नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

James

James front

याकूबको परिचय

भाग १: सामान्य परिचय

याकूबको पुस्तकको रूपरेखा
  1. अभिवादनहरू (१:१)
  2. जाँच र परिपक्वता (१:२-१८)
  3. परमेश्‍वरको वचन सुन्‍ने र गर्ने (१:१९-२७)
  4. कामहरूमा देखिएको साँचो विश्‍वास
  5. परमेश्‍वरको वचन (१:१९-२७)
  6. प्रेमको राजकीय नियम (२:१-१३)
  7. कामहरू (२:१४-२६)
  8. समुदायमा भएका कठिनाइहरू
  9. जिब्रोका खतराहरू (३:१-१२)
  10. माथिबाटको बुद्धि (३:१३-१८)
  11. सांसारिक इच्‍छाहरू (४:१-१२)
  12. तपाईंका निर्णयहरूमा परमेश्‍वरको दृष्‍टिकोण
  13. भोलिको बारेमा घमण्‍ड गर्ने (४:१३-१७)
  14. धनहरूका बारेमा चेतावनी (५:१-६)
  15. धीरजका साथ कष्‍ट भोग्‍ने (५:७-११)
  16. अन्तिम सल्‍लाहहरू
  17. शपथहरू (५:१२)
  18. प्रार्थना र चङ्गाइ (५:१३-१८)
  19. एक अर्काको लागि वास्ता (५:१९-२०)
याकूबको पुस्तक कसले लेखे ?

लेखकले आफैँलाई याकूबको रूपमा परिचय गराउँछन् । यिनी सम्भवतः येशूका सौतेनी भाइ याकूब थिए । याकूब प्राचीन मण्‍डलीमा एक अगुवा थिए र यरूशलेमको परिषदको एक हिस्‍सा थिए । प्रेरित पावलले पनि उनलाई मण्‍डलीको “एक खाँबो” भनी बोलाए ।

यिनी प्रेरित याकूब चाहिँ होइनन् । प्रेरित याकूब यो पत्र लेखिनुभन्दा अगाडि मारिएका थिए ।

याकूबको पुस्तक केको बारेमा हो ?

यस पत्रमा, याकूबले दुःखभोग गरिरहेका विश्‍वासीहरूलाई उत्साह दिए । तिनीहरूलाई अझ बढी परिपक्व ख्रीष्‍टिएनहरू हुन सहायता गर्नलाई परमेश्‍वरले तिनीहरूको कष्‍टलाई प्रयोग गर्नुहुन्छ भनेर उनले तिनीहरूलाई भने । विश्‍वासीहरूले असल कामहरू गर्नुपर्ने आवश्‍यकताको विषयमा पनि याकूबले तिनीहरूलाई बताए । विश्‍वासीहरू कसरी जिउनुपर्छ र एक अर्कालाई कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा उनले यस पत्रमा धेरै लेखे । उदाहरणको लागि, एक अर्कालाई उचित ढङ्गले व्यवहार गर्न, र एक अर्कासँग नलड्न, र आफ्‍ना धनहरूलाई बुद्धमानीपूर्वक रीतिले प्रयोग गर्नलाई उनले तिनीहरूलाई आज्ञा गरे ।

१:६, ११ र ३:१-१२ मा जस्तै गरी प्रकृतिबाटका धेरै उदाहरणहरू प्रयोग गरेर याकूबले उनका पाठकहरूलाई सिकाए । साथै, यस पत्रका थुप्रै अंशहरू येशूले डाँडाको उपदेशमा भन्‍नुभएका कुराहरूसँग समान छ (मत्ती ५-७) ।

“छरिएका बाह्र कुलहरू” को थिए ?

याकूबले भने कि उनले “छरिएका बाह्र कुलहरू”लाई लेखिरहेका थिए (१:१) । केही विद्वानहरूले विचार गर्छन् कि याकूबले यहूदी ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । अन्य विद्वानहरूले विचार गर्छन् कि याकूबले सामान्य रूपमा सारा ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । “सामान्य पत्रहरू”मध्येमा भएको एक पत्रको रूपमा यस पत्रलाई चिनिन्छ किनकि यो पत्र कुनै खास मण्‍डली वा व्यक्तिलाई लेखिएको थिएन ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “याकूब” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “याकूबबाटको एउटा पत्र” वा “याकूबले लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

एक व्यक्ति परमेश्‍वरको सामु कसरी धर्मी ठहरिन्छ भन्‍ने विषयमा के याकूब पावलसँग असहमत भए ?

पावलले रोमीहरूमा सिकाउँछन् कि ख्रीष्‍टिएनहरू विश्‍वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन, जबकि याकूबले ख्रीष्‍टिएन कामहरूद्वारा धर्मी ठहिरिन्छन् भनी सिकाएको जस्तो देखिन्छ । त्यहाँ कुनै विरोध छैन । यस विषयको एउटा समाधान भनेको “धर्मी ठहरिनु” भन्‍ने कुरालाई दुई फरक तरिकमा प्रयोग गरिएको छ भनेर बुझ्‍ने कुरा पर्छ । पावलले सिकाउँछन् कि ख्रीष्‍टिएनहरू परमेश्‍वरको सम्‍मुखमा धर्मी ठहरिन्छन् जबकि याकूबले सिकाउँछन् कि कोही मानिस अरू मानिसहरूको सम्‍मुखमा उसका कामहरूद्वारा धर्मी ठहरिन्छ ।पावलले रोमीहरूमा सिकाए कि ख्रीष्‍टिएनहरू विश्‍वासद्वारा धर्मी ठहरिन्छन् र कामहरूद्वारा होइन । ख्रीष्‍टिएनहरू कामहरूद्वारा धर्मी ठहरिन्छन् भनेर याकूबले सिकाएको जस्तो देखिन्छ । यो अल्मल्याउने हुन सक्छ । तर पावल र याकूबले सिकाएका कुराहरूको अझ राम्रो बुझाइले देखाउँछ कि तिनीहरू एक आपसमा सहमत हुन्छन् । तिनीहरू दुवैले सिकाए कि धर्मी ठहरिनलाई एक व्यक्तिसँग विश्‍वास हुन जरुरी छ । साथै तिनीहरू दुवैले सिकाए कि सच्‍चा विश्‍वासले एक व्यक्तिलाई असल कामहरू गर्न लगाउँछ । यी कुराहरूको विषयमा पावल र याकूबले फरक तरिकाहरूमा सिकाए किनभने तिनीहरूका फरक पाठकहरू थिए जसलाई धर्मी ठहरिने कुराको विषयमा विभिन्‍न कुराहरू जान्‍न खाँचो थियो । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि विश्‍वास अनि कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

अनुवादकले याकूबको पुस्तकमा भएका विषयहरूको फेरबदल भएको कुराको कसरी सङ्केत गर्नुपर्छ ?

पत्र छिटो-छिटो गरेर एक विषयदेखि अर्को विषयमा सर्छ । कहिलेकाहीँ याकूबले पाठकहरूलाई बताउँदैनन् कि उनले विषय बदल्‍न लागेका छन् । पदहरूलाई एक अर्कासँग सम्बन्धित नभइ आउन दिनु स्वीकार्य छ । नयाँ पङ्क्तिबाट सुरु गरेर वा विषयहरूको बीचमा ठाउँ छोडेर खण्‍डहरूलाई अलग राख्‍दा अर्थ ल्याउन सक्छ ।

याकूबको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
  • “के तिमी जान्‍न चाहन्छौ, मूर्ख मानिस, काम बिनाको विश्‍वास कसरी बेकार छ ?” (२:२०) । यूएलटी, यूएसटी, र नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूमा यस्तो छ, “के तिमी जान्‍न चाहन्छौ, मूर्ख मानिस, कि काम बिनाको विश्‍वास मृत छ ?” यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

James 1

याकूब ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

याकूबले पद १ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले पत्रहरूलाई यसरी नै सुरु गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परीक्षा र जाँच

यी शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ । अनुवादक यो कुरामा सचेत हुनुपर्छ कि यहाँ “परीक्षा”को (याकूब १:१३) अर्थ र परमेश्‍वरले मानिसको “जाँच” गर्नुहुने कुराको (हिब्रूहरू ११:१७) अर्थमा केही महत्त्वपूर्ण भिन्‍नताहरू छन् ।यी दुई शब्दहरू मा एकसाथ आउँछन् । दुवै शब्दहरूले कोही एउटा व्यक्तिको विषयमा कुरा गर्छन् जसले केही असल गर्ने र केही खराब गर्ने बीचमा छान्‍न सक्छन् । तिनीहरूको बीचमा भएको भिन्‍नता महत्त्वपूर्ण छ । परमेश्‍वरले त्यस व्यक्तिको जाँच गरिरहनुभएको छ र जे असल छ सो गरेको चाहनुहुन्छ । शैतानले त्यस व्यक्तिलाई परीक्षा गरिरहेको छ र जे दुष्‍ट छ सो गरेको त्यसले चाहन्छ ।

मुकुटहरू

जाँच उतीर्ण हुने मानिसले प्राप्‍त गर्ने मुकुट चाहिँ एक इनाम हो, केही त्यस्तो कुरा जुन खास रूपमा केही असल गर्ने मानिसहरूले प्राप्‍त गर्छन् । (हेर्नुहोस्ः इनाम, पुरस्कार, योग्य)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले यस अध्यायमा थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन्, तपाईंले तिनीहरूलाई राम्ररी अनुवाद गर्नसक्‍नुभन्दा अगाडि अलङ्कारको विषयमा भएको पृष्‍ठमा रहेको सामग्रीलाई तपाईंले बुझ्‍न जरुरी छ । (हेर्नुहोस्ः रूपक)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“छरपष्‍ट भएर रहेका बाह्र कुलहरूलाई”

याकूबले यस पत्र कसलाई लेखे भनेर प्रस्‍ट छैन । उनले आफैँलाई प्रभु येशू ख्रीष्‍टको एक सेवक भनी भन्छन्, त्यसैले सम्भवतः उनले ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । तर उनले आफ्‍ना पाठकहरूलाई “छरपष्‍ट भएर रहेका बाह्र कुलहरू” भनी भन्छन्, ती शब्दहरू जसले सामान्यतया यहूदीहरूलाई जनाउँछन् । यो सम्भव छ कि उनले यी शब्दहरूलाई “परमेश्‍वरले चुन्‍नुभएका सारा मानिसहरू”को लागि एक अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् अथवा उनले यो पत्र तब लेखे जब अधिकांश ख्रीष्‍टिएनहरू यहूदीहरूको रूपमा हुर्किएका थिए ।

James 1:1

प्रेरित याकूबले यो पत्र सारा विश्‍वाीहरूलाई लेख्छन् । तिनीहरूमध्ये धेरैजना यहूदीहरू थिए, र तिनीहरू विभिन्न ठाउँहरूमा बस्थे ।

Ἰάκωβος

“यो पत्र ... बाट हो” भन्‍ने वाक्यांश स्वतः बुझिएको छ । वैकल्पिक अनुवादः “यो पत्र याकूब, परमेश्‍वरको र प्रभु येशू ख्रीष्‍टको सेवकबाट हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ταῖς δώδεκα φυλαῖς

सम्भावित अर्थहरू हुन् १) यो यहूदी ख्रीष्‍टिएनहरूको लागि प्रतिस्थापकीय शब्द हो, वा २) यो सबै ख्रीष्‍टिएनहरूको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरका विश्‍वासयोग्‍य मानिसहरूलाई” (हेर्नुहोस्ः उपलक्षण अनि रूपक)

ἐν τῇ διασπορᾷ

“छरपष्‍ट भएर रहेका” शब्दहरूले सामान्यतया ती यहूदीहरूलाई जनाउँथ्यो जो आफ्‍नो स्वदेश इस्राएलबाट अन्य देशहरूमा छरिएका थिए । यो भाववाचक नामपद शब्दलाई “छरिएका” क्रियापद प्रयोग गरेको एउटा वाक्यांशसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो संसारभर छरिएका छन्” वा “जो अन्य देशहरूमा बस्छन्” (हेर्नुहोस्ः भाववाचक नाम)

χαίρειν.

एउटा सामान्य अभिवादन, जस्तै “जय मसिह !” अथवा “शुभ दिन !”

