Ephesians
Ephesians front
एफिसीहरूको परिचय
भाग १: सामान्य परिचय
एफिसीहरूको रूपरेखा
- ख्रीष्टमा अभिवादन र आत्मिक आशिष्हरूको लागि प्रार्थना (१:१-२३)
- पाप र उद्धार (२:१-१०)
- एकता र शान्ति (२:११-२२)
- तिमीहरूमा ख्रीष्टको रहस्य, थाहा गराइएको (३:१-१३)
- तिनीहरूलाई बलिया बनाउन उहाँको महिमाको सम्पत्तिहरूको लागि प्रार्थना (३:१४-२१)
- आत्माको एकता, ख्रीष्टको शरीरको निर्माण (४:१-१६)
- नयाँ जीवन (४:१७-३२)
- परमेश्वरको देखासिकी गर्नेहरू (५:१-२१)
- पत्नीहरू र पतिहरू; छोराछोरीहरू र बाबुआमाहरू; दासहरू र मालिकहरू (५:२२-६:९)
- परमेश्वरको हातहतियार (६:१०-२०)
- अन्तिम अभिवादन (६:२१-२४)
एफिसीहरूको पुस्तक कसले लेखे ?
पावलले एफिसीहरू लेखे । पावल टार्सस सहरबाटका थिए । उनको पहिलाको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनले रोमी साम्राज्यभर मानिसहरूलाई येशूको बारेमा बताउँदै धेरैपटक यात्रा गरे ।
उनका यिनै यात्राहरूमध्ये कुनै एउटामा प्रेरित पावलले एफिससको मण्डली सुरु गर्नलाई सहयोग गरेका थिए । साथै उनी एफिससमा साँढे एक वर्ष पनि बसे र त्यहाँ भएका विश्वासीहरूलाई सहायता गरे । पावलले यो पत्र सम्भवतः उनी रोममा झ्यालखानामा हुँदा लेखेका हुन् ।
एफिसीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र एफिससमा भएका ख्रीष्टिएनहरूलाई तिनीहरूको लागि ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमलाई व्याख्या गर्नका लागि लेखे । तिनीहरू अब ख्रीष्टसँग एक भएका कारण परमेश्वरले तिनीहरूलाई दिइरहनुभएको आशिष्लाई उनले वर्णन गरे । उनले व्याख्या गरे कि सबै विश्वाीहरू एकसाथ जोडिएका छन्, चाहे ती यहूदी होऊन् वा अन्यजाति । परमेश्वरलाई खुशी बनाउने तवरमा जीवन जिउनका लागि तिनीहरूलाई प्रोत्साहन दिन पनि पावल चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “एफिसीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी प्रस्ट शीर्षक छान्न सक्छन् जस्तै, “एफिससमा भएको मण्डलीलाई पावलको पत्र” वा “एफिससमा भएका ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
एफिसीहरूको पुस्तकमा भएको “लुकेको सत्यता” के थियो ?
यूएलटीमा “लुकेको सत्यता” वा “लुकेको” भनेर अनुवाद गरिएको अभिव्यक्तिलाई छ पटक प्रयोग गरिएको छ । यसद्वारा पावलले सधैँ अर्थ दिन खोजेका कुरा चाहिँ केही त्यस्तो कुरा हो जुन परमेश्वरले मानिसहरूलाई प्रकट गर्नुपर्थ्यो किनभने तिनीहरूले त्यो आफैँ जान्न सक्दैनथे । त्यसले सधैँ परमेश्वरले मानवजातिलाई कसरी बचाउन चाहनुभयो भन्ने कुरालाई जनाउँथ्यो । कहिलेकाहीँ त्यो कुरा उहाँ आफू र मानवजातिको बीचमा कसरी शान्ति स्थापना गर्ने भन्ने सम्बन्धमा भएको उहाँको योजनाको बारेमा हुन्थ्यो । कहिलेकाहीँ चाहिँ त्यो कुरा ख्रीष्टद्वारा यहूदीहरू र अन्यजातिहरूलाई एकीकृत गर्ने सम्बन्धमा भएको उहाँको योजनाको बारेमा हुन्थ्यो । अब अन्यजातिहरू पनि यहूदीहरूसँग बराबर रूपमा भएर ख्रीष्टका प्रतिज्ञाहरूबाट लाभ लिन सक्छन् ।
पावलले उद्धार र धर्मी जीवनको विषयमा के भने ?
पावलले यस पत्रमा र उनका थुप्रै पत्रहरूमा उद्धार र धर्मी जीवनको विषयमा धेरै कुरा भने । उनले भने कि परमेश्वर धेरै दयालु हुनुभएको छ ख्रीष्टिएनहरूलाई बचाउनुभएको छ किनभने तिनीहरूले येशूमा विश्वास गर्छन् । त्यसैकारण, तिनीहरू ख्रीष्टिएन भएपश्चात, तिनीहरूले आफूहरूसँग ख्रीष्टमा विश्वास छ भनेर देखाउनका लागि धर्मी तवरले जिउनुपर्छ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
“तिमी”को एकवचन र बहुवचनमा रूपहरू
यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्दले प्राय सधैँ बहुवचनमा छ र यस पत्रलाई पढ्न सक्ने विश्वासीहरूलाई जनाउँछ । यसका तीन अपवादहरू हुन्ः ५:१४, ६:२, र ६:३ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
पावलले “नयाँ व्यक्ति” वा “नयाँ मानिस” भनेर के भन्न खोजेका हुन् ?
जब पावलले “नयाँ व्यक्ति” वा “नयाँ मानिस”को विषयमा कुरा गरे, उनले एक विश्वासीले पवित्र आत्माबाट प्राप्त गर्ने नयाँ स्वभाव भन्न खोजेका हुन् । यो नयाँ स्वभाव परमेश्वरको स्वरूपमा सृजिएको थियो (हेर्नुहोस्ः ४:२४) । “नयाँ मानिस” भन्ने वाक्यांशलाई परमेश्वरले यहूदीहरू र अन्यजातिहरूको बीचमा शान्ति ल्याउनुभएको कुरालाई जनाउन पनि प्रयोग गरिएको छ । परमेश्वरले तिनीहरूलाई एउटै मानिसहरूको रूपमा ल्याउनुभयो जो उहाँका हुन् (हेर्नुहोस्ः २:१५) ।
एफिसीहरूको यूएलटीमा “पवित्र” र “शुद्ध पार्नु” जस्ता अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
विभिन्न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्न धर्मशास्त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकलाई कतिपटक यिनीहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न कठिन हुन जान्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, यूएलटीले निम्न सिद्धान्तहरूको प्रयोग गर्छः
- कहिलेकाहीँ खण्डमा भएको अर्थले केवल नैतिक पवित्रताको अर्थ दिएको हुन्छ । सुसमाचार बुझ्नलाई विशेषगरी महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वरले विश्वासीहरूलाई येशू ख्रीष्टसँग एकीकृत भएका कारण पापरहित देख्नुहुन्छ भन्ने तथ्यलाई व्यक्त गर्नलाई भएको “पवित्र” शब्दको प्रयोग हो । “पवित्र” शब्दको अर्को प्रयोग चाहिँ परमेश्वर सिद्ध र खोटरहित हुनुहुन्छ भन्ने अवधारणालाई व्यक्त गर्नलाई हो । एउटा तेस्रो प्रयोग चाहिँ ख्रीष्टिएनहरूले आफूहरूलाई जीवनमा दोषरहित, खोटरहित ढङ्गमा चलाउनुपर्छ भन्ने अवधारणालाई व्यक्त गर्नलाई हो । यस्ता खण्डहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जनहरू” वा “पवित्र मानिसहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १:१, ४)
- कहिलेकाहीँ सन्दर्भले ख्रीष्टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्लेखलाई सङ्केत गरेको हुन्छ । यस्ता खण्डहरूमा, यूएलबीले “विश्वासी” वा “विश्वासीहरू”को प्रयोग गर्छ ।
- कहिलेकाहीँ सन्दर्भले मुख्यगरी कोही व्यक्ति वा केही कुरा केवल परमेश्वरको लागि अलग भएको कुराको अर्थ दिएको हुन्छ । यी खण्डहरूमा, यूएलटीले “अलग राखिएको”, “ ... लाई समर्पित गरिएको” वा “ ... का लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः ३:५)
जसै अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्छन्, यूएसटीमा गरिएका छनोटहरूद्वारा तिनीहरूलाई धेरैपटक सहयोग हुन सक्छ ।
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
यस प्रकारको अभिव्यक्ति १:१, ३, ४, ६, ७, ९, १०, ११, १२, १३, १५, २०; २:६, ७, १०, १३, १५, १६, १८, २१, २२; ३:५, ६, ९, ११, १२, २१; ४:१, १७, २१, ३२; ५:८, १८, १९; ६:१, १०, १८, २१ मा आउँछ । पावलले ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
एफिसीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
- “एफिससमा” (१:१) । केही सुरुका पाण्डुलिपिहरूले यस अभिव्यक्तिलाई समावेश गर्दैनन्, तर यो सम्भवतः सुरुको खास पत्रमा छ । यूएलटी, यूएसटी, र धेरै नयाँ संस्करणहरूले यसलाई समावेश गर्छन् ।
- “किनभने हामी उहाँको शरीरका सदस्यहरू हौँ” (५:३०) । यूएलटी र यूएसटी गरेर, अधिकांश नयाँ संस्करणहरूमा यसरी नै लेखिएको छ । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “किनभने हामी उहाँको शरीर र उहाँका हाडहरूका सदस्यहरू हौँ ।” यदि अनुवादकहरूको क्षत्रमा भएका संस्करणहरूमा त्यसरी नै लेखिएको छ भने तिनीहरूले यस दोस्रो भनाइलाई छान्ने निर्णय गर्न सक्छन् । यदि अनुवादकहरूले दोस्रो भनाइलाई छान्छन् भने, तिनीहरूले थपिएका अतिरिक्त शब्दहरू सम्भवतः एफिसीहरूको वास्तविक पुस्तकमा भएकै कुरा नहुन सक्छ भनेर सङ्केत गर्नका लागि तिनीहरूलाई ठूला कोष्ठकहरूभित्र राख्नुपर्छ ।
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Ephesians 1
एफिसीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“म प्रार्थना गर्छु”
पावलले यस अध्यायको केही भागलाई परमेश्वरलाई प्रशंसा गरेको प्रार्थनाको जस्तो संरचना दिन्छन् । तर पावल केवल परमेश्वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्डलीलाई सिकाइरहेका छन् । उनले एफिसीहरूको लागि कसरी प्रार्थना गरिरहेका छन् भनेर पनि उनले तिनीहरूलाई बताउँछन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पूर्वनिर्धारण
धेरै विद्वानहरूले विश्वास गर्छन् कि यस अध्यायले “पूर्वनिर्धारण” भन्ने विषयमा सिकाउँछ । यो “पूर्वनिर्धारण गर्ने” भन्ने बाइबलीय अवधारणासँग सम्बन्धित छ । परमेश्वरले केही मानिसहरूलाई अनन्त रूपमा बचाउनलाई संसारको उत्पत्तिभन्दा अगाडिबाटै चुन्नुभएको छ भनी यसले सङ्केत गर्छ भनेर केही विद्वानहरूले मान्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भनेर ख्रीष्टिएनहरूसँग विभिन्न धारणाहरू छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा अनुवादकहरूले थप होसियारी पुर्याउनुपर्छ । (हेर्नुहोस्ः पूर्व-नियिजन गर्नु, पूर्व-नियोजित)
Ephesians 1:1
एफिससको मण्डलीमा भएका विश्वासीहरूका निम्ति लेखिएको यस पत्रको लेखकको रूपमा पावलले आफैँलाई नाम दिन्छन् । छुट्टै गरी बताइएको ठाउँमा बाहेक, प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्ने शब्दहरूले एफिससका विश्वासीहरू र सबै विश्वासीहरूलाई जनाउँछन्, यसैकारण, यी बहुवचनको रूपमा प्रयोग भएका छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Παῦλος, ἀπόστολος Χριστοῦ Ἰησοῦ…τοῖς ἁγίοις τοῖς οὖσιν
तपार्इंको भाषामा कुनै पत्रका लेखक र त्यस पत्रका लक्षित पाठकहरूलाई परिचित गर्ने कुनै विशेष तरिका हुन सक्छ । वैकल्पिक अनुवादः म पावल, एक प्रेरित, ... परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरूलाई यो पत्र लेख्दछु”
ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा” र यस्तै अरू वाक्यांशहरू नयाँ करारका पत्रहरूमा धेरै पटक दोहोरिने अलङ्कारहरू हुन् । यी वाक्यांशहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरू बीचमा हुन सक्ने सबै भन्दा मजबुत सम्बन्धलाई जनाउँछन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 1:2
χάρις ὑμῖν καὶ εἰρήνη
पावलले आफ्ना पत्रहरूमा प्रयोग गर्ने यी साधारण अभिवादन र आशिष्का वचनहरू हुन् ।
Ephesians 1:3
अन्य किसिमले व्यक्त नगरिएसम्म, यस पुस्तकमा शब्दहरू “हाम्रो” र “हामी” ले पावल, एफिससका विश्वासीहरू र सबै विश्वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
पावलले उनको पत्रलाई परमेश्वरको सामु भएको विश्वासीहरूको स्थान र तिनीहरूको सुरक्षाको विषयमा कुरा गरेर थालनी गर्छन् ।
εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा गरौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ εὐλογήσας ἡμᾶς
“किनकि परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ”
