र वचनले येशूले त्यो अगमवाणीलाई त्यहि समयमा पूरा गर्नुभएको थियो भनी बताउँदै हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रले जे हुन्छ भनेको छ, त्यो तिमीहरूले अहिले सुन्दासन्दै मैले पूरा गरिरहेको छु ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τοῖς ὠσὶν ὑμῶν
यो उपमाको अर्थ हुन्छ, “जब तिमीहरूले मलाई सुनिरहेका छौ” । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 4:22
τοῖς λόγοις τῆς χάριτος
“उहाँले भनिरहनुभएका अनुग्रही वचनबारे छक्क परे ।” यहाँ “अनुग्रही”को अर्थ हुन सक्छ १) येशूले राम्ररी बोल्नुभएको कुरा वा उहाँको वाक्पटुतालाई जनाउँछ, वा २) यसको मतलब येशूले परमेश्वरको कृपाबारे वचन बोल्नुभएको पनि हुन सक्छ ।
οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος?
मानिसहरूले येशूका बाबु योसेफ हुन् भन्ठान्थे । योसेफ धार्मिक अगुवा थिएनन् र त्यसैले, उनका छोराले त्यसरी प्रचार गर्छन् भनी मानिसहरू छक्क परे । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा त हुन् !” वा “यिनको बाबु योसेफ त हुन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 4:23
नासरत त्यो सहर थियो, जहाँ येशू हुर्कनुभयो ।
“निश्चय नै” वा “त्यहाँ कुनै शंकै छैन कि”
ἰατρέ, θεράπευσον σεαυτόν
यदि कुनै कोही व्यक्तिले आफैँसँग भएको रोगलाई निको पार्न सक्छु भनेर दाबी गर्छ भने, ऊ साँच्चै वैद्य नै हो भनेर विश्वास गर्नलाई त्यहाँ कुनै कारण हुँदैन । येशूले अरू ठाउँहरूमा गर्नुभयो भनी तिनीहरूले सुनेका कुराहरू देखे भने मात्रै तिनीहरूले उहाँ एक अगमवक्ता हुनुहुन्छ भनेर विश्वास गर्नेछन् भनेर बताउनलाई मानिसहरूले यो उखान येशूलाई भन्ने छन् । (हेर्नुहोस्ः हितोपदेश)
ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου
येशूको योसेफको छोरोको रूपमा भएको तल्लो स्तरको कारणले नासरतका मानिसहरूले उहाँ एक अगमवक्ता हुन सक्नुहुन्थ्यो भनेर विश्वास गरेनन् । तिनीहरूले विश्वास गर्नेछैनन् जबसम्म उहाँले आश्चर्यकर्महरू गर्नुभएको तिनीहरूले व्यक्तिगत रीतिले देख्दैनन् ।
Luke 4:24
ἀμὴν, λέγω ὑμῖν
“यो निश्चय नै सत्य हो ।” यो यसपछि आउने कुरालाई जोड दिएर भनिएको भनाइ हो ।
οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ
येशूले मानिसहरूलाई हप्काउन यो सामान्य भनाइ बनाउनुहुन्छ । उहाँले भन्न खोज्दै हुनुहुन्छ कि तिनीहरूले कफर्नहुममा भएका उहाँका आश्चर्यकर्महरूका खबरहरू विश्वास गर्न इन्कार गरिरहेका थिए । तिनीहरूले ठाने कि तिनीहरूले अघिबाटै उहाँको बारेमा सबै जानिसकेका छन् । (हेर्नुहोस्ः हितोपदेश)
“आफ्नो सहर” वा “जन्मथलो” वा “उहाँ हुर्कनुभएको गाउँ”
Luke 4:25
येशूले सभाघरमा उहाँलाई सुनिरहेका मानिसहरूलाई, एलिया र एलीशा अगमवक्ताहरूको बारेमा सम्झाउनुहुन्छ, जो तिनीहरूले चिनेका अगमवक्ताहरू थिए । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν
“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि आउने भनाइको महत्त्व, सत्यता र सच्चाइमा जोड दिनलाई यो वाक्यांशको प्रयोग गरिएको हो ।
विधवाहरू ती स्त्रीहरू हुन जसका पतिहरू मरेका छन् ।
ἐν ταῖς ἡμέραις Ἠλείου
येशूले कुरा गरिरहनुभएका मानिसहरूले एलिया परमेश्वरका अगमवक्ताहरूमध्ये एक थिए भनी जान्दथे । तपाईंका पाठकहरूले यो जान्दैनन् भने तपाईंले युएसटीमा जस्तै अस्पष्ट कुराहरूलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले इस्राएलमा अगमवाणी गरिरहरका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὅτε ἐκλείσθη ὁ οὐρανὸς
यो एउटा अलङ्कार हो । यहाँ आकाशलाई बन्द भएको छतको रूपमा चित्रण गरिएको छ, ताकि त्यहाँबाट केही पानी नपरोस् । वैकल्पिक अनुवादः “जब आकाशबाट पानी परेन” वा “जब त्यहाँ कुनै पानी नै परेको थिएन” (हेर्नुहोस्ः रूपक)
λιμὸς μέγας
“गम्भीर रूपमा भएको खानेकुराको कमी ।” अनिकाल भनेको लामो समय अवधि हो जब खेतीपातीले मानिसहरूलाई पर्याप्त अन्न उत्पादन गर्न सक्दैनन् ।
Luke 4:26
εἰς Σάρεπτα…πρὸς γυναῖκα χήραν
सारपत सहरमा बस्ने मानिसहरू यहूदीहरू नभई गैरयहूदीहरू थिए । येशूले बोल्नुभएको कुरा सुन्ने मानिसहरूले सारपतका मानिसहरू गैरयहूदीहरू हुन् भनी बुझेका थिए । वैकल्पिक अनुवादः “सारपतमा बस्ने गैरयहूदी विधवा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 4:27
Ναιμὰν ὁ Σύρος
सिरियाबाट आएको व्यक्तिलाई सिरियाली भनिन्छ । सिरियाका मानिसहरू यहूदीहरू थिएनन्, तर गैरयहूदीहरू थिए । वैकल्पिक अनुवादः “सिरियाको गैरयहूदी नामान” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 4:28
ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα
परमेश्वरले यहूदीहरूको साटोमा अन्यजातिहरूलाई सहयोग गर्नुभएको धर्मशास्त्रका खण्डहरूलाई येशूले उद्धृत गर्नुभएकोमा नासरतका मानिसहरूले अत्यन्तै नराम्रो माने ।
Luke 4:29
“उहाँलाई सहर छोड्नलाई बलजफती गरे” वा “उहाँलाई सहरबाट बाहिर धकेलिदिए”
“भीरको डिल”
Luke 4:30
διελθὼν διὰ μέσου αὐτῶν
“भीडको बीचबाट” वा “उहाँलाई मार्न खोज्ने मानिसहरूका बीचबाट ।”
ἐπορεύετο
“उहाँ लाग्नुभयो” वा “उहाँ आफ्नो बाटोमा लाग्नुभयो” येशू मानिसहरूले जानलाई बलजफ्ती गरेको ठाउँमा नभइ उहाँले जानलाई योजना गर्नुभएको ठाउँमा नै जानुभयो ।
Luke 4:31
येशू तब कफर्नहुममा जानुहुन्छ, त्यहाँ सभाघरमा भएका मानिसहरूलाई सिकाउनुहुन्छ, र एकजना मानिसलाई छोड्नलाई एउटा भूतलाई आज्ञा गर्नुहुन्छ ।
καὶ
“तब येशू ।” यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
κατῆλθεν εἰς Καφαρναοὺμ
यहाँ “तल जानुभयो” वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कफर्नहुम उचाइमा नासरतभन्दा तल पर्छ ।
Καφαρναοὺμ, πόλιν τῆς Γαλιλαίας
“गालीलको अर्को सहर कफर्नहुममा”
Luke 4:32
ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ
साह्रै अचम्मित, साह्रै छक्क
ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ
“उहाँले एउटा अधिकार भएको व्यक्तिले झैँ बोल्नुभयो” वा “उहाँको वचनहरूमा महान् शक्ति थियो”
Luke 4:33
ἦν ἄνθρωπος
यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रको परिचयलाई अङ्कित गर्नलाई प्रयोग गरिन्छ; यहाँ चाहिँ, एउटा भूत लागेको मानिस । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου
“जसलाई अशुद्ध आत्मा लागेको थियो” वा “जो दुष्ट आत्माद्वारा नियन्त्रित थियो”
ἀνέκραξεν φωνῇ μεγάλῃ
“ऊ ठूलो स्वरले करायो”
Luke 4:34
τί ἡμῖν καὶ σοί
यो युद्धरत जवाफ हो जसको अर्थ यस्तो हुन्छः “हाम्रो साझा कुरा के छ र ?” वा “हामीलाई दुःख दिने तपाईंसँग के अधिकार छ ?” (हेर्नुहोस्ः टुक्काहरू)
τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ?
यो प्रश्नलाई एउटा कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “नासरतको येशू, तपाईंले हामीसँग से गर्नुपर्छ !” वा “नासरतको येशू, हामीले तपाईंसँग गर्नलाई केही छैन !” वा “नासरतको येशू, तपाईंसँग हामीलाई सताउने कुनै अधिकार छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 4:35
ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων
“येशूले यसो भनेर भूतात्मालाई हकार्नुभयो” वा “येशूले भूतात्मालाई कडासँग भन्नुभयो”
ἔξελθε ἀπ’ αὐτοῦ
उहाँले त्यस मानिसलाई नियन्त्रण गर्नलाई बन्द गर्न भूतलाई आज्ञा गर्नुभयो । वैकल्पिक अनुवादः “त्यसलाई छोड्” वा “यस मानिसमा अब नबस्”
Luke 4:36
τίς ὁ λόγος οὗτος
येशूले भूतात्मालाई मानिसबाट छोडेर जानलाई आज्ञा दिनुभएकोमा मानिसहरू कति धेरै चकित परेका थिए भनी तिनीहरूले व्यक्त गर्दै थिए । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यी त अचम्मका वचनहरू हुन् !” वा “उहाँका वचनहरू अचम्मका छन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν
“उहाँसँग अशुद्ध आत्माहरूलाई आज्ञा गर्ने अधिकार र शक्ति छ”
Luke 4:37
καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ
कथाभित्रैका घटनाहरूद्वारा हुन पुगेको कथा पछाडि के भयो भन्ने बारेमा यो एउटा टिप्पणी हो । (हेर्नुहोस्ः कथाको समापन)
ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ
“येशूको बारेमा भएका कुराहरू फैलन थाले” वा “मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाउन लागे”
Luke 4:38
येशू अझै पनि कफर्नहुममै हुनुहुन्छ, तर अब सिमोनको घरमा हुनुहुन्छ, जहाँ उहाँले सिमोनको सासु र धेरै मानिसहरूलाई निको पार्नुहुन्छ ।
δὲ
यसले एउटा नयाँ घटनालाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
πενθερὰ…τοῦ Σίμωνος
“सिमोनकी पत्नीकी आमा”
ἦν συνεχομένη πυρετῷ μεγάλῳ
यो एउटा उपमा हो जसको अर्थ हुन्छ, “... बाट तिनी धेरै बिरामी थिइन्” (हेर्नुहोस्ः टुक्काहरू)
ἦν συνεχομένη πυρετῷ μεγάλῳ
“धेरै तातो छाला”
ἠρώτησαν αὐτὸν περὶ αὐτῆς
यसको अर्थ हो कि तिनलाई ज्वरोबाट निको पार्नलाई तिनीहरूले येशूलाई बिन्ती गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई ज्वरोबाट निको पार्न येशूलाई बिन्ती गरे” वा “तिनको ज्वरोलाई सन्चो गर्न येशूलाई बिन्ती गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 4:39
καὶ
“त्यसैले” शब्दले यो प्रस्ट बनाउँछ कि उहाँले सो काम गर्नुभयो किनभने मानिसहरूले सिमोनको सासुलाई निको पार्न उहाँसँग बिन्तीभाउ गरे ।
ἐπιστὰς ἐπάνω αὐτῆς
“तिनीकहाँ जानुभयो र तिनको छेउमा निहुरनुभयो”
ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν
“ज्वरोसँग कडा तवरले बोल्नुभयो, र त्यसले तिनलाई छोडेर गयो” वा “ज्वरोलाई तिनलाई छोड्नलाई आज्ञा दिनुभयो, र त्यसले छोड्यो ।” (युडीबी) ज्वरोलाई के गर्नलाई उहाँले आज्ञा गर्नुभयो भनेर प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनको छाला शीतल होस् भनी आज्ञा गर्नुभयो, र त्यसो भयो” वा “तिनको बिरामीलाई छोड्नलाई आज्ञा गर्नुभयो, र त्यसले छोड्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“तातोपनालाई हप्काउनुभयो”
διηκόνει αὐτοῖς
यहाँ यसको अर्थ हो कि तिनले येशू र घरमा भएका अरू मानिसहरूको लागि खानेकुरा बनाउन थालिन् ।
Luke 4:40
τὰς χεῖρας ἐπιτιθεὶς
“ ... माथि उहाँको हात राख्नुभयो” वा “छुनुभयो”
Luke 4:41
ἐξήρχετο…καὶ δαιμόνια
यो बुझिएको छ कि येशूले भूतहरूलाई भूत लागेका मानिसहरूलाई छोड्ने बनाउनुभयो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भूतहरूलाई बाहिर निस्कन कर पनि लगाउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κραυγάζοντα καὶ λέγοντα
यिनीहरूले एउटै कुराको बारेमा अर्थ दिन्छन्, र शायद डर वा क्रोधको चिच्याहटहरूलाई जनाउँछ । केही अनुवादहरूले केवल एउटै शब्दलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “चित्कार निकाल्दै” वा “कराउँदै” (हेर्नुहोस्ः प्रतिरूपी)
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
“भूतात्माहरूसँग कडासँग बोल्नुभयो”
“तिनीहरूलाई ... दिनुभएन”
Luke 4:42
हुन त मानिसहरू येशू कफर्नहुममै बस्नुभएको चाहन्थे, उहाँ यहूदियाका अन्य सभाघरहरूमा प्रचार गर्न जानुहुन्छ ।
γενομένης…ἡμέρας
“सूर्योदयमा” वा “प्रभातमा”
ἔρημον τόπον
“निर्जन स्थान” वा “जहाँ कोही मानिसहरू थिएनन्”
Luke 4:43
ταῖς ἑτέραις πόλεσιν
“अन्य धेरै सहरहरूमा भएका मानिसहरूकहाँ”
ἐπὶ τοῦτο ἀπεστάλην
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारणले परमेश्वरले मलाई यहाँ पठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 4:44
τῆς Ἰουδαίας
किनकि येशू गालीलमा पहिले जानुभएको थियो, यहाँ “यहूदिया” शब्दले शायद समस्त क्षेत्रलाई जनाउँछ जहाँ यहूदीहरू त्यस समयमा बस्थे । वैकल्पिक अनुवादः “जहाँ यहूदीहरू बस्थे”
Luke 5
लूका ०५ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“तिमीले मानिसहरूलाई पक्रनेछौ”
पत्रुस, याकूब, र यूहन्ना माझीहरू थिए । जब येशूले तिनीहरूलाई बताउनुभयो कि तिनीहरूले मानिसहरूलाई पक्रिने थिए, तिनीहरूले मानिसहरूलाई उहाँको बारेमा भएको सुसमाचारलाई विश्वास गर्न सहायता गरेको उहाँले चाहनुहुन्छ भनेर तिनीहरूलाई बताउन उहाँले एउटा अलङ्कारको प्रयोग गरिरहनुभएको थियो । (हेर्नुहोस्ः चेला अनि रूपक)
पापीहरू
जब येशूको समयका मानिसहरूले “पापीहरू”को बारेमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे र बरु चोरी र यौन सम्बन्धीका पापहरू गर्थे । जब येशूले भन्नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँको अर्थ यो थियो कि केवल ती मानिसहरू मात्र उहाँको अनुयायीहरू हुन सक्छन् जसले आफूहरू पापीहरू भएको विश्वास गर्छन् । यदि अधिकांश मानिसहरूले “पापीहरू” भनेर सोच्ने जस्तो तिनीहरू छैनन् भने पनि यो सत्य हो । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)
उपवास बस्ने र भोज गर्ने
मानिसहरूले तिनीहरू निरास छन् वा तिनीहरू आफ्ना पापहरूको लागि क्षमाप्रार्थी छन् भनेर परमेश्वरलाई देखाउने बेलामा मानिसहरूले उपवास बस्छन् वा लामो समयसम्म खानेकुरा खाँदैनन् । जब तिनीहरू खुशी हुन्छन्, जस्तै विवाहको समयमा, तिनीहरूले भोज, वा खाना खान्छन् जुन समयमा तिनीहरूले धेरै खानेकुरा खान्छन् । (हेर्नुहोस्ः उपवास)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
परिकल्पित परिस्थिति
येशूले फरिसीहरूलाई दोष लगाउन एउटा परिकल्पित परिस्थितिको प्रयोग गर्नुहुन्छ । यस खण्डले “असल स्वास्थ्यमा भएका मानिसहरू” र “धर्मी मानिसहरू”लाई समावेश गर्छ । यसको अर्थ यो होइन कि त्यहाँ त्यस्ता मानिसहरू छन् जसलाई येशू चाहिँदैन । त्यहाँ कुनै “धर्मी मानिसहरू” छैनन्, सबैलाई येशूको आवश्यक छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना) अनि लूका ५:३१-३२)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अन्तर्निहित जानकारी
यस अध्यायको थुप्रै भागहरूमा लेखकले केही जानकारीलाई अस्पष्ट नै छोडे जुन उनका मौलिक पाठकहरूले बुझेका वा त्यस बारेमा सोचेका हुन सक्छन् । नयाँ पाठकहरूलाई त्यस्ता केही कुराहरू थाहा नहुन सक्छ, त्यसैले लेखकले प्रवाह गर्न खोजिरहेका सबै कुरा बुझ्न तिनीहरूलाई कठिनाइ हुन सक्छ । यूएसटीले धेरैपटक ती जानकारीहरू कसरी प्रस्तुत गर्न सकिन्छ भनेर देखाउँछ ताकि नयाँ पाठकहरू ती खण्डहरू बुझ्न सक्षम होऊन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस् अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
बितेका घटनाहरू
यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूका क्रमहरू हुन् । कुनै दिइएको खण्डमा, लूकाले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्यक हुन सक्छ ।
“मानिसको पुत्र”
यस खण्डमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका ५:२४) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा बताउनलाई अरू कसैको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 5:1
येशूले गनेसरेतको तालमा सिमोन पत्रुसको डुङ्गाबाट प्रचार गर्नुहुन्छ ।
ἐγένετο δὲ
यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀκούειν τὸν λόγον τοῦ Θεοῦ
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूले सुनेको चाहनुभएको सन्देश” वा २) “परमेश्वरको बारेमा येशूको सन्देश सुन्दै”
τὴν λίμνην Γεννησαρέτ
यी शब्दहरूले गालीलको समुद्रलाई जनाउँछ । गालील तालको पश्चिम पट्टि थियो, र गनेसरेतको भूमि चाहिँ पूर्व पट्टि थियो, त्यसैले यसलाई दुवै नाउँले बोलाइन्थ्यो । केही अङ्ग्रेजी संस्करणहरूले यसलाई पानीको सङ्ग्रहको उचित नामको रूपमा अनुवाद गर्छन्, “गनेसरेतको ताल ।”
Luke 5:2
ἔπλυνον τὰ δίκτυα
तिनीहरूले आफ्ना जाल माछा मार्नका लागि फेरि प्रयोग गर्नलाई सफा गर्दै थिए ।
Luke 5:3
ὃ ἦν Σίμωνος
“डुङ्गा जुन सिमोनको थियो”
ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον
“पत्रुसलाई डुङ्गा तटबाट अलि पर लानलाई भन्नुभयो”
καθίσας
शिक्षकहरूको निम्ति बस्नु एउटा सामन्य आसन थियो ।
ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους
“उहाँले डुङ्गा बसेर मानिसहरूलाई सिकाउनुभयो ।” येशू तटबाट अलि पर हुनुहुन्थ्यो र उहाँ तटमा बसेका मानिसहरूसँग बोलिरहनुभएको थियो ।
Luke 5:4
ὡς δὲ ἐπαύσατο λαλῶν
“जब येशूले मानिसहरूलाई सिकाइसक्नुभयो”
Luke 5:5
ἐπὶ δὲ τῷ ῥήματί σου
“किनभने तपाईंले मलाई यसो गर्न भन्नुभएको छ”
Luke 5:7
κατένευσαν τοῖς μετόχοις
तिनीहरू बोलाउनलाई किनारबाट धेरै टाढा भएका हुनाले सम्भवतः हात हल्लाएर तिनीहरूलाई सङ्केत गरे ।
βυθίζεσθαι αὐτά
“डुङ्गाहरू डुब्न थाले ।” डुब्नुको कारणलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “डुङ्गाहरू डुब्न थाले किनभने माछाले गर्दा निकै गह्रौँ भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:8
προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ
सम्भावित अर्थहरू हुन् १) “येशूको सामु घुँडा टेके” वा २) “येशूको पाउमा झुके” वा (३) “येशूको पाउमा पर्न भुइँमा लम्पसार परे ।” पत्रुस दुर्घटनावश ढलेका होइनन् । उनले येशूको निम्ति आदर र नम्रताको चिन्ह स्वरूप यसो गरेका थिए । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἀνὴρ ἁμαρτωλός
यहाँ “मानिस”को लागि भएको शब्दले “वयस्क पुरुष” भन्ने अर्थ दिन्छ र अझ सामान्य “मानव प्राणी” भन्ने अर्थ दिँदैन ।
Luke 5:9
τῇ ἄγρᾳ τῶν ἰχθύων
“माछाको ठूलो सङ्ख्या”
Luke 5:10
κοινωνοὶ τῷ Σίμωνι
“उनको माछा मार्ने काममा सिमोनका साझेदारहरू”
ἀνθρώπους ἔσῃ ζωγρῶν
ख्रीष्टलाई पछ्याउन मानिसहरूलाई भेला गर्ने कुराको लागि माछा पक्रने कुराको चित्रणलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूको लागि जाल हान्नेछौ” वा “तिमीले मेरो लागि मानिसहरू बटुल्नेछौ” वा “तिमीले मानिसहरूलाई मेरा चेलाहरू हुनलाई ल्याउनेछौ” (हेर्नुहोस्ः रूपक)
Luke 5:12
येशूले नाउँ नदिइएको कुनै फरक सहरमा एउटा कुष्ठरोगीलाई निको पार्नुहुन्छ ।
καὶ ἐγένετο
यो वाक्यांशले कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀνὴρ πλήρης λέπρας
“एकजना मानिस जो कुष्ठरोगले भरिएको थियो ।” यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
πεσὼν ἐπὶ πρόσωπον
यहाँ “त्यो लम्पसार पर्यो” भनेको एउटा उपमा हो जसको अर्थ शिर झुकाउनु हो । वैकल्पिक अनुवादः “उसले घुँडा टेकेर मुखले भुइँ छोयो” वा “त्यो भुइँसम्मै निहुर्यो” वा (युडीबी) (हेर्नुहोस्ः टुक्काहरू)
ἐὰν θέλῃς
“तपाईंले चाहनुभयो भने”
δύνασαί με καθαρίσαι
यो बुझिएको छ कि उसले आफूलाई निको पारिदिन येशूलाई बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कृपया मलाई शुद्ध गर्नुहोस्, किनभने तपाईं सक्षम हुनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
με καθαρίσαι
यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्ठरोगको कारणले अशुद्ध छ । उसले आफ्नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुष्ठरोगबाट मलाई निको पारिदिनुहोस् ताकि म शुद्ध हुन सकूँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:13
καθαρίσθητι
यसले विधिपूर्वक हुने शुद्धतालाई जनाउँछ, तर यो बुझिएको छ कि ऊ कुष्ठरोगको कारणले अशुद्ध छ । उसले आफ्नो रोगबाट निको पारिदिनलाई येशूलाई साँच्चै बिन्ती गरिरहेको थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निको होऊ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ
“उससँग कुष्ठरोग अझै बढी थिएन”
Luke 5:14
αὐτὸς παρήγγειλεν αὐτῷ, μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν
यसलाई प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छः “अरू कसैलाई नभन्नू ।” त्यहाँ एउटा अन्तर्निहित जानकारी छ जसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ (वैकल्पिक अनुवाद) : “तिमी निको बनाइएका छौ भनेर कसैलाई नभन्नू” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि शब्दलोप)
προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς
व्यवस्थाअनुसार कुनै पनि मानिस शुद्ध भएपछि उसले तोकिएको बलि चढाउनुपर्थ्यो । यसले त्यो व्यक्तिलाई विधिवत् रूपमा शुद्ध पार्थ्यो र धार्मिक क्रियाकलापहरूमा सहभागी हुन अनुमति दिन्थ्यो ।
εἰς μαρτύριον αὐτοῖς
“तिम्रो चङ्गाइको प्रमाणको रूपमा”
αὐτοῖς
सम्भावित अर्थहरू हुन् १) “पूजाहारीहरूलाई” वा २) “सारा मानिसहरूलाई” ।
Luke 5:15
ὁ λόγος περὶ αὐτοῦ
“येशूको बारेमा भएको खबर ।” यसको अर्थ “येशूले त्यस कुष्ठरोग लागेको मानिसलाई निको पार्नुभएको कुरा” वा “येशूले मानिसहरूलाई निको पार्नुभएको कुरा” मध्येमा जुन पनि हुन सक्छ ।
διήρχετο…μᾶλλον ὁ λόγος περὶ αὐτοῦ
“उहाँको बारेको खबर अझ टाढासम्म पुग्यो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँबारे भएको समाचार अरू ठाउँहरूतिर पनि भनिरहे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 5:16
ταῖς ἐρήμοις
“एकान्त स्थानहरू” वा “अरू कोही मानिसहरू नभएका ठाउँहरू”
Luke 5:17
एक दिन जब येशूले एउटा घरमा सिकाइरहनुभएको थियो, केही मानिसहरूले एउटा पक्षघात भएको मानिसलाई निको पारिदिनको लागि भित्र ल्याए ।
καὶ ἐγένετο
यो वाक्यांशले कथाको एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Luke 5:18
ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος
यिनीहरू कथामा नयाँ मानिसहरू हुन् । यिनीहरू नयाँ मानिसहरू हुन् भनेर देखाउनलाई तपाईंको भाषामा कुनै तरिका हुन सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
κλίνης
सुत्ने ओछ्यान वा पलङ वा बिरामी बोक्ने खाट
ἦν παραλελυμένος
“आफैँ चलहन गर्न सक्दैनथ्यो”
Luke 5:19
καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον
केही भाषाहरूमा यसको संरचनालाई पुनः मिलाउँदा बढी स्वाभाविक देखिन सक्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूको भीडको कारणले गर्दा तिनीहरूले त्यो मानिसलाई भित्र ल्याउने बाटो पाएनन् । त्यसैले”
διὰ τὸν ὄχλον
यो कुरा स्पष्ट छ कि तिनीहरू भित्र प्रवेश गर्न नसक्नुको कारण यो थियो कि भीड यति धेरै ठूलो थियो कि त्यहाँ तिनीहरूको लागि कुनै ठाउँ थिएन । (हेर्नुहोस्ः शब्दलोप)
ἀναβάντες ἐπὶ τὸ δῶμα
घरको छतहरू समतल हुन्थे र केही घरहरूमा त्यसमाथि जानलाई सजिलो पार्नलाई बाहिरबाट भर्याङहरू हुन्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू घरको सम्म परेको छानामाथि गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔμπροσθεν τοῦ Ἰησοῦ
“सोझै येशूको अगाडि” वा “येशूकै अगाडि”
Luke 5:20
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν
यो कुरा बुझिएको छ कि येशूले पक्षघात लागेको मानिसलाई निको पार्न सक्नुहुन्थ्यो भनेर तिनीहरूले विश्वास गर्थे । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब येशूले थाहा गर्नुभयो कि उहाँले त्यस मानिसलाई निको पार्न सक्नुहुन्छ भनेर तिनीहरूले विश्वास गर्थे, उहाँले त्यसलाई भन्नुभयो” (हेर्नुहोस्ः शब्दलोप)
ἄνθρωπε
यो मानिसहरूले नाम थाहा नपाएका मानिससँग बोल्दा प्रयोग गर्ने सामान्य शब्द हो । यो रूखो शब्द थिएन, न त यसले विशेष आदर झल्काउँथ्यो । केही भाषाहरूले “साथी” वा “महाशय” शब्द पनि चलाउन सक्छन् ।
ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई क्षमा गरिएको छ” वा “म तिम्रा पाप क्षमा गर्छु” (युडीबी) (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 5:21
διαλογίζεσθαι
“यसलाई छलफल गर्नु” वा “यसको बारेमा बहस गर्नु ।” तिनीहरूले के कुरालाई प्रश्न गरे भन्ने कुरालाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँग पाप क्षमा गर्ने अधिकार छ वा छैन भनी छलफल गर्न लागे” (हेर्नुहोस्ः शब्दलोप)
τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας?
यो प्रश्नले येशूले भन्नुभएका कुरामा तिनीहरू कति चकित भएका र रिसाएका रहेछन् भनी देखाउँछ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसले परमेश्वरको निन्दा गरिरहेछ !” वा “उसले यसो भनेर परमेश्वरको निन्दा गर्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός?
अनुमानित जानकारीचाहिँ यो हो, कि कसैले पाप क्षमा गरेको दाबी गर्छ भने उसले आफू परमेश्वर भएको भन्दै छ । यसलाई एउटा प्रस्ट कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बाहेक कसैले पाप क्षमा गर्न सक्दैन !” वा “पाप क्षमा गर्ने परमेश्वर मात्र हुनुहुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:22
ἐπιγνοὺς…τοὺς διαλογισμοὺς αὐτῶν
यो वाक्यांशले सङ्केत गर्छ कि तिनीहरूले मनमनै बहस गरिरहेका थिए, त्यसैले तिनीहरूले के सोचिरहेका थिए भनेर येशूले सुन्नुभन्दा पनि चाल पाउनुभयो ।
τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν?
यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो हृदयमा यसबारे तर्क गर्नुहुँदैन ।” वा “मसँग पाप क्षमा गर्ने अधिकार छ भन्ने बारे तिमीहरूले शङ्का गर्नुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)
Luke 5:23
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει?
आफ्नो क्षमा गर्ने शक्तिलाई आफूले गर्न लाग्नुभएको चङ्गाइको आश्चर्यकर्मसँग जोड्नलाई येशूले यो प्रश्नको प्रयोग गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मैले भर्खर भनेँ, ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन् ।’ तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्न गाह्रो हुन्छ, किनभने मैले निको पार्न सक्छु वा सक्दिन भन्ने कुराको प्रमाण ऊ उठेर हिँड्छ वा हिँड्दैन भन्ने कुराद्वारा देखाइनेछ ।” वा “तिमीहरूले सोच्न सक्छौ कि ‘उठ र हिँड’ भन्नुभन्दा ‘तिम्रा पापहरू तिमीलाई क्षमा भएका छन्’ भन्न सजिलो हुन्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
नबताइएको अर्थ यो हो कि एउटा कुरा “बताउनलाई सजिलो छ किनभने कसैले पनि थाहा पाउने छैन”, तर अर्को कुरा “बताउनलाई गाह्रो छ किनभने सबैले जान्ने छन् ।” यदि त्यस मानिसको पापहरू माफ भए वा भएनन् भनेर मानिसहरूले देख्न सक्दैनथे, तर यदि ऊ उठेर हिँड्यो भने ऊ निको पारिएको थियो भनेर तिनीहरू सबैले थाहा पाउने थिए । (हेर्नुहोस्ः शब्दलोप)
Luke 5:24
येशू शास्त्रीहरू र फरिसीहरूसँग बोलिरहनुभएको थियो । यहाँ “तिमीहरू” बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὅτι ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐξουσίαν ἔχει
येशूले आफैँलाई भन्दै हुनुहुन्थ्यो ।
येशूले यो कुरा पक्षाघाती मानिसलाई भन्दै हुनुहुन्थ्यो । “तिमी” शब्द एकवचन हो ।
Luke 5:25
“त्यो एकैपटकमा उठ्यो” वा “त्यो तत्कालै उठ्यो”
καὶ παραχρῆμα ἀναστὰς
ऊ निको पारिएको थियो भनेर प्रस्टसँग बताउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यो मानिस निको पारिएको थियो ! ऊ उठ्यो”
Luke 5:26
ἐπλήσθησαν φόβου λέγοντες
“निकै भएभीत भएका” वा “भयले भरिएका”
“अचम्मका कुराहरू” वा “अनौठा कुराहरू”
Luke 5:27
जब येशू घरबाट जानुहुन्छ, उहाँले लेवी, यहूदी कर उठाउनेलाई, उहाँलाई पछ्याउनको लागि बोलाउनुहुन्छ । लेवीले येशूको लागि एउटा ठूलो भोज तयार गर्छन् जसले फरिसीहरू र शास्त्रीहरूलाई रीस उठाउँछ ।
καὶ μετὰ ταῦτα
“यी कुराहरू” वाक्यांशले अघिल्ला पदहरूमा भएका कुराहरूलाई जनाउँछ । यसले एउटा नयाँ घटनालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐθεάσατο τελώνην
“कर उठाउनेलाई ध्यान दिएर हेर्नुभयो” वा “कर उठाउनेलाई होसियारीसाथ हेर्नुभयो”
ἀκολούθει μοι
कसैलाई “पछ्याउनु” भनेको त्यो व्यक्तिको चेला हुनु हो । वैकल्पिक अनुवादः “मेरो चेला होऊ” वा “आऊ, मलाई तिम्रो शिक्षकको रूपमा पछ्याऊ” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 5:28
καταλιπὼν πάντα
“उसको कर उठाउने काम छाड्यो”
Luke 5:29
खाना खाने बेलामा, येशू फरिसीहरू र शास्त्रीहरूसँग बोल्नुहुन्छ ।
ἐν τῇ οἰκίᾳ αὐτοῦ
“लेवीको घरमा”
κατακείμενοι
पलङमा ढल्केर बायाँ पाखुरालाई तकियामा अडेस लगाएर ग्रीकहरूले भोज खाने गर्थे । वैकल्पिक अनुवादः “सँगै खाँदै” वा “टेबलमा बसेर खाँदै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:30
πρὸς τοὺς μαθητὰς αὐτοῦ
“येशूका चेलाहरूलाई”
διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε?
येशूका चेलाहरूले पापीहरूसँगै खाएको कुराप्रति फरिसीहरू र शास्त्रीहरूले असहमति व्यक्त गर्न तिनीहरूले यो प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “तिमीहरूले पापीहरूसँग खानुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν
ती मानिसहरू जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे तर ती कुराहरू गर्थे जुन अरू मानिसहरूले धेरै नराम्रो पाप हो भनी ठान्थे
ἐσθίετε καὶ πίνετε
फरिसीहरू र शास्त्रीहरूले विश्वास गर्थे कि धर्मी मानिसहरूले तिनीहरूले पापीहरू भनी ठानेका मानिसहरूबाट आफूहरूलाई अलग राख्नुपर्छ । “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:31
οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες
वैद्यले रोगी मानिसहरूलाई निको पारिनलाई बोलाए झैँ गरी येशूले पापीहरूलाई पश्चात्तापको निमित्त बोलाउनुहुन्छ भनेर तिनीहरूलाई बताउनलाई सुरु गर्न उहाँले यो उखानको प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः हितोपदेश)
चिकित्सक
ἀλλὰ οἱ κακῶς ἔχοντες
हटाइएका शब्दहरूलाई तपाईंले थप्नलाई जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “केवल तिनीहरूलाई वैद्यको खाँचो हुन्छ जो बिरामी छन्” (हेर्नुहोस्ः शब्दलोप)
Luke 5:32
कुनै पनि व्यक्ति जसले येशूलाई पछ्याउन चाहन्छ उसले आफैँलाई एक धर्मी मानिसको रूपमा होइन तर एक पापीको रूपमा सोच्नुपर्छ ।
δικαίους
यो नामयोगी विशेषणलाई एउटा नामपदको वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Luke 5:33
οἱ δὲ εἶπαν
“धार्मिक अगुवाहरूले येशूलाई भने”
Luke 5:34
μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν?
येशूले तिनीहरूलाई पहिले नै थाहा भएको एउटा अवस्थाबारे सोच्न लगाउन यो प्रश्नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “दुलहा साथमा नै हुँदा कसैले पनि दुलहाका सेवकहरूलाई उपवास बस्न लगाउँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοὺς υἱοὺς τοῦ νυμφῶνος
“पाहुनाहरू” वा “साथीहरू ।” यी विवाह गर्ने मानिससँगै उत्सव मनाउने साथीहरू हुन् ।
उपवास बस्नु भनेको उदास हुनुको चिन्ह हो । धार्मिक गुरूहरूले बुझे कि जन्तीहरूले दुलहा तिनीहरूको साथमा उपवास बस्ने थिएनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 5:35
ἐλεύσονται δὲ ἡμέραι καὶ
“चाँडै” वा “कुनै दिन”
ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος
येशूले आफैँलाई एउटा दुलहासँग, र चेलाहरूलाई जन्तीहरूसँग तुलना गर्दै हुनुहुन्छ । उहाँले रूपकलाई व्याख्या गर्नुभएन, त्यसैले आवश्यक परेको बेलामा अनुवादले त्यसलाई व्याख्या गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
Luke 5:36
ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς
येशूले लेवीको घरमा भएका शास्त्रीहरू र फरिसीहरूलाई एउटा कथा बताउनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
“कसैले पनि फटाउँदैन ... त्यसलाई प्रयोग गर्छ ... उसले ... उसले” वा “मानिसहरूले कहिल्यै च्यात्दैनन् ... त्यसलाई प्रयोग गर्छन् ... तिनीहरूले ... तिनीहरूले”
ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν
पुनः बनाउनु
εἰ δὲ μή γε
त्यो व्यक्तिले त्यो वस्त्रलाई किन त्यसरी टाल्ने थिएन भन्ने कुराको कारणलाई यो परिकल्पित भनाइले व्याख्या गर्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
“मेल खाँदैन” वा “उस्तै हुँदैन”
Luke 5:37
“अङ्गुरको रस ।” यसले मर्चाको प्रयोग गरी रासायनिक परिवर्तन नल्याइएको दाखमद्यलाई जनाउँछ ।
ἀσκοὺς
यी झोलाहरू जनावरको छालाबाट बनाइएका थिए । यसलाई “दाखमद्यको झोला” वा “छालाबाट बनेको झोला” पनि भन्न सकिन्छ (युडीबी) ।
ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς
जब नयाँ दाखमद्यमा रासायनिक परिवर्तन ल्याइन्छ तब यसको आयतन वृद्धि हुन्छ, अनि यसले मशकलाई फुटाउँछ किनभने मशक तन्कन सक्दैन । दाखमद्यमा रासायनिक परिवर्तन ल्याइने र आयतन बढ्छ भन्ने कुरालाई येशूका श्रोताहरूले बुझेका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτὸς ἐκχυθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाखमद्य झोलाबाट बाहिर पोखिनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 5:38
ἀσκοὺς καινοὺς
“नयाँ दाखमद्य” वा “नयाँ दाखमद्यको झोला ।” यसले प्रयोग नगरिएको मशकलाई जनाउँछ ।
Luke 5:39
οὐδεὶς πιὼν παλαιὸν θέλει νέον
यो अलङ्कारले येशूको नयाँ शिक्षाको विरुद्धमा धार्मिक गुरूहरूको पुरानो शिक्षालाई विपरीत भएको देखाउँछ । भन्न खोजिएको कुराचाहिँ के हो भने ती मानिसहरू जो पुरानो शिक्षामा बानी परेका छन्, तिनीहरू येशूले सिकाइरहनुभएको नयाँ कुराहरू सुन्नलाई इच्छुक हुँदैनन् । (हेर्नुहोस्ः रूपक)
यो कुरा थप्दा सजिलो हुन सक्छः “यसकारण उसले नयाँ दाखमद्य चाख्न कोसिस गर्दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 6
लूका ०६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
लूका ६:२०-४९ मा थुप्रै आशिष्हरू र सरापहरू छन् जुन मत्ती ५-७ सँग मिलेको देखिन्छ । मत्तीको यो भागलाई पारम्परिक रूपमा “डाँडाको उपदेश” भनिएको छ । लूकामा, तिनीहरू मत्तीको सुसमाचारमा जस्तो परमेश्वरको राज्यको विषयमा भएको शिक्षासँग जोडिएका छैनन् । (हेर्नुहोस्ः परमेश्वरको राज्य, स्वर्गको राज्य)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“अनाज खाने”
जब चेलाहरूले विश्रामको दिनमा खेतका अनाजहरू चुँडेर खाए जुन खेतबाट भएर तिनीहरू गइरहेका थिए (लूका ६:१), फरिसीहरूले भने कि तिनीहरूले मोशाको व्यवस्थालाई तोडिरहेका थिए । फरिसीहरूले बताए कि चेलाहरूले अनाजहरू टिपेर काम गरिरहेका थिए र त्यसैले विश्रामको दिनमा आराम गर्नु र काम नगर्नु भन्ने परमेश्वरको आज्ञालाई अनाज्ञापालन गरिरहेका थिए ।
चेलाहरूले चोरिरहेका थिए भनेर फरिसीहरूले सोचेनन् । त्यो किनभने यात्रुहरूलाई तिनीहरू जुन खेतको नजिकैबाट वा जसबाट भएर यात्रा गरिरहेका थिए त्यहाँबाट थोरै मात्रामा अनाजहरू चुँडेर खानलाई किसानहरूले अनुमति दिनुपर्छ भनी मोशाको व्यवस्थाले आवश्यक बनाएको थियो । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था अनि कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू अनि शबाथ)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कार
अलङ्कारहरू दृश्य वस्तुहरूको चित्रणहरू हुन् जसलाई वक्ताहरूले अदृश्य सत्यतालाई व्याख्या गर्नलाई प्रयोग गर्छन् । येशूले उहाँका मानिसहरूलाई उदार हुनलाई सिकाउन एउटा उदार धनी अनाज व्यापारीको अलङ्कारको प्रयोग गर्नुभयो (लूका ६:३८) । (हेर्नुहोस्ः रूपक)
आलङ्कारिक प्रश्नहरू
आलङ्कारिक प्रश्नहरू ती प्रश्नहरू हुन् जसको जवाफ वक्तालाई अगाडिबाटै थाहा हुन्छ । फरिसीहरूले एउटा आलङ्कारिक प्रश्न येशूलाई सोधेर उहाँलाई गाली गरे जब तिनीहरूले ठाने कि उहाँले विश्रामको दिनको अवज्ञा गरिरहनुभएको थियो (लूका ६:२) । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अन्तर्निहित जानकारी
वक्ताहरूले धेरैपटक ती कुराहरू बताउँदैनन् जुन तिनीहरूले ठान्छन् कि तिनीहरूका पाठकहरूले पहिल्यै बुझेका छन् । जब लूकाले लेखे कि चेलाहरूले अनाजका बालाहरूलाई तिनीहरूका हातमा माडिरहेका थिए, तिनीहरूले फाल्ने भागबाट खान हुने भागलाई अलग गरिरहेका थिए भनेर उनको पाठकले जान्दछन् भनेर उनले अपेक्षा गरे (लूका ६:१) । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
बाह्र चेलाहरू
निम्न दिइएका नामहरू बाह्र चेलाहरूको सूची होः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कूसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
थेदियस सम्भवतः याकूबका छोरा, यहूदा भनिने व्यक्ति नै हुन् ।
Luke 6:2
τί ποιεῖτε
“तिमीहरू” शब्द यहाँ बहुवचनमा छ, र चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 6:1
येशू र उहाँका चेलाहरू अब एउटा अन्नको खेतबाट भएर जान्छन् तर केही फरिसीहरूले चेलाहरूलाई परमेश्वरको व्यवस्थामा, परमेश्वरको लागि अलग राखिएको विश्रामको दिनमा तिनीहरूले के गरिरहेका छन् भनेर प्रश्न गर्न थाल्छन् ।
ἐγένετο δὲ
यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
σπορίμων
यहाँ यो अरू धेरै गहुँ उब्जाउनलाई मानिसहरूले गहुँको बिउ छरेका जमिनको ठूलो भाग हो ।
στάχυας
यो गहुँको बिरुवा, जुन एक प्रकारको अग्लो घाँस हो, त्यसको सबैभन्दा टुप्पोको भाग हो । यसमा बिरुवाको पाकेको, खानहुने बिउ हुन्छ ।
ψώχοντες ταῖς χερσίν
तिनीहरूले अन्नका दानाहरूलाई अलग गर्नलाई यसो गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दानाहरूलाई बोक्राहरूबाट अलग गर्नलाई तिनीहरूले ती हातमा माडे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 6:2
τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς Σάββασιν?
चेलाहरूले व्यवस्था तोडेको आरोप लगाउनलाई तिनीहरूले यो प्रश्न गरे । यसलाई एउटा कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्रामको दिनमा अन्न टिप्नु परमेश्वरको व्यवस्था विरुद्ध हो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς Σάββασιν?
हत्केलाभरी मात्र भएको दाना माड्ने सानो कामलाई पनि फरिसीहरूले व्यवस्थाको विरुद्धमा गरेको कामको रूपमा विचार गरे । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “काम गर्दै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 6:3
οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυεὶδ ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ’ αὐτοῦ ὄντες
धर्मशास्त्रबाट नसिकेकोमा येशूले फरिसीहरूलाई हप्काउँदै हुनुहुन्छ । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पढेका कुराहरूबाट पाठ सिक्नुपर्छ !” वा “निश्चय नै तिमीहरूले पढेका छौ !” (युडीबी) (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 6:4
τοὺς ἄρτους τῆς Προθέσεως
“पवित्र रोटी” वा “परमेश्वरलाई चढाइएको रोटी”
Luke 6:5
ἐστιν…ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । यसलाई यसरी बताउन सकिन्छः वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
Κύριός ἐστιν τοῦ Σαββάτου
“प्रभु”को उपाधिले यहाँ विश्राममाथि उहाँको अधिकारलाई जोड दिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई विश्रामको दिनमा के गर्नु उचित छ भनी निर्णय गर्ने अधिकार छ !”
Luke 6:6
यो अब अर्को विश्रामको दिन हो र येशू सभाघरमा हुनुहुन्छ ।
शास्त्रीहरू र फरिसीहरूले येशूलाई हेर्छन् जसै उहाँले एउटा मानिसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ ।
ἐγένετο δὲ
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἦν ἄνθρωπος ἐκεῖ
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά
त्यो मानिसको हात यस्तो प्रकारले बिग्रिएको थियो कि उसले त्यसलाई पसार्न सक्दैनथ्यो । यो सम्भवतः एउटा मुट्ठी जस्तो बनेर बाङ्गिएको थियो, जसले त्यसलाई सानो वा चाउरी परेको जस्तो देखिने बनायो ।
Luke 6:7
παρετηροῦντο…αὐτὸν
“येशूलाई होसियारीपूर्वक हेरिरहेका थिए”
ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ
“किनकि तिनीहरूले पत्ता लगाउन चाहन्थे”
Luke 6:8
στῆθι εἰς τὸ μέσον
“सबैका अगाडि ।” त्यहाँ भएको हरेकले देख्न सक्ने गरी त्यो मानिस उभिएको येशूले चाहनुभयो ।
Luke 6:9
πρὸς αὐτούς
“फरिसीहरूलाई”
ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ Σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι?
विश्रामको दिनमा निको पार्नुहुँदा उहाँ ठीक हुनुहुन्थ्यो भनेर फरिसरीहरूलाई स्वीकार गर्न कर लगाउनलाई येशूले यो प्रश्न सोध्नुभयो । यसकारण यो प्रश्नको औचित्य आलङ्कारिक छः जानकारी हासिल गर्नुभन्दा तिनीहरू सबैले सत्य छ भनी जानेका कुरालाई स्वीकार गर्ने बनाउनु । तापनि, येशूले भन्नुहुन्छ, “म तिमीहरूलाई सोध्छु”, त्यसैले यो प्रश्न अन्य आलङ्कारिक प्रश्नहरू जस्तो होइन जसलाई भनाइहरूको रूपमा अनुवाद गर्नु जरुरी हुन सक्छ । यसलाई एउटा प्रश्नको रूपमा अनुवाद गर्नुपर्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι
“कसैलाई सहायता गर्नु वा कसैलाई हानि गर्नु”
Luke 6:10
ἔκτεινον τὴν χεῖρά σου
“तिम्रो हात सोझो बनाऊ” वा “तिम्रो हात तन्काऊ”
ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ
निको भयो
Luke 6:12
सारा रात प्रार्थना गरिसक्नुभएपछि येशूले बाह्र प्रेरितहरूलाई छान्नुहुन्छ ।
ἐγένετο δὲ
कथाको नयाँ खण्डको आरम्भलाई देखाउन यो वाक्यांशलाई प्रयोग गरिएको हो । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν ταῖς ἡμέραις ταύταις
“त्यस समयमा” वा “लामो समय बित्न नपाउँदै” वा “तीमध्ये कुनै एउटा दिनमा”
ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος
“येशू बाहिर जानुभयो”
Luke 6:13
ὅτε ἐγένετο ἡμέρα
“जब बिहान भएको थियो” वा “अर्को दिन”
ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα
“उहाँले चेलाहरूमध्ये बाह्र जनालाई छान्नुभयो”
οὓς καὶ ἀποστόλους ὠνόμασεν
“जसलाई उहाँले प्रेरित पनि बनाउनुभयो” वा “उहाँले तिनीहरूलाई प्रेरित हुनलाई नियुक्त गर्नुभयो”
Luke 6:14
Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ
“सिमोनका भाइ, अन्द्रियास”
Luke 6:15
Ζηλωτὴν
सम्भावित अर्थहरू हुन् १) “उग्रपन्थी” एउटा नाम हो जसले सङ्केत गर्छ कि उनी त्यो समूहको मानिसहरूको हिस्सा थिए जसले यहूदी मानिसहरूलाई रोमी शासनबाट छुटकारा दिलाउन चाहन्थे । वैकल्पिक अनुवादः “देशभक्त” वा “राष्ट्रवादी” वा २) “एकजना जो जोसिला थिए” भनेको एउटा वर्णन हो जसले सङ्केत गर्छ कि उनी परमेश्वरलाई सम्मानित बनाउनको लागि जोसिला थिए । वैकल्पिक अनुवादः “केही कुरा गर्न दिलोज्यानले लागिपरेको कोही व्यक्ति”
Luke 6:16
ὃς ἐγένετο προδότης
यो सन्दर्भमा “धोकेबाज”को अर्थ के हुन्छ भनेर व्याख्या गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “उसको साथीलाई विश्वासघात गर्यो” वा “उसको साथीलाई शत्रुहरूकहाँ सुम्प्यो” (प्राय केही पैसाको बदलीमा) वा “उसको बारेमा शत्रुहरूलाई बताएर एउटा मित्रलाई खतरामा हाल्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 6:17
हुन त येशूले खासगरी उहाँका चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ, त्यहाँ वरिपरि अरू पनि सुन्ने मानिसहरू थिए ।
μετ’ αὐτῶν
“उहाँले छान्नुभएका बाह्र जनासँगै” वा “उहाँका बाह्र जना प्रेरितसँगै”
Luke 6:18
ἰαθῆναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिनीहरूलाई निको पार्नलाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले अशुद्ध आत्माबाट सताइएका मानिसहरूलाई पनि निको पार्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“अशुद्ध आत्माहरूबाट पीडा दिइएकाहरू” वा “अशुद्ध आत्माहरूद्वारा नियन्त्रण गरिएकाहरू”
Luke 6:19
δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας
“उहाँसँग मानिसहरूलाई निको पार्ने शक्ति थियो” वा “उहाँले मानिसहरूलाई निको पार्न उहाँको शक्ति प्रयोग गरिरहुभएको थियो”
Luke 6:20
μακάριοι
यो वाक्यांश तीन पटक दोहोरिएको छ । हरेक पटक यसले परमेश्वरले केही मानिसहरूलाई निगाह गर्नुहुन्छ अथवा तिनीहरूको परिस्थिति सकारात्मक वा असल छ भन्ने देखाउँछ ।
οἱ πτωχοί
“तिमी दीन हुनेहरूले परमेश्वरको निगाह प्राप्त गर्छौ” वा “तिमी दीन हुनेहरूले लाभ पाउँछौ”
ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ
राज्य भन्ने शब्द नभएको भाषामा तपाईंले “किनभने परमेश्वर तपाईंको राजा हुनुहुन्छ” वा “किनेभने परमेश्वर तिम्रो शासक हुनुहुन्छ” भन्न सक्नुहुन्छ ।
ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ
“परमेश्वरको राज्य तिमीहरूको स्वामित्वमा छ ।” यसको अर्थ हुन सक्छः १) “तिमीहरू परमेश्वरको राज्यका हौ” वा २) “तिमीहरूले परमेश्वरको राज्यमा अधिकार पाउनेछौ ।”
Luke 6:21
γελάσετε
“तिमीहरू आनन्दले हाँस्नेछौ” वा “तिमीहरू आनन्दित हुनेछौ”
Luke 6:22
μακάριοί ἐστε
“तिमीहरूले परमेश्वरको निगाह प्राप्त गर्छौ” वा “तिमीहरूले लाभ पाउनेछौ” वा “यो तिमीहरूका निम्ति कति असल छ”
ἀφορίσωσιν ὑμᾶς
“तिमीहरूलाई इन्कार गर्छन्”
ἕνεκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
“तिमीहरूले मानिसको पुत्रसँग मिलजुल गरेकोले गर्दा” वा “तिनीहरूले मानिसको पुत्रलाई इन्कार गरेकाले”
Luke 6:23
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
“जब तिनीहरूले ती कुराहरू गर्छन्” वा “जब त्यो हुन्छ”
σκιρτήσατε
यो उपमाको अर्थ “अत्यन्तै आनन्दित होओ” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ὁ μισθὸς ὑμῶν πολὺς
“एउटा ठूलो भुक्तानी” वा “असल उपहारहरू”
Luke 6:24
οὐαὶ ὑμῖν
“तिमीहरूका निम्ति यो कति डरलाग्दो छ !” यो पदावली तीन पटकसम्म दोहोरिएको छ । यो “धन्य तिमीहरू” भन्ने अभिव्यक्तिको विपरीतमा छ । यसले हरेक पटक मानिसहरूप्रति परमेश्वरको रिस निर्देशित छ वा तिनीहरूलाई केही नकारात्मक वा खराब कुराहरूले प्रतीक्षा गरिरहेका छन् भनी देखाउँछ ।
τοῖς πλουσίοις
“तिमी धनीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमी धनीहरूमाथि कष्ट आउनेछ”
ἀπέχετε τὴν παράκλησιν ὑμῶν
“तिमीहरूलाई जे कुराले सान्त्वना दिन्छ” वा “तिमीहरूलाई सन्तुष्टि दिने कुरा” वा “तिमीहरूलाई जे कुराले खुसी पार्छ”
Luke 6:25
οἱ ἐμπεπλησμένοι
“जसको पेट अहिले अघाएको छ” वा “जसले अहिले धेरै खान्छौ”
οἱ γελῶντες
“जो अहिले खुशी छौ”
Luke 6:26
οὐαὶ
“तिमीहरूका निम्ति कति डरलाग्दो छ” वा “तिमीहरू कति निराश हुनुपर्छ”
ὅταν ὑμᾶς καλῶς εἴπωσιν πάντες οἱ ἄνθρωποι
यहाँ “मानिसहरू” शब्द मूलभूत बुझाइमा प्रयोग गरिएको छ जसले सबै मानिसहरूलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “जब सबै मानिसहरूले बोल्छन्” वा “जब हरेकले बोल्छ” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
κατὰ τὰ αὐτὰ…ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν
“तिनीहरूले पनि झुटा अगमवक्ताहरूबारे पनि राम्रो कुरा गरे”
Luke 6:27
येशू उहाँका चेलाहरू र भीडसँग कुरा गरिरहनुहुन्छ जसले पनि उहाँलाई सुनिरहेका छन् ।
ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν
आफ्ना चेलाहरूसँग मात्र नभई येशूले पूरै भीडसँग बोल्न थाल्नुभयो । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς
यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।
यसको अर्थ यो होइन कि तिनीहरूले केवल शत्रुहरूलाई प्रेम गर्नुपर्थ्यो र मित्रहरूलाई चाहिँ होइन । यसलाई व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रा शत्रुहरूलाई प्रेम गर, तिम्रा मित्रहरूलाई मात्र होइन” (हेर्नुहोस्ः शब्दलोप)
Luke 6:28
εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς
यी हरेक आज्ञाहरूमध्ये एकचोटि मात्रै होइन, तर निरन्तर रूपमा पालन गर्नुपर्छ ।
आशिष् दिने चाहिँ परमेश्वर नै हुनुहुन्छ । यसलाई प्रस्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई आशिष् दिनलाई परमेश्वरलाई बिन्ती गर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“जसले तिमीहरूलाई प्राय सरापिरहन्छन्”
“जसले तिमीहरूलाई प्राय दुर्व्यवहार गरिरहन्छन्”
Luke 6:29
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην
“यदि कसैले तिमीलाई हिर्काउँछ भने”
ἐπὶ τὴν σιαγόνα
“तिम्रो एकापट्टिको गालामा”
πάρεχε καὶ τὴν ἄλλην
आक्रमणकारीले त्यो व्यक्तिलाई के गर्नेछ भनेर उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिम्रो गाला फर्काइदेऊ ताकि अर्को गालामा पनि हिर्काउन सकोस्” (हेर्नुहोस्ः शब्दलोप)
καὶ τὸν χιτῶνα μὴ κωλύσῃς
“लिनलाई नरोक”
Luke 6:30
παντὶ αἰτοῦντί σε, δίδου
“यदि कसैले तिमीसँग केही कुरा माग्छ भने, त्यो उसलाई देऊ”
ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει
“उसले देओस् भनेर नखोज” वा “उसलाई दिनलाई माग नगर”
Luke 6:31
καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως
केही भाषाहरूमा यसको वाक्यको क्रमलाई उल्टाउँदा बढी स्वाभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीले मानिसहरूलाई त्यसै गर्नुपर्छ जसो मानिसहरूले तिमीलाई गरेको चाहन्छौ” वा “मानिहरूलाई यसरी व्यवहार गर जसरी तिनीहरूले तिमीलाई व्यवहार गरून् भन्ने तिमी चाहन्छौ”
Luke 6:32
ποία ὑμῖν χάρις ἐστίν?
“तिमीले के इनाम पाउँछौ र ?” वा “त्यसो गरेकोमा तिमीले के प्रशंसा पाउनेछौ र ?” यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले त्यसको निम्ति कुनै इनाम पाउँदैनौ ।” वा “परमेश्वरले तिमीलाई त्यसको निम्ति कुनै इनाम दिनुहुनेछैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 6:34
ἵνα ἀπολάβωσιν τὰ ἴσα
मोशाको व्यवस्थाले यहूदीहरूलाई तिनीहरूले एक अर्कालाई दिएका ऋृणमा ब्याज नलिनलाई आज्ञा गर्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 6:35
μηδὲν ἀπελπίζοντες
“तिमीले त्यो व्यक्तिलाई दिएको कुरा उसले फिर्ता गर्छ भनेर आशा नगर्दै” वा “तिमीलाई कुनै पनि कुरा दिनलाई आशा नगर्दै”
ἔσται ὁ μισθὸς ὑμῶν πολύς
“तिमीले ठूलो इनाम पाउनेछौ” वा “तिमीले उत्तम भुक्तानी पाउनेछौ” वा “यसको कारण तिमीले असल उपहारहरू पाउनेछौ”
υἱοὶ Ὑψίστου
मानव छोरा वा बालकलाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “छोराहरू”लाई अनुवाद गर्दा बेस हुन्छ ।
υἱοὶ Ὑψίστου
“छोराहरू” बहुवचन होस् ताकि येशूको उपमा “सर्वोच्चका पुत्र” सँग नझुक्कियोस् ।
“उहाँलाई धन्यवाद नदिने मानिसहरू र जो दुष्ट हुन्छन्”
Luke 6:36
ὁ Πατὴρ ὑμῶν
यसले परमेश्वरलाई जनाउँछ । मानव पितालाई जनाउन तपाईंको भाषाले स्वभाविक रूपमा प्रयोग गर्ने उही शब्दले नै “पिता”लाई अनुवाद गर्दा बेस हुन्छ ।
Luke 6:37
μὴ κρίνετε
“मानिसहरूको न्याय नगर” वा “मानिसहरूको रूखो आलोचना नगर”
οὐ μὴ κριθῆτε
येशूले कसले न्याय गर्दैन भन्नुहुन्न । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूको न्याय गर्नुहुनेछैन” वा २) “कसैले तिमीहरूको न्याय गर्नेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ μὴ καταδικάζετε
“मानिसहरूलाई दोष नलगाऊ”
οὐ μὴ καταδικασθῆτε
येशूले कसले दोष लगाउँदैन भन्नुहुन्न । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूलाई दोष लगाउनुहुनेछैन” वा २) “कसैले तिमीहरूलाई दोष लगाउनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπολυθήσεσθε
येशूले कसले क्षमा दिनेछ भन्नुहुन्न । सम्भवित अर्थहरू हुन् १) “परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुहुनेछ” वा २) “मानिसहरूले तिमीहरूलाई क्षमा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 6:38
δοθήσεται ὑμῖν
येशूले ठ्याक्कै कसले दिनेछ भनी स्पष्ट पार्नुहुन्न । येशूले ठ्याक्कै कसले दिनेछ भनी स्पष्ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “त्यो तिमीहरूलाई कसैले दिनेछ” वा २) “त्यो तिमीहरूलाई परमेश्वरले दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μέτρον καλὸν, πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν
येशूले परमेश्वर वा मानिसहरूले उदार चित्तले दिने कुरालाई यसरी उल्लेख गर्नुभयो मानौँ उहाँहरू उदार मनको अन्न व्यापारी हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रचुर मात्रामा खाँदीखाँदी, हल्लाइ-हल्लाइ पोखिने गरी तिमीहरूको पोल्टामा हालिदिनुहुनेछ” वा “एउटा उदात चित्तको अन्न व्यापारी झैँ जसले अन्नलाई खाँदीखाँदी, हल्लाइ-हल्लाइ यति धेरै खनाउँछ कि त्यो पोखिन थाल्छ, त्यस्तै उदार तरिकाले तिनीहरूले तिमीहरूलाई दिनेछन्” (हेर्नुहोस्ः रूपक)
“ठूलो परिमाण”
ᾧ…μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν
ठ्याक्कै कसले दिनेछ भनी येशूले स्पष्ट पार्नुभएन । सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले तिमीहरूका निम्ति नाप्न त्यहि आकारको नाप प्रयोग गर्नेछन्” वा २) “परमेश्वरले त्यसै मापदण्डद्वारा तिमीहरूका निम्ति नाप्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 6:39
εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς
येशूले उहाँको भनाइ राख्न केही उदाहरणहरूलाई समावेश गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν?
येशूले मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराबारे सोच्न लगाउनलाई यो प्रश्नको प्रयोग गर्नुभयो । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, कि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउन सक्दैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τυφλὸς
त्यो व्यक्ति जो “अन्धो” छ, त्यो एउटा व्यक्तिको लागि अलङ्कार हो जसलाई चेलाको रूपमा सिकाइएको छैन । (हेर्नुहोस्ः रूपक)
οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται?
यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू दुवै खाल्डोमा पर्नेछन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 6:40
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον
“एउटा चेलाले उसको गुरुलाई उछिन्दैन ।” सम्भावित अर्थहरू हुन् १) “एउटा चेलासित उसको गुरुसित भन्दा बढी ज्ञान हुँदैन” वा (२) “एउटा चेलासित उसको गुरुसँग भन्दा बढी अधिकार हुँदैन ।”
κατηρτισμένος…πᾶς
“राम्ररी तालिम दिइएको हरेक चेला” वा “हरेक चेला जसलाई उसको गुरुले सबैकुराहरू सिकाएको छ”
Luke 6:41
τί…βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς?
येशूले यो प्रश्न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भाइको आँखा ... नहेर जबकि तिम्रो आफ्नै आँखामा भएको मुढालाई तिमी बेवास्ता गर्छौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί…βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου
यो एउटा अलङ्कार हो जसले सङ्गी विश्वासीको कम मतलबका त्रुटिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
τὸ κάρφος
“सानो दाग” वा “चोइटो” वा “मसिनो धुलो ।” कोही व्यक्तिको आँखामा सामान्यतया परिरहने सबैभन्दा सानो कुराको लागि भएको शब्दलाई प्रयोग गर्नुहोस् ।
τοῦ ἀδελφοῦ σου
यहाँ यसले सङ्गी यहूदी वा येशूमा विश्वास गर्ने साथीलाई जनाउँछ ।
τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς
यो कोही व्यक्तिको सबैभन्दा खराब त्रुटिहरूको लागि भएको अलङ्कार हो । एउटा मुढा चाहिँ साँच्चिकै कोही व्यक्तिको आँखाभित्र जान सक्दैन । कोही व्यक्तिले अर्को व्यक्तिको कम खराब त्रुटिहरूसँग व्यवहार गर्नुभन्दा पहिला उसको आफ्नै अझ बढी खराब त्रुटिमा ध्यान दिनुपर्छ भनेर जोड दिनलाई येशूले अतिरञ्जित गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक अनि अतिशयोक्ति र सामान्यीकरण)
δοκὸν
“लामो मोटो काठ” वा “फल्याक”
Luke 6:42
πῶς δύνασαι λέγειν
येशूले यो प्रश्न मानिसहरूलाई अर्को व्यक्तिका पापहरूमा ध्यान दिनभन्दा अगाडि तिनीहरूका आफ्नै पापहरूमा ध्यान दिनलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले ... भन्न हुँदैन ... आँखा ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 6:43
कुनै रूख असल छ वा खराब छ, त्यो कस्तो प्रकारको रूख हो भन्ने कुरा त्यसले फलाउने फलबाट मानिसहरूले बताउन सक्छन् । येशूले यसलाई बिना व्याख्याको एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो-कोही व्यक्ति कस्तो प्रकारको हो भन्ने कुरा हामी जान्न सक्छौँ जब हामी तिनीहरूको कामहरू हेर्छौँ । (हेर्नुहोस्ः रूपक)
γάρ
“यो किनभने त्यहाँ छ ।” यसले सङ्केत गर्छ कि यसपछि आउने कुरा हामीले किन हाम्रो भाइको न्याय गर्नुहुन्न भन्ने कुराको कारण हो ।
οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν; οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
“स्वस्थ रूख”
οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν; οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν
सड्दै गरेको वा खराब वा काम नलाग्ने फल
Luke 6:44
ἕκαστον…δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται
मानिसहरूले रूखको प्रकारलाई त्यसले फलाउने फलबाट चिन्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले रूखको प्रकारलाई जान्दछन्” वा “मानिसहरूले रूखलाई चिन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀκανθῶν
काँडाहरू भएको बिरुवा वा झाडी
βάτου
काँडाहरू भएको दाखको बोट वा बिरुवा
Luke 6:45
ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας
येशूले व्यक्तिको विचारहरूलाई तिनीहरूको असल वा दुष्ट भण्डारसँग तुलना गर्नुहुन्छ । जब कोही असल व्यक्तिसँग असल विचारहरू हुन्छ, ऊ असल कार्यहरूमा लाग्छ । जब दुष्ट व्यक्तिले दुष्ट कुराहरू सोच्छ, ऊ दुष्ट कुराहरूमा लाग्छ । (हेर्नुहोस्ः रूपक)
यहाँ “असल”ले धार्मिक वा नैतिक रूपमा असल अवस्थालाई जनाउँछ ।
ὁ ἀγαθὸς ἄνθρωπος
यहाँ “मान्छे” शब्दले कुनै एउटा स्त्री वा पुरुषलाई जनाउँछ । वैकल्पिक अनुवादः “असल व्यक्ति” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
τῆς καρδίας
यहाँ व्यक्तिको असल विचारहरूलाई यसरी उल्लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्चय गरी राखिएका भण्डार हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उसले उसको भित्र हृदयमा राखेका असल कुराहरू” वा “उसले असाध्यै मूल्यको ठानेका असल कुराहरू” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
προφέρει τὸ ἀγαθόν
केही असल कुरा उत्पन्न गर्ने भनेको केही असल कुरा गर्नुको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “जे असल छ सो गर्छ” (हेर्नुहोस्ः रूपक)
ἐκ τοῦ πονηροῦ
यहाँ व्यक्तिको दुष्ट विचारहरूलाई यसरी उल्लेख गरिएको छ मानौँ ती व्यक्तिको हृदयमा सञ्चय गरी राखिएका दुष्ट कुराहरू हुन्, “उसको हृदय” चाहिँ त्यो व्यक्ति भित्र भएको केही गहिरो कुराको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्ट कुराहरू जुन उसले आफूभित्र राखेको हुन्छ” वा “दुष्ट कुराहरू जसलाई उसले अत्यन्तै मूल्यवान् सम्झन्छ” (हेर्नुहोस्ः रूपक) (हेर्नुहोस्ः लक्षणा)
ἐκ…περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ
यहाँ “हृदय”ले व्यक्तिको मन वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । “उसको मुख” भन्ने वाक्यांशले समग्रमा कोही व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जेको बारेमा उसले हृदयमा सोच्छ, त्यसको मुखले बोल्ने कुरालाई असर गर्छ” वा “एउटा व्यक्तिले त्यही कुरा ठूलो स्वरले भन्छ जसलाई उसले आफ्नो हृदयमा साँचो रूपमा मूल्यवान् ठान्छ” (हेर्नुहोस्ः लक्षणा अनि उपलक्षण)
Luke 6:47
ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
येशूले उहाँको शिक्षाको आज्ञापालन गर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले आफ्नो घरलाई चट्टानमा बनाउँछ जहाँ त्यो बाढीहरूबाट सुरक्षित रहनेछ । (हेर्नुहोस्ः उपमा)
Luke 6:46
τί δέ με καλεῖτε Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω?
यी शब्दहरूलाई दोहोर्याइ-दोहोर्याइ प्रयोग गर्नाले यो सङ्केत गर्छ कि तिनीहरूले येशूलाई नियमित रूपमा “प्रभु” भनेर बोलाए ।
Luke 6:47
πᾶς ὁ ἐρχόμενος πρός με, καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
यो वाक्यको क्रमलाई बदल्दा अझ बढी प्रस्ट हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई बताउनेछु कि त्यो हरेक व्यक्ति कस्तो किसिमको हो जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र तिनीहरूको आज्ञापालन गर्छ”
Luke 6:48
ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν
“घरको जग बलियो चट्टानको जगसम्म पुग्ने गरी गहिरो खन्यो ।” केही ठाउँहरूमा चट्टानमाथि घर बनाउने कुरा प्रचलित पनि नहोला, त्यसैले पक्की जगको लागि कुनै अर्को कुराको चित्रण प्रयोग गर्न आवश्यक हुन सक्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्म पुग्ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।
τὴν πέτραν
“जमिनमुनिको चट्टान ।” यो माटोमुनि भएको धेरै ठूलो र कडा चट्टान हो ।
ποταμὸς
“छिटो बग्ने पानी” वा “नदी”
προσέρηξεν
“त्यसमाथि आएर ठोक्कियो”
οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν
सम्भावित अर्थहरू हुन् १) “त्यसलाई हल्लिने तुल्याउनु” वा २) “त्यसलाई नाश पार्नु ।”
διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने त्यस मानिसले यसलाई राम्ररी बनाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 6:49
ὅμοιός ἐστιν
येशूले उहाँको शिक्षालाई सुन्ने तर त्यसको आज्ञापालन नगर्ने व्यक्तिलाई एउटा यस्तो मानिससँग तुलना गर्नुहुन्छ जसले जग बिनाको घर बनाउँछ जसले गर्दा त्यो बाढीमा सर्वनाश हुन्छ । (हेर्नुहोस्ः उपमा)
δὲ
“तर” शब्दले जगसहित निर्माण गर्ने व्यक्तिबाट निकै ठूलो अन्तर भएको देखाउँछ ।
ἐπὶ τὴν γῆν χωρὶς θεμελίου
केही संस्कारहरूमा यो थाहा नहुन सक्छ कि जगसहित बनेको घर अझ बढी बलियो हुन्छ । अतिरिक्त जानकारी सहयोगी बन्न सक्छ । वैकल्पिक अनुवादः “तर उसले तलसम्म खनेन र पहिला जग हालेन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
घरको त्यो भाग जो त्यसलाई जमिनसँग जोड्छ । येशूको समयका मानिसहरूले कडा चट्टानसम्म पुग्ने गरी तल खन्थे र चट्टानमाथि निर्माण गर्न थाल्थे । त्यो कडा चट्टान नै जग थियो ।
“छिटो बग्ने पानी” वा “नदी”
ᾗ προσέρρηξεν ὁ ποταμός
“त्यसमाथि आएर ठोक्कियो”
συνέπεσεν
ढल्यो वा तहसनहस भयो
ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα
“त्यो घर पूर्ण रूपले नष्ट भयो”
Luke 7
लूका ०७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्ठमा दायाँतिर राख्छन् । उद्धरण गरिएको सामग्रीसँग यूएलटीले ७:२७ मा यसो नै गर्छ ।
यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्नुहुँदैन ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कप्तान
उसको दासलाई निको पारिदिनलाई बिन्ती गर्ने कप्तानले (लूका ७:२ धेरै असामान्य कुराहरू गरिरहेको थियो । एक रोमी सिपाही केही कुराको लागि पनि कहिल्यै एक यहूदीकहाँ जाने थिएनन्, अधिकांश धनी मानिसहरू तिनीहरूका दासहरूलाई प्रेम वा वास्ता गर्दैनथे । (हेर्नुहोस्ः कप्तान अनि विश्वास)
यूहन्नाको बप्तिस्मा
यूहन्नाले बप्तिस्मा दिइरहेका मानिसहरू आफूहरू पापीहरू हौँ भनी जान्दथे र तिनीहरूको पापको लागि क्षमाप्रार्थी थिए भनेर दखाउनलाई तिनले मानिसहरूलाई बप्तिस्मा दिए । (हेर्नुहोस्ः पश्चात्ताप गर्नु, पश्चात्ताप अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
“पापीहरू”
लूकाले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू मोशाको व्यवस्थाबाट बिल्कुलै अन्जान छन् भनेर ठाने, त्यसैले तिनीहरूलाई “पापीहरू” भने । वास्तवमा, अगुवाहरू नै पापी थिए । यो अवस्थालाई एउटा व्यङ्ग्यको रूपमा लिन सकिन्छ । (हेर्नुहोस्ः व्यङ्ग्य)
“पाउहरू”
प्राचीन पूर्व जनिक क्षेत्रमा भएका मानिसहरूका खुट्टाहरू धेरै फोहोरी हुन्थे किनभने तिनीहरूले चप्पल लगाउँथे र बाटो चाहिँ निकै धूलाम्मे र हिलैहिलो भएको हुन्थ्यो । केवल दाहरूले मात्र अरू मानिसहरुका पाउहरू धुने काम गर्थे । जुन स्त्रीले येशूको पाउ धोई त्यसले उहाँलाई महान् सम्मान देखाइरहेकी थिई ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका ७:३४) । तपाईंको भाषाले तिनीहरूलाई आफ्नो विषयमा मानौँ तिनीहरूले अरू कसैको बारेमा बताएको जसरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 7:1
येशू कफर्नहुममा प्रवेश गर्नुहुन्छ जहाँ येशूले एकजना कप्तानको नोकरलाई निको पार्नुहुन्छ ।
εἰς τὰς ἀκοὰς τοῦ λαοῦ
“सुनाइमा” भन्ने उपमाले जोड दिन्छ कि उहाँले बताउनुभएको कुरालाई तिनीहरूले सुनेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई सुनिरहेका मानिसहरूलाई” वा “उपस्थित मानिसहरूलाई” वा “मानिसहरूले सुन्नका लागि” (हेर्नुहोस्ः टुक्काहरू)
εἰσῆλθεν εἰς Καφαρναούμ
यसले कथामा एउटा नयाँ घटनालाई सुरुवात गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Luke 7:2
ὃς ἦν αὐτῷ ἔντιμος
“जसलाई कप्तानले मूल्यको ठान्थे” वा “जसलाई उनले आदर गर्थे”
Luke 7:4
παρεκάλουν αὐτὸν σπουδαίως
“उहाँलाई बिन्तीबाउ गर्यो” वा “उहाँसँग माग्यो”
ἄξιός ἐστιν
“कप्तान योग्यका छन्”
Luke 7:5
τὸ ἔθνος ἡμῶν
“हाम्रा मानिसहरू ।” यसले यहूदी मानिसहरूलाई जनाउँछ ।
Luke 7:6
ἐπορεύετο
“सँगै हिँड्नुभयो”
αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας
युगल अकरणलाई प्रतिस्थापित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “घर नजिकै” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
μὴ σκύλλου
कप्तान येशूसँग नम्र भएर बोल्दै थिए । वैकल्पिक अनुवादः “मेरो घरमा आएर आफैँलाई कष्ट नदिनिहोस्” वा “म तपाईंलाई कष्ट दिने चेष्टा गर्दिन”
ὑπὸ τὴν στέγην μου εἰσέλθῃς
यो एउटा उपमा हो जसको अर्थ “मेरो घरभित्र प्रवेश गर्ने” भन्ने हुन्छ । यदि तपाईंको भाषामा पनि “मेरो घरभित्र प्रवेश गर्ने” भन्ने अर्थ दिने कुनै टुक्का छ भने त्यसलाई यहाँ प्रयोग गर्न ठीक हुन्छ कि हुँदैन भन्नेबारे विचार गर्नुहोस् । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 7:7
εἰπὲ λόγῳ
येशूले बोलेर मात्र पनि निको पार्न सक्नुहुन्थ्यो भन्ने कुरा नोकरले बुझ्यो । यहाँ “वचन”ले आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आज्ञा मात्र दिनुहोस्” (हेर्नुहोस्ः उपलक्षण)
ὁ παῖς μου
यहाँ “दास” भनेर अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनी अनुवाद गरिन्छ । यसले दास सानै थिए वा उसप्रति कप्तानको स्नेह थियो भनी देखाउँछ ।
Luke 7:8
καὶ…ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας
“ममाथि पनि कोही व्यक्ति हुन्छ जसको मैले आज्ञापालन गर्नुपर्छ”
ὑπ’ ἐμαυτὸν
“मेरो अधिकारमुनि”
τῷ δούλῳ μου
यहाँ “दास” भनेर अनुवाद गरिएको शब्द दासको निम्ति प्रयोग गरिने ठेट शब्द हो ।
Luke 7:9
ἐθαύμασεν αὐτόν
“उहाँ कप्तानसँग चकित हुनुभयो”
λέγω ὑμῖν
उहाँले तिनीहरूलाई भन्न लाग्नुभएको अचम्मलाग्दो कुरामा जोड दिनलाई येशूले यसो भन्नुभयो ।
οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον
यो भन्नुको तात्पर्य यसो हो कि येशूले यहूदी मानिसहरूमा पनि यस्तै विश्वास भएको चाहनुहुन्थ्यो तर तिनीहरूसँग थिएन । उहाँले गैरयहूदीहरूसँग यस्तो किसिमको विश्वास भएको आशा गर्नुभएन, तर यो मानिससँग यस्तो किसिमको विश्वास थियो । तपाईंले यो अन्तर्निहित जानकारीलाई थप्नु आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “मैले कुनै त्यस्तो इस्राएली भेट्टाएको छैन जसले मलाई यस अन्यजातिले जत्तिको विश्वास गर्छ !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 7:10
οἱ πεμφθέντες
यो कुरा बुझिएको छ कि यिनीहरू कप्तानले पठाएका मानिसहरू थिए । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी कप्तानले येशूकहाँ पठाएका मानिसहरू” (हेर्नुहोस्ः शब्दलोप)
Luke 7:11
येशू नाइनको सहरमा जानुहुन्छ, जहाँ उहाँले एकजना मानिसलाई निको पार्नुहुन्छ जो मरेको थियो ।
Ναΐν
यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 7:12
“हेर” शब्दले कथामा मरेको मानिसको परिचयप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा मरेको मानिस थियो जो ... ” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले एकजना मरेको मानिसलाई सहरबाट बोकेर बाहिर लगिरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ; καὶ αὐτὴ ἦν χήρα
“बोकेर लगियो । ऊ उसकी आमाको एउटा मात्र छोरो थियो, र तिनी विधवा थिइन् । एउटा ठूलो भीड थियो ।” यो मृत मानिस र उसकी आमाको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ; καὶ αὐτὴ ἦν χήρα
पति मरेको एउटी स्त्री जसले पुनः विवाह गरेकी थिइनन्
Luke 7:13
ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ
“तिनको निम्ति दुःखित भएको महसुस गर्नुभयो”
Luke 7:14
“उहाँ अगाडि जानुभयो” वा “उहाँ त्यस मृत मानिसको नजिक जानुभयो”
τῆς σοροῦ
यो मृत शरीरलाई चिहानसम्म लैजानलाई प्रयोग गर्ने स्ट्रेचर वा पलङ थियो । यो कुनै त्यस्तो कुरा हुनुपर्दैनथ्यो जसमा शरीरलाई गाडिन्थ्यो । अन्य अनुवादहरूमा “मुर्दा बोक्ने बाकस” वा “दफन बाकस” जस्ता कम प्रयोग हुने शब्दहरू हुन सक्छ ।
ἐγέρθητι
येशूले त्यस जवान मानिसले उहाँको आज्ञापालन गर्नुपर्छ भनेर जोड दिनलाई यो कुरा भन्नुभयो । “मैले भनेको सुन ! उठ”
Luke 7:15
ὁ νεκρὸς
अब त्यो मानिस मृत थिएन; ऊ अब जीवित थियो । यसलाई प्रस्टसँग उल्लेख गर्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “ती मानिस जो मृत थिए”
Luke 7:16
येशूले मरेको मानिसलाई निको पार्नुभएको कुराको फलस्वरूप के भयो भनेर यसले बताउँछ ।
ἔλαβεν…φόβος πάντας
“तिनीहरू सबै डरले भरिए ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै डराए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν
तिनीहरूले कुनै अपरिचित अगमवक्तालाई होइन, येशूलाई भन्दै थिए । यहाँ “खडा गर्नु” भनेको “ ... हुने तुल्याउनु”को लागि एउटा उपमा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीमध्येबाट एकजनालाई एउटा महान् अगमवक्ता हुने तुल्याउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य) (हेर्नुहोस्ः टुक्काहरू)
ἐπεσκέψατο
यो उपमाको अर्थ “वास्ता गर्नुभयो” भन्ने हुन्छ (हेर्नुहोस्ः टुक्काहरू)
Luke 7:17
“खबर” ले मानिसहरूले १६ पदमा भनिरहेका कुराहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले येशूको बारेमा भएको यो खबर फैलाए” वा “मानिसहरूले येशूको बारेमा भएको यो खबर अरूहरूलाई बताए”
ἐξῆλθεν ὁ λόγος οὗτος…περὶ αὐτοῦ
“यो समाचार” वा “यो सन्देश”
Luke 7:18
येशूलाई प्रश्न गर्न यूहन्नाले उनका दुई चेलाहरूलाई पठाउँछन् ।
यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων
“यूहन्नालाई भने”
πάντων τούτων
“येशूले गरिरहनुभएका सबै कुराहरू”
Luke 7:20
οἱ ἄνδρες εἶπαν, Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν?
