Acts
Acts front
प्रेरितहरूको परिचय
भाग १: सामान्य परिचय
प्रेरितहरूको पुस्तकको रूपरेखा
- मण्डली र त्यसको कार्यलक्ष्यको सुरुवात (१:१-२:४१)
- यरूशलेममा भएको सुरुको मण्डली (२:४२-६:७)
- बढ्दो विरोध र स्तिफनस शहीद भएको (६:८-७:६०)
- मण्डलीको सतावट र फिलिपको सेवकाइ (८:१-४०)
- पावल एक प्रेरित हुन्छन् (९:१-३१)
- पत्रुसको सेवकाइ र विश्वासमा आएका पहिलो अन्यजातिहरू (९:३२-१२:२४)
- पावल, अन्यजातिहरूको लागि प्रेरित, यहूदी व्यवस्था, र यरूशलेममा मण्डली अगुवाहरूको परिषद् (१२:२५-१६:५)
- भूमध्य क्षेत्रको मध्य भाग र दक्षिण-पश्चिमी एसियामा भएको द्वीपमा मण्डलीको विस्तार (१६:६-१९:२०)
- पावल यरूशलेमतर्फ यात्रा गर्छन् र रोममा एक कैदी बन्छन् (१९:२१-२८:३१)
प्रेरितको पुस्तक केको बारेमा के हो ?
प्रेरितहरूको पुस्तकले धेरै सङ्ख्यामा मानिसहरू विश्वासीहरू भइरहेको सुरुको मण्डलीको वर्णन गर्दछ । यसले पवित्र आत्माको शक्तिले सुरुका ख्रीष्टिएनहरूलाई सहायता पुर्याउनुभएको कुरालाई दर्शाउँछ । येशू स्वर्गमा फर्केर जानुभएपछि यस पुस्तकका घटनाहरू सुरु हुन्छन् र करिब तीस वर्षपछि अन्त्य हुन्छन् ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “प्रेरितहरूको कार्यहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट हुने शीर्षकलाई छान्न सक्छन्, उदाहरणको लागि, “प्रेरितहरूद्वारा भएको पवित्र आत्माको कार्यहरू ।”
प्रेरितहरूको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम उल्लेख गरेको छैन । तापनि, यो थियोफिलसलाई सम्बोधन गरेर लेखिएको छ । उनै थियोफिलसलाई लूकाको ससमाचारले पनि सम्बोधन गरेको छ । साथै, यस पुस्तकका केही भागमा लेखकले “हामी” शब्द प्रयोग गरेका छन् । यस कुराले लेखकले पावलसँगै यात्रा गरेका थिए भन्ने जनाउँछ । पावलका साथमा यात्रा गर्ने यी व्यक्ति लूका नै थिए भन्ने धेरैजसो विद्वानहरूको विचार रहेको छ । यसकारण, ख्रीष्टिएनहरूको सुरुको समयदेखि नै धेरैजसो ख्रीष्टिएनहरूले लूकाले नै प्रेरितहरूका काम र लूकाको सुसमाचार लेखेका हुन् भनेर विचार गरेका छन् ।
लूका चिकित्साविज्ञानका डाक्टर थिए । तिनले लेखेका तरिकाले तिनी शिक्षित मानिस थिए भन्ने दर्शाउँछ । शायद तिनी एक अन्यजाति थिए । प्रेरितहरूका पुस्तकमा वर्णन भएका धेरैजसो घटना तिनका आफ्नै आँखाले देखेका थिए ।
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
मण्डली भनेको के हो ?
मण्डली ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूको समूह हो । मण्डलीले यहूदी र अन्यजाति दुवै विश्वासीहरूलाई समावेश गरेको हुन्छ । यस पुस्तकमा भएका घटनाहरूले परमेश्वरले मण्डलीलाई सहायता पुर्याउँदै हुनुहुन्छ भनी दर्शाउँछन् । धर्मी जीवन बिताउन उहाँले विश्वासीहरूलाई पवित्र आत्माद्वारा सशक्त तुल्याउनुभयो ।
भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू
प्रेरितहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
प्रेरितको पुस्तकका पाठसम्बन्धी महत्त्वपूर्ण पक्षहरू यी नै हुन्ः
तलका पदहरू बाइबलका पुराना अनुवादहरूमा छन्, तर उत्तम प्राचीन प्रतिलिपिमा छैनन् । कुनै आधुनिक अनुवादले पुराना पदहरूलाई ठूला कोष्ठकहरूमा ([]) राख्छन् । यूएलटी र यूएसटीले तिनलाई पादटिप्पणीमा समावेश गर्छन् ।
- “फिलिपले भने, ‘यदि तिमीले तिम्रो सारा हृदयले विश्वास गर्छौ भने, तिमीले बप्तिस्मा लिन सक्छौ ।’ इथियोपियालीले जवाफ दिए, ‘म विश्वास गर्छु कि येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ’” (प्रेरितहरू ८:३७) ।
- “तर सिलासलाई त्यहाँ रहन उचित लाग्यो ।” (प्रेरितहरू १५:३४)
- “र हामी उसलाई हाम्रो व्यवस्थाअनुसार इन्साफ गर्न चाहन्थ्यौँ । तर सेनापति लुसियस, आए र उसलाई हाम्रा हातहरूबाट जबरजस्ती लिएर तपाईंकहाँ पठाए ।” (प्रेरितहरू २४:६ख-८क)
- “जब उनले यी कुराहरू भनिसकेका थिए, यहूदीहरू आपसमा ठूलो विवाद गर्दै बिदा भए ।” (प्रेरितहरू २८:२९)
तलका पदहरूमा, मौलिक लेखले के भनेको छ भन्ने पक्का छैन । अनुवादकहरूले कुन लेख अनुवाद गर्ने भनी रोज्नुपर्छ । यूएलटीले पहिलो पाठ समावेश गर्छ तर दोस्रो पाठलाई पादटिप्पणीमा समावेश गर्छ । * “तिनीहरू यरूशलेमबाट फर्के” (प्रेरितहरू १२:२५) । केही संस्करणहरूमा यसरी भनिएको छ, “तिनीहरू यरूशलेममा (अथवा त्यहाँ) फर्के” । * “उहाँले तिनीहरूलाई सहनुभयो” (प्रेरितहरू १३:१८) । केही संस्करणहरूमा यसरी भनिएको छ, “उहाँले तिनीहरूको वास्ता गर्नुभयो” । * “प्रभुले यसो भन्नुहुन्छ, जसले ती कुराहरू गर्नुभएको छ जुन प्राचीन कालहरूदेखि जानिएका छन् ।” (प्रेरितहरू १५:१७-१८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “प्रभुले यसो भन्नुहुन्छ, जसलाई प्राचीन कालहरूदेखिका उहाँका सबै कार्यहरू थाहा छ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Acts 1
प्रेरितहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायमा लेखेको कुरालाई सामान्य रूपमा “स्वर्गारोहण” भनेर जानिन्छ । येशूको पुनरुत्थान भएपछि उहाँ फर्केर स्वर्गमा जानुभयो । उहाँको “दोस्रो आगमनमा” उहाँ फर्केर नआउञ्जेलसम्म उहाँ फेरि आउनुहुन्न । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि पुनरुत्थान)
यूएसटीले “प्रिय थियोफिलस” शब्दलाई अरू शब्दहरूबाट अलग राखेको छ । अङ्ग्रेजी भाषा बोल्नेहरूले पत्र लेख्न यसरी नै सुरु गर्दछन् । तपाईंले आफ्नो संस्कृतिका मानिसहरूले पत्र लेख्न सुरु गरे झैँ गरी यो पुस्तक सुरु गर्न सक्नुहुन्छ ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १:२० मा भजनसङ्ग्रहको पुस्तकबाट लिइएको दुईवटा उद्धरणहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
बप्तिस्मा दिनु
यस अध्यायमा “बप्तिस्मा” शब्दका दुई अर्थ रहेका छन् । यसले युहन्नाले दिएको पानीको बप्तिस्मा र पवित्र आत्माको बप्तिस्मालाई जनाउँछ (प्रेरितहरू १:५(../../act/01/05.md)) । (हेर्नुहोस्ः बप्तिस्मा दिनु, बप्तिस्मा)
“उहाँले परमेश्वरको राज्यको बारेमा बोल्नुभयो”
केही विद्वानहरू विश्वास गर्दछन्, येशूले “परमेश्वरको राज्यको बारेमा भन्नुहुँदा” उहाँको मृत्यु हुनुभन्दा पहिला परमेश्वरको राज्य किन आएन भनी उहाँले चेलाहरूलाई स्पष्ट पार्नुभयो । अरूको विश्वास छ, येशू जीवित हुनुहुँदा नै परमेश्वरको राज्य सुरु भयो । अनि यहाँ परमेश्वरको राज्य नयाँ स्वरूपमा सुरु हुने कुरालाई उहाँले स्पष्ट पार्दै हुनुहुन्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
बाह्र चेलाहरू
बाह्र चेलाहरूको सूची निम्नानुसार छः
मत्तीमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब, जब्दियाका छोरा यूहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ती, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी र यहूदा इस्करियोत ।
मर्कुसमाः
सिमोन (पत्रुस), अन्द्रियास, जब्दियाका छोरा याकूब र जब्दियाका छोरा यूहन्ना (जसलाई उहाँले बोअनर्गेस नाम दिनुभयो, जसको अर्थ हो , गर्जनका पुत्रहरू), फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन उग्रपन्थी, र यहूदा इस्करियोत ।
लूकामाः
सिमोन (पत्रुस), अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, सिमोन (जसलाई उग्रपन्थी भनिन्थ्यो), याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत ।
सम्भवतः थेदियस र याकूबका छोरा, यहूदा एउटै व्यक्ति हुन् ।
आखेल्दामा
यो हिब्रु वा आरमेइक वाक्यांश हो । लूकाले यो ग्रीक अक्षरमा लेखे, र यसरी यो कस्तो सुन्न सकिन्छ भनेर तिनका पाठकहरूले थाहा पाऊन् । अनि तिनले यसको अर्थ बताए । तपाईंले यसलाई आफ्नो भाषाको अक्षरले लेखेर अर्थ स्पष्ट पार्नुपर्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
Acts 1:1
τὸν μὲν πρῶτον λόγον ἐποιησάμην
पहिलो पुस्तक लूकाको सुसमाचार हो ।
Θεόφιλε
लूकाले यो पुस्तक थियोफिलस नाम गरेका मानिसलाई लेखेका हुन् । कतिपय अनुवादहरूले तिनीहरूको पत्रमा सम्बोधन गर्ने तरिकालाई आफ्नै संस्कृतिअनुसार गर्ने गर्छन्, र पत्रको वाक्यको सुरुमा “प्रिय थियोफिलस” भनेर लेख्छन् । थियोफिलसको अर्थ हुन्छ, “परमेश्वरका मित्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 1:2
ἀνελήμφθη
यसले येशू स्वर्गारोहण हुनुभएको कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई माथि स्वर्गमा लाने दिनसम्म” वा “उहाँ माथि स्वर्गमा उक्लेर जानुभएको दिनसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
पवित्र आत्माले निश्चित कुराहरूमा प्रेरितहरूलाई निर्देशन गर्न येशूलाई अगुवाइ गर्नुभयो ।
Acts 1:3
μετὰ τὸ παθεῖν αὐτὸν
यसले येशूको दुःख र क्रूसमा भएको मृत्युलाई जनाउँछ ।
δι’ ἡμερῶν τεσσεράκοντα, ὀπτανόμενος αὐτοῖς, καὶ λέγων
येशू प्रेरितहरूकहाँ र अरू धेरै जना चेलाहरूकहाँ देखा पर्नुभयो ।
Acts 1:4
ἠκούσατέ
यहाँ “उहाँ” शब्दले येशूलाई जनाउँछ । अन्य किसिमले नबताइएसम्म, प्रेरितको पुस्तकमा भएको “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
यो येशू मृतकहरूबाट जीवित भएर तिनीहरूकहाँ देखा परेको ४० दिनको समयमा भएको घटना हो ।
ἀπὸ Ἱεροσολύμων, μὴ χωρίζεσθαι
“येशूले उहाँका चेलाहरूसँग भेटघाट गरिरहँदा”
τὴν ἐπαγγελίαν τοῦ Πατρὸς
यो पवित्र आत्मालाई गरिएको उल्लेख हो । वैकल्पिक अनुवादः “पवित्र आत्मा, जसलाई पिताले पठाउने प्रतिज्ञा गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
ἣν ἠκούσατέ μου
यदि तपार्इंले अगिल्लो वाक्यमा “पवित्र आत्मा” शब्द पनि राखेर अनुवाद गर्नुभएको छ भने, तपार्इंले “त्यस” शब्दलाई “जस”मा परिवर्तन गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा येशूले भन्नुभयो”
Acts 1:5
Ἰωάννης
येशूले यूहन्नाले कसरी मानिसहरूलाई पानीको बप्तिस्मा दिए र परमेश्वरले कसरी विश्वासीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनुहुने थियो भन्ने कुराको बीचमा भएको भिन्नतालाई देखाउनुहुन्छ ।
Ἰωάννης
“यूहन्नाले वास्तवमा मानिसहरूलाई पानीको बप्तिस्मा दिए”
ὑμεῖς…βαπτισθήσεσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बप्तिस्मा दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 1:6
οἱ μὲν οὖν συνελθόντες, ἠρώτων αὐτὸν
यहाँ “तिनीहरू” शब्दले प्रेरितहरूलाई जनाउँछ ।
εἰ…ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ
“के तपार्इंले इस्राएललाई फेरि एउटा बलियो राज्य बनाउनुहुनेछ”
Acts 1:7
χρόνους ἢ καιροὺς
सम्भावित अर्थहरू हुन् १) “समयहरू” र “ऋतुहरू” शब्दले विभिन्न प्रकारका समयहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “सामान्य समय अवधि वा खास मिति” वा २) यी दुई शब्द मूल रूपमा पर्यायवाची शब्दहरू हुन् । वैकल्पिक अनुवादः “ठीक समय” (हेर्नुहोस्ः प्रतिरूपी)
Acts 1:8
λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες
प्रेरितहरूले शक्ति प्राप्त गर्नेछन् र त्यसले तिनीहरूलाई येशूका साक्षीहरू हुनलाई सक्षम तुल्याउनेछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई शक्ति दिनुहुनेछ ... मेरो साक्षी हुनलाई ... ”
ἕως ἐσχάτου τῆς γῆς
सम्भावित अर्थहरू हुन् १) “सारा संसारभरी” वा २) “पृथ्वीका सबैभन्दा टाढाका ठाउँहरूसम्म” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 1:9
βλεπόντων αὐτῶν
“जसै तिनीहरूले हेरिरहे ।” प्रेरितहरूले येशूलाई “माथि हेरिरहेका थिए” किनकि येशू आकाशमा उक्लिनुभयो । वैकल्पिक अनुवादः “जब तिनीहरूले माथि आकाशमा हेरिरहेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπήρθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ आकाशमा उचालिनुभयो” वा “परमेश्वरले उहाँलाई आकाशमा उठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν
“एउटा बादलले तिनीहरूको दृष्टि छेकिदियो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्”
Acts 1:10
ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν
“एकोहोरो आकाशमा हेरिरहेका” वा “लगातार आकाशमा हेरिरहेका”
Acts 1:11
ἄνδρες, Γαλιλαῖοι
स्वर्गदूतहरूले प्रेरितहरूलाई गालीलबाट आएका मानिसहरूको रूपमा सम्बोधन गर्छन् ।
ὃν τρόπον
येशू स्वर्गमा जाँदा जसरी बादलले उहाँलाई ढाक्यो, उहाँ त्यसरी नै आकाशमा फर्कनुहुनेछ ।
Acts 1:12
ὑπέστρεψαν
“प्रेरितहरू फर्किए”
Σαββάτου ἔχον ὁδόν
यसले रब्बीहरूको परम्परामा मानिसलाई विश्रामको दिनमा हिँड्न अनुमति दिइएको दूरीलाई जनाउँछ । वैकल्पिक अनुवादः “लगभग एक किलो मिटर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 1:13
ὅτε εἰσῆλθον
“जब तिनीहरू आफ्नो गन्तव्य यरूशलेममा पुगे ।” पद १२ ले तिनीहरू यरूशलेममा फर्किरहेका थिए भनेको छ ।
εἰς τὸ ὑπερῷον, ἀνέβησαν οὗ ἦσαν καταμένοντες
“घरको माथिल्लो तल्लामा रहेको एउटा कोठा”
Acts 1:14
ὁμοθυμαδὸν
यसको अर्थ हो कि त्यहाँ भएका प्रेरितहरू र विश्वासीहरूको सबैको प्रतिबद्धता र उद्देश्य साझा थिए अनि तिनीहरूका बीचमा कुनै कलह थिएन ।
यसको अर्थ चाहिँ चेलाहरूले नियमित रूपमा र बारम्बार एकसाथ प्रार्थना गरे भन्ने हुन्छ ।
Acts 1:15
ἐν ταῖς ἡμέραις ταύταις
यो घटना पत्रुस र अन्य विश्वासीहरू माथिल्लो कोठामा एकसाथ बसिरहेको बेला घटेको हो ।
καὶ ἐν ταῖς ἡμέραις ταύταις
यी शब्दहरूले कथाको नयाँ भागको सुरुवातलाई सङ्केत गर्छन् । तिनीहरूले येशू स्वर्गमा चढ्नुभएपछि चेलाहरू माथिल्लो कोठामा बसेको समयावधिलाई जनाउँछन् । वैकल्पिक अनुवादः “त्यस समयमा” (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι
“एकसय बीस जना मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τῶν ἀδελφῶν
यहाँ “भाइहरू” शब्दले सङ्गी विश्वासीहरू, पुरुष र स्त्री दुवैलाई जनाउँछ ।
Acts 1:16
ἔδει πληρωθῆναι τὴν Γραφὴν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रबाट पढिएका कुराहरू पूरा हुनै पर्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ στόματος Δαυεὶδ
“मुख” शब्दले दाऊदले लेखेका वचनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाऊदका वचनहरूबाट” (हेर्नुहोस्ः लक्षणा)
Acts 1:18
μὲν οὖν
पदहरू १८-१९ मा यहूदा कसरी मर्यो र ऊ मरेको खेतलाई मानिसहरूले के भने भन्ने कुराको बारेमा लेखक जानकारी दिन्छन् । यो पत्रुसका वचनहरूको अंश होइन । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 1:17
ἐν ἡμῖν
पत्रुसले सारा समूहलाई सम्बोधन गरिरहेको भए तापनि यहाँ “हामीलाई” शब्दले प्रेरितहरूलाई मात्रै जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ὅτι
पद १७ मा पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई निरन्तरता दिन्छन् ।
Acts 1:18
οὗτος
“यस मानिस” भन्ने शब्दहरूले यहूदा इस्करियोतलाई जनाउँछ ।
ἐκ μισθοῦ τῆς ἀδικίας
“उसले दुष्ट काम गरेर कमाएको पैसा ।” “दुष्ट काम”ले यहूदा इस्करियोतले येशूलाई मार्ने मानिसहरूकहाँ उहाँलाई सुम्पिएर धोका दिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πρηνὴς γενόμενος
यसले यहूदा खसेको मात्र नभइ अग्लो ठाउँबाट खसेको कुरालाई जनाउँछ । त्यो खसाइ त्यसको शरीर फाटिने खालको गम्भीर थियो । धर्मशास्त्रका अरू खण्डहरूले ऊ झुण्डिएर मर्यो भनेर देखाउँछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 1:19
Ἁκελδαμάχ
जब यरूशलेममा बस्ने मानिसहरूले यहूदा कसरी मरेको थियो भन्ने कुरा थाहा पाए, तिनीहरूले त्यस खेतलाई नयाँ नाम दिए ।
Acts 1:20
γέγραπται…ἐν βίβλῳ Ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ; καί, τὴν ἐπισκοπὴν αὐτοῦ, λαβέτω ἕτερος
पत्रुसले भर्खर वर्णन गरेका यहूदाको अवस्थाको आधारमा, उनले दाऊदका दुई भजनहरूलाई सम्झन्छन् जुन यस घटनासँग सम्बन्धित छ । पदको अन्तमा उद्धरणन समाप्त हुन्छ ।
γέγραπται γὰρ
पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई निरन्तरता दिन्छन् ।
γέγραπται…ἐν βίβλῳ Ψαλμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने दाऊदले भजनसंग्रहको पुस्तकमा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ
यी दुईवटा वाक्यांशहरूले एउटै कुरालाई जनाउँछन् । दोस्रोले पहिलोको विचारलाई दोहोर्याएर फरक शब्दहरूमा त्यही अर्थलाई जोड दिएको छ । (हेर्नुहोस्ः समान्तरता)
γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ
सम्भावित अर्थहरू हुन् १) “खेत” शब्दले यहूदा मरेको खेतलाई जनाउँछ वा २) “खेत”ले यहूदाको बस्ने ठाउँलाई जनाउँछ र उसको परिवारलाई आलङ्कारिक रूपमा व्यक्त गर्छ । (हेर्नुहोस्ः रूपक)
γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος
“रित्तो बनोस्”
Acts 1:21
ἡμῖν…ἡμᾶς
यहाँ “हामीलाई” शब्दले प्रेरितहरूलाई जनाउँछ र पत्रुस बोल्दै गरेको श्रोतालाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
पत्रुसले प्रेरितहरू १:१६ मा विश्वासीहरूलाई भन्न सुरु गरेका वचनलाई समापन गर्छन् ।
उनले उद्धृत गरेको पवित्रशास्त्र र यहूदाले गरेको कुराको आधारमा पत्रुसले समूहले के गर्नुपर्छ भनेर बताउँछन् ।
εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς
मानिसका समूहको बीचमा रहेर भित्र बाहिर गर्ने भनेको उक्त समूहसँग खुल्ला रूपमा सहभागिता जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभु येशू हाम्रा माझमा बस्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 1:22
ἕνα τούτων
पद २१ मा “यसकारण यो आवश्यक छ ... मानिसहरूमध्येको एकजना जो हाम्रो साथमा थियो” भन्ने शब्दहरूसँग सुरु भएको नयाँ प्रेरितको लागि चाहिएको योग्यताको विवरण यहाँ अन्त हुन्छ । त्यसैले “हुनुपर्छ” भन्ने क्रियापदको कर्ता चाहिँ “मानिहरूमध्ये एकजना” भन्ने हुन्छ । यहाँ वाक्यको छोटो रूप छः “यो आवश्यक छ ... मानिसहरूमध्ये एकजना जो हाम्रो साथमा थियो ... यूहन्नाको बप्तिस्मादेखि सुरु गरेर ... हामीसँग एक गवाही हुनुपर्छ ।”
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου
नाम शब्द “बप्तिस्मा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “यूहन्नाले येशूलाई बप्तिस्मा दिएको समयदेखि सुरु गरेर” वा २) “यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको समयदेखि सुरु गरेर” (हेर्नुहोस्ः भाववाचक नाम)
ἀνελήμφθη ἀφ’ ἡμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले हामीलाई छोडेर स्वर्गमा नचढुन्जेलसम्म” वा “परमेश्वरले उहाँलाई माथि नलगुन्जेलसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς ἀναστάσεως αὐτοῦ
“उहाँको पुनरुत्थानको बारेमा हामीसँगै गवाही दिन सुरु गर्नुपर्छ”
Acts 1:23
ἔστησαν δύο
यहाँ “तिनीहरू” शब्दले त्यहाँ उपस्थित भएका विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले पत्रुसले दिएको सूचीसँग मेल खाने दुईजना मानिसको नाम प्रस्ताव गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “योसेफ जसलाई मानिसहरूले युस्तस र बारसाबास भन्थे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 1:24
προσευξάμενοι, εἶπαν
“तिनीहरू”ले सबै विश्वासीलाई जनाउँछ । यी वचनहरू बोल्ने व्यक्ति सायद कुनै एक जना प्रेरित हुनुपर्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूले सँगै प्रार्थना गरे र प्रेरितहरूमध्ये एकले भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
σὺ Κύριε, καρδιογνῶστα πάντων
यहाँ “हृदय”ले विचारहरू र मनसायलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु, तपार्इंले प्रत्येकको भित्री मनसाय र विचारहरू जान्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Acts 1:25
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς
यहाँ “प्रेरितको काम”ले कुन किसिमको सेवा हो भन्ने कुरालाई परिभाषित गर्छ । वैकल्पिक अनुवादः “प्रेरितीय सेवामा यहूदाको ठाउँ लिनको लागि” वा “प्रेरितको रूपमा सेवा गर्नको लागि यहूदाको ठाउँ लिनको लागि” (हेर्नुहोस्ः प्रतिरूपी)
ἀφ’ ἧς παρέβη Ἰούδας
यहाँ “तर्किएर गयो” भन्ने अभिव्यक्तिको अर्थ यहूदाले यस सेवकाइको काम गर्नलाई छोड्यो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जुन काम गर्न यहूदाले छोड्यो”
πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον
यसले यहूदाको मृत्युलाई र शायद मृत्युपछिको उसको न्यायलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफ्नो ठाउँमा जानको लागि” (हेर्नुहोस्ः व्यञ्जना)
Acts 1:26
ἔδωκαν κλήρους αὐτοῖς
योसेफ र मतियासको बीचमा निर्णय गर्न तिनीहरूले चिट्ठा हाले ।
ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν
यहूदाको स्थान लिन मतियासलाई नियुक्त गर्ने भनी चिट्ठाले सङ्केत गर्यो ।
συνκατεψηφίσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूले तिनलाई अन्य एघार जनालाई जस्तै प्रेरित मानिलिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 2
प्रेरितहरू ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१७-२१, २५-२८, र ३४-३५ मा पुरानो करारबाट उद्धरण गरेर ल्याएको कवितासँग यसै गर्छ ।
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले २:३१ मा उद्धरण गरेर राखिएको सामग्रीसँग यसै गर्छ ।
यस अध्यायमा वर्णन गरेको घटनालाई सामान्य रूपले “पेन्तिकोस” भन्ने गरेको छ । यस अध्यायमा विश्वासीहरूसँग रहनलाई पवित्र आत्मा आउनुभएपछि मण्डलीको अस्तित्व सुरु भएको हो भनेर धेरै मानिसहरूले विश्वास गर्दछन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
जिब्रोहरू
यस अध्यायमा “अरू भाषा” शब्द प्रयोग भएको छ, र यसको दुई अर्थ छन् । आगोजस्तो देखिने जिब्रोहरू स्वर्गबाट तल आए (प्रेरितहरू २:३) भनेर लूकाले लेखे । “आगोका जिब्राहरू” भनेको चाहिँ जिब्रो जस्तो देखिने आगो नै हो । यसर्थ यी दुई बीचमा फरक छ । पवित्र आत्माले मानिसहरूलाई भरिदिनुभएपछि तिनीहरूले बोलेका भाषाको वर्णन गर्नलाई पनि लूकाले “भाषा” शब्दको प्रयोग गरेका छन् (प्रेरितहरू २:४) ।
अन्त्यका दिनहरू
अन्त्यका दिनहरू कहिले सुरु भयो भनेर कसैलाई थाहा छैन (प्रेरितहरू २:१७) । यसलाई यूएलटीले जे लेख्दछ, तपाईंको अनुवादले त्योभन्दा बढी केही नभनोस् । (हेर्नुहोस्ः अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू)
बप्तिस्मा दिनु
यस अध्यायको “बप्तिस्मा” शब्दले ख्रीष्टिएन बप्तिस्मालाई जनाउँछ (प्रेरितहरू २:३८-४१) । हुन त प्रेरितहरू २:१-११ मा वर्णन भएको घटना पवित्र आत्माको बप्तिस्मा हो जुन येशूले प्रेरितहरू १:५ मा प्रतिज्ञा गर्नुभयो, “बप्तिस्मा देओ” भन्ने कुराले यहाँ त्यसलाई जनाउँदैन । (हेर्नुहोस्ः बप्तिस्मा दिनु, बप्तिस्मा)
योएलको अगमवाणी
योएलले भनेका भविष्यमा पूरा हुने धेरैजसो कुरा पेन्तिकोसको दिनमा पूरा भयो (प्रेरितहरू २:१७-१८), तर योएलले भनेका केही कुरा भने भएनन् (प्रेरितहरू २:१९-२०) । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी)
आश्चर्यकर्महरू र चिन्हहरू
परमेश्वरले मात्र गर्न सक्नुहुने कुराहरूलाई यी शब्दले जनाउँछन्, र यसले चेलाहरूले येशू जो हुनुहुन्छ भने, उहाँ त्यही हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।
Acts 2:1
καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς
यो नयाँ घटना हो; यो निस्तार चाडभन्दा ५० दिनपछिको पेन्तिकोसको दिन हो ।
ἦσαν πάντες ὁμοῦ
यहाँ “तिनीहरू” शब्दले प्रेरितहरू र अन्य १२० जना विश्वासीहरूलाई जनाउँछ जसको बारेमा लूकाले प्रेरितहरू १:१५ मा उल्लेख गरे ।
Acts 2:2
यसले अप्रत्यासित रूपमा घटेको घटनालाई जनाउँछ ।
ἐκ τοῦ οὐρανοῦ
सम्भावित अर्थहरू हुन् १) “स्वर्गले” परमेश्वर बस्नुहुने स्थानलाई जनाउँछ । वैकल्पिक अनुवादः “एउटा आवाज स्वर्गबाट आयो” वा २) “स्वर्गले” आकाशलाई जनाउँछ । वैकल्पिक अनुवादः “आकाशबाट एउटा आवाज आयो”
φερομένης πνοῆς βιαίας
“एउटा धेरै शक्तिशाली बतास आएजस्तो आवाज”
ὅλον τὸν οἶκον
यो एउटा घर पनि हुन सक्छ वा ठूलो भवन पनि हुन सक्छ ।
Acts 2:3
γλῶσσαι ὡσεὶ πυρός
यिनीहरू वास्तविक आगोका जिब्राहरू होइनन्, तर तीजस्तै देखिने कुराहरू हुन् । सम्भावित अर्थहरू हुन् १) आगोले बनेका जस्तै देखिने जिब्राहरू वा २) जिब्राजस्तै देखिने आगोका साना ज्वालाहरू । जब एउटा दियोमा जस्तै सानो ठाउँमा आगो बल्छ, त्यसको ज्वालाले जिब्रोको आकार दिन्छ । (हेर्नुहोस्ः उपमा)
διαμεριζόμεναι
यसको अर्थ हुन्छ कि “आगोका जिब्राहरू जस्ता” भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
Acts 2:4
ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ हुनेहरू सबैलाई पवित्र आत्माले भर्नुभयो र” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις
तिनीहरूले पहिले नजानेको भाषामा बोल्दै थिए ।
Acts 2:5
δὲ
यहाँ “तिनीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । “उसको” शब्दले भीडमा भएका हरेक व्यक्तिलाई जनाउँछ । पद ५ ले यरूशलेममा बस्ने धेरै जना यहूदीको बारेमा जानकारी दिन्छ । तिनीहरूमध्ये धेरै जना यो घटना हुँदा उपस्थित भएका थिए । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἄνδρες εὐλαβεῖς
यसले परमेश्वरको आराधनामा भक्तिसाथ लाग्ने र सबै यहूदी व्यवस्था पालना गर्ने मानिसहरूलाई जनाउँछ ।
παντὸς ἔθνους
“संसारमा रहेका हरेक जाति ।” “हरेक” शब्द धेरै देशबाट मानिसहरू आएका थिए भन्ने जनाउनको लागि प्रयोग गरिएको अतिशयोक्ति हो । वैकल्पिक अनुवादः “धेरै फरक-फरक जातिहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Acts 2:6
συνεχύθη
यसले हुरी बतासको जस्तो आवाजलाई जनाउँदछ । वैकल्पिक अनुवादः “जब तिनीहरूले यो आवाज सुने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν
“मानिसहरूको ठूलो भीड”
Acts 2:7
ἐξίσταντο…καὶ ἐθαύμαζον
यी दुईवटा शब्दको अर्थ एउटै हुन्छ । यी दुवै शब्दले आश्चर्यचकित परेको अवस्थालाई जनाउँछन् । वैकल्पिक अनुवादः “तिनीहरू असाध्यै चकित भए” (हेर्नुहोस्ः प्रतिरूपी)
οὐχ…ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι
मानिसहरूले यो प्रश्न आफ्नो आश्चर्य प्रकट गर्नलाई सोधेका हुन् । प्रश्नलाई बदलेर विस्मयादिबोधक बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी सबै गालीलीले हाम्रो भाषा जान्न सक्दैनन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि विस्मयादि)
Acts 2:8
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν?
सम्भावित अर्थहरू हुन् १) यो तिनीहरू कति छक्क परेका थिए भन्ने जनाउने एउटा आलङ्कारिक प्रश्न हो वा २) यो एउटा वास्तविक प्रश्न हो, जसको मानिसहरू जवाफ चाहन्थे । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐν ᾗ ἐγεννήθημεν
“हामीले हाम्रो जन्मदेखि सिकेको भाषामा”
Acts 2:9
Πάρθοι…Μῆδοι…Ἐλαμεῖται
यी मानिसहरूका समूहहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὴν Μεσοποταμίαν, Ἰουδαίαν;…Καππαδοκίαν, Πόντον…Ἀσίαν
यिनीहरू ठूला भूभागहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 2:10
Φρυγίαν…Παμφυλίαν, Αἴγυπτον…Λιβύης
यिनीहरू ठूला भूभागहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 2:11
Κρῆτες…Ἄραβες
यी मानिसहरूका समूहहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἰουδαῖοί τε καὶ προσήλυτοι
यहूदी धर्ममा आएकाहरू
Acts 2:12
ἐξίσταντο…πάντες καὶ διηποροῦντο
यी दुईवटै शब्दको अर्थ एउटै हुन्छ । एकसाथमा तिनीहरूले जोड दिन्छन् कि मानिसहरूले भइरहेको कुरालाई बुझ्न सकेनन् । वैकल्पिक अनुवादः “छक्क परेको र अलमल्ल परेको” (हेर्नुहोस्ः प्रतिरूपी)
Acts 2:13
γλεύκους μεμεστωμένοι εἰσίν
विश्वासीहरूले धेरै मद्य पिएका थिए भनेर केही मानिसहरूले दोषारोपण गरे । वैकल्पिक अनुवादः “तिनीहरू मद्यले मातिएका छन्” (हेर्नुहोस्ः टुक्काहरू)
γλεύκους
यसले खमीर हालेर बनाउँदै गरेको प्रक्रियामा नै रहेको मद्यलाई जनाउँछ ।
Acts 2:14
σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ
पेन्तिकोसको दिनमा भेला भएका यहूदीहरूको लागि पत्रुसले आफ्नो भाषण सुरु गर्छन् ।
τοῖς ἕνδεκα
सबै प्रेरित पत्रुसको भनाइमा समर्थन हुँदै खडा भए ।
ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς
यो चाहिँ “ठूलो स्वरले बोले” भन्ने कुरालाई जनाउने वाक्पद्धति हो । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-idiom/01.md)
τοῦτο ὑμῖν γνωστὸν ἔστω
यसको अर्थ हो कि मानिसहरूले भर्खर देखेका कुराहरूको अर्थलाई पत्रुसले व्याख्या गर्न लागेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो जान्नुहोस्” वा “यसलाई व्याख्या गर्न मलाई दिनुहोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐνωτίσασθε τὰ ῥήματά μου
पत्रुसले जे भनेका थिए, त्यही तिनले उल्लेख गरे । वैकल्पिक अनुवादः “मैले भनेको कुरामा ध्यान दिएर सुन्नुहोस्” (हेर्नुहोस्ः लक्षणा)
Acts 2:15
ἔστιν…ὥρα τρίτη τῆς ἡμέρας
“अहिले बिहानको ९ मात्र बजेको छ” । पत्रुसले आफ्ना दर्शकवृन्दले यो बुझेको चाहन्थे कि बिहान सबेरै कोही पनि दाखमद्यले मात्दैन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 2:16
τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
यहाँ पत्रुसले तिनीहरूलाई एउटा खण्ड भन्छन् जसको बारेमा योएल अगमवक्ताले पुरानो करारमा लेखे जुन विश्वासीहरूले विभिन्न भाषाहरूमा बोलेको कुराबाट के भइरहेको छ भन्ने कुरासँग सम्बन्धित छ । यसलाई कविताको रूपमा लेखेका छन् । साथै यो एउटा उद्धरण पनि हो ।
τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले योएल अगमवक्तालाई यो लेख्न लगाउनुभयो” वा “योएल अगमवक्ताले यसो भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 2:17
καὶ ἔσται
“पछि हुने कुरा यही हो” वा “म यसो गर्नेछु”
ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου
“खनाउनेछु” शब्दले उदारतासाथ र प्रशस्ततासँग दिनु भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “म सबै मानिसलाई प्रशस्त मात्रामा मेरो आत्मा दिनेछु” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:18
καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν
पत्रुसले योएल अगमवक्ताको वचनलाई उद्धरण गर्नलाई निरन्तरता दिन्छन् ।
ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου
“मेरा दास र दासीहरू दुवै ।” यी शब्दहरूले परमेश्वरले आफ्ना पुरुष र स्त्री दुवै दासहरूमाथि आफ्नो आत्मा खन्याउनुहुनेछ भनेर जोड दिन्छन् ।
ἐπὶ…ἐπὶ…ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου
यहाँ “खन्याउने छु” शब्दले उदारता साथ र प्रशस्त गरी दिने भन्ने अर्थ लाग्छ । तपाईंले यसलाई प्रेरितहरू २:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “म सबै मानिसहरूलाई मेरो आत्मा प्रशस्त गरी दिनेछु” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:19
ἀτμίδα καπνοῦ
“बाक्लो धूँवा” वा “धूँवाका कुइरोहरू”
Acts 2:20
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
पत्रुसले योएल अगमवक्ताबाट उद्धृत गर्ने काम समाप्त गर्छन् ।
ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος
यसको अर्थ हुन्छ कि सूर्य चम्किलो देखिनुको साटो अँध्यारो देखिनेछ । वैकल्पिक अनुवादः “सूर्य अँध्यारो हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ἡ σελήνη εἰς αἷμα
यसको अर्थ हुन्छ कि चन्द्रमा रगत जस्तै रातो देखिनेछ । वैकल्पिक अनुवादः “चन्द्रमा रातो देखिनेछ” (हेर्नुहोस्ः रूपक अनि शब्दलोप)
ἡμέραν…τὴν μεγάλην καὶ ἐπιφανῆ
“महान्” र “उल्लेखनीय” दुवै शब्दले एक अर्थ जनाउँछन् र महानताको तीव्रतालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “अति महान् दिन” (हेर्नुहोस्ः प्रतिरूपी)
ἐλθεῖν ἡμέραν Κυρίου
महान् र सुन्दर
Acts 2:21
πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले उहाँको नाउँ पुकार्ने हरेकको उद्धार गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
Acts 2:22
ἄνδρες, Ἰσραηλεῖται
पत्रुसले प्रेरितहरू १:१६ मा यहूदीहरूलाई भन्ने सुरु गरेका उनको भाषणलाई निरन्तरता दिन्छन् ।
ἀκούσατε τοὺς λόγους τούτους
“मैले बताउन खोजेको कुरा सुन्नुहोस्”
ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ
यसको अर्थ हुन्छ कि परमेश्वरले येशूलाई उहाँको कार्यलक्ष्यको लागि नियुक्त गर्नुभयो भनेर प्रमाणित गर्नुभयो, र उहाँ को हुनुहुन्थ्यो भनेर उहाँका थुप्रै आश्चर्यकर्महरूद्वारा प्रमाणित गर्नुभयो ।
Acts 2:23
τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ
“योजना” र “पूर्वज्ञान” जस्ता नामपद शब्दहरूलाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । यसको अर्थ हुन्छ कि येशूलाई के हुन्छ भन्ने कुरा परमेश्वरलाई पहिले नै थाहा थियो । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले योजना बनाउनुभयो र हुन आउने सबै कुरा जान्नुहुन्थ्यो” (हेर्नुहोस्ः भाववाचक नाम)
τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον
सम्भावित अर्थहरूः १) “तपार्इंहरूले उहाँका शत्रुहरूको हातमा सुम्पिदिनुभयो” वा २) “यहूदाले तपार्इंहरूका लागि येशूलाई धोका दियो ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀνείλατε
“अधर्मी मानिसहरू” येशूलाई मार्ने मानिसहरू भएतापनि पत्रुसले भीडलाई येशूलाई मारेको दोष लगाउँछन् किनकि येशूको मृत्युको माग गर्ने तिनीहरू नै थिए ।
διὰ χειρὸς ἀνόμων
यहाँ “हात” शब्दले अन्याय गर्ने मानिसहरूका कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधर्मी मानिसहरूको कामहरूद्वारा” वा “अधर्मी मानिसहरूले गरेको कुराद्वारा” (हेर्नुहोस्ः लक्षणा)
ἀνόμων
सम्भावित अर्थहरू हुन् १) येशूलाई अपराधको दोष लगाउने अविश्वासी यहूदीहरू वा २) येशूलाई मृत्युदण्ड दिने रोमी सिपाहीहरू ।
Acts 2:24
ὃν ὁ Θεὸς ἀνέστησεν
यहाँ बौह्राउनु भनेको मरिगएको कसैलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “तर परमेश्वरले उहाँलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
λύσας τὰς ὠδῖνας τοῦ θανάτου
पत्रुसले मृत्युलाई पीडादायक डोरीहरूले बाँधेर बन्धनमा राख्ने व्यक्तिको रूपमा कुरा गर्छन् । परमेश्वरले ख्रीष्टको मृत्युलाई समाप्त गर्नुभएको कुरालाई मानौँ परमेश्वरले ख्रीष्टलाई बाँध्ने ती डोरीहरूलाई चुँडाउनुभएर ख्रीष्टलाई स्वतन्त्र पार्नुभएको जस्तै गरेर उनले कुरा गर्छन् । वैकल्पिक अनुवादः “मृत्युको कष्टलाई अन्त गरेर” (हेर्नुहोस्ः रूपक अनि मानवीकरण)
κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मृत्युले उहाँलाई बाँधेर राख्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
ख्रीष्ट मृत रहिरहने कुरा चाहिँ मानौँ मृत्यु उहाँलाई बाँधेर कैदी बनाएर राख्ने कुनै व्यक्ति भए झैँ गरेर पत्रुसले बताउँछन् । वैकल्पिक अनुवादः “उहाँ मृत भइरहन” (हेर्नुहोस्ः मानवीकरण)
Acts 2:25
Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν, προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ
यहाँ पत्रुसले येशूको क्रूसको मृत्यु र चिहानबाट जीवित भएको कुरासँग मेल खाने दाऊदले बोलेको वचनको सम्झना गर्छन् । येशूको बारेमा दाऊदले यी शब्द भने भनी पत्रुसले कुरा गरेका हुनाले, “म” र “मेरो” शब्दहरूले येशूलाई जनाउँछ, अनि “प्रभु” र “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ ।
ἐνώπιόν μου
“मेरो अगाडि ।” वैकल्पिक अनुवादः “मेरो उपस्थितिमा” वा “मसित” (हेर्नुहोस्ः उपलक्षण अनि टुक्काहरू)
ἐκ δεξιῶν μού
कसैको “दाहिने हातपट्टि” भन्नुको अर्थ मदत गर्ने र सम्हाल्ने स्थानमा हुनु हो । वैकल्पिक अनुवादः “ठीक मेरो छेउमा” वा “मलाई सहायता गर्न मसँगै” (हेर्नुहोस्ः उपलक्षण अनि टुक्काहरू)
μὴ σαλευθῶ
यहाँ “डगमगाउनु” शब्दको अर्थ समस्यामा पर्नु हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले मलाई समस्यामा पार्ने छैनन्” वा “केही कुराले पनि मलाई समस्यामा पार्ने छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 2:26
ηὐφράνθη ἡ καρδία μου
मानिसहरूको विचारमा “हृदय” भावनाहरूको केन्द्र हो र “जिब्रो” ले ती भावनाहरूलाई बोल्दछ । वैकल्पिक अनुवादः “म खुशी र आनन्दित थिएँ” (हेर्नुहोस्ः उपलक्षण)
καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
“शरीर”को लागि सम्भावित अर्थहरू हुन् 1) ऊ मरणशील हो जो मर्नेछ । वैकल्पिक अनुवादः “म मरणशील भएतापनि म परमेश्वरमा आत्मविश्वास राख्नेछु” वा २) यो उसको सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्तापकीय शब्द हो । वैकल्पिक अनुवादः “म परमेश्वरमा निर्धक्कताका साथ जिउनेछु” (हेर्नुहोस्ः उपलक्षण)
Acts 2:27
οὐκ ἐνκαταλείψεις…οὐδὲ δώσεις…σου
येशूको बारेमा दाऊदले यी शब्द भने भनी पत्रुसले कुरा गरेका हुनाले, “मेरो”, “पवित्र जन”, र “मलाई” शब्दहरूले येशूलाई जनाउँछन् अनि “तपाईंले” र “तपाईंका” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
पत्रुसले दाऊदबाट उद्धरण लिएर सिद्ध्याउँछन् ।
τὸν Ὅσιόν σου
मसिह, येशूले आफैँलाई “तपाईंका पवित्र जन” भन्नुहुन्छ । वैकल्पिक अनुवादः “नता तपाईंका पवित्र जन, अर्थात् मलाई तपाईंले कुहिएको देख्न दिनुहुनेछ” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
ἰδεῖν διαφθοράν
यहाँ “देख्नु” भन्नाले कुहेको अनुभव हुन दिने हो । “कुहिनु” शब्दले उहाँको शरीरको मृत्यु भएपछि सडेर र गलेर जाने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुहिनलाई” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 2:28
“जीवनमा पुर्याउने बाटो”
μετὰ τοῦ προσώπου σου
यहाँ “मुहार” शब्दले परमेश्वरको उपस्थितिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले तपाईंलाई देख्दा म धेरै खुशी हुन्छु” वा “म तपाईंको उपस्थितिमा हुँदा धेरै खुशी हुन्छु” (हेर्नुहोस्ः लक्षणा)
πληρώσεις με εὐφροσύνης
आनन्द, रमाहट
Acts 2:29
τοῦ πατριάρχου Δαυεὶδ
पदहरू २९ र ३० मा “तिनी,” “तिनको” “तिनलाई” शब्दहरूले दाऊदलाई जनाउँछन् । पद ३१ मा, पहिलो “तिनले” शब्दले दाऊदलाई र उद्धरणभित्र भएको शब्द “उहाँ” र “उहाँको” शब्दहरूले ख्रीष्टलाई जनाउँछन् ।
ἄνδρες, ἀδελφοί
पत्रुसले प्रेरितहरू १:१६ मा उनको वरिपरि रहेका यहूदीहरू र यरूशलेममा भएका अन्य विश्वासीहरूलाई दिन सुरु गरेको उनको भाषणलाई निरन्तरता दिन्छन् ।
ἄνδρες, ἀδελφοί
“मेरा सङ्गी यहूदीहरू, म”
ἐτάφη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी मरे र मानिसहरूले तिनलाई गाडे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 2:30
ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
“परमेश्वरले दाऊदका सन्तानमध्ये एक जनालाई दाऊको सिंहासनमा बसाल्नुहुनेछ ।” वैकल्पिक अनुवादः “परमेश्वरले दाऊद राजाका सन्तानमध्ये एक जनालाई दाऊदको स्थानमा नियुक्त गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
यहाँ “फल” शब्दले “तिनको शरीर”ले उब्जाउने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका सन्तानमध्ये एक जना” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:31
οὔτε ἐνκατελείφθη εἰς ᾍδην
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई पातालमा छोड्नुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν
यहाँ “देख्नु” भनेको केही कुरालाई अनुभव गर्नु हो । “कुहिनु” शब्दले मृत्युपछि उहाँको शरीर सड्दै जाने कुरालाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू २:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँको शरीर सडेर गएन” वा “उहाँको शरीर सडेर जाने गरी धेरै लामो समय उहाँ मृत रहनुभएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 2:32
ἡμεῖς
यहाँ दोस्रो शब्द “यस”ले चेलाहरूले पवित्र आत्मा पाएपछि तिनीहरूले अन्य भाषाहरूमा बोलेको कुरालाई जनाउँछ । “हामी” शब्दले चेलाहरू र येशूको मृत्यु भएपछि उहाँ पुनरुत्थान हुनुभएको कुराको साक्षी भएकाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἀνέστησεν ὁ Θεός
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:33
τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले येशूलाई आफ्नो दाहिने हातपट्टि उठाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῇ δεξιᾷ…τοῦ Θεοῦ
यहाँ “परमेश्वरको दाहिने हात” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ ख्रीष्टले परमेश्वरको रूपमा, परमेश्वरको अधिकारले राज गर्नुहुनेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्ट परमेश्वरको पदमा हुनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
ἐξέχεεν
यहाँ “खन्याउनु” भन्नाले हाम्रा परमेश्वर येशू आफैले यी घटना हुन दिनुभयो भन्ने हो । विश्वासीहरूलाई पवित्र आत्मा दिनुभएर उहाँले यसो गर्नुभयो । वैकल्पिक अनुवादः “उहाँले यी कुराहरू हुन दिनुभएको छ” (हेर्नुहोस्ः टुक्काहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐξέχεεν
यहाँ “खन्याउनुभएको” शब्दले उदारता साथ र प्रशस्त गरी दिने भन्ने अर्थ लाग्छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू २:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रशस्त गरी दिइएको” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:34
εἶπεν Κύριος τῷ Κυρίῳ μου
पत्रुसले फेरि पनि दाऊदको एउटा भजन उद्धृत गर्दछन् । यस भजनमा दाऊदले आफ्नै बारेमा बोलेका छैनन् । “परमप्रभु” र “मेरो” शब्दले परमेश्वरलाई जनाउँछ; “मेरा प्रभु” र “तिमी” शब्दले येशू मसिहलाई जनाउँछ ।
λέγει…αὐτός, εἶπεν Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
पत्रुसले यहूदीहरूलाई प्रेरित १:१६ मा प्रचार गर्न सुरु गरेको करालाई यहाँ सकेका छन् ।
ἐκ δεξιῶν μου
“परमेश्वरको दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा सम्मानको स्थानमा बस” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 2:35
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
यसको अर्थ परमेश्वरले ख्रीष्टका शत्रुहरूलाई पूर्ण रूपले पराजित गर्नुहुन्छ र तिनीहरूलाई उहाँको अधीनमा राख्नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रा सबै शत्रुमाथि मैले तिमीलाई विजयी नतुल्याउन्जेल” (हेर्नुहोस्ः रूपक)
Acts 2:36
πᾶς οἶκος Ἰσραὴλ
यसले इस्राएलको सम्पूर्ण जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक इस्राएली” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:37
κατενύγησαν τὴν καρδίαν
यहाँ “तिनीहरू” शब्दले पत्रुसले प्रचार गरिरहेका भीडमा भएका मानिसहरूलाई जनाउँछ ।
κατενύγησαν τὴν καρδίαν
यहूदीहरूले पत्रुसको भाषणमा प्रतिक्रिया जनाउँछन् र पत्रुसले तिनीहरूको जवाफ दिन्छन् ।
ἄνδρες, ἀδελφοί
“जब पत्रुसले प्रचार गरेका कुरा मानिसहरूले सुने”
ἀκούσαντες…κατενύγησαν τὴν καρδίαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसले भनेका कुराले तिनीहरूका हृदय छियाछिया भयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατενύγησαν τὴν καρδίαν
यसको अर्थ हो कि मानिसहरूले दोषी भएको महसुस गरे र धेरै दुःखी भए । वैकल्पिक अनुवादः “गहन रूपले विचलित भएका” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 2:38
βαπτισθήτω
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई बप्तिस्मा दिन हामीलाई देओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ
यहाँ “नाममा” भनेको “अधिकारद्वारा” भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “येशू ख्रीष्टको अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Acts 2:39
πᾶσι τοῖς εἰς μακρὰν
यसको अर्थ हुन सक्छ १) “टाढा बस्ने सबै मानिस” वा २) “परमेश्वरबाट टाढा भएका सबै मानिस ।”
Acts 2:41
οὖν
यो पेन्तिकोसको दिनमा भएको घटनाको अन्तिम भाग हो । पद ४२ ले पेन्तिकोसको दिनपछि विश्वासीहरूले कसरी जीवन व्यतित गरे भन्ने कुराको सुरुवात गर्छ । (हेर्नुहोस्ः कथाको समापन)
Acts 2:40
διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς
“तिनीहरूलाई तिनले गम्भीर रूपले भने र तिनीहरूसँग अनुरोध गरे ।” यहाँ “गवाही दिए” र “आग्रह गरे” शब्दहरूका अर्थ उस्तै हो र पत्रुसले भनेका कुरामा प्रतिउत्तर जनाउन तिनीहरूलाई तिनले कडा रूपले आग्रह गरेका कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “तिनले तिनीहरूलाई कडा रूपले आग्रह गरे” (हेर्नुहोस्ः प्रतिरूपी)
ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
यसको अर्थ परमेश्वरले “यो दुष्ट पुस्ता” लाई दण्ड दिनुहुन्छ भन्ने हो । वैकल्पिक अनुवादः “यी दुष्ट मानिसहरूले भोग्ने दुःखदायी दण्डबाट तिमीहरूले आफैँलाई बचाओ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 2:41
ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ
यहाँ “ग्रहण गरे” भन्नाले तिनीहरूले पत्रुसले भनेका कुरा सत्य भएको स्वीकार गरे । वैकल्पिक अनुवादः “पत्रुसले भनेका कुरामा तिनीहरूले विश्वास गरे” (हेर्नुहोस्ः टुक्काहरू)
οἱ…ἐβαπτίσθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προσετέθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस दिन करिब तीन हजार मानिस विश्वासीहरूसँग जोडिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ψυχαὶ
यहाँ “प्राणहरू” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “करिब ३,००० मानिसहरू” (हेर्नुहोस्ः उपलक्षण अनि सङ्ख्याहरू)
Acts 2:42
τῇ κλάσει τοῦ ἄρτου
रोटी भोजनको एक अंश हो । सम्भावित अर्थहरू हुन् १) यसले तिनीहरूले एकसाथ मिलेर खाने कुनै पनि भोजनलाई जनाउँछ । वैकल्पिक अनुवादः “एकसाथ मिलेर भोजन खाने” वा २) ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई सम्झना गर्नका लागि तिनीहरूले मिलेर खाने भोजनलाई यसले जनाउँछ । वैकल्पिक अनुवादः “एकसाथ मिलेर प्रभुभोज खाने कार्य” (हेर्नुहोस्ः उपलक्षण)
Acts 2:43
ἐγίνετο…πάσῃ ψυχῇ φόβος
यहाँ “डर” शब्दले परमेश्वरको लागि गहिरो आदर र भयलाई जनाउँछ । “प्राण” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रत्येक व्यक्तिले परमेश्वरको लागि गहिरो आदर र भय महसुस गर्यो” (हेर्नुहोस्ः उपलक्षण)
πολλά…τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο
सम्भावित अर्थहरू हुन् १) “प्रेरितहरूले धेरै अचम्मका कामहरू र चिन्हहरू गरे” वा २) “परमेश्वरले प्रेरितहरूद्वारा धेरै अचम्मका कामहरू र चिन्हहरू गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πολλά…τέρατα καὶ σημεῖα
“आश्चर्यपूर्ण कामहरू र अलौकिक घटनाहरू ।” तपाईंले यसलाई प्रेरितहरू २:२२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 2:44
ἐπὶ τὸ αὐτὸ
सम्भावित अर्थहरू हुन् १) “ती सबैले एउटै कुरामाथि विश्वास गरे” वा २) “विश्वास गर्नेहरू सबै जना एकै ठाउँमा एकसाथ बसेका थिए ।”
εἶχον ἅπαντα κοινά
“तिनीहरूले आफ्ना सबै सम्पत्ति बाँडचुड गर्थे”
Acts 2:45
τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον
“जमिन र तिनीहरूको स्वामित्वमा भएका कुराहरू”
καὶ διεμέριζον αὐτὰ
यहाँ “ती” शब्दले तिनीहरूको सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्त गरेको नाफालाई जनाउँछ । वैकल्पिक अनुवादः “प्राप्त आर्थिक कुराहरू सबैलाई बाँडे” (हेर्नुहोस्ः लक्षणा)
πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν
तिनीहरूले आफ्ना सम्पत्तिहरू र आफ्ना स्वामित्वमा भएका कुराहरू बेचेर प्राप्त गरेका कुराहरू खाँचोमा परको कुनै पनि विश्वासीलाई बाँडिदिन्थे ।
Acts 2:46
καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूले एकसाथ भेला हुनलाई निरन्तरता दिइरहन्थे” वा २) “तिनीहरू सबैले एकै आचरणका हुनलाई निरन्तरता दिइरहन्थे ।”
κλῶντές…κατ’ οἶκον ἄρτον
रोटी तिनीहरूको भोजनको अंश हो । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना घरहरूमा एकसाथ खाना खान्थे” (हेर्नुहोस्ः उपलक्षण)
ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
यहाँ “हृदय” भनेको एक व्यक्तिको भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “आनन्दित र नम्र भएर” (हेर्नुहोस्ः लक्षणा)
Acts 2:47
αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν
“परमेश्वरको प्रशंसा गर्दै ... । सबै मानिसहरूले तिनीहरूलाई स्वीकार गरे”
τοὺς σῳζομένους
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई प्रभुले बचाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 3
प्रेरितहरू ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरले अब्राहामसँग गर्नुभएको करार
परमेश्वरले अब्राहामसँग गर्नुभएको करार उहाँले पूरा गर्न लाग्नुभएको हुनाले येशू यहूदीहरूकहाँ आउनुभयो भनेर यो अध्यायले स्पष्ट पार्दछ । येशूको हत्याको दोषी साँचो रूपले यहूदीहरू थिए भनेर पत्रुसले विचार गरे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“तपाईंहरूले सुम्पनुभयो”
येशूलाई मार्ने त रोमीहरू थिए, तर यहूदीहरूले उहाँलाई समाते र तिनीहरूले उहाँलाई रोमीहरूकहाँ ल्याए र उहाँलाई मार्न रोमीहरूलाई आग्रह गरेको हुनाले नै तिनीहरूले उहाँलाई मारेका थिए । यसैकारणले गर्दा येशूको हत्याको दोषी साँचो रूपले यहूदीहरू थिए भनेर पत्रुसले विचार गरे । तर पत्रुस भन्दछन् यहूदीहरूलाई पश्चाताप लागि आह्वान गर्न भनी येशूका चेलाहरू सबैभन्दा पहिले तिनीहरूकहाँ पठाइए (लूका ३:२६) । (हेर्नुहोस्ः पश्चात्ताप गर्नु, पश्चात्ताप)
Acts 3:2
καί τις ἀνὴρ
पद २ ले हिँड्न नसक्ने मानिसको बारेमा जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 3:1
δὲ
एक दिन पत्रुस र यूहन्ना मन्दिरतर्फ जान्छन् ।
εἰς τὸ ἱερὸν
तिनीहरू मन्दिर भवनभित्र गएनन् जहाँ सेवा गर्ने पूजाहारीहरूलाई मात्र अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिर परिसरभित्र” वा “मन्दिरको क्षेत्रभित्र”
Acts 3:2
καί τις ἀνὴρ, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक दिन मानिसहरूले कुनै लङ्गडो मानिसलाई बोकेर ल्याए र उसलाई सुन्दर ढोकाको नजिक राखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκ κοιλίας μητρὸς αὐτοῦ
हिँड्न नसक्ने
Acts 3:4
ἀτενίσας…Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν
पत्रुस र यूहन्ना दुवैले त्यो मानिसलाई हरे, तर पत्रुस एक्लैले बोले ।
सम्भावित अर्थहरू हुन् १) “तिनलाई सीधै हेर्दै” वा २) “तिनलाई एकटकले हेर्दै” (हेर्नुहोस्ः टुक्काहरू)
βλέψον εἰς ἡμᾶς
यहाँ “नजर अडाएर” शब्दको अर्थ कुनै कुरामा ध्यान दिएर भन्ने हो । वैकल्पिक अनुवादः “त्यस लङ्गडो मानिसले तिनीहरूलाई ध्यान दिएर हेर्यो”
Acts 3:6
ἀργύριον καὶ χρυσίον
यी शब्दहरूले पैसालाई जनाउँछन् । (हेर्नुहोस्ः लक्षणा)
ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι
त्यो मानिसलाई निको पार्ने दक्षता पत्रुससँग छ भनेर यसबाट बुझ्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου
यहाँ “नाउँ” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टको अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Acts 3:7
πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν αὐτόν; παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά
“पत्रुसले त्यसलाई उभिन लगाए”
Acts 3:8
εἰς τὸ ἱερὸν
पूजाहारीहरूले मात्र जाने अनुमति पाएका मन्दिरको भित्री भागमा ऊ गएन । वैकल्पिक अनुवादः “ऊ मन्दिर क्षेत्रभित्र प्रवेश गर्यो” वा “ऊ मन्दिरको चोकभित्र प्रवेश गर्यो”
Acts 3:10
ἐπεγίνωσκον…αὐτὸν, ὅτι αὐτὸς ἦν ὁ…καθήμενος
“त्यो मानिस नै थियो भनेर चाल पाए” वा “त्यही मानिस रहेछ भनेर चिने”
τῇ Ὡραίᾳ Πύλῃ
मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने ढोकाहरूमध्ये यो एउटा थियो । तपाईंले यस्तै समान वाक्यांङलाई प्रेरितहरू ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ
यहाँ “आश्चर्य” र “विस्मय” शब्दहरूको अर्थ उस्तै हो र मानिसहरू आश्चर्यचकित भएको कुरालाई यी दुवैले जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिनीहरू ज्यादै आश्चर्यचकित भए” (हेर्नुहोस्ः प्रतिरूपी)
Acts 3:12
ἡμῖν…ἰδίᾳ
“तिनीहरू भएका सोलोमनको दलान”, यो वाक्यांशले पूजाहारीहरूले मात्र जाने अनुमति पाएका मन्दिरको भित्री भागमा तिनीहरू थिएनन् । यहाँ “हामीले” र “हामीलाई” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ, तर पत्रुसले कुरा गरिरहेका भीडलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Acts 3:11
त्यो हिँड्न नसक्ने मानिसलाई निको पारेपछि पत्रुसले मानिसहरूसँग कुरा गरे ।
τῇ καλουμένῃ
“सोलोमनको दलान ।” यो खाँबैखाँबोका लहरमाथि छानो हालेको हिँड्ने बाटो थियो र यसलाई मानिसहरूले सोलोमोन राजाको नाउँ दिएका थिए ।
τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος
“असाध्यै छक्क परेका”
Acts 3:12
यहाँ “यो” शब्दले मानिसहरू आश्चर्यचकित भएको कुरालाई जनाउँछ ।
ἄνδρες, Ἰσραηλεῖται
“सङ्गी इस्राएलीहरू” । पत्रुसले भीडलाई सम्बोधन गरिरहेका थिए ।
τί θαυμάζετε ἐπὶ τούτῳ
जे भएको छ, त्यसले मानिस आश्चर्यचकित नहोउन् भनेर पत्रुसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “तपार्इंहरू अचम्मित हुनुपर्दैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν?
पत्रुस र यूहन्नाले तिनीहरूका आफ्नै दक्षताले त्यो मानिसलाई निको पारेको हो भन्ने विचार ती मानिसमा नहोस् भनेर पत्रुसले यो प्रश्न सोधे । यसलाई दुई वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तपार्इंहरूका दृष्टि हामीमा नलगाउनुहोस् । हामीले उसलाई हाम्रो आफ्नै शक्ति वा ईश्वरियताबाट हिँड्न सक्ने बनाएका होइनौँ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ
यसको अर्थ तिनीहरूले पत्रुस र यूहन्नालाई एकोहोरो रूपले हेरिरहेका थिए । वैकल्पिक अनुवादः “हामीलाई एक टकले हेर्नुहुन्छ” वा “हामीलाई हेर्नुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 3:13
Ἀβραὰμ…Ἰσαὰκ…Ἰακώβ
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणलाई निरन्तरता दिन्छन् ।
κατὰ πρόσωπον Πειλάτου
यहाँ “तिनको सामु” वाक्यांशको अर्थ तिनको “उपस्थितिमा” हो । वैकल्पिक अनुवादः “पिलातसको उपस्थितिमा उहाँलाई इन्कार गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
κρίναντος ἐκείνου ἀπολύειν
“जब पिलातसले येशूलाई छोडिदिने विचार गरेका थिए”
Acts 3:14
ᾐτήσασθε ἄνδρα, φονέα χαρισθῆναι ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पिलातसले एक हत्यारालाई छुटाइदिन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 3:15
ἡμεῖς
यहाँ “हामी” शब्दले पत्रुस र यूहन्नालाई मात्र समावेश गर्दछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὸν…Ἀρχηγὸν τῆς ζωῆς
यसले येशूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “मानिसहरूलाई अनन्त जीवन दिनहुने व्यक्ति” वा २) “जीवनका शासक” वा ३) “जीवन सुरु गर्नुहुने” वा ४) “मानिसहरूलाई जीवनमा डोहोर्याउनुहुने व्यक्ति” (हेर्नुहोस्ः रूपक)
Acts 3:16
“अब” शब्दले श्रोताहरूका ध्यानलाई त्यो लङ्गडो मानिसतर्फ खिँच्दछ ।
τοῦ ὀνόματος αὐτοῦ…τὸ ὄνομα αὐτοῦ
“यिनलाई ठीक बनाएको छ”
Acts 3:17
καὶ νῦν
पत्रुसले सुन्ने मानिसहरूको ध्यान हिँड्न नसक्ने मानिसबाट अन्तैतिर मोडेर तिनीहरूसँग प्रत्यक्ष बोल्न थाल्छन् ।
κατὰ ἄγνοιαν ἐπράξατε
सम्भावित अर्थहरू हुन् १) येशू नै मसिह हुनुहुन्छ भनेर मानिसहरूले थाहा पाएनन् वा २) मानिसहरूले जे गरे त्यसको महत्त्व तिनीहरूले बुझेनन् ।
Acts 3:18
ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως
जब अगमवक्ताहरूले बोल्दथे, तब त्यो कुरा परमेश्वर आफैले बोल्नुभएको जस्तो हुन्थ्यो, किनभने उहाँले तिनीहरूलाई त्यस्तै किसिमले भन्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले सबै अगमवक्तालाई के बोल्ने भनेर पहिलेदेखि नै भन्नुभयो”
διὰ στόματος πάντων τῶν προφητῶν
“समयभन्दा अगि नै परमेश्वरले भन्नुभयो” वा “ती हुनुभन्दा पहिले नै परमेश्वरले भन्नुभयो”
διὰ στόματος πάντων τῶν προφητῶν
यहाँ “मुखबाट” शब्दले अगमवक्ताले बोलेका र लेखेका शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै अगमवक्ताहरूका वचनहरू” (हेर्नुहोस्ः लक्षणा)
Acts 3:19
ἐπιστρέψατε
“र प्रभुतर्फ फर्कनुहोस् ।” यहाँ “फर्कनु” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र प्रभुको आज्ञापालन गर्न थाल्नुहोस्” (हेर्नुहोस्ः रूपक)
πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας
यहाँ “मेटिऊन्” भनेको क्षमा गर्ने कुरालाई जनाउने अलङ्कार हो । पापहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरू कुनै पुस्तकमा लेखिएका छन् र तिनीहरूलाई त्यस पुस्तकबाट मेट्नुहुन्छ जब उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले तपाईंहरूलाई उहाँको विरुद्धमा पाप गर्नुभएको कुरालाई माफ गर्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Acts 3:20
ἀπὸ προσώπου τοῦ Κυρίου
यहाँ “परमप्रभुको उपस्थिति” शब्द स्वयम् प्रभुलाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “प्रभुबाट” (हेर्नुहोस्ः लक्षणा)
καιροὶ ἀναψύξεως
“प्रभुको उपस्थितिबाट सुविस्ताको समय ।” सम्भावित अर्थहरू हुन् १) “ती समयहरू जब परमेश्वरले तपाईंहरूका आत्माहरूलाई बलिया बनाउनुहुनेछ” वा २) “ती समयहरू जब परमेश्वरले तपाईंहरूलाई नयाँ तागत दिनुहुनेछ”
ἀποστείλῃ
“कि उहाँले ख्रीष्टलाई फेरि पठाउनुभएको होस् ।” यसले ख्रीष्टको पुनरागमनलाई जनाउँछ ।
τὸν προκεχειρισμένον ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई उहाँले तपाईंहरूका निम्ति नियुक्त गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 3:21
२२-२३ पदहरूमा मोशाले मसिहको बारेमा अगि नै भनेको कुरालाई पत्रुसले उद्धृत गर्छन् ।
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणलाई निरन्तरता दिन्छन् ।
ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι
“उहाँ नै हुनुहुन्छ जसलाई स्वर्गले स्वागत गर्नुपर्छ ।” पत्रुसले स्वर्गको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कुनै व्यक्ति थियो जसले येशूलाई आफ्नो घरभित्र स्वागत गर्छ । (हेर्नुहोस्ः मानवीकरण)
यसको अर्थ येशूलाई स्वर्गमा रहनु अति आवश्यक छ किनभने परमेश्वरको योजना त्यही हो ।
ἄχρι χρόνων ἀποκαταστάσεως πάντων
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले सबै कुरा पुनर्स्थापना गर्नुहुने समयसम्म” वा २) “परमेश्वरले पहिले नै भन्नुभएका हरेक कुरा उहाँले पूरा नगरुन्जेल ।”
ἀπ’ αἰῶνος
जब अगमवक्ताहरूले बोल्दथे, तब त्यो कुरा परमेश्वर आफैँले बोल्नुभएको जस्तो हुन्थ्यो, किनभने उहाँले तिनीहरूलाई त्यस्तै किसिमले भन्नुभयो । वैकल्पिक अनुवादः “जुन कुराहरूका बारेमा परमेश्वरले लामो समयअगाडि उहाँका पवित्र अगमवक्ताहरूलाई तिनको बारेमा भन्न लगाउनुभएर बताउनुभयो”
διὰ στόματος τῶν ἁγίων…αὐτοῦ προφητῶν
यहाँ “मुखबाट” शब्दले अगमवक्ताले बोलेका र लेखेका शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँका पवित्र अगमवक्ताहरूका वचनहरू” (हेर्नुहोस्ः लक्षणा)
Acts 3:22
ὑμῖν ἀναστήσει
“तिमीहरूका दाजुभाइहरूमध्ये कुनै एकलाई एक साँचो अगमवक्ता हुन लाउनुहुनेछ, र सबैले उसको बारेमा जान्नेछन्”
τῶν ἀδελφῶν ὑμῶν
“तिमीहरूको जाति”
Acts 3:23
πᾶσα ψυχὴ, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यस अगमवक्ता ... , परमेश्वरले तिनीहरूलाई पूर्ण रूपमा नाश गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 3:24
पत्रुसले यहूदीहरूका लागि प्रेरितहरू ३:१२ मा सुरु गरेको आफ्नो भाषणको अन्त्य गर्छन् ।
πάντες…οἱ προφῆται
“वास्तवमा सबै अगमवक्ताहरू ।” यहाँ “हो” शब्दले यसपछि आउने कुरामा जोड दिन्छ ।
ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς
“शमूएलदेखि र ती सबै अगमवक्ता जो शमूएलपछि आए”
τὰς ἡμέρας ταύτας
“यी समयहरू” वा “अहिले भइरहेका कुराहरू”
Acts 3:25
ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν
यहाँ “छोराहरू” शब्दले उत्तराधिकारीहरूलाई जनाउँछ, जसले अगमवक्ताहरू र करारले प्रतिज्ञा गरेका कुरा पाउने छन् । वैकल्पिक अनुवादः “तपार्इंहरू अगमवक्ताका उत्तराधिकारीहरू र करारका उत्तराधिकारीहरू हुनुहुन्छ” (हेर्नुहोस्ः टुक्काहरू अनि शब्दलोप)
ἐν τῷ σπέρματί σου
“तिम्रो सन्तानको कारणले”
πᾶσαι αἱ πατριαὶ τῆς γῆς
यहाँ “परिवारहरू” शब्दले मानिसहरूका समूहहरू वा जातिहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारमा भएका मानिसका सबै समूहलाई म आशिष् दिनेछु”(हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 3:26
ἀναστήσας ὁ Θεὸς τὸν παῖδα αὐτοῦ, ἀπέστειλεν αὐτὸν
“परमेश्वरले येशूलाई उहाँको दास तुल्याउनुभएपछि र उहाँलाई प्रख्यात बनाउनुभएपछि”
τὸν παῖδα αὐτοῦ
यसले मसिह, येशूलाई जनाउँछ ।
τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν
यहाँ “दुष्टताबाट फर्काएर” भनेको कसैलाई केही कुरा गर्नबाट रोक्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तपाईंहरू हरेकलाई दुष्ट कुराहरू गर्नलाई छोड्ने तुल्याउँदै” वा “तपाईंहरू हरेकलाई तपाईंहरूको दुष्टतासँग पश्चात्ताप गर्ने तुल्याउँदै” (हेर्नुहोस्ः रूपक)
Acts 4
प्रेरितहरू ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:२५-२६ मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
एकता
सुरुका ख्रीष्टिएनहरूले उत्कट रूपले एकतामा रहने इच्छा गर्थे । तिनीहरू एउटै कुरामा विश्वास गर्न र आफूसँग भएका हरेक थोक आपसमा बाँडचुँड गर्न, र मद्दतको खाँचो परेकाहरूलाई मदत गर्न चाहन्थे ।
“चिन्हहरू र आश्चर्यकर्महरू”
यो वाक्यांशले परमेश्वरले मात्र गर्न सक्नुहुने कुरालाई जनाउँछ । परमेश्वरले मात्र गर्न सक्नुहुने कुरा उहाँले गर्नुभएको ख्रीष्टिएनहरू चाहन्थे, र यसरी तिनीहरूले येशूको बारेमा जे भने, त्यो साँचो हो भनेर मानिसहरूले विश्वास गर्न सकून् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
कुनेढुङ्गो
कुनाको शिर ढुङ्गो भन्नाले मानिसहरूले भवन बनाउँदा जगको कुनामा राख्ने पहिलो ढुङ्गो हो । कुनै कुराको सबैभन्दा महत्त्वपूर्ण भाग जनाउने यो एउटा अलङ्कार हो । यसमा नै हरेक कुरा भर परेको हुन्छ । आज येशू नै मण्डलीको कुनाको शिर ढुङ्गो हुनुहुन्छ । यो भनाइको अर्थ मण्डलीमा येशूलाई भन्दा धेरै महत्त्व अरू कुनै कुराको पनि हुँदैन र मण्डलीका हरेक कुरा येशूमा नै भर परेको हुन्छ । (हेर्नुहोस्ः रूपक अनि विश्वास)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
नाउँ
“स्वर्गमुनि त्यहाँ अरू कुनै नाउँ दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनुपर्छ” (प्रेरितहरू ४:१२) । पत्रसुले यी शब्द बोलेर तिनले बन्न खोजेको कुरा चाहिँ पृथ्वीमा भएका वा हुने अरू कुनै व्यक्तिले पनि मानिसहरूलाई बचाउन सक्दैन भन्ने हो ।
Acts 4:1
ὁ στρατηγὸς τοῦ ἱεροῦ
लङ्गडो जन्मेको मानिसलाई पत्रुसले निको पारेपछि धार्मिक अगुवाहरूले पत्रसु र यूहन्नालाई गिरफ्तार गरे ।
οἱ Σαδδουκαῖοι
“तिनीहरू भएको ठाउँमा पुगे” वा “तिनीहरूकहाँ आए”
οἱ Σαδδουκαῖοι
“तिनीहरू धेरै रिसाएका थिए ।” पत्रुस र यूहन्नाले भनिरहेका कुराले सदुकीहरूलाई धेरै रीस उठायो किनकि तिनीहरूले मृत्युबाट पुनरुत्थानमा विश्वास गर्दैनथे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 4:2
καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν, τὴν ἐκ νεκρῶν
परमेश्वरले जसरी येशूलाई मरेकाहरूबाट जीवित तुल्याउनुभयो, त्यसरी नै उहाँले मानिसहरूलाई मरेकाहरूबाट जीवित तुल्याउनुहुन्छ भनेर पत्रुस र यूहन्नाले भनिरहेका थिए । “पुनरुत्थान” शब्दलाई यसरी अनुवाद गर्नहोस् कि यसले येशूको पुनरुत्थान र मानिसहरूका सामान्य पुनरुत्थान दुवैलाई स्पष्ट पार्न सकोस् ।
τὴν ἐκ νεκρῶν
तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट फर्कने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
Acts 4:3
ἐπέβαλον αὐτοῖς τὰς χεῖρας
“पूजाहारीहरू, मन्दिरका कप्तानहरू र सदुकीहरूले पत्रुस र यूहन्नालाई गिरफ्तार गरे”
ἦν γὰρ ἑσπέρα ἤδη
मानिसहरूलाई रातमा प्रश्न नगर्ने परम्परा थियो ।
Acts 4:4
ἀριθμὸς τῶν ἀνδρῶν
यसले केवल पुरुषहरूलाई मात्र जनाउँछ र कतिजना स्त्रीहरू वा बालबालिकाहरूले विश्वास गरे भन्ने कुरालाई समावेश गर्दैन ।
ἐγενήθη…ὡς χιλιάδες πέντε
“करिब पाँच हजारसम्म बढ्यो”
Acts 4:5
αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς
यहाँ “उनीहरू” शब्दले समग्रमा यहूदी मानिसहरूलाई जनाउँछ ।
συναχθῆναι
शासकहरूले पत्रुस र यूहन्नालाई प्रश्न सोधे, र तिनीहरूले नडराइकन जवाफ दिए ।
ἐγένετο δὲ
यहाँ कुनै कार्य सुरु भएको कुरालाई जनाउन यो वाक्यांश प्रयोग भएको छ । तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् ।
συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς
यो यहूदी महासभा, यहूदी शासनको अदालतको सन्दर्भ हो । हो । यो समूहमा यी तीनै समूहका मानिसहरू रहन्थे । (हेर्नुहोस्ः उपलक्षण)
Acts 4:6
Ἅννας…Καϊάφας…Ἰωάννης…Ἀλέξανδρος
यी दुई मानिसहरू प्रधान पूजाहारीका परिवारका सदस्य थिए । यिनी प्रेरित यूहन्ना होइनन् ।
Acts 4:7
ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς?
