Hebrews
Hebrews front
हिब्रूहरूको परिचय
भाग १: सामान्य परिचय
हिब्रूहरूको पुस्तकको रूपरेखा
- येशू परमेश्वरका अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (१:१-४:१३)
- येशू येरूशलेममा भएको मन्दिरमा सेवा गर्ने पूरोहितहरूभन्दा श्रेष्ठ हुनुहुन्छ (४:१४-७:२८)
- येशूको सेवकाइ पुरानो करारभन्दा महान् छ जुन परमेश्वरले उहाँका मानिसहरूसँग बनाउनुभयो (८:१-१०:३९)
- विश्वास के जस्तो छ (११:१-४०)
- परमेश्वरप्रति विश्वासयोग्य रहन प्रोत्साहन (१२:१-२९)
- आखिरी हौसलाहरू र अभिवादनहरू (१३:१-२५)
हिब्रूहरूको पुस्तक कसले लेखे ?
हिब्रूहरूलाई कसले लेखे भनेर कसैले पनि जान्दैन । सम्भवतः यी नै मानिसहरूले लेखे होलान् भन्दै विद्वानहरूले धेरै जनाको नाउँ उल्लेख गरेका छन् । यस्ता सम्भावित लेखकहरूमध्ये पावल, लूका र बारनाबास हुन् । यो लेखेको मिति पनि अज्ञात छ । धेरै विद्वानहरूले यो सन् ७० भन्दा पहिले लेखिएको थियो भनी विचार गर्दछन् । सन् ७० मा यरूशलेमलाई नष्ट पारियो, तर यरूशलेमको नष्ट भएको थिएन झैँ गरी यस पत्रका लेखकले कुरा गरेका छन् ।
हिब्रूहरूको पुस्तक केको बारेमा हो ?
येशूले पुरानो करारका भविष्यवाणीहरू पूरा गर्नुभयो भनी हिब्रुको पुस्तकका लेखकले दर्शाउँछन् । यहूदी ख्रीष्टिएनहरूलाई उत्साह दिन र पुरानो करारले दिन सक्ने कुनै पनि कुराभन्दा येशू झन् असल हुनुहुन्छ भनी स्पष्ट पार्नका लागि लेखकले यसो गरे । येशूले सिद्ध प्रधान पूजाहारी हुनुहुन्छ । येशूले सिद्ध बलिदान पनि हुनुहुन्थ्यो । येशूको बलिदान एकचोटी र सधैँका लागि भएको हुनाले जनावरहरूका बलिदान व्यर्थ भए । यसकारण, परमेश्वरले मानिसहरू ग्रहण गर्नका लागि येशू नै एक मात्र बाटो हुनुहुन्छ ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “हिब्रूहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “हिब्रूहरूलाई पत्र” वा “यहूदी ख्रीष्टिएनहरूलाई एक पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
के पाठकहरूले यस पुस्तकलाई पुरानो करारमा आवश्यक परेका बलिहरू र पूरोहितहरूको कामको बारेमा नजानिकन बुझ्न सक्छन् ?
यी कुरा नबझिकन पाठकहरूलाई यो पुस्तक बुझ्न धेरै कठिन पर्नेछ । अनुवादकहरूले कतै टिप्पणीहरूमा वा यस पुस्तकको परिचयमा पुरानो करारका यस्ता केही विचारहरूका बारेमा स्पष्ट पार्नुपर्दछ ।
हिब्रूहरूको पुस्तकमा रगतको अवधारणालाई कसरी प्रयोग गरिएको छ ?
हिब्रूहरू ९:७.md) मा सुरु गरेर, रगतको अवधारणालाई धेरैपटक परमेश्वरको इस्राएलसँगको करारअनुसार बलिदान गरिएको कुनै पशुको मृत्युलाई जनाउन एउटा प्रतिस्थापनको रूपमा प्रयोग गरिएको छ । लेखकले येशू ख्रीष्टको मृत्युलाई प्रतिनिधित्व गर्न पनि रगतको प्रयोग गरे । येशू सिद्ध बलिदान हुनुभयो ताकि परमेश्वरले मानिसहरूलाई उहाँको विरुद्धमा पाप गरेकोमा क्षमा गर्नुभएको होस् । (हेर्नुहोस्ः लक्षणा)
हिब्रूहरू ९:१९ मा सुरु गरेर, लेखकले छर्कने कुराको अवधारणालाई प्रतीकात्मक कार्यको रूपमा प्रयोग गरे । पुरानो करारका पूजाहारीहरूले जनावर बलिदानको रगतलाई छर्कने कार्य गर्दथे । यो मानिसहरू वा कुनै वस्तुमाथि जनावरको मृत्युको लाभलाई लागु गरिएको कुराको सङ्केत थियो । यसले मानिसहरू वा वस्तु परमेश्वरमा ग्रहणयोग्य भएको कुरालाई दर्शाउँथ्यो । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
हिब्रूहरूको यूएलटीमा “पवित्र” र “शुद्ध बनाउनु”का अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?
धर्मशास्त्रले धेरै विचारहरूमध्ये कुनै एकलाई जनाउनका लागि यस्ता शब्दहरूको प्रयोग गर्दछ । यसकारण, अनुवादकहरूलाई आफ्नो अनुवादमा ती शब्दलाई राम्रोसँग बुझ्ने गरी लेख्न प्रायः कठिनाइ पर्न सक्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा यूएलटीले निम्नलिखित सिद्धान्तहरूको उपयोग गर्दछः
- कुनै बेला कुनै खण्डको अर्थले नैतिक रूपमा पवित्र हुने कुरालाई जनाउँछ । सुसमाचार बुझ्नका लागि विशेष महत्त्वपूर्ण भनेको ख्रीष्टिएनहरू येशू ख्रीष्टसँग मिलापमा हुने हुनाले परमेश्वरले तिनीहरूलाई पापरहित देख्नुहुन्छ भन्ने तथ्य हो । परमेश्वर सिद्ध र त्रुटिरहित हुनुहुन्छ भन्ने कुरा जनाउने अर्को सान्दर्भिक तथ्य हो । तेस्रो तथ्य, ख्रीष्टिएनहरूले आफैँमा जीवनमा दोषरहित र त्रुटिरहित किसिमले जिउनुपर्दछ भन्ने हो । यी सन्दर्भमा यूएलटीले, “पवित्र”, “पवित्र परमेश्वर”, “पवित्र जन” र “पवित्र मानिसहरू” शब्दहरूको प्रयोग गर्दछ ।
- कुनै बेला यसको ख्रीष्टिएनहरूलाई जनाउने सामान्य अर्थ हुन्छ, र तिनीहरूद्वारा कुनै विशेष भूमिका निर्वाह गर्नुपर्ने अर्थ लाग्दैन । यी सन्दर्भमा यूएलटीले, “विश्वासी” वा “विश्वासीहरू” शब्दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः 6:10; 13:24)
- कुनै बेला परमेश्वरको लागि कुनै मानिस वा कुनै थोक अलग गरिएको भन्ने अर्थ लाग्छ । यी सन्दर्भमा यूएलटीले, “शुद्ध गर्नु”, “अलग गर्नु”, “अर्पण गर्नु” वा “सुरक्षित गर्नु” शब्दहरूको प्रयोग गर्दछ । (हेर्नुहोस्ः २:११; ९:१३; १०:१०, १४, २९; १३:१२)
अनुवादकहरूले यी विचारलाई आफ्नो भाषामा कसरी लेख्ने भनी विचार गरिरहँदा प्रायः यूएसटीले सहायता पुर्याउन सक्दछ
हिब्रूहरूको पुस्तकमा पाठ्यसामग्रीसँग सम्बन्धित भएका प्रमुख विषयहरू के-के हुन् ?
तल दिइएका पदहरूका लागि, बाइबलका नयाँ संस्करणहरू पुरानो संस्करणहरूभन्दा फरक छन् । यूएलटीले आधुनिक पाठलाई समावेश गर्दछ, र पुरानो पाठलाई पादटिप्पणीमा राख्दछ । यदि कुनै क्षेत्रका भाषामा बाइबलको अनुवाद भइसकेको छ भने, अनुवादकहरूले ती अनुवादहरूमा भएका पाठलाई प्रयोग गर्नुपर्दछ । यदि छैन भने, अनुवादकहरूले आधुनिक पाठको अनुसरण गर्नुपर्दछ ।
- “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ” (२:७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तपाईंले तिनलाई महिमा र आदर पहिराउनुभएको छ र तपाईंले तिनलाई आफ्ना हातका कामहरूभन्दा माथि राख्नुभएको छ ।”
- “तिनीहरू जो आज्ञापालन गर्नेहरूसँग विश्वासमा जोडिएनन्” (४:२) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरू जसले त्यसमा विश्वास नजोडिकन त्यसलाई सुने ।”
- “ख्रीष्ट आएका असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो” (९:११) । केही नयाँ र पुराना संस्करणहरूमा यसरी छ, “ख्रीष्ट आउनुपर्ने असल थोकहरूका लागि एक प्रमुख पूजाहारीको रूपमा आउनुभयो ।”
- “तिनीहरूमाथि जो कैदीहरू थिए” (१०:३४) । केही पुराना संस्करणहरूमा यसरी छ, “मेरा साङ्लाहरूमा मेरो ... ।”
- “तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग गरेर चिरियो । तिनीहरू तरवारले मारिए” (११:३७) । केही पुराना संस्करणहरूमा यसरी छ, “तिनीहरूलाई ढुङ्गा हानियो । तिनीहरूलाई दुई भागमा चिरियो । तिनीहरूको परीक्षा लिइयो । तिनीहरूलाई तरवारले मारियो ।”
- “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गा हानिनुपर्छ” (१२:२०) । केही पुराना संस्करणहरूमा यसरी छ, “यदि कुनै पशुले मात्र पनि पर्वतलाई छुन्छ भने, त्यसलाई ढुङ्गाले हान्नुपर्छ वा वाणले हान्नुपर्छ ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Hebrews 1
हिब्रूहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशू हाम्रो लागि स्वर्गदूतहरूभन्दा कसरी बढी महत्त्वपूर्ण हुनुहुन्छ भनेर यस अध्यायले वर्णन गर्दछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १:५, ७-१३ मा भएका कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
“हाम्रा पूर्खाहरू”
लेखकले यो पत्र त्यस्ता ख्रीष्टिएनहरूलाई लेखे, जो यहूदी धर्म मानेर हुर्केका थिए । यसकारण, यो पत्रलाई “हिब्रुहरू” भनियो ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
आलङ्कारिक प्रश्नहरू
येशू स्वर्गदूतहरूभन्दा महान् भनी प्रमाणित गर्न लेखकले अलङ्कारको प्रश्नहरू प्रयोग गर्दछन् । यी प्रश्नका जवाफ लेखक तथा पाठकहरू दुवैलाई थाहा छ, र पाठकहरूले यी प्रश्नका जवाफका बारेमा विचार गर्दा कुनै पनि स्वर्गदूतहरूभन्दा परमेश्वरका पुत्र महान् हुनुहुन्छ भनी तिनीहरूले विचार गर्न सक्ने छन् भन्ने महसुस लेखकलाई भएको छ ।
कविता
यहूदी शिक्षकहरू, जस्तै पुरानो करारका अगमवक्ताहरूले सबैभन्दा महत्त्वपूर्ण शिक्षालाई कविताको रूपमा लेख्ने गर्थे, र यसरी श्रोताहरूले ती सिक्न र सम्झन सक्दथे ।
Hebrews 1:1
यो पत्र कसलाई पठाइयो भनी यो प्राप्त गर्ने मानिसहरूका बारेमा यसले उल्लेख गर्दैन । तापनि, लेखकले विशेष गरेर हिब्रुहरू (यहूदीहरू)लाई लेखेका थिए, जसले पुरानो करारका धेरै खण्डहरू बुझ्न सक्दथे ।
यस भूमिकाले सम्पूर्ण पुस्तकका लागि पृष्ठभूमि प्रदान गर्दछः पुत्रभन्दा महान् कोही छैन - पुत्र नै सबैभन्दा महान् हुनुहुन्छ । पुत्र चाहिँ अगमवक्ताहरू र स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ भन्ने कुरामा जोड दिँदै यो पुस्तक सुरु भएको छ ।
Hebrews 1:2
ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων
“यी आखिरी दिनहरूमा ।” यो वाक्यांशले येशूले उहाँको सेवाकार्य सुरु गर्नुभएको समयदेखि लिएर परमेश्वरले आफ्नो सृष्टिमाथि पूर्ण रूपमा उहाँको शासन स्थापित नगरुञ्जेलको समयलाई जनाउँछ ।
ἐν Υἱῷ
यहाँ “पुत्र” भनेको येशू, परमेश्वरको पुत्रको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἔθηκεν κληρονόμον πάντων
पुत्रले पिताबाट धनसम्पत्तिको अधिकार पाउनुहुन्छ भनेजस्तै गरी लेखकले कुरा गर्दछन् । वैकल्पिक अनुवादः “सबै थोकको अधिकार गर्न” (हेर्नुहोस्ः रूपक)
δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας;
“पुत्रद्वारा नै परमेश्वरले सबै थोक बनाउनु पनि भयो”
Hebrews 1:3
ἀπαύγασμα τῆς δόξης
“उहाँको महिमाको ज्योति ।” परमेश्वरको महिमालाई धेरै उज्यालो ज्योतिसँग सम्बन्धित गरेर हेरिन्छ । लेखक भन्दछन्, पुत्र त्यो ज्योतिको स्वरूप हुनुहुन्छ र परमेश्वरको महिमालाई पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ ।
τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ
“महिमा ... , परमेश्वरको अस्तित्वको स्वरूप धारण ।” “उहाँको स्वभावकै विशेषता भएको” भन्नाले “परमेश्वरको महिमाको चमक” भन्ने कुरासँग मिल्दो अर्थ हो । पुत्रले परमेश्वरको स्वभाव र विशेषता धारण गर्नुहुन्छ र परमेश्वरका कुनै पनि कुराको पूर्ण रूपले प्रतिनिधित्व गर्नुहुन्छ । वैकल्पिक अनुवादः “महिमित र परमेश्वरजस्तै हुनुहुन्छ” वा “महिमा, र परमेश्वरको बारेमा जे सत्य हो, सो पुत्रका बारेमा पनि सत्य हो”
τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ
“उहाँको शक्तिशाली वचन ।” यहाँ “वचन”ले सन्देश वा आदेशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको शक्तिशाली आदेश” (हेर्नुहोस्ः लक्षणा)
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
भाववाचक नाम “शुद्धिकरण”लाई क्रियापदका रूपमा लेख्न सकिन्छः “शुद्ध पार्नु ।” वैकल्पिक अनुवादः “उहाँले हामीलाई पापबाट शुद्ध पार्ने कार्य समाप्त गर्नुभएपछि” वा “उहाँले हामीलाई हाम्रा पापबाट शुद्ध पार्न सिद्ध्याउनुभएपछि” (हेर्नुहोस्ः भाववाचक नाम)
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
पापको क्षमा गर्ने कुरा कुनै मानिसलाई सफा पार्ने कुरा जस्तो हो भनी लेखकले लेखेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पाप क्षमा गर्न उहाँले सम्भव पार्नुभयो” (हेर्नुहोस्ः रूपक)
ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
“परमेश्वरको दाहिने बाहुली”पट्टि विराजमान हुनु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “उहाँ सर्वोच्चको छेउमा सम्मान र अधिकारको स्थानमा बस्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
यहाँ “सर्वोच्च”ले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “सर्वोच्च परमेश्वर” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 1:4
पहिलो अगमवाणीको उद्धरण (तिमी मेरा पुत्र हौ) भजनसंग्रहबाट लिइएको हो । दोस्रो चाहिँ (म उनका पिता हुनेछु) शमूएल अगमवक्ताले लेखे । “उहाँ” शब्दका सबै प्रयोगहरूले पुत्र येशूलाई जनाउँछ । “तिमी” शब्दले येशूलाई जनाउँछ भने, “म” र “मलाई” शब्दहरूले परमेश्वर पितालाई जनाउँछ ।
γενόμενος
“पुत्र ... हुनुभएको छ”
ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς, κεκληρονόμηκεν ὄνομα
यहाँ “नाउँ” भन्नाले आदर र अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी उहाँले प्राप्त गर्नुभएको आदर र अधिकार तिनीहरूका आदर र अधिकारभन्दा श्रेष्ठ छ” (हेर्नुहोस्ः लक्षणा)
κεκληρονόμηκεν
आदर र अधिकार प्राप्त गर्ने कुरालाई लेखकले बाबुबाट धनसम्पत्ति प्राप्त गर्ने कुरा जस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “उहाँले पाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 1:5
τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ…μοι εἰς Υἱόν?
परमेश्वरले उहाँका स्वर्गदूतहरूमध्ये कुनैलाई पनि आफ्नो पुत्र भन्नुहुन्न भनी यो प्रश्नले जोड दिन्छ । वैकल्पिक अनुवादः “किनभने स्वर्गदूतहरूमध्ये कुनैलाई पनि परमेश्वरले कदापि ‘तिमी मेरा पुत्र हौ ... मेरा पुत्र हुने छन्’ भन्नुभएको छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Υἱός μου εἶ σύ…ἐγὼ…γεγέννηκά σε
यी दुई खण्डका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः समान्तरता)
Hebrews 1:6
यस खण्डका पहिलो उद्धरण, “परमेश्वरका सबै स्वर्गदूतले उहाँको ...” मोशाले लेखेका पुस्तकहरूमध्ये एउटाबाट लिइएको हो । दोस्रो उद्धरण, “उहाँले आफ्ना ... आगोका ज्वालाहरू बनाउनुहुन्छ” भजनसंग्रहबाट लिइएको हो ।
τὸν πρωτότοκον
यसको अर्थ येशू हो । हरेक व्यक्तिमाथि पुत्रको प्रतिष्ठा र अधिकार भएको कुरामा जोड दिनका लागि लेखकले उहाँलाई “पहिले जन्मेको” भनेर लेखेका छन् । येशूको अस्तित्वभन्दा अगाडि त्यहाँ कुनै समय थियो अथवा परमेश्वरको येशू जस्तै गरी अरू छोराहरू छन् भन्ने चाहिँ यसको अर्थ होइन ।पहिले पनि समय थिएन । अनि परमेश्वरका येशूजस्तै अरु पुत्र थिएनन् । “आदर पाउनुभएको उहाँको पुत्र, उहाँको एकमात्र पुत्र” वैकल्पिक अनुवादः “उहाँको सम्मानित पुत्र, उहाँको एकमात्र पुत्र” (हेर्नुहोस्ः रूपक)
λέγει
“परमेश्वर भन्नुहुन्छ”
Hebrews 1:7
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुभएको छ जसले आगोका ज्वालाहरूको जस्तै शक्तिका साथ उहाँको सेवा गर्दछन्” वा २) हावा र आगोका ज्वालाहरूलाई परमेश्वरले आफ्ना दूतहरू र सेवकहरू बनाउनुहुन्छ । मौलिक भाषामा “स्वर्गदूत” र “दूत” एउटै अर्थ दिने शब्द हुन्, र “आत्माहरू” र “हावा” शब्दले पनि एउटै अर्थ दिन्छन् । सम्भावित जुन अर्थलाई लिँदा पनि, स्वर्गदूतहरूले पुत्रको सेवा गर्दछन् किनभने उहाँ श्रेष्ठ हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Hebrews 1:8
धर्मशास्त्रको यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।
πρὸς δὲ τὸν Υἱόν
“पुत्रको बारेमा परमेश्वरले यसो भन्नुहुन्छ”
τὸν Υἱόν
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
पुत्रको सिंहासन भन्नाले उहाँको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईं परमेश्वर हुनुहुन्छ, र तपाईंको शासन सदासर्वदा रहनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ
यहाँ “राजदण्ड” भन्नाले पुत्रको शासनलाई जनाउँछ । वैकल्पिक अनुवादः “र तपाईंले आफ्नो राज्यका मानिसहरूमाथि न्यायपूर्वक शासन गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 1:9
ἔχρισέν σε…ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
यहाँ “आनन्दको तेल” भन्नाले परमेश्वरले पुत्रको आदर गर्नुहुँदा पुत्रले महसुस गर्नुभएको आनन्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंको आदर गर्नुभएको छ र तपाईंलाई अरूभन्दा धेरै आनन्दित तुल्याउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 1:10
यो उद्धरण भजनसंग्रहको अर्को खण्डबाट लिइएको हो ।
येशू स्वर्गदूतहरूभन्दा महान् हुनुहुन्छ भनेर लेखकले निरन्तर रूपमा स्पष्ट पार्दछन् ।
κατ’ ἀρχάς
“कुनै थोक अस्तित्वमा हुनुअगि”
τὴν γῆν ἐθεμελίωσας
परमेश्वरले पृथ्वीको सृष्टि गर्नुभएको कुरालाई उहाँले कुनै भवनको जग बसाल्नुभएको कुरा जस्तै गरी लेखकले लेख्दछन् । वैकल्पिक अनुवादः “तपाईंले पृथ्वीको सृष्टि गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
यहाँ “हात” शब्दले परमेश्वरको शक्ति र कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले स्वर्गहरू बनाउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 1:11
αὐτοὶ ἀπολοῦνται
“स्वर्गहरू र पृथ्वी बितेर जानेछन्” वा “स्वर्गहरू र पृथ्वी फेरि अस्तित्वमा रहने छैनन्”
ὡς ἱμάτιον παλαιωθήσονται
स्वर्गहरू र पृथ्वी चाहिँ पुरानो हुने र आखिरमा फाटेर जाने लुगा जस्तै हो भनेर लेखक भन्छन् । (हेर्नुहोस्ः उपमा)
Hebrews 1:12
ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς
स्वर्गहरू र पृथ्वी चाहिँ बाहिरी वस्त्र वा अरु लुगाको बाहिर ढाक्ने पछ्यौराजस्तै हो भनेर लेखक भन्छन् । (हेर्नुहोस्ः उपमा)
ὡς ἱμάτιον καὶ ἀλλαγήσονται
स्वर्गहरू र पृथ्वी चाहिँ अरू लुगासँग फेर्ने लुगाहरू जस्तै हो भनेर लेखक भन्छन् । (हेर्नुहोस्ः उपमा)
ἀλλαγήσονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले तिनीहरूलाई बदल्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔτη σου οὐκ ἐκλείψουσιν
परमेश्वरको अनन्त अस्तित्व जनाउनलाई समय अवधिको प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “तपाईंको जीवन कदापि सकिने छैन” (हेर्नुहोस्ः रूपक)
Hebrews 1:13
यो उद्धरण भजनसंग्रहको अर्को खण्डबाट लिइएको हो ।
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε…τῶν ποδῶν σου?
परमेश्वरले यो स्वर्गदूतहरूलाई कदापि भन्नुभएको छैन भन्ने कुरामा जोड दिनका लागि लेखकले प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले कुनै बेला पनि स्वर्गदूतहरूलाई कदापि यसो भन्नुभएको छैन ... पाउदान ... ।’” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
κάθου ἐκ δεξιῶν μου
“परमेश्वरको दाहिने बाहुली”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्पिक अनुवादः “मेरो छेउमा आदरको स्थानमा बस” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου
ख्रीष्टका शत्रुहरू चाहिँ राजाले आराम गर्न आफ्ना खुट्टा अड्याउने वस्तु भए जस्तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यो बिम्बले उहाँका शत्रुहरूका पराजय र अपमानलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
Hebrews 1:14
οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα…κληρονομεῖν σωτηρίαν?
स्वर्गदूतहरू ख्रीष्टजस्तो शक्तिशाली छैनन्, तर तिनीहरूले खेल्नुपर्ने भूमिका चाहिँ बेग्लै हो भनी पाठकहरूलाई याद गराउनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “सबै स्वर्गदूतहरू आत्माहरू हुन् ... उद्धार प्राप्त गर्ने छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नु चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उद्धार गर्नुहुनेहरूका लागि” (हेर्नुहोस्ः रूपक)
Hebrews 2
हिब्रूहरू ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
महान् इस्राएली मोशाभन्दा येशू महान् हुनुहुन्छ भनी यो अध्यायले दर्शाउँछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । २:६-८, १२-१३ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
भाइहरू
यहूदीहरूका रूपमा हुर्केका ती ख्रीष्टिएनहरूलाई जनाउनका लागि शायद लेखकले “भाइहरू” शब्द प्रयोग गर्दछन् ।
Hebrews 2:1
लेखकले दिने जरुरी पाँच चेतावनीमध्ये यो पहिलो हो ।
δεῖ…ἡμᾶς
यहाँ “हामी” शब्दले लेखक र उनका श्रोताहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
μήποτε παραρυῶμεν
यो अलङ्कारको सम्भाव्य अर्थहरू हुन् १) परमेश्वरको वचनमा विश्वास गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्तो पानीमा भएको डुङ्गा आफ्नो स्थानबाट यताउता सर्दछ । वैकल्पिक अनुवादः “ताकि हामीले यस कुरामा विश्वास गर्न छोड्ने छैनौँ” वा २) परमेश्वरको वचनका आज्ञा पालन गर्न छाडेका मानिसहरूका बारेमा तिनीहरू बहकिएर गएका हुन् भनी लेखकले भनेका छन्, जस्तो पानीमा भएको डुङ्गा आफ्नो स्थानबाट यताउता सर्दछ । वैकल्पिक अनुवादः “ताकि हामी आज्ञापालन गर्न छोड्ने छैनौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:2
εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος
परमेश्वरले मोशालाई स्वर्गदूतहरूद्वारा उहाँको व्यवस्था दिनुभयो भनी यहूदीहरूले विश्वास गर्दथे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने यदि परमेश्वरले स्वर्गदूतहरूद्वारा बोल्नुभएको सन्देश” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)
εἰ γὰρ ὁ…λόγος
यी कुरा साँचो हुन् भन्ने कुरामा लेखकलाई निश्चयता छ । वैकल्पिक अनुवादः “किनभने ... सनदेश”
πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν
यहाँ “अपराध” र “अनज्ञाकारिता”ले यी पापका दोषी मानिसहरूलाई जनाउँछन् । वैकल्पिक अनुवादः “पाप गर्ने र अनाज्ञाकारी हरेक व्यक्तिले दण्ड पाउँछ” (हेर्नुहोस्ः लक्षणा)
παράβασις καὶ παρακοὴ
यी दुई शब्दका मूलभूत अर्थ एउटै हो । (हेर्नुहोस्ः प्रतिरूपी)
Hebrews 2:3
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας?
ख्रीष्टद्वारा प्राप्त भएको मुक्तिलाई मानिसहरूले बेवास्ता गर्दछन् भने, तिनीहरूले निश्चय पनि दण्ड पाउनेछन् भनी जोड दिनका लागि लेखकले यो प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई जसरी उद्धार गर्नुहुन्छ भन्ने उहाँको सन्देश छ, त्यसमा हामीले ध्यान दिँदैनौँ भने, परमेश्वरले हामीलाई निश्चय पनि दण्ड दिनुहुनेछ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀμελήσαντες
“वास्ता नगर्नु” वा “तुच्छ ठान्नु”
ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । भाववाचक नाम “मुक्ति” लाई क्रियापदको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई कसरी बचाउनुहुन्छ भनेर सबभन्दा पहिला प्रभु आफैँले घोषणा गर्नुभयो र त्यसपछि उक्त सन्देश सुन्नेहरूले हामीलाई त्यो पक्का गरी सुनाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)
Hebrews 2:4
κατὰ τὴν αὐτοῦ θέλησιν
“यो कार्य उहाँले जसरी गर्ने इच्छा गर्नुभयो त्यसरी नै”
Hebrews 2:5
यहाँको उद्धरण पुरानो करारको भजनको पुस्तकबाट लिइएको हो । यो अर्को खण्डसम्म नै निरन्तर जान्छ ।
पृथ्वी एक दिन प्रभु येशूको अधीनमा हुने छ भनी यी हिब्रू विश्वासीहरूलाई लेखकले स्मरण गराउँदछन् ।
οὐ γὰρ ἀγγέλοις ὑπέταξεν
“किनभने परमेश्वरले स्वर्गदूतहरूलाई शासक बनाउनुभएन”
τὴν οἰκουμένην τὴν μέλλουσαν
यहाँ “संसार” शब्दले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अनि “आउँदो” को अर्थ यहाँ उल्लेख संसार चाहिँ ख्रीष्टको दोस्रो आगमनपछिको युग हो । वैकल्पिक अनुवादः “नयाँ संसारमा बसोबास गर्ने मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 2:6
τί ἐστιν ἄνθρωπος, ὅτι μιμνῄσκῃ αὐτοῦ
यो अलङ्कारिक प्रश्नले मानवजातिको महत्त्वलाई जोड दिन्छ र परमेश्वरले उनीहरूप्रति ध्यान दिनुभएका कुरामा यसले आश्चर्य व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “मानवजाति तुच्छ छन्, र पनि तपाईंले उनीहरूको ख्याल गर्नुहुन्छ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν?
