नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Titus

Titus front

तीतसको परिचय

भाग १: सामान्य परिचय

तीतसको पुस्तकको रूपरेखा
  1. पावलले तीतसलाई धर्मी अगुवाहरू चुन्‍नलाई निेर्देशन दिन्छन् (१:१-१६) 

  2. पावलले मानिसहरूलाई धर्मी जीवन जिउनलाई तालिम दिनको लागि निर्देशन दिन्छन् (२:१-३:११)

     ३. पावलले उनका केही योजनाहरू बाँडेर र विभिन्‍न विश्‍वासीहरूलाई अभिवादन पठाएर अन्त गर्छन् (३:१२-१५)

तीतसको पुस्तक कसले लेखे?

पावलले तीतसको पुस्तक लेखे। पावल टार्सस शहरबाट थिए। अघिल्लो जीवनमा उनी शाउल भनि चिनिन्थे। ख्रीष्टीयन हुनुभन्दा पहिले पावल एक फरिसी थिए। उनले ख्रीष्टीयनहरुलाई सताए। ख्रीष्टीयन भइसकेपछि, उनले रोमी साम्राज्यभरि मानिसहरूलाई येशूको बारेमा सुनाउँदै थुप्रै यात्रहरु यात्रा गरेका थिए। 

तीतसको पुस्तक केको बारेमा हो?

पावलले यो पत्र उनको सङ्गी सेवक, तीतसलाई लेखे, जसले क्रेटको टापूमा भएका मण्‍डलीहरूलाई अगुवाइ गरिरहेका थिए। पावलले उनलाई मण्‍डलीका अगुवाहरू छान्‍ने विषयमा निर्देशन दिए। विश्‍वासीहरूले एक अर्कासँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा पनि पावलले वर्णन गरे। उनले तिनीहरू सबैलाई परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने किसिमले जीवन जिउनलाई पनि प्रोत्साहन गरे।

यस पुस्‍तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ?

अनुवादकहरूले यस पुस्तकलाई यसको परम्परागत नाम, “तीतस” भनेर बोलाउन सक्छन्। अथवा तिनीहरूले अझ स्‍पष्‍ट शीर्षक पनि छान्न सक्छन् जस्तै, “तीतसलाई पावलको पत्र” वा “तीतसको लागि एक पत्र”। (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

मानिसहरूले के-के भूमिकाहरूमा मण्‍डलीभित्र सेवा गर्न सक्छन्?

कुनै महिला वा सम्बन्धविच्छेद भएको मानिसले मण्डली भित्र नेतृत्वपनको पदमा रहेर सेवा गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा तीतसको पुस्तकमा केही शिक्षाहरू छन्। यस्ता प्रकारका शिक्षाहरूसित बाइबलका विद्दानहरू असहमत छन्। यो पुस्तक अनुवाद गर्नुभन्दा पहिले यस्ता प्रकारका विषयहरूमा थप अध्ययन गर्नु आवश्यक छ। 

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“तिमी” शब्दको एकवचन र बहुवचन

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ। साथै, “तिमी” शब्द ‍प्राय सधैं एकवचन देखिन्छ र त्यसले तीतसलाई जनाउँछ। यसको अपवाद ३:१५ हो। (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)

 परमेश्‍वर हाम्रा मुक्तिदाताको अर्थ के हो?

यस पत्रमा यो एउटा सामान्य वाक्यांश हो। परमेश्‍वरले कसरी उहाँको विरुद्धमा पाप गरेको कुराको लागि तिनीहरूलाई ख्रीष्‍टमा क्षमा गर्नुभयो, र उहाँले सबै मानिसहरूको न्याय गर्दा तिनीहरूलाई क्षमा दिएर उहाँले कसरी बचाउनुभयो भन्‍ने कुरा पाठकहरूलाई विचार गर्न लगाउन पावलले खोजेका हुन्। यस पत्रमा भएको त्यस्तै समान वाक्यांश चाहिँ “हाम्रा महान् परमेश्‍वर र उद्धारकर्ता येशू ख्रीष्‍ट” भन्‍ने हो।

Titus 1

तीतस १ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावल औपचारिक रूपमा यो पत्रलाई १-२ पदहरूमा परिचय गराउँछन्। प्राचिन समयमा लेखकहरूले प्राय यहि पत्र लेखन शैलीलाई पछ्याउथे। 

६-९ पदहरूमा, कुनै मानिस मण्‍डलीमा एक एल्‍डर हुने हो भने उसमा हुनुपर्ने विभिन्‍न गुणहरूको पावलले सूची बनाउँछन्। (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-abstractnouns/01.md) पावलले १ तिमोथी ३ मा त्यस्तै खालको सूची तयार पारेका छन्।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

एल्‍डरहरू

मण्‍डलीले मण्‍डलीका अगुवाहरूका लागि विभिन्‍न शीर्षकहरूको प्रयोग गरेको छ। ती केही शीर्षकहरूमा निरीक्षक, एल्‍डर, पास्‍टर, र बिशप पर्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू

गर्नुपर्छ, हुनसक्छ, गर्नैपर्छ

यूएलटीले आवश्यकताहरू वा दायित्वहरू सङ्केत गर्ने विभिन्‍न शब्दहरू प्रयोग गर्दछ। यी क्रियापदहरूमा फरक-फरक मात्राको जोड दिइएको हुन्छ। सूक्ष्म भिन्‍नताहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ। यूएसटीले यी क्रियापदहरूलाई बढी सामान्य किसिमले अनुवाद गर्छ।

Titus 1:1

κατὰ πίστιν

विश्‍वास एक भाववाचक नाम हो। यहाँ यसले येशूमा विश्‍वास गर्नु वा भरोसा गर्नु भन्‍ने बुझाउँछ। यदि यो तपाईंहरूको भाषामा स्पष्ट छ भने, तपाईंहरूले यूसटीमा भएझैं यसलाई यी क्रियाहरूको प्रयोग गरि अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवाद: "विश्‍वासलाई बलियो बनाउन" वा "तिनिहरूलाई [परमेश्‍वरका चुनिएका मानिसहरू] उहाँमाथि थप भरोसा गर्न मदत गर्न" (हेर्नुहोस्: भाववाचक नाम)

ἐπίγνωσιν

यहाँ, ज्ञान एक भाववाचक नाम हो। यदि यो तपाईंको भाषामा स्पष्ट छ भने, तपाईं "जान्‍नु" भन्‍ने जस्तो क्रियाको प्रयोग गर्न सक्नुहुन्छ जसरी यूयसटीमा देख्न सकिन्छ। पावल मानिसहरूले परमेश्‍वर र ख्रीष्टको बारेमा सत्य सन्देश जानेको चाहन्छन् ताकि उनीहरूको जीवन जियाई परमेश्‍वरलाई प्रसन्‍न तुल्याओस्। (हेर्नुहोसः भाववाचक नाम)