“कसले तिमीहरूलाई शक्ति दियो”
ἐν ποίῳ ὀνόματι
यहाँ “नाउँ” शब्दले अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसको अधिकारले” (हेर्नुहोस्ः लक्षणा)
Acts 4:8
Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου, εἶπεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई प्रेरितहरू २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पवित्र आत्माले पत्रुसलाई भर्नुभयो र तिनले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:9
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται
पत्रुस र यूहन्नाको जाँच भइरहेको कुराको वास्तविक कारण यही हो कि भनेर स्पष्ट हुनका लागि पत्रुसले यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “कुन शक्तिले यो मानिस निको भयो भनी ... आज तपाईंहरूले हामीलाई प्रश्न सोधेको हो भने” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἡμεῖς…ἀνακρινόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आज तपाईंहरूले हामीलाई प्रश्न सोध्दै हुनुहुन्छ भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὗτος σέσωσται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुन तरिकाले हामीले यो मानिसलाई निको पार्यौँ भनी” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:10
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरू सबै र इस्राएलका सबै मानिसले यो जानून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶσιν ὑμῖν
“तपाईंहरूलाई जो हामीलाई प्रश्न सोध्दै हुनुहुन्छ र इस्राएलका अरू सबै मानिसहरूलाई”
ἐν τῷ ὀνόματι
यहाँ “नाम” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “नासरतका येशू ख्रीष्टको शक्तिद्वारा” (हेर्नुहोस्ः लक्षणा)
ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बन्न लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 4:12
ἡμᾶς
यहाँ “हामी” शब्दले पत्रुस र तिनले कुरा गरिरहेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Acts 4:11
οὗτός
पत्रुसले प्रेरितहरू ४:८ मा यहूदी धार्मिक शासकहरूको लागि गरेको भाषणको अन्त्य गर्छन् ।
ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν, τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
पत्रुसले भजनबाट उद्धृत गर्दै छन् । यो अलङ्कार हो, र यसले निर्माण गर्नेहरूले ठिक ढुङ्गोलाई रद्द गरे झैँ धार्मिक अगुवाहरूले येशूलाई तिरस्कार गरे, तर परमेश्वरले आफ्नो राज्यमा उहाँलाई नै सबैभन्दा बढी प्रतिष्ठित तुल्याउनुहुनेछ, जस्तो कुनै भवनमा कुनाको शिर ढुङ्गो महत्त्वपूर्ण हुन्छ । (हेर्नुहोस्ः रूपक)
κεφαλὴν γωνίας
यहाँ “शिर” शब्दले “सबैभन्दा महत्त्वपूर्ण” वा “अत्यावश्यक” भन्ने जनाउँछ ।
ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν, τῶν οἰκοδόμων
“भवन निर्माण गर्ने, तपाईंले रद्द गर्नुभयो” वा “भवन निर्माण गर्ने तपाईंले कुनै कदर गर्नुभएन”
Acts 4:12
οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία
नाम शब्द “मुक्ति”लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ एक मात्र बचाउन सक्ने व्यक्ति हुनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
οὐδὲ…ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमुनि मानिसहरूका माझमा परमेश्वरले अर्को कुनै नाउँ दिनुभएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐδὲ…ὄνομά ἐστιν ἕτερον…ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
“मानिसहरूका माझमा ... नाउँ दिइएको” भन्ने वाक्यांशले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गमुनि अर्को कुनै व्यक्ति छैन, जो मानिसहरूका माझमा दिएको छ, जसद्वारा” (हेर्नुहोस्ः लक्षणा)
ὑπὸ τὸν οὐρανὸν
संसारमा भएको हरेक ठाउँमा भन्ने जनाउने यो एउटा तरिका हो । वैकल्पिक अनुवादः “संसारमा” (हेर्नुहोस्ः टुक्काहरू)
ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन कुराले हामीलाई बचाउन सक्छ” वा “जसले हामीलाई बचाउन सक्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:13
ἐθαύμαζον; ἐπεγίνωσκόν τε αὐτοὺς, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν
यहाँ “तिनीहरू” सर्वनाम शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ । “उनीहरू” सर्वनाम शब्दले यहूदी अगुवाहरूलाई जनाउँछ ।
τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου
यहाँ भाववाचक नाउँ “साहस”ले पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूलाई जवाफ दिएको कुरालाई जनाउँछ, र यसलाई क्रिया विशेषण वा विशेषणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले कति साहसपूर्वक कुरा गरे” वा “पत्रुस र यूहन्ना कति साहसी भए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि भाववाचक नाम)
कुनै डर बिना
καταλαβόμενοι
पत्रुस र यूहन्नाले बोलेको तरिकाको कारण गर्दा यहूदी अगुवाहरूले यो “महसुस गरे” । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
θεωροῦντες
“र बुझे”
ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται
“साधारण” र “आशिक्षित” शब्दहरूका अर्थहरू उस्तै हो । पत्रुस र यूहन्नाले यहूदी व्यवस्थाका औपचारिक शिक्षा आर्जन गरेका थिएनन् भन्ने कुरालाई यी शब्दले जोड दिन्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Acts 4:14
τόν…ἄνθρωπον…τὸν τεθεραπευμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले निको पारेको मानिस” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐδὲν εἶχον ἀντειπεῖν
“पत्रुस र यूहन्नाले त्यो मानिसलाई निको पारेको कुराको विरुद्धमा भन्ने केही कुरा थिएन ।” यहाँ “यसको” शब्दले पत्रुस र यूहन्नाले गरेको कार्यलाई जनाउँछ ।
Acts 4:15
κελεύσαντες…αὐτοὺς ἔξω τοῦ Συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους
यसले पत्रुस र यूहन्नालाई जनाउँछ ।
Acts 4:16
τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις?
नैराश्यताको कारणले यहूदी अगुवाहरूले यो प्रश्न सोधे, किनभने पत्रुस र यूहन्नालाई के गर्ने भनेर उनीहरूले विचार गर्न सकेनन् । वैकल्पिक अनुवादः “हामीले यी मानिसलाई गर्न सक्ने केही कुरा पनि छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
γνωστὸν σημεῖον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले ठूलो आश्चर्य काम गरेको कुरा यरूशलेममा बस्ने हरेक मानिसलाई थाहा छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ
यो सामान्यीकरण हो । ती अगुवाले यो समस्यालाई धेरै ठूलो समस्याका रूपमा सोचे भन्ने जनाउनलाई यो बढाइचढाइ भनेको पनि हो । वैकल्पिक अनुवादः “यरूशलेममा बस्ने मानिसहरूमध्ये धेरै” वा “यरूशलेमभरि बस्ने मानिसहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Acts 4:17
ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ
यहाँ “यो” शब्दले पत्रुस र यूहन्नाले निरन्तर रूपमा गर्न सक्ने आश्चर्य काम र सिकाउने शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो आश्चर्य कामको समाचार अझ बढी फैलिन नदिनका लागि” वा “यो आश्चर्य कामको बारेमा अझ बढी मानिसले नसुनून् भनेर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ
यहाँ “नाउँ” शब्दले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू भन्ने व्यक्तिको बारेमा अब उसो कसैसँग पनि नबोल्नलाई” (हेर्नुहोस्ः लक्षणा)
Acts 4:20
ἡμεῖς…εἴδαμεν καὶ ἠκούσαμεν
यहाँ “हामी” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ, तर यसले तिनीहरूले सम्बोधन गरिरहेका मानिसहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Acts 4:19
εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ
यहाँ “परमेश्वरको नजरमा” भन्ने वाक्यांशले परमेश्वरको विचारलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यसलाई ठीक सोच्नुहुन्छ कि भनेर” (हेर्नुहोस्ः लक्षणा)
Acts 4:22
ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος, ἐφ’ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως
पद २२ ले निको भएको लङ्गडो मानिसको उमेरको बारेमा जानकारी दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 4:21
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς
यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई दण्ड दिने चेतावनी फेरि दिए ।
διὰ τὸν λαόν
अगुवाहरूले त्यस मानिसलाई निको भएको देखेका मानिसहरूका बीचमा होहल्ला वा दङ्गा उत्पन्न नगरीकन कसरी पत्रुस र यूहन्नालाई दण्ड दिने भनी पत्ता लगाउन सकेनन् ।
πάντες ἐδόξαζον τὸν Θεὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस र यूहन्नाले जे गरेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:22
ὁ ἄνθρωπος, ἐφ’ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως
“पत्रुस र यूहन्नाले आश्चर्यपूर्ण तरिकाले निको पारेको मानिस”
Acts 4:24
οἱ…ἀκούσαντες…ἦραν
विश्वासीहरूले एकसाथ मिलेर कुरा गर्दा पुरानो करारको दाउदको भजनबाट उद्धृत गरे । यहाँ “तिनीहरू” शब्दले बाँकी विश्वासीहरूलाई जनाउँछ, तर पत्रुस र यूहन्नालाई होइन ।
Acts 4:23
τοὺς ἰδίους
“तिनीहरूका आफ्नै मानिसहरू” भन्ने वाक्यांशले बाँकी विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू विश्वासीहरूकहाँ गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 4:24
ἦραν φωνὴν
आवाज उचाल्नु भनेको बोल्ने कुरालाई जनाउने वाक्पद्धति हो । “तिनीहरू एकसाथ परमेश्वरसँग कुरा गर्न थाले” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-idiom/01.md)
Acts 4:25
τοῦ πατρὸς ἡμῶν, διὰ Πνεύματος Ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών, ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά?
यसको अर्थ परमेश्वरले भन्नुभएको वचन पवित्र आत्माले दाऊदलाई बोल्न र लेख्न लगाउनुभयो ।
ὁ τοῦ πατρὸς ἡμῶν, διὰ Πνεύματος Ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών
यहाँ “मुख” शब्दले दाऊदले बोलेका र लेखेका वचनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंका सेवक, हाम्रा पिता दाउदका वचनहरूद्वारा” (हेर्नुहोस्ः लक्षणा)
τοῦ πατρὸς
यहाँ “पिता” शब्दले “पूर्खा”लाई जनाउँछ ।
ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά?
व्यर्थमा परमेश्वरको विरोध गरे भन्ने कुरामा जोड दिनका लागि यो एउटा अलङ्कारको प्रश्न हो । वैकल्पिक अनुवादः “अन्यजातिहरूले क्रोध गर्न हुँदैनथ्यो र मानिसहरूले व्यर्थ कुराका कल्पना गर्न हुँदैनथ्यो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κενά
यी “अर्थहीन कुराहरू” भन्नाले परमेश्वरको विरोध गर्ने योजनाहरू हुन् । वैकल्पिक अनुवादः “मानिसहरूले परमेश्वरको विरुद्धमा व्यर्थ कुराका कल्पना गर्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔθνη
मानिसहरूका समूहहरू
Acts 4:26
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ
विश्वासीहरूले राजा दाऊदको भजनसंग्रहको उद्धरणलाई अन्त्य गर्छन् जसलाई तिनीहरूले प्रेरितहरू ४:२५ मा सुरु गरेका थिए ।
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
यी दुई पङ्क्तिहरूका मूलभूत अर्थ उस्तै हो । पृथ्वीका शासकहरूले मिलेर परमेश्वरको विरोध गर्ने प्रयासका कुरालाई यी दुई पङ्क्तिहरूले जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς
यी दुई वाक्यांशहरूका अर्थ तिनीहरूले युद्ध गर्न आ-आफ्ना फौजलाई एकसाथ भेला पारे । वैकल्पिक अनुवादः “तिनीहरूका सेना सँगै मिले ... तिनीहरूका फौजहरूलाई एकसाथ भेला गरे” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Κυρίου…τοῦ Χριστοῦ αὐτοῦ
यहाँ “परमप्रभु” शब्दले परमेश्वरलाई जनाउँछ । भजनसंग्रहमा, “ख्रीष्ट” शब्दले मसिह वा परमेश्वरका अभिषिक्त जनलाई जनाउँछ ।
Acts 4:27
συνήχθησαν
विश्वासीहरूले प्रार्थनालाई निरन्तरता दिए ।
ἐν τῇ πόλει ταύτῃ
“यस सहर”ले यरूशलेमलाई जनाउँछ ।
παῖδά
”“येशू, जसले तपाईंलाई विश्वासयोग्य रूपमा सेवा गर्छन्”
Acts 4:28
ὅσα ἡ χείρ σου, καὶ ἡ βουλὴ σου προώρισεν γενέσθαι
यहाँ “बाहुली” शब्दले परमेश्वरको शक्ति भन्ने अर्थ दिन प्रयोग भएको छ । यसका साथै, “तपाईंको बाहुली र इच्छाले ... निर्णय गरेको” भन्ने वाक्यांशले परमेश्वरको शक्ति र योजनालाई दर्शाउँछ । वैकल्पिक अनुवादः “तपाईंले निर्णय गर्नुभएका सबैकुराहरू गर्न किनभने तपाईं शक्तिशाली हुनुहुन्छ र तपाईंले योजना गर्नुभएका सबै कुराहरू गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा अनि उपलक्षण)
Acts 4:29
καὶ τὰ νῦν
विश्वासीहरूले प्रेरितहरू ४:२४ मा सुरु गरेको प्रार्थनालाई अन्त्य गर्छन् ।
ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν
यहूदी अगुवाहरूले विश्वासीहरूलाई दिएका चेतावनीलाई ख्याल गर्न परमेश्वरमा बिन्ती चढाएको कुरालाई “हेर्नुहोस्” भन्ने शब्दले सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “हामीलाई दण्ड दिने तिनीहरूका चेतावनीलाई ख्याल गर्नुहोस्” (हेर्नुहोस्ः टुक्काहरू)
τὸν λόγον σου
यहाँ “वचन” शब्द परमेश्वरको सन्देशलाई जनाउने प्रतिस्थापन शब्द हो । भाववाचक नामपद शब्द “साहस”लाई क्रियाविशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंको सन्देशलाई साहस गरेर बोल्नलाई” वा “साहसी हुन जब हामी तपाईंको सन्देश भन्छौँ” (हेर्नुहोस्ः लक्षणा)
Acts 4:30
ἐν τῷ τὴν χεῖρά σου, ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι
यहाँ “हात” शब्दले परमेश्वरको शक्तिलाई जनाउँछ । परमेश्वर कति शक्तिशाली हुनुहुन्छ भनेर दर्शाउन यो उहाँमा बिन्ति गरेको हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई निको पारेर तपाईंले आफ्नो शक्ति देखाउनुहुँदा” (हेर्नुहोस्ः लक्षणा)
διὰ τοῦ ὀνόματος
यहाँ “नाउँ” शब्दले शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको पवित्र सेवक येशूको शक्तिद्वारा” (हेर्नुहोस्ः लक्षणा)
τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, Ἰησοῦ
“येशू जसले विश्वासयोग्यताका साथ तपाईंको सेवा गर्नुहुन्छ ।” तपाईंले यसलाई प्रेरितहरू ४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 4:31
ἐσαλεύθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो ठाउँ ... हल्लियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου Πνεύματος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले यसलाई प्रेरितहरू २:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पवित्र आत्माले तिनीहरू सबैलाई भर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:32
ἦν καρδία καὶ ψυχὴ μία
यहाँ “हृदय” शब्दले विचारहरू र “आत्मा” शब्दले भावनाहरूलाई जनाउँछ । यी शब्दले एकसाथ सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उस्तै तरिकाले विचार गरे र उस्तै कुराहरूका इच्छा गरे” लक्षणा)
ἦν αὐτοῖς πάντα κοινά
“तिनीहरूले आ-आफ्ना थोकहरू एकआपसमा बाँडचुँड गरे ।” तपाईंले यसलाई प्रेरितहरू २:४४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 4:33
χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς
सम्भावित अर्थहरू हुन्ः १) परमेश्वरले विश्वासीहरूलाई ठूलो मात्रामा आशिष् दिइरहनुभएको थियो वा २) विश्वासीहरू यरूशलेमका अन्य सबै मानिसबाट उच्च आदर गरिएका थिए ।
Acts 4:34
ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον
यहाँ “सबै” शब्द सामन्यीकरण हो । वैकल्पिक अनुवादः “आफ्नो नाउँमा जग्गाजमिन वा घरहरू भएका धेरै मानिसहरू” वा “आफ्नो नाउँमा जग्गाजमिन वा घरहरू भएका मानिसहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
“जग्गा वा घरहरू भएका”
τὰς τιμὰς τῶν πιπρασκομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बेचेका थोकहरूबाट तिनीहरूले प्राप्त गरेका रुपियाँ पैसा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 4:35
ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων
यसको अर्थ तिनीहरूले त्यो रुपियाँ पैसा प्रेरितहरूलाई दिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई चढाए” वा “प्रेरितहरूलाई दिए” (हेर्नुहोस्ः टुक्काहरू)
ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν
नामपद शब्द “आवश्यकता”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आवश्यकता भएको हरेक विश्वासीले तिनीहरूले रुपियाँ पैसा वितरण गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)
Acts 4:36
Ἰωσὴφ δὲ
लूकाले बारनाबासलाई कथामा परिचय गराउँछन् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
υἱὸς παρακλήσεως
योसेफ अरूलाई उत्साह दिने व्यक्ति थिए भनी दर्शाउन प्रेरितहरूले यो नाउँ प्रयोग गरे । “उत्साहका पुत्र” लक्षणा हो, र यसले कुनै व्यक्तिको व्यवहार वा चरित्रलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उत्साहित गराउने व्यक्ति” वा “उत्साह दिने व्यक्ति” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 4:37
ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων
यसको अर्थ तिनीहरूले त्यो रुपियाँ पैसा प्रेरितहरूलाई दिए भन्ने हुन्छ । तपाईंले यसलाई प्रेरितहरू ४:३५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई चढाए” वा “प्रेरितहरूलाई दिए” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 5
प्रेरितहरू ०५ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पवित्र आत्मालाई ढाँट्नलाई शैतानले तिम्रो हृदयलाई भरिदियो”
हननिया र सफिराले मिलेर जमिन बेचे र रुपियाँको बारेमा झूट बोल्ने निर्णय गरे । त्यो बेला तिनीहरू साँच्चै नै ख्रीष्टिएन थिए वा थिएनन् भनेर कसैलाई पनि थाहा छैन (प्रेरितहरू ५:१-१०), किनभने लूकाले केही भनेका छैनन् । तापनि, तिनीहरूले विश्वासीहरूसँग झूट बोलेका कुरा पत्रुसलाई थाहा भयो, र उनलाई थाहा थियो कि तिनीहरूले शैतानका कुरा सुने र आज्ञाकारी भए ।
जब तिनीहरूले विश्वासीहरूसँग झूट बोले, तब तिनीहरूले पवित्र आत्मासँग पनि झूट बोले । पवित्र आत्माले विश्वासीहरूभित्र वास गर्नुहुने हुनाले यस्तो भयो ।
Acts 5:1
ἀνὴρ δέ τις
यी नयाँ ख्रीष्टिएनले आफूसँग भएका थोकहरू कसरी विश्वासीहरूसँग बाँडचुँड गरे भन्ने कथालाई निरन्तरता दिएर लूकाले दुई जना विश्वासी हननिया र सफिराका बारेमा लेखे । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी अनि नयाँ र पुराना सहभागीहरूको परिचय)
Ἁνανίας
नयाँ कथा सुरु गर्न मुख्य कथाको धारलाई रोक्ने सङ्केतका रूपमा यहाँ यो शब्द प्रयोग भएको छ ।
Acts 5:2
συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι…ἔθηκεν
“उनले बिक्रीको पैसा केही अंश आफैँसँग राखे भनेर उनकी पत्नीलाई पनि थाहा थियो”
παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν
यसको अर्थ तिनीहरूले रुपियाँ पैसा प्रेरितहरू दिए भन्ने हुन्छ । तपाईंले यसलाई प्रेरितहरू ४:३५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई चढाए” वा “प्रेरितहरूलाई दिए” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 5:3
यदि तपाईंको भाषामा अलङ्कारका प्रश्न प्रयोग हुँदैन भने तपाईंले यी प्रश्नलाई वाक्यका रूपमा लेख्न सक्नुहुन्छ ।
διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου?
पत्रुसले यो प्रश्न हननियालाई हप्काउनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “जमिन ... झूट बोल्नका लागि शैतानलाई तिम्रो हृदय भर्नलाई तिमीले दिनुहुँदैनथ्यो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου
यहाँ “हृदय” शब्द इच्छा र भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । “शैतानले तिम्रो हृदय भरिदियो” भन्ने वाक्यांश चाहिँ एउटा अलङ्कार हो । यस अलङ्कारका सम्भावित अर्थहरू हुन् १) “शैतानले तिमीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्यो” वा २) “शैतानले तिमीहरूलाई मनायो” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον
हननियाले आफ्नो जमिन बेचेर प्राप्त गरेको सबै रुपियाँ पैसा तिनले प्रेरितहरूलाई दिएका हुन् भनेर तिनले झूट बोलेका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 5:4
οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν?
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यो बिक्री नहुँदा पनि, त्यो तिम्रै नियन्त्रणमा थियो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἔμενεν
“जब तिमीले यसलाई बेचेका थिएनौ”
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसको बिक्री भइसकेपछि पनि, तिमीले प्राप्त गरेको पैसामा तिम्रै नियन्त्रण थियो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
πραθὲν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले त्यसलाई बेचिसकेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο?
पत्रुसले हननियालाई हप्काउनका लागि यस प्रश्नको प्रयोग गर्छन् । यहाँ “हृदय” शब्दले इच्छा र भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले यसो गर्ने विचार गर्न हुँदैनथ्यो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि लक्षणा)
Acts 5:5
πεσὼν ἐξέψυξεν
यहाँ “अन्तिम सास फेरे” भन्नुको अर्थ “उनको अन्तिम श्वास लिए” भन्ने हुन्छ र उनी मरे भन्ने कुरालाई जनाउने नम्र शैली हो । हननिया ढले किनभने उनी मरे; उनी ढलेका कारणले मरेका होइनन् । वैकल्पिक अनुवादः “मरे र जमिनमा ढले” (हेर्नुहोस्ः व्यञ्जना)
Acts 5:7
ἡ γυνὴ αὐτοῦ
“हननियाकी पत्नी आइन्” वा “सफिराकी पत्नी आइन्”
τὸ γεγονὸς
“कि तिनकी पत्नी मरिन्”
Acts 5:8
τοσούτου… ναί, τοσούτου
“यति पैसामा नै ।” यसले हननियाले प्रेरितहरूलाई दिएको पैसाको रकमलाई जनाउँछ ।
Acts 5:9
ὑμῖν…σου…σε
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र हननिया र सफीरा दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
यो हननिया र सफीराको बारेमा भएको कथाको अन्त्य हो ।
τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου?
पत्रुसले सफीरालाई हकार्नको लागि यो प्रश्न गरे । वैकल्पिक अनुवादः “प्रभुको आत्माको जाँच गर्न तिमीहरूले एकसाथ सहमत हुन हुँदैनथ्यो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
συνεφωνήθη ὑμῖν
“तिमीहरू दुई जना सहमत एकसाथ भएका छौ”
πειράσαι τὸ Πνεῦμα Κυρίου
यहाँ “जाँच” शब्दले चुनौति दिन वा प्रमाणित गर्न भन्ने अर्थ लाग्छ । परमेश्वरसँग झूट बोलेर पनि दण्ड नपाइकन उम्कन सकिएला भनेर तिनीहरूले जाँच गरेका थिए ।
οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ
यहाँ “पाउ” शब्दले ती मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो पतिलाई गाड्ने मानिसहरू” (हेर्नुहोस्ः उपलक्षण)
Acts 5:10
ἔπεσεν…πρὸς τοὺς πόδας αὐτοῦ
यसको अर्थ तिनको मृत्यु हुँदा, तिनी पत्रुसको सामुन्ने भएको भुइँमा ढलिन् । नम्र भएको चिन्हका रूपमा कसैको पाउमा घोप्टो पर्ने कुरा जस्तो भनी यसमा अलमलमा पर्नुहुँदैन ।
ἔπεσεν…πρὸς τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν
यहाँ “तिनको अन्तिम सास फेरिन्” भन्नुको अर्थ “तिनको अन्तिम श्वास फेरिन्” भन्ने हुन्छ र यो चाहिँ “तिनी मरिन्” भन्ने कुरालाई जनाउने नम्र शैली हो । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू ५:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः व्यञ्जना)
Acts 5:12
ἦσαν…πάντες
यहाँ “तिनीहरू” र “तिनीहरू” भन्ने शब्दहरूले विश्वासीहरूलाई जनाउँछ ।
δὲ
मण्डलीको सुरुका दिनमा के-के घटना भए भनेर लूकाले निरन्तर लेख्दछन् ।
वा “प्रेरितहरूको हातद्वारा मानिसहरूका बीचमा धेरै चिन्ह र आश्चर्यकर्महरू भए ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूले मानिसहरूका माझमा धेरै चिन्हहरू र आश्चर्यकर्महरू गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σημεῖα καὶ τέρατα
“अलौकिक घटनाहरू र आश्चर्यपूर्ण कार्यहरू ।” तपाईंले यी शब्दहरूलाई प्रेरितहरू २:२२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
διὰ…τῶν χειρῶν τῶν ἀποστόλων, ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ
यहाँ “हात” शब्दले प्रेरितहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रेरितहरूद्वारा” (हेर्नुहोस्ः उपलक्षण)
τῇ Στοᾷ Σολομῶντος
यो खाँबैखाँबोका लहरमाथि छानो हालेको हिँड्ने बाटो थियो र यसलाई मानिसहरूले सोलोमोन राजाको नाउँ दिएका थिए । तपाईंले “सोलोमनको भनिने दलान” भन्ने कुरालाई प्रेरितहरू ३:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 5:13
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले विश्वासीहरूलाई उच्च सम्मान दिएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:15
ἐκφέρειν
यहाँ “तिनीहरू” भन्ने शब्दले यरूशलेममा बस्ने मानिसहरूलाई जनाउँछ ।
Acts 5:14
προσετίθεντο…τῷ Κυρίῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । तपाईंले “थपिए” भन्ने कुरालाई प्ररितहरू २:४१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “अझ धेरै मानिसहरूले प्रभुमा विश्वास गरिरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:15
ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν
यसले यदि पत्रुसको छायाँले तिनीहरूलाई छोयो भने परमेश्वरले तिनीहरूलाई निको पार्नुहुने थियो भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 5:16
ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων
“अशुद्ध आत्माहरूले कष्टमा परेकाहरू”
οἵτινες ἐθεραπεύοντο ἅπαντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू सबैलाई निको पार्नुभयो” वा “प्रेरितहरूले तिनीहरू सबैलाई निको पारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:17
धार्मिक अगुवाहरूले विश्वासीहरूलाई सताउन सुरु गरे ।
δὲ
यसले एउटा भिन्न कथाको सुरु गर्छ । तपार्इंले भिन्नता जनाउने कथाहरू सुरु गर्नको लागि यसलाई तपार्इंको भाषाको शैलीमा अनुवाद गर्न सक्नुहुन्छ ।
ἀναστὰς…ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου,
यहाँ “खडा भए” भन्नुको अर्थ प्रधान पूजाहारीले कदम चाल्न तयार भए भनेको हो । उनी बसेको आसनबाट उठे भनेको होइन । वैकल्पिक अनुवादः “प्रधान पूजाहारीले कदम चाले” (हेर्नुहोस्ः टुक्काहरू)
ἀναστὰς…ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου,
भाववाचक नाउँ “ईर्ष्या”लाई विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू धेरै ईर्ष्यालु भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)
Acts 5:18
ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους
यसको अर्थ तिनीहरूले शक्ति प्रयोग गरेर प्रेरितहरूलाई पक्रे भन्ने हुन्छ । तिनीहरूले रक्षकहरूलाई यसो गर्न भनेका हुन सक्छन् । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई गिरफ्तार गर्न पहरेदारहरूलाई लगाए” (हेर्नुहोस्ः टुक्काहरू अनि लक्षणा)
Acts 5:19
ἐξαγαγών…αὐτοὺς
यहाँ “तिनीहरूलाई” र “तिनीहरू” भन्ने शब्दहरूले प्रेरितहरूलाई जनाउँछन् ।
Acts 5:20
ἐν τῷ ἱερῷ
यहाँ यस वाक्यांशले मन्दिरको चोकलाई जनाउँछ, मन्दिर भवनलाई होइन जहाँ केवल पूजाहारीहरूलाई मात्र जान अनुमति थियो । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης
“वचनहरू” भन्ने शब्द चाहिँ प्रेरितहरूले पहिले नै प्रचार गरेका सन्देशलाई जनाउने प्रतिस्थापन शब्द हो । सम्भावित अर्थहरू हुन् १) “अनन्त जीनको यो सबै सन्देश” वा २) “यस नयाँ जीवन शैलीको बारेमा भएको सम्पूर्ण सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 5:21
εἰς τὸ ἱερὸν
तिनीहरू मन्दिरको चोकभित्र गए, पूजाहारीहरूलाई मात्र भित्र जाने अनुमति भएको मन्दिरको भवनभित्र तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकभित्र” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὑπὸ τὸν ὄρθρον
“जसै उज्यालो हुन थाल्यो ।” स्वर्गदूतले प्रेरितहरूलाई झ्यालखानाबाट रातको समयमा बाहिर निकालेर ल्याएको भए पनि, तिनीहरू मन्दिरको चोकमा पुग्दा सूर्योदय हुँदै थियो ।
ἀπέστειλαν εἰς τὸ δεσμωτήριον
यसले कोही मानिस झ्यालखानामा गएको कुरा जनाउँछ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई ल्याउन कसैलाई झ्यालखानामा पठाए” (हेर्नुहोस्ः शब्दलोप)
Acts 5:23
ἔσω οὐδένα εὕρομεν
“कोही पनि” शब्दले प्रेरितहरूलाई जनाउँछ । यसको अर्थ झ्यालखानाको कोठामा प्रेरितहरूबाहेक अरू कसैलाई पनि राखिएको रहेनछ भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “हामीले तिनीहरूलाई भित्र भेट्टाउन सकेनौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 5:25
ἔθεσθε
यहाँ “तपाईंहरू” शब्द बहुवचनमा छ र मन्दिरको कप्तान र मुख्य पूजाहारीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Acts 5:24
τοὺς λόγους τούτους
“तिनीहरू चकित परे” वा “तिनीहरू अलमलिए”
περὶ αὐτῶν
“तिनीहरूले भर्खर सुनेका वचनहरूका सम्बन्धमा” वा “यी कुराहरूको सम्बन्धमा”
τί ἂν γένοιτο τοῦτο
“र परिणाम के होला भनी”
Acts 5:25
ἐν τῷ ἱερῷ, ἑστῶτες
पूजाहारीहरूलाई मात्र भित्र जाने अनुमति भएको मन्दिरको भवनको भित्र तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा खडा भएर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 5:26
यहाँ “तिनीहरू” शब्दले कप्तान र अधिकारीहरूलाई जनाउँछ । “तिनीहरू मानिसहरूले ढुङ्गाले हान्लान् भनी डराए” भन्ने वाक्यांशमा “तिनीहरू” शब्दले कप्तान र अधिकारीहरूलाई जनाउँछ । यस खण्डका अरू “उनीहरू” शब्दले प्रेरितहरूलाई जनाउँछ । यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र यसले प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τότε ἀπελθὼν, ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν
कप्तान र अधिकारीहरूले प्रेरितहरूलाई यहूदी धर्मसभाको सामु लगे ।
“तिनीहरू भयभीत भए”
Acts 5:27
ἀγαγόντες δὲ αὐτοὺς
“मुख्य पूजाहारीले तिनीहरूलाई प्रश्नहरू सोधे ।” “सोधपुछ गर्नु” भन्ने कुराको अर्थ कसैलाई के कुरा सत्य हो भनेर प्रश्न सोध्नु भन्ने हुन्छ ।
Acts 5:28
ἐπὶ τῷ ὀνόματι τούτῳ
यहाँ “नाउँ” शब्दले व्यक्ति येशूलाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू ४:१७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “यो व्यक्ति, येशूको बारेमा अरू बढी नबोल्नलाई” (हेर्नुहोस्ः लक्षणा)
πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν
सहरमा भएका धेरै मानिसलाई सिकाएको कुरालाई लेखकले शिक्षाले सहरै भरेको भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले यरूशलेमका धेरै मानिसलाई यो मानिसको बारेमा सिकाएका छौ” वा “तिमीहरूले यरूशलेमभरि यो मानिसको बारेमा सिकाएका छौ” (हेर्नुहोस्ः रूपक)
τὸ αἷμα
यहाँ “रगत” शब्द मृत्युलाई जनाउने लक्षणा शब्द हो, र कसैको रगत मानिसहरूमाथि ल्याउने भन्नाले त्यो व्यक्तिको मृत्युको लागि ती मानिस दोषी हुन् भन्नु हो । वैकल्पिक अनुवादः “यस मानिसको मृत्युको लागि हामीलाई जिम्मेवार ठहराउने” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Acts 5:29
यहाँ “हामी” शब्दले प्रेरितहरूलाई जनाउँछ र श्रोताहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν
यसपछि लेखिएका वचन पत्रुसले भनेको बेलामा तिनले सबै प्रेरितहरूका पक्षमा बोले ।
Acts 5:30
ἤγειρεν Ἰησοῦν
यहाँ “उठाउनुभयो” भनेको वाक्पद्धति हो । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूका परमेश्वरले येशूलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
κρεμάσαντες ἐπὶ ξύλου
यहाँ क्रूसलाई सङ्केत गर्न पत्रुसले रूख शब्द प्रयोग गरे । क्रूस वास्तवमा रूखको काठबाट बनाउने गरिन्थ्यो । वैकल्पिक अनुवादः “उहाँलाई क्रूसमा झुण्ड्याएर” (हेर्नुहोस्ः लक्षणा)
Acts 5:31
τῇ δεξιᾷ αὐτοῦ
“परमेश्वरको दाहिने हात”तर्फ हुनु भनेको परमेश्वरबाट महान् सम्मान् र अधिकारलाई प्राप्त गर्ने कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई आफ्नो छेउमा सम्मानको स्थानमा उचाल्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν
“पश्चात्ताप” र “क्षमा” भन्ने शब्दहरूलाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई पश्चात्ताप गर्न र परमेश्वरले तिनीहरूका पापहरू क्षमा गर्नलाई एउटा अवसर दिन” (हेर्नुहोस्ः भाववाचक नाम)
Ἰσραὴλ
“इस्राएल” शब्दले यहूदी मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 5:32
ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ
“तिनीहरू जसले परमेश्वरको अधिकारमा आफैँलाई सुम्पन्छन्”
Acts 5:33
गमलिएलले परिषद्का सदस्यहरूलाई सम्बोधन गर्छन् ।
Acts 5:34
τις…Φαρισαῖος ὀνόματι Γαμαλιήλ
लूकाले गलमिएललाई परिचय गराउँछन् र तिनको बारेमा पृष्ठभूमि जानकारी प्रदान गर्छन् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय अनि पृष्ठभूमिको जानकारी)
τίμιος παντὶ τῷ λαῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई सबै मानिसहरूले सम्मान गर्थे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκέλευσεν ἔξω…τοὺς ἀνθρώπους ποιῆσαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूलाई बाहिर लैजान रक्षकहरूलाई आज्ञा गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:35
προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν
“यसको बारेमा होशियार भएर विचार गर्नुहोस्”, वा “यसको बारेमा सावधान हुनुहोस् ।” तिनीहरूले त्यस्तो केही कुरा गरेर पछि पश्चाताप गर्ने कार्य नगरून् भनेर गमलिएलले तिनीहरूलाई चेतावनी दिए ।
Acts 5:36
ἀνέστη
सम्भावित अर्थहरू हुन् १) “थुदासले विद्रोह गर्यो” वा २) “थुदास देखा पर्यो”
λέγων εἶναί τινα ἑαυτόν
“कोही प्रतिष्ठित व्यक्ति हुँ भन्ने दाबी गर्दै”
ὃς ἀνῃρέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई मारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅσοι ἐπείθοντο αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले उसका आज्ञा पालन गरे, ती सबै तितरबितर भए” वा “उसका आज्ञा पालन गर्नेहरू सबै भिन्नभिन्न दिशामा गए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ἐγένοντο εἰς οὐδέν
यसको अर्थ तिनीहरूले योजना गरेका कुरा तिनीहरूले पूरा गरेनन् ।
Acts 5:37
μετὰ τοῦτον
“थुदासपछि”
ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς
“जनगणना भएको समयअवधिमा”
ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ
यसको अर्थ उसले कोही मानिसलाई उसँगै मिलेर रोमी सरकारका विरुद्धमा विद्रोह गर्न विश्वस्त तुल्यायो । वैकल्पिक अनुवादः “धेरै मानिसलाई उसको पछि लाग्ने बनायो” वा “उसको विद्रोहमा धेरै मानिसलाई सहभागी बनायो” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 5:38
καὶ τὰ νῦν λέγω ὑμῖν
गमलिएलले परिषद्का सदस्यहरूलाई सम्बोधन गरी सक्छन् । तिनीहरूले प्रेरितहरूलाई पिटे, येशूको बारेमा शिक्षा नदिन आज्ञा गरे र तिनीहरूलाई छोडिदिए । तर पनि चेलाहरूले शिक्षा दिने र प्रचार गर्ने कार्यलाई निरन्तरता दिए ।
ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς
प्रेरितहरूलाई फेरि दण्ड नदिन र झ्यालखानामा नहाल्न गमलिएलले यहूदी अगुवाहरूलाई भने । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐὰν ᾖ ἐξ ἀνθρώπων, ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο
“यदि यो योजना मानिसहरूले रचेका हुन् वा मानिसहरूले यो काम गरिरहेका हुन् भने”
καταλυθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले यसलाई हटाइदिनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:39
εἰ…ἐκ Θεοῦ ἐστιν
यहाँ “यो” शब्दले “यो योजना वा काम” लाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यो योजना गर्नुभएको वा यी मानिसलाई यो काम गर्ने आज्ञा गर्नुभएको हो भने” (हेर्नुहोस्ः शब्दलोप)
ἐπείσθησαν…αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी गमलिएलले तिनीहरूलाई विश्वस्त तुल्याए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 5:40
καὶ
यहाँ पहिलो शब्द “तिनीहरू”ले यहूदी महासभाका सदस्यहरूलाई जनाउँछ । अरू बाँकी शब्द “तिनीहरूलाई”, “तिनीहरू”, र “तिनीहरू” शब्दहरूले प्रेरितहरूलाई जनाउँछन् ।
προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν
यी कुरा गर्न महासभाका सदस्यहरूले मन्दिरका रक्षकहरूलाई आदेश दिएका हुन सक्छन् । (हेर्नुहोस्ः लक्षणा)
λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ
यहाँ “नाउँ”ले येशूको अधिकारलाई जनाउँछ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू ४:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “येशूको अधिकारमा अझ बढी बोल्नलाई” (हेर्नुहोस्ः लक्षणा)
Acts 5:41
κατηξιώθησαν
यहूदी अगुवाहरूले प्रेरितहरूको अपमान गर्दा परमेश्वरले तिनीहरूको आदर गर्नुभएको छ भनेर तिनीहरू आनन्दित भए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो नाउँको निम्ति अपमानित हुनलाई परमेश्वरले तिनीहरूलाई योग्य गन्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὲρ τοῦ ὀνόματος
यहाँ “नाउँ”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको लागि” (हेर्नुहोस्ः लक्षणा)
Acts 5:42
τε
“त्यसपश्चात, हरेक दिन ।” प्रेरितहरूले त्यसपछिका दिनहरूमा हरेक दिन के गरे भन्ने कुरालाई यो वाक्यांशले अङ्कित गर्छ ।
ἐν τῷ ἱερῷ
पूजाहारी मात्रै जाने अनुमति पाएका मन्दिरको भवनको भित्री भागमा तिनीहरू गएनन् । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा र विभिन्न मानिसहरूका घरहरूमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 6
प्रेरितहरू ०६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
विधवाहरूलाई बाँडफाँड
यरूशलेमका विश्वासीहरूले एकल महिलाका हरेक दिन खाद्यान्न वितरण गर्थे । ती सबै महिला यहूदी परिवारमा हुर्केका थिए । तीमध्ये कोही यहूदियामा बस्थे र हिब्रू भाषा बोल्थे भने, अरू अन्यजाति क्षेत्रमा बसोबास गर्थे र ग्रीक भाषा बोल्थे । खद्यान्न बाँड्नेहरूले हिब्रू भाषा बोल्ने विधवालाई दिन्थे र ग्रीक भाषा बोल्ने विधवालाई दिंदैनथे । परमेश्वरलाई मन परोस् भनेर ग्रीक भाषा बोल्ने विधवाले खाद्यान्न आफ्नो भाग पाउन सकुन् भनेर मण्डलीले ग्रीक भाषा बोल्ने मानिसहरूलाई नियुक्त गर्यो । यी नै ग्रीक भाषा बोल्ने मानिसहरूमध्ये एक जना स्तिफनस हुन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“उनको मोहडा कुनै स्वर्गदूतको मोहडा झैँ थियो”
स्तिफनसको अनुहार स्वर्गदूतको जस्तो थियो भन्दा त्यो कस्तो थियो भनेर कसैलाई पनि थाहा छैन । किनभने लूकाले हामीलाई भनेका छैनन् । यसर्थ यसको बारेमा यूएलटीले जे भन्छ, त्यो मात्र अनुवाद गर्नु उत्तम हुन्छ ।
Acts 6:1
यो कथाको नयाँ खण्डको सुरुवात हो । कथालाई बुझ्नको लागि पृष्ठभूमिको जानकारी दिइएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐν δὲ ταῖς ἡμέραις ταύταις
तपार्इंको भाषामा कथाको नयाँ खण्डलाई कसरी सुरुवात गर्नुहुन्छ, त्यसलाई ध्यान दिनुहोस् । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
“ठुलो सङ्ख्यामा बढ्दै”
τῶν Ἑλληνιστῶν
यी यहूदीहरूले आफ्नो जीवन इस्राएलबाहिर रोमी सम्राज्यमा बिताएका थिए, र ग्रीक भाषा बोलेर हुर्केका थिए । तिनीहरूको भाषा र संस्कृति इस्राएलमा बस्ने मानिसहरूको भन्दा फरक थियो ।
τοὺς Ἑβραίους
यी यहूदीहरू इस्राएलमा हिब्रू वा आरमेइक भाषा बोलेर हुर्केका थिए । अहिलेसम्मका मण्डलीमा यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका मानिसहरू थिए ।
पति मरेका स्त्रीहरू
παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हिब्रू भाषा बोल्ने विश्वासीहरूले ग्रीक भाषा बोल्ने विधवाहरूलाई बेवास्ता गरिरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“वास्ता नगरिँदै” वा “बिर्सिइँदै ।” सहयोग चाहिने मानिसहरू धेरै थिए कि केही छुटेका थिए ।
ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ
प्रेरितहरूलाई दिइने पैसाको केही भाग सुरुको समयका मण्डलीका विधवाहरूलाई खानेकुरा किन्न प्रयोग गरिन्थ्यो ।
Acts 6:2
यहाँ “तिमीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । यहाँ “हामीले” र “हामी” शब्दहरूले १२ प्रेरितहरूलाई जनाउँछन् । जहाँसम्म सम्भव हुन्छ, तिनलाई मात्र जनाउने तपाईंको भाषाको खास तरिकालाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप)
οἱ δώδεκα
यसले एघार जना प्रेरितहरूका साथै प्रेरित प्रेरित 1:26 मा चुनिएका मतियासलाई पनि जनाउँछ ।
”“सबै चेलाहरू” वा “सबै विश्वासीहरू”
καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ
परमेश्वरको वचन सिकाउने तिनीहरूका काम थियो, र त्यसको महत्त्वलाई जोड दिन यो बढाइचढाइ गरेर भनेको हो । वैकल्पिक अनुवादः “परमेश्वरको वचन प्रचार गर्न र सिकाउन छोड्नु” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
διακονεῖν τραπέζαις
यो वाक्यांशको अर्थ मानिसहरूलाई खाना खुवाउने काम हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Acts 6:3
सम्भावित अर्थहरू हुन् १) ती मानिसहरूसँग तीनवटा गुणहरू छन्–राम्रो प्रतिष्ठा, आत्माले पूर्ण भएको र बुद्धिले भरिएको वा २) ती मानिसहरूसँग दुईवटा गुणहरूको लागि प्रतिष्ठा छ– आत्माले पूर्ण भएको र बुद्धिले भरिएको ।
ἄνδρας…μαρτυρουμένους
“मानिसहरूले राम्रो भनेर जानेका व्यक्तिहरू” वा “ती व्यक्तिहरू जसलाई मानिसहरूले भरोसा गर्छन्”
ἐπὶ τῆς χρείας ταύτης
“यो काम गर्न जिम्मेवार हुनका लागि”
Acts 6:4
τοῦ λόγου
अझ धेरै जानकारी समावेश गर्नु सहयोगी हुन्छ । वैकल्पिक अनुवादः “वचन सिकाउने र प्रचार गर्ने सेवा” (हेर्नुहोस्ः शब्दलोप)
Acts 6:5
ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους
“सबै विश्वासीहरूलाई तिनीहरूको सुझाव मन पर्यो”
Στέφανον…Φίλιππον…Πρόχορον…Νικάνορα…Τίμωνα…Παρμενᾶν…Νικόλαον
यी ग्रीक नामहरू हुन्, र यी चुनिएका मानिसहरू धेरैजसो वा पूरै ग्रीक यहूदी समूहका विश्वासीहरू थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यहूदी धर्ममा परिवर्तन भएको गैरयहूदी
Acts 6:6
ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας
यसले सातजनालाई आशिष् दिएको र काम गर्नलाई जिम्मेवारी र अधिकार सुम्पिएको कुरालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 6:7
यो पदले मण्डलीको वृद्धिको बारेमा जानकारी गर्छ ।
ὁ λόγος τοῦ Θεοῦ ηὔξανεν
वचनमा विश्वास गर्ने मानिसहरूका सङ्ख्यामा वृद्धि भएको कुरालाई परमेश्वरको वचनको वृद्धि भएको कुरा हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचनमा विश्वास गर्ने मानिसहरूका सङ्ख्यामा वृद्धि भयो” वा “परमेश्वरबाटको सन्देशलाई विश्वास गर्ने मानिसहरूको सङ्ख्यामा वृद्धि भयो” (हेर्नुहोस्ः रूपक)
ὑπήκουον τῇ πίστει
“नयाँ विश्वासको शिक्षालाई पछ्याए”
ὑπήκουον τῇ πίστει
सम्भावित अर्थहरू हुन् १) येशूमा विश्वास गर्ने सुसमाचारको सन्देश वा २) मण्डलीको शिक्षा वा ३) ख्रीष्टिएन शिक्षा ।
Acts 6:8
यी पदहरूले स्तिफनस र अरू मानिसहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् जुन कथा बुझ्नको लागि महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यो कथाको नयाँ भागको सुरुवात हो ।
Στέφανος δὲ
यसले स्तिफनसलाई कथाको यस भागमा मुख्य पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Στέφανος…πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει
यहाँ “अनुग्रह” र “शक्ति” शब्दहरूले परमेश्वरबाटको शक्तिलाई जनाउँछ । यसलाई स्पष्ट हुने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले स्तिफनसलाई ... गर्ने शक्ति दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 6:9
τῆς συναγωγῆς, τῆς λεγομένης Λιβερτίνων
“स्वतन्त्र दलका मानिसहरू” शायद विभिन्न ठाउँका पूर्व-कमाराहरू थिए । त्यहाँ भएका अरू मानिसहरू सभाघरका भाग थिए वा तिनीहरूले केवल स्तिफनससँगको वादविवादमा भाग लिए भन्ने कुरा यो स्पष्ट छैन ।
“स्तिफनससँग बहस गरिरहेको”
Acts 6:11
ἀκηκόαμεν
यहाँ “हामी” शब्दले झूट बोल्नका लागि तिनीहरूले फकाएका मानिसहरूलाई जनाउँछ । “तिनीहरू” शब्दले स्वतन्त्र दल नाउँको प्रेरित ६:९ सभाघरका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Acts 6:10
प्रेरितहरू ६:८ मा सुरु भएको पृष्ठभूमिको जानकारी पद १० सम्म जारी रहन्छ ।
οὐκ ἴσχυον ἀντιστῆναι
यो वाक्यांशको अर्थ तिनले भनेका कुरालाई तिनीहरूले झूटा हो भनेर प्रमाणित गर्न सकेनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “विरुद्धमा विवाद गर्न सकेनन्” (हेर्नुहोस्ः टुक्काहरू)
τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει
यसले पवित्र आत्मालाई जनाउँछ ।
Acts 6:11
ὑπέβαλον ἄνδρας λέγοντας
झूटा साक्षी दिनका लागि तिनीहरूलाई रुपियाँ दिए । वैकल्पिक अनुवादः “झूटा बोल्न र यसो भन्न कोही मानिसहरूलाई” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λαλοῦντος ῥήματα βλάσφημα
“ ... का बारेमा खराब कुराहरू”
Acts 6:12
συνεκίνησάν
यहाँको हरेक “तिनीहरू” शब्दले स्वतन्त्र दल नाउँको प्रेरित ६:९ सभाघरका मानिसहरूलाई जनाउने सम्भावना छ । झूटा साक्षी दिन र महासभाका धर्मगुरुहरू, शास्त्रीहरू र अरू मानिसलाई उत्तेजित पार्न तिनीहरू जिम्मेवार थिए । यहाँ “हामी” शब्दले महासभामा ल्याएर झूटा साक्षी दिने मानिसहरूलाई मात्र जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς
“मानिसहरू, धर्मगुरुहरू, र शास्त्रीहरूलाई स्तिफनससँग धेरै रिसाउने तुल्याए”
“तिनलाई अँठ्याए र पक्रे ताकि तिनी भाग्न नसकून्”
Acts 6:13
οὐ παύεται λαλῶν
“निरन्तर भनिरहन्छ”
Acts 6:14
τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς
यहाँ “हामीलाई दिएका” भन्ने वाक्यांशको अर्थ “हस्तान्त्रण गरेका” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पुर्खाहरूलाई सिकाएका” (हेर्नुहोस्ः टुक्काहरू अनि लक्षणा)
Acts 6:15
यो एउटा वाक्पद्धति हो जसको अर्थ तिनीहरूले उनलाई एकटकले हेरे भन्ने हुन्छ । यहाँ “आँखाहरू” भनेको दृष्टिलाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “तिनलाई एकोहोरो हेरे” वा “तिनलाई हेरिरहे” (हेर्नुहोस्ः टुक्काहरू)
εἶδον τὸ πρόσωπον αὐτοῦ, ὡσεὶ πρόσωπον ἀγγέλου
यस वाक्यांशले उनको अनुहारलाई एक स्वर्गदूतकोसँग तुलना गर्छ तर तिनमा के साझा थियो भनेर निर्दिष्ट रूपमा बताउँदैन । (हेर्नुहोस्ः उपमा)
Acts 7
प्रेरितहरू ०७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ७:४२-४३ अनि ४९-५० मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
अध्याय ८:१ यो वर्णनको हिस्सा भएको देखा पर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“स्तिफनसले भने”
स्तिफनसले संक्षिप्त रूपमा इस्राएलको इतिहास भने । इस्राएलका मानिसलाई परमेश्वरले डोहोर्याइरहनुभएको समयमा तिनीहरूले उहाँलाई इन्कार गरेको समयहरूमाथि स्तिफनसले विशेष ध्यान पुर्याएर बोलेका छन् । यो कथाको अन्त्यमा, परमेश्वरले इस्राएलीहरूका लागि नियुक्त गर्नुभएका अगुवाहरूलाई ती दुष्ट इस्राएलीहरूले सधैँ तिरस्कार गरे झैँ गरी स्तिफनसका श्रोता अर्थात् यहूदी अगुवाहरूले येशूलाई इन्कार गरे भनी तिनले भनेका थिए ।
“पवित्र आत्माले भरिपूर्ण”
पवित्र आत्माले स्तिफनसलाई पूर्ण रूपले नियन्त्रण गर्नुभयो, र यसरी परमेश्वरले तिनीबाट जे भन्न चाहानुहुन्थ्यो, त्यो मात्र तिनले भन्न सके ।
पूर्व चित्रण
त्यो समयमा महत्त्वपूर्ण नभएका तर कथाको पछिल्लो भागमा महत्त्वपूर्ण हुने कुरा लेखकले भन्दछन् भने त्यसलाई पूर्व चित्रण भनिन्छ । शाऊल अर्थात् पावलको महत्त्व कथाको यस भागमा नभए पनि लूकाले तिनको नाउँ उल्लेख गरेका छन् । प्रेरितको पुस्तकको बाँकी पछिल्ला खण्डमा पावल एक महत्त्वपूर्ण व्यक्ति भएका हुनाले तिनले यसो गरेका हुन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अन्तर्निहित जानकारी
मोशाको व्यवस्था राम्रोसँग पढेका र जानेका यहूदीहरूसँग स्तिफनसले कुराकानी गरिरहेका थिए । यसैले तिनका श्रोताहरूले पहिलेदेखि नै जानिराखेका कुराहरूलाई स्पष्ट पार्ने काम तिनले गरेका छैनन् । तर तपाईंले यी कुरामध्ये केहीलाई स्पष्ट पार्नु जरुरी हुन्छ, र यसरी स्तिफनसले भनेका कुरालाई तपाईंका श्रोताहरूले बुझ्न सकून् । उदाहरणका लागि, दाजुहरूले योसेफलाई “मिश्रमा बेचिदिंदा” (प्रेरितहरू ७:९), तिनी दास हुन जाँदै थिए भनेर तपाईंले स्पष्ट तुल्याउनु आवश्यक हुन सक्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
प्रतिस्थापन शब्द
योसेफले सम्पूर्ण “मिश्रमाथि” र फारोका घरानामाथि शासन गरेको कुरा स्तिफनसले भने । तिनको भनाइको अर्थ मिश्रका मानिसहरू र फारोका घरानाका धनसम्पत्तिमाथि योसेफले शासन गरे भन्ने हो । (हेर्नुहोस्ः लक्षणा)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पृष्ठभुमिको ज्ञान
स्तिफनसले भनिरहेका यी घटनाका बारेमा ती यहूदी अगुवालाई पहिलेदेखि नै धेरैजसो जानकारी थियो । मोशाले उत्पत्तिको पुस्तक लेखे भन्ने कुरा तिनीहरूलाई थाहा थियो । यदि उत्पत्तिको पुस्तकलाई तपाईंको भाषामा अनुवाद गरिएको छैन भने, स्तिफनसले बनेका कुरा बुझ्न तपाईंका पाठकहरूलाई कठिन हुन सक्छ ।
Acts 7:1
“हाम्रा” शब्दले दुवै स्तिफनस, र तिनले कुरा गरेका यहूदी परिषद्, र सम्पूर्ण श्रोताहरूलाई जनाउँछ । “तिम्रो” शब्दले एकवचनमा छ र अब्राहामलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
स्तिफनसको बारेमा प्रेरितहरू ६:८ मा सुरु भएको कथाले निरन्तरता लिन्छ । इस्राएलको इतिहासमा घटेका कुराहरूको बारेमा कुरा गरेर स्तिफनसले प्रधान पूजाहारी र परिषद्लाई उनको जवाफ दिन सुरु गर्छन् । यस इतिहासका अधिकांश कुराहरू मोशाको लेखहरूबाट आउँछ ।
Acts 7:2
ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε
स्तिफनसले परिषद्लाई सम्बोधन गर्ने क्रममा आफ्नै विस्तारित परिवारको रूपमा धेरै शिष्टता देखाउँदै थिए ।
Acts 7:4
पद ४ मा भएका “तिनी,” “तिनका” र “तिनलाई” शब्दहरूले अब्राहामलाई जनाउँछन् । पद ५ को “उहाँले” शब्दले परमेश्वरलाई जनाउँछ, तर “तिनलाई” शब्दले अब्राहामलाई जनाउँछ ।
ὑμεῖς
यहाँ “तपाईंहरू” शब्दले यहूदी महासभा र श्रोताहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Acts 7:5
οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ
“उहाँले यीमध्ये केही पनि दिनुभएन”
οὐδὲ βῆμα ποδός
यस वाक्यांशका लागि सम्भावित अर्थहरू हुन् १) खडा हुन पुग्ने जमिन वा २) कदम चाल्न पुग्ने जमिन । वैकल्पिक अनुवादः “जमिनको साह्रै सानो टुक्रा” (हेर्नुहोस्ः टुक्काहरू)
αὐτῷ εἰς κατάσχεσιν…καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν
“अब्राहामले अधिकार गरून् र तिनले आफ्ना सन्तानलाई देऊन् भनेर तिनलाई”
Acts 7:6
ἐλάλησεν…οὕτως ὁ Θεὸς
यस अगिको पदभन्दा पछि यो कुरा हुन आएको भनेर लेख्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “पछि परमेश्वरले अब्राहामलाई भन्नुभयो”
ἔτη τετρακόσια
“४०० वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Acts 7:7
τὸ ἔθνος…κρινῶ ἐγώ
“जाति” शब्दले त्यसमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस जातिका मानिसको न्याय म गर्नेछु” (हेर्नुहोस्ः लक्षणा)
τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν
“त्यो जाति जसलाई तिनीहरूले सेवा गर्नेछन्”
Acts 7:8
ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς
यो करारले गर्दा अब्राहामले आफ्नो परिवारमा भएका पुरुषहरूको खतना गर्नु आवश्यक भयो भनी यी यहूदीले बुझेका हुन सक्छन् । वैकल्पिक अनुवादः “अब्राहामका परिवारमा भएका पुरुषहरूको खतना गर्न उहाँले तिनीसँग करार गर्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ
वृत्तान्त अब अब्राहामबाट तिनका सन्ततिहरूमा सर्छ ।
Ἰακὼβ τοὺς δώδεκα πατριάρχας
“याकूब पिता भए ।” स्तिफनसले यसलाई संक्षिप्त पारेका छन् । (हेर्नुहोस्ः शब्दलोप)
Acts 7:9
οἱ πατριάρχαι
“याकूबका ठूला छोराहरू” वा “योसेफका दाजुहरू”
ἀπέδοντο εἰς Αἴγυπτον
आफ्ना पूर्खाहरूले योसेफलाई मिश्रमा दास हुनलाई बेचिदिएका कुरा यहूदीहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “तिनलाई मिश्रमा दासको रूपमा बेचिदिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἦν…μετ’ αὐτοῦ
कसैलाई सहायता पुर्याएको भन्नका लागि यो लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “तिनलाई सहायता गर्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 7:10
ἐπ’ Αἴγυπτον
यसले मिश्रका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मिश्रका सबै मानिसहरूमाथि” (हेर्नुहोस्ः लक्षणा)
ὅλον τὸν οἶκον αὐτοῦ
यसले तिनका धनसम्पत्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनले आर्जन गरेका हरेक थोक” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:11
ἦλθεν…λιμὸς
“अनिकाल आइपर्यो ।” भूमिले अन्न उत्पादन गर्न छोड्यो ।
οἱ πατέρες ἡμῶν
यसले यहूदी मानिसहरूका पूर्खाहरू, याकुब र तिनका छोराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:12
σιτία
अन्न नै त्यो बेला धेरै मानिसले खाने भोजन थियो ।
τοὺς πατέρας ἡμῶν
यहाँ यसले याकूबका छोराहरू, योसेफका ठूला दाजुहरूलाई जनाउँछ ।
Acts 7:13
ἐν τῷ δευτέρῳ
“तिनीहरूको अर्को पटकको भेटघाटमा” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἀνεγνωρίσθη
योसेफले आफ्ना दाजुभाइहरूलाई तिनीहरूको भाइको रूपमा आफ्नो परिचय दिए ।
φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू योसेफका परिवार रहेछन् भनेर फारोले थाहा पाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 7:14
ἀποστείλας
“आफ्ना दाजुहरूलाई कनानमा फिर्ता पठाए” वा आफ्ना दाजुहरूलाई घरमा फिर्ता पठाए”
Acts 7:15
ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν
तिनी मिश्रमा पुग्नेबित्तिकै तिनको मृत्यु भयो भनेजस्तो अर्थ लाग्दैन भन्ने कुरालाई निश्चित गर्नुहोस् । वैकल्पिक अनुवादः “अन्त्यमा गएर याकूबको मृत्यु भयो”
αὐτὸς καὶ οἱ πατέρες ἡμῶν
“याकूब र उनका छोराहरू जो हाम्रा पूर्खाहरू भए”
Acts 7:16
μετετέθησαν…καὶ ἐτέθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “याकूबका सन्तानहरूले याकूबको शरीर र तिनका छोराहरूको शरीरहरूलाई लगे ... र तिनीहरूलाई गाडे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τιμῆς ἀργυρίου
“पैसामा”
Acts 7:17
यहाँ “हाम्रा” शब्दले स्तिफनस र तिनका श्रोताहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας…ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη
प्रतिज्ञाको समय आउनुअगि मानिसहरूका सङ्ख्या बढ्यो भनेर उल्लेख गर्नु कुनै भाषामा उपयोगी हुन्छ ।
ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας
यो परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने समयको नजिक थियो ।
Acts 7:18
ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον
“अर्को राजाले शासन गर्न सुरु गरे”
ἐπ’ Αἴγυπτον
“मिश्र”ले मिश्रका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मिश्रका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ
“योसेफ”ले योसेफको ख्यातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई योसेफले मिश्रलाई सहायता गरेका थिए भनेर थाहा थिएन” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:20
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς
यसले मोशालाई कथामा परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἦν ἀστεῖος τῷ Θεῷ
यो एउटा वाक्पद्धति हो जसको अर्थ मोशा धेरै सुन्दर थिए भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ἀνετράφη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनका आमाबाबुले तिनको स्याहार गरे” वा “तिनका आमाबाबुले तिनको हेरविचार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 7:21
ἐκτεθέντος δὲ αὐτοῦ
फारोको आदेशका कारणले मोशालाई “बाहिर राखियो” । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनका आमाबाबुले तिनलाई बाहिर राखे” वा “जब उनीहरूले तिनलाई छोडेर गए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν
तिनले उसको लागि ती हरेक असल कुरा गरिन् जुन एक आमाले आफ्नो छोराको लागि गर्छिन् । एक आमाले आफ्नो छोरा एक स्वस्थ वयस्क भएर हुर्कोस् भनेर गर्ने कुरालाई जनाउनका लागि तपाईंको भाषामा भएको सामान्य शब्दलाई प्रयोग गर्नुहोस् ।
εἰς υἱόν
“मानौँ तिनी उनको आफ्नै छोरा थिइन्”
Acts 7:22
ἐπαιδεύθη Μωϋσῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "The Egyptians educated Moses" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάσῃ σοφίᾳ Αἰγυπτίων
मोशाले मिश्रका सबैभन्दा प्रतिष्ठित विद्यालयमा पढेका थिए भन्ने कुरामा जोड दिनका लागि यो बढाइचढाइ भनेको कुरा हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ
“तिनको बोली र कार्यमा प्रभावशाली” वा “तिनले गरेका र भनेका कुराहरूमा प्रभावशाली”
Acts 7:23
ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ
यहाँ “हृदय” भनेको “दिमाग”लाई जनाउने प्रतिस्थापन शब्द हो । “तिनको हृदयमा आयो” भन्ने वाक्यांश चाहिँ वाक्पद्धति हो जसको अर्थ केही कुराको निर्णय गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यो तिनको दिमागमा आयो” वा “तिनले निर्णय गरे” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ
यसले समस्त मानिसहरूलाई जनाउँछ, र तिनको परिवारलाई मात्र होइन । वैकल्पिक अनुवादः “तिनका आफ्नै मानिसहरू, इस्राएलका सन्तान कसरी जिइरहेका छन् भनेर हेर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:24
καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον
यसको शब्दक्रमलाई पुनःसंरचना गरेर कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जना मिश्रीले एक जना इस्राएलीलाई दुर्व्यवहार गरेको देखेर मोशाले प्रतिरक्षा गरे र त्यो इस्राएलीलाई अत्याचार गर्ने मिश्रीलाई हिर्काइदिए, र यसरी तिनको सुरक्षा गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πατάξας τὸν Αἰγύπτιον
मोशाले त्यस मिश्रीलाई यति जोडले हिर्काए कि त्यो मर्यो ।
Acts 7:25
ἐνόμιζεν
“तिनले कल्पना गरे”
διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς
यहाँ “हात” शब्दले मोशाको कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाले गर्ने कार्यद्वारा तिनीहरूलाई बचाउँदै हुनुहुन्थ्यो” वा “तिनीहरूलाई बचाउन मोशाको कामलाई प्रयोग गर्दै हुनुहुन्थ्यो” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:26
यहाँ “हाम्रो” शब्दले इस्राएलीलाई जनाउँछ, तर यसले मोशालाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
αὐτοῖς μαχομένοις
यस घटनामा दुई जना मानिस संलग्न भएको कुरा प्रस्थानको पुस्तकमा लेखेको वर्णनबाट श्रोताले जानकारी पाएका हुन सक्छन्, तर त्यो कुरालाई स्तिफनसले प्रस्ट पारेका छैनन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην
“झगडा गर्नबाट तिनीहरूलाई रोक्न खोजे”
ἄνδρες, ἀδελφοί ἐστε
मोशाले झगडा गरिरहेका दुईजना इस्राएलीलाई सम्बोधन गर्दै थिए ।
ἱνα τί ἀδικεῖτε ἀλλήλους?
तिनीहरूले झगडा नगरून् भनेर उत्साह दिन मोशाले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “तपाईंहरूले एक अर्कालाई चोट लाउनु हुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 7:27
τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν?
त्यस मानिसले मोशालाई हप्काउनको लागि यो प्रश्नको प्रयोग गरे । वैकल्पिक अनुवादः “हामीमाथि तिम्रो कुनै अधिकार छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 7:28
μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον?
मोशाले त्यो मिश्रीलाई मारे भन्ने कुरा यो मानिसलाई अनि शायद अरू मानिसलाई समेत थाहा भएको छ भनेर मोशालाई चेतावनी दिनलाई उसले यो प्रश्न सोधेको हो ।
Acts 7:29
मोशा मिश्रबाट भागे र त्यसपछि तिनले मिद्यानी स्त्रीसँग विवाह गरे भनेर स्तिफनसका श्रोताहरूलाई पहिलेदेखि नै थाहा थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν τῷ λόγῳ τούτῳ
यसले भन्न खोजेको कुरा चाहिँ मोशाले अगिल्लो दिन एक मिश्रीलाई मारेको कुरा इस्राएलीहरू जान्दथे भनेर तिनले बुझे भन्ने हुन्छ (प्रेरितहरू ७:२८) । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:30
καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα
“४० वर्ष बितेपछि ।” यो मोशाले मिद्यानमा बिताएको समय अवधि हो । वैकल्पिक अनुवाद: “मोशा मिश्रबाट भागेको चालिस वर्ष बितेपछि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὤφθη…ἄγγελος
परमेश्वर स्वर्गदूतद्वारा बोल्नुभयो भन्ने कुरा स्तिफनसको श्रोतालाई थाहा थियो । यूएसटीले यो कुरा स्पष्ट पारेको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:31
ἐθαύμασεν τὸ ὅραμα
आगोमा पोथ्रा नजलेको देखेर मोशा आश्चर्यचकित भए । यो कुरा स्तिफनसका श्रोताहरूलाई पहिले नै थाहा थियो । वैकल्पिक अनुवादः “किनकि पोथ्रा जलिरहेको थिएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι
यसको अर्थ मोशा पहिले पोथ्राको अनुसन्धान गर्न नजिक गए भन्ने हुन सक्छ ।
Acts 7:32
ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου
“तिम्रा पूर्खाहरूले आराधना गरेको परमेश्वर मै हुँ”
ἔντρομος δὲ γενόμενος, Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι
यसको अर्थ मोशाले स्वर सुन्दा तिनी पछाडि हटे भन्ने हुन सक्छ ।
ἔντρομος…γενόμενος, Μωϋσῆς
मोशा डरले कामे । यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशा डरले काँपे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:33
λῦσον τὸ ὑπόδημα
मोशाले परमेश्वरको आदर गरून् भनेर परमेश्वरले तिनलाई यसो भन्नुभयो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν
यसले सङ्केत गर्न खोजेको कुरा यही हो, कि जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ परमेश्वरको वरिपरि भएको क्षेत्र पवित्र मानिन्छ वा परमेश्वरद्वारा पवित्र बनाइन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:34
ἰδὼν, εἶδον
“पक्कै देखेको ।” यो निश्चय नै भन्ने शब्दले देखिएको कुरामा जोड थप्छ ।
τοῦ λαοῦ μου
“मेरा” शब्दले यी मानिस परमेश्वरका हुन् भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “अब्राहाम, इसहाक र याकूबका सन्तानहरू”
κατέβην ἐξελέσθαι αὐτούς
“म आफैँ तिनीहरूको छुटकारा ल्याउनेछु”
νῦν δεῦρο
“तयार होऊ ।” परमेश्वरले यहाँ एउटा आदेशको प्रयोग गर्नुहुन्छ ।
Acts 7:35
३५-३८ सम्मका पदहरूमा सम्बन्धित वाक्यांशहरूको शृङ्खला नै पाइन्छ जसले मोशाको बारेमा उल्लेख गर्छन् । प्रत्येक वाक्यांश “मोशा” वा “तिनै मोशा” वा “यिनै मानिस” वा “यिनी तिनै मोशा हुन्” बाट सुरु हुन्छ । मोशालाई जोड दिनको लागि सम्भव भएसम्म यस्तै खालका पदावली वा वाक्यांशहरूको प्रयोग गर्नुहोस् । इस्राएलीहरूले मिश्र छाडेपछि तिनीहरू उजाडस्थानमा यताउता डुलेर ४० वर्ष समय बिताए । अनि परमेश्वरले तिनीहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको मुलुकमा लानुभयो ।
τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο
यसले प्रेरितहरू ७:२७-२८ मा अभिलिखित भएका घटनाहरूलाई नै जनाउँछ ।
λυτρωτὴν
“मुक्ति दिलाउने व्यक्ति”
σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ
हात भनेको कुनै व्यक्तिको कार्यलाई जनाउने लक्षणा शब्द हो । यो घटनामा ती स्वर्गदूतले मोशालाई मिश्रमा फर्किन आदेश दिएका थिए । ती स्वर्गदूतका भौतिक हात भएको झैँ गरी स्तिफनसले कुरा गरे । ती स्वर्गदूतले के काम गरे, सो कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “ती स्वर्गदूतको कामद्वारा” वा “पोथ्रामा स्वर्गदूतद्वारा मिश्रमा फर्केर जाने आदेश पाएर” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:36
ἔτη τεσσεράκοντα
इस्राएलीहरूले उजाडस्थानमा चालीस वर्ष समय बिताए भन्ने बारे स्तिफनसका श्रोतालाई थाहा थियो । वैकल्पिक अनुवादः “इस्राएलीहरू उजाडस्थानमा ४० वर्षसम्म बसेको समयमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 7:37
προφήτην…ἀναστήσει
“एउटा मानिसलाई अगमवक्ता तुल्याउनुहुनेछ”
ἐκ τῶν ἀδελφῶν ὑμῶν
“तिमीहरूका आफ्नै मानिसहरूबाट”
Acts 7:38
पद ४० मा भएको उद्धरण मोशाले लेखेका कुराबाट लिइएको हो ।
οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ
“यी मानिस मोशा नै हुन् जो इस्राएलीहरूका माझमा थिए”
οὗτός ἐστιν ὁ γενόμενος
“यी तिनै मानिस हुन्” भन्ने वाक्यांशले यो खण्डभरि मोशालाई जनाउँछ ।
ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν
यी वचन दिनुहुने परमेश्वर आफैँ हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “यी तिनै मानिस हुन् जसलाई परमेश्वरले हामीलाई दिनको लागि जीवित वचन दिनुभयो”
λόγια ζῶντα
सम्भावित अर्थहरू हुन् १) “सधैँ रहिरहने सन्देश” वा २) “जीवन दिने वचनहरू ।” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:39
ἀπώσαντο
यो अलङ्कारले मोशालाई तिनीहरूले गरेको इन्कारलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले तिनलाई तिनीहरूको अगुवाको रूपमा स्वीकार गर्न इन्कार गरे” (हेर्नुहोस्ः रूपक)
ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν
यहाँ “हृदय” भनेको मानिसहरूका सोचाइहरूलाई जनाउने प्रतिस्थापन शब्दहरू हुन् । हृदयमा केही कुरा गर्नुको अर्थ केही कुरा गर्ने इच्छा गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू फर्कन चाहे” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:41
यहाँ भएको स्तिफनसको उद्धरण आमोस अगमवक्ताबाट लिइएको हो ।
ἐμοσχοποίησαν
तिनीहरूले बनाएको बाछो मूर्ति थियो भनेर स्तिफनसका श्रोताहरूलाई थाहा थियो । वैकल्पिक अनुवादः “तिनीहरूले बाछोजस्तै देखिने मूर्ति बनाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐμοσχοποίησαν…τῷ εἰδώλῳ…τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
यी वाक्यांशहरू सबैले बाछोको त्यही मूर्तिलाई जनाउँछ ।
Acts 7:42
ἔστρεψεν…ὁ Θεὸς
“परमेश्वर अन्तै फर्कनुभयो ।” मानिसहरूसँग परमेश्वर खुशी हुनुभएन, र यसरी उहाँले तिनीहरूलाई फेरि सहायता गर्नुभएन भन्ने कुरा जनाउने यो कार्य हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई सच्याउन छोड्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
παρέδωκεν αὐτοὺς
“तिनीहरूलाई ... त्याग्नुभयो”
τῇ στρατιᾷ τοῦ οὐρανοῦ
मूल वाक्यांशका लागि सम्भावित अर्थहरू हुन् १) ताराहरू मात्र वा २) सूर्य, चन्द्र र ताराहरू ।
βίβλῳ τῶν προφητῶν
यो चर्मपत्रको मुट्ठोमा सङ्कलन गरिएको पुरानो करारका धेरैजसो अगमवक्ताका लेखहरूका सङ्ग्रह हो । यसले आमोसको लेखलाई पनि समावेश गरेको छ ।
μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ?
परमेश्वरले यो प्रश्न इस्राएललाई तिनीहरूले उहाँलाई कुनै बलिदान चढाएनन् भन्ने देखाउन सोध्नुभएको हो । वैकल्पिक अनुवादः “हे इस्राएलको घराना, तिमीहरूले मलाई ... पशुबलिहरू र बलिदानहरू चढाउँदा मलाई सम्मान गरेनौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οἶκος Ἰσραήλ
यसले इस्राएलका सम्पूर्ण जातिलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू सबै इस्राएलीहरू” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:43
यहाँ अगमवक्ता आमोसबाट लिएको उद्धरणको निरन्तरता छ ।
स्तिफनसले प्रेरितहरू ७:२ मा प्रधान पूजाहारी र परिषद्लाई दिन सुरु गरेको जवाफलाई निरन्तरता दिन्छन् ।
ἀνελάβετε
तिनीहरूले उजाडस्थानको यात्रा गर्दा यी मूर्तिहरू तिनीहरूले आफ्नो साथमा बोकेर लगे भन्ने अर्थ लाग्छ । वैकल्पिक अनुवादः “एक ठाउँदेखि अर्को ठाउँमा तिमीहरूले आफ्नो साथमा बोकेर लग्यौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν σκηνὴν τοῦ Μολὸχ
झूटा देवता मोलोखको वासस्थानको लागि प्रयोग गरिएको तम्बु
τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν
झूटो देवता रेफनलाई चिनाउने तारा
τοὺς τύπους οὓς ἐποιήσατε
तिनीहरूले मोलोख र रेफन देवताहरूको उपासना गर्नको लागि तिनीहरूका मूर्ति वा प्रतिमाहरू बनाए ।
μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος
“म तिमीहरूलाई हटाएर बेबिलोनभन्दा पनि टाढा लानेछु ।” यो परमेश्वरको न्याको कार्य हुने थियो ।
Acts 7:44
ἡ σκηνὴ τοῦ μαρτυρίου
त्यो पाल जसमा सन्दूक (एउटा बाकस) राखिएको थियो जुन बाकसभित्र दश आज्ञाहरू कुँदिएका ढुङ्गाहरू राखिएको थियो ।
Acts 7:45
ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ
“यहोशूको अगुवाइमा” भन्नुको अर्थ तिनीहरूका पूर्खाहरूले यी कुरा यहोशूको निर्देशनप्रतिको आज्ञापालनमा गरे भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूले यहोशूको सुझावअनुसार पवित्र वासस्थान प्राप्त गरे र त्यो आफ्नो साथमा बोकेर ल्याए”
ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν
पुर्खाहरूले त्यो मुलुकको अधिकार गर्न किन सक्षम भएका थिए भन्ने कुरा यो वाक्यले बताउँदछ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूका सामु परमेश्वरले ती जातिलाई मुलुक छाडेर जान बाध्य पार्नुभयो”
ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν
यहाँ “हाम्रा पूर्खाहरूको सामुन्ने” भन्ने वाक्यांशले तिनीहरूका पूर्खाहरूको उपस्थितिलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “हाम्रा पूर्खाहरूले हेरेर बसेको बेला, ती जातिबाट परमेश्वरले मुलुकहरू कब्जा गर्नुभयो र तिनीहरूलाई बाहिर धपाउनुभयो” वा २) “जब हाम्रा पुर्खाहरू आए, ती जातिबाट परमेश्वरले मुलुकहरू कब्जा गर्नुभयो र तिनीहरूलाई बाहिर धपाउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
τῶν ἐθνῶν
यसले इस्राएलले बसोबास गर्नुअगि त्यो मुलुकमा बसेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो पहिले त्यहाँ बसोबास गर्दथे” (हेर्नुहोस्ः लक्षणा)
ὧν ἐξῶσεν ὁ Θεὸς
“तिनीहरूलाई मुलुक छाडेर जान बाध्य पार्नुभयो”
Acts 7:46
σκήνωμα τῷ οἴκῳ Ἰακώβ
“याकुबका परमेश्वरले वास गर्नुहुने सन्दुकका लागि एउटा घर ।” दाऊद उक्त सन्दुक इस्राएलभर पालको साटोमा यरूशलेममा नै रहोस् भन्ने चाहन्थे ।
Acts 7:47
४९ र ५० पदहरूमा स्तिफनसले यशैया अगमवक्ताबाट उद्धृत गर्छन् । यी उद्धरणहरूमा परमेश्वर आफ्नै बारेमा कुरा गरिरहनुभएको छ ।
Acts 7:48
χειροποιήτοις
हात शब्द सम्पूर्ण व्यक्तित्व जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा बनाइएको” (हेर्नुहोस्ः उपलक्षण)
Acts 7:49
ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου
अगमवक्ताले परमेश्वरको लागि वासस्थान बनाउनु मानिसहरूको लागि असम्भव छ, किनकि सारा पृथ्वी परमेश्वरको पाउदान मात्र हो भनेर परमेश्वरको महानताको तुलना गरेका छन् ।
ποῖον οἶκον οἰκοδομήσετέ μοι?
मानिसहरूको प्रयास परमेश्वरको हेरचाह गर्न कति व्यर्थका छन् भनेर देखाउनलाई परमेश्वरले यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो लागि पर्याप्त हुने घर तिमीहरूले बनाउन सक्दैनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ τίς τόπος τῆς καταπαύσεώς μου?
मानिसले परमेश्वरलाई विश्राम गर्ने ठाउँ उपलब्ध गराउन सक्दैन भन्ने कुरा देखाउनको लागि परमेश्वर यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो विश्रामको निम्ति पर्याप्त असल ठाउँ कहीँ पनि छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 7:50
οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα?
मानिसले कुनै कुराको पनि सृष्टि गरेको होइन भन्ने देखाउन परमेश्वर यो प्रश्न सोध्नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो हातले यी सबै थोक बनायो !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 7:51
कडा हप्कीको साथमा, स्तिफनसले प्रधान पूजाहारी र परिषद्लाई प्रेरितहरू ७:२ मा दिन सुरु गरेको जवाफलाई अन्त्य गर्छन् ।
σκληροτράχηλοι
स्तिफनसले यहूदी अगुवाहरूलाई आफ्नो परिचय दिने काम तिनीहरूलाई छोडेर हप्काउन सुरु गरे ।
σκληροτράχηλοι
यसले तिनीहरूका घाँटी अरट्ठ भएको भन्ने अर्थ होइन, तर तिनीहरू “हठी” थिए भन्ने अर्थ लाग्छ । (हेर्नुहोस्ः टुक्काहरू)
ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν
यहूदीहरूका विचारमा खतना नभएका मानिसहरू अनाज्ञाकारी हुन् । यहूदी अगुवाहरूले परमेश्वरको आज्ञा पालन नगर्दा वा नसुन्दा तिनीहरूले अन्यजातिहरूले झैँ कार्य गरेको भनी जनाउन स्तिफनसले “हृदय र कान” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईंहरू आज्ञापालन गर्न र सुन्न इन्कार गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Acts 7:52
τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν?
