1 Corinthians
1 Corinthians front
१ कोरिन्थीको परिचय
भाग १: सामान्य परिचय
१ कोरिन्थीको पुस्तकको रूपरेखा
- मण्डलीको विभाजन (१:१०-४:२१)
- नीतिगत पाप र अनियमितता (५:१-१३)
- ख्रीष्टिएनहरूले अरू ख्रीष्टिएनहरूलाई अदालतमा लाने कुरा (६:१-२०)
- विवाह र यससम्बन्धी कुरा (७:१-४०)
- ख्रीष्टिएन स्वतन्त्रताको दुरूपयोग, मूर्तिलाई चढाएको खानेकुरा, मूर्तिपूजाबाट टढा हुनु, स्त्रीहरूले शिर ढाक्नु (८:१-१३, १०:१-११:१६)
- प्रेरितको भूमिकामा पावलको अधिकार (९:१-२७)
- प्रभु-भोज (११:१७-३४)
- पवित्र आत्माका वरदानहरू (१२:१-३१)
- प्रेम (१३:१-१३)
- पवित्र आत्माका वरदानहरू: अगमवाणी र भाषाहरू (१४:१-४०)
- विश्वासीहरूको पुनरुत्थान र ख्रीष्टको पुनरुत्थान (१५:१-५८)
- समापनः येरूशलेमका ख्रीष्टिएनहरूको योगदान, अनुरोध र व्यक्तिगत अभिवादनहरू (१६:१-२४)
कोरिन्थको पुस्तक कसले लेख्यो ?
पावलले १ कोरिन्थी लेखे । पावल तार्सस सहरका मानिस थिए । उनको सुरुको जीवनमा उनी साउल भनेर चिनिएका थिए । ख्रीष्टिएन हुनुअगि पावल फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रिस्चियन बनेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैचोटी रोमी साम्राज्यभरि यात्रा गरे ।
कोरिन्थमा भेटघाट गर्ने मण्डलीको स्थापना पावल आफैँले गरेका थिए । उनले यो पत्र लेखेको समयमा उनी एफिसस सहरमा बसोबास गरिरहेका थिए ।
१ कोरिन्थीको पुस्तकले कुन विषयवस्तु समेटेको छ ?
१ कोरिन्थीको पुस्तक कोरिन्थ सहरमा भएका विश्वासीहरूका लागि पावलले लेखेका पत्र हो । त्यहाँ भएका विश्वासीका बीचमा समस्याहरू उत्पन्न भएका थिए भनी पावलले सुनेका थिए । तिनीहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । कसैले कुनै-कुनै ख्रीष्टिएन शिक्षा बुझेका थिएनन् । अनि तिनीहरूमध्ये कसैले खराब व्यवहार गरेका थिए । यो पत्रमा, पवलले तिनीहरूका समस्याका समाधान दर्शाए र परमेश्वरलाई मनपर्दो जीवन बिताउन उत्साह दिए ।
यस पुस्तकको शीर्षक कसरी अनुवाद गर्न सकिन्छ ?
अनुवादकहरूले यस पुस्तकलाई परम्परागत शीर्षक, “पहिलो कोरिन्थी” भन्न मन पराउँछन् । अन्यथा तिनीहरूले, “कोरिन्थमा भएको मण्डलीलाई पावलले लेखेका पहिलो पत्र”, भनेर अझ स्पष्ट हुने शीर्षक चयन गर्छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक धारणाहरू
कोरिन्थ सहर कस्तो थियो ?
कोरिन्थचाहिँ प्राचीन ग्रीसमा अवस्थित एउटा प्रमुख सहर थियो । यो भूमध्यसागरको नजिक रहेको हुनाले धेरै जना यात्रु र व्यापारी समान किनबेच गर्न त्यहाँ त्यहाँ आउँथे । यसकारण, त्यो सहरमा धेरै र विभिन्न किसिमका संस्कृतिका मानिसहरू थिए । त्यो सहरका मानिसहरूले अनैतिक तरिकाले जीवन बिताउँछन् भनेर नाम कमाएको थियो । मानिसहरूले एफ्रोडाइट अर्थात् ग्रिकको प्रेमकी देवीको पूजा गर्थे । एफ्रोडाइटलाई आदर गर्ने उत्सवका रूपमा देवीका पूजा गर्नेहरूले त्यस मन्दिरका वेश्याहरूसित यौन सम्बन्ध राख्दथे ।
मूर्तिहरूलाई बलि चढाएको मासु खाँदा के समस्या हुन्थ्यो ?
कोरिन्थमा भएका झुटा देवीदेवतालाई धेरै जनावर बलि चढाइन्थ्यो । पूजारीहरू र पूजा गर्नेहरूले मासुको केही भाग आफूसित राख्दथे । धेरै मासु बजारमा बेच्ने गरिन्थ्यो । त्यस्ता झुटा देवीदेवतालाई बलि चढाएका हुनाले त्यो मासु खानु ठीक हुन्छ कि हुँदैन भनेर धेरै जना ख्रीष्टिएनहरूले एक-आपसमा वादविवाद गरिरहेका थिए । पावलले यो समस्यको समाधान १ कोरिन्थीमा लेखेका छन् ।
भाग ३: अनुवादका महत्त्वपूर्ण पक्षहरू
“पवित्र” र “पवित्र हुने” विचारलाई युएलटि को १ कोरिन्थीमा कसरी अर्थ लगाइएको छ ?
धेरै किसिमका विचारमध्ये कुनै एकलाई जनाउन धर्मशास्त्रमा यस्ता शब्दहरूका प्रयोग भएका छन् । यसकारण, अनुवादकहरूलाई आआफ्ना अनुवादमा यी शब्दका अर्थ राम्रोसित लेख्न कठिन भएको पाइएको छ । युएलटि को १ कोरिन्थीको अङ्ग्रेजी अनुवादमा भने तल दिइएका सिद्धान्तहरू स्थापित गर्न खोजिएको पाइन्छ:
- कुनै बेला धर्मशास्त्रको खण्डमा नैतिक पवित्रता जनाएको छ । ख्रीष्टिएनहरूको मिलाप येशू ख्रीष्टसित भएको हुनाले परमेश्वरले तिनीहरूलाई पापरहित भएको विचार गर्नुहुन्छ । सुसमाचार बुझ्नका लागि यो तथ्य महत्त्वपूर्ण हुन्छ । अर्को सम्बन्धित तथ्यचाहिँ परमेश्वर सिद्ध र त्रुटीहीन हुनुहुन्छ भन्ने हो । तेस्रो तथ्यचाहिँ ख्रीष्टिएनहरूले जीवनमा स्वत:रूपमा दोषरहित र त्रुटीरहीन व्यवहार गर्नुपर्छ । यी सन्दर्भमा, यूएलटिले “पवित्र”, पवित्र परमेश्वर”, “पवित्रहरू”, वा पवित्र मानिसहरू”, भनेर प्रयोग गरेको छ । (हेर्नुहोस्ः १:२; ३:१७)
- कुनै बेला धर्मशास्त्रको खण्डको अर्थले साधारण सन्दर्भको अर्थ दिन्छ । तिनमा कुनै विशेष भूमिका जोडिएको हुँदैन । यस्ता सन्दर्भहरूमा, यूएलटिले “विश्वासी”, र अविश्वासी” जस्ता शब्दहरू प्रयोग गर्छ । (हेर्नुहोस्ः ६:१, २; १४:३३; १६:१, १५)
- कुनै बेला धर्मशास्त्रको खण्डको अर्थले कुनै व्यक्ति वा कुनै थोकलाई परमेश्वरको लागि मात्र भनेर अलग गर्ने कुरालाई जनाउँछ । यस्ता सन्दर्भहरूमा यूएलटिले, “अलग गरिएको”, “समर्पण गरिएको”, “सुरक्षित गरिएको”, वा “पवित्र पारिएको”, भनेर प्रयोग गरेको पाइन्छ । (हेर्नुहोस्ः १:२; ६:११; ७:१४,३४)
अनुवादकहरूले यस्ता विचारलाई आआफ्ना अनुवादमा कसरी लेख्ने होला भनेर सोचिरहेका बेलामा यूएसटिले प्राय: सहायता पुर्याउँछ ।
“शरीर”, को अर्थ के हो ?
“शरीर”, वा शरीरका”, भन्ने शब्दहरूलाई पावलले पापपूर्ण कुराहरू गर्ने ख्रीष्टिएनहरूलाई जनाउन प्रयोग गर्छन् । तापनि, यो भौतिक संसार भने खराब होइन । धर्मी जीवन बिताउने ख्रीष्टिएनहरूलाई जनाउन पावलले, “आत्मिक” भन्ने शब्द प्रयोग गर्छन् । पवित्र आत्माले तिनीहरूलाई जे गर्न सिकाउनुभयो, तिनीहरूले त्यही गरेका हुनाले यो यसो भनियो । (हेर्नुहोस्ः मासु, देह अनि धर्मी, धार्मिकता अनि आत्मा, आत्मिक)
“ख्रीष्टमा”, “प्रभुमा”, आदि भनेर पावलले के भन्न खोजेका होलान् ?
१ कोरिन्थी १:२, ३०, ३१; ३:१; ४:१०, १५, १७; ६:११, १९; ७:२२; ९:१, २; ११:११, २५; १२:३, ९, १३, १८, २५; १४:१६; १५:१८, १९, २२, ३१, ५८; १६:१९, २४ मा यसो भनिएको पाइन्छ । ख्रीष्ट तथा विश्वासीहरूसितको घनिष्ठ सम्बन्धका कुरा बुझाउनका लागि पावलले यी कुरा लेखे । साथसाथै, तिनले अरू अर्थ पनि जनाए । उदाहरणका लागि, हेर्नुहोस, “ख्रीष्ट येशूमा पवित्र जन हुनका लागि बोलाइएकाहरू”, (१:२), जहाँ ख्रीष्टिएन विश्वासीहरू ख्रीष्टमा समर्पित भएका कुरालाई पावलले विशेष रूपले अर्थ्याएका छन् ।
यस किसिमका विचारहरूका बारेमा विस्तृत रूपमा जानकारी लिनका लागि रोमीको पुस्तकको परिचय हेर्नुहोस् ।
१ कोरिन्थीको पुस्तकमा भएका प्रमुख पक्षहरू के के हुन् ?
तल दिइएका पदहरू भने, बाइबलको पुराना अनुवादहरूमा भन्दा आधुनिक अनुवादहरूमा फरक पाइन्छ । अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्ने हाम्रो सुझाव रहेको छ । तापनि, कुनै अनुवादकका क्षेत्रमा बाइबलका पुराना अनुवादहरू पढिन्छन् भने, अनुवादकहरूले तिनकै अनुसरण गर्न सक्छन् । यस्तो अवस्था भएमा शायद ती पद, १ कोरिन्थीको मौलिक अर्थ होइनन् कि भनी जनाउनका लागि तिनलाई ठूला कोष्ठकहरू ([]) भित्र राख्नुपर्छ ।
- “त्यसकारण तिमीहरूको शरीरमा परमेश्वरलाई महिमा देओ” कुनै पुरानो अनुवादले, “तिमीहरूका शरीरले र आत्मामा परमेश्वरको महिमा गर, जुन परमेश्वरका हुन्” (६:२०)
- “म आफैँं व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएको जस्तै बनें” (९:२०) । कुनै पुरानो अनुवादमा यो खण्ड पूरै छुट्न गएको छ ।
- “विवेकको खातिर अर्थात् अर्को मानिसको विवेकको खातिर” कुनै पुरानो अनुवादले “विवेकको खातिर: किनकि पृथ्वी र त्यसमा भएका हरेक कुराः अर्को मानिसको विवेकसमेत, प्रभुकै हुन्” (१०:२८)
- “अनि मेरो शरीरलाई जलाउन दिन्छु” (१३:३) । पहिलेका कुनै अनुवादमा यस्तो छ, “अनि म आफ्नो शरीर दिन्छु, ताकि म गर्व गर्न सकूँ”
- “तर यदि कसैले यसको उपेक्षा गर्छ भने, उसको पनि उपेक्षा गरियोस्” (१४:३८) । पहिलेका कुनै अनुवादमा यस्तो छ, तर यस कुरामा कुनै व्यक्ति अज्ञान छ भने, ऊ अज्ञानी नै होस्”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 Corinthians 1
१ कोरिन्थी ०१ साधारण टिपोटहरू
संरचना र ढाँचा
सुरुका तीन पदमा अभिवादन छन् । प्राचीन पूर्वमा, चिट्ठी लेख्न सुरु गर्ने यो एउटा समान्य तरिका थियो ।
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरफहरूलाई अरू हरफहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यो अध्यायका विशेष विचारहरू
विभाजन
यो अध्यायमा, विभाजन भएको र भिन्नभिन्न प्रेरितको अनुसरण गरेका हुनाले पावलले मण्डलीलाई हप्काउँछन् । (हेनुहोस्ः प्रेरित, प्रेरितको काम)
आत्मिक वरदानहरू
मण्डलीलाई सहायता पुर्याउनलाई आत्मिक वरदानहरू विशेष अलौकिक दक्षताहरू हुन् । येशूलाई विश्वास गरेर ख्रीष्टिएन भएपछि पवित्र आत्माले उनीहरूलाई यी वरदानहरू दिनुहुन्छ । अध्याय १२ मा पवलले आत्मिक वरदानहरूका सूचि बनाएका छन् । यी वरदानमध्ये कुनैचाहिँ पवित्र आत्माले विकसित हुँदै गरेको सुरुको मण्डलीलाई मात्र दिनुभयो भनी कोही विद्वानले विश्वास गर्छन् । पवित्र आत्माका सबै वरदान आज पनि सबै ख्रीष्टिएनका लागि इतिहासभरि नै उपलब्ध छन् भनी अरू विद्वानले विश्वास गर्छन् । (हेर्नुहोस्ः विश्वास)
यो अध्यायका महत्त्वपूर्ण आलङ्कारिका भाषा
लक्षणा/व्यन्जना अर्थात् इडियमहरू
यो अध्यायमा, ख्रीष्ट पर्केर आउने कुरालाई पावलले दुईवटा भिन्नभिन्न वाक्यांशमा उल्लेख गर्छन्ः “हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्टको दिन” (हेर्नुहोस्ः टुक्काहरू)
आलङ्कारिका प्रश्न
गुट-उपगुटमा विभाजित भएका र मानवीय बुद्धिमा भर परेका हुनाले पावलले कोरिन्थीहरूलाई हप्काउनका लागि आलङ्कारिका प्रश्नको प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यो अध्यायका अनुवाद सम्बन्धी अन्य सम्भाव्य कठिनाइहरू
ठेस लाग्ने ढुङ्गा
ठेस लाग्ने ढङ्गोचाहि चट्टानको एउटा टुक्रा हो, जसमा मानिसहरू ठेस खान्छन् । परमेश्वरले आफ्नो मसिह अर्थात् अभिषिक्त जनलाई क्रूसमा टाँगिन दिनुहुन्छ भन्ने कुरा विश्वास गर्न यहूदीहरूलाई कठिन भयो । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 1:1
Παῦλος
तपाईंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल”
Σωσθένης, ὁ ἀδελφὸς
यसले पावल र कोरिन्थीहरू दुवैले सोस्थेनेसलाई चिन्दथे भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू र मैले चिनेका भाइ सोस्थेनेस” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 1:2
τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ…ἐν Κορίνθῳ
तपाईंको भाषामा जसका लागि कुनै पत्र लेखियो ती मानिसहरूहरूको परिचय दिने कुनै खास तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म पावलले तिमी कोरिन्थमा भएकाहरूलाई यो पत्र लेखेँ जसले परमेश्वरमा विश्वास गर्छन्”
ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ
यहाँ “शुद्ध पारिएका”ले ती मानिसहरूहरूलाई जनाउँछ जसलाई परमेश्वरले उहाँलाई आदर गर्नलाई साँच्नुभएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई जसलाई ख्रीष्ट येशूले परमेश्वरको लागि अलग राख्नुभएको छ” वा “तिनीहरूलाई जसलाई परमेश्वरले आफ्नै लागि अलग राख्नुभएको छ किनभने तिनीहरू ख्रीष्ट येशूका हुन्”
τῇ οὔσῃ…κλητοῖς ἁγίοις
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले पवित्र जनहरू हुनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यहाँ “नाउँ” शब्द येशू ख्रीष्ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “जसले प्रभु येशू ख्रीष्टमा पुकारा गर्छन्” (हेर्नुहोस्ः लक्षणा)
αὐτῶν καὶ ἡμῶν
“हाम्रा” शब्दले पावलका श्रोता/पाठकलाई समावेश गर्छ । येशू पावल र कोरिन्थीहरूको प्रभु हुनुहुन्छ र सारा मण्डलीहरूको उहि प्रभु हुनुहुन्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
1 Corinthians 1:3
पावल र सोस्थेनेसले यो पत्र कोरिन्थमा भएको मण्डलीका ख्रीष्टिएनहरूलाई लेखे ।
अरू किसिमले नभनिएसम्म, “तिमी” र “तिम्रा” जस्ता शब्दहरूले पावलका श्रोताहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
1 Corinthians 1:4
पावलले विश्वासीहरूले उहाँको आगमनको प्रतीक्षा गर्दा उनीहरूको पद र ख्रीष्टमा भएको संगतिको बारेमा वर्णन गर्छन् ।
ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ
पावलले अनुग्रहलाई कुनै भौतिक वस्तुजस्तो भएको कुरा गर्छन् जुन येशूले ख्रीष्टिएनहरूलाई वरदानका रूपमा दिनुहुन्छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्ट येशूले परमेश्वरलाई तिमीहरूप्रति दयालु हुन सम्भव बनाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 1:5
ἐπλουτίσθητε ἐν αὐτῷ
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टले तिमीहरूलाई धनी बनाउनुभएको छ” वा २) “परमेश्वरले तिमीहरूलाई धनी बनाउनुभएको छ”
ἐν παντὶ
पावलले साधारण शब्दमा कुरा गरेका हुन् । वैकल्पिक अनुवादः “सबै प्रकारका आत्मिक आशिष्ले धनी बनाउनुभएको छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐν παντὶ λόγῳ
अरूलाई परमेश्वरको सन्देश विभिन्न तरिकाले बताउनको लागि परमेश्वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।
πάσῃ γνώσει
परमेश्वरको सन्देश विभिन्न तरिकाले बुझ्नको लागि परमेश्वरले तिमीहरूलाई सक्षम बनाउनुभएको छ ।
1 Corinthians 1:6
τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν
सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले आफैँंमा देख्यौ कि ख्रीष्टका बारेमा हामी जे भनेका थियौं, त्यो साँचो थियो” अथवा २) “तिमीहरू अहिले कसरी जिउँछौ सो हेरेर अरू मानिसले थाहा पाए कि ख्रीष्टका बारेमा हामीहरू र तिमीहरूले जे भन्यौ सो सत्य हो”
1 Corinthians 1:7
ὥστε
“किनभने मैले अहिले भनेको कुरा सत्य हो”
ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्” (हेर्नुहोस्ः निषेधात्मक)
τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले प्रभु येशू ख्रीष्टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्टले आफैँलाई प्रकट गर्ने समय”
1 Corinthians 1:8
ἀνεγκλήτους
परमेश्वरले तिमीहरूलाई दोषी ठहराउने कुनै कारण हुने छैन ।
1 Corinthians 1:9
πιστὸς ὁ Θεὸς
“परमेश्वरले जे गर्नेछु भन्नुभयो ती हरेक कुरा उहाँले गर्नुहुने छ”
τοῦ Υἱοῦ αὐτοῦ
यो येशू, परमेश्वरको पुत्रको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 Corinthians 1:10
पावलले कोरिन्थी विश्वासीहरूलाई सम्झाउँछन् कि उनीहरू एक अर्कासँग शान्तिमा रहनुपर्छ अनि यो कि ख्रीष्टको क्रूसको सन्देशले, न कि मानिसहरूद्वाराको बप्तिस्माले, बचाउँछ ।
ἀδελφοί
यहाँ यसले दुवै पुरुषहरू र महिलाहरूलाई समावेश गरी सँगी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यहाँ “नाउँ” शब्द येशू येशू ख्रीष्ट व्यक्तिका लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको माध्यमद्वारा” (हेर्नुहोस्ः लक्षणा)
ἵνα τὸ αὐτὸ λέγητε πάντες
“तिमीहरू एक अर्कासँग मिलापमा बस”
καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα
“तिमीहरू आपसमा विभिन्न समूहमा विभाजित नहोओ”
ἦτε…κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ
“एकतामा रहो”
1 Corinthians 1:11
τῶν Χλόης
यसले परिवारका सदस्यहरू, नोकरहरू, र अरूहरूलाई जनाउँछ जो त्यस घरानाका भागहरू हुन्, जसको क्लोए, एक स्त्री, शिर हुन् ।
ἔριδες ἐν ὑμῖν εἰσιν
“तिमीहरू एक अर्कासँग झगडा गर्ने समूहमा विभाजित भएका छौ”
1 Corinthians 1:12
ἕκαστος ὑμῶν λέγει
पावलले यहाँ विभाजनको प्रवृत्तिलाई अङ्कित गर्दै छन् ।
1 Corinthians 1:13
μεμέρισται ὁ Χριστός?
पावल ख्रीष्ट विभाजित हुनुभएको छैन तर एक हुनुहुन्छ भन्ने सत्यतामा जोड दिन इच्छा गर्छन् । “तिमीहरूले गरिरहे जसरी ख्रीष्टलाई विभाजन गर्न सम्भव छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν
ख्रीष्ट क्रूसमा टाँगिनुभएको थियो, पावल वा अपोल्लोस होइन भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्तिको लागि उनीहरूले पावललाई क्रूसमा मारेका होइनन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε?
हामी सबै जनाले ख्रीष्टको नाउँमा बप्तिस्मा लिएको हो भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई पावलको नाउँमा बप्तिस्मा दिएका होइनन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸ ὄνομα Παύλου
यहाँको “नाउँमा” शब्द “अधिकारद्वारा” का लागि लागि लक्षणार्थ अर्थात् मेटनिम हो । वैकल्पिक अनुवादः “पावलको अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 1:14
οὐδένα ὑμῶν…εἰ μὴ
“मात्रै”
Κρίσπον
उनी सभाघरका शासक थिए र पछि ख्रीष्टिएन भए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Γάϊον
उसले प्रेरित पावलसँगै यात्रा गर्यो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
1 Corinthians 1:15
ἵνα μή τις εἴπῃ, ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε
यहाँ “नाउँ”ले “अधिकार”को प्रतिनिधित्व गर्छ । यसको अर्थ मानिसहरूले आफूलाई पावलका चेला भनी दाबी गर्लान् भनेर पावलले अरूलाई बप्तिस्मा दिएनन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये कतिले तिमीहरूलाई मेरो चेला बनाउन मैले बप्तिस्मा दिएँ भनेर दाबी गर्न सक्छन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 1:16
τὸν Στεφανᾶ οἶκον
यसले स्तिफनास, अर्थात् एक जना मानिस मुखिया रहेका घरका परिवारका सदस्य तथा दासहरूलाई जनाउँछ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
1 Corinthians 1:17
οὐ…ἀπέστειλέν με Χριστὸς βαπτίζειν
यसले पावलको सेवकाइको प्राथमिक लक्ष्य बप्तिस्मा थिएन भनेर जनाउँछ ।
ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ
पावलले “मानवीय बुद्धिका वचनहरू”लाई ती मानिसहरू भए जसरी, र क्रूसलाई भाँडोको रूपमा, अनि शक्तिचाहिँ उक्त भाँडोभित्र येशूले हालिदिन सक्ने कुनै त्यस्तै भौतिक थोक भएजस्तो गरी कुरा गरेका छन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानवीय बुद्धिका वचनहरू ... ती मानवीय बुद्धिका वचनहरूले ख्रीष्टको क्रूसलाई शक्तिहीन पार्नुहुँदैन” वा “मानवीय बुद्धिका वचनहरू... मानिसहरूले येशूको सन्देशका बारेमा विश्वास गर्न छोड्नु र येशूभन्दा म नै धेरै महत्त्वपूर्ण हुँ भनी विचार गर्नुहुँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
1 Corinthians 1:18
पावलले मानिसको बुद्धिको साटोमा परमेश्वरको बुद्धिमा जोड दिन्छन् ।
ὁ λόγος…ὁ τοῦ σταυροῦ
“क्रूसमा झुण्डाएको बारेमा शिक्षा” वा “ख्रीष्ट क्रूसमा मर्नुभएको सन्देश”
μωρία ἐστίν
“अर्थहीन हो” वा “बेवकुफी हो”
τοῖς μὲν ἀπολλυμένοις
यहाँ “मरिरहेका” ले आत्मिक मृत्युको प्रक्रियालाई बुझाउँछ ।
δύναμις Θεοῦ ἐστιν
“यो परमेश्वर हामीमा शक्तिशाली रूपमा काम गरिरहनुभएको हो”
1 Corinthians 1:19
τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω
“म बुद्धिमान्हरूलाई अन्योलमा पार्नेछु” वा “म बुद्धिमान् मानिसहरूले बनाउने योजनाहरूलाई पूर्ण रूपमा असफल बनाउनेछु”
1 Corinthians 1:20
ποῦ σοφός? ποῦ γραμματεύς? ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου?
साँचा बुद्धिमान् मानिसहरू कतै पनि पाइन्नन् भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “सुसमाचारको बुद्धिको तुलनामा, त्यहाँ कोही पनि बुद्धिमान्, शिक्षित वा तर्क गर्ने मानिसहरू छैनन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
γραμματεύς
धेरै अध्ययन गरेको व्यक्ति भनेर चिनिने मानिस
συνζητητὴς
आफूले जानेको कुरामा तर्क गर्ने वा तर्क गर्ने खुबी भएको मानिस
οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου?