James 1:2

πᾶσαν χαρὰν ἡγήσασθε

“मेरा सङ्गी विश्‍वासीहरू हो, तिमीहरूका विभिन्‍न किसिमका दुःख-कष्‍टहरूलाई उत्सव मनाउने विषय झैँ सम्झ”

James 1:3

τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν

“जाँच”, “तिमीहरूको विश्‍वास”, र “धैर्यता” जस्ता अभिव्यक्तिहरू भनेका नामपद शब्दहरू हुन् जसले अर्थ कामहरू हुन्छ । परमेश्‍वरले जाँच गर्नुहुन्छ, अर्थात, विश्‍वासीहरूले उहाँलाई कति भरोसा गर्छन् र उहाँको आज्ञापालन गर्छन् भनेर उहाँले निधो गर्नुहुन्छ । विश्‍वासीहरूले (तपाईंले) उहाँलाई विश्‍वास गर्छन् र दुःख-भोगलाई सहन्छन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले कठिनाइहरू सहन्छौ, तिमीहरूले कति धेरै उहाँलाई भरोसा गर्छौ भनेर परमेश्‍वरले हेर्दै हुनुहुन्छ । फलस्वरूप, तिमीहरू अझ धेरै कठिनाइहरू सहन सक्षम हुनेछौ” (हेर्नुहोस्ः भाववाचक नाम)

James 1:4

ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω

यहाँ धैर्यको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै काममा लागेको व्यक्ति हो । वैकल्‍पिक अनुवादः “कुनै पनि कठिनाइलाई सहन सिक” (हेर्नुहोस्ः मानवीकरण)

τέλειοι καὶ ὁλόκληροι

सबै परिस्थितिहरूमा ख्रीष्‍टमा विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न सक्षम

ἐν μηδενὶ λειπόμενοι

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई चाहिने सबैकुराहरू भएर” वा “तिमीहरू हुनुपर्ने सबै कुरा भएर”

James 1:5

λείπεται σοφίας

“परमेश्‍वरसँग त्यसको लागि मागोस् । उहाँ नै हुनुहुन्छ जसले दिनुहुन्छ”

αἰτείτω παρὰ…Θεοῦ

“उदारतासँग दिनुहुन्छ र कसैलाई हप्काउनुहुन्‍न”

δοθήσεται αὐτῷ

“परमेश्‍वरले त्यो गर्नुहुनेछ” वा “परमेश्‍वरले तिमीहरूको प्रार्थनाको उत्तर दिनुहुनेछ”

James 1:6

μηδὲν διακρινόμενος

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उत्तर दिनुहुन्छ भन्‍ने कुराको पूर्ण निश्‍चयतासाथ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἔοικεν κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ

परमेश्‍वरले उसलाई सहायता गर्नुहुनेछ भन्‍ने कुरामा शङ्का गर्ने कुनै पनि व्यक्ति चाहिँ समुद्र वा ठूलो तालमा भएको पानी जस्तो हो जुन विभिन्‍न दिशामा यताउता गरिरहन्छ । (हेर्नुहोस्ः उपमा)

James 1:8

ἀνὴρ δίψυχος

“दोहोरो मनको” भन्‍ने वाक्यांशले कुनै व्यक्तिको विचारहरूलाई जनाउँछ जब ऊ निर्णय लिन असक्षमा हुन्छ । वैकल्पिक अनुवादः “येशूलाई पछ्याउने हो वा होइन भनेर निर्णय लिन सक्दैन” (हेर्नुहोस्ः रूपक)

ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ

यहाँ यस व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ ऊ कुनै एउटा बाटोमा बस्न सक्दैन तर त्यसको साटोमा एउटा बाटोदेखि अर्कोमा गइरहन्छ । (हेर्नुहोस्ः रूपक)

James 1:9

ὁ ἀδελφὸς ὁ ταπεινὸς

“त्यस्तो विश्‍वासी जोसँग प्रशस्त रुपियाँ-पैसा छैन”

τῷ ὕψει αὐτοῦ

परमेश्‍वरले सम्मान गर्नुभएको कोही व्यक्ति चाहिँ उच्‍च स्थानमा उभिरहेको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः रूपक)

James 1:10

ὁ δὲ πλούσιος, ἐν τῇ ταπεινώσει αὐτοῦ

“गर्व गरोस्” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “तर धनी मानिसले आफ्‍नो दीन अवस्थामा गर्व गरोस्” (हेर्नुहोस्ः शब्दलोप)

ὁ…πλούσιος

“तर त्यो मानिस जससँग धेरै पैसा छ ।” सम्भावित अर्थहरू हुन् १) धनी मानिस एक विश्‍वासी हो वा २) धनी मानिस एक अविश्‍वासी हो ।

τῇ ταπεινώσει αὐτοῦ

यदि परमेश्‍वरले कुनै धनी विश्‍वासीलाई दुःख भोग गर्न लगाउनुहुन्छ भने ऊ खुशी हुनुपर्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उसलाई कठिनाइहरू दिनुभएकोमा खुशी हुनुपर्छ” (हेर्नुहोस्ः शब्दलोप)

ὡς ἄνθος χόρτου

धनी मानिसहरू जङ्गली फुलहरूसँग समान छन् भनेर बताइएको छ, जुन केवल छोटो समयको लागि मात्र जीवित हुन्छन् । (हेर्नुहोस्ः उपमा)

James 1:11

ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο

कुनै फुल सुन्दर हुन छोड्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको त्यसको सौन्दर्य मरेको हो । वैकल्‍पिक अनुवादः “र त्यो अब अरू बढी सुन्दर छैन” (हेर्नुहोस्ः रूपक)

μαρανθήσεται

यहाँ फुलको उपमालाई नै सम्भवतः निरन्तरता दिइएको छ । जसरी फुलहरू अचानक मर्दैनन् तर त्यसको साटोमा छोटो समय अवधि लगाएर बिलाउँदै जान्छन्, त्यसरी नै धनी मानिसहरू पनि अचानक नमर्न सक्छन् तर त्यसको साटोमा तिनीहरू हराउनलाई छोटो समय लिन्छन् । (हेर्नुहोस्ः उपमा)

ἐν ταῖς πορείαις αὐτοῦ

धनी मानिसको दैनिकी क्रियाकलापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती भनेका उसले गरिरहेको एक यात्रा हो । यस अलङ्कारले भन्‍न खोजेको छ कि उसले आफ्नो आउँदै गरेको मृत्युलाई कुनै विचार दिइरहेको छैन, र त्यसले उसलाई अचानक आएर लैजानेछ । (हेर्नुहोस्ः रूपक)

James 1:12

याकूबले भागेर गएका विश्‍वासीहरूलाई सम्झाउँछन् कि परमेश्‍वरले परीक्षा ल्याउनुहुन्‍न; उनले तिनीहरूलाई परीक्षाबाट कसरी जोगिने भनेर बताउँछन् ।

μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν

“परीक्षा स्थिर हुने मानिस भाग्‍यशाली हो” वा “परीक्षमा स्थिर हुने मानिस ठीक हो”

ὑπομένει πειρασμόν

कठिनाइहरूको समयमा परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहन्छ

δόκιμος γενόμενος

“ऊ परमेश्‍वरद्वारा अनुमोदित भएको छ”

λήμψεται τὸν στέφανον τῆς ζωῆς

अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो पातहरूले बनेको हार हो जुन विजयी खेलाडिको शिरमा पहिराइन्छ । वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा पाउनु” वैकल्पिक अनुवादः “अनन्त जीवनलाई उसको इनामको रूपमा प्राप्‍त गर्नु” (हेर्नुहोस्ः रूपक)

ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

James 1:13

“जब उसलाई केही दुष्‍ट काम गर्ने अभिलाषा हुन्छ”

ἀπὸ Θεοῦ πειράζομαι

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई कुनै दुष्‍ट काम गर्न लगाउन प्रयास गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ…Θεὸς ἀπείραστός ἐστιν κακῶν

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले परमेश्‍वरलाई दुष्‍ट काम गर्न इच्छा गर्ने बनाउन सक्दैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

πειράζει δὲ αὐτὸς οὐδένα

“र परमेश्‍वर आफैँले कसैलाई कुनै दुष्‍ट काम गर्न मनाउने प्रयास गर्नुहुन्‍न”

James 1:14

ἕκαστος…πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας, ἐξελκόμενος καὶ δελεαζόμενος

कुनै व्यक्तिको चाहनालाई यसरी बताइएको छ मानौँ त्यो कुनै फाल्टो मानिस हो जसले उसलाई पाप गर्न परीक्षा दिइरहेको थियो । (हेर्नुहोस्ः मानवीकरण)

ἐξελκόμενος καὶ δελεαζόμενος

खराब चाहनाको विषयमा त्यो कसैलाई बहकाउन सक्ने कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ । (हेर्नुहोस्ः मानवीकरण)

ἐξελκόμενος καὶ δελεαζόμενος

आकर्षित गर्दछ, खराब गर्न कसैलाई मनाउँछ

James 1:15

εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν

अभिलाषाको विषयमा त्यो कुनै व्यक्ति भएको जसरी बताउनलाई निरन्तरता दिइएको छ, यसपटक चाहिँ प्रस्‍ट रूपमा एक स्‍त्रीको जो एल बालक जन्माउ गर्भवती हुन्छिन् । त्यो बालक चाहिँ पाप हो भनेर चिनिएको छ । पाप फेरि अर्को बालिका हो जो बढ्छिन्, गर्भवती हुन्छिन्, र मृत्युलाई जन्म दिन्छिन् । यो अलङ्कारहरूको साङ्लाले कोही व्यक्तिको चित्रण दिन्छ जो आफ्‍नो दुष्‍ट अभिलाषाहरू र आफ्‍नो पापको कारण शारीरिक र आत्मिक दुवै रूपमा मर्न पुग्छ । (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)

James 1:16

μὴ πλανᾶσθε

“कसैले तिमीलाई धोका दिन नदेओ” अथवा “आफैँलाई धोका दिन छोड”

James 1:17

πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστιν

यी दुई वाक्यांशहरूको साधारणतया उस्तै अर्थ हुन्छ । कोही व्यक्तिसँग भएको कुनै पनि असल थोक परमेश्‍वरबाट आउँछ भनी जोड दिनलाई याकूबले तिनको प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)

τοῦ Πατρὸς τῶν φώτων

परमेश्‍वर, आकाशमा भएका सबै प्रकाशहरूका (सूर्य, चन्द्रमा, र ताराहरू) सृष्‍टिकर्तालाई तिनीहरूका “पिता”को रूपमा बताइएको छ । (हेर्नुहोस्ः रूपक)

τροπῆς ἀποσκίασμα

यो अभिव्यक्तिले सूर्य, चन्द्रमा, ग्रहहरू, र आकाशमा भएका ताराहरू जस्तै, एक अपरिवर्तनीय प्रकाशको रूपमा परमेश्‍वरलाई चित्रण गर्दछ । यो यहाँ पृथ्वीमा पर्ने छायाँसँग विपरीतमा छ, किनकि यो छायाँ परिवर्तन भइरहन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर बद्‌लनुहुन्‍न । पृथ्वीमा देखा पर्दै हराउने छायाँ जस्तो नभएर उहाँ आकाशमा भएका सूर्य, चन्द्रमा, र ताराहरू झैँ अटल हुनुहुन्छ” (हेर्नुहोस्ः उपमा)

James 1:18

βουληθεὶς, ἀπεκύησεν ἡμᾶς

परमेश्‍वर, जसले हामीमा अनन्त जीवन ल्याउनुभएको छ, उहाँको विषयमा यसरी बताइएको छ मानौँ उहाँले हामीलाई जन्म नै दिनुभएको हो । (हेर्नुहोस्ः रूपक)

λόγῳ ἀληθείας

सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा २) “सत्य सन्देश ।”

ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων

परमेश्‍वरको लागि विश्‍वासीहरूको महत्त्वलाई वर्णन गर्ने एउटा तरिकाको रूपमा पहिलो फलको पारम्परिक हिब्रू अवधारणालाई याकूबले प्रयोग गरिरहेका छन् । उनले आशय दिन्छन् कि भविष्‍यमा त्यहाँ अरू धेरै विश्‍वासीहरू हुनेछन् । वैकल्पिक अनुवादः “ताकि हामी पहिलो फलका सन्तानहरू झैँ हुन सकौँ” (हेर्नुहोस्ः उपमा)

James 1:19

ἴστε

सम्भावित अर्थहरू हुन् १) “यो थाहा गर” भन्‍ने कुरालाई एउटा आज्ञाको रूपमा, मैले लेख्‍न खोजेको कुरामा ध्यान दिनको निम्ति वा २) “यो तिमीलाई थाहा छ” भन्‍ने कुरालाई एउटा कथनको रूपमा, कि तिमीहरूलाई पहिले नै थाहा भएको कुरा म तिमीहरूलाई सम्झना दिलाउन खोज्दै छु ।

ἔστω…πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν

यी भनाइहरू वाक्पद्धतिहरू हुन् जसले मानिसहरूले पहिला ध्यान दिएर सुन्‍नुपर्दछ, र त्यसपछि तिनीहरूले भनेका कुराहरूलाई विचार गर्नुपर्दछ भनेर अर्थ दिन्छन् । यहाँ “बोल्‍नमा ढिलो” भनेको बिस्तारै बोल्‍नु भनेको होइन । (हेर्नुहोस्ः टुक्काहरू)

πᾶς ἄνθρωπος

“धेरै छिटो नरिसाउने”

James 1:20

δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται

जब कुनै व्यक्ति सधैँ रिसाउँछ उसले परमेश्‍वरको काम गर्न सक्दैन, जुन धार्मिक हुन्छ ।

James 1:21

ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας

पाप र दुष्‍टताको बारेमा यहाँ यसरी बताइएको छ मानौँ ती वस्‍त्रहरू थिए जसलाई फुकाल्‍न सकिन्थ्यो । वैकल्‍पिक अनुवादः “सबै पापपूर्ण घिनलाग्‍दा कुराहरू गर्न छोड र थुप्रै पापहरू गर्न छोड” (हेर्नुहोस्ः रूपक)

ῥυπαρίαν καὶ περισσείαν κακίας

यहाँ “पापमय घिनलाग्‍दा कुरा” र “दुष्‍टता” जस्ता अभिव्यक्तिहरूले समान अर्थ बोकेका छन् । पाप कति खराब छ भन्‍ने कुरालाई जोड दिनको निम्ति याकूबले तिनको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सबै किसिमका पापमय व्यवहार गर्न छोड” (हेर्नुहोस्ः प्रतिरूपी)

ῥυπαρίαν

यहाँ “घिनलाग्‍दो कुरा”, अर्थात् फोहोरको अर्थ पाप र दुष्‍टता हुन्छ । (हेर्नुहोस्ः रूपक)

ἐν πραΰτητι

“बिना घमण्ड” वा “बिना अहंकार”

