Philemon
Philemon front
फिलेमोनको परिचय
भाग १: सामान्य परिचय
फिलेमोनको पुस्तकको रूपरेखा
- पावलले फिलेमोनलाई अभिवादन गर्छन् (१:१-३)
- पावलले ओनेसिमसका बारेमा फिलेमोनलाई अनुरोध गर्छन् (१:४-२१)
- निष्कर्ष (१:२२-२५)
फिलेमोनको पुस्तक कसले लेखे ?
पावलले फिलेमोनको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । आफू ख्रीष्टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।
यो पत्र लेख्दा पावल झ्यालखानामा थिए ।
फिलेमोनको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र फिलेमोन नाम गरेका एकजना मानिसलाई लेखे । फिलेमोन एकजना ख्रीष्टिएन थिए जो कलस्सीको सहरमा बस्थे । उनको एकजना ओनेसिमस नाम गरेका दास थिए । ओनेसिमस उसको मालिकबाट भागेर गएका थियो र सम्भवतः तिनीबाट केही कुरा चोरेको पनि थियो । ओनेसिमस रोममा गए र पावललाई झ्यालखानामा भेटे ।
पावलले फिलेमोनलाई बताए कि उनले ओनेसिमसलाई उनीकहाँ फिर्ता पठाउँदैछन् । रोमी कानूनअनुसार फिलेमोनसँग ओनेसिमसलाई प्राणदण्ड दिने अधिकार थियो । तर पावलले भने कि फिलेमोनले ओनेसिमसलाई एक ख्रीष्टिएन भाइको रूपमा पुनः ग्रहण गर्नुपर्छ । फिलेमोनले ओनेसिमसलाई पावलकहाँ फर्केर आउन दिएर उनलाई झ्यालखानामा सहायता गर्न अनुमति दिनुपर्छ भनेर पनि उनले सुझाव दिए ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलेमोन” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “फिलेमोनलाई पावलको पत्र” वा “पावलले फिलेमोनलाई लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
के यस पत्रले दासत्वको अभ्यासलाई स्वीकृति दिन्छ ?
पावलले ओनेसिमसलाई पुनः उसको पुरानो मालिककहाँ फिर्ता पठाए । तर त्यसको अर्थ यो थिएन कि पावलले दासत्व एउटा स्वीकारयोग्य अभ्यास थियो भनेर ठान्थे । बरु, जुनसुकै परिस्थितिहरूको बाबदुदमा पनि मानिसहरूले परमेश्वरको सेवा गर्नुपर्छ भन्ने कुरामा पावल चासो बढी थियो ।
“ख्रीष्टमा”, “प्रभुमा”, आदि ... जस्ता अभिव्यक्तिहरूबाट पावलले के भन्न खोजेका हुन् ?
पावलले ख्रीष्ट र विश्वासीहरूसँगको एकदमै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस्तो प्रकारको अभिव्यक्तिको विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूप
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचनमा छ र त्यसले फिलेमोनलाई जनाउँछ । यसको दुई अपवादहरू १:२२ र १:२५ हुन् । त्यहाँ “तिमीहरू”ले फिलेमोन र विश्वासीहरूलाई जनाउँछ जो उनको घरमा भेला भएर भेट गर्थे । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
Philemon 1
Philemon 1:1
पावलले तीनपटक आफैँलाई यस पत्रको लेखकको रूपमा परिचय गराउँछन् । यो प्रस्ट थियो कि तिमोथी उनीसँगै थिए र र पावलले भन्दै गर्दा सम्भवतः उनले नै पावलले बोलेका शब्दहरूले लेखे । पावलले अरूहरलाई पनि अभिवादन गर्छन् जो मण्डली सेवाको लागि फिलेमोनको घरमा भेला हुने गर्दथे । यहाँ प्रयोग भएका “म”, “मलाई”, “मेरो” भन्ने सबै शब्दहरूले पावललाई जनाउँछ । फिलेमोन मुख्य व्यक्ति हुन् जसका लागि यो पत्र लेखिएको थियो । अन्य किसिमले नबताइएसम्म यहाँ प्रयोग भएका “तिमी”, र “तिम्रो” शब्दहरूले उनलाई नै जनाउँछन् र एकवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
कुनै पत्रका लेखकहरूको परिचय दिनको निम्ति तपाईंको भाषामा निश्चित प्रकारको तरिका हुन सक्छ । वैकल्पिक अनुवादः “म, पावल, ख्रीष्ट येशूको कैदी, र तिमोथी, हाम्रा भाइ, फिलेमोनलाई यो पत्र लेख्दै छौँ” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
δέσμιος Χριστοῦ Ἰησοῦ
