नेपाली (Nepali): Translation Notes

Updated ? hours ago # views See on DCS Draft Material

Romans

Romans front

रोमीहरूको परिचय

भाग १: सामान्य परिचय

रोमीहरूको पुस्तकको रूपरेखा
  1. परिचय (१:१-१५)
  2. येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हुने धार्मिकता (१:१६-१७)
  3. पापको कारण सारा मानवजातिको दण्‍डको भागीदार बनेको छ (१:१८-३:२०)
  4. येशू ख्रीष्‍टमा विश्‍वास गरेर उहाँद्वारा पाइने धार्मिकता (३:२१-४:२५)
  5. आत्माका फलहरू (५:१-११)
  6. आदम र ख्रीष्‍टको तुलना गरिएको (५:१२-२१) १.यस जीवनमा ख्रीष्‍टजस्तै हुनु (६:१-८:३९)
  7. इस्राएलको लागि भएको परमेश्‍वरको योजना (९:१-११:३६)
  8. ख्रीष्‍टिएनहरू जसरी जिउनको लागि व्यवहारिक सुझाव (१२:१-१५:१३)
  9. निष्‍कर्ष र अभिवादनहरू (१५:१४-१६:२७)
रोमीहरूको पुस्तक कसले लेखे ?

प्रेरित पावलले रोमीहरूको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्‍टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्‍टिएनहरूलाई सताए । आफू ख्रीष्‍टिएन भइसकेपछि उनी मानिसहरूलाई येशूको बारेमा बताउँदै थुप्रै पटक रोमी साम्राज्यभर यात्रा गरे ।

शायद रोमी साम्राज्यको पावलको तेस्रो यात्राको अवधिमा उनी कोरिन्थको सहरमा बसिरहेका बेलामा उनले यो पत्र लेखे ।

रोमीहरूको पुस्तक केको बारेमा हो ?

पावलले रोममा भएका ख्रीष्‍टिएनहरूलाई यो पत्र लेखे । पावल तिनीहरूलाई भेट्न आउँदा तिनीहरू उनलाई स्वागत गर्नलाई तयार भएका उनले चाहन्थे । उनले बताए कि उनको उद्देश्‍य “विश्‍वासको आज्ञापालन ल्याउनु थियो” (१६:२६) ।

पावलले येशू ख्रीष्‍टको सुसमाचारलाई यस पत्रमा सबैभन्दा पूर्ण रूपमा वर्णन गरे । उनले व्याख्या गरे कि दुवै यहूदीहरू र गैर-यहूदीहरूले पाप गरेका छन्, र तिनीहरूले येशूमा विश्‍वास गरे भने मात्रै परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुनेछ र तिनीहरूलाई धर्मी घोषणा गर्नुहुनेछ (अध्यायहरू १-११) । त्यसपछि विश्‍वासीहरू कसरी जिउनुपर्छ भनेर उनले तिनीहरूलाई व्यवहारिक सल्‍लाह दिए (अध्यायहरू १२-१६) ।

यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक, “रोमीहरू” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले एउटा अझ बढी प्रस्‍ट हुने शीर्षक छान्‍न सक्छन्, जस्तै कि, “रोममा भएको मण्‍डलीलाई पावलको पत्र” वा “रोममा भएका ख्रीष्‍टिएनहरूलाई एक पत्र” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

येशूलाई जनाउन प्रयोग गरिएका नामहरू के‍के हुन् ?

रोमीहरूमा, पावलले येशू ख्रीष्‍टलाई धेरै नामहरू र विवरणहरूले वर्णन गरेः येशू ख्रीष्‍ट (१:१), दाऊदको बिउ (१:३), परमेश्‍वरको पुत्र (१:४), प्रभु येशू ख्रीष्‍ट (१:७), ख्रीष्‍ट येशू (३:२४), प्रायश्‍चित (३:२५), येशू (३:२६), येशू हाम्रा प्रभु (४:२४), सेनाहरूका प्रभु (९:२९), ठेस लगाउने ढुङ्गा र बाधा दिने चट्टान (९:३३), व्यवस्थाको अन्त्य (१०:४), छुटकारा दिनुहुने (११:२६), मृतकहरू र जीवितहरूका प्रभु (१४:९), र यिशैका जरा (१५:१२) ।

रोमीहरूमा भएका ईश्‍वरशास्‍त्रीय शब्दहरूको कसरी अनुवाद हुनुपर्छ ?

पावलले थुप्रै ईश्‍वरशास्‍त्रीय शब्दहरूको प्रयोग गर्छन् जुन चार सुसमाचारका पुस्तकहरूमा प्रयोग गरिएका छैनन् । जसै सुरुका ख्रीष्‍टिएनहरूले येशू ख्रीष्‍ट र उहाँको सन्देशको अर्थको बारेमा धेरै सिके, नयाँ अवधारणाहरूका लागि तिनीहरूलाई शब्दहरू र अभिव्यक्तिहरूको खाँचो पर्‍यो । ती शब्दहरूका केही उदाहरणहरू हुन्, “धर्मी ठहराउने” (५:१), “व्यवस्थाका कामहरू” (३:२०), “पुनर्मिलाप गराउनु” (५:१०), “प्रायश्‍चित” (३:२५), “शुद्धिकरण” (६:१९), र “पुरानो मनुष्यत्व” (६:६) ।

“प्रमुख शब्दहरू” भएको शब्दकोषले अनुवादकहरूलाई यस्ता थुप्रै शब्दहरू बुझ्‍नलाई सहायता गर्न सक्‍छ । (हेर्नुहोस्ः भाववाचक नाम)

माथि दिइएका खालका शब्दहरू व्याख्या गर्नलाई कठिन हुन्छन् । धेरैपटक अनुवादकहरूलाई तिनीहरूका भाषाहरूमा उस्तै अर्थ बोकेका शब्दहरू भेट्टाउन गाह्रो वा असम्भव हुन्छ । यो कुरा जान्‍न सहयोगी हुन सक्छ कि यी शब्दहरूसँग मिल्ने उस्तै शब्दहरू हुनु जरुरी छैन । बरु, अनुवादकहरूले ती अवधारणाहरूलाई सञ्‍चार गर्नको लागि तिनीहरूले सक्‍ने कुनै पनि छोटो अभिव्यक्तिहरू बनाउन सक्छन् । उदाहरणको लागि, “सुसमाचार” भन्‍ने शब्दलाई “येशू ख्रीष्‍टको बारेमा भएको असल खबर” भनेर अनुवाद गर्न सकिन्छ ।

अनुवादकहरूले सम्झनुपर्छ कि यी केही शब्दहरूको एउटाभन्दा बढी अर्थ छ । अर्थ चाहिँ लेखकले त्यस खास खण्‍डमा त्यस शब्दलाई कसरी प्रयोग गरिरहेका छन् भन्‍ने कुरामा भर पर्छ । उदाहरणको लागि, “धार्मिकता”ले कहिलेकाहीँ कुनै व्यक्तिले परमेश्‍वरको व्यवस्थाको पालना गर्छ भन्‍ने अर्थ दिन्छ । अरू समयहरूमा, येशू ख्रीष्‍टले हाम्रो लागि परमेश्‍वरको व्यवस्थाको सिद्ध रूपमा पालना गर्नुभएको छ भन्‍ने अर्थ “धार्मिकता”ले दिन्छ ।

इस्राएलको “बचेको अंश” भनेर पावलले के भन्‍न खोजे ? (११:५)?

“बचेको अंश” (कुनै प्रकोपबाट बाँचेका थोरै मानिसहरू) को अवधारणा पुरानो करार र पावल दुवैको लागि महत्त्वपूर्ण छ । धेरैजसो इस्राएलीहरू अश्‍शुरीहरू र त्यसपछि बेबिलोनीहरूले तिनीहरूको भूमि कब्जा गर्दा कि त मारिएका थिए कि त अरू मानिसहरू माझमा छरपष्‍ट पारिएका थिए । तुलनात्मक रूपमा हेर्दा केही थोरै यहूदीहरू मात्र बाँचे । तिनीहरूलाई “बचेको अंश” भनेर जानिन्थ्यो ।

११:१-९ मा, पावलले अर्को बचेको अंशको विषयमा कुरा गर्छन् । यो बचेको अंश ती यहूदीहरू हुन् जसलाई परमेश्‍वरले बचाउनुभयो किनभने तिनीहरूले येशूमा विश्‍वास गरे । (हेर्नुहोस्ः बाँकी रहेका)

भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

“ख्रीष्‍टमा” रहने भनेर पावलले के भन्‍न खोजेका हुन् ?

“ख्रीष्‍टमा” भन्‍ने वाक्यांश र त्यस्तै समान वाक्यांशहरू ३:२४; ६:११, २३; ८:१,२,३९; ९:१; १२:५,१७; १५:१७; र १६:३,७,९,१० मा आउँछन् । ख्रीष्‍टिएन विश्‍वासीहरू येशू ख्रीष्‍टका हुन् भनेर व्यक्त गर्नका लागि एउटा अलङ्कारको रूपमा पावलले यस प्रकारका वाक्यांशहरूलाई प्रयोग गरे । ख्रीष्‍टको हुनुको अर्थ विश्‍वासी बचाइएको छ र परमेश्‍वरको मित्र बनाइएको छ भन्‍ने हुन्छ । त्यस विश्‍वासीलाई परमेश्‍वरसँग सदाको लागि जिउन पाउने प्रतिज्ञा पनि गरिएको हुन्छ । तापनि, यस अवधारणालाई धेरै भाषाहरूमा प्रतिनिधित्व गर्न कठिन हुन सक्छ ।

यी वाक्यांशहरूको खास अर्थहरू पनि हुन्छन् जुन पावलले तिनलाई त्यस खास खण्‍डमा कसरी प्रयोग गरे भन्‍ने कुरामा भर पर्छ । उदाहरणको लागि, ३:२४ मा (“उद्धार जुन ख्रीष्‍ट येशूमा छ”), पावलले येशू ख्रीष्‍टको “कारण” हामीले मुक्ति पाएको कुरालाई जनाए । ८:९ मा (“तिमीहरू शरीरमा छैनौ तर आत्मामा छौ”), विश्‍वासीहरूले पवित्र आत्मा“लाई” सुम्पने कुराको विषयमा पावलले कुरा गरे । ९:१ मा (“म ख्रीष्‍टमा साँचो बताउँछु”), पावलले येशू ख्रीष्‍ट“सँग सहमतमा भएको” सत्यता बताइरहेका छन् भनेर उनले भन्‍न खोजेका हुन् ।

जे भएतापनि, हामी येशू ख्रीष्‍टसँग (र पवित्र आत्मासँग) एकीकृत भएको मूलभूत धारणालाई यी खण्‍डहरूमा पनि देखिन्छ । त्यसकारण, “मा”को प्रयोग गर्ने वाक्यांशहरूमा अनुवादकसँग एउटा चुनाव हुन्छ । उनले धेरैपटक “ ... को माध्यमद्वारा”, “त्यस ढङ्गमा”, वा “ ... को विषयमा” जस्ता “मा”को तत्काल लाग्‍ने मतलबलाई प्रतिनिधित्व गर्ने निर्णय गर्नेछन् । तर, यदि सम्भव छ भने, अनुवादकले एउटा त्यस्तो शब्द वा वाक्यांशलाई छान्‍नुपर्छ जसले तत्काल लाग्‍ने अर्थ र “ ... सँगको समन्वयमा” भन्‍ने अर्थलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः ख्रीष्‍टमा, येशूमा, प्रभुमा)

यूएलटीमा रोमीहरूमा, “पवित्र”, “सन्तहरू” वा “पवित्र जनहरू” र “शुद्ध बनाउनु”का अवधारणाहरूलाई कसरी प्रतिनिधित्व गरिएको छ ?

विभिन्‍न अवधारणाहरूमध्ये कुनै एकलाई सङ्केत गर्नको लागि धर्मशास्‍त्रले यस्ता शब्दहरूको प्रयोग गर्छ । यसैकारण, अनुवादकहरूको लागि ती कुराहरूलाई तिनीहरूका संस्करणहरूमा राम्ररी प्रतिनिधित्व गर्न धेरैपटक कठिन हुन्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा, यूएलटीले निम्‍न सिद्धान्तहरूको प्रयोग गर्छः * कहिलेकाहीँ खण्‍डमा भएको अर्थले नैतिक पवित्रताको अर्थ दिन्छ । सुसमाचार बुझ्‍नको लागि विशेषगरी महत्त्वपूर्ण तथ्य चाहिँ के हो भने परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई पापरहित मान्‍नुहुन्छ किनभने तिनीहरू येशू ख्रीष्‍टसँग एकीकृत भएका हुन्छन् । अर्को सम्बन्धित तथ्य चाहिँ के हो भने परमेश्‍वर सिद्ध र खोटरहित हुनुहुन्छ । तेस्रो तथ्य चाहिँ के हो भने ख्रीष्‍टिएनहरूले आफूहरूलाई जीवनमा दोषरहित र खोटरहित ढङ्गमा चलाउनुपर्छ । यी कुराहरूमा, यूएलटीले “पवित्र”, “पवित्र परमेश्‍वर”, “पवित्र जनहरू” वा “पवित्र मानिसहरू” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १:७) * कहिलेकाहीँ खण्‍डमा भएको अर्थले ख्रीष्‍टिएनहरूले निभाएका कुनै खास भूमिकाको अर्थ नदिइकन विशेषगरी तिनीहरूको साधारण उल्‍लेखलाई सङ्केत गर्छ । केही अरू अङ्ग्रेजी संस्करणहरूमा “सन्तहरू” वा “पवित्र जनहरू” जस्ता शब्दहरूको प्रयोग भएको खण्‍डमा, यूएलटीले “विश्‍वासीहरू” प्रयोग गर्छ । (हेर्नुहोस्ः ८:२७; १२:१३; १५:२५, २६, ३१; १६:२, १५) * कहिलेकाहीँ खण्‍डमा भएको अर्थले कोही व्यक्ति वा केही कुरा केवल परमेश्‍वरको लागि अलग राखिएको कुरालाई सङ्केत गर्छ । यी खण्‍डहरूमा, यूएलटीले “अलग राखिएको”, “ ... लाई समर्पित गरिएको”, “शुद्ध पारिएको”, वा “ ... का लागि संरक्षित गरिएको” जस्ता शब्दहरूको प्रयोग गर्छ । (हेर्नुहोस्ः १५:१६)

अनुवादकहरूले यी अवधारणाहरूलाई तिनीहरूका आफ्नै संस्करणहरूमा कसरी प्रतिनिधित्व गर्ने भनेर सोच्‍दै गर्दा यूएलटी धेरैपटक सहयोग हुनेछ ।

रोमीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्‍न दिइएका पदहरूको लागि, बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूबाट फरक पर्छन् । यूएलटीले नयाँ भनाइलाई समावेश गर्छ र पुरानो भनाइलाई पादटिप्‍पणीमा राख्छ ।

  • “उहाँले[परमेश्‍वरले] सबैकुराहरूलाई भलाइ गराउनको लागि काम गर्नुहुन्छ” (८:२८) । केही पुरानो संस्करणहरूले भन्छन्, “सबै कुराहरूले एकसाथ भलाइकै लागि काम गर्छन् ।”
  • “तर यदि यो अनुग्रहबाट हो भनेता यो अब कामहरूबाट होइन । नत्रभए अनुग्रह अझै अनुग्रह रहने थिएन ।” (११:६) केही पुरानो संस्करणहरूले भन्छन्ः “तर यदि यो कामहरूबाट हो भने, तब त्यो अझ अनुग्रह हुने थिएनः नत्रभए काम अझै काम हुने थिएन ।”

निम्‍न दिइएको पद बाइबलका सर्वोत्कृष्‍ट प्राचीन प्रतिहरूमा छैन । अनुवादकहरूलाई यो पदलाई समावेश नगर्नको लागि सुझाव दिइन्छ । तापनि, यदि अनुवादकहरूका क्षेत्रमा बाइबलका पुराना संस्करणहरू छन् जसमा यो पद छ भने, अनुवादकहरूले त्यसलाई समावेश गर्न सक्‍छन् । यदि यसको अनुवाद हुन्छ भने, यो सम्भवतः रोमीहरूको पुस्तकबाट लिइएको मौलिक कुरा होइन भनेर सङ्केत गर्नको लागि यसलाई ठूला कोष्‍ठकहरूभित्र ([]) राख्‍नुपर्छ ।

  • “हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैको साथमा भएको होस् । आमेन्” (१६:२४) ।

(हेर्नुहोस्ः खण्‍डमा भएका भिन्‍नताहरू)

Romans 1

रोमीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पहिलो पद एक प्रकारको परिचय हो । प्राचीन भू-मध्य क्षेत्रमा रहने मानिसहरूले धेरैपटक तिनीहरूका पत्रहरूलाई यसरी नै थालनी गर्थे । कहिलेकाहीँ यसलाई “अभिवादन” भनिन्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सुसमाचार

यस अध्यायले रोमीहरूको पुस्तकको सामग्रीलाई “सुसमाचार”को रूपमा जनाउँछ (रोमीहरू १:२) । रोमीहरू मत्ती, मर्कूस, लूका र यूहन्‍नाको सुसमाचार जस्तो होइन । बरु, १-८ का अध्यायहरूले बाइबलीय सुसमाचारलाई प्रस्तुत गर्छन्ः सबैले पाप गरेला छन् । येशू हाम्रा पापहरूका लागि मर्नुभयो । उहाँ फेरि बिउँताइनुभयो ताकि उहाँमा हामीसँग नयाँ जीवन भएको होस् ।