δέξασθε τὸν ἔμφυτον λόγον

“रोप्‍नु” शब्दको अर्थ कुनै एउटा चीजलाई अर्कोभित्र राख्‍नु हो । यहाँ परमेश्‍वरको वचनको बारेमा यसरी बताइएको छ मानौँ त्यो कुनै एउटा बिरुवा हो जसलाई विश्‍वासीहरूभित्र हुर्कन लगाइन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको सन्देशको पालना गर” (हेर्नुहोस्ः रूपक)

τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν

कुनै व्यक्तिले केबाट उद्धार पाएको हो भन्‍ने कुरालाई स्‍पष्‍टसँग बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको इन्साफबाट तिमीहरूलाई बचाउन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τὰς ψυχὰς ὑμῶν

यहाँ “प्राणहरू” शब्दले व्यक्तिहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू आफैँ” (हेर्नुहोस्ः उपलक्षण)

James 1:22

γίνεσθε…ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ

“परमेश्‍वरका निर्देशनहरू पछ्याउने मानिसहरू होओ”

καὶ μὴ μόνον ἀκροαταὶ

“आफैँलाई मूर्ख तुल्याउँदै”

James 1:23

“किनकि यदि कसैले धर्मशास्‍त्रमा भएको परमेश्‍वरको सन्देश सुन्‍ने मात्र गर्छ भने”

ἀκροατὴς λόγου ἐστὶν, καὶ οὐ ποιητής

“हो” र “वचनको” जस्ता शब्दहरूलाई अघिल्लो वाक्यांशबाट स्वतः बुझिएको छ । नामपद शब्द “गर्ने व्यक्ति”लाई “गर्नु” वा “पालना गर्नु” जस्ता क्रियापदहरूसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर वचनको काम गर्ने व्यक्ति होइन” वा “तर वचनको पालना गर्दैन” (हेर्नुहोस्ः शब्दलोप)

οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ

परमेश्‍वरको वचन सुन्‍ने मात्रै व्यक्ति चाहिँ ऐनामा हेर्ने कोही व्यक्ति जस्तै हो । (हेर्नुहोस्ः उपमा)

τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ

“स्वभाविक” शब्दले स्पष्‍ट पार्दछ कि याकूबले “अनुहार” शब्दको सामान्य अर्थलाई प्रयोग गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “उसको अनुहार”

James 1:24

κατενόησεν…ἑαυτὸν καὶ ἀπελήλυθεν, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν

हुन त आफूले मुख धुने र कपाल मिलाउने जस्ता कुराहरू गर्न जरुरी परेको उसले देख्‍न सक्छ, ऊ जान्छ र त्यसो गर्न बिर्सिन्छ भन्‍ने अर्थ दिइएको छ । परमेश्‍वरको वचनको पालना नगर्ने व्यक्ति यस्तै किसिमको हुन्छ । वैकल्‍पिक अनुवादः “तब जान्छ र आफूले के गर्न आवश्‍यक देखेको थियो भनेर देखेको कुरालाई तुरुन्तै बिर्सिहाल्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि उपमा)

James 1:25

ὁ…παρακύψας εἰς νόμον τέλειον

यो अभिव्यक्तिले व्यवस्थालाई एउटा ऐनाको रूपमा हेर्ने चित्रणलाई निरन्तरता दिँदछ । (हेर्नुहोस्ः उपमा)

νόμον τέλειον, τὸν τῆς ἐλευθερίας

व्यवस्था र स्वतन्‍त्रताको बीचमा भएको सम्बन्धलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । यहाँ “स्वतन्‍त्रता”ले सम्भवतः पापबाटको स्वतन्‍त्रतालाई जनाउँछ । वैकल्पिक अनुवादः “सिद्ध व्यवस्था जसले स्वतन्‍त्रता दिन्छ” वा “सिद्ध व्यवस्था जसले त्यसलाई पछ्याउनेहरूलाई स्वतन्‍त्र बनाउँछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὗτος μακάριος…αὐτοῦ ἔσται

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “परमेश्‍वरले यस मानिसलाई आशिष् दिनुहुनेछ जसै उसले व्यवस्थाको पालना गर्दछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

James 1:26

δοκεῖ θρησκὸς εἶναι

“उसले परमेश्‍वरलाई ठीक प्रकारले आराधना गर्छ भनी सम्झन्छ”

μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ

आफ्नो जिब्रोलाई नियन्त्रण गर्नु भनेको आफ्नो बोलीलाई नियन्त्रण गर्नु भनेको हो । वैकल्पिक अनुवादः “जे उसले भन्छ” (हेर्नुहोस्ः लक्षणा)

कसैलाई असत्य कुरामा विश्‍वास गर्ने बनाउँछ

ἀπατῶν καρδίαν αὐτοῦ

यहाँ “हृदय”ले उसको विश्‍वास र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ऊ आफैँ” (हेर्नुहोस्ः लक्षणा)

τούτου μάταιος ἡ θρησκεία

“उसले परमेश्‍वरलाई व्यर्थमा आराधना गर्दछ”

James 1:27

θρησκεία καθαρὰ καὶ ἀμίαντος

याकूबले धर्म, अर्थात् कोही व्यक्तिले परमेश्‍वरको आराधना गर्ने तरिकाको विषयमा यसरी बताउँछन् मानौँ त्यो भौतिक रूपमा शुद्ध वा निष्कलङ्क हुन सक्थ्यो । यहूदीहरूको लागि यो भनेको केही कुरा परमेश्‍वरलाई स्वीकार्य छ भनी बताउने परम्परागत तरिका थियो । वैकल्पिक अनुवादः “पूर्ण रूपमा ग्रहणयोग्‍य” (हेर्नुहोस्ः प्रतिरूपी अनि रूपक)

παρὰ τῷ Θεῷ

परमेश्‍वरलाई लक्षित (हेर्नुहोस्ः रूपक)

ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν

“अनाथहरू”

ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν

टुहुरा र विधवाहरूले दुःख भोग गरिरहेका छन् किनकि तिनीहरूका बाबुहरू वा पतिहरू मरेका छन् ।

ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου

संसारमा भएको पापलाई केही यस्तो कुराको रूपमा बताइएको छ जसले कुनै व्यक्तिलाई दाग लगाउन सक्छ । वैकल्पिक अनुवादः “संसारमा भएको दुष्‍टतालाई आफैँलाई पाप गर्न लगाउन नदिनु” (हेर्नुहोस्ः रूपक)

James 2

याकूब ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कृपावाद

याकूबका केही पाठकहरूले धनी र शक्तिशाली मानिसहरूलाई असल व्यवहार गर्थे र गरिब मानिसहरूलाई नराम्रो तरिकाले व्यवहार गर्थे । यसैलाई कृपावाद भनिन्छ, र याकूबले त्यो गलत हो भनेर तिनीहरूलाई बताइरहेका छन् । उहाँका मानिसहरूले धनी र गरिब मानिसहरू दुवैलाई राम्रो व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ ।

धर्मी ठहराउने

धर्मी ठहराउने कार्य तब हुन्छ जब परमेश्‍वरले कुनै मानिसलाई धर्मी बनाउनुहुन्छ । याकूबले यहाँ भन्छन् कि परमेश्‍वरले ती मानिसहरूलाई धर्मी बनाउनुहुन्छ वा धर्मी ठहराउनुहुन्छ जसले विश्‍वास गर्नुको साथै असल कामहरू पनि गर्छन् । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि धर्मी, धार्मिकता अनि विश्‍वास)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

उद्धरणका चिन्हहरू

“कामहरू बिनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरा कामहरूद्वारा मेरो विश्‍वास देखाउनेछु” भन्‍ने शब्दहरू बुझ्‍नलाई कठिन छन् । केही मानिसहरू सोच्‍छन् कि उद्धरणका चिन्हहरू भित्र भएका शब्दहरू जस्तै ती त्यस्ता कुराहरू हुन् जुन “कसैले भन्‍न सक्छ” । अधिकांश संस्करणहरूले तिनलाई याकूबले “कोही व्यक्ति”लाई जवाफको रूपमा भनिरहेका शब्दहरूको रूपमा अनुवाद गर्छन् ।

“तिमीसँग ... छ ... मसँग ... छ”

केही मानिसहरू सोच्‍छन् कि “तिमी” र “म” शब्दहरू भनेका “केही मानिसहरू” र “अरू मानिसहरू”को लागि प्रतिस्थापन शब्दहरू हुन् । यदि ती ठीक हुन् भने, पद १८ लाई यसरी अनुवाद गर्न सकिन्छ, “कसैले भन्ला, ‘केही मानिसहरूसँग विश्‍वास छ र अरू मानिसहरूसँग कामहरू छ । सबैसँग दुइटै कुरा हुँदैन ।’”यदि पछिबाटको वाक्य पनि “कसैले भन्‍न सक्‍ने” कुरा हो भने, त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “केही मानिसहरूले कामहरू बिना तिनीहरूको विश्‍वास देखाउँछन्, र अरू मानिसहरूले तिनीहरूका विश्‍वास कामहरूद्वारा देखाउँछन् । दुवैसँग विश्‍वास छ ।” दुवै खण्‍डमा, तपाईंले अतिरिक्त वाक्य थप्‍नुभयो भने मात्र पाठकले बुझ्‍नेछ । सम्भवतः यूएसटीले गरेको झैँ गरी अनुवाद गर्दा बेस हुन्छ । (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

James 2:1

याकूबले तितरबितर भएका यहूदी विश्‍वासीहरूलाई एक अर्कालाई प्रेम गर्दै कसरी जिउने भन्‍ने विषयमा र धनी मानिसहरूलाई गरिब भाइहरू उपर कृपा नदेखाउने विषयमा कुरा गरिरहन्छन् ।

ἀδελφοί μου

याकूबले आफ्‍ना पाठकहरू यहूदी विश्‍वासीहरू हुन् भनी विचार गर्छन् । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू हो” वा “ख्रीष्‍टमा मेरा भाइहरू र बहिनीहरू हो”

τὴν πίστιν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ

येशू ख्रीष्‍टमा विश्‍वास गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जसलाई कसैले पक्रेर बस्‍न सक्छ । (हेर्नुहोस्ः रूपक)

τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῆς δόξης

“हाम्रा” शब्दले याकूब र उनका सङ्गी विश्‍वासीहरूलाई समेट्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

μὴ ἐν προσωπολημψίαις ἔχετε

केही मानिसहरूलाई अरूहरूलाई भन्दा बढी मदत गर्ने इच्छा

James 2:2

ἐὰν γὰρ

याकूबले एउटा यस्तो अवस्थाको वर्णन गर्न थाल्छन् जहाँ विश्‍वासीहरूले एउटा गरिब मानिसलाई भन्दा एउटा धनी मानिसलाई धेरै सम्मान दिन्छन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ

“धनी मानिसले जस्तो पहिरन गरेर”

James 2:3

σὺ κάθου ὧδε καλῶς

“यस सम्‍मानको स्थानमा बस्‍नुहोस्”

σὺ στῆθι ἐκεῖ…κάθου ὑπὸ τὸ ὑποπόδιόν μου

कम सम्मानको स्थानमा सर्

κάθου ὑπὸ τὸ ὑποπόδιόν μου

तुच्‍छ स्थानमा सर्

James 2:4

οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν?

याकूबले उनका पाठकहरूलाई सिकाउन र सम्भवतः हप्‍काउनलाई आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नै बीचमा भेदभाव गरिरहेका छौ र दुष्‍ट विचारहरू भएका भेदभाव गर्नेहरू भइरहेका छौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

James 2:5

ἀδελφοί μου ἀγαπητοί

याकूबले आफ्ना पाठकहरूलाई परिवार जस्तो गरी अर्ती दिइरहेका थिए । “ध्यान देओ, मेरा प्रिय सङ्गी विश्‍वासीहरू हो”

οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई पक्षपात नदेखाउने विषयमा सिकाउनलाई एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथन बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ... चुन्‍नुभएको छ ... उहाँलाई प्रेम गर्नेहरू ... ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τοὺς πτωχοὺς

यसले सामान्य अर्थमा गरिब मानिसहरुलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

πλουσίους ἐν πίστει

प्रशस्‍त विश्‍वास गर्ने कुरालाई विश्‍वासमा सम्‍पन्‍न हुने वा धनी हुने कुरा भए झैँ गरी बताइएको छ । कसमा विश्‍वास गरेको हो भन्‍ने कुरालाई स्‍पष्‍ट बनाउनुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा बलियो विश्‍वास राख्‍नु” (हेर्नुहोस्ः रूपक)

κληρονόμους τῆς βασιλείας ἧς

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले परिवारको कुनै सदस्यबाट जायजेथा वा सम्पत्तिको अंश प्राप्‍त गर्नेछन् । (हेर्नुहोस्ः रूपक)

James 2:6

याकूब आफ्ना सबै पाठकहरूसँग बोल्दैछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ἠτιμάσατε τὸν πτωχόν

“तिमीहरूले गरिब मानिसहरूलाई शर्ममा पारेका छौ”

οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια?

यहाँ याकूबले आफ्ना पाठकगणलाई सच्‍याउनको निम्ति आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ती धनी मानिसहरू नै हुन् जसले तिमीहरूलाई सताउँछन्” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि नामको काम गर्ने विशेषण)

οἱ πλούσιοι

यसले सामान्य अर्थमा धनी मानिसलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν

“जसले तिमीहरूलाई नराम्रो व्यवहार गर्छन्”

ἕλκουσιν ὑμᾶς εἰς κριτήρια

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “धनी मानिसहरू नै हुन् ... अदालतमा ... ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἕλκουσιν ὑμᾶς εἰς κριτήρια

“तिमीहरूलाई न्यायाधीशहरूका सामु दोष लगाउन बलपूर्वक अदालतमा लैजाने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

James 2:7

οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς?