“मानिसको छोरो” भन्ने लक्षणाले मानवजातिलाई जनाउँछ । अलङ्कारिक प्रश्नको अर्थ मूलभूत रूपमा पहिलो प्रश्नको जस्तै हो । परमेश्वरले तुच्छ मानवजातिको वास्ता गर्नुभएको कुरामा यसले आश्चर्य व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “मानवजातिको महत्त्व नगन्य छ, र पनि तपाईंले उनीहरूको वास्ता गर्नुहुन्छ !” (हेर्नुहोस्ः टुक्काहरू अनि समान्तरता अनि आलङ्कारिक प्रश्न)
ἢ υἱὸς ἀνθρώπου
पहिलो प्रश्नबाट क्रियापद लिन सकिन्छ । वैकल्पिक अनुवादः “वा मानिसको छोरो के हो” (हेर्नुहोस्ः शब्दलोप)
Hebrews 2:7
ἠλάττωσας αὐτὸν, βραχύ τι παρ’ ἀγγέλους
स्वर्गदूतहरूभन्दा मानिसहरू कम्ती महत्त्वको भएको कुरा लेखकले गर्दछन्, जस्तो कि स्वर्गदूतहरूका स्थानभन्दा तल्तो स्थानमा मानिसहरू खडा छन् । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूभन्दा कम्ती महत्त्वको” (हेर्नुहोस्ः रूपक)
ἠλάττωσας αὐτὸν…ἐστεφάνωσας αὐτόν
यहाँ यी वाक्यांशले कुनै विशेष व्यक्तिलाई होइन, तर सामान्य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्त्री दुवै समावेश छन् । वैकल्पिक अनुवादः “ ... मानवजातिलाई बनाउनुभएको छ ... तिनीहरूलाई मुकुट पहिराउनुभएको छ” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν
महिमा र आदरको उपहारलाई विजयी खेलाडीका शिरमा पहिराइदिन गरेको पात गाँसेर बनाएको मुकुटजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तपाईंले उनीहरूलाई ठूलो महिमा र आदर दिनुभएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:8
τῶν ποδῶν αὐτοῦ…αὐτῷ
यहाँ यी वाक्यांशले कुनै विशेष व्यक्तिलाई होइन, तर सामान्य रूपले मानजातिलाई जनाउँछन्, जसमा पुरुष र स्त्री दुवै समावेश छन् । वैकल्पिक अनुवादः “तिनीहरूका चरणहरू ... तिनीहरूलाई” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ
मानवजातिले हरेक थोकमाथि अधीन गरेका छन्, जस्तो कि उनीहरूले हरेक थोकमाथि आफ्ना पाउले कुल्चेका छन् भनी लेखकले उल्लेख गर्दछन् । वैकल्पिक अनुवादः “तपाईंले उनीहरूलाई हरेक थोकमाथि अधीन गर्ने तुल्याउनुभएको छ” (हेर्नुहोस्ः रूपक)
οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον
दोहोरिएको नकारात्मक अर्थले सबै थोक ख्रीष्टको अधीनमा हुने जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हरेक थोक उहाँको अधीनमा राख्नुभयो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα
“हामीलाई थाहा छ कि मानवजातिले अझैसम्म हरेक थोकमाथि अधीनता जमाएका छैनन्”
Hebrews 2:9
पाप क्षमा गर्नको लागि मृत्यु भोग्न ख्रीष्ट यस पृथ्वीमा आउनुहुँदा, उहाँ स्वर्गदूतहरूभन्दा केही कम हुनुभयो र यसरी उहाँ विश्वासीहरूका लागि कृपालु प्रधान पूजाहारी बन्नुभयो भनेर लेखकले यी हिब्रू विश्वासीहरूलाई स्मरण गराउँछन् ।
βλέπομεν Ἰησοῦν
“एकजना हुनुहुन्छ भनी हामी जान्दछौँ”
ἠλαττωμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
παρ’ ἀγγέλους ἠλαττωμένον…δόξῃ καὶ τιμῇ ἐστεφανωμένον
तपाईंले यी शब्दहरूलाई हिब्रू २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
γεύσηται θανάτου
मृत्युको अनुभवलाई मानिसहरूले स्वाद लिने भोजन जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “उहाँले मृत्युको अनुभव गर्नुभएको होस्” वा “उहाँको मर्नुभएको होस्” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:10
πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα
मानिसहरूलाई कुनै ठाउँमा लैजाने कुरा झैँ गरी महिमाको उपहार बारेमा यहाँ कुरा गरिएको छ । वैकल्पिक अनुवादः “धेरै छोराहरूलाई बचाउन” (हेर्नुहोस्ः रूपक)
πολλοὺς υἱοὺς
यहाँ पुरुष र स्त्रीसहित सबै ख्रीष्टिएन विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धेरै विश्वासीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν
सम्भाव्य अर्थहरू हुन् १) यो अलङ्कार हो, जसमा मुक्तिलाई पुग्नुपर्ने ठाउँ र येशूलाई बाटोमा मानिसहरूका अगिअगि जाने र तिनीहरूलाई मुक्तिसम्म पुग्न बाटो देखाउने व्यक्ति हुनुहुन्छ, जस्तो गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “मानिसहरूलाई मुक्तिमा पुर्याउन नेतृत्व गर्नुहुने” वा २) यहाँ अनुवाद भएको “अगुवा” शब्दले “संस्थापक” भन्ने अर्थ दिन्छ र मुक्तिको स्थापना गर्नुहुने वा मानिसहरूलाई बचाउन परमेश्वरलाई सम्भव तुल्याइदिनुहुने व्यक्ति येशू हुनुहुन्छ भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई मुक्तिको लागि सम्भव तुल्याउनुहुने” (हेर्नुहोस्ः रूपक)
τελειῶσαι
यसले परिपक्व र पूर्ण रूपमा तालिम प्राप्त, जो कुनै व्यक्ति आफ्नो शरीरका अङ्गहरूमा सिद्ध पारिएको जस्तो हो भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः रूपक)
Hebrews 2:11
यो अगमवाणीको उद्धरण दाऊद राजाको भजनबाट लिइएको हो ।
ὅ…ἁγιάζων
“अरूलाई पवित्र पार्नुहुने” वा “अरूलाई पापबाट शुद्ध पार्नुहुने”
οἱ ἁγιαζόμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले पवित्र बनाउनुभएकाहरू” वा “उहाँले पापबाट शुद्ध पार्नुभएकाहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξ ἑνὸς
त्यो स्रोत को हो भनेर प्रस्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटै स्रोत, स्वयम् परमेश्वर हुनुहुन्छ” वा “एउटै पिता हुनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐκ ἐπαισχύνεται
“येशू ... शर्माउनुहुन्न”
οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
यो दोहोरिएको नकारात्मकको अर्थ उहाँले तिनीहरूलाई आफ्ना भाइहरू भनेर दाबी गर्नुहुनेछ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उहाँका आफ्ना भाइहरू भन्न खुशी हुनुहुनेछ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
ἀδελφοὺς
यहाँ येशूलाई विश्वास गर्ने पुरुष र स्त्री सबैलाई यो शब्दले जनाउँछ । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Hebrews 2:12
ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου
यहाँ “नाउँ” शब्दले व्यक्तिको प्रतिष्ठा र उनीहरूले गरेका कार्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंले गर्नुभएका महान् कार्यहरू मेरा दाजुभाइलाई म घोषणा गर्नेछु” (हेर्नुहोस्ः लक्षणा)
ἐν μέσῳ ἐκκλησίας
“विश्वासीहरू आराधना गर्नका लागि एकसाथ भेला हुँदा”
Hebrews 2:13
यी उद्धरणहरू यशैया अगमवक्ताले लेखे ।
καὶ πάλιν,
“र ख्रीष्टले परमेश्वरको बारेमा बोल्नुभएका कुरा अगमवक्ताले धर्मशास्त्रको अर्को खण्डमा लेखेः”
τὰ παιδία
ख्रीष्टमा विश्वास गर्नेहरू छोराछोरी हुन् जस्तो गरेर यसले भन्दछ । वैकल्पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरी जस्ता हुन्” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:14
τὰ παιδία
यसले ख्रीष्टमा विश्वास गर्नेहरूको विषयमा तिनीहरू उहाँका छोराछोरीहरू भए झैँ गरी कुरा गर्छ । वैकल्पिक अनुवादः “तिनीहरू जो मेरा छोराछोरीहरू झैँ हुन्” (हेर्नुहोस्ः रूपक)
κεκοινώνηκεν αἵματος καὶ σαρκός
“मासु र रगत” भन्ने वाक्यांशले मानिसहरूका मानवीय स्वाभावलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै मानवजाति हुन्” (हेर्नुहोस्ः टुक्काहरू)
αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν
“येशू त्यस्तै गरी शरीर र रगतमा सहभागी हुनुभयो” वा “येशू तिनीहरू जस्तै मानव बन्नुभयो”
διὰ τοῦ θανάτου
यहाँ “मृत्यु”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मरेर” (हेर्नुहोस्ः भाववाचक नाम)
τὸ κράτος ἔχοντα τοῦ θανάτου
यहाँ “मृत्यु”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई मार्ने शक्ति” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 2:15
ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου, διὰ παντὸς τοῦ ζῆν, ἔνοχοι ἦσαν δουλείας
मृत्युको डर चाहिँ दासत्व भए झैँ गरी लेखकले भनेका छन् । अनि कसैको डर हटाउने कुरालाई उक्त व्यक्तिको दासत्वबाट उसलाई स्वतन्त्र गराउनुजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “उहाँले सबै मानिसलाई स्वतन्त्र गराउनका लागि यसो गर्नुभयो । हामी मर्नबाट डराएका हुनाले हामीले दासहरूको जस्तो जीवन बितायौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:16
σπέρματος Ἀβραὰμ
अब्राहामको सन्तानको बारेमा उनीहरू तिनका बिउ थिए भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “अब्राहामको वंश” (हेर्नुहोस्ः रूपक)
Hebrews 2:17
ὤφειλεν
“येशूलाई ... आवश्यक थियो”
τοῖς ἀδελφοῖς ὁμοιωθῆναι
यहाँ “भाइहरू” शब्दले सामन्य रूपमा सबै मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानवजाति जस्तै”
εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ
क्रूसमा ख्रीष्टको मृत्युको अर्थ नै यो हो कि परमेश्वरले पाप क्षमा गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले परमेश्वरलाई मानिसहरूका पाप क्षमा गर्न सम्भव तुयाउनुहुन्छ”
Hebrews 2:18
πειρασθείς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “शैतानले उहाँको परीक्षा गर्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πειραζομένοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले परीक्षा गरिरहेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 3
हिब्रूहरू ०३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ३:७-११, १५ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
भाइहरू
लेखकले शायद यहूदीहरू भइ हुर्केका ख्रीष्टिएनहरूलाई जनाउनका लागि “भाइहरू” शब्द प्रयोग गर्दछन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
तिमीहरूका हृदय कठोर पार्नु
आफ्नो हृदयलाई कठोर पार्ने व्यक्तिले परमेश्वरको आवाज सुन्दैन वा उहाँको आज्ञापालन गर्दैन । (हेर्नुहोस्ः रूपक)
आलङ्कारिक प्रश्नहरू
लेखकले आफ्ना पाठकहरूलाई चेतावनी दिने तरिकाका रूपमा अलङ्कारिक प्रश्नहरू प्रयोग गर्दछन् । यी प्रश्नहरूका जवाफ लेखक स्वयम् र पाठकहरू दुवै थाहा छ, र पाठकहरूले यी प्रश्नका बारेमा विचार गर्दा, तिनीहरूले परमेश्वरको आवाज सुन्नु र उहाँको आज्ञापालन गर्नु आवश्यक हुन्छ भनी महसुस गर्छन् भन्ने कुरा लेखकलाई थाहा छ ।
Hebrews 3:1
यो दोस्रो चेतावनी अझै लामो र वितृत छ, र यसले अध्याय ३ र ४ लाई समावेश गर्दछ । ख्रीष्टको सेवक मोशाभन्दा ख्रीष्ट स्वयम् महान् हुनुहुन्छ भन्ने कुरा दर्साएर लेखकले सुरु गर्दछन् ।
ἀδελφοὶ ἅγιοι
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र भाइहरू र बहिनीहरू” वा “मेरा पवित्र विश्वासी प्रियजनहरू” (हेर्नुहोस्ः रूपक अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
κλήσεως ἐπουρανίου, μέτοχοι
यहाँ “स्वर्गीय” शब्दले परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई एकसाथ बोलाउनुभएको छ” (हेर्नुहोस्ः लक्षणा)
τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς
यहाँ “प्ररित” शब्दको अर्थ पठाइएको व्यक्ति हो । यस खण्डमा, यसले बाह्र प्रेरितमध्ये कसैलाई पनि जनाउँदैन । वैकल्पिक अनुवादः “परमेश्वरले पठाउनुभएको व्यक्ति र प्रधान पूजाहारी”
τῆς ὁμολογίας ἡμῶν
यसका शब्दहरूलाई पुनः लेखेर भाववाचक नाम “स्वीकार”लाई क्रियापद “स्वीकार गरेको” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जसमा हामी स्वीकार गर्दछौँ” वा “जसमा हामी विश्वास गर्दछौँ” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 3:2
ἐν τῷ οἴκῳ αὐτοῦ
परमेश्वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्चिकै घराना हुन् भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरका मानिस सबैलाई” (हेर्नुहोस्ः रूपक)
Hebrews 3:3
οὗτος…ἠξίωται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले येशूलाई ठहराउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 3:4
ὁ…πάντα κατασκευάσας
संसारको सृष्टि गर्ने परमेश्वरको कार्यलाई उहाँले घर बनाउनुभएको कुरा जस्तै हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
πᾶς…οἶκος κατασκευάζεται ὑπό τινος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक घर बनाउने कुनै व्यक्ति हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 3:5
ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ
परमेश्वरले आफैँलाई प्रकट गर्नुभएको हिब्रू मानिसहरूलाई साँच्चिकै घराना हुन् भनी लेखकले भनेका छन् । यसलाई तपाईंले हिब्रू ३:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
εἰς μαρτύριον τῶν
यो वाक्यांशले सम्भवतः मोशाको कामलाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको जीवन र कामले कुराहरूका बारेमा दर्साए” (हेर्नुहोस्ः लक्षणा)
λαληθησομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले भविष्यमा भन्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 3:6
Υἱὸς
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ἐπὶ τὸν οἶκον αὐτοῦ
यसले परमेश्वरका मानिसहरूका बारेमा तिनीहरू साँच्चिकै घराना हुन् भन्दछ । वैकल्पिक अनुवादः “जसले परमेश्वरका मानिसहरूमाथि शासन गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
οὗ οἶκός ἐσμεν ἡμεῖς
यसले परमेश्वरका मानिसहरूका बारेमा तिनीहरू साँच्चिकै घराना हुन् भन्दछ । वैकल्पिक अनुवादः “हामी परमेश्वरका मानिसहरू हौँ” (हेर्नुहोस्ः रूपक)
ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν
यहाँ “आत्मविश्वास” र “आशाको गौरव” भाववाचक नाम हुन् र जसलाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो उहाँले गर्नुहुने आशा गरेर हामी निरन्तर रूपमा उत्साही र आनन्दित हुन्छौँ भने” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 3:7
यो उद्धरण पुरानो करारको भजनसंग्रहको पुस्तकबाट लिइएको हो ।
यहाँको चेतावनी स्मरण गराउनका लागि हो, जहाँ इस्राएलीहरूका अविश्वासका कारणले तिनीहरूमध्ये धेरै जनालाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा प्रवेश गर्नबाट वञ्चित गरायो ।
ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
परमेश्वरको “सोर”ले उहाँ बोल्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब तिमीहरूले परमेश्वर बोल्नुभएको सुन्दछौ” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 3:8
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν
यहाँ “हृदयहरू” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदयहरू कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “हठी नहोओ” वा “सुन्नलाई इन्कार नगर” (हेर्नुहोस्ः लक्षणा)
ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ, ἐν τῇ ἐρήμῳ
यहाँ “विद्रोह” र “परीक्षा”लाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “जस्तो तिमीहरूका पूर्खाहरूले परमेश्वरको विरुद्ध विद्रोह गरे र उजाडस्थानमा उहाँको परीक्षा गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 3:9
यो उद्धरण भजनसंग्रहबाट लिइएको हो ।
οἱ πατέρες ὑμῶν
यहाँ “तिमीहरू” बहुवचनमा छ र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἐν δοκιμασίᾳ
यहाँ “मेरो” शब्दले परमेश्वरलाई जनाउँछ ।
Hebrews 3:10
τεσσεράκοντα ἔτη
“४० वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
προσώχθισα
“म रिसाएँ” वा “म धेरै बेखुशी भएँ”
ἀεὶ πλανῶνται τῇ καρδίᾳ
यहाँ “तिनीहरूको हृदय बरालिन्छन्” भनेको परमेश्वरप्रति बफादार नभएको कुरालाई जनाउने अलङ्कार हो । यहाँ “हृदय” भनेको दिमाग वा इच्छालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले सधैँ मलाई इन्कार गरेका छन्” वा “तिनीहरूले मेरो आज्ञापालन गर्न सधैँ इन्कार गरेका छन्” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
οὐκ ἔγνωσαν τὰς ὁδούς μου
यसले कसैले आफ्नो जीवनमा गर्नुपर्ने व्यवहारलाई एउटा मार्ग वा बाटो भन्दछ । वैकल्पिक अनुवादः “तिनीहरूले आफ्नो जीवनमा कसरी व्यवहार गर्नुपर्दछ भनेर तिनीहरूले बुझेकै छैनन्” (हेर्नुहोस्ः रूपक)
Hebrews 3:11
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू कदापि विश्रामको ठाउँमा प्रवेश गर्ने छैनन्” वा “मेरो विश्रामको आशिष्को अनुभव गर्न म तिनीहरूलाई कदापि दिनेछैन” (हेर्नुहोस्ः रूपक)
Hebrews 3:12
ἀδελφοί
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएननहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्वासी प्रियजनहरू” (हेर्नुहोस्ः रूपक अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος
यहाँ “हृदय” शब्द व्यक्तिको मन वा इच्छा जनाउने लक्षणा हो । परमेश्वरमा विश्वास गर्न र उहाँको आज्ञापालन गर्न इन्कार गर्नुलाई हृदयले विश्वास नगर्नु र शारीरिक रूपमा परमेश्वरबाट तर्किएर जानु जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “सत्यलाई विश्वास गर्न इन्कार गर्ने र जीवित परमेश्वरको आज्ञापालन गर्न छोड्ने तिमीहरूमध्ये कोही पनि हुनेछैन” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Θεοῦ ζῶντος
“साँचो रूपमा जीवित सत्य परमेश्वर”
Hebrews 3:13
ἄχρις οὗ, τὸ σήμερον, καλεῖται
“जबकि अझै पनि मौका छ”
μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पापको छलकपटले तिमीहरूमध्ये कसैलाई पनि कठोर नपारोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας
हठीपनलाई कडा पत्थरजस्तो वा कठोर हृदय भएको जस्तो हो भनी लेखकले भनेका छन् । पापद्वारा छलकपटमा पर्नुको परिणाम चाहिँ कठोरता हो । यसलाई शब्दहरूमा पुनः संरचना गर्न सकिन्छ, र यसरी भाववाचक नाम “छलकपट”लाई “छलमा पर्नु” भनेर क्रियापदमा लेख्न सकियोस् । वैकल्पिक अनुवादः “पापद्वारा तिमीहरूमध्ये कोही पनि छलमा पर्ने र हठी हुनेछैनौ” वा “तिमीहरू आफू छलकपटमा परेर पाप नगर, र यसरी तिमीहरू हठी नहोओ” (हेर्नुहोस्ः भाववाचक नाम अनि रूपक)
Hebrews 3:14
यसले हिब्रू ३:७ मा उद्धृत गरेको भजनको पुस्तकबाट लगातार उद्धृत गर्दछ ।
γὰρ…γεγόναμεν
यहाँ “हामी” शब्दले लेखक र पाठकहरू दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐάνπερ…τῆς ὑποστάσεως…βεβαίαν κατάσχωμεν
“यदि हामीले दृढतापूर्वक उहाँमा भरोसा गर्यौँ भने”
τὴν ἀρχὴν
“हामीले सर्वप्रथम उहाँमा विश्वास गर्न सुरु गरेदेखि”
μέχρι τέλους
यो मृदुभाषी भइ कसैको मृत्युलाई जनाउने कुरा हो । वैकल्पिक अनुवादः “हाम्रो मृत्यु नहुञ्जेल” (हेर्नुहोस्ः व्यञ्जना)
Hebrews 3:15
λέγεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “लेखकले यस्तो लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
परमेश्वरको सोरले उहाँ बोल्नुहुने कुरालाई जनाउँछ । यसलाई तपाईंले हिब्रू ३:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जब तिमीहरूले परमेश्वरले बोल्नुभएको सुन्छौ” (हेर्नुहोस्ः लक्षणा)
ὡς ἐν τῷ παραπικρασμῷ
यहाँ “विद्रोह” लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । तपाईंले हिब्रू ३:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जस्तो तिमीहरूका पुर्खाहरूले परमेश्वरको विरुद्धमा विद्रोह गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 3:16
“तिनीहरू” शब्दले अनाज्ञाकारी इस्राएलीहरू र “हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
τίνες γὰρ ἀκούσαντες παρεπίκραναν? ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως?
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि प्रश्नहरूको प्रयोग गर्दछन् । आवश्यक हुन्छ भने, यी दुई प्रश्नलाई एउटै वाक्यका रूपमा संयुक्त बनाएर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशासँगै मिश्रबाट बाहिर निस्केर आएका सबैले परमेश्वरको सोर सुने, तापनि तिनीहरूले अझै पनि विद्रोह गरे ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Hebrews 3:17
τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη? οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ?
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि प्रश्नहरूको प्रयोग गर्दछन् । आवश्यक हुन्छ भने, यी दुई प्रश्नलाई एउटै वाक्यका रूपमा संयुक्त बनाएर लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “ती पाप गर्नेहरूसँग परमेश्वर चालिस वर्षसम्म रिसाउनुभयो, र उहाँले तिनीहरूलाई उजाडस्थानमा मर्न दिनुभयो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τεσσεράκοντα ἔτη
“४० वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Hebrews 3:18
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν?