तिनीहरूका पूर्खाहरूका गल्तीबाट तिनीहरूले केही पनि सिकेनन् भन्ने देखाउनलाई स्तिफनसले यो प्रश्न सोधेका थिए । वैकल्पिक अनुवादः “तपाईंहरूका पूर्खाहरूले हरेक अगमवक्तालाई सताए !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοῦ Δικαίου
यसले ख्रीष्ट, मसिहलाई जनाउँछ ।
οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε
“तपाईंहरूले पनि उहाँलाई विश्वासघात गर्नुभएको छ र हत्या गर्नुभएको छ”
“धर्मी जनका हत्याराहरू” वा “ख्रीष्टका हत्याराहरू”
Acts 7:53
τὸν νόμον εἰς διαταγὰς ἀγγέλων
“हाम्रा पूर्खाहरूलाई दिन परमेश्वरले स्वर्गदूतहरूलाई अह्राउनुभएको व्यवस्था”
Acts 7:54
महासभाले स्तिफनसका शब्दहरूप्रति प्रतिक्रिया जनाए ।
ἀκούοντες δὲ ταῦτα
यो एउटा मोड हो; जहाँ प्रचार सकिन्छ र परिषद्का सदस्यहरूले प्रतिक्रिया जनाउँछन् ।
διεπρίοντο ταῖς καρδίαις αὐτῶν
“मनमा ठेस लगाउनु” भनेको कुनै व्यक्तिलाई असाध्यै रीस उठाएको कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “असाध्यै रिसाएका थिए” वा “धेरै रिसाए” (हेर्नुहोस्ः टुक्काहरू)
ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν
यो कार्यले स्तिफनसप्रति कडा रीस वा स्तिफनसलाई गरेको घृणालाई व्यक्त गर्यो । वैकल्पिक अनुवादः “तिनीहरू यति धेरै रिसाए कि तिनीहरूले आफ्ना दाह्रा किटे” वा “स्तिफनसलाई हेर्दै गर्दा आफ्ना दाँतहरू यताउता सारे” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 7:55
ἀτενίσας εἰς τὸν οὐρανὸν
“स्वर्गतिर हेरिरहे ।” स्तिफनसले मात्र यो दर्शन देखे, भीडमा भएका अरू कसैले देखेनन् जस्तो देखिन्छ ।
εἶδεν δόξαν Θεοῦ
परमेश्वरको महिमालाई मानिसहरूले सामान्यतया चम्किलो ज्योतिका रूपमा अनुभव गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरबाट आएको चम्किलो ज्योति देखे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ
“परमेश्वरको दाहिने हात”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकारलाई प्राप्त गरेको कुरालाई जनाउने साङ्केतिक कार्य हो । वैकल्पिक अनुवादः “र उनले येशूलाई परमेश्वरको छेउमा सम्मान र अधिकारको स्थानमा उभिरहनुभएको देखे” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 7:56
Υἱὸν τοῦ Ἀνθρώπου
स्तिफनसले येशूलाई “मानिसको पुत्र”को नाउँद्वारा जनाउँछन् ।
Acts 7:57
συνέσχον τὰ ὦτα αὐτῶν
“तिनीहरूले आफ्ना कानमा आफ्ना हात राखे ।” तिनीहरूले स्तिफनसका भनेका अरू कुरा सुन्न चाहँदैनन् भनेर देखाउनलाई तिनीहरूले यसो गरे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 7:58
ἐκβαλόντες ἔξω τῆς πόλεως
“तिनीहरूले स्तिफनसलाई पक्रे र उनलाई बलजफ्तीसँग बाहिर लगे”
τὰ ἱμάτια
यी न्यानोको लागि ज्याकेट र कोट जस्तै गरी तिनीहरूले लगाउने लबेदा वा कपडा हुन् ।
παρὰ τοὺς πόδας
“ ... को सामुन्ने ।” तिनीहरूलाई त्यहाँ राखिएको थियो ताकि शाऊलले तिनको ख्याल गर्न सकून् ।
νεανίου
त्यो समयमा शाऊल सम्भवतः ३० वर्षका थिए ।
Acts 7:59
यसले स्तिफनसको कथालाई अन्त्य गर्छ ।
δέξαι τὸ πνεῦμά μου
“मेरो आत्मा लिनुहोस् ।” यो एउटा बिन्ती हो भनी दर्शाउनलाई “कृपया” शब्दलाई थप गर्न सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “कृपया, मेरो आत्मालाई ग्रहण गर्नुहोस्”
Acts 7:60
θεὶς δὲ τὰ γόνατα
यो परमेश्वरप्रतिको समर्पणको कार्य हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν
यसलाई सकारात्मक तरिकाले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पापका लागि तिनीहरूलाई क्षमा गर्नुहोस्” (हेर्नुहोस्ः निषेधात्मक)
ἐκοιμήθη
यहाँ निद्रामा पर्नु भनेको मृत्यु भएको कुरालाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “मरे” (हेर्नुहोस्ः व्यञ्जना)
Acts 8
प्रेरितहरू ०८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ८:३२-३३ मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।
पद १ को पहिलो वाक्यले अध्याय ७ मा भएको घटनाको वर्णनलाई अन्त्य गर्दछ । “त्यहाँ ... सुरु भयो” भन्ने शब्दहरूसँगै लूकाले कथाको एउटा नयाँ भागलाई सुरु गर्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पवित्र आत्मालाई पाउने
मानिसहरूले पवित्र आत्मा प्राप्त गरे भनेर यस अध्यायले पहिलोपल्ट उल्लेख गर्दछ (प्रेरितहरू ८:१५-१९) । पवित्र आत्माले विश्वासीहरूलाई यसअगि नै भाषाहरूमा बोल्न, बिरामीहरू निको पार्न र समुदाय मिलेर बस्न सक्षम तुल्याउनुभएको थियो, र उहाँले स्तिफनसलाई भरिपूर्ण पार्नुभएको थियो । तर जब यहूदीहरूले विश्वासीहरूलाई झ्यालखानामा हाल्न सुरु गरे, तब यसरुसलेम छाडेर जान सक्ने जति विश्वासीहरूले छाडे र तिनीहरू निस्केर गए । तिनीहरू जाँदै गर्दा तिनीहरूले मानिसहरूलाई येशूको सुसमाचार सुनाउँदै गए । जब येशूको बारेमा सुनेका मानिसहरूले पवित्र आत्मा पाए, तब ती मानिस साँचो विश्वासीहरू भए भनी मण्डलीका अगुवाहरूले थाहा पाए ।
प्रचार गरे
विश्वासीहरूले वचन घोषणा गरे, सुसमाचार प्रचार गरे र येशू नै ख्रीष्ट हुनहुन्छ भनी घोषणा गरे भनेर प्रेरितको पुस्तकका अरू कुनै अध्यायले भन्दा धेरैपल्ट यस अध्यायले भन्दछ । “घोषणा” शब्दले एउटा ग्रीक शब्दलाई अनुवाद गर्छ जसको अर्थ कुनै असल खबर सुनाउनु भन्ने हुन्छ ।
Acts 8:1
यूएसटीले गरे झैँ गरी यो पदलाई पुलको रूपमा प्रयोग गरेर स्तिफनसको बारेमा भएको कथाका यी भागलाई एकसाथ राख्नाले तपाईंका पाठकहरूलाई लाभ पुग्न सक्छ । (हेर्नुहोस्ः पदका पुलहरू)
लूकाले यी पदहरूमा आफ्नो वृत्तान्तलाई स्तिफनसबाट पावलतर्फ लैजान्छन् ।
ἐγένετο…ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν, τὴν ἐν Ἱεροσολύμοις. πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων
पद १ को यो भाग स्तिफनसको मृत्युपछि सुरु भएको सतावटको पृष्ठभूमिको जानकारी हो । पद ३ मा शाऊलले विश्वासीहरूलाई किन सतावट पुर्याइरहेका थिए भन्ने कुरालाई यसले स्पष्ट पार्दछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἐκείνῃ τῇ ἡμέρᾳ
यसले स्तिफनस मरेको दिनलाई जनाउँछ (प्रेरितहरू ७:५९-६०) ।
πάντες…διεσπάρησαν
“सबै” शब्द चाहिँ विश्वासीहरूको ठूलो सङ्ख्याले सतावटको कारण यरूशलेम छोडे भनी जनाउनलाई गरिएको सामान्यकरण हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
πλὴν τῶν ἀποστόλων
यस भनाइले प्रेरितहरूले पनि ठूलो सतावटको अनुभव गरे तापनि तिनीहरू यरूशलेममा नै बसे भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 8:2
ἄνδρες εὐλαβεῖς
“परमेश्वरको भय मान्ने मानिसहरू” वा “ती मानिसहरू जसले परमेश्वरको भय मान्थे”
ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ
“तिनको मृत्युको असाध्यै शोक मनाए”
Acts 8:3
σύρων τε ἄνδρας καὶ γυναῖκας
शाऊलले यहूदी विश्वासीहरूलाई जबरजस्ती तिनीहरूका घर-घरबाट बाहिर निकालेर झ्यालखानामा राखिदिन्थे ।
κατὰ τοὺς οἴκους
“घरैपिच्छे”
“पुरुष र स्त्रीहरूलाई जबरजस्ती बाहिर निकाल्थे”
ἄνδρας καὶ γυναῖκας
यसले येशूमा विश्वास गरेका पुरुष र स्त्रीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 8:4
मानिसहरूले डिकनका रूपमा चुनेका फिलिपको कथा यहाँदेखि सुरु हुन्छ (प्रेरितहरू ६:५) ।
διασπαρέντες
छरपष्ट हुनुको कारण, सतावटलाई अघि नै उल्लेख गरिएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो ठूलो सतावटबाट भागेका थिए र ... गएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν λόγον
यो “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । यो सन्देश येशूको बारेमा थियो भनेर तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 8:5
κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας
यहाँ “तल गए” भन्ने वाक्यांश प्रयोग गरिएको छ किनभने उचाइका हिसाबले यरूशलेमभन्दा सामरिया तल पर्दछ ।
τὴν πόλιν τῆς Σαμαρείας
सम्भावित अर्थहरू हुन् १) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरे । वैकल्पिक अनुवादः “सामरियामा भएको प्रमुख सहर” वा २) लूकाले कुन सहरका लागि यो पत्र लेखिराखेका थिए भनी पाठकहरूलाई थाहा छ भनेर उनले अपेक्षा गरेनन् । वैकल्पिक अनुवादः “सामरियामा भएको एउटा सहर”
ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν
“ख्रीष्ट” भन्ने नाउँले येशू, मसिहलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू नै मसिह हुनुहुन्छ भनी तिनीहरूलाई बताए” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:6
δὲ οἱ ὄχλοι
“जब सामरियाको सहरमा भएका धेरै मानिसहरू ।” स्थानको बारेमा प्रेरितहरू ८:५ मा निर्दिष्ट रूपमा बताइएको थियो ।
προσεῖχον
फिलिपले निको पारेको कारण मानिसहरूले ध्यान दिए ।
Acts 8:7
ἐχόντων πνεύματα ἀκάθαρτα
“जससँग ती थिए” वा “जो अशुद्ध आत्माहरूद्वारा नियन्त्रित थिए”
Acts 8:8
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ
“त्यस सहरमा” भन्ने वाक्यांशले आनन्द मनाइराखेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसैले सहरका मानिसहरू आनन्द मनाइराखेका थिए” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:9
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारीको सुरुवात गर्छ र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἀνὴρ δέ τις ὀνόματι Σίμων
यो कथामा कुनै नयाँ मानिसलाई परिचय गराउने तरिका हो । तपार्इंको भाषामा नयाँ मानिसलाई कथामा परिचय गराउन फरक शब्दहरूको प्रयोग गर्न सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
τῇ πόλει
“सामरियाको सहर” (प्रेरितहरू ८:५)
Acts 8:10
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारी दिन र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउनलाई निरन्तरता दिन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
προσεῖχον πάντες
“सबै” शब्द सामान्यकरण गरिएको कुरा हो । वैकल्पिक अनुवादः “धेरैजसो सामरीहरू” वा “सहरमा भएका सामरीहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἀπὸ μικροῦ ἕως μεγάλου
यी दुई वाक्यांशहरूले एक कुनादेखि अर्को कुनासम्म भएका हरेक व्यक्ति भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू जतिसुकै प्रतिष्ठित भए पनि” (हेर्नुहोस्ः मेरिज्म)
οὗτός ἐστιν ἡ Δύναμις τοῦ Θεοῦ, ἡ καλουμένη Μεγάλη
मानिसहरूले सिमोनलाई “महान् शक्ति” भनेर चिनिने ईश्वरीय शक्ति हुन् भन्दै थिए ।
ἡ Δύναμις τοῦ Θεοῦ, ἡ καλουμένη Μεγάλη
सम्भावित अर्थहरू हुन् १) परमेश्वरको शक्तिशाली प्रतिनिधि वा २) परमेश्वर वा ३) सबैभन्दा शक्तिशाली मानिस वा ४) र स्वर्गदूत । यो शब्दको अर्थ स्पष्ट नभएको हुनाले यसलाई सामान्य रूपमा “परमेश्वरको महान् शक्ति” भनेर अनुवाद गर्नु उत्तम हुन सक्छ ।
Acts 8:11
फिलिपको कथामा सिमोनको परिचय गराइएको छ । यस पदले सिमोनको बारेमा भएको पृष्ठभूमि जानकारी दिने र त्यो सामरीहरूको माझमा को थियो भनेर बताउने कामलाई अन्त्य गर्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 8:12
यी पदहरूले सिमोनको बारेमा र केही सामरीहरू येशूमा विश्वास गर्न आएका कुराको बारेमा थप जानकारी दिन्छ ।
ἐβαπτίζοντο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले तिनीहरूलाई बप्तिस्मा दिए” वा “फिलिपले नयाँ विश्वासीहरूलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 8:13
ὁ…Σίμων καὶ αὐτὸς ἐπίστευσεν
यहाँ “आफैँले” शब्दले सिमोन विश्वास गर्यो भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्नेहरूमध्ये सिमोन पनि एक जना थियो” (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
βαπτισθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले सिमोनलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यसले नयाँ वाक्य सुरु गर्न सक्छ । वैकल्पिक अनुवादः “जब उसले देख्यो”
Acts 8:14
सामरियामा के भएको थियो भन्ने खबरलाई लूकाले निरन्तरता दिन्छन् ।
ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι
यसले सामरीहरू विश्वासीहरू भएको बारेमा रहेको कथाको एउटा नयाँ भागको सुरुवातलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἡ Σαμάρεια
यसले धेरै मानिसहरूलाई जनाउँछ, जो सामरियाको जिल्लाभरी विश्वासीहरू बनेका थिए । (हेर्नुहोस्ः उपलक्षण)
δέδεκται
“विश्वास गरेका थिए” वा “स्वीकार गरेका थिए”
Acts 8:15
οἵτινες καταβάντες
“जब पत्रुस र यूहन्ना तल आएका थिए”
καταβάντες
यो वाक्यांशलाई यहाँ प्रयोग गरिएको छ किनभने सामरिया उचाइमा यरूशलेमभन्दा तल पर्छ ।
προσηύξαντο περὶ αὐτῶν
“पत्रुस र यूहन्नाले सामरी विश्वासीहरूको लागि प्रार्थना गरे”
ὅπως λάβωσιν Πνεῦμα Ἅγιον
“कि सामरी विश्वासीहरूले पवित्र आत्मा प्राप्त गर्न सकून्”
Acts 8:16
μόνον…βεβαπτισμένοι ὑπῆρχον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फिलिपले सामरियाका विश्वासीहरूलाई बप्तिस्मा मात्र दिएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μόνον…βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ
यहाँ “नाम”ले अधिकारलाई प्रतिनिधित्व गर्छ, र उहाँको नाउँमा बप्तिस्मा भएको कुराले उहाँको अधिकारमा हुनलाई बप्तिस्मा भएको जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको चेला हुनका लागि मात्र उनीहरूको बप्तिस्मा भएको थियो” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:17
ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς
“उनीहरू” शब्दले सामरी मानिसहरूलाई जनाउँछ जसले स्तिफनसको सुसमाचारको सन्देशमा विश्वास गरेका थिए ।
ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς
परमेश्वरले विश्वासीहरूलाई पवित्र आत्मा दिनिभएको होस् भनेर पत्रुस र यूहन्नाले इच्छा गरेको कुरा दर्शाउने यो साङ्केति कार्य मात्र हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 8:18
διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूले मानिसहरूमाथि आफ्ना हात राखेर पवित्र आत्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 8:19
ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον
“ताकि उसलाई पवित्र आत्मा दिन सकूँ जसमाथि म मेरो हात राख्छु”
Acts 8:20
यहाँ उसलाई, तेरो, तँ, र तेरा शब्दहरू सबैले सिमोनलाई जनाउँछन् ।
τὸ ἀργύριόν σου, σὺν σοὶ εἴη εἰς ἀπώλειαν
“तँ र तेरो रुपियाँ नाश होस्”
τὴν δωρεὰν τοῦ Θεοῦ
यहाँ यसले कसैमाथि हात राखेर पवित्र आत्मा दिने क्षमतालाई जनाउँछ ।
Acts 8:21
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ
“हिस्सा” वा “भाग” शब्दहरूका अर्थ उस्तै हो र जोड दिनलाई प्रयोग भएको हो । वैकल्पिक अनुवादः “तँ यो कार्यमा सहभागी हुन सक्दैनस्” (हेर्नुहोस्ः प्रतिरूपी)
ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα
यहाँ “हृदय” भनेको एक व्यक्तिको सोचाइहरू वा अभिप्रायहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तँ तेरो हृदयमा ठीक छैनस्” वा “तेरो दिमागका अभिप्रायहरू ठीक छैनन्” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:22
ἡ ἐπίνοια τῆς καρδίας σου
यहाँ “हृदय” भनेको एक व्यक्तिको सोचाइहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनकि तैँले जे गर्ने अभिप्राय गरिस्” वा “किनकि जे गर्ने तैँले सोच्दै थिइस्” (हेर्नुहोस्ः लक्षणा)
τῆς κακίας…ταύτης
“यी दुष्ट सोचाइहरू”
εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου
“उहाँले क्षमा गर्ने इच्छा गर्नुहोला कि”
Acts 8:23
εἰς…χολὴν πικρίας
यहाँ “तिक्तताको विषमा” भनेको धेरै डाही बन्ने कुरालाई जनाउने अलङ्कार हो । यसले डाहको विषयमा त्यसको स्वाद तीतो भए झैँ गरेर र डाही व्यक्तिलाई विष लगाउने भए झैँ गरेर बताउँछ । वैकल्पिक अनुवादः “धेरै डाही” (हेर्नुहोस्ः रूपक)
σύνδεσμον ἀδικίας
“पापका बन्धनहरू” भन्ने वाक्यांशको विषयमा यसरी बताइएको छ कि मानौँ पापले सिमनलाई रोक्न सक्छ र कैदी बनाएर राख्न सक्छ । यो एउटा अलङ्कार हो जसको अर्थ सिमोनले आफैँलाई पाप गर्नबाट रोक्न सक्दैनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “किनभने तँ एक कैदी झैँ पाप गरिरहन्छस्” वा “तँ पापको एक कैदी झैँ होस्” (हेर्नुहोस्ः रूपक)
Acts 8:24
यहाँ “तपाईं” शब्दले पत्रुस र यूहन्नालाई जनाउँछ ।
ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε
यसलाई अर्को तरिकाले व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले भन्नुभएका कुराहरू ... मलाई हुन नआओस्”
μηδὲν…ὧν εἰρήκατε
यसले सिमोन त्यसको चाँदीसहित नाश होस् भनेर पत्रुसले दिएका हप्कीलाई जनाउँछ ।
Acts 8:25
यसले सिमोन र सामरीहरूको बारेमा भएको कथाको भागलाई अन्त गर्छ ।
οἱ…διαμαρτυράμενοι
त्रुस र यूहन्नाले सामरीहरूलाई तिनीहरूले आफूले व्यक्तिगत रूपमा जानेको कुरा बताए ।
λαλήσαντες τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । पत्रुस र यूहन्नाले सामरीहरूलाई येशूको बारेमा भएको सन्देशको व्याख्या गरे । (हेर्नुहोस्ः लक्षणा)
πολλάς…κώμας τῶν Σαμαρειτῶν
यहाँ “गाउँहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सामरियाका धेरै गाउँहरूमा भएका मानिसहरूलाई” (हेर्नुहोस्ः उपलक्षण)
Acts 8:26
पद २७ ले इथियोपियाबाटको मानिसको बारेमा पृष्ठभूमि जानकारी बताउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यसले फिलिप र इथियोपियाको मानिसको बारेमा भएको कथाको भागलाई सुरु गर्छ ।
δὲ
यसले कथा परिवर्तनको सङ्केत गर्दछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ἀνάστηθι καὶ πορεύου
केही समय लाग्ने एउटा लामो यात्रा सुरु गर्न तिनी तयार हुनुपर्छ भन्ने कुरामा यी क्रियापदहरूले जोड दिन्छन् । वैकल्पिक अनुवादः “यात्रा गर्न तयार होऊ”
τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν
यहाँ “तल जान्छ” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने यरूशलेम उचाइमा गाजाभन्दा माथि छ ।
αὕτη ἐστὶν ἔρημος
फिलिपले यात्रा गर्ने क्षेत्रको बारेमा स्पष्ट पार्न लूकाले यो टिप्पणी थप गरे भनेर धेरैजसो विद्वानले विश्वास गर्दछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 8:27
ἰδοὺ
“हेर” शब्दले कथामा आएका एउटा नयाँ व्यक्तिप्रति हामीलाई सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
εὐνοῦχος
“नपुंसक” शब्दले इथियोपियाको मानिस उच्च सरकारी अधिकारी थिए भन्ने कुरालाई जोड दिएको छ, तिनको अङ्ग कटनी भएको शारीरिक अवस्थालाई होइन ।
Κανδάκης
यो इथियोपियाका रानीहरूको पद हो । यो मिश्रका राजाहरूलाई “फारो” भने जस्तै हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ
यसले तिनी एक अन्यजाति थिए, जसले परमेश्वरमा विश्वास गर्दथे र आराधना गर्न यरूशलेममा आएका थिए भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनी यरूशलेममा भएको परमेश्वरको मन्दिरमा आराधना गर्न आएका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 8:28
τοῦ ἅρματος
“गाडी” वा “बग्गी” शब्द बढी सान्दर्भिक हुन्छ । रथहरूलाई सामान्यतया टाढाको यात्राको लागि नभइ युद्धको लागि प्रयोग गरिने सवारी साधनको रूपमा उल्लेख गरिन्छ । साथै, मानिसहरू रथहरूमा उभिएर यात्रा गर्थे ।
ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν
यो पुरानो करारको यशैयाको पुस्तक हो । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताको पुस्तकबाट पढिरहेका” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:29
κολλήθητι τῷ ἅρματι τούτῳ
यसको अर्थ रथमा सवार व्यक्तिको नजिकमा फिलिप जानुपर्छ भनेर तिनले बुझे । वैकल्पिक अनुवादः “त्यस रथमा भएको मानिसको साथमा लाग” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:30
ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην
यो पुरानो करारको यशैयाको पुस्तक हो । वैकल्पिक अनुवादः “यशैया अगमवक्ताको पुस्तकबाट पढिरहेका” (हेर्नुहोस्ः लक्षणा)
ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις
ती इथियोपियाका मानिस बुद्धिमानी थिए र पढ्न सक्थे, तर तिनमा आत्मिक समझको अभाव थियो । वैकल्पिक अनुवादः “तपार्इंले पढिरहनुभएको कुराको अर्थ बुझ्नुहुन्छ ?”
Acts 8:31
πῶς…ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με?
सहायताविना तिनले बुझ्न सकेनन् भन्ने कुरालाई जोड दिएर बताउनको लागि यो प्रश्नको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “मलाई कसैले नडोहोर्याएसम्म म बुझ्न सक्दिन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
παρεκάλεσέν…τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ
यसले धर्मशास्त्र बुझाउनका लागि फिलिप तिनीसँगै यात्रा गर्न सहमत भए भन्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 8:32
यो यशैयाको पुस्तकको खण्ड हो । यहाँ “ऊ” र “उसको” शब्दहरूले मसिहलाई जनाउँछ ।
ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος
ऊन कत्रने मानिस भनेको त्यो व्यक्ति हो जसले ऊन काट्ने काम गर्छ ताकि त्यसलाई प्रयोग गर्न सकियोस् ।
Acts 8:33
ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसलाई अपमान गरियो र तिनीहरूले उसको उचित न्याय गरेनन्” वा “उसलाई दोष लगाउनेहरूका सामु अपमानित हुन उसले आफैँलाई दियो र अन्याय सह्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται?
उसको आफ्नै सन्तान हुने छैन भन्ने कुरामा जोड दिनका लागि यो प्रश्न सधिएको थियो । वैकल्पिक अनुवादः “उसका सन्तानका बारेमा बोल्न कोही पनि सक्षम हुने छैन, किनभने त्यहाँ उसका कुनै सन्तान हुनेछैनन्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ
यसले उहाँको मृत्युलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई मारे” वा “मानिसहरूले यस पृथ्वीबाट उसको जीवन लिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 8:34
δέομαί σου
“कृपया मलाई भन्नुहोस्”
Acts 8:35
τῆς Γραφῆς ταύτης
यसले पुरानो करारमा भएको यशैयाको लेखलाई जनाउँछ । वैकल्पिक अनुवादः “यशैयाका लेखहरूमा” (हेर्नुहोस्ः लक्षणा)
Acts 8:36
ἐπορεύοντο κατὰ τὴν ὁδόν
“तिनीहरू बाटोमा निरन्तर यात्रा गरिरहे”
τί κωλύει με βαπτισθῆναι?
फिलिपबाट बप्तिस्माको लागि अनुमति पाउन बिन्ती गर्ने एउटा तरिकाका रूपमा नपुंसकले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “कृपया मलाई बप्तिस्मा लिन दिनुहोस्” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 8:38
ἐκέλευσεν στῆναι τὸ ἅρμα
“रथका चालकलाई रोक्न आज्ञा दिए”
Acts 8:39
यो फिलिप र इथियोपियाको मानिसको बारेमा भएको कथाको भागको अन्त्य हो । फिलिपको कथा कैसरियामा टुङ्गिन्छ ।
οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος
“नपुंसकले फिलिपलाई फेरि देखेनन्”
Acts 8:40
Φίλιππος…εὑρέθη εἰς Ἄζωτον
इथियोपियाको मानिसलाई बप्तिस्मा दिएको ठाउँदेखि अश्दोदसम्म फिलिपले यात्रा गरेको बारेमा केही पनि सङ्केत पाइन्न । तिनी गाजातर्फ जाने बाटोबाट अचानक गायब भए र अश्दोदमा देखा परे ।
διερχόμενος
यसले अश्दोदको सहरका वरपरका क्षेत्रलाई जनाउँछ ।
τὰς πόλεις πάσας
“त्यस क्षेत्रमा भएका सारा सहरहरूलाई”
Acts 9
प्रेरितहरू ०९ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“मार्ग”
विश्वासीहरूलाई “त्यस मार्गका चेलाहरू” भनेर सबभन्दा पहिले कसले सम्बोधन गरे भन्ने कुरा कसैलाई पनि थाहा छैन । यो सायद विश्वासीहरूले आफैलाई यो नाउँले सम्बोधन गरेका हुन सक्छन्, किनभने कुनै व्यक्तिले अरू कसैको जीवनको अनुसरण गरेर जिउँछ भने त्यो व्यक्तिले एउटा “मार्ग” वा बाटोमा हिंडेको भनेर बाइबलले भन्दछ । यदि यो सत्य हो भने, विश्वासीहरूले परमेश्वरलाई मनपर्दो जीवन जिएर “प्रभुको मार्गमा” हिँडेका थिए ।
“दमस्कसमा भएका सभाघरहरूका लागि पत्रहरू”
पावलले मागेको “पत्र” कानूनी दस्तावेजका कागजपत्र थिए, जसले ख्रीष्टिएनहरूलाई ज्यालखानामा हाल्ने अनुमति तिनलाई दियो । दमस्कसको सभाघरका अगुवाहरूले ती पत्रमा दिएका आज्ञा पालन गर्ने थिए, किनभने यो प्रधान पूजाहारीले लेखेका थिए । यदि रोमीहरूले त्यो पत्र देखेको भए, तिनीहरूले पनि ख्रीष्टिएनहरूलाई सतवट गर्ने अनुमति शाऊललाई दिने थिए, किनभने यहूदीहरूका धार्मिक व्यवस्था भङ्ग गर्ने मानिसहरूमाथि जस्तो इच्छा लाग्यो, त्यस्तै गर्ने अनुमति यहूदीहरूले पाउँथे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
शाऊलले जे देखे जब उनले येशूलाई भेटे
यो स्पष्ट छ, शाऊलले एउटा ज्योति देखे र यही ज्योतिका कारणले “तिनी भुइँमा ढले” । यो प्रभुले आफूलाई मानव स्वरूपमा नदेखाईकन शाऊलसँग बोल्नुभएको कुरा थियो भनेर शाऊललाई थाहा थियो भनी कोही मानिसले विश्वास गर्दछन्, किनभने परमेश्वर चम्किलो ज्योति र ज्यतिमा वास हुनुहुन्छ भनेर प्रायः बाइबलले भन्ने गर्दछ । अरू मानिसले यस्तो विचार गर्छन् कि शाऊलले पछि आफ्नो जीवनमा, “मैले प्रभु येशूलाई देखेको छु” भन्न सक्षम भए किनभने उनले यहाँ मानवीय रूप देखेका हुन् ।
Acts 9:1
यी पदहरूले स्तिफनसलाई ढुङ्गाले हानेको समयदेखि यता पावलले के गर्दै थिए भन्ने बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । यहाँ “तिनलाई” शब्दले प्रधान पूजाहारी र “तिनी” शब्दले शाऊललाई जनाउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
कथा पुनः शाऊल र तिनको उद्धारतर्फ फर्कन्छ ।
ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς
नामपद शब्द “हत्या”लाई क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अझै पनि धम्की दिँदै, चेलाहरूको हत्या गर्नेसम्म पनि” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 9:2
πρὸς τὰς συναγωγάς
यसले सभाघरहरूमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सभाघरहरूमा भएका मानिसहरूका लागि” वा “सभाघरहरूमा भएका अगुवाहरूका लागि” (हेर्नुहोस्ः लक्षणा)
ἐάν τινας εὕρῃ
“जब तिनले कुनै व्यक्तिलाई भेट्टाउँछन्” वा “यदि तिनले कुनै व्यक्तिलाई भेट्टाउँछन् भने”
τῆς ὁδοῦ, ὄντας
“जसले येशू ख्रीष्टका शिक्षाहरूलाई पछ्याउँथे”
τῆς ὁδοῦ
यो शब्द नै ख्रीष्टिएन विश्वासको लागि त्यस बेलामा भएको नाउँ जस्तो देखिन्छ ।
δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ
“तिनले तिनीहरूलाई कैदीहरूको रूपमा यरूशलेममा ल्याउनका लागि ।” पावलको उद्देश्यलाई “यहूदी अगुवाहरूले तिनीहरूको न्याय गरेर दण्ड दिऊन्” भन्ने वाक्यांशलाई थपेर स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 9:3
प्रधान पूजाहारीले शाऊललाई पत्र दिएपछि, शाऊल दमस्कस जान बिदा भए ।
ἐν…τῷ πορεύεσθαι
शाऊलले यरूशलेम छोडे र अहिले तिनी दसस्कसतर्फ जाँदै छन् ।
ἐγένετο
यो वाक्यांशले कुनै फरक कुरा हुन लागेको छ भनी दर्शाउनका लागि कथामा भएको परिवर्तनलाई सङ्केत गर्दछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ
“स्वर्गबाट आएको ज्योति तिनको वरिपरि चम्कियो”
ἐκ τοῦ οὐρανοῦ
सम्भावित अर्थहरू हुन् १) स्वर्ग, जहाँ परमेश्वर बस्नुहुन्छ वा २) आकाश । पहिलो अर्थ रोज्न ठीक हुन्छ । तपाईंको भाषामा त्यसको लागि बेग्लै शब्द छ भने, त्यो अर्थलाई प्रयोग गर्नुहोस् ।
Acts 9:4
πεσὼν ἐπὶ τὴν γῆν
सम्भावित अर्थहरू हुन् १) “शाऊल आफैँलाई भुइँमा लडाए” वा २) “ज्योतिले तिनलाई भुइँमा लडायो” वा (३) “शाऊल बेहोस भएर ढलेको कुनै व्यक्ति जस्तै भुइँमा ढले ।” शाऊल दुर्घटनावश लडेका होइनन् ।
τί με διώκεις?
यस आलङ्कारिक प्रश्नले शाऊललाई हप्की प्रदान गर्छ । केही भाषाहरूमा भनाइमा लेख्नु बढी स्वभाविक हुन्छ (वैकल्पिक अनुवाद): “तिमीले मेरो खेदो गर्दैछौ !” वा कुनै आज्ञा (वैकल्पिक अनुवाद): “मेरो खेदो गर्न छोड !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 9:5
यहाँ “तिमी” शब्द जतिपटक दोहोरिए तापनि एकवचन हो ।
τίς εἶ, κύριε?
शाऊलले येशूलाई प्रभु भनेर स्वीकार गरिरहेका थिएनन् । तिनले यो नाउँ प्रयोग गर्छन् किनभने तिनले अलौकिक शक्ति भएको कोही व्यक्तिसँग कुरा गरे भनेर तिनले बुझे ।
Acts 9:6
ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν
“उठ र दमस्कसको सहरमा जाऊ”
λαληθήσεταί σοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिमीलाई बताउनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 9:7
ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες
“तिनीहरूले स्वर सुने, तर तिनीहरूले कसैलाई देखेनन्”
μηδένα δὲ θεωροῦντες
“तर कसैलाई देखेनन् ।” शाऊलले मात्र ज्योतिको अनुभव गरे जस्तो देखिन्छ ।
Acts 9:8
ἀνεῳγμένων…τῶν ὀφθαλμῶν αὐτοῦ
यसको अर्थ हो कि तिनले आफ्ना आँखा बन्द गरेका थिए, किनभने त्यो ज्योति अति चम्किलो थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐδὲν ἔβλεπεν
“तिनले कुनै कुरा पनि देख्न सकेनन् ।” शाऊल अन्धा भएका थिए ।
Acts 9:9
ἦν…μὴ βλέπων
“दृष्टिविहीन थिए” वा “कुनै थोक पनि देख्न सकेनन्”
οὐκ ἔφαγεν οὐδὲ ἔπιεν
तिनले भोजन नखाएको कारणचाहिँ परमेश्वरको आराधना गर्नका लागि हो कि अथवा तिनमा खाने रुची नभएर हो भनेर स्पष्ट लेखिएको छैन, किनभने आफ्नो स्थितिले गर्दा तिनी अति दुःखी भएका थिए । कारण स्पष्ट नपार्नु नै उचित हुन्छ ।
Acts 9:10
शाऊलको कथाले निरन्तरता लिन्छ तर लूकाले हननिया नाम गरेका अर्का व्यक्तिलाई परिचय गराउँछन् । यी तिनै हननिया होइनन् जो अगाडि प्रेरितहरू ५:३ मा मरे । यसलाई तपाईंले प्रेरित ५:१ मा जसरी अनुवाद गर्नुभयो, त्यसै गरी अनुवाद गर्न सक्नुहुन्छ । नयाँ करारमा धेरै यहूदाको उल्लेख गरिएको भए तापनि, यस यहूदाको बारेमा उल्लेख गर्ने खण्ड यो मात्रै हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἦν δέ
यसले हननियालाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ὁ…εἶπεν
“हननियाले भने”
Acts 9:11
πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν
“सीधा गल्लीमा जाऊ”
οἰκίᾳ Ἰούδα
यी यहूदा येशूलाई धोका दिने चेला थिएनन् । यी यहूदा दमस्कसमा शाऊल बसेका घरको मालिक थिए ।
Σαῦλον ὀνόματι Ταρσέα
“टार्सस सहरबाट शाऊल नाम गरेका एकजना मानिस” वा “टार्ससका शाऊल”
Acts 9:12
ἐπιθέντα αὐτῷ χεῖρας
यो शाऊललाई आत्मिक आशिष् दिने एउटा सङ्केत थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἀναβλέψῃ
“तिनले आफ्नो देख्ने क्षमता पुनः प्राप्त गर्न सकून्”
Acts 9:13
ἁγίοις σου
यहाँ “पवित्र मानसिहरू” भन्नाले ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेममा भएका मानिसहरू जसले तपाईंमा विश्वास गर्छन्”
Acts 9:14
ἔχει ἐξουσίαν…δῆσαι πάντας
त्यस समयमा शाऊललाई प्रदान गरिएको शक्ति र अधिकार यहूदी मानिसहरूमा मात्रै सीमित थियो भनेर बुझिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου
यहाँ “तपाईंको नाउँ”ले येशूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 9:15
σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος
“छानिएका साधन”ले केही त्यस्तो कुरालाई जनाउँछ जुन सेवाको लागि अलग गरिएको छ । वैकल्पिक अनुवादः “मैले तिनलाई मेरो सेवा गर्नको निम्ति छानेको छु” (हेर्नुहोस्ः लक्षणा)
τοῦ βαστάσαι τὸ ὄνομά μου
यो येशूलाई चिनाउने वा उहाँको बारेमा बोल्ने कुरालाई जनाउने वाक्य हो । वैकल्पिक अनुवादः “तिनले मेरो नाउँ प्रचार गरून् भन्नका लागि” (हेर्नुहोस्ः लक्षणा)
Acts 9:16
ὑπὲρ τοῦ ὀνόματός μου
यो एउटा अभिव्यक्ति हो जसको अर्थ “मानिसहरूलाई मेरो बारेमा भन्नका लागि” भन्ने हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Acts 9:17
यहाँ “तिमी” एकवचन हो र यसले शाऊललाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
हननिया शाऊल बसिरहेका घरमा जान्छन् । शाऊल निको भएपछि, कथा हननियाबाट फेरि शाऊलतर्फ जान्छ ।
ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν
हननियाले त्यस घरभित्र प्रवेश गर्नु अगि तिनी गए भनी लेख्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “यसैले हननिया गए र तिनले शाऊल बसेको घर पत्ता लगाएपछि, तिनी त्यसभित्र प्रवेश गरे”
ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας
हननियाले आफ्ना हात शाऊलमाथि राखे । यो शाऊललाई आत्मिक आशिष् दिने एउटा सङ्केत थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरिन सक भनेर पठाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 9:18
ἀπέπεσαν…ὡς λεπίδες
“माछाका कत्ला जस्ता देखिने केही खसे”
“तिनी फेरि देख्न सक्ने भए”
ἀναστὰς ἐβαπτίσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनी उठे र हननियाले तिनलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 9:20
यहाँ दोस्रोपटकको “उहाँ” शब्दले मात्रै येशू, परमेश्वरको पुत्रलाई जनाउँछ । पहिलोपल्टको “तिनले” शब्द र अरूहरूले शाऊललाई जनाउँछन् ।
Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Acts 9:21
πάντες οἱ ἀκούοντες
“सबै” शब्द सामान्यीकरण हो । वैकल्पिक अनुवादः “तिनका कुरा सुन्नेहरू” वा “धेरै जसले तिनलाई सुने” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο
यो चाहिँ शाऊल विश्वासीहरूलाई सताउने मानिस नै थिए भनेर जोड दिने आलङ्कारिक र अकरणमा भएको प्रश्न हो । वैकल्पिक अनुवादः “येशूको नाम लिने यरूशलेममा भएकाहरूलाई नष्ट गर्ने मानिस यिनी नै हुन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ ὄνομα τοῦτο
यहाँ “नाउँ”ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको नाउँ” (हेर्नुहोस्ः लक्षणा)
Acts 9:22
συνέχυννεν τοὺς Ἰουδαίους
येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने शाऊलको तर्कको खण्डन गर्ने उपाय नपाएर तिनीहरू अशान्तिमा भएका थिए ।
Acts 9:23
यस खण्डमा भएको “तिनलाई” शब्दले शाऊललाई जनाउँछ ।
οἱ Ἰουδαῖοι
यसले यहूदीहरूका अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
Acts 9:24
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर कसैले तिनीहरूको योजना शाऊललाई भनिदियो” वा “तर शाऊलले तिनीहरूको योजनाको बारेमा थाहा पाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παρετηροῦντο…καὶ τὰς πύλας
यस सहरलाई पर्खालले घेरिएको थियो । मानिसहरू सामान्यतया सहरको ढोकाबाट मात्र आउने जाने गर्न सक्थे ।
Acts 9:25
οἱ μαθηταὶ αὐτοῦ
येशूको बारेमा शाऊलको सन्देश विश्वास गर्ने र तिनका शिक्षा पछ्याउने मानिसहरू
διὰ τοῦ τείχους, καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι
“तिनलाई एउटा ठूलो टोकरीमा पर्खालको प्वालबाट तल झार्न डोरी प्रयोग गरे”
Acts 9:26
यहाँ “तिनी” र तिनलाई” शब्दहरूले एकपटक बाहेक सबै समयमा शाऊललाई जनाउँछन् । पद २७ मा “‘तिनले’ उनीहरूलाई बताए” भन्ने कुराले बारनाबासलाई जनाउँछ ।
καὶ πάντες ἐφοβοῦντο αὐτόν
यहाँ “तिनीहरू सबै ... थिए” भनेको सामान्यकरण गरिएको कुरा हो, तर त्यसले प्रत्येक व्यक्तिलाई जनाएको हुन पनि सम्भव छ । वैकल्पिक अनुवादः “तर तिनीसँग उनीहरू डराए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Acts 9:27
ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ
यो चाहिँ शाऊलले येशू ख्रीष्टको सुसमाचारको सन्देश बिना डर प्रचार गरे वा सिकाए भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “येशूको बारेमा खुला रूपमा प्रचार गरेका थिए” (हेर्नुहोस्ः लक्षणा)
Acts 9:28
ἦν μετ’ αὐτῶν
यहाँ “तिनी” शब्दले पावललाई जनाउँछ । “उनीहरू” शब्दले सम्भवतः यरूशलेममा भएका प्रेरितहरू र अरू चेलाहरूलाई जनाउँछ ।
ἐν τῷ ὀνόματι τοῦ Κυρίου
सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा प्रभु येशूलाई जनाउँछ र पावलले कसको बारेमा बताए भनेर बताउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको बारेमा” वा २) “नाउँ” भनेको अधिकारलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभु येशूको अधिकारको अधीनमा” वा “प्रभु येशूले तिनलाई दिनुभएको अधिकारमा” (हेर्नुहोस्ः लक्षणा)
Acts 9:29
συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς
शाऊलले ग्रीक बोल्ने यहूदीहरूसँग तर्क गर्ने कोसिस गरे ।
Acts 9:30
οἱ ἀδελφοὶ
“भाइहरू” शब्दले यरूशलेममा बस्ने विश्वासीहरूलाई जनाउँछ ।
κατήγαγον αὐτὸν εἰς Καισάρειαν
यहाँ “तिनलाई तल ल्याए” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने कैसरिया यरूशलेमभन्दा उचाइमा तल पर्छ ।
ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν
कैसरिया समुद्री बन्दरगाह थियो । शायद भाइहरूले शाऊललाई जहाजमा चढाएर टार्ससमा पठाइदिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 9:31
पद ३१ चाहिँ मण्डलीको वृद्धिको बारेमा नयाँ जानकारी दिने भनाइ हो ।
पद ३२ मा, कथा शाऊलबाट पत्रुसको बारेमा भएको कथाको एउटा नयाँ भागमा सर्छ ।
ἡ…ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ Γαλιλαίας, καὶ Σαμαρείας
यहाँ एकभन्दा बढी स्थानीय मण्डलीलाई जनाउनका लागि पहिलोपल्ट “मण्डली” शब्द एकवचन स्वरूपमा प्रयोग भएको छ । यहाँ यसले इस्राएलभरी भएका सबै समूहका सबै विश्वासीहरूलाई जनाउँछ ।
εἶχεν εἰρήνην
“शान्तिपूर्ण रूपमा जिए ।” यसको अर्थ स्तिफनसको हत्यासँगै सुरु भएको सतावटको अन्त्य भयो ।
οἰκοδομουμένη καὶ πορευομένη
वृद्धि गराउनुहुने कारक व्यक्ति चाहिँ परमेश्वर वा पवित्र आत्मा हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई बढ्न सहायता गर्नुभयो” वा “पवित्र आत्माले तिनीहरूको निर्माण गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πορευομένη τῷ φόβῳ τοῦ Κυρίου
यहाँ “हिँड्नु” भनेको “जिउने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “प्रभुको आज्ञापालनमा जिउँदै” वा “प्रभुलाई सम्मान गर्न निरन्तरता दिँदै” (हेर्नुहोस्ः रूपक)
τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος
“पवित्र आत्माले तिनीहरूलाई मजबुत पार्दै र उत्साह दिँदै हुनुहुन्थ्यो”
Acts 9:32
ἐγένετο δὲ
कथाको नयाँ भागको सङ्केत गर्नका लागि यो वाक्यांशको प्रयोग भएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
διὰ πάντων
यो चाहिँ पत्रुसले यहूदिया, गालील र सामरियामा भएका विश्वासीहरूलाई भेटेका कुरालाई जनाउन गरिएको सामान्यकरण हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
κατελθεῖν
पत्रुसले यात्रा गरेका अरू ठाउँभन्दा लुड्डा उचाइका हिसाबले तल पर्ने हुनाले “तल आए” भन्ने वाक्यांश प्रयोग भएको हो ।
Λύδδα
लुड्डा योप्पाको लगभग १८ किलोमिटर जति दक्षिण-पूर्वमा पर्ने एउटा सहर हो । पुरानो करारमा र आधुनिक इस्राएलमा यो सहरलाई लोद भनिन्थ्यो ।
Acts 9:33
εὗρεν…ἐκεῖ ἄνθρωπόν τινα
पत्रुसले पक्षाघाती मानिसलाई खोजिरहेका थिएनन्, तर तिनले भेटे । वैकल्पिक अनुवादः “तब पत्रुसले एकजना मानिसलाई भेटे”
ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν
यसले एनियासलाई कथाका एक नयाँ पात्रका रूपमा परिचित गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος
यो एनियासको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
παραλελυμένος
हिँड्न नसक्ने, शायद कम्मरमुनिको भाग चलाउन नसक्ने
Acts 9:34
στρῶσον σεαυτῷ
“आफ्नो गुन्द्री बेर”
Acts 9:35
πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα
यो चाहिँ त्यहाँ भएका धेरैजनालाई जनाउन गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “लुड्डा र शारोनमा बस्ने मानिसहरू” वा “लुड्डा र शारोनमा बस्ने धेरै मानिसहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Λύδδα καὶ τὸν Σαρῶνα
लुड्डा सहर शारोनको मैदानमा अवस्थित थियो ।
εἶδαν αὐτὸν
त्यो निको भएको तिनीहरूले देखे भनेर उल्लेख गर्नु सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “पत्रुसले निको पारेका मानिसलाई देखे”
οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον
यहाँ “प्रभुतिर फर्के” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गरे भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र तिनीहरूले आफ्ना पापहरूको पश्चात्ताप गरे र प्रभुको आज्ञापालन गर्न सुरु गरे” (हेर्नुहोस्ः रूपक)
Acts 9:36
यी पदहरूले तबीता नाउँ गरेकी स्त्रीको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
पत्रुससँग सम्बन्धित नयाँ घटनाका साथमा लूकाले कथालाई निरन्तरता दिन्छन् ।
δέ…ἦν
यसले कथामा एउटा नयाँ पाटोलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Ταβειθά, ἣ διερμηνευομένη λέγεται, Δορκάς
तिनको नाम आरमेइक भाषामा तबीता हो, र तिनको नाम ग्रीक भाषामा डोरकास हो । यी दुवै नामको अर्थ हुन्छ, “सुन्दर हरिणी” । वैकल्पिक अनुवादः “तिनको नाम ग्रीक भाषामा डोरकास थियो” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
πλήρης ἔργων ἀγαθῶν
“धेरै असल काम गर्दै”
Acts 9:37
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις
यसले पत्रुस योप्पामा हुँदाको समयलाई जनाउँछ । यसलाई उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुस नजिकै भएको बेला यसो भयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
λούσαντες…αὐτὴν
यो कुरा तिनको मृत्युसंस्कार लागि धुने कार्य थियो ।
ἔθηκαν ἐν ὑπερῴῳ
मृत्युसंस्कारको कार्यको समयमा केही क्षण लाश देखाउन यसो गरिएको थियो ।
Acts 9:38
“चेलाहरूले दुईजना मानिसहरूलाई पत्रुसकहाँ पठाए”
Acts 9:39
εἰς τὸ ὑπερῷον
“डोरकासको लाश राखेको माथिल्लो कोठामा”
πᾶσαι αἱ χῆραι
यो सहर त्यति ठूलो थिएन । त्यसैले त्यसमा भएका सबै विधवाको उपस्थिति त्यहाँ हुन सक्ने सम्भावना थियो ।
χῆραι
स्त्रीहरू जसका पति मरेका थिए र त्यसैले सहायताको खाँचोमा हुन्थे
μετ’ αὐτῶν οὖσα
“तिनी चेलाहरूसँग जीवित छँदा”
Acts 9:40
तबीताको कथा पद ४२ मा अन्त हुन्छ । कथा सकिएपछि पत्रुसलाई के हुन्छ भनेर पद ४३ ले भन्छ । (हेर्नुहोस्ः कथाको समापन)
ἐκβαλὼν…ἔξω πάντας
“कोठा छाडेर जान ती सबैलाई भने ।” तबीताको लागि प्रार्थना गर्नलाई एक्लै हुनको लागि पत्रुसले सबैलाई बाहिर पठाए ।
Acts 9:41
δοὺς…αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν
पत्रुसले उनका हात समाते र उनलाई खडा हुन मद्दत गरे ।
τοὺς ἁγίους καὶ τὰς χήρας
सम्भवतः विधवाहरू पनि विश्वासीहरू नै थिए, तर तबिता उनीहरूका लागि अति महत्त्वपूर्ण भएकी हुनाले उनीहरूका बारेमा विशेष रूपमा उल्लेख भएको हो ।
Acts 9:42
γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης
यसले पत्रुसले तबीतालाई मृतकबाट बिउँताएका आश्चर्यकर्मलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सारा योप्पाभरी भएका मानिसहरूले यस विषयमा सुने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπίστευσαν…ἐπὶ τὸν Κύριον
“प्रभु येशूको सुसमाचारमा विश्वास गरे”
Acts 9:43
ἐγένετο
“यसो हुन आयो कि ।” यसले कथामा अर्को घटनाको सुरुवातलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
Σίμωνι, βυρσεῖ
“जनावरको छालाको काम गर्ने सिमोन नाउँ गरेका एकजना मानिस”
Acts 10
प्रेरितहरू १० सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अशुद्ध
यहूदीहरूले अन्यजातिहरूका घरमा गए वा उनीहरूसँग बसेर भोजन खाए भने उनीहरू अशुद्ध हुन्छन् भन्ने उनीहरूको विश्वास रहेको थियो । मोशाको व्यवस्थाले अशुद्ध भनेका खानेकुरा तिनीहरूले नखाउन् भनेर फरिसीहरूले यसबारे नियम बनाएका हुनाले यसो हुन आएको हो । कुनै खानेकुरा अशुद्ध हो भनेर मोशाको व्यवस्थाले भनेको छ र यो कुरा साँचो हो । तर परमेश्वरका मानिसहरू अन्यजातिहरूका घरमा जान र उनीहरूसँग बसेर खान हुँदैन चाहिँ मोशाको व्यवस्थाले भनेको छैन । (हेर्नुहोस्ः शुद्ध पार्नु, शुद्ध अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
बप्तिस्मा र पवित्र आत्मा
पत्रुसको प्रचार सुनिरहेका मानिसहरूमाथि पवित्र आत्मा “ओर्लनुभयो ।” यसले अन्यजातिहरूले परमेश्वरको वचन ग्रहण गर्न सक्छन् र पवित्र आत्मा पाउन सक्छन् भन्ने कुरा यहूदी विश्वासीहरूलाई दर्सायो । जस्तो यहूदी विश्वासीहरूलाई भएको थियो । त्यसपछि, अन्यजातिहरूले बप्तिस्मा लिए ।
Acts 10:1
यी पदहरूले कर्नेलियसको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यो कर्नेलियसको बारेमा भएको कथाको भागको सुरुवात हो ।
ἀνὴρ δέ τις
यो चाहिँ ऐतिहासिक विवरणको यस भागमा एउटा नयाँ व्यक्तिलाई परिचय गराउने एउटा तरिका हो । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ Σπείρης τῆς καλουμένης Ἰταλικῆς
तिनको नाम कर्नेलियस थियो । तिनी रोमी सेनाका इटालिया दलका १०० जना सिपाहीका अधिकृत थिए ।
Acts 10:2
εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν
“तिनले परमेश्वरमा विश्वास गर्थे र तिनको जीवनमा परमेश्वरलाई सम्मान र आराधना गर्न खोज्थे”
φοβούμενος τὸν Θεὸν
यहाँ “आराधना गर्थे” भन्ने शब्दहरूले गहिरो आदर र भयलाई जनाउँछ ।
δεόμενος τοῦ Θεοῦ διὰ παντός
यहाँ “सधैं” शब्द चाहिँ सामान्यकरण गरेको हो । वैकल्पिक अनुवादः “तिनले परमेश्वरमा धेरै प्रार्थना चढाउँथे” वा “तिनले नियमित रूपले परमेश्वरमा प्रार्थना चढाउँथे” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Acts 10:3
ὥραν ἐνάτην
“दिउँसो तीन बजे ।” यो यहूदीहरूको लागि दिउँसोको साधारण प्रार्थनाको समय हो ।
εἶδεν…φανερῶς
“कर्नेलियसले स्पष्ट देखे”
Acts 10:4
αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ
यसको अर्थ तिनले दिएका दान र तिनको प्रार्थना परमेश्वरले ग्रहण गर्नुभएको थियो । वैकल्पिक अनुवादः “तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरूद्वारा परमेश्वर खुशी हुनुभएको छ ... उहाँको लागि सम्झनायोग्य भेटी” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 10:6
βυρσεῖ
जनावरको छालाबाट छालाका सामान बनाउने व्यक्ति
Acts 10:7
ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ
“कर्नेलियसको स्वर्गदूतको दर्शन सकिएपछि”
στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ
“तिनको सेवा गर्ने एक जना सिपाही जसले परमेश्वरको आराधना पनि गर्दथे ।” यो सिपाहीले परमेश्वरको आराधना गर्थ्यो । त्यो कुरा रोमी फौजमा एकदम कम्ती हुने गर्थ्यो । यसैले कर्नेलियसका अरू सिपाहीले परमेश्वरको आराधना गर्दैनथे ।
εὐσεβῆ
यो परमेश्वरलाई आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई जनाउने विशेषण शब्द हो ।
Acts 10:8
ἐξηγησάμενος ἅπαντα αὐτοῖς
कर्नेलियसले आफ्ना दुई सेवक र सिपाहीलाई आफ्नो दर्शनको बारेमा बताए
ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην
“आफ्ना दुई सेवक र एक सिपाहीलाई योप्पामा पठाए”
Acts 10:9
यहाँ “तिनीहरू” शब्दले कर्नेलियसका दुई जना नोकर र कर्नेलियसका आदेशमुनिका सिपाहीलाई जनाउँछ (प्रेरितहरू १०:७) ।
कथा चाहिँ कर्नेलियसबाट परमेश्वरले पत्रुससँग के गरिरहनुभएको छ भन्ने बारेमा हामीलाई बताउनतर्फ लाग्छ ।
περὶ ὥραν ἕκτην
“दिउँसोको बाह्र बजेतिर”
ἀνέβη…ἐπὶ τὸ δῶμα
घरको कौसी समथर हुन्थ्यो, र तिनमा मानिसहरूले प्रायः विभिन्न धेरै कार्यकलाप गर्दथे ।
Acts 10:10
παρασκευαζόντων…αὐτῶν
“मानिसहरूले खानेकुरा पकाएर सिध्याउनु अगि”
ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις
“परमेश्वरले तिनलाई एउटा दर्शन दिनुभयो” वा “तिनले एउटा दर्शन देखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 10:11
θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον
यो प्रत्रुसको दर्शनको सुरुवात हो । यो एउटा नयाँ वाक्य बन्न सक्छ ।
ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς
जनावरहरूलाई बोकेको भाँडो एउटा ठूलो तन्ना जस्तो थियो ।
τέσσαρσιν ἀρχαῖς καθιέμενον
“त्यसको चारै कुना अड्याएर” वा “चार कुरा अरूभन्दा माथि उचालेर”
Acts 10:12
πάντα τὰ τετράποδα, καὶ ἑρπετὰ τῆς γῆς, καὶ πετεινὰ τοῦ οὐρανοῦ
यीमध्ये कुनै कुनै चाहिँ खान हुँदैन भनेर मोशाको व्यवस्थाले यहूदीहरूलाई आज्ञा गरेका थिए भन्ने कुरा यसपछिको पदमा पत्रुसले दिएको जवाफबाट स्पष्ट हुन्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाले यहूदीहरूलाई खान निषेध गरेका जनावर र चराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 10:13
ἐγένετο φωνὴ πρὸς αὐτόν
बोल्ने व्यक्तिलाई स्पष्ट पारिएको छैन । त्यो “आवाज” सायद परमेश्वरको थियो । यद्यपि त्यो परमेश्वरको स्वर्गदूतले बोलेको पनि हुन सक्छ । (हेर्नुहोस्ः उपलक्षण)
Acts 10:14
μηδαμῶς
“म त्यसो गर्नेछैन”
οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον
भाँडोमा भएका केही जनावरहरू मोशाको व्यवस्थाअनुसार अपवित्र थिए र ख्रीष्टको मर्नुभन्दा पहिले जिएका विश्वासीहरूले ती खान मिल्दैन थिए भन्ने बुझ्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 10:15
ἃ ὁ Θεὸς ἐκαθάρισεν
यदि बोल्ने परमेश्वर नै हुनुहुन्छ भने, उहाँले आफैँलाई तृतीय पुरुषमा सम्बोधन गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः ”“जे म, परमेश्वरले शुद्ध तुल्याएको छु” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
Acts 10:16
τοῦτο…ἐγένετο ἐπὶ τρίς
पत्रुसले देखका सबै कुरा तीनपटक भएका नहुन सक्छन् । यसको अर्थ शायद, “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ, तिमीले त्यसलाई अशुद्ध नभन,” भन्ने वाक्य तीनपटक दोहोरिएको हुन सक्छ । तापनि, विस्तृत वर्णन गर्नुको साटोमा “तीनपटक यस्तो भयो” भनेर लेख्नु नै असल हुन्छ ।
Acts 10:17
διηπόρει ὁ Πέτρος
यसको अर्थ त्यो दर्शनको अर्थ के होला भनेर बुझ्न पत्रुसलाई कठिन भयो ।
ἰδοὺ
यहाँ “हेर” शब्दले यसपछि हुन आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिन हामीलाई सचेत गराउँछ, यस घटनामा, दुई जना मानिस ढोकामा खडा छन् ।
ἐπέστησαν ἐπὶ τὸν πυλῶνα
“घरको ढोकाको सामु खडा भए ।” त्यस घरको वरिपरि पर्खाल थियो र भित्र छिर्नको लागि एउटा ढोका थियो भन्ने बुझ्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διερωτήσαντες τὴν οἰκίαν
तिनीहरू त्यो घरमा आइपुग्नु अगि यो घटना भयो । यूएसटीले गरे झैँ यसलाई पदको सुरुको खण्डमा राख्न सकिन्छ ।
Acts 10:18
φωνήσαντες
कर्नेलियसका मानिसहरू ढोका बाहिर नै बसे र पत्रुसको बारेमा सोधे ।
Acts 10:19
διενθυμουμένου περὶ τοῦ ὁράματος
“त्यो दर्शनको अर्थको बारेमा अलमलमा परेकै बेलामा”
τὸ Πνεῦμα
“पवित्र आत्मा”
ἰδοὺ
“ध्यान देऊ, किनभने मैले तिमीलाई भन्न लागेको कुरा सत्य र महत्त्वपूर्ण दुवै छः तीन”
ἄνδρες τρεῖς ζητοῦσιν σε
कुनै प्राचीन लेखमा मानिसहरूका सङ्ख्या फरक उल्लेख छ । (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Acts 10:20
κατάβηθι
“घरको कौसीबाट तल जाऊ”
πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος
तिनीहरूका साथमा नजाने कुरा पत्रुसका लागि स्वभाविकै हो, किनभने तिनीहरू अपरिचित मानिसहरू थिए र तिनीहरू अन्यजातिहरू थिए ।
Acts 10:21
ἐγώ εἰμι ὃν ζητεῖτε
“तपाईंहरूले खोजिरहेको मानिस म नै हुँ”
Acts 10:22
यहाँ “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले कर्नेलियसका दुई जना नोकर र सिपाहीलाई जनाउँछ । (प्रेरितहरू १०:७) ।
Κορνήλιος, ἑκατοντάρχης ἀνὴρ δίκαιος, καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ
यसलाई अरू धेरै वाक्यमा विभाजन गर्न सकिन्छ र यूएसटीले झैँ कर्तृवाच्यको स्वरूपमा लेख्न सकिन्छ । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
φοβούμενος τὸν Θεὸν
यहाँ “आराधना” शब्दको गहिरो आदर र भय भन्ने अर्थ हुन्छ ।
ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων
यो कुरा कसरी यहूदीहरूलाई वृहत् रूपमा जानकारी थियो भन्ने कुरामा जोड दिनका लागि यहाँ “सारा” शब्दले मानिसहरूका सङ्ख्या बढाइचढाइ गरेर लेखेको कुरा हो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Acts 10:23
εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν
कैसरिया जाने तिनीहरूका लागि धेरै लामो भएको हुनाले त्यो दिउँसो हिँडेर पुग्न सक्दैनथे ।
ἐξένισεν
“तिनका पाहुनाहरू हुन”
τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης
यसले योप्पामा बसोबास गर्ने विश्वासीहरूलाई जनाउँछ ।
Acts 10:24
τῇ…ἐπαύριον
यो तिनीहरूले योप्पा छाडेर हिँडेपछिको अर्को दिन थियो । कैसरिया जाने पैदल यात्रा गर्न एक दिनभन्दा धेरै हिँड्नुपर्थ्यो ।
ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς
“कर्नेलियसले तिनीहरू आउने आशा गरे”
Acts 10:25
ὡς…τοῦ εἰσελθεῖν τὸν Πέτρον
“जब पत्रुस घरभित्र पसे”
πεσὼν ἐπὶ τοὺς πόδας
“तिनले घुँडा टेके र तिनको मुहारलाई पत्रुसको पाउ नजिक लगे ।” तिनले पत्रुसको सम्मान गर्नलाई यसो गरे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
πεσὼν
तिनले दण्डवत् गरिरहेका छन् भनेर देखाउनलाई तिनले जानाजान तल झुकिरहेका छन् ।
Acts 10:26
ἀνάστηθι, καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι
यो पत्रुसको आराधना नगर्नको लागि कर्नेलियसलाई गरिएको नरम गाली वा सुधार हो । वैकल्पिक अनुवादः “यसो नगर्नुहोस् ! म पनि तपाईं जस्तै मानिस हुँ”
Acts 10:27
यहाँ “तिनी” शब्दले कर्नेलियसलाई जनाउँछ । यहाँ “तपाईंहरू” र “तपाईंहरू” शब्द बहुवचन हो र यसले कर्नेलियस र त्यहाँ उपस्थित अन्यजातिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
पत्रुसले कर्नेलियसको घरमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्छन् ।
συνεληλυθότας πολλούς
“धेरै अन्यजातिहरू भेला भएका थिए ।” कर्नेलियसले निमन्त्रणा दिएका मानिसहरू अन्यजातिहरू थिए भन्ने बुझिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 10:28
ὑμεῖς ἐπίστασθε
पत्रुसले कर्नेलियस र तिनका पाहुनाहरूलाई सम्बोधन गरिरहेका छन् ।
ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ
“एउटा यहूदी मानिसको लागि यसो गर्नु मनाही छ ।” यसले यहूदी धार्मिक व्यवस्थालाई जनाउँछ ।
ἀλλοφύλῳ
यसले यहूदीबाहेकका मानिसहरूलाई जनाउँछ र तिनीहरू कहाँ बसोबास गर्छन् भन्ने कुरालाई विशेषरूपमा जनाउँदैन ।
Acts 10:30
पदहरू ३१ र ३२ मा कर्नेलियसले तिनलाई नवौँ पहरतिर स्वर्गदूतले भनेको कुरा बताउँछन् । यहाँ “तिमी” र “तिम्रो” शब्दहरू एकवचन हुन् । अनि “हामी” शब्दले पत्रुसलाई समावेश गर्दैन । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप)
कर्नेलियसले पत्रुसको प्रश्नलाई जवाफ दिन्छन् ।
ἀπὸ τετάρτης ἡμέρας
कर्नेलियसले पत्रुससँग कुरा गर्नुभन्दा तीन रात पहिलेका कुरालाई तिनले जनाउँदै छन् । बाइबलको संस्कृतिमा दिनहरूको गन्तिमा त्यही दिनलाई पनि गन्ति गरिन्थ्यो, यसैले तीन रात अगाडिको दिन भनेको “चार दिनअगाडि” हो । वर्तमान् पश्चिमी संस्कृतिले चालु दिनलाई गन्ने गर्दैन, त्यसैले आजको पश्चिमी संस्कृतिअनुसार “तीन दिनअगाडि” भनिन्छ ।
προσευχόμενος
केही प्राचीन अधिकारीहरूले “प्रार्थना”को साटोमा “उपवास बस्दै र प्रार्थना गर्दै” भन्छन् । (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
τὴν ἐνάτην
यहूदीहरूले परमेश्वरसँग प्रार्थना गर्ने सामान्य दिउँसोको समय ।
Acts 10:31
εἰσηκούσθη σου ἡ προσευχὴ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ
“तिमीलाई परमेश्वरको ध्यानमा ल्याइएको छ ।” यसले पहिले परमेश्वरले बिर्सनुभएको थियो भन्ने अर्थ लाग्दैन ।
Acts 10:32
μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος
“सिमोन भनिने पत्रुसलाई तिमीकहाँ आउन भन”
Acts 10:33
ἐξαυτῆς
“त्यत्ति नै बेला”
σύ τε καλῶς ἐποίησας παραγενόμενος
यो वाक्य पत्रुस आएकामा धन्यवाद दिने नम्र शैली हो । वैकल्पिक अनुवादः “तपाईं आउनुभएको लागि म तपाईंलाई निश्चय पनि धन्यवाद दिन्छु”
ἐνώπιον τοῦ Θεοῦ
यसले परमेश्वरको उपस्थितिलाई जनाउँछ ।
τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे भन्नलाई तपाईंलाई प्रभुले भन्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 10:34
कर्नेलियसको घरमा भएका सबै मानिसहरूसँग कुरा गर्न पत्रुसले सुरु गर्छन् ।
ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν
“पत्रुस तिनीहरूसँग बोल्न थाले”
ἐπ’ ἀληθείας
यसको अर्थ तिनले भन्न लागेका कुरा जान्नु विशेष गरी महत्त्वपूर्ण कुरा हो ।
οὐκ ἔστιν προσωπολήμπτης ὁ Θεός
“परमेश्वरले केही मानिसहरूलाई कृपा गर्नुहुन्न”
Acts 10:35
ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν
“उहाँको आराधना गर्ने र धार्मिक काम गर्नेलाई उहाँले स्वीकार गर्नुहुन्छ”
φοβούμενος
यहाँ “आराधना गर्छ” शब्दहरूको गहिरो आदर र भय भन्ने अर्थ हुन्छ ।
Acts 10:36
यहाँ “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
कर्नेलियस र तिनका पाहुनाहरूसँग पत्रुसले निरन्तर बोलेका छन् ।
οὗτός ἐστιν πάντων Κύριος
यहाँ “सबै”को अर्थ “सबै मानिसहरू” भन्ने हुन्छ ।
Acts 10:37
καθ’ ὅλης τῆς Ἰουδαίας
“सारा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “यहूदियाभरी” वा “यहूदियामा भएका धेरै ठाउँहरूमा” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης
“पश्चाताप गर्न र त्यसपछि बप्तिस्मा लिन यूहन्नाले मानिसहरूलाई प्रचार गरेपछि”
Acts 10:38
Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει; ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ
यो लामो वाक्य, जुन पद ३६ मा सुरु हुन्छ, यसलाई यूएसटीमा झैँ गरेर थुप्रै वाक्यहरूमा छोटो बनाउन सकिन्छ । “तपाईंहरूलाई थाहा छ ... । तपाईंहरू आफैँलाई थाहा छ ... प्रचार गरे । तपाईंहरूलाई थाहा छ ... शक्तिले ... ”
ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει
पवित्र आत्मा र परमेश्वरको शक्ति यस्तो कुनै कुरा हो जसलाई कुनै व्यक्तिमाथि खन्याउन सकिन्छ जस्तो गरी भनिएको छ । (हेर्नुहोस्ः रूपक)
πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου
“सबै” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “तिनीहरू जो दुष्टबाट सताइएका थिए” वा “धेरै मानिसहरू जो दुष्टबाट सताइएका थिए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ὁ Θεὸς ἦν μετ’ αὐτοῦ
“उहाँसित हुनुहुन्थ्यो” भन्नाले “उहाँलाई सहायता गर्दै हुनुहुन्थ्यो” भन्ने अर्थ दिने लक्षणा शब्द हो । (हेर्नुहोस्ः टुक्काहरू)
Acts 10:39
यहाँ भएका “हामी” र “हामी” शब्दहरूले पत्रुस र प्रेरितहरू र येशू यस पृथ्वीमा हुनुहुँदा उहाँको साथमा भएका विश्वासीहरूलाई जनाउँछन् । यहाँ “उहाँ” र “उहाँलाई” शब्दहरूले येशूलाई जनाउँछन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἔν…τῇ χώρᾳ τῶν Ἰουδαίων
यसले मुख्य रूपमा त्यो बेलाको यहूदियालाई जनाउँछ ।
κρεμάσαντες ἐπὶ ξύλου
यो क्रूसीकरणलाई जनाउने अर्को एउटा वाक्य हो । वैकल्पिक अनुवादः “उहाँलाई काठको क्रूसमा काँटी ठोकेर”
Acts 10:40
τοῦτον ὁ Θεὸς ἤγειρεν
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई फेरि जीवित हुन लगाउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
τῇ τρίτῃ ἡμέρᾳ
“उहाँ मरिसक्नुभएपछिको तेस्रो दिन”
ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι
“उहाँलाई मृतकहरूबाट बिउँताइएपछि धेरै मानिसहरूलाई उहाँलाई देख्न अनुमति दिनुभयो”
Acts 10:41
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ जनाउँछ ।
Acts 10:42
यहाँ “हामीलाई” शब्दले पत्रुस र विश्वासीहरूलाई समावेश गर्दछ । यसमा तिनका श्रोताहरू पर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
पत्रुसले प्रेरितहरू १०:३४ मा कर्नेलियसको घरमा सुरु गरेको आफ्नो मन्तव्यलाई समाप्त गर्छन् ।
ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले यी येशूलाई चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ζώντων καὶ νεκρῶν
यसले अझैसम्म जीवित रहेका मानिसहरू र मरिसकेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती मानिसहरू जो जीवित छन् र ती मानिसहरू र जो मरिसकेका छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Acts 10:43
τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν
“सबै अगमवक्ताहरूले येशूको गवाही दिन्छन्”
ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ, πάντα τὸν πιστεύοντα εἰς αὐτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले गर्नुभएका कामको कारणले येशूलाई विश्वास गर्ने हरेक व्यक्तिको पाप परमेश्वरले क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τοῦ ὀνόματος αὐτοῦ
यहाँ “उहाँको नाउँ” भन्नाले येशूका कामलाई जनाउँछ । उहाँको नाउँको अर्थ परमेश्वर हुन्छ जसले बचाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका लागि येशूले गर्नुभएको कामद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Acts 10:44
ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον
यहाँ “ओर्लनुभयो” शब्दको अर्थ हुन्छ, “अचानक आउनुभयो ।” वैकल्पिक अनुवादः “पवित्र आत्मा अचानक आउनुभयो”
πάντας τοὺς ἀκούοντας
यहाँ “सबै”ले त्यस घरमा भएका सबै अन्यजातिहरूलाई जनाउँछ जसले पत्रुसलाई सुनिरहेका थिए ।
Acts 10:45
ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος
यसले तिनीहरूलाई दिइएको पवित्र आत्मा स्वयम्लाई जनाउँछ ।
ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκκέχυται
पवित्र आत्माको बारेमा उहाँ मानिसहरूमाथि खन्याउन सकिने कुरा भए झैँ गरी भनिएको छ । यसले उदारतापूर्वक दिइएको परिमाणलाई जनाउँछ । वैकल्पिक अनुवादः “उदारतापूर्वक दिइएको” (हेर्नुहोस्ः रूपक)
“सित्तैको वरदान”
καὶ ἐπὶ τὰ ἔθνη
यहाँ “पनि” शब्दले यहूदी विश्वासीहरूलाई पवित्र आत्मा यस अगि नै दिइएको भन्ने जनाउँछ ।
Acts 10:46
“तिनी” र “तिनलाई” भन्ने शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
यो कर्नेलियसको बारेमा भएको कथाको भागको अन्त्य हो ।
λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν
यी ज्ञात बोलिएका भाषाहरू थिए जसको कारण अन्यजातिहरूले साँच्चै परमेश्वरको प्रशंसा गर्दै थिए भन्ने कुरा यहूदीहरूले स्वीकार गरे ।
Acts 10:47
μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς?
अन्यजाति विश्वासीहरूलाई बप्तिस्मा दिनुपर्छ भनेर यहूदी ख्रीष्टिएनहरूलाई विश्वस्त तुल्याउनका लागि पत्रुसले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “कसैले पनि यी मानिसहरूले पानीबाट रोक्नु हुँदैन । हामीले तिनीहरूलाई बप्तिस्मा दिनुपर्छ किनकि तिनीहरूले हामीले जस्तै ... प्राप्त गरेका छन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 10:48
προσέταξεν…αὐτοὺς…βαπτισθῆναι
यसको अर्थ यहूदी ख्रीष्टिएनहरूले तिनीहरूलाई बप्तिस्मा दिने छन् भन्ने हो । वैकल्पिक अनुवादः “पत्रुसले अन्यजाति विश्वासीहरूलाई बप्तिस्मा दिनलाई यहूदी ख्रीष्टिएनहरूलाई अनुमति दिनलाई तिनीहरूलाई आज्ञा गरे” वा “पत्रुसले यहूदी ख्रीष्टिएनहरूलाई तिनीहरूलाई बप्तिस्मा दिनलाई आज्ञा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι
यहाँ “येशू ख्रीष्टको नाउँमा” भन्ने कुराले तिनीहरूको बप्तिस्माको कारण चाहिँ तिनीहरूले येशूलाई विश्वास गर्नु हो भनेर व्यक्त गर्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टमा विश्वासीहरूको रूपमा बप्तिस्मा लेओ” (हेर्नुहोस्ः लक्षणा)
Acts 11
प्रेरितहरू ११ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“अन्यजातिहरूले पनि परमेश्वरको वचनलाई ग्रहण गरेका थिए”
सुरुका विश्वासीहरू प्रायः धेरै सङ्ख्यामा यहूदीहरू नै थिए । धेरै अन्यजातिले येशूमा विश्वास गर्न सुरु गरेका कुरा लूकाले यस अध्यायमा लेखेका छन् । येशूको बारेमा प्रचार भएको सन्देश साँचो हो भनी तिनीहरूले विश्वास गरे । यसैले “परमेश्वरको वचन ग्रहण” गर्न सुरु गरे । अन्यजातिले साँचो रूपले येशूको अनुसरण गर्न सक्छन् भनेर यरूशलेममा भएका विश्वासीहरूले विश्वास गर्न सकेनन् । यसैले पत्रुस तिनीहरूकहाँ गए र तिनलाई के भयो अनि कसरी अन्यजातिले परमेश्वरको वचन ग्रहण गरे र पवित्र आत्मा पाए भनेर तिनीहरूलाई सुनाए ।
Acts 11:1
यो कथामा एउटा नयाँ घटनाको सुरुवात हो ।
पत्रुस यरूशलेम आइपुग्छन् र त्यहाँका यहूदीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
δὲ
यसले कथाको नयाँ भागलाई अङ्कित गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
οἱ…ἀδελφοὶ
यहाँ “भाइहरू” भन्ने वाक्यांशले यहूदियामा भएका विश्वासीहरूलाई जनाउँछ ।
οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν
“जो यहूदियाको प्रान्तमा थिए”
ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ
यो चाहिँ अन्यजातिहरूले येशू ख्रीष्टको सुसमाचारमा विश्वास गर्दै थिए भनेर जनाउने अभिव्यक्ति हो । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको परमेश्वरको सन्देशलाई विश्वास गरे” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:2
ἀνέβη…εἰς Ἰερουσαλήμ
इस्राएलमा भएका अरू ठाउँभन्दा उचाइका हिसाबले यरूशलेम माथि थियो । यसैले इस्राएलीहरूका लागि माथि यरूसलेम जाने र त्यहाँबाट तल आउने भन्ने सामान्य चलन थियो ।
οἱ ἐκ περιτομῆς
यी केही यहूदीहरूलाई जनाएर भनिएको हो जसले विश्वास गर्थे कि हरेक विश्वासीको खतना हुनुपर्छ । वैकल्पिक अनुवादः “यरूशलेममा भएका केही यहूदी विश्वासीहरू जसले ख्रीष्टका सबै अनुयायीहरूको खतना भएको चाहन्थे” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:3
ἄνδρας, ἀκροβυστίαν ἔχοντας
“खतना नभएका मानिसहरू” भन्ने वाक्यांशले अन्यजातिहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
συνέφαγεν αὐτοῖς
यहूदीहरूले अन्यजातिहरूसँग बसेर खानु यहूदी परम्पराको विरुद्धमा थियो ।
Acts 11:4
पत्रुसले आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको घटना सुनाएर यहूदीहरूलाई जवाफ दिन्छन् ।
ἀρξάμενος…Πέτρος ἐξετίθετο
पत्रुसले यहूदी विश्वासीहरूको आलोचना गरेनन्, तर मित्रवत् तरिकाले व्याख्या गर्दै प्रतिक्रिया जनाए ।
καθεξῆς
“ठ्याक्कै जे भएको थियो”
Acts 11:5
ὡς ὀθόνην μεγάλην
जनावरहरू भएको भाँडो चाहिँ एउटा ठूलो वर्गाकारको तन्ना जस्तो थियो । तपाईंले यसलाई प्रेरितहरू १०:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τέσσαρσιν ἀρχαῖς
“त्यसको चारै कुना अड्याएर” वा “चार कुरा अरूभन्दा माथि उचालेर ।” तपाईंले यसलाई प्रेरितहरू १०:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 11:6
τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ
पत्रुसको जवाफबाट, यो बुझ्न सकिन्छ कि मोशाको व्यवस्थाले यहूदीहरूलाई तीमध्ये केही नखानलाई आज्ञा गरेको थियो । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू १०:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पशुहरू र चराहरू जुन खानलाई मोशाको व्यवस्थाले यहूदीहरूलाई मनाही गरेको थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
θηρία
यसले शायद मानिसहरूले बाँधेर नराख्ने वा राख्न नसक्ने र नियन्त्रणमा नलिने वा लिन नसक्ने जनावरहरूलाई जनाउँछ ।
ἑρπετὰ
यिनीहरू सरीसृप हुन् ।
Acts 11:7
ἤκουσα…φωνῆς
बोल्ने व्यक्तिका बारेमा विशेष जानकारी छैन । त्यो “आवाज” शायद परमेश्वरको थियो । यद्यपि त्यो परमेश्वरको स्वर्गदूतले बोलेको पनि हुन सक्छ । तपाईंले “आवाज”लाई प्रेरितहरू १०:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः उपलक्षण)
Acts 11:8
μηδαμῶς
“म त्यसो गर्नेछैन ।” तपाईंले यसलाई प्रेरितहरू १०:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου
पुरानो करारमा भएका यहूदीहरूको व्यवस्थाले यहूदीहरूलाई तन्नामा भएका जनावरहरू खानलाई मनाही गर्थ्यो । यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले पवित्र र शुद्ध पशुहरूको मात्र मासु खाएको छु” (हेर्नुहोस्ः लक्षणा अनि दोहोरो नकारात्मक)
ἀκάθαρτον
पुरानो करारको यहूदी व्यवस्थामा कुनै पनि व्यक्ति विभिन्न किसिमले “अशुद्ध” हुन्थ्यो, जस्तो कि मनाही गरिएका जनावरहरू खाएर अशुद्ध बन्थ्यो ।
Acts 11:9
ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου
यसले तन्नामा भएका पशुहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 11:10
τοῦτο…ἐγένετο ἐπὶ τρίς
पत्रुसले देखका हरेक कुरा तीनपटक दोहोरिएका नहुन सक्छन् । यसको अर्थ शायद, “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ, तिमीले त्यसलाई अशुद्ध नभन,” भन्ने वाक्य तीनपटक दोहोरिएको हुन सक्छ । तापनि, विस्तृत वर्णन गर्नुको साटोमा “तीनपटक यस्तो भयो” भनेर लेख्नु नै असल हुन्छ । तपाईंले “तीनपटक यस्तो भयो” भन्ने कुरालाई प्रेरितहरू १०:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 11:11
यहाँ “हामी” शब्दले पत्रुस र योप्पामा भएका विश्वासीहरूलाई जनाउँछ । यसले यति बेला यरूशलेममा भएका तिनका श्रोतालाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἰδοὺ
यो शब्दले हामीलाई कथामा आएका नयाँ मानिसहरूप्रति सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ ।
ἐξαυτῆς
“तत्कालै” वा “त्यही समयमा”
ἀπεσταλμένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले तिनीहरूलाई पठाएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 11:12
μηδὲν διακρίναντα
“कि मैले तिनीहरू अन्यजातिहरू थिएभन्ने कुरालाई मतलब गर्नुहुँदैन”
ἦλθον…σὺν ἐμοὶ
“यी छ भाइहरू मसँगै कैसरियामा गए”
οἱ ἓξ ἀδελφοὶ οὗτοι
“यी छ यहूदी विश्वासीहरू”
εἰς τὸν οἶκον τοῦ ἀνδρός
यसले कर्नेलियसको घरलाई जनाउँछ ।
Acts 11:13
Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον
“सिमोन जसलाई पत्रुस पनि भनिन्छ ।” तपाईंले ठीक यही वाक्यांशलाई प्रेरितहरू १०:३२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 11:14
πᾶς ὁ οἶκός σου
यसले घरानामा भएका सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो घरमा बसेका हरेक व्यक्ति” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:15
यहाँ “हामीमाथि” शब्दले पेन्तिकोसको दिनमा पवित्र आत्मा पाएका पत्रुस, प्रेरितहरू र यहूदी विश्वासीहरूमध्ये जोसुकैलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐν…τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς
यसको अर्थ हो, पत्रुसले बोलेर सिध्याएका थिएनन्, तर अझ धेरै कुरा भन्ने विचार गरेका थिए ।
ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ
कथालाई छोट्याउनका लागि पत्रुसले केही कुरा भन्न छोडिदिएका छन् । वैकल्पिक अनुवादः “अन्यजातिहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी पेन्तिकोसको दिनमा यहूदी विश्वासीहरूमाथि आउनुभएको थियो” (हेर्नुहोस्ः शब्दलोप)
ἐν ἀρχῇ
पत्रुसले पेन्तिकोसको दिनलाई अङ्कित गर्दै छन् ।
Acts 11:16
ὑμεῖς…βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 11:17
“तिनीहरूलाई” शब्ले कर्नेलियस र तिनका अन्यजाति पाहुनाहरू र उनको घरानालाई जनाउँछ । पत्रुसले यरूशलेमका यहूदी विश्वासीहरूलाई दिएको विवरणमा तिनीहरूलाई अन्यजाति भनेर भन्दैनन् । “तिनीहरू” शब्दले पत्रुसले प्रचार गरेका अन्यजाति विश्वासीहरूलाई जनाउँछ । अनि “हामी” शब्दले सबै यहूदी विश्वासीहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
पत्रुसले यहूदीहरूको लागि आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको कुराको बारेमा भएको आफ्नो मन्तव्यलाई (जुन उनले प्रेरितहरू ११:४) मा सुरु गरे) अन्त्य गर्छन् ।
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν?