यस संसारको बुद्धिलाई परमेश्वरले के गर्नुभएको छ भन्ने देखाउनको लागि पावल यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले बुद्धि भनेका हरेक कुरा साँच्चै नै मूर्खतापूर्ण छन् भनी परमेश्वरले दर्शाउनुभएको छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 1:21
τοὺς πιστεύοντας
सम्भावित अर्थहरू हुन् १) “सन्देश विश्वास गर्नेहरू सबै” वा २) “ख्रीष्टमाथि विश्वास गर्नेहरू सबै”
1 Corinthians 1:23
यहाँ “हामी” शब्दले पावल र बाइबलका अरू शिक्षकलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Χριστὸν ἐσταυρωμένον
“ख्रीष्टको बारेमा, जो क्रूसमा मर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σκάνδαλον
जसरी कुनै मानिस बाटोमा ठेस लागेर लड्न सक्छ, त्यसैगरी ख्रीष्टको क्रूसको मृत्युद्वारा हुने उद्धारको सन्देशले यहूदीहरूलाई येशूमा विश्वास गर्नदेखि रोक्छ । वैकल्पिक अनुवादः “स्वीकार गर्न नसकिने” वा “निकै अपमानजनक” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 1:24
αὐτοῖς…τοῖς κλητοῖς
“परमेश्वरले बोलाउनुभएका मानिसहरू”
Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले ख्रीष्टलाई हाम्रा निम्ति मृत्य भोग्न पठाउनुभएर शक्तिशाली र बुद्धिमानीपूर्वक काम गर्नुभयो” अथवा “परमेश्वरले आफू कति शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ भनी ख्रीष्टद्वारा हामीलाई दर्शाउनुभएको छ”
Θεοῦ δύναμιν
अर्को सम्भावित अर्थ यो हो कि ख्रीष्ट शक्तिशाली हुनुहुन्छ र ख्रीष्टद्वारा नै परमेश्वरले हाम्रो उद्धार गर्नुभएको छ ।
Θεοῦ σοφίαν
अर्को सम्भावित यो अर्थ हो कि परमेश्वरले ख्रीष्टद्वारा नै उहाँको बुद्धिको विषय प्रकट गर्नुहुन्छ ।
1 Corinthians 1:25
τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων
सम्भावित अर्थहरू हुन् १) व्यङ्ग्यात्मक रूपमा पावलले परमेश्वरको मूर्खता र दुर्बलताको बारेमा कुरा गर्छन् । परमेश्वर मूर्ख वा दुर्बल हुनुहन्न भनी पावललाई थाहा छ । वैकल्पिक अनुवादः “जे परमेश्वरको मूर्खता झैँ लाग्छ, त्यो मानिसहरूका बुद्धिभन्दा बढी बुद्धिमान् हुन्छ र जे परमेश्वरको दुर्बलता झैँ लाग्छ, त्यो मानिसहरूका बलभन्दा शक्तिशाली हुन्छ” वा २) पावलले ग्रीक मानिसहरूका दृष्टिकोणबाट कुरा गरेका हुन् जसले परमेश्वर मूर्ख वा दुर्बल भनी विचार गर्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले जे कुरालाई परमेश्वरको मूर्खता भन्छन् सो कुरा मानिसहरूले जे कुरालाई बुद्धि भन्छन् सोभन्दा साँच्चै बुद्धिमान् हुन्छ, अनि जे कुरालाई मानिसहरूले परमेश्वरको दुर्बलता भन्छन् सो कुरा मानिसहरूका बलभन्दा साँच्चै शक्तिशाली हुन्छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
1 Corinthians 1:26
परमेश्वरको सामु विश्वासीहरूका स्थानलाई पावलले जोड दिन्छन् ।
οὐ πολλοὶ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमध्ये निकै थोरै”
σοφοὶ κατὰ σάρκα
“जे कुरालाई धेरैजसो मानिसले बुद्धि भन्छन्”
εὐγενεῖς
“तिमीहरूका परिवार उच्च भएका हुनाले विशेष”
1 Corinthians 1:27
ἐξελέξατο ὁ Θεός…τοὺς σοφούς…ἐξελέξατο ὁ Θεός…τὰ ἰσχυρά
परमेश्वरको काम गर्ने तरिका र परमेश्वरले ती कसरी गर्नुपर्छ भन्ने मानिसहरूका विचारका बीचमा भएको भिन्नतालाई जोड दिनका लागि दुई वाक्यमा उही शब्दहरूलाई पावलले धेरैपल्ट दोहोर्याउँछन्, जसको अर्थ करिब एउटै हो । (हेर्नुहोस्ः समान्तरता)
τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς
“संसारले बुद्धिमान् ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले मूर्ख ठानेका मानिसहरूलाई परमेश्वरले छान्नुभयो”
τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά
“संसारले शक्तिशाली ठानेका मानिसहरूलाई शर्ममा पार्नका लागि संसारले दुर्बल ठानेका मानिसहरूलाई परमेश्वरले छान्नुभयो”
1 Corinthians 1:28
τὰ ἀγενῆ…καὶ τὰ ἐξουθενημένα
मानिसहरू जसलाई संसारले अस्वीकार गर्छ । वैकल्पिक अनुवादः “दीनहीन र इन्कार गरिएका मानिसहरू”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “मानिसहरूले मूल्य बिनाको ठानेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ
“नगण्य । उहाँले यो कुरा यस हेतुले गर्नुभयो ताकि मूल्यवान मानिएका कुरा साँच्चै नै बेकारका हुन्छन् भनी उहाँले दर्शाउन सक्नुभएको होस्”
τὰ μὴ ὄντα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै रुपियाँ पर्ने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” वा “धेरै आदर पाउने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 1:30
ἐξ αὐτοῦ
यसले ख्रीष्टले क्रूसमा गर्नुभएको कामलाई जनाउँछ ।
ἡμῖν
यी शब्दहरूले पावल, उनीसँग भएका, र कोरिन्थीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्ट येशू, जसले परमेश्वर कति बुद्धिमान् हुनुहुन्छ भनेर हामीलाई प्रस्ट पारिदिनुभयो” वा २) “ख्रीष्ट येशू, जसले हामीलाई परमेश्वरको बुद्धि दिनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 1:31
ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω
“यदि कोही मानिसले गर्व गर्छ भने उसले प्रभु कति महान् हुनुहुन्छ भन्ने कुरामा गर्व गर्नुपर्छ”
1 Corinthians 2
१ कोरिन्थी ०२ साधारण टिपोटहरू
संरचना र ढाँचा
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद ९ र १६ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यो अध्यायका विशेष विचार
बुद्धि
पहिलो अध्यायको मनावीय बुद्धि र परमेश्वरको बुद्धिमा भएको परस्परको विरोधाभाषको कुराकानीलाई पावलले निरन्तरता दिन्छन् । पवलका लागि, बुद्धि साधारण हुन्छ र मानवीय विचार मूर्ख हुनछन् । उनी भन्छन्, पवित्र आत्माबाट आउने बुद्धिमात्र साँचो बुद्धि हो । पहिले थाहा नभएको सत्यता जनाउनका लागि पावलले “लुकाइएको बुद्धि” भनेका छन् । (हेर्नुहोस्ः बुद्धिमानी, बुद्धि अनि मूर्ख, बुद्धिहीन, मूर्खता)
1 Corinthians 2:1
पावलले मानवीय बुद्धि र परमेश्वरको बुद्धिको बीचमा भिन्नतालाई दर्शाउँछन् । उनले आत्मिक बुद्धिचाहिँ परमेश्वरबाट आउँछ भनी जोड दिन्छन् ।
ἀδελφοί
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर, सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
1 Corinthians 2:2
οὐ…ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν
जब पावलले आफूले “केही नजान्ने निर्णय गरेँ” भनी भनेँ, तिनले येशूबाहेकका कुरामा ध्यान लगाउने र सिकाउने छैनन् भनी जोड दिनलाई बढाइचढाइ गरे । वैकल्पिक अनुवादः “मैले ख्रीष्टबाहेक ... अरू केही कुरा नजान्ने निर्णय गरेँ” वा “मैले ख्रीष्टबाहेक ... कुनै कुरा पनि नसिकाउने निर्णय गरेँ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
1 Corinthians 2:3
κἀγὼ…ἐγενόμην πρὸς ὑμᾶς
“म तिमीहरूसँगै घुमफिर गरिरहेको थिएँ”
ἐν ἀσθενείᾳ
सम्भावित अर्थहरू हुन् १) “शारीरिक रूपमा कमजोर” वा २) “जे मैले गर्नुपर्थ्यो सो मैले गर्न सकिन भने झैँ महसुस हुनु”
1 Corinthians 2:4
πειθοῖς σοφίας λόγοις
बुद्धिमान् सुनिने वचनहरू र जसद्वारा वक्ताले मानिसहरूलाई केही कुरा गर्न लगाउने वा विश्वास गर्ने बनाउने
1 Corinthians 2:6
“बुद्धि” भनी पावलले जे भन्न खोजे र जसलाई तिनले भन्न खोजे सो व्याख्या गर्नका लागि तिनले आफ्नो मुख्य तर्कलाई पन्छाउने काम गर्छन् ।
δὲ λαλοῦμεν
यहाँ मुख्य शिक्षालाई पन्छाएको कुरालाई अङ्कित गर्नका लागि “अब” भन्ने शब्द प्रयोग भएको छ । परमेश्वरको बुद्धि नै साँचो बुद्धि हो भनी पावलले व्याख्या गर्न थाल्छन् ।
σοφίαν…λαλοῦμεν
भाववचक नाम शब्द “बुद्धि”लाई विशेषण शब्द, “बुद्धिमान्”को रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू बोल्ने” वा “बुद्धिको सन्देश बोल्ने” (हेर्नुहोस्ः भाववाचक नाम)
τοῖς τελείοις
“परिपक्व विश्वासीहरू”
1 Corinthians 2:7
πρὸ τῶν αἰώνων
“परमेश्वरले कुनै कुराको सृष्ट गर्नुअगि नै”
εἰς δόξαν ἡμῶν
“हाम्रो भविष्यको महिमा सुनिश्चित गर्नको लागि”
1 Corinthians 2:8
τὸν Κύριον τῆς δόξης
“येशू, महिमामय प्रभु”
1 Corinthians 2:9
ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
यो एउटा अपूर्ण वाक्य हो । कुनै अनुवादकले यसलाई पूर्ण वाक्य बनाउँछन्ः “आँखाले नदेखेका ... विचार नगरेका; यी नै कुराहरू हुन् ... उहाँलाई प्रेम गर्नेहरूका ... ।” अरुले यसलाई अधुरै छोड्छन् तर यहाँ यो अधुरै हो भनी जनाउने चिन्ह राख्छन् र यो पदको निरन्तरताको रूपमा अर्को पद सुरु गर्छन्ः “‘आँखाले नदेखेका ... कुराहरू ... उहाँलाई प्रेम गर्नेहरूका ... ’-”
ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη
व्यक्तिको सबै भागहरूलाई जनाउने यी तीवटा कुराहरू हुन् जसले परमेश्वरले तयार पार्नुभएका कुराहरूको बारेमा कोही मानिस जानकार भएको छैन भनेर जोड दिन्छ । (हेर्नुहोस्ः लक्षणा)
ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
उहाँलाई प्रेम गर्नेहरूका लागि प्रभुले स्वर्गमा अद्भुत आश्चर्यमयी कुराहरू सृजना गर्नुभएको छ ।
1 Corinthians 2:11
τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ?
पावलले यो प्रश्नलाई विचार गर्ने मानिसबाहेक अरू कसैले पनि जान्दैन भनी जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले के सोचिरहेछ भनेर त्यो व्यक्तिको आत्माले बाहेक अरू कसैले जान्दैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ πνεῦμα τοῦ ἀνθρώπου
यसले मानिसको अन्तस्करण वा उसको आत्मिक स्वभावलाई जनाउँछ ।
τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरका गहिरा कुराहरू परमेश्वरका आत्माले मात्र जान्नुहुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 2:12
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरू दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो परमेश्वरले हामीलाई सित्तैमा दिनुभयो” वा “जो परमेश्वरले हामीलाई सित्तैमा दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 2:13
ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες
पवित्र आत्माले आफ्नै शब्दहरूमा विश्वासीहरूलाई परमेश्वरको सत्यता बताउनुहुन्छ र उनीहरूलाई आफ्नो ज्ञान दिनुहुन्छ ।
ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συνκρίνοντες
“आत्माले आत्मिक वचनहरूलाई व्याख्या गर्नका लागि उहाँको आफ्नै आत्मिक बुद्धिलाई प्रयोग गर्नुहुन्छ”
1 Corinthians 2:14
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरूलाई दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ψυχικὸς…ἄνθρωπος
ख्रीष्टमा विश्वास नगरेको मानिस जसले पवित्र आत्मा पाएको छैन
ὅτι πνευματικῶς ἀνακρίνεται
“किनकि यी कुराहरू बुझ्नको लागि आत्माको सहायता चाहिन्छ”
1 Corinthians 2:15
ὁ…πνευματικὸς
“आत्मा पाएको विश्वासी”
1 Corinthians 2:16
τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν?
कसैले पनि परमेश्वरको मनलाई जान्न सक्दैन भन्ने जनाउनलाई पावलले यो प्रश्नलाई प्रयोग गर्छन् । कोही पनि प्रभु जत्तिकै बुद्धिमान् छैन । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरको मन जान्न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्नुहुन्न” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 3
१ कोरिन्थी ०३ साधारण टिपोटहरू
संरचना र ढाँचा
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ र २० का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सांसारिक मानिसहरू
आफ्ना अधार्मिक कार्यहरूले गर्दा ख्रीष्टिएन विश्वासीहरू अपरिपक्व थिए । पावलले तिनीहरूलाई “संसारिक मानिसहरू”, अर्थात् अविश्वासीहरूले झैँ काम गर्नेहरू भनेका छन् । यो संसारिक शब्दचाहिँ “आत्मिक” मानिसहरूका विपरितलाई जनाउने शब्द हो । “संसारिक” किसिमले कार्य गर्ने ख्रीष्टिएनहरू चाहिँ मूर्खहरू जस्ता हुन् । तिनीहरूले संसारिक बुद्धिको अनुसरण गर्छन् । (हेर्नुहोस्ः धर्मी, धार्मिकता, मासु, देह, आत्मा, आत्मिक अनि मूर्ख, बुद्धिहीन, मूर्खता अनि बुद्धिमानी, बुद्धि)
यस अध्यायमा भएका महत्त्वपूर्ण आलङ्कारिक भाषाहरू
रूपक अलङ्कार
यस अध्यायमा धेरैवटा रूपक अलङ्कारको प्रयोग भएको छ । आत्मिक अपरिपक्व जनाउनलाई पावलले “बालकहरू”, र “दुध” को प्रयोग गरेका छन् । कोरिन्थमा भएको मण्डलीलाई बढाउनका लागि पावल आफूले र अपोल्लोसले खेलेको भूमिकाको बयान गर्नका लागि तिनले बिउ रोप्ने र पानी हाल्ने रूपक अलङ्कारहरूको प्रयोग गरेका छन् । कोरिन्थका विश्वासीहरूलाई आत्मिक सत्यताहरू सिकाउन र तिनीहरूलाई आफ्नो शिक्षा बुझ्न सहायता पुर्याउनका लागि पावलले रूपक अलङ्कारहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 3:1
कोरिन्थका विश्वासीहरूले परमेश्वरको उपस्थितिमा आफ्नो स्थानअनुसारको व्यवहार गर्न छाडेर तिनीहरूले साँचो रूपमा कसरी जीवन बिताइरहेका थिए भनी पावलले अब तिनीहरूलाई याद गराउँछन् । त्यसपछि उनले याद गराउँछन् कि तिनीहरूलाई वृद्धि दिनुहुने परमेश्वर जत्तिकै तिनीहरूलाई सिकाउने व्यक्ति महत्त्वपूर्ण हुँदैन ।
ἀδελφοί
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
πνευματικοῖς
आत्माको आज्ञापालन गर्ने मानिसहरू
σαρκίνοις
आफ्नै इच्छा अनुसार जिउने मानिसहरू
νηπίοις ἐν Χριστῷ
कोरिन्थीहरूलाई उमेर र बुझाइमा धेरै साना बालकहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा भर्खरैका विश्वासीहरूजस्तै” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 3:2
γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα
दूध मात्रै खान सक्ने बालकले झैँ कोरिन्थीहरूले पनि सजिला सत्यताहरू मात्रै लिन सक्छन् । उनीहरू ठोस खानेकुरा खान सक्ने अलि ठूला बालकहरूजस्तै अझ गहकिला सत्यताहरू बुझ्न परिपक्व भएका छैनन् । (हेर्नुहोस्ः रूपक)
οὐδὲ νῦν δύνασθε
यसले तिनीहरू अझ बढी कठिन कुरा बुझ्नलाई तयार छैनन् भन्ने अर्थ जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू अझै पनि ख्रीष्टलाई पछ्याउने जस्ता कठिन शिक्षाहरू बुझ्न तयार भएका छैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 3:3
ἔτι…σαρκικοί
अझै पापपूर्ण र सांसारिक रीतिले व्यवहार गर्ने
οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε?
पावलले उनीहरूलाई पापपूर्ण व्यवहारको लागि हप्काइरहेका छन् । यहाँ “हिँड्नु” भनेको “आफ्नो व्यवहारको जाँच गर्नु”को लागि एउटा अलङ्कार हो, जसले के असल र खराब भनेर छुट्ट्याउँछ । वैकल्पिक अनुवादः “तिमीहरू लज्जित हुनुपर्ने हो किनभने तिमीहरू पापपूर्ण इच्छाअनुसार व्यवहार गरिरहेका छौ र तिमीहरूको व्यवहार ठीक छ वा छैन भनी निर्णय गर्न मानवीय मापदण्ड चलाइरहेका छौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि रूपक)
1 Corinthians 3:4
οὐκ ἄνθρωποί ἐστε?
पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “आत्मा नभएका मानिसहरूजस्तै जीवन जिएकाले तिमीहरूलाई शर्म हुनुपर्ने हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 3:5
τί οὖν ἐστιν Ἀπολλῶς? τί δέ ἐστιν Παῦλος?
पावलले आफू र अपोल्लोस सुसमाचारको वास्तविक स्रोत नभएको कारण कोरिन्थीहरू उनीहरूको पछि लाग्ने होइन भन्ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “अपोल्लोस वा पावलको पछि लाग्ने समूह खडा गर्नु गलत हो !” वा (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί δέ ἐστιν Παῦλος?
पावलले अरू कसैलाई भने झैँ गरी तिनले आफैँलाई भन्छन् । वैकल्पिक अनुवादः “म को हुँ?” वा “म महत्त्वपूर्ण छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)
διάκονοι δι’ ὧν ἐπιστεύσατε
पावलले आफू र अपोल्लोस परमेश्वरको सेवक भएको कुरा बताएर आफ्नो प्रश्नको उत्तर आफैँ दिन्छन् । वैकल्पिक अनुवादः “पावल र अपोल्लोस ख्रीष्टका सेवकहरू हुन् र तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ किनभने हामीले उहाँको सेवा गर्यौँ” (हेर्नुहोस्ः शब्दलोप)
διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν
यसलाई बझिएको कुरासँगै उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी ती दासहरू हौँ जसद्वारा तिमीहरूले विश्वास गर्यौ । हामी केवल ती मानिसहरू हौँ जसलाई प्रभुले कामहरू दिनुभयो” (हेर्नुहोस्ः शब्दलोप)
1 Corinthians 3:6
ἐγὼ ἐφύτευσα
परमेश्वरको ज्ञानलाई बढ्नको लागि रोपिनुपर्ने बिउसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई परमेश्वरको वचन प्रचार गर्दा, म खेतबारीमा बिउहरू रोप्ने व्यक्तिजस्तै थिएँ” (हेर्नुहोस्ः रूपक)
Ἀπολλῶς ἐπότισεν
जसरी बिउलाई बढ्न पानी चाहिन्छ, त्यसरी नै विश्वास बढ्नलाई अरू बढी शिक्षाको जरुरत पर्छ । वैकल्पिक अनुवादः “र अपोल्लोसले तिमीहरूलाई परमेश्वरको वचन सिकाउँदा, तिनी खेतबारीमा पानी हाल्ने जस्तै हुन्” (हेर्नुहोस्ः रूपक)
ἀλλὰ ὁ Θεὸς ηὔξανεν
जसरी रूखहरू बढेर हुर्कन्छन्, त्यसै गरी परमेश्वरमाथिको विश्वास र ज्ञान पनि बढ्छ अनि गहिरो र बलियो बन्छ । वैकल्पिक अनुावदः “तर परमेश्वरले तिमीहरूलाई बढाउनुभयो” अथवा “जसरी परमेश्वरले बोटबिरुवालाई बढाउनुहुन्छ, त्यसरी नै उहाँले तिमीहरूलाई आत्मिक रूपमा बढाउनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 3:7
οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων, Θεός
पावल जोड दिन्छन् कि विश्वासीहरूको आत्मिक वृद्धिको लागि न उनी न अपोल्लोस जिम्मेवार छन्, तर यो परमेश्वरको काम हो ।
ὁ αὐξάνων, Θεός
यहाँ वृद्धि दिनुहुन्छ भन्नुको अर्थ बढ्ने तुल्याउनु भन्ने हो । भाववाचक नाउँ “वृद्धि”लाई क्रियापद पदावलीसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई बढ्ने तुल्याउनुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
1 Corinthians 3:8
ὁ φυτεύων…καὶ ὁ ποτίζων, ἕν εἰσιν
पावलले भन्छन्, मानिसहरूलाई सुसमाचार सुनाउने र सुसमाचार ग्रहण गरेकाहरूलाई शिक्षा दिने कार्य बोटबिरुवा रोप्ने र तिनलाई पानी हाल्ने कार्य जस्तै हो । (हेर्नुहोस्ः रूपक)
ἕν εἰσιν
सम्भावित अर्थहरू हुन् १) “उद्देश्यमा एक भएका” अथवा २) “बराबरी महत्त्व भएका” ।
μισθὸν
एक जना कामदारले आफूले गरेको कामको लागि पाउने रुपियाँपैसाको जम्मा रकम
1 Corinthians 3:9
ἐσμεν
यसले पावल र अपोल्लोसलाई जनाउँछ तर कोरिन्थीको मण्डलीलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Θεοῦ…συνεργοί
पावलले आफूलाई र अपोल्लोसलाई सँगसँगै मिलेर काम गर्नेहरू भएको विचार गर्छन् ।
Θεοῦ γεώργιον
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमीहरू एउटा बगैँचा जस्तै हौ जुन परमेश्वरको हो” वा २) “परमेश्वरको बगैँचा हुने कुराले परमेश्वरले हामीलाई बढाउनुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू त्यस्ता बगैँचा जस्तै हौ जसलाई परमेश्वरले बढ्ने बनाउनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Θεοῦ οἰκοδομή
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको भवन हुने कुराले परमेश्वरको आफ्नो हुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जुन परमेश्वरको हो” वा २) परमेश्वरको भवन हुने कुराले परमेश्वरले हामीलाई उहाँले चाहनुभए अनुसार बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिमीहरू एउटा भवन जस्तै हौ जसलाई परमेश्वरले निर्माण गरिरहनुभएको छ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 3:10
κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई सितैँमा दिनुभएको काम अनुसार” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
θεμέλιον ἔθηκα
पावलले विश्वास र येशू ख्रीष्टमा उद्धारको बारेमा भएको उनको शिक्षालाई कुनै घरको जग हाल्ने कामसँग बराबर देखाउँछन् । (हेर्नुहोस्ः रूपक)
ἄλλος…ἐποικοδομεῖ
त्यो समयमा कोरिन्थीहरूलाई शिक्षा दिँदै गरेका मानिसहरूका विषयमा तिनीहरू जगमाथि घर निर्माण गरिरहेका सिकर्मीहरू जस्तै हुन् भनी पावलले उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἕκαστος
यसले सामान्य तवरमा परमेश्वरका कामदारहरूलाई जनाउँदछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति जसले परमेश्वरको सेवा गर्दछ”
1 Corinthians 3:11
θεμέλιον…ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, पावलले बसालेको जगबाहेक अर्को जग फेरि कसैले पनि बसाल्न सक्दैन” वा “जो कसैले बसाल्न सक्ने एउटै मात्र जग मैले पहिले नै बसालिसकेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 3:12
पावलले कोरिन्थका शिक्षकहरूले जे गरिरहेका थिए त्यो कुरालाई वर्णन गर्नलाई निर्माणकर्ताहरूले भवन निर्माण गर्दा तिनीहरूले समान्य रूपमा के गर्छन् भन्ने कुरा गर्छन् । निर्माणकर्ताहरूले सामान्य रूपमा सुन, चाँदी वा अन्य बहुमूल्य पत्थरहरूलाई भवनहरूमा सजावटको रूपमा प्रयोग गर्छन् ।
εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην
नयाँ घर बनाउनलाई निर्माण गर्नेहरूले प्रयोग गर्ने सामाग्रीहरूलाई व्यक्तिको जीवनभरिको व्यवहार र क्रियाकलापहरू निर्माण गर्नका लागि प्रयोग गरिने आत्मिक मूल्यमान्यताहरूसित तुलना गरिँदै छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले लामो समय टिक्ने बहुमूल्य थोकहरूले बनाउँछ वा सजिलै जल्ने सस्ता थोकहरूले बनाउँछ” (हेर्नुहोस्ः रूपक)
λίθους τιμίους
“महँगो पत्थर”
1 Corinthians 3:13
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्माण गर्नेले के गरेको छ भनेर परमेश्वरले सबैलाई देखाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ γὰρ ἡμέρα δηλώσει
यहाँ “दिनको उज्यालो” भनेको परमेश्वरले हरेक व्यक्तिको न्याय गर्नुहुने समयलाई जनाउने अलङ्कार हो । यी शिक्षकले जे गरेका छन् ती कुरा परमेश्वरले हरेक व्यक्तिलाई प्रकट गर्नुहुँदा, रातमा जे घटना भएको थियो त्यो प्रकट गर्नका लागि सूर्यको उदय भएको जस्तै हुने छ । (हेर्नुहोस्ः रूपक)
ὅτι ἐν πυρὶ ἀποκαλύπτεται; καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ αὐτὸ δοκιμάσει
जसरी आगोले कुनै भवनको शक्तिलाई प्रकट गर्छ वा कमजोरीहरूलाई नष्ट गर्छ, परमेश्वरको आगोले मानिसहरूले गरेको प्रयास र क्रियाकलापलाई जाँच गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसको कामको गुणस्तरलाई देखाउन आगो प्रयोग गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 3:14
“एउटा व्यक्ति” र “कसैको” र “ऊ” र “आफैँ” जस्ता शब्दहरूले विश्वासीहरूलाई जनाउँछ ।
τὸ ἔργον μενεῖ, ὃ ἐποικοδόμησεν
“टिकिरहन्छ” वा “बाँचिरहन्छ”
1 Corinthians 3:15
εἴ τινος τὸ ἔργον κατακαήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैको कामलाई आगोले नष्ट पार्छ भने” वा “यदि कसैको कामलाई आगोले सखाप पार्छ भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ζημιωθήσεται
भाववाचक नाम शब्द “नोक्सानी”लाई क्रियापद शब्द “गुमाउनु”ले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसले आफ्नो इनाम गुमाउनेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
αὐτὸς δὲ σωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर परमेश्वरले उसलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 3:16
οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν?
पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्वरका मन्दिरहरू हौ र परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भन्ने कुरा थाहा नपाए झैँ गरी तिमीहरू व्यवहार गर्छौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 3:18
μηδεὶς ἑαυτὸν ἐξαπατάτω
कसैले पनि यस संसारमा ऊ आँफै बुद्धिमान् छु भन्ने झूट विश्वास गर्नुहुँदैन ।
ἐν τῷ αἰῶνι τούτῳ
के बुद्धिमानी छ भनेर निर्णय नगर्ने मानिसहरूको चाल अनुसार
μωρὸς γενέσθω, ἵνα γένηται σοφός
“त्यो व्यक्ति विश्वास नगर्ने मानिसहरूले उसलाई मूर्ख भनेर बोलाउने कुराको लागि तयार हुनुपर्छ” (हेर्नुहोस्ः व्यङ्ग्य)
1 Corinthians 3:19
ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν
परमेश्वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।
1 Corinthians 3:20
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι
“आफूलाई बुद्धिमान् सम्झने मानिसहरूको योजना व्यर्थ छ भनी प्रभु जान्नुहुन्छ”
μάταιοι
काम नलाग्ने
1 Corinthians 3:23
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ
“तिमीहरू ख्रीष्टको स्वामित्त्वमा छौ र ख्रीष्ट परमेश्वरको स्वामित्त्वमा हुनुहुन्छ”
1 Corinthians 4
१ कोरिन्थी ०४ साधारण टिपोटहरू
यो अध्यायका विशेष विचारहरू
घमण्ड
कोरिन्थीहरू घमण्डी भएका र प्रेरितहरूचाहिँ विनम्र भएका कुराका बीचमा पावलले फरक देखाएका छन् । कोरिन्थका विश्वासीहरूले घमण्ड गर्नुपर्ने कुनै कारण नै थिएन । तिनीहरूसित जे थिए, अनि तिनीहरू जे थिए ती सबै थोक परमेश्वरको तर्फबाट वरादन रूपमा थिए । (हेर्नुहोस्ः प्रेरित, प्रेरितको काम)
यो अध्यायका महत्त्वपूर्ण अलङ्कारका भाषा
अलङ्कारहरू
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारहरू प्रयोग गर्छन् । प्रेरितहरू सेवकहरू हुन् भनी उनले वर्णन गर्छन् । पावलले विजय जुलुसको कुरा गर्छन्, जहाँ प्रेरितहरू चाहिँ मारिनका लागि राखिएका कैदीहरूझैँ छन् । दन्डका लागि उनले छडी शब्दको प्रयोग गर्छन् । उनी आफू तिनीहरूका आत्मिक पिता भएका हुनाले उनले आफूलाई तिनीहरूका पिता भन्छन्” (हेर्नुहोस्ः रूपक अनि आत्मा, आत्मिक)
व्यङ्ग्य
कोरिन्थीहरू घमण्डी भएका हुनाले तिनीहरूलाई शर्ममा पार्नका लागि उनले व्यङ्ग्यको प्रयोग गर्छन् । कोरिन्थका विश्वासीहरूले चाहिँ शासन गर्दै छन्, तर प्रेरितहरूले चाहिँ दु:ख भोग्दै छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
अलङ्कारिक प्रश्नहरू
यस अध्यायमा पावलले धेरैवटा अलङ्कारिक प्रश्नहरू प्रयोग गर्छन् । कोरिन्थीहरूलाई महत्त्वपूर्ण कुराहरूका बारेमा शिक्षा दिनका लागि उनले ती प्रयोग गर्छन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
1 Corinthians 4:1
मानिसहरूलाई कसले तिनीहरूलाई सिकायो र कसले तिनीहरूलाई बप्तिस्मा दियो भनेर घमण्ड नगर्नलाई भर्खरै सम्झाइसेपछि, पावलले कोरिन्थका विश्वासीहरूलाई सबै विश्वासीहरू विनम्र सेवकहरू हुनुपर्छ भन्ने कुरा स्मरण गराउँछन् ।
1 Corinthians 4:2
ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ
पावलले अरू मानिसहरूका बारेमा कुरा गरे झैँ गरेर उनले आफ्नै बारेमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “हामी हुनु आवश्यक छ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
1 Corinthians 4:3
ἐλάχιστόν ἐστιν, ἵνα ὑφ’ ὑμῶν ἀνακριθῶ
पावलले मानिसको इन्साफ र परमेश्वरको इन्साफको बीचमा भएको भिन्नतालाई तुलना गरिरहेका छन् । परमेश्वरको मानिसमाथिको साँचो इन्साफको तुलनामा मानिसको इन्साफ महत्त्वपूर्ण छैन ।
1 Corinthians 4:4
οὐδὲν…ἐμαυτῷ σύνοιδα
“कसैले मैले गल्ती गरेको अभियोग लगाएको सुनेको छैन”
οὐκ ἐν τούτῳ δεδικαίωμαι; ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν
“मेरो विरुद्धमा कुनै अभियोग लागेको छैन भन्दैमा म निर्दोष ठहरिन्न । म निर्दोष वा दोषी के छु भन्ने कुरा प्रभुलाई थाहा छ”
1 Corinthians 4:5
ὥστε
“किनभने मैले अहिले भर्खरै जे भनेको छु त्यो सत्य हो”
ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους
यहाँ “अन्धकारमा गुप्त रहेका थोकहरूलाई उज्यालोमा ल्याउनुहुने” भन्ने कुरा गुप्तमा गरिएका कुराहरू सबैलाई थाहा गराउने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “हृदय” शब्द मानिसहरूका विचाहरू र अभिप्रायहरू जनाउनलाई लाक्षणिक अर्थमा प्रयोग भएको छ । वैकल्पिक अनुवादः “अन्धकारमा भएका थोकहरूमाथि उज्यालो चम्के झैँ मानिसहरूले गुप्त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्वरले देखाउनुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
1 Corinthians 4:6
ἀδελφοί
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
δι’ ὑμᾶς
“तिमीहरूका भलाइको खातिर”
1 Corinthians 4:7
σε…ἔχεις…ἔλαβες…ἔλαβες…καυχᾶσαι…λαβών
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरेर बोल्दै छन्, त्यसैले यहाँ भएका “तिमी”का सबै प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τίς γάρ σε διακρίνει?
अरू कसैबाट सुसमाचार सुनेकोहरूभन्दा आफैँलाई बढी असल सम्झने कोरिन्थीहरूलाई पावल हप्काउँछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू र अरूहरूमा कुनै फरक छैन” वा “तिमीहरू अरू मानिसहरूभन्दा उच्च छैनौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες?
तिनीहरूसित भएका थोकहरू तिनीहरूले आफैँ आर्जन गरेका थिएनन् भनी जनाउनका लागि पावलले यो प्रश्न प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूसित भएका हरेक थोक तिमीहरूले सित्तैमा पाएका हौ ।” वा “सबैकुरा जे तिमीहरूसँग छ, त्यो परमेश्वरले तिमीहरूलाई सित्तैमा दिनुभएको हो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τί καυχᾶσαι ὡς μὴ λαβών?