यहाँ याकूबले आफ्ना पाठकहरूलाई सच्याउन र सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइ बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “धनी मानिसहरूले ... अपमान गर्छन् ... बोलाइएको छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὸ καλὸν ὄνομα

यसले ख्रीष्‍टको नामलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई बोलाउनुहुने ख्रीष्‍टको नाम” (हेर्नुहोस्ः लक्षणा)

James 2:8

“तिमीहरू” शब्दले यहूदी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

νόμον…βασιλικὸν

“परमेश्‍वरको व्यवस्थाको पालना गर्दछौ ।” परमेश्‍वरले सुरुमा मोशालाई व्यवस्था दिनुभयो, जुन पुरानो करारका पुस्तकहरूमा अभिलिखित गरिएको छ ।

ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

याकूबले लेवीको पुस्तकबाट उद्‌धृत गर्दैछन् ।

τὸν πλησίον σου

“सबै मानिसहरू” वा “सबै जना”

καλῶς ποιεῖτε

“तिमीहरूले असल गरिरहेका हुन्छौ” वा “तिमीहरूले जे सही छ त्यही गरिराखेका हुन्छौ”

James 2:9

προσωπολημπτεῖτε

“ ... लाई विशेष व्यवहार गर्‍यौ भने” वा “ ... लाई आदर दियौ भने”

ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται

“पाप गर्दै ।” त्यो भनेको व्यवस्था उल्लङ्घन गर्नु हो ।

ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται

यहाँ व्यवस्थालाई कुनै मानव न्यायाधीश भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी भएको” (हेर्नुहोस्ः मानवीकरण)

James 2:10

ὅστις…τηρήσῃ

“किनकि प्रत्येक जसले पालन गर्दछ”

πταίσῃ δὲ ἐν ἑνί

ठक्‍कर खानु भनेको कोही मानिस हिँड्न खोज्दा लड्नु हो । व्यवस्थाको एउटा बुँदाको अनाज्ञापालन गर्ने कुरा भनेको हिँड्ने बेलामा ठेस लाग्नु जस्तै हो भनेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)

πταίσῃ δὲ ἐν ἑνί

व्यवस्थाको केवल एउटा मात्र आवश्यकताको अनाज्ञाकारिताको कारण

James 2:11

ὁ…εἰπών

यसले मोशालाई व्यवस्था दिनुहुने परमेश्‍वरलाई जनाउँछ ।

“गर्नु” भनेको व्यवहारमा ल्याउनु हो ।

μὴ μοιχεύσῃς…μὴ φονεύσῃς…οὐ μοιχεύεις…φονεύεις…γέγονας

यहाँ “तिमी”को अर्थ “तिमीहरू हरेक” भन्‍ने हुन्छ । हुन त याकूबले धेरै यहूदी विश्‍वासीहरूलाई लेखिरहेका थिए, यहाँ चाहिँ उनले हरेक व्यक्तिलाई छुट्टाछुट्टै गरेर लेखेको झैँ गरी एकवचनको रूपको प्रयोग गरे । (हेर्नुहोस्ः तिमीका रूपहरू)

James 2:12

οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε

“त्यसकारण, तिमीहरूले बोल्नुपर्छ र आज्ञापालन गर्नुपर्छ ।” याकूबले यसो गर्नको निम्ति मानिसहरूलाई आज्ञा गरे ।

μέλλοντες κρίνεσθαι

यसलाई कर्तृ वाच्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले जान्दछन् कि परमेश्‍वरले तिनीहरूलाई स्वतन्‍त्रताको व्यवस्थाको माध्यमद्वारा इन्साफ गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

यस खण्डले आशय दिन्छ कि यो परमेश्‍वर नै हुनुहुन्छ जसले उहाँको व्यवस्थाको आधारमा इन्साफ गर्नुहुनेछ ।

νόμου ἐλευθερίας

“व्यवस्था जसले साँचो स्वतन्‍त्रता दिन्छ”

James 2:13

ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος

“कृपा ... भन्दा असल हुन्छ” वा “कृपाले ... लाई हराउँदछ ।” यहाँ दया र इन्साफ चाहिँ व्यक्तिहरू भएको झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः मानवीकरण)

James 2:14

याकूबले तितरबितर भएका विश्‍वासीहरूलाई अरूहरूको सामु आफ्नो विश्‍वास देखाउनलाई हौसला दिन्छन्, जसरी अब्राहामले आफ्नो कामहरूद्वारा अरूहरूलाई उनको विश्‍वास देखाए ।

τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις, ἔχειν ἔργα, δὲ μὴ ἔχῃ?

याकूबले उनको पाठकहरूलाई सिकाउन एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “सङ्गी विश्‍वासीहरू हो, यदि कसैले उससँग विश्‍वास छ भनी भन्दछ तर उससँग कुनै कामहरू छैन भने, त्यसबाट कुनै लाभ हुँदैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐὰν πίστιν λέγῃ τις, ἔχειν ἔργα, δὲ μὴ ἔχῃ

“विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कसैले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ तर परमेश्‍वरले अह्राउनुभएको कुराहरू गर्दैन भने” (हेर्नुहोस्ः भाववाचक नाम)

μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν?

याकूबले आफ्ना पाठकहरूलाई शिक्षा दिनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गरिरहेका छन् । नामपद शब्द “विश्‍वास”लाई हटाउनको लागि यसलाई पुनः फरक तरिकाले उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो विश्‍वासले उसलाई बचाउन सक्दैन ।” वा “यदि कोही व्यक्तिले परमेश्‍वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैन भने, तब आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर मात्र ऊ बचाइनेछैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि भाववाचक नाम)

σῶσαι αὐτόν

“परमेश्‍वरको इन्साफबाट उसलाई बचाउन”

James 2:15

ἀδελφὸς ἢ ἀδελφὴ

ख्रीष्‍टमा सङ्गी विश्‍वासी, चाहे पुरुष होस् वा स्‍त्री

James 2:16

θερμαίνεσθε

यसको अर्थ कि त “पहिरनलाई प्रशस्त लुगाहरू हुनु” वा “सुत्‍ने ठाउँ हुनु” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः लक्षणा)

χορτάζεσθε

तिनीहरूलाई भर्ने कुरा भनेको खानेकुरा हो । यसलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “खानेकुराले भरिनु” वा “खानलाई प्रशस्त हुनु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοῦ σώματος

खान, लगाउन, र आरामसँग बस्न (हेर्नुहोस्ः लक्षणा)

τί τὸ ὄφελος?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “त्यसबाट लाभ हुँदैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

James 2:17

ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ’ ἑαυτήν

याकूबले विश्‍वासको विषयमा यसरी बताउँछन् मानौँ कसैले असल कामहरू गर्‍यो भने त्यो जीवित छ, र यदि कसैले असल कामहरू गर्दैन भने त्यो मृत छ । “विश्‍वास” र “कामहरू” जस्ता भाववाचक शब्दहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही व्यक्ति जसले परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ, तर परमेश्‍वरले अह्राउनुभएको कुराहरू गर्दैन भने, उसले परमेश्‍वरलाई साँच्‍चै विश्‍वास गरेको हुँदैन” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)

James 2:18

ἀλλ’ ἐρεῖ τις

याकूबले एउटा परिकल्‍पित अवस्थालाई वर्णन गर्छन् जहाँ कसैले उनको शिक्षाको विरोध गर्छ । विश्‍वास र कामहरूको विषयमा याकूबले उनको पाठकहरूको बुझाइलाई सच्याउन खोज्छन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων

कसैले उनको शिक्षाको कसरी अवरोध गर्न सक्थ्यो र उनले त्यसको जवाफ कसरी दिने थिए भनेर याकूबले वर्णन गर्दैछन् । “विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “‘यो स्वीकारयोग्‍य छ कि तिमीले परमेश्‍वरलाई विश्‍वास गर्छौ र म चाहिँ परमेश्‍वरले अह्राउनुभएको कुरा गर्छु ।’ मलाई प्रमाणित गर कि तिमी परमेश्‍वरलाई विश्‍वास गर्छौ तर उहाँले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ, र म तिमीलाई प्रमाणित गर्नेछु कि परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुराहरू गरेर म परमेश्‍वरलाई विश्‍वास गर्छु” (हेर्नुहोस्ः भाववाचक नाम)

James 2:19

καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν

“भूतहरूले पनि विश्‍वास गर्छन्, तर तिनीहरू डरले काम्छन् ।” याकूबले भूतहरू र विश्‍वास गर्छौँ भँनेर दाबी गर्ने तर असल कामहरू नगर्नेहरूको बीचमा भएको अन्तरलाई देखाउँछन् । याकूबले बताउँछन् कि भूतहरू बढी बुद्धमान् छन् किनभने तिनीहरूले परमेश्‍वरको भय मान्छन् तर अरूहरूले मान्दैनन् ।

James 2:20

θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν?

याकूबले उनको शिक्षाको अर्को पाटोको परिचय गराउनलाई यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मूर्ख मानिस हो, मेरो कुरा सुन, कामबिनाको विश्‍वास व्यर्थ हुन्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν

“विश्‍वास” र “कामहरू” जस्ता भाववाचक नाउँहरूलाई हटाउनको लागि यसलाई फरक तरिकाले पुनः व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यही कि यदि तिमी परमेश्‍वरले आज्ञा गर्नुभएको कुराहरू गर्दैनौ भने तिमीले परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍नु तिम्रो लागि व्यर्थ छ”" (हेर्नुहोस्ः भाववाचक नाम)

James 2:21

किनकि यिनीहरू यहूदी विश्‍वासीहरू हुन्, तिनीहरूलाई अब्राहामको कथा थाहा छ, जसको बारेमा परमेश्‍वरले तिनीहरूलाई उहाँको वचनमा लामो समय अगाडि बताउनुभएको थियो ।

Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον?

विश्‍वास र काम सँगसँगै जान्छन् भन्‍ने कुरामा विश्‍वास गर्न इन्कार गर्ने मूर्ख मानिसका याकूब २:१८ मा भएका तर्कहरूलाई खण्डन गर्नको लागि यो आलङ्कारिक प्रश्‍नको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “हाम्रा पुर्खा अब्राहाम ... वेदीमा ... निश्‍चय नै धर्मी ठहरिएका थिए ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη

याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती वस्तुहरू हुन् जुन कसैले आफ्‍नो बनाउन सक्छ । वैकल्‍पिक अनुवादः “असल कार्यहरू गरेर धर्मी ठहरिएको” (हेर्नुहोस्ः रूपक)

ὁ πατὴρ ἡμῶν

यहाँ “पिता” शब्दलाई “पूर्वज”को अर्थमा प्रयोग गरिएको छ ।

James 2:22

“तिमी” शब्द एकवचनमा छ, जसले परिकल्‍पित मानिसलाई जनाउँछ । याकूबले उनका सारा पाठकहरूलाई तिनीहरू एउटै व्यक्ति भए झैँ गरेर सम्बोधन गरिरहेका छन् ।

βλέπεις

“देख्‍नु” भनेको एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमी बुझ्‍न सक्छौ” (हेर्नुहोस्ः लक्षणा)

ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη

याकूबले “विश्‍वास” र “कामहरू”को विषयमा यसरी बताउँछन् मानौँ ती त्यस्ता कुराहरू हुन् जसले एकसाथ काम गर्न र एक अर्कालाई सहायता गर्न सक्‍छन् । वैकल्‍पिक अनुवादः “किनकि अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, उनले त्यही गरे जुन परमेश्‍वरले उनलाई अह्राउनुभयो । र किनकि परमेश्‍वरले अह्राउनुभएको कुरा अब्राहामले गरे, उनले परमेश्‍वरलाई पूर्ण रूपमा विश्‍वास गरे”

“तिमी”को बहुवचन रूपको प्रयोग गरेर याकूबले फेरि पनि उनका पाठकहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्छन् ।

James 2:23

ἐπληρώθη ἡ Γραφὴ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसले धर्मशास्‍त्रलाई पूरा गर्‍यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

“परमेश्‍वरले उनको विश्‍वासलाई धार्मिकताको रूपमा मान्‍नुभयो ।” अब्राहामको विश्‍वास र धार्मिकतालाई यसरी लिइएको छ कि मानौँ तिनीहरूलाई मूल्यवान् थोकहरू भए झैँ गरी गन्‍न सकिन्थ्यो । (हेर्नुहोस्ः रूपक)

James 2:24

δικαιοῦται

“कार्यहरू र विश्‍वासले नै कोही व्यक्तिलाई धर्मी ठहराउँछन्, र विश्‍वासले मात्र होइन ।” याकूबले कामहरूको विषयमा यसरी बताउँछन् मानौँ ती प्राप्‍त गर्नुपर्ने वस्तुहरू हुन् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)

James 2:25

ὁμοίως

याकूब भन्छन् कि जे अब्राहामको लागि सत्य थियो सोही कुरा राहाबको लागि पनि सत्य थियो । दुवै कामहरूद्वारा धर्मी ठहराइएका थिए ।

ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα?