यो वाक्यलाई पुनः लेख्न सकिन्छ ताकि यसमा केवल एउटा प्रत्यक्ष उद्धरण होस् । वैकल्पिक अनुवादः “मानिसहरूले भने कि बप्तिस्मा दिने यूहन्नाले तिनीहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’” वा “मानिसहरूले भने, ‘बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईं नै आउनुहुने हुनुहुन्छ, कि हामीले अरू कसैको प्रतिक्षा गर्नुपर्छ भनी सोध्न पठाएका छन् ।’” (युडीबी) (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Luke 7:21
ἐν ἐκείνῃ τῇ ὥρᾳ
“त्यो समयमा”
ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων, καὶ μαστίγων, καὶ πνευμάτων πονηρῶν
चङ्गाइलाई पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई दुष्ट आत्माहरूबाट निको पार्नुभयो” वा “उहाँले मानिसहरूलाई दुष्ट आत्माहरूबाट स्वतन्त्र पार्नुभयो” (हेर्नुहोस्ः शब्दलोप)
Luke 7:22
ἀποκριθεὶς εἶπεν αὐτοῖς
“यूहन्नाका सन्देशवाहकहरूलाई भन्नुभयो” वा “सन्देशवाहकहरूलाई भन्नुभयो जसलाई यूहन्नाले पठाएका थिए”
“यूहन्नालाई भनिदेओ”
λεπροὶ καθαρίζονται…νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται
“मृत मानिसहरूलाई फेरि जिउने तुल्याइँदैछ”
κωφοὶ…νεκροὶ…πτωχοὶ
“गरिब मानिसहरू”
Luke 7:23
μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा कामहरूको कारण पनि ममा विश्वास गर्न नछोड्ने व्यक्तिलाई परमेश्वरले आशिष् दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“मानिसहरू जसले ... धन्यका हुन्” वा “कोही मानिस जसले ... धन्यको हो” वा “ ... नगर्ने जो कोही ... धन्यको हो ।” यो कुनै खास व्यक्ति होइन ।
μὴ σκανδαλισθῇ ἐν ἐμοί
यस युगल अकरणको अर्थ “ ... का बाबजुद मलाई विश्वास गरिरहन्छ” भन्ने हुन्छ । (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Luke 7:24
येशूले बप्तिस्मा-दिने यूहन्नाबारे मानिसहरूसँग कुरा गर्न सुरु गर्नुहुन्छ । बप्तिस्मा-दिने यूहन्ना कस्ता किसिमका मानिस थिए भनी बुझाउनलाई येशूले आलङ्कारिक प्रश्नहरू सोध्नुहुन्छ ।
τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι? κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον?
यसले एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ । “के तिमीहरू बतासले हल्लाएको निगालोलाई हेर्न गयौ ? पक्कै होइन !” यसलाई एउटा भनाइको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै तिमीहरू बतासले हल्लाइराखेको निगालोलाई हेर्न बाहिर गएनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον
सम्भावित अर्थहरू हुन्ः १) सजिलै मन बदल्ने मानिस, जसरी निगालोलाई बतासले सजिलैसित हल्लाउँछ, वा २) यसले कुनै महत्त्व नभएको धेरै बोल्ने मानिसलाई जनाउन सक्छ, जसरी निगालोले बतासले हल्लाउँदा आवाज निकाल्छ । (हेर्नुहोस्ः रूपक)
Luke 7:25
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον?
यसले पनि एउटा नकारात्मक जवाफको अपेक्षा गर्छ, किनकि यूहन्नाले खस्रा वस्त्रहरू पहिरन्थे । “के तिमीहरू नरम वस्त्रहरू पहिरिएको मानिसलाई हेर्न बाहिर गयौ ? पक्कै होइन !” यसलाई पनि एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू निश्चय नै नरम वस्त्रहरू पहिरिएका मानिसलाई हेर्न बाहिर गएनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον?
यसले महँगा कपडाहरूलाई जनाउँछ । सामान्य वस्त्र खस्रो थियो । वैकल्पिक अनुवादः “महँगो कपडा पहिरिरहेको” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῖς βασιλείοις
दरबार राजा बस्ने भव्य, महँगो घर हो ।
Luke 7:26
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν? προφήτην?
यसले एउटा सकारात्मक जवाफतिर डोहोर्याउँछ । “के तिमीहरू एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ ? निश्चय नै तिमीहरू गयौ !” यसलाई पनि एउटा भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू वास्तवमा एकजना अगमवक्तालाई हेर्न बाहिर गयौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ναί, λέγω ὑμῖν
येशूले यसपछि भन्न लाग्नुभएको कुरालाई जोड दिनलाई यो भन्नुभयो ।
περισσότερον προφήτου
यो वाक्यांशको अर्थ हुन्छ कि यूहन्ना वास्तवमै एउटा अगमवक्ता थिए, तर उनी कुनै सामन्य अगमवक्ता बढी महान् थिए । वैकल्पिक अनुवादः “साधारण अगमवक्ता होइन” वा “एउटा सामान्य अगमवक्ताभन्दा महत्त्वपूर्ण”
Luke 7:27
οὗτός ἐστιν περὶ οὗ γέγραπται
“अगमवक्ताहरूले यिनै अगमवक्ताबारे लेखे” वा “अगमवक्ताहरूले लामो समय अगि लखेका अगमवक्ता यूहन्ना नै हुन्”
ἰδοὺ
यो पदमा, येशूले मलाकी अगमवक्ताले लेखेको खण्डलाई प्रयोग गर्दै हुनुहुन्छ र मलाकीको पुस्तकको समाचारवाहक यूहन्ना नै हुन् भन्दै हुनुहुन्छ ।
πρὸ προσώπου σου
यो उपमाको अर्थ “तिम्रो अगाडि” वा “तिम्रो अगि जान” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
σου…σου
“तिम्रो” शब्द एकवचन हो, किनभने परमेश्वर यस खण्डमा मसिहसँग बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 7:28
λέγω ὑμῖν
येशू भीडसँग बोलिरहनुभएको थियो त्यसैले, यहाँ “तिमीहरू” बहुवचन हुन्छ । येशूले यसपछि भन्न लाग्नुभएको आश्चर्यपूर्ण कुराको सत्यतालाई जोड दिन यो पदावली भन्नुभयो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐν γεννητοῖς γυναικῶν
“तिनीहरूमध्येमा जसलाई एउटी स्त्रीले जन्म दिएकी हुन् ।” यो सबै मानिसलाई जनाउने आलङ्कारिक भाषा हो । वैकल्पिक अनुवादः “अहिलेसम्म बाँचेका मानिसहरूमध्येमा” (हेर्नुहोस्ः रूपक)
μείζων…Ἰωάννου οὐδείς ἐστιν
“यूहन्ना सबैभन्दा महान् हुन्”
ὁ…μικρότερος
यसले परमेश्वरले स्थापना गर्नुहुने राज्यको हिस्सा हुने व्यक्तिलाई जनाउँछ ।
μείζων αὐτοῦ ἐστιν
परमेश्वर राज्यमा मानिसहरूको आत्मिक अवस्था राज्यको स्थापना हुनुभन्दा अगाडिका मानिसहरूको भन्दा बढी उच्चको हुनेछ । वैकल्पिक अनुवादः “यूहन्नाभन्दा उच्चतर आत्मिक दर्जाको हुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 7:29
यस पुस्तकका लेखक लूकाले मानिसहरूले यूहन्ना र येशूप्रति कस्तो प्रतिक्रिया जनाए भनी टिप्पणी गर्छन् ।
ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου
बढी प्रस्ट बनाउनलाई यो पदको क्रमलाई पुनः मिलाएर राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब यूहन्नाको बप्तिस्मा लिएका सबै मानिसहरूले, कर उठाउनेहरूसमेत गरेर, यो सुने, तिनीहरूले परमेश्वर धर्मी हुनुहुन्छ भनेर घोषणा गरे”
ἐδικαίωσαν τὸν Θεόν
“तिनीहरूले भने कि परमेश्वरले आफैँलाई धर्मी देखाउनुभएको थियो” वा “तिनीहरूले परमेश्वरले धार्मिक रूपमा काम गर्नुभयो भनी घोषणा गरे”
βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले यूहन्नालाई तिनीहरूलाई बप्तिस्मा दिन दिएका थिए” वा “किनभने यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिएका थिए”(हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 7:30
τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ
“परमेश्वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्न इन्कार गरे” वा “परमेश्वरले तिनीहरूलाई भन्नुभएको कुरा अवज्ञा गर्ने अठोट गरे”
μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्नालाई तिनीहरूलाई बप्तिस्मा दिन दिएनन्” वा “तिनीहरूले यूहन्नाको बप्तिस्मा इन्कार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 7:31
येशूले मानिसहरूसँग बप्तिस्मा-दिने यूहन्नाबारे कुरा गर्न जारी राख्नुहुन्छ ।
τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι?
येशूले एउटा तुलनाको परिचय गराउनको निमित्त यी प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्तालाई म ... सँग तुलना गर्छु, तिनीहरू ... जस्ता छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι?
यो तुलना हो भनेर बताउने यिनीहरू दुई तरिकाहरू हुन् । (हेर्नुहोस्ः समान्तरता)
τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης
येशू बोल्नुहुँदा बाँचिरहेका मानिसहरू ।
Luke 7:32
ὅμοιοί εἰσιν
यी वचनहरू येशूको तुलनाको सुरुवात हो । यो पुस्ताका मानिसहरू अरू बालकहरूले गर्ने तरिकाप्रति कहिल्यै सन्तुष्ट नहुने बालकहरूजस्ता थिए भनी उहाँले भनिरहनुभएको छ । (हेर्नुहोस्ः उपमा)
ἀγορᾷ
यो एउटा ठुलो, खुल्ला क्षेत्र हो जहाँ मानिसहरूले तिनीहरूका माल सामानहरू बेच्न आउँछन्
καὶ
“तर तिमीहरू सङ्गीतमा नाचेनौ”
καὶ
“तर तिमीहरू हामीसँग रोएनौ”
Luke 7:33
μὴ ἐσθίων ἄρτον
सम्भावित् अर्थहरू हुन् १) “बारम्बार उपवास बसेर” वा २) “सामान्य खाना नखाएर ।”
λέγετε, δαιμόνιον ἔχει
यूहन्नाको बारेमा मानिसहरूले भनिरहेका कुरालाई येशूले उद्धृत गर्दै हुनुहुन्थ्यो । यसलाई प्रत्यक्ष उद्धरण बिना उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई भूत लागेको छ भनी तिमीहरू भन्छौ ।” वा “तिमीहरू उसलाई भूत लागेको आरोप लगाउँछौ ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Luke 7:34
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाइरहनुभएको थियो भनेर मानिसहरूले बुझेको येशूले अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
λέγετε, ἰδοὺ, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν
यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सकिन्छ । यदि तपाईंले “मानिसको पुत्रलाई” “म, मानिसको पुत्रको” रूपमा अनुवाद गर्नुहुन्छ भने, तपाईंले यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ र पहिलो पुरुषको प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्कड हो ।” वा “तिमीहरू उसलाई धेरै खाएको र पिएको आरोप लगाउँछौ र पापीहरू ... ।” वा “तिमीहरू भन्छौ कि म त एउटा घिचुवा हुँ र पापीहरू ... एउटा पियक्कड हुँ ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἄνθρωπος φάγος
“ऊ खानमा लोभ गर्ने व्यक्ति हो” वा “उसले निरन्तर अति धेरै खाना खान्छ”
ἄνθρωπος…οἰνοπότης
“पिएर मात्तिएको व्यक्ति” वा “उसले निरन्तर साह्रै धेरै रक्सी खान्छ”
Luke 7:35
ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς
यो एउटा उखान जस्तो देखिन्छ जुन येशूले यस अवस्थामा लागु गर्नुभयो, सम्भवतः यो सिकाउन कि मानिसहरूले येशू र यूहन्नालाई इन्कार गर्नुहुने थिएन भनेर बुद्धिमान् मानिसहरूले बुझ्नेछन् ।
Luke 7:36
त्यो समयमा दर्शकहरूले खाना नखाइ रात्रीभोजमा भाग लिनु चलनचल्तीको कुरा थियो ।
ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ
एकजना फरिसीले उसको घरमा खानलाई येशूलाई निमन्त्रणा गर्छन् ।
τις…τῶν Φαρισαίων
यसले कथाको एउटा नयाँ भागलाई अङ्कित गर्छ र कथामा फरिसीलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय अनि नयाँ र पुराना सहभागीहरूको परिचय)
κατεκλίθη
“खानाको लागि टेबुलमा बस्नुभयो ।” यो रात्रीभोज जस्तै आनन्दले खाना खाने बेलामा मानिसहरू टेबुलमा सजिलो गरी ढल्केर खाने प्रचलन थियो ।
Luke 7:37
γυνὴ ἥτις ἦν ἐν τῇ πόλει
“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἁμαρτωλός
“जसले पापूर्ण जीवन जिउँथिन्” वा “जसले पापपूर्ण जीवन जिउँछे भनी जानिएको थियो ।” तिनी वेश्या थिइन् होला ।
ἀλάβαστρον
“नरम ढुङ्गाको एउटा भाँडो ।” सिङ्गमरमर एउटा नरम, सेतो ढुङ्गा हो । मानिसहरूले बहुमूल्य वस्तुहरू सिङ्गमरमरको भाँडामा राख्ने गर्थे ।
μύρου
“त्यसमा अत्तरसहित ।” तेलमा केही राखिएको थियो जसले मिठो बास्ना आउने बनायो । मानिसहरूले मिठो बास्नाको लागि यसलाई आफ्नो जिउमा घस्थे वा तिनीहरूको लुगाहरूमा छर्कन्थे ।
Luke 7:38
ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς
“तिनको कपालले”
ἤλειφεν τῷ μύρῳ
“तिनमा अत्तर खन्याई”
Luke 7:39
εἶπεν ἐν ἑαυτῷ λέγων
“उसले आफैँलाई भन्यो”
οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν
फरिसीलाई येशू अगमवक्ता हुनुहुन्न जस्तो लाग्यो, किनभने उहाँले पापी स्त्रीलाई उहाँलाई छुने अनुमति दिनुभयो । वैकल्पिक अनुवादः “येशू एक अगमवक्ता हुनुहुन्न जस्तो छ, किनभने यदि उहाँ अगमवक्ता हुनुहुन्थ्यो भने उहाँलाई छोइरहने स्त्री एक पापिनी हो भनेर थाहा पाउनुहुन्थ्यो”
τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν
सिमोनले अनुमान गरे कि एक अगमवक्ताले कहिल्यै कुनै पापीलाई आफूलाई छुन दिन थिएनन् । अनुमानको यो भागलाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... कि तिनी एक पापीनी हो र आफूलाई छुन त्यसलाई अनुमति दिने थिएनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 7:40
Σίμων
यो येशूलाई आफ्नो घरमा बोलाउने फरिसीको नाम थियो । यिनी सिमोन पत्रुस थिएनन् ।
Luke 7:41
δύο χρεοφιλέται ἦσαν: δανιστῇ τινι
उहाँले फरिसी सिमोनलाई भन्न गइरहनुभएको कुरालाई जोड दिन येशूले तिनलाई एउटा कथा बताउनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
δύο χρεοφιλέται ἦσαν: δανιστῇ τινι
“एउटा ऋृण दिनेका दुईवटा ऋृण तिर्नेहरू थिए”
δηνάρια πεντακόσια
“पाँच सय दिनको ज्याला ।” “दिनार” दिनारिअस” को बहुवचन हो । “दिनारिअस” एउटा चाँदीको सिक्का थियो । (हेर्नुहोस्ः बाइबलीय पैसा अनि सङ्ख्याहरू)
ὁ δὲ ἕτερος πεντήκοντα
“अर्को ऋृणीले उससँग पचास दिनार ऋृण लिएको थियो” वा “पचास दिनको ज्याला”
Luke 7:42
ἀμφοτέροις ἐχαρίσατο
“उनले तिनीहरूका ऋृण क्षमा गरिदिए” वा “उनले तिनीहरूका ऋृण रद्द गरिदिए”
Luke 7:43
ὑπολαμβάνω
सिमोन उसको जवाफप्रति सावधान थियो । वैकल्पिक अनुवादः “सम्भवतः”
ὀρθῶς ἔκρινας
“तिमी सही छौ”
Luke 7:44
στραφεὶς πρὸς τὴν γυναῖκα
येशू स्त्रीतिर फर्केर सिमोनको ध्यान तिनीतिर लगाउनुभयो ।
ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας
धूलाम्मे बाटोमा हिँडेपछि पाहुनाहरूलाई तिनीहरूका पाउ धुन र पुछ्नलाई पानी र तौलिया प्रदान गर्ने काम आयोजकको सामान्य जिम्मेवारी थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐκ ἔδωκας; αὕτη δὲ
येशूले सिमोनको शिष्टाचारको कमी र ती स्त्रीको धन्यावादको चरम गतिविधि बीच फरक छुट्ट्याउन यी पदावलीहरूको दुई चोटि प्रयोग गर्नुहुन्छ ।
αὕτη…τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας
स्त्रीले नभइरहेको पानीको ठाउँमा तिनको आँशुहरूको प्रयोग गरिन् ।
καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν
स्त्रीले नभइरहेको तौलियाको ठाउँमा तिनको केशको प्रयोग गरिन् ।
Luke 7:45
φίλημά μοι οὐκ ἔδωκας
त्यो संस्कृतिमा एउटा असल आयोजकले उसको पाहुनालाई गालामा चुम्बन गरेर अभिवादन गर्ने गर्थे । सिमोनले यसो गरेनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας
“निरन्तर मेरा खुट्टाहरू चुम्बन गरेकी छिन्”
οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας
स्त्रीले अत्यन्त पश्चात्ताप र नम्रताको चिन्ह स्वरूप येशूलाई गालामा भन्दा पनि उहाँको पाउहरूमा चुमिन् ।
Luke 7:46
οὐκ ἤλειψας; αὕτη δὲ
येशूले सिमोनको खराब अतिथि-सत्कार र त्यस स्त्रीको कार्यहरूको बीचमा भएको भिन्नतालाई देखाउन निरन्तरता दिनुहुन्छ ।
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας
“मेरो शिरमा तेल हाल्नु ।” यो कुनै सम्मानित पाहुनालाई स्वागत गर्ने चलन थियो । वैकल्पिक अनुवादः “तेलले मेरो शिर अभिषेक गरेर स्वागत गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἤλειψεν τοὺς πόδας μου
ती स्त्रीले यसो गरेर येशूलाई अति सम्मान गरिन् । उहाँको शिरको साटोमा उहाँको पाउहरूलाई अभिषेक गरेर तिनले नम्रतालाई प्रदर्शन गरिन् ।
Luke 7:47
λέγω σοι
यसले यसपछि आउने भनाइको महत्त्वलाई जोड दिन्छ ।
ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनका धेरै पापहरू क्षमा दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι ἠγάπησεν πολύ
तिनको प्रेम नै तिनका पापहरू माफ भएका थिए भन्ने कुराको प्रमाण थियो । केही भाषाहरूले “प्रेम”को कर्मलाई उल्लेख गरेको चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि तिनलाई क्षमा गर्नेलाई धेरै प्रेम पनि गरेकी छिन्” वा “किनकि तिनले परमेश्वरलाई धेरै प्रेम गरेकी छिन्”
ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ
“जसलाई थोरै कुराहरू मात्र क्षमा गरिन्छ ।” येशूले यस वाक्यमा एउटा सामान्य सिद्धान्त बताउनुहुन्छ । तथापि, सिमोनले येशूलाई कम प्रेम गरेको छ भनेर उसले बुझेको उहाँले अपेक्षा गर्नुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 7:48
εἶπεν δὲ αὐτῇ
“तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो”
ἀφέωνταί σου αἱ ἁμαρτίαι
“तिमीलाई क्षमा गरिएको छ ।” यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रा पाप क्षमा गर्छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 7:49
συνανακείμενοι
“टेबुल वरिपरि एकसाथ ढल्कँदै” वा “एकसाथ खाँदै”
τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν?
धार्मिक गुरूहरूलाई थाहा थियो कि केवल परमेश्वरले मात्र पाप क्षमा गर्न सक्नुहुन्थ्यो, र येशू परमेश्वर हुनुहुन्थ्यो भनेर विश्वास गरेनन् । यो प्रश्न शायद कुनै आरोप जनाउनलाई भनिएको थियो । वैकल्पिक अनुवादः “यो मानिसले आफूलाई को हुँ भनी सोच्छ ? केवल परमेश्वरले मात्र पाप क्षमा गर्न सक्नुहुन्छ !” वा “किन यो मानिसले परमेश्वर भएको ढोङ्ग गरिरहेको छ जसले पाप क्षमा गर्न सक्नुहुन्छ ?” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 7:50
ἡ πίστις σου σέσωκέν σε
“तिम्रो विश्वासको कारणले तिमी बचाइएकी छ्यौ ।” भाववाचक नाउँ “विश्वास”लाई एउटा कार्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीले विश्वास गर्छ्यौ, तिमी बचाइएकी छ्यौ” (हेर्नुहोस्ः भाववाचक नाम)
πορεύου εἰς εἰρήνην
यो बिदाबारी गर्नलाई भन्ने र त्यसैसाथ आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्वरले तिमीलाई शान्ति दिऊन्”
Luke 8
लूका ०८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्नुहुँदैन ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आश्चर्यकर्महरू
येशूले आँधीबेह्रिलाई त्यससँग बोलेर शान्त पार्नुभयो, उहाँले एक मरेकी ठिटीलाई त्यससँग बोलेर जीवित बनाउनुभयो, र उहाँले दुष्ट आत्माहरूलाई तिनीहरूसँग बोलेर एउटा मानिसलाई छोड्न लगाउनुभयो । (हेर्नुहोस्ः आश्चर्यकर्म, चमत्कार, चिन्ह)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
दृष्टान्तहरू
दृष्टान्तहरू भनेको छोटा कथाहरू हुन् जुन येशूले बताउनुभयो ताकि उहाँले तिनीहरूलाई सिकाउन कोसिस गरिरहनुभएको पाठलाई मानिसहरूले सजिलै बुझून् । उहाँले कथाहरूलाई यस कारणले पनि भन्नुभयो ताकि उहाँलाई विश्वास गर्न नचाहनेहरूले सत्यतालाई नबुझून् (लूका ८:४-१५) ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
दाजुभाइहरू तथा दिदीबहिनीहरू
अधिकांश मानिसहरूले तिनीहरूलाई “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् जसको एउटै बाबुआमा हुन्छ र तिनीहरूलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिसहरू ठान्छन् । धेरै मानिसहरूले उही हजुरबुबा वा हजुरआमा भएकाहरूलाई पनि “दाजुभाइ” वा “दिदीबहिनी” भन्छन् । यस अध्यायमा येशूले भन्नुहुन्छ कि उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण मानिसहरू भनेको तिनीहरू हुन् जसले स्वर्गमा हुनुभएका उहाँको पिताको आज्ञापालन गर्छन् । (हेर्नुहोस्ः भाइ)
Luke 8:1
यी पदहरूले यात्राको क्रममा येशूले गर्नुभएको प्रचारको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् ।
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथाको एउटा नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Luke 8:2
αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई येशूले दुष्ट आत्माहरूबाट स्वतन्त्र पार्नुभएको थियो र रोगहरूबाट निको पार्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Μαρία ἡ καλουμένη Μαγδαληνή
“केही स्त्रीहरूमध्ये” एकजना । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Μαρία ἡ καλουμένη Μαγδαληνή
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरियम, जसलाई मानिसहरूले मग्दलिनी भनेर बोलाउँथे ... येशूले सात भूतहरू धपाउनुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:3
Ἰωάννα…Σουσάννα
“केही स्त्रीहरूमध्ये” दुईजना (पद २) । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Χουζᾶ…Ἡρῴδου
योअन्ना खुजासकी पत्नी र खुजास हेरोदका प्रबन्धक थिए । “योअन्ना जो हेरोदका प्रबन्धक खुजासकी पत्नी थिइन्” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
διηκόνουν αὐτοῖς
“येशू र उहाँका बाह्र चेलाहरूलाई आर्थिक रूपमा सहयोग गर्थे”
Luke 8:4
येशूले भीडलाई माटोको दृष्टान्त बताउनुहुन्छ । उहाँले त्यसको अर्थ उहाँका चेलाहरूलाई व्याख्या गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἐπιπορευομένων πρὸς αὐτὸν
“येशूकहाँ आउँदै”
Luke 8:5
ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ
“एउटा किसान केही बिउ छर्न खेतमा गयो” वा “एउटा किसान केही बिउहरू छर्न खेतमा गयो”
ὃ μὲν ἔπεσεν
“केही बिउ ... परे” वा “केही बिउहरू ... परे”
κατεπατήθη
यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू त्यसमाथि हिँडे” वा “मानिसहरू तिनीहरू माथि हिँडे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ πετεινὰ τοῦ οὐρανοῦ
यो उपमालाई “आकाश”को बुझाइलाई कायम राख्न सामान्य रूपमा “चराहरू” वा “चराहरू तल उडे र” भनेर अनुवाद गर्न सकिन्छ ।
κατέφαγεν αὐτό
“ती सबै खाए” वा “तिनीहरू सबैलाई खाए”
Luke 8:6
ἐξηράνθη
“हरेक बिरुवा सुख्खा भयो र चाउरी पर्यो” वा “बिरुवाहरू सुख्खा भए र चाउरी परे”
διὰ τὸ μὴ ἔχειν ἰκμάδα
“ती अति सुख्खा थिए” वा “तिनीहरू अति सुक्खा थिए ।” कारणलाई उल्लेख गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “जमिन अति सुक्खा थियो”
Luke 8:7
येशूले भीडलाई दृष्टान्त भन्न सकाउनुहुन्छ ।
ἀπέπνιξαν αὐτό
काँढाका झाङहरूले सबै पोषण, पानी, र घामको प्रकाश लिन्छन्, त्यसैले किसानका बिरुवाहरू राम्ररी बढ्न सकेनन् ।
Luke 8:8
“कटनी बढाए” वा “धेरै बिउहरू वृद्धि गराए”
ἐποίησεν καρπὸν ἑκατονταπλασίονα
यसको अर्थ छरिएका बिउहरूभन्दा सयौँ गुणा बढी भन्ने हुन्छ । (हेर्नुहोस्ः शब्दलोप)
ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्नुभएको कुरा महत्त्वपूर्ण छ र बुझ्न र अभ्यासमा ल्याउनलाई केही कोसिस चाहिन सक्छ । यहाँ “सुन्ने कानहरू” वाक्यांश बुझ्न र आज्ञापालन गर्नलाई भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन हो । किनकि येशूले उहाँको कुरा सुन्नेहरूलाई प्रत्यक्ष रूपमा भनिरहनुभएको छ, तपाईंले यहाँ दोस्रो व्यक्तिलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जो सुन्न इच्छुक छ, उसले सुनोस्” वा “जो बुझ्नलाई इच्छुक छ, उसले बुझोस् र आज्ञापालन गरोस्” वा “यदि तिमी सुन्न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमी बुझ्न चाहिरहेका छौ भने, बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः लक्षणा ... प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 8:9
येशू उहाँका चेलाहरूसँग कुरा गर्न थाल्नुहुन्छ ।
Luke 8:10
ὑμῖν δέδοται γνῶναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बुझ्ने वरदान दिनुभएको छ” वा “परमेश्वरले तिमीहरूलाई बुझ्न सक्ने बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ μυστήρια τῆς Βασιλείας τοῦ Θεοῦ
यी लुकाइएका सत्यताहरू हुन्, तर येशूले तिनीहरूलाई अब प्रकट गरिरहनुभएको छ ।
τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς
“अरू मानिसहरूको लागि ।” यसले ती मानिसहरूलाई जनाउँछ जसले येशूको शिक्षालाई इन्कार गरे र उहाँलाई पछ्याएनन् ।
βλέποντες μὴ βλέπωσιν
“तिनीहरूले देख्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले देखे पनि तिनीहरूले यसलाई बुझ्नेछैनन्” वा “तिनीहरूले घटेका कुराहरू देख्छन्, र पनि तिनीहरूले तिनको अर्थ बुझ्नेछैनन्”
ἀκούοντες μὴ συνιῶσιν
“तिनीहरूले सुन्छन्, र पनि तिनीहरूले बुझ्नेछैनन् ।” यो यशैया अगमवक्ताबाट लिइएको उद्धरण हो । केही भाषाहरूमा क्रियापदहरूको वस्तुलाई उल्लेख गर्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले शिक्षा सुने पनि तिनीहरूले सत्यता बुझ्नेछैनन्”
Luke 8:11
ἔστιν δὲ αὕτη ἡ παραβολή
येशूले उहाँका चेलाहरूलाई माटोको दृष्टान्तको अर्थ व्याख्या गर्न थाल्नुहुन्छ ।
ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ
“बिउ चाहिँ परमेश्वरबाटको सन्देश हो”
Luke 8:12
οἱ…παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες
“बाटोमा खसेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, बाटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः लक्षणा)
येशूले बिउहरूले मानिसहरूको बारेमा केही कुरालाई देखाउने विषयमा यसरी बताउनुहुन्छ मानौँ बिउहरू मानिसहरू नै थिए । वैकल्पिक अनुवादः “जुन मानिसहरूले ... लाई के हुन्छ भनेर देखाउनु” (हेर्नुहोस्ः लक्षणा)
εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν
यहाँ “हृदयहरू” मानिसहरूको मनहरू वा भित्री व्यक्तित्वहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्ट आउँछ र परमेश्वरको सन्देशलाई तिनीहरूको भित्री सोचाइहरूबाट लैजान्छ” (हेर्नुहोस्ः लक्षणा)
εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν
दृष्टान्तमा यो बिउहरू खोसेर लैजाने चराको अलङ्कार थियो । तपाईंको भाषामा पनि यो रूपकलाई कायम गर्ने शब्दहरूको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ἵνα μὴ πιστεύσαντες σωθῶσιν
यो दुष्टको उद्देश्य हो । वैकल्पिक अनुवादः “किनभने दुष्टले सोच्छ, ‘तिनीहरूले विश्वास गर्नुहुँदैन र तिनीहरू बचाइनुहुन्न’” वा “त्यसैले यस्तो नहोस् कि तिनीहरूले विश्वास गरून् र परमेश्वरले तिनीहरूलाई बचाउनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:13
οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ
“चट्टाने भूमिमा परेका बिउहरू ती हुन् ... ।” येशूले बिउहरूलाई के हुन्छ भनेर बताउनुहुन्छ किनकि यो मानिसहरूसँग सम्बन्धित छ । वैकल्पिक अनुवादः “चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, चट्टाने भूमिमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः लक्षणा)
τῆς πέτρας
“चट्टाने भूमि”
ἐν καιρῷ πειρασμοῦ
“जब तिनीहरूले कठिनाइ भोग्छन्”
ἀφίστανται
यो उपमाको अर्थ “तिनीहरूले विश्वास गर्न छाड्छन्” वा “तिनीहरू येशूलाई पछ्याउन छाड्छन्” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 8:14
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ
“काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, काँडाहरूमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः लक्षणा)
ὑπὸ μεριμνῶν, καὶ πλούτου, καὶ ἡδονῶν τοῦ βίου…συνπνίγονται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिक्री, धन र यस जीवनको मोजमज्जाले तिनीहरू निसासिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μεριμνῶν
मानिहरूले चिन्ता गर्ने कुराहरू
ἡδονῶν τοῦ βίου
“मानिहरूले यस जीवनमा आनन्द मान्ने कुराहरू”
यस अलङ्कारले झारहरूले कसरी विरुवालाई प्रकाश र पोषणबाट वञ्चित गर्छ र तिनीहरूलाई बढ्नबाट रोक्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी झारहरूले असल विरुवाहरूलाई वृद्धि हुनबाट रोक्छ, यस जीवनको फिक्रि, धनसम्पत्ति, सुखचैनले मानिसहरूलाई परिपक्व हुनबाट रोक्छ” (हेर्नुहोस्ः रूपक)
οὐ τελεσφοροῦσιν
“तिनीहरूले पाकेको फल दिँदैनन् ।” परिपक्व फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जसरी एउटा बिरुवाले पाकेको फल फलाउँदैन, त्यसरी नै तिनीहरूले असल कामहरू गर्दैनन्” (हेर्नुहोस्ः रूपक)
Luke 8:15
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες
वैकल्पिक अनुवादः “असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” वा “दृष्टान्तमा, असल माटोमा खसेका बिउहरूले ... मानिसहरूलाई प्रतिनिधित्व गर्छ” (हेर्नुहोस्ः लक्षणा)
ἀκούσαντες τὸν λόγον
“सन्देश सुनेर”
ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ
यहाँ “हृदय” व्यक्तिको सोचहरू वा अभिप्रायहरूको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एउटा इमान्दार र असल चाहनाले” (हेर्नुहोस्ः लक्षणा)
καρποφοροῦσιν ἐν ὑπομονῇ
“धैर्यसाथ सहन गरेर फल उत्पादन गर्छन्” वा “निरन्तरको प्रयासबाट फल उत्पन्न गर्नु ।” फल चाहिँ असल कार्यहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “असल फल फलाउने स्वस्थ बिरुवाले झैँ तिनीहरूले पनि धैर्यसाथ लागिरहेर असल कामहरू उत्पन्न गर्छन्” (हेर्नुहोस्ः रूपक)
Luke 8:16
येशूले अर्को दृष्टान्त भन्नुभएर निरन्तरता दिनुहन्छ र त्यसपछि उहाँले बोल्नलाई सिद्ध्याउनुहुन्छ जसै उहाँले आफ्नो काममा उहाँको परिवारको भूमिकालाई जोड दिनुहुन्छ ।
οὐδεὶς δὲ λύχνον ἅψας
यसले अर्को दृष्टान्तको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः दृष्टान्त)
Luke 8:17
οὐ…ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται
यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “लुकाइएको हरेक कुरा प्रकट गरिनेछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ
यस युगल अकरणलाई एउटा सकारात्मक भनाइको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक गोप्य कुरा थाहा हुनेछ र प्रकाशमा आउनेछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Luke 8:18
ὃς ἂν…ἔχῃ, δοθήσεται αὐτῷ
यो कुरा सन्दर्भबाट प्रस्ट छ कि येशूले समझ र विश्वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “जससँग समझ छ त्यसलाई अझ बढी समझ दिइनेछ” वा “परमेश्वरले सत्यता बुझ्नेहरूलाई अझ बढी बुझ्नलाई सक्षम बनाउनुहुनेछ” (हेर्नुहोस्ः शब्दलोप अनि कर्तृवाच्य र कर्मवाच्य)
καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ
यो कुरा सन्दर्भबाट प्रस्ट छ कि येशूले समझ र विश्वास गर्ने कुराको बारेमा कुरा गरिरहनुभएको छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ र कर्तृ वाच्यमा बदल्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जोसँग समझ छैन त्यसले आफूसँग जेजति समझ भनेर सोच्छ, त्यो पनि त्यसले गुमाउनेछ” वा “तर परमेश्वरले सत्यतालाई विश्वास नगर्नेहरूलाई तिनीहरूले बुझेका छन् भनेर ठानेका थोरै सत्यता पनि नबुझ्ने तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः शब्दलोप अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:19
οἱ ἀδελφοὶ
यी येशूका भाइहरू थिए-मरियम र योसेफका अरू छोराहरू जो येशू पछाडि जन्मेका थिए । किनकि येशूको पिता परमेश्वर हुनुहुन्थ्यो, र तिनीहरूका पिता चाहिँ योसेफ थिए, तिनीहरू खासगरी उहाँका सौतेनी भाइहरू थिए । यो विस्तृत विवरणलाई सामान्यतया अनुवाद गरिँदैन ।
Luke 8:20
ἀπηγγέλη…αὐτῷ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँलाई भने” वा “कसैले उहाँलाई भन्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἰδεῖν θέλοντές σε
“र तिनीहरूले तपाईंलाई भेट्न चाहन्छन्”
Luke 8:21
μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες
यो अलङ्कारले व्यक्त गर्छ कि ती मानिसहरू जो येशूका कुरा सुन्न आइरहेका थिए, तिनीहरू उहाँको लागि उहाँको आफ्नो परिवार जत्तिकै महत्त्वपूर्ण थिए । वैकल्पिक अनुवादः “परमेश्वरको वचन सुन्ने र पालन गर्नेहरू मेरा आमा र भाइहरूजस्ता हुन्” (हेर्नुहोस्ः रूपक)
τὸν λόγον τοῦ Θεοῦ
“सन्देश जुन परमेश्वरले बोल्नुभएको छ”
Luke 8:22
तब येशू र उहाँका चेलाहरूले गनेसरेतको ताललाई पार गर्न एउटा डुङ्गाको प्रयोग गर्नुहुन्छ । चेलाहरूले त्यसैबेलामा चलेको आँधीबेह्रीबाट येशूको शक्तिको बारेमा अझ बढी जान्छन् ।
τῆς λίμνης
यो गेनेसरेतको ताल हो जसलाई गालीलको समुद्र पनि भनिन्छ ।
ἀνήχθησαν
यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले आफ्नो डुङ्गामा गनेसरेतको तालको पारि जान यात्रा सुरु गरे ।
Luke 8:23
πλεόντων…αὐτῶν
“जसै तिनीहरू गए”
ἀφύπνωσεν
“सुत्न थाल्नुभयो”
κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην
“शक्तिशाली बतासको आँधीबेहरी चल्न सुरु गर्यो” वा “अचानक धेरै शक्तिशाली बतास चल्न सुरु गर्यो”
συνεπληροῦντο
शक्तिशाली बतासहरूले ठूलो छालहरू ल्यायो जसले पानीलाई डुङ्गामाथि सम्मै धकेल्यो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासहरूले उच्च छालहरू बनायो जसले तिनीहरूको डुङ्गालाई पानीले भर्न सुरु गर्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 8:24
ἐπετίμησεν
कडासित बोल्नुभयो
τῷ κλύδωνι, τοῦ ὕδατος
“भयङ्कर छालहरू”
ἐπαύσαντο καὶ ἐγένετο γαλήνη
“बतास र छाल रोकिए” वा “तिनीहरू शान्त भए”
Luke 8:25
ποῦ ἡ πίστις ὑμῶν?
येशूले तिनीहरूलाई नरम प्रकारले हकार्दै हुनुहुन्थ्यो, किनभने तिनीहरूको वास्ता गर्नलाई तिनीहरूले उहाँमा भरोसा गरेनन् । यसलाई कथनको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले विश्वास गर्नुपर्थ्यो !” वा “तिमीहरूले मलाई भरोसा गर्नुपर्थ्यो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς ἄρα οὗτός ἐστιν
“यी कस्ता मानिस हुन् ... उहाँको आज्ञा मान्छन् ?” येशूले कसरी आँधीबेह्रीलाई नियन्त्रण गर्न सक्नुभयो भन्ने कुराप्रति यस प्रश्नले आश्चर्य र अलमलपनालाई व्यक्त गर्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ?
यसलाई दुईवटा वाक्यहरूमा बदल्न सकिन्छः “त्यसोभए तिनी को हुन् त ? उहाँले आज्ञा गर्नुहुन्छ ... उहाँको आज्ञापालन गर्छन् !”
Luke 8:26
येशू र उहाँका चेलाहरू गेरेसाको किनारमा आइपुग्नुहुन्छ जहाँ येशूले एउटा मानिसबाट धेरै भूतहरू निकाल्नुहुन्छ ।
τὴν χώραν τῶν Γερασηνῶν
गेरासनेस गेरेसा भनिने सहरका मानिसहरू थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀντιπέρα τῆς Γαλιλαίας
“गालीलबाट तालको अर्को किनारापट्टि”
Luke 8:27
ἀνήρ τις ἐκ τῆς πόλεως
“गेरेसा सहरबाट आएको एउटा मानिस”
त्यस मानिसमा भूतहरू थियो; यो सहर थिएन जसलाई भूतहरू लागेको थियो । वैकल्पिक अनुवादः “सहरबाट आएको एकजना मानिस, र यस मानिसलाई भूतहरू लागेको थियो”
ἔχων δαιμόνια
“त्यो भूतहरूद्वारा नियन्त्रित थियो” वा “जसलाई भूतहरूले नियन्त्रण गरेको थियो”
καὶ χρόνῳ ἱκανῷ
यो भूतहरू लागेको मानिसको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
“उसले कपडाहरू लगाएको थिएन”
τοῖς μνήμασιν
यी ती ठाउँहरू हुन् जहाँ मानिसहरूले मृत शरीरहरूलाई राख्छन्, सम्भवतः गुफाहरू र साना घरहरू जुन कुनै मानिसले वासको रूपमा प्रयोग गर्न सक्दैनथ्यो ।
Luke 8:28
ἰδὼν…τὸν Ἰησοῦν
“जब भूत लागेको मानिसले येशूलाई देख्यो”
ἀνακράξας
“ऊ करायो” वा “ऊ ठूलो आवाजमा चिच्च्यायो”
προσέπεσεν αὐτῷ
“येशूको अगि भुइँमा लम्पसार पर्यो ।” ऊ संयोगवश लडेको होइन । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
φωνῇ μεγάλῃ εἶπεν
“उसले ठूलो स्वरमा भन्यो” वा “ऊ चिच्च्यायो”
τί ἐμοὶ καὶ σοί
यो उपमाको अर्थ “तपाईंले मलाई किन दुःख दिइरहनुभएको छ ?” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 8:29
πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις, φυλασσόμενος
“त्यसले त्यो मानिसलाई धेरै पटक कब्जामा पारेको थियो” वा “धेरैपटक यो त्यसभित्र गएको थियो ।” येशूले त्यस मानिसलाई भेट्न अगि दुष्टात्माले धेरै पटक के गरेको थियो भनी यसले बताउँछ ।
ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις, φυλασσόμενος, καὶ διαρήσσων τὰ δεσμὰ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसलाई साङ्लाले बाँधी नेल लगाएर पहरामा राखे तापनि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूतले त्यसलाई बाहिर जाने बनाउँथ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:30
λεγεών
यसलाई धेरै सिपाहीहरू वा मानिसहरूको सङ्ख्यालाई जनाउने शब्दले अनुवाद गर्नुहोस् । केही अन्य अनुवादहरूले “सेना” भन्छन् । वैकल्पिक अनुवादः “टोली” वा “दल”
Luke 8:31
παρεκάλουν αὐτὸν
“येशूलाई बिन्ती गरिरह्यो”
Luke 8:32
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει
यसलाई सुँगुरहरूको परिचय गराउनलाई पृष्ठभूमि जानकारीको रूपमा प्रदान गरिएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἦν…ἐκεῖ…βοσκομένη ἐν τῷ ὄρει
“नजिकैको एउटा पहाडमा घाँस खाइरहेको थियो”
Luke 8:33
ἐξελθόντα δὲ τὰ δαιμόνια
त्यस मानिसबाट भूतहरू बाहिर आउनुको कारण येशूले तिनीहरू सुँगुरहरूभित्र जान सक्छन् भनेर तिनीहरूलाई भन्नुभएकोले गर्दा हो भनेर व्याख्या गर्नलाई “त्यसैले” शब्दलाई यहाँ प्रयोग गरिएको छ ।
ὥρμησεν
ज्यादै छिटो-छिटो कुदे
καὶ ἀπεπνίγη
“ ... बथान डुब्यो ।” एकचोटि पानीमा पुगिसकेपछि कसैले पनि सुँगुरहरूलाई डुब्ल लगाएन ।
Luke 8:35
εὗραν…τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν
“भूतले छाडेका मानिसलाई देखे”
σωφρονοῦντα
“होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको”
καθήμενον…παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ
“पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको” (हेर्नुहोस्ः टुक्काहरू)
ἐφοβήθησαν
तिनीहरू येशूसँग डराएका थिए भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए” (हेर्नुहोस्ः शब्दलोप)
Luke 8:36
οἱ ἰδόντες
“जुन मानिसहरूले घटेको घटना देखेका थिए”
ἐσώθη ὁ δαιμονισθείς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरू लागेको थियो” वा “येशूले त्यस मानिसलाई निको पार्नुभएको थियो जसलाई भूतहरूले नियन्त्रण गरेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:37
τῆς περιχώρου τῶν Γερασηνῶν
“गेरासेनसको त्यो क्षेत्र” वा “गेरासेनसका मानिसहरू बस्ने त्यो क्षेत्र”
φόβῳ μεγάλῳ συνείχοντο
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू अति भयभीत भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπέστρεψεν
गन्तव्यलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताल वारि नै फिर्ता जानु” (हेर्नुहोस्ः शब्दलोप)
Luke 8:38
δὲ
यी पदहरूमा भएका घटनाहरू येशू डुङ्गामा चढेर जानुभन्दा अगाडि घटेका हुन् । यसलाई सुरुमै उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशू र उहाँका चेलाहरू जानुभन्दा अगाडि, त्यो मानिस” वा “येशू र उहाँका चेलाहरू डुङ्गामा यात्रा गर्नुभन्दा अगाडि, त्यो मानिस”
Luke 8:39
τὸν οἶκόν σου
“तिम्रो घराना” वा “तिम्रो परिवार”
διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός
“परमेश्वरले तिम्रो लागि गरिदिनुभएको कुराको बारेमा तिनीहरूलाई सबै बताउनु”
Luke 8:40
यी पदहरूले याइरसको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
जब येशू र उहाँका चेलाहरू तालको अर्कोपट्टि भएको गालीलमा फर्कनुहुन्छ, उहाँले सभाघरको शासकको १२ वर्षको छोरीलाई निको पार्नुहुन्छ र साथसाथै १२ वर्षदेखि रक्तस्राव भइरहेकी एक स्त्रीलाई पनि निको पार्नुहुन्छ ।
ἀπεδέξατο αὐτὸν ὁ ὄχλος; ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν
“भीडले उहाँलाई खुसीसाथ अभिवादन गर्यो”
Luke 8:41
ἄρχων τῆς συναγωγῆς
“स्थानीय सभाघरका अगुवाहरूमध्ये एक जना” वा “त्यस सहरको सभाघरमा भेला हुने मानिसहरूमध्ये एक जना अगुवा”
πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ
सम्भावित अर्थहरू हुन् १) “येशूका पाउमा निहुरिए” वा (२) “येशूको पाउमा भुइँमा लम्पसार परे ।” याइरस संयोगवश लडेका होइनन् । येशूप्रतिको नम्रता र आदरस्वरूप उनले यसो गरेका थिए । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 8:42
ἀπέθνῃσκεν
“मर्नै लागेकी थिइन्”
ἐν δὲ τῷ ὑπάγειν αὐτὸν
केही अनुवादकहरूले येशू याइरससँग जानलाई राजी हुनुभएको थियो भन्नु पर्ला । वैकल्पिक अनुवादः “त्यसैले येशू तिनीहरूसँग जान राजी हुनुभयो । जसै उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οἱ ὄχλοι συνέπνιγον αὐτόν
“मानिसहरू येशूको वरिपरि ठेलमठेला गरिरहेका थिए”
Luke 8:43
γυνὴ οὖσα
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἐν ῥύσει αἵματος
“रक्तस्राव थियो ।” यो सम्भवतः तिनको सामान्य समय नभइकनै तिनलाई रक्तस्राव भइरहेको थियो । केही संस्कारहरूमा यस अवस्थालई जनाउने नम्र शैलीहरू पनि हुन सक्छ । (हेर्नुहोस्ः व्यञ्जना)
οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले पनि तिनलाई निको पार्न सकेनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 8:44
ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ
“उहाँको लुगाको किनारा छोइन् ।” यहूदीहरूले परमेश्वरको व्यवस्थाले आज्ञा गरेअनुसार तिनीहरूको शिष्ट पोशाकको अंशको रूपमा तिनीहरूको कपडाको किनारामा झुम्का लगाउँथे । सम्भवतः तिनले यसैलाई छोइन् ।
Luke 8:45
οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν
यसो भनेर पत्रुसले येशूलाई जो कोहीले छुन सक्थ्यो भन्ने देखाइरहेका छन् । आवश्यक परेमा, यो अस्पष्ट कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरू तपाईंको वरिपरि भीड लागिरहेका छन् र तपाईंलाई ठेलमठेला गरिरहेका छन्, त्यसैले तीमध्ये जो कसैले पनि तपाईंलाई छोएको हुन सक्छ !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 8:46
ἥψατό μού τις
यो जानाजानको “छुवाइ”लाई संयोगवश हुन पुगेको भीडको छुवाइहरूबाट भिन्न भएको देखाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मलाई थाहा छ कि कसैले मलाई जानाजान छोयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐγὼ…ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ
येशूले शक्ति गुमाउनुभएको थिएन वा उहाँ कमजोर हुनुभएको थिएन, तर उहाँको शक्तिले स्त्री निको भइन् । वैकल्पिक अनुवादः “म जान्दछु कि मबाट चङ्गाइको शक्ति बाहिर गयो” वा “मेरो शक्तिले कसैलाई निको पारेको मैले थाहा पाएँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 8:47
ὅτι οὐκ ἔλαθεν
“जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन् ।” तिनले के गरिन् भन्ने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूलाई छुने तिनी नै हुन् भनी तिनले गोप्य राख्न सक्ने थिइनन्” (हेर्नुहोस्ः शब्दलोप)
τρέμουσα ἦλθεν
“तिनी डरले काँप्दै आइन्”
προσπεσοῦσα αὐτῷ
सम्भावित अर्थहरू हुन् १) “तिनी येशूको अगि घोप्टो परिन्” वा २) “तिनी येशूको पाउमा लम्पसार परिन् ।” तिनी संयोगवश लडेकी थिइनन् । येशूको निम्ति नम्रता र आदरको चिन्हस्वरूप तिनले यसो गरिन् ।
“सबै मानिसहरूका दृष्टिमा”
Luke 8:48
θύγατερ
यो स्त्रीलाई दया गरेर बोलाउने तरिका थियो । तपाईंको भाषामा यसरी दया देखाउने तरिका हुन सक्छ ।
ἡ πίστις σου σέσωκέν σε
“तिम्रो विश्वासको कारण, तिमी निको भएकी छ्यौ ।” भाववाचक नाउँ “विश्वास”लाई एउटा कार्यको रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्वास गर्छ्यौ, तिमी निको भएकी छ्यौ” (हेर्नुहोस्ः भाववाचक नाम)
πορεύου εἰς εἰρήνην
यो एकै पटकमा “बाईबाई” गर्ने र आशिष् दिने तरिका हो । वैकल्पिक अनुवादः “तिमी जाँदा कुनै चिन्ता नगर” वा “तिमी जाँदा परमेश्वरले तिमीलाई शान्ति दिऊन्” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 8:49
ἔτι αὐτοῦ λαλοῦντος
“येशू त्यस स्त्रीसँग बोलिरहनुहुँदा”
τις παρὰ τοῦ ἀρχισυναγώγου
यसले याइरसलाई जनाउँछ । (हेर्नुहोस्ः [लूका ८:४१] (./40.md))
μηκέτι σκύλλε τὸν διδάσκαλον
यो भनाइको आशय हुन्छ कि केटी अब मरिसकेकी हुनाले सहायता गर्नलाई येशूले केही पनि गर्न सक्नुहुने छैन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸν διδάσκαλον
यसले येशूलाई जनाउँछ ।
Luke 8:50
σωθήσεται
“तिनी राम्रो हुनेछिन्” वा “तिनी फेरि जिउनेछिन्”
Luke 8:51
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν
“जब तिनीहरू घरमा आए ।” येशू याइरससँग त्यहाँ जानुभयो । साथै येशूका केही चेलाहरू पनि तिनीहरूसँगै गए ।
οὐκ ἀφῆκεν…τινα…εἰ μὴ
यसलाई सकारात्मक रूपमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पत्रुस, याकूब, यूहन्ना, केटीको बुबा र आमालाई मात्र उहाँसँग भित्र जान दिनुभयो”
τὸν πατέρα τῆς παιδὸς
यसले याइरसलाई जनाउँछ ।
Luke 8:52
ἔκλαιον…πάντες καὶ ἐκόπτοντο αὐτήν
यो त्यस संस्कृतिमा दुःख देखाउने सामान्य तरिका थियो । वैकल्पिक अनुवादः “सबै मानिसले तिनीहरू कति दुःखित छन् भनी देखाइरहेका थिए र ठूलो स्वरमा रोइरहेका थिए किनभने केटी मरेकी थिइन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 8:53
κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν
“उहाँको कुरामा हाँसे किनभने तिनीहरू जान्दथे कि केटी ... ”
Luke 8:54
αὐτὸς…κρατήσας τῆς χειρὸς αὐτῆς
“येशूले त्यस ठिटीको हात पक्रनुभयो”
Luke 8:55
ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς
“तिनको आत्मा तिनको शरीरमा फर्कियो ।” यहूदीहरूले बुझेका कि जीवन चाहिँ आत्मा कुनै व्यक्तिभित्र आउनुको परिणाम थियो । वैकल्पिक अनुवादः “तिनले फेरि सास फेर्न थालिन्” or “तिनी जीवनमा फर्किन्” वा “तिनी फेरि जीवित भइन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 8:56
μηδενὶ εἰπεῖν
यसलाई फरक तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई नबताउन भनेर”
Luke 9
लूका ०९ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“परमेश्वरको राज्य प्रचार गर्न”
“परमेश्वरको राज्य” शब्दहरूले यहाँ के कुरालाई जनाउँछ भनेर कसैले पनि जान्दैन । केहीले भन्छन् यसले पृथ्वीमा परमेश्वरको राजलाई जनाउँछ, र अरूहरूले भन्छन् कि यसले उहाँका मानिसहरूको पापहरूको मूल्य चुकाउन येशू मर्नुभयो भन्ने सुसमाचारको सुसन्देशलाई जनाउँछ । यसलाई “परमेश्वरको राज्यको बारेमा प्रचार गर्न” वा “परमेश्वरले कसरी आफैँलाई राजाको रूपमा देखाउन लागिरहनुभएको छ भन्ने कुराको बारेमा प्रचार गर्न” भनेर अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः रूपक)
एलिया
परमेश्वरले यहूदीहरूलाई प्रतिज्ञा गर्नुभएको थियो कि मसिह आउनभन्दा अगाडि एलिया अगमवक्ता फर्कने थिए, त्यसैले येशूले आश्चर्यकर्महरू गर्नुभएको देखेका केही मानिसहरूले ठाने कि येशू एलिया हुनुहुन्थ्यो (लूका ९:९, लूका ९:१९) । तापनि, एलिया येशूसँग कुरा गर्न पृथ्वीमा आएनन् (लूका ९:३०) । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि ख्रीष्ट, मसीह अनि एलिया)
“परमेश्वरको राज्य”
“परमेश्वरको राज्य” भन्ने वाक्यांशलाई यस अध्यायमा त्यो राज्यलाई जनाउन प्रयोग गरिएको छ जुन यी शब्दहरू बोलिँदाखेरी अझै भविष्यमा नै थियो । (हेर्नुहोस्ः परमेश्वरको राज्य, स्वर्गको राज्य)
महिमा
धर्मशास्त्रले धेरैपटक परमेश्वरको महिमालाई एउटा महान्, तेजस्वी ज्योतिको रूपमा बताउँछ । जब मानिसहरूले यो ज्योतिलाई देख्छन्, तिनीहरू डराउँछन् । लूकाले यस अध्यायमा बताउँछन् कि येशूका वस्त्रहरू यो महिमामय ज्योतिले चम्क्यो त्यसैले गर्दा उहाँका अनुयायीहरूले देख्न सक्थे कि येशू साँच्चै परमेश्वरको पुत्र हुनुहुन्थ्यो । त्यही समयमा, परमेश्वरले तिनीहरूलाई बताउनुभयो कि येशू उहाँको पुत्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः महिमा, महिमित अनि भय, डर, याहोवेको भय)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी अलङ्कार
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा भएको एउटा उदाहरण होः “जसले आफ्नो जीवन बचाउनेछ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो जीवन मेरो खातिर गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।” (लूका ९:२४)
“मानिसको पुत्र”
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका ९:२२) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू कसैको बारेमा बताएको जस्तै गरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
“प्राप्त गर्ने”
यो शब्द यस अध्यायमा धेरैपटक देखा पर्छ र विभिन्न कुराहरूको अर्थ दिन्छ । जब येशूले भन्नुहुन्छ, “यदि कसैले यो जस्तै एउटा सानो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ भने, उसले मलाई पनि ग्रहण गरिरहेको छ, र यदि कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गरिरहेको छ” (लूका ९:४८), उहाँले बालकको सेवा गरिरहेका मानिसहरूको विषयमा बताइरहनुभएको छ । जब लूकाले भन्छन्, “त्यहाँ भएका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्” (लूका ९:५३), उनले भन्न खोजेका हुन् मानिसहरूले येशूमा विश्वास गरेनन् वा उहाँलाई ग्रहण गरेनन् । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
Luke 9:1
येशूले उहाँका चेलाहरूलाई पैसा र तिनीहरूका थोकहरूमा भर नपर्नलाई याद दिलाउनुहुन्छ, तिनीहरूलाई शक्ति दिनुहुन्छ, र त्यसपछि तिनीहरूलाई विभिन्न स्थानहरूमा पठाउनुहुन्छ ।
δύναμιν καὶ ἐξουσίαν
बाह्र जनासँग मानिसहरूलाई निको पार्ने क्षमता र अधिकार थियो भन्ने देखाउन यी दुईवटा शब्दलाई सँगसँगै प्रयोग गरिएको छ । यस वाक्यांशलाई यी दुवै धारणाहरूलाई समावेश गर्ने शब्दहरूको संयोजन गराएर अनुवाद गर्नुहोस् ।
πάντα τὰ δαιμόνια
सम्भावित अर्थहरू हुन् १) “हरेक भूत” वा २) “हरेक खालको भूत ।”
νόσους θεραπεύειν
बिमारहरू
Luke 9:2
ἀπέστειλεν αὐτοὺς
“तिनीहरूलाई विभिन्न ठाउँहरूमा पठाउनुभयो” वा “तिनीहरूलाई जान भन्नुभयो”
Luke 9:3
καὶ εἶπεν πρὸς αὐτούς
“येशूले बाह्र जनालाई भन्नुभयो ।” यो उल्लेख गर्दा सहयोगी हुन सक्छ कि यो कुरा तिनीहरू बाहिर जानुभन्दा अगाडि भयो । वैकल्पिक अनुवादः “तिनीहरू जानभन्दा अगाडि, येशूले तिनीहरूलाई भन्नुभयो”
μηδὲν αἴρετε
“तिमीहरूसँग केही नलानू” वा “तिमीहरूसँग केही नलैजानू”
ῥάβδον
लौरो एउटा ठूलो लट्ठी थियो जसलाई उकालो चढ्दा वा अप्ठ्यारो जमिनमा हिँड्दा प्रयोग गरिन्थ्यो, साथै आक्रमणकारीहरूको विरुद्धमा पनि यसको प्रयोग गर्न सकिन्थ्यो
πήραν
एक यात्रुले आफूलाई यात्रामा चाहिने चीजहरूलाई बोक्ने झोला
ἄρτον
यसलाई यहाँ सामान्यमा “खानेकुरा”लाई उल्लेख गर्नको लागि प्रयोग गरिएको छ ।
Luke 9:4
εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε
“तिमीहरू पस्ने कुनै पनि घरमा”
ἐκεῖ μένετε
“त्यहाँ रह” वा “त्यस घरमा अस्थायी रूपमा पाहुना भएर बस”
καὶ ἐκεῖθεν ἐξέρχεσθε
“तिमीहरूले त्यो सहर नछोडेसम्म” वा “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म”
Luke 9:5
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι
“तिमीहरूलाई स्वागत नगर्नेहरूलाई के गर्नुपर्छ भन्ने कुरा यहाँ छः जब तिमीहरू हिँड्छौ”
τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε
“खुट्टाबाट धूलोसम्म टक्टकाउनु” भनेको त्यो संस्कृतिमा कडा इन्कारलाई जनाउने एउटा अभिव्यक्ति थियो । यसले देखायो कि त्यो सहरको धूलोसम्म तिनीहरूमा रहेको तिनीहरूले चाहेनन् । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 9:6
ἐξερχόμενοι
“तिनीहरूले येशू हुनुभएको ठाउँ छाडे”
θεραπεύοντες πανταχοῦ
“तिनीहरू गएको सबै ठाउँमा निको पार्दै”
Luke 9:7
यी पदहरूले हेरोदको बारेमा जानकारी दिन बीचमा अवरोध गर्छन् ।
δὲ Ἡρῴδης
यो वाक्यांशले मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्छ । यहाँ लूकाले हेरोदको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Ἡρῴδης ὁ τετράρχης
यसले हेरोद एन्टिपासलाई जनाउँछ, जसले इस्राएलको एक चौथाइ भागमा शासन गर्थे ।
διηπόρει
बुझ्नलाई असक्षम, अलमलमा परेको
διὰ τὸ λέγεσθαι ὑπό τινων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही मानिसहरूले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 9:8
ἄλλων δὲ, ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
“भने” शब्द अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “अझै अरूहरूले भने कि लामो समय अगाडिका अगमवक्ताहरूमध्ये एकजना बिउँतेका छन्” (हेर्नुहोस्ः शब्दलोप)
Luke 9:9
Ἰωάννην ἐγὼ ἀπεκεφάλισα, τίς δέ ἐστιν οὗτος
हेरोदले अनुमान गरे कि यूहन्ना मृतकबाट बिउँतेर आउनु असम्भव थियो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो यूहन्ना हुन सक्दैन किनभने मैले उसको शिर काटेँ । त्यसैले यो मानिस को हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ἰωάννην ἐγὼ ἀπεκεφάλισα
हेरोदका सिपाहीहरूले प्राणदण्ड दिने काम गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “मैले मेरा सिपाहीहरूलाई यूहन्नाको शिर काट्न आज्ञा दिएँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 9:10
हुन त चेलाहरू येशूकहाँ फर्कन्छन् र एकसाथ समय बिताउन उहाँहरू बेथसेदामा जानुहुन्छ, भीडहरूले चङ्गाइको लागि र उहाँको शिक्षा सुन्नलाई येशूलाई पछ्याउँछन् । उहाँले तिनीहरूलाई सहायता गर्न रोटी र माछाको वृद्धि गर्नुहुन्छ जसै तिनीहरू घर फर्कन्छन् ।
ὑποστρέψαντες, οἱ ἀπόστολοι
“प्रेरितहरू येशू हुनुभएको ठाउँमा फर्के”
ὅσα ἐποίησαν
यसले तिनीहरू अरू सहरहरूमा जाँदा सिकाएका र चङ्गाइ गरेका कुराहरूलाई जनाउँछ ।
Βηθσαϊδά
यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 9:12
ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν
“दिन बित्न लागिसकेको थियो” वा “दिन ढल्कनै आँटेको थियो”
Luke 9:13
ἄρτοι πέντε
रोटी भनेको मुछेको पिठो हो जसलाई आकार दिइन्छ र तताएर पकाइन्छ ।
εἰ μήτι πορευθέντες, ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα
यदि तपाईंको भाषामा “ ... सम्म” कठिन छ भने, तपाईंले यसलाई नयाँ वाक्य बनाउन सक्नुहुन्छ । “दुई माछा । तिनीहरू सबैजनालाई खुवाउनको लागि, हामीहरू जानुपर्छ र खानेकुरा किन्नुपर्छ”
Luke 9:14
ὡσεὶ ἄνδρες πεντακισχίλιοι
“५,००० जति मानिस ।” यस सङ्ख्यामा बालबालिकाहरू र स्त्रीहरू पर्दैनन् जो पनि त्यहाँ थिए होलान् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
κατακλίνατε αὐτοὺς
“तिनीहरूलाई बस्नको लागि भन”
“हरेक ५०” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Luke 9:15
ἐποίησαν οὕτως
“यसै”ले येशूले तिनीहरूलाई गर्न भन्नुभएको कुरालाई जनाउँछ लूका ९:१४ । तिनीहरूले मानिसहरूलाई पचास-पचासको समूहमा बस्नको लागि भने ।
Luke 9:16
λαβὼν δὲ τοὺς πέντε ἄρτους
“येशूले पाँच रोटीहरू लिनुभयो”
ἀναβλέψας εἰς τὸν οὐρανὸν
यसले माथि आकाशतिर हेर्ने कुरोलाई जनाउँछ । यहूदीहरूले स्वर्ग आकाशमाथि अवस्थित छ भनेर विश्वास गर्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εὐλόγησεν αὐτοὺς
यसले रोटीहरू र माछालाई जनाउँछ ।
“... लाई सुम्पन” वा “... लाई दिन”
Luke 9:17
ἔφαγον καὶ ἐχορτάσθησαν πάντες
यो वाक्पद्धतिको अर्थ हुन्छ कि तिनीहरूले प्रशस्त खाए जसले गर्दा तिनीहरू भोका थिएनन् । वैकल्पिक अनुवादः “तिनीहरूसँग खानलाई तिनीहरूले चाहे जति थियो” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 9:18
येशू प्रार्थना गर्दै हुनुहुन्छ, केवल उहाँका चेलाहरू उहाँको नजिकमा छन्, र तिनीहरू येशू को हुनुहुन्छ भन्ने बारेमा कुरा गर्न थाल्छन् । येशूले तिनीहरूलाई बताउनुहुन्छ कि उहाँ चाँडै मर्नुहुनेछ र बौह्रनुहुनेछ र जस्तै कठिन भएतापनि उहाँलाई पछ्याउन तिनीहरूलाई अह्राउनुहुन्छ ।
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
προσευχόμενον κατὰ μόνας
“एकलै प्रार्थना गरिरहनुभएको थियो ।” चेलाहरू पनि येशूसँग नै थिए, तर उहाँले व्यक्तिगत रूपमा र एकलै प्रार्थना गरिरहनुभएको थियो ।
Luke 9:19
Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ, Ἠλείαν, ἄλλοι δὲ
प्रश्नको भागलाई यहाँ पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “केहीले तपाईंलाई बप्तिस्मा-दिने यूहन्ना भन्छन्” (हेर्नुहोस्ः शब्दलोप)
ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη
येशूको प्रश्नसँग यो जवाफ कसरी सम्बन्धित छ भन्ने कुरालाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कि तपाईं लामो समय अगाडिका अगमवक्ताहरूमध्येको एक हुनुहुन्छ र बिउँतनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀνέστη
“जीवनमा फर्किआएका छन्”
Luke 9:20
εἶπεν δὲ αὐτοῖς
“तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
Luke 9:21
αὐτοῖς, παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
“कसैलाई नभन्नू” वा “कि तिनीहरूले कसैलाई भन्नुहुँदैन ।” यसलाई प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई नभन्नू” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Luke 9:22
“मानिसहरूले मानिसको पुत्रलाई धेरै कष्ट भोग्न लगाउनेछन्”
δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... र म ... ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरूहरू र मुख्य पूजाहारीहरू र शास्त्रीहरूले उहाँलाई इन्कार गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ἀποκτανθῆναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई मार्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
“उहाँ मर्नुभएको तीन दिनपछि” वा “उहाँको मृत्यु पछि तेस्रो दिनमा” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
“उनलाई ... फेरि जीवित बनाइनेछन् ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ” वा “उहाँ फेरि जिउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 9:23
“येशूले भन्नुभयो”
πρὸς πάντας
यसले येशूसँग भएका चेलाहरूलाई जनाउँछ ।
ὀπίσω μου ἔρχεσθαι
“मलाई पछ्याउन ।” येशूको पछि आउनुले उहाँका चेलाहरूमध्येको एक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो चेला हुन” वा “मेरो चेलाहरूमध्ये एक हुन” (हेर्नुहोस्ः रूपक)
ἀρνησάσθω ἑαυτὸν
“आफ्नै इच्छाहरूमा नलागोस्” वा “उसका आफ्ना इच्छाहरू त्यागोस्”
ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ’ ἡμέραν
“उसको क्रूस उठाएर दिनहुँ मलाई पछ्याओस् ।” क्रूसले सतावट र मृत्यिलाई प्रतिनिधित्व गर्छ । क्रूस उठाउनुले सतावट भोग्न र मर्नलाई इच्छुक हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सतावट भोग्ने र मर्ने अवस्थासम्मै हरेक दिन मेरो आज्ञापालन गर्नुपर्छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
καὶ ἀκολουθείτω μοι
यहाँ येशूलाई पछ्याउने कुराले उहाँको आज्ञापालन गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मेरो आज्ञापालन गर” (हेर्नुहोस्ः रूपक)
“म सँगसँगै आओस्” वा “मलाई पछ्यान सुरु गरोस् र मलाई पछ्याइरहोस्”
Luke 9:25
τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς?