πάσῃ εὐλογίᾳ πνευματικῇ
“परमेश्वरका आत्माबाट आउने हर किसिमका आशिष्”
ἐν τοῖς ἐπουρανίοις
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ ।
ἐν Χριστῷ
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्टमा” भन्ने वाक्यांशले ख्रीष्टले गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टद्वारा” वा “ख्रीष्टले गर्नुभएको कुराद्वारा” वा २) “ख्रीष्टमा” भनेको एउटा अलङ्कार हो जसले ख्रीष्टसँगको हाम्रो नजिकको सम्बन्धलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीलाई ख्रीष्टसँग एक गर्नुभएर” वा “किनभने हामी ख्रीष्टसँग एक भएका छौँ” (हेर्नुहोस्ः रूपक)
Ephesians 1:4
ἁγίους καὶ ἀμώμους
पावलले नैतिक भलाइलाई जोड दिनका निम्ति उस्तै किसिमका दुई शब्दहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Ephesians 1:5
“उहाँको”, “उहाँ” र “उहाँ” भन्ने शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν
“हामीलाई” शब्दले पावल, एफिसी मण्डली र ख्रीष्टमा भएका सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले धेरै अगाडि नै हामीलाई ग्रहण गर्ने योजना बनाउनुभयो” (हेर्नुहोस्ः समावेशी “हामी”)
προορίσας ἡμᾶς
“परमेश्वरले हामीलाई अगाडिबाट नै चुन्नुभयो” वा “परमेश्वरले हामीलाई लामो समय अगाडि नै चुन्नुभयो”
εἰς υἱοθεσίαν
यहाँ “ग्रहण गर्ने कुरा”ले परमेश्वरको परिवारको हिस्सा बन्ने कुरालाई जनाउँछ । यहाँ “छोराहरू” शब्दले पुरुषहरू र स्त्रीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँका सन्तानहरूको रूपमा ग्रहण गरिनलाई” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
διὰ Ἰησοῦ Χριστοῦ
परमेश्वरले येशू ख्रीष्टको कार्यद्वारा विश्वासीहरूलाई आफ्नो परिवारमा ल्याउनुभयो ।
Ephesians 1:6
ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ
“उहाँले हामीलाई उहाँको माध्यमद्वारा दयालु हुनुभएर दिनुभएको छ जसलाई उहाँले प्रेम गर्नुहुन्छ”
τῷ ἠγαπημένῳ
“उहाँ जसलाई उहाँले प्रेम गर्नुहुन्छ, येशू ख्रीष्ट” वा “उहाँको पुत्र, जसलाई उहाँले प्रेम गर्नुहुन्छ”
Ephesians 1:7
τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ
पावलले परमेश्वरको अनुग्रहलाई भौतिक सम्पत्तिको रूपमा चित्रण गरेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको अनुग्रहको महानता” वा “परमेश्वरको अनुग्रहको प्रशस्तता” (हेर्नुहोस्ः रूपक)
Ephesians 1:8
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς
“उहाँले हामीलाई यति ठूलो अनुग्रह दिनुभयो” वा “उहाँ हामीप्रति असाध्यै दयालु हुनुहुन्थ्यो”
ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει
सम्भावित अर्थहरू हुन् १) “किनभने उहाँसँग सारा बुद्धि र समझदारी छ” वा २) “ताकि हामीसँग महान् बुद्धि र समझदारी हुन सकेको होस्”
Ephesians 1:9
κατὰ τὴν εὐδοκίαν αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) “किनभने यो हामीलाई थाहा गराउन उहाँ चाहनुहुन्थ्यो” वा २) “जुन उहाँले चाहनुभएको कुरा थियो ।”
ἣν προέθετο ἐν αὐτῷ
“उहाँले यस उद्देश्यलाई ख्रीष्टमा प्रदर्शन गर्नुभयो”
ἐν αὐτῷ
“ख्रीष्टको माध्यमद्वारा”
Ephesians 1:10
εἰς οἰκονομίαν
यहाँ एउटा नयाँ वाक्य सुरू गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले एउटा योजनालाई विचार गर्दै यसो गर्नुभयो” वा “उहाँले यसो गर्नुभयो, एउटा योजनाको बारेमा सोच्दै”
τοῦ πληρώματος τῶν καιρῶν
“ठीक समय आउनको लागि” वा “उहाँले नियुक्त गर्नुभएको समयको लागि”
Ephesians 1:11
καὶ ἐκληρώθημεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई उत्तराधिकारहरू हुनलाई चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
προορισθέντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई पहिल्यैबाट चुन्नुभयो” वा “परमेश्वरले हामीलाई लामो समय अगाडि चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ἐκληρώθημεν, προορισθέντες
“हामी” सर्वनामको माध्यमद्वारा पावलले आफैँलाई र अन्य यहूदी ख्रीष्टिएनहरूलाई जनाउँछन्, तिनीहरू जसले एफिसी विश्वासीहरूले भन्दा अगाडि ख्रीष्टलाई विश्वास गरे । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Ephesians 1:12
ἡμᾶς…τοὺς προηλπικότας ἐν τῷ Χριστῷ
फेरि पनि “हामी” शब्दले सुरुमा सुसन्देश सुनेका यहूदी विश्वासीहरूलाई जनाउँछ, एफिससमा भएका विश्वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ
“ताकि हामी उहाँको महिमाको लागि उहाँलाई प्रशंसा गर्नलाई जिउन सकौँ”
एकपटक फेरि, “हामी”ले पावल र अन्य यहूदी विश्वासीहरूलाई जनाउँछ, एफिसी विश्वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
Ephesians 1:13
अघिल्ला दुई पदहरूमा पावलले आफ्नै र अन्य यहूदी विश्वासीहरूको बारेमा बोलिरहेका थिए, तर अब उनी एफिसी विश्वासीहरूको बारेमा कुरा गर्न सुरु गर्छन् ।
τὸν λόγον τῆς ἀληθείας
सम्भावित अर्थहरू हुन् १) “सत्यताको बारेमा भएको सन्देश” वा “सत्य सन्देश ।”
ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας, τῷ Ἁγίῳ
पत्रमा मैन राखिन्थ्यो र त्यस पत्र लेख्ने व्यक्तिलाई जनाउने चिन्हले मोहोर लगाइन्थ्यो । पावलले यही शैलीलाई एउटा चित्रणको रूपमा प्रयोग गरी हामी परमेश्वरका हौँ भनेर हामीलाई निर्धक्क बनाउनका लागि कसरी परमेश्वरले पवित्र आत्मालाई प्रयोग गर्नुभएको छ भन्ने कुरालाई देखाएका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई उहाँले प्रतिज्ञा गर्नुभएको पवित्र आत्माले छाप लगाउनुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 1:14
ἀρραβὼν τῆς κληρονομίας ἡμῶν
परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरूलाई प्राप्त गर्नु चाहिँ कोही व्यक्तिले परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश प्राप्त गरेको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा हामीले प्राप्त गर्नेछौँ भनेर निश्चयता” (हेर्नुहोस्ः रूपक)
Ephesians 1:15
पावल एफिससका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् र ख्रीष्टद्वारा विश्वासीहरूले प्राप्त गरेका शक्तिको लागि परमेश्वरको प्रशंसा गर्छन् ।
Ephesians 1:16
οὐ παύομαι εὐχαριστῶν
पावलले “छाडेको छैन” भन्ने वाक्यांश उनले निरन्तर परमेश्वरलाई धन्यवाद दिइरहन्छन् भन्ने कुरालाई जोड दिनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म निरन्तर परमेश्वरलाई धन्यवाद दिन्छु” (हेर्नुहोस्ः निषेधात्मक)
Ephesians 1:17
πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ
“उहाँको प्रकाशको बारेमा बुझ्नको निम्ति आत्मिक बुद्धि”
Ephesians 1:18
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयका आँखा” भन्ने वाक्यांशले कोही व्यक्तिको समझशक्ति प्राप्त गर्ने क्षमतालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले समझशक्ति हासिल गर्न सक र प्रकाश पाएका होओ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूको हृदयलाई प्रकाश दिनुभएको होस्” वा “कि परमेश्वरले तिमीहरूको समझशक्तिलाई प्रकाश दिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πεφωτισμένους
“देख्ने बनाइएको”
τῆς κληρονομίας αὐτοῦ
परमेश्वरले विश्वासीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरूलाई प्राप्त गर्नु चाहिँ कोही व्यक्तिले परिवारको सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश प्राप्त गरेको झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः रूपक)
τοῖς ἁγίοις
“तिनीहरू सबै जसलाई उहाँले आफ्नै निम्ति अलग गर्नुभएको छ” वा “तिनीहरू सबै जो पूर्ण रूपमा उहाँकै हुन्”
Ephesians 1:19
τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ
परमेश्वरको शक्ति चाहिँ अरू सबै शक्तिहरूभन्दा धेरै बढी छ ।
εἰς ἡμᾶς, τοὺς πιστεύοντας
“हाम्रो लागि जसले विश्वास गर्छौँ”
τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ
“उहाँको महान् शक्ति जुन हाम्रो निम्ति काममा छ”
Ephesians 1:20
ἐγείρας αὐτὸν ἐκ νεκρῶν
“उहाँलाई पुनः जीवित बनाउनुभयो”
ἐκ νεκρῶν
ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ व्यक्त गर्छ । तिनीहरूको माझबाट फर्की आउने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
καθίσας ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις
राजाको “दाहिने हातपट्टि” बस्ने व्यक्ति चाहिँ उनको दायाँतर्फ बस्छन् र राजाको सारा अधिकारको साथमा शासन गर्छन् जुन राजाको दाहिने हातपट्टि वा दायाँपट्टि तिनी बस्छन् । यो स्थानलाई जनाउने प्रतिस्थापन शब्द हो जसले त्यस स्थानमा भएको व्यक्तिसँग भएको अधिकारलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “स्वर्गबाट शासन गर्नलाई सारा अधिकार उहाँलाई दिनुभयो” (हेर्नुहोस्ः लक्षणा)
καθίσας ἐν δεξιᾷ αὐτοῦ
परमेश्वरको “दाहिने हातपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्पिक अनुवादः “उहाँलाई आफ्नो छेउमा सम्मान र अधिकारको स्थानमा बसाल्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἐν τοῖς ἐπουρανίοις
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर हुनुभएको स्थानलाई जनाउँछ । तपाईंले यसलाई एफिसीहरू १:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।
Ephesians 1:21
ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος
यिनीहरू स्वर्गदूतहरू र दुष्टहरू दुवैको गरेर, अलौकिक प्राणीहरूको ओहदाहरूलाई जनाउने विभिन्न शब्दहरू हुन् । वैकल्पिक अनुवादः “सबै किसिमका अलौकिक प्राणीहरूभन्दा धेरै माथि”
παντὸς ὀνόματος ὀνομαζομένου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः सम्भावित अर्थहरू हुन् १) “हरेक नाउँ जुन मानिसले दिन्छ” वा २) “हरेक नाउँ जुन परमेश्वरले दिनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὀνόματος
सम्भावित अर्थहरू हुन् १) उपाधि वा २) अधिकारको स्थान । (हेर्नुहोस्ः लक्षणा)
ἐν τῷ αἰῶνι τούτῳ
“यस समयमा”
ἐν τῷ μέλλοντι
“भविष्यमा”
Ephesians 1:22
ὑπὸ τοὺς πόδας αὐτοῦ
यहाँ “पाउ”ले ख्रीष्टको प्रभुत्व, अधिकार, र शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबै कुराहरूलाई ख्रीष्टको शक्तिमुनि” (हेर्नुहोस्ः लक्षणा)
κεφαλὴν ὑπὲρ πάντα
यहाँ “शिर”ले अगुवा वा जिम्मा पाएको व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबैकुराहरूमाथिको शासक” (हेर्नुहोस्ः रूपक)
Ephesians 1:23
τὸ σῶμα αὐτοῦ
एक मानव शरीरको जस्तै गरेर, जहाँ शिरले (पद २२) शरीरसँग सम्बन्धित सबैकुराहरूलाई शासन गर्छ, त्यसरी नै ख्रीष्ट चाहिँ मण्डलीको शरीरको शिर हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου
“ख्रीष्टले सबै कुराहरूलाई जीवन दिनुभए झैँ गरेर मण्डलीलाई उहाँको जीवन र शक्तिले भर्नुहुन्छ”
Ephesians 2