“ख्रीष्ट येशूको खातिर एक कैदी ।” पावलको प्रचारको विरोध गर्ने मानिसहरूले उनलाई कैदमा राखेर सजाय दिएका थिए ।
ὁ ἀδελφὸς
यहाँ यसको अर्थ सङ्गी ख्रीष्टिएन हुन्छ ।
ἡμῶν
यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
καὶ συνεργῷ ἡμῶν
“जो, हामी जस्तै, सुसमाचार फैलाउनलाई काम गर्दछन्”
Philemon 1:2
ἡμῶν
यहाँ “हाम्रो” शब्दले पावल र उनीसँग भएकाहरूलाई जनाउँछ तर पाठकलाई जनाउँदैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
यहाँ “बहिनी” भनेको तिनी एक विश्वासी थिइन् भन्ने हुन्छ, र एक नातेदार चाहिँ होइन । वैकल्पिक अनुवादः “हाम्री सङ्गी विश्वासी अप्फिया” वा “हाम्री आत्मिक बहिनी अप्फिया” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἀρχίππῳ
यो फिलेमोनको साथमा मण्डलीमा भएको एउटा व्यक्तिको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τῷ συνστρατιώτῃ ἡμῶν
पावलले यहाँ अर्खिप्पसको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू दुवै सेनाका सिपाहीहरू थिए । उनको अर्थ हो कि अर्खिप्पसले सुसमाचार फैलाउनका लागि कडा मिहिनेतका साथ काम गर्छन्, जसरी पावल आफैँले कडा मिहिनेतका साथ काम गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा सङ्गी आत्मिक योद्धा” वा “जसले हामीसँगै आत्मिक लडाइँ पनि लड्छन्” (हेर्नुहोस्ः रूपक)
Philemon 1:3
χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
“परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिनुभएको होस् ।” यो एउटा आशिष् हो ।
ἡμῶν…ἡμῶν
यहाँ “हाम्रो” शब्दले पावल, उनीसँग भएकाहरू, र पाठकलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Πατρὸς
यो परमेश्वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Philemon 1:4
“हामीलाई” शब्द बहुवचनमा छ र त्यसले पाठकहरूलाई समेत गरेर पावल, उनीसँग भएकाहरू, र सारा ख्रीष्टिएनहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Philemon 1:6
ἡ κοινωνία τῆς πίστεώς σου
“तिम्रो हामीसँगको काम गराइले”
ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ
“असल कुरा जान्ने परिणाम ल्याओस्”
εἰς Χριστόν
“ख्रीष्टको कारणले गर्दा”
Philemon 1:7
τὰ σπλάγχνα τῶν ἁγίων
यहाँ “हृदयहरू” भनेको व्यक्तिको भावनाहरू वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा बताउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीले विश्वासीहरूलाई उत्साहित बनाएका छौ” वा “तिमीले विश्वासीहरूलाई सहायता गरेका छौ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
σοῦ, ἀδελφέ
“तिमी, प्रिय भाइ” वा “तिमी, प्रिय साथी ।” पावलले फिलेमोनलाई “भाइ” भनेर बोलाए किनभने तिनीहरू दुवै जना विश्वासी थिए र उनले आफूहरूको मित्रतालाई पनि जोड दिइरहेका थिए ।
Philemon 1:8
पावलले उनको अनुरोध र उनको पत्र लेख्नुको कारण भन्नलाई सुरु गर्छन् ।
πολλὴν ἐν Χριστῷ παρρησίαν
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टमा भएको अधिकार” वा २) “ख्रीष्टमा भएको साहस ।” वैकल्पिक अनुवादः “ ... साहस ... किनभने ख्रीष्टले मलाई अधिकार दिनुभएको छ”
Philemon 1:9
διὰ τὴν ἀγάπην
सम्भावित अर्थहरूः १) “किनकि तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्दछौ भनी म जान्दछु” २) “किनकि तिमीले मलाई प्रेम गर्दछौ” ३) “किनकि म तिमीलाई प्रेम गर्दछु”
Philemon 1:10
Ὀνήσιμον
ओनेसिमस एक पुरुषको नाउँ हो । तिनी सम्भवतः फिलेमोनका दास थिए र त्यहाँबाट केही चोरेर भागेका थिए ।
