Galatians
Galatians front
गलातीहरूको परिचय
भाग १: सामान्य परिचय
गलातीहरूको पुस्तकको रूपरेखा
- पावलले येशू ख्रीष्टको प्रेरितको रूपमा भएको उनको अधिकारको घोषणा गर्छन्; उनले भन्छन् कि गलातियामा भएका ख्रीष्टिएनहरूले अरू मानिसहरूबाट ग्रहण गरेको झूटा शिक्षाहरूद्वारा उनी चकित छन् (१:१-१०) ।
- पावलले भन्छन् कि मानिसहरूले ख्रीष्टमा विश्वास गरेर मात्रै मुक्ति पाउँछन्, व्यवस्था पालन गरेर होइन (१:११-२:२१) ।
- मानिसहरूले ख्रीष्टमा विश्वास गर्दा मात्र परमेश्वरले तिनीहरूलाई आफूसँग ठीक सम्बन्धमा राख्नुहुन्छ; अब्राहामको उदाहरण; व्यवस्थाले ल्याउने श्राप (र उद्धारको कुनै माध्यम होइन); दासत्व र स्वतन्त्रतालाई हागार र साराद्वारा तुलना र चित्रण गरिएको (३:१-४:३१) ।
- जब मानिसहरू ख्रीष्टसँग जोडिन्छन्, तिनीहरू मोशाको व्यवस्था पालन गर्नुपर्ने कुराबाट स्वतन्त्र हुन्छन् । तिनीहरू पवित्र आत्माले अगुवाइ गर्नुभए अनुसार जिउनलाई पनि स्वतन्त्र छन् । तिनीहरू पापको मागहरूलाई इन्कार गर्न स्वतन्त्र छन् । तिनीहरू एक अर्काका बोझहरू बोक्नलाई स्वतन्त्र छन् (५:१-६:१०) ।
- पावलले खतना भएको हुनमा र मोशाको व्यवस्था पालना गरेकोमा भरोसा नराख्न ख्रीष्टिएनहरूलाई चेतावनी दिन्छन् । बरु, तिनीहरूले ख्रीष्टमा भरोसा राख्नुपर्छ (६:११-१८) ।
गलातीहरूको पुस्तक कसले लेखे ?
टार्सस सहरबाटका पावल लेखक थिए । उनलाई सुरुको जीवनमा शाऊल भनी चिनिएको थियो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनले येशू ख्रीष्टमा विश्वास गर्न थालेपछि, उनी धेरैपटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।
पावलले यो पत्र कहिले लेखे र तिनले यो लेख्दा तिनी कहाँ थिए भन्ने कुरा जानकारी छैन । पावल एफिससमा थिए र तिनले येशूको सुसमाचार प्रचारको दोस्रो यात्रा पूरा गरेपछि यो पत्र लेखे भन्ने कोही विद्वानको विचार रहेको छ । पावल सिरियाको एन्टिओक सहरमा थिए र तिनले सुसमाचारको पहिलो यात्रा पूरा गर्नेबित्तिकै यो पत्र लेखे भन्ने अरु कोही विद्वानको विचार रहेको छ ।
गलातीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र गलातिया क्षेत्रमा भएका यहूदी र अन्यजाति दुवैका लागि लेखेका थिए । ख्रीष्टिएनहरूले मोशाको व्यवस्था पालन गर्नै पर्छ भन्ने झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी दिनका लागि तिनले यो पत्र लेखे । येशूमा विश्वास गरेर कुनै पनि व्यक्तिले उद्धार पाउन सक्दछ भनेर पावलले सुसमाचारको प्रतिरक्षा गरे । मानिसहरूले असल काम गरेको परिणामस्वरूप उद्धार पाउने होइन, तर परमेश्वर दयालु हुनुभएको परिणामस्वरूप तिनीहरूले उद्धार पाउँछन् । कुनै पनि व्यक्तिले व्यवस्थालाई पूर्ण रूपले पालन गर्न सक्दैन । मोशाको व्यवस्था पालन गरेर परमेश्वरलाई खुसी पार्ने प्रयास गर्दा परमेश्वरले तिनीहरूलाई दण्डाज्ञाको घोषणा मात्र गर्नुहुन्छ । (हेर्नुहोस्ः शुभ खबर, सुसमाचार, बचाउनु, सुरक्षित, विश्वास अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था अनि कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू)
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “गलातीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ प्रस्ट हुने शीर्षकलाई छान्न सक्छन्, जस्तै कि, “गलातियामा भएको मण्डलीलाई पावलको पत्र ।” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
“यहीदीहरूजस्तै गरी जिउने” (२:१४) भन्नुको अर्थ के हो ?
“यहूदीले झैँ जिउनु” भन्नु अर्थ कसैले ख्रीष्टमाथि विश्वास गरेर पनि मोशाको व्यवस्था पालन गर्नु हो । यसो गर्नु अत्यावश्यक हुन्छ भनेर सुरुका ख्रीष्टिएनहरूलाई सिकाउने मानिसहरुलाई “यहूदीकरण गर्नेहरू” भनिन्थ्यो ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
गलातीहरूको पुस्तकमा “व्यवस्था” र “अनुग्रह” जस्ता शब्दहरूलाई पावलले कसरी प्रयोग गर्छन् ?
गलातीहरूलाई लेखेको पत्रमा यी शब्द विशिष्ट किसिमले प्रयोग भएको छ । ख्रीष्टिएन जीवन बिताउने कुराका सम्बन्धमा गलातीहरूलाई लेखेको पत्रमा महत्त्वपूर्ण शिक्षा छ । मोशाको व्यवस्थाको अधीनमा धर्मी वा पवित्र जीवन बिताउने हो भने व्यक्तिले धेरैवटा नियमहरू पालन गर्नुपर्ने हुन्छ । अब ख्रीष्टिएनहरूलाई भने अनुग्रहले नै पवित्र जीवन बिताउन उत्प्रेरित गर्दछ । यसको अर्थ ख्रीष्टिएनहरूले ख्रीष्टमा स्वतन्त्रता प्राप्त गरेका छन् । यसैले तिनीहरूले विशेष नियमहरू पालन गर्नुपर्ने आवश्यकता हुँदैन । बरु, ख्रीष्टिएनहरूले पवित्र जीवन बिताउनुपर्छ, किनभने परमेश्वर तिनीहरूप्रति अत्यन्त दयालु हुनुभएको हुनाले तिनीहरू कृतज्ञ भएका छन् । यसलाई “ख्रीष्टको व्यवस्था” भनिन्छ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता अनि पवित्र, पवित्रता)
पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
यस प्रकारको अभिव्यक्ति १:२२; २:४, १७; ३:१४, २६, २८; ५:६, १० मा आउँछ । ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई व्यक्त गर्नको लागि पावलले सामान्य अर्थमा भनेका हुन् । त्यही समयमा, उनले धेरैपटक अन्य प्रकारका सम्बन्धहरूको पनि सङ्केत दिन खोज्छन् । उदाहरणको लागि, हेर्नुहोस्, “जब हामी परमेश्वरले हामीलाई ख्रीष्टमा धर्म ठहराउनुहुने कुरालाई खोज्छौँ” (२:१७), जहाँ पावलले ख्रीष्टको माध्यमद्वारा धर्मी ठहराउने कुराको विषयमा बताउँछन् ।
कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
गलातीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
- “मूर्ख गलातीहरू हो, कस्को दुष्ट आँखाले तिमीहरूलाई हानी पुर्याएको छ ? के येशू ख्रीष्ट तिमीहरूकै आँखा अगाडि क्रूसमा टाँगिनुभएको कुराको चित्रण गरिएको थिएन ?” (३:१) यूएलटी, यूएसटी र अन्य अधुनिक अनुवाद यो पाठ छ । तापनि, बाइबलको पुरानो अनुवादले भन्दछ, “र यसरी तिमीहरू सत्यताको पालना गर्दैनौ ।” अनुवादकहरूलाई यो वाक्य समावेश नगर्ने सुझाव दिइन्छ । तापनि, अनुवादकहरूका क्षेत्रमा पुरानो अनुवादको प्रति छ भने, तिनीहरूले यसलाई समावेश गर्न सक्दछन् । यदि यसलाई अनुवाद गर्ने हो भने, यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्दछ, र यसले सम्भवत: गलातीहरूलाई लेखेको मूल प्रतिमा यो वाक्य थिएन होला भन्ने कुराको सङ्केत गर्दछ । (हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
Galatians 1
गलातीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले लेखेका अरु पत्रभन्दा यो पत्र बेग्लै किसिमले सुरु गरे । तिनले यसरी थपेका छन्, “मानिसबाट वा मानिसद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिताद्वारा भएको हुँ, परमेश्वर पिता जसले येशू ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो ।” झूटा शिक्षकहरूले पावलको विरोध गरिरहेका र तिनको अधिकारलाई तुच्छ ठानेका हुनाले तिनले यी शब्द समावेश गरेका हुन सक्छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
विश्वासबाट विपरीत मत
साँचो बाइबलीय सुसमाचारद्वारा मात्र परमेश्वरले मानिसहरूलाई अनन्तसम्म बचाउनुहुन्छ । अर्को कुनै सुसमाचार छ भने पनि परमेश्वरले त्यसलाई तिरस्कार गर्नुहुन्छ । झूटा सुसमाचार सिकाउने मानिसहरू स्रापित होउन् भनी पावलले परमेश्वरमा प्रार्थना चढाएका छन् । तिनीहरू बचाइने छैनन् । यसर्थ, तिनीहरू अख्रीष्टिएनजस्तै हुन् । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित, सधैँ रहिरहने, अनन्त, अनन्तता, शुभ खबर, सुसमाचार अनि दण्डाज्ञा दिनु, दण्डाज्ञा अनि सराप दिनु, श्रापित)
पावलका योग्यताहरू
अन्यजातिहरूले मोसाको व्यवस्था पालन गर्नुपर्छ भनेर सुरुको मण्डलीका कोही मानिसले सिकाइरहेका थिए । यो शिक्षालाई प्रतिवाद गर्नका लागि पद १३-१६ मा पावलले कसरी आफू पहिले पहिले जोसिलो यहूदी थिए भनेर स्पष्ट पार्दछन् । तर परमेश्वरले तिनको उद्धार गर्नुभयो र तिनलाई साँचो सुसमाचार देखाउनुभयो । एक जना यहूदी र अन्यजाति मानिसहरुका लागि प्रेरित भएका हुनाले यो समस्यालाई सम्बोधन गर्न पावलसँग विशिष्ट दक्षता थियो । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“तिमीहरू कति चाँडै एउटा फरक सुसमाचारतर्फ फर्कदैछौ”
पावलले सबभन्दा पहिले लेखेका पत्रहरूमध्ये गलातीहरूलाई लेखेको पत्र पनि एक हो । झूटा शिक्षाहरूले सुरुको मण्डलीमा पनि दु:ख दिएको कुरा यसले दर्शाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 1:1
पावल, एक प्रेरितले यो पत्र गलातियाको क्षेत्रमा भएका मण्डलीहरूलाई लेख्छन् । अन्य किसिमले नबताइएसम्म, यस पत्रमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दले गलातीहरूलाई जनाउँछ, र बहुवचनका रूपमा प्रयोग भएको छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
τοῦ ἐγείραντος αὐτὸν
“जसले उहाँलाई पुनः जीवित हुन लगाउनुभयो”
Galatians 1:2
ἀδελφοί
यहाँ यसको अर्थ ख्रीष्टिएन मित्रहरू, पुरुष र स्त्री दुवैलाई जनाउँछ, किनभने ख्रीष्टका सबै विश्वासी एउटै आत्मिक परिवारका सदस्यहरू हुन्, र परमेश्वर तिनीहरूका स्वर्गका पिता हुन्हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनी” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Galatians 1:4
περὶ τῶν ἁμαρτιῶν ἡμῶν
“पापहरू” भनेको पापको लागि हुने दण्डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “हाम्रा पापको कारणले हामीले पाउनुपर्ने दण्ड लिनको निम्ति” (हेर्नुहोस्ः लक्षणा)
ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ
यहाँ “यस ... युग” ले यस युगमा कार्यरत शक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “कि उहाँले हामीलाई आजको संसारमा काम गर्ने दुष्ट शक्तिहरूबाट सुरक्षित ठाउँमा ल्याउनुभएको होस्” (हेर्नुहोस्ः लक्षणा)
यसले “परमेश्वर हाम्रा पिता”लाई जनाउँछ । उहाँ हाम्रा परमेश्वर र पिता हुनुहुन्छ ।
Galatians 1:6
पावलले यो पत्र लेख्नुपर्ने तिनका कारण दिन्छन्ः सुसमाचारलाई निरन्तर रूपमा बुझ्न तिनीहरूलाई तिनले स्मरण गराउँछन् ।
θαυμάζω
“म चकित भएको छु” वा “मलाई आश्चर्य लागेको छ ।” पावल निराश छन् कि तिनीहरूले यसो गरिरहेका थिए ।
οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος
यहाँ “उहाँबाट ... तर्किँदैछौ” भनेको परमेश्वरलाई शंका गर्न थालेको वा अब विश्वास गर्न छोडेको भन्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरू कति चाँडै उहाँलाई शंका गर्न थालेका छौ” (हेर्नुहोस्ः रूपक)
“परमेश्वर, जसले तिमीहरूलाई बोलाउनुभयो”
