Colossians
Colossians front
कलस्सीहरूको परिचय
भाग १: सामान्य परिचय
कलस्सीहरूको पुस्तकको रूपरेखा
- अभिवादन, धन्यवादज्ञापन, र प्रार्थना (१:१-१२)
- ख्रीष्टको व्यक्तित्व र काम
- छुटकारा र उद्धार (१:१३-१४)
- ख्रीष्टः अदृश्य परमेश्वर, र सारा सृष्टिमाथि हुनुहुनेको प्रतिरूप (१:१५-१७)
- ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, र मण्डलीले उहाँमा भरोसा गर्छ (१:१८-२:७)
- विश्वासयोग्यताका जाँचहरू
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू (२:८-१९)
- साँचो ईश्वरीयता चाहिँ कठोर नियमहरू र अलचिलो परम्पराहरू होइन (२:२०-२३)
- शिक्षा र जीवनी
- ख्रीष्टमा भएको जीवन (३:१-४)
- पुरानो र नयाँ जीवन (३:५-१७)
- ख्रीष्टिएन परिवार (३:१८-४:१)
- ख्रीष्टिएन व्यवहार (४:२-६)
- समापन र अभिवादनहरू
- पावलले तुखिकस र ओनेसिमसलाई धन्यवाद दिन्छन् (४:७-९)
- पावलले उनका सङ्गीहरूबाटको अभिवादनहरू पठाउँछन् (४:१०-१४)
- पावलले अर्खिप्पस र लाउडिकियामा भएका ख्रीष्टिएनहरूलाई निर्देशनहरू दिन्छन् (४:१५-१७)
- पावलको व्यक्तिगत अभिवादन (४:१८)
कलस्सीहरूको पुस्तक कसले लेखे ?
पावलले कलस्सीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र उनी झ्यालखानामा हुँदा लेखे ।
कलस्सीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र एसियाको दक्षिण-पश्चिमी भागको कलस्से नामक सहरमा भएका विश्वासीहरूलाई लेखे । यो पत्र लेख्नुको मुख्य उद्देश्य चाहिँ झूटा शिक्षकहरूबाट सुसमाचारको बचाउ गर्नु थियो । परमेश्वरको प्रतिरूप, सारा थोकहरूको पालनकर्ता, र मण्डलीको शिरको रूपमा येशूलाई प्रशंसा गरेर उनले त्यसो गरे । परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नुहुनको लागि केवल ख्रीष्टको मात्र खाँचो छ भनेर तिनीहरूले बुझेका पावल चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “कलस्सीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “कलस्सेमा भएको मण्डलीलाई पावलको पत्र” वा “कलस्सेमा भएको ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
कलस्सेमा भएको मण्डलीले सङ्घर्ष गरिरहेको धार्मिक विषयहरू के थिए ?
कलस्सेमा भएको मण्डलीमा, त्यहाँ झूटा शिक्षकहरू थिए । तिनीहरूको खास शिक्षा जानिएको छैन । तर तिनीहरूले तिनीहरूका अनुयायीहरूलाई शायद स्वर्गदूतहरूको आराधना गर्न र धार्मिक चाडपर्वहरूको विषयमा भएका कडा नियमहरूलाई पालना गर्नलाई सिकाए । तिनीहरूले शायद कोही व्यक्तिको खतना हुनैपर्छ र केही निश्चित प्रकारका खानेकुरा मात्रै खान हुन्छ भनेर पनि सिकाए । पावलले बताए कि यी झूटा शिक्षाहरू मानिसहरूका मनबाट आएका हुन् र परमेश्वरबाट होइन ।
पावलले स्वर्ग र पृथ्वीको चित्रणलाई कसरी प्रयोग गरे ?
यस पत्रमा, पावलले बारम्बार स्वर्गलाई “माथि” रहेको भनेर बताउँछन् । उनले यसलाई पृथ्वीबाट अलग देखाउँछन्, जसलाई धर्मशास्त्रले “तल” रहेको भनेर बताउँछ । यो चित्रणको उद्देश्य चाहिँ माथि स्वर्गमा बस्नुहुने परमेश्वरलाई सम्मान गर्ने तरिकाले जिउनलाई ख्रीष्टिएनहरूलाई सिकाउनु हो । पृथ्वी वा भौतिक संसार दुष्ट छ भनेर पावलले सिकाइरहेका छैनन् । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
कलस्सीहरूको यूएलटीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । कलस्सीहरूमा, यी शब्दहरूले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गर्छन् । त्यसैले यूएलटीमा भएको कलस्सीहरूको पुस्तकले “विश्वासीहरू” वा “तिनीहरू जसले उहाँमा विश्वास गर्छन्” भन्ने शब्दहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः १:२, १२, २६)
के येशूको सृष्टि भएको थियो, कि उहाँ अनन्त हुनुहुन्छ ?
येशुको सृष्टि भएको थिएन तर उहाँ सधैँ परमेश्वरको रूपमा अस्तित्वमा रहनुभएको छ । येशू मानव प्राणी पनि हुनुभयो । कलस्सी १:१५ मा अलमल हुने सम्भाव्यता छ, जहाँ भनिएको छ कि “येशू सारा सृष्टिमाथि ज्येष्ठ हुनुहुन्छ” । यो भनाइको अर्थ हो कि येशू सारा सृष्टिमाथि प्रबल हुनुहुन्छ । यो भनाइको अर्थ यो होइन कि उहाँ परमेश्वरले सृष्टि गर्नुभएको पहिलो थोक हो । अनुवादकहरू होशियार हुनुपर्छ कि येशू सृष्टि गरिनुभएको प्राणी हुनुहुन्छ भनेर अर्थ नलागोस् ।
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
कलस्सीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूसँग मेल खाँदैनन् । यूएलटीमा भएको खण्डमा नयाँ भनाइलाई राखिएको छ र पुरानो भनाइलाई पादटिप्पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई प्रयोग गर्नलाई सुझाव दिइन्छ ।
- “तिमीहरूलाई अनुग्रह होस् र परमेश्वर हाम्रा पिताबाट शान्ति” (१:२) । केही पुराना संस्करणहरूमा अझ लामो भनाइ छः “तिमीहरूलाई अनुग्रह होस् र परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट शान्ति ।”
- “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, जो हाम्रो पक्षमा ख्रीष्टका एक विश्वासयोग्य सेवक हुन्” (१:७) । केही पुराना संस्करणहरूमा “तिमीहरूको लागि” भनेर राखिएको छः “इपाफ्रास, हाम्रा प्रिय सङ्गी सेवक, तिमीहरूको लागि ख्रीष्टको एक विश्वासयोग्य सेवक ।”
- “पिता, जसले तिमीहरूलाई ज्योतिमा भएको विश्वासीहरूको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्य बनाउनुभएको छ” (१:१२) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “पिता, जसले हामीलाई ज्योतिमा भएको उत्तराधिकारमा एउटा अंश पाउनलाई योग्य बनाउनुभएको छ ।”
- “उहाँको पुत्रमा, हाम्रो उद्धार छ ।” (१:१४) केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “उहाँको पुत्रमा उहाँको रगतद्वारा हामीले उद्धार पाएका छौँ ।”
- “र हामीलाई हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो” (२:१३) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “र तिमीहरूलाई तिमीहरूका सबै अपराधहरू क्षमा गर्नुभयो ।”
- “जब ख्रीष्ट देखा पर्नुहुन्छ, जो तिमीहरूको जीवन हुनुहुन्छ” (३:४) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “जब ख्रीष्ट देखा पर्नुहुन्छ, जो हाम्रो जीवन हुनुहुन्छ ।”
- “यो यी नै कुराहरूको लागि हो कि परमेश्वरको क्रोध अनाज्ञापालनका छोराहरूमाथि आउँदै छ” (३:६) । यूएलटी, यूएसटी, र धेरै अरू नयाँ संस्करणहरूमा यसरी भनिएको छ । तापनि, केही नयाँ र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “यो यी नै कुराहरूको लागि हो कि परमेश्वरको क्रोध आउँदै छ ।”
- “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि हाम्रो बारेमा भएका विषयहरू तिमीहरूलाई थाहा होस्” (४:८) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “मैले यसको लागि तिनलाई तिमीहरूकहाँ पठाएँ, कि तिमीहरूका बारेमा भएका विषयहरू तिनलाई थाहा होस् ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Colossians 1
कलस्सीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
कुनै पत्रमा जस्तै, पावलले उनको पत्रलाई पदहरू १-२ मा कलस्सेमा भएका ख्रीष्टिएनहरूको सामु तिमोथी र आफैँलाई परिचय गराउँदै सुरु गर्छन् ।
पावलले यस अध्यायको धेरैजसो भाग दुई विषयहरूको वरिपरि रहेर लेख्छन्ः ख्रीष्ट को हुनुहुन्छ, र ख्रीष्टले एक ख्रीष्टिएनको लागि के गर्नुभएको छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
गोप्य सत्यता
यस अध्यायमा पावलले एउटा “गोप्य सत्यता”लाई जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एक समयमा जानिएको थिएन । तर अब परमेश्वरले त्यो प्रकट गर्नुभएको छ । परमेश्वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बरारबर उभ्याइलाई यस सत्यताको एउटा हिस्साले समावेश गर्छ । (हेर्नुहोस्ः प्रकट गर्नु, प्रकाश)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
ख्रीष्टिएन जीवनको लागि चित्रणहरू
ख्रीष्टिएन जीवनलाई वर्णन गर्नको लागि पावलले थुप्रै विभिन्न चित्रणहरूको प्रयोग गर्छन् । यस अध्यायमा, उनले “हिँड्नु” र “फल फलाउनु”को चित्रणहरूलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन चाहिँ एउटा सत्य भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पद २४ एउटा विरोधाभासी कथन होः “अब म तिमीहरूको लागि भएको मेरो दुःखभोगमा आनन्द मनाउँछु ।” मानिसहरूले सामान्यतया तिनीहरूले दुःखभोग गर्दा आनन्द मनाउँदैनन् । तर पदहरू २५-२९ मा पावलले उनको दुःखभोग किन असल छ भनेर व्याख्या गर्छन् । (कलस्सीहरू १:२४)
