2 Thessalonians
2 Thessalonians front
२ थेसलोनिकीहरूको परिचय
भाग १: सामान्य परिचय
२ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा
- अभिवादनहरू र धन्यवादज्ञापन (१:१-३)
- ख्रीष्टिएनहरू सतावटको कारण कष्ट काटिरहेका
- तिनीहरू परमेश्वरको राज्य र केरकारहरूबाटको छुटकाराको निम्ति उहाँको प्रतिज्ञाको योग्य छन् (१:५-७)
- ख्रीष्टिएनहरूलाई सताउनेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ (१:८-१२)
- ख्रीष्टको दोस्रो आगमन बारेमा केही विश्वासीहरूको गलत बुझाइ
- ख्रीष्टको पुनरागमन अझै भएको छैन (२:१-२)
- ख्रीष्टको पुनरागमन अगाडि आउने घटनाहरूको बारेमा निर्देशन (२:३-१२)
- परमेश्वरले थेसलोनिकी ख्रीष्टिएनहरूलाई बचाउनुहुनेछ भन्ने कुरामा पावलको निश्चयता
- “स्थिर रहन”लाई उहाँको बोलावट (२:१३-१५)
- परमेश्वरले तिनीहरूलाई सान्तवना प्रदान गर्नु भएको होस् भनेर उनको प्रार्थना (२:१६-१७)
- थेसलोनिकी विश्वासीहरूले उनको लागि प्रार्थना गरिदिनलाई पावलले अनुरोध गर्छन् (३:१-५)
- पावलले अल्छे विश्वासीहरूको बारेमा आदेश दिन्छन् (३:६-१५)
- अन्त्य (३:१६-१७)
२ थेसलोनिकीहरूको पुस्तक कसले लेखे ?br>
पावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपश्चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।
पावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्वासीहरूलाई लेखे । उनले ती विश्वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्वरलाई प्रसन्न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई दोस्रो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
येशूको “दोस्रो आगमन” भनेको के हो ?
पावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्ट गर्नुहुनेछ ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूद्वारा के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
२ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।
- “अनि व्यवस्थाहीनताको मानिस प्रकट हुन्छ” (२:३) । यूएलटी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । पुराना संस्करणहरूमा यसरी छ, “अनि पापको मानिस प्रकट हुन्छ ।”
- “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिलो फलहरूको रूपमा चुन्नुभयो” (२:१३) यूएलटी, यूडीबी, र केही अरू संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी छ, “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिल्यैबाट चुन्नुभयो ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
2 Thessalonians 1
२ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
विरोधाभासी कथन
विरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्वरलाई विश्वास गर्नु चाहिँ परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्वास गर्नेहरूलाई परमेश्वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । (२ थेसलोनिकीहरू १:४-५)
2 Thessalonians 1:1
यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा समावेश गर्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् । अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचनमा छ र थेसलोनिकेको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
Σιλουανὸς
यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा पावलका सङ्गी यात्रुको रूपमा उल्लेखित गरिएका व्यक्ति नै हुन् ।
2 Thessalonians 1:2
χάρις ὑμῖν
पावलले साधारणतया उनका पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् ।
2 Thessalonians 1:3
पावल थेसलोनिकेमा भएका विश्वासीहरूको लागि धन्यवाद दिन्छन् ।
εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε
“धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्वरले थेसलोनिकी विश्वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἀδελφοί
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
καθὼς ἄξιόν ἐστιν
“यो गर्न सही कुरा हो” वा “यो असल छ”
πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους
“तिमीहरूले एक अर्कालाई सच्चा रूपमा प्रेम गर्छौ”
ἀλλήλους
यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
2 Thessalonians 1:4
αὐτοὺς ἡμᾶς
यहाँ “हामी आफैँ” शब्दहरू पावलको गर्वलाई जोड दिनको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
2 Thessalonians 1:5
εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्यको ठान्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 1:6
जसै पावलले भनिरहन्छन्, उनले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने बारेमा बताउँछन् ।
εἴπερ δίκαιον παρὰ Θεῷ
“परमेश्वर धर्मी हुनुहुन्छ” वा “परमेश्वर न्यायी हुनुहुन्छ”
παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
यहाँ “फिर्ता गर्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु हो जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “तिमीहरूलाई कष्ट दिनेहरूलाई परमेश्वरले कष्ट दिनहुन” (हेर्नुहोस्ः रूपक)
2 Thessalonians 1:7
καὶ ὑμῖν…ἄνεσιν
यी शब्दहरूले परमेश्वरले मानिसहरूलाई के “फिर्ता गर्नुभएकोमा” उहाँ धर्मी हुनुहुन्छ भन्ने कुराको विवरणलाई निरन्तरता दिन्छन् (पद ६) । यो एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु भन्ने हुन्छ जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “र तिमीहरूलाई आराम दिन” (हेर्नुहोस्ः रूपक)
ὑμῖν…ἄνεσιν
आराम प्रदान गर्नुहुने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन” (हेर्नुहोस्ः शब्दलोप)
ἀγγέλων δυνάμεως αὐτοῦ
“उहाँका शक्तिशाली स्वर्गदूतहरू”
2 Thessalonians 1:8
ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν
“परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्दो आगोमा दण्ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ”
2 Thessalonians 1:9
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον
यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 1:10
ὅταν ἔλθῃ…ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ ।
ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्वास गर्नेहरू उहाँसँग अचम्मित हुनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 1:11
καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν
पावलले तिनीहरूका लागि कति धेरै पटक प्रार्थना गर्छन् भन्ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूको लागि नियमित रूपमा प्रार्थना पनि गर्दछौँ” वा “हामी तिमीहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छौँ”
τῆς κλήσεως
यहाँ “बोलावट” शब्दले परमेश्वरले मानिसहरूलाई उहाँका छोराछोरी र सेवकहरू हुन र येशूद्वाराको मुक्तिको विषयमा भएको उहाँको सन्देशलाई घोषणा गर्न छान्नुभएको कुरालाई जनाउँछ ।
πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης
“तिमीहरूले चाहना गर्ने हरतरहले असल गर्न तिमीहरू सक्षम हुन सक”
2 Thessalonians 1:12
ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν ὑμῖν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले हाम्रा प्रभु येशूको नाम महिमित पार्न सक” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
καὶ ὑμεῖς ἐν αὐτῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीहरूलाई महिमित पार्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν
“परमेश्वरको अनुग्रहको कारण”
2 Thessalonians 2
२ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
“उहाँसँगै हुन एकसाथ भेला गराइने”
यस खण्डले त्यो एउटा समयलाई जनाउँछ जब येशूले उहाँमा विश्वास गरेकाहरूलाई आफूकहाँ बोलाउनुहुनेछ । यसले ख्रीष्टको अन्तिम महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्ने विषयमा विद्वानहरू फरक-फरक मत राख्छन् । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
पापको मानिस
यो र यस अध्यायमा “विनाशको पुत्र” र “व्यवस्थाहीन व्यक्ति” भनेर बताइएको कुरा एउटै हो । पावलले त्यसलाई संसारमा सक्रिय रूपमा काम गरिरहेको शैतानसँग सम्बन्धित भएको देखाउँछन् । (हेर्नुहोस्ः ख्रीष्ट-विरोधी)
परमेश्वरको मन्दिरमा बस्छ