लेखकले आफ्ना पाठकहरूलाई सिकाउनका लागि यो प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “र तिनीहरू उहाँको विश्राममा पस्न पाउने छैनन् भनी उहाँले शपथ खानुभएको चाहिँ ती नै अनाज्ञाकारीसँग थियो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा पस्ने छैनन्” वा “तिनीहरूले उहाँको विश्रामको आशिष्को अनुभव गर्नै छैनन्” (हेर्नुहोस्ः रूपक)
Hebrews 3:19
δι’ ἀπιστίαν
भाववाचक नाम “अविश्वास”लाई क्रियापदको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले उहाँमा विश्वास गरेनन्” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 4
हिब्रूहरू ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशू किन महान् प्रधान पूजाहारी हुनुहुन्छ भनेर यो अध्यायले भन्दछ ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ४:३-४, ७ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरको विश्राम
यस अध्यायमा “विश्राम” शब्दले कम्तीमा पनि दुईवटा कुरालाई बुझाउन खोजेको देखिन्छ । यसले स्थान वा समयलाई जनाउँछ, जति बेला परमेश्वरले आफ्ना मानिसलाई तिनीहरूका कामबाट विश्राम गर्ने अनुमति दिनुहुन्छ (हिब्रू ४:३) र यसले सतौं दिनमा परमेश्वरले विश्राम गर्नुभएको कुरालाई जनाउँछ (हिब्रू ४:४) ।
Hebrews 4:1
अध्याय ४ ले विश्वासीहरूलाई हिब्रू ३:७ मा चेतावनी दिन सुरु गरेको कुरालाई निरन्तरता दिन्छ । परमेश्वरले सृष्टि गरेपछि विश्राम गर्नुभएको बिम्ब लेखकले प्रस्तुत गर्दछन् र विश्वासीहरूलाई त्यस्तै विश्रामको निश्चयता दिन्छन् ।
οὖν
“किनभने मैले भर्खरै भनेका कुराहरू सत्य हुन्” वा “आज्ञापालन नगर्नेहरूलाई परमेश्वरले निश्चय पनि दण्ड दिनुहुन्छ”
μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι
परमेश्वरको प्रतिज्ञा चाहिँ उहाँले मानिसहरूलाई भेटेर छोडिदिनुभएको उपहारजस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस्” वा “हामीसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञाको विश्राममा प्रवेश गर्न उहाँले तिमीहरू सबैलाई अनुमति दिनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “विश्रामको ठाउँमा प्रवेश गर्न” वा “परमेश्वरको विश्रामको आशिषको अनुभव गर्न” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:2
γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले सुनेको जस्तै सुसमाचार हामीले पनि सुन्यौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καθάπερ κἀκεῖνοι
यहाँ “तिनीहरू” शब्दले मोशाको समयमा जीवित रहेका हिब्रूहरूका पूर्खाहरूलाई जनाउँछ ।
ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συνκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν
“तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन, जसले विश्वास गर्ने र आज्ञाकारी हुने मानिसहरूसँग सहभागिता जनाएनन् ।” लेखकले ती मानिसका समूहका बारेमा कुरा गर्दै छन्, जसले परमेश्वरको विश्वासको करार पाए र त्यसका बारेमा सुने, तर त्यसमा विश्वास गरेनन् । यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गरेका र आज्ञाकारी भएका मानिसहरूका लागि मात्र सुनेको वचले फाइदा भयो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Hebrews 4:3
यहाँ पहिलो उद्धरण, “मैले मेरो क्रोधमा ... विश्राममा प्रवेश गर्ने छैनन्,” एउटा भजनसंग्रहबाट लिइएको हो । दोस्रो उद्धरण, “परमेश्वरले सातौँ दिनमा ... विश्राम लिनुभयो,” चाहिँ मोशाले लेखेको पुस्तकबाट लिइएको हो । तेस्रो उद्धरण, “तिनीहरू ... विश्रममा कहिल्यै प्रवेश गर्ने छैनन्,” चाहिँ फेरि पनि त्यही भजनसंग्रहबाट लिइएको हो ।
οἱ πιστεύσαντες
“हामी जसले विश्वास गर्दछौँ”
εἰσερχόμεθα…εἰς κατάπαυσιν, οἱ πιστεύσαντες
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामी विश्वास गरेकाहरू विश्रामको ठाउँमा प्रवेश गर्नेछौँ” वा “तिनीहरू परमेश्वरको विश्रामको आशिषको अनुभव गर्ने छन्” (हेर्नुहोस्ः रूपक)
καθὼς εἴρηκεν
“जसरी परमेश्वरले भन्नुभएको छ”
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
“म धेरै रिसाएको बेला मैले यसरी शपथ खाएँ”
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू विश्रामको ठाउँमा कदापि प्रवेश गर्ने छैनन्” वा “तिनीहरूले मेरो विश्रामको आशिषको अनुभव कहिल्यै गर्ने छैनन्” (हेर्नुहोस्ः रूपक)
τῶν ἔργων…γενηθέντων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले सृष्टि गरेर सिध्याउनुभयो” वा “उहाँको सृष्टिको काम उहाँले सिध्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀπὸ καταβολῆς κόσμου
लेखकले सांसरलाई एउटा जगमा बसालेको भवनजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “संसारको सुरुमा” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:4
τῆς ἑβδόμης
यो सङ्ख्या “सात” को लागि क्रमागत नम्बर हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Hebrews 4:6
ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको ठाउँमा प्रवेश गर्ने अनुमति दिनुहुने छ” वा “परमेश्वरले अझै पनि कोही मानिसलाई उहाँको विश्रामको आशिष अनुभव गर्न दिनुहुने छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि रूपक)
Hebrews 4:7
यहाँ दिइएको भजनसंग्रहको उद्धरण दाउदले लेखेको हामी पाउँदछौँ (हिब्रूहरू ३:७-८) ।
ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε
इस्राएलका लागि परमेश्वरले दिनुभएका आज्ञाहरू उहाँले सुन्न सकिने आवाजमा दिनुभएको जस्तो हो भनी लेखकले भनेका छन् । तपाईंले यसलाई हिब्रू ३:७-८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । “यदि तिमीहरूले परमेश्वरले बोल्नुभएको सुन्यौ भने” वैकल्पिक अनुवादः “यदि तिमीहरूले परमेश्वर बोलिरहनुभएको सुन्यौ भने” (हेर्नुहोस्ः रूपक)
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν
यहाँ “हृदय” भनेको व्यक्तिको दिमागको लागि प्रतिस्थापन शब्द हो । “तिमीहरूका हृदय कठोर पार्नु” भनेको हठी हुने कुरालाई जनाउने वाक्यांश हो । तपाईंले यसलाई हिब्रूहरू ३:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “हठी नहोओ” वा “सुन्नलाई इन्कार नगर” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 4:8
यहाँ अनाज्ञाकारी नहुन, तर परमेश्वरले दिनुहुने विश्राममा प्रवेश गर्न लेखकले विश्वासीहरूलाई चेतावनी दिन्छन् । परमेश्वरको वचनले तिनीहरूलाई विश्वस्त पार्नेछ, र परमेश्वरले तिनीहरूलाई सहायता पुर्याउनुहुनेछ भन्ने दृढताका साथमा तिनीहरू प्रार्थना गर्न सक्दछन् ।
εἰ…αὐτοὺς Ἰησοῦς κατέπαυσεν
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई यहोशूले दिन सक्ने विश्राम हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “यदि परमेश्वरले इस्राएलीलाई दिनुहुने विश्राममा यहोशूले तिनीहरूलाई लान सकेको भए” वा यदि परमेश्वरले दिनुहुने विश्रामको आशिष् इस्राएलीले यहोशूको समयमा पाएका भए” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:9
ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना मानिसहरूका लागि सबाथको विश्राम अझै बाँकी राख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σαββατισμὸς
अनन्तको शान्ति र सुरक्षालाई ती सबाथ वा विश्रामको दिन, अर्थात् यहूदीहरूका आराधना र कामबाट विश्रामको दिन हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “अनन्तको विश्राम” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:10
ὁ…εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको विश्रामको शान्तिमा प्रवेश गर्ने व्यक्ति” वा “परमेश्वरको विश्रामको आशिष् अनुभव गर्ने व्यक्ति” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:11
σπουδάσωμεν…εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν
परमेश्वरले दिनुहुने शान्ति र सुरक्षालाई उहाँले मानिसहरूलाई दिनुहुने विश्राम र तिनीहरू जान सक्ने ठाउँ जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले वास गर्नुहुने ठाउँमा उहाँको साथमा विश्राम गर्न हामीले सक्नेजति हरेक कुरा गर्नुपर्छ” (हेर्नुहोस्ः रूपक)
ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας
अनाज्ञाकारिताको कुनै खाडल हो, र दुर्घटना परेर कुनै व्यक्ति उक्त खाडलमा खस्न सक्छ जस्तो गरी लेखकले भनेका छन् । यो खण्डलाई शब्द अगिपछि गर्न सकिन्छ, र यसरी भाववाचक नाम “अनाज्ञाकारिता”लाई क्रियापद “अनाज्ञाकारी हुनु” लेख्न सकियोस् । वैकल्पिक अनुवादः “तिनीहरूले गरे झैँ अनाज्ञाकारी हुन सक्छौँ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
Hebrews 4:12
ζῶν…ὁ λόγος τοῦ Θεοῦ
यहाँ “परमेश्वरको वचन” ले परमेश्वरले बोलेको वा लेखेको सन्देश, जेसुकैद्वारा भए पनि उहाँले मानवजातिसँग सञ्चार गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरका वचनहरू जीवित छन्”
ζῶν…καὶ ἐνεργὴς
यसले परमेश्वरको वचन जीवित छजस्तो गरी भन्दछ । यसको अर्थ नै हो कि जब परमेश्वर बोल्नुहुन्छ, तब त्यो शक्तिशाली र प्रभावकारी हुन्छ । (हेर्नुहोस्ः मानवीकरण)
τομώτερος, ὑπὲρ πᾶσαν μάχαιραν δίστομον
दुईधारे तरवरले सजिलैसित कुनै मानिसको ज्यान काट्न सक्छ । व्यक्तिको हृदय र विचारमा प्रकट गर्न परमेश्वरको वचन धेरै प्रभावकारी हुन्छ । (हेर्नुहोस्ः रूपक)
μάχαιραν δίστομον
एउटा धारिलो पत्तिजस्तो हतियार जसको दुवैतिर धारहरू हुन्छ
καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν
यसले परमेश्वरको वचनलाई एउटा तरबार भए झैँ गरी निरन्तर कुरा गर्दछ । यहाँ तरबार भनेको यति धेरै धारिलो हतियार हो, जसले कट्नै नसक्ने र असम्भव झैँ लाग्ने मानव शरीरलाई टुक्राटुक्रा गरी काट्न सक्दछ । यसको अर्थ हो, हामीले परमेश्वरको वचनबाट लुकाउन सक्ने त्यस्तो केही कुरा पनि हामीभित्र छैन । (हेर्नुहोस्ः रूपक)
ψυχῆς καὶ πνεύματος
यी दुई कुरा एकअर्कामा फरक तापनि नजिकबाट सम्बन्धित मानवजातिको गैरशारीरिक भाग हुन् । “प्राण”ले व्यक्तिलाई जीवित रहन सहायता पुर्याउँछ । “आत्मा” व्यक्तिको त्यो भाग हो, जसले परमेश्वरको बारेमा जान्न र विश्वास गर्न सहायता पुर्याउँछ ।
ἁρμῶν τε καὶ μυελῶν
“जोर्नी”ले दुई हाडलाई जोडेको हुन्छ । “हाडको गुदी” भनेको हाडको बीचमा हुने भाग हो ।
κριτικὸς
यसले परमेश्वरको वचन कुनै कुरा थाहा पाउने व्यक्तिजस्तो भएको कुरा गर्दछ । वैकल्पिक अनुवादः “प्रकट गर्दछ” (हेर्नुहोस्ः मानवीकरण)
ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας
यसले “हृदय” भनेको “भित्रओ मनुष्यत्व”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले विचार गर्छ र कार्य गर्ने मनसाय राख्दछ” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 4:13
οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि कुरालाई उहाँबाट लकाउन सकिँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πάντα…γυμνὰ καὶ τετραχηλισμένα
यसले सबै थोकका बारेमा ती कुनै व्यक्ति नग्न खडा भएको वा एउटा बाकस पूरा खुला गरिएको जस्तो गरी भनेको छ । वैकल्पिक अनुवादः “हरेक थोक पूर्ण रूपमा प्रकट भएको छ” (हेर्नुहोस्ः रूपक)
γυμνὰ καὶ τετραχηλισμένα
यी दुई शब्दका अर्थ मूलभूत रूपमा एउटै हो र परमेश्वरबाट कुनै थोक पनि लुकेको हुँदैन भन्ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)
τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος
परमेश्वरको आँखा छ जस्तो गरी उहाँको बारेमा कुरा गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई जसले हामीले जसरी जीवन बिताउँदछौँ, त्यसको न्याय गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:14
διεληλυθότα τοὺς οὐρανούς
“जो परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुभएको छ”
τὸν Υἱὸν τοῦ Θεοῦ
यो येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
κρατῶμεν τῆς ὁμολογίας
विश्वास र भरोसालाई यस्ता वस्तुहरू हुन्, जसलाई कुनै व्यक्तिले बलियोसँग समातेर राख्न सक्छ जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामी उहाँमा निरन्तर दृढतापूर्वक विश्वास गरौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 4:15
οὐ…ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι…δὲ
यहाँ दोहोरो नकारात्मक शब्दको अर्थ, येशूले साँच्चै नै, मानिसहरूसँगै सहानुभूतिको अनुभव गर्न सक्नुहुन्छ, भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा एक जना प्रधान पूजाहारी हुनुहुन्छ, जसले सहानुभूतिको अनुभव गर्नुहुन्छ ... तर हामीसँग ... हुनुहुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
πεπειρασμένον…κατὰ πάντα καθ’ ὁμοιότητ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले हामीले गर्नपर्ने हरेक किसिमले परीक्षाको सामना गर्नुभएको छ” वा “जसलाई दुष्टले हामीलाई गर्न सक्ने हरेक किसिमका परीक्षाद्वारा परीक्षित तुल्याएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χωρὶς ἁμαρτίας
“उहाँले पाप गर्नुभएन”
Hebrews 4:16
τῷ θρόνῳ τῆς χάριτος
“परमेश्वरको सिंहासन, जहाँ अनुग्रह छ ।” यहाँ “सिंहासन” शब्दले परमेश्वरले राजाको रूपमा शासन गर्नुहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जहाँ हाम्रा अनुग्रही परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν
यहाँ “कृपा” र “अनुग्रह” का बारेमा ती कुरा दिन वा भेट्टउन सकिने वस्तुहरू भएजस्तो गरी लेखकले भनेका छन् । “परमेश्वर कृपालु र अनुग्रही हुनुभएको होस् र खाँचोको समयमा हामीलाई सहायता गर्नुभएको होस्” (हेर्नुहोस्ः रूपक)
Hebrews 5
हिब्रूहरू ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो अध्याय यसअगिको अध्यायमा सिकाइएको शिक्षाको निरन्तरता हो ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ५:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
प्रधान पूजाहारी
प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्छन्, र यसरी परमेश्वरले पाप क्षमा गर्नुहुन्छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्यवस्थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाटको हुनुहुन्थ्यो । परमेश्वरले उहाँलाई मल्किसेदेकजस्तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्यो समयमा लेवीको कुल नै थिएन ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
दूध र खँदिलो खानेकुरा
लेखक भन्छन, यी ख्रीष्टिएन दूध मात्र पिउने र ठोस भोजन खान नसक्ने बालकहरू जस्ता छन्, जसले येशूको बारेमा साधारण कुरा मात्र बुझ्न सक्छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 5:1
लेखकले पुरानो करारका पूजाहारीहरूका पापमय स्वभावका बारेमा स्पष्ट पार्छन्, अनि ख्रीष्टको पूजाहारीपन झन् उत्तम छ भनी दर्शाउँछन्, जुन हारुनको पूजाहारीपनमा आधारित छैन, तर मल्किसेदेकको पूजाहारीपनमा आधारित छ ।
ἐξ ἀνθρώπων λαμβανόμενος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले मानिसहरूका बीचबाट छान्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καθίσταται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः "God appoints" (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑπὲρ ἀνθρώπων καθίσταται
“मानिसहरूको प्रतिनिधित्व गर्न”
Hebrews 5:2
τοῖς…πλανωμένοις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू ... जसलाई अरूहरूले छलेका छन्” वा “तिनीहरू ... जसले झूटा कुरालाई विश्वास गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πλανωμένοις
“जसले झूटा कुराहरूलाई विश्वास गर्छन् र नराम्रो तवरले व्यवहार गर्छन्”
περίκειται ἀσθένειαν
प्रधान पूजाहारीका कमजोरीका बारेमा त्यो तिनलाई घेरा हाल्ने शक्ति हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “आत्मिक रूपमा कमजोर” वा “पापका विरुद्धमा कमजोर” (हेर्नुहोस्ः रूपक)
ἀσθένειαν
पाप गर्ने इच्छा
Hebrews 5:3
ὀφείλει
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीबाट आवश्यक ठान्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 5:4
यो उद्धरण पुरानो करारको भजनसंग्रहबाट लिइएको हो ।
λαμβάνει τὴν τιμήν
सम्मानलाई कुनै व्यक्तिको हातले समातेर लिने वा पाउने वस्तु भएजस्तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
λαμβάνει τὴν τιμήν
“सम्मान” वा प्रशंसा र आदर जुन मानिसहरूले प्रधान पूजाहारीलाई तिनको कामको लागि दिए । (हेर्नुहोस्ः लक्षणा)
καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθώσπερ καὶ Ἀαρών
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई बोलाउनुभयो, जसरी उहाँले हारूनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 5:5
ὁ λαλήσας πρὸς αὐτόν
“परमेश्वरले उहाँलाई बन्नुभयो”
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε
यी दुई वाक्यांशका अर्था मूलभूत रूपमा एउटै हो । यसलाई तपाईंले हिब्रू १:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः समान्तरता)
Υἱός
यी महत्त्वपूर्ण नाउँ हुन्, जसले येशू र पिता परमेश्वरको बीचको सम्बन्धलाई स्पष्ट पार्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Hebrews 5:6
यो भविष्यवाणी दाऊदको भजनबाट लिइएको हो ।
καὶ…λέγει
परमेश्वरले कोसँग बोल्नुभयो, सो कुरा स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले ख्रीष्टलाई यसो पनि भन्नुभयो” (हेर्नुहोस्ः शब्दलोप)
ἐν ἑτέρῳ
“धर्मशात्रको अर्को ठाउँमा”
κατὰ τὴν τάξιν Μελχισέδεκ
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए”
Hebrews 5:7
ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ
यहाँ “समयमा” शब्दले कुनै समय अवधिलाई जनाउँछ । “शरीर” शब्दले येशूको यस संसारको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँले यस संसारमा जीवन बिताउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
δεήσεις…καὶ ἱκετηρίας
यी दुवै शब्दका मूलभूत अर्थ एकै हो । (हेर्नुहोस्ः प्रतिरूपी)
τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου
सम्भावित अर्थहरू हुन् १) परमेश्वर ख्रीष्टलाई बचाउन सक्षम हुनुहुन्थ्यो ताकि उहाँ नमर्नुभएको होस् । वैकल्पिक अनुवादः “उहाँलाई मर्नबाट बचाउन” वा २) परमेश्वरले ख्रीष्टलाई पुनः जीवित बनाउनुभएर उहाँको मृत्युपश्चात उहाँलाई बनाउन सक्षम हुनुहुन्थ्यो । यदि सम्भव हुन्छ भने, यी दुवै उल्थाहरूलाई आऊन दिने गरेर यसलाई अनुवाद गर्नुहोस् ।
εἰσακουσθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई सुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 5:8
υἱός
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Hebrews 5:9
पद ११ मा लेखकले तेस्रो चेतावनी सुरु गर्दछन् । यी विश्वासी अझैसम्म पनि परिपक्व भएका छैनन् भनी लेखकले तिनीहरूलाई चेतावनी दिन्छन्, अनि तिनीहरूलाई परमेश्वरको वचन पढ्ने उत्साह दिन्छन्, र यसरी तिनीहरूले ठीक र बेठीक कुरा बुझ्न सक्दछन् ।
τελειωθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई सिद्ध बनाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τελειωθεὶς
यहाँ यसको अर्थ, परिपक्व बन्दै गरेको, अनि जीवनको सबै कुराले परमेश्वरको आदर गर्न सक्षम हुँदै गरेको भन्ने हुन्छ ।
ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου
यहाँ भाववाचक नाम “मुक्ति”लाई क्रियापद बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अब उहाँको आज्ञापालन गर्ने सबैलाई उहाँले बचाउनुहुन्छ र तिनीहरूलाई अनन्तसम्म जीवित हुन दिनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 5:10
προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई चुनाव गर्नुभयो” वा “परमेश्वरले उहाँलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατὰ τὴν τάξιν Μελχισέδεκ
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “मल्किसेदेकजस्तो महान् पूजाहारी हुन”
Hebrews 5:11
πολὺς ἡμῖν ὁ λόγος
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले सायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “मसँग ... भन्नुपर्ने धेरै कुरा छन्” (हेर्नुहोस्ः सर्वनामहरू)
νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς
बुझ्ने र आज्ञापालन गर्ने कुरालाई सुन्ने क्षमता भएको जस्तो गरी लेखकले भनेका छन् । अनि सुन्ने क्षमताका बारेमा भने, यो धातुको कुनै सामान प्रयोग गरेपछि प्रयोगविहीन भएजस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “यो कुरा बुझ्न तिमीहरूलाई समस्या भएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 5:12
στοιχεῖα τῆς ἀρχῆς
यहाँ “सिद्धान्तहरू” शब्दको अर्थ निर्णय गर्नका लागि मार्गदर्शन वा मानक हो । वैकल्पिक अनुवादः “आधारभूत सत्यताहरू”
γεγόνατε χρείαν ἔχοντες γάλακτος
परमेश्वरको बारेमा बुझ्न सजिलो शिक्षालाई ससाना शिशुहरूले खाने दूधजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू बालकहरूजस्ता भएका छौ र दूध मात्र पउँछौ” (हेर्नुहोस्ः रूपक)
γάλακτος, οὐ στερεᾶς τροφῆς
परमेश्वरको बारेमा बुझ्न कठिन शिक्षालाई परिपक्व मानिसहरूका लागि उपयुक्त खँदिलो भोजनजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परिपक्व मानिसहरूले खाने खँदिलो भोजनको साटोमा दूध” (हेर्नुहोस्ः रूपक)
Hebrews 5:13
μετέχων γάλακτος
यहाँ “पिएर” भन्नाले “पिउने” कुरा हो । वैकल्पिक अनुवादः “दूध पिउँछ” (हेर्नुहोस्ः लक्षणा)
νήπιος γάρ ἐστιν
हुर्केको बालकले खाने किसिमको भोजनसँग आत्मिक परिपक्वताको तुलना गरिएको छ । खँदिलो भोजन एउटा सानो शिशुले खान सक्दैन, र यो भर्खरको ख्रीष्टिएनलाई जनाउने अलङ्कार हो । उसले सामान्य सत्यताहरू मात्र सिक्न सक्दछ । तर पछि, सानो बालकलाई अलि खँदिलो भोजन दिन सुरु गरिन्छ । त्यसै गरी कुनै ख्रीष्टिएन अझ परिपक्व हुँदै जाँदा उसले धेरै कठिन कुरा सिक्न सक्दछ । (हेर्नुहोस्ः रूपक)
Hebrews 5:14
τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα, ἐχόντων πρὸς διάκρισιν, καλοῦ τε καὶ κακοῦ
कुनै कुरा बुझ्न तालिम पाएका मानिसहरूलाई बुझ्ने दक्षताको तालिम प्राप्त हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरू परिपक्व हुन्छन् र असल र खराबका बीचमा भिन्नता छुट्याउन सक्छन्” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 6
हिब्रूहरू ०६ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अब्राहामको करार
परमेश्वरले अब्राहामसँग बाँध्नुभएको करारमा, अब्राहामका सन्तानलाई एउटा ठूलो जाति बनाउने प्रतिज्ञा परमेश्वरले दिनुभयो । अब्राहामका सन्तानको सुरक्षा गर्ने र तिनीहरू आफ्नै मुलुक तिनीहरूलाई दिने प्रतिज्ञा पनि उहाँले दिनुभयो । (हेर्नुहोस्ः करार)
Hebrews 6:1
अपरिपक्व हिब्रू ख्रीष्टिएनहरू परिपक्व हुनुपर्ने आवश्यक छ भन्ने कुरालाई लेखकले निरन्तरता दिएका छन् । तिनले उनीहरूलाई आधारभूत शिक्षाहरूका बारेमा स्मरण गराउँदछन् ।
ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα
यसले आधारभूत शिक्षाहरू यात्राको सुरुको अवस्थ हो र परिपक्व शिक्षाहरू चाहिँ उक्त यात्राको आखिरी अवस्था हो जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “हामीले सुरुमा जे सिकेका थियौँ, सो कुरा मात्र छलफल गर्न छाडौँ र अझ परिपक्व शिक्षा पनि बुझ्ने प्रयत्न गरौँ” (हेर्नुहोस्ः रूपक)
μὴ πάλιν θεμέλιον καταβαλλόμενοι…πίστεως ἐπὶ Θεόν
सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरमाथिको विश्वासका आधारभूत शिक्षाहरूलाई हामी अब फेरि दोहोर्याउने कार्य नगरौँ” (हेर्नुहोस्ः रूपक)
νεκρῶν ἔργων
पापमय कार्यहरूका बारेमा ती मृत्युको संसारअन्तर्गत पर्दछन् भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 6:2
διδαχὴν…κρίματος αἰωνίου
सुरुका आधारभूत शिक्षाहरू चाहिं भवन निर्माण सुरु गर्दा जग राखेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “न त ... अनन्त न्याय जस्ता आधारभूत शिक्षाका जग फेरि बसालौँ” (हेर्नुहोस्ः रूपक)
ἐπιθέσεώς τε χειρῶν
कसैलाई विशेष सेवा वा दर्जामा अर्पण गर्नुपर्दा यो अभ्यास प्रचलनमा थियो ।
Hebrews 6:4
τοὺς ἅπαξ φωτισθέντας
बुझ्ने कुरालाई ज्योति पाएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले एकपल्ट ख्रीष्टको बारेमा भएको सन्देशलाई बुझे” (हेर्नुहोस्ः रूपक)
γευσαμένους…τῆς δωρεᾶς τῆς ἐπουρανίου
उद्धारको अनुभव गर्ने कुरालाई भोजनको स्वाद लिएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरको उद्धार गर्ने शक्तिको अनुभव गरे” (हेर्नुहोस्ः रूपक)
μετόχους γενηθέντας Πνεύματος Ἁγίου
विश्वासीहरूमा आउनुहुने पवित्र आत्माको बारेमा उहाँ मानिसहरूले बाँडेर लिन सक्ने कुनै वस्तुजस्तो हुनुहुन्छ भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले पवित्र आत्मा पाएका छन्” (हेर्नुहोस्ः रूपक)
Hebrews 6:5
καλὸν γευσαμένους Θεοῦ ῥῆμα
परमेश्वरको वचन सिक्ने कुरालाई भोजनको स्वाद लिएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरको असल सन्देश सिकेका छन्” (हेर्नुहोस्ः रूपक)
δυνάμεις…μέλλοντος αἰῶνος
यसको अर्थ यो सारा संसारमा परमेश्वरको राज्य पूर्ण रूपमा हुने बेलाको परमेश्वरको शक्ति हो । यस अर्थमा “शक्ति” शब्दले सबै शक्ति आफैँमा लिनहुने परमेश्वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “भविष्यमा कसरी परमेश्वरले शक्तिशाली तरिकाले कार्य गर्नुहुने छ भनेर जानेका छन्” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 6:6
πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν
“तिनीहरूलाई फेरि फर्काएर पश्चाताप गर्न लगाउनु असम्भव छ”
ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ
जब विश्वासीहरू विश्वासबाट फर्केर जान्छन्, तब त्यो कुराले तिनीहरूले येशूलाई फेरि पनि क्रूसमा टाँगेको हुन् भन्ने जनाउँछ । वैकल्पिक अनुवादः “यो तिनीहरूले आफ्ना निम्ति परमेश्वरको आफ्नो पुत्रलाई फेरि पनि क्रूसमा टाँगेको जस्तै हो” (हेर्नुहोस्ः रूपक)
τὸν Υἱὸν τοῦ Θεοῦ
यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो, जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई स्पष्ट पार्दछ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Hebrews 6:7
γῆ…ἡ πιοῦσα τὸν…ὑετόν
झरी परेपछि फाइदा दिने कृषि जमिनका बारेमा त्यो झरीको पानी पिएर बस्ने कुनै व्यक्तिजस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “झरीको पानी सोसेर लिने जमिन” (हेर्नुहोस्ः मानवीकरण)
τίκτουσα βοτάνην
खाद्यान्न उत्पादन गर्ने कृषि जमिनका बारेमा त्यसले ती कुरा जन्माएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले बोटबरुवा उत्पन्न गराउँछ” (हेर्नुहोस्ः मानवीकरण)
μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ
वर्षा र अनाजलाई परमेश्वरले जमिनलाई सहायता पुर्याउनुभएको प्रमाणका रूपमा हेरिएको छ । कृषि जमिन चाहिँ परमेश्वरको आशिष् पाउने व्यक्ति भएको जस्तो हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः मानवीकरण)
εὐλογίας ἀπὸ τοῦ Θεοῦ
यहाँ “आशिष्” शब्दको अर्थ परमेश्वरले बोल्नुभएको वचन होइन, तर उहाँको सहायता हो ।
Hebrews 6:8
κατάρας ἐγγύς
यसले “सराप” का बारेमा यो एउटा ठाउँ हो, जहाँ कुनै व्यक्ति त्यसको जान सक्दछ जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई सराप दिने खतरामा छ” (हेर्नुहोस्ः रूपक)
ἧς τὸ τέλος εἰς καῦσιν
खेतबारीका अनावश्यक झारपात सबै किसानले जलाइदिन्छन् ।
Hebrews 6:9
πεπείσμεθα
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म विश्वस्त भएको छु” वा “म निश्चित छु” (हेर्नुहोस्ः सर्वनामहरू)
περὶ ὑμῶν…τὰ κρείσσονα
यसको अर्थ हो, परमेश्वरलाई इन्कार गरेकाहरू, उहाँका अनाज्ञाकारी भएकाहरू र अब फेरि पश्चाताप गर्न नसक्नेहरूभन्दा यिनीहरूले धेरै राम्रो गर्दै छन्, र यसरी परमेश्वरले यिनीहरूलाई क्षमा गर्नुहुन्छ (हिब्रूहरू ६:४-६) । वैकल्पिक अनुवादः “मैले उल्लेख गरेकाहरूभन्दा तिमीहरूले असले गर्दैछौ”
ἐχόμενα σωτηρίας
भाववाचक नाम “उद्धार” लाई क्रियापदको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरू उद्धार गर्नुहुने विषयका कुराहरू” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 6:10
οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι
यहाँ भएको दोहोरो नकारात्मकको अर्थ हुन्छ, परमेश्वरले आफ्नो न्यायपूर्ण व्यवहारमा उहाँका मानिसहरूले गरेका असल कार्यहरूका स्मरण गर्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वर न्यायपूर्ण हुनुहुन्छ, र यसकारण उहाँले निश्चय पनि स्मरण गर्नुहुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
εἰς τὸ ὄνομα αὐτοῦ
परमेश्वरको “नाउँ” स्वयम् परमेश्वरलाई नै जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “उहाँका लागि” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 6:11
ἐπιθυμοῦμεν
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन् । तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “म धेरै इच्छा गर्दछु” (हेर्नुहोस्ः सर्वनामहरू)
σπουδὴν
सचेत, कडा मेहनत
ἄχρι τέλους
अस्पष्ट अर्थलाई स्पष्टसँग लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका जीवनको अन्त्यसम्मै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος
“परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुरा तिमीहरूले प्राप्त गर्ने छौ भन्ने पूर्ण रूपले निश्चय हुनका लागि
Hebrews 6:12
μιμηταὶ
“देखासिकी गर्ने” व्यक्ति त्यो हो, जसले अरू कसैको व्यवहारको नक्कल गर्दछ ।
κληρονομούντων τὰς ἐπαγγελίας
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नु चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्त गर्नु” (हेर्नुहोस्ः रूपक)
Hebrews 6:14
λέγων
परमेश्वरले भन्नुभयो
πληθύνων, πληθυνῶ σε
यहाँ “वृद्धि” भन्नाले सन्तान दिने कुरा जनाउँछ । वैकल्पिक अनुवादः “म तँलाई धेरै सन्तान दिनेछु” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 6:15
τῆς ἐπαγγελίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीसँग जे प्रतिज्ञा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 6:17
τοῖς κληρονόμοις τῆς ἐπαγγελίας
परमेश्वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरू चाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्त गर्ने मानिसहरूलाई” (हेर्नुहोस्ः रूपक)
τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ
“उहाँको उद्देश्य कदापि फेरिँदैन” वा “उहाँले जे गर्छु भन्नुभएको छ, सो उहाँले सधैँ गर्नुहुन्छ”
Hebrews 6:18
οἱ καταφυγόντες
विश्वासीहरू, जसले परमेश्वरले तिनीहरूलाई सुरक्षा दिनुहुनेको लागि उहाँमा भरोसा गर्छन्, तिनीहरू चाहिँ कतै सुरक्षित स्थानतर्फ दौडिरहेका झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “हामी, जसले उहाँलाई भरोसा गरेका छौँ” (हेर्नुहोस्ः रूपक)
ἰσχυρὰν παράκλησιν ἔχωμεν…κρατῆσαι τῆς προκειμένης ἐλπίδος
विश्वास कुनै व्यक्तिलाई उपहारझैँ दिन सक्ने वस्तु हो र त्यो व्यक्तिले यसलाई समातेर लिन सक्दछन् भनेजस्तो गरी परमेश्वरमा भरोसा गर्ने कुराका बारेमा लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई उत्साह दिनुभए झैँ हामीले उहाँमा निरन्तर भरोसा गरौँ” (हेर्नुहोस्ः रूपक)
προκειμένης
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले हाम्रो सामु राखिदिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 6:19
हिब्रूको पत्रका लेखकले विश्वासीहरूलाई आफ्नो तेस्रो चेतावनी र उत्साह प्रस्तुत गरिसकेपछि, तिनले पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्किसेदेकसँग गर्ने कार्यलाई निरन्तरता दिन्छन् ।
ὡς ἄγκυραν…τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν
पानीमाथि भएको डुङ्गालाई हावाले जता हान्यो, त्यतैतिर जानबाट जसरी एउटा लङ्गरले रोक्ने कार्य गर्दछ, त्यसरी नै येशूले हामीलाई परमेश्वरको उपस्थितिमा सुरक्षित राख्नुहुन्छ । वैकल्पिक अनुवादः “जसले हामीलाई परमेश्वरको उपस्थितिमा सुरक्षित बस्न सहायता गर्दछ” (हेर्नुहोस्ः रूपक)
ἄγκυραν…ἀσφαλῆ…καὶ βεβαίαν
यहाँ “भरपर्दो” र “सुरक्षित” शब्दहरूका मूलभूत अर्थ एकै कुरा हो, र यसले लङ्गरमाथिको पूर्ण विश्वासनीयतामा जोड दिन्छ । वैकल्पिक अनुवादः “पूर्ण रूपमा विश्वासनीय लङ्गर” (हेर्नुहोस्ः प्रतिरूपी)
ἣν…καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος
यहाँ भरोसाका बारेमा यो मन्दिरभित्र महापवित्र स्थानमा जान सक्ने कुनै व्यक्ति भए झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः मानवीकरण)
τὸ ἐσώτερον
यो मन्दिरभित्र भएको महापवित्र स्थानमा थियो । परमेश्वर आफ्ना मानिसहरूका बीचमा साक्षात् रूपमा उपस्थित हुनुहुँदा उहाँ यही ठाउँमा उपस्थित हुनुहुन्थ्यो । यस खण्डमा, यो ठाउँले स्वर्ग र परमेश्वरको सिंहासन भएको कोठालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
Hebrews 6:20
κατὰ τὴν τάξιν Μελχισέδεκ
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “मल्किसेदेक पूजाहारी भए जस्तै गरी”
Hebrews 7
हिब्रूहरू ०७ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ७:१७, २१ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
प्रधान पूजाहारी
प्रधान पूजाहारीले मात्र बलि चढाउन सक्छन्, र यसरी परमेश्वरले पाप क्षमा गर्नुहुन्छ । यसैले येशू एक जना प्रधान पूजाहारी हुनुपर्यो । प्रधान पूजाहारी चाहिँ लेवीको कुलबाट हुनुपर्छ भनेर मोशाको व्यवस्थाले आज्ञा दियो, तर येशू त यहूदाको कुलबाट हुनुहुन्थ्यो । परमेश्वरले उहाँलाई मल्किसेदेकजस्तो पूजाहारी बनाउनुभयो, जो अब्राहामको समयमा बाँचेका थिए । त्यो समयमा लेवीको कुल नै थिएन ।
Hebrews 7:1
पूजाहारीका रूपमा येशूको तुलना पूजाहारीका रूपमा मल्किसेदेकसँग गर्ने कार्यलाई हिब्रूका लेखकले निरन्तरता दिन्छन् ।
Σαλήμ
यो एउटा सहरको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων
अब्राहामका भतिजा लोत र तिनका परिवारलाई बचाउनका लागि अब्राहाम र उनका मानिसहरू गएर चार राजा र तिनीहरूका फौजलाई पराजित गरेका कुरालाई यसले जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 7:2
ᾧ
“त्यो मल्किसेदेकलाई थियो”
βασιλεὺς δικαιοσύνης…βασιλεὺς εἰρήνης
“धर्मी राजा ... शान्तिपूर्ण राजा”
Hebrews 7:3
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων
मल्किसेदेकको जन्म भएको थिएन, र उनको मृत्यु पनि भएको थिएन भनेर यो खण्डबाट हामी विचार गर्न सक्दछौँ । तापनि, लेखकको भनाइको अर्थ, मल्किसेदेकका पुर्ख्यौली, जन्म वा मृत्युको बारेमा धर्मशास्त्रले कुनै जानकारी दिँदैन भन्ने हो ।
Hebrews 7:4
मल्किसेदेकको पूजाहारीपन हारुनको पूजाहारीपनभन्दा झन् उत्तम छ भनी लेखकले उल्लेख गर्दछन्, र त्यसपछि हारुनको पूजाहारीपनले कुनै पनि थोकलाई सिद्ध पार्दैनथ्यो भनी स्मरण गराउँदछन् ।
οὗτος
“मल्किसेदेक ... थिए”
Hebrews 7:5
τῶν υἱῶν Λευεὶ τὴν ἱερατείαν λαμβάνοντες
लेखकले यसो भने किनभने लेवीका सबै छोरा पूजाहारी भएनन् । वैकल्पिक अनुवादः “लेवीका सन्तानहरू जो पूजाहारीहरू भए” (हेर्नुहोस्ः जानकारी दिने वा स्मरण गराउने वाक्यांश बिच फरक)
τὸν λαὸν
“इस्राएली मानिसहरूबाट”
τοὺς ἀδελφοὺς αὐτῶν
यहाँ “भाइहरू” शब्दले तिनीहरू अब्राहामद्वारा एकआपसमा सम्बन्धित थिए भन्ने अर्थ हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूका आफन्तहरूबाट”
ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ
यो तिनीहरू अब्राहामका सन्तान थिए भन्ने एउटा तरिका हो । वैकल्पिक अनुवादः “तिनीहरू पनि अब्राहामका सन्तान हुन्” (हेर्नुहोस्ः रूपक)
Hebrews 7:6
ὁ…μὴ γενεαλογούμενος ἐξ αὐτῶν
“जो लेवीको सन्तान थिएनन्”
τὸν ἔχοντα τὰς ἐπαγγελίας
परमेश्वरले अब्राहामका लागि गरिदिने प्रतिज्ञा गर्नुभएका थोकहरूका बारेमा ती प्राप्त गर्न सकिने वस्तुहरू भए झैँ कुरा गरिएको छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले आफ्ना प्रतिज्ञाहरू दिनुभएकोछ” (हेर्नुहोस्ः रूपक)
Hebrews 7:7
τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धेरै प्रतिष्ठित व्यक्तिले थोरै प्रतिष्ठित व्यक्तिलाई आशीर्वाद दिन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:8
ὧδε μὲν…ἐκεῖ
लेवीहरूको पूजाहारीपनलाई मल्किसेदेक पूजाहारीपनसँग तुलना गर्न यी वाक्यांशको प्रयोग गरिएको छ । लेखकले गरेको तुलनालाई जोड दिनका लागि तपाईंको भाषामा कुनै तरिका होला ।
μαρτυρούμενος ὅτι ζῇ
मल्किसेदेकको मृत्यु हुन्छ भन्ने बारेमा धर्मशास्त्रमा कदापि स्पष्ट रूपमा लेखिएको छैन । धर्मशास्त्रमा मल्किसेदेकको मृत्युको कुरा नलेखिएको कुरालाई हिब्रूका लेखकले यहाँ यो उनी अझै जीवित भएको झैँ गरी सकारात्मक वाक्य लेखेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्रले उनी सदा जीवित रहन्छन् भनी दर्शाउँछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:9
δι’ Ἀβραὰμ, καὶ Λευεὶς, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται
यति बेलासम्म लेवीको जन्म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्छन्, यसरी लेवीले अब्राहामद्वारा मल्किसेदेकलाई दशांश दिए । (हेर्नुहोस्ः रूपक)
Hebrews 7:10
ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν
यति बेलासम्म लेवीको जन्म नभएको हुनाले लेखकले तिनी अझै अब्राहामकै शरीरभित्र थिए भनी कुरा गरेका हुन् । लेखक भन्छन्, यसरी लेवीले अब्राहामद्वारा मल्किसेदेकलाई दशांश दिए । (हेर्नुहोस्ः रूपक)
Hebrews 7:11
μὲν οὖν
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।
τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ, ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι?
मल्किसेदेकको दर्जाबमोजिम अर्को पूजाहारी आउने कुरा आशा गरिएको थिएन भन्ने कुरामा यो प्रश्नले जोड दिन्छ । वैकल्पिक अनुवादः “हारून जस्तो होइन तर मल्किसेदेकजस्तो अर्को पूजाहारीको उदय भएको हेर्ने आशा कसैले गरेका थिएनन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἀνίστασθαι
“आउन” वा “देखा पर्न”
κατὰ τὴν τάξιν Μελχισέδεκ
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हारूनको दर्जाबमोजिम पूजाहारी नभएर” वा “हारूनजस्तो पूजाहारी नभएर” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:12
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने जब परमेश्वरले पूजाहारीपनमा परिवर्तन गर्नुभयो, तब उहाँले व्यवस्था पनि परिवर्तन गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:13
ὃν γὰρ
यसले येशूलाई जनाउँछ ।
ἐφ’ ὃν…λέγεται ταῦτα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको बारेमा म यी कुरा भन्दैछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:14
γὰρ
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसको प्रयोग भएको हो ।
ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν
यहाँ “हाम्रा प्रभु” शब्दले येशूलाई जनाउँछ ।
ἐξ Ἰούδα
“यहूदाको कुलबाट”
Hebrews 7:15
यो उद्धरण दाउदको भजनबाट लिएको हो ।
περισσότερον ἔτι κατάδηλόν ἐστιν
“हामी यसलाई झन् धेरै स्पष्ट रूपमा बुझ्न सक्दछौँ ।” यहाँ “हामी” शब्दले लेखक र उनका पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
εἰ…ἀνίσταται ἱερεὺς ἕτερος
“यदि अर्को पूजाहारी आउँछन् भने”
κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ
यसको अर्थ पूजाहारीको रूपमा ख्रीष्टका कति कुरा मल्किसेदेकसँग मिल्दोजुल्दो छन् । वैकल्पिक अनुवादः “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
Hebrews 7:16
ὃς οὐ κατὰ νόμον
“उहाँ पूजाहारी हुनुभएको कुरा व्यवस्थामा आधारित थिएन”
νόμον ἐντολῆς σαρκίνης
मानवीय वंशमा जन्मने कुरालाई कसैको शरीरसँग मात्र सम्बन्धित भएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “मानव वंशको व्यवस्था” वा “पूजाहारीको सन्तान पूजाहारी हुने व्यवस्था” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 7:17
μαρτυρεῖται γὰρ
यसले कुनै कुराको गवाही दिने व्यक्ति जस्तो रूपमा धर्मशास्त्र भएको कुरा गर्दछ । वैकल्पिक अनुवादः “किनभने परमेश्वरले धर्मशास्त्रद्वारा उहाँको बारेमा गवाही दिनुहुन्छ” वा “किनभने उहाँको बारेमा धर्मशास्त्रमा यसरी लेखेको छ” (हेर्नुहोस्ः मानवीकरण)
κατὰ τὴν τάξιν Μελχισέδεκ
त्यहाँ दुई समूहका पूजाहारीहरू थिए । एउटा लेवीको सन्तानले बनेको थियो । अर्को चाहिँ मल्किसेदेक र येशू ख्रीष्टको थियो । वैकल्पिक अनुवादः “मल्किसेदेकको पङ्क्तिअनुसार” वा “जसरी मल्किसेदेक पूजाहारी थिए, त्यसरी नै”
Hebrews 7:18
ἀθέτησις μὲν…γίνεται προαγούσης ἐντολῆς
यहाँ “रद्द भएको छ,” भन्नाले अलङ्कारको रूपमा अमान्य भएको जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो आज्ञालाई अमान्य तुल्याउनुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 7:19
οὐδὲν…ἐτελείωσεν ὁ νόμος
व्यवस्था काम गर्न सक्ने व्यक्ति हो झैँ गरी यसको बारेमा लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “व्यवस्था पालन गरेर कुनै व्यक्ति पनि सिद्ध हुन सकेन” (हेर्नुहोस्ः मानवीकरण)
ἐπεισαγωγὴ…κρείττονος ἐλπίδος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अझ उत्तम आशा दिनुभएको छ” वा “परमेश्वरले हामीलाई झन् बढी विश्वस्त तुल्याउने आशा दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ
परमेश्वरको आराधना गर्ने र उहाँबाट कृपा पाउने कुरालाई उहाँको नजिक जाने जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “र यो आशाको कारणले हामी परमेश्वरको नजिक जान सक्छौँ” वा “र यो आशाको कारणले हामी परमेश्वरको आराधना गर्न सक्छौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 7:20
यो उद्धरण हिब्रूहरू ७:१७) को झैँ दाउदको उही भजनबाट लिइएको हो ।
καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας
यहाँ “यो” शब्दले येशू अनन्तको पूजाहारी हुनुभएको कुरालाई जनाउँछ । कसले शपथ खाएको भनेर यसलाई अझै स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अनि परमेश्वरले शपथ नखाईकन यो जनाँ पूजाहारी चुन्नुभएन !” वा “अनि परमेश्वरले शपथ खानुभएको हुनाले हाम्रा प्रभु नयाँ पूजाहारी हुनुभयो !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि दोहोरो नकारात्मक)
Hebrews 7:22
ख्रीष्टको पूजाहारीपन झन् उत्तम छ भनेर लेखकले यी यहूदी विश्वासीलाई विश्वस्त तुल्याउँछन्, किनभने उहाँ सदासर्वदा जिउनुहुन्छ, तर हारूनका सन्तानबाट आएका पूजाहारीहरू सबैको मृत्यु भयो ।
κρείττονος διαθήκης, γέγονεν ἔγγυος
“त्यहाँ अझ उत्तम करार हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ भनेर हामीलाई भन्नुभएको छ”
Hebrews 7:24
ἀπαράβατον ἔχει τὴν ἱερωσύνην
पूजाहारीको कामलाई येशूले आफ्नो अधिकारमा लिन सक्ने कुनै वस्तुजस्तो हो भनी लेखकले भनेका छन् । भाववाचक नाम हटाउन यसलाई यसरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँ स्थायी रूपले पूजाहारी हुनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 7:25
ὅθεν…δύναται
यहाँ “यसकारण” शब्दले जनाउने अर्थलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने ख्रीष्ट हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ, जो सधैंभरि जिउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ
“येशूले गर्नुभएको कामको कारणले परमेश्वरमा आउनेहरू”
Hebrews 7:26
ὑψηλότερος τῶν οὐρανῶν γενόμενος
“परमेश्वरले उहाँलाई उच्च स्वर्गभन्दा माथि उचाल्नुभएको छ ।” अरू कोहीभन्दा बढी आदर र शक्ति प्राप्त गर्नुलाई सबै थोकभन्दा उच्च पद भएको जस्तो गरी लेखकले लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले उहाँलाई अरू कसैलाई भन्दा धेरै आदर र शक्ति दिनुभएको छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 7:27
यहाँ “उहाँ”, “उहाँको” र “उहाँ आफैँलाई” भन्ने शब्दहरूले ख्रीष्टलाई जनाउँछन् ।
Hebrews 7:28
ὁ νόμος…ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν
मोशाको व्यवस्थाअनुसार प्रधान पूजाहारी नियुक्त गर्ने मानिसहरूका समूहलाई जनाउने लक्षणा अर्थ दिएर यहाँ “व्यवस्था” शब्द प्रयोग भएको छ । यो कार्य गर्ने मानिसहरूमा होइन, तर त्यो काम तिनीहरूले व्यवस्थाअनुसार गरेको कुरामा ध्यान केन्द्रित गरेको छ । वैकल्पिक अनुवादः “आफूमा कमजोरी मानिसहरूले व्यवस्थाअनुसार प्रधान पूजाहारीहरूको नियुक्त गर्दछन्” वा “किनभने आफूमा कमजोरी मानिसहरूलाई व्यवस्थाअनुसार प्रधान पूजाहारीहरू नियुक्त गरिन्छ” (हेर्नुहोस्ः लक्षणा)
ἀνθρώπους…ἔχοντας ἀσθένειαν
“आत्मिक रूपमा कमजोर मानिसहरू” वा “पापको विरुद्धमा कमजोर मानिसहरू”
ὁ λόγος…τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱόν
यहाँ “शपथको वचन”ले परमेश्वरलाई जनाउँछ जसले शपथ खानुभयो । वैकल्पिक अनुवादः “परमेश्वरले व्यवस्था दिनुभएपछि खानुभएको उहाँको शपथको वचनद्वारा, परमेश्वरले पुत्रलाई नियुक्त गर्नुभयो” वा “परमेश्वरले व्यवस्था दिनुभएपछि, उहाँले शपथ खानुभयो र आफ्नो पुत्रलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः लक्षणा)
Υἱόν
यो परमेश्वरका पुत्र येशूको महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
τετελειωμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभएको र परिपक्व हुनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 8
हिब्रूहरू ०८ सामान्य टिपोटहरू
संरचना र ढाँचा
येशू कसरी र किन सबभन्दा महत्त्वपूर्ण प्रधान पूजाहारी हुनुहुन्छ भनेर स्पष्ट पार्ने कार्य लेखकले सिध्याउँछन् । त्यसपछि परमेश्वरले मोशासँग गर्नुभएको करारभन्दा नयाँ करार झन् उत्तम कसरी छ भनेर तिनले बोल्न सुरु गर्दछन् । (हेर्नुहोस्ः करार)
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । ८:८-१२ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
नयाँ करार
येशूले कसरी नयाँ करारको स्थापना गर्नुभयो, जुन चाहिँ परमेश्वरले इस्राएलीहरूसँग स्थापित गर्नुभएको करारभन्दा झन् उत्तम छ भनेर लेखकले भन्दछन् । (हेर्नुहोस्ः करार)
Hebrews 8:1
लेखकले सांसारिक पूजाहारीपनभन्दा ख्रीष्टको पूजाहारीपन झन् उत्तम हो भनेर दर्साएपछि, संसारिक पूजाहारीपन त स्वर्गीय थोकहरूका नमुना हो भनी दर्शाउँछन् । ख्रीष्टको सेवा झन् उत्तम र उहाँको करार अति उत्तम हो ।
δὲ
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
λεγομένοις
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका छन्, तापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । किनकि लेखकले उनका पाठकहरूलाई यहाँ समावेश गर्दैनन्, “हामी” शब्द असमावेशी छ । वैकल्पिक अनुवादः “म भन्दै छु” वा “म लेख्दै छु” (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि सर्वनामहरू)
ἔχομεν ἀρχιερέα
लेखकले यहाँ पाठकहरूलाई समावेश गर्दैछन्, त्यसैले “हामी” शब्द समावेशी छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς Μεγαλωσύνης
यहाँ “दाहिनेपट्टि बस्नु” भन्ने कुरा चाहिँ परमेश्वरबाट महान् सम्मान र अधिकारलाई प्राप्त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । तपाईंले यस्तै समान वाक्यांशलाई हिब्रूहरू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “सर्वशक्तिमान्को सिंहासनको छेउमा भएको सम्मान र अधिकारको स्थानमा बस्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Hebrews 8:2
τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος
काठको नाल दलिनमा जनावरका छाला टाँगेर मानिसहरूले सांसारिक पवित्र वासस्थान बनाउँछन्, र त्यसलाई पाल टाँगे झैँ गरी खडा गर्दछन् । यहाँ “साँचो पवित्रस्थान”को अर्थ परमेश्वरले सृष्टि गर्नुभएको स्वर्गीय पवित्रस्थान हो ।
Hebrews 8:3
πᾶς γὰρ ἀρχιερεὺς…καθίσταται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि हरेक पूजाहारीलाई परमेश्वरले नियुक्त गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 8:4
οὖν
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
κατὰ νόμον
“व्यवस्थामा परमेश्वरले आवश्यक ठान्नुभएअनुसार”
Hebrews 8:5
οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων
“नक्कल” र “छायाँ” भन्ने शब्दहरूको समान अर्थ हुन्छ र केही कुरा वास्तविक होइन तर वास्तविक कुरासँग समान किसिमको छ भनेर अर्थ दिने अलङ्कारहरू हुन् । यी शब्दहरूले जोड दिन्छन् कि पूजाहारीगिरी, र पार्थिव मन्दिर चाहिँ ख्रीष्ट, साँचो पूजाहारी, र स्वर्गीय मन्दिरका चित्रणहरू हुन् । वैकल्पिक अनुवादः “तिनीहरूले स्वर्गीय कुराहरूको धमिलो चित्रण दिने काम गर्छन्” वा “तिनीहरूले स्वर्गीय थोकहरूसँग मात्रै समान बन्ने काम गर्छन्” (हेर्नुहोस्ः रूपक अनि प्रतिरूपी)
καθὼς κεχρημάτισται Μωϋσῆς, μέλλων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो चाहिँ परमेश्वरले मोशालाई चेतावनी दिनुभएको जस्तै ठ्याक्कै हो जब मोशाले ... थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μέλλων ἐπιτελεῖν τὴν σκηνήν
मोशा आफैँले पवित्र वासस्थान बनाएका थिएनन् । मानिसहरूलाई त्यसको निर्माण गर्ने आदेश तिनले दिएका थिए । वैकल्पिक अनुवादः “पवित्र वासस्थान बनाउन मानिसहरूलाई आदेश दिन लाग्दा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὅρα
“यो पक्का गर् कि”
κατὰ τὸν τύπον
“बनोटको नक्साजस्तै”
τὸν δειχθέντα σοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मैले तँलाई देखाएँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐν τῷ ὄρει
यहाँ “पहाड” भन्नाले सीनै पहाड हो भनेर तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “सीनै पहाडमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 8:6
इस्राएल र यहूदासँगको पुरानो करारभन्दा नयाँ करार झन् उत्तम हो भन्ने कुरा यो खण्डले सुरु गरेको छ ।
διαφορωτέρας
“परमेश्वरले ख्रीष्टलाई ... दिनुभएको छ”"God has given Christ
κρείττονός…διαθήκης μεσίτης
यसको अर्थ परमेश्वर र मानवजातिका बीचमा ख्रीष्टले झन् उत्तम करारको स्थापना गर्नुभएको छ ।
διαθήκης…ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “करार ... । परमेश्वरले उत्तम प्रतिज्ञाहरूमा यो करारको स्थापना गर्नुभयो” वा “करार ... । परमेश्वरले करारको स्थापना गर्नुहुँदा उहाँले झन् उत्तम कुराहरूका प्रतिज्ञा दिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 8:7
ἡ πρώτη ἐκείνη…δευτέρας
“पहिलो” र “दोस्रो” शब्दहरू क्रमागत सङ्ख्या हुन् । वैकल्पिक अनुवादः “पुरानो करार ... नयाँ करार” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