Colossians 1:1
हुन त यो पत्र पावल र तिमोथीबाट कलस्सी विश्वासीहरूलाई लेखिएको हो, पछि पत्रमा पावलले स्पष्ट पार्दछन् कि उनी चाहिँ लेखक हुन् । यो धेरै सम्भाव्य छ कि तिमोथी उनीसँगै थिए र पावलले बोल्दै गर्दा उनले ती शब्दहरूलाई लेखे । यो पत्रभर अरू किसिमले नबताइएसम्म “हामी”, “हाम्रो” र “हामीहरूका” जस्ता शब्दहरूले कलस्सीहरूलाई समावेश गर्छ । अरू किसिमले नबताइएसम्म “तिमी”, “तिम्रो” र “तिमीहरूका” जस्ता शब्दहरूले कलस्सी विश्वासीहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः समावेशी “हामी” अनि तिमीका रूपहरू)
ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ
“जसलाई परमेश्वरले ख्रीष्ट येशूको एक प्रेरित हुनलाई चुन्नुभयो”
Colossians 1:3
εὐχαριστοῦμεν…τοῦ Κυρίου ἡμῶν
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Colossians 1:4
पावलले उनका पाठकगणलाई समेटिरहेका छैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा तिमीहरूको विश्वास”
Colossians 1:5
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς
यहाँ “निश्चित आशा”को अर्थ विश्वासीले निश्चित भएर अपेक्षा गर्न सक्ने कुरा हुन्छ, त्यो भनेको ती कुराहरू हुन् जुन परमेश्वरले सारा विश्वासीहरूको लागि गर्ने प्रतिज्ञा गर्नुभएको छ । यी कुराहरूको विषयमा यसरी बताइएको छ कि मानौँ ती भौतिक वस्तुहरू थिए जसलाई विश्वासीहरूले पछि प्राप्त गर्नको लागि परमेश्वरले स्वर्गमा राखिरहनुभएको थियो । वैकल्पिक अनुवादः “किनकि तिमीहरू निश्चित छौ कि परमेश्वरले, जो स्वर्गमा हुनुहुन्छ, थुप्रै असल कुराहरू गर्नुहुनेछ जुन उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
τῷ λόγῳ τῆς ἀληθείας, τοῦ εὐαγγελίου
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश, सुसमाचार” वा २) “साँचो सन्देश, सुसमाचार ।”
Colossians 1:6
ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον
यहाँ “फल” भनेको “परिणाम” वा “उपज”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “सुसमाचारले धेरैभन्दा धेरै असल परिणामहरू ल्याउँदै छ” वा “सुसमाचारले बढ्दो परिणामहरू ल्याउँदै छ” (हेर्नुहोस्ः रूपक)
ἐν παντὶ τῷ κόσμῳ
यो तिनीहरूलाई थाहा भएको संसारको भागलाई जनाउँदै गरिएको सामान्यकरण हो । वैकल्पिक अनुवादः “संसारभर” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ
“परमेश्वरको साँचो अनुग्रह”
Colossians 1:7
ἡμῶν…ἡμῶν
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς
“यो ठ्याक्कै त्यही हो जुन तिमीहरूले इपाफ्रासबाट सिक्यौ, जो हाम्रा प्रिय सङ्गी सेवक हुन् र जो” वा “यो हाम्रा प्रिय सङ्गी सेवक, इपाफ्रासले तिमीहरूलाई सिकाएको जस्तै ठ्याक्कै हो । उनी”
Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ
यहाँ “हाम्रा पक्षमा” भन्ने कुराको अर्थ यो हो कि इपाफ्रासले ख्रीष्टको लागि त्यो काम गरिरहेका थिए जुन पावल झ्यालखानामा नभएका भए उनी आफैँले गर्ने थिए ।
Ἐπαφρᾶ
ती मानिस जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरे (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Colossians 1:8
ἡμῖν
“हाम्रा” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι
पावल पवित्र आत्माको विषयमा उहाँ कुनै स्थान हुनुभए झैँ गरी बताउँछन् जुन स्थानमा विश्वासीहरू रहेका थिए । वैकल्पिक अनुवादः “विश्वासीहरूलाई प्रेम गर्न पवित्र आत्माले कसरी तिमीहरूलाई सक्षम पार्नुभएको छ” (हेर्नुहोस्ः रूपक)
Colossians 1:9
किनभने अरूहरूलाई प्रेम गर्न आत्माले तिनीहरूलाई सक्षम बनाउनुभएको छ, पावल तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूको लागि उनले कसरी प्रार्थना गर्छन् भनेर यहाँ तिनीहरूलाई बताउँछन् ।
διὰ τοῦτο
“किनभने पवित्र आत्माले अरू विश्वासीहरूलाई प्रेम गर्न तिमीहरूलाई सक्षम बनाउनुभएको छ”
καὶ ἡμεῖς…ἠκούσαμεν, οὐ παυόμεθα
“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν
“इपाफ्रासले हामीहरूलाई यी कुराहरू भनेको दिनदेखि”
ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ
पावलले कलस्सी विश्वासीहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरूले जान्नुपर्ने कुराहरूले परमेश्वरले तिमीहरूलाई भर्नुभएको होस् ताकि तिमीहरूले उहाँको इच्छा गर्न सक” (हेर्नुहोस्ः रूपक)
ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ
“ ... , ताकि पवित्र आत्माले तिमीहरूलाई बुद्धिमान् बनाउनुभएको होस् र तिमीहरूले के गरेको परमेश्वरले चाहनुहुन्छ भनेर बुझ्नलाई सक्षम बनाउनुभएको होस्”
Colossians 1:10
“हामी” शब्दले कलस्सीहरूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
περιπατῆσαι ἀξίως τοῦ Κυρίου
यहाँ “हिँडाइ”ले जीवनको आचरणलाई अङ्कित गर्छ । वैकल्पिक अनुवादः “कि तिमीहरू त्यसरी जिउन सक जसरी जिएको परमेश्वरले अपेक्षा गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
εἰς πᾶσαν ἀρεσκείαν
“प्रभुलाई खुशी बनाउने तरिकाहरूमा”
καρποφοροῦντες
पावलले कलस्सी विश्वासीहरूको विषयमा तिनीहरू रूखहरू वा बिरुवाहरू भए झैँ गरेर बताइरहेका छन् । जसरी बिरुवा हुर्कन्छ र फल फलाउँछ, त्यसै गरेर विश्वासीहरूले पनि परमेश्वरलाई झन् धेरै मात्रामा परमेश्वरलाई चिन्दै गर्नुपर्छ र असल कामहरू गर्दै रहनुपर्छ । (हेर्नुहोस्ः रूपक)
Colossians 1:11
δυναμούμενοι
“हामी” शब्दले पावल र तिमोथीलाई जनाउँछ, तर कलस्सीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν
पावलले कलस्सी विश्वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ परमेश्वरले तिनीहरूलाई सहनशीलता र धैर्यताको स्थानमा सार्नुहुनेछ । वास्तवमा चाहिँ, उनले प्रार्थना गरिरहेका छन् कि तिनीहरूले परमेश्वरमा भरोसा गर्न कहिल्यै छोड्ने छैनन् र तिनीहरूले उहाँलाई सम्मान गर्दै गर्दा तिनीहरू पूर्ण रूपमा धीरजी हुनेछन् । (हेर्नुहोस्ः रूपक)
Colossians 1:12
ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα
“तिमीहरूलाई उत्तराधिकारी हुनलाई अनुमति दिनुभएको छ”
ἱκανώσαντι ὑμᾶς
यहाँ पावलले उनका पाठकहरू परमेश्वरका आशिष्हरूका प्रापकहरू भएका कुरामा ध्यानकेन्द्रित गर्दैछन् । तर उनको अर्थ यो होइन कि ती आशिष्हरूमा उनको आफ्नै चाहिँ केही भाग छैन ।
τοῦ κλήρου
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति र जायेजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः रूपक)
ἐν τῷ φωτί
यो अवधारणा अर्को पदमा भएको अन्धकारको प्रभुत्वको अवधारणासँग विपरीतमा छ । वैकल्पिक अनुवादः “उहाँको उपस्थितिको महिमामा” (हेर्नुहोस्ः रूपक)
Colossians 1:13
पावलले ख्रीष्ट उत्कृष्ट हुनुभएका कुराहरूको विषयमा कुरा गर्छन् ।
“परमेश्वर पिताले ... छुटकारा दिनुभएको छ”
τῆς ἐξουσίας τοῦ σκότους
यहाँ अन्धकार चाहिँ दुष्टताको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “दुष्ट शक्तिहरू जसले हामीलाई नियन्त्रण गर्थे” (हेर्नुहोस्ः रूपक)
τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ
“पुत्र” चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Colossians 1:14
ἐν ᾧ
पावलले धेरैपटक विश्वासीहरू येशू ख्रीष्ट“मा” वा परमेश्वर“मा” भएका झैँ गरेर बताउँछन् । यसलाई एउटा नयाँ वाक्यको सुरुवातको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको माध्यमद्वारा” वा “उहाँको पुत्रको माध्यमद्वारा” वा “उहाँको पुत्रको कारण” (हेर्नुहोस्ः रूपक)
ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν
नामपद शब्दहरू “उद्धार” र “क्षमा”लाई क्रियापदहरूको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले उद्धार पाएका छौँ; हाम्रा पापहरू क्षमा भएका छन्” वा “परमेश्वरले हाम्रो उद्धार गर्नुहुन्छ; उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Colossians 1:15
ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου
“उहाँको पुत्र अदृश्य परमेश्वरको प्रतिरूप हुनुहुन्छ ।” यहाँ “प्रतिरूप”को अर्थ केही दृश्य कुराको प्रतिनिधित्व गर्ने कुरा होइन । बरु, “प्रतिरूप”को अर्थ यहाँ यो हो कि पुत्रलाई जानेर हामी पिता कस्तो हुनुहुन्छ भनेर थाहा गर्छौँ । (हेर्नुहोस्ः रूपक)
