नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

3 John

3 John front

३ यूहन्‍नाको परिचय

भाग १: सामान्य जानकारी

३ यूहन्‍नाको पुस्तकको रूपरेखा
  1. परिचय (१:१)
  2. अतिथि-सत्कार देखाउन उत्साह र निर्देशनहरू (१:२-८)
  3. डियोत्रिफस र डेमेत्रियस (१:९-१२)
  4. निष्कर्ष (१:१३-१४)
३ यूहन्‍नाको पुस्तकलाई कसले लेख्यो ?

पत्रले लेककको नाम दिँदैन । लेखकले आफैँलाई केवल “एल्डर”को रूपमा मात्र चिनाएका छन् (१:१)। यो पत्र सम्भवत प्रेरित यूहन्‍नाद्वारा उनको जीवनको अन्त्यको नजिकतिर लेखिएको हुन सक्छ ।

३ यूहन्‍नाको पुस्तक केको बारेमा हो ?

यूहन्‍नाले यो पत्र गाएस नाम भएका एक विश्‍वासीलाई लेखे । उनले गाएसलाई उनको क्षेत्रबाट यात्रा गरिरहेका सङ्गी विश्‍वासीहरूतर्फ अतिथि-सत्कारपूर्ण हुन निर्देशन दिए ।

यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकको पहिल्यैदेखि चलिआएको नाम “३ यूहन्‍ना” वा “तेस्रो यूहन्‍ना” भनेर बोलाउन छान्‍न सक्छन् । अथवा उनीहरूले अझ स्पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तो कि “यूहन्‍नाबाट तेस्रो पत्र” वा “यूहन्‍नाले लेखेको तेस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्‍वपूर्ण धार्मिक र साँस्कृतिक अवधारणाहरू

अतिथि-सत्कार भनेको के हो ?

प्राचीन पूर्व नजिक क्षेत्रमा अतिथि-सत्कार एउटा महत्त्वपूर्ण अवधारणा थियो । विदेशीहरू वा परदेशीहरूतर्फ मैत्रीपूर्ण हुन र उनीहरूलाई खाँचो परेको खण्डमा सहयोग जुटाउन महत्त्वपूर्ण थियो । २ यूहन्‍नामा, यूहन्‍नाले झुटा शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन निरुत्साहित गरे । ३ यूहन्‍नामा, यूहन्‍नाले ख्रीष्‍टिएनहरूलाई विश्‍वासीलो शिक्षकहरूलाई अतिथि-सत्कार देखाउन उत्साहित गरे ।

भाग ३: महत्त्वपूर्ण अनुवादका विषयहरू

लेखकले कसरी उनको पत्रमा पारिवारिक सम्बन्धहरूलाई प्रयोग गर्छन् ?

लेखकले “भाइ” र “बालकहरू” जस्ता शब्दहरू यस्तो किसिमले चलाएका छन् जुन अलमल्याउने हुनसक्छ । धर्मशास्‍त्रले धेरैपटक “भाइहरू” भन्‍ने शब्द यहूदीहरूलाइ जनाउन प्रयोग गरेको छ । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द ख्रीष्‍टिएनहरूलाई जनाउन प्रयोग गरेका छन् । साथै, यूहन्‍नाले केहि विश्‍वासीहरूलाई उनका “बालकहरू” भनेका छन् । यी ती विश्‍वासीहरू हुन् जसलाई उनले ख्रीष्‍टको आज्ञापालन गर्न सिकाए ।

यूहन्‍नाले “अन्यजाति” भन्‍ने शब्द पनि यस्तो किसिमले प्रयोग गरेका छन् जुन अलमल्याउने हुन सक्छ । धर्मशास्‍त्रले धेरैपटक “अन्यजाति” भन्‍ने शब्द ती मानिसहरूलाई जनाउन प्रयोग गरेको छ जो यहूदी होइनन् । तर यस पत्रमा, यूहन्‍नाले यो शब्द तिनीहरूलाई जनाउन प्रयोग गरेका छन् जसले येशूमा विश्‍वास गर्दैनन् ।

3 John 1

3 John 1:1

यो यूहन्‍नाले गायसलाई लेखेको व्यक्तिगत पत्र हो । सबै “तिमी” र “तिम्रो” ले गायसलाई जनाउँछ र यी एकवचन हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ὁ πρεσβύτερος