फल

यस अध्यायले फलको चित्रणलाई प्रयोग गर्छ । फलको चित्रणले सामान्यतया कुनै व्यक्तिको विश्‍वासलाई जनाउँछ जसले तिनीहरूका जीवनमा असल कामहरू निकालिरहेको हुन्छ । यस अध्यायमा, यसले रोमी ख्रीष्‍टिएनहरूको माझमा पावलले गरेका कामहरूका परिणामहरूलाई जनाउँछ । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन अनि विश्‍वास अनि धर्मी, धार्मिकता)

सम्पूर्ण विश्‍व दोषी ठहरिएको र परमेश्‍वरको क्रोध

यस अध्यायले व्याख्या गर्छ कि सबैजनासँग कुनै बहाना छैन । साँचो परमेश्‍वर, यहवेको बारेमा हाम्रा वरिपरि भएको उहाँको सृष्‍टिबाट हामी सबैलाई थाहा छ । हाम्रो पाप र हाम्रो पापी स्वभावको कारण, हरेक व्यक्ति परमेश्‍वरको क्रोधको भागीदार न्यायोचित रूपले बनेको छ । यो क्रोध येशू क्रूसमा मर्नुभएर तिनीहरूको लागि शान्त बनाइएको थियो जसले उहाँमा विश्‍वास गर्छन् । (हेर्नुहोस्ः विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

“परमेश्‍वरले तिनीहरूलाई सुम्पिदिनुभयो”

धेरै विद्वानहरूले “परमेश्‍वरले तिनीहरूलाई सुम्पिदिनुभयो” र “परमेश्‍वरले तिनीहरूलाई छोडिदिनुभयो” भन्‍ने वाक्यांशहरूलाई ईश्‍वरशास्‍त्रीय हिसाबले महत्त्वपूर्ण भएको भनेर हेर्छन् । यसकारण, परमेश्‍वरले त्यस कार्यमा निष्‍क्रिय भूमिका निभाउनुभएको रूपमा यी वाक्यांशहरूलाई अनुवाद गर्न महत्त्वपूर्ण छ । परमेश्‍वरले मानिसहरूलाई केवल तिनीहरूका अभिलाषाहरूको पछि लाग्‍न दिनुहुन्छ, उहाँले तिनीहरूलाई कर लगाउनुहुन्‍न । (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अप्‍ठेरा वाक्यांशहरू र अवधारणाहरू

यद अध्यायमा यसभित्र थुप्रै कठिन अवधारणाहरू छन् । यस अध्यायमा धेरैजसो वाक्यांशहरूलाई पावलले कसरी लेख्छन् भन्‍ने कुराले अनुवाद गर्नलाई कठिन बनाउँछ । वाक्यांशहरूको अर्थ बुझ्‍नको लागि अनुवादकले यूएलटीको प्रयोग गर्नुपर्ने हुन सक्छ । साथै यी वाक्यांशहरूलाई केही स्वतन्‍त्र भएर अनुवाद गर्न पनि आवश्‍यक हुन सक्छ । केही अप्ठेरा वाक्यांशहरूमा निम्न कुराहरू पर्छन्ः “विश्‍वासको आज्ञापालन”, “जसलाई म मेरो आत्मामा सेवा गर्छु”, “विश्‍वासदेखि विश्‍वाससम्‍म” र “अविनाशी परमेश्‍वरको महिमालाई विनाशी मानिसको प्रतिरूपको लागि साटफेर गरे ।”

Romans 1:1

Παῦλος

तपार्इंको भाषामा कुनै पत्रको लेखकको परिचय दिने कुनै खास तरिका हुन सक्छ । ती मानिसहरू को हुन् जसलाई पावलले यो पत्र लेखे (रोमीहरू १:७) भनेर पनि तपाईंले यसै पदमा बताउनुपर्ने हुन सक्‍छ । वैकल्‍पिक अनुवादः “म, पावलले यो पत्र लेखेँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई एक प्रेरित हुनको निम्ति बोलाउनुभयो र सुसमाचारको बारेमा मानिसहरूलाई बताउनको लागि मलाई चुन्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κλητὸς

यसको अर्थ हुन्छ कि परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तान हुनलाई, उहाँका सेवकहरू हुनलाई र येशूद्वारा मुक्तिको विषयमा भएको उहाँको सन्देशको घोषना गर्नेहरू हुनलाई नियुक्त गर्नुभयो वा चुन्‍नुभयो ।

Romans 1:2

ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις

परमेश्‍वरले उहाँको राज्य खडा गर्नुहुने थियो भनेर उहाँका मानिसहरूलाई प्रतिज्ञा गर्नुभयो । यी प्रतिज्ञाहरूलाई धर्मशास्‍त्रमा लेख्‍नको लागि उहाँले अगमवक्ताहरूलाई भन्‍नुभयो ।

Romans 1:3

περὶ τοῦ Υἱοῦ αὐτοῦ

यसले “परमेश्‍वरको सुसमाचार”लाई जनाउँछ, परमेश्‍वरले उहाँको पुत्रलाई संसारमा पठाउनलाई प्रतिज्ञा गर्नुभयो भन्‍ने सुसन्देश ।

τοῦ Υἱοῦ

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα

यहाँ “शरीर” भन्‍ने शब्दले भौतिक देहलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो शारीरिक तवरमा दाऊदको एक सन्तान हुनुहुन्छ” वा “जो दाऊदको परिवारमा जन्मनुभएको थियो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 1:4

पावलले यहाँ उनको प्रचार गर्नुपर्ने दायित्वको बारेमा कुरा गर्छन् ।

τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει

“उहाँ” शब्दले येशू ख्रीष्‍टलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी शक्तिसहित घोषणा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐξ ἀναστάσεως νεκρῶν

“मृत मानिसहरूको माझबाट उहाँलाई बिउँताउनुभएर ।” यो अभिव्यक्तिले तल्‍लो संसारमा एकसाथ भएका ती सबै मृत मानिसहरूको विषयमा बताउँछ, र जीवित भएर फेरि फर्किआउने कुरा चाहिँ तिनीहरूको माझबाट पुनरुत्थान भएर आउने कुराको रूपमा बताइएको छ ।

Πνεῦμα ἁγιωσύνης

यसले पवित्र आत्मालाई जनाउँछ ।

Romans 1:5

ἐλάβομεν χάριν καὶ ἀποστολὴν

परमेश्‍वरले पावललाई एक प्रेरित हुने वरदान दिनुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई एक प्रेरित तुल्याउनुभयो । यो एक विषेशाधिकार हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ

पावलले “नाउँ” भन्‍ने शब्दलाई येशूलाई जनाउनको लागि एक प्रतिस्थापन शब्दको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “उहाँमा भएको तिनीहरूको विश्‍वासको कारण सबै जातिहरूलाई आज्ञापालन गर्नका लागि सिकाउनका निमित्त” (हेर्नुहोस्ः लक्षणा)

Romans 1:7

πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म तिमीहरू सबै रोममा हुनेहरूलाई यो पत्र लेखिरहेको छु जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ र उहाँका मानिसहरू हुनलाई चुन्‍नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

χάρις ὑμῖν καὶ εἰρήνη

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई अनुग्रह र शान्ति दिनुभएको होस्” वा “परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको होस् र तिमीहरूलाई भित्री शान्ति दिनुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Θεοῦ Πατρὸς ἡμῶν

“पिता” शब्द परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

Romans 1:8

ὅλῳ τῷ κόσμῳ

पावल र उनका पाठकहरूले जानेको संसार र जसमा उनीहरूले यात्रा गर्न सक्थे, जुन चाहिँ रोमी साम्राज्य थियो

Romans 1:9

μάρτυς γάρ μού ἐστιν ὁ Θεός

पावलले तिनीहरूको लागि व्यग्रताको साथ प्रार्थना गर्छन् र उनले प्रार्थना गरिरहेको परमेश्‍वरले देख्‍नुभएको छ भनेर पावलले जोड दिन्छन् । “किनकि” भन्‍ने शब्दलाई धेरैपटक अनुवाद नगरी त्यसै छोडिन्छ ।

ἐν τῷ πνεύματί μου

एक व्यक्तिको आत्मा भनेको उसको त्यो भाग हो जसले परमेश्‍वरलाई चिन्‍न सक्छ र उहाँमा विश्‍वास गर्न सक्‍छ ।

τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ

बाइबलको सुसन्देश (सुसमाचार) यो हो कि परमेश्‍वरको पुत्रले संसारको मुक्तिदाताको रूपमा आफैँलाई दिनुभएको छ ।

Υἱοῦ

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι

“म तिमीहरूको बारेमा परमेश्‍वरसँग कुरा गर्छु”

Romans 1:10

πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ, ἐλθεῖν πρὸς ὑμᾶς

“हरेक पटक जब म प्रार्थना गर्छु, म परमेश्‍वरसँग बिन्ती गर्छु कि ... तिमीहरूलाई भेट्न आउनमा ... मैले सफलता पाऊँ”

εἴ πως

“परमेश्‍वरले हुन दिनुहुने कुनै पनि तरिकाबाट”

ποτὲ

“आखिरमा” वा “अन्ततः”

ἐν τῷ θελήματι τοῦ Θεοῦ

“किनभने परमेश्‍वरले त्यो चाहनुहुन्छ”

Romans 1:11

पावलले रोममा भएका मानिहरूलाई व्यक्तिगत रूपमा भेट्ने उनको इच्छालाई व्यक्त गरेर तिनीहरूका लागि भएका उनका सुरुका भनाइहरूलाई निरन्तरता दिन्छन् ।

ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς

“किनभने म साँच्‍चै तिमीहरूलाई देख्‍न चाहन्छु”

τι…χάρισμα…πνευματικὸν, εἰς τὸ στηριχθῆναι ὑμᾶς

पावल रोमी ख्रीष्‍टिएनहरूलाई आत्मिक रूपमा बलियो बनाउन चाहन्छन् । वैकल्‍पिक अनुवादः “केही वरदान जसले तिमीहरूलाई आत्मिक रूपमा हुर्कन सहायता गर्नेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 1:12

τοῦτο δέ ἐστιν συνπαρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो भन्‍नुको अर्थ हो कि हामीले येशूमा भएको विश्‍वासको हाम्रा अनुभवहरूलाई बाँडेर हामीले एकअर्कालाई प्रोत्साहन गरेको म चाहन्छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 1:13

οὐ θέλω…ὑμᾶς ἀγνοεῖν

तिनीहरूसँग यो जानकारी भएको उनले चाहन्थे भनेर पावलले जोड दिइरहेका छन् । तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले जानेको म चाहन्छु” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “केही कुराले मलाई सधैँ रोकेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν

“फसल” भन्‍ने शब्द एक अलङ्कार हो जसले रोममा भएका मानिसहरूलाई प्रतिनिधित्व गर्छ र जसले सुसमाचारलाई विश्‍वास गरेका पावल चाहन्छन् । वैकल्‍पिक अनुवादः “कि तिमीहरूका माझमा भएका अझ धेरै मानिसहरूले येशूमा विश्‍वास गरून्” (हेर्नुहोस्ः रूपक)

τοῖς λοιποῖς ἔθνεσιν

अन्य क्षेत्रहरूमा भएका अन्यजातिहरू जहाँ तिनी गएका थिए

Romans 1:14

ὀφειλέτης εἰμί

“ऋृणी” भन्‍ने अलङ्कार शब्दको प्रयोग गरेर, पावलले परमेश्‍वरको सेवा गर्नुपर्ने उनको कामको विषयमा यसरी बताउँछन् कि मानौँ उनले परमेश्‍वरबाट केही आर्थिक ऋृण लिएका थिए । वैकल्पिक अनुवादः “मैले ... कहाँ सुसमाचार लैजानै पर्छ” (हेर्नुहोस्ः रूपक)

Romans 1:16

οὐ…ἐπαισχύνομαι τὸ εὐαγγέλιον

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म सम्पूर्ण रूपमा सुसमाचारमा विश्‍वास गर्छु” (हेर्नुहोस्ः निषेधात्मक)

δύναμις…Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι

यहाँ “विश्‍वास गर्छ” भन्‍ने कुराको अर्थ कोही व्यक्तिले ख्रीष्‍टमा उसको भरोसा राख्‍छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “यो सुसमाचारद्वारा हो कि परमेश्‍वरले ख्रीष्‍टमा भरोसा राख्‍नेहरूलाई शक्तिशाली तरिकाले बचाउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι

“यहूदी मानिसहरूको लागि र त्यसपछि ग्रीक मानिसहरूको लागि पनि”

πρῶτον

यहाँ “पहिला”को अर्थ समयको क्रम अनुसार अरूहरू सबैभन्दा अगाडि आउने हुन्छ ।

Romans 1:17

ἐν αὐτῷ

यहाँ “यस”ले सुसमाचारलाई जनाउँछ । पावलले किन सुसमाचारमा पूर्ण रूपमा भरोसा गर्छन् भन्‍ने कुरालाई उनले व्याख्या गर्छन् ।

δικαιοσύνη…Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν

पावलले सुसमाचारको सन्देशको विषयमा त्यो चाहिँ परमेश्‍वरले मानिसहरूलाई भौतिक रूपमा देखाउनसक्‍नुहुने कुनै वस्तु भए झैँ गरी बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई बताउनुभएको छ कि सुरुदेखि अन्तसम्‍म मानिसहरू विश्‍वासद्वारा नै धर्मी बन्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καθὼς γέγραπται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसरी कसैले धर्मशास्‍त्रमा लेखेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ…δίκαιος ἐκ πίστεως ζήσεται.

यहाँ “धर्मी”ले तिनीहरूलाई जनाउँछ जसले परमेश्‍वरमा भरोसा गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरमा भरोसा गर्ने मानिसहरूलाई नै उहाँले आफूसँग ठीक सम्बन्धमा भएको ठान्‍नुहुन्छ, र तिनीहरू सदासर्वदा जिउनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 1:18

पापपूर्ण मानिसप्रतिको परमेश्‍वरको ठूलो क्रोधलाई पावलले देखाउँछन् ।

ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले उहाँ कति क्रोधित हुनुहुन्छ भनी देखाउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

γὰρ

पावलले रोमीहरू १:१७ मा भनेका कुराहरू सत्य हुन भनेर मानिसहरूले किन जान्दछन् भनेर उनले बताउन लागेका छन् भनी देखाउनको लागि उनले “किनकि” शब्दको प्रयोग गर्छन् ।

ἀποκαλύπτεται…ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων

“दुष्‍टता” र “अधार्मिकता” भन्‍ने शब्दहरू भाववाचक नामपदहरू हुन् जसलाई “दुष्‍ट” भन्‍ने विशेषणको प्रयोग गरेर व्यक्त गर्न सकिन्छ, जसले मानिसहरूलाई वर्णन गर्छ, र “अधर्मी” विशेषणको प्रयोग गरेर, जसले तिनीहरूका कामहरूलाई वर्णन गर्छ । यी नामपदहरू ती मानिसहरूका लागि प्रतिस्थापन शब्दहरू हुन् जससँग परमेश्‍वर क्रोधित हुनुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूसँग परमेश्‍वर कति क्रोधित हुनुहुन्छ भन्‍ने कुरालाई उहाँले स्वर्गबाट प्रकट गर्नुहुन्छ किनभने तिनीहरू दुष्‍ट छन् र अधर्मी कामहरू गर्छन्” (हेर्नुहोस्ः भाववाचक नाम अनि लक्षणा)

τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων

यहाँ “सत्यता”ले परमेश्‍वरको बारेमा भएको सत्य जानकारीलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको बारेमा भएको सत्य जानकारीलाई लुकाउनु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 1:19

τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले प्रस्‍टसँग देख्‍नसक्‍ने कुराको कारण तिनीहरूले परमेश्‍वरको बारेमा जान्‍न सक्‍छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν

यहाँ “तिनीहरूलाई प्रकाश दिनु” भन्‍ने कुराको अर्थ परमेश्‍वरले तिनीहरूलाई उहाँको बारेमा भएको सत्यता देखाउनुभएको छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “किनभने उहाँ कस्तो हुनुहुन्छ भनेर परमेश्‍वरले सबैजनालाई देखाउनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 1:20

τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται; ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης

मानिसहरूले परमेश्‍वरका अदृश्य गुणहरूलाई बुझ्‍ने कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ मानिसहरूले ती गुणहरू देखेका छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि मानिसहरूले परमेश्‍वरका अदृश्य गुणहरूलाई स्‍पष्‍ट रूपमा बुझेका छन्, नाम लिएर भन्‍नुपर्दा उहाँको अनन्त शक्ति र ईश्‍वरीय स्वभाव” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

θειότης

“परमेश्‍वरका सबै गुणहरू र विशेषताहरू” वा “परमेश्‍वरको बारेमा भएका ती कुराहरू जसले उहाँलाई परमेश्‍वर बनाउँछन्”

κόσμου

यसले स्वर्गहरू र पृथ्‍वी, र साथै तिनमा भएका यावत् थोकहरूलाई जनाउँछ ।

τοῖς ποιήμασιν

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बनाउनुभएको थोकहरूको कारण” वा “किनभने परमेश्‍वरले बनाउनुभएका थोकहरू मानिसहरूले देखेका छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸ εἶναι αὐτοὺς ἀναπολογήτους