ἦν ἄμεμπτος
“सिद्ध भएको”
Hebrews 8:8
यस उद्धरणमा परमेश्वरले स्थापना गर्नुहुने नयाँ करारका बारेमा यर्मिया अगमवक्ताले अगमवाणी गरे ।
αὐτοῖς
“इस्राएलका मानिसहरूसँग”
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले भन्न लागेका कुरामा ध्यान देओ”
τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα
इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका घराना हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू र यहूदाका मानिसहरू” (हेर्नुहोस्ः रूपक)
Hebrews 8:9
ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
यो अलङ्कारले परमेश्वरको महान् प्रेम र वास्तालाई दर्शाउँछ । वैकल्पिक अनुवादः “बाबुले आफ्नो सानो बालकलाई डोहोर्याए झैँ गरी मैले तिनीहरूलाई मिश्रबाट डोहोर्याएर बाहिर ल्याएँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 8:10
यो यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण हो ।
τῷ οἴκῳ Ἰσραὴλ
इस्राएलका मानिसहरूलाई तिनीहरूका घराना हो जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरू” (हेर्नुहोस्ः रूपक)
μετὰ τὰς ἡμέρας ἐκείνας
“त्यो समयपछि”
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν
परमेश्वरका मार्गदर्शनहरूका बारेमा ती कतै राख्न मिल्ने वस्तुहरू भएको जस्तो गरी लेखकले भनेका छन् । मानिसहरूका सोच्न सक्ने क्षमताका बारेमा त्यो एउटा ठाउँ भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “म तिनीहरूलाई मेरो व्यवस्था बुझ्न सक्षम बनाउनेछु” (हेर्नुहोस्ः रूपक)
ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς
यहाँ “हृदय” भनेको व्यक्तिको भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयमा लेख्ने” भन्ने वाक्यांश चाहिँ मानिसहरूलाई व्यवस्थाको पालना गर्नलाई सक्षम बनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म ती कुराहरूलाई तिनीहरूको हृदयमा पनि राखिदिनेछु” वा “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ἔσομαι αὐτοῖς εἰς Θεόν
“म तिनीहरूले आराधना गर्ने परमेश्वर हुनेछु”
αὐτοὶ ἔσονταί μοι εἰς λαόν
“तिनीहरू मैले वास्ता गर्ने मानिसहरू हुनेछन्”
Hebrews 8:11
यो यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणको निरन्तरता हो ।
οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, γνῶθι τὸν Κύριον
यो प्रत्यक्ष उद्धरणलाई अप्रत्यक्ष उद्धरणका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “आफ्ना छिमेकी र दाजुभाइलाई मलाई चिनाउन तिनीहरूले सिकाउनुपर्ने छैन” (हेर्नुहोस्ः प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)
τὸν πολίτην…τὸν ἀδελφὸν
यी दुवैले सङ्गी इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः प्रतिरूपी)
γνῶθι τὸν Κύριον…πάντες εἰδήσουσίν με
यहाँ “चिन्ने” शब्दले स्वीकार गर्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 8:12
ταῖς ἀδικίαις αὐτῶν
यसले यी अधार्मिक कामहरू गरेका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अधार्मिक कार्य गरेका मानिसहरूलाई” (हेर्नुहोस्ः लक्षणा)
τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι
यहाँ “सम्झना” शब्दले “ केही कुराको बारेमा विचार गर्ने कुरा”लाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9
हिब्रूहरू ०९ सामान्य टिपोटहरू
संरचना र ढाँचा
मन्दिर र त्यसका सबै विधिविधानभन्दा कसरी येशू झन् उत्तम हुनुहुन्छ भनेर यस अध्यायले स्पष्ट पार्दछ । पुरानो करारको सुरुका पाँच पुस्तकका अनुवाद भएका छैनन् भने यो अध्याय बुझ्न कठिन हुन्छ ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
इच्छापत्र
इच्छापत्र भनेको कानुनी दस्तावेज हो जसले कुनै व्यक्तिको मृत्यु भएपछि उसको जग्गाजमिनको के हुनेछ भनेर वर्णन गर्छ ।
रगत
पुरानो करारमा परमेश्वरले इस्राएलीहरूलाई बलिहरू चढाउने आदेश दिनुभएको थियो, र यसरी उहाँले तिनीहरूका पाप क्षमा गर्न सक्नुहुन्थ्यो । तिनीहरूले यी बलिहरू चढाउनुभन्दा पहिले तिनीहरूले जनावरहरू मार्नुपर्थ्यो र ती मारिएका जनावरहरूका मासु र रगत दुवै चढाउनुपर्थ्यो । रगत छर्कने भनेको जनावर वा व्यक्तिलाई मार्ने कुरा जनाउने अलङ्कार हो । येशूले आफैँलाई मार्ने अनुमति मानिसहरूलाई दिनुभयो, र यसरी उहाँले आफ्नो जीवन र रगत बलि चढाउनुभयो । येशूको बलिदान पुरानो करारको बलिदानभन्दा अझ उत्तम बलिदान हो भनेर हिब्रूका लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक अनि करार)
ख्रीष्टको पुनरागमन
येशू मर्नुहुँदा उहाँले सुरु गर्नुभएको काम पूरा गर्न उहाँ फेरि फर्किनुहुने छ, र यसरी परमेश्वरले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुहुनेछ । उहाँको प्रतिक्षा गरेर बस्ने मानिसहरूलाई बचाउने कार्यलाई उहाँले सिध्याउनुहुनेछ । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
पहिलो करार
यसले परमेश्वरले मोशासँग स्थापित गर्नुभएको करारलाई जनाउँछ । तापनि परमेश्वरले यो करार गर्नुअघि, उहाँले अब्राहामसँग करार गर्नुभयो । तर यो करार परमेश्वरले इस्राएलका मानिसहरूसँग गर्नुभएको पहिलो करार थियो । यसलाई तपाईंले “पहिलो करार” वा “सुरुको करार” भनी अनुवाद गर्न सक्नुहुन्छ ।
Hebrews 9:1
पुरानो करारको नियम र पवित्र वासस्थान चाहिँ झन् उत्तम नयाँ करारको तस्बिरहरू मात्र थिए भनेर लेखकले यहूदी विश्वासीहरूलाई स्पष्ट पार्दछन् ।
οὖν
यो शब्दले शिक्षाको नयाँ भाग सुरु गरेको सङ्केत गर्दछ ।
ἡ πρώτη
तपाईंले यसलाई तपाईले हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
εἶχε…δικαιώματα
“विस्तृत मार्गदर्शनहरू थिए” वा “नियमहरू थिए”
Hebrews 9:2
γὰρ
लेखकले हिब्रू ८:७ बाट निरन्तर व्याख्या गर्दै छन् ।
σκηνὴ…κατεσκευάσθη
पवित्र वासस्थान निर्माण गरे र प्रयोगका लागि तयार पारे । यो विचारलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलीहरूले पवित्र वासस्थान तयार पारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ Πρόθεσις τῶν ἄρτων
यी सबै वस्तुहरू विशेष महत्त्वका हुनाले लेखकले उल्लेख गरे र आफ्ना हिब्रू पाठकहरूले यी कुरा बुझ्नेछन् भनी अनुमान गरे ।
ἡ Πρόθεσις τῶν ἄρτων
यसलाई फेरि लेख्न सकिन्छ र यसरी भाववाचक नाम “उपस्थिति” लाई क्रियापदका रूपमा “देखाउने” वा “चढाउने” लेख्न सकियोस् । वैकल्पिक अनुवादः “परमेश्वरको सामु देखाउने रोटी” वा “पूजाहारीले परमेश्वरलाई चढाउने रोटी” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 9:3
μετὰ…τὸ δεύτερον καταπέτασμα
पहिलो पर्दा पवित्र वासस्थानको बाहिरी पर्खाल थियो भने “दोस्रो पर्दा” चाहिँ “पवित्रस्थान” र “महापवित्र स्थान” बीचको पर्दा थियो ।
δεύτερον
यो सङ्ख्या दुईको क्रमागत शब्द हो । (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Hebrews 9:4
ἐν
“करारको सन्दुकको भित्रपट्टि”
ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα
यो हारूनको लौरो हो । परमेश्वरले हारूनलाई आफ्नो पूजाहारी हुन चुन्नुभयो, र यो लौरोमा परमेश्वरले कपिला लाग्न दिनुभयो । परमेश्वरले हारूनलाई पूजाहारी चुन्नुभएको कुरा इस्राएलका मानिसहरूमा उहाँले यो लौरोको कोपिलाद्वारा प्रमाणित गर्नुभयो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἡ βλαστήσασα
“जसबाट पातहरू र फूलहरू पलायो”
αἱ πλάκες τῆς διαθήκης
यहाँ “शिलापटीहरू” भन्नाले ढुङ्गाको पातलो पाटीमा लेखेका कुराहरू त्यसमा थिए । यसले दश आज्ञा लेखिएका ढुङ्गाका पाटीहरूलाई जनाउँछ ।
Hebrews 9:5
Χερουβεὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον
इस्राएलीहरूले करारको सन्दुल बनाउँदा परमेश्वरले सामनेसामने फर्केका दुईवटा करूब बनाउन आदेश दिनुभयो । तिनीहरूका पखेटाहरूले छोएर करारको सन्दुकमाथि बिछ्याएको कृपा आसनलाई ढाकेका हुन्थे । यहाँ तिनीहरूले करारको सन्दुकमा छायाँ पारेका थिए भनेको छ । वैकल्पिक अनुवादः “महिमित करूबहरूले कृपा आसनलाई आफ्ना पखेटाहरूले ढाके”
Χερουβεὶν
यहाँ “करूबिम”को अर्थ भन्नाले करूबका दुई आकारहरू भन्ने हुन्छ । (हेर्नुहोस्ः लक्षणा)
περὶ ὧν οὐκ ἔστιν
यहाँ लेखकले बहुवचन जनाउने शब्द “हामी” प्रयोग गरेका भएतापनि उनले शायद यो शब्द आफैँलाई मात्र जनाउन प्रयोग गरेका हुन सक्छन् । वैकल्पिक अनुवादः “जुन म सक्दिन” (हेर्नुहोस्ः सर्वनामहरू)
Hebrews 9:6
τούτων…οὕτως κατεσκευασμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले यी थोकहरू तयार पारेपछि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 9:7
οὐ χωρὶς αἵματος
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनले सधैँ रगत ल्याउँथे” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
αἵματος
यो प्रधान पूजाहारीले प्रायश्चितको दिनमा बलि चढाउने साँढे र पाठोको रगत हो ।
Hebrews 9:8
τῶν ἁγίων
सम्भावित अर्थहरू हुन् १) पृथ्वीमा भएको पवित्र वासस्थानको भित्री कोठा वा २) स्वर्गमा भएको परमेश्वरको उपस्थिति ।
ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν
सम्भावित अर्थहरू हुन् १) “पवित्र वासस्थानको बाहिरी कोठा यति बेलासम्म खडा नै थियो” वा “पृथ्वीको पवित्र वासस्थान र बलिदान प्रथा यति बेलासम्म चलिरहेको थियो ।” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9:9
ἥτις παραβολὴ
“यो एक तस्बिर थियो” वा “यो एक सङ्केत थियो”
εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα
“अहिलेका लागि”
προσφέρονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन पूजाहारीहरूले अहिले चढाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα
व्यक्तिको विवेक कुनै दोष नभएको झन् झन् उत्तम हुन सक्ने वस्तु जस्तो भएको जस्तो गरी लेखकले भनेका छन् । व्यक्तिको विवेक भन्नाले उसमा भएको ठीक र बेठीकको ज्ञान हो । उसले खराब काम गरेको छ कि छैन भनेर यो उसमा हुने ज्ञान पनि हो । यदि उसले खराब गरेको छ भनेर थाहा पायो भने, हामी भन्दछौँ, उसले दोषी महसुस गरेको छ । वैकल्पिक अनुवादः “आराधकहरूलाई दोषमुक्त गराउन सक्षम भएन” (हेर्नुहोस्ः रूपक)
συνείδησιν…τὸν λατρεύοντα
यहाँ लेखकले एक जना मात्र आराधक भनेका छन्, तर उनले भन्ने खोजेको चाहिँ पवित्र वासस्थानमा आराधना गर्न आउने सबै मानिसका बारेमा हो । (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
Hebrews 9:10
μέχρι καιροῦ διορθώσεως
“परमेश्वरले नयाँ प्रणालीको सृष्टि नगर्नुभएसम्म”
διορθώσεως
“नयाँ करार”
Hebrews 9:11
परमेश्वरको व्यवस्थाको अधीनमा भएको पवित्र वासस्थानको आराधना सेवाका बारेमा स्पष्ट पारेपछि, लेखकले नयाँ करारको ख्रीष्टको आराधना सेवा झन् उत्तम हो भनेर स्पष्ट पार्दछन्, किनभने यसलाई ख्रीष्टको रगतले प्रमाणित गरेको छ । असिद्ध नक्कलको रूपमा रहेको सांसारिक पवित्र वासस्थानमा अरू प्रधान पूजाहारीहरूले गरे जस्तो नभएर ख्रीष्टले त साँचो पवित्र वासस्थान अर्थात् स्वर्गको परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुभएको कारणले पनि यो झन् उत्तम हो ।
ἀγαθῶν
यसले भौतिक थोकहरूलाई जनाउँदैन । यसको अर्थ परमेश्वरले उहाँको नयाँ करारमा प्रतिज्ञा गर्नुभएका असल थोकहरू हुन् ।
τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς
यसले स्वर्गीय पवित्र वासस्थानलाई जनाउँछ, जुन पृथ्वीको पवित्र वासस्थानभन्दा झन् महत्त्वपूर्ण र सिद्ध छ ।
οὐ χειροποιήτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन मानवीय यसलाई बनाएको होइन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χειροποιήτου
यहाँ “हात” शब्दले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “मानवजाति” (हेर्नुहोस्ः उपलक्षण)
Hebrews 9:12
ἅγια
स्वर्गमा भएको परमेश्वरको उस्थितिलाई महापवित्र स्थान, अर्थात् पवित्र वासस्थानमा भएको भित्री कोठा भए झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 9:13
σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους
अशुद्ध मानिसहरूमाथि पूजाहारीले थोरै खरानी छरिदिन्थे ।
πρὸς τὴν τῆς σαρκὸς καθαρότητα
यहाँ “शरीर” शब्दले सम्पूर्ण देहलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूका देहहरूका शुद्धताका लागि” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9:14
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι!
ख्रीष्टको बलिदान सबैभन्दा धेरै शक्तिशाली भयो भनेर जोड दिनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “त्यसो हो भने, जीवित परमेश्वरको सेवा गर्नलाई ख्रीष्टको रगतले हाम्रो विवेकलाई मृत कामहरूबाट निश्चय पनि झन् धेरै शुद्ध पार्दछ ! किनभने अनन्त आत्माद्वारा उहाँले खोटरहित किसिमले परमेश्वरमा आफैँलाई चढाउनुभयो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸ αἷμα τοῦ Χριστοῦ
ख्रीष्टको “रगत” ले उहाँको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
ἄμωμον
यो सानो पाप वा नैतिक पतन हो जुन ख्रीष्टको शरीरमा भएको कुनै सानो, असामान्य दाग वा त्रुटीको रूपमा बताइएको छ । (हेर्नुहोस्ः रूपक)
καθαριεῖ τὴν συνείδησιν ὑμῶν
यहाँ “विवेक” शब्दले व्यक्तिको दोष महसुस हुने कुरा जनाउँछ । विश्वासीहरूले गरेका पापहरूका लागि तिनीहरूले अब फेरि दोषी महसुस गर्नुपर्दैन, किनभने येशूले आफैँलाई बलिदान चढाउनुभयो र तिनीहरूलाई क्षमा गर्नुभयो । (हेर्नुहोस्ः लक्षणा)
καθαριεῖ
यहाँ “शुद्ध पार्नु” शब्दले हामीले गरेको पापको दोषबाट हाम्रो विवेकलाई छुटकारा दिने कार्य जनाउँछ । (हेर्नुहोस्ः रूपक)
νεκρῶν ἔργων
पापपूर्ण कामहरू चाहिँ मृकहरूको संसारको भए झैँ गरी बताइएको छ । (हेर्नुहोस्ः रूपक)
Hebrews 9:15
διὰ τοῦτο
“परिणामस्वरूप” वा “यसले गर्दा”
διαθήκης καινῆς μεσίτης ἐστίν
यसको अर्थ ख्रीष्टले परमेश्वर र मानवजातिका बीचमा नयाँ करारलाई स्थापना गर्नुभयो ।
τῇ πρώτῃ διαθήκῃ
तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων
“पहिलो करारमुनि भएकाहरूको पापहरू लैजानलाई ।” सम्भावित अर्थहरू हुन् १) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको दोषलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दोषलाई लैजान” वा २) यहाँ “तिनीहरूका पापहरू” भनेको तिनीहरूका पापहरूको सजायलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “पहिलो करारमुनि भएकाहरूको पापहरूको दण्ड लैजानलाई” (हेर्नुहोस्ः लक्षणा)
οἱ κεκλημένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले उहाँका छोराछोरीहरू हुनलाई छान्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κληρονομίας
परमेश्वरले विश्वासीहरूका लागि जे कुराको प्रतिज्ञा गर्नुभएको छ, सो कुरा प्राप्त गर्नुचाहिँ परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको पैतृक हक प्राप्त गरेको जस्तै हो भनी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 9:16
διαθήκη
एउटा कानुनी दस्तावेज जसमा कुनै व्यक्तिको मृत्यु भएपछि उसको जग्गाजमिन कसले प्राप्त गर्नेछ भनेर उसले उल्लेख गरेको हुन्छ
θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इच्छपत्र गरेको व्यक्तिको मृत्यु भएको छ भनेर कसैले प्रमाणित गर्नुपर्दछ”
Hebrews 9:18
ὅθεν οὐδ’ ἡ πρώτη χωρὶς αἵματος ἐνκεκαίνισται
यसलाई कर्तृवाच्य र सकारात्मक स्वरूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैले परमेश्वरले पहिलो करार पनि रगतले नै स्थापित गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि दोहोरो नकारात्मक)
πρώτη
तपाईंले यसलाई हिब्रू ८:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
αἵματος
परमेश्वरमा बलिदान चढाइएका जनावरहरूका मृत्यु चाहिँ अरू केही होइन तर रगत हो भनेर बताइएको छ । वैकल्पिक अनुवादः “परमेश्वरमा बलिदान चढाएका जनावरहरूका मृत्यु” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9:19
λαβὼν τὸ αἷμα…μετὰ ὕδατος…τὸ βιβλίον…πάντα τὸν λαὸν, ἐράντισεν
पूजाहारीले हिसपलाई रगत र पानीमा चोपे, र हिसपलाई हल्लाए, र यसरी रगत र पानी व्यवस्थाको पुस्तकमाथि र मानिसहरूमाथि पर्यो । छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यहाँ चर्मपत्र र मानिसहरूको परमेश्वरप्रतिको स्वीकारयोग्यतालाई नवीकरण गरिएको छ । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
ὑσσώπου
गर्मीयाममा फूल फुल्ने काठ हुने वनस्पति, जसको सांस्कारिक रूपमा छर्किने कार्यमा प्रयोग हुन्थ्यो
Hebrews 9:20
τὸ αἷμα τῆς διαθήκης
करारको आवश्यकता पूरा गर्न बलिदान चढाइएका जनावरहरूका मृत्युलाई “रगत”ले जनाँछ । वैकल्पिक अनुवादः “करारलाई प्रभावकारी बनाउने रगत” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9:21
ἐράντισεν
“मोशाले छर्के”
ἐράντισεν
छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थिए, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले हिब्रू ९:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
πάντα τὰ σκεύη τῆς λειτουργίας
भाँडा भन्नाले कुनै थोक हाल्ने सामान हो । यहाँ कुनै पनि किसिमका भाँडाकुँडा वा औजारलाई जनाउँछ । वैकल्पिक अनुवादः “आराधनामा प्रयोग हुने सबै भाँडाकुँडाहरू”
τῆς λειτουργίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीले आफ्ना काममा प्रयोग गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ αἵματι
यहाँ पशुको “रगत”ले पशुको मृत्युको बारेमा कुरा गरिरहेको छ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 9:22
σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται
कुनै थोक परमेश्वरलाई ग्रहणयोग्य तुल्याउने कुरालाई त्यो कुरालाई शुद्ध पार्ने कुरा जस्तो हो भनी लेखकले भनेका छन् । यो विचारलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “करिब हरेक थोक शुद्ध पार्नका लागि पूजाहारीले रगतको प्रयोग गरे” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
χωρὶς αἱματεκχυσίας, οὐ γίνεται ἄφεσις
यहाँ “रगत बगाउने” भन्नाले परमेश्वरमा बलिदानका रूपमा कुनै कुरा मर्नुपर्छ भन्ने हो । दोहोरो नकारात्मकको अर्थ रगत बगाएपछि सम्पूर्ण क्षमा हुन्छ । वैकल्पिक अनुवादः “बलिदान रूपमा कुनै थोक मर्यो भने मात्र क्षमा हुन्छ” वा “बलिदान रूपमा कुनै थोक मर्यो भने मात्र परमेश्वरले क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि दोहोरो नकारात्मक)
ἄφεσις
अस्पष्ट अर्थलाई तपाईंले स्पष्ट पारेर लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूका पापको क्षमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 9:23
ख्रीष्टले (यति बेला हाम्रा लागि स्वर्गमा मध्यस्थबिन्ती चढाउँदै हुनुहुन्छ) पापका लागि एकपल्ट मात्र मर्नुपर्यो, र उहाँ फेरि दोस्रोपल्ट यस पृथ्वीमा फर्केर आउनुहुन्छ भनेर लेखकले जोड दिन्छन् ।
τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गमा भएका थोकहरूको नक्कलहरूलाई शुद्ध पार्नका लागि पूजाहारीहरूले यी जनावरका बलिदानको प्रयोग गर्नुपर्दछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας
यसको अर्थ पृथ्वीका नक्कलहरूलाई शुद्ध पार्नका लागि प्रयोग भएको भन्दा झन् उत्तम हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गका थोकहरू आफ्नै लागि, परमेश्वरले झन् उत्तम बलिदानहरूले शुद्ध पार्नु आवश्यक थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 9:24
χειροποίητα…ἅγια
यहाँ “हातद्वारा” को अर्थ “मानिसहरूद्वारा” हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले बनाएका महापवित्र स्थान” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)
τῶν ἀληθινῶν
“साँचो महापवित्रस्थानको”
Hebrews 9:25
οὐδ’
“तिनी स्वर्गमा प्रवेश गर्नुभएन”
κατ’ ἐνιαυτὸν
“प्रत्येक वर्ष” वा “वर्षैपिच्छे”
ἐν αἵματι ἀλλοτρίῳ
बलि चढाएको जनावरको रगत लिएर, तिनको आफ्नै रगत होइन
Hebrews 9:26
ἐπεὶ
“यदि उहाँले बारम्बार आफैँलाई चढाउनुपरेको भए”
εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ
पापलाई हटाउने कुराले परमेश्वरले त्यसलाई माफ गरिदिनुभएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “आफैँलाई बलिदान दिनुभएर परमेश्वरलाई पापहरू माफ गर्नुहुने तुल्याउन” वा “आफैँलाई बलिदान गर्न ताकि परमेश्वरले पापलाई क्षमा गर्न सक्नुभएको होस्” (हेर्नुहोस्ः रूपक)
Hebrews 9:28
ὁ Χριστός ἅπαξ προσενεχθεὶς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले एकचोटिको लागि आफैँलाई बलिदान चढाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἰς τὸ…ἀνενεγκεῖν ἁμαρτίας
हाम्रा पापको दोषी महसुस गर्नुको साटोमा हामीलाई निर्दोष बनाउने काममा हाम्रा पाप कुनै भौतिक वस्तु हो, जसलाई ख्रीष्टले बोकेर हामीबाट हटाइदिनुहुन्छ । वैकल्पिक अनुवादः “यसरी परमेश्वरले पाप क्षमा गर्न सक्नुभएको होस्” (हेर्नुहोस्ः रूपक)
τὸ…ἁμαρτίας
यहाँ “पाप” भन्नाले मानिसहरूले पाप गरेको हुनाले तिनीहरूले परमेश्वरको सामु दोषी महसुस गरेको कुरा हो । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 10
हिब्रूहरू १० सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो अध्यायमा, लेखकले मन्दिरमा चढाउने गरेको बलिदानभन्दा येशूको बलिदान झन् उत्तम कसरी हो भन्ने कुरालाई स्पष्ट पारेर सिध्याउँछन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १०:५-७, १५-१७, ३७-३८ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरको इन्साफ र इनाम
ख्रीष्टिएनहरूका लागि पवित्र जीवन बिताउने कुरा महत्त्वपूर्ण हुन्छ । मानिसहरूले आफ्नो ख्रीष्टिएन जीवन जसरी बिताउने गर्दछन्, त्यसका लागि परमेश्वरले तिनीहरूबाट हिसाब लिनुहुन्छ । ख्रीष्टिएनहरूका लागि अनन्त दण्डाज्ञा नभए तापनि, अधार्मिक कार्यहरूका लागि दुष्परिणाम भने अवश्य भोग्नुपर्ने छ । साथै, विश्वासयोग्य जीवन बिताउनेहरूले इनाइ पाउने छन् । (हेर्नुहोस्ः पवित्र, पवित्रता, ईश्वरीय, ईश्वरभक्ति अनि विश्वासयोग्य, विश्वासयोग्यता अनि इनाम, पुरस्कार, योग्य)
यस अध्यामा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू
“किनभने साँढे र बोकाहरूका रगतले पाप हटाउन असम्भव छ”
बलिदान आफैँमा बचाउने शक्ति हुँदैन । ती विश्वासका प्रदर्शन भएको हुनाले प्रभावकारी हुन्थे, जुन बलिदान चढाउने व्यक्तिका लागि फाइदा हुन्थ्यो । आखिरमा यी बलिदानलाई “पाप हटाउन” सक्षम बनाउने कार्य येशूको बलिदानले गर्यो । (हेर्नुहोस्ः उद्धार गर्नु, उद्धार, उद्धारकर्ता अनि विश्वास)
“मैले स्थापित गर्ने करार”
लेखकले लेख्दै गर्दा यो अगमवाणी पूरा भएको थियो कि यो पछि पूरा हुन आउने कुरा थियो भन्ने चाहिँ स्पष्ट छैन । अनुवादकले यो करार सुरु हुने समय स्पष्ट पार्न आवश्यक हुँदैन । (हेर्नुहोस्ः अगमवक्ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि करार)
Hebrews 10:1
लेखले व्यवस्था र त्यसका बलिदानहरू कमजोरी दर्शाउँछन्, परमेश्वरले किन व्यवस्था दिनुभयो, अनि नयाँ पूजाहारीपन र ख्रीष्टको बलिदानको सिद्धतालाई स्पष्ट तुल्याउने कार्य गर्दछन् ।
σκιὰν…ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν
यसले व्यवस्थालाई छायाँ हो भनेको छ । लेखकले भन्न खोजेको कुरा व्यवस्था परमेश्वरले प्रतिज्ञा गर्नुभएको असल कुरा होइन । यसले परमेश्वरले गर्न लाग्नुभएको असल कुराको सङ्केत मात्र दिन्छ । (हेर्नुहोस्ः रूपक)
οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων
“आफैँमा वास्तविक थोकहरू होइन”
κατ’ ἐνιαυτὸν
“हरेक वर्ष”
Hebrews 10:2
οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι
ती बलिदानका शक्ति सिमित थियो भन्ने कुरामा जोड दिनका लागि लेखकले एउटा प्रश्न प्रयोग गर्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ती बलिदान चढाउन छोडेको हुनुपर्थ्यो ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐπαύσαντο
“हुन रोकिएको”"stopped being
τοὺς λατρεύοντας…κεκαθαρισμένους
यहाँ शुद्ध हुने थिए भन्नाले पापका लागि फेरि दोषी महसुस गर्ने थिएनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “बलिदानले तिनीहरूका पाप हटाउने थियो” वा “परमेश्वरले तिनीहरूलाई फेरि पापको दोषी तुल्याउनुहुने थिएन” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν
“आफू पापका लागि दोषी भएको विचार तिनीहरूले फेरि कदापि गर्ने थिएनन्” वा “तिनीहरू अब पापका लागि दोषी छैनन् भनी जान्ने थिए”
Hebrews 10:4
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας
पाप भन्ने कुरा जनावरका रगतले त्यो बहँदै गर्दा बगाएर लैजाने वस्तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “किनभने साँढे र बोकाहरूका रगतले परमेश्वरलाई पाप क्षमा गर्ने तुल्याउन असम्भव छ” (हेर्नुहोस्ः रूपक)
αἷμα ταύρων καὶ τράγων
यहाँ “रगत” ले परमेश्वरमा बलि चढाउँदा यी जनावर मर्ने कुरा जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 10:5
उहाँ यस पृथ्वीमा हुनुहुँदा ख्रीष्टले बोल्नुभएका वचनहरूका बारेमा दाऊदको भजनबाटको यस उद्धरणमा भविष्यवाणी भएको थियो ।
οὐκ ἠθέλησας
यहाँ “तपाईं” शब्द एकवचन हो र यसले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
σῶμα…κατηρτίσω
“तपाईंले एउटा देह तयार राख्नुभएको छ”
Hebrews 10:7
τότε εἶπον
यहाँ “मैले” शब्दले ख्रीष्टलाई जनाउँछ ।
Hebrews 10:8
