Philippians
Philippians front
फिलिप्पीहरूको परिचय
भाग १: सामान्य परिचय
फिलिप्पीहरूको पुस्तकको रूपरेखा
- अभिवादन, धन्यवादज्ञापन र प्रार्थना (१:१-११)
- पावलको आफ्नो सेवाकाइको लागि उनको प्रतिवेदन (१:१२-२६)
- निर्देशनहरू
- दृढ रहन (१:२७-३०)
- एकीकृत हुन (२:१-२)
- नम्र हुन (२:३-११)
- परमेश्वरले तिमीहरूमा काम गर्नुभएर हाम्रो उद्धारको काम गर्न (२:१२-१३)
- निर्दोष र ज्योति हुन (२:१४-१८)
- तिमोथी र इपाफ्रोडिटस (२:१९-३०)
- झूटा शिक्षकहरूको बारेमा चेतावनी (३:१-४:१)
- व्यक्तिगत निर्देशन (४:२-५)
- आनन्द मनाओ र नआत्तिओ (४:४-६)
- अन्तिम टिप्पणीहरू -- मूल्यमान्यताहरू (४:८-९)
- सन्तुष्टि (४:१०-२०)
- आखिरी अभिवादनहरू (४:२१-२३)
फिलिप्पीहरूको पुस्तक कसले लेखे ?
पावलले फिलिप्पीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनी रोममा झ्यालखानामा हुँदा लेखे ।
फिलिप्पीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र फिलिप्पीमा भएका विश्वासीहरूलाई लेखे, जुन चाहिँ माकेडोनियामा भएको एक सहर हो । फिलिप्पीहरूले उनलाई पठाएका उपहारको लागि तिनीहरूलाई धन्यवाद दिनका निमित्त उनले यो पत्र लेखे । उनले झ्यालखानामा कसरी समय बिताइरहेका छन् भनेर बताउन र तिनीहरूले दुःख भोग गरिरहेका भएतापनि आनन्द मनाउनको लागि तिनीहरूलाई उत्साह दिन उनी चाहन्थे । उनले तिनीहरूलाई इपाफ्रोडिटस नाम गरेका एकजना व्यक्तिको बारेमा पनि लेखे । तिनी नै पावललाई उपहार ल्याइदिने व्यक्ति थिए । पावलसँग भेटघाट गरिरहेको बेलामा, इपाफ्रोडिटस बिरामी परे । त्यसैले, पावलले उनलाई फिलिप्पीहरूकहाँ फिर्ता पठाउने निर्णय गरे । पावलले इपाफ्रोडिटसलाई स्वागत गर्न र तिनी फर्किँदा तिनीप्रति दयालु बन्न फिलिप्पीमा भएका विश्वासीहरूलाई प्रोत्साहन गरे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “फिलिप्पीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “फिलिप्पीमा भएको मण्डलीलाई पावलको पत्र” वा “फिलिप्पीमा भएका ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
फिलिप्पीको सहर कस्तो खालको थियो ?
फिलिप्पी माकेडोनियाको क्षेत्रमा फिलिपद्वारा स्थापित गरिएको थियो, जो अलेक्जेन्डर महान्का पिता थिए । यसको अर्थ हो कि फिलिप्पीका नागरिकहरूलाई रोमका नागरिकहरू भनेर पनि मानिन्थ्यो । फिलिप्पीका नागरिकहरू रोमका नागरिकहरू भएकामा गर्व गर्दथे । तर पावलले विश्वासीहरूलाई बताए कि तिनीहरू स्वर्गका नागरिकहरू हुन् (३:२०) ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचन रूपहरू
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र फिलिप्पीमा भएका विश्वासीहरूलाई जनाउँछ । यसको अपवाद ४:३ हो । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
यस पत्रमा “ख्रीष्टको क्रूसका शत्रुहरू” (३:१८) को-को थिए ?
“ख्रीष्टको क्रूसका शत्रुहरू” भनेका सम्भवतः ती मानिसहरू थिए जसले आफैँलाई विश्वासीहरू भन्थे, तर परमेश्वरका आज्ञाहरूको पालना गर्दैनथे । तिनीहरू ठान्थे कि ख्रीष्टमा भएको स्वतन्त्रताको अर्थ विश्वासीहरूले तिनीहरूले जे चाहे सोही गर्न सक्थे र परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहने थिएन (३:१९) ।
किन यस पत्रमा “आनन्द” र “हर्ष मनाउनु” जस्ता शब्दहरू बारम्बार प्रयोग गरिएका छन् ?
पावलले यो पत्र लेख्दा उनी झ्यालखानामा थिए (१:७) । उनले कष्ट काटिरहेका भएतापनि, पावलले भने कि उनी आनन्दले पूर्ण थिए किनभने परमेश्वर उनीप्रति येशू ख्रीष्टद्वारा दयालु हुनुभएको थियो । त्यस्तै प्रकारको भरोसा येशू ख्रीष्टमा राख्नको लागि उनले आफ्ना पाठकहरूलाई उत्साह दिन चाहन्थे । (हेर्नुहोस्ः व्यङ्ग्य)
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
यस प्रकारको अभिव्यक्ति १:१, ८, १३, १४, २६, २७; २:१, ५, १९, २४, २९; ३:१, ३, ९, १४; ४:१, २, ४, ७, १०, १३, १९, २१ मा आउँछ । पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
फिलिप्पीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
- केही संस्करणहरूमा यो पत्रको आखिरी पदको अन्तमा “आमेन्” छ (४:२३) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा त्यो छैन । यदि “आमेन”लाई उल्लेख गरिन्छ भने, त्यो फिलिप्पीहरूको पुस्तकमै भएको कुरा मूल कुरा होइन भनेर सङ्केत दिनको लागि त्यसलाई ठूला कोष्ठकहरूमा ([]) राखिनुपर्छ ।
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Philippians 1
फिलिप्पीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले यस पत्रको सुरुवातमा एउटा प्रार्थनालाई समावेश गर्छन् । त्यस समयमा, धार्मिक अगुवाहरूले अनौपचारिक पत्रहरूलाई कहिलेकाहीँ प्रार्थनाका साथ सुरु गर्थे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टको दिन
यसले सम्भवतः ख्रीष्ट फर्कनुहुने दिनलाई जनाउँछ । पावलले धेरैपटक ख्रीष्टको पुनरागमनलाई ईश्वरीय जीवन जिउनको लागि प्रेरणा दिने कुरासँग जोड्थे । (हेर्नुहोस्ः ईश्वरीय, ईश्वरभक्ति)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन भनेको एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २१ मा भएको भनाइ एउटा विरोधाभासी कथन होः “मर्नु चाहिँ लाभ हो ।” यो किन सत्य हो भनेर पावलले पद २३ मा व्याख्या गर्छन् । (फिलिप्पीहरू १:२१)
Philippians 1:1
पावल र तिमोथीले यो पत्र फिलिप्पीमा भएको मण्डलीलाई लेखेका थिए । किनकि पत्रको पछिल्लो भागमा पावलले “म” लेख्छन्, सामान्यतया उनी नै यस पत्रका लेखक हुन् र पावलसँगै रहेका तिमोथीले चाहिँ पावलले भन्दै गर्दा यो लेखेका हुन् भनेर अनुमान गरिन्छ । यहाँ प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्ने शब्दहरूले फिलिप्पीका मण्डलीका विश्वासीहरूलाई जनाउँछन् र यी बहुवचनमा प्रयोग भएका छन् । “हाम्रा” भन्ने शब्दले ख्रीष्टमा भएका सबै विश्वासीहरूलाई जनाउँछ जसमा पावल, तिमोथी र फिलिप्पीका विश्वासीहरू पनि पर्दछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि समावेशी “हामी”)
यदि तपाईंको भाषामा पत्रको लेखकहरूको परिचय दिने कुनै विशेष तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
“तिमोथी, जो ख्रीष्ट येशूका सेवकहरू हौँ”
यसले तिनीहरूलाई जनाउँछ जसलाई परमेश्वरले ख्रीष्टसँग एउटै भएर उहाँको हुनलाई चुन्नुभयो । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूमा भएका परमेश्वरका सबै मानिसहरू” वा “तिनीहरू सबै जो परमेश्वरका हुन् किनभने तिनीहरू ख्रीष्टसँगै एक भएका छन्”
“मण्डलीका अगुवाहरू”
Philippians 1:3
ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
यहाँ “तिमीहरूलाई सम्झनु” भन्ने कुराको अर्थ त्यो समय हो जब पावलले प्रार्थना गर्दा उनले फिलिप्पीहरूका बारेमा सोच्छन् । वैकल्पिक अनुवादः “हेरक पल्ट जब म तिमीहरूको बारेमा सोच्छु”
Philippians 1:5
τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον
फिलिप्पीहरूले पनि मानिसहरूलाई सुसमाचार प्रचार गर्ने कुरामा भाग लिएका हुनाले पावलले परमेश्वरलाई धन्यवाद व्यक्त गरिरहेका छन् । तिनीहरूले उनको लागि प्रार्थना गरिरहेका वा उनले यात्रा गरेर अरूहरूलाई बताउन सकून् भनेर पैसा पठाइरहेका कुरालाई उनले जनाइरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले मलाई सुसमाचारलाई घोषणा गर्नको लागि सहायता गरिरहेका छौ” (हेर्नुहोस्ः लक्षणा)
Philippians 1:6
πεποιθὼς αὐτὸ τοῦτο
“मलाई पक्का छ”
ὁ ἐναρξάμενος
“परमेश्वर, जसले प्रारम्भ गर्नुभयो”
Philippians 1:7
“यो मेरो निम्ति ठीक छ” वा “यो मेरो निम्ति असल छ”
यहाँ “हृदय” भनेको व्यक्तिको संवेगहरूको लागि प्रतिस्थापन शब्द हो । यस वाक्पद्धतिले कडा स्नेहलाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “म तिमीहरूलाई धेरै प्रेम गर्छु” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू)
συνκοινωνούς μου τῆς χάριτος…ὄντας
“मसँगै अनुग्रहको सहभागी भएका छौ” वा “मसँगै अनुग्रहको भाग पाएका छौ”
Philippians 1:8
“परमेश्वर जान्नुहुन्छ” वा “परमेश्वरले बुझ्नुहुन्छ”
ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ
भाववाचक नामपद शब्द “अनुकम्पा”लाई “प्रेम गर्नु” भन्ने क्रियापदको साथमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र ख्रीष्ट येशूले हामी सबैलाई प्यारो गरेर प्रेम गर्नुभए झैँ म तिमीहरूलाई प्रेम गर्छु” (हेर्नुहोस्ः भाववाचक नाम)
Philippians 1:9
पावल फिलिप्पीका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् र प्रभुको निम्ति भएकोदुःखभोगमा रहेको आनन्दको विषयमा कुराकानी गर्छन् ।
पावलले प्रेमको विषयमा त्यो कुनै थोक भए झैँ गरेर बताउँछन् जसलाई मानिसहरूले थप परिमाणमा लिन सक्थे । वैकल्पिक अनुवादः “बढोस्” (हेर्नुहोस्ः रूपक)
यहाँ “समझ”को अर्थ परमेश्वरको बारेमा भएको बुझाइ हो । यसलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई के कुराले प्रसन्न तुल्याउँछ भन्ने विषयमा जब तिमीहरूले झन् धेरै सिक्छौ र बुझ्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 1:10