पत्रुसले परमेश्वरको आज्ञापालन गर्ने कार्य मात्र गरे भन्ने कुरामा जोड दिनका लागि तिनले यो प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “परमेश्वरले नै तिनीहरूलाई दिनुभएको हुनाले ... मैले परमेश्वरको विरोध गर्न सकिन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὴν ἴσην δωρεὰν
पत्रुसले पवित्र आत्माको वरदानलाई अङ्कित गरिरहेका छन् ।
Acts 11:18
ἡσύχασαν
“तिनीहरूले पत्रुससँग वादविवाद गरेनन्”
καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν
“परमेश्वरले पश्चात्ताप दिनुभएको छ जसले अन्यजातिहरूलाई पनि जीवनमा डोहोर्याउँछ ।” यहाँ “जीवन” शब्दले अनन्त जीवनलाई जनाउँछ । भाववाचक नाउँ “पश्चाताप” र “जीवन”लाई क्रियापदका रूपमा “पश्चाताप गर्न” “बाँच्न” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पश्चाताप गर्न र अनन्द जीवन जिउने अनुमति परमेश्वरले अन्यजातिहरूलाई पनि दिनुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 11:19
यसले स्तिफनसलाई ढुङ्गा हानिएपछि भागेका विश्वासीहरूलाई के भयो भनेर लूकाले बताउँछन् ।
οὖν
यसले कथाको नयाँ भागलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
οἱ…διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον
यहूदीहरूले येशूका अनुयायीहरूलाई सताउन थाले किनभने स्तिफनसले त्यस्ता कुराहरू भनेका थिए वा गरेका थिए जुन यहूदीहरूले मन पराएनन् । यस सतावटको कारण, धेरैजसो येशूका अनुयायीहरूले यरूशलेम छाडे र थुप्रै विभिन्न ठाउँहरूमा गए ।
διῆλθον
“ती थुप्रै विभिन्न दिशाहरूमा गए”
οἱ…διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई यहूदीहरूले सताइरहेका थिए र त्यसैले यरूशलेम छाडेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ
स्तिफनसले भनेका र गरेका कुराको कारण भएको सतावट
μόνον Ἰουδαίοις
विश्वासीहरूले परमेश्वरको सन्देश यहूदीहरूका लागि मात्रै हो, र अन्यजातिहरूका लागि होइन भनी विचार गरे ।
Acts 11:20
ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς
यी ग्रीक भाषा बोल्ने मानिसहरू अन्यजातिहरू थिए, यहूदीहरू थिएनन् । वैकल्पिक अनुवादः “ग्रीक भाषा बोल्ने अन्यजातिहरूसँग पनि बोले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 11:21
ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν
परमेश्वरको हातले उहाँको शक्तिशाली मदतलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले ती विश्वासीहरूलाई प्रभावकारी ढङ्गमा प्रचार गर्नलाई सक्षम पारिरहनुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
ἐπέστρεψεν ἐπὶ τὸν Κύριον
यहाँ “प्रभुतिर फर्के” भनेको प्रभुको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “र तिनीहरूले तिनीहरूका पापहरूको पश्चाताप गरे र प्रभुको आज्ञापालन गर्न सुरु गरे” (हेर्नुहोस्ः रूपक)
Acts 11:22
यी पदहरूमा “तिनी” शब्दले बारनाबासलाई जनाउँछ । “तिनीहरू” शब्दले यरूशलेमका मण्डलीका विश्वासीहरूलाई जनाउँछ । “तिनीहरूलाई” र “तिनीहरूको” भन्ने शब्दहरूले नयाँ विश्वासीहरूलाई जनाउँछन् (प्रेरितहरू ११:२०) ।
τὰ ὦτα τῆς ἐκκλησίας
यहाँ “कान”ले विश्वासीहरूले त्यस घटनाको बारेमा सुनेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मण्डलीमा भएका विश्वासीहरू” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:23
ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ
“परमेश्वरले कसरी दयापूर्वक रीतिमा विश्वासीहरूतर्फ व्यवहार गर्नुभयो भनी देखे”
παρεκάλει πάντας
“उनले तिनीहरूलाई उत्साह दिइरहे”
προσμένειν τῷ Κυρίῳ
“प्रभुसँग विश्वासयोग्य रहन” वा “प्रभुमा भरोसा गर्न सुरु गर्न”
τῇ προθέσει τῆς καρδίας
यहाँ “हृदय”ले व्यक्तिको इच्छा र चाहनालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूको सारा इच्छाले” वा “पूर्ण प्रतिबद्धताका साथ” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:24
πλήρης Πνεύματος Ἁγίου
बारनाबासले पवित्र आत्माको आज्ञा माने र पवित्र आत्माले बारनाबासलाई नियन्त्रण गर्नुभयो ।
προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ
यहाँ “थपिए” भन्नुको अर्थ अरूहरूले विश्वास गरेका कुरामा तिनीहरूले पनि विश्वास गरे भन्ने हो । वैकल्पिक अनुवादः “अरू धेरै मानिसहरूले पनि प्रभुमा विश्वास गरे” (हेर्नुहोस्ः लक्षणा)
Acts 11:25
यहाँ “तिनी” शब्दले बारनाबासलाई जनाउँछ र “उनलाई” शब्दले शाऊललाई जनाउँछ ।
ἐξῆλθεν…εἰς Ταρσὸν
“टार्ससको सहरतिर”
Acts 11:26
καὶ εὑρὼν
शाऊललाई भेट्टाउन बारनाबासलाई शायद केही समय लाग्यो र प्रयास गर्नुपर्यो ।
ἐγένετο
यसले कथामा नयाँ घटनालाई सुरुवात गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
αὐτοῖς…συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ
“बारनाबास र शाऊल मण्डलीसँगै भेला भए”
χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς, Χριστιανούς
यसको अर्थ हो कि अरू मानिसहरूले विश्वासीहरूलाई यो नाउँले बोलाए । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका मानिसहरूले चेलाहरूलाई ख्रीष्टिएनहरू भनी बोलाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πρώτως ἐν Ἀντιοχείᾳ
“एन्टिओखियामा पहिलो पटक”
Acts 11:27
यहाँ लूकाले एन्टिओखियामा भएको एउटा अगमवाणीको बारेमा पृष्ठभूमि जानकारी बताउँछन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।
κατῆλθον ἀπὸ Ἱεροσολύμων…εἰς Ἀντιόχειαν
यरूशलेम एन्टिओखिया भन्दा उचाइमा अग्लो थियो, त्यसैले इस्राएलीहरूले माथि यरूशलेम जाने भन्नु र त्यहाँबाट तल झर्ने भन्नु चाहिँ सामान्य कुरा थियो ।
Acts 11:28
ὀνόματι Ἅγαβος
“जसको नाउँ अगाबस थियो”
ἐσήμανεν διὰ τοῦ Πνεύματος
“पवित्र आत्माले तिनलाई अगमवाणी बोल्न सक्षम तुल्याउनुभयो”
λιμὸν μεγάλην μέλλειν ἔσεσθαι
“खानेकुराको ठूलो अभाव आउनेछ”
ἐφ’ ὅλην τὴν οἰκουμένην
तिनीहरूलाई चासो भएको संसारको भागलाई जनाउने यो सामान्यीकरण गरिएको कुरा थियो । वैकल्पिक अनुवादः “बसोबास रहेको सारा संसारभरी” वा “रोमी साम्राज्यभर” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐπὶ Κλαυδίου
क्लौडियस त्यो समयका रोमी सम्राट हुन् भनेर लूकाको पाठकले जान्दथे । वैकल्पिक अनुवादः “जब क्लौडियस रोमी सम्राट थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 11:29
यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले एन्टिओखियाको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछन् । (प्रेरितहरू ११:२७) ।
δὲ
यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यहाँ तिनीहरूले अगाबसको अगमवाणी वा अनिकालको कारणले गर्दा पैसा पठाए ।
καθὼς εὐπορεῖτό τις
धनी मानिसहरूले धेरै पठाए; गरिबहरूले थोरै पठाए ।
τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς
“यहूदियामा भएका विश्वासीहरू”
Acts 11:30
διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου
हात भनेको सम्पूर्ण व्यक्तिको कार्यलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “बारनाबास र शाऊललाई तिनीहरूकहाँ लैजान लगाएर” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 12
प्रेरितहरू १२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
बारनाबासले शाऊललाई टार्ससबाट फर्काएर ल्याउँदा र तिनीहरूले एन्टिओखियाले पठाएको रूपयाँ यरूशलेममा दिन लाग्दा (११:२५-३०) हेरोद राजालाई के भयो भनेर अध्याय १२ ले हामीलाई भन्दछ । उसले मण्डलीका धेरै जना अगुवालाई मार्यो र पत्रुसलाई झ्यालखानामा हाल्यो । पत्रुसलाई झ्यालखानाबाट उम्कन परमेश्वरले मद्दत गर्नुभयो । त्यसपछि हेरोदले उक्त झ्यालखानाका रक्षकहरू मारिदियो । अनि परमेश्वरले हेरोदलाई नै मारिदिनुभयो । यस अध्यायको आखिरी पदमा, लूकाले बारनाबास र शाऊल एन्टिओखियामा फर्केर गएका कुरा गरेका छन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
व्यक्तित्वकरण
“परमेश्वरको वचन” बढ्न र धेरै सङ्ख्या हुन सक्ने कुनै जीवित थोक भए झैँ गरी लेखकले बताएका छन् । (हेर्नुहोस्ः परमेश्वरको वचन, यहोवेको वचन, परमप्रभुको वचन, धर्मशास्त्र अनि मानवीकरण)
Acts 12:1
यो हेरोदले याकूबलाई मारेको बारेमा भएको पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यसले नयाँ सतावटलाई सुरु गर्छ, पहिले याकूबको मृत्यु र त्यसपछि पत्रुसलाई झ्यालखानामा हालिएको र छुटकारा पाएको कुरा छ ।
δὲ
यसले कथाको नयाँ भागलाई सुरु गर्छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
κατ’ ἐκεῖνον…τὸν καιρὸν
यसले अनिकालको समयलाई जनाउँछ ।
ἐπέβαλεν…τὰς χεῖρας
यसको अर्थ हो कि हेरोदले विश्वासीहरूलाई गिरफ्तार गर्न लगाए । तपाईंले यसलाई प्रेरितहरू ५:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पक्राउ गर्नको लागि सिपाहीहरू पठाए” (हेर्नुहोस्ः टुक्काहरू)
τινας τῶν ἀπὸ τῆς ἐκκλησίας
केवल याकूब र पत्रुसलाई उल्लेख गरिएको छ, जसको अर्थ हुन जान्छ कि यिनीहरू यरूशलेममा भएको मण्डलीका अगुवाहरू थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κακῶσαί
“विश्वासीहरूलाई कष्ट भोग्न लाउन”
Acts 12:2
ἀνεῖλεν δὲ Ἰάκωβον, τὸν ἀδελφὸν Ἰωάννου, μαχαίρῃ
यसले याकूबलाई कसरी मारिएका थिए भन्ने कुरा बताउँछ ।
ἀνεῖλεν…Ἰάκωβον
सम्भावित अर्थहरू हुन् १) हेरोद आफैँले याकूबलाई मारे वा २) हेरोदले याकूबलाई मार्नका लागि कसैलाई अह्राए । वैकल्पिक अनुवादः “हेरोदले आदेश दिए र तिनीहरूले याकूबलाई मारे” (हेर्नुहोस्ः लक्षणा)
Acts 12:3
यहाँ “उनले” शब्दले हेरोदलाई जनाउँछ (प्रेरितहरू १२:१) ।
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις
“याकूबलाई मारेको कुराले यहूदीहरूलाई प्रसन्न पारेको कुरा जब हेरोदले थाहा पाए”
ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις
“यहूदी अगुवाहरूलाई खुशी बनायो”
ὅτι…ἐστιν
“हेरोदले यसो गरे” वा “यसो भयो”
ἡμέραι τῶν Ἀζύμων
यसले निस्तारचाडको समय अवधिको यहूदी धार्मिक चाडको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी मानिसहरूले खमिर नहाली रोटी खाने चाड”
Acts 12:4
τέσσαρσιν τετραδίοις στρατιωτῶν
“सिपाहीहरूको चार समूह ।” हरेक समूहमा चार सिपाही थिए जसले पत्रुसको निगरानी गर्थे, एउटा समूहले एकपटक निगरानी गर्थ्यो । त्यस समूहले २४ घण्टालाई चार भागमा विभाजन गर्यो । हरेक पटख दुई जना सिपाही तिनको नजिक बस्थे र दुई जना प्रवेशद्वारमा बस्थे ।
βουλόμενος…ἀναγαγεῖν αὐτὸν τῷ λαῷ
“हेरोदले मानिसहरूका बीचमा पत्रुसको न्याय गर्ने विचार गरे” वा “हेरोदले यहूदी मानिसहरूका बीचमा पत्रुसको न्याय गर्ने विचार गरे”
Acts 12:5
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ
यसले सिपाहीहरूले झ्यालखानामा निरन्तर रूपमा पत्रुसको निगरानी गरेका थिए भनेर जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले सिपाहीहरूले पत्रुसलाई झ्यालखानामा निगरानी गरिरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προσευχὴ…ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यरूशलेमका विश्वासीहरूको समूहले परमेश्वरसँग आग्रहपूर्वक प्रार्थना गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκτενῶς
निरन्तर र समर्पणताका साथ
Acts 12:6
ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ
हेरोदले तिनलाई मार्न चाहान्थे भनेको कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हेरोदले पत्रुसलाई झ्यालखानाबाट केरकार गर्नका लागि बाहिर निकाल्ने र त्यसपछि तिनलाई मृत्युदण्ड दिन लागेको दिनभन्दा अगाडि यसो भयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δεδεμένος ἁλύσεσιν δυσίν
“दुईवटा साङ्लाले बन्धनमा राखेर” वा “दुईवटा साङ्लाले कस्सिएर ।” प्रत्येक साङ्लालाई पत्रुसको साथमा बसेका दुई जना सिपाहीसँग एकएक गरी बाँधेर राखिएको थियो ।
ἐτήρουν τὴν φυλακήν
“झ्यालखानाको ढोकाहरूको पहरेदारी गरिरहेका थिए”
Acts 12:7
“तिनलाई” र “तिनको” शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
ἰδοὺ
यो शब्दले हामीलाई यसपछि आउने आश्चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
ἐπέστη
“तिनको अगाडि” वा “उनको छेउमा”
ἐν τῷ οἰκήματι
“झ्यालखानाको कोठामा”
πατάξας…τοῦ Πέτρου
“दूतले पत्रुसलाई थपथपाए” वा “दूतले पत्रुसलाई घोचे ।” पत्रुस यति गहिरो निद्रामा सुतेका थिए कि तिनलाई बिउँझाउन यसो गर्न आवश्यक भयो ।
ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν
दूतले साङ्लाहरूलाई नछोइकनै पत्रुसको हातबाट झर्ने तुल्याए ।
Acts 12:8
ἐποίησεν…οὕτως
“पत्रुसले दूतले तिनलाई गर्नु भने झैँ गरे” वा “पत्रुसले माने”
Acts 12:9
यहाँ “तिनी” शब्दले पत्रुसलाई जनाउँछ । “तिनीहरू” र “तिनीहरू” शब्दले पत्रुस र स्वर्गदूतलाई जनाउँछन् ।
οὐκ ᾔδει
“तिनले बुझेनन्”
ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου
यसलाई कर्तृ वाच्यमा परिवर्तन गर्न सकिन्थ्यो । वैकल्पिक अनुवादः “स्वर्गदूतले गरेका कामहरू वास्तविक थिए” वा “स्वर्गदूतले गरेका कामहरू साँच्चै भइरहेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 12:10
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν
यसको अर्थ पत्रुस र स्वर्गदूत हिँडिरहेका बेलामा सिपाहीहरूले तिनीहरूलाई देख्न सकेनन् । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहँदा पहिलो र दोस्रो पहरेदारले तिनीहरूलाई देख्न सकेनन्, र त्यसपछि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διελθόντες
“हिँडेर कटाएका थिए”
καὶ δευτέραν
“पहरेदार” शब्दको अर्थ यस अगिको वाक्यबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “र दोस्रो पहरेदार” (हेर्नुहोस्ः शब्दलोप)
ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν
“पत्रुस र स्वर्गदूत फलामे ढोकामा आइपुगे”
τὴν φέρουσαν εἰς τὴν πόλιν
“जुन सहरतिर खुल्थ्यो” वा “जुन झ्यालखानाबाट सहरतिर जान्थ्यो”
ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς
यहाँ “आफैँ” शब्दको अर्थ पत्रुसले वा स्वर्गदूतले ढोका खोलेका होइनन् भन्ने हुन्छ । वैकल्पिक अनुवादः “ढोका तिनीहरूको निम्ति उघ्रियो” वा “ढोकाले आफैँले तिनीहरूको लागि खोल्यो” (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
προῆλθον ῥύμην μίαν
“गल्ली हुँदै गए”
εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ
“पत्रुसलाई अचानक छोडे” वा “अचानक बिलाए”
Acts 12:11
καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος
यो एउटा वाक्पद्धति हो । वैकल्पिक अनुवादः “जब पत्रुस पूर्ण रूपमा सजग र सचेत बने” वा “जब पत्रुसले जे भएको थियो त्यो साँचो हो भन्ने कुरा थाहा पाए” (हेर्नुहोस्ः टुक्काहरू)
ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου
यहाँ “हेरोदको हात” भन्ने कुराले “हेरोदको पकड” वा “हेरोदका योजनाहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “हेरोदले मलाई हानि गर्नलाई बनाएको योजनाबाट मलाई छुटकारा दिनुभयो” (हेर्नुहोस्ः लक्षणा)
ἐξείλατό με
“मलाई उद्धार गर्नुभयो”
πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων
यहाँ “यहूदीहरूका मानिसहरू” भन्नाले मुख्य गरी शायद यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ती सबै कुराहरू जुन यहूदी अगुवाहरूले मलाई हुनेछ भनी सोचेका थिए” (हेर्नुहोस्ः उपलक्षण)
Acts 12:12
συνιδών
परमेश्वरले उनलाई छुटकारा दिनुभएको बारेमा सचेत भए ।
Ἰωάννου, τοῦ ἐπικαλουμένου Μάρκου
यूहन्नालाई मर्कुस पनि भनिन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यूहन्ना, जसलाई मानिसहरूले मर्कुस पनि भन्थे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 12:13
यहाँ “तिनले” र “तिनी” शब्दहरू सबैले नोकर्नी ठिटी रोदालाई जनाउँछन् । यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले भित्र प्रार्थना गरिरहेका मानिसहरूलाई जनाउँछन् (प्रेरितहरू १२:१२) ।
κρούσαντος…αὐτοῦ
“पत्रुसले ढक्ढक्याए ।” तपाईं कसैलाई भेट्न चाहनुहुन्छ भनी तिनीहरूलाई थाहा गराउन ढोका ढकढक्याउनु भनेको सामान्य यहूदी परम्परा थियो । तपाईंको संस्कृतिअनुसार मिल्दो तुल्याउन तपाईंले यसलाई बदल्नुपर्ने हुन सक्छ ।
τὴν θύραν τοῦ πυλῶνος
“बाहिरी ढोकामा” वा “सडकबाट आँगनमा छिर्ने ढोकामा”
προσῆλθε…ὑπακοῦσαι
“कसले ढोका ढक्ढक्याइरहेको थियो भनी सोध्नलाई ढोकामा आइन्”
Acts 12:14
ἀπὸ τῆς χαρᾶς
“किनकि तिनी अति आनन्दित थिइन्” वा “अति उत्तेजित भएर”
οὐκ ἤνοιξεν τὸν πυλῶνα
“ढोका खोलिनन्” वा “ढोका खोल्नै बिर्सिन्”
εἰσδραμοῦσα
तपाईंले “कुदेर घरभित्र भएको कोठामा गइन्” लेख्न सक्नुहुन्छ ।
ἀπήγγειλεν
“तिनले तिनीहरूलाई बताइन्” वा “तिनले भनिन्”
ἑστάναι…πρὸ τοῦ πυλῶνος
“ढोका बाहिर उभिइरहेका ।” पत्रुस अझै बाहिरै उभिइरहेका थिए ।
Acts 12:15
μαίνῃ
मानिसहरूले तिनीमाथि विश्वास नगरेका मात्र होइनन्, तिनलाई तिनी बहुलाएकी छन् भनेर पनि गाली गरे । वैकल्पिक अनुवादः “तिमी पागल भएकी छ्यौ”
ἡ…διϊσχυρίζετο οὕτως ἔχειν
“तिनले आफूले भनेको कुरा सत्य हो भनी जिद्दी गरिन्”
οἱ…ἔλεγον
“तिनीहरूले जवाफ दिए”
ὁ ἄγγελός ἐστιν αὐτοῦ
“तिमीले देखेको कुरा पत्रुसको स्वर्गदूत हो ।” केही यहूदीहरूले संरक्षण गर्ने स्वर्गदूतमाथि विश्वास गर्थे र तिनीहरूले शायद पत्रुसको स्वर्गदूत तिनीहरू भएका ठाउँमा आएछन् भनी ठाने ।
Acts 12:16
यहाँ “तिनीहरूले” र “तिनीहरूलाई” भन्ने शब्दहरूले त्यस घरभित्र भएका मानिसहरूलाई जनाउँछन् । “तिनी” र “तिनले” शब्दहरूले पत्रुसलाई जनाउँछन् ।
ὁ δὲ Πέτρος ἐπέμενεν κρούων
“निरन्तर” शब्दले पत्रुसले तिनीहरूले भित्र कुरा गरेको समयभर नै निरन्तर रूपमा ढोका ढकढक्याइरहे भन्ने बुझाउँछ ।
Acts 12:17
ἀπαγγείλατε…ταῦτα
“यी कुराहरू भन”
τοῖς ἀδελφοῖς
“अरू विश्वासीहरू”
Acts 12:18
यहाँ “तिनी” शब्दले पत्रुसलाई जनाउँछ । “उनले” शब्दले हेरोदलाई जनाउँछ ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । समय बितेको छ; यो अब अर्को दिन हो ।
γενομένης…ἡμέρας
“बिहान”
ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο
त्यहाँ वास्तवमा के भएको थियो भन्ने कुरामा जोड दिन यो वाक्यांशको प्रयोग भएको छ । यसलाई सकारात्मक तरिकाले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसलाई के भएको थियो भन्ने बारेमा सिपाहीहरूको माझमा ठूलो हलचल भयो” (हेर्नुहोस्ः निषेधात्मक)
ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο
भाववाचक नाउँ “हलचल”लाई “व्याकुल भए” वा “निराश भए” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पत्रुसलाई के भएको थियो भन्ने बारेमा सिपाहीहरू धेरै निराश थिए” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 12:19
“हेरोदले पत्रुसलाई खोजेर भेट्टाउन नसकेपछि”
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν
सम्भावित अर्थहरू हुन् १) “जब पत्रुस हराइरहेका थिए भन्ने कुरा हेरोदले सुने, तिनी आफैँ झ्यालखानामा खोज्न गए” वा २) जब पत्रुस हराइरहेका थिए भन्ने कुरा हेरोदले सुने, तिनले सिपाहीहरूलाई तिनको खोजी गर्नको लागि पठाए”
ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι
पहरेदारहरूले रेखदेख गरेका कैदी भागे भने ती नै पहरेदारहरूलाई मार्ने कुरा रोमी सरकारमा सामान्य किसिमको दण्ड थियो ।
καὶ κατελθὼν
यहाँ “तल गए” भन्ने वाक्यांश प्रयोग गरिएको छ किनभने कैसरिया उचाइमा यहूदियाभन्दा तल पर्छ ।
Acts 12:20
लूकाले हेरोदको जीवनको अर्को घटनालाई लिएर अगाडि बढ्छन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः नयाँ घटनाको परिचय)
ὁμοθυμαδὸν…παρῆσαν πρὸς αὐτόν
यहाँ “तिनीहरू” शब्द सामान्यीकरण हो । टुरोस र सिदोनका सबै मानिस हेरोदकहाँ गएको भन्ने कुरा असम्भव हो । वैकल्पिक अनुवादः “टुरोस र सीदोनको प्रतिनिधित्व गर्ने मानिसहरू हेरोदसँग कुरा गर्नको लागि सँगै गए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
πείσαντες Βλάστον
“यी मानिसहरूले बलस्तसलाई मनाए”
Βλάστον
बलस्तस राजा हेरोदका सहयोगी वा एक अधिकारी थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ᾐτοῦντο εἰρήνην
“यी मानिसहरूले शान्तिको लागि अनुरोध गरे”
τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς
तिनीहरूले शायद यो खाद्यान्न खरिद गर्दथे । वैकल्पिक अनुवादः “टुरोस र सिदोनका मानिसहरूले आफ्ना सबै खाद्यान्न हेरोदले शासन गरेका मानिसहरूकहाँबाट खरिद गरेर ल्याउँथे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ τρέφεσθαι αὐτῶν
यसको अर्थ हो, यो खाद्यान्न आपूर्तिमा हेरोदले रोक लगाएका थिए किनभने टुरोस र सिदोनका मानिसहरूसँग तिनी रिसाएका थिए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 12:21
τακτῇ…ἡμέρᾳ
यो दिन शायद हेरोदले प्रतिनिधिहरूसँग भेट गर्न सहमत भएका दिन थियो । वैकल्पिक अनुवादः “तिनीहरूसँग भेट गर्नलाई हेरोद सहमत भएको दिनमा”
ἐσθῆτα βασιλικὴν
तिनी राजा हुन् भनी दर्शाउने महङ्गो वस्त्र
καθίσας ἐπὶ τοῦ βήματος
यहीँबाट नै आफूलाई भेट्न आउने मानिसहरूलाई हेरोदले सम्बोधन गर्थे ।
Acts 12:22
यो हेरोदको बारेमा भएको कथाको भागको अन्त्य हो ।
Acts 12:23
παραχρῆμα…ἄγγελος
“उति नै खेर एकजना स्वर्गदूत” वा “जब मानिसहरूले हेरोदको प्रशंसा गरिरहेका थिए, एकजना स्वर्गदूत”
ἐπάταξεν αὐτὸν
“हेरोदलाई कष्ट दिए” वा “हेरोदलाई धेरै बिरामी हुने तुल्याए”
οὐκ ἔδωκεν τὴν δόξαν τῷ Θεῷ
हेरोदले ती मानिसहरूलाई परमेश्वरको महिमा गर्न लगाउनुको साटो आफ्नै महिमा गर्न दिए ।
γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν
यहाँ “कीराहरू”ले शरीरभित्र हुने कीरालाई जनाउँछ, सम्भवतः आन्द्रामा पर्ने जुका हुन सक्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कीराहरूले हेरोदको भित्री भागहरूलाई खाए र तिनी मरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 12:24
पद २४ ले पद २३ बाटको इतिहासको विवरणलाई निरन्तरता दिन्छ । पद २५ ले इतिहासको विवरणलाई ११:३० बाट निरन्तरता दिन्छ । (हेर्नुहोस्ः कथाको समापन)
ὁ…λόγος τοῦ Θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο
परमेश्वरको वचन चाहिँ बढ्न र पुनरुत्पादन गर्न गर्न सक्ने कुनै जीवित बोट भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश धेरै ठाउँहरूमा फैलियो र यसमा अझ धेरै मानिसहरूले उहाँमा विश्वास गरे” (हेर्नुहोस्ः रूपक)
ὁ…λόγος τοῦ Θεοῦ
“येशूको बारेमा परमेश्वरले पठाउनुभएको सन्देश”
Acts 12:25
πληρώσαντες τὴν διακονίαν
यसले तिनीहरूले अगाडि प्रेरित ११:२९-३० एन्टिओखियामा भएका विश्वासीहरूबाट रुपियाँ-पैसा ल्याएका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेम मण्डलीका अगुवाहरूकहाँ पैसा पुर्याए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ
तिनीहरू यरूशलेमबाट फर्केर एन्टिओखियामा गए । वैकल्पिक अनुवादः “बारनाबास र शाऊल एन्टिओखियामा फर्के” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 13
प्रेरितहरू १३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १३:३३-३५ मा भजनसङ्ग्रहबाट लिइएका तीनवटा उद्धरणहरूसँग यसै गर्छ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १३:४१ मा पुरानो करारबाट ल्याइएको कवितासँग यसै गर्छ ।
यो अध्यायले प्रेरितहरूका कामको दोस्रो आधा भाग सुरु गर्दछ । यहाँ लूकाले पत्रुसको बारेमा भन्दा धेरै पावलको बारेमा लेखेका छन् र विश्वासीहरूले येशूको सुसमाचारको सन्देश यहूदी जातिलाई नभइ अन्यजातिलाई प्रचार गरेका कुराको वर्णन यसले गर्दछ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अन्यजातिहरूको लागि एउटा ज्योति
अधार्मिक मानिसहरू अर्थात् परमेश्वरलाई खुशी नतुल्याउने मानिसहरूका बारेमा बाइबलले वर्णन गर्दा तिनीहरू प्रायः अन्धकारको वरिपरि हिँडेको छन् भने झैँ लेखेको हुन्छ । ती पापी मानिसले गरिरहेका कुरा खराब हो भनेर बुझ्न र परमेश्वरको आज्ञा पालन गर्न सुरु गरेर धर्मी ज्योतिले तिनीहरूलाई सक्षम तुल्याउँछ भने झैँ यसले कुरा गर्दछ । यहूदीहरूले सबै अन्यजातिलाई अन्धकारमा हिंडेका हुन् भनी ठान्छन्, तर पावल र बारनाबासले अन्यजातिहरूलाई येशूको सन्देश प्रचार गर्ने बारेमा तिनीहरू उनीहरूकहाँ भौतिक ज्योति लिएर जाने भनेजस्तो कुरा गरेका छन् । (हेर्नुहोस्ः रूपक अनि धर्मी, धार्मिकता)
Acts 13:1
पद १ ले एन्टिओखियामा भएको मण्डलीका मानिसहरूको बारेमा जानकारी दिन्छ । यहाँ पहिलो “तिनीहरू” शब्दले शायद यी पाँच अगुवालाई जनाउँछ तर यसले अरू विश्वासीलाई पनि समावेश गर्न सक्छ । त्यसपछि आउने “तिनीहरू” र “तिनीहरूको” शब्दहरूले शायद पावल र बारनाबास बाहेक अरू तीन अगुवालाई जनाउँछ । तर यी शब्दले अरू विश्वासीलाई पनि समावेश गर्न सक्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
पावल र बारनाबासलाई एन्टिओखियाको मण्डलीले मिसन यात्राहरूमा पठाएको बारेमा लेख्न लूकाले सुरु गर्दछन् ।
δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν
“त्यो बेलामा एन्टिओखियामा भएको मण्डलीमा”
Συμεὼν…Νίγερ…Λούκιος…Μαναήν
यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἡρῴδου τοῦ τετράρχου σύντροφος
मनेन शायद हेरोदका सँगै हुर्कँदै गर्दा खेल्ने साथी वा नजिकका साथी थिए ।
Acts 13:2
ἀφορίσατε
“मेरो सेवाको लागि नियुक्त गर”
προσκέκλημαι αὐτούς
यसमा प्रयोग गरिएको क्रियापदले तिनीहरूलाई परमेश्वरले यो काम गर्नको लागि पहिले नै छान्नुभयो भन्ने बुझाउँछ ।
Acts 13:3
ἐπιθέντες τὰς χεῖρας αὐτοῖς
“परमेश्वरको सेवाको निम्ति अलग गरिएकाहरूमाथि आफ्ना हात राखे ।” यो बारनाबास र शाऊलमाथि पवित्र आत्माको बोलावटको निश्चयता गर्ने एल्डरहरूको चलन थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἀπέλυσαν
“ती मानिसहरूलाई पठाए” वा “पवित्र आत्माले तिनीहरूलाई गर्नू भनेको काम गर्नको लागि ती मानिसहरूलाई पठाए”
Acts 13:4
यहाँ हरेक पटक “उनीहरू” शब्दले बारनाबास र शाऊललाई जनाउँछ ।
οὖν
यो शब्दले अगाडिको घटनाको कारण कुनै घटना हुन्छ भन्ने सङ्केत गर्छ । यहाँ चाहिँ, पवित्र आत्माले बारनाबास र शाऊललाई अलग गर्नुभएको कुरा पहिलेको घटना हो ।
κατῆλθον
यहाँ “तल गए” प्रयोग भएको छ किनभने एन्टिओखियाभन्दा सेलुकिया उचाइका हिसाबले तल पर्दछ ।
Σελεύκιαν
समुद्रको किनारमा भएको सहर
Acts 13:5
Σαλαμῖνι
सलामिस सहर साइप्रस टापूमा थियो ।
κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ
“परमेश्वरको वचन” भनेको “परमेश्वरको सन्देशलाई” जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरको सन्देश प्रचार गरे” (हेर्नुहोस्ः उपलक्षण)
συναγωγαῖς τῶν Ἰουδαίων
सम्भावित अर्थहरू हुन् १) “सलामिसको सहरमा धेरै यहूदी सभाघर थिए जहाँ बारनाबास र शाऊलले प्रचार गरे” वा २) “बारनाबास र शाऊलले सलामिसको सभाघरबाट प्रचार गर्न सुरु गरेर साइप्रसको टापूमा घुमफिर गर्दै तिनीहरूले भेटेका सबै सभाघरमा प्रचार गरे ।”
εἶχον δὲ καὶ Ἰωάννην, ὑπηρέτην
“यूहन्ना मर्कुस उनीहरूसँग गए र उनीहरूलाई सहायता गरे”
ὑπηρέτην
“सहयोगी”
Acts 13:6
यहाँ “उनीहरू” शब्दले बारनाबास, शाऊल र मर्कुस यूहन्नालाई जनाउँछ । यहाँ “यी मानिस” शब्दले प्रान्तीय शासक सर्गियस पौलसलाई जनाउँछ; अनि “उसको” शब्दले एलुमास (बार-येशू पनि भनिन्छ) जादूगरलाई जनाउँछ ।
ὅλην τὴν νῆσον
उनीहरूले टापूको एक भागदेखि अर्को भागसम्म पार गरे र आफू भएर गएका सबै सहरमा सुसमाचारको सन्देश बाँडे ।
Πάφου
प्रान्तीय शासक बस्ने साइप्रस टापूको एक प्रमुख सहर
εὗρον
यहाँ “भेट्टाए” भन्ने कुराले कसैलाई नखोजिकनै सो व्यक्ति भएको ठाउँमा आइपुग्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले भेटे” वा “तिनीहरू आइपुगे”
ἄνδρα, τινὰ μάγον
“टुनामुना गर्ने मानिस” वा “अलौकिक जादूयी कला गर्ने मानिस”
ᾧ ὄνομα Βαριησοῦς
“बार-येशू” को अर्थ हुन्छ, “येशूको छोरा ।” यो मानिस र येशू ख्रीष्टको बीचमा कुनै सम्बन्ध छैन । त्यस बेला येशू प्रचलित नाम थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 13:7
ἦν σὺν
“प्रायः सँगै हुन्थ्यो” वा “प्रायः साथै हुन्थ्यो”
ἀνθυπάτῳ
यी रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्पिक अनुवादः “बडाहाकिम”
ἀνδρὶ συνετῷ
यो चाहिँ सर्गियस पौलसको बारेमा पृष्ठभूमिको जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 13:8
Ἐλύμας ὁ μάγος
यो बार-येशू थियो, जसलाई “जादूगर” पनि भनिन्थ्यो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ
“उसलाई ग्रीकमा यही भनिन्थ्यो”
ἀνθίστατο…αὐτοῖς…ζητῶν διαστρέψαι τὸν ἀνθύπατον
“फर्काउने प्रयास गरेर तिनीहरूको प्रतिरोध गर्यो” वा “फर्काउने प्रयास गरेर तिनीहरूको विरुद्धमा खडा भयो”
ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως
यहाँ “विश्वासबाट फर्काउनु” भनेको कसैलाई केही कुरा नगर्नका लागि मनाउनुलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “शासकलाई सुसमाचारको सन्देशमाथि विश्वास नगर्न मनाउन खोज्यो” (हेर्नुहोस्ः रूपक)
Acts 13:9
“उसलाई” शब्दले त्यो जादूगर एलुमासलाई जनाउँछ, जसलाई बार-येशू पनि भनिन्छ (प्रेरितहरू १३:६-८) ।
पाफोस टापूमा हुँदा पावलले एलुमाससँग कुरा गर्न सुरु गरे ।
Σαῦλος…ὁ καὶ Παῦλος
“शाउल” तिनको यहूदी नाउँ हो भने “पावल” तिनको रोमी नाउँ हो । तिनले रोमी अधिकारीसँग कुरा गरिरहेका हुनाले तिनले आफ्नो रोमी नाउँ प्रयोग गरे । वैकल्पिक अनुवादः “शाऊल, जसले अब आफैँलाई पावल भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀτενίσας εἰς αὐτὸν
“उसलाई एकटक लाएर हेरे”
Acts 13:10
υἱὲ διαβόλου
त्यस मानिसले शैतानको जस्तै हर्कत गर्दै छ भनेर पावल भन्दै छन् । वैकल्पिक अनुवादः “तँ शैतानजस्तै छस्” वा “तँ शैतान जस्तै काम गर्छस्” (हेर्नुहोस्ः लक्षणा)
ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας
“तैँले धार्मिकताको विरुद्धमा झूटा कुरा गरेर अरू मानिसहरूलाई असत्य कुरामाथि विश्वास गर्ने बनाउँछस् र जे गलत छ त्यही गर्छस्”
ῥᾳδιουργίας
यो सन्दर्भमा यसको अर्थ अल्छे हुनु र परमेश्वरको व्यवस्था लगनशील भएर नपछ्याउनु भन्ने हुन्छ ।
ἐχθρὲ πάσης δικαιοσύνης
पावलले एलुमासलाई शैतानसँग एउटै समूहमा राख्दै छन् । जसरी शैतान परमेश्वरको शत्रु र धार्मिकताको विरोधी हो, एलुमास पनि त्यस्तै थियो ।
οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας?
पावलले त्यस जादूगरलाई परमेश्वरको विरोध गरेकोमा गाली गर्नलाई यो प्रश्नको प्रयोग गर्दै छन् । वैकल्पिक अनुवादः “परमप्रभु परमेश्वरको बारेमा भएका सत्य कुरालाई तैँले सधैँ झूटा हो भन्छस् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας
यहाँ “सोझा मार्गहरू” भन्ने कुराले सत्य तरिकाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुका सत्य मार्गहरू” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 13:11
“तँ” र “उसलाई” शब्दहरूले एलुमास जादूगरलाई जनाउँछन् । “उनी” शब्दले ती प्रान्तीय शासक सर्गियस पौलस (पाफोसका बडाहाकिम) लाई जनाउँछन् ।
पावलले एलुमाससँग कुरा गरेर सिद्ध्याउँछन् ।
χεὶρ Κυρίου ἐπὶ σέ
यहाँ “हात”ले परमेश्वरको शक्तिलाई प्रतिनिधित्व गर्छ र “तँमाथि” भन्ने कुराले दण्डको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तँलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἔσῃ τυφλὸς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तँलाई अन्धो बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ βλέπων τὸν ἥλιον
एलुमास यति धेरै पूर्ण रूपले अन्धो हुनेछन् कि उसले घाम पनि देख्न सक्ने छैन । वैकल्पिक अनुवादः “तैँले घाम पनि देख्ने छैनस्”
ἄχρι καιροῦ
“केही समय अवधिको लागि” वा “परमेश्वरले तोक्नुभएको समयको लागि”
ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος
“एलुमासको आँखा धमिलो भए र त्यसपछि अँध्यारो भयो” वा “एलुमासले प्रस्ट देखेन र त्यसपछि उसले केही पनि देखेन”
περιάγων
“एलुमास भौँतारियो” वा “एलुमासले एताउता छामछाम छुमछुम गर्न थाल्यो”
Acts 13:12
ἀνθύπατος
यो रोमी प्रान्तको बडाहाकिम थिए । वैकल्पिक अनुवादः “बडाहाकिम”
ἐπίστευσεν
“उनले येशूमा विश्वास गरे”
ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको शिक्षाले उनलाई आश्चर्यचकित बनायो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 13:13
पदहरू १३ र १४ ले वृत्तान्तको यो खण्डको पृष्ठभूमि जानकारी दिन्छन् । “पावल र उनका साथीहरू” भन्नाले बारनाबास र यूहन्ना मर्कुस (यूहन्ना पनि भनिन्छ) थिए । यो बेलादेखि प्रेरितको पुस्तकमा शाऊललाई पावल भनियो । पावलको नाउँ सर्वप्रथम सूचीकृत हुनुले तिनी समूहका अगुवा भइसकेका कुरा सङ्केत गर्दछ । अनुवादमा यो क्रमलाई कायम राख्नु महत्त्वपूर्ण हुन्छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यो चाहिँ पिसिदियाको एन्टिओखियामा पावल हुँदाको बारेमा भएको कथाको नयाँ भाग हो ।
δὲ
यसले कथाको नयाँ खण्डको सुरुवातलाई सङ्केत गर्छ ।
ἀναχθέντες…ἀπὸ τῆς Πάφου
“पाफोसबाट डुङ्गाद्वारा यात्रा गरे”
ἦλθον εἰς Πέργην τῆς Παμφυλίας
“पर्गामा आइपुगे जुन पाम्फिलियामा पर्छ”
Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν
“तर मर्कुस यूहन्नाले पावल र बारनाबासलाई छोडे”
Acts 13:14
Ἀντιόχειαν τὴν Πισιδίαν
“पिसिदिया जिल्लामा भएको एन्टिओखियाको सहर”
Acts 13:15
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν
“व्यवस्था र अगमवक्ताहरू”ले पढिएको यहूदी ग्रन्थहरूका खण्डहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले व्यवस्थाको पुस्तक र अगमवक्ताहरूका पुस्तकबाट पढिसकेपछि” (हेर्नुहोस्ः उपलक्षण)
ἀπέστειλαν…πρὸς αὐτοὺς λέγοντες
“कसैलाई यसो भन्नलाई बताए” वा “कसैलाई यसो भन्नलाई अनुरोध गरे”
ἀδελφοί
त्यहाँको सभाघरका मानिसहरूले पावल र बारनाबासलाई आफ्ना यहूदी मित्र भएको जनाउनका लागि “भाइहरू” शब्द प्रयोग गरे ।
εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν
“यदि हामीलाई उत्साह दिनलाई तपाईं केही भन्न चाहनुहुन्छ भने”
λέγετε
“कृपया त्यो भन्नुहोस्” वा “कृपया त्यो हामीलाई भन्नुहोस्”
Acts 13:16
पहिलो “तिनी” शब्दले पावललाई जनाउँछ । दोस्रो “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ । यहाँ “हाम्रो” शब्दले पावल र उनका सङ्गी यहूदीहरूलाई जनाउँछ । “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले इस्राएलीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
पावलले पिसिदियाको एन्टिओखियाको सभाघरमा भएकाहरूका लागि आफ्नो भाषण सुरु गर्छन् । तिनले इस्राएलको इतिहासमा भएको कुराहरूबाट आफ्नो कुरा सुरु गर्छन् ।
κατασείσας τῇ χειρὶ
यो शायद तिनी बोल्नलाई तयार थिए भन्ने जनाउनको लागि प्रयोग गरिएको हातको सङ्केत थियो । वैकल्पिक अनुवादः “तिनी बोल्न गइरहेका छन् भनी देखाउनलाई आफ्नो हात हल्लाए” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
οἱ φοβούμενοι τὸν Θεόν
यसले यहूदी धर्ममा गएका गैरयहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलबाट नआएका तर परमेश्वरको आराधना गर्ने”
τὸν Θεόν, ἀκούσατε
“मेरो कुरा सुन्नुहोस्” वा “मैले भन्न खोजेको कुरा सुन्नुहोस्”
Acts 13:17
ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ
“इस्राएलका मानिसहरूले आराधना गर्ने परमेश्वर”
τοὺς πατέρας ἡμῶν
“हाम्रा पूर्खाहरू”
τὸν λαὸν ὕψωσεν
“तिनीहरूलाई धेरै सङ्ख्याको हुने तुल्याउनुभयो”
μετὰ βραχίονος ὑψηλοῦ
यसले परमेश्वरको शक्तिशाली सामर्थ्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “महान् शक्तिले” (हेर्नुहोस्ः लक्षणा)
ἐξ αὐτῆς
“मिश्रदेशबाट बाहिर”
Acts 13:18
ἐτροποφόρησεν αὐτοὺς
यसको अर्थ “उहाँले तिनीहरूलाई सहनुभयो” भन्ने हुन्छ । कुनै अनुवादमा भिन्न शब्दको प्रयोग भएका छन्, जसको अर्थ हुन्छ, “उहाँले तिनीहरूको हेरविचार गर्नुभयो ।” वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको अनाज्ञाकारितालाई सहनुभयो” वा “परमेश्वरले तिनीहरूको हेरविचार गर्नुभयो”
Acts 13:19
यहाँ “उहाँले” भन्नाले परमेश्वरलाई जनाउँछ । “तिनीहरूको भूमि” भन्नाले यस अगि उल्लेखित सात जातिले बसोबास गरेको भूमि हो । “तिनीहरूलाई न्यायकर्ताहरू” भन्नाले इस्राएलका मानिसहरूलाई भन्ने जनाउँछ । अनि “हाम्रा” भन्नाले पावल र तिनका श्रोतालाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἔθνη
यहाँ “जातिहरू”ले मानिसहरूको फरक समूहहरूलाई जनाउँछ, भौगोलिक सिमानाहरूलाई होइन ।
Acts 13:20
“४५० वर्षको अवधिमा भयो”
ἕως Σαμουὴλ προφήτου
“अगमवक्ता शमूएलको समयसम्म”
Acts 13:21
यहाँको उद्धरण पुरानो करारको समुएलको पुस्तकमा लेखेको इतिहास र एतानको भजनबाट लिएको हो ।
ἔτη τεσσεράκοντα
“चालिस वर्षको निम्ति तिनीहरूका राजा हुनलाई”
Acts 13:22
μεταστήσας αὐτὸν
यसको अर्थ हो, परमेश्वरले शाऊललाई राजा भइरहनबाट रोक्नुभयो । वैकल्पिक अनुवादः “शाऊललाई राजा हुनबाट इन्कार गर्नुभयो”
ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα
“परमेश्वरले दाऊदलाई तिनीहरूको राजा हुनलाई छान्नुभयो”
βασιλέα
“इस्राएलको राजा” वा “इस्राएलीहरूमाथि राजा हुन”
ᾧ καὶ εἶπεν μαρτυρήσας
“यी दाऊदको बारेमा परमेश्वरले भन्नुभयो”
εὗρον
“मैले देखेको छु कि”
ἄνδρα κατὰ τὴν καρδίαν μου
यस अभिव्यक्तिको अर्थ “मैले इच्छा गरेको कुरा इच्छा गर्ने मानिस” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
Acts 13:23
यहाँको उद्धरण सुसमाचारको पुस्तकबाट लिएको हो ।
τούτου…ἀπὸ τοῦ σπέρματος
“दाऊदका सन्तानहरूबाट ।” वाक्यको यो ठाउँदेखि उद्धारकर्ता चाहिँ दाऊदका सन्तान हुन् भनेर जोड दिन सुरु भएको छ (प्रेरितहरू १३:२२) ।
ἤγαγεν τῷ Ἰσραὴλ
यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई दिनुभयो” (हेर्नुहोस्ः लक्षणा)
κατ’ ἐπαγγελίαν
“परमेश्वरले गर्नेछु भनी गर्नुभएको प्रतिज्ञाअनुसार”
Acts 13:24
βάπτισμα μετανοίας
तपाईंले “पश्चाताप” शब्दलाई क्रियापद “पश्चाताप गर्न” लेखेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “पश्चात्ताप गर्ने बप्तिस्मा” वा “मानिसहरूले आफ्ना पापको लागि पश्चाताप गर्न इच्छा गर्दा तिनीहरूले मागेका बप्तिस्मा” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 13:25
τί ἐμὲ ὑπονοεῖτε εἶναι?
यूहन्नाले मानिसहरूले तिनी को थिए भन्ने सोच्न बाध्य होऊन् भनेर यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “म को हुँ भन्ने बारेमा सोच” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐκ εἰμὶ ἐγώ
बप्तिस्मा दिने यूहन्नाले ख्रीष्टलाई सङ्केत गर्दै थिए, जसको आगमनको आशा तिनीहरूले गर्दै थिए । वैकल्पिक अनुवादः “म मसिह होइन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀλλ’ ἰδοὺ
यसले अब तिनले यसपछि के भन्ने छन् सो कुरामा जोड दिन्छ ।
ἔρχεται μετ’ ἐμὲ
यसले पनि मसिहलाई जनाउँछ । वैकल्पिक अनुवादः “मसिह चाँडै नै आउनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι
“म उहाँको जुत्ताको फिता खोल्न पनि योग्य छैन ।” मसिह चाहिँ यूहन्ना भन्दा अति महान् हुनुहुन्छ, र यसैले उहाँप्रति गर्नुपर्ने सबैभन्दा निम्न स्तरको कार्य गर्न पनि तिनले आफैँलाई योग्यको ठानेनन् ।
Acts 13:26
यहाँ “तिनीहरू” र “तिनीहरूको” शब्दले यरूशलेममा बस्ने यहूदीहरूलाई जनाउँछ । यहाँ “हामीलाई” शब्दले पावल र सभाघरमा तिनको सन्देश सुन्नेहरू सबैलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν
पावलले आफ्ना यहूदी श्रोताहरू र अन्यजातिबाट यहूदीमा परिवर्तन भएका मानिसहरूलाई सम्बोधन गर्दछन्, र तिनीहरूलाई साँचो परमेश्वरको आराधना गर्ने तिनीहरूका विशेष अवस्थाको बारेमा स्मरण गराउँछन् ।
ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यो मुक्तिको बारेमा भएको सन्देश पठाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς σωτηρίας ταύτης
“मुक्ति” शब्दलाई क्रियापद “बचाउने” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले मानिसहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 13:27
τοῦτον ἀγνοήσαντες
“परमेश्वरले तिनीहरूलाई बचाउन पठाउनुभएको यो मानिस येशू नै हुनुहुन्थ्यो भनी थाहा पाएनन्”
τὰς φωνὰς τῶν προφητῶν
यहाँ “भनाइहरू”ले अगमवक्ताहरूको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूका लेखहरू” वा “अगमवक्ताहरूको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
τὰς…ἀναγινωσκομένας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन कसैले पढ्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰς φωνὰς τῶν προφητῶν…ἐπλήρωσαν
“यसरी तिनीहरूले जे गर्नेछन् भनेर अगमवक्ताहरूले भने, त्यसै गरे”
Acts 13:28
यहाँ प्रयोग गरिएको “तिनीहरू” शब्दले यहूदी अगुवाहरूलाई जनाउँछ । यहाँ प्रयोग गरिएको “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
μηδεμίαν αἰτίαν θανάτου εὑρόντες
“तिनीहरूले येशूलाई कसैले मार्नुपर्ने कुनै पनि असल कारण भेट्टाएनन्”
ᾐτήσαντο Πειλᾶτον
यहाँ प्रयोग गरिएको “माग गरे” शक्तिशाली शब्द हो र यसले माग गर्नु, निवेदन गर्नु वा बिन्ती गर्नु भन्ने कुरालाई जनाउँछ ।
Acts 13:29
ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα
“अगमवक्ताहरूको पुस्तकमा येशूलाई हुनेछ भनेर लेखिएका सबै कुरा यहूदी अगुवाहरूले गरिसकेपछि”
καθελόντες ἀπὸ τοῦ ξύλου
यो हुनु अगि येशू मर्नुभयो भनेर स्पष्ट रूपमा भन्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई मारे र तब उहाँ मर्नुभएपछि उहाँलाई क्रूसबाट तल ओराले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπὸ τοῦ ξύλου
“क्रूसबाट ।” त्यो बेलाका मानिसहरूले क्रूसलाई सङ्केत गर्ने यो अर्को तरिका थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 13:30
ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν
मानिसहरूले के गरे र परमेश्वरले के गर्नुभयो भनेर स्पष्ट रूपमा फरक भएको देखाउनका लागि “तर” शब्द प्रयोग भएको छ ।
ἤγειρεν αὐτὸν ἐκ νεκρῶν
“मरेका मानिसहरूका बीचबाट उहाँलाई पुनर्जिवित तुल्याउनुभयो ।” “मृतकहरू”को साथमा हुनु भन्ने कुराको अर्थ येशू मृत हुनुहुन्थ्यो भन्ने हुन्छ ।
ἤγειρεν αὐτὸν
यहाँ, बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “उहाँलाई पुनः जीवित हुन लगाउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । कसैलाई तिनीहरूको माझबाट बिउँताउनुले त्यस व्यक्तिलाई फेरि जीवित बनाउने कुराको विषयमा बताउँछ ।
Acts 13:31
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूसँगै गालीलदेखि यरूशलेमको यात्रा गरेका चेलाहरूले उहाँलाई धेरै दिनसम्म देखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡμέρας πλείους
यो ४० दिनको समय अवधि थियो भन्ने कुरा हामी अरू लेखबाट थाहा पाउँछौं । यति लामो समय अवधि जनाउनलाई उचित हुने शब्द राखेर “धेरै दिन” शब्दलाई अनुवाद गर्नुहोस् ।
νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν
“अहिले मानिसहरूलाई येशूको बारेमा साक्षी दिइरहेका छन्” वा “अब मानिसहरूलाई येशूको बारेमा भनिरहेका छन्”
Acts 13:32
यहाँ भएको दोस्रो उद्धरण यसैया अगमवक्ताको पुस्तकबाट लिएको हो ।
καὶ
यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यहाँ पहिले घटेको घटना परमेश्वरले येशू मृत्युबाट जीवित बनाउनुभएको घटना हो ।
τοὺς πατέρας
“हाम्रा पूर्खाहरू ।” पिसिदियाको सभाघरमा भएका यहूदीहरू र अन्यजातिबाट यहूदी धर्ममा परिवर्तन भएका मानिसहरूका बीचमा पावलले अझसम्म पनि बोलिरहेका छन् । यिनीहरू यहूदीहरू र अन्यजातिबाट यहूदी धर्ममा परिवर्तन भएका मानिसहरूका शारीरिक पूर्खाहरू थिए ।
Acts 13:33
ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν
तपाईंले यस वाक्यका भागहरूलाई पुनः मिलाएर राख्नुपर्ने हुन सक्छ, जुन पद ३२ मा सुरु हुन्छ । “हाम्रा पिता पूर्खाहरूलाई गर्नुभएको प्रतिज्ञालाई परमेश्वरले हामी, तिनीहरूको सन्तानको निम्ति पूरा गरिदिनुभयो” (हेर्नुहोस्ः पदका पुलहरू)
τοῖς τέκνοις ἡμῶν
“हाम्रो लागि, जो हाम्रा पूर्खाहरूका सन्तानहरूका हौँ ।” पावल अझै पनि यहूदीहरू र यहूदी धर्ममा परिवर्तन भएका अन्यजातिहरूसँग पिसिदियाको एन्टिओखियामा भएको सभाघरमा कुरा गरिरहेका छन् । यिनीहरू यहूदीहरूका शारीरिक पूर्खाहरू थिए, र परिवर्तन भएर आएकाहरूको आत्मिक पूर्खाहरू थिए ।
ἀναστήσας Ἰησοῦν
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “येशूलाई पुनः जीवित बनाउनुभएर” (हेर्नुहोस्ः टुक्काहरू)
ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ
“दोस्रो भजनमा यसो लेखिएको थियो”
τῷ ψαλμῷ…τῷ δευτέρῳ
“भजन २”
Υἱός…γεγέννηκά σε
यी महत्त्वपूर्ण नाउँहरू हुन् जसले येशू र परमेश्वरको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Acts 13:34
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν
“परमेश्वरले यी शब्दहरू येशूलाई मृत्युबाट जीवित पार्नुभएको कुराको बारेमा भन्नुभयो ताकि येशूको शरीर नकुहियोस्”
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्कनुले फेरि जीवित बन्ने कुराको विषयमा बताउँछ ।
τὰ ὅσια…τὰ πιστά
“निश्चित आशिष्हरू”
Acts 13:35
διότι καὶ ἐν ἑτέρῳ λέγει
यो भजनले मसिहलाई सङ्केत गरेको छ भन्ने कुरालाई पावलका श्रोताहरूले बुझेका हुन सक्छन् । वैकल्पिक अनुवादः “दाऊदको अर्को भजनमा, तिनले मसिहको बारेमा यसो पनि भन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ…λέγει
“दाऊदले यसो पनि भन्छन् ।” यो उद्धरण भजन १६ बाट लिएको हो, र यसका लेखक दाऊद हुन् ।
οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
“कुहिएको देख्नु” भनेको “कुहिनु”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तपार्इंले आफ्ना पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन” (हेर्नुहोस्ः लक्षणा)
οὐ δώσεις
दाऊदले यहाँ परमेश्वरसँग कुरा गरिरहेका छन् ।
Acts 13:36
ἰδίᾳ γενεᾷ
“उनको जीवनकालमा”
ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ
“परमेश्वरको चाहनुभएको काम गरे” वा “परमेश्वरलाई खुशी पार्ने काम गरे”
ἐκοιμήθη
मृत्युलाई जनाउने यो नम्र तरिका हो । वैकल्पिक अनुवादः “तिनी मरे” (हेर्नुहोस्ः व्यञ्जना)
προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ
“मरेका आफ्ना पिता पूर्खाहरूसँगै गाडिए”
εἶδεν διαφθοράν
“कुहिएको अनुभव गर्यो” भनेको “तिनको शरीर कुहियो” भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनको शरीर कुहियो” (हेर्नुहोस्ः लक्षणा)
Acts 13:37
ὃν δὲ
“तर येशू जसलाई”
ὁ Θεὸς ἤγειρεν
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)
οὐκ εἶδεν διαφθοράν
“कुहिएको अनुभव गरेन” भन्ने वाक्यांश चाहिँ “उहाँको शरीर कुहिएन” भनी बताउने एउटा तरिका हो । वैकल्पिक अनुवादः “कुहिएन” (हेर्नुहोस्ः लक्षणा)
Acts 13:38
यहाँ “उहाँलाई” शब्दले येशूलाई जनाउँछ ।
γνωστὸν…ἔστω ὑμῖν
“यो जान्नुहोस्” वा “यो तपार्इंहरूले जान्नु महत्त्वपूर्ण छ”
ἀδελφοί
पावलले यो शब्द प्रयोग गर्छन्, किनभने तिनीहरू तिनका यहूदी दाजुभाइ र यहूदी धर्म मान्ने मानिसहरू हुन् । यो समयमा तिनीहरू ख्रीष्टिएन विश्वासीहरू होइनन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी इस्राएलीहरू र अरू साथीहरू”
ὅτι διὰ τούτου, ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तपार्इंहरूका पाप येशूद्वारा क्षमा गरिन्छन् भन्ने घोषणा गर्छौं” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἄφεσις ἁμαρτιῶν
भाववाचक नाउँ “क्षमा”लाई क्रियापद “क्षमा गर्नु” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी परमेश्वरले तपाईंहरूका पाप क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 13:39
ἐν τούτῳ πᾶς ὁ πιστεύων
“विश्वास गर्ने हरेक व्यक्तिले उहाँद्वारा” वा “उहाँमा विश्वास गर्ने हरेक व्यक्तिले”
ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने हरेक व्यक्तिलाई येशूले धर्मी घोषणा गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 13:40
सभाघरका मानिसहरूलाई पावलले प्रचार गरेका तिनको सन्देशमा तिनले हबकूक अगमवक्ताबाट उद्धृत गरेका छन् । यहाँ “म” शब्दले परमेश्वरलाई जनाउँछ ।
पावलले प्रेरितहरू १३:१६ मा पिसिदियाको एन्टिओखियामा सुरु गरेको आफ्नो भाषणलाई अन्त्य गर्छन् ।
βλέπετε
यसको अर्थ पावलले प्रचार गरेको सन्देशप्रति तिनीहरू होसियार हुनुपर्छ । वैकल्पिक अनुवादः “मैले भन्ने कुरालाई विशेष ध्यान दिएर सुन्नुहोस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὸ εἰρημένον ἐν τοῖς προφήταις
“र यसरी अगमवक्ताले बोलेको कुरा”
Acts 13:41
ἴδετε, οἱ καταφρονηταί
“तिमी घृणाको अनुभव गर्नेहरू” वा “तिमी खिल्ली उडाउनेहरू”
θαυμάσατε
“अचम्मित होओ” वा “चकित होओ”
καὶ ἀφανίσθητε
“तब मरिजाओ”
ἔργον ἐργάζομαι
“केही गरिरहेको छु” वा “कार्य गरिरहेको छु”
ἐν ταῖς ἡμέραις ὑμῶν
“तिमीहरूको जीवनकालमा”
ἔργον ὃ
“म केही गरिरहेको छु जुन”
ἐάν τις ἐκδιηγῆται ὑμῖν
“यदि कसैले तिमीहरूलाई यसको बारेमा भने तापनि”
Acts 13:42
ἐξιόντων δὲ, αὐτῶν
“जब पावल र बारनाबास जान लाग्दै थिए”
παρεκάλουν
“तिनीहरूलाई ... लागि बिन्ती गरे”
τὰ ῥήματα ταῦτα
यहाँ “वचनहरू” शब्दले पावलले बोलेको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “यो उही सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 13:43
λυθείσης δὲ τῆς συναγωγῆς
सम्भावित अर्थहरू हुन् १) पद ४२ मा यो फेरि लेखिएको छ “पावल र बारनाबास त्यहाँबाट जान लाग्दा” वा २) सभा सकिनुभन्दा पहिले नै पावल र बारनाबास बिदा भए र यो पछि दोहोरियो ।
προσηλύτων
यी यहूदी-मतमा परिवर्तन भएका गैरयहूदीहरू हुन् ।
οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς
“पावल र बारनाबासले ती मानिसहरूसँग बोले र आग्रह गरे”
προσμένειν τῇ χάριτι τοῦ Θεοῦ
यसको अर्थ येशू नै मसिह हुनुहुन्छ भन्ने पावलको सन्देशमाथि तिनीहरूले विश्वास गरे । वैकल्पिक अनुवादः “येशूले गर्नुभएको कार्यका कारणले परमेश्वरले दयापूर्वक मानिसहरूका पाप क्षमा गर्नुहुन्छ भनेर निरन्तर विश्वास गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 13:44
यहाँ “उहाँलाई” शब्दले पावललाई जनाउँछ ।
σχεδὸν πᾶσα ἡ πόλις συνήχθη
“सहर” शब्दले त्यस सहरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । प्रभुको वचनप्रति देखाइएको ठूलो प्रतिक्रियालाई जनाउनको लागि यो वाक्यांशको प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “लगभग सहरको जम्मै मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου
यसले प्रभुको वचन प्रचार गर्ने मानिसहरू पावल र बारनाबास थिए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पावल र बारनाबासले प्रभु येशूको बारेमा प्रचार गरेको कुरा सुन्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 13:45
οἱ Ἰουδαῖοι
यहाँ “यहूदीहरू”ले यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
ἐπλήσθησαν ζήλου
यहाँ डाह यस्तो कुरा भए झैँ लेखिएको छ, जसले कुनै व्यक्तिलाई भरिदिन्छ । वैकल्पिक अनुवादः “निकै डाही भए” (हेर्नुहोस्ः रूपक)
ἀντέλεγον
“खण्डन गरे” वा “विरोध गरे”
τοῖς ὑπὸ Παύλου λαλουμένοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले भनेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 13:46
सुरुका “तपाईंहरू” बहुवचन शब्द हुन् र यसले पावलले प्रचार गरेका यहूदीहरूलाई जनाउँछ । यहाँ “हामी” र “हामीलाई” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछ, तर त्यहाँ उपस्थित भीडलाई होइन । पावलले पुरानो करारका अगमवक्ता यशैयाबाट उद्धरण लिएका छन् । मूल लेखोटमा “म” शब्दले परमेश्वरलाई र एकवचन “तिमी” शब्दले मसिहलाई जनाउँछ । यहाँ पावल र बारनाबासले बन्न खोजेको कुरा यो उद्धरणले तिनीहरूले गर्ने सेवाकार्यलाई समेत जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἦν ἀναγκαῖον
यसको अर्थ हो, परमेश्वरले यसो गर्ने आदेश दिनुभएको थियो । वैकल्पिक अनुवादः “परमेश्वरले आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὑμῖν…ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरको वचन” भनेको “परमेश्वरबाटको सन्देशलाई” जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कि हामी परमेश्वरबाटको सन्देश सर्वप्रथम तपाईंहरूलाई प्रचार गरौँ” वा “हामीले परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई प्रचार गर्दछौँ” वा “हामीले परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई प्रचार गर्दछौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि उपलक्षण)
ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν
तिनीहरूले परमेश्वरको वचन इन्कार गरेको कुरालाई तिनीहरूले धकेल्न सक्ने कुनै थोक भएको झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “किनकि तपार्इंहरू परमेश्वरको वचनलाई इन्कार गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς
“तपाईंहरू अनन्त जीवनका लागि योग्य हुनुहुन्न भन्ने कुरा तपाईंहरूले दर्शाउनुभएको छ” वा “तपाईंहरू अनन्त जीवनका लागि योग्य हुनुहुन्न भन्ने कार्य तपाईंहरूले गर्नुभएको छ”
στρεφόμεθα εἰς τὰ ἔθνη
“हामी अन्यजातिहरूकहाँ जानेछौँ ।” पावल र बारनाबासले भन्न खोजिरहेका थिए कि तिनीहरूले अन्यजातिहरूलाई प्रचार गर्नेछन् । वैकल्पिक अनुवादः “हामी तपाईंहरूलाई छोड्नेछौँ र अन्यजातिहरूलाई प्रचार गर्न सुरु गर्नेछौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 13:47
εἰς φῶς
यहाँ पावलले प्रचार गरेको येशूको बारेमा भएको सत्यता मानिसहरूलाई देख्न सक्ने तुल्याउने ज्योति भए झैँ गरी लेखेका छन् । (हेर्नुहोस्ः रूपक)
εἶναί…εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς
भाववाचक नाउँ “मुक्ति” शब्दलाई क्रियापद “बचाउने” लेखेर अनुवाद गर्न सकिन्छ । “अन्तिम छेउसम्म” भन्ने वाक्यांशले हरेक ठाउँमा भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “मैले संसारका हरेक ठाउँका मानिसहरूलाई बचाउन चाहन्छु भन्ने कुरा तिनीहरूलाई भन्नु” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 13:48
ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” शब्दले तिनीहरूले विश्वास गरेका येशूको बारेमा भएको सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको बारेमा भएको सन्देशका लागि परमेश्वरको प्रशंसा गरे” (हेर्नुहोस्ः लक्षणा)
ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अनन्त जीवनका लागि नियुक्त गर्नुभएका जतिले विश्वास गरे” वा “अनन्त जीवन पाउनको लागि परमेश्वरले चुन्नुभएका सबै मानिसहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 13:49
διεφέρετο…ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας
यहाँ “वचन” शब्दले येशूको बारेमा भएको सन्देशलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने मानिसहरूले प्रभुको वचन सम्पूर्ण क्षेत्रमा फैलाए” वा “विश्वास गर्नेहरू त्यस क्षेत्रमा सबैतिर गए र अरूहरूलाई येशूको सन्देशको बारेमा बताए” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 13:50
यहाँ “उनीहरू” शब्दले पावल र बारनाबास जनाउँछ ।
पिसिदियाको एन्टिओखियामा पावल र बारनाबासले बिताएको समयलाई यसले अन्त्य गर्दछ । अनि तिनीहरू आइकोनियनमा जान्छन् ।
οἱ…Ἰουδαῖοι
यसले सम्भवतः यहूदीहरूका अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
παρώτρυναν
“मनाए” वा “उक्साए”
τοὺς πρώτους
“यी महत्त्वपूर्ण मानिसहरू”
ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν
“पावल र बारनाबासलाई सतावट दिन यी महत्त्वपूर्ण पुरुषहरू र स्त्रीहरूलाई मनाए”
ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν
“पावल र बारनाबासलाई तिनीहरूको सहरबाट हटाए”
Acts 13:51
οἱ…ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς
यो त्यहाँ भएका विश्वास नगर्ने मानिसहरूलाई परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुहुनेछ भन्ने कुराको प्रतीकात्मक कार्य थियो । (हेर्नुहोस्ः प्रतीकात्मक भाषा)
Acts 13:52
οἵ…μαθηταὶ
यसले सायद पिसिदियाको एन्टिओखियामा भएका पावल र सिलासले हालैमा छोडेर आएका नयाँ विश्वासीहरूलाई जनाउँछ ।
Acts 14
प्रेरितहरू १४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उहाँको अनुग्रहको सन्देश”
येशूको बारेमा भएको सन्देश चाहिँ येशूमा विश्वास गर्ने मानिसहरूलाई परमेश्वरले अनुग्रह दर्शाउनुहुन्छ भन्ने सन्देश हो । (हेर्नुहोस्ः अनुग्रह, अनुग्रहमय अनि विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
जिउस र हर्मिस
रोमी साम्राज्यमा भएका अन्यजातिले धेरै बिभिन्न प्रकारका झूटा देवताहरूको पूजा गर्दथे, जो साँच्चै अस्तित्वमा थिएनन् । पावल र बारनाबासले तिनीहरूलाई “जीवित परमेश्वरमा” विश्वास गर्न आग्रह गरे । (हेर्नुहोस्ः झुटो देवता, पराइ देवता, देवता, देवी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“हामीले धेरै दुःखभोगहरूबाट परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ”
येशूको पछि लाग्ने हरेक व्यक्तिले सतावटको सामना गर्नुपर्छ भनेर येशूले आफ्नो मृत्यु अगि आफ्ना चेलाहरूलाई भन्नुभयो । पावलले यही कुरालाई यहाँ फरक शब्दमा भनिरहेका छन् ।
Acts 14:1
आइकोनियनमा पावल र बारनाबासको वृत्तान्त जारी रहन्छ ।
ἐγένετο δὲ, ἐν Ἰκονίῳ
यहाँ सम्भावित अर्थहरू हुन् १) “आइकोनियनमा यसो भयो कि” वा २) “सामान्य रूपमा आइकोनियनमा”
λαλῆσαι οὕτως
“अति शक्तिशाली किसिमले बोले ।” तिनीहरूले येशूको बारेमा भएको सन्देश बोले भन्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश अति शक्तिशाली किसिमले बोले” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 14:2
οἱ…ἀπειθήσαντες Ἰουδαῖοι
यसले येशूको बारेमा भएको सन्देश विश्वास नगरेका यहूदीहरूका एक भागलाई जनाउँछ ।
ἐπήγειραν…τὰς ψυχὰς τῶν ἐθνῶν
अन्यजातिहरूलाई रिस उठाइदिएको कुरालाई शान्त तलाउको पानीमा ढुङ्गा हानेर खल्बल्याइदिएको कुरा झैँ गरी लेखेका छन् । (हेर्नुहोस्ः रूपक)
τὰς ψυχὰς
यहाँ “मन” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरू” (हेर्नुहोस्ः उपलक्षण)
τῶν ἀδελφῶν
यहाँ “दाजुभाइहरू” शब्दले पावल र बारनाबास र नयाँ विश्वासीहरूलाई जनाउँछ ।
Acts 14:3
यहाँ “उहाँ” शब्दले प्रभुलाई जनाउँछ ।
μὲν οὖν…διέτριψαν
“तापनि तिनीहरू त्यहीँ बसे ।” पावल र बारनाबास धेरै मानिसहरूलाई सहायता गर्नका लागि आइकोनियनमा बसे जुन मानिसहरूले प्रेरितहरू १४:१ मा विश्वास गरेका थिए । “त्यसैले” शब्दले भ्रम सृजना गर्छ भने यसलाई हटाए हुन्छ ।
τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ
“उहाँको अनुग्रहको बारेमा भएको सन्देश सत्य हो भनी दर्शाउनुभयो”
τῷ λόγῳ τῆς χάριτος αὐτοῦ
“प्रभुको अनुग्रहको सन्देशको बारेमा”
διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावल र बारनाबासलाई चिन्हहरू र अचम्मका कामहरू गर्न सक्षम तुल्याउनुभएर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τῶν χειρῶν αὐτῶν
“हातहरू”ले पवित्र आत्माद्वारा अगुवाइ गरिएका यी दुई जना मानिसको इच्छा र प्रयत्नलाई जनाउँछ । वैकल्पिक अनुवादः “पावल र बारनाबासको सेवाद्वारा” (हेर्नुहोस्ः उपलक्षण)
Acts 14:4
ἐσχίσθη…τὸ πλῆθος τῆς πόλεως
यहाँ “सहर” शब्दले सहरमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सहरमा भएका धेरैजसो मानिसहरू विभाजित भए” वा “सहरमा भएका धेरैजसो मानिसहरू एक आपसमा सहमत भएनन्” (हेर्नुहोस्ः लक्षणा)
ἦσαν σὺν τοῖς Ἰουδαίοις
“यहूदीहरूको समर्थन गरे” वा “यहूदीहरूसँग सहमत भए ।” उल्लिखित पहिलो समूहले अनुग्रह बारेमा भएको सन्देशमा सहमति जनाएनन् ।
σὺν τοῖς ἀποστόλοις
उल्लिखित दोस्रो समूहले अनुग्रह बारेमा भएको सन्देशमा सहमत जनाए । क्रियापदलाई फेरि लेख्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरूको पक्ष लिए” (हेर्नुहोस्ः शब्दलोप)
τοῖς ἀποστόλοις
लूकाले यहाँ पावल र बारनाबासलाई जनाउँछन् । यहाँ “प्रेरितहरू” भन्नाले “पठाइएका मानिसहरू” भन्ने सामान्य अर्थमा प्रयोग गर्न सकिन्छ ।
Acts 14:5
शब्द “तिनीहरू”ले पावल र बारनाबासलाई जनाउँछ ।
“आइकोनियनका अगुवाहरूलाई मनाउन खोजे ।” यहाँ “प्रयास गरे” शब्दको अर्थ प्रेरितहरूले त्यो सहर छाडेर जानुअगि तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा मनाउन सकेनन् भन्ने हुन्छ ।
ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς
“पावल र बारनाबासलाई पिट्न र तिनीहरूमाथि ढुङ्गाले प्रहार गरेर तिनीहरूलाई मार्न”
Acts 14:6
τῆς Λυκαονίας
एसिया माइनरमा पर्ने जिल्ला (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Λύστραν
आइकोनियनको दक्षिण र डर्बीको उत्तरमा पर्ने एसिया माइनरको सहर (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Δέρβην
आइकोनियन र लुस्त्राको दक्षिणमा पर्ने सहर (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 14:7
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν
“जहाँ पावल र बारनाबासले सुसमाचार प्रचार गरिरहे”
Acts 14:8
यहाँ पहिलो “तिनी” शब्दले लङ्गडो मानिसलाई जनाउँछ; दोस्रो “तिनी” शब्दले पावललाई जनाउँछ । “त्यसलाई” शब्दले लङ्गडो मानिसलाई जनाउँछ ।
पावल र बारनाबास अहिले लुस्त्रामा छन् ।
τις ἀνὴρ…ἐκάθητο
यसले कथामा नयाँ व्यक्तिलाई समावेश गर्दछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἀδύνατος…τοῖς ποσὶν
“उसले आफ्नो खुट्टा चलाउन सक्दैनथ्यो” वा “ऊ आफ्नो खुट्टाले हिँड्न सक्दैनथ्यो”
χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ
“जो जन्मदेखि नै लङ्गडो थियो”
χωλὸς
हिँड्न नसक्ने व्यक्ति
Acts 14:9
ὃς ἀτενίσας αὐτῷ
“पावलले त्यसलाई सिधै हेरे”
ἔχει πίστιν τοῦ σωθῆναι
भाववाचक नाउँ “विश्वास” लाई क्रियापद “विश्वास गर्नु” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले उसलाई निको पार्न सक्नुहुन्छ भनी विश्वास गर्यो” वा “येशूले उसलाई स्वस्थ तुल्याउन सक्नुहुन्छ भनी विश्वास गर्यो” (हेर्नुहोस्ः भाववाचक नाम अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 14:10
ἥλατο
“हावामा उफ्रियो ।” यसको अर्थ उसका खुट्टा पूर्ण रूपले निको भए भन्ने हुन्छ ।
Acts 14:11
ὃ ἐποίησεν Παῦλος
यसले पावलले त्यो लङ्गडो मानिसलाई निको पारेको कुरालाई जनाउँछ ।
ἐπῆραν τὴν φωνὴν αὐτῶν
स्वर उचाल्नु भनेको ठूलो स्वर गरेर बोल्नु हो । वैकल्पिक अनुवादः “तिनीहरूले ठूलो स्वर गरेर बोले” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-idiom/01.md)
οἱ θεοὶ…κατέβησαν πρὸς ἡμᾶς
धेरै मानिसहरूले पावल र बारनाबासलाई आकाशबाट ओर्लिआएका तिनीहरूका देवहरू ठाने । वैकल्पिक अनुवादः “आकाशबाट देवहरू हामीकहाँ ओर्लिआएका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Λυκαονιστὶ
“तिनीहरूका आफ्नै लुकोनियाली भाषामा ।” लुस्त्राका मानिसहरूले लुकोनियाली र ग्रीक भाषा बोले ।
ὁμοιωθέντες ἀνθρώποις
देवताहरू मानिसजस्ता देखिनका लागि तिनीहरूको परिवर्तन हुनु जरुरी हुन्छ भनेर यी मानिसले विश्वास गरे ।
Acts 14:12
Δία
अरू सबै अन्यजातिका देवताहरूमध्ये जिउस चाहिँ राजा नै थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἑρμῆν
जिउस र अरू देवताका सन्देश मानिसहरूकहाँ लिएर आउने चाहिँ हर्मेस थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 14:13
ὅ τε ἱερεὺς τοῦ Διὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως…ἐνέγκας
यो पूजाहारीका बारेमा अतिरिक्त जानकारी समावेश गर्नु उपयोगी हुन्छ । वैकल्पिक अनुवादः “सहरको बाहिर एउटा मन्दिर थियो । त्यहाँ मानिसहरूले जिउसको पूजा गर्दथे । त्यो मन्दिरका पूजाहारीले पावल र बारनाबासले गरेका कामको बारेमा सुनेर तिनले ... ल्याए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ταύρους καὶ στέμματα
जनावरहरू बलि दिनलाई र फुलका मालाहरू पावल र बारनाबासलाई पहिराउनको लागि वा बलि दिने जनावरहरूलाई पहिराउनको लागि थिए ।
ἐπὶ τοὺς πυλῶνας
सहरहरूका मूल ढोकाहरू धेरैजसो समय मानिसहरूले सभा गर्ने ठाउँको रूपमा प्रयोग हुन्थ्यो ।
ἤθελεν θύειν
“पावल र बारनाबास चाहिँ उनीहरूका देवताहरू जिउस र हर्मेस हुन् भनी ठानेर बलिदान चढाउन चाहन्थे”
Acts 14:14
οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος
“प्रेरितहरू” शब्दलाई लूकाले यहाँ “पठाइएका मानिसहरू” भन्ने सामान्य अर्थमा प्रयोग गरेका हुन सक्छन् ।
διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν
भीडले तिनीहरूप्रति बलिदान चढाउने इच्छा गरेको हुनाले तिनीहरू गहिरो रूपमा दुःखी र निराश भएको कुरा दर्शाउने यो एउटा सङ्केतिक कार्य थियो ।
Acts 14:15
ἄνδρες, τί ταῦτα ποιεῖτε?