एफिसीहरू ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले येशूमा विश्वास गर्न आउनुभन्दा अगाडिको एक ख्रीष्टिएनको जीवनमा ध्यान लगाउँछ । त्यसपछि पावलले यस जानकारीलाई एक व्यक्तिको पुरानो जीवन शैली चाहिँ एक ख्रीष्टिएनको “ख्रीष्टमा” भएको नयाँ परिचयबाट बिछट्टै अलग हुन्छ भनेर व्याख्या गर्नलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः विश्वास)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
एक शरीर
पावलले यस अध्यायमा मण्डलीको बारेमा सिकाउँछन् । मण्डली दुई फरक समूहका मानिसहरूले (यहूदीहरू र अन्यजातिहरू) बनेको छ । तिनीहरू अब एक समूह वा “शरीर” हुन् । मण्डलीलाई येशूको शरीर पनि भनिन्छ । यहूदीहरू र अन्यजातिहरू ख्रीष्टमा एकीकृत गरिएका छन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
“अपराधहरू र पापहरूमा मरेको”
पावलले सिकाउँछन् कि ती मानिसहरू जो ख्रीष्टिएनहरू होइनन्, ती तिनीहरूका पापमा “मरेका” छन् । पापले तिनीहरूलाई बन्धनमा राख्छ वा दास बनाउँछ । यसले तिनीहरूलाई आत्मिक रूपमा “मृत” बनाउँछ । पावलले लेख्छन् कि परमेश्वरले ख्रीष्टिएनहरूलाई ख्रीष्टमा जीवित बनाउनुहुन्छ । (हेर्नुहोस्ः मर्नु, मृत, घातक, मृत्यु, पाप, पापूर्ण, पापी, पाप गर्दै अनि विश्वास अनि रूपक)
सांसारिक जीवनका लागि विवरणहरू
पावलले गैर-ख्रीष्टिएनहरू कसरी काम गर्छन् भनेर वर्णन गर्नलाई थुप्रै विभिन्न अलङ्कारहरू प्रयोग गर्छन् । तिनीहरू हुनः “यस संसारको चालअनुसार चले”, “आकाशका अधिकारहरूको शासकअनुसार चले”, “हाम्रो पापपूर्ण स्वभावको दुष्ट अभिलाषाहरूलाई पूरा गर्दै” र “शरीर र मनको इच्छा पूरा गर्दै ।”
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“यो परमेश्वरको वरदान हो”
केही विद्वानहरूले विश्वास गर्छन् कि यहाँ “यो” शब्दले उद्धार गरिने कुरालाई जनाउँछ । अन्य विद्वानहरूले विश्वास गर्छन् कि यो विश्वास हो जुन परमेश्वरको वरदान हो । ग्रीक शब्दहरूका कालपक्षहरूको सङ्गति कसरी हुन्छ भन्ने कुराको कारण, “यो” शब्दले सबैजनालाई परमेश्वरको अनुग्रहद्वारा विश्वासबाट बचाइएको कुरालाई जनाउँछ ।
शरीर
यो एउटा जटिल विषय हो । यो सम्भव छ कि “शरीर” चाहिँ कोही व्यक्तिको पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । “शरीरमा भएका अन्यजातिहरू” भन्ने वाक्यांशले सङ्केत गर्छ कि एफिसीहरू एक समयमा परमेश्वरको विषयमा केही वास्ता नराखिकन जिउँथे । “शरीर”लाई यस पदमा मानिसको भौतिक भागलाई जनाउन पनि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः मासु, देह)
Ephesians 2:1
पावलले विश्वासीहरूलाई तिनीहरूको बितेको समय र परमेश्वरको सामु तिनीहरूको वर्तमान अवस्थाबारे सम्झना गराएका छन् ।
ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν
यसले एउटा मृतकले शारीरिक रूपमा प्रतिक्रिया दिन नसके झैँ पापी मानिसहरूले पनि परमेश्वरको आज्ञापालन गर्न नसक्ने कुरालाई देखाउँछ । (हेर्नुहोस्ः रूपक)
τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν
“अपराध” र “पापहरू” भन्ने शब्दहरूका अर्थ उस्तै-उस्तै हुन्छन् । मानिसहरूको पाप कति ठूलो छ भनेर देखाउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गरेका हुन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Ephesians 2:2
κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου
प्रेरितहरूले पनि “संसार”शब्दलाई यस संसारमा जिउने मानिसहरूको स्वार्थी व्यवहार र भ्रष्ट मूल्य-मान्यताहरूलाई जनाउन प्रयोग गरे । वैकल्पिक अनुवादः “यस संसारमा जिउने मानिसहरूको मूल्य-मान्यताअनुसार” वा “यस वर्तमान संसारका सिद्धान्तहरू पछ्याउँदै” (हेर्नुहोस्ः लक्षणा)
τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος
यसले दुष्ट वा शैतानलाई जनाउँछ ।
τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος
“शैतानको आत्मा, जसले काम गर्दै छ”
Ephesians 2:3
τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν
“शरीर” र “मन”ले एउटा पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छन् । (हेर्नुहोस्ः लक्षणा)
τέκνα…ὀργῆς
ती मानिसहरू जससँग परमेश्वर रिसाउनुभएको छ (हेर्नुहोस्ः रूपक)
Ephesians 2:4
Θεὸς πλούσιος ὢν ἐν ἐλέει
“परमेश्वर दयामा प्रचुर हुनुहुन्छ” वा “परमेश्वर हामीप्रति धेरै दयालु हुनुहुन्छ”
διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς
“हाम्रो निम्ति उहाँको महान् प्रेमको कारण” वा “किनभने उहाँले हामीलाई धेरै प्रेम गर्नुभयो”
Ephesians 2:5
χάριτί ἐστε σεσῳσμένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीप्रतिको उहाँको महान् दयाको कारण हामीलाई बचाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 2:6
συνήγειρεν
यहाँ बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्पद्धति हो । सम्भावित अर्थहरू हुन् १) किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित भएर आउने तुल्याउनुभएको छ, परमेश्वरले पावल र एफिससमा भएका विश्वासीहरूलाई पहिल्यैबाट नयाँ आत्मिक जीवन दिइसक्नुभएको छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई नयाँ जीवन दिनुभएको छ किनभने हामी ख्रीष्टका हौँ” वा २) किनभने परमेश्वरले ख्रीष्टलाई फेरि जीवित भएर आउने तुल्याउनुभएको छ, एफिससमा भएका विश्वासीहरूले तिनीहरू मरिसकेपछि ख्रीष्टसँगै जिउनेछन् भनेर अब जान्न सक्छन्, र पावलले विश्वासीहरू पुनः जिउने विषयमा त्यो कुरा पहिल्यै नै भइसकेको छ भने झैँ गरेर बताउन सक्छन् । वैकल्पिक अनुवादः “हामी पक्का हुन सक्छौँ परमेश्वरले ख्रीष्टलाई पुनः जीवित भएर आउने तुल्याउनुभए झैँ गरेर हामीलाई जीवन दिनुहुनेछ” (हेर्नुहोस्ः भविष्यवाणीयुक्त भूत अनि टुक्काहरू)
ἐν τοῖς ἐπουρανίοις
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ । यसलाई एफिसीहरू १:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । यसले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छ ।
Ephesians 2:7
ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις
“भविष्यमा”
Ephesians 2:8
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως
यदि हामीले येशूमा विश्वास मात्र गर्यौँ भने, हामीप्रति परमेश्वरको दया नै त्यो कारण हुन्छ जसद्वारा हामी न्यायदेखि बचाइन सक्छौँ । वैकल्पिक अनुवादः “तिमीहरूको उहाँमा भएको विश्वासको कारण परमेश्वरले तिमीहरूलाई अनुग्रहद्वारा बचाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τοῦτο
“यो” शब्दले “तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ” भन्ने कुरालाई नै जनाउँछ ।
Ephesians 2:9
οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται
तपाईंले यहाँ नयाँ वाक्य सुरु गर्नलाई इच्छा गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उद्धार कामहरूबाट आउँदैन, ताकि कसैले घमण्ड नगरोस्” वा “कुनै व्यक्तिले गरेको कामहरूअनुसार परमेश्वरले उसलाई बचाउनुहुन्न, त्यसैले कसैले पनि घमण्ड नगरोस् र त्यो उसले कमाएको हो भनेर नभनोस्”
Ephesians 2:10
ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । यसले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छ ।
ἐν αὐτοῖς περιπατήσωμεν
कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले उसको जीवन कसरी जिउँछ भन्ने कुरालाई जनाउने अलङ्कार हो । यहाँ “तिनमा” भन्ने कुराले “असल कार्यहरू”लाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी ती असल कार्यहरूलाई सधैँ र निरन्तर रूपमा गरौँ”
Ephesians 2:11
ख्रीष्ट र उहाँको क्रूसद्वारा परमेश्वरले अन्यजातिहरू र यहूदीहरूलाई एउटै शरीरमा ल्याउनुभएको कुरालाई पावलले सम्झना दिलाएका छन् ।
τὰ ἔθνη ἐν σαρκί
यसले यहूदी भएर नजन्मिएका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
ἀκροβυστία
अन्यजातिहरू बालक हुँदा तिनीहरूको खतना भएको हुँदैन र यसैकारण यहूदीहरूले तिनीहरूलाई परमेश्वरको व्यवस्था नमान्नेहरू भनेर सम्झन्थे । वैकल्पिक अनुवादः “खतना नभएका मूर्तिपूजकहरू” (हेर्नुहोस्ः लक्षणा)
περιτομῆς
यहूदीहरूका निम्ति प्रयोग हुने यो अर्को शब्द हो, किनकि आठौँ दिनमा सबै पुरूष शिशुहरूको खतना हुन्थ्यो । वैकल्पिक अनुवादः “खतना भएका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου
सम्भावित अर्थहरू हुन् १) “यहूदीहरू, जो मानिसहरूद्वारा खतना गरिएका हुन्” वा २) “भौतिक शरीरमा मात्र खतना गर्ने यहूदीहरू ।”
ὑπὸ τῆς λεγομένης
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले भन्ने कुराद्वारा” वा “तीबाट जसलाई मानिसहरूले ... भन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 2:12
χωρὶς Χριστοῦ
“विश्वास नगर्नेहरू”
ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας
पावलले अन्यजाति विश्वासीहरूसँग, तिनीहरू परमेश्वरको करार र प्रतिज्ञाको भूमिबाट अलग गरिएका परदेशीहरू झैँ थिए जस्तै गरी कुरा गर्छन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 2:13
ख्रीष्टमा विश्वास गर्नुभन्दा पहिले र विश्वास गरेपछि एफिसीहरूहरूमा भएको भिन्नतालाई पावलले दर्शाइरहेका छन् ।
ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ
पापको कारण परमेश्वरको नभएको हुने कुरालाई परमेश्वरबाट टाढा भएको झैँ गरी बताइएको छ । ख्रीष्टको रगतको कारण परमेश्वरको हुनु भन्ने कुरालाई परमेश्वरको नजिक ल्याइएको झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरू जो एक समय परमेश्वरका थिएनौ, ख्रीष्टको रगतको कारण अब परमेश्वरका भएका छौ” (हेर्नुहोस्ः रूपक)
ἐν τῷ αἵματι τοῦ Χριστοῦ
ख्रीष्टको रगत चाहिँ उहाँको मृत्युलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टको मृत्युद्वारा” वा “जब ख्रीष्ट हाम्रो लागि मर्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 2:14
αὐτὸς…ἐστιν ἡ εἰρήνη ἡμῶν
“येशूले हामीलाई उहाँको शान्ति दिनुहुन्छ”
ἡ εἰρήνη ἡμῶν
“हाम्रो” भन्ने शब्दले पावल र उनका पाठकहरूलाई बुझाउँदछ र यसैले समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ὁ ποιήσας τὰ ἀμφότερα ἓν
“उहाँले यहूदीहरू र अन्यजातिहरूलाई एक बनाउनुभयो”
ἐν τῇ σαρκὶ αὐτοῦ
“उहाँको शरीर”, उहाँको भौतिक शरीर भन्ने शब्दहरू चाहिँ उहाँको शरीर मरेको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “क्रूसमा उहाँको शरीरको मृत्युद्वारा” (हेर्नुहोस्ः लक्षणा)
τὸ μεσότοιχον τοῦ φραγμοῦ…τὴν ἔχθραν
“घृणाको पर्खाल” वा “कुविचारको पर्खाल”
Ephesians 2:15
τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας
यहूदीहरू र अन्यजातिहरू परमेश्वरमा शान्तिमा जिऊन् भनेर येशूको रगतले मोशाले दिएका व्यवस्थालाई पूरा गर्यो ।
ἕνα καινὸν ἄνθρωπον
एउटा नयाँ मानिसहरू, उद्धार पाएका मानिसहरू (हेर्नुहोस्ः रूपक)
ἐν αὑτῷ