τῆς κατ’ εὐσέβειαν

यहाँ, धर्मी एक भाववाचक नाम हो जसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने जीवन भनि बुझाउँछ। वैकल्पिक अनुवादः "त्यो परमेश्‍वरलाई आदर गर्ने कुरामा उपयुक्त्त छ।" (हेर्नुहोसः भाववाचक नाम)

Titus 1:2

ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου

“जसले हामीलाई अनन्त जीवनको निश्‍चित आशा दिन्छ” वा “अनन्त जीवनको लागि हाम्रो निश्‍चित आशाको आधारमा”

πρὸ χρόνων αἰωνίων

“समय सुरू हुनभन्दा अगाडि”

Titus 1:3

καιροῖς ἰδίοις

“उचित समयमा”

ἐφανέρωσεν…τὸν λόγον αὐτοῦ

पावलले परमेश्‍वरको सन्देशको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूले देख्‍ने किसिमले प्रदर्शित गराउन मिल्छ। वैकल्‍पिक अनुवादः “उहाँले मलाई उहाँको सन्देश बुझ्‍ने तुल्याउनुभयो” (हेर्नुहोस्ः रूपक)

ἐν κηρύγματι

“सन्देशको घोषणाद्वारा”

ὃ ἐπιστεύθην ἐγὼ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहाँले मलाई सुम्पनुभयो” वा “उहाँले मलाई प्रचार गर्ने जिम्‍मेवारी दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ

“परमेश्‍वरको, जसले हामीलाई बचाउनुहुन्छ”

ἡμῶν

यसले पावल, तीतस,र सारा ख्रीष्टीयनहरुलाई समावेश गर्छ। (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 1:4

γνησίῳ τέκνῳ

यद्यपि तीतस पावलका शारीरिक छोरा थिएनन्, तिनिहरूको ख्रीष्टमा साझाँ विश्‍वास थियो। पावल विश्‍वासद्दारा कायम भएको ख्रीष्टसँगको सम्बन्धलाई शारीरिक सम्बन्ध भन्दा बढी महत्वपुर्ण ठान्दछन्। यसकारण, तिनिहरूको उमेरको हिसाबले र ख्रीष्टमा भएको साझाँ विश्‍वासको कारण पावल तीतसलाई आफ्नो छोरा ठान्छन्। यो पनि हुन सक्छ कि पावलले तीतसलाई ख्रीष्टमा विश्‍वासमा डोहोर्‍याएका थिए, र त्यसैले आत्मिक रूपले तीतस एक छोरा हुन। वैकल्‍पिक अनुवादः “तिमी मेरा निम्ति छोराजस्तै हौ” (हेर्नुहोस्ः रूपक)

κοινὴν πίστιν

पावल र तीतस दुवैसँग ख्रीष्‍टमा एउटै विश्‍वास छ। वैकल्‍पिक अनुवादः “किनभने हामी दुवै ख्रीष्‍टमा विश्‍वास गर्छौँ”

χάρις καὶ εἰρήνη

यो पावलले प्रयोग गर्ने प्रचलित अभिवादन थियो। बुझिएको जानकारीलाई तपाईंले स्‍पष्‍टसँग उल्‍लेख गर्न सक्‍नुहुन्छ। वैकल्‍पिक अनुवादः “तिमीहरूले दया र भित्री शान्ति अनुभव गरेका होओ” (हेर्नुहोस्ः शब्दलोप)

Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν

“ख्रीष्‍ट येशू जो हाम्रा मुक्तिदाता हुनुहुन्छ”

ἡμῶν

यसले पावल, तीतस, र सारा ख्रीष्‍टियनहरूलाई समावेश गर्छ। (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 1:5

τούτου χάριν

संयोजक वाक्यांश “यस उद्देश्यको लागि” भन्‍ने कुराले पावलले तीतसलाई क्रेटमा छोड्दा उनले पूरा गर्न चाहेको लक्ष्यलाई (मण्‍डलीमा एल्डरहरूको अभिषेक गर्न) परिचय गराउँछ। वैकल्‍पिक अनुवादः “यही कारण हो” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-goal)

ἀπέλιπόν σε ἐν Κρήτῃ

“मैले तिमीलाई क्रेटमा बस्‍नलाई भनेँ”

ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ

“ताकि गर्न आवश्‍यक रहेका कुराहरू तिमीले प्रबन्ध गरेर सिद्ध्याऊ”

καταστήσῃς…πρεσβυτέρους

“एल्डरहरूलाई नियुक्त गर” वा “एल्डरहरू छान”

πρεσβυτέρους

सुरुका मण्‍डलीहरूमा, ख्रीष्‍टियन एल्‍डरहरूले विश्‍वासीहरूको सभालाई आत्‍मिक अगुवाइ प्रदान गर्थे। यो शब्दले विश्‍वासमा परिपक्क मानिसहरूलाई बुझाउँछ।

Titus 1:6

तीतसलाई क्रेटको टापूमा भएका प्रत्येक सहरमा एल्डरहरू अभिषेक गर्नलाई बताए पश्‍चात, पावलले एल्डरहरूमा हुनुपर्ने आवश्‍यकताहरू बताउँछन्।

εἴ τίς ἐστιν ἀνέγκλητος

यो एल्डरको चरित्रको वर्णनको शुरूवात हो। तीतसले यी निम्‍न विवरणहरू भएका मानिसहरू छान्‍नुपर्नेछ।“दोषरहित” हुनु भनेको खराब काम नगर्ने व्यक्तिको रूपमा चिनिनु हो। वैकल्‍पिक अनुवादः “एक एल्डर दोष नभएको व्यक्ति हुनुपर्छ” वा “एक एल्डर खराब पहिचान भएको व्यक्ति हुनुहुँदैन”

μιᾶς γυναικὸς ἀνήρ

यसको अर्थ हो कि उसको एउटै मात्र पत्‍नी छ, अर्थात, उसका अन्य पत्‍नीहरू वा उपपत्‍नीहरू छैनन् । यसको अर्थ यो पनि हुन्छ कि उसले व्यभिचार गर्दैन र यसो पनि अर्थ दिन सक्छ कि उसले पहिलेको पत्‍नीसँग विवाहविच्‍छेद गरेको छैन । वैकल्‍पिक अनुवादः “एक मानिस जसको एउटै मात्र स्‍त्री छ” वा “एक मानिस जो आफ्‍नी पत्‍नीप्रति विश्‍वासयोग्य छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τέκνα…πιστά

सम्भावित अर्थहरू हुन् १) येशूमा विश्‍वास गर्ने छोराछोरीहरू वा २) भर पर्न मिल्‍ने छोराछोरीहरू ।

Titus 1:7

τὸν ἐπίσκοπον

यो आत्मिक अगुवाइको त्यही ओहदाको लागि भएको अर्को नाम हो जुन पावलले १:६ मा उल्‍लेख गरे । यो नामले एल्डरको कार्यमा ध्यानकेन्द्रित गर्छः उनले मण्‍डलीका क्रियाकलापहरू र मानिसहरूको निरीक्षण गर्छन् ।