“तिनीहरूलाई थाहा थिएन भनेर यी मानिसहरूले कहिल्यै भन्‍न सक्‍दैनन्”

Romans 1:21

ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मूर्ख कुराहरू विचार गर्न थाले” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία

यहाँ “अन्धकार” भनेको एउटा अलङ्कार हो जसले मानिसहरूको समझको अभावलाई प्रतिनिधित्व गर्छ । यहाँ हृदय भनेको व्यक्तिको मन वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू ती कुराहरू बुझ्‍न असक्षम भए जुन तिनीहरूले बुझेको परमेश्‍वर चाहनुहुन्थ्यो” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

Romans 1:22

φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν

“तिनीहरूले बुद्धिमान् छौँ भनेर दाबी गरिरहेका बेलामा तिनीहरू मूर्ख बने”

ἐμωράνθησαν

रोमीहरू १:१८ मा भएका मानिसहरू

Romans 1:23

ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ

“परमेश्‍वर महिमामय हुनुहुन्छ र कहिल्यै मर्नुहुनेछैन भन्‍ने सत्यतालाई ... बेचे” वा “परमेश्‍वर महिमामय हुनुहुन्छ र कहिल्यै मर्नुहुनेछैन भन्‍ने कुरालाई विश्‍वास गर्न छोडे”

ἐν ὁμοιώματι εἰκόνος

“र बरु ... जस्तै देखिने मूर्तिहरूलाई पुज्ने छनोट गरे”

φθαρτοῦ ἀνθρώπου

“कुनै मानिस जो मर्नेछ”

πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν

“अथवा जे चराहरू, चारखुट्टे पशुहरू, वा घस्रने जीवहरू जस्तै देखिन्थ्यो”

Romans 1:24

διὸ

“किनभने मैले जे भर्खरै भनेको छु सो सत्य हो”

παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν

“परमेश्‍वरले तिनीहरूलाई ... मा लिप्‍त हुन दिनुभयो”

αὐτοὺς…αὐτῶν…αὐτοῖς;

यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।

ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν

यहाँ “तिनीहरूको हृदयको कामवासना” भनेको प्रतिस्थापकीय शब्द हो जसले तिनीहरूले गर्न चाहेका दुष्‍ट थोकहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले असाध्यै चाहेका नैतिक रूपमा अशुद्ध रहेका कुराहरू” (हेर्नुहोस्ः उपलक्षण)

τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς

यो एउटा मृदुभाषी भनाइ हो जसको अर्थ हुन्छ तिनीहरूले अनैतिक यौन कार्यहरू गरे भन्‍ने हुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले अनैतिक व्यभिचारपूर्ण र बदनाम गराउने कार्यहरू गरे” (हेर्नुहोस्ः व्यञ्‍जना अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 1:25

οἵτινες

यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।

ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει

यहाँ “सृष्‍टि”ले परमेश्‍वरले सृजनुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले परमेश्‍वरले सृजनुभएको थोकहरूलाई पूजा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

παρὰ

“ ... भन्दा बरु”

Romans 1:26

διὰ τοῦτο

“मूर्तिपूजा र यौन पापको कारण”

παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς

“परमेश्‍वरले तिनीहरूलाई ... मा लिप्‍त हुन दिनुभयो”

πάθη ἀτιμίας

“लज्जास्पद कामुक इच्छाहरू”

αἵ τε γὰρ θήλειαι αὐτῶν

“किनभने तिनीहरूका स्‍त्रीहरू”

μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν

“अप्राकृतिक रहेका” सम्बन्धहरूको अवधारणा चाहिँ अनैतिक यौन कामुकताको लागि एउटा नरम भनाइ हो । वैकल्पिक अनुवादः “यौन कार्यलाई त्यस्तो तरिकाले अभ्यास गर्न थाले जुन परमेश्‍वरले रच्‍नुभएन” (हेर्नुहोस्ः व्यञ्‍जना)

Romans 1:27

καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας

यहाँ “प्राकृतिक सम्बन्धहरू” भनेको यौन सम्बन्धहरूको लागि मृदुभाषी भनाइ हो । वैकल्‍पिक अनुवादः “धेरै पुरुषहरूले स्‍त्रीहरूका लागि भएको प्राकृतिक यौन चाहना बोक्‍न छोडे” (हेर्नुहोस्ः व्यञ्‍जना)

ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους

“अरू पुरुषहरूको लागि प्रबल कामुक इच्छाको अनुभव गरे”

τὴν ἀσχημοσύνην κατεργαζόμενοι

“त्यस्ता कार्यहरू गरे जसका लागि तिनीलाई लाज लाग्‍नुपर्ने थियो, तर तिनीहरू लज्‍जित थिएनन्”

καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν, ἐν ἑαυτοῖς ἀπολαμβάνοντες

“परमेश्‍वरले तिनीहरूले गरेका त्रुटिको लागि न्यायपूर्ण तवरमा तिनीहरूलाई सजाय दिनुभएको छ”

πλάνης

नैतिक भुल, तथ्यहरूको विषयमा भएको गल्‍ती होइन

Romans 1:28

καὶ καθὼς οὐκ ἐδοκίμασαν, τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει

“तिनीहरूले परमेश्‍वरलाई चिन्‍न आवश्‍यक थियो भनेर ठानेनन्”

αὐτοὺς

यी शब्दहरूले रोमीहरू १:१८ को “मानवजाति”लाई जनाउँछन् ।

παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν

यहाँ “भ्रष्‍ट मन”को अर्थ एउटा त्यस्तो मन हुन्छ जसले केवल अनैतिक कुराहरूको बारेमा मात्रै विचार गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूका मनहरूलाई, जसलाई तिनीहरूले व्यर्थका र अनैतिक सोचाइहरूले भरेका थिए, तिनीहरूलाई सम्‍पूर्ण रूपमा नियन्‍त्रण गर्न दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

μὴ καθήκοντα

“लज्जास्पद” वा “पापपूर्ण”

Romans 1:29

πεπληρωμένους πάσῃ ἀδικίᾳ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूमा ... को निम्ति तेज अभिलाषा छ” वा “तिनीहरू ... का कार्यहरू गर्न प्रबल रूपमा चाहना गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “धेरैले अरू मानिसहरूको निरन्तर ईर्ष्या गरिरहेका हुन्छन् ... धेरैले मानिसहरूलाई हत्या गर्न निरन्तर चाहना गर्छन् ... मानिसहरूको माझमा विवादहरू र झगडाहरू पैदा गराउन ... अरूहरूलाई छल्‍न ... अरूहरूको बारेमा घृणापूर्ण भावनाले बोल्‍न” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 1:30

καταλάλους

निन्दा गर्ने व्यक्तिले अर्को व्यक्तिको छविमा हानी पर्‍याउन त्यसको बारेमा झूटा कुराहरू भन्छ ।

ἐφευρετὰς κακῶν

“अरूहरूलाई दुष्‍ट कुराहरू गर्नलाई नयाँ उपायहरू सोच्दै”

Romans 1:32

οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες

“तिनीहरूले कसरी जिएको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने कुरा तिनीहरू जान्दछन्”

ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες

यहाँ “अभ्यास”ले निरन्तर वा बानी गरेर दुष्‍ट थोकहरू गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “र तिनीहरू जसले अधर्मी कुराहरू गरिरहन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἄξιοι θανάτου εἰσίν

“मर्न लायकका छन्”

αὐτὰ

“यस किसिमका दुष्‍ट थोकहरू”

τοῖς πράσσουσιν

यहाँ “गर्नु” भन्‍ने क्रियापदले दुष्‍ट थोकहरू गर्नको लागि निरन्तरता दिने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले दुष्‍ट थोकहरू गरिरहन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 2

रोमीहरू ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो अध्यायले आफ्‍ना पाठकहरूलाई रोमी ख्रीष्‍टिएनहरूबाट अरू मानिसहरूको “न्याय” गर्ने र येशूमा विश्‍वास नगर्ने मानिसहरूतर्फ लैजान्छ । (हेर्नुहोस्ः न्याय गर्नु, न्याय अनि विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास)

“त्यसैकारण तिमीहरूसँग कुनै बहाना छैन”

यस वाक्यांशले फर्केर अध्याय १ मा भएको कुरालाई हेर्छ । केही तरिकाहरूमा, यसले वास्तवमा अध्याय १ ले सिकाएको कुरालाई टुङ्ग्याउँछ । संसारमा भएका सबैजनाले किन साँचो परमेश्‍वरको आराधना गर्नुपर्छ भनेर यस वाक्यांशले व्याख्या गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“व्यवस्‍थाको आज्ञापालन गर्नेहरू”

यो व्यवस्‍थाको पालना गर्नेहरू होइन जसलाई त्यसप्रतिको आज्ञापालनद्वारा धर्मी ठहराइनेछ । त्यो तिनीहरू हुन् जसले दिलोज्यानले मोशाको व्यवस्‍थालाई पछ्याउन कोसिस गर्छन् जसलाई यसले प्रदर्शित गरेको विश्‍वासद्वारा धर्मी ठहराइनेछ ।व्यवस्थाको आज्ञापालन गर्न कोसिस गर्नेहरूलाई त्यसको आज्ञापालन गर्न कोसिस गरेको कुराद्वारा धर्मी ठहराइनेछैन । येशूमा विश्‍वास गरेर धर्मी ठहराइएकाहरूले परमेश्‍वरको आज्ञाहरूको पालना गरेर तिनीहरूको विश्‍वास वास्तविक हो भनेर देखाउँछन् । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा थुप्रै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न, दोष, दोषी अनि पाप, पापूर्ण, पापी, पाप गर्दै अनि विश्‍वास)

परिकल्पित अवस्था

यहाँको सन्दर्भमा, पद ७ मा भएको “उहाँले अनन्त जीवन दिनुहुनेछ” भन्‍ने कुरा एउटा परिकल्पित भनाइ हो । यदि कुनै व्यक्तिले सिद्ध जीवन जिउन सक्थ्यो भने, तिनीहरूले अनन्त जीवनलाई पुरस्कारको रूपमा जित्‍ने थिए । तर केवल येशू मात्र सिद्ध जीवन जिउन सक्षम हुनुहुन्थ्यो ।

१७-२९ का पदहरूमा पावलले अर्को एउटा परिकल्पित अवस्था दिन्छन् । यहाँ उनले व्याख्या गर्छन् कि मोशाको व्यवस्‍थालाई दिलोज्यानले पालना गर्न खोज्‍नेहरू पनि व्यवस्‍था भङ्ग गरेको भनेर दोषी छन् । अङग्रेजीमा, यो भनेको व्यवस्‍थाको “अक्षर”लाई पछ्याउनेहरू हुन् जसले व्यवस्‍थाको “आत्मा” वा साधारण सिद्धान्तहरूलाई पछ्याउन सक्दैनन् । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“तिमीहरू जसले न्याय गर्छौ”

समय-समयमा, यसलाई अझ साधारण किसिमले अनुवाद गर्न सकिन्छ । तर यसलाई तुलनात्मक रूपले यो अप्ठेरो किसिमले अनुवाद गरिएको छ किनभने जब पावलले “न्याय गर्ने मानिसहरू”लाई जनाउँछन्, सबैजनाले न्याय गर्छन् भनेर पनि उनले भनिरहेका छन् । यसलाई “जसले न्याय गर्छन् (र सबैले न्याय गर्छन्)” भनेर अनुवाद गर्न सम्भव छ ।

Romans 2:1

पावलले पुष्‍टि गरेका छन् कि सबै मानिसहरू पापीहरू हुन् र सबै मानिसहरू दुष्‍ट छन् भनेर तिनीहरूलाई सम्झाउनलाई निरन्तरता दिन्छन् ।

διὸ ἀναπολόγητος εἶ

“यसकारण” शब्दले पत्रको नयाँ खण्डलाई अङ्कित गर्छ । यसले पावलले रोमीहरू १:१-३२ मा भनेका कुराहरूको आधारमा निष्‍कर्ष दिने एउटा भनाइ पनि राख्‍छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले निरन्तर रूपमा पाप गरिरहनेलाई दण्‍ड दिनुहुनेछ, उहाँले निश्‍चय पनि तिमीहरूका पापहरू माफ गर्नुहुनेछैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὦ ἄνθρωπε

पावलले यहाँ यसरी लेखिरहेका छन् कि मानौँ उनले कोही एक यहूदी व्यक्तिलाई सम्बोधन गरिरहेका थिए जसले उनीसँग बहस गरिरहेका छन् । चाहे यहूदी होऊन् वा अन्यजाति, निरन्तर रूपमा पाप गरिरहने सबैलाई परमेश्‍वरले दण्‍ड दिनुहुनेछ भनेर आफ्‍ना पाठकहरूलाई सिकाउनको लागि पावलले यसो गरिरहेका छन् । (हेर्नुहोस्ः सम्बोधन चिन्ह)

εἶ

यहाँ “तिमी” सर्वनाम एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων

यहाँ पावलले “मानिस” शब्द त्यो जो कोही पनि व्यक्तिलाई हप्‍काउनलाई प्रयोग गर्छन् जसले आफूले परमेश्‍वरले झैँ व्यवहार गर्न सक्‍छु र अरूहरूलाई न्याय गर्न सक्‍छु भनेर विचार गर्न सक्छ । वैकल्पिक अनुवादः “तिमी केवल एक मानव प्राणी हौ, अझै पनि तिमी अरूहरूको न्याय गर्छौ र भन्छौ कि तिनीहरू परमेश्‍वरको दण्‍डको भागीदार छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις

“तर तिमीले त केवल आफैँलाई न्याय गरिरहेका छौ किनभने तिनीहरूले गरे झैँ तिमीले पनि त्यही दुष्‍ट कामहरू गर्छौ”

Romans 2:2

οἴδαμεν δὲ

यहाँ “हामी” सर्वनामले ख्रीष्‍टिएन विश्‍वासीहरू र साथै यहूदीहरूलाई पनि समावेश गर्न सक्‍छ जो ख्रीष्‍टिएनहरू होइनन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς

यहाँ पावलले “परमेश्‍वरको न्याय”को विषयमा त्यो कुनै जीवित थोक भए झैँ गरी बताउँछन् जुन मानिसहरूमाथि “आइपर्न” सक्थ्यो । वैकल्पिक अनुवादः “परमेश्‍वरले ती मानिसहरूलाई सत्य तरिकाले र ठीकसँग इन्साफ गर्नुहुनेछ” (हेर्नुहोस्ः मानवीकरण)

τοὺς τὰ τοιαῦτα πράσσοντας

“ती मानिसहरू जसले त्यस्ता दुष्‍ट कामहरू गर्छन्”

Romans 2:3

“त्यसैले यो मान” वा “त्यसकारण, यो मान”

λογίζῃ…τοῦτο

“मैले तिमीलाई भन्‍न गइरहेको कुरालाई विचार गर”

ἄνθρωπε

मानव प्राणीको लागि भएको कुनै एक साधारण शब्दलाई प्रयोग गर्नुहोस् । “तिमी जो कोही पनि हौ”

ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά

“तिमी जसले कोही व्यक्ति परमेश्‍वरको दण्‍डको भागीदार छ भनी भन्छौ जबकि तिमी आफैँ त्यही दुष्‍ट कामहरू गर्छौ”

ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ?

यो टिप्‍पणी जोड थप्‍नका लागि एउटा प्रश्‍नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्‍नलाई अकरणमा रहेको एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी निश्‍चय पनि परमेश्‍वरको इन्साफबाट उम्कनेछैनौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 2:4

ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ, εἰς μετάνοιάν σε ἄγει?

यो टिप्‍पणी जोड थप्‍नका लागि एउटा प्रश्‍नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्‍नलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वर असल हुनुहुन्छ र उहाँको भलाइले तिनीहरूलाई पश्‍चात्ताप गर्न लगाओस् भनेर उहाँले मानिसहरूलाई सजाय दिनुभन्दा अगाडि धैर्यवान् हुनुभएर लामो समय पर्खनुहुन्छ भन्‍ने कुराहरूले मतलब राख्दैनन् भनेको जसरी तिमीले व्यवहार गर्नुहुँदैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς

“धैर्यको प्रशस्ततालाई महत्त्वहीन ठान्‍नु” वा “ ... असल नभएको ठान्‍नु”

ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ, εἰς μετάνοιάν σε ἄγει?