यस प्रश्नको बुझिएको जवाफ चाहिँ यो असल छैन भन्ने हो । वैकल्पिक अनुवादः “कसैले सारा संसार हात पारेर उसले आफैँलाई गुमाउँदा उसलाई केही लाभ हुँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς
“संसारको हरेक कुरा प्राप्त गर्नु”
τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς
“आफैँचाहिँ खतम बनाउनु वा आफ्नो जीवन दिनु”
Luke 9:26
τοὺς ἐμοὺς λόγους
“म के भन्छु” वा “म के सिकाउँछु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र पनि उससँग शर्माउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र ... जब म आउँछु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τοῦ Πατρὸς
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 9:27
λέγω δὲ ὑμῖν ἀληθῶς
येशूले अब बताउनुहुने कुराको महत्त्वलाई जोड दिनलाई यो वाक्यांशको प्रयोग गर्नुहुन्छ ।
“तिमीहरू यहाँ उभिरहेकाहरूमध्ये कोही छन् जसले मृत्युको स्वाद चाख्नेछैनन्”
εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ Θεοῦ
येशूले ती मानिसहरूसँग कुरा गरिरहनुभएको थियो जसको बारेमा उहाँले कुरा गर्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूले देख्नभन्दा अगाडि” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ Θεοῦ
“ ... नभएसम्म” भएको यो धारणालाई “अगाडि” शब्द प्रयोग गरेर सकारात्मक रूपले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मर्न अगि परमेश्वरको राज्य देख्नेछन्” वा “तिमीहरू मर्न अगि परमेश्वरको राज्य देख्नेछौ”
γεύσωνται θανάτου
यो वाक्पद्धतिको अर्थ “मर्नु” हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 9:28
परमेश्वरको राज्य केही व्यक्तिहरूले नदेखेसम्म तिनीहरू मर्नेछैनन् भनेर येशूले उहाँका चेलाहरूलाई बताउनुभएको आठ दिन पश्चात, येशू पत्रुस, याकूब, र यूहन्नासँग माथि पहाडमा जानुहुन्छ, र तिनीहरू सबै निद्रामा पर्छन् जबकि येशू चाहिँ चम्किलो रूपमा परिवर्तित बन्नुहुन्छ ।
μετὰ τοὺς λόγους τούτους
यसले येशूले उहाँका चेलाहरूलाई अगिल्ला पदहरूमा भन्नुभएका कुराहरूलाई जनाउँछ ।
Luke 9:30
ἰδοὺ
“हेर” भन्ने शब्दले त्यसपछि आउने आश्चर्यपूर्ण कुराहरूप्रति ध्यान दिनलाई सजग गराउँछ । वैकल्पिक अनुवादः “अचानक”
Luke 9:31
οἳ ὀφθέντες ἐν δόξῃ
यो पदावलीले मोशा र एलिया कस्ता देखिए भन्ने बारेमा जानकारी दिन्छ । केही भाषाहरूले यसलाई फरक वाक्यांशको रूपमा अनुवाद गर्न सक्छन् । वैकल्पिक अनुवादः “अनि तिनीहरू महिमामय वैभवमा देखिए” वा “अनि तिनीहरू चहकिलो ढङ्गले चम्किरहेका थिए” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
τὴν ἔξοδον αὐτοῦ
“उहाँको बिदाइ” वा “उहाँले यो संसार कसरी छोड्नुहुने थियो ।” यो उहाँको मृत्युको बारेमा कुरा गर्ने नम्र तरिका थियो । वैकल्पिक अनुवादः “उहाँको मृत्यु” (हेर्नुहोस्ः व्यञ्जना)
Luke 9:32
δὲ
यो शब्दलाई यहाँ मुख्य कथा वर्णनमा आएको रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ लूकाले पत्रुस, याकूब, र यूहन्नाको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ὁ…Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ
यो वाक्पद्धतिको अर्थ “धेरै निद्रा लागेको” भन्ने हुन्छ ।
εἶδον τὴν δόξαν αὐτοῦ
यसले तिनीहरूलाई घेरेको उज्ज्वल प्रकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूबाट उज्ज्वल प्रकाश आइरहेको देखे” वा “तिनीहरूले येशूबाट निकै चम्किलो प्रकाश आइरहेको देखे”
καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ
यसले मोशा र एलियालाई जनाउँछ ।
Luke 9:33
ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ
“जसै मोशा र एलिया गइरहेका थिए”
σκηνὰς
सामान्य, अस्थायी स्थानहरू जहाँ बस्न र सुत्न सकिन्छ
Luke 9:34
ταῦτα δὲ αὐτοῦ λέγοντος
“जब पत्रुसले यी कुराहरू भनिरहेका थिए”
ἐφοβήθησαν
यी वयस्क चेलाहरू बादलसँग डराएका थिएनन् । यो पदावलीले तिनीहरूमाथि बादलसँगै अनौठो किसिमको डर छायो भन्ने देखाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू भयभीत भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην
यसलाई बादलले के गर्यो भन्ने कुरामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बादलले तिनीहरूलाई घेर्यो”
Luke 9:35
φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης
यो कुरा बुझिएको छ कि आवाज चाहिँ परमेश्वरको मात्र भएको हुन सक्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिनीहरूसँग बादलबाट बोल्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ Υἱός μου
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ ἐκλελεγμένος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मैले चुनेको छु” वा “मैले उसलाई चुनेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 9:36
कथाभित्रैका घटनाहरूको परिणाम स्वरूप कथापछाडि के भयो भन्ने विषयमा बताउने यो जानकारी हो । (हेर्नुहोस्ः कथाको समापन)
αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν
पहिलो वाक्यांशले तिनीहरूको तत्कालैको प्रतिक्रियालाई जनाउँछ, र दोस्रोले त्यसपछिका दिनहरूमा तिनीहरूले के गरे भन्ने कुरालाई जनाउँछ ।
Luke 9:37
ἐγένετο δὲ
येशूको चम्किलो रूप परिवर्तन भएपछिको अर्को दिन, येशूले भूत लागेको एउटा केटोलाई निको पार्नुहुन्छ जसलाई चेलाहरूले निको पार्न सकेनन् ।
Luke 9:38
ἀνὴρ ἀπὸ τοῦ ὄχλου
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एउटा मानिस थियो जसले भन्यो ...” भनी उल्लेख गर्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 9:39
πνεῦμα
“तपाईं देख्नुहुन्छ” भन्ने पदावलीले हामीलाई यस मानिसको कथामा दुष्ट आत्माको परिचय गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा दुष्ट आत्मा थियो ...” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
μετὰ ἀφροῦ
“उसको मुखबाट फिँज आउँछ ।” जब एउटा मानिस ऐँठन पर्छ, उसलाई सास फेर्न वा निल्न कठिन हुन्छ । यसले तिनीहरूको मुखवरिपरि सेतो फिँज काढ्न लगाउँछ ।
Luke 9:41
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν
“येशूले यसो भनेर जवाफ दिनुभयो”
ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν?
येशूले यो कुरा त्यहाँ भेला भएको भीडलाई भन्नुभएको हो, चेलाहरूलाई भन्नुभएको होइन ।
ἄπιστος καὶ διεστραμμένη
“भ्रष्ट पुस्ता”
ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν?
यहाँ “तिमीहरू” बहुवचनमा छ । येशूले यी प्रश्नहरू मानिसहरूले विश्वास नगरेकोमा उहाँको उदासपनालाई व्यक्त गर्न प्रयोग गर्नुहुन्छ । तिनीहरूलाई भनाइहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूसँग यति लामो समयसम्म बसिसकेको छु र अझै पनि तिमीहरू विश्वास गर्दैनौ । मैले तिमीहरूलाई अझै कति लामो समयसम्म सहनुपर्ने हो भनेर म अचम्म मान्छु ।” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि आलङ्कारिक प्रश्न)
προσάγαγε ὧδε τὸν υἱόν σου
यहाँ “तिम्रो” एकवचनमा छ । यहाँ येशू उहाँलाई सम्बोधन गर्ने बाबुसँग प्रत्यक्ष रूपमा बोलिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 9:43
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ
येशूले आश्चर्यकर्म गर्नुभयो, तर भीडले चङ्गाइको पछाडिको शक्ति परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा पहिचान गर्यो ।
πᾶσιν οἷς ἐποίει
“येशूले गरिरहनुभएका सबै कुरा”
Luke 9:44
θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले ध्यान दिनुपर्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “होसियारीसाथ सुन र सम्झ” वा “यसलाई नभूल” (हेर्नुहोस्ः टुक्काहरू)
ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι
यसलाई कर्तृ वाच्यको वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । यहाँ “हात”ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले मानिसको पुत्रलाई धोका दिनेछन् र उहाँलाई मानिसहरूको नियन्त्रणमा राख्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बोलिरहनुभएको थियो । “हात” शब्द ती मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो जसका ती हात हुन् वा ती हातहरूलाई प्रयोग गर्ने शक्तिको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यी मानिसहरू को हुन् भनेर प्रस्ट बनाउन आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र मानिसहरूको हातमा धोकामा सुम्पिइनेछु” वा “मानिसको पुत्र उसका शत्रुहरूको शक्तिमा धोकामा दिइनेछ” वा “म, मानिसको पुत्रलाई मेरा शत्रुहरूकहाँ धोकामा दिइनेछ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष अनि उपलक्षण अनि लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 9:45
ἦν παρακεκαλυμμένον ἀπ’ αὐτῶν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “परमेश्वरले तिनीहरूबाट अर्थलाई लुकाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 9:46
चेलाहरू तिनीहरू माझमा को सबैभन्दा शक्तिशाली हुनेछ भन्ने बारेमा विवाद गर्न थाल्छन् ।
ἐν αὐτοῖς
“चेलाहरू बीच”
Luke 9:47
εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν
यहाँ “हृदय” तिनीहरूको मनको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूका मनमा भएका तर्कलाई जानेर” वा “तिनीहरूले के सोचिरहेका छन् भन्ने जानेर” (हेर्नुहोस्ः लक्षणा)
Luke 9:48
ἐπὶ τῷ ὀνόματί μου
यसले येशूको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” (हेर्नुहोस्ः लक्षणा)
ἐμὲ δέχεται
यो अलङ्कारलाई एउटा उपमाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो नाउँमा, यो उसले मलाई स्वागत गरे झैँ हो” (हेर्नुहोस्ः रूपक)
τὸν ἀποστείλαντά με
“परमेश्वर, जसले मलाई पठाउनुभयो” (युडीबी)
οὗτός ἐστιν μέγας
“तिनीहरू जसलाई परमेश्वरले सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ”
Luke 9:49
ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν
“जवाफमा यूहन्नाले भने” वा “यूहन्नाले येशूलाई जवाफ दिए ।” यूहन्नाले येशूले सबैभन्दा महान् हुनेबारे भन्नुभएको कुराको जवाफ दिइरहेका थिए । उनले प्रश्नको जवाफ दिइरहेका थिएनन् ।
εἴδομέν…μεθ’ ἡμῶν
यूहन्नाले आफ्नै बारेमा कुरा गर्छन् तर येशूको बारेमा होइन, त्यसैले यहाँ “हामी” असमावेशी छ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐν τῷ ὀνόματί σου
यसको तात्पर्य हुन्छ, कि त्यो मानिस येशूको शक्ति र अधिकारसहित बोलिरहेको थियो । (हेर्नुहोस्ः लक्षणा)
Luke 9:50
μὴ κωλύετε
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई निरन्तरता दिन देओ”
केही नयाँ भाषाहरूमा त्यही अर्थ दिने भनाइहरू हुन्छन् । वैकल्पिक अनुवादः “यदि एउटा व्यक्तिले तिमीहरूलाई बाधा दिँदैन भने, यो तिमीहरूलाई नै सहायता गरिरहेको जस्तो हो” वा “कसैले तिमीहरूको विरुद्धमा काम गरिरहेको छैन भने, उसले तिमीहरूको पक्षमा नै काम गरिरहेको हुन्छ”
Luke 9:51
यो अब प्रस्ट छ कि येशूले यरूशलेममा जाने निर्णय गरिसक्नुभएको छ ।
ἐν τῷ συνπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ
“उहाँको निम्ति माथि जाने समय आइरहेको थियो” वा “उहाँ माथि जाने समय लगभग भएको थियो”
τὸ πρόσωπον ἐστήρισεν
यो एउटा टुक्का हो जसको अर्थ उहाँले “दृढ निश्चय गर्नुभयो” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “निधो गर्नुभयो” वा “निर्णय गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 9:52
ὡς ἑτοιμάσαι αὐτῷ
यसको अर्थ त्यस क्षेत्रमा उहाँको आगमनको लागि सम्भवतः बोल्ने स्थान, बस्ने ठाउँ, र खानाहरूको प्रबन्ध गर्न भन्ने हुन्छ ।
Luke 9:53
οὐκ ἐδέξαντο αὐτόν
“उहाँ त्यहाँ बस्नुभएको चाहेनन्”
ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ
सामरीहरू र यहूदीहरूले एक अर्कालाई घृणा गर्थे । त्यसैले सामरीहरूले येशूलाई यहूदीहरूको राजधानी, यरूशलेमको उहाँको यात्रामा सहयोग गर्ने थिएनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 9:54
ἰδόντες
“सामरीहरूले येशूलाई स्वागत नगरेको देखे”
θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς?
न्यायको यो विधि याकूब र यूहन्नाले सुझाएका हुन्, किनभने तिनीहरूले थाहा पाएअनुसार परमेश्वरलाई इन्कार गर्ने मानिसहरूलाई एलियाजस्ता अगमवक्ताहरूले यसरी नै न्याय गरेका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 9:55
στραφεὶς…ἐπετίμησεν αὐτοῖς
“येशूले फर्केर याकूब र यूहन्नालाई हप्काउनुभयो ।” येशूले चेलाहरूले अपेक्षा गरेअनुसार सामरीहरूलाई दोष लगाउनुभएन ।
Luke 9:57
यो चेलाहरूमध्ये एक थिएन ।
Luke 9:58
αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις
येशूको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । त्यो मानिसले उहाँलाई पछ्याउनु पर्थ्यो भने, त्यस मानिसको पनि घर नहुन सक्छ भन्ने येशूले देखाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “फ्याउराहरूका दुला छन् ... टाउको लुकाउने ठाउँ पनि छैन । त्यसैले, तिम्रो घर हुनेछ भनी आशा नगर ।” (हेर्नुहोस्ः हितोपदेश अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν
यी जमिनमा बस्ने स-साना कुकुरहरूजस्तै जनावरहरू हुन् । तिनीहरू गुफा वा जमिनका दुलाभित्र सुत्छन् ।
τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις
“हावामा उड्ने चराहरू”
ὁ…Υἱὸς τοῦ Ἀνθρώπου
येशूले तृतीय पुरुषमा आफ्नै बारेमा बताइरहनुभएको थियो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, मेरो टाउको ... छैन” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ
“मेरो टाउको बिसाउने ठाउँ पनि कहीँ छैन” वा “सुत्ने सठाउँ कहीँ पनि छैन ।” उहाँको कुनै स्थायी घर छैन र धेरैपटक मानिसहरूले उहाँलाई तिनीहरूसँग बस्नलाई निमन्त्रणा गर्दैनथे भन्ने कुरालाई जोड दिन येशूले अतिरञ्जन गर्नुहुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Luke 9:59
येशू बाटोमा सँगै हिँडिरहेका मानिसहरूसँग कुरा गरिरहनुहुन्छ ।
यसो भनेर येशूले त्यो व्यक्तिलाई उहाँको चेला हुन र उहाँसँगै जानलाई भनिरहनुभएको छ ।
यो कुरा अस्पष्ट छ कि त्यस मानिसको बाबु मरेको थियो र उसले तिनलाई तुरुन्तै गाड्ने थिए, वा ऊ लामो समय बस्न चाहन्छ जबसम्म उसको बाबु मर्दैनन् ताकि त्यसपछि उसले तिनलाई गाड्न सकून् । मुख्य कुरा के हो भने त्यस मानिसले येशूलाई पछ्याउनभन्दा अगाडि केही अरू कुरा गर्न चाहन्छ ।
“मैले त्यसो गर्न अगि, मलाई जान दिनुहोस्”
Luke 9:60
मृतकहरूले अरू मृत मानिसहरूलाई गाड्नेछन् भनेर येशूले साँच्चै भन्नु खोज्नुभएको होइन । “मृत”को सम्भावित अर्थहरू हुन् १) यो छिट्टै मर्न लागिरहेकाहरूको लागि एउटा अलङ्कार हो, वा २) यो येशूलाई नपछ्याउने र आत्मिक रूपले मृत भएकाहरूको लागि एउटा अलङ्कार हो । मुख्य कुरा चाहिँ के हो भने एउटा चेलाले येशूलाई पछ्याउन आफूलाई कुनै कुराले पनि ढिला गर्न दिनु हुँदैन । (हेर्नुहोस्ः रूपक)
यसले सामान्यमा मरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Luke 9:61
“म चेलाको रूपमा तपाईंसँग सहभागी हुन्छु” वा “म तपाईंलाई पछ्याउन तयार छु”
“मैले यसो गर्न अगि, मेरो घरमा भएका मानिसहरूलाई म जाँदैछु भन्न दिनुहोस्”
Luke 9:62
उहाँको चेला हुने बारेमा त्यस मानिसलाई सिकाउन येशूले एउटा उखानसहित जवाफ दिनुहुन्छ । यदि कुनै व्यक्ति येशूलाई पछ्याउनुको सट्टा उसका विगतका मानिसहरूतिर केन्द्रित हुन्छ भने ऊ परमेश्वरको राज्यको निम्ति योग्य हुँदैन । (हेर्नुहोस्ः हितोपदेश अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यहाँ “ ... मा हात राख्नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ व्यक्तिले केही गर्न सुरु गर्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो खेत जोत्न सुरु गरेर कसैले पनि” (हेर्नुहोस्ः टुक्काहरू अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)
हलो जोतिरहेको मानिसले पछाडि फर्केर हेर्दा हलो जानु पर्नेतिर लान सक्दैन । राम्ररी जोत्नलाई तिनीहरू अगाडि केन्द्रित हुनुर्छ ।
“परमेश्वरको राज्यको निम्ति उपयोगी” वा “परमेश्वरको राज्यको निम्ति सुहाउँदो”
Luke 10
लूका १० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कटनी
कटनी भनेको तब हुने हो जब मानिसहरू अनाजहरू लिन बाहिर जान्छन् जुन तिनीहरूले रोपेका हुन्छन् ताकि तिनीहरूले ती आफ्ना घरमा ल्याएर त्यसलाई खान सकून् । येशूले उहाँका अनुयायीहरूलाई तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई येशूको बारेमा बताउनुपर्छ ताकि ती मानिसहरू परमेश्वरको राज्यको एक हिस्सा हुन सकून् भनेर सिकाउनलाई यसलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः विश्वास)
छिमेकी
छिमेकी भनेको कुनै पनि व्यक्ति हुन सक्छ जो नजिकै बस्छ । यहूदीहरूले खाँचोमा परेका तिनीहरूका यहूदी छिमेकीहरूलाई सहायता गर्थे, र तिनीहरूका यहूदी छिमेकीहरूले पनि तिनीहरूलाई सहयता गरेको अपेक्षा गर्थे । येशूले तिनीहरूले यो बुझेको चाहनुभयो कि ती मानिसहरू जो यहूदीहरू होइनन्, उनीहरू पनि तिनीहरूका छिमेकी हुन्, त्यसैले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो (लूका १०:२९-३६) । (हेर्नुहोस्ः दृष्टान्त)
Luke 10:1
येशूले आफूभन्दा अगाडि अरू ७० जनालाई बाहिर पठाउनुहुन्छ । ती ७० जना आनन्दित भएर फर्कन्छन्, र येशूले उहाँको स्वर्गीय पितालाई प्रशंसासहित प्रतिक्रिया जनाउनुहुन्छ ।
μετὰ δὲ ταῦτα
यो शब्दलाई यहाँ कथामा एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἑβδομήκοντα δύο
“७० ।” कति अनुवादहरूले “बहत्तर” वा “७२” भन्छन् । तपाईंले यो कुरा बताउने पाद टिप्पणी राख्न सक्नुहुन्छ । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο
“तिनीहरूलाई दुई-दुई जनाको समूह बनाएर पठाउनुभयो” वा “हरेक समूहमा दुई जना मानिस राखेर पठाउनुभयो”
Luke 10:2
ἔλεγεν δὲ πρὸς αὐτούς
यो कुरा मानिसहरू वास्तवमै जान अगि हो । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूलाई भन्नुभएको थियो” वा “तिनीहरू बाहिर जान अगि उहाँले तिनीहरूलाई भन्नुभयो” (हेर्नुहोस्ः घटनाक्रमहरू)
ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι
“त्यहाँ अन्न भव्य छन्, तर यसलाई भित्र्याउने खेतालाहरू पर्याप्त छैनन् ।” येशूको अर्थ यो हो कि परमेश्वरको राज्यमा प्रवेश गर्नलाई धेरै मानिसहरू तयार छन्, तर ती मानिसहरूकहाँ गएर सिकाउन र सहायता गर्न पर्याप्त चेलाहरू छैनन् । (हेर्नुहोस्ः रूपक)
Luke 10:3
ὑπάγετε
“सहरहरूमा जाओ” वा “मानिसहरूकहाँ जाओ”
ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων
ब्वाँसोहरूले भेडाहरूलाई आक्रमण गर्छन् र मार्छन् । यसकारण यो अलङ्कारको अर्थ हुन्छ कि त्यहाँ मानिसहरू हुन्छन् जसले येशूले पठाउन लाग्नुभएका चेलाहरूलाई चोट पुर्याउन सक्थे । अरू जनावरहरूको नाउँ पनि राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब म तिमीहरूलाई बाहिर पठाउँछु, मानिसहरूले तिमीहरूलाई ब्वाँसाहरूले भेडाहरूलाई हानि गरेजस्तै हानि गर्न चाहनेछन्” (हेर्नुहोस्ः उपमा)
Luke 10:4
μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα
“तिमीहरूसँग थैली, यात्रुको झोला वा चप्पलहरू नलैजानू”
μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε
“कसैलाई पनि बाटोमा अभिवादन नगर ।” येशूले तिनीहरू सहरहरूमा चाँडो गएर यो काम गरून् भनी जोड दिइरहनुभएको थियो । उहाँले तिनीहरूलाई अभद्र बन्नू भन्नुभएको थिएन ।
Luke 10:5
εἰρήνη τῷ οἴκῳ τούτῳ
यो अभिवादन र आशिष् दुवै थियो । यहाँ “घर”ले तिनीहरूलाई जनाउँछ जो घरमा बस्छन् । वैकल्पिक अनुवादः “यस घरमा रहेका मानिसहरूले शान्ति पाऊन्” (हेर्नुहोस्ः लक्षणा)
Luke 10:6
υἱὸς εἰρήνης
“एउटा शान्तिपूर्ण व्यक्ति ।” यो मानिस जसले परमेश्वर र मानिस दुवैसँग शान्ति चाहन्छ ।
ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν
“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले कहाँ बस्ने भनेर छान्न सक्छ । वैकल्पिक अनुवादः “उससँग तिमीहरूले आशिष् दिएको शान्ति रहनेछ” (हेर्नुहोस्ः मानवीकरण)
εἰ…μή γε
सम्पूर्ण वाक्यांशलाई पुनः उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि त्यहाँ शान्तिको मानिस छैन भने” वा “यदि त्यो घरको मालिक शान्तिपूर्ण मानिस होइनरहेछ भने” (हेर्नुहोस्ः शब्दलोप)
ἐφ’ ὑμᾶς ἀνακάμψει
“शान्ति”लाई यहाँ जीवित थोकको रूपमा वर्णन गरिएको छ जसले छोडेर जानलाई छान्न सक्छ । वैकल्पिक अनुवादः “त्यो शान्ति तिमीहरूले नै पाउनेछौ” वा “तिमीहरूले आशिष् दिएको शान्ति उसले पाउनेछैन” (हेर्नुहोस्ः मानवीकरण)
Luke 10:7
ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε
येशूले त्यही घरमा दिनभरि बस्नुभन्नुभएको होइन, तर तिनीहरू त्यहाँ हुँदा हरेक राति त्यही घरमा सुत्नुपर्छ भनेर भन्नुभएको हो । वैकल्पिक अनुवादः “त्यही घरमा निरन्तर सुत्नू”
ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ
यो येशूले पठाइरहनुभएका मानिसहरूका लागि लागु हुने एउटा साधारण सिद्धान्त हो । तिनीहरूले मानिसहरूलाई सिकाइरहेका र निको पारिरहेको हुनाले मानिसहरूले तिनीहरूलाई बस्ने ठाउँ र खानेकुरा दिनुपर्छ ।
μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν
एउटा घरबाट अर्को घरमा सर्नुको अर्थ विभिन्न घरहरूमा जाने भनेको हो । यो कुरा प्रस्ट बनाउन सकिन्छ कि उहाँले राति विभिन्न घरहरूमा बस्ने बारेमा कुरा गरिरहनुभएको थियो । “हरेक रात विभिन्न घरमा सुत्नलाई नजानू” (हेर्नुहोस्ः टुक्काहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:8
καὶ δέχωνται ὑμᾶς
“यदि तिनीहरूले तिमीहरूलई स्वगत गरे भने”
ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई जे दिन्छन्, त्यही खानू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 10:9
τοὺς…ἀσθενεῖς
यसले सामान्यमा बिरामी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἤγγικεν ἐφ’ ὑμᾶς ἡ Βασιλεία τοῦ Θεοῦ
भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) परमेश्वरको राज्य चाँडै सुरु हुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले चाँडै सबैठाउँमा राजाको रूपमा शासन गर्नुहुनेछ” वा २) परमेश्वरको राज्यका क्रियाकलापहरू तिम्रो वरिपरि सबै ठाउँमा भइरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका वरिपरि राज गरिरहनुभएको छ भनी प्रमाण” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 10:10
καὶ μὴ δέχωνται ὑμᾶς
“यदि सहरका मानिसहरूले तिमीहरूलाई इन्कार गरे भने”
Luke 10:11
καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν, ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν
तिनीहरूले सहरको मानिसहरूलाई इन्कार गर्छन् भनेर देखाउनलाई यो एउटा सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “जसरी तिमीहरूले हामीलाई इन्कार गर्यौ, हामी पनि तिमीहरूलाई पूर्ण रूपमा इन्कार गर्छौं । हाम्रा खुट्टामा टाँसिएका धुलासमेत हामी इन्कार गर्छौं” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
येशूले यी मानिसहरूलाई दुई जनाको समूहमा पठाउन खोज्नुभएकोले यो कुरा दुई जनाले भनिरहेका हुन्थे । त्यसैले, जुन भाषाहरूमा ‘हामी’का लागि युगल रूप छ, तिनीहरूले सो प्रयोग गर्न सक्छन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
πλὴν τοῦτο γινώσκετε
“तर यो जान” भन्ने पदावलीले एउटा चेतावनीको परिचय गराउँछ । यसको अर्थ “तिमीहरूले हामीलाई इन्कार गरे तापनि परमेश्वरको राज्य नजिक आएको तथ्यलाई यसले बदल्दैन !” भन्ने हुन्छ ।
ἤγγικεν ἡ Βασιλεία τοῦ Θεοῦ
भाववाचक नाउँ “राज्य”लाई “राज गर्नु” वा “शासन गर्नु” जस्ता क्रियापदहरूले व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई लूका १०:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले चाँडै सबैठाउँमा राजाको रूपमा शासन गर्नुहुनेछ” वा “परमेश्वरले तिमीहरूका वरिपरि सबैतिर राज गरिरहनुभएको छ भनी प्रमाण” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 10:12
λέγω ὑμῖν, ὅτι
येशूले यो कुरा उहाँले पठाउन लागिरहनुभएको ७० जना मानिसलाई भन्दै हुनुहुन्थ्यो । उहाँले निकै महत्त्वपूर्ण कुरा भन्न लाग्नुभएको छ भन्ने देखाउनलाई उहाँले यसो भन्नुभयो ।
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
यसले पापीहरूको न्यायको अन्तिम समयलाई जनाउँछ भनी चेलाहरूले बुझेका हुनुपर्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Σοδόμοις…ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ
“परमेश्वरले सदोमलाई पनि त्यस सहरलाई जत्तिकै कठोर न्याय गर्नुहुने छैन ।” वैकल्पिक अनुवादः “परमेश्वरले त्यो सहरका मानिसहरूलाई सदोमका मानिसहरूलाई भन्दा बढी कठोर गरी न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Luke 10:13
οὐαί σοι, Χοραζείν! οὐαί σοι, Βηθσαϊδά!
खोराजीन र बेथसेदाका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी येशूले बोल्नुभयो, तर तिनीहरू त्यहाँ छैनन् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि नाउँहरूको अनुवाद कसरी गर्ने अनि लक्षणा)
ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν…μετενόησαν
येशूले एउटा परिस्थितिलाई वर्णन गर्दै हुनुहुन्छ जुन विगतमा हुन सक्थ्यो तर भएन । वैकल्पिक अनुवादः “यदि मैले तिमीहरूका निम्ति गरेका आश्चर्यकर्महरू टुरोस र सिदोनका मानिसहरूका निम्ति कसैले गरिदिएको भए” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना) अनि कर्तृवाच्य र कर्मवाच्य)
ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν
“त्यहाँ बस्ने दुष्ट मानिसहरूले तिनीहरू तिनीहरूका पापका निम्ति दुःखित छन् भनेर ... बस्दै देखाइसक्ने थिए”
“भाङ्ग्रा लगाएर र खरानीमा बसेर”
Luke 10:14
Τύρῳ καὶ Σιδῶνι, ἀνεκτότερον ἔσται…ἢ ὑμῖν
तिनीहरूको न्याय हुने कारणलाई प्रस्टसँग उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तर किनभने मैले आश्चर्यकर्महरू गरेको देखेर पनि तिमीहरूले पश्चात्ताप गरेनौ र ममा विश्वास गरेनौ, परमेश्वरले तिमीहरूलाई टुरोस र सिदोनका मानिसहरूलाई भन्दा बढी कठोर गरी दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि लक्षणा)
ἐν τῇ κρίσει
“त्यस अन्तिम दिनमा जब परमेश्वरले हरेकको न्याय गर्नुहुन्छ” (युडीबी)
Luke 10:15
σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ?
येशूले अब कफर्नहुमका मानिसहरूले त्यहीँ नै बसेर सुनिरहेका थिए जस्तै गरी बोल्नुहुन्छ, तर तिनीहरू त्यहाँ छैनन् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि लक्षणा)
σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ?
येशूले कफर्नहुमका मानिसहरूको घमण्डको निम्ति तिनीहरूलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तँ निश्चय नै माथि स्वर्गमा जानेछैनस् !” वा “परमेश्वरले तँलाई सम्मान गर्नु हुनेछैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ?
यो अभिव्यक्तिको अर्थ “धेरै उचालिनु” भन्ने हुन्छ ।
τοῦ ᾍδου καταβήσῃ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तँ तल पातालमा जानेछस्” वा “परमेश्वरले तँलाई पातालमा पठाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 10:16
ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूले भनेको सुन्छ, त्यो तिनीहरूले मैले भनेको सुन्नुजस्तै हो” (हेर्नुहोस्ः उपमा)
ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीहरूलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई इन्कार गरेजस्तै हो” (हेर्नुहोस्ः उपमा)
ὁ…ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με
यो तुलनालाई एउटा उपमाको रूपमा प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले मलाई इन्कार गर्छ, त्यो तिनीहरूले मलाई पठाउनुहुनेलाई इन्कार गरेजस्तै हो” (हेर्नुहोस्ः उपमा)
τὸν ἀποστείλαντά με
यसले यो विशेष कामको निम्ति येशूलाई नियुक्त गर्नुहुने परमेश्वर पितालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वर, जसले मलाई पठाउनुभयो” (युडीबी) (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:17
ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο
केही भाषाहरूलाई युडीबीले गरेजस्तै पहिले सत्तरी जना गए भन्न आवश्यक पर्नेछ । यो अस्पष्ट जानकारी हो जसलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἑβδομήκοντα δύο
तपाईंले यसरी पाद टिप्पणी राख्न सक्नुहुन्छः “केही संस्करणहरूमा ‘७०’ को सट्टा ‘७२’ छ ।” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἐν τῷ ὀνόματί σου
यहाँ “नाउँ” ले येशूको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Luke 10:18
ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα
उहाँका ७० जना चेलाले सहरहरूमा प्रचार गरिरहँदा परमेश्वरले शैतानलाई कसरी हराउँदै हुनुहुन्थ्यो भन्ने वर्णन गर्नलाई येशूले एउटा उपमा प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः उपमा)
ἐκ τοῦ οὐρανοῦ πεσόντα
सम्भावित अर्थहरू हुन् १) बिजुली हानेको जत्तिकै छिटो खस्यो, वा २) स्वर्गबाट तल झर्यो जसरी बिजुलीले तल हान्छ । किनकि दुवै अर्थहरू सम्भव छन्, त्यो चित्रणलाई कायम राख्नु बेस हुन सक्छ ।
Luke 10:19
τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
“सर्पहरूमाथि टेक्ने र बिच्छीहरूलाई कुल्चने अधिकार ।” सम्भावित अर्थहरू हुन् १) सर्प र बिच्छीहरू दुष्ट आत्माहरूका निम्ति अलङ्कार हुन् । वैकल्पिक अनुवादः “दुष्ट आत्माहरूलाई हराउने अधिकार” वा २) यसले वास्तविक सर्पहरू र बिच्छीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
यसको अर्थ तिनीहरूले यसो गर्नेछन् र पनि तिनीहरू घायल हुँदैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “सर्पहरू र बिच्छीहरूमाथि हिँड्नेछन् तापनि तिनीहरूले कुनै हानि गर्नेछैनन्” (हेर्नुहोस्ः शब्दलोप)
σκορπίων
बिच्छीहरू भनेको दुईवटा पञ्जा र पुच्छरमा विषालु खिल भएका साना प्राणीहरू हुन् ।
καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ
“मैले तिमीहरूलाई शत्रुको शक्तिलाई कुल्चने अधिकार दिएको छु” वा “मैले तिमीहरूलाई शत्रुलाई हराउने अधिकार दिएको छु ।” त्यो शत्रु शैतान हो । (हेर्नुहोस्ः शब्दलोप अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:20
ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς
“आत्माहरू तिमीहरूको वशमा आएकोमा मात्र आनन्द नमनाओ” भन्ने कुरालाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माहरू तिमीहरूको वशमा आउँछन् भन्ने कुरामा भन्दा बढी तिमीहरूका नाउँहरू स्वर्गमा लेखिएका छन् भनेर रमाओ !”
τὰ ὀνόματα ὑμῶν ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका नामहरू स्वर्गमा लेख्नुभएको छ” वा “तिमीहरूका नामहरू स्वर्गका नागरिकहरू हुने मानिसहरूको सूचीमा छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 10:21
Πάτερ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς
“स्वर्ग” र “पृथ्वी”ले अस्तित्वमा भएका सबैथोकलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्ग र पृथ्वीमा भएका हरेक मानिस र हरेक चीजका मालिक” (हेर्नुहोस्ः मेरिज्म)
ταῦτα
यसले चेलाहरूको अधिकारबारे येशूले अगाडि सिकाउनुभएको कुरालाई जनाउँछ । यसलाई “यी कुराहरू” भनी अनुवाद गरेर पाठकहरूलाई नै यसको अर्थ निधो गर्न लगाउनु उत्तम होला ।
σοφῶν καὶ συνετῶν
“बुद्धिमान्” र “समझदार” भनेको नामयोगी विशेषणहरू हुन् जसले यी गुणहरू भएको मानिसहरूलाई जनाउँछन् । किनभने परमेश्वरले तिनीहरूबाट सत्यतालाई लुकाउनभएको थियो, यी मानिसहरूले आफैँलाई बुद्धिमान् र समझदार सोचे तापनि तिनीहरू वास्तवमा थिएनन् । वैकल्पिक अनुवादः “आफूहरू बुद्धिमान् छु र आफूहरूसँग समझदारी छ भनेर ठान्ने मानिसहरूबाट” (हेर्नुहोस्ः व्यङ्ग्य अनि नामको काम गर्ने विशेषण)
νηπίοις
यसले तिनीहरूलाई जनाउँछ जससँग धेरै शिक्षा नभएको हुन सक्छ तर येशूका शिक्षाहरूलाई ग्रहण गर्न राजी छन् जसरी साना बालकहरू आफूहरूले भरोसा गरेकाहरूको कुरालाई इच्छुक भएर सुन्छन् । वैकल्पिक अनुवादः “कम शिक्षा भएका मानिसहरू, तर जसले परमेश्वरलाई सुन्छन् जसरी साना बालकहरूले सुन्छन्” (हेर्नुहोस्ः शब्दलोप अनि उपमा)
ἔμπροσθέν σου
“किनभने तपाईंले यसो गर्न राम्रो लाग्यो”
Luke 10:22
πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरा पिताले सबै कुरा मलाई सुम्पनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς…ὁ Πατήρ
यी महत्त्वपूर्ण पदवीहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
γινώσκει τίς ἐστιν ὁ Υἱὸς
“जान्नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्ने हुन्छ । परमेश्वर पिताले येशूलाई यसरी जान्नुहुन्थ्यो ।
γινώσκει τίς ἐστιν ὁ Υἱὸς
येशूले आफैँलाई तृतीय पुरुषमा उल्लेख गर्दै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
यसको तात्पर्य पुत्र को हो भनी पिताले मात्र जान्नुहुन्छ ।
γινώσκει…τίς ἐστιν ὁ Πατὴρ
“जान्नु” भनी अनुवाद गरिएको शब्दको अर्थ व्यक्तिगत अनुभवबाट जानेको भन्ने हुन्छ । येशूले परमेश्वर पितालाई यसरी जान्नुहुन्थ्यो ।
οὐδεὶς γινώσκει…τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς
यसको तात्पर्य पिता को हो भनी पुत्रले मात्र जान्नुहुन्छ ।
ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι
“जसलाई पुत्रले पिता देखाउने इच्छा गर्छ”
Luke 10:23
καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ’ ἰδίαν, εἶπεν
“गोप्य तरिकाले” भन्ने शब्दले सङ्केत गर्छ कि उहाँ आफ्ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “पछि, जब उहाँ आफ्ना चेलाहरूसँग एक्लै हुनुहुन्थ्यो, उहाँ तिनीहरूपट्टि फर्कनुभयो र भन्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε
यसले सम्भवतः येशूले गरिरहनुभएको असल कार्यहरू र आश्चर्यकर्महरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले देखिरहेका कुराहरू देख्नेहरूका निम्ति कति असल छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:24
καὶ οὐκ εἶδαν
यसले आशय दिन्छ कि येशूले ती कुराहरू अझै गरिरहनुभएको थिएन । वैकल्पिक अनुवादः “तर ती कुराहरू देख्न सकेनन् किनभने मैले अझै पनि ती कुराहरू गरिरहेको थिइँन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἃ ἀκούετε
यसले सम्भवतः येशूको शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले भनेका तिमीहरूले सुनेका कुराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ οὐκ ἤκουσαν
यसले आशय दिन्छ कि येशूले अझै सिकाइरहनुभएको थिएन । वैकल्पिक अनुवादः “तर ती कुराहरू सुन्न सकेनन् किनभने मैले अझै पनि सिकाउन थालेको थिइँन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:25
उहाँको जाँच गर्न चाहने एक यहूदी शिक्षकलाई येशूले एउटा कथासहित जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
νομικός τις
यसले हामीलाई कथामा एउटा नयाँ घटना र नयाँ व्यक्तिको बारेमा सचेत बनाउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय अनि नयाँ र पुराना सहभागीहरूको परिचय)
ἐκπειράζων αὐτὸν
“येशूलाई चुनौती दिन”
τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω?
“ताकि परमेश्वरले मलाई दिनुभएको होस्”
Luke 10:26
ἐν τῷ νόμῳ τί γέγραπται? πῶς ἀναγινώσκεις?
येशूले जानकारी खोजिरहनुभएको छैन । उहाँले यहूदी व्यवस्थाका विज्ञको ज्ञानलाई जाँच्न यी प्रश्नहरू प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई भन मोशाले व्यवस्थामा के लेखे र त्यसको अर्थ के हो भनी तिमीले सोच्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν τῷ νόμῳ τί γέγραπται?
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले व्यवस्थामा के लेखेका छन् ?” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πῶς ἀναγινώσκεις?
“तिमीले यसमा के पढ्यौ ?” वा “यसले के भनेको तिमीले बुझ्छौ ?”
Luke 10:27
ἀγαπήσεις
त्यस मानिसले मोशाले व्यवस्थामा लेखेका कुरालाई उद्धरण गरिरहेका छन् ।
ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου
यहाँ “हृदय” र “प्राण” भनेको कोही व्यक्तिको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्दहरू हुन् । यी चार वाक्यांशहरूलाई “पूर्णतया” र “व्यग्रतासँग” भन्ने अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः लक्षणा अनि प्रतिरूपी)
καὶ, τὸν πλησίον σου ὡς σεαυτόν
यो उपमालाई अझ प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले आफैँलाई प्रेम गरे जत्तिकै तेरो छिमेकीलाई प्रेम गर्” (हेर्नुहोस्ः उपमा)
Luke 10:28
ζήσῃ
“परमेश्वरले तिमीलाई अनन्त जीवन दिनुहुनेछ”
Luke 10:29
ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν
“तर ती शिक्षकले आफैँलाई धर्मी बनाउने उपाय खोज्ने चाहना गरे, त्यसैले उनले भने” वा “तर धर्मी देखिन चाहँदै, ती शिक्षकले भने”
τίς ἐστίν μου πλησίον?
उसले कसलाई प्रेम गर्न आवश्यक थियो भनेर त्यो मानिस जान्न चाहन्थ्यो । वैकल्पिक अनुवादः “कसलाई मैले मेरो छिमेकी मान्ने र मैले आफैँलाई प्रेम गरेको झैँ प्रेम गर्ने ?” वा “कुन मानिसहरू मेरा छिमेकीहरू हुन् जसलाई मैले प्रेम गर्नुपर्छ ?” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:30
ὑπολαβὼν δὲ Ἰησοῦς εἶπεν
येशूले त्यस मानिसको प्रश्नलाई एउटा दृष्टान्त बताएर जवाफ दिनुहुन्छ । वैकल्पिक अनुवादः “त्यो मानिसको प्रश्नको जवाफमा, येशूले उनलाई यो कथा भन्नुभयो” (हेर्नुहोस्ः दृष्टान्त)
ἄνθρωπός τις
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
λῃσταῖς περιέπεσεν
“ऊ डाँकाहरूद्वारा घेरियो, जसले” वा “केही डाँकाहरूले उसलाई आक्रमण गरे । तिनीहरूले”
ἐκδύσαντες αὐτὸν
“उससँग भएका सबै थोक लगे” वा “उसका सबै कुरा चोरे”
ἡμιθανῆ
यो वाक्पद्धतिको अर्थ “लगभग मृत” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 10:31
κατὰ συνκυρίαν
यो कुनै मानिसले योजना गरेको जस्तो थिएन ।
ἱερεύς τις
यो अभिव्यक्तिले कथामा एउटा नयाँ व्यक्तिलाई चिनाउँछ, तर उसको नामैद्वारा भने चिनाउँदैन । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
καὶ ἰδὼν αὐτὸν
“जब पूजाहारीले त्यो घाइते मानिसलाई देखे ।” किनकि पूजाहारी एक ज्यादै धार्मिक व्यक्ति हुन्, त्यसैले श्रोताहरूले उनले त सहायता गर्लान् भन्ने ठाने । उनले सहायता नगरेकाले यो पदावलीलाई अनपेक्षित परिणामतिर ध्यान खिँच्नको लागि “तर जब उनले त्यसलाई देखे” भनेर उल्लेख गर्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀντιπαρῆλθεν
यो कुरा बुझिएको छ कि उसले त्यस मानिसलाई सहयोग गरेन । वैकल्पिक अनुवादः “उसले घाइते मानिसलाई सहयोग गरेन तर बरु उसबाट तर्केर बाटोको अर्को छेउबाट भएर गयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 10:32
καὶ Λευείτης
लेवीहरूले मन्दिरमा सेवा गर्थे । उसले आफ्नो सङ्गी यहूदी मानिसलाई सहयोग गरेको अपेक्षा गरिन्थ्यो । तर किनकि उसले गरेन, त्यसलाई उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “एकजना लेवी ... उनले सहायता पनि गरेनन्, तर त्यसको साटोमा छेउबाट भएर गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ Λευείτης
यसले नाम उल्लेख नगरी कथामा एउटा नयाँ व्यक्तिको परिचय दिन्छ । हामी उनी सामरियाबाट थिए भन्ने मात्र जान्दछौँ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 10:33
Σαμαρείτης δέ τις
यहूदीहरूले सामरीहरूलाई घृणा गर्थे र उनले त्यो घाइते यहूदी मानिसलाई सहायता गर्दैनन् भनी ठाने । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“जब सामरीले त्यो घाइते मानिसलाई देखे”
ἐσπλαγχνίσθη
“उनी त्यसको निम्ति दुःखित भए”
Luke 10:34
κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον
घाउमा पहिले तेल र दाखमद्य लगाएको हुन सक्छ, र त्यसपछि घाउमा पट्टि बाँधेको हुन सक्छ । वैकल्पिक अनुवादः “उनले घाउमा तेल र दाखमद्य दले र कपडाले बाँधे” (हेर्नुहोस्ः घटनाक्रमहरू)
ἐπιχέων ἔλαιον καὶ οἶνον
दाखमद्यलाई घाउ सफा गर्न प्रयोग गरिन्थ्यो, र तेल सम्भवतः संक्रमण नहोस् भनेर प्रयोग गरिन्थ्यो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई निको पार्नलाई सहायता गर्न तिनीहरूमाथि तेल र दाखमद्य खनाउँदै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ ἴδιον κτῆνος
“उनको आफ्नै भरिएको जनावर ।” यो उनले गह्रौँ भारी बोक्नलाई प्रयोग गर्ने गरेको जनावर थियो । यो सम्भवतः गधा थियो ।
Luke 10:35
δύο δηνάρια
“दुई दिनको ज्याला ।” “दिनार” “दिनारिअस” को बहुवचन हो ।" (हेर्नुहोस्ः बाइबलीय पैसा)
τῷ πανδοχεῖ
“धर्मशालाको मालिक” वा “धर्मशालाको देखरेख गर्ने व्यक्ति”
ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι
यसको क्रमलाई पुनः मिलाएर राख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब म फर्कन्छु, तपाईंले गर्नुभएको जति पनि बढी खर्च हुन्छ सो म तपाईंलाई तिरिदिनेछु”
Luke 10:36
τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι, τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς?
यसलाई दुई प्रश्नहरूको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीलाई कस्तो लाग्छ ? यी तीन जना मानिसमध्ये कुनचाहिँ छिमेकी हो ?”
πλησίον…γεγονέναι
“आफैँलाई एउटा साँचो छिमेकी भएको देखायो”
τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς
“त्यस मानिसलाई जसलाई डाँकूहरूले आक्रमण गरे”
Luke 10:37
πορεύου καὶ σὺ ποίει ὁμοίως
थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यसै गरेर, तिमी पनि जानुपर्छ र मानिसहरूलाई तिमीले सकेको जति सहयोग गर्नुपर्छ” (हेर्नुहोस्ः शब्दलोप)
Luke 10:38
येशू मार्थाको घरमा आउनुहुन्छ जहाँ तिनकी बहिनी मरियमले येशूलाई बडो ध्यानपूर्वक सुन्छिन् ।
ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς
यो शब्दलाई यहाँ एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
“जब येशू र उहाँका चेलाहरू सँगै यात्रा गरिरहेका थिए”
यसले एउटा नयाँ गाउँको परिचय दिन्छ, तर यसको नाम भने उल्लेख गर्दैन ।
γυνὴ δέ τις ὀνόματι Μάρθα
यसले मार्थालाई नयाँ पात्रको रूपमा चिनाउँछ । तपाईंको भाषामा नयाँ मानिसहरूलाई चिनाउने तरिका हुन सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 10:39
παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ Ἰησοῦ
त्यस समयमा यो सिक्नको लागि सामान्य र आदर व्यक्त गर्ने सामान्य शैली थियो । वैकल्पिक अनुवादः “येशूको नजिकै भुइँमा बसे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἤκουεν τὸν λόγον αὐτοῦ
यसले मार्थाको घरमा हुँदा येशूले सिकाउनुभएको सबैकुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुले सिकाउनुभएको सुनिन्” (हेर्नुहोस्ः लक्षणा)
Luke 10:40
ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν
“धेरै व्यस्त” वा “असाध्यै व्यस्त”
οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν?
त्यहाँ गर्नुपर्ने कामहरू धेरै हुँदा पनि प्रभुले मरियमलाई त्यहाँ बसेर उहाँले भन्नुभएका कुरा सुन्न दिनुभएकोमा मार्थाले गुनासो गरिरहेकी छिन् । तिनले प्रभुलाई आदर गर्थिन्, त्यसैले तिनले आफ्नो गुनासोलाई आलङ्कारिक प्रश्नको प्रयोग गरेर नरम बनाइन् । वैकल्पिक अनुवादः “तपाईंले वास्ता नै गर्नुहुन्न जस्तो देखिन्छ ... एक्लै ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 10:41
Μάρθα, Μάρθα
येशूले जोड दिनको लागि मार्थाको नाउँलाई दोहोर्याउनुहुन्छ । वैकल्पिक अनुवादः “प्रिय मार्था” वा “तिमी, मार्था”
Luke 10:42
ἑνός δέ ἐστιν χρεία
येशूले मरियमले गरिरहेकी कुरालाई मार्थाले गरिरहेकी कुरासँग भिन्न भएको देखाउँदै हुनुहुन्छ । यसलाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “साँच्चै आवश्यक परेको एउटै कुरा भनेको मेरो शिक्षालाई सुन्नु हो” वा “मेरो शिक्षालाई सुन्न खाना तयार गर्नभन्दा बढी जरुरी छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς
सम्भावित अर्थहरू हुन् १) “म तिनीबाट यो अवसर खोस्नेछैन” वा २) “मैले भनेको सुन्दा तिनले पाएकी कुराहरू तिनले गुमाउनेछैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 11
लूका ११ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यूएलटीले ११:२-४ मा भएका पङ्क्तिहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्ठमा दायाँतिर राख्छन् किनभने तिनीहरू एउटा विशेष प्रार्थना हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
प्रभुको प्रार्थना
जब येशूका अनुयायीहरूले उहाँलाई प्रार्थना कसरी गर्ने भनेर उहाँलाई सोधे, उहाँले तिनीहरूलाई यो प्रार्थना सिकाउनुभयो । तिनीहरूले हरेक पटक प्रार्थना गर्दा उही शब्दहरू दोहोर्याएको उहाँले अपेक्षा गर्नुभएन, तर तिनीहरूले केको बारेमा प्रार्थना गरेको परमेश्वरले चाहनुहुन्छ भन्ने बारेमा तिनीहरूले जानेको उहाँले इच्छा गर्नुभयो ।
योना
योना पुरानो करारको एक अगमवक्ता थिए जसलाई निनवेको अन्यजाति सहरमा त्यहाँ भएकाहरूलाई पश्चात्ताप गर्नलाई भन्न पठाइएको थियो । जब उनले तिनीहरूलाई पश्चात्ताप गर्नलाई भने, तिनीहरूले पश्चात्ताप गरे । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि पाप, पापूर्ण, पापी, पाप गर्दै अनि पश्चात्ताप गर्नु, पश्चात्ताप)
ज्योति र अन्धकार
बाइबलले धेरैपटक अधर्मी मानिसहरू, परमेश्वरलाई प्रसन्न पार्ने कुराहरू नगर्ने मानिसहरूको बारेमा यसरी बताउँछ मानौँ तिनीहरू अन्धकारमा रुमल्लिरहेका थिए । यसले ज्योतिको बारेमा यसरी बताउँछ मानौँ ती पापी मानिसहरूलाई धर्मी हुन, तिनीहरूले गरिरहेका कुराहरू गलत छन् भनी बुझ्न र परमेश्वरको आज्ञापालन गर्न सुरु गर्नलाई सक्षम पार्ने कुरा ज्योति नै हो । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
धुने
फरिसीहरूले आफ्ना हातहरू र आफूले खान प्रयोग गर्ने भाँडालाई धुन्थे । तिनीहरूले फोहोर नभएका कुराहरू पनि धुन्थे । मोशाको व्यवस्थाले तिनीहरूलाई यी कुराहरू धुनलाई भनेको थिएन, तर जे भएपनि तिनीहरूले ती धुन्थे । यस्तो किन भन्दा तिनीहरू ठान्थे कि यदि तिनीहरूले परमेश्वरले बनाउनुभएको र परमेश्वरले नबनाउनुभएको दुवै नियमहरूको पालना गरे भने परमेश्वरले तिनीहरूलाई अरूभन्दा श्रेष्ठ मानिसहरू ठान्नुहुने थियो । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था अनि शुद्ध पार्नु, शुद्ध)
Luke 11:1
यो कथाको अर्को भागको सुरुवात हो । येशूले उहाँका चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ ।
καὶ ἐγένετο
यो वाक्यांश कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
त्यो चेलाले प्रश्न सोध्नुभन्दा अगाडि येशूले प्रार्थना गर्न सिद्ध्याउनुभयो भन्ने कुरालाई उल्लेख गर्नु अझ बढी स्वभाविक हुन सक्छ । वैकल्पिक अनुवादः “कि येशूले कुनै एक स्थानमा प्रार्थना गरिरहनुभएको थियो । जब उहाँले प्रार्थना गरेर सकाउनुभयो, एकजना”
Luke 11:2
“येशूले उहाँका चेलाहरूलाई भन्नुभयो”
Πάτερ
येशूले परमेश्वर पितालाई प्रार्थना गर्दा उहाँलाई “पिता” भनेर सम्बोधन गरेर उहाँको नामलाई सम्मान गर्नलाई येशूले आज्ञा गरिरहनुभएको छ । यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἁγιασθήτω τὸ ὄνομά σου
“सबैजनालाई तपाईंको नाउँको आदर गर्न लगाउनुहोस् ।” “नाम”ले धेरैपटक सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरूले तपाईंलाई आदर गरून्” (हेर्नुहोस्ः लक्षणा)
ἐλθέτω ἡ βασιλεία σου
परमेश्वरले सबैमाथि शासन गर्नुहुने कार्यलाई यसरी बताइएको छ मानौँ त्यो परमेश्वर आफैँ नै हुनुहुन्छ । वैकल्पिक अनुवादः “तपाईं आउनुहोस् र सबै मानिसहरूमाथि शासन गर्नुहोस्” (हेर्नुहोस्ः लक्षणा)
Luke 11:3
येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनी निरन्तर रूपमा सिकाउनुहुन्छ ।
δίδου ἡμῖν
यो आज्ञाकारी भनाइ हो, तर त्यसलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया हामीलाई दिनुहोस्”
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
रोटी मानिसहरूले दैनिक खाने सस्तो खाना थियो । यहाँ सामान्य खानालाई जनाउन यसलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हामीलाई हरेक दिन आवश्यक पर्ने खाना” (हेर्नुहोस्ः उपलक्षण)
Luke 11:4
ἄφες ἡμῖν…μὴ εἰσενέγκῃς ἡμᾶς
यिनीहरू आज्ञाकारी भनाइहरू हुन्, तर तिनीहरूलाई आदेश जसरीभन्दा पनि अनुरोधको रूपमा अनुवाद गरिनुपर्छ । तिनीहरूलाई यो प्रस्ट बनाउनलाई “कृपया” जस्तो केही कुरा थप्दाखेरी सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया हामीलाई माफ गर्नुहोस् ... कृपया हामीलाई नडोहोर्याउनुहोस्”
“तपाईंको विरुद्धमा पाप गरेकोमा हामीलाई क्षमा दिनुहोस्” वा “हाम्रा पापहरू क्षमा गर्नुहोस्”
“किनभने हामी पनि क्षमा गर्छौं”
παντὶ ὀφείλοντι ἡμῖν
“जसले हाम्रो विरुद्धमा पाप गरेका छन्” वा “जसले हाम्रो विरुद्धमा खराबी गरेका छन्”
μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीलाई परीक्षाबाट टाढा राख्नुहोस्”
Luke 11:5
येशूले आफ्ना चेलाहरूलाई प्रार्थनाबारे निरन्तर रूपमा सिकाउनुहुन्छ ।
χρῆσόν μοι τρεῖς ἄρτους
“मलाई तीनवटा रोटी सापटी लिन देऊ” वा “मलाई तीनवटा रोटी देऊ र म तिमीलाई पछि दिनेछु ।” सत्कार गर्नेसँग उसको पाहुनालाई दिनलाई कुनै खानेकुरा तयार छैन ।
रोटीलाई धेरैपटक सामान्य रूपमा खानेकुरालाई प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “खानाको लागि पर्याप्त हुनेगरी पकाएको खाना” वा “एउटा व्यक्तिलाई खानलाई पुग्नेगरी तयार पारिएको खाना” (हेर्नुहोस्ः उपलक्षण)
Luke 11:6
येशूले एउटा प्रश्नलाई सोध्न सकाउनुहुन्छ जुन पद ५ मा सुरु हुन्छ ।
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मानौँ, तिमीहरूमध्ये कोहीसँग छ ... उसलाई खान दिन केही छैन ।” वा “मानौँ, तिमीसँग छ ... उसलाई खान दिन केही छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
παρεγένετο ἐξ ὁδοῦ πρός με
यो आशय दिइएको छ कि पाहुना चाहिँ उसको घरबाट धेरै टाढा आएका छन् । वैकल्पिक अनुवादः “यात्रा गर्दै थियो र भर्खर मेरो घरमा आएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὃ παραθήσω αὐτῷ
“उसलाई दिन केही खानेकुरा तयार छैन”
Luke 11:7
οὐ δύναμαι ἀναστὰς
“मलाई उठ्न सहज छैन”
Luke 11:8
λέγω ὑμῖν
येशू उहाँका चेलाहरूसँग बोलिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
रोटी माग्ने तिनीहरू नै थिए जस्तै गरी येशूले चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई रोटी दिन किनभने ऊ ... हो ... उसको ... ऊ ... उसलाई चाहिन्छ”
διά γε τὴν ἀναίδειαν αὐτοῦ
भाववाचक नाउँ “खुरन्धारी”लाई हटाउन यो वाक्यांशलाई अरू शब्दहरूमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी लाजै नमानी खुरन्धार गर्छौ” वा “किनकि तिमी साहसी भएर उनलाई मागिरहन्छौ” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 11:9
ὑμῖν λέγω…ὑμῖν…εὑρήσετε…ὑμῖν
उहाँका चेलाहरूले निरन्तर रूपमा प्रार्थना गरून् भनी उत्साह दिनलाई येशूले यी आज्ञाहरू दिनुभयो । केही भाषाहरूलाई यी पदहरूसँगै थप जानकारी चाहिन पनि सक्छ । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “तिमीलाई चाहिएको कुरा मागिराख ... तिमीलाई परमेश्वरबाट चाहिएको कुरा खोजिराख ... त्यसलाई खोज ... ढोकामा ढक्ढक्याइराख” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δοθήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यो तिमीलाई दिनुहुनेछ” वा “तिमीले यो पाउनेछौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κρούετε
ढकढकाउनु भनेको घरभित्र भएको व्यक्तिलाई तपाईं बाहिर उभिरहनुभएको छ भनी जानकारी दिनलाई ढोकामा केही समय हिर्काउनु हो । यसलाई तपाईंको संस्कारमा मानिसहरूले तिनीहरू आइपुगिसकेका छन् भनी दर्शाउने तरिकालाई प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्छ, जस्तै “बोलाउनु” वा “खोक्नु” वा “ताली बजाउनु ।” यहाँ, यसको अर्थ कुनै व्यक्तिले परमेश्वरले जवाफ नदिउञ्जेल उहाँलाई प्रार्थना गरिरहनुपर्छ भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
ἀνοιγήσεται ὑμῖν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो निम्ति ढोका खोलिदिनुहुनेछ” वा “परमेश्वरले तिमीलाई भित्र स्वागत गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 11:11
येशूले उहाँका चेलाहरूलाई प्रार्थनाको बारेमा सिकाउनलाई सकाउनुहुन्छ ।
τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν, καὶ ἀντὶ ἰχθύος, ὄφιν αὐτῷ ἐπιδώσει?
येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कुनै पनि बाबुले ... माछा ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 11:12
ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον?
येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई प्रश्नहरूको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा पनि लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिमीले उसलाई कहिल्यै पनि उसले अण्डा माग्दा बिच्छी दिने थिएनौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
σκορπίον
बिच्छी माकुराजस्तै हुन्छ, तर यसमा विषालु खिल भएको पुच्छर हुन्छ । यदि तपाईं बस्ने ठाउँका मानिसहरूलाई बिच्छी भनेको थहा छैन भने, तपाईंले यसलाई “विषालु माकुरा” वा “डस्ने माकुरा” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Luke 11:13
εἰ…ὑμεῖς πονηροὶ ὑπάρχοντες, οἴδατε
“तिमीहरू दुष्ट हुँदा पनि जान्दछौ भने” वा “तिमीहरू पापीहरू भएर पनि जान्दछौ भने”
πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ, δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν?
“तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले कति बढी निश्चयतासाथ उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ ?” येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई फेरि एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू निर्धक्क हुनसक्छौ कि स्वर्गबाट तिमीहरूका पिताले उहाँसँग ... पवित्र आत्मा दिनुहुनेछ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 11:14
येशूले एउटा गुँगो मानिसबाट भूतात्मा निकाल्नुभएपछि उहाँलाई प्रश्न सोधिन्छ ।
καὶ
लेखकले यो शब्दलाई एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “येशूले एउटा व्यक्तिबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो” वा “येशूले एउटा भूतात्मालाई एकजना मानिसबाट जान लगाउँदै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः शब्दलोप)
ἦν ἐκβάλλων δαιμόνιον κωφόν
भूतात्मासँग मानिसलाई बोल्न निषेध गर्ने शक्ति हुन्छ । वैकल्पिक अनुवादः “भूतात्माले त्यो मानिसलाई बोल्न असक्षम तुल्यायो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐγένετο δὲ
यो शब्दलाई यहाँ क्रियाकलाप सुरु हुने ठाउँलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । जब भूतात्मा मानिसबाट बाहिर आउँछ, केही मानिसहरूले येशूको आलोचना गर्छन्, जुन कुराले येशूले दुष्टात्माहरूको बारेमा सिकाउने कुरातर्फ डोहोर्याउँछ ।
τοῦ δαιμονίου ἐξελθόντος
अतिरिक्त जानकारी थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब भूतात्मा त्यस मानिसबाट बाहिर गइसकेको थियो” वा “जब भूतात्माले मानिसलाई छोड्यो” (हेर्नुहोस्ः शब्दलोप)
ἐλάλησεν ὁ κωφός
“त्यो बोल्न नसक्ने मानिस अब बोल्यो”
Luke 11:15
ἐν Βεελζεβοὺλ
“यसले भूतहरूका शासक, बालजिबुलको शक्तिद्वारा भूतहरू धपाइरहेको छ”
Luke 11:16
येशूले भीडलाई जवाफ दिन थाल्नुहुन्छ ।
ἕτεροι δὲ πειράζοντες
“अरू मानिसहरूले येशूलाई जाँचे ।” तिनीहरूले उहाँको अधिकार परमेश्वरबाट नै आएको थियो भनी उहाँले प्रमाणित गर्नुभएको चाहे ।
σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ’ αὐτοῦ
“र स्वर्गबाट एउटा चिन्ह दिन उहाँसँग अनुरोध गरे” वा “उहाँले स्वर्गबाट एउटा चिन्ह दिनुभएको होस् भनेर माग गरे ।” तिनीहरूले उहाँको शक्ति परमेश्वरबाट आएको हो या होइन भनी यसरी प्रमाणित गर्न खोजे ।
Luke 11:17
βασιλεία
“राज्य”ले यहाँ त्यसमा भएका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कुनै राज्यका मानिसहरू आफू-आफूमा लड्छन् भने, तिनीहरूले तिनीहरूको राज्यलाई ध्वस्त पार्छन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
οἶκος ἐπὶ οἶκον πίπτει
यहाँ “घर”ले परिवारलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परिवारभित्रका सदस्यहरू एकआपससँग लड्छन् भने, तिनीहरूले तिनीहरूको परिवारलाई नाश पार्नेछन्” (हेर्नुहोस्ः लक्षणा)
πίπτει
“भत्किन्छ र नष्ट पारिन्छ ।” यो विनाश भइरहेको घरको रूपकले सदस्यहरू आपसमा लड्दा आइपर्ने परिवारको विनाशलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
Luke 11:18
εἰ…ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη
“शैतान”ले यहाँ शैतानलाई पछ्याउने भूतहरूलाई र साथै शैतान आफैँलाई जनाइरहेको छ । वैकल्पिक अनुवादः “यदि शैतान र त्यसको राज्यका सदस्यहरू तिनीहरूबीच आपसमा लडिरहन्छन् भने” (हेर्नुहोस्ः लक्षणा)
εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ?
येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि शैतानले ... त्यसको राज्य टिक्न सक्दैन ।” वा “यदि शैतानले ... त्यसको राज्य नष्ट हुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὅτι λέγετε, ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια
“किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु ।” उहाँको तर्कको अर्को पक्षलाई स्पष्टसँग बताउन सकिन्छः वैकल्पिक अनुवादः “किनकि तिमीहरूले भन्छौ कि मैले बालजिबुलको शक्तिद्वारा मानिसहरूबाट भूतहरू जान लगाउँछु । त्यसको तात्पर्य शैतान आफ्नै विरुद्धमा विभाजित भएको छ भन्ने हुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:19
εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν?
“यदि मैले ... तिमीहरूका चेलाहरूले कसको शक्तिद्वारा भूतहरूलाई मानिसहरूलाई छोड्न लगाउँछन् ?” येशूले मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूको प्रश्नको अर्थलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यदि मैले ... हामी सहमत हुनुपर्छ कि तिमीहरूका चेलाहरूले बालजिबुलको शक्तिद्वारा भूतहरू धपाउँछन् । तर तिमीहरू यो सत्य हो भनी विश्वास गर्दैनौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτοὶ ὑμῶν κριταὶ ἔσονται
“मैले बालजिबुलको शक्तिद्वारा भूतहरू निकाल्छु भनेकोमा परमेश्वरको शक्तिद्वारा भूतहरू धपाउने तिमीहरूका चेलाहरूले नै तिमीहरूलाई न्याय गर्नेछन्”
Luke 11:20
ἐν δακτύλῳ Θεοῦ
“परमेश्वरको औँला”ले परमेश्वरको शक्तिलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἔφθασεν ἐφ’ ὑμᾶς ἡ Βασιλεία τοῦ Θεοῦ
“यसले देखाउँछ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आएको छ”
Luke 11:21
ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος
येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् । (हेर्नुहोस्ः रूपक)
ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ
“कसैले उसका चीजहरू चोर्न सक्दैन”
Luke 11:22
ἰσχυρότερος αὐτοῦ
येशूले शैतान र त्यसका भूतहरूलाई हराउनुभएको कुराको बारेमा यसले यसरी बताउँछ मानौँ येशू एक बढी बलियो मानिस हुनुहुन्थ्यो जसले ती कुराहरू लिन्छ जुन कम बलियो मानिसका हुन् । (हेर्नुहोस्ः रूपक)
“मानिसका हतियारहरू र सुरक्षा हटाउँछ”
τὰ σκῦλα αὐτοῦ διαδίδωσιν
“उसको सम्पत्ति चोर्छ” वा “उसले चाहेको जति कुराहरू लान्छ”
Luke 11:23
ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστιν; καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει
यसले कुनै पनि व्यक्ति वा कुनै पनि समूहका मानिसहरूलाई जनाउँछ । “जो कोही जो मसँग छैन त्यो मेरो विरुद्धमा छ, र जो कोही जसले मसँग बटुल्दैन त्यसले छरपष्ट पार्छ” वा “तिनीहरू जो मसँग छैनन् तिनीहरू मेरो विरुद्धमा छन्, र तिनीहरू जसले मसँग बटुल्दैनन् तिनीहरूले छरपष्ट पार्छन्”
ὁ μὴ ὢν μετ’ ἐμοῦ
“जसले मलाई समर्थन गर्दैन” वा “जसले मसँग काम गर्दैन”
κατ’ ἐμοῦ ἐστιν
“मेरो विरुद्धमा काम गर्छ”
ὁ μὴ συνάγων μετ’ ἐμοῦ, σκορπίζει
येशूले उहाँलाई पछ्याउने चेलाहरूलाई भेला गर्ने कुरालाई जनाइरहनुभएको छ । यसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो जो कोही जसले मानिसहरूलाई आउने र मलाई पछ्याउने बनाउँदैन त्यसले तिनीहरूलाई मबाट टाढा जाने बनाउँछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:24
ἀνύδρων τόπων
यसले “उजाड-स्थान”लाई जनाउँछ जहाँ दुष्ट आत्माहरू भौँतारिन्छन् ।
καὶ μὴ εὑρίσκον, λέγει, ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον
“यदि दुष्ट आत्माले त्यहाँ कुनै आराम पाएन भने”
τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον
यसले ऊ बस्ने गरेको मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “म बस्ने गरेको व्यक्तिमा” (हेर्नुहोस्ः रूपक)
Luke 11:25
εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον
यो अलङ्कारले व्यक्तिको बारेमा यसरी बताउँछ मानौँ ऊ एउटा घर हो जसलाई बडारेर सफा बनाइएको छ र मालसामानलाई तिनीहरूको ठीक ठाउँमा राखिएको छ । यो आशय दिइएको छ कि घर चाहिँ अझै पनि खाली नै छ । त्यस जानकारीलाई स्पष्ट बनाउँदै यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्तिलाई कसैले कुच्चो लगाएर सफा बनाएको र हरेक थोक जहाँ हुनुपर्ने त्यहीँ राखेको, तर रीत्तो छोडेको घरको रूपमा पाउँछ” वा वा “त्यो व्यक्तिलाई सफा र सुव्यवस्थित बनाएर राखिएको घरजस्तै भएको, तर रीत्तै रहेको पाउँछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Luke 11:26
γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων
“पहिलो” शब्दले अशुद्ध आत्माले त्यस मानिसलाई छोड्नभन्दा अगाडि उससँग अशुद्ध आत्मा भएको अवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “आत्माले छोड्नभन्दा अगाडिको उसको अवस्थाभन्दा बढी खराब” (हेर्नुहोस्ः शब्दलोप)
Luke 11:27
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटी स्त्रीले आशिष्को वचन बोल्छिन् र येशूले जवाफ दिनुहुन्छ ।
ἐγένετο δὲ
यो वाक्यांशलाई यहाँ कथामा एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐπάρασά…φωνὴν…εἶπεν
यो उपमाको अर्थ “भीडको हल्लाभन्दा पनि चर्को स्वरले चिच्च्याई” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας
स्त्रीका अङ्गहरूलाई समग्र स्त्रीलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंलाई जन्माउने र दूध चुसाउने स्त्रीका निम्ति यो कति असल छ” वा “तपाईंलाई जन्माउने र दूध चुसाउने स्त्री कति खुशी होलिन्” (हेर्नुहोस्ः उपलक्षण)
Luke 11:28
μενοῦν, μακάριοι
“यो तिनीहरूको लागि झन् असल छ”
τὸν λόγον τοῦ Θεοῦ
“परमेश्वरले बोल्नुभएको सन्देश सुन्नु”
Luke 11:29
येशूले भीडलाई सिकाइरहनुहुन्छ ।
τῶν δὲ ὄχλων ἐπαθροιζομένων
“जसै अरू बढी मानिसहरू भीडमा सम्मिलित भइरहेका थिए” वा “जसै भीड ठूलो भइरहेको थियो”
ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν; σημεῖον ζητεῖ
यहाँ “पुस्ता”ले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस समय जिइरहेका मानिसहरू दुष्ट मानिसहरू हुन् । तिनीहरूले ... खोज्छन् ... तिनीहरूलाई ... ” वा “यस समयमा जिइरहेका तिमी मानिसहरू दुष्ट मानिसहरू हौ । तिमीहरू ... खोज्छौ ... तिमीहरूलाई ... ”
σημεῖον ζητεῖ
यसले कस्तो किसिमको चिन्ह खोज्छ भन्ने बारेमा भएको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले म परमेश्वरबाट आएको हुँ भन्ने कुराको प्रमाणको रूपमा मैले कुनै आश्चर्यकर्म गरेको चाहन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
σημεῖον οὐ δοθήσεται αὐτῇ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यसलाई कुनै चिन्ह दिनुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ σημεῖον Ἰωνᾶ
“योनालाई के भयो” वा “परमेश्वरले योनाको लागि गर्नुभएको आश्चर्यकर्म”
Luke 11:30
καθὼς…ἐγένετο Ἰωνᾶς τοῖς Νινευείταις σημεῖον, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τῇ γενεᾷ ταύτῃ
यसको तात्पर्य हुन्छ कि जसरी योनाले निनवेवासीहरूका निम्ति चिन्हको काम गरेका थिए, त्यसरी नै येशूले पनि त्यस बेलाका यहूदीहरूका निम्ति चिन्हको काम गर्नुहुने थियो ।
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो ।
τῇ γενεᾷ ταύτῃ
“आज जिइरहेका मानिसहरू”
Luke 11:31
βασίλισσα νότου
यसले शेबाकी रानीलाई जनाउँछ । शेबा इस्राएलको दक्षिणपट्टि पर्ने एउटा राज्य थियो ।
ἐγερθήσεται…μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης
“खडा हुनेछिन् र यो समयका मानिसहरूलाई न्याय गर्नेछिन्”
ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς
यो टुक्काको अर्थ तिनी धेरै टाढाबाट आइन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनी निकै लामो दूरी आइन्” वा “तिनी धेरै टाढाको ठाउँबाट आइन्” (हेर्नुहोस्ः टुक्काहरू)
πλεῖον Σολομῶνος ὧδε
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, जो सोलोमनभन्दा महान् छु, यहाँ छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πλεῖον Σολομῶνος ὧδε
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म सोलोमनभन्दा महान् हुँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:32
ἄνδρες Νινευεῖται
यो कुरा स्पष्टसँग उल्लेख गर्दा सहोयगी हुन सक्छ कि यसले निनवेको प्राचीन सहरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो निनवेको प्राचीन सहरमा बस्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἄνδρες
यसले पुरुष र स्त्रीहरू दुवैलाई समावेश गर्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
τῆς γενεᾶς ταύτης
“यस समयका मानिसहरू”
“किनकि निनवेका मानिसहरूले पश्चात्ताप गरे”
πλεῖον Ἰωνᾶ ὧδε
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । तिनीहरूले येशूलाई सुनेका छैनन् भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “म योनाभन्दा महान् भएतापनि, तिमीहरूले अझै पश्चात्ताप गरेका छैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:33
३३-३६ पदहरू एउटा अलङ्कार हुन् जहाँ येशूले उहाँको शिक्षालाई “ज्योति”को रूपमा बताउनुहुन्छ जसलाई उहाँका चेलाहरूले आज्ञापालन गरेको र अरूहरूसँग बाँडेको चाहनुहुन्छ । उहाँले उहाँको शिक्षालाई ग्रहण नगर्ने मानिसहरूलाई तिनीहरू “अन्धकार”मा भइरहेको झैँ गरी बताउनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
येशूले भीडलाई सिकाउन सिद्ध्याउनुहुन्छ ।
κρύπτην
“त्यसलाई लुकाउँछ वा कुनै डालामुनि राख्दछ”
ἀλλ’ ἐπὶ τὴν λυχνίαν
यस वाक्यांशमा बुझिएको कर्ता र क्रियापदलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यो व्यक्तिले त्यसलाई कुनै सामदानमा राख्दछ” वा “तर त्यो व्यक्तिले त्यसलाई कुनै टेबुलमाथि राख्दछ” (हेर्नुहोस्ः शब्दलोप)
Luke 11:34
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου
अलङ्कारको यस भागमा, तिनीहरूले येशूले गर्नुभएका देखेका कुराहरूले समझ प्रदान गर्यो जसरी आँखाले शरीरको लागि ज्योति प्रदान गर्छ । वैकल्पिक अनुवादः “तिम्रो आँखा शरीरको ज्योति झैँ हो” (हेर्नुहोस्ः रूपक)
आँखा दर्शनको लागि प्रतिस्थापन हो । (हेर्नुहोस्ः लक्षणा)
शरीर व्यक्तिको जीवनको एउटा समग्रता बुझाउने अलङ्कार हो । (हेर्नुहोस्ः उपलक्षण)
ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν
यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ असल हुन्छ” वा “जब तिमीले राम्ररी देख्छौ” (हेर्नुहोस्ः लक्षणा)
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्योतिले तिम्रो सारा शरीरलाई भर्नेछ” वा “तिमीले सबैकुरा प्रस्टसँग देख्न सक्ने हुनेछौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν
यहाँ “आँखा” दर्शनको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “जब तिम्रो हेराइ खराब हुन्छ” वा “जब तिमीले धमिलोसँग देख्छौ” (हेर्नुहोस्ः लक्षणा)
“तिमीले केही कुरा पनि देख्न सक्नेछैनौ”
Luke 11:35
σκόπει…μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν
“पक्का गर कि तिमीले जे ज्योति हो भनेर सोच्छौ त्यो वास्तवमा अन्धकार होइन” वा “पक्का गर कि के ज्योति हो र के अन्धकार हो भनेर तिमी जान्दछौ”
Luke 11:36
ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε
येशूले उही सत्यतालाई एउटा उपमाको रूपमा व्यक्त गर्नुहुन्छ । उहाँले सत्यताले भरिपूर्ण भएका मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै बत्ती हुन् जो चम्किलो गरी बल्छन् । (हेर्नुहोस्ः उपमा)
Luke 11:37
येशूलाई एउटा फरिसीको घरमा खानलाई निम्त्याइएको छ ।
ἐν δὲ τῷ λαλῆσαι
लेखकले यी शब्दहरू एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀνέπεσεν
यो जस्तै आरामदायी तवरले खाने भोजनको बेलामा मानिसहरू टेबुलको वरिपरि सजिलोसँग ढल्केर खाने चलन थियो । मानिसहरूले खाने बेलामा तिनीहरूको शरीर कस्तो तरिकाले ढल्काउँछन् त्यसलाई वर्णन गर्न तपाईंको भाषाले प्रयोग गर्ने शब्दको प्रयोग गर्दै अनुवाद गर्न तपाईंलाई इच्छा हुन सक्छ । वैकल्पिक अनुवादः “टेबुलमा बस्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:38
οὐ πρῶτον ἐβαπτίσθη
परमेश्वरको सामु रीतिपूर्वक शुद्ध हुनको लागि मानिसहरूले तिनीहरूका हातहरू धुनुपर्छ भन्ने फरिसीहरूको नियम थियो । वैकल्पिक अनुवादः “उहाँको हात धुनु” वा “विधिपूर्वक रूपमा शुद्ध हुनलाई उहाँको हातहरू धुन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:39
ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας
येशूले एउटा अलङ्कारले प्रयोग गर्दै फरिसीसँग कुरा गर्न थाल्नुहुन्छ । तिनीहरूले कचौराहरू र थालहरू सफा गर्ने तरिकालाई तिनीहरूले आफैँलाई कसरी शुद्ध गराउँछन् भन्ने कुरासँग उहाँले तुलना गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ὑμεῖς…τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε
भाँडाहरूको बाहिरपट्टि धुने फरिसीहरूको विधिको एउटा भाग थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας
यो अलङ्कारले तिनीहरूले भाँडाको बाहिरी भागलाई ध्यान दिएर सफा गर्ने र तिनीहरूले आफ्नै आन्तरिक अवस्थालाई बेवास्ता गर्ने कुराको बीचमा भएको भिन्नतालाई देखाउँछ । (हेर्नुहोस्ः रूपक)
Luke 11:40
ἄφρονες
हुन त येशूले यहाँ कुरा गरिरहनुभएको सबै फरिसीहरू पुरुषहरू थिए, यो अभिव्यक्तिले पुरुषहरू वा स्त्रीहरू दुवैलाई जनाउन सक्छ ।
οὐχ ὁ ποιήσας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν ἐποίησεν?