πρωτότοκος πάσης κτίσεως
“जेठो छोरा” भन्ने अभिव्यक्तिले येशूको कहिले जन्मनुभएको थियो भन्ने कुरालाई जनाउँदैन । बरु, यसले परमेश्वर पिताको अनन्त पुत्रको रूपमा भएको उहाँको ओहदालाई जनाउँछ । यस अर्थमा, “जेठो छोरा” भनेको एउटा अलङ्कार हो जसको अर्थ “सबैभन्दा महत्त्वपूर्ण” भन्ने हुन्छ । येशू चाहिँ परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण र अद्वितीय पुत्र हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको पुत्र, सारा सृष्टिमा सबैभन्दा बढी महत्त्वपूर्ण व्यक्ति” (हेर्नुहोस्ः रूपक)
πάσης κτίσεως
नामपद शब्द “सृष्टि”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सृजनुभएको सबैकुरा” (हेर्नुहोस्ः भाववाचक नाम)
Colossians 1:16
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा परमेश्वरले सबैकुरा सृष्टि गर्नुभयो” वा “परमेश्वरले पुत्रलाई सबैकुरा सृष्टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । परमेश्वरले पुत्रलाई सबैकुरा पुत्रकै महिमाको लागि बनाउन लगाउनुभयो । वैकल्पिक अनुवादः “किनकि उहाँद्वारा र उहाँकै निम्ति परमेश्वरले सबैकुरा सृष्टि गर्नुभयो” वा “परमेश्वरले उहाँलाई सबैकुरा उहाँकै निम्ति सृष्टि गर्न लगाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Colossians 1:17
αὐτός ἐστιν πρὸ πάντων
“यो उहाँ नै हुनुहुन्छ जो सबै थोकहरूभन्दा अगाडिदेखि अस्तिवमा हुनुहुन्थ्यो”
τὰ πάντα ἐν αὐτῷ συνέστηκεν
पुत्रले सबै थोकहरूलाई नियन्त्रण गरिरहनुभएको विषयमा पावलले यहाँ यसरी बताउँछन् कि मानौँ उहाँले ती सबैलाई भौतिक रूपमा बाँधेर राखिरहनुभएको थियो । “उहाँले सबैकुरालाई एकसाथ बाँधेर राख्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Colossians 1:18
αὐτός ἐστιν ἡ κεφαλὴ
“येशू ख्रीष्ट, परमेश्वरको पुत्र, शिर हुनुहुन्छ”
αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας
पावलले मण्डलीमाथि येशूको ओहदाको विषयमा यसरी बताउँछन् कि मानौँ उहाँ मानव शरीरको शिर हुनुहुन्थ्यो । जसरी शिरले शरीरलाई चलाउँछ, त्यसै गरेर येशूले मण्डलीलाई शासन गर्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ἡ ἀρχή
“सुरुवात गर्ने अधिकार ।” उहाँ प्रथम प्रमुख र स्थापक हुनुहुन्छ ।
πρωτότοκος ἐκ τῶν νεκρῶν
मरिगएर पुनः जीवनमा फर्किने, र फेरि कहिल्यै नमर्ने हुनुमा येशू पहिलो व्यक्ति हुनुहुन्छ ।
Colossians 1:20
διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ
“येशूले क्रूसमा बहाउनुभएको रगतको माध्यमद्वारा”
τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ
यहाँ “रगत”को अर्थ क्रूसमा भएको ख्रीष्टको मृत्यु हो । (हेर्नुहोस्ः लक्षणा)
Colossians 1:21
ख्रीष्टले अन्यजाति विश्वासीहरूको पापलाई उहाँको पवित्रताको लागि साटफेर गर्नुहुन्छ भनेर परमेश्वरले अब प्रकट गर्नुभएको छ भन्ने कुरालाई पावलले स्पष्ट पार्छन् ।
καὶ ὑμᾶς ποτε
“त्यहाँ एउटा समय थियो जब तिमी कलस्सी विश्वासीहरू पनि”
ἀπηλλοτριωμένους
“ती मानिसहरू जस्ता थियौ जसलाई परमेश्वरले चिन्नुहुँदैनथ्यो” वा “परमेश्वरलाई टाढा धकेलेका थियौ”
Colossians 1:22
παραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους, κατενώπιον αὐτοῦ
पावलले कलस्सीहरूलाई यसरी वर्णन गरिरहेका छन् कि मानौँ येशूले तिनीहरूलाई शारीरिक रूपमा सफा गर्नुभएको थियो, तिनीहरूलाई नयाँ वस्त्रहरू पहिराउनुभएको थियो, र तिनीहरूलाई परमेश्वर पिताको सामु उभिनलाई ल्याउनुभएको थियो । (हेर्नुहोस्ः रूपक)
ἀμώμους, καὶ ἀνεγκλήτους
सिद्धताको विचारलाई जोड दिनको लागि लगभग एउटै कुराको अर्थ दिने दुईवटा शब्दहरूलाई पावलले प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “सिद्ध” (हेर्नुहोस्ः समान्तरता)
κατενώπιον αὐτοῦ
यो स्थानको अभिव्यक्तिको अर्थ “परमेश्वरको दृष्टिकोणमा” वा “परमेश्वरको मनमा” भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
Colossians 1:23
τοῦ κηρυχθέντος
जुन विश्वासीहरूले घोषणा गरे (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν
“संसारमा भएका हरेक व्यक्तिलाई”
οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος
पावल वास्तवमा परमेश्वरका सेवक थिए । वैकल्पिक अनुवादः “त्यो सुसमाचार जसलाई घोषणा गरेर म, पावल परमेश्वरको सेवा गर्छु” (हेर्नुहोस्ः लक्षणा)
Colossians 1:24
ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου
पावल उनले निरन्तर भोगिरहेका कष्टहरूको बारेमा कुरा गर्छन् । उनले यहाँ स्वीकार गरिरहेका हुन सक्छन् कि ख्रीष्ट पुनः फर्कनुभन्दा अगाडि त्यहाँ थुप्रै दुःखभोगहरू छन् जुन उनी र अन्य ख्रीष्टिएनहरूले सहनुपर्छ, र एउटा आत्मिक बुझाइमा ख्रीष्टले पनि यी कठिनाइहरूमा तिनीहरूसँग भाग लिनुहुन्छ । पावलले निश्चय नै यो भनेका होइनन् कि केवल ख्रीष्टका दुःखभोगहरू विश्वासीहरूलाई उद्धार प्रदान गर्नका निमित्त पर्याप्त थिएनन् ।
ἀνταναπληρῶ…ἐν τῇ σαρκί μου
पावलले उनको शरीरको विषयमा त्यो कुनै भाँडो भए झैँ गरेर बताउँछन् जसमा दुःखभोग राख्न सकिन्थ्यो । (हेर्नुहोस्ः रूपक)
ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία
पावलले धेरैपटक मण्डली अर्थात सारा ख्रीष्टिएन विश्वासीहरूको समूह चाहिँ ख्रीष्टको देह भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Colossians 1:25
πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ
यसको अर्थ परमेश्वरको सुसमाचारको उद्देश्यको पूरा हुन ल्याउनु हो, जुन चाहिँ यही हो कि त्यो प्रचार गरियोस् र विश्वास गरियोस् । यहाँ “परमेश्वरको वचन” चाहिँ परमेश्वरबाटको सन्देशको लागि एउटा प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “परमेश्वरले निर्देशन दिनुभएको कुराप्रति आज्ञाकारी हुन” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Colossians 1:26
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो गोप्य सत्यता हो जुन परमेश्वरले लुकाउनुभएको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν
“युगौँयुग” र “पुस्तौँपुस्ता” भन्ने शब्दहरूले संसारको सृष्टिको समयदेखि लिएर सुसमाचार प्रचार नगरिएको समयसम्मको समयावधिलाई जनाउँछ ।
νῦν…ἐφανερώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Colossians 1:27
τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου
पावलले परमेश्वरको बारेमा भएको यस गोप्य सत्यताको मूल्यको विषयमा त्यो भौतिक सम्पत्तिको धनराशी भए झैँ गरेर बताउँछन् । “धनहरू” (हेर्नुहोस्ः रूपक)
Χριστὸς ἐν ὑμῖν
पावलले विश्वासीहरूको विषयमा तिनीहरू वास्तविक भाँडाहरू भए झैँ गरेर बताउँछन् जसभित्र ख्रीष्ट हुनुहुन्थ्यो । विश्वासीहरूको ख्रीष्टसँगको एकतालाई व्यक्त गर्ने उनका तरिकाहरूमध्येमा यो एउटा हो । (हेर्नुहोस्ः रूपक)
ἡ ἐλπὶς τῆς δόξης
“ताकि तिमीहरू परमेश्वरको महिमामा सहभागी हुनलाई ढुक्क भएर अपेक्षा गर्न सक”
Colossians 1:28
ἡμεῖς καταγγέλλομεν…παραστήσωμεν
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
νουθετοῦντες πάντα ἄνθρωπον
“हामी सबैजनालाई खबरदारी गर्छौँ”
ἵνα παραστήσωμεν πάντα ἄνθρωπον
तिनीहरूले कसको सामु हरेक व्यक्तिलाई प्रस्तुत गर्नेछन् भन्ने कुरालाई तपाईंले स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि हामी हरेक व्यक्तिलाई परमेश्वरको सामु प्रस्तुत गर्न सकौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τέλειον
पूर्ण हुनु भनेको आत्मिक तवरमा परिपक्व हुनुको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक रूपमा परिपक्व” (हेर्नुहोस्ः रूपक)
Colossians 2
कलस्सीहरू ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
खतना र बप्तिस्मा
पदहरू ११-१२ मा, ख्रीष्टिएनहरू ख्रीष्टसँग कसरी एक छन् र पापबाट मुक्त भएका छन् भनेर देखाउनको लागि पावलले पुरानो करारको खतनाको चिन्ह र नयाँ करारको बप्तिस्मा चिन्ह दुवैलाई प्रयोग गर्छन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
शरीर