मानिसहरूले पावल र बारनाबासको लागि बलिदान चढाउन खोजेको कारण मानिसहरूलाई हप्काउँदै छन् । वैकल्पिक अनुवादः “मानिसहरू हो, तपाईंहरूले यी कुराहरू गर्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ταῦτα ποιεῖτε
“हामीलाई पूजा गर्दै”
καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι
यो वाक्यद्वारा पावल र बारनाबासले आफूहरू देवताहरू होइन भनेका हुन् । वैकल्पिक अनुवादः “हामी पनि तपाईंहरूजस्तै मानवहरू हौँ । हामी देवताहरू होइनौँ !”
ὁμοιοπαθεῖς…ὑμῖν
“हर प्रकारले तपार्इंहरू जस्तै”
ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα
यहाँ “ ... बाट फर्कनुपर्छ” भनेको एउटा कुरा गर्न छोडेर अरू नै केही कुरा गर्न सुरु गर्ने कुराको अर्थ दिने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी झूटा देवहरूको पूजा गर्न छोड्नुहोस् जसले तपाईंहरूलाई सहायता गर्न सक्दैनन्, बरु जीवित परमेश्वरको आराधना गर्नुहोस्” (हेर्नुहोस्ः रूपक)
Θεὸν ζῶντα
“साँचो रूपले अस्तित्वमा हुनुहुने परमेश्वर” वा “जिउनुहुने परमेश्वर”
Acts 14:16
ἐν ταῖς παρῳχημέναις γενεαῖς
“पहिलेका सययहरूमा” वा “अहिलेसम्म”
πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν
बाटोमा हिँड्नु, वा मार्गमा हिँड्नु भनेको कोही एक व्यक्तिले आफ्नो जीवन जिउने तरिकालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूको जीवन तिनीहरूले चाहेअनुसारले जिउनु” वा “तिनीहरूले चाहेको जे पनि कुरा गर्नु” (हेर्नुहोस्ः रूपक)
Acts 14:17
पावल र बारनाबास लुस्त्रा सहरको बाहिर भएका भीडसँग कुरा गरिरहन्छन् (प्रेरितहरू १४:८) ।
οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν
यसलाई सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले निश्चित रूपमा गवाही छोड्नुभएको छ” वा “परमेश्वरले साँच्चै साक्षी दिनुभएको छ” (हेर्नुहोस्ः निषेधात्मक)
“यस तथ्यद्वारा देखाइएको अनुसार”
ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν
यहाँ “तपार्इंहरूको हृदय”ले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंहरूलाई खानलाई र आनन्दित रहनको लागि पर्याप्त थोकहरू दिनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
Acts 14:18
μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς
आफूहरूलाई बलिदान चढाउन पावल र बारनाबासले भीडलाई रोके, तर त्यो कार्य कठिन थियो ।
μόλις κατέπαυσαν
“रोकथाम गर्न कठिनाइ भयो”
Acts 14:19
यहाँ “तिनी” र “तिनलाई” शब्दहरूले पावललाई जनाउँछन् ।
πείσαντες τοὺς ὄχλους
तिनीहरूले भीडलाई के गर्नलाई मनाए भनी स्पष्ट उल्लेख गर्नु उपयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई पावल र बारनाबासलाई विश्वास नगर्न, र तिनीहरूको विरुद्धमा फर्कनलाई मनाए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς ὄχλους
यस अगिको पदमा भएका “भीड”को समूह यो नहुन सक्छ । केही समय बितेर गएको छ, र यसैले यो त्यहाँ एकसाथ भेला भएको अर्को एउटा समूह हुन सक्छ ।
νομίζοντες αὐτὸν τεθνηκέναι
“किनभने तिनी मरिसकेका छन् भनेर उनीहरूले सोचे”
Acts 14:20
τῶν μαθητῶν
यिनीहरू लुस्त्रा सहरमा भएका नयाँ विश्वासीहरू थिए ।
εἰσῆλθεν εἰς τὴν πόλιν
“पावल विश्वासीहरूसँग फेरि लुस्त्रा पसे”
ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην
“पावल र बारनाबास डर्बीको सहरमा गए”
Acts 14:21
यहाँ “तिनीहरू” र “तिनीहरू” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछन् । यहाँ “हामी” शब्दले पावल, बारनाबास र विश्वासीहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
τὴν πόλιν ἐκείνην
“डर्बी” (प्रेरितहरू १४:२०)
Acts 14:22
ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν
यहाँ “मन” शब्दले चेलाहरूलाई जनाउँछ । यसले तिनीहरूका भित्री विचारहरू र विश्वासहरूलाई जोड दिन्छ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देशलाई निरन्तर रूपले विश्वास गर्न पावल र बारनाबासले विश्वासीहरूलाई आग्रह गरे” वा “येशूसँगको सम्बन्धमा निरन्तर बलियो गरी बढ्दै जान पावल र बारनाबासले विश्वासीहरूलाई आग्रह गरे” (हेर्नुहोस्ः उपलक्षण)
παρακαλοῦντες ἐμμένειν τῇ πίστει
“विश्वासीहरूलाई निरन्तर येशूलाई विश्वास गरिरहन उत्साह दिँदै”
καὶ ὅτι διὰ πολλῶν θλίψεων, δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ
केही अनुवादले यसलाई एउटा अप्रत्यक्ष उद्धरणको रूपमा अणुवाद गर्छ, “हामीले धेरै कष्टभोगहरू सहँदै परमेश्वरको राज्यमा प्रवेश गर्नुपर्छ भनी भन्दै ।” यहाँ “हामी” शबदले लूका र पाठकहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू अनि समावेशी “हामी”)
δεῖ ἡμᾶς εἰσελθεῖν
पावलले आफ्ना पाठकहरूलाई समावेश गर्छन्, त्यसैले “हामी” शब्द समावेशी हो । (हेर्नुहोस्ः समावेशी “हामी”)
Acts 14:23
यहाँ “तिनीहरू” शब्द जति सबैले पावल र बारनाबासलाई जनाउँछ, केवल “तिनीहरू” शब्दको तेस्रो प्रयोगले पावल र बारनाबासले प्रभुमा डोर्याएका मानिसहरूलाई जनाउँछ ।
χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους
“जब पावल र बारनाबासले हरेक नयाँ विश्वासीहरूको समूहमा अगुवाहरू नियुक्त गरे”
παρέθεντο αὐτοὺς
सम्भावित अर्थहरू हुन् १) “पावल र बारनाबासले आफूले नियुक्त गरेका एल्डरहरूलाई सुम्पिदिए” वा २) “पावल र बारनाबासले अगुवाहरू र अरू विश्वासीहरूलाई जिम्मेवारी दिए”
εἰς ὃν πεπιστεύκεισαν
“तिनीहरू” शब्दले कसलाई जनाउँछ भन्ने कुरा यस अगिको टिपोटमा तपाईंले “उनीहरू” शब्दको अर्थ (धर्मगुरुहरू वा अगुवाहरू र अरू विश्वासी) लगाएको कुरामा निर्भर हुन्छ ।
Acts 14:25
καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον
यहाँ “वचन” भनेको “परमेश्वरबाटको सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः ” (हेर्नुहोस्ः लक्षणा)
κατέβησαν εἰς Ἀττάλιαν
यहाँ “झरे” शब्द प्रयोग भएको छ, किनभने उचाइका हिसाबले अटालिया पर्गाभन्दा तल छ ।
Acts 14:26
ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ एन्टिओखियामा भएका विश्वासीहरू र अगुवाहरूले पावल र बारनाबासलाई परमेश्वरको अनुग्रहमा समर्पण गरेका थिए” वा “जहाँ परमेश्वरले पावल र बारनाबासलाई रक्षा गर्नुभएको होस् भनेर एन्टिओखियाका मानिसहरूले प्रार्थना गरेका थिए”
Acts 14:27
यहाँ “तिनीहरूले,” “तिनीहरूलाई” र “तिनीहरू” शब्दहरूले पावल र बारनाबासलाई जनाउँछन् । “उहाँले” शब्दले परमेश्वरलाई जनाउँछ ।
συναγαγόντες τὴν ἐκκλησίαν
“स्थानीय विश्वासीहरूलाई एकसाथ भेला हुनलाई आह्वान गरे”
ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως
गैरयहूदीहरूले विश्वास गर्ने क्षमतालाई परमेश्वरले खोल्नुभएको ढोकाको रूपमा लिइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले गैरयहूदीहरूले विश्वास गर्न सम्भव तुल्याउनुभयो” (हेर्नुहोस्ः रूपक)
Acts 15
प्रेरितहरू १५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १५:१६-१७ मा पुरानो करारबाट ल्याइएको कवितासँग यसै गर्छ ।
लूकाले यस अध्यायमा वर्णन गरेका भेलालाई सामान्य रूपमा “यरूशलेमको परिषद्” भनिएको छ । विश्वासीहरू मोशाको व्यवस्थाका सम्पूर्ण कुरा पालन गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्न यो बेला मण्डलीका धेरै जना अगुवा एकसाथ भेला भएका थिए ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
भाइहरू
यस अध्यायमा लूकाले यहूदी मित्रहरूलाई जनाउनको साटोमा ख्रीष्टिएन मित्रहरूलाई जनाउन “भाइहरू” शब्द प्रयोग गरेका छन् ।
मोशाको व्यवस्थाको आज्ञापालन गर्ने
अन्यजातिहरूले खतना गरिन् भन्ने कोही विश्वासीहरूको इच्छा थियो, किनभने परमेश्वरको मानिस हुने इच्छा गर्ने हरेक व्यक्तिले खतना गरोस् भनेर परमेश्वरले अब्राहाम र मोशालाई भन्नुभएको थियो । अनि यो व्यवस्था सधैं अस्तित्वमा रहेको थियो । तर खतना नगरेका अन्यजाति विश्वासीहरूलाई परमेश्वरले पवित्र आत्माको वरदान दिनुभएको कुरा पावल र बारनाबासले देखे, र यसैले अन्यजाति विश्वासीहरूले खतना गरुन् भन्ने तिनीहरूको इच्छा भएन । अब तिनीहरूले के गर्नुपर्छ भनी मण्डलीका अगुवाहरू आफैले निर्णय गरून् भनेर यी दुवै समूह यरूशलेममा गए ।
“मूर्तिहरूलाई चढाइएको थोकहरू, रगत, गला अँठ्याएर मारेको कुराहरू, र यौन अशुद्धताबाट टाढा रहनुहोस्”
मण्डलीका अगुवाहरूले यी विषयमा उचित निर्णय गर्न सके, र यसैले यहूदीहरू र अन्यजातिहरू सँगसँगै बसोबास गर्न मात्र होइन तर एकसाथ एउटै खानेकुरा पनि खाए ।
Acts 15:1
गैरयहूदीहरू र खतनाको विवाद हुँदा पावल र बारनाबास एन्टिओखियामा नै छन् ।
τινες
“केही मान्छेहरू ।” यी मानिस ख्रीष्टलाई विश्वास गरेका यहूदीहरू थिए भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κατελθόντες ἀπὸ τῆς Ἰουδαίας
यहाँ “तल आए” भन्ने वाक्यांश प्रयोग भएको छ, किनभने उचाइका हिसाबले यहूदियाभन्दा एन्टिओखिया तल छ ।
ἐδίδασκον τοὺς ἀδελφοὺς
यहाँ “भाइहरू” शब्दले ख्रीष्टका विश्वासीहरूलाई जनाउँछ । तिनीहरू एन्टिओखियामा थिए भन्ने अर्थ बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका भाइहरूलाई सिकाउने काम जारी राखे” वा “एन्टिओखियाका विश्वासीहरूलाई सिकाइरहेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जबसम्म मोशाको विधिअनुसार कसैले तिमीहरूको खतना गरिदिँदैन, तबसम्म परमेश्वरले तिमीहरूलाई बचाउन सक्नुहुन्न” वा “मोशाको विधिअनुसार तिमीहरूको खतना नहुन्जेल परमेश्वरले तिमीहरूका पापबाट तिमीहरूलाई बचाउन सक्नुहुन्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 15:2
στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης
यहाँ भाववाचक नाउँ “मतभेद” र “विवाद” लाई क्रियापदका रूपमा लेख्न, अनि ती मानिस कहाँबाट आए, सो कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदियाबाट आएका ती मानिससँग सामना गरे र वादविवाद गरे” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀναβαίνειν…εἰς Ἰερουσαλὴμ
इस्राएलमा भएका अरू ठाउँभन्द उचाइका हिसाबले यरूशलेम माथि थियो । यसैले इस्राएलीहरूका लागि माथि यरूशलेम जाने भन्नु एउटा सामान्य कुरा थियो ।
τοῦ ζητήματος τούτου
“यो विषय”
Acts 15:3
यहाँ “तिनीहरू” र “उनीहरू” शब्दले पावल, बारनाबास र अरू दाजुभाइलाई जनाउँछ (प्रेरितहरू १५:२) ।
οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसकारण मण्डलीले पावल, बारनाबास र एन्टिओखियाका अन्य केही विश्वासीहरूलाई यरूशलेम पठाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας
यहाँ “मण्डली” शब्दले मण्डलीमा सहभागी भएका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι
“भएर गए” र “घोषणा गरे” शब्दहरूले तिनीहरूले परमेश्वरले गर्नुभएको कुराको बारेमा विस्तृत रूपमा बताउँदै विभिन्न ठाउँहरूमा समय बिताए भन्ने कुरालाई जनाउँछन् ।
ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν
भाववाचक शब्द “कुरा” (“वार्तालाप”) शब्दको अर्थ हो, अन्यजातिहरूले आफ्ना झूटा देवताहरू त्यागेर परमेश्वरमा विश्वास गरेका थिए । वैकल्पिक अनुवादः “अन्यजातिहरूले परमेश्वरमा विश्वास गरे भनी ती ठाउँका विश्वासीहरूका समुदायहरूलाई घोषणा गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς
तिनीहरूका सन्देशले ती दाजुभाइलाई आनन्दित तुल्याएको कुरालाई “आनन्द” दाजुभाइकहाँ बोकेर ल्याउन सक्ने वस्तु भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले भनेका कुराले तिनीहरूका विश्वासी मित्रहरूलाई आनन्दित तुल्यायो” (हेर्नुहोस्ः रूपक)
πᾶσι τοῖς ἀδελφοῖς
यहाँ “भाइहरू” शब्दले सङ्गी विश्वासीहरूलाई जनाउँछ ।
Acts 15:4
παρεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας, καὶ τῶν ἀποστόλων, καὶ τῶν πρεσβυτέρων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मण्डलीका सदस्यहरूले उनीहरूको स्वागत गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μετ’ αὐτῶν
“उनीहरूद्वारा”
Acts 15:5
यहाँ “तिनीहरू” शब्दले खतना नगरेका र पुरानो करारको परमेश्वरको व्यवस्था पालन नगर्ने अन्यजाति विश्वासीहरूलाई जनाउँछ ।
पावल र बारनाबास अहिले प्रेरितहरू र त्यहाँका एल्डरहरूलाई भेट्नको लागि यरूशलेममा छन् ।
δέ τινες
लूकाले येशूमा मात्र मुक्ति छ भन्ने कुरामा विश्वास गर्ने मानिसहरू र मुक्तिको लागि खतना आवश्यक छ भन्ने कुरामा विश्वास गर्ने मानिसहरूका बीचमा फरक देखाउँछन् ।
τηρεῖν τὸν νόμον Μωϋσέως
“मोशाको व्यवस्था मान्न”
Acts 15:6
ἰδεῖν περὶ τοῦ λόγου τούτου
परमेश्वरले अन्यजातिहरूका पाप क्षमा गर्नका लागि तिनीहरूले खतना गर्नु र मोशाको व्यवस्था पालन गर्नु जरुरी हुन्छ वा हुँदैन भनेर छलफल गर्ने निर्णय मण्डलीका अगुवाहरूले गरे ।
Acts 15:7
पहिलो शब्द “तिनीहरू” ले प्रेरितहरू र धर्मगुरुहरू (प्रेरित 15:6) जनाउँछ । अनि “तिनीहरूलाई” शब्दले ख्रीष्टमा विश्वास गर्ने अन्यजातिहरूलाई जनाउँछ । यहाँ “तपाईंहरू” शब्द बहुवचन हो र यसले प्रेरितहरू र धर्मगुरुहरूलाई जनाउँछ । “उहाँले” भन्नाले परमेश्वरले भन्ने बुझ्नुपर्छ । यहाँ “हामीलाई” भन्नाले बहुवचन हो र यसले पत्रुस, प्रेरितहरू र धर्मगुरुहरू, र सबै यहूदी ख्रीष्टिएनहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि समावेशी “हामी”)
अन्यजातिहरूले खतना गर्नु र व्यवस्था पालन गर्नु जरुरी छ कि छैन भनेर छलफल गर्न भेला भएका प्रेरितहरू र धर्मगुरुहरूका भेलामा पत्रुसले बोल्न सुरु गरे (प्रेरितहरू १५:५-६) ।
ἀδελφοί
पत्रुसले भेला भएका सबै विश्वासीलाई सम्बोधन गर्दै छन् ।
διὰ τοῦ στόματός μου
यहाँ “मुख”ले पत्रुसलाई जनाउँछ । वैकल्पिक अनुवादः “मबाट” वा “मद्वारा” (हेर्नुहोस्ः उपलक्षण)
ἀκοῦσαι τὰ ἔθνη
“गैरयहूदीहरूले सुन्न सकून्”
τὸν λόγον τοῦ εὐαγγελίου
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 15:8
καρδιογνώστης
यहाँ “हृदय” शब्दले “दिमाग” वा “भित्री अस्तित्व” लाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका मन जान्नुहुने” वा “मानिसहरूका विचार जान्नुहुने” (हेर्नुहोस्ः लक्षणा)
ἐμαρτύρησεν αὐτοῖς
“गैरयहूदीहरूलाई गवाही दिनुहुन्छ”
δοὺς τὸ Πνεῦμα τὸ Ἅγιον
“तिनीहरूमाथि पवित्र आत्मा आउन दिनुभएर”
Acts 15:9
οὐδὲν διέκρινεν
परमेश्वरले यहूदी विश्वासीहरू र गैरयहूदी विश्वासीहरूमा कुनै फरक व्यवहार गर्नुभएन ।
τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν
परमेश्वरले अन्यजाति विश्वासीहरूका पाप क्षामा गर्नुहुने कुरालाई उहाँले तिनीहरूका हृदय अक्षरशः सफा गर्नुभएको जस्तो भनिएको छ । यहाँ “हृदय” शब्दले व्यक्तिको भित्री अस्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले येशूलाई विश्वास गरेका कारणले तिनीहरूका पाप क्षमा गर्नुभएर” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Acts 15:10
पत्रुसले “हाम्रा” र “हामी” मा आफूलाई सुन्ने मानिसहरूलाई पनि समावेश गरेका छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
पत्रुस प्रेरितहरू र एल्डरहरूसँग बोलिसक्छन् ।
νῦν
यसले “यो क्षणमा” भन्ने अर्थ लाग्दैन, तर यसपछि आउने महत्त्वपूर्ण बुँदातर्फ ध्यान आकर्षण गर्दछ ।
τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι?
पत्रुसले यहूदी विश्वासीहरूलाई गैरयहूदी विश्वासीहरूले उद्धारको लागि खतना गर्न आवश्यक छैन भन्ने कुरा बताउनको लागि यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “हामी यहूदीहरूले बोक्न नसकेको बोझ गैरयहूदीहरूलाई बोकाएर परमेश्वरको परीक्षा नलेओ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि रूपक)
οἱ πατέρες ἡμῶν
यसले तिनीहरूका यहूदी पूर्खाहरूलाई जनाउँछ ।
Acts 15:11
ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ, πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर प्रभु येशूले अन्यजाति विश्वासीहरूलाई उहाँको अनुग्रहले बचाउनुभए झैँ हामीलाई पनि उहाँले बचाउनुहुन्छ भनी हामी विश्वास गर्दछौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 15:12
यहाँ “तिनीहरू” शब्दले पावल र बारनाबासलाई जनाउँछ ।
πᾶν τὸ πλῆθος
“सबै जना” वा “जम्मै समूह” (प्रेरितहरू १५:६)
ἐποίησεν ὁ Θεὸς
“परमेश्वरले गर्नुभयो” वा “परमेश्वरले तुल्याउनुभयो”
Acts 15:13
यहाँ “तिनीहरू” शब्दले पावल र बारनाबासलाई जनाउँछ । (प्रेरितहरू १५:१२) ।
याकूब प्रेरितहरू र एल्डरहरूसँग कुरा गर्न सुरु गर्छन् (प्रेरितहरू १५:६) ।
ἀδελφοί, ἀκούσατέ
“सङ्गी विश्वासीहरू, सुन्नुहोस् ।” याकूब शायद पुरुषहरूसँग मात्र कुरा गरिरहेका थिए ।
Acts 15:14
λαβεῖν ἐξ ἐθνῶν λαὸν
“तिनीहरूको माझबाट ... मानिसहरू छान्नलाई”
τῷ ὀνόματι αὐτοῦ
“परमेश्वरको नाउँको लागि ।” यहाँ “नाउँ”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै लागि” (हेर्नुहोस्ः लक्षणा)
Acts 15:15
यहाँ “म”ले अगमवक्ताहरूका वचनहरूद्वारा बोलिरहनुभएको परमेश्वरलाई जनाउँछ ।
याकूबले आमोसको पुस्तकबाट अगमवक्ताका वचनहरूलाई उद्धृत गर्छन् ।
τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν
यहाँ “वचनहरू” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले भनेका कुराले समर्थन गर्दछन्” वा “अगमवक्ताहरूले सहमत हुन्छन्” (हेर्नुहोस्ः लक्षणा)
τούτῳ συμφωνοῦσιν
“यो सत्यताको पुष्टि गर्छन्”
καθὼς γέγραπται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जस्तो तिनीहरूले लेखे” वा “जस्तो आमोस अगमवक्ताले धेरै समय पहिले लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 15:16
ἀνοικοδομήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς, ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν
परमेश्वरले आफ्ना मानिसहरूमाथि शासन गर्नका लागि फेरि पनि दाउदका सन्तानमध्ये एक जनालाई चुन्नुहुने कुरालाई यसले ढलेको पाललाई उहाँले फेरि खडा गर्नुभएको कुरा जस्तो हो भनेको छ । (हेर्नुहोस्ः रूपक)
τὴν σκηνὴν Δαυεὶδ
यहाँ “पाल” शब्दले दाऊदको परिवारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 15:17
ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον
यसले परमेश्वरको आज्ञा पालन गर्न र उहाँको बारेमा अझ धेरै जान्न चाहाने मानिसहरूका बारेमा तिनीहरूले उहाँलाई साँच्चै नै खोजी गरिरहेका कुरा जस्तो भनेको छ । (हेर्नुहोस्ः रूपक)
κατάλοιποι τῶν ἀνθρώπων
यहाँ “मानिसहरू” शब्दले पुरुष र स्त्री दुवैलाई समावेश गर्दछ । वैकल्पिक अनुवादः “मानिसहरूमध्ये बाँकी रहेकाहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἐκζητήσωσιν…τὸν Κύριον
परमेश्वरले आफ्नो बारेमा तृतीय पुरुषमा कुरा गर्दै हुनुहुन्छ । वैकल्पिक अनुवादः “म, परमप्रभुलाई खोज्न सकून्” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै अन्यजातिहरूलाई समावेश गरेर जो मेरा हुन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ ὄνομά μου
यहाँ “मेरो नाउँ” शब्दले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 15:18
γνωστὰ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मानिसहरूले जानेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 15:19
याकूबले “हामी” भनेर याकूब, प्रेरितहरू, एल्डरहरूलाई जनाउँदै छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
याकूबले प्रेरितहरू र एल्डरहरूसँगको कुराकानीलाई टुङ्ग्याउँछन् । (हेर्नुहोस्ः प्रेरितहरू १५:२ अनि प्रेरितहरू १५:१३)
μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν
याकुबले अन्यजातिहरूलाई कसरी दुःख दिन चाहँदैनथे भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले गैरयहूदीहरूलाई खतना गर्न र मोशाका नियमहरू मान्नको लागि बाध्य पार्नुहुँदैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν
परमेश्वरको आज्ञा पालन गर्न सुरु गर्ने व्यक्तिका बारेमा त्यो व्यक्ति शारीरिक रूपमा परमेश्वरतर्फ फर्केको जस्तो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
Acts 15:20
ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος
व्यभिचार गर्ने, पशुलाई घाँटी अठ्याएर मार्ने र रगत पिउने कामहरू मूर्तिहरू र झूटा देवताहरूको पूजा गर्दा गरिने उत्सवका भागहरू थिए ।
ἀλισγημάτων τῶν εἰδώλων
यस कुराले कसैले मूर्तिहरूलाई चढाएको जनावरको बलिको मासु खानु वा मूर्तिपूजाजस्तो कुनै पनि कुरा गर्नुलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος
परमेश्वरले यहूदीहरूलाई रगत बाँकी रहेको मासु खाने अनुमति दिनुभएन । साथै, योभन्दा पहिले मोशाले उत्पत्तिमा लेखेको कुरामा पनि परमेश्वरले रगत खान निषेध गर्नुभएको थियो । यसकारण, कसैले घाँटी अठ्याएर मारेको जनावरको मासु तिनीहरूले खान हुँदैनथ्यो, किनभने त्यो जनावरको शरीरबाट रगत पूरै रूपले तर्केर गएको हुँदैनथ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 15:21
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν, ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν Σάββατον ἀναγινωσκόμενος.
याकूबले भन्न खोजेको कुराको अर्थ, यहूदीहरूका सभाघर भएका हरेक सहरमा यी नियमको प्रचार भइरहेको हुनाले यी कति महत्त्वपूर्ण छन् भनी अन्यजातिहरूले थाहा पाएका छन् । यी नियमका बारेमा अरू बढी जानकारी हासिल गर्न अन्यजातिहरू सभाघरका शिक्षकहरूकहाँ जान सक्छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Μωϋσῆς
यहाँ “मोशा” नाउँले मोशाले दिएको व्यवस्थालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाको घोषणा भएको छ” वा “यहूदीहरूले मोशाको व्यवस्था सिकाएका छन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
κατὰ πόλιν
यहाँ “हरेक” शब्द सामान्यीकरण हो । वैकल्पिक अनुवादः “धेरै सहरहरूमा” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
यहाँ “तिनलाई” शब्दले मोशालाई जनाउँछ । यहाँ तिनको नाउँले व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “र व्यवस्था पढिन्छ” वा “र तिनीहरूले व्यवस्था पढ्छन्” (हेर्नुहोस्ः लक्षणा)
Acts 15:22
यहाँ “यिनका” शब्दले यहुदा र सिलासलाई जनाउँछ । “तिनीहरू” शब्दले प्रेरितहरू, धर्मगुरुहरू र यरुसलेमको मण्डलीमा भएका अरू विश्वासीहरूलाई जनाउँछ ।
ὅλῃ τῇ ἐκκλησίᾳ
यहाँ “मण्डली” शब्दले यरुसलेमको मण्डलीमा सहभागी मानिसहरूका समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेममा भएको मण्डली” वा “सारा यरूशलेममा भएका विश्वासीहरूको सारा समूह” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि लक्षणा)
Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν
यो एक जना मानिसको नाउँ हो । मानिसहरूले तिनलाई बोलाउने अर्को नाउँ “बारनाबास” थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 15:23
οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι, ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν, καὶ Συρίαν, καὶ Κιλικίαν, ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν
यो पत्रको परिचय हो । तपाईंको भाषामा पनि पत्र लेख्ने लेखक र पत्र प्राप्त गर्ने व्यक्तिका बारेमा परिचय दिने चलन हुन सक्छ । वैकल्पिक अनुवादः “यो पत्र तपाईंहरूका दाजुभाइ, प्रेरितहरू र धर्मगुरुहरूबाट लेखिएको हो । एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्यजाति विश्वासी दाजुभाइलाई हामी यो पत्र लेखिरहेका छौँ । तपाईंहरूलाई अभिवादन” वा “एन्टिओखिया, सिरिया र सिलिसियामा भएका अन्यजाति दाजुभाइलाई । प्रेरितहरू र धर्मगुरुहरू तपाईंहरू र तपाईंहरूका दाजुभाइबाट अभिवादन”
ἀδελφοὶ…ἀδελφοῖς
यहाँ “भाइहरू” शब्दले यहूदी विश्वासी मित्रहरूलाई जनाउँछ । प्रेरितहरू र धर्मगुरुहरूले यी शब्द प्रयोग गरेर तिनीहरूले अन्यजाति विश्वासीहरूलाई विश्वासी मित्रहरूका रूपमा स्वीकार गरेका कुरालाई निश्चयता दिए ।
Κιλικίαν
एसिया माइनरको तटमा र साइप्रस टापूको उत्तरमा पर्ने एउटा प्रान्त । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 15:24
यहाँ “हामीले,” “हाम्रो” शब्दले यरुसलेममा भएका मण्डलीका विश्वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि Acts 15:22)
ὅτι τινὲς
“कि कुनै मान्छेहरू”
οἷς οὐ διεστειλάμεθα
“हामीले ती मानिसलाई तपाईंहरूकहाँ जाने आदेश नदिएको भए तापनि”
ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν
यहाँ “आत्मालाई” भन्नाले मानिसहरूलाई भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंहरूलाई समस्यामा पार्ने कुराहरू सिकाएका छन्” (हेर्नुहोस्ः उपलक्षण)
Acts 15:25
ἐκλεξαμένοις ἄνδρας
तिनीहरूले बारनाबास नाउँको योसेफ र सिलासलाई पठाए (प्रेरितहरू १५:२२) ।
Acts 15:26
ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यहाँ “नाउँ” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले प्रभु येशू ख्रीष्टमा विश्वास गर्दछन्” वा “किनभने तिनीहरूले हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दछन्” (हेर्नुहोस्ः लक्षणा)
Acts 15:27
यहाँ “हामीले” र “हामीलाई” जस्ता शब्दले यरुसलेमको मण्डलीका अगुवाहरू र विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि Acts 15:22)
यो यरूशलेमको मण्डलीले एन्टिओखियाका गैरयहूदी विश्वासीहरूका लागि लेखेको पत्रको अन्त्य हो ।
αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
यो वाक्यांशले प्रेरितहरू र धर्मगुरुहरूले लेखेका कुरा नै योसेफ र सिलासले भन्नेछन् भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू आफैँले व्यक्तिगत रूपमा हामीले लेखेका त्यही कुराहरू बताउनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 15:28
μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τούτων τῶν ἐπάναγκες
यसले मानिसहरूले पालन गर्न आवश्यक व्यवस्था तिनीहरूले आफ्नो काँधमा बोक्न सक्ने वस्तुहरू भए झैँ बताएको छ । (हेर्नुहोस्ः रूपक)
Acts 15:29
εἰδωλοθύτων
यसको अर्थ कसैले मूर्तिलाई बलि चढाएको जनावरको मासु खाने अनुमति तिनीहरूलाई थिएन ।
αἵματος
यसले पशुहरूको रगत पिउने र रगत नतैरिएको मासु खाने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πνικτῶν
घाँटी अठ्याएर मारिएको पशु मर्थ्यो तर त्यसको रगत बगेको हुँदैन थियो ।
ἔρρωσθε
पत्रहरूको अन्त्यमा लेखिने अभिवादन । वैकल्पिक अनुवादः “अलबिदा”
Acts 15:30
पावल, बारनाबास, यहुदा र सिलास एन्टिओखिया जान बिदा भए ।
οἱ μὲν οὖν ἀπολυθέντες, κατῆλθον εἰς Ἀντιόχειαν
यहाँ “तिनीहरू” शब्दले पावल, बारनाबास, यहूदा र सिलासलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसैले जब ती चार जना बिदा भए, तब तिनीहरू तल एन्टिओखियामा गए”
οἱ…ἀπολυθέντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रेरितहरू र धर्मगुरुहरूले बिदा दिएपछि यी चारजना मानिस” वा “यरूशलेममा भएका विश्वासीहरूले तिनीहरूलाई पठाएपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατῆλθον εἰς Ἀντιόχειαν
“तल आए” भन्ने वाक्यांशलाई प्रयोग गरिएको छ किनभने एन्टिओखिया उचाइमा यरूशलेमभन्दा तल पर्छ ।
Acts 15:31
ἐχάρησαν
“एन्टिओखियाका विश्वासीहरू आनन्दित भए”
ἐπὶ τῇ παρακλήσει
भाववाचक नाउँ “उत्साह” शब्दलाई “उत्साह दिनु” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रेरितहरू र धर्मगुरुहरूले लेखेका कुराले तिनीहरूलाई उत्साह दियो” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 15:32
καὶ αὐτοὶ προφῆται ὄντες
परमेश्वरले आफ्नो बारेमा बोल्न अधिकार दिनुभएका शिक्षकहरू नै अगमवक्ताहरू थिए । वैकल्पिक अनुवादः “किनभने तिनीहरू अगमवक्ताहरू थिए” वा “जोहरू पनि अगमवक्ताहरू थिए”
τοὺς ἀδελφοὺς
“सङ्गी विश्वासीहरू”
ἐπεστήριξαν
कुनै व्यक्तिलाई येशूमा भरोसा गर्न सहायता गर्ने कुरालाई तिनीहरूले उनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्तो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
Acts 15:33
यहूदा र सिलास यरूशलेम फर्के, तर पावल र बारनाबास चाहिँ एन्टिओखियामा बसे ।
ποιήσαντες δὲ χρόνον
यसले समयको बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने उपभोग्य वस्तु भएजस्तो भन्दछ । “तिनीहरू” शब्दले यहूदा र सिलासलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यहाँ तिनीहरू केही समय बसेपछि” (हेर्नुहोस्ः रूपक)
ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइहरूले यहूदा र सिलासलाई शान्तिपूर्वक फिर्ता पठाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῶν ἀδελφῶν
यसले एन्टिओखियामा भएका विश्वासीहरूलाई जनाउँछ ।
πρὸς τοὺς ἀποστείλαντας αὐτούς
“यहूदा र सिलासलाई पठाउने यरूशलेमको मण्डलीमा” (प्रेरितहरू १५:२२)
Acts 15:35
τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 15:36
पावल र बारनाबास एकअर्काबाट छुट्टिएर प्रचार यात्रामा गए ।
ἐπιστρέψαντες δὴ
“म सल्लाह दिन्छु कि हामी अब फर्कौँ”
ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς
“भाइहरूको वास्ता गर्नु” वा “विश्वासीहरूलाई सहायता गर्न खोज्नु”
τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
πῶς ἔχουσιν
“उनीहरू कस्ता अवस्थामा छन् भनी जानौँ ।” तिनीहरू भाइहरूको अहिलेको अवस्थाको बारेमा र तिनीहरू परमेश्वरको सत्यतामा कसरी अडिग बसेका छन् भनी जान्न चाहन्छन् ।
Acts 15:37
“मर्कुस भनिने यूहन्नालाई लैजान”
Acts 15:38
Παῦλος…ἠξίου…μὴ συνπαραλαμβάνειν τοῦτον
“ठीक छैन” लाई ठीकको विपरीत अर्थ दिनको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “पावलले मर्कुसलाई लिएर जानु गलत हो भन्ने सोचे” (हेर्नुहोस्ः निषेधात्मक)
Παμφυλίας
यो एसिया माइनरको एक प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον
“त्यसपछि तिनीहरूसँग मिलेर गर्ने कामलाई निरन्तरता दिएनन्” वा “तिनीहरूसँग निरन्तर सेवा गरेनन्”
Acts 15:39
यहाँ “तिनीहरू” शब्दले बारनाबास र पावललाई जनाउँछ ।
ἐγένετο δὲ παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων
भाववाचक नाउँ “असहमति” लाई क्रियापद “असहमत हुने” भनी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू आकआपसमा कडा रूपले असहमत भए” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 15:40
παραδοθεὶς τῇ χάριτι τοῦ Κυρίου ὑπὸ τῶν ἀδελφῶν
कसैलाई सुम्पिदिने भन्नुको अर्थ कुनै व्यक्ति वा कुनै थोकलाई अर्को व्यक्तिको रेखदेख र जिम्मेवारीमा दिने भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एन्टिओखियाका विश्वासीहरूले पावललाई प्रभुको अनुग्रहमा सुम्पिदिएपछि” वा “पावलको हेरविचार गर्न र तिनमाथि दया देखाउन एन्टिओखियाका विश्वासीहरूले प्रभुसँग प्रार्थना गरेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 15:41
διήρχετο
यसअगिको वाक्यले सिलास पावलकै साथमा थिए भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू गए” वा पावल र सिलास गए” वा “पावलले सिलासलाई लिए र गए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν Συρίαν καὶ τὴν Κιλικίαν
यी साइप्रसको उत्तरी टापुमा पर्ने उत्तर एसिया माइनरका प्रान्तहरू हुन् ।
ἐπιστηρίζων τὰς ἐκκλησίας
मण्डलीहरूमा भएका विश्वासीहरूलाई उत्साह दिने कार्यलाई पावल र सिलासले ती विश्वासीलाई शारीरिक रूपमा बलियो पारेको झैँ भनिएको छ । “मण्डलीहरू” शब्दले सिरिया र किलिकियामा भएका विश्वासीहरूका समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “मण्डलीहरूमा विश्वासीहरूलाई उत्साह दिँदै” वा “विश्वासीहरूका समुदायलाई येशूमा झन् बढी भरोसा गर्न सहायता पुर्याउँदै” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Acts 16
प्रेरितहरू १६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
तिमोथीको खतना
पावलले तिमोथीको खतना गरे किनभने तिनीहरूले येशूको सुसमाचारको सन्देश यहूदीहरू र अन्यजातिहरू दुवैका बिचमा प्रचार गर्दै थिए । ख्रीष्टिएनहरूले खतना गर्न जरुरी छैन भनेर यरूशलेमको मण्डलीका अगुवाहरूले निर्णय दिइसकेको भए तापनि पावलले मोशाको व्यवस्थाको आदर गर्छन् भन्ने कुराको जानकारी तिनले यहूदीहरूलाई दिलाउन चाहन्थे ।
त्यस स्त्रीसँग जोखना हेर्ने आत्मा थियो
धेरै मानिसले आफ्नो भविष्य जान्न चाहान्छन् । तर भविष्यको बारेमा जान्नका लागि मरेका मानिसहरूका आत्माहरूसँग सोधपुछ गर्ने कार्य पाप हो भनेर मोशाको व्यवस्थाले भनेको छ । यी स्त्रीले भविष्यको बारेमा राम्रोसँग बताउन सकेको झैँ लाग्दछ । तिनी दासी थिइन् । तिनको कामद्वारा तिनका मालिकले धेरै रूपयाँ कमाउँथे । तिनले पाप गर्न छोडुन् भन्ने पावलको इच्छा भयो, र यसैले तिनलाई छाडेर जान पावलले त्यो आत्मालाई आदेश दिए । लूकाले, तिनी येशूको पछि लागिन् भनेका छैनन् । अनि तिनको बारेमा हामीलाई अरू बढी जानकारी पनि दिएका छैनन् ।
Acts 16:1
पहिलो, तेस्रो र चौथो उल्लिखित “उनी” शब्दले तिमोथीलाई जनाउँछ । दोस्रो “उनले” शब्दले पावललाई जनाउँछ ।
वृत्तान्तको यो खण्ड पावलको सिलाससँगको यात्राको बारेमा छ । यस खण्डमा तिमोथीको परिचय दिइएको छ र उनी पावल र सिलाससँग यात्रामा सामेल हुन्छन् । १ र २ पदहरूले तिमोथीको पृष्ठभूमिको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
κατήντησεν…καὶ
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
Δέρβην
यो एसिया माइनरमा भएको एउटा सहरको नाउँ हो । तपाईंले यसलाई प्रेरितहरू १४:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἰδοὺ
शब्द “हेर”ले हामीलाई कथामा नयाँ व्यक्ति आएको सुचना दिन्छ । तपार्इंको भाषामा यसलाई जनाउने आफ्नै तरिका हुन सक्छ ।
γυναικὸς Ἰουδαίας πιστῆς
यहाँ “ख्रीष्टमा” भनेर बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा विश्वास गरे” (हेर्नुहोस्ः शब्दलोप)
Acts 16:2
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν…ἀδελφῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भाइहरूले तिनका विषयमा असल भने” वा “तिमोथीको ख्याति राम्रो थियो” वा “भाइहरूले तिनका बारेमा असल कुरा भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὸ τῶν…ἀδελφῶν
यहाँ “भाइहरूले” शब्दले विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरूद्वारा”
Acts 16:3
περιέτεμεν αὐτὸν
पावल आफैले तिमोथीको खतना गरेका हुन सक्ने सम्भावना छ । तर तिनले अरू कसैलाई तिमोथीको खतना गर्न अह्राएका हुन सक्ने सम्भावना झन् बढी छ ।
διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις
“पावल र तिमोथीले यात्रा गर्न लागेका क्षेत्रमा बसोबास गरेका यहूदीहरूका कारणले”
ᾔδεισαν γὰρ ἅπαντες, ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν
ग्रीक मानिसहरूले आफ्ना छोराहरूको खतना गर्दैनथे । यसर्थ तिमोथीको खतना भएको छैन भनी यहूदीहरूले थाहा पाउन, र पावल र तिमोथीबाट ख्रीष्ट सुसमाचारको सन्देश सुन्नुभन्दा पहिले नै उनीहरूले तिनीहरूलाई तिरस्कार गर्न सक्थे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 16:4
यहाँ “तिनीहरू” शब्दले पावल, सिलास (प्रेरितहरू १५:४०) र तिमोथीलाई (प्रेरितहरू १६:३) जनाउँछ ।
αὐτοῖς φυλάσσειν
“मण्डलीका सदस्यहरूले पालना गर्नको लागि” वा “विश्वासीहरूले पालना गर्नको लागि”
τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन प्रेरितहरू र यरूशलेममा भएका एल्डरहरूले लेखेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:5
αἱ…ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरू विश्वासमा बलियो भए र त्यहाँ हरेक दिन धेरै मानिस विश्वासी भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
αἱ…ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει
यसले कसैलाई अझ बढी दृढतापूर्वक विश्वास गर्न सहायता पुर्याउने कुराका तिनीहरूलाई शारीरिक रूपमा बलियो पार्ने कुरा जस्तो हो भन्छ । (हेर्नुहोस्ः रूपक)
Acts 16:6
τὴν Φρυγίαν
यो एसियाको एउटा ठाउँ हो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले उनीहरूलाई अनुमति दिनुभएको थिएन” वा “पवित्र आत्माले उनीहरूलाई अनुमति दिनुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν λόγον
यहाँ “वचन” शब्दले “सन्देश”“लाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 16:7
ἐλθόντες
यहाँ “आइपुगे” शब्दलाई “गए” वा “पुगे” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
Μυσίαν…Βιθυνίαν
यी एसियाका थप दुईवटा प्रान्त हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸ Πνεῦμα Ἰησοῦ
“पवित्र आत्मा”
Acts 16:8
κατέβησαν εἰς Τρῳάδα
त्रोआस उचाइका हिसाबले माइसियाभन्दा तल भएको हुनाले यहाँ “झरे” शब्द लेखिएको हो ।
κατέβησαν
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
Acts 16:9
ὅραμα…τῷ Παύλῳ ὤφθη
“पावलले परमेश्वरबाट एउटा दर्शन देखे” वा “पावलले परमेश्वरबाट एउटा दर्शन पाए”
παρακαλῶν αὐτὸν
“तिनीसँग बिन्ती गरिरहेको” वा “तिनलाई निमन्त्रणा गरिरहेको”
διαβὰς εἰς Μακεδονίαν
यहाँ “पारि आउनुहोस्” वाक्यांश प्रयोग भएको छ, किनभने माकेडोनिया त्रोआसदेखि समुद्रपारि छ ।
Acts 16:10
ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγγελίσασθαι αὐτούς
यहाँ “हामी” र “हामीहरू” शब्दले पावल र तिनका सहभागीहरूलाई जनाउँछ । यसमा प्रेरितको पुस्तकका लेखक लूका पनि समावेश हुन्छन् ।
Acts 16:11
पावल र तिनका सहभागीहरू आफ्नो मिसन यात्रामा यति बेला फिलिप्पीमा छन् । पद १३ मा लिडियाको कथा सुरु हुन्छ । यो पावलका यात्राहरूको अवधिमा भएको छोटो कथा हो ।
Σαμοθρᾴκην…Νέαν Πόλιν
यी फिलिप्पी नजिकै भएका तटीय सहरहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
यहाँ “पुग्यौँ” शब्दलाई “गयौँ” वा “आइपग्यौँ” लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
Acts 16:12
κολωνία
यो इटालियाको बाहिरपट्टि भएको एउटा सहर हो, जहाँ रोमबाट आएका धेरै मानिस बसोबास गर्दथे । त्यहाँ बस्ने मानिसहरूले इटालिया सहरमा बस्ने मानिसहरूले जस्तै अधिकार र स्वतन्त्रता पाएका थिए । तिनीहरूले आफ्नो सरकार चलाउन पाउँथे र कर तिर्न पर्दैनथ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 16:14
यो लिडियाको कथाको अन्तिम भाग हो ।
τις γυνὴ ὀνόματι Λυδία
यहाँ “एउटी स्त्री” भनेर कथामा एक जना नयाँ व्यक्तिलाई परिचय दिइएको छ । वैकल्पिक अनुवादः “त्यहाँ लिडिया नाम गरेकी एउटी स्त्री थिइन्” (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
πορφυρόπωλις
यहाँ “वस्त्र” भनेर बुझ्नुपर्दछ । वैकल्पिक अनुवादः “बैजनी वस्त्र बेच्ने व्यापारी” (हेर्नुहोस्ः शब्दलोप)
Θυατείρων
यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σεβομένη τὸν Θεόν
परमेश्वरको आराधना गर्ने मानिस अन्यजाति हो जसले परमेश्वरको प्रशंसा गर्छ, तर सबै यहूदी कानूनहरू मान्दैन ।
ἧς ὁ Κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν
प्रभुले कसैलाई सन्देशमा ध्यान दिने र विश्वास गर्ने तुल्याउनुहुने कुरालाई उहाँले त्यो व्यक्तिको हृदय खोलिदिनुभएको जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “प्रभुले तिनलाई ध्यान दिएर सुन्ने र विश्वास गर्ने तुल्याउनुभयो” (हेर्नुहोस्ः रूपक)
διήνοιξεν τὴν καρδίαν
यहाँ “हृदय” शब्दले व्यक्तिको दिमागलाई जनाउँछ । साथै, “हृदय” वा “मन” को बारेमा यी कुरा त्यो व्यक्तिले खोल्न सक्ने बाकसजस्तो हो, र यसरी कसैले त्यो भरिदिन सक्दछन् भने जस्तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पावलले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:15
ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले लिडिया र तिनको परिवारको सदस्यहरूलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ οἶκος αὐτῆς
यहाँ “घर” शब्दले तिनका घरमा बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनको घरानाका सदस्यहरू” वा “तिनका परिवार र घरका नोकरहरू” (हेर्नुहोस्ः लक्षणा)
Acts 16:16
जोखाना हेर्ने यो जवान केटीले मानिसहरूको भविष्य अनुमान गरेर आफ्नो मालिकलाई धेरै आर्थिक मुनाफा ल्याएकी कुराको पृष्ठभूमिको जानकारी यहाँ दिइएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यो पावलको यात्राहरूको दौरानमा भएको अर्को छोटो कथा हो । यो कथाको पहिलो घटना हो, यो घटना जोखना हेर्ने जवान व्यक्तिको बारेमा छ ।
ἐγένετο δὲ
यो वाक्यांशले कथाको नयाँ भागको सुरु हुने सङ्केत गर्दछ । तपाईंको भाषामा यस्तो लेख्ने चलन छ भने, यो यहाँ प्रयोग गर्न विचार गर्नुहोस् ।
παιδίσκην τινὰ
x
πνεῦμα Πύθωνα
मानिसहरूको तात्कालीन भविष्यको बारेमा एक दुष्ट आत्माले उसलाई बताउँथ्यो ।
Acts 16:17
ὁδὸν σωτηρίας
कसरी कुनै व्यक्तिले उद्धार पाउन सक्छ भन्ने कुरालाई यहाँ त्यो व्यक्ति हिँड्ने बाटो वा मार्ग भनेको छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Acts 16:18
διαπονηθεὶς δὲ Παῦλος, καὶ ἐπιστρέψας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिनले पावललाई धेरै दिक्क लगाइन्, र यसैले तिनी पछिल्तिर फर्के” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ
यहाँ “नाउँ” शब्दले येशू ख्रीष्टको अधिकारले वा प्रतिनिधि भएर बोल्ने कुरा जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ
“त्यो आत्मा तत्कालै बाहिर आयो”
Acts 16:19
οἱ κύριοι αὐτῆς
“त्यस दासी केटीका मालिकहरू”
ἰδόντες…οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν
तिनीहरूले किन अबदेखि पैसा कमाउने आशा गर्न सकेनन् भन्ने कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “अब तिनले मानिसहरूको भविष्य बताएर पैसा कमाउन नसक्ने कुरा जब तिनका मालिकले देखे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰς τὴν ἀγορὰν
“सार्वजनिक चोकमा ।” यो सार्वजनिक ठाउँ हो, र यहाँ थोकहरू, वस्तुभाउ र सेवाको खरिद बिक्री हुने गर्दछ ।
ἐπὶ τοὺς ἄρχοντας
“अधिकारीहरूको उपस्थितिमा” वा “ताकि अधिकारीहरूले तिनीहरूको इन्साफफ गर्न सकून्”
Acts 16:20
προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς
“जब उनीहरूले तिनीहरूलाई न्यायाधीशहरूकहाँ ल्याए”
τοῖς στρατηγοῖς
शासकहरू, न्यायकर्ताहरू
οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν
यहाँ “हामो” शब्दले त्यस सहरका मानिसहरूलाई जनाउँछ र त्यसमा शासन गर्ने न्यायाधीशलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Acts 16:21
παραδέχεσθαι οὐδὲ ποιεῖν
“विश्वास गर्न वा आज्ञापालन गर्न” वा “स्वीकार गर्न वा अनुसरण गर्न”
Acts 16:22
यहाँ “उनीहरू” र “उनीहरूलाई” शब्दले पावल र सिलासलाई जनाउँछ । यहाँ “तिनीहरू” शब्दले सिपाहीहरूलाई जनाउँछ ।
ἐκέλευον ῥαβδίζειν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई लौरोले पिट्नको लागि सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:23
πολλάς…ἐπιθέντες αὐτοῖς πληγὰς
“उनीहरूलाई लट्ठीले धेरैपल्ट हिर्काएपछि”
παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς
“तिनीहरू बाहिर जान नपाऊन् भनेर झ्यालखानाको हाकिमलाई भने”
δεσμοφύλακι
झ्यालखाना वा कैदमा राखिएका सबै मानिसहरूको रेखदेख गर्ने जिम्मेवारी पाएका एक जना व्यक्ति
Acts 16:24
ὃς παραγγελίαν τοιαύτην λαβὼν
“तिनले यो आदेश सुने”
τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον
“तिनीहरूका खुट्टालाई ठिँगुरोले ठोकेर बाँधेर राखे”
ξύλον
कुनै पनि मानिसलाई हिँड्न नसक्ने गरी राख्नको लागि बनाइएको काठमा खुट्टालाई राखेर बन्द गरेर राख्ने एक वस्तु
Acts 16:25
यहाँ “उनीहरू” शब्दले पावल र सिलासलाई जनाउँछ ।
यसले पावल र सिलास फिलिप्पीमा झ्यालखानामा हुँदाको समयको विवरणलाई निरन्तरता दिन्छ र झ्यालखानाका बडाहाकिमलाई के हुन्छ भनेर बताउँछ ।
Acts 16:26
σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “भूकम्प, जसले झ्यालखानाका जगहरू हल्लायो”" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ θεμέλια τοῦ δεσμωτηρίου
जब जग हल्लियो, तब त्यसले सम्पूर्ण झ्यालखाना नै हल्लियो । (हेर्नुहोस्ः उपलक्षण)
ἠνεῴχθησαν…αἱ θύραι πᾶσαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै ढोकाहरू खुले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάντων τὰ δεσμὰ ἀνέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैका साङ्लाहरू खुकुलो भएर आयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:27
यहाँ “हामी” शब्दले पावल, सिलास र अन्य कैदीहरूलाई जनाउँछ तर झ्यालखानाका हाकिमलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἔξυπνος…γενόμενος ὁ δεσμοφύλαξ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “झ्यालखानाका हाकिम उठे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἤμελλεν ἑαυτὸν ἀναιρεῖν
“आफैँलाई मार्नलाई तयार भएका थिए ।” झ्यालखानाको हाकिमले कैदीहरूलाई भाग्न दिएको कारण कारवाहीमा पर्नुभन्दा आत्महत्या गर्न रुचाए ।
Acts 16:29
αἰτήσας…φῶτα
झ्यालखानाका हाकिमलाई बत्तीको आवश्यकता किन पर्यो भन्ने कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई बत्ती लिएर आउने आदेश दिए, र यसरी तिनले अझसम्म झ्यालखाना को-को बाँकी रहेका थिए भनेर हेर्न सक्दथे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
φῶτα
“बत्ती” शब्दले उज्यालो पार्ने कुनै कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “राँकोहरूको लागि” वा “लाल्टिनहरूको लागि” (हेर्नुहोस्ः लक्षणा)
εἰσεπήδησεν
“हतारमा झ्यालखानाभित्र छिरे”
προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ
झ्यालखानाको हाकिमले आफैँलाई नम्र पारेर पावल र सिलासको पाउमा घोप्टो परे । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 16:30
προαγαγὼν αὐτοὺς ἔξω
“तिनीहरूलाई झ्यालखाना बाहिर ल्याए”
τί με δεῖ ποιεῖν, ἵνα σωθῶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो पापबाट परमेश्वरले मेरो उद्धार गर्न मैले के (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:31
σωθήσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तपाईंको उद्धार गर्नुहुनेछ” वा “परमेश्वरले तपाईंको पापबाट तपाईंको उद्धार गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ οἶκός σου
यहाँ “घर” शब्दले घरमा बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको परिवारका सबै सदस्यहरू” वा “तपाईंको परिवार” (हेर्नुहोस्ः लक्षणा)
Acts 16:32
यहाँ पहिलो “तिनीहरू” शब्द र साथै “तिनीहरू र “तिनीहरूलाई” शब्दहरूले पावल र सिलासलाई जनाउँछन् । प्रेरितहरू १६:२५ लाई तुलना गर्नुहोस् । यहाँको अन्तिम “उनीहरू” शब्दले झ्यालखानाका हाकिमका घरका मानिसहरूलाई जनाउँछ । “उनलाई”, “उनी”, “उनको”, यी शब्दहरूले झ्यालखानाको हाकिमलाई जनाउँछन् ।
ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उनीहरूले तिनलाई प्रभु येशूको सन्देश सुनाए” (हेर्नुहोस्ः लक्षणा)
Acts 16:33
ἐβαπτίσθη, αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावल र सिलासले झ्यालखानाका हाकिम र उनका घराना सबै सदस्यलाई बप्तिस्मा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 16:35
यो फिलिपीमा पावल र सिलासको जीवनको आखिरी घटना हो (प्रेरितहरू १६:१२) ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले प्रेरित १६:१६ मा सुरु भएको घटनाको आखिरी कथा भन्दछन् ।
यहाँ “आदेश” शब्दको अर्थ “खबर” वा “आज्ञा” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “पहरेदारहरूलाई सन्देश पठाए” वा “पहरेदारहरूलाई आज्ञा पठाए” (हेर्नुहोस्ः लक्षणा)
यहाँ “पठाए” भन्ने कुराको अर्थ चाहिँ सहरका शासकहरूले पहरेदारहरूलाई तिनीहरूको सन्देश बताउन कसैलाई पठाए भन्ने हुन्छ ।
ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους
“ती मानिसहरूलाई स्वतन्त्र गर” वा “ती मानिसहरूलाई छोडिदेओ”
Acts 16:36
ἐξελθόντες
“झ्यालखानाबाट बाहिर आउन”
Acts 16:37
सबै समय “तिनीहरू” शब्दको प्रयोग भएको छ । पहिलोपल्ट “तिनीहरू आफै” प्रयोग छ । यी शब्दले न्यायाधीशहरूलाई जनाउँछ । “आफै” शब्दले पनि न्यायाधीशहरूलाई नै जनाउँछ । दोस्रोपल्टको “तिनीहरूलाई” शब्दले पावल र सिलासलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἔφη πρὸς αὐτούς
शायद पावलले झ्यालखानाका हाकिमसँग मात्र कुरा गरे, तर झ्यालखानाका हाकिमले तिनले भनेका कुरा न्यायाधीशहरूलाई भनुन् भन्ने तिनको अभिप्राय हो । वैकल्पिक अनुवादः “झ्यालखानाको हाकिमलाई भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δείραντες ἡμᾶς δημοσίᾳ
यहाँ “तिनीहरू” शब्दले न्यायाधीशहरूलाई जनाउँछ, जसले पावल र सिलासलाई पिट्न आफ्ना सिपाहीहरूलाई आदेश दिए । वैकल्पिक अनुवादः “हामीलाई सार्वजनिक स्थलमा पिट्न न्यायाधीशहरूले आफ्ना सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः लक्षणा)
ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν
“रोमी नागरिक मानिसहरूलाई, र तिनीहरूले हामीलाई अदालतमा दोषी नठहराकन हामीलाई झ्यालखानामा हाल्न सिपाहीहरूलाई लगाएका छन्”
λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν? οὔ γάρ
न्यायाधीशहरूले पावल र सिलासप्रति दुर्व्यवहार गरेपछि उनीहरूलाई तिनीहरूले गुप्त रूपले सहर बाहिर पठाउन खोज्दा पावलले त्यसका लागि अनुमति नदिने कुरामा जोड दिन तिनले यो प्रश्न प्रयोग गरे । वैकल्पिक अनुवादः “हामीलाई गुप्त रूपले सहर बाहिर पठाउन म तिनीहरूलाई निश्चय पनि अनुमति दिन्न !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀλλὰ ἐλθόντες αὐτοὶ
यहाँ “आफैँ” शब्द जोड दिनका लागि प्रयोग भएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Acts 16:38
ἐφοβήθησαν…ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν
रोमी नागरिक हुनुको अर्थ साम्राज्यको वैधानिक नागरिक हुने कुरा थियो । नागरिकताको प्रमाणपत्रले अत्याचारमा पर्नदेखि स्वतन्त्र तुल्यायो र निष्पक्ष जाँचको अधिकार दियो । सहरका अगुवाहरूले पावल र सिलासलाई दुर्व्यवहार गरेको कुरा माथिल्लो दर्जाका रोमी अधिकारीहरूले थाहा पाउलान् भन्ने कुराले सहरका अगुवाहरू डराए । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 16:40
यहाँ “तिनीहरू” शब्दले पावल र सिलासलाई जनाउँछ । “उनीहरू” शब्दले फिलिप्पीका विश्वासीहरूलाई जनाउँछ ।
यो चाहिँ पावल र सिलास फिलिपीमा हुने समयको अन्त्य हो (हेर्नुहोस्ः कथाको समापन)
εἰσῆλθον πρὸς τὴν Λυδίαν
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
τὴν Λυδίαν
“लिडियाको बसोबस स्थल”
ἰδόντες…τοὺς ἀδελφοὺς
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई देखे” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 17
प्रेरितहरू १७ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मसिहको बारेमा गलत बुझाइहरू
ख्रीष्ट वा मसिह शक्तिशाली राजा हुने छन् भन्ने यहूदीहरूको आशा थियो । किनभने पुरानो करारले यो कुरा धेरैपल्ट भनेको छ । तर ख्रीष्टले दुःख भोग्ने कुरा पनि यसले भनेको छ, र पावलले यहूदीहरूलाई यही कुरा बन्दै थिए । (हेर्नुहोस्ः ख्रीष्ट, मसीह)
एथेन्सको धर्म
पावलले भने, एथेनीहरू “धार्मिक” मानिसहरू थिए, तर तिनीहरूले साँचो परमेश्वरको आराधना गरेनन् । तिनीहरूले धेरै विभिन्न झूटा देवताहरूको पूजा गरे । विगतमा तिनीहरूले अरू जातिमाथि विजय हासिले गरे र तिनीहरूले जितेका मानिसहरूका देवताहरूको पूजा गर्न सुरु गरे । (हेर्नुहोस्ः झुटो देवता, पराइ देवता, देवता, देवी)
पुरानो करारका बारेमा केही कुरा पनि थाहा नभएका मानिसहरूलाई पावलले कसरी ख्रीष्टको सन्देशको प्रचार गरे भन्ने कुरालाई लूकाले यस अध्यायमा वर्णन गरेका छन् ।
Acts 17:1
यहाँ “तिनीहरू” शन्दले पावल र सिलासलाई जनाउँछ । प्रेरितहरू १६:४० लाई तुलना गर्नुहोस् । “उनीहरूलाई” शब्दले थेसलोनिकीको सभाघरमा भएका यहूदी मानिसहरूलाई जनाउँछ ।
यसले पावल, सिलास र तिमोथीको मिसन यात्राको कथालाई निरन्तरता दिन्छ । तिनीहरू थेसलोनिकीमा पुगे । तर लूकाचाहिँ तिनीहरूका साथमा थिएनन्, किनभने तिनले “हामी” नभनी “तिनीहरू” भनेका छन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखक लूकाले कथाको एउटा नयाँ भागलाई सुरु गर्दछन् ।
διοδεύσαντες
“भएर यात्रा गरे”
τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν
यी माकेडोनियाका तटीय सहरहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἦλθον εἰς Θεσσαλονίκην
यहाँ “आए” शब्दलाई “गए” वा “आइपुगे” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू सहरमा आए” वा “तिनीहरू सहरमा आइपुगे” (हेर्नुहोस्ः जानु र आउनु)
Acts 17:2
κατὰ…τὸ εἰωθὸς
“उनको बानीअनुसार” वा “उनको सधैँको अभ्यासअनुसार ।” पावल यहूदीहरू उपस्थित भएको बेला शबाथको दिनमा सभाघरमा जाने गर्थे ।
ἐπὶ Σάββατα τρία
“तीन हप्तासम्म प्रत्येक विश्राम दिनमा”
διελέξατο αὐτοῖς ἀπὸ τῶν Γραφῶν
पावलले येशू नै मसिह हुनुहुन्छ भनेर यहूदीहरूका बीचमा प्रमाणित गर्नलाई धर्मशास्त्रको व्याख्या गरे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διελέξατο αὐτοῖς
“तिनीहरूलाई कारणहरू दिए” वा “सभाघरका यहूदीहरूसँग वादविवाद गरे” वा “सभाघरका यहूदीहरूसँग छलफल गरे”
Acts 17:3
यहाँ “उनले” शब्दले पावललाई जनाउँछ (प्रेरितहरू १७:२) ।
διανοίγων
सम्भावित अर्थहरू हुन् १) मानिसहरूले बुझ्ने गरेर धर्मशास्त्रलाई व्याख्या गरेको कुरा चाहिँ मानौँ पावलले केही कुरा खोलिरहेका थिए भने झैँ गरेर बताइएको छ ताकि मानिसहरूले त्यसभित्र के छ भनेर देख्न सकून् वा २) पावलले साँच्चै नै कुनै पुस्तक वा चर्मपत्र खोलिरहेका थिए र त्यसलाई पढिरहेका थिए । (हेर्नुहोस्ः रूपक)
ἔδει
“यो परमेश्वरको योजनाको भाग थियो”
ἀναστῆναι
“फेरि जीवनमा फर्कनको लागि”
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
Acts 17:4
τινες ἐξ αὐτῶν ἐπείσθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूले विश्वास गरे” वा “यहूदीहरूले बुझे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προσεκληρώθησαν τῷ Παύλῳ
“पावलसँग सम्बन्धित भए”
σεβομένων Ἑλλήνων
परमेश्वरको आराधना गर्ने तर खतना गरेर यहूदी-मतमा नआएकाहरू ।
γυναικῶν…τῶν πρώτων οὐκ ὀλίγαι
यो चाहिँ धेरै अगुवा स्त्रीहरू पनि तिनीहरूसँग सहभागी भए भन्ने कुरामा जोड दिनलाई भनिएको कुरा हो । वैकल्पिक अनुवादः धेरै अगुवा स्त्रीहरू (हेर्नुहोस्ः निषेधात्मक)
Acts 17:5
यहाँ “तिनीहरू” शब्दले अविश्वासी यहूदीहरू र बजारका दुष्ट मानिसहरूलाई जनाउँछ ।
ζηλώσαντες
ईर्ष्याको अनुभूति गर्ने कुराका बारेमा ईर्ष्याले चाहिँ साँच्चै नै कोही व्यक्ति चलहल गराएको जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “अति ईर्ष्यालु अनुभूति गरेर” वा “धेरै रिसको अनुभव गरेर” (हेर्नुहोस्ः रूपक)
ζηλώσαντες
कोही यहूदी र ग्रीकले पावलको सन्देशमाथि विश्वास गरेका हुनाले यी यहूदी डाहले भरिए भनेर यसलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς
यहाँ “लिए” भन्नाले यहूदीहरूले यी मानिसलाई जबरजस्ती लगे भन्ने होइन । यसको अर्थ यहूदीहरूले आफूलाई सहायता पुर्याउन यी दुष्ट मानिसलाई सहमत गराए भन्ने हो ।
ἄνδρας τινὰς πονηροὺς
“केही खराब मानिसहरू ।” यहाँ प्रयोग भएको शब्द “मानिसहरू”ले पुरुषहरूलाई जनाउँछ ।
τῶν ἀγοραίων
“सार्वजनिक चोकबाट ।” यो व्यापार गर्ने सार्वजनिक स्थान हो, जहाँ सामानहरू, गाईबस्तु वा सेवाको किनबेच हुन्छ ।
ἐθορύβουν τὴν πόλιν
यहाँ “सहर” शब्दले त्यस सहरका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस सहरका मानिसहरूलाई होहल्ला गर्न लगाए” वा “त्यस सहरका मानिसहरूलाई विद्रोह गर्न लगाए” (हेर्नुहोस्ः लक्षणा)
ἐπιστάντες τῇ οἰκίᾳ
घरलाई हिंसापूर्वक आक्रमण गर्दै ।” यसको अर्थ मानिसहरूले त्यो घरमा ढुङ्गा हानेका र त्यस घरको ढोका फुटाउन आँटेका थिए भन्ने हो ।
Ἰάσονος
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
εἰς τὸν δῆμον
सम्भावित अर्थहरू वा “मानिसहरू” हुन् १) निर्णय गर्नलाई भएको सरकारी वा नागरिकहरूको कानूनसंगत समूह वा २) हुलदङ्गा मच्चाउने एक व्यक्ति ।
Acts 17:6
τινας ἀδελφοὺς
यहाँ “भाइहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “केही अरू विश्वासीहरू”
ἐπὶ τοὺς πολιτάρχας
“हाकिमहरूको उपस्थितिमा”
οἱ…οὗτοι
यहूदी अगुवाहरूले बोले र “यी मानिसहरू” भन्ने वाक्यांशले पावल र सिलासलाई जनाउँछ ।
τὴν οἰκουμένην ἀναστατώσαντες
यो पावल र सिलासले समस्या खडा गरिरहेका छन् भन्ने कुरालाई अर्को तरिकाले जनाउनलाई प्रयोग गरिने वाक्यांश हो । यहूदी अगुवाहरूले पावल र सिलासको शिक्षाको प्रभावलाई बढाइचढाइ गरिरहेका थिए । वैकल्पिक अनुवादः “संसारका हरेक ठाउँमा समस्या खडा गरे” वा “तिनीहरू गएका हरेक ठाउँमा समस्या खडा गरे” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि टुक्काहरू)
Acts 17:7
ὑποδέδεκται Ἰάσων; καὶ οὗτοι πάντες
यो वाक्यांशले यासोन पनि पावल र सिलासको सन्देशसँग सहमत थिए भन्ने देखाउँछ ।
Acts 17:8
ἐτάραξαν
“चिन्तित भए”
Acts 17:9
λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν
यासोन र अरूहरूले सहरका अधिकारीहरूलाई असल व्यवहारको प्रतिज्ञाको रूपमा पैसा तिर्नुपरेको थियो; यदि सबै राम्ररी भयो भने त्यो पैसा फिर्ता गरिने थियो वा केही खराब व्यवहार भयो भने त्यसको क्षतिपूर्ति तिर्नलाई त्यो पैसाको प्रयोग हुने थियो ।
τῶν λοιπῶν
”“बाँकी” शब्दले अरू विश्वासीहरूलाई जनाउँछ, जसलाई ती यहूदीहरूले अधिकारीहरूका सामु ल्याएका थिए ।
ἀπέλυσαν αὐτούς
“अधिकारीहरूले यासोन र अन्य विश्वासीहरूलाई मुक्त गरे”
Acts 17:10
पावल र सिलासले बेरिया सहरको यात्रा गरे
οἱ…ἀδελφοὶ
यहाँ “भाइहरू” शब्दले पुरुषहरू र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 17:11
δὲ
“अब” शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । बेरिया सहरका मानिसहरूका बारेमा र तिनीहरूले कसरी पावलका कुरा सुन्न तयार भए र उनले भनेका कुराको कुराको जाँच गरे भनेर लूकाले यहाँ पृष्ठभूमिको जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
οὗτοι…ἦσαν εὐγενέστεροι
यी “भद्र” मानिसहरू नयाँ विचारका बारेमा अरू मानिसभन्दा बढी वस्तुपरक ढङ्गले विचार गर्न इच्छुक थिए । वैकल्पिक अनुवादः “बढी खुल्ला मनका” वा “सुन्नलाई बढी तत्पर”
ἐδέξαντο τὸν λόγον
यहाँ “वचन” भन्नाले शिक्षा दिएका कुरा हो । वैकल्पिक अनुवादः “सिकाइएका कुरा सुने” (हेर्नुहोस्ः लक्षणा)
μετὰ πάσης προθυμίας
यी बेरियाका मानिसहरू पावलको धर्मशास्त्रको शिक्षाको छानबिन गर्न तयार थिए ।
καθ’ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς
“दिनहुँ सम्बन्धित धर्मशास्त्रको खण्डको होसियारीपूर्वक अध्ययन र मूल्याङ्कन गर्दै”
ἔχοι ταῦτα οὕτως
“पावलले भनेका कुरा साँचो थिए”
Acts 17:13
एथेन्स चाहिँ बेरियाको तल माकेडोनियाको समुद्री तटमा पर्दछ । ग्रीकका सहरहरूमध्ये एथेन्स चाहिँ सबैभन्दा महत्त्वपूर्ण थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἦλθον κἀκεῖ, σαλεύοντες
यसले तिनीहरूले मानिसहरूलाई रिस उठाएका कुरालाई कुनै व्यक्तिले भाँडोको तरल पदार्थ हल्लाएको र भाँडाको पिँधमा भएको त्यो कुरालाई माथि सतहमा आउने बनाएको जस्तो भन्दछ । वैकल्पिक अनुवादः “त्यहाँ गए र उक्साए” वा “त्यहाँ गए र खैलाबैला मच्चाए” (हेर्नुहोस्ः रूपक)
ταράσσοντες τοὺς ὄχλους
“र भीडलाई अत्ताए” वा“मानिसहरूका माझमा भय र डर उत्पन्न गरे”
Acts 17:14
ἀδελφοὶ
यहाँ “भाइहरू” शब्दले पुरुषहरू र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν
“समुद्री किनारमा जान ।” त्यहाँबाट पावलले शायद अर्को सहरतिर समुद्री यात्रा गर्ने थिए ।
Acts 17:15
καθιστάνοντες τὸν Παῦλον
“जो पावलको साथमा थिए” वा “जो पावलसँगै जाँदै थिए”
λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον
“सिलास र तिमोथीलाई निर्देशन दिन तिनले तिनीहरूलाई भने ।” यसलाई यूएसटीले झैँ प्रत्यक्ष उद्धरणका रूपमा पनि लेख्न सकिन्छ । (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Acts 17:16
यो पावल र सिलासको यात्रा वृत्तान्तको अर्को खण्ड हो । पावल अहिले एथेन्समा छन् जहाँ तिनी सिलास र तिमोथी उनको साथ लाग्न आउने कुराको प्रतीक्षा गरिरहेका छन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले कथाको नयाँ भाग भन्न सुरु गर्दछन् ।
παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν
यहाँ “आत्मा” शब्दले पावल स्वयम्लाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनी दुःखी भए किनभने उनले त्यहाँ सहरमा सबैतिर मूर्तिहरू देखे” वा “त्यो सहरमा सबैतिर मूर्तिहरू देखेर उनी दुःखी भए” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 17:17
διελέγετο
“तिनले वादविवाद गरे” वा “तिनले छलफल गरे ।” यसको अर्थ श्रोताहरूले उनको प्रचार सुन्ने मात्र नभएर अन्तर्क्रिया गर्दथे । तिनीहरूले उनीसँग कुराकानी पनि गर्दथे ।
τοῖς σεβομένοις
यसले अन्यजाति (गैरयहूदी) लाई जनाउँछ, जसले परमेश्वरको प्रशंसा गर्दथे र उहाँको अनुसरण गर्दथे, तर यहूदी व्यवस्थाका सबै कुरा पालन गर्दैनथे ।
ἐν τῇ ἀγορᾷ
“सार्वजनिक चोकमा ।” यो सार्वजनिक व्यापारको स्थान हो, जहाँ मालसामानहरू, पशुहरू वा सेवाहरूको किनबेच हुन्छ ।
Acts 17:18
यहाँ “तिनले” र “तिनी” र “तिनी” शब्दहरूले पावललाई जनाउँछन् ।
τῶν Ἐπικουρίων καὶ Στοϊκῶν φιλοσόφων
यी मानिसहरू सबै कुरा संयोगले बनेका हुन् र ईश्वरहरू विश्वको सञ्चालन गर्ने कुराको झन्झटमा नफसी खुशी हुने कुरामा धेरै नै व्यस्त छन् भन्ने कुरामा विश्वास गर्थे । तिनीहरूले पुनरुत्थान हुन्छ भन्ने कुरालाई इन्कार गरे र साधारण सुखविलासको खोजी गरे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Στοϊκῶν φιλοσόφων
यी मानिसहरू आफैँलाई भाग्यको भरमा छोड्दा स्वतन्त्रता आउँछ भन्ने कुरामा विश्वास गर्थे । तिनीहरूले प्रेमिलो व्यक्तिगत परमेश्वर र पुनरुत्थानलाई इन्कार गरे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
“तिनलाई भेट्न पुगे”
τινες ἔλεγον
“दार्शनिकहरूमध्ये केहीले भने”
τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν?