यो टिप्‍पणी जोड थप्‍नका लागि एउटा प्रश्‍नको रूपमा देखा पर्छ । तपाईंले यस प्रश्‍नलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले जान्‍नैपर्छ कि परमेश्‍वरले उहाँ असल हुनुहुन्छ भनी तिमीलाई देखाउनुहुन्छ ताकि तिमीले शायद पश्‍चात्ताप गरौला !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 2:5

सबै मानिसहरू दुष्‍ट छन् भनी मानिसहरूलाई सम्झाउनलाई पावलले निरन्तरता दिन्छन् ।

κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν

पावलले परमेश्‍वरको आज्ञापालन गर्नलाई इन्कार गर्ने कोही एक व्यक्तिलाई ढुङ्गा जस्तै साह्रो केही थोकसँग तुलना गर्नलाई एउटा अलङ्कारको प्रयोग गर्छन् । उनले व्यक्तिको मन वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्नलाई प्रतिस्थापन शब्द “हृदय”लाई पनि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो तिमीहरूले सुन्‍न र पश्‍चात्ताप गर्नलाई इन्कार गरेको कारण हो” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

τὴν σκληρότητά…καὶ ἀμετανόητον καρδίαν

यो समान अर्थ बोकेका दुई फरक शब्दहरू हुन् जसलाई तपाईंले “अपश्‍चात्तापी हृदय” भनेर जोड्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

θησαυρίζεις σεαυτῷ ὀργὴν

“थुपारिरहेका” भन्‍ने वाक्यांशले एउटा अलङ्कारको अर्थ दिन्छ जसले सामान्यतया त्यो व्यक्तिलाई जनाउँछ जसले आफ्नो सम्पत्तिहरू जम्‍मा गरेर तिनीहरूलाई कतै सुरक्षित स्थानमा राख्‍छ । पावलले भन्छन्, सम्पत्तिहरूको साटोमा, त्यस व्यक्तिले परमेश्‍वरको इन्साफलाई जम्‍मा गरिरहेको छ । जति बढी तिनीहरू पश्‍चात्ताप नगरी अगाडि बढ्छन्, त्यति नै बढी दण्‍ड हुन्छ । वैकल्पिक अनुवादः “तिमीले तिम्रो दण्‍डलाई झन् खराब बनाइरहेका छौ” (हेर्नुहोस्ः रूपक)

ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ

यी दुवैले वाक्यांशहरूले एकै दिनलाई जनाउँछन् । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले सबैलाई उहाँ क्रोधित हुनुहुन्छ र उहाँले सबै मानिसहरूलाई ठीकसँगले इन्साफ गर्नुहुन्छ भनेर देखाउनुहुन्छ” (हेर्नुहोस्ः प्रतिरूपी)

Romans 2:6

ἀποδώσει

“उचित इनाम वा दण्ड दिनु”

ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ

“हरेक व्यक्तिलाई उसले गरेको अनुसार”

Romans 2:7

ζητοῦσιν

यसको अर्थ हो कि तिनीहरूले यसरी व्यवहार गर्छन् कि त्यसले तिनीहरूलाई इन्साफको दिनमा परमेश्‍वरबाट सकारात्मक निर्णयतर्फ डोहोर्‍याउनेछ ।

δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν

तिनीहरू परमेश्‍वरले तिनीहरूलाई प्रशंसा र सम्मान गरेको चाहन्छन्, र तिनीहरू कहिल्यै मर्न चाहँदैनन् ।

ἀφθαρσίαν

यसले शारीरिक विनाशलाई जनाउँछ, नैतिक पतनलाई होइन ।

Romans 2:8

हुन त यस खण्‍डले अधार्मिक दुष्‍ट व्यक्तिसँग कुरा गरिरहेको छ, पावलले गैर-यहूदीहरू र यहूदीहरू दुवै परमेश्‍वरको सामु दुष्‍ट छन् भनी बताएर त्यसको छोटो सारांश दिन्छन् ।

ἐξ ἐριθείας

“स्वार्थी” वा “तिनीहरू आफैँलाई के कुराले खुशी बनाउँछ भन्‍ने कुराको विषयमा मात्र चिन्तित”

ἀπειθοῦσι τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ

यी दुई वाक्यांशहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । दोस्रोले पहिलोलाई जोडदार बनाउँछ । (हेर्नुहोस्ः समान्तरता)

ὀργὴ καὶ θυμός

“क्रोध” र “भयङ्कर रिस” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्‍वरको क्रोधलाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँको भयानक क्रोध देखाउनुहुनेछ” (हेर्नुहोस्ः प्रतिरूपी)

ὀργὴ

यहाँ “क्रोध” शब्द चाहिँ एउटा प्रतिस्थापन शब्द हो जसले दुष्‍ट मानिसहरूको लागि परमेश्‍वरको कठोर सजायलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)

Romans 2:9

θλῖψις καὶ στενοχωρία

“सङ्कट” र “आपत्” भन्‍ने शब्दहरूले यहाँ मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्‍वरको सजाय कति खराब हुनेछ भनेर जोड दिन्छन् । वैकल्पिक अनुवादः “ ... लाई भयानक सजायहरू हुनेछन्” (हेर्नुहोस्ः प्रतिरूपी)

ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου

यहाँ, पावलले “प्राण” शब्दलाई प्रतिस्थापकीय शब्दको रूपमा प्रयोग गर्छन् जसले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्तिमाथि” (हेर्नुहोस्ः उपलक्षण)

τοῦ κατεργαζομένου τὸ κακόν

“निरन्तर खराब कुराहरू गरेको छ”

Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος

“परमेश्‍वरले पहिले यहूदी मानिसहरूलाई इन्साफ गर्नुहुनेछ, र त्यसपछि तिनीहरूलाई जो यहूदी मानिसहरू होइनन्”

πρῶτον

सम्भावित अर्थहरू हुन् १) “समयको क्रममा पहिले” वा २) “सबैभन्दा बढी निश्‍चित रूपमा”

Romans 2:10

δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη, παντὶ

“तर परमेश्‍वरले प्रशंसा, इज्‍जत, र शान्ति दिनुहुनेछ”

τῷ ἐργαζομένῳ τὸ ἀγαθόν

“जे असल छ सो निरन्तर गर्छ”

Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι

“परमेश्‍वरले पहिले यहूदी मानिसहरूलाई इनाम दिनुहुनेछ, र त्यसपछि तिनीहरूलाई जो यहूदी मानिसहरू होइनन्”

πρῶτον

तपार्इंले यसलाई त्यसरी नै अनुवाद गर्नुपर्छ जसरी तपाईंले रोमीहरू २:९ मा गर्नुभयो ।

Romans 2:11

οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले सबै मानिसलाई समान रूपमा व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः निषेधात्मक)

Romans 2:12

ὅσοι γὰρ…ἥμαρτον

“किनकि तिनीहरू जसले पाप गरेका छन्”

ἀνόμως…ἀνόμως καὶ ἀπολοῦνται

मानिसहरूलाई मोशाको व्यवस्थाको बारेमा थाहा नभएको कुराले फरक पार्दैन भनेर जोड दिनका लागि पावलले “व्यवस्था बिना” भन्‍ने शब्दहरूलाई दोहोर्‍याउँछन् । यदि तिनीहरूले पाप गर्छन् भने, परमेश्‍वरले तिनीहरूलाई इन्साफ गर्नुहुनेछ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थाको बारेमा नजाने पनि निश्‍चय नै आत्मिक रूपमा अझै पनि मर्नेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὅσοι…ἥμαρτον

“तिनीहरू सबै जसले पाप गरेका छन्”

ἐν νόμῳ…διὰ νόμου κριθήσονται

परमेश्‍वरले पापपूर्ण मानिसहरूलाई उहाँको व्यवस्थाअनुसार इन्साफ गर्नुहुनेछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “र जसले मोशाको व्यवस्था जान्दछन्, परमेश्‍वरले तिनीहरूलाई व्यवस्थाअनुसार इन्साफ गर्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 2:13

परमेश्‍वरको व्यवस्थाप्रति पूर्ण आज्ञापालन खोजिन्छ, तिनीहरूबाट पनि जसले कहिल्यै परमेश्‍वरको व्यवस्था प्राप्‍त गरेका थिएनन् भनेर पाठकलाई थाहा गराउन पावलले निरन्तरता दिन्छन् ।

γὰρ

पाठकलाई अतिरिक्त जानकारी दिनलाई पद १४ र १५ ले पावलको मुख्य तर्कलाई बीचमा रोक्‍छन् । यदि तपाईंको भाषामा बीचमा आएको रोकावटलाई अङ्कित गर्ने कुनै तरिका तपाईंसँग छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

οἱ ἀκροαταὶ νόμου

यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “यो तिनीहरू होइनन् जसले मोशाको व्यवस्थालाई केवल सुन्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐ…δίκαιοι παρὰ τῷ Θεῷ

“जसलाई परमेश्‍वरले धर्मी ठान्‍नुहुन्छ”

ἀλλ’ οἱ ποιηταὶ νόμου

“तर यो त तिनीहरू हुन् जसले मोशाको व्यवस्थाको पालना गर्छन्”

δικαιωθήσονται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले स्वीकार गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 2:14

ἑαυτοῖς εἰσιν νόμος;

“आफैँ नै व्यवस्था हुन्” भन्‍ने वाक्यांश चाहिँ एउटा वाक्पद्धति हो जसले यी मानिसहरूले स्वभाविक रूपमा परमेश्‍वरका नियमहरूका पालना गर्छन् भनेर अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूभित्रै परमेश्‍वरको व्यवस्था पहिल्यैबाट छ” (हेर्नुहोस्ः टुक्काहरू)

μὴ νόμον ἔχοντα…νόμον μὴ ἔχοντες

यहाँ “व्यवस्था”ले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूसँग वास्तवमा ती नियमहरू छैनन् जुन परमेश्‍वरले मोशालाई दिनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 2:15

οἵτινες ἐνδείκνυνται

“स्वभाविक रूपमा व्यवस्थाको पालना गरेर तिनीहरूले देखाउँछन्”

τὸ ἔργον τοῦ νόμου, γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν

यहाँ “हृदयहरू” भनेको व्यक्तिको सोचाइहरू वा भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । “तिनीहरूका हृदयहरूमा लेखिएका” भन्‍ने वाक्यांश चाहिँ तिनीहरूका दिमागमा भएका कुराहरू जान्‍नुलाई जनाउने अलङ्कार हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाले तिनीहरूले जे गरेको खोज्‍छ सो कुराहरू परमेश्‍वरले तिनीहरूका हृदयहरूमा लेख्‍नुभएको छ” वा “तिनीहरूलाई उहाँको व्यवस्थाअनुसारका ती कार्यहरूको विषयमा थाहा छ जुन कार्यहरू तिनीहरूले गरेको परमेश्‍वर चाहनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

συνμαρτυρούσης αὐτῶν…καὶ μεταξὺ ἀλλήλων, τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων

यहाँ “गवाही दिनु” भन्‍ने कुराले त्यो ज्ञानलाई जनाउँछ जुन तिनीहरूले परमेश्‍वरले तिनीहरूका हृदयहरूमा लेख्‍नुभएको व्यवस्थाबाट पाउँछन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले परमेश्‍वरको व्यवस्थाको अवज्ञा गरिरहेका छन् वा पालना गरिरहेका छन् भनेर तिनीहरूलाई बताउँछ” (हेर्नुहोस्ः टुक्काहरू)

Romans 2:16

ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ Θεὸς

यसले रोमीहरू २:१३ बाटको पावलको विचारलाई पूरा गर्छ । “यो तब हुनेछ जब परमेश्‍वरले न्याय गर्नुहुन्छ”

Romans 2:17

यहूदीहरूसँग भएको व्यवस्थाले वास्तवमा तिनीहरूलाई दण्‍डको भागीदार बनाउँछ किनभने तिनीहरूले त्यसको पालना गर्दैनन् भन्‍ने विषयमा पावलको छलफल यहाँ सुरु हुन्छ ।

εἰ…σὺ Ἰουδαῖος ἐπονομάζῃ

“किनकि तिमीले आफैँलाई यहूदी भन्छौ”

ἐπαναπαύῃ νόμῳ,

“व्यवस्थामा भर पर्नु” भन्‍ने वाक्यांशले व्यवस्थालको पालना गरेर तिनीहरू धर्मी हुन सक्‍छन् भनेर विश्‍वास गर्ने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्थामा भर पर्नु” (हेर्नुहोस्ः रूपक)

Romans 2:18

γινώσκεις τὸ θέλημα

“र परमेश्‍वरको इच्छा जान्‍नु”

κατηχούμενος ἐκ τοῦ νόμου

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने के असल छ भनेर व्यवस्थाबाट मानिसहरूले तिमीलाई सिकाएका छन्” वा “किनभने तिमीले व्यवस्थाबाट सिकेका छौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 2:19

πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει

यहाँ “अन्धा” र “तिनीहरू जो अन्धकारमा हिँड्छन्” भन्‍ने कुराहरूले व्यवस्थालाई नबुझ्‍ने मानिसहरूलाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “कि किनभने तिमीले व्यवस्था सिकाउँछौ, तिमी आफैँ अन्धा मानिसहरूका लागि मार्गदर्शक झैँ हौ, र तिमी अन्धकारमा हराएका मानिसहरूका लागि एक ज्योति समान हौ” (हेर्नुहोस्ः समान्तरता अनि रूपक)

Romans 2:20

παιδευτὴν ἀφρόνων

“तिमीले गल्ती गर्नेहरूलाई सच्याउँछौ”

διδάσκαλον νηπίων

यहाँ पावलले व्यवस्थाको बारेमा केही पनि नजान्‍नेहरूलाई धेरै साना बालकहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “र तिमीले व्यवस्था नजान्‍नेहरूलाई सिकाउँछौ” (हेर्नुहोस्ः रूपक)

ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ

व्यवस्थामा भएको सत्यताको ज्ञान परमेश्‍वरबाट आउँछ । वैकल्पिक अनुवादः “किनभने तिमी पक्‍का छौ कि परमेश्‍वरले व्यवस्थामा दिनुभएको सत्यतालाई तिमी बुझ्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 2:21

ὁ…διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις?

पावलले उनका श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले अरूहरूलाई सिकाउँछौ, तर तिमीले आफैँलाई चाहिँ सिकाउँदैनौ !” वा “तिमीले अरूहरूलाई सिकाउँछौ, तर तिमीले सिकाएका कुराहरू तिमी गर्दैनौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις?

पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मानिसहरूलाई नचोर भनेर भन्छौ, तर तिमी आफैँ चोर्छौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 2:22

ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις?

पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मानिसहरूलाई व्यभिचार नगर्नलाई भन्छौ, तर तिमी आफैँ व्यभिचार गर्छौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς?

पावलले आफ्ना श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमी मूर्तिहरूलाई घृणा गर्छौ भनेर भन्छौ, तर तिमी आफैँ मन्दिरहरू लुट्छौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἱεροσυλεῖς

सम्भावित अर्थहरू हुन् १) “बेच्‍न र फाइदा कमाउन अन्यजातिहरूका स्थानीय मन्दिरहरूबाट सामानहरू चोर्नु” वा २) “परमेश्‍वरलाई दिनुपर्ने सबै पैसा यरूशलेमको मन्दिरमा नपठाउनु ।”

Romans 2:23

ὃς ἐν νόμῳ καυχᾶσαι διὰ τῆς παραβάσεως τοῦ νόμου, τὸν Θεὸν ἀτιμάζεις?

पावलले आफ्नो श्रोतागणलाई गाली गर्नलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले व्यवस्थामा गौरवान्वित भएको दाबी गर्नु दुष्‍ट हो, जबकि त्यही समयमा तिमी त्यसको अनाज्ञापालन गर्छौ र परमेश्‍वरलाई शर्म ल्याउँछौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 2:24

τὸ…ὄνομα τοῦ Θεοῦ…βλασφημεῖται ἐν τοῖς ἔθνεσιν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “धेरै अन्यजातिहरूले परमेश्‍वरको नाउँको ईश्‍वरनिन्दा गर्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὄνομα τοῦ Θεοῦ

“नाउँ” शब्द एक प्रतिस्थापन शब्द हो जसले परमेश्‍वरको सम्पूर्णतालाई जनाउँछ, उहाँको नाउँलाई मात्र होइन । (हेर्नुहोस्ः लक्षणा)

Romans 2:25

परमेश्‍वरले व्यवस्था भएका यहूदीहरूलाई पनि, उहाँको व्यवस्थाद्वारा दण्‍डको भागीदार ठहराउनुहुन्छ भनेर देखाउनलाई पावलले निरन्तरता दिन्छन् ।

περιτομὴ μὲν γὰρ ὠφελεῖ

“म यी सबै कुराहरू भन्छु किनभने खतना भएको हुनुले तिमीलाई फाइदा दिन्छ”

ἐὰν…παραβάτης νόμου ᾖς

“यदि तिमीले व्यवस्थामा भएका आज्ञाहरूलाई पालना गर्दैनौ भने”

ἡ περιτομή σου, ἀκροβυστία γέγονεν

“यो त तिमी अब उप्रान्त खतना नभएको जस्तै हो”

Romans 2:26

ἡ ἀκροβυστία

“त्यो व्यक्ति जसको खतना भएको छैन”

τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ

“परमेश्‍वरले व्यवस्थामा अह्राउनुभएका कुराहरूको पालना गर्छ”

οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται?