यो एउटा जटिल विषय हो । सम्भवतः “शरीर” भनेको हाम्रो पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण छ भनेर पावलले सिकाइरहेका छैनन् । पावलले यस्तो सिकाइरहेका जस्तो देखिन्छ कि, जबसम्म ख्रीष्टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गरिरहने छौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । पावलले यस अध्यायमा “शरीर” शब्दलाई भौतिक देहलाई जनाउन पनि प्रयोग गर्छन् ।
अन्तर्निहित जानकारी
पावलले यस अध्यायमा थुप्रै विषयहरूलाई उल्लेख गर्छन् जसले कलस्सेमा भएको मण्डलीको अवस्थाको बारेमा रहेको जानकारी दिन्छन् । वास्तविक विस्तृत विवरणहरूको विषयमा खण्डलाई अनिश्चित रहन दिन नै बेस हुन्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Colossians 2:1
पावलले कलस्सी र लाउडिकियामा भएका विश्वासीहरूलाई ख्रीष्ट परमेश्वर हुनुहुन्छ र उहाँ विश्वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्नलाई प्रोत्साहन गरिरहेका छन्, यसैकारण तिनीहरूले त्यसरी नै जिउनुपर्छ जसरी तिनीहरूले उहाँलाई ग्रहण गरे ।
ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν
तिनीहरूको शुद्धता र सुसमाचारको बुझाइलाई विकास गर्न पावलले धेरै परिश्रम गरेका छन् ।
τῶν ἐν Λαοδικίᾳ
यो कलस्सेको धेरै नजिकैमा रहेको सहर थियो जहाँ एउटा मण्डली पनि थियो जसको लागि पावलले प्रार्थना गरिरहेका थिए ।
ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί
यहाँ “अनुहार”ले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरू सबै जसले मलाई व्यक्तिगत रूपमा भेटेका छैनन्” वा “तिनीहरू सबै जसलाई मैले आमने सामने कहिल्यै भेटेको छैन” (हेर्नुहोस्ः उपलक्षण)
Colossians 2:2
ἵνα…αἱ καρδίαι αὐτῶν
पावलले बेग्लै सर्वनामको प्रयोग गरेका भएतापनि उनले गलातीहरूलाई समावेश गरे । वैकल्पिक अनुवादः “ताकि तिनीहरूका र तिमीहरूका हृदयहरू” (हेर्नुहोस्ः सर्वनामहरू)
συμβιβασθέντες
यसको अर्थ एकसाथ घनिष्ठ सम्बन्धमा ल्याइएको भन्ने हुन्छ ।
πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως
सुसन्देश सत्य छ भनी पूर्णतया पक्का भएको कोही व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति भौतिक थोकहरूमा धनी थियो । (हेर्नुहोस्ः रूपक)
τοῦ μυστηρίου τοῦ Θεοῦ
यो केवल परमेश्वरद्वारा मात्र प्रकट गर्न सकिने ज्ञान हो ।
Χριστοῦ
येशू ख्रीष्ट परमेश्वरद्वारा प्रकट गरिनुभएको गोप्य सत्यता हुनुहुन्छ ।
Colossians 2:3
ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι
केवल ख्रीष्टले मात्र परमेश्वरको सत्य बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले बुद्धि र ज्ञानका सबै सम्पत्तिहरूलाई ख्रीष्टमा लुकाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως
पावलले परमेश्वरको बुद्धि र ज्ञानको विषयमा तिनीहरू भौतिक धनहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “धेरै बहुमूल्य बुद्धि र ज्ञान” (हेर्नुहोस्ः रूपक)
τῆς σοφίας καὶ γνώσεως
यहाँ यी शब्दहरूको आधारभूत रूपमा उस्तै अर्थ हुन्छ । सबै आत्मिक समझ ख्रीष्टबाट आउँछ भन्ने कुरालाई जोड दिनका लागि पावलले यहाँ तिनलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Colossians 2:4
παραλογίζηται
यसको अर्थ कसैलाई केही कुरामा विश्वास गर्न लगाउनु हो जुन सत्य होइन, ताकि त्यो व्यक्ति त्यो विश्वासमा चलोस्, र फलस्वरूप हानी भोगोस् ।
πιθανολογίᾳ
यस्तो बोली जसले कुनै व्यक्तिलाई फरक तरिकाले सोच्ने बनाउनेछ
Colossians 2:5
τῇ σαρκὶ ἄπειμι
व्यक्तिको शरीर, वा भौतिक शरीर भनेको त्यो व्यक्तिलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूसँग शारीरिक रूपमा उपस्थित छैन” (हेर्नुहोस्ः लक्षणा)
τῷ πνεύματι σὺν ὑμῖν εἰμι
कसैसँग आत्मामा हुनु भनेको त्यस व्यक्तिको बारेमा निरन्तर सोचिरहने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म तिमीहरूको बारेमा निरन्तर सोचिरहन्छु” (हेर्नुहोस्ः टुक्काहरू)
τὴν τάξιν
उचित तरिकाले कुराहरू गर्ने
τὸ στερέωμα…πίστεως ὑμῶν
“कसरी कुनै पनि चीज र कसैले पनि तिमीहरूलाई विश्वास गर्नदेखि रोक्न सक्दैन”
Colossians 2:6
ἐν αὐτῷ περιπατεῖτε
कुनै बाटोमा हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुराको लागि अलङ्कार हो । “उहाँमा” भन्ने शब्दले ख्रीष्टसँग नजिकको सम्बन्धमा हुनु र उहाँलाई मनपर्दो कुराहरू गर्नुलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले चाहनुभएअनुसार तिमीहरूको जीवन जिओ” वा “जिओ ताकि मानिसहरूले देखून् कि तिमीहरू उहाँका हौ” (हेर्नुहोस्ः रूपक)
Colossians 2:7
ἐρριζωμένοι…ἐποικοδομούμενοι ἐν αὐτῷ…βεβαιούμενοι τῇ πίστει…περισσεύοντες ἐν εὐχαριστίᾳ
यी शब्दहरूले “उहाँमा हिँड्नु” भनेको के हो भनेर व्याख्या गर्छन् । (हेर्नुहोस्ः टुक्काहरू)
ἐρριζωμένοι
पावलले ख्रीष्टमा साँचो विश्वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति पक्का जमिनमा गहिरो गरी जरा हालेर बढ्दै गरेको कुनै रूख हो । (हेर्नुहोस्ः रूपक)
ἐποικοδομούμενοι ἐν αὐτῷ
पावलले ख्रीष्टमा साँचो विश्वास भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै भवन हो जसको बलियो जग छ । (हेर्नुहोस्ः रूपक)
βεβαιούμενοι τῇ πίστει
“सबै कुराको लागि येशूमा भरोसा गर”
καθὼς ἐδιδάχθητε
यसलाई शिक्षकको नाम नदिइकन वा अन्य किसिमले तिनमा ध्यानाकर्षण नगराइकन उल्लेख गर्दा बेस हुन्छ, जो खासमा इपाफ्रास थिए (कलस्सीहरू १:७) । वैकल्पिक अनुवादः “ठीक जसरी तिमीहरूले सिक्यौ” वा “ठीक जसरी तिनीहरूले तिमीहरूलाई सिकाए” वा “ठीक जसरी उनले तिमीहरूलाई सिकाए”
περισσεύοντες ἐν εὐχαριστίᾳ
पावलले धन्यवाद दिने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो वस्तुहरू हो जसलाई कोही व्यक्तिले थुप्रै परिमाणमा पाउन सक्छ । वैकल्पिक अनुवादः “परमेश्वरप्रति धेरै धन्यवादी होओ” (हेर्नुहोस्ः रूपक)
Colossians 2:8
पावलले विश्वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्वासीहरूसँग ख्रीष्टमा भएको परमेश्वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।
“यो पक्का गर कि”
ὑμᾶς ἔσται ὁ συλαγωγῶν
कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्वास गर्न सक्ने (किनभने तिनीहरूले झूटा कुराहरूलाई विश्वास गर्छन् वा गलत थोकहरूलाई प्रेम गर्छन्) तरिकाको विषयमा यसरी बताउँछन् कि मानौँ कसैले त्यो व्यक्तिको शरीरलाई पक्रेको थियो र बलजफ्तीसँग समातेर राखेको थियो । (हेर्नुहोस्ः रूपक)
τῆς φιλοσοφίας
धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्वरको वचनबाटका होइनन् तर परमेश्वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्
κενῆς ἀπάτης
केही पनि ननिकाल्ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः रूपक)
τὴν παράδοσιν τῶν ἀνθρώπων…τὰ στοιχεῖα τοῦ κόσμου
दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।
Colossians 2:9
ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς
“परमेश्वरको पूर्ण स्वभाव ख्रीष्टमा शारीरिक रूपमा वास गर्दछ”
Colossians 2:10
ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι
पावलले मानिसहरूको विषयमा तिनीहरू भाँडाहरू भए झैँ गरेर बताउँछन् जसमा परमेश्वरले ख्रीष्टलाई राख्नुभयो । वैकल्पिक अनुवादः “तिमीहरू ख्रीष्टमा पूर्ण बनाइएका छौ” (हेर्नुहोस्ः रूपक)
ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας
ख्रीष्ट अरू हरेक शासकमाथि शासक हुनुहुन्छ (हेर्नुहोस्ः रूपक)
Colossians 2:11
ἐν ᾧ καὶ περιετμήθητε
पावल ख्रीष्टका भएकाहरूको विषयमा तिनीहरू ख्रीष्टको शरीरभित्र भए झैँ गरेर बताइरहेका छन् । यसलाई कर्तृ वाच्यमा पनि बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “जब तिमीहरूले बप्तिस्मामा मण्डलीसँग जोडियौ, परमेश्वरले तिमीहरूको खतना गर्नुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
περιτομῇ ἀχειροποιήτῳ
यस अलङ्कारको साथमा, पावलले भन्छन् कि परमेश्वरले विश्वासीहरूलाई आफ्नो लागि त्यस किसिमले ग्रहणयोग्य बनाउनुभएको छ जसले उहाँलाई खतनाको सम्झना गरायो, एउटा समारोह जसद्वारा हिब्रू छोरा शिशुहरूलाई इस्राएलको समुदायमा सामेल गराइन्थ्यो । (हेर्नुहोस्ः रूपक)