“बकबके” शब्द चराहरूले बिउहरू खानाको रूपमा खानको लागि टिप्ने कामलाई जनाउँथ्यो । यसले थोरै मात्र जानकारी हासिल गरेको व्यक्तिको बारेमा बताउँछ । दार्शनिकहरूले भने कि पावलसँग थोरै मात्र जानकारी छन् जुन सुन्न लायक छैन । वैकल्पिक अनुवादः “यो अनपढले के भनेको हो” (हेर्नुहोस्ः रूपक)
οἱ δέ, ξένων
“अरू दार्शनिकहरूले भने”
δοκεῖ καταγγελεὺς εἶναι
“यो प्रचार गर्ने जस्तै देखिन्छ” वा “यो सन्देश फैलाउने मिसनमा लागेको जस्तै देखिन्छ”
ξένων δαιμονίων
यो शब्दको अर्थ “अनौठो” होइन, तर “विदेशी” अर्थ लाग्ने गरी प्रयोग गरिएको छ, जसको अर्थ ग्रीकहरू र रोमीहरू पूजा नगर्ने वा थाहा नभएको देवीदेवताहरू हुन्छ ।
Acts 17:19
“उनलाई” र “उनी” र “तिमी” शब्दहरूले पावललाई जनाउँछन् (प्रेरितहरू १७:१८) । यहाँ “तिनीहरूले” र “हामी” इपिक्युरी र स्तोइकी दार्शनिकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον
यस कुराले तिनीहरूले पावललाई गिरफ्तार गरेको भन्ने अर्थ लाग्दैन । ती दार्शनिकले आफ्ना अगुवाहरूसँग औपचारिक रूपले कुराकानी गर्न पावललाई निम्ति दिए ।
ἐπὶ τὸν Ἄρειον Πάγον
अगुवाहरू भेट्ने ठाउँ चाहिँ “अरियोपागस” थियो । वैकल्पिक अनुवादः “अरियोपागसमा भेटघाट गर्ने ती अगुवाहरू” (हेर्नुहोस्ः लक्षणा)
τὸν Ἄρειον Πάγον…λέγοντες
यहाँ अरियोपागसका अगुवाहरू बोल्दै छन् । यसलाई एउटा नयाँ वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अरियोपागस ... । अगुवाहरूले पावललाई भने”
Ἄρειον Πάγον
एथेन्समा रहेको एउटा पहाड जहाँ एथेन्सको सर्वोच्च अदालत भेट गरेको हुन सक्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 17:20
ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν
पावलले प्रचार गरेको येशूको शिक्षा र पुनरुत्थानका कुराका बारेमा ती कुनै व्यक्तिले अर्को व्यक्तिकहाँ ल्याउन सक्ने केही कुरा भएको जस्तो भनिएको छ । यहाँ “कान” शब्दले तिनीहरूले सुनेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले यसअगि कदापि नसुनेका कुराहरू तपाईंले सिकाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Acts 17:21
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι
“सबै” धेरै जनालाई सङ्केत गर्न समान्यीकरण गर्ने शब्द हो । वैकल्पिक अनुवादः “अब एथेन्सबासी र त्यहाँ बस्ने परदेशीहरूमध्ये धेरै जना” वा “अब एथेन्सबासीहरूमध्ये धेरै जना र त्यहाँ बस्ने परदेशीहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Ἀθηναῖοι
“एथेन्सबासीहरू” समुद्री किनारमा भएको माकेडोनियामा (वर्तमान समयको ग्रीस) पर्ने एथेन्सका मानिसहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
“विदेशीहरू”
εἰς οὐδὲν ἕτερον ηὐκαίρουν, ἢ λέγειν τι ἢ ἀκούειν
यहाँ “समय” को बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने कुनै वस्तु हो झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “अरू केही नगरी सुनाउन वा सुन्न आफ्नो समय बिताउँथे” वा “सधैँ अरू केही नगर्ने तर सुनाउने वा सुन्ने गर्दथे” (हेर्नुहोस्ः रूपक)
εἰς οὐδὲν ἕτερον ηὐκαίρουν
यहाँ “केही कुरामा समय बिताउँदैनथे” वाक्यले बढाइचढाइ भनेको हो । वैकल्पिक अनुवादः “बताउने र सुन्नेभन्दा अरू धेरै कुरा गर्दैनथे” वा “बताउने र सुन्ने कुरामा तिनीहरूका धेरै समय बिताउँथे” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
λέγειν τι ἢ ἀκούειν τι καινότερον
“नयाँ दार्शनिक अवधारणाहरूको छलफल गर्दै” वा “तिनीहरूलाई के नयाँ लाग्यो भन्ने बारेमा कुरा गर्दै”
Acts 17:22
दार्शनिकहरूका लागि अरियोपागसमा पावलले आफ्नो भाषण सुरु गर्छन् ।
κατὰ πάντα…δεισιδαιμονεστέρους
पावलले सार्वजनिक रूपमा प्रार्थना गरेर, वेदी बनाएर, र बलिहरू चढाएर देवीदेवताहरूको आदर गर्ने एथेन्सबासीहरूको कामलाई अङ्कित गर्दै छन् ।
Acts 17:23
διερχόμενος γὰρ
“किनकि मैले हिँड्दै गर्दा” वा “म यस्तो एउटा कुराबाट भएर हिँडे”
ἀγνώστῳ Θεῷ
सम्भावित अर्थहरू हुन् १) “कुनै निश्चित अज्ञात देवता” वा २) “नजानिएको देवताको निम्ति ।” त्यस वेदीमा विशेष लेख थियो वा खोपेका अक्षरले लेखिएको थिए ।
Acts 17:24
τὸν κόσμον
सबैभन्दा साधारण अर्थमा “संसार”ले स्वर्ग र पृथ्वी र तिनीहरूमा भएका सबै थोकलाई जनाउँछ ।
οὗτος…ὑπάρχων Κύριος
“किनभने उहाँ प्रभु हुनुहुन्छ ।” “उहाँ”ले अज्ञात प्रभुलाई जनाउँछ, जसलाई प्रेरितहरू १७:२३ मा उल्लेख गरिएको छ, जसलाई पावलले प्रभु परमेश्वर हुनुहुन्छ भनेर व्याख्या गरिरहेका छन् ।
οὐρανοῦ καὶ γῆς
स्वर्ग र पृथ्वीमा भएका सबै प्राणी र थोकहरूलाई जनाउनका लागि “स्वर्ग” र “पृथ्वी” शब्दहरू प्रयोग भएका हुन् । (हेर्नुहोस्ः मेरिज्म)
χειροποιήτοις
यहाँ “हात” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूका हातले बनाएको” वा “जुन मानिसहरूले बनाए” (हेर्नुहोस्ः उपलक्षण)
Acts 17:25
οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται
“सेवा गरिएको”ले डाक्टरले बिरामीलाई निको बनाउनको लागि गरिने उपचारलाई जनाउँछ । वैकल्पिक अनुवादः “न त उहाँलाई मानिसहरूका हातले वास्ता गरिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὸ χειρῶν ἀνθρωπίνων
यहाँ “हातद्वारा” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूद्वारा” (हेर्नुहोस्ः उपलक्षण)
αὐτὸς διδοὺς
“किनकि उहाँ आफैँले ।” जोड दिनका लागि “उहाँ आफैँ” शब्द थप गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Acts 17:26
यहाँ “उहाँलाई” र “उहाँ” शब्दहरूले एकमात्र साँचो परमेश्वर अर्थात् सृष्टिकर्तालाई जनाउँछ । “तिनीहरूको” र “तिनीहरूलाई” शब्दले पृथ्वीको सतहमा बसोबास गर्ने मानिसहरूका हरेक जातिलाई जनाउँछ । पावलले “हामीलाई” शब्द प्रयोग गरेर तिनी आफैँ, तिनका श्रोताहरू र हरेक जातिलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἑνὸς
यसले परमेश्वरले बनाउनुएको आदमलाई जनाइरहेको छ । यसमा हव्वालाई समावेश गरेर लेख्न सकिन्छ । आदम र हव्वाद्वारा परमेश्वरले अरू सबै मानिसहरूलाई बनाउनुभयो । वैकल्पिक अनुवादः “एक जोडि”
ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν
यसलाई एउटा नयाँ वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि तिनीहरू कति समय र कहाँ बसोबास गर्ने छन् भनी उहाँले निर्धारण गर्नुभयो”
Acts 17:27
ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν
यहाँ “परमेश्वरलाई खोजुन्” शब्दले उहाँलाई चिन्ने इच्छालाई जनाउँछ । अनि “तिनीहरूले उहाँलाई खोजेर पाउने छन्” भन्ने कुराले प्रार्थना गर्ने र उहाँसँग सम्बन्ध स्थापित गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यसरी तिनीहरूले परमेश्वरलाई चिन्न र उहाँमा प्रार्थना चढाउन र उहाँका मानिसहरूमध्ये एक हुन चाहन्छन्” (हेर्नुहोस्ः रूपक)
καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα
यसलाई सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ हामी हरेकसँग धेरै नजिक हुनुहुन्छ” (हेर्नुहोस्ः निषेधात्मक)
Acts 17:28
यहाँ “उहाँलाई” र “उहाँको” शब्दहरूले परमेश्वरलाई जनाउँछन् (प्रेरितहरू १७:२४) । पावलले यहाँ “हामी” भनेर तिनी आफू र तिनका श्रोताहरूलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐν αὐτῷ γὰρ
“उहाँको कारण”
Acts 17:29
γένος…ὑπάρχοντες τοῦ Θεοῦ
किनभने परमेश्वरले हरेक व्यक्तिको सृष्टि गर्नुभयो, सबै मानिसहरू साँच्चै परमेश्वरका सन्तान भए झैँ गरी भनिएको छ । (हेर्नुहोस्ः रूपक)
τὸ θεῖον
यहाँ “ईश्वरत्व”ले परमेश्वरको स्वभाव र गुणहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो परमेश्वर” (हेर्नुहोस्ः लक्षणा)
χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई मानिसले लिएर त्यसबाट उसले योजना गरेका केही कुरा बनाउने” वा “मानिसहरूले आफ्ना कला र कल्पना प्रयोग गरेर बनाएका स्वरूपहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 17:30
यहाँ “उहाँ” शब्दले परमेश्वरलाई जनाउँछ ।
पावलले अरियोपगासमा दार्शनिकहरूको लागि प्रेरितहरू १७:२२ मा सुरु गरेको भाषणलाई अन्त्य गर्छन् ।
οὖν
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो”
τοὺς…χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς
“अज्ञानताको समयमा गरेका पापहरूका लागि परमेश्वरले दण्ड नदिने निर्णय गर्नुभयो”
χρόνους τῆς ἀγνοίας
परमेश्वरले येशू ख्रीष्टद्वारा आफैँलाई पूर्ण रूपले प्रकट गर्नुअगि र परमेश्वरको आज्ञा कसरी पालन गर्ने भनी मानिसहरूले पूर्ण रूपमा थाहा पाउनु अगिको समयलाई यसले जनाउँछ ।
τοῖς ἀνθρώποις πάντας
यसको अर्थ पुरुष र स्त्री जेसुकै भए पनि सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानिसहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 17:31
ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν
“जब उहाँले चुन्नुभएको मानिसले धार्मिकतामा संसारलाई न्याय गर्नेछन्”
μέλλει κρίνειν τὴν οἰκουμένην
यहाँ “संसार” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले सबै मानिसहरूको न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἐν δικαιοσύνῃ
“उचित किसिमले” वा “निष्पक्ष रूपमा”
πίστιν παρασχὼν
“परमेश्वरले यो मानिसको छनौट प्रदर्शन गर्नुभएको छ”
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट फर्केर आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
Acts 17:32
यहाँ “हामी” शब्दले एथेन्सका मानिसहरूलाई जनाउँछ, तर पावललाई होइन, र यसैले यो समावेशी शब्द होइन । तिनीहरूमध्ये कसैले पावलका कुरा फेरि पनि सुन्ने इच्छा गरे तापनि तिनीहरू केवल नम्र भइदिएका मात्र हुन सक्छन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
यो पावल एथेन्समा हुँदाको वृत्तान्तको अन्त्य हो । (हेर्नुहोस्ः कथाको समापन)
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । लूकाले यहाँ पावलका शिक्षाबाट एथेन्सबासीका प्रतिक्रियातर्फ लाग्दछन् ।
ἀκούσαντες
अरियोपागसमा पावलको कुरा सुन्नको लागि उपस्थित भएका मानिसहरू ।
οἱ μὲν ἐχλεύαζον
“केहीले पावललाई गिल्ला गरे” वा “केही पावललाई हेरेर हाँसे ।” कोही मरेर फेरि जीवित हुन सम्भव छ भनेर यी मानिसहरूले विश्वास गरेनन् ।
Acts 17:34
Διονύσιος ὁ Ἀρεοπαγίτης
डियनुसियस पुरुषको नाम हो । अरियोपागसका शब्दले डियनुसियस अरियोपागसको परिषद्मा भएका न्यायाधीशहरूमध्येका एक थिए भन्ने बुझाउँछ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Δάμαρις
यो एकस्त्रीको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 18
प्रेरितहरू १८ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
यूहन्नाको बप्तिस्मा
यरूशलेम र यहूदियादेखि टाढा बसोबास गर्ने यहूदीहरूले बप्तिस्मा दिने यूहन्नाका बारेमा सुनेका र उनको शिक्षाको अनुसरण गरेका थिए । तिनीहरूले अझैसम्म पनि येशूको बारेमा सुनेका थिएनन् । अपोल्लोस पनि तिनीहरूमध्येकै एक यहूदी थिए । तिनले बप्तिस्मा दिने यूहन्नाको अनुसरण गरे । तर ख्रीष्ट आउनुभएको कुराको बारेमा तिनले जानकारी पाएका थिएनन् । मानिसहरूले पापको प्रायश्चित गर्दछन् भनी दर्शाउनका लागि यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए, तर त्यो बप्तिस्मा ख्रीष्टिएन बप्तिस्माभन्दा भिन्न थियो । (हेर्नुहोस्ः विश्वासयोग्य, विश्वासयोग्यता अनि ख्रीष्ट, मसीह अनि पश्चात्ताप गर्नु, पश्चात्ताप)
Acts 18:1
अकिलास र प्रिस्किलालाई कथामा समावेश गरिएको छ । २ र ३ पदहरूले तिनीहरूको पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
यो पावलको कोरिन्थको यात्रा वृत्तान्तको अर्को भाग हो ।
μετὰ ταῦτα
“एथेन्समा यी घटनाहरू घटेपछि”
τῶν Ἀθηνῶν
एथेन्स ग्रीसको एउटा महत्त्वपूर्ण सहर थियो । तपाईंले यसलाई प्रेरितहरू १७:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 18:2
καὶ εὑρών
सम्भावित अर्थहरू हुन् १) त्यहाँ पावलले संयोगले भेटे वा २) ध्यान दिएर खोजेपछि पावलले त्यहाँ भेटे ।
τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν
यहाँ “एक” शब्दले कथामा नयाँ व्यक्तिलाई परिचित गराउन लागेको कुराको सङ्केत गर्दछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Ποντικὸν τῷ γένει
पोन्टस कालो समुद्रको दक्षिणी तटमा पर्ने एउटा प्रान्त थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
προσφάτως ἐληλυθότα
यो सायद बितेको वर्षको कुनै समय हुनुपर्छ ।
τῆς Ἰταλίας
यो कुनै मुलुकको नाउँ हो । रोम चाहिँ इटालियाको राजधानी सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸ διατεταχέναι Κλαύδιον
क्लौडियस तत्कालीन रोमी सम्राट् थिए । तपाईंले यसलाई प्रेरितहरू ११:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 18:3
τὸ ὁμότεχνον εἶναι
“तिनले तिनीहरूले गरेको जस्तै उही किसिमको काम गर्थे”
Acts 18:4
सिलास र तिमोथी फेरि पावलसँग सामेल हुन्छन् ।
διελέγετο δὲ
“यसैले पावलले वादविवाद गरे” वा “पावलले छलफल गरे ।” तिनले कारणहरू दिए । यसको अर्थ प्रचार मात्र गर्नुको साटोमा पावलले कुरा गरे र मानिसहरूसँग अन्तर्क्रिया गरे ।
ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας
सम्भावित अर्थहरू हुन् १) “उनले दुवै यहूदी र ग्रीकहरूलाई विश्वास गर्ने तुल्याए” वा २) “उनले दुवै यहूदी र ग्रीकलाई सम्झाउने प्रयास गरिरहे ।”
Acts 18:5
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले तिनलाई बाध्य पार्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 18:6
ἐκτιναξάμενος τὰ ἱμάτια
यो पावलले अब अरू बढी त्यहाँ भएका यहूदीहरूलाई येशूको बारेमा सिकाउनेछैनन् र तिनीहरूलाई परमेश्वरको इन्साफको लागि छोड्दै छन् भन्ने कुरा जनाउने प्रतीकात्मक कार्य हो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν
यहाँ “रगत”ले तिनीहरूको कामहरूको दोषलाई जनाउँछ । यहाँ “शिर” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । यदि तिनीहरूले पश्चात्ताप गर्न इन्कार गरे भने तिनीहरूको हठको कारण तिनीहरूले सामना गर्ने दण्डको लागि सम्पूर्ण रूपले तिनीहरू नै जिम्मेवार हुन्छन् भनेर पावल भन्छन् । वैकल्पिक अनुवादः “पापको निम्ति तिमीहरूले पाउने दण्डको जिम्मेवारी तिमीहरूले नै बोक्नेछौ” (हेर्नुहोस्ः लक्षणा अनि उपलक्षण)
Acts 18:7
यहाँ “उनी” शब्दले पावललाई जनाउँछ । पहिलो “उनी” शब्दले तीतस युस्तसलाई जनाउँछ । दोस्रो “तिनको” शब्दले क्रिस्पसलाई जनाउँछ ।
Τιτίου Ἰούστου
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σεβομένου τὸν Θεόν
परमेश्वरको आराधना गर्ने व्यक्ति अन्यजाति हो, जसले परमेश्वरको प्रशंसा गर्छन् र उहाँको अनुसरण गर्दछन्, तर यहूदी व्यवस्था सम्पूर्ण रूपले पालन गर्दैनन् ।
Acts 18:8
Κρίσπος
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀρχισυνάγωγος
सभाघरलाई प्रायोजन र व्यवस्थापन गर्ने व्यक्ति, शिक्षक होइन
ὅλῳ τῷ οἴκῳ αὐτοῦ
यहाँ “घर” शब्दले सँगसँगै बसेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनका घरमा तिनीसँग बस्ने मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
ἐβαπτίζοντο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बप्तिस्मा लिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 18:9
μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς
पावलले निश्चय पनि प्रचार गरिरहनुपर्छ भनेर जोड दिनका लागि एउटै आज्ञालाई प्रभुले दुई भिन्न किसिमले दिनुभयो । वैकल्पिक अनुवादः “तिमी डराउनुहुँदैन, बरु, निरन्तर बोल र चुपचाप नहोऊ” (हेर्नुहोस्ः समान्तरता)
λάλει καὶ μὴ σιωπήσῃς
पावललाई बोल्नका लागि कडा रूपमा आज्ञा गर्नलाई प्रभुले एउटै आज्ञालाई दुई फरक तरिकाहरूमा दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले निश्चय पनि बोल्नलाई निरन्तरता दिनुपर्छ” (हेर्नुहोस्ः प्रतिरूपी)
μὴ σιωπήσῃς
पावलले के बोलुन् भन्ने प्रभुको इच्छा छ भन्ने कुरा स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “सुसमाचारको बारेमा बोल्न नछोड” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 18:10
λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ
“ममाथि विश्वास गर्ने धेरै मानिसहरू यस सहरमा छन्” वा “यस सहरका धेरै मानिसले ममाथि आफ्नो विश्वास राख्ने छन्”
Acts 18:11
ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ
यो कथाको यस खण्डको अन्तिम अभिव्यक्ति हो । यहाँ “परमेश्वरको वचन” भनेको सम्पूर्ण धर्मशास्त्रलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूको माझमा धर्मशास्त्र सिकाउँदै ... पावल त्यहाँ बसे” (हेर्नुहोस्ः कथाको समापन अनि उपलक्षण)
Acts 18:12
अखैया एक रोमी प्रान्त थियो, कोरिन्थ यसको एक भाग थियो । यो दक्षिण ग्रीसको सबैभन्दा ठूलो सहर, र प्रान्तको राजधानी थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ख्रीष्टमा विश्वास नगर्ने यहूदीहरूले पावललाई गलियोनको न्याय आसनको सामु लगे ।
Γαλλίωνος
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οἱ Ἰουδαῖοι
यसले येशूमाथि विश्वास नगर्ने यहूदी अगुवाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
κατεπέστησαν ὁμοθυμαδὸν
“एकसाथ भेला भए” वा “एकसाथ सहभागी भए”
ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
यहूदीहरूले पावललाई जबरजस्ती अदालतको अगाडि ल्याए । यहाँ “न्यायालयमा” भन्नाले गलियोन बस्ने र अदालती निर्णय लिने ठाउँ हो । वैकल्पिक अनुवादः “तिनलाई लगे ताकि शासकले न्याय आसनबाट तिनको इन्साफ गर्न सकून्” (हेर्नुहोस्ः लक्षणा)
Acts 18:14
ὁ Γαλλίων
गलियोन प्रान्तका रोमी शासक थिए ।
Acts 18:15
νόμου τοῦ καθ’ ὑμᾶς
यहाँ “व्यवस्था”ले मोशाका व्यवस्था र साथै पावलको समयका यहूदी रीतिरिवाजहरूलाई जनाउँछ ।
κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι
“म यी कुराहरूको बारेमा इन्साफ गर्न इन्कार गर्छु”
Acts 18:16
यहाँ “तिनीहरू” शब्दले शायद अदालतमा भएका अन्यजातिहरूलाई जनाउँछ । तिनीहरूले पावललाई न्याय आसनको सामु ल्याउने यहूदीहरूका विरुद्धमा प्रतिक्रिया जनाए (प्रेरितहरू १८:१२) ।
ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος
“गलियोनले तिनीहरूलाई न्याय आसनबाट बिदा गरे ।” यहाँ “न्यायालय आसन” भन्नाले गलियोन बस्ने आसन हो, जहाँबाट तिनले अदालती निर्णय लिने गर्थे । वैकल्पिक अनुवादः “गलियोनले अदालतको आफ्नो उपस्थितिबाट तिनीहरूलाई बिदा गरे” वा “गलियोनले तिनीहरूलाई अदालतबाट बिदा गरे” (हेर्नुहोस्ः लक्षणा)
Acts 18:17
ἐπιλαβόμενοι…πάντες
यो मानिसहरूसँग भएको प्रबल भावनालाई जोड दिने अतिरञ्जन हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै मानिसले पक्रे” वा “तिनीहरूमध्ये धेरैले समाते” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος
सम्भावित अर्थहरू हुन् १) अन्यजातिहरूले सोस्थेनसलाई अदालतमा पिटे, किनभने तिनी यहूदी अगुवा थिए वा २) सोस्थेनस ख्रीष्टका विश्वासी हुन सक्ने सम्भावना छ, र यसैले यहूदीहरूले न्यायालयको अगाडि नै पिटे ।
Σωσθένην τὸν ἀρχισυνάγωγον
“सोस्थेनेस” कोरिन्थमा भएको सभाघरका यहूदी शासक थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἔτυπτον
“तिनलाई बारम्बार हिर्काए” वा “तिनलाई बारम्बार मुक्का हाने ।”
Acts 18:18
यहाँ “तिनी” शब्दले पावललाई जनाउँछ । किंक्रिया बन्दरगाह थियो, जुन बृहत्तर कोरिन्थ सहरी क्षेत्रको एक हिस्सा थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
यसले पावलको सुसमाचार प्रचार यात्रालाई निरन्तरता दिन्छ जसै पावल, प्रिस्किला र अकिलासले कोरिन्थ छोड्छन् । यसको अर्थ सिलास र तिमोथीलाई छाडिएको जस्तो लाग्छ, किनभने यहाँ “हामी” शब्द प्रयोग नभई “उनले” शब्द प्रयोग भएको छ । अनि “उनीहरू” भन्नाले पावल, प्रिस्किला र अकिलासलाई जनाउँछ ।
τοῖς ἀδελφοῖς ἀποταξάμενος
भाइहरू” शब्दले पुरुष र महिला विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरूलाई छाडे” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας
पावल सिरियातर्फ जाने जहाजमा चढे । प्रिस्किला र अकिलास पनि तिनीसँगै गए ।
κειράμενος…τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν
यो भाकल पूरा गरेको जनाउने एउटा साङ्केतिक कार्य हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले आफ्नो शिरको कपाल कसैलाई खौरन लगाए” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 18:19
διελέξατο
“सँग छलफल गरे” वा “सँग वादविवाद गरे”
Acts 18:20
यहाँ “तिनीहरू” र “तिनीहरूलाई” शब्दहरूले एफिससमा भएका यहूदीहरूलाई जनाउँछन् ।
Acts 18:21
ἀποταξάμενος
“तिनीहरूलाई बिदाइ गर्दै”
Acts 18:22
फ्रिगिया एसियाको एउटा प्रान्त हो र यो आधुनिक टर्कीमा पर्दछ । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलले आफ्नो मिसनरी यात्रालाई निरन्तरता दिए ।
κατελθὼν εἰς Καισάρειαν
“कैसरियामा आइपुगे ।” यहाँ “उत्रेपछि” शब्द प्रयोग भएको छ, र यसले तिनी पानी जहाजमा आएका कुरालाई जनाउँछ ।
ἀναβὰς
तिनले यरूशलेम सहरको यात्रा गरे । यहाँ “माथि गए” भनिएको छ किनभने उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि छ ।
ἀσπασάμενος τὴν ἐκκλησίαν
यहाँ “मण्डली” यरूशलेममा भएका विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यरूशलेम मण्डलीका सदस्यहरूलाई अभिवादन गरे” (हेर्नुहोस्ः लक्षणा)
κατέβη
यहाँ “तल ओर्ले” भन्ने वाक्यांश प्रयोग भएको छ, किनभने उचाइका हिसाबले यरूशलेमभन्दा एन्टिओखिया तल छ ।
Acts 18:23
ἐξῆλθεν
“पावल गए” वा “पावल छुटे”
καὶ ποιήσας χρόνον τινὰ
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भएजस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “त्यहाँ केही अवधि बसेपछि” (हेर्नुहोस्ः रूपक)
Acts 18:24
कथामा अपोल्लोसको परिचय दिइएको छ । २४ र २५ पदहरूले उनको पृष्ठभूमिको बारेमा जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
लूकाले एफिससमा प्रिस्किला र अकिलासलाई के भयो भन्ने कुरा बताउँछन् ।
δέ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।
Ἰουδαῖος…τις Ἀπολλῶς ὀνόματι
यहाँ “एक जना” शब्दले लूकाले कथामा कोही नयाँ व्यक्तिको परिचय गराउन लागेका कुरा स्पष्ट हुन्छ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Ἀλεξανδρεὺς τῷ γένει
“अलेक्जेन्ड्रियाको सहरमा जन्मेको मानिस ।” यो अफ्रिकाको उत्तरी तटमा अवस्थित मिश्रको एक शहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀνὴρ λόγιος
“राम्रो वक्ता”
δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς
“तिनले धर्मशास्त्र राम्ररी जान्दथे ।” तिनले पुरानो करारका लेखहरू राम्ररी बुझेका थिए ।
Acts 18:25
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले कसरी जीवन बिताउन् भन्ने प्रभु येशूको इच्छा छ भन्ने बारेमा अरू विश्वासीले अपोल्लोसलाई सिकाएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ζέων τῷ πνεύματι
यहाँ “आत्मा” शब्दले अपोल्लोसको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै जोसिलो भएर” (हेर्नुहोस्ः उपलक्षण)
τὸ βάπτισμα Ἰωάννου
“यूहन्नाले दिएको बप्तिस्मा ।” यसले यूहन्नाले दिने पानीको बप्तिस्मासँग येशूले दिनुहुने पवित्र आत्माको बप्तिस्मालाई तुलना गर्दछ ।
Acts 18:26
τὴν ὁδὸν τοῦ Θεοῦ
मानिसहरूले कसरी जीवन बिताउन् भन्ने परमेश्वरको इच्छा छ, सो कुरालाई कुनै व्यक्तिले यात्रा गर्ने बाटो भएको जस्तो गरी लेखिएको छ । (हेर्नुहोस्ः रूपक)
ἀκριβέστερον
“उचित तरिकाले” वा “अझ पूर्ण रूपमा”
Acts 18:27
यहाँ “उनले” र “उनलाई” शब्दहरूले अपोल्लोसलाई जनाउँछन् (प्रेरितहरू १८:२४) ।
διελθεῖν εἰς τὴν Ἀχαΐαν
“अखैयाको क्षेत्रमा जान ।” “पारि जान” भन्ने वाक्यांशको प्रयोग भएको छ, किनभने तिनलाई एफिसस सहरबाट अखैया जानका लागि इजिअन समुद्र तर्नुपर्ने थियो ।
τὴν Ἀχαΐαν
अखैया ग्रीसको दक्षिणी भागमा अवस्थित रोमी प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू १८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἀδελφοὶ
यहाँ “भाइहरू” शब्दले पुरुष र महिला विश्वासीहरूलाई जनाउँछ । यी एफिससका विश्वासीहरू हुन् भनी तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “एफिससमा भएका सङ्गी विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔγραψαν τοῖς μαθηταῖς
“अखैयामा भएका ख्रीष्टिएनहरूलाई पत्र लेखे”
τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος
“अनुग्रहद्वारा उद्धार हुन्छ भन्ने कुरामा विश्वास गरेका मानिसहरू” वा “परमेश्वरको अनुग्रहद्वारा येशूमा विश्वास गरेका मानिसहरू”
Acts 18:28
εὐτόνως…τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ
“अपोल्लोसले सार्वजनिक बहसमा यहूदीहरू गलत छन् भनी शक्तिशाली रूपमा देखाए”
“येशू नै ख्रीष्ट हुनुहुन्छ भनी तिनले उनीहरूलाई धर्मशास्त्रबाट देखाउँदै गर्दा”
Acts 19
प्रेरितहरू १९ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
बप्तिस्मा
मानिसहरूले पापको प्रायश्चित गर्दछन् भनी दर्शाउनका लागि यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए । येशूका चेला हुन इच्छा गर्ने मानिसहरूलाई येशूका चेलाहरूले बप्तिस्मा दिए ।
डायनाको मन्दिर
एफिसस सहरमा भएको डायना देवीको मन्दिर एउटा महत्त्वपूर्ण ठाउँ थियो । एफिससको यो मन्दिर हेर्न धेरै मानिस आउने गर्थे । तिनीहरू त्यहाँ घुम्दै जाँदा तिनीहरूले डायना देवीको मूर्तिहरू किन्थे । यदि मानिसहरूले डायना देवीलाई साँचो देवी हुन् भनी विश्वास गर्न छोडे भने, तिनीहरूले दवीका मूर्तिहरू किन्ने छोड्ने छन् र आफूले कमाउने रुपियाँ गुम्नेछ भन्ने कुराले यी मूर्ति व्यापारीहरू डराए ।
Acts 19:1
“माथिल्लो देश” चाहिँ एसियाको एउटा क्षेत्र थियो जुन आज हालको टर्कीको एउटा भाग हो जुन एफिससको उत्तरपट्टि पर्छ । पावलले त्यहाँ जानका लागि तिनले इजिअन समुद्रभन्दा मास्तिरको जमिनको बाटो भएर यात्रा गरेका हुन सक्छन् ।
पावलले एफिससको यात्रा गरे ।
ἐγένετο δὲ
कथाको नयाँ भाग सुरु भएको कुराको सङ्केत गर्नका लागि यहाँ यो वाक्यांशको प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, तपाईंले यसलाई प्रयोग गर्ने कुरा विचार गर्न सक्नुहुन्छ ।
διελθόντα
“भएर यात्रा गरे”
Acts 19:2
εἰ Πνεῦμα Ἅγιον ἐλάβετε
यसको अर्थ पवित्र आत्मा तिनीहरूमाथि आउनुहुने कुरा हो ।
οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν
“हामीले पवित्र आत्माको बारेमा सुनेका पनि थिएनौँ”
Acts 19:3
यहाँ “तिनीहरू,” “तिमीहरू,” र “तिनीहरू” शब्दले एफिससमा भएका चेलाहरूलाई जनाउँछ (प्रेरितहरू १९:१) । “उनले” शब्दले युहन्नालाई जनाउँछ ।
εἰς τί οὖν ἐβαπτίσθητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले कुन प्रकारको बप्तिस्मा लियौ ?” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸ Ἰωάννου βάπτισμα
तपाईंले यसलाई एउटा पूर्ण वाक्यका रूपमा अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “यूहन्नाले सिकाएका बप्तिस्मा हामीले पाएका छौँ” (हेर्नुहोस्ः शब्दलोप)
Acts 19:4
βάπτισμα μετανοίας
भाववाचक नाउँ “पश्चाताप”लाई तपाईंले क्रियापद “पश्चाताप गर्न” लेखेर अनुवाद गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “पापबाट फर्कनको लागि मानिसहरूले अनुरोध गर्ने बप्तिस्मा” (हेर्नुहोस्ः भाववाचक नाम)
τὸν ἐρχόμενον
यहाँ “एकजना” शब्दले येशूलाई जनाउँछ ।
τὸν ἐρχόμενον μετ’ αὐτὸν
यसको अर्थ शारीरिक रूपले बप्तिस्मा-दिने यूहन्नालाई पछ्याउने नभई समयको हिसाबले बप्तिस्मा-दिने यूहन्नाको पछि आउने भन्ने हुन्छ ।
Acts 19:5
पावल निरन्तर रूपमा एफिससमा बसोबास गरे ।
ἐβαπτίσθησαν
यहाँ “मानिसहरू”ले पावलसँग कुरा गरिरहेका एफिससका विश्वासीहरूलाई जनाउँछ (प्रेरितहरू १९:१) ।
ἐβαπτίσθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले बप्तिस्मा पाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ
यहाँ “नाउँ” शब्दले येशूको शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूमा विश्वासीहरूको रूपमा” (हेर्नुहोस्ः लक्षणा)
Acts 19:6
ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας
“तिनले उनीहरूमाथि आफ्ना हात राखे ।” तिनले शायद उनीहरूका शिरमाथि वा काँधमाथि आफ्नो हात राखेका हुन सक्छन् । वैकल्पिक अनुवादः “प्रार्थना गर्दा उनको हात तिनीहरूको शिरमा राखे”
ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον
प्रेरितहरू २:३-४ मा जस्तै तिनीहरूको सन्देश कसले बुझे भन्ने कुराको विवरण दिइएको छैन ।
Acts 19:7
ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα
यसले कति जना मानिसले बप्तिस्मा लिएका थिए भन्ने कुरा जनाउँछ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
ἄνδρες…δώδεκα
“१२ जना मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Acts 19:8
εἰσελθὼν…εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς
“पावल तीन महिनासम्म लगातार सभाघरका सभाहरूमा सहभागी भए र साहसपूर्वक बोले”
διαλεγόμενος καὶ πείθων
“विश्वस्त तुल्याउने तर्कहरू र स्पष्ट शिक्षाले मानिसहरूलाई मनाउँदै”
περὶ τῆς Βασιλείας τοῦ Θεοῦ
यहाँ “राज्य” शब्दले परमेश्वरले राजा भएर गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले राजा भएर गर्नुहुने शासनका बारेमा” वा “परमेश्वरले आफैँलाई राजाको रूपमा कसरी प्रकट गर्नुहुनेछ भन्ने बारेमा” (हेर्नुहोस्ः लक्षणा)
Acts 19:9
τινες ἐσκληρύνοντο καὶ ἠπείθουν
मानिसहरूले हठ गरेर विश्वास गर्न इन्कार गर्ने कुराका बारेमा तिनीहरू कठोर र चलहल गर्न नसक्नेजस्तो भए भनिएको छ । वैकल्पिक अनुवादः”“कोही यहूदी हठी भए र विश्वास गरेनन्” वा “केही यहूदीहरूले हठी भएर सन्देश ग्रहण गर्न र आज्ञापालन गर्न मनाही गरे” (हेर्नुहोस्ः रूपक)
κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους
मानिसहरूले के कुरामा विश्वास गरुन् भन्ने ख्रीष्टको इच्छा छ, सो कुराको विरोध गर्ने कुरालाई कुनै व्यक्तिले यात्रा गर्ने बाटो खराब छ भनेको जस्तो गरी लेखिएको छ । “मार्ग” भन्ने शब्द त्यस बेलाको ख्रीष्टिएन विश्वासको नाउँ नै भए झैँ लाग्छ । वैकल्पिक अनुवादः “ख्रीष्टिएन विश्वासको बारेमा भीडलाई खराब कुरा भन्नु” वा “ख्रीष्टको पछि लाग्ने र परमेश्वरको बारेमा उहाँका शिक्षाको पालन गर्ने बारेमा भीडलाई खराब कुरा भन्नु” (हेर्नुहोस्ः रूपक अनि प्रेरितहरू 9:2)
κακολογοῦντες
“खराब कुराहरू बोल्न”
ἐν τῇ σχολῇ Τυράννου
“टुरान्नसले मानिसहरूलाई शिक्षा दिने ठूलो कोठामा”
Τυράννου
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 19:10
πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου
यहाँ “सबै” भनेको सामान्यीकरण गरिएको हो जसको अर्थ एसियाभरी धेरै मानिसहरूले सुसमाचार सुने भन्ने हुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὸν λόγον τοῦ Κυρίου
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Acts 19:11
यहाँ “तिनीहरूलाई” र “तिनीहरू” शब्दले बिरामी मानिसहरूलाई जनाउँछ ।
δυνάμεις τε οὐ τὰς τυχούσας, ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου
यहाँ “हात” शब्दले पावलको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले पावललाई आश्चर्य कामहरू गर्न सक्षम तुयाउनुभयो” वा “परमेश्वरले पावलद्वारा आश्चर्य कामहरू गर्दै हुनुहुथ्यो” (हेर्नुहोस्ः उपलक्षण)
Acts 19:12
καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावलले छोएका रूमाल र पछ्यौराहरू बिरामी मानिसहरूकहाँ लगिन्थ्यो”
καὶ…ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια
सम्भावित अर्थहरू हुन् १) यी पावलले छोएका वस्त्रका किसिम थिए वा २) पावलले लगाएका वा प्रयोग गरेका वस्त्रका किसिम यी थिए ।
σουδάρια
शिरको वरिपरि बेह्रेको कपडाहरू
σιμικίνθια
मानिसहरूका वस्त्रहरूबाट सुरक्षित राख्न शरीरको अगाडि भागमा लगाएको वस्त्र
τοὺς ἀσθενοῦντας
यसले बिरामी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “बिरामी मानिसहरू” वा “तिनीहरू जो बिरामी छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους
“बिरामी भएकाहरू स्वस्थ हुन्थे”
Acts 19:13
यो पावल एफिससमा हुँदा घटेको अर्को घटनाको सुरुवात हो । यो यहूदी झारफुक गर्ने मानिसहरूको बारेमा छ ।
ἐξορκιστῶν
मानिसहरू वा ठाउँबाट दुष्ट आत्माहरू धपाउने मानिसहरू
τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ
यहाँ “नाउँ” शब्दले येशूको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει
त्यस समयमा “येशू” नाम प्रचलित भएको थियो, त्यसैले ती झारफुक गर्नेहरूले कसको बारेमा कुरा गरिरहेका थिए भन्ने कुरा अरू मानिसहरूले जानून् भन्ने चाहन्थे ।
τὸν Ἰησοῦν
यसले येशूको शक्ति र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको अधिकारद्वारा” वा “येशूको शक्तिद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Acts 19:14
Σκευᾶ
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 19:15
τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι
“म येशू र पावललाई चिन्छु” वा “म येशूलाई चिन्छु, र म पावललाई चिन्छु”
ὑμεῖς δὲ τίνες ἐστέ?
झारफुक गर्नेहरूको दुष्ट आत्मामाथि अधिकार छैन भनेर प्रमाणित गर्नको लागि आत्माले यो प्रश्न सोध्यो । वैकल्पिक अनुवादः “तर तिमीहरूलाई म चिन्दिन !” वा “तिमीहरूसँग ममाथि केही अधिकार छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 19:16
ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν
यसको अर्थ त्यो दुष्ट आत्माले आफूले अधीन गरेको मानिसलाई ती झारफुकेहरूमाथि जाइलाग्ने तुल्यायो ।
αὐτοὺς
मानिसहरू वा ठाउँबाट दुष्ट आत्माहरू धपाउने मानिसहरू । तपाईंले यसलाई प्रेरितहरू १९:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
γυμνοὺς…ἐκφυγεῖν
ती झारफुक गर्नेहरू आफ्ना केही वा सबै कपडा लुछिएर नाङ्गै भागे ।
Acts 19:17
ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले प्रभु येशूको नाउँको आदर गरे” वा “तिनीहरूले प्रभु येशूको नाउँ महान् भएको विचार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ ὄνομα
यसले येशूको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 19:18
यसले ती यहूदी झारफुकेहरूका कथालाई अन्त्य गर्दछ । (हेर्नुहोस्ः कथाको समापन)
Acts 19:19
συνενέγκαντες τὰς βίβλους
“तिनीहरूका पुस्तकहरू जम्मा गरे ।” “पुस्तकहरू”मा झारफुकका मन्त्रहरू र सूत्रहरू लेखिएका थिए ।
ἐνώπιον πάντων
“सबैका अगाडि”
τὰς τιμὰς αὐτῶν
“ती पुस्तकहरूको मूल्य” वा “ती चर्मपत्रहरूको मूल्य”
μυριάδας πέντε
“५०,०००” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἀργυρίου
“चाँदीको एक टुक्रा” एउटा सामान्य श्रमिकको एक दिनको ज्याला थियो । (हेर्नुहोस्ः बाइबलीय पैसा)
Acts 19:20
οὕτως κατὰ κράτος τοῦ Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν
“यसैले यी शक्तिशाली कार्यहरूका कारणले गर्दा धेरैभन्दा धेरै मानिसहरूले प्रभु येशूको सन्देश सुने” (हेर्नुहोस्ः उपलक्षण)
Acts 19:21
पावलले यरूशलेममा जाने कुरा गर्छन् तर अझै एफिससलाई छोड्दैनन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले कथाको एउटा नयाँ भाग भन्न सुरु गर्दछन् ।
ἐπληρώθη ταῦτα…ὁ Παῦλος
“परमेश्वरले पावललाई एफिससमा पूरा गर्नको लागि दिनुभएको काम तिनले पूरा गरे”
ἔθετο…ἐν τῷ Πνεύματι
सम्भावित अर्थहरू हुन् १) पावलले पवित्र आत्माको सहयोगमा निर्णय गरे वा २) पावलले आफ्नो मनमा निर्णय गरे भन्नुको अर्थ उनले आफ्नो मन बनाए भन्ने हो ।
Ἀχαΐαν
अखैया रोमी प्रान्त थियो, र कोरिन्थ यहीं अवस्थित थियो । यो नै दक्षिणी ग्रीसको सबैभन्दा ठूलो सहर र प्रान्तको राजधानी थियो । तपाईंले यसलाई प्रेरितहरू १८:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
δεῖ με καὶ Ῥώμην ἰδεῖν
“मैले रोमतिर पनि यात्रा गर्नुपर्छ”
Acts 19:22
Ἔραστον
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν
आगामी केही पदहरूमा पावल एफिससमै बस्दै थिए भन्ने कुरा स्पष्ट पारिएको छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτὸς ἐπέσχεν
जोड दिनका लागि यसलाई दोहोर्याइएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Acts 19:23
डेमेत्रियसलाई यस वृत्तान्तमा समावेश गरिएको छ । पद २४ ले डेमेत्रियसको पृष्ठभूमिको जानकारी प्रदान गर्दछ । एफिससमा आर्तेमिस नाउँ गरेकी एउटी देवीप्रति समर्पित भएको एउटा ठूलो मन्दिर थियो, कहिलेकाहीँ त्यसलाई “डायना” भनेर पनि अनुवाद गरिन्छ । त्यो उर्वरताको झूटो देवी थियो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
लूकाले हामीलाई पावल एफिससमा हुँदा भएको हुलदङ्गाको विषयमा बताउँछन् ।
ἐγένετο…τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ
यो सुरु गर्ने वाक्यको सारांश हो ।
ἐγένετο…τάραχος οὐκ ὀλίγος
“मानिसहरू धेरै रिसाए ।” तपाईंले यसलाई प्रेरितहरू १२:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τῆς ὁδοῦ
यो शब्द ख्रीष्टिएन मतलाई जनाउनको लागि प्रयोग गरिन्थ्यो । तपाईंले यसलाई प्रेरितहरू 9:1 मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 19:24
Δημήτριος…τις ὀνόματι ἀργυροκόπος
“एक जना” शब्दले कथामा एक जना नयाँ व्यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
ἀργυροκόπος
चाँदीको प्रयोग गरेर मूर्तिहरू र गहनाहरू बनाउने कारीगर
Δημήτριος…ὀνόματι
यो एक पुरुषको नाउँ हो । डेमेत्रियस एफिससको चाँदीका शिल्पकार थियो जो पावल र स्थानीय मण्डलीको विरुद्धमा थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
παρείχετο…οὐκ ὀλίγην ἐργασίαν
“मूर्ति बनाउने मानिसहरूका लागि धेरै रुपियाँ कमाउने काम जुटाइदिन्थे”
Acts 19:25
τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας
पेसा भन्नाले काम वा व्यवसाय हो । वैकल्पिक अनुवादः “अरूहरू जसले त्यस किसिमको काम गर्थे”
Acts 19:26
डेमेत्रियसले आफ्ना कारीगरहरूसँगको कुराकानीलाई जारी राख्छ ।
θεωρεῖτε καὶ ἀκούετε ὅτι
“तिमीहरूले थाहा पाएका छौ र बुझेका छौ कि”
μετέστησεν ἱκανὸν ὄχλον
पावलले मानिसहरूलाई मूर्ति पूजा गर्न रोक्न लगाएका कुरालाई पावलले ती मानिसलाई फरक दिशातर्फ फर्काएको जस्तो भनिएको छ । वैकल्पिक अनुवादः “धेरै मानिसहरूलाई स्थानीय देवताहरूको पूजा गर्न छोड्ने तुल्यायो” (हेर्नुहोस्ः रूपक)
λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι
यहाँ “हात” शब्दले सम्पूर्ण व्यक्तित्वलाई जनाउन सक्छ । वैकल्पिक अनुवादः “उसले भनिरहेछ कि मानिसहरूले बनाएका मूर्तिहरू सत्य ईश्वरहरू होइनन्” (हेर्नुहोस्ः शब्दलोप अनि उपलक्षण)
Acts 19:27
τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी मानिसहरूले हामीबाट मूर्तिहरू किन्न चाहने छैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “महान् देवी आर्तेमिसको पूजा गर्न मन्दिर जानुको कुनै औचित्य छैन भनी मानिसहरूले विचार गर्ने छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς
आर्तेमिसको महानता मानिसहरूले त्यसको बारेमा के सोच्छन् भन्ने कुराबाट मात्र आउँछ ।
ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται
यो आर्तेमिसको लोकप्रियता देखाउनको लागि गरिएको अतिरञ्जन हो । यहाँ “एसिया” र “संसार” शब्दले एसिया र जानिएको संसारका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई एसिया र संसारका अरू भागका धेरै मानिसहरूले पूजा गर्छन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि लक्षणा)
Acts 19:28
यहाँ “तिनीहरू” शब्दले मूर्ति बनाउने कारिगरलाई जनाउँछ (प्रेरित १९:२४-२५) ।
γενόμενοι πλήρεις θυμοῦ
यसले ती कारिगरका बारेमा तिनीहरू भाँडाहरू भए झैँ कुरा गर्दछ । यहाँ “रीस”को बारेमा यो एउटा भाँडोमा भर्न मिल्ने थोक भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरू धेरै रिसाए” (हेर्नुहोस्ः रूपक)
ἔκραζον
“चर्को आवाजमा कराए” वा “ठूलो स्वरले कराए”
Acts 19:29
ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως
यहाँ “सहर” शब्दले मानिसहरूलाई जनाउँछ । सहरको बारेमा यो एउटा भाँडो भए झैँ भनिएको छ । अनि “अन्योल” भन्ने कुरा उक्त भाँडोमा भर्न मिल्ने कुनै थोक भए झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “त्यसपछि सहरभरि भएका मानिसहरू रिसाए र चिच्याउन थाले” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ὥρμησάν τε ὁμοθυμαδὸν
यो खैलाबैला गर्ने भीड भएको वा हुलदङ्गा जस्तै अवस्था थियो ।
εἰς τὸ θέατρον
एफिससको रङ्गशाला सार्वजनिक सभाहरू र नाटक तथा सङ्गीतजस्ता मनोरन्जनको लागि प्रयोग गरिन्थ्यो । बस्नको लागि बेन्चहरू भएको हजारौँ मानिस अट्न सक्ने घर बाहिर बनाइएको अर्धवृत्ताकार संरचना थियो ।
συνεκδήμους Παύλου
ती मानिसहरू जो पावलसँगै रहेका थिए ।
Γάϊον…Ἀρίσταρχον
यी पुरुषहरूका नाउँहरू हुन् । गायस र अरिस्तार्खस माकेडोनियाबाट आएका थिए तर यस समयमा पावलसँगै एफिससमा काम गरिरहेका थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 19:30
ऐफिसस रोमी साम्राज्यको एउटा भाग थियो र यो एसियाको प्रान्तमा थियो ।
Acts 19:31
τὸ θέατρον
एफिससको रङ्गशाला सार्वजनिक सभाहरू र नाटक तथा सङ्गीतजस्ता मनोरन्जनको लागि प्रयोग गरिन्थ्यो । बस्नको लागि बेन्चहरू भएको हजारौँ मानिस अट्न सक्ने घर बाहिर बनाइएको अर्धवृत्ताकार संरचना थियो । तपाईंले यसलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 19:33
Ἀλέξανδρον
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
κατασείσας τὴν χεῖρα
अलेक्जेन्डरले भीडलाई शान्त गराउन तिनीहरूलाई हात देखाइरहेका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “भीडलाई चुप लाग्न इसारा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπολογεῖσθαι
अलेक्जेन्डरले कसको र केको स्पष्टिकरण दिन चाहन्थे भनेर प्रस्ट छैन । यदि तपाईंको भाषामा यो जानकारी आवश्यकता पर्छ भने, “भइरहेको कुरालाई व्याख्या गर्न” भन्ने जस्तो साधारण वाक्यांशलाई प्रयोग गर्नु बेस हुन सक्छ ।
Acts 19:34
φωνὴ ἐγένετο μία ἐκ πάντων
मानिसहरू एकै समयमा एकसाथ मिलेर चिच्याएका कुरालाई तिनीहरूले एउटै स्वरमा बोले भनिएको छ । वैकल्पिक अनुवादः “एकतामा” वा “एकसाथ” (हेर्नुहोस्ः रूपक)
Acts 19:35
यहाँ “तपाईंहरू” र “तपाईंहरू” शब्दले एफिससबाट आएका उपस्थित मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
एफिससका हाकिमले भीडलाई शान्त गराउनका लागि बोले ।
ὁ γραμματεὺς
यसले नगरका “लेखपाल” वा “सचिव” लाई जनाउँछ ।
τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς?
सहरका हाकिमले भीडलाई तिनीहरू सही छन् भनेर आश्वस्त पार्न र तिनीहरूलाई सान्त्वना दिनको लागि यो प्रश्न सोधे । वैकल्पिक अनुवादः “प्रत्येक मानिसले जान्दछ कि एफिससबासीहरूको सहरचाहिँ ... मन्दिरको रक्षक हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὃς οὐ γινώσκει
नगर सचिवले “छैन” शब्द प्रयोग गर्दछन्, र यसले सबै मानिसलाई यो कुरा थाहा थियो भनी जोड दिन्छ । (हेर्नुहोस्ः निषेधात्मक)
νεωκόρον
एफिसीहरूले आर्तेमिसको मन्दिरको रेखदेख र रखवाली गरे ।
τοῦ διοπετοῦς
आर्तेमिसको मन्दिरभित्र देवीको एउटा मूर्ति थियो जसलाई उल्का पिण्डबाट सिँगारिएको थियो । यो चट्टान सिधै ग्रीक देवताहरूको (मूर्तिहरू) शासक, जिउसबाट आएको हो भनी मानिसहरूले मान्थे ।
Acts 19:36
ἀναντιρρήτων οὖν ὄντων τούτων
“किनभने तपाईंहरूलाई यी कुरा थाहा छ”
μηδὲν προπετὲς πράσσειν
“तपाईंहरूले सोचविचार गर्ने समय नदिइकन कुनै कुरा नगर्नुहोस्”
προπετὲς
होशियारीका साथ गरिएको सोच बिना
Acts 19:37
τοὺς ἄνδρας τούτους
“यी मानिसहरू” शब्दले गायस र अरिस्तार्खसलाई जनाउँछ, जो पावलका सहयात्रीहरू थिए (प्रेरितहरू १९:२९) ।
Acts 19:38
नगरका हाकिमले भीडसँग बोल्न सकाउँछन् ।
οὖν
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” नगरका हाकिमले प्रेरितहरू १९:३७ मा गायस र अरिस्तार्खस लुटेराहरू वा देवीको निन्दा गर्ने मानिसहरू होइनन् भनेका छन् ।
ἔχουσιν πρός τινα λόγον
“गुनसो” शब्दलाई “दोष लगाउने” क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैलाई दोष लगाउन चाहन्छ भने” (हेर्नुहोस्ः भाववाचक नाम)
ἀνθύπατοί
रोमी सरकारको प्रतिनिधिहरू जसले अदालतमा कानूनी निर्णयहरू लिन्थे (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
ἐγκαλείτωσαν ἀλλήλοις
यसको अर्थ डेमेत्रियस र तिनीसँग भएका मानिसहरूले एकआपसमा दोषारोपण गरून् भनेको होइन । यसको अर्थ यो ठाउँ मानिसहरूले सामान्य रूपमा तिनीहरूको आरोप भन्ने ठाउँ हो भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ मानिसहरूले एकअर्कालाई दोष लगाउन सक्दछन्”
Acts 19:39
εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε
“तर यदि तपाईंहरूसँग छलफल गर्नुपर्ने अरू कुरा भए”
ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई नियमित सभामा हल गरौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῇ ἐννόμῳ ἐκκλησίᾳ
यसले नगर सचिवले नेतृत्व गरेको नागरिकहरूको सार्वजनिक भेलालाई जनाउँछ ।
Acts 19:40
κινδυνεύομεν ἐνκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आजको यस खैलाबैलाको दोष रोमी अधिकारीहरूले हामीलाई लगाउने खतरामा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 20
प्रेरितहरू २० सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावल यरूशलेम जानुअगि तिनले माकेडोनिया र एसियाका प्रान्तहरूमा भएका विश्वासीहरूकहाँ गएर भेटघाट गरेका कुराको वर्णन यस अध्यायमा लूकाले गर्दछन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दौड
येशूको लागि जीवन बिताउने कुरालाई पावलले दौड दौडने कुराजस्तो हो भनेका छन् । काम गर्न कठिन हुँदा र तिनले काम छाडेर जाने इच्छा गर्दासमेत तिनले निरन्तर काम गर्नु आवश्यक परेको कुरालाई यसले जनाउँछ । (हेर्नुहोस्ः रूपक अनि अनुशासन, आत्मानुशासन)
“आत्माद्वारा बाध्य पारिएको”
पावल आफैले यरूशलेम जाने इच्छा नगरेको भए तापनि पवित्र आत्माले तिनलाई त्यहाँ जाऊन् भन्ने इच्छा गर्नुभएको छ भनी पावलले विचार गरे । जब पावल यरूशलेममा पुग्ने छन्, तब मानिसहरूले तिनको हानि गर्नेछन् भनी उही पवित्र आत्माले अरू मानिसहरूलाई भन्नुभयो ।
Acts 20:1
पावल एफिससबाट बिदा भए र निरन्तर यात्रा गरे ।
μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον
“खैलाबैलापछि” वा “दङ्गापछि”
ἀσπασάμενος
“तिनले अलबिदा भने”
Acts 20:2
παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ
“विश्वासीहरूलाई ठूलो उत्साह दिए” वा “विश्वासीहरूलाई उत्साह दिनको लागि धेरै कुरा भने”
Acts 20:3
ποιήσας τε μῆνας τρεῖς
“तिनी त्यहाँ तीन महिना बसे ।” यसले समयका बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भए जस्तो गरी भन्दछ । (हेर्नुहोस्ः रूपक)
γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे” वा “उनलाई हानि गर्न यहूदीहरूले गुप्त योजना बनाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὸ τῶν Ἰουδαίων
यसको अर्थ केही यहूदीहरू मात्र भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये केहीद्वारा” (हेर्नुहोस्ः उपलक्षण)
μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν
“तिनी सिरियातर्फ जहाजमा जानको लागि तयार थिए”
Acts 20:4
यहाँ “उनलाई” शब्दले पावललाई जनाउँछ (प्रेरितहरू २०:१) । “हामीलाई” र “हामी” शब्द जतिपटक दोहोरिए पनि यसले लेखक र पावल अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
συνείπετο δὲ αὐτῷ
“तिनीसँग यात्रा गर्दै”
Σώπατρος…Πύρρου…Σεκοῦνδος,…Τυχικὸς…Τρόφιμος
यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Βεροιαῖος…Δερβαῖος
यी ठाउँहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἀρίσταρχος…Γάϊος
यी पुरुषहरूका नाउँहरू हुन् । तपाईंले यसलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 20:5
Τρῳάδι
यो एउटा ठाउँको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οὗτοι…προσελθόντες
“यी मानिसहरूले हाम्रा अगाडि यात्रा गरेका थिए”
Acts 20:6
τὰς ἡμέρας τῶν Ἀζύμων
यसले निस्तारचाडको अवधिको यहूदी धार्मिक चाडको समयलाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू १२:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 20:7
यहाँ “हामी” शब्दले लेखक र पावल अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि प्रेरितहरू २०:४-६)
लूकाले पावलको त्रोआसको शिक्षा र युटिकसलाई के भयो भन्ने बारेमा बताउँछन् ।
κλάσαι ἄρτον
रोटी तिनीहरूको भोजनको हिस्सा थियो । सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा एकसाथ बसेर भोजन खाने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “खाना खानु” वा २) यसले ख्रीष्टको मृत्यु र पुनरुत्थानको सम्झना गर्नका लागि एकसाथ मिलेर खाने प्रभुभोजलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु भोज खानलाई” (हेर्नुहोस्ः उपलक्षण)
παρέτεινέν τε τὸν λόγον
“तिनले निरन्तर बोले”
Acts 20:8
ὑπερῴῳ
यो घरको तेस्रो तल्ला हुनुपर्छ ।
Acts 20:9
यहाँ “आफू” शब्दले पावललाई जनाउँछ । पहिलो “उनले” शब्दले पावललाई जनाउँछ; दोस्रो “त्यो” शब्दले त्यो जवान मानिस, युटिकसलाई जनाउँछ । “उनलाई” शब्दले पनि युटिकसलाई नै जनाउँछ ।
ἐπὶ τῆς θυρίδος
यो एउटा घरको गारो खोलेको भाग हो । यो भाग फराकिलो हुने हुनाले त्यहाँ कुनै व्यक्ति बस्न ठाउँ पुग्थ्यो ।
Εὔτυχος
यो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
καταφερόμενος ὕπνῳ βαθεῖ
यसले निद्रा एउटा गहिरो खाडल हो र यसमा कुनै व्यक्ति खस्न सक्दछ भने जस्तो गरी भनेको छ । वैकल्पिक अनुवादः “जो मस्त निद्रामा सुत्यो” वा “जो धेरै थक्यो र आखिरमा ऊ मस्त निद्रामा सुत्यो” (हेर्नुहोस्ः रूपक)
καὶ ἤρθη νεκρός
जब तिनीहरू उसको अवस्था जाँच गर्नलाई तल झरे, ऊ मरिसकेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेस्रो तला; र जब तिनीहरू उसलाई उठाउन गए, तब तिनीहरूले ऊ मरेको भेट्टाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τριστέγου
यसको अर्थ भुइँ तलाभन्दा दुई तलामाथि भन्ने हुन्छ । यदि तपाईंको संस्कृतिमा भुइँतलालाई गन्दैनन् भने तपाईंले यसलाई “दोस्रो तला” भन्दा हुन्छ ।
Acts 20:11
यहाँ “उनी” शब्दले पावललाई जनाउँछ ।
यो पावलको त्रोआसको शिक्षा र युटिकसको बारेमा लेखिएको वृत्तान्तको अन्त्य हो ।
κλάσας τὸν ἄρτον
भोजनको समयमा रोटी खाने चलन सामान्य थियो । यहाँ “रोटी भाँचे” शब्दले सम्भवतः रोटी मात्र नभएर भोजनका बेला खाइने सबै किसिमका खानेकुरालाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
οὕτως ἐξῆλθεν
“तिनी गए”
Acts 20:12
τὸν παῖδα
यसले युटिकसलाई जनाउँछ (प्रेरितहरू २०:९) । सम्भावित अर्थहरू हुन् १) १४ वर्ष माथिको जवान केटो वा २) ९ देखि १४ वर्ष बिचको उमेरको केटो वा (३) “केटो” शब्दले ऊ सेवक वा दास थियो भनेर जनाउँछ ।
Acts 20:13
“उनी”, “उनी आफैँ” र “उनलाई” शब्दहरूले पावललाई जनाउँछन् । यहाँ “हामी” शब्दले लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
लेखक लूका, पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रा जारी राख्छन्; तापनि, यो यात्राको केही समय पावल अलग्गै हिँडे ।
ἡμεῖς…προελθόντες
“हामी आफैँ” शब्दले महत्त्व थप्छ, अनि पावललाई डुङ्गाबाट यात्रा नगर्ने लूका र तिनका सहयात्रीबाट छुट्ट्याउँछ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
τὴν Ἆσσον
अस्सोस सहर वर्तमान समयको टर्कीको बेरामको सिधा तल एजियन समुद्रको तटमा पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἦν μέλλων αὐτὸς πεζεύειν
पावलले यो इच्छा गरेका थिए भन्ने कुरामा जोड दिनलाई तिनी आफैँ शब्द प्रयोग भएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
πεζεύειν
“जमिनमा यात्रा गर्न”
Acts 20:14
Μιτυλήνην
मितिलेने वर्तमान समयको टर्कीको मितिलिनीमा पर्छ जुन एजियन समुद्रको तटमा अवस्थित छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 20:15
यहाँ “हामी” शब्दले पावल, लूका र तिनीसँग यात्रा गर्ने मानिसहरूलाई जनाउँछ, तर पाठकलाई चाहिँ होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
“टापूको नजिक” वा “टापूको पारिपट्टि”
Χίου
खियस वर्तमान समयको टर्कीको एजियन समुद्रमा पर्ने तटदेखि परको एउटा टापू हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
παρεβάλομεν εἰς Σάμον
“हामी सामोस टापुमा आइपुग्यौँ”
Σάμον
सामोस वर्तमान समयको टर्कीको तटदेखि टाढा खियसको दक्षिणपट्टि एजियन समुद्रमा पर्ने एक बन्दरगाह भएको सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Μίλητον
मिलेटस मिनदर नदीको नजिकको पश्चिमी एसिया माइनरको बन्दरगाहको सहर थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 20:16
κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον
पावलले एफिससको बन्दरगाह भएको सहर कटेर मिलेटसमा पुग्नको लागि दक्षिणतिर जहाजमा यात्रा गरे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भएजस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “र यसरी उनले केही समय बिताएर ढिला गर्ने छैनन्” वा “र यसरी उनलाई ढिला हुने छैन” (हेर्नुहोस्ः रूपक)
Acts 20:17
यहाँ “उनले” शब्दले पावललाई जनाउँछ । यहाँ “हाम्रा” शब्दले पावल र तिनले कुरा गरिरहेका एल्डरहरू दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
पावलले एफिससका एल्डरहरूलाई बोलाउँछन् र तिनीहरूको लागि आफ्नो मन्तव्य सुरु गर्छन् ।
τῆς Μιλήτου
मिलेटस मिनदर नदीको नजिकको पश्चिमी एसिया माइनरको बन्दरगाहको सहर थियो । तपाईंले यसलाई प्रेरितहरू २०:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 20:18
ὑμεῖς ἐπίστασθε
यहाँ “तपाईंहरू आफैँ” भन्ने कुरा जोड थप्नका लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
ἐπέβην εἰς τὴν Ἀσίαν
यहाँ “पाइला” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले एसियामा प्रवेश गरेँ” (हेर्नुहोस्ः उपलक्षण)
यसले “समय” का बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने थोक भए जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “म तपाईंहरूसँग हुँदा म आफैँले कसरी व्यवहार गरेँ” (हेर्नुहोस्ः रूपक)
Acts 20:19
यसले कुनै नम्र कुरालाई त्यो कुरा तल जमिनमा परेको कुराजस्तो भन्दछ । “मन” शब्दले व्यक्तिको भित्री आचरणलाई जनाउँछ । वैकल्पिक अनुवादः “विनम्रता” वा “नम्रपन” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
δακρύων
यहाँ “आँशु” शब्दले दुःख र रोदनको अनुभवलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुको सेवा गर्ने क्रममा मैले रुँदै” (हेर्नुहोस्ः लक्षणा)
πειρασμῶν, τῶν συμβάντων μοι
“सतावट” भाववाचक नामपद शब्द हो । त्यसको अर्थलाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मैले कष्ट भोगेँ” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-abstractnouns/01.md)
τῶν Ἰουδαίων
यसले हरेक यहूदीलाई जनाउँदैन । यसले हामीलाई कसले षडयन्त्र गरे भन्ने जानकारी गराउँछ । वैकल्पिक अनुवादः “कोही यहूदीहरूको” (हेर्नुहोस्ः उपलक्षण)
Acts 20:20
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν
“म कसरी कहिल्यै चुप लागेर बसिनँ, तर मैले सधैँ तपाईंहरूलाई घोषणा गरिदिएँ भन्ने कुरा तपाईंहरूलाई थाहा छ”
κατ’ οἴκους
पावलले मानिसहरूलाई विभिन्न निजी घरहरूमा सिकाए । “मैले सिकाएँ” भनेको हो भनेर बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूका घरमा हुँदा पनि मैले सिकाएँ” (हेर्नुहोस्ः शब्दलोप)
Acts 20:21
τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν, Ἰησοῦν
भाववाचक नाउँ “पश्चाताप” र “विश्वास” लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको सामु पश्चाताप गर्नुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 20:22
यहाँ “म” शब्दले पावललाई जनाउँछ ।
δεδεμένος…τῷ Πνεύματι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनबणे आत्माले मलाई त्यहाँ जानलाई बाध्य बनाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ ἐν αὐτῇ συναντήσοντά μοι, μὴ εἰδώς
“र त्यहाँ मलाई के हुनेछ भनेर म जान्दिन”
Acts 20:23
δεσμὰ καὶ θλίψεις με μένουσιν
यहाँ “साङ्लाहरू” शब्दले पावललाई गिरफ्तार गरिने र झ्यालखानामा हालिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूले मलाई झ्यालखानामा हाल्नेछन् र मलाई कष्ट भोग्न लाउनेछन्” (हेर्नुहोस्ः लक्षणा)
Acts 20:24
ὡς τελειῶσαι τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ
यसले पावलको “दौड” र “सेवा कार्य”लाई येशूले दिनुहुने र पावलले पाउन सक्ने कुनै वस्तुहरूजस्ता हुन् भन्दछ । यहाँ “दौड” र “सेवा कार्य” को मूलभूत अर्थ एउटै हो । पावलले जोड दिनका लागि यसलाई दोहोर्याएका हुन् । वैकल्पिक अनुवादः “प्रभु येशूले मलाई गर्न भनी आदेश दिनुभएको कामलाई मैले पूरा गर्न सकूँ” (हेर्नुहोस्ः रूपक अनि प्रतिरूपी)
τελειῶσαι τὸν δρόμον μου
येशूले पावललाई गर्न भनी आदेश दिनुभएको काम पूरा गर्नुलाई तिनले एउटा दौड दौडेको जस्तो हो भनेका छन् । (हेर्नुहोस्ः रूपक)
διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ
”“परमेश्वरको अनुग्रहको बारेमा मानिसहरूलाई सुसमाचार भन्न ।” पावलले येशूबाट पाएको सेवा कार्य यही हो ।
Acts 20:25
पावलले एफिससका एल्डरहरूसँग निरन्तर कुरा गर्दछन् (प्रेरितहरू २०:१७) ।
καὶ νῦν ἰδοὺ, ἐγὼ οἶδα
“अब, राम्ररी ध्यान देओ, किनभने म जान्दछु”
ἐγὼ οἶδα ὅτι…ὑμεῖς πάντες
“म जान्दछु कि तिमीहरू सबै जना”
ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν
यहाँ “राज्य” शब्दले परमेश्वरले राजाको रूपमा गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाइ मैले परमेश्वरको राजाको रूपमा हुने शासनको बारेमा भएको सन्देश प्रचार गरेँ” वा “जसलाई मेलै परमेश्वरले कसरी आफूलाई राजाको रूपमा प्रकट गर्नुहुने छ भनी प्रचार गरेँ” (हेर्नुहोस्ः लक्षणा)
οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου
यहाँ “अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “मलाई शारीरिक रूपमा यस पृथ्वीमा देख्नुहुनेछैन” (हेर्नुहोस्ः उपलक्षण)
Acts 20:26
καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων
यहाँ “रगत” शब्दले कुनै व्यक्तिको मृत्युलाई जनाउँछ । यसले यहाँ शरीरिक मृत्युलाई जनाउँदैन, तर परमेश्वरले कुनै व्यक्तिलाई पापको दोषी ठहराउनुहुँदा हुने उसको आत्मिक मृत्युलाई जनाउँछ । पावलले तिनीहरूलाई परमेश्वरको सत्यता सिकाए । वैकल्पिक अनुवादः “येशूमा विश्वास नगरेको कारण परमेश्वरद्वारा कोही पनि व्यक्ति इन्साफ गरिएर दोषी पाइएको कुराको लागि म जिम्मेवार छैन”" (हेर्नुहोस्ः लक्षणा)
πάντων
यहाँ यसको अर्थ पुरुष र स्त्री कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्ति” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 20:27
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι…ὑμῖν
“किनकि म चुप लागिन र तपाईंहरूलाई नबताउने काम गरिन ।” यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि मैले निश्चय पनि तपाईंहरूकहाँ घोषणा गरेँ” (हेर्नुहोस्ः निषेधात्मक)
Acts 20:28
τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ
यहाँ विश्वासीहरूलाई भेडाको “बगाल”सँग तुलना गरिएको छ । जसरी गोठालाले आफ्नो बगालको हेरचाह गरेर ब्वाँसाहरूदेखि बचाउँछ, त्यसरी नै मण्डलीका अगुवाहरूलाई पनि परमेश्वरले बगालको हेरचाह गर्ने जिम्मा सुम्पनुभएको छ । वैकल्पिक अनुवादः “पवित्र आत्माले तपार्इंहरूलाई सुम्पनुभएको विश्वासीहरूको समूह । परमेश्वरको मण्डलीको रेखदेख गर्ने कुरालाई पक्का गर्नुहोस्” (हेर्नुहोस्ः रूपक)
τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου
ख्रीष्टको “रगत” बगाइलाई परमेश्वरले हाम्रो पापको लागि तिर्नुभएको मोलसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टले क्रूसमा आफ्नो रगत बगाएर तिनीहरूका पापबाट बचाउनुभएका मानिसहरू” (हेर्नुहोस्ः रूपक)
τοῦ αἵματος τοῦ ἰδίου
यहाँ “रगत” शब्दले ख्रीष्टको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 20:29
εἰσελεύσονται…λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου
यो झूटा शिक्षा र सिद्धान्त सिकाउने अनि विश्वासीहरूका समुदायलाई हानि गर्ने मानिसहरूलाई दर्शाउने दृश्यचित्र हो, र यसले तिनीहरूलाई बगाललाई खाइदिने ब्वाँसाहरू भनेर वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंहरूका बीचमा धेरै जना शत्रुहरू आउने छन् र विश्वासीहरूका समुदायलाई हानि गर्नेछन्” (हेर्नुहोस्ः रूपक)
Acts 20:30
τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν
एक जना झूटा शिक्षकले आफूले सिकाउने झूटा शिक्षामा विश्वास गर्न विश्वासीहरूलाई विश्वस्त तुल्याउने कुरा उसले भेडालाई बगालबाट छुटाएर आफ्नो पछि लगाएर हिँडेको जस्तै हो भनिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्टका अनुयायीहरूलाई बरु उसका अनुयायीहरू बन्नका लागि मनाउनलाई” (हेर्नुहोस्ः रूपक)
Acts 20:31
γρηγορεῖτε, μνημονεύοντες
“सचेत रहनुहोस् र सम्झनुहोस्” वा “तपाईंहरूले सम्झिँदै गर्दा सचेत रहनुहोस्”
γρηγορεῖτε
“जागा र सजग रहनुहोस्” वा “सतर्क रहनुहोस् ।” विश्वासीहरूका समुदायलाई हानि गर्ने कुनै पनि व्यक्तिका बारेमा सचेत हुने ख्रीष्टिएन अगुवाहरूका बारेमा तिनीहरू शत्रुका फौज आउँदै छन् कि भनी हेरेर बस्ने फौजका सुरक्षा गार्डहरूजस्तै हुन् भनिएको छ । (हेर्नुहोस्ः रूपक)
μνημονεύοντες ὅτι
“सम्झिरहनुहोस् कि” वा “नबिर्सनुहोस् कि”
τριετίαν νύκτα καὶ ἡμέραν, οὐκ ἐπαυσάμην…νουθετῶν
पावलले तीन वर्षसम्म निरन्तर रूपमा नभइ तीन वर्षको समयावधिसम्म शिक्षा दिए । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
οὐκ ἐπαυσάμην…νουθετῶν
“मैले चेतावनी दिन छोडिन”
μετὰ δακρύων
यहाँ “आँशु” शब्दले पावलले ती विश्वासीलाई चेतावनी दिँदै गर्दा महसुस गरेको कडा भावनको कारले तिनी रोएका कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 20:32
παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंहरूको हेरविचार गर्न म परमेश्वरसँग बिन्ती गर्दछु र यसरी मैले बोलेको उहाँको अनुग्रहको वचनमा निरन्तर विश्वास गर्न उहाँले तपाईंहरूलाई सहायता गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
παρατίθεμαι
कुनै व्यक्ति वा कुनै थोकको रेखदेख गर्ने जिम्मेवारी अरू कसैलाई दिनु
τῷ δυναμένῳ οἰκοδομῆσαι
कुनै व्यक्तिको विश्वासलाई झन् बलियो बनाउने कुरालाई उक्त व्यक्ति एउटा पर्खाल हो र कसैले उसको निर्माण गरेर उसलाई झन् अग्लो र बलियो बनाएको जस्तै हो भनिएको छ । वैकल्पिक अनुवादः “जसले तपाईंहरूको विश्वासलाई झन् बलियो बनाउन सक्षम हुन्छ” (हेर्नुहोस्ः रूपक)
δοῦναι τὴν κληρονομίαν
यसले “उहाँको अनुग्रहको वचन” को बारेमा परमेश्वर आफैले विश्वासीहरूलाई उत्तराधिकार दिने कुरा जस्तो हो भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले तपाईंहरूलाई उत्तराधिकार दिनुहुनेछ” (हेर्नुहोस्ः मानवीकरण)
τὴν κληρονομίαν
परमेश्वरले विश्वासीहरूलाई दिनुहुने आशिषहरू, ती कुरा बाबुबाट छोराले पाउने रुपियाँ वा धनसम्पत्ति जस्तै हो भन्दछ । (हेर्नुहोस्ः रूपक)
Acts 20:33
पावलले एफिससको मण्डलीका एल्डरहरूसँग कुरा गर्न सकाउँछन्; उनले प्रेरितहरू २०:१८ मा तिनीहरूसँग कुरा गर्न सुरु गरेका थिए ।
ἀργυρίου…οὐδενὸς ἐπεθύμησα
“मैले कसैको चाँदीको इच्छा गरिन” वा “मैले मेरो लागि कसैको चाँदी चाहिन”
ἀργυρίου, ἢ χρυσίου, ἢ ἱματισμοῦ, οὐδενὸς
वस्त्रहरू पनि सम्पत्तिको रूपमा लिइन्थ्यो; ती तपार्इंसँग जति धेरै हुन्थ्यो, तपार्इं त्यति नै धनी हुनुहुन्थ्यो ।
Acts 20:34
αὐτοὶ γινώσκετε
याहँ “आफैँ” शब्द जोड दिनको लागि प्रयोग गरिएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
ταῖς χρείαις μου, καὶ τοῖς…ὑπηρέτησαν αἱ χεῖρες αὗται
याहँ “हात” शब्दले पावलको सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “पैसा कमाएर मेरो खर्चहरू तिर्नको लागि मैले काम गरेँ” (हेर्नुहोस्ः उपलक्षण)
Acts 20:35
κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων
“आफैँले पैसा कमाउन नसक्नेहरूलाई सहायता गर्नको लागि तपाईंहरूले काम गर्नुपर्छ”
τῶν ἀσθενούντων
यो नामिक विशेषणलाई तपाईंले विशेषणका रूपमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कमजोर व्यक्तिहरू” वा “तिनीहरू जो कमजोर हुन्छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
ἀσθενούντων
“बिरामी”
τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ
यहाँ “वचनहरू” शब्दले येशूले भन्नुभएका कुराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν
यसको अर्थ हो कि जब कुनै व्यक्तिले दिन्छ उसले परमेश्वरको निगाह प्राप्त गर्छ र अरू मानिसहरूबाट पाउने समयमा भन्दा अझ धेरै आफ्नो आनन्दको महसुस गर्छ ।
Acts 20:36
पावलले एफिससको मण्डलीका एल्डरहरूसँग बिताएका आफ्नो समयलाई प्रार्थनाद्वारा अन्त्य गर्दछन् ।
θεὶς τὰ γόνατα αὐτοῦ…προσηύξατο
प्रार्थना गर्दा घुँडा टेक्ने एउटा सामान्य प्रचलन थियो । यो परमेश्वरको सामु नम्रताको एउटा चिन्ह थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 20:37
ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου
“बलियोसँग अङ्कमाल गरे” वा “तिनीहरूको हातले उनलाई बेह्रे”
κατεφίλουν αὐτόν
मध्यपूर्वमा कसैको गालामा गरिने चुम्बनले भातृ वा मित्रवत् प्रेमलाई झल्काउँछ ।
Acts 20:38
οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν
“अनुहार” शब्दले पावलको भौतिक शरीरलाई जनाउँछ । वैकल्पिक अनुवादः “शारीरिक रूपमा यस पृथ्वीमा फेरि देख्नेछैनौ” (हेर्नुहोस्ः उपलक्षण)
Acts 21
प्रेरितहरू २१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले यरूशलेमको यात्रा गरेको कुरालाई प्रेरित २१:१-१९ वर्णन गर्दछ । उनी त्यहाँ पुगे । अनि यहूदीहरूले उनको हानि गर्न खोजेका छन् भनेर त्यहाँका विश्वासीहरूले उनलाई खबर दिए । अनि उनले के गरे तिनीहरूले उनको हानि गर्ने छैनन् भनेर सम्झाए (पद २०-२६) । ती विश्वासीले पावललाई जे गर्न भने उनले त्यही गरे । तापनि, यहूदीहरूले उनलाई मार्न खोजे । रोमीहरूले उनलाई बचाए र उनलाई यहूदीहरूसँग बोल्ने मौका दिए ।
यस अध्यायको अन्तिम पद अधुरो वाक्यमा अन्त्य भएको छ । धेरै अनुवादले यो वाक्यलाई अधुरै छाडेको हुन्छ । यूएलटीले यसै गर्दछ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“तिनीहरू सबै व्यवस्था पालन गर्न दृढ छन्”
यरूशलेमका यहूदीहरूले मोशाको व्यवस्थाको अनुसरण गर्दथे । येशूको अनुसरण गर्नेहरूले अझैसम्म पनि व्यवस्थाको पालन गरिरहेका थिए । पावलले ग्रिसका यहूदीहरूलाई व्यवस्था पालन गर्नुपर्दैन भनेको आरोप यी दुवै समूहले लगाइरहेका थिए । तर त्यो कुरा पावलले अन्यजातिहरूलाई मात्र भनेका थिए ।
नाजिरीको भाकल
पावलले उनका तीन जना मित्रहरूले गरेका भाकल सायद नजिरीको भाकल थियो, किनभने तिनीहरूले आफ्ना कपाल खौरे (प्रेरित २१:२३) ।
मन्दिरमा भएका अन्यजातिहरू
परमेश्वरले यहूदीहरूलाई मात्र भित्र जाने अनुमति दिनुभएको मन्दिरको भित्र पावलले अन्यजाति मानिसलाई ल्याए भनी यहूदीहरूले उनलाई आरोप लगाए । यसकारण, पावललाई मार्नुपर्छ भन्ने परमेश्वरको इच्छा हो भनी तिनीहरूले विचार गरे । (हेर्नुहोस्ः पवित्र, पवित्रता)
रोमी नागरिकता
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नुपर्छ भन्ने सोचविचार रोमीहरूको थियो । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रुपियाँ दिएर रोमी नागरिक बन्दथे ।
Acts 21:1
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
लेखल लूका, पावल र तिनका सहयात्रीहरूले आफ्नो यात्रालाई जारी राख्छन् ।
εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ
“हामी सोझै कोस सहर गयौँ” वा “हामी सिधै कोस सहर गयौँ”
Κῶ
कोस दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको तटदेखि टाढामा अवस्थित ग्रीक टापू हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ῥόδον
रोडस दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको तटदेखि टाढामा अवस्थित ग्रीक टापू हो, जुन कोसको दक्षिण र क्रेटको उत्तर-पूर्वी भागमा पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Πάταρα
पटारा भूमध्य सागरमा रहेको दक्षिण एजियन समुद्रको क्षेत्रमा पर्ने वर्तमान समयको टर्कीको पश्चिमी तटमा अवस्थित सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 21:2
καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην
यहाँ “जाँदै गरेको” भन्ने शब्दले चालकदलले जहाजलाई तार्दै गरेको भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “जब हामीले फोनेसियातिर चालकदलले तार्दै गरेको एउटा जहाज भेट्यौँ” (हेर्नुहोस्ः लक्षणा)
πλοῖον διαπερῶν
यहाँ “जाँदै गरेको” शब्दको अर्थ तत्कालै जाँदै गरेको भन्ने होइन, तर यसले चाँडै नै फोनेसिया तर्न लागेको भन्ने हुन्छ । वैकल्पिक अनुवादः “एउटा जहाज पानीमाथि जान लागेको थियो” वा “एउटा जहाज जानेवाला थियो”
Acts 21:3
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
καταλιπόντες αὐτὴν εὐώνυμον
“टापूलाई देब्रेतिर पारेर पार गर्यौँ” । देब्रेपट्टिबाट डुङ्गालाई “बन्दरगाह”मा किनारा लगाइन्थ्यो ।
ἐκεῖσε…τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον
यहाँ “जहाज” शब्दले चालकदलले जहाजलाई तैराउँदै गरेको भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “चालकदलले जहाजबाट मालसमान झार्नेवाला थिए” (हेर्नुहोस्ः लक्षणा)
Acts 21:4
οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος
“यी विश्वासीहरूले पवित्र आत्माले तिनीहरूलाई प्रकट गर्नुभएको कुरा बताए ।” तिनीहरूले “तिनलाई नजानलाई बारम्बार बिन्ती गरे” ।
Acts 21:5
यहाँ “तिनीहरू” शब्दले टुरोसबाटका विश्वासीहरूलाई जनाउँछ ।
ὅτε…ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας
यसले दिनहरूको बारेमा यो कुनै व्यक्तिले खर्च गर्न सक्ने केही थोक भए जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “जब सात दिन सकिए” वा “जब हिँड्ने दिन आएको थियो” (हेर्नुहोस्ः रूपक)
θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι
प्रार्थना गर्दा घुँडा टेक्ने एउटा सामान्य प्रचलन थियो । यो परमेश्वरको सामु नम्रताको एउटा चिन्ह थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 21:6
ἀπησπασάμεθα ἀλλήλους
एकअर्कालाई अलबिदा भन्यौँ”
Acts 21:7
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
यसले पावलले कैसरियामा बिताएका समय सुरु गर्दछ ।
Πτολεμαΐδα
टोलेमाइस लेबनानको टुरोसदेखि दक्षिणमा पर्ने सहर थियो । टोलेमाइस वर्तमान समयको इस्राएलको एकरमा पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τοὺς ἀδελφοὺς
“सङ्गी विश्वासीहरू”
Acts 21:8
ἐκ τῶν ἑπτὰ
“सातजना”ले प्रेरितहरू ६:५ मा विधवाहरूलाई खाना र सहायता बाँड्नको लागि छानिएका मानिसहरूलाई जनाउँछ ।
εὐαγγελιστοῦ
मानसिहरूलाई सुसमाचार प्रचार गर्ने व्यक्ति
Acts 21:9
τούτῳ
पद ८ बाटका “फिलिप” ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लूकाले फिलिप र तिनका छोरीहरूको बारेमा पृष्ठभूमि जानकारी दिन्छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
θυγατέρες τέσσαρες παρθένοι, προφητεύουσαι
“चार जना कन्या छोरीहरू जसले परमेश्वरबाट नियमित रूपमा सन्देश प्राप्त गरेर बाँड्थे”
Acts 21:10
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले लूका, पावल, र तिनीसँग भएकाहरूलाई जनाउँछन्, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
यसले कैसरियामा पावलको बारेमा अगाबस अगमवक्ताद्वारा भनिएको भनिएको एउटा अगमवाणीको विषयमा बताउँछ ।
τις…προφήτης ὀνόματι Ἅγαβος
यसले कथामा एउटा नयाँ व्यक्तिलाई परिचय गराउँछ । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय)
Ἅγαβος
अगाबस यहूदियाबाटका मानिस थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 21:11
ἄρας τὴν ζώνην τοῦ Παύλου
“पावलको कम्मरबाट पटुका निकाले”
τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
यसमा उद्धरणभित्र उद्धरण रहेको छ । भित्री उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्मा यसो भन्नुहुन्छ कि यरूशलेमका यहूदीहरूले ... यसरी नै बाँध्ने छन्, र अन्यजातिहरूका ... ।” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
οἱ Ἰουδαῖοι
यसले सबै यहूदीलाई जनाउँदैन, तर यी ती मानिसहरू थिए जसले त्यसो गर्ने थिए । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” वा “केही यहूदीहरू” (हेर्नुहोस्ः उपलक्षण)
παραδώσουσιν
“उसलाई जिम्मा लाउनेछन्”
εἰς χεῖρας ἐθνῶν
“हात”ले नियन्त्रणलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको कानूनी हिरासतमा” वा “अन्यजातिहरूकहाँ” (हेर्नुहोस्ः लक्षणा)
ἐθνῶν
यसले अन्यजातिहरूका माझमा भएका अधिकारीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजाति अधिकारीहरूकहाँ” (हेर्नुहोस्ः उपलक्षण)
Acts 21:12
यहाँ “हामी” शब्दले लूका र अन्य विश्वासीहरूलाई जनाउँछ, तर पाठकलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Acts 21:13
τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν?