Θεοῦ οἰκονόμον

पावल मण्‍डलीको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो परमेश्‍वरको घराना हो र निरीक्षकको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति चाहिँ त्यस घरानाको प्रबन्ध मिलाउने जिम्‍मा पाएका सेवक हुन् । (हेर्नुहोस्ः रूपक)

μὴ πάροινον

“जँडुवा होइन” वा “धेरै मद्य पिउने व्यक्ति हुनुहुँदैन”

μὴ πλήκτην

“हिंस्रक व्यक्ति हुनुहुँदैन” वा “झगडा गर्न रुचाउने व्यक्ति हुनुहुँदैन”

Titus 1:8

ἀλλὰ

संयोजक शब्द “बरु”ले एक एल्‍डर नहुन पर्ने कुराहरू (जुन पावलले अघि नै उल्‍लेख गरिसकेका छन्) र एक एल्‍डर हुन पर्ने कुराहरूको (जुन पावलले अब भन्‍न लागेका छन्) बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-contrast)

φιλάγαθον

“असल कुरा गर्न मन पराउने व्यक्ति”

σώφρονα…ἐγκρατῆ

यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

δίκαιον, ὅσιον

यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

Titus 1:9

ἀντεχόμενον

ख्रीष्‍टिएन विश्‍वासप्रतिको भक्तिको विषयमा पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको कोही व्यक्तिले विश्‍वासलाई आफ्‍ना हातहरूले पक्रने कुरा जस्तै हो । वैकल्‍पिक अनुवादः “ऊ ... प्रति समर्पित हुनुपर्छ” वा “उसले राम्ररी जान्‍नुपर्छ” (हेर्नुहोस्ः रूपक)

κατὰ τὴν διδαχὴν

“जुन हामीले उसलाई सिकाएको कुरासँग सहमत हुन्छ”

ἵνα

संयोजक शब्द “बरु”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ एल्डरले विश्‍वासयोग्य सन्देशलाई बलियो गरी पक्रनु हो, र परिणाम चाहिँ एल्डर अरूहरूलाई उत्साहित गर्न र उनको विरोध गर्नेहरूलाई हप्‍काउन सक्षम हुँदैनन् । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-result)

τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ

“असल”ला लागि ग्रीकमा भएको शब्दले सामान्यतया शारीरिक स्वास्थ्यलाई जनाउँछ । पावलले यो शिक्षाको विषयमा यसरी बताउँछन् मानौँ यसलाई विश्‍वास गर्नेहरूलाई यसले आत्मिक रूपमा बिरामी बनाउनुको साटोमा आत्मिक रूपमा स्वस्थ बनाउँछ ।

Titus 1:10

परमेश्‍वरको वचनको विरोध गर्नेहरूका कारण, पावलले तीतसलाई परमेश्‍वरको वचन प्रचार गर्नको लागि कारणहरू दिन्छन् र उनलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन्छन् ।

ἀνυπότακτοι, ματαιολόγοι

यिनीहरू विद्रोही मानिसहरू हुन् जसले सुसमाचारको सन्देशको पालना गर्दैनन् । यहाँ “खोक्रो” भनेको बेकारको कुराको लागि एउटा अलङ्कार हो, र “खोक्रा कुरा गर्नेहरू” भनेको ती मानिसहरूको लागि अलङ्कार हो जसले व्यर्थको र मूर्ख कुराहरू गर्छन् । वैकल्‍पिक अनुवादः “ती मानिसहरू जसले आज्ञापालन गर्न मान्दैनन् र जसले व्यर्थका कुराहरू भन्छन्” (हेर्नुहोस्ः रूपक)

φρεναπάται

यसले ती मानिसहरूको वर्णन गर्छ जसले पावलले प्रचार गर्ने साँचो सुसमाचारभन्दा बाहेकको केही फरक कुरामा मानिसहरूलाई विश्‍वास गर्नलाई मनाउन सक्रिय रूपमा कोसिस गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “ती मानिसहरू जसले अरूहरूलाई असत्य कुराहरूमा विश्‍वास गर्नलाई मनाउँछन्”

ματαιολόγοι, καὶ φρεναπάται

“खोक्रा कुरा गर्नेहरू” र “छलीहरू” दुवैले एउटै मानिसहरूलाई जनाउँछ । तिनीहरूले झूटा, व्यर्थका कुराहरू सिकाए र मानिसहरूले ती विश्‍वास गरेको चाहे । (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

οἱ ἐκ τῆς περιτομῆς

यसले यहूदी ख्रीष्‍टियनहरूलाई जनाउँछ जसले ख्रीष्‍टलाई पछ्याउनलाई मानिसहरूले खतना गर्नु पर्छ भनेर सिकाउँथे । यो शिक्षा झूटो हो । (हेर्नुहोस्ः लक्षणा)

Titus 1:11

οὓς δεῖ ἐπιστομίζειν

“तिमीले तिनीहरूलाई तिनीहरूका शिक्षा फैलाउनबाट रोक्‍न नै पर्छ” वा “कसैले तिनीहरूका वचनहरूद्वारा अरूहरूलाई प्रभाव पार्नबाट तिनीहरूलाई रोक्‍न नै पर्छ”

ὅλους οἴκους ἀνατρέπουσιν

“तिनीहरूले सम्पूर्ण परिवारहरूलाई बर्बाद गरिरहेका छन् ।” विषय यो थियो कि तिनीहरूले परिवारहरूलाई सत्यताबाट अन्यत्र भड्काइरहेका थिए र तिनीहरूको विश्‍वासलाई नष्‍ट पारिरहेका थिए ।

διδάσκοντες ἃ μὴ δεῖ

यी ती कुराहरू हुन् ख्रीष्‍ट र व्यवस्थाको विषयलाई लिएर सिकाउन हुँदैन किनभने ती सत्य होइनन् ।

αἰσχροῦ κέρδους χάριν

यसले मानिसहरूले आदरणीय नहुने थोकहरू गरेर बनाएको लाभलाई जनाउँछ ।

Titus 1:12

τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης

“एक क्रेटवासीले आफैँलाई एक अगमवक्ताको रूपमा मानेको हुन सक्छ”

Κρῆτες ἀεὶ ψεῦσται

“क्रेटवासीहरू हर समय झूट बोलिरहन्छन् ।” यो एउटा अतिशयोक्ति हो जसको अर्थ क्रेटवासीहरू झूटाहरू हुन् भनी सुपरिचित थिए भन्‍ने हुन्छ । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

κακὰ θηρία

यो अलङ्कारले क्रेटवासीहरूलाई खतरनाक जङ्गली पशुहरूसँग तुलना गर्छ । (हेर्नुहोस्ः रूपक)

γαστέρες ἀργαί

जतिबेला पनि खाइरहने मानिसको प्रतिनिधित्व गर्नलाई खानेकुराको सञ्‍चय गर्ने शरीरको भागलाई प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “अल्छे घिचुवाहरू” (हेर्नुहोस्ः उपलक्षण)

Titus 1:13

δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως

“त्यसैकारण, तिनीले कडा भाषाको प्रयोग गर्नुपर्छ ताकि तिमीले तिनीहरूलाई सच्याउँदा क्रेटवासीहरूले बुझून्”

