2 Timothy
2 Timothy front
२ तिमोथीको परिचय
भाग १: सामान्य परिचय
२ तिमोथीको पुस्तकको रूपरेखा
- पावलले तिमोथीलाई अभिवादन गर्छन् र उनले परमेश्वरको सेवा गरिरहँदा कठिनाइहरूलाई खप्न उनलाई उत्साह दिन्छन् (१:१-२:१३) ।
- पावलले तिमोथीलाई सामान्य निर्देशनहरू दिन्छन् (२:१४–२६) ।
- पावलले तिमोथीलाई भविष्यका घटनाहरूका बारेमा चेतावनी दिन्छन् र उनले परमेश्वरको सेवकाइ कसरी गर्ने भनेर उनलाई निर्देशन दिन्छन् (३:१-४:८) ।
- पावलले व्यक्तिगत टिप्पणीहरू दिन्छन् (४:९-२४) ।
२ तिमोथीको पुस्तक कसले लेखे ?
पावलले २ तिमोथीलाई लेखे । उनी टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी एक ख्रीष्टिएन भइसकेपछि, मानिसहरूलाई येशूको बारेमा बताउँदै उनले धेरैपटक रोमी साम्राज्यभरी यात्रा गरे ।
पावलले तिमोथीलाई लेखेको यो दोस्रो पत्र हो । तिमोथी उनको चेला र नजिकका मित्र थिए । पावलले यो पत्र उनी रोममा झ्यालाखानामा हुँदा लेखे । यो पत्र लेखेको छिट्टै पछि पावल मर्ने थिए ।
२ तिमोथीको पुस्तक केको बारेमा हो ?
एफिससको सहरका विश्वासीहरूलाई सहायता पुर्याउनका लागि पावलले तिमोथीलाई त्यहीँ छोडेका थिए । तिमोथीलाई विभिन्न विषयमा शिक्षा दिनलाई पावलले यो पत्र लेखे । झूटा शिक्षकहरूका बारेमा चेतावनी र कठिन परिस्थितिहरूमा सहनशीलताजस्ता शीर्षकहरूमा तिनले लेखेका छन् । यो पत्रले मण्डलीहरूका बीचमा नेतृत्व लिनका लागि पावलले तिमोथीलाई तालिम दिइरहेका कुरा दर्शाउँछ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ तिमोथी” वा “दोस्रो तिमोथी” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “तिमोथीलाई पावलको दोस्रो पत्र” वा “तिमोथीलाई दोस्रो पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
२ तिमोथीमा भएको सिपाहीको चित्रण के हो ?
पावलले झ्यालखानामा पर्खेर बस्दा, चाँडै नै तिनको मृत्यु हुने छ भनी थाहा पाएर तिनले आफ्नो बारेमा येशू ख्रीष्टको सिपाही भएको कुरा गरेका छन् । सिपाहीहरूले आफ्ना अगुवाका कुरा मान्दछन् । त्यसरी नै ख्रीष्टिएनहरूले येशूका कुरा मान्नुपर्दछ । ख्रीष्टको “सिपाही”को रूपमा विश्वासीहरूले उहाँका आज्ञापालन गर्नुपर्दछ, यद्यपि त्यसको परिणामस्वरूप तिनीहरूले मर्न किन नपरोस् ।
परमेश्वरले धर्मशास्त्रलाई प्रेरित गर्नुभयो भन्ने कुराको के अर्थ हुन्छ ?
धर्मशास्त्रको साँचो लेखक परमेश्वर हुनुहुन्छ । पुस्तक लेख्ने मानवीय लेखकहरूलाई उहाँले प्रेरणा दिनुभयो । मानिसहरूले लेखिरहेका कुरा परमेश्वरले नै तिनीहरूलाई लेख्ने तुल्याउनुभयो । यसकारण, यसलाई परमेश्वरको वचन भनेको हो । यसले बाइबलको बारेमा धेरै अर्थ दिन्छ । पहिलो, बाइबल त्रुटिरहीत छ र यसलाई विश्वास गर्न सकिन्छ । दोस्रो, धर्मशास्त्रलाई बङ्ग्याउने र नष्ट पार्न खज्ने मानिसहरूबाट यसको सुरक्षाका लागि हामी परमेश्वरमा भर पर्न सक्छौँ । तेस्रो, परमेश्वरको वचनलाई सारा संसारको भाषामा अनुवाद गर्नुपर्छ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । यहाँ “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । यसको अपवाद ४:२२ हो । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
२ तिमोथीको पुस्तकको पाठ्यसामग्रीमा भएका पाठ्यसामग्रीसँग सम्बन्धित प्रमुख विषयहरू के-के हुन् ?
तल दिइएका पदहरूको लागि, बाइबलका नयाँ अनुवादहरू पुरानो अनुवादहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्छ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्छ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादमा भएका पाठलाई प्रयोग गर्नुपर्छ । यदि छैन भने, अनुवादकहरूलाई आधुनिक पाठलाई अनुसरण गर्नु सुझाव दिइन्छ ।
- “यसैको कारण, म एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ” (१:११) । केही पुराना संस्करणहरू छन्, जसमा यसरी बताइएको छ, “यसको कारण, म अन्यजातिहरूको लागि एक प्रचारक, एक प्रेरित, र एक शिक्षकको रूपमा नियुक्त भएँ ।”
- “तिनीहरूलाई परमेश्वरको सामु चेतावनी देऊ” (२:१४) । त्यहाँ केही पुराना संस्करणहरू छन् जसमा भनिएको छ, “तिनीहरूलाई प्रभुको सामु चेतावनी देऊ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Timothy 1
२ तिमोथी ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले पदहरू १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्यपूर्वमा पत्र लेख्नेहरूले पत्रहरू लेख्न यसरी सुरु गर्दथे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मिक सन्तानहरू
पावलले तिमोथीलाई ख्रीष्टिएन र मण्डलीका अगुवाका रूपमा अनुशासित गरे । तिनले ख्रीष्टमा विश्वास गर्न पावलले नै डोहोर्याएका पनि हुन सक्छन् । यसकारण, पावलले तिमोथीलाई “प्रिय बालक” भन्दछन् । (हेर्नुहोस्ः चेला अनि आत्मा, आत्मिक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
सतावट
पावलले यो पत्र लेख्दा तिनी झ्यालखानामा थिए । पावलले तिमोथीलाई सुसमाचारका लागि दुःख भोग्न उत्साह दिन्छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Timothy 1:2
ἡμῶν
यस पुस्तकमा, अन्य किसिमले टिप्पणी नगरिएसम्म, “हाम्रो” भन्ने शब्दले पावल (यस पत्रको लेखक) र तिमोथी (जसलाई यो पत्र लेखिएको थियो) र सारा विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Timothy 1:1
Παῦλος
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्लेख गर्नुपर्ने हुन सक्छ ।
διὰ θελήματος Θεοῦ
“परमेश्वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्वरले यसो भएको चाहनु भयो” । पावल एक प्रेरित बने किनभने परमेश्वरले उनी एक प्रेरित बनेको चाहनुभयो र कुनै मानिसले उनलाई छानेको कारणले होइन ।
κατ’
सम्भावित अर्थहरू हुन् १) “उद्देश्यको निम्ति ।” यसको अर्थ परमेश्वरले पावललाई येशूमा जीवन दिने परमेश्वरको प्रतिज्ञाको बारेमा बताउनलाई नियुक्त गर्नुभयो भन्ने हुन्छ । वा २) “ ... लाई कायम राख्दै ।” यसको अर्थ हुन्छ कि जसरी परमेश्वरले येशूले जीवन दिनुहुन्छ भनेर प्रतिज्ञा गर्नुहुन्छ, त्यही इच्छाद्वारा परमेश्वरले पावललाई एक प्रेरित बनाउनुभएको छ ।
ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
पावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्ट येशूको भएको कारण मानिसहरूले प्राप्त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूको भएको कारण हामीले प्राप्त गर्ने जीवनको” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:2