यो ख्रीष्टसँगको एकता हो जसले यहूदीहरू र अन्यजातिहरू बीचमा पुनर्मिलापलाई सम्भव बनाउँछ ।
Ephesians 2:16
ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους
“ख्रीष्टले यहूदीहरू र अन्यजातिहरूलाई एकसाथ शान्तिमा ल्याउनुहुन्छ”
διὰ τοῦ σταυροῦ
यहाँ क्रूसले क्रूसमा भएको ख्रीष्टको मृत्युलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवाद: “क्रूसमा भएको ख्रीष्टको मृत्युको माध्यमद्वारा” (हेर्नुहोस्ः लक्षणा)
ἀποκτείνας τὴν ἔχθραν
तिनीहरूको शत्रुतालाई रोक्नु चाहिँ उहाँले तिनीहरूको शत्रुतालाई मार्नुभएको झैँ गरेर बताइएको छ । क्रूसमा मर्नुभएर येशूले यहूदीहरू र अन्यजातिहरू एक अर्कासँग शत्रु हुनुपर्ने कारणलाई हटाउनुभयो । नता अब तिनीहरूमध्ये कुनैलाई मोशाको व्यवस्थाअनुसार जिउन जरुरी छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई एक अर्कालाई हेला गर्न रोक्दै” (हेर्नुहोस्ः रूपक)
Ephesians 2:17
पावल एफिसी विश्वासीहरूलाई भन्छन् कि वर्तमान अन्यजाति विश्वासीहरूलाई अब यहूदी प्रेरितहरू र अगमवक्ताहरूसँग पनि एक बनाइएको छ; तिनीहरू अब आत्मामा परमेश्वरको लागि मन्दिर हुन् ।
εὐηγγελίσατο εἰρήνην
“शान्तिको सुसमाचार सुनाउनुभयो” वा “शान्तिको सुसमाचार घोषणा गर्नुभयो”
ὑμῖν τοῖς μακρὰν
यसले अन्यजातिहरू वा गैर-यहूदीहरूलाई जनाउँछ ।
τοῖς ἐγγύς
यसले यहूदीहरूलाई जनाउँछ ।
Ephesians 2:18
ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν, οἱ ἀμφότεροι
यहाँ “हामी दुवै” शब्दहरूले पावल, विश्वासी यहूदीहरू र विश्वासी गैर-यहूदीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐν ἑνὶ Πνεύματι
यहूदी र अन्यजाति दुवै गरेर, सबै विश्वासीहरूलाई एउटै पवित्र आत्माद्वारा परमेश्वर पिताकहाँ जाने अधिकार दिइएको छ ।
Ephesians 2:19
ἐστὲ συνπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ
पावलले फेरि पनि अन्यजातिहरूको विश्वासी भइसकेपछिको आत्मिक अवस्थाको विषयमा परदेशीहरू अर्कै राष्ट्रको नागरिकहरू भएको जस्तै गरी बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 2:20
ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ
पावलले परमेश्वरका मानिसहरूलाई एउटा भवनको रूपमा व्यक्त गरेका छन् । ख्रीष्ट त्यसको कुने-ढुङ्गो हुनुहुन्छ, प्रेरितहरू जग हुन्, र विश्वासीहरू संरचना हुन् । (हेर्नुहोस्ः रूपक)
ἐποικοδομηθέντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई निर्माण गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 2:21
πᾶσα οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον
पावलले ख्रीष्टको परिवारलाई एउटा भवनको रूपमा व्यक्त गरिरहेका छन् । जसरी भवन बनाउने व्यक्तिले निर्माण गर्ने क्रममा ढुङ्गाहरूलाई मिलाएर राख्छ, त्यसरी नै ख्रीष्टले हामीलाई मिलाएर एकसाथ जोड्दै हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
ἐν ᾧ…ἐν Κυρίῳ
“ख्रीष्टमा ... प्रभु येशूमा ।” यी अलङ्कारहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा सम्भव हुने सबैभन्दा दृढ किसिमको सम्बन्धलाई व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 2:22
ἐν ᾧ
“ख्रीष्टमा ।” यस अलङ्कारले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा सम्भव हुने सबैभन्दा दृढ किसिमको सम्बन्धलाई व्यक्त गर्छ । (हेर्नुहोस्ः रूपक)
καὶ ὑμεῖς συνοικοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι
पवित्र आत्माको शक्तिद्वारा परमेश्वर सदाको लागि वास गर्नुहुने स्थान बन्नको निम्ति विश्वासीहरूलाई कसरी सँगै राखिँदैछ भन्ने कुरालाई यसले वर्णन गर्छ । (हेर्नुहोस्ः रूपक)
καὶ ὑμεῖς συνοικοδομεῖσθε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई पनि एकसाथ निर्माण गरिरहनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 3
एफिसीहरू ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
“म प्रार्थना गर्छु”
यो अध्यायको संरचना थोरै प्रार्थनाको जस्तो छ, तर यो खासै प्रार्थना जस्तो छैन । यो एउटा अद्वितीय “प्रार्थना” हो जहाँ पावल केवल परमेश्वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्डलीलाई लिखित निर्देशनहरू पनि दिइरहेका छन् ।पावलले यस अध्यायको केही भागलाई परमेश्वरलाई गरिएको प्रार्थनाको रूपमा संरचना दिन्छन् । तर पावलले परमेश्वरसँग कुरा मात्र गरिरहेका छैनन् । उनले एफिससमा भएका मण्डलीको लागि प्रार्थना गर्ने र तिनीहरूलाई निर्देशन दिने काम दुवै गरिरहेका छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
रहस्य
पावलले मण्डलीलाई एक “रहस्य”को रूपमा जनाउँछन् । परमेश्वरका योजनाहरूमा मण्डलीको भूमिकाको बारेमा एकसमयमा जानिएको थिएन । तर अब परमेश्वरले त्यसलाई प्रकट गर्नुभएको छ । यस रहस्यको एउटा भागले परमेश्वरका वर्तमान योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँग भएको बरारबर उभ्याइलाई संलग्न गराउँछ ।
Ephesians 3:1
विश्वासीहरूलाई मण्डलीको गुप्त सत्यताको बारेमा स्पष्ट गराउनको निम्ति, पावल यहूदीहरू र अन।यजातिहरू बीचको एकता र मन्दिरको विषयलाई पुनः उल्लेख गर्छन्, जुन मन्दिरको विश्वासीहरू अब एक हिस्सा हुन् ।
τούτου χάριν
“तिमीहरूका निम्ति परमेश्वरको अनुग्रहको कारण”
ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ
“त्यो व्यक्ति जसलाई ख्रीष्ट येशूले कैदमा राख्नुभएको छ”
Ephesians 3:2
τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς
“परमेश्वरको अनुग्रह तिमीहरूकहाँ ल्याउनको निम्ति उहाँले मलाई दिनुभएको जिम्मेवारी”
Ephesians 3:3
κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई प्रकट गर्नुभएको कुराअनुसार” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καθὼς προέγραψα ἐν ὀλίγῳ
यी मानिसहरूलाई पावलले लेखेको अर्को पत्रलाई उनले जनाउँछन् ।
Ephesians 3:5
ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यी कुराहरू विगतमा भएका मानिसहरूलाई थाहा गराउनुभएन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὡς νῦν ἀπεκαλύφθη…ἐν Πνεύματι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर अब आत्माले त्यो प्रकट गर्नुभएको छ” वा “तर अब आत्माले त्यो थाहा गराउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“प्रेरितहरू र अगमवक्ताहरू जसलाई यो काम गर्नलाई परमेश्वरले अलग गर्नुभएको छ”
Ephesians 3:6
εἶναι τὰ ἔθνη, συνκληρονόμα…διὰ τοῦ εὐαγγελίου
अगिल्लो पदमा पावलले व्याख्या गर्न सुरुआत गरेको गुप्त सत्यता यही हो । ख्रीष्टलाई ग्रहण गर्ने अन्यजातिहरूले पनि यहूदी विश्वासीहरूले झैँ उही कुराहरू प्राप्त गर्छन् ।
σύνσωμα
मण्डलीलाई प्रायः ख्रीष्टको शरीरको रूपमा उल्लेख गरिन्छ । (हेर्नुहोस्ः रूपक)
ἐν Χριστῷ Ἰησοῦ
“ख्रीष्ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । तिनीहरूले ख्रीष्ट र उहाँमा विश्वास गर्नेहरूका बीचमा हुन सक्ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छन् ।
διὰ τοῦ εὐαγγελίου
सम्भावित अर्थहरू हुन् १) सुसमाचारको कारण अन्यजातिहरू यस प्रतिज्ञामा सङ्गी सहभागी भएका छन् वा २) सुसमाचारको कारण अन्यजातिहरू सङ्गी उत्तराधिकारीहरू र उहाँको शरीरका सदस्यहरू र प्रतिज्ञाका सङ्गी भागीदारहरू हुन् ।
Ephesians 3:8
ἀνεξιχνίαστον
पूर्ण रूपमा जान्न नसकिने (हेर्नुहोस्ः रूपक)
πλοῦτος τοῦ Χριστοῦ
पावलले ख्रीष्टको बारेमा भएको सत्यता र उहाँले ल्याउनुहुने आशिष्हरूलाई भौतिक सम्पत्तिको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 3:9
τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । “परमेश्वरले, जसले सबैकुराहरू बनाउनुभयो, यस योजनालाई विगतमा लामो समयका युगहरूदेखि गोप्य राख्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 3:10
γνωρισθῇ…ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις…ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ
“परमेश्वरले स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूलाई मण्डलीद्वारा उहाँको महान् बुद्धि थाहा गराउनुहुनेछ”
ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις
यी शब्दहरूले उस्तै अर्थ दिन्छन् । हरेक आत्मिक प्राणीले परमेश्वरको बुद्धिको बारेमा थाहा गर्नेछ भन्ने कुरालाई जोड दिएर बताउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
ἐν τοῖς ἐπουρανίοις
“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्ने शब्दले परमेश्वर रहनुहुने स्थानलाई जनाउँछ । यसलाई एफिसीहरू १:३१:३ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ
परमेश्वरको जटिल बुद्धि (हेर्नुहोस्ः रूपक)
Ephesians 3:11
κατὰ πρόθεσιν τῶν αἰώνων
“अनन्तको योजनामुताबिक” वा “अनन्त योजनासँग समान”
Ephesians 3:12
पावल उनको दुःखभोगमा परमेश्वरको प्रशंसा गर्छन् र यी एफिससका विश्वासीहरूका निम्ति प्रार्थना गर्छन् ।
ἔχομεν τὴν παρρησίαν
“हामी निडर छौँ” वा “हामीसँग आँट छ”
προσαγωγὴν ἐν πεποιθήσει
यो पहुँच परमेश्वरको उपस्थितिभित्रको हो भनेर स्पष्ट रूपमा व्यक्त गर्नु चाहिँ सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “निश्चयताको साथ परमेश्वरको उपस्थितिमा प्रवेश पाउनु” वा “निश्चयताको साथ परमेश्वरको उपस्थितिमा प्रवेश गर्न स्वतन्त्रता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πεποιθήσει
certainty" or "assurance
Ephesians 3:13
ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν
“तिमीहरूको महिमा” भन्ने वाक्यांशले भावी राज्यमा तिनीहरूले महसुस गर्नुपर्ने वा गर्ने गौरवलाई जनाउने प्रतिस्थापन शब्द हो । पावलले झ्यालखानामा दुःख भोगी रहँदा एफिससका ख्रीष्टिएनहरूले गौरव गर्नुपर्छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... तिमीहरूका निम्ति ... । यो तिमीहरूको हितको निम्ति हो” वा “ ... तिमीहरूका निम्ति ... । तिमीहरू यसको निम्ति गौरवान्वित हुनुपर्छ” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 3:14
τούτου χάριν
तपाईंले कारण के हो भनेर स्पष्ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले तिमीहरूका निम्ति यी सबै कुराहरू गर्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα
टेकिएका घुँडाले एउटा मानिस प्रार्थनामा रहेको कुराको चित्रण गर्छ । वैकल्पिक अनुवादः “म पिताको सामु प्रार्थनामा शिर झुकाउँछु” वा “म पितासँग विनम्रतासाथ प्रार्थना गर्छु” (हेर्नुहोस्ः उपलक्षण)
Ephesians 3:15
ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται
यहाँ नाम दिने कार्यले सम्भवतः सृष्टिको कार्यलाई पनि प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जसले स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको सृष्टि गरी नाम दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 3:16
δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι
“परमेश्वरले, किनभने उहाँ त्यस्तो धेरै महान् र शक्तिशाली हुनुहुन्छ, उहाँको शक्तिद्वारा तिमीहरूलाई मजबुत बन्न दिऊन्”
δῷ
“प्रदान गरून्”
Ephesians 3:17
पावलले एफिसीहरू ३:१४ मा सुरुआत गरेको प्रार्थनालाई निरन्तरता दिन्छन् ।
κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ, ἐρριζωμένοι καὶ τεθεμελιωμένοι
“परमेश्वरले आफ्नो महिमाको प्रशस्तताअनुसार” एफिसीहरूलाई “दिऊन्” भनेर पावलले प्रार्थना गरेको यो दोस्रो कुरा हो । पहिलो चाहिँ तिनीहरू “बलिया पारिऊन्” भन्ने हो (एफिसीहरू ३:१६) ।
κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν
यहाँ “हृदय” शब्दले मानिसको भित्री अन्तस्करणलाई जनाउँछ, र “द्वारा” शब्दले विश्वासीभित्र ख्रीष्ट बस्नुहुने माध्यमलाई जनाउँछ । अनुग्रही भएर परमेश्वरले विश्वासीहरूलाई विश्वास प्राप्त गर्न दिनुभएको कारण विश्वासीहरूका हृदयमा ख्रीष्ट बास गर्नुहुन्छ । वैकल्पिक अनुवादः “कि ख्रीष्ट तिमीहरूभित्र वास गर्नुभएको होस् किनभने तिमीहरू उहाँमा भरोसा गर्छौ” (हेर्नुहोस्ः लक्षणा)
ἐν ἀγάπῃ, ἐρριζωμένοι καὶ τεθεμελιωμένοι
पावलले तिनीहरूको विश्वास चाहिँ गहिरो गरी जरा हालेको कुनै रूख वा पक्का जगमाथि निर्माण गरिएको कुनै भवन भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कि तिमीहरू बलियोसँगले जरा हालेका रूख र चट्टानमा निर्माण गरिएका भवन जस्तै होओ” (हेर्नुहोस्ः रूपक)
Ephesians 3:18
यी शब्दहरूलाई पद १७ मा “कि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ” भन्ने शब्दहरूका साथ सुरु हुने शब्दहरूसँग दुई तरिकामा जोड्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “उहाँको प्रेममा तिमीहरूले जरा गाडेका र जग बसालेका होओ ताकि तिमीहरूसँग सामर्थ्य भएको होस् र बुझ्न सकेका होओ भनेर म प्रार्थना गर्छु” वा २) “ताकि तिमीहरूले उहाँको प्रेममा जरा गाडेका र जग बसालेका होओ । तिमीहरूसँग सामर्थ्य भएको होस् ताकि तिमीहरूले बुझ्न सकेका होओ भनेर पनि म प्रार्थना गर्छु”
καταλαβέσθαι
पावलले घुँडा टेकी प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलोचाहिँ, तिनीहरूलाई परमेश्वरले मजबुत गराऊन् (एफिसीहरू ३:१६) र विश्वासद्वारा ख्रीष्ट तिनीहरूका हृदयमा वास गरून् (एफिसीहरू ३:१७) भन्ने हो । अनि एफिसीहरू आफैँले गर्न सक्षम हुन सकेका होऊन् भनेर पावलले प्रार्थना गरेको पहिलो कुरा चाहिँ “बुझ्ने” हुनु हो ।
πᾶσιν τοῖς ἁγίοις
“ख्रीष्टमा सबै विश्वासीहरू” वा “सबै सन्तहरू”
τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος
सम्भावित अर्थहरू हुन् १) यी शब्दहरूले परमेश्वरको बुद्धिको महानतालाई वर्णन गर्छ, वैकल्पिक अुनवादः “कसरी परमेश्वर त्यति धेरै बुद्धिमान् हुनुहुन्छ” वा २) यी शब्दहरूले हामीप्रतिको ख्रीष्टले प्रेमको तीव्रतालाई वर्णन गर्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Ephesians 3:19
γνῶναί τε τὴν…ἀγάπην τοῦ Χριστοῦ
एफिसीहरूले गर्न सक्षम होऊन् भनेर पावलले प्रार्थना गरेको यो दोस्रो विषय हो; पहिलो चाहिँ तिनीहरूले “बुझून्” भन्ने हो । वैकल्पिक अनुवादः “कि तिमीहरूले हामीप्रतिको ख्रीष्टको प्रेम कति महान् छ भनेर जान्न सक”
ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ
पावलले घुँडा टेकी प्रार्थना गरेको यो तेस्रो विषय हो (एफिसीहरू ३:१४) । पहिलो चाहिँ, तिनीहरू “बलिया बनाइऊन्” भन्ने हो (एफिसीहरू ३:१६), र दोस्रो चाहिँ तिनीहरूले “बुझ्न सकून्” भन्ने हो (एफिसीहरू ३:१८) ।
Ephesians 3:20
यस पुस्तकमा भएका “हामी” र “हामीलाई” भन्ने शब्दहरूले पावल र सबै विश्वासीहरूलाई समावेश गर्न निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
पावल आशिष्सँगै आफ्नो प्रार्थनालाई टुङ्गोमा ल्याउँछन् ।
τῷ δὲ
“अब परमेश्वरलाई जो”
ποιῆσαι ὑπέρἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν
“हामीले माग्ने वा सोच्ने सबैकुराभन्दा धेरै बढी गर्नलाई” वा “ती कुराहरू गर्न जुन हामीले उहाँलाई माग्ने सबैकुरा वा त्यसको बारेमा सोच्नेभन्दा धेरै महान् छन्”
Ephesians 4
एफिसीहरू ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ८ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएको हो ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मिक वरदानहरू
आत्मिक वरदानहरू भनेका ख्रीष्टिएनहरू येशूमा विश्वास गर्न आइसकेपछि तिनीहरूलाई पवित्र आत्माले दिनुहुने निर्दिष्ट अलौकिक क्षमताहरू हुन् । मण्डली विकासको गर्नका लागि यी आत्मिक वरदानहरूको भूमिका मूलभूत थियो । पावलले यहाँ केही आत्मिक वरदानहरूलाई मात्र सूचीकृत गर्छन् । (हेर्नुहोस्ः विश्वास)
एकता
मण्डली एकीकृत छ भन्ने कुरा चाहिँ धैरै महत्त्वपूर्ण छ भनी पावलले मान्छन् । यो यस अध्यायको प्रमुख विषयवस्तु हो ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पुरानो मानिस र नयाँ मानिस
“पुरानो मानिस” भन्ने शब्दले सम्भवतः त्यो पापपूर्ण स्वभावलाई जनाउँछ जससँग एक व्यक्ति जन्मिन्छ । “नयाँ मानिस” भनेको नयाँ स्वभाव वा नयाँ जीवन हो जुन एक व्यक्तिलाई ख्रीष्टमा विश्वासमा आइसकेपछि परमेश्वरले दिनुहुन्छ ।
Ephesians 4:1
पावलले एफिसीहरूलाई लेखिरहेका कुराहरूको कारण, तिनीहरू विश्वासीहरूको रूपमा कसरी जिउनुपर्छ भन्ने कुरा उनले तिनीहरूलाई बताउँछन् र विश्वासीहरू एक अर्कासँग सहमतिमा रहनुपर्छ भन्ने कुरालाई फेरि पनि जोड दिन्छन् ।
ὁ δέσμιος ἐν Κυρίῳ
“प्रभुको सेवा गर्ने रोजाइको उसको कारण कैदमा भएको कोही व्यक्तिको रूपमा”
ἀξίως περιπατῆσαι τῆς κλήσεως
हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवनलाई जिउने तरिकालाई व्यक्त गर्नलाई प्रयोग गरिने एउटा सामान्य तरिका हो । (हेर्नुहोस्ः रूपक)
Ephesians 4:2
μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος
“विनम्र, कोमल, र धैर्यवान् हुनलाई सिक्न”
Ephesians 4:3
τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης
यहाँ पावलले “शान्ति”को विषयमा त्यो चाहिँ मानिसहरूलाई एकसाथ बाँध्ने कुनै बन्धन भए झैँ गरी कुरा गर्छन् । यो चाहिँ अरू मानिसहरूसँग शान्तिपूर्ण तवरमा जिएर तिनीहरूसँग एउटै भएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “एक अर्कासँग शान्तिपूर्ण तवरमा जिउन र एक भएर रहन जसरी आत्माले सम्भव बनाउनुभयो” (हेर्नुहोस्ः रूपक)
Ephesians 4:4
ἓν σῶμα
मण्डलीलाई प्रायः ख्रीष्टको शरीरको रूपमा व्यक्त गरिन्छ । (हेर्नुहोस्ः रूपक)
ἓν Πνεῦμα
“एकमात्र पवित्र आत्मा”
ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूको बोलावटमा एउटा निश्चित आशा पाउनका निम्ति तिमीहरूलाई बोलाउनुभयो” वा “त्यहाँ एउटा कुरा छ जसमा तिमीहरू ढुक्क हुन र सो उहाँले गर्नुहुन्छ भनी अपेक्षा गर्नलाई परमेश्वरले तिमीहरू चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 4:6
Πατὴρ πάντων…ἐπὶ πάντων…διὰ πάντων…ἐν πᾶσιν
यहाँ “सबै” शब्दले “सबै कुराहरू” भन्ने अर्थ दिन्छ ।
Ephesians 4:7
यहाँ प्रयोग भएको उद्धरण दाऊद राजाले लेखेको गीतबाट लिइएको हो ।
मण्डली, जुन विश्वासीहरूको पूर्ण शरीर हो, त्यसमा प्रयोग गर्नको निम्ति ख्रीष्टले विश्वासीहरूलाई दिनुभएका वरदानहरूको विषयमा पावलले तिनीहरूलाई सम्झना दिलाउँछन् ।
ἑνὶ…ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις
यसलाई कर्तृ वाच्यको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामी हरेकलाई अनुग्रह दिनुभएको छ” वा “परमेश्वरले हरेक विश्वासीलाई अनुग्रह दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 4:8
ἀναβὰς εἰς ὕψος
“जब ख्रीष्ट स्वर्गमा माथि जानुभयो”
Ephesians 4:9
ἀνέβη
“ख्रीष्ट माथि जानुभयो”
καὶ κατέβη
“ख्रीष्ट तल ... मा पनि आउनुभयो”
εἰς τὰ κατώτερα μέρη τῆς γῆς
सम्भावित अर्थहरू हुन्ः १) “तल्लो क्षेत्रहरू भनेका पृथ्वीका भाग हुन्” वा २) “तल्लो क्षेत्रहरू” भनेका पृथ्वीलाई जनाउने अर्को तरिका हो । वैकल्पिक अनुवादः “तल्लो क्षेत्रहरूमा, पृथ्वी”
Ephesians 4:10
ἵνα πληρώσῃ τὰ πάντα
“ताकि उहाँ सबै ठाउँमा उहाँको शक्तिमा उपस्थित हुनुभएको होस्”
πληρώσῃ
“पूरा गर्नु” वा “सन्तुष्ट पार्नु”
Ephesians 4:12
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων
“उहाँले अलग गर्नुभएका मानिसहरूलाई तयार गर्न” वा “विश्वासीहरूलाई खाँचो परेका कुराहरू तिनीहरूलाई प्रदान गर्न”
εἰς ἔργον διακονίας
“ताकि तिनीहरूले अरूहरूलाई सेवा गर्न सकून्”
εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ
पावलले आत्मिक रूपमा बलियो हुँदै जाने मानिसहरूको विषयमा तिनीहरूले आफ्ना भौतिक शरीरहरूका बललाई बढाउन बनाउन व्यायाम गरिरहेका झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक अनि टुक्काहरू)
οἰκοδομὴν
“सुधार”
τοῦ σώματος τοῦ Χριστοῦ
“ख्रीष्टको शरीर”ले ख्रीष्टको मण्डलीको हरेक सदस्यलाई जनाउँछ ।
Ephesians 4:13
καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ
विश्वासीहरू विश्वासमा एक हुने र विश्वासीहरूको रूपमा परिपक्व हुने हो भने तिनीहरूले येशूलाई परमेश्वरको पुत्रको रूपमा चिन्न आवश्यक छ ।
καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως
“विश्वासमा बराबर रूपमा बलियो हुनु” वा “विश्वासमा एकसाथ जोडिएको हुनु”
τοῦ Υἱοῦ τοῦ Θεοῦ
यो येशूको निम्ति एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εἰς ἄνδρα τέλειον
“परिपक्व विश्वासीहरूक हुनु”
τέλειον
“पूर्ण रूपमा विकसित” वा “हुर्केको” वा “पूर्ण”
Ephesians 4:14
μηκέτι ὦμεν νήπιοι
आत्मिक रूपमा नबढेका विश्वासीहरू जीवनमा थोरै अनुभव बटुलेका बालकहरू झैँ हुन् भनेर पावलले बताइरहेका छन् । वैकल्पिक अनुवादः “बालकहरू जस्तै हुनु” (हेर्नुहोस्ः रूपक)
κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας
यस खण्डले परिपक्व नभएको र झूटो शिक्षालाई पछ्याउने विश्वासी चाहिँ हावाले पानीमाथि विभिन्न दिशामा ठेलिरहेको डुङ्गा भए झैँ गरेर बताउँछ ।(हेर्नुहोस्ः रूपक)
ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδίαν τῆς πλάνης
“विश्वासीहरूलाई चलाख झूटहरूद्वारा छल गर्ने धूर्त मानिसहरूद्वारा”
Ephesians 4:15
εἰς αὐτὸν…ὅς ἐστιν ἡ κεφαλή
हाम्रो शरीर स्वस्थ होस् भनेर हाम्रो शिरले शरीरका अङ्गहरूलाई सँगै मिलेर काम गर्न लगाए झैँ ख्रीष्टले विश्वासीहरूलाई एक आपसमा मिलेर काम गर्न लगाउनुहुन्छ भनेर वर्णन गर्नको लागि पावलले मानव शरीरको उदाहरण दिन्छन् । (हेर्नुहोस्ः रूपक)
ἐν ἀγάπῃ
“जसै सदस्यहरूले एक अर्कालाई प्रेम गर्छन्”
Ephesians 4:16
ἐξ οὗ πᾶν τὸ σῶμα…τὴν αὔξησιν τοῦ σώματος ποιεῖται