δι’ ἣν αἰτίαν

संयोजक शब्दहरू “त्यसैकारण”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि क्रेटका अगमवक्ताले उनका मानिसहरूको बारेमा भनेको कुरा सत्य हो (तिनीहरू झूटाहरू, दुष्‍ट, र अल्छे हुन्), र परिणाम चाहिँ यो हो कि तीतसले तिनीहरूलाई कडा तवरले हप्‍काउनुपर्छ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-result)

ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει

“असल”को बारेमा तीतस १:९ मा भएको टिप्‍पणीलाई हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूसँग स्वस्थ विश्‍वास हुन सकोस्” वा “ताकि तिनीहरूको विश्‍वास साँचो हुन सकोस्” वा “ताकि तिनीहरूले परमेश्‍वरको बारेमा सत्य रहेको कुरालाई मात्र विश्‍वास गरून्”

ἵνα

संयोजक शब्द “ताकि”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि एल्डरले क्रेटवासीहरूलाई कडा तवरमा गाली गर्छन्, र परिणाम चाहिँ यो हो कि क्रेटवासीहरूसँग असल विश्‍वास हुनेछ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-result)

ἐν τῇ πίστει

यहाँ भाववाचक नामपद शब्द “विश्‍वास”ले मानिसहरूले परमेश्‍वरको बारेमा विश्‍वास गर्ने कुराहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले परमेश्‍वरको बारेमा विश्‍वास गर्ने कुरामा” (हेर्नुहोस्ः भाववाचक नाम)

Titus 1:14

μὴ

संयोजक शब्द “हुँदैन”ले अपवादको वाक्यांशलाई परिचय गराउँछ । तीतसले यहूदी दन्त्य कथाहरू वा सत्यतालाई नपछ्याउने मानिसहरूको आज्ञाहरूलाई ध्यान दिन हुँदैन । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-exceptions)

Ἰουδαϊκοῖς μύθοις

यसले यहूदीहरूका झूटा शिक्षाहरूलाई जनाउँछ ।

ἀποστρεφομένων τὴν ἀλήθειαν

पावलले सत्यताको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जसबाट कोही व्यक्ति तर्किन सक्छ वा त्यसलाई छल्न सक्छ । वैकल्‍पिक अनुवादः “सत्यतालाई इन्कार गर्नु” (हेर्नुहोस्ः रूपक)

Titus 1:15

πάντα καθαρὰ τοῖς καθαροῖς

“यदि मानिसहरू भित्रबाट शुद्ध छन् भने, तिनीहरूले गर्ने सबै थोक शुद्ध नै हुन्छन्” वा “जब मानिसहरूसँग असल विचारहरू मात्रै हुन्छ, तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरलाई नराम्रो लाग्‍ने बनाउँदैन”

τοῖς καθαροῖς

“तिनीहरूलाई जो परमेश्‍वरको निम्ति स्वीकारयोग्‍य छन्”

δὲ

संयोजक शब्द “तर”ले शुद्ध मानिसहरू अनि भ्रष्‍ट र अविश्‍वासी मानिसहरूको बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-contrast)

τοῖς…μεμιαμμένοις καὶ ἀπίστοις, οὐδὲν καθαρόν

पावलले पापीहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शारीरिक रूपमा नै फोहोरी थिए । वैकल्‍पिक अनुवादः “यदि मानिसहरू नैतिक रूपमा दूषित भएका छन् र विश्‍वास गर्दैनन् भने, तिनीहरूले कुनै पनि शुद्ध कुरा गर्न सक्दैनन्” वा “जब मानिसहरू पाप र अविश्‍वासले भरिएका हुन्छन्, तिनीहरूले गर्ने कुनै पनि कुरा परमेश्‍वरलाई स्वीकारयोग्‍य हुँदैन” (हेर्नुहोस्ः रूपक)

Titus 1:16

δὲ

संयोजक शब्द “तर”ले ती भ्रष्‍ट मानिसहरूले भन्‍ने कुरा (तिनीहरूले परमेश्‍वरलाई जान्दछन्) र तिनीहरूका कार्यहरूले देखाएका कुराको (तिनीहरूले परमेश्‍वरलाई जान्दैनन्) बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-contrast)

τοῖς…ἔργοις ἀρνοῦνται

“तिनीहरूले जिउने तरिकाले प्रमाणित गर्छ कि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन्”

βδελυκτοὶ ὄντες

“तिनीहरू घिनलाग्दा छन्”

Titus 2

तीतस ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

लैङ्गिक भूमिकाहरू

यस खण्‍डलाई त्यसको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा कसरी बुझ्‍ने भन्‍ने कुरामा विद्वानहरू विभाजित छन् । केही विद्वानहरूले विश्‍वास गर्छन् कि पुरुष र स्‍त्री हरेक कुरामा पूर्णतया बराबर हुन्छन् । अरू विद्वानहरूले मान्छन् परमेश्‍वरले पुरुष र स्‍त्रीलाई विवाह र मण्‍डलीमा भिन्‍न-भिन्‍न भूमिकामा सेवा गर्नको लागि बनाउनुभयो । अनुवादकहरू होशियार हुनुपर्छ कि तिनीहरूले यो विषयलाई बुझ्‍ने तरिकाले तिनीहरूले यो खण्‍डको अनुवाद गर्ने तरिकालाई असर नगरोस् ।

दासत्व

दासत्व असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्‍दैनन् । पावलले सिकाउँछन् कि दासहरूले विश्‍वासयोग्‍यताका साथ तिनीहरूको मालिकको सेवा गर्नुपर्छ । उनले सबै विश्‍वासीहरूलाई हरेक अवस्थामा धर्मी हुन र ठीक तवरमा जिउनलाई सिकाउँछन् ।

Titus 2:1

पावलले तीतसलाई परमेश्‍वरको वचन प्रचार गर्ने कारणहरू दिइरहन्छन् र एल्डरहरू, वृद्ध तथा वृद्धा मानिसहरू, जवान मानिसहरू, दासहरू वा सेवकहरू विश्‍वासीहरूको रूपमा कसरी जिउनुपर्छ भनेर व्याख्या गर्छन् ।

σὺ δὲ

क्यू

τῇ ὑγιαινούσῃ διδασκαλίᾳ

तीतस १:९ मा भएको टिप्‍पणीलाई हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “उचित सिद्धान्तसँग” वा “ठीक शिक्षाहरूसँग”

Titus 2:2

πρεσβύτας…εἶναι

ग्रीकमा “हुनुपर्छ” भन्‍ने शब्द छैन केवल “वृद्ध मानिसहरू ... ” मात्र छ । अघिल्‍लो पदमा भएको “भन्‍नु”को अवधारणाबाट लिएर हामीले यहाँ एउटा क्रियापद प्रदान गर्नुपर्ने हुन्छ, जस्तै “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्‍पिक अनुवादः “वृद्ध मानिसहरूलाई ... हुन सिकाऊ” (हेर्नुहोस्ः शब्दलोप)