उनीहरूले पाएको कुरामा घमण्ड गरेको कारण पावलले उनीहरूलाई हप्काउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूले त्यसरी नपाएको झैँ घमण्ड गर्नुहुँदैन” वा “तिमीहरूसित घमण्ड गर्ने अधिकार छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
“झैँ गरेर” भन्ने वाक्यांशले तिनीहरूसित जे थियो सो सित्तैमा पाएको भनी जनाउँछ । वैकल्पिक अनुवादः “त्यो तिमीहरूले सित्तैमा नपाए झैँ गरेर” वा “त्यो तिमीहरूले कमाएको झैँ गरी”
1 Corinthians 4:8
कोरिन्थीहरूले आफू र आफ्ना शिक्षकहरूका बारेमा घमण्ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्यङ्ग्यको प्रयोग गर्छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
1 Corinthians 4:9
ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους…ἀπέδειξεν
परमेश्वरले उहाँका प्रेरितहरूलाई संसारले देखोस् भनेर कसरी प्रदर्शनमा राख्नुभएको छ भनेर दुई तरिकाहरूलाई पावलले व्यक्त गर्छन् । (हेर्नुहोस्ः समान्तरता)
ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους
परमेश्वरले प्रेरितहरूलाई रोमी सेनाहरूको परेडको अन्त्यमा राखिएको बन्दीहरूजस्तै प्रदर्शन गर्नुभएको छ जसलाई मृत्युदण्ड पाउन अगाडि अवहेलना गरिन्थ्यो । (हेर्नुहोस्ः रूपक)
परमेश्वरले प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै प्रदर्शनमा राख्नुभएको छ । (हेर्नुहोस्ः रूपक)
τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις
सम्भावित अर्थहरू हुन् १) “संसार” भन्नाले अलौकिक (स्वर्गदूतहरू) र स्वभाविक (मानिसहरू) दुवैलाई समेटेको छ । अथवा २) यो सूचीमा तीन कुराहरू समावेश छन्ः “संसारलाई, स्वर्गदूतहरूलाई र मानिसहरूलाई” । (हेर्नुहोस्ः मेरिज्म)
1 Corinthians 4:10
ἡμεῖς μωροὶ…ἡμεῖς δὲ ἄτιμοι
कोरिन्थीहरूलाई शर्ममा पार्नका लागि पावलले व्यङ्ग्यको प्रयोग गर्छन् ताकि तिनले के भन्दै छन् भनी तिनीहरूले विचार गरून् । (हेर्नुहोस्ः व्यङ्ग्य)
ὑμεῖς ἔνδοξοι
“तिमी कोरिन्थीहरूलाई मानिसहरूले महत्त्वपूर्ण मानिसहरूलाई झैँ व्यवहार गर्छन्”
ἡμεῖς δὲ ἄτιμοι
“मानिसहरूले हामी प्रेरितहरूलाई खिसी गर्छन्”
1 Corinthians 4:11
ἄχρι τῆς ἄρτι ὥρας
“अहिलेसम्म” वा “अहिलेको समयसम्म”
κολαφιζόμεθα
यसले हातले प्रहार गर्ने कुरालाई जनाउँछ, कोर्रा वा डन्डाले होइन । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले हामीलाई पिट्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀστατοῦμεν
यसको अर्थ यही हो कि तिनीहरूसित बस्ने ठाउँहरू त थिए तर तिनीहरूले एक ठाउँदेखि अर्को ठाउँमा सरिरहनुपरेको थियो । तिनीहरूसित निश्चित घर थिएन ।
1 Corinthians 4:12
λοιδορούμενοι, εὐλογοῦμεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διωκόμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 4:13
δυσφημούμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो बदनाम गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι
“मानिसहरूले हामीलाई सोच्न थाले-र तिनीहरूले हामीलाई अझै पनि सोच्छन्-संसारको कसिङ्गर भनेर”
1 Corinthians 4:14
οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’…νουθετῶ
“तिमीहरूलाई शर्ममा पार्ने मेरो कुनै नियत होइन, तर तिमीहरूलाई सुधार्ने” वा “म तिमीहरूलाई शर्ममा पार्न खोजिरहेको छैन, तर म तिमीहरूलाई सच्याउन चाहन्छु”
νουθετῶ
तिनीहरूले जे गर्दै थिए त्यो कुरा खराब हो र त्यसले नराम्रो परिणाम ल्याउँछ भनी कसैलाई भन्न
τέκνα μου ἀγαπητὰ
पावलले कोरिन्थीहरूलाई ख्रीष्टमा ल्याएको कारण तिनीहरू उनका आत्मिक सन्तान समान हुन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 4:15
μυρίους παιδαγωγοὺς
एक जना आत्मिक पिताको महत्त्वलाई जोड दिनलाई तिनीहरूलाई मार्ग-निर्देशन गरिरहेका मानिसहरूको सङ्ख्यालाई गरिएको बढाइचढाइ हो । वैकल्पिक अनुवादः “निकै धेरै अभिभावकहरू” वा “अभिभावकको एउटा ठूलो भीड” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐν…Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, ἐγὼ ὑμᾶς ἐγέννησα
पावलले जोड दिइरहेका छन् कि कोरिन्थीहरूसँगको उनको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण रूपमा “ख्रीष्टमा” हो, दोस्रो त्यो भयो किनभने उनले तिनीहरूलाई सुसन्देश सुनाए, र तेस्रो चाहिँ उनी नै हुन् जो तिनीहरूका लागि पिता समान छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई सुसमाचार सुनाउँदा परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा जोड्नुभएको कारणले नै म तिमीहरूका पिता बनेँ”
ἐγὼ ὑμᾶς ἐγέννησα
पावलले कोरिन्थीहरूलाई ख्रीष्टमा ल्याएको कारण तिनी उनीहरूका लागि पिता समान हुन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 4:17
ὅς ἐστίν μου τέκνον, ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ
“जसलाई म प्रेम गर्छु र जसलाई म प्रभुको बारेमा शिक्षा दिन्छु, मानौँ ऊ मेरो आफ्नै सन्तान हो”
1 Corinthians 4:18
δέ
कोरिन्थमा भएका विश्वासीहरूका अहङ्कारको व्यवहारलाई हप्काउनका लागि पावलले आफ्नो विषय हेरफेर गरेका कुरालाई यसले सङ्केत गर्छ ।
1 Corinthians 4:19
ἐλεύσομαι…πρὸς ὑμᾶς
“म तिमीहरूलाई भेट्नेछु”
1 Corinthians 4:21
τί θέλετε?
पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραΰτητος?
उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले कोरिन्थीहरूलाई दुईवटा छनौट दिइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू इच्छा गर्छौ भने, म तिमीहरूलाई दण्ड दिनका लागि आउन सक्छु, अथवा तिमीहरूसित विनम्र बनेर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु भनी देखाउनका लागि आउन सक्छु” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
πραΰτητος
“दयाको” वा “कोमलताको”
1 Corinthians 5
१ कोरिन्थी ०५ साधारण टिपोटहरू
संरचना र ढाँचा
पढ्न सजिलो होस् भनेर कुनै अनुवादले पुरानो करारका उद्धरणहरूलाई बढी दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १३ का शब्दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण अलङ्कारिक भाषा
मृदुभाषाहरू
संवेदनशील विषयहरूको वर्णन गर्नका लागि पावलले मृदुभाषाहरूको प्रयोग गर्छन् । मण्डलीको एक जना सदस्यको यौनको अनैतिकताको बारेमा यस अध्याय लेखिएको छ । (हेर्नुहोस्ः व्यञ्जना अनि यौन अनैतिकता, अनैतिकता, अनैतिक, व्यभिचार)
रूपक अलङ्कार
अलङ्काहरू प्रयोग गर्दै पावलले बृहत्तर तुलनाको प्रयोग गर्छन् । खमिरले खराबलाई जनाउँछ । रोटीले सम्भवत: सरा विश्वासी समुदायलाई जनाउँछ । अखमिरी रोटीले शुद्ध जीवन बिताउने कुरालाई जनाउँछ । यसैले सम्पुर्ण खण्डको अर्थ: थोरै खराबीले सम्पूर्ण मण्डलीलाई असर गर्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसर्थ खराबीबाट अगल बस ताकि तिमीहरूले शुद्ध जीवन बिताउन सक्छौ । हाम्रा लागि ख्रीष्टको बलिदान भएको छ । यसैले हामी सच्चा र सत्यवादी बनौँ, अनि दुष्ट र खराब किसिमले व्यवहार गर्नेहरू नबनौं । (हेर्नुहोस्ः रूपक, दुष्ट, अधर्मी, दुष्टता, अखमिरी रोटी अनि शुद्ध, शुद्ध पार्नु, शुद्धिकरण अनि निस्तार चाड)
अलङ्कारका प्रश्नहरू
पावलले यस अध्यायमा अलङ्कारका प्रश्नहरूको प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई शिक्षा दिँदा महत्त्वपूर्ण बुँदामा जोड दिन तिनले मृदुभाषा प्रयोग गर्छन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
1 Corinthians 5:1
पावलले अब विशेष गरी आफूले तिनीहरूका जुन पापका बारेमा सुनेका छन् त्यो पाप र कोरिन्थी विश्वासीहरूले कसरी त्यो मानिस र उसका पाप स्वीकार गरेकोमा तिनीहरू गर्व गर्छन् भन्ने कुरालाई उल्लेख गर्छन् ।
ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई अन्यजातिहरूले पनि अनुमति दिँदैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γυναῖκά τινα τοῦ πατρὸς ἔχειν
“तिमीहरूमध्ये एक जनाले आफ्नै बाबुकी पत्नीसँग व्यभिचार गरिरहेको छ”
γυναῖκά…πατρὸς
उसको बाबुकी श्रीमती, तर शायद आफ्नै आमा नहुन सक्छ
1 Corinthians 5:2
यो आलङ्कारिक प्रश्न कोरिन्थीहरूलाई गाली गर्नको लागि प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “बरु, तिमीहरूले यसमाथि शोक मनाउनुपर्ने थियो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ, τὸ ἔργον τοῦτο ποιήσας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस्तो गर्ने मानिसलाई त तिमीहरूका माझबाट निकाल्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 5:3
παρὼν…τῷ πνεύματι
“म आत्मामा तिमीहरूसँगै छु ।” आत्मामा तिनीहरूसँग उपस्थित भएका कुराले तिनीहरूको वास्ता गरेको वा तिनीहरूसित भेटघाट गर्ने इच्छा गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “म तिमीहरूको वास्ता गर्छु” वा “म तिमीहरूसँगै हुन चाहन्छु”
ἤδη κέκρικα…τὸν οὕτως τοῦτο κατεργασάμενον
सम्भावित अर्थहरू हुन् १) “त्यो काम गर्ने व्यक्तिसित तिमीहरूले के गर्नुपर्छ भनी मैले निर्णय गरेको छु” वा २) “मैले यस्तो गर्ने मानिसलाई दोषी पाएको छु”
1 Corinthians 5:4
συναχθέντων ὑμῶν
“जब तिमीहरूसँगै हुन्छौ” वा “जब तिमीहरू भेट्छौ”
ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ
सम्भावित अर्थहरू हुन् १) येशूको नाउँचाहिँ उहाँको अधिकार जनाउनका लागि लक्षणार्थ हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको अधिकारसहित” वा २) प्रभुको नाममा भेला हुने कुराले उहाँलाई आराधना गर्न एकसाथ भेट हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशूको आराधना गर्न” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 5:5
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ
त्यस मानिसलाई शैतानको हातमा सुम्पनुले त्यसलाई तिनीहरूको समूहको भाग हुन नदिने कुरालाई जनाउँछ ताकि शैतानले त्यसलाई हानि गर्न अनुमति पाओस् । (हेर्नुहोस्ः रूपक)
εἰς ὄλεθρον τῆς σαρκός
सम्भावित अर्थहरू हुन् १) “शरीर”ले त्यसको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “ताकि शैतानले त्यसको शरीरमा हानी गरोस्” वा २) “शरीर” चाहिँ पापपूर्ण स्वभाव जनाउने अलङ्कारको भाषा हो । वैकल्पिक अनुवादः “ताकि त्यसको पापपूर्ण स्वभाव नष्ट होस्” वा “ताकि त्यसले आफ्नो पापपूर्ण स्वभावअनुसार जिउन निरन्तरता नदेओस्” (हेर्नुहोस्ः रूपक)
ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि प्रभुको दिनमा परमेश्वरले त्यसको आत्मालाई बचाउनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 5:6
οὐ καλὸν τὸ καύχημα ὑμῶν
“तिमीहरूको घमण्ड खराब हो”
μικρὰ ζύμη, ὅλον τὸ φύραμα ζυμοῖ
जसरी थोरै खमिर जम्मै रोटीमा फैलन्छ, त्यसै गरी थोरै पापले विश्वासीहरूको सम्पूर्ण सङ्गतिलाई नै असर पार्छ । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 5:7
καὶ…τὸ Πάσχα ἡμῶν ἐτύθη, Χριστός
जसरी निस्तारको थुमाले विश्वासद्वारा प्रत्येक वर्ष इस्राएलीहरूका पापलाई ढाक्ने गर्थ्यो, त्यसरी नै ख्रीष्टको मृत्युले ख्रीष्टमा विश्वास गर्नेहरूको पापलाई विश्वासद्वारा अनन्तताको लागि ढाक्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले ख्रीष्ट, हाम्रा निस्तारचाडको थुमाको बलिदान गरिसक्नुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 5:9
यसले ख्रीष्टमा विश्वास गरेका छौं भनी दाबी गर्ने तर यस किसिमको व्यवहार गर्ने मानिसहरूलाई जनाउँछ ।
1 Corinthians 5:10
अनैतिक जीवन जिउन छनौट गरेका मानिसहरू, जो विश्वासीहरू होइनन्
τοῖς πλεονέκταις
“जो लोभी छन्” वा “अरूसित जे छ त्यो लिनका लागि बेइमान हुन तयार हुनेहरू”
ἅρπαξιν
यसले अरूको सम्पत्ति पाउन ठग्ने मानिसहरूलाई जनाउँछ ।
ὠφείλετε…ἐκ τοῦ κόσμου ἐξελθεῖν
“तिमीहरूले सबै मानिसहरूलाई इन्कार गर्नुपर्ने हुन्छ”
1 Corinthians 5:11
यौनको अनैतिकता र अरूका सामु अन्य छर्लङ्ग देखिने पापमा तिनीहरूको संलग्नताबाट सुध्रिन इन्कार गर्ने मण्डलीका विश्वासीहरूसँग कसरी व्यवहार गर्ने भनी पावलले तिनीहरूलाई बताउँछन् ।
τις…ὀνομαζόμενος
“आफूलाई ... बोलाउने कुनै पनि व्यक्ति”
ἀδελφὸς
यहाँ यसले एउटा सङ्गी ख्रीष्टिएनलाई जनाउँछ, जो एक पुरुष वा स्त्री हुन सक्छ ।
1 Corinthians 5:12
τί…μοι τοὺς ἔξω κρίνειν?
मण्डली बाहिरका मानिसहरूको न्याय गर्ने आफू होइन भन्ने कुरामा पावलले जोड दिइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीसँग सम्बन्धित नभएका मानिसहरूको म इन्साफ गर्ने म होइन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε?
पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । “तिमीहरूले जान्नुपर्छ कि मण्डली भित्र भएकाहरूको न्याय गर्ने तिमीहरूले नै हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6
१ कोरिन्थी ०६ साधारण टिपोटहरू
यस अध्यायका विशेष विचारहरू
अदालती दाबीहरू
अख्रीष्टिएन न्यायधीशका सामु एक जना ख्रीष्टिएनले अर्को ख्रीष्टिएनलाई अदालतका लैजानुहुँदैन । बरु, ठगिनु नै असल हो । ख्रीष्टिएनहरूले स्वर्गदूतहरूको न्याय गर्ने छन् । यसैले तिनीहरूले आफ्ना बीचमा भएका समस्याहरूको समाधान गर्न सक्नुपर्छ । अर्को विश्वासीलाई ठग्नका लागि अदालतको प्रयोग गर्नु विशेष रूपमा खराब कुरा हो । (हेर्नुहोस्ः न्याय गर्नु, न्याय)
यस अध्यायमा भएका महत्त्वपूर्ण अलङ्कारका भाषा
रूपक अलङ्कार
पवित्र आत्माको मन्दिर महत्त्वपूर्ण अलङ्कार हो । यसले पवित्र आत्माले वास गर्नुहुने र उहाँको आराधना हुने स्थानलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
अलङ्कारको प्रश्न
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारको प्रश्नको प्रयोग गर्छन् । कोरिन्थीहरूलाई तिनले शिक्षा दिँदा महत्त्वपूर्ण बुँदाहरूका बारेमा जोड दिनका लागि ती अलङ्कारको प्रश्नलाई तिनले प्रयोग गर्छन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
1 Corinthians 6:1
अब पावलले विश्वासीहरूले अरू विश्वासीहरूसँगको विवादहरू कसरी समाधान गर्ने भनी व्याख्या गर्छन् ।
πρᾶγμα
मतभेदहरू वा झगडाहरू
τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων?
ख्रीष्टिएनहरूले एकअर्काका माझमा भएका विवादहरू समाधान गर्नैपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “उसले सन्तहरू ... जाने आँट गर्नुहुँदैन !” वा “उसले परमेश्वरको भय मान्नुपर्छ र सन्तहरू ... जानुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6:2
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν?
कोरिन्थीहरूले आफूलाई जानकारी नभए झैँ गरी ढोङ्ग गरेका हुनाले पावलले तिनीहरूलाई शर्ममा पारिरहेका छन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων?
तिनीहरूलाई पछि गएर महान् जिम्मेवारी दिइने हुनाले, अहिले कम महत्त्व राख्ने कुराका लागि तिनीहरू जिम्मेवार हुनपर्छ । वैकल्पिक अनुवादः “भविष्यमा तिमीहरूले संसारको न्याय गर्नेछौ, यसैले यो विषयलाई अहिले तिमीहरूले समाधान गर्न सक्षम हुनुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6:3
βιωτικά
“यस जीवनसित सरोकार राख्ने कुराहरूका बारेमा वादविवाद गर्न बन्द गर”
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά?
तिनीहरूलाई थाहा नभएको जस्तो देखिएकोमा पावल छक्क पर्छन् । वैकल्पिक अनुवादः “हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी तिमीहरूलाई थाहा छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κρινοῦμεν
पावलले आफू र कोरिन्थीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά?
पछि तिनीहरूलाई महान् जिम्मेवारी दिइने हुनाले, अहिलेका कम महत्त्व राख्ने कुरामा तिनीहरू जिम्मेवार हुनपर्छ । वैकल्पिक अनुवादः “किनभने हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनी जान्दछौँ, हामी निश्चित हुन सक्छौँ कि परमेश्वरले हामीलाई यस जीवनका विषयहरूको न्याय गर्न सक्षम बनाउनुहुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6:4
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε?
सम्भावित अर्थहरू हुन् १) यो आलङ्कारीक प्रश्न हो वा २) यो एउटा कथन हो, “विगतमा यस जीवनसित महत्त्व राख्ने विवादहरू तिमीहरूले समाधान गरेको समयमा, अविश्वासीहरूद्वारा समाधान गरिनका लागि विवादहरूलाई तिमीहरूले तिनीहरूकहाँ लगेनौ” वा ३) यो एउटा आज्ञा हो, “जब तिमीहरूले यस जीवनसित महत्त्व राख्ने विवादहरू सुल्झाउँछौ, विवादहरू सुल्झाउनलाई मण्डलीसँग कुनै सम्बन्ध नभएका मानिसहरूका लागि पनि यो हो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
βιωτικὰ…κριτήρια ἐὰν ἔχητε
“यदि तिमीहरूलाई दैनिक जीवनको निर्णय गर्न बोलाइएको हो भने” वा “यदि तिमीहरूले यस जीवनमा महत्त्वपूर्ण कुराहरूको निर्णय गर्नुपर्छ भने”
τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε?
यस्ता मुद्दाहरूको कोरिन्थीहरूले हल गर्ने तरिकालाई देखेर पावल उनीहरूलाई हप्काइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले मण्डली बाहिरका मानिसहरूलाई यस्ता मुद्दाहरूको छिनोफानो गर्न दिन रोक्नुपर्छ” वा २) “ती मुद्धाहरू तिमीहरूले अरू विश्वासीहरूद्वारा राम्रो मान्यता नगरिएका मण्डलीकै सदस्यहरूलाई नै दिन सक्थ्यौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6:5
πρὸς ἐντροπὴν ὑμῖν
“तिमीहरूको अपमानको लागि” वा “यस विषयमा कसरी असफल भएका छौ भन्ने देखाउनलाई”
πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ?
पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्पिक अनुवादः “विश्वासीहरूका बीचमा हुने विवादहरू समाधान गर्नका लागि तिमीहरूले एक जना बुद्धिमान् विश्वासी समेत भेट्टाउन नसकेकोमा तिमीहरू शर्माउनुपर्ने हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοῦ ἀδελφοῦ
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
बहस वा असहमति
1 Corinthians 6:6
ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων?
“झगडा गर्ने विश्वासीहरूले अविश्वासी न्यायाधीशहरूसँग तिनीहरूको मुद्दाको छिनोफानो गरीदिन बिन्ती गर्छन्”
1 Corinthians 6:7
“पहिले नै एउटा विफलता हो”
διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε? διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε?
पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहन्छन् । वैकल्पिक अनुवादः “उनीहरूलाई अदालतमा लैजानुभन्दा त तिनीहरूलाई तिमीहरूलाई अन्याय गर्न र ठग्न दिन नै बेस हुन्थ्यो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 6:8
ἀδελφούς
ख्रीष्टमा विश्वास गर्ने सबै दाजुभाइ र दिदीबहिनीहरू हुन् । “तिमीहरूका आफ्नै सङ्गी विश्वासीहरू”
1 Corinthians 6:9
ἢ οὐκ οἴδατε ὅτι ἄδικοι Θεοῦ Βασιλείαν οὐ κληρονομήσουσιν?
उनीहरूले यो सत्य पहिले नै जानेको हुनुपर्छ भन्ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई पहिले नै त्यो थाहा छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κληρονομήσουσιν
परमेश्वरले विश्वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ सो पाउने कुरालाई परिवारका सदस्यबाट पैतृक सम्पत्ति वा जायजेथा प्राप्त गर्ने झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
परमेश्वरले न्याय गर्दा उनीहरूलाई धर्मी ठहराउनुहुन्न र उनीहरू अनन्त जीवनमा प्रवेश गर्नेछैनन् ।
μαλακοὶ…ἀρσενοκοῖται
सम्भावित अर्थहरू हुन् १) यसले सम्पूर्ण समलैँगिक क्रियाकलापलाई जनाउँछ वा २) पावलले दुई भिन्न क्रियाकलापहरूका नाम दिइरहेका छन् । (हेर्नुहोस्ः मेरिज्म)
μαλακοὶ…ἀρσενοκοῖται
सम्भावित अर्थहरू हुन् १) त्यस्ता पुरुषहरू जसले अरू पुरुषहरूलाई आफूसित सुत्ने अनुमति दिन्छन् वा २) त्यस्ता पुरुषहरू जसले तिनीहरूसित सुतेबापत तिनीहरूलाई ज्याला दिनेहरूलाई अनुमति दिन्छन् वा ३) त्यस्ता पुरुषहरू जसले धार्मिक क्रियाकलापको एउटा हिस्साको रूपमा अरू पुरुषहरूलाई आफूसित सुत्ने अनुमति दिन्छन् ।
अरू पुरुषहरूसँग सुत्ने पुरुष
1 Corinthians 6:10
अरू मानिसहरूबाट चोरी गर्ने व्यक्तिहरू
πλεονέκται
अरूका धनसम्पत्ति हत्याउनका लागि खराब उपायहरू अवलम्बन गर्न राजी हुने मानिसहरू
1 Corinthians 6:11
ἀπελούσασθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई धुनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡγιάσθητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आफ्नै लागि अलग राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐδικαιώθητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई उहाँसँग ठीक सम्बन्धमा ल्याउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ
यहाँ “नाउँ” येशू ख्रीष्टको शक्ति र अधिकारको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्टको शक्ति र अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 6:12
कोरिन्थका विश्वासीहरूलाई ख्रीष्टले आफ्नो मृत्युद्वारा किन्नुभएको हुनाले तिनीहरू शुद्ध होउन् भनी परमेश्वरले इच्छा गर्नुहुन्छ भन्ने कुरा पावलले तिनीहरूलाई स्मरण गराउँछन् । तिनीहरूका शरीरहरू अब परमेश्वरको मन्दिर हुन् । कोरिन्थीहरूले के भन्न सक्छन् सो भनेर र तिनीहरूलाई सच्याएर उनले त्यसो गर्छन् ।
πάντα μοι ἔξεστιν
सम्भावित अर्थहरू हुन् १) कोही कोरिन्थीहरूले जे सोचविचार गर्छन् सो कुराको जवाफ पावलले दिँदैछन्, “केहीले भन्छन्, ‘म जे पनि गर्न सक्छु’” वा २) पावलले आफूले जे साँचो हो भनी विचार गर्छन् वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्वरले मलाई जे गर्न पनि अनुमति दिनुहुन्छ ।”
पावलले तिनीहरूलाई जवाफ दिइरहेका छन् जसले भन्छन्, “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्” वैकल्पिक अनुवादः “तर सबै कुरा मेरो लागि असल छैनन्”
οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ममाथि यी कुराहरूले मालिकले झैँ शासन गर्न अनुमति दिनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 6:13
τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν; ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει
सम्भावित अर्थहरू हुन् १) कोही कोरिन्थीहरूले जे सोचविचार गर्दै थिए, त्यसलाई पावलले सुधार्न खोज्दै थिए, “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो”, भन्ने कुरालाई परमेश्वरले पेट र भोजन दुवैलाई नाश गर्नुहुन्छ भनेर जवाफ दिइरहेका छन् वा २) पावलल यस कुरामा सहमत हुन्छन्, “भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो, ” तर परमेश्वरले यी दुवैलाई नाश गर्नुहुन्छ भन्ने कुरा तिनले थपिरहेका छन् ।
एउटा सम्भावित अर्थ यो पनि हुनसक्छ, कि वक्ताले अप्रत्यक्ष रूपमा शरीर र यौनको कुरा गर्छन्, तर यसलाई तपाईंले शब्दिक रूपमा “पेट” र “भोजन” भनेर अनुवाद गर्नुपर्छ ।
καταργήσει
“नष्ट पार्ने”
1 Corinthians 6:14
τὸν Κύριον ἤγειρεν
“येशूलाई पुनर्जीवित हुने पार्नुभयो”
1 Corinthians 6:15
οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν?
“अङ्गहरू” भनेर अनुवादित शब्दले शरीरका भागहरूलाई जनाउँछ । हामी ख्रीष्टका हौं भन्ने कुरालाई हामी उहाँका शरीरका भागहरू हौँ जसरी बताइएको छ । हामीहरू यति धेरै उहाँका हौँ कि हाम्रा शरीरहरू पनि उहाँकै हुन् । मानिसहरूले पहिले नै जानेका हुनुपर्ने कुरालाई सम्झाउन पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूका शरीरहरू ख्रीष्टका अङ्गहरू हुन् भन्ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ” (हेर्नुहोस्ः रूपक अनि आलङ्कारिक प्रश्न)
ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη? μὴ γένοιτο!
कोही ख्रीष्टको मानिस वेश्यकहाँ जानु कति खराब कुरा हो भन्ने कुरा जोड दिनका लागि पावलले यो प्रश्न प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म ख्रीष्टको हिस्सा हुँ । म आफ्नो शरीर लिएर आफैँलाई वेश्यासित जोड्ने छैन !” वा “हामी ख्रीष्टको शरीरका अङ्गहरू हौँ । हामीले आफ्ना शरीरहरू लिएर आफूहरूलाई वेश्यासित जोड्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
μὴ γένοιτο
“त्यस्तो कहिल्यै हुनुहुँदैन !” वा “हामीले त्यस्तो कहिल्यै गर्नुहुँदैन !”
1 Corinthians 6:16
ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν?
उनीहरूले पहिले नै जानेको एउटा सत्यतालाई जोड दिएर पावल कोरिन्थीहरूलाई सिकाउन थाल्छन् । “म तिमीहरूलाई स्मरण गराउन चाहन्छु कि ... तिनी ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν
यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब कुनै मानिसले आफ्नो शरीरलाई वेश्यासित सहभागी गारउँछ, तब त्यो त तिनीहरूको शरीरहरू एउटै शरीर भएको जस्तै हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 6:17
ὁ…κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν
यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब प्रभुले उहाँको आत्मालाई कुनै व्यक्तिको आत्मासँग जोड्नुहुन्छ, तब त्यो तिनीहरूको आत्मा एउटै आत्मा भएको जस्तै हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 6:18
φεύγετε τὴν πορνείαν
पावलले कुनै व्यक्तिले यौन सम्बन्धिको पापलाई इन्कार गर्ने कुरालाई त्यो व्यक्ति खतराबाट भागिरहेको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “ ... देखि टाढा होओ” (हेर्नुहोस्ः रूपक)
πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει
सम्भावित अर्थहरू हुन् १) यौन सम्बन्धिको पापचाहिँ खासगरी खराब हो किनभने यो अरूका विरुद्धमा मात्र होइन तर पाप गर्नेको आफ्नै शरीरको विरुद्धमा पनि हुन्छ भनी पावलले दर्शाइरहेका छन् वा २) केही कोरिन्थीहरूले विचार गरिरहेका कुरालाई पावलले उद्धरण गर्दै थिए । वैकल्पिक अनुवादः “अनैतिकता ! तिमीहरूमध्ये केहीले भनिरहेका छौ, ‘कुनै व्यक्तिले गर्ने हरेक पाप उसको शरीरभन्दा बाहिर हुन्छ’, तर म यो भन्छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος
“कोही व्यक्तिले गर्ने दुष्ट काम”
1 Corinthians 6:19
ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ?