यहाँ यसको अर्थ हुन्छ कि परमेश्वरले उहाँका छोराछोरी होउन् र उहाँको सेवा गरून् र येशूद्वारा उहाँको उद्धारको सन्देशको घोषणा गरून् भनेर मानिसहरूलाई नियुक्त गर्नुभयो अथवा चुन्नुभयो ।
“ख्रीष्टको अनुग्रहको कारण” वा “ख्रीष्टको अनुग्रहमय बलिदानको कारण”
यहाँ “फर्कँदैछौ” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरालाई विश्वास गर्न सुरु गर्नु भन्ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसको साटोमा तिमीहरू फरक सुसमाचारलाई विश्वास गर्न थालिरहेका छौ” (हेर्नुहोस्ः रूपक)
Galatians 1:7
οἱ ταράσσοντες
“केही मानिसहरू”
Galatians 1:8
यसले नघटेको र घट्न नहुने कुराको व्याख्या गरिरहेको छ । वैकल्पिक अनुवादः “प्रचार गर्ने हो भने” वा “प्रचार गर्ने रहेछ भने” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
παρ’ ὃ εὐηγγελισάμεθα
“सुसमाचारबाट फरक” वा “सन्देशबाट फरक”
ἀνάθεμα ἔστω
“परमेश्वरले त्यस व्यक्तिलाई सदाको लागि दण्ड दिनुपर्छ ।” यदि तपाईंको भाषामा कसैमाथि श्रापलाई बोलाउने कुनै चलिआएको तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।
Galatians 1:10
ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν? ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν
यी आलङ्कारिक प्रश्नहरूले “होइन” भन्ने जवाफको आशा गर्छ । वैकल्पिक अनुवादः “म मानिसहरूबाट स्वीकृति खोज्दिन, तर त्यसको सट्टामा परमेश्वरबाट स्वीकृति खोज्दछु । मैले मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην
“यदि” र “भने” भन्ने शब्दहरू दुवै तथ्यप्रति विपरीत हुन्छन् । “मैले अहिले पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन; म ख्रीष्टको एक दास हुँ” वा “यदि मैले अझै पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छु भने, म ख्रीष्टको दास हुनेछैन”
Galatians 1:11
पावलले अरू कसैबाट सुसमाचार जानेका थिएनन् भनेर स्पष्ट पार्दछन्; यो तिनले येशू ख्रीष्टबाट जानेका थिए ।
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
यो वाक्यांशको प्रयोग गरेर पावलले येशू ख्रीष्ट मानिस हुनुहुन्थ्यो भन्न खोजेका होइनन् । किनभने ख्रीष्ट मानिस र परमेश्वर दुवै हुनुभए तापनि, उहाँ पापपूर्ण मानिस हुनुहुन्न । सुसमाचार कहाँबाट आयो भनेर पावलले लेखिरहेका छन्; कि यो अरू पापी मानिसहरूबाट आएको थिएन, तर यो येशू ख्रीष्टबाट आयो ।
Galatians 1:12
δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ
सम्भावित अर्थहरू हुन् १) “येशू ख्रीष्ट आफैँले मलाई सुसमाचार प्रकट गर्नुभयो” वा २) “परमेश्वरले मलाई येशू ख्रीष्ट को हुनुहुन्छ भनेर देखाउनुहुँदा यो सुसमाचार जान्न दिनुभयो ।”
Galatians 1:13
ἀναστροφήν ποτε
“कुनै समयको बानी बेहोरा” वा “अगाडिको जीवन” वा “सुरुको जीवन”
Galatians 1:14
यस अलङ्कारले पावललाई उनका सहकर्मी यहूदीहरूभन्दा तिनीहरूको सिद्ध यहूदीहरू हुने लक्ष्यमा पावल धेरै अगाडि भएको देखाउँछ ।
“यहूदी मानिसहरू जो मेरो जत्तिकै उमेरका थिए”
“मेरा पूर्खाहरू”
Galatians 1:15
καλέσας διὰ τῆς χάριτος αὐτοῦ
सम्भावित अर्थहरू हुन् १) “परमेश्वरले मलाई उहाँको सेवा गर्न बोलाउनुभयो किनभने उहाँ अनुग्रही हुनुहुन्छ” वा २) “उहाँले मलाई आफ्नो अनुग्रहको माध्यमद्वारा बोलाउनुभयो ।”
Galatians 1:16
ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ
सम्भावित अर्थहरू हुन् १) “मलाई उहाँको पुत्रलाई चिन्ने अनुमति दिनको निम्ति” वा २) “येशू परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा मद्वारा संसारलाई देखाउनको निम्ति ।”
τὸν Υἱὸν
यो येशू, परमेश्वरका पुत्रको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
εὐαγγελίζωμαι αὐτὸν
“उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी घोषणा गर्न” वा “परमेश्वरको पुत्रको बारेमा सुसन्देश प्रचार गर्न”
προσανεθέμην σαρκὶ καὶ αἵματι
अरू मानिसहरूसँग बातचित गर्ने कुरालाई यस भनाइले जनाउँछ । वैकल्पिक अनुवादः “यो सन्देश बुझ्न मलाई सहायता पुर्याउन मानिसहरूलाई अनुरोध गर्न” (हेर्नुहोस्ः टुक्काहरू)
Galatians 1:17
ἀνῆλθον εἰς Ἱεροσόλυμα
“यरूशलेममा जानु ।” येरूशलेम अग्लो पहाडी क्षेत्र हो । त्यहाँ पुग्नलाई धेरैवटा पहाड चड्नु आवश्यक हुन्छ र यसैले यरूशलेमको यात्रा गर्ने कुरालाई “माथि यरूशलेम जाने” भनेर स्पष्ट पार्ने सामान्य चलन थियो ।
Galatians 1:19
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον
यो दोहोरो नकारात्मक वाक्यले पावलले भेटेको व्यक्ति चाहिँ याकूब मात्रै थिए भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “मैले देखेको एक मात्र अर्को प्रेरित भनेको याकूब थिए” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
Galatians 1:20
पावल गलातीहरूले यो बुझेका चाहन्छन् कि पावल सम्पूर्ण रूपमा गम्भीर छन् र उनी जान्दछन् कि उनले जे भन्दछन्, सो परमेश्वरले सुन्नुहुन्छ र यदि उनले सत्य भनेनन् भने परमेश्वरले उनको न्याय गर्नुहुनेछ ।
ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ, ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι
पावलले सत्य कुरा भनिरहेका छन् भनी जोड दिनका लागि तिनले सङ्कुचित व्यङ्ग्यर्थ प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई लेखेका सन्देशहरूमा मैले तिमीहरूलाई ढाँटेको छैन” वा “मैले तिमीहरूलाई लेख्ने कुरामा मैले तिमीहरूलाई सत्य भनिरहेको छु” (हेर्नुहोस्ः निषेधात्मक)
Galatians 1:21
“ भनिने संसारका भागहरू”
Galatians 1:22
ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας, ταῖς ἐν Χριστῷ
“ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरूका मानिसहरू कसैले पनि मलाई कहिल्यै भेटेका छैनन्”
Galatians 1:23
“तर अरूहरूले मेरो बारेमा भनिरहेका कुराहरू मात्र तिनीहरूले जानेका थिए”
Galatians 2
गलातीहरू ०२ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले साँचो सुसमाचारको प्रतिरक्षा गर्ने कार्यलाई निरन्तरता दिन्छन् । यो गलाती १:११ मा सुरु भयो ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
स्वतन्त्रता र दासत्व
यो पत्रभरि नै पावलले स्वतन्त्रता र दासत्वका बीचमा भिन्नता दर्शाउँछन् । धरैवटा विभिन्न थोकहरू गर्नका लागि ख्रीष्टिएन स्वतन्त्र भएको छ । मोसाको व्यवस्था पालन गर्न खोज्ने ख्रीष्टिएनले सम्पूर्ण व्यवस्था पालन गर्नुपर्ने आवश्यकता पर्दछ । व्यवस्थाको पालन गर्न खोज्ने कुरालाई पावलले एक किसिमको दासत्व हो भनी वर्णन गर्दछन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“म परमेश्वरको अनुग्रहलाई गलत ठहराउँदिन”
यदि ख्रीष्टिएनले मोसाको व्यवस्था पालन गर्न खोज्दछ भने परमेश्वरले तिनीहरूमाथि दर्शाउनुभएको अनुग्रहलाई तिनीहरूले बुझ्दैनन् भनी पावलले सिकाउँछन् । यो आधारभूत त्रुटि हो । तर पावलले काल्पनिक परिस्थिति जस्तो गरी “म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ” भनेर लेखेका छन् । यो वाक्यको उद्देश्यलाई यसरी व्यक्त गर्न सकिन्छ, “यदि तिमीहरूले व्यवस्था पालन गरेर उद्धार पाउने भए, त्यस कुराले परमेश्वरको अनुग्रहलाई इन्कार गर्दछ ।” (हेर्नुहोस्ः अनुग्रह, अनुग्रहमय अनि काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
Galatians 2:1
पावलले प्रेरितहरूबाट होइन, तर परमेश्वरबाट सुसमाचार जाने भन्ने कुराको इतिहास बताउन निरन्तरता दिन्छन् ।
ἀνέβην
“यात्रा गरेँ ।” यरूशलेम पहाडी क्षेत्रमा अवस्थित छ । यहूदीहरूले यरूशलेमलाई पृथ्वीमा भएको यस्तो ठाउँको रूपमा पनि हेर्दथे जुन स्वर्गबाट सबैभन्दा नजिक छ, यसैले पावलले आलङ्कारिक तरिकाले भनेको हुन सक्छ, अथवा यस कुराले यरूशलेम जाने कठिनपूर्ण उकालो यात्रालाई सङ्केत गरेको हुन सक्छ ।
Galatians 2:2
τοῖς δοκοῦσιν
“विश्वासीहरूका माझमा महत्त्वपूर्ण अगुवाहरू”
τρέχω ἢ ἔδραμον
पावलले दौडने कुरालाई कामलाई जनाउने अलङ्कारको रूपमा प्रयोग गर्छन्, र उनले गरेका काम लाभदायक थियो भनेर जोड दिनका लागि युगल अकरणको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “मैले गरेरहेको वा गरिसकेको काम लाभदायक हुन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि रूपक)
μή πως εἰς κενὸν
“फाइदा नहुने गरी” वा “बेकारको कुराको लागि”
Galatians 2:3
περιτμηθῆναι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उसलाई खतना गर्न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Galatians 2:4
τοὺς παρεισάκτους ψευδαδέλφους
“ख्रीष्टिएन भएका बहाना गर्ने मानिसहरू मण्डलीमा आए” वा “ख्रीष्टिएन भएका बहाना गर्ने हाम्रा माझमा आए”
मानिसहरू कसरी स्वतन्त्रतामा जिउँछन् भनेर गोप्य तवरमा तिनीहरूलाई अवलोकन गर्न
मुक्ति
ἵνα ἡμᾶς καταδουλώσουσιν
“हामीलाई व्यवस्थाका दासहरू बनाउन ।” व्यवस्थाले आज्ञा गरेको यहूदी विधिहरू पालन गर्नलाई करमा परेको कुराको विषयमा पावलले कुरा गरिरहेका छन् । उनले यसको विषयमा त्यो कुनै दासत्व भए झैँ गरेर कुरा गरिरहेका छन् । सबैभन्दा महत्त्वपूर्ण विधि चाहिँ खतनाको कार्य थियो । वैकल्पिक अनुवादः “हामीलाई व्यवस्थाको पालना गर्नलाई कर लाउन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)
Galatians 2:5
εἴξαμεν τῇ ὑποταγῇ
“अर्पण गर्नु” वा “सुन्नु”
Galatians 2:6
ἐμοὶ…οὐδὲν προσανέθεντο
यहाँ “म” शब्दले पावलले सिकाइरहेका कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “जे मैले सिकाउँछु, त्यसमा केही थप भएन” वा “जे मैले सिकाउँछु, त्यसमा केही थप गर्न मलाई भनेनन्” (हेर्नुहोस्ः लक्षणा)
Galatians 2:7
“साटोमा” वा “बरु”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई भरोसा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Galatians 2:9
δοκοῦντες στῦλοι εἶναι
तिनीहरू ती मानिसहरू थिए जसले मानिसहरूलाई येशूको बारेमा सिकाए र मानिसहरूलाई येशूमा विश्वास गर्नलाई मनाए । (हेर्नुहोस्ः रूपक)
γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι
यहाँ प्रयोग भाववाचक नाउँ “अनुग्रह”लाई “दयालु हुनुभएको” भनी क्रियापद राखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर मसँग दयालु हुनुभएको कुरालाई बुझे” (हेर्नुहोस्ः भाववाचक नाम)
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई दिनुभएको अनुग्रह” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δεξιὰς ἔδωκαν…κοινωνίας
दाहिने हात समाउने वा मिलाउने कुरा सङ्गतिको सङ्केत थियो । वैकल्पिक अनुवादः “सहकर्मीहरूको रूपमा स्वागत गरे” वा “आदरसाथ स्वागत गरे” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)