तिनीहरूका हृदयमा भएको कुरा नै परमेश्वरले मतलब गर्नुहुने कुरा हो भन्ने नबुझेकोमा फरिसीहरूलाई हप्काउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले बाहिरको बनाउनुभयो उहाँले भित्रको पनि बनाउनुभयो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 11:41
τὰ ἐνόντα δότε ἐλεημοσύνην
यसले तिनीहरूले आफ्ना कचौराहरू र थालहरूसँग के गरिरहेको हुनुपर्थ्यो भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका गिलासहरू र कचौराहरू भित्र भएका कुराहरू गरिबहरूलाई देओ” वा “गरिबहरूप्रति दयावान् होओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντα καθαρὰ ὑμῖν ἐστιν
“तिमी पूर्णतया शुद्ध हुनेछौ” वा “तिमी भित्र र बाहिर दुवैतिर शुद्ध हुनेछौ”
Luke 11:42
ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ πήγανον, καὶ πᾶν λάχανον
“तिमीहरूले पुदिना, सुप र तिमीहरूको बगैँचाबाट उत्पादन हुने चीजहरूको दश भागमा एक भाग परमेश्वरलाई दिन्छौ ।” येशूले फरिसीहरू आफ्नो आय स्रोतको दशांश दिनमा कति उग्र थिए भन्ने उदाहरण दिइरहनुभएको थियो ।
τὸ ἡδύοσμον, καὶ τὸ πήγανον
यी जडीबुटीहरू हुन् । मानिसहरूले तिनीहरूका खानेकुरामा स्वादको लागि तिनलाई थोरै हाल्छन् । यदि मानिसहरूलाई पुदिना र सुप भन्ने थाहा छैन भने, तपाईंले उनीहरूलाई थाहा भएको जडीबुटीहरूका नाम वा “जडीबुटी” जस्ता साधारण अभिव्यक्तिलाई प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
πᾶν λάχανον
सम्भावित अर्थहरू हुन् १) “अन्य हरेक सागपात” २) “ बगैँचाका अन्य हरेक जडीबुटी” वा ३) “बगैँचाको अन्य हरेक बोटबिरुवा ।”
τὴν ἀγάπην τοῦ Θεοῦ
“परमेश्वरलाई प्रेम गर्न” वा “परमेश्वरको लागि प्रेम ।” परमेश्वर नै हुनुहुन्छ जसलाई प्रेम गरिन्छ ।
κἀκεῖνα μὴ παρεῖναι
“नचुकाइकन”ले जोड दिन्छ कि यो सधैँ गरिनुपर्छ । यसलाई सकारात्मक कथन (करण) को रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सदैव अरू असल कुराहरू पनि गर” (हेर्नुहोस्ः निषेधात्मक)
Luke 11:43
येशूले फरिसीसँग कुरा गर्न सकाउनुहुन्छ ।
τὴν πρωτοκαθεδρίαν
“उत्तम आसनहरू”
τοὺς ἀσπασμοὺς
“मानिसहरूले तिमीहरूलाई विशेष सम्मानले अभिवादन गरेको तिमीहरू मन पराउँछौ”
Luke 11:44
ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν
फरिसीहरू चिनो नलगाइएका चिहानहरूजस्ता थिए किनभने तिनीहरू रीतिअनुसार शुद्ध देखिन्थे, तर तिनीहरूले आफ्नो वरिपरि रहेकाहरूलाई अशुद्ध बनाउँथे । (हेर्नुहोस्ः उपमा)
μνημεῖα
यो चिहान मृत लाशलाई गाड्नलाई जमिनमा खनिएको खाडल थियो । यसमा अरूहरूले देखून् भनेर मानिसहरूले सामान्यतया चिहानमा राख्ने सेतो ढुङ्गा हुँदैन थियो ।
οὐκ οἴδασιν
जब मानिसहरू चिहानमाथि हिँड्थे, तिनीहरू विधिअनुसार अशुद्ध हुन्थे । यी चिन्ह नलगाइएका चिहानहरूले तिनीहरूलाई अन्जानमा त्यसो गर्न लगायो । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो पत्तो नपाइकन र विधिपूर्वक रूपमा अशुद्ध भएर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:45
येशूले एक यहूदी शिक्षकलाई जवाफ दिन थाल्नुहुन्छ ।
τις τῶν νομικῶν
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ταῦτα λέγων, καὶ ἡμᾶς ὑβρίζεις
फरिसीहरूको बारेमा भएका येशूका टिप्पणीहरू यहूदी नियमहरूका शिक्षकहरूलाई पनि लागु भए झैँ देखियो ।
Luke 11:46
καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί
येशूले यो प्रस्ट बनाउनुहुन्छ कि उहाँले फरिसीहरूको साथसाथै व्यवस्थाका शिक्षकहरूको कामहरूलाई पनि दोष लगाउने अभिप्राय गर्नुभयो ।
φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα
“तिमीहरूले मानिसहरूमाथि तिनीहरूले बोकून् भनेर अति गह्रौँ भार राखिदिन्छौ र तिनीहरूले ती बोक्न सक्दैनन् ।” कसैले मानिसहरूलाई धेरै नियमहरू दिनुलाई तिनीहरूलाई बोक्नलाई गह्रौँ हुने थोकहरू बोक्न दिएको हो जस्तै गरी येशूले बताउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई तिनीहरूले पालन गरून् भनेर अति धेरै नियमहरू दिएर भार बोकाउँछौ” (हेर्नुहोस्ः रूपक)
αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις
सम्भावित अर्थहरू हुन् १) “तर तिमीहरूले मानिसहरूलाई ती बोझहरू बोक्नलाई केही सहायता गर्दैनौ” वा २) “ती बोझहरू तिमीहरू आफैँ बोक्न कुनै पनि प्रयास गर्दैनौ ।”
Luke 11:48
μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν
येशूले फरिसीहरू र व्यवस्थाका शिक्षकहरूलाई हप्काउँदै हुनुहुन्छ । तिनीहरूलाई अगमवक्ताहरूका हत्याबारे थाहा थियो, तर तिनीहरूलाई मारेकोमा तिनीहरूका पुर्खाहरूको तिनीहरूले निन्दा गरेनन् । वैकल्पिक अनुवादः “त्यसैले, तिनीहरूको आलोचना गर्नुको साटोमा, तिमीहरू पुष्टि गर्छौ र सहमत हुन्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 11:49
διὰ τοῦτο
यसले व्यवस्थाका शिक्षकहरूले मानिसहरूलाई नियमहरूसँग लदाएको बारेमा भएको अघिल्लो भनाइलाई जनाउँछ ।
ἡ σοφία τοῦ Θεοῦ εἶπεν
“बुद्धि”को विषयमा यसरी बताइएको छ मानौँ त्यसले परमेश्वरको लागि बोल्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको बुद्धिमा भन्नुभयो” वा “परमेश्वरले बुद्धिमानीपूर्वक भन्नुभयो” (हेर्नुहोस्ः मानवीकरण)
ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν
“म मेरा मानिसहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूलाई परमेश्वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो कि उहाँले अगमवक्ताहरू र प्रेरितहरू पठाउनुहुने थियो ।
ἀποκτενοῦσιν καὶ διώξουσιν
“मेरा मानिसहरूले केही अगमवक्ताहरू र प्रेरितहरूलाई सताउनेछन् र मार्नेछन् ।” येशूले कुरा गरिरहनुभएको यहूदी मानिसहरूको पूर्खाहरूले अगमवक्ताहरू र प्रेरितहरूलाई मार्नेछन् भनेर परमेश्वरले अगाडिबाट नै घोषणा गर्नुभएको थियो ।
Luke 11:50
ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυννόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τῆς γενεᾶς ταύτης
ती मानिसहरू जससँग येशू कुरा गरिरहनुभएको थियो, तिनीहरूलाई तिनीहरूका पूर्खाहरूद्वारा भएको अगमवक्ताहरू हत्याको लागि जिम्मेवार बनाइनेछ । वैकल्पिक अनुवादः “त्यसैकारण, परमेश्वरले यस पुस्तालाई मानिसहरूले मारेका अगमवक्ताहरूको सबै मृत्युहरूको लागि जिम्मेवार ठहराउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
τὸ αἷμα…τὸ ἐκχυννόμενον
“रगत बहाइएको” भन्नाले तिनीहरूलाई मार्दा रगत बगेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूको हत्या” (हेर्नुहोस्ः लक्षणा)
Luke 11:51
Ζαχαρίου
यिनी सम्भवतः पुरानो करारमा भएका एक पूजाहारी थिए जसले इस्राएलका मानिसहरूलाई मूर्तिपूजाको लागि हप्काए । यिनी बप्तिस्मा-दिने यूहन्नाका बुबा थिएनन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले मारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 11:52
τοῖς νομικοῖς
येशूले यहूदी शिक्षकलाई जवाफ दिन सकाउनुहुन्छ ।
ἤρατε τὴν κλεῖδα τῆς γνώσεως
येशूले परमेश्वरको सत्यताको बारेमा यसरी बताउनुहुन्छ मानौँ त्यो कुन घरमा थियो जहाँ शिक्षकहरू प्रवेश गर्न इन्कार गर्छन् र अरूहरूलाई पनि भित्र प्रवेश गर्ने साँचो लिन दिँदैनन् । यसको अर्थ हुन्छ कि शिक्षकहरूले परमेश्वरलाई साँचो रूपमा जान्दैनन्, र तिनीहरूले अरूहरूलाई पनि उहाँलाई राम्ररी चिन्नबाट रोक्छन् । (हेर्नुहोस्ः रूपक)
τὴν κλεῖδα
यसले घर वा भण्डार कोठामा पस्ने माध्यमको प्रतिनिधित्व गर्छ ।
αὐτοὶ οὐκ εἰσήλθατε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε
“तिमीहरू आफैँ पनि ज्ञान पाउनलाई भित्र पस्दैनौ”
Luke 11:53
κἀκεῖθεν ἐξελθόντος αὐτοῦ
यो कथाको त्यस भागको अन्त्य हो जहाँ येशू फरिसीको घरमा खानुहुन्छ । यी पदहरूले कथाको मुख्य भाग सकिएपछि के हुन्छ भन्ने विषयमा बताउँछ ।
“येशू फरिसीको घरबाट जानुभएपछि”
शास्त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् ।
Luke 11:54
ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ
यसको अर्थ हुन्छ कि येशूले कुनै गलत कुरा भनेको तिनीहरू चाहन्थे ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् । शास्त्रीहरू र फरिसीहरूले तिनीहरूको दृष्टिकोणको बचाउ गर्नको लागि विवाद गरेनन्, तर येशूलाई फसाउनको लागि ताकि तिनीहरूले उहाँलाई परमेश्वरको व्यवस्था तोड्नुभएको आरोप लगाउन सकून् । (हेर्नुहोस्ः रूपक)
Luke 12
लूका १२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“आत्माको विरुद्धको ईश्वरनिन्दा”
कसैले पनि निश्चय गरी जान्दैन मानिसहरूले त्यस्तो के काम गर्छन् वा के शब्दहरू भन्छन् जब तिनीहरूले यो पाप गर्छन् । तर जे होस्, तिनीहरूले सम्भवतः पावित्र आत्मा र उहाँको कामलाई अपमान गर्छन् । पवित्र आत्माको कामको एउटा भाग चाहिँ मानिसहरूलाई तिनीहरू पापी हुन् र तिनीहरूलाई क्षमा गर्न तिनीहरूलाई परमेश्वरको खाँचो छ भनी बुझाउनु हो । त्यसैकारण, जो कोही जसले पाप गर्नलाई बन्द गर्ने कोसिस गर्दैन, उसले सम्भवतः आत्माको विरुद्धमा ईश्वरनिन्दा गरिरहेको छ । (हेर्नुहोस्ः निन्दा, निन्दा गर्नु अनि पवित्र आत्मा, परमेश्वरका आत्मा, प्रभुका आत्मा)
सेवकहरू
परमेश्वरले उहाँका मानिसहरूले यो सम्झेको अपेक्षा गर्नुहुन्छ कि संसारमा भएका सबै कुराहरू परमेश्वरका हुन् । परमेश्वरले उहाँका मानिसहरूलाई विभिन्न चीजहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएको सबै कुराबाट उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुराबाट तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्नुहुनेछ । उहाँले तिनीहरूलाई इनाम दिनुहुनेछ जसले उहाँले चाहनुभएको कुरा गरेका छन्, र तिनीहरूलाई दण्ड दिनुहुनेछ जसले गरेका छैनन् ।
विभाजन
येशू जान्नुहुन्थ्यो कि तिनीहरू जसले उहाँलाई पछ्याउन रोज्दैनन्, तिनीहरूले उहाँलाई पछ्याउन रोज्नेहरूलाई घृणा गर्नेछन् । उहाँले यो पनि जान्नुहुन्थ्यो कि अधिकांश मानिसहरूले अरू कसैलाई भन्दा पनि तिनीहरूका परिवारहरूलाई प्रेम गर्छन् । त्यसैले उहाँलाई पछ्याउनेहरूले यो बुझेको उहाँ चाहनुहुन्थ्यो कि तिनीहरूलाई तिनीहरूको परिवारले प्रेम गरेको चाहनुभन्दा पनि उहाँलाई पछ्याउने र प्रसन्न तुल्याउने कुरा चाहिँ तिनीहरूको लागि बढी महत्त्वपूर्ण हुनुपर्थ्यो (लूका १२:५१-५६) ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका १२:८) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू कसैको बारेमा बताएको जस्तै गरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 12:1
येशूले उहाँका चेलाहरूलाई हजारौँ मानिसहरूको अगाडि सिकाउन थाल्नुहुन्छ ।
ἐν οἷς
यो सम्भवतः शास्त्रीहरू र फरिसीहरूले उहाँलाई जालमा पार्ने कुनै उपाय खोजिरहेको बेलामा हो । लेखकले यी शब्दहरू नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
यो पृष्ठभूमि जानकारी हो जसले कथाको परिवेशको विषयमा बताउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους
“एउटा धेरै ठुलो भीड”
ὥστε καταπατεῖν ἀλλήλους
त्यहाँ यति धेरै मानिसहरूको भीड लागेको थियो कि तिनीहरूले एकअर्कालाई कुल्चन सक्थे भनी व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “तिनीहरूले एउटाले अर्कालाई टेकिरहेका थिए” वा “तिनीहरूले एकअर्काको खुट्टामा टेकिरहेका थिए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον
“येशूले पहिले आफ्ना चेलाहरूसँग कुरा गर्न सुरु गर्नुभयो, र तिनीहरूलाई भन्नुभयो”
προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις
जसरी खमिर रोटीको पिठोको डल्लाभरी फैलिन्छ, त्यसरी नै तिनीहरूको पाखण्डीपन पनि सारा समुदायभरी फैलँदै थियो । वैकल्पिक अनुवादः “तिमीहरू आफैँलाई फरिसीहरूको पाखण्डीपनबाट सुरक्षित राख, जुन खमिर जस्तै हो” वा “होशियार रहो कि तिमीहरू पनि फरिसीहरूजस्तै पाखण्डी नहोओ । जसरी खमिरले पिठोको पूरै डल्लोलाई असर पार्छ, त्यसरी नै तिनीहरूको व्यवहारले हरेकलाई प्रभाव पार्छ” (हेर्नुहोस्ः रूपक)
Luke 12:2
δὲ
“तर” शब्दले यस पदलाई फरिसीहरूको पाखण्डीपनको बारेमा भएको अघिल्लो पदसँग जोड्छ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
οὐδὲν…συνκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται
“लुकाइएको हरेक कुरा प्रकट गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले गोप्य रीतिले गर्ने सबैकुराहरूको बारेमा मानिसहरूले थाहा पाउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐδὲν…συνκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται
वाक्यको सत्यतालाई जोड दिनलाई यसले वाक्यको पहिलो खण्डले जस्तै उही अर्थ दिन्छ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ती सबै कुराहरूको बारेमा जान्नेछन् जुन अरूहरूले लुकाउन कोसिस गर्छन्” (हेर्नुहोस्ः समान्तरता अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:3
ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε
यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । अनि “ज्योति”चाहिँ “दिन”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । “सुनिनेछ” भन्ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले जे पनि राती गोप्यमा भनेका छौ, मानिसहरूले त्यो दिनको उज्यालोमा सुन्ने छन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
πρὸς τὸ οὖς ἐλαλήσατε
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिलाई कानेखुसी गरेको” (हेर्नुहोस्ः उपलक्षण)
ἐν τοῖς ταμείοις
“बन्द गरिएको कोठामा ।” यसले गोप्य कुराकानीलाई जनाउँछ । वैकल्पिक अनुवादः “गोप्यतामा” वा “गोप्य तवरले”
κηρυχθήσεται
“ठूलो स्वरमा भनिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले घोषणा गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπὶ τῶν δωμάτων
इस्राएलमा घरको छत समतल परेको हुन्थ्यो, त्यसैले मानिसहरू त्यसमाथि गएर उभिन सक्थे । यदि घरको छानामाथि कसरी जाने भनी सोचेर पाठकहरू भ्रममा पर्छन् भने, यसलाई “मानिसहरूले सुन्न सक्ने अग्ला ठाउँहरूबाट” भन्नेजस्ता सामान्य अभिव्यक्तिसँगै अनुवाद गर्न सकिन्छ ।
Luke 12:4
λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου
उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँका चेलाहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, नडराउने विषयमा कुरा गर्न ।
μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι
“तिनीहरूले अरू कुनै हानि गर्न सक्दैनन्”
Luke 12:5
φοβήθητε τὸν…ἔχοντα ἐξουσίαν
“एक परमेश्वर” वाक्यांशले परमेश्वरलाई जनाउँछ । यसलाई फरक शब्दहरूमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको भय मान जससित ... अधिकार हुन्छ” वा “परमेश्वरको भय मान, किनभने ... अधिकार हुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μετὰ τὸ ἀποκτεῖναι
“उहाँले तिमीहरूलाई मारेपछि”
Γέενναν
मानिसहरूलाई न्याय गर्नलाई परमेश्वरको अधिकारको बारेमा यो एउटा सामान्य कथन हो । यसको अर्थ यो होइन कि यो कुरा चेलाहरूलाई हुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई नरकमा फ्याँक्ने अधिकार छ”
Luke 12:6
οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο?
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि केवल दुईवटा स-साना सिक्कामा पाँचवटा भङ्गेराहरू बेचिन्छन् ।” (युडीबी) (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
στρουθία
धेरै साना, बिउ खाने चराहरू
ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू कसैलाई कहिल्यै बिर्सनुहुन्न” वा “परमेश्वरले वास्तवमा हरेक भङ्गेरालाई सम्झनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि निषेधात्मक)
Luke 12:7
καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको शिरमा कतिवटा केश छन् भनेर पनि परमेश्वर जान्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε
डरको कारणलाई उल्लेख गरिएको छैन । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूलाई के हुनेछ भनी नडराओ” वा २) “त्यसैले तिमीहरूलाई चोट पुर्याउन सक्ने मानिसहरूदेखि नडराओ ।”
“परमेश्वरले धेरै भङ्गेरालाई भन्दा तिमीहरूलाई बढी मूल्यको ठान्नुहुन्छ”
Luke 12:8
λέγω δὲ ὑμῖν
उहाँको प्रवचन एउटा नयाँ विषयमा फेरिएको कुरालाई अङ्कित गर्नलाई येशूले उहाँलाई सुनिरहेका मानिसहरूलाई पुनः सम्बोधन गर्नुहुन्छ, अहिले चाहिँ, स्वीकार गर्ने विषयमा कुरा गर्न ।
πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων
के कुरा स्वीकार गरिएको हो भनेर प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूलाई भन्छ” वा “ऊ मप्रति बफादार छ भनी अरूको सामु स्वीकार गर्ने जो कोही पनि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει, ἐν αὐτῷ
येशूले आफैँलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र”
Luke 12:9
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων
“जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्छ ।” के कुरा इन्कार गरिएको हो भनेर प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले ऊ मेरो चेला हो भनी अरूहरूका सामु स्वीकार गर्न इन्कार गर्छ” वा “यदि कसैले ऊ मप्रति बफादार छ भनी भन्न इन्कार गर्छ भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπαρνηθήσεται
“अस्वीकार गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्रले उसलाई इन्कार गर्नेछन्” वा “ऊ मेरो चेला हो भनी म इन्कार गर्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:10
καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου
“हरेक जसले मानिसको पुत्रको बारेमा कुनै खराब कुरा भन्छ”
ἀφεθήσεται αὐτῷ
“उसलाई माफ गरिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई त्यसको निम्ति क्षमा गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“पवित्र आत्माको विरुद्धमा खराबी बोल्छ”
οὐκ ἀφεθήσεται
यसलाई कर्तृ वाच्यको कृयापदसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उसलाई ... परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछैन” वा “तर उसलाई ... परमेश्वरले उसलाई सधैँको लागि दोषी ठान्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि निषेधात्मक)
Luke 12:11
ὅταν…εἰσφέρωσιν ὑμᾶς
तिनीहरूलाई कसले न्यायमा ल्याउँछन् भन्ने कुरालाई उल्लेख गरिएको छैन ।
ἐπὶ τὰς συναγωγὰς
“धार्मिक अगुवाहरूको अगि सभाघरहरूभित्र तिमीहरूलाई प्रश्न सोध्न” (युडीबी)
τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας
यिनीहरूलाई एउटै भनाइमा जोडेर राख्न जरुरी हुन सक्छ । वैकल्पिक अनुवादः “देशमा शक्ति भएका अरू मानिसहरू”
Luke 12:12
ἐν αὐτῇ τῇ ὥρᾳ
“त्यो समयमा” वा “तब”
Luke 12:13
εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो । एउटा मानिसले येशूलाई केही गरिदिनको लागि भन्छ र येशूले जवाफ दिनुहुन्छ ।
μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν
त्यस संस्कृतिमा अंश चाहिँ, सामान्यतया बाबु मरेपछि उनीबाट आउँथ्यो । भन्ने मान्छेको बाबु सम्भवतः मरेका थिए भनेर स्पष्ट बनाउन तपाईंलाई आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा बाबुको जायजेथा मसँग बाँड्न किनकि हाम्रा बाबुको अब मृत्यु भएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 12:14
ἄνθρωπε
सम्भावित अर्थहरू हुन् १) यो एउटा नचिनेको मानिसलाई बोलाउने सामान्य शैली हो वा २) येशूले त्यो मानिसलाई हप्काइरहनुभएको थियो । तपाईंको भाषामा यीमध्ये कुनै एउटा किसिमले मानिसहरूलाई बोलाउने तरिका हुनसक्छ । केहीले यो शब्दलाई अनुवाद नै गर्दैनन् ।
τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς?
येशूले त्यस मानिसलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । केही भाषाहरूले “तिमी” वा “तिम्रो” लाई बहुवचनमा पनि प्रयोग गर्न सक्छन् । वैकल्पिक अनुवादः “म तिम्रो न्यायाधीश वा मध्यस्थकर्ता होइन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 12:15
εἶπεν…πρὸς αὐτούς
यहाँको “तिनीहरू” ले सम्भवतः सारा भीडलाई जनाउँछ । वैकल्पिक अनुवादः “र येशूले भीडलाई भन्नुभयो”
πάσης πλεονεξίας
“हरेक किसिमको लोभबाट तिमीहरूले आफैँलाई सुरक्षित राख ।” वैकल्पिक अनुवादः “कुनै थोकलाई पाउनलाई आफैँलाई मोहित हुन नदेओ” वा “अझ बढी थोकहरू प्राप्त गर्ने लालसालाई तिमीहरूलाई नियन्त्रण गर्न नदेओ”
यो तथ्यको एउटा सामान्य कथन हो । यसले कुनै तोकिएको व्यक्तिलाई जनाउँदैन । केही भाषाहरूको त्यसलाई व्यक्त गर्ने एउटा तरिका हुन्छ ।
“उससँग कति धेरै थोकहरू छन्” वा “उससँग कति धेरै सम्पत्ति छ”
Luke 12:16
εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς
येशूले एउटा दृष्टान्त भन्नुभएर उहाँको शिक्षालाई निरन्तरता दिनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
αὐτοὺς
सम्भवतः येशू अझै समग्र भीडसँग नै बोल्दै हुनुहुन्थ्यो ।
εὐφόρησεν
“फसल निकै राम्ररी बढ्यो”
Luke 12:17
διελογίζετο ἐν ἑαυτῷ λέγων, τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου
यस प्रश्नले त्यस मानिसले मनमनै आफैँ सोचिरहेको कुरालाई झल्काउँछ । वैकल्पिक अनुवादः “के गर्ने भनेर म जान्दिन, किनभने मसँग मेरा सबै अनाजलाई भण्डारण गर्न पर्याप्त ठूलो ठाउँ छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 12:18
τὰς ἀποθήκας
भकारीहरू किसानले फसल उठाएपछि अन्न र खानाहरू भण्डारण गर्ने ठाउँहरू
τὰ ἀγαθά μου
सम्पत्तिहरू
Luke 12:19
τῇ ψυχῇ μου
“म आफैँलाई भन्नेछु, ‘मसँग ... वर्षहरू ... छ । आराम गर् ... मोज ... ।’” वा “म आफैँलाई भन्नेछु कि मसँग ... वर्षहरू छ, त्यसैले म आराम गर्न ... मोज गर्न सक्छु ।” (हेर्नुहोस्ः उपलक्षण)
Luke 12:20
परमेश्वरले त्यस धनी मानिसलाई कसरी जवाफ दिनुहुन्छ भनेर येशूले उद्धृत गर्नुहुन्छ, जसै उहाँले उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ ।
τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ
“प्राण”ले व्यक्तिको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तँ आज राती नै मर्नेछस्” वा “म आज राती नै तेरो जीवन तँबाट लिनेछु” (हेर्नुहोस्ः व्यञ्जना अनि कर्तृवाच्य र कर्मवाच्य)
ἃ δὲ ἡτοίμασας, τίνι ἔσται?
“तैँले भण्डारण गरेका थोकहरू कसको हुनेछ ?” वा “तैँले तयार पारेका थोक कसले पाउनेछ ?” ती कुनै पनि कुरा मानिसको स्वामित्वमा हुनेछैन भन्ने महसुस गराउन परमेश्वरले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तैँले तयार पारेका कुराहरू अरू कसैको हुनेछ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 12:21
ὁ θησαυρίζων
“मूल्यवान् थोकहरू वचत गर्छन्”
μὴ εἰς Θεὸν πλουτῶν
परमेश्वरलाई महत्त्वपूर्ण लाग्ने कुराहरूमा उसको समय र धनको प्रयोग गरेको छैन
Luke 12:22
εἶπεν…πρὸς τοὺς μαθητὰς αὐτοῦ
येशूले उहाँका चेलाहरूलाई भीडको अगाडि सिकाउन निरन्तरता दिनुहुन्छ ।
διὰ τοῦτο
“त्यसैले” वा “यस कथाले जे कुरा सिकाएको हुनाले”
λέγω ὑμῖν, μὴ μεριμνᾶτε
“म तिमीहरूलाई केही महत्त्वपूर्ण कुराहरू भन्न चाहन्छु” वा “तिमीहरूले यसलाई होसियारीपूर्वक सुन्नुपर्छ”
τῷ σώματι τί ἐνδύσησθε
“तिमीहरूको शरीरको बारेमा र तिमीहरूले के लगाउनेछौ भनेर” वा “तिम्रो शरीरमा लगाउनलाई पर्याप्त कपडाहरू पाउने बारेमा”
Luke 12:23
ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος
यो मूल्यमान्यताको विषयमा सामान्य कथन हो । वैकल्पिक अनुवादः “जीवन तिमीले खाने खानेकुराभन्दा बढी महत्त्वपूर्ण हो”
“तिम्रो शरीर तिमीले त्यसमा लगाउने वस्त्रहरूभन्दा बढी महत्त्वपूर्ण हो”
Luke 12:24
τοὺς κόρακας
यसले यी कुराहरूलाई जनाएको हुनसक्छ १) कागहरू, प्रायः अन्न खाने एक किसिमको चरा, वा २) गिद्धहरू, मरेको जनावरको मासु खाने एक किसिमको चरा । यहूदीहरूले यस्ता किसिमका चराहरूहरू खान नहुने हुनाले येशूका श्रोताहरूले कागहरूलाई मूल्यहीन ठानेका हुनसक्छन् ।
οὐκ…ταμεῖον οὐδὲ ἀποθήκη
यिनीहरू खानेकुरा सञ्चय गरेर राख्ने स्थानहरू हुन् ।
πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν!
यो आश्चर्यबोधक भनाइ हो, प्रश्न होइन । येशूले मानिसहरू परमेश्वरलाई ती चराहरूभन्दा ज्यादै मूल्यवान् छन् भन्ने तथ्यलाई जोड दिनुहुन्छ । (हेर्नुहोस्ः विस्मयादि)
Luke 12:25
τίς…ἐξ ὑμῶν μεριμνῶν, δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν?
येशूले उहाँका चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कसैले पनि चिन्ता गरेर तिनीहरूको जीवनलाई अलिकति पनि लम्बाउन सक्दैनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν
यो एउटा अलङ्कार हो, किनभने क्युबिट समयको भन्दा पनि लम्बाइको नाप हो । यो एउटा व्यक्तिको जीवनलाई एउटा पाटि, एउटा डोरी, वा केही अन्य भौतिक वस्तुलाई जस्तैगरी तन्काइएको चित्रण हो । (हेर्नुहोस्ः रूपक)
Luke 12:26
εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε?
येशूले उहाँका चेलाहरूलाई सिकाउन अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले यति सानो कुरा पनि गर्न सक्दैनौ, तिमीहरूले अन्य कुराहरूको विषयमा चिन्ता लिनुहुँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 12:27
κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει
“लिली फूलहरू कसरी बढ्छन् भन्ने बारेमा सोच”
τὰ κρίνα
लिली फुलहरू मैदानमा अत्यधिक बढ्ने सुन्दर फुलहरू हुन् । यदि तपाईंको भाषामा लिली फुलको निम्ति शब्द छैन भने तपाईंले त्यो जस्तै कुनै अरू फुलको नाम वा “फुलहरू” भनेर अनुवाद गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
οὐδὲ νήθει
कपडाको लागि धागो वा धागोको डल्लो बनाउने प्रकृयालाई “कात्ने” भनिन्छ । यसलाई प्रस्ट बनाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “न त तिनीहरूले कपडा बुन्नलाई धागो बनाउँछन्” वा “र तिनीहरूले धागो बनाउँदैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ
“सोलोमन, जससित धेरै सम्पत्ति थिए” वा “सोलोमन, जसले सुन्दर पोशाकहरू लगाउँथे”
Luke 12:28
εἰ…ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέζει
“यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई यसरी पहिर्याउनुहुन्छ भने” वा “यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई यति सुन्दर पोशाकहरू दिनुहुन्छ भने ।” परमेश्वरले घाँसलाई सुन्दर बनाउनुभएको विषयमा यसरी बताइएको छ मानौँ परमेश्वरले घाँसलाई सुन्दर वस्त्रहरू पहिराइरहनुभएको हो । वैकल्पिक अनुवादः “यदि परमेश्वरले मैदानमा भएका घाँसहरूलाई सुन्दर बनाउनुहुन्छ भने” (हेर्नुहोस्ः रूपक)
ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πόσῳ μᾶλλον ὑμᾶς
यो आश्चर्यबोधक भनाइ हो, प्रश्न होइन । उहाँले घाँसलाई भन्दा पनि बढी मानिसहरूलाई निश्चय नै वास्ता गर्नुहुन्छ भन्ने कुरालाई येशूले जोड दिनुहुन्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले निश्चय पनि तिमीहरूलाई अझ राम्ररी वस्त्र पहिराउनुहुनेछ” (हेर्नुहोस्ः विस्मयादि)
Luke 12:29
ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, καὶ τί πίητε
“तिमीहरूले के खानेछौ र के पिउनेछौ भन्ने कुराहरूमा ध्यान नदेओ” वा “खाने र पिउने कुराहरूको धेरै चाह नगर”
Luke 12:30
πάντα τὰ ἔθνη τοῦ κόσμου
यहाँ “जातिहरू”ले “अविश्वासीहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू जातिका सबै मानिसले” वा “संसारका सबै अविश्वासीले” (हेर्नुहोस्ः लक्षणा)
ὑμῶν…ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 12:31
ζητεῖτε τὴν βασιλείαν αὐτοῦ
“परमेश्वरको राज्यमा ध्यान देओ” वा “परमेश्वरको राज्यको धेरै चाह गर”
ταῦτα προστεθήσεται ὑμῖν
“यी कुराहरू पनि तिमीलाई दिइनेछन् ।” “यी कुराहरू” ले खाना र पोशाकलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई यी कुराहरू दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:32
τὸ μικρὸν ποίμνιον
येशूले उहाँका चेलाहरूलाई एउटा बगाल भन्दै हुनुहुन्छ । बगाल भनेको एउटा गोठालाले हेरचाह गर्ने भेडाहरू वा बाख्राहरूको समूह हो । जसरी गोठालाले उसका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै परमेश्वरले येशूका चेलाहरूको वास्ता राख्नुहुन्छ । वैकल्पिक अनुवादः “सानो समूह” वा “प्रिय समूह” (हेर्नुहोस्ः रूपक)
ὁ Πατὴρ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Luke 12:33
πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην
तिनीहरूले पाउने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “र तिमीहरूले बेचेर कमाएको पैसा गरिब मानिसहरूलाई देओ” (हेर्नुहोस्ः शब्दलोप)
βαλλάντια μὴ παλαιούμενα
स्वर्गमा थैलीहरू र धन भनेको उस्तै हुन् । यी दुवैले स्वर्गमा परमेश्वरको आशिष्को प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः रूपक)
ποιήσατε ἑαυτοῖς
यो गरिबहरूलाई दिने कामको परिणाम हो । वैकल्पिक अनुवादः “यसरी तिमीहरूले आफ्नो निम्ति … बनाउनेछौ”
βαλλάντια μὴ παλαιούμενα
“पैसाका थैलीहरू जसमा प्वाल पर्ने छैन”
θησαυρὸν ἀνέκλειπτον
“मत्थर हुँदैन” वा “कम हुँदैन”
ὅπου κλέπτης οὐκ ἐγγίζει
“चोरहरू नजिक आउँदैनन्”
οὐδὲ σὴς διαφθείρει
“कीराहरूले नाश पार्दैनन्”
σὴς
“कीरा” भनेको एउटा सानो फट्याङ्ग्रो हो जसले कपडाहरू खाएर त्यसमा प्वाल पार्छ । तपाईंलाई अर्कै कुनै फट्याङ्ग्रोको प्रयोग गर्न आवश्यक हुन सक्छ, जस्तै कमिला वा धमिरा ।
Luke 12:34
ὅπου…ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται
“तिम्रो मन तिमीले तिम्रो सम्पत्ति सञ्चय गरेर राखेको ठाउँमा नै केन्द्रित हुनेछ”
καὶ ἡ καρδία ὑμῶν ἔσται
यहाँ “मन”ले व्यक्तिको विचारहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Luke 12:35
ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι
येशूले एउटा दृष्टान्त भन्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι
मानिसहरूले लत्रने लामा कपडाहरू लगाउँथे । तिनीहरूले काम गर्दा तानिनबाट बचाउन तिनीहरूलाई तिनीहरूको पेटीमा बाँध्थे । वैकल्पिक अनुवादः “सेवा गर्न तयार हुनलाई तिमीहरूको लुगा पेटीमा बाँधिराख” वा “लुगा लगाऊ र सेवा गर्न तयार होओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
καὶ οἱ λύχνοι καιόμενοι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बत्ती बालिराख” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:36
ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις
आफ्ना मालिक फर्कनका लागि तयार रहेका सेवकहरू झैँ येशूले उहाँका चेलाहरूलाई उहाँको लागि तयार रहन आज्ञा गर्नुहुन्छ । (हेर्नुहोस्ः उपमा)
“विवाहको भोजबाट घर फर्केर आउँछन्”
यसले मालिकको घरको ढोकालाई जनाउँछ । उसको लागि ढोका खोलिदिने काम उसका सेवकहरूको जिम्मेवारी थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 12:37
μακάριοι
“… का निम्ति कति असल”
οὓς ἐλθὼν, ὁ Κύριος εὑρήσει γρηγοροῦντας
“जसको मालिकले ऊ फर्कँदा तिनीहरूले उसलाई पर्खिरहेको भेट्टाउँछ” वा “मालिक फर्कँदा जो तयारी अवस्थामा हुन्छन्”
παρελθὼν, διακονήσει αὐτοῖς
नोकरहरू इमानदार भएका र तिनको सेवा गर्नलाई तयार रहेका कारण, मालिकले अब तिनीहरूको सेवा गरेर तिनीहरूलाई इनाम दिनेछन् ।
Luke 12:38
ἐν τῇ δευτέρᾳ…φυλακῇ
यो राती ९ बजे र मध्यरात बिचको समय थियो । वैकल्पिक अनुवादः “राती अबेला” वा “ठीक मध्यरात अगि”
κἂν ἐν τῇ τρίτῃ φυλακῇ
यो मध्यरात र राती ३ बजे बिचको समय थियो । वैकल्पिक अनुवादः “वा यदि ऊ राती अति ढिलो आउँछ”
Luke 12:39
ποίᾳ ὥρᾳ
“कहिले भनेर थाहा पाएको भए”
οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले चोरलाई उसको घर फोरेर आउन दिने थिएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:40
चोर र मानिसको पुत्र बिचको एउटा मात्र समानता मानिसहरूले तिनीहरू दुवै कतिखेर आउँछन् भनेर जान्दैनन्, त्यसैले तिनीहरू तयार हुनुपर्छ ।
ᾗ ὥρᾳ οὐ δοκεῖτε
“कुन समयमा भनेर जान्दैनौ”
ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται
येशूले आफ्नैबारे कुरा गरिरहनुभएको थियो । वैकल्पिक अनुवादः “जब म, मानिसको पुत्र, आउनेछु”
Luke 12:41
εἶπεν δὲ ὁ Πέτρος
पद ४१ मा, त्यहाँ कथा वर्णनमा छोटो रोकावट आएको छ जसै पत्रुसले येशूलाई अघिल्लो दृष्टान्तको बारेमा एउटा प्रश्न सोध्छन् ।
पद ४२ मा, येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ ।
Luke 12:42
τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος
येशूले पत्रुसको प्रश्नलाई अप्रत्यक्ष ढङ्गले जवाफ दिनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । उहाँले जो इमानदार प्रबन्धक बन्न चाहन्थ्यो यो दृष्टान्त तिनीहरूको बारेमा नै हो भनी बुझेको अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “मैले यो हरेकको निम्ति भनेको हुँ जो ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος
आफ्ना मालिकको पर्खाइमा नोकरहरू कसरी इमानदार बन्ने भन्नेबारे येशूले अर्को दृष्टान्त पनि भन्नुभयो । (हेर्नुहोस्ः दृष्टान्त)
ὃν καταστήσει ὁ Κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ
“जसलाई उसको मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाउँछ”
Luke 12:43
μακάριος ὁ δοῦλος ἐκεῖνος
“त्यो नोकरको लागि कति असल”
ὃν ἐλθὼν, ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως
“यदि त्यसको मालिकले ऊ फर्केर आउँदा त्यसलाई त्यो काम गरिरहेको भेट्टाउँछ”
Luke 12:44
ἀληθῶς λέγω ὑμῖν
यो अभिव्यक्तिको अर्थ हुन्छ कि उहाँले भन्न लाग्नुभएको कुरामा तिनीहरूले विशेष ध्यान दिनुपर्छ ।
ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
“उसलाई आफ्नो सारा सम्पत्तिमाथि अधिकार दिनेछ”
Luke 12:45
यसले मालिकले अरू नोकरहरूमाथि प्रमुख बनाएको नोकरलाई जनाउँछ ।
εἴπῃ…ἐν τῇ καρδίᾳ αὐτοῦ
यहाँ “हृदय” व्यक्तिको दिमाग वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मनमनै सोच्छ” (हेर्नुहोस्ः लक्षणा)
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι
“मेरो मालिक चाँडै फर्कनुहुनेछैन”
τοὺς παῖδας καὶ τὰς παιδίσκας
यहाँ “पुरुष तथा स्त्री सेवकहरू” भनी अनुवाद गरिएका शब्दहरूलाई सामान्यतया “केटाहरू” र “केटीहरू” भनी अनुवाद गरिन्छ । तिनीहरूले सङ्केत गरेको हुन सक्छ कि सेवकहरू कम उमेरका थिए वा तिनीहरू आफ्ना मालिकका लागि प्यारा थिए ।
Luke 12:46
ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει
“दिन” र “घडी” शब्दहरूले समयको पूर्णतालाई जनाउने वाक्यांशको निर्माण गर्छ जसले कुनै पनि समयलाई जनाउन सक्छ, र “अपेक्षा गर्नु” र “जान्नु” शब्दहरूको पनि उस्तै अर्थहरू हुन्छन्, त्यसैले प्रभुको आगमन सेवकको लागि पूर्ण रूपमा आश्चर्यको विषय हुनेछ भनेर जोड दिनलाई यहाँ दुई वाक्यांशहरू समान किसिमको संरचनामा छन् । तैपनि, तपाईंको भाषामा “जान्नु” र “अपेक्षा गर्नु” वा “दिन” र “घडी”को लागि फरक शब्दहरू नभएसम्म वाक्यांशहरूलाई एकसाथ जोड्नु हुँदैन । वैकल्पिक अनुवादः “सेवकले उसलाई अपेक्षा नगरिरहेको समयमा” (हेर्नुहोस्ः मेरिज्म अनि समान्तरता)
διχοτομήσει αὐτὸν
सम्भावित अर्थहरू हुन् 1) मालिकले दासलाई कठोर सजाय दिने विषयमा यो एउटा अतिरञ्जन हो वा २) यसले त्यो तवरलाई वर्णन गर्छ जसरी सजाय स्वरूप त्यो सेवक मारिनेछ र गाडिनेछ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Luke 12:47
ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς
येशूले दृष्टान्त भन्न सकाउनुहुन्छ ।
δαρήσεται πολλάς
यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यस सेवकलाई जसले उसको मालिकको इच्छा जान्दछ तर त्यस अनुसार तयार गर्दैन वा काम गर्दैन, मालिकले त्यसलाई धेरै मुक्का हानेर पिट्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ θέλημα τοῦ κυρίου αὐτοῦ
“उसले के गरेको उसको मालिकले चाहन्थे”
Luke 12:48
δαρήσεται ὀλίγας
दुवै सेवकहरूले, जसले मालिकको इच्छा जान्दछ र जसले मालिकको इच्छा जान्दैन, दण्ड पाउँछन्, तर “त्यस सेवक” (पद ४७) बाट सुरु भएका शब्दहरूले देखाउँछन् कि जानाजान आफ्नो मालिकको अनाज्ञापालन गरेका सेवकलाई अर्को सेवकलाई भन्दा बढी कठोर तवरले दण्ड दिइयो ।
παντὶ…ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले बढी पाएको छ, तिनीहरूले उसबाट धेरै माग्नेछन्” वा “मालिकले तिनीहरू सबैबाट धेरै माग्नेछ जसलाई उसले धेरै दिएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παντὶ…ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ; καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “मालिकले त्यसबाट अझ बढी माग्नेछन् ... धेरै ... ” वा “मालिकले त्यसबाट अझ बढी खोज्नेछन् ... धेरै ... ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मालिकले धेरै सम्पत्ति हेरचाह गर्न दिएका छन्” वा “जसलाई मालिकले धेरै जिम्मेवारी दिएका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 12:49
येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν
“म पृथ्वीमा आगो फ्याँक्न आएँ” वा “म पृथ्वीमा आगो लगाउन आएँ ।” सम्भावित अर्थहरू हुन् १) येशू मानिसहरूको न्याय गर्न आउनुभएको छ वा २) येशू विश्वासीहरूलाई शुद्ध पार्न आउनुभएको छ वा ३) येशू मानिसहरूको माझमा विभाजन ल्याउन आउनुभएको छ । (हेर्नुहोस्ः रूपक)
τί θέλω εἰ ἤδη ἀνήφθη
उहाँले यो भएको होस् भनी कति धेरै चाहना गर्नुहुन्छ भनेर यो आश्चर्यबोधक भनाइले जोड दिन्छ । वैकल्पिक अनुवादः “यो अगि नै जलिसकेको होस् भनेर म कति चाहन्छु” वा “यो अगि नै सुरु भइसकेको होस् भनेर म कति चाहन्छु” (हेर्नुहोस्ः विस्मयादि)
Luke 12:50
βάπτισμα…ἔχω βαπτισθῆναι
यहाँ “बप्तिस्मा”ले येशूले सहनुपर्ने कष्टलाई जनाउँछ । जसरी बप्तिस्माको समयमा एउटा व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै कष्टले येशूलाई सताउनेछ । वैकल्पिक अनुवादः “म भयानक कष्टको बप्तिस्माद्वारा भएर जानुपर्छ” वा “जसरी बप्तिस्मा लिने व्यक्तिलाई पानीले ढाक्छ, त्यसरी नै म कष्टद्वारा व्याकुल बनाइनुपर्छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
δὲ
उहाँले बप्तिस्मा नलिनुभएसम्म उहाँले पृथ्वीमा आगो फ्याँक्न सक्नुहुन्न भन्ने देखाउनलाई “तर” शब्द प्रयोगको गरिएको हो ।
πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ
यो आश्चर्यले उहाँ कति पीडामा हुनुहुन्थ्यो भन्ने जोड दिन्छ । वैकल्पिक अनुवादः “म चिन्तामा छु र भइरहनेछु जबसम्म मैले यो कष्टको बप्तिस्मा पूरा गर्दिन” (हेर्नुहोस्ः विस्मयादि)
Luke 12:51
δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ?
उहाँले तिनीहरूको गलत बुझाइलाई सच्याउन गइरहनुभएको छ भनेर थाहा गराउनलाई येशूले एउटा प्रश्न सोध्नुहुन्छ । दोस्रो वाक्यमा हटाइएका “म आएँ” भन्ने शब्दहरूलाई तपाईंले राख्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू सोच्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ, तर म तिमीहरूलाई भन्छु कि म त्यसको लागि आइँन । बरु, म त विभाजन ल्याउन आएँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχί…ἀλλ’ ἢ διαμερισμόν
“शत्रुता” वा “झगडा”
Luke 12:52
πέντε ἐν ἑνὶ οἴκῳ
यसले मानिसहरूलाई जनाउँछ भनेर उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा घरमा पाँचजना मानिसहरू हुनेछन्” (हेर्नुहोस्ः शब्दलोप)
τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν
“ ... विरोध गर्नेछन् ... विरोध गर्नेछन्”
Luke 12:53
διαμερισθήσονται
“ ... विरोध गर्नेछन्”
Luke 12:54
येशू भीडसँग कुरा गर्न सुरु गर्नुहुन्छ ।
ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν
इस्राएलमा यो अवस्थाले सामान्यतया पानी पर्दैछ भन्ने अर्थ दिन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λέγετε, ὅτι ὄμβρος ἔρχεται
“झरी पर्दै छ” वा “पानी पर्न गइरहेको छ”
Luke 12:55
νότον πνέοντα
इस्राएलमा यो अवस्थाले सामान्यतया तातो मौसम आउँदैछ भन्ने अर्थ दिन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 12:56
τὸ πρόσωπον
“पृथ्वी र आकाश”
τὸν καιρὸν δὲ τοῦτον, πῶς οὐκ οἴδατε δοκιμάζειν?
येशूले भीडलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई गल्तीको अनुभव गराउन यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले वर्तमान समयलाई कसरी व्याख्या गर्ने हो भनी जान्नुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 12:57
τί δὲ καὶ ἀφ’ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον?
येशूले भीडलाई हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के ठीक हो भनी तिमीहरू आफैँले छुट्याउनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
“तिमीहरूको आफ्नै अग्रसरतामा”
Luke 12:58
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα
येशूले भीडलाई सिकाउन एउटा काल्पनिक परिस्थितिको प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्ट बनाउन यसलाई पुनः उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यदि तिमीहरू ... जान पर्यो ... झ्यालखानामा ... ” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ὑπάγεις…σου…σε
येशूले भीडसँग कुरा गरिरहनुभएको भए तापनि, उहाँले प्रस्तुत गरिरहनुभएको परिस्थिति भनेको कुनै व्यक्ति एक्लै जानुपर्ने कुराको हो । त्यसैले केही भाषाहरूमा “तिमी” शब्द एकवचन हुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τοῦ ἀντιδίκου σου
“तिम्रो विरोधीसँग मिलाप गर”
ἄρχοντα
यसले बडाहाकिमलाई जनाउँछ, तर यहाँ यो शब्द बढी विशिष्ट र खतराको सङ्केत दिने किसिमको छ ।
ἀπηλλάχθαι ἀπ’ αὐτοῦ
“तिमीलाई लिँदैन”
Luke 12:59
λέγω σοι
यो काल्पनिक परिस्थितिको अन्त्यो हो, जुन पद ५८ मा सुरु हुन्छ, जुन येशूले भीडलाई सिकाउन प्रयोग गर्नुहुन्छ । उहाँको भनाइ के हो भने तिनीहरूले आफूहरूले सुल्झाउन सक्ने मामिलाहरूलाई सार्वजनिक अदालतहरूलाई संलग्न नगराइकनै सुल्झाउनुपर्छ । यो कुरा नहुन सक्छ भनेर प्रस्ट बनाउन यसलाई पुनः उल्लेख गर्न सकिन्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
καὶ τὸ ἔσχατον λεπτὸν
“रकमको सम्पूर्ण परिमाण जुन तिम्रो विरोधीले खोज्छ”
Luke 13
लूका १३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
नजानिएका घटनाहरू
मानिसहरू र येशूले एउटा घटनाको बारेमा कुरा गर्नुहुन्छ जसको बारेमा उहाँहरूलाई थाहा थियो तर आजको दिनमा लूकाले लेखेको भन्दा बाहेक केही पनि कसैले जान्दैन (लूका १३:१-५) । तपाइंको अनुवादले त्यो मात्र भन्नुपर्छ जुन लूकाले बताउँछन् ।
विरोधाभासी अलङ्कार
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कार आउँछः “सबैभन्दा कम महत्त्वपूर्ण रहेकाहरू पहिला हुनेछन्, र सबैभन्दा धेरै महत्त्वपूर्ण रहेकाहरू अन्तिम हुनेछन्” (लूका १३:३०) ।
Luke 13:1
δέ
येशू अझै पनि भीडको अगाडि बोलिरहनुभएको छ । भीडमा भएका केही मानिसहरूले उहाँलाई एउटा प्रश्न सोध्छन् र उहाँले जवाफ दिन थाल्नुहुन्छ । यो कथाको उही खण्ड हो जुन लूका १२:१ मा सुरु हुन्छ ।
यो पदावलीले यो कुरालाई येशूले १२ अध्यायको अन्त्यतिर मानिसहरूको एउटा भीडलाई सिकाउँदै गर्नुभएको कुरासँग जोड्छ ।
ἐν αὐτῷ τῷ καιρῷ
यहाँ “रगत”ले गालीलीहरूको मृत्युलाई जनाउँछ । तिनीहरू सम्भवतः तिनीहरूले तिनीहरूको बलि चढाउँदै गर्दा मारिएका थिए । यसलाई यूएसटीमा झैँ गरी प्रस्टसँग व्यक्त गर्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν
पिलातसले आफैँले नगरी सम्भवतः उनका सिपाहीहरूलाई मानिसहरूलाई मार्न आज्ञा गरे । वैकल्पिक अनुवादः “जसलाई पिलातसका सिपाहीहरूले मारे जसै तिनीहरूले पशुहरूको बलि चढाइरहेका थिए” (हेर्नुहोस्ः लक्षणा)
Luke 13:2
δοκεῖτε ὅτι
“के यी गालीलवासीहरू अझ बढी पापी थिए ?” वा “के यसले ती गालीलवासीहरू बढी पापी थिए भन्ने प्रमाणित गर्छ र ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ ।
Luke 13:3
येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के यी गालीलीहरू बढी पापी थिए भनेर तिमीहरू सोच्छौ ... त्यसरी नै ... ?” (पद २) “तिमीहरू सोच्छौ कि यी गालीलीहरू बढी पापी थिए ... यसरी ... , तर तिनीहरू थिएनन् । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने ... त्यसरी नै ... ” वा “यी गालीलीहरू बढी पापी थिए भनेर नसोच ... यसरी ... । यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने ... त्यसरी नै ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχί, λέγω ὑμῖν
यहाँ “म तिमीहरूलाई भन्छु”ले “होइन” लाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू निश्चय पनि बढी पापीहरू थिएनन्” वा “तिनीहरूको कष्टले तिनीहरू बढी पापीहरू थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ”
πάντες ὁμοίως ἀπολεῖσθε
“तिमीहरू सबै पनि मर्नेछौ ।” “यसरी नै” भन्ने वाक्यांशको अर्थ तिनीहरूले पनि उही परिणाम भोग्नेछन् भन्ने हुन्छ, त्यही तरिकाले तिनीहरू पनि मर्नेछन् भन्ने चाहिँ होइन ।
मर्नु
Luke 13:4
ἢ ἐκεῖνοι
यो येशूको दोस्रो उदाहरण हो जसमा मानिसहरूले कष्ट भोगेका छन् । वैकल्पिक अनुवादः “अथवा तिनीहरूलाई विचार गरे” वा “तिनीहरूको बारेमा सोच”
ἐκεῖνοι οἱ δεκαοκτὼ
“१८ जना मानिस” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Σιλωὰμ
यो यरूशलेममा भएको एउटा क्षेत्रको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
δοκεῖτε ὅτι
“के यसले तिनीहरू बढी पापी थिए भन्ने प्रमाणित गर्छ ?” मानिसहरूको बुझाइलाई चुनौति दिनलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ ।
ὀφειλέται
भीडले अनुमान गर्यो कि तिनीहरू यस्तो भयानक तरिकाले मरे किनभने तिनीहरू अन्यभन्दा बढी पापी थिए । यसलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू मरे किनभने तिनीहरू बढी खराब पापीहरू थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 13:5
οὐχί, λέγω ὑμῖν
येशूले मानिसहरूको बुझाइलाई चुनौति दिन यो प्रश्नको प्रयोग गर्नुहुन्छ, जुन यी शब्दहरूबाट सुरु हुन्छ, “के तिनीहरू बढी खराब पापीहरू थिए भनेर तिमीहरू सोच्छौ ... यरूशलेम ... ?” “तिमीहरू सोच्छौ कि तिनीहरू बढी पापी थिए ... यरूशलेम, तर म तिमीहरूलाई भन्छु कि तिनीहरू थिएनन्” वा “म भन्छु कि तिमीहरूले तिनीहरू बढी पापीहरू थिए भनेर सोच्नुहुँदैन ... यरूशलेम ... ” वा “तिनीहरू बढी पापी भएका कारण निश्चय पनि मरेनन्” वा “तिनीहरूको कष्टले तिनीहरू बढी पापी थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न वा ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντες ὡσαύτως ἀπολεῖσθε
मर्नु
Luke 13:6
ἔλεγεν δὲ ταύτην τὴν παραβολήν
“तर तिमीहरूले पश्चात्ताप गरनौ भने, तिमीहरू सबै पनि नष्ट हुनेछौ” भन्ने उहाँको अगिल्लो पदको भनाइलाई वर्णन गर्न उहाँले भीडलाई यो दृष्टान्त बताउन सुरु गर्नुभयो । (हेर्नुहोस्ः दृष्टान्त)
συκῆν εἶχέν τις πεφυτευμένην
दाखबारीको मालिकले अर्को व्यक्तिलाई दाखबारीमा अञ्जीरको रूख रोप्न लगायो ।
Luke 13:7
ἵνα τί καὶ τὴν γῆν καταργεῖ?
रूख बेकामको छ र मालीले त्यसलाई काटेर फाल्नुपर्छ भनेर जोड दिनलाई त्यस मानिसले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई जमिनलाई खेर फाल्न नदेऊ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 13:8
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ
येशूले उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ । यो लूका १२:१ मा सुरु भएको कथाको खण्डको अन्त्य हो ।
ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος
“यो रूखलाई केही नगर्नुहोस्” वा “यसलाई नकाट्नुहोस्”
βάλω κόπρια
“माटोमा मल हाल्नेछु ।” मल जनावरको गोबर हो । मानिसहरूले बिरुवाहरू र रूखहरूको लागि माटोलाई राम्रो बनाउन यसलाई जमिनमा हाल्छन् । वैकल्पिक अनुवादः “त्यसमा मल हाल्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 13:9
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον
के हुनेछ भन्ने कुरालाई उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि यसमा अर्को वर्ष अञ्जीरहरू छन् भने, हामीले यसलाई बढ्न दिन सक्छौँ” (हेर्नुहोस्ः शब्दलोप)
ἐκκόψεις αὐτήν
नोकरले सुझाव दिइरहेका थिए; उसले मालिकलाई आज्ञा दिइरहेको थिएन । वैकल्पिक अनुवादः “तपाईंले मलाई काट्न भन्नुहोस्” वा “म यसलाई काट्नेछु”
Luke 13:10
यी पदहरूले कथाको परिवेश र यस कथामा परिचय गराइएको एउटा कुप्री परेकी स्त्रीको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
δὲ
लेखकले यो शब्द एउटा नयाँ घटनालाई अङ्कित गर्न प्रयोग गर्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τοῖς Σάββασιν
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
Luke 13:11
γυνὴ
यहाँ “हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
“१८ वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
πνεῦμα ἔχουσα ἀσθενείας
“तिनलाई दुर्बल बनाउने एउटा दुष्ट आत्मा”
Luke 13:12
γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου
“नारी, तिमीलाई तिम्रो रोगबाट निको पारीएको छ ।” यसलाई कर्तृ वाच्यको क्रियापदसँग उल्लेख गर्न सकिन्छः वैकल्पिक अनुवादः “नारी, मैले तिमीलाई तिम्रो कमजोरीबाट मुक्त गरिदिएको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπολέλυσαι τῆς ἀσθενείας σου
यसो भन्नुभएर, येशूले तिनलाई निको पार्नुभयो । त्यसैले उहाँले त्यसो हुन लगाउँदै हुनुहुन्थ्यो भनेर देखाउने कुनै वाक्य वा कुनै आदेशद्वारा यसलाई व्यक्त गर्न सकिन्छः “नारी, म अब तिमीलाई तिम्रो दुर्बलताबाट मुक्त गर्दछु” वा “नारी, तिम्रो दुर्बलताबाट मुक्त होऊ” (हेर्नुहोस्ः अभिव्यक्तिहरू - अन्य प्रयोगहरू)
Luke 13:13
“उहाँले तिनलाई छुनुभयो”
ἀνωρθώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी सीधा भएर उभिन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 13:14
“धेरै रिसाएका थिए”
ἀποκριθεὶς…ἔλεγεν
“भने” वा “जवाफ दिए”
ἐν αὐταῖς…ἐρχόμενοι θεραπεύεσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई ती छ दिनमा निको बनाओस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῇ ἡμέρᾳ τοῦ Σαββάτου
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
Luke 13:15
ἀπεκρίθη…αὐτῷ…καὶ εἶπεν
“प्रभुले सभाघरको शासकलाई जवाफ दिनुभयो”
ὑποκριταί
येशूले सभाघरको शासकसँग सीधै कुरा गर्नुहुन्छ, तर बहुवचनको प्रयोगले अन्य शासकहरूलाई पनि समावेश गर्छ । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी र तिम्रा सङ्गी धर्म-गुरूहरू पाखण्डीहरू हौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει
तिनीहरूलाई पहिल्यै थाहा भएको केही कुराको बारेमा तिनीहरूलाई सोच्न लगाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू हरेकले विश्रामको दिनमा आफ्नो गोरू वा गधालाई तबेलाबाट फुकाउँछौ र त्यसलाई पानी खुवाउन लैजान्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον
यी ती जनावरहरू हुन् जसलाई पानी दिएर मानिसहरूले हेरविचार गर्छन् ।
τῷ Σαββάτῳ
“एउटा विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।
Luke 13:16
θυγατέρα Ἀβραὰμ
यो एउटा उपमा हो जसको अर्थ, “अब्राहामको सन्तान” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ἣν ἔδησεν ὁ Σατανᾶς
मानिसहरूले पशुहरूलाई बाँध्ने तरिकालाई शैतानले त्यस स्त्रीलाई त्यस रोगले बन्धनमा पारेको कुरासँग येशूले तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले तिनको रोगले लङ्गडा बनायो” वा “जसलाई शैतानले यो रोगले बाँध्यो” (हेर्नुहोस्ः रूपक)
ἰδοὺ, δέκα καὶ ὀκτὼ ἔτη
“१८ वर्षको लामो समय ।” यहाँ “लामो” शब्दले ती स्त्रीले अठार वर्षसम्म कष्ट भोग्नु निकै लामो समय थियो भनी जोड दिन्छ । अरू भाषाहरूमा यसलाई जोड दिने अन्य तरिकाहरू हुन सक्छन् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου?
येशूले सभाघरका शासकहरूलाई तिनीहरू गलत छन् भनी बताउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले त्यस स्त्रीको रोगको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू डोरीहरू थिए जसले तिनलाई बाँधे । यसलाई कर्तृ वाच्यमा बोलिएको भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई यस रोगको बन्धनबाट छुटकारा दिनु ठीक हो ... दिन ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 13:17
“जब येशूले यी कुराहरू भन्नुभयो”
τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ
“येशूले गरिरहनुभएका महिमित कुराहरू”
Luke 13:18
येशूले सभाघरमा भएका मानिसहरूलाई एउटा दृष्टान्त भन्न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τίνι ὁμοία ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν?
येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन दुईवटा प्रश्नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य केजस्तो छ भनी म तिमीहरूलाई बताउनेछु ... म यसलाई केसँग तुलना गर्न सक्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίνι ὁμοία ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν
यो मूलभूत रूपमा अगिल्लो प्रश्नजस्तै हो । केही भाषाहरूले दुवैलाई प्रयोग गर्न सक्छन् भने केहीले एउटा मात्र प्रयोग गर्छन् । (हेर्नुहोस्ः समान्तरता)
Luke 13:19
ὁμοία ἐστὶν κόκκῳ σινάπεως
येशूले राज्यलाई एउटा रायोको बिउसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य एउटा रायोको बिउ जस्तै हो” (हेर्नुहोस्ः उपमा)
κόκκῳ σινάπεως
रायोको बिउहरू धेरै साना बिउहरू हुन् जुन बढेर ठूला बिरुवाहरू हुन्छन् । यदि यसबारे थाहा छैन भने यसलाई यस्तै अरू बिउहरूको नामले वा “सानो बिउ” भनेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἔβαλεν εἰς κῆπον ἑαυτοῦ
“आफ्नो बगैँचाम रोपे ।” मानिसहरूले केही प्रकारका बिउहरूलाई छरेर रोप्थे जसले गर्दा तिनीहरू बारीमा जताततै छरिन्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“ठूलो” शब्द एउटा अतिरञ्जन हो जसले रूखलाई मसिनो बिउबाट भिन्न भएको देखाउँछ । वैकल्पिक अनुवादः “एउटा धेरै ठूलो बोट” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ
“आकाशका चराहरू ।” वैकल्पिक अनुवादः “आकाशमा उड्ने चराहरू” वा “चराहरू”
Luke 13:20
येशूले सभाघरमा भएका मानिसहरूसँग कुरा गर्न सकाउनुहुन्छ । यो कथाको यस खण्डको अन्त्य हो ।
τίνι ὁμοιώσω τὴν Βασιλείαν τοῦ Θεοῦ?
येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन अर्को प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “म तिमीहरूलाई अर्को कुराको बारेमा बताउँछु जसलाई म परमेश्वरको राज्यसँग तुलना गर्न सक्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 13:21
ὁμοία ἐστὶν ζύμῃ
येशूले परमेश्वरको राज्यलाई रोटीको पिठोमा भएको खमिरसँग तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य खमिर जस्तो हो” (हेर्नुहोस्ः उपमा)
ζύμῃ
धेरै पिठोको डल्लोलाई फुलाउन थोरै खमिर मात्र आवश्यक पर्छ । यसलाई युडीबीमा जस्तै स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀλεύρου σάτα τρία
यो ठूलो परिमाणको पिठो हो किनकि हरेक नापमा लगभग १३ लिटर थियो । तपाईंले पिठोको परिमाण नाप्नलाई तपाईंको संस्कारमा प्रयोग गरिने शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै ठूलो परिमाणको पिठो”
Luke 13:22
καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας
परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा एउटा अलङ्कारको प्रयोग गर्नुहुँदै येशूले एउटा प्रश्नको जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Luke 13:23
εἰ ὀλίγοι οἱ σῳζόμενοι?
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “के परमेश्वरले थोरै मानिसहरूलाई मात्र बचाउनुहुनेछ ?” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 13:24
ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας
“साँघुरो ढोका भएर जानलाई कडा परिश्रम गर ।” येशूले परमेश्वरको राज्यतर्फको प्रवेशद्वारलाई कुनै घरको साँघुरो ढोका भए जसरी बताइरहनुभएको छ । किनकि येशू कुनै समूहसँग कुरा गरिरहनुभएको थियो, यो आज्ञामा सङ्केत गरीएको “तिमीहरू” शब्द बहुवचन हो । (हेर्नुहोस्ः रूपक अनि तिमीका रूपहरू)
ढोका साँघुरो छ भन्ने कुराले यो आशय दिन्छ कि त्यसबाट भएर जान कठिन छ । यो प्रतिबन्धनको अर्थलाई कायम राख्ने तरिकाले यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πολλοί…ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν
यो आशय दिइएको छ कि प्रवेश गर्नुको कठिनाइले गर्दा तिनीहरू प्रवेश गर्न सक्षम हुनेछैनन् । अर्को पदले कठिनाइलाई व्याख्या गर्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 13:25
येशूले परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
“मालिकले ... पछि”
ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν
यसले अघिल्ला पदहरूमा भनिएको साँघुरो ढोका भएको घरको मालिकलाई जनाउँछ । यो परमेश्वरलाई राज्यको शासकको रूपमा जनाउनको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
ἄρξησθε…ὑμῖν…ὑμᾶς
येशू भीडसँग बोलिरहनुभएको थियो । “तिमी” को रूप बहुवचन हुन्छ । उहाँले तिनीहरू त्यो ढोका भएर राज्यभित्र पस्नेछैनन् जस्तै गरी बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
κρούειν τὴν θύραν
“ढोकामा हिर्काउनु ।” यो मालिकको ध्यान खिँच्नलाई गरिएको प्रयास हो ।
Luke 13:27
ἀπόστητε ἀπ’ ἐμοῦ
“मबाट दूर जाओ”
Luke 13:28
येशूले परमेश्वरको राज्यमा प्रवेश गर्ने बारेमा कुरा गर्न निरन्तरता दिनुहुन्छ । यो यस संवादको अन्त्य हो ।
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
यी सङ्केतात्मक कार्यहरू हुन् जसले घोर पछुतो र निरासापनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको ठूलो पछुतोको कारण विलाप गर्ने र दाह्रा किट्ने” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ
तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् जस्तै गरी येशूले भीडसँग कुरा गर्नलाई निरन्तरता दिनुहुन्छ ।
ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω
“तर तिमीहरू आफैँ नै बाहिर फ्याँकिनेछौ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्वरले तिमीहरूलाई बाहिर धकेल्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 13:29
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου
यसको अर्थ “हरेक दिशाबाट” भन्ने हुन्छ । (हेर्नुहोस्ः मेरिज्म)
ἀνακλιθήσονται ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ
परमेश्वरको राज्यमा भएको आनन्दलाई कुनै भोजको रूपमा कुरा गर्नु सामान्य कुरा थियो । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरको राज्यमा भोज गर्नेछन्” (हेर्नुहोस्ः रूपक)
Luke 13:30
εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι
पहिलो हुनुले महत्त्वपूर्ण हुनु र सम्मानित हुनुलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबैभन्दा बढी महत्त्वपूर्ण हुनेछन् ... सबैभन्दा कम महत्त्वपूर्ण हुनेछन्” वा “परमेश्वरले तिनीहरूलाई सम्मान गर्नुहुनेछ ... परमेश्वरले तिनीहरूलाई शर्ममा पार्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)
Luke 13:31
यो कथाको यस खण्डमा भएको अर्को घटना हो । येशू अझै पनि यरूशलेमतर्फको उहाँको बाटोमै हुनुहुन्छ, जब केही फरिसीहरूले उहाँसँग हेरोदको बारेमा कुरा गर्छन् ।
ἐν αὐτῇ τῇ ὥρᾳ
“येशूले बोलिसक्नुभएपछि चाँडै”
ἔξελθε καὶ πορεύου ἐντεῦθεν
यसलाई येशूलाई चेतावनी दिएको जसरी अनुवाद गर्नुहोस् । तिनीहरूले उहाँलाई अरू कतै गएर सुरक्षित रहनलाई सल्लाह दिँदै थिए ।
Ἡρῴδης θέλει σε ἀποκτεῖναι
हेरोदले येशूलाई मार्न मानिसहरूलाई आज्ञा दिने थिए । वैकल्पिक अनुवादः “हेरोदले तपाईंलाई मार्न मानिसहरूलाई पठाउन चाहन्छन्”
Luke 13:32
τῇ ἀλώπεκι ταύτῃ
येशूले हेरोदलाई फ्याउरो भन्दै हुनुहुन्थ्यो । फ्याउरो एउटा सानो जङ्गली कुकुर हो । सम्भावित अर्थहरू हुन् १) हेरोद त्यति ठुलो खतरा थिएन (२) हेरोद छली थियो । (हेर्नुहोस्ः रूपक)
Luke 13:33
πλὴν δεῖ με…πορεύεσθαι
“जे भएपनि” वा “तापनि” वा “जेसुकै होस्”
οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ
यहूदी धर्म-गुरूहरूले परमेश्वरको सेवा गरेको दाबी गरे । तापनि यहूदी अगुवाहरूले परमेश्वरका धेरै अगमवक्ताहरूलाई यरूशलेममा मारे र येशूलाई थाहा थियो तिनीहरूले उहाँलाई पनि त्यहिँ नै मार्थे । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले परमेश्वरका समाचारवाहकहरूलाई यरूशलेममा नै मार्छन्” (हेर्नुहोस्ः व्यङ्ग्य)
Luke 13:34
येशूले फरिसीहरूलाई जवाफ दिन सकाउनुहुन्छ । यो कथाको यस खण्डको अन्त्य हो ।
Ἰερουσαλὴμ, Ἰερουσαλήμ
यरूशलेमका मानिसहरूले त्यहिँ नै सुनिरहेका छन् जस्तै गरी येशू बोल्नुहुन्छ । येशू तिनीहरूका निम्ति कति दुःखित हुनुहुन्छ भनी देखाउनलाई येशूले यो दुई पटक भन्नुभयो । (हेर्नुहोस्ः सम्बोधन चिन्ह)
ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν
यदि सहरलाई सम्बोधन गर्नु असजिलो भयो भने, येशूले वास्तवमा सहरका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको थियो भन्ने कुरालाई स्पष्ट पार्न सक्नुहुन्छः “अगमवक्ताहरूलाई मार्ने र तिमीहरूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने तिमी मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
τοὺς ἀπεσταλμένους πρὸς αὐτήν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले तिमीहरूकहाँ पठाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ποσάκις ἠθέλησα
“मैले कतिचोटि चाहेँ ।” यो एउटा आश्चर्यबोधक भनाइ हो र प्रश्न होइन ।
ἐπισυνάξαι τὰ τέκνα σου
यरूशलेमका मानिसहरूलाई तिनका “छोराछोरी”को रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तिम्रा मानिसहरूलाई बटुल्न” वा “यरूशलेमका मानिसहरूलाई बटुल्न” (हेर्नुहोस्ः लक्षणा)
ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας
यसले कसरी एउटा पोथीले त्यसका चल्लाहरूलाई आफ्नो पखेटाले ढाकेर हानि हुनबाट सुरक्षा गर्छ भन्ने कुराको वर्णन गर्छ । (हेर्नुहोस्ः रूपक)
Luke 13:35
ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν
यो चाँडै हुन गइरहेको घटनाको बारेमा भएको एउटा भविष्यवाणी हो । यसको तात्पर्य हुन्छ कि परमेश्वरले यरूशलेमका मानिसहरूलाई सुरक्षा दिन छोड्नुभएको छ, त्यसैले शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न सक्नेछन् र तिनीहरूलाई लखेट्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई त्याग्नुहुनेछ” वा २) तिनीहरूको सहर रित्तो हुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूका घरहरू त्यागिनेछन्” (हेर्नुहोस्ः रूपक)
οὐ μὴ με ἴδητέ ἕως ἥξει ὅτε εἴπητε
“जबसम्म तिमीहरूले यसो भन्ने समय आउँदैन तबसम्म तिमीहरूले मलाई देख्नेछैनौ” वा “अर्को पटक तिमीहरूले मलाई देख्दा तिमीहरूले भन्नेछौ”
ἐν ὀνόματι Κυρίου
यहाँ “नाम”ले प्रभुको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Luke 14
लूका १४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पद ३ ले भन्छ, “येशूले यहूदी व्यवस्थामा विज्ञ भएकाहरू र फरिसीहरूलाई सोध्नुभयो, ‘विश्रामको दिनमा निको पार्न न्यायसंगत छ कि छैन ?’” धेरैपटक, विश्रामको दिनमा निको पार्नुभएको कारण फरिसीहरू येशूसँग रिसाए । यस खण्डमा, येशूले फरिसीहरूलाई मूर्ख तुल्याउनुहुन्छ । यो सामान्यतया फरिसीहरू थिए जसले येशूलाई जालमा पार्न कोसिस गरे ।
विषयको फेरबदलहरू
यस अध्यायमा लूकाले धेरैपटक फेरबदलहरूलाई अङ्कित नगरिकनै एक विषयबाट अर्को विषय परिवर्तन गर्छन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
दृष्टान्त
परमेश्वरको राज्य भनेको सबैले रमाहट गर्न सक्ने कुरा हुनेछ भनेर सिकाउनलाई येशूले लूका १४:१५-२४ मा दृष्टान्त भन्नुभयो । तर मानिसहरूले त्यसको हिस्सा हुनलाई इन्कार गर्नेछन् । (हेर्नुहोस्ः रूपक अनि परमेश्वरको राज्य, स्वर्गको राज्य)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी अलङ्कार
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “किनकि हरेक जसले आफैँलाई उचाल्छ त्यो होचिनेछ, र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ” (लूका १४:११) ।
Luke 14:1
καὶ
यो विश्रामको दिन हो र येशू फरिसीको घरमा हुनुहुन्छ । पद १ ले यसपछि घट्ने घटनाको विषयमा पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
καὶ ἐγένετο
यसले नयाँ घटनालाई सङ्केत गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
φαγεῖν ἄρτον
“खानको लागि” वा “खानाको निम्ति ।” रोटी भोजनको एउटा महत्त्वपूर्ण भाग हो र यस वाक्यमा खानालाई बुझाउनलाई नै यसको प्रयोग गरिएको हो । (हेर्नुहोस्ः उपलक्षण)
καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν
तिनीहरूले उहाँलाई कुनै खराबीको दोष लगाउन सकिन्छ कि भन्ने हेर्न चाहे ।
Luke 14:2
ἄνθρωπός τις
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । अङ्ग्रेजीले “त्यहाँ एक जना मानिस थियो” भनी उल्लेख गर्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἦν ὑδρωπικὸς
जलग्रह रोग शरीरका अङ्गहरूमा पानी जमेर सुनिने रोग हो । केही भाषाहरूमा यस अवस्थालाई जनाउने नाम हुन सक्छ । वैकल्पिक अनुवादः “जो शरीरका भागहरूमा पानी जम्ने रोगबाट ग्रसित थियो”
Luke 14:3
ἔξεστιν τῷ Σαββάτῳ θεραπεῦσαι ἢ οὔ?