पावलले यरूशलेमको मन्दिरलाई जनाइरहेका हुनसक्छन् जसलाई उनले यो पत्र लेखेका धेरै वर्षपछि रोमीहरूले तहसनहस पारे । अथवा उनले भविष्यको भौतिक मन्दिरलाई जनाइरहेका हुन सक्छन्, वा परमेश्वरको आत्मिक मन्दिरको रूपमा भएको मण्डलीलाई जनाइरहेका हुन सक्छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
2 Thessalonians 2:1
पावलले विश्वासीहरूलाई येशू फर्कनुहुने दिनको बारेमा धोकामा नपर्न सल्लाह दिए ।
δὲ
“अब” शब्दले पावलको निर्देशनहरूको विषय परिवर्तनलाई अङ्कित गर्छ ।
ἀδελφοί
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
2 Thessalonians 2:2
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι
“कि तिमीहरूले आफैँलाई सजिलै विचलित हुन नदेओ”
διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν
“बोलिएको शब्द वा लिखित अक्षरद्वारा, जसले हामीबाट आएको भान पार्छ”
ὡς ὅτι
“भन्दै कि”
ἡ ἡμέρα τοῦ Κυρίου
यसले त्यो समयलाई जनाउँछ जब येशू पृथ्वीमा सबै विश्वासीहरूका लागि फर्केर आउनुहुनेछ ।
2 Thessalonians 2:3
पावलले पापको मानिसको बारेमा सिकाउँछन् ।
μὴ ἔλθῃ
“प्रभुको दिन आउनेछैन”
ἡ ἀποστασία
यसले भविष्यको त्यो समयलाई जनाउँछ जब धेरै मानिसहरू परमेश्वरबाट तर्केर जानेछन् ।
ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ υἱὸς τῆς ἀπωλείας
पावलले विनाश चाहिँ कुनै एक व्यक्ति भए जसरी कुरा गर्छन् जसले एउटा छोरा जन्मायो जुन छोराको लक्ष्य चाहिँ सबैथोकलाई पूर्णतया नाश पार्नु हो । वैकल्पिक अनुवादः “त्यो जसले आफूले सकेको सबैथोकलाई नाश पार्छ” (हेर्नुहोस्ः रूपक)
2 Thessalonians 2:4
πάντα λεγόμενον θεὸν ἢ σέβασμα
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैथोक जसलाई मानिसहरूले परमेश्वर ठान्छन् वा ती सबैथोक जसलाई मानिसहरूले आराधना गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν Θεός
“आफैँलाई परमेश्वरको रूपमा देखाउँछ”
2 Thessalonians 2:5
οὐ μνημονεύετε…ταῦτα
पावलले आफू तिनीहरूसँग हुँदा उनले तिनीहरूलाई सिकाएका कुराहरूको स्मरण गराउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा अभिव्यक्तिको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ... यी कुराहरू ... सम्झन्छौ भनेर म निश्चित छु ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ταῦτα
यसले येशूको पुनरागमन, प्रभुको दिन र पापको मानिसलाई जनाउँछ ।
2 Thessalonians 2:6
τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई ठीक समयमा प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 2:7
μυστήριον…τῆς ἀνομίας
यसले परमेश्वरले मात्र जान्नुहुने पवित्र रहस्यलाई जनाउँछ ।
ὁ κατέχων
कसैलाई रोक्नु भनेको तिनीहरूलाई पछाडि नै थामेर राख्नु वा तिनीहरूले गर्न चाहेका कुरा गर्नदेखि रोक्नु भनेको हो ।
2 Thessalonians 2:8
καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि परमेश्वरले पापको मानिसलाई आफैँलाई प्रकट गर्न दिनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
यहाँ “सास”ले परमेश्वरको शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको बोलिएको वचनको शक्तिले” (हेर्नुहोस्ः लक्षणा)
καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ
जब येशू पृथ्वीमा फर्कनुहुन्छ र आफैँलाई प्रकट गर्नुहुन्छ, उहाँले पापको मानिसलाई हराउनुहुनेछ ।
2 Thessalonians 2:9
ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους
“सबै किसिमका शक्ति, चिन्हहरू र झूटा आश्चर्यकर्महरूले”
2 Thessalonians 2:10
ἐν πάσῃ ἀπάτῃ ἀδικίας
यस व्यक्तिले मानिसहरूलाई परमेश्वरको साटोमा आफूमाथि विश्वास गर्न लगाउनका निमित्त हर किसिमको छलको प्रयोग गर्नेछ ।
τοῖς ἀπολλυμένοις
शैतानद्वारा शक्ति दिइएको यस मानिसले ती सबैलाई छल्नेछ जसले येशूमा विश्वास गरेनन् ।
ἀπολλυμένοις
यहाँ “नाश भइरहेका” भन्ने कुरामा सदाकालको वा अनन्त विनाशको अवधारणा रहेको छ ।
2 Thessalonians 2:11
διὰ τοῦτο
“किनभने मानिसहरूले सत्यलाई प्रेम गर्दैनन्”
πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει
परमेश्वरले तिनीहरूमाथि केही हुनलाई अनुमति दिइरहनुभएको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको उहाँले तिनीहरूकहाँ केही कुरा पठाइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई छल्नको लागि पापको मानिसलाई अनुमति दिइरहनुभएको छ” (हेर्नुहोस्ः रूपक)