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα
यसले चीजहरूलाई जाँच्ने र राम्रो लाग्ने कुराहरूलाई मात्र लिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जाँच गर र छान”
τὰ διαφέροντα
“जुन परमेश्वरलाई सबैभन्दा धेरै प्रसन्न पार्ने खालको छ”
εἰλικρινεῖς καὶ ἀπρόσκοποι
“सच्चा” र “दोषरहित” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । नैतिक शुद्धतालाई जोड दिनको निम्ति पावलले यी शब्दहरूलाई जोड्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपमा दोषरहित” (हेर्नुहोस्ः प्रतिरूपी)
Philippians 1:11
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ
केही कुराले भरिनु भनेको एउटा अलङ्कार हो जसले त्यसद्वारा चिनिनु वा त्यसलाई बानीको रूपमा गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । “धार्मिकताको फल”को सम्भावित अर्थहरू हुन् कि १) यो एउटा अलङ्कार हो जसले धर्मी आचरणलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “धर्मी कुरालाई बानीको रूपमा गर्नु किनभने येशू ख्रीष्टले तिमीहरूलाई सक्षम बनाउनुहुन्छ” वा २) यो एउटा अलङ्कार हो जसले असल कार्यहरूलाई धर्मी हुनुको प्रतिफलको रूपमा प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “बानीको रूपमा असल कार्यहरू गर्नु किनभने येशूले तिमीहरूलाई धर्मी बनाउनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले कसरी परमेश्वरलाई सम्मान गर्छौ भनेर त्यसपछि अरू मानिसहरूले देख्नेछन्” वा २) “तब तिमीहरूले गर्ने असल कामहरू देखेर मानिसहरूले परमेश्वरलाई प्रशंसा गर्नेछन् र उहाँलाई सम्मान दिनेछन् ।” यी वैकल्पिक अनुवादहरूमा एउटा नयाँ वाक्यको आवश्यकता हुन सक्छ ।
Philippians 1:12
“सुसमाचार प्रचार-प्रसार”को कारण दुई वटा कुरा भएका छन् भनेर पावल भन्छन्ः उनी झ्यालखानामा किन छन् भन्ने कुरा महलभित्र र बाहिरका धेरै मानिसहरूले थाहा पाएका छन्, र सुसमाचारको घोषणा गर्न अब अरू ख्रीष्टिएनहरू कुनै डर मान्दैनन् ।
यहाँ “अब” भन्ने शब्द चाहिँ पत्रको एउटा नयाँ भागलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ ।
ἀδελφοί
यहाँ यसको अर्थ सङ्गी-ख्रीष्टियानहरू हो, जसमा पुरूषहरू र स्त्रीहरू दुवै समावेश गरिएका छन्, किनभने ख्रीष्टमा सबै विश्वासीहरू एउटा आत्मिक परिवारका सदस्यहरू हुन्, जसमा परमेश्वर चाहिँ तिनीहरूका स्वर्गीय पिताको रूपमा हुनुहुन्छ ।
τὰ κατ’ ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν
पावलले झ्यालखानामा हुँदाको आफ्नो समयको विषयमा बताउँदै छन् । वैकल्पिक अनुवादः “येशूको बारेमा प्रचार गरेकोले मलाई झ्यालखानामा राखिएको कारण मैले भोग्नु परेका कुराहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν
“धेरै मानिसहरूलाई सुसमाचार सुन्न लगाएको छ”
Philippians 1:13
δεσμούς μου
“ख्रीष्टमा भएका साङ्लाहरू” भनेको ख्रीष्टको खातिर झ्यालखानामा हुनु भन्ने कुरालाई जनाउने प्रतिस्थापन शब्दहरू हुन् । “प्रकाशमा आयो” भनेको “थाहा हुन गयो” भन्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यो कुरा थाहा हुन गयो कि म ख्रीष्टको खातिर झ्यालखानामा छु” (हेर्नुहोस्ः रूपक)
ὥστε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “महलका रक्षकहरू र रोमका धेरै अरू मानिसहरूले म ख्रीष्टको खातिर साङ्लाहरूमा छु भन्ने कुरा जान्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοὺς δεσμούς μου…ἐν Χριστῷ
यहाँ पावलले “मा” भन्ने सम्बन्दसूचक शब्दलाई “ ... को खातिर” भन्ने कुराको अर्थ दिनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “ख्रीष्टको खातिर भएका मेरा साङ्लाहरू” वा “ ... मेरा साङ्लाहरू किनभने म मानिसहरूलाई ख्रीष्टको बारेमा सिकाउँछु”
यहाँ “साङ्लाहरू” शब्द भनेको कारावासको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मेरो कारावास” (हेर्नुहोस्ः लक्षणा)
πραιτωρίῳ
यो सिपाहीहरूको एउटा समूह हो जसले रोमी सम्राटलाई रक्षा गर्न सहयोग गर्दथ्यो ।
Philippians 1:14
πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν
“नडराइकन परमेश्वरको सन्देश बोल्नु”
Philippians 1:15
τινὲς μὲν καὶ…τὸν Χριστὸν κηρύσσουσιν
“केही मानिसहरूले ख्रीष्टको बारेमा भएको सुसमाचार प्रचार गर्छन्”
“किनकि मानिसहरूले मलाई सुनेका तिनीहरू चाहँदैनन्, र तिनीहरू समस्या उत्पन्न गर्न चाहन्छन्”
“तर अरू मानिसहरूले यसो गर्छन् किनकि तिनीहरू दयालु छन् र तिनीहरू सहायता गर्न चाहन्छन्”
Philippians 1:16
“जसले सद्भावको कारण ख्रीष्टलाई प्रचार गर्छन्”
εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् वैकल्पिक अनुवादः १) “सुसमाचारको बचाउ गर्न परमेश्वरले मलाई चुन्नुभयो” वा २) “मैले सुसमाचारको समर्थन गरेको कारण म झ्यालखानामा छु किनभने म सुसमाचारको बचाउ गर्छु ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς ἀπολογίαν τοῦ εὐαγγελίου
“येशूको सन्देश सत्य हो भनेर सबैलाई सिकाउनको निम्ति”
Philippians 1:17
“तर अरूहरू” वा “तर ईर्ष्या र बेमेलमा ख्रीष्टलाई घोषणा गर्नेहरू”
δεσμοῖς
यहाँ “साङ्लाहरू” भन्ने शब्द कारावासको निम्ति एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “जब म कारावासमा छु” वा “जब म झ्यालखानामा छु” (हेर्नुहोस्ः लक्षणा)
Philippians 1:18
τί γάρ
उनले फिलिप्पीहरू १५-१७ मा लेखेको उनको अवस्थाको बारेमा उनले कसरी अनुभव गर्छन् भनेर बताउनको लागि पावलले यो प्रश्नको प्रयोग गर्छन् । सम्भावित अर्थहरू हुन् १) कि यो एउटा वाक्पद्धति हो जसको अर्थ “त्यसले फरक पार्दैन” भन्ने हुन्छ । वा २) “के म यसको बारेमा सोचूँ” भन्ने शब्दहरूलाई यस प्रश्नको हिस्साको रूपमा बुझिएका छन् । वैकल्पिक अनुवादः “त्यसोभए के म यसको बारेमा सोचूँ ?” वा “मैले सोच्ने यसैको बारेमा हो” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि शब्दलोप)
“जबसम्म मानिसहरूले ख्रीष्टको बारेमा प्रचार गर्छन्, तिनीहरूले त्यो असल आशय वा खराब आशयको लागि गर्छन् भन्ने कुराले फरक पार्दैन”
“म खुशी छु किनभने मानिसहरूले येशूको बारेमा प्रचार गरिरहेका छन्”
χαρήσομαι
“म उत्सव मनाउनेछु” वा “म हर्क मान्नेछु”
Philippians 1:19
“किनभने मानिसहरूले ख्रीष्टलाई घोषणा गर्छन्, परमेश्वरले मलाई छुटकारा दिनुहुनेछ”
οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν
यहाँ “छुटकारा” भनेको भाववाचक नामपद शब्द हो जसले कोही व्यक्तिले अर्को कुनै व्यक्तिलाई कतै सुरक्षित स्थानमा ल्याउने कुरालाई जनाउँछ । तपाईंले स्पष्ट पारेर बताउनुपर्ने हुन सक्छ कि यो परमेश्वर हुनुहुन्छ जसले उनलाई छुटकारा दिनुहुनेछ भनेर पावल अपेक्षा गर्छन् । वैकल्पिक अनुवादः “मलाई कतै सुरक्षित स्थानमा ल्याइने कुरामा” वा “परमेश्वरले मलाई कतै सुरक्षित स्थानमा ल्याउनुहुने कुरामा” (हेर्नुहोस्ः भाववाचक नाम)
“किनकि तिमीहरूले प्रार्थना गरिरहेका छौ र येशू ख्रीष्टको आत्माले मलाई सहायता गरिरहनुभएको छ”
τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ
“पवित्र आत्मा”
Philippians 1:20
ἀποκαραδοκίαν καὶ ἐλπίδα
यहाँ “उत्सुक अपेक्षा” र “निश्चित आशा” भन्ने वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छन् । पावलले उनको अपेक्षा कति बलियो छ भन्ने कुरामा जोड दिनको निम्ति तिनीहरूलाई एकैसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म उत्सुकताका साथ र निश्चित रूपमा आशा गर्छु” (हेर्नुहोस्ः प्रतिरूपी)
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου
यो पावलको अपेक्षा र आशाको भाग हो । वैकल्पिक अनुवादः “तर यो कि म धेरै साहसी हुनेछु”
ἐν τῷ σώματί μου
“मेरो शरीर” भन्ने वाक्यांश चाहिँ पावलले उनको शरीरसँग गर्ने कामहरूका लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “मैले गर्ने कामहरूद्वारा म ख्रीष्टलाई सम्मान गर्नेछु” वा २) “मानिसहरूले मैले गर्ने कामहरूको कारण ख्रीष्टलाई प्रशंसा गर्नेछन्” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου
“चाहे म मरौँ वा बाचौँ” वा “चाहे म जीवित रहि रहौँ वा म मरौँ”
Philippians 1:21
यी शब्दहरू जोडदार छन् । यो पावलको व्यक्तिगत अनुभव हो भनेर तिनीहरूले संकेत गर्छन् ।
यहाँ ख्रीष्टलाई खुशी पार्ने र सेवा गर्ने कुरा चाहिँ जिउनुको लागि भएको पावलको एकमात्र उद्देश्यको रूपमा बताइएको छ । वैकल्पिक अनुवादः “जिइरहनु भनेको ख्रीष्टलाई प्रसन्न पार्नलाई पाएको एउटा अवसर हो” (हेर्नुहोस्ः रूपक)
κέρδος
यहाँ मृत्युलाई “लाभ”को रूपमा बताइएको छ । “लाभ”को लागि सम्भावित अर्थहरू हुन् १) पावलको मृत्युले सुसमाचारको सन्देश फैलाउन मदत पुर्याउनेछ वा २) पावल अझ राम्रो अवस्थामा हुनेछन् । (हेर्नुहोस्ः रूपक)
Philippians 1:22
ἐν σαρκί
यहाँ “शरीर” शब्द चाहिँ जिउको लागि प्रतिस्थापन शब्द हो, र “शरीरमा जिउनु” भनेको चाहिँ जीवित रहनुलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तर यदि म शरीरमा जीवित रहनु हो भने” वा “तर यदि म ... जिउरहनु हो भने” (हेर्नुहोस्ः लक्षणा)
“तर मैले के कुरा छान्नुपर्छ ?”