यसले प्रेरित र येशूका चेला यूहन्‍नालाई जनाउँछ । तिनको उमेरको कारणले वा तिनी मण्डलीका अगुवा भएका कारणले आफैँलाई एल्डर भनी तिनले उल्लेख गर्छन् । लेखकको नाउँलाई स्पष्‍ट पार्न सकिन्छः “म, एल्डर यूहन्‍नाले लेखिरहेको छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Γαΐῳ

यूहन्‍नाले यी नै सङ्गी विश्‍वासीलाई यो पत्र लेख्‍दै छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ

“जसलाई म साँचो रूपमा प्रेम गर्छु” (युडीबी)

3 John 1:2

περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν

“तिमीले सबै कुरामा असल गर र स्वस्थ रहो”

καθὼς εὐοδοῦταί σου ἡ ψυχή

“जसरी तिमीले आत्मिक रूपमा राम्रो गरिरहेका छौ”

3 John 1:3

ἐρχομένων ἀδελφῶν

“सङ्गी विश्‍वासीहरू आए ।” यी मानिसहरू सम्भवतः सबै पुरुषहरू थिए ।

σὺ ἐν ἀληθείᾳ περιπατεῖς

कुनै मार्गमा हिँड्नु भनेको कुनै व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भनि जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमी परमेश्‍वरको सत्यताअनुसार जिइरहेका छौ” (हेर्नुहोस्ः रूपक)

3 John 1:4

τὰ ἐμὰ τέκνα

यूहन्‍नाले येशूमा विश्‍वास गर्न सिकाएकाहरूलाई तिनका आफ्नै छोराछोरीहरू हुन् जस्तो गरी बताउँछन् । यसले तिनीहरूप्रति तिनको प्रेम र चासो भएको कुरालाई जोड दिन्छ । तिनी आफैँले नै तिनीहरूलाई प्रभुमा डोर्‍याएको पनि हुन सक्छ । वैकल्पिक अनुवादः “मेरा आत्मिक छोराछोरीहरू” (हेर्नुहोस्ः रूपक)

3 John 1:5

यहाँ “हामी” शब्दले यूहन्‍ना आफैँलाई र तिनीसँग भएका र सम्भवतः सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

यूहन्‍नाले यो पत्र लेख्‍नुको उद्देश्‍य यात्रा गरिरहेका बाइबलका शिक्षकहरूको वास्ता गरेकोमा गायसको प्रशंसा गर्नु हो; त्यसपछि तिनी अरू दुई जना मानिस अर्थात् एउटा असल र अर्को खराब मानिसको बारेमा कुरा गर्छन् ।

ἀγαπητέ

यहाँ यसलाई सङ्गी विश्‍वासीको निम्ति प्यारको शब्दको रूपमा प्रयोग गरिएको छ ।

πιστὸν ποιεῖς

“परमेश्‍वरप्रति जे विश्‍वासयोग्य छ तिमीले त्यही गरिरहेका छौ” वा “तिमी परमेश्‍वरप्रति बफादार भइरहेका छौ”

ὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους

“सङ्गी विश्‍वासीहरू र तिमीले नचिनेकाहरूलाई सहायता गर”

3 John 1:6

οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας

यी शब्दहरूले “अपरिचित व्यक्तिहरू”को वर्णन गर्छ (पद ५) । “परदेशीहरू, जसले तिमीले तिनीहरूलाई कसरी प्रेम गर्‍यौ भनी मण्डलीमा विश्‍वासीहरूलाई बताए”

οὓς καλῶς ποιήσεις, προπέμψας

यूहन्‍नाले गाएसलाई उनको यि विश्‍वासीहरूलाई सहयोग गर्ने चलनको निम्ति धन्यवाद दिइरहेका छन् ।

3 John 1:7

ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον

यहाँ “नाउँ” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि तिनीहरू येशूको बारेमा बताउन निस्केका छन्” (हेर्नुहोस्ः लक्षणा)

μηδὲν λαμβάνοντες

कुनै उपहार वा सहायता नलिईकन नै

τῶν ἐθνικῶν

यहाँ “अन्यजाति” ले गैरयहूदीहरूलाई मात्र जनाउँदैन । यसले येशूमा भरोसा नगर्ने मानिसहरूलाई पनि जनाउँछ ।

3 John 1:8

ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ

“ताकि हामी पनि मानिसहरूलाई परमेश्‍वरको सत्यता घोषणा गर्नमा तिनीहरूसँगै सहकार्य गर्न सकौँ ।”

3 John 1:9

ἡμᾶς

यहाँ “हामीलाई” शब्दले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ, र गायस त्यसमा पर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