“व्यवस्थाले हामीलाई विश्रामको दिनमा निको पार्न अनुमति दिन्छ, कि यसलाई बन्देज गर्छ”
Luke 14:4
οἱ δὲ ἡσύχασαν
धार्मिक अगुवाहरूले येशूको प्रश्नको जवाफ दिन इन्कार गरे ।
ἐπιλαβόμενος
“येशूले त्यस मानिसलाई पक्रनुभयो जो जलग्रह रोगबाट ग्रसित थियो”
Luke 14:5
τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ Σαββάτου
येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो किनभने तिनीहरूले विश्रामको दिनमा नै भए पनि तिनीहरूको छोरा वा गोरुलाई सहायता गर्छन् भन्ने कुरा स्वीकार गरेको उहाँले चाहनुभयो । त्यसकारण, उहाँले विश्रामको दिनमा पनि मानिसहरूलाई निको पार्नु उचित थियो । वैकल्पिक अनुवादः “यदि तिमीहरू कसैको छोरा वा गोरु ... तिमीहरूले निश्चय नै तत्काल बाहिर तानेर निकाल्ने थियौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 14:6
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα
तिनीहरूलाई जवाफ थाहा थियो र येशू ठीक हुनुहुन्थ्यो भनेर जान्दथे, तर तिनीहरू उहाँ ठीक हुनुहुन्थ्यो भनेर स्वीकार्न चाहँदैनथे । वैकल्पिक अनुवादः “तिनीहरूसित भन्ने कुरा केही पनि थिएन”
Luke 14:7
ἔλεγεν…παραβολήν
येशूलाई खाना खान निम्तो दिने फरिसीको घरमा भएका पाहुनाहरूसँग कुरा गर्न उहाँले निरन्तरता दिनुहुन्छ ।
τοὺς κεκλημένους
यी मानिसहरूलाई पहिचान गर्दा, र यसलाई कर्तृ वाच्यमा उल्लेख गर्नाले सहयोगी बन्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई फरिसीहरूका अगुवाले खानाको लागि निम्तो दिएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰς πρωτοκλισίας
“सम्मानित मानिसहरूका लागि भएका आसनहरू” वा “महत्त्वपूर्ण मानिसहरूका लागि भएका आसनहरू”
Luke 14:8
ὅταν κληθῇς ὑπό τινος
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कसैले तिमीलाई निम्तो दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σου
यहाँ भएका “तिमी”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने आयोजकले तिमीभन्दा बढी महत्त्वपूर्ण कोही व्यक्तिलाई निम्ताएका हुन सक्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:9
यहाँ गरिएका “तिमी” र “तिम्रो”का प्रयोगहरू एकवचन हुन् । एक-एक व्यक्तिसँग छुट्टाछुट्टै कुरा गर्नुभए झैँ गरेर येशूले समूहसँग कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν
“तब तिमीहरू लज्जित हुनेछौ र”
τὸν ἔσχατον τόπον
“सबभन्दा कम महत्त्वको स्थान” “सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको स्थान”
Luke 14:10
येशूले फरिसीको घरमा भएका मानिसहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
ὅταν κληθῇς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिमीलाई निम्तो दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸν ἔσχατον τόπον
“सबभन्दा कम महत्त्वपूर्ण व्यक्तिको निम्ति राखिएको आसन”
προσανάβηθι ἀνώτερον
“अझ महत्त्वपूर्ण व्यक्तिको लागि भएको आसनमा जानुहोस्”
ἔσται σοι δόξα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब तिमीलाई निम्तो दिनेले तिमीलाई सम्मान गर्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:11
ὁ ὑψῶν ἑαυτὸν
“महत्त्वपूर्ण देखिने प्रयास गर्छ” वा “जसले महत्त्वपूर्ण ठाउँ लिन्छ”
ταπεινωθήσεται
“महत्त्वपूर्ण छैन भन्ने देखाइनेछ” वा “महत्त्वपूर्ण नभएको स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ ταπεινῶν ἑαυτὸν
“जसले महत्त्व नभएको देखाउँछ” वा “जसले महत्त्वपूर्ण नभएको स्थान लिन्छ”
ὑψωθήσεται
“महत्त्वपूर्ण देखाइनेछ” वा “महत्त्वपूर्ण स्थान दिइनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उच्च पार्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:12
येशूले फरिसीको घरमा कुरा गर्न निरन्तरता दिनुहुन्छ, तर उहाँको आयोजकलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुहुन्छ ।
τῷ κεκληκότι αὐτόν
“ती फरिसी जसले उहाँलाई उनको घरमा खानाको लागि निम्तो दिएका थिए”
ὅταν ποιῇς
“तिमी” बहुवचनमा छ किनभने येशू उहाँलाई निम्तो दिने फरिसीसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
μὴ φώνει
तिनीहरूले यी मानिसहरूलाई कहिल्यै निम्तो गर्दैनन् भन्ने अर्थ सम्भवतः यसले दिएको होइन । यसको बढी सम्भाव्य अर्थ चाहिँ तिनीहरूले अरूहरूलाई पनि निम्तो दिनुपर्छ भन्ने हो । वैकल्पिक अनुवादः “केवल ... लाई मात्र निम्तो नदेऊ” वा “सधैँ ... मात्र निम्तो नदेऊ”
“किनभने तिनीहरूले ... सक्छन्”
“तिनीहरूको बेलुकीको खाना वा भोजमा तिमीलाई निमन्त्रणा दिनु”
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस किसिमले तिनीहरूले तिमीलाई तिर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:13
येशूले उहाँलाई आफ्नो घरमा निम्तो गर्ने फरिसीसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
κάλει
“पनि” शब्द थप्दा सहयोगी हुन सक्छ किनकि यो भनाइ सम्भवतः असमावेशी होइन । वैकल्पिक अनुवादः “गरिबहरूलाई पनि निम्तो देऊ”
Luke 14:14
μακάριος ἔσῃ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι
“तिनीहरूले बदलामा तिमीलाई भोजमा बोलाउन सक्दैनन्”
ἀνταποδοθήσεται…σοι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीलाई तिर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῇ ἀναστάσει τῶν δικαίων
यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब परमेश्वरले धर्मी मानिसहरूलाई फेरि जीवनमा ल्याउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 14:15
δέ
टेबुलमा भएका मानिसहरूमध्ये एकजनाले येशूसँग कुरा गर्छन् र येशूले एउटा दृष्टान्त भन्नुभएर उसलाई जवाफ दिन थाल्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
τις τῶν συνανακειμένων
यसले एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ὅστις φάγεται ἄρτον ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ
त्यो मानिसले कुनै खास व्यक्तिको बारेमा कुरा गरिरहेको थिएन । वैकल्पिक अनुवादः “धन्य हो त्यो जो कोही पनि” वा “यो हरेकको निम्ति कति असल हुन्छ”
ὅστις φάγεται ἄρτον ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ
“रोटी” शब्द समग्र खानालाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जसले भोजमा खान्छ” (हेर्नुहोस्ः उपलक्षण)
Luke 14:16
ὁ δὲ εἶπεν αὐτῷ, ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα
येशूले एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς
पाठकले बुझ्नुपर्छ कि ती मानिसले सम्भवतः उनका सेवकहरूलाई खाना तयार पार्न र पाहुनाहरूलाई निम्तो दिन लगाए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἄνθρωπός τις
यो कुनै मानिसको परिचयको बारेमा केही खास जानकारी नदिइकन उसलाई जनाउने एउटा तरिका हो ।
“धेरै मानिसहरूलाई निम्तो दिए” वा “धेरे पाहुनाहरूलाई निम्तो दिए”
Luke 14:17
τῇ ὥρᾳ τοῦ δείπνου
“बेलुकीको खाना खाने समयमा” वा “जब बेलुकीको खाना खान सुरु हुन लागेको थियो”
τοῖς κεκλημένοις
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले निमन्त्रणा गरेकाहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:18
καὶ
निम्तो पाएका सबै मानिसहरूले तिनीहरू किन भोजमा आउन सक्ने थिएनन् भनेर सेवकलाई बहानाहरू दिए ।
येशूलाई उहाँको दृष्टान्त भनिरहनुहुन्छ ।
παραιτεῖσθαι
“तिनीहरू बेलुकीको खानामा आउन सकेनन् भनी बताउन”
ὁ πρῶτος εἶπεν αὐτῷ
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए (लूका १४:१७) । वैकल्पिक अनुवादः “पहिलोले उसलाई यसो भन्दै सन्देश पठायो” वा “पहिलोले सेवकलाई यसो भन्नु भनेर बतायो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“कृपया मलाई क्षमा गर्नुहोस्” वा “कृपया मेरो याचनालाई स्वीकार गर्नुहोस्”
Luke 14:19
ἕτερος εἶπεν
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए (लूका १४:१७) । वैकल्पिक अनुवादः “अर्कोले उसलाई यसो भन्दै सन्देश पठायो” वा “अर्कोले सेवकलाई यसो भन्नु भनेर बतायो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ζεύγη βοῶν…πέντε
गोरुहरू खेतीकिसानीका सामग्रीहरू तान्न जोडिमा प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “मेरो खेतहरूमा काम गर्नलाई १० गोरूहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 14:20
ἕτερος εἶπεν
पाठकले बुझ्नुपर्छ कि यी मानिसहरूले सेवकसँग प्रत्यक्ष रूपमा कुरा गरे जसलाई मालिकले पठाएका थिए (लूका १४:१७) । वैकल्पिक अनुवादः “अर्को मानिसले उसलाई यसो भन्दै सन्देश पठायो” वा “अर्को मानिसले सेवकलाई यसो भन्नु भनेर बतायो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
γυναῖκα ἔγημα
तपाईंको भाषामा स्वाभाविक हुने अभिव्यक्ति प्रयोग गर्नुहोस् । केही भाषाहरूले “विवाह गरेको छ” वा “पत्नी ल्याएको छ” भनेर व्यक्त गर्न सक्छन् ।
Luke 14:21
ὀργισθεὶς
“आफूले निमन्त्रणा गरेक मानिसहरूसँग रिसाए”
εἰσάγαγε ὧδε
“खाना खान यहाँभित्र निमन्त्रणा देऊ”
Luke 14:22
καὶ εἶπεν ὁ δοῦλος
नोकरले मालिकले आज्ञा गरेबमोजिम गर्यो भनेर अस्पष्ट कुराहरूलाई स्पष्ट रूपमा उल्लेख गर्नु आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “नोकरले गएर त्यो काम गरेपछि, ऊ फर्केर आयो र भन्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
γέγονεν ὃ ἐπέταξας
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले आज्ञा गर्नुभएको कुरा मैले गरेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:23
येशूले उहाँको दृष्टान्त सकाउनुहुन्छ ।
φραγμοὺς
यसले सहर बाहिरका सडकहरू र बाटोहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहर बाहिरका मुख्य सडकहरू र बाटाहरू”
“तिनीहरू भित्र आउनुपर्छ भनेर अह्राऊ”
“तिनीहरू” शब्दले सेवकहरूले भेट्टाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । “तिमीले भेट्टाउने जुनै पनि व्यक्तिलाई भित्र आउन कर लगाऊ”
ἵνα γεμισθῇ μου ὁ οἶκος
“ताकि मानिसहरूले मेरो घर भरून्”
Luke 14:24
λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, γεύσεταί μου τοῦ δείπνου
“तिमीहरू” शब्द बहुवचनमा छ, त्यसैले यो कसलाई सम्बोधन गरिएको हो भनेर अस्पष्ट छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τῶν ἀνδρῶν ἐκείνων
यहाँ “मानिसहरू” ले सामान्य मानिसहरूलाई नभई “वयस्क पुरुषहरू” लाई जनाउँछ ।
τῶν κεκλημένων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “जसलाई मैले पहिला निमन्त्रणा गरेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γεύσεταί μου τοῦ δείπνου
“मैले तयार पारेको खानामा रमाउनेछ”
Luke 14:25
συνεπορεύοντο…αὐτῷ ὄχλοι πολλοί
येशूले उहाँसँगै यात्रा गरिरहेको भीडलाई सिकाउन थाल्नुहुन्छ ।
Luke 14:26
οὐ μισεῖ
यहाँ “घृणा” भनेको मानिसहरूले येशूभन्दा बाहेकका मानिसहरूलाई देखाउनुपर्ने कम प्रेमको लागि अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “यदि कोही मकहाँ आउँछ र उसले आफ्नो बाबुलाई भन्दा मलाई बढी प्रेम गर्दैन भने ... ऊ मेरो चेला बन्न सक्दैन” वा “यदि कोही मकहाँ आउँछ र उसले मलाई आफ्नो बुबालाई भन्दा बढी प्रेम गर्छ भने मात्र ... ऊ मेरो चेला बन्न सक्छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि दोहोरो नकारात्मक)
Luke 14:27
ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής
यसलाई सकारात्मक क्रियापदहरूसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही मेरो चेला बन्न चाहन्छ भने, उसले आफ्नो क्रूस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ
हरेक ख्रीष्टिएन क्रूसमा मारिनुपर्छ भन्ने येशूको अर्थ होइन । रोमीहरूले धेरैपटक मानिसहरूलाई रोमप्रतिको तिनीहरूको समर्पणताको चिन्ह स्वरूप तिनीहरूलाई क्रूसमा झूण्डाउनुभन्दा अगाडि तिनीहरूको आफ्नै क्रूस बोक्न लगाउँथे । यो अलङ्कारको अर्थ हुन्छ कि तिनीहरूले आफूलाई परमेश्वरकहाँ सुम्पिनुपर्छ र येशूका चेलाहरू हुनलाई हर किसिमले सतावट भोग्न इच्छुक हुनुपर्छ । (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 14:28
चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας, ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν?
मानिसहरूले कुनै पनि आयोजना थाल्नभन्दा अगाडि मूल्य हिसाब गर्छन् भनेर प्रमाणित गर्न येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूमध्ये कसैले धरहरा बनाउन चाह्यौ भने, तिमीहरूले पहिला बसेर त्यसलाई पूरा गर्न आफूसँग पर्ताप्त रकम छ कि छैन भनी हिसाब गर्ने थियौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
πύργον
यो कुनै सुरक्षाकर्मी बस्ने धरहरा भएको हुन सक्छ । “अग्लो भवन” वा “रखवारी गर्ने अग्लो स्थानमा भएको मञ्च”
Luke 14:29
ἵνα μήποτε
थप जानकारी दिँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले पहिले नै मूल्य हिसाब गरेन भने” (हेर्नुहोस्ः शब्दलोप)
θέντος αὐτοῦ θεμέλιον
“जब उसले जग बनाइसकेको हुन्छ” वा “जब उसले भवनको पहिलो भाग सकाइसकेको हुन्छ”
καὶ μὴ ἰσχύοντος ἐκτελέσαι
यो कुरा बुझिएको छ कि उससँग पर्ताप्त पैसा नभएको कारणले उसले पूरा गर्न सकेन । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूरा गर्नलाई सक्षम हुन पर्ताप्त पैसा छैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 14:31
चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।
येशूले अर्को परिस्थितिको परिचय दिनलाई यो शब्दको प्रयोग गर्नुभयो जहाँ मानिसहरूले निर्णय गर्नु अघि मूल्य हिसाब गर्छन् ।
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύσεται, εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν?
मूल्य हिसाब गर्ने बारेमा भीडलाई सिकाउन येशूले अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै राजाले ... पहिला बस्छ र सल्लाह लिन्छ ... मानिसहरू” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
βουλεύσεται
सम्भावित अर्थहरू हुन् १) “ ... बारे होसियारीपूर्वक सोच्नु” वा २) “उसका सल्लाहकारहरूले भनेको सुन्नु ।”
“१०,००० ... २०,०००” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Luke 14:32
εἰ δὲ μή γε
थप जानकारी उल्लेख गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “यदि उसले अर्को राजालाई हराउन सक्नेछैन भन्ने महसुस गर्यो भने” (हेर्नुहोस्ः शब्दलोप)
τὰ πρὸς εἰρήνην
“युद्धलाई अन्त गर्न शर्तहरू” वा “युद्धलाई अन्त गर्न अर्का राजाले उसले के गरेको चाहन्छन्”
Luke 14:33
πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής
यसलाई सकारात्मक क्रियापदहरूसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूसँग भएका सबै थोक त्याग्न सक्नेहरू मात्र मेरा चेलाहरू हुन सक्छौ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν
“आफूसँग भएका सबै थोक पछि छोड्न”
Luke 14:34
येशूले भीडलाई सिकाउन सकाउनुहुन्छ ।
καλὸν οὖν τὸ ἅλας
“नुन उपयोगी हुन्छ ।” येशूले उहाँको चेला हुन चाहनेहरूको बारेमा एउटा पाठ सिकाइरहनुभएको छ । (हेर्नुहोस्ः रूपक)
ἐν τίνι ἀρτυθήσεται?
येशूले भीडलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यसलाई फेरि नुनिलो बनाउन सकिँदैन” वा “यसलाई कसैले फेरि नुनिलो बनाउन सक्दैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 14:35
εἰς κοπρίαν
मानिसहरूले मल बगैँचा र खेतहरूलाई मलिलो बनाउनलाई प्रयोग गर्छन् । स्वाद गुमाएको नुन यति अनुपयोगी हुन्छ कि त्यसलाई मलसँग मिसाउन पनि सकिँदैन । वैकल्पिक अनुवादः “मलखाँद” वा “माटोलाई उत्पादनशील बनाउने कुरा”
ἔξω βάλλουσιν αὐτό
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसलाई फालिदिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खरै भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा ल्याउन केही प्रयत्न चाहिन सक्छ । यहाँ “सुन्ने कानहरू” भन्ने वाक्यांश बुझ्न र आज्ञापालन गर्न भएको इच्छुकपनाको लागि एउटा प्रतिस्थापन शब्द हो । तपाईंले यस वाक्यांशलाई लूका ८:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छुक भइरहेको छ, उसले सुनोस्” वा “जो बुझ्न इच्छुक भइरहेको छ, उसले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
किनकि येशूले उहाँलाई सुनिरहेका मानिसहरूसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्न सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई लूका ८:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमी सुन्न इच्छुक छौ भने, सुन” वा “यदि तिमी बुझ्न इच्छुक छौ भने, बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 15
लूका १५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
उडन्त पुत्रको दृष्टान्त
लूका १५:११-३२ उडन्त पुत्रको दृष्टान्त हो । अधिकांश मानिसहरूले विचार गर्छन् कि कथामा भएको बाबुले परमेश्वरलाई (पिता) प्रतिनिधित्व गर्छ, पापी कान्छो छोराले पश्चात्ताप गर्ने र येशूमा विश्वासमा आउनेहरूलाई प्रतिनिधित्व गर्छ, र स्व-धर्मी जेठो छोराले फरिसीहरूलाई प्रतिनिधित्व गर्छ । कथामा जेठो छोरो बाबुसँग रिसाउँछ किनभने बाबुले कान्छो छोरोका पापहरू माफ गरिदिए, र ऊ बाबुले राखेको भोजमा भित्र जाने थिएन किनभने कान्छो छोराले पश्चात्ताप गर्यो । यो किन थियो भने येशू जान्नुहुन्थ्यो कि परमेश्वरले फरिसीहरू मात्र असल छन् भनी सोच्नुभएको होस् र अरू मानिसहरूका पापहरू क्षमा नगर्नुभएको होस् भनेर फरिसीहरू चाहन्थे । उहाँले तिनीहरूलाई सिकाइरहनुभएको थियो कि तिनीहरू कहिल्यै पनि परमेश्वरको राज्यको हिस्सा हुने थिएनन् किनभने तिनीहरूले त्यस प्रकारले विचार गरे । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि क्षमा दिनु, क्षमा अनि दृष्टान्त)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पापीहरू
जब येशूका समयका मानिसहरूले “पापीहरू”को विषयमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको आज्ञापालन गर्दैनथे र बरु चोर्ने वा यौनसँग सम्बन्धित भएका जस्ता पापहरू गर्थे । तर ती मानिसहरू जसले आफूहरू पापी छौँ भनी विश्वास गर्छन् र पश्चात्ताप गर्छन्, तिनीहरूले चाहिँ साँचो रूपमा परमेश्वरलाई खुशी बनाउँछन् भनेर मानिसहरूलाई सिकाउन येशूले तीनवाट दृष्टान्तहरू बताउनुभयो (लूका १५:४-७, लूका १५:८-१०, अनि लूका १५:११-३२) । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि पश्चात्ताप गर्नु, पश्चात्ताप अनि दृष्टान्त)
Luke 15:1
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा कुनै एक दिनमा हो जब येशूले सिकाइरहनुभएको थियो ।
δὲ
यसले कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἦσαν…αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ
त्यहाँ तिनीहरू धेरै जना थिए भनेर जोड दिनलाई यो एउटा अतिरञ्जन हो । वैकल्पिक अनुवादः “थुप्रै कर उठाउनेहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Luke 15:2
οὗτος ἁμαρτωλοὺς προσδέχεται
“यस मानिसले पापीहरूलाई उसको उपस्थितिमा आउन दिन्छ” वा “यस मानिसले पापीहरूसँग घुलमिल गर्छ”
οὗτος
तिनीहरूले येशूको बारेमा कुरा गरिरहेका थिए ।
“साथै” शब्दले देखाउँछ कि येशूले पापीहरूलाई उहाँकहाँ आउन दिनु नै निकै खराब कुरा थियो, तर उहाँ तिनीहरूसँगै खानुचाहिँ झन् खराब थियो भनेर तिनीहरूले ठाने ।
Luke 15:3
εἶπεν…πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην
येशूले थुप्रै दृष्टान्तहरू बताउन थाल्नुहुन्छ । यी दृष्टान्तहरू कुनै पनि व्यक्तिले अनुभव गर्नसक्ने कुराको बारेमा भएका परिकल्पित परिस्थितिहरू हुन् । यी कुनै खास मानिसहरूको बारेमा होइनन् । पहिलो दृष्टान्त चाहिँ कुनै व्यक्तिले आफ्नो भेडाहरूमध्ये कुनै एउटा हरायो भने के गर्ने थियो भन्ने बारेमा हो । (हेर्नुहोस्ः दृष्टान्त अनि काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
यहाँ “तिनीहरूलाई” ले धार्मिक अगुवाहरूलाई बुझाउँछ ।
Luke 15:4
τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς, ἕως εὕρῃ αὐτό?
यदि तिनीहरूले तिनीहरूका भेडाहरूमध्ये एउटा भेडा हराए भने, तिनीहरू यसलाई खोज्दै जानेछन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरू हरेक ... पक्कै छोड्ने थियौ ... जबसम्म त्यसलाई पाउँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यो दृष्टान्त “तिमीहरूमध्ये कुनचाहिँ होला” भन्ने पदावलीबाट सुरु भएकोले केही भाषाहरूले यो दृष्टान्तलाई द्वितीय पुरुषमा अगाडि बढाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि तिमीहरूसँग एक सयवटा भेडा छन् भने” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
“१०० ... ९९” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Luke 15:5
ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ
यो गोठालोहरूले भेडा बोक्ने तरिका थियो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई घर लैजान उसको काँधमा राख्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:6
καὶ ἐλθὼν εἰς τὸν οἶκον, συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας
“जब भेडाको मालिक घरमा आउँछ” वा “जब तिमी घरमा आउँछौ” (युडीबी) । तपाईंले अगिल्लो पदमा गरेजस्तै भेडाको मालिकलाई जनाउनुहोस् ।
Luke 15:7
οὕτως
“त्यसै गरी” वा “जसरी गोठालो, उसका साथीहरू र छिमेकीहरू रमाउँछन्”
χαρὰ ἐν τῷ οὐρανῷ ἔσται
“स्वर्गमा बस्ने हरेक रमाउनेछ”
आफूहरूले पश्चात्ताप गर्न जरुरी छैन भनेर फरिसीहरूले ठानेकोमा तिनीहरू गलत छन् भनी भन्न येशूले व्यङ्ग्यको प्रयोग गर्नुहुन्छ । यो धारणालाई व्यक्त गर्न तपाईंको भाषामा फरक तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “तिमीहरू जस्तै उनान्सय जना मानिसहरू जसले तिनीहरू धर्मी छन् र पश्चात्ताप गर्नुपर्दैन भनी सोच्छन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
“९९” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Luke 15:8
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एक स्त्रीको बारेमा हो जससँग १० चाँदीका सिक्काहरू थिए ।
τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως οὗ εὕρῃ?
यदि तिनीहरूमध्ये कुनैले एउटा चाँदीको सिक्का हरायो भने, तिनीहरूले निश्चय नै यत्नपूर्वक खोज्छन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “कुनै पनि स्त्रीले ... निश्चय नै बत्ती बाल्नेछिन् ... तिनले नपाएसम्म दिलोज्यानले खोज्छिन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως οὗ εὕρῃ?
यो एउटी वास्तविक स्त्रीको कथा होइन, तर एउटा काल्पनिक परिस्थिति हो । केही भाषाहरूमा यसलाई देखाउने तरिकाहरू छन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Luke 15:10
οὕτως
“उही किसिमले” वा “जसरी मानिसहरू त्यस स्त्रीसँग रमाउने थिए”
ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ
“जब कुनै एक पापीले पश्चात्ताप गर्छ”
Luke 15:11
εἶπεν δέ
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एउटा जवान मानिसको बारेमा हो जसले आफ्नो बाबुसँग उसको भागको अंश माग्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἄνθρωπός τις εἶχεν δύο υἱούς
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । केही भाषाहरूले “त्यहाँ एउटा मानिस थियो जसले” भन्लान् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 15:12
δός μοι
छोराले उसको बुबाले उसलाई तत्काल देओस् भन्ने चाहना गर्यो । आज्ञार्थक रूप भएको भाषाले तिनीहरूले त्यो तत्काल गरियोस् भन्ने चाहना गरेको अर्थ भएको रूपको प्रयोग गर्नुपर्छ ।
“तपाईं मर्ने बेलामा मलाई दिने योजना बनाउनुभएको तपाईंको सम्पत्तिको अंश”
διεῖλεν αὐτοῖς τὸν βίον
“उसका दुई छोराहरूको बीचमा”
Luke 15:13
συναγαγὼν πάντα
“उसका सामानहरू पोको पार्यो” वा “उसका सामानहरू उसको झोलामा राख्यो”
ἀσώτως
“उसका क्रियाकलापहरूका परिणामहरूको बारेमा नसोची जिइरहेको” वा “लापार्वाही तरिकाले जिइरहेको”
Luke 15:14
δὲ
यो शब्द प्रमुख कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले व्याख्या गर्नुहुन्छ कि कसरी कान्छो छोरो चाहिँ सम्पन्नताबाट खाँचो परिरहेको अवस्थामा पुग्यो ।
ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην
“त्यहाँ एउटा खडेरी पर्यो र सारा देशसँग पर्याप्त खाना भएन”
ὑστερεῖσθαι
“उसलाई आवश्यक पर्ने थोकहरूको कमी हुनु” वा “पर्याप्त नहुनु”
Luke 15:15
καὶ
“ऊ” शब्दले कान्छो छोरोलाई जनाउँछ ।
πορευθεὶς, ἐκολλήθη ἑνὶ
“... लाई एउटा काम लिए” वा “... को निम्ति काम गर्न सुरु गरे”
ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης
“त्यो देशको एउटा मानिस”
βόσκειν χοίρους
“त्यस मानिसका सुँगुरहरूलाई चारो दिन”
Luke 15:16
ἐπεθύμει χορτασθῆναι
“उसले खान पाए पनि हुन्थ्यो भनेर धेरै चाहना गरे ।” यो कुरा बुझिएको छ कि यस्तो उसलाई धेरै भोक लागेकोले कारणले थियो । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ऊ यति भोको थियो कि उसले खुशीसँग खाने थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κερατίων
यी क्यारबको रूखमा फल्ने बिउका दानाका छिल्काहरू हुन् । वैकल्पिक अनुवादः “क्यारबको चारो” वा “दानाका छिल्काहरू” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Luke 15:17
εἰς ἑαυτὸν…ἐλθὼν
यो वाक्पद्धतिको अर्थ उसले सत्यता के हो र उसले भयङ्कर भूल गरेको थियो भनेर थाहा गर्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “स्पष्ट रूपमा उसको परिस्थिति बुझ्यो” (हेर्नुहोस्ः टुक्काहरू)
πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι
यो एउटा आश्चर्यको अंश हो र प्रश्न होइन । वैकल्पिक अनुवादः “मेरा पिताका ज्यालामा काम गर्नेहरूलाई चाहिएभन्दा बढी खानेकुराहरू मिल्छ”
λιμῷ…ἀπόλλυμαι
यो सम्भवतः अतिशयोक्ति होइन । निश्चय नै, ती जवान भोकले व्याकुल नै परिरहेका हुन सक्छन् ।
Luke 15:18
τὸν οὐρανὸν
यहूदीहरूले कहिलेकाहीँ “परमेश्वर” शब्द प्रयोग नगरी “स्वर्ग” शब्द प्रयोग गर्थे । वैकल्पिक अनुवादः “मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु” (हेर्नुहोस्ः लक्षणा)
Luke 15:19
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου
“म तपाईंको छोरा कहलिन लायकको छैनँ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले मलाई छोरा भनेर बोलाउनलाई म योग्यको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ποίησόν με ὡς ἕνα τῶν μισθίων σου
“मलाई काम गर्नेको रूपमा ज्यालामा राख्नुहोस्” वा “मलाई ज्यालामा राख्नुहोस् र म तपाईंका नोकरहरूमध्ये एउटा हुनेछु ।” यो एउटा अनुरोध हो, कुनै आदेश होइन । यूएसटीले गरेको जस्तै “कृपया” शब्द थप्दा सहयोगी हुन सक्छ ।
Luke 15:20
καὶ
“त्यसैले उसले त्यो देश छोड्यो र उसको बाबुकहाँ जान हिँड्यो ।” “त्यसैले” शब्दले एउटा घटनालाई अङ्कित गर्दछ जुन अरू कुनै कुरा पहिले भएको हुनाले घट्यो । यहाँ चाहिँ, जवान मानिस खाँचोमा थियो र घर जाने निर्णय गरेको थियो ।
ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος
“जब ऊ अझै आफ्नो घरबाट टाढै थियो” वा “जब ऊ उसको बाबुको घरबाट अझै टाढै थियो”
ἐσπλαγχνίσθη
“उसलाई दया गरे” वा “उसलाई आफ्नो हृदयको गहिराइदेखि नै प्रेम गरे”
ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
आफ्नो छोरो आएकोमा बाबु खुसी थिए र तिनले उनलाई प्रेम गर्थे भनी देखाउनलाई यसो गरे । यदि मानिसहरूले आफ्नो छोरालाई अँगालो हाल्नु र म्वाँइ गर्नु अनौठो वा गलत सोच्छन् भने, तपाईंले तपाईंको संस्कारमा मानिसहरूले तिनीहरूका छोराहरूलाई प्रेम देखाउँदा के गर्छन्, त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उसलाई स्नेहपूर्वक स्वागत गरे”
Luke 15:21
τὸν οὐρανὸν
यहूदीहरूले कहिलेकाहीँ “परमेश्वर” शब्द प्रयोग नगरी “स्वर्ग” शब्द प्रयोग गर्थे । तपाईंले यसलाई लूका १५:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु” (हेर्नुहोस्ः लक्षणा)
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । तपाईंले यसलाई लूका १५:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तपाईंले मलाई छोरा भनी बोलाउन म लायकको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 15:22
στολὴν τὴν πρώτην
“घरमा भएका उत्तम पोशाक ।” वैकल्पिक अनुवादः “उत्तम कोट” वा “उत्तम लुगा”
στολὴν τὴν πρώτην…δακτύλιον…ὑποδήματα
औँठी मानिसहरूले अधिकारको सङ्केतको रूपमा तिनीहरूको एउटा औँलामा लगाउँथे ।
ὑποδήματα
त्यस समयका धनी मानिसहरूले चप्पलहरू लगाउँथे । तापनि, धेरै समाजहरूमा त्यसको अहिलेको बराबरी चाहिँ “जुत्ताहरू” हुने थियो ।
Luke 15:23
μόσχον τὸν σιτευτόν
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले मोटो बनाउँदै आएको जवान पशु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
θύσατε
तिनीहरूले मासुलाई पकाउनु पर्थ्यो भनेर आशय दिइएको जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यसलाई मारेर पकाऊ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:24
ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν
यस अलङ्कारले छोरो गएको कुरालाई ऊ मृत भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा मरेसरह थियो, तर ऊ अहिले जीवित भएको छ” वा “मलाई मेरो छोरा मरेको जस्तै लागेको थियो, तर अब ऊ जीवित भएको छ” (हेर्नुहोस्ः रूपक)
ἦν ἀπολωλὼς καὶ εὑρέθη
यस अलङ्कारले छोरो गएको कुरालाई ऊ हराएको थियो भने झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “मेरो छोरा हराएसरह थिए र अहिले मैले उसलाई भेट्टाएको छु” वा “मेरा छोरा हराएको थियो र घर फर्केको छ” (हेर्नुहोस्ः रूपक)
Luke 15:25
δὲ
यो शब्द मुख्य कथावर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ येशूले जेठो छोरोको बारेमा भएको कथाको नयाँ भाग बताउन थाल्नुहुन्छ ।
ἦν…ἐν ἀγρῷ
ऊ त्यहाँ काम गरिरहेको हुनाले ऊ बाहिर खेतमा थियो भन्ने आशय दिइएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:26
यहाँ “सेवक” भनी अनुवाद गरिएको शब्दलाई सामान्यतया “केटा” भनेर अनुवाद गरिन्छ । यसले नोकर धेरै सानो थियो भनी देखाउँछ ।
τί ἂν εἴη ταῦτα
“के भइरहेको थियो” (युडीबी)
Luke 15:27
τὸν μόσχον τὸν σιτευτόν
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यो वाक्यांशलाई लूका १५:२३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले मोटो बनाइराखेको जवान पशु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:29
“धेरै वर्षसम्म”
δουλεύω σοι
“मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ”
οὐδέποτε ἐντολήν σου παρῆλθον
“म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्नुभएको हरेक कुरा गरेँ” (युडीबी)
ἔριφον
कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:30
ὁ υἱός σου οὗτος
“तपाईंको त्यो छोरा ।” ऊ कति रिसाएको छ भन्ने देखाउन दाजुले उसको भाइलाई यसरी भन्छ ।
ὁ καταφαγών σου τὸν βίον
खानेकुरा पैसाको लागि अलङ्कार हो । कसैले खानेकुरा खाइसकेपछि, त्यहाँ कुनै खानेकुरा हुँदैन र त्यहाँ खानलाई केही हुँदैन । भाइले पाएको रकम अब त्यहाँ थिएन र खर्च गर्नलाई अब अरू बढी केही थिएन । वैकल्पिक अनुवादः “तपाईंका सबै धन खेर फाल्यो” वा “तपाईंका सबै पैसा उडायो” (हेर्नुहोस्ः रूपक)
μετὰ πορνῶν
सम्भावित अर्थहरू हुन् १) उसको भाइले यसरी नै पैसा खर्च गर्यो भनेर उसले अनुमान गर्यो वा २) “टाढाको देशमा” उसको भाइको क्रियाकलापहरूको पापपूर्णतालाई अतिरञ्जन गर्न उसले वेश्याहरूको विषयमा कुरा गर्छ (लूका १५:१३) । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὸν σιτευτὸν μόσχον
बाछो भनेको कलिलो गाई हो । मानिसहरूले तिनीहरूका कुनै एउटा बाछोलाई विशेष खानेकुरा दिन्थे ताकि त्यो राम्ररी बढोस्, र जब तिनीहरूलाई कुनै विशेष भोज राख्न मन हुन्थ्यो, तिनीहरूले त्यस समयमा त्यसलाई खान्थे । तपाईंले यसलाई लूका १५:२३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उत्तम पशु” वा “हामीले प्रशस्त खाना दिँदै आएको जवान पशु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 15:31
ὁ δὲ εἶπεν αὐτῷ, τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν
“उसलाई” शब्दले जेठो छोरालाई जनाउँछ ।
Luke 15:32
ὁ ἀδελφός σου οὗτος
भर्खर आएका यी व्यक्ति उनका भाइ थिए भनी बाबुले ठुलो छोरालाई सम्झाउँदै छ ।
ὁ ἀδελφός σου οὗτος, νεκρὸς ἦν καὶ ἔζησεν
यो अलङ्कारमा भाइले लामो समयसम्म घर छोड्नुलाई मरेकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई लूका १५:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यो मानौँ तिम्रो यो भाइ मरेको जस्तो हो र फेरि जीवित भएको छ” वा “मरेको थियो, तर अब ऊ जीवित छ” (हेर्नुहोस्ः रूपक)
ἀπολωλὼς καὶ εὑρέθη
यो अलङ्कारमा छोराले लामो समयसम्म घर छोड्नुलाई हराएकोसँग तुलना गरिएको छ । तपाईंले यसलाई लूका १५:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उनी हराएका जस्तै थिए र मैले अहिले भेट्टाएको छु” वा “उनी हराएका थिए र उनी घर फर्केका छन्” (हेर्नुहोस्ः रूपक)
Luke 16
लूका १६ सामान्य टिपोटहरू
Luke 16:1
ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς
येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । यो एउटा मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको विषयमा हो । यो अझै पनि कथाको उही भाग र उही दिन हो जुन लूका १५:३ मा सुरु भयो । (हेर्नुहोस्ः दृष्टान्त)
ἔλεγεν…καὶ πρὸς τοὺς μαθητάς
अन्तिम खण्ड फरिसीहरू र शास्त्रीहरूलाई लक्षित थियो, तथापि येशूका चेलाहरू पनि सुन्नेहरूको भीडमा थिए ।
ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον
यसले दृष्टान्तमा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
οὗτος διεβλήθη αὐτῷ ὡς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले धनी मानिसलाई भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ
“धनी मानिसको धन मूर्खतापूर्वक खर्च गरिरहेको”
Luke 16:2
τί τοῦτο ἀκούω περὶ σοῦ?
धनी मानिसले ती व्यवस्थापकलाई गाली गर्न एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले गरिरहेको कुरा मैले सुनेको छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου
“अरू कसैलाई जिम्मा लगाउनलाई तिम्रा हिसाबहरू तयार गर” वा “तिमीले मेरो रुपियाँ-पैसाबारे लेखेका विवरणहरू तयार पार”
Luke 16:3
व्यवस्थापकले उसका विकल्पहरूलाई पुनः विचार गर्नलाई आफैँलाई प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “मैले के गर्नुपर्छ भनेर मैले विचार गर्न जरुरी छ ... काम ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ κύριός μου
यसले धनी मासिनलाई जनाउँछ । व्यवस्थापक नोकर थिएनन् । वैकल्पिक अनुवादः “मलाई काम लगाइदिनुहुने”
σκάπτειν οὐκ ἰσχύω
“खेत खन्नलाई म पर्याप्त मात्रामा बलियो छैन” वा “म खन्न सक्षम छैन”
Luke 16:4
ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मैले मेरो व्यवस्थापकको काम गुमाउँछु” वा “जब मेरा मालिकले मेरो व्यवस्थापनको काम खोस्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν
यसले ती मानिसहरूले कुनै जागिर, वा उसलाई बाँच्नलाई खाँचो पर्ने कुराहरू जुटाइदिनेछन् भन्ने आशय दिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 16:5
τῶν χρεοφιλετῶν τοῦ κυρίου ἑαυτοῦ
“उसका मालिकबाट ऋृण लिएका मानिसहरू” वा “उसका मालिकप्रति केही कुराको ऋृणी भएका मानिसहरू ।” यस कथामा ऋृणीहरूले जैतूनको तेल र गहुँ लिएका थिए ।
Luke 16:6
ὁ δὲ εἶπεν, ἑκατὸν βάτους ἐλαίου
“ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
ἑκατὸν βάτους
यो झण्डै ३,००० लिटर जतिको जैतूनको तेल थियो । (हेर्नुहोस्ः बाइबलीय आयतन)
“१०० … ५०” (हेर्नुहोस्ः सङ्ख्याहरू)
“रसिद” भनेको कागजको एउटा टुक्रा हो जसले कसैले कति तिर्नुपर्छ भनेर बताउँछ ।
Luke 16:7
ἔπειτα ἑτέρῳ εἶπεν, σὺ δὲ πόσον ὀφείλεις?
“व्यवस्थापकले अर्का ऋृणीलाई भने ... ऋृणीले भन्यो ... व्यवस्थापकले ऋृणीलाई भने”
ἑκατὸν κόρους
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “झण्डै २०,००० लिटर जतिको गहुँ” वा “गहुँका हजार डालाहरू” (हेर्नुहोस्ः बाइबलीय आयतन)
ὀγδοήκοντα
“असी कोर गहुँ ।” तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सोह्र हजार लिटर लेख” वा “आठ सय डालाहरू लेख”
“८०” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Luke 16:8
येशूले मालिक र उसका ऋृणीहरूको व्यवस्थापकको बारेमा भएको दृष्टान्त भन्न सकाउनुहुन्छ । पद ९ मा, येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
मालिकले व्यवस्थापकको कामको बारेमा कसरी थाहा गरे भनेर पाठ्यखण्डले बताउँदैन ।
“तारिफ गरे” वा “... बारेमा राम्रो भने” वा “स्वीकार गरे”
φρονίμως ἐποίησεν
“उसले चलाख भएर काम गरेको थियो” वा “उसले बुद्धिमानीपूर्ण काम गरेको थियो”
οἱ υἱοὶ τοῦ αἰῶνος τούτου
यसले परमेश्वरलाई नचिन्ने वा वास्ता नगर्ने अधर्मी व्यवस्थापकजस्ता मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरू” वा “सांसारिक मानिसहरू”
τοὺς υἱοὺς τοῦ φωτὸς
यहाँ “ज्योति”ले ईश्वरहीन रहेका सबै कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरू” वा “ईश्वरीय मानिसहरू” (हेर्नुहोस्ः रूपक)
Luke 16:9
καὶ ἐγὼ ὑμῖν λέγω
“म” ले येशूलाई जनाउँछ । “म तिमीहरूलाई भन्दछु” भन्ने वाक्यांशले कथाको अन्त्यलाई जनाउँछ र अब येशूले मानिसहरूलाई सो कथालाई तिनीहरूको जीवनमा कसरी लागु गर्ने भनी बताउनुहुन्छ ।
ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς
यहाँ ध्यान चाहिँ पैसा अरू मानिसहरूलाई सहयोग गर्न प्रयोग गर्ने विषयमा हो । वैकल्पिक अनुवादः “सांसारिक सम्पत्तिले तिनीहरूलाई सहायता गरेर मानिसहरूलाई तिमीहरूको मित्रहरू बनाओ”
τοῦ μαμωνᾶ τῆς ἀδικίας
सम्भावित अर्थहरू हुन् १) येशूले पैसालाई “अधार्मिक” भन्नुहुँदा अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ किनभने त्यसको कुनै अनन्त मूल्य हुँदैन । वैकल्पिक अनुवादः “पैसाको प्रयोग गरेर, जसको कुनै अनन्त मूल्य हुँदैन” वा “सांसारिक रुपैँया-पैसाको प्रयोग गरेर” वा २) येशूले पैसालाई “अधार्मिक” भन्नुहुँदा प्रतिस्थापन शब्दको प्रयोग गर्नुहुन्छ किनभने कहिलेकाहीँ मानिसहरूले अधार्मिक तरिकाले पैसा कमाउँछन् वा त्यसलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले बेइमानीसँग कमाएको पैसा पनि प्रयोग गरेर” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)
यसले जनाउन सक्छ १) स्वर्गमा हुनुभएको परमेश्वर, जो तिमीहरूले मानिसहरूलाई सहयोग गर्न पैसाको प्रयोग गरेकोमा खुशी हुनुहुन्छ, वा २) ती मित्रहरू जसलाई तिमीहरूले आफ्नो पैसाले सहयोग गर्यौ ।
यसले स्वर्गलाई जनाउँछ, जहाँ परमेश्वर बस्नुहुन्छ ।
Luke 16:10
“ती मानिसहरू जो विश्वासयोग्य छन् ... पनि विश्वासयोग्य हुन्छन् ... ती मानिसहरू जो अधर्मी छन् ... पनि अधर्मी हुन्छन्” यसमा स्त्रीहरू पनि समेटिएका छन् । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ὁ πιστὸς ἐν ἐλαχίστῳ
“साना कुराहरूमा पनि विश्वासयोग्य ।” यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू धेरै विश्वासयोग्य छैनन् भनेको जस्तो नसुनियोस् ।
ὁ ἐν ἐλαχίστῳ ἄδικος
“साना कुराहरूमा पनि अधर्मी ।” यो कुरा पक्का गर्नुहोस् कि तिनीहरू धेरैपटक अधर्मी छैनन् भनेको जस्तो नसुनियोस् ।
Luke 16:11
τῷ ἀδίκῳ μαμωνᾷ
तपार्इंले यसलाई लूका १६:०९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । सम्भावित अर्थहरू हुन् १) येशूले पैसालाई “अधार्मिक” भन्नुहुँदा प्रतिस्थापन शब्दको प्रयोग गर्नुहुन्छ किनभने कहिलेकाहीँ मानिसहरूले अधार्मिक तरिकाले पैसा कमाउँछन् वा त्यसलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले बेइमानीसँग कमाएको पैसा पनि प्रयोग गरेर” वा २) येशूले पैसालाई “अधर्मी” भन्नुहुँदा अतिशयोक्तिको प्रयोग गर्नुहुन्छ किनभने त्यसको कुनै अनन्त मूल्य हुँदैन । वैकल्पिक अनुवादः “पैसाको प्रयोग गरेर, जसको कुनै अनन्त मूल्य हुँदैन” वा “सांसारिक पैसाको प्रयोग गरेर” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)
τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει?
येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई कसैले पनि साँचो धनको निम्ति भरोसा गर्नेछैन ।” वा “तिमीहरूलाई साँचो धनको व्यवस्थापन गर्नलाई कसैले दिनेछैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ ἀληθινὸν
यसले त्यो धनलाई जनाउँछ जुन बढी साँचो, वास्तविक, वा पैसाभन्दा बढी रहने हुन्छ ।
Luke 16:12
τὸ ὑμέτερον τίς ὑμῖν δώσει?
येशूले मानिसहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई तिमीहरूको सम्पत्ति दिँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 16:13
οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν
“एउटा नोकरले … गर्न सक्दैन”
δυσὶ κυρίοις
यो आशय दिइएको छ कि उसले “एकै समयमा दुई मालिकहरूको सेवा गर्न” सक्दैन ।
ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει; ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει
यी दुई वाक्यांशहरू मूलभूत रूपमा एउटै हुन् । एउटै प्रमुख भिन्नता भनेको यो हो कि पहिलो वाक्यांशमा पहिलो मालिकलाई घृणा गरिन्छ, तर दोस्रो वाक्यांशमा चाहिँ दोस्रो मालिकलाई घृणा गरिन्छ ।
“त्यो नोकरले घृणा गर्नेछ”
ἑνὸς ἀνθέξεται
“एउटालाई गहिरो रूपमा प्रेम गर्नेछ”
τοῦ ἑτέρου καταφρονήσει
“अर्कोलाई हेला गर्छ” वा “अर्कोको अवहेलना गर्छ”
यसले मूलभूत रूपमा अघिल्लो वाक्यांशमा “घृणा गर्नु” भनेको झैँ उही अर्थ दिन्छ ।
οὐ δύνασθε…δουλεύειν
येशूले मानिसहरूको समूहसँग कुरा गरिरहनुभएकोले “तिमी” को बहुवचन रूप भएका भाषाहरूले त्यसैलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 16:14
यो येशूका शिक्षाहरूमा आएको छोटो रोकावट हो, जसै पद १४ ले फरिसीहरूले येशूलाई कसरी गिल्ला गरे भन्ने बारेमा पृष्ठभूमि जानकारी बताउँछ । पद १५ मा, येशूले सिकाउन निरन्तरता दिनुहुन्छ र फरिसीहरूलाई जवाफ दिनुहुन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
δὲ
यो शब्दले पृष्ठभूमि जानकारीतर्फ कुरा फर्केकोलाई अङ्कित गर्छ ।
φιλάργυροι ὑπάρχοντες
“जसले पैसा भएको मन पराउँथे” वा “जो पैसाका लागि धेरै लोभी थिए”
“फरिसीहरूले येशूको खिल्ली उडाए”
Luke 16:15
“र येशूले फरिसीहरूलाई भन्नुभयो”
“तिमीहरू आफैँले आफैँलाई मानिसहरूप्रति असल देखाउने कोसिस गर्छौ”
ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν
यहाँ “हृदयहरू”ले मानिसहरूका चाहनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको साँचो इच्छाहरू बुझ्नुहुन्छ” वा “परमेश्वरले तिमीहरूका आकाङ्क्षाहरू जान्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
τὸ ἐν ἀνθρώποις ὑψηλὸν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू जसलाई मानिसहरूले धेरै महत्त्वपूर्ण ठान्छन्, तिनीहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 16:16
ὁ νόμος καὶ οἱ προφῆται
यसले त्यस बेलासम्म लेखिएको परमेश्वरको सबै वचनलाई जनाउँछ ।
μέχρι
“अधिकार थियो” वा “मानिसहरूले आज्ञापालन गर्न जरुरी कुराहरू थिए”
Ἰωάννου
यसले बप्तिस्मा दिने यूहन्नालाई जनाउँछ । वैकल्पिक अनुवादः “बप्तिस्मा-दिने यूहन्ना आए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἡ Βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचारबारे सिकाइरहेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶς
यसले येशूको शिक्षालाई सुन्ने र स्वीकार गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै मानिसले यसभित्र प्रवेश गर्नलाई तिनीहरूले गर्न सक्ने हरेक कुरा गरिरहेका छन्”
Luke 16:17
εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κερέαν πεσεῖν
यो अन्तरलाई उल्टो क्रममा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको अक्षरको सबैभन्दा सानो मात्रा पनि स्वर्ग र पृथ्वीभन्दा बढी लामो समय रहनेछन्”
ἢ τοῦ νόμου μίαν κερέαν
“मात्रा” भनेको अक्षरको सबैभन्दा सानो भाग हो । यसले व्यवस्थामा भएको केही कुरालाई जनाउँछ जुन महत्त्वहीन रहेको जस्तो देखिन सक्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको सबैभन्दा सानो विवरण पनि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πεσεῖν
“हराउनु” वा “अस्तित्वमा रहन बन्द गर्नु”
Luke 16:18
πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ
“उसकी पत्नीसँग विवाह विच्छेद गर्ने जो कोही” वा “उसकी पत्नीसँग विवाह विच्छेद गर्ने कुनै पनि मानिस”
μοιχεύει
“व्यभिचारको दोषी हुन्छ”
ὁ…γαμῶν
“हरेक मानिस जसले … स्त्रीलाई विवाह गर्छ”
Luke 16:19
यी पदहरूले येशूले धनी मानिस र लाजरसको बारेमा बताउन सुरु गर्नुभएको कथाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
जसै येशूले मानिसहरूलाई सिकाउन थाल्नुहुन्छ, उहाँले एउटा कथा बताउन थाल्नुहुन्छ । यो एउटा धनी मानिस र लाजरसको विषयमा हो ।
δέ
यसले येशूको प्रवचनमा आएको बदलावलाई अङ्कित गर्छ जसै उहाँले एउटा कथा भन्न सुरु गर्नुहुन्छ जसले मानिसहरूलाई उहाँले तिनीहरूलाई के सिकाइरहनुभएको थियो भनेर बुझ्नलाई सहायता गर्नेछ ।
ἄνθρωπος…τις ἦν πλούσιος
यस वाक्यांशले येशूको कथामा एउटा व्यक्तिलाई परिचय गराउँछ । यो एउटा वास्तविक मानिस हो या येशूले पाठको लागि भन्नुभएको केवल एउटा कथा हो भन्ने कुरा स्पष्ट छैन । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον
“जसले वैजनी र नरम मलमलले बनेको कपडा लगाउँथ्यो” वा “जसले धेरै महँगो कपडा लगाउँथ्यो ।” वैजनी र नरम मलमलको कपडा धेरै महँगो हुन्थ्यो ।
εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς
“हरेक दिन महँगो खाना खाएर आनन्द मनाउँथ्यो” वा “धेरै पैसा खर्च गर्थ्यो र उसले इच्छा लागेको कुरा किन्थ्यो”
Luke 16:20
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लाजरस नामको एकजना भिखारीलाई उसको ढोकामा राख्थे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
πτωχὸς δέ τις ὀνόματι Λάζαρος
यस वाक्यांशले येशूको कथामा अर्को व्यक्तिलाई परिचय गराउँछ । यिनी वास्तविक व्यक्ति थिए, वा यो सामान्य रूपमा कुनै भनाइ राख्न येशूले बताउनुभएको कथा थियो भनेर स्पष्ट छैन । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
πρὸς τὸν πυλῶνα αὐτοῦ
“धनी मानिसको घरको ढोकामा” वा “धनी मानिसको जायजेथाको प्रवेशद्वारमा”
εἱλκωμένος
“उसको शरीरभरि घाउहरू थियो”
Luke 16:21
ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων
“खसेको खानाका टुक्राहरू उसलाई खान दिइयोस् भनी इच्छा गर्थ्यो”
ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι
“पनि” शब्दले देखाउँछ कि यसपछि जे आउँछ त्यो लाजरसको बारेमा अगिबाटै भनिएको कुराभन्दा बढी खराब छ । वैकल्पिक अनुवादः “त्यसमाथि, कुकुरहरू आए” वा “अझै नराम्रो, कुकुरहरू आए”
οἱ κύνες
यहूदीहरूले कुकुरहरूलाई अशुद्ध जनावर मान्थे । लाजरस आफ्ना घाउ कुकुरहरूलाई चाट्न दिन नसक्ने गरी अति बिरामी र कमजोर थियो ।
Luke 16:22
ἐγένετο δὲ
यहाँ यो वाक्यांशलाई कथामा एउटा घटनालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उसलाई उठाएर लगे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸν κόλπον Ἀβραάμ
यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐτάφη
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई गाडे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 16:23
ἐν τοῖς κόλποις αὐτοῦ
यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὑπάρχων ἐν βασάνοις
“ऊ पातालमा गयो, जहाँ कठोर पीडा भोग्दै”
ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ
यो अलङ्कारको तात्पर्य “उसले माथि हेर्यो” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Luke 16:24
αὐτὸς φωνήσας εἶπεν
“र धनी मानिसले ... भन्नलाई बोलायो” वा “उसले अब्राहामलाई पुकार्यो”
Πάτερ Ἀβραάμ
अब्राहाम ती धनी मानिस समेत गरेर सबै यहूदीहरूका पुर्खा थिए ।
ἐλέησόν με
“कृपया, ममाथि दया गर्नुहोस्” वा “कृपया, ममाथि कृपालु हुनुहोस्”
καὶ πέμψον Λάζαρον
“लाजरसलाई पठाएर” वा “र लाजरसलाई मकहाँ आउनलाई भनिदिनुहोस्”
βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου
यसले माग गरिएको परिमाणको सानोपनलाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो औँलाको टुप्पो भिजाओस्”
ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
“म ज्वालामा भयानक पीडामा छु” वा “म यो आगोमा भयानक पीडा भोगिरहेको छु”
Luke 16:25
धनी मानिस पनि अब्राहामका सन्तानहरूमध्येको एक थियो ।
τὰ ἀγαθά σου
“राम्रा थोकहरू” वा “आनन्ददायक कुराहरू”
τὰ κακά
“त्यसै गरी खराब थोकहरू प्राप्त गर्यो” वा “त्यसै गरीउसलाई कष्ट दिने थोकहरू प्राप्त गर्यो”
ὁμοίως
यसले त्यो तथ्यलाई जनाउँछ कि तिनीहरू दुवैले पृथ्वीमा हुँदा केही कुरा प्राप्त गरे । यसले भनिरहेको छैन कि तिनीहरूले पाएका कुरा एउटै थियो । वैकल्पिक अनुवादः “ऊ बाँचिरहेको बेलामा ... पायो”
παρακαλεῖται
“उसलाई यहाँ सजिलो छ” वा “ऊ यहाँ खुशी छ”
σὺ…ὀδυνᾶσαι
“कष्ट भोगिरहेको”
Luke 16:26
καὶ ἐν πᾶσι τούτοις
“यसको अतिरिक्त”
χάσμα μέγα ἐστήρικται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरू र हाम्रा बीचमा एउटा ठुलो गल्छी राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“भिरालो, गहिरो र फराकिलो उपत्यका” वा “ठुलो विभाजन” वा “ठुलो गल्छी” (युडीबी)
μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
“ती मानिसहरू जो त्यो धाँदो नाघ्न चाहन्छन् ... नसकून्” वा “यदि कसैले नाघ्न चाहन्छ भने ... उसले नसकोस्”
Luke 16:28
ὅπως διαμαρτύρηται αὐτοῖς
“ताकि लाजरसलाई तिनीहरूलाई चेतवनी देओस्”
ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
“यो ठाउँ जहाँ हामीले कष्ट भोग्छौँ” वा “यो ठाउँ जहाँ हामीले भयानक पीडा भोग्छौँ”
Luke 16:29
येशूले धनी मानिस र लाजरसको बारेमा कथा भन्न सकाउनुहुन्छ ।
ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας
यो आशय दिइएको छ कि अब्राहामले लाजरसलाई धनी मानिसका भाइहरूकहाँ पठाउन इन्कार गरे । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहँ, म त्यसो गर्नेछैन, किनकि तिम्रा भाइहरूसँग मोशा र अगमवक्ताहरूले लामो समय अगाडि लेखेका वचनहरू छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Μωϋσέα καὶ τοὺς προφήτας
यसले तिनीहरूको लेखनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जे मोशा र अगमवक्ताहरूले लेखे” (हेर्नुहोस्ः लक्षणा)
ἀκουσάτωσαν αὐτῶν
“तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई नै ध्यान दिनुपर्छ”
Luke 16:30
ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν
यसले एउटा परिस्थितिलाई वर्णन गर्छ जुन भएको छैन, तर धनी मानिसले त्यो भइदिए हुन्थ्यो भनी चाहन्छन् । वैकल्पिक अनुवादः “यदि कोही मरेको मानिस नै तिनीहरूकहाँ गयो भने” वा “यदि कोही मरेको मानिस नै गयो र तिनीहरूलाई चेतावनी दियो भने” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ती सबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ ।
Luke 16:31
Μωϋσέως καὶ τῶν προφητῶν
यहाँ “मोशा र अगमवक्ताहरू”ले तिनीहरूले लेखेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यदि तिनीहरूले मोशा र अगमवक्ताहरूले लेखेका वचनहरूमा ध्यान दिँदैनन् भने” (हेर्नुहोस्ः लक्षणा)
εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται
यदि त्यो परिकल्पित परिस्थिति भयो भने के हुने थियो भनेर अब्राहामले उल्लेख गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नता मृतकबाट फर्केर आउने कोही व्यक्तिले तिनीहरूलाई मनाउन सक्नेछ” वा “यदि कोही व्यक्ति मृतकबाट फर्केर आयो भने पनि तिनीहरूले विश्वास गर्ने छैनन्” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना) अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐκ νεκρῶν
“मृतकहरूबाट” भन्ने शब्दहरूले तलको संसारमा (पातालमा) भएका मृत मानिसहरूको विषयमा कुरा गर्छ । तीमध्येबाट बिउँतनु भनेको पुनः जीवित हुनु हो ।
Luke 17
लूका १७ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पुरानो करारका उदाहरणहरू
येशूले उहाँका अनुयायीहरूलाई सिकाउन नोआ र लोतको जीवन प्रयोग गर्नुभयो । जलप्रलय आउँदा नोआ त्यसको लागि तयार थिए, र तिनीहरू उहाँ फर्किनुहुने समयको लागि तयार हुनुपर्थ्यो, किनभने उहाँ आउनुहुँदा उहाँले तिनीहरूलाई खबर गर्नुहुने थिएन । लोतकी पत्नीले तिनी बसोबास गरिरहेकी त्यस दुष्ट सहरलाई यति धेरै प्रेम गर्थिन् कि परमेश्वरले त्यस सहरलाई नाश पार्नुहुँदा तिनलाई पनि दण्ड दिनुभयो, र तिनीहरूले पनि येशूलाई अन्य कुनै पनि कुराभन्दा बढी प्रेम गर्न आवश्यक थियो ।
तिनीहरू जसले तपाईंको अनुवादलाई पढ्छन्, तिनीहरूलाई सहायताको खाँचो पर्न सक्छ ताकि येशूले त्यहाँ सिकाइरहनुभएको कुरा बुझ्न सकून् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
परिकल्पित परिस्थितिहरू
परिकल्पित परिस्थितिहरू भनेको ती परिस्थितिहरू हुन् जुन वास्तवमै भएका छैनन् । अरूहरूलाई पाप गर्न लगाउनेहरूलाई जे हुनेछ सो डुबेर मर्नुभन्दा बढी खराब हुनेछ भनेर सिकाउनलाई येशूले एउटा विशेष प्रकारको परिकल्पित परिस्थितिको प्रयोग गर्नुभयो (लूका १९:१-२) र चेलाहरूसँग थोरै विश्वास भएको कारण तिनीहरूलाई हप्काउन उहाँले अर्को परिकल्पित परिस्थितिको प्रयोग गर्नुभयो (लूका १९:६) । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
आलङ्कारिक प्रश्नहरू
येशूले उहाँलाई असल तरिकाले सेवा गर्नेहरू पनि उहाँको अनुग्रहको कारण मात्रै धर्मी ठहरिन्छन् भनेर उहाँका चेलाहरूलाई सिकाउन तिनीहरूलाई तीनवटा प्रश्नहरू सोध्नुभयो (लूका १७:७-९) (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि अनुग्रह, अनुग्रहमय अनि धर्मी, धार्मिकता)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका १७:२२) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा मानौँ तिनीहरूले अरू कसैको बारेमा बताइरहेको जसरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
विरोधाभासी अलङ्कार
विरोधाभासी अलङ्कार भनेको एउटा साँचो कथन हो जसले कुनै असम्भव कुरालाई वर्णन गरिरहेको जस्तो देखिन्छ । यस अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “हरेक जसले आफ्नो जीवनलाई बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर हरेक जसले आफ्नो जीवन गुमाउँछ त्यसले त्यो बचाउनेछ” (लूका १७:३३) ।
Luke 17:1
येशूले सिकाउन त निरन्तरता दिनुहुन्छ, तर अब उहाँले आफ्नो ध्यान फेरि उहाँका चेलाहरूतर्फ लगाउनुहुन्छ । यो अझै पनि कथाको उही भाग हो र उही दिन हो जुन लूका १५:३ मा सुरु भयो ।
ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν
“मानिसहरूलाई पाप गर्न परीक्षामा पार्ने थोकहरू निश्चय नै आउनेछन्”
οὐαὶ δι’ οὗ ἔρχεται!
“जसले परीक्षाहरू आउन लगाउँछ” वा “मानिसहरूलाई परीक्षित गर्न लगाउने कुनै पनि व्यक्ति”
Luke 17:2
λυσιτελεῖ αὐτῷ εἰ
तपाईंले यसलाई स्पष्ट बनाउनुपर्ने हुन सक्छ कि यो मानिसहरूलाई पाप गर्न लगाउने कुराको लागि भएको दण्ड हो जसलाई येशूले समुद्रमा फालिने कुरासँग तुलना गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म त्यसलाई घाँटीमा जाँतो झुण्डाएर समुद्रमा फालिदिएर कम सजाय दिनेछैन । बरु, म त्यसलाई बढी सजाय दिनेछु । यो यसकारणले हो कि त्यसले यी सानाहरूमध्ये एकजनालाई ठेस खान लगायो ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यसले एउटा परिकल्पित परिस्थितिलाई परिचय गराउँछ । यसको अर्थ हुन्छ कि मानिसहरूलाई पाप गर्न लगाएको कारण यो व्यक्तिले पाउने दण्ड समुद्रमा डुबाइदिएकोभन्दा बढी कठोर हुनेछ । कसैले पनि त्यसको घाँटीमा जाँतो झुण्डाएको छैन, र कसैले त्यसो गर्नेछ भनेर पनि येशूले भनिरहनुभएको छैन । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उसको घाँटीमा जाँतो बाँधेर उसलाई फ्याँकिदिए पनि हुन्थ्यो” वा “कसैले उसको घाँटीमा जाँतो बाँधेर घचेडिदिए पनि हुन्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यी शब्दहरूले स्त्रीहरू साथसाथै पुरुषहरू गरेर जो कसैलाई पनि जनाउन सक्छ । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
λίθος μυλικὸς
यो गहुँलाई पिसेर पिठो बनाउन प्रयोग गरिने ठूलो, गह्रौँ वृत्ताकार ढुङ्गा हो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गा”
τῶν μικρῶν τούτων
यसले यहाँ ती मानिसहरूलाई जनाउँछ जसको विश्वास अझै कमजोर छ । वैकल्पिक अनुवादः “यी मानिसहरू जसको विश्वास सानो छ”
σκανδαλίσῃ
यो अन्जानमा हुने पापलाई जनाउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “पाप गर्न लगाउनु”
Luke 17:3
ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ
यो सम्भवतः भविष्यमा हुने घटनाबारे बताउने सर्तसहितको वाक्य हो ।
ὁ ἀδελφός σου
“भाइ”लाई यहाँ एउटै विश्वास भएको कोही व्यक्ति भन्ने बुझाइमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासी”
ἐπιτίμησον αὐτῷ
“उसले गरेको कुरा गलत थियो भनी कडासँग भन” वा “उसलाई सच्च्याऊ”
Luke 17:4
ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ, καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ, λέγων μετανοῶ, ἀφήσεις αὐτῷ
यो भविष्यको काल्पनिक परिस्थिति हो । यस्तो कहिल्यै हुन नसक्ला, तर यदि यस्तो भए पनि, येशू मानिसहरूलाई क्षमा गर्नू भन्नुहुन्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἑπτάκις τῆς ἡμέρας…καὶ ἑπτάκις
बाइबलमा अङ्क सात पूर्णताको सङ्केत हो । वैकल्पिक अनुवादः “एक दिनमा धेरै पटक, र हरेक पटक” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:5
οἱ ἀπόστολοι
त्यहाँ येशूका शिक्षाहरूमा छोटो रोकावट आएको छ किनकि चेलाहरूले उहाँसँग कुरा गर्न थाल्छन् । त्यसपछि येशूले सिकाउन निरन्तरता दिनुहुन्छ ।
πρόσθες ἡμῖν πίστιν
“कृपया, हामीलाई अझ बढी विश्वास दिनुहोस्” वा “कृपया, हाम्रो विश्वासमा अझ अरू विश्वास थपिदिनुहोस्”
Luke 17:6
εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως
रायोको बिउ भनेको धेरै मसिनो दाना हो । येशूले तिनीहरूसँग रायोको दानाजत्रो विश्वास पनि थिएन भन्ने अर्थ दिनुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीसँग रायोको दाना जति सानो हुन्छ, त्यति नै सानो विश्वास छ भने, तिमीहरूले” वा “तिमीहरूको विश्वास रायोको दाना जति पनि ठूलो छैन, यदि भइदिएको भए, तिमीहरूले” (हेर्नुहोस्ः उपमा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
συκαμίνῳ
यदि यसको किसिमको रूख चिनिएको छैन, अर्को किसिमको रूखलाई त्यसको ठाउँमा राख्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “अञ्जीरको रूख” वा “रूख” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ
यिनीहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफैँ उखेल् र आफैँलाई समुद्रमा रोप्” वा “तेरा जराहरूलाई जमिन बाहिर निकाल् र तेरा जराहरूलाई महासागरभित्र गाड्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπήκουσεν ἂν ὑμῖν
“त्यो रूखले तिमीहरूको आज्ञा मान्नेछ ।” यो सर्तसहितको परिणाम हो । यो तिनीहरूसँग विश्वास भए मात्र भए हुने थियो ।
Luke 17:7
τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων, ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, εὐθέως παρελθὼν ἀνάπεσε?
आफ्ना चेलाहरूलाई एउटा सेवकको भूमिकाको बारेमा सोच्नलाई सहायता गर्न येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूमध्ये कोही ... उसलाई भन्नेछैन ... खान बस् ।’” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
δοῦλον…ἀροτριῶντα ἢ ποιμαίνοντα
“तिमीहरूको खेत जोत्ने वा भेडाहरू हेर्ने नोकर”
Luke 17:8
οὐχὶ ἐρεῖ αὐτῷ, ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω; καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ?
चेलाहरूले एउटा सेवकलाई वास्तवमा कसरी व्यवहार गर्ने थिए भनेर व्याख्या गर्न येशूले दोस्रो प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उसले त्यसलाई निश्चय नै भन्नेछ ... खान बस्’” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
περιζωσάμενος διακόνει μοι
“तिम्रो कम्मरमा तिम्रो लुगा बाँध र मेरो सेवा गर” वा “राम्ररी लुगा लगाऊ र मेरो हेरचाह गर ।” मानिसहरूले काम गर्दा तिनीहरूको लुगा नतानियोस् भनेर तिनीहरूको लुगालाई तिनीहरूको कम्मर वरिपरि बाँध्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ μετὰ ταῦτα
“तब मेरो सेवा गरेपछि”
Luke 17:9
येशूले शिक्षा दिन सकाउनुहुन्छ । यो कथाको यस भागको अन्त्य हो ।
μὴ ἔχει χάριν τῷ δούλῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα?
मानिसहरूले नोकरहरूलाई कसरी व्यवहार गर्छन् भनेर देखाउन येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उसले नोकरलाई अह्राइएका कुराहरू ... धन्यवाद दिनेछैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὰ διαταχθέντα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई आज्ञा गरेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ ἔχει χάριν τῷ δούλῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα?
“ठिक ?” वा “के यो सत्य होइन ?”
Luke 17:10
येशूले उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको हुनाले “तिमी” को बहुवचनको रूप भएको भाषाहरूमा त्यसैलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὰ διαταχθέντα ὑμῖν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले तिमीहरूलाई अह्राउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δοῦλοι ἀχρεῖοί ἐσμεν
तिनीहरूले कुनै पनि प्रशंसाको योग्य काम गरेका हुँदैनन् भनेर व्यक्त गर्नको लागि यो एउटा अतिरञ्जन हो । वैकल्पिक अनुवादः “हामी साधारण नोकरहरू हौँ” वा “हामी तपाईंको प्रशंसा पाउन लायकका छैनौँ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Luke 17:11
यो कथाको अर्को भाग हो । येशूले १० जना मानिसहरूलाई कुष्ठरोगबाट निको पार्नुहुन्छ । पदहरू ११ र १२ ले पृष्ठभूमि जानकारी र घटनाको परिवेश बताउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ
“जसै येशू र उहाँका चेलाहरू यरूशलेमतिर यात्रा गरिरहनुभएको थियो”
Luke 17:12
यो वाक्यांशले गाउँको पहिचान गराउँदैन ।
ἀπήντησαν δέκα λεπροὶ ἄνδρες
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दस जना मानिसहरू जो कुष्ठरोगीहरू थिए, तिनीहरूले उहाँलाई भेटे” वा “कुष्ठरोग भएका दस जना मानिसहरूले उहाँलाई भेटे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἳ ἔστησαν πόρρωθεν
यो एउटा आदरपूर्ण स्वभाव थियो, किनभने कुष्ठरोगीहरूलाई अरू मानिसहरूको नजिक जान अनुमति दिइएको थिएन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:13
αὐτοὶ ἦραν φωνὴν
“कसैले स्वर उचाल्नु” भन्ने वाक्पद्धतिको अर्थ ठूलो स्वरले बोल्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वरले बोलाए” वा “तिनीहरूले उच्च स्वरमा बोलाए” (हेर्नुहोस्ः टुक्काहरू)
ἐλέησον ἡμᾶς
तिनीहरूले मुख्य गरी निको पारिनकै लागि बिन्ती गरिरहेका थिए । वैकल्पिक अनुवादः “कृपया, हामीलाई निको पारेर दया देखाउनुहोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:14
πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν
कुष्ठरोगीहरूले पूरोहितहरूबाट तिनीहरूको कुष्ठरोग निको भएको कुरा पक्का गराउनुपर्थ्यो । वैकल्पिक अनुवादः “आफैँलाई पूरोहितहरूकहाँ देखाओ ताकि तिनीहरूले तिमीहरूको जाँच गर्न सकून्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκαθαρίσθησαν
जब मानिसहरू निको हुन्थे, तिनीहरू अरू बढी समय विधिपूर्वक रूपमा अशुद्ध हुँदैनथे । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरू आ-आफ्ना कुष्ठरोगबाट निको पारिए, तिनीहरू शुद्ध भए” वा “तिनीहरू आ-आफ्ना कुष्ठरोगबाट निको पारिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:15
ἰδὼν ὅτι ἰάθη
“ऊ निको भएको महसुस गर्यो” वा “महसुस गर्यो कि येशूले उसलाई निको पार्नुभएको थियो”
ὑπέστρεψεν
“ऊ येशूकहाँ फर्केर गयो”
μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν
“र ठूलो स्वरले परमेश्वरको महिमा गर्यो”
Luke 17:16
ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ
“उसले घुँडा टेक्यो र उसको शिर येशूको पाउ नजिक लग्यो ।” उसले येशूलाई आदर गर्नलाई यसो गर्यो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 17:17
यो येशूले १० कुष्ठरोगीहरूलाई निको पार्नुभएको विषयमा भएको कथाको भागको अन्त्य हो ।
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν
येशूले त्यस मानिसले गरेको कुराको जवाफ दिनुभयो, तर उहाँ आफ्नो वरिपरि भएको भीडसँग बोलिरहनुभएको थियो । वैकल्पिक अनुवादः “त्यसैले, येशूले भIडलाई भन्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν?
यो तीनवटा आलङ्कारिक प्रश्नमध्ये पहिलो हो । दस जनामध्ये एक जना मात्र परमेश्वरलाई महिमा दिन आएकोमा उहाँ कति चकित र निराश हुनुहन्थ्यो भनी येशूले आफ्ना वरिपरिका मानिसहरूलाई देखाउनलाई यी आलङ्कारिक प्रश्नहरूको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “दस जना मानिस निको पारिएका थिए ।” वा “परमेश्वरले दस जना मानिसलाई निको पार्नुभयो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οἱ δὲ ἐννέα ποῦ?
“अरू नौ जना किन फर्केर आएनन् ?” यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “अरू नौ जना मानिस पनि फर्केर आउनुपर्थ्यो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 17:18
οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος?