νηφαλίους…σεμνούς, σώφρονας

यी तीन शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ र यदि लक्षित भाषामा तीन अलग शब्दहरू छैनन् भने एक वा दुई शब्दहरूमा जोडेर राख्‍न सकिन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

νηφαλίους

“शान्त विचार भएका” वा “आत्मसंयमी”

εἶναι…σώφρονας

“तिनीहरूका चाहनाहरूलाई नियन्‍त्रण गर्न”

ὑγιαίνοντας τῇ πίστει

यहाँ “असल” शब्दको अर्थ दृढ वा नडगमगाउने हुनु हो । भाववाचक नामपद शब्दहरू “विश्‍वास”, “प्रेम”, र “सहनशीलता”लाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “र तिनीहरूले परमेश्‍वरको बारेमा भएका सत्य शिक्षाहरूलाई बलियो गरी विश्‍वास गर्नुपर्छ, साँचो रूपमा अरूहरूलाई प्रेम गर्नुपर्छ, र कठिन अवस्थाहरूमा पनि निरन्तर परमेश्‍वरको सेवा गर्नुपर्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

ὑγιαίνοντας τῇ πίστει

“विश्‍वासमा असल” को बारेमा तीतस १:१३ मा भएको टिप्‍पणीलाई हेर्नुहोस् ।

तीतस १:९ मा भएको टिप्‍पणीलाई हेर्नुहोस् ।

Titus 2:3

πρεσβύτιδας ὡσαύτως

ग्रीकमा “हुनुपर्छ” भन्‍ने शब्द छैन केवल “त्यसैगरी वृद्ध स्‍त्रीहरू ... ” मात्र छ । अघिल्‍ला दुई पदहरूमा भएका क्रियापदको ढाँचालाई हामीले निरन्तरता दिनुपर्ने हुन्छ र त्यसलाई यहाँ पनि प्रयोग गर्नुपर्ने हुन्छ, जस्तै, “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्‍पिक अनुवादः “त्यसैगरी, वृद्ध स्‍त्रीहरूलाई ... सिकाऊ” वा “साथै, वृद्ध स्‍त्रीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः शब्दलोप)

διαβόλους

यो शब्दले ती मानिसहरूलाई जनाउँछ जसले अरू मानिसहरूको बारेमा खराब कुराहरू गर्छन् चाहे ती सत्य वा झूटा होऊन् ।

οἴνῳ πολλῷ δεδουλωμένας

आफैँलाई नियन्‍त्रण गर्न नसक्‍ने र अति धेरै मद्य पिउने मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मद्यका दास हुन् । वैकल्‍पिक अनुवादः “र तिनीहरूका मद्य पिउने चाहनाहरूद्वारा नियन्‍त्रित होइन” वा “र मद्यको कुलतमा परेको होइन” (हेर्नुहोस्ः रूपक)

οἴνῳ πολλῷ δεδουλωμένας

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले धेरै मद्य पिउनु हुँदैन” वा “तिनीहरूलाई मद्यको कुलतमा परेको हुनुहुँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καλοδιδασκάλους

यहाँ प्रयोग गरिएको ग्रीक शब्दको अर्थ “असल कुराको शिक्षक” भन्‍ने हुन्छ । अघिका दुई खराब स्वभावहरू र यस असल स्वभावको बीचमा भएको अन्तरलाई देखाउनका निमित्त “तर ... हुनुपर्छ” भन्‍ने वाक्यांश अङ्ग्रेजीमा पछि थपिएको हो । असल र खराब स्वभावहरूको बीचमा भएको अन्तरलाई देखाउनको लागि यस्तै समान शब्द तपाईंले पनि प्रयोग गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् ।

Titus 2:4

φιλάνδρους

“तिनीहरूका आफ्‍नै पतिहरूका प्रेमीहरू”

φιλοτέκνους

“तिनीहरूका आफ्‍नै छोराछोरीहरूका प्रेमीहरू”

Titus 2:5

ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν

“र तिनीहरूका आफ्‍नै पतिहरूले भनेका कुराहरू मान्‍ने”

ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται

यहाँ “वचन” शब्द “सन्देश”को लागि प्रतिस्थापन शब्द हो, जुन फेरि परमेश्‍वर आफैँको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि कसैले पनि परमेश्‍वरको वचनलाई अपमान नगरोस्” वा “ताकि परमेश्‍वरको सन्देशको बारेमा खराब कुराहरू गरेर कसैले पनि परमेश्‍वरलाई अपमान नगरोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)

Titus 2:6

ὡσαύτως

तीतसले पाका उमेरका मानिसहरूलाई तालिम दिए जसरी नै जवान मानिसहरूलाई पनि तालिम दिनुपर्थ्यो ।

Titus 2:7

σεαυτὸν παρεχόμενος

“आफैँलाई ... भएको देखाऊ” वा “तिमी आफैँ ... हुनैपर्छ”

τύπον καλῶν ἔργων

“ठीक र उचित थोकहरू गर्ने व्यक्तिको एउटा उदाहरणको रूपमा”

Titus 2:8

ὑγιῆ

यो शब्दको अर्थ २:७ मा भएको “भ्रष्‍ट नभएको” भने झैँ मूलभूत रूपमा उही अर्थ हुन्छ । २:७ मा, पावलले अर्थलाई नकारात्मक ढङ्गमा व्यक्त गर्छन्ः “भ्रष्‍ट नभएको”, जसको अर्थ “त्रुटि नभएको” हुन्छ, र २:८ मा, उनले त्यसको अर्थलाई सकारात्मक रूपमा व्यक्त गर्छन्ः “असल, पूर्ण”, जसको अर्थ “ठीक” हुन्छ । दुवै शब्दहरूले तीतसको शिक्षालाई जनाउँछन् । लक्षित भाषामा कि त सकारात्मक कि नकारात्मक शब्दहरूलाई प्रयोग गर्नुहोस्, वा यदि दुइटै शब्दहरूको प्रयोग गर्न कठिन छ भने एउटा मात्रै शब्द त्यसको अर्थसहित प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः प्रतिरूपी)

ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ

यसले एउटा काल्पनिक परिस्थितिलाई प्रस्तुत गर्छ जहाँ कसैले तीतसको विरोध गर्छ र त्यसपछि त्यसो गरेकामा लज्‍जित बन्छ । वैकल्‍पिक अनुवादः “ताकि यदि कसैले तिम्रो विरोध गर्छ भने, ऊ लज्‍जित होस्” वा “ताकि यदि मानिसहरूले तिम्रो विरोध गर्छन् भने, तिनीहरू लज्‍जित होऊन्” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

ἡμῶν

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 2:9

δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι

ग्रीकमा “हुनुपर्छ” शब्द छैन, केवल “दासहरू तिनीहरूका मालिकहरूका अधीनमा” मात्रै छ । हामीले पद ६ बाटको क्रियापदको रूपलाई प्रयोग गर्नुपर्ने हुन्छ, जुन “आग्रह गर्नु” वा “अर्ती दिनु” हो । वैकल्‍पिक अुवादः “दासहरूलाई तिनीहरूका मालिकहरूका अधीनमा हुनलाई अर्ती देऊ” (हेर्नुहोस्ः शब्दलोप)