τοῦτό μοι καρπὸς ἔργου
यहाँ “फल” भन्ने शब्दले पावलका कामहरूका असल नतिजाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यसको अर्थ हो कि म काम गर्न सक्नेछु मेरा कामहरूले असल प्रतिफलहरू ल्याउनेछन्” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 1:23
συνέχομαι δὲ ἐκ τῶν δύο
जिउनु वा मर्नुको बीचमा छनोट गर्नको लागि उनलाई कति कठिन छ भन्ने विषयमा पावलले यसरी बताउछन् कि मानौँ चट्टान वा काठका मुडाहरूजस्ता दुईवटा गह्रौँ वस्तुहरूले पावललाई दुईतिरबाट एकै समयमा थिचिरहेका थिए । तपाईंको भाषामा यी वस्तुहरूले थिचेका छन् भन्नु भन्दा पनि तानेका छन् भन्दा अर्थ आउन सक्छ । वैकल्पिक अनुवादः “म तनावमा छु । मलाई थाहा छैन मैले जिउने वा मर्नेमध्ये कुनलाई चुन्नुपर्छ” (हेर्नुहोस्ः रूपक)
यहाँ पावलले उनी मर्नको निम्ति भयभीत छैनन् भन्ने कुरालाई देखाउनको निम्ति एउटा शिष्टोक्तिको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म मर्न चाहन्छु किनभने म ख्रीष्टसँगै हुनको निम्ति जानेछु” (हेर्नुहोस्ः व्यञ्जना)
Philippians 1:25
καὶ τοῦτο πεποιθὼς
“किनकि मलाई पक्का गरी थाहा छ कि म जीवित रहनु तिमीहरूका निम्ति उत्तम छ”
μενῶ
“म जान्दछु कि म जीवितै रहनेछु” वा “म जान्दछु कि म बाँचिरहनेछु”
Philippians 1:26
“त्यसैले मेरो कारण” वा “त्यसैले मैले गर्ने कुराको कारण”
Philippians 1:27
“एउटै आत्मामा दृढ भएर खडा हुनु” र “एउटै मनको भएर कडा सङ्घर्ष गर्नु” भन्ने वाक्यांशहरूको समान अर्थ हुन्छ र एकताको महत्त्वलाई जोड दिन्छन् । (हेर्नुहोस्ः समान्तरता)
“कडा सङ्घर्ष गर्दै, एउटै मनको भएर ।” एक अर्कासँग सहमत हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो भनेको एउटै मन हुनु हो । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत हुँदै र एकसाथ सङ्घर्ष गर्दै” (हेर्नुहोस्ः रूपक)
συναθλοῦντες
“एकसाथ कडा परिश्रम गर्दै”
τῇ πίστει τοῦ εὐαγγελίου
सम्भावित अर्थहरू हुन् १) “सुसमाचारमा आधारित विश्वासलाई फैल्याउनको निम्ति” वा “सुसमाचारले हामीलाई सिकाए झैँ गरी विश्वास गर्न र जिउन”
Philippians 1:28
μὴ πτυρόμενοι ἐν μηδενὶ
यो फिलिप्पीका विश्वासीहरूको निम्ति एउटा आज्ञा हो । यदि तपाईंको भाषामा आज्ञा दिनलाई बहुवचनको रूप छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις
“परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ भन्ने कुरा तिमीहरूको साहसले तिनीहरूलाई देखाउनेछ । परमेश्वरले तिमीहरूलाई बचाउनुहुनेछ भन्ने कुरा पनि यसले तिमीहरूलाई देखाउनेछ”
τοῦτο ἀπὸ Θεοῦ
“र यो परमेश्वरबाटको हो ।” सम्भावित अर्थहरू हुन् कि “यस” शब्दले १) विश्वासीहरूको साहस वा २) चिन्ह वा) विनाश र उद्धारलाई जनाउँछ ।
Philippians 1:30
τὸν αὐτὸν ἀγῶνα
“मैले कष्ट भोगेको तिमीहरूले देखेको जस्तै, र तिमीहरू सुन्छौ कि मैले अझै पनि कष्ट भोगिरहेको छु, त्यसरी नै तिमीहरूले पनि कष्ट भोगिरहेका छौ”
Philippians 2
फिलिप्पीहरू ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले, जस्तै कि यूएलटीले, ६-११ पदहरूका पङ्क्तिहरूलाई अलग राख्छन् । यी पदहरूले ख्रीष्टको उदाहरणलाई वर्णन गर्छन् । तिनले येशूको व्यक्तित्वको बारेमा भएका महत्त्वपूर्ण सत्यताहरू सिकाउँछन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
व्यवहारिक निर्देशनहरू
यस अध्यायमा पावलले फिलिप्पीमा भएको मण्डलीलाई थुप्रै व्यवहारिक निर्देशनहरू दिन्छन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“यदि त्यहाँ केही ... छ भने”
यो एक प्रकारको परिकल्पित भनाइ जस्तो देखिन्छ । तापनि, यो परिकल्पित भनाइ भने होइन किनभने यसले केही सत्य कुरालाई नै व्यक्त गर्छ । अनुवादकले यस वाक्यांशलाई “किनकि त्यहाँ ... छ” भनेर पनि गर्न सक्छन् ।
Philippians 2:1
εἴ τις…παράκλησις ἐν Χριστῷ
पावल विश्वासीहरूलाई एकता र नम्रता धारण गर्नलाई सल्लाह दिन्छन् र तिनीहरूलाई ख्रीष्टको उदाहरणको सम्झना दिलाउँछन् ।
εἴ τις…παράκλησις ἐν Χριστῷ
“यदि ख्रीष्टले तिमीहरूलाई उत्साह दिनुभएको छ भने” वा “यदि तिमीहरू ख्रीष्टको कारण उत्साहित भएका छौ भने”
εἴ τι παραμύθιον ἀγάπης
“प्रमबाट” भन्ने वाक्यांशले सम्भवतः फिलिप्पीहरूको लागि भएको ख्रीष्टको प्रेमलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि उहाँको प्रेमले तिमीहरूलाई केही सान्त्वना दिएको छ भने” वा “यदि उहाँको प्रेमले तिमीहरूलाई कुनै पनि किसिमले सान्तवना दिएको छ भने”
εἴ τις κοινωνία Πνεύματος
“यदि आत्मासँग तिमीहरूको सङ्गति छ भने”
εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί
“यदि तिमीहरूले परमेश्वरका स्नेही करुणाहरू र सहानुभूतिहरूका थुप्रै कामहरूको अनुभव गरेका छौ भने”
Philippians 2:2
τὸ αὐτὸ φρονῆτε
पावल यहाँ आनन्दलाई भरिन सकिने भाँडोको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मलाई प्रशस्त मात्रामा आनन्दित हुने तुल्याओ” (हेर्नुहोस्ः रूपक)
Philippians 2:3
μηδὲ κατὰ κενοδοξίαν
“तिमीहरूले आफैँलाई सेवा नगर वा तिमीहरूले आफैँलाई अरूहरूभन्दा श्रेष्ठ नठान”
Philippians 2:4
μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι
“तिमीहरूलाई खाँचो भएका कुराहरूका बारेमा मात्र विचार नगर, तर अरूहरूलाई खाँचो भएका कुराहरूका बारेमा पनि विचार गर”
Philippians 2:5
τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ
“त्यस्तो स्वभाव राख जुन ख्रीष्ट येशूसँग थियो” वा “ख्रीष्ट येशूले मानिसहरूको विषयमा सोच्नुहुने तरिकाले एक अर्काको बारेमा सोच”
Philippians 2:6
ἐν μορφῇ Θεοῦ ὑπάρχων
“परमेश्वरको बारेमा सत्य रहेका कुराहरू उहाँको बारेमा पनि सत्य थियो”
ἁρπαγμὸν
यहाँ “बराबरी”ले “बराबर स्तर” वा “बराबर मान” भन्ने कुरालाई जनाउँछ । परमेश्वरसँगको बराबरीलाई पक्रने कुराले उहाँले परमेश्वरले झैँ सम्मान पाइरहनलाई माग गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । ख्रीष्टले त्यसो गर्नुभएन । हुन त उहाँ परमेश्वर हुन रोकिनुभएन, उहाँले परमेश्वरले झैँ व्यवहार गर्नलाई रोक्नुभयो । वैकल्पिक अनुवादः “उहाँसँग परमेश्वरको झैँ स्तर हुनुपर्छ भनेर सोच्नुभएन” (हेर्नुहोस्ः रूपक)
Philippians 2:7
ἑαυτὸν ἐκένωσεν
यस पृथ्वीमा येशूको सेवा-कार्यको अवधिमा उहाँले आफ्ना स्वर्गीय शक्तिहरूद्वारा काम गर्न इन्कार गर्नुभएको कुरालाई बताउनको निम्ति पावल ख्रीष्टलाई एउटा भाँडोको रूपमा उल्लेख गर्छन् । (हेर्नुहोस्ः रूपक)
ἐν ὁμοιώματι ἀνθρώπων
“उहाँ मानव भएर जन्मनुभएको थियो” वा “उहाँ मानव हुनुभयो”
Philippians 2:8
ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου
यहाँ पावलले मृत्युको बारेमा आलङ्कारिक रूपमा बताएका छन् । अनुवादकले यसलाई स्थानलाई बुझाउने अलङ्कारको रूपमा पनि बुझ्न सक्छन् (ख्रीष्ट मृत्युको स्थानसम्मै पुग्नुभयो) वा समयको अलङ्कारको रूपमा बुझ्न सक्छन् (उहाँको मृत्युको समयसम्मै ख्रीष्ट आज्ञाकारी हुनुभयो) । (हेर्नुहोस्ः रूपक)
θανάτου δὲ σταυροῦ
“क्रूसमा मर्नसम्म पनि”
Philippians 2:9
τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα
यहाँ “नाउँ” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले ओहदा वा मानलाई जनाउँछ । वैकल्पिक अनुवादः “अरू कुनै ओहदाभन्दा उच्च ओहदा” वा “अरू कुनै मानभन्दा उच्च मान” (हेर्नुहोस्ः लक्षणा)
καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα
यो नाम अरू कुनै नामभन्दा धेरै महत्त्वपूर्ण छ, र धेरै प्रशंसा गरिनुपर्छ । (हेर्नुहोस्ः रूपक)
Philippians 2:10
ἐν τῷ ὀνόματι Ἰησοῦ, πᾶν γόνυ κάμψῃ
यहाँ “घुँडा”ले सिङ्गो व्यक्तिलाई नै जनाउँछ, र जमिनमा घुँडा टेक्नलाई घुँडा खुम्चाउनुको भनेको आराधनाको लागि प्रतिस्थापन शब्द हो । यहाँ “ ... को नाममा” भनेको व्यक्तिको लागि प्रतिस्थापन शब्द हो जसले बताउँछ कि तिनीहरूले कसलाई आराधना गर्नेछन् । वैकल्पिक अनुवादः “हरेक व्यक्तिले येशूको आराधना गर्नेछ” (हेर्नुहोस्ः उपलक्षण अनि लक्षणा)