Colossians 2:12
συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ
पावलले बप्तिस्मा लिने र विश्वासीहरूको सभामा सामेल हुने कुराको विषयमा त्यो चाहिँ ख्रीष्टसँगै गाडिने कुरा भए झैँ गरेर बताउँछन् । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँगै गाड्नुभयो जब तिमीहरू बप्तिस्मामा मण्डलीमा सामेल भयौ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐν ᾧ…συνηγέρθητε
यस अलङ्कारको साथमा, पावलले विश्वासीहरूको नयाँ आत्मिक जीवनको विषयमा कुरा गर्छन्, जुन सम्भव भयो किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित पार्नुभयो । यसलाई कर्त वाच्य बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले आफैँलाई ख्रीष्टमा सामेल गराएका छौ, परमेश्वरले तिमीहरूलाई बिउँताउनुभएको छ” वा “उहाँमा परमेश्वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
συνηγέρθητε
यहाँ बिउँताउनु भनेको एउटा वाक्पद्धति हो जसको अर्थ कोही मरिसकेको व्यक्तिलाई पुनः जीवित बनाउनु भन्ने हुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई बिउँताउनुभयो” वा “परमेश्वरले तिमीहरूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)
Colossians 2:13
ὑμᾶς νεκροὺς ὄντας
पावलले परमेश्वरलाई प्रतिक्रिया जनाउन नसक्ने अवस्थाको विषयमा त्यो मृत्यु नै भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “जब तिमी कलस्सी विश्वासीहरू परमेश्वरलाई जवाफ दिन असक्षम थियौ” (हेर्नुहोस्ः रूपक)
ὑμᾶς νεκροὺς ὄντας…συνεζωοποίησεν ὑμᾶς
यस अलङ्कारको साथमा, पावलले नयाँ आत्मिक जीवनमा आउने कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ पुनः शारीरिक रूपमा जीवनमा आउनु हो । (हेर्नुहोस्ः रूपक)
νεκροὺς…ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν
तिमीहरू दुईवटा लेखाको लागि मरेका थियौः १) ख्रीष्टको विरुद्धमा पापको जीवन जिउँदै तिमीहरू आत्मिक रूपमा मरेका थियौ र २) तिमीहरू मोशाको व्यवस्था अनुसार खतना भएका थिएनौ ।
χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα
“उहाँले हामीलाई, हामी यहूदीहरू र तिमी अन्यजातिहरू दुवैलाई, हाम्रा सबै अपराधहरू क्षमा गर्नुभयो”
Colossians 2:14
ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν
परमेश्वरले हाम्रा पापहरू माफ गरिदिनुभएको तरिकाको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो त्यस्तो तरिका हो जसअनुसार कोही व्यक्तिले, जसलाई धेरै मानिसहरूले पैसा र सामानहरू दिनुपर्ने थियो, ती ऋृणहरूको अभिलेखलाई नष्ट गर्छन् ताकि तिनीहरूले उनलाई फिर्ता तिर्न पर्दैन । (हेर्नुहोस्ः रूपक)
Colossians 2:15
ἐδειγμάτισεν ἐν παρρησίᾳ
रोमी समयहरूमा, रोमी सेनाले तिनीहरूले कब्जा गरेका सारा केदीहरू र तिनीहरूले प्राप्त गरेका सबै मालसामानहरूलाई प्रदर्शन गर्दै तिनीहरू घर फर्कँदा विजयको र्याली गर्नु भनेको तिनीहरूको लागि सामान्य प्रचलन थियो । परमेश्वर दुष्ट शक्तिहरू र अधिकारहरू उपर विजयी हुनुहुन्थ्यो । (हेर्नुहोस्ः रूपक)
ἐν αὐτῷ
यहाँ “क्रूस”को अर्थ क्रूसमा भएको ख्रीष्टको मृत्यु हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Colossians 2:16
ἐν βρώσει, καὶ ἐν πόσει
कसैले के-के खान र पिउन हुन्छ भन्ने कुराहरू मोशाको व्यवस्थामा समावेश थिए । “किनकि के तिमीहरूले खान्छौ र के तिमीहरूले पिउँछौ”
ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ Σαββάτων
मोशाको व्यवस्थाले उत्सव मनाउने, आराधना गर्ने, र बलिदान चढाउने दिनहरू छुट्ट्याएको थियो । “तिमीहरूले भोजका दिनहरू वा पूर्णिमाका दिनहरू वा विश्रामको दिन मनाउने तरिकाको लागि”
Colossians 2:17
ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ
एउटा छायाँले कुनै वस्तुको अस्पष्ट आकारलाई देखाउँछ, तर त्यो आफैँ चाहिँ वस्तु होइन । त्यसै गरी, चाडहरू, उत्सवहरू, र विश्रामको दिनले हामीलाई परमेश्वरले मानिसहरूलाई कसरी बचाउनुहुने थियो भनेर देखाउँछन्, तर ती कुराहरूले मानिसहरूलाई बचाउँदैनन् । उद्धारकर्ता चाहिँ ख्रीष्ट हुनुहुन्छ । वैकल्पिक अनुवादः “यिनीहरू के हुनेछ भन्ने कुराको छायाँ जस्तो हुन्, तर वास्तविकता चाहिँ ख्रीष्ट हुनुहुन्छ” वा “यिनीहरू आउनुहुने उद्धारकर्ताको छायाँ जस्तो हुन्, तर उद्धारकर्ता चाहिँ ख्रीष्ट हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Colossians 2:18
μηδεὶς ὑμᾶς καταβραβευέτω
यहाँ पावलले झूटा शिक्षकहरूलाई यसरी जनाउँछन् कि मानौँ तिनीहरू कुनै खेलकूदको प्रतिस्पर्धामा भएका भ्रष्ट न्यायाधीशहरू थिए जसले विश्वासीहरूलाई तिनीहरूले पाउनुपर्ने पुरस्कारहरू जित्नबाट अन्यायोचित रूपमा अयोग्य ठहराउँछन्, र ख्रीष्टले कोही व्यक्तिलाई उद्धार गर्नुभएको कुराको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो चाहिँ ख्रीष्टले त्यस किसिमको प्रतिस्पर्धाको विजेतालाई पुरस्कार दिनुभएको हो । वैकल्पिक अनुवादः “कसैले पनि तिमीहरूलाई ... इनाम जित्नबाट अयोग्य नठहराओस्” (हेर्नुहोस्ः रूपक)
θέλων ἐν ταπεινοφροσύνῃ
“नम्रता” शब्द ती कार्यहरूको लागि प्रतिस्थापन शब्द हो जुन कार्यहरू कोही व्यक्तिले अरूहरूलाई आफू नम्र रहेको ठान्ने बनाउनको लागि गर्छ । वैकल्पिक अनुवादः “जसले तिमीहरूले ती कुराहरू गरेको चाहन्छ जसले देखाउँछ कि तिमीहरू नम्र छौ” (हेर्नुहोस्ः लक्षणा)
ἃ ἑόρακεν ἐμβατεύων
यहाँ पावलले ती मानिसहरूको बारेमा बताउँछन् जसले परमेश्वरबाट सपनाहरू र दर्शनहरू पाएको दाबी गर्छन् र जसले तिनीहरूको बारेमा घमण्डसँग कुरा गर्छन् । (हेर्नुहोस्ः रूपक)
εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ
यहाँ पावल भन्छन् कि पापपूर्ण सोचाइहरूले एउटा व्यक्तिलाई घमण्डी बनाउँछ । वैकल्पिक अनुवादः “उसको अभिलाषी सोचाइको माध्यमद्वारा आफैँलाई घमण्डले फुलाउँछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
φυσιούμενος
यहाँ घमण्ड गर्ने कोही व्यक्तिको विषयमा ऊ कुनै वस्तु भए झैँ गरेर बताइएको छ जसलाई कसैले त्यो हुनुपर्नेभन्दा बढी ठूलो बनाउन त्यसभित्र हावा भरिदिएको छ । (हेर्नुहोस्ः रूपक)
τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ
यहाँ अभिलाषाको अर्थ पापपूर्ण मानव स्वाभाव हुन्छ । “पापपूर्ण विचारहरू जुन उसले स्वाभाविक रूपमा सोच्छ” (हेर्नुहोस्ः रूपक)
Colossians 2:19
οὐ κρατῶν τὴν κεφαλήν
ख्रीष्टमा भरोसा नगर्ने व्यक्तिको विषयमा यसरी बताइएको छ कि मानौँ उसले शिरलाई बलियो गरी पक्रँदैन । ख्रीष्टको विषयमा यसरी बताइएको छ कि मानौँ उहाँ कुनै शरीरको शिर हुनुहुन्छ । वैकल्पिक अनुवादः “उसले ख्रीष्टलाई बलियोसँग पक्रँदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” वा “ऊ ख्रीष्टसँग टाँसिदैन, जो कुनै शरीरको शिर जस्तै हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον
पावलले मण्डलीको विषयमा कुरा गर्छन्, जुन ख्रीष्टद्वारा राह गरिएको र सामर्थ्य प्रदान गरिएको हुन्छ, मानौँ त्यो कुनै मानव शरीर हो । वैकल्पिक अनुवादः “यो शिरबाट नै हो कि परमेश्वरले सारा शरीरलाई त्यसको जोर्नीहरू र तन्तुहरूमा पोषण प्रदान गर्नुहुन्छ र एकसाथ गाँस्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Colossians 2:20
εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου
यस अलङ्कारको साथमा, पावल एक विश्वासीको विषयमा त्यस्तो एउटा व्यक्तिको रूपमा कुरा गर्छन् जो ख्रीष्टसँग आत्मिक रूपमा जोडिएको छः जसरी ख्रीष्ट मर्नुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक रूपमा मरेको छ; जसरी ख्रीष्ट जीवनमा फर्किआउनुभयो, त्यसरी नै विश्वासी पनि आत्मिक जीवनमा, अर्थात्, परमेश्वरलाई प्रतिक्रिया जनाउन सक्ने अवस्थामा फर्किआएको छ । (हेर्नुहोस्ः रूपक)
ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε
“संसारका चाहनाहरूलाई तिमीहरूले मान्नुपर्छ भनेर सोच्नु”
τοῦ κόσμου
संसारका बहुसङ्ख्यक पापी मानिसहरूका सोचाइहरू, इच्छाहरू, र अनुमानहरू (हेर्नुहोस्ः लक्षणा)
Colossians 2:21
पद २० मा भएको “किन तिमीहरू यस संसारप्रति समर्पित भए जस्तै गरेर जिउँछौ” भन्ने शब्दहरूका साथमा सुरु हुने आलङ्कारिक प्रश्नको यहाँ अन्त हुन्छ ।
μὴ ἅψῃ! μηδὲ γεύσῃ! μηδὲ θίγῃς!