हाम्रो शरीर स्वस्थ होस् भनेर हाम्रो शिरले शरीरका अङ्गहरूलाई सँगै मिलेर काम गर्न लगाए झैँ ख्रीष्टले विश्वासीहरूलाई एक आपसमा मिलेर काम गर्न लगाउनुहुन्छ भनेर वर्णन गर्नको लागि पावलले मानव शरीरको उदाहरण दिन्छन् । (हेर्नुहोस्ः रूपक)
διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας
हाम्रो शरीरमा हड्डीहरू र अङ्गहरूलाई जोड्ने बलियो फितालाई “तन्तु” भनिन्छ ।
Ephesians 4:17
तिनीहरू अब विश्वासीहरूका रूपमा परमेश्वरका पवित्र आत्माबाट मोहोर लगाइएका हुनाले तिनीहरूले अब के गर्नुहुन्न भन्ने कुरा पावल बताउँछन् ।
τοῦτο οὖν λέγω καὶ μαρτύρομαι
“मैले भर्खरै जे भनेको छु, त्यसको कारण मैले तिमीहरूलाई दृढतापूर्वक उत्साह दिन केही कुराहरू अझै बताउनेछु, किनकि हामी सबै प्रभुका हौँ”
μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν
“व्यर्थताका विचारहरू भएका अन्यजातिहरू झैँ जिउन छोड”
Ephesians 4:18
ἐσκοτωμένοι τῇ διανοίᾳ
तिनीहरू अब स्पष्टसँग विचार गर्न र तर्क गर्न सक्दैनन् । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्ना विचारहरूलाई अँध्यारा बनाएका छन्” वा “तिनीहरू बुझ्न सक्दैनन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरलाई नचिनेका कारण, परमेश्वरले आफ्ना मानिसहरू जसरी जिएको चाहनुहुन्छ त्यसरी तिनीहरू जिउन सक्दैनन्” वा “तिनीहरूका अज्ञानताको कारण तिनीहरूले आफैँलाई परमेश्वरको जीवनबाट अलग गराएका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπηλλοτριωμένοι
“छुट्ट्याइएका” वा “अलग गरिएका”
ἄγνοιαν
“ज्ञानको कमी” वा “जानकारीको कमी”
διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूको दिमागलाई जनाउने अलङ्कार हो । “तिनीहरूको हृदयको कठोरता” भन्ने वाक्यांश चाहिँ एउटा अलङ्कार हो जसको अर्थ “हठीपना” हुन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरू हठी छन्” वा “किनभने तिनीहरू परमेश्वरलाई सुन्न इन्कार गर्छन्” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Ephesians 4:19
ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ
पावलले यी मानिसहरूको विषयमा तिनीहरू वस्तुहरू भए झैँ गरी कुरा गर्छन् जुन वस्तुहरूलाई तिनीहरू आफैँले अरू मानिसहरूलाई दिइरहेका थिए, र तिनीहरूले आफ्ना शारीरिक इच्छाहरूलाई सन्तुष्ट पार्ने तरिका चाहिँ कुनै एउटा व्यक्ति बए झैँ गरेर बताउँछन् जसको हातमा तिनीहरूले आफैँलाई सुम्पिन्छन् । वैकल्पिक अनुवादः “केवल आफ्ना शारीरिक अभिलाषाहरू मात्र पूरा गर्न चाहन्छन्” (हेर्नुहोस्ः रूपक)
Ephesians 4:20
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν
“यसरी” भन्ने शब्दले एफिसीहरू ४:१७-१९ मा वर्णन गरिएअनुसार अन्यजातिहरूको जिउने शैलीलाई जनाउँछ । विश्वासीहरूले ख्रीष्टको बारेमा सिकेका कुराहरू त्यसको विपरीतमा थियो भनेर यसले जोड दिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूले ख्रीष्टको बारेमा सिकेका कुराहरू त्यस्तो थिएन”
Ephesians 4:21
εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε
एफिसीहरूले सुनेका छन् र तिनीहरूलाई सिकाइएको छ भन्ने कुरा पावललाई थाहा छ । (हेर्नुहोस्ः व्यङ्ग्य)
ἐν αὐτῷ ἐδιδάχθητε
सम्भावित अर्थहरू हुन् १) “येशूका मानिसहरूले तिमीहरूलाई सिकाएका छन्” वा २) “तिमीहरू येशूका मानिसहरू भएका हुनाले कसैले तिमीहरूलाई सिकाएको छ ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ
“येशूको बारेमा भएका सबै कुराहरू सत्य भएअनुसार”
Ephesians 4:22
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν
पावलले नैतिक गुणहरूका विषयमा तिनीहरू कपडाका टुक्राहरू भए झैँ गरी कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूको अगाडिको जीवन शैलीअनुसार जिउन छोड्नु” (हेर्नुहोस्ः रूपक)
ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον
पावलले नैतिक गुणहरूका विषयमा तिनीहरू कपडाका टुक्राहरू भए झैँ गरी कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूको पुरानो मनुष्यत्वले झैँ गरी जिउन छोड्नु” (हेर्नुहोस्ः रूपक)
τὸν παλαιὸν ἄνθρωπον
पुरानो मानिस”ले “पुरानो आचरण” वा “अगाडिको मनुष्यत्व”लाई जनाउँछ ।
τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης
पावलले मानिसको पापिष्ठ स्वभावलाई चिहानमा सडिरहेको मृत शरीरसँग तुलना गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 4:23
ἀνανεοῦσθαι…τῷ πνεύματι τοῦ νοὸς ὑμῶν
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका आचरणहरू र सोचाइहरू परिवर्तन गर्न परमेश्वरलाई दिनु” वा “तिमीहरूलाई नयाँ आचरणहरू र सोचाइहरू दिन परमेश्वरलाई अनुमति दिनु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 4:24
ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας
“साँचो रूपमा धर्मी र पवित्र”
Ephesians 4:25
ἀποθέμενοι τὸ ψεῦδος
“झूट बोल्न छोड”
ἐσμὲν ἀλλήλων μέλη
“हामी एक अर्काका हौँ” वा “हामी परमेश्वरको परिवारका सदस्यहरू हौँ”
Ephesians 4:26
ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε
“तिमीहरू रिसाउन सक्छौ, तर पाप नगर” वा “यदि तिमीहरू रिसाउँछौ भने, पाप नगर”
ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν
घाम डुब्दै जाने कुराले रात परेको, वा दिनको अन्त्यलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “रात पर्नुअगाडि तिमीहरू रिसाउन छोड्नुपर्छ” वा “दिनको अन्त्य हुनअघि नै तिमीहरूको रीसलाई मार” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 4:27
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ
“तिमीहरूलाई पापमा डोहोर्याउन दुष्टलाई मौका नदेओ”
Ephesians 4:29
λόγος σαπρὸς
यसले क्रूर वा रुखो बोलीलाई जनाउँछ ।
πρὸς οἰκοδομὴν
“अरूहरूलाई उत्साह दिन” वा “अरूहरूलाई बलिया बनाउन”
τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν
“तिनीहरूका खाँचोहरू ... । यस प्रकारले तिमीहरूलाई सुन्नेहरूलाई तिमीहरूले सहायता गर्नेछौ”
Ephesians 4:30
μὴ λυπεῖτε
“कष्टमा नपार” वा “निराश नबनाओ”
ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως
परमेश्वरले विश्वासीहरूलाई उद्धार गर्नुहुनेछ भनेर पवित्र आत्माले भरोसा दिलाउनुहुन्छ । परमेश्वरले विश्वासीहरू उहाँका हुन् भनेर देखाउनलाई पवित्र आत्मा चाहिँ तिनीहरूमाथि उहाँले राख्नुहुने चिन्ह हुनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “किनकि उहाँ त्यो छाप हुनुहुन्छ जसले तिमीहरूलाई पक्का गराउँछ कि परमेश्वरले उद्धारको दिनमा तिमीहरूलाई छुटकारा दिनुहुनेछ” वा “कि उहाँ नै हुनुहुन्छ जसले तिमीहरूलाई पक्का गराउनुहुन्छ कि परमेश्वरले उद्धारको दिनमा तिमीहरूलाई छुटकारा दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Ephesians 4:31
विश्वासीहरूले के गर्नुहुन्न र के गर्नुपर्छ भन्ने वचनहरूद्वारा पावल आफ्ना निर्देशनहरूलाई टुङ्गोमा ल्याउँछन् ।
ἀρθήτω
“टाढा राख” भनेको केही निश्चित आचरणहरू वा स्वभावहरूलाई निरन्तरता नदिने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले यी कुराहरूलाई आफ्नो जीवनको हिस्सा हुन दिनुहुँदैनः तीतोपना, क्रोध, रीस” (हेर्नुहोस्ः रूपक)
πικρία, καὶ θυμὸς, καὶ ὀργὴ
तीव्र आक्रोश
Ephesians 4:32
“बरु, दयालु होओ”
εὔσπλαγχνοι
अरूहरूप्रति भद्र र सान्तवना दिने किसिमका हुनु
Ephesians 5
एफिसीहरू ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद १४ का शब्दहरूसँग यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टको राज्यको उत्तराधिकार
यो बुझ्नलाई कठिन छ । केही विद्वानहरूले विश्वास गर्छन् कि यी कुराहरू अभ्यास गरिरहनेहरूले अनन्त जीवनको उत्तराधिकार पाउनेछैनन् । तर यस पदमा सूचीकृत भएका सबै पापहरूलाई परमेश्वरले माफी दिन सक्नुहुन्छ । त्यसैले अनैतिक, अशुद्ध, वा लोभी मानिसहरूले पश्चात्ताप गरे र येशूमा विश्वास गरे भने तिनीहरूले अझै पनि अनन्त जीवन प्राप्त गर्न सक्छन् । एउटा अझ बढी स्वभाविक भनाइ चाहिँ “कुनै पनि अनैतिक, अशुद्ध, वा लोभी व्यक्ति (किनकि यो चाहिँ मूर्तिपूजा गरेको जस्तै हो) परमेश्वरका मानिसहरूको माझमा हुनेछ जुन मानिसहरूमाथि ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुन्छ ।” (यूएसटी) (हेर्नुहोस्ः क्षमा दिनु, क्षमा, सधैँ रहिरहने, अनन्त, अनन्तता अनि जीवन, जिउनु, बाँच्नु, जीवित अनि उत्तराधिकारी हुनु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
पत्नीहरू हो, तिमीहरूका पतिहरूका अधीनमा रहो
विद्वानहरू यस खण्डको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा यसलाई कसरी बुझ्ने भनेर विभाजित छन् । केही विद्वानहरू विश्वास गर्छन् कि पुरुष र स्त्री सबै कुरामा पूर्ण रूपले बराबर छन् । अरू विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्रीलाई विवाह र मण्डलीमा प्रस्ट रूपमा रहेका फरक भूमिकाहरूमा सेवा गर्नलाई परमेश्वरले सृष्टि गर्नुभयो । अनुवादकहरूले यस खण्डलाई कसरी बुझ्छन् भन्ने कुराले तिनीहरूले यस खण्डलाई कसरी अनुवाद गर्छन् भन्ने कुरालाई असर गर्न नदिओस् भनेर तिनीहरू होसियार हुनुपर्छ ।
Ephesians 5:1
विश्वासीहरू परमेश्वरका सन्तानको रूपमाहरू तिनीहरू कसरी जिउनुपर्छ र कसरी जिउनुहुँदैन भनेर बताउनलाई पावलले निरन्तरता दिन्छन् ।
γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ
“यसैकारण, परमेश्वरले जे गर्नुहुन्छ तिमीहरूले पनि त्यसै गर्नुपर्छ ।” यसैकारण भन्ने शब्दले अगाडिको एफिसीहरू ४:३२ लाई जनाउँछ जसले विश्वासीहरूले किन परमेश्वरको देखासिकी गर्नुपर्छ भनेर बताउँछ, किनभने ख्रीष्टले विश्वासीहरूलाई माफी दिनुभयो ।
ὡς τέκνα ἀγαπητά
हामी परमेश्वरका छोराछोरीहरू भएका हुनाले हामीले उहाँको देखासिकी गरेको वा उहाँलाई पछ्याएको उहाँ चाहनुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धेरै प्रेम गरिएका छोराछोरीहरूले तिनीहरूका बाबुहरूको देखासिकी गर्छन्” वा “किनभने तिमीहरू उहाँका छोराछोरीहरू हौ र उहाँले तिमीहरूलाई प्यारो मानेर प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः उपमा)
Ephesians 5:2
περιπατεῖτε ἐν ἀγάπῃ
हिँड्नु भनेको कसैले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुरालाई व्यक्त गर्ने सामान्य तरिका हो । वैकल्पिक अनुवादः “प्रेमको जीवन जिओ” वा “एक अर्कालाई सधैँ प्रेम गर” (हेर्नुहोस्ः रूपक)
προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας
“परमेश्वरको निम्ति एक सुगन्धित भेटी र बलिदान जस्तै”
Ephesians 5:3
πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν
“कुनै पनि किसिमको कामुक अनैतिकता वा कुनै पनि किसिमको अशुद्धता वा लोभको दोषी छौ भनेर कसैलाई पनि सोच्न लगाउने कुनै पनि त्यस्तो काम नगर”
ἀκαθαρσία πᾶσα
“कुनै नैतिक अशुद्धता”
Ephesians 5:4
ἀλλὰ μᾶλλον εὐχαριστία
“बरु तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ”
Ephesians 5:5
οὐκ ἔχει κληρονομίαν