τῇ ἐκκλησίᾳ

यसले गायस र परमेश्‍वरको आराधना गर्न भेला हुने विश्‍वासीहरूको समूहलाई जनाउँछ ।

Διοτρέφης

तिनी मण्डलीका एक जना सदस्य थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὁ φιλοπρωτεύων αὐτῶν

“जसले तिनीहरूमा सबैभन्दा बढी महत्त्वपूर्ण हुन रुचाउँछ” वा “जसले त्यो तिनीहरूका अगुवा भएजस्तै गर्न रुचाउँछ”

3 John 1:10

λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς

“र कसरी त्यसले हाम्रो बारेमा खराब कुराहरू भन्छ, जुन नि:सन्देह सत्य छैन ।”

οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς

“सङ्गी विश्‍वासीहरूलाई स्वागत गर्दैन”

τοὺς βουλομένους κωλύει

“त्यसले विश्‍वासीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ”

ἐκ τῆς ἐκκλησίας ἐκβάλλει

“र त्यसले तिनीहरूलाई बलजफ्ती मण्डली छोड्न लगाउँछ”

3 John 1:11

ἀγαπητέ

यहाँ यो सङ्गी विश्‍वासीहरूलाई मायाले बोलाउने शब्दको रूपमा प्रयोग भएको छ । तपाईंले १:५(../01/05.md)मा यसलाई कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

μὴ μιμοῦ τὸ κακὸν

“मानिसहरूले गर्ने खराब कुराहरूको नक्‍कल नगर”

ἀλλὰ τὸ ἀγαθόν

त्यहाँ केही छोडिएका शब्दहरू छन्, तरै पनि बुझिन्छ । वैकल्पिक अनुवादः “तर मानिसहरूले गर्ने असल कुराको नक्‍कल गर” (हेर्नुहोस्ः शब्दलोप)

ἐκ τοῦ Θεοῦ ἐστιν

“परमेश्‍वरको स्वामित्वमा हुन्छ”

οὐχ ἑώρακεν τὸν Θεόν

“परमेश्‍वरको होइन” वा “परमेश्‍वरमा भरोसा गर्दैन”

3 John 1:12

ἡμεῖς

यहाँ “हामी” ले यूहन्‍ना र तिनीसँग भएकाहरूलाई जनाउँछ र गायस यसमा पर्दैनन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)

Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “डेमेत्रियसलाई चिन्‍ने सबैले तिनको बारेमा गवाही दिन्छन्” वा “डेमेत्रियसलाई चिन्‍ने हरेक विश्‍वासीले तिनको बारेमा राम्रो कुरा गर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Δημητρίῳ

सम्भवतः यूहन्‍नाले गायस र मण्डलीले स्वागत गरून् भनी चाहेका मानिस यिनी नै हुन सक्छन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὑπὸ αὐτῆς τῆς ἀληθείας

“र सत्यता आफैँले पनि तिनको बारेमा राम्रो बोल्छ” । यहाँ सत्यता व्यक्तिको रूपमा बोलिरहेको छ । वैकल्पिक अनुवादः “र सत्यता जान्‍ने हरेकले तिनी असल मानिस हुन् भनी जान्दछ” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि निजवाचक सर्वनाम)

ἡμεῖς δὲ μαρτυροῦμεν

यूहन्‍नाले कसलाई जनाइरहेका छन् भन्‍ने आशय दिइएको छ र यहाँ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी पनि डेमेत्रियसको बारेमा राम्रो बोल्छौँ” (हेर्नुहोस्ः शब्दलोप)

3 John 1:13

यो यूहन्‍नाले गायसलाई लेखेको पत्रको अन्तिम खण्ड हो । तिनी केही अन्तिम भनाइहरू र समापनका अभिवादन दिन्छन् ।

οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν

यूहन्‍नाले अरू कुराहरू लेख्‍न चाहेका होइनन् । तिनले कलम र मसीबाहेक अरूले केही लेख्‍थे भनेका पनि होइनन् ।

3 John 1:14

στόμα πρὸς στόμα

यहाँ “आमनेसामने” एउटा उखान हो जसको अर्थ “व्यक्तिमा” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “व्यक्तिमा” (हेर्नुहोस्ः टुक्काहरू)

3 John 1:15

εἰρήνη σοι

“परमेश्‍वरले तिमीलाई शान्ति दिऊन्”

ἀσπάζονταί σε οἱ φίλοι

“यहाँ मित्रहरूले तिमीलाई अभिवादन गरेका छन्”

ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα

“त्यहाँका विश्‍वासीहरू हरेकलाई मेरो तर्फबाट व्यक्तिगत रूपमा अभिवादन गर”