उनीहरूले पहिले नै जानेको कुरालाई जोड दिएर कोरिन्थीहरूलाई सिकाउन पावल निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई याद गराउन चाहन्छु ... परमेश्वर ... र यो कि तिमीहरू स्वयम् आफ्नै होइनौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ σῶμα ὑμῶν
प्रत्येक ख्रीष्टिएनको शरीर पवित्र आत्माका मन्दिर हो
ναὸς τοῦ…Ἁγίου Πνεύματός
मन्दिर देवी-देवताहरूको लागि समर्पित गरिएको हुन्छ र त्यहाँ उनीहरूको वास हुन्छ । त्यसै गरी, हेरक कोरिन्थी विश्वासीको शरीर मन्दिर जस्तै हो किनभने पवित्र आत्मा तीभित्र वास गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 6:20
ἠγοράσθητε γὰρ τιμῆς
परमेश्वरले कोरिन्थीहरूको पापको दासत्वबाटको स्वतन्त्रताको लागि मोल तिर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको स्वतन्त्रताको मोल तिर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δὴ
“मैले भर्खर भनेको कुरा सत्य भएको कारणले”
1 Corinthians 7
१ कोरिन्थी ०७ साधारण टिपोटहरू
संरचना र ढाँचा
पावलले प्रश्नहरूका शृङ्खला नै लिएर जवाफ दिन सुरु गर्छन्, जसलाई शायद कोरिन्थहरूले सोधेका हुनुपर्छ । पहिलो प्रश्न विवाहको बारेमा छ । दोस्रो प्रश्न स्वतन्त्र हुन खोज्ने दास, अन्यजाति यहूदी हुने, अथवा यहूदी अन्याजाति हुने कुराको बारेमा छ ।
यस अध्यायका विशेष विचारहरू
सम्बन्ध विच्छेद
पावल भन्छन्, एक जना विवाहित ख्रीष्टिएनले सम्बन्ध विच्छेद गर्नुहुँदैन । अविश्वासीसित विवाह गरेका ख्रीष्टिएनले आफ्ना पति वा पत्नीलाई छोड्नुहुँदैन । अविश्वासी पति वा पत्नीले छोड्छन् भने, त्यो पाप होइन । समयको कठनाइ र येशू फेरि आउनुहुने समय नजिक भएको हुनाले अविवाहित रहनु नै ग्रहणयोग्य हुन्छ भन्ने सुझाव पावलले दिन्छन् । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका महत्वपूर्ण अलङ्कारका भाषा
मृदुभाषा
प्रत्यक्ष रूपमा यौन सम्बन्धलाई जनाउनका लागि पावलले धेरैवटा मृदुभाषाको प्रयोग गर्छन् । यो प्राय: संवेदनशील विषय हो । यी विषयहरूमा धेरैवटा संस्कृतिका मानिसले खुलेर बोल्न मन पराउँदैनन् । (हेर्नुहोस्ः व्यञ्जना)
1 Corinthians 7:1
पावलले विश्वासीहरूलाई विवाहका बारेमा केही विशेष निर्देशनहरू दिन्छन् ।
δὲ
पावल शिक्षा दिने क्रममा नयाँ विषयमा प्रवेश गर्छन् ।
ὧν ἐγράψατε
कोरिन्थीहरूले केही प्रश्नहरूको जवाफ खोज्दै पावललाई पत्र लेखेका थिए ।
καλὸν ἀνθρώπῳ, γυναικὸς μὴ ἅπτεσθαι
सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरूले लेखेका कुराको उद्धरण पावलले गर्दैछन्, “बारेमाः तिमीहरूले लेख्यौ, ‘पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो’ । त्यो सत्य हो, तर किनभने” वा २) पावलले जे विचार गर्छन्, सो भन्दैछन्, “बारेमाः मेरो जवाफ हो नै हो, पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो । तर किनभने”
καλὸν
“यो सबैभन्दा धेरै सहयोगी हुन्छ”
ἀνθρώπῳ
सम्भावित अर्थहरू हुन् १) “मानिस”ले विवाहित मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “पति” वा २) “मानिस”ले जोसुकै मानिसलाई जनाउँछ ।
γυναικὸς μὴ ἅπτεσθαι
सम्भावित अर्थहरू हुन् १) “स्त्रीलाई छुनु”, भनेको यौन सम्बन्धलाई जनाउने मृदुभाषा हो । वैकल्पिक अनुवादः “केही समयका लागि आफ्नी पत्नीसित यौन सम्बन्ध नराख्नु” वा २) “स्त्रीलाई छुनु”, विवाहलाई जनाउनका लागि लाक्षणिक अर्थ हो । वैकल्पिक अनुवादः “विवाह नगर्न” (हेर्नुहोस्ः व्यञ्जना अनि लक्षणा)
1 Corinthians 7:2
διὰ δὲ
सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरूले जे लेखेका थिए सो कुराको जवाफ पावलले दिँदै छन् । वैकल्पिक अनुवादः “त्यो सत्य हो, तर किनभने” वा २) पावलले वास्तवमा जे विचार गर्छन्, सो भन्दै छन् ।
διὰ δὲ τὰς πορνείας
“तर शैतानले मानिसहरूलाई यौनको पापमा पर्न परीक्षित गर्ने कारण, हरेकले” वा “तर हाम्रो पापपूर्ण स्वभावको कारणले गर्दा हामीले यौनको पाप गर्न लालसा गर्ने कारण, हरेक”
1 Corinthians 7:3
ὀφειλὴν
पति र पत्नी दुवैले आफ्नै पत्नी र पतिसँग शारीरिक सम्बन्ध राख्नुपर्छ । (हेर्नुहोस्ः व्यञ्जना)
ὁμοίως…καὶ ἡ γυνὴ τῷ ἀνδρί
“दिनुपर्छ” र “वैवाहिक हक” शब्दहरूलाई अघिल्लो वाक्यांशको आधारमा बुझिएको छ । वैकल्पिक अनुवादः “त्यसरी पत्नीले पनि आफ्नो पतिलाई उसको वैवाहिक हक दिनुपर्छ” (हेर्नुहोस्ः शब्दलोप)
1 Corinthians 7:5
μὴ ἀποστερεῖτε ἀλλήλους
“इन्कार” शब्दको अर्थ कसैलाई कुनै कुरा दिनबाट वञ्चित गर्नु हो, जुन कुरा पाउने हक अर्को व्यक्तिलाई हुन्छ । “आफ्नो विवाह गरेको जोडिसँग वैवाहिक सम्बन्ध राख्न इन्कार नगर” (हेर्नुहोस्ः व्यञ्जना अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἵνα σχολάσητε τῇ προσευχῇ
प्रार्थनामा गहिरो गरी लाग्नको लागि केही समय दिनको लागि
“आफूहरूलाई प्रतिबद्ध गर”
πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε
“फेरि सँगै सुत्नुपर्छ”
διὰ τὴν ἀκρασίαν ὑμῶν
“किनकि केही दिनपछि तिमीहरूको यौन इच्छालाई नियन्त्रण गर्न कठिन हुनेछ”
1 Corinthians 7:6
τοῦτο δὲ λέγω κατὰ συνγνώμην, οὐ κατ’ ἐπιταγήν
सम्भावित अर्थहरू हुन् पावलले कोरिन्थीहरूलाई यसो भनेका हुन् कि तिनीहरूलाई उनले अनुमति दिँदैछन् तर आज्ञा गरिरहेका छैनन्, १) विवाह गर्न र सँगै सुत्न वा २) केही समयका लागि सँगै नसुत्न ।
1 Corinthians 7:7
εἶναι ὡς καὶ ἐμαυτόν
पावलले कि त विवाह गरेका थिएनन् अथवा तिनकी पत्नीको मृत्यु भएको थियो । तिनले सम्बन्ध विच्छेद गरेका थिए होला भन्नु भरपर्दो तर्क हुँदैन ।
ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ; ὁ μὲν οὕτως, ὁ δὲ οὕτως
“परमेश्वरले मानिसहरूलाई विभिन्न कुराहरू गर्ने क्षमता दिनुहुन्छ । उहाँले एक व्यक्तिलाई एउटा कुरा गर्ने क्षमता दिनुभएको छ भने अर्कोलाई केही भिन्नै कुरा गर्ने क्षमता”
1 Corinthians 7:8
“यो जो अविवाहित छन्”
“पतिको मृत्यु भएकी स्त्रीहरूलाई”
καλὸν
तपाईंले यसलाई १ कोरिन्थीहरू ७:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 7:9
πυροῦσθαι
“कसैसँग शारीरिक संसर्ग गर्ने निरन्तर अभिलाषामा जिउनु”
1 Corinthians 7:10
ἀπὸ…μὴ χωρισθῆναι
पावलका पाठकहरूलाई अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । कसैसँग बस्न छोड्नु भनेको विवाहको अन्त्य थियो । वैकल्पिक अनुवादः “सम्बन्ध विच्छेद गर्नुहुँदैन”
1 Corinthians 7:11
τῷ ἀνδρὶ καταλλαγήτω
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफ्ना पतिसँग मेलमिलाप गर्नुपर्छ र उनीकहाँ फर्कनुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ ἀφιέναι
पावलका पाठकहरूलाई सामान्य अलग बस्नु र सम्बन्ध विच्छेदको फरक थाहा थिएन । तीमध्ये कुनै पनि गर्नु भनेको विवाहको अन्त्य गर्नु थियो । वैकल्पिक अनुवादः “बाट अलग बस्नु हुँदैन”
1 Corinthians 7:12
συνευδοκεῖ
इच्छुक वा सन्तुष्ट
1 Corinthians 7:13
ἄνδρα
यो “मानिस”लाई जनाउने उही ग्रीक शब्द हो ।
1 Corinthians 7:14
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί
सम्भावित अर्थहरू हुन् १) “किनकि परमेश्वरले विश्वास नगर्ने पतिलाई उसको विश्वास गर्ने पत्नीको कारण आफ्नो निम्ति अलग राख्नुभएको छ” वा २) “परमेश्वरले अविश्वासी पतिलाई उसको विश्वास गर्ने पत्नीको खातिर उहाँको छोरा जस्तै व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यी “पुरुष” र “स्त्री” लाई जनाउने उही ग्रीक शब्दहरू हुन् ।
ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले विश्वास नगर्ने पत्नीलाई उनको विश्वास गर्ने पतिको कारण आफ्नो निम्ति अलग राख्नुभएको छ” वा २) “परमेश्वरले अविश्वासी पत्नीलाई उनको विश्वास गर्ने पतिको खातिर उहाँको छोरी जस्तै व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ ἀδελφῷ
विश्वास गर्ने मानिस वा पति
ἅγιά ἐστιν
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूलाई पवित्र पार्नुभएको छ” वा २) “परमेश्वरले आफ्ना छोराछोरीलाई जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तै उहाँले तिनीहरूसित पनि गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 7:15
οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις
यहाँ भएको “भाइ” र “बहिनी” शब्दले ख्रीष्टिएन पति र पत्नीलाई जनाउँछ । यहाँ “कुनै बन्धनमा रहने छैन” अलङ्कार हो जसको अर्थ कुनै व्यक्ति आफूले गरेको भाकल पूरा गर्न बाध्यता हुँदैन भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस्ता स्थितिहरूमा, विश्वासी पति वा पत्नीले वैवाहिक करार पालन गर्नै पर्छ भनी परमेश्वरले बाध्य तुल्याउनुहुन्न” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 7:16
οἶδας, γύναι…τὸν ἄνδρα σώσεις…οἶδας, ἄνερ…τὴν γυναῖκα σώσεις
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, त्यसैले यहाँ उल्लेखित सबै “तिमी” र “तिम्रा” एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις?
पावलले जे भनिरहेका छन्, त्यस विषयमा स्त्रीहरूलाई सोच्ने तुल्याउनका लागि पावलले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्वासी पतिलाई बचाउन सक्नेछौ भन्ने कुरा तिमीले थाहा पाउन सक्दैनौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις?
पावलले जे भनिरहेका छन्, त्यस विषयमा पुरुषहरूलाई सोच्ने तुल्याउनका लागि पावलले प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीले आफ्नो अविश्वासी पत्नीलाई बचाउन सक्नेछौ भन्ने कुरा तिमीले थाहा पाउन सक्दैनौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 7:17
ἑκάστῳ
“हरेक विश्वासी”
οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι
पावलले सबै मण्डलीका विश्वासीहरूलाई यसअनुसार व्यवहार गर्न सिकाइरहेका थिए ।
1 Corinthians 7:18
περιτετμημένος τις ἐκλήθη?
पावलले खतना गरेकाहरूलाई(यहूदीहरू) सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना गरेकाहरूलाई, जब परमेश्वरले तिमीहरूलाई विश्वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको पहिले नै खतना भइसकेका थियो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν ἀκροβυστίᾳ κέκληταί τις?
पावलले खतना नगरेकाहरूलाई सम्बोधन गरिरहेका छन् । वैकल्पिक अनुवादः “खतना नगरेकाहरूलाई, जब परमेश्वरले तिमीहरूलाई विश्वास गर्नको लागि बोलाउनुभयो, तिमीहरूको खतना भएको थिएन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 7:20
यहाँ “हामी” र “हाम्रा” शब्दले सबै ख्रीष्टिएनलाई जनाउँछ तर पावलका श्रोताहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω
यहाँ बोलावाटले कामलाई वा तपाईं संलग्न हुनुभएको सामाजिक पदलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले जसरी काम गर्दै जिउँदै थियौ, त्यसरी नै गर”
1 Corinthians 7:21
ἐκλήθης…σοι…δύνασαι
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्लेखित सबै “तिमी” र “हुन सक्छौ” भन्ने आज्ञार्थ शब्द एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
δοῦλος ἐκλήθης? μή σοι μελέτω
यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बोलाउनुहुँदाको समयमा कमारा भएकाहरूलाई, म यो भन्छुः त्यसको वास्ता नगर” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 7:22
ἀπελεύθερος Κυρίου
यस स्वतन्त्र मानिसलाई परमेश्वरले क्षमा दिनुभएको छ र त्यसैले ऊ शैतान र पापबाट स्वतन्त्र भएको छ ।
1 Corinthians 7:23
τιμῆς ἠγοράσθητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूका लागि मरेर तिमीहरूलाई किन्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 7:24
ἀδελφοί
यहाँ यसले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
ἐκλήθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले हामीलाई उहाँमा विश्वास गर्नको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 7:25
περὶ δὲ τῶν παρθένων, ἐπιταγὴν Κυρίου οὐκ ἔχω
यसको बारेमा बताउने येशूको कुनै पनि शिक्षाको बारेमा पावललाई थाहा छैन । वैकल्पिक अनुवादः “कहिल्यै पनि विवाह नगरेकाहरूका लागि मसँग प्रभुबाट कुनै पनि आज्ञा छैन”
γνώμην…δίδωμι
“म के सोच्छु भनेर म तिमीहरूलाई बताउँछु”
ὡς ἠλεημένος ὑπὸ Κυρίου, πιστὸς εἶναι
“किनभने, प्रभुको कृपाद्वारा, म भरोसायोग्य छु”
1 Corinthians 7:27
कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्लेखित सबै “तिमी” र “खोजी नगर” भन्ने आज्ञार्थ शब्दका प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
δέδεσαι γυναικί? μὴ ζήτει
सम्भाव्य स्थितिको परिचय गराउनका लागि पावलले यो प्रश्नको प्रयोग गर्छन् । यो प्रश्नलाई “यदि”को साथमा एउटा वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरू विवाहित छौ भने, ... ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
μὴ ζήτει λύσιν
“तिनीसित सम्बन्ध विच्छेद गर्न नखोज” वा “तिनीबाट अलग हुन नखोज”
μὴ ζήτει…γυναῖκα
“विवाह गर्न नखोज”
1 Corinthians 7:28
ἐγὼ…ὑμῶν φείδομαι
“तीबाट” शब्दले विवाहित मानिसहरूलाई हुन सक्ने सांसारिक समस्याहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सांसारिक समस्याहरूमा नपर्न म तिमीहरूलाई मदत गर्न चाहन्छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 7:29
ὁ καιρὸς συνεσταλμένος ἐστίν
“समय थोरै छ” वा “समय सकिनै लागेको छ”
1 Corinthians 7:30
οἱ κλαίοντες
रुनेहरू वा आँसु निकालेर शोक गर्नेहरू
1 Corinthians 7:31
οἱ χρώμενοι τὸν κόσμον
“तिनीहरू जो अविश्वासीहरूसँग प्रत्येक दिन व्यवहार गर्छन्”
ὡς μὴ καταχρώμενοι
“आफ्नो कार्यद्वारा तिनीहरूले यो दर्शाउनुपर्छ कि तिनीहरूले आफ्नो आशा परमेश्वरमा राखेका छन्”
1 Corinthians 7:32
ἀμερίμνους
यहाँ “निस्फिक्री” शब्द एउटा उपमा हो, जसको अर्थ लगातार ... बारेमा सोचचिचार नगरेर नै जिउन सक्ने क्षमता हुन्छ । वैकल्पिक अनुवादः “फिक्री गर्न आवश्यक नभइ” (हेर्नुहोस्ः टुक्काहरू)
μεριμνᾷ
“ ... मा ध्यानकेन्द्रित”
1 Corinthians 7:34
ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί
“उसले एकै समयमा परमेश्वर र उसकी पत्नी दुवैलाई खुसी पार्न खोजिरहेको छ”
1 Corinthians 7:35
βρόχον
रोक
εὐπάρεδρον τῷ Κυρίῳ
“ध्यान केन्द्रित गर्न सक्छ”
1 Corinthians 7:36
ἀσχημονεῖν ἐπὶ
“ ... लाई दयालु नभइरहेको” वा “सम्मान नगरिरहेको”
τὴν παρθένον αὐτοῦ
सम्भावित अर्थहरू हन् १) “उसले विवाह गर्न प्रतिज्ञा गरेको स्त्री” वा २) “उसकी कन्या छोरी”
γαμείτωσαν
सम्भावित अर्थहरू हुन् १) “उसले आफूसँग मगनी भएकी कन्यासँग विवाह गर्नुपर्दछ” वा २) “उसले उसकी छोरीलाई विवाहको लागि दिनुपर्छ”
1 Corinthians 7:37
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος
निश्चयका साथमा निर्णय गर्ने कुरा जनाउनका लागि यहाँ प्रयोग भएको “दह्रिलो रूपमा खडा” भन्ने वाक्यांश एउटा अलङ्कार हो । “हृदय” शब्दचाहिँ व्यक्तिको मन र विचार जनाउने लाक्षणिक शब्द हो । वैकल्पिक अनुवादः “उसले आफ्नो मनमा पक्का गरी निर्णय गरेको छ भने” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
1 Corinthians 7:39
γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς
यहाँ प्रयोग भएको “बन्धन” भनेको मानिसहरू बीचमा रहेको घनिष्ठ सम्बन्धको लागि एउटा अलङ्कार हो जसमा तिनीहरूले एकअर्कालाई भावनात्मक, आत्मिक र शारीरिक रूपमा सहायता पुर्याउँछन् । यहाँ यसले विवाहको एकताको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “एक स्त्री आफ्नो पतिसित विवाहित हुन्छे” वा “एक स्त्री आफ्नो पतिसित एक भएकी हुन्छे” (हेर्नुहोस्ः रूपक)
ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς
“ऊ नमरेसम्म”
ᾧ θέλει
“तिनले जसलाई चाहन्छिन्”
ἐν Κυρίῳ
“यदि नयाँ पति विश्वासी हो भने”
1 Corinthians 7:40
τὴν ἐμὴν γνώμην
“परमेश्वरको वचनको मेरो बुझाइ”
μακαριωτέρα
अझ सन्तुष्ट, अझ आनन्दित
οὕτως μείνῃ
“अविवाहितै रहन्छिन्”
1 Corinthians 8
१ कोरिन्थी ०८ साधारण टिपोटहरू
संरचना र ढाँचा
अध्याय ८-१० मा, पावलले जवाफ दिने प्रश्न होः “के मूर्तिहरूलाई चढाएको मासु खानु ग्रहणयोग्य कुरा हुन्छ?”
यस अध्यायका विशेष विचारहरू
मूर्तिहरूलाई चढाएको मासु
यो प्रश्नको जवाफ पावलले यसरी दिन्छन्, मूर्तिहरू साँचो अर्थमा अस्तित्वमा नभएका देवीदेवता हुन् । यसकारण मासुमा केही खराब हुँदैन । ख्रीष्टिएनहरू त्यो खान स्वतन्त्र हुन्छन् । तापनि, ख्रीष्टिएनहरूले त्यो खाएको कुरा कोही एक जना नबुझ्ने व्यक्तिले देख्लान् । तब तिनीहरूले त्यो मासु मूर्तिलाई पूजा गर्ने एउटा कार्यको रूपमा खानलाई उत्साहित हुन सक्छन् ।
1 Corinthians 8:1
यो पत्र पावलले खासगरी कोरिन्थका विश्वासीहरूलाई लखेको भए तापनि “हामी” शब्दले तिनी र सबै विश्वासीलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
पावलले विश्वासीहरूलाई स्मरण गराउँदै भन्छन्, मूर्तिहरूमा शक्ति हुँदैन, तापनि विश्वासीहरूले कमजोर विश्वासीहरूमा असर नपुर्याउनलाई होसियार हुनुपर्छ, जसले तिनले मूर्तिहरूको फिक्री गर्दा रहेछन् भनी विचार गर्न सक्छन् । ख्रीष्टमा विश्वासीहरूले पाएका स्वतन्त्रताको बारेमा होसियार हुन तिनले विश्वसीहरूलाई भन्छन् ।
περὶ δὲ
कोरिन्थीहरूले सोधेका अर्को प्रश्नमा अगि बढ्नका लागि पावलले यो शब्द प्रयोग गर्छन् ।
τῶν εἰδωλοθύτων
मूर्तिपूजकहरूले अन्न, माछा, पन्छी वा मासु उनीहरूको देवतालाई चढाउँथे । पूजाहारीले यसको केही भाग वेदीमा चढाउँथे । पावलले बाँकी रहेको भागको कुरा गरिरहेका छन्, जुनचाहिँ चढाउने मानिसलाई फिर्ता दिइन्थ्यो वा बजारमा बिक्री गरिन्थ्यो ।
ἡ γνῶσις φυσιοῖ
“ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ ।” यहाँ “घमण्डले फुल्छ” वाक्यांश कसैलाई घमण्डी बनाउने कुराको लागि अलङ्कार हो । भाववाचक शब्द “ज्ञान”लाई “थाहा हुनु” भन्ने क्रियामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ” वा “आफूलाई धेरै जानकारी छ भनी विचार गर्ने मानिसहरू घमण्डी हुन्छन्” (हेर्नुहोस्ः रूपक)
ἡ δὲ ἀγάπη οἰκοδομεῖ
यो भाववाचक नाम “प्रेम”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब हामी मानिसहरूलाई प्रेम गर्छौँ, हामी उनीहरूको उन्नति गराउँछौँ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἀγάπη οἰκοδομεῖ
मानिसहरूको उन्नति गरिदिनु भन्नाले तिनीहरूलाई उनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । वैकल्पिक अनुवादः “प्रेमले मानसिहरूलाई बलियो तुल्याउँछ” वा “जब हामीले मानिसहरूलाई प्रेम गर्छौँ, तब उनीहरूलाई हामी बलियो बनाउँछौँ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 8:2
δοκεῖ ἐγνωκέναι τι
“आफूले केही कुराको बारेमा सबै कुरा जान्दछु भन्ने ठान्छ”
1 Corinthians 8:3
οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस व्यक्तिलाई जान्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 8:4
यहाँ “हामी” र “हामीलाई” शब्दले सबै विश्वासीहरूलाई जनाउँछ र पावलका श्रोताहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς
पावलले सम्भवत केही कोरिन्थीहरूले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गरिरहेका छन् । “केही पनि नहुनु” भन्नाले कुनै शक्ति नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, जसरी तिमीहरू नै चाहन्छौ, कि यस संसारमा मूर्तिको केही पनि शक्ति छैन र एकमात्र परमेश्वर बाहेक अरू कोही छैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)
1 Corinthians 8:5
λεγόμενοι θεοὶ
“मानिसहरूले देवीदेवता भन्ने कुराहरू”
θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
पावल धेरै देवताहरूमा विश्वास गर्दैनन्, तर मूर्तिपूजकहरूले यिनीहरूको पूजा गर्छन् भन्ने उनलाई थाहा छ ।
1 Corinthians 8:6
ἀλλ’ ἡμῖν εἷς Θεὸς
“तर हामी जान्दछौँ त्यहाँ एकमात्र परमेश्वर हुनुहुन्छ”
1 Corinthians 8:7
पावलले यहाँ त्यस्ता “कमजोर” भाइहरूका बारेमा कुरा गर्दैछन् जसले मूर्तिपूजालाई मूर्तिहरूलाई बलि चढाएका थोकहरूबाट छुट्ट्याएर हेर्न सक्दैनन् । ख्रीष्टिएनहरूले मूर्तिलाई चढाएको खानेकुरो खाए भने, परमेश्वरले आफूहरूलाई खानेकुरा खाएर मूर्तिपूजा गर्ने अनुमति दिनुहुने रहेछ भनी त्यो कमजोर भाइहरूले विचार गर्न सक्छन् । खानेकुरो खाने व्यक्तिले मूर्तिपूजा गरेको छैन र खानेकुरो मात्र खाएको छ भने पनि, त्यसले आफ्नो कमजोर भाइको विवेकलाई भ्रष्ट तुल्याएको हुन्छ ।
πᾶσιν…τινὲς
“सबै मानिसहरू ... कोही मानिसहरू जो अहिले ख्रीष्टिएनहरू हुन्”
μολύνεται
नष्ट गरिएको वा नोक्सान भएको
1 Corinthians 8:8
βρῶμα…ἡμᾶς οὐ παραστήσει τῷ Θεῷ
पावलले खानेकुरा भनेको परमेश्वरले हामीलाई स्वागत गर्ने बनाउन सक्ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “खानाले हामीलाई परमेश्वरको कृपा प्राप्त गर्ने योग्यको बनाउँदैन” वा “हामीले खाएको खानेकुराले परमेश्वरलाई हामीसँग खुसी पार्दैन” (हेर्नुहोस्ः मानवीकरण)
οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα; οὔτε ἐὰν φάγωμεν, περισσεύομεν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही मानिसहरूले विचार गर्छन् कि यदि हामीले कुनै थोकहरू खाएनौँ भने, परमेश्वरले हामीलाई कम्ती प्रेम गर्नुहुन्छ । तर उनीहरू गलत छन् । हामीले ती थोकहरू खायौँ भने, परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ भनी विचार गर्नेहरू पनि गलत नै हुन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 8:9
τοῖς ἀσθενέσιν
आफ्नो विश्वासमा बलियो नभएका विश्वासीहरू
1 Corinthians 8:10
ἴδῃ τὸν ἔχοντα
कोरिन्थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले कुरा गर्छन्, त्यसैले यी शब्दहरू एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἡ συνείδησις αὐτοῦ
उसले जे कुरा ठीक र बेठीक हो भनी बुझ्छ
οἰκοδομηθήσεται, εἰς τὸ…ἐσθίειν
“खानलाई उत्साहित”
1 Corinthians 8:11
τῇ σῇ γνώσει
कोरिन्थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले तिनीहरूसँग कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिम्रो” शब्द एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀπόλλυται…ὁ ἀσθενῶν
आफ्नो विश्वासमा बलियो नभएका भाइबहिनीहरूले पाप गर्नेछन् वा आफ्नो विश्वास गुमाउनेछन् ।
1 Corinthians 8:13
διόπερ
“किनभने मैले अहिले भर्खर भनेको कुरा साँचो हो”
εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου
यहाँ “खानेकुरो” चाहिँ खानेकुरो खाँदै गरेको व्यक्तिलाई जनाउने लाक्षणार्थ शब्द हो । वैकल्पिक अनुवादः “यदि मैले खाएर ... भने” वा “यदि मैले, मैले खाएको कुराले, ... भने” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 9
१ कोरिन्थी ०९ साधारण टिपोटहरू
संरचना र ढाँचा
यो अध्यायमा पावलले आफ्नो बचाउ गर्छन् । तिनले मण्डलीबाट आर्थिक लाभ लिने कोसिस गर्दै थिए भनी केही मानिसको दाबी थियो ।
यस अध्यायका विशेष विचारहरू
मण्डलीबाट पैसा कमाइ गर्नु
पावलले मण्डलीबाट पैसा पाउने इच्छा गर्दै थिए भनेर मानिसहरूले दोषारोपण गरे । पावलले आफूले मण्डलीबाट ठीक किसिमले नै पैसा लिन सक्थे भनी तिनले जवाफ दिए । काम गर्नेहरूले आफ्नो कामबाट नै आफ्नो खाँचो पूरा गर्नुपर्छ भन्ने शिक्षा पुरानो करारले दिएको छ । तिनले र बारनाबासले जानाजान रूपमा यो अधिकारको प्रयोग गरेनन् र आफ्नो जीविकाको लागि आफैँ कमाए ।
यस अध्यायमा भएका महत्वपूर्ण अलङ्कारको भाषा
रूपक अलङ्कार
पावलले यस अध्यायमा धेरैवटा रूपक अलङ्कारको प्रयोग गर्छन् । यी रूपक अलङ्कारले जटिल सत्यताहरूका बारेमा शिक्षा दिन्छन् । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य कठिनाइहरू
सन्दर्भीकरण
पावलले विभिन्न श्रोताका समक्ष सुसमाचारको “सन्दर्भीकरण” गरेका हुनाले यो खण्ड महत्वपूर्ण छ । सुसमाचार ग्रहण गर्नका लागि पावलले आफ्ना क्रियाकलापले कुनै बाधा नपुर्याइकन तिनले आफैँलाई र सुसमाचारलाई बुझ्ने सक्ने बनाउँछन् । सम्भव हुन्छ भने, “सन्दर्भीकरण” का यस्ता पक्षलाई जोगाउन अनुवादकहरूले धेरै ख्याल पुर्याउनुपर्छ । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार)
अलङ्कारका प्रश्नहरू
पावलले यस अध्यायमा धेरैवटा अलङ्कारका प्रश्नको प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई सिकाउँदै गर्दा विभिन्न बुँदाहरूलाई जोड दिनका लागि तिनले तिनीहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
1 Corinthians 9:1
पावलले ख्रीष्टमा आफूसित भएको स्वतन्त्रतालाई तिनले कसरी प्रयोग गर्छन् भनी व्याख्या गर्छन् ।
οὐκ εἰμὶ ἐλεύθερος?
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनीसँग भएको अधिकारको बारेमा सम्झना दिलाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म स्वतन्त्र व्यक्ति हुँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐκ εἰμὶ ἀπόστολος?
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनी को हुन् र उनीसँग कस्तो अधिकार छ भनेर सम्झाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “म एक प्रेरित हुँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑόρακα?
पावल कोरिन्थीहरूलाई यो आलङ्कारिक प्रश्नको प्रयोग उनी को हुन् भनेर बुझाउनको लागि गर्दछन् । वैकल्पिक अनुवादः “मैले येशू हाम्रा प्रभुलाई देखेको छु” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ?