शब्दहरूमा अलकति बद्लेर लेखकले जोड दिनका लागि दाऊदको भजनबाट यी उद्धरण दोहोर्याएका छन् ।
θυσίας…προσφορὰς
तपाईंले यी शब्दहरूलाई हिब्रू १०:५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ὁλοκαυτώματα…περὶ ἁμαρτίας
तपाईंले यस्तै समान शब्दहरूलाई हिब्रू १०:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
αἵτινες…προσφέρονται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई पूजाहारीहरूले चढाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 10:9
ἰδοὺ
“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”“हेर” वा “सुन” वा “मैले तिमीलाई भन्न लागेको कुरामा ध्यान देऊ”
ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ
यहाँ भएको भाववाचक नाम “अभ्यास”ले पापको प्रायश्चित गर्ने तरिकालाई जनाउँछ । यो प्रचलन रोक्ने कुरालाई हटाउन सक्ने कुनै वस्तु भएको जस्तो गरी लेखकले भनेका छन् । पापको प्रायश्चितको दोस्रो तरिका सुरु गर्ने कुरालाई त्यो कुरा स्थापित गर्ने जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “दोस्रो तरिकाले पापको प्रायश्चित गर्नका उहाँले पहिलो तरिकाले पापको प्रायश्चित गर्न रोकिदिनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम अनि रूपक)
τὸ πρῶτον…τὸ δεύτερον
यी शब्द “पहिलो” र “दोस्रो” क्रमागत नम्बर हुन् । वैकल्पिक अनुवादः “पुरानो प्रचलन ... नयाँ प्रचलन” (हेर्नुहोस्ः क्रमसङ्ख्याहरू)
Hebrews 10:10
ἡγιασμένοι ἐσμὲν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई शुद्ध पार्नुभएको छ” वा “परमेश्वरले हामीलाई उहाँमा अर्पित गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ
भाववाचक नाम “बलिदान” लाई “बलि चढाउने” वा “बलि गर्ने” भनेर क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्टले आफ्नो शरीरलाई बलिदानका रूपमा चढाउनुभएको हुनाले” वा “किनभने येशू ख्रीष्टले उहाँको शरीर बलि चढाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 10:11
καθ’ ἡμέραν
“दिनैपिच्छे” वा “हरेक दिन”
οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας
“पाप” कुनै व्यक्तिले ठाउँ सार्न सक्ने वस्तु भएको जस्तो गरी यसले भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरलाई पाप क्षमा गर्ने कदापि तुल्याउन सक्दैन” (हेर्नुहोस्ः रूपक)
Hebrews 10:12
ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ
यहाँ “दाहिने बाहुलीपट्टि” बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले हिब्रू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँ परमेश्वरको छेउमा सम्मान र अधिकारको स्थानमा बस्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Hebrews 10:13
ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ
ख्रीष्टका शत्रुहरूका अपमानका बारेमा तिनीहरू उहाँका खुट्टा अड्याउने वस्तु भए जस्तो गरी तिनीहरूका बारेमा लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ख्रीष्टका शत्रुहरूलाई अपमानित नतुल्याउन्जेल र तिनीहरू उहाँका पाउदान जस्ता नहोउन्जेल” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 10:14
τοὺς ἁγιαζομένους
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसलाई परमेश्वरले शुद्ध पार्दै हुनुहुन्छ ।” वा “तिनीहरू जसलाई परमेश्वरले आफ्नै निम्ति अर्पित गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 10:15
यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण हो ।
Hebrews 10:16
πρὸς αὐτοὺς
“मेरा मानिसहरूसँग”
μετὰ τὰς ἡμέρας ἐκείνας
“मेरा मानिसहरूसँगको पहिलो करारको समय सकिएपछि”
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν
यहाँ “हृदय” भनेको व्यक्ति भित्री मानिसको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूको हृदयमा राखिदिनेछु” भन्ने वाक्यांश चाहिँ मानिसहरूलाई व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म तिनीहरूलाई मेरो व्यवस्थाको पालना गर्नलाई सक्षम तुल्याउनेछु” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Hebrews 10:17
यो पुरानो करारका यर्मिया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणको निरन्तरता हो ।
τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, οὐ μὴ μνησθήσομαι ἔτι
“म तिनीहरूका पापहरू र दुष्कर्महरू फेरि कहिल्यै याद गर्नेछैन ।” वा “म तिनीहरूका पापहरू र दुष्कर्महरूका बारेमा फेरि कहिल्यै विचार गर्नेछैन ।” यो पवित्र आत्माको गवाहीको दोस्रो भाग हो (हिब्रू १०:१५-१६) । पद १६ को अन्त्यमा उद्धरणलाई टुङ्ग्याएर र यहाँ नयाँ उद्धरणलाई सुरु गरेर तपाईंले यसलाई अनुवादमा स्पष्ट तुल्याउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसपछि फेरि उहाँले भन्नुभयो, ‘तिनीहरूले पापहरू र दुष्कर्महरू म फेरि कदापि स्मरण गर्नेछैन ।’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν
“पापहरू” र “दुष्कर्महरू” शब्दका मूलभूत अर्थ एउटै हो । पाप कति खराब छ भन्ने कुरालाई ती दुवै मिलेर जोड दिँदछन् । वैकल्पिक अनुवादः “तिनीहरूले गरेका निषेधित कुराहरू र कसरी तिनीहरूले व्यवस्थालाई तोडे” (हेर्नुहोस्ः प्रतिरूपी)
Hebrews 10:18
δὲ
“यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यसलाई प्रयोग गरिएको छ । यसको अर्थ “यो बेला” भन्ने होइन ।
ὅπου…ἄφεσις
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “क्षमा” लाई क्रियापदका रूपमा “क्षमा गर्ने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “जब परमेश्वरले यी कुरालाई क्षमा गर्नुभएको हुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)
οὐκέτι προσφορὰ περὶ ἁμαρτίας
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “बलिदान” लाई क्रियापदका रूपमा “बलिदान चढाउने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “मानिसहरूले पापका लागि फेरि बलिदान चढाउन पर्नेछैन” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 10:19
पापका एउटै मात्र बलिदान छ भनेर स्पष्ट पारेपछि, लेखकले मन्दिरको महापवित्र स्थानमा भएका थोकहरूका बारेमा निरन्तर कुरा गर्छन् जुन स्थानमा पापका लागि चढाएको बलिदानको रगत लिएर प्रधान पूजाहारी मात्र त्यहाँभित्र वर्षमा एकचोटी प्रवेश गर्न सक्दछन् । अब विश्वासीहरू आफैँ महापवित्र स्थानमा खडा भए झै गरी तिनीहरूले परमेश्वरको आराधना गर्न सक्दछन् भनी लेखकले तिनीहरूलाई स्मरण गराउँदछन् ।
ἀδελφοί
यहाँ “भाइहरू” शब्दले पुरुष र स्त्री दुवै ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “भाइहरू र बहिनीहरू” वा “विश्वासी प्रियजनहरू” (हेर्नुहोस्ः रूपक अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
τῶν ἁγίων
यहाँ यसको अर्थ परमेश्वरको उपस्थिति हो, यसले पुरानो करारको पवित्र वासस्थानमा भएको महापवित्र स्थानलाई जनाउँदैन । (हेर्नुहोस्ः रूपक)
ἐν τῷ αἵματι Ἰησοῦ
यहाँ “येशूको रगत” ले येशूको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 10:20
ὁδὸν…ζῶσαν
सम्भावित अर्थहरू हुन् १) यो येशूले उपलब्ध गराउनुभएको परमेश्वरकहाँ जाने नयाँ मार्ग हो, जसको परिणामस्वरूप विश्वासीहरू सदासर्वदा जिउने छन् वा २) येशू जीवित हुनुहुन्छ र उहाँको बाट भएर विश्वासीहरू परमेश्वरको उपस्थितिमा प्रवेश गर्दछन् ।
διὰ τοῦ καταπετάσματος
पार्थिव मन्दिरमा भएको पर्दाले मानिसहरू र परमेश्वरको साँचो उपस्थितिलाई अलग गरिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
τῆς σαρκὸς αὐτοῦ
यहाँ “शरीर” शब्दले येशूको शरीरलाई जनाउँछ र उहाँको शरीरले उहाँले गर्नुभएको बलिदानीपूर्ण मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँको मृत्युद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 10:21
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ
यस अनुवाद यस्तो किसिमले होस्, ताकि यो “महान् पूजाहारी” येशू नै हुनुहुन्छ भनी स्पष्ट होस् ।
ἐπὶ τὸν οἶκον
“घरको रेखदेखमा”
τὸν οἶκον τοῦ Θεοῦ
यसले परमेश्वरका मानिसहरू साँच्चैका घर हुन जस्तो गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरका सबै मानिसहरू” (हेर्नुहोस्ः रूपक)
Hebrews 10:22
προσερχώμεθα
यहाँ “नजिक जाने” भन्नाले परमेश्वरको आराधना गर्ने कुरा जनाउँछ, जस्तो पूजाहारी परमेश्वरको वेदीमा पशु बलि चढाउन उहाँकहाँ जान्छन् । (हेर्नुहोस्ः लक्षणा)
μετὰ ἀληθινῆς καρδίας
“विस्वासयोग्य हृदयले” वा “इमानदार हृदयले ।” यहाँ “हृदय” शब्दले विश्वासीहरूमा हुने साँचो इच्छा र प्रेरणालाई जनाउँछ । वैकल्पिक अनुवादः “सच्चा हृदयले” वा “इमानदार तवरले” (हेर्नुहोस्ः लक्षणा)
ἐν πληροφορίᾳ πίστεως
“विश्वासको दृढतासाथ” वा “पूर्ण रूपमा येशूमा भर परेर”
ῥεραντισμένοι τὰς καρδίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्नो रगतले हाम्रो हृदय शुद्ध पार्नुभएको जस्तो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ῥεραντισμένοι τὰς καρδίας
यहाँ “हृदय” ले विवेक अर्थात् असल र खराबको सचेतनालाई जनाउँछ । शुद्ध हुने कुराले क्षमा भएको कुरा र धार्मिकताको अवस्था प्रदान गरिएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
ῥεραντισμένοι
छर्कने काम पूजाहारीले गरेका साङ्केतिक काम थियो, जसद्वारा तिनीहरूले करारका फाइदाहरूलाई मानिसहरू र थोकहरूमाथि प्रयोग गरे । यसलाई तपाईंले हिब्रू ९:१९ मा कसरी प्रयोग गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले हाम्रा शरीरलाई शुद्ध पानीले धोइदिनुभएको थियो जस्तो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ
यदि यो वाक्यले ख्रीष्टिएन बप्तिस्मालाई जनाएको हो भनेर अनुवादकले बुझेका छन् भने “पानी” साँच्चिकै पानी हो र यसको साङ्केतिक छैन । तर यदि यो पानीलाई साँच्चिकै पानीको रूपमा लिने हो भने, “शुद्ध” शब्दले यहाँ उल्लेखित बप्तिस्माले ल्याउने आत्मिक शुद्धतालाई जनाउने साङ्केतिक अर्थ दिन्छ । “धुने” कुराले विश्वासीहरूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने कुरा जनाउँछ । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
Hebrews 10:23
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος
यहाँ “बलियोसँग” शब्द कुनै व्यक्तिले केही कुरा गर्ने वा नगर्ने भनी दृढतासाथ निर्णय गर्ने कुरा जनाउने अलङ्कार हो । यहाँ प्रयोग भाववाचक नामहरू “स्वीकार” र “आशा” लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरबाट दृढतापूर्वक आशा गरेको कुराहरूलाई हामी निरन्तर स्वीकार गर्ने निर्णय गरौँ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
ἀκλινῆ
केही कुराको बारेमा अनिश्चित हुने कुरा चाहिँ कोही व्यक्ति यताउता धर्मराइरहेको भए झैँ गरेर बताइएको छ । वैकल्पिक अनुवादः “अनिश्चित नभइकन” वा “शङ्का नगरिकन” (हेर्नुहोस्ः रूपक)
Hebrews 10:25
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν
आराधना गर्न भेला हुने मानिसहरूका बारेमा तपाईंले स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामी आराधनामा एकसाथ भेला हुन नछोडौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν
भविष्यको समय कुनै वस्तु हो र त्यो वक्ताको नजिक आउँदै छ जस्तो गरी लेखकले भनेका छन् । यहाँ “दिन” शब्दले येशू फेरि दोस्रोपल्ट आउने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्ट फेरि दोस्रोपल्ट चाँडै नै आउने कुराका बारेमा तिमीहरू जान्दछौ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Hebrews 10:26
लेखकले अब उनको चौथो चेतावनी दिन्छन् ।
ἑκουσίως…ἁμαρτανόντων ἡμῶν
“हामी जान्दछौँ कि हामी पाप गर्दैछौँ तर पनि हामी अझै अनि अझै गर्छौँ”
μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας
सत्यताको ज्ञानको बारेमा यो कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिन सक्ने एउटा वस्तु भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हामीले सत्यताको बारेमा सिकेपछि” (हेर्नुहोस्ः रूपक)
τῆς ἀληθείας
परमेश्वरको बारेमा सत्यता । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία
कसैले पनि नयाँ बलिदान दिन सक्षम हुँदैन, किनभने यो कार्य गर्न ख्रीष्टको बलिदान मात्र पर्याप्त छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रा पाप क्षमा गर्नका लागि कसैले पनि बलिदान चढाउन सक्दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
περὶ ἁμαρτιῶν…θυσία
यहाँ “पापका लागि बलिदान” भन्नाले “पाप हटाउनका लागि जनावर बलिदान चढाउने प्रभावकारी तरिकालाई जनाउँछ ।”
Hebrews 10:27
κρίσεως
परमेश्वरको न्यायको, यसको अर्थ परमेश्वरले न्याय गर्नुहुनेछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους
परमेश्वरको क्रोधको बारेमा त्यो उहाँका शत्रहरूलाई भष्म पार्ने आगो हो जस्तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 10:28
δυσὶν ἢ τρισὶν μάρτυσιν
यसको अर्थ हुन्छ, “कम्तीमा दुई वा तीन साक्षीहरूको ।” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 10:29
πόσῳ δοκεῖτε χείρονος, ἀξιωθήσεται τιμωρίας, ὁ…τῆς χάριτος ἐνυβρίσας!
ख्रीष्टलाई इन्कार गर्नेहरू लागि भएको दण्डको कठोरता बारेमा लेखकले जोड दिन्छन् । वैकल्पिक अनुवादः “यो गम्भीर दण्ड थियो । तर ... दण्ड झन् बढी कठोर होला !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας
ख्रीष्टलाई बेवास्ता गर्ने र उहाँलाई गिल्ला गर्न कुरालाई उहाँलाई खुट्टाले कुल्चने कुराजस्तो लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको पुत्रलाई इन्कार गरेको छ” (हेर्नुहोस्ः रूपक)
τὸν Υἱὸν τοῦ Θεοῦ
यो येशूको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος
यसले कुनै व्यक्तिले परमेश्वरको पुत्रलाई कुल्चेको दर्शाउँछ । वैकल्पिक अनुवादः “करारको रगतलाई अपवित्र झैँ व्यवहार गरेर”
τὸ αἷμα τῆς διαθήκης
यहाँ “रगत” शब्दले ख्रीष्टको मृत्युलाई जनाउँछ, जसद्वारा परमेश्वरले नयाँ करार स्थापित गर्नुभयो । (हेर्नुहोस्ः लक्षणा)
τὸ αἷμα…ἐν ᾧ ἡγιάσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पमेश्वरले उसलाई पवित्र तुल्याउनुभएको रगत” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ Πνεῦμα τῆς χάριτος
“अनुग्रह गर्नुहुने परमेश्वरको आत्मा”
Hebrews 10:30
यहाँ भएको “हामी” शब्दले लेखक र विश्वासीहरूलाई जनाउँछ । यी दुई उद्धरण पुरानो करारको मोशाको व्यवस्थाबाट लिइएको हो । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἐμοὶ ἐκδίκησις
बदला भन्ने कुरा परमेश्वरसँग भएको कुनै थोक हो जस्तो गरी लेखकले भनेका छन् । परमेश्वरलाई उहाँसँग भएका थोकका बारेमा जेसुकै गर्ने अधिकार छ । परमेश्वरलाई उहाँका शत्रुहरूसँग बदला लिने अधिकार छ । (हेर्नुहोस्ः रूपक)
ἐγὼ ἀνταποδώσω
कसैले अरूका विरुद्धमा गरेका हानि पुर्याउने कामका बदला लिएको जस्तो गरी परमेश्वरले लिनुहुने बदलाको कुरा गरेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 10:31
τὸ ἐμπεσεῖν εἰς χεῖρας
परमेश्वले दिनुहुने दण्ड पूरा रूपले पाउने कुरालाई परमेश्वरको हातमा पर्ने भनेको हो । यहाँ “हात” शब्दले न्याय गर्ने परमेश्वरको शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले दिनुहुने दण्ड पूरा रूपले प्राप्त गर्नु” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Hebrews 10:32
τὰς πρότερον ἡμέρας
“विगतको समय”
φωτισθέντες
सत्यता सिकेका कुरालाई परमेश्वरले त्यस व्यक्तिमा ज्योति चम्काइदिनुभएको जस्तो हो भनी लेखकले भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टका बारेमा सत्यता सिकेपछि” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
“तिमीहरूले कति धेरै दुःख सहनुपर्यो”
Hebrews 10:33
ὀνειδισμοῖς…καὶ θλίψεσιν θεατριζόμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई सार्वजनिक ठाउँमा अपमान गरे र सताए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κοινωνοὶ τῶν…γενηθέντες
“तिमीहरू तिनीहरूसँग सम्मिलित भयौ”
Hebrews 10:34
κρείσσονα ὕπαρξιν, καὶ μένουσαν
परमेश्वरले दिनुहुने अनन्तको आशिषलाई “सम्पत्ति” हो भने झैँ गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 10:35
हिब्रू १०:३७ मा पुरानो करारका यशैया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरण छ ।
μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν
आत्मविश्वास नभएको व्यक्तिका बारेमा कसैले काम नलाग्ने फोहर फाले झैँ उक्त व्यक्तिले आत्मविश्वासलाई टाढा फालिदिएको जस्तो हो गरी लेखकले भनेका छन् । भाववाचक नाम “आत्मविश्वास” लाई विशेषण “आत्मविश्वासी” वा क्रिया विशेषण “निश्चित तरिकाले” भनी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्मविश्वासी हुन नछोड, किनभने आत्मविश्वासी हुनाले तिमीहरूले ठूलो इनाम पाउने छौ” वा “आत्मविश्वासी भएर परमेश्वरमा भर पर्न नछोड, जसले तिमीहरूलाई ठूलो इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
Hebrews 10:37
ἔτι γὰρ μικρὸν ὅσον, ὅσον
तपाईंले यसलाई स्पष्ट पार्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जस्तो परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको छ, ‘किनभने एकदमै कम क्षणमा’ (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔτι…μικρὸν ὅσον, ὅσον
“धेरै चाँडो”
Hebrews 10:38
हिब्रू १०:३८ मा लेखकले हबकुक अगमवक्ताको पुस्तकबाट उद्धरण लिएका छन्, जुन १०:३७ मा यशैया अगमवक्ताको पुस्तकबाट लिएको उद्धरणपछि तुरुन्तै सुरु हुन्छ ।
ὁ…δίκαιός μου…ἐὰν ὑποστείληται…ἐν αὐτῷ
यी कुराले सामान्यतया परमेश्वरका कुनै पनि मानिसलाई जनाउँछन् । वैकल्पिक अनुवादः “मेरा विश्वासयोग्य मानिसहरू ... यदि तिनीहरूमध्ये कोही पनि फर्कन्छ भने ... त्यस व्यक्तिसँग” वा “मेरा विश्वासयोग्य मानिसहरू ... यदि तिनीहरू फर्कन्छन् भने ... तिनीहरूसँग” (हेर्नुहोस्ः नाम प्रयोग भएका आम वाक्यांशहरू)
ὁ…δίκαιός μου…εὐδοκεῖ
यहाँ “मेरो” र “म” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
ὑποστείληται
उसले गरिरहेको असल थोक गर्न छोड्छ भने
Hebrews 10:39
ὑποστολῆς εἰς ἀπώλειαν
साहस र विश्वास गुमाउने व्यक्ति चाहिँ केही थोकसँग डराएर पछाडि हटेको जस्तै गरी बताइएको छ । अनि “विनाश” भनेको चाहिँ पुग्न सक्ने कुनै ठाउँ भएजस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “जसले परमेश्वरमा भरोसा गर्न छोड्दछ, जुन कुराले उहाँले हामीलाई नाश गर्ने तुल्याउनेछ” (हेर्नुहोस्ः रूपक)
εἰς περιποίησιν ψυχῆς
अनन्तसम्म परमेश्वरसँग बस्ने कुरालाई लेखकले कसैको आत्मालाई बचाइराख्ने कुरा भनेका छन् । यहाँ “प्राण” भन्नाले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जुन कुराले हामीलाई सदासर्वदा परमेश्वरको साथमा बस्न योग्य तुल्याउँछ” (हेर्नुहोस्ः रूपक अनि उपलक्षण)
Hebrews 11
हिब्रूहरू ११ सामान्य टिपोटहरू
संरचना
विश्वास के हो, सो कुरा भनेर लेखकले यो अध्याय सुरु गर्दछन् । अनि विश्वास गरेका धेरै मानिस र उनीहरूले कसरी जीवन बिताए भन्ने कुराको उदारण लेखकले दिन्छन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण अलङ्कारहरू
विश्वास
पुरानो र नयाँ दुवै करारमा परमेश्वरले विश्वास आवश्यक ठान्नुहुन्छ । विश्वास भएका केही मानिसहरूले आश्चर्यकर्महरू गरे र धेरै शक्तिशाली थिए । विश्वास भएका अन्य मानिसहरूले ठूलाठूला दुःख भोगे ।
Hebrews 11:1
यो छोटो परिचयमा लेखकले विश्वासका बारेमा तीन कुरा भन्दछन् ।
δὲ
यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखकले “विश्वास”को अर्थ स्पष्ट पार्न सुरु गर्दछन् ।
ἔστιν…πίστις ἐλπιζομένων ὑπόστασις
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामीसँग विश्वास हुन्छ, हामीले आशा गरेको थोकहरूका बारेमा हामी निश्चित हुन्छौँ” वा “विश्वास नै हो जसले कुनै व्यक्तिलाई केही निश्चित थोकहरूलाई निश्चयतासँग अपेक्षा गर्न दिन्छ”
ἐλπιζομένων
यहाँ यसले परमेश्वरको पक्का प्रतिज्ञालाई, अर्थात् विशेष रूपले येशूमा भएका सबै विश्वासी सदासर्वदा परमेश्वरसँग स्वर्गमा वास गर्नेछन् भन्ने कुराको निश्चयतालाई जनाउँछ ।
πραγμάτων ἔλεγχος οὐ βλεπομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले अझैसम्म नदेखेका कुराहरू” वा “अझैसम्म देखा नभएका कुराहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 11:2
ἐν ταύτῃ γὰρ
“किनभने अझैसम्म हुन नआएका कुरा हुने छन् भन्ने कुराका बारेमा तिनीहरू पक्का थिए”
ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरूले विश्वास गरेका हुनाले परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἱ πρεσβύτεροι
लेखकले हिब्रूहरूका पूर्खाहरूका बारेमा हिब्रूहरूसँग कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “हाम्रा पूर्खाहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 11:3
κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले ब्रह्माण्डलाई अस्तित्वमा आउने हुकुम गर्नुभइ त्यो सृष्टि गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸ μὴ ἐκ φαινομένων, τὸ βλεπόμενον γεγονέναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा आँखाले जे देख्न सक्दछौँ, ती कुराको सृष्टि परमेश्वरले दृश्य थोकहरूबाट गर्नुभएन”
Hebrews 11:4
अब लेखकले धेरै मानिसका (धेरैजसो पुरानो करारको लेखहरूबाट) उदाहरण दिन्छन्, जो विश्वासले जिएका थिए, यद्यपि तिनीहरू यस पृथ्वीमा बाँचेको समयमा परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरूले प्राप्त गरेनन् ।
ἐμαρτυρήθη εἶναι δίκαιος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई धर्मी घोषणा गर्नुभयो” वा “हाबिल धर्मी हुन् भनी परमेश्वरले घोषणा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔτι λαλεῖ
धर्मशास्त्र र हाबिलका विश्वासका बारेमा सिक्न सक्ने कुरालाई अझ पनि हाबिल आफैँ बोलेका हुन् भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “हाबिलले जे गरे सो कुराबाट हामीले अझै पनि सक्न सक्दछौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 11:5
πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वासले गर्दा हनोकको मृत्यु भएन किनभने परमेश्वरले तिनलाई लानुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἰδεῖν θάνατον
मृत्यु कुनै वस्तु हो, जसलाई मानिसहरूले देख्न सक्छन् भने जस्तो गरी लेखकले भनेका छन् । यसको अर्थ मृत्युको अनुभव गर्नु हो । वैकल्पिक अनुवादः “मृत्यु हुनु” (हेर्नुहोस्ः रूपक)
πρὸ…τῆς μεταθέσεως
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई लानुभन्दा अगि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “हनोकले परमेश्वरलाई खुशी पारेका कुरा परमेश्वरले भन्नुभयो” वा २) “हनोकले परमेश्वरलाई खुशी पारेका कुरा मानिसहरूले भने ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 11:6
χωρὶς δὲ πίστεως
यहाँ “अब” शब्दलाई “यो बेला” भन्ने अर्थमा होइन, तर यसपछि आउन लागेको महत्त्वपूर्ण बुँदामा ध्यान एकाग्र गराउनका लागि यहाँ “अब” शब्दको प्रयोग भएको हो ।
χωρὶς…πίστεως, ἀδύνατον εὐαρεστῆσαι
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्यो भने मात्र उसले परमेश्वरलाई प्रसन्न पार्न सक्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
τὸν προσερχόμενον τῷ Θεῷ
परमेश्वरको आराधना गर्ने इच्छा गर्नु र उहाँको प्रिय हुने त्यो व्यक्ति साँच्चै नै परमेश्वरकहाँ गएको जस्तो हो भनी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्ति जो परमेश्वरको हुन चाहन्छ” (हेर्नुहोस्ः रूपक)
τοῖς ἐκζητοῦσιν…μισθαποδότης γίνεται
“उहाँले तिनीहरूलाई इनाम दिनुहुन्छ”
τοῖς ἐκζητοῦσιν αὐτὸν
परमेश्वरको बारेमा सिक्ने र उहाँका आज्ञापालनको प्रयत्न गर्नेहरूका बारेमा तिनीहरूले उहाँलाई भेट्न खोजेका हुन् भने जस्तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 11:7
χρηματισθεὶς
यसलाई कर्तृ वाच्यमा र अन्य शब्दहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनलाई भन्नुभएको हुनाले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
περὶ τῶν μηδέπω βλεπομένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसभन्दा पहिले कसैले कदापि नेदेखेका कुराहरूका बारेमा” वा “अझैसम्म हुन नआएका घटनाका बारेमा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὸν κόσμον
यहाँ “संसार” शब्दले संसारको मानव जनसङ्ख्यालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस बेला संसारमा बाँचेका मानिसहरूलाई” (हेर्नुहोस्ः लक्षणा)
τῆς…δικαιοσύνης, ἐγένετο κληρονόμος
नोआले परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको उत्तराधिकार पाएको जस्तो गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरबाट धार्मिकता पाए” (हेर्नुहोस्ः रूपक)
κατὰ πίστιν
“परमेश्वरमा विश्वास गर्नेहरूलाई उहाँले दिनुहुन्छ”
Hebrews 11:8
καλούμενος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले तिनलाई बोलाउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐξελθεῖν εἰς τόπον
“त्यो ठाउँमा जान आफ्नो घर छाडे”
ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν
परमेश्वरले अब्राहामका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको मुलुकका बारेमा त्यो अब्राहामले उत्तराधिकारका रूपमा पाउने कुराजस्तो हो भनी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिनलाई दिनुहुने थियो” (हेर्नुहोस्ः रूपक)
ἐξῆλθεν
“तिनले आफ्नो घर छाडे”
Hebrews 11:9
παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν
यसलाई शब्दहरू अगिपछि गर्न सकिन्छ, र यसरी भाववाचक नाम “प्रतिज्ञा”लाई क्रियापदका रूपमा “प्रतिज्ञा भएको” भनेर लेख्न सकियोस् । वैकल्पिक अनुवादः “परमेश्वरले तिनका लागि प्रतिज्ञा गर्नुभएको मुलुकमा तिनी परदेशी झैँ बसोबास गरे” (हेर्नुहोस्ः भाववाचक नाम)
τῶν συνκληρονόμων
“सँगैका उत्तराधिकारीहरू ।” यसले अब्राहाम, इसहाक र याकूबका बारेमा तिनीहरू आफ्ना पिताबाट आफ्नो उत्तराधिकार प्राप्त गर्ने उत्तराधिकारी हुन् भने झैँ गरी लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 11:10
τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν
“त्यो सहर जसमा जगहरू छन् ।” जगहरू भएको भन्नाले त्यो सहर चिरस्थायी हो भन्ने कुराको सङ्केत गर्दछ । वैकल्पिक अनुवादः “अनन्त सहर” (हेर्नुहोस्ः लक्षणा)
ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός
“जसको रचना र निर्माण परमेश्वरबाट भएको हो” वा “जसको रचना र निर्माण परमेश्वरले गर्नुहुन्छ”
τεχνίτης
भवनहरू र सहरहरूको नक्सा बनाउने व्यक्ति
Hebrews 11:11
धेरै संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन्, र अरूहरूले चाहिँ यसले अब्राहामलाई जनाएको भनेर अर्थ लगाउँछन् ।
πίστει καὶ αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ…ἡγήσατο
केही संस्करणहरूले यस पदले सारालाई जनाएको छ भनेर अर्थ लगाउँछन् । “विश्वासद्वारा, तिनी आफैँ बाँझी भएतापनि, उमेर नाघिसकेपछी पनि सन्तानहरू जन्माउने शक्ति प्राप्त गरिन्, किनकि तिनले ठानिन्”
πίστει
भाववाचक नाम “विश्वास”लाई क्रियापद “विश्वास गर्नु” भनेर लेख्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) यो अब्राहामको विश्वासद्वारा थियो । वैकल्पिक अनुवादः “अब्राहामले परमेश्वरमा विश्वास गरेको हुनाले” वा २) यो साराको विश्वासद्वारा थियो । वैकल्पिक अनुवादः “साराले परमेश्वरमा विश्वास गरेकी हुनाले” (हेर्नुहोस्ः भाववाचक नाम)
δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν
“पिता हुन सक्षम भए” वा “बालक हुने क्षमता पाउन सके”
ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον
“तिनले प्रतिज्ञा दिनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनी विश्वास गरेको हुनाले”
Hebrews 11:12
ἐγεννήθησαν…καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος
यो उपमा शब्दले अब्राहामका सन्तानका सङ्ख्या ज्यादै धेरै भएको जनाउँछ । (हेर्नुहोस्ः उपमा)
ὡς ἡ ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος
यसको अर्थ समुद्रको किनारमा कसैले गन्न नसक्ने गरी धेरै सङ्ख्यामा बालुवाका कण भए झैँ अब्राहामका पनि कसैले गन्न नसक्ने गरी धेरै सन्तान थिए भन्ने हुन्छ ।
Hebrews 11:13
μὴ λαβόντες τὰς ἐπαγγελίας
यसले प्रतिज्ञाहरूका बारेमा ती कसैले प्राप्त गर्न सक्ने वस्तुहरू भए झैँ गरी भन्दछ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई जे प्रतिज्ञा दिनुभयो, सो प्राप्त नगरीकन नै” (हेर्नुहोस्ः रूपक)
πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι
भविष्यका बारेमा प्रतिज्ञा भएका कुराहरू यात्रीहरू भए झैँ र तिनीहरू आउँदै गरेको टाढाबाट देखिए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “परमेश्वरले भविष्यमा के गर्नुहुनेछ भनी जानेपछि” (हेर्नुहोस्ः रूपक)
ὁμολογήσαντες
“तिनीहरूले स्वीकार गरे” वा “तिनीहरूले ग्रहण गरे”
ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς
यहाँ “परदेशीहरू” र “निर्वासितहरू” दुवै शब्दका मूलभूत अर्थ एउटै हो । यो पृथ्वी तिनीहरूका साँचो घर थिएन भन्ने कुरामा यसले जोड दिन्छ । परमेश्वरले तिनीहरूका लागि बनाउनुहुने तिनीहरूका भविष्यका घरतिर तिनीहरूले आफ्ना दृष्टि लगाइराखेका थिए । (हेर्नुहोस्ः प्रतिरूपी)
Hebrews 11:14
πατρίδα
“तिनीहरूका मुलुक होस् भनी एउटा मुलुक”
Hebrews 11:16
ἐπουρανίου
“स्वर्गीय मुलुक” वा “स्वर्गमा भएको मुलुक”
οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν
यसलाई कर्तृवाच्य र सकारात्मक अर्थमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरलाई तिनीहरूले आफ्ना परमेश्वर भन्दा उहाँ खुशी हुनुहुन्छ” वा “तिनीहरूले परमेश्वरलाई आफ्ना परमेश्वर भन्दा उहाँले गर्व गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि निषेधात्मक)
Hebrews 11:17
πειραζόμενος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्वरले तिनको जाँज गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 11:18
πρὸς ὃν ἐλαλήθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले भन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κληθήσεταί σοι σπέρμα
यहाँ “नाउँ रहने” को अर्थ नाउँ दिने वा नाउँले अलग गर्ने हो । यो वाक्यलाई कर्तृ वाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “म तिम्रो सन्तानको नाउँ राख्नेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य) (हेर्नुहोस्ः लक्षणा)
Hebrews 11:19
ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός
“परमेश्वरले इसहाकलाई फेरि जीवित तुल्याउन सक्नुहुन्थ्यो”
ἐκ νεκρῶν ἐγείρειν
यस पदमा, “बिउँताउनु” भनेको पुनः जीवित बनाउनु हो । “मृतकहरूबाट” भन्ने कुराले तल पातालको संसारमा भएका सारा मृतक मानिसहरूलाई एकसाथ जनाउँछ ।
ἐν παραβολῇ
“एक किसिमले भन्नुपर्दा ।” यसको अर्थ लेखकले भन्न लागेको कुरा शब्दिक अर्थमा बुझ्ने कुरा हुँदैन । परमेश्वरले साँच्चिकै रूपले इसहाकलाई मरेकोबाट जीवित बनाउनुभएको थिएन । तर किनभने परमेश्वरले अब्राहामलाई रोक्नुहुँदा तिनले इसहाकको बलि गर्न लागिसकेको हुनाले, यो कुरोलाई परमेश्वरले इसहाकलाई मरेकोबाट फेरि जीवित तुल्याउनुभयो भनेको हो ।
ὅθεν αὐτὸν
“त्यो मृतकहरूबाट थियो”
αὐτὸν…ἐκομίσατο
“अब्राहामले इसहाकलाई फिर्ता पाए”
Hebrews 11:21
Ἰακὼβ…προσεκύνησεν
“याकूबले परमेश्वरलाई आराधना गरे”
Hebrews 11:22
τελευτῶν
यहाँ “तिनको अन्त्य” भनेको मृत्युलाई जनाउने नम्र शैली हो । वैकल्पिक अनुवादः “जब तिनी मर्नै लागेका थिए” (हेर्नुहोस्ः व्यञ्जना)
περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν
“इस्राएलका सन्तानले कहिले मिश्र छाडेर जानेछन् भनी बोले”
τῶν υἱῶν Ἰσραὴλ
“इस्राएलीहरू” वा इस्राएलका सन्तानहरू”
περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο
योसेफ मिश्रमा हुँदा मरे । तिनका आफ्ना मानिसले मिश्र छाडेर जाने बेला उनीहरूले तिनका हाडहरू लिएर जाउन् भन्ने तिनको इच्छा थियो, र यसरी उनीहरूले तिनका हाडहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुलुकमा लगेर गाडिदेउन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 11:23
Μωϋσῆς, γεννηθεὶς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाको जन्म भएपछि तिनका आमाबुबाले तिनलाई तीन महिनासम्म लुकाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 11:24
μέγας γενόμενος
“वयस्क उमेरका भएका थिए”
ἠρνήσατο λέγεσθαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिनलाई ... भनी बोलाउने कुरालाई इन्कार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 11:26
τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नाम “अपमान”लाई क्रियापदका रूपमा “अनादर गर्ने” भनी लेख्न सकियोस् । वैकल्पिक अनुवादः “ख्रीष्टले जे इच्छा गर्नुभयो त्यही कुरा तिनले गरेका हुनाले उनले सहनुपरेको मानिसहरूका अनादरको अनुभव” (हेर्नुहोस्ः भाववाचक नाम)
τοῦ Χριστοῦ
ख्रीष्टको आज्ञापालन गर्ने कुरालाई लेखकले बाटोमा उहाँको पछि लाग्ने कुरा भए झैँ भनेका छन् । (हेर्नुहोस्ः रूपक)
ἀπέβλεπεν…εἰς τὴν μισθαποδοσίαν
लक्ष्य हासिल गर्ने कुरामा पूर्ण रूपमा ध्यान लगाउने कुरालाई व्यक्तिले कुनै वस्तुलाई एकाग्र भई हेरेको र दायाँबायाँ हेर्न नमानेको झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “त्यसको लागि तिनले स्वर्गमा इनाम कमाउँथे भनी जानेको कुरा गर्दै” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Hebrews 11:27
τὸν…ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν
मोशाले अदृश्य परमेश्वरलाई देखेको जस्तो गरी लेखकले भनेका छन् । (हेर्नुहोस्ः उपमा)
τὸν…ἀόρατον
“जसलाई कसैले देख्न सक्दैन”
Hebrews 11:28
πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος
यो नै पहिलो निस्तारचाड थियो । मोशाले निस्तारचाडका बारेमा परेमश्वरबाट भएको हुकुम पालन गरे र मानिसहरूलाई हरेक वर्ष ती पालन गर्ने आदेश दिए । वैकल्पिक अनुवादः “निस्तारचाडका बारेमा परेमश्वरबाट भएको हुकुम पालन गर्न र आफ्ना ढोकाका चौकोसहरूमा रगत छर्कन तिनले मानिसहरूलाई आदेश दिए” वा “तिनले निस्तारचाड र रगतको छिट्काउको स्थापना गरे”
τὴν πρόσχυσιν τοῦ αἵματος
यो कुराले इस्राएलीहरूले भेडाको एउटा पाठो मारुन् र आफू बस्ने हरेक घरका चौकोसहरूमा त्यो रगत लगाउन् भनी परमेश्वरले दिनुभएको आज्ञालाई जनाउँछ । यसरी नाश गर्नेले तिनीहरूका जेठा छोराहरूलाई हानि नगरोस् । यो निस्तारचाडको आज्ञाहरूमध्ये एउटा हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
μὴ…θίγῃ
यहाँ “छुने” भन्ने कुराले कसैको हानि गर्ने वा मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हानि नगरोस्” वा “नमारोस्” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 11:29
यहाँ पहिले “उनले” भन्नाले इस्राएलीहरूलाई र त्यसपछि फेरि “तिनीहरू” शब्दले मिश्रीहरूलाई जनाउँछ, तेस्रो “तिनीहरू” भन्नाले यरीहोको पर्खालहरूलाई जनाउँछ ।
διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν
“इस्राएलीहरूले लाल समुद्र पार गरे”
κατεπόθησαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पानीले मिश्रीहरूलाई निल्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατεπόθησαν
यहाँ तिनीहरूलाई पानीले निलिदिएको कुरा गरेर लेखकले पानी जनावर भए झैँ भनेका छन् । वैकल्पिक अनुवादः “मिश्रीहरू पानीमा डुबे” (हेर्नुहोस्ः मानवीकरण)
Hebrews 11:30
κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “इस्राएलीहरूले तिनीहरूको वरिपरि सात दिनसम्म घुमेका थिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἑπτὰ ἡμέρας
“७ दिन” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Hebrews 11:31
δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης
“जासुसहरूलाई शान्तिपूर्वक ग्रहण गरेकी थिइ”
Hebrews 11:32
परमेश्वरले इस्राएलका मानिसहरूका पूर्खाहरूका लागि के-के गर्नुभयो भन्ने बारेमा लेखकले निरन्तर कुरा गर्दछन् ।
τί ἔτι λέγω?
लेखकले उद्धृत गर्न सक्ने अरू धेरै उदाहरण छन् भन्ने कुरामा जोड दिनका लागि तिनले एउटा प्रश्न प्रयोग गर्दछन् । यसलाई एउटा वाक्यको रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “र अरू धेरै उदाहरणहरू पनि छन् ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐπιλείψει…με…ὁ χρόνος
“मसँग पर्याप्त समय हुनेछैन”
Βαράκ
यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
Hebrews 11:33
οἳ διὰ πίστεως
यहाँ “तिनीहरू” शब्दले यसपछि लेखकले उल्लेख गर्न लागेका सबै कुरा ११:३२ मा नाउँ लेखिएका प्रत्येक व्यक्तिले गरे भन्ने अर्थ लाग्दैन । विश्वास भएकाहरूले सामान्यतया यस्ता कुराहरू गर्न सक्दछन् भनी लेखकले भन्न खोजेका हुन् । वैकल्पिक अनुवादः “यो विश्वासद्वारा थियो कि यी जस्ता मानिसहरूले”
οἳ…κατηγωνίσαντο βασιλείας
यहाँ “राज्यहरू” शब्दले त्यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरूले विदेशी राज्यहरूका मानिसहरूलाई जिते”
ἔφραξαν στόματα λεόντων
परमेश्वरले मानिसहरूलाई मृत्युबाट बचाउनुभएको तरिकाहरूमध्ये यी केही हुन् । वैकल्पिक अनुवादः “सिंहहरूले तिनीहरूलाई खाएनन्” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
Hebrews 11:34
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης
परमेश्वरले मानिसहरूलाई मृत्युबाट बचाउनुभएको तरिकाहरूमध्ये यी केही हुन् । वैकल्पिक अनुवादः “आगोले तिनीहरूलाई जलाएन, तिनीहरूका शत्रुहरूले तिनीहरूलाई मारेनन्” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
ἐδυναμώθησαν ἀπὸ ἀσθενείας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरबाट चङ्गाइ प्राप्त गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ…ἔκλιναν
“र तिनीहरू युद्धमा शक्तिशाली भए र पराजित गरे”
Hebrews 11:35
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν
भाववाचक नाम “पुनरुत्थान”लाई हटाएर लेख्न सकिन्छ । “मरेका” शब्द नामिक विशेषण हो । यसलाई क्रियापदका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मरेकाहरूलाई स्त्रीहरूले फेरि प्राप्त गरे” (हेर्नुहोस्ः भाववाचक नाम अनि नामको काम गर्ने विशेषण)
ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν
यसको अर्थ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निश्चित शर्तहरू राखेर छुटकारा गरिदिन सक्थे भन्ने अर्थ लाग्दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूले झ्यालखानाबाट छुटकारा पाउने कुराको साटोमा सतावट स्वीकार गरे” वा “अरूले छुटकारा पाउनलाई आफ्ना शत्रुहरूका माग पूरा गर्नुको साटोमा आफ्ना शत्रुहरूबाट आफू अत्याचारमा गर्ने अनुमति दिए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐτυμπανίσθησαν
ठूलो शारीरिक र मानिसक पीडा भोगे
κρείττονος ἀναστάσεως
सम्भावित अर्थहरू हुन् १) यी मानिसहरूले यस संसारमा अनुभव गरेको भन्दा उत्तम जीवनको अनुभव स्वर्गमा गर्नेछन् वा २) विश्वास नगर्ने मानिसहरूले भन्दा उत्तम पुनरुत्थान यी मानिसहरूले प्राप्त गर्नेछन् । विश्वास गर्नेहरू परमेश्वरको साथमा सदासर्वदा जिउनेछन् । विश्वास नगर्नेहरू सदासर्वदा परमेश्वरबाट अलग भएर जिउनेछन् ।
Hebrews 11:36
ἕτεροι…ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον
यिनीहरूलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अरूको गिल्ला गरे र कोर्रा लगाए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἕτεροι…ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς
यसका शब्दहरू मिलाएर लेख्न सकिन्छ, र यसरी भाववाचक नामलाई क्रियापदका रूपमा लेख्न सकियोस् । वैकल्पिक अनुवादः “अरूहरूलाई तिनीहरूका शत्रुहरूद्वारा गिल्ला गर्न र कोर्रा लगाउन र तिनीहरूला साङ्लामा पर्न दिएर र कैदमा पारेर परमेश्वरले तिनीहरूको जाँच गर्नुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)
Hebrews 11:37
ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον
यिनीहरूलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले अरूहरूलाई गिल्ला गरे र कोर्रा लगाए ... मानिसहरूले अरूहरूमाथि ढुङ्गा वर्षाए । मानिसहरूले अरूहरूलाई करौँतीले दुई भाग गरेर चिरे । मानिसहरूले अरूहरूलाई तरवारले मारे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
περιῆλθον
“एक ठाउँदेखि अर्को ठाउँ गए” वा “सबै समय ... जिए”
ἐν μηλωταῖς, ἐν αἰγίοις δέρμασιν
“भेडा र बाख्राको छाला मात्रै लगाएर”
ὑστερούμενοι
“तिनीहरूसँग केही थिएन” वा “तिनीहरू धेरै गरिब थिए”
Hebrews 11:38
οὐκ ἦν ἄξιος ὁ κόσμος
यहाँ “संसार” शब्दले मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यस संसारका मानिसहरू योग्यका थिएनन्” (हेर्नुहोस्ः लक्षणा)
πλανώμενοι
यस्तो चाहिँ तिनीहरूको कतै बस्ने ठाउँ नभएर हो ।
σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς
“ ... गुफाहरू ... , र केही चाहिँ जमिनमा भएका ओडारहरूमा बसे”
Hebrews 11:39
οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले यी सबै मानिसहरूलाई तिनीहरूको विश्वासको कारण आदर गर्नुभयो, तर परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू तिनीहरू आफैँले चाहिँ प्राप्त गरेनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν ἐπαγγελίαν
यो वाक्यांशको अर्थ हो, “परमेश्वरले तिनीहरूसँग जे कुराको प्रतिज्ञा गर्नुभएको थियो ।” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 11:40
ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν
यसलाई सकारात्मक रूपमा र कर्तृवाच्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई र तिनीहरूलाई सँगसँगै सिद्ध तुल्याउनका लागि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12
हिब्रूहरू १२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
अनुशासनका कुरा गरेपछि लेखकले प्रोत्साहनका शृङ्खला नै प्रस्तुत गर्दछन् । (हेर्नुहोस्ः उत्साह दिनु, उत्साह)
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १२:५-६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अनुशासन
परमेश्वरका मानिसहरूले जे उचित छ त्यो गरून् भन्ने उहाँको इच्छा छ । जब तिनीहरूले खराब काम गर्दछन्, तब उहाँले तिनीहरूलाई सुधार्नुहुन्छ वा दण्ड दिनुहुन्छ । सांसारिक बुबाले आफूले प्रेम गरेका छोराछोरीलाई सुधार्ने र दण्ड दिने गरे झैँ उहाँले पनि त्यसो गर्नुहुन्छ । (हेर्नुहोस्ः अनुशासन, आत्मानुशासन)
Hebrews 12:1
“हामी” र “हामीलाई” शब्दहरूले लेखक र उनका पाठकहरूलाई जनाउँछ । “तिमीहरू” शब्द बहुवचन हो र यसले पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी” अनि तिमीका रूपहरू)
पुरानो करारका धेरै सङ्ख्याका विश्वासीहरूको कारणले गर्दा विश्वासीहरूले येशूलाई आफ्नो उदाहरण मानेर जिउनुपर्ने विश्वासको जीवनको विषयमा लेखकले कुरा गर्छन् ।
ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων
पुरानो करारका विश्वासीहरू त्यस्ता बादल हुन् जसले वर्तमान् समयका विश्वासीहरूलाई घेर्दछन् भनेर लेखकले भन्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “साक्षीहरूका यति ठूलो बादलले हामीलाई घेर्दछ” वा “धर्मशास्त्रमा हामीले पढ्न सक्ने विश्वासयोग्य मानिसहरूका उदाहरण अति धेरै छन्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
μαρτύρων
यहाँ “साक्षीहरू” शब्दले अध्याय ११ मा उल्लेख भएका पुरानो करारका विश्वासीहरूलाई जनाउँछ जो विश्वासीहरू अहिले दौडने विश्वासको दौड भन्दा अगाडिको समयमा जिउँथे ।
ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν
यहाँ “बोझ” र “सजिलैसित अल्झाउने पाप” चाहिँ तिनीहरूलाई बोकेर हटाउने र तल राख्न सक्ने कुनै व्यक्ति भए झैँ गरी लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक)
ὄγκον…πάντα
विश्वासीहरूलाई परमेश्वरमा भरोसा गर्न र उहाँको आज्ञापालन गर्न नदिने विचारहरू र बानीहरूलाई लेखकले यस्ता बोझहरू भनेका छन् जसले कुनै व्यक्ति दौडँदा बोकिरहन कठिन बनाउँछ । (हेर्नुहोस्ः रूपक)
τὴν εὐπερίστατον ἁμαρτίαν
लेखक भन्दछन्, पाप चाहिँ मानिसहरूलाई अल्झाउने र तिनीहरूलाई लडाउने जाल वा त्यस्तै कुनै कुरा हो । वैकल्पिक अनुवादः “परमेश्वरको आज्ञापालन गर्न कठिन तुल्याउने पाप” (हेर्नुहोस्ः रूपक)
τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα
लेखकले येशूको पछि लाग्ने कुरालाई दौडने कुरा भनेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई दिनुभएका आज्ञा हामी निरन्तर पालना गरौँ, जसरी दौड नसकिएसम्म धावक दौडिरहन्छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 12:2
τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν
येशूले नै हामीलाई विश्वास दिनुहुन्छ र हामीलाई हाम्रो लक्ष्यसम्म पुर्याएर हाम्रो विश्वासलाई सिद्ध तुल्याउनुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रा विश्वासका सृष्टिकर्ता र त्यो पूरा गर्नुहुने” वा “हामीलाई सुरुदेखि अन्त्यसम्मै विश्वास गर्न सक्षम तुल्याउनुहुने”
ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς
येशूले अनुभव गर्नुहुने आनन्दको बारेमा लेखक भन्छन्, त्यो उहाँ पुग्नुपर्ने लक्ष्यका रूपमा परमेश्वर पिताले उहाँको सामु राखिदिनुभएको कुरा हो । (हेर्नुहोस्ः रूपक)
αἰσχύνης καταφρονήσας
यसको अर्थ आफू क्रूसमा मर्नुपर्ने अपमानको कुरालाई पनि उहाँले ध्यान दिनुभएन ।
ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν
“परमेश्वरको दाहिने बाहुली”पट्टि बस्नु भनेको परमेश्वरबाट महान् सम्मान र अधिकार प्राप्त गर्ने कुराको सङ्केतात्मक कार्य हो । यस्तै समान वाक्यांशलाई तपाईंले हिब्रू १:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरको छेउमा सम्मान र अधिकारको स्थानमा बस्नुभयो” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
Hebrews 12:3
κάμητε, ταῖς ψυχαῖς ὑμῶν
यहाँ “हृदय” ले व्यक्तिका विचार र भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “निरुत्साहित” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 12:4
हिब्रूका लेखकले ख्रीष्टिएन जीवनलाई दौडसँग तुलना गरेका छन् ।
οὔπω…ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι
यहाँ “पाप” बारेमा यो कसैले लडाइँमा युद्ध लड्ने कोही व्यक्ति भए झैँ गरी लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले अझैसम्म पापीहरूका आक्रमणको सामना गर्न परेको छैन” (हेर्नुहोस्ः मानवीकरण)
μέχρις αἵματος
धेरै विरोधको सामना गर्ने, र यसरी मर्ने कुरालाई लेखकले ऊ मर्नुपर्ने ठाउँमा पुगेको भनेका छन् । (हेर्नुहोस्ः रूपक)
αἵματος
यहाँ “रगत” भन्नाले मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “मृत्युको” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 12:5
τῆς παρακλήσεως, ἥτις ὑμῖν…διαλέγεται
पुरानो करारको धर्मशास्त्रका बारेमा यो अरूलाई उत्साह दिने व्यक्ति भए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई उत्साह दिनका लागि धर्मशास्त्रमा परमेश्वरले तिमीहरूलाई जे निर्दशन दिनुभएको छ” (हेर्नुहोस्ः मानवीकरण)
ὡς υἱοῖς…υἱέ μου
“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । तापनि, जसरी यूएसटी र केही अङ्ग्रेजी अनुवादहरूद्वारा उल्लेख गरिएको अनुसार, लेखकले उनका शब्दहरू दुवै पुरुष र स्त्रीलाई लक्षित गरिरहेका छन् । (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
υἱέ μου…ὑπ’ αὐτοῦ ἐλεγχόμενος
यहाँ लेखकले पुरानो करारको हितोपदेशको पुस्तकबाट उद्धृत गरेका हुन्, जुन सोलोमनले उनका छोरा सन्तानहरूका लागि भनेका शब्दहरू हुन् ।
μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “परमप्रभुले तिमीलाई अनुशासन गर्नुहुँदा गम्भीर होऊ र हरेस नखाऊ” (हेर्नुहोस्ः निषेधात्मक)
μηδὲ ἐκλύου
“र निरुत्साहित नहोऊ”
ὑπ’ αὐτοῦ ἐλεγχόμενος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले तिमीलाई सुधार्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:6
πάντα υἱὸν ὃν παραδέχεται
“छोराहरू” र “छोरा”को लागि अनुवाद भएको शब्द चाहिँ खासगरी नर शिशुको लागि प्रयोग गरिने शब्द हो । त्यस संस्कृतिमा परिवारको वंश चाहिँ छोराहरूबाट निरन्तरता दिइन्थ्यो, र सामान्यतया छोरीहरूबाट दिइँदैनथ्यो । (हेर्नुहोस्ः https://git.door43.org/Door43-Catalog/ne_ta/src/branch/master/translate/figs-gendernotations/01.md)
Hebrews 12:7
εἰς παιδείαν ὑπομένετε
“दुःखभोगको समयमा परमेश्वरले हामीलाई अनुशासन सिकाउनुहुन्छ भनेर बुझ्नु”
ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός
परमेश्वरले आफ्ना मानिसहरूलाई अनुशासन गर्नुहुने कुरा बुबाले छोराछोरीलाई अनुशासन गर्नेजस्तै हो भनेर यसले तुलना गर्दछ । बुझेका जानकारीलाई तपाईंले स्पष्ट पारेर लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “बुबाले जसरी आफ्ना छोराहरूसँग व्यवहार गर्दछन्, त्यसरी नै परमेश्वरले तिमीहरूसँग व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः उपमा अनि शब्दलोप)
ὑμῖν…υἱὸς
यी शब्द जतिपटक दोहोरिएको भए पनि पुरुष र स्त्री दुवैलाई जनाउने गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “छोराछोरी ... बालक” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ?
हरेक असल बुबाले आफ्ना छोराछोरीलाई अनुशासित गर्दछन् भन्ने कुरालाई लेखकले यो प्रश्नद्वारा स्पष्ट पार्दछन् । यसलाई एउटा सामान्य वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक बुबाले आफ्ना छोराछोरीलाई अनुशासन गर्दछन् !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Hebrews 12:8
εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες
भाववाचक नाम “अनुशासन” लाई तपाईंले “अनुशासित गर्ने” भनी क्रियापदका रूपमा लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना सबै छोराछोरीलाई अनुशासित तुल्याउनुभए झैँ, यदि तपाईंले उहाँको अनुशासनको अनुभव गर्नुभएको छैन भने” (हेर्नुहोस्ः भाववाचक नाम)
ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε
परमेश्वरले अनुशासित नतुल्याउनुभएका विश्वासीहरू पुरुष र स्त्रीबाट एकआपसमा विवाह नगरी जन्मिएका छोराहरू जस्तै हुन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 12:9
πολὺ…μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν?