“तिनीहरूका दाहिने हातहरू”
Galatians 2:10
τῶν πτωχῶν…μνημονεύωμεν
तिनले सम्झना गर्नुपर्ने गरिबहरूका बारेमा भएको कुरालाई तपाईंले स्पष्ट पार्न आवश्यक हुन सक्छ । वैकल्पिक अनुवादः “गरिबहरूका आवश्यकताहरूको ख्याल राख्न याद गर्नु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 2:11
κατὰ πρόσωπον αὐτῷ ἀντέστην
“उनलाई आमने-सामने” भन्नाले “जहाँ तिनले मलाई हेर्न र सुन्न सक्थे” भन्ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “मैले व्यक्तिगत रूपमा उनको सामना गरेँ” वा “मैले व्यक्तिगत रूपमा उनका क्रियाकलापहरूलाई चुनौती दिएँ” (हेर्नुहोस्ः लक्षणा)
Galatians 2:12
समयसँग सम्बन्धित
“उनले तिनीहरूसँग खान छोडे”
φοβούμενος τοὺς ἐκ περιτομῆς
केफास डराउनुको कारणलाई स्पष्ट हुने गरेर व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने उनलाई डर थियो, कि खतनाको खोजी गर्नेहरूले उनले केही गल्ती गरेका छन् भनेर न्याय गर्नेछन्” वा “किनभने उनलाई डर थियो, कि खतना खोज्ने मानिसहरूले उनले केही गल्ती गरेका छन् भनेर उनलाई दोष लगाउनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τοὺς ἐκ περιτομῆς
ती यहूदीहरू जो ख्रीष्टिएनहरू भएका थिए, तर जसले माग गरे कि ख्रीष्टमा विश्वास गर्नेहरूले यहूदी चलनहरूअनुसार जिउनुपर्छ ।
ἀφώριζεν ἑαυτόν
“ ... बाट अलग रहे” वा “पन्साए”
Galatians 2:14
οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου
“तिनीहरू सुसमाचारलाई विश्वास गर्ने मानिसहरूको रूपमा जिइरहेका थिएनन्” वा “तिनीहरू यसरी जिइरहेका थिए कि मानौँ तिनीहरूले सुसमाचारलाई विश्वास गर्दैनन्”
πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν
यो अलङ्कारको प्रश्न हप्की हो र यसलाई साधारण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । यहाँ “तपाईं” शब्द एकवचन हो र यसले पत्रुसलाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूलाई यहूदीहरू जस्तै गरी जिउन कर लगाएकोमा तपाईं गलत हुनुहुन्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि तिमीका रूपहरू)
सम्भावित अर्थहरू हुन् १) शब्दहरूको प्रयोग गरेर कर लाउनु वा २) मनाउनु ।
Galatians 2:15
व्यवस्था जानेका यहूदीहरू र व्यवस्था नजानेका अन्यजातिहरू दुवैले ख्रीष्टमा विश्वास गरेर मात्र उद्धार पाएका हुन्छन् र व्यवस्था पालन गरेर होइन भनी पावलले बताएका छन् ।
οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί
“तिनीहरू होइनौँ जसलाई यहूदीहरूले अन्यजाति पापीहरू भनेर बोलाउँछन्”
Galatians 2:16
“हामीले ख्रीष्ट येशूमा विश्वास गर्यौँ”
εἰδότες
यसले शायद पावल र अरूहरूलाई जनाउँछ, तर गलातीहरूलाई होइन, जो मुख्य रूपमा अन्यजातिहरू हुन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
οὐ…σάρξ
“शरीर” शब्द सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः उपलक्षण)
Galatians 2:17
ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ
यहाँ “ख्रीष्टमा धर्मी हुन” भन्नुको अर्थ ख्रीष्टसँग हाम्रो मिलाप भएको कारणले धर्मी ठहरिएको र ख्रीष्टद्वारा धर्मी ठहरिएको भन्ने हुन्छ ।
εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί
यहाँ “भएको पाउँछौँ” लक्षण शब्द हो र यसले “हामी” निश्चय पनि पापी हौँ भन्ने कुरामा जोड दिन्छ । वैकल्पिक अनुवादः “हामी पनि निश्चय नै पापीहरू हौँ भनी हामीलाई थाहा हुन्छ” (हेर्नुहोस्ः टुक्काहरू)
μὴ γένοιτο
“अवश्य पनि, त्यो सत्य होइन !” यस अभिव्यक्तिले यस अघिको आलङ्कारिक प्रश्नलाई सबैभन्दा बढी सम्भव भएको नकारात्मक जवाफ दिन्छ । “के ख्रीष्ट पापको एक कमारो बन्नुहुन्छ ?” तपाईंको भाषामा यस्तै समान अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Galatians 2:20
Υἱοῦ τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Galatians 2:21
οὐκ ἀθετῶ
सकारात्मक अर्थमा जोड दिनका लागि पावलले नकारात्मक भनाइ राख्छन् । वैकल्पिक अनुवादः “म त्यसको महत्त्वलाई पक्का गर्छु” (हेर्नुहोस्ः निषेधात्मक)
εἰ…διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν
कदापि अस्तित्वमा नहुने परिस्थितिको वर्णन पावलले गरेका छन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
εἰ…διὰ νόμου δικαιοσύνη
“यदि मानिसहरू व्यवस्था पालना गरेर धर्मी ठहरिन्छन् भने”
ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν
“तब मर्नुभएर ख्रीष्टले केही पनि हासिल गर्नुभएको हुँदैन”
Galatians 3
गलातीहरू ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टमा भएको बराबरी
सबै ख्रीष्टिएनहरू समान रूपले ख्रीष्टमा एकताबद्ध हुन्छन् । पुर्ख्यौली, लिङ्ग र पहिचानले केही फरक पार्दैन । सबै जना एकआपसमा बराबर हुन् । परमेश्वरको आँखाको नजरमा सबै जना बराबर हुन्छन् ।
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
आलङ्कारिक प्रश्नहरू
यस अध्यायमा पावलले धेरैवटा भिन्नभिन्न अलङ्कारका प्रश्नलाई प्रयोग गर्दछन् । गलातीहरूलाई तिनीहरूका पापका बारेमा विश्वास्त तुल्याउनका लागि तिनले यी प्रश्नको प्रयोग गर्दछन् । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
शरीर
यो एउटा जटिल विषय हो । “शरीर” भनेको सम्भवतः हाम्रो पापी स्वभावलाई जनाउने अलङ्कार हो । मानिसको शारीरिक भाग पापपूर्ण हुन्छ भनेर पावलले सिकाइरहेका छैनन् । यस अध्यायमा “शरीर”लाई आत्मिक कुराबाट भिन्न रहेको कुराको रूपमा देखाउनलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः मासु, देह)
“विश्वास गर्नेहरू अब्राहामका छोराहरू हुन्”
यसको अर्थ के हुन्छ भन्ने कुरालाई लिएर विद्वानहरूका एकमत छैनन् । कसैको विश्वासमा परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञाहरू ख्रीष्टिएनहरूले पाउने छन् । यसरी इस्राएलका शारीरिक सन्तानको ठाउँ ख्रीष्टिएनहरूले लिने छन् । अरुको विश्वासमा ख्रीष्टिएनहरूले आत्मिक रूपले अब्राहामको अनुसरण गर्दछन्, तर परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञाहरूमाथि तिनीहरूले अधिकार गर्ने छैनन् । पावलले अन्यत्र शिक्षा दिएका कुरा र यहाँको सन्दर्भका आधारमा, अब्राहामको विश्वासमा यहूदीहरू र ख्रीष्टिएनहरू दुवै सहभागी हुने कुरा पावलले यहाँ गरेका हुन सक्छन् । (हेर्नुहोस्ः आत्मा, आत्मिक अनि रूपक)
Galatians 3:1
अलङ्कारको प्रश्न सोधेर पावलले गलातीहरूलाई हप्काउँछन् ।
गलातियाका विश्वासीहरूले विश्वासद्वारा सुसमाचारमा विश्वास गरेपछि परमेश्वरले तिनीहरूलाई पवित्र आत्मा अर्थात् परमेश्वरको आत्मा दिनुभयो, तर तिनीहरूले परमेश्वरको व्यवस्था पालन गरेको हुनाले दिनुभएको होइन भनेर पावलले तिनीहरूलाई स्मरण गराएका छन् ।
τίς ὑμᾶς ἐβάσκανεν
गलातियाका मानिसहरूले कसैले तिनीहरूमाथि जादु मन्त्र गरेजस्तै गरी व्यवहार गरिरहेका छन् भनेर पावलले व्यङ्ग्यात्मक र आलङ्कारिक प्रश्न गरिरहेका छन् । वास्तवमा कसैले तिनीहरूमाथि तन्त्र मन्त्र गरेका छन् भनेर उनी विश्वास गर्दैनन् । वैकल्पिक अनुवादः “कसैले तिमीहरूलाई मोहनी लगाएझैँ तिमीहरूले व्यवहार गर्दै छौ !” (हेर्नुहोस्ः व्यङ्ग्य अनि आलङ्कारिक प्रश्न)
ὑμᾶς ἐβάσκανεν
“तिमीहरूमाथि जादु गरेको छ” वा “तिमीहरूमाथि टुनामुना गरेको छ”
οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος
येशू क्रूसमा टाँगिनुभएको कुराको शिक्षा पावलले स्पष्ट रूपमा दिएका थिए । यसरी शिक्षा दिएको कुरा येशू क्रूसमा टाँगिनुभएको दृश्यचित्रलाई तिनले सार्वजनिक रूपमा प्रदर्शनमा राखेको कुरा झैँ गरी भनेका छन् । अनि गलातीहरूले पावलका शिक्षा सुनेका कुरालाई तिनीहरूले एउटा दृश्यचित्र हेरको जस्तो हो भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू आफैँले येशू ख्रीष्टलाई क्रूसमा झुण्ड्याएको बारेमा भएको स्पष्ट शिक्षा सुन्यौ” (हेर्नुहोस्ः रूपक)
Galatians 3:2
τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν
यो पद १ को व्यङ्ग्यात्मक निरन्तरता हो । पावललाई उनले सोध्न लागेको आलङ्कारिक प्रश्नको उत्तर थाहा छ । (हेर्नुहोस्ः व्यङ्ग्य)
ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως
तपाईंले सक्नुहुन्छ भने यस आलङ्कारिक प्रश्नलाई एउटा प्रश्नको रूपमा नै अनुवाद गर्नुहोस्, किनकि पाठकहरूले यहाँ प्रश्नको अपेक्षा गरिरहेका हुन्छन् । साथै, यस प्रश्नको उत्तर पाठकलाई थाहा होस् भनेर सुनिश्चित गर्नुहोस् जुन हो “तिमीहरूले सुनेका कुरामा विश्वास गरेर”, “व्यवस्थाले भनेको कुरा पालन गरेर” होइन । वैकल्पिक अनुवादः “व्यवस्थाले भनेको काम गरेको कारणले होइन, तर तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गरेको कारणले तिमीहरूले पवित्र आत्मा पायौ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Galatians 3:3
οὕτως ἀνόητοί ἐστε
यो आलङ्कारिक प्रश्नले देखाउँछ कि गलातियाका मानिसहरू यति मूर्ख छन् भन्ने कुरामा पावल आश्चर्यचकित भए र साथै रिसाए । वैकल्पिक अनुवादः “तिमीहरू धेरै मूर्ख छौ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
σαρκὶ
यहाँ “शरीर” प्रयासलाई जनाउने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूका आफ्नै प्रयासद्वारा” वा “तिमीहरूका आफ्नै कामद्वारा” (हेर्नुहोस्ः लक्षणा)
Galatians 3:4
τοσαῦτα ἐπάθετε εἰκῇ
गलातियाका मानिसहरूलाई तिनीहरूले भोगेका दुःख कष्ट सम्झाउनको लागि पावलले एउटा आलङ्कारिक प्रश्न सोधेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले यति धेरै दु:ख व्यर्थ कुराका लागि भोग्यौ भन्ने विचार तिमीहरूमा निश्चय पनि हुँदैन होला ... !” वा “तिमीहरूले यति धेरै दु:ख भोग्नुमा केही असल उद्देश्य थियो भनी तिमीहरूले निश्चय पनि जानेका थियौ ... !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τοσαῦτα ἐπάθετε εἰκῇ
तिनीहरूले ख्रीष्टमा विश्वास गरे । यसैले मानिसहरूले तिनीहरूको विरोध गरे । परिणामस्वरूप तिनीहरूले दु:ख भोगे भनेर स्पष्ट गरी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टमा विश्वास गरेको हुनाले विरोधीहरूले तिमीहरूको विरोध गर्दा तिमीहरूले यति धेरै दु:ख व्यर्थैमा भोगेका हौ” वा “तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ र ख्रीष्टको विरोधीहरूले तिमीहरूको विरोध गर्दा तिमीहरूले यति धेरै दु:ख भोग्यौ । के तिमीहरूका विश्वास र दु:ख व्यर्थै भयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
εἰκῇ