2 Thessalonians 2:12
κριθῶσιν πάντες
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू सबैको न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ
“अधार्मिकतामा आनन्द लिनेहरू किनभने तिनीहरूले सत्यतालाई विश्वास गरेनन्”
2 Thessalonians 2:13
पावलले सारा विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् र तिनीहरूलाई उत्साह दिन्छन् ।
पावलले अब विषयलाई बदल्छन् ।
δὲ
पावलले यहाँ यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
ἡμεῖς…ὀφείλομεν εὐχαριστεῖν…πάντοτε
“सधैँ” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “हामीले निरन्तर धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
ἡμεῖς…ὀφείλομεν
यहाँ “हामी”ले पावल, सिलास र तिमोथीलाई जनाउँछ ।
ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, भाइहरू हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἀδελφοὶ
यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας
मुक्ति पाउनेमा पहिला मानिसहरू हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ थेसलोनिकी विश्वासीहरू चाहिँ “प्रथम फलहरू” हुन् । यसलाई “मुक्ति”, “शुद्धिकरण”, “विश्वास”, र “सत्यता” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूमध्येमा पहिलो हुनु जसले सत्य कुरालाई विश्वास गर्छन्, र जसलाई परमेश्वरले उहाँको आत्माद्वारा बचाउनुभएको छ र आफ्नै लागि अलग गर्नुभएको छ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
2 Thessalonians 2:15
ἄρα οὖν, ἀδελφοί, στήκετε
पावलले विश्वासीहरूलाई येशूमा भएको तिनीहरूको विश्वासमा स्थिर रहनलाई अर्ती दिन्छन् ।
κρατεῖτε τὰς παραδόσεις
यहाँ “परम्पराहरू”ले पावल र अन्य प्रेरितहरूले सिकाएका ख्रीष्टको सत्यताहरूलाई जनाउँछ । पावलले ती कुराहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनका पाठकहरूले ती कुराहरूलाई तिनीहरूका हातले पक्रन सक्थे । वैकल्पिक अनुवादः “परम्पराहरूलाई सम्झ” वा “सत्यताहरूलाई विश्वास गर” (हेर्नुहोस्ः रूपक)
ἐδιδάχθητε
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकाएका छौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν
यहाँ “वचनद्वारा” भनेको “निर्देशनहरूद्वारा” वा “शिक्षाहरूद्वारा”को लागि प्रतिस्थापकीय शब्द हो । तपाईंले अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यक्तिगत रूपमा भेटेर तिमीहरूलाई सिकाएका कुराहरूद्वारा वा हाम्रा पत्रमा हामीले तिमीहरूलाई लेखेका कुराहरूद्वारा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि उपलक्षण)
2 Thessalonians 2:16
पावलले परमेश्वरबाटको आशिष्को साथ अन्त्य गर्छन् ।
δὲ
यहाँ पावलले यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको निम्ति प्रयोग गर्छन् ।
ὁ Κύριος ἡμῶν…ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς
“हाम्रा” र “हामीलाई” शब्दहरूले सारा विश्वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
αὐτὸς…Κύριος ἡμῶν, Ἰησοῦς Χριστὸς
यहाँ “आफैँ” भन्ने वाक्यांशले “प्रभु येशू ख्रीष्ट” भन्ने वाक्यांशमा थप जोड दिन्छ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
2 Thessalonians 2:17
παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι
“हृदयहरू”ले भावनाहरूको आसनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ ... को लागि तिमीहरूलाई सान्त्वना दिनुभएको होस् र बलिया बनाउनुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)
παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ
“तिमीहरूले गर्ने र भन्ने हरेक असल कुरा”
2 Thessalonians 3
२ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
निष्क्रिय र अल्छे व्यक्तिहरू
थेसलोनिकेमा, यस्तो देखिन्छ कि त्यहाँ काम गर्न सकेर पनि काम गर्नलाई इन्कार गर्ने मानिसहरूको कारण समस्या आएको थियो । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
तिमीहरूको भाइले पाप गर्छ भने तिमीहरूले के गर्नुपर्छ ?