याकूबले उनका पाठकहरूलाई निर्देशन दिन यो आलङ्कारिक प्रश्‍नको प्रयोग गर्दैछन् । वैकल्पिक अनुवादः “त्यो राहाब वेश्‍याले गरेको कुरा थियो जसले तिनलाई धर्मी ठहर्‍यायो ... अर्कै बाटो ... ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि कर्तृवाच्य र कर्मवाच्य)

ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα

राहाबको बारेमा भएको पुरानो करारको कथाको बारेमा उनका पाठकहरूलाई थाहा छ भनी याकूबले अपेक्षा गरे ।

ἐξ ἔργων

याकूबले कामहरू भनेको आफूले राख्‍नुपर्ने केही कुरा भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः रूपक)

अर्को ठाँउबाट सन्देश लिएर आउने मानिसहरू

ἐκβαλοῦσα

“र तिनीहरूलाई त्यस सहरबाट भागेर जान मदत गरिन्”

James 2:26

ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν

याकूबले विश्‍वासको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो आत्मा बिनाको मृत शरीर हो । (हेर्नुहोस्ः रूपक)

James 3

याकूब ०३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले उनका पाठकहरूलाई तिनीहरूले दैनिक जीवनबाट पहिले नै जानेका कुराहरूको सम्झना गराएर सिकाउँछन् कि तिनीहरू परमेश्‍वरलाई प्रसन्‍न बनाउन जिउनुपर्छ । (हेर्नुहोस्ः रूपक)

James 3:1

μὴ πολλοὶ διδάσκαλοι γίνεσθε

याकूबले सामान्यकरण गरिएको भनाइ राख्‍न खोज्दैछन् । (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)

ἀδελφοί μου

“मेरा सङ्गी विश्‍वासीहरू हो”

μεῖζον κρίμα λημψόμεθα

उहाँको बारेमा सिकाउनेहरूमाथि परमेश्‍वरबाट आउने अझ बढी कडा इन्साफको विषयमा यो खण्डले कुरा गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी सिकाउनेहरूलाई अझ कडा तवरमा इन्साफ गर्नुहुनेछ किनकि हामीले सिकाएका केही मानिसहरूभन्दा बढी राम्ररी हामी उहाँको वचन जान्दछौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μεῖζον κρίμα λημψόμεθα

याकूबले आफैँलाई र अरू शिक्षकहरूलाई सामेल गर्दछन्, तर पाठकहरूलाई होइन, त्यसैले “हामी” शब्द असमावेशी छ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

James 3:2

πολλὰ…πταίομεν ἅπαντες

याकूब आफ्‍नै बारेमा, अरू शिक्षकहरू, र पाठकहरूको बारेमा बताउँछन्, त्यसैले “हामी” शब्द समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

πολλὰ…πταίομεν ἅπαντες…ἐν λόγῳ οὐ πταίει

पाप गर्ने कुरालाई हिँड्दा खेरी ठेस खाइने कुरा जसरी बताइएको छ । वैकल्पिक अनुवादः “विफल हुनु” वा “पाप गर्नु” (हेर्नुहोस्ः रूपक)

εἴ τις ἐν λόγῳ οὐ πταίει

“गलत कुराहरू भनेर पाप गर्दैन”

οὗτος τέλειος ἀνήρ

“ऊ आत्मिक रूपमा परिपक्‍व हो”

δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα

याकूबले कुनै व्यक्तिको हृदय, भावना, र कामहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “उसको व्यवहारलाई नियन्‍त्रण गर्नु” वा “उसको कामहरूलाई नियन्‍त्रण गर्नु” (हेर्नुहोस्ः उपलक्षण)

James 3:3

साना कुराहरूले ठूला कुराहरूलाई नियन्त्रण गर्न सक्छन् भन्‍ने एउटा तर्कको याकूबले विकास गर्दैछन् ।

τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν

याकूबले घोडाको लगामको बारेमा कुरा गर्छन् । लगाम एउटा सानो धातुको टुक्रा हो जसलाई घोडाको चाललाई नियन्‍त्रण गर्नको निम्ति त्यसको मुखमा लगाइन्छ ।

δὲ

“यदि” वा “जब”

घोडा सामानहरू वा मानिसहरू बोक्‍नको निम्ति प्रयोग हुने एउटा ठूलो जनावर हो ।

James 3:4

πλοῖα…πηδαλίου

पानीजहाज भनेको पानीमाथि तैरिने एक मालवाहक सवारी जस्तो हो । पतवार चाहिँ पानी जहाज कता जान्छ भन्‍ने कुरा नियन्‍त्रण गर्नको निम्ति त्यसको पछाडिपट्टि राखिने एउटा काठ वा धातुको टुक्रा हो । “पतवार” भन्‍ने शब्दलाई “साधन” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तेज बतासले तिनीहरूलाई धकेल्छ, तिनीहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου

“एउटा सानो साधन हुन्छ जसको सहायताले एउटा व्यक्तिले जहाजलाई जता लैजान चाहन्छ त्यतै लैजान सक्छ”

James 3:5

οὕτως καὶ

यसले अगिल्ला पदहरूमा भनिएका घोडाको लगाम वा जहाजको पतवारसँग जिब्रोको तुलनालाई सङ्केत गर्छ । वैकल्पिक अनुवादः “यस्तै प्रकारले”

μεγάλα αὐχεῖ

यहाँ “कुराहरू” भनेको ती सबै थोकहरूको लागि मूलभूत शब्द हो जसको बारेमा यी मानिसहरू घमण्‍ड गर्दछन् ।

ἰδοὺ

“ ... को बारेमा विचार गर”

ἡλίκον πῦρ, ἡλίκην ὕλην ἀνάπτει

जिब्रोले पुर्‍याउन सक्‍ने हानीको बारेमा मानिसहरूलाई बुझ्‍न सहायता गर्नको लागि याकूबले आगोको सानो झिल्काले पुर्‍याउन सक्‍ने नोक्सानीको बारेमा बताउँछन् । वैकल्पिक अनुवादः “कसरी सानो झिल्कोले धेरै रूखहरूलाई जलाउने आगो बाल्न सक्छ”

James 3:6

καὶ ἡ γλῶσσα πῦρ

जिब्रो भनेको मानिसहरूले बोल्‍ने कुराको लागि प्रतिस्थापन शब्द हो । यसले पुर्‍याउन सक्‍ने ठूलो हानीको कारण याकूबले यसलाई आगो भन्छन् । वैकल्पिक अनुवादः “जिब्रो आगो जस्तै हो” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

ὁ κόσμος τῆς ἀδικίας

पापी बोलीको भयङ्करको असरहरूको विषयमा यसरी बताइएको छ मानौँ ती आफैँमा एउटा संसार नै हुन् । (हेर्नुहोस्ः रूपक)

σπιλοῦσα ὅλον τὸ σῶμα

पापी बोलीले कसैको शरीरलाई दाग नै लगाउने भएको झैँ गरी त्यसको विषयमा आलङ्कारिक रूपमा बताइएको छ । And becoming unacceptable to God is spoken of as if it were dirt on the body. (हेर्नुहोस्ः रूपक)

φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως

“जीवनको क्रमहरू” भन्‍ने वाक्यांशले कोही व्यक्तिको सम्पूर्ण जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “यसले व्यक्तिको सम्पूर्ण जीवनलाई बर्बाद पार्छ” (हेर्नुहोस्ः रूपक)

φλογιζομένη ὑπὸ τῆς Γεέννης

“आफैँमा” शब्दले जिब्रोलाई जनाउँछ । साथै, यहाँ “नरक”ले दुष्‍टको शक्ति वा शैतानलाई जनाउँछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... जीवन ... किनभने शैतानले त्यसलाई दुष्‍ट कामको निम्ति प्रयोग गर्दछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)

James 3:7

δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ

“सबै प्रकार” भन्‍ने वाक्यांश एउटा मूलभूत कथन हो जसले सबै वा थुप्रै प्रकारहरूका जङ्गली पशुहरूलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले थुप्रै प्रकारका जङ्‍गली जनावरहरू, चराचुरूङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्री प्राणीहरूलाई नियन्‍त्रण गर्न सिकेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

यो एउटा यस्तो जनावर हो जो जमिनमा घस्रन्छ । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस्)

ἐναλίων

पानीमा बस्‍ने जनावर

James 3:8

δαμάσαι

याकूबले जिब्रोलाई कुनै एउटा जङ्गली पशु भएको झैँ गरी बताउँछन् । यहाँ “जिब्रो”ले कोही व्यक्तिको दुष्‍ट विचारहरू बोल्‍ने चाहनालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

μεστὴ ἰοῦ θανατηφόρου

मानिसहरूले आफूहरूले बोलेका कुराहरूबाट पुर्‍याउन सक्‍ने हानीको विषयमा याकूबले यसरी बताउँछन् मानौँ जिब्रो भनेको एउटा दुष्‍ट र विषालु प्राणी हो जसले मानिसहरूलाई मार्न सक्छ । वैकल्पिक अनुवादः “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो, जुन घातक विषले भरिएको हुन्छ” वा “यो एउटा बेचैन र दुष्‍ट जीव जस्तै हो जसले मानिसहरूलाई त्यसको विषले मार्न सक्छ” (हेर्नुहोस्ः रूपक)

James 3:9

ἐν αὐτῇ εὐλογοῦμεν…καὶ ἐν αὐτῇ καταρώμεθα

“हामीले ती शब्दहरू बोल्न हाम्रो जिब्रोको प्रयोग गर्दछौँ जसले”

εὐλογοῦμεν

“हामी मानिसहरूलाई खराबी गर्नको निम्ति परमेश्‍वरसँग बिन्ती गर्छौं”

τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले उहाँको स्वरूपमा बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

James 3:10

ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα

“आशिष्” र “श्राप” भन्‍ने नामपद शब्दहरूलाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “एउटै मुखले, एउटा व्यक्तिले मानिसहरूलाई आशिष् दिन्छ र मानिसहरूलाई सराप दिन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

ἀδελφοί μου

“सङ्गी ख्रीष्‍टिएनहरू”

οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι

“यी कुराहरू गलत हुन्”

James 3:11

विश्‍वासीहरूको वचनले आशिष् र श्राप दुवै दिनुहुँदैन भनेर याकूबले जोड दिएपछि, परमेश्‍वरको प्रशंसा गरेर उहाँलाई सम्‍मान गर्ने मानिसहरूले ठीक तरिकामा जिउनु पनि पर्दछ भनेर उनका पाठकहरूलाई सिकाउनको निमित्त उनले प्रकृतिबाट उदाहरणहरू दिन्छन् ।

μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν?

प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ कि एउटा छहराले मिठो र तीतो पानी दुवै निकाल्दैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

James 3:12

μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι

प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “भाइहरू हो, तिमीहरू जान्दछौ कि अञ्‍जीरको बोटले जैतून फलाउन सक्दैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀδελφοί μου

“मेरा सङ्गी विश्‍वासीहरू”

ἢ ἄμπελος σῦκα

“फलाउँदछ” भन्‍ने शब्दलाई अघिल्‍लो वाक्यांशबाट स्वतः बुझिएको छ । प्रकृतिमा के हुन्छ भन्‍ने कुरा विश्‍वासीहरूलाई सम्झाउनको लागि याकूबले अर्को आलङ्कारिक प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “अथवा के दाखको बोटले अञ्‍जीर फलाउँदछ र ?” वा “अनि एउटा दाखको बोटले अञ्‍जीर फलाउन सक्दैन ।” (हेर्नुहोस्ः शब्दलोप)

James 3:13

τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν? δειξάτω

याकूबले उचित व्यवहारको बारेमा आफ्ना पाठकहरूलाई सिकाउनको निमित्त यस प्रश्‍नको प्रयोग गर्छन् । “बुद्धिमान्” र “समझदार” भन्‍ने शब्दहरू समान हुन् । वैकल्‍पिक अनुवादः “एक बुद्धिमान् र समझदार व्यक्तिले कसरी व्यवहार गर्नुपर्छ भनेर म तिमीहरूलाई भन्‍नेछु ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि प्रतिरूपी)

δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας

“नम्रता” र “बुद्धि” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस व्यक्तिले नम्र र बुद्धिमान् भएर गर्ने कामहरू गरेर असल जीवन जिउनुपर्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

James 3:14

ζῆλον πικρὸν ἔχετε, καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν

“हृदय” शब्दले भावनाहरू वा विचारहरूलाई जनाउँछ । “ईर्ष्या” र “अभिलाषा” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू ईर्ष्यालु र स्वार्थी छौ भने” वा “यदि तिमीहरू अरूहरूसँग भएका थोकहरूको चाह गर्छौ भने र अरूहरूलाई हानी पुर्‍याउँदै भएपनि तिमीहरू सफल हुन चाहन्छौ भने” (हेर्नुहोस्ः लक्षणा अनि भाववाचक नाम)

ψεύδεσθε κατὰ τῆς ἀληθείας

भाववाचक नामपद शब्द “सत्यता”लाई “सत्य” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमी बुद्धिमान् छौ भनेर शेखी नगर, किनभने त्यो सत्य होइन” (हेर्नुहोस्ः भाववाचक नाम)

James 3:15

ἄνωθεν κατερχομένη

यहाँ “यो” शब्दले अघिल्ला पदहरूमा वर्णन गरिएका “तीतो ईर्ष्या र कलह”लाई जनाउँछ । “माथिबाट” भन्‍ने वाक्यांश एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्‍वर आफैँलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “यो त्यो किसिमको बुद्धि होइन जुन परमेश्‍वरले हामीलाई स्वर्गबाट सिकाउनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

ἡ σοφία

भाववाचक नामपद “बुद्धि”लाई “बुद्धिमान्” भनेर व्यक्त गर्न सकिन्छ । - वैकल्‍पिक अनुवादः “जो कोही जसले स्वर्गमा हुनुभएको परमेश्‍वरले हामीलाई सिकाउनुभएको अनुसार बुद्धिमान् भएर व्यवहार गर्दैन । बरु यो व्यक्ति पार्थिव, अनात्मिक, र शैतानिक हुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

