Revelation
Revelation front
प्रकाशको परिचय
भाग १: सामान्य परिचय
प्रकाशको पुस्तकको रूपरेखा
- सुरुवात (१:१-२०)
- सात मण्डलीहरूलाई पत्रहरू (२:१-३:२२)
- स्वर्गमा हुनुभएको परमेश्वरको दर्शन, र थुमाको दर्शन (४:१-११)
- सात मोहोरहरू (६:१-८:१)
- सात तुरहीहरू (८:२-१३:१८)
- थुमाको आराधना गर्नेहरू, शहीदहरू, क्रोधको कटनी (१४:१-२०)
- सात कचौराहरू (१५:१-१८:२४)
- स्वर्गमा आराधना (१९:१-१०)
- थुमाको न्याय, पशुको विनाश, हजार वर्ष, शैतानको विनाश, र अन्तिम इन्साफ (२०:११-१५)
- नयाँ सृष्टि, नयाँ येरूशलेम (२१:१-२२:५)
- पुनरागमनको लागि येशूको प्रतिज्ञा, स्वर्गदूतहरूबाटको साक्षी, समापनका लागि यूहन्ना केही शब्दहरू, उहाँको मण्डलीको लागि ख्रीष्टको सन्देश, निमन्त्रणा र चेतावनी (२२:६-२१)
प्रकाशको पुस्तक कसले लेखे ?
लेखकले आफैँलाई यूहन्नाको रूपमा परिचय गराए । यिनी सम्भवतः प्रेरित यूहन्ना थिए । उनले प्रकाशको पुस्तक पत्मोसको टापूमा हुँदाखेरी लेखे । मानिसहरूलाई येशूको बारेमा सिकाएका कारण रोमीहरूले यूहन्नालाई निर्वासनमा पठाएका थिए ।
प्रकाशको पुस्तक केको बारेमा हो ?
विश्वासीहरूलाई कष्ट भोगिरहेका समयमा पनि विश्वासयोग्य रहनलाई प्रोत्साहन गर्नका लागि यूहन्नाले प्रकाशको पुस्तक लेखे । शैतान र त्यसका अनुयायीहरूले विश्वासीहरूको विरुद्धमा लडिरहेको र तिनीहरूलाई मारेको विषयमा उनले देखेका दर्शनहरूलाई यूहन्नाले वर्णन गरे । दर्शनहरूमा, परमेश्वरले दुष्ट मानिसहरूलाई सजाय दिनका लागि पृथ्वीमा धेरै भयानक कुराहरू हुन दिनुहुन्छ । आखिरमा, येशूले शैतान र त्यसका पक्षधरहरूलाई हराउनुहुन्छ । त्यसपछि येशूले विश्वासयोग्य रहेकाहरूलाई सान्तवना दिनुहुन्छ । साथै विश्वासीहरू सदाको लागि परमेश्वरसँग नयाँ स्वर्ग र पृथ्वीमा बस्नेछन् ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रकाश” वा “येशू ख्रीष्टको प्रकाश” वा “सन्त यूहन्नालाई भएको प्रकाश” वा “यूहन्नाले बताएको संसारको अन्तिम सर्वनाश” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले भन्न सम्भव भएको अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “येशू ख्रीष्टले यूहन्नालाई देखाउनुभएका कुराहरू ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
प्रकाशको पुस्तक कस्तो प्रकारको लेखन हो ?
यूहन्नाले उनका दर्शनहरूलाई वर्णन गर्नको लागि एउटा विशेष किसिमको लेखनको प्रयोग गर्छन् । यूहन्नाले आफूले देखेका कुराहरूलाई थुप्रै प्रतीकहरूको प्रयोग गरेर वर्णन गरे । यस प्रकारको लेखन शैलीलाई प्रतीकात्मक अगमवाणी वा संसारको विनाशसँग सम्बन्धीत साहित्य भनिन्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
प्रकाशको पुस्तकमा भएका घटनाहरू विगतका हुन् वा भविष्यका हुन् ?
सुरुको ख्रीष्टिएन कालखण्डदेखि, विद्वानहरूले प्रकाशलाई फरक-फरक तरिकाले उल्था गरेका छन् । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयमा घटेका घटनाहरूलाई वर्णन गरे । केही विद्वानहरूले सोच्छन् कि यूहन्नाले उनको समयदेखि लिएर येशूको पुनरागमनसम्मको घटनाहरूलाई वर्णन गरे । अन्य विद्वानहरूले सोच्छन् कि ख्रीष्ट आउनुभन्दा ठीक अगाडिको छोटो समय अवधिमा हुने घटनाहरूलाई यूहन्नाले वर्णन गरे ।
अनुवादकहरूलाई यस पुस्तकको अनुवाद गर्नुभन्दा अगाडि त्यसको कसरी अर्थ लगाउने भनेर निर्णय गर्न जरुरी छैन । अनुवादकहरूले अगमवाणीहरूलाई यूएलटीमा प्रयोग गरिएका कालहरूमै छोड्नुपर्छ ।
के त्यहाँ बाइबलमा प्रकाशको पुस्तक झैँ अरू कुनै पुस्तकहरू छन् ?
बाइबलको अन्य कुनै पनि पुस्तक प्रकाशको पुस्तक झैँ छैन । तर, इजकिएल, जकरिया, विशेषगरी दानिएलमा भएका खण्डहरू प्रकाशमा भएको सामग्री र शैलीसँग एकसमान छन् । प्रकाशको पुस्तकलाई दानिएलको पुस्तक अनुवाद गरेकै समयमा अनुवाद गर्दा लाभदायी हुनसक्छ किनकि तिनीहरूमा भएका केही चित्रणहरू र शैली एकसमान किसिमका छन् ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
के कोही व्यक्तिले प्रकाशको पुस्तकलाई अनुवाद गर्न त्यसलाई बुझ्न आवश्यक छ ?
प्रकाशको पुस्तकलाई ठीकसँग अनुवाद गर्नका निमित्त कोही व्यक्तिले प्रकाशको पुस्तकमा प्रयोग गरिएका सबै चिन्हहरूलाई बुझ्न आवश्यक पर्दैन । अनुवादकहरूले तिनीहरूको अनुवादमा चिन्हहरू वा सङ्ख्याहरूको लागि सम्भाव्य अर्थहरू दिनुहुँदैन । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
“पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई प्रकाशको पुस्तकको यूएलटीमा कसरी प्रतिनिधित्व गरिएको छ ?
धर्मशास्त्रले विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, प्रकाशको पुस्तकको यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः * दुईवटा खण्डहरूमा भएका अर्थले नैतिक पवित्रतालाई सङ्केत गर्छ । यहाँ, यूएलबीले “पवित्र” शब्दलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १४:१२; २२:११) * सामान्यतया प्रकाशमा दिइएको सन्दर्भले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, प्रकाशको पुस्तकको यूएलटीले “विश्वासी” वा “विश्वासीहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः ५:८; ८:३, ४; ११:१८; १३:७; १६:६; १७:६; १८:२०, २४; १९:८; २०:९) * कहिलेकाहीँ दिइएको अर्थले कोही व्यक्ति वा केही कुरालाई परमेश्वरको लागि मात्र अलग गरिएको कुराको आशय दिन्छ । यस्ता खण्डहरूमा, यूएलटीले “शुद्ध पार्नु”, “अलग गरिएको”, “ ... लाई समर्पित गरिएको”, र “ ... को लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ ।
जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर विचार गरिरहँदा यूएसटी धेरैपटक सहयोगी हुन सक्छ ।
समयका अवधिहरू
प्रकाशमा थुप्रै विभिन्न समयका अवधिहरूलाई उल्लेख गरिएको छ । उदाहरणको लागि, त्यहाँ बयालीस महिना, सात वर्ष, र साँढे तीन दिनको थुप्रै उल्लेख छ । यी समयका अवधिहरू प्रतीकात्मक हुन् वा होइनन् भन्ने कुरामा विद्वानहरू विभाजित छन् । अनुवादकले यी समयका अवधिहरूलाई वास्तविक समयका अवधिहरूलाई जनाएको जसरी लिनुपर्छ । यो पनि सम्भाव्य छ कि यी समयावधिहरूले प्रकाशको पुस्तकलाई केही समग्र संरचना प्रदान गर्छन्, तर यी घटनाहरूको ठ्याक्कै मिल्ने कालक्रमलाई निर्धारण गर्न धेरै कठिन छ ।यूहन्नाले प्रकाशको पुस्तकमा विभिन्न समय अवधिहरूलाई उल्लेख गरे । उदाहरणको लागि, बयालीस महिना, सात वर्ष, र साँढे तीन दिन । केही विद्वानहरूले यी समयावधिहरू प्रतीकात्मक छन् भनी ठान्छन् । अन्य विद्वानहरूले ती वास्तविक समयावधिहरू हुन् भनी ठान्छन् । अनुवादकले ती समयावधिहरूलाई तिनीहरूले वास्तविक समयावधिहरूलाई उल्लेख गरिरहेको झैँ गरेर लिनुपर्छ । त्यसपछि तिनको महत्त्व वा तिनीहरूले के कुरालाई प्रतिनिधित्व गर्छन् भन्ने कुरा निर्धारण गर्ने भाग उल्था गर्ने व्यक्तिमा जान्छ ।
प्रकाशको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि, बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ भनाइलाई प्रयोग गर्छ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि बाइबलको कुनै अनुवाद सामान्य क्षेत्रमा पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि छैन भने नयाँ भनाइलाई पछ्याउनको लागि अनुवादकहरूलाई सुझाव दिइन्छ ।
- “‘अल्फा र ओमेगा म नै हुँ’, परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘सर्वशक्तिमान्, जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ’” (१:८) । केही संस्करणहरूले “सुरु र अन्त” भन्ने वाक्यांशलाई थप्छन् ।
- “धर्म-गुरूहरू घोप्टो परे र आराधना गरे” (५:१४) । केही पुराना संस्करणहरूमा यसरी छ, “धर्म-गुरूहरू घोप्टो परे र सदासर्वदा जीवित हुनुहुनेलाई आराधना गरे ।”
- “त्यसैले त्यसको (पृथ्वीको) एक तिहाइ जलिहाल्यो” (८:७) । केही पुराना संस्करणहरूले यो वाक्यांशलाई समावेश गर्दैनन् ।
- “उहाँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो” (११:१७) । केही संस्करणहरूले “र जो आउनुहुनेछ” भन्ने वाक्यांशलाई थप्छन् ।
- “तिनीहरू दोषरहित छन्” (१४:५) । केही संस्करणहरूले “परमेश्वरको सिंहासन अगाडि” भन्ने वाक्यांशलाई थप्छन् (१४:५) ।
- “पवित्र जन, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो” (१६:५) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “हे परमप्रभु, तपाईं जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो हुनुहुनेछ ।”
- “जातिहरू त्यस सहरको ज्योतिद्वारा हिँड्नेछन्” (२१:२४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उद्धार पाएका जातिहरू त्यस सहरको ज्योतिद्वारा हिँड्नेछन् ।”
- “आफ्ना वस्त्रहरू धुनेहरू धन्यका हुन्” (२२:१४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँका आज्ञाहरूको पालना गर्नेहरू धन्यका हुन् ।”
- “परमेश्वरले जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भागलाई हटाउनुहुनेछ” (२२:१९) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “परमेश्वरले जीवनको पुस्तकमा र पवित्र सहरमा भएको त्यसको भागलाई हटाउनुहुनेछ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Revelation 1
प्रकाश ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यूहन्नाले पत्मोसको टापूमा हुँदा पाएका दर्शनको अभिलेख प्रकाशको पुस्तकले कसरी राख्छ भन्ने कुरालाई यस अध्यायले व्याख्या गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि पुरानो करारका उद्धरणहरूलाई पृष्ठमा दायाँतिर पर सार्छन् । यूएलटीले पद ७ मा भएका उद्धरण गरिएका शब्दहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सात मण्डलीहरू
यूहन्नाले यो पुस्तक सात वास्तविक मण्डलीहरूलाई लेखेका थिए, जुन मण्डलीहरू एसियाको पश्चिमी प्रायद्वीपमा अवस्थित थिए, जुन स्थान हालको टर्की देशमा पर्छ ।
सेतो
बाइबलले धेरैपटक कोही व्यक्तिको स्वामित्वमा एउटा चीजलाई “सेतो” भनेर बताउँछ । यो एउटा अलङ्कार हो र त्यस व्यक्तिले धर्मी तरिकाले र परमेश्वरलाई प्रसन्न तुल्याउने गरेर जिइरहेको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः रूपक अनि लक्षणा अनि धर्मी, धार्मिकता)
“उहाँ जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहनेछ”
परमेश्वर अहिले हुनुहुन्छ । उहाँ सधैँ अस्तित्वमा हुनुभएको छ । उहाँ सधैँ अस्तित्वमा हुनुहुनेछ । यो कुरा बताउनलाई तपाईंको भाषामा फरक तरिका हुन सक्छ ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
रगत
रगत भनेको मृत्युको लागि प्रतिस्थापन शब्द हो । येशले “हामीलाई हाम्रा पापहरूबाट उहाँको रगतद्वारा मुक्त पार्नुभएको छ” । यूहन्नाले भन्न खोजेका कुरा यो हो कि येशूले हाम्रो लागि मर्नुभएर हामीलाई हाम्रा पापहरूबाट बचाउनुभएको छ । (हेर्नुहोस्ः लक्षणा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“उहाँ बादलहरूसँग आउँदै हुनुहुन्छ”
परमेश्वरले येशूलाई मृतकहरूबाट बिउँताउनुभएपछि उहाँ स्वर्गमा चढिजानुहुने बेलामा उहाँ बादलहरूभित्र जानुभयो । जब येशू फर्कनुहुन्छ, उहाँ त्यस समयमा पनि “बादलहरूमा हुनुहुनेछ” । उहाँ बादलहरूमा बसिरहनुभएको हुनेछ वा तिनमा सवार भइरहनुभएको हुनेछ अथवा कुनै अन्य तरिकाले बादलहरूमा वा “बादलहरूसँगै” आउँदै गर्नुभएको हुनेछ भन्ने कुरा अस्पष्ट छ । तपाईंको अनुवादले यसलाई त्यस किसिमले व्यक्त गर्नुपर्छ जुन तपाईंको भाषामा स्वभाविक छ ।
“मानिसको पुत्र झैँ हुनुहुने कोही व्यक्ति”
यसले येशूलाई जनाउँछ । येशूले आफैँलाई सुसमाचारहरूमा “मानिसको पुत्र” भन्नुहुँदा प्रयोग गरिएका शब्दहरूलाई नै प्रयोग गरेर तपाईंले “मानिसको पुत्र”लाई अनुवाद गर्नुपर्छ ।
“सात मण्डलीहरूका स्वर्गदूतहरू”
यहाँ भएको “स्वर्गदूतहरू” शब्दको अर्थ “सन्देशवाहकहरू” पनि हुन सक्छ । यसले स्वर्गीय प्राणीहरू, वा यी सात मण्डलीहरूका सन्देशवाहकहरू वा अगुवाहरूलाई पनि जनाउन सक्छ । यूहन्नाले त्यही शब्द “स्वर्गदूत”लाई (एकवचनमा) पद १ मा र यस पुस्तकभर अन्य थुप्रै स्थानहरूमा पनि प्रयोग गर्छन् । तपाईंको अनुवादले पनि त्यही एउटै शब्दलाई प्रयोग गर्नुपर्छ ।
Revelation 1:1
यो प्रकाशको पुस्तकको परिचय हो । यसले व्याख्या गर्छ कि यो येशू ख्रीष्टबाटको प्रकाश हो र यसलाई पढ्नेहरूलाई यसले एउटा आशिष् दिन्छ ।
τοῖς δούλοις αὐτοῦ
यसले ती मानिसहरूलाई जनाउँछ जसले ख्रीष्टमा विश्वास गर्छन् ।
ἃ δεῖ γενέσθαι ἐν τάχει
“ती घटनाहरू जुन छिटै हुनुपर्छ”
ἐσήμανεν
“त्यसलाई सञ्चार गर्नुभयो”
τῷ δούλῳ αὐτοῦ, Ἰωάννῃ
यूहन्नाले यो पुस्तक लेखे र यहाँ उनले आफैँलाई जनाइरहेका थिए । वैकल्पिक अनुवादः “म, यूहन्ना, उहाँको दासलाई” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 1:2
τὸν λόγον τοῦ Θεοῦ
“परमेश्वरले बोल्नुभएको सन्देश”
τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ
सम्भावित अर्थहरू हुन् १) यसले त्यो गवाहीलाई जनाउँछ जुन यूहन्नाले येशू ख्रीष्टको बारेमा दिएका छन् । वैकल्पिक अनुवादः “उहाँले येशू ख्रीष्टको बारेमा गवाही पनि दिनुभएको छ” वा २) “त्यो गवाही जुन येशू ख्रीष्टले आफ्नै बारेमा दिनुभएको छ”
Revelation 1:3
ὁ ἀναγινώσκων
यसले कुनै खास व्यक्तिलाई जनाउँदैन । यसले ठूलो स्वरले पाठ गर्ने जो कोहीलाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले ठूलो स्वरले पाठ गर्छ” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले यसमा लेखेका कुराहरू पालन गर्नु” वा “तिनीहरूले यसमा पढ्ने कुराहरूको पालना गर्नु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ…καιρὸς ἐγγύς
“हुनैपर्ने कुराहरू चाँडै हुनेछन्”
Revelation 1:4
यो यूहन्नाको पत्रको सुरुवात हो । यहाँ उनले आफैँलाई लेखकको रूपमा नाम दिन्छन् र ती मानिसहरूलाई अभिवादन गर्छन् जसलाई उनले लेखिरहेका छन् ।
χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ὁ ὢν…καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων
यो एउटा इच्छा वा आशिष् हो । हुन त ती कुराहरू वास्तवमा त्यस्ता तरिकाहरू हुन् जसअनुसार परमेश्वरले उहाँका मानिसहरूको लागि काम गर्नुभएको होस् भनी उनी चाहन्छन्, यूहन्नाले तिनको विषयमा यसरी बताउँछन् मानौँ ती परमेश्वरले दिन सक्नुहुने कुराहरू हुन् । वैकल्पिक अनुवादः “उहाँ जो ... र सात आत्माहरू ... र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक रीतिले व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्वक तरिकाले र सुरक्षामा जिउन सक्षम तुल्याउनुभएको होस्” (हेर्नुहोस्ः भाववाचक नाम)
ἀπὸ ὁ ὢν
“परमेश्वरबाट, जो ... ”
ὁ ἐρχόμενος
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ἑπτὰ πνευμάτων
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 1:5
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ
यसले [प्रकाश १:४] (./04.md) बाटको आशिष्लाई निरन्तरता दिन्छ । “तिमीहरूलाई येशू ख्रीष्टबाट अनुग्रह र शान्ति पनि भएको होस्” वा “र येशू ख्रीष्टले तिमीहरूलाई दयापूर्वक व्यवहार गर्नुभएको होस् र तिमीहरूलाई शान्तिपूर्ण रूपमा र सुरक्षित तवरले जिउनलाई सक्षम तुल्याउनुभएको भएको होस्”
ὁ πρωτότοκος τῶν νεκρῶν
“मृत्युबाट बिउँताइनमा पहिलो व्यक्ति”
τῶν νεκρῶν
ती सबैको माझबाट जो मरेर गएका छन् । यो अभिव्यक्तिले तलको संसारमा (पातालमा) भएका सबै मृत मानिसहरूलाई एकैसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउनुले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।
λύσαντι ἡμᾶς
“हामीलाई स्वतन्त्र पार्नुभएको छ”
Revelation 1:6
ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς
“हामीलाई अलग गर्नुभएको छ र हामीमाथि राज गर्न थाल्नुभएको छ र उहाँले हामीलाई पूजाहारीहरू बनाउनुभएको छ”
τῷ Θεῷ καὶ Πατρί αὐτοῦ
यो एउटै व्यक्ति हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर, उहाँको पिता”
Πατρί
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος
यो एउटा इच्छा वा प्रार्थना हो । सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले उहाँको महिमा र शक्तिलाई आदर गरून्” वा २) “उहाँसँग महिमा र शक्ति भएको होस् ।” यूहन्नाले प्रार्थना गर्छन् कि येशू ख्रीष्ट सम्मानित हुनुभएको होस् र सबैजना र सबैथोकमाथि राज गर्न सक्षम हुनुभएको होस् । (हेर्नुहोस्ः भाववाचक नाम)
τὸ κράτος
यसले सम्भवतः राजाको रूपमा शासन गर्ने उहाँको अधिकारलाई जनाउँछ ।
Revelation 1:7
पद ७ मा, यूहन्नाले दानिएल र जकरियाको पुस्तकबाट उद्धरण गरिरहेका छन् ।
πᾶς ὀφθαλμὸς
किनकि मानिसहरूले तिनीहरूका आँखाहरूद्वारा देख्छन्, “आँखा” शब्द मानिसहरूलाई जनाउन प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति” वा “सबैजना” (हेर्नुहोस्ः उपलक्षण)
καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν
“उहाँलाई घोच्नेहरूले पनि उहाँलाई देख्नेछन्”
αὐτὸν ἐξεκέντησαν
येशूलाई क्रूसमा काँटी ठोकिँदा उहाँका हातहरू र पाउहरूलाई घोचिएको थियो । यहाँ मानिसहरूले उहाँलाई मारेको कुरालाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “उहाँलाई मारे” (हेर्नुहोस्ः लक्षणा)
ἐξεκέντησαν
... मा प्वाल पारे
Revelation 1:8
τὸ Ἄλφα καὶ τὸ Ὦ
यी ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैकुराहरूलाई थालनी गर्नुभयो र जसले सबै कुराहरूको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ” । यदि पाठकहरूलाई प्रस्ट हुँदैन भने तपाईंले तपाईंको वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने विषयमा विचार गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “क र ज्ञ” वा “पहिलो र अन्तिम” (हेर्नुहोस्ः रूपक अनि मेरिज्म)
ὁ ἐρχόμενος
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
λέγει Κύριος, ὁ Θεός
केही भाषाहरूले सम्पूर्ण वाक्यको सुरु वा अन्तमा “परमप्रभु परमेश्वर भन्नुहुन्छ” भनेर राख्नेछन् । (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू)
Revelation 1:9
यूहन्नाले उनको दर्शन कसरी सुरू भयो भनेर व्याख्या गर्छन् र आत्माले उनलाई दिनुभएका निर्देशनहरूलाई पनि व्याख्या गर्छन् ।
ὑμῶν
यसले सात मण्डलीहरूमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συνκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν Ἰησοῦ, ἐγενόμην
यसलाई एउटा अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म, यूहन्ना, तिमीहरूको भाइ हुँ जो तिमीहरूसँग परमेश्वरको राज्यमा सहभागी हुन्छ र साथै तिमीहरूसँगै कष्ट भोग्छ र जाँचहरूलाई धीरजसँग सहन गर्छ किनकि हामी येशूका हौँ । म ... थिएँ”
διὰ τὸν λόγον τοῦ Θεοῦ
“किनभने मैले अरूहरूलाई परमेश्वरको वचन भनेँ”
τὸν λόγον τοῦ Θεοῦ
“परमेश्वरले बोल्नुभएको सन्देश ।” प्रकाश १:२ मा जस्तै गरेर अनुवाद गर्नुहोस् ।
τὴν μαρτυρίαν Ἰησοῦ
“परमेश्वरले येशूको बारेमा दिनुभएको गवाही ।” प्रकाश १:२ मा जस्तै गरेर अनुवाद गर्नुहोस् ।
Revelation 1:10
ἐγενόμην ἐν Πνεύματι
यूहन्नाले परमेश्वरको आत्माद्वारा प्रभावित हुने कुरालाई यसरी बताउँछन् मानौँ उनी आत्मामा थिए । वैकल्पिक अनुवादः “म आत्माद्वारा प्रभावित थिएँ” वा “आत्माले मलाई प्रभावित गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
τῇ Κυριακῇ ἡμέρᾳ
ख्रीष्टमा भएका विश्वासीहरूको लागि आराधनाको दिन
φωνὴν μεγάλην ὡς σάλπιγγος
त्यो स्वर यति ठूलो थियो कि त्यो तुरहीको आवाज झैँ सुनियो । (हेर्नुहोस्ः उपमा)
σάλπιγγος
यसले संगीत निकाल्ने बाजा वा कुनै घोषणा अथवा बैठकको निमित्त मानिसहरूलाई भेला हुन बोलाउने बाजालाई जनाउँछ ।
Revelation 1:11
Σμύρναν…Πέργαμον…Θυάτειρα…Σάρδεις…Φιλαδέλφιαν…Λαοδίκιαν
यिनीहरू पश्चिमी एसियाको क्षेत्रमा भएका सहरहरूका नाउँहरू हुन् जुन आज हालको टर्की हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Revelation 1:12
यूहन्नाले उनको दर्शनमा देखेका कुराहरूलाई व्याख्या गर्न थाल्छन् ।
τὴν φωνὴν ἥτις
यसले बोलिरहेको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “को” (हेर्नुहोस्ः उपलक्षण)
Revelation 1:13
Υἱὸν Ἀνθρώπου
यो अभिव्यक्तिले कुनै मानव आकृतिलाई वर्णन गर्छ, कोही एकजना जो मानिस झैँ देखिन्छ । (हेर्नुहोस्ः रूपक)
ζώνην χρυσᾶν
छातीमा लगाइने कपडाको टुक्रा । यसमा सुनौला धागोहरू भएको हुन सक्छ ।
Revelation 1:14
ἡ…κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκόν ὡς χιών
ऊन र हिउँ ती कुराहरूका उदाहरणहरू हुन् जुन धेरै सेता हुन्छन् । “झैँ सेतो” भन्ने कुरालाई दोहोर्याउनाले तिनीहरू धेरै सेता थिए भनेर जोड दिन्छ । (हेर्नुहोस्ः उपमा अनि प्रतिरूपी)
ἔριον
यो भेडा वा बाख्राको रौँ हो । यो धेरै सेतो हुन्छ भनेर जानिएको थियो ।
οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός
उहाँका आँखाहरू आगोको ज्वाला झैँ ज्योतिले परिपूर्ण थियो भनेर वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “उहाँका आँखाहरू आगोको ज्वाला झैँ बलिरहेका थिए” (हेर्नुहोस्ः उपमा)
Revelation 1:15
οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς
काँसालाई चम्किने र प्रकाशलाई परावर्तन गर्ने बनाउनको लागि टल्काइन्छ । वैकल्पिक अनुवादः “उहाँका पाउहरू टल्काइएका काँसा झैँ धेरै चम्किला थिए” (हेर्नुहोस्ः उपमा)
ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης
काँसालाई पहिला खारिने गरिन्थ्यो र त्यसपछि टल्काइने गरिन्थ्यो । वैकल्पिक अनुवादः “तातो भट्टीमा शुद्ध बनाएर टल्काइएको काँसा झैँ” (हेर्नुहोस्ः घटनाक्रमहरू)
καμίνῳ
धेरै तातो आगोलाई राख्नलाई बनाइएको एउटा बलियो भाँडो । मानिसहरूले त्यसमा द्यातुलाई राख्थे, र तातो आगोले द्यातुमा भएका कुनै पनि अशुद्धताहरूलाई जलाउँथ्यो ।
ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν
छिटो बगिरहेको ठूलो नदीको, ठूलो झरनाको, वा समुद्रमा भएका ठूलो आवाज निकाल्ने छालहरूको आवाज जस्तो, यो धेरै ठूलो आवाज हो ।
Revelation 1:16
ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία…ἐκπορευομένη
तरवारको धार उहाँको मुखबाट बाहिर आइरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन ।
ῥομφαία δίστομος ὀξεῖα
यसले दुईधारे तरवारलाई जनाउँछ जुन दुवै दिशामा काट्नलाई दुवैपट्टि तीखो बनाइएको हुन्छ ।
Revelation 1:17
ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός
यूहन्ना भुइँतिर फर्किँदै तल झुके । उनी सम्भवतः धेरै डराएका थिए र येशूलाई महान् आदर देखाइरहेका थिए । (हेर्नुहोस्ः उपमा)
ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ
“उहाँले मलाई उहाँको दाहिने हातले छुनुभयो”
ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । (हेर्नुहोस्ः मेरिज्म)
Revelation 1:18
ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾍδου
केही कुरामाथि शक्ति हुने कुरालाई त्यस चीजको साँचो भएको जसरी बताइएको छ । यसमा बुझिएको जानकारी यो हो कि उहाँले तिनीहरूलाई जीवन दिन सक्नुहुन्छ र पातालबाट बाहिर निकाल्न सक्नुहुन्छ जो मरेका छन् । वैकल्पिक अनुवादः “मसँग मृत्यु र पातालमाथि शक्ति छ” वा “मसँग मरिगएका मानिसहरूलाई जीवन दिने र तिनीहरूलाई पातालबाट बाहिर निकाल्ने शक्ति छ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 1:19
मानिसको पुत्र बोलिरहनुहुन्छ ।
Revelation 1:20
ἀστέρων
यी ताराहरू प्रतीकहरू हुन् जसले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
λυχνίας
यी सामदानहरू प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν
यी “दूतहरू”का सम्भावित अर्थहरू हुन् १) स्वर्गीय दूतहरू जसले सात मण्डलीहरूलाई सुरक्षा दिन्छन् वा २) सात मण्डलीहरूलाई मानव सन्देशवाहकहरू, जुन कि त यूहन्नाबाट मण्डलीहरूकहाँ पठाइएका सन्देशवाहकहरू हुन् वा ती मण्डलीहरूका अगुवाहरू हुन् ।
ἑπτὰ ἐκκλησιῶν
यसले सात मण्डलीहरूलाई जनाउँछ जुन एसियाको दक्षिण-पश्चिमी भूभागमा त्यो समयमा वास्तवमै अवस्थित थिए । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
Revelation 2
प्रकाश ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
अध्याय २ र ३ लाई सामान्यतया “सात मण्डलीहरूलाई सात पत्रहरू” भनिन्छ । तपाईंले हरेक पत्रलाई अलग-अलग गर्न सक्नुहुन्छ । तिनीहरू अलग-अलग पत्रहरू हुन् भनेर पाठकले सजिलैसँग देख्न सक्छ ।
केही अनुवादहरूले सामान्यतया पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद २७ मा उद्धृत गरेर ल्याइएका शब्दहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दरिद्रता र सम्पत्ति
स्मुर्नामा भएका ख्रीष्टिएनहरू गरिब थिए किनभने तिनीहरूसँग धेरै पैसा थिएन । तर तिनीहरू आत्मिक रूपमा धनी थिए किनभने परमेश्वरले तिनीहरूलाई तिनीहरूको कष्टभोगको निम्ति इनाम दिनुहुने थियो । (हेर्नुहोस्ः आत्मा, आत्मिक)
“शैतानले ... हाल्न आँटेको छ”
मानिसहरूले स्मुर्नामा भएका केही ख्रीष्टिएनहरूलाई लगेर झ्यालखानामा हाल्न र तिनीहरूमध्ये केहीलाई त मार्न पनि आँटेका थिए (प्रकाश २:१०) । यी मानिसहरू को थिए भनेर यूहन्नाले बताउँदैनन् । तर तिनीहरूले ख्रीष्टिएनहरूलाई हानी गरेको कुरा चाहिँ शैतान आफैँले तिनीहरूलाई हानी गरिरहेको भए झैँ गरी उनले बताउँछन् । (हेर्नुहोस्ः लक्षणा)
बालाम, बालाक, र ईजेबेल
बालाम, बालाक, र ईजेबेल चाहिँ येशू जन्मिनुभन्दा धैरै समय अगाडिका मानिसहरू थिए । तिनीहरू सबैले इस्राएलीहरूलाई श्राप दिएर वा तिनीहरूलाई परमेश्वरको आज्ञापालन गर्नलाई छोड्ने मन गराएर तिनीहरूलाई हानी गर्ने कोसिस गरे ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
“जससँग कान छ, आत्माले मण्डलीहरूलाई के भनिरहनुभएको छ भनेर त्यसले सुनोस्”
लेखकले जान्दथे कि प्राय उनका सबै पाठकहरूसँग भौतिक कान थियो । यहाँ कान शब्द चाहिँ परमेश्वरले भन्नुहुने कुरा सुन्ने अनि उहाँको आज्ञापालन गर्न चाहना गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मण्डलीको स्वर्गदूत”
यहाँ “स्वर्गदूत” शब्दको अर्थ “सन्देशवाहक” पनि हुन सक्छ । यसले मण्डलीको सन्देशवाहक वा अगुवालाई पनि जनाउन सक्छ । तपाईंले “स्वर्गदूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“ ... का वचनहरू जो ... ”
यी शब्दहरू भएका पदहरूको अनुवाद गर्न कठिन हुन सक्छ । तिनीहरूले पूर्ण वाक्यहरू बनाउँदैनन् । तपाईंले यी पदहरूमा “यिनीहरू ... हुन्” भन्ने शब्दहरूलाई थप्नुपर्ने हुन सक्छ । साथै, येशूले उहाँले अरू नै कोही व्यक्तिको विषयमा कुरा गरिरहनुभएको झैँ गरेर आफ्नै बारेमा बताउनलाई पनि यी शब्दहरूको प्रयोग गर्नुभयो । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू मानिसहरूको विषयमा कुरा गरिरहेको झैँ गरेर बोल्न नदिन सक्छ । येशूले प्रकाश १:१७ मा बोल्न सुरु गर्नुभयो । उहाँले अध्याय ३ को अन्तसम्मै बोलिरहनुहुन्छ ।
Revelation 2:1
यो एफिससमा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἀστέρας
यी ताराहरू प्रतीकहरू हुन् । तिनीहरूले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
λυχνιῶν
सामदानहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 2:2
οἶδα…τὸν κόπον καὶ τὴν ὑπομονήν σου
“परिश्रम” र “सहनशीलता”हरू भाववाचक नाउँहरू हुन् र तिनीहरूलाई “काम गर्नु” र “सहनु” जस्ता क्रियापदहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिमी धेरै मिहिनेत गर्छौ र तिमी धीरजी भएर सहन्छौ भनेर म जान्दछु” (हेर्नुहोस्ः भाववाचक नाम)
καὶ οὐκ εἰσίν
“तर प्रेरितहरू होइनन्”
εὗρες αὐτοὺς ψευδεῖς
“तिमीले थाहा गरेका छौ कि ती मानिसहरू झूटा प्रेरितहरू हुन्”
Revelation 2:3
διὰ τὸ ὄνομά μου
यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मेरो कारण” वा “किनभने तिमीले मेरो नाममा विश्वास गर्छौ” वा “किनभने तिमीले ममा विश्वास गर्छौ” (हेर्नुहोस्ः लक्षणा)
οὐ κεκοπίακες
निरुत्साहित हुने कुरालाई थाकेको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमी निरुत्साहित भएका छैनौ” वा “तिमीले छोडेका छैनौ” (हेर्नुहोस्ः रूपक)
Revelation 2:4
ἔχω κατὰ σοῦ, ὅτι
“म तिमीलाई समर्थन गर्दिन किनभने” वा “म तिमीसँग रिसाएको छु किनभने”
τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες
केही कुरा गर्न छोड्नुलाई पछाडि छोडेको झैँ गरी बताइएको छ । प्रेमलाई कुनै वस्तु भए झैँ गरी बताइएको छ जसलाई पछाडि छोड्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई त्यसरी प्रेम गर्न छोडेका छौ जसरी तिमीले सुरु-सुरुमा गर्थ्यौ” (हेर्नुहोस्ः रूपक)
Revelation 2:5
πόθεν πέπτωκας
तिनीहरूले पहिले गरेजस्तै गरी प्रेम नगर्नुलाई खस्न पुगेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमी कति धेरै परिवर्तन भएका छौ” वा “तिमीले मलाई कति प्रेम गर्थ्यौ” (हेर्नुहोस्ः रूपक)
εἰ δὲ μή
“यदि तिमीले पश्चात्ताप गरेनौ भने”
κινήσω τὴν λυχνίαν σου
सामदानहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले “सामदान”लाई प्रकाश १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 2:6
τῶν Νικολαϊτῶν
