2 John
2 John front
२ यूहन्नाको परिचय
भाग १: सामान्य परिचय
२ यूहन्नाको पुस्तकको रूपरेखा
- अभिवादन(१:१-३)
- उत्साह र सबैभन्दा महान् आज्ञा (१:४-६)
- झूटा शिक्षकहरूबारे चेतावनी (१:७-११)
- सङ्गी विश्वासीहरूबाट अभिवादन (१:१२-१३)
२ यूहन्नाको पुस्तक कसले लेख्यो ?
पत्रले लेखकको नाम दिँदैन । लेखकले आफैँलाई केवल एक “एल्डर”को रूपमा चिनाएका छन् । सम्भवतः यो पत्र प्रेरित यूहन्नाद्वारा उनको जीवनको आखिरी समयतिर लेखिएको थियो । २ यूहन्नामा भएका कुराहरू यूहन्नाको सुसमाचारमा भएका कुराहरूजस्तै छन् ।
२ यूहन्नाको पुस्तक केको बारेमा हो ?
यूहन्नाले यो पत्र “चुनिएकी महिला” भन्ने कोहि र “उनका छोराछोरीहरू”लाई लेखे (१:१) । यसले कुनै खास मित्र र उनका छोराछोरीहरूलाई जनाउन सक्छ । अथवा यसले विश्वासीहरुको कुनै खास समूह वा सामान्य रूपमा विश्वासीहरूलाई जनाउन सक्छ । यो पत्र लेख्नुमा यूहन्नाको उद्देश्य झूटा शिक्षकहरूबाट आफ्ना पाठकहरूलाई होशियार गराउनु थियो । यूहन्नाले विश्वासीहरूले झूटा शिक्षकहरूलाई सहयोग गरेको वा पैसा दिएको चाहेनन् । (हेर्नुहोस्ः रूपक)
यो पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “२ यूहन्ना” वा “दोस्रो यूहन्ना” भनेर बोलाउन छान्न सक्छन् । अथवा उनीहरूले अझ स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तो कि “यूहन्नाबाट दोस्रो पत्र” वा “यूहन्नाले लेखेको दोस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र साँस्कृतिक अवधारणाहरू
अतिथि-सत्कार भनेको के हो ?
प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । यूहन्नाले आगन्तुकहरूलाई अतिथि-सत्कार देखाएको चाहे । तर, विश्वासीहरूले झूटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाएको उनले चाहेनन् ।
यूहन्नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?
जसका विरुद्ध यूहन्नाले बोले तिनीहरू सम्भवत पछि नोस्टिक भनि चिनिने मानिसहरू थिए । यी मानिसहरू भौतिक संसार दुष्ट छ भनि विश्वास गर्थे । किनकि तिनीहरूले येशू दिव्य हुनुहुन्छ भनि विश्वास गर्थे, उहाँ वास्तवमै मानिस हुनुहुन्थ्यो भन्ने कुरा इन्कार गरे । यो उनीहरूले भौतिक शरीर दुष्ट भएका कारण परमेश्वर मानिस बन्न सक्नुहुँदैनथ्यो भनि सोचेका कारणले थियो । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
2 John 1
2 John 1:1
परम्पराले प्रेरित यूहन्नालाई नै यस पत्रको लेखकको रूपमा पहिचान गर्छ । तिनी सम्भवतः कुनै महिलालाई सम्बोधन गरेर लेख्छन्, तर पनि तिनीहरूले एकले अर्कालाई प्रेम गर्नुपर्छ भनी लेखेकाले यो सम्भवतः कुनै मण्डलीलाई भनिएको हो । यस पत्रमा “तिमीहरू” र “तिमीहरूको” अर्को प्रकारले उल्लेख नगरिएसम्म सबै बहुवचनमा छन् । यस पत्रमा यूहन्नाले आफैँलाई र तिनका पाठकहरूलाई समावेश गरेर “हामीलाई” र “हाम्रो” शब्द प्रयोग गर्छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि समावेशी “हामी”)
ὁ πρεσβύτερος
पत्रहरू यसरी सुरु गरिन्थ्यो । लेखकको नाउँ स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म एल्डर यूहन्नाले यो पत्र चुनिएकी महिला र तिनकी सन्तानहरूलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यसले प्रेरित र येशूका चेला यूहन्नालाई जनाउँछ । तिनको वृद्ध उमेरले गर्दा वा तिनी मण्डलीका अगुवा भएका हुनाले तिनी आफैँलाई पनि “एल्डर” को रूपमा जनाउँछन् ।
ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς
सम्भवतः यसले यसमा भएका विश्वासीहरूको समूह र विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
2 John 1:3
Πατρός…Υἱοῦ
यी परमेश्वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἐν ἀληθείᾳ καὶ ἀγάπῃ
“सत्य” शब्दले “प्रेम”लाई वर्णन गर्छ । सम्भवतः यसको अर्थ “साँचो प्रेममा” हुन्छ । (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
2 John 1:4
σου
यहाँ “तिम्रो” शब्द एक वचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός
“जसरी परमेश्वर पिताले हामीलाई आज्ञा गर्नुभयो”
2 John 1:5
σε,…σοι
यहाँ प्रयोग भएका “तिमी” शब्दहरू एक वचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι
“मैले तिमीलाई कुनै नयाँ कुरा गर्नलाई आज्ञा गरिरहेको जस्तो होइन”
ἀπ’ ἀρχῆς
यहाँ “सुरु” ले “हामीले पहिले विश्वास गर्दाको” समयलाई जनाउँछ । यहाँ “सुरु” ले “हामीले पहिले विश्वास गर्दाको” समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर हामीले पहिले विश्वास गर्दा ख्रीष्टले हामीलाई आज्ञा गर्नुभएको कुरा नै मैले तिमीलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους
यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । “र उहाँले आज्ञा गर्नुभयो, कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।”
2 John 1:6
περιπατῶμεν κατὰ…ἐν…περιπατῆτε
हाम्रो जीवनलाई परमेश्वरको आज्ञाअनुसार चलाउनुलाई हामी तिनीहरूमा हिँडिरहेको जसरी नै उल्लेख गरिएको छ । “यसमा”ले प्रेमलाई जनाउँछ । वैकल्पिक अनुवादः “र उहाँले तिमीलाई आज्ञा गर्नुभएको छ, किनकि एक अर्कालाई प्रेम गर्न तिमीले पहिला विश्वास गर्यौ ।” (हेर्नुहोस्ः रूपक)
2 John 1:7
यूहन्नाले तिनीहरूलाई छलीहरूको बारेमा चेतावनी दिन्छन्, ख्रीष्टको शिक्षामा रहन याद दिलाउँछन्, र ख्रीष्टको शिक्षामा नरहनेहरूबाट अलग रहन तिनीहरूलाई चेतावनी दिन्छन् ।
ὅτι πολλοὶ πλάνοι ἐξῆλθαν εἰς τὸν κόσμον
“धेरै झुटा शिक्षकहरूले विश्वासीहरूलाई छोडेका छन्” वा “संसारमा धैरै छलीहरू छन्”
“धेरै झुटा शिक्षकहरू” वा “धेरै धोकेबाजहरू”
Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί
शरीरमा आउनु भनेको वास्तविक व्यक्ति हुनुको निम्ति प्रतिस्थापकिय भनाइ हो । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट वास्तविक मानवको रूपमा आउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
“अरूहरूलाई छल्ने र ख्रीष्ट स्वयम्को विरोध गर्ने तिनीहरू नै हुन्”
2 John 1:8
βλέπετε ἑαυτούς
“होसियार रहो” वा “ध्यान देओ”
“स्वर्गमा तिम्रो भविष्यको इनाम नगुमाऊ”
“स्वर्गमा पुरा इनाम”
2 John 1:9
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ
यसले परमेश्वर र सत्यताबारे अरू सबैभन्दा बढी जानेको दाबी गर्ने व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको बारेमा धेरै जानेको दाबी गर्छ” वा “जसले सत्यताको अवाज्ञा गर्छ”
Θεὸν οὐκ ἔχει
“परमेश्वरको होइन”
ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει
“ख्रीष्टको शिक्षामा रहने पिता र पुत्र दुवैको हो”
τὸν Πατέρα καὶ τὸν Υἱὸν
यी परमेश्वर र येशू बिचको सम्बन्धलाई वर्णन गर्ने महत्त्वपूर्ण उपाधीहरू हुन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
2 John 1:10
μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν
यसको अर्थ त्यसँग सम्बन्ध निर्माण गर्न त्यसलाई सम्मानका साथ स्वागत गर्नु र राम्रो व्यवहार गर्नु भन्ने हुन्छ ।
2 John 1:11
κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς
“त्यसको दुष्ट कामहरूमा सरिक हुन्छ” वा “त्यसको दुष्ट कामहरूमा सहायता गर्छ”
2 John 1:12
διὰ χάρτου καὶ μέλανος
पद १२ मा भएका “तिमी” शब्दहरू एकवचन हुन् । पद १३ मा भएको “तिम्रो” शब्द बहुवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
यूहन्नाको पत्र तिनीहरूलाई भेट्ने तिनको इच्छासँगै टुङ्गिन्छ र अर्को मण्डलीबाट अभिवादन पठाउँछन् ।
οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος
यूहन्ना अरू कुराहरू लेख्ने इच्छा गर्दैनन्, तर आएर तिनीहरूलाई वचन भन्न रुचाउँछन् । तिनले तिनीहरूलाई कागज र मसीबाहेक अरू कुनै कुराले लेख्न चाहन्छन् भनिरहेका छैनन् ।
στόμα πρὸς στόμα λαλῆσαι
यहाँ “आमने-सामने” एउटा भनाइ हो जसको अर्थ तिनीहरूको उपस्थितिमा कुरा गर्नु । वैकल्पिक अनुवादः “तिमीहरूको उपस्थितिमा कुरा गर्नु” वा “तिमीहरूसँग व्यक्तिगत रूपमा कुरा गर्नु” (हेर्नुहोस्ः टुक्काहरू)
2 John 1:13
τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς
यहाँ यूहन्नाले अर्को मण्डली पाठकहरूको मण्डलीको बहिनी थिएझैँ गरी र त्यस मण्डलीको हिस्साको रूपमा रहेका विश्वासीहरूचाहिँ मण्डलीका छोराछोरीहरू थिएझैँ गरी भन्छन् । यसले सबै विश्वासीहरू आत्मिक परिवार हौँ भन्ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः रूपक)