यो दुई प्रश्‍नहरूमध्येको पहिलो हो । कुनै व्यक्तिलाई खतनाले परमेश्‍वरको अगाडि धर्मी बनाउने होइन भन्‍ने कुरालाई जोड दिनलाई पावलले यहाँ प्रश्‍न सोध्छन् । तपाईंले यस प्रश्‍नलाई कर्तृ वाच्यमा भएका भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उसलाई खतना भएको रूपमा मान्‍नुहुनेछ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 2:27

καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα

कुनै व्यक्तिलाई खतनाले परमेश्‍वरको अगाडि धर्मी बनाउने होइन भन्‍ने कुरालाई जोड दिनलाई पावलले सोधेका दुई प्रश्‍नहरूमध्ये यो दोस्रो हो (पहिलो चाहिँ रोमीहरू २:२६ मा छ) सोध्छन् । तपाईंले यस प्रश्‍नलाई कर्तृ वाच्यमा भएका भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “शारीरिक रूपमा खतना नभएकोले व्यवस्था ... तिमीलाई दण्‍डको भागीदार ठहराउनेछ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 2:28

ἐν τῷ φανερῷ

यसले यहूदी रीतिहरूलाई जनाउँछ, जस्तै कि खतना, जुन मानिसहरूले देख्‍न सक्‍छन् ।

ἐν τῷ φανερῷ ἐν σαρκὶ

यसले कसैले कुनै मानिसलाई खतना गर्दा उसको शरीरमा हुने शारीरिक परिवर्तनलाई जनाउँछ ।

σαρκὶ

यो सम्‍पूर्ण शरीरको लागि प्रतिस्थापकीय शब्द हो । वैकल्‍पिक अनुवादः “जिउ” (हेर्नुहोस्ः उपलक्षण)

Romans 2:29

ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος; καὶ περιτομὴ καρδίας

यी दुई वाक्यांशहरूको समान अर्थ हुन्छ । पहिलो वाक्यांश, “ऊ यहूदी हो जो भित्री रूपमा हो”, यसले दोस्रो वाक्यांश, “खतना चाहिँ हृदयको हो” भन्‍ने कुरालाई व्याख्या गर्छ । (हेर्नुहोस्ः समान्तरता)

ἐν τῷ κρυπτῷ

यसले परमेश्‍वरले बदल्‍नुभएको व्यक्तिको मूल्यमान्यताहरू र प्रेरणाहरूलाई जनाउँछ ।

καρδίας

यहाँ “हृदय” भनेको भित्री व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)

ἐν Πνεύματι, οὐ γράμματι

यहाँ “अक्षर” भनेको एक प्रतिस्थापकीय शब्द हो जसले लिखित धर्मशास्‍त्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र आत्माको कार्यद्वारा, तिमीले धर्मशास्‍त्र जानेको कारणले होइन” (हेर्नुहोस्ः उपलक्षण)

ἐν Πνεύματι

यसले व्यक्तिको आन्तरिक, आत्मिक भागलाई जनाउँछ जसलाई “परमेश्‍वरको आत्मा”ले बदल्‍नुहुन्छ ।

Romans 3

रोमीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“यहूदी हुनुको अन्याजाति हुनु उपर के फाइदा छ ?” भन्‍ने प्रश्‍नलाई अध्याय ३ ले जवाफ दिन्छ । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि बचाउनु, सुरक्षित)

“किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्”

किनभने परमेश्‍वर पवित्र हुनुहुन्छ, उहाँसँग स्‍वर्गमा हुने जो कोही पनि व्यक्ति सिद्ध हुनैपर्छ । व्यक्तिमा भएको कुनै पनि पापले त्यसलाई दोषी ठहराउँछ । (हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय अनि दण्डाज्ञा दिनु, दण्डाज्ञा)

मोशाको व्यवस्थाको उद्देश्‍य

व्यवस्थाको आज्ञापालनले कुनै व्यक्तिलाई परमेश्‍वरको सामु धर्मी ठहराउँदैन । परमेश्‍वरको व्यवस्थाको आज्ञापालन गर्नु भनेको कोही व्यक्तिले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर देखाउने एउटा तरिका हो । मानिसहरू सधैँ विश्‍वासद्वारा नै धर्मी ठहराइएका छन् । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि विश्‍वास)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा बारम्बार आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि दोष, दोषी)

Romans 3:1

यहूदीहरूलाई परमेश्‍वरले उहाँको व्यवस्था दिनुभएको कारण तिनीहरूसँग भएको फाइदालाई पावलले घोषणा गर्छन् ।

τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλια τῆς περιτομῆς?

पावलले अध्याय २ मा लेखेका कुराहरू मानिसहरूले सुनिसकेपछि तिनीहरूसँग हुन सक्‍ने धारणाहरूलाई उनले प्रस्तुत गर्छन् । उनले पद २ मा तिनीहरूलाई जवाफ दिनलाई यसो गर्छन् । वैकल्‍पिक अनुवादः “केही मानिसहरूले भन्‍न सक्‍छन्, ‘त्यसोभए यहूदीलाई के फाइदा हुन्छ त ? अनि खतनाको लाभ के छ ?’” वा “केही मानिसहरूले भन्‍न सक्‍छन्, ‘यदि त्यो सत्य हो भने, तब त यहूदीहरूलाई कुनै फाइदा छैन, अनि खतना भएको हुनमा त्यहाँ कुनै लाभ छैन ।’” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि आलङ्‍कारिक प्रश्‍न)

Romans 3:2

πολὺ κατὰ πάντα τρόπον

पावलले अब पद १ मा ल्याइएका विचार गर्नुपर्ने विषयहरूको जवाफ दिन थाल्‍छन् । यहाँ “यो” भन्‍ने शब्दले यहूदी मानिसहरूको एक सदस्य हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यहूदी हुनुमा त्यहाँ ठूलो फाइदा छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πρῶτον μὲν

सम्भावित अर्थहरू हुन् १) “समयको क्रममा पहिलो” वा २) वा २) “धेरै पक्‍कासँग” ३) “सबैभन्दा महत्त्वपूर्ण रूपमा ।”

ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ

यहाँ “प्रकाश”ले परमेश्‍वरका वचनहरू र प्रतिज्ञाहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँका ती वचनहरू दिनुभयो जसमा यहूदीहरूको लागि उहाँका प्रतिज्ञाहरू छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 3:3

τί γάρ εἰ ἠπίστησάν τινες? μὴ ἡ ἀπιστία αὐτῶν, τὴν πίστιν τοῦ Θεοῦ καταργήσει?

पावलले मानिसहरूलाई विचार गर्ने बनाउन यी प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “केही यहूदीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य भएका छैनन् । के यसबाट हामीले परमेश्‍वरले उहाँको प्रतिज्ञालाई पूरा गर्नुहुनेछैन भनेर निष्‍कर्ष निकाल्‍ने र ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 3:4

μὴ γένοιτο

यस्तो हुन सक्‍ने थियो भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंको भाषामा कुनै त्यस्तो अभिव्यक्ति हुन सक्‍छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्थ्यो । “त्यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !”

γινέσθω δὲ ὁ Θεὸς

“हामीले बरु यसो भन्‍नुपर्छ, ... होस्”

γινέσθω…ὁ Θεὸς ἀληθής

परमेश्‍वर सधैँ सत्य हुनुहुनेछ र उहाँका प्रतिज्ञाहरूलाई सधैँ पूरा गर्नुहुनेछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा उहाँले सधैँ गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πᾶς δὲ ἄνθρωπος ψεύστης

केवल परमेश्‍वर मात्र उहाँको प्रतिज्ञाहरूप्रति सदा सत्यवान् हुनुहुन्छ भन्‍ने कुरामा जोड थप्‍नका लागि यहाँ “प्रत्येक” र “झूटा” शब्दहरू भनेको अतिरञ्‍जन गरिएका कुराहरू हुन् । वैकल्‍पिक अनुवादः “यदि प्रत्येक मानिस झूटा भएको भए पनि” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

καθὼς γέγραπται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मैले भनिरहेको कुरामा धर्मशास्‍त्र आफैँ पनि सहमत हुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε

यी दुई वाक्यांशहरूको धेरै समान अर्थहरू छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तपाईंले भन्‍नुहुने कुरा सत्य हो भनी सबैजनाले स्वीकार गर्नुपर्छ, र तपाईंले सधैँ तपाईंको मुद्दा जित्‍नुहुनेछ जब कसैले तपाईंलाई आरोप लगाउँछ” (हेर्नुहोस्ः समान्तरता अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 3:5

εἰ δὲ ἡ ἀδικία ἡμῶν, Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν? μὴ ἄδικος ὁ Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν?

केही मानिसहरूले विवाद गरिरहेका कुराहरूलाई प्रस्तुत गर्न र यो तर्क सत्य हो वा होइन भनेर उनका पाठकहरूलाई सोच्‍न लगाउनका लागि पावलले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “केही मानिसहरूले भन्छन् कि किनकि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ, त्यसैले परमेश्‍वरले हामीलाई दण्‍ड दिनुहुँदा उहाँ अधर्मी हुनुहुन्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὁ ἐπιφέρων τὴν ὀργήν

यहाँ “क्रोध” भनेको दण्‍डको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “हामीमाथि उहाँको दण्‍ड ल्याउन” वा “हामीलाई दण्‍ड दिन” (हेर्नुहोस्ः लक्षणा)

(κατὰ ἄνθρωπον λέγω.)

“म यहाँ ती कुराहरू भनिरहेको छु जुन केही मानिसहरूले भन्छन्” वा “केही मानिसहरूले यसो भन्छन्”

Romans 3:6

μὴ γένοιτο

“हामीले परमेश्‍वर अधर्मी हुनुहुन्छ भनेर कहिल्‍यै पनि भन्‍नुहुँदैन”

ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον?

सुसमाचारको विरुद्धमा भएका तर्कहरू मान्य छैनन् भनेर देखाउनलाई पावलले यस प्रश्‍नको प्रयोग गर्छन्, किनकि परमेश्‍वरले सारा मानिसहरूको इन्साफ गर्नुहुनेछ भनेर यहूदीहरूले विश्‍वास गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई यो थाहा छ कि परमेश्‍वरले वास्तवमै यस संसारको न्याय गर्नुहुनेछ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὸν κόσμον

“संसार” भनेको संसारमा बस्‍ने मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “संसारमा भएको कुनै पनि व्यक्ति” (हेर्नुहोस्ः लक्षणा)

Romans 3:7

εἰ δὲ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι?

यहाँ कसैले लगातार रूपमा ख्रीष्‍टिएन सुसमाचारलाई अस्वीकार गरिरहेको कुरालाई पावलले कल्पना गर्छन् । त्यस विरोधीले तर्क गर्छ कि, किनभने उसको पापले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ, त्यसैले, उदाहरणको लागि, यदि उसले झूट बोल्छ भने, परमेश्‍वरले उसलाई इन्साफको दिनमा पापी ठहराउनुहुँदैन । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 3:8

καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν, ὅτι ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά?

उनको काल्पनिक विरोधीको बहस कति बेकारको छ भनेर देखाउनलाई यहाँ पावलले उनको आफ्नै प्रश्‍न उठाउँछन् । वैकल्पिक अनुवादः “म यसो पनि भनिरहेको हुन सक्‍छु ... आओस् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

καθὼς βλασφημούμεθα

“हामीले भनिरहेका कुराहरू यसो हो भनेर अरूहरूलाई बताउन केहीले झूट बोल्‍छन्”

ὧν τὸ κρίμα ἔνδικόν ἐστιν

त्यो उचित मात्रै हुनेछ जब पावलले सिकाइरहेका कुराहरूका बारेमा झूटा बोलेको कारण परमेश्‍वरले पावलका ती शत्रुहरूलाई दण्‍डको भागीदार ठहराउनुहुन्छ ।

Romans 3:9

पावलले निचोड निकाल्‍छन् कि सबै पापको दोषी छन्, कोही पनि धर्मी छैन, र कसैले पनि परमेश्‍वरलाई खोज्‍दैन ।

τί οὖν? προεχόμεθα?

पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीहरू परमेश्‍वरको इन्साफबाट उम्‍कनेछौँ भनेर हामी यहूदीहरूले कल्‍पना गर्ने कोसिस गर्नुहुँदैन, केवल यसकारणले कि हामी यहूदी हौँ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐ πάντως

यी शब्दहरू सामान्य “होइन”भन्दा बढी जोडदार छन्, तर “बिल्‍कुलै होइन” भनेको जस्तो जोडदार चाहिँ छैन ।

Romans 3:10

καθὼς γέγραπται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यो अगमवक्ताहरूले धर्मशास्‍त्रमा लेखेको अनुरूप हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 3:11

οὐκ ἔστιν ὁ συνίων

त्यहाँ कोही पनि छैन जसले के ठीक छ भनेर बुझ्‍छ । वैकल्पिक अनुवादः “के ठीक छ भनेर वास्तवमा कसैले पनि बुझ्‍दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν

यहाँ “परमेश्‍वरलाई खोज्‍छ” भन्‍ने वाक्यांशको अर्थ परमेश्‍वरसँग सम्बन्ध बनाउनु हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरसँग ठीक सम्बन्ध राख्‍नलाई कसैले पनि साँचो रूपमा प्रयत्‍न गर्दैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 3:12

πάντες ἐξέκλιναν

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ मानिसहरूले परमेश्‍वरको बारेमा सोच्‍नसम्‍म पनि चाहँदैनन् भन्‍ने हुन्छ । तिनीहरू उहाँलाई पन्साउन चाहन्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरू सबै परमेश्‍वरबाट तर्केर गएका छन्” (हेर्नुहोस्ः टुक्काहरू)

ἅμα ἠχρεώθησαν

किनकि कसैले पनि जे असल छ सो गर्दैन, तिनीहरू परमेश्‍वरको लागि बेकारका छन् । वैकल्पिक अनुवादः “सबैजना परमेश्‍वरको निम्ति व्यर्थका भएका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 3:13

αὐτῶν…αὐτῶν

“तिनीहरूको” शब्दले रोमीहरू ३:९ को “यहूदीहरू र ग्रीकहरू”लाई जनाउँछ ।

ὁ λάρυγξ αὐτῶν

“घोक्रो” शब्द मानिसहरूले भन्‍ने सबै अधर्मी र घिनलाग्‍दो कुराहरूको लागि प्रतिस्थापन शब्द हो । यहाँ “खुला चिहान” भनेको एउटा अलङ्कार हो जसले मानिसहरूका दुष्‍ट शब्दहरूका दुर्गन्धलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν

“जिब्रोहरू” शब्द मानिसहरूले बोल्‍ने झूटा बोलीहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानिसहरूले झूटहरू बोल्छन्” (हेर्नुहोस्ः लक्षणा)

ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν

यहाँ “सर्पको विष” भनेको एउटा अलङ्कार हो जसलाई मानिसहरूले बोल्‍ने दुष्‍ट शब्दहरूले पुर्‍याउने ठूलो क्षतिलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ । “ओठहरू” शब्दले मानिसहरूका बोलीलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूका दुष्‍ट वचनहरूले विषालु सर्पको विषले झैँ गरी मानिसहरूलाई चोट लगाउँछ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)

Romans 3:14

ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει

यहाँ “मुखहरू” भन्‍ने शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले मानिसहरूका दुष्‍ट वचनहरूलाई प्रतिनिधित्व गर्छ । मानिसहरूले कति धेरैपटक तीतो रूपमा बोल्छन् र सराप्छन् भन्‍ने कुरालाई “भरिपूर्ण” भन्‍ने शब्दले अतिरञ्‍जन गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले धेरैपटक सरापका वचनहरू र क्रूर शब्दहरू बोल्‍छन्” (हेर्नुहोस्ः लक्षणा अनि अतिशयोक्ति र सामान्यीकरण)

Romans 3:15

ὀξεῖς οἱ πόδες αὐτῶν, ἐκχέαι αἷμα

यहाँ “पाउहरू” भनेको प्रतिस्थापकीय शब्द हो जसले ती मानिसहरू आफैँलाई प्रतिनिधित्व गर्छ । “रगत” शब्द चाहिँ एउटा अलङ्कार हो जसले मानिसहरूलाई मार्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिनीहरू मानिसहरूलाई हानि गर्न र मार्न हतारमा छन्” (हेर्नुहोस्ः उपलक्षण अनि रूपक)

οἱ πόδες αὐτῶν

“तिनीहरूको” भन्‍ने शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।

Romans 3:16

ταῖς ὁδοῖς αὐτῶν

“तिनीहरूको” भन्‍ने शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।

σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν

यहाँ “विनाश र कष्‍ट” भनेको प्रतिस्थापन शब्दहरू हुन् जसले यी मानिसहरूले अरूहरूलाई भोग्‍न लाउने हानिलाई प्रतिनिधित्व गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू अरूहरूलाई नष्‍ट गर्न र तिनीहरूलाई कष्‍ट भोग्‍न लगाउन प्रयास गर्छन्” (हेर्नुहोस्ः लक्षणा)

Romans 3:17

ἔγνωσαν

यी शब्दहरूले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछन् ।

ὁδὸν εἰρήνης

“अरूहरूसँग कसरी शान्तिपूर्ण रूपमा रहने ।” “मार्ग” भनेको बाटो वा पथ हो ।

Romans 3:18

αὐτῶν

यो शब्दले रोमीहरू ३:९ मा भएका यहूदीहरू र ग्रीकहरूलाई जनाउँछ ।

οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν

यहाँ “डर” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्‍वरको लागि भएको आदर र उहाँलाई सम्‍मान गर्नलाई भएको इच्‍छुकपनालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सबैजनाले परमेश्‍वरलाई दिनुपर्ने आदर दिन इन्कार गर्छन्” (हेर्नुहोस्ः उपलक्षण)