निकोलाउस नाम गरेका मानिसको शिक्षाहरूलाई अनुशरण गर्ने मानिसहरू (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Revelation 2:7
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τῷ νικῶντι
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
τῷ Παραδείσῳ τοῦ Θεοῦ
“परमेश्वरको बगैँचा ।” यो स्वर्गको लागि एउटा प्रतीक हो ।
Revelation 2:8
यो स्मुर्नामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Σμύρνῃ
यो पश्चिमी एसियाको एक भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὁ πρῶτος καὶ ὁ ἔσχατος
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः मेरिज्म)
Revelation 2:9
οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν
“दुःख भोग” र “दरिद्रता”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म जान्दछु कि तिमीले दुःख भोगेका छौ र तिमी कति गरिब छौ” (हेर्नुहोस्ः भाववाचक नाम)
οἶδά…τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς
“निन्दा”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी तिम्रो निन्दा गरेका छन् भनेर मलाई थाहा छ-तिनीहरू जसले आफूहरूलाई यहूदीहरू भन्छन्” वा “मानिसहरूले तिम्रो बारेमा कसरी कठोर कुराहरू भनेका छन् भनेर मलाई थाहा छ-तिनीहरू जसले आफूहरूलाई यहूदीहरू भन्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)
καὶ οὐκ εἰσίν
“तर तिनीहरू वास्तविक यहूदीहरू होइनन्”
συναγωγὴ τοῦ Σατανᾶ
शैतानको आज्ञापालन गर्न वा सम्मान गर्न भेला भएका मानिसहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै सभाघर हुन्, जुन यहूदीहरूको लागि आराधना गर्ने र शिक्षा दिने ठाउँ हो । (हेर्नुहोस्ः रूपक)
Revelation 2:10
μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν
यहाँ “दुष्ट” शब्द भनेको दुष्टको आज्ञापालन गर्ने मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “दुष्टले चाँडै तिमीहरूमध्ये केहीलाई झ्यालखानामा हाल्न अरूहरूलाई लगाउनेछ” (हेर्नुहोस्ः लक्षणा)
γίνου πιστὸς ἄχρι θανάτου
“तिनीहरूले तिमीलाई मारे तापनि मप्रति विश्वासयोग्य होऊ ।” “सम्मै” शब्दको प्रयोगले दिन खोजेको अर्थ यो होइन कि तपाईंले मृत्युमा चाहिँ विश्वासयोग्य हुन छोड्नुपर्छ ।
τὸν στέφανον
“विजेताको मुकुट ।” यो खासगरी जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको एउटा हार थियो जुन विजयी खेलाडिको शिरमा पहिराइन्थ्यो ।
τὸν στέφανον τῆς ζωῆς
सम्भावित अर्थहरू हुन् १) “एउटा मुकुट जसले देखाउँछ कि मैले तिमीलाई अनन्त जीवन दिएको छु” वा २) “विजेताको मुकुट झैँ पुरस्कारको रूपमा साँचो जीवन” (हेर्नुहोस्ः रूपक)
Revelation 2:11
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ὁ νικῶν
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου
“दोस्रो मृत्युको अनुभव गर्नेछैन” वा “दोस्रो पटक मर्नेछैन”
Revelation 2:12
यो पर्गामममा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Περγάμῳ
यो पश्चिमी एसियाको एउटा भागमा भएको एउटा सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν
यसले दुईधारे तरवारलाई जनाउँछ, जुन दुवै दिशामा काट्ने बनाउन दुवैतिर तीखो बनाइएको हुन्छ । तपाईंले यसलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 2:13
ὁ θρόνος τοῦ Σατανᾶ
सम्भावित अर्थहरू हुन् १) मानिसहरूमा शैतानको शक्ति र प्रभाव, वा २) शैतानले शासन गर्ने स्थान । (हेर्नुहोस्ः लक्षणा)
κρατεῖς τὸ ὄνομά μου
यहाँ “नाम” भनेको व्यक्तिको लागि प्रतिस्थापन शब्द हो । बलियो गरी विश्वास गर्ने कुरा चाहिँ बलियो गरी पक्रने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमीले ममा बलियो गरी विश्वास गर्छौ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
οὐκ ἠρνήσω τὴν πίστιν μου
“विश्वास”लाई “विश्वास गर्नु” भनेर क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी ममा विश्वास गर्छौ भनेर तिमीले मानिसहरूलाई बताइरह्यौ” (हेर्नुहोस्ः भाववाचक नाम)
Ἀντιπᾶς
यो एउटा मानिसको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Revelation 2:14
ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα
“तिमीहरूले गरेको केही कुराहरूले गर्दा म तिमीहरूलाई समर्थन गर्दिन” वा “तिमीहरूले गरेको केही कुराहरूले गर्दा म तिमीहरूसँग रिसाएको छु ।” तपाईंले यसलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς
सम्भावित अर्थहरू हुन् १) “जसले बालामले सिकाएको कुरा सिकाउँछन्; उसले” वा २) “जसले बालामले सिकाएको कुरा गर्छन्; उसले” (हेर्नुहोस्ः रूपक)
τῷ Βαλὰκ
यो एउटा राजाको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ
मानिसहरूलाई पाप गर्न डोहोर्याउने कुरालाई यसरी बताइएको छ मानौँ त्यो बाटोमा भएको कुनै ढुङ्गा हो जसमा मानिसहरूले ठेस खान्छन् । वैकल्पिक अनुवादः “जसले इस्राएलका मानिसहरूलाई कसरी पाप गर्न लगाउने भनेर बालाकलाई सिकाए” (हेर्नुहोस्ः रूपक)
πορνεῦσαι
“यौन सम्बन्धीको पाप गर्न” वा “यौन सम्बन्धीको पापमा लाग्न”
Revelation 2:15
Νικολαϊτῶν
यो निकोलाउस नाम गरेका मानिसको शिक्षाहरूलाई अनुशरण गर्ने मानिसहरूको समूहलाई दिइएको नाम थियो । तपाईंले यसलाई प्रकाश २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Revelation 2:16
μετανόησον οὖν
“यसैकारण पश्चात्ताप गर”
εἰ δὲ μή
क्रियापदलाई अघिल्लो वाक्यांशबाट थप्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले पश्चात्ताप गरेनौ भने, म” (हेर्नुहोस्ः शब्दलोप)
πολεμήσω μετ’ αὐτῶν
“तिनीहरूको विरुद्धमा लड्नु”
ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου
यसले प्रकाश १:१६ मा भएको तरवारलाई जनाउँछ । हुन त संसारको विनाशको बारेमा वर्णन गर्ने भाषामा भएका प्रतीकहरूलाई सामान्यतया तिनीहरूले प्रतिनिधित्व गरेको थोकहरूद्वारा प्रतिस्थापित गरिनु हुँदैन, अनुवादकहरूले यसलाई परमेश्वरको वचनलाई प्रतिनिधित्व गर्ने प्रतीकको रूपमा देखाउने कि नदेखाउने भनेर छान्न सक्छन्, जसरी यूएसटीले गर्छ । यो प्रतीकले सङ्केत गर्छ कि ख्रीष्टले उहाँका शत्रुहरूलाई एउटा सामान्य आदेश दिएर हराउनुहुनेछ । वैकल्पिक अनुवादः “मेरो मुखमा भएको तरवारले, जुन परमेश्वरको वचन हो” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 2:17
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
τῷ νικῶντι
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
Revelation 2:18
यो थिआटीरामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Θυατείροις
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός
उहाँका आँखाहरू आगोको ज्वाला झैँ ज्योतिले परिपूर्ण थियो भनेर वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश १:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसका आँखाहरू आगोको ज्वाला झैँ बल्छन्” (हेर्नुहोस्ः उपमा)
οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ
काँसालाई चम्किने बनाउन र प्रकाशको परावर्तन गराउन टल्काइन्छ । तपाईंले यसलाई प्रकाश १:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसका पाउहरू टल्काइएको काँसा झैँ धेरै चम्किला छन्” (हेर्नुहोस्ः उपमा)
Revelation 2:19
τὴν ἀγάπην, καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου
“प्रेम”, “विश्वास”, “सेवा”, र “सहनशीलता” जस्ता भाववाचक नाउँहरूलाई क्रियापदहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले कसरी प्रेम गरेका छौ, भरोसा गरेका छौ, सेवा गरेका छौ, धीरजी भएर सहेका छौ” (हेर्नुहोस्ः भाववाचक नाम)
τὴν ἀγάπην, καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου
यी क्रियापदहरूबाट बुझिएको वस्तुहरूलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसरी तिमीले मलाई र अरूहरूलाई प्रेम गरेका छौ, मलाई भरोसा गरेका छौ, मलाई र अरूहरूलाई सेवा गरेका छौ, सङ्कष्टहरूलाई धीरजी भएर सहेका छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 2:20
ἀλλ’ ἔχω κατὰ σοῦ
“तिमीले गरिरहेका केही कुराहरूलाई म समर्थन गर्दिन” वा “तिमीले गरिरहेको केही कुराहरूको कारण म तिमीसँग रिसाएको छु ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τὴν γυναῖκα Ἰεζάβελ, ἡ
येशूले तिनीहरूको मण्डलीमा भएको कोही एउटी स्त्रीको विषयमा यसरी बताउनुभयो मानौँ त्यो रानी ईजेबेल थिइन्, किनकि त्यसले तिनै प्रकारका पापपूर्ण कुराहरू गरी जुन रानी ईजेबेलले त्यो समयभन्दा धेरै अगाडि गरेकी थिइन् । वैकल्पिक अनुवादः “त्यो स्त्री जो बिलकुल ईजेबेल झैँ छे र” (हेर्नुहोस्ः रूपक)
Revelation 2:21
ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ
“मैले त्यसलाई पश्चात्ताप गर्ने मौका दिएँ” वा “त्यसले पश्चात्ताप गरोस् भनेर मैले कुरेँ”
Revelation 2:22
βάλλω αὐτὴν εἰς κλίνην…εἰς θλῖψιν μεγάλην
त्यो ओछ्यानमा सुत्नुपर्ने भनेको येशूले त्यसलाई धेरै बिरामी बनाउनुभएको परिणाम हुन सक्छ । वैकल्पिक अनुवादः “म त्यसलाई ओछ्यानमा बिरामी भएर सुत्नुपर्ने बनाउनेछु ... म त्यसलाई धेरै कष्ट भोग्ने बनाउनेछु” वा “म त्यसलाई धेरै बिरामी बनाउनेछु ... म त्यसलाई धेरै कष्ट भोग्ने बनाउनेछु” (हेर्नुहोस्ः लक्षणा)
τοὺς μοιχεύοντας μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην
मानिसहरूलाई दुःख भोग्न लगाउने कुरालाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरूलाई दुःख भोगमा फ्याँकिएको हो । वैकल्पिक अनुवादः “त्यससँग व्यभिचार गर्नेहरूलाई म धेरै कष्ट भोग्न लगाउनेछु” (हेर्नुहोस्ः रूपक)
μοιχεύοντας
“व्यभिचारको अभ्यास गर्नु”
ἐὰν μὴ μετανοήσουσιν ἐκ τῶν ἔργων αὐτῆς
यसको आशय हुन्छ कि तिनीहरूले त्यससँग त्यसको दुष्ट आचरणमा सहभागीता जनाएका छन् । त्यसको कामहरूबाट पश्चात्ताप गरेर, तिनीहरूले त्यसको आचरणमा सहभागीता जनाएकोमा पनि पश्चात्ताप गर्छन् । वैकल्पिक अनुवादः “त्यसले गर्ने दुष्टताबाट यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने” वा “त्यसका कामहरूमा सहभागीता जनाएकोमा यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 2:23
τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ
“म त्यसका छोराछोरीहरूलाई मार्नेछु”
τὰ τέκνα αὐτῆς
येशूले त्यसका पक्षधरहरूको विषयमा यसरी कुरा गर्नुभयो मानौँ तिनीहरू त्यसका छोराछोरीहरू थिए । वैकल्पिक अनुवादः “त्यसका पक्षधरहरू” वा “ती मानिसहरू जसले त्यसले सिकाउने कुराहरू गर्छन्” (हेर्नुहोस्ः रूपक)
νεφροὺς καὶ καρδίας
“हृदय” शब्द एउटा प्रतिस्थापन शब्द हो जसले भावनाहरू र चाहनाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जे मानिसहरूले सोच्छन् र चाहन्छन्” (हेर्नुहोस्ः लक्षणा)
δώσω ὑμῖν ἑκάστῳ
यो सजाय र इनामको बारेमा भएको एउटा अभिव्यक्ति हो । वैकल्पिक अनुवादः “म तिमीहरू हरेकलाई दण्ड वा इनाम दिनेछु” (हेर्नुहोस्ः टुक्काहरू)
Revelation 2:24
ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην
कुनै शिक्षालाई विश्वास गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको त्यो शिक्षालाई लिनु हो । वैकल्पिक अनुवादः “ती हरेक जसले यो शिक्षालाई विश्वास गर्दैनन्” (हेर्नुहोस्ः रूपक)
οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην
नामपद शब्द “शिक्षा”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले सिकाएको कुराहरूलाई लिँदैनन्” वा “त्यसले सिकाएको कुराहरूलाई विश्वास गर्दैनन्”
βαθέα
गोप्य कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरू गहिरा थिए । वैकल्पिक अनुवादः “गोप्य कुराहरू” (हेर्नुहोस्ः रूपक)
Revelation 2:26
ὁ νικῶν
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “त्यो व्यक्ति जो दुष्ट कुराहरू गर्न सहमत हुँदैन” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
Revelation 2:27
ποιμανεῖ…συντρίβεται
यो इस्राएलको एउटा राजाको विषयमा पुरानो करारबाटको एउटा अगमवाणी हो, तर येशूले यहाँ त्यसलाई तिनीहरूमाथि लागु गर्नुभयो जसलाई उहाँले जातिहरूमाथि अधिकार दिनुहुन्छ ।
ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ
कठोर तवरले शासन गर्ने कुरालाई फलामको डन्डाले शासन गरेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “फलामको डन्डाले हिर्काएको झैँ गरी त्यसले तिनीहरूलाई कठोर तवरले शासन गर्नेछ” (हेर्नुहोस्ः रूपक)
ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται
तिनीहरूलाई टुक्रा-टुक्रा पारेर फोड्नु भनेको एउटा चित्रण हो जसले १) दुष्ट काम गर्नेहरूलाई नष्ट गर्ने कुरालाई वा २) शत्रुहरूलाई पराजित गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “माटाका भाँडाहरूलाई टुक्रा-टुक्रा पारेर फोडे झैँ गरी त्यसले आफ्ना शत्रुहरूलाई पूर्ण रूपले हराउनेछ” (हेर्नुहोस्ः उपमा)
Revelation 2:28
ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου
के कुरा हासिल गरिएको थियो भनेर केही भाषाहरूले बताउनुपर्ने हुन सक्छ । सम्भावित अर्थहरू हुन् १) “जसरी मैले पनि मेरो पिताबाट अधिकार प्राप्त गरेको छु” वा २) “जसरी मैले पनि मेरो पिताबाट बिहानको तारा प्राप्त गरेको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῦ πατρός μου
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
καὶ δώσω αὐτῷ
यहाँ “त्यसलाई”ले त्यो व्यक्तिलाई जनाउँछ जसले जित्छ ।
τὸν ἀστέρα τὸν πρωϊνόν
यो एउटा चम्किलो तारा हो जुन कहिलेकाहीँ झिसमिसेभन्दा ठीक अगाडि बिहान सबेरै देखा पर्छ । यो एउटा विजयको प्रतीक थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 2:29
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 3
प्रकाश ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
अध्याय २ र ३ लाई सामान्यतया “सात मण्डलीहरूलाई सात पत्रहरू” भनिन्छ । तपाईंले हरेक पत्रलाई अलग-अलग गर्न सक्नुहुन्छ । तिनीहरू अलग-अलग पत्रहरू हुन् भनेर पाठकले सजिलैसँग देख्न सक्छन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ७ सँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरका सात आत्माहरू
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
सात ताराहरू
यी ताराहरू प्रकाश १:२० मा उल्लेख गरिएका सात ताराहरू हुन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
हेर, म ढोकामा उभिरहेको छु र ढकढक्याइरहेको छु
येशूले लाउडिकियामा भएका ख्रीष्टिएनहरूले उहाँको आज्ञापालन गरून् भन्ने उहाँको चाहनाको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ उहाँ त्यस्तो एउटा मानिस हुनुहुन्छ जसले कुनै घरमा भएका मानिसहरूसँग आफूलाई भित्र प्रवेश गर्न तिनीहरूसँग भोजन गर्नलाई अनुमति दिनलाई अनुरोध गरिरहेका थिए (प्रकाश ३:२०) । (हेर्नुहोस्ः रूपक)
“जससँग कान छ, आत्माले मण्डलीहरूलाई के भनिरहनुभएको छ भनेर त्यसले सुनोस्”
वक्तालाई थाहा थियो कि लगभग उनका सबै पाठकहरूसँग भौतिक कान थियो । यहाँ कान शब्द चाहिँ परमेश्वरले भन्नुहुने कुरा सुन्ने अनि उहाँको आज्ञापालन गर्न चाहना गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“मण्डलीको स्वर्गदूत”
यहाँ “स्वर्गदूत” शब्दको अर्थ “सन्देशवाहक” पनि हुन सक्छ । यसले मण्डलीको सन्देशवाहक वा अगुवालाई पनि जनाउन सक्छ । तपाईंले “स्वर्गदूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“ ... का वचनहरू जो ... ”
यी शब्दहरू भएका पदहरूको अनुवाद गर्न कठिन हुन सक्छ । तिनीहरूले पूर्ण वाक्यहरू बनाउँदैनन् । तपाईंले यी पदहरूमा “यिनीहरू ... हुन्” भन्ने शब्दहरूलाई थप्नुपर्ने हुन सक्छ । साथै, येशूले उहाँले अरू नै कोही व्यक्तिको विषयमा कुरा गरिरहनुभएको झैँ गरेर आफ्नै बारेमा बताउनलाई पनि यी शब्दहरूको प्रयोग गर्नुभयो । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा अरू मानिसहरूको विषयमा कुरा गरिरहेको झैँ गरेर बोल्न नदिन सक्छ । येशूले प्रकाश १:१७ मा बोल्न सुरु गर्नुभयो । उहाँले अध्याय ३ को अन्तसम्मै बोलिरहनुहुन्छ ।
Revelation 3:1
यो सार्डिसमा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Σάρδεσιν
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὁ ἔχων τὰ ἑπτὰ πνεύματα
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक थियो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τοὺς ἑπτὰ ἀστέρας
यी ताराहरू ती प्रतीकहरू हुन् जसले सात मण्डलीहरूका सात दूतहरूलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ζῇς…νεκρὸς
परमेश्वरको आज्ञापालन गर्ने र सम्मान गर्ने कुरालाई जीवित हुनुको रूपमा बताइएको छ; उहाँको अनाज्ञापालन गर्ने र अपमान गर्ने कुरालाई मृत हुनुको रूपमा बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 3:2
γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ, ἃ ἔμελλον ἀποθανεῖν
सार्डिसमा भएका विश्वासीहरूद्वारा गरिएका असल कार्यहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू जीवितै थिए तर मर्ने खतरामा थिए । वैकल्पिक अनुवादः “जाग र बाँकी रहेका कामलाई पूरा गर, अन्यथा जे तिमीले गरेका छौ सो बेकारको हुनेछ” वा “जाग । यदि तिमीले आफूले सुरु गरेको कुरालाई सकाएनौ भने, तिम्रो अगाडिको काम व्यर्थ हुनेछ” (हेर्नुहोस्ः रूपक)
γίνου γρηγορῶν
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “सचेत होऊ” वा “होशियार होऊ” (हेर्नुहोस्ः रूपक)
Revelation 3:3
πῶς εἴληφας καὶ ἤκουσας
यसले परमेश्वरको वचनलाई जनाउँछ, जुन तिनीहरूले विश्वास गरे । वैकल्पिक अनुवादः “परमेश्वरको वचन जुन तिमीहरूले सुन्यौ र सत्यता जुन तिमीहरूले विश्वास गर्यौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐὰν…μὴ γρηγορήσῃς
खतराप्रति सचेत हुने कुरालाई जागा रहने कुरा भए झैँ गरी बताइएको छ । तपाईंले “जाग” भन्ने कुरालाई प्रकाश ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमी सचेत छैनौ भने” वा “यदि तिमी होशियार छैनौ भने” (हेर्नुहोस्ः रूपक)
ἥξω ὡς κλέπτης
येशू त्यो समयमा आउनुहुनेछ जब मानिसहरूले उहाँलाई अपेक्षा गर्दैनन्, ठीक जसरी चोर त्यो समयमा आउँछ जब अपेक्षा गरिएको हुँदैन । (हेर्नुहोस्ः उपमा)
Revelation 3:4
ὀλίγα ὀνόματα
“नामहरू” शब्द चाहिँ मानिसहरू आफैँलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “थोरै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν
येशूले कोही व्यक्तिको जीवनमा भएका पापको विषयमा यसरी बताउनुहुन्छ मानौँ तिनीहरू मैला कपडाहरू हुन् । वैकल्पिक अनुवादः “मैला वस्त्रहरू झैँ तिनीहरूका जीवनलाई पापपूर्ण बनाएका छैनन्” (हेर्नुहोस्ः रूपक)
περιπατήσουσιν μετ’ ἐμοῦ
मानिसहरूले साधारणतया जिउने कुरालाई “हिँडाइ”को रूपमा बताउँथे । वैकल्पिक अनुवादः “मसँगै जिउनेछ” (हेर्नुहोस्ः रूपक)
ἐν λευκοῖς
सेता वस्त्रहरूले पापरहितको शुद्ध जीवनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “र तिनीहरूलाई सेता वस्त्रहरूमा पहिराइनेछ, जसले देखाउँछ कि तिनीहरू शुद्ध छन्” (हेर्नुहोस्ः रूपक)
Revelation 3:5
ὁ νικῶν
यसले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
περιβαλεῖται ἐν ἱματίοις λευκοῖς
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापदसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेता वस्त्रहरू पहिरनेछन्” वा “म सेता वस्त्रहरू दिनेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁμολογήσω τὸ ὄνομα αὐτοῦ
उहाँले सामान्य रूपमा त्यस व्यक्तिको नाममात्र भन्नुहुनेछैन, तर घोषणा गर्नुहुनेछ कि त्यो व्यक्ति उहाँको हो । वैकल्पिक अनुवादः “म घोषणा गर्नेछु कि ऊ मेरो हो” (हेर्नुहोस्ः लक्षणा)
ἐνώπιον τοῦ Πατρός μου
“मेरो पिताको उपस्थितिमा”
τοῦ Πατρός μου
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Revelation 3:6
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 3:7
यो फिलाडेल्फियामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Φιλαδελφίᾳ
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
κλεῖν Δαυείδ
उहाँको राज्यमा को जान सक्नेछ भनेर निर्णय गर्ने उहाँको अधिकारको विषयमा येशूले यसरी बताउनुहुन्छ कि मानौँ त्यो राजा दाऊदको साँचो थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει
“उहाँले राज्यको ढोका खोल्नुहुन्छ र कसैले त्यसलाई बन्द गर्न सक्दैन”
κλείων καὶ οὐδεὶς ἀνοίγει
“उहाँले ढोका बन्द गर्नुहुन्छ र कसैले त्यसलाई खोल्न सक्दैन”
Revelation 3:8
δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην
“मैले तिम्रो लागि एउटा ढोका खोलिदिएको छु”
ἐτήρησάς μου τὸν λόγον
सम्भावित अर्थहरू हुन् १) “तिमीले शिक्षाहरूलाई अनुसरण गरेका छौ” वा २) “तिमीले मेरा आज्ञाहरूको पालना गरेका छौ”
τὸ ὄνομά μου
यहाँ “नाम” शब्द त्यो नाम भएको व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मलाई” (हेर्नुहोस्ः लक्षणा)
Revelation 3:9
συναγωγῆς τοῦ Σατανᾶ
शैतानको आज्ञापालन गर्न वा सम्मान गर्न भेला भएका मानिसहरूलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै सभाघर हुन्, जुन यहूदीहरूको लागि आराधना गर्ने र शिक्षा दिने ठाउँ हो । तपाईंले यसलाई प्रकाश २:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
προσκυνήσουσιν
यो समर्पणको चिन्ह हो, आराधनाको होइन । वैकल्पिक अनुवादः “समर्पणमा तल झुक्नु” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐνώπιον τῶν ποδῶν σου
यहाँ “पाउहरू” शब्दले त्यो व्यक्तिलाई प्रतिनिधित्व गर्छ जसको सामु यी मानिसहरू झुक्छन् । वैकल्पिक अनुवादः “तिम्रो अगाडि” वा “तिमीलाई” (हेर्नुहोस्ः उपलक्षण)
γνῶσιν
“तिनीहरूले जान्नेछन्” वा “तिनीहरूले स्वीकार्नेछन्”
Revelation 3:10
κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ
“तिमीमाथि परीक्षाको घडी आइपर्नबाट रोक्नेछु” वा “तिम्रो रक्षा गर्नेछु ताकि तिमी परीक्षाको घडीमा प्रवेश नगर”
ὥρας τοῦ πειρασμοῦ
“जाँचको समय ।” यसको अर्थ सम्भवतः “मानिसहरूले तिमीलाई मेरो अनाज्ञापालन गर्न लगाउन कोसिस गर्ने समय” भन्ने हुन्छ ।
μελλούσης
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 3:11
ἔρχομαι ταχύ
यो कुरा बुझिएको छ कि उहाँ इन्साफ गर्नलाई आउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म छिट्टै न्याय गर्न आउँदैछु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κράτει ὃ ἔχεις
ख्रीष्टलाई बलियो गरी विश्वास गरी राख्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको केही कुरालाई बलियो गरी पक्रनु हो । वैकल्पिक अनुवादः “बलियो गरी विश्वास गरिरह” (हेर्नुहोस्ः रूपक)
τὸν στέφανόν
यो एउटा हार हो, जुन खासमा जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको हुन्थ्यो, जुन विजयी खेलाडिको शिरमा पहिराइन्थ्यो । यहाँ “मुकुट”ले कुनै इनामलाई जनाउँछ । तपाईंले “मुकुट”लाई प्रकाश २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Revelation 3:12
ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου
यहाँ “जसले जित्छ” भन्ने कुराले जित्ने जो कोहीलाई पनि जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “स्तम्भ”ले परमेश्वरको राज्यको एउटा महत्त्वपूर्ण र स्थायी भागलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “दुष्टताको प्रतिरोध गर्ने जो कोही पनि व्यक्तिलाई म मेरा परमेश्वरको मन्दिरमा भएको खम्बा झैँ बलियो बनाउनेछु” वा “दुष्ट कुरा गर्न सहमत नहुनेहरूलाई म मेरा परमेश्वरको मन्दिरमा भएको खम्बा झैँ बलियो बनाउनेछु” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू अनि रूपक)
Revelation 3:13
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 3:14
यो लाउडिकियामा रहेको मण्डलीको दूतको लागि मानिसको पुत्रको सन्देशको सुरुवात हो ।
τῷ ἀγγέλῳ
यी “दूत”को सम्भावित अर्थहरू हुन् १) एक स्वर्गीय दूत जसले मण्डलीको रक्षा गर्छन् वा २) मण्डलीहरूलाई एक मानव सन्देशवाहक, जुन कि त यूहन्नाबाट त्यस मण्डलीकहाँ पठाइएका सन्देशवाहक हुन् वा मण्डलीहरूका अगुवा हुन् । तपाईंले “दूत”लाई प्रकाश १:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Λαοδικίᾳ
यो पश्चिमी एसियाको एउटा भागमा भएको सहरको नाउँ हो जुन आज हालको टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὁ Ἀμήν
यहाँ “आमेन” चाहिँ येशू ख्रीष्टको लागि एउटा नाउँ हो । उहाँले परमेश्वरका प्रतिज्ञाहरूलाई आमेन भन्नुभएर तिनीहरूलाई सुनिश्चित गर्नुहुन्छ ।
ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले परमेश्वरले सृष्टि गर्नुभएको सबैथोकमाथि शासन गर्नुहुन्छ” वा २) “उहाँ जसद्वारा परमेश्वरले सबैथोकलाई सृजनुभयो ।”
Revelation 3:15
οὔτε ψυχρὸς εἶ οὔτε ζεστός
लेखकले लाउडिकियाका मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू पानी हुन् । सम्भावित अर्थहरू हुन् १) “चिसो” र “तातो”ले आत्मिक चासो वा परमेश्वरको लागि भएको प्रेमको दुई चरम विन्दुहरूलाई प्रतिनिधित्व गर्छ, जहाँ “चिसो” हुनु भनेको पूर्णतया परमेश्वरको विरुद्धमा हुनु हो, र “तातो” हुनु भनेको उहाँको सेवा गर्नलाई जोसिलो हुनु हो, वा २) “चिसो” र “तातो” दुवैले त्यो पानीलाई जनाउँछ जसमा चिसो पानी पिउनको लागि उपयोगी छ र तातो पानी खाना पकाउन वा चङ्गाइको काममा प्रयोग गर्नलाई उपयोगी छ । वैकल्पिक अनुवादः “तिमी त्यो पानी झैँ छौ जुन न चिसो न तातो छ” (हेर्नुहोस्ः रूपक)
Revelation 3:16
μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου
तिनीहरूलाई इन्कार गर्ने कुरा चाहिँ मुखबाट उल्टि गरेर फाल्ने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “म तिमीलाई इन्कार गर्नेछु जसरी म मनतातो पानीलाई बाहिर थुक्ने थिएँ” (हेर्नुहोस्ः रूपक)
Revelation 3:17
σὺ εἶ ὁ ταλαίπωρος, καὶ ἐλεεινὸς, καὶ πτωχὸς, καὶ τυφλὸς, καὶ γυμνός
येशूले तिनीहरूको आत्मिक अवस्थाको विषयमा यसरी बताउनुहुन्छ मानौँ उहाँले तिनीहरूको शारीरिक अवस्थाको बारेमा बताइरहनुभएको छ । वैकल्पिक अनुवादः “तिमी ती मानिसहरू झैँ छौ जो सबैभन्दा बढी कष्टमा, दयनीय, गरिब, अन्धा, र नाङ्गा छन्” (हेर्नुहोस्ः रूपक)
Revelation 3:18
ἀγοράσαι παρ’ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς
यहाँ “किन्नु”ले येशूबाट साँचो आत्मिक मूल्य भएका कुराहरू प्राप्त गर्नुलाई प्रतिनिधित्व गर्छ । “आगोले खारिएको सुन”ले आत्मिक सम्पत्तिलाई प्रतिनिधित्व गर्छ । “उज्जवल सेता वस्त्रहरू”ले धार्मिकतालाई प्रतिनिधित्व गर्छ । साथै “तिम्रो आँखालाई अभिषेक गर्न मलहम”ले आत्मिक कुराहरूलाई बुझ्ने क्षमतालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मकहाँ आऊ र आत्मिक सम्पत्ति प्राप्त गर, जु आगोले खारिएको सुनभन्दा बढी मूल्यवान् छ । मबाट धार्मिकता प्राप्त गर, जुन उज्जवल सेता वस्त्रहरू झैँ छन्, ताकी तिमी शर्ममा पर्न नपरोस् । साथै मबाट बुद्धि प्राप्त गर, जुन आँखाको लागि मलहम जस्तै छ, ताकि तिमीले आत्मिक कुराहरूलाई बुझ्न सक” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-metaphor/01.md)
Revelation 3:19
ζήλευε…καὶ μετανόησον
“गम्भीर होऊ र पश्चात्ताप गर”
Revelation 3:20
ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω
मानिसहरूले उहाँसँग सम्बन्ध बनाएको कुरा चाहनुलाई येशूले यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरूले उहाँलाई तिनीहरूका घरमा स्वागत गरेको उहाँले चाहनुहुन्थ्यो । वैकल्पिक अनुवादः “म ढोकामा उभिएर ढकढक्याइरहेको कोही व्यक्ति समान छु” (हेर्नुहोस्ः रूपक)
κρούω
जब मानिसहरूले कसैले तिनीहरूलाई उनीहरूको घरमा स्वागत गरेको चाहन्छन्, तिनीहरूले ढोकामा ढकढक्याउँछन् । वैकल्पिक अनुवादः “तिमीले मलाई भित्र आउन दिएको म चाहन्छु” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἀκούσῃ τῆς φωνῆς μου
“मेरो स्वर” भन्ने वाक्यांशले ख्रीष्टले बोलिरहनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले बोलेको सुन्छ” वा “मैले बोलाएको सुन्छ” (हेर्नुहोस्ः लक्षणा)
εἰσελεύσομαι πρὸς αὐτὸν
केही भाषाहरूले यहाँ “जानु” क्रियापदको प्रयोगलाई रुचाउन सक्छन् । वैकल्पिक अनुवादः “म उसको घरमा जानेछु” (हेर्नुहोस्ः जानु र आउनु)
καὶ δειπνήσω μετ’ αὐτοῦ
यसले मित्रहरूको रूपमा एकसाथ हुने कुरालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः रूपक)
Revelation 3:21
यो सात मण्डलीहरूको दूतहरूको लागि भएका मानिसको पुत्रको सन्देशहरूको अन्त्य हो ।
ὁ νικῶν
यसले जित्ने जो कोहीलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो कोही पनि जसले दुष्टताको प्रतिरोध गर्छ” वा “जो दुष्ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου