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यो विदेशीबाहेक अरू कोही पनि परमेश्वरलाई महिमा दिन आएन !” वा “परमेश्वरले दस जना मानिसहरूलाई निको पार्नुभयो, तरै पनि यो एउटा विदेशी मात्र परमेश्वरलाई महिमा दिन फर्केर आयो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ ἀλλογενὴς οὗτος
सामरीका पुर्खाहरू गैरयहूदीहरू थिए र तिनीहरूले परमेश्वरको आराधना यहूदीहरूले जस्तो गर्दैनथे ।
Luke 17:19
ἡ πίστις σου σέσωκέν σε
“तिम्रो विश्वासको कारणले तिमी निको भएका छौ ।” “विश्वास”को धारणालाई “विश्वास गर्नु” भन्ने क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिमी विश्वास गर्छौ, तिमी फेरि राम्रो भएका छौ” (हेर्नुहोस्ः भाववाचक नाम)
Luke 17:20
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ; यो सामान्य रूपमा येशूले फरिसीहरूसँग कुरा गरिरहनुभएको कुनै एक दिनमा हो ।
ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ Βασιλεία τοῦ Θεοῦ
यो एउटा नयाँ घटनाको सुरुवात हो । केही अनुादहरूले यसलाई “एक दिन” वा “एकचोटि” भनेर सुरु गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकदिन फरिसीहरूले येशूलाई सोधे, ‘परमेश्वरको राज्य कहिले आउनेछ ?’” (हेर्नुहोस्ः नयाँ घटनाको परिचय अनि कर्तृवाच्य र कर्मवाच्य अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
οὐκ ἔρχεται ἡ Βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως
मानिसहरुले ठाने कि तिनीहरूले राज्यको आगमन भइरहेको कुराको चिन्हहरू देख्न सक्नेछन् । चिन्हहरूको धारणालाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य चाहिँ मानिसहरूले देख्न सक्ने चिन्हहरूको साथमा आउँदैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:21
ἡ Βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν
नामपद शब्द “राज्य”को धारणालाई “शासन गर्नुहुन्छ” भन्ने क्रियापद शब्दले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूकै माझमा शासन गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἡ Βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν
येशू धार्मिक अगुवाहरूसँग कुरा गरिरहनुभएको थियो जो उहाँको विरुद्धमा थिए । सम्भावित अर्थहरू हुन् १) “तिमीहरू” शब्दले मूलभूत रूपमा मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य मानिसहरूभित्रै छ” वा २) “भित्रै” भनेर अनुवाद गरिएको शब्दको अर्थ “माझमा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य तिमीहरूकै माझमा छ”
Luke 17:22
येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्नुहुन्छ ।
ἐλεύσονται ἡμέραι ὅτε
आउँदै गरेका दिनहरू भन्ने अवधारणाले केही कुरा चाँडै हुन लागेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “एउटा समय आउँदैछ जब” वा “चाँडै” (हेर्नुहोस्ः रूपक)
ἐπιθυμήσετε…ἰδεῖν
“तिमीहरूले हेर्ने निकै चाहना गर्नेछौ” वा “तिमीहरूले अनुभव गर्ने इच्छा गर्नेछौ”
μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
यसले परमेश्वरको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो एक दिन जब मानिसको पुत्रले राजाको रूपमा शासन गर्नेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καὶ οὐκ ὄψεσθε
“तिमीहरूले त्यसको अनुभव गर्नेछैनौ”
Luke 17:23
ἐροῦσιν ὑμῖν, ἰδοὺ, ἐκεῖ, ἤ, ἰδοὺ, ὧδε
यसले मसिहलाई खोज्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हेर, मसिह त्यहाँ हुनुहुन्छ ! उहाँ यहाँ हुनुहुन्छ !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μὴ ἀπέλθητε μηδὲ διώξητε
बाहिर जानुको उद्देश्यलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो हेर्नलाई तिनीहरूसँगै नजाओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:24
ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει
मानिसको पुत्रको आगमन बिजुली देखा परेको जस्तो प्रस्ट र अचानक हुने खालको हुनेछ । वैकल्पिक अनुवादः “जब बिजुली चम्किन्छ सबैले यसलाई देख्न सक्छन्” वा “जसरी अचानक बिजुली चम्कन्छ” (हेर्नुहोस्ः उपमा)
यसले परमेश्वरको भविष्यको राज्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसको पुत्र शासन गर्न आउनुहुने दिनमा त्यस्तै हुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:25
δεῖ αὐτὸν…παθεῖν
“तर पहिले मानिसको पुत्रले पहिले कष्ट भोग्नुपर्छ ।” येशूले आफ्नै बारेमा तृतीय पुरुषमा बोल्दै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस पुस्ताका मानिसहरूले उहाँलाई इन्कार गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 17:26
καθὼς ἐγένετο…οὕτως ἔσται καὶ
“जसरी मानिसहरूले ... कुराहरू गरिरहेका थिए ... त्यसै गरी मानिसहरूले उही कुराहरू गरिरहेका हुनेछन्”
ἐν ταῖς ἡμέραις Νῶε
“नोआको समय” ले नोआको जीवनकालमा परमेश्वरले संसारका मानिसहरूलाई न्याय गर्नुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब नोआ बाँचिरहेका थिए”
ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
“मानिसको पुत्रको समय” ले मानिसको पुत्र आउनुभन्दा अगिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउन लाग्नुभएको हुन्छ”
Luke 17:27
ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο
मानिसहरूले सामान्य कुराहरू गरिरहेका थिए । तिनीहरूले परमेश्वरले तिनीहरूलाई न्याय गर्न लाग्नुभएको छ भन्ने कुरा चाल पाएनन् वा वास्ता गरेनन् ।
ἐγαμίζοντο
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाबुआमाहरूले तिनीहरूका छोरीहरूलाई मानिसहरूसँग विवाह गर्न दिइरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν κιβωτόν
“पानी जहाज” वा “नौका”
πάντας
यसले नोआ र उसको परिवारलाई समावेश गर्दैन जो डुङ्गामा थिए । वैकल्पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्यो जो डुङ्गामा थिएनन्”
Luke 17:28
ἤσθιον
“सदोमका मानिसहरूले खाँदै र पिउँदै थिए”
Luke 17:29
ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ’ οὐρανοῦ
“आकाशबाट आगो र जलिरहेको गन्धक झरी झैँ बर्स्यो”
πάντας
यसले लोत र तिनको परिवारलाई समावेश गर्दैन । वैकल्पिक अनुवादः “तिनीहरू सबैलाई नाश पार्यो जो सहरमा बसे”
Luke 17:30
κατὰ ταὐτὰ ἔσται
“यो त्यस्तै हुनेछ ।” वैकल्पिक अनुवादः “त्यसै गरेर मानिसहरू तयार हुनेछैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र देखा पर्छन्” वा “जब मानिसको पुत्र आउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ᾗ ἡμέρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται
Jesus is speaking about himself. वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, प्रकट हुन्छु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 17:31
ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά
“घरको माथिल्लो तल्लामा भएकाहरू कोही पनि तल जानुहुँदैन” वा “यदि कोही घरको माथिल्लो तल्लामा छ भने, ऊ तल जानुहुँदैन”
ἐπὶ τοῦ δώματος
तिनीहरूका घरका माथिल्ला भागहरू सम्म परेका हुन्थे र मानिसहरू त्यसमा हिँड्न वा बस्न सक्थे ।
τὰ σκεύη αὐτοῦ
“उसका सम्पत्तिहरू” वा “उसका थोकहरू”
μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω
तिनीहरू कुनै पनि थोक लिन घरमा फर्केर जान हुने थिएन । तिनीहरू चाँडो भाग्नुपर्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:32
μνημονεύετε τῆς γυναικὸς Λώτ
“लोतकी पत्नीलाई के भयो सम्झ !” यो एउटा चेतावनी हो । तिनले सदोमतिर फर्केर हेरिन् र परमेश्वरले तिनलाई सदोमका मानिसहरूसँगै दण्ड दिनुभयो । वैकल्पिक अनुवादः “लोतकी पत्नीले गरेजस्तो नगर” (हेर्नुहोस्ः शब्दलोप अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 17:33
ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι, ἀπολέσει αὐτήν
“आफ्नो जीवन बचाउन कोसिस गर्ने मानिसहरूले त्यो गुमाउनेछन्” “जसले आफ्नो पुरानो जीवनको तरिकालाई बचाउने कोसिस गर्छ, त्यसले आफ्नो जीवन गुमाउनेछ”
ὃς δ’ ἂν ἀπολέσει, ζῳογονήσει αὐτήν
“तर मानिसहरू जसले तिनीहरूका जीवन गुमाउँछन्, तिनीहरूले ती बचाउनेछन्” वा “तर जसले आफ्नो जीवनको पुरानो शैलीलाई त्याग्छ, उसले आफ्नो जीवन बचाउनेछ”
Luke 17:34
λέγω ὑμῖν
जसै येशूले उहाँका चेलाहरूलाई सम्बोधन गर्न निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई बताइरहनुभएको कुराको महत्त्वलाई उहाँले जोड दिनुहुन्छ ।
ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς
यसले यदि उहाँ, मानिसको पुत्र, रातको समयमा आए भने के हुनेछ भनी देखाउँछ ।
जोड यी दुई मानिसहरूमा छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्ने तथ्यमा चाहिँ जोड छ ।
ἐπὶ κλίνης μιᾶς
“बस्ने ठाउँ” वा “सानो खाट”
ὁ εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται
“एउटा मानिस लगिनेछ र अर्को मानिस पछाडि छोडिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले एउटा मानिसलाई लानुहुनेछ र अर्कोलाई छोड्नुहुनेछ” वा “स्वर्गदूतहरूलेले एकजनालाई लानेछन् र अर्कोलाई छोड्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 17:35
ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό
यी दुई स्त्रीहरू वा तिनीहरूका क्रियाकलापमा जोड दिइएको छैन, तर केही मानिसहरू लगिनेछन् र अरूहरू चाहिँ छोडिनेछन् भन्ने तथ्यमा चाहिँ जोड छ ।
ἀλήθουσαι
“एकसाथ अनाज पिसिरहेका”
Luke 17:37
चेलाहरूले येशूलाई उहाँको शिक्षाको बारेमा एउटा प्रश्न सोध्छन् र उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्छ ।
ποῦ, Κύριε
“प्रभु, यो कहाँ हुनेछ ?”
ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται
यो “यो प्रत्यक्ष हुनेछ” वा “यो जब हुन्छ तब तिमीहरूले थाहा पाउनेछौ” भन्ने अर्थ दिने उक्ति हो जस्तो देखिन्छ । वैकल्पिक अनुवादः “जसरी गिद्धहरूको उपस्थितिले त्यहाँ मृत शरीर छ भन्ने देखाउँछ, यी कुराहरूले मानिसको पुत्र प्रकट हुन लाग्नुभएको छ भनी देखाउँछन्” (हेर्नुहोस्ः हितोपदेश)
οἱ ἀετοὶ
गिद्धहरू एकसाथ उड्ने ठूला चराहरू हुन् र तिनीहरूले भेट्टाएका मरेका जनावरहरूका मासुहरू खान्छन् । तपाईंले यी चराहरूलाई यसरी वर्णन गर्न सक्नुहुन्छ वा यसो गर्ने कुनै स्थानीय चरालाई जनाउने नाम पनि प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Luke 18
लूका १८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशूले दुई दृष्टान्तहरू भन्नुभयो (लूका १८:१-८ अनि लूका १८:९-१४) र त्यसपछि उहाँका अनुयायीहरू नम्र हुनुपर्छ भनेर सिकाउनुभयो (लूका १८:१५-१७), तिनीहरूसँग भएका सबैकुरा गरिबहरूलाई सहायता गर्न प्रयोग गर्नलाई भन्नुभयो (लूका १८:१८-३०), र उहाँ चाँडै मर्नुहुने कुराको अपेक्षा गर्न भन्नुभयो (लुका १८:३१-३४), त्यसपछि तिनीहरू सबै यरूशलेमतर्फ हिँड्न लागे, र येशूले एउटा अन्धो मानिसलाई निको पार्नुभयो (लूका १८:३५-४३) ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
न्यायधीशहरू
न्यायधीशहरूले परमेश्वरको नजरमा जे ठीक छ सो गरेको र अरू मानिसहरूले जे ठीक छ सो गर्छन् भनेर पक्का गरेको मानिसहरूले अपेक्षा गरे । तर केही मानिसहरूले ठीक काम गर्नमा वा अरूहरूले पनि ठीक काम नै गर्छन् भनेर पक्का गर्ने कुराको वास्ता गर्दैनथे । येशूले यस प्रकारको न्यायधीशलाई अधर्मी भन्नुभयो । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक)
फरिसीहरू र कर उठाउनेहरू
फरिसीहरूले ठाने कि तिनीहरू आफैँ चाहिँ असल धर्मी मानिसहरूका उत्कृष्ट उदाहरणहरू थिए, र तिनीहरूले ठाने कि कर उठाउनेहरू चाहिँ सबैभन्दा अधर्मी पापीहरू थिए । (हेर्नुहोस्ः धर्मी, धार्मिकता अनि धर्मी, धार्मिकता अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
येशूले आफैँलाई यस अध्यायमा “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका १८:८) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा कुरा गर्न मानौँ तिनीहरूले अरू कसैको बारेमा बताइरहेको जसरी गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 18:1
ἔλεγεν δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ
येशूले उहाँका चेलाहरूलाई सिकाउन जारी राख्नुहुँदा एउटा दृष्टान्त बताउनुहुन्छ । यो कथाको उही भाग हो जुन लूका १७:२० मा सुरु भयो । पद १ ले हामीलाई येशूले भन्न लाग्नुभएको दृष्टान्तको विवरण दिन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
“त्यसपछि येशूले”
Luke 18:2
λέγων
यहाँ एउटा नयाँ वाक्य सुरु हुन सक्छः “उहाँले भन्नुभयो”
κριτής τις ἦν ἔν τινι πόλει
यहाँ “कुनै सहर”ले सुन्ने व्यक्तिलाई यसपछि आउने कथा कुनै एउटा सहरमा हुने कुरा हो, तर सहरको नाम आफैँ चाहिँ महत्त्वपूर्ण कुरा होइन कुराको जानकारी दिने एउटा तरिका हो । (हेर्नुहोस्ः लेखनका प्रकारहरू)
τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος
“अरू मानिसहरूको बारेमा वास्ता गरेनन्”
Luke 18:3
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ
येशूले यो वाक्यांशलाई कथामा एउटा नयाँ पात्रलाई परिचय गराउनको लागि प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
χήρα
विधवा पति मरेकी स्त्री हुन् र जसले पुनः विवाह गरेकी छैनन् । येशूका श्रोताहरूले तिनलाई खराबी गर्नेहरूबाट रक्षा गर्नलाई कोही नभएको व्यक्तिको रूपमा सोचेका हुन सक्छन् ।
ἤρχετο πρὸς αὐτὸν
“उसकहाँ” भन्ने शब्दले न्यायकर्तालाई जनाउँछ ।
ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου
“ ... को विरुद्ध मलाई न्यायपूर्ण फैसला दिनुहोस्”
τοῦ ἀντιδίκου μου
“मेरो शत्रु” वा “मलाई हानि पुर्याउन कोसिस गरिरहेको व्यक्ति ।” यो मुद्दाको एउटा प्रतिवादी हो । यहाँ ती विधवाले त्यस मानिसलाई मुद्दा हालिन् वा त्यो मानिसले ती विधवालाई मुद्दा हालेको हो भन्ने कुरा स्पष्ट छैन ।
Luke 18:4
ἄνθρωπον
यहाँ यसले साधारण “मानिसहरू” लाई जनाउँछ । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Luke 18:5
παρέχειν μοι κόπον
“मलाई हैरान पार्छे”
μὴ…ὑπωπιάζῃ με
“मलाई थकित बनाउनु”
εἰς τέλος ἐρχομένη
“मकहाँ निरन्तर आएर”
Luke 18:6
येशूले उहाँको दृष्टान्त बताउन सकाउनुभएको छ र अब त्यसको बारेमा उहाँका चेलाहरूलाई टिप्पणी गर्दै हुनुहुन्छ ।
यी पदहरूलाई लूका १८:१-५ मा भएको दृष्टान्तको एउटा व्याख्याको रूपमा लिइनुपर्छ ।
ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει
“अधर्मी न्यायाधीशले भर्खर भनेको कुराबारे सोच ।” न्यायाधीशले के भने भनेर येशूले पहिला नै भनिसक्नुभएको छ भनेर मानिसहरूले बुझ्ने तरिकाले अनुवाद गर्नुहोस् ।
Luke 18:7
यो शब्दले सङ्केत गर्छ कि येशूले दृष्टान्तलाई अन्त गर्नुभएको छ र त्यसको अर्थलाई व्याख्या गर्न सुरु गर्नुभएको छ ।
ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ
येशूले चेलाहरूलाई सिकाउनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निश्चय नै ... !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ
“उहाँले चुन्नुभएका मानिसहरू”
καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς
येशूले चेलाहरूलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “उहाँले निश्चय नै तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 18:8
πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς?
उहाँलाई न्यायको लागि पुकारा गर्नेहरूलाई सहायता गर्न परमेश्वर ढिला हुनुहुन्छ भनेर उहाँलाई सुन्नेहरूले सोच्न छोडून् र वास्तविक समस्या भनेको तिनीहरूसँग परमेश्वरमाथि साँचो प्रकारको विश्वास नहुनु हो भनेर तिनीहरूले बुझ्नेछन् भनेर येशूले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “जब मानिसको पुत्र आउनुहुन्छ, तिमीहरू यसमा निश्चित हुन जरुरी छ कि तिमीहरूसँग उहाँमाथि साँचो प्रकारको विश्वास छ भनेर उहाँले पाउनुहुनेछ ।” वा “जब मानिसको पुत्र आउनुहुन्छ, उहाँले विश्वास गर्नेहरू पृथ्वीमा थोरै मात्र पाउनुहुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθὼν
येशूले आफैँलाई जनाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र आउँदा, के मैले ... पाउनेछु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 18:9
εἶπεν δὲ καὶ πρός τινας…τὴν παραβολὴν ταύτην
तिनीहरू आफैँ धर्मी थिए भनेर विश्वास गर्ने केही अरू मानिसहरूलाई येशूले अर्को दृष्टान्त बताउन थाल्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
“त्यसपछि येशूले”
πρός τινας
“केही मानिसहरूलाई”
τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς, ὅτι εἰσὶν δίκαιοι
“जसले तिनीहरू धर्मी थिए भनेर आफैँलाई विश्वस्त बनाइसकेका थिए” वा “जसले तिनीहरू धर्मी थिए भनी सोच्थे”
καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς
तीव्र तवरले मन पराएनन् वा हेला गरे
Luke 18:10
εἰς τὸ ἱερὸν
“मन्दिरको चोक भित्र”
Luke 18:11
ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης
यो वाक्यांशको ग्रीक खण्डको अर्थ स्पष्ट छैन । सम्भावित अर्थहरू हुन् १) “फरिसी उभिएर आफ्नै बारेमा यस किसिमले प्रार्थना गर्यो” वा २) “फरिसी आफैँ उभिएर प्रार्थना गर्यो ।”
ἅρπαγες
लुटेराहरू भनेका ती मानिसहरू हुन् जसले मानिसहरूलाई बलजफ्ती गरेर वा लुटेराहरूले मागेका कुरा नदिएमा उनीहरूलाई हानी गर्ने धम्की दिएर उनीहरूका चीजहरू तिनीहरूलाई दिन लगाएर उनीहरूबाट चोर्छन् ।
ἢ καὶ ὡς οὗτος ὁ τελώνης
फरिसीहरूले विश्वास गर्थे कि कर उठाउनेहरू लुटेराहरू, अधर्मी मानिसहरू, र व्यभिचारीहरू जत्तिकै पापपूर्ण थिए । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “र म निश्चय नै यो पापी कर उठाउने जस्तो छैन जसले मानिसहरूलाई ठग्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 18:12
ἀποδεκατεύω πάντα, ὅσα κτῶμαι
“मैले कमाउने सबै कुराहरू”
Luke 18:13
येशूले उहाँको दृष्टान्त भन्न सकाउनुभएको छ । पद १४ मा, दृष्टान्तले के सिकाउँछ भन्ने बारेमा उहाँले टिप्पणी गर्नुहुन्छ ।
ὁ δὲ τελώνης μακρόθεν ἑστὼς
“फरिसीबाट पर रहेर उभियो ।” यो नम्रताको चिन्ह थियो । उसले फरिसीको नजिकै हुन आफैँलाई योग्यको सम्झेन ।
οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν
“उसको आँखा उचाल्नु”को अर्थ केही कुरालाई हेर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “स्वर्गतिर हेरेर” वा “माथितिर हेरेर” (हेर्नुहोस्ः टुक्काहरू)
ἀλλ’ ἔτυπτε τὸ στῆθος αὐτοῦ
यो ठूलो कष्टको मूर्त अभिव्यक्ति हो, र यसले यो मानिसको पश्चात्ताप र नम्रतालाई झल्काउँछ । वैकल्पिक अनुवादः “उसको दुःख देखाउन आफ्नो छाती पिट्यो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὁ Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ
“हे परमेश्वर, ममाथि दयालु हुनुहोस् । म पापी हुँ” वा “हे परमेश्वर, मैले धेरै पटक पाप गरेको भएतापनि ममाथि दया गर्नुहोस्”
Luke 18:14
κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ’ ἐκεῖνον
उसलाई धर्मी ठहराइयो किनभने परमेश्वरले उसको पाप क्षमा गरिदिनुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले कर उठाउनेलाई माफ गर्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
παρ’ ἐκεῖνον
“अर्को व्यक्तिभन्दा” वा “र अर्को मानिस होइन ।” वैकल्पिक अनुवादः “तर परमेश्वरले फरिसीलाई माफ गर्नुभएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यो वाक्यांशसँगै येशू यो कथाले भन्न खोजेको चित्रलाई व्यक्त गर्ने साधारण सिद्धान्त बताउनतिर लाग्नुहुन्छ ।
ταπεινωθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले होच्याउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑψωθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले भव्य आदर गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:15
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले बालबालिकाहरूलाई स्वागत गर्नुहुन्छ र तिनीहरूको बारेमा कुरा गर्नुहुन्छ ।
यसलाई छुट्टै वाक्यको रूपमा पनि अनुवाद गर्न सकिन्छः “तिनीहरूलाई छोइदिऊन् । तर”
ἐπετίμων αὐτοῖς
“चेलाहरूले बाबुआमाहरूलाई तिनीहरूका छोराछोरीहरू येशूकहाँ ल्याउनबाट रोक्न कोसिस गरे”
Luke 18:16
ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων
“येशूले मानिसहरूलाई तिनीहरूका बालकहरू उहाँकहाँ ल्याउनलाई भन्नुभयो”
ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά
यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनका लागि तिनीहरूलाई जोडिएको छ । केही भाषाहरूले फरक तरिकाले जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले निश्चय पनि बालकहरूलाई मकहाँ आउन दिनुपर्छ” (हेर्नुहोस्ः समान्तरता)
τῶν…τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ
यसलाई एउटा उपमाको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो साना बालकहरूजस्ता मानिसहरूको नै हो” (हेर्नुहोस्ः उपमा)
Luke 18:17
ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν
“निश्चय नै, म तिमीहरूलाई भन्छु ।” येशूले यो अभिव्यक्तिलाई उहाँले भन्न लाग्नुभएको कुराको महत्त्वमा जोड दिनलाई प्रयोग गर्नुभयो ।
ὡς παιδίον
मानिसहरूले उहाँको शासन तिनीहरूमाथि भरोसा र नम्रताको साथमा ग्रहण गरेको परमेश्वरले खोज्नुहुन्छ । वैकल्पिक अनुवादः “जो परमेश्वरको राज्यमा प्रवेशमा गर्न चाहन्छ, त्यसले बालकले झैँ भरोसा र नम्रतामा यसलाई ग्रहण गर्नुपर्छ” (हेर्नुहोस्ः उपमा)
Luke 18:18
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशूले स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा एकजना शासकसँग कुरा गर्न थाल्नुहुन्छ ।
καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων
यसले कथामा एउटा नयाँ पात्रलाई परिचय गराउँछ । यसले उसलाई उसको ओहदाद्वारा मात्र पहिचान गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
τί ποιήσας…κληρονομήσω
“मैले के गर्न आवश्यक छ” वा “मबाट के कुराको खोजी हुन्छ”
κληρονομήσω
“अन्त नहुने जीवन प्राप्त गर्नु ।” “उत्तराधिकार गर्नु” भन्ने कुराले सामान्यतया त्यो जायजेथालाई जनाउँछ जुन कुनै मानिसले आफू मरेपछि आफ्ना छोराछोरीलाई छोड्छ । त्यसैकारण, यो अलङ्कारको अर्थ हुन सक्छ कि उसले आफैँलाई परमेश्वरको बालकको रूपमा बुझ्यो र परमेश्वरले उसलाई अनन्त जीवन दिनुभएको चाहना गर्यो । (हेर्नुहोस्ः रूपक)
Luke 18:19
τί με λέγεις ἀγαθόν? οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός
येशूले प्रश्न सोध्नुहुन्छ किनभने उहाँ जान्नुहुन्छ कि शासकले पद १८ मा सोधेको प्रश्नको निमित्त येशूको जवाफ शासकलाई मन पर्नेछैन । शासकले येशूको प्रश्नको जवाफ दिएको येशूले अपेक्षा गर्नुहुन्न । शासकले यो कुरा बुझेको येशू चाहनुहुन्छ कि शासकको प्रश्नको निमित्त येशूको जवाफ परमेश्वरबाट आउँछ, जो मात्र असल हुनुहुन्छ । वैकल्पिक अनुवादः “तिमी जान्दछौ कि परमेश्वर बाहेक कोही पनि असल छैन, त्यसैले मलाई असल भनेर बोलाउनु भनेको मलाई परमेश्वरसँग तुलना गर्नु हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 18:20
“नमार्नू”
Luke 18:21
ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου
“यी सबै आज्ञाहरू”
Luke 18:22
ἀκούσας δὲ, ὁ Ἰησοῦς εἶπεν αὐτῷ
“जब येशूले ती मानिसले भनेको सुन्नुभयो”
“उहाँले तिनलाई जवाफ दिनुभयो”
ἔτι ἕν σοι λείπει
“तिमीले अझ अर्को एउटा कुरा गर्नुपर्छ” वा “तिमीले अझ नगरेको एउटा कुरा बाँकी छ”
πάντα ὅσα ἔχεις, πώλησον
“तिम्रा सबै सम्पत्तिहरू बेच” वा “तिम्रो स्वामित्वमा भएको हरेक कुरा बेच”
πτωχοῖς
“गरिब मानिसहरूलाई पेसा देओ”
δεῦρο, ἀκολούθει μοι
“मेरा चेलाको रूपमा मसँग आऊ”
Luke 18:24
πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται
यो एउटा विस्मयादिबोधक कथन हो र प्रश्न होइन । वैकल्पिक अनुवादः “परमेश्वरको राज्य ... कति गाह्रो छ !” (हेर्नुहोस्ः विस्मयादि)
Luke 18:25
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν, ἢ
ऊँटलाई सियोको नाथ्रीबाट छिर्न असम्भव हुन्छ । धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्न असाध्यै कठिन हुन्छ भन्ने अर्थ दिन येशूले सम्भवतः अतिशयोक्तिको प्रयोग गर्दै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τρήματος βελόνης
सियोको नाथ्री भनेको सिलाउने सियोको प्वाल हो जसबाट धागो छिराइन्छ ।
Luke 18:26
οἱ ἀκούσαντες
“येशूलाई सुनिरहेका मानिसहरूले भने”
καὶ τίς δύναται σωθῆναι?
यो सम्भव छ कि तिनीहरूले एउटा जवाफको माग गरिरहेका थिए । तर यो बढी सम्भाव्य छ कि तिनीहरूले यो प्रश्न येशूले भन्नुभएको कुरामा तिनीहरूको आश्चर्यलाई जोड दिनलाई प्रयोग गरे । वैकल्पिक अनुवादः “त्यसोभए कसैलाई पनि पापबाट बचाउन सकिँदैन !” वा कर्तृ वाच्यमाः “तब परमेश्वरले कसैलाई पनि बचाउनुहुनेछैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:27
τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν
“मानिसहरूले गर्न नसकेको कुरा परमेश्वरले गर्न सम्भव छ” वा “मानिसहरूले गर्न सक्दैनन्, परमेश्वरले गर्न सक्नुहुन्छ”
Luke 18:28
यो स्वर्गको राज्यमा प्रवेश गर्ने बारेमा भएको कुराकानीको अन्त्य हो ।
ἡμεῖς ἀφήκαμεν…ἠκολουθήσαμέν
यो वाक्यांशले केवल चेलाहरूलाई जनाउँछ, र तिनीहरूलाई धनी शासकबाट भिन्न भएको देखाउँछ ।
“हामीले त्यागेका छौँ” वा “हामीले पछाडि छोडेका छौँ”
πάντα
“हाम्रा सबै धन” वा “हाम्रा सबै सम्पत्तिहरू”
Luke 18:29
ἀμὴν, λέγω ὑμῖν
आफूले भन्न लाग्नुभएको कुराको महत्त्वमा जोड दिनलाई येशूले यो अभिव्यक्ति प्रयोग गर्नुभयो ।
οὐδείς ἐστιν ὃς ἀφῆκεν
यो अभिव्यक्ति चेलाहरूलाई समावेश गर्न भन्न खोजिएको हो, तर तिनीहरू सबैलाई पनि समावेश गर्न भनिएको हो जसले त्यस्तै त्यागहरू गरेका थिए ।
Luke 18:30
ὃς οὐχὶ μὴ ἀπολάβῃ
यो त्यस वाक्यको अन्त्य हो जुन “त्यहाँ कोही छैन जसले ... परमेश्वरको राज्य ... छोडेको छ” शब्दहरूसँग सुरु हुन्छ (पद २८) । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै जसले ... परमेश्वरको राज्य ... छोडेका छन् ... प्राप्त गर्नेछन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον
“आउने संसारमा अनन्त जीवन पनि”
Luke 18:31
यो लूका १७:२० मा सुरु भएको कथाको भागमा भएको अर्को घटना हो । येशू उहाँका चेलाहरूसँग एक्लै कुरा गरिरहनुभएको छैन ।
παραλαβὼν…τοὺς δώδεκα
येशूले बाह्र जना चेलाहरूलाई अरू मानिसहरू नभएको कुनै एक ठाउँमा लानुभयो जहाँ उहाँहरू एक्लै हुन सक्नुहुन्थ्यो ।
ἰδοὺ
यसले उहाँको सेवा-कार्यको एउटा महत्त्वपूर्ण परिवर्तनलाई सङ्केत गर्छ, जब येशू अन्तिम समयको लागि यरूशलेम जानुहुन्छ ।
πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन अगमवक्ताहरूले लेखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ γεγραμμένα διὰ τῶν προφητῶν
यसले पुरानो करारका अगमवक्ताहरूलाई जनाउँछ ।
τῷ Υἱῷ τοῦ Ἀνθρώπου
येशूले आफैँलाई “मानिसको पुत्र” को रूपमा उल्लेख गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τελεσθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हुनेछ” वा “घट्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:32
παραδοθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यहूदी अगुवाहरूले उहाँलाई अन्यजातिहरूको हातमा सुम्पनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παραδοθήσεται
येशूले आफ्नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “म” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई गिल्ला गर्नेछन्, उहाँलाई लज्जास्पद तरिकाले व्यवहार गर्नेछन्, र उहाँलाई थुक्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:33
καὶ μαστιγώσαντες, ἀποκτενοῦσιν αὐτόν; καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται
येशूले आफ्नै बारेमा “मानिसको पुत्र”को रूपमा कुरा गर्नुहुन्छ । वैकल्पिक अनुवादः “मलाई ... मलाई ... म” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται
यसले उहाँको मृत्युपछिको तेस्रो दिनलाई जनाउँछ । तापनि, चेलाहरूले यो कुरालाई अझै बुझेका थिएनन्, त्यसैले यस पदलाई अनुवाद गर्दा यो व्याख्यालाई नथप्नु नै उत्तम हुन्छ । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Luke 18:34
यो पद प्रमुख कथावर्णनको भाग होइन, तर बरु कथाको यस भागको बारेमा एउटा टिप्पणी हो । (हेर्नुहोस्ः कथाको समापन)
αὐτοὶ οὐδὲν τούτων συνῆκαν
“तिनीहरूले यी कुराहरूमध्ये केही पनि बुझेनन्”
οὐδὲν τούτων
यसले येशूले यरूशलेममा कसरी कष्ट भोग्नुहुन्छ र मर्नुहुन्छ, अनि मृत्युबाट जीवित भई उठ्नुहुन्छ भन्ने उहाँको वर्णनलाई जनाउँछ ।
ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, तर तिनीहरूबाट वचनलाई लुकाउनुहुने परमेश्वर हुनुहुन्थ्यो वा येशू हुनुहुन्थ्यो भनेर प्रस्ट छैन । वैकल्पिक अनुवादः “येशूले उहाँको सन्देश तिनीहरूबाट लुकाउनुभयो” वा “येशूले भनिरहनुभएको कुराको अर्थ बुझ्न परमेश्वरले तिनीहरूलाई रोक्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ λεγόμενα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भन्नुभएका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:35
येशूले एउटा धनी मानिसलाई निको पार्नुहुन्छ जसै उहाँ यरीहोको नजिक आउनुहुन्छ । यी पदहरूले पृष्ठभूमि जानकारी र कथाको परिवेशको विषयमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐγένετο δὲ
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागको सुरुवातलाई अङ्कित गर्न प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
τυφλός τις
“त्यहाँ एउटा दृष्टिविहीन मानिस बसिरहेको थियो ।” यहाँ “एक जना” को अर्थ त्यो मानिस कथामा नयाँ महत्त्वपूर्ण सहभागी हो भन्ने हो, तर लूकाले तिनको नाम भने दिएका छैनन् । ऊ कथामा नयाँ सहभागी हो । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Luke 18:36
τί εἴη τοῦτο
यहाँ एउटा नयाँ वाक्य सुरु गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब उसले सुन्यो”
Luke 18:37
ἀπήγγειλαν…αὐτῷ
“भीडका भएका मानिसहरूले दृष्टिविहीन मानिसलाई भने”
Ἰησοῦς ὁ Ναζωραῖος
येशू गालीलस्थित नासरतको सहरबाट आउनुभयो ।
“उसको नजिक भएर हिँड्दै हुनुहुन्छ”
Luke 18:38
καὶ
यो शब्दले एउटा घटनालाई अङ्कित गर्छ जुन पहिला घटेको केही अरू कुराको कारणले गर्दा हुन पुग्यो । यहाँ चाहिँ, भीडले अन्धो मानिसलाई येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो भनेर बताएको थियो ।
ἐβόησεν
“बोलायो” वा “करायो”
Υἱὲ Δαυείδ
येशू, इस्राएलका सबैभन्दा महत्त्वपूर्ण राजा, दाऊदका सन्तान हुनुहुन्थ्यो ।
ἐλέησόν με
“मलाई दया देखाउनुहोस्” वा “मलाई कृपा गर्नुहोस्”
Luke 18:39
“ती मानिसहरू जो भीडमा अगाडि हिँडिरहेका थिए”
ἐπετίμων αὐτῷ, ἵνα σιγήσῃ
“शान्त रहन” वा “नकराउन”
πολλῷ μᾶλλον ἔκραζεν
यसको अर्थ हुन्छ, कि ऊ अझ ठूलो स्वरमा करायो वा ऊ निरन्तर कराइरह्यो ।
Luke 18:40
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अन्धो मानिसलाई उहाँकहाँ ल्याउनलाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 18:41
ἵνα ἀναβλέψω
“देख्नलाई सक्षम हुन”
Luke 18:42
ἀνάβλεψον
यो एउटा आज्ञा हो, तर येशूले त्यस मानिसलाई केही गर्न लगाइरहनुभएको चाहिँ छैन । येशूले त्यस मानिसलाई निको हुनलाई आदेश दिनुभएर उसलाई निको पारिरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमीले अब तिम्रो दृष्टि पाउनेछौ” (हेर्नुहोस्ः आज्ञार्थका- अन्य प्रयोगहरू)
ἡ πίστις σου σέσωκέν σε
यी शब्दहरू प्रतिस्थापन शब्द हुन् । यो त्यस मानिसको विश्वासको कारणले थियो कि येशूले उसलाई निको पार्नुभयो । वैकल्पिक अनुवादः “मैले तिमीलाई निको पारेको छु किनभने तिमीले ममा विश्वास गर्यौ” (हेर्नुहोस्ः लक्षणा)
Luke 18:43
δοξάζων τὸν Θεόν
“परमेश्वरलाई महिमा दिँदै” वा “परमेश्वरको प्रशंसा गर्दै” (युडीबी)
Luke 19
लूका १९ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशूले जखायस नाम गरेका मानिसलाई उनका पापहरूबाट पश्चात्ताप गर्न सहायता गर्नुभएपछि (लूका १९:१-१०), उहाँले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि जब उहाँले राजाको रूपमा शासन गर्न सुरु गर्नुहुनेछ, उहाँले देखरेखको लागि तिनीहरूको जिम्मामा छोड्नुभएको कुराहरूसँग तिनीहरूले के गरे भनेर तिनीहरूले उहाँलाई बताउनुपर्ने हुनेछ (लूका १९:११-२७) । उहाँले तिनीहरूलाई एउटा दृष्टान्त बताएर यसो गर्नुभयो । त्यसपछि, उहाँ यरूशलेममा एउटा बछेडामाथि चढेर जानुभयो (लूका १९:२८-४८) । (हेर्नुहोस्ः परमेश्वरको राज्य, स्वर्गको राज्य अनि दृष्टान्त)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पापी”
फरिसीहरूले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू पापपूर्ण छन् भनी सोच्थे, तर वास्तवमा अगुवाहरू पनि पापपूर्ण थिए । यसलाई एउटा व्यङ्ग्यको रूपमा लिन सकिन्छ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि व्यङ्ग्य)
दासहरू
संसारमा भएका सबै कुराहरू परमेश्वरका हुन् भनेर उहाँका मानिसहरूले सम्झेको परमेश्वरले अपेक्षा गर्नुहुन्छ । परमेश्वरले उहाँका मानिसहरूलाई विभिन्न थोकहरू दिनुहुन्छ ताकि तिनीहरूले उहाँको सेवा गर्न सकून् । उहाँले तिनीहरूलाई दिनुभएका सबैकुराले उहाँले चाहनुभएको कुरा गरेर तिनीहरूले उहाँलाई प्रसन्न बनाएको उहाँ चाहनुहुन्छ । उहाँले तिनीहरूलाई प्रयोग गर्न दिनुभएको सबैकुरासँग तिनीहरूले के गरेका छन् भनेर एक दिन येशूले उहाँका सेवकहरूलाई सोध्नुहुनेछ । उहाँले चाहनुभएको कुरा गर्नेहरूलाई उहाँले इनाम दिनुहुनेछ, र नगर्नेहरूलाई उहाँले दण्ड दिनुहुनेछ ।
गधा र बछेडा
येशू एउटा पशुमाथि सवार हुनुभएर यरूशलेममा आउनुभयो । यस किसिमले उहाँ एक राजा झैँ हुनुहुन्थ्यो जो एउटा महत्त्वपूर्ण युद्ध जितेपछि सहरमा फर्केका थिए । साथै, पुरानो करारमा इस्राएलका राजाहरू गधाहरूमा चढ्थे । अन्य राजाहरू घोडाहरूमा चढ्थे । त्यसरी येशूले देखाइरहनुभएको थियो कि उहाँ इस्राएलको राजा हुनुहुन्थ्यो र उहाँ अन्य राजाहरू झैँ हुनुहुन्नथ्यो ।
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले यो घटनाको बारेमा लेखे । मत्ती र मर्कूसले लेखे कि चेलाहरूले येशूलाई एउटा गधा ल्याइदिए । यूहन्नाले लेखे कि येशूले एउटा गधा पाउनुभयो । लूकाले लेखे कि तिनीहरूले उहाँलाई एउटा बछेडा ल्याइदिए । केवल मत्तीले लेखे कि त्यहाँ एउटा गधा र एउटा बछेडा दुवै थिए । येशू गधामा चढ्नुभयो वा बछेडामा चढ्नुभयो भनेर कसैले पनि पक्का गरी जान्दैन । यी प्रत्येक विवरणहरू सबैलाई ठ्याक्कै एउटै कुरा भन्ने बनाउने कोसिस नगरिकन यूएलटीमा देखिएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ (हेर्नुहोस्ः मत्ती २१:१-७ अनि मर्कूस ११:१-७ अनि लूका १९:२९-३६ अनि यूहन्ना १२:१४-१५) ।
वस्त्रहरू र हाँगाहरू बिछ्याउने
जब कुनै राजा तिनीहरूले शासन गरेका सहरमा प्रवेश गर्थे, मानिसहरूले रूखहरूबाट हाँगाहरू काट्थे र चिसो मौसममा न्यानो हुन तिनीहरूले लगाएका वस्त्रहरू फुकाल्थे र ती सबैलाई बाटोमा बिछ्याउँथे ताकि राजा तीमाथि भएर चढेर जाऊन् । तिनीहरूले यसो चाहिँ राजालाई सम्मान देखाउन र तिनीहरूले उनलाई प्रेम गर्थे भनेर देखाउनलाई गर्थे । (हेर्नुहोस्ः आदर, आदर गर्नु अनि प्रतीकात्मक कार्य)
मन्दिरमा भएका व्यापारीहरू
येशूले मन्दिरमा पशुहरू बेचिरहेका मानिसहरूलाई त्यहाँबाट बाहिर धकेल्नुभयो । उहाँसँग मन्दिरमाथि अधिकार थियो र केवल तिनीहरू जो धर्मी छन्, जसले परमेश्वरले असल भन्नुभएका कुराहरू मात्र गर्छन्, तिनीहरूमात्र मन्दिरभित्र हुन सक्छन् भनेर सबैलाई देखाउन उहाँले यसो गर्नुभयो । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
Luke 19:1
καὶ
पदहरू १-२ ले यसपछिका घटनाहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Luke 19:2
ἀνὴρ
“हेर” शब्दले कथामा एउटा नयाँ व्यक्तिबारे सजग गराउँछ । तपाईंको भाषामा यसो गर्ने शैली हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एक जना मानिस थिए जो ... ।” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος
यो जखायसको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Luke 19:3
पद ३ ले यसपछिका घटनाहरूको बारेमा लूका १९:१-२ मा सुरु भएको पृष्ठभूमि जानकारीलाई पूरा गर्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν
“जखायसले कोसिस गरिरहेका थिए”
οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν
“किनकि उनी होचा थिए”
Luke 19:4
καὶ
लेखकले घटनाको विषयमा पृष्ठभूमि दिन सकाएका छन् र अब घटनालाई नै वर्णन गर्न सुरु गर्छन् ।
συκομορέαν
“अञ्जीरको रूख ।” यसले वरदेखि परसम्म २.५ सेन्टिमिटर जतिको लम्बाइ भएको गोलाकारको सानो फल उत्पादन गर्छ । वैकल्पिक अनुवादः “अञ्जीरको रूख” वा “एउटा रूख”
Luke 19:5
ὡς ἦλθεν ἐπὶ τὸν τόπον
“त्यो रूख” वा “जहाँ जखायस थिए”
Luke 19:6
καὶ
“त्यसैले जखायसले हतारियो”
Luke 19:7
πάντες διεγόγγυζον
यहूदीहरूले कर उठाउनेहरूलाई घृणा गर्थे र कुनै पनि असल व्यक्तिले तिनीहरूसँग हिमचिम गर्नुहुन्छ भनेर ठान्दैनथे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι
“येशू पापी मानिसलाई भेट्न उसको घरमा जानुभएको छ”
ἁμαρτωλῷ ἀνδρὶ
“स्पष्ट पापी” वा “वास्तविक पापी”
Luke 19:8
τὸν Κύριον
यसले येशूलाई जनाउँछ ।
ἀποδίδωμι τετραπλοῦν
“मैले तिनीहरूबाट लिएकोभन्दा चार गुणा बढी तिनीहरूलाई फिर्ता दिनु”
Luke 19:9
यो कुरा बुझिएको थियो कि उद्धार परमेश्वरबाट आउँछ । वैकल्पिक अनुवादः “परेमश्वरले यो घरलाई बचाउनुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῷ οἴκῳ τούτῳ
“घर” शब्दले त्यस घरमा बसेका मानिसहरू वा परिवारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
καὶ αὐτὸς
“यी मानिस पनि” वा “जखायस पनि”
υἱὸς Ἀβραάμ
सम्भावित अर्थहरू हुन् १) “अब्राहामका सन्तान” र २) “अब्राहामको जस्तो विश्वास भएका व्यक्ति”
Luke 19:10
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले आफ्नै बारेमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र आएँ”
τὸ ἀπολωλός
“परमेश्वरबाट भड्किएका मानिसहरू” वा “पाप गरेर परमेश्वरबाट टाढिएकाहरू”
Luke 19:11
προσθεὶς, εἶπεν παραβολὴν
येशूले भीडलाई एउटा दृष्टान्त बताउन थाल्नुहन्छ । पद ११ ले येशूले किन दृष्टान्त भन्नुहुन्छ भन्ने बारेमा पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः दृष्टान्त अनि पृष्ठभूमिको जानकारी)
ὅτι παραχρῆμα μέλλει ἡ Βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι
मसिहले यरूशलेममा आउने बित्तिकै राज्यको स्थापना गर्नुहुनेछ भनेर यहूदीहरूले विश्वास गर्थे । वैकल्पिक अनुवादः “कि येशूले तुरुन्तै परमेश्वरको राज्यमा शासन गर्न सुरु गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 19:12
ἄνθρωπός τις εὐγενὴς
“कोही मानिस जो शासक वर्गको एक सदस्य थिए” वा “महत्त्वपूर्ण परिवारबाट आएका कोही मानिस”
λαβεῖν ἑαυτῷ βασιλείαν
यो कुनै सानो राजा आफूभन्दा बढी महान् राजाकहाँ गएको कुराको चित्रण हो । सानो राजाभन्दा महान् राजाले सानो राजालाई उसको आफ्नै देशमा शासन गर्न हक र अधिकार दिने थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 19:13
येशूले लूका १९:११ मा सुरु गर्नुभएको दृष्टान्तलाई भन्न निरन्तरता दिनुहुन्छ ।
καλέσας δὲ
“भलादमी मानिसले बोलाए ।” यो कुरा उल्लेख गर्दा सहयोगी हुन सक्छ कि ती मानिसले यो कुरा उनको राज्य प्राप्त गर्नलाई जानभन्दा अगाडि गरे । वैकल्पिक अनुवादः “उनी जानभन्दा अगाडि, उनले बोलाए”
ἔδωκεν αὐτοῖς δέκα μνᾶς
“तिनीहरू हरेकलाई एउटा सुनको सिक्का दिए”
ἔδωκεν αὐτοῖς δέκα μνᾶς
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो, त्यसैले दश सिक्काहरू चाहिँ यस्तै तीन वर्षको ज्याला जति हुन्थ्यो । वैकल्पिक अनुवादः “दशवटा मूल्यवान् सिक्का” वा “ठूलो परिमाणमा रुपियाँ-पैसा” (हेर्नुहोस्ः बाइबलीय तौल अनि सङ्ख्याहरू)
πραγματεύσασθαι
“यो पैसाले व्यापार गर्नू” वा “यो पैसा अरू पैसा कमाउन प्रयोग गर्नू”
Luke 19:14
οἱ…πολῖται αὐτοῦ
“उनको देशका मानिसहरू”
πρεσβείαν
“तिनीहरूलाई प्रतिनिधित्व गर्न मानिहरूको एक समूह” वा “थुप्रै समाचारवाहकहरू”
Luke 19:15
καὶ ἐγένετο
यहाँ यो वाक्यांशलाई कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
λαβόντα τὴν βασιλείαν
“उनी राजा बनेपछि”
εἶπεν φωνηθῆναι αὐτῷ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनीकहाँ आउन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τί διεπραγματεύσαντο
“तिनीहरूले कति पैसा कमाएका थिए”
Luke 19:16
παρεγένετο…ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
ὁ πρῶτος
“पहिलो सेवक” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
“भलादमी मानिसको अगाडि आयो”
ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς
यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्पिक अनुवादः “मैले तपाईंको सिक्का अरू दश सिक्काको नाफा निकाल्नलाई प्रयोग गरेँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μνᾶ
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई लूका १९:१३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय तौल)
Luke 19:17
εὖ ἀγαθὲ δοῦλε!
“तिमीले राम्रो गरेका छौ ।” तपाईंको भाषामा काम लगाउने व्यक्तिले उसको खुशी व्यक्त गर्ने तरिका हुन सक्छ, जस्तै “राम्रो काम” ।
ἐν ἐλαχίστῳ
यसले एउटा सिक्कालाई जनाउँछ, जसलाई भलादमी मानिसले धेरै ठूलो रकमको रूपमा नलिएको देखिन्छ ।
Luke 19:18
ἦλθεν ὁ δεύτερος λέγων, ἡ μνᾶ σου, Κύριε, ἐποίησεν πέντε μνᾶς
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
ὁ δεύτερος
“दोस्रो सेवक” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἡ μνᾶ σου…ἐποίησεν πέντε μνᾶς
यस्तो आशय दिइएको छ कि यो सेवकले नाफा निकालेको थियो । वैकल्पिक अनुवादः “मालिक, तपाईंले दिनुभएको सिक्काले मैले थप पाँच सिक्काहरू कमाएको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μνᾶ
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई लूका १९:१३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय तौल)
Luke 19:19
σὺ ἐπάνω γίνου πέντε πόλεων
“तिमीले पाँचवटा सहरमाथि अधिकार गर्नेछौ”
Luke 19:20
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
ὁ ἕτερος
“अर्को सेवक आयो”
μνᾶ
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई लूका १९:१३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय तौल)
ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ
“कपडामा बेह्रेर कतै अन्त राखिएको”
Luke 19:21
ἄνθρωπος αὐστηρὸς
“कडा मिजासको मानिस” वा “उनका नोकरहरूबाट धेरै अपेक्षा गर्ने मानिस” (युडीबी)
αἴρεις ὃ οὐκ ἔθηκας
यो सम्भवतः कुनै एउटा उखान थियो । भण्डारबाट वा बैङ्कबाट आफूले नराखेको कुरा झिक्ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने व्यक्तिको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईं त्यो कुरा बाहिर निकाल्नुहुन्छ जुन तपाईंले भित्र राख्नुभएन” वा “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले राखेको कुरा झिक्छ” (हेर्नुहोस्ः रूपक)
θερίζεις ὃ οὐκ ἔσπειρας
यो सम्भवतः कुनै एउटा उखान थियो । अरू कसैले रोपेको अन्नबालीको कटनी गर्ने व्यक्ति भनेको अरू मानिसहरूको कठिन परिश्रमबाट फाइदा उठाउने कुनै व्यक्तिको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईं त्यो व्यक्ति झैँ हुनुहुन्छ जसले अरू मानिसहरूले रोपेको रूखको फलको कटनी गर्छ” (हेर्नुहोस्ः रूपक)
Luke 19:22
λέγει αὐτῷ, ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε; ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα?
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
ἐκ τοῦ στόματός σου
उसका “वचनहरू”ले ती सबै कुराहरूलाई जनाउँछ जुन उसले भनेको थियो । वैकल्पिक अनुवादः “तैँले भनेको कुराको आधारमा” (हेर्नुहोस्ः लक्षणा)
ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα?
ती भलादमी मानिसले त्यो नोकरले उनलाई भनेको कुरा दोहोर्याउँदै थिए । उनले त्यो सत्य हो भनिरहेका थिएनन् । वैकल्पिक अनुवादः “तँ भन्छस् कि म कठोर मानिस हुँ”
Luke 19:23
καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν, σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα?
दुष्ट सेवकलाई गाली गर्न भलादमी मानिसले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तैँले मेरो पैसा ब्याजमा लगाउनुपर्ने थियो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν…σὺν τόκῳ
“मेरो पैसा बैङ्कलाई उधारो दिएको ।” बैङ्कको चलन नभएको संस्कारमा “मेरो पैसा कसैलाई उधारो लिन दिन” भनेर अनुवाद गर्न सकिन्छ ।
बैङ्क एउटा व्यापार हो जसले मानिसहरूका पैसा सुरक्षितसाथ राख्छ । बैङ्कले नाफाको निम्ति त्यो पैसा अरूहरूलाई ऋृण दिन्छ । त्यसैले, बैँङ्कमा पैसा राख्ने मानिसहरूलाई यसले अतिरिक्त रकम वा ब्याज दिन्छ ।
σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα
“मैले त्यो रकम र त्यसले कमाएको थप ब्याजसहित जम्मा गर्ने थिएँ” वा “मैले त्यसबाट नाफा पाउने थिएँ”
ब्याज भनेको बैँङ्कमा पैसा राख्ने मानिसहरूलाई बैँङ्कले तिर्ने पैसा हो ।
Luke 19:24
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
καὶ τοῖς παρεστῶσιν εἶπεν, ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ, τὰς δέκα μνᾶς ἔχοντι
ती भलादमी मानिस राजा भएका थिए । तपाईंले यसलाई लूका १९:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
τοῖς παρεστῶσιν
“तिनीहरूको नजिक उभिरहेका मानिसहरूलाई”
τὴν μνᾶν…τὰς δέκα μνᾶς
एउटा सिक्का ६०० ग्रामको हुन्थ्यो, जुन सम्भवत चाँदीको हुन्थ्यो । हरेक सिक्का १०० दिनको ज्याला बराबर थियो, जुन मानिसहरूलाई यस्तै चार महिनाको कामको लागि दिइन्थ्यो । तपाईंले यसलाई लूका १९:१३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः बाइबलीय तौल)
Luke 19:25
ἔχει δέκα μνᾶς
“उससँग अगिबाटै दश सिक्काहरू छन् !”
Luke 19:26
λέγω ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι, δοθήσεται; ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται
येशूले दृष्टान्त भन्नलाई निरन्तरता दिनुहुन्छ जुन उहाँले लूका १९:११ मा सुरु गर्नुभयो ।
λέγω ὑμῖν
यो राजाले बोलिरहेका थिए । केही अनुवादकहरूले यो पदलाई यसरी सुरु गर्न सक्छन्, “र राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्छु’” वा “तर राजाले भने, ‘म तिमीहरूलाई यो भन्छु’” ।
παντὶ τῷ ἔχοντι, δοθήσεται
यस्तो आशय दिइएको छ कि उससँग भएको कुरा चाहिँ उसले आफ्नो सिक्कालाई विश्वासयोग्यताका साथ प्रयोग गरेर कमाएको पैसा हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक जसले उसलाई दिइएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु” वा “हरेक जसले मैले उसलाई दिएका चीजहरू राम्ररी प्रयोग गर्छ, म उसलाई अझ बढी दिनेछु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ…τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται
यस्तो आशय दिइएको छ कि उससँग पैसा नहुनुको कारण उसले आफ्नो सिक्कालाई विश्वासयोग्यताका साथ प्रयोग नगरेकोले गर्दा हो । वैकल्पिक अनुवादः “त्यस व्यक्तिबाट जसले मैले उसलाई दिएको कुरा राम्ररी प्रयोग गर्दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ ὃ ἔχει ἀρθήσεται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । Alternate translation: "I will take away from him" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 19:27
τοὺς ἐχθρούς μου τούτους
किनकि शत्रुहरू त्यहाँ थिएनन्, केही भाषाहरूले यसो भन्न सक्छन्, “मेरा ती शत्रुहरू” ।
Luke 19:28
यो जखायसको बारेमा भएको कथाको भागको अन्त्य हो । कथाको यस भागपछि येशूले के गर्नुहुन्छ भनेर यस पदले हामीलाई बताउँछ । (हेर्नुहोस्ः कथाको समापन)
εἰπὼν ταῦτα
“जब येशूले यी कुराहरू भनिसक्नुभएको थियो”
ἀναβαίνων εἰς Ἱεροσόλυμα
यरूशलेम यरीहोभन्दा बढी उचाइमा अवस्थित छ, त्यसैले इस्राएलीहरूले माथि यरूशलेमतिर जाने भन्नु सामान्य कुरा थियो ।
Luke 19:29
येशू यरूशलेमको नजिक आउनुहुन्छ ।
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
“उहाँ” शब्दले येशूलाई जनाउँछ । उहाँका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।
Βηθφαγὴ καὶ Βηθανίαν
बेथफागे यरूशलेमबाट किद्रोन उपत्यकाको पारिपट्टि पर्ने जैतून डाँडा माथिको एउटा गाउँ थियो (र अझै हो) । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν
“जैतूनको डाँडा भनिने पहाड” वा “जैतून रूखको डाँडा भनिने पहाड”
Luke 19:30
πῶλον
“एउटा कलिलो गधा” वा “एउटा कलिलो पशु जसमा सवार हुन मिल्छ”
ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा कोही कहिल्यै चढेको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 19:31
ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε? οὕτως ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει
येशूले चेलाहरूलाई प्रश्नको जवाफ कसरी दिने भनेर बताउनुहुन्छ जुन अहिलेसम्म सोधिएको चाहिँ छैन । तापनि, गाउँमा भएका मानिसहरूले छिट्टै सो प्रश्न सोध्नेछन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἐάν τις ὑμᾶς ἐρωτᾷ, διὰ τί λύετε? οὕτως ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει
भित्रपट्टिको उद्धरणलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले तिमीहरूलाई यसलाई किन फुकाइरहनुभएको छ भनेर सोध्यो भने, ... भन” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Luke 19:32
οἱ ἀπεσταλμένοι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले पठाउनुभएका दुई जना चेलाहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 19:33
τί λύετε
“बछेडाका मालिकहरू”
Luke 19:35
τὰ ἱμάτια
“तिनीहरूका वस्त्रहरू बछेडामाथि राखे ।” लबेदाहरू बाहिरी लुगाहरू हुन् ।
ἐπεβίβασαν τὸν Ἰησοῦν
“येशूलाई माथि चढ्न र बछेडामा सवार हुन सहयोग गरे”
Luke 19:36
ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ
“मानिसहरूले ओड्ने कपडाहरू फिँजाए ।” यो कसैलाई सम्मान दिएको जनाउने चिन्ह हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 19:37
δὲ
“जसै येशू नजिक गइरहनुभएको थियो ।” येशूका चेलाहरू पनि उहाँसँगै यात्रा गरिरहेका थिए ।
τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν
“जहाँबाट बाटो जैतूनको पहाडदेखि तल्तिर लाग्छ”
ὧν εἶδον δυνάμεων
“महान् कुराहरू जुन येशूले गर्नुभएको तिनीहरूले देखेका थिए”
Luke 19:38
λέγοντες
तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।
ἐν ὀνόματι Κυρίου
यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἐν οὐρανῷ εἰρήνη
“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्न चाहन्छौँ”
καὶ δόξα ἐν ὑψίστοις
“सर्वोच्चमा महिमा होस्” वा “हामी सर्वोच्चमा महिमा भएको देख्न चाहन्छौँ” “सर्वोच्च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्नुहुने परमेश्वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सबैजनाले सर्वोच्च स्वर्गमा हुनुभएको परमेश्वरलाई महिमा देऊन्” (हेर्नुहोस्ः लक्षणा)
Luke 19:39
“ठूलो भीडमा”
ἐπιτίμησον τοῖς μαθηταῖς σου
“तपाईंका चेलाहरूलाई यी कुराहरू गर्नलाई रोक्न भन्नुहोस्”
Luke 19:40
λέγω ὑμῖν
येशूले यसपछि भन्ने कुराहरूलाई जोड दिन यो भन्नुभयो ।
यो एउटा काल्पनिक परिस्थिति हो । केही अनुवादकहरूले येशूले यसो भन्नुहुँदा के सङ्केत गरिरहनुभएको थियो भन्ने कुरा स्पष्ट पार्नुपर्छः “होइन, म तिनीहरूलाई हप्काउँदिनँ, किनभने यदि यी मानिसहरू चुप रहे भने ... कराउनेछन्” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना) अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οἱ λίθοι κράξουσιν
“ढुङ्गाहरूले पनि प्रशंसा गर्नेछन्”
Luke 19:41
ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν
यसले यरूशलेमलाई जनाउँछ ।
ἔκλαυσεν ἐπ’ αὐτήν
“त्यस” शब्दले यरूशलेम सहरलाई जनाउँछ, तर यसले त्यस सहरमा बस्ने मानिसहरूको प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः लक्षणा)
Luke 19:42
εἰ ἔγνως
यरूशलेमले परमेश्वरसँग शान्तिमा हुने अवसरलाई गुमाएको थियो भनेर येशूले आफ्नो निराशा व्यक्त गर्नुभयो ।
ἔγνως…καὶ σὺ…σου
“तँ” शब्द एकवचन हो किनभने येशू सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू”लाई प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου
“तेरा नजरहरू”ले देख्ने क्षमतालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले अब उप्रान्त तिनीहरूलाई देख्न सक्दैनस्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 19:43
येशू बोलिरहनुहुन्छ ।
ὅτι
अब आउने कुराहरूचाहिँ येशूको निराशाको कारण हुन् ।
ἥξουσιν ἡμέραι ἐπὶ σὲ
यसले सङ्केत गर्छ कि तिनीहरूले कठिन समयहरू अनुभव गर्नेछन् । केही भाषाहरूले “आउँदै” गरेको समयको बारेमा कुरा गर्दैनन् । वैकल्पिक अनुवादः “भविष्यमा तँलाई यी कुराहरू हुन आउनेछन् । तेरा शत्रुहरूले” वा “चाँडै तैँले कष्टदायक समयहरू भोग्नुपर्नेछ । तेरा शत्रुहरूले”
σὲ…σου…σοι…σε…σε
“तँलाई” शब्द एकवचन हो किनभने येशू कोही एक स्त्रीसँग झैँ गरेर त्यस सहरसँग बोलिरहनुभएको थियो । तर यदि तपाईंको भाषामा यो स्वाभाविक हुँदैन भने त्यस सहरका मानिसहरूलाई जनाउन बहुवचन शब्द “तिमीहरू”लाई प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि सम्बोधन चिन्ह)
χάρακά
यो मानिसहरूलाई सहरबाट बाहिर जानदेखि रोक्ने छेकबार हो ।
Luke 19:44
ἐδαφιοῦσίν σε
येशूले सहरका मानिसहरूसँग यसरी कुरा गरिरहनुभएको छ मानौँ उहाँले कुनै स्त्रीसँग कुरा गरिरहनुभएको जसरी सहर आफैँसँग कुरा गरिरहनुभएको छ । उहाँले सहरमा बस्ने मानिसहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू स्त्रीका सन्तानहरू हुन्, र त्यसरी सहरका सन्तानहरू हुन् । कुनै सहरलाई लडाउनु भनेको त्यसको पर्खालहरू र भवनहरूलाई नाश पार्नु हो, र त्यसका सन्तानहरूलाई प्रहार गरेर लडाउनु भनेको त्यसका वासिन्दाहरूलाई मार्नु भनेको हो । वैकल्पिक अुनवादः “तिनीहरूले पूर्णरूपले तँलाई नाश पार्नेछन् र तँमा वास गर्नेहरू सबैलाई मार्नेछन्” वा “तिनीहरूले पूर्णरूपले तेरो सहरलाई नाश गर्नेछन् र तिमीहरू सबैलाई मार्नेछन्” (हेर्नुहोस्ः सम्बोधन चिन्ह)
οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί
“तिनीहरूले कुनै पनि ढुङ्गालाई ठाउँमा छोड्नेछैनन् ।” यो ढुङ्गाले बनेको सहरलाई शत्रुहरूले कसरी पूर्ण रूपमा नष्ट गर्नेछन् भनी व्यक्त गर्ने एउटा अतिशयोक्ति हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
“तैँले स्वीकार गरिनस्”
Luke 19:45
καὶ
यो कथाको यस भागमा भएको अर्को घटना हो । येशू यरूशलेममा भएको मन्दिरमा प्रवेश गर्नुहुन्छ ।
εἰσελθὼν εἰς τὸ ἱερὸν
यरूशलेम, जहाँ मन्दिर अवस्थित थियो, उहाँ पहिले त्यहाँ प्रवेश गर्नुभयो भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “येशू यरूशलेममा प्रवेश गर्नुभयो र त्यसपछि मन्दिरको चोकतिर जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ ἱερὸν
केवल पूरोहितहरूलाई मात्र मन्दिर भवनमा प्रवेश गर्न अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकतिर जानुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκβάλλειν
“बाहिर धपाउनुभयो” वा “बाहिर लखेट्नुभयो”
Luke 19:46
γέγραπται
यो यशैया अगमवक्ताको पुस्तकबाट लिइएको खण्ड हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशस्त्रले भन्छ” वा “एउटा अगमवक्ताले धर्मशास्त्रमा यी वचनहरू लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ οἶκός μου
“मेरो” शब्दले परमेश्वरलाई जनाउँछ र “घर” शब्दले मन्दिरलाई जनाउँछ ।
οἶκος προσευχῆς
“मानिसहरूले मलाई प्रार्थना गर्ने ठाउँ”
σπήλαιον λῃστῶν
येशूले मन्दिरको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ त्यो कुनै स्थान हो जहाँ चोरहरू एकसाथ आउँछन् । वैकल्पिक अनुवादः “डाँकाहरू लुक्ने ठाउँ” (हेर्नुहोस्ः रूपक)
Luke 19:47
δὲ
यो कथाको यस भागको अन्त्य हो । यी पदहरूले कथाको प्रमुख भागको अन्त्य भइसकेपछि निरन्तर भइरहने क्रियाकलापको विषयमा कुरा गर्छन् । (हेर्नुहोस्ः कथाको समापन)
“मन्दिरको चोकभित्र” वा “मन्दिरको हातामा”
Luke 19:48
ἐξεκρέμετο αὐτοῦ ἀκούων
“येशूले भनिरहनुभएका कुराहरूमा विशेष ध्यान दिइरहेका थिए”
Luke 20
लूका २० सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई बाँकीको पाठ्यखण्डभन्दा दायाँतिर राख्छन् । यूएलटीले २०:१७, ४२-४३ मा भएको कवितालाई यसै गर्छ जुन पुरानो करारबाटका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मानिसहरूलाई फसाउन प्रश्नहरू प्रयोग गर्ने
जब येशूले फरिसीहरूलाई यूहन्नालाई बप्तिस्मा दिने अधिकार कसले दियो भनेर सोध्नुभयो (लूका २०:४), तिनीहरूले जवाफ दिन सकेनन् किनभने तिनीहरूले दिने कुनै पनि जवाफले मानिसहरूलाई तिनीहरू गलत थिए भन्ने कारण दिने थियो (लूका २०:५-६) । तिनीहरूले ठानेका थिए कि कैसरलाई कर तिर्नुपर्छ कि पर्दैन भनेर तिनीहरूले येशूलाई सोधे भने तिनीहरूले येशूलाई गलत हुनुहुन्थ्यो भनेर भन्न सक्ने थिए (लूका २०:२२), तर येशूले तिनीहरूले नसोचेको जवाफ दिनुभयो ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले कुनै असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । यस अध्यायमा, येशूले एउटा भजनलाई उद्धृत गर्नुहुन्छ जसले दाऊदले आफ्नो छोरालाई “प्रभु”, अर्थात “मालिक” भनेर बोलाएको कुराको अभिलेख राख्छ । तापनि, यहूदीहरूको लागि पूर्खाहरू भनेको तिनीहरूका सन्तानहरूभन्दा महान् हुन्थे । यो खण्डमा, येशूले उहाँलाई सुन्नेहरूलाई मसिह आफैँ ईश्वरीय हुनुहुनेछ, र यो कि उहाँ आफैँ मसिह हुनुहुन्छ भन्ने साँचो बुझाइतर्फ डोहोर्याउने कोसिस गर्दै हुनुहुन्छ (लूका २०:४१-४४) ।
Luke 20:1
मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र धर्मगुरूहरूले येशूलाई मन्दिरमा प्रश्न गर्छन् ।
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथाको नयाँ भागलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἐν τῷ ἱερῷ
“मन्दिर चोकमा” वा “मन्दिरनिर”
Luke 20:3
येशूले मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र धर्मगुरूहरूलाई जवाफ दिनुहुन्छ ।
ἀποκριθεὶς…εἶπεν
“येशूले जवाफ दिनुभयो”
ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι
“म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु” भन्ने शब्दहरू एउटा कथन हुन् । “तिमीहरू मलाई बताऊ” भन्ने शब्दहरू एक आज्ञा हुन् ।
Luke 20:4
τὸ βάπτισμα Ἰωάννου, ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων?
येशू जान्नुहुन्छ कि यूहन्नाको अधिकार स्वर्गबाट आउँछ, त्यसैले उहाँले जानकारीको लागि सोधिरहनुभएको छैन । यहूदी अगुवाहरूले सबै सुनिरहेकाहरूलाई तिनीहरूले ठान्ने कुरा भन्न परोस् भनेर उहाँले प्रश्न सोध्नुहुन्छ । यो प्रश्न आलङ्कारिक छ, तर तपाईंले यसलाई सम्भवतः एक प्रश्नको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिने अधिकार स्वर्गबाट पाएका थिए कि मानिसहरूबाट ?” वा “मानिसहरूलाई बप्तिस्मा दिनलाई परमेश्वरले यूहन्नालाई भन्नुभएको हो कि मानिसहरूले उनलाई भनेका हुन् ?” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐξ οὐρανοῦ
“परमेश्वरबाट ।” यहूदीहरूले परमेश्वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे । (हेर्नुहोस्ः लक्षणा)
Luke 20:5
οἱ…συνελογίσαντο πρὸς ἑαυτοὺς
“तिनीहरूले छलफल गरे” वा “तिनीहरूले आफ्नो जवाफबारे विचार गरे”
“तिनीहरूको माझमा” वा “एक अर्कासँग”
ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ
केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाको अधिकार स्वर्गबाट हो भन्यौँ भने, उनले” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἐξ οὐρανοῦ
“परमेश्वरबाट ।” यहूदीहरूले परमेश्वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे । यी शब्दहरूलाई लूका २०:४ मा कसरी अनुवाद गरिएका छन्, सो हेर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
“येशूले भन्नेछन्”
Luke 20:6
ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς
केही भाषाहरूले अप्रत्यक्ष उद्धरणलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “यदि हामीले यूहन्नाको अधिकार मानिसहरूबाट हो भन्यौँ भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
καταλιθάσει ἡμᾶς
“हामीलाई ढुङ्गाले हानेर मार्नेछन् ।” परमेश्वरको व्यवस्थाले आज्ञा दिएको थियो कि उहाँका मानिसहरूमध्येमा उहाँलाई वा उहाँका अगमवक्ताहरूलाई खिसी गर्नेहरूलाई उहाँका मानिसहरूले ढुङ्गाले हान्नुपर्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:7
καὶ
“त्यसैले मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले जवाफ दिए ।” “त्यसैले” भन्ने शब्दले पहिला भएको केही अरू कुराको कारण घटेको घटनालाई अङ्कित गर्छ । यहाँ चाहिँ, तिनीहरूले आपसमा तर्क गरेका थिए लूका २०:५-६, र तिनीहरूले भन्न चाहेको जवाफ तिनीहरूसँग थिएन ।
ἀπεκρίθησαν, μὴ εἰδέναι πόθεν
यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भने, ‘हामी जान्दैनौँ त्यो कहाँबाट आयो’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
πόθεν
“यूहन्नाको बप्तिस्मा कहाँबाट आयो ।” वैकल्पिक अनुवादः “यूहन्नाको बप्तिस्मा दिने अधिकार कहाँबाट आयो” वा “मानिसहरूलाई बप्तिस्मा दिन यूहन्नालाई कसले अधिकार दियो”
Luke 20:8
οὐδὲ ἐγὼ λέγω ὑμῖν
“र म पनि तिमीहरूलाई भन्दिन ।” येशू जान्नुहुन्थ्यो कि तिनीहरू उहाँलाई जवाफ दिन चाहँदैनथे, त्यसैले उहाँले पनि त्यही किसिमले जवाफ दिनुभयो । वैकल्पिक अनुवादः “तिमीहरूले नभनेजस्तै, म पनि तिमीहरूलाई भन्नेछैन”
Luke 20:9
ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην
येशू मन्दिरमा भएका मानिसहरूलाई एउटा दृष्टान्त बताउन थाल्नुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
ἐξέδετο αὐτὸν γεωργοῖς
“केही दाख उत्पादन गर्नेहरूलाई पैसामा चलाउनलाई दिए” वा “केही दाख उत्पादन गर्नेहरूलाई त्यो चलाउन र पछि उसलाई पैसा तिर्न भनी दिए ।” भुक्तानी पैसाको रूपमा पनि हुन सक्छ, वा कटनीको अंशको रूपमा पनि हुन सक्छ ।
γεωργοῖς
यिनीहरू दाखबारी हेरचाह गर्ने र दाख उत्पादन गर्नेहरू हुन् । वैकल्पिक अनुवादः “दाखका किसानहरू”
Luke 20:10
καιρῷ
“उनलाई तिर्नलाई तिनीहरू सहमत भएको समय ।” यो कटनीको समयमा भएको हुन सक्छ ।
ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος
“केही दाखहरू” वा “तिनीहरूले दाखबारीमा उत्पादन गरेका केही कुराहरू ।” यसले तिनीहरूले दाखबाट बनाएका केही थोकहरू वा तिनीहरूले दाख बेचेर पाएको पैसालाई पनि बुझाउन सक्छ ।
ἐξαπέστειλαν αὐτὸν…κενόν
रित्तो हात भनेको “शून्यता”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए” (हेर्नुहोस्ः रूपक)
Luke 20:11
“त्यो सेवकलाई कुटे”
ἀτιμάσαντες
“तिनको अपमान गरे”
ἐξαπέστειλαν κενόν
रित्तो हात हुनु भनेको केही पनि नहुनुको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई नतिरीकन नै पठाए” वा “उसलाई दाखविना नै पठाए” (हेर्नुहोस्ः रूपक)
Luke 20:12
τρίτον
“एउटा तेस्रो सेवक पनि” वा “अझै अर्को सेवक ।” जमिनको मालिकले दोस्रो सेवकलाई पठाउन आवश्यक हुनुपर्ने थिएन, तर उनले त त्यसभन्दा उता गएर तेस्रो सेवकलाई पठाए भन्ने तथ्यतिर “अझै” शब्दले सङ्केत दिन्छ । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
οἱ…καὶ τοῦτον τραυματίσαντες
“त्यस नोकरलाई घाइते बनाए”
ἐξέβαλον
“उसलाई दाखबारीबाट बाहिर फ्याँके”
Luke 20:13
εἶπεν…τί ποιήσω? πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν; ἴσως τοῦτον ἐντραπήσονται
यस प्रश्नले जोड दिन्छ कि उनले अब के गर्न गइरहेका थिए भनेर दाखबारीको मालिकले होशियारीपूर्वक सोचे । वैकल्पिक अनुवादः “म यसो गर्नेछुः” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 20:14
ἰδόντες δὲ αὐτὸν, οἱ γεωργοὶ
“जब किसानहरूले मालिकको छोरालाई देखे”
λέγοντες, οὗτός ἐστιν ὁ κληρονόμος; ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία
तिनीहरूले अनुमति मागिरहेका थिएनन् । उत्तराधिकारलाई मार्नको निमित्त एक अर्कालाई उत्साहित गर्न तिनीहरूले यसो भने ।
Luke 20:15
καὶ
येशूले भीडलाई उहाँको दृष्टान्त भन्न सकाउनुहुन्छ ।
ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος
“दाख फलाउनेहरूले त्यस छोरालाई दाखबारीबाट बलजफ्तीसँग बाहिर निकाले”
τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος?
येशूले यो प्रश्न उहाँका श्रोताहरूले दाखबारीको मालिकले तिनीहरूलाई के गर्छन् भन्ने कुरालाई ध्यान देऊन् भनेर प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “त्यसैले, अब, दाखबारीको मालिकले तिनीहरूलाई के गर्नेछन् भनी सुन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 20:16
μὴ γένοιτο
“त्यस्तो कहिल्यै नहोस् !”
Luke 20:17
येशू भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν
“तर येशूले तिनीहरूलाई एकटकले हेर्नुभयो” वा “तर उहाँले तिनीहरूलाई सोझै हेर्नुभयो ।” उहाँले भनिरहनुभएको कुरा बुझ्नलाई जवाफदेही बनाउनलाई उहाँले यसो गर्नुभयो ।
τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο
येशूले भीडलाई सिकाउन निरन्तरता दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू यो भनाइको अर्थ बुझ्न सक्षम हुनुपर्थ्यो जुन लेखिएको छः ‘ ... ढुङ्गो ... कुने-ढुङ्गो ... ।’ (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ γεγραμμένον τοῦτο
“यो वचन”
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
यो भजनसंग्रहको पुस्तकबाट लिइएको अगमवाणीमा भएको तीनवटा अलङ्कारहरूमध्ये पहिलो हो । यसले मसिहलाई उहाँ कुनै ढुङ्गा हुनुभए झैँ गरी उल्लेख गर्छ जसलाई भवन निर्माणकर्ताहरूले प्रयोग गर्न छानेनन्, तर परमेश्वरले त्यसलाई सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभयो । (हेर्नुहोस्ः रूपक)
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες
“भवन निर्माण गर्नेहरूले जुन ढुङ्गालाई निर्माणको लागि प्रयोग गर्न पर्याप्त असल छैन भने ।” ती दिनहरूमामा मानिसहरूले घरका पर्खाल र अन्य भवनहरू ढुङ्गाको बनाउँथे ।
यसले धार्मिक शासकहरूलाई जनाउँछ जसले येशूलाई मसिहको रूपमा इन्कार गरिरहेका छन् ।
κεφαλὴν γωνίας
“भवनको सबैभन्दा मुख्य ढुङ्गा” वा “भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा”
Luke 20:18
πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται
यो दोस्रो अलङ्कारले मसिहलाई इन्कार गर्ने मानिसहरूको विषयमा यसरी कुरा गर्छ मानौँ तिनीहरू ढुङ्गामाथि खस्छन् र घाइते हुन्छन् । (हेर्नुहोस्ः रूपक)
συνθλασθήσεται
यो ढुङ्गामाथि खस्दाको परिणाम हो । It can be stated in active form. वैकल्पिक अनुवादः “टुक्रा-टुक्रा भएर भाँचिनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν
“तर त्यो ढुङ्गा जसमाथि खस्छ ।” यो तेस्रो अलङ्कारले मसिहले उहाँलाई इन्कार गर्ने मानिसहरूको न्याय गरिरहनुभएको विषयमा यसरी कुरा गर्छ मानौँ उहाँ कुनै ठूलो ढुङ्गा हुनुहुन्छ जसले तिनीहरूलाई चकनाचुर पार्ने थियो । (हेर्नुहोस्ः रूपक)
Luke 20:19
ἐζήτησαν…ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας
यस पदमा कसै“माथि हात हाल्नु” भनेको त्यस व्यक्तिलाई पक्रिनु हो । वैकल्पिक अनुवादः “येशूलाई गिरफ्तार गर्नलाई उपाय खोजे” (हेर्नुहोस्ः लक्षणा)
ἐν αὐτῇ τῇ ὥρᾳ
“तुरुन्तै”
ἐφοβήθησαν τὸν λαόν
यहि कारण हो जसले गर्दा तिनीहरूले येशूलाई त्यसै बेला गिरफ्तार गरेनन् । मानिसहरूले येशूलाई आदर गर्थे, र धार्मिक अगुवाहरूले उहाँलाई गिरफ्तार गर्दा मानिसहरूले उनीहरूलाई के गर्लान् भनेर तिनीहरू डराए । वैकल्पिक अनुवादः “तर तिनीहरूले उहाँलाई गिरफ्तार गरेनन् किनभने तिनीहरू मानिसहरूसँग डराउँथे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:20
ἀπέστειλαν ἐνκαθέτους
“शास्त्रीहरू र प्रधान पूजाहारीहरूले येशूको चेवा गर्न जासुसहरू पठाए”
ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου
“किनभने तिनीहरूले येशूलाई केही खराब कुराहरू भन्नुभएको दोष लगाउन चाहन्थे”
ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος
“शासन” र “अधिकार” भनेको बडाहाकिमले येशूको न्याय गरेको तिनीहरू चाहन्थे भनेर बताउने दुई तरिकाहरू हुन् । यसलाई एउटा वा दुवै अभिव्यक्तिहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि बडाहाकिमले येशूलाई दण्ड देऊन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:21
यो कथाको यस भागमा अर्को घटनाको सुरुवात हो । येशूलाई मन्दिरमा मुख्य पूजाहारीहरूबाट प्रश्न गरिएपछि केही समय बितिसकेको छ । अब जासूसहरूले येशूलाई प्रश्न गरिरहेका छन् ।
ἐπηρώτησαν αὐτὸν
“जासूसहरूले येशूलाई सोधे”
ἐπηρώτησαν αὐτὸν
जासूसहरूले येशूलाई छल्न खोजिरहेका थिए । तिनीहरूले येशूको बारेमा यी कुराहरू विश्वास गर्दैनथे ।
οἴδαμεν
“हामी”ले जासूसहरूलाई मात्र जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
οὐ λαμβάνεις πρόσωπον
सम्भावित अर्थहरू हुन् १) “प्रमुख मानिसहरूले मन नपराएपनि तपाईं सत्य बताउनुहुन्छ” वा २) “तपाईं एक व्यक्तिलाई अर्को व्यक्तिको उपर निगाह गर्नुहुन्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν ὁδὸν τοῦ Θεοῦ
यो तिनीहरूलाई येशूको बारेमा थाहा थियो भनेर जासूसहरूले भनिरहेका कुराको भाग हो ।
Luke 20:22
तिनीहरूले सोचेका थिए कि येशूले कि त “छ” वा “छैन” भन्नुहुनेछ । यदि उहाँले “छ” भन्नुभएको भए उहाँले विदेशी सरकारलाई कर तिर्नु भनेकोमा यहूदीहरू रिसाउने थिए । यदि उहाँले “छैन” भन्नुभएको भए धार्मिक अगुवाहरूले येशूले मानिसहरूलाई रोमी कानुन तोड्नलाई सिकाइरहनुभएको छ भनेर रोमीहरूलाई भन्न सक्थे ।
ἔξεστιν
तिनीहरूले परमेश्वरको व्यवस्थाको बारेमा सोधिरहेका थिए, कैसरको कानूनको बारेमा होइन । वैकल्पिक अनुवादः “के हाम्रो व्यवस्थाले हामीलाई ... अनुमति दिन्छ”
Καίσαρι
किनकि कैसर रोमी सरकारको शासक थिए, तिनीहरूले रोमी सरकारलाई कैसरको नामद्वारा जनाउन सक्थे । (हेर्नुहोस्ः लक्षणा)
Luke 20:23
κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν
“तर येशूले तिनीहरू कति छली छन् भनी बुझ्नुभयो” वा “तर तिनीहरूले उहाँलाई पासोमा पार्न खोजिरहेका थिए भनी येशूले देख्नुभयो ।” The word "their" refers to the spies.