Romans 3:19

ὅσα ὁ νόμος λέγει, τοῖς…λαλεῖ

यहाँ पावलले व्यवस्थाको विषयमा त्यो जीवित भए झैँ गरी र त्यसको आफ्‍नै स्वर भए झैँ गरी बताउँछन् । वैकल्‍पिल अनुवादः “मानिसहरूले गर्नुपर्छ भनेर व्यवस्थाले जे जति भन्छ सो ... को लागि हो” वा “मोशाले व्यवस्थामा लेखेका सबै आज्ञाहरू ... को लागि हो” (हेर्नुहोस्ः मानवीकरण)

τοῖς ἐν τῷ νόμῳ

“तिनीहरू जसले व्यवस्थाको पालना गर्नुपर्छ”

ἵνα πᾶν στόμα φραγῇ

यहाँ “मुख” भनेको प्रतिस्थापकीय शब्द हो जसको अर्थ मानिसहरूले बोल्‍ने वचनहरू हुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि कोही पनि मानिसहरूले आफ्‍नो प्रतिरक्षाको लागि केही पनि भन्‍न सक्षम हुनेछैनन्” (हेर्नुहोस्ः उपलक्षण अनि कर्तृवाच्य र कर्मवाच्य)

ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ

यहाँ “संसार” भनेको प्रतिस्थापकीय शब्द हो जसले संसारमा बस्‍ने सारा मानिसहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “कि परमेश्‍वरले संसारमा भएका सबैजनालाई दोषी ठहराउन सक्‍नुभएको होस् !” (हेर्नुहोस्ः उपलक्षण)

Romans 3:20

σὰρξ

यहाँ “धर्मी”ले सारा मानव प्राणीलाई जनाउँछ ।

γὰρ

सम्भावित अर्थहरू हुन् १) “त्यसैकारण” वा २) “यो किन हो भने”

διὰ…νόμου ἐπίγνωσις ἁμαρτίας

“जब कसैले परमेश्‍वरको व्यवस्थालाई जान्दछ, उसले चाल पाउँछ कि उसले पाप गरेको छ”

Romans 3:21

यहाँ “तर” शब्दले देखाउँछ कि पावलले उनको निर्देशनलाई पूरा गरेका छन् र अब उनको प्रमुख भनाइ राख्‍न सुरु गरिरहेका छन् ।

νυνὶ

“अब” शब्दले येशू पृथ्वीमा आउनुभएदेखिको समयलाई जनाउँछ ।

χωρὶς νόμου, δικαιοσύνη Θεοῦ πεφανέρωται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले व्यवस्थाको पालना नगरीकनै उहाँको सामु धर्मी ठहरिने बाटो प्रकट गराउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν

“व्यवस्था र अगमवक्ताहरू” भन्‍ने शब्दहरूले धर्मशास्‍त्रका ती अंशहरूलाई जनाउँछन् जुन मोशा र अगमवक्ताहरूले यहूदी धर्मशास्‍त्रमा लेखे । पावलले यहाँ तिनलाई अदालतमा साक्षी दिइरहेका मानिसहरू भए झैँ गरी वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मोशा र अगमवक्ताहरूले लेखेका कुराहरूले यसलाई पुष्‍टि गर्छन्” (हेर्नुहोस्ः मानवीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 3:22

δικαιοσύνη…Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ

यहाँ “धार्मिकता” भनेको परमेश्‍वरको सामु धर्मी हुनु हो । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍टलाई विश्‍वास गरेर परमेश्‍वरको सामु धर्मी हुनु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐ γάρ ἐστιν διαστολή

परमेश्‍वरले सबै मानिसहरूलाई एकै प्रकारले ग्रहण गर्नुहुन्छ भन्‍ने अर्थ पावलले दिन्छन् । वैकल्‍पिक अनुवादः “यहूदीहरू र अन्यजातिहरूको बीचमा त्यहाँ कुनै भिन्‍नता नै छैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 3:23

ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ

यहाँ “परमेश्‍वरको महिमा” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्‍वरको चित्रण र उहाँको स्वभावलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर जस्तै हुनलाई चुकेका छन्” (हेर्नुहोस्ः लक्षणा)

Romans 3:24

δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ

यहाँ “धर्मी ठहराइएका” भन्‍ने कुराले परमेश्‍वरको सामु धर्मी बनाइने कुरालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सित्तैको वरदानको रूपमा तिनीहरूलाई उहाँको सामु धर्मी बनाउनुभएको छ, किनभने ख्रीष्‍ट येशूले तिनीहरूलाई स्वतन्‍त्र पार्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

δικαιούμενοι δωρεὰν

यसको अर्थ हो कि तिनीहरू धर्मी ठहराइनलाई केही कमाउन नपरी वा योग्‍यता प्राप्‍त नगरीकनै धर्मी ठहराइन्छ । परमेश्‍वरले तिनीहरूलाई सित्तैमा धर्मी ठहराउनुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले कमाउनै नपरी परमेश्‍वरको सामु धर्मी ठहराइन्छन्”

Romans 3:25

ἐν τῷ αὐτοῦ αἵματι

यो पापहरूको बलिदानको रूपमा भएको येशूको मृत्युको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पापहरूको बलिदानको रूपमा भएको उहाँको मृत्युमा” (हेर्नुहोस्ः लक्षणा)

πάρεσιν

सम्भावित अर्थहरू हुन् १) वास्ता नगर्नु वा २) क्षमा दिनु ।

Romans 3:26

πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ

“परमेश्‍वरले कसरी मानिसहरूलाई आफ्‍नो सामु धर्मी बनाउनुहुन्छ भन्‍ने कुरा देखाउनलाई उहाँले यसो गर्नुभयो”

εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ

“उहाँ धर्मी हुनुहुन्छ र येशूमा विश्‍वास गर्ने सबैलाई धर्मी घोषणा गर्ने व्यक्ति पनि हुनहुन्छ भन्‍ने कुरालाई उहाँले यसद्वारा देखाउनुहुन्छ”

Romans 3:27

ποῦ οὖν ἡ καύχησις?

मानिसहरूलाई व्यवस्थाको पालनाको बारेमा घमण्‍ड गर्ने कुनै कारण नै छैन भनेर देखाउनलाई पावलले यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “त्यसैले हामीले ती नियमहरूको पालना गरेका कारण परमेश्‍वरले हामीलाई कृपा गर्नुहुन्छ भनेर घमण्‍ड गर्ने त्यहाँ कुनै ठाउँ छैन । घमण्‍ड गर्ने कुरालाई हटाइएको छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

διὰ ποίου νόμου? τῶν ἔργων?

आफूले राखिरहेका हरेक भनाइ निश्‍चय नै सत्य छ भनेर जोड दिनका लागि पावलले यी आलङ्कारिक प्रश्‍नहरू सोध्छन् र तिनको जवाफ दिन्छन् । तपाईंले पावलले भन्‍न खोजेका शब्दहरूलाई समावेश गरेर, र कर्तृ वाच्यको प्रयोग गरेर यसलाई अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “केको आधारमा हामीले घमण्‍डलाई हटाउने ? के हामीले हाम्रा असल कामहरूको आधारमा यसलाई हटाउने ? होइन, बरु, हामीले यसलाई विश्‍वासको कारण हटाउनुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि शब्दलोप अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 3:28

ἄνθρωπον

यहाँ “विश्‍वास” भनेको भाववाचक नामपद शब्द हो जसले कुनै व्यक्तिले परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई जनाउँछ । यहाँ भएको “व्यक्ति” कुनै पनि व्यक्ति हो । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यो कुनै पनि व्यक्तिलाई धर्मी ठहराउनुहुन्छ जसले परमेश्‍वरमा विश्‍वास गर्छ” वा “जब परमेश्‍वरले कोही व्यक्तिलाई धर्मी ठहराउनुहुन्छ, उहाँले सो कुरा त्यस व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको कारण गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम अनि कर्तृवाच्य र कर्मवाच्य)

χωρὶς ἔργων νόμου

“यदि उसले व्यवस्थाको कुनै पनि कामहरू गरेको छैन भने”

Romans 3:29

ἢ Ἰουδαίων ὁ Θεὸς μόνον?

पावलले जोड दिनका लागि यो प्रश्‍न सोध्‍छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू जो यहूदीहरू हौ, तिमीहरूले निश्‍चय पनि यस्तो सोच्‍नुहुँदैन कि तिमीहरू मात्र ती मानिसहरू हौ जसलाई परमेश्‍वरले ग्रहण गर्नुहुनेछ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐχὶ καὶ ἐθνῶν? ναὶ, καὶ ἐθνῶν

पावलले आफ्‍नो भनाइलाई जोड दिनलाई यो प्रश्‍न सोध्‍छन् । वैकल्‍पिक अनुवादः “उहाँले गैर-यहूदीहरू, अर्थात, अन्यजातिहरूलाई पनि स्वीकार गर्नुहुनेछ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 3:30

ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως

यहाँ “खतना” भनेको यहूदीहरूलाई जनाउने प्रतिस्थापन शब्द हो र “बेखतना” भनेको गैर-यहूदीहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले यहूदीहरू र गैर-यहूदीहरू दुवैलाई ख्रीष्‍टमा भएको तिनीहरूको विश्‍वासद्वारा आफ्‍नो सामु धर्मी ठहराउनुहनेछ” (हेर्नुहोस्ः लक्षणा)

Romans 3:31

पावलले विश्‍वासद्वारा व्यवस्थालाई पुष्‍टि गर्छन् ।

νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως?

पावलले उनका पाठकहरूलाई लागेको हुन सक्‍ने प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “कसैले भन्‍न सक्‍छ कि हामी व्यवस्थालाई बेवास्ता गर्न सक्‍छौँ किनभने हामीसँग विश्‍वास छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο

यस अभिव्यक्तिले अगाडिको आलङ्कारिक प्रश्‍नलाई सबैभन्दा बढी सम्भावित रूपमा अकरणमा रहेको जवाफ दिन्छ । तपार्इंको भाषामा त्यस्तै समान अभिव्यक्ति हुन सक्‍छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्थ्यो । वैकल्पिक अनुवादः “यो पक्‍कै सत्य होइन !” वा “निश्‍चय नै होइन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

νόμον ἱστάνομεν

“हामी व्यवस्थाको पालना गर्छौं”

καταργοῦμεν

यस सर्वनामले पावल, अरू विश्‍वासीहरू र पाठकहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 4

रोमीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका ७-८ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

मोशाको व्यवस्थाको उद्देश्‍य

पावलले अध्याय ३ मा भएको सामग्रीमा निर्माण गर्छन् । उनले अब्राहाम, इस्राएलका पिता कसरी धर्मी ठहराइएका भनेर व्याख्या गर्छन् । अब्राहामलाई पनि उनले गरेका कामद्वारा धर्मी ठहराउन सकिँदैनथ्यो । मोशाको व्यवस्थाको आज्ञापालनले कुनै व्यक्तिलाई परमेश्‍वरको सामु धर्मी ठहराउँदैन । परमेश्‍वरका आज्ञाहरूको पालना गर्नु भनेको कोही व्यक्तिले आफूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर देखाउने एउटा तरिका हो । मानिसहरू सधैँ विश्‍वासद्वारा नै धर्मी ठहराइएका छन् । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक अनि व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था अनि विश्‍वास)

खतना

खतना इस्राएलीहरूका लागि महत्त्वपूर्ण थियो । यसले कुनै व्यक्तिलाई अब्राहामको सन्तानको रूपमा चिनाउँथ्यो । यो अब्राहाम र यहवेको बीचमा भएको करारको एउटा चिन्ह पनि थियो । तापनि, कुनै पनि व्यक्ति खतना गरेर मात्रै धर्मी ठहराइएको थिएन । (हेर्नुहोस्ः खतना गर्नु, खतना अनि करार)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि दोष, दोषी अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

Romans 4:1

पावलले पुष्‍टि गर्छन् कि विगतको समयमा पनि विश्‍वासीहरू विश्‍वासद्वारा नै धर्मी ठहराइन्थे र व्यवस्थाद्वारा होइन ।

τί οὖν ἐροῦμεν, εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα?

पाठकको ध्यानाकर्षण गर्न र कुनै नयाँ विषयमा बातचित सुरु गर्न पावलले प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हाम्रा शरीरअनुसारका पूर्वज अब्राहामले यो कुरा प्राप्‍त गरे” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 4:3

τί γὰρ ἡ Γραφὴ λέγει

पावलले जोड थप्‍नका लागि यो प्रश्‍नको प्रयोग गर्छन् । उनले धर्मशास्‍त्रको विषयमा त्यो किनै जीवित थोक भए जस्तै गरी र त्यसले बोल्‍न सक्‍थ्यो भने झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “किनकि हामीले धर्मशास्‍त्रमा पढ्न सक्छौँ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि मानवीकरण)

ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले अब्राहामलाई एक धर्मी मानिसको रूपमा मान्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:4

ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कुनै पनि व्यक्तिले उसलाई काम लगाउनेले उसलाई दिएको भुक्तानीलाई काम लगाउनेको तर्फबाट पाइएको उपहारको रूपमा गन्दैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀλλὰ κατὰ ὀφείλημα

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तर काम लगाउने मानिसले उसलाई तिर्नुपर्ने कुराको रूपमा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:5

ἐπὶ τὸν δικαιοῦντα

“परमेश्‍वरमा, जसले धर्मी ठहराउनुहुन्छ”

λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यस व्यक्तिको विश्‍वासलाई धार्मिकताको रूपमा लिनुहुन्छ” वा “परमेश्‍वरले त्यस व्यक्तिलाई उसको विश्‍वासको कारण धर्मी ठान्‍नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:6

καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων

“परमेश्‍वरले काम बिना नै धर्मी बनाउनुभएको मानिसलाई परमेश्‍वरले कसरी आशिष् दिनुभएको हुन्छ भन्‍ने बारेमा दाऊदले पनि लेखे”

Romans 4:7

ὧν ἀφέθησαν αἱ ἀνομίαι…ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι;

एउटै अवधारणालाई तिनवटा भिन्दाभिन्दै तरिकाहरूमा व्यक्त गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्था तोड्नेहरूलाई परमप्रभुले माफ गर्नुभएको छ ... जसका पापहरूलाई परमप्रभुले ढाक्‍नुभएको छ” (हेर्नुहोस्ः समान्तरता अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:9

ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν?

यो टिप्‍पणी जोड थप्‍नका लागि प्रश्‍नको रूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “के परमेश्‍वरले खतना भएकाहरूलाई मात्र आशिष् दिनुहुन्छ र, अथवा खतना नभएकाहरूलाई पनि ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὴν περιτομὴν

यो एउटा प्रतिस्थापन शब्द हो जसले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यहूदीहरू” (हेर्नुहोस्ः लक्षणा)

τὴν ἀκροβυστίαν

यो एउटा प्रतिस्थापन शब्द हो जसले ती मानिसहरूलाई जनाउँछ जो यहूदी होइनन् । वैकल्‍पिक अनुवादः “अन्यजातिहरू” (हेर्नुहोस्ः लक्षणा)

ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले अब्राहामको विश्‍वासलाई धार्मिकताको रूपमा लिनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:10

πῶς οὖν ἐλογίσθη? ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ?