अरू मानिसहरूले कलस्सीहरूलाई भनिरहेका कुराहरूलाई पावलले उद्धृत गरिरहेका छन् । “तिमीहरू तिनीहरूलाई किन विश्वास गर्छौ जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’ ?” वा “तिमीहरूले तिनीहरूको आज्ञापालन गर्नुहुँदैन जब तिनीहरूले भन्छन्, ‘नचलाओ, नता चाख, नता छोओ’”
Colossians 2:23
ἅτινά…λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ, ἀφειδίᾳ σώματος
“यी नियमहरू अविश्वासी मानिसहरूलाई बुद्धिमान् लाग्छन् किनभने तिनीहरूलाई पछ्याउनेहरूलाई तिनीहरूले आफ्नै शरीरलाई चोट लाउन दिएर नम्र रहेको जस्तो देखिन दिन्छन्”
ἐστιν…οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός
“तिमीहरूका मानवीय अभिलाषाहरूलाई पछ्याउनलाई रोक्न तिमीहरूलाई सहायता गर्दैनन्”
Colossians 3
कलस्सी ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस पत्रको दोस्रो भाग एफिसीहरू ५ र ६ सँग मेल खान्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पुरानो र नयाँ व्यक्ति
पुरानो र नयाँ व्यक्तिको अर्थ पुरानो र नयाँ मानिस भन्नु झैँ हो । “पुरानो मानिस” भन्ने कुराले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जसमा कोही एक व्यक्ति जन्मेको हुन्छ । “नयाँ मानिस” भनेको चाहिँ नयाँ स्वभाव वा नयाँ जीवन हो जुन परमेश्वरले कोही व्यक्ति ख्रीष्टमा विश्वास गर्न आइसकेपछि उसलाई दिनुहुन्छ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि विश्वास)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
चरित्र
पावलले उनका पाठकहरूलाई पछ्याउन वा पन्छाउनलाई भनेका धेरैजसो कुराहरू क्रियाकलापहरू होइनन् तर चारित्रिक गुणहरू हुन् । यसकारंण, तिनीहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ । (हेर्नुहोस्ः भाववाचक नाम)
“माथिका कुराहरू”
परमेश्वर वास गर्नुहुने स्थानलाई धेरैपटक “माथि” अवस्थित रहेको भनेर चित्रण गरिएको छ । “माथिका कुराहरूलाई खोज्न” र “माथिका कुराहरूको बारेमा सोच्न”का लागि पावलले बताउँछन् । उनले बताउन खोजिरहेका छन् कि ख्रीष्टिएनहरूले स्वर्गीय र ईश्वरीय थोकहरूलाई खोज्नुपर्छ र तिनीहरूको बारेमा विचार गर्नुपर्छ ।
Colossians 3:1
तिनीहरू ख्रीष्टसँग एक भएका कारण तिनीहरूले केही निश्चित कुराहरू गर्नुहुँदैन भनेर पावलले चेतावनी दिन्छन् ।
εἰ οὖν
यो एउटा वाक्पद्धति हो जसको अर्थ “किनभने” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
συνηγέρθητε τῷ Χριστῷ
यहाँ बिउँताउनु भनेको मरिसकेको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने एउटा वाक्पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्वरले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, परमेश्वरले कलस्सीमा भएका विश्वासीहरूलाई अघिबाट नै नयाँ आत्मिक जीवन दिनुभएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई नयाँ जीवन दिनुभएको छ किनभने तिमीहरू ख्रीष्टका हौ” वा २) किनभने परमेश्वरले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ, कलस्सीमा भएका विश्वासीहरूले जान्न सक्छन् कि तिनीहरू मरिसकेपछि तिनीहरू ख्रीष्टसँगै जिउनेछन्, र विश्वासीहरू पुनः जीवित हुने कुराको विषयमा त्यो पहिले नै भइसकेको छ भने झैँ गरेर पावलले भन्न सक्छन् । वैकल्पिक अनुवादः “तिमीहरू पक्का हुन सक्छौ कि परमेश्वरले तिमीहरूलाई जीवन दिनुहुनेछ जसरी उहाँले उहाँले ख्रीष्टलाई पुनः जीवित हुने तुल्याउनुभएको छ” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत अनि टुक्काहरू)
τὰ ἄνω
“स्वर्गमा भएका थोकहरू”
Colossians 3:3
ἀπεθάνετε γάρ
किनकि ख्रीष्ट वास्तवमै मर्नुभयो, त्यसैले कलस्सी विश्वासीहरू पनि ख्रीष्टसँग मरेकाहरूको रूपमा परमेश्वरले तिनीहरूलाई गन्नुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ
पावलले मानिसहरूको जीवनको विषयमा यसरी बताउँछन् कि मानौँ ती वस्तुहरू हुन् जुन बाकसहरूमा राख्न सकिन्छ र परमेश्वरको विषयमा उहाँ कुनै बाकस हुनुभए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “यो यस्तो हो कि मानौँ परमेश्वरले तिमीहरूको जीवन लिनुभएको छ र त्यसलाई परमेश्वरको उपस्थितिमा ख्रीष्टमा लुकाउनुभयो” वा २) “तिमीहरूको साँचो जीवन के हो भनेर केवल परमेश्वरले मात्र जान्नुहुन्छ, र उहाँले त्यसलाई तब प्रकट गर्नुहुनेछ जब उहाँले ख्रीष्टलाई प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Colossians 3:4
ἡ ζωὴ ὑμῶν
ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले विश्वासीलाई आत्मिक जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:5
ἀκαθαρσίαν
अशुद्ध आचरण
πάθος
बलियो, अभिलाषी चाहना
τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία
“लोभ, जुन चाहिँ मूर्तिपूजा जस्तै हो” वा “लोभी नहोओ किनभने त्यो मूर्तिपूजा गर्नु जस्तै हो”
Colossians 3:6
ἡ ὀργὴ τοῦ Θεοῦ
दुष्ट काम गर्नेहरूलाई दण्ड दिन उहाँले गर्नुहुने कुराद्वारा देखाइएको तिनीहरूको विरुद्धमा भएको परमेश्वरको क्रोध ।
Colossians 3:7
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε
कोही व्यक्तिले गर्ने व्यवहारको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै सडक वा मार्ग हो जसमा एक व्यक्ति हिँड्छ । वैकल्पिक अनुवादः “यी ती कुराहरू हुन् जुन तिमीहरूले गर्ने गर्थ्यौ” (हेर्नुहोस्ः रूपक)
ὅτε ἐζῆτε ἐν τούτοις
सम्भावित अर्थहरू हुन् १) “जब तिमीहरूले ती कुराहरूको अभ्यास गर्थ्यौ” वा २) “जब तिमीहरू परमेश्वरको अनाज्ञापालन गर्ने मानिसहरूको माझमा रहन्थ्यौ” (हेर्नुहोस्ः रूपक)
Colossians 3:8
κακίαν
“दुष्ट कामहरू गर्ने इच्छा”
βλασφημίαν
अरूहरूलाई चोट लाउन भनिएका कुराहरू
αἰσχρολογίαν
नम्र बोलचालमा नमिल्ने शब्दहरू
ἐκ τοῦ στόματος ὑμῶν
यहाँ “मुख” भनेको कुराकानीको लागि एक प्रतिस्थापन शब्द हो । “तिमीहरूको कुराकानीमा” (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:9
पावलले विश्वासीहरूलाई कसरी जिउने भनेर बताउनलाई निरन्तरता दिन्छन् र तिनीहरूलाई सम्झाउँछन् कि ख्रीष्टिएनहरूले सबैजनालाई एउटै मापदण्ड अनुसार व्यवहार गर्नुपर्छ ।
ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
यहाँ पावलले एक ख्रीष्टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्त्र लगाउनलाई पुरानो वस्त्र फ्याँकेको जस्तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः रूपक)
Colossians 3:10
καὶ ἐνδυσάμενοι τὸν νέον
यहाँ पावलले एक ख्रीष्टिएनले आफ्नो पुरानो पापपूर्ण जीवनलाई त्याग्ने कुराको विषयमा यसरी बताउँदछन् कि मानौँ त्यो चाहिँ उसले नयाँ वस्त्र लगाउनलाई पुरानो वस्त्र फ्याँकेको (पद ९) जस्तो हो । इस्राएलीहरूले जस्तो कि पावलले नैतिक गुणहरूको विषयमा ती चाहिँ कपडाहरू भए झैँ गरी बताउनु भनेको निकै चलेको कुरा थियो । (हेर्नुहोस्ः रूपक)
εἰκόνα
यसले येशू ख्रीष्टलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:11
οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος
यी नामावलीहरू मानिसहरूका वर्गहरूका उदाहरणहरू हुन् जुन परमेश्वरको लागि कुनै अर्थका हुँदैनन् भनी पावल बताउँछन् । परमेश्वरले हरेक व्यक्तिलाई एउटै दृष्टिले हेर्नुहुन्छ, र जात, धर्म, राष्ट्रियता, वा सामाजिक स्तर अनुसार हेर्नुहुँदैन । वैकल्पिक अनुवादः “जात, धर्म, संस्कृति, र सामाजिक स्तरको मतलब हुँदैन” (हेर्नुहोस्ः लक्षणा)
βάρβαρος
एक विदेशी जसलाई स्थानीय चलनचल्तीको बारेमा ज्ञान छैन
Σκύθης
यो रोमी साम्राज्यभन्दा बाहिर रहेको सिथिया देशबाटको कोही व्यक्ति हो । ग्रीकहरू र रोमीहरूले यो शब्द कोही एउटा व्यक्तिको लागि प्रयोग गर्थे जो त्यस्तो एउटा ठाउँमा हुर्केको हुन्थ्यो जहाँ सबैजनाले सधैँ दुष्ट कुराहरू मात्रै गर्ने गर्थे ।
ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός
कुनै पनि कुरा ख्रीष्टको शासनबाट छुटको छैन वा त्यसभन्दा बाहिर छोडिएको छैन । वैकल्पिक अनुवादः “ख्रीष्ट अत्यन्तै महत्त्वपूर्ण हुनुहुन्छ र उहाँका सबै मानिसहरूमा रहनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Colossians 3:12
ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको रूपमा जसलाई परमेश्वरले आफ्नै लागि चुन्नुभएको छ, जसले केवल उहाँको लागि जिएको उहाँले देख्न चाहनुहुन्छ, र जसलाई उहाँले प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐνδύσασθε…σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν
“हृदय” भनेको भावनाहरू र स्वभावहरूको लागि अलङ्कार हो । यहाँ यसको विषयमा यसरी बताइएको छ कि मानौँ यससँग केही निश्चित भावनाहरू र स्वभावहरू छ, र मानौँ यो कुनै पहिरने वस्त्र हो । वैकल्पिक अनुवादः “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी हृदय राख” वा “करुणामयी, दयालु, दीन, नम्र, र धीरजी बन” (हेर्नुहोस्ः रूपक)
Colossians 3:13
ἀνεχόμενοι ἀλλήλων
“एक अर्कासँग धीरजी होओ” वा “एक अर्कालाई स्वीकार गर जब तिमीहरूले एक अर्कालाई निराश पार्छौ”
χαριζόμενοι ἑαυτοῖς
“तिमीहरूले तिनीहरूलाई गर्नुपर्ने भन्दा बढी असल तरिकाले एक अर्कालाई व्यवहार गर”
πρός…ἔχῃ μομφήν
भाववाचक नामपद शब्द “गुनासो”लाई “गुनासो गर्नु” भनेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... विरुद्धमा गुनासो गर्ने केही कारण छ भने” (हेर्नुहोस्ः भाववाचक नाम)
Colossians 3:14
τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος
यहाँ “सिद्धताको बन्धन” भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जसले मानिसहरूको माझमा सिद्ध एकता ल्याउँछ । वैकल्पिक अनुवादः “एक अर्कालाई प्रेम गर किनभने यसले तिमीहरूलाई पूर्ण रूपले एकसाथ बाँध्नेछ” (हेर्नुहोस्ः रूपक)
Colossians 3:15
ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν
ख्रीष्टले दिनुहुने शान्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो कुनै शासक हो । सम्भावित अर्थहरू हुन् १) “सबैथोक गर ताकि तिमीहरूसँग एक अर्काको बीचमा शान्तिपूर्ण सम्बन्ध हुन सकोस्” वा २) “परमेश्वरलाई तिमीहरूको हृदयमा शान्ति दिन देओ” (हेर्नुहोस्ः लक्षणा)
ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूका मनहरू वा भित्री व्यक्तित्वको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका मनहरूमा” वा “तिमीहरूभित्र” (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:16
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν
पावल ख्रीष्टको वचनको विषयमा यसरी बताउँछन् कि मानौँ त्यो कोही व्यक्ति हो जो अरू मानिसहरूभित्र वास गर्नलाई सक्षम थियो । यहाँ “ख्रीष्टको वचन” भनेको ख्रीष्टका शिक्षाहरूका लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टका निर्देशनहरूप्रति आज्ञाकारी होओ” वा “ख्रीष्टका प्रतिज्ञाहरूलाई सधैँ भरोसा गर” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
νουθετοῦντες ἑαυτοὺς
“एक अर्कालाई होशियार गराओ र उत्साह देओ”
ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς
“परमेश्वरलाई प्रशंसा गर्ने सबै किसिमका गीतहरूको साथ”
ἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूका मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका मनहरूमा धन्यवादीपनको साथमा गाओ” वा “गाओ र धन्यवादी होओ” (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:17
ἐν λόγῳ ἢ ἐν ἔργῳ
“भनाइमा वा काम गर्नमा”
ἐν ὀνόματι Κυρίου Ἰησοῦ
यहाँ कोही व्यक्तिको नाममा काम गर्नु भनेको त्यस व्यक्तिको विषयमा अरू मानिसहरूलाई असल कुराहरू सोच्नलाई सहयोग गर्नका निमित्त काम गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभु येशूलाई सम्मान गर्न” वा “ताकि अरूहरूले जानून कि तिमीहरू प्रभु येशूका हौ र उहाँका बारेमा असल सोचून्” वा “मानौँ प्रभु येशू आफैँले त्यसो गरिरहनुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
δι’ αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) किनभने उहाँले महान् कामहरू गर्नुभएको छ वा २) किनभने मानिसहरूले परमेश्वरसँग कुरा गर्नलाई उहाँले सम्भव बनाउनुभएको छ र त्यसैले उहाँलाई धन्यवाद देओ । (हेर्नुहोस्ः रूपक)
Colossians 3:18
त्यसपछि पावलले पत्नीहरू, पतिहरू, छोराछोरीहरू, बुबाहरू, दासहरू, र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् ।
αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν
“पत्नीहरू हो, ... आज्ञापालन गर”
ἀνῆκεν
“यो उपयुक्त छ” वा “यो ठीक छ”
Colossians 3:19
μὴ πικραίνεσθε πρὸς
“ ... सँग कठोर नहोओ” वा “ ... सँग नरिसाओ”
Colossians 3:21
μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν
“अनावश्यक रूपमा आफ्ना छोराछोरीहरूलाई रीस नउठाओ”
Colossians 3:22
ὑπακούετε…τοῖς κατὰ σάρκα κυρίοις
“तिमीहरूका मानव मालिकहरूको आज्ञापालन गर”
πάντα…μὴ ἐν ὀφθαλμοδουλεία, ὡς ἀνθρωπάρεσκοι
“तिमीहरूका मालिकहरूले हेरिरहेका बेलामा मात्रै आज्ञापालन नगर, मानौँ तिमीहरूले केवल मानिसहरूलाई मात्र खुशी बनाउन जरुरी छ”
ἐν ἁπλότητι καρδίας
यहाँ “हृदय” भनेको व्यक्तिको विचारहरू वा अभिप्रायहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सारा इमान्दार अभिप्रायहरूसाथ” वा “सच्चापनको साथ” (हेर्नुहोस्ः लक्षणा)
Colossians 3:23
ὡς τῷ Κυρίῳ
“जसरी तिमीहरूले प्रभुको लागि काम गर्ने थियौ”
Colossians 3:24
τὴν ἀνταπόδοσιν τῆς κληρονομίας
“तिमीहरूका इनामको रूपमा उत्तराधिकार”
τῆς κληρονομίας
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने विषयमा यसरी बताइएको छ कि मानौँ त्यो चाहिँ परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउनु हो । (हेर्नुहोस्ः रूपक)
Colossians 3:25
ὁ…ἀδικῶν, κομιεῖται ὃ ἠδίκησεν
“दण्ड पाउनु” भन्ने वाक्यांशको अर्थ सजाय पाउनु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “अधार्मिकता गर्नेले सजाय पाउनेछ” वा “अधार्मिकता गर्ने जो कोही पनि व्यक्तिलाई परमेश्वरले सजाय दिनुहुनेछ”
ἀδικῶν
जसले सक्रिय रूपमा कुनै पनि किसिमको खराबी गर्छ
οὐκ ἔστιν προσωπολημψία
भाववाचक नामपद शब्द “कृपावाद”लाई “कृपा गर्नु” भन्ने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । केही मानिसहरूलाई कृपा गर्नु भनेको तिनीहरूलाई फरक-फरक मापदण्डद्वारा इन्साफ गर्नु हो, त्यसैले यसको परिणाम त्यही नै कामहरू गर्ने अरूहरूभन्दा बढी असल तिनीहरूको लागि हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसैलाई कृपा देखाउनुहुन्न” वा “परमेश्वरले सबैलाई एउटै मापदण्डद्वारा इन्साफ गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Colossians 4
कलस्सीहरू ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस्तो देखिन्छ कि कलस्सी ४:१ चाहिँ अध्याय ४ को साटोमा अध्याय ३ मा भएको विषयहरूको हो ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“मेरो आफ्नै हातमा”
प्राचीन पूर्व नजिक क्षेत्रमा लेखकले भन्ने र कोही अरू व्यक्तिले ती शब्दहरू लेख्नु चाहिँ चलनचल्तीको कुरा थियो । नयाँ करारका थुप्रै पत्रहरू यसरी नै लेखिएका थिए । अन्तिम अभिवादन पावल आफैँले लेखे ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
गोप्य सत्यता
पावलले यस अध्यायमा एउटा “गोप्य सत्यता”लाई जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एकसमयमा जानकारी थिएन । तर अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ । यसको एउटा भागले परमेश्वरका योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँगको बराबर उभ्याइलाई समावेश गर्छ । (हेर्नुहोस्ः प्रकट गर्नु, प्रकाश)
Colossians 4:1
मालिकहरूसँग कुरा गरिसकेपछि, पावलले कलस्सीको मण्डलीमा रहेका विभिन्न विश्वासीहरूको लागि भएको उनको विशेष निर्देशनहरूलाई अन्त गर्छन् ।