कुनै सिंहासनमा बस्नुको अर्थ शासन गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मसँगै राज गर्नु” वा “मेरो सिंहासनमा बस्नु र मसँगै राज गर्नु” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Πατρός μου
यो परमेश्वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Revelation 3:22
ὁ ἔχων οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
ὁ…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 4
प्रकाश ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद ८ र ११ सँग यसै गर्छ ।
यूहन्नाले मण्डलीहरूलाई पत्रहरूको वर्णन गर्नलाई सकाइसकेका छन् । उनले अब परमेश्वरले उनलाई देखाउनुभएको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
बिल्लौर, लालमणि, र पन्ना
यी शब्दहरूले त्यस किसिमका ढुङ्गाहरूलाई जनाउँछन् जुन यूहन्नाको समयका मानिसहरूले मूल्यवान् सम्झन्थे । यदि तपाईंको समाजका मानिसहरूले विशेष किसिमका ढुङ्गाहरूलाई मूल्यका ठान्दैनन् भने यी शब्दहरूलाई अनुवाद गर्न तपाईंलाई कठिन हुन सक्छ ।
चौबीस धर्म-गुरूहरू
धर्म-गुरूहरू मण्डलीका अगुवाहरू हुन् । चौबीस धर्म-गुरूहरू सारा युगका मण्डलीहरूका प्रतीकहरू हुन सक्छन् । पुरानो करारमा त्यहाँ बाह्र कुलहरू थिए र नयाँ करारको मण्डलीमा बाह्र प्रेरितहरू थिए । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
परमेश्वरका सात आत्माहरू
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
परमेश्वरलाई महिमा दिने
परमेश्वरको महिमा उहाँ परमेश्वर हुनुभएको कारण उहाँसँग भएको महान् सुन्दरता र तेजस्वी वैभव हो । अन्य बाइबलका लेखकहरूले यसलाई त्यस्तो एउटा चहकिलो ज्योतिको रूपमा वर्णन गर्छन् जसलाई कसैले हेर्नै सक्दैन । कसैले पनि परमेश्वरलाई यस किसिमको महिमा दिन सक्दैन, किनभने यो पहिल्यैबाट उहाँकै हो । जब मानिसहरूले परमेश्वरलाई महिमा दिन्छन् वा जब परमेश्वरले महिमा ग्रहण गर्नुहुन्छ, परमेश्वरको महिमा उहाँसँग छ भनी मानिसहरूले भन्छन्, र त्यो महिमा परमेश्वरसँग हुनु ठीक कुरा हो, र परमेश्वरसँग त्यो महिमा भएको कारण मानिसहरूले उहाँको महिमा गर्नुपर्छ भनी मानिसहरूले भन्छन् । (हेर्नुहोस्ः महिमा, महिमित अनि योग्य, लायक, अयोग्य, मूल्यहीन अनि आराधना)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अप्ठेरा चित्रणहरू
सिंहासनबाट बिजुलीका चम्केका, बत्तीहरू जुन आत्माहरू हुन्, र सिंहासनको अगाडि भएको एउटा समुद्र जस्ता कुराहरूको कल्पना गर्न कठिन हुन सक्छ, र त्यसैले तिनीहरूको लागि भएका शब्दहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
Revelation 4:1
यूहन्नाले परमेश्वरको सिंहासनको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
μετὰ ταῦτα
“मैले यी कुराहरू भर्खरै देखिसकेपछि” (प्रकाश २:१-३:२२)
θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ
यो अभिव्यक्तिले त्यो क्षमताको अर्थ दिन्छ जुन परमेश्वरले यूहन्नालाई, कम्तीमा दर्शनको माध्यमद्वारा भए पनि, स्वर्गभित्र हेर्नलाई दिनुभयो । (हेर्नुहोस्ः रूपक)
ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ
आवाज कसरी तुरहीको झैँ थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मसँग तुरहीको आवाज झैँ चर्को गरी बोल्दै” (हेर्नुहोस्ः उपमा)
σάλπιγγος
यसले संगीत निकाल्ने बाजा वा कुनै घोषणा अथवा बैठकको निमित्त मानिसहरूलाई भेला हुन बोलाउने बाजालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 4:2
ἐγενόμην ἐν Πνεύματι
यूहन्नाले परमेश्वरको आत्माद्वारा प्रभावित हुने कुरालाई यसरी बताउँछन् मानौँ उनी आत्मामा थिए । तपाईंले यसलाई प्रकाश १:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “म आत्माद्वारा प्रभावित थिएँ” वा “आत्माले मलाई प्रभावित गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Revelation 4:3
λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ
यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्लौर काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुन सक्छ, र लालमणि चाहिँ रातो रङ्गको भएको हुन सक्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
σμαραγδίνῳ
एउटा हरियो, बहुमूल्य ढुङ्गा (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 4:4
εἴκοσι τέσσαρας πρεσβυτέρους
“२४ धर्म-गुरूहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
στεφάνους χρυσοῦς
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
Revelation 4:5
ἀστραπαὶ
हरेक पटक बिजुली देखापर्दा त्यो कस्तो देखिन्छ भन्ने कुरालाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् ।
φωναὶ, καὶ βρονταί
यिनीहरू गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गर्जनको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् ।
τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 4:6
θάλασσα ὑαλίνη
त्यो कसरी काँच वा समुद्र जस्तो थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) समुद्रलाई यसरी बताइएको छ मानौँ त्यो कुनै काँच हो । वैकल्पिक अनुवादः “एक समुद्र जुन काँच झैँ खस्रोपन रहितको थियो” वा २) काँचलाई यसरी बताइएको छ मानौँ त्यो कुनै समुद्र हो । वैकल्पिक अनुवादः “काँच जुन समुद्र झैँ फैलिएको थियो” (हेर्नुहोस्ः रूपक)
ὁμοία κρυστάλλῳ
त्यो कसरी स्फटिक झैँ थियो भन्ने कुरालाई प्रस्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्फटिक झैँ छर्लङ्ग” (हेर्नुहोस्ः उपमा)
ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου
“तुरुन्तै सिंहासनको वरिपरि” वा “सिंहासनको नजिकै र त्यसको वरिपरि”
τέσσαρα ζῷα
“चार जीवित जीवहरू” वा “चार जीवित जीवातहरू”
Revelation 4:7
τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ
हरेक जीवित जीवातको शिर यूहन्नाको अगाडि कस्तो देखियो भन्ने कुरालाई बढी परिचित भएको केही कुरासँग तुलना गरेर उल्लेख गरिएको छ । (हेर्नुहोस्ः उपमा)
ζῷον
“जीवित प्राणी” वा “जीवित जीव ।” तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 4:8
κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν
हरेक पखेटाको माथि र तल आँखै-आँखाले पुरेको थियो ।
ὁ ἐρχόμενος
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 4:9
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
यो एक व्यक्ति हुनुहुन्छ । सिंहासनमा विराजमान हुनुहुने सदासर्वदा जिउनुहुन्छ ।
εἰς τοὺς αἰῶνας τῶν αἰώνων
यी दुई शब्दहरूले एउटै कुराको अर्थ दिन्छ र जोड दिनको लागि दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “सारा अनन्तताको लागि” (हेर्नुहोस्ः प्रतिरूपी)
Revelation 4:10
εἴκοσι τέσσαρες πρεσβύτεροι
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
πεσοῦνται
तिनीहरूले आराधना गरिरहेका छन् भनेर देखाउने विचार गर्दै तिनीहरू भुइँतिर मुख फर्काउँदै लम्पसार पर्छन् ।
βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखका पातहरूबाट बनेका हारहरूका आकृतिहरू थिए, जुन सुन पिटेर बनाइन्छ । धर्म-गुरूहरूले परमेश्वरको शासन गर्ने अधिकारको अगाडि तिनीहरूले आफैँलाई समर्पण गरिरहेका थिए भनेर देखाउनलाई तिनीहरूले आदरपूर्वक रीतिले मुकुटहरू जमिनमा राखिरहेका थिए । वैकल्पिक अनुवादः “तिनीहरूले आफैँलाई उहाँकहाँ समर्पण गरिरहेका थिए भनेर देखाउनलाई तिनीहरूले सिंहासनको अगाडि तिनीहरूका मुकुटहरू राखे” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
βαλοῦσιν
सम्भावित अर्थहरू हुन् १) कतै राख्नु वा २) केही व्यर्थको कुरा झैँ ठानेर झट्कालेर तल फ्याँक्नु (“फ्याँक्नु” प्रकाश २:२२ ) । धर्म-गुरूहरूले आदरपूर्वक रीतिले व्यवहार गरिरहेका छन् भनेर पाठकले बुझ्नुपर्छ ।
Revelation 4:11
ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν
“हाम्रा प्रभु र परमेश्वर ।” यो एक व्यक्ति हुनुहुन्छ, उहाँ जो सिंहासनमा बसिरहनुभएको थियो ।
λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν
यी ती कुराहरू हुन् जुन परमेश्वरसँग सधैँ हुन्छ । ती भएकोमा प्रशंसित हुने कुरालाई ती कुराहरू प्राप्त गरेको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तपाईंको महिमा, सम्मान, र शक्तिको लागि प्रशंसा पाउन” वा “सबैले तपाईंलाई प्रशंसा गर्न किनभने तपाईं महिमामय, सम्माननीय, र शक्तिशाली हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 5
प्रकाश ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ९-१३ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मोहोर लगाइएको चर्मपत्रको मुट्ठो
यूहन्नाको समयका राजाहरू र महत्त्वपूर्ण मानिसहरूका महत्त्वपूर्ण कागजातहरू कागज वा जनावरका छालाका ठूला टुक्राहरूमा लेखिएका हुन्थे । त्यसपछि तिनीहरूले तिनलाई बेर्थे र ती बन्द रहून भनेर तिनलाई महिनले मोहोर लगाउँथे । त्यो कागजात जुन व्यक्तिको लागि लेखिएको हो उससँग मात्रै त्यो मोहोर तोडेर त्यसलाई खोल्ने अधिकार हुन्थ्यो । यस अध्यायमा, “सिंहासनमा विराजमान हुनुहुने”ले चर्मपत्रको मुट्ठोमा लेख्नुभएको थियो । “यहूदाको कुलको सिंह, दाऊदको जरा” भनिनुहुने व्यक्तिसँग मात्रै त्यो खोल्ने अधिकार थियो । (हेर्नुहोस्ः लेख्ने पाता (चर्मपत्र) अनि अधिकार)
चौबीस धर्म-गुरूहरू
धर्म-गुरूहरू मण्डलीका अगुवाहरू हुन् । चौबीस धर्म-गुरूहरू सारा युगका मण्डलीहरूका प्रतीकहरू हुन सक्छन् । पुरानो करारमा त्यहाँ बाह्र कुलहरू थिए र नयाँ करारको मण्डलीमा बाह्र प्रेरितहरू थिए । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
ख्रीष्टिएन प्रार्थनाहरू
ख्रीष्टिएनहरूका प्रार्थनाहरूलाई धूपको रूपमा वर्णन गरिएको छ । ख्रीष्टिएन प्रार्थनाहरूमा परमेश्वरको लागि असल बास्ना हुन्छ । ख्रीष्टिएनहरूले प्रार्थना गर्दा उहाँ प्रसन्न बन्नुहुन्छ ।
परमेश्वरका सात आत्माहरू
यी आत्माहरू प्रकाश १:४ मा उल्लेख गरिएका सात आत्माहरू हुन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कारहरू
“यहूदाको कुलको सिंह” र “दाऊदको जरा” भनेका अलङ्कारहरू हुन् जसले येशूलाई जनाउँछन् । येशू यहूदाको कुलबाट र दाऊदको घरानाबाट आउनुभयो । सिंहहरू भयानक किसिमका हुन्छन, र सबै जनावरहरू र मानिसहरू तिनीहरूसँग डराउँछन्, त्यसैले तिनीहरू त्यस राजाको लागि एउटा अलङ्कार हुन् जुन राजालाई सबैले आज्ञापालन गर्छन् । “दाऊदको जरा” भन्ने शब्दहरूले इस्राएलको राजा दाऊदको विषयमा यसरी बताउँछन् कि मानौँ उनी परमेश्वरले रोप्नुभएको कुनै बिउ हुन् र येशूको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ त्यस बिउबाट उम्रिनुभएको जरा हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Revelation 5:1
यूहन्नाले परमेश्वरको सिंहासनको विषयमा भएको उनको दर्शनमा आफूले देखेका कुराहरूलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
καὶ εἶδον
“मैले ती कुराहरू देखेपछि, मैले ... देखेँ”
τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
“उहाँ” उही नै हुनुहुन्छ जसको बारेमा प्रकाश ४:२-३ मा बताइएको थियो ।
βιβλίον, γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν
“भित्र र बाहिरपट्टि लेखोट भएको एउटा चर्मपत्र”
κατεσφραγισμένον σφραγῖσιν ἑπτά
“र त्यसलाई सात मोहोरहरूले बन्द गरेर राखेको थियो”
Revelation 5:2
τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ?
चर्मपत्र खोल्नलाई कुनै व्यक्तिले त्यसको मोहोरहरू तोड्न जरुरी थियो । वैकल्पिक अनुवादः “मोहोरहरू तोडेर चर्मपत्र खोल्नलाई को योग्यको छ ?” (हेर्नुहोस्ः घटनाक्रमहरू)
τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ?
यसलाई एउटा आज्ञाको रूपमा अनुवाद गर्न सकिन्छः “यो गर्न योग्यको व्यक्तिले मोहोरहरू तोड्न र चर्मपत्र खोल्न आउनुपर्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Revelation 5:3
ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς
यसको अर्थ सबैतिर हुन्छः परमेश्वर र स्वर्गदूतहरू बस्ने ठाउँ, मानिसहरू र पशुहरू बस्ने ठाउँ, र मरिगएकाहरू भएको ठाउँ । वैकल्पिक अनुवादः “स्वर्गमा वा पृथ्वीमा वा पृथ्वीमुनि भएका कुनै पनि ठाउँमा” (हेर्नुहोस्ः मेरिज्म)
Revelation 5:5
ἰδοὺ
“सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”
ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα
यो यहूदाको कुलबाटको मानिसको लागि एउटा शीर्षक हो, जो महान् राजा हुनेछन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्पिक अनुवादः “एकजना जसलाई यहूदाको कुलको सिंह भनिन्छ” वा “ती राजा जसलाई यहूदाको कुलको सिंह भनिन्छ”
ὁ λέων
राजालाई एक सिंहको रूपमा बताइएको छ किनभने सिंह धेरै बलियो हुन्छ । (हेर्नुहोस्ः रूपक)
ἡ ῥίζα Δαυείδ
यो दाऊदको सन्तानको लागि भएको एउटा शीर्षक हो, जो एक महान् राजा हुनेछन् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्पिक अनुवादः “एकजना जसलाई दाऊदको जरा भनिन्छ”
ἡ ῥίζα Δαυείδ
दाऊदको सन्तानको विषयमा यसरी बताइएको छ कि मानौँ दाऊदको परिवार चाहिँ एउटा रूख थियो र उहाँ चाहिँ त्यस रूखको जरा हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “दाऊदको सन्तान” (हेर्नुहोस्ः रूपक)
Revelation 5:6
थुमा सिंहासन भएको कक्षमा देखा पर्नुहुन्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Ἀρνίον
“थुमा” भनेको एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउन यसलाई सङ्केतात्मक रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ
सङ्ख्या सात चाहिँ पूर्णता र सिद्धताको लागि एउटा प्रतीक हो । “सात आत्माहरू”ले कि त परमेश्वरको आत्मालाई जनाउँछ वा परमेश्वरको सेवा गर्ने सात आत्माहरूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν
यसलाई एउटा क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले सारा पृथ्वीभर पठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 5:7
ἦλθεν
उहाँ सिंहासनको नजिक जानुभयो । केही भाषाहरूले “आउनुभयो” भन्ने क्रियापदलाई प्रयोग गर्नेछन् । वैकल्पिक अनुवादः “उहाँ आउनुभयो” (हेर्नुहोस्ः जानु र आउनु)
Revelation 5:8
τοῦ Ἀρνίου
यो एउटा कलिलो नर भेडा हो । यहाँ ख्रीष्टलाई जनाउन यसलाई सङ्केतात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἔπεσαν
“तिनीहरू भुइँमा लम्पसार परे ।” तिनीहरूले थुमालाई आराधना गरिरहेका थिए भनेर देखाउनको लागि तिनीहरूका मुखहरू भुइँतिर फर्काइएका थिए । तिनीहरू यो जानाजान नै गरेका थिए; तिनीहरूले संयोगवश लडेका होइनन् ।
ἕκαστος
सम्भावित अर्थहरू हुन् १) “धर्म-गुरूहरू र जीवित प्राणीहरूमध्ये हरेक” वा २) “धर्म-गुरूहरूमध्ये हरेक ।”
φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων
यहाँ धूप चाहिँ विश्वासीहरूले परमेश्वरलाई गरेका प्रार्थनाहरूको लागि एउटा प्रतीक हो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 5:9
ὅτι ἐσφάγης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि तिनीहरूले तपाईंलाई मारे” वा “किनकि मानिसहरूले तपाईंलाई मारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐσφάγης
यदि तपाईंको भाषामा कुनै पशुलाई बलि चढाउनलाई मार्ने कुराको लागि प्रयोग गर्ने कुनै शब्द छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।
ἐν τῷ αἵματί σου
किनकि रगतले व्यक्तिको जीवनलाई प्रतिनिधित्व गर्छ, रगत बगाउनुले मर्नुलाई प्रतिनिधित्व गर्छ । यसको अर्थ सम्भवतः “तपाईंको मृत्युद्वारा” वा “मर्नुभएर” भन्ने हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
ἠγόρασας τῷ Θεῷ
“तपाईंले मानिसहरूलाई किन्नुभयो ताकि तिनीहरू परमेश्वरका हुन सकून्” वा “तपाईंले मूल्य चुकाउनुभयो ताकि मानिसहरू परमेश्वरका हुन सकून्”
ἐκ πάσης φυλῆς, καὶ γλώσσης, καὶ λαοῦ, καὶ ἔθνους
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका छन् ।
Revelation 5:11
μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
तपाईंको भाषामा भएको कुनै एउटा अभिव्यक्तिलाई प्रयोग गर्नुहोस् जसले देखाउँछ कि यो एउटा ठूलो सङ्ख्या हो । वैकल्पिक अनुवादः “दशौँ लाख” वा “गनेर नसकिने हजारौँको सङ्ख्या” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 5:12
ἄξιόν ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον
“मारिनुभएका थुमा योग्यका हुनुहुन्छ”
λαβεῖν τὴν δύναμιν, καὶ πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν
यी सबै कुराहरू थुमासँग भएका कुराहरू हुन् । ती भएकोमा प्रशंसा गरिनुलाई ती प्राप्त गरेको झैँ गरी बताइएको छ । यसलाई भाववाचक नामपद शब्दहरू हट्ने गरेर पुनः व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई प्रकाश ४:११ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “सबैले उहाँलाई सम्मान, महिमा, र प्रशंसा गर्न किनभने उहाँ शक्तिशाली, वैभवी, बुद्धिमान्, र सामर्थी हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि भाववाचक नाम)
Revelation 5:13
ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς
यसको अर्थ सबैतिर हुन्छः परमेश्वर र स्वर्गदूतहरू बस्ने ठाउँ, मानिसहरू र पशुहरू बस्ने ठाउँ, र मरिगएकाहरू भएको ठाउँ । वैकल्पिक अनुवादः “स्वर्गमा वा पृथ्वीमा वा पृथ्वीमुनि भएका कुनै पनि ठाउँमा” तपाईंले यसलाई प्रकाश ५:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः मेरिज्म)
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ
“सिंहासनमा विराजमान हुनुहने र थुमासँग ... होस्”
Revelation 6
प्रकाश ०६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
थुमाले प्रत्येक पहिलो छवटा मोहोरहरूलाई खोल्नुभएपछि के भयो भन्ने कुरालाई लेखकले वर्णन गर्छन् । थुमाले अध्याय ८ नआइसम्म सातौँ मोहोरलाई खोल्नुहुन्न ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सात मोहोरहरू
यूहन्नाको समयका राजाहरू र महत्त्वपूर्ण मानिसहरूका महत्त्वपूर्ण कागजातहरू कागज वा जनावरका छालाका ठूला टुक्राहरूमा लेखिएका हुन्थे । त्यसपछि तिनीहरूले तिनलाई बेर्थे र ती बन्द रहून भनेर तिनलाई महिनले मोहोर लगाउँथे । त्यो कागजात जुन व्यक्तिको लागि लेखिएको हो उससँग मात्रै त्यो मोहोर तोडेर त्यसलाई खोल्ने अधिकार हुन्थ्यो । यस अध्यायमा, थुमाले मोहोरहरू खोल्नुहुन्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
चार घोडसवारहरू
जसै थुमाले प्रत्येक पहिलो चार मोहोरहरू खोल्नुहुन्छ, लेखकले फरक-फरक रङ्गका घोडाहरू चढेका घोडसवारहरूलाई वर्णन गर्छन् । ती घोडामा सवार हुनेहरूले पृथ्वीलाई कसरी असर गर्नेछन् भन्ने कुराको लागि घोडाका रङ्गहरू प्रतीकात्मक भएको जस्तै देखिन्छ ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
थुमा
यसले येशूलाई जनाउँछ । यस अध्यायमा, यो येशूको लागि एउटा नाम पनि हो । (हेर्नुहोस्ः थुमा, परमेश्वरका थुमा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
उपमाहरू
१२-१४ का पदहरूमा, लेखकले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्नका निमित्त उनले थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले ती चित्रणहरूलाई दैनिक देखिने थोकहरूसँग तुलना गर्छन् । (हेर्नुहोस्ः उपमा)
Revelation 6:1
परमेश्वरको सिंहासन अगाडि भएका घटनाहरूलाई वर्णन गर्न यूहन्नाले निरन्तरता दिन्छन् । थुमाले चर्मपत्रमा भएका मोहोरहरू खोल्न थाल्नुहुन्छ ।
ἔρχου!
यो एक व्यक्तिलाई दिइएको आज्ञा हो, जो चाहिँ सेतो घोडामा सवार व्यक्ति हुन् जस्तो देखिन्छ जसको बारेमा पद २ मा कुरा गरिएको छ ।
Revelation 6:2
ἐδόθη αὐτῷ στέφανος
यस किसिमको मुकुट चाहिँ जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सम्भवतः सुन पिटेर बनाइन्थ्यो । वास्तवमै पातहरूबाट बनाइएका नमुनाहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो । यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले एउटा मुकुट प्राप्त गर्नुभयो” वा “परमेश्वरले उहाँलाई एउटा मुकुट दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στέφανος
यो जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूले बनेको एउटा हार थियो जुन यूहन्नाको समयमा विजयी खेलाडिहरूले प्रतिस्पर्धाहरूमा पाउने गर्थे ।
Revelation 6:3
τὴν σφραγῖδα τὴν δευτέραν
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या दुई” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
τοῦ δευτέρου ζῴου
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या दुई” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Revelation 6:4
ἐξῆλθεν…πυρρός
यसलाई एउटा दोस्रो वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बाहिर आयो । यो आगो झैँ रातो थियो” वा “बाहिर आयो । यो उज्ज्वल रातो थियो”
τῷ καθημένῳ ἐπ’ αὐτὸν, ἐδόθη αὐτῷ
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसमा सवार हुनेलाई परमेश्वरले अनुमति दिनुभयो” वा “त्यसमा सवार हुनेले अनुमति पायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐδόθη αὐτῷ μάχαιρα μεγάλη
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यस घोडसवारले एउटा ठूलो तरवार प्राप्त गर्यो” वा “परमेश्वरले यस घोडसवारलाई एउटा ठूलो तरवार दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μάχαιρα μεγάλη
“असाध्यै बडेमानको तरवार” वा “भयङ्कर तरवार”
Revelation 6:5
τὴν σφραγῖδα τὴν τρίτην
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या तीन” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
τοῦ τρίτου ζῴου
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या तीन” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ζυγὸν
विभिन्न चीजहरूको वजन नाप्नलाई प्रयोग गरिने साधन
Revelation 6:6
χοῖνιξ σίτου δηναρίου
केही भाषाहरूले वाक्यमा “दाम पर्नु” वा “किन्नु” जस्ता क्रियापदको प्रयोग गर्नलाई रुचाउन सक्छन् । सबै मानिसहरूको लागि त्यहाँ निकै कम मात्र गहूँ थियो, जसले गर्दा त्यसको दाम धेरै महँगो थियो । वैकल्पिक अनुवादः “एक चोनिक्स गहूँको दाम अब एक दिनारीअस भएको छ” वा “एक दिनारीअसले एक चोनिक्स गहूँ किन्नु”
χοῖνιξ σίτου…τρεῖς χοίνικες κριθῶν
एक “चोनिक्स” भनेको एउटा खास नाप थियो जुन लगभग एक लिटर बराबर हुन्थ्यो । “चोनिक्स”को बहुवचन रूप “चोनिसेस” हो । वैकल्पिक अनुवादः “एक लिटर गहूँ ... तीक लिटर जौ” वा “एक कचौरा गहूँ ... तीन कचौरा जौ” (हेर्नुहोस्ः बाइबलीय आयतन)
δηναρίου
यो सिक्का चाहिँ एक दिनको ज्याला बराबरको थियो । वैकल्पिक अनुवादः “चाँदीको एक सिक्का” वा “एक दिनको काम बराबर पाइने ज्याला” (हेर्नुहोस्ः बाइबलीय पैसा)
καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς
यदि तेल र दाखमद्यलाई हानी गरिएको भए, मानिसहरूले किन्नको लागि ती कम मात्र हुने थिए, र तिनीहरूको मूल्य बढ्ने थियो ।
τὸ ἔλαιον καὶ τὸν οἶνον
यी अभिव्यक्तिहरूको अर्थ सम्भवतः जैतूनको तेलको कटनी र दाखको कटनी हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Revelation 6:7
τὴν σφραγῖδα τὴν τετάρτην
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या चार” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
τοῦ τετάρτου ζῴου
“अर्को जीवित प्राणी” वा “जीवित प्राणी सङ्ख्या चार” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Revelation 6:8
ἵππος χλωρός
“खरानी रङ्गको घोडा ।” यो चाहिँ मृत शरीरको रङ्ग हो, त्यसैले यसको रङ्ग चाहिँ मृत्युको प्रतीक हो ।
τὸ τέταρτον τῆς γῆς
यहाँ “पृथ्वी”ले पृथ्वीका मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीमा भएका मानिसहरूको एक चौथाइ” (हेर्नुहोस्ः लक्षणा अनि भाग-सङ्ख्याहरू)
ῥομφαίᾳ
तरवार एउटा हतियार हो, र यहाँ त्यसले युद्धलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः लक्षणा)
ὑπὸ τῶν θηρίων τῆς γῆς
यसको अर्थ हो कि मृत्यु र पातालले जङ्गली पशुहरूलाई मानिसहरूलाई आक्रमण गर्ने र मार्ने तुल्याउने थिए ।
Revelation 6:9
τὴν πέμπτην σφραγῖδα
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या पाँच” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ὑποκάτω τοῦ θυσιαστηρίου
यो “वेदीको जगनिर” भएको हुन सक्छ ।
τῶν ἐσφαγμένων
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई अरूहरूले मारेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον
यहाँ “परमेश्वरको वचन” चाहिँ परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हो र “बोके” भनेको चाहिँ अलङ्कारको रूपमा भनिएको हो । सम्भावित अर्थहरू हुन् १) साक्षी बोक्ने कुराले परमेश्वरको वचन र गवाहीलाई विश्वास गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मशास्त्रको शिक्षाहरू र तिनीहरूले येशू ख्रीष्टको बारेमा सिकाएका कुराहरूको खातिर” वा “किनभने तिनीहरूले परमेश्वरको वचनलाई विश्वास गरे, जुन उहाँको गवाही हो” वा २) साक्षी बोक्ने कुराले परमेश्वरको वचनको बारेमा गवाही दिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले परमेश्वरको वचनको बारेमा गवाही दिए” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Revelation 6:10
ἐκδικεῖς τὸ αἷμα ἡμῶν
यहाँ रगत शब्दले तिनीहरूको मृत्युहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “हामीलाई मार्नेहरूलाई दण्ड दिनुहोस्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 6:11
ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί
यसको अर्थ हुन्छ कि परमेश्वरले तिनीहरूका शत्रुहरूद्वारा कुनै निश्चित सङ्ख्यामा मानिसहरू मारिनुपर्छ भनेर निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूको पूर्ण सङ्ख्यालाई नमारेसम्म, जसलाई मानिसहरूले मार्नेछन् भनेर परमेश्वरले निर्णय गर्नुभएको थियो, जसरी मानिसहरूले तिनीहरूका सङ्गी सेवकहरू ... दिदीबहिनीहरूलाई मारेका थिए” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οἱ σύνδουλοι αὐτῶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν
यो एउटै समूहका मानिसहरू हुन् जुन दुई फरक तरिकामा वर्णन गरिएको छः सेवकहरूको रूपमा र भाइहरू र बहिनीहरूको रूपमा । वैकल्पिक अनुवादः “तिनीहरूका भाइहरू जसले तिनीहरूसँगै परमेश्वरको सेवा गर्छन्” वा “तिनीहरूका सङ्गी विश्वासीहरू जसले तिनीहरूसँगै परमेश्वरको सेवा गर्छन्”
οἱ ἀδελφοὶ
ख्रीष्टिएनहरूलाई धेरैपटक एक अर्काका दाजुभाइहरू हुन् भनी भनिन्छ । यहाँ बताइएकाहरूका माझमा महिलाहरू पनि पर्छन् । वैकल्पिक अनुवादः “सङ्गी ख्रीष्टिएनहरू” वा “सङ्गी विश्वासीहरू” (हेर्नुहोस्ः रूपक)
Revelation 6:12
τὴν σφραγῖδα τὴν ἕκτην
“अर्को मोहोर” वा “मोहोर सङ्ख्या छ” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
μέλας ὡς σάκκος
कहिलेकाहीँ भाङ्ग्राहरू कालो केशले बनाइएको हुन्थ्यो । मानिसहरूले शोक गर्दा भाङ्ग्रा लाउने गर्थे । भाङ्ग्राको चित्रणद्वारा मानिसहरूलाई मृत्यु र शोक गर्ने कुराको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । वैकल्पिक अनुवादः “शोक गर्दा लगाउने कपडाहरू झैँ कालो” (हेर्नुहोस्ः उपमा)
ὡς αἷμα
रगतको चित्रणद्वारा मानिसहरूलाई मृत्युको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । त्यो कसरी रगत झैँ थियो भन्ने कुरालाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रगत झैँ रातो” (हेर्नुहोस्ः उपमा)
Revelation 6:13
ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी बतासले अञ्जीरको रूखलाई हल्लाउँछ र त्यसको नपाकेको फल झार्ने बनाउँछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 6:14
ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον
आकाशलाई सामान्यतया धातुको पाता झैँ बलियो भएको मानिन्थ्यो, तर अब त्यो कागजको पाना झैँ कमजोर भएको थियो र सजिलै च्यात्न र बेर्न सकिन्थ्यो । (हेर्नुहोस्ः उपमा)
Revelation 6:15
οἱ χιλίαρχοι
यो शब्दले युद्धमा आदेश दिने योद्धाहरूलाई जनाउँछ ।
τὰ σπήλαια
पहाडहरूका छेउमा हुने ठूला प्वालहरू
Revelation 6:16
προσώπου τοῦ
यहाँ “अनुहार”ले “उपस्थिति”लाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थिति” वा “उहाँ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 6:17
ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν
उहाँहरूको क्रोधको दिनले त्यो समयलाई जनाउँछ जब उहाँहरूले दुष्ट मानिसहरूलाई दण्ड दिनुहुने थियो । वैकल्पिक अनुवादः “यो एउटा भयावह समय हुनेछ जब उहाँहरूले मानिसहरूलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἦλθεν
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको भनेर बताइएको छ ।. (हेर्नुहोस्ः रूपक)
ὀργῆς αὐτῶν
“उहाँहरूको” शब्दले सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई जनाउँछ ।
τίς δύναται σταθῆναι?