“काम नलाग्ने” वा “केही असल प्राप्त गर्ने आशारहित”
εἴ γε καὶ εἰκῇ
सम्भावित अर्थहरू हुन् १) तिनीहरूको अनुभवहरू व्यर्थमा हुन नदिनलाई चेतावनी दिनलाई पावलले यसलाई आलङ्कारिक प्रश्नको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यसलाई व्यर्थको हुन नदेओ !” वा “येशू ख्रीष्टमा विश्वास गर्न नछोड र तिमीहरूका अनुभवहरूलाई व्यर्थका हुन नदओ ।” वा २) तिनीहरूको कष्ट व्यर्थको थिएन भनेर विश्वस्तता दिलाउनका लागि पावलले यो प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “त्यो निश्चय पनि व्यर्थमा थिएन !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Galatians 3:5
ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως
मानिसहरूले कसरी आत्मा पाए भन्ने कुरा गलातियाका विश्वासीहरूलाई सम्झना दिलाउन पावलले अर्को आलङ्कारिक प्रश्न सोधेका छन् । “उहाँले यो व्यवस्थाको कामद्वारा गर्नुहुन्न; उहाँले यो विश्वासको सुनुवाइद्वारा गर्नुहुन्छ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἐξ ἔργων νόμου
यो कुराले व्यवस्थाले गर्नुपर्छ भनेका कामहरू गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब हामीले व्यवस्थाले गर्नुपर्छ भनेको काम गर्छौं”
ἐξ ἀκοῆς πίστεως
मानिसहरूले के कुरा सुने र तिनीहरूले कसमाथि विश्वास गरे भन्ने कुरा तपाईंको भाषामा स्पष्ट रूपमा लेख्नुपर्न हुन सक्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले सन्देश सुन्यौ र येशूमा विश्वास गर्यौ” वा “किनभने तिमीहरूले सन्देश सुन्यौ र येशूमा भरोसा गर्यौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 3:6
अब्राहामले पनि विश्वासद्वारा धार्मिकता प्राप्त गरे, व्यवस्थाद्वारा होइन भनेर पावलले गलातीका विश्वासीहरूलाई स्मरण गराउँछन् ।
ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
परमेश्वरले अब्राहाममा उहाँमाथिको विश्वास देख्नुभयो । यसैकारण, परमेश्वरले अब्राहामलाई धर्मी ठहराउनुभयो ।
Galatians 3:7
οἱ ἐκ πίστεως
“विश्वास भएकाहरू ।” नाम शब्द “विश्वास” लाई क्रियापद “विश्वास गर्नु” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “विश्वास गर्ने मानिसहरू नै” (हेर्नुहोस्ः भाववाचक नाम)
οὗτοι υἱοί εἰσιν Ἀβραὰμ
यसले परमेश्वरले अब्राहामलाई जसरी हेर्नुभयो, उहाँले त्यसै गरी हेर्नुहुने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “अब्राहामजस्तै गरी धर्मी ठहरिएकाहरू” (हेर्नुहोस्ः रूपक)
Galatians 3:8
προϊδοῦσα δὲ ἡ Γραφὴ
किनभने परमेश्वरले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो र येशू खीष्टद्वारा यो प्रतिज्ञा आउनुभन्दा अगाडि नै तिनीहरूले यो लेखे । धर्मशास्त्र एउटा मानिसजस्तो हो, जसले भविष्यको कुरा त्यो हुनुभन्दा अगाडि नै जान्दछ । वैकल्पिक अनुवादः “भविष्यवाणी गरिएको” वा “यो हुन आउनुभन्दा पहिले नै देखेको” (हेर्नुहोस्ः मानवीकरण)
ἐν σοὶ
“तैँले गरेको कामको कारणले” वा “मैले तँलाई आशिष् दिएको कारणले ।” यहाँ “तँ” शब्दले अब्राहामलाई जनाउँछ र यो एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
πάντα τὰ ἔθνη
“संसारमा भएका सबै जातिय समूहहरू ।” परमेश्वरले उहाँद्वारा चुनिएका जाति अर्थात् यहूदी जातिलाई मात्र मन पराउनुहुन्नथ्यो भन्ने कुरालाई उहाँले जोड दिइरहनुभएको थियो । उहाँको मुक्तिको योजना यहूदीहरू र गैरयहूदीहरू दुवैका लागि थियो ।
Galatians 3:10
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν
सरापको अधीनमा हुनु भनेको कुराले श्रापित भएको जनाउँछ । यहाँ यसले अनन्तसम्म दण्ड पाएको कुरालाई जनाउँछ । “व्यवस्था ... भर पर्नेहरू श्रापित छन्” वा “व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरूलाई परमेश्वरले अनन्तसम्मै दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
ὅσοι γὰρ ἐξ ἔργων νόμου
“जे हामीले गर्नुपर्छ भनेर व्यवस्थाले सिकाउँछ”
Galatians 3:11
δῆλον
जे स्पष्ट छ त्यसलाई स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्त्र प्रष्ट छ” वा “धर्मशास्त्रले प्रष्ट रूपमा सिकाउँछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐν νόμῳ, οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ
यसलाई कर्तृ वाच्यमा प्रयोग गरिने क्रियापदको साथमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले कसैलाई पनि व्यवस्था पालन गरेर धर्मी ठहराउनुहुन्न”
यदि तिनीहरूले व्यवस्था पालन गरे भने, परमेश्वरले तिनीहरूलाई धर्मी ठहरानुहुन्छ भन्ने तिनीहरूका विश्वासलाई पावलले सच्याउँदै छन् । वैकल्पिक अनुवादः “व्यवस्था पालन गरेर परमेश्वरको सामु कोही पनि धर्मी ठहरिँदैन” वा “कुनै पनि व्यक्ति व्यवस्थाप्रति आज्ञाकारी हुँदैमा परमेश्वरले पनि धर्मी ठहराउनुहुन्न” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ δίκαιος ἐκ πίστεως ζήσεται
नामिक विशेषण शब्द “धर्मी” शब्दले धर्मी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “धर्मी मानिसहरू विश्वासद्वारा जिउनेछन्” (हेर्नुहोस्ः नामको काम गर्ने विशेषण)
Galatians 3:12
ζήσεται ἐν αὐτοῖς
सम्भावित अर्थहरू हुन् १) “ती सबै पालन गर्नैपर्छ” वा २) “व्यवस्थाले आदेश गरेअनुसार उसले गर्ने हुनाले ऊ त्यसरी नै जिउनेछ”
Galatians 3:13
यहाँ पावलले फेरि पनि यो कुरा स्मरण गराएका छन्, कि व्यवस्था पालन गरेर कुनै पनि व्यक्तिको उद्धार हुँदैन । अनि अब्राहामले विश्वासद्वारा प्राप्त गरेका प्रतिज्ञामाथि व्यवस्थाले कुनै नयाँ शर्त थप गरेको पनि छैन ।
ἐκ τῆς κατάρας τοῦ νόμου
नाम शब्द “श्राप” लाई क्रियापद “सराप पाएको” भनी लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको कारणले सराप पाएको” वा “व्यवस्था पालन नगरेको कारणले सराप पाएको”
यहाँ “श्राप” शब्द चाहिँ परमेश्वरले आफूले श्राप दिनुभएको व्यक्तिलाई दण्ड दिनुभएको कुरालाई जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई दण्ड दिनहुनबाट किनभने हामीले व्यवस्था तोड्यौँ ... हाम्रो साटोमा परमेश्वरले उहाँलाई दण्ड दिनुभएर ... परमेश्वरले सबैलाई दण्ड दिनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
ὁ κρεμάμενος ἐπὶ ξύλου
पावलका पाठकहरूले येशू ख्रीष्ट क्रुसमा झुण्डिनुभएको कुरा बुझ्छन् भनी उनले आशा गरे ।
Galatians 3:14
ἵνα…ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται
“किनभने ख्रीष्ट हाम्रो लागि एक श्राप बन्नुभयो, अब्राहामको आशिष् आउनेछ”
“किनभने ख्रीष्ट हाम्रो लागि श्राप बन्नुभयो, विश्वासद्वारा हामीले प्राप्त गर्नेछौँ”
λάβωμεν
यहाँ “हामीले” शब्दले यो पत्र पढ्ने मानिसहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
Galatians 3:15
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
κατὰ ἄνθρωπον
“व्यक्ति जस्तै” वा “धेरै मानिसहरूलाई जनाउने गरी”
Galatians 3:16
δὲ
पावलले सामान्य सिद्धान्त बताएका छन् र विशेष परिस्थितिको परिचय दिइरहेका छन् ।
ὡς ἐπὶ πολλῶν
“धेरै सन्तानलाई जनाउने”
τῷ σπέρματί σου
यहाँ “तिम्रो” शब्द एकवचन हो र यसले कुनै विशेष व्यक्तिलाई जनाउँछ । त्यो व्यक्ति अब्राहामका सन्तान हुन् । (र त्यो सन्तान “ख्रीष्ट” हुनुहुन्छ भनेर थाहा भएको छ) । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Galatians 3:17
ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη
“चार सय तीस वर्ष” (हेर्नुहोस्ः सङ्ख्याहरू)
Galatians 3:18
εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας
प्रतिज्ञाद्वारा मात्र उत्तराधिकार आयो भनी जोड दिनका लागि पावलले अस्तित्वमा नभएको परिस्थितिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “प्रतिज्ञाद्वारा उत्तराधिकार हामीकहाँ आउँछ, किनभने हामीले परमेश्वरको व्यवस्थाका मागहरू पूरा गर्न सकेनौँ” (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
κληρονομία
परमेश्वरले विश्वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ, त्यो कुरा प्राप्त गर्नुलाई परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्ति पाउने कुरा जस्तो हो भनिएको छ र योचाहिँ अनन्तको आशिष् र उद्धार हो । (हेर्नुहोस्ः रूपक)
Galatians 3:19
परमेश्वरले व्यवस्था किन दिनुभयो भनी पावलले गलातियाका विश्वासीहरूलाई भन्दछन् ।
τί οὖν ὁ νόμος
पावलले कुराकानी गर्न इच्छा गरेका अर्को शीर्षक सुरु गर्नका लागि तिनले अलङ्कारको प्रश्न प्रयोग गर्दछन् । यसलाई साधारण वाक्य बनाएर अनुवाद गर्न पनि सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्था दिनुको उद्देश्यका बारेमा म तिमीहरूलाई भन्नेछु ।” वा “परमेश्वरले किन व्यवस्था दिनुभयो भन्ने कुरा म तिमीहरूलाई बताउनेछ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
προσετέθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यो थप्नुभयो” वा “परमेश्वरले व्यवस्था थप्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले व्यवस्था दिए र मध्यस्तकर्ताले त्यो लागु गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
χειρὶ μεσίτου
“प्रतिनिधि”
Galatians 3:20
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν
परमेश्वरले मध्यस्थकर्ताबिना नै अब्राहामलाई आफ्नो प्रतिज्ञा दिनुभयो, तर उहाँले एक जना मध्यस्थकर्ताद्वारा मोसालाई व्यवस्था दिनुभयो । परिणामस्वरूप, व्यवस्थाले प्रतिज्ञामा कुनै प्रभाव पारेन भन्ने विचार पावलका पाठकहरूले गरेका हुन सक्छन् । पावलले यहाँ तिनका पाठकहरूले के विचार गरेका छन् होला भनेर लेखिरहेका छन् । यसपछिका पदहरूमा तिनले उनीहरूलाई जवाफ दिन्छन् ।
Galatians 3:21
यहाँ प्रयोग “हामी” शब्दले सबै ख्रीष्टिएनलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
κατὰ τῶν ἐπαγγελιῶν
“प्रतिज्ञाहरूको विरोधमा” वा “प्रतिज्ञाहरूसँग बेमेलमा”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ, र भाववाचक नाउँ “जीवन” लाई क्रियापद “जिउनु” लेखी अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्वरले यस्तो व्यवस्था दिनुभएको थियो जुन व्यवस्थालाई पालन गरेर तिनीहरू बाँच्न सक्ने भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि भाववाचक नाम)
ἐν νόμου ἂν ἦν ἡ δικαιοσύνη
“हामी सबै त्यो व्यवस्था पालन गरेर धर्मी ठहरिने थियौँ”
Galatians 3:22