τὸ δίκαιον καὶ τὴν ἰσότητα
यी शब्दहरूको लगभग एउटै अर्थ हुन्छ र नैतिक रूपमा ठीक रहेका कुराहरूलाई जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανῷ
कोही पार्थिव मालिक र उसको दासको बीचको सम्बन्ध प्रेमपूर्ण भएको परमेश्वर चाहनुहुन्छ, जसरी परमेश्वर, स्वर्गीय मालिकले उहाँका पार्थिव दासहरूलाई प्रेम गर्नुहुन्छ, जसमा पार्थिव दासहरूका मालिकहरू पनि पर्छन् ।
Colossians 4:2
यहाँ “हामीलाई” भन्ने शब्दले पावल र तिमोथीलाई जनाउँछ तर कलस्सीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
कसरी जिउने र बोल्ने भनेर पावलले विश्वासीहरूलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् ।
τῇ προσευχῇ προσκαρτερεῖτε
“विश्वासकासाथ प्रार्थना गरिरहो” वा “एकनासले प्रार्थना गरिरहो”
Colossians 4:3
ὁ Θεὸς ἀνοίξῃ…θύραν
कसैको लागि ढोका खोल्नु भनेको त्यो व्यक्तिलाई केही गर्ने अवसर दिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्वरले अवसरहरू जुटाइदिनुभएको होस्” (हेर्नुहोस्ः रूपक)
ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου
“उहाँको सन्देश प्रचार गर्नको लागि हाम्रो लागि एउटा अवसर बनाउनु”
τὸ μυστήριον τοῦ Χριστοῦ
यसले येशू ख्रीष्टको सुसमाचारलाई जनाउँछ, जुन ख्रीष्ट आउनभन्दा अगाडि बुझिएको थिएन ।
δι’ ὃ καὶ δέδεμαι
यहाँ “साङ्लामा बाँधिनु” भनेको झ्यालखानामा हुनुको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “यो येशू ख्रीष्टको सन्देशको घोषणा गरेको कारणले हो कि म अहिले झ्यालखानामा छु” (हेर्नुहोस्ः लक्षणा)
Colossians 4:4
ἵνα φανερώσω αὐτὸ
“मैले येशू ख्रीष्टको सन्देश स्पष्ट प्रकारले बोल्न सकूँ भनेर प्रार्थना गर”
Colossians 4:5
ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω
हिँड्नुको अवधारणालाई धेरैपटक कोही व्यक्तिले उसको जीवन चलाउने कुराको धारणाको लागि प्रयोग गरिन्छ । वैकल्पिक अनुवादः “यस्तो तरिकाले जिओ कि जो विश्वासीहरू होइनन् तिनीहरूले तिमीहरू बुद्धिमान् छौ भनी देखून्” (हेर्नुहोस्ः रूपक)
τὸν καιρὸν ἐξαγοραζόμενοι
केही कुराको “उद्धार गर्नु”को अर्थ त्यसलाई त्यसको उचित मालिकलाई फिर्ता गर्नु भन्ने हुन्छ । यहाँ समयको विषयमा त्यो चाहिँ फिर्ता गर्न सकिने र परमेश्वरको सेवा गर्न प्रयोग गर्न सकिने कुनै थोक भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो समयको साथमा गर्न सक्ने सर्वोत्तम थोकहरू गर” वा “समयलाई त्यसको सर्वोत्तम उपयोगितामा राख” (हेर्नुहोस्ः रूपक)
Colossians 4:6
ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος
नून हालिएको खानेकुरा भनेको ती शब्दहरूको लागि अलङ्कार हो जसले अरूहरूलाई सिकाउँछन् र जुन सुनेर अरूहरू रमाउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूका संवादहरू सधैँ कृपालु र आकर्षक होस्” (हेर्नुहोस्ः रूपक)
εἰδέναι πῶς δεῖ ὑμᾶς…ἀποκρίνεσθαι
“ताकि येशू ख्रीष्टको बारेमा कसैले सोधेको प्रश्नहरूलाई कसरी जवाफ दिने भनेर तिमीहरूलाई थाहा होस्” वा “ताकि तिमीहरूले हरेक व्यक्तिलाई असल तरिकाले व्यवहार गर्न सक”
Colossians 4:7
ओनेसिमस कलस्सीमा फिलेमोनका एक दास थिए । उनले फिलेमोनबाट पैसा चोरेका थिए र भागेर रोम पुगेका थिए जहाँ उनी पावलको सेवकाईमार्फत एक ख्रीष्टिएन बनेका थिए । अब तुखिकस र ओनेसिमसले नै पावलको पत्रलाई कलस्सीमा ल्याइरहेका थिए ।
केही निश्चित मानिसहरूको बारेमा भएको विशेष निर्देशनहरूको साथसाथै विश्वासीहरूलाई र विश्वासीहरूबाटका व्यक्तिगत अभिवादनहरूसँगै पावलले अन्त गर्छन् ।
τὰ κατ’ ἐμὲ
“ती सबै कुराहरू जुन मलाई भइरहेका छन्”
σύνδουλος
“सङ्गी सेवक ।” हुन त पावल एक स्वतन्त्र मानिस हुन्, उनले आफँलाई ख्रीष्टको सेवकको रूपमा देख्छन् र तुखिकसलाई सङ्गी सेवकको रूपमा देख्छन् ।
Colossians 4:8
τὰ περὶ ἡμῶν
यी शब्दहरूले कलस्सीहरूलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
παρακαλέσῃ τὰς καρδίας ὑμῶν
हृदयलाई थुप्रै भावनाहरूको केन्द्र भनेर मानिन्थ्यो । वैकल्पिक अनुवादः “तिमीहरूलाई प्रोत्साहित गर्न सकून्” (हेर्नुहोस्ः रूपक)
Colossians 4:9
τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ
पावलले ओनेसिमसलाई एक सङ्गी ख्रीष्टिएन र ख्रीष्टको सेवक भनी भन्छन् ।
ὑμῖν γνωρίσουσιν
“तुखिकस र ओनेसिमसले ... बताउनेछन्”
πάντα…τὰ ὧδε
तिनीहरूले कलस्सी विश्वासीहरूलाई पावल हालमा बसिरहेको ठाउँमा भइरहेका सबै कुराहरू बताउनेछन् । परम्पराले बताउँछ कि पावल त्यो समयमा रोममा घरभित्र बन्धनमा राखिएका थिए वा झ्यालखानामा हालिएका थिए ।
Colossians 4:10
Ἀρίσταρχος
तिनी पावलसँगै एफिससमा झ्यालखानामा थिए जब पावलले यो पत्र कलस्सीहरूलाई लेखे ।
ἐὰν ἔλθῃ
“यदि मर्कूस आउँछन् भने”
Colossians 4:11
Ἰησοῦς, ὁ λεγόμενος Ἰοῦστος
यिनी एक मानिस हुन् जसले पनि पावलसँगै काम गरेका थिए ।
οἱ ὄντες ἐκ περιτομῆς οὗτοι, μόνοι συνεργοὶ εἰς τὴν Βασιλείαν τοῦ Θεοῦ
यहाँ यहूदीहरूलाई जनाउन पावलले “खतना”लाई प्रयोग गर्छन् किनभने पुरानो करारको व्यवस्थामुनि सबै पुरुष यहूदीहरूको खतना हुनुपर्थ्यो । वैकल्पिक अनुवादः “यी तीन मानिसहरू मात्र ती यहूदी विश्वासीहरू हुन् जसले ख्रीष्ट येशूद्वारा परमेश्वरलाई राजाको रूपमा घोषणा गर्नको लागि मसँग काम गरिरहेका छन्” (हेर्नुहोस्ः लक्षणा)
οὗτοι
“यी मानिसहरू-अरिस्ताखर्स, मर्कूस, र युस्तस-खतना भएकाहरूमा यी मात्रै”
Colossians 4:12
लाउडिकिया र हिरापोलिस कलस्सीको नजिकै रहेका सहरहरू थिए ।
Ἐπαφρᾶς
इपाफ्रास ती मानिस थिए जसले कलस्सेमा भएका मानिसहरूलाई सुसमाचार प्रचार गरेका थिए । (हेर्नुहोस्ः कलस्सीहरू १:७)
ὁ ἐξ ὑμῶν
“तिमीहरूको सहरबाट” वा “तिमीहरूको सङ्गी सहरवासी”
δοῦλος Χριστοῦ Ἰησοῦ
“ख्रीष्ट येशूको एक प्रतिबद्ध चेला”
πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς
“तिमीहरूका लागि व्यग्रताका साथ प्रार्थना गर्छन्”
σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι
“तिमीहरू परिपक्व र ढुक्क भएर उभिन सक”
Colossians 4:13
μαρτυρῶ…αὐτῷ, ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν
“मैले देखेको छु कि तिनले तिमीहरूको लागि धेरै कडा परिश्रम गरेका छन्”
Colossians 4:14
Δημᾶς
यिनी पावलसँगै भएका अर्का सहकर्मी हुन् ।
Colossians 4:15
τοὺς…ἀδελφοὺς
यहाँ यसको अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ ।
ἐν Λαοδικίᾳ
कलस्सेको धेरै नजिकमा रहेको सहर जहाँ एउटा मण्डली पनि थियो
Νύμφαν, καὶ τὴν κατ’ οἶκον αὐτῆς ἐκκλησίαν
नुम्फास नाम गरेकी एक स्त्रीले एक घरेलु मण्डली चलाउँथिन् । वैकल्पिक अनुवादः “नुम्फास र विश्वासीहरूको एक समूह जो तिनको घरमा भेला हुन्थे”
Colossians 4:17
εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
पावलले अर्खिप्पसलाई परमेश्वरले तिनलाई दिनुभएको कामको सम्झना गराउँछन् र तिनी, अर्खिप्पस, प्रभुको अगाडि त्यस कामलाई पूरा गर्ने दायित्वमुनि थिए । “हेर”, “तिमीले पाएका छौ” र “तिमीले पूरा गर्नुपर्छ” जस्ता शब्दहरू सबैले अर्खिप्पसलाई जनाउँछन् र ती एकवचनमा हुनुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Colossians 4:18
पावलले उनको आफ्नै हस्तलेखनमा लेखिएको एक अभिवादनसहित उनको पत्रलाई अन्त गर्छन् ।
μνημονεύετέ μου τῶν δεσμῶν
पावलले उनको कारावासको विषयमा बताउन खोजेका समयमा साङ्लाहरूको विषयमा कुरा गर्छन् । वैकल्पिक अनुवादः “मलाई सम्झ र म झ्यालखानामा हुँदा मेरो लागि प्रार्थना गर” (हेर्नुहोस्ः लक्षणा)
ἡ χάρις μεθ’ ὑμῶν
यहाँ “अनुग्रह”ले परमेश्वरको अर्थ दिन्छ, जसले विश्वासीहरूलाई अनुग्रह देखाउनुहुन्छ वा तिनीहरूप्रति दयालु व्यवहार गर्नुहुन्छ । वैकल्पिक अुनवादः “म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरू सबैप्रति अनुग्रही हुनुभएर व्यवहार गरिरहनुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)