बाँच्नु वा जीवित रहनुलाई उभिनु भनेर बताइएको छ । परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुँदा कोही पनि बाँच्न सक्ने छैन भनेर तिनीहरूलाई लागेको निराशा र डरलाई व्यक्त गर्नका निमित्त यो प्रश्नलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “कोही पनि बाँच्न सक्दैन” (हेर्नुहोस्ः लक्षणा अनि आलङ्कारिक प्रश्न)
Revelation 7
प्रकाश ०७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
विद्वानहरूले यस अध्यायका भागहरूलाई थुप्रै विभिन्न तरिकाहरूले अर्थ लगाएका छन् । यसमा भएका कुराहरूलाई ठीकसँगले अनुवाद गर्नका लागि अनुवादकहरूले यस अध्यायको अर्थ के हो भनेर पूर्णतया बुझ्नलाई आवश्यक छैन । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
यस अध्यायमा भएका ठूला सङ्ख्याहरूलाई ठीकसँगले अनुवाद गर्नलाई महत्त्वपूर्ण छ । सङ्ख्या १,४४,००० भनेको बाह्र गुणा बाह्र हजार हो ।
यस अध्यायमा इस्राएलका मानिसहरूको बाह्र कुलहरूलाई पुरानो करारमा सामान्यतया सूचीकृत गरिने तरिका अनुसार यहाँ सूचीकृत गरिएको छैन भनेर अनुवादकहरू जानकार हुनुपर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ५-८ र १५-१७ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आराधना
परमेश्वरले उहाँका मानिसहरूलाई समस्याको घडीमा बचाउनुहुन्छ र तिनीहरूको रक्षा गर्नुहुन्छ । उहाँका मानिसहरूले उहाँलाई आराधना गरेर प्रतिक्रिया जनाउँछन् । (हेर्नुहोस्ः आराधना)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
थुमा
यसले येशूलाई जनाउँछ । यस अध्यायमा, यो येशूको लागि एउटा नाम पनि हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 7:1
यूहन्नाले परमेश्वरका १,४४,००० सेवकहरूको बारेमा भएको एउटा दर्शनलाई वर्णन गर्न थाल्छन् जसलाई मोहोरहरूले चिन्ह लगाइन्छ । तिनीहरूलाई चिन्ह लगाउने काम थुमाले छैटौँ मोहोर खोल्नुभए पश्चात र उहाँले सातौँ मोहोर खोल्नुभन्दा अगाडि हुन्छ ।
τὰς τέσσαρας γωνίας τῆς γῆς
पृथ्वीलाई कागजको पाना जस्तै फराकिलो र वर्गाकार भएको जसरी बताइएको छ । “चारै कुना” भन्ने वाक्यांशले उत्तर, दक्षिण, पूर्व, र पश्चिमलाई जनाउँछ ।
Revelation 7:2
σφραγῖδα Θεοῦ ζῶντος
यहाँ “मोहोर” शब्दले त्यो एउटा साधनलाई जनाउँछ जसलाई मैनको मोहोरमा कुनै चिन्ह खोप्नलाई प्रयोग गरिन्छ । यहाँ चाहिँ त्यो साधन परमेश्वरका मानिसहरूमा चिन्ह लगाउनको लागि प्रयोग गरिने थियो । वैकल्पिक अनुवादः “चिन्ह लगाउने साधन” वा “छाप” (हेर्नुहोस्ः लक्षणा)
Revelation 7:3
σφραγίσωμεν…ἐπὶ τῶν μετώπων αὐτῶν
यहाँ “मोहोर” शब्दले कुनै एउटा चिन्हलाई जनाउँछ । यो चिन्हले ती मानिसहरू परमेश्वरका हुन् र उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ भनेर देखाउँछ । वैकल्पिक अनुवादः “निधारहरूमा चिन्ह लगाउनु” (हेर्नुहोस्ः लक्षणा)
μετώπων
निधार भनेको आँखाहरूभन्दा माथिको अनुहारको माथिल्लो भाग हो ।
Revelation 7:4
τῶν ἐσφραγισμένων
यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरका स्वर्गदूतले चिन्ह लगाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες
“एक लाख चवालीस हजार मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू अनि शब्दलोप)
Revelation 7:5
ἐκ φυλῆς…δώδεκα χιλιάδες
“१२,००० ... कुलबाट” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 7:7
यसले इस्राएलका मोहोर लगाइएका मानिसहरूको सूचीलाई निरन्तरता दिन्छ ।
Revelation 7:9
एउटा भीडले परमेश्वरको प्रशंसा गरिरहेको सम्बन्धमा रहेको एउटा दोस्रो दर्शनलाई यूहन्नाले वर्णन गर्न सुरु गर्छन् । यो मोहोर लगाइएका १,४४,००० मानिसहरूभन्दा भिन्नै मानिसहरूको एउटा समूह हो । यो दर्शन पनि थुमाले छैटौँ मोहोर खोल्नुभए पश्चात र उहाँले सातौँ मोहोर खोल्नुभन्दा अगाडि भएको हो ।
ὄχλος πολύς
“एउटा ठूलो भीड” वा “धेरै सङ्ख्यामा भएका मानिसहरू”
στολὰς λευκάς
यहाँ “सेतो” रङ्गले शुद्धतालाई प्रतिनिधित्व गर्छ ।
Revelation 7:10
ἡ σωτηρία τῷ
“उद्धार ... बाट आउँछ”
ἡ σωτηρία τῷ…τῷ Ἀρνίῳ
तिनीहरूले परमेश्वर र थुमाको प्रशंसा गरिरहेका थिए । नामपद शब्द “उद्धार”लाई “बचाउनु” क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर र थुमाले हामीलाई बचाउनुभएको छ !” (हेर्नुहोस्ः भाववाचक नाम)
Revelation 7:11
τῶν τεσσάρων ζῴων
यिनीहरू प्रकाश ४:६-८ मा उल्लेखित गरिएका चार प्राणीहरू हुन् ।
ἔπεσαν…ἐπὶ τὰ πρόσωπα αὐτῶν
यहाँ “घोप्टो परे” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले भुइँतिर अनुहार फर्काउँदै लम्पसार परे भन्ने हुन्छ । तपाईंले “तिनीहरूले आफैँलाई लम्पसार बनाए” भन्ने भनाइलाई प्रकाश ४:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरू निहुरे” (हेर्नुहोस्ः टुक्काहरू)
Revelation 7:12
ἡ εὐλογία, καὶ ἡ δόξα…τῷ Θεῷ ἡμῶν
“हाम्रा परमेश्वर सारा प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्यको योग्य हुनुहुन्छ”
ἡ εὐλογία, καὶ ἡ δόξα…ἡ εὐχαριστία, καὶ ἡ τιμὴ…τῷ Θεῷ ἡμῶν
प्रशंसा, महिमा, र सम्मान चाहिँ परमेश्वर“लाई” कसरी भएको हुन सक्छ भनेर देखाउनका निमित्त “दिनु” क्रियापदलाई प्रयोग गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, धन्यवाद, र सम्मान दिनुपर्छ”
εἰς τοὺς αἰῶνας τῶν αἰώνων
यी दुई शब्दहरूले एउटै कुराको अर्थ दिन्छन् र प्रशंसाको कहिल्यै अन्त हुनेछैन भनेर जोड दिन्छन् ।
Revelation 7:13
περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς
यी सेता वस्त्रहरूले तिनीहरू धर्मी थिए भनेर देखाउँथ्यो ।
Revelation 7:14
οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης
“महासङ्कष्टबाट बाँचेर आएका छन्” वा “महासङ्कष्टबाट गुज्रेर आएका छन्”
τῆς θλίψεως τῆς μεγάλης
“भयङ्कर कष्टभोगको समय” वा “त्यो समय जब मानिसहरूले भयानक रीतिले यातना भोग्नेछन्”
ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ Ἀρνίου
थुमाको रगतद्वारा धर्मी बनाइने कुरालाई तिनीहरूका वस्त्रहरू उहाँको रगतमा धोएको भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूका वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएर तिनीहरूलाई धर्मी बनाइएको छ” (हेर्नुहोस्ः रूपक)
τῷ αἵματι τοῦ Ἀρνίου
“रगत” शब्द थुमाको मृत्युलाई जनाउनको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः लक्षणा)
Revelation 7:15
एल्डर यूहन्नासँग बोलिरहन्छन् ।
εἰσιν…αὐτούς
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
ἡμέρας καὶ νυκτὸς
दिनका यी दुई भागहरूलाई “सारा समय” वा “नरोकिकन”को अर्थ दिनको लागि एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः मेरिज्म)
σκηνώσει ἐπ’ αὐτούς
“तिनीहरूमाथि उहाँको पाल राख्नुहुनेछ ।” तिनीहरूको रक्षा गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ उहाँले तिनीहरूलाई भित्र बस्नलाई वास दिइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई वास दिनुहुनेछ” वा “तिनीहरूलाई रक्षा गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)
Revelation 7:16
πεινάσουσιν…αὐτοὺς
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
μὴ πέσῃ…ὁ ἥλιος
सूर्यको तापलाई कुनै सजायसँग तुलना गरिएको छ जसले मानिसहरूलाई कष्ट भोग्न लगाउँछ । वैकल्पिक अनुवादः “सूर्यको तापले तिनीहरूलाई जलाउनेछैन” वा “सूर्यले तिनीहरूलाई कमजोर तुल्याउनेछैन” (हेर्नुहोस्ः रूपक)
Revelation 7:17
αὐτούς…αὐτοὺς
यी शब्दहरूले ती मानिसहरूलाई जनाउँछन् जो महासङ्कष्टबाट आएका छन् ।
τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου
“थुमा, जो सिंहासन वरिपरिको क्षेत्रको बीचमा उभिरहनुभएको छ”
ὅτι τὸ Ἀρνίον…ποιμανεῖ αὐτούς
थुमाले उहाँका मानिसहरूलाई गर्नुहुने हेरविचारको विषयमा एल्डरले यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ गोठालोले उसका भेडाहरूलाई गर्ने हेरविचार जस्तै हो । वैकल्पिक अनुवादः “किनकि ... थुमा तिनीहरूका लागि एक गोठालो झैँ हुनुहुनेछ” वा “किनकि ... थुमाले तिनीहरूलाई गोठालोले उसका भेडाहरूलाई हेरविचार गरेको जस्तै गरेर हेरविचार गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)
ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων
एल्डरले जीवन दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ताजा पानीको स्रोत हो । वैकल्पिक अनुवादः “गोठालोले उसका भेडाहरूलाई ताजा पानीतर्फ डोहोर्याएको जसरी उहाँले तिनीहरूलाई डोहोर्याउनुहुनेछ” वा “गोठालोले उसका भेडाहरूलाई जीवित पानीतर्फ डोहोर्याएको जसरी उहाँले तिनीहरूलाई जीवनतर्फ डोहोर्याउनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
यहाँ आँसुले निराशालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आँसु पुछेको जसरी नै परमेश्वरले तिनीहरूका निराशालाई पुछिदिनुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई अब उप्रान्त निराश नहुने बनाउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 8
प्रकाश ०८ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सात मोहोरहरू र सात तुरहीहरू
थुमाले सातौँ मोहोर खोल्नुहुँदा के हुन्छ भन्ने कुरालाई यस अध्यायले देखाउन सुरु गर्छ । पृथ्वीमा नाटकीय कुराहरू हुन लाउनलाई परमेश्वरले सारा विश्वासीहरूका प्रार्थनाहरूको प्रयोग गर्नुहुन्छ । त्यसपछि स्वर्गदूतहरूले सात तुरहीहरूमा पहिला चार तुरहीहरूलाई फुक्दा के हुन्छ भन्ने कुरालाई यूहन्नाले वर्णन गर्छन् । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
कर्म वाच्य
यूहन्नाले यस अध्यायमा थुप्रै पटक कर्म वाच्यको प्रयोग गर्छन् । यसले काम गर्ने कर्तालाई लुकाउँछ । यदि अनुवादकको भाषामा कर्म वाच्यमा लेख्ने शैली छैन भने यसलाई व्यक्त गर्न कठिन हुनेछ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
उपमाहरू
पदहरू ८ र १० मा, यूहन्नाले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्नका निमित्त उनले थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले ती चित्रणहरूलाई दैनिक देखिने थोकहरूसँग तुलना गर्छन् । (हेर्नुहोस्ः उपमा)
Revelation 8:1
थुमाले सातौँ मोहोरलाई खोल्नुहुन्छ ।
τὴν σφραγῖδα τὴν ἑβδόμην
यो चर्मपत्रमा भएका सात मोहोरहरूमध्येमा अन्तिम मोहोर हो । वैकल्पिक अनुवादः “अर्को मोहोर” वा “अन्तिम मोहोर” वा “मोहोर सङ्ख्या सात” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Revelation 8:2
ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες
तिनीहरू हरेकलाई एउटा तुरही तुरही दिइयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले तिनीहरूलाई सातवटा तुरहीहरू दिनुभयो” वा २) “थुमाले तिनीहरूलाई साटवटा तुरहीहरू दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 8:3
δώσει
“तिनले त्यो धूप जलाएर त्यसलाई परमेश्वरकहाँ चढाउने थिए”
Revelation 8:4
χειρὸς τοῦ ἀγγέλου
यसले स्वर्गदूतको हातमा भएको कचौरालाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गदूतको हातमा भएक कचौरा” (हेर्नुहोस्ः लक्षणा)
Revelation 8:5
ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς
यहाँ “आगो” शब्दले सम्भवतः बलिरहेका भुङ्ग्रोहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसलाई बलिरहेका भुङ्ग्रोहरूले भरिदिए” वा “त्यसलाई आगोका भुङ्ग्रोहरूले भरिदिए” (हेर्नुहोस्ः लक्षणा)
Revelation 8:6
एक समयमा एउटा गरेर सात स्वर्गदूतहरूले सातवटा तुरहीहरूलाई बजाउँछन् ।
Revelation 8:7
ἐβλήθη εἰς τὴν γῆν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले रगत मिसिएको असिना र आगो तल पृथ्वीमाथि फ्याँके” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग, र सारा हरिया घाँसलाई जलायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 8:8
ὁ δεύτερος ἄγγελος
“अर्का स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या दुई” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ὡς ὄρος μέγα πυρὶ καιόμενον, ἐβλήθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले आगोले बलिरहेको ठूलो पहाडजस्तो केही कुरालाई फ्याँके” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα
“एक तिहाइ”को अंशलाई अनुवादमा व्याख्या गर्न सकिन्छ । वैकल्पिक अनुवादः “समुद्र चाहिँ तीन भागहरूमा बाँडिएको जस्तो थियो, ती भागहरूमध्येमा एउटा चाहिँ रगतमा परिणत भयो” (हेर्नुहोस्ः भाग-सङ्ख्याहरू)
ἐγένετο…αἷμα
सम्भावित अर्थहरू हुन् १) “रगत झैँ रातो बन्यो” वा २) साँच्चै रगत बन्यो । (हेर्नुहोस्ः उपमा)
Revelation 8:9
τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς
“समुद्रमा भएका जीवित जिवातहरू” वा “माछा र अन्य पशुहरू जुन समुद्रमा बस्छन्”
Revelation 8:10
ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας, καιόμενος ὡς λαμπάς
“राँको झैँ बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो ।” ठूलो ताराको आगो चाहिँ राँकोको आगो जस्तै देखियो । (हेर्नुहोस्ः उपमा)
λαμπάς
उज्यालो प्रदान गर्नको लागि एकतिर आगो जलाइएको लट्ठी
Revelation 8:11
τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος
ऐरेलु भनेको एउटा झार हो जसको स्वाद तीतो हुन्छ । मानिसहरूले त्यसबाट औषधी बनाउँथे, तर त्यो विषालु हुन्छ भनेर पनि मानिसहरूले विश्वास गर्थे । वैकल्पिक अनुवादः “त्यो ताराको नाम तीतोपना हो” वा “त्यो ताराको नाम तीतो औषधी हो” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἐγένετο…ἄψινθον
पानीको तीतो स्वादको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो नै ऐरेलु थियो । वैकल्पिक अनुवादः “ऐरेलु झैँ तीतो बन्यो” वा “तीतो बन्यो” (हेर्नुहोस्ः रूपक)
ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν
“तिनीहरूले त्यो तीतो पानी खाँदा मरे”
Revelation 8:12
ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου
सूर्यलाई केही नराम्रो हुन लगाउनु चाहिँ त्यसलाई प्रहार गर्नु वा हिर्काउनु भए झैँ गरेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा प्रयोग हुने क्रियापद राखेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सूर्यको एक तिहाइ भाग परिवर्तन भयो” वा “परमेश्वरले सूर्यको एक तिहाइ भागलाई परिवर्तन गर्नुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
σκοτισθῇ τὸ τρίτον αὐτῶν
सम्भावित अर्थहरू हुन् १) “समयको एक तिहाइ भागसम्म ती अँध्यारा थिए” वा २) “सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग, र ताराहरूको एक तिहाइ भाग अँध्यारो भयो”
ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως
“दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर त्यहाँ कुनै उज्यालो थिएन” वा “दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भागको अवधिभर तिनीहरू चम्केनन्”
Revelation 8:13
ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος…σαλπίζειν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने अझैसम्म तिनीहरूका तुरही नफुकेका तीन स्वर्गदूतहरूले ती अब फुक्न लागेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 9
प्रकाश ०९ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा, स्वर्गदूतहरूले सात तुरहीहरूलाई फुक्दा के हुन्छ भन्ने कुरालाई यूहन्नाले वर्णन गरिरहन्छन् । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
धिक्कार
प्रकाशको पुस्तकमा त्यहाँ थुप्रै खास धिक्कारहरू उल्लेख गरिएका छन् । यस अध्यायमा यी धिक्कारहरूमध्ये पहिलो धिक्कार छ । यो सम्भव छ कि प्रकाशका घटनाहरूका कालक्रमको लागि यिनीहरूको केही संरचनात्मक विशेषता वा महत्त्व छ ।यूहन्नाले प्रकाशको पुस्तकमा थुप्रै “धिक्कारहरू”को प्रयोग गर्छन् । यस अध्यायले चाहिँ अध्याय ८ को अन्तमा घोषणा गरिएका तीन “धिक्कारहरू”लाई वर्णन गर्न सुरु गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
जनावरको चित्रण
यस अध्यायले थुप्रै जनावरहरूलाई समावेश गर्छः सलहहरू, बिच्छीहरू, घोडाहरू, सिंहहरू, र सर्पहरू । जनावरहरूले विभिन्न गुणहरू र स्वभावहरूलाई व्यक्त गर्छन् । उदाहरणको लागि, सिंह शक्तिशाली र खतरनाक हुन्छ । अनुवादकहरूले सम्भव भएमा तिनीहरूको अनुवादमा एउटै जनावरहरूलाई प्रयोग गर्नुपर्छ । यदि कुनै थाहा नभएको जनावर छ भने, त्यसको जस्तै गुणहरू वा स्वभावहरू भएको जनावरलाई प्रयोग गर्नुपर्छ ।
अतल कुण्ड
प्रकाशको पुस्तकमा यस चित्रणलाई थुप्रै पटक देखिन्छ । यसले उम्कनै नसकिने ठाउँ र स्वर्गको विपरीत दिशामा भएको स्थानको रूपमा नरकलाई चित्रण गर्छ । (हेर्नुहोस्ः नरक, अग्नि-कुण्ड)
एब्बाडोन र अपोल्लियोन
“एब्बाडोन” एउटा हिब्रू शब्द हो । “अपोल्लियोन” चाहिँ एउटा ग्रीक शब्द हो । दुवै शब्दहरूको अर्थ “विनाशक” भन्ने हुन्छ । यूहन्नाले हिब्रू उच्चारणलाई प्रयोग गरे र तिनलाई ग्रीक अक्षरहरूमा लेखे । यूएलटी र यूएसटीले दुवै शब्दहरूका उच्चारणहरूलाई अङ्ग्रेजी अक्षरहरूमा लेख्छन् । अनुवादकहरूलाई लक्षित भाषाको अक्षरहरूलाई प्रयोग गरेर यी शब्दका उच्चारणहरूलाई लेख्नको लागि प्रोत्साहन दिइन्छ । मूल ग्रीक पाठकहरूले “अपोल्लियोन”को अर्थ “विनाशक” हुन्छ भनेर बुझ्ने थिए । त्यसैले अनुवादकहरूले त्यसको अर्थ के हुन्छ भनेर कुनै खण्डमा वा पादटिप्पणीमा लेख्न सक्छन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
पश्चात्ताप
महान् चिन्हहरूको बाबजुद पनि, मानिसहरूले पश्चात्ताप नगरेका र त्यसकारण तिनीहरूका पापमै रहिरहेका भनेर वर्णन गरिएको छ । मानिसहरूले पश्चात्ताप गर्न नमानेका कुरालाई अध्याय १६ मा पनि उल्लेख गरिएको छ । (हेर्नुहोस्ः पश्चात्ताप गर्नु, पश्चात्ताप अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
उपमा
यूहन्नाले यस अध्यायमा धेरै उपमाहरूको प्रयोग गर्छन् । उनले दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्न तिनले सहायता गर्छन् । (हेर्नुहोस्ः उपमा)
Revelation 9:1
सात स्वर्गदूतहरूमध्येमा भएका पाँचौँ स्वर्गदूतले उनको तुरही फुक्न सुरु गर्छन् ।
εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα
यूहन्नाले तारालाई खसिसकेपछि देखे । उनले त्यसलाई खस्दै गरेको देखेनन् ।
ἡ κλεὶς τοῦ φρέατος τῆς Ἀβύσσου
“त्यो साँचो जसले अतल कुण्डको सुरुङको ताला खोल्छ”
τοῦ φρέατος τῆς Ἀβύσσου
सम्भावित अर्थहरू हुन् १) “सुरुङ” चाहिँ कुण्डलाई जनाउने अर्को एउटा तरिका हो र त्यसलाई लामो र साँघुरो आकारमा भएको भनेर वर्णन गर्छ वा २) “सुरुङ”ले कुण्डको प्रवेशद्वारलाइ जनाउँछ ।
τῆς Ἀβύσσου
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ ।
Revelation 9:2
ὡς καπνὸς καμίνου μεγάλης
एउटा ठूलो भट्टीले असाध्यै धेरै बाक्लो, कालो धूँवा निकाल्छ । वैकल्पिक अनुवादः “विशाल भट्टीबाट असाध्यै धेरै गरेर आउने धूँवा जस्तै” (हेर्नुहोस्ः उपमा)
ἐσκοτώθη
“अँध्यारो भयो”
Revelation 9:3
ἀκρίδες
विशाल समूहहरूमा एकसाथ उड्ने कीराहरू । मानिसहरू तिनीहरूसँग डराउँछन् किनभने तिनीहरूले बगैँचाहरू र रूखहरूमा भएका सबै पातहरू खाइदिन्छन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι
बिच्छीहरूसँग अरू पशुहरू र मानिसहरूलाई डस्ने र विष लगाउने क्षमता हुन्छ । वैकल्पिक अनुवादः “बिच्छीहरू जस्तै मानिसहरूलाई डस्ने क्षमता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
σκορπίοι
पुच्छरमा विषालु खिलहरू भएका साना फट्याङ्ग्राहरू । तिनीहरूको खिल असाध्यै पीडादायी हुन्छ र त्यो पीडा लामो समयसम्म भइरहन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 9:4
ἐρρέθη αὐταῖς, ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν, οὐδὲ πᾶν δένδρον
साधारण सलहहरू मानिसहरूको लागि भयङ्कर खतरा हुन् किनभने जब तिनीहरू हुल बाँधेर आउँछन्, तिनीहरूले सबै घाँस र बिरुवाहरू र रूखहरूमा भएका सबै पातहरूलाई खाइदिन सक्छन् । यी सलहहरूलाई त्यसो नगर्न भनियो ।
εἰ μὴ τοὺς ἀνθρώπους
“हानी गर्नु” वा “क्षति पुर्याउनु” जस्ता वाक्यांशहरूलाई स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “तर केवल मानिसहरूलाई मात्र हानी गर्न” (हेर्नुहोस्ः शब्दलोप)
τὴν σφραγῖδα τοῦ Θεοῦ
यहाँ “मोहोर” शब्दले त्यो एउटा साधनलाई जनाउँछ जसलाई मैनको मोहोरमा कुनै चिन्ह खोप्नलाई प्रयोग गरिन्छ । यहाँ चाहिँ त्यो साधन परमेश्वरका मानिसहरूमा चिन्ह लगाउनको लागि प्रयोग गरिने थियो । तपाईंले “मोहोर”लाई प्रकाश ७:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको चिन्ह लगाउने साधन” वा “परमेश्वरको छाप” (हेर्नुहोस्ः लक्षणा)
μετώπων
निधार भनेको अनुहारको माथिल्लो भाग हो, जुन आँखाभन्दा माथि हुन्छ ।
Revelation 9:5
ἐδόθη αὐτοῖς…μὴ
“तिनीहरू”ले सलहहरूलाई जनाउँछ । (प्रकाश ९:०३)
αὐτούς
ती मानिसहरू जसलाई सलहहरूले टोकिरहेका थिए
ἀλλ’ ἵνα βασανισθήσονται
यहाँ “अनुमति दिइयो” शब्दहरूलाई स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “तर तिनीहरूलाई केवल यातना मात्र दिनलाई अनुमति दिइयो” (हेर्नुहोस्ः शब्दलोप)
βασανισθήσονται μῆνας πέντε
सलहहरूलाई यसो गर्नलाई पाँच महिनासम्म स्वीकृति दिइने थियो ।
βασανισθήσονται μῆνας πέντε
“तिनीहरूलाई भयङ्कर पीडाको भोग्ने बनाउन”
βασανισμὸς σκορπίου
बिच्छी भनेको एउटा सानो फट्याङ्ग्रो हो जसको लामो पुच्छरको आखिरी भागमा विषालु खिल हुन्छ । खिलले भयङ्कर पिडा दिन वा मृत्युसमेत गराउन सक्छ ।
Revelation 9:6
ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν
भाववाचक नामपद शब्द “मृत्यु”लाई हटाउने गरेर यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले मर्नलाई कुनै तरिका खोज्न कोसिस गर्नेछन्, तर त्यो पाउनेछैनन्” वा “मानिसहरूले आफैँलाई मार्न कोसिस गर्नेछन्, तर मर्ने कुनै उपाय पाउनेछैनन्” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐπιθυμήσουσιν ἀποθανεῖν
“मर्नलाई औधी चाहनेछन्” वा “आफूहरू मर्नसके हुन्थ्यो भनेर कामना गर्नेछन्”
φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν
यूहन्नाले मृत्युको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति वा पशु हो जो भाग्न सक्थ्यो । वैकल्पिक अनुवादः “तिनीहरू मर्न सक्षम हुनेछैनन्” वा “तिनीहरू मर्नेछैनन्” (हेर्नुहोस्ः मानवीकरण)
Revelation 9:7
यी सलहहरू साधारण सलहहरू जस्ता देखिँदैनथे । तिनीहरूका केही भागहरू कसरी अन्य चीजहरू जस्तै देखिन्थे भनेर बताउँदै यूहन्नाले तिनको वर्णन गर्छन् ।
στέφανοι ὅμοιοι χρυσῷ
यिनीहरू जैतूनका हाँगाहरू वा लौरेलको रूखको पातहरूबाट बनेका हारहरूका आकृतिहरू हुन् जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट नै बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
Revelation 9:10
ἔχουσιν οὐρὰς
“तिनीहरू” शब्दले सलहहरूलाई जनाउँछ ।
ὁμοίας σκορπίοις καὶ κέντρα
बिच्छी भनेको एउटा सानो फट्याङ्ग्रो हो जसको लामो पुच्छरको आखिरी भागमा विषालु खिल हुन्छ । खिलले भयङ्कर पिडा दिन वा मृत्युसमेत गराउन सक्छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश ९:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “बिच्छीका खिलहरू जस्तै खिलहरू भएको” वा “बिच्छीको खिलले जस्तै भयङ्कर पीडा दिन सक्ने खिलहरूसँग” (हेर्नुहोस्ः उपमा)
ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε
सम्भावित अर्थहरू हुन् १) तिनीहरूसँग मानिसहरूलाई पाँच महिनासम्म कष्ट दिने शक्ति थियो वा २) तिनीहरूले मानिसहरूलाई डस्न सक्थे र मानिसहरू त्यसबाट पाँच महिनासम्मको लागि पिडामा हुन्थे ।
Revelation 9:11
τῆς Ἀβύσσου
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Ἀβαδδών…Ἀπολλύων
दुवै नामहरूको अर्थ “विनाशक” हुन्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि शब्दहरूलाई सार्ने वा सापटी लिने)
Revelation 9:12
ἔρχεται ἔτι δύο οὐαὶ
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 9:13
सात स्वर्गदूतहरूमध्येमा भएका छैटौँ स्वर्गदूतले उनको तुरही फुक्न सुरु गर्छन् ।
ἤκουσα φωνὴν μίαν ἐκ
आवाजले बोलिरहेको व्यक्तिलाई जनाउँछ । वक्ता को थिए भनेर यूहन्नाले बताउँदैनन्, तर त्यो परमेश्वर हुन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मैले कसैले बोल्दै गरेको सुनेँ” (हेर्नुहोस्ः उपलक्षण)
τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ
यी सीङ आकारका आकृतिहरू हुन् जुन वेदीको माथिल्लो भागका प्रत्येक चार कुनाहरूसँग बाहिरपट्टीबाट जोडिएको हुन्छ ।
Revelation 9:14
λέγουσαν
आवाजले वक्तालाई जनाउँछ । वैकल्पिक अनुवादः “वक्ताले भने” (हेर्नुहोस्ः उपलक्षण)
τοὺς τέσσαρας ἀγγέλους, τοὺς δεδεμένους
खण्डले ती दूतहरूलाई कसले बाँध्यो भनेर बताउँदैन, तर यसले आशय दिन्छ कि तिनीहरूलाई बाँध्नको लागि परमेश्वरले कसैलाई भन्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “चार दूतहरू जसलाई बाँध्नको लागि परमेश्वरले तिनीहरूलाई आज्ञा गर्नुभएको छ” वा “चार दूतहरू जसलाई बाँध्न परमेश्वरले कसैलाई आज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 9:15
ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι, οἱ ἡτοιμασμένοι εἰς…ἐνιαυτόν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... त्यस वर्षको लागि तयार पारिएका ती चार दूतहरूलाई स्वर्गदूतले छाडिदिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἱ τέσσαρες ἄγγελοι, οἱ ἡτοιμασμένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती चार दूतहरू जसलाई परमेश्वरले तयार पार्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὴν ὥραν, καὶ ἡμέραν, καὶ μῆνα, καὶ ἐνιαυτόν
जुन कुनै पनि समय होइन, तर त्यहाँ खास छानिएको समय छ भनेर देखाउनका लागि यी शब्दहरूको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ठ्याक्कै त्यही समयको लागि” (हेर्नुहोस्ः समान्तरता)
Revelation 9:16
यूहन्नाको दर्शनमा अचानक घोडामा सवार भएका २०,००,००,००० सिपाहीहरू देखा पर्छन् । यूहन्नाले अब अघिल्लो पदमा उल्लेख गरिएका चार दूतहरूको बारेमा कुरा गरिरहेका छैनन् ।
δύο μυριάδες μυριάδων
यसलाई व्यक्त गर्ने केही तरिकाहरू हुन्ः “बीस करोड” वा “दुई हजार लाख” वा “बीस हजार गुणा दश हजार ।” यसको लागि तपाईंको भाषामा कुनै खास सङ्ख्या छैन भने, तपाईंले यस्तै समान किसिमको ठूलो सङ्ख्यालाई प्रकाश ५:११ मा कसरी अनुवाद गर्नुभयो भनेर पनि हेर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 9:17
πυρίνους
“आगो झैँ रातो” वा “चहकिलो रातो ।” तपाईंले यसलाई प्रकाश ६:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
θειώδεις
“गन्धक जस्तै पहेँलो” वा “गन्धक जस्तै चहकिलो उज्यालो”
ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ, καὶ καπνὸς, καὶ θεῖον
“आगो, धूँवा, र गन्धक तिनीहरूका मुखहरूबाट निस्कन्थे”
Revelation 9:18
यूहन्नाले घोडाहरू र मानवजातिमाथि ओइराइएका विपत्तिहरूलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
τὸ τρίτον τῶν ἀνθρώπων
“मानिसहरूको एक तिहाइ ।” तपाईंले “एक तिहाइ”लाई प्रकाश ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः भाग-सङ्ख्याहरू)
Revelation 9:20
οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई विपत्तिहरूले मारेका थिएनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν
यो वाक्यांशले हामीलाई याद गराउँछ कि मूर्तिहरू जीवित हुँदैनन् र ती पूजा गरिनका लायक हुँदैनन् । तर मानिसहरूले तिनको पूजा गर्न छोडेनन् । वैकल्पिक अनुवादः “मूर्तिहरूले देख्न, सुन्न, वा हिँड्न नसकेतापनि” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
Revelation 10
प्रकाश १० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सात मेघ गर्जनहरू
यहाँ यूहन्नाले सात मेघ गर्जनहरूले उनले शब्दहरूको रूपमा बुझ्न सक्ने आवाजहरू निकालिरहेका थिए भनेर वर्णन गर्छन् । तापनि, यी पदहरूको अनुवाद गर्दा अनुवादकहरूले “मेघ गर्जन”को लागि भएको तिनीहरूको सामान्य शब्दलाई नै प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः मानवीकरण अनि साङ्केतिक अगमवाणी)