सम्भावित अर्थहरू हुन् १) त्यो ठाउँ जहाँ मानिसहरू मरिसकेपछि जान्छन् वा २) भूतहरू बस्ने ठाउँ ।
Philippians 2:11
πᾶσα γλῶσσα ἐξομολογήσηται
यहाँ “जिब्रो”ले सिङ्गो व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति” वा “हरेक प्राणी” (हेर्नुहोस्ः उपलक्षण)
εἰς δόξαν Θεοῦ Πατρὸς
यहाँ “को” भन्ने शब्दले नतिजालाई जनाउँछः “तिनीहरूले परमेश्वर पिताको प्रशंसा गर्ने परिणामसहित” (हेर्नुहोस्ः रूपक)
Philippians 2:12
ὥστε
पावल फिलिप्पीका विश्वासीहरूलाई प्रोत्साहन दिन्छन् र अरूहरूको अगाडि ख्रीष्टिएन जीवन कसरी जिउने भनेर देखाउँछन् र उहाँको उदाहरणको विषयमा सम्झना दिलाउँछन् ।
ἀγαπητοί μου
“मेरा प्रिय सङ्गी विश्वासीहरू”
ὡς ἐν τῇ παρουσίᾳ μου
“जब म तिमीहरूसँग त्यहाँ हुन्छु”
ἐν τῇ ἀπουσίᾳ μου
“जब म तिमीहरूसँग त्यहाँ हुँदिन”
μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε
भाववाचक नामपद शब्द “मुक्ति”लाई परमेश्वरले मानिसहरूलाई बचाइरहनुभएको कुरालाई जनाउने वाक्यांशसहित व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डर र कम्पसाथ, ती कुराहरू गर्न कठोर परिश्रम गर जुन परमेश्वरले बचाउनुभएकाहरूको लागि उचित छ” वा “परमेश्वरको लागि डर र भक्तिसाथ, असल कुराहरू गर्न कठोर परिश्रम गर जसले देखाउँछ कि उहाँले तिमीहरूलाई बचाउनुभएको छ” (हेर्नुहोस्ः भाववाचक नाम)
μετὰ φόβου καὶ τρόμου
मानिसहरूसँग परमेश्वरको लागि हुनुपर्ने भक्तिको आचरणलाई देखाउनको लागि पावलले “डर” र “कम्प” भन्ने शब्दहरूलाई एकसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “डरले काम्दै” वा “गहिरो भक्तिकासाथ” (हेर्नुहोस्ः प्रतिरूपी)
Philippians 2:13
καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας
“ताकि तिमीहरूले उहाँलाई प्रसन्न तुल्याउने कुराहरू गर्न चाहनेछौ र उहाँलाई प्रसन्न पार्ने कुराहरू गर्न सक्षम हुनेछौ”
Philippians 2:15
ἄμεμπτοι καὶ ἀκέραιοι
“दोषरहित” र “शुद्ध” भन्ने शब्दहरूको समान किसिमको अर्थ हुन्छ र अवधारणालाई बलियो बनाउन एकसाथ प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपमा निर्दोष” (हेर्नुहोस्ः प्रतिरूपी)
φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ
ज्योतिले भलाइ र सत्यतालाई प्रतिनिधित्व गर्छ । संसारमा ज्योतिहरू झैँ भएर चम्कने कुराले असल र धर्मी तवरले जिउने कुरालाई प्रतिनिधित्व गर्छ ताकि संसारमा भएका मानिसहरूले परमेश्वर असल र सत्य हुनुहुन्छ भनी देख्न सकून् । वैकल्पिक अनुवादः “ताकि तिमीहरू संसारमा ज्योतिहरू झैँ हुन सक” (हेर्नुहोस्ः रूपक)
μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης
यहाँ “संसार” भन्ने शब्दले संसारका मानिसहरूलाई जनाउँछ । “दुष्ट” र “पतित” भन्ने शब्दहरूलाई मानिसहरू धेरै पापपूर्ण हुन्छन् भनी जोड दिनलाई एकसाथ प्रयोग गरिएका छन् । वैकल्पिक अनुावदः “संसारमा, ती मानिसहरूको माझमा जो धेरै पापपूर्ण छन्” (हेर्नुहोस्ः प्रतिरूपी)
Philippians 2:16
λόγον ζωῆς ἐπέχοντες
“पक्रिराख” भन्ने कुराले दह्रो गरी विश्वास गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जीवनको वचनलाई बलियो गरी विश्वास गरी राख” (हेर्नुहोस्ः रूपक)
λόγον ζωῆς
“जीवन ल्याउने सन्देश” वा “तिमीहरूले कसरी जिएको परमेश्वरले चाहनुहुन्छ भनी देखाउने सन्देश”
εἰς ἡμέραν Χριστοῦ,
यसले येशू उहाँको राज्यलाई स्थापित गर्न र पृथ्वीमाथि शासन गर्नको लागि फर्कनुहुने समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब ख्रीष्ट फर्कनुहुन्छ”
οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα
“व्यर्थमा दौडनु” र “व्यर्थमा परिश्रम गर्नु” भन्ने वाक्यांशहरूले एउटै कुराको अर्थ दिन्छन् । पावलले मानिसहरूलाई ख्रीष्टमा विश्वास गर्नलाई सहायता गर्नका निमित्त कति कठोर परिश्रम गरेका छन् भनी देखाउनलाई तिनलाई एकसाथ प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मैले बेफ्वाँकमा त्यति मिहिनेतका साथ काम गरिन” (हेर्नुहोस्ः समान्तरता)
οὐκ εἰς κενὸν ἔδραμον
धर्मशास्त्रले धेरैपटक हिँड्नुको चित्रणलाई कुनै व्यक्तिले आफ्नो जीवनलाई चलाउने कुरालाई प्रतिनिधित्व गर्नलाई प्रयोग गर्छ । दौडनु भनेको चाहिँ जीवनलाई तीव्र रूपमा जिउनु हो । (हेर्नुहोस्ः रूपक)
Philippians 2:17
पावलले आफ्नो मृत्युको बारेमा यसरी बताउँछन् कि मानौँ उनी कुनै पेय पदार्थको भेटी थिए जुन परमेश्वरलाई सम्मान गर्न पशु बलिमाथि खनाइन्छ । पावलको अर्थ हो कि यदि उनको मृत्युले तिनीहरूलाई परमेश्वरको लागि ज्यादा मनपर्दो बनाउने थियो भने उनी फिलिप्पीहरूको लागि खुशीसाथ मर्ने थिए । वैकल्पिक अनुवादः “तर, यदि रोमीहरूले मलाई मारे भनेपनि, त्यो भनेको चाहिँ मेरो रगत कुनै बलिको रूपमा खन्याइएको जस्तै हो, यदि मेरो मृत्युले तिमीहरूको विश्वास र आज्ञापालनलाई परमेश्वरको लागि बढी मनपर्दो बनाउने थियो भने म खुशी हुनेछु र तिमीहरू सबैसँग रमाउनेछु” (हेर्नुहोस्ः रूपक)
Philippians 2:18
καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι
पावलले तिमोथीलाई छिट्टै पठाउने उनको योजनाको बारेमा फिलिप्पीहरूलाई बताउँछन् र तिनीहरूले इपाफ्रोडिटसलाई विशेष रूपमा व्यवहार गर्नुपर्छ भनी तिनीहरूलाई बताउँछन् ।
Philippians 2:19
ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ
“तर प्रभु येशूले मलाई ... स्वीकृति दिनुहुनेछ भनेर म पक्का गरी अपेक्षा गर्छु”
Philippians 2:20
οὐδένα γὰρ ἔχω ἰσόψυχον
“तिनले जति प्रेम यहाँ अरू कसैले पनि तिमीहरूलाई गर्दैन”
Philippians 2:21
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ
यहाँ “तिनीहरू” भन्ने शब्दले ती मानिसहरूको समूहलाई जनाउँछ जसलाई पावलले फिलिप्पीमा पठाउनको निम्ति विश्वास गर्न सक्दैनन् । पावल त्यस समूहप्रतिको उनको अप्रसन्नतालाई पनि व्यक्त गर्छन्, किनकि तिनीहरू जानको निम्ति सक्षम हुनुपर्ने हो, तर तिनीहरूले आफ्नो कार्य पूरा गर्छन् भन्ने कुरामा पावल तिनीहरूमाथि भरोसा गर्दैनन् ।
Philippians 2:22
ὡς πατρὶ τέκνον
बाबुहरू र छोराहरूले एक अर्कालाई प्रेम गर्छन् र एकसाथ काम गर्छन् । तिमोथी वास्तवमै पावलका छोरा थिएनन्, तर उनले पावलसँग त्यसरी काम गरे जसरी एक छोराले आफ्नो बाबुसँग काम गर्छ । (हेर्नुहोस्ः उपमा)
εἰς τὸ εὐαγγέλιον
यहाँ “सुसमाचार” भन्नाले येशूको बारेमा मानिसहरूलाई बताउने क्रियाकलाप हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई सुसमाचारको विषयमा बताउनमा” (हेर्नुहोस्ः लक्षणा)
Philippians 2:24
πέποιθα…ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι
“म निर्धक्क छु, यदि यो प्रभुको इच्छा हो भने, म पनि छिट्टै आउनेछु”
Philippians 2:25
Ἐπαφρόδιτον
यो फिलिप्पी मण्डलीले पावल झ्यालखानामा हुँदा उनको सेवा गर्नलाई पठाएका एकजना मानिसको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
συνστρατιώτην
यहाँ पावलले इपाफ्रोडिटसको विषयमा तिनी एक सिपाही भए झैँ गरी बताइरहेका छन् । उनले यो बताउन खोजेका हुन् कि इपाफ्रोडिटसले जतिसुकै जटिल कठिनाइ भोग्नु परे तापनि तिनी परमेश्वरको सेवा गर्न तालिम प्राप्त र समर्पित छन् । वैकल्पिक अनुवादः “सङ्गी विश्वासी जो हामीसँगै काम र सङ्घर्ष गर्छन्” (हेर्नुहोस्ः रूपक)
ὑμῶν…ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου
“जसले तिमीहरूको सन्देश मकहाँ ल्याउँछन् र म खाँचोमा पर्दा मलाई सहायता गर्छन्”
Philippians 2:26
ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν
“तिनी धेरै चिन्तित थिए र तिमीहरू सबैसँग हुन चाहेका थिए”
Philippians 2:27
यो शोकको कारणलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “म झ्यालखानामा भइरहेको अवस्थाको मेरो शोकमाथि तिनलाई गुमाउने शोक थपियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 2:28