पावलले विश्वासीहरूले तिनलाई मनाउन छोड्नुपर्छ भन्ने देखाउनलाई यो प्रश्न सोध्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले गरिरहेको कुरा गर्न छोड । तिमीहरूले रोएर मेरो मन तोड्दै छौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
συνθρύπτοντές μου τὴν καρδίαν
कसैलाई दुःखी तुल्याउने वा कसैलाई निरुत्साहित तुल्याउने कुरालाई हृदयलाई छियाछिया पारेको भनिएको छ । यहाँ “हृदय” शब्दले व्यक्तिका भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मलाई निरुत्साहित पार्दै” वा “मलाई धेरै दुःखी तुल्याउँदै” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
οὐ μόνον δεθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मलाई बाँध्नलाई मात्र होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ
यहाँ “नाउँ” शब्दले येशूको व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभु येशूको नाउँको खातिर” वा “किनभने म प्रभु येशूमा विश्वास गर्छु” (हेर्नुहोस्ः लक्षणा)
Acts 21:14
μὴ πειθομένου…αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले हामीलाई आफूलाई मनाउन दिएनन्” वा “हामीले पावललाई मनाउन सकेनौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ πειθομένου
तिनीहरूले पावललाई के नगर्नलाई मनाउन सकेनन् भनेर तपाईंले स्पष्ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “यरूशलेममा नजानलाई मनाउन” (हेर्नुहोस्ः शब्दलोप)
τοῦ Κυρίου τὸ θέλημα γινέσθω
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले योजना गर्नुभए जस्तै हरेक कुरा होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 21:15
यहाँ “हामी” शब्दले लूका, पावल, र तिनका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
“उनीहरू” शब्दले कैसरियाबाट आएका कोही चेलाहरूलाई जनाउँछ ।
यसले पावलको कैसरियाको समयलाई अन्त्य गर्दछ ।
Acts 21:16
παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί, τινι Κυπρίῳ ἀρχαίῳ μαθητῇ
“उनीहरूका बीचमा एकजना मानिस थिए”
Μνάσωνί…Κυπρίῳ
मनासोन साइप्रस टापूबाटका मानिस थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀρχαίῳ μαθητῇ
यसको अर्थ हुन्छ कि येशूलाई सुरुमा विश्वास गर्नेहरूमध्ये मनासोन एकजना थिए ।
Acts 21:17
यहाँ “उनी” र “उनको” शब्दहरूले पावललाई जनाउँछन् । “उनीहरू” शब्दले एल्डरहरूलाई जनाउँछ ।
पावल र तिनका सङ्गीहरू यरूशलेममा आइपुग्छन् ।
ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί
यहाँ “भाइहरू”ले यरूशलेममा भएका विश्वासीहरूलाई जनाउँछ, चाहे पुरुष वा स्त्री जो होऊन् । वैकल्पिक अनुवादः “सङगी विश्वासीहरूले हामीलाई स्वागत गरे” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 21:19
ἐξηγεῖτο καθ’ ἓν ἕκαστον
“तिनले सबैकुराको विस्तृत जानकारी दिए”
Acts 21:20
यरूशलेमका एल्डरहरूले पावललाई आफ्नो जवाफ दिन सुरु गर्छन् ।
οἱ…ἀκούσαντες…ἐδόξαζον…εἶπόν τε αὐτῷ
यहाँ “तिनीहरू” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ । “उनलाई” शब्दले पावललाई जनाउँछ ।
ἀδελφέ
यहाँ “भाइ”को अर्थ “सङ्गी विश्वासी” भन्ने हुन्छ ।
ὑπάρχουσιν
“उनीहरू” शब्दले यहूदी विश्वासीहरूलाई जनाउँछ जो ख्रीष्टमा विश्वास गरेका सबै यहूदीहरूले आफ्नो यहूदी व्यवस्था र चलनलाई पालन गरून् भन्ने चाहन्थे ।
Acts 21:21
κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσιν περιπατεῖν
यहाँ पावलले सिकाएका कुरालाई केही यहूदीले बङ्ग्याइदिएका थिए भन्ने कुरा प्रस्ट हुन्छ । तिनले यहूदीहरूलाई व्यवस्था पालन गर्न निरुत्साहित गरेका थिएनन् । तिनको सन्देशले भनेको कुरा चाहिँ येशूलाई मानिसहरूको उद्धार गर्न तिनीहरूले खतना गर्नुपर्ने वा यस्तै अन्य चलन पालन गर्नुपर्ने जरुरी हुँदैन । पावले परमेश्वरको साँचो सन्देश सिकाउँथे भन्ने कुरा यरूशलेमका यहूदी अगुवाहरूलाई थाहा थियो भन्ने कुरालाई तपाईंले प्रस्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κατηχήθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले यहूदी विश्वासीहरूलाई बताएका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀποστασίαν…ἀπὸ Μωϋσέως
यहाँ “मोशा”को अर्थ मोशाको व्यवस्था भन्ने हुन्छ । वैकल्पिक अनुवादः “मोशाले हामीलाई दिएका व्यवस्था पालना गर्नलाई रोक्न” (हेर्नुहोस्ः लक्षणा)
μηδὲ τοῖς ἔθεσιν περιπατεῖν
पुराना रीतिरिवाजका बारेमा ती रीतिरिवाजले मानिसहरूलाई डोर्याइरहेको र मानिसहरू पछिपछि लागेका जस्तो भनिएको छ । वैकल्पिक अनुवादः “पुराना प्रचलन पालना नगर्न” वा “पुराना चलन अभ्यास नगर्न” (हेर्नुहोस्ः रूपक)
τοῖς ἔθεσιν
“यहूदीहरूले सामान्य रूपले अभ्यास गर्ने प्रचलनहरू”
Acts 21:22
यहाँ “हामी” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ (प्रेरितहरू २१:१८) । “उनीहरूले” शब्दले यरूशलेमका यहूदी विश्वासीहरूलाई जनाउँछ । यहूदी विश्वासीहरूले अझसम्म पनि मोशाको व्यवस्था पालन गर्नुपर्छ भनेर उनीहरूले तिनीहरूलाई सिकाउन चाहन्थे (प्रेरितहरू २१:२०-२१) । यहाँ “उनीहरूलाई” “उनीहरूको” र पहिलो “तिनीहरू” शब्दले ती चारजना मानिसहरूलाई जनाउँछन जसले भाकल गरेका थिए । दोस्रो “तिनीहरू” र “तिनीहरू” शब्दले यरूशलेममा भएका यहूदी विश्वासीहरूलाई जनाउँछ । ती यहूदी विश्वासीले अझ पनि आफूले मोशाको व्यवस्था पालन गर्न सक्छन् भनी सिकाउन चाहन्थे । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Acts 21:23
ἡμῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχοντες ἀφ’ ἑαυτῶν
“परमेश्वरसँग प्रतिज्ञा गरेका चारजना मानिसहरू ।” यो भाकलमा भाकल गर्ने व्यक्तिले तोकिएको समय नसकिएसम्म मद्य पिउँदैन वा कपाल काट्दैन ।
Acts 21:24
τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς
तिनीहरूले आफूलाई रीतिअनुरूप शुद्ध तुल्याउनुपर्थ्यो, र यसरी तिनीहरूले मन्दिरमा आराधना गर्न सक्दथे । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
δαπάνησον ἐπ’ αὐτοῖς
“तिनीहरूलाई चाहिने कुराको खर्च तिरिदिनुहोस् ।” यो खर्च भाले र पोथी भेडाको पाठो, एउटा भेडा, अन्न र अर्घबलिहरू किन्नको लागि हुन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ξυρήσονται τὴν κεφαλήν
कुनै व्यक्ति आफूले गर्न भनेर परमेश्वरमा गरेको भाकल पूरा गर्ने यो एउटा सङ्केत थियो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὧν κατήχηνται περὶ σοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तपाईंको बारेमा भनिरहेका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
στοιχεῖς καὶ αὐτὸς, φυλάσσων τὸν νόμον
यसले व्यवस्था पालन गर्ने कुराका बारेमा यो व्यवस्था एक जना अगुवा हो र मानिसहरू त्यसको पछिपछि लाग्छन् भने जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “व्यवस्थाको पालना गर्नु” वा “मोशाको व्यवस्था र अन्य यहूदी रीतिहरूअनुसार जीवन जिउने” (हेर्नुहोस्ः रूपक)
Acts 21:25
यहाँ “हामी” शब्दले याकूब र एल्डरहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
याकूब र यरूशलेमका एल्डरहरूले पावललाई आफ्नो अनुरोध भन्न सिद्ध्याउँछन् (प्रेरितहरू २१:१८) ।
φυλάσσεσθαι αὐτοὺς, τό τε εἰδωλόθυτον, καὶ αἷμα, καὶ πνικτὸν
यी सारा कुराहरू तिनीहरूले के-के खान हुन्छ भन्ने बारेमा भएका नियमहरू हुन् । मूर्तिलाई बलि चढाएका मासु खान, रगतसहितको मासु खान, घाँटी अठ्याएर मारेको मासु त्यसमा अझै पनि रगत हुने हुनाले त्यो खान तिनीहरूलाई निषेध थियो । तपाईंले यस्तै समान वाक्यांशलाई प्रेरितहरू १५:२० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
φυλάσσεσθαι αὐτοὺς, τό τε εἰδωλόθυτον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले मूर्तिलाई बलि चढाएका जनावरका मासु खानबाट तिनीहरूले आफूलाई टाढा राख्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πνικτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । घाँटी अठ्याएर मारेको जनावरको बारेमा भएको जानकारीलाई तपाईंले स्पष्ट रूपले लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले घाँटी अठ्याएर मारेको जनावरबाट” वा “कोही व्यक्तिले खानलाई मारेको तर राम्ररी रगत बग्न नदिएको पशुबाट” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 21:26
παραλαβὼν τοὺς ἄνδρας
यी ती ४ जना मानिसहरू हुन् जसले भाकल गरेका थिए ।
σὺν αὐτοῖς ἁγνισθεὶς
यहूदीहरू मन्दिरमा पस्नुअगाडि रीतिपूर्वक वा विधीपूर्वक शुद्ध हुनुपर्थ्यो । यो शुद्धीकरण गैरयहूदीहरूको सम्पर्कमा आउने यहूदीहरूले गर्नुपर्थ्यो ।
εἰσῄει εἰς τὸ ἱερόν
प्रधान पूजाहारी मात्र भित्र जाने अनुमति भएको मन्दिरको भित्री भागमा तिनीहरू गएनन् । तिनीहरू मन्दिरको चोकमा प्रवेश गरे । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा गए” (हेर्नुहोस्ः उपलक्षण)
τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ
यो मन्दिर परिसरमा पस्नु अगाडि तिनीहरूले गर्नुपर्ने शुद्धीकरणको प्रक्रियाभन्दा फरक प्रकारको शुद्धीकरणको प्रक्रिया हो ।
ἕως οὗ προσηνέχθη…ἡ προσφορά
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भेटीको रूपमा जनावरहरू नचढाएसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 21:27
पद २९ ले एसियाका यहूदीहरूको पृष्ठभूमि जानकारी दिन्छ ।
यो पावलको गिरफ्तारीको वृत्तान्तको सुरुको अंश हो ।
αἱ ἑπτὰ ἡμέραι
यी शुद्धीकरणको लागि भएका सात दिनहरू हुन् ।
ἐν τῷ ἱερῷ
पावल आफैँ मन्दिरमा थिएनन् । तिनी मन्दिरको चोकमा थिए । वैकल्पिक अनुवादः “मन्दिरको चोकमा” (हेर्नुहोस्ः उपलक्षण)
συνέχεον πάντα τὸν ὄχλον
मानिसहरूलाई पावलमाथि रीसले चुर पारेर भड्काउने कुराका बारेमा तिनीहरूले भीडका भावनाहरूलाई खल्बलाएका जस्तो भनेका छन् । वैकल्पिक अनुवादः “धेरै सङ्ख्याका मानिसहरूलाई पावलसँग निकै रिसाउने बनाए” (हेर्नुहोस्ः रूपक)
ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας
यहाँ “हात हाले” को अर्थ “पक्रे” वा “समाते” भन्ने हुन्छ । तपाईंले “हात हाले”लाई प्रेरितहरू ५:१८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “पावललाई समाते” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 21:28
τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου
“इस्राएलका मानिसहरू, मोशाको व्यवस्था, र मन्दिर”
ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν
यरूशलेमको मन्दिरको भित्री चोकमा यहूदी पुरुषहरूलाई मात्र प्रवेश गर्ने अनुमति थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 21:29
ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος
यो पृष्ठभूमिको जानकारी हो । पावलले एक जना ग्रीकलाई मन्दिरभित्र ल्याए भनी एसियाका यहूदीहरूले किन विचार गरे भनेर लूकाले स्पष्ट पारिरहेका छन् । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Τρόφιμον
यी ग्रीक थिए जसलाई यहूदीहरूका लागि मात्र अनुमति भएको मन्दिरभित्र ल्याइएको भनेर पावललाई दोष लगाइएको थियो । तपाईंले यो नामलाई प्रेरितहरू २०:४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 21:30
ἐκινήθη τε ἡ πόλις ὅλη
“सारा” शब्द जोड दिनलाई अतिशयोक्तिको लागि प्रयोग गरिएको हो । “सहर” शब्दले यरूशलेमका मानिसहरूलाई बुझाउँछ । वैकल्पिक अनुवादः “सहरका धेरै मानिसहरू पावलसँग रिसाए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि लक्षणा)
ἐπιλαβόμενοι τοῦ Παύλου
“पावललाई समाते” वा “पावललाई पक्रे”
εὐθέως ἐκλείσθησαν αἱ θύραι
तिनीहरूले ढोकाहरू तुरुन्तै थुने, र यसरी मन्दिर क्षेत्रमा हुलदङ्गा हुन नपाओस् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही यहूदीहरूले मन्दिरका ढोकाहरू तुरुन्तै थुनिदिए” वा” मन्दिरका सुरक्षा पहरेदारहरूले ढोकाहरू तुरुन्तै थुनिदिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 21:31
ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης
यहाँ “खबर” शब्दले खबर दिन जाने सन्देशवाहकलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले सुरक्षाकर्मीहरूका प्रमुख कप्तानलाई खबर दियो” (हेर्नुहोस्ः लक्षणा)
ἀνέβη φάσις τῷ χιλιάρχῳ
यहाँ “माथि आयो” वाक्यांश प्रयोग भएको छ, किनभने मन्दिरसँग जोडिएको सुरक्षाकर्मीहरूका प्रमुख कप्तान बसेको किल्ला उचाइका हिसाबले मन्दिर परिसरभन्दा माथि थियो ।
τῷ χιλιάρχῳ
करिब ६०० जना सिपाहीहरूको अधिकृत वा अगुवा
ὅλη συνχύννεται Ἰερουσαλήμ
“यरूशलेम” शब्दले यरूशलेमका मानिसहरूलाई जनाउँछ । “सारा” शब्द ठूलो भीड रिसाएको थियो भनी जनाउने अतिरञ्जन हो । वैकल्पिक अनुवादः “यरूशलेममा धेरै मानिसहरू होहल्ला गर्दै थिए” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि लक्षणा)
Acts 21:32
पहिलो शब्द “तिनी” र “तिनले” शब्दले प्रेरित २१:३१ मा उल्लेखित सुरक्षाकर्मीहरूका प्रमुख कप्तानलाई जनाउँछ ।
κατέδραμεν
किल्लाबाट अदालतसम्म जाने लागि सिँढीहरू छन् ।
τὸν χιλίαρχον
करिब ६०० जना सिपाहीहरूको अधिकृत वा अगुवा
Acts 21:33
ἐπελάβετο αὐτοῦ
“पावललाई समाते” वा “पावललाई गिरफ्तार गरे”
ἐκέλευσε δεθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई बाँध्न आफ्ना सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἁλύσεσι δυσί
यसको अर्थ तिनीहरूले पावललाई दुई जना रोमी सिपाहीसँग बाँधे, र एउटा उनको एकतिर र अर्को चाहिँ अर्कोतिर थिए ।
ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς
यसलाई प्रत्यक्ष उद्धरणमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले सोधे, ‘यो मानिस को हो ? यसले के गरेका छ ?’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἐπυνθάνετο τίς εἴη
प्रमुख कप्तानले भीडसँग बोले, पावलसँग होइन ।
Acts 21:34
“चिच्याए” शब्दलाई यस अघिको वाक्यांशबाट बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “र अरूहरूले अर्कै कुरा भनेर कराए” वा “र भीडमा भएका अरूहरूले कुनै अरू कुरा भनेर कराए” (हेर्नुहोस्ः शब्दलोप)
αὐτοῦ
यिनी चाहिँ करिब ६०० सिपाहीहरूको अधिकृत वा अगुवा थिए ।
ἐκέλευσεν ἄγεσθαι αὐτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले पावललाई ल्याउनलाई आफ्ना सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὴν παρεμβολήν
यो किल्ला मन्दिरको बाहिरी चोकमा जोडिएको थियो ।
Acts 21:35
ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब पावल सिँढीमा आए, सिपाहीहरूले तिनलाई बोके” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 21:36
αἶρε αὐτόν
भीडले पावलको मृत्युको लागि अलिक नरम र अलिक घुमाउरो भाषा प्रयोग गर्दै छ । वैकल्पिक अनुवादः “त्यसलाई मृत्युदण्ड देओ” वा “त्यसलाई मार” (हेर्नुहोस्ः व्यञ्जना)
Acts 21:37
μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, ὁ Παῦλος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब सिपाहीहरूले पावललाई ल्याउनै लागेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν παρεμβολὴν
यो किल्ला मन्दिरको बाहिरी चोकमा जोडिएको थियो । तपाईंले यसलाईप्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τῷ χιλιάρχῳ
करिब ६०० सिपाहीहरूको अधिकृत वा अगुवा
Ἑλληνιστὶ γινώσκεις?
प्रमुख कप्तानले पावल तिनले सोचेजस्ता होइन रहेछन् भनेर आश्चर्य व्यक्त गर्नको लागि यी प्रश्नहरू प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यसोभए तिमी ग्रीक बोल्छौ ।” वा “तिमी ग्रीक बोल्छौ भनेर मलाई थाहा थिएन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 21:38
οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν, ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων?
प्रमुख कप्तानले पावल तिनले सोचेजस्ता होइन रहेछन् भनेर आश्चर्य व्यक्त गर्नको लागि यो प्रश्न र “के तिमी ग्रीक बोल्छौ ?” भन्ने प्रश्नको (पद ३७) प्रयोग गर्छन् । सम्भावित अर्थहरू हुन् १) यूएलटीमा जस्तै, प्रमुख कप्तानले विश्वास गर्छन् कि पावलले ग्रीक बोलेता पनि, पावल ती मिश्री हुन् । “हुन त तिमी ग्रीक बोल्छौ, मअझै पनि सोच्छु कि तिमी त्यो मिश्री हौ ... उजाडस्थान ... ।” २) किनभने पावलले ग्रीक बोल्छन्, प्रमुख कप्तानले सोच्छन् कि शायद पावल ती मिश्री होइनन् । “त्यसो भए तिमी ग्रीक बोल्छौ । शायद तिमी त्यो मिश्री ... उजाडस्थान ... थियौ भनेर सोच्नमा म गलत थिएँ ।” यदि पाठकले यी दुईमध्ये कुनै एउटा अर्थलाई बुझ्छन् भने यी प्रश्नहरूलाई राख्नु बेस हुन्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος
पावलको भ्रमणभन्दा अलि अगाडि, नाम थाहा नभएका मिश्रबाटका एकजना मानिसले यरूशलेममा रोमको विरुद्धमा विद्रोह सुरु गरेका थिए । पछि त्यो मानिस भागेर उजाडस्थातर्फ उम्केको थियो र कप्तानले पावल त्यही मानिस हुन सक्छन् कि भनेर विचार गर्छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यो “विद्रोह” शब्दलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई रोमी सरकारको विरुद्धमा विद्रोह गर्न लगायो” (हेर्नुहोस्ः भाववाचक नाम)
τοὺς τετρακισχιλίους ἄνδρας
“४,००० आतङ्ककारीहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τῶν σικαρίων
यसले यहूदी विद्रोहीहरूका समूहलाई जनाउँछ जसले रोमीहरू र रोमीहरूको समर्थन गर्ने जोसुकैलाई मार्थे ।
Acts 21:39
पावलले आफूले गरेका कुराको बचाऊ गर्न सुरु गर्दछन् ।
δέομαι…σου
“म तपार्इंसँग बिन्ती गर्छु” वा “म तपार्इंसँग निवेदन गर्छु”
ἐπίτρεψόν μοι
“कृपया, मलाई अनुमति दिनुहोस्” वा “कृपया, मलाई स्वीकृति दिनुहोस्”
Acts 21:40
ἐπιτρέψαντος…αὐτοῦ
“अनुमति” शब्दलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “कप्तानले पावललाई बोल्न अनुमति दिए” वा “कप्तानले पावललाई बोल्न दिए” (हेर्नुहोस्ः भाववाचक नाम)
ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν
“सिँढी” शब्दले किल्लातर्फ जाने भर्याङलाई जनाउँछ ।
κατέσεισε τῇ χειρὶ τῷ λαῷ
पावलले किन हातले इशारा गरे भन्ने कुरालाई स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरू शान्त होऊन् भनेर आफ्ना हातले इशारा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πολλῆς δὲ σιγῆς γενομένης
“जब मानिसहरू पूर्ण रूपमा शान्त भए”
Acts 22
प्रेरितहरू २२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
प्रेरितको पुस्तकमा पावलको जीवन परिवर्तन भएको कुराको यो दोस्रो वर्णन हो । यो सुरुको मण्डलीको ज्यादै महत्त्वपूर्ण घटना भएको हुनाले पावलको जीवन परिवर्तन वर्णन तीन ठाउँमा उल्लेख भएको छ । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २६)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“हिब्रू भाषामा”
यस समयका धेरैजसो यहूदीले आरमेइक तथा ग्रिक भाषा बोल्थे । शिक्षित यहूदी विद्वानहरूले हिब्रु भाषा बोल्थे । यसकारण पावलले हिब्रु भाषामा बोल्न सुरु गर्दा मानिसहरूले ध्यान दिए ।
“मार्ग”
कसले सबैभन्दा पहिले विश्वासीहरूलाई “मार्गका चेलाहरू” भने, त्यो कुरा कसैलाई थाहा छैन । यो सायद विश्वासीहरूले आफैलाई भनेका हुन सक्छन्, किनभने कुनै व्यक्तिले आफ्नो जीवन बिताउने कुरालाई बाइबलले प्रायः त्यो व्यक्ति कुनै बाटो वा “मार्ग” हिँडेको भन्दछ । यदि यो कुरा सत्य हो भने, विश्वासीहरूले परमेश्वरलाई मनपर्दो जीवन जिएर “प्रभुको मार्गको हिँडेका” थिए ।
रोमी नागरिकता
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रूपयाँ दिएर रोमी नागरिक बन्दथे । “सेनापतिले” गैर-नागरिकलाई जसरी व्यवहार गर्थे, तिनले रोमी नागरिकलाई त्यसरी नै व्यवहार गरे भने तिनले दण्ड पाउँथे ।
Acts 22:1
पद २ मा पृष्ठभूमिको जानकारी दिइएको छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
पावलले यरूशलेममा भीडको लागि आफ्नो मन्तव्य सुरु गर्छन् ।
ἀδελφοὶ καὶ πατέρες
यो पावलका उमेरका वा तिनीभन्दा बढी उमेरका श्रोताहरूलाई सम्बोधन गर्ने विनम्र तरिका थियो ।
ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ
“म अब तपाईंहरूलाई स्पष्ट पार्नेछु” वा “म अब तपार्इंहरूलाई प्रस्तुत गर्नेछु”
Acts 22:2
τῇ Ἑβραΐδι διαλέκτῳ
हिब्रू भाषा यहूदीहरूको भाषा थियो ।
Acts 22:3
ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर म यहाँ यरूशलेममा रब्बी गमलिएलको एक विद्यार्थी थिएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παρὰ τοὺς πόδας Γαμαλιήλ
यहाँ “चरण” शब्दले विद्यार्थीले आफ्नो शिक्षकबाट सिकेको समयमा बस्ने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवादः “गमलिएलद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Γαμαλιήλ
गमलिएल यहूदी व्यवस्थाका एकजना प्रतिष्ठित शिक्षक थिए । तपाईंले यसलाई प्रेरितहरू ५:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले मलाई हाम्रा पिता पूर्खाको हरेक व्यवस्था कसरी होशियारीका साथ पालना गर्ने भनेर निर्देशन दिए” वा “मैले प्राप्त गरेको प्रशिक्षणले हाम्रा पिता पूर्खाको व्यवस्थालाई सबिस्तार पालना गरेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦ πατρῴου νόμου
“हाम्रा पूर्वजहरूको व्यवस्था ।” यसले मोशाद्वारा परमेश्वरले इस्राएलका मानिसहरूलाई दिनुभएको व्यवस्थालाई जनाउँछ ।
ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ
“म परमेश्वरको आज्ञापालन गर्न पूर्ण रूपमा समर्पित छु” वा “म परमेश्वरप्रतिको मेरो सेवा गर्नमा अत्यन्तै इच्छुक छु”
καθὼς πάντες ὑμεῖς ἐστε σήμερον
“तपार्इंहरू आज हुनुभए जसरी नै ।” पावलले आफैँलाई भीडसँग तुलना गर्छन् ।
Acts 22:4
ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα
यहाँ “यस मार्ग” शब्दले मार्ग भन्ने समूहमा हिँड्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले यस मार्गका मानिसहरूलाई सताएँ” (हेर्नुहोस्ः लक्षणा)
ταύτην τὴν Ὁδὸν
यहाँ “मार्ग”ले ईसाई विश्वासलाई जनाउँछ । तपाईंले यसलाई प्रेरितहरू ९:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἄχρι θανάτου
“मृत्यु” शब्दलाई “मार्नु” वा “मर्नु” क्रियापदले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र मैले सधैँ तिनीहरूलाई मार्ने बाटोहरू खोजिरहेँ” वा “र मैले तिनीहरूलाई मर्ने पनि तुल्याएँ” (हेर्नुहोस्ः भाववाचक नाम)
δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς, ἄνδρας τε καὶ γυναῖκας
“पुरुष र स्त्रीहरू दुवैलाई बाँधेर तिनीहरूलाई झ्यालखानामा हालिदिएँ”
Acts 22:5
μαρτυρεῖ
“गवाही दिन सक्छ” वा “तपाईंहरूलाई भन्न सक्छ”
παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος
“प्रधान पूजाहारी र एल्डरहरूले मलाई पत्रहरू दिए”
πρὸς τοὺς ἀδελφοὺς, εἰς Δαμασκὸν
यहाँ “भाइहरू” शब्दले सङ्गी यहूदीहरूलाई जनाउँछ ।
ἄξων…τοὺς ἐκεῖσε ὄντας, δεδεμένους εἰς Ἰερουσαλὴμ
“मलाई तिनीहरूले यो मार्गकाहरूलाई यरूशलेममा साङ्लाहरूले बाँधेर फिर्ता ल्याउन आज्ञा गरे”
ἵνα τιμωρηθῶσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले दण्ड पाउन सकून् भन्ने उद्देश्यले” वा “यहूदी अधिकारीहरूले तिनीहरूलाई दण्ड देऊन् भन्ने उद्देश्यले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:6
पावलले येशूसँगको तिनको जम्काभेटलाई वर्णन गर्छन् ।
ἐγένετο δέ μοι
कुनै घटनाको सुरुको सङ्केत गर्न यहाँ यो वाक्यांशको प्रयोग भएको हो । तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने तपाईंले यसलाई प्रयोग गर्ने विचार गर्न सक्नुहुन्छ ।
Acts 22:7
ἤκουσα φωνῆς λεγούσης μοι
यहाँ “आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कसैले मलाई यसो भनेको मैले सुनेँ” (हेर्नुहोस्ः उपलक्षण)
Acts 22:9
τὴν…φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι
यहाँ “आवाज” शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “बोल्ने व्यक्तिले मसँग के भन्दै थिए भनी तिनीहरूले बुझेनन्” (हेर्नुहोस्ः उपलक्षण)
Acts 22:10
κἀκεῖ σοι λαληθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कसैलाई तिमीलाई भन्ने छन्” वा “त्यहाँ तिमीलाई थाहा हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:11
οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου
“त्यो ज्योतिको चमकले गर्दा म अन्धो भएँ”
χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν
यहाँ “हात” शब्दले पावललाई डोहोर्याउने मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मसँग भएका मानिसहरूले मलाई मार्गदर्शन गरे” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:12
यहाँ “उनी” र “तिनलाई” शब्दले हननियालाई जनाउँछ ।
Ἁνανίας
यिनी पहिले प्रेरित प्रेरित ५:३ मा मरेका हननिया थिएनन् । तापनि यसलाई तपाईंले प्रेरित ५:१ मा जस्तै गरी अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον
हननियाले परमेश्वरको व्यवस्थालाई गम्भीर रूपले अनुसरण गर्थे ।
μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ बस्ने यहूदीहरूले तिनको बारेमा राम्रो कुरा गर्दथे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:13
Σαοὺλ, ἀδελφέ
यहाँ “भाइ” शब्द कसैलाई सम्बोधन गर्ने नम्र तरिका हो । वैकल्पिक अनुवादः “मेरो मित्र शाऊल”
ἀνάβλεψον
“दृष्टि” शब्दलाई “हेर्नु” क्रियापद लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “फेरि हेर्नु” (हेर्नुहोस्ः भाववाचक नाम)
αὐτῇ τῇ ὥρᾳ
यो तत्कालै भएको कुरालाई बताउने एउटा तरिका थियो । वैकल्पिक अनुवादः “त्यति नै बेला” वा “तत्कालै” वा “तुरुन्तै” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 22:14
“तिनले” शब्दले हननियालाई जनाउँछ (प्रेरितहरू २२:१२) ।
पावलले दमस्कसमा आफूलाई के भयो, त्यो कुरा भनेर सिध्याउँछन् । पावलले आफ्नो कथा भन्ने क्रममा हननियाको नाम लिन्छन् । यो यरूशलेमको भीडको लागि तिनको मन्तव्य हो ।
τὸ θέλημα αὐτοῦ
“परमेश्वरले योजना गरिरहनुभएको र गराउनुहुने कुरा”
ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ
“मुख” र “आवाज” दुवै शब्दले बोल्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले प्रत्यक्ष रूपमा तपाईं बोल्नुभएको कुरालाई सुन्न” (हेर्नुहोस्ः उपलक्षण)
Acts 22:15
πρὸς πάντας ἀνθρώπους
यहाँ “मानिसहरू” शब्दको अर्थ पुरुष र स्त्री सबै मानिस हुन् । वैकल्पिक अनुवादः “सबै मान्छेहरूका लागि” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Acts 22:16
νῦν
यहाँ “अब” शब्दको अर्थ “यो क्षणमा” भन्ने हुँदैन, तर यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान खिच्नका लागि प्रयोग भएको हो ।
τί μέλλεις?
यो प्रश्न पावललाई बप्तिस्माको लागि उत्साह दिनको लागि सोधिएको हो । वैकल्पिक अनुवादः “ढिलो नगर !” वा “अबेर नगर !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
βάπτισαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई तिमीलाई बप्तिस्मा दिन देऊ” वा “बप्तिस्मा लेऊ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπόλουσαι τὰς ἁμαρτίας σου
कसैको शरीर पखाल्दा फोहोर हटेजस्तै क्षमाको लागि येशूको नाम पुकार्दा उसको भित्री अस्तित्वलाई पापदेखि शुद्ध राख्छ । वैकल्पिक अनुवादः “तिम्रा पापहरूको लागि क्षमा माग” (हेर्नुहोस्ः रूपक)
ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ
यहाँ “नाउँ” शब्दले प्रभुलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुमा पुकारा गरेर” वा “प्रभुमा भरोसा गरेर”
Acts 22:17
पावलले भीडलाई येशूलाई देखेको उनको दर्शनको बारेमा भन्न सुरु गर्छन् ।
ἐγένετο δέ μοι
कुनै घटनाको सुरुको सङ्केत गर्न यहाँ यो वाक्यांशको प्रयोग भएको हो । तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने तपाईंले यसलाई प्रयोग गर्ने विचार गर्न सक्नुहुन्छ ।
γενέσθαι με ἐν ἐκστάσει
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले दर्शन देखेँ” वा “परमेश्वरले मलाई दर्शन दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:18
ἰδεῖν αὐτὸν λέγοντά μοι
“येशूले मलाई भन्नुहुँदा मैले उहाँलाई देखेँ”
οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ
“यरूशलेममा बस्नेहरूले तिमीले मेरो बारेमा भन्ने कुराहरू विश्वास गर्नेछैनन्”
Acts 22:19
यहाँ “तिनीहरू” शब्दले विश्वास नगर्ने यहूदीहरूलाई जनाउँछ ।
पावलले किल्लाको छेउमा यहूदी मानिसका भीडलाई भन्न सकेका कुरालाई यसले अन्त्य गर्दछ ।
αὐτοὶ ἐπίστανται
“तिनीहरू आफैँ” शब्दहरू जोड दिनका लागि प्रयोग भएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
κατὰ τὰς συναγωγὰς
येशूमा विश्वास गर्ने यहूदीहरूलाई भेट्टाउनका लागि पावल सभाघरहरूमा गए ।
Acts 22:20
ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου
यहाँ “रगत” शब्दले स्तिफनसको जीवनलाई जनाउँछ । रगत बहाइयो भन्नुको अर्थ मारियो भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले स्तिफनसलाई मारे जसले तपाईंको बारेमा गवाही दिए” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 22:22
यहाँ “ऊ” र “उनको” शब्दले पावललाई जनाउँछ । अनि अर्को “उनको” शब्दले सेनापतिलाई जनाउँछ ।
αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον
“पृथ्वीबाट” भन्ने शब्दले “यस्ता मानिसलाई ... हटाइदेओ” भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “उसलाई मार”
Acts 22:23
κραυγαζόντων τε αὐτῶν
“जब तिनीहरू ... ।” “जसै तिनीहरू ... थिए” जस्ता वाक्यांश सँगसँगै हुन आएका दुईवटा घटनालाई सङ्केत गर्न प्रयोग भएको हो ।
ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα
यी कार्यहरूले त्यहाँका यहूदीहरू क्रोधित भएका कुरालाई दर्शाउँछ किनभने पावलले परमेश्वरको विरोधमा बोले भन्ने अनुभूति तिनीहरूलाई भयो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Acts 22:24
χιλίαρχος
रोमी फौजका एक जना अधिकारी वा करिब ६०० जना सिपाहीहरूका प्रमुख
ἐκέλευσεν…εἰσάγεσθαι αὐτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्ना सिपाहीहरूलाई पावललाई ल्याउने आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν παρεμβολήν
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν
पावलले सत्य कुरा भनून् भनेर तिनलाई कोर्रा हानेर यातना दिने इच्छा सेनापतिले गरे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावललाई सत्य कुरा भन्न बाध्य पार्न तिनलाई कोर्रा हान्न उनले सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 22:25
यहाँ तिनीहरू” शब्दले सिपाहीहरूलाई जनाउँछ ।
τοῖς ἱμᾶσιν
ती पशुका छालाबाट बनेका डोरीहरू थिए ।
εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον, ἔξεστιν ὑμῖν μαστίζειν?
यो प्रश्न सेनापतिलाई कोर्रा हान्ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । वैकल्पिक अनुवादः “एक रोमी र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु न्यायसङ्गत छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 22:26
τί μέλλεις ποιεῖν?
यो प्रश्न सेनापतिलाई कोर्रा हान्ने तिनको आज्ञामाथि पुनर्विचार गर्नको लागि गरिएको आग्रह हो । वैकल्पिक अनुवादः “तपार्इंले यसो गर्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 22:27
यहाँ “तिनलाई” शब्दले पावललाई जनाउँछ ।
προσελθὼν…ὁ χιλίαρχος
यहाँ “आए” शब्दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः जानु र आउनु)
Acts 22:28
ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην
“मैले रोमी अधिकारीहरूलाई धेरै ठूलो रकम तिरेर नागरिकता प्राप्त गरेँ ।” सेनापतिले यो वाक्य प्रयोग गरे किनभने रोमी नागरिग हुनु कति धेरै कठिन कुरा हो भनी तिनलाई थाहा थियो । यसैले पावलले साँचो बोलेका होइनन् कि भनी तिनलाई शङ्का गरे ।
ἐγὼ…τὴν πολιτείαν ταύτην ἐκτησάμην
“मैले नागरिकता प्राप्त गरेँ ।” “नागरिकता” शब्द भाववाचक नाउँ हो । वैकल्पिक अनुवादः “म नागरिक भएँ” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐγὼ δὲ καὶ γεγέννημαι
यदि बाबु रोमी नागरिक हुन् भने तिनाका छोराछोरी स्वतः रोमी नागरिक हुन सक्छन् ।
Acts 22:29
οἱ μέλλοντες…ἀνετάζειν
“प्रश्न गर्न योजना गरिरहेका मानिसहरू” वा “प्रश्न गर्न तयार गरिरहेका मानिसहरू”
Acts 22:30
यहाँ “उनले” शब्दले सेनापतिलाई जनाउँछ ।
ἔλυσεν αὐτόν
“सेनापति” शब्दले सम्भवतः सेनापतिका सिपाहीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसैले पावललाई बन्धन मुक्त गर्न सेनापतिले आफ्ना सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः लक्षणा)
καταγαγὼν τὸν Παῦλον
किल्लाबाट मन्दिरको चोकसम्म जाने भर्याङ छ ।
Acts 23
प्रेरितहरू २३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पुरानो करारबाटका उद्धरणहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले २३:५ मा उद्धरण गरेर ल्याइएको सामग्रीसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मृतकहरूको पुनरुत्थान
मानिसहरूको मृत्यु भएपछि तिनहरू फेरि जीवित हुनेछन्, र परमेश्वरले तिनीहरूलाई इनाम वा दण्ड दिनुहुनेछ भन्ने कुरामा फरिसीहरू विश्वास गर्दथे । तर मानिसहरू मरेपछि, तिनीहरू मरेको अवस्थामा नै रहन्छन् र फेरि कहिल्यै जीवित हुनेछैनन् भन्ने विश्वास चाहिँ सदुकीहरूको हो । (हेर्नुहोस्ः उठाउनु, उठेर खडा हुनु, उठेर खडा भएको, उठ्नु, उठ्यो अनि इनाम, पुरस्कार, योग्य)
“श्राप बोलाए”
केही यहूदीहरूले पावललाई नमारुन्जेल आफूले खानपान गर्ने छैनन् भनी परमेश्वरमा शपथ खाए, र यदि तिनीहरूले गरेका शपथअनुसार तिनीहरूले गरेनन् भने तिनीहरूलाई दण्ड दिन परमेश्वरसँग बिन्ती गरे ।
रोमी नागरिकता
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक हुन्थे । अनि अरूले रोमी सरकारलाई रूपयाँ दिएर रोमी नागरिक बन्दथे । “सेनापतिले” गैर-नागरिकलाई जसरी व्यवहार गर्थे, तिनले रोमी नागरिकलाई त्यसरी नै व्यवहार गरे भने तिनले दण्ड पाउँथे ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
सेतो पोतिएको
जब कुनै व्यक्ति खराब वा अशुद्ध वा अधार्मिक हुन्छ । तब त्यो व्यक्ति असल वा शुद्ध वा धार्मिक देखा पर्ने कुरा धर्मशास्त्रमा भएको सामान्य उपमा हो । (हेर्नुहोस्ः रूपक)
Acts 23:1
पावललाई प्रधान पूजाहारी र परिषद्का सदस्यहरूका सामु खडा हुन्छन् (प्रेरितहरू २२:३०)
ἀδελφοί
यहाँ यसको अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας
“आजको दिनसम्म जे मैले गरोस् भन्ने परमेश्वरले इच्छा गर्नुभयो, सो मैले गरेको छु”
Acts 23:2
Ἁνανίας
यो इउटा पुरुषको नाउँ हो । हुन त यो एउटै नाम छ, तापनि यो प्रेरितहरू ५:१ मा भएका हननिया होइनन् नता प्रेरितहरू ९:१० मा भएका हननिया हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 23:3
τοῖχε κεκονιαμένε
यसले सफा बनाउनको लागि सेतो रङ्ग लगाइएको पर्खाललाई जनाउँछ । पावलले हननियालाई जसरी पर्खाललाई सफा देखाउनको लागि चुन पोतिन्छ, त्यसरी नै हननिया पनि नैतिक रूपमा शुद्ध देखिन्छन् तर तिनी दुष्ट अभिप्रायले भरिपूर्ण छन् भन्छन् । वैकल्पिक अनुवादः “सेतो रङ्ग लगाइएको पर्खाल” (हेर्नुहोस्ः रूपक)
σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι?
हननियाको पाखण्डीपनलाई दर्शाउन पावलले प्रश्नको प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तपाईं त्यहाँ न्याय गर्न बस्नुभएको छ ... व्यवस्थाको विरुद्धमा ... ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κελεύεις με τύπτεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले तिमीहरूलाई प्रहार गर्नुहुनेछ” भन्ने वाक्यांशमा प्रयोग भएको “प्रहार” शब्दलाई नै तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई मलाई हिर्काउने आज्ञा दिन्छौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 23:4
τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς?
मानिसहरूले यो प्रश्न पावललाई तिनले प्रेरितहरू २३:०३ मा भनेको कुरामा गाली गर्नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको प्रधान पूजाहारीको अपमान नगर !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 23:5
γέγραπται γὰρ
मोशाले व्यवस्थामा लेखेको कुरालाई पावलले उद्धरण गर्न लागेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने मोशाले व्यवस्थामा यस्तो लेखेका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 23:6
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
υἱὸς Φαρισαίων
यहाँ “छोरा” शब्दको अर्थ हुन्छ कि तिनी फरिसीकै छोरा र फरिसीको सन्तान पनि हुन् । वैकल्पिक अनुवादः “र मेरो बुबा र पूर्खाहरू फरिसीहरू थिए”
περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν
“पुनरुत्थान” शब्दलाई “जीवनमा फर्केर आउने” भनी लेख्न सकिन्छ । “मृतक” शब्दलाई “ती जो मरिगएका छन्” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरू जीवनमा फर्केर आउने छन्” (हेर्नुहोस्ः भाववाचक नाम अनि नामको काम गर्ने विशेषण)
ἐγὼ κρίνομαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले मेरो न्याय गरिरहनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 23:7
ἐσχίσθη τὸ πλῆθος
“भीडका मानिसहरू एक अर्कासँग असहमत भए”
Acts 23:8
Σαδδουκαῖοι μὲν γὰρ…Φαρισαῖοι δὲ
यो वाक्य सदुकीहरू र फरिसीहरूका बारेमा पृष्ठभूमिको जानकारी हो । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
Acts 23:9
ἐγένετο δὲ κραυγὴ μεγάλη
“यसैले तिनीहरूले एकआपसमा ठूलो स्वरले चिच्याउन थाले ।” “त्यसैले” शब्दले अगाडि घटेको घटनाको आधारमा कुनै कुरा हुँदैछ भन्ने कुरालाई जनाउँछ । यहाँ, पावलले पुनरुत्थानमा आफूले गर्ने विश्वासको बारेमा बताएको कुरा अगाडि घटेको घटना हो ।
εἰ…πνεῦμα ἐλάλησεν αὐτῷ, ἢ ἄγγελος
फरिसीहरूले आत्माहरू र स्वर्गदूतहरू हुन्छन् र तिनीहरूले मानिसहरूसँग कुरा गर्न सक्छन् भन्ने कुरामा सहमत भएर सदुकीहरूलाई हप्काउँदै छन् । वैकल्पिक अनुवादः “शायद कुनै आत्मा वा कुनै स्वर्गदूत तिनीसँग बोलेको हुनुपर्छ !” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Acts 23:10
πολλῆς δὲ γινομένης στάσεως
“ठूलो विवाद” लाई “हिंसात्मक रूपमा तर्क गरे” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जब तिनीहरूले हिंसात्मक तर्क गर्न सुरु गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
χιλίαρχος
रोमी फौजका एक जना अधिकारी वा करिब ६०० जना सिपाहीहरूका प्रमुख
διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “टुक्रा टुक्रा पार्लान्” शब्द मानिसहरूले कसरी तिनलाई हानि पुर्याउलान् भन्ने कुरालाई बढाइचढाइ लेखेको हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पावललाई टुक्रा हुने गरी च्यातिदेलान्” वा “तिनीहरूले पावललाई ठूलो शारीरिक हानि गर्लान्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि अतिशयोक्ति र सामान्यीकरण)
ἁρπάσαι αὐτὸν
“तिनलाई टाढा लैजानको लागि शारीरिक बल प्रयोग गर्नु”
εἰς τὴν παρεμβολήν
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 23:11
τῇ…ἐπιούσῃ νυκτὶ
यसको अर्थ पावल महासभाको सामु गएपछिको रात थियो । वैकल्पिक अनुवादः “त्यो रात”
εἰς Ῥώμην μαρτυρῆσαι
“मेरो बारेमा” भन्ने शब्दहरू बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो बारेमा रोममा गवाही दिनु” वा “मेरो बारेमा रोममा साक्षी दिनु” (हेर्नुहोस्ः शब्दलोप)
Acts 23:12
पावल किल्लाको झ्यालखानामा बन्दी हुँदा अविश्वासी धार्मिक यहूदीहरूले तिनलाई मार्ने शपथ खाए ।
ποιήσαντες συστροφὴν
“पावललाई मार्ने उद्देश्यका साथ एउटा समूह निर्माण गरे”
ἀνεθεμάτισαν ἑαυτοὺς
नामपद शब्द “किरिया”लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । तिनीहरूलाई सराप ल्याउने कारणका बारेमा पनि यसलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले किरया खाएका कुरा तिनीहरूले पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन परमेश्वरसँग बिन्ती गरे” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 23:13
τεσσεράκοντα οἱ
“४० जना मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι
“यस्तो यजना गर्नेहरू” वा “पावललाई मार्ने योजना गर्नेहरू”
Acts 23:14
यहाँ “तिनीहरू” शब्दले चालिस जना यहूदीलाई प्रेरित २३:१३ जनाउँछ । यहाँ “तपाईंहरू” शब्द बहुवचन हो र यसले मुख्य पूजाहारी र धर्मगुरुहरूलाई जनाउँछ । “हामीलाई” र “हामी” शब्दले पावललाई मार्ने योजना गरेका ती चालिस यहूदीलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप)
ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον
किरिया खाने र आफूले किरिया खाएका कुरा पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन परमेश्वरसँग बिन्ती गर्ने कुरालाई आफ्नो काँधमा बोकेर लाने कुनै वस्तु भए झैँ भनिएको छ । वैकल्पिक अनुवादः “हामीले पावललाई नमारुन्जेल केही खाने छैनौँ भनी हामीले किरिया खाएका छौँ । हामीले किरिया खाएको कुरा हामीले पूरा गरेनौँ भने हामीलाई सराप दिन हामीले परमेश्वरसँग बिन्ती गरेका छौँ” (हेर्नुहोस्ः रूपक)
Acts 23:15
νῦν οὖν
“किनबने हामीले भर्खर भनेको कुरा सत्य हो” वा “किनभने हामीले आफैँलाई यस श्रापमुनि राखेका छौँ”
νῦν
यहाँ “अब” शब्दको अर्थ “यो क्षणमा” भन्ने हुँदैन, तर यसपछि आउने महत्त्वपूर्ण कुरामा ध्यान खिँच्नका लागि प्रयोग भएको हो ।
καταγάγῃ αὐτὸν εἰς ὑμᾶς
“पावललाई किल्लाबाट तल मन्दिरमा परिषद्का सदस्य तपार्इंहरूलाई भेट्नको लागि ल्याउनुहोस्”
ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ
“पालवले के गरेका रहेछन् भनेर अझ बढी जानकारी हासिल गर्न तपाईंलाई इच्छा भए जसरी”
Acts 23:16
यहाँ “उनको” शब्दले पावलका भान्जालाई जनाउँछ । “उहाँलाई” शब्दले सेनापतिलाई जनाउँछ ।
ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου
“पावलको दिदीका छोरा” वा “पावलको भान्जा”
ἀκούσας…τὴν ἐνέδραν
“तिनीहरूले पावललाई हमला गर्न तयार थिए” वा “तिनीहरूले पावललाई मार्न पर्खे”
τὴν παρεμβολὴν
यो किल्ला मन्दिरको बाहिरी परिसरसँग जोडिएको थियो । तपाईंले यसलाई प्रेरितहरू २१:३४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 23:18
ὁ δέσμιος, Παῦλος, προσκαλεσάμενός με
“कैदी पावलले मलाई तिनीकहाँ आउन र कुरा गर्न भने”
τοῦτον τὸν νεανίαν
प्रमुख कप्तानले तिनलाई जवान मानिस भनेको कुराले सुझाव दिन्छ कि पावलको भान्जा १२ देखि १५ वर्षको हुनुपर्छ ।
Acts 23:19
ἐπιλαβόμενος…τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος
प्रमुख कप्तानले तिनलाई हात समातेर लगेको र तिनलाई जवान मानिस भनेको (पद १८) कुराले सुझाव दिन्छ कि पावलको भान्जा १२ देखि १५ वर्षको हुनुपर्छ ।
Acts 23:20
οἱ Ἰουδαῖοι συνέθεντο
यसले सबै यहूदीलाई जनाउँदैन, तर त्यहाँ उपस्थित सबै समूहलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये केही सहमत भएका छन्” (हेर्नुहोस्ः उपलक्षण)
Παῦλον καταγάγῃς
“पावललाई किल्लाबाट तल ल्याउन”
ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
“पालवले के गरेका रहेछन् भनेर तिनीहरू अझ बढी जानकारी हासिल गर्न चाहन्छन्”
Acts 23:21
ἄνδρες…τεσσεράκοντα
“४० जना मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἐνεδρεύουσιν…αὐτὸν
“पावललाई हमला गर्नलाई तयार” वा “पावललाई मार्न तयार”
οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν
“तिनीहरूले पावललाई नमारुन्जेल केही खाने छैनन् भनी तिनीहरूले किरिया खाएका छन् । तिनीहरूले किरिया खाएको कुरा तिनीहरूले पूरा गरेनन् भने तिनीहरूलाई सराप दिन तिनीहरूले परमेश्वरसँग बिन्ती गरेका छन्”
Acts 23:22
यहाँ “तिनले” शब्दले सेनापतिलाई जनाउँछ ।
फेलिक्स कैसरियामा बस्ने रोमी शासक थिए ।
Acts 23:23
προσκαλεσάμενός
“उनले आफैँकहाँ बोलाए”
“२ जना कप्तानहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
ἱππεῖς ἑβδομήκοντα
“७० घोडचडीहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
δεξιολάβους διακοσίους
“भाला बोकेका २०० सिपाहीहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)
τρίτης ὥρας τῆς νυκτός
यो रातको करिब ९ बजेको समय हो ।
Acts 23:25
यो प्रमुख कप्तानले शासक फेलिक्सलाई पावलको गिरफ्तारको बारेमा लेखेको पत्र हो ।
क्लाउडियस लुसियस प्रमुख कप्तानको नाम हो । बडा हाकिम फेलिक्स रोमी बडाहाकिम थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 23:26
Κλαύδιος Λυσίας, τῷ κρατίστῳ ἡγεμόνι Φήλικι, χαίρειν
यो पत्रको औपचारिक अभिवादन हो । सेनापतिले आफूलाई उल्लेख गरेर लेख्न सुरु गरे । यसलाई तपाईंले प्रथम पुरुषमा अनुवाद गर्न सक्नुहुन्छ । यहाँ “म लेखिरहेको छु” भन्ने शब्दहरू बुझ्न सकिन्छ । वैकल्पिक अनुवादः “म, क्लाउडियस लुसियसले, हजुर महामहिम बडाहाकिम फेलिक्सलाई लेख्दै छु । तपाईंलाई अभिवादन” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष अनि शब्दलोप)
τῷ κρατίστῳ ἡγεμόνι Φήλικι
“विशिष्ट सम्मानयोग्य बडाहाकिम फेलिक्सलाई”
Acts 23:27
τὸν ἄνδρα τοῦτον συνλημφθέντα ὑπὸ τῶν Ἰουδαίων
यहाँ “यहूदीहरू” शब्दले “यहूदीहरूमध्ये कसैले” भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूमध्ये कसैले यी मानिसलाई पक्रेका थिए” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)
μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू पावललाई मार्नलाई तयार थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπιστὰς σὺν τῷ στρατεύματι, ἐξειλάμην
“पावल र यी यहूदीहरू भएका ठाउँमा म आफ्ना सिपाहीहरूका साथमा गए”
Acts 23:28
यहाँ “म” शब्दले प्रमुख कप्तान, क्लाउडियस लुसियसलाई जनाउँछ ।
“तिनीहरू” शब्दले पावललाई दोष लागाउने यहूदीहरूका समूहलाई जनाउँछ ।
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले बडाहाकिम फेलिक्सलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
यो प्रमुख कप्तान शासकले फेलिक्सलाई लेखेको पत्रको अन्त्य हो ।
Acts 23:29
ὃν εὗρον ἐνκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... बारेमा भएका प्रश्नहरूलाई लिएर उनीहरूले यिनलाई दोष लगाएका रहेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα
यहाँ “कसुर”, “मृत्युदण्ड,” “झ्यालखाना” जस्ता शब्दहरू भाववाचक नाउँहरू हुन् । यिनलाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तर रोमी अधिकारीहरूले यिनलाई मार्न वा झ्यालखानामा हाल्न कारण हुने त्यस्तो कुनै दोष यिनलाई कसैले लगाएनन्” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 23:30
μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पछि मैले थाहा पाएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 23:31
यहाँ पहिलो “उनलाई” भन्नाले पावललाई भनेको हो; दोस्रो “उनलाई” भन्नाले बडा हाकिम फेलिक्सकहाँ भनेको हो । हेरोदले आफ्ना बाबु एन्टिपाटरको सम्मानमा बनाएका सहरको नाम एन्टिपाट्रिस थियो । आज यो ठाउँ इस्राएलको मध्य भागमा अवस्थित छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
पावलको यरूशलेमको हिरासतको समयलाई यसले अन्त्य गर्दछ, र कैसरियामा बडा हाकिम फेलिक्ससँगको तिनको हिरासतको समयलाई सुरु गर्दछ ।
οἱ…οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς
“यसैले” शब्दले अगाडि घटेको घटनाको आधारमा कुनै कुरा हुँदै छ भन्ने कुरालाई जनाउँछ । यहाँ पावललाई पहरा दिएर लैजानलाई सिपाहीहरूलाई प्रमुख कप्तानले दिएको आज्ञा पहिलेको घटना हो ।
ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς
यहाँ “ल्याए” भन्ने कुरालाई “लगे” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पावललाई लिए र तिनलाई राति लगे”
Acts 23:34
यहाँ पहिलो र दोस्रो “उनले” भन्नाले बडाहाकिम फेलिक्सले भनेको हो, तेस्रो “तिनी” र “तिनलाई” शब्दले पावललाई जनाउँछन्, र अन्त्यको “उनले” शब्दले बडाहाकिम फेलिक्सलाई जनाउँछ । यहाँ “तिमी” र “तिम्रो” शब्दहरूले पावललाई जनाउँछन् ।
ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले पावललाई सोधे, ‘तिमी कुन प्रान्तका हौ ?’ जब” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Acts 23:35
ἔφη
यो वाक्य, जुन पद ४३ मा “जब उनले जाने” भन्ने शब्दहरूका साथमा सुरु हुन्छ, यसलाई एउटा प्रत्यक्ष उद्धरणको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पावलले भने, ‘म किलिकियाबाट हुँ ।’ तब बडाहाकिमले भने” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
διακούσομαί σου
“तिमीले भन्नुपर्ने सबै कुरा म सुन्नेछु”
κελεύσας…φυλάσσεσθαι αὐτόν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनलाई राख्नलाई सिपाहीहरूलाई आज्ञा गरे” वा “तिनलाई नियन्त्रणमा लिन सिपाहीहरूलाई आज्ञा गरे”
Acts 24
प्रेरितहरू २४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यहूदीहरूले पावललाई जे कुरा गरेको दोष लगाएका थिए, त्यो तिनले गरेका थिएनन्, र तिनले जे गरेका थिए त्यसको लागि बडाहाकिमले तिनलाई दण्ड दिन हुँदैन भनेर तिनले बडाहाकिमलाई भने ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आदर
यहूदी अगुवाहरू (प्रेरितहरू २४:२-४) र पावल (प्रेरितहरू २४:१०) दुवैले बडा हाकिमलाई सम्मान गरेर आफ्ना भनाइहरू सुरु गरे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
सरकारी अगुवाहरू
”“बडाहाकिम,” “सेनापति” र “कप्तान” जस्ता शब्दहरू अनुवाद गर्न कुनै भाषामा मुश्किल पर्न सक्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)
Acts 24:1
यहाँ “तपाईं” शब्दले बडाहाकिम फेलिक्सलाई जनाउँछ । यहाँ “हामी” शब्दले फेलिक्सको शासनअन्तर्गतका नागरिकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप)
सोधपुछको क्रममा पावल कैसरियामा छन् । तर्तुल्लसले पावलको विरुद्धमा अभियोग प्रस्तुत गर्छन् ।
μετὰ δὲ πέντε ἡμέρας
“रोमी सिपाहीहरूले पावललाई कैसरियामा लगेको पाँच दिनपछि”
Ἁνανίας
यो एक पुरुषको नाउँ हो । यो प्रेरित प्रेरित ५:१ मा उल्लेखित हननिया होइन । अनि यो प्रेरित प्रेरित ९:१० मा उल्लेखित हननिया पनि होइन । तपाईंले यसलाई प्रेरितहरू २३:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ῥήτορος
“एक वकिल ।” तर्तुल्लस रोमी कानूनका ज्ञाता थिए । तिनी पावललाई अदालतमा दोष लगाउनका लागि त्यहाँ उपस्थित भएका थिए ।
Τερτύλλου
यो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
κατέβη
“कैसरियामा गए जहाँ पावल थिए”
τῷ ἡγεμόνι
“बडाहाकिमको उपस्थितिमा जो अदालतमा न्यायधीश थिए”
ἐνεφάνισαν…κατὰ τοῦ Παύλου
“बडाहाकिमको उपस्थितिमा उनले व्यवस्था भङ्ग गरेको आरोप लगाउन थाल्यो”
Acts 24:2
πολλῆς εἰρήνης τυγχάνοντες
यहाँ “हामी” शब्दले फेलिक्सको शासनअन्तर्गतका नागरिकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी, तपार्इंले शासन गर्ने मानिसहरूलाई ठूलो शान्ति भएको छ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
“र तपाईंका योजनाले हाम्रो जातिमा ठूलो सुधार ल्याएको छ”
Acts 24:3
μετὰ πάσης εὐχαριστίας
“कृतज्ञता” शभ्द भाववाचक नाउँ हो । यसलाई विशेषण वा क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले हामी धन्यवादी छौँ र तपाईंले गर्नुहुने सबै कुराहरूलाई हामी स्वागत गर्छौँ” वा “त्यसैले हामी तपाईंलाई धेरै धन्यवाद दिन्छौँ र तपाईंले गर्नुहुने सबै कुराहरूलाई स्वागत गर्छौँ” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-abstractnoun/01.md)
κράτιστε Φῆλιξ
“विशिष्ट सम्मानयोग्य बडाहाकिम फेलिक्स ।” फेलिक्स सारा क्षेत्रका रोमी बडाहाकिम थिए । तपाईंले यसलाई प्रेरितहरू २३:२५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 24:4
यहाँ “हामी” शब्दले हननिया, केही धर्मगुरुहरू र तर्तुल्लसलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἵνα δὲ μὴ ἐπὶ πλεῖον σε ἐνκόπτω
सम्भावित अर्थहरू हुन् १) “ताकि मैले तपार्इंको समय अति धेरै नलिऊँ” वा २) “ताकि मैले तपार्इंलाई नथकाऊँ”
ἀκοῦσαί…ἡμῶν συντόμως, τῇ σῇ ἐπιεικείᾳ
“दया गरेर मेरो छोटो भाषण सुन्नुहोस्”
Acts 24:5
εὑρόντες…τὸν ἄνδρα τοῦτον λοιμὸν
यसले पावललाई एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने महामारी भए झैँ गरी बताएको छ । वैकल्पिक अनुवादः “यो मानिस समस्या सिर्जना गर्ने भएको” (हेर्नुहोस्ः रूपक)
πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην
यहाँ शब्द “सारा” लाई पावलको विरुद्धमा लगाइएको दोषलाई अतिरञ्जित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
πρωτοστάτην…τῆς τῶν Ναζωραίων αἱρέσεως
“नासरी पन्थ” भन्ने वाक्यांश ख्रीष्टिएनहरूका लागि अर्को नाउँ हो । वैकल्पिक अनुवादः “उसले नासरीको पछि लाग्ने मानिसहरूका समूहको नेतृत्वसमेत गर्दछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αἱρέσεως
यसले ठूलो समूहका मानिसभित्रको एउटा सानो समूहलाई जनाउँछ । तर्तुल्लसले ख्रीष्टिएनहरूलाई यहूदी धर्मअन्तर्गतको सानो समूह भनी विचार गर्दछन् ।
Acts 24:7
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले बडाहाकिम फेलिक्सलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
तर्तुल्लसले फेलिक्सलाई पावलको विरुद्धमा लगाइएको दोषलाई प्रस्तुत गरेर सक्छन् ।
Acts 24:8
ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ
“हामीले उसका विरुद्धमा लगाएका यी आरोप साँचो हुन् वा होइनन् भनी थाहा पाउन” वा “हामीले उसलाई दोष लगाएका कुराहरूमा ऊ दोषी छ वा छैन भनी थाहा पाउन”
Acts 24:9
οἱ Ἰουδαῖοι
यसले पावलको जाँचको समयमा उपस्थित भएका यहूदी अगवाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः उपलक्षण)
Acts 24:10
यहाँ “तिनीहरू” शब्दले पावललाई दोष लगाइरहेका यहूदीहरूलाई जनाउँछ ।
पावलले बडाहाकिम फेलिक्सलाई उनको विरुद्धमा ल्याइएका दोषहरूको प्रत्युत्तर दिन्छन् ।
νεύσαντος…τοῦ ἡγεμόνος
“बडाहाकिमले इशारा गरे”
κριτὴν τῷ ἔθνει τούτῳ
यहाँ “जाति” शब्दले यहूदी जातिका मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी जातिका मानिसहरूका निम्ति न्यायकर्ता” (हेर्नुहोस्ः लक्षणा)
ἀπολογοῦμαι
“मेरो अवस्थाको व्याख्या गर्न”
Acts 24:11
ἡμέραι δώδεκα, ἀφ’ ἧς
“१२ दिन यता” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Acts 24:12
ἢ ἐπίστασιν ποιοῦντα ὄχλου
“उक्साउनु” शब्द तरल पदार्थलाई हल्लाउँदा त्यसमा फिँज देखिए जस्तै मानिसहरूलाई हिंसात्मक हुन उत्तेजित पार्ने कुरा जनाउने उपमा अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले भीडलाई भड्काइन” (हेर्नुहोस्ः रूपक)
Acts 24:13
“गल्ती गरेको निम्ति दोष” वा “अपराधहरूको दोष”
Acts 24:14
ὁμολογῶ…τοῦτό σοι
“म तपार्इंकहाँ यो
ὅτι κατὰ τὴν Ὁδὸν
“मार्ग” शब्द पावलको समयमा ख्रीष्टिएन विश्वासको नाउँ थियो ।
λέγουσιν αἵρεσιν
यसले ठूलो समूहका मानिसभित्रको एउटा सानो समूहलाई जनाउँछ । तर्तुल्लसले ख्रीष्टिएनहरूलाई यहूदी धर्मअन्तर्गतको सानो समूह भनी विचार गर्दछन् । तपाईंले “पन्थ”लाई प्रेरितहरू २४:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ
पावलले “त्यसरी नै” भन्ने वाक्यांशलाई यो अर्थ दिनलाई प्रयोग गर्छन् कि उनले, येशूमा एक विश्वासीको रूपमा, परमेश्वरको सेवा गर्छन् ठीक जसरी तिनीहरूका यहूदी पूर्खाहरूले गर्थे । उनले कुनै “पन्थ”लाई डोहोर्याइरहेका छैनन् वा केही नयाँ सिकाइरहेका छैनन् जुन तिनीहरूको प्राचीन धर्मको विरुद्धमा छ ।
Acts 24:15
καὶ αὐτοὶ
“यी मानिसले गरे जस्तै ।” यहाँ “यी मानिसहरू” शब्दले पावललाई अदालतमा दोष लगाइरहेका यहूदीहरूलाई जनाउँछ ।
ἀνάστασιν μέλλειν ἔσεσθαι, δικαίων τε καὶ ἀδίκων
भाववाचक नाउँ “पुनरुत्थान”लाई क्रियापद “पुनरुत्थान हुने” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेका मानिसहरू सबै, अर्थात् धर्मी र अधर्मी दुवैलाई परमेश्वरले पुनरुत्थान गर्नुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम)
δικαίων τε καὶ ἀδίκων
यी नामिक विशेषणहरूले धर्मी मानिसहरू र अधर्मी मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू र अधर्मी मानिसहरू” वा “तिनीहरू जसले जे ठीक छ सो गरेका छन् र तिनीहरू जसले जे खराब छ सो गरेका छन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Acts 24:16
αὐτὸς ἀσκῶ…διὰ παντός
“म सधैँ कडा परिश्रम गर्छु” वा “म भरसक प्रयत्न गर्छु”
ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν
यहाँ “विवेक” शब्दले कुनै व्यक्तिले ठीक र बेठीक कुरा चुन्ने भित्री नैतिकतालाई जनाउँछ । वैकल्पिक अनुवादः “दोषरहित हुन” वा “सधैँ ठीक कुरा गर्न” (हेर्नुहोस्ः लक्षणा)
πρὸς τὸν Θεὸν
“परमेश्वरको उपस्थितिमा”
Acts 24:17
δὲ
यो शब्दले पावलको तर्कमा फट्को मारेको सङ्केत गर्दछ । यहाँ यरूशलेममा कोही यहूदीले पावललाई गिरफ्तार गरेको परिस्थितिलाई तिनले स्पष्ट पार्दछन् ।
δι’ ἐτῶν…πλειόνων
“धेरै वर्ष यरूशलेमबाट टाढा बसेपछि”
ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην καὶ προσφοράς
यहाँ “म आएँ” शब्दलाई “म गए” लेखी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उपहारको रूपमा पैसा ल्याएर मेरा मानिसहरूलाई सहायता पुर्याउन म गएँ” (हेर्नुहोस्ः जानु र आउनु)
Acts 24:18
ἡγνισμένον ἐν τῷ ἱερῷ
“मैले आफैँलाई शुद्ध तुल्याउने समारोह सकिएपछि मन्दिरमा”
οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου
यसलाई अलग नयाँ वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले भीड जम्मा गरेको थिइन नता म दङ्गा सुरु गर्न कोसिस गरिरहेको थिएँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 24:19
“एसियाबाटका यहूदीहरू”
εἴ τι ἔχοιεν
“यदि तिनीहरूलाई केही भन्नु छ भने”
Acts 24:20
पावलले उनको विरुद्धमा ल्याइएका दोषहरूबारे शासक फेलिक्ससँग प्रत्युत्तर दिएर सिद्ध्याउँछन् ।
αὐτοὶ
यसले पावलको मुद्दा चलिरहँदा पावलको कुरा सुनिरहेका परिषद्का सदस्यहरूलाई जनाउँछ जो यरूशलेममा उपस्थित थिए ।
εἰπάτωσαν, τί εὗρον ἀδίκημα
“तिनीहरूले प्रमाण दिन सक्ने मैले गरेको खराब काम के हो, सो भन्नुपर्छ”
Acts 24:21
περὶ ἀναστάσεως νεκρῶν
भाववाचक नाउँ “पुनरुत्थान” शब्दलाई “परमेश्वरले जीवनमा फर्काउनुहुन्छ” भनेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ मरेका मानिसहरूलाई परमेश्वरले जीवनमा फर्काउनुहुन्छ भनी मैले विश्वास गरेको कारणले गर्दा हो” (हेर्नुहोस्ः भाववाचक नाम अनि नामको काम गर्ने विशेषण)
ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरूले आज मेरो इन्साफ गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 24:22
फेलिक्स कैसरियामा बस्ने त्यस क्षेत्रका रोमी बडाहाकिम हुन् । तपाईंले यसलाई प्रेरितहरू २३:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῆς Ὁδοῦ
यो ख्रीष्टिएन विश्वासको नाउँ हो । तपाईंले यो नाउँलाई प्रेरितहरू ९:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“जब सेनापति लुसियस आउँछन्” वा “सेनापति लुसियस तल आउने समयमा”
Λυσίας
यो प्रमुख कप्तानको नाउँ हो । तपाईंले यो नाउँलाई प्रेरितहरू २३:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
καταβῇ
उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि थियो । यसैले यरूशलेमबाट तल आउने भन्नु तिनीहरूका लागि सामान्य कुरा थियो ।
διαγνώσομαι τὰ καθ’ ὑμᾶς
“तिम्रो विरुद्धमा ल्याइएका यी आरोपहरूको विषयमा म निर्णय गर्नेछु” वा “तिमी दोषी छौ वा छैनौ भनी म इन्साफ गर्नेछु”
Acts 24:23
ἔχειν…ἄνεσιν
“पावललाई अरु कैदीहरूलाई नदिइएको अन्य स्वतन्त्रता दिनु”
Acts 24:24
μετὰ δὲ ἡμέρας τινὰς
“थुप्रै दिन बितेपछि”
Δρουσίλλῃ, τῇ ἰδίᾳ γυναικὶ
द्रूसिल्ला एक स्त्रीको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οὔσῃ Ἰουδαίᾳ
यसको अर्थ यहूदी स्त्री भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जो एक यहूदी थिइन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 24:25
ἔμφοβος γενόμενος, ὁ Φῆλιξ
फेलिक्सले आफ्ना पापहरूको दोष महसुस गरेको हुन सक्छ ।
τὸ νῦν ἔχον
“वर्तमान समयको लागि”
Acts 24:26
χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου
फेलिक्सले उनलाई छोडिदिनलाई पावलले घुस दिन्छन् कि भनेर आशा गरिरहेका थिए ।
διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ
“त्यसैले फेलिक्सले पावललाई प्रायः झिकाउँथे र पावलसँग कुरा गर्थे”
Acts 24:27
ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον
यिनी फेलिक्सको ठाउँमा आएका नयाँ रोमी बडाहाकिम थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
θέλων…χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις
यहाँ “यहूदीहरू” भन्नाले यहूदी अगुवाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले तिनलाई मन पराउन् भन्ने चाहन्थे” (हेर्नुहोस्ः उपलक्षण)
ὁ Φῆλιξ…κατέλιπε τὸν Παῦλον δεδεμένον
“तिनले पावललाई कैदमा नै छोडिराखे”
Acts 25
प्रेरितहरू २५ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कृपा
यो शब्दलाई यस अध्यायमा दुई भिन्न तरिकाले प्रयोग गरेको छ । जब यहूदी अगुवाहरूले फेस्तसको निगाहका लागि अनुरोध गरे, तब तिनीहरूले त्यो दिनमा फेस्तससँग केही विशेष कुरा गर्न अनुरोध गरे । उनले सामान्य रूपले नगर्ने कुरा उनले तिनीहरूका लागि गरुन् भन्ने इच्छा तिनीहरूले व्यक्त गरे । जब फेस्तसले “यहूदीहरूको समर्थन पाउन” इच्छा गरे, तब तिनीहरूले आगामी महिना र वर्षमा उनलाई मन पराऊन् र उनका आज्ञा पालन गरून् भन्ने उनको इच्छालाई जनाउँछ । (हेर्नुहोस्ः कृपा, अनुकूल, पक्षपात)
रोमी नागरिकता
रोमी नागरिकहरूलाई मात्र आफूले न्यायोचित व्यवहार गर्नु आवश्यक हुन्छ भनेर रोमीहरूले विचार गर्थे । रोमी नागरिक नभएका मानिसहरूलाई तिनीहरूले आफूलाई जे इच्छा लाग्यो त्यही गर्दथे । तर अरू रोमी नागरिकका बारेमा भने तिनीहरूले रोमी कानून पालन गर्दथे । कोही मानिस जन्मँदै रोमी नागरिक थिए र अरूले रोमी सरकारलाई रूपयाँ दिए, र यसरी तिनीहरू रोमी नागरिक भए । रोमी अधिकारीहरूले गैर-नागरिकलाई जस्तो व्यवहार गर्थे, त्यस्तै व्यवहार तिनीहरूले रोमी नागरिकलाई भने तिनीहरूले दण्ड पाउँथे ।
Acts 25:1
अब कैसरियाका शासक फेस्तस हुन् । तपाईंले यो नाउँलाई प्रेरितहरू २४:२७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावल कैसरियामा बन्दी अवस्थामा नै रहे ।
οὖν
यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
Φῆστος…ἐπιβὰς τῇ ἐπαρχείᾳ
सम्भावित अर्थहरू हुन् १) फेस्तस उनको शासन सुरु गर्न त्यस क्षेत्रमा आइपुगे वा २) सामान्य रूपमा फेस्तस त्यस क्षेत्रमा आइपुगे ।
ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας
यहाँ “माथि गए” वाक्यांश प्रयोग भएको छ किनभने उचाइका हिसाबले कैसरियाभन्दा यरूशलेम माथि छ ।
Acts 25:2
ἐνεφάνισάν…αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου
यसले अभियोगहरूका बारेमा यी कुनै व्यक्तिले कसैकहाँ बोकेर लान सक्ने वस्तुहरू भए झैँ गरी भन्दछ । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी र प्रतिष्ठित यहूदीहरूले फेस्तसका सामु पावलको विरिद्धमा दोष लगाए” (हेर्नुहोस्ः रूपक)
παρεκάλουν αὐτὸν
यहाँ “उनलाई” शब्दले फेस्तसलाई जनाउँछ ।
Acts 25:3
χάριν κατ’ αὐτοῦ
यहाँ “उनलाई” शब्दले फेस्तसलाई जनाउँछ ।
ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ
यसको अर्थ पावललाई यरूशलेमा लान फेस्तसले आफ्ना सिपाहीहरूलाई आदेश देऊन् भन्ने हो । वैकल्पिक अनुवादः “कि उनले पावललाई यरूशलेमा लान आफ्ना सिपाहीहरूलाई आदेश देऊन्”
ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν
तिनीहरूले पावललाई हमला गर्न गइरहेका थिए ।
Acts 25:4
यहाँ “हामीलाई” शब्दले फेस्तस र उनीसँगै यात्रा गर्ने रोमीहरूलाई जनाउँछ, तर उनका श्रोताहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर फेस्तसले भने, ‘पावल कैसरियामा झ्यालखानामा रहेका छन्, र म आफै चाँडै त्यहाँ फर्कनेवाला छु ।’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
Acts 25:5
οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συνκαταβάντες
“उनले भने” भन्ने वाक्यांशलाई वाक्यको सुरुमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तब उनले भने, ‘त्यसकारण, कैसरियामा जान सक्नेहरू हामीसँगै त्यहाँ जानुपर्छ’” (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू)
εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον
“यदि पावलले केही गल्ती गरेका छन भने”
κατηγορείτωσαν αὐτοῦ
“तिमीहरूले उसलाई नियमहरू तोडेकोमा दोष ल्याउनुपर्छ” वा “तिमीहरूले उनका विरुद्धमा अभियोगहरू ल्याउनुपर्छ”
Acts 25:6
यहाँ पहिलो तीनपटक “उनले” र साथै “उनलाई” शब्द प्रयोग गरिएको छ, यी शब्दहरूले फेस्तसलाई जनाउँछन् । चौथो “उनी” शब्दले पावललाई जनाउँछ । “तिनीहरूले” शब्दले यरूशलेमबाट आएका यहूदीहरूलाई जनाउँछ ।
καταβὰς εἰς Καισάρειαν
यरूशलेम भौगोलिक रूपले कैसरियाभन्दा माथि छ । यरूशलेमबाट तल आए भन्ने सामान्य चलन थियो ।
καθίσας ἐπὶ τοῦ βήματος
यहाँ “न्याय-आसन” शब्दले पावललको जाँचमा फेस्तसले न्यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उनी न्यायाधीशको रूपमा काम गर्ने आसनमा बसे” वा “उनी न्यायाधीशका रूपमा बसे” (हेर्नुहोस्ः लक्षणा)
τὸν Παῦλον ἀχθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनका सिपाहीहरूले पावललाई उनीकहाँ ल्याउन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:7
παραγενομένου δὲ αὐτοῦ
“जब उनी आए र फेस्तसको सामु खडा भए”
πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες
कुनै व्यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्याउन सक्ने कुनै वस्तु भए झैँ गरी भनेको छ । वैकल्पिक अनुवादः “पावलका विरुद्धमा तिनीहरूले धेरै गम्भीर कुरा बोले” (हेर्नुहोस्ः रूपक)
Acts 25:8
εἰς τὸ ἱερὸν
पावल भन्छन् कि यरूशलेमको मन्दिरमा प्रवेश गर्ने विषयमा उनले कुनै पनि नियमहरू तोडेनन् । वैकल्पिक अनुवादः “मन्दिर प्रवेश गर्ने नियमहरूको विरुद्धमा” (हेर्नुहोस्ः उपलक्षण)
Acts 25:9
पावलले न्याय पाउनका लागि कैसरका सामु लगिनलाई अनुरोध गर्छन् ।
θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι
यहाँ “यहूदीहरू” भन्नुको अर्थ यहूदी अगुवाहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूलाई खुशी पार्न चाहन्थे” (हेर्नुहोस्ः उपलक्षण)
εἰς Ἱεροσόλυμα ἀναβὰς
यरूशलेम भौगोलिक रूपले कैसरियाभन्दा माथि छ । माथि यरूशलेम जाने भन्ने सामान्य चलन थियो ।
ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जहाँ म यी कुराहरूको सम्बन्धमा तिम्रो इन्साफ गर्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:10
ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι
यहाँ “न्याय-आसन” भन्नाले पावललको न्याय गर्ने कैसरको अधिकार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कैसरको सामु जान पाउँ भनी म बिन्ती गर्दछु, र यसरी उहाँले मेरो न्याय गर्न सक्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:11
εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν; εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι
पावलले काल्पनिक परिस्थितिका बारेमा भन्दै छन् । यदि तिनी दोषी थिए भने, तिनले दण्डलाई स्वीकार गर्ने छन्, तर तिनी दोषी छैनन् भन्ने कुरा तिनलाई थाहा छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἄξιον θανάτου πέπραχά τι
“यदि मैले मृत्युदण्डको योग्य हुने केही खराबी गरेको छ भने”
εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου
“यदि मेरो विरुद्धमा लगाइएका दोषहरू सत्य छैनन् भने”
οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι
सम्भावित अर्थहरू हुन् १) फेस्तससँग यी झूटा अभियोक्ताहरूको हातमा सुम्पने वैधानिक अधिकार छैन वा २) यदि उनले कुनै गल्ती नै गरेका छैनन् भने, शासक यहूदीहरूको अनुरोधसँग सहमत हुनुहुँदैन ।
Καίσαρα ἐπικαλοῦμαι
“म आग्रह गर्छु कि कैसरले मलाई इन्साफ गर्नलाई म तिनीको सामु जना पाऊँ”
Acts 25:12
μετὰ τοῦ συμβουλίου
प्रेरितहरूको पुस्तकभरि “परिषद्” को रूपमा उल्लेख गरिएको यो महासभा होइन । यो रोमी सरकारको राजनीतिक परिषद् हो । वैकल्पिक अनुवादः “उनको आफ्नै सरकारी सल्लाहाकारहरूसँग” ।
Acts 25:13
राजा अग्रिपास र बर्निकी कथाका नयाँ पात्रहरू हुन् । तिनले थोरै इलाकामा मात्र शासन गरेका भए पनि, राजा अग्रिपास प्यालेस्टाइनमा वर्तमानमा राज गर्ने राजा हुन् । बर्निकी अग्रिपासकी बहिनी हुन् । (हेर्नुहोस्ः नयाँ र पुराना सहभागीहरूको परिचय अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गर्न थाल्छन् ।
δὲ
यो शब्दले कथामा एउटा नयाँ घटनाको सुरुवातलाई अङ्कित गर्छ ।
ἀσπασάμενοι τὸν Φῆστον
“कामका विषयहरूमा फेस्तसलाई भेट्न”
Acts 25:14
ἀνήρ τὶς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब फेलिक्सले कार्यालय छोडे उनले यहाँ कारागारमा एउटा कैदीलाई छोडेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Φήλικος
फेलिक्स कैसरियामा बसोबास गर्ने त्यस प्रान्तका रोमी बडा हाकिम थिए । तपाईंले यसलाई प्रेरितहरू २३:२४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 25:15
περὶ οὗ…ἐνεφάνισαν
कुनै व्यक्तिले अपराध गरेको छ भनेर अदालतमा दोष लगाउने कुरालाई मानिसले अदालतमा बोकेर ल्याउन सक्ने कुनै वस्तु भए झैँ गरी भनेको छ । वैकल्पिक अनुवादः “यो मानिसको विरुद्धमा मसँग कुरा गरे” (हेर्नुहोस्ः रूपक)
αἰτούμενοι κατ’ αὐτοῦ καταδίκην
भाववाचक नाउँ “दण्ड” र “अनुरोध” क्रियापदका रूपमा लेख्न सकिन्छ । “दण्डको लागि अनुरोध” भन्ने वाक्यांशले अर्थ तिनीहरूले पावललाई मृत्युदण्डको फैसला सुनाउन अनुरोध गरेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उनलाई मृत्युदण्डको फैसला सुनाउन तिनीहरूले मलाई अनुरोध गरे” वा “उनलाई मृत्युदण्डको घोषणा गर्न तिनीहरूले मलाई अनुरोध गरे” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 25:16
χαρίζεσθαί τινα ἄνθρωπον
यहाँ “जिम्मा लाउन” भन्ने कुराले कसैलाई दण्ड दिने वा मार्ने मानिसहरूकहाँ पठाइदिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “दण्ड दिनका लागि कसैलाई दिने” वा “कुनै मानिसलाई मृत्युदण्डको घोषणा गर्ने” (हेर्नुहोस्ः रूपक)
πρὶν ἢ ὁ κατηγορούμενος, κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους
यहाँ “आफूलाई दोष लगाउनेहरूको सामना” शब्दले आफूलाई दोष लगाउने मानिसलाई भेट्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “आफूलाई दोष लगाउने मानिसहरूसँग उसले प्रत्यक्ष रूपले भेट गर्नु अगि” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 25:17
οὖν
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” फेस्तसले भनेका थिए कि दोष लगाइएक मानिसले उसलाई दोष लगाउनेहरूको सामना गर्न पाउनुपर्छ र आफ्नो बचाउ गर्न पाउनुपर्छ ।
συνελθόντων…ἐνθάδε
“जब यहूदी अगुवाहरू मलाई भेट्न यहाँ आए”
καθίσας ἐπὶ τοῦ βήματος
यहाँ “न्याय-आसन” शब्दले पावलको जाँच हुँदा फेस्तसले न्यायाधीशका रूपमा शासन गरेको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “न्यायाधीशको रूपमा काम गर्न म आसनमा बसेँ” वा “म न्यायधीशको रूपमा बसेँ” (हेर्नुहोस्ः लक्षणा)
ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले सिपाहीहरूलाई पावललाई मेरो सामु ल्याउन आदेश दिएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:19
τῆς ἰδίας δεισιδαιμονίας
यहाँ “धर्म”को अर्थ मानिसहरूको जीवन र अलौकिक कुराहरूप्रति भएका मान्यताहरू भन्ने हुन्छ ।
Acts 25:20
κἀκεῖ κρίνεσθαι περὶ τούτων
यहाँ “मुद्दा चलाउन” लक्षणा शब्द हो । यसको अर्थ न्यायाधीशसमक्ष बोल्ने कुरा हो, र यसरी कोही व्यक्ति ठीक वा गलत छ भनी न्यायाधीशले निर्णय गर्न सक्नेछन् । वैकल्पिक अनुवादः “यी अभियोगका बारेमा जाँचमा खडा हुन जान” वा “उसका विरुद्धमा लगाइएका अभियोगहरू सत्य हुन् वा होइनन् भनी न्यायाधीधले फैसला गर्नका लागि” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 25:21
फेस्तसले पावलको मुद्दा राजा अग्रिपासलाई वर्णन गरेर सिद्ध्याउँछन् ।
τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर सम्राटले पावलको मुद्धाको फैसला गर्ने समय नहुन्जेल उनलाई रोमी सुरक्षा निगरानीमा बस्ने जोड गरेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκέλευσα τηρεῖσθαι αὐτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले उनलाई कारागारमा राख्नलाई सिपाहीहरूलाई आदेश दिएँ” वा “सिपाहीहरूलाई उनको निगरानी गर्न मैले भनेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:22
αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ
“फेस्तसले भने” भन्ने वाक्यांशलाई वाक्यको सुरुमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “फेस्तसले भने, ‘पावलले भनेको सुन्न तपार्इंलाई म भोलि प्रबन्ध गर्नेछु ।’” (हेर्नुहोस्ः उद्धारण र उद्धारण मार्जिनहरू)
Acts 25:23
अग्रिपासले थोरै मात्र इलाकामा राज्य गरेको भए तापनि तिनी प्यालेस्टाइनका तत्कालीन राजा थिए । बर्निकी तिनकी बहिनी थिइन् । तपाईंले यसलाई प्रेरितहरू २५:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
पावलको मुद्धासम्बन्धी जानकारी फेस्तसले फेरि पनि राजा अग्रिपासलाई दिन्छन् ।
μετὰ πολλῆς φαντασίας
“तिनीहरूलाई सम्मान गर्ने ठूलो समारोहको साथ”
τὸ ἀκροατήριον
यो एउटा ठूलो कोठा थियो, जहाँ समारोह, जाँच र अन्य घटनाका लागि मानिसहरू भेला हुन्थे ।
ἤχθη ὁ Παῦλος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सिपाहीहरूले पावललाई तिनीहरूका अगि देखा पर्नलाई ल्याए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 25:24
ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων
“सारा” शब्द चाहिँ धेरै सङ्ख्याका यहूदीहरूले पावल मरेको चाहन्थे भनेर जोड दिनका लागि गरिएको अतिरञ्जन हो । वैकल्पिक अनुवादः “यहूदीहरूका ठूलो सङ्ख्या” वा “यहूदीहरूका अगुवाहरूमध्ये धेरै जना” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
“तिनीहरू मसँग कडासँग बोले”
μὴ δεῖν αὐτὸν ζῆν μηκέτι
यो भनाइ भनिएको भन्दा ठीक विपरीत कुरालाई जोड दिनलाई अकरणमा भनिएको हो । वैकल्पिक अनुवादः “ऊ तत्कालै मर्नुपर्छ” (हेर्नुहोस्ः निषेधात्मक)
Acts 25:25
यहाँ पहिलो “तपाईंहरू” शब्द बहुवचन हो; दोस्रो “तपाईं” शब्द एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν
“सम्राटले नै उनको न्याय गरून् भन्ने इच्छा उनले गर्छन् भनी उनले भनेको हुनाले”
τὸν Σεβαστὸν
सम्राट रोमी साम्राज्यका शासक थिए । तिनले धेरै मुलुक र प्रान्तमा शासन गर्दथे ।
Acts 25:26
προήγαγον αὐτὸν ἐφ’ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, Βασιλεῦ Ἀγρίππα
“मैले पावललाई तपार्इंहरू सबैकहाँ ल्याएको छु, तर विशेष गरी तपाईं राजा अग्रिपासकहाँ ।”
ὅπως…σχῶ τι γράψω
“यसरी लेख्नका लागि मसँग अरू केही कुरा हुन सकोस्” वा “र यसरी मैले के लेख्नुपर्ने हो, सो कुरा मैले जान्न सकूँ”
Acts 25:27
ἄλογον…μοι δοκεῖ πέμποντα δέσμιον, μὴ καὶ…σημᾶναι
यहाँ “उल्लेख नगर्नु” र “उपयुक्त लाग्दैन” जस्ता अकरणमा बोलिने शब्दहरूलाई सकारात्मक हुने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले पनि उल्लेख गरेँ भने मात्र कैदीलाई पठाउन मलाई ऊचित लाग्यो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τὰς κατ’ αὐτοῦ αἰτίας
सम्भावित अर्थहरू हुन् १) यहूदी अगुवाहरूले उनको विरुद्ध ल्याएका आरोपहरू वा २) पावलको मुद्दामा लागु हुने रोमी कानून अन्तर्गतका आरोपहरू ।
Acts 26
प्रेरितहरू २६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलको जीवन परिवर्तनका बारेमा प्रेरितको पुस्तकमा उल्लेख भएको यो तेस्रो वर्णन हो । पावलको जीवन परिवर्तनको घटना सुरुको मण्डली इतिहासको अत्यन्तै महत्त्वपूर्ण घटना भएको हुनाले यसको बारेमा तीन ठाउँमा लेखिएको छ । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २२)
पावलले जे गरेका थिए, सो कुरा तिनले किन गरे, अनि रोमी बडाहाकिमले किन तिनलाई दण्ड दिन हुँदैन भन्ने कुरा तिनले राजा अग्रिपासलाई भने ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ज्योति र अन्धकार
अधार्मिक मानिस, अर्थात् परमेश्वरलाई मनपर्दो कुरा नगर्ने मानिसका बारेमा बाइबलले तिनीहरू अन्धकारको वरिपरि हिँडेको जस्तो हो भन्दछ । पापी मानिसलाई धर्मी बन्न ज्योतिले सहायता गर्छ, र तिनीहरूले गरिरहेका कुराहरू खराब हुन् भनी जान्न र परमेश्वरको आज्ञापालन गर्न यसले तिनीहरूलाई सक्षम तुल्याउँछ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
Acts 26:1
फेस्तसले पावललाई राजा अग्रिपासको सामु ल्याएका छन् । पद २ मा पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गर्न थाल्छन् ।
Ἀγρίππας
अग्रिपाले थोरै मात्र इलाकामा राज्य गरेको भए तापनि तिनी प्यालेस्टाइनका तत्कालीन राजा थिए । तपाईंले यसलाई प्रेरितहरू २५:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐκτείνας τὴν χεῖρα
“आफ्नो हात पसारे” वा “आफ्नो हातले इशारा गरे”
ἀπελογεῖτο
भाववाचक नाउँ “बचाउ” लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनलाई आरोप लगाइरहेकाहरूको विरुद्धमा आफ्नो बचाउ गर्न थाले” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 26:2
ἥγημαι ἐμαυτὸν μακάριον
पावल खुशी थिए किनभने उनी अग्रिपासको सामु देखा पर्नु सुसमाचारको बारेमा बोल्ने एउटा अवसर भएको उनले सोचे ।
ἀπολογεῖσθαι
यो वाक्यांशले कसैको मुद्धाका बारेमा स्पष्ट पार्ने कुरालाई जनाउँछ, र यसरी अदालतमा हुनेहरूले छलफल गर्न र त्यसका बारेमा निर्णय गर्न सकून् । वैकल्पिक अनुवादः “मैले आफैँलाई बचाउ गर्न”
περὶ πάντων ὧν ἐνκαλοῦμαι ὑπὸ Ἰουδαίων
भाववाचक नाउँ “दोषहरू” लाई क्रियापद “दोष लगाउने” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई दोष लगाइरहेका सबै यहूदीहरूका विरुद्धमा” (हेर्नुहोस्ः भाववाचक नाम)
Ἰουδαίων
यसले सबै यहूदीहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
Acts 26:3
ζητημάτων
यसले कस्ता किसिमका प्रश्नहरूका बारेमा भनेको हो भनी तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “धार्मिक विषयहरू बारेका प्रश्नहरूमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 26:4
πάντες οἱ Ἰουδαῖοι
यो सामान्यीकरण हो । सम्भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा पावललाई चिन्ने यहूदीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदीहरू” वा २) यसले पावललाई चिन्ने फरिसीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐν τῷ ἔθνει μου
सम्भावित अर्थहरू हुन् १) उनका आफ्नै मानिसहरूका बीचमा, इस्राएलको भौगोलिक भूमिमा नै भन्ने अनिवार्य भने छैन वा २) इस्राएलको भूमिमा ।
Acts 26:5
τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας
“अति कट्टर नियमहरूअनुसार जीवन बिताउने यहूदी धर्मभित्रको एउटा सम्प्रदाय”
Acts 26:6
यहाँ “तपाईंहरू” बहुवचन हो र पावलका कुरा सुनिरहेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
νῦν
यो शब्दले पावलले आफ्नो विगतको जीवनका बारेमा छलफल गरेको अवस्थाबाट वर्तमान् समयमा तिनले फट्को मारेको कुराको सङ्केत गर्दछ ।
ἕστηκα κρινόμενος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म यहाँ छु, जहाँ तिनीहरूले मलाई सोधपुछको लागि राखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας, γενομένης ὑπὸ τοῦ Θεοῦ
यसले प्रतिज्ञा यस्तो थोक हो जसलाई मानिसले हेर्न र आशा गर्न सक्दछ भनेजस्तो गरी लेखिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पूर्खाहरूसँग जे गर्छु भनी प्रतिज्ञा गर्नुभयो, त्यस कुराको आशा गरेर म पर्खन्छु” (हेर्नुहोस्ः रूपक)
Acts 26:7
εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν…ἐλπίζει καταντῆσαι
“बाह्र कुल” भन्ने वाक्यांशले ती कुलका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा यहूदी बन्धुहरूले यही कुराको आशा गरेर बसे” (हेर्नुहोस्ः लक्षणा)
εἰς ἣν…ἐλπίζει καταντῆσαι
यसले आशा अर्थात् प्रतिज्ञाको बारेमा यो पाउन सक्ने वस्तु जस्तो हो भन्दछ । (हेर्नुहोस्ः रूपक)
νύκτα καὶ ἡμέραν λατρεῦον
“रात” र “दिन” आराधना भन्नुको अर्थ हो कि तिनीहरूले “निरन्तर परमेश्वरको आराधना गरे ।” (हेर्नुहोस्ः मेरिज्म)
ὑπὸ Ἰουδαίων
यसले सबै यहूदीलाई जनाउँदैन । वैकल्पिक अनुवादः “यहूदीहरूका अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
Acts 26:8
τί ἄπιστον κρίνεται παρ’ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει?