ἐπίγειος

“पार्थिव” शब्दले मानिसहरूका सबै मूल्यमान्यता र व्यवहारहरूलाई जनाउँछ जसले परमेश्‍वरको आदर गर्दैनन् । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई आदर नगर्ने” (हेर्नुहोस्ः लक्षणा)

ψυχική

“पवित्र आत्माबाट होइन” वा “आत्मिक होइन”

δαιμονιώδης

“भूतहरूबाटको”

James 3:16

ὅπου…ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα

“ईर्ष्या” र “अभिलाषा”, “भाँडभैलो” जस्ता भाववाचक नामपदहरूलाई हटाउनको लागि यसलाई फरक तरिकामा पुनः उल्‍लेख गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि जब मानिसहरू ईर्ष्यालु र स्वार्थी हुन्छन्, त्यसले तिनीहरूलाई अव्यवस्थित रूपमा र दुष्‍ट चालहरूमा चल्‍न लगाउँछ” (हेर्नुहोस्ः भाववाचक नाम)

“त्यहाँ अव्यवस्था हुन्छ” वा “त्यहाँ भद्रगोल हुन्छ”

πᾶν φαῦλον πρᾶγμα

“हरेक किसिमका पापमय व्यवहार” वा “हरेक प्रकारको दुष्‍ट काम”

James 3:17

ἡ…σοφία

यहाँ “माथिबाट” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले “स्वर्ग”लाई प्रतिनिधित्व गर्दछ र जसले परमेश्‍वर आफैँलाई प्रतिनिधित्व गर्दछ । भाववाचक नामपद शब्द “बुद्धि”लाई “बुद्धिमान्” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कोही व्यक्ति स्वर्गमा हुनुभएको परमेश्‍वरले सिकाउनुभएको अनुसार बुद्धिमान् हुन्छ, ऊ प्रथमतः शुद्ध चालहरूमा चल्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

ἄνωθεν

“सर्वप्रथम पवित्र हुन्छ”

καρπῶν ἀγαθῶν

यहाँ “असल फलहरू”ले ती कुराहरूलाई जनाउँछ जुन मानिसहरूले आफूहरूसँग परमेश्‍वरबाटको बुद्धि हुनाको कारणले अरूहरूको लागि गर्छन् । वैकल्पिक अनुवादः “दया र असल कामहरूले परिपूर्ण” (हेर्नुहोस्ः रूपक)

ἀνυπόκριτος

“र इमानदार” वा “र सत्यवान्”

James 3:18

καρπὸς…δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται, τοῖς ποιοῦσιν εἰρήνην

मानिसहरूले शान्ति कायम गर्ने कुराको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको तिनीहरूले बिउ छरेको हो, र धार्मिकताको विषयमा यसरी बताइएको छ मानौँ त्यो भनेको फल हो जुन शान्ति कायम गरेको परिणामस्वरूप फल्छ । वैकल्पिक अनुवादः “शान्ति कायम गर्नुको परिणाम भनेको धार्मिकता हो” वा “मानिसहरूलाई शान्तिमा रहनलाई सहायता गर्नेहरूले धार्मिकता फलाउँछन्” (हेर्नुहोस्ः रूपक)

καρπὸς…δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται, τοῖς ποιοῦσιν εἰρήνην

“शान्तिमा रहने ।” भाववाचक नामपद शब्द “शान्ति”लाई “शान्तिपूर्ण रूपमा” भनेर उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई शान्तिपूर्ण रूपमा जिउन लगाउने” वा “मानिसहरूलाई एक अर्कासँग रिसाउने नबनाउन सहायता गर्ने” (हेर्नुहोस्ः भाववाचक नाम)

James 4

याकूब ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

व्यभिचार

बाइबलका लेखकहरूले व्यभिचारलाई धेरैपटक परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने तर परमेश्‍वरलाई घृणा लाग्‍ने कुराहरू गर्ने मानिहरूको लागि भएको अलङ्कारको रूपमा बताउँछन् । (हेर्नुहोस्ः रूपक अनि ईश्‍वरीय, ईश्‍वरभक्‍ति)

व्यवस्था

याकूबले सम्भवतः यो शब्दलाई याकूब ४:११ मा “राजकीय व्यवस्था”लाई (याकूब २:८) जनाउन यो शब्दको प्रयोग गर्छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

याकूबले धेरै प्रश्‍नहरू सोध्‍छन् किनभने उनका पाठकहरूले आफूहरू कसरी जिइराखेका छौँ भन्‍ने बारेमा सोचेका उनी चाहन्छन् । उनी तिनीहरूलाई सच्याउन र सिकाउन चाहन्छन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

नम्र

यो शब्दले साधारणतया ती मानिसहरूलाई सम्भवतः जनाउँछ जो घमण्‍डी छैनन् । याकूबले यो शब्द यहाँ ती मानिसहरूलाई जनाउन प्रयोग गर्छन् जो घमण्‍डी छैनन् र जसले येशूमा विश्‍वास पनि गर्छन् र उहाँको आज्ञापलान गर्छन् ।

James 4:1

यस खण्डमा, “तिमीहरू आफैँ”, र “तिमीहरूको”, र “तिमीहरू” शब्दहरू बहुवचन हुन् र तिनले याकूबले लेखिरहेका विश्‍वासीहरूलाई जनाउँछन् ।

याकूबले यी विश्‍वासीहरूलाई तिनीहरूका सांसारिकपन र तिनीहरूका नम्रताको अभावको लागि हप्काउँछन् । तिनीहरूले एक अर्कासँग र एक अर्काको बारेमा कसरी कुरा गर्छन् भन्‍ने कुरालाई ख्याल गर्नलाई उनले फेरि पनि तिनीहरूलाई आग्रह गर्छन् ।

πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν?

“झगडाहरू” र “विवादहरू” जस्ता भाववाचक नामपद शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छ र तिनलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू किन आपसमा झगडा र विवाद गर्छौ ?” वा “तिमीहरू किन आपसमा लडाईँ गर्छौ ?” (हेर्नुहोस्ः प्रतिरूपी अनि भाववाचक नाम)

πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν?

याकूबले उनका पाठकहरूलाई हप्काउनका निमित्त यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती विभिन्‍न कुराहरूका लागि तिमीहरूका खराब अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।” वा “ती खराब कुराहरूका लागि भएका तिमीहरूका अभिलाषाहरूबाट आउँदछन्, अभिलाषाहरू जुन तिमीहरूका सदस्यहरूका बीचमा लड्छन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν

याकूबले अभिलाषाहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शत्रुहरू हुन् जसले विश्‍वासीहरूको विरुद्धमा युद्ध गरिरहे । वास्तवमा, अवश्‍य नै, यो ती मानिसहरू हुन् जससँग यी इच्‍छाहरू हुन्छन् जुन आपसमा लडन्त गर्दछन् । वैकल्पिक अनुवादः “ती दुष्‍ट कुराहरूको निम्ति भएका तिमीहरूका इच्छाहरूबाट आउँछन्, जसद्वारा तिमीहरू एक अर्कालाई हानी गर्न पुग्‍छौ” (हेर्नुहोस्ः मानवीकरण)

τῶν ἡδονῶν ὑμῶν, τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν

सम्भावित अर्थहरू हुन् १) त्यहाँ स्थानीय विश्‍वासीहरूका बीचमा झगडा छ, वा २) झगडा, अर्थात् द्वन्द्व भनेको प्रत्येक विश्‍वासी भित्र हुन्छ ।

James 4:2

φονεύετε καὶ ζηλοῦτε

“तिमीहरू हत्या गर्दछौ” भन्‍ने वाक्यांशले मानिसहरूले चाहेको कुरा प्राप्‍त गर्नको निम्ति तिनीहरूले कति खराब व्यवहार गर्छन् भनी व्यक्त गर्दछ । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिमीहरूले प्राप्‍त गर्न नसक्‍ने कुराहरू हासिल गर्न तिमीहरू सबै किसिमका दुष्‍ट कुराहरू गर्दछौ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

μάχεσθε καὶ πολεμεῖτε

“लड्नु” र “झगडा गर्नु” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । मानिसहरू तिनीहरूका बीचमा कति बहस गर्छन् भनेर जोड दिनको निम्ति याकूबले यी शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरू निरन्तर लड्दछौ” (हेर्नुहोस्ः प्रतिरूपी)

James 4:3

κακῶς αἰτεῖσθε

सम्भावित अर्थहरू हुन् १) “तिमीहरू गलत उद्देश्यले माग्छौ” वा “तिमीहरू खराब आचरणले माग्छौ” २) “तिमीहरूले गलत कुराहरूका निम्ति मागिरहेका छौ” वा “तिमीहरूले खराब कुराहरूका निम्ति मागिरहेका छौ”

James 4:4

μοιχαλίδες

याकूबले विश्‍वासीहरू ती पत्‍नीहरू भए झैँ गरी कुरा गर्छन् जो आफ्‍ना पतिहरूभन्दा बाहेकका अन्य पुरुषहरूसँग सुत्छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहेका छैनौ !” (हेर्नुहोस्ः रूपक)

οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου, ἔχθρα τοῦ Θεοῦ ἐστιν?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिनछ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ ... परमेश्‍वर ... !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἡ φιλία τοῦ κόσμου

यो वाक्यांशले संसारको मूल्यमान्यताको व्यवस्थासँग र चलनसँग चिनाजानी गर्ने वा त्यसमा सहभागी हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)

ἡ φιλία τοῦ κόσμου

यहाँ संसारको मूल्यमान्यताको व्यवस्थालाई एउटा व्यक्ति भए झैँ गरी बताइएको छ जससँग अरूहरू मित्रहरू बन्‍न सक्छन् । (हेर्नुहोस्ः मानवीकरण)

ἔχθρα τοῦ Θεοῦ ἐστιν

संसारसँग मित्र भएको व्यक्ति परमेश्‍वरको शत्रु हो । यहाँ “संसारसँगको मित्रता”को अर्थ संसारको मित्र हुने हुन्छ र “परमेश्‍वरको विरुद्धमा शत्रुता”को अर्थ परमेश्‍वरको शत्रु हुने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “संसारका मित्रहरू परमेश्‍वरका शत्रुहरू हुन्” (हेर्नुहोस्ः लक्षणा)

James 4:5

ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει

यो एउटा आलङ्कारिक प्रश्‍न हो जुन याकूबले उनका पाठकहरूलाई अर्ती दिनलाई प्रयोग गर्छन् । व्यर्थमा भन्‍नु भनेको बेकारमा बोल्‍नु हो । वैकल्पिक अनुवादः “त्यहाँ एउटा कारण छ जसको लागि धर्मशास्‍त्रले भन्दछ”

πρὸς φθόνον ἐπιποθεῖ τὸ Πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν

यूएलटी र यूएसटी समेत गरेर, केही संस्करणहरूले यसलाई पवित्र आत्मालाई गरिएको उल्‍लेख हो भनेर बुझ्‍छन् । अन्य संस्करणहरूले यसलाई “आत्मा” भनेर उल्था गर्छन् र त्यसद्वारा मानव आत्माको अर्थ दिन्छन् जुन हुने गरेर हरेक व्यक्तिको सृष्‍टि भएको छ । तपाईंका पाठकहरूले प्रयोग गर्ने अन्य संस्करणहरूमा प्रस्तुत गरिएका अर्थलाई तपाईंले प्रयोग गर्नलाई हामी सुझाव दिन्छौँ ।

James 4:6

μείζονα δὲ δίδωσιν χάριν

यो वाक्यांश अघिल्‍लो पदसँग कसरी सम्बन्धित छ भन्‍ने कुरालाई स्पष्‍ट बनाउन सकिन्छः “तर, हामीले प्राप्‍त गर्न नसक्‍ने कुरालाई हाम्रो आत्माले इच्छा गरे तापनि हामीले आफैँलाई नम्र तुल्यायौँ भनेँ, परमेश्‍वरले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

διὸ λέγει

“किनभने परमेश्‍वरले बढी अनुग्रह दिनुहुन्छ, धर्मशास्‍त्र”

ὑπερηφάνοις…ταπεινοῖς

यसले सामान्य रूपमा अहंकारी मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “घमण्‍डी मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

यसले सामान्य रूपमा नम्र मानिसहरूलाई जनाउँछ। वैकल्‍पिक अनुवादः “नम्र मानिसहरू” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)

James 4:7

ὑποτάγητε οὖν

“किनभने परमेश्‍वरले नम्रहरूलाई अनुग्रह दिनुहुन्छ, ... समर्पण गर”

ὑποτάγητε οὖν

“परमेश्‍वरको आज्ञापालन गर”

ἀντίστητε…τῷ διαβόλῳ

“शैतानको प्रतिरोध गर” वा “शैतानले जे चाहन्छ सो नगर”

φεύξεται ἀφ’ ὑμῶν

“त्यो टाढा भाग्‍नेछ”

यहाँ यो सर्वनाम बहुवचनमा छ र यसले याकूबका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

James 4:8

“तिमीहरू” शब्द बहुवचनमा छ यसले छरिएर रहेका विश्‍वासीहरूलाई जनाउँछ जसलाई याकूबले पत्र लेख्‍छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν

यहाँ नजिक आउने कुराको धारणाले परमेश्‍वरसँग इमान्दार हुने र उहाँको सामुन्‍ने खुला रहने कुरालाई बुझाउँछ । (हेर्नुहोस्ः रूपक)

यिनीहरू समान संरचना भएका दुई वाक्यांशहरू हुन् । (हेर्नुहोस्ः समान्तरता)

καθαρίσατε χεῖρας

यो अभिव्यक्ति भनेको मानिसहरूलाई अधार्मिक कामहरू गर्नको साटोमा धार्मिक कामहरू गर्नको लागि एउटा आज्ञा हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई सम्‍मान गर्ने तरिकाले व्यवहार गर” (हेर्नुहोस्ः लक्षणा)