κἀγὼ ἀλυπότερος ὦ
“म कम चिन्तित हुनेछु” वा “म जति चिन्तित भएको छु त्यति हुनेछैन”
Philippians 2:29
προσδέχεσθε οὖν αὐτὸν
“इपाफ्रोडिटसलाई खुसीसाथ ग्रहण गर”
ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς
“सङ्गी विश्वासीको रूपमा सारा आनन्दसाथ प्रभुमा” वा “प्रभु येशूले हामीलाई प्रेम गर्नुहुने हुनाले हामीसँग भएको महान् आनन्दसाथ”
Philippians 2:30
ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα, τῆς πρός με λειτουργίας
यहाँ पावलले मृत्युलाई कुनै एक स्थानको रूपमा बताउँछन् जसको नजिक कोही जान सक्छ । (हेर्नुहोस्ः रूपक)
ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα, τῆς πρός με λειτουργίας
पावलले आफ्ना आवश्यकताहरूलाई एउटा भाँडोको रूपमा बताउँछन् जसलाई इपाफ्रोडिटसले पावलको निम्ति असल कुराहरूले भरिदिए । (हेर्नुहोस्ः रूपक)
Philippians 3
फिलिप्पीहरू ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पदहरू ४-८ मा पावलले आफू एक धर्मी यहूदी गनिनको निम्ति उनी कसरी योग्यका छन् भन्ने कुराहरूको सूची बनाउँछन् । हरेक तवरहरूमा, पावल एक उदाहरणीय यहूदी थिए । तर उनले यी कुराहरू र येशूलाई चिन्नुको महानताको बीचमा भएको अन्तरलाई देखाउँछन् । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कुकुरहरू
प्राचीन पूर्व नजिक क्षेत्रका मानिसहरूले अरू मानिसहरूलाई नकारात्मक तरिकामा जनाउनको लागि कुकुरहरूको चित्रणलाई प्रयोग गर्ने गर्थे । सबै संस्कृतिहरूले “कुकुरहरू” भन्ने शब्दलाई यसरी प्रयोग गर्दैनन् ।
पुनरुत्थान भएका शरीरहरू
मानिसहरू स्वर्गमा कस्ता हुनेछन् भनेर हामी धेरै कम मात्र जान्दछौँ । पावलले यहाँ सिकाउँछन् कि ख्रीष्टिएनहरूसँग कुनै किसिमको महिमामय शरीर हुनेछ र त्यो पापरहित हुनेछ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
पुरस्कार
पावलले ख्रीष्टिएन जीवनलाई वर्णन गर्न एउटा विस्तारित चित्रणको प्रयोग गर्छन् । ख्रीष्टिएन जीवनको लक्ष्य भनेको कोही व्यक्ति नमरेसम्म ख्रीष्ट जस्तै हुनलाई बढ्दै जान कोसिस गर्नु हो । हामीले यो लक्ष्यलाई कहिल्यै पनि पूर्ण रूपले प्राप्त गर्न सक्दैनौँ, तर हामीले यसको लागि सङ्घर्ष गर्नुपर्छ ।
Philippians 3:1
आफ्ना सङ्गी विश्वासीहरूलाई पुराना व्यवस्थाहरू पालन गराउन खोज्ने यहूदीहरूका विषयमा सावधानी गराउनको निम्ति, पावल आफैँले विश्वासीहरूलाई सतावट गरेर हिँड्ने बेलाको विषयमा उनको गवाही दिन्छन् ।
“अब अगाडि बढ्दै, मेरा भाइहरू हो” वा “अरू विषयहरूका बारेमा, मेरा भाइहरू हो”
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
χαίρετε ἐν Κυρίῳ
“प्रभुले गर्नुभएका सबै कुराहरूका निम्ति खुशी होऊ”
“यी कुराहरू तिमीहरूलाई फेरि लेख्नु भनेको मेरो लागि कुनै दुःखको कुरा होइन”
ὑμῖν δὲ ἀσφαλές
यहाँ “यी कुराहरू”ले पावलका शिक्षाहरूलाई जनाउँछन् । तपाईंले अगिल्लो वाक्यको अन्तमा यो वैकल्पिक अनुवादलाई थप्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यी शिक्षाहरूले तिमीहरूलाई तिनीहरूबाट बचाउनेछ जसले जे सत्य होइन सो सिकाउँछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 3:2
βλέπετε
“ ... सँग सावधान रहो” वा “ ... सँग सतर्क रहो”
τοὺς κύνας…τοὺς κακοὺς ἐργάτας…τὴν κατατομήν
झूटा शिक्षकहरूको एउटै समूहलाई वर्णन गर्ने यी तीन विभिन्न तरिकाहरू हुन् । यी यहूदी ख्रीष्टिएन शिक्षकहरूका विषयमा पावललाई मनमा लाग्ने कुराहरूलाई व्यक्त गर्न उनले यी कडा अभिव्यक्तिहरू प्रयोग गरिरहेका छन् ।
“कुकुरहरू” भन्ने शब्द यहूदीहरूद्वारा तिनीहरूलाई जनाउन प्रयोग गरिन्थ्यो जो यहूदीहरू थिएनन् । तिनीहरूलाई अशुद्ध ठानिन्थ्यो । पावलले झूटा शिक्षकहरूलाई अपमान गर्नको निम्ति तिनीहरू कुकुरहरू भए झैँ गरेर बताउँछन् । यदि तपाईंको संस्कृतिमा कुनै भिन्नै जन्तु छ जसलाई अशुद्ध ठानिन्छ वा जसको नामलाई अपमानको रूपमा प्रयोग गरिन्छ भने, तपाईंले बरु त्यो जन्तुलाई प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः रूपक अनि व्यङ्ग्य)
पावलले झूटा शिक्षकहरूको अपमान गर्नको निम्ति खतनाको कार्यको बारेमा बढाइचढाइ गरेर भनिरहेका छन् । ती झूटा शिक्षकहरूले भने कि परमेश्वरले त्यो व्यक्तिलाई मात्र बचाउनुहुन्छ जसको खतना भएको छ, जसले खलडी काट्छ । यो कार्य मोशाको व्यवस्था अनुसार सबै पुरुष इस्राएलीहरूले गर्न आवश्यक थियो । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण अनि लक्षणा)
Philippians 3:3
ἡμεῖς γάρ ἐσμεν
पावलले “हामी” भन्ने शब्दलाई फिलिप्पी विश्वासीहरू समेत गरेर उनी आफैँलाई र ख्रीष्टमा भएका सबै साँचा विश्वासीहरूलाई जनाउनको निमित्त प्रयोग गर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἡ περιτομή
पावलले यो शब्द शरीरमा खतना नभएका तर आत्मिक रूपमा खतना भएका ख्रीष्टमा विश्वास गर्नेहरूलाई जनाउनको निम्ति प्रयोग गर्छन् जसको अर्थ तिनीहरूले विश्वासद्वारा पवित्र आत्मालाई प्राप्त गरेका छन् भन्ने हो । वैकल्पिक अनुवादः “साँचो रूपमा खतना भएकाहरू” वा “साँचो रूपमा परमेश्वरका मानिसहरू”
οὐκ ἐν σαρκὶ πεποιθότες
“हाम्रो अङ्ग काट्नाले मात्र परमेश्वरलाई प्रसन्न तुल्याउँछ भनेर विश्वास नगर्ने”
Philippians 3:4
“तरैपनि, यदि मैले चाहेको भए ।” पावलले एउटा परिकल्पित परिस्थितिलाई परिचय गराउँदैछन् जुन वास्तवमा हुन सम्भव छैन । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον
यो एउटा काल्पनिक परिस्थिति हो जुन सम्भव छ भनेर पावल विश्वास गर्दैनन् । पावल भन्छन् कि यदि परमेश्वरले मानिसहरूलाई तिनीहरूले गरेका कामको आधारमा बचाउन सम्भव भए, परमेश्वरले निश्चय नै उनलाई बचाउनुहुने थियो । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्वरलाई प्रसन्न तुल्याउनको निम्ति पर्याप्त कुराहरू गर्न सक्दैन, तर यदि कसैले परमेश्वरलाई प्रसन्न तुल्याउनको निम्ति पर्याप्त काम कुराहरू गर्न सक्छ भने, म अझ धेरै असल कामहरू गर्न सक्छु र परमेश्वरलाई अरू कसैले भन्दा धेरै प्रसन्न तुल्याउन सक्छु” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
पावलले “आफैँ” भन्ने शब्दलाई जोड दिनको निम्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “निश्चय नै म” (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
Philippians 3:5
φυλῆς Βενιαμείν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा पूजाहारीले मेरो खतना गरिदिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“मेरो जन्म भएको सात दिनपछि”
Ἑβραῖος ἐξ Ἑβραίων
सम्भावित अर्थहरू हुन् १) “हिब्रू आमाबुबा भएको एक हिब्रू छोरा” वा २) “सबैभन्दा शुद्ध हिब्रू ।”
κατὰ νόμον Φαρισαῖος
फरिसीहरू सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध हुन्थे । तिनी एक फरिसी भएका कुराले देखायो कि पावल सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध थिए । वैकल्पिक अनुवादः “एक फरिसीको रूपमा म सारा व्यवस्थाको पालना गर्ने कुराप्रति प्रतिबद्ध थिएँ”
Philippians 3:6
κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν
पावलको जोस चाहिँ परमेश्वरलाई सम्मान गर्नको लागि भएको उनको उत्साह थियो । उनले विश्वास गर्थे कि मण्डलीलाई सताउनाले उनी परमेश्वरको लागि कति जोसिला थिए भन्ने कुरालाई उनले प्रमाणित गरे । वैकल्पिक अनुवादः “मसँग परमेश्वरको लागि यति धेरै जोस थियो कि मैले मण्डलीलाई सताएँ” वा “किनभने म परमेश्वरलाई सम्मान गर्न यति धेरै चाहन्थेँ, मैले मण्डलीलाई सताएँ”
τὴν ἐκκλησίαν
“मैले ख्रीष्टिएनहरूलाई आक्रमण गरेँ”
κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος
“व्यवस्था बमोजिमको धार्मिकता” भन्ने कुराले व्यवस्थालाई पालन गरेर धर्मी हुने कुरालाई जनाउँछ । पावलले व्यवस्थालाई यति ध्यानपूर्वक पालना गर्थे कि उनले विश्वास गर्थे कि उनले त्यसको कुनै पनि अंश पाउन सक्दैनथे जसको उनले अनाज्ञापालन गरे । वैकल्पिक अनुवादः “म व्यवस्था पालन गरेर यति धर्मी थिएँ कि म दोषरहित थिएँ”