“परमेश्वरको रहस्य”
यसले परमेश्वरको गोप्य योजनाको केही पक्षहरूलाई जनाउँछ । यसलाई अनुवाद गर्नको लागि यो रहस्य के हो भनेर जान्न आवश्यक छैन । (हेर्नुहोस्ः प्रकट गर्नु, प्रकाश)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
उपमा
शक्तिशाली स्वर्गदूतको अनुहार, पाउहरू, र स्वरलाई वर्णन गर्नको लागि उनलाई सहायता गर्न यूहन्नाले उपमाहरूको प्रयोग गर्छन् । यस अध्यायमा भएका इन्द्रेणी र बादल जस्ता अन्य थोकहरूलाई अनुवादकहरूले तिनीहरूका सामान्य अर्थहरूमा बुझ्नुपर्छ । (हेर्नुहोस्ः उपमा)
Revelation 10:1
यूहन्नाले चर्मपत्र समातिरहेका एकजना शक्तिशाली स्वर्गदूतको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् । यूहन्नाको दर्शनमा तिनले घटिरहेका घटनाहरूलाई पृथ्वीबाट हेरिरहेका छन् । यो कुरा छैटौँ र सातौँ तुरही फुक्ने समयको बीचमा हुन्छ ।
περιβεβλημένον νεφέλην
यूहन्नाले ती स्वर्गदूतको विषयमा यसरी कुरा गर्छन् कि मानौँ तिनले बादललाई तिनको वस्त्रको रूपमा पहिरिरहेका थिए । यस अभिव्यक्तिलाई एउटा अलङ्कारको रूपमा बुझ्न सकिन्छ । तापनि, किनभने दर्शनहरूमा धेरैपटक निकै असामान्य कुराहरू देखिन्थे, त्यसलाई यस सन्दर्भमा अक्षरशः सत्य भनाइको रूपमा बुझ्न सकिन्छ । (हेर्नुहोस्ः रूपक)
τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος
यूहन्नाले तिनको मुहारको चहकिलोपनलाई सूर्यको चहकिलोपनसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “तिनको मुहार सूर्य झैँ चहकिलो थियो” (हेर्नुहोस्ः उपमा)
οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός
“पाउहरू” शब्दले खुट्टाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका खुट्टाहरू आगोका खाँबाहरू जस्तै थिए” (हेर्नुहोस्ः लक्षणा)
Revelation 10:2
ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς
“तिनको दाहिने खुट्टा समुद्रमा र तिनको देब्रे खुट्टा जमिनमा राखेर तिनी उभिए”
Revelation 10:3
καὶ ἔκραξεν
“त्यसपछि ती स्वर्गदूत कराए”
ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ
मेघ गर्जनलाई एक व्यक्तिको रूपमा बताइएको छ जसले बोल्न सक्थ्यो । वैकल्पिक अनुवादः “सात मेघ गर्जनहरूले ठूलो आवाज गरे” वा “मेघ गर्जनले सात पल्ट निकै ठूलो गरी आवाज निकाल्यो”
ἑπτὰ βρονταὶ
सात पल्ट मेघ गर्जन हुने कुरालाई यसरी बताइएको छ कि मानौँ ती सातवटा फरक-फरक “मेघ गर्जनहरू” थिए ।
Revelation 10:4
καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ
“आवाज” शब्दले स्वर्गदूतभन्दा बाहेक अरू कोहीबाट बोलिएका शब्दहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर मैले स्वर्गबाट कसैले बोलिरहेको सुनेँ” (हेर्नुहोस्ः उपलक्षण)
Revelation 10:5
ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν
तिनले परमेश्वरको नाउँ लिएर शपथ खाँदै थिए भनेर देखाउनको लागि तिनले यसो गरे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Revelation 10:6
ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
“तिनले भन्न लागिरहेको कुरालाई सदासर्वदा जिउनुहुनेद्वारा पक्का गरियोस् भनेर तिनले बिन्ती गरे”
τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
यहाँ “उहाँ”ले परमेश्वरलाई जनाउँछ ।
χρόνος οὐκέτι ἔσται
“अब उप्रान्त पर्खिनुपर्ने कुरा हुनेछैन” वा “परमेश्वरले ढिलाइ गर्नुहुनेछैन”
Revelation 10:7
ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँको रहस्यलाई पूरा गर्नुहुनेछ” वा “परमेश्वरले उहाँको गोप्य योजनालाई पूर्ण गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 10:8
यूहन्नाले स्वर्गबाट एउटा आवाजले उनीसँग कुरा गरेको सुन्छन्, जुन आवाज उनले प्रकाश १०:४ मा सुनेका थिए ।
ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ
“आवाज” शब्दले वक्तालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनी जसलाई मैले स्वर्गबाट बोलेको सुनेँ” वा “तिनी जसले मसँग स्वर्गबाट बोलेका थिए” (हेर्नुहोस्ः उपलक्षण)
ἤκουσα
यूहन्नाले सुने
Revelation 10:9
λέγει μοι
“स्वर्गदूतले मलाई भने”
πικρανεῖ
“ ... अमिलो बनाउनेछ” वा “ ... अम्ल बनाउनेछ ।” यसले केही खराब कुरा खाएपछि पेटबाट आउने खराब स्वादलाई जनाउँछ ।
Revelation 10:11
γλώσσαις
यसले ती भाषाहरू बोल्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै भाषा समुदायहरू” वा “थुप्रै समूहका मानिसहरू जसले तिनीहरूका आफ्नै भाषा बोल्छन्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 11
प्रकाश ११ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १५ र १७-१८ का पदहरूसँग यसै गर्छ ।
धिक्कार
यूहन्नाले प्रकाशको पुस्तकमा थुप्रै “धिक्कारहरू”को प्रयोग गर्छन् । यस अध्यायले अध्याय ८ को अन्तमा घोषणा गरिएका दोस्रो र तेस्रो “धिक्कार”लाई वर्णन गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अन्यजातिहरू
यहाँ “अन्यजातिहरू” शब्दले अधर्मी मानिसहरूका समूहहरूलाई जनाउँछ र अन्यजाति ख्रीष्टिएनहरूलाई होइन । (हेर्नुहोस्ः ईश्वरीय, ईश्वरभक्ति)
दुई साक्षीहरू
यी दुई साक्षीहरूको बारेमा विद्वानहरूले थुप्रै विभिन्न धारणाहरूको सुझाव दिएका छन् । अनुवादकहरूले यस खण्डलाई अनुवाद गर्नको लागि यसलाई बुझ्न आवश्यक पर्दैन । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
अतल कुण्ड
यस चित्रणलाई प्रकाशको पुस्तकमा थुप्रै पटक देखिन्छ । यसले उम्कनै नसकिने ठाउँ र स्वर्गको विपरीत दिशामा रहेको स्थानको रूपमा नरकलाई चित्रण गर्छ । (हेर्नुहोस्ः नरक, अग्नि-कुण्ड)
Revelation 11:1
यूहन्नाले एउटा नाप्ने टाँगो पाएको बारेमा र परमेश्वरले नियुक्त गर्नुभएका दुई साक्षीहरूको बारेमा भएको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् । यो दर्शन पनि छैटौँ र सातौँ तुरही फुक्ने समयको बीचमा भएको हो ।
ἐδόθη μοι κάλαμος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मलाई एउटा निगालो दियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐδόθη μοι…λέγων
“मलाई” र “म” शब्दहरूले यूहन्नालाई जनाउँछन् ।
τοὺς προσκυνοῦντας ἐν αὐτῷ
“मन्दिरमा आराधना गर्नेहरूलाई गन”
Revelation 11:2
πατήσουσιν
केही कुरालाई त्यसमाथि हिँडेर व्यर्थको भएको जसरी व्यवहार गर्नु
μῆνας τεσσεράκοντα δύο
“४२ महिना” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 11:3
परमेश्वर यूहन्नासँग बोलिरहनुहुन्छ ।
ἡμέρας χιλίας διακοσίας ἑξήκοντα
“एक हजार दुई सय साठी दिनसम्म” वा “बाह्र सय साठी दिनसम्म” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἡμέρας…περιβεβλημένοι σάκκους
तिनीहरूले किन भाङ्ग्राको वस्त्र पहिरनेछन् भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “दिनसम्म, शोक गर्दा लगाउने खस्रा वस्त्रहरू पहिरेर” वा “दिनसम्मः तिनीहरू धेरै उदास छन् भनी देखाउनलाई तिनीहरूले कोतर्ने खालका लुगाहरू लगाउनेछन्” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस् अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 11:4
οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι, αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες
जैतूनका दुई रूखहरू र दुई सामदानहरूले यी मानिसहरूलाई सङ्केत गर्छन्, तर तिनीहरू साँच्चैका मानिसहरू होइनन् । वैकल्पिक अनुवादः “पृथ्वीका प्रभुका सामुन्ने खडा रहेका जैतूनका दुई रूखहरू र दुई सामदानहरूले यी साक्षीहरूलाई प्रतिनिधित्व गर्छन्” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι, αἱ
यूहन्नाले उनका पाठकहरूले तिनीहरूको बारेमा जान्दछन् भनेर अपेक्षा गर्छन् किनभने धेरै वर्ष अगाडि अर्का अगमवक्ताले तिनीहरूको बारेमा लेखेका थिए । वैकल्पिक अनुवादः “धर्मशास्त्रमा बताइएका, जैतूनका दुई रूखहरू र दुई सामदानहरू, जसले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 11:5
πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν
किनभने यो चाहिँ भविष्यका घटनाहरूको बारेमा हो, यसलाई भविष्यत् कालमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आगो तिनीहरूका मुखबाट निस्कनेछ र तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ”
πῦρ…κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν
आगो बल्ने र मानिसहरूलाई मार्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै पशु हो जसले तिनीहरूलाई खान सक्थ्यो । वैकल्पिक अनुवादः “आगो ... तिनीहरूका शत्रुहरूलाई नष्ट पार्नेछ” वा “आगो ... तिनीहरूका शत्रुहरूलाई पूर्णतया जलाउनेछ” (हेर्नुहोस्ः रूपक)
Revelation 11:6
κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ
यूहन्नाले आकाशको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसमा कुनै ढोका थियो जसलाई पानी पर्न दिनको लागि खोल्न सकिन्थ्यो र पानी रोक्नलाई बन्द गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “आकाशबाट पानी पर्न दिनलाई रोक्न” (हेर्नुहोस्ः रूपक)
στρέφειν
“बदल्न”
πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ
यूहन्नाले विपत्तिहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै लट्ठी हुन् जसको प्रयोग गरेर कसैले पृथ्वीलाई हिर्काउन सक्थ्यो । वैकल्पिक अनुवादः “पृथ्वीमा हर किसिमको समस्या उत्पन्न गराउन” (हेर्नुहोस्ः रूपक)
Revelation 11:7
Ἀβύσσου
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 11:8
τὰ πτώματα αὐτῶν
यसले दुई साक्षीहरूका लाशहरूलाई जनाउँछ ।
ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης
सहरमा एउटाभन्दा बढी सडकहरू थिए । यो एउटा सार्वजनिक स्थान थियो जहाँ मानिसहरूले तिनीहरूलाई देख्न सक्थे । वैकल्पिक अनुवादः “महान् सहरका सडकहरूमध्ये कुनै एउटामा” वा “महान् सहरको मुख्य सडकमा”
ὁ Κύριος αὐτῶν
तिनीहरूले प्रभुको सेवा गरे, र उहाँ जस्तै त्यही सहरमा मर्नेथिए ।
Revelation 11:9
ἡμέρας τρεῖς καὶ ἥμισυ
“पूरा ३ दिन र आधी दिन” वा “३.५ दिन” वा “३ १/२ दिन” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα
यो एउटा अनादरको चिन्ह हुनेछ ।
Revelation 11:10
χαίρουσιν ἐπ’ αὐτοῖς, καὶ εὐφραίνονται
“ती दुई साक्षीहरू मरेकामा खुशी मनाउनेछन्”
δῶρα πέμψουσιν ἀλλήλοις
मानिसहरू कति खुशी थिए भन्ने कुरालाई यो क्रियाकलापले देखाउँछ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς
यो नै कारण हो जसका लागि यी दुई साक्षीहरू मरेकामा मानिसहरू त्यति धेरै खुशी हुनेछन् ।
Revelation 11:11
τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ
“पूरा ३ दिन र आधी दिन” वा “३.५ दिन” वा “३ १/२ दिन ।” तपाईंले यसलाई प्रकाश ११:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτούς
श्वास फेर्नसक्ने क्षमतालाई यसरी बताइएको छ कि मानौँ त्यो केही त्यस्तो कुरा हो जुन मानिसहरूभित्र प्रवेश गर्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ती दुई साक्षीहरूलाई फेरि श्वास फेर्ने र जिउने तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς
त्रासको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूमाथि आइपर्न सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई देख्नेहरू असाध्यै डराउनेछन्” (हेर्नुहोस्ः रूपक)
Revelation 11:12
καὶ ἤκουσαν
सम्भावित अर्थहरू हुन् १) ती दुई साक्षीहरूले सुन्नेछन् वा २) मानिसहरूले ती दुई साक्षीहरूलाई भनिएको कुरा सुन्नेछन् ।
φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ
“आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गबाट कसैले तिनीहरूसँग ठूलो स्वरले बोलेको र” (हेर्नुहोस्ः लक्षणा)
λεγούσης αὐτοῖς
“ती दुई साक्षीहरूलाई भनेको”
Revelation 11:13
ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά
“७,००० मानसिहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
οἱ λοιποὶ
“तिनीहरू जो मर्दैनन्” वा “तिनीहरू जो अझै जीवितै छन्”
ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ
“स्वर्गका परमेश्वर महिमामय हुनुहुन्छ भनी भन्नु”
Revelation 11:14
ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν
“दोस्रो भयानक घडी समाप्त भएको छ ।” तपाईंले “पहिलो विपत्ति बितेको छ” भन्ने कुरालाई प्रकाश ९:१२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । वैकल्पिक अनुवादः “तेस्रो विपत्ति छिट्टै हुनेछ” (हेर्नुहोस्ः रूपक)
Revelation 11:15
सात स्वर्गदूतहरूमा सबैभन्दा अन्तिम स्वर्गदूतले तिनको तुरही फुक्न सुरु गर्छन् ।
ὁ ἕβδομος ἄγγελος
यिनी सात स्वर्गदूतहरूमा अन्तिम हुन् । तपाईंले “सातौँ”लाई प्रकाश ८:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “आखिरी स्वर्गदूत” वा “स्वर्गदूत सङ्ख्या सात” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι
“ठूला आवाजहरू” भन्ने वाक्यांशले ठूलो स्वरमा कुरा गर्ने वक्ताहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका वक्ताहरूले ठूलो स्वरमा बोले र भने”
ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ
यहाँ “राज्य”ले संसारलाई शासन गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारलाई शासन गर्ने अधिकार ... हाम्रा प्रभु र उहाँको ख्रीष्टको अधिकार भएको छ” (हेर्नुहोस्ः लक्षणा)
τοῦ κόσμου
यसले संसारमा भएका सबैजनालाई जनाउँछ । वैकल्पिक अनुवादः “संसारमा भएका सबैजना” (हेर्नुहोस्ः लक्षणा)
ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ
“हाम्रा प्रभु र उहाँको ख्रीष्ट अब संसारका शासकहरू हुनुहुन्छ”
Revelation 11:16
οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले भुइँतिर अनुहार फर्काउँदै लम्पसार परे भन्ने हुन्छ । तपाईंले “आफैँलाई लम्पसार बनाए” भन्ने कुरालाई प्रकाश ४:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरू निहुरे” (हेर्नुहोस्ः टुक्काहरू)
Revelation 11:17
σοι, Κύριε ὁ Θεός ὁ Παντοκράτωρ, ὁ ὢν, καὶ ὁ ἦν
यी वाक्यांशहरूलाई वाक्यहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईं, हे परमप्रभु परमेश्वर, सबैथोकमाथिको शासक । तपाईं नै हुनुहुन्छ जो हुनुहुन्छ, र तपाईं नै हुनुहुन्छ जो हुनुहुन्थ्यो” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
ὁ ὢν
“उहाँ जो अस्तित्वमा हुनुहुन्छ” वा “उहाँ जो जिउनुहुन्छ”
ὁ ἦν
“जो सधैँ अस्तित्वमा हुनुभएको छ” वा “जो सधैँ जिउनुभएको छ”
εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην
परमेश्वरले यो महान् शक्तिसँग के गर्नुभयो भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंको विरुद्धमा विद्रोह गर्नहरू सबैलाई तपाईंले आफ्नो शक्तिले हराउनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 11:18
“तपाईं” र “तपाईंको” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
चौबीस धर्म-गुरूहरूले परमेश्वरको प्रशंसा गरिरहन्छन् ।
ὠργίσθησαν
“अत्यन्तै रिसाए”
ἦλθεν ἡ ὀργή σου
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको कुरा भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तपाईं आफ्नो रीस देखाउन तयार हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
ἦλθεν…ὁ καιρὸς
वर्तमानमा भइरहेको कुरालाई आइपुगेको कुरा भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “यो ठीक समय हो” वा “समय अब नै हो” (हेर्नुहोस्ः रूपक)
τῶν νεκρῶν κριθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृतकहरूलाई इन्साफ गर्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῶν νεκρῶν
यस नामबोधक विशेषणलाई कुनै क्रियापद वा विशेषणको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो मरेका छन्” वा “मृत मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
τοῖς προφήταις, καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου
“तपाईंका सेवकहरू”को अर्थ के हुन्छ भन्ने कुरालाई यो सूचीले व्याख्या गर्छ । यिनीहरू तीन पूर्णतया फरक समूहका मानिसहरू थिएनन् । अगमवक्ताहरू पनि विश्वासीहरू थिए र परमेश्वरको नाउँको भय मान्थे । यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “अगमवक्ताहरू, तिनीहरू जो विश्वासीहरू हुन्, र तिनीहरू जसले तपाईंको भय मान्छन्” वा “अगमवक्ताहरू र अरूहरू जो विश्वासीहरू हुन् र जसले तपाईंको नाउँको भय मान्छन्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 11:19
καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि कसैले स्वर्गमा भएको परमेश्वरको मन्दिरलाई खोल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले उहाँको करारको सन्दूक उहाँको मन्दिरभित्र देखेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀστραπαὶ
प्रत्येक पल्ट बिजुली देखा पर्दा त्यो कस्तो देखिन्छ भनेर वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
φωναὶ, καὶ βρονταὶ
यी गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गड्याङगुडुङको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 12
प्रकाश १२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १०-१२ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
सर्पो
प्रकाशको पुस्तकले पुरानो करारबाटका चित्रणहरूलाई प्रयोग गर्छ । उदाहरणको लागि, यूहन्नाले शैतानलाई सर्पोको रूपमा जनाउँछन् । यो चित्रण अदनको बगैँचाको विवरणबाट आउँछ जब शैतानले हव्वाको परीक्षा गर्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“स्वर्गमा एउटा महान् चिन्ह देखियो”
यहाँ कर्म वाच्यको प्रयोग गरेर, स्वर्गमा भएको यो महान् चिन्हलाई कसले देखे भनेर यूहन्नाले बताउँदैनन् । यदि तपाईंको भाषामा कर्म वाच्यको संरचना छैन भने, कर्ता अस्पष्ट हुँदा अनुवाद गर्न कठिन हुन सक्छ । धेरै अङ्ग्रेजी अनुवादहरूले यहाँ भूतकालको प्रयोग गर्छन् र “स्वर्गमा एउटा महान् चिन्ह देखापर्यो” भनी भन्छन् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि साङ्केतिक अगमवाणी)
Revelation 12:1
यूहन्नाले उनको दर्शनमा देखापरेकी एउटी स्त्रीलाई वर्णन गर्न सुरु गर्छन् ।
σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमा एउटा महान् चिन्ह देखा पर्यो” वा “म, यूहन्नाले, स्वर्गमा एउटा महान् चिन्ह देखेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटी स्त्री जसले सूर्य पहिरिरहेकी थिई र तिनको पाउमुनि चन्द्रमा थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στέφανος ἀστέρων δώδεκα
यस्तो देखिन्छ कि यो चाहिँ लौरेलको रूखका पातहरू वा जैतूनका हाँगाहरूबाट बनेको हारको आकृति हो, तर यसमा चाहिँ बाह्रवटा ताराहरू थियो ।
ἀστέρων δώδεκα
“१२ वटा ताराहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 12:3
यूहन्नाले उनको दर्शनमा देखापरेको एउटा अजिङ्गरलाई वर्णन गर्छन् ।
δράκων
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 12:4
ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων
“आफ्नो पुच्छरले त्यसले ताराहरूको एक तिहाइ भागलाई सोहोर्यो”
τὸ τρίτον
“एक तिहाइ भाग ।” तपाईंले यसलाई प्रकाश ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः भाग-सङ्ख्याहरू)
Revelation 12:5
ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ
खस्रो तवरले शासन गर्ने कुरालाई फलामको डन्डाले शासन गर्ने भनेर बताइएक छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश २:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनको बालकलाई तुरुन्तै आफूकहाँ लानुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 12:6
ἡμέρας χιλίας διακοσίας ἑξήκοντα
“एक हजार दुई सय साठी दिनको लागि” वा “बाह्र सय साठी दिनको लागि” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 12:7
καὶ
उनको दर्शनमा भइरहेको केही अरू नै कुरालाई परिचय गराउनको लागि उनको विवरणमा आएको बदलावलाई अङ्कित गर्नको लागि यूहन्नाले यो शब्दको प्रयोग गर्छन् ।
δράκοντος
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान”को रूपमा पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 12:8
οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ
“त्यसैले अजिङ्गर र त्यसका दूतहरू अब अरू बढी स्वर्गमा बस्न सकेनन्”
Revelation 12:9
δράκων ὁ…ὄφις ὁ ἀρχαῖος…καλούμενος, Διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην; ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν
अजिङ्गरको बारेमा भएको जानकारीलाई त्यसलाई तल पृथ्वीमा फ्याँकियो भन्ने कथन पछाडि अलग्गै वाक्यमा दिन सकिन्छ । वैकल्पिक अनुवादः “अजिङ्गरलाई तल पृथ्वीमा फ्याँकियो, र त्यसका दूतहरूलाई त्यससँगै तल फ्याँकियो । त्यो प्राचीन सर्प हो जसले संसारलाई छल्छ र जसलाई दियाबलस वा शैतान भनिन्छ” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος, Διάβολος, καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην; ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ... त्यस भयङ्कर अजिङ्गर र त्यसका दूतहरूलाई स्वर्गबाट फ्याँक्नुभयो र तिनीहरूलाई पृथ्वीमा पठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 12:10
ἤκουσα
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ
“आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले स्वर्गबाट कसैले ठूलो स्वरले भनिरहेको सुनेँ” (हेर्नुहोस्ः लक्षणा)
ἄρτι ἐγένετο ἡ σωτηρία, καὶ ἡ δύναμις, καὶ ἡ Βασιλεία τοῦ Θεοῦ ἡμῶν, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ
परमेश्वरले मानिसहरूलाई उहाँको शक्तिले बचाइरहनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ उहाँको उद्धार र शक्ति सामानहरू हुन् जुन आइपुगेका छन् । परमेश्वरको शासन र ख्रीष्टको अधिकारलाई पनि यसरी बताइएको छ कि मानौँ तिनीहरू आइपुगिसकेका छन् । वैकल्पिक अनुवादः “अब परमेश्वरले उहाँका मानिसहरूलाई उहाँको शक्तिले बचाउनुभएको छ, परमेश्वरले राजाको रूपमा शासन गर्नुहुन्छ, र उहाँको ख्रीष्टसँग सारा अधिकार छ” (हेर्नुहोस्ः रूपक)
ἐγένετο
“साँच्चै अस्तित्वमा हुन सुरु गरेको छ” वा “देखापरेको छ” वा “वास्तविक भएको छ ।” परमेश्वरले ती कुराहरूलाई प्रकट गरिरहनुभएको छ किनभने ती कुराहरू हुने समय “आइसकेको” छ ।" तिनीहरू पहिला अस्तित्वमा नभएका चाहिँ होइन ।
ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν
यो त्यही अजिङ्गर हो जसलाई प्रकाश १२:९ मा तल फ्याँकिएको थियो ।
τῶν ἀδελφῶν ἡμῶν
सङ्गी विश्वासीहरूलाई तिनीहरू दाजुभाइहरू भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “हाम्रा सङ्गी विश्वासीहरू” (हेर्नुहोस्ः रूपक)
ἡμέρας καὶ νυκτός
दिनका यी दुई भागहरूलाई “सारा समय” वा “नरोकिकन”को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । (हेर्नुहोस्ः मेरिज्म)
Revelation 12:11
स्वर्गबाट आएको ठूलो आवाजले बोलिरहन्छ ।
αὐτοὶ ἐνίκησαν αὐτὸν
“तिनीहरूले दोष लगाउनेलाई जिते”
διὰ τὸ αἷμα τοῦ Ἀρνίου
रगतले उहाँको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने थुमाले उहाँको रगत बहाउनुभएको थियो र तिनीहरूको लागि मर्नुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν
“गवाही” शब्दलाई “गवाही दिनु” भनेर क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । साथै तिनीहरूले कसको बारेमा गवाही दिए भन्ने कुरालाई पनि प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले अरूहरूलाई येशूको बारेमा गवाही दिँदा भनेका कुराहरूद्वारा” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἄχρι θανάτου
विश्वासीहरूले येशूको बारेमा सत्यता बताए, जबकि तिनीहरू जान्दथे कि त्यसो गरेकामा तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मार्न कोसिस गर्न सक्छन् । वैकल्पिक अनुवादः “तिनीहरू त्यसको लागि मर्न सक्छन् भनेर जान्दाजान्दै पनि तिनीहरूले साक्षी दिइरहे”
Revelation 12:12
ἔχων θυμὸν μέγαν
दुष्टलाई कुनै भाँडो भए जसरी बताइएको छ, र रीसलाई चाहिँ त्यसभित्र हुनसक्ने कुनै तरल पदार्थको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “त्यो भयङ्करसँगले रिसाएको छ” (हेर्नुहोस्ः रूपक)
Revelation 12:13
εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई स्वर्गबाट फ्याँक्नुभएर पृथ्वीमा पठाउनुभएको थियो भनेर अजिङ्गरले थाहा गर्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐδίωξεν τὴν γυναῖκα
“त्यसले स्त्रीलाई खेद्यो”
ὁ δράκων
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 12:14
τοῦ ὄφεως
यो अजिङ्गरलाई जनाउने अर्को तरिका हो ।
Revelation 12:15
ὄφις
यो त्यही प्राणी हो जसलाई अगाडि प्रकाश १२:९ मा अजिङ्गर भनेर उल्लेख गरिएको थियो ।
ὡς ποταμόν
त्यसको मुखबाट नदी झैँ गरेर पानी बहन थाल्यो । वैकल्पिक अनुवादः “ठूलो परिमाणमा” (हेर्नुहोस्ः उपमा)
αὐτὴν ποταμοφόρητον
“तिनलाई पानीले भेलले बगाइ लैजान”
Revelation 12:16
ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς, καὶ κατέπιεν τὸν ποταμὸν, ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ
पृथ्वीलाई त्यो कुनै जीवित थोक भए झैँ गरेर बताइएको छ, पृथ्वीमा परेको प्वाललाई चाहिँ कुनै मुख भए झैँ गरेर बताइएको छ जसले पानी पिउन सक्थ्यो । वैकल्पिक अनुवादः “जमिनमा एउटा प्वाल पर्यो र पानी त्यस प्वालभित्र तल गयो” (हेर्नुहोस्ः मानवीकरण)
δράκων
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 12:17
ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ
“साक्षी” शब्दलाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा गवाही दिइरहनु”
Revelation 13
प्रकाश १३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले पद १० का शब्दहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका हुन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
उपमाहरू
यूहन्नाले यस अध्यायमा थुप्रै उपमाहरूको प्रयोग गर्छन् । उनले आफ्नो दर्शनमा देखेका चित्रणहरूलाई वर्णन गर्न तिनले सहायता गर्छन् । (हेर्नुहोस्ः उपमा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अन्जान पशुहरू
यूहन्नाले आफूले देखेका कुराहरूलाई वर्णन गर्नलाई कोसिस गर्नको लागि विभिन्न पशुहरूको प्रयोग गर्छन् । यीमध्ये केही पशुहरूको बारेमा लक्षित भाषामा जानकारी नहुन सक्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 13:1
यूहन्नाले उनको दर्शनमा देखापरेको पशुलाई वर्णन गर्न सुरु गर्छन् । “म” शब्दले यूहन्नालाई जनाउँछ ।
Revelation 13:2
δράκων
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ
अजिङ्गरले त्यस पशुलाई आफूजत्तिकै शक्तिशाली बनायो । तापनि, त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको कारण शक्ति गुमाएको चाहिँ होइन ।
τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην
यी त्यसको अधिकारलाई जनाउने तीन तरिकाहरू हुन्, र एकसाथमा जोड दिन्छन् कि त्यो अधिकार चाहिँ महान् थियो ।
τὸν θρόνον αὐτοῦ
यहाँ “सिंहासन” शब्दले अजिङ्गरको राजाको रूपमा शासन गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको राजकीय अधिकार” वा “राजाको रूपमा शासन गर्ने त्यसको अधिकार” (हेर्नुहोस्ः लक्षणा)
Revelation 13:3
καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर त्यसको घातक चोट निको भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ πληγὴ τοῦ θανάτου
“प्राणघातक चोट ।” यो कुनै व्यक्तिलाई मार्नैसम्म गम्भीर रूपमा रहेको चोट हो ।
ὅλη ἡ γῆ
“पृथ्वी” शब्दले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पृथ्वीमा भएका सारा मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
ὀπίσω τοῦ θηρίου
“पशुको आज्ञापालन गरे”
Revelation 13:4
δράκοντι
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ
“त्यसले त्यस पशुसँग आफ्नो जत्तिकै अधिकार हुने तुल्याएको थियो”
τίς ὅμοιος τῷ θηρίῳ
त्यस पशुको बारेमा तिनीहरू कति अचम्मित थिए भनेर यस प्रश्नले देखाउँछ । वैकल्पिक अनुवादः “पशु जत्तिकै कोही पनि शक्तिशाली छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ?