Luke 20:24
δηνάριον
यो चाँदीको रोमी सिक्का हो जुन एक दिनको ज्याला बराबर हुन्छ । (हेर्नुहोस्ः बाइबलीय पैसा)
τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν?
येशूले उहाँलाई छल्न खोजिरहेकाहरूलाई जवाफ दिनलाई एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐπιγραφήν
“तस्बिर र नाम”
Luke 20:25
यो जासूसहरूको बारेमा भएको घटना र लूका २०:१ मा सुरु भएको कथाको भागको अन्त्य हो ।
“तब येशूले तिनीहरूलाई भन्नुभयो”
ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ
यहाँ “कैसर”ले रोमी सरकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ
“देओ” शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्याउन पनि सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्वरलाई देओ” (हेर्नुहोस्ः शब्दलोप)
Luke 20:26
οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος
“जासूसहरू उहाँले भन्नुभएको कुरामा केही गल्ती भेट्टाउन सकेनन्”
“तर तिनीहरू उहाँको जवाफमा अचम्मित थिए र केही पनि भनेनन्”
Luke 20:27
यो कहाँ भएको हो भनेर हामी जान्दैनौँ, तैपनि यो सम्भवतः मन्दिरको प्राङ्गनमा भएको हो । येशू केही सदूकीहरूसँग कुरा गरिरहनुभएको छ ।
οἱ, λέγοντες ἀνάστασιν μὴ εἶναι
यो वाक्यांशले सदूकीहरूलाई यहूदीहरूको त्यो समूहको रूपमा चिनाउँछ जसले कोही पनि मृतकहरूबाट जीवित हुँदैन भन्छन् । यसले कोही सदूकीहरूले पुनरुत्थानमा विश्वास गर्छन् र कोहीले गर्दैनन् भन्ने अर्थ दिँदैन । (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
Luke 20:28
ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα
“यदि कोही मानिसको दाजु पत्नी हुँदा कुनै बालबच्चा नभई मर्छ भने”
λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα
“त्यो मानिसले उसको मरेको दाज्यूको विधवालाई विवाह गर्नुपर्छ”
ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ
कुनै स्त्रीले आफ्नो मरेका पतिको भाइसँग विवाह गरेर जन्माएको पहिलो छोरोलाई त्यस स्त्रीको पहिलो पतिको छोरा भए जसरी यहूदीहरूले मान्थे । यो छोराले आफ्नी आमाको पहिलो पतिको जायजेथाको अंश लिन्थ्यो र उसको नामलाई बोक्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:29
पदहरू २९-३२ मा सदुकीहरूले येशूलाई एउटा छोटो कथा बताउँछन् । उदाहरणको रूपमा भन्नलाई यो तिनीहरूले बनाएर भनेको कथा हो । पद ३३ मा, तिनीहरूले बताएको कथाको बारेमा तिनीहरूले येशूलाई एउटा प्रश्न सोध्छन् ।
οὖν
सदुकीहरूले येशूलाई तिनीहरूको प्रश्न सोध्न सकाउँछन् ।
ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν; καὶ ὁ πρῶτος, λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος
यसो भएको पनि होला, तर सम्भवतः यो तिनीहरूले येशूलाई जाँच्नलाई बनाएको कथा हो ।
ὁ πρῶτος
“पहिलो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठो” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
“कुनै बालबच्चा नपाई मर्यो” वा “मर्यो, तर कुनै बालबच्चा थिएन”
Luke 20:30
καὶ ὁ δεύτερος
धेरैजसो विस्तृत विवरणलाई नदोहोर्याउनुभएर येशूले कथालाई छोटो राख्नुभयो । वैकल्पिक अनुवादः “दोस्रोले त्यसलाई विवाह गर्यो र त्यस्तै भयो” वा “दोस्रो भाइले त्यसलाई विवाह गर्यो र कुनै बालबच्चा नभई मर्यो” (हेर्नुहोस्ः शब्दलोप)
ὁ δεύτερος
“दोस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Luke 20:31
ὁ τρίτος ἔλαβεν αὐτήν
“तेस्रोले त्यसलाई विवाह गर्यो”
ὁ τρίτος
“तेस्रो सङ्ख्याको भाइ” वा “सबैभन्दा जेठा भाइ जो अझै जीवितै थिए” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ, οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον
कथालाई छोटो बनाउन धेरैजसो विस्तृत विवरणलाई तिनीहरूले दोहोर्याएनन् । वैकल्पिक अनुवादः “त्यसै गरी, बाँकी सातै जनाले त्यसलाई विवाह गरे र कुनै बालबच्चा भएन र ती सबै मरे” (हेर्नुहोस्ः शब्दलोप)
“सबै सात भाइहरू” वा “सात भाइहरूमा हरेक”
Luke 20:33
ἐν τῇ…ἀναστάσει
“जब मानिसहरू मृतकबाट उठाइन्छन्” वा “जब मृत मानिसहरू फेरि जीवित हुन्छन्” (युडीबी) । केही भाषाहरूमा सदूकीहरूले पुनरुत्थानमा विश्वास गर्दैनन् भन्ने देखाउने तरिकाहरू छन्, जस्तै “ठानिएको पुनरुत्थानमा” वा “जब मृत मानिसहरू मृतकहरूबाट उठाइन्छन् भनी ठानिन्छ ।”
Luke 20:34
येशूले सदुकीहरूलाई जवाफ दिन थाल्नुहुन्छ ।
οἱ υἱοὶ τοῦ αἰῶνος τούτου
“यस संसारका मानिसहरू” वा “यो समयका मानिसहरू ।” यो स्वर्ग वा पुनरुत्थानपछि जिउने मानिसहरूबाट भिन्नै छ ।
οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται
त्यस संस्कारमा पुरुषहरूले स्त्रीहरूलाई विवाह गर्ने र स्त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विवाह गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 20:35
οἱ…καταξιωθέντες…οὔτε γαμοῦσιν οὔτε γαμίζονται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले योग्य ठानेर विचार गर्नुभएको त्यस युगका मानिसहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τυχεῖν…τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν
“मृतकहरूबाट फेरि उठाइन” वा “मृत्युबाट उठ्न”
νεκρῶν
तिनीहरूसबैको माझबाट जो मरिगएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकसाथमा वर्णन गर्छ । तिनीहरूसबैको माझबाट पुनरुत्थान प्राप्त गर्नुले पुनः जीवित हुने विषयमा कुरा गर्छ ।
οὔτε γαμοῦσιν οὔτε γαμίζονται
त्यस संस्कारमा पुरुषहरूले स्त्रीहरूलाई विवाह गर्ने र स्त्रीहरूलाई तिनीहरूको पतिलाई विवाहमा दिइने भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विवाह गर्नेछैनन्” वा “विवाहित हुनेछैनन् ।” यो पुनरुत्थानपछिको कुरो हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 20:36
οὐδὲ…ἀποθανεῖν ἔτι δύνανται
यो पुनरुत्थानपछिको कुरो हो । वैकल्पिक अनुवादः “तिनीहरू मर्न सक्नेछैनन् ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῆς ἀναστάσεως υἱοὶ ὄντες
“ ... परमेश्वरका सन्तान हुन् किनभने उहाँले तिनीहरूलाई मृतकहरूबाट फिर्ता ल्याउनुभएको छ”
Luke 20:37
येशूले सदुकीहरूलाई जवाफ दिन सकाउनुहुन्छ ।
καὶ Μωϋσῆς
यहाँ “पनि” शब्द छ किनभने सदूकीहरूले धर्मशास्त्रको केही भागले मृतकहरूबाट उठाइन्छन् भनेकोमा अचम्म मान्दैनथे, तर तिनीहरूले मोशाले नै यस्ता कुराहरू लेखेका छन् भन्ने अपेक्षा गरेका थिएनन् । वैकल्पिक अनुवादः “तर मृत मानिसहरू मृत्युबाट उठाइनेछन् भनेर मोशाले पनि देखाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγείρονται οἱ νεκροὶ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई पुनः जिउने तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπὶ τῆς βάτου
“धर्मशास्त्रको त्यो खण्डमा जहाँ उनले बलिरहेको पोथ्राको बारेमा लेखे” वा “जलिरहेको पोथ्राको बारेमा भएको धर्मशास्त्रमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λέγει
“जब मोशाले परमप्रभुलाई पुकारे”
τὸν Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακώβ
“अब्राहाम, इसहाक र याकूबका परमेश्वर ।” तिनीहरू सबैले एउटै परमेश्वरको आराधना गरे ।
Luke 20:38
δὲ
यो शब्दलाई यहाँ प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । मानिसहरू मृतकबाट बिउँतन्छन् भनेर यो कथाले कसरी प्रमाणित गर्छ भनेर येशूले यहाँ व्याख्या गर्नुहुन्छ ।
οὐκ…νεκρῶν, ἀλλὰ ζώντων
यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि दुईपटक भनिएको छ । केही भाषाहरूको जोड दिएको देखाउने भिन्नै तरिकाहरू हुन्छन् । वैकल्पिक अनुवादः “परपप्रभु चाहिँ जीवित मानिसहरूको मात्रै परमेश्वर हुनुहुन्छ” (हेर्नुहोस्ः समान्तरता)
ζώντων
“तर जीवित मानिसहरूको परमेश्वर ।” किनकि यी मानिसहरू शारीरिक रूपमा मरे, तिनीहरू अझै पनि आत्मिक रूपमा जीवित भएको हुनुपर्छ । वैकल्पिक अनुवादः “तर ती मानिसहरूका परमेश्वर जसका शरीरहरू मरिसकेको हुनसके तापनि आत्माहरू अझै जीवित छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντες γὰρ αὐτῷ ζῶσιν
“किनभने परेमश्वरको दृष्टिमा तिनीहरू सबै अझ जीवित छन्” वा “किनभने परमेश्वरको उपस्थितिमा तिनीहरूका आत्माहरू जीवित छन्”
Luke 20:39
ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν
“शास्त्रीहरूमध्ये केहीले येशूलाई भने ।” सदुकीहरूले येशूलाई प्रश्न गरिरहँदा त्यहाँ शास्त्रीहरू पनि उपस्थित थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:40
οὐκέτι…ἐτόλμων
यसले शास्त्रीहरू, वा सदुकीहरूलाई जनाउँछ, वा दुवैलाई जनाउँछ भनेर स्पष्ट छैन । यो अभिव्यक्तिलाई सामान्य रूपमै राख्नु बेस हुन्छ ।
οὐκέτι…ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν
“तिनीहरू उहाँलाई प्रश्नहरू सोध्न डराए” वा “तिनहरूले उहाँलाई प्रश्नहरू सोधेर खतरा मोलेनन् ।” तिनीहरू बुझे कि तिनीहरूलाई येशूलाई जति थाहा थिएन, तर तिनीहरूले त्यो कुरा बताउन चाहेनन् । यस कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले कुनै छली प्रश्नहरू उहाँलाई सोधेनन् किनभने उहाँको बुद्धिमतापूर्ण जवाफले तिनीहरूलाई फेरि पनि मूर्ख देखाउने छ भनी तिनीहरू डराए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:41
εἶπεν…πρὸς αὐτούς
येशू शास्त्रीहरूलाई एउटा प्रश्न सोध्नुहुन्छ ।
πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυεὶδ Υἱόν?
“ ... पुत्र ... तिनीहरूले किन भन्दछन् ?” मसिह को हुनुहुन्छ भनेर सोच्ने बनाउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ... पुत्र ... भनेका कुराहरूको बारेमा सोचौँ ।” वा “म तिनीहरूले ... पुत्र ... भनेका कुराको बारेमा बताउनेछु” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
λέγουσιν
अगमवक्ताहरू, धार्मिक शासकहरू, र यहूदी मानिसहरूलाई मूलभूत रूपमा थाहा थियो कि मसिह चाहिँ दाऊदको पुत्र हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “सबैले भन्छन्” वा “मानिसहरूले भन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Δαυεὶδ Υἱόν
“राजा दाऊदका सन्तान ।” यहाँ “पुत्र” शब्द सन्तानलाई जनाउन प्रयोग गरिएको छ । यस खण्डमा यसले परमेश्वरको राज्यमाथि शासन गर्ने व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
Luke 20:42
λέγει ἐν βίβλῳ Ψαλμῶν, εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
यो भजनसंग्रहबाट लिइएको खण्ड हो जसले भन्छ, “येहोवेले मेरा प्रभुलाई भन्नुभयो” । तर यहूदीहरूले “येहोवे” भन्न छोडे र त्यसको सट्टामा प्रायः “परमप्रभु” भन्थे । वैकल्पिक अनुवादः “परमप्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो” वा “परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो”
εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου
दाऊदले ख्रीष्टलाई “मेरा प्रभु” भनी जनाउँदै थिए ।
κάθου ἐκ δεξιῶν μου
“परमेश्वरको दाहिने हातपट्टि बस्नु” भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको लागि सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 20:43
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
मसिहका शत्रुहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू काठका सामग्रीहरू हुन् जहाँ उहाँले आफ्नो पाउ राख्नुहुने थियो । यो एउटा समर्पणको चित्रण हो । वैकल्पिक अनुवादः “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदानजस्तो नबनाएसम्म” वा “मैले तिम्रा शत्रुहरूलाई तिम्रो निम्ति नजितेसम्म” (हेर्नुहोस्ः रूपक)
Luke 20:44
Δαυεὶδ οὖν, Κύριον, αὐτὸν καλεῖ
त्यो समयको चलनमा, कुनै बाबुलाई उसको छोराभन्दा बढी आदर गरिन्थ्यो । दाऊदले ख्रीष्टको लागि प्रयोग गरेको ‘प्रभु’ शीर्षकले यो आशय दिन्छ कि उहाँ दाऊदभन्दा बढी महान् हुनुहुन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ πῶς υἱός αὐτοῦ ἐστιν
“त्यसैले, ख्रीष्ट कसरी दाऊदका पुत्र हुन सक्नुहुन्छ ?” यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यसले देखाउँछ, कि ख्रीष्ट दाऊदका सन्तान मात्र हुनुहुन्न” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 20:45
δὲ
अब उहाँका चेलाहरूतिर येशूले आफ्नो ध्यान मोड्नुहुन्छ र विशेषगरी तिनीहरूसँग कुरा गर्नुहुन्छ ।
Luke 20:46
“ ... को विरुद्धमा सावधान रहो”
θελόντων περιπατεῖν ἐν στολαῖς
लामा वस्त्रहरूले तिनीहरू महत्त्वपूर्ण थिए भन्ने देखाउँथ्यो । वैकल्पिक अनुवादः “जो तिनीहरूका महत्त्वपूर्ण वस्त्रहरू लगाएर हिँड्न मन पराउँछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 20:47
οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν
“तिनीहरूले विधवाहरूका घरहरू खान्छन् ।” शास्त्रीहरूको विषयमा यसरी कुरा गरिएको छ मानौँ तिनीहरू भोका पशुहरू थिए जसले विधवाहरूका घरहरू खान्छन् । “घरहरू” शब्द विधवा बस्ने ठाउँ र तिनले आफ्नो घरमा राख्ने तिनका सबै धनसम्पत्तिहरू दुवैलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले विधवाहरूबाट तिनीहरूका सबै सम्पत्ति पनि लान्छन्” (हेर्नुहोस्ः रूपक अनि उपलक्षण)
προφάσει μακρὰ προσεύχονται
“तिनीहरू धर्मी भएको बहाना गर्छन् र लामो-लामो प्रार्थना गर्छन्” वा “तिनीहरूले मानिसहरूले देखून् भनेर लामो-लामो प्रार्थना गर्छन्”
οὗτοι λήμψονται περισσότερον κρίμα
“तिनीहरूको अझ बढी कठोर इन्साफ हुनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई निश्चय नै बढी कठोर तवरले दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 21
लूका २१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
उहाँ फर्किनुभन्दा अगाडि के-के हुनेछन् भन्ने बारेमा येशूले चेलाहरूलाई धेरै बताउनुहन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“किनकि धेरैजना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उहाँ नै हुँ’”
येशूले सिकाउनुभयो कि उहाँ फर्कनुभन्दा अगाडि, धेरै मानिसहरूले आफूहरू फर्केर आउनुभएको उहाँ नै हौँ भनेर झूटो दाबी गर्नेछन् । यो यस्तो एउटा समय पनि हुनेछ जब मानिसहरूले येशूका अनुयायीहरूलाई घृणा गर्नेछन् र तिनीहरूलाई मार्न पनि चाहनेछन् ।
“जबसम्म अन्यजातिहरूको समय पूरा हुँदैन”
यहूदीहरूका पूर्खाहरूलाई बेबिलोनीहरूले बेबिलोनमा जानलाई कर लगाएको समय र मसिह आउनुहुने समयको बीचको अवधिलाई तिनीहरूले “अन्यजातिहरूको समय” भने, त्यो समय जब अन्यजातिहरूले यहूदीहरूमाथि शासन गर्ने थिए ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
येशूले आफैँलाई यस अध्यायमा मानिसको पुत्रको रूपमा जनाउनुहुन्छ (लूका २१:२७) । तपाईंको भाषाले मानिसहरूलाई अरू कोहीको विषयमा कुरा गरिरहेको जस्तो गरेर तिनीहरूको आफ्नो बारेमा कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 21:1
δὲ
यो कथामा भएको अर्को घटना हो । कि त येशूलाई सदुकीहरूद्वारा प्रश्न सोधिएकै दिनमा (लूका २०:२७) वा कुनै फरक दिनमा येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्नुहुन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τὰ δῶρα
उपहारहरू के थिए भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “पैसाका उपहारहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ γαζοφυλάκιον
मन्दिरको चोकमा भएको एउटा बाकस थियो जसमा मानिसहरूले परमेश्वरलाई उपहारस्वरूप पैसा राख्थे
Luke 21:2
εἶδεν δέ τινα χήραν πενιχρὰν
यो कथामा कुनै नयाँ पात्रलाई परिचय गराउने तरिका हो । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
λεπτὰ δύο
“दुईवटा साना सिक्का” वा “दुईवटा साना काँसाका सिक्का ।” यी त्यस बेला मानिसहरूले प्रयोग गर्ने सिक्काहरूमा सबै भन्दा कम मूल्यका सिक्काहरू थिए । वैकल्पिक अनुवादः “दुई सिक्काहरू” वा “कम मूल्य बराबरको दुई साना सिक्काहरू” (हेर्नुहोस्ः बाइबलीय पैसा)
Luke 21:3
ἀληθῶς λέγω ὑμῖν
यसको अर्थ येशूले भन्न लाग्नुभएको कुरा धेरै महत्त्वपूर्ण थियो भन्ने हुन्छ ।
εἶπεν
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν
परमेश्वरले तिनको उपहार, पैसाको एउटा सानो रकमलाई मानिसहरूले दिएका ठूला रकमका पैसाभन्दा बढी महत्त्वको ठान्नुहुन्छ । वैकल्पिक अनुवादः “यस विधवाको सानो उपहार धनी मानिसहरूका झन् ठूला उपहारहरूभन्दा बढी मूल्यवान् थियो” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Luke 21:4
ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα
“प्रशस्त पैसा थिए र त्यसको सानो अंश मात्र दिए”
αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς, πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν
“जोसँग अति थोरै पैसा थियो”
Luke 21:5
τινων
येशू विधवाको वियषमा कुरा गर्नबाट मन्दिरको विषयमा सिकाउनतिर लाग्नुहुन्छ ।
ἀναθέμασιν
मानिसहरूले परमेश्वरलाई दिएका थोकहरू
Luke 21:6
ταῦτα ἃ θεωρεῖτε
यसले सुन्दर मन्दिर र त्यसका सजावटहरूलाई जनाउँछ ।
ἐλεύσονται ἡμέραι ἐν αἷς
“एउटा समय आउनेछ जब” वा “कुनै दिन”
οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ
यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक ढुङ्गा त्यसको स्थानबाट हटाइनेछ र तिनीहरू सबै टुक्रा-टुक्रा पारिनेछन्”
οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ
यहाँ एउटा नयाँ वाक्यलाई सुरु गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... अर्कोमाथि छोडिनेछैन । तिनीहरू सबैलाई भत्काइनेछ” वा “ ... अर्कोमाथि छोडिनेछैन । शत्रुहरूले हरेक ढुङ्गा टुक्रा-टुक्रा पार्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 21:7
ἐπηρώτησαν…αὐτὸν
“चेलाहरूले येशूलाई सोधे” वा “येशूका चेलाहरूले उहाँलाई सोधे”
πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι
यसले येशूले भर्खरै शत्रुहरूले मन्दिरलाई नाश गर्ने बारेमा भन्नुभएको कुरालाई जनाउँछ ।
Luke 21:8
μὴ πλανηθῆτε
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । “तिमीहरू” शब्द बहुवचनमा छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले झुटमा विश्वास नगर” वा “कि तिमीहरूलाई कसैले नछलोस्” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐπὶ τῷ ὀνόματί μου
उहाँको नाउँ लिएर आइरहेका मानिसहरूले उहाँलाई प्रतिनिधित्व गरेको दाबी गर्छन् । वैकल्पिक अनुवादः “म हुँ भनेर दाबी गर्दै” वा “मेरो अधिकार छ भन्ने दाबी गर्दै” (हेर्नुहोस्ः लक्षणा)
ἐγώ εἰμι
“म ख्रीष्ट हुँ” वा “म मसिह हुँ”
μὴ πορευθῆτε ὀπίσω αὐτῶν
“तिनीहरूलाई विश्वास नगर” वा “तिनीहरूका चेलाहरू नबन”
Luke 21:9
πολέμους καὶ ἀκαταστασίας
यहाँ “युद्धहरू”ले सम्भवतः देशहरूको बीचको लडाइँलाई जनाउँछ, र “हुलदङ्गाहरू”ले सम्भवतः मानिसहरूले तिनीहरूको आफ्नै अगुवाहरूको विरुद्धमा वा तिनीहरूको देशमा भएका अरूहरूको विरुद्धमा लड्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “युद्धहरू र विद्रोहहरू” वा “युद्धहरू र क्रान्तिहरू”
μὴ πτοηθῆτε
“यी कुराहरूले तिमीहरूलाई भयभीत बनाउन नदेओ” वा “नडराओ”
ἀλλ’ οὐκ εὐθέως τὸ τέλος
यसले अन्तिम न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “युद्धहरू र दङ्गाहरू पछि तुरुन्तै संसारको अन्त्य हुनेछैन” वा “ती कुराहरू भएपछि तुरुन्तै संसारको अन्त्य हुनेछैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ τέλος
“सबैथोकको अन्त्य” वा “यस युगको अन्त्य”
Luke 21:10
τότε ἔλεγεν αὐτοῖς
“तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो ।” यो अगिल्लो पददेखिको निरन्तरता भएकोले केही भाषाहरूले “तब उहाँले तिनीहरूलाई भन्नुभयो” भन्न नरुचाउलान् ।
ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος
यहाँ “जाति” भनेको त्यस जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो, र “विरुद्धमा उठ्नु” भनेको आक्रमणको लागि प्रतिस्थापन शब्द हो । “जाति” शब्दले सामान्य रूपमा जातिहरूलाई जनाउँछ, कुनै एक खास जातिलाई मात्र होइन । वैकल्पिक अनुवादः “एउटा जातिका मानिसहरूले अर्को जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” वा “केही जातिका मानिसहरूले अरू जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” (हेर्नुहोस्ः लक्षणा अनि नाम प्रयोग भएका आम वाक्यांशहरू)
ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος
यसले देशलाई भन्दा मानिसहरूको जातीय समूहहरूलाई जनाउँछ ।
καὶ βασιλεία ἐπὶ βασιλείαν
“विरुद्धमा उठ्नु” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ र त्यसको अर्थ आक्रमण हुन्छ । वैकल्पिक अनुवादः “राज्यको विरुद्धमा राज्य उठ्नेछ” वा “केही राज्यहरूका अरू राज्यहरूका मानसिहरूलाई आक्रमण गर्नेछन्” (हेर्नुहोस्ः शब्दलोप अनि लक्षणा अनि नाम प्रयोग भएका आम वाक्यांशहरू)
Luke 21:11
“त्यहाँ ... हुनेछन्” शब्दहरूलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “त्यहाँ थुप्रै ठाउँहरूमा अनिकाल र महामारीहरू हुनेछन्” वा “त्यहाँ विभिन्न स्थानहरूमा भोक र रोगहरू लाग्ने समयहरू हुनेछन्” (हेर्नुहोस्ः शब्दलोप)
φόβηθρά
“मानिहरूलाई भयभीत पार्ने घटनाहरू” वा “मानिसहरूलाई अति नै भयभीत गराउने घटनाहरू”
Luke 21:12
τούτων
यसले येशूले पछि हुनेछन् भनी भन्नुभएको भयानक कुराहरूलाई जनाउँछ ।
ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν
“तिनीहरूले तिमीहरूलाई समात्नेछन् ।” यो अभिव्यक्तिले मानिसहरूले चेलाहरूमाथि अधिकार चलाएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्” (हेर्नुहोस्ः लक्षणा)
ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν
“मानिसहरूले ... ” वा “शत्रुहरूले ... ”
येशूले आफ्ना चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । त्यसैले “तिमीहरू” शब्द बहुवचन हुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
παραδιδόντες εἰς τὰς συναγωγὰς
“सभाघरहरू” शब्द सभाघरहरूमा भएका मानिसहरूको लागि, र विशेषगरी अगुवाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई सभाघरका अगुवाहरूकहाँ सुम्पनेछन्” वा “तिमीहरूलाई सभाघरहरूमा लानेछन् ताकि त्यहाँ भएका मानिसहरूले तिनीहरूले चाहेका कुराहरू तिमीहरूलाई गर्न सकून्” (हेर्नुहोस्ः लक्षणा)
τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ
“र तिमीहरूलाई जेलहरूमा थुन्नेछन्” वा “र तिमीहरूलाई जेलहरूमा राख्नेछन्”
ἕνεκεν τοῦ ὀνόματός μου
यहाँ येशू आफैँलाई जनाउन “नाम” शब्दलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनकि तिमीहरू मलाई पछ्याउँछौ” (हेर्नुहोस्ः लक्षणा)
Luke 21:13
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον
“किनभने तिमीहरूले मेरो बारेमा तिनीहरूलाई तिमीहरूको गवाही बताउनेछौ”
Luke 21:14
οὖν
“यसको कारण”, यसले लूका २१:१० बाट सुरु गरेर येशूले भन्नुभएको सबैकुरालाई जनाउँछ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
θέτε…ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “निधो गर्नु” वा “दृढ निर्णय लिनु” (हेर्नुहोस्ः लक्षणा)
μὴ προμελετᾶν ἀπολογηθῆναι
“तिनीहरूले लगाएको दोषको विरुद्धमा तिमीहरूको प्रतिरक्षा गर्नको लागि तिमीहरूले के भन्ने भनेर अगाडिबाटै नसोच्न”
Luke 21:15
ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, πάντες οἱ ἀντικείμενοι ὑμῖν
“बुद्धि जुन तिमीहरूका कुनै पनि शत्रुहरूले प्रतिरोध गर्न वा खण्डन गर्न सक्नेछैनन्”
στόμα καὶ σοφίαν
“कस्ता बुद्धिमानी कुरा भन्नुपर्छ भनी म तिमीहरूलाई बताउनेछु”
στόμα καὶ σοφίαν
यिनीहरूलाई जोडेर एउटै वाक्यांश बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू” वा “बुद्धिमानी वचनहरू” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
Luke 21:16
παραδοθήσεσθε…καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बाबुआमा, दाजुभाइहरू, नातेदारहरू, र मित्रहरूले पनि तिमीहरूलाई अधिकारीहरूको हातमा सुम्पिदिनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
θανατώσουσιν ἐξ ὑμῶν
“तिनीहरूले तिमीहरूमध्ये केहीको मार्नेछन् ।” सम्भावित अर्थहरू हुन् १) “अधिकारीहरूले तिमीहरूमध्ये केहीलाई मार्नेछन्” वा २) “तिमीहरूलाई सुम्पनेहरूले तिमीहरूमध्ये कतिलाई मार्नेछन् ।” पहिलो अर्थ बढी सम्भाव्य छ ।
Luke 21:17
ἔσεσθε μισούμενοι ὑπὸ πάντων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । “सबैजना” शब्दले कति धेरै मानिसहरूले चेलाहरूलाई घृणा गर्नेछन् भनेर जोड दिन्छ, कि त १) अतिरञ्जनद्वारा वैकल्पिक अनुवादः “तिमीहरू सबैबाट घृणित छौ जस्तो देखिनेछ” वा “सबैजनाले तिमीहरूलाई घृणा गरेको जस्तो देखिनेछ” वा २) सामान्यकरणद्वारा वैकल्पिक अनुवादः “तिमीहरू अधिकांश मानिसहरूद्वारा घृणित हुनेछौ” वा “अधिकांश मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
διὰ τὸ ὄνομά μου
यहाँ “मेरो नाम”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरो कारणले” वा “तिमीहरूले मलाई पछ्याएको कारणले” (हेर्नुहोस्ः लक्षणा)
Luke 21:18
θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν, οὐ μὴ ἀπόληται
येशूले व्यक्तिको सबैभन्दा सानो भागको बारेमा कुरा गर्नुहुन्छ । उहाँले सम्पूर्ण व्यक्ति विनाश हुनेछैन भनेर जोड दिइरहनुभएको छ । येशूले पहिले नै भनिसक्नुभएको छ कि तिनीहरू कतिलाई मारिनेछ ।, त्यसैले, कतिले यसको तात्पर्य तिनीहरूलाई आत्मिक रूपमा हानि गरिनेछैन भनेर बुझ्छन् । वैकल्पिक अनुवादः “तर यी कुराहरूले तिमीहरूलाई साँच्चै हानि गर्नेछैनन् ।” वा “तिमीहरूको शिरमा रहेको हरेक कपाल पनि सुरक्षित रहनेछ” (हेर्नुहोस्ः उपलक्षण)
Luke 21:19
ἐν τῇ ὑπομονῇ ὑμῶν
“दृढ भएर ।” यसलाई उल्टो तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूले छोडेनौ भने”
κτήσασθε τὰς ψυχὰς ὑμῶν
“प्राण”ले व्यक्तिको अनन्त भागलाई प्रतिनिधित्व गर्छ भनेर बुझिएको थियो । वैकल्पिक अनुवादः “तिमीहरूले जीवन पाउनेछौ” वा “तिमीहरूले आफैँलाई बचाउनेछौ”
Luke 21:20
κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेनाहरूले यरूशलेम घेरिरहेको” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς
“कि त्यसलाई चाँडै नाश पारिनेछ” वा “कि तिनीहरूले त्यसलाई चाँडै नाश पार्नेछन्”
Luke 21:21
खतरादेखि टाढा दौडनु
यसले यरूशलेम बाहिर रहेका दुर्गम क्षेत्रहरूलाई जनाउँछ, र राष्ट्रलाई होइन । वैकल्पिक अनुवादः “सहर बाहिर”
ἐν μέσῳ αὐτῆς
“यरूशलेममा प्रवेश गर्नु”
Luke 21:22
ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν
“यी दण्डका दिनहरू हुन्” वा “यो त्यो समय हुनेछ जब परमेश्वरले यस सहरलाई दण्ड दिनुहुनेछ”
τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले धर्मशास्त्रमा लामो समय अगाडि लेखेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 21:23
ταῖς θηλαζούσαις
“ती आमाहरूलाई जसले तिनीहरूका शिशुहरूलाई दूध खुवाइरहेका छन्”
ἔσται…ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς
सम्भावित अर्थहरू हुन् १) देशका मानिसहरू पीडामा हुनेछन् र २) देशमा भौतिक प्रकोपहरू हुनेछन् ।
καὶ ὀργὴ τῷ λαῷ τούτῳ
“त्यो समयमा मानिसहरूलाई क्रोध खन्याइनेछ ।” परमेश्वरले यो क्रोध ल्याउनुहुनेछ । वैकल्पिक अनुवादः “यी मानिसहरूले परमेश्वरको रीसको अनुभव गर्नेछन्” वा “परमेश्वर निकै रिसाउनुहुनेछ र यी मानिसहरूलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 21:24
πεσοῦνται
“तिनीहरू तरवारको धारद्वारा मारिनेछन् ।” यहाँ “तरवारको धारले मार्नु” भन्ने कुराले शत्रुका सिपाहीहरूद्वारा मारिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “शत्रुका सिपाहीहरूले तिनीहरूलाई मार्नेछन्” (हेर्नुहोस्ः लक्षणा)
αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई पक्रनेछन् र तिनीहरूलाई अरू देशहरूमा लानेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὰ ἔθνη πάντα
तिनीहरूलाई थुप्रै देशहरूमा लगिनेछ भन्ने कुरालाई जोड दिनको लागि “सबै” शब्द अतिरञ्जन हो । वैकल्पिक अनुवादः “थुप्रै अरू देशहरूमा” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
सम्भावित अर्थहरू हुन् १) गैरयहूदीहरूले यरूशलेमलाई जित्नेछन् र ओगट्नेछन् वा २) गैरयहूदीहरूले यरूशलेमको सहरलाई नाश गर्नेछन् वा ३) गैरयहूदीहरूले यरूशलेमका मानिसहरूलाई नाश पार्नेछन् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν
यस अलङ्कारले यरूशलेमको विषयमा यसरी कुरा गर्छ कि मानौँ अरू जातिका मानिसहरू त्यसमाथि हिँडिरहेका थिए र त्यसलाई तिनीहरूका पाउले कुल्चिरहेका थिए । यसले दमनलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूद्वारा पराजित भएको” वा “अरू जातिहरूद्वारा नाश पारिएको” (हेर्नुहोस्ः रूपक)
ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको अवधिको अन्त हुन नआएसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 21:25
συνοχὴ ἐθνῶν
यहाँ “राष्ट्रहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “राष्ट्रका मानिसहरू सङ्कष्टमा पर्नेछन्”
ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου
“किनभने तिनीहरू समुद्र र त्यसका छालहरूका गर्जनद्वारा आत्तिनेछन्” वा “र समुद्रको ठूलो हल्ला र त्यसका उग्र चालहरूले तिनीहरूलाई भयभीत बनाउनेछ ।” यसले समुद्रहरूमा आउने असाधारण आँधीबेह्रि वा प्रकोपहरूलाई जनाएको जस्तो देखिन्छ ।
Luke 21:26
τῶν ἐπερχομένων τῇ οἰκουμένῃ
“संसारमा घट्ने कुराहरू” वा “संसारलाई हुने कुराहरू”
αἱ…δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) आकाशमा भएका थोकहरू जस्तै, सूर्य, चन्द्र र ताराहरू तिनीहरूका सामान्य मार्गमा चल्नेछैनन् । वैकल्पिक अनुवादः “परमेश्वरले स्वर्गमा भएका शक्तिशाली थोकहरूलाई हल्लाउनुहुनेछ” वा २) स्वर्गमा भएका शक्तिशाली आत्माहरू कष्टमा पर्नेछन् । पहिलोलाई प्रयोग गर्न सुझाव दिइन्छ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 21:27
τὸν Υἱὸν τοῦ Ἀνθρώπου
येशूले आफैँलाई जनाउँदै हुनुहन्छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्रलाई, आउँदै गरेको” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐρχόμενον ἐν νεφέλῃ
“बादलमा तल आइरहेको”
μετὰ δυνάμεως καὶ δόξης πολλῆς
यहाँ “शक्ति”ले सम्भवतः संसारलाई न्याय गर्ने उहाँको अधिकारलाई जनाउँछ । यहाँ “महिमा”ले कुनै चम्किलो प्रकाशलाई जनाउन सक्छ । परमेश्वरले कहिलेकाहीँ असाध्यै चम्किलो प्रकाशद्वारा आफ्नो महानता देखाउनुहुन्छ । वैकल्पिक अनुवादः “शक्तिशाली रूपमा र महिमामय तवरले” वा “र उहाँ शक्तिशाली र धेरै महिमामय हुनुहुनेछ”
Luke 21:28
ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν
कहिलेकाहीँ मानिसहरू डराएको बेलामा तिनीहरू नदेखिन वा हानिबाट बच्नलाई झुक्छन् । जब तिनीहरू डराएका हुँदैनन्, तिनीहरू खडा हुन्छन् । वैकल्पिक अनुवादः “दृढतासाथ खडा होओ”
शिर उचाल्नु भनेको माथि हेर्नुको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूले माथि हेर्नलाई शिर उचाल्दा, तिनीहरूका उद्धारक तिनीहरूतिर आइरहनुभएको देख्न सक्षम हुनेछन् । वैकल्पिक अनुवादः “माथि हेर” (हेर्नुहोस्ः लक्षणा)
διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν
परमेश्वर, जसले छुटकारा दिलाउनुहुन्छ, उहाँको विषयमा यसरी कुरा गरिएको छ कि मानौँ उहाँले ल्याउनुहुने छुटकारा उहाँ आफैँ हुनुहन्छ । “छुटकारा” शब्द एउटा भाववाचक नामपद हो जसलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले तिमीहरूलाई चाँडै छुटकारा दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि भाववाचक नाम)
Luke 21:29
καὶ εἶπεν παραβολὴν αὐτοῖς
जसै येशूले उहाँका चेलाहरूलाई सिकाउनलाई निरन्तरता दिनुहुन्छ, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त बताउनुहुन्छ । (हेर्नुहोस्ः दृष्टान्त)
Luke 21:30
ὅταν προβάλωσιν
“जब नयाँ पातहरू बढ्न सुरु गर्छन्”
ἤδη ἐγγὺς τὸ θέρος ἐστίν
“ग्रीष्म सुरु हुन लागेको छ ।” इस्राएलमा ग्रीष्म ऋतु अञ्जीरको रूखको पात पलाउन थालेपछि आउँछ र यो त्यो समय हो जब अञ्जीरहरू पाक्छन् । वैकल्पिक अनुवादः “फसलको समय सुरु हुन लागेको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 21:31
ταῦτα
येशूले भर्खरै वर्णन गर्नुभएको चिन्हहरू देखापर्ने कुराले परमेश्वरको राज्यको आगमनलाई सङ्केत गर्छ जसरी अञ्जीरको रूखको पातहरूको देखापर्ने कुराले ग्रीष्मलाई सङ्केत गर्छ ।
ἐγγύς ἐστιν ἡ Βασιλεία τοῦ Θεοῦ
“परमेश्वरले चाँडै उहाँको राज्य स्थापित गर्नुहुनेछ ।” वैकल्पिक अनुवादः “परमेश्वरले चाँडै राजाको रूपमा शासन गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Luke 21:32
येशूले उहाँका चेलाहरूलाई सिकाउन निरन्तरता दिनुहुन्छ ।
ἀμὴν, λέγω ὑμῖν
यो अभिव्यक्तिले येशूले भन्न लाग्नुभएको कुराको महत्त्वलाई जोड दिन्छ ।
ἡ γενεὰ αὕτη
सम्भावित अर्थहरू हुन् १) येशूले भन्नुभएका चिन्हहरूमध्ये पहिलो सुरुकाहरू देख्ने पुस्ता वा २) जुन पुस्तासँग येशू बोलिरहनुभएको थियो । पहिलोचाहिँ बढी सम्भाव्य छ ।
οὐ μὴ παρέλθῃ…ἕως ἂν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... बेलामा अझै जीवित हुनेछ जब”
Luke 21:33
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται
“स्वर्ग र पृथ्वीको अस्तित्व मेटिनेछ ।” यहाँ “स्वर्ग” शब्दले आकाश र यसभन्दा उताको ब्रह्माण्डलाई जनाउँछ ।
οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται
“मेरा वचनहरूको अस्तित्व कहिल्यै पनि मेटिनेछैन” वा “मेरा वचनहरू कहिल्यै चुक्नेछैनन् ।” उहाँले भन्नुभएका सबै कुराहरूलाई जनाउन येशूले यहाँ “वचनहरू”लाई प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः लक्षणा)
οὐ μὴ παρελεύσονται
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सधैँ रहनेछ”
Luke 21:34
ὑμῶν αἱ καρδίαι
यहाँ “हृदय”ले व्यक्तिको दिमाग र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू ... ले नभरिऊ” (हेर्नुहोस्ः लक्षणा)
μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κρεπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς
येशूले यहाँ निम्न बताइएका पापहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै भौतिक वजन हुन् जुन कुनै व्यक्तिले बोक्नु परेको थियो । (हेर्नुहोस्ः रूपक)
κρεπάλῃ, καὶ μέθῃ
“धेरै मद्य पिउनाले तपाईंलाई जे गर्नेछ” वा “उन्मत्तता”
μερίμναις βιωτικαῖς
“यस जीवनबारे अत्यधिक फिक्री गर्ने”
ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
जसरी पासोले कुनै पशुलाई त्यसले नसोचिरहेको बेलामा पक्रन्छ, त्यो दिन पनि तब हुनेछ जब मानिसहरूले त्यसको अपेक्षा गर्दैनन् । वैकल्पिक अनुवादः “जसरी पासो जनावरमाथि अचानक आइपर्छ, त्यसरी नै त्यो दिन तिमीहरूले आशा नगरिरहेको बेलामा हुनेछ” (हेर्नुहोस्ः उपमा)
καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
तयारी नहुने र त्यसलाई नहेर्नेहरूका लागि त्यो दिनको आगमन अकस्मात् र अनपेक्षित रूपमा देखा पर्नेछ । वैकल्पिक अनुवादः “किनभने तिमीहरू तयार छैनौ भने, त्यो दिन तिमीहरूमाथि अकस्मात् आइपर्नेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
यसले त्यो दिनलाई जनाउँछ जब मसिह फर्कनुहुन्छ । वैकल्पिक अनुवादः “मानिसको पुत्र आउने दिन”
Luke 21:35
ἐπεισελεύσεται…ἐπὶ πάντας
“यसले हरेकलाई असर गर्नेछ” वा “त्यस दिनको घटनाहरूले हरेकलाई प्रभाव पार्नेछ”
ἐπὶ πρόσωπον πάσης τῆς γῆς
पृथ्वीको सतहको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्तिको अनुहारको बाहिरी भाग हो । वैकल्पिक अनुवादः “सारा पृथ्वीको सतहमा” वा “सम्पूर्ण पृथ्वीमा” (हेर्नुहोस्ः रूपक)
Luke 21:36
δὲ
येशूले उहाँका चेलाहरूलाई शिक्षा दिन सकाउनुहुन्छ ।
ἀγρυπνεῖτε…ἐν παντὶ καιρῷ
“मेरो आगमनको लागि तयार होओ”
सम्भावित अर्थहरू हुन् १) “यी कुराहरू सहन सक्ने गरी पर्याप्त मात्रामा बलियो” वा २) “यी सबै कुराहरूलाई छ्ल्न सक्षम”
“यी कुराहरू जुन हुन आउनेछन् ।” येशूले तिनीहरूलाई भर्खरै मात्र पछि हुन आउने भयानक कुराहरूको बारेमा बताउनुभएको थियो जस्तै सतावट, युद्ध, र कैद ।
καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου
“मानिसको पुत्रको अगि दृढतासाथ खडा हुन ।” यसले सम्भवतः मानिसको पुत्रले हरेकलाई न्याय गर्ने समयलाई जनाउँछ । तयारी नहुने व्यक्ति मानिसको पुत्रसँग डराउनेछ र दृढतासाथ खडा हुन सक्नेछैन ।
Luke 21:37
δὲ
यो कथाको त्यस भागको अन्त्य हो जुन लुका २०:१ मा सुरू हुन्छ । यी पदहरूले निरन्तर भइरहेको क्रियाकलापको विषयमा बताउँछन् जुन कथाको प्रमुख भागको अन्त भइसकेपछि पनि लम्बिरहन्छ । (हेर्नुहोस्ः कथाको समापन)
“दिनको समयमा उहाँले सिकाउनुहुन्थ्यो” वा “उहाँले हरेक दिन सिकाउनुहुन्थ्यो ।” तलका पदहरूले येशू मर्नअगि उहाँ र मानिसहरूले हप्ताभरी हरेक दिन गरेका कुराहरूबारे बताउँछन् ।
ἐν τῷ ἱερῷ
केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेश-अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिर क्षेत्रमा” वा “मन्दिरको चोकमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“बेलुका उहाँ सहरबाहिर जानुहुन्थ्यो” वा “उहाँ हरेक रात बाहिर जानुहुन्थ्यो”
Luke 21:38
भीड धेरै ठूलो थियो भनेर जोड दिनलाई यहाँ “सबै” शब्द सम्भवतः अतिरञ्जन हो । वैकल्पिक अनुवादः “सहरमा भएका मानिसहरूको धेरै ठूलो सङ्ख्या” वा “लगभग सहरका सबै जना” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ὤρθριζεν πρὸς αὐτὸν
“हरेक बिहान सबेरै आउँथे”
ἀκούειν αὐτοῦ
“उहाँले सिकाउनुभएका कुरा सुन्न”
Luke 22
लूका २२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
देह र रगत खाने कुरा
लूका २२:१९-२० ले उहाँका चेलाहरूसँगको येशूको अन्तिम भोजनलाई वर्णन गर्छ । यही समयमा, येशूले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुराहरू उहाँको देह र रगत थियो । झण्डै सबै ख्रीष्टिएन मण्डलीहरूले यो भोजनको सम्झना गर्नको लागि “प्रभु-भोज”, “यूखरिष्ट”, वा “पवित्र संगति”को उत्सव मनाउँछन् ।
नयाँ करार
केही मानिसहरूले सोच्छन् कि येशूले यस रात्रीभोजको समयमा नयाँ करारको स्थापित गर्नुभयो । अरूहरूले सोच्छन् कि उहाँले स्वर्गमा चढिजानुभएपछि त्यसलाई स्थापित गर्नुभयो । अरूहरूले सोच्छन् कि येशू पुनः फर्केर नआउनुभएसम्म त्यो स्थापित हुनेछैन । तपाईंको अनुवादले यसको बारेमा यूएलटीले बताएको भन्दा बढी भन्नु हुँदैन । (हेर्नुहोस्ः करार)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका २२:२२) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नो विषयमा अरू कसैको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 22:1
यहूदा येशूलाई धोका दिन सहमत हुन्छ । यी पदहरूले कथाको यस घटनाको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
δὲ
यहाँ यो शब्द कथाको नयाँ भागलाई परिचय गराउनलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἡ ἑορτὴ τῶν Ἀζύμων
यो चाडलाई यो नामद्वारा चिनिन्थ्यो किनभने यहूदीहरूले यो चाडभरी खमिर मिसाइएको रोटी खाँदैनथे । वैकल्पिक अनुवादः “तिनीहरूले अखमिरी रोटी खाने चाड” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἤγγιζεν
“सुरु हुनै लागेको थियो”
Luke 22:2
τὸ πῶς ἀνέλωσιν αὐτόν
पूजाहारीहरू र शास्त्रीहरू आफैँसँग येशूलाई मार्ने अधिकार थिएन, तर तिनीहरूले अरूहरूलाई उहाँलाई मार्न लगाउने आशा गरे । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी मार्न सक्छन् भनेर” वा “तिनीहरूले कसरी कसैलाई येशूलाई मार्न लगाउन सक्थे भनेर”
ἐφοβοῦντο γὰρ τὸν λαόν
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले के गर्लान् भनी डराए” वा २) “मानिसहरूले येशूलाइ राजा बनाउलान् भनी डराए ।”
Luke 22:3
यो कथाको यस भागमा भएको कार्यको सुरुवात हो ।
εἰσῆλθεν…εἰς
यो सम्भवतः भूत लागेको अवस्थाजस्तै हो ।
Luke 22:4
“पूजाहारीहरूका अगुवाहरू”
στρατηγοῖς
“मन्दिरका रक्षकहरूका अधिकारीहरू”
πῶς αὐτοῖς παραδῷ αὐτόν
“उसले तिनीहरूलाई येशूलाई गिरफ्तार गर्न कसरी सहायता गर्न सक्थे भनेर”
Luke 22:5
ἐχάρησαν
“मुख्य पूजाहारीहरू र कप्तानहरू खुशी थिए”
αὐτῷ ἀργύριον δοῦναι
“यहूदालाई पैसा दिन”
Luke 22:6
“ऊ सहमत भयो”
यो एउटा अगाडि बढिरहने कार्य हो जुन कथाको यस भागको अन्तपछि निरन्तर भइरहन्छ । (हेर्नुहोस्ः कथाको समापन)
τοῦ παραδοῦναι αὐτὸν
“उहाँलाई लान”
ἄτερ ὄχλου
“गोप्य तवरले” वा “उहाँको वरिपरि भीड नभएको बेलामा”
Luke 22:7
येशूले निस्तार चाडको भोजको तयारी गर्न पत्रुस र यूहन्नालाई पठाउनुहुन्छ । पद ७ ले घटनाको विषयमा पृष्ठभूमि जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἡ ἡμέρα τῶν Ἀζύμων
“खमिर बिनाको रोटीको दिन ।” यो दिन यहूदीहरूले खमिर हालेका सबै रोटी आ-आफ्नो घरबाट निकाल्थे । तब तिनीहरूले अखमिरी रोटीको चाड सात दिनसम्म मनाउँथे ।
ἔδει θύεσθαι τὸ Πάσχα
हरेक परिवार वा समूहले एउटा थुमा मार्थे र सँगसँगै खान्थे, त्यसैले धेरै थुमाहरू मारिन्थे । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूको निस्तारको खानाको लागि थुमा मार्नुपर्थ्यो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:8
πορευθέντες
यो एउटा सामान्य शब्द हो जसको अर्थ “तयार गर्नु” हुन्छ । येशूले सबै पकाउने काम पत्रुस र यूहन्नाले गर्नुपर्छ भनेर जरुरी रूपमा भनिरहनुभएको थिएन ।
ἡμῖν…ἵνα φάγωμεν
येशूले “हामी” भन्नुहुँदा उहाँले पत्रुस र यूहन्नालाई समावेश गराइरहनुभएको थियो । पत्रुस र यूहन्ना भोज खाने चेलाहरूको समूहको भाग हुने थिए । (हेर्नुहोस्ः समावेशी “हामी”)
Luke 22:9
θέλεις ἑτοιμάσωμεν
यहाँ “हामी” शब्दमा येशू पर्नुहुन्न । येशू त्यो खाना तयार पार्ने समूहमा पर्नुहुन्नथ्यो । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἑτοιμάσωμεν
“भोजको लागि तयारीहरू गर्न” वा “भोज तयार गर्न”
Luke 22:10
αὐτοῖς…ὑμῶν…ὑμῖν…ἀκολουθήσατε
“येशूले पत्रुस र यूहन्नालाई जवाफ दिनुभयो”
ἰδοὺ
तिनीहरूले विशेष ध्यान दिन र उहाँले भन्नुभएको कुरालाई ठ्याक्कै गर्न भनेर तिनीहरूलाई भन्नको लागि येशूले यो शब्द प्रयोग गर्नुभयो ।
συναντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων
“तिमीहरूले पानीको गाग्रो बोकिरहेको मानिस देख्नेछौ”
κεράμιον ὕδατος
“पानी भरेको भाँडा बोकिरहेको ।” सम्भवतः उसले भाँडालाई उसको काँधमाथि बोकेको हुने थियो ।
“उसलाई पछ्याओ, र घरभित्र पस”
Luke 22:11
ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω?
“पाहुना कोठा कहाँ छ” भनेर सुरु हुने भनाइ येशू, गुरूज्यूले उनको घरको मालिकलाई भन्न चाहनुभएको कुराको प्रत्यक्ष उद्धरण हो । यसलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा गुरूले पाहुना कोठा कहाँ छ भनी सोध्नुहुन्छ जहाँ उहाँले आफ्ना चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।” वा “हामीलाई पाहुना कोठा देखाउन भनेर हाम्रा गुरूले भन्नुहुन्छ जहाँ उहाँले हामीसँग र आफ्ना बाँकी चेलाहरूसँग निस्तार चाडको भोज खानुहुनेछ ।” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ὁ διδάσκαλος
यसले यशूलाई जनाउँछ ।
τὸ Πάσχα
“निस्तारको खाना खानेछु”
Luke 22:12
येशूले पत्रुस र यूहन्नालाई निर्देशन दिन निरन्तरता दिनुहुन्छ ।
κἀκεῖνος
“घरको मालिकले तिमीहरूलाई देखाउनेछन्”
ἀνάγαιον
“माथिल्लो तलामा भएको कोठा ।” यदि तपाईंको समुदायमा तलाको माथि कोठाहरू छैनन् भने, सहरका भवनहरूलाई कसरी वर्णन गर्ने भनी तपाईंले विचार गर्न आवश्यक हुन सक्छ ।
Luke 22:13
ἀπελθόντες
“त्यसैले, पत्रुस र यूहन्ना गए”
Luke 22:14
यो निस्तार चाडको बारेमा रहेको कथाको भागमा भएको अर्को घटना हो । येशू र उहाँका चेलाहरू निस्तारको भोज खानलाई बसिरहनुभएको छ ।
ὅτε ἐγένετο ἡ ὥρα
“जब खाना खाने समय भयो”
ἀνέπεσεν
“येशू बस्नुभयो”
Luke 22:15
ἐπιθυμίᾳ ἐπεθύμησα
“मैले अति चाहना गरेको छु”
πρὸ τοῦ με παθεῖν
येशूले उहाँको मृत्युपूर्व हुने कुरालाई जनाइरहनुभएको छ । यहाँ “दुःख भोग्नु” भन्ने शब्दहरूले असामान्य रूपमा कठिन वा पीडापूर्ण अनुभवलाई जनाउँछ ।
Luke 22:16
λέγω…ὑμῖν
येशूले यो वाक्यांशलाई उहाँले भन्नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गर्नुहुन्छ ।
ἕως ὅτου πληρωθῇ ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) निस्तार चाडको उद्देश्य पुरा नभएसम्म । वैकल्पिक अनुवादः “परमेश्वरले यसलाई पुरा नगरुञ्जेलसम्म” वा “परमेश्वरले निस्तार चाडको उद्देश्य पुरा नगरुञ्जेलसम्म” वा २) “हामीले अन्तिम निस्तार चाडलाई नमनाएसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:17
δεξάμενος ποτήριον
“दाखमद्यको कचौरा लिनुभयो”
εὐχαριστήσας
“जब उहाँले परमेश्वरलाई धन्यवाद दिनुभएको थियो”
“उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो”
διαμερίσατε εἰς ἑαυτούς
तिनीहरूले कचौरामा भएको कुराकाई बाँड्नुपर्ने थियो, कचौरा नै चाहिँ होइन । वैकल्पिक अनुवादः “कचौरामा भएको दाखमद्यलाई तिमीहरूका बीचमा बाँड” वा “तिमीहरू हरेकले कचौराबाट केही दाखमद्य पिओ” (हेर्नुहोस्ः लक्षणा)
Luke 22:18
λέγω…ὑμῖν
यो वाक्यांशलाई येशूले भन्नुहुने अर्को कुराको महत्त्वलाई जोड दिनलाई प्रयोग गरिएको छ ।
ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου
यसले अङ्गुरको लहराहरूमा फल्ने अङ्गुरलाई निचोरेर निकालेको रसलाई जनाउँछ । दाखमद्य खमिर हालिएको अङ्गुरको रसबाट बनाइन्छ ।
ἕως οὗ ἡ Βασιλεία τοῦ Θεοῦ ἔλθῃ
“परमेश्वरको उहाँको राज्य स्थापित नगर्नुभएसम्म” वा “परमेश्वरले उहाँको राज्यमा शासन नगर्नुभएसम्म”
Luke 22:19
ἄρτον
यो रोटीमा खमिर थिएन, त्यसैले यो फुलेको थिएन ।
ἔκλασεν
“उहाँले त्यसलाई भाग लगाउनुभयो” वा “उहाँले त्यसलाई टुक्रा पार्नुभयो ।” उहाँले यसलाई धेरै टुक्रा बनाउनुभएको हुन सक्छ वा त्यसलाई दुई टुक्रा बनाएर तिनीहरू आफैँले आफूहरूबीच बाँड्नलाई तिनीहरूलाई दिनुभएको हुन सक्छ । सम्भव भए, दुईवटै परिस्थितिमा मिल्ने अभिव्यक्ति प्रयोग गर्नुहोस् ।
τοῦτό ἐστιν τὸ σῶμά μου
सम्भावित अर्थहरू हुन् १) “यो रोटी मेरो शरीर हो” र २) “यो रोटीले मेरो शरीरको प्रतिनिधित्व गर्छ ।”
τὸ ὑπὲρ ὑμῶν διδόμενον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो शरीर जुन म तिमीहरूका लागि दिनेछु” वा “मेरो शरीर म तिमीहरूका लागि बलि चढाउनेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν
“यो रोटी खाओ”
“मलाई सम्झनको लागि”
Luke 22:20
τὸ ποτήριον…τοῦτο τὸ ποτήριον
“कचौरा” शब्दले कचौरामा भएको दाखमद्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस कचौरामा भएको दाखमद्य” वा “यो दाखमद्यको कचौरा” (हेर्नुहोस्ः लक्षणा)
ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου
यो नयाँ करार उहाँले आफ्नो रगत बगाउनुहुने बित्तिकै लागु हुनेछ । वैकल्पिक अनुवादः “नयाँ करार जसलाई मेरो रगतद्वारा मान्यता दिइनेछ”
τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
येशूले उहाँको मृत्युको बारेमा उहाँको रगत बगेको कुरालाई जनाएर बताउनुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई मृत्युमा तिमीहरूका निम्ति बगाइनेछ” वा “जुन तिमीहरूका निम्ति म मर्दा मेरो घाउबाट बग्नेछ” (हेर्नुहोस्ः लक्षणा)
Luke 22:21
ἰδοὺ
येशूले उहाँका प्रेरितहरूसँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης
“जसले मलाई दिनेछ”
Luke 22:22
ὅτι
“किनभने, वास्तवमा, मानिसको पुत्र त जानेछन्” वा “किनभने मानिसको पुत्र मर्नेछन्”
ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου…πορεύεται
येशूले आफ्नो बारेमा तृतीय पुरुषमा कुरा गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, निश्चय नै जानेछु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
κατὰ τὸ ὡρισμένον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी परमेश्वरले निधो गर्नुभएको छ” वा “जसरी परमेश्वरले योजना गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δι’ οὗ παραδίδοται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर मानिसको पुत्रलाई विश्वासघात गर्ने त्यो मानिसलाई धिक्कार छ !” वा “मानिसको पुत्रलाई विश्वासघात गर्ने मानिसमाथि कति भयानक कुरा आइपर्नेछ !” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:24
δὲ
“तब प्रेरितहरूले तिनीहरूका बीचमा तर्क गर्न थाले”
δοκεῖ εἶναι μείζων
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैभन्दा महत्त्वपूर्ण थियो” वा “सबैभन्दा महत्त्वपूर्ण थियो भनी मानिसहरूले ठान्ने थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:25
“येशूले प्रेरितहरूलाई भन्नुभयो”
κυριεύουσιν αὐτῶν
“तिनीहरूमाथि बलजफ्तीसँग शासन गर्छन्”
εὐεργέται, καλοῦνται
मानिसहरूले यी शासकहरूलाई सम्भवतः आफ्ना मानिसहरूलाई भलो गर्ने मानिसहरूको रूपमा ठान्दैनथे । वैकल्पिक अनुवादः “बोलाइन मन पराउँछन्” वा “तिनीहरूले आफैँलाई भन्छन्”
Luke 22:26
येशूले उहाँका प्रेरितहरूलाई सिकाइरहनुहुन्छ ।
ὑμεῖς δὲ οὐχ οὕτως
“तिमीहरूले त्यसरी व्यवहार गर्नुहुँदैन”
ὁ νεώτερος
त्यस संस्कारमा वृद्ध उमेरका मानिसहरूलाई आदर गरिन्थ्यो । अगुवाहरू प्रायः पाका मानिसहरू हुन्थे र तिनीहरूलाई “एल्डरहरू” भनिन्थ्यो । सबैभन्दा सानोले अगुवाइ गर्ने सम्भावना अति कम थियो, र सबैभन्दा कम महत्त्वपूर्ण हुन्थ्यो । वैकल्पिक अनुवादः “सबैभन्दा कम महत्त्वपूर्ण” (हेर्नुहोस्ः रूपक)
ὁ διακονῶν
“एक नोकर”
Luke 22:27
γὰρ
यसले येशूले पद २६ मा आज्ञा गर्नुभएको कुरालाई पद २७ का सबै कुरासँग जोड्ने काम गर्छ । यसको अर्थ हो कि तिनीहरूका बीचमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिले सेवा गर्नुपर्छ किनभने येशू एक सेवक हुनुहुन्छ ।
τίς…μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν?
“कोचाहिँ बढी महत्त्वपूर्ण हो ... सेवा गर्छ ?” को साँच्चै महान् छ भनेर प्रेरितहरूलाई व्याख्या गर्न सुरु गर्नलाई येशूले यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कोचाहिँ बढी ठूलो भन्ने बारेमा तिमीहरूले सोचेको म चाहन्छु ... सेवा गर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ ἀνακείμενος
“जसले भोजन गरिरहेको छ”
οὐχὶ ὁ ἀνακείμενος?
येशूले चेलाहरूलाई सिकाउन अर्को प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्य पनि टेबुलमा बस्ने नै नोकरभन्दा बढी महत्त्वपूर्ण हो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν
“तर म त एक सेवक हुनलाई तिमीहरूसँग छु” वा “तर म त एक सेवकले कसरी काम गर्छ भनेर तिमीहरूलाई देखाउनलाई तिमीहरूसँग छु ।” यहाँ “तर” उल्लिखित छ किनभने येशू कस्तो हुनुपर्छ भनी मानिसहरूले जे आशा गरेका थिए र उहाँ वास्तवमा जस्तो हुनुहुन्थ्यो, ती कुराहरूको बीचमा भिन्नता छ ।
Luke 22:28
οἱ διαμεμενηκότες μετ’ ἐμοῦ, ἐν τοῖς πειρασμοῖς μου
“मेरा सङ्घर्षभरी मसँग बसेका छन्”
Luke 22:29
κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν
केही भाषाहरूले शब्दक्रमलाई बदल्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, त्यसै गरी म तिमीहरूलाई एउटा राज्य दिन्छु”
κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν
“म तिमीहरूलाई परमेश्वरको राज्यमा शासकहरू बनाउनेछु” वा “म तिमीहरूलाई राज्यमा शासन गर्ने अधिकार दिन्छु” वा “म तिमीहरूलाई राजाहरू बनाउनेछु”
Πατήρ
“जसरी मेरा पिताले मलाई उहाँको राज्यमा राजाको रूपमा शासन गर्ने अधिकार दिनुभएको छ”
Luke 22:30
καθῆσθε ἐπὶ θρόνων
राजाहरू सिंहासनहरूमा बस्छन् । सिंहासनमा बस्नु भनेको शासन गर्नुको प्रतीक हो । वैकल्पिक अनुवादः “तिमीहरूले राजाको रूपमा काम गर्नेछौ” वा “तिमीहरूले राजाहरूको काम गर्नेछौ” (हेर्नुहोस्ः लक्षणा)
Luke 22:31
येशू सिमोनसँग प्रत्यक्ष रूपमा बोल्नुहुन्छ ।
Σίμων, Σίμων
उहाँले जे भन्न लाग्नुभएको थियो त्यो धेरै महत्त्वपूर्ण थियो भन्ने देखाउन येशूले उनको नाम दुई पटक भन्नुभयो ।
ὑμᾶς
“तिमी” शब्दले सबै प्रेरितहरूलाई जनाउँछ । “तिमी”का विभिन्न रूप भएका भाषाहरूले बहुवचनलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον
यसको अर्थ हो कि शैतानले केही गलत कुरा भेट्टाउनलाई चेलाहरूको जाँच गर्न चाहन्थ्यो । वैकल्पिक अनुवादः “कसैले अन्नलाई चाल्नामा राखेर निफनेको जस्तै गरी तिमीहरूलाई जाँच्न” (हेर्नुहोस्ः रूपक)
Luke 22:32
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ
यहाँ “तिमी” शब्दले विशेषगरी सिमोनलाई जनाउँछ । तिमीका विभिन्न रूप भएका भाषाहरूले एकवचनलाई प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीले निरन्तर विश्वास गर्न सक” वा “ताकि तिमीले मलाई निरन्तर भरोसा गर्न सक”
ποτε ἐπιστρέψας
यहाँ “पुनः फर्कनु” भनेको कसैमाथि फेरि विश्वास गर्न थाल्नुको लागि भएको एक अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीले फेरि ममा विश्वास गर्न सुरु गरेपछि” वा “तिमीले फेरि मेरो सेवा गर्न सुरु गरेपछि” (हेर्नुहोस्ः रूपक)
στήρισον τοὺς ἀδελφούς σου
“तिनीहरूका विश्वासमा बलिया हुनलाई तिम्रा भाइहरूलाई प्रेरणा देऊ” वा “ममा विश्वास गर्नको निमित्त तिम्रा भाइहरूलाई सहायता गर”
τοὺς ἀδελφούς σου
यसले अरू चेलाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रा सङ्गी विश्वासीहरू” वा “अरू चेलाहरू”
Luke 22:34
यस पदको भागहरूको क्रमलाई उल्टो पार्न सकिन्छ । वैकल्पिक अनुवादः “आज भाले बास्नभन्दा अगाडि तिमीले मलाई चिन्दछौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”
οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι
यसलाई सकारात्मक तवरले उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले इन्कार गरेपछि मात्र आज भाले बास्नेछ” वा "before the rooster crows today, you will deny
οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως
यहाँ, भाले बास्नुले दिनको कुनै निश्चित समयलाई जनाउँछ । प्रायः बिहान घाम झुल्कन अगि भाले बास्ने गर्छ । यसैकारण, यसले उषाकाललाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως
एक पन्क्षी जसले सूर्य उदाउने बेलातिर चर्को स्वरले कराउँछ
यहूदीहरूको दिन घाम अस्ताएपछि सुरु हुन्छ । येशू घाम अस्ताएपछि बोलिरहनुभएको थियो । भाले बिहान हुनअगि बास्थ्यो । बिहानी “यो दिन” को अंश थियो । वैकल्पिक अनुवादः “आज राती” वा “बिहान” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 22:35
येशूले उहाँका सबै चेलाहरूसँग कुरा गर्नमा पुनः उहाँको ध्यान लगाउनुहुन्छ ।
μή τινος ὑστερήσατε?
प्रेरितहरू यात्रामा जाँदा मानिसहरूले कति राम्ररी तिनीहरूलाई दिएका थिए भनी तिनीहरूलाई सम्झनलाई सहायता गर्न येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । हुन त यो एउटा आलङ्कारिक प्रश्न हो र येशूले पनि जानकारी पाउनको लागि सोधिरहनुभएको छैन, तपाईंले यसलाई तब मात्रै एक प्रश्नको रूपमा अनुवाद गर्नुपर्छ जब कथनको रूपमा भन्दाखेरी चेलाहरूले तिनीहरूलाई केही कुराको अभाव भएको थिएन भनेर जवाफ दिने बनाउँछ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
येशू आफ्ना प्रेरितहरूसँग बोलिरहनुभएको थियो । त्यसैले, “तिमी”को विभिन्न रूप भएका भाषाहरूले बहुवचनको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
थैलो पैसा राख्ने एउटा झोला हो । यहाँ यसलाई “पैसा”लाई जनाउन प्रयोग गरिएको छ । (हेर्नुहोस्ः लक्षणा)
“यात्रुहरूको झोला” वा “खानेकुराको झोला”
οὐθενός
केही पाठकहरूलाई संवादको बारेमा भएका थप कुराहरू समेटेर बताउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “हामीलाई कुनै कुराको कमी भएन” वा “हामीलाई खाँचो परेको सबैथोक हामीसँग थियो” (हेर्नुहोस्ः शब्दलोप)
Luke 22:36
ὁ ἔχων βαλλάντιον…ὁ μὴ ἔχων…μάχαιραν
येशूले तरवार नभएको कुनै निर्दिष्ट व्यक्तिलाई जनाउँदै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यदि कोहीसँग तरवार छैन भने, उसले उसको ओढ्ने बेच्नुपर्छ”
τὸ ἱμάτιον
“कोट” वा “बाहिरी वस्त्र”
Luke 22:37
γὰρ
येशूले उहाँका चेलाहरूसँग कुरा गर्न सकाउनुहुन्छ ।
τοῦτο τὸ γεγραμμένον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले धर्मशास्त्रमा मेरो बारेमा जे लेखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δεῖ τελεσθῆναι
प्रेरितहरूले बुझेका हुन सक्छन् कि परमेश्वरले धर्मशास्त्रमा लेखिएका सबै कुराहरू हुन लगाउनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले पूरा गर्नुहुनेछ” वा “परमेश्वरले हुन लगाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μετὰ ἀνόμων ἐλογίσθη
यहाँ येशूले धर्मशास्त्रको खण्डहरूलाई उद्धृत गर्दै हुनुहुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँलाई अपराधीहरूको समूहको एउटा सदस्य ठाने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μετὰ ἀνόμων ἐλογίσθη
“व्यवस्था भङ्ग गर्नेहरू” वा “अपराधीहरू”
καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει
सम्भावित अर्थहरू हुन् १) “किनकि अगमवक्ताले मेरो बारेमा भविष्यवाणी गरेको कुरा पूरा हुन लागेको छ” वा २) “मेरो जीवनको अन्त्य आउँदै छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:38
यसले कम्तीमा पनि येशूका दुई जना प्रेरितहरूलाई जनाउँछ ।
ἱκανόν ἐστιν
सम्भावित अर्थहरू हुन् १) तिनीहरूसँग पर्याप्त तरवारहरू छन् । “हामीसँग अब पर्याप्त तरवारहरू छन् ।” वा २) तिनीहरूले तरवारहरूको बारेमा कुरा गर्न छोडेको येशू चाहनुहुन्छ । “तरवारको बारेमा अब अरू कुरा नगरौँ ।” येशूले तिनीहरूले तरवारहरू किन्नुपर्छ भन्नुहुँदा उहाँले मुख्यतः तिनीहरू सबैले सामना गर्नुपर्ने खतराबारे बताइरहनुभएको थियो । तिनीहरूले वास्तवमै तरवार किनेर लडेको उहाँले चाहनुभएको नहुन सक्छ ।
Luke 22:39
ἐξελθὼν, ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν
येशू जैतूनको पहाडमा प्रार्थना गर्न जानुहुन्छ ।
Luke 22:40
προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν
“कि तिमीहरूलाई परीक्षा नगरियोस्” वा “कि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”
Luke 22:41
ὡσεὶ λίθου βολήν
“कसैले एउटा ढुङ्गा फ्याँक्न सक्ने जतिको दूरी ।” वैकल्पिक अनुवादः “छोटो दूरी” वा अनुमानित नाप जस्तै “झण्डै ३० मिटर” (युडीबी) (हेर्नुहोस्ः टुक्काहरू)
Luke 22:42
येशूले हरेक व्यक्तिको पापको दोषलाई क्रूसमा बोक्नुहुनेछ । यदि त्यहाँ अरू कुनै बाटो थियो कि भनेर सोध्दै उहाँले आफ्नो पितासँग प्रार्थना गर्नुहुन्छ ।
Πάτερ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ
येशूले आफूले चाँडै भोग्न लाग्नुभएको कुरालाई नमिठो कुराले भरिएको कचौराको रूपमा जनाउनुहुन्छ जुन उहाँले पिउनु पर्ने थियो । वैकल्पिक अनुवादः “मलाई यो कचौरा नपिउन अनुमति दिनुहोस्” वा “जे हुन लागेको छ सो अनुभव नगर्न मलाई अनुमति दिनुहोस्” (हेर्नुहोस्ः रूपक)
πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तापनि, मेरो इच्छा अनुसारभन्दा पनि तपाईंको इच्छा अनुसार गर्नुहोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:45
“जब येशू प्रार्थना गरेपछि उभिनुभयो, उहाँले” वा “प्रार्थना गरिसकेपछि, येशू उठ्नुभयो र उहाँले”
εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης
“ … देख्नुभयो कि तिनीहरू सुतिरहेका थिए किनभने तिनीहरू आफ्ना निराशाले गर्दा धेरै थाकेका थिए”
Luke 22:46
τί καθεύδετε?
सम्भावित अर्थहरू हुन् १) “म चकित भएको छु कि तिमीहरू अहिले सुतिरहेका छौ” वा २) “तिमीहरू अहिले सुतिरहनुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν
“ताकि तिमीहरू परीक्षित नहोओ” वा “ताकि तिमीहरूलाई केही कुराले परीक्षामा नपारोस् र पाप गर्न नलगाओस्”
Luke 22:47
ὄχλος
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ समूहको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा भिड देखा पर्यो” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
προήρχετο αὐτούς
येशू कहाँ हुनुहुन्छ भनी यहूदाले देखाउँदै थियो । उसले भीडलाई के गर्नुपर्छ भनेर बताइरहेको थिएन । वैकल्पिक अनुवादः “तिनीहरूलाई येशूकहाँ लैजाँदै”
φιλῆσαι αὐτόν
“उहाँलाई चुम्बनले अभिवादन गर्न” वा “उहाँलाई चुम्बन गरेर अभिवादन गर्न ।” जब मानिसहरूले अरू मानिसहरूलाई अभिवादन गर्थे जो तिनीहरूका परिवार वा साथीहरू हुन्थे, तिनीहरूले तिनीहरूलाई एउटा वा दुईवटै गालामा चुम्बन गर्थे । यदि तपाईंका पाठकहरूलाई एउटा पुरुषले अर्को परुषलाई चुम्बन गर्नु भन्ने कुरा असजिलो लाग्छ भने यसलाई सामान्य तरिकाले अनुवाद गर्न सकिन्छः “उहाँलाई मित्रवत् अभिवादन दिन ।” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Luke 22:48
φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως?
यहूदाले उहाँलाई एउटा चुम्बनले धोका दिएकोमा उसलाई हप्काउन येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । सामान्यतया चुम्बन भनेको प्रेमको चिन्ह हो । वैकल्पिक अनुवादः “तिमीले मानिसको पुत्रलाई विश्वासघात गर्न चुम्बनको प्रयोग गरिरहेका छौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸν Υἱὸν τοῦ Ἀνθρώπου
येशूले आफैलाई जनाउन यो शब्दलाई प्रयोग गरिरहनुभएको छ । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Luke 22:49
οἱ περὶ αὐτὸν
यसले येशूका चेलाहरूलाई जनाउँछ ।
τὸ ἐσόμενον
यसले पूजाहारीहरू र सिपाहीहरू येशूलाई गिरफ्तार गर्न आइरहेको कुरालाई जनाउँछ ।
εἰ πατάξομεν ἐν μαχαίρῃ
प्रश्न चाहिँ तिनीहरू हुम्मिन पर्ने लडाइँको किसिमको विषयमा हो (तरवारको लडाइँ), तिनीहरूले कुन हतियारहरू प्रयोग गर्नुपर्छ भन्ने विषयमा होइन, (तिनीहरूले ल्याएका तरवारहरू लूका २२:३८, तर तपाईंको अनुवादले तिनीहरूले ल्याएका हतियारहरूको विषयमा भन्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “हामीले ल्याएका तरवारहरूले तिनीहरूको विरुद्धमा लड्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 22:50
εἷς τις ἐξ αὐτῶν
“चेलाहरूमध्ये एकजना”
ἐπάταξεν…τὸν δοῦλον τοῦ ἀρχιερέως
“प्रधान पुजाहारीको नोकरलाई तरवारले प्रहार गर्यो”
Luke 22:51
ἐᾶτε ἕως τούτου
“अब अरू त्यस्तो नगर”
ἁψάμενος τοῦ ὠτίου, ἰάσατο αὐτόν
“उसको कान काटिएको ठाउँमा नोकरलाई छुनुभयो”
Luke 22:52
ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων?