यस अध्यायमा, ख्रीष्टिएनहरूले परमेश्वरलाई आदर गर्ने तरिकाले जीवन जिउनुपर्छ भनेर पावलले सिकाउँछन् । ख्रीष्टिएनहरूले एक अर्कालाई उत्साह पनि दिनुपर्छ र तिनीहरूले गरेका कुराको लागि एक अर्कालाई जिम्मेवार पनि ठहराउनुपर्छ । विश्वासीहरूले पाप गर्छन् भने तिनीहरूलाई पश्चात्ताप गर्नलाई हौसला दिनको निम्ति पनि मण्डली जिम्मेवार हुन्छ । (हेर्नुहोस्ः पश्चात्ताप गर्नु, पश्चात्ताप अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
2 Thessalonians 3:1
पावलले विश्वासीहरूलाई उनी र उनका सहकर्मीहरूको निम्ति प्रार्थना गर्नलाई अनुरोध गर्छन् ।
τὸ λοιπὸν
पावलले “अब” शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् ।
ἀδελφοί
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς
पावलले परमेश्वरको वचन फैलने कुरालाई त्यो कुनै एक ठाउँदेखि अर्को ठाउँसम्म दौडिरहेको झैँ गरी व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि धेरैभन्दा धेरै मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा भएको सन्देश चाँडै सुन्नेछन् र त्यसलाई सम्मान गर्नेछन्, जसरी त्यो तिमीहरूलाई पनि भयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
2 Thessalonians 3:2
ῥυσθῶμεν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले हामीलाई बचाउनुभएको होस्” वा “ताकि परमेश्वरले हामीलाई उद्धार गर्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
οὐ γὰρ πάντων ἡ πίστις
“किनकि धेरै मानिसहरूले येशूमा विश्वास गर्दैनन्”
2 Thessalonians 3:3
ὃς στηρίξει
“जसले तिमीहरूलाई बलियो बनाउनुहुनेछ”
τοῦ πονηροῦ
“शैतान”
2 Thessalonians 3:4
πεποίθαμεν
“हामीसँग विश्वास छ” वा “हामी भरोसा गर्छौँ”
2 Thessalonians 3:5
ὁ…Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας
यहाँ “हृदय” भनेको व्यक्तिका विचारहरू वा दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बुझ्ने तुल्याउनु” (हेर्नुहोस्ः लक्षणा)
εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ
पावलले परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलताको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै मार्गको गन्तव्य हुन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र ख्रीष्टले तिमीहरूका लागि कति धेरै सहन गर्नुभएको छ” (हेर्नुहोस्ः रूपक)
2 Thessalonians 3:6
पावलले विश्वासीहरूलाई काम गर्न र अल्छे नबन्नको लागि केही अन्तिम निर्देशनहरू दिन्छन् ।
δὲ
पावलले विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि यो शब्दलाई प्रयोग गर्छन् ।
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानौँ हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले नै बोलिरहनुभएको थियो” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Κυρίου ἡμῶν
यहाँ “हाम्रा”ले सारा विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
2 Thessalonians 3:7
μιμεῖσθαι ἡμᾶς
“मेरा सङ्गी सहकर्मीहरू र मैले व्यवहार गर्ने तरिका अनुसार व्यवहार गर्न”
οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूको माझमा निकै अनुशासन भएकाहरू जसरी जियौँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
2 Thessalonians 3:8
νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι
“हामीले रातको अवधिमा र दिनको अवधिमा काम गर्यौँ ।” यहाँ “रात” र “दिन” भनेको कुनै चीजको सम्पूर्णतालाई जनाउने भाषाको एउटा अलङ्कार हो र तिनको अर्थ “हर समय” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीले हर समय काम गर्यौँ” (हेर्नुहोस्ः मेरिज्म)
ἐν κόπῳ καὶ μόχθῳ
उनका परिस्थितिहरू कति कठिन थिए भनेर पावलले जोड दिन्छन् । कठिन परिश्रमले अत्यन्तै ज्यादा प्रयत्नको आवश्यक पर्ने कामको आशय दिन्छ । कठोर परिश्रमले आशय दिन्छ कि तिनीहरूले पीडा र कष्ट खपे । वैकल्पिक अनुवादः “धेरै अप्ठ्यारा परिस्थितिहरूमा” (हेर्नुहोस्ः प्रतिरूपी)
2 Thessalonians 3:9
οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’
पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीसँग तिमीहरूबाट खाना पाउने अवश्य नै अधिकार छ, तर त्यसको साटोमा हामीले हाम्रो खानाको लागि काम गर्यौँ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
2 Thessalonians 3:10
εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही व्यक्ति खान चाहन्छ भने, उसले काम गर्नु पर्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
2 Thessalonians 3:11
τινας περιπατοῦντας…ἀτάκτως
यहाँ “हिँड्नु”को अर्थ जीवन जिउने आचरण हुन्छ । वैकल्पिक अनुवादः “केही अल्छे जीवन जिउँछन्” वा “केही अल्छे छन्” (हेर्नुहोस्ः रूपक)
ἀλλὰ περιεργαζομένους
अर्काको काममा हात हाल्नेहरू भनेको ती मानिसहरू हुन् जसले सहयोगको लागि अनुरोध नपाइकनै अरूहरूको मामिलाहरूमा हस्तक्षेप गर्छन् ।
2 Thessalonians 3:12
μετὰ ἡσυχίας
“चूपचाप, शान्तिपूर्वक र हल्का तवरले ।” पावलले अर्काको काममा हात हाल्नेहरूलाई अरू मानिसहरूको मामिलामा सहभागी हुन छाड्नको लागि सल्लाह दिन्छन् ।
2 Thessalonians 3:13
δέ
पावलले अल्छे विश्वासीहरू र कठोर परिश्रमी विश्वासीहरूको बीचमा भएको भिन्नतालाई देखाउनको निम्ति यो शब्दको प्रयोग गर्छन् ।
ὑμεῖς
“तिमी” शब्दले सारा थेसलोनिकेकी विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
ἀδελφοί
यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
2 Thessalonians 3:14
εἰ…τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν
“यदि कसैले हाम्रा निर्देशनहरूको पालना गर्दैन भने”
τοῦτον σημειοῦσθε
ऊ को हो भनी याद गर । वैकल्पिक अनुवादः “त्यस्तो व्यक्तिलाई सार्वजनिक रूपमा पहिचान गर” (हेर्नुहोस्ः टुक्काहरू)
ἵνα ἐντραπῇ
पावलले अल्छे विश्वासीहरूलाई अनुशासनको कार्यको रूपमा टाढा राख्नका निमित्त विश्वासीहरूलाई निर्देशन दिन्छन् ।
2 Thessalonians 3:16
पावलले थेसलोनिकेमा भएका विश्वासीहरूको सामु अन्तिम भनाइहरू राख्छन् ।
αὐτὸς…ὁ Κύριος τῆς εἰρήνης, δῴη ὑμῖν
यो थेसलोनिकीहरूको लागि पावलको प्रार्थना हो भनेर तपाईले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म प्रार्थना गर्छु कि शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिनुभएको होस्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
αὐτὸς…ὁ Κύριος τῆς εἰρήνης
यहाँ “आफैँ” शब्दले जोड दिन्छ कि प्रभुले विश्वासीहरूलाई व्यक्तिगत रूपमा शान्ति दिनुहुनेछ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
2 Thessalonians 3:17
ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω
“म, पावल, मेरो आफ्नै हातले यो अभिवादन लेख्दछु, जुन अभिवादन चाहिँ कुनै पत्र त्यो साँच्चै मबाट आएको हो भनेर देखाउने चिन्हस्वरूप, म लेख्छु”
οὕτως γράφω
पावलले स्पष्ट पार्दछन् कि यो पत्र उनीबाट आएको हो र कुनै जालसाजी होइन ।