त्यस पशुको शक्तिसँग मानिसहरू कति धेरै डराएका थिए भनेर यो प्रश्नले देखाउँछ । वैकल्पिक अनुवादः “कसैले पनि पशुको विरुद्धमा लडेर कहिल्यै जित्न सक्दैनथ्यो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Revelation 13:5
ἐδόθη αὐτῷ…ἐδόθη αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पशुलाई ... दिनुभयो ... परमेश्वरले पशुलाई ... अनुमति दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐδόθη αὐτῷ στόμα λαλοῦν
मुख दिइएको कुराले बोल्नलाई अनुमति दिइएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “पशुलाई बोल्न स्वीकृति दिइयो” (हेर्नुहोस्ः लक्षणा)
μῆνας τεσσεράκοντα δύο
“४२ महिना” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 13:6
εἰς βλασφημίας πρὸς τὸν Θεόν
“परमेश्वरको बारेमा अपमानजनक कुराहरू भन्न”
βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας
त्यस पशुले परमेश्वरको विरुद्धमा ईश्वरनिन्दाको कुराहरू कसरी बोल्यो भनेर यी वाक्यांशहरूले बताउँछ ।
Revelation 13:7
ἐδόθη αὐτῷ ἐξουσία
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस पशुलाई अधिकार दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶσαν φυλὴν, καὶ λαὸν, καὶ γλῶσσαν, καὶ ἔθνος
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरू समावेश गरिएका थिए । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 13:8
προσκυνήσουσιν αὐτὸν
“त्यस पशुलाई पूजा गर्नेछन्”
πάντες…γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς
पृथ्वीमा भएको क-कसले त्यस पशुको पूजा गर्नेछन् भनेर यस वाक्यांशले स्पष्ट पार्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसका नाउँहरूलाई थुमाले जीवनको पुस्तकमा लेख्नुभएन” वा “तिनीहरू जसका नाउँहरू ... जीवनको पुस्तकमा लेखिएको थिएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ καταβολῆς κόσμου
“जब परमेश्वरले संसारलाई सृष्टि गर्नुभयो”
τοῦ Ἀρνίου
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τοῦ ἐσφαγμένου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसहरूले मारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 13:9
यी पदहरू आफ्नो दर्शनको बारेमा यूहन्नाले दिएको विवरणमा आएका रोकावट हुन् । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले एउटा चेतावनी दिन्छन् ।
εἴ τις ἔχει οὖς, ἀκουσάτω
येशूले जोड दिइरहनुभएको छ कि उहाँले भर्खर मात्र भन्नुभएको कुरा महत्त्वपूर्ण छ र त्यसलाई बुझ्न र अभ्यासमा उतार्न केही प्रयत्नको खाँचो पर्न सक्छ । यहाँ “ ... सँग कान छ” भन्ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नको लागि भएको तत्परताको निमित्त प्रतिस्थापन शब्दहरू हुन् । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जसले सुन्न इच्छा गरिरहेको छ, सुनोस्” वा “सुन्न इच्छा गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः लक्षणा)
εἴ τις…ἀκουσάτω
किनकि येशूले प्रत्यक्ष रूपमा उहाँका श्रोतागणलाई भनिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्न रुचाउन सक्नुहुन्छ । तपाईंले यस वाक्यांशलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यदि तिमीले सुन्न इच्छा गरिरहेका छौ भने, ... लाई सुन” वा “यदि तिमीले बुझ्न इच्छा गरिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Revelation 13:10
εἴ τις εἰς
यस अभिव्यक्तिले अर्थ दिन्छ कि क-कसलाई लगिनुपर्छ भनेर कोही व्यक्तिले निर्णय गरिसकेको छ । यदि आवश्यकता पर्छ भने, कसले निर्णय गरेको हो भनेर अनुवादकहरूले प्रस्ट हुने गरेर व्यक्त गर्न सक्छन् । वैकल्पिक अनुवादः “यदि कोही व्यक्ति ... लगिनुपर्छ भनेर परमेश्वरले निर्णय गरिसक्नुभएको छ भने” वा “कोही व्यक्ति ... लगिनु परमेश्वरको इच्छा हो भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἴ τις εἰς αἰχμαλωσίαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । भाववाचक नामपद शब्द “कैद”लाई “कैद गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै निश्चित व्यक्तिलाई शत्रुले पक्राउ पर्नु परमेश्वरको इच्छा हो भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)
ὑπάγει
नामपद शब्द “कैद”लाई “पक्राउ गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई पक्राउ गरिनेछ” वा “शत्रुले उसलाई पक्राउ गर्नेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
εἴ τις ἐν μαχαίρῃ ἀποκτενεῖ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कुनै निश्चित व्यक्तिलाई शत्रुले तरवारले मार्नु परमेश्वरको इच्छा हो भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν μαχαίρῃ
तरवारले युद्धलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “युद्धमा” (हेर्नुहोस्ः लक्षणा)
αὐτὸν…ἀποκτανθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शत्रुले उसलाई मार्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων
“परमेश्वरका पवित्र मानिसहरूले धैर्यतासँग सहनुपर्छ र विश्वासयोग्य हुनुपर्छ”
Revelation 13:11
यूहन्नाले उनको दर्शनमा देखापरेको अर्को पशुलाई वर्णन गर्न सुरु गर्छन् ।
ἐλάλει ὡς δράκων
खस्रो बोलीलाई अजिङ्गरको गर्जन भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “त्यसले अजिङ्गरले झैँ गरी खस्रो गरी बोल्यो” (हेर्नुहोस्ः उपमा)
δράκων
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 13:12
τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας
“पृथ्वीमा भएका सबैजना”
οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो जसलाई घातक चोट लागेको थियो जुन निको भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ πληγὴ τοῦ θανάτου
“प्राणघातक चोट ।” यो एउटा पर्याप्त मात्रामा गम्भीर प्रवृत्तिको चोट हो जसले त्यसलाई मर्ने बनाउन सक्थ्यो ।
Revelation 13:13
ποιεῖ
“पृथ्वीबाटको पशुले ... गर्यो”
Revelation 13:15
ἐδόθη αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पृथ्वीबाटको पशुलाई ... अनुमति दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου
यहाँ “सास”ले जीवनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पशुको आकृतिलाई जीवन दिन” (हेर्नुहोस्ः लक्षणा)
τῇ εἰκόνι τοῦ θηρίου
यो अगाडि उल्लेख गरिएको पहिलो पशुको आकृति हो ।
ποιήσῃ ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν
“पहिलो पशुलाई पुज्न इन्कार गर्ने जो कोही पनि व्यक्तिलाई मृत्युदण्ड दिन”
Revelation 13:16
καὶ ποιεῖ πάντας
“पृथ्वीबाटको पशुले सबैलाई ... पनि कर लगायो”
Revelation 13:17
μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου
“मानिसहरूसँग पशुको छाप भएमा मात्रै तिनीहरूले चीजहरू किन्न वा बेच्न सक्थे ।” पृथ्वीबाटको पशुले त्यस कुराको आज्ञा गरेको थियो भन्ने अन्तर्निहित जानकारीलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले आज्ञा गर्यो कि मानिसहरूसँग पशुको छाप भएमा मात्रै तिनीहरूले चीजहरू किन्न वा बेच्न सक्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत दिन्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले त्यस पशुलाई पूजा गर्दथ्यो ।
Revelation 13:18
यो पद यूहन्नाले उनको दर्शनको बारेमा दिइरहेका विवरणमा आएको रोकावट हो । यहाँ उनको विवरण पढिरहेका मानिसहरूलाई उनले अर्को चेतावनी दिन्छन् ।
ὧδε ἡ σοφία ἐστίν
“बुद्धिको खाँचो छ” वा “यसको बारेमा तिमीहरू बुद्धिमान् हुनुपर्छ”
ὁ ἔχων νοῦν ψηφισάτω
“अन्तर्दृष्टि” शब्दलाई “बुझ्नु” क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले यी कुराहरू बुझ्न सक्छ भने” (हेर्नुहोस्ः भाववाचक नाम)
ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου
“पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले थाहा गर्नुपर्छ” वा “पशुको सङ्ख्याको अर्थ के हुन्छ भनेर उसले पत्ता लगाउनुपर्छ”
ἀριθμὸς…ἀνθρώπου ἐστίν
सम्भावित अर्थहरू हुन् १) यो सङ्ख्याले एउटा व्यक्तिलाई प्रतिनिधित्व गर्छ वा २) यो सङ्ख्याले सारा मानवजातिलाई प्रतिनिधित्व गर्छ ।
Revelation 14
प्रकाश १४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कटनी
कटनी भनेको त्यो समय हो जब मानिसहरू बालीहरूबाट पाकेका अन्नहरूलाई जम्मा गर्न जान्छन् । अरू मानिसहरू परमेश्वरको राज्यको हिस्सा हुन सकून् भनेर तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई उहाँको बारेमा बताउनुपर्छ भनेर उहाँका अनुयायीहरूलाई सिकाउनको लागि येशूले यसलाई अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । यस अध्यायले दुईवटा कटनीहरूको अलङ्कारलाई प्रयोग गर्छ । येशूले उहाँका मानिसहरूलाई सम्पूर्ण पृथ्वीबाट भेला गर्नुहुन्छ । त्यसपछि एकजना स्वर्गदूतले दुष्ट मानिसहरूलाई भेला गर्छन् जसलाई परमेश्वरले दण्ड दिनुहुनेछ । (हेर्नुहोस्ः रूपक अनि विश्वास)
Revelation 14:1
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । थुमाको अगाडि १,४४,००० विश्वासीहरू उभिरहेका छन् ।
τὸ Ἀρνίον
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες
“एक लाख चवालीस हजार ।” तपाईंले यसलाई प्रकाश ७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ, γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका निधारहरूमा थुमा र उहाँका पिताले आफूहरूको नाउँहरू लेख्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ Πατρὸς αὐτοῦ
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Revelation 14:2
φωνὴν ἐκ τοῦ οὐρανοῦ
“स्वर्गबाट आएको एउटा आवाज”
Revelation 14:3
ᾄδουσιν ᾠδὴν καινὴν
“१,४४,००० मानिसहरूले एउटा नयाँ गीत गाए ।” यूहन्नाले सुनेको आवाज के थियो भनेर यसले व्याख्या गर्छ । वैकल्पिक अनुवादः “त्यो आवाज तिनीहरूले गाएको एउटा नयाँ गीत थियो”
τῶν τεσσάρων ζῴων
“जीवित प्राणी” वा “जीवित जीवात ।” तपाईंले “जीवित प्राणी”लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τῶν πρεσβυτέρων
यसले सिंहासनको वरिपरि रहेका चौबीस धर्म-गुरूहरूलाई जनाउँछ । तपाईंले “धर्म-गुरूहरू”लाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες
“एक लाख चवालीस हजार ।” तपाईंले यसलाई प्रकाश ७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 14:4
μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν
सम्भावित अर्थहरू हुन् १) “कुनै पनि स्त्रीसँग कहिल्यै पनि अनैतिक यौन सम्बन्ध राखेका छैनन्” वा २) “कुनै पनि स्त्रीसँग कहिल्यै पनि यौन सम्बन्ध राखेका छैनन् ।” आफैँलाई स्त्रीहरूसँग बिटुलो पार्नु भनेको मूर्तिपूजाको प्रतीक हुन सक्छ ।
παρθένοι
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले त्यस्तो कुनै पनि त्यस्तो स्त्रीसँग सहवास गरेनन् जो तिनीहरूको पत्नी थिएन” वा २) “तिनीहरू कुमारहरू हुन् ।”
οἱ ἀκολουθοῦντες τῷ Ἀρνίῳ ὅπου ἂν ὑπάγει
थुमाले गर्नुभएको कुरा गर्नुलाई उहाँलाई पछ्याउनु भनेर बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले थुमाले जे गर्नुहुन्छ सोही गर्छन्” वा “तिनीहरूले थुमाको आज्ञापालन गर्छन्” (हेर्नुहोस्ः रूपक)
ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ
यहाँ “पहिलो फलहरू” भनेको कटनीको उत्सवमा परमेश्वरलाई चढाइने प्रथम बलिदानको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “उद्धारको विशेष उत्सवको रूपमा बाँकीका मानवजातिका माझबाट किनिएका” (हेर्नुहोस्ः रूपक)
Revelation 14:5
ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος
तिनीहरूको “मुख”ले तिनीहरूले भनेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले बोल्दाखेरी कहिल्यै पनि झूट बोलेनन्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 14:6
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यिनी ती स्वर्गदूतहरूमध्येमा पहिला हुन् जसले पृथ्वीमा इन्साफको घोषणा गर्छन् ।
πᾶν ἔθνος, καὶ φυλὴν, καὶ γλῶσσαν, καὶ λαόν
यसको अर्थ हो कि हरेक जातीय समूहबाटका मानिसहरूलाई समावेश गरिएको छ । तपाईंले यस्तै समान सूचीलाई प्रकाश ५:९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 14:7
ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ
यहाँ “घडी”ले त्यो समयलाई प्रतिनिधित्व गर्छ जुन केही कुराको लागि छानिएको छ, र त्यो घडी “आएको” छ भनेको चाहिँ त्यो छानिएको समय अहिले हो भन्नको लागि एउटा अलङ्कार हो । “इन्साफ”को अवधारणालाई क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहिले नै त्यो समय हो जसलाई परमेश्वरले इन्साफको लागि छान्नुभएको छ” वा “अब परमेश्वरले मानिसहरूलाई इन्साफ गर्नुहुने समय हो” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
Revelation 14:8
ἔπεσεν, ἔπεσεν, Βαβυλὼν ἡ μεγάλη
स्वर्गदूतले बेबिलोनलाई नष्ट गरिएको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यसको पतन भएको हो । वैकल्पिक अनुवादः “महान् बेबिलोनलाई नष्ट पारिएको छ” (हेर्नुहोस्ः रूपक)
Βαβυλὼν ἡ μεγάλη
“ठूलो सहर बेबिलोन” वा “बेबिलोनको महत्त्वपूर्ण सहर ।” यो सम्भवतः रोमको सहरको लागि एउटा प्रतीक थियो, जुन सहर ठूलो, सम्पन्न, र पापपूर्ण थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἣ…πεπότικεν
बेबिलोनलाई मानिसहरूले भरिएको सहर भन्नुको साटोमा त्यो कोही व्यक्ति भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः लक्षणा)
τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πεπότικεν
यो त्यसको अनैतिक यौन अभिलाषामा सहभागी हुने कुराको लागि एउटा प्रतीक हो । वैकल्पिक अनुवादः “यौन सम्बन्धीका कुराहरूमा त्यो जस्तै अनैतिक बन्न” वा “यौन पापमा त्यो जस्तै उन्मत्त हुन” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
बेबिलोनलाई एउटा वेश्याको रूपमा बताइएको छ जसले अरू मानिसहरूलाई त्यससँगै पाप गर्ने बनाएको छ । यसको दोहोरो अर्थ पनि हुन सक्छः वास्तविक यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
Revelation 14:9
ἐν φωνῇ μεγάλῃ
“चर्को रूपमा”
Revelation 14:10
αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ
परमेश्वरको क्रोधको मद्य पिउनु भनेको परमेश्वरद्वारा दण्डित हुनुको प्रतीक हो । वैकल्पिक अनुवादः “केही मद्य पनि पिउनेछ जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τοῦ κεκερασμένου ἀκράτου
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले पूर्ण कडापनमा खन्याउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ κεκερασμένου ἀκράτου
यसको अर्थ हो कि मद्यमा केही पनि पानी मिसाइएको छैन । यो कडा हुन्छ, र यसलाई धेरै पिउने व्यक्ति ज्यादै मात्तिनेछ । एउटा प्रतीकको रूपमा, यसको अर्थ हो कि परमेश्वर अलिकति मात्रै रिसाउनुहुने होइन तर असाध्यै धेरै रिसाउनुहुनेछ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ
यो प्रतीकात्मक कचौरामा त्यो मद्य छ जसले परमेश्वरको रीसलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 14:11
तेस्रो स्वर्गदूतले बोलिरहन्छन् ।
ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν
“तिनीहरूको यातना” भन्ने वाक्यांशले तिनीहरूलाई यातना दिने आगोलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई यातना दिने आगोबाटको धूँवा” (हेर्नुहोस्ः लक्षणा)
οὐκ ἔχουσιν ἀνάπαυσιν
“तिनीहरूलाई कुनै राहत छैन” वा “यातना रोकिँदैन”
Revelation 14:12
ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν
“परमेश्वरका पवित्र मानिसहरूले धैर्यतासँग सहनुपर्छ र विश्वासयोग्य हुनुपर्छ ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १३:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 14:13
οἱ νεκροὶ οἱ…ἀποθνῄσκοντες
“तिनीहरू जो ... मर्छन्”
οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες
“जो प्रभुसँग एकीकृत भएर मर्छन् ।” यसले ती मानिसहरूलाई जनाउन सक्छ जो तिनीहरूका शत्रुहरूद्वारा मारिन्छन् । वैकल्पिक अनुवादः “जो मर्छन् किनभने तिनीहरू प्रभुसँग एक भएका छन्”
τῶν κόπων
कठिनाइहरू र कष्टभोगहरू
τὰ…ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν
यी कामहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती जीवित थिए र ती काम गर्नेहरूलाई पछ्याउनलाई सक्षम थिए । सम्भावित अर्थहरू हुन् १) “अरूहरूले यी मानिसहरूले गरेका असल कार्यहरूलाई चिन्नेछन्” वा २) “परमेश्वरले तिनीहरूलाई तिनीहरूका कामहरूको लागि इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः मानवीकरण)
Revelation 14:14
यूहन्नाले उनको दर्शनको अर्को भागलाई वर्णन गर्न सुरु गर्छन् । यो भागचाहिँ मानिसको पुत्रले पृथ्वीको कटनी गर्नुहुने विषयमा हो । अनाजको कटनी गर्नु भनेको परमेश्वरले मानिसहरूलाई इन्साफ गर्नुहुने कुराको प्रतीक हो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ὅμοιον Υἱὸν Ἀνθρώπου
यो अभिव्यक्तिले कुनै मानव आकृति, मानव झैँ देखिने कोही व्यक्तिलाई वर्णन गर्छ । तपाईंले यसलाई प्रकाश १:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः उपमा)
στέφανον χρυσοῦν
यो जैतूनका हाँगाहरू वा लौरेलको रूखका पातहरूबाट बनेको हारको आकृति थियो, जुन सुन पिटेर बनाइन्छ । पातहरूबाट बनाइएका मुकुटहरू चाहिँ विजयी खेलाडिहरूलाई तिनीहरूको शिरमा लगाउन दिइन्थ्यो ।
δρέπανον
घाँस, अनाज, र दाखको लहराहरू काट्नलाई प्रयोग गरिने घुमौरो धार भएको औजार (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 14:15
ἐξῆλθεν ἐκ τοῦ ναοῦ
“स्वर्गीय मन्दिरबाट बाहिर आयो”
ἦλθεν ἡ ὥρα θερίσαι
वर्तमानमा भइरहेको कुरालाई आइपुगिसकेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 14:16
ἐθερίσθη ἡ γῆ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पृथ्वीको कटनी गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 14:17
यूहन्नाले पृथ्वीको कटनीको बारेमा भएको उनको दर्शनलाई वर्णन गर्न निरन्तरता दिन्छन् ।
Revelation 14:18
ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός
यहाँ “ ... माथि अधिकार हुनु” भन्ने कुराले आगोलाई बालिराख्नको लागि भएको जिम्मेवारीलाई जनाउँछ ।
Revelation 14:19
τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὸν μέγαν
“विशाल दाख-कुण्ड जहाँ परमेश्वरले उहाँको क्रोधलाई देखाउनुहुनेछ”
Revelation 14:20
ληνὸς
यो [प्रकाश १४:१९] (./19.md) को “ठूलो दाख-कुण्ड” हो ।
ἄχρι τῶν χαλινῶν τῶν ἵππων
“घोडाको मुखमा हुने लगाम जत्तिको”
τῶν χαλινῶν
छालाको फित्ताहरूले बनेको एक साधन जुन घोडाको टाउकोको वरिपरि भएर जान्छ र घोडालाई निर्देशित गर्नको लागि त्यसलाई प्रयोग गरिन्छ
σταδίων χιλίων ἑξακοσίων
“एक हजार छ सय स्टेडिया” वा “सोह्र सय स्टेडिया ।” एउटा “स्टेडियम” १८५ मिटर बराबरको हुन्छ । यो चाहिँ आद्युनिक नापहरूको अनुसार लगभग “३०० किलोमिटर” वा “२०० माइल” जतिको हुने थियो । (हेर्नुहोस्ः सङ्ख्याहरू अनि बाइबलीय दुरी)
Revelation 15
प्रकाश १५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा, यूहन्नाले स्वर्गमा घट्ने घटनाहरू र चित्रणहरूलाई वर्णन गर्छन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ३-४ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पशुमाथि विजयी”
यी मानिसहरू आत्मिक रूपमा विजयी छन् । जबकि अधिकांश आत्मिक युद्धहरूलाई देख्न सकिँदैन, प्रकाशको पुस्तकले आत्मिक युद्धहरूलाई खुला रूपमा भइरहेको झैँ गरेर चित्रण गर्छ । (हेर्नुहोस्ः आत्मा, आत्मिक अनि साङ्केतिक अगमवाणी)
“महापवित्रस्थान, जसमा साक्षीको पाल थियो, स्वर्गमा खुला थियो”
धर्मशास्त्रले अन्य स्थानहरूमा सङ्केत गर्छ कि पार्थिव मन्दिरले स्वर्गमा भएको परमेश्वरको सिद्ध वासस्थानलाई नक्कल गर्छ । यहाँ यूहन्नाले परमेश्वरको स्वर्गीय वासस्थान वा मन्दिरलाई जनाएको जस्तो देखिन्छ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि साङ्केतिक अगमवाणी)
गीतहरू
प्रकाशको पुस्तकले धेरैपटक स्वर्गलाई त्यो एउटा स्थानको रूपमा वर्णन गर्छ जहाँ मानिसहरूले गाउँछन् । तिनीहरूले गीतहरू गाएर परमेश्वरलाई आराधना गर्छन् । यसले प्रस्ट पारेर देखाउँछ कि स्वर्ग त्यस्तो स्थान हो जहाँ परमेश्वरलाई निरन्तर आराधना गरिन्छ ।
Revelation 15:1
यो पद चाहिँ १५:६-१६:२१ मा हुने कुराको सारांश हो ।
μέγα καὶ θαυμαστόν
यी शब्दहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “केही कुरा जसले मलाई ज्यादै अचम्मित बनायो” (हेर्नुहोस्ः प्रतिरूपी)
ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ
“सात स्वर्गदूतहरू जससँग पृथ्वीमाथि सात विपत्तिहरू पठाउने अधिकार थियो”
τὰς ἐσχάτας
“र तिनीहरूपछि, त्यहाँ अरू बढी विपत्तिहरू हुनेछैनन्”
ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि यी विपत्तिहरूले परमेश्वरको क्रोधलाई पूर्ण गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ
सम्भावित अर्थहरू हुन् १) यी विपत्तिहरूले परमेश्वरको सारा रीसलाई देखाउनेछन् वा २) यी विपत्तिहरूपछि, परमेश्वर अरू बढी रिसाउनुहुनेछैन ।
Revelation 15:2
यहाँ यूहन्नाले पशुमाथि विजयी भएका र परमेश्वरको प्रशंसा गरिरहेका मानिसहरूको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
θάλασσαν ὑαλίνην
त्यो कसरी काँच वा समुद्र जस्तै थियो भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) समुद्रलाई त्यो काँच भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “एउटा समुद्र जुन काँच झैँ खस्रोपनरहित भएर एकनासको थियो” वा २) काँचलाई कुनै समुद्र भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “काँच जुन समुद्र झैँ फैलिएको थियो ।” (हेर्नुहोस्ः रूपक)
τοὺς νικῶντας ἐκ τοῦ θηρίου, καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ
तिनीहरू कसरी विजयी थिए भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो पशु र त्यसको आकृतिलाई पूजा नगरेर तिनीहरूमाथि विजयी भएका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ
तिनीहरू सङ्ख्यामाथि कसरी विजयी थिए भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसको नामलाई प्रतिनिधित्व गर्ने सङ्ख्याको छाप नलगाएर त्यस सङ्ख्यामाथि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ
यसले प्रकाश १३:१८ मा वर्णन गरिएको सङ्ख्यालाई जनाउँछ ।
Revelation 15:3
ᾄδουσιν
“पशुमाथि विजयी भएकाहरूले ... गाइरहेका थिए”
Revelation 15:4
τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος?
परमप्रभु कति महान् र महिमामय हुनुहुन्छ भन्ने कुरामा तिनीहरूलाई लागेको आश्चर्यलाई दखाउनको लागि यो प्रश्नको प्रयोग गरिएको छ । यसलाई एउटा विस्मयादिबोधक भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभु, सबैजनाले तपाईंको भय मान्नेछन् र तपाईंको नाउँलाई महिमा गर्नेछन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
δοξάσει τὸ ὄνομά σου
“तपाईंको नाउँ” भन्ने वाक्यांशले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंलाई महिमा गर्नु” (हेर्नुहोस्ः लक्षणा)
τὰ δικαιώματά σου ἐφανερώθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले सबैजनालाई तपाईंको धार्मिक कार्यहरूको बारेमा थाहा गर्ने बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 15:5
सात विपत्तिहरू बोकेका सात स्वर्गदूतहरू महापवित्रस्थानबाट बाहिर आउँछन । तिनीहरूको बारेमा यहाँभन्दा अगाडि प्रकाश १५:१ मा बताइएको थियो ।
μετὰ ταῦτα
“मानिसहरूले गाउन छोडेपछि”
Revelation 15:6
οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς
यी स्वर्गदूतहरू सात विपत्तिहरू बोकिरहेका झैँ गरी देखिएका छन् किनभने प्रकाश १७:७ मा तिनीहरूलाई परमेश्वरको क्रोधले भरिएका सात कचौराहरू दिइन्छन् ।
λίθον
एक असल, महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ
ζώνας
फित्ता भनेको कपडाको सजावटी टुक्रा हो जुन शरीरको माथिल्लो भागमा लगाइन्छ ।
Revelation 15:7
τῶν τεσσάρων ζῴων
“जीवित जीव” वा “जीवित थोक ।” तपाईंले “जीवित प्राणीहरू”लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ
कचौराहरूमा दाखमद्य हुनुको चित्रणलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । यहाँ “क्रोध” शब्दले सजायलाई जनाउँछ । दाखमद्य भनेको सजायको लागि एउटा प्रतीक हो । वैकल्पिक अनुवादः “परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्यले भरिएका सात सुनका कचौराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी प्रतीकात्मक भाषा)
Revelation 15:8
ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων
“सात स्वर्गदूतहरूले पृथ्वीमा सात विपत्तिहरू पठाउन नसकाएसम्म”
Revelation 16
प्रकाश १६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले अध्याय १५ को दर्शनलाई निरन्तरता दिन्छ । एकसाथमा तिनीहरूले सात विपत्तिहरू दिन्छन् जसले परमेश्वरको क्रोधलाई पूरा गर्छन् । (हेर्नुहोस्ः क्रोध, रिस)
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले ५-७ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“मैले मन्दिरबाट एउटा ठूलो स्वरले बोलाएको सुनेँ”
यो त्यही मन्दिर हो जसलाई अध्याय १५ मा उल्लेख गरिएको थियो ।
परमेश्वरको क्रोधका सात कचौराहरू
यस अध्यायले कठोर इन्साफहरूलाई प्रकट गर्छ । स्वर्गदूतहरूले परमेश्वरको क्रोधका सात कचौराहरू खन्याइरहेको रूपमा तिनीहरूलाई चित्रण गरिएको छ । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
यस अध्यायको लवजबाट पाठकलाई छक्क पार्न खोजिएको छ । यस अध्यायमा व्यक्त गरिएको जीवन्त भाषालाई अनुवादहरूमा कम गरिनु हुँदैन ।
आरमागेड्डोन
यो एउटा हिब्रू शब्द हो । यो एउटा ठाउँको नाम हो । यूहन्नाले हिब्रू शब्दको उच्चारणलाई प्रयोग गरे र त्यसलाई ग्रीक अक्षरहरूमा लेखे । अनुवादकहरूलाई लक्षित भाषाको अक्षरहरूको प्रयोग गरेर त्यसको उच्चारणलाई लेख्नलाई प्रोत्साहन दिइन्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
Revelation 16:1
यूहन्नाले सात विपत्तिहरू बोकेका सात स्वर्गदूतहरूको बारेमा भएको दर्शनको भागलाई वर्णन गर्नलाई निरन्तरता दिन्छन् । यी सात विपत्तिहरू परमेश्वरको क्रोधको सात कचौराहरू हुन् ।
ἤκουσα
“म” शब्दले यूहन्नालाई जनाउँछ ।
φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ
कचौराहरूमा दाखमद्य हुनुको चित्रणलाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । यहाँ “क्रोध” शब्दले सजायलाई जनाउँछ । दाखमद्य चाहिँ सजायको लागि एउटा प्रतीक हो । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १५:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्यले भरिएका कचौराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी प्रतीकात्मक भाषा)
Revelation 16:2
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
ἕλκος…πονηρὸν
“पीडापूर्ण चोटहरू ।” यी चाहिँ निको नभएका रोगहरू वा चोटपटकहरूबाट भएका संक्रमणहरू हुन सक्छन् ।
τὸ χάραγμα τοῦ θηρίου
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत गर्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले पशुको पूजा गर्दथ्यो । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 16:3
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
τὴν θάλασσαν
यसले नूनिलो पानी भएको सबै तालहरू र महासमुद्रहरूलाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
Revelation 16:4
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων
यसले स्वच्छ पानीका सबै जलाशयहरूलाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
Revelation 16:5
τοῦ ἀγγέλου τῶν ὑδάτων
सम्भावित अर्थहरू हुन् १) यसले तेस्रो स्वर्गदूतलाई जनाउँछ जसले नदीहरू र पानीका मूलहरूमा परमेश्वरको क्रोधलाई खनाउने जिम्मा लिएका थिए वा २) यिनी अर्का स्वर्गदूत थिए जसले सबै पानीहरूको जिम्मा लिएका थिए ।
δίκαιος εἶ
“तपाईं”ले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ὁ ὢν, καὶ ὁ ἦν
“परमेश्वर जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो ।” तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 16:6
αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν
यहाँ “रगत खन्याए” भन्ने कुराको अर्थ मारिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरका पवित्र मानिसहरू र अगमवक्ताहरूको हत्या गरे” (हेर्नुहोस्ः लक्षणा)
αἷμα αὐτοῖς ἔδωκας πιεῖν
परमेश्वरले दुष्ट मानिसहरूलाई उहाँले रगतमा बदल्नुभएको पानी पिउने बानउनुहुनेछ ।
Revelation 16:7
ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος
यहाँ “वेदी” शब्दले सम्भवतः वेदीमा भएको कोही व्यक्तिलाई जनाउँछ । “मैले वेदीमा भएको कसैले जवाफ दिएको सुनेँ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 16:8
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους
यूहन्नाले सूर्य चाहिँ कुनै व्यक्ति नै भए झैँ गरी त्यसको बारेमा बताउँछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र सूर्यलाई मानिसहरूलाई गम्भीर रूपमा डढाउने तुल्याए” (हेर्नुहोस्ः मानवीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)
Revelation 16:9
ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रचण्ड तापले तिनीहरूलाई नराम्ररी डढायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ
यहाँ परमेश्वरको नाउँले परमेश्वरलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको ईश्वरनिन्दा गरे” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Θεοῦ, τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας
यस वाक्यांशले पाठकहरूलाई परमेश्वरको बारेमा पहिले नै थाहा भएको केही कुराको सम्झना गराउँछ । मानिसहरूले किन परमेश्वरको ईश्वरनिन्दा गरिरहेका थिए भन्ने कुरालाई व्याख्या गर्न यसले सहायता गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई ... किनभने उहाँसँग यी विपत्तिहरूमाथि शक्ति छ” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας
यसले मानिसहरूमाथि यी विपत्तिहरूको कष्ट ल्याउन, वा यी विपत्तिहरूलाई रोक्नको लागि भएको शक्तिलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
Revelation 16:10
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
τὸν θρόνον τοῦ θηρίου
यहाँबाट नै पशुले शासन गर्छ । यसले त्यसको राज्यको राजधानी सहरलाई जनाउन सक्छ । (हेर्नुहोस्ः लक्षणा)
ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη
यहाँ अन्धकारको विषयमा त्यो चाहिँ कम्बल जस्तै केही कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “त्यसको सारा राज्यमा अँध्यारो भयो” वा “त्यसको पूरा राज्यभर अँध्यारो भयो” (हेर्नुहोस्ः रूपक)
ἐμασῶντο
पशुको राज्यमा भएका मानिसहरूले ... टोके ।
Revelation 16:11
ἐβλασφήμησαν
पशुको राज्यमा भएका मानिसहरूले ईश्वरनिन्दा गरे ।
Revelation 16:12
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
τὸν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... यूफ्रेटिस ... । त्यसको पानी सुकेर गयो” वा “ ... यूफ्रेटिस ... , र त्यसको पानीलाई सुकेर जाने तुल्याए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 16:13
ὡς βάτραχοι
भ्यागुता भनेको एउटा सानो जनावर हो जुन पानीको नजिकै बस्छ । यहूदीहरूले तिनीहरूलाई अशुद्ध जन्तुहरू ठान्थे ।
δράκοντος
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । अजिङ्गरलाई पद ९ मा “दियाबलस वा शैतान” भनेर पनि परिचय गराइएको छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 16:15
पद १५ चाहिँ यूहन्नाको दर्शनको प्रमुख कथावर्णनमा आएको छोटो रोकावट हो । यिनीहरू येशूले बोल्नुभएका वचनहरू हुन् । कथावर्णनले पद १६ देखि निरन्तरता पाउँछ ।
ἰδοὺ, ἔρχομαι…τὴν ἀσχημοσύνην αὐτοῦ
यो दर्शनमा भएको कथावर्णनको भाग होइन भनेर देखाउनको लागि यसलाई कोष्ठकहरूभित्र राखिएको छ । बरु, यो त प्रभु येशूले भन्नुभएको केही कुरा हो । यो प्रभु येशूले भन्नुभएको थियो भनेर यसलाई यूएसटीमा जस्तै प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔρχομαι ὡς κλέπτης
येशू चाहिँ मानिसहरूले नचिताइरहेको बेलामा आउनुहुनेछ, ठीक जसरी चोर पनि नचिताएको बेलामा आउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश ३:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः उपमा)
τηρῶν τὰ ἱμάτια αὐτοῦ
धर्मी तवरले जिउनुलाई कसैले आफ्नो लुगा लगाइरहने कुरा भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “जे ठीक छ सो गर्दै, आफ्नो लुगाहरू लगाइरहे झैँ” (हेर्नुहोस्ः रूपक)
τηρῶν τὰ ἱμάτια αὐτοῦ
केही संस्करणहरूले यसरी अनुवाद गर्छन्, “त्यसका पोशाकहरूलाई आफूसँग राखिरहन्छ ।”
βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ
यहाँ “तिनीहरू” शब्दले अरू मानिसहरूलाई जनाउँछ ।
Revelation 16:16
συνήγαγεν αὐτοὺς
“भूतहरूका आत्माहरूले राजाहरू र तिनीहरूका सेनाहरूलाई एकसाथ भेला गरे”
τὸν τόπον τὸν καλούμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ जसलाई मानिसहरूले ... भन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ἁρμαγεδών
यो एउटा ठाउँको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Revelation 16:17
सातौँ स्वर्गदूतले परमेश्वरको क्रोधको सातौँ कचौरालाई खन्याउँछन् ।
ἐξέχεεν τὴν φιάλην αὐτοῦ
“कचौरा” शब्दले त्यसमा भएको कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनको कचौराबाट दाखमद्य खन्याए” वा “तिनको कचौराबाट परमेश्वरको क्रोध खन्याए” (हेर्नुहोस्ः लक्षणा)
καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου
यसको अर्थ हो कि सिंहासनमा बसिरहेको वा सिंहासनको नजिकै उभिरहेको कोही व्यक्तिले ठूलो स्वर गरी करायो भन्ने हुन्छ । कसले बोलिरहेको छ भन्ने कुरा अस्पष्ट छ । (हेर्नुहोस्ः लक्षणा)
Revelation 16:18
ἀστραπαὶ
हरेक पटक बिजुली देखापर्दा त्यो कस्तो देखिन्छ भन्ने कुरालाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
φωναὶ, καὶ βρονταί
यिनीहरू गड्याङगुडुङले निकाल्ने ठूला आवाजहरू हुन् । गर्जनको आवाजलाई वर्णन गर्ने तपाईंको भाषाको शैलीलाई प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 16:19
ἡ πόλις ἡ μεγάλη εἰς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूकम्पले त्यस महान् सहरलाई भाग-भाग गर्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ
“त्यसपछि परमेश्वरले सम्झनुभयो” वा “त्यसपछि परमेश्वरले ... को बारेमा विचार गर्नुभयो” वा “त्यसपछि परमेश्वरले ... लाई ध्यान दिन थाल्नुभयो ।” यसको अर्थ यो होइन कि आफूले बिर्सनुभएको केही कुरालाई परमेश्वरले याद गर्नुभएको थियो ।
δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ
दाखमद्य भनेको उहाँको क्रोधको प्रतीक हो । मानिसहरूलाई त्यो पिउने बनाउनु भनेको तिनीहरूलाई दण्ड दिनुको प्रतीक हो । वैकल्पिक अनुवादः “उहाँले त्यस सहरका मानिसहरूलाई उहाँको क्रोधलाई प्रतिनिधित्व गर्ने दाखमद्य पिउने बनाउनुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 16:20
यो परमेश्वरको क्रोधको सातौँ कचौराको हिस्सा हो ।
ὄρη οὐχ εὑρέθησαν