Philippians 3:7
ἅτινα ἦν μοι κέρδη
एउटा तत्पर फरिसी भएका कारण पावलले पाएको प्रशंसालाई उनले यहाँ जनाइरहेका छन् । उनले यस प्रशंसाको विषयमा यसरी बताउँछन् कि मानौँ उनले यसलाई विगतमा एउटा व्यापारीले कमाएको नाफा झैँ गरी देखेका थिए । वैकल्पिक अनुवादः “ती जुनसुकै कुरा जसको लागि अरू यहूदीहरूले मेरो प्रशंसा गरे” (हेर्नुहोस्ः रूपक)
ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν
यी सामान्य व्यापारका भाषाहरू हुन् । यदि तपाईंको समाजका धेरै मानिसहरूले व्यापारका औपचारिक भाषाहरूलाई बुझ्दैनन् भने, तपाईंले यी शब्दहरूलाई “ती कुराहरू जसले मेरो जीवनलाई राम्रो बनाए” र “ती कुराहरू जसले मेरो जीवनलाई नराम्रो बनाए” भनेर अनुवाद गर्न सक्नुहुन्छ ।
पावलले त्यस प्रशंसाको विषयमा यसरी बताउँछन् कि मानौँ अब उनले त्यसलाई नाफाको साटोमा एउटा व्यवसायिक घाटाको रूपमा हेरिरहेका थिए । अन्य शब्दहरूमा भन्नुपर्दा, पावल बताउँछन् कि उनका सबै धार्मिकताका कार्यहरू ख्रीष्टको सामु बेकार छन् । (हेर्नुहोस्ः रूपक)
Philippians 3:8
“साँच्चै” वा “साँचो रूपमा”
“अब” भन्ने शब्दले पावल फरिसी हुन त्यागेर ख्रीष्टमा विश्वासी भइसकेपछि उनी कति परिवर्तन भए भन्ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “अब मैले ख्रीष्टमा विश्वास गरेको हुनाले, म ... सम्झन्छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι, διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω
ख्रीष्टभन्दा बाहेक अरू कुनै कुरामा विश्वास गर्नु व्यर्थ छ भन्दै पावलले फिल्लिपी ३:७ को व्यापारको अलङ्कारलाई निरन्तरता दिइरहेका छन् । वैकल्पिक अनुवादः “म सबै कुराहरूलाई व्यर्थ ठान्दछु” (हेर्नुहोस्ः रूपक)
διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου
“किनकि ख्रीष्ट येशू मेरा प्रभुलाई जान्नु सबै कुराभन्दा कति बढी मूल्यवान् छ”
“ताकि मैले केवल ख्रीष्टलाई प्राप्त गर्न सकूँ”
Philippians 3:9
καὶ εὑρεθῶ ἐν αὐτῷ
“पाइन सकूँ” भन्ने वाक्यांश एउटा वाक्पद्धति हो जसले “हुनु” भन्ने अवधारणालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “साँचो रूपमा ख्रीष्टसँग एउटै हुन सकूँ” (हेर्नुहोस्ः टुक्काहरू)
ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ
पावल जान्दछन् कि व्यवस्थाको पालना गरेर उनी धर्मी बन्न सक्दैनन् ।
“त्यो” शब्दले धार्मिकतालाई जनाउँछ । पावल जान्दछन् कि ख्रीष्टमा विश्वास गरेर मात्रै उनी धर्मी बन्न सक्दछन् । वैकल्पिक अनुवादः “तर ख्रीष्टमा विश्वास गरेर आउने धार्मिकता धारण गरेर”
Philippians 3:10
καὶ
“उहाँको शक्ति जसले हामीलाई जीवन दिन्छ”
κοινωνίαν παθημάτων αὐτοῦ
“उहाँले कष्ट भोग्नु भएजस्तै कष्ट भोग्नु कस्तो हुन्छ भनेर” वा “उहाँसँगै दुःखभोगमा भाग लिनु कस्तो हुन्छ भनेर”
συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) पावल ख्रीष्टले उनलाई परिवर्तन गर्नुभएको चाहन्छन् ताकि उनी ख्रीष्ट मर्नुभए झैँ गरेर मर्न सकून् वा २) येशूको पुनरुत्थान हुनु अगाडि उहाँ मृत झैँ गरी पावलको पाप गर्ने इच्छा पनि मृत होस् भन्ने उनी चाहन्छन् । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि लक्षणा)
Philippians 3:11
τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν
“कुनै किसिमले” भन्ने वाक्यांशले आफ्नो जीवनमा के हुन लागिरहेको छ भन्ने कुरा पावललाई थाहा छैन भन्ने अर्थ दिन्छ, तर जेसुकै भए तापनि, यसको नतिजा अनन्त जीवन हुनेछ । “ताकि, मलाई अहिले जे भए तापनि, म मरेपछि जीवनमा पुनः फर्कनेछु”
Philippians 3:12
οὐχ ὅτι ἤδη ἔλαβον
विश्वासीहरूलाई पर्खिरहेका स्वर्ग र नयाँ शरीरहरूका कारण पावल फिलिप्पीमा भएका विश्वासीहरूलाई उनको वर्तमान उदाहरणलाई पछ्याउन आग्रह गर्छन् । एउटा दौडमा भाग लिने व्यक्तिले अन्तिम रेखामा पुग्नको निम्ति प्रयास गरे झैँ गरी ख्रीष्टजस्तै हुनको निम्ति उनले कति कडा परिश्रम आफूले सक्ने जति गर्छन् भन्ने विषयमा उनले बताउँछन्, यो जान्दै कि परमेश्वरले उनलाई अनन्तको निम्ति स्वर्ग बस्न दिनुहुनेछ ।
ἤδη ἔλαβον
यिनीहरूमा ख्रीष्टलाई चिन्ने, उहाँको पुनरुत्थानको शक्तिलाई जान्ने, ख्रीष्टको कष्टमा सहभागी हुने, र उहाँको मृत्यु र पुनरुत्थानमा ख्रीष्टसँगै एउटै हुने कुराहरू पर्दछन् (फिलिप्पी ३:८-११) ।
ἤδη τετελείωμαι
“त्यसैले म अझै पनि सिद्ध भएको छैन” वा “त्यसैले म अझै पनि परिपक्व भएको छैन”
εἰ καὶ
“तर म कोसिस गरिरहन्छु”
καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ
ख्रीष्टबाट आत्मिक चीजहरू प्राप्त गर्ने कुराको विषयमा पावलले तिनलाई हातले पक्रन सक्थे भनेँ झैँ गरेर बताइएको छ । साथै, येशूले पावल उहाँको हुनलाई चुनाव गर्नुभएको कुराको विषयमा येशूले पावललाई हातले पक्रनुभयो भने झैँ गरेर बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मैले यी कुराहरू प्राप्त गर्न सकूँ किनकि यसैको लागि येशूले मलाई उहाँको आफ्नै भनी दाबी गर्नुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Philippians 3:13
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पी १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι
ख्रीष्टबाट आत्मिक चीजहरू प्राप्त गर्ने कुराको विषयमा पावलले तिनलाई हातले पक्रन सक्थे भनेँ झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “यी सबै कुराहरू मेरा भइसकेका छन्” (हेर्नुहोस्ः रूपक)
τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος
जसरी एउटा दौडमा भाग लिने व्यक्तिले पूरा गरिसकेको दौडको भागलाई ध्यान नदिएर दौडको अगाडिको भागमा मात्र ऊ केन्द्रित हुन्छ, त्यसरी नै उनका धार्मिकताका धार्मिक कामहरूलाई अलग्गै राखेर ख्रीष्टले उनलाई पूरा गर्नको निम्ति अगाडि राखिदिनुभएको जीवनको दौडमा मात्रै केन्द्रित हुने कुराको विषयमा पावल बताउँछन् । वैकल्पिक अनुवादः “मैले विगतमा के गरेको छु भन्ने कुरालाई म वास्ता गर्दिन; म अगाडि भएका कुराहरूको निम्ति मात्र मैले सक्ने जति कडा परिश्रम गर्दछु” (हेर्नुहोस्ः रूपक)
Philippians 3:14
κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ
जसरी एउटा दौडमा भाग लिने व्यक्तिले त्यो दौड जित्नको निम्ति अगाडि जोड लगाउँछ, पावलले ख्रीष्टको सेवा गर्न र उहाँको आज्ञाकारितामा जिउनको निम्ति अगाडि बढ्छन् । वैकल्पिक अनुवादः “एउटा दौडमा भाग लिने व्यक्ति अन्तिम रेखातर्फ दौडिए झैँ, ख्रीष्टजस्तै हुनको निम्ति मैले सक्ने जति सबै म गर्दछु, ताकि म उहाँको हुन सकूँ, र म मरेपछि परमेश्वरले मलाई उहाँसँग हुनको निम्ति बोलाऊन्” (हेर्नुहोस्ः रूपक)
τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ
सम्भावित अर्थहरू हुन् कि पावलले परमेश्वरसँग सदाको लागि जिउने कुराको विषयमा यसरी बताउँछन् मानौँ परमेश्वरले पावललाई १) येशू झैँ स्वर्गमा चढिजान वा २) दौडका विजेताहरूले पुरस्कारहरू प्राप्त गर्ने मञ्चतर्फको खुड्किलाहरू चढ्नलाई बोलाउनुभएको हो, जुन चाहिँ परमेश्वरलाई आमने सामने भेट्नु र अनन्त जीवनलाई प्राप्त गर्ने कुराको एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
Philippians 3:15
οὖν
पावलले फिलिप्पी ३:८-११ मा उल्लेख गरेका सोही इच्छाहरू उनका सबै सङ्गी विश्वासीहरूमा होऊन् भन्ने चाहन्छन् । वैकल्पिक अनुवादः “विश्वासमा बलिया भएका हामी सबै विश्वासीहरूलाई यही प्रकारले विचार गर्न म उत्साह दिन्छु”
καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει
“परमेश्वरले त्यो तिमीहरूका निम्ति पनि स्पष्ट पार्नुहुनेछ” वा “तिमीहरूले त्यो जानेको परमेश्वरले सुनिश्चित गर्नुहुनेछ”
Philippians 3:16
εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν
फिलिप्पी विश्वासीहरूलाई समावेश गर्न पावलले “हामी”को प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले अघिबाटै प्राप्त गरिसकेको त्यही सत्यताको पालना हामी सबैले निरन्तर गरिरहौँ” (हेर्नुहोस्ः समावेशी “हामी”)