“मेरो छोरा ओनेसिमस ।” पावलले ओनेसिमससँगको उनको मित्रताको सम्बन्ध चाहिँ बाबु छोराले एक अर्कालाई गर्ने प्रेम जस्तै हो भनेर बताउँछन् । ओनेसिमस पावलका वास्तविक छोरा थिएनन्, तर पावलले तिनलाई येशूको बारेमा बताउँदा तिनले आत्मिक जीवन प्राप्त गरे, र पावलले तिनलाई प्रेम गर्थे । वैकल्पिक अनुवादः “मेरो आत्मिक छोरा ओनेसिमस” (हेर्नुहोस्ः रूपक)
“ओनेसिमस” नामको अर्थ “फाइदाजनक” वा “उपयोगी” भन्ने हुन्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τέκνου, ὃν ἐγέννησα
यहाँ “पिता बनेँ” भनेको एउटा अलङ्कार हो जसको अर्थ पावलले ओनेसिमसलाई ख्रीष्टमा ल्याए भन्ने हुन्छ । वैकल्पिक अनुवादः “म साङ्लामा हुँदा, जब मैले उसलाई ख्रीष्टको विषयमा सिकाएँ, उसले नयाँ जीवन प्राप्त गरेर मेरो आत्मिक छोरो बन्यो” वा “जो म साङ्लामा हुँदा मेरो लागि एउटा छोरा झैँ बन्यो” (हेर्नुहोस्ः रूपक)
ἐν τοῖς δεσμοῖς
कैदीहरू प्राय जसो साङ्लामा बाँधिएका हुन्थे । ओनेसिमसलाई सिकाउँदा पावल कैदमा थिए, र यो पत्र लेख्दा समेत उनी कैदमा नै थिए । वैकल्पिक अनुवादः “जब म झ्यालखानामा थिएँ ... जब म झ्यालखानामा छु” (हेर्नुहोस्ः लक्षणा)
Philemon 1:12
ὃν ἀνέπεμψά σοι
पावलले सम्भवतः ओनेसिमसलाई अर्का विश्वासीसँग पठाइरहेका थिए जसले यो पत्र बोकेका थिए ।
यहाँ “मुटु” भनेको व्यक्तिको भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । “जो मेरो मुटुको टुक्रा हो” भन्ने वाक्यांश कसैलाई प्रेम गरेको कुरालाई जनाउने अलङ्कार हो । पावलले ओनेसिमसको बारेमा यो भनिरहेका थिए । वैकल्पिक अनुवादः “जसलाई मैले धेरै प्रेम गर्दछु” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Philemon 1:13
ἵνα ὑπὲρ σοῦ μοι διακονῇ
“त्यसकारण, तिमी यहाँ हुन नसक्ने भएकोले गर्दा, उसले मलाई सहायता गर्न सक्ने थियो” वा “तिम्रो साटोमा उसले मलाई सहायता गर्न सक्ने थियो”
ἐν τοῖς δεσμοῖς
कैदीहरू प्राय जसो साङ्लामा बाँधिएका हुन्थे । ओनेसिमसलाई सिकाउँदा पावल कैदमा थिए, र यो पत्र लेख्दा समेत उनी कैदमा नै थिए । वैकल्पिक अनुवादः “जब म झ्यालखानामा छु” (हेर्नुहोस्ः लक्षणा)
पावलले सार्वजनिक रूपमा सुसमाचार प्रचार गरेकाले उनी झ्यालखानामा थिए । यसलाई प्रस्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने म सुसमाचार प्रचार गर्दछु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philemon 1:14
पावलले विपरीत कुराको अर्थ दिनलाई युगल अकरणको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर यदी तिमीले स्वीकृति दियौ भने मात्र उसलाई म मेरो साथमा राख्न चाहन्थेँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
“मैले तिमीलाई अह्राएको कारणले होइन, तर तिमी आफैँले यो गर्न चाहेको कारणले तिमीले यो असल काम गरेको म चाहन्थेँ”
ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ
“तर तिमीले ठीक कुरा गर्नलाई स्वेच्छाले छानेको हुनाले”
Philemon 1:15
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शायद परमेश्वरले ओनेसिमसलाई तिमीबाट केही समयको लागि टाढा लानुभएको कारण यसकारणले थियो कि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“यो समयभरी”
Philemon 1:16
ὑπὲρ δοῦλον
“दासभन्दा पनि बढी मूल्यवान्”
ἀδελφὸν
“एउटा प्यारो भाइ” वा “ख्रीष्टमा एउटा मूल्यवान भाइ”
“ऊ तिम्रो लागि अझ बढी महत्त्वको हुन्छ”
“एउटा मानिसको रूपमा ... दुवै गरी ।” पावलले ओनेसिमस एक विश्वासयोग्य सेवक बनेको कुरालाई जनाइरहेका छन् । (हेर्नुहोस्ः रूपक)
ἐν Κυρίῳ
“प्रभुमा एउटा भाइको रूपमा” वा “किनभने ऊ प्रभुको हो”
Philemon 1:17
εἰ…με ἔχεις κοινωνόν
“यदि तिमीले मलाई ख्रीष्टको निम्ति एउटा सङ्गी सहकर्मी सम्झन्छौ भने”