पहाडहरूलाई देख्नलाई भएको असक्षमता चाहिँ प्रतिस्थापन शब्द हो जसले पहाडहरू अब अस्तित्वमा थिएनन् भन्ने अवधारणालाई व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “त्यहाँ अब कुनै पहाडहरू थिएनन्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 16:21
ταλαντιαία
तपाईंले यसलाई आद्युनिक नापमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “३३ किलोग्राम” (हेर्नुहोस्ः बाइबलीय तौल)
Revelation 17
प्रकाश १७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले परमेश्वरले बेबिलोनलाई कसरी नाश पार्नुहुनेछ भनेर वर्णन गर्नलाई सुरु गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
वेश्या
धर्मशास्त्रले धेरैपटक मूर्तिपूजक यहूदीहरूलाई व्यभिचारी मानिसहरूको रूपमा र कहिलेकाहीँ वेश्याहरूको रूपमा चित्रण गर्छ । यहाँ चाहिँ यसले त्यही कुरालाई जनाएको होइन । अनुवादकले यस चित्रणलाई अस्पष्ट हुन दिनुपर्छ । (हेर्नुहोस्ः साङ्केतिक अगमवाणी)
सात पहाडहरू
यो सम्भवतः रोमको सहरलाई जनाउन भनिएको हो, जुन सातवटा पहाडहरूमाथि बसेको छ भनी भनिन्थ्यो । तापनि, अनुवादकले अनुवादमा यी सातवटा पहाडहरूलाई पहिचान गर्ने कोसिस गर्नुहुँदैन ।यसले सम्भवतः रोमको सहरलाई जनाउँछ, जसलाई सात पहाडहरूमाथि भएको सहर भनेर जानिएको थियो । तापनि, अनुवादकले चाहिँ अनुवादमा रोमको पहिचान दिन खोज्नुहुँदैन ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कारहरू
यूहन्नाले यस अध्यायमा थुप्रै विभिन्न अलङ्कारहरूको प्रयोग गर्छन् । उनले तीमध्ये केहीको अर्थलाई व्याख्या गर्छन्, तर तिनीहरूलाई तुलनात्मक रूपमा अस्पष्ट रहन दिन्छन् । अनुवादकले पनि त्यसै गर्न खोज्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“त्यो पशु जुन तिमीले भएको देख्यौ, त्यो अब छैन, तर आउन लागेको छ”
यो र यस अध्यायमा भएका समान किसिमका वाक्यांशहरूले त्यस पशु र येशूको बीचमा भएको अन्तरलाई देखाउँछन् । प्रकाशको पुस्तकको अन्यत्र स्थानमा येशूलाई “उहाँ जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ” भनेर भनिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
विरोधाभासी कथन
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । १७:११ मा भएको वाक्य एउटा विरोधाभासी कथन होः “त्यो पशु ... आफैँ एउटा आठौँ राजा पनि हो; तर ती सात राजाहरूमध्येको एक पनि हो ।” अनुवादकले यस विरोधाभासी कथनलाई सुल्झाउने कोसिस गर्नुहुँदैन । यो एउटा रहस्यको रूपमा नै रहनुपर्छ । (प्रकाश १७:११)
Revelation 17:1
यूहन्नाले महा वेश्याको बारेमा भएको उनको दर्शनको भागलाई वर्णन गर्न सुरु गर्छन् ।
τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης
नामपद शब्द “इन्साफ”लाई “दण्ड दिनु” जस्तो क्रियापदको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसरी परमेश्वरले त्यस महा वेश्यालाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
τῆς πόρνης τῆς μεγάλης
“त्यस वेश्या जसको बारेमा सबैजनालाई थाहा छ ।” त्यसले कुनै पापपूर्ण सहरलाई प्रतिनिधित्व गर्छे । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἐπὶ ὑδάτων πολλῶν
यदि तपाईंलाई आवश्यकता हुन्छ भने, तपाईंले पानीको प्रकारको लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै नदीहरूमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 17:2
ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς
मद्यले यौन अनैतिकतालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “पृथ्वीका मानिसहरूले त्यसको मद्य पिएर माते, जसको अर्थ हो कि तिनीहरू अनैतिक यौन आचरणहरूमा लागे” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक अनि प्रतीकात्मक भाषा)
τῆς πορνείας αὐτῆς
यसको दोहोरो अर्थ पनि हुन सक्छः मानिसहरूको माझमा भएको यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा । (हेर्नुहोस्ः रूपक)
Revelation 17:3
ἀπήνεγκέν με εἰς ἔρημον ἐν Πνεύματι
परिवेश चाहिँ यूहन्ना स्वर्गमा भइरहेको कुराबाट उजाडस्थानमा भइरहेको कुरामा बदलिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Revelation 17:4
μαργαρίταις
सुन्दर र मूल्यवान् मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 17:5
ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले त्यसको निधारमा एउटा नाउँ लेखेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Βαβυλὼν ἡ Μεγάλη
यदि त्यो नाउँले कुनै स्त्रीलाई जनाउँछ भन्ने कुरालाई स्पष्ट बनाउन जरुरी हुन्छ भने, त्यसलाई कुनै वाक्यमा राख्न सकिन्छ । वैकल्पिक अनुवादः “म शक्तिशाली बेबिलोन हुँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 17:6
स्वर्गदूतले यूहन्नालाई त्यस वेश्या र रातो पशुको अर्थलाई व्याख्या गर्न सुरु गर्छन् । स्वर्गदूतले यी कुराहरूलाई पद १८ मा व्याख्या गर्छन् ।
μεθύουσαν ἐκ τοῦ αἵματος…καὶ ἐκ τοῦ αἵματος
“मातेकी थिई किनभने त्यसले ... को रगत पिएकी थिई र ... को रगत पिएकी थिई”
τῶν μαρτύρων Ἰησοῦ
“विश्वासीहरू जो मरेर गएका छन् किनभने तिनीहरूले अरूहरूलाई येशूको बारेमा बताए”
ἐθαύμασα
छक्क, चकित
Revelation 17:7
διὰ τί ἐθαύμασας
यूहन्नालाई हल्का तवरले हप्काउनको लागि स्वर्गदूतले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिनी अचम्मित हुनुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Revelation 17:8
τῆς Ἀβύσσου
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
καὶ εἰς ἀπώλειαν ὑπάγει
नामपद शब्द “सर्वनाश”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि त्यसलाई नाश गरिनेछ” वा “त्यसपछि परमेश्वरले त्यसलाई नाश गर्नुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम अनि कर्तृवाच्य र कर्मवाच्य)
εἰς ἀπώλειαν ὑπάγει
भविष्यमा के हुनेछ भन्ने कुराको निश्चयतालाई यसरी बताइएको छ कि मानौँ त्यो पशु त्यसतर्फ गइरहेको थियो । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
ὧν οὐ γέγραπται τὰ ὀνόματα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसका नाउँहरू परमेश्वरले लेख्नुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 17:9
स्वर्गदूतले बताउनलाई निरन्तरता दिन्छन् । यहाँ तिनले त्यस स्त्रीले चढिरहेको पशुका सात शिरहरूको अर्थलाई व्याख्या गर्छन् ।
ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν
भाववाचक नामपद शब्दहरू “समझ” र “बुद्धि”लाई “सोच्नु” र “बुद्धिमान्” वा “बुद्धमानीपूर्वक” जस्ता शब्दहरूसँग व्यक्त गर्न सकिन्छ । बुद्धिमान् समझको किन आवश्यकता हुन्छ भन्ने कुरालाई प्रस्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो कुरालाई बुझ्न बुद्धिमान् समझको खाँचो पर्छ” वा “यसलाई बुझ्न तिमीले बुद्धमानीपूर्वक सोच्नुपर्ने हुन सक्छ” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν
यहाँ “हुन्”को अर्थ “ ... को मतलब ... हुन्छ” वा “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ ।
Revelation 17:10
οἱ πέντε ἔπεσαν
स्वर्गदूतले मर्नुलाई पतन हुनुको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “पाँच राजाहरू मरिसकेका छन्” (हेर्नुहोस्ः रूपक)
ὁ εἷς ἔστιν
“एउटा राजा अहिले छ” वा “एउटा राजा हाल जीवित छ”
ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν
अझै अस्तित्वमा नभएको कुरालाई अझै नआएको भनेर बताइएको छ । वैकल्पिक अनुवादः “अर्को अझै राजा भएको छैन; जब त्यो राजा हुन्छ” (हेर्नुहोस्ः रूपक)
ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι
कोही व्यक्ति राजा भइराख्नुलाई स्वर्गदूतले यसरी बताउँछन् कि मानौँ त्यो भनेको ऊ कुनै स्थानमा बसिरहेको जस्तो हो । वैकल्पिक अनुवादः “त्यो केवल छोटो समयको लागि मात्र राजा हुन सक्छ” (हेर्नुहोस्ः रूपक)
Revelation 17:11
ἐκ τῶν ἑπτά ἐστιν
सम्भावित अर्थहरू हुन् १) पशुले दुई पल्ट शासन गर्छः पहिला सात राजाहरूमध्येमा एउटा राजाको रूपमा, र त्यसपछि आठौँ राजाको रूपमा वा २) त्यो पशु सात राजाहरूको समूहको हो किनभने त्यो तिनीहरू जस्तै छ ।
εἰς ἀπώλειαν ὑπάγει
भविष्यमा के हुनेछ भन्ने कुराको निश्चयतालाई यसरी बताइएको छ कि मानौँ त्यो पशु त्यसतर्फ गइरहेको थियो । वैकल्पिक अनुवादः “त्यसलाई अवश्य नाश गरिनेछ” वा “परमेश्वरले त्यसलाई अवश्यै नाश गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Revelation 17:12
स्वर्गदूतले यूहन्नासँग कुरा गरिरहन्छन् । यहाँ तिनले पशुको दश सीङहरूको अर्थलाई व्याख्या गर्छन् ।
μίαν ὥραν
यदि तपाईंको भाषाले दिनलाई २४ घण्टामा बाँड्दैन भने, तपाईंले अझ बढी सामान्य अभिव्यक्तिलाई प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै छोटो समयको लागि” वा “दिनको असाध्यै छोटो अंशको लागि” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 17:13
οὗτοι μίαν γνώμην ἔχουσιν
“यिनीहरू सबैले एउटै कुरा सोच्छन्” वा “यिनीहरू सबै एउटै कुरा गर्नलाई सहमत हुन्छन्”
Revelation 17:14
τοῦ Ἀρνίου
“थुमा” भनेको कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
κλητοὶ, καὶ ἐκλεκτοὶ, καὶ πιστοί
यसले एउटै समूहका मानिसहरूलाई जनाउँछ । “बोलाइएका” वा “चुनिएका” शब्दहरूलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बोलाइएका, चुनिएका, र विश्वासयोग्य मानिसहरू” वा “तिनीहरू जसलाई परमेश्वरले बोलाउनुभएको छ र चुन्नुभएको छ, जो उहाँप्रति विश्वासयोग्य छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 17:15
τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν, καὶ ἔθνη καὶ γλῶσσαι
यहाँ “हुन्”को अर्थ “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
τὰ ὕδατα
यदि तपाईंलाई आवश्यकता हुन्छ भने, तपाईंले पानीको प्रकारको लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले “धेरै पानीहरू”लाई प्रकाश १७:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “नदीहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὄχλοι
मानिसहरूका ठूला समूहहरू
γλῶσσαι
यसले ती भाषाहरू बोल्ने मानिसहरूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १०:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
Revelation 17:16
ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν
“त्यससँग भएका सबैथोक चोर्नु र त्यसलाई रित्तो छोड्नु”
τὰς σάρκας αὐτῆς φάγονται
त्यसलाई पूर्णतया नाश पार्ने कुरालाई त्यसको सबै मासु खाने भनेर बताइएको छ । “तिनीहरूले त्यसलाई पूर्णतया नाश पार्नेछन्” (हेर्नुहोस्ः रूपक)
Revelation 17:17
ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι…ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ
तिनीहरूको शक्ति पशुलाई दिन तिनीहरू सहमत हुने थिए, तर तिनीहरूलाई परमेश्वरको आज्ञापालन गर्न चाहना भएको कारण चाहिँ होइन । वैकल्पिक अनुवादः “किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेलसम्म परमेश्वरले तिनीहरूको मनमा ... दिनलाई सहमत हुने विचार हालिदिनुभयो, र त्यसो गरेर, तिनीहरूले परमेश्वरको उद्देश्यलाई पूरा गर्ने थिए”
ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι…ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ
यहाँ “हृदय” भनेको चाहनाहरूको लागि प्रतिस्थापन शब्द हो । तिनीहरूलाई केही कुरा गर्नलाई चाहना गर्ने बनाउनुको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ त्यसो गर्नलाई तिनीहरूका हृदयहरूमा त्यो कुरा हालेको हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई ... चाहना गर्ने बनाउनुभएको छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
τὴν βασιλείαν αὐτῶν
“अधिकार” वा “राजकीय अधिकार”
ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पछि हुनेछ भनेर भन्नुभएको कुरालाई उहाँले पूरा नगर्नुभएसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 17:18
स्वर्गदूतले यूहन्नालाई त्यस वेश्या र पशुको बारेमा भन्नलाई सकाउँछन् ।
ἔστιν
यहाँ “हो”को अर्थ “प्रतिनिधित्व गर्छ” भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν
जब सहरले शासन गर्छ भनेर भनिन्छ, त्यसको अर्थ त्यस सहरको अगुवाले शासन गर्छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “महान् सहर जसको अगुवाले शासन गर्छ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 18
प्रकाश १८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १-८ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अगमवाणी
स्वर्गदूतले बेबिलोनको पतनको बारेमा गमवाणी गर्छन्, जसको अर्थ यहाँ नाश पारिनु हुन्छ । यसलाई पहिल्यै घटिसकेको कुराको रूपमा बताइएको छ । यो अगमवाणीमा हुने सामान्य कुरा हो । यसले आउँदै गरेको इन्साफ अवश्यै हुन्छ भन्ने कुरालाई जोड दिन्छ । मानिसहरूले बेबिलोनको पतन उपर विलाप गर्नेछन् भनेर पनि स्वर्गदूतले अगमवाणी गर्छन् । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि न्याय गर्नु, न्याय अनि साङ्केतिक अगमवाणी)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कारहरू
अगमवाणीले धेरैपटक अलङ्कारहरूको प्रयोग गर्छ । यस अध्यायमा प्रकाशको पुस्तकको विनाशको बारेमा बताउने समग्रमा भएको शैलीभन्दा थोरै फरक शैली छ । (हेर्नुहोस्ः रूपक)
Revelation 18:1
“त्यसले” र “त्यसलाई” सर्वनामहरूले बेबिलोनको सहरलाई जनाउँछन्, जसलाई त्यो एक वेश्या भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः मानवीकरण)
अर्का स्वर्गदूत स्वर्गबाट तल आउँछन् र बोल्छन् । यिनी अघिल्लो अध्यायमा वेश्या र पशुको बारेमा बताउने स्वर्गदूतभन्दा फरक स्वर्गदूत हुन् ।
Revelation 18:2
ἔπεσεν, Βαβυλὼν ἡ μεγάλη
स्वर्गदूतले बेबिलोनलाई नष्ट गरिएको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यसको पतन भएको हो । तपाईंले यसलाई प्रकाश १४:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ὀρνέου…μεμισημένου
“घिनलाग्दो चरा” वा “मन नपर्ने चरा”
Revelation 18:3
πάντα τὰ ἔθνη
जातिहरू भनेको ती जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सबै जातिका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς, πέπτωκαν
यो त्यसको अनैतिक यौन अभिलाषामा सहभागी हुने कुरालाई जनाउने प्रतीक हो । वैकल्पिक अनुवादः “त्यसले जस्तै अनैतिक यौन आचरण धारण गरेका छन्” वा “यौन पापमा त्यो जस्तै मातेका छन्” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
बेबिलोनलाई एउटा वेश्याको रूपमा बताइएको छ जसले अरू मानिसहरूलाई त्यससँगै पाप गर्ने बनाएको छ । यसको दोहोरो अर्थ पनि हुन सक्छः वास्तविक यौन अनैतिकता र साथै झूटा देवताहरूको पूजा । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
ἔμποροι
व्यापारी भनेको त्यो व्यक्ति हो जसले सामानहरू बेच्छ ।
ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς
“किनभने त्यसले यौन अनैतिकतामा असाध्यै धेरै पैसा खर्च गरी”
Revelation 18:4
“त्यसले” र “त्यसलाई” सर्वनामहरूले बेबिलोनको सहरलाई जनाउँछन्, जसलाई त्यो एक वेश्या भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः मानवीकरण)
स्वर्गबाट अर्को आवाजले बोल्न सुरु गर्छ ।
ἄλλην φωνὴν
“आवाज” शब्दले वक्तालाई जनाउँछ, जो शायद कि त येशू वा पिता हुनुहुन्छ । वैकल्पिक अनुवादः “अरू नै कोही” (हेर्नुहोस्ः लक्षणा)
Revelation 18:5
ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ
आवाजले बेबिलोनका पापहरूको विषयमा यसरी बताउँछ कि मानौँ ती वस्तुहरू थिए जसलाई थुप्रो लाग्ने गरी जम्मा गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “त्यसका पापहरू यति धेरै छन् कि तिनीहरू एउटा थाक झैँ छन् जुन स्वर्गैसम्म पुग्छ” (हेर्नुहोस्ः रूपक)
ἐμνημόνευσεν
“ ... को बारेमा विचार गर्नुभएको छ” वा “ ... लाई ध्यान दिन थाल्नुभएको छ ।” यसले उहाँले भुल्नुभएको केही कुरालाई परमेश्वरले सम्झनुभयो भन्ने अर्थ चाहिँ दिँदैन । तपाईंले “मनमा याद गर्नुभयो”लाई प्रकाश १६:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 18:6
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν
आवाजले दण्डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “त्यसलाई दण्ड देओ जसरी त्यसले अरूहरूलाई दण्ड दिएकी छे” (हेर्नुहोस्ः रूपक)
διπλώσατε
आवाजले दण्डको विषयमा त्यो कुनै भुक्तानी भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “त्यसलाई दोबर दण्ड देओ” (हेर्नुहोस्ः रूपक)
ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν
आवाजले अरूहरूलाई कष्ट भोग्न लाउनुको विषयमा यसरी बताउँछ मानौँ त्यो भनेको तिनीहरूले पिउनको लागि कडा मद्य तयार पार्नु हो । वैकल्पिक अनुवादः “त्यसले अरूहरूको लागि बनाएकोभन्दा दोबर मात्रामा कडा रहेको कष्टको मद्य त्यसको लागि तयार गर” वा “त्यसले अरूहरूलाई कष्ट भोग्न लगाएकोभन्दा दोबर बढी कष्ट त्यसलाई भोग्न लगाओ” (हेर्नुहोस्ः रूपक)
κεράσατε…διπλοῦν
सम्भावित अर्थहरू हुन् १) “दोबर परिमाण तयार गर” वा २) “त्यसलाई दोबर मात्रामा कडा बनाओ”
Revelation 18:7
स्वर्गबाट त्यही आवाजले बेबिलोनको बारेमा त्यो कुनै स्त्री भए झैँ गरेर बताउनलाई निरन्तरता दिन्छ ।
ἐδόξασεν αὑτὴν
“बेबिलोनका मानिसहरूले आफैँलाई महिमा गरे”
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει
यहाँ “हृदय” भनेको व्यक्तिको समझ वा विचारहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनकि त्यसले आफैँलाई भन्छे” (हेर्नुहोस्ः लक्षणा)
κάθημαι βασίλισσα
त्यसले एक शासक भएकी दाबी गर्छे, जसको आफ्नै अधिकार छ । (हेर्नुहोस्ः उपमा)
χήρα οὐκ εἰμί
त्यसले आशय दिन्छे कि त्यो अरू मानिसहरूमा भर पर्ने छैन । (हेर्नुहोस्ः रूपक)
πένθος οὐ μὴ ἴδω
शोक अनुभव गर्नुलाई शोक देख्नु भनेर बताइएको छ । वैकल्पिक अनुवादः “म कहिल्यै शोक गर्नेछैन” (हेर्नुहोस्ः रूपक)
Revelation 18:8
ἥξουσιν αἱ πληγαὶ αὐτῆς
भविष्यमा हुने कुरालाई आउँदै गरेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ἐν πυρὶ κατακαυθήσεται
आगोद्वारा भस्म गराइने कुरालाई आगोद्वारा खाइने भनेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आगोले त्यसलाई पूर्ण रूपमा जलाउनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Revelation 18:9
यी पदहरूमा “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
मानिसहरूले बेबिलोनको बारेमा भन्ने कुरालाई यूहन्नाले बताउँछन् ।
μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες
“बेबिलोनका मानिसहरूले झैँ व्यभिचारका पाप गरे र तिनीहरूलाई मन लागेको जे पनि कुरा गरे”
Revelation 18:10
διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς
भाववाचक नामपद शब्द “यातना”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बेबिलोनलाई झैँ तिनीहरूलाई पनि यातना दिइनेछ भनेर डराएका” वा “परमेश्वरले बेबिलोनलाई यातना दिनुभएको झैँ गरेर उहाँले तिनीहरूलाई पनि यातना दिनुहुनेछ भनेर डराएका” (हेर्नुहोस्ः भाववाचक नाम)
οὐαὶ, οὐαί
यसलाई जोड दिनका लागि दोहोर्याइएको छ ।
ἦλθεν ἡ κρίσις σου
वर्तमानमा भइरहेको कुरालाई आइसकेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 18:11
πενθοῦσιν ἐπ’ αὐτήν
“बेबिलोनका मानिसहरूका लागि शोक गर्नु”
Revelation 18:12
λίθου τιμίου, καὶ μαργαριτῶν
“थुप्रै किसिमका महँगा ढुङ्गाहरू ।” तपाईंले यिनीहरूलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
βυσσίνου
महँगो कपडा जुन एक किसिमको बिरुवाको रेसाबाट बनाइएको हुन्छ । तपाईंले “मलमल”लाई प्रकाश १५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πορφύρας, καὶ σιρικοῦ, καὶ κοκκίνου
बैजनी भनेको धेरै गाढा रातो रङ्गको कपडा हो जुन धेरै महँगो हुन्छ । रेशम कपडा भनेको एउटा नरम र बलियो कपडा हो जुन रेशमकीराहरूले तिनीहरूको कोया बनाउँदाखेरी बनाउने मसिना धागोहरूबाट बनाइएको हुन्छ । गाढा रातो रङ्गको कपडा महँगो रातो कपडा हो । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
πᾶν σκεῦος ἐλεφάντινον
“हस्त-हाडले बनाइएका सबै खालका भाँडाहरू”
ἐλεφάντινον
एउटा सुन्दर, सेतो वस्तु जुन मानिसहरूले हात्ती वा वालरस (बाहिर लामा दाँतहरू भएका समुद्रमा बस्ने जन्तु) जस्ता विशाल जन्तुका दाह्राहरू वा दाँतहरूबाट पाउँछन् । वैकल्पिक अनुवादः “दाह्राहरू” वा “पशुका मूल्यवान् दाँतहरू” (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
μαρμάρου
भवन निर्माण गर्नलाई प्रयोग हुने एउटा मूल्यवान् ढुङ्गा (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 18:13
κιννάμωμον
मिठो बासना आउने एउटा मसाला जुन कुनै एक खास किसिमको रूखको बोक्राबाट आउँछ
ἄμωμον
खानामा स्वाद थप्न वा तेलमा मिठो बासना थप्नको लागि प्रयोग हुने एउटा चीज
Revelation 18:14
ἡ ὀπώρα
यहाँ “फल” भनेको “प्रतिफल” वा “परिणाम”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रतिफल” (हेर्नुहोस्ः रूपक)
τῆς ἐπιθυμίας τῆς ψυχῆς
“धेरै चाहना गरेको”
ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν
नपाइने भन्ने कुराको अर्थ अस्तित्वमा नभएको भन्ने हुन्छ । भाषाको यो अलङ्कारलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गायब भयो; तँसँग ती कुराहरू फेरि कहिल्यै हुनेछैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Revelation 18:15
यी पदहरूमा, “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς
“डर” र “यातना” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई यातना दिनुभएको झैँ गरेर उहाँले तिनीहरूलाई पनि यातना दिनुहुनेछ भनेर तिनीहरू डराउने कारण” वा “त्यसले कष्ट भोगिरहेको झैँ गरेर तिनीहरूले पनि कष्ट भोग्नेछन् भनेर तिनीहरू डराउने कारण” (हेर्नुहोस्ः भाववाचक नाम)
κλαίοντες καὶ πενθοῦντες
व्यापारीहरूले यही नै गरिरहेका हुनेछन् । वैकल्पिक अनुवादः “र तिनीहरूले ठूलो स्वरले रुनेछन् र विलाप गर्नेछन्”
Revelation 18:16
ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον
यस अध्यायभर, बेबिलोनलाई एक स्त्रीको रूपमा बताइएको छ । व्यापारीहरूले बेबिलोनलाई असल मलमलको वस्त्रमा सजिएकी थिई भनेर भन्छन् किनभने त्यसका मानिसहरू असल मलमलको वस्त्रहरूमा सजिएका थिए । वैकल्पिक अनुवादः “त्यो महान् सहर, जो एक असल मलमलको वस्त्रमा सजिएकी स्त्री झैँ थिइन्” वा “त्यो महान् सहर, जसका स्त्रीहरू असल मलमलको वस्त्रहरूमा सजिएका थिए” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
ἡ περιβεβλημένη βύσσινον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले असल मलमलको वस्त्र लगाउँथिन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κεχρυσωμένη ἐν χρυσίῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले आफैँलाई सुनले सिङ्गारी” वा “तिनीहरूले आफैँलाई सुनले सिङ्गारे” वा “सुन लगाई” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λίθῳ τιμίῳ
“मूल्यवान् रत्नहरू” वा “बहुमूल्य ठानिएका रत्नहरू”
μαργαρίτῃ
सुन्दर र मूल्यवान् सेता मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् । तपाईंले यसलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 18:17
τὴν θάλασσαν ἐργάζονται
“समुद्रबाट” भन्ने वाक्यांशले तिनीहरूले समुद्रमा गर्ने कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो तिनीहरूको जीविकोपार्जनको लागि समुद्रमा यात्रा गर्छन्” वा “जो विभिन्न चीजहरूको व्यापार गर्नको लागि विभिन्न स्थानहरूमा समुद्रबाट यात्रा गर्छन्” (हेर्नुहोस्ः लक्षणा)
Revelation 18:18
यी पदहरूमा “तिनीहरू” शब्दले नाविकहरू र जहाजमा यात्रा गर्नेहरूलाई जनाउँछ, र “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।
τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ
यस प्रश्नले मानिसहरूलाई बेबिलोनको सहरको महत्त्व देखाउँछ । वैकल्पिक अनुवादः “कुनै पनि सहर महान् सहर, बेबिलोन झैँ छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Revelation 18:20
ἔκρινεν ὁ Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς
नामपद शब्द “इन्साफ”लाई “इन्साफ गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको लागि त्यसलाई इन्साफ गर्नुभएको छ” वा “त्यसले तिमीहरूमाथि गरेको खराब कुराहरूको कारण परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Revelation 18:21
अर्का स्वर्गदूतले बेबिलोनको बारेमा बताउन थाल्छन् । यिनी यसभन्दा अगाडि बोल्ने स्वर्गदूतहरूभन्दा भिन्नै हुन् ।
μύλινον
एउटा ठूलो गोलाकार ढुङ्गा जुन अनाज पिस्नलाई प्रयोग गरिन्छ
ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι
परमेश्वरले त्यस सहरलाई पूर्ण रूपमा नष्ट पार्नुहुनेछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस महान् सहर, बेबिलोनलाई झट्कालेर तल फ्याँक्नुहुनेछ, र त्यो अरू बढी अस्तित्वमा हुनेछैन” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
οὐ μὴ εὑρεθῇ ἔτι
“कसैले पनि त्यसलाई फेरि कहिल्यै देख्नेछैन ।” यहाँ नदेखिनु भन्ने कुराको अर्थ त्यो अस्तित्वमा हुनेछैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यो अरू बढी अस्तित्वमा हुनेछैन” (हेर्नुहोस्ः लक्षणा)
Revelation 18:22
φωνὴ κιθαρῳδῶν, καὶ μουσικῶν, καὶ αὐλητῶν, καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेरो सहरमा भएका कसैले पनि फेरि कहिल्यै वीणा बजाउेनहरू, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू, र तुरही फुक्नेहरूका आवाज सुन्नेछैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν σοὶ
स्वर्गदूतले यसरी बताउँछन् कि मानौँ बेबिलोनले तिनलाई सुनिरहेको थियो । वैकल्पिक अनुवादः “बेबिलोनमा” (हेर्नुहोस्ः सम्बोधन चिन्ह)
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
“कसैले पनि तँमा फेरि कहिल्यै ती कुराहरू सुन्नेछैनन् ।” यहाँ नसुनिनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फेरि कहिल्यै तेरो सहरमा हुनेछैनन्” (हेर्नुहोस्ः लक्षणा)
τεχνίτης οὐ μὴ εὑρεθῇ ἐν σοὶ
त्यहाँ नपाइनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कुनै पनि किसिमको कारीगर तेरो सहरमा हुनेछैन” (हेर्नुहोस्ः लक्षणा)
φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
केही कुराको आवाज नसुनिनुको अर्थ कसैले पनि त्यो आवाज निकाल्नेछैन भन्ने हुन्छ । वैकल्पिक अनुवादः “कसैले पनि तेरो सहरमा जाँतोको प्रयोग गर्नेछैन” (हेर्नुहोस्ः लक्षणा)
Revelation 18:23
“तँ”, “तेरो”, र “त्यसलाई” शब्दहरूले बेबिलोनलाई जनाउँछन् ।
जाँतो फ्याँक्ने स्वर्गदूतले कुरा गर्न सकाउँछन् ।
φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि बेबिलोनमा फेरि कहिल्यै दुलहा र दुलहीको खुशीले बोलिएका स्वरहरू सुन्नेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
यहाँ नसुनिनुको अर्थ तिनीहरू त्यहाँ हुनेछैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फेरि कहिल्यै तेरो सहरमा हुनेछैनन्” (हेर्नुहोस्ः लक्षणा)
οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς
स्वर्गदूतले महत्त्वपूर्ण र शक्तिशाली मानिसहरूको विषयमा तिनीहरू राजकुमारहरू नै भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू जस्तै थिए” वा “तेरा व्यापारीहरू संसारमा सबैभन्दा महत्त्वपूर्ण मानिसहरू थिए” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले जाति-जातिका मानिसहरूलाई तेरा मन्त्रतन्त्रको शब्दहरूले छल गरिस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 18:24
ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς
त्यहाँ रगत पाइने कुराको अर्थ यो हुन्छ कि त्यहाँ भएका मानिसहरू अरू मानिसहरूलाई मारेकोमा दोषी थिए । वैकल्पिक अनुवादः “अगमवक्ताहरू र विश्वासीहरूलाई मारेकोमा र संसारमा मारिएका अरू सबै मानिसहरूलाई मारेकोमा बेबिलोन दोषी छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
Revelation 19
प्रकाश १९ सामान्य टिपोटहरू
संरचना र ढाँचा
अध्याय १९ को सुरुवातले बेबिलोनको पतनको विषयलाई टुङ्ग्याउँछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १-८ का पदहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
गीतहरू
प्रकाशको पुस्तकले स्वर्गलाई त्यस्तो एउटा स्थानको रूपमा वर्णन गर्छ जहाँ मानिसहरू गाउँछन् । तिनीहरूले गीत गाएर परमेश्वरको आराधना गर्छन् । यसले प्रस्ट हुने गरेर देखाउँछ कि स्वर्ग एउटा त्यस्तो स्थान हो जहाँ परमेश्वरलाई निरन्तर आराधना गरिन्छ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय)
विवाह उत्सव
विवाह उत्सव वा भोज चाहिँ धर्मशास्त्रमा भएको एउटा महत्त्वपूर्ण चित्रण हो । यहूदी संस्कृतिले धेरैपटक परमधाम, वा मृत्युपछि परमेश्वरसँगको जीवनलाई एउटा भोजको रूपमा चित्रण गर्थ्यो । यहाँ, विवाह भोज चाहिँ थुमा र उहाँकी दुलहीको लागि हो, जसमा थुमा चाहिँ येशू हुनुहुन्छ र उहाँकी दुलही चाहिँ उहाँका सारा मानिसहरू हुन् ।
Revelation 19:1
यो यूहन्नाको दर्शनको अर्को भाग हो । यहाँ उनले त्यस महा वेश्या, जुन बेबिलोनको सहर हो, त्यसको पतनउपर स्वर्गमा भएको रमाहटलाई वर्णन गर्छन् ।
ἤκουσα
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
ἁλληλουϊά
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ ।
Revelation 19:2
τὴν πόρνην τὴν μεγάλην
यहाँ यूहन्नाले बेबिलोनको सहरलाई जनाउँछन् जसका दुष्ट मानिसहरूले पृथ्वीका सबै मानिसहरूमाथि शासन गर्छन् र तिनीहरूलाई झूटा देवताहरूलाई पूजा गर्नतर्फ डोहोर्याउँछन् । उनले बेबिलोनका दुष्ट मानिसहरूको विषयमा तिनीहरू महा वेश्या भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
ἥτις ἔφθειρεν τὴν γῆν
यहाँ “पृथ्वी” भनेको त्यसका वासिन्दाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जसले पृथ्वीका मानिसहरूलाई भ्रष्ट बनायो” (हेर्नुहोस्ः लक्षणा)
τὸ αἷμα τῶν δούλων αὐτοῦ
यहाँ “रगत” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले हत्यालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँका दासहरूलाई हत्या गर्दै” (हेर्नुहोस्ः लक्षणा)
ἐκ χειρὸς αὐτῆς
यसले बेबिलोनलाई जनाउँछ । निजवाचक सर्वनाम “आफैँ”लाई जोड थप्नका लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Revelation 19:3
εἴρηκαν
यहाँ “तिनीहरू”ले स्वर्गमा भएका मानिसहरूको भीडलाई जनाउँछ ।
ἁλληλουϊά
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ । तपाईंले यसलाई प्रकाश १९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
καπνὸς αὐτῆς ἀναβαίνει
“त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ, जसको विषयमा त्यो एक वेश्या भए झैँ गरी बताइएको छ । धूँवा चाहिँ त्यस सहरलाई नाश पार्ने आगोबाट निस्केको हो । वैकल्पिक अनुवादः “त्यस सहरबाट निस्केको धूँवा”
Revelation 19:4
οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες
“२४ धर्म-गुरूहरू ।” तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः सङ्ख्याहरू)
τὰ τέσσερα ζῷα
“चार जीवित जीवहरू” वा “चार जीवित थोकहरू ।” तपाईंले यसलाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो सिंहासनमा बस्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 19:5
φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν
यहाँ यूहन्नाले “आवाज”को विषयमा त्यो कुनै व्यक्ति भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “कसैले सिंहासनबाट बोल्यो” (हेर्नुहोस्ः मानवीकरण)
αἰνεῖτε τῷ Θεῷ ἡμῶν
यहाँ “हाम्रा” शब्दले वक्तालाई र परमेश्वरका सारा सेवकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
οἱ φοβούμενοι αὐτόν
यहाँ “भय मान्नु”को अर्थ परमेश्वरसँग डराउनु हुँदैन, तर उहाँलाई सम्मान गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू सबै जसले उहाँलाई सम्मान गर्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οἱ μικροὶ καὶ οἱ μεγάλοι
परमेश्वरका सारा मानिसहरूलाई जनाउनको लागि वक्ताले यी शब्दहरूलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः मेरिज्म)
Revelation 19:6
καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν
यूहन्नाले उनले सुनिरहेका कुराहरूको विषयमा त्यो मानिसहरूको ठूलो भीड, तेज गतिमा बगिरहेको पानीको भेल, र निकै ठूलो गर्जनले निकालेको आवाज जस्तै भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः उपमा)
ἁλληλουϊά
यो शब्दको अर्थ “परमेश्वरको प्रशंसा गर” वा “हामी परमेश्वरको प्रशंसा गरौँ” भन्ने हुन्छ । तपाईंले यसलाई प्रकाश १९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὅτι…Κύριος
“किनभने प्रभु”
Revelation 19:7
अघिल्लो पदमा उल्लेख गरिएको भीडको आवाजले बोलिरहन्छ ।
χαίρωμεν
यहाँ “हामी” शब्दले परमेश्वरका सारा सेवकहरूलाई जनाउँछ ।
δῶμεν τὴν δόξαν αὐτῷ
“परमेश्वरलाई महिमा दिऔँ” वा “परमेश्वरलाई सम्मान गरौँ”
ὁ γάμος τοῦ Ἀρνίου…ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
यहाँ यूहन्नाले येशू र उहाँका मानिसहरूको बीचमा सदाको लागि हुने मिलनको विषयमा त्यो कुनै विवाहको उत्सव भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Ἀρνίου
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
ἦλθεν
वर्तमानमा भइरहेको कुरालाई आइसकेको भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν
यूहन्नाले परमेश्वरका मानिसहरूको विषयमा तिनीहरू विवाहको निम्ति आफैँलाई तयार पारेकी कुनै दुलही भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Revelation 19:8
ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν
यहाँ “तिनलाई” शब्दले परमेश्वरका मानिसहरूलाई जनाउँछ । यूहन्नाले परमेश्वरका धार्मिक कार्यहरूको विषयमा ती चहकिला र सफा वस्त्र भए झैँ गरेर बताउँछन् जुन वस्त्र दुलहीले तिनको विवाहको दिनमा पहिरिन्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई चहकिलो र सफा खालको असल मलमलको वस्त्र पहिरनलाई दिनुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Revelation 19:9
एकजना स्वर्गदूत यूहन्नासँग कुरा गर्न थाल्छन् । यिनी सम्भवतः त्यही स्वर्गदूत हुन् जसले यूहन्नासँग प्रकाश १७:१ मा कुरा गर्न सुरु गरेका थिए ।
οἱ…κεκλημένοι
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्वरले निमन्त्रणा दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου
यहाँ यूहन्नाले येशू र उहाँका मानिसहरूको बीचमा सदाको लागि हुने मिलनको विषयमा त्यो कुनै विवाहको उत्सव भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Revelation 19:10
ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ
यसको अर्थ हो कि यूहन्नाले सम्मान र सपर्मण देखाउने उद्देश्यले नै सीधा भएर भुइँमा सुते । यो कार्य आदर र सेवा गर्ने तत्परतालाई देखाउनका निमित्त आराधनाको एउटा महत्त्वपूर्ण भाग थियो । प्रकाश १९:३ मा भइको टिपोटलाई हेर्नुहोस ।
τῶν ἀδελφῶν σου
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै गरेर सारा विश्वासीहरूलाई जनाउँछ ।
τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ
यहाँ बोक्नुको अर्थ विश्वास गर्नु वा घोषणा गर्नु भन्ने हुन्छ वैकल्पिक अनुवादः “जसले येशूको बारेमा सत्यता बताउँछन्” (हेर्नुहोस्ः रूपक)
ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας
यहाँ “अगमवाणीको आत्मा”ले परमेश्वरको पवित्र आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि यो परमेश्वरको आत्मा नै हुनुहुन्छ जसले मानिसहरूलाई येशूको बारेमा सत्यता बताउनलाई सामर्थ्य दिनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 19:11