विश्वासीहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्त गर्ने विषयलाई परिवारको सदस्यबाट धनसम्पत्ति वा जायजेथाको अंश प्राप्त गरे जस्तै गरी व्यक्त गरिएको छ । (हेर्नुहोस्ः रूपक)
Ephesians 5:6
κενοῖς λόγοις
शब्दहरू जसमा कुनै सत्यता हुँदैन
Ephesians 5:8
ἦτε γάρ ποτε σκότος
जसरी कसैले अन्धकारमा देख्न सक्दैन, त्यसैगरी पाप गर्न मन पराउने मानिसहरूमा आत्मिक समझको अभाव हुन्छ । (हेर्नुहोस्ः रूपक)
νῦν δὲ φῶς ἐν Κυρίῳ
जसरी कोही व्यक्तिले ज्योतिमा देख्न सक्छ, त्यसैगरी परमेश्वरले बचाउनुभएका मानिसहरूले उहाँलाई कसरी खुशी तुल्याउने भन्ने कुरा बुझ्छन् । (हेर्नुहोस्ः रूपक)
ὡς τέκνα φωτὸς περιπατεῖτε
हिँड्नु भनेको कोही व्यक्तिले आफ्नो जीवन कसरी जिउँछ भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ती मानिसहरू जस्तो गरी हिँड जसले तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्ने कुरालाई बुझ्छन्” (हेर्नुहोस्ः रूपक)
Ephesians 5:9
ὁ…καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ
यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ज्योतिमा जिउनुको नतिजा चाहिँ असल काम, धर्मी जीवनयापन, र सत्यतापूर्ण व्यवहार हो” (हेर्नुहोस्ः रूपक)
Ephesians 5:11
μὴ συνκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους
अविश्वासीहरूले गर्ने व्यर्थका, पापपूर्ण कुराहरू चाहिँ मानिसहरूले कसैले पनि नदेखोस् भनेर अन्धकारमा गर्ने दुष्ट कामहरू भए झैँ गरेर पावलले बताउँछन् । गरेजस्तै अविश्वासीहरूले गर्ने व्यर्थका, पापिष्ठ कामहरूबारे पावलले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “अविश्वासीहरूसँग व्यर्थका, पापपूर्ण कुराहरू नगर” (हेर्नुहोस्ः रूपक)
τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους
ती कामहरू जसले केही असल, उपयोगी वा लाभदायक कुरा गर्दैनन् । पावलले खराब कार्यहरूलाई अस्वस्थ रूखसँग दाँज्दैछन् जसले केही असल फलाउँदैन । (हेर्नुहोस्ः रूपक)
ἐλέγχετε
अन्धकारको कामको विरूद्धमा बोल्नु भनेको चाहिँ मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरूलाई उज्यालोमा ल्याउने कुरा हो जस्तो गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई बाहिर प्रकाशमा ल्याओ” वा “तिनीहरूलाई ढाक्ने कुरा हटाइदेओ” वा “यी कार्यहरू कति गलत छन् भनेर मानिसहरूलाई देखाइदेओ र बताइदेओ” (हेर्नुहोस्ः रूपक)
Ephesians 5:13
यो उद्धरण यशैया अगमवक्ताबाट लिइएका उद्धरणहरूका सङ्ग्रह हुन् वा विश्वासीहरूद्वारा गाइएको भजनद्वारा लिइएको उद्धरण हो भनेर जानिएको छैन ।
πᾶν…τὸ φανερούμενον φῶς ἐστιν
“ज्योतिमा आउने हरेक कुराहरूलाई मानिसहरूले प्रस्टैसँग देख्न सक्छन् ।” परमेश्वरका वचनहरूले मानिसहरूका कार्यहरूलाई असल वा खराब भएको भनेर देखाउँछ भनेर अर्थ दिनलाई पावलले यो मूलभूत भनाइ राख्छन् । बाइबलले धेरैपटक परमेश्वरको सत्यतालाई त्यो कुनै ज्योति भए झैँ गरेर बताउँछ जसले केही कुराको चरित्रलाई प्रकट गर्न सक्थ्यो । (हेर्नुहोस्ः रूपक)
Ephesians 5:14
ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν
सम्भावित अर्थहरू हुन् १) पावलले अविश्वासीहरूलाई सम्बोधन गरिरहेका छन् जो आत्मिक रूपमा मृत हुनबाट उठ्न जरुरी छ जसरी मरिगएको कोही व्यक्ति जवाफ दिनलाई पुनः जीवित भएर आउनुपर्छ, वा २) पावलले एफिसी विश्वासीहरूलाई सम्बोधन गरिरहेका छन् र तिनीहरूका आत्मिक कमजोरीलाई जनाउन मृत्युलाई एउटा अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह अनि रूपक)
ἐκ τῶν νεκρῶν
तिनीहरू सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँतने कुराले पुनः जीवित बन्ने कुराको विषयमा बताउँछ ।
ἐπιφαύσει σοι
यहाँ प्रयोग भएका “तिमी” शब्दका यी प्रयोगहरूले “सुताहा”लाई जनाउँछन् र ती एकवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐπιφαύσει σοι ὁ Χριστός
जसरी अन्धकारले लुकाएका कुराहरूलाई त्यहाँ वास्तवमा के छ भनेर ज्योतिले देखाउँछ, त्यसरी नै एउटा अविश्वासीका कामहरू कति दुष्ट छन् र ख्रीष्टले उसलाई कसरी क्षमा दिएर नयाँ जीवन दिनुहुन्छ भन्ने कुरा बुझ्नलाई ख्रीष्टले त्यस अविश्वासीलाई सक्षम बनाउनुहुनेछ । (हेर्नुहोस्ः रूपक)
Ephesians 5:15
βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί
मूर्ख मानिसहरूले आफैँलाई पापबाट बचाउ गर्दैनन् । तापनि, बुद्धिमान् मानिसले पापलाई चिन्न सक्छन् र त्यसबाट भाग्न सक्छन् । वैकल्पिक अनुवादः “त्यसैकारण, तिमीहरू बरु मूर्ख व्यक्ति जसरी नभएर एक बुद्धिमान व्यक्ति जसरी जिउनलाई होसियार हुनुपर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि समान्तरता)
Ephesians 5:16
ἐξαγοραζόμενοι τὸν καιρόν
समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नु चाहिँ समयलाई बचाउनु भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिमीहरूले आफ्नो समयमा गर्न सक्ने उत्तम कुराहरू गर” वा “समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर” वा “समयलाई त्यसको सबैभन्दा उचित प्रयोगमा लगाओ” (हेर्नुहोस्ः रूपक)
ὅτι αἱ ἡμέραι πονηραί εἰσιν
“दिनहरू” शब्द चाहिँ मानिसहरूले ती दिनहरूमा गर्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “किनभने तिमीहरूका वरिपरिका मानिसहरूले सबै किसिमका दुष्ट कुराहरू गरिरहेका छन्” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 5:18
विश्वासीहरूले कसरी जिउनुपर्छ भन्ने विषयमा भएका आफ्ना निर्देशनहरूलाई पावल अन्त्य गर्छन् ।
καὶ μὴ μεθύσκεσθε οἴνῳ
“तिमीहरू दाखमद्य पिएर मात्तिनु हुँदैन”
ἀλλὰ πληροῦσθε ἐν Πνεύματι
“बरु, तिमीहरू पवित्र आत्माद्वारा नियन्त्रित हुनुपर्छ”
Ephesians 5:19
ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς
सम्भावित अर्थहरू हुन् कि १) “परमेश्वरको प्रशंसा गर्न गाइने सबै किसिमका गीतहरू”लाई बुझाउने शब्दहरूको रूपमा पावलले यी शब्दहरूलाई प्रयोग गरिरहेका छन् वा २) पावलले खास प्रकारका सङ्गीतहरूलाई सूचीकृत गरिरहेका छन् । (हेर्नुहोस्ः मेरिज्म)
ψαλμοῖς
यिनीहरू सम्भवतः पुरानो करारको भजनसङ्ग्रहको पुस्तकबाट लिइएका गीतहरू हुन् जुन ख्रीष्टिएनहरूले गाउँछन् ।
ὕμνοις
यी प्रशंसा र उपासनाका गीतहरू हुन् जुन ख्रीष्टिएनहरूले गाउनका लागि भनेर नै लेखिएका हुन सक्छन् ।
ᾠδαῖς πνευματικαῖς
सम्भावित अर्थहरू हुन् १) यी पवित्र आत्माले कुनै एउटा समयमा उत्तिनै खेर गाउनलाई प्रेरणा दिनुभएका गीतहरू हुन् वा २) “आत्मिक गानहरू” र “भजनहरू” भनेका उस्तै अर्थ बोकेका दुई शब्दहरू हुन् । (हेर्नुहोस्ः प्रतिरूपी)
τῇ καρδίᾳ ὑμῶν
यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरू वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । “तिमीहरूका सारा हृदयले” भन्ने वाक्यांशको अर्थ केही कुरालाई उत्साहका साथ गर्ने भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका सारा व्यक्तित्वले” वा “उत्साहपूर्वक” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 5:20
ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
“किनभने तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टका हौ” वा “ती मानिसहरूको रूपमा जो हाम्रा प्रभु येशू ख्रीष्टका हुन्”
Ephesians 5:22
ख्रीष्टिएनहरूले आफैँलाई एक अर्कामा कसरी समर्पित गर्नुपर्छ भन्ने विषयमा व्याख्या गर्न पावलले आरम्भ गर्छन् (एफिसीहरू ५:२१) । पत्नीहरू र पतिहरूलाई कसरी एक अर्कासँग व्यवहार गर्नुपर्छ भन्ने विषयमा निर्देशनहरू दिँदै उनले सुरुवात गर्छन् ।
Ephesians 5:23
κεφαλὴ τῆς γυναικὸς…κεφαλὴ τῆς ἐκκλησίας
“शिर” शब्दले अगुवालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः रूपक)
Ephesians 5:25
यहाँ “उहाँ आफैँ” वा “उहाँ” भन्ने शब्दले ख्रीष्टलाई जनाउँछन् । “त्यसलाई” भन्ने शब्दले मण्डलीलाई जनाउँछ ।
ἀγαπᾶτε τὰς γυναῖκας
यहाँ “प्रेम” शब्दले निस्वार्थ सेवा वा पत्नीहरूलाई प्रेम दिने कुरालाई जनाउँछ ।
ἑαυτὸν παρέδωκεν
“मानिसहरूलाई उहाँलाई मार्न दिनुभयो”
ὑπὲρ αὐτῆς
पावलले विश्वासीहरूको समूहलाई ख्रीष्टले विवाह गर्नुहुने स्त्रीको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा निम्ति” (हेर्नुहोस्ः रूपक)
Ephesians 5:26
καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι
सम्भावित अर्थहरू हुन् १) परमेश्वरले ख्रीष्टका मानिसहरूलाई परमेश्वरको वचन र ख्रीष्टमा पानीको बप्तिस्माद्वारा शुद्ध गर्नुभएको कुरालाई पावलले जनाइरहेका छन् वा २) परमेश्वरले हामीलाई हाम्रा पापहरूबाट सन्देशद्वारा आत्मिक रूपमा सफा बनाउने कुरा चाहिँ परमेश्वरले हाम्रा शरीरहरूलाई पानीले धोएर सफा बनाइरहनुभएको झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः रूपक)
αὐτὴν ἁγιάσῃ, καθαρίσας
पावलले विश्वासीहरूको समूहलाई ख्रीष्टले विवाह गर्नुहुने स्त्रीको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “हामीलाई पवित्र बनाउन ... हामीलाई शुद्ध बनाउनुभयो” (हेर्नुहोस्ः रूपक)
Ephesians 5:27
μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα
पावलले मण्डलीलाई सफा र राम्रो अवस्थामा रहेको कपडाको रूपमा उल्लेख गर्छन् । मण्डलीको शुद्धतालाई जोड दिनका लागि उनले एउटै अवधारणालाई दुई तरिकाहरूमा प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक अनि प्रतिरूपी)
ἁγία καὶ ἄμωμος
“खोटरहित” भन्ने वाक्यांशले मूलभूत रूपमा “पवित्र” भनेको जस्तै अर्थ दिन्छ । पावलले मण्डलीको शुद्धतालाई जोड दिनका लागि यी दुई शब्दहरूलाई सँगै प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)
Ephesians 5:28
ὡς τὰ ἑαυτῶν σώματα
मानिसहरूले आफ्ना शरीरहरूलाई प्रेम गर्छन् भन्ने कुरालाई स्पष्टसँग उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पतिहरूले आफ्ना शरीरहरूलाई प्रेम गरेजस्तै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ephesians 5:29
ἀλλὰ ἐκτρέφει
“तर खुवाउँछ”
Ephesians 5:30
μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ
यहाँ पावलले विश्वास गर्नेहरूको येशूसँगको घनिष्ठ सम्बन्धको विषयमा मानौँ तिनीहरू उहाँको शरीरका भागहरू भए झैँ गरेर बताउँछन्, जसको लागि तिनिहरूले स्वभाविक रूपमा हेरचाह गर्ने थिए । (हेर्नुहोस्ः रूपक)
Ephesians 5:31
यो उद्धरण पुरानो करारको मोशाका लेखहरूबाट लिइएको हो ।
“आफ्नो” र “आफैँलाई” भन्ने शब्दहरूले पुरुष विश्वासीलाई जनाउँछन् जसले विवाह गर्छ ।
Ephesians 6
एफिसीहरू ०६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
दासत्व
दासत्व भनेको असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । चाहे दासको रूपमा होस् वा चाहे मालिकको रूपमा होस्, पावलले परमेश्वरलाई खुशी बनाउन काम गर्ने बारेमा सिकाउँछन् । पावलले यहाँ दासत्वको बारेमा सिकाएका कुराहरू चकित पार्ने हुन सक्छन् । उनको समयमा, मालिकहरूले आफ्ना दासहरूलाई आदरसहित व्यवहार गर्ने र धम्की नदिने भन्ने कुरा अपेक्षित थिएन ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