“तिनीहरूका आफ्नै मालिकहरू”

ὑποτάσσεσθαι

“पालन गर्नुपर्छ”

ἐν πᾶσιν

“हरेक अवस्थामा” वा “सधैँ”

εὐαρέστους εἶναι

“तिनीहरूका मालिकहरूलाई खुशी बनाउनु” वा “तिनीहरूका मालिकहरूलाई सन्तुष्‍ट बनाउनु”

Titus 2:10

μὴ νοσφιζομένους

“तिनीहरूका मालिकहरूबाट नचोर्न”

πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν

“तिनीहरू आफ्‍ना मालिकहरूको भरोसाको योग्‍य छन् भनी देखाउन”

ἐν πᾶσιν

“तिनीहरूले गर्ने हरेक कुरामा”

τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ, κοσμῶσιν

“तिनीहरूले परमेश्‍वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षालाई आकर्षक बनाऊन्” वा “तिनीहरूले मानिसहरूलाई परमेश्‍वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षा असल छ भनी बुझ्ने तुल्याऊन्”

Σωτῆρος ἡμῶν, Θεοῦ

“परमेश्‍वर जसले हामीलाई बचाउनुहुन्छ”

ἡμῶν

यहाँ “हाम्रो” शब्द पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूको लागि समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 2:11

पावलले तीतसलाई येशूको आगमनको प्रतीक्षा गर्न र येशूद्वारा भएको उनको अधिकारलाई सम्झन प्रोत्साहन गर्छन् ।

ἐπεφάνη…ἡ χάρις τοῦ Θεοῦ

पावलले परमेश्‍वरको अनुग्रहलाई कुनै एक व्यक्ति भए झैँ गरी बताउँछन् जो आइपुगेको छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अब आफ्‍नो अनुग्रह दिँदै हुनुहुन्छ” (हेर्नुहोस्ः यूएसटी, मानवीकरण)

Titus 2:12

παιδεύουσα ἡμᾶς

पावलले परमेश्‍वरको अनुग्रहलाई (२:११) कुनै एक व्यक्ति भए झैँ गरी बताउँछन् जसले अरू मानिसहरूलाई पवित्र जीवन कसरी जिउनुपर्छ भनेर तालिम दिन्छन् । वैकल्‍पिक अनुवादः “जसद्वारा परमेश्‍वरले हामीलाई तालिम दिनुहुन्छ” (हेर्नुहोस्ः मानवीकरण)

ἡμᾶς

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

τὴν ἀσέβειαν

“परमेश्‍वरलाई सम्‍मान नगर्ने कुराहरू”

τὰς κοσμικὰς ἐπιθυμίας

“यस संसारका थोकहरूका निम्ति उत्कट इच्छाहरू” वा “पापपूर्ण आनन्दहरूका निम्ति उत्कट इच्छाहरू”

ἀσέβειαν…εὐσεβῶς

यी शब्दहरू प्रत्यक्ष विपरीत शब्दहरू हुन्, जसको अर्थ क्रमानुसार “परमेश्‍वरलाई अपमान गर्ने” र “परमेश्‍वरलाई मान गर्ने” भन्‍ने हुन्छ ।

ἐν τῷ νῦν αἰῶνι

“जब हामी यस संसारमा हुन्छौँ” वा “यस समय अवधिमा”

Titus 2:13

προσδεχόμενοι

“स्वागत गर्नलाई पर्खिँदै”

τὴν μακαρίαν ἐλπίδα

यहाँ, “धन्यको” चाहिँ त्यो हो जसको लागि हामी आशा गर्छौँ, जुन येशू ख्रीष्‍टको पुनरागमन हो । वैकल्‍पिक अनुवादः “अद्‌भूत कुरा जसको लागि हामी आशा गर्छौँ” (हेर्नुहोस्ः लक्षणा)

καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ

यहाँ “महिमा”ले येशू आफैँलाई प्रतिनिधित्व गर्छ जो महिमामय तवरमा देखा पर्नुहुनेछ । वैकल्‍पिक अनुवादः “अर्थात, हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमामय आगमन” (हेर्नुहोस्ः लक्षणा)

τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης

“धन्येको आशा” र “महिमाको आगमन” दुवैले एउटै घटनालाई जनाउँछ । यसलाई प्रस्‍टसँग देखाउन गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसको प्रतीक्षामा हामी छौँ, धन्येको र महिमामय आगमन” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ

“हाम्रो महान् परमेश्‍वर” “मुक्तिदाता”ले एउटै व्यक्ति, येशू ख्रीष्‍टलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍ट, हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

Titus 2:14

ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν

यसले येशू राजीखुशीले मर्नुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रा निम्ति मर्न आफैँलाई दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἡμῶν

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας

पावलले येशूको विषयमा यसरी बताउँछन् मानौँ उहाँले दासहरूलाई तिनीहरूका दुष्‍ट मालिकहरूबाट छुटकारा दिइरहनुभएको थियो । (हेर्नुहोस्ः रूपक)

ἡμᾶς

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

λαὸν περιούσιον

“मानिसहरूको एउटा समूह जसलाई उहाँले मूल्‍यवान् ठान्‍नुहुन्छ”

ζηλωτὴν καλῶν ἔργων

“जो ... गर्न उत्सुक छन्”

Titus 2:15

παρακάλει

“यी कुराहरू गर्न तिनीहरूलाई उत्साह देऊ”

ἔλεγχε, μετὰ πάσης ἐπιταγῆς

यो कथनलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “यी कुराहरू नगर्ने मानिसहरूलाई सारा अधिकारसहित सच्याऊ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μηδείς σου περιφρονείτω

“कसैलाई पनि तिम्रो बेवास्ता गर्न नदेऊ”

μηδείς σου περιφρονείτω

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यो पक्‍का गर कि सबैले तिमीलाई ध्यान दिन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

σου περιφρονείτω

यो कथनलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्‍पिक अनुवादः “तिम्रा वचनहरू सुन्‍न इन्कार गर्न” वा “तिमीलाई आदर गर्न इन्कार गर्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Titus 3

तीतस ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले तीतसलाई यस अध्यायमा व्यक्तिगत निर्देशनहरू दिन्छन् ।

पद १५ ले यस पत्रलाई औपचारिक रूपमा अन्त गर्छ । प्राचीन मध्यपूर्व क्षेत्रमा पत्रलाई अन्त गर्ने यो सामान्य तरिका हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