यो एउटा नयाँ दर्शनको सुरुवात हो । यूहन्नाले एउटा सेतो घोडामा सवार भएका व्यक्तिलाई वर्णन गर्न सुरु गर्छन् ।
καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον
यो चित्रण चाहिँ एउटा नयाँ दर्शनको सुरुवातलाई अङ्कित गर्नको लागि प्रयोग गरिन्छ । तपाईंले यस अवधारणालाई प्रकाश ४:१ र प्रकाश ११:१९ र प्रकाश १५:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὁ καθήμενος ἐπ’ αὐτὸν
त्यसमाथि सवार हुनुहुने व्यक्ति चाहिँ येशू नै हुनुहुन्छ ।
ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ
यहाँ “न्याय”ले ठीक कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले ठीक तरिका अनुसार सारा मानिसहरूको इन्साफ गर्नुहुन्छ र युद्ध गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 19:12
οἱ…ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός
यूहन्नाले घोडामा सवार हुने व्यक्तिको आँखाहरूको विषयमा ती आगोका ज्वाला झैँ गरेर बले भनेर भन्छन् । (हेर्नुहोस्ः उपमा)
ἔχων ὄνομα γεγραμμένον
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँमा एउटा नाम लेखेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὃ οὐδεὶς οἶδεν, εἰ μὴ αὐτός
“उहाँमा ... र जुन नामको अर्थ उहाँलाई मात्र थाहा छ” (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Revelation 19:13
περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “रगतले उहाँको वस्त्रलाई ढाकेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ
तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । यहाँ “परमेश्वरको वचन” भनेको येशू ख्रीष्टको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “उहाँको नाउँलाई परमेश्वरको सन्देश पनि भनिन्छ” वा “उहाँको नाउँलाई परमेश्वरको वचन पनि भनिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
Revelation 19:15
ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα
तरवारको धार उहाँको मुखबाट बाहिर निक्किरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πατάξῃ τὰ ἔθνη
“जातिहरूलाई नष्ट गर्न” वा “जातिहरूलाई उहाँको नियन्त्रणमा ल्याउन”
ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ
यूहन्नाले घोडामा सवार हुने व्यक्तिको शक्तिको विषयमा उहाँले कुनै फलामको डन्डाले शासन गरिरहनुभएको झैँ गरेर बताउँछन् । तपाईंले यसलाई प्रकाश १२:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος
यूहन्नाले घोडामा सवार हुने व्यक्तिले आफ्ना शत्रुहरूलाई पराजित गरिरहनुभएको कुराको विषयमा यसरी बताउँछन् मानौँ ती शत्रुहरू चाहिँ कोही व्यक्तिले दाख-कुण्डमा कुल्चने अङ्गुरहरू थिए । यहाँ “क्रोध”ले दुष्ट व्यक्तिहरूको लागि भएको परमेश्वरको दण्डलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले आफ्ना शत्रुहरूलाई सर्वशक्तिमान् परमेश्वरको इन्साफ अनुसार धूलो हुने गरेर पेल्नुहुन्छ, जसरी कोही व्यक्तिले दाख-कुण्डमा अङ्गुरहरूलाई पेल्छ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 19:16
ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὄνομα γεγραμμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँको पोशाक र तिग्रामा एउटा नाउँ लेखेको छः” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 19:17
εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ
यहाँ “सूर्य” भनेको सूर्यको प्रकाशको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसपछि मैले एउटा स्वर्गदूतलाई सूर्यको प्रकाशमा उभिरहेको देखेँ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 19:18
ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων
स्वर्गदूतले विपरीत अर्थ बोकेका यी दुई शब्द जोडिहरूलाई सारा मानिसहरूको अर्थ दिनलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः मेरिज्म)
Revelation 19:20
ἐπιάσθη τὸ θηρίον, καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सेतो घोडामा सवार हुनुहुनेले पशु र झूटो अगमवक्तालाई पक्राउ गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ χάραγμα τοῦ θηρίου
यो एउटा पहिचान गराउने छाप थियो जसले सङ्केत दिन्थ्यो कि त्यसलाई ग्रहण गर्ने व्यक्तिले त्यस पशुलाई पूजा गर्दथ्यो । तपाईंले यसलाई प्रकाश १३:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ζῶντες ἐβλήθησαν οἱ δύο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यस पशु र झूटो अगमवक्तालाई जिउँदै फाल्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν λίμνην τοῦ πυρὸς, τῆς καιομένης ἐν θείῳ
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ”
Revelation 19:21
οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “घोडामा सवार हुनुहुनेले पशुको बाँकीका सेनाहरूलाई उहाँको मुखबाट निस्केको तरवारले मार्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῇ ῥομφαίᾳ…τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος
उहाँको मुखबाट तरवारको धार निस्किरहेको थियो । तरवार आफैँ चाहिँ चलायमान थिएन । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 20
प्रकाश २० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टको हजार वर्षको राज
यस अध्यायमा, येशूले हजार वर्ष राज गर्नुहुनेछ भनेर बताइएको छ, र त्यही समयमा शैतानलाई बन्दी बनाइन्छ । यसले भविष्यको समय अवधिलाई जनाउँछ वा स्वर्गबाट येशूले हाल राज गरिरहनुभएको कुरालाई जनाउँछ भन्ने कुरामा विद्वानहरू विभाजित छन् । यस खण्डलाई ठीकसँगले अनुवाद गर्नको लागि यसलाई बुझ्न आवश्यक छैन । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
अन्तिम विद्रोह
यस अध्यायले हजार वर्षको समाप्तिपछि के हुन्छ भन्ने कुरालाई पनि वर्णन गर्छ । यो समय अवधिमा, शैतान र धेरै मानिसहरूले येशूको विरुद्धमा विद्रोह गर्ने कोसिस गर्नेछन् । यसले पाप र दुष्टतामाथिको परमेश्वरको आखिरी र अन्तिम विजयलाई परिणाम दिनेछ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि दुष्ट, अधर्मी, दुष्टता अनि सधैँ रहिरहने, अनन्त, अनन्तता)
ठूलो सेतो सिंहासन
परमेश्वरले सबै युगका सारा मानिसहरूलाई इन्साफ गर्नुभएको कुरासँगै यो अध्याय सकिन्छ । परमेश्वरले येशूमा विश्वास गर्ने मानिसहरूलाई उहाँलाई विश्वास नगर्ने मानिसहरूबाट अलग गर्नुहुन्छ । (हेर्नुहोस्ः न्याय गर्नु, न्याय अनि स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि विश्वास)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
जीवनको पुस्तक
यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवन प्राप्त गर्नेहरूका नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पाताल र अग्नि कुण्ड
यिनीहरू दुई फरक स्थानहरू भएको जस्तो देखिन्छ । अनुवादकले यी दुई स्थानहरूलाई फरक-फरक तरिकाले कसरी अनुवाद गर्ने भनेर निधो गर्नका निमित्त थप अनुसन्धान गर्नलाई विचार गर्न सक्छन् । तिनीहरूलाई अनुवादमा एउटै स्थान भएको जस्तो बनाउनुहुँदैन । (हेर्नुहोस्ः नरक, अग्नि-कुण्ड)
Revelation 20:1
एकजना स्वर्गदूतले शैतानलाई अतल-कुण्डमा फालिरहेको विषयमा भएको दर्शनलाई यूहन्नाले वर्णन गर्न सुरु गर्छन् ।
καὶ εἶδον
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
Ἀβύσσου
यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 20:2
δράκοντα
यो चाहिँ एउटा विशाल, हिंस्रक, छेपारो जस्तै घस्रिदैँ हिँड्ने जीव हो । यहूदी मानिसहरूको लागि, त्यो दुष्टता र बर्बादीको प्रतीक थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 20:3
ἐσφράγισεν ἐπάνω αὐτοῦ
कसैलाई पनि त्यो खाडल खोल्नबाट रोक्नको लागि स्वर्गदूतले त्यसलाई मोहोर लगाएर थुनिदिए वैकल्पिक अनुवादः “कसैलाई पनि त्यो खोल्नबाट वञ्चित गर्नको लागि मोहोर लगाएर थुनिदिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πλανήσῃ…τὰ ἔθνη
यहाँ “जातिहरू” भनेको पृथ्वीका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानव-समूहहरूलाई छल्न” (हेर्नुहोस्ः लक्षणा)
τὰ χίλια ἔτη
“१,००० वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
δεῖ αὐτὸν λυθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई छोड्नको लागि ती स्वर्गदूतलाई आज्ञा गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 20:4
यो यूहन्नाको दर्शनको अर्को भाग हो । उनले अचानक सिंहासनहरू र विश्वासीहरूका प्राणहरूलाई देखेको कुरालाई वर्णन गर्छन् ।
κρίμα ἐδόθη αὐτοῖς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले इन्साफ गर्ने अधिकार दिनुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῶν πεπελεκισμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका शिरहरूलाई अरूहरूले काटेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ
“किनभने तिनीहरूले येशूको बारेमा र परमेश्वरको वचनको बारेमा सत्यता बोलेका थिए”
διὰ τὸν λόγον τοῦ Θεοῦ
यी वचनहरू परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले धर्मशास्त्रको बारेमा सिकाएको कुराको कारण” (हेर्नुहोस्ः लक्षणा)
ἔζησαν
“तिनीहरू पुनः जीवनमा फर्किआए” वा “तिनीहरू फेरि जीवित भए”
Revelation 20:5
οἱ λοιποὶ τῶν νεκρῶν
“अरू सबै मृत मानिसहरू”
τελεσθῇ τὰ χίλια ἔτη
“१,००० वर्षको अन्त्य” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Revelation 20:6
ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν
यहाँ यूहन्नाले “मृत्यु”लाई शक्ति भएको कोही व्यक्तिको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “यी मानिसहरूले दोस्रो मृत्युको अनुभव गर्नेछैनन्” (हेर्नुहोस्ः मानवीकरण)
ὁ δεύτερος θάνατος
“दोस्रो पटक मर्नु ।” यसलाई प्रकाश २०:१४ अनि प्रकाश २१:०८ मा अग्नि-कुण्डमा हुने अनन्त दण्डको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अग्नि-कुण्डमा हुने आखिरी मृत्यु” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 20:7
λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले शैतानलाई त्यसको कैदबाट फुक्का गराउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 20:8
ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης
यसले शैतानको सेनामा असाध्यै धेरै सङ्ख्यामा भएका सिपाहीहरूलाई जोड दिन्छ । (हेर्नुहोस्ः उपमा)
Revelation 20:9
ἀνέβησαν
“शैतानका सेना ... गए”
τὴν πόλιν τὴν ἠγαπημένην
यसले येरूशलेमलाई जनाउँछ ।
κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς
यहाँ यूहन्नाले आगोको विषयमा त्यो जीवित भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई भस्म पार्न स्वर्गबाट आगो पठाउनुभयो” (हेर्नुहोस्ः मानवीकरण)
Revelation 20:10
ὁ διάβολος, ὁ πλανῶν αὐτοὺς, ἐβλήθη εἰς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई छल्ने शैतानलाई ... मा फाल्नुभयो” वा “परमेश्वरका स्वर्गदूतले तिनीहरूलाई छल्ने शैतानलाई ... मा फाले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν λίμνην τοῦ πυρὸς καὶ θείου
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ” तपाईंले यसलाई प्रकाश १९:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ उहाँले पशु र झूटो अगमवक्तालाई पनि फाल्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
βασανισθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई यातना दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 20:11
यो यूहन्नाको दर्शनको अर्को भाग हो । उनले अचानक एउटा ठूलो सिंहासन र मृतकहरूको इन्साफ भइरहेको देखेको कुरालाई वर्णन गर्छन् ।
οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς
यूहन्नाले स्वर्ग र पृथ्वीको विषयमा तिनीहरू परमेश्वरको इन्साफबाट भाग्न कोसिस गरिरहेका मानिसहरू भए झैँ गरी बताउँछन् । यसको अर्थ हो कि परमेश्वरले पुरानो स्वर्ग र पृथ्वीलाई पूर्णतया नाश पार्नुभयो । (हेर्नुहोस्ः मानवीकरण)
Revelation 20:12
βιβλία ἠνοίχθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पुस्तकहरू खोल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκρίθησαν οἱ νεκροὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अगाडि मरेका र अहिले फेरि जीवित भएका मानिसहरूको इन्साफ गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκ τῶν γεγραμμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले लेख्नुभएको कुरामुताबिक” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 20:13
ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς…ὁ θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς
यहाँ यूहन्नाले समुद्र, मृत्यु, र पातालको विषयमा तिनीहरू जीवित व्यक्तिहरू भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः मानवीकरण)
ἐκρίθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृत मानिसहरूको इन्साफ गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ ᾍδης
यहाँ “पाताल” भनेको प्रतिस्थापन शब्द हो जसले अविश्वासीहरू तिनीहरू मर्दाखेरी परमेश्वरको इन्साफलाई पर्खिनको लागि जाने स्थानलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः लक्षणा)
Revelation 20:14
ὁ θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मृत्यु र पाताललाई फ्याँक्नुभयो” वा “परमेश्वरका स्वर्गदूतले मृत्यु र पाताललाई फ्याँके” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ θάνατος ὁ δεύτερός
“दोस्रो पटक मर्नु ।” यसलाई प्रकाश २०:१४ अनि प्रकाश २१:०८ मा अग्नि-कुण्डमा हुने अनन्त सजायको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अग्नि-कुण्डमा हुने आखिरी मृत्यु” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 20:15
εἴ τις οὐχ εὑρέθη…γεγραμμένος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरका स्वर्गदूतले कुनै व्यक्तिको नाउँ ... पाएनन् भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतले त्यसलाई अग्नि-कुण्डमा फालिदिए” वा “स्वर्गदूतले त्यसलाई सदासर्वदा आगो बलिरहने ठाउँमा फालिदिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 21
प्रकाश २१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले नयाँ येरूशलेमको विस्तृत रूपमा बताइएको चित्रण दिन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दोस्रो मृत्यु
मृत्यु एक प्रकारको विछोड हो । पहिलो मृत्यु शारीरिक मृत्यु हो, जब प्राणलाई शरीरबाट अलग गरिन्छ । दोस्रो मृत्यु चाहिँ परमेश्वरबाटको अनन्तताको लागि अलग गरिनु हो । (हेर्नुहोस्ः मर्नु, मृत, घातक, मृत्यु अनि प्राण अनि सधैँ रहिरहने, अनन्त, अनन्तता)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
जीवनको पुस्तक
यो अनन्त जीवनको लागि एउटा अलङ्कार हो । अनन्त जीवनका भागीदार बनेकाहरूको नामहरू यस जीवनको पुस्तकमा लेखिएका हुन्छन् भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
नयाँ स्वर्ग र नयाँ पृथ्वी
यो पूर्णतया नयाँ स्वर्ग र पृथ्वी हो वा वर्तमान स्वर्ग र पृथ्वीबाट पुनः बनाइएको हो भन्ने कुरा अस्पष्ट छ । नयाँ येरूशलेमको लागि पनि यही कुरा सत्य हो । यो सम्भव छ कि यसले केही भाषाहरूमा अनुवादलाई असर गर्नेछ । मूल भाषामा “नयाँ” भन्ने शब्दको अर्थ पुरानोभन्दा भिन्न र त्यसभन्दा बढी उत्तम भन्ने हुन्छ । त्यसको अर्थ समयमा नै नयाँ भन्ने हुँदैन ।
Revelation 21:1
यूहन्नाले नयाँ येरूशलेमको विषयमा भएको उनको दर्शनलाई वर्णन गर्न सुरु गर्छन् ।
εἶδον
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
Revelation 21:2
ὡς νύμφην, κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς
यसले नयाँ येरूशलेमलाई एउटी दुलहीसँग तुलना गर्छ जसले आफैँलाई तिनको दुलहाको निम्ति राम्री बनाएकी छिन् । (हेर्नुहोस्ः उपमा)
Revelation 21:3
φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης
“स्वर” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले सिंहासनबाट ठूलो स्वरले यसो भनिरहेको” (हेर्नुहोस्ः लक्षणा)
ἰδοὺ
यहाँ “हेर” शब्दले यसपछि बताउन लागिएको चकित पार्ने जानकारीतर्फ ध्यान दिनका निमित्त हामीलाई सचेत गराउँछ ।
ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν
यी दुई वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छन् र परमेश्वर साँच्चै नै मानिसहरूको माझमा रहनुहुनेछ भनेर जोड दिन्छ । (हेर्नुहोस्ः समान्तरता)
Revelation 21:4
ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
यहाँ आँसुहरूले निराशापनलाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई प्रकाश ७:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका निराशापनलाई आँसु पुछेको झैँ गरेर पुछिदिनुहुनेछ” वा “परमेश्वरले तिनीहरूलाई फेरि निराश नहुने तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 21:5
οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो सन्देश भरपर्दो र सत्य छ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 21:6
τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος
यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ र त्यसको परमेश्वरको अनन्त स्वभावलाई जोड दिन्छ । (हेर्नुहोस्ः समान्तरता अनि मेरिज्म)
τὸ Ἄλφα καὶ τὸ Ὦ
यिनीहरू ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र जसले सबैथोकको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ ।” यदि पाठकहरूलाई अस्पष्ट हुन्छ भने तपाईंले आफ्नो वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यसलाई प्रकाश १:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “क र ज्ञ” वा “पहिलो र अन्तिम ।” (हेर्नुहोस्ः रूपक अनि मेरिज्म)
ἡ ἀρχὴ καὶ τὸ τέλος
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र उहाँ जसले सबैथोकलाई अन्त हुन लाउनुहुनेछ” वा २) “उहाँ जो सबैथोकभन्दा अगाडिदेखि अस्तित्वमा हुनुहुन्थ्यो र जो सबैथोक पछाडि पनि अस्तित्वमा हुनुहुनेछ ।”
τῷ διψῶντι…τοῦ ὕδατος τῆς ζωῆς
कोही व्यक्तिको अनन्त जीवनको लागि हुने चाहनाको विषयमा त्यो कुनै तिर्खा भए जसरी र त्यस व्यक्तिले अनन्त जीवन प्राप्त गर्नु चाहिँ उसले जीवन दिने पानी पिइरहेको जस्तै गरेर परमेश्वरले बताउनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Revelation 21:7
सिंहासनमा विराजमान हुनुहुनेले यूहन्नासँग कुरा गरिरहनुहुन्छ ।
Revelation 21:8
τοῖς…δειλοῖς
“तिनीहरू जो ठीक कुरा गर्नलाई धेरै काँतर छन्”
ἐβδελυγμένοις
“भयानक कुराहरू गर्नेहरू”
τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ
“गन्धकले बल्ने आगोको ताल” वा “आगोले भरिपूर्ण स्थान जुन गन्धकले बल्छ ।” तपाईंले यसलाई प्रकाश १९:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὁ θάνατος ὁ δεύτερος
“दोस्रो पटक मर्नु ।” यसलाई प्रकाश २०:१४ अनि प्रकाश २१:०८ मा अग्नि-कुण्डमा हुने अनन्त दण्डको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अग्नि-कुण्डमा हुने आखिरी मृत्यु” (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 21:9
τὴν νύμφην, τὴν γυναῖκα τοῦ Ἀρνίου
स्वर्गदूतले येरूशलेमको विषयमा त्यो आफ्नो दुलहा, थुमासँग विवाह गर्न लागेकी कुनै स्त्री भए झैँ गरी बताउँछन् । येरूशलेम ती विश्वासीहरूको लागि प्रतिस्थापन शब्द हो जो पछि त्यसका वासिन्दाहरू हुनेछन् । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक अनि लक्षणा)
τοῦ Ἀρνίου
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 21:10
ἀπήνεγκέν με ἐν Πνεύματι
यूहन्नालाई उच्च पहाडमा लगिए लगत्तै परिवेश बदलिन्छ र यहाँबाट उनले येरूशलेमको सहरलाई देख्न सक्छन् । तपाईंले यस वाक्यांशलाई प्रकाश १७:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Revelation 21:11
ἔχουσαν
यसले भौतिक येरूशलेमलाई होइन तर “स्वर्गबाट तल आइरहेको, येरूशलेम”लाई जनाउँछ जसलाई उनले अघिल्लो पदमा वर्णन गरेका थिए ।
ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι
यी दुई वाक्यांशहरूको सामान्यतया एउटै अर्थ हुन्छ । दोस्रोले एक खास गहनाको नाम दिएर येरूशलेमको चहकिलोपनलाई जोड दिन्छ । (हेर्नुहोस्ः समान्तरता)
κρυσταλλίζοντι
“असाध्यै छर्लङ्ग”
ἰάσπιδι
यो एउटा बहुमूल्य रत्न हो । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 21:12
πυλῶνας δώδεκα
“१२ ढोकाहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἐπιγεγραμμένα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले ... लेखेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 21:14
τοῦ Ἀρνίου
यसले येशूलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 21:16
σταδίων δώδεκα χιλιάδων
“१२,००० स्टेडिया ।” तपाईंले यसलाई आद्युनिक नापहरूमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “२,२०० किलोमिटर” (हेर्नुहोस्ः सङ्ख्याहरू अनि बाइबलीय दुरी)
Revelation 21:17
ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν
“एक सय चवालीस क्युबिट ।” तपाईंले यसलाई आद्युनिक नापहरूमा बदल्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “६६ मिटर” (हेर्नुहोस्ः सङ्ख्याहरू अनि बाइबलीय दुरी)
Revelation 21:18
ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις; καὶ ἡ πόλις χρυσίον καθαρὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पर्खाललाई बिल्लौरले बनाएको थियो र सहरलाई चाहिँ निखुर सुनले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χρυσίον καθαρὸν, ὅμοιον ὑάλῳ καθαρῷ
सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः उपमा)
ἴασπις
यो एउटा बहुमूल्य रत्न हो । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्गै देखिने किसिमको भएको हुन सक्छ । तपाईंले यसलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 21:19
οἱ θεμέλιοι τοῦ τείχους…κεκοσμημένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पर्खालका जगहरूलाई सजायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἴασπις…σάπφειρος…χαλκηδών…σμάραγδος
यी बहुमूल्य ढुङ्गाहरू हुन् । बिल्लौर चाहिँ काँच वा स्फटिक झैँ छर्लङ्ग भएको हुनसक्छ । तपाईंले यिनीहरूलाई प्रकाश ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 21:20
σαρδόνυξ…σάρδιον…χρυσόλιθος…βήρυλλος…τοπάζιον…χρυσόπρασος…ὑάκινθος…ἀμέθυστος
यिनीहरू सबै बहुमूल्य रत्नहरू हुन् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Revelation 21:21
μαργαρῖται
सुन्दर र मूल्यवान् मालाका दानाहरू । तिनीहरू महासमुद्रमा बस्ने कुनै एक खास किसिमको सानो जनावरको खोलभित्र बन्छन् । तपाईंले यसलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले प्रत्येक ढोकालाई एउटै मोतीबाट बनाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής
सुन यति सफा थियो कि त्यो काँच नै भए झैँ गरी बताइएको छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश २१:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः उपमा)
Revelation 21:22
ὁ…Κύριος ὁ Θεός…ναὸς αὐτῆς ἐστιν, καὶ τὸ Ἀρνίον
मन्दिरले परमेश्वरको उपस्थितिलाई प्रतिनिधित्व गर्दथ्यो । यसको अर्थ हो कि नयाँ येरूशलेमलाई मन्दिरको खाँचो पर्दैन किनभने परमेश्वर र थुमा नै त्यहाँ रहनुहुनेछ । (हेर्नुहोस्ः रूपक)
Revelation 21:23
ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον
यहाँ येशू, थुमाको महिमाको विषयमा त्यो चाहिँ सहरलाई ज्योति दिने कुनै बत्ती भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Revelation 21:24
περιπατήσουσιν τὰ ἔθνη
“जातिहरू” शब्द चाहिँ त्यस जातिमा भएका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । यहाँ “हिँड्नु” भनेको “जिउनु”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “सबै विभिन्न जातिबाटका मानिसहरू ... जिउनेछन्” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Revelation 21:25
οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि ढोकाहरूलाई बन्द गर्नेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 21:26
οἴσουσιν
“पृथ्वीका राजाहरूले ... ल्याउनेछन्”
Revelation 21:27
οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν, καὶ ὁ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सधैँ शुद्ध कुरा मात्र प्रवेश गर्नेछ, र कहिल्यै पनि कोही” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनीहरू मात्र जसका नाउँहरूलाई थुमाले उहाँको जीवनको पुस्तकमा लेख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ Ἀρνίου
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 22
प्रकाश २२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले जोड दिन्छ कि येशू चाँडै आउँदै हुनुहुन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
जीवनको रूख
अदनको बगैँचामा भएको जीवनको रूख र यहाँ उल्लेख गरिएको जीवनको रूखको बीचमा त्यहाँ सम्भवतः कुनै अभिप्राय राखिएको सम्बन्ध छ । अदनमा भएको श्राप यो समयमा अन्त हुनेछ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अल्फा र ओमेगा
यिनीहरू ग्रीक वर्णमालामा भएका पहिलो र अन्तिम अक्षरहरू हुन् । यूएलटीले तिनीहरूका नामहरूलाई अङ्ग्रेजीमा उतारेर लेख्छ । यो पद्धतिले अनुवादकहरूको लागि नमुनाको रूपमा काम गर्न सक्छ । केही अनुवादकहरूले, तापनि, तिनीहरूको आफ्नै वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू प्रयोग गर्ने निर्णय गर्न सक्छन् । नेपालीमा चाहिँ त्यो भनेको “क र ज्ञ” हुने थियो ।
Revelation 22:1
यूहन्नाले नयाँ येरूशलेमलाई वर्णन गर्नलाई निरन्तरता दिन्छन् जसै स्वर्गदूतले त्यो उनलाई देखाउँछन् ।
ἔδειξέν μοι
यहाँ “मलाई” शब्दले यूहन्नालाई जनाउँछ ।
ποταμὸν ὕδατος ζωῆς
“जीवन दिने पानीसहित बगिरहेको नदी”
ποταμὸν ὕδατος ζωῆς
अनन्त जीवनको विषयमा त्यो चाहिँ जीवन दिने पानीद्वारा प्रदान गरिने केही चीज भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
τοῦ Ἀρνίου
यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई जनाउनको लागि यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Revelation 22:2
τῶν ἐθνῶν
यहाँ “जातिहरू”ले सबै जातिहरूमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै जातिहरूका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
Revelation 22:3
πᾶν κατάθεμα οὐκ ἔσται ἔτι
सम्भावित अर्थहरू हुन् १) “त्यहाँ त्यस्तो व्यक्ति फेरि कहिल्यै हुनेछैन जसलाई परमेश्वरले श्राप दिनुहुनेछ” वा २) “त्यहाँ त्यस्तो कोही पनि हुनेछैन जो परमेश्वरको श्रापमुनि हुन्छ”
οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
“उहाँका” र “उहाँलाई” शब्दहरूका सम्भावित अर्थहरू हुन् १) दुवै शब्दहरूले परमेश्वर पितालाई जनाउँछन् वा २) दुवै शब्दहरूले परमेश्वर र थुमा दुवैलाई जनाउँछन्, जसले एउटै भएर एकसाथ शासन गर्नुहुन्छ ।
Revelation 22:4
ὄψονται τὸ πρόσωπον αὐτοῦ
यो एउटा वाक्पद्धति हो जसको अर्थ परमेश्वरको उपस्थितिमा हुनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरको उपस्थितिमा हुनेछन्” (हेर्नुहोस्ः टुक्काहरू)
Revelation 22:6
यो यूहन्नाको दर्शनको अन्त्यको सुरुवात हो । पद ६ मा स्वर्गदूत यूहन्नासँग कुरा गरिरहेका छन् । पद ७ मा, येशू बोलिरहनुभएको छ । यसलाई यूएसटीमा भएको जस्तै गरेर स्पष्टसँग देखाउन सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २१:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यो सन्देश भरपर्दो र सत्य छ” (हेर्नुहोस्ः लक्षणा)
ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν
सम्भावित अर्थहरू हुन् १) “आत्माहरू” शब्दले अगमवक्ताहरूका भित्री स्वभाव-आचरणलाई जनाउँछ र परमेश्वरले तिनीहरूलाई प्रेरणा दिनुहुन्छ भनेर सङ्केत गर्छ । वैकल्पिक अनुवादः “परमेश्वर जसले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुन्छ” वा २) “आत्माहरू” शब्दले अगमवक्ताहरूलाई प्रेरणा दिनुहुने पवित्र आत्मालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले अगमवक्ताहरूलाई उहाँका आत्मा दिनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Revelation 22:7
ἰδοὺ
यहाँ येशू बोल्न थाल्नुहुन्छ । “हेर” शब्दले त्यसपछि आएको कुरामा जोड थप्छ ।
ἔρχομαι ταχύ
उहाँ इन्साफ गर्नलाई आउनुहुनेछ भनेर बुझिएको छ । तपाईंले यसलाई प्रकाश ३:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “म इन्साफ गर्नलाई चाँडै आउँदैछु !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 22:8
यूहन्नाले स्वर्गदूतलाई कसरी जवाफ दिए भनेर उनका पाठकहरूलाई बताउँछन् ।
ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν
यसको अर्थ हो कि यूहन्नाले सम्मान र सपर्मण देखाउने उद्देश्यसहित नै सीधा भएर भुइँमा सुते । यो कार्य आदर र सेवा गर्ने तत्परतालाई देखाउनका निमित्त आराधनाको एउटा महत्त्वपूर्ण भाग थियो । तपाईंले यस्तै समान शब्दहरूलाई प्रकाश १९:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 22:10
स्वर्गदूतले यूहन्नासँग कुरा गर्न सकाउँछन् ।
μὴ σφραγίσῃς…τοῦ βιβλίου τούτου
कुनै पुस्तकलाई मोहोर लगाउनु भनेको जो कोही पनि व्यक्तिको लागि त्यो मोहोर नतोडिकन त्यसभित्र भएको कुरा पढ्नलाई असम्भव बनाउनका निमित्त त्यसलाई केही कुराले बन्द राख्नु थियो । स्वर्गदूतले यूहन्नालाई त्यो सन्देशलाई गोप्य नराख्नको लागि बताइरहेका छन् । वैकल्पिक अनुवादः “यस पुस्तक ... लाई गोप्य नराख” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यस पुस्तकको अगमवाणीको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Revelation 22:12
किनकि प्रकाशको पुस्तकको अन्त्य हुन लाग्दैछ, येशूले आखिरी अभिवादन दिनुहुन्छ । (हेर्नुहोस्ः कथाको समापन)
Revelation 22:13
τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος
यी तीन वाक्यांशहरूको समान किसिमको अर्थ हुन्छ र येशू पहिलेदेखि नै हुनुहुन्थ्यो र सदा रहनुहुनेछ भन्ने कुरालाई जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता अनि मेरिज्म)
τὸ Ἄλφα καὶ τὸ Ὦ
यिनीहरू ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षरहरू हुन् । सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र जसले सबैथोकको अन्त गर्नुहुन्छ” वा २) “उहाँ जो सधैँ जीवित रहनुभएको छ र जो सधैँ जीवित रहनुहुनेछ ।” यदि पाठकहरूलाई अस्पष्ट हुन्छ भने तपाईंले आफ्नो वर्णमालाको पहिलो र अन्तिम अक्षरहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्न सक्नुहुन्छ । तपाईंले यसलाई प्रकाश १:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “क र ज्ञ” वा “पहिलो र अन्तिम ।” (हेर्नुहोस्ः रूपक अनि मेरिज्म)
ὁ πρῶτος καὶ ὁ ἔσχατος
यसले येशूको अनन्त स्वभावलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश १:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः मेरिज्म)
ἡ ἀρχὴ καὶ τὸ τέλος
सम्भावित अर्थहरू हुन् १) “उहाँ जसले सबैथोकको सुरुवात गर्नुभयो र उहाँ जसले सबैथोकलाई अन्त हुन लाउनुहुनेछ” वा २) “उहाँ जो सबैथोकभन्दा अगाडिदेखि अस्तित्वमा हुनुहुन्थ्यो र जो सबैथोक पछाडि पनि अस्तित्वमा हुनुहुनेछ ।” तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Revelation 22:14
येशूले उहाँको आखिरी अभिवादन दिइरहनुहुन्छ ।
οἱ πλύνοντες τὰς στολὰς αὐτῶν
धर्मी हुने कुराको विषयमा त्यो चाहिँ कसैले आफ्नो लुगाहरू धोएको जस्तै हो भनेर बताइएको छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश ७:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “तिनीहरू जो धर्मी भएका छन् मानौँ तिनीहरूले आफ्ना लुगाहरू धोएका हुन्” (हेर्नुहोस्ः रूपक)
Revelation 22:15
ἔξω
यसको अर्थ हो कि तिनीहरू सहरबाट बाहिर छन् र भित्र प्रवेश गर्नलाई अनुमति दिइएको छैन ।
οἱ κύνες
त्यो समाजमा कुकुर भनेको अशुद्ध, घृणित पशु मानिन्थ्यो । यहाँ “कुकुरहरू” शब्द अपमानजनक भनाइ हो र त्यसले दुष्ट मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Revelation 22:16
μαρτυρῆσαι ὑμῖν
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἡ ῥίζα καὶ τὸ γένος Δαυείδ
“जरा” र “सन्तान” शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । येशूले “सन्तान” हुने विषयमा यसरी बताउनुहुन्छ कि मानौँ उहाँ कुनै “जरा” हुनुहुन्थ्यो जुन दाऊदबाट बढेर आयो । एकसाथमा यी शब्दहरूले जोड दिन्छन् कि येशू दाऊदको परिवारको हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक अनि प्रतिरूपी)
ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός
येशूले आफ्नो विषयमा उहाँ कुनै चहकिलो तारा हुनुभए झैँ गरेर बताउनुहुन्छ जुन तारा कहिलेकाहीँ एकाबिहानै देखापर्छ र नयाँ दिन सुरु हुन लागेको छ भनेर सङ्केत गर्छ । तपाईंले “बिहानको तारा”लाई प्रकाश २:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Revelation 22:17
यो पद चाहिँ येशूले भन्नुभएको कुराको लागि प्रतिक्रिया हो ।
ἡ νύμφη
विश्वासीहरूको विषयमा तिनीहरू कुनै दुलही भए झैँ गरेर बताइएको छ जसले तिनको दुलहा, येशूसँग विवाह गर्न लागेकी छिन् । (हेर्नुहोस्ः रूपक)
ἔρχου
सम्भावित अर्थहरू हुन् १) कि यो चाहिँ मानिसहरूलाई आउन र जीवनको पानी पिउनका निमित्त गरिएको निमन्त्रणा हो । वैकल्पिक अनुवादः “आओ र पिओ !” वा २) कि यो चाहिँ येशू पुनः फर्किनुहुनको लागि भएको नम्र अनुरोध हो । वैकल्पिक अनुवादः “कृपया आउनुहोस् !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ διψῶν ἐρχέσθω…ὕδωρ ζωῆς
कोही व्यक्तिको अनन्त जीवनको लागि हुने चाहनाको विषयमा त्यो कुनै तिर्खा भए जसरी र त्यस व्यक्तिले अनन्त जीवन प्राप्त गर्नु चाहिँ उसले जीवन दिने पानी पिइरहेको जस्तै गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
ὕδωρ ζωῆς
अनन्त जीवनको विषयमा त्यो चाहिँ जीवन दिने पानीद्वारा प्रदान गरिने केही चीज भए झैँ गरेर बताइएको छ । तपाईंले यसलाई प्रकाश २१:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
Revelation 22:18
यूहन्नाले प्रकाशको पुस्तकको विषयमा उनका आखिरी टिप्पनीहरू दिन्छन् ।
μαρτυρῶ ἐγὼ
यहाँ “म” शब्दले यूहन्नालाई जनाउँछ ।
τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου
यहाँ “वचनहरू”ले तिनीहरूले निर्माण गरेका सन्देशलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यस पुस्तकको अगमवाणीको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
ἐάν τις ἐπιθῇ ἐπ’ αὐτά, ἐπιθήσει ὁ Θεὸς
यस अगमवाणीको बारेमा केही पनि नबदल्नका निमित्त यो एउटा कडा चेतावनी हो ।
τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा मैले यस पुस्तकमा लेखेको छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Revelation 22:19
ἐάν τις ἀφέλῃ…ἀφελεῖ ὁ Θεὸς
यस अगमवाणीको बारेमा केही पनि नबदल्नका निमित्त यो एउटा कडा चेतावनी हो ।
Revelation 22:20
यी पदहरूमा यूहन्नाले उनका र येशूका आखिरी अभिवादनहरू दिन्छन् ।
ὁ μαρτυρῶν
“येशू, जसले गवाही दिनुहुन्छ”
Revelation 22:21
μετὰ τῶν ἁγίων
“तिमीहरू सबैजनासँग”