पावलले कोरिन्थीहरूसँग उनको सम्बन्धबारे तिनीहरूलाई सम्झाउनको लागि यो आलङ्कारिक प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “मैले जसरी काम गरुँ भन्ने प्रभु इच्छा गर्नुहुन्छ, मैले त्यसरी नै काम गरेको हुनाले तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:2
ἡ…σφραγίς μου τῆς ἀποστολῆς, ὑμεῖς ἐστε ἐν Κυρίῳ
“प्रमाण” शब्द कुनै कुराको बारेमा प्रमाणित गर्न आवश्यक हुने सबुत जनाउने लाक्षणार्थ हो । वैकल्पिक अनुवादः “प्रभुले मलाई प्रेरित हुनका लागि छान्नुभएको हो भन्ने कुरा प्रमाणित गर्न मैले प्रयोग गर्न सक्ने सबुत तिमीहरू नै हौ” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 9:3
ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
सम्भावित अर्थहरू हुन् १) यसपछि आउने शब्दहरूले पावलको बचाउ गर्छन् वा २) १ कोरिन्थी ९:१-२ मा भएका शब्दहरू पावलका बचाउ हुन् । वैकल्पिक अनुवादः “मेरो ... मेरो जवाफ यही छ ।”
1 Corinthians 9:4
μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीसँग मण्डलीहरूबाट खाने र पिउने कुरा लिने पूर्ण अधिकार छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἔχομεν
यहाँ “हामी”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
1 Corinthians 9:5
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν, γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि हामीसँग विश्वासी पत्नी छन् भने, अरू प्रेरितहरू र प्रभुका भाइ, र केफासलाई जस्तै हामीलाई पनि उनीहरूलाई लिएर हिँड्ने अधिकार छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:6
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς, οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι?
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “पैसा कमाउनका लागि काम गर्न जरुरी मानिसहरू बारनाबास र म मात्रै हौँ भनी तिमीहरूले सोच्छौ जस्तो छ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:7
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कुनै सिपाहीले पनि आफ्नो लागि खाँचो पर्ने कुरा आफैँले किन्नुपर्दैन भनी हामी सबै जान्दछौँ ।” वा “हामी सबै जान्दछौँ कि हरेक सिपाहीले आफ्नो खाँचोहरू सरकारबाट पाउँछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς φυτεύει ἀμπελῶνα, καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ कि दाखबारी लाउनेले सधैँ त्यसको फल खान्छ ।” वा “हामी सबैलाई थाहा छ कि दाखबारी लगाउने कसैले त्यसको फल नखाला भनेर कसैले पनि सोच्दैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης, οὐκ ἐσθίει?
पावलले भनेका कुरामा कोरिन्थीहरू सहमत हुन्छन् भनी तिनले जानेका हुनाले जोड दिनका लागि तिनले एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामी सबै जान्दछौँ कि गाईवस्तु पाल्नेहरूले दूध ती नै गाईवस्तुबाट पाउँछन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:8
μὴ κατὰ ἄνθρωπον, ταῦτα λαλῶ, ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει?
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “यी कुरा मैले मानवीय अधिकारको आधारमा मात्र भनिरहेको छु भनी तिमीहरूले विचार गरे झैँ लाग्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει?
पावलले कोरिन्थीहरूलाई शर्ममा पार्न खोज्दै छन् । वैकल्पिक अनुवादः “व्यवस्थामा यही कुरा लेखिएको छ भनी तिमीहरूले नजानेको झैँ गरी तिमीहरू व्यवहार गर्छौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:9
οὐ φιμώσεις
इस्राएलीहरू एक जना व्यक्ति हुन् झैँ गरी मोशाले तिनीहरूसँग कुरा गर्दै छन्, यसैले यो आज्ञा एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
μὴ τῶν βοῶν μέλει τῷ Θεῷ?
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि परमेश्वरले सबैभन्दा धेरै वास्ता गर्ने भनेको गोरु होइन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:10
ἢ δι’ ἡμᾶς πάντως λέγει?
पावलले आफूले बताउँदै गरेको भनाइलाई जोड दिनका लागि तिनले एउटा प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “बरु, परमेश्वरले हाम्रै बारेमा भन्दै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
δι’ ἡμᾶς
यहाँ “हामीलाई”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
1 Corinthians 9:11
ὑμῖν…μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν?
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि तिमीहरूबाट हामीले भौतिक खाँचो प्राप्त गर्दा हामीले अति गरेको हुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:12
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς?
पावलले एउटा प्रश्न सोध्छन् ताकि तिनले के भन्दै छन् भनी तिनले भन्नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । यहाँ “हामी” ले पावल र बारनाबासलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूबाट अरूहरूले ... दाबी गर्छन्, त्यसैले मैले तिमीहरूलाई नभने पनि तिमीहरू जान्दछौ कि हामीसित झन् धेरै यो अधिकार छ ।” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि आलङ्कारिक प्रश्न)
εἰ ἄλλοι τῆς…ἐξουσίας μετέχουσιν
पावल र कोरिन्थीहरू दुवै जान्दछन् कि अरूहरूले यो हकको दाबी गरे । “किनकि अरूहरूले यो हकको दाबी गरे”
ἄλλοι
सुसमाचारका अन्य कामदारहरूले
τῆς…ἐξουσίας
कोरिन्थमा भएका विश्वासीहरूले तिनीहरूलाई सुसमाचार सुनाउनेहरूको जीविकोपार्जनको खर्चहरू जुटाउन लगाउने हक
μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ
“ ... लाई बोझ हुन” वा “त्यसको फैलावटलाई रोक्न”
1 Corinthians 9:13
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες, τῷ θυσιαστηρίῳ συνμερίζονται?
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मन्दिरमा सेवा गर्नेहरूले मन्दिरबाट नै तिनीहरूका खानेकुरा पाउँछन् भनी म तिमीहरूलाई स्मरण गराउन चाहन्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “मानिसहरूले वेदीमा चढाएका खानेकुरा र मासुको केही हिस्सा वेदीमा सेवा गर्नेले प्राप्त गर्छन् भनी म तिमीहरूलाई स्मरण गराउँन चाहन्छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 9:14
ἐκ τοῦ εὐαγγελίου ζῆν
यहाँ “सुसमाचार” शब्द लक्षणार्थ हो १) तिनीहरूले सुसमाचार सुनाउने मानिसहरूलाई, “जसलाई तिनीहरूले सुसमाचार सिकाउँछन्, तिनीहरूबाट नै आफ्नो खानेकुरा र आफूहरूलाई आवश्यक पर्ने अरू थोकहरू प्राप्त गर्न” वा २) सुसमाचार सुनाउने कामको परिणामस्वरूप, “तिनीहरूलाई खाँचो पर्ने खानेकुरा र अरू थोकहरू प्राप्त गर्न किनभने सुसमाचार सुनाउनलाई तिनीहरूले काम गर्छन् ।” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 9:15
οὐδενὶ τούτων
“मैले पाउनुपर्ने यी कुराहरू”
ἵνα οὕτως γένηται ἐν ἐμοί
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले मेरो लागि केही गर्नेछौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ καύχημά μου…κενώσει
“मैले गर्व गर्ने यो अवसरलाई हटाउनु”
1 Corinthians 9:16
ἀνάγκη…μοι ἐπίκειται
“मैले सुसमाचार प्रचार गर्नुपर्छ”
οὐαὶ…μοί ἐστιν
“यदि ... भने मेरो दुर्गति होस्”
1 Corinthians 9:17
ἑκὼν τοῦτο πράσσω
“मैले खुसीसाथ प्रचार गर्ने” वा “मैले इच्छा गरेको कारण म प्रचार गर्छु भने”
εἰ δὲ ἄκων
“म यो गर्छु” भन्ने शब्दहरू यसअघिका वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर यदि म यो इच्छा नभइकन गर्छु भने” वा “तर यो गर्ने इच्छा मलाई नभए तापनि म यो गर्छु भने” वा “मलाई यो गर्न बाध्य पारेको हुनाले म यो गर्छु भने” (हेर्नुहोस्ः शब्दलोप)
οἰκονομίαν πεπίστευμαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई पूरा गर्नको लागि विश्वास गरेर सुम्पिनुभएको यो काम मैले गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 9:18
τίς οὖν μού ἐστιν ὁ μισθός?
पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἵνα εὐαγγελιζόμενος ἀδάπανον, θήσω τὸ εὐαγγέλιον
“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्छु”
θήσω τὸ εὐαγγέλιον
“सुसमाचार प्रचार गरूँ”
εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ
“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्न”
1 Corinthians 9:19
ἐλεύθερος…ὢν ἐκ πάντων
यहाँ “सबैबाट स्वतन्त्र” भनेको एउटा उपमा हो जसको अर्थ कोही व्यक्तिले अरूहरूको लागि के गर्नुपर्छ भनेर नसोचिकनै जिउन सक्ने क्षमता हो । वैकल्पिक अनुवादः “म अरूहरूको सेवा नगरीकनै जिउन सक्छु” (हेर्नुहोस्ः रूपक)
τοὺς πλείονας κερδήσω
“अरूलाई विश्वास गर्न मनाउन सकौँ” वा “अरूलाई ख्रीष्टमा भरोसा गर्न सहयोग गर्न सकौँ”
1 Corinthians 9:20
ἐγενόμην…ὡς Ἰουδαῖος
“मैले यहूदीले जस्तै गरेँ” वा “मैले यहूदी परम्परा पालना गरेँ”
ὡς ὑπὸ νόμον
“यहूदी धर्मशास्त्रको बुझाइलाई स्वीकार गरेर यहूदी नेतृत्वको मागअनुसार चल्न प्रतिबद्ध भएको कोही व्यक्ति जस्तै म भएँ”
1 Corinthians 9:21
ἀνόμοις
“जसले मोशाको व्यवस्थालाई मान्दैनन्”
1 Corinthians 9:24
पावलले व्याख्या गर्छन् कि ख्रीष्टमा तिनले पाएको स्वतन्त्रतालाई तिनले आफैँलाई अनुशासित तुल्याउनका लागि प्रयोग गर्छन् ।
οὐκ οἴδατε, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον?
कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई सम्झना दिलाऊँ कि सबै जना दौडे तापनि एक जनाले मात्र इनाम पाउँछ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τρέχουσιν
पावलले ख्रीष्टिएन जीवन जिउने र परमेश्वरको लागि काम गर्ने कुरालाई दौडमा भाग लिने र खेलाडी हुनेसँग तुलना गर्छन् । दौडमा जस्तै ख्रीष्टिएन जीवन र काममा पनि दौडनेलाई कडा अनुशासनको जरुरत पर्छ र दौडमा जस्तै ख्रीष्टिएनहरूको पनि विशेष लक्ष्य हुन्छ । (हेर्नुहोस्ः रूपक)
οὕτως τρέχετε, ἵνα καταλάβητε
परमेश्वरले आफ्ना विश्वासी जनहरूलाई दिनुहुने इनामचाहिँ त्यो खेलकुदको प्रतिस्पर्धाको लागि दिइने एउटा पुरस्कार भए जसरी पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 9:25
φθαρτὸν στέφανον…ἡμεῖς δὲ ἄφθαρτον
यहाँ उल्लेख भएको मुकुट पातहरू गाँसेर बनाइएको हो । खेल र दौड जित्ने खेलाडीहरूलाई पुरस्कारको रूपमा मुकुटहरू दिइथ्यो । पावलले अनन्त जीवनलाई कदापि नओइलाउने मुकुट भए जसरी बताउँछन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 9:26
ἐγὼ…οὕτως τρέχω, ὡς οὐκ ἀδήλως; οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων
यहाँ “दौडने” र “मुक्का हान्ने” दुवै कुरा ख्रीष्टिएन जीवन बिताउने र परमेश्वरको सेवा गर्ने कुराका लागि रूपक अलङ्कारहरू हुन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म किन दौडदै छु भनी म राम्ररी जान्दछु र मैले मुक्का हान्दा म के गरिरहेको छु भनी म जान्दछु” (हेर्नुहोस्ः रूपक अनि दोहोरो नकारात्मक)
1 Corinthians 9:27
αὐτὸς ἀδόκιμος γένωμαι
यो कर्म वाच्यको वाक्यलाई कर्तृ वाच्यमा हुने गरेर पुनः लेख्न सकिन्छ । दौड वा प्रतिस्पर्धाका निर्णायकचाहिँ परमेश्वरलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “निर्णयकर्ताले मलाई अयोग्य नठहराउने छैनन्” वा “मैले आज्ञाहरू पालना गर्नमा चुकेको छु भनी परमेश्वरले मलाई भन्नुहुने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
1 Corinthians 10
१ कोरिन्थी १० साधारण टिपोटहरू
संरचना र ढाँचा
अध्यायहरू ८-१० ले एकसाथ यो प्रश्नको जवाफ दिन्छन्ः “के मूर्तिलाई चढाएको मासु खानु ग्रहणयोग्य कुरा हो?”
यस अध्यायमा, मानिसहरूले पाप नगरून् भनी चेतावनी दिनलाई पावलले प्रस्थानलाई प्रयोग गर्छन् । तब तिनी मूर्तिहरूलाई चढाएको मासुको बारेमा कुराकानी गर्छन् । तिनले प्रभुभोजलाई एउटा उदाहरणका रूपमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका विशेष विचारहरू
प्रस्थान
पावलले विश्वासीहरूलाई चेतावनीका लागि इस्राएलीहरूले मिश्रदेश छाडेका र मरुभूमिमा घुम्दै हिँडेका अनुभवलाई प्रयोग गर्छन् । इस्राएलीहरू सबै मोसाका पछि लागेका भए तापनि ती सबै जना बाटोमै मरे । तीमध्ये कोही पनि प्रतिज्ञाको देशमा पुग्न सकेनन् । कसैले मूर्ति पूजे, कसैले परमेश्वरको परीक्षा गरे र कसैले गनगन गरे । पावलले ख्रीष्टिएनहरूलाई पाप नगर्नलाई चेतावनी दिन्छन् । परमेश्वरले बच्ने उपाय जुटाउनुहुने कारणले हामीले परीक्षाको विरोध गर्न सक्छौं । (हेर्नुहोस्ः प्रतिज्ञाको मुलुक)
मूर्तिलाई चढाएको मासु खानु
मूर्तिलाई चढाएको मासुका बारेमा पावलले छलफल गर्छन् । ख्रीष्टिएनहरूलाई त्यो खाने अनुमति छ, तर त्यस कुराले अरुलाई चित्त दुख्न सक्छ । यसैले मासु किन्दा वा साथीसित बसेर खाँदा, त्यो मूर्तिलाई चढाएको हो कि भनेर नसोध्नू । तर कसैले तिमीलाई त्यो त मूर्तिलाई चढाएको हो भन्छ भने, त्यो व्यक्तिका खातिर त्यो नखाऊ । कसैलाई पनि चित्त नदुखाओ । बरु तिनीहरूलाई बचाउन खोज । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)
अलङ्कारका प्रश्नहरू
यस अध्यायमा पावलले धेरैवटा अलङ्कारका प्रश्नहरू प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई शिक्षा दिँदा महत्वपूर्ण बुँदाहरूमा जोड दिनका लागि तिनले ती प्रयोग गर्छन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
1 Corinthians 10:1
तिनीहरूका प्राचीन यहूदी पूर्खाहरूका अनैतिकता र मूर्तिपूजाका अनुभवहरूका उदाहरणका बारेमा पावलले तिनीहरूलाई स्मरण गराउँछन् ।
οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
पावलले प्रस्थानको पुस्तकमा भएको मोशाको समयलाई अङ्कित गरिरहेका छन् जुन बेला इस्राएलीहरूलाई मिश्रीहरूले पछ्याउँदा तिनीहरू लाल समुद्र तरेर गएका थिए । “हाम्रा” शब्दले उनी आफैँ र कोरिन्थीहरूलाई जनाउँछ र यो समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
τῆς θαλάσσης
लाल समुद्र र नर्कटका समुद्र गरी, यो समुद्रका दुईवटा नाउँहरू छन् ।
διὰ…διῆλθον
“ ... बाट हिँडेर गए” वा “ ... बाट यात्रा गरे”
1 Corinthians 10:2
πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο
“सबैले मोशालाई पछ्याएका थिए र उनमा समर्पित थिए”
ἐν τῇ νεφέλῃ
बादलले परमेश्वरको उपस्थिति र दिनको समयमा इस्राएलीहरूलाई डोहोर्याएको कुराको प्रतिनिधित्व गर्छ
1 Corinthians 10:4
πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα; ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας
“परमेश्वरले अलौकिक किसिमले चट्टानबाट निकालिदिनुभएको उही पानी पिए ... आत्मिक चट्टान”
ἡ…πέτρα ἦν ὁ Χριστός
“चट्टान” भन्नाले साँच्चैको, भौतिक चट्टानलाई नै जनाउने हुनाले यसलाई अक्षरशः अनुवाद गर्नु ठीक हुन्छ । चट्टान भनेको कोही व्यक्तिको नाउँ “थियो” भनेर यदि तपाईंको भाषाले बताउन सक्दैन भने, “चट्टान” शब्दलाई त्यस चट्टानद्वारा काम गर्ने ख्रीष्टको सामर्थ्यलाई जनाउन लाक्षणिक अर्थमा लिनुहोस् । वैकल्पिक अनुवादः “त्यो ख्रीष्ट नै हुनुहुन्थ्यो, जसले त्यस चट्टानद्वारा काम गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 10:5
οὐκ…ηὐδόκησεν
“अप्रसन्न” वा “रिसाएको” (हेर्नुहोस्ः निषेधात्मक)
τοῖς πλείοσιν αὐτῶν
इस्राएली पिता पूर्खाहरू
κατεστρώθησαν
“तिनीहरूका लासहरूलाई परमेश्वरले वरिपरि छरपष्ट पार्नुभयो” अथवा “परमेश्वरले तिनीहरूलाई मार्नुभयो र तिनीहरूका लासहरूलाई छरपष्ट पार्नुभयो”
ἐν τῇ ἐρήμῳ
मिश्र र इस्राएल बीचको मरुभूमि जहाँ इस्राएलीहरू ४० वर्षसम्म यताउता भौँतारिए
1 Corinthians 10:7
“मूर्तिपूजा गर्ने मानिसहरू”
“खाना खान बसे”
παίζειν
पावलले यहूदी धर्मशास्त्रलाई उद्धृत गर्दैछन् । यो एउटै शब्दले तिनका पाठकहरूले बुझेका हुनुपर्छ कि गाउँदै र नाच्दै र यौनजन्य क्रियाकलापमा संलग्न भएर ती मानिसहरूले एउटा मूर्तिको पूजा गर्दै थिए, साधारण तरिकाले कुनै गल्ती बिनाको रमाइलो मात्र गरिरहेका थिएनन् । (हेर्नुहोस्ः व्यञ्जना)
1 Corinthians 10:8
ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες
“एकै दिनमा परमेश्वरले तेइस हजार मानिसहरूलाई मार्नुभयो”
1 Corinthians 10:9
ὑπὸ τῶν ὄφεων ἀπώλλυντο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । परिणामस्वरूप सर्पहरूले तिनीहरूलाई नाश पारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 10:10
गुनासो पोख्दै
ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । फलस्वरूप, मृत्युको स्वर्गदूतले तिनीहरूलाई नष्ट गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 10:11
ταῦτα…συνέβαινεν ἐκείνοις
“परमेश्वरले हाम्रा पूर्खाहरूलाई दण्ड दिनुभयो”
ἡμῶν
यहाँ “हामीलाई” शब्दले सबै विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
τὰ τέλη τῶν αἰώνων κατήντηκεν
“अन्तिम दिनहरू”
1 Corinthians 10:12
μὴ πέσῃ
पाप गर्दैन वा परमेश्वरलाई इन्कार गर्दैन
1 Corinthians 10:13
πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमा आइपर्ने परीक्षाहरू सबै मानिसले अनुभव गर्छन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε
“तिमीहरूलाई त्यतिसम्म मात्र परिक्षामा पर्न दिनुहुन्छ, जति तिमीहरूले विरोध गर्न सक्छौ”
οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको परीक्षा गर्न कसैलाई पनि अनुमति दिनुहुने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 10:14
ख्रीष्टको रगत र शरीरको प्रतिनिधित्व गर्ने प्रभुभोजको कुरा गरेर, पावलले तिनीहरू शुद्ध हुनुपर्छ र मूर्तिपूजा तथा अनैतिकताबाट टाढा रहनुपर्छ भनेर तिनले निरन्तर तिनीहरूलाई स्मरण गराउँछन् ।
φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας
पावलले मूर्तिपूजाको अभ्यास भनेको कुनै एउटा खतरनाक जनावर भएको जसरी बताइरहेका छन् । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्नबाट अलग बस्न जे गर्न सक्छौ सो गर” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 10:16
τὸ ποτήριον τῆς εὐλογίας…τὸν ἄρτον
पावलले परमेश्वरको आशिष्लाई प्रभु-भोजमा प्रयोग गरिने कचौरामा भएको मद्य जसरी बताइरहेका छन् । (हेर्नुहोस्ः रूपक)
ὃ εὐλογοῦμεν
“जसका लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ”
τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ?
हामी सहभागी हुने दाखरसको कचौराले हामी ख्रीष्टको रगतमा सहभागी भएको कुरालाई प्रतिनिधित्व गर्छ भनेर कोरिन्थीहरूले जे पहिले नै जानेका छन्, पावलले तिनै कुरा स्मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “हामी ख्रीष्टको रगतमा सहभागी हुन्छौँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν?
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले स्मरण गराइरहेका छन् । वैकल्पिक अनुवादः “जब हामी रोटी बाँड्छौँ, हामी ख्रीष्टको शरीरमा सहभागी हुन्छौँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
“भाग लिने” वा “अरूसँग समान रूपमा सहभागी हुने”
1 Corinthians 10:17
ἄρτος
एउटा सिङ्गो रोटी जसलाई खानु अगाडि स-साना टुक्रा पारिन्छ
1 Corinthians 10:18
οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν?
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “त्यस्ता बलिदानका खाना खानेहरूले वेदीका क्रियाकलापहरू र आशिष्हरूको सहभागी हुन्छन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 10:19
τί οὖν φημι?
कोरिन्थीहरूले पहिले नै जानेका कुरालाई पावलले तिनीहरूलाई सम्झना गराइरहेका छन् ताकि उनले तिनीहरूलाई नयाँ जानकारी दिन सकून् । वैकल्पिक अनुवादः “मैले भनिरहेको कुरालाई म दोहोर्याऊँ” वा “मैले यसो भन्न खोजेको हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
कोरिन्थीहरूका मनमा भएका प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि मैले मूर्ति कुनै वास्तविक कुरा हो भनिरहेको छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि शब्दलोप)
ὅτι εἰδωλόθυτόν τὶ ἐστιν, ἢ ὅτι εἴδωλόν τὶ ἐστιν?
कोरिन्थीहरूका मनमा भएका प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् ताकि उनले तिनीहरूलाई भन्न नपरोस् । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि कुनै मूर्तिलाई चढाएको खानेकुरा महत्त्वपूर्ण हुँदैन भनेर मैले भनिरहेको छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि शब्दलोप)
1 Corinthians 10:21
οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων
कुनै व्यक्तिले भूतको कचौराबाट पिउँछ भने, त्योचाहिँ त्यो व्यक्ति भूतको साथी हो भन्ने कुराको प्रमाणको रूपमा भएको पावलले बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरू प्रभु र भूतहरू दुवैको साँचो मित्रहरू हुन असम्भव छ” (हेर्नुहोस्ः लक्षणा)
οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων
“तिमीहरू प्रभुका मानिसहरू र साथै भूतहरूसँग साँचो रूपमा एउटै हुन असम्भव छ”
1 Corinthians 10:22
ἢ παραζηλοῦμεν τὸν Κύριον?
कोरिन्थीहरूका मनमा भएको यो प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्नुपर्छ कि प्रभुलाई डाही तुल्याउनु ठीक कुरा होइन ।”
παραζηλοῦμεν τὸν Κύριον
रिस उठाउने वा झर्को लगाउने
μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν?
कोरिन्थीहरूका मनमा भएको यो प्रश्नको जवाफ तिनीहरूले दिएको पावल चाहन्छन् । वैकल्पिक अनुवादः “मैले नभनिकनै तिमीहरूलाई थाहा हुनुपर्छ कि हामी परमेश्वरभन्दा बलिया छैनौँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 10:23
पावलले तिनीहरूलाई स्वतन्त्रताको व्यवस्था र हरेक कुरा अरूहरूका भलाइका लागि गर्ने कुराको फेरि पनि स्मरण गराउँछन् ।
πάντα ἔξεστιν
सम्भावित अर्थहरू हुन् १) केही कोरिन्थीहरूले जे कुरा विचार गर्दै थिए, त्यसप्रति पावलले जवाफ दिँदैछन्, “कसैले भन्छन्, ‘म जे पनि गर्न सक्छु’” वा २) पावलले उनले जे सत्य हो भनी सोच्छन्, वास्तवमा त्यही भनिरहेका छन्, “परमेश्वरले मलाई जे पनि गर्न अनुमति दिनुहुन्छ ।” यसलाई १ कोरिन्थीहरू ६:१२ मा जस्तै गरी अनुवाद गर्नुपर्छ ।
οὐ πάντα συμφέρει
“कति कुराहरू फाइदाजनक हुँदैनन्”
οὐ πάντα οἰκοδομεῖ
मानिसहरूलाई वृद्धि गर्ने कुराले तिनीहरूलाई परिपक्व हुन र तिनीहरूको विश्वासमा बलियो हुनलाई सहयोग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले “वृद्धि गर्छ”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “सबैकुराले मानिसहरूलाई बलियो बनाउँदैन” वा “केही कुराहरूले मानिसहरूलाई बलियो बनाउँदैन” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 10:27
ὑμῖν…μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
“तिमीहरू । शुद्ध विवेकको साथमा तिमीहरूले खानेकुरो खाएको परमेश्वरले इच्छा गर्नुहुन्छ”
1 Corinthians 10:28
ἐὰν δέ τις ὑμῖν εἴπῃ…μὴ ἐσθίετε…τὸν μηνύσαντα
केही अनुवादहरूले यो पदलाई यसपछिको पदको “र तिमीहरूको होइन” सम्म निरन्तर कोष्ठकमा राखेर लैजान्छन्, किनभने १) यहाँ प्रयोग भएको “तिमी” र “खाओ” जस्ता शब्द एकवचनको रूपमा छन्, तर यो वाक्यको अगाडि र पछाडि भने पावलले तुरुन्तै बहुवचनको रूपलाई प्रयोग गर्छन्, र २) अर्को पदमा भएको, “अर्काको विवेकबाट मेरो स्वतन्त्रताको न्याय हुन किन दिने ?” भन्ने शब्दहरू “अर्को मानिसको विवेकको खातिर” भन्ने कुराभन्दा “तिमीहरूका अगि जे राखिएको छ त्यसलाई विवेकसँग सम्बन्धित कुनै प्रश्नहरू नसोधिकन खाओ” (१ कोरिन्थीहरू १०:२७) भन्ने कुरामा निर्माण भएको जस्तो देखिन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὑμῖν εἴπῃ…μὴ ἐσθίετε…τὸν μηνύσαντα
पावलले कोरिन्थीहरूसँग तिनीहरू एक जना व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँको “तिमी” र “नखाऊ” भन्ने आज्ञा एकवचन रूपमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
1 Corinthians 10:29
συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ
केही अनुवादहरूले योभन्दा अघिको पदमा भएको शब्दहरूसमेत गरेर यी शब्दहरूलाई कोष्ठकभित्र राख्दछन्, किनभने १) यहाँ प्रयोग भएको “तिमी” शब्दहरू एकवचनको रूपमा छन्, तर यो वाक्यको अगाडि र पछाडि भने पावलले तुरुन्तै बहुवचनको रूपलाई प्रयोग गर्छन्, र २) यो पदमा भएको, “किनकि अर्काको विवेकबाट मेरो स्वतन्त्रताको न्याय हुन किन दिने ?” भन्ने शब्दहरू “अर्को मानिसको विवेकको खातिर” भन्ने कुराभन्दा “तिमीहरूका अगि जे राखिएको छ त्यसलाई विवेकसँग सम्बन्धित कुनै प्रश्नहरू नसोधिकन खाओ” (१ कोरिन्थीहरू १०:२७) भन्ने कुरामा निर्माण भएको जस्तो देखिन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
οὐχὶ τὴν ἑαυτοῦ
पावलले कोरिन्थीहरूसँग तिनीहरू एक जना व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँको “तिम्रो” शब्द एकवचन रूपमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως?
यो प्रश्न र साथै यसपछिको पदमा भएको प्रश्नको सम्भावित अर्थहरू हुन् १) “लागि” शब्दले यस अघिको [१कोरिन्थी १०:२७] (..१०/२७. md) लाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले विवेकको प्रश्नहरू सोध्ने होइन, यसैले किन ... विवेक ... ?” वा २) केही कोरिन्थीहरूले जे विचार गर्दै थिए सो पावलले उद्धृत गर्दैछन् । वैकल्पिक अनुवादः “जसरी तिमीहरूमध्ये कसैले विचार गरिरहेका हुन सक्छौ, ‘किन विवेकको ... ?’”
ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως?
श्रोताले उनको मनमा भएको प्रश्नको जवाफ देऊन् भनी वक्ताले चाहन्छन् । वैकल्पिक अनुवादः “मैले नभने पनि तिमीहरूले यो कुरा जान्नुपर्छ, कुनै व्यक्तिको ठीक र बेठीकको बारेमा मेरोभन्दा भिन्न विचारधारा छ भन्दैमा मैले गलत गरिरहेको छु भनेर त्यो व्यक्तिले भन्न मिल्दैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 10:30
εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ?