पावलले उनका टिप्‍पणीहरूमा जोड थप्‍नका लागि यी प्रश्‍नहरू सोध्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले अब्राहामलाई धर्मी भएको कहिले मान्‍नुभयो ? त्यो उनको खतना हुनुभन्दा अगाडि थियो, वा त्यस पछाडि ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

οὐκ ἐν περιτομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ

“त्यो उनको खतना हुनुभन्दा अगाडि भएको थियो, उनको खतना भए पछाडि होइन”

Romans 4:11

σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ

यहाँ “विश्‍वासको धार्मिकता”को अर्थ परमेश्‍वरले उनलाई धर्मी ठान्‍नुभयो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उनलाई धर्मी ठान्‍नुभएको कुराको एउटा देखिने चिन्ह किनभने उनले आफ्‍नो खतना गर्नुभन्दा अगाडि नै परमेश्‍वरमा विश्‍वास गरेका थिए” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

δι’ ἀκροβυστίας

“तिनीहरूको खतना नगरिएको भए तापनि”

εἰς τὸ λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यसको अर्थ हो कि परमेश्‍वरले तिनीहरूलाई धर्मी ठान्‍नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:12

καὶ πατέρα περιτομῆς

यहाँ “खतना”ले यहूदीहरू र अन्यजातिहरू दुवै गरेर तिनीहरूलाई जनाउँछ जो परमेश्‍वरमा साँचा विश्‍वासीहरू हुन् ।

καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως, τοῦ πατρὸς ἡμῶν Ἀβραάμ

यहाँ “विश्‍वासका कदमहरूलाई पछ्याउनु” भनेको एउटा वाक्‍पद्धति हो जसको अर्थ कसैको उदाहरणलाई पछ्याउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “जसले हाम्रा पिता अब्राहामको विश्‍वासको उदाहरणलाई पछ्याउँछन्” वा “जससँग हाम्रा पिता अब्राहामसँग भएको जस्तै विश्‍वास छ” (हेर्नुहोस्ः टुक्काहरू)

Romans 4:13

ἀλλὰ διὰ δικαιοσύνης πίστεως

“प्रतिज्ञाहरू आए” भन्‍ने शब्दहरूलाई पहिलेको वाक्यांशबाट बुझिएका छन् । यसरी बुझिएका यी शब्दहरूलाई थपेर तपाईंले यसलाई अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर प्रतिज्ञा विश्‍वासद्वारा आयो, जसलाई परमेश्‍वरले धार्मिकताको रूपमा मान्‍नुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)

Romans 4:14

κληρονόμοι

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका मानिसहरूको विषयमा यसरी बताइएको छ कि मानौँ तिनीहरूले परिवारका कुनै सदस्यबाट जायजेथा वा सम्‍पत्तिको अंश पाउनेछन् । (हेर्नुहोस्ः रूपक)

εἰ…οἱ ἐκ νόμου κληρονόμοι

यहाँ “व्यवस्थाअनुसार जिउनु” भन्‍ने कुराले व्यवस्थाको पालना गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि व्यवस्थाको पालना गर्नेहरू तिनीहरू हुन् जसले पृथ्‍वीको उत्तराधिकार पाउनेछन् भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία

“विश्‍वासको कुनै मूल्य हुँदैन, र प्रतिज्ञा अर्थहीन हुन्छ”

Romans 4:15

οὐδὲ παράβασις

भाववाचक नामपद शब्द “अपराध”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि व्यवस्थालाई तोड्न सक्दैन” वा “व्यवस्थाको अनाज्ञापालन गर्न असम्भव हुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

Romans 4:16

“यसैले”

ἐκ πίστεως

“यो” शब्दले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुराहरू प्राप्‍त गर्ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “यो विश्‍वासद्वारा हो कि हामीले प्रतिज्ञालाई प्राप्‍त गर्छौँ” वा “हामीले विश्‍वासद्वारा प्रतिज्ञालाई प्राप्‍त गर्छौँ”

διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν, τὴν ἐπαγγελίαν

यहाँ “प्रतिज्ञा अनुग्रहमा भर परोस्” भन्‍ने कुराले परमेश्‍वरले उहाँको अनुग्रहको कारण उहाँले प्रतिज्ञा गर्नुभएको कुरा दिनुहुने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “ताकि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा सित्तैको उपहार होस्” वा “ताकि उहाँको प्रतिज्ञा उहाँको अनुग्रहको कारणले भएको होस्” (हेर्नुहोस्ः रूपक)

τῷ ἐκ τοῦ νόμου

यसले यहूदी मानिसहरूलाई जनाउँछ, जो मोशाको व्यवस्थाको पालना गर्न बाध्य छन् ।

τῷ ἐκ πίστεως Ἀβραάμ

यसले अब्राहामको खतना हुनुभन्दा अघि नै उनीसँग भएको जस्तो विश्‍वास भएकाहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जसले अब्राहामले झैँ गरी विश्‍वास गर्छन्”

πατὴρ πάντων ἡμῶν

यहाँ “हामी” शब्दले पावल र ख्रीष्‍टमा भएका सबै यहूदी र गैर-यहूदी विश्‍वासीलाई समावेछ गर्छ । अब्राहाम यहूदी मानिसहरूका शारीरिक पूर्वज हुन्, तर उनी विश्‍वास भएकाहरूका पनि आत्मिक पिता हुन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 4:17

καθὼς γέγραπται

त्यो कहाँ लेखिएको छ भन्‍ने कुरालाई स्पष्‍ट पार्न सकिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी कसैले धर्मशास्‍त्रमा लेखेका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

τέθεικά σε

यहाँ “तिमी” शब्द एकवचन हो र अब्राहामलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

κατέναντι οὗ ἐπίστευσεν Θεοῦ, τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς

यहाँ “उहाँको ... जसलाई उनले भरोसा गरेका थिए” भन्‍ने कुराले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “अब्राहाम उनले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरिगएकाहरूलाई जीवन दिनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα

“सबैथोकलाई शून्यताबाट सृजनुभयो”

Romans 4:18

ὃς παρ’ ἐλπίδα, ἐπ’ ἐλπίδι ἐπίστευσεν

यो वाक्‍पद्धतिको अर्थ अब्राहामले आफूले छोरा पाउन सक्थे जस्तो नलागेको भए तापनि परमेश्‍वरलाई भरोसा गरे भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “उनको सन्तानहरू हुनलाई असम्भव जस्तो देखिए तापनि उनले परमेश्‍वरलाई विश्‍वास गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κατὰ τὸ εἰρημένον

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ठीक जसरी परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

οὕτως ἔσται τὸ σπέρμα σου

परमेश्‍वरले अब्राहामलाई दिनुभएको पूर्ण प्रतिज्ञालाई स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तैँले गन्‍न सक्‍नेभन्दा बढी सन्तानहरू तँसँग हुनेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 4:19

καὶ μὴ ἀσθενήσας τῇ πίστει,

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तैपनि, उनी आफ्नो विश्‍वासमा बलिया भएर रहे” (हेर्नुहोस्ः निषेधात्मक)

Romans 4:20

οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ’

तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “विश्‍वासमा काम गरिरहे” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἐνεδυναμώθη τῇ πίστει

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उनी आफ्‍नो विश्‍वासमा अझै दह्रिला भए” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:21

καὶ πληροφορηθεὶς

“अब्राहाम पूरै पक्‍का थिए”

δυνατός ἐστιν καὶ ποιῆσαι

“परमेश्‍वर ... गर्न सक्षम हुनुहुन्थ्यो”

Romans 4:22

διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसकारण परमेश्‍वरले अब्राहामको विश्‍वासलाई धार्मिकताको रूपमा गन्‍नुभयो” वा “त्यसकारण परमेश्‍वरले अब्राहामलाई धर्मी ठान्‍नुभयो किनभने अब्राहामले उहाँलाई विश्‍वास गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:23

ἐγράφη δὲ

यहाँ “अब” शब्द चाहिँ अब्राहामलाई विश्‍वासद्वारा धर्मी ठहर्‍याइएको कुरालाई वर्तमानको समयका विश्‍वासीहरूलाई ख्रीष्‍टको मृत्यु र पुनरुत्थानमा विश्‍वासद्वारा धर्मी ठहराउने कुरासँग जोड्नलाई प्रयोग गरिएको छ ।

δι’ αὐτὸν μόνον

“अब्राहामको निम्ति मात्र”

ὅτι ἐλογίσθη αὐτῷ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कि परमेश्‍वरले उनको निम्ति धार्मिकता गन्‍नुभयो” वा “परमेश्‍वरले उनलाई धर्मी मान्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 4:24

δι’ ἡμᾶς

“हाम्रो” शब्दले पावललाई जनाउँछ र ख्रीष्‍टमा भएका सारा विश्‍वासीहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो हाम्रो फाइदाको निम्ति पनि थियो, किनभने हामीले विश्‍वास गर्‍यौँ भने परमेश्‍वरले हामीलाई धर्मी पनि ठान्‍नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸν ἐγείραντα Ἰησοῦν, τὸν Κύριον ἡμῶν, ἐκ νεκρῶν

यहाँ “मृतकहरूमध्येबाट बिउँताउनुभयो” भनेको “पुनः जीवित हुने तुल्याउनुभयो” भन्‍ने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “उहाँ जसले येशू हाम्रा प्रभुलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)

Romans 4:25

ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν, καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले हाम्रा अपराधहरूका खातिर शत्रुहरूको हातमा सुम्पनुभयो र जसलाई परमेश्‍वरले पुनः जीवनमा फर्काउनुभयो ताकि उहाँले हामीलाई उहाँको सामु धर्मी बनाउन सक्‍नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 5

रोमीहरू ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

१२-१७ का पदहरूलाई धेरै विद्वानहरूले धर्मशास्‍त्रमा भएको सबैभन्दा महत्त्वपूर्ण, तर बुझ्‍नलाई कठिन पदहरूको रूपमा हेर्छन् । मौलिक ग्रीक संरचनाबाट अनुवादको क्रममा तिनीहरूको केही प्रचुरता र अर्थ सम्भवतः हराइसकेको छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

धर्मी ठहर्‍याउनुका परिणामहरू

हामीलाई धर्मी ठहराइनुको परिणामहरूलाई पावलले कसरी व्याख्या गर्छन् भन्‍ने कुरा यस अध्यायको एउटा महत्त्वपूर्ण भाग हो । यी परिणामहरूमा परमेश्‍वरसँगको शान्ति हुने, परमेश्‍वरसम्‍मको पहुँच हुने, हाम्रो भविष्‍यको बारेमा ढुक्‍क हुने, दुःखभोग गरिरहेको बेलामा रमाउन सक्‍ने, अनन्तको लागि उद्धार प्राप्‍त गर्ने, र परमेश्‍वरसँग पुनर्मिलाप हुने कुराहरू पर्छन् । (हेर्नुहोस्ः न्यायी, न्याय, न्यायपूर्वक)

“सबैले पाप गरे”

पद १२ मा पावलले के भन्‍न खोजेका हुन् भन्‍ने कुरालाई लिएर विद्वानहरू विभाजित छन्, जसमा यस्तो छः “र सबै मानिसहरूमा मृत्यु फैलियो, किनभने सबैले पाप गरे ।” केहीले विश्‍वास गर्छन् कि सारा मानवजाति “आदमको बिउ”मा उपस्थित थिए । त्यसैले, किनकि आदम सबै मानवजातिको पिता हुन्, आदमले पाप गर्दा सारा मानवजाति पनि उपस्थित थियो । अरूहरूले विश्‍वास गर्छन् कि आदमले मानवजातिको प्रतिनिधित्व गर्ने एउटा शिरको रूपमा काम गरे । त्यसैले जब उनले पाप गरे, त्यसको परिणामस्‍वरूप सारा मानवजातिको “पतन भयो” । आदमको सुरुको पापमा आजका मानिसहरूले सक्रिय वा निष्‍क्रिय भूमिका खेले भन्‍ने कुरा चाहिँ यी दृष्‍टिकोणहरू एक अर्काबाट फरक पर्ने एउटा तरिका हो । अरू खण्‍डहरूले कुनै व्यक्तिलाई निष्‍कर्षमा आउन मदत गर्नेछ । (हेर्नुहोस्ः बीउ अनि पाप, पापूर्ण, पापी, पाप गर्दै अनि कर्तृवाच्य र कर्मवाच्य)

दोस्रो आदम

आदम पहिलो मानिस थिए र परमेश्‍वरका पहिला “छोरा” थिए । उनी परमेश्‍वरद्वारा सृजिएका थिए । उनले निषेधित फल खाएर संसारमा पाप र मृत्यु ल्याए । पावलले यस अध्यायमा येशूलाई “दोस्रो आदम” र परमेश्‍वरको साँचो पुत्रको रूपमा वर्णन गर्छन् । उहाँले जीवन ल्याउनुहुन्छ र क्रूसमा मर्नुभएर पाप र मृत्युलाई जित्‍नुभयो । (हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र अनि मर्नु, मृत, घातक, मृत्यु)

Romans 5:1

परमेश्‍वरले विश्‍वासीहरूलाई उहाँको सामु धर्मी बनाउनुहुँदा हुने थुप्रै विभिन्‍न कुराहरूको बारेमा पावलले बताउन सुरु गर्छन् ।

δικαιωθέντες οὖν

“किनभने हामी धर्मी ठहराइएका छौँ”

ἔχωμεν…ἡμῶν

“हामी” र “हाम्रा” भन्‍ने शब्दहरूको सबै प्रयोगहरूले सम्पूर्ण विश्‍वासीहरूलाई जनाउँछ र त्यो समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

διὰ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ

“हाम्रा प्रभु येशू ख्रीष्‍टको कारण”

यहाँ “प्रभु”को अर्थ येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुन्छ ।

Romans 5:2

δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν

यहाँ “विश्‍वासद्वारा” भन्‍ने कुराले येशूमा भएको हाम्रो भरोसालाई जनाउँछ, जसले हामीलाई परमेश्‍वरको सामु उभिन दिन्छ । वैकल्पिक अनुवादः “किनकि हामी येशूमा भरोसा गर्छौँ, परमेश्‍वरले हामीलाई उहाँको उपस्थितिमा आउन दिनुहुन्छ”

Romans 5:3

οὐ μόνον δέ

“यो” शब्दले रोमीहरू ५:१-२ मा वर्णन गरिएका अवधारणाहरूलाई जनाउँछ ।

καὶ καυχώμεθα

यी शब्दहरूले सम्पूर्ण विश्‍वासीहरूलाई जनाउँछ र समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 5:4

परमेश्‍वरले ख्रीष्‍टमा भरोसा गर्नेहरूका लागि उहाँका सबै प्रतिज्ञाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने कुराको यो निश्‍चयता हो ।

Romans 5:5

ἡμῶν…ἡμῖν

यी शब्दहरूले सम्पूर्ण विश्‍वासीहरूलाई जनाउँछ र समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἡ…ἐλπὶς οὐ καταισχύνει

पावलले यहाँ व्यक्तित्वकरणलाई प्रयोग गर्छन् जसै उनले “निश्‍चयता”को विषयमा त्यो जीवित भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “हामी धेरै निश्‍चित छौँ कि हामीले ती कुराहरू प्राप्‍त गर्नेछौँ जसलाई हामीले पर्खन्छौँ” (हेर्नुहोस्ः मानवीकरण)

ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν

यहाँ “हृदयहरू”ले एक व्यक्तिको सोचाइहरू, भावनाहरू, वा भित्री व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ । “परमेश्‍वरको प्रेम हामीहरूका हृदयहरूमा खनाइएको छ” भन्‍ने वाक्यांश चाहिँ परमेश्‍वरले उहाँका मानसिहरूलाई प्रेम देखाइरहनुभएको कुरालाई जनाउने अलङ्कार हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने उहाँले हामीलाई ज्यादै प्रेम गर्नुभएको छ” वा “किनभने उहाँले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर परमेश्‍वरले हामीलाई देखाउनुभएको छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 5:6

ἡμῶν

यहाँ “हामी” शब्द सारा विश्‍वासीहरूलाई जनाउँछ र त्यसैले समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 5:7

μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται

“कसैको लागि मर्नलाई तयार हुने व्यक्ति भेट्न कठिन छ, धर्मी मानिसको लागि समेत”

ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν

“तर तिमीहरूले कसैलाई भेट्टाउन सक्‍छौ जो त्यस्तो एक असल व्यक्तिको लागि मर्न इच्‍छुक छ”

Romans 5:8

συνίστησιν

तपाईंले यस क्रियापदलाई “प्रदर्शन गर्नुभयो” वा “देखाउनुभयो” शब्दहरूको प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ ।

ἡμῶν…ἡμῶν

“हामीलाई” र “हामी” भन्‍ने शब्दहरूका सबै प्रयोगहरूले सारा विश्‍वासीहरूलाई जनाउँछन् र ती समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 5:9

πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ

यहाँ “धर्मी ठहराइएका” भन्‍नुको अर्थ परमेश्‍वरले हामीलाई उहाँ आफैँसँगको ठीक सम्बन्धमा राख्‍नुहुन्छ भन्‍ने हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “क्रूसमा येशूको मृत्‍युको कारण परमेश्‍वरले हामीलाई अब उहाँको सामु धर्मी बनाउनुभएको हुनाले अझ कति बढी हाम्रो लागि उहाँले गर्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

τῷ αἵματι αὐτοῦ

यो क्रूसमा भएको येशूको त्यागपूर्ण मृत्युको लागि प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)

σωθησόμεθα

यसको अर्थ यो हो कि क्रूसमा भएको येशूको त्यागपूर्ण मृत्युद्वारा,परमेश्‍वरले हामीलाई माफ गर्नुभएको छ र हामीलाईहाम्रो पापको कारण नरकमा दण्‍डित हुनबाट उद्धार गर्नुभएको छ ।

τῆς ὀργῆς

यहाँ “क्रोध” भनेको प्रतिस्थापन शब्द हो जसले उहाँको विरुद्धमा पाप गरेकाहरूका लागि परमेश्‍वरको दण्‍डलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको दण्‍ड” (हेर्नुहोस्ः लक्षणा)

Romans 5:10

κατηλλάγημεν…σωθησόμεθα

“हामी” शब्दका सबै प्रयोगहरूले सारा विश्‍वासीहरूलाई जनाउँछन् र त्यो समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ

“परमेश्‍वरका पुत्र ... परमेश्‍वरका पुत्रको जीवन”

κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ

परमेश्‍वरको पुत्रको मृत्युले अनन्त क्षमा प्रदान गरेको छ र हामीलाई, येशूमा विश्‍वास गर्ने सबैजनालाई परमेश्‍वरका मित्रहरू बनाएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई उहाँसँग शान्तिपूर्ण सम्बन्ध राख्‍न दिनुभयो किनभने उहाँको पुत्र हाम्रो लागि मर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τοῦ Υἱοῦ αὐτοῦ

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

καταλλαγέντες

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “अब जबकि परमेश्‍वरले हामीलाई फेरि उहाँका मित्रहरू बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 5:12

परमेश्‍वरले मोशालाई व्यवस्था दिनुभन्दा अगाडि नै मृत्यु कसरी हुन गयो भनेर पावलले व्याख्या गर्छन् ।

δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος

पावलले पापलाई एउटा डरलाग्दो कुराको रूपमा वर्णन गर्छन् जुन “एकजना मानिस” अर्थात् आदमका कार्यहरूद्वारा संसारमा प्रवेश गर्‍यो । यो पाप तब एउटा प्रवेशद्वार बन्यो जहाँबाट मृत्यु, जुन यहाँ अर्को डरलाग्‍दो कुराको रूपमा चित्रण गरिएको छ, त्यो पनि संसारमा आयो । (हेर्नुहोस्ः मानवीकरण)