परमेश्वरको हातहतियार
आत्मिक रूपमा आक्रमण गरिँदा ख्रीष्टिएनहरूले आफैँलाई कसरी सुरक्षा गर्न सक्छन् भनेर यस विस्तारित अलङ्कारले वर्णन गर्छ । (हेर्नुहोस्ः आत्मा, आत्मिक अनि रूपक)
Ephesians 6:1
सुरुको “तिमीहरूको” भन्ने शब्द बहुवचनमा छ । त्यसपछि पावल मोशाको भनाइलाई उद्धृत गर्छन् । मोशाले इस्राएलका मानिसहरूसँग बोल्दा तिनीहरू एउटै व्यक्ति भए झैँ गरी कुरा गरिरहेका थिए, त्यसैले “तिम्रो” र “तिमी” भन्ने शब्दहरू एकवचनमा छन् । तपार्इंले तिनीहरूलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ख्रीष्टिएनहरूले कसरी आफैँलाई एक अर्कामा सुम्पनुपर्छ भन्ने कुरा बताउन पावलले निरन्तरता दिन्छन् । उनले छोराछोरीहरू, बाबुहरू, कादारहरू, र मालिकहरूलाई निर्देशन दिन्छन् ।
ἐν Κυρίῳ
पावलले छोराछोरीहरूलाई तिनीहरूका शारीरिक बाबुआमाको आज्ञापालन गर्नलाई सम्झना गराउँछन् ।
Ephesians 6:4
μὴ παροργίζετε τὰ τέκνα ὑμῶν
“तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नबनाओ” वा “तिमीहरूका छोराछोरीहरूलाई रिसाउने नतुल्याओ”
ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου
“अनुशासन” र “निर्देशन” जस्ता भाववाचक नामपद शब्दहरूलाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले के गरेको प्रभु चाहनुहुन्छ भन्ने कुरा तिनीहरू जान्दछन् भनी पक्का गरेर तिनीहरूलाई वयस्कहरू बन्नलाई सहायता गर” (हेर्नुहोस्ः भाववाचक नाम)
Ephesians 6:5
“आज्ञापालन गर ।” यो एउटा आज्ञा हो ।
φόβου καὶ τρόμου
“गहिरो आदर र कम्प” भन्ने वाक्यांशले तिनीहरूका मालिकहरूलाई सम्मान गर्ने कुराको महत्त्वलाई जोड दिनका लागि दुईवटा उस्तै अवधारणाहरूलाई प्रयोग गर्छ । (हेर्नुहोस्ः प्रतिरूपी अनि टुक्काहरू)
καὶ τρόμου
यहाँ “कम्प” भनेको अतिरञ्जन हो जुन दासहरूले तिनीहरूका मालिकहरूको आज्ञापालन गर्न कति महत्त्वपूर्ण छ भनी जोड दिनलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “र डर” वा “मानौँ तिमीहरू डरले कामिरहेका थियौ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν
यहाँ “हृदय” भनेको व्यक्तिको दिमाग वा अभिप्रायहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इमान्दारीसाथ” वा “निष्कपटताको साथ” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 6:6
ὡς δοῦλοι Χριστοῦ
तिमीहरूका पार्थिव मालिकहरू ख्रीष्ट नै भए झैँ गरी तिनीहरूको सेवा गर ।
ἐκ ψυχῆς
यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “अभिप्रायहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “निष्कपटताको साथ” वा “उत्साहित भएर” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 6:7
यहाँ “हृदय” भनेको “सोचाइहरू” वा “भित्री मनुष्यत्व”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका सारा प्राणले सेवा गर” वा “तिमीहरूले सेवा गर्दा पूर्ण रूपमा समर्पित होओ” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 6:9
τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς
“तिमीहरूले पनि आफ्ना दासहरूलाई राम्रो व्यवहार गर्नुपर्छ” वा “जसरी दासहरूले तिनीहरूका मालिकहरूलाई असल गर्नुपर्छ, तिमीहरूले पनि आफ्ना दासहरूलाई राम्रो गर्नुपर्छ” (हेर्नुहोस्ः एफिसीहरू ६:५)
εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς
“ख्रीष्ट चाहिँ दासहरू र तिनीहरूका मालिकहरू दुवैका मालिक हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ भनेर तिमीहरू जान्दछौ”
προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ
“उहाँले सबैजनालाई एक समान तरिकाले इन्साफ गर्नुहुन्छ”
Ephesians 6:10
परमेश्वरको निम्ति हामी जिउने यस युद्धमा विश्वासीहरूलाई बलियो बनाउनको निम्ति पावलले निर्देशनहरू दिन्छन् ।
τῷ κράτει τῆς ἰσχύος αὐτοῦ
“उहाँको महान् शक्ति ।” “उहाँको शक्तिको सामर्थ्य”लाई एफिसीहरू १:२१ अन्ततिर कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।
Ephesians 6:11
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου
एक सिपाहीले दुश्मनका आक्रमणहरूबाट आफैँलाई बचाउनको निम्ति हातहतियार धारण गरे झैँ गरी दुष्टको विरुद्धमा स्थिर भएर खडा हुनको निम्ति परमेश्वरले दिनुहुने सबै साधनहरूलाई ख्रीष्टिएनहरूले प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
τὰς μεθοδίας
“छलपूर्ण योजनाहरू”
Ephesians 6:12
αἷμα καὶ σάρκα
यस अभिव्यक्तिले मानिसहरूलाई जनाउँछ, आत्माहरूलाई होइन जसको मानवीय शरीर हुँदैन । (हेर्नुहोस्ः उपलक्षण)
πρὸς τοὺς κοσμοκράτορας
यहाँ “शक्तिहरू”ले शक्तिशाली आत्मिक प्राणीहरूलाई जनाउँछ भनेर अर्थ लगाइएको छ । यहाँ “अन्धकार” भनेको दुष्ट थोकहरूका निम्ति एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “शक्तिशाली आत्मिक प्राणीहरूको विरुद्धमा जसले यस वर्तमान दुष्ट समयमा मानिसहरूमाथि शासन गर्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)
Ephesians 6:13
διὰ τοῦτο, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ
एउटा सिपाहीले आफैँलाई शत्रुहरूबाट बचाउन हातहतियार धारण गरे जस्तै गरी ख्रीष्टिएनहरूले दुष्टसँग लड्नको निम्ति परमेश्वरले दिनुहुने सबै सुरक्षाका साधनहरूको प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ
“स्थिर भएर खडा हुनु” भन्ने शब्दहरूले सफलतापूर्वक केही कुराको विरोध गर्ने वा त्यससँग लड्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू दुष्टताको विरोध गर्न सक” (हेर्नुहोस्ः रूपक)
Ephesians 6:14
στῆτε οὖν
“खडा हुनु” भन्ने शब्दहरूले सफलतापूर्वक केही कुराको विरोध गर्ने वा त्यससँग लड्ने कुरालाई प्रतिनिधित्व गर्छ । तपाईंले यसलाई तपार्इंले एफिसीहरू ६:१३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “त्यसैले दुष्टताको विरोध गर” (हेर्नुहोस्ः रूपक)
περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ
एउटा सिपाहीको लुगालाई उसको पेटीले पक्रेर राखेको जस्तै गरी एउटा विश्वासीको निम्ति सत्यताले सबै कुरालाई एकसाथ थाम्छ । (हेर्नुहोस्ः रूपक)
हामीले सत्यता जान्नुपर्छ र परमेश्वरलाई प्रसन्न तुल्याउने तरिकाहरूमा व्यवहार गर्नुपर्छ ।
सम्भावित अर्थहरू हुन् १) छाती-पाताले एउटा सिपाहीको छातीको सुरक्षा गरे झैँ गरी धार्मिकताको वरदानले विश्वासीको हृदयलाई छेक्छ वा २) परमेश्वरले चाहनुभएजस्तै गरी हामी जिउने कुराले हामीलाई सफा विवेक दिन्छ जसले हाम्रा हृदयहरूलाई छाती-पाताले सिपाहीको छातीलाई बचाएको जस्तै गरी सुरक्षा दिन्छ । (हेर्नुहोस्ः रूपक)
Ephesians 6:15
ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης
जसरी राम्ररी टेक्नलाई एक सिपाहीले जुत्ताहरू लगाउँछ, शान्तिको सुसमाचारलाई घोषणा गर्नलाई तयार रहनका निम्ति विश्वासीसँग त्यसको राम्रो ज्ञान हुनुपर्छ । (हेर्नुहोस्ः रूपक)
Ephesians 6:16
ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως
एउटा सिपाहीले शत्रुको आक्रमणहरूबाट बच्नको निम्ति ढाल प्रयोग गरे झैँ गरी दुष्टले आक्रमण गरेको समयमा सुरक्षा पाउनलाई परमेश्वरले दिनुहुने विश्वासलाई विश्वासीले प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः रूपक)
τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα
एक विश्वासीको विरुद्धमा भएका दुष्टका आक्रमणहरू चाहिँ शत्रुद्वारा एक सिपाहीलाई हानिएका अग्निवाणहरू जस्तै छन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 6:17
τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε
टोपले एउटा सिपाहीको शिरको सुरक्षा गरे झैँ गरी परमेश्वरद्वारा दिइएको मुक्तिले विश्वासीको मनको सुरक्षा गर्छ । (हेर्नुहोस्ः रूपक)
τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ
लेखकले परमेश्वरका मानिसहरूका लागि भएका उहाँका निर्देशनहरूको विषयमा तिनीहरू कुनै शत्रुसँग लड्नलाई मानिसहरूले प्रयोग गर्न सक्ने कुनै तरवार भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)
Ephesians 6:18
διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι
“हर समय आत्मामा रही प्रार्थना गर जसै तिमीहरू प्रार्थना गर्छौ र खास अनुरोधहरू राख्छौ”
εἰς αὐτὸ
“यसै कारण” वा “यसलाई मनमा राख्दै ।” यसले परमेश्वरका हातहतियार धारण गर्ने आचरणलाई जनाउँछ ।
ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων
“सतर्क रहनमा सहनधील होओ, र परमेश्वरका सबै पवित्र मानिसहरूका लागि प्रार्थना गर” वा “सारा विश्वासीहरूका लागि निरन्तर सतर्कताका साथ प्रार्थना गर”
Ephesians 6:19
उनको समापनमा, झ्यालखानामा हुँदा सुसमाचार प्रचार गर्न साहस मिलोस् भनेर प्रार्थना गरिदिनको निम्ति पावलले अनुरोध गर्छन् र तिनीहरूलाई सान्त्वना दिनको निम्ति उनले तुखिकसलाई पठाइरहेका छन् भनी भन्छन् ।
ἵνα μοι δοθῇ λόγος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले मलाई वचन दिनुभएको होस्” वा “परमेश्वरले मलाई सन्देश दिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
“जब म बोल्छु । मैले निर्भयताका साथ व्याख्या गर्न सकूँ भनेर प्रार्थना गरिदेओ”
ἀνοίξει τοῦ στόματός μου
यो बोल्ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “बोल्नु” (हेर्नुहोस्ः टुक्काहरू)
Ephesians 6:20
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει
“साङ्लाहरूमा” भन्ने शब्दहरू चाहिँ कैदमा भएको कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “म सुसमाचारको प्रतिनिधि भएको हुनाले अहिले म झ्यालखानामा छु” (हेर्नुहोस्ः लक्षणा)
ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι
पद १९ बाट “प्रार्थना” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “त्यसैले प्रार्थना गर कि जब पनि म सुसमाचार सिकाउँछु, मैले जति साहसिलो भएर बोल्नुपर्छ त्यति नै साहसिलो भएर बोल्न सकूँ” वा “प्रार्थना गर कि मैले सुसमाचारलाई जति साहसिलो भएर भन्नुपर्छ त्यति नै साहसिलो भएर भन्न सकूँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Ephesians 6:21
Τυχικὸς
पावलसँगै सेवा गर्ने धेरै मानिसहरूमध्ये तुखिकस एक थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ephesians 6:22
παρακαλέσῃ τὰς καρδίας ὑμῶν
यहाँ “हृदयहरू” भनेको मानिसहरूको भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ताकि उहाँले तिमीहरूलाई प्रोत्साहन गर्नुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)
Ephesians 6:23
ख्रीष्टलाई प्रेम गर्ने सबै विश्वासीहरूमा शान्ति र अनुग्रहको आशिष् रहोस् भन्दै पावलले एफिसी विश्वासीहरूका निम्ति लेखेका उनको यस पत्रलाई अन्त्य गर्छन् ।