Τιμοθέῳ
तपाईंको भाषामा पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । साथै यूएसटीमा जस्तै, लेखकको परिचय दिनासाथ यो पत्र कसलाई लेखिएको हो भनेर तपाईंले उल्लेख गर्नुपर्ने हुन सक्छ ।
ἀγαπητῷ τέκνῳ
“प्यारो बालक” वा “मैले प्रेम गरेको बालक ।” यहाँ “बालक” भनेको ठूलो प्रेम देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि पावलले नै तिमोथीलाई ख्रीष्टको परिचय गराए, र यसैकारण पावलले उनलाई आफ्नो बालक जस्तै मानेका थिए । वैकल्पिक अनुवादः जो मेरो प्रिय बालक झैँ छन्” (हेर्नुहोस्ः रूपक)
χάρις, ἔλεος, εἰρήνη, ἀπὸ
“ ... बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ ... बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु”
Θεοῦ Πατρὸς
“परमेश्वर, जो हाम्रो पिता हुनुहुन्छ र ।” यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद) यहाँ पावलले परमेश्वरलाई १) ख्रीष्टको पिता, वा २) विश्वासीहरूका पिता भनेर जनाइरहेका हुन सक्छन् ।
“ख्रीष्ट येशू, जो हाम्रो प्रभु हुनुहुन्छ”
2 Timothy 1:3
ᾧ λατρεύω ἀπὸ προγόνων
“जसको सेवा मेरा पूर्खाहरूले गरे झैँ गरी गर्छु”
ἐν καθαρᾷ συνειδήσει
पावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि एक व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्यो । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्न गरेको छु भन्ने जानेर” (हेर्नुहोस्ः रूपक)
ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν
यहाँ “सम्झनु” भन्ने कुरालाई “उल्लेख गर्नु” वा “त्यसको बारेमा कुरा गर्नु” भन्ने अर्थमा प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “जब म तिमीलाई निरन्तर उल्लेख गर्छु” वा “मैले तिम्रो विषयमा हर समय कुरा गर्दा”
νυκτὸς καὶ ἡμέρας
यहाँ “रात र दिन”लाई “सधैँ”को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “सधैँ” वा “सबै समयहरूमा” (हेर्नुहोस्ः मेरिज्म)
2 Timothy 1:4
σου τῶν δακρύων
यहाँ “आँसुहरू”ले रुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिमी मेरो लागि कति रोएका थियौ भनेर म सम्झन्छु” (हेर्नुहोस्ः लक्षणा)
“म तिमीलाई देख्न धेरै इच्छा गर्छु”
χαρᾶς πληρωθῶ
पावलले आफ्नै विषयमा उनी एक भाँडो भए झैँ गरेर बताउँछन् जसलाई कसैले भर्न सक्थ्यो । साथै, यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म आनन्दित हुन सकूँ” वा “मसँग पूर्ण आनन्द हुन सकेको होस्” वा “म आनन्द मनाउन सकूँ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 1:5
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो ... पनि सम्झना गर्छु” वा “म तिम्रो ... लाई पनि याद गर्छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως
“तिम्रो विश्वास जुन वास्तविक छ” वा “तिम्रो विश्वास जुन सच्चा छ”
ἐν σοὶ…πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ; πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί
पावलले तिनीहरूको विश्वासलाई तिनीहरूभित्र वास गर्ने कुनै जीवित थोक भए झैँ गरी बताउँछन् । पावलले भन्न खोजेको कुरा यही हो कि तिनीहरूसँग एकै खालको विश्वास छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास ... । तिम्री हजुरआमा लोइस, र तिम्री आमा युनिससँग परमेश्वरमाथिको यो साँचो विश्वास थियो, र म विश्वस्त छु कि तिमीसँग पनि त्यही साँचो विश्वास छ” (हेर्नुहोस्ः रूपक)
Λωΐδι
यी स्त्रीहरूका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 1:6
पावलले तिमोथीलाई शक्ति, प्रेम र अनुशासनमा जिउन र उनको (पावलको) ख्रीष्टमा भएको विश्वासको कारण पावल झ्यालखानामा भएको कुरामा शर्म नमान्नलाई उत्साह दिन्छन् ।
δι’ ἣν αἰτίαν
“यही कारणले गर्दा” वा “येशूमा तिम्रो सच्चा विश्वासको कारण”
ἀναζωπυρεῖν τὸ χάρισμα
तिमोथीले आफ्नो वरदानलाई पुनः प्रयोग गर्न सुरु गर्नुपर्ने उनको आवश्यकताचाहिँ उनले पुनः आगो बाल्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “वरदानलाई पुनः प्रयोग गर्न थाल्नु” (हेर्नुहोस्ः रूपक)
τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου
“मेरा हातहरू तिमीमाथि राख्दा तिमीले प्राप्त गरेका परमेश्वरको वरदान ।” यसले त्यो एउटा समयलाई जनाउँछ जब पावलले तिनका हात तिमोथीमाथि राखे र प्रार्थना गरे कि परमेश्वरले तिमोथीलाई जुन काम गर्नलाई बोलाउनुभएको थियो सो गर्न सक्षम बनाउनलाई परमेश्वरले आफ्नो आत्माद्वारा शक्ति दिनुभएको होस् ।
2 Timothy 1:7
οὐ…ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ
सम्भावित अर्थहरू हुन् १) “आत्मा”ले “पवित्र आत्मा”लाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरको पवित्र आत्माले हामीलाई डराउने बनाउनुहुन्न । उहाँले हामीमा शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ ।” वा २) “आत्मा”ले मानिसको कुनै गुणलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई डराउने तुल्याउनुहुन्न तर शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ”
σωφρονισμοῦ
सम्भावित अर्थहरू हुन् १) हामी आफैँलाई नियन्त्रण गर्ने शक्ति वा २) अरू मानिसहरूलाई सच्याउने शक्ति जसले गलत गरिरहेका छन् ।
2 Timothy 1:8
τὸ μαρτύριον
“गवाही दिने कुराको” वा “अरूहरूलाई बताउने कुराको”
τὸν δέσμιον αὐτοῦ
“उहाँको खातिर एक कैदी” वा “मैले प्रभुको बारेमा गवाही दिने भएको कारण एक कैदी”
συνκακοπάθησον τῷ εὐαγγελίῳ
पावलले कष्टलाई मानिहरूका माझमा बाँड्न मिल्ने वा वितरण गर्न सकिने कुनै वस्तुको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मसँगै सुसमाचारको खातिर कष्ट भोग्नु” (हेर्नुहोस्ः रूपक)
τῷ εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ
“तिमीलाई बलियो बनाउन परमेश्वलाई दिँदै सुसमाचार”
2 Timothy 1:9
καλέσαντος κλήσει ἁγίᾳ
“एउटा बोलावटसँग जसले हामीलाई उहाँका मानिसहरूको रूपमा अलग गरायो” वा “उहाँका पवित्र मानिसहरू हुनलाई”
“हामीले त्यो प्राप्त गर्ने हैसियतको केही गरेको कारणले होइन”
ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν
“तर किनभने उहाँले हामीलाई दया देखाउने योजना गर्नुभयो”
ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूसँगको हाम्रो सम्बन्धद्वारा”
πρὸ χρόνων αἰωνίων
“संसार सुरू हुनभन्दा अगाडि” अथवा “समय सुरु हुनभन्दा अगाडि”
2 Timothy 1:10
φανερωθεῖσαν δὲ νῦν