Philemon 1:18
“तिम्रो ऋृणी म नै हुँ भनेर भनिदेऊ”
Philemon 1:19
ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί
“म पावल, आफैँले यो लेख्दै छु ।” पावलले यो भाग आफैँले लेखे ताकि फिलेमोनलाई थाहा होस् कि ती शब्दहरू साँच्चै पावलबाटै थिए । पावलले साँच्चै नै उसलाई तिर्ने थिए ।
ἵνα μὴ λέγω σοι
“मैले तिमीलाई सम्झना गराउन आवश्यक छैन” वा “तिमीलाई अघि नै थाहा छ ।” फिलेमोनलाई यो बताउन जरुरी छैन भनेर पावलले भन्छन्, तरैपनि उनलाई बताउँछन् । यसले पावलले उनलाई भनिरहेका सत्यतालाई जोड दिन्छ । (हेर्नुहोस्ः व्यङ्ग्य)
καὶ σεαυτόν μοι προσοφείλεις
“तिम्रो आफ्नै जीवनको निम्ति म प्रति ऋृणी छौ ।” पावलले बताउन खोजिरहेका थिए फिलेमोनले ओनेसिमस वा पावल उनीप्रति ऋृणी थिए भनेर भन्नुहुँदैन किनभने फिलेमोन पावलका अझ बढी ऋृणी थिए । पावलको अगि फिलेमोन आफ्नै जीवनको निम्ति ऋृणी हुनुको कारणलाई स्पष्टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिम्रो जीवन बचाएको कारणले गर्दा तिमी मप्रति झन् धेरै ऋृणी भएका छौ” वा “तिमी मप्रति आफ्नै जीवनको ऋृणी छौ किनकि मैले भनेको कुराले तिम्रो जीवन बचायो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philemon 1:20
ἀνάπαυσόν μου τὰ σπλάγχνα
यहाँ “ताजा बनाउनु” भनेको सान्तवना दिनु वा हौसला दिनुको लागि एउटा अलङ्कार हो । यहाँ “हृदय” भनेको व्यक्तिको भावनाहरू, सोचहरू, वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । फिलेमोनले उनको हृदय कसरी ताजा पारेको पावलले चाहन्छन् भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई ख्रीष्टमा उत्साह देऊ” वा “मलाई ख्रीष्टमा सान्त्वना देऊ” वा “ओनेसिमसलाई दयापूर्वक रीतिले स्वीकार गरेर मेरो हृदयलाई ख्रीष्टमा ताजा बनाइदेऊ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philemon 1:21
पावलले उनको पत्रलाई अन्त गर्छन् र फिलेमोन र उनको घरमा मण्डली सेवाको लागि भेला हुने विश्वासीहरूलाई आशिष् दिन्छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Philemon 1:22
पावलले उनको पत्रलाई अन्त गर्छन् र फिलेमोन र उनको घरमा मण्डली सेवाको लागि भेला हुने विश्वासीहरूलाई आशिष् दिन्छन् ।
Philemon 1:21
“मैले जे भन्छु त्यो कुरा तिमीले गर्नेछौ भनी म ढुक्क छु”
Philemon 1:22
ἅμα
“साथै”
“तिम्रो घरमा मेरो निम्ति एउटा कोठा तयार पारिदेऊ ।” पावलले उनको निम्ति यो गर्न फिलेमोनलाई अनुरोध गरे ।
χαρισθήσομαι ὑμῖν
“तिमीकहाँ जान सकूँ भनेर मलाई कैदमा राख्नेहरूले मलाई स्वतन्त्र गर्नेछन् ।”
Philemon 1:23
Ἐπαφρᾶς
यिनी एक सङ्गी विश्वासी र पावलसँगै भएका एक कैदी हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
“जो मसँग झ्यालखानामा छन् किनभने उनले ख्रीष्ट येशूको सेवा गर्छन्”
Philemon 1:24
“मेरा सङ्गी सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीहरूलाई अभिवादन पठाउँछन्”
Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς
यिनीहरू पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
οἱ συνεργοί μου
“ती मानिसहरू जसले मसँगै काम गर्छन्” वा “जुनहरू सबैले मसँग काम गर्छन् ।”
Philemon 1:25
यहाँ “तिमीहरूको” शब्दले फिलेमोन र उनको घरमा भेला हुनेहरू सबैलाई जनाउँछ । “तिमीहरूको आत्मा” भनेको प्रतिस्थापकीय शब्दहरू हुन् र मानिसहरू आफैँलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “हाम्रा प्रभु येशू ख्रीष्ट तिमीहरूप्रति दयालु हुनुभएको होस्” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि उपलक्षण)