वंशावलीहरू

वंशावलीहरू (पद ९) भनेको सूचीहरू हुन् जसले कुनै व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ, र सो व्यक्ति कुन कुल वा परिवारबाट आएको हो भनेर देखाउँछ । उदाहरणको लागि, पूजाहारीहरू लेवीको कुलबाट र हारूनको परिवारबाट आउँथे । यी सूचीहरूमध्ये केहीले पूर्खाहरू र आत्मिक प्राणीहरूको कथाहरू पनि समावेश गरे । चीजहरू कहाँबाट आए र विभिन्‍न मानिसहरू कति महत्त्वपूर्ण थिए भनेर तर्क गर्नलाई यी सूचीहरू र कथाहरूलाई प्रयोग गरिन्थ्यो ।

Titus 3:1

पावलले क्रेटमा भएका एल्डरहरू र उनको हेरविचारमा रहेका मानिसहरूलाई कसरी सिकाउने भनेर तीतसलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।

ὑπομίμνῃσκε αὐτοὺς…ὑποτάσσεσθαι

“हाम्रा मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराहरू, ... वशमा रहन फेरि बताऊ” वा “तिनीहरूलाई ... वशमा रहनलाई याद दिलाइराख”

ἀρχαῖς, ἐξουσίαις, ὑποτάσσεσθαι, πειθαρχεῖν

“तिनीहरूको आज्ञापालन गरेर राजनीतिक शासकहरू र सरकारी अधिकारीहरूले भनेअनुसार गर”

ἀρχαῖς, ἐξουσίαις

यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले सरकारमा अधिकार सम्हाल्‍ने व्यक्तिलाई जनाउँछ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः प्रतिरूपी)

ὑποτάσσεσθαι, πειθαρχεῖν

यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले त्यो कुरा गर्नुलाई जनाउँछ जुन गर्न कसैले तपाईंलाई भन्छ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः प्रतिरूपी)

πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι

“अवसर पाएको हरेक समयमा असल गर्न तत्पर होओ”

Titus 3:2

βλασφημεῖν

“ ... को बारेमा खराब बोल्नु”

यसलाई सकारात्मक तरिकाले व्यक्त गर्न सकिन्छः “शान्तिपूर्ण हुन” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

Titus 3:3

ἦμεν γάρ ποτε καὶ ἡμεῖς

“यो किनभने हामी आफैँ पनि एकपटक”

ποτε

“पहिले” वा “कुनै समयमा” वा “अगाडि”

ἡμεῖς

“हामी पनि” वा “हामी आफैँ ।” यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ र तिनीहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नभन्दा अगाडिको समयलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἦμεν…ἀνόητοι

“विचारहीन थियौँ” वा “बुद्धिहीन थियौँ”

πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις

अभिलाषा र विलासिताको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मानिसहरूमाथिको हाकिमहरू थिए र तिनीहरूलाई झूट बोलेर ती मानिसहरूलाई दासहरू बनाएका थिए । वैकल्‍पिक अनुवादः “विभिन्‍न अभिलाषा र विलासिताले हामीलाई खुशी बनाउन सक्‍छ भन्‍ने झूट विश्‍वास गर्नलाई हामीले आफैँलाई अनुमति दिएका थियौँ, र हामी हाम्रा भावनाहरूलाई नियन्‍त्रणमा राख्‍नलाई वा हामीलाई आनन्द दिन्छ भनी हामीले ठानेका कुराहरू गर्नलाई बन्द गर्न हामी असक्षम थियौँ” (हेर्नुहोस्ः मानवीकरण)

πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “विभिन्‍न अभिलाषाहरू र विलासिताहरूले हामीलाई ढाँटेका थिए र त्यसैले हामीलाई बहकाएका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐπιθυμίαις

“अभिलाषाहरू” वा “लालसाहरू”

ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες

यहाँ “दुष्‍टता” र “ईर्ष्या”ले पापलाई वर्णन गर्छ । “दुष्‍टता” भनेको सबैलाई समेट्ने शब्द हो भने “ईर्ष्या” भनेको कुनै खास पाप हो । वैकल्‍पिक अनुवादः “हामी सधैँ दुष्‍ट कामहरू गरिरहन्थ्यौँ र अरूहरूसँग भएका कुराहरूको चाहना गरिरहन्थ्यौँ” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्‍जना)

στυγητοί

“अरूहरूलाई हामीलाई घृणा गर्ने तुल्याउँदै”

Titus 3:4

δὲ

मानिसहरू जुन किसिमले दुष्‍ट छन् (पदहरू १-३) र परमेश्‍वरको भलाइ (पदहरू ४-७) को बीचमा भएको अन्तरलाई अङ्कित गर्न यहाँ महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः INVALID translate/grammar-connect-logic-contrast)

ὅτε…ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ

पावलले परमेश्‍वरको दया र प्रेमको बारेमा यसरी बताउँछन् मानौँ तिनीहरू मानिसहरू हुन् जो हाम्रो नजरमा देखिन आइपुगे । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वर हाम्रा मुक्तिदाताले हामीलाई उहाँको दया र मानिसहरूको लागि भएको उहाँको प्रेम देखाउनुभयो” (हेर्नुहोस्ः मानवीकरण)

ὅτε…ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ

भाववाचक नमापद शब्दहरू “दया” र “प्रेम”लाई विशेषणहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब हामीलाई बचाउनुहुने परमेश्‍वरले उहाँ मानिसहरूप्रति कति दयालु र प्रेमी हुनुहुन्छ भनी देखाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)

ἡμῶν

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 3:5

κατὰ τὸ αὐτοῦ ἔλεος

“किनभने उहाँले हामीमाथि दया गर्नुभएको थियो”

λουτροῦ παλινγενεσίας

पावलले यहाँ दुई अलङ्कारहरूलाई जोड्छन् । उनले पापीहरूको निमित्त भएको परमेश्‍वरको क्षमाको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उहाँले तिनीहरूलाई शारीरिक रूपमा धुनुभएको हो । उनले परमेश्‍वरले बोलाउनुहुँदा जवाफ दिने पापीहरूको विषयमा पनि यसरी बताइरहेका छन् मानौँ तिनीहरूले नयाँ जन्म लिएका थिए । (हेर्नुहोस्ः रूपक)

Titus 3:6

οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως

नयाँ करारको लेखकहरूले पवित्र आत्मालाई परमेश्‍वरले प्रशस्‍त परिमाणमा खन्याउन सक्‍नुहुने तरल पदार्थको रूपमा बताउनु सामान्य कुरा हो । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले हामीलाई उदारतापूर्वक दिनुभयो” (हेर्नुहोस्ः रूपक)

ἡμᾶς

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

διὰ Ἰησοῦ Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν

“जब येशू ख्रीष्‍टले हामीलाई बचाउनुभयो”

ἡμῶν

यसले पावल, तीतस, र सारा ख्रीष्‍टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Titus 3:7

δικαιωθέντες

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले हामीलाई पापरहितका भनेर घोषणा गर्नुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κληρονόμοι γενηθῶμεν, κατ’ ἐλπίδα ζωῆς αἰωνίου