पावलले मुक्तिलाई कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई खोल्न मिल्थ्यो र मानिसहरूलाई देखाउन सकिन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा मुक्तिदाता ख्रीष्ट येशूलाई पठाउनुभएर उहाँले हामीलाई कसरी बचाउनुहुनेछ भन्ने कुरा देखाउनुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
पावलले मृत्युलाई मानिसहरू मर्ने क्षण नभई त्यो एउटा आत्मनिर्भर प्रक्रियाको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “जसले मृत्युलाई नष्ट गर्नुभयो” वा “जसले मानिसहरूको निम्ति सदाको लागि मृत नभई रहने कुरालाई सम्भव बनाउनुभयो” (हेर्नुहोस्ः रूपक)
φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
पावलले अनन्त जीवनको बारेमा भएको शिक्षालाई त्यो कुनै एउटा वस्तु भए झैँ गरेर बताउँछन् जसलाई अन्धकारबाट ज्योतिमा ल्याउन सकिन्छ ताकि मानिसहरूले देख्न सकून् । वैकल्पिक अनुवादः “कहिले अन्त नहुने जीवन के हो भनेर सुसमाचार प्रचार गरेर सिकाउनु भयो” (हेर्नुहोस्ः रूपक)
2 Timothy 1:11
ἐτέθην ἐγὼ κῆρυξ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई एक प्रचारक हुनलाई चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 1:12
δι’ ἣν αἰτίαν
“किनभने म एक प्रेरित हुँ”
καὶ ταῦτα πάσχω
पावलले आफु कैदी भएको कुरालाई इङ्गित गर्दैछन् ।
πέπεισμαι
“म ढुक्क छु”
τὴν παραθήκην μου φυλάξαι
कुनै व्यक्तिले कुनै कुरा सुरक्षित फिर्ता पाउने हिसाबले कसैकहाँ राख्ने कामलाई रूपकको रूपमा पावलले प्रयोग गरेका छन् । सम्भावित अर्थहरू हुन् १) येशूले उनलाई विश्वासयोग्य रहिरहन सहयोग गर्नुहुन्छ भन्ने कुरामा पावलले भरोसा गरेका छन् वा २) मानिसहरूले सुसमाचारको सन्देश सुनाउने काम जारी राख्ने कामलाई येशूले निश्चित गर्नुहुन्छ भन्ने कुरामा पावल विश्वस्त छन् । (हेर्नुहोस्ः रूपक)
ἐκείνην τὴν ἡμέραν
यसले परमेश्वरले सबै मानिसहरूलाई न्याय गर्नुहुने दिनलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 1:13
ὑγιαινόντων λόγων
“मैले तिमीलाई सिकाएका सही विचारहरूलाई सिकाउने काम जारी राख” वा “तिमीले के र कसरी सिकाउनु पर्ने हो सो बारेमा मेरा शब्दहरू र मेरो शिक्षण विधिलाई नमूनाको रूपमा प्रयोग गर”
ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ
“जब तिमीले येशू ख्रीष्टमा भरोसा गर्छौ र उहाँलाई प्रेम गर्छौ”
2 Timothy 1:14
τὴν καλὴν παραθήκην
यसले सुसमाचार सही तरिकाले घोषणा गर्ने कुरालाई जनाउँछ ।
τὴν καλὴν παραθήκην φύλαξον
तिमोथीका कामहरूको विरोध गर्ने, तिनलाई रोक्न खोज्ने र तिनले भनेको कुरालाई बङ्ग्याउने मानिसहरूसँग तिनी सतर्क रहनु पर्छ ।
διὰ Πνεύματος Ἁγίου
“पवित्र आत्माको शक्तिद्वारा”
2 Timothy 1:15
ἀπεστράφησάν με
यो एउटा अलङ्कार हो जसको अर्थ तिनीहरूले पावललाई सहयोग गर्न छोडे भन्ने हुन्छ । तिनीहरूले पावललाई त्यागे किनकि अधिकारीहरूले पावललाई झ्यालखानामा हाले । वैकल्पिक अनुवादः “मलाई सहायता गर्न छोडे” (हेर्नुहोस्ः रूपक)
Φύγελος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 1:16
Ὀνησιφόρου
यो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῷ Ὀνησιφόρου οἴκῳ
“परिवारलाई”
τὴν ἅλυσίν μου οὐκ ἐπησχύνθη
यहाँ “साङ्लाहरू” भनेको झ्यालखानामा भएको कुरा जनाउने प्रतिस्थापन शब्द हो । पावल झ्यालखानाको भएको कारण ओनिसिफरसले शर्म मानेनन् तर उनलाई घरिघरी भेट गर्न गए । वैकल्पिक अनुवादः “म झ्यालखानामा भएको कुरामा शर्म मानेनन्” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 1:18
δῴη αὐτῷ ὁ Κύριος, εὑρεῖν ἔλεος παρὰ Κυρίου
“ओनेसिफरसले प्रभुबाट कृपा पाउन सकून्” वा “प्रभुले तिनलाई कृपा देखाउनुभएको होस्”
εὑρεῖν ἔλεος παρὰ Κυρίου
पावलले दया भनेको भेट्टाउन सकिने कुनै वस्तु भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ
यसले त्यो दिनलाई जनाउँछ जब परमेश्वरले सबै मानिसहरूलाई न्याय गर्नुहुनेछ । (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 2
२ तिमोथी ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले शब्दहरूलाई पृष्ठमा बाँकीको खण्डभन्दा केही दायाँतिर पर सार्छन् । यूएलटीले पदहरू ११-१३ सँग यसै गर्छ । पावलले यी पदहरूमा कुनै कविता वा भजनलाई उद्धरण गरिरहेका हुन सक्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
हामी उहाँसँगै राज गर्नेछौँ
विश्वासयोग्य ख्रीष्टिएनहरूले भविष्यमा ख्रीष्टसँगै राज गर्नेछन् । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_tw/src/branch/master/bible/kt/faithful.md)
यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू
सादृश्यहरू
यस अध्यायमा, ख्रीष्टिएन भई जीवन बिताउने कुराका बारेमा शिक्षा दिनका लागि पावलले धेरैवटा तुलनात्कम उदाहरण दिए । तिनले सिपाही, खेलाडी र किसानका बारेमा तुलनात्कम उदाहरण प्रयोग गरे । अध्यायको आखिरीमा, तिनले घरमा भएका विभिन्न किसिमका भाँडाहरूका बारेमा तुलनात्कम उदाहरण प्रयोग गर्दछन् ।
2 Timothy 2:1
पावलले तिमोथीको ख्रीष्टिएन जीवनलाई सिपाहीको जीवन,किसानको जीवन र दौडमा भाग लिने मानिसको जीवनको रूपमा चित्रित गर्छन् ।
τέκνον μου
यहाँ “बालक” भनेको महान् प्रेमलाई देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । यो सम्भव छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्टमा ल्याइएको थियो, र त्यसैले पावलले तिनलाई आफ्नो बाकल झैँ ठाने । वैकल्पिक अनुवादः “जो मेरो बालक जस्तै छन्” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ
परमेश्वरको अनुग्रहले विश्वासीहरूले प्राप्त गर्ने उत्प्रेरणा र निश्चयताको बारेमा पावल कुरा गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूसँगको तिम्रो सम्बन्धद्वारा परमेश्वरले तिमीलाई दिनुभएको अनुग्रहको प्रयोग उहाँले गर्नुभएको होस् । (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:2
διὰ πολλῶν μαρτύρων
“मैले भनेको कुरा सही हो भनेर सहमत हुने धेरै साक्षीहरूसँग”
ταῦτα παράθου πιστοῖς ἀνθρώποις
पावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्न सक्ने वस्तुको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:3
συνκακοπάθησον
सम्भावित अर्थहरू हुन् १) “मैले जस्तै कष्ट भोग” वा २) “मेरो कष्टमा सहभागी होऊ”
ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ
पावलले ख्रीष्टले भोगेको कष्टलाई एउटा असल सिपाहीले भोगेको कष्टसँग तुलना गर्छन् । (हेर्नुहोस्ः उपमा)
2 Timothy 2:4
οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις
“दैनिक जीवनको काममा लाग्ने सिपाहीले सेवा गर्न सक्दैन” वा “जब सिपाहीहरूले सेवा गरिरहेका हुन्छन्, अरू मानिसहरूले गर्ने सामान्य कुराहरूले तिनीहरूको ध्यान भङ्ग गर्न सक्दैन ।” ख्रीष्टका सेवकहरूलाई तिनीहरूको दैनिक जीवनले ख्रीष्टको सेवा गर्नबाट वञ्चित गर्नु हुँदैन ।
ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις
यो अल्झाउने कुराका बारेमा मानिसहरू बाटोमा हिंड्दा तिनीहरूलाई अल्झाउने कुनै किसिसमको जाल भए झैँ गरी पावलले लेखेका छन् । (हेर्नुहोस्ः रूपक)
τῷ στρατολογήσαντι
“उसको अगुवा” वा “उसलाई आज्ञा दिने व्यक्ति”
2 Timothy 2:5
ἐὰν…ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ
पावलले ख्रीष्टका सेवकहरूलाई खेलाडीहरूको रूपमा व्यक्त गर्दछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)
οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नियम बमोजिम प्रतिष्पर्धा गरे मात्र तिनीहरुले उसलाई विजयी खेलाडीको रूपमा मुकुट दिन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ στεφανοῦται
“उसले पुरस्कार जित्दैन ।” पावलको समयमा दौडमा जित्नेहरूलाई पातहरूले बनेको हार लगाएर सम्मान गरिन्थ्यो ।
μὴ νομίμως ἀθλήσῃ
“नियम अनुसार खेलेर” वा “नियमलाई कडारूपमा पालन गरेर”
2 Timothy 2:6
τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν
तिमोथीलाई पावलले कामको बारेमा दिएको यो तेस्रो उपमा हो । पाठकले यो बुझ्नु पर्छ कि ख्रीष्टका सेवकहरूले कडा परिश्रम गर्नु पर्दछ । (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:7
νόει ὃ λέγω, δώσει γάρ σοι ὁ Κύριος σύνεσιν
पावलले तिमोथीलाई शब्दका तस्विरहरू दिए, तर उनले तिनको अर्थ बताएनन् । ख्रीष्टका सेवकहरूका विषयमा पावलले के भनिरहेका थिए सो तिमोथी आफैँले पत्ता लगाउन् भन्ने आशा पावलले राखे ।
ἐν πᾶσιν
“सबैकुराको बारेमा”
2 Timothy 2:8
पावलले तिमोथीलाई ख्रीष्टको लागि कसरी जिउने, कसरी कष्ट भोग्ने र अरुलाई ख्रीष्टको जिउन कसरी सिकाउने भन्ने शिक्षा दिन्छन् ।
ἐκ σπέρματος Δαυείδ
यो एउटा अलङ्कार हो जसले येशू दाऊदको वंशबाट आउनुभयो भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “जो दाऊदका सन्तति हुन्” (हेर्नुहोस्ः रूपक)
ἐγηγερμένον ἐκ νεκρῶν
यहाँ उठाउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले जीवित बनाउनुभयो” वा “जसलाई परमेश्वरले मृतकहरूबाट बौह्राउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
κατὰ τὸ εὐαγγέλιόν μου
पावलले सुसमाचारको सन्देश उनको आफ्नै हो भने झैँ गरेर व्यक्त गर्छन् । उनले भन्न खोजेको यही हो कि, उनले घोषणा गर्ने सुसमाचारको सन्देश यही हो । वैकल्पिक अनुवादः “यो मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 2:9
μέχρι δεσμῶν
यहाँ “बन्धनमा पर्ने” कुराले कैदी हुने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एक जना अपराधीले झैँ झ्यालखानामा साङ्लाले बाँधिने अवस्थासम्म” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται
यहाँ “बन्धनमा पर्ने” भन्नाले कैदीलाई हुने कुरालाई जनाउँछ, र त्यो वाक्यांश चाहिँ एउटा अलङ्कार हो जसको अर्थ कसैले पनि परमेश्वरको सन्देशलाई रोक्न सक्दैन भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरको वचनलाईझ्यालखानामा राख्न सक्दैन” वा “कसैले पनि परमेश्वरको वचनलाई रोक्न सक्दैन” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:10
διὰ τοὺς ἐκλεκτούς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले छान्नु भएका मानिसहरूका निम्ति” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ
पावलले मुक्तिलाई भौतिक रूपले समात्न सकिने वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूबाट मुक्ति प्राप्त गर्नेछन्” (हेर्नुहोस्ः रूपक)
μετὰ δόξης αἰωνίου
“र तिनीहरू उहाँ भएको महिमाको स्थानमा सदा उहाँ सँगै हुनेछन्”
2 Timothy 2:11
πιστὸς ὁ λόγος
“यी तिमीहरूले विश्वास गर्न सक्ने वचनहरू हुन्”
εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν
यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः कविता)
εἰ…συναπεθάνομεν
मानिसहरूले जब ख्रीष्टमाथि विश्वास गर्छन् तिनीहरूले ख्रीष्टको मृत्युमा सहभागी हुन्छन्, तिनीहरूका इच्छाहरू इन्कार गर्छन् र उहाँको आज्ञा पालन गर्छन् भन्ने जनाउनको लागि पावलले यो अभिव्यक्तिको प्रयोग गर्छन् ।
2 Timothy 2:13
यो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्ने देखाउने कुनै तरिका छ भने त्यो प्रयोग गर्न सक्नुहुन्छ । यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः कविता)
εἰ ἀπιστοῦμεν
“यदि हामीले परमेश्वरलाई असफल बनायौँ भने पनि” वा “हामीले गरौँ भनेर परमेश्वरले चाहेको कुरा हामीले नगरे तापनि”
ἀρνήσασθαι…ἑαυτὸν οὐ δύναται
“उहाँको चरित्र अनुसार उहाँले सधैँ कार्य गर्नु पर्छ” अथवा “उहाँको वास्तविक चरित्र विपरित किसिमले उहाँले कार्य गर्न सक्नुहुन्न”
2 Timothy 2:14
ὑπομίμνῃσκε
“तिनीहरू” भन्ने शब्दले “शिक्षकहरू” वा “मण्डलीका मानिसहरू”लाई जनाउँछ ।
ἐνώπιον τοῦ Θεοῦ
पावलले आफ्नो बारेमा परमेश्वरको जानकारीलाई आफू परमेश्वरको उपस्थितिमा नै भए झैँ गरी व्यक्त गर्छन् । यसको अर्थ परमेश्वर तिमोथीको साक्षी हुनुहुनेछ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको उपस्थितिमा” अथवा “परमेश्वर तिम्रो साक्षीको रूपमा” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μὴ λογομαχεῖν
सम्भावित अर्थहरू हुन् १) “मानिसहरूले भन्ने मूर्ख कुराहरूको विषयमा झगडा नगर” वा २) “शब्दहरूको अर्थको विषयमा बहस नगर”
ἐπ’ οὐδὲν χρήσιμον
“यसले कसैलाई भलाई गर्दैन”
2 Timothy 2:15
σπούδασον σεαυτὸν, δόκιμον παραστῆσαι τῷ Θεῷ
“योग्य प्रमाणित भएको र शर्माउन नपर्ने व्यक्तिको रूपमा आफूलाई परमेश्वरको अगाडि प्रस्तुत गर”
ἐργάτην
तिमोथीले परमेश्वरको वचनको ठीक व्याख्या गर्ने कामलाई तिनी कुनै एक कुशल कामदारको रूपमा पावलले व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “कामदारको रूपमा” अथवा “कामदार जस्तै” (हेर्नुहोस्ः रूपक)
ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας
सम्भावित अर्थहरू हुन् १) “सत्यताको वचनको बारेमा भएको ठीक तरिकाले व्याख्या गर्छ” वा २) “सत्य सन्देशलाई ठीक तरिकाले व्याख्या गर्छ ।”
2 Timothy 2:16
ἐπὶ πλεῖον…προκόψουσιν ἀσεβείας
पावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रूपले जाने कुराको रूपमा व्यक्त गर्छन् र भक्तिहीनतालाई कुनै नयाँ ठाउँको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:17
ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει
सइनको घाउ कुनै व्यक्तिको शरीरमा चाँडै फैलन्छ त्यसलाई नाश गर्छ । यो एउटा अलङ्कार हो जसको अर्थ ती मानिसहरूले भनिरहेका कुराहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र ती सुन्नेहरूको विश्वासलाई हानी गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले भन्ने कुराहरू संक्रमणातमक रोग जस्तै फैलनैछ” वा “तिनीहरूका कुराहरू चाँडै फैलनेछ र सइनको घाउ जस्तै गरी नाश ल्याउनेछ” (हेर्नुहोस्ः उपमा)
Ὑμέναιος, καὶ Φίλητος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 2:18
οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν
यहाँ “सत्यताबाट टाढा गएका” भनेको सत्य कुरालाई अब अरू बढी विश्वास नगर्ने वा नसिकाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले ती कुराहरू भन्न सुरु गरेका छन् जुन सत्य छैनन्” (हेर्नुहोस्ः रूपक)
ἀνάστασιν ἤδη γεγονέναι
“परमेश्वरले मरेका विश्वासीहरूलाई अनन्त जीवनका लागि पहिले नै उठाइसक्नुभएको छ”
ἀνατρέπουσιν τήν τινων πίστιν
“तिनीहरूले केही मानिसहरूलाई विश्वास गर्नबाट रोकेका छन्”
2 Timothy 2:19
जसरी धनीहरूको परिवारमा मूल्यवान् र सामान्य भाँडाहरूलाई सम्मानित कामको लागि प्रयोग गरिन्छ, त्यसरी नै परमेश्वरतिर फर्कने व्यक्तिहरूलाई असल कामको लागि परमेश्वरले सम्मानित तरिकाले प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ὁ…στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको सत्यता दृढ जग जस्तै छ” वा २) “परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो जग भएको भवन जस्तै स्थापित गर्नुभएको छ” वा ३) “परमेश्वरको विश्वासयोग्यता दृढ जगजस्तै छ ।” कुरा जे सुकै भए तापनि पावलले यसलाई जमिनमा स्थापित गरेको भवनको जगको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου
“जसले परमप्रभुको नाम पुकार्छ” यहाँ “परमप्रभुको नाम” ले परमप्रभु आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमप्रभुलाई पुकार्छ” वा “जसले आफूलाई ख्रीष्टमा विश्वासी भन्दछ” (हेर्नुहोस्ः लक्षणा)
ἀποστήτω ἀπὸ ἀδικίας
पावलले अधर्मलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ देखि टाढा जान सकिन्छ । वैकल्पिक अनुवादः “दुष्ट हुनदेखि रोक” वा “गलत कार्य गर्न रोक” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:20
σκεύη
यहाँ “भाँडा”ले मानिसहरूले खाना राख्न वा पिउन प्रयोग गर्ने बटुका, थालहरूलाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, “कचौरा” वा “भाँडा” शब्द प्रयोग गर्नुहोस् । यो विभिन्न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलङ्कारिक शब्द हो । (हेर्नुहोस्ः रूपक)
ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν
सम्भावित अर्थहरू हुन् १) “विशेष समारोह ... साधारण समय” वा २) “मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापहरू ... मानिसहरूले गोप्य रूपमा गर्ने क्रियाकलापहरू ।”
2 Timothy 2:21
ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων
सम्भावित अर्थहरू हुन् १) “अनादर योग्य मानिसहरूबाट आफैँलाई अलग राख्दछ” वा २) “आफैँलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैँलाई धोएर सफा बनाउने कामको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἔσται σκεῦος εἰς τιμήν
पावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ” (हेर्नुहोस्ः रूपक)
ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मालिकले तिनलाई अलग गर्छन् र मालिकले उसलाई हरेक असल कार्यमा प्रयोग गर्नका लागि ऊ तयार हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡγιασμένον
ऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्ने कुरा नै बताउँछ । (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:22
τὰς…νεωτερικὰς ἐπιθυμίας φεῦγε
पावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रूपमा व्यक्त गर्छन् जसदेखि तिमोथी टाढा भाग्नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रूपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रूपले नकार” (हेर्नुहोस्ः रूपक)
δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην
“पछ्याऊ” भन्ने शब्द “भाग्नु” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर” (हेर्नुहोस्ः रूपक)
μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας
सम्भावित अर्थहरू हुन् १) धार्मिकता, विश्वास, प्रेम र शान्तिको खोजी गर्ने कार्यमा अरू विश्वासीहरूसँग तिमोथी सामेल होउन् भन्ने पावलको इच्छा छ वा २) तिमोथी शान्तिसाथ बसून् र अरू विश्वासीसँग वादविवाद नगरून् भन्ने पावलको इच्छा छ ।
τῶν ἐπικαλουμένων τὸν Κύριον
यहाँ “प्रभुलाई पुकार्ने” शब्द वाक्पद्धती हो जसको अर्थ प्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्नेहरू” (हेर्नुहोस्ः टुक्काहरू)
ἐκ καθαρᾶς καρδίας
यहाँ “सफा” भनेको कुनै शुद्ध वा सच्चा कुरालाई जनाउने अलङ्कार हो । अनि, “हृदय” भनेको “सोचाइहरू” वा “भावनाहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सच्चा मनको साथ” वा “सच्चापनको साथ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
2 Timothy 2:23
τὰς…μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ
“मूर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर ।” पावलले भन्न खोजेको यही हो कि, त्यस्ता प्रश्न सोध्ने मानिसहरू मूर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्न नखोज्ने मुर्ख मानिसहरूले सोधेको प्रश्नहरूको जवाफ नदेऊ” (हेर्नुहोस्ः लक्षणा)
γεννῶσι μάχας
अज्ञानी प्रश्नहरूलाई पावलले जन्म दिँदै गरेका स्त्रीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 2:25
ἐν πραΰτητι
“नम्रतासाथ” वा “भद्रतासाथ”
παιδεύοντα
“तिनीहरूलाई सिकाऊ” अथवा “तिनीहरूलाई सच्याऊ”
μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν
पावलले पश्चातापलाई परमेश्वरले दिने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
εἰς ἐπίγνωσιν ἀληθείας
“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्ने छन्”
2 Timothy 2:26
ἀνανήψωσιν
पावलले पापीहरूले परमेश्वरको बारेमा सही तरिकाले विचार गर्न सिक्ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्” (हेर्नुहोस्ः रूपक)
ἐκ τῆς τοῦ διαβόλου παγίδος
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “दुष्टले चाहेको कुरा गर्न बन्द गर” (हेर्नुहोस्ः रूपक)
ἐζωγρημένοι ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα
पावलले ख्रीष्टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्टले भौतिक रूपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3
२ तिमोथी ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“अन्तिम दिनहरू” शब्दले सायद भविष्यमा येशूको पुनरागमन हुनुभन्दा ठीक पहिलेको समयलाई जनाउँछ । यस्तो हो भने, पावलले पद १-९ र १३ मा तिनै दिनका बारेमा अगमवाणी गरेका हुन् । “अन्तिम दिनहरू” शब्दले पावलको समयसहितको ख्रीष्टिएन युगलाई पनि जनाउँछ । यस्तै हो भने, सतावट भोग्ने बारेमा पावलले सबै ख्रीष्टिएनहरूलाई शिक्षा दिन्छन् । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू)
2 Timothy 3:1
पावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्, तर सतावट आए तापनि उनी चाहिँ परमेश्वरको पवित्रशास्त्रमा भर पर्न सक्नेछन् ।
ἐν ἐσχάταις ἡμέραις
सम्भावित अर्थहरू हुन् १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्टिएन युगलाई जनाउँछ, पावलको समयसहित । वैकल्पिक अनुवाद; “अन्त्यभन्दा अगाडिको यस समय अवधिमा”
ἐνστήσονται καιροὶ χαλεποί
यी ख्रीष्टिएनहरूले कष्ट र खतरा भोग्ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।
2 Timothy 3:2
φίλαυτοι
यहाँ “प्रेम गर्ने”ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्वरबाट आउने प्रेम होइन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”
2 Timothy 3:3
ἄστοργοι
“आफ्नै परिवारलाई प्रेम नगर्ने”
ἄσπονδοι
“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”
ἀφιλάγαθοι
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”
2 Timothy 3:4
προπετεῖς
कि त के खराब हुन सक्छ भनेर नसोचिकन गर्ने वा खराब कुराहरू हुन सक्छ भनी जानेर पनि गर्ने
τετυφωμένοι
तिनीहरू अरू मानिसहरूभन्दा असल छन् भनी सोच्ने
2 Timothy 3:5
ἔχοντες μόρφωσιν εὐσεβείας
पावलले भक्ति, परमेश्वरको आदर गर्ने बानीलाई कुनै आकार र भौतिक शक्ति भएको वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्वरलाई सम्मान गर्ने देखिन्छन्, तर तिनीहरूको व्यवहार गर्ने तरिकाले देखाउँछ कि तिनीहरू परमेश्वरको शक्तिमा साँच्चै विश्वास गर्दैनन्” (हेर्नुहोस्ः रूपक)
“धार्मिक देखापर्ने” अथवा “परमेश्वरको आदर गर्ने झैँ देखिने”
τούτους ἀποτρέπου
यहाँ “तर्क” भनेको कसैलाई पन्साउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी मानिसहरूलाई पन्साऊ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:6
αἰχμαλωτίζοντες
“घरभित्र पस्छन् र ठूलो प्रभावमा पार्छन्”
γυναικάρια
“आत्मिक रूपमा कमजोर स्त्रीहरू ।” यी स्त्रीहरू आत्मिक रूपमा कमजोर हुन सक्छन् किनभने तिनीहरू भक्तिपूर्ण हुने काम गर्नमा विफल हुन्छन् वा किनभने तिनीहरू अल्छे छन् र तिनीहरूसँग धेरै पापहरू छ ।
σεσωρευμένα ἁμαρτίαις
पावलले पापतर्फ झुकाव राख्ने कुरालाई ती स्त्रीहरूको ढाडमा पापको ठूलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरू हुन् १) “जो प्रायः पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् ।” यसको अर्थ यो हो कि, ती स्त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् । (हेर्नुहोस्ः रूपक)
ἀγόμενα ἐπιθυμίαις ποικίλαις
पावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्याएर लैजान सक्ने कुराको रूपमा व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्टको आज्ञा पालन गर्नुको साटो विभिन्न तरिकाले पाप गर्ने इच्छा गर्छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3:8
पावलले मोशाको समयका दुई झूटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पछ्याउन र परमेश्वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।
Ἰάννης καὶ Ἰαμβρῆς
यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
पावलले कसैको विरुद्धमा वादविवाद गर्नेहरूलाई तिनीहरूको विरुद्धमा उभिनेहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “विरोध गरे” (हेर्नुहोस्ः रूपक)
“येशूको सुसमाचारको विरोध गर्छन्”
ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν
“तिनीहरूका दिमाग भ्रष्ट छन्” वा “तिनीहरू सही प्रकारले सोच्न सक्दैनन्”
ἀδόκιμοι περὶ τὴν πίστιν
तिनीहरूले ख्रीष्टमा कति विश्वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्वास बिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्वास साँचो होइन”
2 Timothy 3:9
οὐ προκόψουσιν ἐπὶ πλεῖον
यी झूटा शिक्षकहरू विश्वासीहरूको अगाडि विश्वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्त गर्ने छैनन्” (हेर्नुहोस्ः रूपक)
ἡ…ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν
मानिसहरूले सजिलै देख्न सक्ने केही कुरा
ἐκείνων
“यान्नेस र याम्ब्रेसको”
2 Timothy 3:10
σὺ…παρηκολούθησάς
पावलले यी कुराहरूमा नियालेर ध्यान दिने कुरा चाहिँ तिनीहरू सर्दै गर्दा कोही व्यक्तिले भौतिक रूपमा नै पछ्याइरहेको थियो भने झैँ गरेर व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा पालना गरेका छौ” वा “तिमीहरूले मेरो शिक्षामा होसियारीसाथ ध्यान दिएका छौ” (हेर्नुहोस्ः रूपक)
μου τῇ διδασκαλίᾳ
“जे गर्न मैले तिमीहरूलाई सिकाएको छु”
τῇ ἀγωγῇ
कोही व्यक्तिले उसको जीवन जिउने तरिका
τῇ ὑπομονῇ
कोही व्यक्ति ती मानिसहरूसँग सहनशील हुने कुरा जुन मानिसहरूले उसले ठीक नमानेका कुराहरू गर्छन्
2 Timothy 3:11
ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος
परमेश्वरले पावललाई ती कठिनाइहरू र खतराहरूबाट छुटकारा दिनुभएको कुरालाई उनलाई परमेश्वरले कुनै भौतिक स्थानबाट उठाएर लगेको कुराको रूपमा लिन्छन् । (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:12