यसको अर्थ यस्तो पनि हुन सक्छ १) “किनकि हामीले पाप गर्यौँ; तिनीहरूलाई कैदमा राख्नुभएझैँ गरी परमेश्वरले सबै कुरा व्यवस्थाको नियन्त्रणमा राख्नुभयो, ताकि जे उहाँले येशू ख्रीष्टमा भरोसा राख्नेहरूलाई प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो विश्वास गर्नेहरूलाई दिनसक्नुभएको होस्” वा २) “किनकि हामीले पाप गर्यौँ, तिनीहरूलाई कैदमा राख्नुभएझैँ परमेश्वरले सबै कुरा व्यवस्थाको नियन्त्रणमा राख्नुभयो । उहाँले यो गर्नुभयो किनकि उहाँले ख्रीष्ट येशूमा भरोसा राख्नेहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँले विश्वास गर्नेहरूलाई दिन चाहनुहुन्छ ।”
ἡ Γραφὴ
पावलले धर्मशास्त्रलाई कुनै व्यक्ति भए झैँ गरेर बताउँछन् र परमेश्वरको बारेमा बताइरहेको छ, जसले धर्मशास्त्र लेख्नुभयो । वैकल्पिक अनुवादः “परमेश्वर” (हेर्नुहोस्ः मानवीकरण)
Galatians 3:23
पावलले गलातिया हुनेहरूलाई स्मरण गराउँछन्, कि ख्रीष्टका विश्वासीहरू परमेश्वरको परिवारमा स्वतन्त्र हुन्छ, र तिनीहरू व्यवस्थाका अधीनमा दासत्वमा हुँदैनन् ।
ὑπὸ νόμον ἐφρουρούμεθα, συνκλειόμενοι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाले हामीलाई कैदमा राख्यो र हामी झ्यालखानामा पर्यौँ” वा “व्यवस्थाले हामीलाई झ्यालखानामा राख्यो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
व्यवस्थाले हामीलाई अधीन गरेको कुरालाई व्यवस्थाचाहीं हामीलाई झ्यालखानाभित्र थुनेर राख्ने कारागारको सुरक्षागार्ड हो झैँ गरी भनिएको छ । वैकल्पिक अनुवादः “कैदखानाको सुरक्षाकर्मीले जस्तै व्यवस्थाले हामीलाई नियन्त्रणमा राखेको थियो” (हेर्नुहोस्ः रूपक)
εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ र कसमाथि यो विश्वास राख्ने हो, त्यो कुरा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा भरोसा गर्नेहरूलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ भन्ने कुरालाई उहाँले प्रकट नगर्नुभएसम्म” वा “ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले धर्मी ठहराउनुहुनेछ भन्ने कुरालाई उहाँले प्रकट नगर्नुभएसम्म” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 3:24
παιδαγωγὸς
यसको साधारण अर्थ “बालकको रेखदेख गर्ने व्यक्ति,” हो । बाबुआमाले दिएका नियम र व्यवहारलाई आधार मानेर यसरी बालकको रेखदेख गर्ने कार्य सामान्यतया एक जना दासले गर्दथ्यो । उक्त बालकका कार्यकलापका बारेमा त्यो दासले बाबुआमालाई जानकारी गराउँथ्यो ।
“ख्रीष्ट नआउन्जेलको समयका लागि”
ἵνα…δικαιωθῶμεν
ख्रीष्ट आउनुभन्दा अगाडि परमेश्वरले हामीलाई धर्मी ठहराउने योजना बनाउनुभयो; जब त्यो समय आयो, उहाँले हामीलाई धर्मी ठहराउने योजना पुरा गर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र यसरी परमेश्वरले हामीलाई धर्मी ठहराउनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Galatians 3:27
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε
“तिमीहरू सबैको निम्ति जसले ख्रीष्टमा बप्तिस्मा लिएका थिए”
Χριστὸν ἐνεδύσασθε
सम्भावित अर्थहरू हुन् १) यो तिनीहरू ख्रीष्टसँग एक भएका छन् भनी जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्टसँग एक भएका छन्” वा “ख्रीष्टका हुन्” वा २) यो तिनीहरू ख्रीष्टजस्तै भएका छन् भनी जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्ट जस्तै भएका छन्” (हेर्नुहोस्ः रूपक)
Galatians 3:28
“यहूदी र ग्रीक, कमारा र फुक्का, पुरुष र स्त्रीका बिचमा परमेश्वरले कुनै भिन्नता देख्नुहुन्न”
Galatians 3:29
κληρονόμοι
मानिसहरूलाई परमेश्वरले दिनुभएका प्रतिज्ञाहरू तिनीहरूले परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गरेको जस्तै हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
Galatians 4
गलातीहरू ०४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद २७ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएको हो ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
पुत्रत्व
पुत्रत्व भनेको जटिल विषय हो । इस्राएलको पुत्रत्वको बारेमा विद्वानहरूको धेरैवटा राय भएको पाइन्छ । व्यवस्थाको अधीनमा हुनुचाहिँ कसरी ख्रीष्टको अधीनमा हुनभन्दा फरक कुरा हो भनेर शिक्षा दिनका लागि पावलले पुत्रत्वलाई प्रयोग गर्दछन् । परमेश्वरले अब्राहामसँग गर्नुभएका प्रतिज्ञाहरू तिनका सबै सन्तानले प्राप्त गर्न सकेनन् । यो प्रतिज्ञा इसहाक र याकुबद्वारा उत्पन्न भएका अब्राहामका सन्तानले मात्रै प्राप्त गर्न सके । विश्वासद्वारा आत्मिक रूपले अब्राहामको पछि हिँड्ने मानिसहरूलाई मात्रै परमेश्वरले आफ्नो परिवारमा धर्मपुत्रहरूका रूपमा ग्रहण गर्नुहुन्छ । तिनीहरू उत्तराधिकारसहितका परमेश्वरका सन्तान हुन् । पावलले तिनीहरूलाई “प्रतिज्ञाका सन्तान” भनेका छन् । (हेर्नुहोस्ः उत्तराधिकारी हुनु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, प्रतिज्ञा, आत्मा, आत्मिक अनि विश्वास अनि दत्तकग्रहण (धर्मपुत्र बनाउने कार्य))
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अब्बा, पिता
“अब्बा” आरमेइक शब्द हो । त्यहाँका प्राचीन मानिसहरूले आफ्ना बुबालाई जनाउनका लागि “अब्बा” शब्द प्रयोग गर्थे । पावलले ग्रीक अक्षरले यो शब्दलाई “लिप्यन्तरण” गरेका छन् । (हेर्नुहोस्ः शब्दहरूलाई सार्ने वा सापटी लिने)
Galatians 4:1
व्यवस्थाका अधीनमा भएका मानिसहरूलाई छुटकारा दिनका लागि ख्रीष्ट आउनुभयो, र उहाँले तिनीहरूलाई फेरि दासहरू होइन तर पुत्रहरू तुल्याउनुभयो भनी पावलले गलातीका विश्वासीहरूलाई निरन्तर स्मरण गराउँछन् ।
“ ... जस्तै”
Galatians 4:2
ἐπιτρόπους
बालबालिकाका निम्ति कानुनी जिम्मेवारी प्राप्त मानिसहरू
οἰκονόμους
मूल्यवान थोकहरू सुरक्षित राख्नलाई अरुले भरोसा गरेका मानिसहरू
Galatians 4:3
ἦμεν
यहाँ प्रयोग “हामीहरू” शब्दले पावलका पाठकहरूलगायत सम्पूर्ण ख्रीष्टिएनलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ὅτε ἦμεν νήπιοι
यहाँ “बालकहरू” भनेको आत्मिक रूपमा अपरिपक्व भएकाहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जब हामी बालकहरू झैँ थियौँ” (हेर्नुहोस्ः रूपक)
ἡμεῖἤμεθα δεδουλωμένοι
यहाँ “दास हुनु” भन्ने कुराले आफैँलाई केही कुरा गर्नबाट रोक्न नसक्ने हुने कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “संसारका आधारभूत सिद्धान्तहरूले हामीलाई नियन्त्रण गरे” वा “हामी दास भए झैँ गरेर हामीले संसारका आधारभूत सिद्धान्तहरूका पालना गर्नुपर्थ्यो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)
τὰ στοιχεῖα τοῦ κόσμου
सम्भावित अर्थहरू हुन् १) यसले यस संसारको व्यवस्था र नैतिक सिद्धान्तहरूलाई जनाउँछ, अथवा २) यसले कोही मानिसले विचार गरेजस्तो पृथ्वीमा हुने घटनाहरूलाई नियन्त्रणमा राख्ने आत्मिक शक्तिलाई जनाउँछ ।
Galatians 4:4
τὸν Υἱὸν
यो चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
Galatians 4:5
ἐξαγοράσῃ
येशूले क्रूसमा मृत्यु भोग्नुभएको र यसरी उहाँले आफ्ना मानिसहरूका पापको मूल्य तिर्नुभएको कुरालाई जनाउनका लागि कुनै व्यक्तिले आफ्नो गुमेको जग्गाजमिन फेरि किनेर फिर्ता लिएको अथवा दासको मोल तिरेर उसलाई स्वतन्त्र गराएको कुरालाई पावलले एउटा दृश्यचित्रका रूपमा प्रयोग गर्दछन् । (हेर्नुहोस्ः रूपक)
Galatians 4:6
ἐστε υἱοί
यहाँ उत्तराधिकार प्राप्त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्यो । तापनि सधैँभरि भने यस्तो हुँदैनथ्यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्लेख गर्ने कार्य गरेका छैनन् ।
Ἀββά, ὁ Πατήρ
पवित्र आत्माले “अब्बा, पिता” भनी पुकारा गरेर हामी परमेश्वरका सन्तान हौँ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने निश्चयता दिनुहुन्छ ।
εἰς τὰς καρδίας ἡμῶν
व्यक्तिले विचार गर्ने र महसुस गर्ने अङ्गलाई जनाउने लक्षणा शब्दका रूपमा हृदय शब्द प्रयोग भएको छ । वैकल्पिक अनुवादः “कसरी सोच्ने र क्रियाकलाप गर्ने भनेर हामीलाई देखाउन उहाँले आफ्ना पुत्रको आत्मा पठाउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
τοῦ υἱοῦ αὐτοῦ
यो चाहिँ येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
κρᾶζον
पवित्र आत्मा उहाँ नै हुनुहुन्छ जसले बोलाउनुहुन्छ ।
पावलको गृहनगरमा बोल्ने भाषामा कुनै बालकले आफ्ना बुबालाई यसरी नै सम्बोधन गर्दथे । तर गलातियाका पाठकहरूमा भने यस्तो थिएन । नयाँ भाषाको महसुस गराउनका लागि तपाईंको भाषामा यस शब्दलाई “अब्बा” भनी अनुवाद गर्नुहोस् ।
Galatians 4:7
υἱός
यहाँ उत्तराधिकार प्राप्त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्यो । तापनि सधैँभरि भने यस्तो हुँदैनथ्यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्लेख गर्ने कार्य गरेका छैनन् ।
εἶ
पावलले आफ्ना पाठकहरू एक जना व्यक्ति भएझैँ गरी सम्बोधन गरेका छन् । यसैले यहाँ प्रयोग “तिमी” शब्द एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
κληρονόμος
परमेश्वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरूका बारेमा तिनीहरू परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गर्नेहरू जस्तै हुन् भनिएको छ । (हेर्नुहोस्ः रूपक)
Galatians 4:8
अलङ्कारका प्रश्नहरू सोधेर पावलले गलातियाका विश्वासीहरूलाई निरन्तर हप्काएका छन् ।
गलातियाका विश्वासीहरू अझै पनि विश्वासद्वारा जिउनुको साटोमा परमेश्वरको व्यवस्थाको अधीनमा जिउन खोज्दै छन् भनेर पावलले तिनीहरूलाई स्मरण गराएका छन् ।
τοῖς φύσει μὴ οὖσι θεοῖς
“ती कुराहरू जो” वा “ती आत्माहरू जो”
Galatians 4:9
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई चिन्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἐπιστρέφετε πάλιν
यहाँ “फर्कनु” भनेको केही कुरालाई पुनः ध्यान लगाउने कुरालाई जनाउने लक्षणा हो । दुईवटा अलङ्कारका प्रश्नमध्ये यो पहिलो प्रश्न हो । वैकल्पिक अनुवादः “तिमीहरूले कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूतर्फ ध्यान दिन थाल्नुहुन्न ।” वा “तिमीहरू कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूसँग सम्बन्धित हुनुहुन्न ।” (हेर्नुहोस्ः रूपक अनि आलङ्कारिक प्रश्न)
τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα
तपाईंले यस्तै समान वाक्यांशलाई गलातीहरू ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε
पावलले मानिसहरूले आफूहरूलाई पुनः दास बनाउने गरी व्यवहार गरेकोमा तिनीहरूलाई हप्लाउनका लागि पावलले यस प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू ... दासहरू हुन चाहनु हुँदैन” वा “यसले तिमीहरू दासहरू हुन चाहन्छौ भन्ने देखाँउछ ...” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε
यहाँ “दास हुनु” भनेको केही नियमहरू वा चलनहरूको पालना गर्नलाई करकापमा पर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “के तिमीहरू दासले उसको मालिकको पालना गरे झैँ गरेर नियमहरूको पालना गर्न चाहन्छौ ?” वा “यस्तो देखिन्छ कि तिमीहरू पुनः नियन्त्रित हुन चाहन्छौ !” (हेर्नुहोस्ः रूपक)
Galatians 4:10
ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς
गलातीहरूले कुनै विशेष समयहरूका उत्सव मनाउन सचेत भएका कुराले तिनीहरूलाई परमेश्वरको सामु धर्मी तुल्याउँछ भनी तिनीहरूले सोचेका कुरालाई पावलले यहाँ उल्लेख गरेका हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले सचेत भएर दिनहरू र औंसीहरू र ऋतुहरू र वर्षहरूको पालना गर्दछौ”
Galatians 4:11
εἰκῇ
“बेकार भएको हुन सक्छ” वा “कुनै असर नगरेको हुन सक्छ”
Galatians 4:12
गलातियाका विश्वासीहरूका साथमा पावल रहेका समयमा उनीहरूले तिनीप्रति दयालु भएर व्यवहार गरेका कुरालाई तिनले स्मरण गराउँछन् । अनि तिनी उनीहरूका साथमा नभएको समयमा पनि तिनले भनेका कुरामाथि निरन्तर विश्वास गर्न तिनले उनीहरूलाई उत्साह दिएका छन् ।
यहाँ यसको अर्थ जोडसँग माग्नु वा बिन्ती गर्नु भन्ने हुन्छ । यो पैसा माग्नलाई वा खाना माग्नलाई वा कुनै भौतिक वस्तु माग्नलाई प्रयोग हुने शब्द होइन ।
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
οὐδέν με ἠδικήσατε
यसलाई सकारात्मक वाक्यमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू मसँग असल व्यवहार गर्यौ” वा “तिमीहरूले जस्तो व्यवहार गर्नुपर्थ्यो, त्यस्तै तिमीहरूले गर्यौ”
Galatians 4:14
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου
“मेरो शारीरिक अवस्थाले तिमीहरूलाई गाह्रो पारे तापनि”
οὐκ ἐξουθενήσατε
“धेरै घृणा गर्नु”
Galatians 4:17
“तिनीहरूसँग सामेल हुनलाई तिमीहरूलाई मनाउन”
ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς
“तिमीहरूलाई हामीबाट बाहिर राख्न” वा “तिमीहरूलाई हामीप्रति बफादार हुन रोक्न”
αὐτοὺς ζηλοῦτε
“तिनीहरूले तिमीहरूलाई गर्न भनेका कुरा गर्न जोसिलो”
Galatians 4:19
पावलले विश्वासीहरूलाई भन्दछन्, अनुग्रह र व्यवस्थाले सँगसँगै काम गर्न सक्दैन ।
τέκνα μου
यो चेलाहरू वा अनुयायीहरूलाई जनाउने अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरू मेरो कारणले चेलाहरू भएका हौ” (हेर्नुहोस्ः रूपक)
οὓς…ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν
पावले गलातीहरूप्रतिको उनको चिन्तनलाई जनाउनका लागि बालकको जन्मलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई जन्म दिने स्त्रीलाई झैँ मलाई पीडा भएको छ, र ख्रीष्टले तिमीहरूलाई पूर्ण रूपले अधीन नगरुन्जेल म निरन्तर यो पीडामा रहनेछु” (हेर्नुहोस्ः रूपक)
Galatians 4:21
λέγετέ μοι
“म एउटा प्रश्न सोध्न चाहन्छु” वा “म तिमीहरूलाई केही भन्न चाहन्छु”
τὸν νόμον οὐκ ἀκούετε
पावलले अब के भन्नेछन् भन्ने कुरालाई परिचय गराइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूले व्यवस्थाले वास्तवमा भन्न खोजेको कुरा सिक्नुपर्छ ।” वा “व्यवस्थाले के भन्छ सो कुरा मलाई तिमीहरूलाई भन्न देओ ।” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
Galatians 4:24
अनुग्रह र व्यवस्था एकसाथ अस्तित्वमा रहन सक्दैन भन्ने कुराको उदाहरण दिनका लागि पावलले एउटा कथा भन्न सुरु गर्दछन् ।
“दुई छोराहरूको यो कथा मैले तिमीहरूलाई भन्न गइरहेको कुराको चित्रजस्तै हो”
ἀλληγορούμενα
“रूपक कथा” एउटा छोटो कथा हो । यसमा भएका मानिसहरू र थोकहरूले अन्य कुराको प्रतिनिधित्व गर्दछ । पावलको रूपक कथामा गलाती ४:२२ मा भएका दुई जना स्त्रीले दुईवटा करारको प्रतिनिधित्व गर्दछन् ।
“स्त्रीहरू ... का चित्रणहरू हुन्”
Ὄρους Σινά
“सीनै पर्वत” मोशाले इस्राएलीहरूलाई व्यवस्था दिएका कुरा जनाउने उपलक्षणा शब्द हो । वैकल्पिक अनुवादः “सीनै पर्वत जहाँ मोशाले इस्राएललाई व्यवस्था दिएका थिए” (हेर्नुहोस्ः उपलक्षण)
δουλείαν γεννῶσα
पावलले व्यवस्थालाई यो कुनै व्यक्ति भएको जस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “यो करारका अधीनमा भएका मानिसहरू दासहरू जस्तै हुन्, र तिनीहरूले व्यवस्थाको पालन गर्नुपर्दछ” (हेर्नुहोस्ः रूपक अनि मानवीकरण)
Galatians 4:25
συνστοιχεῖ
“तिनी एक ... का चित्रण हुन्”
δουλεύει…μετὰ τῶν τέκνων αὐτῆς
हागार एक दासी हुन् र तिनका सन्तानहरू पनि तिनीसँगै दास बनेका छन् । वैकल्पिक अनुवादः “हागारजस्तै र तिनका सन्तानहरू तिनीसँगै दास भएजस्तै यरूशलेम पनि दास हो” (हेर्नुहोस्ः रूपक)
Galatians 4:26
“बाँधिएको छैन” वा “दास होइन”
Galatians 4:27
εὐφράνθητι
खुशी होओ
यहाँ “तिमी” शब्दले बाँझी स्त्रीलाई जनाउँछ र एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Galatians 4:28
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐπαγγελίας τέκνα
सम्भाव्य अर्थ हो, गलातीहरू परमेश्वरका छोराछोरी भएका छन् । १) परमेश्वरका प्रतिज्ञाकामा विश्वास गरेर अथवा २) परमेश्वरले अब्राहामसँग गर्नुभएको आफ्नो प्रतिज्ञा पूरा गर्नका लागि उहाँले आश्चर्यकर्म गर्नुभयो, र यसरी पहिले उहाँले अब्राहामलाई छोरो दिनुभयो, र त्यसपछि गलातीहरूलाई परमेश्वरका छोराछोरी बनाउनुभयो । यसरी तिनीहरू परमेश्वरका पुत्रहरू भएका छन् ।
Galatians 4:29
κατὰ σάρκα
यसले हागारलाई पत्नीको रूपमा लिएर अब्राहाम इश्माएलका पिता भएको कुरालाई देखाउँछ । वैकल्पिक अनुवादः “मानवीय क्रियाकलापको माध्यमले” वा “मानिसहरूले गरेको कारणले” (हेर्नुहोस्ः रूपक)
κατὰ Πνεῦμα
“आत्माले केही काम गरेको कारणले”
Galatians 4:31
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“हामी ... सन्तानहरू हौँ” भन्ने शब्दहरूलाई यसअगिका वाक्यांशका आधारमा बुझ्नुपर्ने हुन्छ । यसलाई एउटा छुट्टै वाक्य बनाएर अनुवाद गर्नुपर्ने हुन्छ । वैकल्पिक अनुवादः “बरु, हामी स्वतन्त्र स्त्रीका छोराछोरी हौँ” (हेर्नुहोस्ः शब्दलोप)
Galatians 5
गलातीहरू ०५ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पावलले मोशाको व्यवस्थाको विषयमा त्यो चाहिँ कुनै व्यक्तिलाई पासोमा पार्ने वा दास बनाउने केही कुरा भए झैँ गरेर लेख्नलाई निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्वरको व्यवस्था, यहोवाको व्यवस्था)
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्माको फल
यहाँ “आत्माका फल” शब्दले धेरै कुराका सूची दिएको भए तापनि यो एकवचन शब्द हो । सम्भव हुन्छ भने अनुवाद गर्नेहरूले एकवचन लेख्नुपर्दछ । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
चित्रणहरू
आफ्नो कुरालाई उदहरणसहित व्यख्या गर्न र जटिल विषयलाई स्पष्ट पार्न यस अध्यायमा पावलले धेरैवटा अलङ्कार प्रयोग गरेका छन् । (हेर्नुहोस्ः रूपक)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ, तिमीहरू सबै जो व्यवस्थाद्वारा “धर्मी ठहराइएका” छौ; तिमीहरू अब अनुग्रहको अनुभव गर्दैनौ ।”
कुनै व्यक्तिले खतना गर्यो भने उसले उद्धार नै गुमाउन पुग्दछ भनी पावलले सिकाएका हुन् भनेर कोही विद्वानले विचार गरेका छन् । अरू विद्वानको विचारमा पावलले सिकाएका कुरा यो हो, व्यवस्था पालन गरेर परमेश्वरमा धर्मी हुन खोज्नेले पनि अनुग्रहले मात्रै उद्धार प्राप्त गर्न सक्दछ । (हेर्नुहोस्ः अनुग्रह, अनुग्रहमय)
Galatians 5:1
विश्वासीहरूलाई ख्रीष्टमा आफ्नो स्वतन्त्रताको प्रयोग गर्न स्मरण गराउनका लागि पावलले रूपक कथाको प्रयोग गर्दछन्, किनभने छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने कुराले सबै व्यवस्था पूरा हुन्छ ।
τῇ ἐλευθερίᾳ, ἡμᾶς Χριστὸς ἠλευθέρωσεν
“ख्रीष्टले हामीलाई स्वतन्त्र गराउनुभएको हुनाले हामी स्वतन्त्र हुन सक्छौँ ।” ख्रीष्टले विश्वासीहरूलाई पुरानो करारबाट स्वतन्त्र गर्नुहुन्छ भनेर अर्थ दिइएको छ । यहाँ पुरानो करारबाट स्वतन्त्रता भनेको त्यसको पालना गर्नुपर्ने करकापमा नपर्नु भन्ने हो । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई पुरानो करारबाट मुक्त गर्नुभएको छ ताकि हामी स्वतन्त्र हुन सकौँ” वा “ख्रीष्टले हामीलाई पुरानो करारबाट मुक्त गर्नुभएको छ ताकि हामी स्वतन्त्र मानिसहरू झैँ जिउन सकौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)
στήκετε
यहाँ “स्थिर होओ” भन्नुको अर्थ नबद्लिने निर्णय गर भन्ने हुन्छ । तिनीहरू कसरी नबद्लिने हो, त्यो कुरा स्पष्ट लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “यसबाहेकका कुरा सिकाउने मानिसहरूका तर्कहरू मान्नलाई तयार नहोओ” वा “स्वतन्त्र रहने निर्णय गर” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
यहाँ दासत्वको जुवाको अधीनमुनि भन्ने कुराले व्यवस्थाको पालना गर्नलाई करकापमा पर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यस मानिस झैँ नजिओ जो व्यवस्थाको दासत्वको जुवाको अधीनमुनि छ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 5:2
यहूदी धर्म जनाउने लक्षणा शब्दका रूपमा पावलले खतनको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “यदि तिमीहरू फेरि यहूदी धर्ममा फर्कियौ भने” (हेर्नुहोस्ः लक्षणा)
Galatians 5:3
μαρτύρομαι δὲ
“म घोषणा गर्छु” वा “म साक्षी हुन्छु”
पावलले खतनालाई यहूदी धर्मलाई जनाउने लक्षणाको रूपमा प्रयोग गरेका छन् । वैकल्पिक अनुवाद: “यहूदी भएको हरेक मानिसलाई ।” (हेर्नुहोस्ः लक्षणा)
“उसले आज्ञापालन गर्नैपर्छ”
Galatians 5:4
κατηργήθητε ἀπὸ Χριστοῦ
यहाँ “अलग गरिएका” भन्ने कुरा ख्रीष्टबाट अलग गरिएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टसँग आफ्नो सम्बन्धलाई अन्त गरेका छौ” वा “तिमीहरू ख्रीष्टसँग अब एकीकृत छैनौ” (हेर्नुहोस्ः रूपक)
οἵτινες ἐν νόμῳ δικαιοῦσθε
यहाँ पावलले व्यङ्ग्यात्मक किसिमले भनिरहेका छन् । तिनले साच्चै सिकाउने कुराचाहिँ यो हो, कि व्यवस्थाका कामहरू सम्पूर्ण रूपले पालन गर्ने कोसिस गर्दैमा कोही पनि यहूदी धर्मी ठहरिन सक्दैन । वैकल्पिक अनुवादः “व्यवस्थाका कामहरू पूरा गरेर धर्मी ठहरिन सक्दछौँ भनी विचार गर्नेहरू सबै” वा “व्यवस्थाका कामहरू पूरा गरेर धर्मी ठहरिन इच्छा गर्नेहरू सबै” (हेर्नुहोस्ः व्यङ्ग्य)
τῆς χάριτος ἐξεπέσατε
त्यो अनुग्रह कसबाट आउँछ, सो कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिमीहरूप्रति अनुग्रही हुनुहुने छैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 5:5