ἁγνίσατε καρδίας

यहाँ “हृदयहरू”ले कोही व्यक्तिको विचारहरू र भावनाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूका विचारहरू र औचित्यहरूलाई ठीक बनाओ” (हेर्नुहोस्ः लक्षणा)

δίψυχοι

“दोहोरो मनका” शब्दले त्यस्तो एउटा व्यक्तिलाई जनाउँछ जसले केही कुराको विषयमा बलियो निर्णय लिन सक्दैन । वैकल्‍पिक अनुवादः “दोहोरो मनका मानिसहरू” वा “ती मानिसहरू जसले परमेश्‍वरको आज्ञापालन गर्ने कि नगर्ने भनेर निर्णय लिन सक्दैनन्” (हेर्नुहोस्ः रूपक)

James 4:9

ταλαιπωρήσατε, καὶ πενθήσατε, καὶ κλαύσατε

यी तीन शब्दहरूको समान अर्थ हुन्छ । परमेश्‍वरको आज्ञापालन नगरेकोमा साँच्चिकै क्षमाप्रार्थी हुनुपर्छ भनेर जोड दिनका लागि याकूबले तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी अनि विस्मयादि)

ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν

यो जोड दिनको लागि एउटै कुरालाई फरक तरिकाहरूमा भनेको कुरा हो । भाववाचक नामपद शब्दहरू “हाँसो”, “उदासीनता”, “आनन्द” र “खिन्‍नता”लाई क्रियापदहरू वा विशेषणहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हाँस्‍न छोड र उदास बन । आनन्दित हुन छोड र खिन्‍न बन” (हेर्नुहोस्ः समान्तरता अनि भाववाचक नाम)

James 4:10

ἐνώπιον Κυρίου

“परमेश्‍वरप्रति विनम्र बन ।” परमेश्‍वरलाई मनमा सोचेर गरिएका कुराहरूलाई उहाँको भौतिक उपस्थितिमा गरेको झैँ गरेर धेरैपटक बताइएको छ । (हेर्नुहोस्ः रूपक)

ὑψώσει ὑμᾶς

कुनै व्यक्तिले जमिनमा आफैँलाई नम्रतामा लम्पसार बनाएको ठाउँबाट परमेश्‍वरले त्यस व्यक्तिलाई शारीरिक रूपमा माथि उठाउनुहुनेछ भनी बताएर याकूबले सङ्केत दिन्छन् कि परमेश्‍वरले नम्र व्यक्तिलाई सम्‍मान दिनुहुनेछ । वैकल्‍पिक अनुवादः “उहाँले तिमीहरूलाई आदर दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)

James 4:11

यस भागमा “तिमीहरू” र “तिमीहरूको” शब्दहरूले याकूबले पत्र लेखिरहेका विश्‍वासीहरूलाई जनाउँछ ।

μὴ καταλαλεῖτε ἀλλήλων

“ ... को विषयमा खराब तरिकाले बोल्नु” वा “विरोध गर्नु”

ἀδελφοί…ἀδελφοῦ…τὸν ἀδελφὸν αὐτοῦ

याकूबले विश्‍वासीहरूको विषयमा तिनीहरू एउटै कोखबाट जन्म लिएका दाजुभाइहरू भए झैँ गरी बताउँछन् । यो शब्दले पुरुषहरूको साथसाथै स्‍त्रीहरूलाई पनि समावेश गर्दछ । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः लक्षणा अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής

“तर तिमीहरू व्यवस्था दिने व्यक्तिजस्तै व्यवहार गर्दैछौ”

James 4:12

εἷς ἐστιν νομοθέτης καὶ κριτής

यसले परमेश्‍वरलाई जनाउँछ । “परमेश्‍वर मात्र एक हुनुहुन्छ जसले व्यवस्था दिनुहुन्छ र मानिसहरूको न्याय गर्नुहुन्छ”

σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον?

यो एउटा आलङ्कारिक प्रश्‍न हो जसलाई याकूबले आफ्ना पाठकहरूलाई हप्काउनको निम्ति प्रयोग गर्छन् । यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू केवल मानिस मात्र हौ र अर्को मानिसको न्याय गर्न सक्दैनौ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

James 4:13

ποιήσομεν ἐκεῖ ἐνιαυτὸν

याकूबले समय बिताउने कुरालाई पैसा खर्च गर्ने कुरा भए झैँ गरी बताउँछन् । “त्यहाँ एक वर्ष बसौँला” (हेर्नुहोस्ः टुक्काहरू)

James 4:14

οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον, ποία ἡ ζωὴ ὑμῶν?

याकूबले उनका पाठकहरूलाई सच्याउन र शारीरिक जीवन त्यति धेरै महत्त्वपूर्ण छैन भनी यी विश्‍वासीहरूलाई सिकाउनका निमित्त याकूबले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । तिनीहरूलाई कथनहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “भोलि के हुनेछ भनी कसैले पनि जान्दैन, र तिम्रो जीवन धेरै लामो समय रहँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀτμὶς γάρ ἐστε, ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη

याकूबले मानिसहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू तुवाँलो हुन् जुन देखा पर्छ र त्यसपछि गइहाल्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू छोटो समयको लागि मात्र बाँच्‍छौ, र त्यसपछि तिमीहरू मर्छौ” (हेर्नुहोस्ः रूपक)

James 4:15

“बरु, तिमीहरूको स्वभाव यस्तो हुनुपर्ने”

καὶ ζήσομεν καὶ ποιήσομεν

“हामीले गरेका योजनाहरू पूरा गर्नलाई हामी पर्याप्‍त रूपमा लामो समय जिउनेछौँ ।” “हामी” शब्दले प्रत्यक्ष रूपमा याकूब वा उनका पाठकहरूलाई जनाउँदैन तर त्यो त याकूबका पाठकहरूले भविष्‍यलाई कसरी विचार गर्नुपर्छ भन्‍ने विषयमा भएको उदाहरणको एउटा भाग हो ।

James 4:17

εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν

आफूले गर्नुपर्छ भनी जानेको भलाइ गर्नलाई चुक्‍ने जो कोही पनि व्यक्ति चाहिँ पापको दोषी हुन्छ ।

James 5

याकूब ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अनन्तता

यस अध्यायले यस संसारको बितेर जाने थोकहरूको निमित्त जिउने कुरा र अनन्तताको लागि रहने थोकहरूको लागि जिउने कुराको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । येशू छिटै फर्कनुहुनेछ भन्‍ने कुराको अपेक्षामा जिउनु पनि महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता)

शपथहरू

सबै शपथहरू गलत हुन् भनेर यो खण्‍डले सिकाउँछ वा सिकाउँदैन भन्‍ने कुरामा विद्वानहरू विभाजित छन् । अधिकांश विद्वानहरूले विश्‍वास गर्छन् कि केही शपथहरू स्‍वीकृति गर्न मिल्‍ने छन् र याकूबले बरु ख्रीष्‍टिएनहरूलाई इमान्दारिता अपनाउन सिकाइरहेका छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

एलिया

१ र २ राजा अनि १ र २ इतिहासको पुस्तकहरूको अनुवाद अझै भएको छैन भने यो कथा बुझ्‍न कठिन हुनेछ ।

“उसको प्राणलाई मृत्युबाट बचाउन”

यसले सम्भवतः सिकाउँछ कि कोही व्यक्तिले आफ्‍नो पापपूर्ण जीवनशैलीलाई त्याग्छ भने उसको पापको परिणामस्वरूप हुने शारीरिक मृत्युद्वारा दण्‍डित हुनेछैन । अर्कोतर्फ, केही विद्वानहरूले विश्‍वास गर्छन् कि यो खण्‍डले अनन्त उद्धारको बारेमा सिकाउँछ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि मर्नु, मृत, घातक, मृत्यु अनि बचाउनु, सुरक्षित)

James 5:1

याकूबले धनी मानिसहरूलाई विलासिता र सम्पत्तिमा भएको तिनीहरूको ध्यानको बारेमा चेतावनी दिन्छन् ।

οἱ πλούσιοι

सम्भावित अर्थहरू हुन् १) याकूबले धनी विश्‍वासीहरूलाई कडा चेतावनी दिइरहेका छन् वा २) याकूबले धनी अविश्‍वासीहरूको बारेमा कुरा गर्दैछन् । वैकल्पिक अनुवादः “तिमीहरू जो धनी छौ र परमेश्‍वरलाई आदर गर्छु भनी भन्दछौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις

याकूबले भन्छन् कि यी व्यक्तिहरूले भविष्यमा डरलाग्दो पीडा भोग्नेछन् र उनीहरूको कष्‍टहरू चाहिँ तिनीहरूतर्फ आउँदै गरेको वस्तुहरू भए जैँ गरी लेख्छन् । भाववाचक नामपद शब्द “कष्‍टहरू”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुावादः “किनकि तिमीहरूले भविष्यमा भयानक ढङ्गले कष्‍ट काट्नेछौ” (हेर्नुहोस्ः भाववाचक नाम)

James 5:2

ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν

पार्थिव धन सधैँ रहिरहँदैन नता तिनीहरूको अनन्त महत्त्व हुन्छ । याकूबले यी घटनाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती पहिला नै घटिसकेका थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूका धनहरू सड्नेछन्, र तिमीहरूका पोशाकहरूलाई किराले खानेछन् ।” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत)

ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν

यी कुराहरूलाई धनी मानिसहरूका लागि मूल्यवान् रहेका थोकहरूको उदाहरणका रूपमा उल्लेख गरिएको छ ।

James 5:3

ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται

पार्थिव धन सधैँ रहिरहँदैन नता तिनीहरूको अनन्त महत्त्व हुन्छ । याकूबले यी घटनाहरूको विषयमा यसरी बताउँछन् कि मानौँ ती पहिला नै घटिसकेका थिए । वैकल्‍पिक अनुवादः “तिमीहरूका धनहरू सड्नेछन्, र तिमीहरूका पोशाकहरूलाई किराले खानेछन् । तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको हुनेछ” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत)

ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται

यी कुराहरूलाई धनी मानिसहरूका लागि मूल्यवान् रहेका थोकहरूको उदाहरणका रूपमा उल्लेख गरिएको छ ।

ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται

सुन र चाँदी कसरी खराब भएका छन् भन्‍ने कुरालाई वर्णन गर्नका लागि यी वाक्यांशहरूलाई यहाँ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ ... खराब भएका छन् ... तिनीहरूको खराब भएको अवस्था” वा “सडेका छन् ... तिनीहरूको सडेको अवस्था”

ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται

याकूबले तिनीहरूका मूल्यावान् थोकहरू खराब भएको कुराको विषयमा यसरी लेखे मानौँ त्यो भनेको अदालतमा भएको कुनै व्यक्ति हो जसले दुष्‍टलाई त्यसका अपराधहरूको आरोप लगाइरहेको छ । वैकल्‍पिक अनुवादः “र जब परमेश्‍वरले तिमीहरूको इन्साफ गर्नुहुनेछ, तिमीहरूका सडेका धनहरू कोही व्यक्ति झैँ हुनेछन् जसले तिमीहरूलाई अदालतमा दोष लाउनेछ । तिनीहरूको सडेको अवस्था” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी )

ὡς πῦρ

यहाँ खराब हुनुलाई कुनै आगोसँग तुलना गरिएको छ जसले तिनीहरूका मालिकहरूलाई जलाउँछ । (हेर्नुहोस्ः उपमा अनि रूपक)

φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ

यहाँ “देह”को अर्थ भौतिक शरीर भन्‍ने हुन्छ । (हेर्नुहोस्ः लक्षणा)

φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ

आगोले प्रायः सबै दुष्‍टहरूमाथि आउने परमेश्‍वरको दण्‍डको अर्थ दिन्छ भनी यहाँ भएको आगोको अवधारणाबाट मानिसहरूलाई सम्झना गराउन खोजिएको छ । (हेर्नुहोस्ः रूपक)

ἐσχάταις ἡμέραις

यसले परमेश्‍वर सबै मानिसहरूको इन्साफ गर्न आउनुहुने समयभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । दुष्‍टहरूले सोच्दछन् कि तिनीहरू भविष्यको लागि धन-सम्पत्ति थुपारिरहेका छन्, तर तिनीहरूले गरिरहेका कुराहरूले इन्साफ थुपारिरहेको छ । वैकल्‍पिक अनुवादः “किनकि जब परमेश्‍वरले तिमीहरूको न्याय गर्नै लाग्‍नुभएको हुन्छ” (हेर्नुहोस्ः लक्षणा)

James 5:4

याकूबले धनी मानिसहरूलाई विलासिता र धनहरूमाथि भएको तिनीहरूको ध्यानको विषयमा चेतावनी दिनलाई निरन्तरता दिन्छन् ।

κράζει

तिर्नु पर्ने पैसाको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जसले उसमाथि गरिएको अन्यायको कारण कराइरहेको छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफ्‍ना खेतहरूमा काम गर्न ल्याएका मानिसहरूलाई पैसा नतिरेको वास्तविकताले देखाउँछ कि तिमीहरूले गलत गरेका छौ” (हेर्नुहोस्ः मानवीकरण)

αἱ βοαὶ τῶν θερισάντων, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθαν

बाली काट्नेहरूको चित्कारहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूलाई स्वर्गमा सुन्‍न सकिन्थ्यो । वैकल्‍पिक अनुवादः “सेनाहरूका परमप्रभुले बाली काट्नेहरूका चित्कार सुन्‍नुभएको छ” (हेर्नुहोस्ः रूपक)