“के मलाई डाँका सोचेर तिमीहरू तरवार र लाठाहरू लिएर आउँछौ ?” येशूले यहूदी अगुवाहरूलाई गाली गर्नलाई यो प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा छ कि म डाँका होइन, तरै पनि तिमीहरू मकहाँ तरवारहरू र लाठाहरू लिएर आउँछौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 22:53
“म हरेक दिन तिमीहरूका माझमा थिएँ”
ἐν τῷ ἱερῷ
केवल पूरोहितहरूलाई मात्र मन्दिरमा प्रवेशाज्ञा थियो । वैकल्पिक अनुवादः “मन्दिरका चोकहरूमा” वा “मन्दिरमा”
οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ
यस पदमा, कसैमाथि हात हाल्नु भनेको त्यो व्यक्तिलाई गिरफ्तार गर्नु हो । वैकल्पिक अनुवादः “मलाई गिरफ्तार गर्नु” (हेर्नुहोस्ः लक्षणा)
αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα
“यो तपाईंहरूको लागि तपाईंहरूले जे चाहनुहुन्छ सो गर्ने समय हो”
καὶ ἡ ἐξουσία τοῦ σκότους
समयलाई गरिएको उल्लेखलाई दोहोर्याउँदा सहयोगी हुन सक्छ । “अन्धकार” शैतानको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “अन्धकारको अधिकारको समय” वा “त्यो समय जब परमेश्वरले शैतानलाई त्यसले चाहेको कुराहरू गर्न दिनुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप अनि लक्षणा)
Luke 22:54
ἤγαγον
“तिनीहरूले येशूलाई बगैँचाबाट लगे जहाँ तिनीहरूले उहाँलाई गिरफ्तार गरेका थिए”
“प्रधान पूजाहारीको घरको आँगनमा”
Luke 22:55
περιαψάντων…πῦρ
“केही मानिसहरूले आगो बालेका थिए ।” आगो चाहिँ चिसो रातको समयमा मानिसहरूलाई न्यानो राख्नको लागि थियो । वैकल्पिक अनुवादः “केही मानिसहरूले न्यानो बनाउन आगो बाले”
ἐν μέσῳ τῆς αὐλῆς
यो प्रधान पूजाहारीको घरको आँगन थियो । यसको वरिपरि पर्खाल थियो, तर छानो थिएन ।
μέσος αὐτῶν
“तिनीहरूसँग एकसाथ”
Luke 22:56
καθήμενον πρὸς τὸ φῶς
उनी आगो नजिकै बसे र त्यसको राप उनीमाथि पर्यो ।
καὶ ἀτενίσασα αὐτῷ εἶπεν
“र त्यसले पत्रुसलाई सोझो हेरी र आँगनमा भएका अरू मानिसहरूलाई भनी”
καὶ οὗτος σὺν αὐτῷ ἦν
स्त्रीले पत्रुस पनि येशूसँग भएको कुरा बताउँदै थिई । सम्भवतः उसलाई पत्रुसको नाम थाहा थिएन ।
Luke 22:57
ὁ δὲ ἠρνήσατο
“तर पत्रुसले त्यो सत्य थिएन भने”
γύναι
पत्रुसलाई त्यो स्त्रीको नाम थाहा थिएन । उनले “नारी” भनेर तिनलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले तिनलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै पुरुषले आफूले नचिनेको कुनै स्त्रीलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ ।
Luke 22:58
καὶ σὺ ἐξ αὐτῶν εἶ
“तिमी पनि येशूसँग भएकाहरूमध्येको एक हौ”
ἄνθρωπε
उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको कुनै मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ ।
Luke 22:59
διϊσχυρίζετο
“जिद्दीका साथ भन्यो” वा “ठूलो स्वरले भन्यो” (युडीबी)
οὗτος
यहाँ “यी मानिस”ले पत्रुसलाई जनाउँछ । सम्भवतः बोल्ने व्यक्तिलाई पत्रुसको नाम थाहा थिएन ।
καὶ γὰρ Γαλιλαῖός ἐστιν
सम्भवतः पत्रुसको बोलाइबाट नै उनी गालीलवासी हुन् भनी ती मानिसले बताउन सक्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 22:60
ἄνθρωπε
पत्रुसलाई त्यो मानिसको नाम थाहा थिएन । उनले “हे मानिस” भनेर उसलाई अपमान गरिरहेका थिएनन् । यदि मानिसहरूले उनले उसलाई अपमान गरिरहेका थिए भनी सोच्छन् भने, कुनै मानिसले आफूले नचिनेको मानिसलाई बोलाउँदा सम्बोधन गर्ने तरिकालाई तपाईंले प्रयोग गर्न सक्नुहुन्छ जुन सांस्कृतिक रूपमा स्वीकार्य छ वा तपाईंले यो शब्दलाई त्यसै छाड्न पनि सक्नुहुन्छ । तपाईंले यसलाई लूका २२:५८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
οὐκ οἶδα ὃ λέγεις
“तिमीले के कुरा गरिरहेका छौ सो म जान्दिन ।” यो अभिव्यक्तिको अर्थ पत्रुस त्यस मानिससँग पूर्ण रूपले असहमत भए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीले भनेको कुरा सत्य होइन” वा “तिमीले भनेको कुरा पूर्ण रूपले झुटो हो” (हेर्नुहोस्ः टुक्काहरू)
ἔτι λαλοῦντος αὐτοῦ
“जब पत्रुस बोलिरहेका नै थिए”
ἐφώνησεν ἀλέκτωρ
भालेहरू प्रायः बिहान घाम झुल्किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Luke 22:61
ὁ Κύριος…τοῦ Κυρίου
“प्रभु फर्कनुभयो र पत्रुसलाई हेर्नुभयो”
τοῦ ῥήματος τοῦ Κυρίου
“जे येशूले भन्नुभएको थियो” जब येशूले भन्नुभयो कि पत्रुसले येशूलाई धोका दिने थिए
ἀλέκτορα φωνῆσαι
भालेहरू प्रायः बिहान घाम झुल्किनभन्दा अगाडि बास्छन् । तपाईंले यस्तै समान वाक्यांशलाई लूका २२:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
σήμερον
यहूदी दिन सूर्यास्तमा सुरु हुन्थ्यो र अर्को साँझसम्म रहन्थ्यो । बिहान झिसमिसे उज्यालो हुनुभन्दा अलिकति अगाडि वा झिसमिसे उज्यालो भइरहेकै समयमा के हुने थियो भन्ने विषयमा येशूले अघिल्लो साँझमा भन्नुभएको थियो । वैकल्पिक अनुवादः “आज राती” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπαρνήσῃ με τρίς
“तिमीले मलाई चिन्छौ भनेर तीन पल्ट इन्कार गर्नेछौ”
Luke 22:62
ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς
“पत्रुस आँगन बाहिर गए”
Luke 22:64
καὶ περικαλύψαντες αὐτὸν
“तिनीहरूले उहाँका आँखालाई छोपे ताकि उहाँले देख्न नसक्नुभएको होस्”
προφήτευσον, τίς ἐστιν ὁ παίσας σε?
येशू अगमवक्ता हुनुहुन्थ्यो भनी सुरक्षाकर्मीहरूले विश्वास गरेनन् । बरु, साँचो अगमवक्ताले देख्न नसके तापनि उनलाई कसले कुट्यो भनी जान्ने थिए भनेर तिनीहरूले विश्वास गर्थे । तिनीहरूले येशूलाई अगमवक्ता भनी बोलाए, तर तिनीहरूले उहाँलाई गिज्याइरहेका थिए र उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो भनेर तिनीहरूले किन विचार गर्दैनथे भनेर उहाँलाई देखाइरहेका थिए । वैकल्पिक अनुवादः “तँ अगमवक्ता हो भन्ने प्रमाणित गर् । तँलाई कसले कुट्यो भनी हामीलाई भन् !” वा “हे अगमवक्ता, तँलाई कसले कुट्यो ?” (हेर्नुहोस्ः व्यङ्ग्य)
προφήτευσον
“परमेश्वरबाटका वचनहरू बोल् !” यहाँ बताउन खोजिएको जानकारी यो हो कि येशूलाई कसले हिर्कायो भनेर परमेश्वरले भन्नुपर्ने थियो किनकि येशूलाई आँखामा पट्टि बाँधिएको थियो र देख्न सक्नुहुँदैनथ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 22:66
यो अब अर्को दिन हो र येशूलाई परिषद्को अगाडि ल्याइएको छ ।
καὶ ὡς ἐγένετο ἡμέρα
“अर्को बिहान झिसमिसे उज्यालो मात्र भएको बेलामा”
ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरुहरूले येशूलाई परिषद्भित्र ल्याउन लगाए” वा २) “सुरक्षाकर्मीहरूले येशूलाई धर्म-गुरुहरूको परिषद्मा लगे ।” केही भाषाहरूले “तिनीहरू” सर्वनामको प्रयोग गरेर वा कर्म वाच्यको प्रयोग गरेर उहाँलाई कसले लगे भन्ने कुरालाई नबताउन सक्छन्ः “येशूलाई परिषद्मा लगियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 22:67
λέγοντες
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्म-गुरूहरूले येशूलाई भने”
εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν
“तिमी ख्रीष्ट हौ भने हामीलाई भन”
ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε
येशूले भन्नुभएका दुईवटा परिकल्पित कुराहरूमध्ये यो पहिलो हो । यो उहाँलाई ईश्वर-निन्दाको दोष लगाउने कारण तिनीहरूलाई नदिइकन येशूको प्रत्युत्तर दिने एउटा तरिका थियो । तपाईंको भाषामा त्यो काम वास्तवमा भएको थिएन भनेर सङ्केत गर्ने कुनै तरिका हुन सक्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Luke 22:68
ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε
यो दोस्रो परिकल्पित कथन हो । यो उहाँको दोष देखाउने कारण तिनीहरूलाई नदिइकन येशूको तिनीहरूलाई हप्काउने तरिका थियो । यी शब्दहरूले, “यदि मैले तपाईंहरूलाई भनेँ भने, तपाईंहरूले विश्वास गर्नुहुनेछैन” (पद ६७) को साथमा, यो देखाउँछन् कि परिषद्ले साँच्चै सत्यतालाई खोजिरहेको थियो भनेर येशूले विश्वास गर्नुभएन । तपाईंको भाषामा त्यो काम वास्तवमा भएको थिएन भनेर सङ्केत गर्ने कुनै तरिका हुन सक्छ । येशूले भनिरहनुभएको छ कि उहाँले बोल्नुभएपनि वा तिनीहरूलाई बोल्नलाई भन्नुभएपनि, तिनीहरूले ठीक तरिकाले प्रतिक्रिया दिनेछैनन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Luke 22:69
येशूले परिषद्सँग कुरा गर्न निरन्तरता दिनुहुन्छ ।
ἀπὸ τοῦ νῦν
“यो दिनबाट” वा “आजबाट सुरु गरेर”
ὁ Υἱὸς τοῦ Ἀνθρώπου
येशूले यो पदावली आफैँलाई जनाउन प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसको पुत्र, ... हुनेछु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरको शक्तिको छेउमा सम्मानको स्थानमा बसेको” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τῆς δυνάμεως τοῦ Θεοῦ
“सर्वशक्तिमान् परमेश्वर ।” यहाँ “शक्ति” ले उहाँको सर्वोच्च अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Luke 22:70
σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ
येशूले उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो भनेर भनिरहनुभएको थियो भनी तिनीहरूको बुझाइलाई स्पष्ट रूपमा पक्का गर्नुभएको तिनीहरूले चाहेका हुनाले परिषद्ले यो प्रश्न सोध्यो । वैकल्पिक अनुवादः “त्यसोभए जब तिमीले त्यसो भन्यौ, के तिमीले आफू परमेश्वरका पुत्र हुँ भन्न खोजेका हौ ?” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι
“हो, यो तपाईंहरूले भने जस्तै हो” (युडीबी)
Luke 22:71
τί ἔτι ἔχομεν μαρτυρίας χρείαν?
तिनीहरूले जोड दिनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई साक्षीहरूको थप आवश्यक छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ
“उसको आफ्नै मुख” भन्ने वाक्यांशले उहाँले भन्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उसले आफू परमेश्वरको पुत्र हुँ भनेर विश्वास गर्छ भनेर उसले भनेको सुन्यौँ” (हेर्नुहोस्ः लक्षणा)
Luke 23
लूका २३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यूएलटीले यस अध्यायको अन्तिम पङ्क्तिलाई अलग राख्छ किनकि त्यो अध्याय २३ सँगभन्दा बढी अध्याय २४ सँग जोडिएको छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आरोप लाउनु
मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूले दुष्ट काम गर्नुभएको आरोप लगाए किनभने तिनीहरू पिलातसले येशूलाई मारेको चाहन्थे । तर तिनीहरूले उहाँलाई झूटो आरोप लगाइरहेका थिए, किनभने येशूले ती कुराहरू कहिल्यै गर्नुभएको थिएन जुन तिनीहरूले उहाँले गर्नुभएको आरोप लगाए ।
“मन्दिरको पर्दा दुई भाग भएर च्यातियो”
मन्दिरमा भएको पर्दा एउटा महत्त्वपूर्ण प्रतीक थियो जसले देखाउँथ्यो कि मानिसहरूको लागि बोलिदिन तिनीहरूलाई कसैको खाँचो थियो । तिनीहरूले परमेश्वरसँग प्रत्यक्ष रूपमा कुरा गर्न सक्दैनथे किनभने सबै मानिसहरू पापपूर्ण हुन्छन् र परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ । येशूले आफ्ना मानिसहरूका पापहरूको लागि मूल्य चुकाइसक्नुभएको हुनाले तिनीहरूले अब परमेश्वरसँग सीधै कुरा गर्न सक्छन् भनेर देखाउनको लागि परमेश्वरले पर्दालाई दुई भाग गर्नुभयो ।
चिहान
येशू गाडिनुभएको चिहान (लुका २३:५३) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“म यस मानिसमा कुनै भूल पाउँदिन ।”
पिलातसले भनिरहेका थिए कि उनले येशूलाई दण्ड दिनुपर्ने कुनै कारणको बारेमा उनलाई थाहा थिएन किनभने येशूले कुनै कानून तोड्नुभएको थिएन । पिलातसले येशू सिद्ध हुनुहुन्थ्यो भनेर भनिरहेका थिएनन् ।
Luke 23:1
καὶ
येशूलाई पिलातसको अगाडि ल्याइन्छ ।
ἅπαν τὸ πλῆθος αὐτῶν
“सबै यहूदी अगुवाहरू” वा “परिषद्का सबै सदस्यहरू”
ἀναστὰν
“खडा भए” वा “तिनीहरूका गोडामा उभिए”
ἐπὶ τὸν Πειλᾶτον
कसैको अगाडि देखा पर्नुको अर्थ त्यस व्यक्तिको अधिकारभित्र प्रवेश गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पिलातसद्वारा इन्साफ हुन” (हेर्नुहोस्ः रूपक)
Luke 23:2
εὕρομεν…τὸ ἔθνος ἡμῶν
“हामी” ले परिषद्का सदस्यहरूलाई मात्र जनाउँछ, र पिलातस वा नजिकैका अन्य मानिसहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
διαστρέφοντα τὸ ἔθνος ἡμῶν
“हाम्रा मानिसहरूलाई बेठीक कुराहरू गर्न लगाइरहेको” वा “हाम्रा मानिसहरूलाई झूटा कुराहरू बताउँदै समस्या उत्पन्न गरिरहेको”
κωλύοντα φόρους…διδόναι
“तिनीहरूलाई कर नतिर्न भनिरहेको” (युडीबी)
Καίσαρι
कैसरले रोमको सम्राटलाई जनाउँछ । वैकल्पिक अनुवादः “सम्राटलाई” (हेर्नुहोस्ः लक्षणा)
Luke 23:3
“पिलातसले येशूलाई सोधे”
σὺ λέγεις
सम्भावित अर्थहरू हुन् १) यसो भन्नुभएर, येशूले उहाँ यहूदीहरूका राजा हुनुहुन्छ भन्ने आशय दिनुभयो । वैकल्पिक अनुवादः “हो, जस्तो तपाईंले भन्नुभयो, म हुँ” वा “हो । यो तपाईंले मलाई भन्नुभएको जस्तो नै हो” वा २) यसो भन्नुभएर, येशूले भनिरहनुभएको थियो कि येशू होइन तर पिलातसले उहाँलाई यहूदीहरूका राजा भनिरहेका थिए । वैकल्पिक अनुवादः “तपाईं आफैँले त्यसो भन्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 23:4
καὶ τοὺς ὄχλους
मानिसहरूका ठूला समूहहरू
οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ
“म यी मानिसलाई केही कुराको दोषी पाउँदिन”
Luke 23:5
ἀνασείει τὸν λαὸν
“ ... माझमा समस्या ल्याउँछ”
καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सारा यहूदिया । उसले गालीलमा दुःख दिन सुरु गर्यो र अहिले यहाँ पनि कष्ट दिँदै छ”
Luke 23:6
Πειλᾶτος…ἀκούσας
“येशूले गालीलमा सिकाउन सुरु गर्नुभयो भन्ने कुरा सुने”
ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν
पिलातसले येशू कुन क्षेत्रबाटको हुनुहुन्थ्यो भनेर जान्न चाहे ताकि उनीभन्दा तल्लो दर्जाको सरकारी अधिकारीले येशूको इन्साफ गरेको उनी चाहन्थे । यदि येशू गालीलबाटको हुनुहुन्थ्यो भने, पिलातसले हेरोदलाई येशूको न्याय गर्न लगाउन सक्थे किनभने गालीलमाथि हेरोदको अधिकार थियो ।
ὁ ἄνθρωπος
यसले येशूलाई जनाउँछ ।
Luke 23:7
ἐπιγνοὺς ὅτι
“पिलातसले पत्ता लगाए”
ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν
यो खण्डले हेरोद गालीलका शासक थिए भनेर बुझिएको तथ्यलाई उल्लेख गर्दैन । वैकल्पिक अनुवादः “येशू हेरोदको अधिकारको मातहतमा हुनुहुन्थ्यो किनभने हेरोदले गालीलमा शासन गर्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην
“पिलातसले पठाए”
यसले हेरोदलाई जनाउँछ ।
ἐν ταύταις ταῖς ἡμέραις
“त्यो समयमा”
Luke 23:8
“हेरोद अति खुसी थिए”
θέλων ἰδεῖν αὐτὸν…διὰ τὸ ἀκούειν περὶ αὐτοῦ
“हेरोदले येशूलाई देख्न चाहेका थिए”
“हेरोदले येशूको बारेमा सुनेका थिए”
“हेरोदले आशा गरे”
ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले कुनै किसिमको आश्चर्यकर्म गरेको” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 23:9
ἐπηρώτα…αὐτὸν ἐν λόγοις ἱκανοῖς
“हेरोदले येशूलाई धेरै प्रश्नहरू सोधे”
οὐδὲν ἀπεκρίνατο αὐτῷ
“जवाफ दिनुभएन” वा “हेरोदलाई उत्तर दिनुभएन”
Luke 23:10
ἵστήκεισαν
“शास्त्रीहरू त्यहाँ उभिरहेका थिए”
εὐτόνως κατηγοροῦντες αὐτοῦ
“उग्र रूपले येशूलाई दोष लगाइरहेका” वा “उहाँलाई हर किसिमका अपराधहरूको आरोप लगाइरहेका”
Luke 23:11
“हेरोद र उनका सिपाहीहरू”
περιβαλὼν ἐσθῆτα λαμπρὰν
“उहाँलाई सुन्दर पोशाकहरू लगाइदिए ।” अनुवादले यो येशूलाई आदर गरेर वा वास्ता गरेकोले यसो गरेको हो भन्ने सङ्केत दिनुहुँदैन । तिनीहरूले येशूलाई खिसी गर्न र उहाँको खिल्ली उडाउनलाई यसो गरेका थिए ।
Luke 23:12
ἐγένοντο…φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων
अव्यक्त जानकारीचाहिँ यो हो कि तिनीहरू साथी भए किनभने पिलातसले हेरोदलाई येशूको न्याय गर्न दिएको कुरालाई उनले मन पराए । वैकल्पिक अनुवादः “हेरोद र पिलातस त्यसै दिन एक अर्कासँग साथी भए किनभने पिलातसले येशूको न्याय गर्नलाई हेरोदकहाँ पठाएका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς
यो पृष्ठभूमि जानकारी हो भनेर देखाउन यस जानकारीलाई कोष्ठकमा राखिएको छ । तपाईंको पाठकले बुझ्नसक्ने ढाँचालाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Luke 23:13
“मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई सँगै भेट्न आउन बोलाए”
τὸν λαὸν
पिलातसले भीडलाई आउन बोलाएको कुरा सम्भाव्य छैन । भीड सम्भवतः येशूलाई के हुने थियो भनेर हेर्नलाई त्यहीँ कुरिरहेको थियो । वैकल्पिक अनुवादः “भीड अझै पनि त्यहीँ थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 23:14
εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον
यसले येशूलाई जनाउँछ ।
ὡς ἀποστρέφοντα τὸν λαόν
“उसले ... भन्दै”
ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐθὲν εὗρον
“मैले तिमीहरूको उपस्थितिमा नै येशूलाई प्रश्न गरेको छु, र ।” यो आशय दिइएको छ कि तिनीहरू केरकारको प्रक्रियाको लागि साक्षीहरू थिए । वैकल्पिक अनुवादः “तिमीहरूलाई यहाँ साक्षीको रूपमा राखेर मैले येशूलाई प्रश्न सोधेको छु, र” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ
“उनी दोषी छन् जस्तो लाग्दैन”
Luke 23:15
पिलातस यहूदी अगुवाहरू र भीडसँग कुरा गरिरहन्छन् ।
ἀλλ’ οὐδὲ Ἡρῴδης
छोटो भनाइमा नसमेटिएको जानकारीलाई थप्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “हेरोदलाई पनि उनी दोषी छन् जस्तो लाग्दैन” वा “हेरोदले पनि उनी निर्दोष छन् भनी ठान्छन्” (हेर्नुहोस्ः शब्दलोप)
ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς
“नता हेरोदले दोषी ठान्छन्, किनभने” वा “नता हेरोदले दोषी ठान्छन् । हामी यो जान्दछौँ किनभने”
πρὸς ἡμᾶς
“हेरोदले येशूलाई हामीकहाँ नै फर्कन पठायो ।” “हामी” शब्दले पिलातस, उनका सिपाहीहरू, र पूजाहारीहरू र शास्त्रीहरूलाई जनाउँछ, तर तिनीहरूलाई जनाउँदैन जसले पिलातसलाई सुनिरहेका थिए । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले मृत्युदण्डको योग्य कुनै कुरा गरेका छैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 23:16
παιδεύσας οὖν αὐτὸν, ἀπολύσω
पिलातसले येशूमा कुनै दोष नभेट्टाएकाले उनले उहाँलाई दण्ड बिना नै छोड्नुपर्थ्यो । यो कथनलाई अनुवादमा तार्किक रूपमा अटाउने कोसिस गर्नु जरुरी छैन । पिलातस भीडसँग डराएको कारणले मात्र उनले येशू निर्दोष हुनुहुन्छ भनी जानेर पनि उहाँलाई दण्ड दिए ।
Luke 23:18
पद १९ ले बारब्बा को थिए भन्ने बारेमा हामीलाई पृष्ठभूमि जानकारी बताउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἀνέκραγον…πανπληθεὶ
“भीडमा भएका सबै मानिस चिच्च्याए”
αἶρε τοῦτον
“यो मानिसलाई लैजानुहोस् ! ... छोड्नुहोस् ।” तिनीहरूले येशूलाई उनका सिपाहीहरूद्वारा मार्न लाउनलाई उनीसँग मागिरहेका थिए । वैकल्पिक अनुवादः “यो मानिसलाई लैजानुहोस् र प्राणदण्ड दिनुहोस् ! ... छोड्नुहोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπόλυσον…ἡμῖν
“हामीलाई”ले भीडलाई मात्र जनाउँछ, र पिलातस र उनको सिपाहीहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Luke 23:19
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον, βληθεὶς ἐν τῇ φυλακῇ
यो बारब्बा को थियो भन्ने बारेमा लूकाले दिएको पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ὅστις ἦν…βληθεὶς ἐν τῇ φυλακῇ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई रोमीहरूले झ्यालखानामा हालेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει
“सहरका मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्नलाई मनाउन कोसिस गरिरहेको”
Luke 23:20
πάλιν…προσεφώνησεν αὐτοῖς
“फेरि तिनीहरूसँग बोले” वा “फेरि पनि भीडका मानिसहरूसँग र धर्मगुरुहरूसँग बोले”
θέλων ἀπολῦσαι τὸν Ἰησοῦν
“किनभने उनले येशूलाई छुटाउन चाहन्थे”
Luke 23:22
ὁ…τρίτον εἶπεν πρὸς αὐτούς
“पिलातसले भीडलाई तेस्रो पटक फेरि भने” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
τί γὰρ κακὸν ἐποίησεν οὗτος?
येशू निर्दोष हुनुहुन्थ्यो भनेर भीडलाई बुझ्न लगाउनको लागि पिलातसले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी मानिसले कुनै गलत काम गरेका छैनन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ
“उनले त्यस्तो केही गरेका छैनन् जसको लागि उनले प्राणदण्ड पाउनुपर्छ”
παιδεύσας οὖν αὐτὸν, ἀπολύσω
लूका २३:१६ मा जस्तै, पिलातसले येशूलाई दण्ड नदिइकन छोडिदिनुपर्थ्यो किनभने उहाँ निर्दोष हुनुहुन्थ्यो । तापनि, भीडलाई शान्त पार्नको लागि उनले येशूलाई दण्ड दिने प्रस्ताव राखे ।
“म उनलाई स्वतन्त्र बनाउनेछु”
Luke 23:23
“भीडले जिद्दी गर्यो”
φωναῖς μεγάλαις
“कराउँदै”
αὐτὸν σταυρωθῆναι
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पिलातसले येशूलाई उनका सिपाहीहरूद्वारा क्रूसमा टाँग्न लगाउन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατίσχυον αἱ φωναὶ αὐτῶν
“तिनीहरूले पिलातसलाई नमनाउञ्जेलसम्म भीड कराइरह्यो”
Luke 23:24
γενέσθαι τὸ αἴτημα αὐτῶν
“भीडले बिन्ती गरेको कुरा गरिदिनलाई”
Luke 23:25
τὸν…βεβλημένον εἰς φυλακὴν
पिलातसले बारब्बालाई झ्यालखानाबाट छोडिदिए । वैकल्पिक अनुवादः “पिलातसले बारब्बालाई छोडिदिए जसलाई भीडले छोडिदिनलाई मागेको गरेको थियो”
βεβλημένον εἰς φυλακὴν
यो त्यस समयमा बारब्बा कहाँ थियो भन्ने बारेमा पृष्ठभूमि जानकारी हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई रोमीहरूले हत्याको ... झ्यालखानामा हालेका थिए” (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
“भीडले जे गर्न चाहेका थिए त्यही गर्नको लागि येशूलाई तिनीहरूकहाँ ल्याउन पिलातसले सिपाहीहरूलाई आदेश दिए”
Luke 23:26
ὡς ἀπήγαγον αὐτόν
“जब सिपाहीहरूले येशूलाई पिलातस भएको ठाउँबाट लगे”
ἐπιλαβόμενοι Σίμωνά…ἐπέθηκαν
रोमी सिपाहीहरूसँग मानिसहरूलाई तिनीहरूका भारी बोक्न कर लगाउने अधिकार थियो । यसलाई सिमोनलाई गिरफ्तार गरिएको वा उसले कुनै गलत काम गरेको देखाउने जस्तो गरी अनुवाद नगर्नुहोस् ।
Σίμωνά
“कुरेनीको सहरबाट, एकजना सिमोन नाम गरेका मानिस” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἐρχόμενον ἀπ’ ἀγροῦ
“ऊ गाउँबाट यरूशलेमतिर आउँदै थियो” (युडीबी)
ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν
“उसको काँधमाथि क्रूस राखिदिए”
ὄπισθεν τοῦ Ἰησοῦ
“र ऊ येशूको पछि-पछि आयो”
Luke 23:27
“एउटा विशाल भीड”
ἠκολούθει…αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν
स्त्रीहरू पनि त्यस ठूलो भीडको हिस्सा थिए, र एउटा फाल्टो भीड थिएनन् ।
καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
“येशूको निम्ति विलाप गरे”
ἠκολούθει…αὐτῷ
यसको अर्थ यो होइन कि तिनीहरू येशूका सिपाहीहरू थिए । यसले तिनीहरू उहाँको पछि-पछि हिँडिरहेका थिए भन्ने सामान्य अर्थ दिन्छ ।
Luke 23:28
यसले सङ्केत गर्छ कि येशू स्त्रीहरूतिर फर्कनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुभयो ।
θυγατέρες Ἰερουσαλήμ
सहरको “छोरी”को अर्थ सहरका स्त्रीहरू भन्ने हुन्छ । यो रुखो बोली थिएन । यो कुनै स्थानबाटका स्त्रीहरूको समूहको निमित्त गरिने सामान्य रूपको सम्बोधन थियो । वैकल्पिक अनुवादः “यरूशलेमबाट आएका स्त्रीहरू हो”
ἐφ’ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν
व्यक्ति चाहिँ त्यस व्यक्तिलाई हुन जाने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मलाई हुने खराब कुराहरूको बारेमा नरोओ । बरु, रोओ किनभने तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” वा “मलाई भइरहेको खराब कुराहरूको कारण तिमीहरू रोइरहेका छौ, तर तिमीहरू झन् बढी रुनेछौ जब तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” (हेर्नुहोस्ः लक्षणा)
Luke 23:29
ὅτι
येशूले भीडसँग कुरा गर्न सकाउनुहुन्छ ।
ἰδοὺ
यरूशलेमका स्त्रीहरूले तिनीहरू आफूहरूका लागि किन विलाप गर्नुपर्छ भन्ने कारणलाई यसले परिचय गराउँछ ।
ἔρχονται ἡμέραι ἐν αἷς
“त्यहाँ छिटै त्यो समय हुनेछ”
ἐν αἷς ἐροῦσιν
“जब मानिसहरूले भन्नेछन्”
“बच्चा नजन्माएका स्त्रीहरू”
αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
यी वाक्यांशहरू “बाँझीहरू”लाई अझ पूर्ण तरिकाले वर्णन गर्नलाई प्रयोग गरिएको छ । ती स्त्रीहरूले नता जन्म दिए नता सन्तानलाई दूध खुवाए । यी कुराहरूलाई “बाँझीहरू” शब्दसँग जोडेर लेख्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “ती स्त्रीहरू जसले कहिल्यै सन्तान जन्माएनन् वा शिशुहरूलाई दूध खुवाएनन्”
Luke 23:30
ἄρξονται λέγειν
यसले रोमीहरू वा यहूदी अगुवाहरूलाई जनाएको हुन सक्छ, अथवा खास रूपमा कसैलाई पनि नजनाएको हुन सक्छ ।
τότε
त्यस बेलामा
वाक्यांशलाई छोटो राख्नको लागि शब्दहरूलाई हटाइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले पहाडहरूलाई भन्नेछन्” (हेर्नुहोस्ः शब्दलोप)
Luke 23:31
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν; ἐν τῷ ξηρῷ, τί γένηται?
असल समयमा त मानिसहरूले खराब थोकहरू गरिरहेका भने तिनीहरूले भविष्यमा आउने खराब समयहरूमा निश्चित रूपमा अझ धेरै खराब थोकहरू गर्नेछन् भन्ने कुरा भीडलाई बुझ्न सहायता गराउनलाई येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू देख्छौ कि रूख हरियो हुँदा त तिनीहरूले यी खराब थोकहरू गरिरहेका छन् भने रूख सुक्दा तिनीहरूले अझ धेरै खराब कुराहरू गर्नेछन् भन्ने कुरामा तिमीहरू निश्चित हुन सक्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν; ἐν τῷ ξηρῷ, τί γένηται?
हरियो रूख केही असल कुराको निम्ति एउटा अलङ्कार हो । यदि तपाईंको भाषामा यस्तै अलङ्कार छ भने तपाईंले यसलाई यहाँ प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
ἐν τῷ ξηρῷ
सुक्खा काठ भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जुन केवल बाल्नलाई मात्र उपयोगी छ । (हेर्नुहोस्ः रूपक)
Luke 23:32
ἤγοντο…καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले येशूसँगै अरू दुई जना अपराधीहरूलाई पनि मार्नलाई लगे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἕτεροι κακοῦργοι δύο
“अन्य दुई मानिसहरू जो अपराधीहरू थिए” वा “दुई अपराधीहरू ।” लूकाले “अरू अपराधीहरू” भनेर भन्दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन । लूकाले “अरू अपराधीहरू” भनेर भन्दैनन् किनभने उहाँलाई एक अपराधी झैँ व्यवहार गरिएपनि येशू निर्दोष हुनुहुन्थ्यो । लूकाले अरू दुई मानिसहरूलाई अपराधीहरू भन्छन्, तर येशूलाई होइन ।
Luke 23:33
ὅτε ἦλθον ἐπὶ τὸν τόπον
“तिनीहरू” शब्दले सिपाहीहरू, अपराधीहरू र येशूलाई समावेश गर्छ ।
ἐσταύρωσαν αὐτὸν
“रोमी सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे”
ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν
“तिनीहरूले एउटा अपराधीलाई येशूको दाहिनेपट्टि क्रूसमा टाँगे र अर्को अपराधीलाई येशूको बायाँपट्टि क्रूसमा टाँगे”
Luke 23:34
ἔβαλον κλῆρον
सिपाहीहरू एक किसिमको जुवामा सहभागी भए । वैकल्पिक अनुवादः “तिनीहरूले जुवा खेले”
διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον
“सिपाहीहरू माझमा कसले येशूको हरेक लुगा घर लाने भनी निर्णय गर्न चिट्ठा हाले”
Luke 23:35
καὶ ἵστήκει, ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον, δὲ καὶ οἱ ἄρχοντες
“मानिसहरू त्यहाँ उभिरहेका थिए”
यसले येशूलाई जनाउँछ ।
ἄλλους ἔσωσεν
लूकाले शासकहरूका व्यङ्गात्मक वचनहरूको अभिलेख राख्छन् । येशूले अरूहरूलाई बचाउन सक्ने एउटै मात्र उपाय भनेको उहाँले आफैँलाई बचाउनको साटोमा मर्नुभएर थियो । (हेर्नुहोस्ः व्यङ्ग्य)
σωσάτω ἑαυτόν
“येशू आफैँलाई बचाउन सक्षम हुनुपर्छ ।” तिनीहरूले येशूलाई गिज्याउन यसो भने । उहाँले आफैँलाई बचाउन सक्नुहुन्थ्यो भनेर तिनीहरूले विश्वास गर्दैनथे । वैकल्पिक अनुवादः “उसले आफैँलाई क्रूसबाट बचाएर ऊ को हो भनी प्रमाणित गरेको हामी हेर्न चाहन्छौँ”
ὁ ἐκλεκτός
“एक जना जसलाई परमेश्वरले चुन्नुभयो”
Luke 23:36
येशू
“येशूको छेउमा आउँदै”
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ
“येशूलाई पिउनलाई सिर्का दिँदै ।” सिर्का भनेको सस्तो पेय पदार्थ हो जुन साधारण मानिसहरूले पिउँछन् । सिपाहीहरूले सस्तो मूल्यको पेय पदार्थ आफू राजा भएको दाबी गर्ने कोही व्यक्तिलाई दिएर येशूको गिल्ला गरिरहेका थिए ।
Luke 23:37
εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν
सिपाहीहरूले येशूलाई खिसी गरिरहेका थिए । वैकल्पिक अनुवादः “तँ यहूदीहरूको राजा होस् भनेर हामी विश्वास गर्दैनौँ, तर यदि तँ होस् भने, आफैँलाई बचाएर हामीलाई गलत प्रमाणित गर् !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 23:38
ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ
“येशूको क्रूसमाथि एउटा पाटी जसमा लेखिएको थियो”
ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ
येशूको माथिल्तिर यो चिन्ह राख्ने मानिसहरूले उहाँको गिल्ला गरिरहेका थिए । उहाँ राजा हुनुहुन्थ्यो भनेर तिनीहरूले वास्तवमै ठान्दैनथे ।
Luke 23:39
ἐβλασφήμει αὐτόν
“येशूको अपमान गर्यो”
οὐχὶ σὺ εἶ ὁ Χριστός?
त्यो अपराधीले येशूको गिल्ला गर्न एउटा प्रश्नको प्रयोग गर्छ । वैकल्पिक अनुवादः “तिमी ख्रीष्ट भएको दाबी गर्छौ । आफैँलाई बचाऊ” वा “यदि तिमी साँच्चै ख्रीष्ट हौ भने, तिमीले आफैँलाई बचाउने थियौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
σῶσον σεαυτὸν καὶ ἡμᾶς
येशूले तिनीहरूलाई क्रूसबाट उद्धार गर्न सक्नुहुन्थ्यो भनेर त्यस अपराधीले वास्तवमै ठान्दैनथ्यो । (हेर्नुहोस्ः व्यङ्ग्य)
Luke 23:40
ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη
“अर्को अपराधीले त्यसलाई हप्कायो”
οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ?
त्यो अपराधीले अर्को अपराधीलाई हप्काउनलाई एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तैँले परमेश्वरको डर मान्नुपर्छ किनभने तिनीहरूले तँलाई त्यही तरिकाले दण्ड दिइरहेका छन् जुन तरिकाले तिनीहरूले उहाँलाई दण्ड दिइरहेका छन्” वा “तँसँग परमेश्वरको डर नभएको हुनुपर्छ, किनकि तँ उहाँ जस्तै क्रूसमा टाँगिइरहँदा पनि उहाँको गिल्ला गर्छस्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Luke 23:41
ἡμεῖς…ἐπράξαμεν…ἀπολαμβάνομεν
“हामी” शब्दको यी प्रयोगहरूले केवल ती दुई अपराधीहरूलाई मात्र जनाउँछ, र येशू वा अरू मानिसहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἡμεῖς…δικαίως
“साँच्चै, हामी यो दण्डको योग्य छौँ”
οὗτος
यसले येशूलाई जनाउँछ ।
Luke 23:42
καὶ ἔλεγεν
“त्यो अपराधीले यसो पनि भन्यो”
μνήσθητί μου
“मेरो बारेमा सोच्नुहोस् र मलाई असल व्यवहार गर्नुहोस्”
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου
कुनै राज्य “भित्र आउनु”ले शासन गर्न सुरु गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “राजाको रूपमा शासन गर्न थाल्नुहुँदा” (हेर्नुहोस्ः लक्षणा)
Luke 23:43
ἀμήν, σοι λέγω
“साँच्चै” शब्दले येशूले भनिरहनुभएको कुरामा जोड थप्छ । वैकल्पिक अनुवादः “तिमीले जानेको म चाहन्छु कि आज”
τῷ Παραδείσῳ
यो धर्मी मानिसहरू मरेपछि तिनीहरू जाने ठाउँ हो । येशूले त्यस मानिसलाई ऊ परमेश्वरसँग हुने थियो र परमेश्वरले उसलाई स्वीकार गर्नुहुने थियो भनी विश्वस्त पार्दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू बस्ने ठाउँ” वा “मानिसहरू राम्ररी बस्नसक्ने ठाउँ”
Luke 23:44
ὡσεὶ ὥρα ἕκτη
“मध्यान्न हुन लागेको बेलामा ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।
σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν
“सम्पूर्ण मुलुक अन्धकार भयो”
ἕως ὥρας ἐνάτης
“दिउँसोको तिन बजेसम्म ।” यसले त्यस बेलाको समय मापन गर्ने चलनलाई देखाउँछ जुन बिहानको ६ बजे सुरु हुन्थ्यो ।
Luke 23:45
τοῦ ἡλίου ἐκλειπόντος
यसले सूर्यास्तलाई जनाउँदैन । बरु, सूर्यको उज्यालो मध्य दिनमै अँध्यारो भयो । सूर्य अस्ताइरहेको भन्दा पनि सूर्य अँध्यारो भइरहेको भनेर वर्णन गर्ने कुनै शब्दको प्रयोग गर्नुहोस् ।
τὸ καταπέτασμα τοῦ ναοῦ
“मन्दिर भित्रको पर्दा ।” यो त्यो पर्दा थियो जसले महापवित्र स्थानलाई बाँकीको मन्दिरबाट अलग गर्थ्यो ।
ἐσχίσθη
“मन्दिरको पर्दा दुई टुक्रा भएर च्यातियो ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मन्दिरको पर्दालाई माथिदेखि तलसम्म दुई भाग बनाएर च्यात्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 23:46
φωνήσας φωνῇ μεγάλῃ
“ठूलो स्वरले कराउनुहुँदै ।” यो कसरी अघिल्ला पदहरूका घटनाहरूसँग सम्बन्धित छ भन्ने कुरालाई देखाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “जब त्यो भयो, येशू ठूलो स्वरले कराउनुभयो”
Πάτερ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εἰς χεῖράς σου παρατίθεμαι τὸ Πνεῦμά μου
“तपाईंको हातमा” भन्ने वाक्यांशले परमेश्वरको रेखदेखलाई जनाउँछ । वैकल्पिक अनुवादः “म मेरा आत्मालाई तपाईंको हेरचाहमा सुम्पन्छु” वा “तपाईंले हेरचाह गर्नुहुन्छ भन्ने जानेर म मेरो आत्मा तपाईंलाई दिँदै छु” (हेर्नुहोस्ः लक्षणा)
“येशूले यो भन्नुभएपछि”
ἐξέπνευσεν
“येशू मर्नुभयो”
Luke 23:47
ὁ ἑκατοντάρχης
यो रोमी अधिकारीको लागि भएको एउटा उपाधि हो जसले रोमी सिपाहीहरूलाई खटन गर्थे । उनले क्रूसमा टँगाउने कामको पर्यवेक्षण गरेका थिए ।
ἰδὼν…τὸ γενόμενον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती सबै कुराहरू जे भएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν
“यी मानिसले त्यस्तो केही गरेका छैनन् जुन गलत छ” वा “यी मानिसले कुनै गलत काम गरेका छैनन्”
Luke 23:48
मानिसहरूका ठूला समूहहरू
“जो सँगै भेला भएका थिए”
συνπαραγενόμενοι…ἐπὶ τὴν θεωρίαν ταύτην
“यो घटना हेर्न” वा “के भइरहेको थियो भनेर अवलोकन गर्न”
θεωρήσαντες τὰ γενόμενα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे भएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπέστρεφον
“ ... पिट्दै तिनीहरूका घर फर्के” (युडीबी)
τύπτοντες τὰ στήθη
यो दुःख र पछुतोको चिन्ह थियो । वैकल्पिक अनुवादः “तिनीहरू कति शोकमा छन् भनी देखाउनलाई आफ्नो छाती पिट्दै” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 23:49
γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας
“येशूसँगै यात्रा गर्थे”
“येशूबाट केही पर रहेर”
ταῦτα
“जे भयो”
Luke 23:50
ἰδοὺ
योसेफले पिलातससँग येशूको शरीर माग्छन् । यी पदहरूले योसेफ को थिए भन्ने बारेमा हामीलाई पृष्ठभूमि जानकारी दिन्छन् । यूएसटीले गरेको जस्तै गरी केही जानकारीको क्रमलाई पुनः मिलाएर पदको पुलसँग राख्दा सहयोगी हुन सक्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी अनि पदका पुलहरू)
ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “त्यहाँ एउटा मानिस थियो जो” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
βουλευτὴς
“यहूदी परिषद्”
Luke 23:51
τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν
निर्णय के थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि त येशूलाई मार्ने परिषद्को निर्णयसँग वा उहाँलाई मार्नमा तिनीहरूको कार्यसँग” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπὸ Ἁριμαθαίας, πόλεως τῶν Ἰουδαίων
यहाँ “यहूदिया सहर”को अर्थ यो यहूदियामा अवस्थित थियो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अरिमाथिया भनिने सहर, जुन यहूदियामा छ” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Luke 23:52
οὗτος
“यी मानिस पिलातसकहाँ गए र येशूको शरीरलाई गाड्नको लागि त्यो पाउन अनुरोध गरे”
Luke 23:53
καὶ
“योसेफले येशूको शरीरलाई क्रूसबाट लगे”
ἐνετύλιξεν αὐτὸ σινδόνι
“शरीरलाई मलमलको राम्रो कपडामा बेह्रे ।” यो त्यस समयको दफन गर्ने सामान्य चलन थियो ।
μνήματι λαξευτῷ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा चिहान जसलाई कसैले चट्टानको पहरामा काटेर बनाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस चिहानमा पहिले कसैले पनि लाशलाई राखेको थिएन”
Luke 23:54
ἡμέρα ἦν παρασκευῆς
“त्यो दिन जब मानिसहरू शबाथ भनिने यहूदी विश्रामको दिनको लागि तयार हुन्थे”
Σάββατον ἐπέφωσκεν
यहूदीहरूको लागि, दिन चाहिँ सूर्यास्तमा सुरु हुन्थ्यो । वैकल्पिक अनुवादः “चाँडै घाम अस्ताउँदै थियो, अर्थात् विश्राम दिनको सुरुवात” (हेर्नुहोस्ः रूपक)
Luke 23:55
αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ
“जसले गालीलको क्षेत्रदेखि येशूसँगै यात्रा गरेका थिए”
ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुावदः “योसेफ र उनीसँग भएका मानिसहरूसँगै तिनीहरूको पछाडि-पछाडि हिँडे; स्त्रीहरूले चिहान अनि मानिसहरूले उहाँको शरीरलाई चिहानभित्र कसरी राखेका थिए भनेर देखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 23:56
ὑποστρέψασαι
“ती स्त्रीहरू तिनीहरू बस्ने घरहरूतिर गए”
ἡτοίμασαν ἀρώματα καὶ μύρα
किनकि तिनीहरूसँग उहाँको शरीरमा सुगन्धित द्रव्य र अत्तरहरू लगाएर येशूलाई सम्मान गर्ने कुनै समय थिएन, तिनीहरूले सो कुरा हप्ताको पहिलो दिनको बिहानै गर्न गइरहेका थिए । वैकल्पिक अनुवादः “येशूको शरीरमा लाउनलाई सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἡσύχασαν
“ती स्त्रीहरूले कुनै काम गरेनन्”
κατὰ τὴν ἐντολήν
“यहूदी व्यवस्था अनुसार” वा “यहूदी व्यवस्थाले माग गरेअनुरूप ।” व्यवस्था अनुसार तिनीहरूले उहाँको शरीरलाई विश्रामको दिनमा तयारी गर्न मिल्दैनथ्यो ।
Luke 24
लूका २४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
चिहान
येशू गाडिनुभएको चिहान (लूका २४:१) त्यो प्रकारको चिहान थियो जसमा धनाढय यहूदी परिवारहरूले तिनीहरूका मृतहरूलाई गाड्थे । यो चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो । त्यसको एक छेउमा फराकिलो स्थान थियो जहाँ तिनीहरूले शरीरलाई तेल र मसालाहरू लगाएर कपडाले बेह्रिसकेपछि त्यसलाई राख्न सक्थे । तिनीहरूले चिहानको अगाडि एउटा ठूलो ढुङ्गा गुडाइदिन्थे ताकि कसैले पनि भित्रपट्टि देख्न वा प्रवेश गर्न नसकोस् ।
स्त्रीहरूको विश्वास
अधिकांश लूकाका मूल पाठकहरूले स्त्रीहरूलाई पुरुषहरूभन्दा कम महत्त्वपूर्ण भएको ठानेका हुन सक्छन्, तर लूकाले होशियारीका साथ देखाउँछन् कि केही स्त्रीहरूले येशूलाई धेरै ज्यादा प्रेम गर्थे र बाह्र चेलाहरूले भन्दा बढी विश्वास गर्थे ।
पुनरुत्थान
लूकाले उनका पाठकहरूले यो बुझेको चाहन्छन् कि येशू भौतिक शरीरमा पुनः जीवित भएर आउनुभयो (लूका २४:३८-४३) ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मानिसको पुत्र”
यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका २४:७) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू कोहीको बारेमा बताएको जसरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः मानिसको पुत्र, मानिसको पुत्र अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
“तेस्रो दिनमा”
येशूले उहाँका अनुयायीहरूलाई भन्नुभयो कि उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुहुने थियो (लूका १८:३३) । उहाँ शुक्रबार दिउँसो मर्नुभयो (सूर्यास्तभन्दा अगाडि) र फेरि आइतबारको दिनमा बिउँतनुभयो, त्यसैले उहाँ “तेस्रो दिनमा” पुनः जीवित हुनुभयो किनभने दिन चाहिँ सूर्यास्तमा सुरू हुन्थ्यो र अन्त हुन्थ्यो भनेर यहूदीहरू भन्थे, तिनीहरूले दिनको कुनै पनि समयलाई दिनकै रूपमा गन्थे । शुक्रबार पहिलो दिन थियो, शनिबार दोस्रो दिन थियो, र आइतबार चाहिँ तेस्रो दिन थियो ।
उज्यालो चम्किने वस्त्रहरूमा दुई मानिसहरू
मत्ती, मर्कूस, लूका, र यूहन्ना सबैले येशूको चिहानमा स्त्रीहरूकहाँ सेता वस्त्रहरूमा देखा परेका स्वर्गदूतहरूको बारेमा लेखे । दुईजना लेखकहरूले तिनीहरूलाई पुरुषहरू भनेर बोलाए, तर यस्तो चाहिँ स्वर्गदूतहरू मानव रूपमा भएको कारणले गर्दा मात्र थियो । दुईजना लेखकहरूले दुई स्वर्गदूतहरूको बारेमा लेखे, तर अरू दुई लेखकहरूले तिनीहरूमध्ये केवल एकजनाको बारेमा मात्र लेखे । सबै खण्डहरूलाई ठ्याक्कै एउटै कुरा भन्न लगाउने कोसिस नगरिकन यी हरेक खण्डहरूलाई यूएलटीमा भएको जसरी नै अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः मत्ती २८:१-२ अनि मर्कूस १६:५ अनि लूका २४:४ अनि यूहन्ना २०:१२)
Luke 24:1
स्त्रीहरू (लूका २३:५५) येशूको शरीरमा अत्तर घस्नको लागि चिहानमा फर्कन्छन् ।
τῇ…μιᾷ τῶν σαββάτων
“आइतबार झिसमिसेमा” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἐπὶ τὸ μνῆμα ἦλθαν
“स्त्रीहरू चिहानमा आइपुगे ।” यी ती स्त्रीहरू हुन् जसको बारेमा लूका २३:५५ बताइएको थियो ।
यो पहराको चट्टानमा काटिएको चिहान थियो ।
यी तिनै अत्तरहरू थिए जुन तिनीहरूले लूका २३:५६ मा तयार पारेका थिए ।
Luke 24:2
εὗρον…τὸν λίθον ἀποκεκυλισμένον
“तिनीहरूले देखे कि ढुङ्गा ... ”
τὸν λίθον ἀποκεκυλισμένον
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि कसैले ढुङ्गा गुडाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν λίθον
चिहानभित्र पस्ने प्रवेशद्वारलाई पूर्ण रूपमा ढाक्न सक्ने गरी भएको यो एउटा ठूलो, काटिएको गोलो ढुङ्गा थियो । यसलाई गुडाउन धेरै मानिसको आवश्यकता पर्थ्यो ।
Luke 24:3
οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ
त्यो त्यहाँ नभएको कारण तिनीहरूले त्यो पाएनन् भनेर तपाईंले स्पष्टसँग व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभु येशूको शरीर त्यहाँ थिएन !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Luke 24:4
दुई स्वर्गदूतहरू देखा पर्छन् र स्त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
καὶ ἐγένετο
यो वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
Luke 24:5
ἐμφόβων…γενομένων αὐτῶν…εἶπαν πρὸς αὐτάς
“भयभीत भए”
κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν
“तल भुइँतिर झुकाए ।” यो अभिव्यक्तिले तिनीहरूको नम्रता र ती मानिसहरूप्रतिको तिनीहरूको समर्पणलाई जनाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν?
जीवित व्यक्तिलाई चिहानमा खोजेका कारण ती मानिसहरूले ती स्त्रीहरूको मन्द किसिमले आलोचना गर्नको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले जीवित मानिसलाई मृत मानिसहरूका बीचमा खोजिरहेका छौ !” वा “तिमीहरूले कोही जीवित मानिसलाई मृत मानिसहरू गाड्ने ठाउँमा खोज्नु हुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यहाँ “तिमीहरू” बहुवचन हो जसले त्यहाँ आएका स्त्रीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 24:6
स्वर्गदूतहरूले ती स्त्रीहरूसँग कुरा गर्न सकाउँछन् ।
ἠγέρθη
“तर उहाँलाई पुनः जीवित बनाइएको छ !” यहाँ “बिउँताउनु” भनेको “पुनः जीवित हुने बनाउनु”को लागि एउटा वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले उहाँलाई पुनः जीवित बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
μνήσθητε ὡς ἐλάλησεν ὑμῖν
“ ... के ... सम्झ”
“तिमीहरू” बहुवचन हो । यसले ती स्त्रीहरू र थप अरू चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 24:7
λέγων…ὅτι
यो अप्रत्यक्ष उद्धरणको सुरुवात हो । यसलाई युडीबीमा जस्तै प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
τὸν Υἱὸν τοῦ Ἀνθρώπου…παραδοθῆναι
“ ... हुनैपर्छ” भन्ने पदावलीको अर्थ हुन्छ कि यो त्यस्तो कुरो हो जुन निश्चय नै हुनेछ किनभने परमेश्वरले यो हुनेछ भनी अगि नै निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो जरुरी थियो कि तिनीहरूले मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिऊन् जसले उहाँलाई क्रूसमा टाँग्ने थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν
यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
τῇ τρίτῃ ἡμέρᾳ
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Luke 24:8
तिनीहरूले चिहानमा के देखेका थिए भन्ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्त्रीहरू जान्छन् ।
ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ
यहाँ “वचनहरू”ले येशूले बोल्नुभएको कथनलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले भन्नुभएका कुराहरू सम्झे” (हेर्नुहोस्ः लक्षणा)
Luke 24:9
καὶ πᾶσιν τοῖς λοιποῖς
“एघार जना प्रेरितहरू र बाँकी सबै चेलाहरू जो तिनीहरूसँग थिए”
τοῖς ἕνδεκα
यो एघार जनाको विषयमा लूकाले गरेको पहिलो उल्लेख हो, एघार चाहिँ किनभने यहूदाले बाह्र जनालाई छोड्यो र येशूलाई धोका दियो ।
Luke 24:10
δὲ
यो शब्दलाई यहाँ प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नको निमित्त प्रयोग गरिएको छ । यहाँ लूकाले ती केही स्त्रीहरूको नाम दिन्छन् जो चिहानबाट आए र त्यहाँ भएका कुराहरू प्रेरितहरूलाई बताए ।
Luke 24:11
τὰ ῥήματα ταῦτα
“तर प्रेरितहरूले ती स्त्रीहरूले भनेका कुराहरू मूर्ख कुरा हुन् भनी ठाने”
Luke 24:12
यस वाक्यांशले पत्रुसलाई अन्य प्रेरितहरूबाट भिन्न भएको देखाउँछ । उनले स्त्रीहरूले भनेका कुरालाई इन्कार त गरेनन्, तर त्यो आफैँले हेर्नको लागि चिहानतर्फ दौडेर गए ।
ἀναστὰς
यो एउटा टुक्का हो जसको अर्थ “काम गर्न सुरु गरे” भन्ने हुन्छ । पत्रुसले कार्य गर्ने निर्णय गर्दा उनी बसिरहेका थिए वा उभिरहेका थिए भन्ने कुरा महत्त्वपूर्ण छैन । वैकल्पिक अनुवादः “थाले” (हेर्नुहोस्ः टुक्काहरू)
παρακύψας
। चिहानभित्र हेर्नको लागि पत्रुसले निहुरनु परेको थियो किनभने कडा चट्टानमा खोपिएका चिहानहरू धेरै होचा हुन्थे । वैकल्पिक अनुवादः “आफैँलाई कम्मरसम्म निहुराउँदै”
τὰ ὀθόνια μόνα
“सूती कपडा मात्र ।” “सूती कपडा मात्र” । यसले त्यो कपडालाई जनाउँछ जुन येशूको शरीरको वरिपरि बेह्रिएको थियो जब उहाँलाई लूका २३:५३ मा गाडिएको थियो । येशूको शरीर त्यहाँ थिएन भनेर आशय दिइएको छ । वैकल्पिक अनुवादः “ ... येशूको शरीरमा बेह्रिएको मलमलका वस्त्रहरू ... , तर येशू त्यहाँ हुनुहुन्थेन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
“उनको घरमा गए”
Luke 24:13
दुई चेलाहरू इम्माउसतर्फको तिनीहरूको बाटोमा छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἰδοὺ
एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्नलाई लेखकले यो शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
δύο ἐξ αὐτῶν
“चेलाहरूमध्ये दुईजना”
ἐν αὐτῇ τῇ ἡμέρᾳ
“त्यसै दिन ।” यसले त्यो दिनलाई जनाउँछ जब स्त्रीहरूले चिहानलाई रित्तो भएको पाएका थिए ।
Ἐμμαοῦς
यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σταδίους ἑξήκοντα
“एघार किलोमिटर ।” एक “स्टेडियम”मा १८५ मिटर हुन्छ । (हेर्नुहोस्ः बाइबलीय दुरी)
Luke 24:15
यो वाक्यांशलाई यहाँ क्रियाकलाप कहाँबाट सुरु हुन्छ भन्ने कुरालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । येशू तिनीहरूको छेउमा जानुभएपछि त्यो सुरु हुन्छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
αὐτὸς Ἰησοῦς
“आफैँ” शब्दले त्यही येशू जसको बारेमा तिनीहरूले कुरा गरिरहेका थिए उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो भन्ने तथ्यलाई जोड दिन्छ । अहिलेसम्म ती स्त्रीहरूले स्वर्गदूतहरूलाई देखेका थिए, तर येशूलाई कसैले देखेको थिएन ।
Luke 24:16
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν
“तिनीहरूका आँखालाई येशूलाई चिन्नबाट रोकिएको थियो ।” मानिसहरूले येशूलाई पहिचान गर्ने क्षमतालाई तिनीहरूका आँखाले उहाँलाई पहिचान गर्ने क्षमताको रूपमा बताइएको छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । यो बढी सम्भाव्य छ कि येशूलाई चिन्नबाट तिनीहरूलाई रोक्नुहुने चाहिँ परमेश्वरले नै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “केही कुराले तिनीहरूलाई केही कुरा भयो त्यसैले तिनीहरूले उहाँलाई चिन्न सकेनन्” वा “उहाँलाई चिन्नबाट परमेश्वरले तिनीहरूलाई रोक्नुभयो” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)
Luke 24:17
αὐτούς…ἀντιβάλλετε…περιπατοῦντες…ἐστάθησαν
“येशूले ती दुई मानिसहरूलाई भन्नुभयो”
Luke 24:18
Κλεοπᾶς
यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις?
यरूशलेममा भएका कुराहरूको बारेमा यी मानिसलाई थाहा नभएको जस्तो देखिएकोमा आफ्नो आश्चर्यलाई व्यक्त गर्न क्लेओपासले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ ... दिनहरूमा ... तपाईं मात्र एउटा व्यक्ति हुनुपर्छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यहाँ “तपाईं” एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 24:19
ποῖα
“के कुराहरू भएका छन् ?” वा “के-के घटनाहरू घटेका छन् ?”
ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ
यसको अर्थ हुन्छ कि परमेश्वरले येशूलाई शक्तिशाली हुन लगाउनुभयो र मानिसहरूले देखे कि उहाँ शक्तिशाली हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “एकजना अगमवक्ता जसलाई परमेश्वरले महान् कुराहरू गर्न र सिकाउनलाई शक्ति दिनुभयो जुन सारा मानिसहरूको लागि चकित पार्ने किसिमका थिए”
Luke 24:20
“उहाँलाई सुम्पिए”
παρέδωκαν αὐτὸν…εἰς κρίμα θανάτου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बडाहाकिमले येशूलाई क्रूसमा टँगाउन लगाएर उहाँलाई मृत्युदण्ड दिनलाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 24:21
ἡμεῖς…ἠλπίζομεν
ती दुई मानिसहरूले येशूलाई प्रतिक्रिया जनाउन निरन्तरता दिन्छन् ।
ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ
रोमीहरूले यहूदीहरूमाथि शासन गर्थे । वैकल्पिक अनुवादः “जसले इस्राएललाई हामीहरूका शत्रु रोमीहरूबाट स्वतन्त्र पार्नुहुने थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις
येशूले इस्राएललाई स्वतन्त्र पार्नुहुने थिएन भनेर तिनीहरूले किन ठाने भन्ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ । वैकल्पिक अनुवादः “अब त्यो सम्भव देखिँदैन किनभने”
τρίτην ταύτην ἡμέραν ἄγει, ἀφ’ οὗ ταῦτα ἐγένετο
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई लूका २४:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
τρίτην ταύτην ἡμέραν ἄγει, ἀφ’ οὗ ταῦτα ἐγένετο
“येशूको मृत्यु हुन डोहोर्याउने ती सबै थुप्रै क्रियाकलापहरू भएदखि”
Luke 24:22
ती दुई मानिसहरूले येशूलाई जवाफ दिन सकाउँछन् ।
येशूको विषयमा भएका कुराहरू ती मानिसहरूले किन बुझेनन् भन्ने विषयमा यसले अर्को कारणलाई परिचय गराउँछ ।
γυναῖκές τινες ἐξ ἡμῶν
“हाम्रो समूहमा”
γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον
यो स्त्रीहरू नै थिए जो चिहानमा गएका थिए ।
Luke 24:23
“स्वर्गदूतहरूलाई एउटा दर्शनमा”
Luke 24:24
αὐτὸν δὲ οὐκ εἶδον
“तिनीहरूले येशूलाई देखेनन्”
Luke 24:25
येशू ती दुई चेलाहरूसँग कुरा गरिरहनुभएको छ ।
καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्पिक अनुवादः “विश्वास गर्नलाई तिमीहरूका मन सुस्त छन्” वा “तिमीहरू विश्वास गर्नमा ढिला छौ” (हेर्नुहोस्ः लक्षणा)
Luke 24:26
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ?
अगमवक्ताहरूले भनेका कुराहरूको बारेमा चेलाहरूलाई सम्झना दिलाउनको लागि येशूले एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “ ... महिमामा ... आवश्यक थियो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ
यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।
Luke 24:27
Μωϋσέως…τῶν προφητῶν
मोशाले बाइबलको पहिला पुस्तकहरू लेखे । वैकल्पिक अनुवादः “मोशाका लेखहरूदेखि सुरु गरेर” (हेर्नुहोस्ः लक्षणा)
“येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो”
Luke 24:28
αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι
ती दुई मानिसले उहाँका क्रियाकलापहरूबाट बुझे कि उहाँ अर्को गन्यव्यतिर जाँदै हुनुहुन्थ्यो । शायद तिनीहरू गाउँको प्रवेशद्वारमा पस्नलाई मोडिँदा पनि उहाँ बाटोमा अगाडि हिँडिरहनुभयो । येशूले तिनीहरूलाई शब्दहरूद्वारा छल्नुभयो भन्ने कुराको कुनै सङ्केत छैन ।
Luke 24:29
παρεβιάσαντο αὐτὸν
तिनीहरूले उहाँलाई के गर्न कर लगाए भन्ने विषयमा तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । तिनीहरूले उहाँको विचार बदल्न सक्नभन्दा अगाडि तिनीहरूले उहाँसँग लामो समय कुरा गरिरहनुपर्यो भनेर देखाउनको लागि यो सम्भवतः एउटा अतिशयोक्ति हो । “कर लगाउनु”ले शारीरिक बलको प्रयोग गर्नु भन्ने अर्थ दिन्छ, तर यस्तो देखिन्छ कि तिनीहरूले उहाँलाई बोलेकै भरले मात्रै मनाए । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई बस्नलाई मनाउन सके” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
πρὸς ἑσπέραν ἐστὶν, καὶ κέκλικεν ἤδη ἡ ἡμέρα
यहूदी दिन सूर्यास्तमा अन्त हुन्थ्यो ।
καὶ
“येशू घर भित्र पस्नुभयो”
“दुई चेलाहरूसँग बस्न”
Luke 24:30
καὶ ἐγένετο
यस वाक्यांशलाई यहाँ कथामा भएको एउटा महत्त्वपूर्ण घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्नुहुन्छ ।
यसले खमिरविना तयार पारिएको रोटीलाई जनाउँछ । यसले सामान्य खानेकुरालाई जनाउँदैन ।
εὐλόγησεν
“त्यसको लागि धन्यवाद दिनुभयो” वा “त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो”
Luke 24:31
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ
तिनीहरूका “आँखाहरू”ले तिनीहरूको बुझाइलाई प्रतिनिधित्व गर्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तब तिनीहरूले बुझे” वा “तब तिनीहरूले चाल पाए” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
“तिनीहरूले उहाँलाई चिने ।” यी चेलाहरूले उहाँलाई उहाँको मृत्युपूर्व नै चिनेका थिए ।
αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν
यसको तात्पर्य हुन्छ कि उहाँ अचानक त्यहाँ हुनुहुन्नथ्यो । यसको मतलब उहाँ अदृश्य हुनुभयो भनेको होइन ।
Luke 24:32
οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς?
येशूसँगको तिनीहरूको भेटघाटको बारेमा तिनीहरू कति अचम्मित भएका थिए भन्ने बारेमा जोड दिनको लागि तिनीहरूले एउटा प्रश्नको प्रयोग गर्छन् । तिनीहरूले येशूसँग कुरा गरिरहँदा तिनीहरूलाई आएको तीव्र भावनाहरूलाई यसरी बताइएको छ मानौँ ती तिनीहरूभित्र बलिरहेको आगो थिए । वैकल्पिक अनुवादः “ ... धर्मशास्त्र ... हाम्रा हृदय हामीभित्र प्रज्वलित भइरहेको थियो ।” (हेर्नुहोस्ः रूपक अनि आलङ्कारिक प्रश्न)
ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς
येशूले कुनै पुस्तक वा चर्मपत्र खोल्नुभएन । “खोल्नुभयो”ले तिनीहरूको बुझाइलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँले हामीलाई धर्माशास्त्र व्याख्या गर्नुभयो” वा “जब उहाँले हामीलाई धर्मशास्त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो”
Luke 24:33
ती दुई मानिसहरू एघार चेलाहरूलाई येशूको बारेमा बताउनको लागि यरूशलेममा तिनीहरूकहाँ जान्छन् ।
ἀναστάντες…ὑπέστρεψαν…εὗρον
“तिनीहरू”ले ती दुई जना मानिसहरूलाई जनाउँछ ।
ἀναστάντες
“उभिए” वा “खडा भए”
τοὺς ἕνδεκα
यसले येशूका प्रेरितहरूलाई जनाउँछ । यहूदालाई अब तिनीहरूसँग समावेश गरिएको थिएन ।
Luke 24:34
λέγοντας
“र ती मानिसहरूले ती दुई मानिसहरूलाई बताए”
Luke 24:35
“तब ती दुई मानिसहरूले तिनीहरूलाई बताए”
τὰ ἐν τῇ ὁδῷ
यसले तिनीहरू इम्माउस गाउँको बाटोमा जाँदै गर्दा तिनीहरूकहाँ येशू देखा पर्नुभएको कुरालाई जनाउँछ ।
ὡς ἐγνώσθη αὐτοῖς
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई कसरी चिने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῇ κλάσει τοῦ ἄρτου
“जब येशूले रोटी भाँच्नुभयो” वा “जब येशूले रोटीलाई टुक्रा पार्नुभयो”
Luke 24:36
येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ । जब ती दुई मानिसहरू एघारजना भएका घरमा आइपुगेका थिए, येशू तिनीहरूसँग त्यहाँ हुनुहुन्थेन ।
αὐτὸς ἔστη
“आफैँ” शब्दले येशू र वास्तवमै येशू तिनीहरूकहाँ देखा पर्नुभएको कुराको आश्चर्यलाई जोड दिन्छ । धेरैजसोले उहाँको पुनरुत्थानपछि उहाँलाई देखेका थिएनन् । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
ἐν μέσῳ αὐτῶν
“तिनीहरूका माझमा”
εἰρήνη ὑμῖν
“तिमीहरूलाई शान्ति होस्” वा “परमेश्वरले तिमीहरूलाई शान्ति दिऊन् !” “तिमी” शब्द बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Luke 24:37
πτοηθέντες…καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν
“तर” शब्दले एउटा ठूलो भिन्नतालाई सङ्केत गर्छ । येशूले तिनीहरूलाई शान्तिमा हुनलाई भन्नुभयो, तर त्यसको साटोमा तिनीहरू धेरै डराएका थिए ।
πτοηθέντες…καὶ ἔμφοβοι γενόμενοι
“अचम्मित र डराएका ।” यी दुई वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छ, र तिनीहरूको डरलाई जोड दिनको लागि एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः प्रतिरूपी)
ἐδόκουν πνεῦμα θεωρεῖν
“तिनीहरूले प्रेतलाई देखिरहेका थिए भनेर सोचे ।” येशू वास्तवमै जीवित हुनुभएको थियो भनी तिनीहरूले साँचो रूपमा अझै बुझेनन् ।
πνεῦμα
यहाँ यसले मरेको व्यक्तिको आत्मालाई जनाउँछ ।
Luke 24:38
τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν?
येशूले तिनीहरूलाई सान्त्वना दिन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “भयभीत नहोओ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
येशूले तिनीहरूलाई नरम लवजमा हप्काउन एउटा प्रश्नको प्रयोग गर्नुहुन्छ । येशूले तिनीहरूलाई उहाँ जीवित हुनुहुन्थ्यो भन्ने कुरामा शङ्का नगर्न भनिरहनुभएको थियो । “हृदय” शब्द व्यक्तिको दिमागको लागि प्रतिस्थापान शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूको मनमा शङ्का गर्न छोड !” वा “शङ्का गरिरहन छोड !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि लक्षणा)
Luke 24:39
ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα
उहाँ प्रेत हुनुहुन्न भनेर छुवाइबाट पक्का गर्नको लागि येशूले तिनीहरूलाई भन्नुहुन्छ । यी दुई वाक्यहरूलाई जोडेर तिनीहरूको क्रमलाई पुनः मिलाउँदा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मलाई छोओ र महसुस गर कि मसँग मासु र हाडहरू छन् जुन भूतसँग हुँदैनन्”
σάρκα καὶ ὀστέα
यो भौतिक शरीरलाई जनाउने एउटा तरिका हो ।
Luke 24:40
τὰς χεῖρας καὶ τοὺς πόδας
यो बुझिएको छ कि उहाँका हातहरू र पाउहरूमा उहाँको क्रूसको मरणबाटको काँटीका निसानहरू रहेका थिए र जसले उहाँ साँच्चै येशू हुनुहुन्थ्यो भनेर प्रमाणित गर्ने थियो । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँका हातहरू र पाउहरूमा भएका चोटहरू”
Luke 24:41
ἀπὸ τῆς χαρᾶς
“तिनीहरू यति आनन्दले भरिएका थिए कि यो वास्तवमै सत्य थियो भनेर तिनीहरूले अझै विश्वास गर्न सकेनन्”
Luke 24:43
ἐνώπιον αὐτῶν ἔφαγεν
येशूले उहाँसँग भौतिक शरीर थियो भनेर प्रमाणित गर्नको लागि यसो गर्नुभयो । आत्माहरूले खानेकुरा खान सक्ने थिएनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐνώπιον αὐτῶν ἔφαγεν
“तिनीहरूको अगाडि” वा “जब तिनीहरूले हेरिरहेका थिए”
Luke 24:44
ἔτι ὢν σὺν ὑμῖν
“जब म पहिले तिमीहरूसँग थिएँ”
πάντα τὰ γεγραμμένα…περὶ ἐμοῦ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्वरले पूरा गर्नुहुने थियो” वा वैकल्पिक अनुवादः “... भजनका ... लेखेका सबै कुराहरू परमेश्वरले हुन लगाउनुहुने थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ
“मोशाको व्यवस्था”, “अगमवक्ताहरू”, र “भजनहरू” जस्ता शब्दहरू भनेको हिब्रू बाइबलका खण्डहरूका लागि उचित नाउँहरू हुन् । यसलाई कर्तृ वाच्यमा र साधारण नामपदहरूको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो बारेमा भएका ती सबै कुराहरू जुन मोशाले लेखे, ती सबै कुराहरू जुन अगमवक्ताहरूले लेखे, र ती सबै कुराहरू भजनका लेखकहरूले लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 24:45
διήνοιξεν αὐτῶν τὸν νοῦν
“समझ खोल्नु” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कसैलाई बुझ्नलाई सक्षम तुल्याउनु हुन्छ । वैकल्पिक अनुवादः “तब उहाँले तिनीहरूलाई धर्मशास्त्र बुझ्नलाई सक्षम तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Luke 24:46
οὕτως γέγραπται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले लामो समयअगि यस्तो लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀναστῆναι
यस पदमा, “बिउँतनु” भनेको पुनः जीवित भएर आउनु हो । “मृतकहरूबाट” शब्दले तल्लो संसारमा (पातालमा) भएका सबै मरेका मानिसहरूको विषयमा समग्रमा बताउँछ ।
τῇ τρίτῃ ἡμέρᾳ
यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । तपाईंले यसलाई लूका २४:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Luke 24:47
κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टका अनुयायीहरूले सबै जातिहरूमा भएका मानिसहरूलाई प्रचार गर्नुपर्छ कि तिनीहरूले पश्चात्ताप गर्न जरुरी छ र तिनीहरूको पापहरूलाई येशूद्वारा क्षमा गर्नको लागि तिनीहरूलाई परमेश्वरको खाँचो छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπὶ τῷ ὀνόματι αὐτοῦ
उहाँको “नाम”ले उहाँको अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टको अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
εἰς πάντα τὰ ἔθνη
“सबै जातिय समुदायहरू” वा “सबै मानिस समूहहरू”
ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ
“यरूशलेमबाट थालनी गरेर”
Luke 24:48
येशू उहाँका चेलाहरूसँग कुरा गरिरहनुहुन्छ ।
ὑμεῖς μάρτυρες τούτων
“तिमीहरूले मेरो बारेमा देखेका कुराहरू सत्य हो भनी अरूहरूलाई बताउनुपर्छ ।” चेलाहरूले येशूको जीवन, मृत्यु र पुनरुत्थान देखेका थिए र उहाँले के गर्नुभयो भनी तिनीहरूले अरू मानिसहरूलाई वर्णन गर्न सक्थे ।
Luke 24:49
τὴν ἐπαγγελίαν τοῦ Πατρός μου
“मेरा पिताले तिमीहरूलाई जे दिने प्रतिज्ञा गर्नुभएको थियो, सो म तिमीहरूलाई दिनेछु ।” परमेश्वरले पवित्र आत्मा दिने प्रतिज्ञा गर्नुभएको थियो । यूएसटीले यसलाई स्पष्ट बनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῦ Πατρός μου
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἕως οὗ ἐνδύσησθε…δύναμιν
तिनीहरूलाई परमेश्वरको शक्तिले कुनै व्यक्तिलाई लुगाले ढाके झैँ गरी ढाक्नेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले शक्ति प्राप्त ... ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐξ ὕψους
“माथिबाट” वा “परमेश्वरबाट”
Luke 24:50
ἕως πρὸς Βηθανίαν
“येशूले चेलाहरूलाई सहर बाहिर लानुभयो”
ἐπάρας τὰς χεῖρας αὐτοῦ
यो पूजाहारीहरूले मानिसहरूलाई आशिष् दिने बेलामा गर्ने कार्य थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Luke 24:51
καὶ ἐγένετο
“यस्तो हुन आयो ।” यसले कथामा एउटा नयाँ घटनालाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
“जब परमेश्वरले तिनीहरूलाई भलो गरिदिनुहुनको लागि येशूले मागिरहनुभएको थियो”
ἀνεφέρετο εἰς τὸν οὐρανόν
किनकि येशूलाई कसले माथि उचाल्यो भनेर लूकाले निर्दिष्ट जानकारी दिँदैनन्, हामी जान्दैनौँ कि यो परमेश्वर आफैँ हुनुहुन्थ्यो वा एक वा बढी स्वर्गदूतहरू थिए । यदि तपाईंको भाषामा उचाल्ने काम कसले गरेको हो भनेर बताउन जरुरी छ भने, यूएसटीले गरेको झैँ त्यसको साटोमा “जानुभयो” शब्दलाई प्रयोग गर्न बेस हुनेछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Luke 24:52
यी पदहरूले हामीलाई कथा अन्त हुँदैगर्दा चेलाहरूले पछि गरिरहने कार्यहरूको बारेमा बताउँछन् । (हेर्नुहोस्ः कथाको समापन)
προσκυνήσαντες αὐτὸν
“चेलाहरूले येशूको आराधना गरे”
“र त्यसपछि फर्के”
Luke 24:53
διὰ παντὸς
तिनीहरू हरेक दिन मन्दिरको चोकमा गए भन्ने कुरालाई व्यक्त गर्नको लागि यो एउटा अतिशयोक्ति हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐν τῷ ἱερῷ
केवल पूरोहितहरूलाई मात्र मन्दिरको भवनभित्र प्रवेश अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εὐλογοῦντες τὸν Θεόν
“परमेश्वरको प्रशंसा गर्दै”