ζῆν εὐσεβῶς
“येशूलाई पछ्याउने मानिसको रूपमा भक्तिपूर्ण जीवन जिउने”
διωχθήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय नै पनि सतावट सहनु पर्नेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 3:13
γόητες
ठग भनेको त्यो एउटा व्यक्ति हो जसले अरू मानिसहरूले उसलाई आफू जो हो त्यसभन्दा कोही अरू नै व्यक्ति, सामान्यतया बढी महत्त्वपूर्ण व्यक्ति हो भनेर विश्वास गरून् भन्ने चाहन्छ ।
προκόψουσιν ἐπὶ τὸ χεῖρον
“अझ दुष्ट हुनेछन्”
πλανῶντες καὶ πλανώμενοι
यहाँ, कसैलाई भड्काउनु भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई केही त्यस्तो कुरा विश्वास गर्नलाई मनाउनु हो जुन सत्य होइन । वैकल्पिक अनुवादः “आफैँलाई र अरूलाई छलमा पार्दै” वा “झूटा कुरामा विश्वास गर्ने र झूटा शिक्षा दिने” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:14
μένε ἐν οἷς ἔμαθες
पावलले बाइबलका निर्देशनहरूलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीले सिकेका कुराहरूलाई नबिर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (हेर्नुहोस्ः रूपक)
2 Timothy 3:15
τὰ δυνάμενά σε σοφίσαι
पवित्रशास्त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्ने व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्वरको वचन पढ्छौ, तिमीले विश्वासद्वारा ख्रीष्ट येशूबाट मुक्ति प्राप्त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः मानवीकरण)
2 Timothy 3:16
πᾶσα Γραφὴ θεόπνευστος καὶ
“सम्पूर्ण पवित्रशास्त्र परमेश्वरले श्वास फेरेको जस्तै हो” भनेर केही बाइबलका संस्करणहरूमा अनुवाद गरिएको छ । यसको अर्थ यो हो कि परमेश्वरले पवित्रशास्त्रलाई आत्माद्वारा मानिसहरूलाई लेख्न लगाउनु भएको हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्त्र परमेश्वरले उहाँको आत्माबाट बोल्नुभएको हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὠφέλιμος
“यो उपयोगी छ” वा “यो फाइदाजनक छ”
πρὸς ἐλεγμόν
“गल्ती देखाउनको लागि”
πρὸς ἐπανόρθωσιν
“गल्तीहरूलाई मिलाउन”
πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ
“मानिसहरूलाई धर्मी बन्नको लागि तालिम दिन”
2 Timothy 3:17
ὁ τοῦ Θεοῦ ἄνθρωπος
यसले परमेश्वरमा विश्वास गर्ने स्त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἄρτιος
“पूर्ण रूपमा तयार हुन सकून्”
2 Timothy 4
२ तिमोथी ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“म यो गम्भीर आज्ञा दिन्छु”
पावल तिमोथीलाई व्यक्तिगत निर्देशनहरू दिन सुरु गर्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
मुकुट
विभिन्न प्रकारका मुकुट विभिन्न कुराहरूका दृश्यचित्रका रूपमा धर्मशास्त्रले प्रयोग गर्दछ । यो अध्यायले भन्दछ, विश्वासीहरूले उचित जीवन यापन गरे भने ख्रीष्टले तिनीहरूलाई मुकुट प्रदान गर्नुहुनेछ ।
2 Timothy 4:1
पावलले तिमोथीलाई विश्वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।
ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ
“परमेश्वर र ख्रीष्ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्न खोजेको कुरा यही हो कि परमेश्वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्वर र ख्रीष्ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
διαμαρτύρομαι
“गम्भीर आज्ञा”
ζῶντας καὶ νεκρούς
यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः मेरिज्म)
καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ
यहाँ “राज्य”ले ख्रीष्ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 4:2
τὸν λόγον
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्ट बारेको सन्देश” (हेर्नुहोस्ः लक्षणा)
εὐκαίρως, ἀκαίρως
यहाँ “सहज” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “जब यो सहज हुँदैन” (हेर्नुहोस्ः शब्दलोप)
ἔλεγξον
कसैलाई ऊ गलत कुरा गरेकोमा दोषी छ भनेर बताउनु
“मानिसहरूलाई हप्काऊ र शिक्षा देऊ र तिनीहरूसँग सधैँ धैर्य होऊ”
2 Timothy 4:3
ἔσται…καιρὸς ὅτε
“किनभने भविष्यको कुनै समयमा”
οὐκ ἀνέξονται
यस सन्दर्भले यी मानिसहरू विश्वासीहरूको समुदायको हुनेछन् भनेर सङ्केत गर्छ ।
οὐκ ἀνέξονται
“असल शिक्षालाई सुन्ने इच्छा गर्ने छैनन्”
τῆς ὑγιαινούσης διδασκαλίας
यसको अर्थ परमेश्वरको वचन अनुसारको सत्य र ठीक शिक्षा भन्ने हुन्छ ।
κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους
पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्ने छन्” (हेर्नुहोस्ः रूपक)
κνηθόμενοι τὴν ἀκοήν
जोडदार रूपमा कुनै कुरा सुन्न इच्छा गर्ने मानिसहरूका बारेमा पावलले तिनीहरूका कान चिलाएको जस्तो हो भने । अनि तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा नै शिक्षकहरूले सिकाइदिए भने मात्र तिनीहरू सन्तुष्ट हुन्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सुन्ने उत्कट इच्छा गरेका कुरा मात्र भन्नेहरू” (हेर्नुहोस्ः टुक्काहरू)
2 Timothy 4:4
ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν
मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रूपमा अर्को तिर फर्केर नसुन्ने भएका मानिसहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्” (हेर्नुहोस्ः रूपक)
ἐπὶ…τοὺς μύθους ἐκτραπήσονται
पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:5
νῆφε
पावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्टसँग सोच” (हेर्नुहोस्ः रूपक)
εὐαγγελιστοῦ
यसको अर्थ मानिसहरूलाई येशू को हुनुहुन्छ, तिनीहरूका निम्ति उहाँले के गर्नु भयो, उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर बताउने हुन्छ ।
2 Timothy 4:6
ἐγὼ…ἤδη σπένδομαι
पावलले मर्नको लागि आफ्नो तयारीलाई बलिदानको रूपमा चढाउन लागेको मद्यको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
यहाँ “बिदाइ” शब्द मृत्यु जनाउने नम्र शब्द हो । वैकल्पिक अनुवादः “म चाँडै मर्नेछु र यो संसार छोड्नेछु” (हेर्नुहोस्ः व्यञ्जना)
2 Timothy 4:7
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι
पावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्ने जति गरको छु” (हेर्नुहोस्ः रूपक)
τὸν δρόμον τετέλεκα
पावलले परमेश्वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पूरा गरेको छु” (हेर्नुहोस्ः रूपक)