यहाँ “हामीले” शब्दले पावल र खतनाका विरोधीहरूलाई जनाउँछ । तिनले सम्भवत: गलातीहरूलाई समावेश गरिरहेका छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
Πνεύματι
“यो किनभने आत्माद्वारा ... ”
ἡμεῖς…ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα
सम्भावित अर्थहरू हुन् १) “हामी धार्मिकताको आशाको निम्ति विश्वासद्वारा प्रतीक्षा गरिरहेका छौँ” वा २) “हामी विश्वासबाट आउने धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।”
“हामी धैर्यका साथ र हामीलाई सदाको लागि परमेश्वरको सामु धर्मी बनाउनुहुने उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौँ, र उहाँले त्यसो गर्नुभएको हामी अपेक्षा गर्छौँ”
Galatians 5:6
οὔτε περιτομή…οὔτε ἀκροβυστία
यी यहूदी हुने अथवा गैरयहूदी हुने कुरा जनाउने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “न एक यहूदी हुनु वा गैरयहूदी हुनु” (हेर्नुहोस्ः लक्षणा)
“तर त्यसको सट्टामा, हाम्रा परमेश्वरमा भएको विश्वासप्रति परमेश्वरले चासो राख्नुहुन्छ, जुन अरूहरूलाई गरेको प्रेमबाट प्रदर्शित हुन्छ”
τι ἰσχύει
मूल्यको हुन्छ
Galatians 5:7
ἐτρέχετε
“येशूले जे सिकाउनुभयो, त्यो तिमीहरूले अभ्यास गरिरहेका थियौ”
Galatians 5:8
“त्यो काम गर्नको निम्ति तिमीहरूलाई प्रोत्साहन गर्ने परमेश्वर हुनुहुन्न जसले तिमीहरूलाई उहाँका मानिसहरू हुनको निम्ति बोलाउनुभयो”
उहाँले उनीहरूलाई जे भन्दछन्, त्यस कुरालाई स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई आफ्नो मानिसहरू हुनलाई बोलाउनुहुने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
πεισμονὴ
कसैलाई मनाउनु भनेको त्यस व्यक्तिले जे सत्य हो भनी विश्वास गर्छ, त्यसबाट उसलाई परिवर्तन गर्नु र फरक प्रकारले काम गर्ने बनाउनु हो ।
Galatians 5:10
οὐδὲν ἄλλο φρονήσετε
“मैले तिमीहरूलाई जे भनिरहेको छु, त्योबाहेक तिमीहरूले अरू केही सोच्ने छैनौ”
“तिमीहरूलाई जसले अलमलमा पारिरहेको छ, परमेश्वरले त्यस व्यक्तिलाई दण्ड दिनुहुनेछ”
ταράσσων ὑμᾶς
सत्य केहो भन्ने बारेमा तिमीहरूलाई अनिश्चित बनाउने” वा “तिमीहरूका बीचमा सङ्कट उत्पन्न गराउने”
ὅστις ἐὰν ᾖ
सम्भावित अर्थहरू हुन् १) पावललाई ती मानिसहरूको नाम थाहा छैन जसले गलातीहरूलाई तिनीहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनिरहेका छन् वा २) गलातीहरूलाई “अल्मलाउने” हरू धनी वा गरिब तथा ठूलो वा सानो तथा धर्मी वा अधर्मी जे भए तापनि त्यो कुराको वास्ता तिनीहरूले गरोस् भन्ने पावल चाहँदैनन् ।
Galatians 5:11
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι
मानिसहरू यहूदी हुनुपर्छ भनेर पावलले प्रचार नगरेकै कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्ने कुरामा जोड दिनका लागि तिनले हुँदै नभएको परिस्थिको वर्णन गर्दैछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ हो, यहूदीहरूले मलाई सताइरहेका भए पनि मैले खतना गर्नुपर्छ भनेर घोषण गरेको छैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न अनि काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
येशूले क्रूसमा गर्नुभएको कामको कारणले गर्दा परमेश्वरले मानिसहरूलाई क्षमा गर्नुहुन्छ भनी पावलले प्रचार गरेको कारणले मानिसहरूले तिनलाई सतावट गरेका हुन् भन्ने कुरामा जोड दिनका लागि तिनले यहाँ हुँदै नभएको परिस्थिको वर्णन गर्दैछन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))
“मानिसहरू यहूदीहरू हुनुपर्छ भनेर मैले अझै पनि भनिरहेको थिएँ भने”
κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “क्रूसका बारेमा शिक्षा दिँदा ठेस लाग्ने बाधा हुने थिएन” वा “क्रूसका बारेमा भएको शिक्षामा यस्तो केही कुरा छैन जसले मानिसहरूलाई ठेस लाग्ने बाधा दिन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ
ठेस लाग्नु भन्नाले पापलाई र ठेस लाग्ने कुराले मानिसहरूलाई पाप गर्न लगाउने कुरालाई जनाउँछ । यहाँको सन्दर्भमा, मानिसहरू परमेश्वद्वारा धर्मी ठहरिनका लागि येशूले हाम्रा लागि क्रूसमा मृत्यु भोग्नुभयो भनी विश्वास गर्नुपर्छ भन्ने शिक्षालाई इन्कार गर्नु पाप हो । वैकल्पिक अनुवादः “मानिसहरूलाई सत्य इन्कार गर्न लगाउने क्रूसको शिक्षा हटाइएको छ” वा “येशू क्रूसमा मर्नुभएको शिक्षामा त्यस्तो केही कुरा छैन, जसले मानिसहरूलाई त्यो शिक्षा इन्कार गर्ने बनाउँछ” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 5:12
ἀποκόψονται
सम्भावित अर्थहरू हुन् १) शारीरिक रूपमा तिनीहरूका पुरुषहरूको लिङ्ग कटान गरेर नपुङ्सक बनाउनु वा २) आत्मिक रूपमा आफैँलाई ख्रीष्टिएन समुदायबाट अलग गर्नु । (हेर्नुहोस्ः रूपक)
Galatians 5:13
γὰρ
पावलले Galatians 5:12 मा प्रयोग गरेका आफ्ना वचनहरूको निम्ति कारण दिइरहेका छन् ।
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूलाई स्वतन्त्रताका लागि बोलाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὑμεῖς…ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε
यो अर्थ दिइएको छ कि ख्रीष्टले विश्वासीहरूलाई पुरानो करारबाट मुक्त पार्नुभएको छ । यहाँ पुरानो करारबाटको स्वतन्त्रता भनेको त्यसको पालना गर्नलाई करकापमा नपर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई पुरानो करारबाटको स्वतन्त्रताको लागि बोलाइएको छ” वा “ख्रीष्टले तिमीहरूलाई पुरानो करारको पालना गर्नलाई करमा नपरेको हुनलाई चुन्नुभएको छ” (हेर्नुहोस्ः रूपक)
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἀφορμὴν τῇ σαρκί
अवसर र पापमय स्वभावको बिचमा भएको सम्बन्धका बारेमा अझै स्पष्ट रूपले लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका पापी स्वभावहरूलाई प्रसन्न पार्नको निम्ति अवसर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
Galatians 5:14
ὁ…πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται
सम्भावित अर्थहरू हुन् १) “सम्पूर्ण व्यवस्थालाई मात्र एउटा आज्ञामा राख्न सकिन्छ, जुन यो हो” वा २) “एउटा आज्ञा पालन गरेर तिमीहरूले सम्पूर्ण आज्ञा पालन गर्दछौ, र त्यो एउटा आज्ञा यो हो ।”
ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
यहाँ “तैँले,” “आफ्नो” र “आफैँलाई” शब्द सबै एकवचन हो । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Galatians 5:16
पवित्र आत्माले कसरी पापमाथि नियन्त्रण गर्नुहुन्छ भनेर पावलले स्पष्ट पारेका छन् ।
Πνεύματι περιπατεῖτε
हिँड्नु भनेको जिउनुको निम्ति एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “तिमीहरूको जीवन पवित्र आत्माको शक्तिमा बिताओ” वा “तिमीहरूको जीवन पवित्र आत्मामा निर्भर रहेर बिताओ” (हेर्नुहोस्ः रूपक)
ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε
“कसैका अभिलाषाहरू पूरा गर्नु” भनेको “कसैले जे इच्छा गर्दछ, त्यो गर्नु” भन्ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्पिक अनुवादः “पाप गर्नको लागि तिमीहरूले आफ्ना मानवीय स्वभावको चाहनालाई पुरा गर्नेछैनौ” (हेर्नुहोस्ः टुक्काहरू)
ἐπιθυμίαν σαρκὸς
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो र पाप गर्ने इच्छा गर्दछ भनेजस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिमीहरूका पापमय स्वभावका कारणले तिमीहरूले जे कुरा गर्ने इच्छा गर्दछौ” वा “तिमीहरूका पापमय स्वभावका कारणले तिमीहरूले गर्ने इच्छा गरेका थोकहरू” (हेर्नुहोस्ः मानवीकरण)
Galatians 5:18
οὐκ ἐστὲ ὑπὸ νόμον
“मोशाका व्यवस्थाहरू पालन गर्न बाध्य हुँदैनौ”
Galatians 5:19
τὰ ἔργα τῆς σαρκός
यहाँ भएको भाववाचक नाउँ “कामहरू” लाई क्रियापद “काम गर्दछ” लेखेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे पापपूर्ण स्वभावले गर्छ”
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो जसले कुराहरू गर्दछ भने जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “मानिसहरूका पापमय स्वभावका कारणले तिनीहरूले जे गर्दछन्” वा “मानिसहरू पापमय स्वभावका भएका कारणले तिनीहरूले गर्ने थोकहरू” (हेर्नुहोस्ः मानवीकरण)
Galatians 5:21
κληρονομήσουσιν
परमेश्वरले विश्वासीहरूका लागि दिनुभएका प्रतिज्ञाहरू बारेमा ती परिवारका सदस्यबाट जग्गाजमिन र धनसम्पत्तिको अंश प्राप्त गर्नेहरू जस्तै हो भनिएको छ । (हेर्नुहोस्ः रूपक)
Galatians 5:22
ὁ δὲ καρπὸς τοῦ Πνεύματός
यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्माले निकाल्नुहुने कुरा प्रेम ... विश्वास हुन्” वा “आत्माले परमेश्वरका मानिसहरूमा प्रेम ... विश्वास निकाल्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Galatians 5:23
“प्रेम, आनन्द, शान्ति” भन्ने शब्दहरूका साथमा सुरु हुने “आत्माको फल”को सूची यहाँ अन्त हुन्छ । यहाँ “फल” भनेको “नतिजा” वा “परिणाम”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्माले उत्पन्न गर्नुहुने कुरा भनेका प्रेम, आनन्द, शान्ति ... नम्रता ... आत्मसंयम हुन्” वा “”आत्माले परमेश्वरका मानिसहरूमा प्रेम, आनन्द, शान्ति ... नम्रता ... आत्मसंयम उत्पन्न गर्नुहुन्छ” (हेर्नुहोस्ः रूपक)
Galatians 5:24
τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις
आफ्नो पापमय स्वभावअनुसार जीवन बिताउन इन्कार गर्ने ख्रीष्टिएनका बारेमा पावलले यी व्यक्ति पापमय स्वभावलाई क्रूसमा मारेका छन् भनेजस्तो गरी लेखेका छन् । वैकल्पिक अनुवादः “क्रूसमा टाँगेको झैँ गरी हामीहरूले हाम्रो पापपूर्ण प्रवृतिअनुसार त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित जिउनलाई इन्कार गरेका छौँ” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)
पापमय स्वभावका बारेमा यो एक जना व्यक्ति हो र त्यसका लालसा र अभिलाषा छन् भने जस्तो गरी भनिएको छ । वैकल्पिक अनुवादः “तिनीहरूका पापमय स्वभाव र त्यसका कारणले तिनीहरूले गर्नलाई ज्यादै इच्छा गरेका थोकहरू” (हेर्नुहोस्ः मानवीकरण)
Galatians 5:25
εἰ ζῶμεν Πνεύματι
“किनकि परमेश्वरका आत्माले हामीलाई जीवित हुन लगाउनुभएको छ”
Πνεύματι καὶ στοιχῶμεν
“हिडौँ” शब्द हरेक दिन जीवन बिताउने कुराका लागि अलङ्कारको शब्द हो । वैकल्पिक अनुवादः “पवित्र आत्मालाई हामीलाई मार्गदर्शन गर्न दिऊँ, र यसरी हामीले परमेश्वरलाई खुशी पार्ने र आदर हुने थोकहरू गर्न सक्दछौँ” (हेर्नुहोस्ः रूपक)
Galatians 5:26
“हामीले ... गर्नुपर्छ”
Galatians 6