Philippians 3:17
συνμιμηταί μου γίνεσθε
“म जे गर्छु त्यो गर” वा “म जसरी जिउँछु त्यसरी नै जिओ”
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς
“तिनीहरू जो अघिबाटै मैले जिएको जसरी जिइरहेका छन्” वा “तिनीहरू जसले मैले जे गर्छु सो अघिबाटै गरिरहेका छन्”
Philippians 3:18
πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν
यी शब्दहरू यस पदमा पावलको मुख्य विचार हुन् ।
एक व्यक्तिको व्यवहारको विषयमा मानौँ त्यो व्यक्ति कुनै मार्गमा हिँडिरहेको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “धेरै ... जिइरहेका छन्” वा “धेरै ... आफ्नो जीवन चलाइरहेका छन्” (हेर्नुहोस्ः रूपक)
पावल उनको मुख्य विचारमा यी शब्दहरूद्वारा बीचमा रोकावट ल्याउँछन् जुन शब्दहरूले “धेरै” भनेको को हुन् भनेर वर्णन गर्छन् । यदि तपाईंलाई आवश्यक हुन्छ भने, तपाईंले यी शब्दहरूलाई पदको सुरुवात वा अन्तमा राख्न सक्नुहुन्छ ।
πολλοὶ γὰρ
“मैले तिमीहरूलाई थुप्रै चोटि बताएको छु”
κλαίων, λέγω
“तिमीहरूलाई धेरै निराशाका साथ बताउँदै छु”
τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ
यहाँ “ख्रीष्टको क्रूस”ले ख्रीष्टको कष्ट र मृत्युलाई जनाउँछ । शत्रुहरू ती हुन् जसले भन्छन् कि तिनीहरूले येशूमा विश्वास गर्छन् तर येशूले झैँ कष्ट भोग्न वा मर्न इच्छुक हुँदैनन् । वैकल्पिक अनुवादः “एउटा तरिकामा जसले देखाउँछ कि तिनीहरू वास्तवमै येशूको विरुद्धमा छन् जो क्रूसमा कष्ट भोग्न र मर्न राजी हुनुहुन्थ्यो” (हेर्नुहोस्ः लक्षणा)
Philippians 3:19
ὧν τὸ τέλος ἀπώλεια
“कुनै दिन परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ ।” तिनीहरूलाई हुने आखिरी कुरा भनेको परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुने कुरा नै हो ।
ὧν ὁ Θεὸς ἡ κοιλία
यहाँ “पेट” भन्ने शब्दले शारीरिक आनन्दको निम्ति एउटा व्यक्तिको अभिलाषालाई जनाउँछ । त्यसलाई तिनीहरूको ईश्वर भनी बोलाउनुको अर्थ हुन्छ कि तिनीहरू परमेश्वरको आज्ञापालन गर्नभन्दा बढी तिनीहरू यी अभिलाषाहरूको चाह गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको आज्ञापालन गर्ने चाहना गर्नभन्दा बढी खानेकुरा र अन्य शारीरिक अभिलाषाहरूको इच्छा गर्दछन्” (हेर्नुहोस्ः रूपक)
ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν
यहाँ “शर्म” भन्ने शब्दले मानिसहरूका ती व्यवहारहरूलाई जनाउँछ जसमा तिनीहरू लज्जित हुनुपर्ने हो, तर तिनीहरू हुँदैनन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई लाजमा पार्नुपर्ने कुराहरूमा तिनीहरू घमण्ड गर्दछन्” (हेर्नुहोस्ः लक्षणा)
οἱ τὰ ἐπίγεια φρονοῦντες
यहाँ “सांसारिक” भन्ने शब्दले शारीरिक रूपमा आनन्द दिने र परमेश्वरको आदर नगर्ने सबै कुराहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले सोच्ने कुरा भनेको के कुराले परमेश्वरलाई प्रसन्न तुल्याउँछ भन्ने भन्दा पनि के कुराले तिनीहरू आफैँलाई प्रसन्न तुल्याउँछ भन्ने मात्र हो” (हेर्नुहोस्ः लक्षणा)
Philippians 3:20
ἡμῶν…ἀπεκδεχόμεθα
यहाँ पावलले प्रयोग गरेका “हाम्रो” र “हामी” भन्ने शब्दहरूद्वारा, उनले आफैँलाई र फिलिप्पीमा भएका विश्वासीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
Philippians 3:21
τῷ σώματι τῆς δόξης αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) “हामी स्वर्गका नागरिकहरू हौँ” वा २) “हाम्रो मातृभूमि स्वर्ग हो” वा ३) “हाम्रो साँचो घर स्वर्ग हो ।”
δύνασθαι
“उहाँले हाम्रा कमजोर, पार्थिव शरीरहरूलाई परिवर्तन गर्नुहुनेछ”
“उहाँको महिमित शरीरजस्तै शरीरहरूमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... शरीर ... । उहाँले हाम्रा शरीरहरूलाई त्यही शक्तिद्वारा परिवर्तन गर्नुहुनेछ जुन शक्ति उहाँले सबै कुराहरूलाई नियन्त्रण गर्न प्रयोग गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Philippians 4
फिलिप्पीहरू ०४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“मेरो आनन्द र मेरो मुकुट”
पावलले फिलिप्पीहरूलाई आत्मिक रूपमा परिपक्व हुनलाई सहयोग गरेका थिए । परिणामस्वरूप, पावलले आनन्द मनाए र परमेश्वरले उनलाई उनको कामलाई सम्मान गर्नुभयो । अरू ख्रीष्टिएनहरूलाई चेलापन गर्नु र तिनीहरूलाई आत्मिक रूपमा अगाडि बढ्नलाई उत्साह दिनु चाहिँ ख्रीष्टिएन जीवनको लागि उनले महत्त्वपूर्ण ठाने । (हेर्नुहोस्ः आत्मा, आत्मिक अनि चेला)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
इयोदिया र सुन्तुखे
यस्तो देखिन्छ कि, यी दुई स्त्रीहरू एक अर्कासँग असहमत हुन्थे । पावलले तिनीहरूलाई एक अर्कासँग सहमत हुनलाई प्रोत्साहन गरिरहेका छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 4:1
जब पावल “एउटै जुवामा भएको मेरो साँचो सहकर्मी” भनेर भन्दछन्, त्यहाँ “तिमी” भन्ने शब्द एकवचन हो । पावलले ती व्यक्तिको नामचाहिँ भन्दैनन् । सुसमाचार फैलाउनलाई ती व्यक्तिले पावलसँगै काम गरेका थिए भनेर देखाउनको निम्ति उनले तिनलाई त्यसरी बोलाउँछन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
पावलले फिलिप्पीमा भएका विश्वासीहरूलाई एकताको विषयमा केही निर्दिष्ट निर्देशनहरू दिन्छन् र त्यसपछि तिनीहरूलाई प्रभुको लागि जिउनको निम्ति सहायता गर्न निर्देशनहरू दिन्छन् ।
ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι
“मेरा सङ्गी विश्वासीहरू, म तिमीहरूलाई प्रेम गर्दछु र म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु”
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
χαρὰ καὶ στέφανός μου
फिलिप्पी मण्डली उनको खुशीको कारण हो भनेर बताउनलाई पावलले “आनन्द” भन्ने शब्दको प्रयोग गर्छन् । “मुकुट” चाहिँ पातहरूबाट बनेको हुन्थ्यो, र कुनै महत्त्वपूर्ण खेल जितेपछि मानको चिन्हस्वरूप कुनै मानिसले उसको शिरमा यसलाई लगाउँथ्यो । यहाँ “मुकुट” भन्ने शब्दले फिलिप्पी मण्डलीले परमेश्वरको अगाडि पावललाई सम्मान दिलाएको छ भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई आनन्द दिन्छौ किनकि तिमीहरूले येशूमा विश्वास गरेका छौ, र तिमीहरू मेरो कामको निम्ति मेरो इनाम र सम्मान हौ” (हेर्नुहोस्ः लक्षणा)
οὕτως στήκετε ἐν Κυρίῳ, ἀγαπητοί
“यसैकारण मैले तिमीहरूलाई सिकाएको तरिकामा प्रभुको निम्ति जिइराख, प्रिय मित्रहरू”
Philippians 4:2
Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ
यिनीहरू स्त्रीहरू थिए जो विश्वासीहरू थिए र तिनीहरूले फिलिप्पीमा भएको मण्डलीमा पावललाई सहायता गरेका थिए । वैकल्पिक अनुवादः “म इयोदियालाई बिन्ती गर्दछु, र म सुन्तुखेलाई बिन्ती गर्दछु” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ
“एउटै मनको हुन” भन्ने वाक्यांशले एउटै स्वभाव र विचारको हुनु भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू दुवै जनाले एउटै प्रभुमा विश्वास गर्ने हुनाले एक अर्कासँग सहमत होओ” (हेर्नुहोस्ः लक्षणा)
Philippians 4:3
ἐρωτῶ καὶ σέ
यहाँ “तिमी” भन्ने शब्दले “साँचो सङ्गी सहकर्मी”लाई जनाउँछ र यो एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
γνήσιε σύνζυγε
यो अलङ्कार कृषिबाट आएको हो, जहाँ दुईवटा पशुहरूलाई एउटै जुवामा बाँधिन्छ र त्यसैले तिनीहरूले सँगै काम गर्छन् । वैकल्पिक अनुवादः “सङ्गी कामदार” (हेर्नुहोस्ः रूपक)
μετὰ καὶ Κλήμεντος
क्लेमेस एकजना मानिस थिए जो विश्वासी थिए र फिलिप्पीमा भएको मण्डलीमा काम गर्थे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς
“जसका नामहरू परमेश्वरले जीवनको पुस्तकमा लेख्नुभएको छ”
Philippians 4:4
χαίρετε ἐν Κυρίῳ
“प्रभुले गर्नुभएका सबैकुराहरूको कारण खुशी होओ ।” तपाईंले यसलाई फिलिप्पीहरू ३:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
Philippians 4:5