परमेश्‍वरले जुन मानिसहरूसँग प्रतिज्ञाहरू गर्नुभएको छ, तिनीहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू त्यसरी प्राप्‍त गर्नुपर्छ जसरी कुनै व्यक्तिले परिवारको सदस्यबाट जायजेथा वा सम्पत्तिहरूको अंश पाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन प्राप्‍त गर्न हामीले अपेक्षा गर्न सकौँ” (हेर्नुहोस्ः रूपक)

Titus 3:8

ὁ λόγος

यो सन्देश चाहिँ पदहरू ४-७ मा भर्खरै व्यक्त गरिएको सन्देश हो, कि परमेश्‍वरले येशूद्वारा विश्‍वासीहरू भएकाहरूलाई पवित्र आत्मा र अनन्त जीवन सित्तैमा दिनुहुन्छ ।

τούτων

यसले ती शिक्षाहरूलाई जनाउँछ जसको बारेमा पावलले पदहरू १-७ मा कुरा गरेका थिए । वैकल्‍पिक अनुवादः “यी शिक्षाहरू जसको बारेमा मैले भर्खरै कुरा गरेको छु”

φροντίζωσιν καλῶν ἔργων, προΐστασθαι

“असल कामहरू गर्न खोजून्”

Titus 3:9

तीतसले के कुरालाई हटाउनुपर्छ र विश्‍वासीहरूको माझमा वादविवाद पैदा गर्नेहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा पावलले व्याख्या गर्छन् ।

δὲ…περιΐστασο

“त्यसैले ... पन्साऊ” वा “त्यसैकारण, ... पन्साऊ”

μωρὰς…ζητήσεις

“महत्त्वहीन कुराहरूसम्बन्धी भएका तर्कहरू”

γενεαλογίας

यो रगतले नाता जोडिएका पारिवारिक सम्बन्धको अध्ययन हो । तीतसको परिचयलाई हेर्नुहोस् ।

ἔρεις

विवादहरू वा लडाइँहरू

νομικὰς

“मोशाको व्यवस्थाको बारेमा”

Titus 3:10

αἱρετικὸν ἄνθρωπον…παραιτοῦ

“विभाजन ल्याउने व्यक्तिबाट अलग बस”

μετὰ μίαν καὶ δευτέραν νουθεσίαν

“तिमीले त्यस व्यक्तिलाई एक वा दुई पटक चेतावनी दिएपछि”

Titus 3:11

ὁ τοιοῦτος

“त्यस किसिमको व्यक्ति”

ἐξέστραπται

पावलले गलत कुराहरू गर्न छान्‍ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ उसले गलत दिशामा हिँड्नलाई ठीक मार्ग छोडिरहेको छ । (हेर्नुहोस्ः रूपक)

ὢν αὐτοκατάκριτος

“आफैँमाथि इन्साफ ल्याउँदै”

Titus 3:12

तीतसले क्रेटमा एल्डरहरू नियुक्त गरेपछि उनले के गर्ने भनेर बताएर अनि आफूसित भएकाहरूबाट अभिवादन पठाएर पावलले पत्रलाई अन्त गर्छन् ।

ὅταν πέμψω

“मैले पठाएपछि”

Ἀρτεμᾶν…Τυχικόν

यी पुरुषहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

σπούδασον ἐλθεῖν

“छिटो आऊ”

σπούδασον

यो क्रियापद एकवचनमा छ, जुन तीतसमा मात्रै लक्षित छ । अर्तिमास र तुखिकस सम्भवतः तीतसको स्थान लिन क्रेटमा नै बस्‍ने थिए ।

παραχειμάσαι

“हिउँदमा बस्‍न”

Titus 3:13

Ζηνᾶν…Ἀπολλῶν

यी पुरुषहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

καὶ Ἀπολλῶν

“र अपोल्लोसलाई पनि”

σπουδαίως πρόπεμψον

“पठाउन ढिलाइ नगर”

ἵνα μηδὲν αὐτοῖς λείπῃ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “ताकि तिनीहरूलाई आवश्‍यक पर्ने सबै थोक तिनीहरूसँग होस्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

Titus 3:14

पावलले खाँचोमा परेकाहरूलाई जुटाउन सारा विश्‍वासीहरूको लागि किन महत्त्वपूर्ण छ भनी व्याख्या गर्छन् ।

οἱ ἡμέτεροι

पावलले क्रेटमा भएका विश्‍वासीहरूलाई जनाइरहेका छन् । वैकल्‍पिक अनुवादः “हाम्रा आफ्‍नै मानिसहरू”

οἱ ἡμέτεροι

“हाम्रो” शब्दले पावल र तीतसलाई समावेश गर्छ । यसको रूप कि त युगल वा समावेशी हुनुपर्छ ।

εἰς τὰς ἀναγκαίας χρείας

“जसले आवश्‍यक परेका थोकहरूको अभाव भएका मानिसहरूलाई सहायता गर्न तिनीहरूलाई सक्षम बनाउँछ”

ἵνα μὴ ὦσιν ἄκαρποι

मानिसहरूले असल काम गर्ने कुरालाई पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको रूखले असल फलाएको जस्तो हो । वैकल्‍पिक अनुवादः “ताकि तिनीहरूले व्यर्थका जीवन नजिऊन्” (हेर्नुहोस्ः रूपक)

ἵνα μὴ ὦσιν ἄκαρποι

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यसरी तिनीहरू फलदायी हुन सक्‍ने छन्” वा “यसरी तिनीहरू उत्पादनशील हुनेछन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

Titus 3:15

पावलले तीतसलाई लेखेको आफ्‍नो पत्रलाई अन्त गर्छन् ।

ἀσπάζονταί σε

यहाँ “तिमी” एकवचनमा छ-यो तीतसलाई गरिएको व्यक्तिगत अभिवादन हो ।

οἱ μετ’ ἐμοῦ πάντες

“सबै मानिसहरू जो मसँग छन्” वा “सबै विश्‍वासीहरू जो यहाँ मसँग छन्”

τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει

सम्भावित अर्थहरू हुन् १) “हामीलाई प्रेम गर्ने विश्‍वासीहरू” वा २) “ती विश्‍वासीहरू जसले हामीलाई प्रेम गर्छन् किनभने हाम्रो विश्‍वास एउटै हो ।”

ἡμᾶς

यहाँ “हामीलाई” सम्भवतः समावेशी छ र पावल र उनीसँग भएका विश्‍वासीहरूको समूहलाई जनाउँछ । पावलले यस समूहबाट क्रेटमा तीतससँग भएका ख्रीष्‍टिएनहरूको समूहलाई अभिवादन पठाइरहेका छन् ।

ἡ χάρις μετὰ πάντων ὑμῶν

यो एउटा सामान्य ख्रीष्‍टिएन अभिवादन थियो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको अनुग्रह तिमीहरूसँग होस्” वा “म बिन्ती गर्छु कि परमेश्‍वर तिमीहरू सबैप्रति अनुग्रही हुनुभएको होस्”

ὑμῶν

यहाँ “तिमीहरू” बहुवचनमा छ । यो तीतस र त्यहाँ क्रेटमा भएका सारा विश्‍वासीहरूको लागि आशिष् हो ।