श्रोताले उनको मनमा भएको प्रश्नको जवाफ देऊन् भनी वक्ताले चाहन्छन् । वैकल्पिक अनुवादः “म कृतज्ञतासाथ भोजमा सहभागी हुन्छु, त्यसैले मैले धन्यवाद दिएको कुराको लागि कसैले पनि मलाई होच्याउनुहुँदैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἰ ἐγὼ…μετέχω
यदि पावलले केही कोरिन्थीहरूले विचार गरिरहेका हुन सक्ने कुरालाई उद्धृत गरिरहेका होइनन् भने, “म”ले धन्यवाद दिएर मासु खानेहरूलाई जनाउँछ । “यदि कोही व्यक्ति सहभागी हुन्छ भने” वा “जब कोही व्यक्तिले खान्छ”
χάριτι
“त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनु” वा “र त्यो व्यक्तिलाई त्यसको लागि धन्यवाद दिनु जसले मलाई त्यो दियो”
1 Corinthians 10:32
ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε, καὶ Ἕλλησιν
“यहूदीहरू वा ग्रीकहरू कसैलाई पनि अप्रसन्न नतुल्याओ” वा “यहूदीहरू र ग्रीकहरू कसैलाई पनि रीस नउठाओ”
1 Corinthians 10:33
“सबैलाई खुशी राख”
“म आफ्नै लागि इच्छा लाग्ने कुराहरू गर्दिन”
τὸ τῶν πολλῶν
सकेसम्म धेरै मानिसहरू
1 Corinthians 11
१ कोरिन्थी ११ साधारण टिपोटहरू
संरचना र ढाँचा
यहाँदेखि यो पत्रको नयाँ खण्ड सुरु हुन्छ (अध्याय ११-१४) । अब पावलले मण्डलीको आराधना सेवा व्यवस्थित हुनुपर्छ भनी कुरा गर्छन् । यो अध्यायमा तिनले दुईवटा भिन्नभिन्न समस्याः मण्डलीको सेवामा स्त्रीहरू (पद १-१६) र प्रभुभोज (पद १७-१४) का बारेमा लेख्छन् ।
यो अध्यायका विशेष विचारहरू
मण्डलीको सेवामा उचित व्यवहार
अव्यवस्थित स्त्रीहरू
यहाँ पावलले दिएका सुझावहरूलाई विद्वानहरूका बीचमा छलफल गरिएका छन् । त्यहाँ यस्ता किसिमका स्त्रीहरू भएका हुन सक्छन्, जसले स्थापित सांस्कृतिक प्रचलनका विरुद्धमा गएर ख्रीष्टिएन स्वतन्त्रताको दुरुपयोग गरिरहेका थिए र मण्डलीमा भद्रगोल ल्याइरहेका थिए । तिनीहरूका क्रियाकलापले सृजना गरेका भद्रगोलले तिनलाई चिन्तित तुल्याएको थियो ।
प्रभुभोज
कोरिन्थीहरूले प्रभुभोजलाई कसरी चलाइरहेका थिए, त्यस कुरामा समस्या थियो । तिनीहरूले एकीकृत रूपमा काम गरेनन् । प्रभुभोजको साथमा गरिएका भोजको समयमा, तिनीहरूमध्ये कसैले आफ्ना खानेकुरा बाँडचुँड नगरी खाए । तिनीहरूमध्ये केही मद्यले मात्तिए भने गरिब मानिसहरू भोकै रहे । विश्वासीहरूले पाप गरिरहेका समयमा र एकआपसमा सम्बन्ध बिग्रिएका समयमा तिनीहरू प्रभुभोजमा सहभागी हुन्छन् भने तिनीहरूले ख्रीष्टको अनादर गरेका हुन्छन् भनी पावलले तिनीहरूलाई सिकाए । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि मिलाप गराउनु, मिलाप)
यस अध्यायमा भएका महत्वपूर्ण अलङ्कारका भाषा
अलङ्कारका प्रश्नहरू
पावलले मानिसहरूलाई सुझाव दिएअनुरूपको आराधनाको नियमहरूको अनुसरण गर्न तिनीहरू अनिच्छुक भएका हुनाले उनीहरूलाई हप्काउनका लागि तिनले अलङ्कारका प्रश्नहरू प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
शिर
पद ३ मा अधिकार जनाउनका लागि पावलले “शिर” शब्दलाई लाक्षणिक अर्थमा प्रयोग गर्छन् र पद ४ देखि तलचाहिँ व्यक्तिकै वास्तविक शिर जनाउनलाई पनि प्रयोग गर्छन् । ती एकसाथ अति मिल्दोजुल्दो हुनाले, पावलले “शिर” शब्दलाई जानीबुझीकन नै यस किसिमले प्रयोग गरेका हुन सक्छन् । यस कुराले यी पदमा उल्लेखित विचारहरू सम्बन्धित छन् भन्ने दर्शाउँछ । (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 11:1
पावलले आफूले ख्रीष्टको अनुकरण गरे झैँ, उनीहरूले पनि तिनको अनुकरण गर्नुपर्छ भनेर उनीहरूलाई स्मरण गराएपछि, स्त्रीहरू र पुरुषहरूले विश्वासीहरूका रूपमा कसरी जीवन बिताउनुपर्छ भन्ने बारेमा तिनले विशेष सुझावहरू दिन्छन् ।
1 Corinthians 11:2
πάντα μου μέμνησθε
“सबै समयमा तिमीहरूले मेरो बारेमा विचार गर” अथवा “तिमीहरूले जस्तो व्यवहार गर भन्ने म इच्छा गर्छु, तिमीहरूले सधैँ त्यस्तै व्यवहार गर ।” पावल को थिए अथवा तिनले के-के कुरा सिकाएका थिए भन्ने कुरा कोरिन्थीहरूले बिर्सेका थिएनन् ।
1 Corinthians 11:3
θέλω δὲ
सम्भावित अर्थहरूः (१) “यसकारण, म चाहन्छु” वा (२) “जे होस् म चाहन्छु”
ἡ κεφαλὴ…ἐστιν
... सँग ... माथि अधिकार छ
κεφαλὴ…γυναικὸς ὁ ἀνήρ
सम्भावित अर्थहरू हुन् १) “पुरुषहरूले स्त्रीहरूमाथि अधिकार गर्नुपर्छ” वा २) “पतिले आफ्नी पत्नीमाथि अधिकार गर्नुपर्छ”
1 Corinthians 11:4
προφητεύων κατὰ κεφαλῆς ἔχων
“आफ्नो टाउकोलाई कपडा वा खास्टोले ढाकेपछि त्यसो गर्छ”
καταισχύνει τὴν κεφαλὴν αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) “आफ्नै अपमान गर्छ” वा २) “ख्रीष्टको अपमान गर्छ जो उसको शिर हुनुहुन्छ”
1 Corinthians 11:5
γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς
सम्भावित अर्थहरू हुन् १) “कुनै स्त्रीले जसले ... प्रार्थना गर्छे ... आफ्नै अपमान गर्छे” वा २) “... नढाकी प्रार्थना गर्ने पत्नीले आफ्नो पतिको अपमान गर्छे”
ἀκατακαλύπτῳ τῇ κεφαλῇ
अर्थात् शिरमाथि पहिरिने वस्त्रबिना जसले केश र कुमहरू ढाक्छ ।
τῇ ἐξυρημένῃ
उनले आफ्नो शिरमा भएको सबै कपाल काट्ने औजारले खौरेको जस्तै हो
1 Corinthians 11:6
εἰ…αἰσχρὸν γυναικὶ
कुनै स्त्रीले आफ्नो कपाल खौरनु वा छोटो पार्नु भनेको उनको लागि अपमान र बेइज्जतको कुरा थियो ।
तिनले शिरमाथि पहिरने वस्त्रलाई तिनको शिरमाथि राख्नु जसले केश र कुमहरू ढाक्थ्यो
1 Corinthians 11:7
οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “उसले आफ्नो शिरलाई ढाक्नुहुँदैन” वा २) “उसको शिर ढाक्न जरूरी छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δόξα ἀνδρός
जसरी मानिसले परमेश्वरको महानतालाई प्रकट गर्छ, त्यसरी नै स्त्रीले पुरुषको चरित्रलाई प्रकट गर्छे ।
1 Corinthians 11:8
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.
परमेश्वरले मानिसबाट एउटा हाड लिनुभयो र त्यो हाडबाट स्त्री बनाउनुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले स्त्रीबाट मानिसलाई बनाउनुभएन । बरु, उहाँले स्त्रीलाई मानिसबाट बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.
यी शब्दहरू र १ कोरिन्थी ११:८ का सबैलाई कोष्ठकहरूमा राख्न सकिन्छ, ताकि “यसै कारणले ... स्वर्गदूतहरूका ... ” मा भएको “यसै” शब्दले १ कोरिन्थी ११:७ मा भएको “स्त्रीचाहिँ पुरुषको गौरव हो” भन्ने कुरालाई जनाउँछ भनेर पाठकले प्रष्ट रूपमा देख्न सक्छ ।
1 Corinthians 11:10
ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς
सम्भावित अर्थहरू हुन् १) “उनको शिरको रूपमा पुरुष छ भन्ने सङ्केत दिनको लागि” वा २) “उनीसँग प्राथना गर्ने वा अगमवाणी बोल्ने अधिकार छ भन्ने सङ्केत दिनको लागि ।”
1 Corinthians 11:11
πλὴν…ἐν Κυρίῳ
“हुन त मैले भर्खर भनेका सबै कुरा साँचो हुन्, सबैभन्दा महत्वपूर्ण कुराचाहिँ यो होः प्रभुमा”
ἐν Κυρίῳ
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टिएनहरूका माझमा, जो परमेश्वरका हुन्” वा २) “परमेश्वरले सृष्टि गर्नुभए अनुसारको संसारमा ।”
οὔτε γυνὴ χωρὶς ἀνδρὸς, οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्त्री पुरुषमाथि भर पर्छे, र पुरुष स्त्रीमाथि भर पर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 11:12
τὰ…πάντα ἐκ τοῦ Θεοῦ
“परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो”
1 Corinthians 11:13
ἐν ὑμῖν αὐτοῖς κρίνατε
“यी कुराहरूलाई स्थानीय चलन र मण्डलीको प्रथाअनुसार नै विचार गर”
πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον, τῷ Θεῷ προσεύχεσθαι?
कोरिन्थीहरू आफ्ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरको आदर गर्नलाई, स्त्रीले आफ्नो शिर ढाकेर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि आलङ्कारिक प्रश्न)
1 Corinthians 11:14
οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν;
कोरिन्थीहरू आफ्ना कुरामा सहमत हुन्छन् भनी पावलले आशा गर्छन् । वैकल्पिक अनुवादः “ ... उसको लागि ... प्रकृतिले पनि तिमीहरूलाई सिकाउँछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν
समाजमा भएका मानिसहरूले सामान्य रूपमा गर्ने व्यवहारचाहिँ शिक्षा दिने कोही व्यक्ति भएको जसरी तिनले कुरा गर्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले सामान्य रूपमा जसरी व्यवहार गर्छन् सो कुरालाई हेरेर पनि तिमीहरूले जान्न सक्छौ ... उसको लागि ... ।” (हेर्नुहोस्ः मानवीकरण)
1 Corinthians 11:15
ὅτι ἡ κόμη…δέδοται αὐτῇ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले स्त्रीलाई केशसहित सृष्टि गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 11:17
जसै पावलले सहभागीपन, अर्थात् प्रभुभोजको कुरा गर्छन्, ठीक आचरण साथै एकता कायम राख्नलाई तिनले तिनीहरूलाई स्मरण गराउँछन् । तिनले उनीहरूलाई यो स्मरण गराउँछन् कि ती कुरामा उनीहरू असफल हुन्छन् भने, उनीहरू बिरामी पर्नेछन् र मर्नेछन्, जसरी तिनीहरूमध्ये कतिलाई पहिल्यै भइसकेको छ ।
τοῦτο δὲ παραγγέλλων
अर्को सम्भाव्य अर्थ यो हो, “जसै म तिमीहरूलाई यी निर्देशनहरूहरू दिन्छु, त्यहाँ त्यस्तो केही कुरो छ जसका लगि म तिमीहरूको प्रशंसा गर्न सक्दिन । जब”
“मैले कुरा गर्न लागेको निर्देशनहरू”
“सँगै भेला हुनु” वा “भेट्नु”
οὐκ εἰς τὸ κρεῖσσον, ἀλλὰ εἰς τὸ ἧσσον
“तिमीहरूले एकअर्कालाई सहायता गर्दैनौ; बरु, तिमीहरू एकअर्कालाई नोक्सानी पुर्याउँछौ”
1 Corinthians 11:18
ἐν ἐκκλησίᾳ
“विश्वासीहरूका रूपमा ।” पावलले भवन भित्र हुने बारेमा कुरा गरिरहेका छैनन् ।
σχίσματα ἐν ὑμῖν ὑπάρχειν
“तिमीहरू आफूहरूलाई एकअर्काको विरुद्धमा भएका समूहहरूमा विभाजन गर्छौ”
1 Corinthians 11:19
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν
सम्भावित अर्थहरू हुन् १) “हुनुपर्छ” शब्दले यस्तो स्थिति हुने सम्भावना भएको देखिन्छ । वैकल्पिक अनुवादः “किनकि सम्भवतः तिमीहरूका माझमा गुटबन्दी हुनेछ” वा २) गुटबन्दी भएको हुनाले तिनीहरूलाई लज्जित तुल्याउनका लागि पावलले व्यङ्गको भाषा प्रयोग गरिरहेका थिए । वैकल्पिक अनुवादः “तिमीहरूले यस्तो विचार गरेको भान हुन्छ कि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ” वा “तिमीहरूले यस्तो विचार गरे झैँ लाग्छ कि तिमीहरूले आफूलाई विभाजित गर्नै पर्छ” (हेर्नुहोस्ः व्यङ्ग्य)
αἱρέσεις
एकअर्काका परस्पर विरोध गर्ने समूहहरू
सम्भावित अर्थहरू हुन् १) “ताकि तिमीहरूका बीचमा भएका उच्च आदर पाएका विश्वासीहरूलाई मानिसहरूले चिन्नेछन् २) ताकि तिमीहरूका बीचमा भएका अरूका सामु यो स्वीकृतिलाई मानिहरूले देखाउन सकुन् ।” कोरिन्थीहरूले बुझून् भनी तिनले इच्छा गरिरहेका कुराको उल्टो कुरा बताएर तिनीहरूलाई शर्ममा पार्न पावलले व्यङ्ग्यको भाषा प्रयोग गरिरहेका हुन सक्छन् । (हेर्नुहोस्ः व्यङ्ग्य)
δόκιμοι
सम्भावित अर्थहरू हुन् १) “जसलाई परमेश्वरले स्वीकृत गर्नुहुन्छ” वा २) “जसलाई तिमीहरू, मण्डलीले स्वीकृत गर्छौ”
1 Corinthians 11:20
συνερχομένων…ὑμῶν
“एकसाथ भेला हुनु”
οὐκ ἔστιν Κυριακὸν δεῖπνον φαγεῖν
“तिमीहरूले प्रभु-भोज खायौँ भन्ने ठान्छौ होला, तर तिमीहरू यसलाई आदरका साथ व्यवहार गर्दैनौ”
1 Corinthians 11:22
εἰς τὸ ἐσθίειν καὶ πίνειν
“जसमा खाना खानको लागि भेला हुन”
καταφρονεῖτε
घृणा गर्नु वा अपमान र अनादरको साथमा व्यवहार गर्नु
शर्ममा पारिदिनु वा लाज लाग्ने बनाइदिनु
τί εἴπω ὑμῖν? ἐπαινέσω ὑμᾶς ἐν τούτῳ?
पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “म यसको बारेमा केही असल भन्न सक्दिन । म तिमीहरूको प्रशंसा गर्न सक्दिन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 11:23
ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος
“किनकि मैले तिमीहरूलाई भनेको कुराहरू मैले प्रभुबाट सुनेका कुराहरू थिए, र त्यो यही होः प्रभुले”
ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदा इस्करियोतले उहाँलाई धोका दिएको रातमा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 11:24
ἔκλασεν
“उहाँले त्यसबाट टुक्रा-टुक्रा निकाल्नुभयो”
τοῦτό μού ἐστιν τὸ σῶμα
“मैले अँठ्याइरहेको यो रोटी मेरो शरीर हो”
1 Corinthians 11:25
τὸ ποτήριον
यसलाई अक्षरशः अनुवाद गर्नु उत्तम कुरा हुन्छ । उहाँले कुनचाहिँ कचौरा लिनभयो सो कुरा कोरिन्थीहरूलाई थाहा थियो, त्यसैले यो साधारण रूपमा “एउटा कचौरा” वा “कुनै कचौरा” वा “कुनै पनि कचौरा” होइन । सम्भावित अर्थहरू यी हुन् कि त्यो १) उहाँले प्रयोग गरून् भनी कोही व्यक्तिले आशा गर्ने कचौरा थियो वा २) निस्तारचाडको भोज खाँदा यहूदीहरूले पिउने दाखमद्यको चारवटा कचौराहरूमध्येको तेस्रो वा चौथो कचौरा थियो ।
τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε
“यो कचौराबाट पिओ, र जहिले-जहिले तिमीहरू यसबाट पिउँछौ”
1 Corinthians 11:26
क्रूसको मृत्यु र पुनरुत्थानको बारेमा सिकाउनु
ἄχρι οὗ ἔλθῃ
येशू कहाँ आउनुहुन्छ भन्ने कुरा प्रष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू पृथ्वीमा फर्केर नआउञ्जेलसम्म” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 11:27
ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου
“प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ”
1 Corinthians 11:28
δοκιμαζέτω…ἄνθρωπος
परमेश्वरसितको आफ्नो सम्बन्धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्न खोजिरहेको जसरी पावलले बताउँछन् । “गुण जाँच्नु”लाई १ कोरिन्थीहरू ३:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 11:29
μὴ διακρίνων τὸ σῶμα
सम्भावित अर्थहरू हुन् १) “र मण्डली प्रभुको शरीर हो भनेर चिन्दैन” वा २) “र उसले प्रभुको शरीरलाई लिइरहेको छ भनी विचार गर्दैन ।”
1 Corinthians 11:30
ἀσθενεῖς καὶ ἄρρωστοι
यी शब्दहरूको करिब उही अर्थ लाग्छ र यूएसटीमा जस्तै जोड्न सकिन्छ ।
κοιμῶνται ἱκανοί
यहाँ “सुत्नु” भनेको मृत्युलाई जनाउने मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “र तिमीहरूमध्ये केही बितिसकेका छन्” (हेर्नुहोस्ः व्यञ्जना).
ἱκανοί
यदि यो मृत्यु भइसकेकाहरूसँग पावलले कुरा गरिरहेका जस्तो सुनिन्छ भने, तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ कि तिनले त्यसो गरिरहेका छैनन् । वैकल्पिक अनुवादः “तिमीहरूका समूहका केही सदस्यहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 11:31
διεκρίνομεν
परमेश्वरसितको आफ्नो सम्बन्धलाई र आफूले कसरी जीवन जिइराखेको छु भनी विचार गर्ने व्यक्ति चाहिँ मानौँ त्यो व्यक्तिले आफूले चाहेको केही कुरालाई किन्न खोजिरहेको जसरी पावलले बताउँछन् । तपाईंले यसलाई १ कोरिन्थीहरू ११:२८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
οὐκ ἂν ἐκρινόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 11:32
κρινόμενοι…ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ…κατακριθῶμεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि उहाँले हामीलाई दोषी नठहराउनु भएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 11:33
συνερχόμενοι εἰς τὸ φαγεῖν
प्रभु-भोज लिनुभन्दा अगाडि खाना खानलाई भेट हुन
ἀλλήλους ἐκδέχεσθε
“खाना खानुभन्दा अगाडि अरूलाई आउन देओ”
1 Corinthians 11:34
ἐν οἴκῳ ἐσθιέτω
“त्यसले भेला हुनुभन्दा अगाडि खाओस्”
μὴ εἰς κρίμα συνέρχησθε
“यो परमेश्वरले तिमीहरूलाई अनुशासन गर्ने समय हुनेछैन” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 12
१ कोरिन्थी १२ साधारण टिपोटहरू
संरचना र ढाँचा
पवित्र आत्माका वरदानहरू
यस अध्यायमा नयाँ खण्ड सुरु हुन्छ । अध्याय १२-१४ ले मण्डलीभित्रका आत्मिक वरदानहरूका बारेमा छलफल गर्दछ ।
यस अध्यायका विशेष विचारहरू
मण्डली, ख्रीष्टको शरीर
धर्मशास्त्रमा यो महत्वपूर्ण अलङ्कार हो । धर्मशास्त्रमा यो महत्वपूर्ण अलङ्कार हो । मण्डलीका धेरैवटा भिन्नभिन्न भाग छन् । प्रत्येक भागका अलगअलग कार्य छन् । ती सबै मिलेर एउटा मण्डली बन्छ । विभिन्न भागका सबै नै आवश्यक हुन्छन् । हरेको भाग अरू सबै भागहरूका बारेमा फिक्री गर्ने हुनुपर्छ जसमा कम महत्त्वका लाग्ने भागहरू पनि पर्छन् । (हेर्नुहोस्ः रूपक)
यस अध्यायको अनुवादसम्बन्धि सम्भाव्य अन्य कठिनाइहरू
“पवित्र आत्माद्वारा बाहेक कसैले पनि ‘येशू नै प्रभु हुनुहुन्छ’ भन्न सक्दैन”
पुरानो करारमा, यहूदीहरूले “यहवे” शब्दको साटोमा “परमप्रभु” शब्द लेख्थे । यो वाक्यको अर्थ शायद यस्तो हुन्छ, आफूमा वास गर्नुहुने पवित्र आत्माको प्रभावबिना कसैले पनि येशू नै यहवे, अर्थात् शरीरमा हुनुभएको परमेश्वर हुनुहुन्छ भनी यो सत्य स्वीकार गर्न सक्दैन । यो वाक्यलाई बेवास्ता गरेर अनुवाद गर्ने हो भने यसले नसोचेको ईश्वरशास्त्रीय परिणामहरू ल्याउन सक्छ ।
1 Corinthians 12:1
परमेश्वरले विश्वासीहरूलाई विशेष किसिमका वरदाहरू दिनुभएको छ भन्ने कुरा पावलले तिनीहरूलाई जानकारी गराउँछन् । यी वरदानहरूले विश्वासीहरूले बनेको शरीरलाई सहायता गर्नुपर्छ ।
οὐ θέλω ὑμᾶς ἀγνοεῖν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिमीहरूले जानेको चाहन्छु” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 12:2
ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι
यहाँ “बहकिएका थियौ” भन्नाले केही गलत गर्नलाई मनाइएको कुरालाई जनाउने अलङ्कार हो । मूर्तिहरूतिर बहकिएको भन्ने कुराले मूर्तिहरू पूजा गर्न गलत तरिकाले मनाइएको भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । “बहकिएका थियौ” र “तिमीहरू तिनीहरूद्वारा डोहोर्याइएका थियौ” भन्ने वाक्यांशहरूलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बोल्न नसक्ने मूर्तिहरूको पूजा गर्न कुनै किसिमले तिमीहरू मनाइएका थियौ” वा “कुनै तरिकाले तिमीहरूले झूटहरू विश्वास गर्यौ र त्यसरी तिमीहरूले बोल्न नसक्ने मूर्तिहरूको पूजा गर्यौ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 12:3
οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει
सम्भावित अर्थहरू हुन् १) “आफूमा परमेश्वरको आत्मा भएको कुनै पनि ख्रीष्टिएनले भन्न सक्दैन” वा २) परमेश्वरको आत्माको शक्तिमा अगमवाणी गर्ने कसैले पनि भन्न सक्दैन”
ἀνάθεμα Ἰησοῦς
“परमेश्वरले येशूलाई दण्ड दिनुहुनेछ” वा “परमेश्वरले येशूलाई कष्ट सहन लाउनुहुनेछ”
1 Corinthians 12:6
ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν
“हरेक व्यक्तिलाई ती पाउने तुल्याउनुहुन्छ”
1 Corinthians 12:7
ἑκάστῳ…δίδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । दिने काम गर्नेचाहिँ परमेश्वर नै हुनुहुन्छ (१ कोरिन्थीहरू १२:६) । वैकल्पिक अनुवादः “परमेश्वरले हरेकलाई दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 12:8
ᾧ μὲν…διὰ τοῦ Πνεύματος δίδοται λόγος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माको माध्यमद्वारा परमेश्वरले एक जना व्यक्तिलाई वचन दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λόγος
“सन्देश”
आत्माको कामद्वारा परमेश्वरले वरदानहरू दिनुहुन्छ ।
यहाँ यी दुवै कुरा परमेश्वरले उही आत्माद्वारा दिनुहुने वास्तविकताको कारणले गर्दा यी दुई शब्दहरूको बीचको भिन्नता त्यति महत्वपूर्ण कुरा होइन ।
पावलले दुई शब्दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “बुद्धिमान् वचनहरू” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
पावलले दुई शब्दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “ज्ञान देखाउने वचनहरू” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
δίδοται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 12:9
ἄλλῳ…χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι
“दिइएका छन्” भन्ने शब्दहरूलाई यसअघिको वाक्यांशबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई एउटै आत्माद्वारा निको पार्ने वरदाहरू दिइन्छन्” (हेर्नुहोस्ः शब्दलोप)
1 Corinthians 12:10
ἄλλῳ προφητεία
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्कोलाई उही आत्माद्वारा अगमवाणी दिइन्छ” (हेर्नुहोस्ः शब्दलोप)
ἑτέρῳ γένη γλωσσῶν
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “उही आत्माद्वारा अर्कोलाई विभिन्न प्रकारका भाषाहरूमा दिइएका छन्” (हेर्नुहोस्ः शब्दलोप)
γένη γλωσσῶν
यहाँ “जिब्रोहरू”ले भाषाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “विभिन्न भाषाहरू बोल्ने क्षमता” (हेर्नुहोस्ः लक्षणा)
ἄλλῳ…ἑρμηνία γλωσσῶν
“उही आत्माद्वारा दिइएका छन्” वाक्यांशलाई यसअघिको वाक्यांशहरूबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “उही आत्माद्वारा अर्कोलाई भाषाहरूको अर्थ खोल्ने कुरा दिइन्छ” (हेर्नुहोस्ः शब्दलोप)
ἑρμηνία γλωσσῶν
यो भनेको कसैले कुनै एउटा भाषामा जे भन्छ त्यो सुनेर त्यो व्यक्तिले जे भनेको हो सो कुरा मानिसहरूलाई भन्नलाई अर्को भाषाको प्रयोग गर्ने क्षमता हो । वैकल्पिक अनुवादः “अरू भाषाहरूमा भनेको कुराको अर्थ खोल्ने क्षमता”
1 Corinthians 12:11
τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα
एउटै र एकमात्रै पवित्र आत्माको कामद्वारा परमेश्वरले वरदानहरू दिनुहुन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 12:12
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने विभिन्न किसिमका वरदानहरूको बारेमा पावलले कुरा गरिरहन्छन्, परमेश्वरले विभिन्न वरदानहरू विभिन्न विश्वासीहरूलाई दिनुहुन्छ, तर तिनीहरूले यो कुरा जानेको पावल इच्छा गर्छन् कि सबै विश्वासीहरूलाई एउटै शरीर बनाइएको हुन्छ, जसलाई ख्रीष्टको शरीर भनिन्छ । यही कारणले विश्वासीहरूसँग एकता हुनुपर्छ ।
1 Corinthians 12:13
ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες…ἐβαπτίσθημεν
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा नै हुनुहुन्छ जसले हामीलाई बप्तिस्मा दिनुहुन्छ, “किनभने एउटै आत्माले हामीलाई बप्तिस्मा दिनुभयो” वा २) बप्तिस्माको पानी झैँ आत्मा माध्यम हुनुहुन्छ जसद्वारा हामी सबै जनाले शरीरमा बप्तिस्मा पाएका छौँ, “किनकि एउटै आत्मामा हामी सबैको बप्तिस्मा भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
εἴτε…δοῦλοι, εἴτε ἐλεύθεροι
यहाँ “बन्धनमा” शब्द “दासहरू”को लागि लाक्षणिक शब्द हो । वैकल्पिक अनुवादः “दासत्वका मानिसहरू वा स्वतन्त्र मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
πάντες ἓν Πνεῦμα ἐποτίσθημεν
वैकल्पिक अनुवादः “परमेश्वरले हामी सबैलाई एउटै आत्मा दिनुभएको छ, र जसरी मानिसहरूले पिउने कुरा बाँड्न सक्छन्, त्यसै गरी हामीले आत्मा बाँड्छौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
1 Corinthians 12:17
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή? εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις?
यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले केही कुरा सुन्न सक्दैनथ्यौ ... तिमीहरूले केही सुँघ्न सक्दैनथ्यौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 12:19
τὰ…ἓν μέλος
शब्द “अङ्ग” शरीरका भागहरूका लागि मूलभूत शब्द हो, जस्तै टाउको, पाखुरा, वा घुँडा । वैकल्पिक अनुवादः “शरीरको उही भाग”
εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα?
यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कुनै शरीर हुने थिएन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 12:21
“मलाई तिमी चाहिँदैन”
1 Corinthians 12:23
“कम महत्त्वपूर्ण”
τὰ ἀσχήμονα ἡμῶν
यसले सम्भवतः शरीरका गोप्य अङ्गहरूलाई जनाउँछ, जसलाई मानिसहरूले ढाकेर राख्छन् । (हेर्नुहोस्ः व्यञ्जना)
1 Corinthians 12:25
μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ
“शरीर एकीकृत होस्, र”
1 Corinthians 12:26
δοξάζεται μέλος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले एउटा सदस्यलाई आदर दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 12:27
ὑμεῖς δέ ἐστε
यहाँ “अब” शब्दलाई यसपछिको महत्वपूर्ण बुँदामा ध्यान लगाउनलाई प्रयोग गरिएको छ ।
1 Corinthians 12:28
πρῶτον ἀποστόλους
सम्भावित अर्थहरू हुन् १) “मैले उल्लेख गर्ने पहिलो वरदान भनेको प्रेरितहरू हो” वा २) सबैभन्दा महत्त्वपूर्ण वरदान प्रेरितहरू हो ।”
ἀντιλήμψεις
“अरू विश्वासीहरूलाई सहयोग गर्नेहरू”
κυβερνήσεις
“मण्डलीका प्रशासकहरू”
γένη γλωσσῶν
एउटा व्यक्ति जसले एक वा एकभन्दा बढी अन्जान भाषाहरूमा उक्त भाषाको अध्ययन नगरीकनै बोल्न सक्छ
1 Corinthians 12:29
μὴ πάντες ἀπόστολοι? μὴ πάντες προφῆται? μὴ πάντες διδάσκαλοι? μὴ πάντες δυνάμεις?