त्यहाँ उपस्थित यहूदीहरूलाई चुनौति दिनका लागि पावलले यो प्रश्न सोधेका हुन् । परमेश्वरले मरेका मानिसहरूको पुनरुत्थान गर्नुहुन्छ भनेर तिनीहरूले विश्वास गरे, तापनि परमेश्वरले येशूको पुनरुत्थान गर्नुभयो भन्ने कुरा तिनीहरूले विचार गर्न नै सक्दैनन् । यसलाई एउटा वाक्यको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मरेको व्यक्तिको पुनरुत्थान गर्नुहुन्छ भन्ने कुरा असम्भव हो भन्ने विचार तपाईंहरू कसैले विचार गर्नुहुन्न ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
νεκροὺς ἐγείρει
यहाँ बौह्राउनु भनेको मरिगएको कसैलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मृत मानिसहरूलाई फेरि जीवित भएर आउने बनाउनुहुन्छ”
Acts 26:9
μὲν οὖν
पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो वाक्यांशको प्रयोग गर्छन् । उनले अब येशूका मानिसहरूलाई कसरी सताउने गर्थे भनेर तिनले वर्णन गर्छन् ।
πρὸς τὸ ὄνομα Ἰησοῦ…ἐναντία
यहाँ “नाउँ”ले त्यस व्यक्तिको बारेमा भएको शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “मानिसहरूलाई येशूको बारेमा सिकाउन रोक्नलाई” (हेर्नुहोस्ः लक्षणा)
Acts 26:10
ἀναιρουμένων…αὐτῶν, κατήνεγκα ψῆφον
यहाँ “मारिंदा” शब्दलाई कर्तृवाच्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई मार्ने दण्ड दिनलाई अन्य यहूदी अगुवाहरूसँग सहमतिमा मैले मेरो मत जाहेर गरेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 26:11
πολλάκις τιμωρῶν αὐτοὺς
सम्भावित अर्थहरू हुन् १) पावलले केही विश्वासीहरूलाई धेरैपटक दण्ड दिए वा २) पावलले थुप्रै विभिन्न विश्वासीहरूलाई दण्ड दिए ।
Acts 26:12
राजा अग्रिपासँग कुरा गर्दा पावलले प्रभुले तिनीसँग बोल्नुभएको कुरा तिनले भने ।
ἐν οἷς
पावलले आफ्नो बचाउ गर्दा अर्कोतिर मोडिएको देखाउनलाई यो वाक्यांशको प्रयोग गर्छन् । अब उनले येशूलाई देखेका र आफू उहाँको चेला भएका कुरा गर्दैछन् ।
ἐν οἷς
एउटै समयमा घटेका दुईवटा घटनालाई सङ्केत गर्न यो शब्द प्रयोग भएको हो । यो घटनामा, पावलले ख्रीष्टिएनहरूलाई सताइरहेको समय अवधिमा तिनी दमस्कसमा गए ।
μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς
पावलसँग यहूदी विश्वासीहरूलाई सताउनलाई यहूदी अगुवाहरूले दिएको लिखित पत्र थियो ।
Acts 26:14
ἤκουσα φωνὴν, λέγουσαν πρός με
यहाँ “आवाज”ले बोलिरहने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मैले कोही मसँग बोलिरहेको सुनेँ जसले भन्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
Σαοὺλ, Σαούλ, τί με διώκεις?
यो एउटा आलङ्कारिक प्रश्न हो । वक्ताले शाऊलले उनलाई गरिरहेका कुराको बारेमा शाऊललाई सचेत गराइरहेका छन्, र भन्न खोजिरहेका छन् कि शाऊलले त्यसो गर्नुहुँदैन । वैकल्पिक अनुवादः “शाऊल, शाऊल, तिमीले मलाई सताइरहेका छौ ।” वा “शाऊल, शाऊल, मलाई सताउन छोड ।” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-rquestion/01.md)
σκληρόν σοι πρὸς κέντρα λακτίζειν
पावलले येशूको विरोध गर्ने र विश्वासीहरूलाई सताउने कुरा चाहिँ यसरी बताइएको छ कि मानौँ उनी एक गोरु हुन् जसले एउटा तीखो लट्ठीमा लात हानिरहेको छ जुन लट्टी कुनै व्यक्तिले पशुलाई घोच्न (वा “घोप्न”) प्रयोग गर्छ । यसको अर्थ पावलले आफैलाई हानि पुर्याउने काम मात्र गर्दै छन् । वैकल्पिक अनुवादः “एउटा गोरुले सुइरोमा लात हाने झैँ तिमीले आफैँलाई हानि मात्र गर्नेछौ” (हेर्नुहोस्ः रूपक)
Acts 26:15
पावलले राजा अग्रिपाससँग आफ्नो बचाउलाई जारी राख्छन् । यी पदहरूमा उनले प्रभुसँगको आफ्नो वार्तालापलाई उल्लेख गर्छन् ।
Acts 26:18
ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν
कुनै मानिसलाई सत्यता बुझ्न मानिसहरूलाई सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले कसैलाई साँच्चिकै आँखा खोल्न सहायता पुर्याउने कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς
कुनै व्यक्तिलाई खराब गर्न रोक्न र परमेश्वरमा भरोसा गरेर आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले कसैलाई साँच्चिकै अँध्यारो ठाउँबाट उज्याले ठाउँमा डोर्याएको कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
ἐπιστρέψαι ἀπὸ…τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν
कुनै व्यक्तिलाई शैतानको आज्ञाकारी हुन रोक्न र परमेश्वरमा आज्ञाकारी हुन सुरु गर्न सहायता पुर्याउने कुराका बारेमा त्यो व्यक्तिले अर्को व्यक्तिलाई साँच्चिकै फर्काएको र उसलाई शैतानको शासनको ठाउँदेखि बाहिर निकालेर परमेश्वरले शासन गर्नुहुने ठाउँमा डोर्याएको कुरा झैँ हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ
भाववाचक नाउँ “क्षमा” लाई क्रियापद “क्षमा गर्नु” राखेर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूका पाप क्षमा गर्न सक्नुभएको होस्” (हेर्नुहोस्ः भाववाचक नाम)
κλῆρον
येशूले उहाँमा विश्वास गर्ने मानिसहरूलाई दिनुहुने आशिष्हरूका बारेमा ती कुरा छोराछोरीले आफ्ना बाबुबाट प्राप्त गर्न सक्ने हिस्सा वा उत्तराधिकारजस्तो हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ
येशूले कोही मानिसलाई आफ्नो हुन चुन्नुहुने कुराका बारेमा उहाँले तिनीलाई अरू मानिसहरूबाट साँच्चिकै अलग गर्नुभएको जस्तो हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
πίστει τῇ εἰς ἐμέ
“किनभने तिनीहरूले मलाई विश्वास गर्दछन् ।” यहाँ पावलले प्रभुको भनाइलाई उद्धरण गरेर सिद्ध्याउँछन् ।
Acts 26:19
ὅθεν
“किनभने मैले भर्खर भनेको कुरा सत्य हो ।” पावलले प्रभुले उनलाई दर्शनमा आज्ञा गर्नुभएको कुरा भर्खर व्याख्या गरेका थिए ।
οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले आज्ञापालन गरेँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τῇ οὐρανίῳ ὀπτασίᾳ
यसले दर्शनमा देखेको व्यक्तिले पावललाई भनेका कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “स्वर्गबाटका व्यक्तिले मलाई दर्शनमा भनेको कुरा” (हेर्नुहोस्ः लक्षणा)
Acts 26:20
ἐπιστρέφειν ἐπὶ τὸν Θεόν
परमेश्वरमा भरोसा गर्न सुरु गर्ने कुराका बारेमा त्यो कुनै व्यक्ति परमेश्वर हुनुभएतिर फर्केर हिँडेको कुरा जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरमा भरोसा गर्नु” (हेर्नुहोस्ः रूपक)
ἄξια τῆς μετανοίας ἔργα πράσσοντας
भाववाचक नाउँ “पश्चाताप” लाई क्रियापद “पश्चाताप गर्नु” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले साँच्चिकै पश्चाताप गरेका छन् भनी दर्शाउनका लागि असल कार्य गर्न सुरु गर्न” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 26:21
Ἰουδαῖοι
यसले यहूदीहरूमध्ये सबै जना भन्ने अर्थ हुँदैन । वैकल्पिक अनुवादः “केही यहूदीहरू” (हेर्नुहोस्ः उपलक्षण)
Acts 26:22
पावलले राजा अग्रिपासको सामु आफ्नो बचाउ गरेर सिद्ध्याउँछन् ।
μικρῷ τε καὶ μεγάλῳ
यहाँ “साझा मानिसहरू” र “ठूलाहरू” भन्ने कुरालाई “सबै मानिसहरू”को अर्थ दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सबै मानिसहरूलाई, चाहे सामान्य होऊन् वा ठूला होऊन्, अरू कुनै कुराको बारेमा नभइ” (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-merism/01.md)
οὐδὲν ἐκτὸς…ὧν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ठीक त्यही कुरामा जुन”
ὧν τε οἱ προφῆται
पावलले पुरानो करारका अगमवक्ताहरूको संयुक्त लेखहरूलाई जनाइरहेका छन् ।
Acts 26:23
εἰ παθητὸς ὁ Χριστός
ख्रीष्ट मर्नु पनि पर्दछ भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “कि ख्रीष्टले दुःख भोग्नुपर्छ र मर्नुपर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐξ ἀναστάσεως
जीवनमा फर्किआउनु
νεκρῶν
“मृतकहरूबाट” भन्ने वाक्यांशले मरिगएका मानिसहरूको आत्माहरूलाई जनाउँछ । तिनीहरूको माझबाट बौह्रनुले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
φῶς μέλλει καταγγέλλειν
“ज्यतिको बारेमा भएको सन्देशको घोषणा गर्नुहुनेछ ।” परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भनेर अरू मानिसलाई भन्ने कुरा त्यस व्यक्तिले ज्योतिका बारेमा बोलेको जस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भन्ने बारेमा भएको सन्देशलाई उहाँले घोषणा गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)
Acts 26:24
पावल र राजा अग्रिपासले निरन्तर सँगै कुरा गर्छन् ।
μαίνῃ
“तिमीले व्यर्थका कुराहरू बोलिरहेका छौ” वा “तिमी बौलाहा हौ”
τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει
“तिमीले धेरै पढेका छौ, र यसरी तिमी अब बौलाहा भएका छौ”
Acts 26:25
οὐ μαίνομαι…ἀλλὰ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सद्दे छू ... र” वा “म राम्ररी सोच्न सक्छु ... र” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
κράτιστε Φῆστε
“फेस्तस, जो उच्च सम्मानका योग्य छन्”
Acts 26:26
ὁ βασιλεύς, πρὸς ὃν…αὐτὸν
पावलले अझसम्म पनि राजा अग्रिपाससँग बोल्दै छन् । तर तिनले तृतीय पुरुष प्रयोग गरेर उनलाई सम्बोधन गर्दै छन् । वैकल्पिक अनुवादः “किनकि तपाईंले ... तपाईंसँग ... तपाईंबाट” (हेर्नुहोस्ः प्रथम, दोस्रो वा तेस्रो पुरुष)
παρρησιαζόμενος λαλῶ
पावल राजासँग ख्रीष्टको बारेमा कुरा गर्न डराएका थिएनन् । वैकल्पिक अनुवादः “म साहससँग बोल्छु”
πείθομαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म निश्चित छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λανθάνειν…αὐτὸν τι τούτων οὐ
यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि उहाँ यसका बारेमा जानकार हुनुहुन्छ” वा “कि हजुर यसका बारेमा जानकार हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि निषेधात्मक)
οὐ…ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनामा भएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν γωνίᾳ
गुप्तमा केही कुरा गर्नुलाई यसले कुनै व्यक्ति गएको र उसलाई कसैले पनि देख्न नसक्ने कोठाको कुनामा बसेर केही कुरा गरेको जस्तो हो भनेको छ । वैकल्पिक अनुवादः “अँध्यारो ठाउँमा” वा “गुप्तमा” (हेर्नुहोस्ः रूपक)
Acts 26:27
πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις?
अगमवक्ताहरूले पहिलेदेखि नै येशूको बारेमा भनेका कुरामा अग्रिपासले विश्वास गर्छन् भन्ने कुरा याद दिलाउनलाई पावलले उनलाई यो प्रश्न गर्छन् । यसलाई एउटा वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हे राजा अग्रिपास, तपार्इंले यहूदी अगमवक्ताहरूले भनेका कुरा पहिलेदेखि नै विश्वास गर्नुहुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 26:28
ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι
अग्रिपासले उनी अन्य धेरै प्रमाण बिना त्यति सजिलैसित विश्वस्त हुन सक्दैनन् भनी देखाउनलाई यो प्रश्न गर्छन् । यसलाई एउटा वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई यति सजिलै येशूमा विश्वास गर्नलाई मनाउन सक्छौ भनेर पक्कै पनि तिमी सोच्दैनौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Acts 26:29
παρεκτὸς τῶν δεσμῶν τούτων
यहाँ “झ्यालखानाका साङ्लाहरू” भनेको अर्थ कैदी भएको भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तर पक्कै पनि, तपाईं मजस्तै कैदी हुनुहोस् भन्ने म चाहन्न” (हेर्नुहोस्ः लक्षणा)
Acts 26:30
बरनिकी राजा अग्रिपाकी बहिनी थिइन् । (प्रेरितहरू २५:१३) ।
यसले राजा अग्रिपाको सामु पावलको समय अन्त्य गर्दछ ।
ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν
“तब राजा अग्रिपास र शासक फेस्तस उठे”
Acts 26:31
οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος
भाववाचक नाउँ “मृत्यु”लाई क्रियापद “मर्नु” लेख्न सकिन्छ । यहाँ “बन्धन” शब्दले झ्यालखानामा पर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो मानिस मर्न वा झ्यालखानामा पर्न योग्य छैन” (हेर्नुहोस्ः भाववाचक नाम अनि लक्षणा)
Acts 26:32
ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो मानिसलाई स्वतन्त्र भएर जान सक्थ्यो” वा “मैले यस मानिसलाई स्वतन्त्र गर्न सक्थेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27
प्रेरितहरू २७ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
जहाज यात्रा
समुद्रको नजिक बसोबास गर्नेहरू हावाको शक्तिले अगि बढ्ने डुङ्गामा यात्रा गर्दथे । वर्षका केही महिना हावा विपरित दिशामा बग्दछ । यसैले समुद्रमा जानपर्ने दिशातर्फ तैरन साह्रै मुश्किल हुन्छ ।
भरोसा
परमेश्वरले पावललाई सुरक्षासाथ जमिनतर्फ लगिदिनुहुन्छ भनेर पावलले भरोसा गरे । परमेश्वरले चालकहरू र सिपाहीहरूलाई पनि सुरक्षित राख्नका लागि उहाँमा भरोसा गर्न पावलले तिनीहरूलाई भने । (हेर्नुहोस्ः भरोसा, भरोसायोग्य, भरोसायोग्यता)
पावलले रोटी भाँच्छन्
येशूले आफ्ना चेलाहरूका साथमा अन्तिम पटक भोजन गर्नुभएको कुरालाई वर्णन गर्नलाई लूकाले जुन शब्दहरूको प्रयोग गरे, लगभग त्यही नै शब्दहरू यहाँ पावलले रोटी लिएका, परमेश्वरलाई धन्यवाद दिएका, त्यसलाई भाँचेर खाएका कुराको वर्णन गर्नलाई पनि प्रयोग गर्छन् । तापनि, तपाईंको भाषामा अनुवाद गर्दा पावलले यहाँ धार्मिक उत्सवमा नेतृत्व गरेको जस्तो देखाउनुहुँदैन ।
Acts 27:1
एड्रामिटेनोस सम्भवतः आधुनिक टर्कीको पश्चिमी तटमा अवस्थित एक सहर थियो । “हामी” शब्दले प्रेरितहरूको पुस्तकका लेखक, पावल, र पावलका अन्य सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि नाउँहरूको अनुवाद कसरी गर्ने)
पावल इक कैदीको रूपमा आफ्नो रोमतर्फको यात्रा सुरु गर्छन् ।
ὡς…ἐκρίθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब राजा र बडाहाकिमले निर्णय गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὴν Ἰταλίαν
इटालिया रोममा भएको प्रान्तको नाम हो । तपाईंले “इटाली”लाई प्रेरितहरू १८:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας, ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς
“तिनीहरूले सम्राटको पल्टनका कप्तान युलियसलाई पावल र अरू केही कैदीको जिम्मा लगाए”
παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας
सम्भावित अर्थहरू हुन् १) “तिनीहरू” शब्दले प्रान्तीय बडाहाकिम र राजालाई जनाउँछ । वा २) “तिनीहरू” अरू रोमी अधिकारीहरूलाई जनाउँछ ।
ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ
युलियस एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σπείρης Σεβαστῆς
यो बाहिनी वा फौजको नाउँ थियो, जसबाट कप्तान आए । केही संस्करणहरूले यसलाई “अगस्टसको फौज” भनेर अनुवाद गरेको पाइन्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:2
ἐπιβάντες…πλοίῳ…μέλλοντι πλεῖν
यहाँ “एउटा जहाजमा ... जुन यात्रामा जान लागेको थियो” भनेको त्यस जहाजलाई चलाउने चालकदललाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी एउटा जहाजमा चढ्यौँ ... जसलाई चालकदलले चलाउन लागेका थिए” (हेर्नुहोस्ः लक्षणा)
πλοίῳ Ἀδραμυντηνῷ
सम्भावित अर्थहरू हुन् १) एड्रामिटेनोसबाट एउटा जहाज आएको थियो वा २) एड्रामिटेनोसमा दर्ता गरिएको वा अनुमति पत्र लिइएको एउटा जहाज ।
μέλλοντι πλεῖν
“छिट्टै जान लागेको थियो” वा “छिट्टै प्रस्थान गर्ने थियो”
ἀνήχθημεν
“समुद्रमा हाम्रो यात्रा सुरु गर्यौँ”
Ἀριστάρχου
अरिस्तार्खस माकेडोनियाबाट आएर, तर एफिससमा पावलसँगै काम गरेका थिए । तपाईंले उनको नामलाई प्रेरितहरू १९:२९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Acts 27:3
यहाँ “हामी” शब्दले प्रेरितहरूको पुस्तकका लेखक, पावल, र तिनीहरूका सहयात्रीहरूलाई जनाउँछ, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
φιλανθρώπως…ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος
“युलियसले पावलसँग मित्रवत् व्यवहार गरे ।” तपाईंले “युलियस”लाई प्रेरितहरू २७:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πρὸς τοὺς φίλους πορευθέντι, ἐπιμελείας τυχεῖν
भाववाचक नामपद शब्द “वास्ता”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले उनको हेरविचार गरून् भनेर उनका साथीहरूकहाँ जानु” वा “उनलाई आवश्यक परेको सहायता पाउनलाई उनका साथीहरूकहाँ जानु” (हेर्नुहोस्ः भाववाचक नाम)
Acts 27:4
ἀναχθέντες, ὑπεπλεύσαμεν
“हामी यात्रा गर्न थाल्यौँ र गयौँ”
ὑπεπλεύσαμεν τὴν Κύπρον
“बतासबाट सुरक्षित गर्ने साइप्रसको स्थान” भनेको टापूको त्यो भाग हो जसले तेज हावाहुरीलाई छेक्छ, ताकि जहाज वा डुङ्गाहरूलाई तिनीहरूको मार्गबाट अन्त नधकेलोस् ।
Acts 27:5
Παμφυλίαν
यो एसिया माइनरमा भएको एउटा प्रान्त थियो । तपाईंले यसलाई प्रेरितहरू २:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
κατήλθαμεν εἰς Μύρρα τῆς Λυκίας
माइरामा तिनीहरू जहाजबाट उत्रेका कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “लुकियाको एउटा सहर माइरा पुग्यौँ, र त्यहाँ हामी जहाजबाट उत्रियौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰς Μύρρα
माइरा एउटा सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῆς Λυκίας
लुकिया आधुनिक टर्कीको दक्षिण-पश्चिम तटमा अवस्थित एउटा रोमी प्रान्त थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:6
εὑρὼν…πλοῖον Ἀλεξανδρῖνον, πλέον εἰς τὴν Ἰταλίαν
यसको अर्थ हो, चालकदलले जहाजलाई चलाएर इटालिया लाँदै थिए । वैकल्पिक अनुवादः “एउटा जहाज भेट्टायौँ र त्यसलाई चालकदलले चलाएर अलेक्जेन्ड्रियाबाट इटालियातिर लाँदै थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ἀλεξανδρῖνον
यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:7
δὲ…βραδυπλοοῦντες καὶ μόλις, γενόμενοι
तिनीहरूको विपरित दिशाबाट बतास चलेको हुनाले तिनीहरूले बिस्तारै र कष्टसाथ समुद्री यात्रा गर्नुपर्यो भनेर तपाईंले यस कुरालाई स्पष्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κατὰ τὴν Κνίδον
यो आधुनिक टर्कीमा अवस्थित एउटा प्राचीन स्थान हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου
“तेज बतास चलेको हुनाले हामी त्यो बाटो जान सकेनौँ”
ὑπεπλεύσαμεν τὴν Κρήτην
“हामीले क्रेटको छेउबाट यात्रा गर्यौँ जहाँ कम बतास थियो”
κατὰ Σαλμώνην
यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:8
μόλις…παραλεγόμενοι αὐτὴν
बतास पहिलेजस्तो तेज नचलेको भए तापनि तिनीहरूलाई अझैसम्म समुद्रमा जहाज चलाउन कठिनाइ परिरहेकै थियो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Καλοὺς Λιμένας
यो क्रेटको दक्षिणी तटमा अवस्थित लासिया नजिकको बन्दरगाह हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
πόλις ἦν Λασαία
यो क्रेटको तटीय सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:9
ἱκανοῦ…χρόνου διαγενομένου
हावा चलेको कारणले कैसरियाबाट सुन्दर बन्दरगाहतिरको यात्रामा योजना बनाइएको भन्दा बढी समय लाग्यो ।
यहाँ लेखकले आफैँलाई, पावललाई र तिनीहरूका साथमा यात्रा गरिरहेकाहरूलाई समावेश गरेकका छन्, तर पाठकलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι
यो उपवास पश्चिमी पात्रोअनुसार हरेक वर्षको सेप्टेम्बर वा अक्टुबरको सुरुको समयमा प्रायश्चित्तको दिनमा पर्थ्यो । यसपछि त्यहाँ ऋृतु अनुसारको बतासको उच्च जोखिम हुन्थ्यो ।
Acts 27:10
θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας…μέλλειν ἔσεσθαι τὸν πλοῦν
“यदि हामीले अहिले यात्रा गर्यौँ भने, हामीले धेरै चोटपटक र नोक्सानी भोग्नुपर्नेछ”
ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν
यहाँ “नोक्सानी” शब्दले मालसामानलाई जनाउँछ भने यसको अर्थ नाश हो । अनि यसले मानिसलाई जनाउँछ भने यसको अर्थ मृत्यु हो ।
οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου
सामानहरू भनेको कुनै व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा जहाजद्वारा ढुवानी गर्ने थोकहरू हो । वैकल्पिक अनुवादः “जहाज र जहाजमा भएका थोकहरू मात्र होइन”
Acts 27:11
ὑπὸ Παύλου λεγομένοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पावलले भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:12
ἀνευθέτου…τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν
बन्दरगाहमा बस्न किन सजिलो थिएन भन्ने कुरालाई तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “बन्दरगाहमा हिउँदको हुरीमा जहाजहरू राख्नलाई पर्याप्त सुरक्षित ठाउँ थिएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λιμένος
जहाजहरू सुरक्षित राख्न सक्ने जमिनको नजिक भएको कुनै ठाउँ
Φοίνικα
फोनिक्स क्रेटको दक्षिणी तटमा अवस्थित एउटा बन्दरगाह भएको सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
παραχειμάσαι
यसले जाडो मौसमको कुनै उपभोग्य वस्तु हो र कसैले त्यसलाई खर्च गर्न सक्दछ भनेजस्तो गरी लेखेको छ । वैकल्पिक अनुवादः “जाडो ऋृतुमा त्यहाँ बस्नका लागि” (हेर्नुहोस्ः रूपक)
βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον
यहाँ “दक्षिण-पश्चिम र उत्तर-पश्चिम” भनेको बन्दरगाहबाट छुट्ने ठाउँ यी दिशाहरूर्फ फर्केको थियो । वैकल्पिक अनुवादः “त्यहाँ उत्तर-पश्चिम र दक्षिण-पश्चिमबाट प्रस्थान गर्न मिल्थ्यो”
κατὰ λίβα καὶ κατὰ χῶρον
यी दिशा सूर्योदय र सूर्यास्तमा आधारित हुन्छन् । उत्तर-पूर्व सूर्योदय भन्दा थोरै देब्रेतिर हुन्छ । दक्षिण-पूर्व सूर्योदय भन्दा थोरै दाहिनेतिर हुन्छ । केही संस्करणहरूले “उत्तर-पूर्व र दक्षिण-पूर्व” भनेर अनुवाद गर्छन् ।
Acts 27:13
ἄραντες
यहाँ “निकाले”को अर्थ पानीबाट बाहिर तान्नु भन्ने हुन्छ । यहाँ लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन ।
Acts 27:14
पावल र त्यो जहाजमा यात्रा गर्नेहरूले डरलाग्दो तुफानको सामना गरे ।
μετ’ οὐ πολὺ
“थोरै समयपश्चात”
ἄνεμος τυφωνικὸς
“धेरै शक्तिशाली, खतरनाक बतास”
ὁ καλούμενος Εὐρακύλων
“‘उत्तर-पूर्वबाट चल्ने तेज बतास’ नामक ।” “उत्तर-पूर्वी” शब्दको मूल भाषाको “युरोक्लिडोन” शब्दबाट आएको हो । तपाईंले आफ्नो भाषामा यसलाई लिप्यान्तरण गर्न पनि सक्नुहुन्छ । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
ἔβαλεν κατ’ αὐτῆς
“क्रेट टापूबाट आयो र त्यसले हाम्रो जहाजलाई कडा रूपले हान्यो”
Acts 27:15
συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ
“जब जहाजको अगिल्लो भागलाई ज्यादै तेज बतासले हिर्काउन लाग्यो, तब हामीले त्यसको विरुद्धमा जहाज चलाउन सकेनौँ”
ἐπιδόντες ἐφερόμεθα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले जहाज अगि बढाउन रोक्यौँ र बतासले हामीलाई जतातिर लान्छ, त्यतैतिर छोडिदियौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:16
νησίον…τι ὑποδραμόντες
“हामी बतास तेज नचलेको टापूको छेउछेउ लागेर गयौँ”
νησίον…τι…καλούμενον Καῦδα
यो टापू क्रेटको दक्षिणी तटमा अवस्थित थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῆς σκάφης
यो सानो डुङ्गा हो । यसलाई कुनै बेला जहाजको पछाडि राखिन्छ, अनि कुनै बेला यसलाई जहाजभित्र ल्याएर बाँधेर राखिन्छ । यस्ता साना डुङ्गाहरू विभिन्न प्रयोजन, जस्तै जहाज डुब्न लाग्दा भाग्नका लागि उपयोग गरिन्थ्यो ।
Acts 27:17
ἣν ἄραντες
“तिनीहरूले सानो डुङ्गालाई माथि उठाएका थिए” वा “तिनीहरूले जीवन रक्षाको डुङ्गालाई जहाजभित्र राखे”
βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον
“मुख्य भाग” भनेको जहाजको जिउ हो । तिनीहरूले यसको वरिपरि डोरी बाँधे, र यसरी आधी-तुफानले गर्दा जहाज टुक्राटुक्रा नहोस् ।
τὴν Σύρτιν
बलौटे धापहरू समुद्रमा पानीको गहिराइ कम भएका क्षेत्रहरू हुन् जहाँ जहाज बालुवामा फस्न सक्छ । सिरटिस उत्तरी अफ्रिकाको लिबियाको तटमा अवस्थित छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
χαλάσαντες τὸ σκεῦος
तिनीहरूले जहाजको लङ्गरलाई पानीमा खसाले र यसरी बतासले जतातिर हाने पनि जहाज ढिलो गरी अगि बढ्थ्यो ।
σκεῦος
लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन । तपाईंले यसलाई प्रेरितहरू २७:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐφέροντο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासले हामीलाई जुन दिशातिर लैजान्थ्यो हामी त्यतै जानुपर्थ्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:18
σφοδρῶς…χειμαζομένων ἡμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बतासले हामीलाई नराम्रो गरी अगिपछि धकेल्यो, र हामी सबै जना नराम्रो गरी तुफानद्वारा पिटियौँ र हामीलाई चोटपटक लाग्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐκβολὴν ἐποιοῦντο
“तिनीहरू” भन्नाले चालकहरूलाई जनाउँछ । जहाज पानीमा नडुबोस् भनेर जहाजको तौल कम गर्ने प्रयासका लागि यसो गरिन्छ ।
ἐκβολὴν
सामानहरू भनेको कुनै व्यक्तिले एक ठाउँबाट अर्को ठाउँमा जहाजद्वारा ढुवानी गर्ने थोकहरू हो । तपाईंले यसलाई प्रेरितहरू २७:१० मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जहाजमा भएका थोकहरू”
Acts 27:19
αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔριψαν
यहाँ “सामान” शब्दले जहाज चलाउन चालकहरूलाई आवश्यक पर्ने सामान, जस्तै पल्लाहरू, डोरीहरू, जमिनसँग जोड्ने सामान र यस्तै अरू सामानहरू पर्दछन् । यसले त्यो अवस्था कति आशाहीन थियो भनेर सङ्केत गर्छ ।
Acts 27:20
μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας
अँध्यारो तुफानी बादलको कारणले गर्दा तिनीहरूले सूर्य र ताराहरू देख्न सकेनन् । चालकहरू कहाँ छन् र तिनीहरू कुन दिशातर्फ अगि बढ्दै छन् भनेर थाहा पाउन तिनीहरूले सूर्य र ताराहरू देख्नु आवश्यक हुन्छ ।
χειμῶνός…οὐκ ὀλίγου ἐπικειμένου
“डरलाग्दो तुफानले हामीलाई अगिपछि धकेलिरह्यो”
λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα, τοῦ σῴζεσθαι ἡμᾶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी सबैले बाँच्छौँ भन्ने आशा गर्न छाड्यौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:21
पावलले जहाजमा भएका चालकहरूसँग बातचित गरे ।
πολλῆς τε ἀσιτίας ὑπαρχούσης
यहाँ “तिनीहरू” भन्नाले चालकहरूलाई जनाउँछ । यसको अर्थ लूका, पावल, र तिनीहरूका साथमा भएका मानिसहरूले पनि खाएका थिएनन् । वैकल्पिक अनुवादः “हामी लामो समय खानेकुरा नखाइ बसेका थियौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν μέσῳ αὐτῶν
“मानिसहरूका माझमा”
κερδῆσαί τε τὴν ὕβριν ταύτην, καὶ τὴν ζημίαν
“र परिणामस्वरूप यो हानि र नोक्सानी नभोग्नलाई”
Acts 27:22
ἀποβολὴ…ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν
पावलले चालकहरूसँग कुराकानी गरेका हुन् । पावलले भन्न खोजेका कुरा तिनी आफू र तिनीसँग भएकाहरू मानिसहरू कोही पनि मर्ने छैनन् । वैकल्पिक अनुवादः “हामीहरूमध्ये कोही पनि मर्नेछैनौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πλὴν τοῦ πλοίου
यहाँ “क्षति” शब्द नाश पारिनेछ भन्ने अर्थमा प्रयोग भएको हो । वैकल्पिक अनुवादः “तर यस तुफानले जहाजलाई मात्र नाश पार्नेछ”
Acts 27:24
Καίσαρί σε δεῖ παραστῆναι
“कैसरको अगाडि उभिनुपर्छ” भन्ने वाक्यांशले पावल अदालतमा जाने र कैसरले तिनको न्याय गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमी कैसरको अगाडि उभिनुपर्छ, र यसरी उनले तिम्रो न्याय गरून्” (हेर्नुहोस्ः लक्षणा)
κεχάρισταί σοι…πάντας τοὺς πλέοντας μετὰ σοῦ
“तिमीसँगै जहाजमा यात्रा गरिरहेका ती सबैलाई बाँच्न दिने निर्णय गर्नुभएको छ”
Acts 27:25
καθ’ ὃν τρόπον λελάληταί μοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसरी स्वर्गदूतले मलाई भने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:26
εἰς νῆσον…τινα, δεῖ ἡμᾶς ἐκπεσεῖν
“हामीले जहाजलाई यसरी मोड्नुपर्छ कि त्यो कुनै टापूतिर गएर क्षतिग्रस्त होस्”
Acts 27:27
भयङ्कर तेज तुफान निरन्तर चलिरह्यो ।
ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο
यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” वा “१४” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तुफान चल्न सुरु भएको चौध दिनपछि, त्यो रातमा” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू अनि सङ्ख्याहरू)
διαφερομένων ἡμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसै बतासले हामीलाई अगिपछि धकेल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ Ἀδρίᾳ
यो समुद्र इटाली र ग्रीसको बीचमा पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 27:28
βολίσαντες
“तिनीहरूले समुद्रको पानीको गहिराइ नापे ।” तिनीहरूले एउटा डोरीमा गह्रौँ वस्तुलाई बाँधेर त्यसलाई पानीभित्र डुबाएर पानीको गहिराइ नापे ।
εὗρον ὀργυιὰς εἴκοσι
“२० फ्याथम भएको पाए ।” यहाँ मूल शब्दमा पानीको गहिराइ नाप्ने एकाइको “फ्याथम” प्रयोग भएको छ, र एक फ्याथोम लगभग दुई मिटर हुन्छ । वैकल्पिक अनुवादः “४० मिटर भएको पाए” (हेर्नुहोस्ः सङ्ख्याहरू)
εὗρον ὀργυιὰς δεκαπέντε
“१५ फ्याथम भएको पाए ।” यहाँ मूल शब्दमा पानीको गहिराइ नाप्ने एकाइको “फ्याथम” प्रयोग भएको छ, र एक फ्याथोम लगभग दुई मिटर हुन्छ । वैकल्पिक अनुवादः “३० मिटर भएको पाए” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Acts 27:29
ἀγκύρας
लङ्गर भनेको एउटा गह्रौँ वस्तु जुन जहाजमा बाँधिएको डोरीसँग गाँसिएको हुन्छ । लङ्गरलाई तल पानीमा खसालिन्छ र त्यो समुद्रको पिँधमा खस्छ र जहाजलाई तैरेर यताउता जान दिँदैन । तपाईंले यसलाई प्रेरितहरू २७:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐκ πρύμνης
“जहाजको पछाडिपट्टिबाट”
Acts 27:30
यहाँ “तपाईंहरू” शब्द बहुवचन हो, र यसले कप्तान र रोमी सिपाहीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τὴν σκάφην
यो सानो डुङ्गा हो, र यसलाई कुनै बेला जहाजको पछाडि राखिन्छ, अनि कुनै बेला यसलाई जहाजभित्र ल्याएर बाँधेर राखिन्छ । यस्ता साना डुङ्गाहरू विभिन्न प्रयोजन, जस्तै जहाज डुब्न लाग्दा भाग्नका लागि उपयोग गरिन्थ्यो । तपाईंले यसलाई प्रेरितहरू २७:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐκ πρῴρης
“जहाजको अगाडिपट्टिबाट”
Acts 27:31
ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε
“बसेनन्” र “सक्नुहुने छैन” जस्ता अकरणमा भनिएका शब्दहरूलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । कर्मवाच्यको “बचाइनु” वाक्यांशलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंहरू बाँच्नका लागि यी मानिसहरू यस जहाजमा बस्नै पर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:33
ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι
“जब सूर्योदय हुनै लागेको थियो”
τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν
यो क्रमागत सङ्ख्या “चौधौँ”लाई “चौध” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “१४ दिनसम्म” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू अनि सङ्ख्याहरू)
Acts 27:34
οὐδενὸς…ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται
यो तिनीहरूमाथि कुनै किसिमको हानि आइपर्ने थिएन भन्ने तरिका थियो । वैकल्पिक अनुवादः “तपार्इंहरू सबै यो विपत्तिबाट कुनै हानि बिना नै बाँच्नुहुनेछ” (हेर्नुहोस्ः टुक्काहरू)
Acts 27:35
κλάσας
“रोटीलाई टुक्रा बनाए” वा “रोटीबाट एक टुक्रा चुँडाले”
Acts 27:36
εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले तिनीहरू सबैलाई उत्साहित पार्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 27:37
ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ, διακόσιαι ἑβδομήκοντα ἕξ
“हामी जहाजमा दुई सय छहत्तर जना मानिसहरू थियौँ ।” यो पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः सङ्ख्याहरू अनि पृष्ठभूमिको जानकारी)
Acts 27:39
κόλπον
पानीको ठूलो क्षेत्र जसलाई आंशिक रूपमा जमिनले घेरेको हुन्छ
τὴν γῆν οὐκ ἐπεγίνωσκον
“जमिन देखे, तर यो तिनीहरूले थाहा पाएको कुनै ठाउँ जस्तो पहिचान गर्न सकेनन्”
Acts 27:40
τὰς ἀγκύρας περιελόντες, εἴων
“डोरीहरूलाई काटे र लङ्गरहरूलाई पछाडि छोडिदिए”
τῶν πηδαλίων
दिशा नियन्त्रण गर्नका लागि जहाजको पछाडिपट्टि राख्ने काठका ठूला फल्याकहरू
τὸν ἀρτέμωνα
“जहाजका अगाडको भागमा भएका पालहरू ।” यी जहाजको पाल चाहिँ कपडाको ठूला टुक्रा थियो, र यो पालमा हावाले हानेपछि जहाज यताउता जान्थ्यो ।
κατεῖχον εἰς τὸν αἰγιαλόν
“तिनीहरूले जहाजलाई समुद्री तटतर्फ मोडे”
Acts 27:41
περιπεσόντες…εἰς τόπον διθάλασσον
प्रवाह भनेको निरन्तर एउटै दिशामा बग्ने पानीको धार हो । कहिलेकाहीँ एउटा धारमाथि अर्को धार पनि बगिरहेका हुन्छन् । यसले पानीमुनि बालुवा थुप्रिन्छ र समुद्री किनार दलदले धापजस्तो हुन्छ ।
πρῷρα
“जहाजको अगाडिपट्टको भाग”
ἡ…πρύμνα
“जहाजको पछाडिपट्टको भाग”
Acts 27:42
τῶν…στρατιωτῶν, βουλὴ ἐγένετο
“सिपाहीहरूले ... योजना बनाइरहेका थिए”
Acts 27:43
ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος
“त्यसैले तिनीहरू जे गर्ने योजना गरे, त्यो गर्नबाट उनले तिनीहरूलाई रोके”
ἀπορίψαντας
“जहाजबाट पानीमा हाम फाल्नु”
Acts 27:44
οὓς…ἐπὶ σανίσιν
“कोही काठका टुक्राहरूमा”
Acts 28
प्रेरितहरू २८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावल रोममा दुई वर्ष बसे । त्यसपछि तिनलाई के भयो भन्ने कुरा लूकाले लेखेका छैनन् । यसरी नलेख्नुको कारण के थियो होला भन्ने कसैलाई थाहा छैन ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“पत्रहरू” र “भाइहरू”
पावलले यहूदी अगुवाहरूसँग कुराकानी गर्ने इच्छा गरेकोमा तिनीहरूले अचम्म माने, पावल रोममा आइरहेका छन् भनेर यरूशलेमका प्रधान पूजाहारीले लेखेको त्यस्तो कुनै पत्र तिनीहरूले प्राप्त गरेका थिएनन् ।
जब यहूदी अगुवाहरूले “भाइहरू” भनेर सम्बोधन गरे, तब तिनीहरूले यहूदी बन्धुहरूका बारेमा कुरा गरेका थिए, ख्रीष्टिएनहरूका बारेमा होइन ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“उनी देवता थिए”
स्थानीय मानिसहरूले पावल देवता हो भन्ने बुझे, तर तिनी एकमात्र साँचो परमेश्वर हुन् भनेर तिनीहरूले बुझेका होइन् । पावलले ती स्थानीय मानिसलाई आफू देवता होइन भनेका छैनन्, र तिनले किन त्यसो भनेनन्, सो हामीलाई थाहा छैन ।
Acts 28:1
यहाँ “हामी” शब्दले पावल, लेखक, अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन ।(हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
जहाज भाँचिएर टुक्रिएपछि माल्टा टापूका मानिसहरूले पावल र जहाजमा भएका हरेक व्यक्ति मदत गरे । तिनीहरू त्यहाँ तीन महिना बसे ।
καὶ διασωθέντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामी सुरक्षित किसिमले पुग्यौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τότε ἐπέγνωμεν
पावल र लूकाले त्यो टापूको नाउँ थाहा पाए । वैकल्पिक अनुवादः “हामीले मानिसहरूबाट थाहा पायौँ” वा “हामीले त्यहाँका बासिन्दाहरूबाट थाहा पायौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Μελίτη ἡ νῆσος καλεῖται
माल्टा आधुनिक सिसिली टापूको दक्षिणमा पर्ने एउटा टापु हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 28:2
οἵ…βάρβαροι
“स्थानीय मानिसहरू”
παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν
कसैमाथि दया देखाउने कुराका बारेमा यो कसैले अरू कसैलाई दिन सक्ने कुनै वस्तु हो जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “हामीप्रति अत्यन्त दयालु मात्र भएनन्” (हेर्नुहोस्ः रूपक)
οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν
यो वाक्यांश भनिएको कुराको विपरीतलाई जोड दिनका लागि प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “धेरै ठूलो दया” (हेर्नुहोस्ः निषेधात्मक)
ἅψαντες…πυρὰν
“तिनीहरूले झिँजाहरू र हाँगाहरू सँगै राखे र तिनलाई जलाए”
προσελάβοντο πάντας ἡμᾶς
सम्भवित अर्थहरू हुन् १) “जहाजबाटका सबै मानिसहरूलाई स्वागत गरे” वा २) “पावल र उनका सबै सहयात्रीहरूलाई स्वागत गरे ।”
Acts 28:3
ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα
“दाउराहरूको बिटाबाट एउटा विषालु सर्प निस्केर आयो”
καθῆψε τῆς χειρὸς αὐτοῦ
“पावलको हातमा टोक्यो र छोड्न मानेन”
Acts 28:4
πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος
“निश्चय नै, यी मानिस एउटा हत्यारा हुन्” वा “यी मानिस साँच्चै एउटा हत्यारा हुन्”
ἡ δίκη
यहाँ “इन्साफ” शब्दले ती स्थानीय मानिसले न्यायकर्ता भनेर पूजा गर्ने देवतालाई जनाउँछ । वैकल्पिक अनुवादः “इन्साफ भनिने देवता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Acts 28:5
ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ
“उनको हात झट्कारे र सर्प उनको हातबाट आगोमा खस्यो”
ἔπαθεν οὐδὲν κακόν
“पावललाई कुनै चोटपटक लागेन”
Acts 28:6
πίμπρασθαι
सम्भावित अर्थहरू हुन् १) उनको शरीर सर्पको विषले गर्दा फुलिनेछ वा २) उनलाई धेरै तातो ज्वरो आउनेछ ।
μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον
यसलाई करण वाक्यमा बोल्न सकिन्छ । वैकल्पिक अनुवादः “उनको बारेमा हरेक कुरा जस्तो हुनुपर्ने थियो, त्यस्तै भयो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
μεταβαλόμενοι
घटनाको परिस्थितिका बारेमा फरक ढङ्गले सोचविचार गर्ने कुरालाई त्यो व्यक्तिले आफ्नो मनलाई परिवर्तन गरेको भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि विचार गरे” (हेर्नुहोस्ः रूपक)
ἔλεγον αὐτὸν εἶναι θεόν
यसलाई प्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “भने, ‘यो मानिस देवता हुनुपर्छ ।’” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
ἔλεγον αὐτὸν εἶναι θεόν
एउटा विषालु सर्पले टोकेर पनि बाँच्ने कोही पनि मानिस ईश्वरीय व्यक्ति वा एउटा देवता थियो भन्ने विश्वास थियो ।
Acts 28:7
यहाँ “हामी” शब्दले पावल, लूका, र तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον
“अब” शब्द चाहिँ उल्लिखित विवरणमा एउटा नयाँ व्यक्ति वा घटनाको चिनारी दिनलाई प्रयोग गरिएको छ ।
τῷ πρώτῳ τῆς νήσου
सम्भावित अर्थहरू हुन् १) मानिसहरूका मुख्य अगुवा वा २) शायद उनको सम्पत्तिको कारणले होला तिनी त्यो टापूमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति थिए ।
ὀνόματι Ποπλίῳ
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 28:8
ἐγένετο δὲ, τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι
यो पब्लियसको बुबाको बारेमा भएको पृष्ठभूमि जानकारी हो जुन यो कथा बुझ्नलाई महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः पृष्ठभूमिको जानकारी)
πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बिरामी थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δυσεντερίῳ
आउँ आन्द्रासम्बन्धी एउटा सङ्क्रमक रोग हो ।
ἐπιθεὶς τὰς χεῖρας αὐτῷ
“उनलाई आफ्नो हातले छोए”
Acts 28:9
ἐθεραπεύοντο
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनीहरूलाई पनि निको पारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 28:10
πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς
शायद तिनीहरूले पावल र तिनीसँग भएका मानिसहरूलाई उपहारहरू दिएर सम्मान गरे ।
Acts 28:11
जुम्याहा दाजुभाइ भन्नाले ग्रीक देवता जिउसका जुम्याहा छोरा केस्टोर र पोलुक्सलाई जनाउँछ । तिनले जहाजको सुरक्षा गर्दछन् भन्ने विचार गरिन्थ्यो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
पावलको रोमतर्फको यात्रा अगाडि बढ्छ ।
παρακεχειμακότι ἐν τῇ νήσῳ
“जाडो मौसममा चालकदलले टापूमा नै छोडे”
ἐν πλοίῳ…Ἀλεξανδρίνῳ
सम्भवित अर्थहरूमा यसले १) अलेक्जेन्ड्रियाबाट आएको जहाज वा २) अलेक्जेन्ड्रियामा दर्ता गरिएको वा अनुमति पत्र दिइएको जहाजलाई जनाउँछ ।
παρασήμῳ Διοσκούροις
जहाजको अगाडिको भागमा त्यहाँ दुई मूर्तिहरूको आकृति खोपिएको थियो जसलाई “जुम्ल्याहा देवताहरू” भनिन्थ्यो । तिनीहरूका नाउँहरू केस्टोर र पोलुक्स हुन् ।
Acts 28:12
Συρακούσας
सुराकुसाई इटालीको ठीक दक्षिण-पश्चिममा अवस्थित आधुनिक सिसिली टापुको दक्षिण-पूर्वी समुद्री तटमा पर्ने एउटा सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 28:13
रोमको ५० किलोमिटर दक्षिणमा अप्पियसको बजार र तीन-पाटी चाहिँ त्यहाँको प्रसिद्ध बजार र पौवा थिए जुन अप्पियन मार्गमा पर्दथे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ῥήγιον
यो इटालीको दक्षिण-पश्चिममा अवस्थित एउटा बन्दरगाह सहर हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἐπιγενομένου νότου
“बतास दक्षिणबाट चल्न थाल्यो”
Ποτιόλους
पटिओली इटालीको पश्चिम तटको आधुनिक नेपल्समा अवस्थित छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Acts 28:14
οὗ εὑρόντες ἀδελφοὺς
“त्यहाँ हामीले ... भेट्यौँ”
ἀδελφοὺς
यिनीहरू येशूका अनुयायीहरू थिए, जसमा पुरुष र स्त्री दुवै समावेश थिए । वैकल्पिक अनुवादः “सङ्गी विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
παρεκλήθημεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले हामीलाई निमन्त्रणा दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν
पावल पटिओली आइपुगेपछि रोमतिरको बाँकी यात्रा जमिनको यात्रा थियो । वैकल्पिक अनुवादः “र हामी तिनीहरूसँग सात दिन बसेपछि हामी रोमतिर लाग्यौँ”
Acts 28:15
ἀκούσαντες, τὰ περὶ ἡμῶν
“हामी आउँदै छौँ भन्ने कुरा तिनीहरूले सुनेपछि”
εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος
साहस लिने कुरालाई यो कुनै व्यक्तिले बोकेर हिँड्न सक्ने वस्तु भएको जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “यसले उनलाई उत्साहित बनायो, र उनले परमेश्वरलाई धन्यवाद दिए” (हेर्नुहोस्ः रूपक)
Acts 28:16
यहाँ “हामी” शब्दले लेखक, पावल, अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
पावल रोममा एक कैदीका रूपमा पुगे, तर तिनले आफू चाहेको घरमा बस्ने स्तन्त्रता प्राप्त गरे । तिनको जीवनमा हुन आएका कुरा स्पष्ट पार्नका लागि तिनले स्थानीय यहूदीहरूलाई एकसाथ बोलाए ।
ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी रोममा आइपुगेपछि सरकारले उनलाई ... अनुमति दियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 28:17
ἐγένετο δὲ
कथाको नयाँ भाग सुरु भएको कुराको सङ्केत गर्नका लागि यो वाक्यांश प्रयोग भएको छ । यदि तपाईंको भाषामा यसरी लेख्ने तरिका छ भने, तपाईंले यसलाई लेख्न सक्नुहुन्छ ।
τῶν Ἰουδαίων πρώτους
यिनीहरू रोममा भएका नागरिक वा धार्मिक अगुवाहरू हुन् ।
ἀδελφοί
यहाँ यसको अर्थ “सङ्गी यहूदीहरू” भन्ने हुन्छ ।
ἐναντίον…τῷ λαῷ
“हाम्रा मानिसहरूका विरुद्धमा” वा “यहूदीहरूका विरुद्धमा”
ἐγώ…δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “केही यहूदीहरूले यरूशलेममा मलाई गिरफ्तार गरे र मलाई रोमी अधिकारीहरूकहाँ बन्दी बनाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὰς χεῖρας τῶν Ῥωμαίων
यहाँ “हात” शब्दले शक्ति वा नियन्त्रणलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Acts 28:18
τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί
“तिनीहरूले मलाई मृत्युदण्डको दिनलाई मैले कुनै पनि कुरा गरेको थिइन”
Acts 28:19
τῶν Ἰουδαίων
यसले अर्थ सबै यहूदीहरू हुँदैन । वैकल्पिक अनुवादः “यहूदीहरूका अगुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)
ἀντιλεγόντων
“रोमी अधिकारीहरूले जे गर्न चाहेका थिए, त्यसको बारेमा गुनासो गरे”
ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो इन्साफ गरिदिनलाई मैले कैसरलाई बिन्ती गरेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν
भाववाचक नाउँ “दोष” लाई क्रियापदका रूपमा “दोष लगाउन” लेख्न सकिन्छ । यहाँ “जाति” शब्दले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर मैले मेरो जातिका मानिसहरूका विरुद्धमा कैसरको सामु दोष लगाउने इच्छा गरेको हुनाले त्यसो गरेको होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
Acts 28:20
τῆς ἐλπίδος τοῦ Ἰσραὴλ
सम्भावित अर्थहरू हुन् १) मसिह आउनुहुनेछ भनेर इस्राएलका मानिसले निश्चयताका साथ अपेक्षा गर्छन् वा २) परमेश्वरले मृतकहरूलाई पुनः जीवित तुल्याउनुहुन्छ भन्ने कुरामा इस्राएलका मानिसले निश्चयताका साथ अपेक्षा गर्छन् ।
τοῦ Ἰσραὴλ
यहाँ “इस्राएल”को अर्थ मानिसहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू” वा “यहूदीहरू” (हेर्नुहोस्ः लक्षणा)
τὴν ἅλυσιν ταύτην περίκειμαι
यहाँ “साङ्लाले बाँधिएको” वाक्यांशले कैदी भएको अवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “कि म एक कैदी हुँ” (हेर्नुहोस्ः लक्षणा)
Acts 28:21
यहाँ “हामीले,” “हामी,” र “हामीलाई” शब्दहरूले रोममा भएका यहूदी अगुवाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः प्रेरितहरू २८:१७ अनि"हामी" को समावेशी र असमावेशी रूप)
यहूदी अगुवाहरूले पावललाई जवाफ दिन्छन् ।
οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν
यहाँ “भाइहरू” शब्दको अर्थ सङ्गी यहूदीहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “नता हाम्रा कुनै सङ्गी यहूदीहरू”
Acts 28:22
τῆς αἱρέσεως ταύτης
पन्थ शब्दले ठूलो समूहभित्रको अर्को एउटा सानो समूहलाई जनाउँछ । यहाँ यो शब्दले येशूमाथि विश्वास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इं यस समूहको बारेमा के विचार गर्नुहुन्छ जसको तपाईं एक सदस्य हुनुहुन्छ”
γνωστὸν ἡμῖν ἐστιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने हामी जान्दछौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πανταχοῦ ἀντιλέγεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “रोमी साम्राज्यभरी सारा यहूदीहरूले यस मार्गको बारेमा खराब कुराहरू भनिरहेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 28:23
यहाँ “उनीहरू” भन्नाले रोममा भएका यहूदी अगुवाहरू भन्ने हुन्छ । “उनलाई”, “उनको”, र “उनी” शब्दहरूले पावललाई जनाउँछन् (प्रेरितहरू २८:१७) ।
ταξάμενοι…αὐτῷ ἡμέραν
“तिनीहरूसँग तिनले कुरा गरून् भनेर समय तोकिदिएका थिए”
διαμαρτυρόμενος τὴν Βασιλείαν τοῦ Θεοῦ
यहाँ “परमेश्वरको राज्य”को अर्थ राजाको रूपमा परमेश्वरले गर्नुहुने शासन हुन्छ । वैकल्पिक अनुवादः “राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनका बारेमा तिनीहरूलाई बताए” वा “परमेश्वरले कसरी आफूलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनेर तिनीहरूलाई बताए” (हेर्नुहोस्ः लक्षणा)
τῶν προφητῶν
यहाँ “अगमवक्ताहरू” शब्दले तिनीहरूले लेखेका कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अगमवक्ताहरूले लेखेका कुराहरूबाट” (हेर्नुहोस्ः लक्षणा)
Acts 28:24
καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये केहीलाई पावलले विश्वस्त तुल्याउन सके” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Acts 28:25
यहाँ “तिनीहरू” शब्दले रोममा भएका यहूदी अगुवाहरूलाई जनाउँछ (प्रेरितहरू २८:१७) । “तिमीहरूको” शब्दले ती मानिसहरूलाई जनाउँछ जससँग पावलले कुरा गरिरहेका थिए । पद २६ मा, पावलले यशैया अगमवक्तालाई उद्धरण गर्न थाल्छन् ।
यहूदी अगुवाहरू बिदा हुन तयार हुँदै गर्दा पावलले यति बेलाका लागि उद्धरण गर्न उपयुक्त हुने पुरानो करारको धर्मशास्त्रको खण्डबाट उद्धरण गरे ।
εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν
यहाँ “वचन” शब्दले सन्देश वा वाक्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “पावलले अर्को एउटा कुरा भनेपछि” वा “पावलले यो वाक्य बोलेपछि” (हेर्नुहोस्ः लक्षणा)
καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
यस वाक्यनमा उद्धरणहरूभित्र उद्धरणहरू छन् । (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू)
Acts 28:26
λέγων, πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε; καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε
यो चाहिँ पद २५ मा “पवित्र आत्माले भन्नुभयो” भन्ने शब्दहरूका साथमा सुरु हुने वाक्यको अन्त्य हो जुन वाक्यमा उद्धरणहरूभित्र उद्धरणहरू छ । तपाईंले भित्रको एउटा उद्धरणलाई अप्रत्यक्ष वाक्यका रूपमा अनुवाद गर्न सक्नुहुन्छ, वा तपाईंले भित्रका दुईवटा उद्धरणहरूलाई अप्रत्यक्ष उद्धरणहरूको रूपमा अनुवाद गर्न सक्नुहुन्छ । “पवित्र आत्माले यशैया अगमवक्ताद्वारा तिम्रा पितापूर्खाहरूसँग ठीकै कुरा बोल्नुभयो जब आत्माले यशैयालाई भन्नुभयो कि तिनले तिनीहरूलाई भन्नुपर्छ, कि तिनीहरूले सुन्नेछन् तर बुझ्नेछैनन् अनि तिनीहरूले हेर्नेछन् तर देख्नेछैनन्” (हेर्नुहोस्ः उद्धरणभित्रका उद्धरणहरू)
ἀκοῇ ἀκούσετε…βλέποντες βλέψετε
यहाँ “सुन्नु” र “हेर्नु” शब्दहरूलाई जोड दिनका लागि दोहोर्याइएको छ । “तिमीहरू ध्यान दिएर सुन्नेछौ ... तिमीहरूले एकोहोरो हेर्नेछौ”
καὶ οὐ μὴ συνῆτε…καὶ οὐ μὴ ἴδητε
यी दुवै वाक्यांशहरूको मूलभूत अर्थ एकै हो । यहूदी मानिसहरूले परमेश्वरका योजना बुझ्न सक्दैनन् भन्ने कुरामा यी वाक्यांशले जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
Acts 28:27
पावलको यशैयाको उद्धरणलाई तपाईंले प्रेरित २८:२५-२६ मा अनुवाद गर्नुभएको अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष उद्धरणमा अनुवाद गर्नुहोस् ।
पावलले यशैया अगमवक्ताको पुस्तकबाट उद्धरण गरेर सिद्ध्याउँछन् ।
ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου
परमेश्वरले भन्नुभएका कुरा गर्न र बुझ्न हठी भएर इन्कार गर्ने कुराका बारेमा तिनीहरूका हृदय सुस्त भएको भनिएको छ । यहाँ “हृदय” शब्दले दिमागलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν
परमेश्वरले भन्नुभएका कुरा गर्न र बुझ्न हठी भएर इन्कार गर्ने कुराका बारेमा तिनीहरू सुन्न नसक्ने भएका र तिनीहरूले नदेखून् भनी आफ्ना आँखा बन्द गरेका छन् भनेको छ । (हेर्नुहोस्ः रूपक)
τῇ καρδίᾳ συνῶσιν
यहाँ “हृदय” शब्दले दिमागलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἐπιστρέψωσιν
परमेश्वरको आज्ञापालन गर्न सुरु गर्ने कुरालाई त्यो व्यक्ति शारीरिक रूपमा नै परमेश्वरतिर फर्केको जस्तो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
ἰάσομαι αὐτούς
यसको अर्थ परमेश्वरले तिनीहरूलाई शारीरिक रूपमा मात्र निको पार्ने होइन । उहाँले तिनीहरूका पापहरू क्षमा गर्नुभएर तिनीहरूलाई आत्मिक रूपमा पनि निको पार्नुहुनेछ ।
Acts 28:28
पावलले रोमका यहूदी अगुवाहरूसँग बोलेर सिद्ध्याउँछन् ।
τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ
परमेश्वरले कसरी मानिसहरूलाई बचाउनुहुन्छ भन्ने उहाँको सन्देशका बारेमा यो पठाउने वस्तु भएको जस्तो गरी भनिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसरी अन्यजातिहरूलाई बचाउनुहुन्छ भनी तिनीहरूलाई सुनाउनका लागि उहाँले आफ्ना सन्देशवाहकहरूलाई तिनीहरूकहाँ पठाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
αὐτοὶ καὶ ἀκούσονται
“तिनीहरूमध्ये केहीले सुन्नेछन् ।” त्यस बेलाका यहूदीहरूले जसरी प्रत्तिउत्तर जनाए, त्यसको विपरीत किसिमले अन्यजातिहरूले प्रत्तिउत्तर जनाए ।
Acts 28:30
लूकाले प्रेरितको पुस्तकमा पावलको कथालाई अन्त्य गर्छन् । (हेर्नुहोस्ः कथाको समापन)
Acts 28:31
κηρύσσων τὴν Βασιλείαν τοῦ Θεοῦ
यहाँ “परमेश्वरको राज्य” भन्नाले राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “राजाको रूपमा परमेश्वरले गर्नुहुने शासनका बारेमा उनले प्रचार गरिरहेका थिए” वा “परमेश्वरले आफूलाई राजाको रूपमा कसरी प्रकट गर्नुहुनेछ भन्ने बारेमा उनले प्रचार गरिरहेका थिए” (हेर्नुहोस्ः लक्षणा)