गलातीहरू ०६ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यस अध्यायले पावलको पत्रलाई समाप्त गर्दछ । तिनले आखिरीमा लेखेका वचनहरू पत्रका अरू बाँकी भागसँग सम्बन्धित छ जस्तो लाग्दैन ।
भाइहरू
यस अध्यायमा पावलले ख्रीष्टिएनहरूलाई वचनहरू लेखेका छन् । तिनले उनीहरूलाई “भाइहरू” भनेका छन् । यसले पावलका ख्रीष्टिएन दाजुभाइलाई जनाउँछ र यसले तिनका यहूदी दाजुभाइलाई जनाउँदैन ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
नयाँ सृष्टि
येशू ख्रीष्टमा नयाँ जन्म पाएका मानिसहरू ख्रीष्टमा भएका नयाँ सृष्टि हुन् । ख्रीष्टमा ख्रीष्टिएनहरूलाई नयाँ जीवन दिइएको छ । तिनीहरू ख्रीष्टको विश्वासमा आइसकेपछि तिनीहरू आफैमा एउटा नयाँ स्वभाव हुन्छ । पावलका लागि, कुनै व्यक्तिको पुर्ख्यौलीभन्दा पनि यो झन् धेरै महत्त्वपूर्ण कुरा हो । (हेर्नुहोस्ः नयाँ गरी जन्मेको, परमेश्वरबाट जन्मेको, नयाँ जन्म अनि विश्वास)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
शरीर
यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ “आत्माको” विरुद्धमा हुन्छ । यस अध्यायमा भौतिक शरीरलाई जनाउनका लागि पनि शरीर शब्दको भएको छ । (हेर्नुहोस्ः मासु, देह अनि पाप, पापूर्ण, पापी, पाप गर्दै अनि आत्मा, आत्मिक)
Galatians 6:1
विश्वासीहरूले अरु विश्वासीहरूसँग कसरी व्यवहार गर्नुपर्छ र परमेश्वरले कसरी इनाम दिनुहुन्छ भनी पावलले तिनीहरूलाई सिकाएका छन् ।
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
ἐὰν…ἄνθρωπος
“यदि तिमीहरूमध्ये कसैले”
ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι
सम्भावित अर्थहरू हुन् १) अरू नै व्यक्तिले त्यस व्यक्तिलाई त्यस काम गरिरहँदा नै भेट्टायो । वैकल्पिक अनुवादः “यदि कोही पापको काममा फेला पर्यो भने” वा २) त्यस व्यक्तिले खराबी गर्ने चाहना नगरिकन पाप गर्यो वैकल्पिक अनुवादः “यदि कसैले परीक्षामा परेर पाप गर्यो”
ὑμεῖς, οἱ πνευματικοὶ
“तिमीहरूमध्ये पवित्र आत्माद्वारा अगुवाइ गरिएकाहरू” वा “तिमीहरू जो पवित्र आत्माको अगुवाइमा बाँचिरहेका छौ”
καταρτίζετε τὸν τοιοῦτον
“पाप गरेको व्यक्तिलाई सुधार्नुपर्छ” वा “पाप गरेको व्यक्तिलाई परमेश्वरसँगको सही सम्बन्धमा फर्कन सल्लाह दिनुपर्छ”
ἐν πνεύματι πραΰτητος
सम्भावित अर्थहरू हुन् १) सुधार गराउने व्यक्तिलाई आत्माले निर्देशन गर्दै हुनुहुन्छ वा २) “नम्रताको स्वभावसहित” वा “कृपापूर्ण तरिकाले ।”
σκοπῶν σεαυτόν
उनी तिनीहरू प्रत्येकसँग बोलिरहेका छन् भनेर जोड दिनको निम्ति यी वचनहरूले सबै गलातीहरू एउटै व्यक्ति भएजस्तै गरी व्यवहार गर्दछन् । वैकल्पिक अनुवादः “तिमीहरू आफ्नै बारेमा चिन्तित बन” वा “म तिमीहरू हरेकलाई भन्छु, ‘आफ्नै बारेमा विचार पुर्याओ’” (हेर्नुहोस्ः तिमीका रूपहरू)
μὴ καὶ σὺ πειρασθῇς
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि कुनै पनि कुराले तिमीहरूलाई पनि पाप गर्ने परीक्षा दिनेछैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
Galatians 6:3
εἰ γὰρ
“किनभने यदि ।” अब यसपछि आउने वचनहरूले गलातीहरू के गर्नुपर्छ भन्ने कुरालाई जनाउँछ १) “एक अर्काको भार उठाउनुपर्छ” (गलातीहरू ६:२) वा २) तिनीहरू आफैँ परीक्षामा नपर्नको निम्ति ख्याल गर्नुपर्छ (गलातीहरू ६:१) वा ३) “घमण्डी बन्नु हुँदैन” (गलातीहरू ५:२६) ।
εἶναί τι
“कसैले आफू कोही महत्त्वपूर्ण हुँ” वा “ऊ अरूभन्दा असल छ”
μηδὲν ὤν
“ऊ महत्त्वपूर्ण छैन” वा “ऊ अरूभन्दा उत्तम छैन”
Galatians 6:4
“हरेक व्यक्तिले ... ”
Galatians 6:5
τὸ ἴδιον φορτίον βαστάσει
“हरेक मानिसको इन्साफ उसको आफ्नो कामअनुसार मात्र हुनेछ” वा “हरेक व्यक्ति आफ्नो कामको लागि मात्र जिम्मेवार हुनेछ”
“हरेक व्यक्तिले ... ”
Galatians 6:6
“सिकाउने व्यक्तिको साथमा”
“सन्देश”, परमेश्वरले भन्नुभएको वा आज्ञा गर्नुभएको सबैथोक
Galatians 6:7
ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει
बिउ छर्ने कुराले कुनै किसिमको परिणाममा अन्त्य हुने कुराहरू गर्नुलाई जनाउँछ । अनि कटनी गर्ने कुराले कसैले गरेका कार्यका परिणामको अनुभव गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने किसानले जुन किसिमको बिउ छर्दछ, त्यही किसिमको फल उसले कटनी गर्दछ, र यसरी हरेक व्यक्तिले आफूले गरेका कामका परिणामहरूको अनुभव गर्दछ” (हेर्नुहोस्ः रूपक)
ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος
पावलले यहाँ यो शब्दले पुरुषलाई जनाउने गरी प्रयोग गरेका छैनन् । वैकल्पिक अनुवादः “व्यक्तिले जे रोप्दछ” वा “कसैले जे रोप्दछ” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
Galatians 6:8
ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ
बिउ रोप्ने कुराले पछि परिणाम ल्याउने कामहरू गर्ने कुरालाई जनाउँछ । यस सन्दर्भमा व्यक्तिले आफ्नो पापमय स्वभावको कारणले गर्दा उसले पापमय कार्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उसको पापमय स्वभावको कारणले गर्दा उसले चाहेअनुसारको बिउ रोप्दछ” वा “उसको पापमय स्वभावको कारणले गर्दा उसले गर्न इच्छा गरेको कुराहरू गर्दछ” (हेर्नुहोस्ः रूपक)
θερίσει φθοράν
परमेश्वरले व्यक्तिलाई दण्ड दिनुहुने कुरालाई त्यो व्यक्तिले बाली कटनी गरेको कुराजस्तो हो भनिएको छ । वैकल्पिक अनुवादः “उसले गरेको कार्यको लागि दण्ड पाउँदछ” (हेर्नुहोस्ः रूपक)
ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα
बिउ रोप्ने कुराले पछि परिणाम ल्याउने कामहरू गर्ने कुरालाई जनाउँछ । यस सन्दर्भमा, व्यक्तिले परमेश्वरको आत्माको आवाज सुनेको कारणले उसले असल कार्यहरू गरिरहेको हुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरको आत्मालाई मनपर्ने थोकहरू गर्दछ” (हेर्नुहोस्ः रूपक)
ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον
“परमेश्वरका आत्माबाट इनामस्वरूप अनन्त जीवन प्राप्त गर्नेछ”
Galatians 6:9
“हामीले निरन्तर असल गरिरहनुपर्छ”
अरूको भलाइको निम्ति असल काम गर्न
καιρῷ γὰρ ἰδίῳ
“किनकि तोकिएको समयमा” वा “किनकि, परमेश्वरले चुन्नुभएको समयमा”
Galatians 6:10
ἄρα οὖν
“यसको परिणामस्वरूप” वा “यसको कारण”
“बढीजसो तिनीहरूलाई” वा “विशेषतः तिनीहरूका लागि”
τοὺς οἰκείους τῆς πίστεως
“जो ख्रीष्टमा विश्वासद्वारा परमेश्वरको परिवारका सदस्यहरू हुन्”
Galatians 6:11
पावलले यो पत्रको समापन गरिरहँदा, व्यवस्थाले मानवजातिको उद्धार हुँदैन र तिनीहरूले क्रूसलाई स्मरण गर्नुपर्छ भनेर तिनले फेरि एकपल्ट याद गराएका छन् ।
यसको अर्थ यो हुन सक्छ कि पावलले १) यसपछि आउने वाक्यहरू २) यो पत्र उनीबाट आएको थियो भन्ने कुरालाई जोड दिन चाहन्छन् ।
τῇ ἐμῇ χειρί
सम्भावित अर्थहरू हुन् १) सम्भवतः पावलका एक जना सहयोगी थिए जसले यो पत्रको धेरैजसो भाग पावलले उनलाई जे लेख्न भने ती कुराहरू लेखे, तर यो पत्रको यस खण्ड भने पावल आफैँले नै लेखे वा २) पूरै पत्र पावल आफैँले लेखे ।
Galatians 6:12
εὐπροσωπῆσαι ἐν σαρκί
“अरूहरूलाई तिनीहरूका बारेमा राम्रो सोच्ने बनाउनु” वा “अरूहरूलाई तिनीहरू राम्रा मानिसहरू हुन् भनेर सोच्ने बनाउनु”
ἐν σαρκί
“देखिने प्रमाणका साथ” वा “तिनीहरूका आफ्नै प्रयत्नद्वारा”
“जबरजस्ती गर्न” वा “बलियो प्रभाव पार्न”
“ताकि ख्रीष्टको क्रूसद्वारा मात्रै उद्वार छ भन्ने कुराको दाबी गरेको कारण तिनीहरू यहूदीहरूद्वारा सतावटमा नपरून् भनेर”
τῷ σταυρῷ
यहाँ क्रूस शब्दले हाम्रा लागि ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले जे गर्नुभयो, त्यो कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूले क्रूसमा गर्नुभएको काम” वा “येशूको मृत्यु र पुनरुत्थान” (हेर्नुहोस्ः लक्षणा)
Galatians 6:13
“तिमीहरूलाई खतना गर्न बिन्ती गरिरहेका मानिसहरूले चाहन्छन्”
“ताकि तिनीहरूले गर्व गरून् कि तिनीहरूले तिमीहरूलाई व्यवस्थाको पालना गर्न कोसिस गर्ने मानिसहरूमा थपेका छन्”
Galatians 6:14
“म क्रूसभन्दा बाहेक अरू केही कुरामा कहिल्यै घमण्ड गर्न चाहन्न” वा “सधैँ क्रूसको कारण मात्र मैले गर्व गरूँ”
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मेरो विचारमा संसार पहिल्यै मृत छ” वा “मैले संसारलाई परमेश्वरले क्रूसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
κἀγὼ κόσμῳ
यहाँ “क्रूसमा टाँगिएको छु” शब्दहरू यसअगिका वाक्यका आधारमा बुझ्नुपर्ने हुन्छ । वैकल्पिक अनुवादः “र म यस संसारका लागि क्रूसमा टाँगिएको छु” (हेर्नुहोस्ः शब्दलोप)
सम्भावित अर्थहरू हुन् १) “संसारले मेरो विषयमा म पहिल्यै मृत छु भन्ने विचार गर्दछ” वा २) “संसारले मलाई परमेश्वरले क्रूसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छ”
सम्भावित अर्थहरू हुन् १) संसारका मानिसहरू, जसले परमेश्वरको केही वास्ता गर्दैनन् वा २) परमेश्वरको केही वास्ता नगर्ने मानिसहरूले महत्त्वपूर्ण ठान्ने चीजहरू ।
Galatians 6:15
“परमेश्वरको लागि महत्त्वपूर्ण छ”
καινὴ κτίσις
सम्भावित अर्थहरू हुन् १) येशू ख्रीष्टमा एउटा नयाँ विश्वासी वा २) एक विश्वासीको नयाँ जीवन ।
Galatians 6:16
τὸν Ἰσραὴλ τοῦ Θεοῦ
सम्भावित अर्थहरू हुन् १) साधारणतया विश्वासीहरू परमेश्वरको इस्राएल हुन् वा २) “गैरयहूदी विश्वासीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहोस्” वा ३) “नियम पालन गर्नेहरूमाथि शान्ति रहोस्, र इस्राएलमाथि परमेश्वरको कृपा रहोस् ।”
Galatians 6:17
यसको अर्थ हुन सक्छ, “अन्त्यमा” वा “मैले यो पत्रको अन्त्य गर्न लाग्दा ।”
सम्भावित अर्थहरू हुन् १) आफूलाई दु:ख नदिनका लागि पावलले गलातीहरूलाई आज्ञा गरे, “तिमीहरूलाई म यो आदेश दिइरहेको छुः मलाई दु:ख नदेओ” वा २) पावलले गलातीहरूलाई यो कुरा भनिरहेका छन् कि तिनले सारा मानिसलाई आफूलाई दु:ख नदिने आदेश दिइरहेका छन्ः मलाई दु:ख नदेओ” वा ३) “पावलले इच्छा व्यक्त गरिरहेका छन्, “कसैले पनि मलाई दु:ख देओस् भन्ने मेरो इच्छा छैन ।”
κόπους μοι
सम्भावित अर्थहरू हुन् १) “मसँग यी कुरा गर्ने” वा २) “मलाई कठिनाइ पुर्याउने” वा “मलाई कठिन काम दिने ।”
ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω
पावलले येशूको बारेमा सिकाएका कुरा मानिसहरूलाई मन नपरेको हुनाले उनीहरूले तिनलाई पिटेका र कोर्रा हानेका दागहरूलाई यी डामले जनाउँछ । वैकल्पिक अनुवादः “किनकि मेरो शरीरमा भएका डामहरूले मैले येशूको सेवा गर्दछु भन्ने कुरा दर्शाउँछ”
Galatians 6:18
“प्रभु येशू ख्रीष्ट तिमीहरूका आत्मामा दयालु हुनुभएको होस् भनी म प्रार्थना गर्दछु”
ἀδελφοί
तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।