आफ्ना पाठकहरूले पहिले नै जानेका कुराहरूको पावलले तिनीहरूलाई स्मरण गराउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये कोही मात्रै प्रेरितहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै अगमवक्ताहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै शिक्षकहरू हुन् । तिनीहरूमध्ये कसै-कसैले मात्रै शक्तिशाली कार्यहरू गर्छन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 12:30
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων? μὴ πάντες γλώσσαις λαλοῦσιν? μὴ πάντες διερμηνεύουσιν?
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैसँग निको पार्ने वरदान छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै विभिन्न भाषामा बोल्दैनन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैले भाषाको अर्थ खोल्दैनन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
διερμηνεύουσιν
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरू मानिसहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 12:31
ζηλοῦτε…τὰ χαρίσματα τὰ μείζονα
सम्भावित अर्थहरू हुन् १) “मण्डलीलाई सबैभन्दा उत्तम तरिकाले सहायता गर्ने खालका वरदानहरू तिमीहरूले परमेश्वरबाट खोज्नुपर्छ” वा २) “तिमीहरू ती वरदानहरूको उत्सुकताका साथ खोजी गरिरहेका छौ जुन वरदानहरू तिमीहरूले ठूला सोच्छौ, किनकि तिमीहरू ती पाउन चाखलाग्दो हुन्छ भनी ठान्छौ”
1 Corinthians 13
१ कोरिन्थी १३ साधारण टिपोटहरू
संरचना र ढाँचा
पावलले आत्मिक वरदानहरूका बारेमा भएको आफ्नो शिक्षालाई बिचैमा रोकेको जस्तो लाग्छ । तापनि यस अध्यायले सायद तिनको शिक्षाको अझै विशाल कार्य क्षेत्रलाई समेटेको छ ।
यस अध्यायका विशेष विचारहरू
प्रेम
प्रेमचाहिँ विश्वासीहरूका सबैभन्दा महत्वपूर्ण विशेषता हो । यस अध्यायले प्रेमको बारेमा पूर्ण बर्णन गर्छ । आत्माका वरदानहरूभन्दा प्रेम किन अझ धेरै महत्वपूर्ण हुन्छ भनेर पावल भन्छन् । (हेर्नुहोस्ः प्रेम)
यस अध्यायका महत्वपूर्ण अलङ्कारका भाषा
रूपक अलङ्कार
पावलले यस अध्यायमा धेरैवटा विभिन्न अलङ्कार प्रयोग गर्छन् । कोरिन्थीहरूलाई विशेष गरी कठिन शीर्षकहरूमा शिक्षा दिनलाई तिनले अलङ्कारहरू प्रयोग गर्छन् । यी शिक्षा बुझ्नलाई पाठकसित आत्मिक कुरा छुट्याउन सक्ने क्षमता हुनुपर्छ । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 13:1
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने वरदानहरूका बारेमा भर्खरै कुरा गरेपछि, पावलले कुन कुरा बढी महत्वपूर्ण हुन्छ भन्ने कुरामा जोड दिन्छन् ।
ταῖς γλώσσαις…τῶν ἀγγέλων
सम्भावित अर्थहरू हुन् १) पावलले प्रभाव दिनको लागि बढाइचढाइ गरेर भन्दै छन् र उनी मानिसहरूले स्वर्गदूतहरूको भाषा बोल्छन् भन्ने कुरामा विश्वास गर्दैनन् वा २) अन्यभाषामा बोल्ने कोही व्यक्तिहरूले वास्तवमा स्वर्गदूतहरूको भाषामा बोल्छन् भनेर पावल विचार गर्छन् । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον
म ठूलो, रीसउठ्दो आवाज निकाल्ने बाजाहरू जस्तै भएको हुन्छु (हेर्नुहोस्ः रूपक)
χαλκὸς
एउटा ठूलो, पातलो, गोलो द्यातुको पाता जसलाई केही कुराले मोरेको एउटा डन्डाले हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
κύμβαλον ἀλαλάζον
द्यातुका पातला दुईवटा पाताहरू जसलाई एकसाथ हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
1 Corinthians 13:3
παραδῶ τὸ σῶμά μου
“जलाउनलाई” भन्ने शब्दलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई सताउनेहरूलाई मलाई जलाएर मार्ने अनुमति दिन्छु (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 13:4
ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται; ἡ ἀγάπη οὐ ζηλοῖ; ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται
यहाँ पावलले प्रेमको बारेमा त्यो कुनै व्यक्ति भए जसरी कुरा गर्छन् ।। (हेर्नुहोस्ः मानवीकरण)
1 Corinthians 13:5
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् । (हेर्नुहोस्ः मानवीकरण)
οὐ παροξύνεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि यसलाई चाँडै नै रिसाउने बनाउन सक्ने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 13:6
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् । (हेर्नुहोस्ः मानवीकरण)
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συνχαίρει δὲ τῇ ἀληθείᾳ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसले धार्मिकता र सत्यतामा मात्रै आनन्द मनाउँछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 13:7
पावल प्रेमको बारेमा त्यो कुनै मानिस भए जसरी कुरा गर्न जारी राख्छन् । (हेर्नुहोस्ः मानवीकरण)
1 Corinthians 13:12
βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι
पावलको समयमा ऐनाहरू सिसाको साटोमा टल्काएको धातुबाट बनिएको हुन्थ्यो जसले धमिलो, अस्पष्ट प्रतिबिम्ब दिन्थ्यो ।
βλέπομεν…ἄρτι
सम्भावित अर्थहरू हुन् १) “अहिले हामी ... ख्रीष्टलाई देख्छौँ” वा २) “अहिले हामी ... परमेश्वरलाई देख्छौँ ।”
τότε δὲ πρόσωπον πρὸς πρόσωπον
“तर त्यसपछि हामीले ख्रीष्टलाई आमने-सामने देख्नेछौँ ।” यसको अर्थ हामी ख्रीष्टसँगै शारीरिक रूपमा उपस्थित हुन्छौँ भन्ने हुन्छ । (हेर्नुहोस्ः शब्दलोप अनि उपलक्षण)
ἐπιγνώσομαι
“ख्रीष्ट” भन्ने शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “म पूर्ण रूपमा ख्रीष्टलाई जान्ने छु” (हेर्नुहोस्ः शब्दलोप)
καθὼς καὶ ἐπεγνώσθην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी ख्रीष्टले मलाई पूर्ण रूपले चिन्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 13:13
πίστις, ἐλπίς, ἀγάπη
यी भाववाचक नामहरूलाई क्रियापदहरूसँग वाक्यांशहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले प्रभुमा भरोसा गर्नुपर्छ, उहाँले जे प्रतिज्ञा गर्नुभएको छ सो उहाँले गर्नु नै हुने छ भनेर निश्चित हुनुपर्छ, र उहाँलाई र अरूहरूलाई प्रेम गर्नुपर्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
1 Corinthians 14
१ कोरिन्थी १४ साधारण टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा पावल आत्मिक वरदानहरूका बारेमा कुरा गर्नतिर फर्किन्छन् ।
केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा अरू दायाँतिर सारेका हुन्छन् । युएलटिले पद २१ का शब्दहरूलाई यसो गर्दछ ।
यस अध्यायका विशेष विचारहरू
भाषाहरू
अन्य भाषाका वरदानको ठीक अर्थका बारेमा विद्वानहरू सहमत हुँदैनन् । अन्य भाषाको वरदान अविश्वासीहरूका लागि चिन्ह हो भनेर पावलले वर्णन गर्छन् । बोलिएको कुरालाई कसैले अर्थ भनिदिएन भने त्यसले सम्पूर्ण मण्डलीलाई सेवा पुर्याउन सक्दैन । मण्डलीले यो वरदानलाई उचित ढङ्गले प्रयोग गर्नु ज्यादै महत्वपूर्ण हुन्छ ।
अगमवाणी
आत्मिक वरदानका रूपमा अगमवाणीको ठीक अर्थको बारेमा विद्वानहरू सहमत हुँदैनन् । पावल भन्छन्, अगमवक्ताहरूले सम्पूर्ण मण्डलीको निर्माण गर्न सक्छन् । अगमवाणीचाहिँ विश्वासीहरूका लागि वरदान हो भनेर तिनले वर्णन गर्छन् । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
1 Corinthians 14:1
शिक्षाले मानिसहरूलाई सुझावहरू दिने हुनाले यो महत्त्वपूर्ण कुरा भए तापनि, त्यो कुरा प्रेमसाथ गर्नुपर्छ भनेर तिनीहरूले जानेका पावल चाहन्छन् ।
διώκετε τὴν ἀγάπην
प्रेम कोही व्यक्ति भए झैँ गरी पावलले कुरा गर्छन् । “प्रेमको पछि लाग” वा “मानिसहरूलाई प्रेम गर्न कडा मिहिनेत गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
μᾶλλον…ἵνα προφητεύητε
“र अगमवाणी बोल्नलाई सक्षम हुनलाई विशेष रूपले कठोर प्रयत्न गर”
1 Corinthians 14:3
οἰκοδομὴν
मानिसहरूको वद्धि गर्ने भन्नाले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरूलाई बलियो बनाउन” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 14:4
ἑαυτὸν οἰκοδομεῖ
मानिसहरूको वद्धि गर्ने भन्नाले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउनु हो । तपाईंले “वृद्धि गर्नु”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “मानिसहरूलाई बलियो बनाउँछ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 14:5
μείζων δὲ ὁ προφητεύων
अन्य भाषाहरूमा बोल्ने वरदानभन्दा अगमवाणीको वरदान ठूलो कुरा हो भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “अगमवाणी बोल्नेसँग श्रेष्ठतर वरदान हुन्छ” (हेर्नुहोस्ः उपलक्षण)
διερμηνεύῃ
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरू मानिसहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 14:6
ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ διδαχῇ?
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई फाइदा दिन सक्दिन” वा “मैले तिमीहरूलाई सहयोग पुर्याउने कुरा केही पनि गरेको हुने छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 14:7
διαστολὴν τοῖς φθόγγοις μὴ δῷ
यसले लय बनाउने भिन्नभिन्न ध्वनिलाई जनाउँछ, बाँसुरीको आवाज र वीणाको आवाजको बीचमा भएको भिन्नतालाई जनाउँदैन ।
ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον?
यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्छा गर्छन् । वैकल्पिक अनुवादः “बाँसुरी वा वीणाले कुन धुन बजाइरहेको छ भनेर कसैले पनि जान्ने छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 14:8
ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον?
यसको जवाफ कोरिन्थीहरू आफैँले देउन् भनी पावल इच्छा गर्छन् । वैकल्पिक अनुवादः “युद्ध गर्नलाई तयार हुने समय कतिखेर हो भनेर कसैले पनि जान्ने छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 14:10
οὐδὲν ἄφωνον
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबैको अर्थ छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Corinthians 14:12
“आत्माको प्रभुत्व तिमीमाथि छ भनेर दर्शाउने कुराहरू गर्न सक्षम हुने”
πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε
मण्डली कसैले निर्माण गर्न सक्ने एउटा घर र मण्डली निर्माणको कामचाहिँ बाली कटनी गर्ने काम भए झैँ गरी पावलले कुरा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरका मानिसहरूलाई परमेश्वरको सेवा गर्न अझै धेरै सक्षम बनाउन निकै सफल हुनु” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 14:13
διερμηνεύῃ
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । यसलाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 14:14
ὁ…νοῦς μου ἄκαρπός ἐστιν
के प्रार्थना गरियो भनेर दिमागले बुझ्न सक्दैन, र यसकारण, बोलिएको प्रार्थनाले कुनै फाइदा नहुने कुरालाई “दिमागचाहिँ निष्फल हुन्छ” भनेर बताइएको छ । वैकल्पिक अनुवादः “म यो कुरा मेरो दिमागमा बुझ्दिन” वा “प्रार्थनाबाट मेरो दिमागले लाभ उठाउँदैन, किनभने मैले भनिरहेको शब्दहरू म बुझ्दिन” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 14:15
τί οὖν ἐστιν?
पावलले उनको निष्कर्षको परिचय दिँदैछन् । वैकल्पिक अनुवादः “म यसो गर्नेछु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
προσεύξομαι τῷ Πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ψαλῶ τῷ Πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ
प्रार्थनाहरू र भजनहरू यस्तो भाषामा हुनुपर्छ जसले गर्दा उपस्थित मानिसहरूले बुझ्न सकून् ।
τῷ νοΐ
“मैले बुझ्ने शब्दहरूमा”
1 Corinthians 14:16
εὐλογῇς…τῇ σῇ εὐχαριστίᾳ…λέγεις
यहाँ “तिमी” एकवचन भए पनि, पावलले आत्मामा मात्र भएर प्रार्थना गर्ने तर दिमागले नगर्ने हरेक व्यक्तिलाई सम्बोधन गर्दै छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ, τὸ ἀμήν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις, οὐκ οἶδεν?
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “ ... भनिरहेको ... बाहिरकोले कदापि ‘आमेन्’ भन्न सक्नेछैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοῦ ἰδιώτου
सम्भावित अर्थहरू हुन् १) “अर्को व्यक्ति” वा २) “तिमीहरूको समूहमा जो नयाँ मानिसहरू हुन्”
ἐρεῖ, τὸ ἀμήν
“सहमत हुन सक्न” (हेर्नुहोस्ः उपलक्षण)
1 Corinthians 14:17
σὺ μὲν…εὐχαριστεῖς
पावल कोरिन्थीहरूसँग तिनीहरू एउटा व्यक्ति भए झैँ गरी कुरा गर्छन्, त्यसैले यहाँ “तिमी” शब्द एकवचन छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὁ ἕτερος οὐκ οἰκοδομεῖται
मानिसहरूको वृद्धि गर्ने कुराले तिनीहरूलाई तिनीहरूको विश्वासमा परिपक्व र बलियो हुन सहायता पुर्याउने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले “वृद्धि गर्छ”लाई १ कोरिन्थीहरू ८:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अर्को व्यक्तिलाई बलियो बनाउँदैन” वा “तपाईंका कुरा सुन्न सक्ने बाहिरका कुनै पनि व्यक्तिलाई तपाईंले बोलेका कुराले बलियो बनाउँदैन” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 14:19
ἢ μυρίους λόγους
पावलले शब्दहरूको गन्ती गरिरहेका थिएनन्, तर मानिसहरूले नबुझ्ने भाषाका असङ्ख्य शब्दहरूभन्दा बुझ्न सक्ने थोरै शब्द नै धेरै मूल्यवान् हुन्छ भन्ने कुरामा जोड दिनलाई अतिशयोक्तिको प्रयोग गरे । वैकल्पिक अनुवादः “१०,००० ओटा शब्दहरू” वा “निकै धेरै शब्दहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू अनि अतिशयोक्ति र सामान्यीकरण)
1 Corinthians 14:20
पावलले तिनीहरूलाई बताउँछन् कि ख्रीष्टको मण्डलीको सुरुवातमा अन्य भाषाहरूमा बोल्ने कुरा हुनुभन्दा धेरै वर्ष अगाडि नै विभिन्न भाषाहरूमा बोल्ने कुराको बारेमा यशैया अगमवक्ताद्वारा पहिले नै बताइएको थियो ।
μὴ παιδία γίνεσθε ταῖς φρεσίν
यहाँ आत्मिक रूपमा अपरिपक्व हुने कुराका लागि “बालक” शब्द रूपक अलङ्कार हो । वैकल्पिक अनुवादः “बालकहरूले झैँ विचार नगर” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 14:21
ἐν τῷ νόμῳ γέγραπται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “अगमवक्ताहरूले यी शब्दहरू व्यवस्थामा लेखेः” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων
यी दुईवटा वाक्यांशले साधारणतया एउटै अर्थ दिन्छन् र जोड दिनको लागि एकसाथ प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः समान्तरता)
1 Corinthians 14:22
मण्डलीमा भएका वरदानहरूलाई व्यवस्थित किसिमले चलाउनलाई पावलले विशेष निर्देशनहरू दिन्छन् ।
οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न र अरू सकारात्मक वाक्यसित जोड्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूका लागि मात्र” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि समान्तरता)
1 Corinthians 14:23
οὐκ ἐροῦσιν ὅτι μαίνεσθε?
यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 Corinthians 14:24
ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων
जोड दिनका लागि पावलले सामान्य रूपमा एउटै कुरालाई दुईपल्ट भन्छन् । वैकल्पिक अनुवादः “ऊ पापको दोषी छ भनेर उसले महसुस गर्ने छ किनभने तिमीले भनिरहेको कुरा उसले सुन्छ” (हेर्नुहोस्ः समान्तरता)
1 Corinthians 14:25
τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरूको लागि प्रतिस्थापन हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उसको हृदयका गुप्त कुराहरू प्रकट गरिदिनुहुने थियो” वा “उसले आफूभित्र भएका उसका आफ्नै गुप्त भित्री विचारहरू जान्ने थियो” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ
यहाँ “घोप्टो पर्नु” भनेको एउटा उपमा हो, जसको अर्थ निहुरनु हुन्छ । वैकल्पिक अनुवादः “ऊ निहुरनेछ र परमेश्वरको आराधना गर्नेछ” (हेर्नुहोस्ः टुक्काहरू)
1 Corinthians 14:26
τί οὖν ἐστιν, ἀδελφοί?
पावलले आफ्नो सन्देशको अर्को भागको परिचय दिनको लागि एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “किनकि मैले भर्खरै भनेका हरेक कुरा सत्य हुन्, मेरा मित्र विश्वासीगण, तिमीहरूले यसो नै गर्नुपर्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἑρμηνίαν
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । “अर्थ खोल्नु”लाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 14:27
καὶ ἀνὰ μέρος
“र तिनीहरूले एकपछि अर्को गरी बोल्नुपर्छ” वा “र तिनीहरूले एकपल्टमा एक जना गरी बोल्नुपर्छ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुराहरूको अर्थ खोल” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διερμηνευέτω
यसको अर्थ कसैले कुनै भाषामा भनेका कुरा उक्त भाषा नबुझ्ने अरूहरूलाई भन्नु हो । “अर्थ खोल्नु”लाई १ कोरिन्थीहरू २:१३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 14:29
προφῆται…δύο ἢ τρεῖς λαλείτωσαν
सम्भावित अर्थहरू हुन् १) एउटा सेवामा दुई वा तीन जना अगमवक्तालाई मात्र बोल्न देओ वा २) कुनै पनि बेला दुई वा तीन जना अगमवक्तालाई मात्र पालैपालो बोल्ने समय देओ ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बोलेका कुरालाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 14:30
ἐὰν…ἄλλῳ ἀποκαλυφθῇ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुभयो भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 14:31
καθ’ ἕνα…προφητεύειν
एक पटकमा एक जनाले मात्र अगमवाणी गर्नुपर्छ ।
πάντες…παρακαλῶνται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले सबैलाई उत्साह दिन सक” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 14:33
οὐ…ἐστιν ἀκαταστασίας ὁ Θεὸς
परमेश्वरले सबै मानिसलाई एकै पटक बोल्न दिएर अस्तव्यस्तको अवस्था सृजना गर्नुहुन्न ।
1 Corinthians 14:34
αἱ γυναῖκες…σιγάτωσαν
सम्भावित अर्थहरू हुन् १) बोल्न छोडून् वा २) कसैले अगमवाणी गरेको बेलामा नबोलून् वा ३) मण्डलीको सेवामा बिल्कुलै चुपचाप होऊन् ।
1 Corinthians 14:36
ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν?
ख्रीष्टिएनहरूले के गरेको परमेश्वरले चाहनुहुन्छ भन्ने कुरा जानेको कोरिन्थीहरू मात्र होइनन् भनेर पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचन कोरिन्थमा भएका तिमीहरूबाट सुरु भएको होइन, परमेश्वरको इच्छा बुझ्ने मानिसहरू तिमीहरू मात्र होइनौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ λόγος τοῦ Θεοῦ
यहाँ “परमेश्वरको वचन” परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन हो । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
1 Corinthians 14:37
ἐπιγινωσκέτω
एउटा साँचो अगमवक्ता वा साँच्चै आत्मिक व्यक्तिले पावलको लेखाइहरू प्रभुबाट आएको हो भनेर स्वीकार गर्नेछ ।
1 Corinthians 14:38
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले उसलाई वास्ता गर्नुहुँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 14:39
τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις
मण्डलीमा अन्य भाषा बोल्नु भनेको अनुमति दिन मिल्ने र स्वीकार्य छ भन्ने कुरालाई पावलले स्पष्ट पार्छन् ।
1 Corinthians 14:40
πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω
मण्डलीका सेवाहरू सुव्यवस्थित हुनुपर्छ भनेर पावलले जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “तर सबै कुरा ठीक किसिमले र सुव्यवस्थित तरिकाले गर” वा “तर सबै कुरा सुव्यवस्थित र सहि तरिकाले गर”
1 Corinthians 15
१ कोरिन्थी १५ साधारण टिपोटहरू
संरचना र ढाँचा
पुनरुत्थान
यस अध्यायले येशूको पुनरुत्थानको बारेमा महत्वपूर्ण शिक्षालाई समावेश गर्छ । एक जना व्यक्तिको मृत्यु भएपछि ऊ फेरि जिवित हुन्छ भनेर ग्रीक मानिसहरूले विश्वास गर्दैनथे । पावलले येशूको पुनरुत्थानको बचाउ गर्छन् । सबै विश्वासीका लागि यो कुरा किन महत्वपूर्ण छ भनेर तिनले सिकाउँछन् । (हेर्नुहोस्ः INVALID bible/kt/ressurection अनि विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
यस अध्यायका विशेष विचारहरू
पुनरुत्थान
येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुराका लागि सबैभन्दा ठूलो प्रमाण नै उहाँको पुनरुत्थान हो भनेर पावलले प्रस्तुत गर्छन् । परमेश्वरले जीवित तुल्याउनुहुने धेरै जनामध्ये ख्रीष्टचाहिँ प्रथम हुनुहुन्छ । पुनरुत्थान नै सुसमाचारको केन्द्रबिन्दु हो । यो जत्तिकै महत्वपूर्ण सिद्धान्त त थोरै मात्र होलान् । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार अनि उठाउनु, उठेर खडा हुनु, उठेर खडा भएको, उठ्नु, उठ्यो)
यस अध्यायका महत्वपूर्ण अलङ्कारका भाषा
पावलले यस अध्याय थुप्रै विभिन्न अलङ्कारको भाषा प्रयोग गर्छन् । कठिन ईश्वरशास्त्रीय शिक्षाहरूलाई मानिसहरूले बुझ्ने भाषामा व्यक्त गर्नका लागि तिनले तिनीहरूलाई प्रयोग गर्छन् ।
1 Corinthians 15:1
तिनीहरूलाई बचाउनेचाहिँ सुसमाचारले हो भनी पावलले तिनीहरूलाई स्मरण गराउँछन् र सुसमाचार के हो भनी तिनले फेरि पनि तिनीहरूलाई भन्छन् । त्यसपछि उनले तिनीहरूलाई इतिहासको छोटो शिक्षा दिन्छन्, जुन अझसम्म हुन बाँकी कुरामा अन्त्य हुन्छ ।
γνωρίζω…ὑμῖν
“तिमीहरूलाई याद गर्न सहयोग गर्नु”
ἐν ᾧ καὶ ἑστήκατε
पावलले कोरिन्थीहरूको बारेमा तिनीहरू एक घर भए झैँ गरी र सुसमाचारको बारेमा त्योचाहिँ एउटा जगको रूपमा जसमा उक्त घर खडा रहन्छ भने झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 15:2
σῴζεσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले तिमीहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν
“मैले तिमीहरूलाई प्रचार गरेको सन्देश”
1 Corinthians 15:3
ἐν πρώτοις
सम्भावित अर्थहरू हुन् १) धेरैमा सबैभन्दा महत्वपूर्ण कुराको रूपमा २) समयमा पहिलो कुराको रूपमा ।
ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν
“हाम्रा पापको मूल्य तिर्न” वा “ताकि परमेश्वरले हाम्रा पाप क्षमा गर्न सक्नुभएको होस्”
κατὰ τὰς Γραφάς
पावलले पुरानो करारको लेखहरूलाई सङ्केत गरिरहेका छन् ।
1 Corinthians 15:4
ἐτάφη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उहाँलाई गाडे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγήγερται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई बिउँताउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγήγερται
“फेरि जीवित हुने तुल्याइनुभयो”
1 Corinthians 15:5
यदि तपाईंलाई पद ५ पूर्ण वाक्य भएको चाहिन्छ भने, [१ कोरिन्थी १५:४] (./03.md) लाई अल्पविराम चिन्हले अन्त्य गर्नुहोस्, ताकि [१ कोरिन्थी १५:३] मा सुरु भएको वाक्यलाई पद ५ ले पूर्ण गर्छ ।
ὤφθη Κηφᾷ
“... आफैँलाई प्रकट गराउनुभयो”
1 Corinthians 15:6
५०० (हेर्नुहोस्ः सङ्ख्याहरू)
τινὲς…ἐκοιμήθησαν
यहाँ “सुत्नु” भनेको मृत्युलाई जनाउने सामान्य मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “केही मरिसकेका छन्” (हेर्नुहोस्ः व्यञ्जना)
1 Corinthians 15:8
ἔσχατον…πάντων
“उहाँ अरूहरूकहाँ देखा परिसकेपछि अन्तिममा”
τῷ ἐκτρώματι
यो एउटा टुक्का हो जसद्वारा पावलले उनी अरू प्रेरितहरूभन्दा धेरै पछि ख्रीष्टिएन बने भन्न खोजेका हुन सक्छन् । अथवा उनले भन्न खोजेको यो हो कि, अरू प्रेरितहरूले जस्तो, उनले येशूको तीन वर्षे लामो सेवकाई देखेनन् । वैकल्पिक अनुवादः “अरूले गरेको अनुभवहरूलाई छुटाउने कोही व्यक्ति” (हेर्नुहोस्ः टुक्काहरू)
1 Corinthians 15:10
χάριτι…Θεοῦ, εἰμι ὅ εἰμι
पावल अहिले जो छन्, त्यो परमेश्वरको अनुग्रह र दयाले बनाएको हो ।
ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη
पावलले साधारण वाक्यहरूद्वारा जोड दिइरहेका छन् कि परमेश्वरले पावलद्वारा काम गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँ ममाथि कृपालु हुनुभएको हुनाले, मैले धेरै असल काम गर्न सकेँ” (हेर्नुहोस्ः निषेधात्मक)
ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί
परमेश्वर आफूमाथि कृपालु हुनुभएको हुनाले आफूले गर्न सकेको कामको बारेमा पावलले अनुग्रहले नै वास्तवमा काम गरिरहेको थियो जसरी बताउँछन् । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) यो अक्षरशः साँचो हो, र परमेश्वरले वास्तवमै काम गर्नुभयो र दयापूर्वक पावललाई एउटा हतियारको रूपमा प्रयोग गर्नुभयो वा २) पावलले एउटा अलङ्कारको प्रयोग गरिरहेका छन् र भन्दै छन् कि पावललाई काम गर्न दिन र पावलको कामको असल परिणामहरू आउने बनाउन परमेश्वर कृपालु हुनुभयो । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 15:12
πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν?