τὴν πίστιν τετήρηκα
पावलले ख्रीष्टमा भएको उनको विश्वास र परमेश्वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रूपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरू हुन् १) “मेरो सेवाकार्यमा म विश्वासयोग्य रहँदै आएको छु” वा २) मैले हामीले के विश्वास गर्छौँ भन्ने शिक्षालाई कुनै गल्ती हुनबाट जोगाएर राखेको छु” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:8
ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मेरो लागि धार्मिकताको मुकुट राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῆς δικαιοσύνης στέφανος
सम्भावित अर्थहरू हुन् १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्वरले दिने उपहार हो वा २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्त गर्दछन् तब परमेश्वरले उनलाई धर्मी घोषणा गर्नुहुनेछ । (हेर्नुहोस्ः रूपक)
στέφανος
खेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो
ἐν, ἐκείνῃ τῇ ἡμέρᾳ
“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब परमेश्वरले मानिसहरूको न्याय गर्नुहुन्छ”
τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ
पावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत)
2 Timothy 4:9
पावलले केही मानिसहरूले परमेश्वरको काम र उनी प्रति गरेको व्यवहारको बारेमा तोकेर नै बताउँछन्, केही निश्चित मानिसहरूको लागि अभिवादन गरेर तथा अरू मानिसहरूको अभिवादन सुनाएर अन्त्य गर्छन् ।
σπούδασον ἐλθεῖν…ταχέως
“सम्भव भएसम्म छिटो आऊ”
2 Timothy 4:10
Δημᾶς…Κρήσκης…Τίτος
यी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸν νῦν αἰῶνα
यहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्वरका कुराहरूको विपरीत छन् । सम्भावित अर्थहरू हुन् १) उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन् अथवा २) यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए । (हेर्नुहोस्ः लक्षणा)
Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν
यी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।
Γαλατίαν…Δαλματίαν
यो भूभागको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 4:11
μοι εὔχρηστος εἰς διακονίαν
सम्भावित अर्थहरू हुन् १) “उनले मलाई सेवामा सहायता गर्न सक्छन्” वा २) “उनले मेरो सेवा गरेर मलाई सहायता गर्न सक्छन् ।”
2 Timothy 4:13
φελόνην
यो लुगामाथि लगाइने गह्रौँ कपडा थियो
Κάρπῳ
यो पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὰ βιβλία
यसले मुठ्ठाहरूलाई जनाउँछ । मुठ्ठा लामो पटर कागज वा छालाबाट बनाइएको पुस्तक थियो । मुठ्ठामा लेखिसकेपछि वा पढ़िसकेपछि मानिसहरूले दुवै छेउमा डण्डीको प्रयोग गरेर यसलाई बेर्ने गर्थे ।
μάλιστα τὰς μεμβράνας
यसले विशेष प्रकारका मुट्ठाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विशेषगरी जनावरको छालाबाट बनेका मुट्ठाहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Timothy 4:14
Ἀλέξανδρος ὁ χαλκεὺς
“धातुको कार्य गर्ने अलेक्जेन्डरले ... देखायो”
Ἀλέξανδρος
यो पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
पावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो” (हेर्नुहोस्ः रूपक)
ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ
पावलले दण्डका बारेमा त्यो भुक्तानी भए झैँ कुरा गर्छन् । वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)
अलेक्जेन्डर
2 Timothy 4:15
अलेक्जेन्डर ।
ἀντέστη τοῖς ἡμετέροις λόγοις
यहाँ “वचन”ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्यो” (हेर्नुहोस्ः लक्षणा)
2 Timothy 4:16
ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ
“अदालतमा म पहिलो पटक उपस्थित भएर मेरो कामहरूको वर्णन गर्दा”
οὐδείς μοι παρεγένετο
“कोही मसँग उभिएन र मेरो सहायता गरेन”
μὴ αὐτοῖς λογισθείη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूको विरुद्धमा यसलाई नगन्नुभएको होस्” वा “म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई मलाई छोडेको कारण दण्ड नदिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Timothy 4:17
ὁ…Κύριός μοι παρέστη
पावलले प्रभु शारीरिक रूपमा नै उनीसँग उभिनुभएको जस्तै गरेर बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुले मलाई सहायता गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैको कारण मैले प्रभुको सबै सन्देशहरू बोल्न सक्षम भएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐρύσθην ἐκ στόματος λέοντος
पावलले खतरालाई सिँहद्वारा परेको खतराको रूपमा व्यक्त गर्छन् । यो खतरा शारीरिक, आत्मिक, अथवा दुवै हुन सक्छन् । वैकल्पिक अनुवादः “म ठुलो खतराबाट बचाइएँ” (हेर्नुहोस्ः रूपक)
2 Timothy 4:19
τὸν Ὀνησιφόρου οἶκον
यहाँ “घराना”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः लक्षणा)
Ὀνησιφόρου
यो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई २ तिमोथी १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
2 Timothy 4:20
Ἔραστος…Τρόφιμον
यी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Μιλήτῳ
यो एफिससको दक्षिणमा रहेको एक सहरको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
2 Timothy 4:21
Εὔβουλος…Πούδης…Λίνος
यी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
σπούδασον…ἐλθεῖν
“आउने तरिका खोज”
πρὸ χειμῶνος
“जाडो मौसमभन्दा अगाडि”
ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ
यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ तिमीलाफ अभिवादन पठाएका छन् । पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”
Κλαυδία
यो एक स्त्रीको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οἱ ἀδελφοὶ
यहाँ “भाइहरू” शब्दले स्त्री र पुरुष सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
2 Timothy 4:22
ὁ Κύριος μετὰ τοῦ πνεύματός σου
“प्रभुले तिम्रो आत्मालाई बलियो पारून् भनी म प्रार्थना गर्दछु ।” यहाँ “तिमी” एकवचन हो र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἡ χάρις μεθ’ ὑμῶν
“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका सबै विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)