हामीले पिता परमेश्वरको आज्ञापालन गर्नुपर्छ भन्ने कुरामा जोड दिनका लागि लेखकले यहाँ प्रश्नको प्रयोग गर्दछन् । यसलाई वाक्यका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसकारण त्यसै गरेर, हामीले आत्माको पिताको आज्ञापालन गर्नु र जिउनुपर्दछ ।” (हेर्नुहोस्ः विस्मयादि)
τῷ Πατρὶ τῶν πνευμάτων
यो लक्षणा अर्थमा प्रयोग शब्द हो र “शरीरका पिता” भन्ने विचारसँग परस्पर विरुद्धमा हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा आत्मिक पिता” वा “स्वर्गमा हुनुहुने हाम्रा पिता” (हेर्नुहोस्ः टुक्काहरू)
καὶ ζήσομεν
“ताकि हामी जिउन सकौँ”
Hebrews 12:10
εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ
यो अलङ्कारले “पवित्रता”का बारेमा यो एउटा वस्तु हो र यसलाई मानिसहरूका बीचमा बाँड्न सकिन्छ जस्तो गरेर लेखकले भनेका छन् । वैकल्पिक अनुवादः “ताकि हामी पवित्र बनौँ जसरी परमेश्वर पवित्र हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Hebrews 12:11
καρπὸν εἰρηνικὸν…ἀποδίδωσιν δικαιοσύνης
यहाँ “फल” शब्द “परिणाम” वा “प्रतिफल”को लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यसले धार्मिकताको शान्तिपूर्ण परिणाम ल्याउँछ” वा “यसले धार्मिकता उत्पन्न गर्छ, जसले शान्तिको परिणाम ल्याउँछ” (हेर्नुहोस्ः रूपक)
τοῖς δι’ αὐτῆς γεγυμνασμένοις
“अनुशासनद्वारा तालिम प्राप्त गरेकाहरू ।” प्रभुद्वारा हुने अनुशासन वा सुधारका बारेमा लेखकले यो प्रभु आफैँले गर्नुभएको भनेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले अनुशासित तुल्याएर तालिम दिनुभएको छ” (हेर्नुहोस्ः मानवीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:12
τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε
शायद यसले हिब्रू १२:१ मा कुरा गरेको दौडका कुरालाई निरन्तरता दिन्छ । ख्रीष्टिएन भएर जिउने र अरूलाई सहायता पुर्याउने कुराका बारेमा लेखकले यसरी कुरा गरेका हुन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 12:13
τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν
शायद यसले हिब्रू १२:१ मा कुरा गरेको दौडका कुरालाई निरन्तरता दिन्छ । ख्रीष्टिएन भएर जिउने र अरूलाई सहायता पुर्याउने कुराका बारेमा लेखकले यसरी कुरा गरेका हुन् । (हेर्नुहोस्ः रूपक)
τροχιὰς ὀρθὰς
परमेश्वरको आदर गर्ने र उहाँलाई खुशी तुल्याउने कुराका बारेमा लेखकले यो कुरालाई हिँड्नुपर्ने सिधा बाटो भन्दछन् । (हेर्नुहोस्ः रूपक)
μὴ τὸ χωλὸν ἐκτραπῇ
दौड दौडने यो अलङ्कारमा, “लङ्गडो” भन्नाले दौडमा भएको अर्को व्यक्तिले चोट लागेर दौडन छोड्न खोजेको कुरालाई जनाउँछ । यसले ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “कमजोर भएको र दौडन छोड्न खोजेको व्यक्तिको खुट्टामा चोट नलागोस्” (हेर्नुहोस्ः रूपक)
μὴ…ἐκτραπῇ
परमेश्वरको आज्ञापालन गर्न छाडेका मानिसहरू बाटोमा हिँड्दा खुट्टामा चोट लागेका मानिसहरूजस्तै हुन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उसको खुट्टामा चोट नलागोस्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
ἰαθῇ…μᾶλλον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसको साटोमा बलियो होस” वा “बरु परमेश्वरले उसलाई निको पारून्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:14
मोशाले लेखेका पुस्तकमा नाउँ उल्लेख भएका एसाव इसहाकका जेठा छोरा र याकूबका दाजु थिए ।
εἰρήνην διώκετε μετὰ πάντων
यहाँ भाववाचक नाम “शान्ति” को बारेमा कुनै व्यक्तिले यसलाई लखेट्न सक्दछ जस्तो गरी लेखकले भन्दछन् र क्रिया विशेषण बनाएर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हरेक व्यक्तिसँग शान्तिपूर्वक जिउने कोसिस गर” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον
यसलाई सकारात्मक उत्साहका रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “साथै पवित्र हुनलाई कडा मेहनत गर, किनभने पवित्र मानिसहरूले मात्रै प्रभुलाई देख्नेछन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
καὶ τὸν ἁγιασμόν
बुझेको जानकारीलाई तपाईंले स्पष्ट रूपले लेख्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “साथै पवित्रताको पछि लाग” (हेर्नुहोस्ः शब्दलोप)
Hebrews 12:15
μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ
“परमेश्वरको अनुग्रह ग्रहण गरेर कसैले पनि त्यसलाई फुत्किन नदेओस्” वा “परमेश्वरमाथि भरोसा गरेर कसैले पनि उहाँको अनुग्रहलाई इन्कार नगरोस्”
μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὐτῆς μιανθῶσιν πολλοί
घृणाको वा क्रोधको विचारलाई मुखमा तितो स्वाद हुने बोटबिरुवा भएको जस्तो गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “कोही पनि तितो जराजस्तो नहोस्, जुन बढेर गयो भने दुःख दिन्छ र धेरै जनालाई हानि पुर्याउँदछ” (हेर्नुहोस्ः रूपक)
Hebrews 12:17
ἀπεδοκιμάσθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनको बुबा इसहाकले उनलाई आशिष् दिन इन्कार गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
μετανοίας γὰρ τόπον οὐχ εὗρεν
भाववाचक नाम “पश्चाताप”लाई क्रियापद भएको वाक्यांशका रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उनका लागि पश्चाताप गर्न सम्भव भएन” वा “किनभने उनका लागि उनको निर्णय बदल्न सम्भव भएन” (हेर्नुहोस्ः भाववाचक नाम)
καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν
यहाँ “उनले” भन्नाले एसावलाई जनाउँछ ।
Hebrews 12:18
“तिमीहरू” शब्दले लेखकका पाठकहरू अर्थात् हिब्रू विश्वासीहरुलाई जनाउँछ । “तिनीहरू” शब्दले मोशाले मिश्रको मुलुकबाट बाहिर डोहोर्याएर ल्याएका मानिसहरूलाई जनाउँछ । पहिलो उद्धरण मोशाको लेखबाट लिइएको छ । हिब्रूको पत्रको यस खण्डमा सीनै पहाडमा परमेश्वरले आफूलाई प्रकट गर्नुभएको मोशाले देखेर तिनी थरथरी कामेका थिए भनेर लेखेका छन् ।
लेखकले मोशाको व्यवस्था अधीनमा जिएका विश्वासीहरू र येशू ख्रीष्ट आउनुभएपछि वर्तमान् समयमा नयाँ करारको अधीनमा जिएका विश्वासीहरूका बीचमा भिन्नता प्रस्तुत गर्दछन् । इस्राएलीहरूका सामु सीनै पहाडमा परमेश्वर कस्तो स्वरूपमा देखा पर्नुभयो, सो कुराको उदाहरण दिएर तिनले उनीहरूका अनुभवका बारेमा स्पष्ट पार्दछन् ।
οὐ γὰρ προσεληλύθατε, ψηλαφωμένῳ
अस्पष्ट जानकारीलाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने इस्राएलका मानिसहरू आए झैँ तिमीहरू छुन सकिने पहाडमा आएका छैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
προσεληλύθατε
यसको अर्थ हो, ख्रीष्टमा भएका विश्वासीहरू यस संसारको साँच्चिकैको सीनै पहाडमा अर्थात् व्यक्तिले छुन वा हेर्न सक्ने पहाडमा आएका छैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले छुन सक्ने” वा “मानिसहरूले आफ्ना इन्द्रियहरूले थाहा पाउन सक्ने” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:19
σάλπιγγος ἤχῳ
“तुरहीको ठूलो आवाज भएको ठाउँमा तिमीहरू आएका छैनौ”
καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο, μὴ προστεθῆναι αὐτοῖς λόγον
यहाँ “आवाज” शब्दले कोही व्यक्तिले बोलेको कुरालाई जनाउँछ । “सुन्न नपरोस्” वाक्यलाई कर्तृवाच्य लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “वा परमेश्वरले त्यस्तो किसिमले बोल्नुभएको ठाउँमा आएका छैनौ, जहाँ उहाँको आवाज सुन्नेहरूले तिनीहरूका लागि उहाँले अर्को शब्द नबोल्नुभएको होस् भनी उहाँसँग बिन्ती गरे” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:20
τὸ διαστελλόμενον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे परमेश्वरले आज्ञा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
λιθοβοληθήσεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यसलाई ढुङ्गाले हान्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:22
हाबिल नाउँ गरेका मानिस प्रथम पुरुष र स्त्री, अर्थात् आदम र हव्वाका छोरा थिए । तिनीहरूका अर्को छोरा कयिनले हाबिललाई मार्यो ।
Σιὼν Ὄρει
लेखकले सियोन पर्वत, अर्थात् येरूशलेमको मन्दिर भएको पहाडका बारेमा त्यो स्वर्ग अर्थात् परमेश्वरको वासस्थान भएको झैँ गरी भनेका छन् । (हेर्नुहोस्ः रूपक)
μυριάσιν ἀγγέλων
“स्वर्गदूतहरूका गन्ने नसक्ने सङ्ख्या”
Hebrews 12:23
πρωτοτόκων
यसले ख्रीष्टका विश्वासीहरूका बारेमा तिनीहरू पहिले जन्मेकाहरू भए झैँ भन्दछ । यसले परमेश्वरका मानिसहरूका रूपमा तिनीहरूले प्राप्त गरेका विशेष स्थान र सुअवसरलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
ἀπογεγραμμένων ἐν οὐρανοῖς
“जसका नाउँहरू स्वर्गमा लेखिएका छन् ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसका नाउँ परमेश्वरले स्वर्गमा लेख्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τετελειωμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले सिद्ध पार्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:24
διαθήκης νέας μεσίτῃ
यसको अर्थ येशूले परमेश्वर र मानवजातिका बीचमा नयाँ करार स्थापना गर्नुभयो । तपाईंले यो वाक्यलाई हिब्रू ९:१५ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
αἵματι ῥαντισμοῦ, κρεῖττον λαλοῦντι παρὰ τὸν Ἂβελ
येशूको रगत र हाबिलको रगतका बारेमा तिनीहरू बोलाउने मानिसहरू भएको झैँ गरी लेखकले लेखेका छन् । वैकल्पिक अनुवादः “हाबिलको रगतले भन्दा झन् उत्तम कुराहरू बोल्ने येशूको छर्किएको रगत” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αἵματι
यहाँ “रगत” शब्दले येशूको मृत्युलाई जनाउँछ, किनकि हाबिलको रगतले तिनको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 12:25
यो उद्धरण पुरानो करारको हाग्गै अगमवक्ताको पुस्तकबाट लिएको हो । यहाँ “तिमीहरू” शब्दले विश्वासीहरूलाई जनाउँछ । “हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ जो विश्वासीहरू नै हुन् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि समावेशी “हामी”)
सीनै पर्वतमा इस्राएलीहरूले अनुभव गरेका कुरासित ख्रीष्टको मृत्यु भएपछि विश्वासीहरूले गरेका अनुभवको तुलना गरेर विश्वासीहरूसँग उही परमेश्वर हुनुहुन्छ र उहाँले आज तिनीहरूलाई चेतावनी दिनुहुन्छ भनेर लेखकले विश्वासीहरूलाई स्मरण गराउँछन् । यो विश्वासीहरूलाई दिइएको पाँचौँ मुख्य चेतावनी हो ।
μὴ παραιτήσησθε τὸν λαλοῦντα
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “बोल्नुहुनेलाई तिमीहरूले ध्यान देओ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
εἰ…ἐκεῖνοι οὐκ ἐξέφυγον
अस्पष्ट जानकारीलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि इस्राएलका मानिसहरू न्यायबाट उम्केनन् भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπὶ γῆς…τὸν χρηματίζοντα
सम्भावित अर्थहरू हुन् १) “तिनीहरूलाई यस पृथ्वीमा चेतावनी दिने मोशा” वा २) “तिनीहरूलाई सीनै पहाडमा चेतावनी दिने परमेश्वर”
ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι
परमेश्वरको आज्ञापालन नगर्ने कुरालाई लेखकले कुनै व्यक्ति परमेश्वरदेखि फर्केको र टाढा गएको भनेका छन् । वैकल्पिक अनुवादः “हामीलाई चेतावनी दिनेको आज्ञा हामीले पालना गरेनौँ भने” (हेर्नुहोस्ः रूपक)
Hebrews 12:26
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν
“परमेश्वरले बोल्नुहुँदा उहाँको आवाजको सोरले पृथ्वी हल्लायो”
ἐσάλευσεν…σείσω
भूकम्प जाँदा जमिन हलचल गर्दा जनाउने शब्द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१ अनि मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ ।
Hebrews 12:27
यहाँ अगमवक्ता हाग्गैको पुस्तकबाट लिएको यसअगिको पदको उद्धरण दोहोरिएको छ ।
δηλοῖ τῶν σαλευομένων μετάθεσιν, ὡς πεποιημένων
यहाँ भाववाचक नामपद शब्द “हटाउने काम”लाई “हटाउनु” क्रियापद लेखेर अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसको अर्थ परमेश्वरले हल्लाउन सक्नुहुने थोकहरूलाई उहाँले हटाउनुहुनेछ” (हेर्नुहोस्ः भाववाचक नाम अनि कर्तृवाच्य र कर्मवाच्य)
τῶν σαλευομένων
भूकम्प जाँदा जमिन हलचल गर्दा जनाउने शब्द प्रयोग गर्नुहोस् । यसले हिब्रू १२:१८-२१ अनि मोशाले परमेश्वरबाट व्यवस्था प्राप्त गर्दा पहाडमा के भएको थियो, सो कुरालाई जनाउँछ । तपाईंले “हल्लायो” र “हल्लाउनु” शब्दहरलाई हिब्रूहरू १२:२६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
πεποιημένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्वरले सृष्टि गर्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ μὴ σαλευόμενα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “नहल्लने थोकहरू” वा “हल्लाउन नसक्ने थोकहरू” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὰ μὴ σαλευόμενα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन हल्लिँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 12:28
βασιλείαν…παραλαμβάνοντες
यो वाक्य र यसपछिको वाक्यको बीचमा भएको तार्किक सम्बन्धलाई स्पष्ट पार्नका लागि तपाईंले “किनभने हामीले” शब्दहरू थप्न सक्नुहुन्छ । “किनभने हामीले राज्य प्राप्त गरेका छौं” वा “किनभने परमेश्वरले हामीलाई आफ्नो राज्यका सदस्यहरू बनाउनुभएको छ” वैकल्पिक अनुवादः “किनभने हामीले राज्य प्राप्त गर्दैछौँ” वा “किनभने परमेश्वरले हामीलाई उहाँको राज्यको सदस्यहरू बनाउँदै हुनुहुन्छ” (हेर्नुहोस्ः INVALID translate/grammar-connect-words-phrases)
ἔχωμεν χάριν
“हामी धन्यवाद दिऔँ”
μετὰ εὐλαβείας καὶ δέους
“भक्ति” र “भय” शब्दहरूका एकै अर्थ हुन्छन् र परमेश्वरलाई दिनुपर्ने महान् आदरलाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “ठूलो आदर र भयका साथ” (हेर्नुहोस्ः प्रतिरूपी)
Hebrews 12:29
ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον
परमेश्वर आगोजस्तै हुनुहुन्छ र उहाँले कुनै पनि थोकलाई जलाएर नाश गरिदिनुहुन्छ भने झैँ गरी यहाँ लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 13
हिब्रूहरू १३ सामान्य टिपोटहरू
संरचना र ढाँचा
अध्याय १२ मा उल्लेखित प्रोत्साहनका सूचिलाई लेखकले सिध्याउँछन् । अनि लेखकले आफ्नो लागि प्रर्थना गर्न अनुरोध गर्दछन् र पत्रको अन्त्य गर्दछन् ।
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । १३:६ मा भएको कवितासँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
अतिथि-सत्कार
परमेश्वरका मानिसहरूले अरू मानिसहरूलाई भोजन गर्न र रातमा वास बस्नसमेत निम्तो देउन् भन्ने उहाँको इच्छा छ । परमेश्वरका मानिसहरूले आफूले निम्तो दिएका मानिसहरूलाई राम्रोसँग चिन्दैनन् भने पनि तिनीहरूले त्यसै गर्नुपर्छ । पुरानो करारमा, अब्राहाम र तिनका भतिजा लोत दुवैले तिनीहरूले नचिनेका मानिसहरूको अतिथि सत्कार गरे । अब्राहामले तिनीहरूका लागि महङ्गो भोजनको प्रबन्ध गरे, र लोतले चाहिँ तिनीहरूलाई आफ्नो घरमा राती सुत्नका लागि निम्तो दिए । ती मानिस वास्तव स्वर्गदूतहरू रहेछन् भनेर तिनीहरूले पछि थाहा पाए ।
Hebrews 13:1
यो निष्कर्षको खण्डमा, विश्वासीहरूले कसरी जीवन बिताउनुपर्दछ भनेर तिनीहरूलाई लेखकले विशेष सुझावहरू दिन्छन् ।
ἡ φιλαδελφία μενέτω
“अरू विश्वसीलाई आफ्नो प्रेम निरन्तर दर्साइरहो जसरी तिमीहरूले आफ्नो परिवारको सदस्यलाई दर्शाउँछौ”
Hebrews 13:2
μὴ ἐπιλανθάνεσθε
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्चय पनि स्मरण गर” (हेर्नुहोस्ः निषेधात्मक)
φιλοξενίας
“परदेशीहरू स्वागत गर्न र दया देखाउन”
Hebrews 13:3
ὡς συνδεδεμένοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू उनीहरूका साथमा बाँधिएको जस्तै” वा “तिमीहरू उनीहरूका साथमा कैदमा भएको जस्तै” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῶν κακουχουμένων
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई अरूहरूले अत्याचार गरिरहेका छन्” वा “जसले दुःख भोगिरहेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι
यो वाक्यांशले विश्वासीहरूले आफ्नै दुःखको बारेमा विचार गरे झैँ अरू मानिसहरूका दुःखको बारेमा विचार गर्न उत्साह दिन्छ । वैकल्पिक अनुवादः “दुःख भोग्नेहरू तिमीहरू आफैँ भए झैँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 13:4
τίμιος ὁ γάμος ἐν πᾶσιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एकआपसमा विवाह गरेका पुरुष र स्त्रीले एकअर्काको आदर गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἡ κοίτη ἀμίαντος
यसले यौन एकताको कार्य चाहिँ विवाहित जोडिको ओछ्यान मात्र भए झैँ गरी बताउँछ । वैकल्पिक अनुवादः “पति र पत्नीले आफ्नो विवाह सम्बन्धलाई आदर गरून् र अरू मानिसहरूसँग नसुतून्” (हेर्नुहोस्ः व्यञ्जना अनि लक्षणा)
Hebrews 13:5
ἀφιλάργυρος ὁ τρόπος
यहाँ “चालचलन” शब्दले व्यक्तिको चरित्र अथवा उसले जीवन जिउने तरिकालाई जनाउँछ, र “रुपियाँ पैसाको प्रेमबाट अलग” भन्ने कुराले धेरै पैसाको लागि असाध्यै चाहना नगर्ने कुरालाई जनाउँछ । पैसालाई प्रेम गर्ने मानिस आफूसँग भएको पैसासँग सन्तुष्ट हुँदैन । वैकल्पिक अनुवादः “तिम्रो चालचलनलाई पैसाको लोभले असर नपारोस्” वा “धेरै पैसा कमाउनका लागि असाध्यै रहर नगर”
ἀρκούμενοι
“सन्तोष मान”
Hebrews 13:6
Κύριος ἐμοὶ βοηθός…ποιήσει μοι ἄνθρωπος
यो उद्धरण पुरानो करारको भजनको पुस्तकबाट लिएको हो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
οὐ φοβηθήσομαι; τί ποιήσει μοι ἄνθρωπος?
परमेश्वरले तिनलाई सहायता गर्नुभएको कारणले तिनलाई कुनै किसिमको डर छैन भनेर जोड दिनका लागि लेखकले यो प्रश्न प्रयोग गर्दछन् । यहाँ “मानिस” शब्दले सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले जेसुकै नराम्रो गरे तापनि म डराउने छैन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Hebrews 13:7
τὸν λόγον τοῦ Θεοῦ
“जे परमेश्वरले भन्नुभएको छ”
τὴν ἔκβασιν τῆς ἀναστροφῆς
“तिनीहरूले गर्ने व्यवहारको परिणाम”
μιμεῖσθε τὴν πίστιν
यहाँ परमेश्वरमा र यी अगुवाहरूद्वारा डोहोर्याइएका जीवनको शैलीमा गरिने भरोसालाई लेखकले “तिनीहरूका विश्वास” भनेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गरे झैँ परमेश्वरमा भरोसा र आज्ञापालन गर” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:8
ἐχθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας
यहाँ “हिजो” को अर्थ विगतका सारा समय हो । वैकल्पिक अनुवादः “विगतमा, वर्तमान्मा र भविष्यमा एकसमान हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:9
यो खण्डले पुरानो करारको समयका विश्वासीहरूले चढाउने जनावरको बलिका बारेमा उल्लेख गर्दछ । त्यो बलिले ख्रीष्टको मृत्युको समय नहुञ्जेलसम्म केही समयका लागि तिनीहरूका पाप ढाकेको थियो ।
διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε
विभिन्न प्रकारका र अनौठा शिक्षाहरूद्वारा विश्वस्त हुने कुरालाई कुनै शक्तिले त्यस व्यक्तिलाई बोकेर टाढा पुर्याएको झैं गरी लेखकले भन्दछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूहरूलाई विभिन्न प्रकारका अनौठा शिक्षाहरूमा तिमीहरूलाई विश्वास गर्ने तुल्याउन नदेओ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
διδαχαῖς ποικίλαις καὶ ξέναις
“धेरै विभिन्न शिक्षाहरू, जुन हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार होइन”
καλὸν…χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर कसरी हामीप्रति दयालु हुनुभयो भनी विचार गर्दा हामी झन् सुदृढ हुन्छौँ, तर भोजनसम्बन्धी नियमहरू पालन गरेर हामी सुदृढ हुँदैनौँ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
βεβαιοῦσθαι τὴν καρδίαν
यहाँ “हृदय” भनेको “भित्री मानिस”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हामी भित्री रूपमा बलिया पारिएका हुनुपर्छ” (हेर्नुहोस्ः लक्षणा)
βρώμασιν
यहाँ “भोजन” शब्दले भोजनका बारेमा भएका नियमहरूलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
οἱ περιπατοῦντες
जीवन बिताउने कुरालाई लेखकले हिँडाइ भनेका छन् । वैकल्पिक अनुवादः “तीद्वारा जिउनेहरूलाई” वा “तीद्वारा आफ्नो जीवन सञ्चालन गर्नेहरूलाई” (हेर्नुहोस्ः रूपक)
Hebrews 13:10
ἔχομεν θυσιαστήριον
यहाँ “वेदी” शब्दले “आराधना स्थल”लाई जनाउँछ । यसले पुरानो करारका पूजाहारीहरूले बलि चढाउने जनावरहरूलाई पनि जनाउँछ, जसबाट तिनीहरूले आफू र आफ्नो परिवारका लागि मासु लिन्थे । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:11
ὧν…εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “पूजाहारीहरूले पापका लागि मारेका पशुहरूका रगतलाई प्रधान पूजाहारीले पवित्रस्थानमा लैजान्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τούτων τὰ σώματα κατακαίεται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जबकि पूजाहारीहरूले उक्त जनावरको शरीरलाई भने जलाउँछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἔξω τῆς παρεμβολῆς
“मानिसहरू बसोबास गर्ने ठाउँदेखि टाढा”
Hebrews 13:12
यहाँ लेखकले येशूको बलिदान र पुरानो करारको पवित्र वासस्थानको बलिदानको बीचमा तुलना गरेका छन् ।
διὸ
“त्यस्तै किसिमले” वा “बलिदानहरूका शरीरहरू छाउनीबाहिर जलाउने हुनाले” (हिब्रूहरू १३:११)
ἔξω τῆς πύλης
यसले “सहरबाहिर” भन्ने अर्थ दिन्छ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:13
τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς
येशूको आज्ञापालन गर्ने कुरालाई लेखकले छाउनी छाडेर बाहिर येशू हुनुभएको ठाउँमा जाने भन्दछन् । (हेर्नुहोस्ः रूपक)
τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες
कसैको हातमा वा पछाडि बोकेर हिँड्न मिल्ने कुनै वस्तु भए झैँ गरी लेखकले अपमानको बारेमा कुरा गरेका छन् । वैकल्पिक अनुवादः “मानिसहरूले उहाँको अपमान गरे झैँ हामीलाई पनि अपमान गर्ने अनुमति अरूहरूलाई दिँदै” (हेर्नुहोस्ः रूपक)
Hebrews 13:14
ἐπιζητοῦμεν
“पर्खिरहेका छौं”
Hebrews 13:15
θυσίαν αἰνέσεως
कुनै जनावरको बलिदान वा धूप भए झैँ गरी लेखकले प्रशंसाको बारेमा भनेका छन् । (हेर्नुहोस्ः रूपक)
αἰνέσεως…τοῦτ’ ἔστιν καρπὸν χειλέων
प्रशंसा चाहिँ मानिसहरूको ओठले फलाउने फल भए झैँ गरी लेखकले भन्दछन् । वैकल्पिक अनुवादः “उहाँको नाउँ स्वीकार गर्नेहरूको ओठले निकाल्ने प्रशंसा” (हेर्नुहोस्ः रूपक)
χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ
यहाँ “ओठ”ले बोल्ने मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको नाउँलाई स्वीकार गर्ने मानिसहरूको ओठहरू” वा “तिनीहरू जसले उहाँको नाउँलाई स्वीकार गर्छन्” (हेर्नुहोस्ः उपलक्षण)
τῷ ὀνόματι αὐτοῦ
कुनै व्यक्तिको नाउँले त्यो व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:16
τῆς…εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε
यसलाई सकारात्मक रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “अरूको भलाइ र सहायता गर्ने कुरालाई हामी सधैँ स्मरण गरौँ” (हेर्नुहोस्ः निषेधात्मक)
τοιαύταις…θυσίαις
अरूको भलाइ गर्ने र सहायता गर्नु ती कुरा वेदीमाथिको बलिदान हुन् भने झैँ गरी लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक)
Hebrews 13:17
ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν
विश्वासीहरूका आत्मा अर्थात् विश्वासीहरूका आत्मिक स्वास्थ्यका बारेमा ती कुनै वस्तुहरू वा जनावरहरू हुन्, अनि रक्षकले तिनीहरूका रेखदेख गर्दछन् झैँ गरी लेखकले भन्दछन् । (हेर्नुहोस्ः रूपक)
μὴ στενάζοντες
यहाँ “दुःख” शब्दले निराशा वा शोकलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:18
लेखकले आशीर्वाद र अभिवादन लेखेर अन्त्य गर्दछन् ।
προσεύχεσθε περὶ ἡμῶν
यहाँ “हाम्रा” शब्दले लेखक र उनका सहकर्मीहरूलाई जनाउँछ, तर पाठकहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
πειθόμεθα…ὅτι καλὴν συνείδησιν ἔχομεν
यहाँ “सफ” शब्दले दोषबाट मुक्त भएर भन्ने अर्थ दिन्छ । वैकल्पिक अनुवादः “हामी दोषी छैनौँ भन्ने कुरामा हामी निश्चित छौँ” (हेर्नुहोस्ः रूपक)
Hebrews 13:19
ἵνα τάχειον ἀποκατασταθῶ ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मलाई तिमीहरूकहाँ आउनदेखि रोक्ने कुरालाई परमेश्वरले चाँडै नै हटाइदिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 13:20
δὲ
यसले पत्रको नयाँ खण्डलाई सङ्केत गर्छ । यहाँ लेखकले परमेश्वरको प्रशंसा गर्दछन् र आफ्ना पाठकहरूका लागि आखिरी प्रार्थना गर्दछन् ।
ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν…τὸν Κύριον ἡμῶν, Ἰησοῦ
“भेडाहरूका महान् गोठाला हाम्रा प्रभु येशूलाई फेरि जीवित तुल्याउनुभयो”
ἐκ νεκρῶν
तिनीहरू सबैबाट जो मरेका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूलाई एकसाथ वर्णन गर्छ । कसैलाई तिनीहरूको माझबाट बिउँताउने कुराले त्यस व्यक्तिलाई पुनः जीवित तुल्याउने कुरालाई जनाउँछ ।
τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν
ख्रीष्टमाथि विश्वास गर्ने विश्वासीहरूका अगुवा र रक्षक उहाँ आफैँ हुनुहुन्छ भन्ने कुरालाई लेखकले उहाँलाई भेडाका महान् गोठाला भनेका हुन् । (हेर्नुहोस्ः रूपक)
ἐν αἵματι διαθήκης αἰωνίου
यहाँ “रगत” शब्दले येशूको मृत्युलाई जनाउँछ जुन चाहिँ परमेश्वर र ख्रीष्टमा भएका सबै विश्वासीहरूका बीचमा सदासर्वदा रहिरहने करारको मूल आधार हो । (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:21
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ
“उहाँको इच्छा पूरा गर्न तिमीहरूलाई खाँचो पर्ने हरेक असल थोक तिमीहरूलाई देऊन्” वा “उहाँको इच्छाअनुसार हरेक असल थोक गर्न तिमीहरूलाई सक्षम बनाऊन्”
ποιῶν ἐν ἡμῖν
“हामी” शब्दले लेखक र पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
“जसलाई सबै मानिसले सदासर्वदा प्रशंसा गर्नेछन्”
Hebrews 13:22
δὲ
यसले पत्रको नयाँ खण्डलाई सङ्केत गर्दछ । यहाँ लेखकले आफ्ना पाठकहरूलाई आफ्नो आखिरी टिप्पणीहरू दिन्छन् ।
ἀδελφοί
यहाँ “भाइहरू” शब्दले उनले पत्र लेखिरहेका पुरुष र स्त्री गरेर सबै विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विश्वासी प्रियजनहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως
“तिमीहरूका उत्साहका लागि मैले भर्खर लेखेका कुरालाई धैर्यसाथ विचार गर”
τοῦ λόγου τῆς παρακλήσεως
यहाँ “वचन” शब्दले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “उत्साह दिने सन्देश” (हेर्नुहोस्ः लक्षणा)
Hebrews 13:23
ἀπολελυμένον
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अब कैदमा छैनन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Hebrews 13:24
ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας
सम्भावित अर्थहरू हुन् १) लेखक इटालियामा छैनन्, तर तिनीसँग इटालियाबाट आएका विश्वासीहरूका एउटा समूह छ वा २) यो पत्र लेख्दै गर्दा लेखक इटालियामा छन् ।
τῆς Ἰταλίας
त्यो समयमा यो एउटा क्षेत्रको नाम थियो । त्यस बेला रोम चाहिँ इटालीको त्यसबेलाको राजधानी सहर थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)