परमेश्‍वरको पनि मानिसको झैँ कान हुन्छ जस्तो गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)

James 5:5

ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς

यहाँ मानिसहरूलाई तिनीहरू वस्तुभाउ भए झैँ गरी हेरिएको छ जसलाई दाना भरपुर खुवाइएको छ ताकि त्यो कुनै भोजको समयमा मार्ने बेलामा मोटाइराखेको होस् । तापनि, इन्साफको समयमा कसैले पनि भोज गर्ने छैन । वैकल्‍पिक अनुवादः “तिमीहरूको लोभले तिमीहरूलाई कठोर अनन्त इन्साफको लागि केवल तयार पारेको छ” (हेर्नुहोस्ः रूपक)

ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς

“हृदय”लाई मानवको इच्छाको केन्द्रको रूपमा मानिएको थियो, र त्यसले यहाँ सम्पूर्ण व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)

James 5:6

κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον

यो चाहिँ सम्भवतः एक न्यायधीशले कुनै अपराधीलाई मृत्युदण्‍डको सजाय तोकेको कानूनी बुझाइमा “दोषी ठहराएको” भनेको होइन । बरु, यसले सम्भवतः दुष्‍ट र शक्तिशाली मानिसहरूलाई जनाउँछ जसले गरिबहरूलाई तिनीहरू नमरुञ्‍जेलसम्‍म नराम्रो व्यवहार गर्नलाई निर्णय गर्छन् ।

τὸν δίκαιον

“ती मानिसहरू जसले जे ठीक छ सो गर्छन् । तिनीहरूले ... गर्दैनन् ।” यहाँ “धर्मी व्यक्ति”ले सामान्य अर्थमा धर्मी मानिसहरूलाई जनाउँछ र कुनै व्यक्ति विशेषलाई जनाउँदैन । वैकल्‍पिक अनुवादः “धर्मी मानिसहरू ... । तिनीहरूले ... गर्दैनन्” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)

οὐκ ἀντιτάσσεται ὑμῖν

“तिमीहरूको विरुद्धमा चल्‍ने”

James 5:7

अन्तमा, याकूबले विश्‍वासीहरूलाई प्रभुको आगमनको बारेमा सम्झना गराउँदछन् र प्रभुको लागि कसरी जिउने भनेर थुप्रै छोटा पाठहरू दिन्छन् ।

याकूबले धनी मानिसहरूलाई हप्‍काउनेबाट विश्‍वासीहरूलाई अर्ती दिने कुरातर्फ विषय बदल्छन् ।

οὖν

“यसैकारण, पर्ख र शान्त रहो”

ἕως τῆς παρουσίας τοῦ Κυρίου

यो वाक्यांशले येशूको पुनरागमनलाई जनाउँछ, जब उहाँले यस पृथ्वीमा उहाँको राज्यको थालनी गर्नुहुनेछ र सारा मानिसहरूको इन्साफ गर्नुहुनेछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टको पुनरागमन नभएसम्म” (हेर्नुहोस्ः लक्षणा)

ὁ γεωργὸς ἐκδέχεται

धैर्य धारण गर्नु भनेको के हो भनेर सिकाउनको निम्ति किसानहरू र विश्‍वासीहरूलाई प्रयोग गर्दै याकूबले एउटा तुलनाको निर्माण गर्छन् । (हेर्नुहोस्ः रूपक)

James 5:8

στηρίξατε τὰς καρδίας ὑμῶν

याकूबले विश्‍वास गर्नेहरूको हृदयलाई प्रतिबद्ध रहने तिनीहरूको इच्‍छासँग बराबर भएको देखाउँदैछन् । वैकल्‍पिक अनुवादः “प्रतिबद्ध भइ बस” वा “तिमीहरूको विश्‍वासलाई बलियो राख” (हेर्नुहोस्ः लक्षणा)

ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν

“प्रभु छिट्टै फर्कनुहुनेछ”

James 5:9

ἀδελφοί

याकूबले तितरबितर भएका सबै यहूदी विश्‍वासीहरूलाई लेख्दैछन् ।

“एक अर्काको बारेमा”

μὴ κριθῆτε

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूको न्याय गर्नुहुनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἰδοὺ, ὁ κριτὴς

“ध्यान दओ, किनभने मैले अब बताउन लागेको कुराहरू दुवै सत्य र महत्त्वपूर्ण छन्ः न्यायकर्ता”

ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν

येशू कति छिटै संसारको न्याय गर्नलाई आउनुहुनेछ भनेर जोड दिनका लागि याकूबले येशू, न्यायकर्तालाई ढोकाबाट पस्‍नै लागेको व्यक्तिसँग तुलना गर्छन् । वैकल्‍पिक अनुवादः “न्यायकर्ता चाँडै आउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)

James 5:10

τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας, τοὺς προφήτας

“कसरी परमप्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूले धैर्यसँग कष्‍ट भोगे”

ἐν τῷ ὀνόματι Κυρίου

यहाँ “नाउँ” भनेको परमप्रभुको व्यक्तित्त्वको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमप्रभुको अधिकारद्वारा” वा “परमप्रभुको लागि मानिसहरूसँग बोले” (हेर्नुहोस्ः लक्षणा)

James 5:11

ἰδοὺ

“ध्यान दओ, किनभने मैले अब बताउन लागेको कुराहरू दुवै सत्य र महत्त्वपूर्ण छन्ः हामी मान्छौँ”

τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε

“जसले कठिनाइको बाबजुद पनि परमेश्‍वरको आज्ञापालन गर्न निरन्तरता दिए”

James 5:12

πρὸ πάντων

“यो महत्त्वपूर्ण छ, मेरा भाइहरू होः” वा “विशेष रूपमा, मेरा भाइहरू हो”

ἀδελφοί μου

यसले स्‍त्रीहरू समेत गरेर सारा विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

μὴ ὀμνύετε

“शपथ” खानु भनेको तपाईंले केही काम गर्नुहुनेछ वा केही कुरा सत्य छ वा उच्‍च अधिकारको सामु त्यस कुराको लागि जवाफदेही हुनु हो । वैकल्पिक अनुवादः “शपथ नलेओ” वा “भाकल नगर”

“स्वर्ग” र “पृथ्वी” शब्दहरूले स्वर्ग र पृथ्वीमा भएका आत्मिक र मानवीय अधिकारहरूलाई जनाउँछन् ।(हेर्नुहोस्ः लक्षणा)

ἤτω…ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ

“कुनै शपथ नखाइकन तिमीहरूले जे गर्नेछु भनी भन्दछौ, त्यही गर वा केही कुरा सत्य छ भनी भन”

ἵνα μὴ ὑπὸ κρίσιν πέσητε

दोषी ठहरिने कुरालाई कोही व्यक्ति केही गह्रौँ कुराको वजनले गर्दा पेलिएर खसेको जस्तै गरी बताइएको छ । वैकल्पिक अनुवादः “ताकि परमेश्‍वरले तिमीहरूको इन्साफ नगर्नुभएको होस्” (हेर्नुहोस्ः रूपक)

James 5:13

κακοπαθεῖ τις ἐν ὑμῖν? προσευχέσθω

याकूबले उनका पाठकहरूलाई तिनीहरूका खाँचोहरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कसैले कष्‍ट भोगिरहेको छ भने, उसले प्रार्थना गर्नुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

εὐθυμεῖ τις? ψαλλέτω

याकूबले उनका पाठकहरूलाई तिनीहरूका आशिष्‌हरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कोही खुसी छ भने, उसले प्रशंसाको गीत गाउनुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

James 5:14

ἀσθενεῖ τις ἐν ὑμῖν? προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν

याकूबले उनका पाठकहरूलाई तिनीहरूका खाँचोहरूको विषयमा विचार गर्न लगाउनलाई यस प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि कोही बिमारी छ भने, उसले ... बोलाउनुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐν τῷ ὀνόματι τοῦ Κυρίου

यहाँ “नाउँ” भनेको येशू ख्रीष्‍टको व्यक्तित्त्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभुको अधिकारद्वारा” वा “प्रभुले तिनीहरूलाई दिनुभएको अधिकारद्वारा” (हेर्नुहोस्ः लक्षणा)

James 5:15

ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα

विश्‍वासीहरूले बिरामी मानिसहरूको लागि प्रार्थना गरेको परमेश्‍वरले सुन्‍नुभएको र उहाँले ती मानिसहरूलाई निको पार्नुभएको कुराको विषयमा लेखकले यसरी बताउँछन् कि मानौँ प्रार्थनाहरू आफैँले मानिसहरूलाई निको पार्‍यो । वैकल्‍पिक अनुवादः “प्रभुले विश्‍वासको प्रार्थना सुन्‍नुहुनेछ र त्यस बिरामी मानिसलाई निको पार्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)

ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα

“विश्‍वासीहरूद्वारा गरिएको प्रार्थना” वा “तिनीहरूले मागेको अनुसार परमेश्‍वरले दिनुहुनेछ भनेर विश्‍वास गर्दै मानिसहरूले गरेको प्रार्थना”

ἐγερεῖ αὐτὸν ὁ Κύριος

“प्रभुले उसलाई सद्दे बनाउनुहुनेछ” वा “प्रभुले उसलाई उसको सामान्य जीवनलाई पुनः सुरु गर्न सक्षम बनाउनुहुनेछ”

James 5:16

किनकि यिनीहरू यहूदी विश्‍वासीहरू थिए, याकूबले पुरानो समयका एकजना अगमवक्ता र त्यस अगमवक्ताका व्यवहारिक प्रार्थनाहरूको सम्झना गराएर तिनीहरूलाई प्रार्थना गर्नलाई याद दिलाउँछन् ।

οὖν

तिमीहरूले गल्‍ती गरेका कुराहरू अरू विश्‍वासीहरूको सामु स्वीकार गर ताकि तिमीहरूले क्षमा पाउन सक ।

“एक अर्कालाई”

ἰαθῆτε

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि परमेश्‍वरले तिमीहरूलाई निको पार्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη

प्रार्थनालाई कुनै एउटा वस्तु भए झैँ गरी प्रस्तुत गरिएको छ जुन बलियो र शक्तिशाली थियो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको आज्ञा पालन गर्ने मानिसले जब प्रार्थना गर्दछ, परमेश्‍वरले महान् कामहरू गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक)

James 5:17

προσευχῇ προσηύξατο

“उत्सुकताकासाथ प्रार्थना गरे” वा “दिलोज्यानले प्रार्थना गरे”

“३ ... ६” (हेर्नुहोस्ः सङ्ख्याहरू)

James 5:18

ὁ οὐρανὸς ὑετὸν ἔδωκεν

“स्वर्ग”ले सम्भवतः आकाशलाई जनाउँछ, जसलाई पानीको स्रोतको रूपमा प्रस्तुत गरिएको छ । वैकल्‍पिक अनुवादः “आकाशबाट पानी पर्‍यो”

ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς

यहाँ पृथ्वीलाई बालीहरूको स्रोतको रूपमा प्रस्तुत गरिएको छ ।

यहाँ “फल”ले किसानहरूको सारा बालीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)

James 5:19

ἀδελφοί μου

यहाँ यो शब्दले सम्भवतः पुरुषहरू र स्‍त्रीहरूलाई दुवैलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सङ्गी विश्‍वासहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)

ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας

परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आज्ञापालन गर्न छोड्ने व्यक्तिलाई बगालबाट बरालिएर अन्त लागेको कुनै भेडासँग तुलना गरिएको छ । त्यसलाई पुनः परमेश्‍वरमा भरोसा गर्न मनाउने व्यक्तिलाई चाहिँ हराएको भेडाको खोजमा भएको गोठालोसँग तुलना गरिएको छ । वैकल्‍पिक अनुवादः “जब पनि कसैले परमेश्‍वरको आज्ञापालन गर्न छोड्छ, र अर्को व्यक्तिले उसलाई पुनः आज्ञापालन गर्न सुरु गर्नलाई सहायता गर्छ” (हेर्नुहोस्ः रूपक)

James 5:20

ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ

याकूबले भन्‍न खोजेको यो हो कि त्यस पापीलाई पश्‍चात्ताप गर्न र मुक्ति पाउनलाई मनाउनको लागि परमेश्‍वरले यस व्यक्तिको कामहरूलाई प्रयोग गर्नुहुनेछ । तर याकूबले यसरी भन्छन् कि मानौँ यो त्यो अर्को व्यक्ति हो जसले पापीको प्राणलाई मृत्युबाट बचायो । (हेर्नुहोस्ः लक्षणा)

σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου

यहाँ “मृत्यु”ले आत्मिक मृत्यु, परमेश्‍वरबाट अनन्तसम्‍मै अलग हुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “उसलाई आत्मिक मृत्युबाट बचाउनुहुनेछ, र परमेश्‍वरले त्यस पापीलाई उसका सबै पापहरूको लागि माफ गरिदिनुहुनेछ” (हेर्नुहोस्ः उपलक्षण)

καλύψει πλῆθος ἁμαρτιῶν

सम्भावित अर्थहरू हुन् १) अनाज्ञाकारी भाइलाई फिर्ता ल्याउने व्यक्तिको पापहरू क्षमा हुनेछन् वा २) अनाज्ञाकारी भाइ, जब ऊ प्रभुतिर फर्कन्छ, उसका पापहरू क्षमा हुनेछन् । पापहरूको विषयमा यसरी बताइएको छ मानौँ ती वस्तुहरू हुन् जसलाई परमेश्‍वरले ढाक्‍न सक्‍नुहुन्छ ताकि उहाँले त्यो देख्‍न नसक्‍नुभएको होस्, ताकि उहाँले तिनीहरूलाई क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः रूपक)