एउटा नयाँ विषयको थालनी गर्नको लागि पावलले यो प्रश्नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले मृतकहरूको पुनरुत्थान छैन भनेर भन्नु हुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐγήγερται
फेरि जीवित तुल्याइएको
1 Corinthians 15:13
εἰ…ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται
मृतकहरूको पुनरुत्थान हुन्छ भनी तर्क गर्नका लागि पावलले परिकल्पित परिस्थितिको प्रयोग गरिरहेका छन् । तिनलाई थाहा छ कि ख्रीष्टको पुरुत्थान भएको छ र त्यसैले पुनरुत्थान हुन्छ भन्ने निष्कर्ष निकाल्दछन् । मृतकहरूको पुनरुत्थान हुँदैन भनेर भन्नु भनेको ख्रीष्ट पनि मृत्युबाट पुनर्जीवित पारिनुभएन भन्नु हो, तर यो गलत हो किनभने पावलले पुनर्जीवित ख्रीष्टलाई देखिसकेका छन् (१ कोरिन्थी १५:८) । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
οὐδὲ Χριστὸς ἐγήγερται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टलाई पनि पुनर्जीवित पार्नुभएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:15
ख्रीष्ट मृतकहरूबाट बौह्रिउठ्नुभएको हो भन्ने कुरामा तिनीहरू ढुक्क भएको पावल चाहन्छन् ।
εὑρισκόμεθα…ψευδομάρτυρες τοῦ Θεοῦ
यदि ख्रीष्ट पुनर्जीवित पारिनुभएको होइन भने त ख्रीष्ट फेरि जीवित हुनुभएको भन्ने बारेमा तिनीहरू झुटा साक्षीहरू हुनेछन् भनी पावल तर्क राख्छन् ।
εὑρισκόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैले जान्नेछन् कि हामी ... हौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:17
ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
तिनीहरूको विश्वास ख्रीष्टको पुनरुत्थानमा आधारित छ, त्यसैले यदि त्यो भएको होइन भने, तिनीहरूको विश्वासले तिनीहरूलाई कुनै लाभ दिनैछैन ।
1 Corinthians 15:19
πάντων ἀνθρώπων
“हरेकमा, विश्वासीहरू र अविश्वासीहरू गरेर”
ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
“मानिसहरूले अरू कसैको लागि भन्दा पनि बढी हाम्रो लागि अफसोस मान्नुपर्छ”
1 Corinthians 15:20
νυνὶ…Χριστὸς
“जसरी यो हो, ख्रीष्ट” वा “यो नै सत्यता होः ख्रीष्ट”
ἀπαρχὴ
यहाँ “पहिलो फल” एउटा अलङ्कार हो जसले ख्रीष्टलाई बालीको पहिलो फसलसित तुलना गर्छ, जसको पछि बाँकीको बाली आउँछ । मृत्युबाट जीवित पारिनेहरूमा ख्रीष्ट पहिलो हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “जो बालीको पहिलो हिस्सा झैँ हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Χριστὸς ἐγήγερται ἐκ νεκρῶν
यहाँ “बौह्रिउठाइएको” भनेको “फेरि जीवित हुने तुल्याउने” कुराको लागि उपमा हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टलाई जीवित पार्नुभएको छ, जो मरेकाहरूमध्येमा पहिलो फल हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
1 Corinthians 15:21
δι’ ἀνθρώπου θάνατος
भाववाचक नाम “मृत्यु”लाई “मर्नु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू मर्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)
καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν
भाववाचक नाम “पुनरुत्थान”लाई “बौह्रिउठाउनु” क्रियापदले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को मानिसको कारणले मानिसहरू मृतकहरूबाट जीवित पारिन्छन्” वा “एउटा मानिसले गरेको कामले गर्दा मानिसहरू फेरि जीवित हुनेछन्” (हेर्नुहोस्ः भाववाचक नाम)
1 Corinthians 15:23
ἀπαρχὴ
यहाँ “पहिलो फल” एउटा अलङ्कार हो जसले ख्रीष्टलाई बालीको पहिलो फसलसित तुलना गर्छ, जसको पछि बाँकीको बाली आउँछ । ख्रीष्ट मृतकबाट जीवित पारिनेमा पहिलो हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “जो बालीको पहिलो हिस्सा झैँ हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 15:24
यहाँ “उहाँ” र “उहाँको” भन्ने शब्दहरूले ख्रीष्टलाई जनाउँछ ।
καταργήσῃ πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν, καὶ δύναμιν
“उहाँले ती मानिसहरूलाई रोक्नुहुनेछ जसले शासन गर्छन्, जोसँग अधिकार छ, र जससँग तिनीहरूले गरिरहेका कुराहरूबाट शक्ति हुन्छ”
1 Corinthians 15:25
ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्ना खुट्टाहरूले टेक्थे । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टका सबै शत्रुहरूलाई पूर्ण रूपमा नष्ट नपारुञ्जेलसम्म” (हेर्नुहोस्ः टुक्काहरू)
1 Corinthians 15:26
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος
पावलले मृत्युको बारेमा त्योचाहिँ एउटा व्यक्ति हो जसलाई परमेश्वरले मार्नुहुनेछ जस्तो गरी बताउँछन् । वैकल्पिक अनुवादः “परमेश्वरले नष्ट पार्नुहुने आखिरी शत्रुचाहिँ मृत्यु आफैँ हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि मानवीकरण)
1 Corinthians 15:27
πάντα…ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ
युद्धहरू जितेका राजाहरूले आफूले हराएका मानिसहरूका गलाहरूमा आफ्ना खुट्टाहरूले टेक्थे । “ ... उहाँको पाउमुनि राख्नु”लाई १ कोरिन्थीहरू १५:२५ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टका सबै शत्रुहरूलाई पूर्ण रूपमा नष्ट पार्नुभएको छ” (हेर्नुहोस्ः टुक्काहरू)
1 Corinthians 15:28
ὑποταγῇ αὐτῷ τὰ πάντα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सबै थोकलाई ख्रीष्टको अधीनमा राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αὐτὸς ὁ Υἱὸς, ὑποταγήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पुत्र आफैँ अधीनमा हुनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αὐτὸς ὁ Υἱὸς
यसअघिका पदहरूमा उहाँलाई “ख्रीष्ट”को रूपमा जनाइएको थियो । वैकल्पिक अनुवादः “ख्रीष्ट, जो पुत्र आफैँ हुनुहुन्छ”
ὁ Υἱὸς
यो एउटा महत्त्वपूर्ण उपाधि हो जसले येशू र परमेश्वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 Corinthians 15:29
ἐπεὶ τί ποιήσουσιν, οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν?
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नत्रता मरेका मानिसहरूका निम्ति बप्तिस्मा लिनु ख्रीष्टिएनहरूका लागि व्यर्थ हुनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν?
मरेकाहरू जीवित पारिन्छन् भनी तर्क गर्नका लागि पावलले परिकल्पित परिस्थितिलाई प्रयोग गर्छन् । मृतकहरू जीवित पारिने छैनन् भन्नुचाहिँ मानिसहरूले मृतकहरूका लागि बप्तिस्मा लिनुपर्दैन भन्नु हो । तर कोही मानिसहरू, शायद कोरिन्थमा भएको मण्डलीका कुनै सदस्यहरूले मृतकहरूका लागि बप्तिस्मा लिएका छन्, त्यसैले तिनले निष्कर्ष निकाल्दछन् कि मानिसहरूले मृतकहरूका लागि बप्तिस्मा लिन्छन् किनभने मृतकहरू जीवित पारिन्छन् भनी तिनीहरूले विश्वास गर्छन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
νεκροὶ οὐκ ἐγείρονται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई बौह्राउनुहुन्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐκ ἐγείρονται
“फेरि जीवित हुने तुल्याइँदैनन्”
τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरूका साटोमा मानिसहरूले तिनीहरूलाई बप्तिस्मा दिनलाई त्यहाँ कुनै कारण हुने छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:30
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν?
पावलले कोरिन्थीहरूलाई सिकाउन यो प्रश्नको प्रयोग गर्छन् । येशूले मानिसहरूलाई मृतकबाट जीवित पार्नुहुनेछ भनेर शिक्षा दिएका कारणले कोही मानिसहरू रिसाएका हुनाले तिनी र अरूहरू खतरामा परेका थिए । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “यदि मानिसहरू मृतकबाट जीवित हुनेछैनन् भने, मानिसहरू बौह्रिउठ्ने छन् भनी सिकाएर हरेक घन्टा आफूलाई खतरामा पारेर हामीलाई केही पनि फाइदा हुने छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Corinthians 15:31
καθ’ ἡμέραν ἀποθνῄσκω
यो अतिशयोक्तिको अर्थ तिनी मर्ने खतरामा थिए भन्ने हुन्छ । केही मानिसहरूले तिनलाई मार्न चाहिरहेका थिए भनी तिनलाई थाहा थियो, किनभने तिनले सिकाइरहेका कुराहरूलाई तिनीहरूले मन पराएनन् । वैकल्पिक अनुवादः “हरेक दिन म मृत्युको खतरामा हुन्छु” वा “हरेक दिन म आफ्नो जीवनलाई जोखिममा पार्छु !” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
καθ’ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν
पावलले हरेक दिन मृत्युको सामना गरेको सबुतको रूपमा तिनले यो वाक्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो कुरा साँचो हो भनी तिमीहरू जान्न सक्छौ, किनभने तिमीहरूमाथि मैले गरेको गर्वको बारेमा तिमीहरू जान्दछौ” वा “यो कुरा साँचो हो भनी तिमीहरू जान्न सक्छौ, किनभने तिमीहरूमाथि म कति गर्व गर्छु सो तिमीहरू जान्दछौ”
τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν
ख्रीष्ट येशूले तिनीहरूका लागि जे गर्नुभएको थियो सो कुराका कारणले पावलले तिनीहरूमाथि गर्व गरे । वैकल्पिक अनुवादः “तिमीहरूमाथिको मेरो गर्व, जुन ख्रीष्ट येशू, हाम्रा प्रभुले तिमीहरूका लागि गर्नुभएको कुराको कारण म गर्छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν ὑμετέραν καύχησιν
“तिमीहरू कति भला छौ भनी जसरी म अरू मानिसहरूलाई भन्दछु”
1 Corinthians 15:32
εἰ κατὰ ἄνθρωπον, ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος?
कोरिन्थीहरूलाई बताउनु नपरिकनै तिनीहरूले कुरा बुझेको पावल चाहन्छन् । यो एउटा कथन हुन सक्छ । वैकल्पिक अनुवादः “यदि ... उठ्दैनन् भने ... एफिससका जङ्गली जनावरहरूसँग लडेर .. मलाई केही लाभ भएन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐθηριομάχησα ἐν Ἐφέσῳ
तिनले वास्तवमै गरेको केही कुरालाई पावलले जनाइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) पावलले आलङ्कारिक रूपमा पढे लेखेका मूर्तिपूजकहरूसँग भएको वादविवाद वा उनलाई मार्न चाहने मानिसहरूसँग भएका अन्य झडपका बारेमा बताइरहेका थिए वा २) उनलाई साँच्चिकै भयङ्कर जनावरहरूसँग लडाइँ गर्नको लागि अखडामा राखिएको थियो । (हेर्नुहोस्ः रूपक)
φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν
मृत्युपछि जीवन छैन भने त, यसै जीवनमा हामीले सकेजति आनन्द मनाउनु हाम्रो लागि बेस हुन्छ, किनकि भोलि त हाम्रो जीवन थप आशा बिना सकिनेछ भनेर पावलले निष्कर्ष निकाल्छन् ।
1 Corinthians 15:33
φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί
यदि तिमीहरू खराब मानिसहरूसित बस्छौ भने, तिमीहरूले तिनीहरूले झैँ व्यवहार गर्नेछौ । पावलले एउटा सामान्य भनाइलाई उद्धृत गर्दैछन् ।
1 Corinthians 15:34
ἐκνήψατε
“यस कुराको बारेमा तिमीहरूले गम्भीर भएर विचार गर्नुपर्छ”
1 Corinthians 15:35
विश्वासीहरूका शरीरहरूको पुनरुत्थान कसरी हुनेछ भनेर पावलले केही निर्दिष्ट जानकारीहरू दिन्छन् । तिनले प्राकृतिक र आत्मिक शरीरहरूको तस्विर दिन्छन् र पहिलो मानिस, आदमलाई आखिरी आदम, ख्रीष्टसित तुलना गर्छन् ।
ἀλλ’ ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί? ποίῳ δὲ σώματι ἔρχονται?
सम्भावित अर्थहरू हुन् १) त्यो व्यक्तिले साँचो हृदयले सोध्दै छ वा २) पुनरुत्थानको विचारलाई गिल्ला गर्नका लागि त्यो व्यक्तिले यो प्रश्नको प्रयोग गर्दैछ । वैकल्पिक अनुवादः “तर केहीले भन्नेछन् कि परमेश्वरले मृतकहरूलाई कसरी जीवित पार्नुहुनेछ, र परमेश्वरले तिनीहरूलाई पुनरुत्थानमा कस्तो प्रकारको शरीर दिनुहुनेछ भनेर तिनीहरूले कल्पना गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐρεῖ τις
“कसैले सोध्नेछ”
ποίῳ…σώματι ἔρχονται
अर्थात, यो भौतिक शरीर वा आत्मिक शरीर हुनेछ ? त्यो शरीरको आकार कस्तो हुनेछ ? त्यो शरीर के कुराले बनेको हुनेछ ? यी प्रश्नहरूको जवाफ जान्न इच्छा गर्ने कोही व्यक्तिले सोध्न सक्ने सबैभन्दा मूलभूत प्रश्नहरूको प्रयोग गरेर अनुवाद गर्नुहोस् ।
1 Corinthians 15:36
ἄφρων! σὺ ὃ σπείρεις
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ भएका “तिमी”को दुवै प्रयोगहरू एकवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἄφρων! σὺ
“तिमीलाई यसको बारेमा केही नै थाहा छैन”
ὃ σπείρεις, οὐ ζῳοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ
बिउ पहिले जमिनमा नपुरिएसम्म त्यो बढ्ने छैन । त्यसरी नै परमेश्वरले कुनै व्यक्तिलाई पुनरुत्थान गर्नुअगि, उसको मृत्यु हुनुपर्छ । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 15:37
ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον
परमेश्वरले विश्वासीको मरेको शरीरलाई पुनर्जीवित पार्नुहुनेछ, तर त्यो शरीर पहिलाको जस्तो देखिने छैन भनेर बताउन पावल फेरि बिउको उपमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὃ σπείρεις
पावल कोरिन्थीहरूसँग तिनीहरू एक व्यक्ति भए झैँ गरी कुरा गरिरहेका छन्, त्यसैले यहाँ “तिमी” शब्द एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
1 Corinthians 15:38
ὁ…Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν
“त्यसले कस्तो किसिमको शरीर पाउनेछ भन्ने कुराको निर्णय परमेश्वरले गर्नुहुनेछ”
1 Corinthians 15:39
σὰρξ
पशुहरूको सन्दर्भमा, “शरीर”लाई “जिउ”, “छाला” वा “मासु” भनेर अनुवाद गर्न सकिन्छ ।
1 Corinthians 15:40
σώματα ἐπουράνια
सम्भावित अर्थहरू हुन् १) सूर्य, चन्द्रमा, ताराहरू र आकाशमा देखिने अन्य ज्योतिहरू वा २) स्वर्गीय प्राणीहरू, जस्तै स्वर्गदूतहरू र अन्य अलौकिक प्राणीहरू ।
σώματα ἐπίγεια
यसले मानिसहरूलाई जनाउँछ ।
ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων
“स्वर्गीय शरीरमा भएको तेज मानव शरीरको तेज भन्दा फरक हुन्छ”
δόξα
यहाँ “तेज”ले मानिसको आँखामा आकाशका वस्तुहरूको सापेक्षिक चमकतालाई जनाउँछ ।
1 Corinthians 15:42
σπείρεται…ἐγείρεται
कोही व्यक्तिको शरीर गाडिने कुरा भनेको जमिनमा रोपिने बिउ भएको जसरी लेखकले बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे जमिनभित्र जान्छ ... जे जमिनबाट बाहिर आउँछ” वा “जे मानिसहरूले गाड्छन् ... जे परमेश्वरले बौह्राउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐγείρεται
“फेरि जीवित हुने तुल्याइन्छ”
ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ
“कुहिन सक्छ ... कुहिन सक्दैन”
1 Corinthians 15:43
σπείρεται…ἐγείρεται
लेखकले कोही व्यक्तिको शरीर गाडिने कुराको बारेमा त्यो जमिनमा रोपिएको कुनै एउटा बिउ भए झैँ गरी बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “त्यो जमिनभित्र जान्छ ... त्यो जमिनबाट बाहिर आउँछ” वा “मानिसहरूले त्यसलाई गाड्छन् ... परमेश्वरले त्यसलाई बौह्राउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:44
σπείρεται…ἐγείρεται
लेखकले कोही व्यक्तिको शरीर गाडिने कुराको बारेमा त्यो जमिनमा रोपिएको कुनै एउटा बिउ भए झैँ गरी बताउँछन् । र उनले त्यो व्यक्तिको शरीर मृतकबाट बौह्रने कुराचाहिँ बिरुवा बिउबाट बढ्दै गरेको कुराको रूपमा बताउँछन् । कर्मवाच्यमा भएको क्रियापदहरूलाई कर्तृवाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “त्यो जमिनभित्र जान्छ ... त्यो जमिनबाट बाहिर आउँछ” वा “मानिसहरूले त्यसलाई गाड्छन् ... परमेश्वरले त्यसलाई बौह्राउनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:46
ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν
“प्राकृतिक प्राणी पहिले आयो । आत्मिक प्राणी परमेश्वरबाटको हो र पछि आयो ।”
ψυχικόν
सांसारिक प्रक्रियाहरूले सृष्टि गरिएको, अझै परमेश्वरसँग नजोडिएको
1 Corinthians 15:47
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς, χοϊκός
परमेश्वरले पहिलो मानिस, आदमलाई, पृथ्वीको धूलोबाट बनाउनुभयो । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
माटो
1 Corinthians 15:48
ὁ ἐπουράνιος
येशू ख्रीष्ट
οἱ ἐπουράνιοι
“जो परमेश्वरका हुन्”
1 Corinthians 15:49
εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
“जस्तै भएका छौँ ... जस्तै पनि हुनेछौँ”
1 Corinthians 15:50
कोही विश्वासीहरू शारीरिक रूपले मर्ने छैनन्, तर पनि ख्रीष्टको विजयद्वारा तिनीहरूले पुनरुत्थान भएको शरीर प्राप्त गर्ने छन् भन्ने कुरा तिनीहरूले जानेको पावल चाहन्छन् ।
σὰρξ καὶ αἷμα Βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ, τὴν ἀφθαρσίαν κληρονομεῖ
सम्भावित अर्थहरू हुन् १) दुईवटा वाक्यहरूका अर्थ एउटै हो । वैकल्पिक अनुवादः “मृत्यु भोग्न निश्चित भएका मानवजातिले परमेश्वरको सदा रहने राज्यलाई उत्तराधिकार गर्न सक्दैनन्” वा २) पहिलो वाक्यले सुरु गरेको विचारलाई दोस्रो वाक्यले पूरा गर्छ । वैकल्पिक अनुवादः “कमजोर मानवजातिले परमेश्वरको अनन्त राज्य उत्तराधिकार गर्न सक्दैनन् । न त मर्न पक्का भएकाहरूले सदासर्वदा रहने राज्य उत्तराधिकार गर्छन् ।” (हेर्नुहोस्ः समान्तरता)
σὰρξ καὶ αἷμα
मर्नलाई निश्चित भएका शरीरमा बसोबास गर्नेहरू । (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
κληρονομῆσαι
विश्वासीहरूका लागि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ सो प्राप्त गर्ने कुरालाई परिवारका सदस्यबाट जायजेथा र धनसम्पत्ति प्राप्त गर्ने झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ἡ φθορὰ, τὴν ἀφθαρσίαν
“कुहिन सक्छ ... कुहिन सक्दैन ।” यी शब्दहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 15:51
πάντες…ἀλλαγησόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी सबैलाई परिवर्तन गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Corinthians 15:52
ἀλλαγησόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई परिवर्तन गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν ῥιπῇ ὀφθαλμοῦ
यो एउटा व्यक्तिले उसको वा उनको आँखा झिम्काए झैँ छिटो हुनेछ ।
ἐν τῇ ἐσχάτῃ σάλπιγγι
“जब अन्तिम तुरही बज्नेछ”
οἱ νεκροὶ ἐγερθήσονται
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई बिउँताउनुहनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγερθήσονται
“फेरि जीवित हुने तुल्याइएको”
ἄφθαρτοι
“कुहिन नसक्ने बनावटमा ।” समान किसिमको वाक्यांशलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
1 Corinthians 15:53
τὸ φθαρτὸν τοῦτο…ἀφθαρσίαν
“यो शरीर कुहिन सक्छ ... कुहिन सक्दैन ।” समान किसिमका वाक्यांशहरूलाई १ कोरिन्थीहरू १५:४२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
ἐνδύσασθαι ἀφθαρσίαν
परमेश्वरले हाम्रो शरीरहरूलाई फेरि कहिल्यै मर्न नसक्ने बनाउनुहुने कुरालाई परमेश्वरले हामीलाई नयाँ वस्त्रहरू पहिराइदिनुहुने कुराको रूपमा पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Corinthians 15:54
τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν
यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अविनाशी हुने कुरालाई अविनाशी हुनु भनेको शरीरले पहिरने कुनै वस्त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो विनाशी शरीर अविनाशी हुन्छ” वा “जब यो कुहिने शरीर फेरि कुहिन नसक्ने हुन्छ” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν
यहाँ शरीरलाई व्यक्ति भए झैँ कुरा गरिएको छ, र अमर हुने कुरालाई अमर हुनु भनेको शरीरले पहिरने कुनै वस्त्र भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जब यो मरणशील शरीर अमर भएको हुन्छ” वा “जब यो मर्ने शरीर फेरि मर्न सक्दैन” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
1 Corinthians 15:55
θάνατε
पावलले मृत्युलाई एकजना व्यक्ति भए जसरी कुरा गर्छन्, र यस प्रश्नलाई मृत्युको शक्तिलाई गिज्याउन प्रयोग गर्छन्, जसलाई ख्रीष्टले हराउनुभएको छ । वैकल्पिक अनुवादः “मृत्युको कुनै विजय छैन । मृत्युको कुनै खिल छैन” (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि आलङ्कारिक प्रश्न)
σου…σου
यिनीहरू एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
1 Corinthians 15:56
τὸ…κέντρον τοῦ θανάτου ἡ ἁμαρτία
यो पापद्वारा हो कि हामीले मृत्युको सामना गर्नु निश्चित भएको हो, जुन भनेको मर्नु हो ।
ἡ…δύναμις τῆς ἁμαρτίας ὁ νόμος
मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्थाले पापलाई परिभाषित गर्छ र हामीले कसरी परमेश्वरको अगाडि पाप गर्छौं भनेर हामीलाई देखाउँछ ।
1 Corinthians 15:57
τῷ διδόντι ἡμῖν τὸ νῖκος
“हाम्रो लागि मृत्युलाई हराउनुभएको छ”
1 Corinthians 15:58
विश्वासीहरूले प्रभुको लागि काम गर्दा, परमेश्वरले तिनीहरूलाई दिन गइरहनुभएको परिवर्तन भएका, पुनरुत्थान भएका शरीरहरूलाई तिनीहरूले याद गरेको पावल चाहन्छन् ।
ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι
आफ्नो निर्णयहरूमा चल्नलाई कुनै कुराले पनि आफूलाई रोक्न नदिने व्यक्ति भनेको मानौँ उसलाई भौतिक रूपले नै सार्न नसकिने भएको जसरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “दृढ बन” (हेर्नुहोस्ः रूपक)
περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε
प्रभुको निम्ति काम गर्न गरिएका प्रयत्नहरू चाहिँ मानौँ तिनीहरू कुनै व्यक्तिले आर्जन गर्न सक्ने वस्तुहरू भए झैँ गरी पावलले बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुको निम्ति सधैँ विश्वासनीयताका साथ काम गर” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 16
१ कोरिन्थी १६ साधारण टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा पावलले संक्षिप्त रूपमा धेरैवटा शीर्षकलाई समेट्छन् । प्राचीन मध्यपूर्वमा पत्रहरूका आखिरी भागमा व्यक्तिगत अभिवादनहरू समावेश गरिनु सामान्य कुरा थियो ।
यस अध्यायका विशेष विचारहरू
तिनको आगमनको तयारी
पावलले कोरिन्थको मण्डलीलाई आफूले गर्ने भ्रमणका लागि तयारी गर्नलाई सहायता गर्न व्यावहारिक सुझावहरू दिए । हरेक आराधना सेवाका दिनमा येरूशलेमका विश्वासीहरूका लागि पैसा सङ्कलन गर्न तिनले उनीहरूलाई भने । तिनले त्यहाँ जाने र जाडोको समय उनीहरूसित बिताउने आशा गरे । तिनले तिमोथी त्यहाँ जाँदा उनलाई सहायता गर्न उनीहरूलाई भने । अपोल्लोस उनीहरूकहाँ जाने छन् भनी तिनले आशा गरेका थिए, तर अपोल्लोसले त्यो समय ठीक थिएन भनी विचार गरे । स्तिफनासका कुरा मान्न पनि पावलले उनीहरूलाई भने । अन्त्यमा, तिनले हरेक व्यक्तिलाई उनको अभिवादन पठाए ।
1 Corinthians 16:1
पावलले आफ्नो पत्र टुङ्ग्याउँदै गर्दा, तिनले येरूशलेमका खाँचोमा परेका विश्वासीहरूका लागि पैसा जम्मा गर्न कोरिन्थीहरूलाई स्मरण गराए । तिमोथी पावलकहाँ जानुअगि तिनी उनीहरूकहाँ आउने छन् भनी तिनले उनीहरूलाई स्मरण गराए ।
εἰς τοὺς ἁγίους
पावल उनका मण्डलीहरूबाट यरूशलेम र यहूदियामा भएका गरिब यहूदी ख्रीष्टियानहरूका लागि पैसा सङ्कलन गर्दै थिए ।
ὥσπερ διέταξα
“जसरी मैले विशेष निर्देशनहरू दिएँ”
1 Corinthians 16:2
θησαυρίζων
सम्भावित अर्थहरू हुन्ः १) “त्यसलाई घरमा राख” वा २) “त्यसलाई मण्डलीमा छोड”
ἵνα μὴ ὅταν ἔλθω, τότε λογεῖαι γίνωνται
“ताकि म तिमीहरूसँग हुँदा थप पैसा सङ्कलन गर्नु नपरोस्”
1 Corinthians 16:3
οὓς ἐὰν δοκιμάσητε
पावलले तिनीहरूको भेटी यरूशलेममा ल्याउनको लागि तिनीहरूकै कोही एक जना मानिसलाई छान्नको लागि मण्डलीलाई बताइरहेका छन् । “तिमीहरूले जसलाई छान्छौ” वा “तिमीहरूले नियुक्त गरेको मानिसहरू”
δι’ ἐπιστολῶν…πέμψω
सम्भावित अर्थहरू हुन् १) “मैले लेख्ने पत्रहरूको साथमा पठाउनेछु” वा २) “तिमीहरूले लेख्ने पत्रहरूको साथमा पठाउनेछु”
1 Corinthians 16:6
ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι
यसको अर्थ उनीहरूले पावललाई पैसा वा तिनलाई खाँचो पर्ने अरू थोकहरू देउन् भन्ने हो, ताकि तिनी र तिनको सेवकाइको टोली निरन्तर यात्रा गर्न सकून् ।
1 Corinthians 16:7
οὐ θέλω…ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν
पावलले बताइरहेका छन् कि तिनी अहिले छोटो समयको लागि मात्र भेट्न चाहन्नन्, तर पछि लामो समयको लागि आउन चाहन्छन् ।
1 Corinthians 16:8
τῆς Πεντηκοστῆς
यो चाडको समयसम्म पावल एफिससमा नै बस्ने छन्, जुन निस्तारचाडको ५० दिनपछि मे वा जुनमा पर्थ्यो । त्यसपछि तिनी माकेडोनियाबाट यात्रा गर्नेछन्, र नोभेम्बर महिनामा जाडो सुरु हुनअगि कोरिन्थमा पुग्न कोसिस गर्नेछन् ।
1 Corinthians 16:9
θύρα…ἀνέῳγεν μεγάλη καὶ ἐνεργής
परमेश्वरले उनलाई सुसमाचारमा मानिसहरूलाई जित्न दिनुभएको अवसरलाई पावलले परमेश्वरले खोलिदिनुभएको एउटा ढोका जसरी कुरा गर्छन् जसद्वारा भएर उनी हिँड्न सक्छन् ।। (हेर्नुहोस्ः रूपक)
1 Corinthians 16:10
βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς
“तिमीहरूसँग बस्दा तिनी डराउनुपर्ने कुनै कारण नहोस् भनेर ध्यान देओ”
1 Corinthians 16:11
μή τις…αὐτὸν ἐξουθενήσῃ
किनकि तिमोथी पावलभन्दा धेरै जवान थिए, कहिलेकाहीँ सुसमाचारको सेवकको रूपमा तिनलाई आदर देखाइँदैनथ्यो ।
1 Corinthians 16:12
Ἀπολλῶ τοῦ ἀδελφοῦ
यहाँ “हाम्रा” शब्दले पावल र तिनका पाठकहरूलाई जनाउँछ, त्यसैले यो समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
1 Corinthians 16:13
γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε
युद्धमा रहेका सिपाहीहरूलाई चार आज्ञा दिए झैँ गरी कोरिन्थीहरूले के गरेको उनले चाहन्छन् भनेर पावलले वर्णन गरिरहेका छन् । यी चार आज्ञाको अर्थ करिब उही नै हुन्छ र जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः समान्तरता)
γρηγορεῖτε
के हुँदैछ भनेर सचेत हुने कुरालाई पावलले तिनीहरू कुनै सहर वा दाखबारीको पहरेदारी गरिरहेका पहरेदारहरू भएको जसरी बताउँछन् । यसलाई अझ स्पष्ट पारेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू कसमाथि भर पर्छौ भनेर होसियार होओ” वा “खतराको लागि चनाखो होओ” (हेर्नुहोस्ः रूपक)
στήκετε ἐν τῇ πίστει
मानिसहरूले तिनको शिक्षा अनुसार ख्रीष्टलाई विश्वास गर्न निरन्तरता दिइरहने कुरालाई तिनीहरू शत्रुहरूले आक्रमण गर्दा पछि हट्न इन्कार गरिरहेका सिपाहीहरू भए झैँ गरी पावलले बताउँछन् । सम्भावित अर्थहरू हुन् १) “हामीले तिमीहरूलाई जे सिकाएका छौं, त्यसलाई बलियोसँग विश्वास गरिराख” वा २) “ख्रीष्टमा बलियो गरी भरोसा गरिरहो” (हेर्नुहोस्ः रूपक)
ἀνδρίζεσθε
Iपावल र तिनका श्रोताहरू बस्ने समाजमा, पुरुषहरूले कठोर मेहनतको काम गरेर र आक्रमणकारीहरू विरुद्ध लडेर आफ्ना परिवारहरूका खाँचोहरू जुटाउँथे । यसलाई अझ स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जिम्मेवार बन” (हेर्नुहोस्ः रूपक)
1 Corinthians 16:14
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω
“तिमीले गर्ने हरेक कुराले तिमीले मानिसहरूलाई प्रेम गर्छौ भनेर तिनीहरूलाई देखाउनु पर्छ”
1 Corinthians 16:15
पावलले आफ्नो पत्रको अन्त्य गर्न सुरु गर्छन् र अरू मण्डलीहरू, प्रिस्का, अकिलास र पावल आफैँको अभिवादनहरू पठाउँछन् ।
τὴν οἰκίαν Στεφανᾶ
स्तिफनास कोरिन्थमा भएको मण्डलीका अगिल्ला विश्वासीहरूमध्ये एक थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἀχαΐας
यो ग्रीसमा रहेको एक प्रान्तको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
1 Corinthians 16:17
Στεφανᾶ, καὶ Φορτουνάτου, καὶ Ἀχαϊκοῦ
यी व्यक्तिहरू कि त कोरिन्थका अगिल्ला विश्वासीहरू हुनुपर्छ कि त पावलसँगै काम गर्ने मण्डलीका एल्डरहरू थिए ।
Στεφανᾶ, καὶ Φορτουνάτου, καὶ Ἀχαϊκοῦ
यी मानिसहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν
“तिमीहरू यहाँ नभएको वास्तविकतालाई तिनीहरूले टालिदिए ।”
1 Corinthians 16:18
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα
पावल भन्दै थिए कि उनी तिनीहरूसँगको भेटले उत्साहित भएका थिए ।
1 Corinthians 16:21
ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου
हुन त बाँकीको पत्र उनका सङ्गी-कर्मीहरूमध्ये एकजनाले पावलले भनिरहेका कुराहरूलाई लेखेको भएतापनि, पावलले स्पष्ट पार्दैछन् कि यो पत्रमा भएका सुझावहरू तिनी आफैँले दिएका हुन् । यो अन्तिम भागचाहिँ पावलले आफ्नै हातले लेखे ।
1 Corinthians 16:22
ἤτω ἀνάθεμα
“परमेश्वरले त्यसलाई श्राप देउन् ।” “श्रापित”लाई १ कोरिन्थीहरू १२:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।