ὁ Κύριος ἐγγύς
सम्भावित अर्थहरू हुन् १) प्रभु येशू आत्मामा विश्वासीहरूको नजिक हुनुहुन्छ वा २) प्रभु येशू पृथ्वीमा फर्कनुहुने दिन नजिकै छ ।
Philippians 4:6
ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας, τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν
“तिमीहरूलाई जे भए तापनि, तिमीहरूलाई चाहिने सबै कुराहरूका निम्ति प्रार्थना र धन्यवादसाथ परमेश्वरसँग माग”
Philippians 4:7
ἡ εἰρήνη τοῦ Θεοῦ
“शान्ति जुन परमेश्वरले दिनुहुन्छ”
ἡ ὑπερέχουσα πάντα νοῦν
“जुन हामीले बुझ्न सक्नेभन्दा धेरै छ”
φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ
यसले परमेश्वरको शान्तिलाई एउटा सिपाहीको रूपमा प्रस्तुत गर्छ जसले हाम्रा भावनाहरू र विचारहरूलाई चिन्ता गर्नबाट रक्षा गर्दछ । यहाँ “हृदयहरू” भनेको कोही व्यक्तिको भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “एक सैनिक झैँ हुनेछ र तिमीहरूका भावनाहरू र विचारहरूलाई ख्रीष्टमा रक्षा गर्नेछ” वा “ख्रीष्टमा तिमीहरूलाई रक्षा गर्नेछ र यस जीवनका दुःखहरूका बारेमा चिन्ता लिनबाट तिमीहरूलाई जोगाउनेछ” (हेर्नुहोस्ः मानवीकरण अनि लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Philippians 4:8
τὸ λοιπόν
जसै पावल यस पत्रलाई अन्त गर्छन्, उनले परमेश्वरसँग शान्तिमा रहन विश्वासीहरू कसरी जिउनुपर्छ भन्ने कुराको सारांश दिन्छन् ।
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὅσα προσφιλῆ
“जे कुराहरू खुशी पार्ने खालका छन्”
ὅσα εὔφημα
“जे कुराहरूलाई मानिसहरूले प्रशंसा गर्छन्” वा “जे कुराहरूलाई मानिसहरूले आदर गर्छन्”
εἴ τις ἀρετὴ
“यदि ती नैतिक रूपमा असल छन् भने”
εἴ τις ἔπαινος
“र यदि ती कुराहरू मानिसहरूले प्रशंसा गर्ने कुराहरू हुन् भने”
Philippians 4:9
ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ἠκούσατε καὶ εἴδετε, ἐν ἐμοί
“जुन कुराहरू मैले तिमीहरूलाई सिकाएको र देखाएको छु”
Philippians 4:10
फिलिप्पीहरूले पावललाई पठाएका एउटा उपहारको लागि उनले तिनीहरूलाई धन्यवाद दिन थाल्छन् । उनले पद ११ मा व्याख्या गर्न थाल्छन् कि उनी धन्यवादी भएका कारणले मात्रै उनले तिनीहरूलाई यो उपहारको लागि धन्यवाद दिइरहेका छन्, तिनीहरूले उनलाई अझै बढी दिन आवश्यक भएको कारणले गर्दा होइन ।
Philippians 4:11
αὐτάρκης εἶναι
“सन्तुष्ट हुन” वा “खुशी हुन”
ἐν οἷς εἰμι
“मेरो अवस्था जस्तोसुकै भए तापनि”
Philippians 4:12
οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν
धेरै कुराहरू हुँदा वा केही नहुँदा पनि पावल खुशीसँग कसरी जिउनुपर्छ भनी जान्दछन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι
यी दुईवटै वाक्यांशले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । जुनसुकै अवस्थामा पनि सन्तुष्ट हुन पावलले सिकेका छन् भनेर जोड दिनको निम्ति उनले तिनीहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः समान्तरता अनि मेरिज्म)
Philippians 4:13
πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με
“म सबै कुराहरू गर्न सक्दछु किनकि ख्रीष्टले मलाई सामर्थ्य दिनुहुन्छ”
Philippians 4:14
पावलले उनी धन्यवादी भएका कारणले मात्रै उनले फिलिप्पीहरूलाई यो उपहारको लागि धन्यवाद दिइरहेका छन्, तिनीहरूले उनलाई अझै बढी दिन आवश्यक भएको कारणले गर्दा होइन भनेर व्याख्या गर्नलाई निरन्तरता दिन्छन् (हेर्नुहोस् फिलिप्पीहरू ३:1११) ।
μου τῇ θλίψει
पावल आफ्ना कष्टहरूलाई उनी बसेका कुनै एउटा ठाउँ भएको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “जब कुराहरू कष्टकर भए” (हेर्नुहोस्ः रूपक)
Philippians 4:15
ἀρχῇ τοῦ εὐαγγελίου
यहाँ पावलले सुसमाचार भनेर उनको सुसमाचार प्रचारको कार्यलाई जनाउँछन् । (हेर्नुहोस्ः लक्षणा)
οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως, εἰ μὴ ὑμεῖς μόνοι
यसलाई सकारात्मक तरिकामा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई रुपियाँ-पैसा पठाउने वा मलाई सहायता गर्ने मण्डली तिमीहरू मात्रै थियौ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Philippians 4:17
οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα
पावलले व्याख्या गरिरहेका छन् कि उपहारहरूको बारेमा लेख्नुमा उनको कारण चाहिँ यो होइन कि तिनीहरूले उनलाई अझै उपहारहरू दिनेछन् भनेर उनले आशा गर्छन् । वैकल्पिक अनुवादः “यो लेख्नुमा मेरो कारण यो होइन कि तिमीहरूले मलाई अझै दिएको म चाहन्छु”
ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν
पावलले उपहारहरूको बारेमा लेख्नुमा उनको कारणलाई व्याख्या गर्छन् । यहाँ “तिमीहरूको हिसाबमा बढ्दै जाने फल” भनेको निम्न सम्भावित कुराहरूको लागि अलङ्कार हो, १) थप असल कामहरू जुन फिलिप्पीहरूको लागि लेखिनेछ । वैकल्पिक अनुवादः “बरु तिमीहरूले बढ्दो मात्रामा गरिरहेका असल कामहरूलाई परमेश्वरले पहिचान गर्नुभएको म चाहन्छु” वा २) फिलिप्पीहरूले गर्ने असल कामहरूको लागि थप आशिष्हरू । वैकल्पिक अनुवादः “बरु तिमीहरूले गर्ने असल कामहरूको कारण परमेश्वरले तिमीहरूलाई अझै आशिष्हरू दिनुभएको म चाहन्छु” (हेर्नुहोस्ः रूपक)
Philippians 4:18
पावलले फिलिप्पीहरूलाई तिनीहरूको उपहारको लागि धन्यवाद दिनलाई सकाउँछन् (हेर्नुहोस् फिलिप्पीहरू ३:११) र भरोसा दिलाउँछन् कि परमेश्वरले तिनीहरूको हेरविचार गर्नुहुनेछ ।
ἀπέχω…πάντα
सम्भावित अर्थहरू हुन् १) फिलिप्पीहरूले पठाएका सबै कुराहरू पावलले प्राप्त गरेका छन् वा २) पत्रको यो भाग इपाफ्रोडिटसले पुर्याएका व्यावसायिक सामानहरूलाई प्राप्त गरेको रसिद हो भनेर बताउँदै, फिलिप्पी ३:८ मा भएको व्यवसायसम्बन्धी अलङ्कारलाई निरन्तरता दिन पावलले यस ठट्टाको प्रयोग गरेका हुन् ।
περισσεύω
पावलले उनी आफैँलाई आवश्यक पर्ने कुराहरूको प्रशस्तता भन्न खोजेका हुन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ
पावलले फिलिप्पी मण्डलीबाटको उपहारलाई वेदीमा परमेश्वरलाई अर्पण गरिएको बलिदानजस्तै गरी उल्लेख गर्छन् । पावलले यो अर्थ दिन खोजेका हुन् कि मण्डलीको उपहारले परमेश्वरलाई धेरै खुशी तुल्याउँछ, जसरी पूजाहारीहरूले जलाउने बलिदानहरूले खुशी तुल्याउँथ्यो, जसमा परमेश्वरलाई प्रसन्न बनाउने बास्ना हुन्थ्यो । वैकल्पिक अनुवादः “म तिमीहरूलाई यो भरोसा दिलाउँदछु कि यी उपहारहरू परमेश्वरलाई धेरै खुशी तुल्याउने खालका छन्, जसरी एउटा ग्रहणयोग्य बलिदान हुन्छ” (हेर्नुहोस्ः रूपक)
Philippians 4:19
πληρώσει πᾶσαν χρείαν ὑμῶν
यो त्यही शब्द हो जसलाई पद १८ मा “राम्ररी जुटाइएको छ” भनेर अनुवाद गरिएको थियो । यो एउटा वाक्पद्धति हो जसको अर्थ “तिमीहरूलाई आवश्यक सबै कुराहरू दिनुहुनेछ” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ
“उहाँको महिमामय सम्पत्तिबाट जुन उहाँले ख्रीष्ट येशूद्वारा दिनुहुन्छ”
Philippians 4:20
τῷ δὲ Θεῷ…ἡμῶν
यहाँ “अब” भन्ने शब्दले अन्तिम प्रार्थना र पत्रको यस भागको अन्त्यलाई अङ्कित गर्दछ ।
Philippians 4:21
οἱ…ἀδελφοί
यसले पावललाई सेवा पुर्याइरहेका वा पावलसँगै सेवा गरिरहेका मानिसहरूलाई जनाउँछ ।
ἀδελφοί
तपाईंले यसलाई फिलिप्पीहरू १:१२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
केही संस्करणहरूले यसलाई “हरेक पवित्र व्यक्ति” भनेर अनुवाद गर्दछन् ।
Philippians 4:22
केही संस्करणहरूले यसलाई “सबै पवित्र मानिसहरू” भनेर अनुवाद गर्दछन् ।
μάλιστα…οἱ ἐκ τῆς Καίσαρος οἰκίας
यसले कैसरको दरबारमा काम गर्ने सेवकहरूलाई जनाउँछ । “विशेष गरेर ती सङ्गी विश्वासीहरू जो कैसरको दरबारमा काम गर्दछन्”
Philippians 4:23
μετὰ τοῦ πνεύματος ὑμῶν
पावलले “आत्मा” भन्ने शब्द चलाएर विश्वासीहरूलाई जनाउँछन्, जुन नै त्यो कुरा हो जसले मानिसहरूलाई परमेश्वरसँग सम्बन्ध राख्न सक्षम बनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूसँग” (हेर्नुहोस्ः उपलक्षण)