Romans 5:13

ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ

यसको अर्थ हो कि परमेश्‍वरले व्यवस्था दिनुभन्दा अगाडि नै मानिसहरूले पाप गर्थे । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मोशालाई उहाँको व्यवस्था दिनुभन्दा अगाडि पनि संसारमा भएका मानिसहरूले पाप गर्थे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου

यसको अर्थ हो कि परमेश्‍वरले व्यवस्था दिनुभन्दा अगाडि मानिसहरूलाई पापको लागि सजाय दिनुभएन । वैकल्‍पिक अनुवादः “तर परमेश्‍वरले व्यवस्था दिनुभन्दा अगाडि व्यवस्थाको विरुद्धमा भएको कुनै पनि पापको अभिलेख उहाँले राख्‍नुभएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 5:14

ἀλλὰ…ὁ θάνατος

“मैले भर्खर भनेको कुरा सत्य भएतापनि, मृत्यु” वा “आदमको समयदेखि लिएर मोशाको समयसम्म कुनै लिखित व्यवस्था थिएन, तर मृत्यु ... ” (रोमीहरू ५:१३) ।

ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως

पावलले मृत्युलाई शासन गर्ने एक राजाको रूपमा बताइरहेका छन् । वैकल्पिक अनुवादः “आदमको समयदेखि लिएर मोशाको समयसम्म मानिसहरू तिनीहरूका पापको नतिजा स्वरूप निरन्तर मरिरहे” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)

καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ

“ती मानिसहरू पनि निरन्तर मरिरहे जसका पापहरू आदमकाभन्दा फरक थिए”

ὅς ἐστιν τύπος τοῦ μέλλοντος

आदम ख्रीष्‍टका प्रतिरूप थिए, जो धेरै पछि देखा पर्नुभयो । तिनीसँग उहाँका धेरै कुराहरू मिल्थ्यो ।

Romans 5:15

εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον

यहाँ “एक”ले आदमलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनकि यदि एउटा मानिसको पापले धैरै मरे भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν

यहाँ “अनुग्रह”ले परमेश्‍वरको सित्तैको वरदानलाई जनाउँछ जुन उहाँले सबैलाई येशू ख्रीष्‍टद्वारा उपलब्ध गराउनुभयो । वैकल्‍पिक अनुवादः “अझ धेरै मानिस येशू ख्रीष्‍टद्वारा, जो हामी सबैको लागि मर्नुभयो, परमेश्‍वरले दयापूर्वक अनन्त जीवनको यो वरदान दिनुभयो, जसको लागि हामी योग्‍य नभएको भए पनि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 5:16

καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα

यहाँ “वरदान”ले परमेश्‍वरले हाम्रो पापहरूका अभिलेखहरूलाई सित्तैमा मेटिदिनुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो वरदान चाहिँ आदमको पापको नतिजा जस्तो होइन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα

यहाँ “वरदान” चाहिँ किन आदमको पाप जस्तै छैन भनेर पावलले दुईवटा कारणहरू दिन्छन् । “दण्‍डको इन्साफ”ले हामी सबै हाम्रा पापहरूको लागि परमेश्‍वरको सजायको भागीदार छौँ भन्‍ने अर्थ दिन्छ । वैकल्‍पिक अनुवादः “किनभने एकतर्फ, एउटा मानिसको पापको कारण सबै मानिसहरू दण्‍डको भागीदार छन् भनेर परमेश्‍वरले घोषणा गर्नुभयो, तर अर्कोतर्फ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τὸ…χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα

हामी योग्‍य नहुँदा पनि परमेश्‍वरले हामीलाई उहाँको सामु कसरी धर्मी बनाउनुहुन्छ भन्‍ने कुरालाई यसले जनाउँछ । वैकल्‍पिक अनुवादः “हामीलाई उहाँको सामु धर्मी ठहराउन परमेश्‍वरको दयालु वरदान” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐκ πολλῶν παραπτωμάτων

“धेरैका पापहरू पछि”

Romans 5:17

τῷ τοῦ ἑνὸς παραπτώματι

यसले आदमको पापलाई जनाउँछ ।

ὁ θάνατος ἐβασίλευσεν

यहाँ पावलले “मृत्युको” विषयमा शासन गर्ने एक राजाको रूपमा बताउँछन् । मृत्युको “शासन”ले सबैजनालाई मर्न लगाउँछ । वैकल्पिक अनुवादः “सबैजना मरे” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)

Romans 5:18

ὡς δι’ ἑνὸς παραπτώματος

“आदमद्वारा गरिएको एउटा पापद्वारा” वा “आदमको पापको कारण”

εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα

यहाँ “दण्‍ड”ले परमेश्‍वरको सजायलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सबै मानिसहरू पापको कारण परमेश्‍वरको सजायको भागीदार छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

δι’ ἑνὸς δικαιώματος

येशू ख्रीष्‍टको बलिदान

εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς

यहाँ “धर्मी ठहराउने कुरा”ले मानिसहरूलाई आफ्‍नो सामु धर्मी बनाउने परमेश्‍वरको क्षमतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सबै मानिसहरूलाई उहाँको सामु धर्मी बनाउने परमेश्‍वरको प्रस्ताव” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 5:19

τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου

आदमको अनाज्ञाकारिता

ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “धेरै मानिसहरूले पाप गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῆς ὑπακοῆς τοῦ ἑνὸς

येशूको आज्ञाकारिता

δίκαιοι κατασταθήσονται οἱ πολλοί

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सामु धर्मी बनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 5:20

νόμος…παρεισῆλθεν

यहाँ पावलले व्यवस्था चाहिँ कुनै व्यक्ति भए झैँ गरी कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँको व्यवस्था मोशालाई दिनुभयो” (हेर्नुहोस्ः मानवीकरण)

ἐπλεόνασεν ἡ ἁμαρτία

“पापको वृद्धि भयो”

ὑπερεπερίσσευσεν ἡ χάρις

यहाँ “अनुग्रह”ले परमेश्‍वरका आशिष्‌हरूलाई जनाउँछ जुन पाउन कोही योग्‍यको छैन । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीहरूप्रति अझ दयालु हुनुभएर काम गरिरहनुभयो, त्यस्तो एउटा तरिकामा जसको लागि तिनीहरू योग्‍यका थिएनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 5:21

ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ

यहाँ पावलले “मृत्यु” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “जसरी पापको परिणाम मृत्यु भयो” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)

οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν

यहाँ पावलले “अनुग्रह” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍ट हाम्रा प्रभुको धार्मिकताद्वारा अनुग्रहले मानिसहरूलाई अनन्त जीवन दियो” (हेर्नुहोस्ः मानवीकरण अनि रूपक)

οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης

यहाँ पावलले “अनुग्रह” चाहिँ शासन गर्ने कुनै एक राजा भए झैँ गरी बताउँछन् । “धार्मिकता” शब्दले मानिसहरूलाई आफ्‍नो सामु धर्मी बनाउने परमेश्‍वरको क्षमतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ताकि परमेश्‍वरले मानिसहरूलाई उहाँको सामु धर्मी बनाउने उहाँको सित्तैको वरदान तिनीहरूलाई दिन सक्‍नुभएको होस्” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τοῦ Κυρίου ἡμῶν

पावलले तिनी आफैँलाई, तिनका पाठकहरू, र सारा विश्‍वासीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 6

रोमीहरू ०६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले अध्याय ५ मा सिकाएका कुराहरूप्रति परिकल्पित रूपमा कसैले गर्न सक्‍ने विरोधको जवाफ दिएर उनले यस अध्यायलाई सुरु गर्छन् ।हुन सक्‍ने भएको पावलको शिक्षाप्रति हुन सक्‍ने एउटा सम्भाव्य र परिकल्पित विरोधको उत्तर दिएर यो अध्याय सुरु हुन्छ । (हेर्नुहोस्ः काल्पनिक परिस्थितिहरू (प्राक्कल्पना))

यस अध्यायमा भएका विशेष अवधारणाहरू

व्यवस्थाको विरुद्ध

यस अध्यायमा, ख्रीष्‍टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जसरी चाहन्छन् त्यसरी जिउन सक्छन् भन्‍ने शिक्षालाई पावलले गलत ठहराउँछन् । विद्वानहरूले यस शिक्षालाई “एन्टिनोमियानिजम” (विश्‍वास र परमेश्‍वरको अनुग्रहबाट सबै व्यवस्था र नैतिक नियमहरूबाट स्‍वतन्‍त्र भएको भन्‍ने शिक्षा) वा “व्यवस्थाको विरुद्ध” भनेर भन्छन् । ईश्‍वरीय जीवन जिउनलाई प्रेरणा दिनका निमित्त, एक ख्रीष्‍टिएनको उद्धारको लागि पावलले येशूले चुकाउनुभएको महान् मूल्यको सम्झना गराउँछन् । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित अनि ईश्‍वरीय, ईश्‍वरभक्‍ति)

पापका कमाराहरू

येशूमा विश्‍वास गर्नभन्दा अगाडि, पापले मानिसहरूलाई दासत्वमा राखेको हुन्छ । परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई पापको सेवा गर्ने कुराबाट स्‍वतन्‍त्र पार्नुहुन्छ । तिनीहरूले आफ्‍नो जीवनमा ख्रीष्‍टको सेवा गर्ने कुरालाई छान्‍न सक्छन् । पावलले व्याख्या गर्छन् कि जब कुनै ख्रीष्‍टिएनहरूले पाप गर्न रोज्‍छन्, तिनीहरूले स्‍वइच्छाले पाप गर्नलाई रोज्‍छन् । (हेर्नुहोस्ः विश्‍वास अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

फल

यस अध्यायले फलको चित्रणलाई प्रयोग गर्छ । फलको चित्रणले सामान्यतया कुनै व्यक्तिको विश्‍वासले उसको जीवनमा असल कार्यहरूलाई उत्पादन गरिरहेको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः फल, फलदायी, फलहीन अनि धर्मी, धार्मिकता)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । यस्तो देखिन्छ कि यी आलङ्कारिक प्रश्‍नहरू प्रयोग गर्नुको अभिप्राय भनेको पाठकलाई तिनीहरूको पाप देखाउनु हो ताकि तिनीहरूले येशूमा विश्‍वास गरून् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि दोष, दोषी अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

मृत्यु

पावलले “मृत्यु”लाई यस अध्यायमा थुप्रै विभिन्‍न किसिमले प्रयोग गर्छन्ः शारीरिक मृत्यु, आत्मिक मृत्यु, मानिसको हृदयमा पापले राज गरिरहेको, र केही कुरालाई अन्त्य गर्नु । उनले पाप र मृत्यु चाहिँ ख्रीष्‍टद्वारा दिइएको नयाँ जीवन र ख्रीष्‍टिएनहरूले उद्धार पाइसकेपछि तिनीहरूले जिउनुपर्ने नयाँ शैलीबाट विपरीतमा छन् भनेर देखाउँछन् । (हेर्नुहोस्ः मर्नु, मृत, घातक, मृत्यु)

Romans 6:1

अनुग्रहमुनि, पावलले येशूमा विश्‍वास गर्नेहरूलाई पापप्रति मरेको र परमेश्‍वरप्रति जीवित भएको झैँ गरी नयाँ जीवन जिउनलाई भन्छन् ।

τί οὖν ἐροῦμεν? ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ?

पावलले उनका पाठकहरूको ध्यान खिँच्‍नका लागि यी आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “त्यसोभए, यो सबैको बारेमा हामी के भनौँ त ? हामीले निश्‍चय पनि पाप गरिरहनुहुँदैन ताकि परमेश्‍वरले हामीलाई झन् धेरै र झन् धेरै अनुग्रह दिनुभएको होस् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐροῦμεν

“हामी” सर्वनामले पावल, उनका पाठकहरू र अरू मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 6:2

οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ

यहाँ “पापको लेखि मरेको” भन्‍नुको अर्थ यो हो कि येशूलाई पछ्याउनेहरू अब मृत मानिसहरू झैँ हुन् जसलाई पापद्वारा असर पर्दैन । पावलले यो आलङ्कारिक प्रश्‍न जोड थप्‍नका लागि प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामी अब मृत मानिसहरू झैँ हौँ जसमा पापको कुनै असर छैन ! त्यसैले हामीले निश्‍चय पनि पाप गरिरहनुहुँदैन !” (हेर्नुहोस्ः रूपक अनि आलङ्‍कारिक प्रश्‍न)

Romans 6:3

ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν?

पावलले यो प्रश्‍न जोड थप्‍नका लागि प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “याद गर, ख्रीष्‍टसँग हाम्रो सम्बन्ध छ भनेर देखाउनका लागि जब कसैले हामीलाई बप्‍तिस्मा दिन्छ, त्यसले यो पनि देखाउँछ कि हामी ख्रीष्‍टसँगै क्रूसमा मर्‍यौँ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 6:4

συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον

यसले कुनै विश्‍वासीको पानीको बप्‍तिस्‍मालाई मृत्यु र चिहानमा दफनसँग तुलना गरेको छ । वैकल्‍पिक अनुवादः “जब कसैले हामीलाई बप्‍तिस्मा दिन्छ, त्यो चाहिँ त्यस व्यक्तिले हामीलाई ख्रीष्‍टसँगै चिहानमा गाडेको जस्तै हो” (हेर्नुहोस्ः रूपक)

ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός

मृतकबाट बिउँताउनु भनेको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । यसले कुनै विश्‍वासीको नयाँ आत्मिक जीवनलाई येशू शारीरिक रूपमा जीवनमा फर्कनुभएको कुरासँग तुलना गर्छ । त्यस विश्‍वासीको नयाँ आत्मिक जीवनले उसलाई परमेश्‍वरको आज्ञा पालन गर्न सक्षम बनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी पिताले येशूलाई उहाँ मर्नुभएपछि जीवनमा फर्काउनुभयो, त्यसरी नै हामीसँग नयाँ आत्मिक जीवन होस् र परमेश्‍वरको आज्ञा पालन गर्न सक्‍ने होऔँ” (हेर्नुहोस्ः उपमा अनि कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)

ἐκ νεκρῶν

ती सबैको माझबाट जो मेरका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँताइने कुराले पुनः जीवित हुने कुराको विषयमा बताउँछ ।

Romans 6:5

σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα

पावलले ख्रीष्‍टसँगको हाम्रो एकतालाई मृत्युसँग तुलना गर्छन् । मृत्युमा ख्रीष्‍टसँगै जोडिएकाहरू उहाँको पुनरुत्थानमा सहभागी हुनेछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँसँगै मर्‍यौँ ... उहाँसँगै जीवनमा फर्की आउनेछौँ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 6:6

ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη

“पुरानो मनुष्यत्वत्व” भनेको एउटा अलङ्कार हो जसले येशूमा विश्‍वास गर्नुभन्दा अघिको व्यक्तिलाई जनाउँछ । पावलले हाम्रो पापपूर्ण व्यक्तित्व चाहिँ हामीले येशूमा विश्‍वास गर्दा क्रूसमा येशूसँगै मरेको भनेर वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रो पापमय मनुष्यत्व येशूसँगै क्रूसमा मर्‍यो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

यसले पहिला एक समयमा भएको, तर अब अस्तित्वमा नरहेको व्यक्ति भन्‍ने अर्थ दिन्छ ।

τὸ σῶμα τῆς ἁμαρτίας

यो एउटा प्रतिस्थापन शब्द हो जसले पापी व्यक्तिको सम्पूर्णतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हाम्रो पापी स्वभाव” (हेर्नुहोस्ः लक्षणा)

καταργηθῇ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मरोस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पापले हामीलाई अरू बढी दास नबनाओस्” वा “हामी अब उप्रान्त पापको दासहरू बन्‍नुहुँदैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ

पापप्रतिको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्‍ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्‍न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्‍त्रण गर्छ । वैकल्‍पिक अनुवादः “हामी अरू बढी पापद्वारा नियन्‍त्रित हुनुहुँदैन” (हेर्नुहोस्ः रूपक)

Romans 6:7

ὁ γὰρ ἀποθανὼν, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.

यहाँ “धर्मी” शब्दले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने परमेश्‍वरको क्षमतालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले कुनै व्यक्तिलाई आफ्‍नो सामु धर्मी घोषणा गर्नुहुन्छ, त्यो व्यक्ति अब उसो पापबाट नियन्त्रित हुँदैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 6:8

ἀπεθάνομεν σὺν Χριστῷ

यहाँ “मरेका” भन्‍ने शब्दले विश्‍वासीहरू अब उसो पापद्वारा नियन्‍त्रित हुँदैनन् भन्‍ने तथ्यलाई जनाउँछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 6:9

εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν

यहाँ बिउँताइनु भनेको मरिगएको कसैलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हामी जान्दछौँ परमेश्‍वरले ख्रीष्‍टलाई उहाँ मर्नुभएपछि जीवनमा फर्काउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि टुक्काहरू)

ἐκ νεκρῶν

ती सबैको माझबाट जो मेरका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ वर्णन गर्छ । तिनीहरूको माझबाट बिउँताइनु भनेको पुनः जीवित हुनु हो ।

θάνατος αὐτοῦ οὐκέτι κυριεύει

यहाँ “मृत्यु”लाई एक राजा वा शासकको रूपमा वर्णन गरिएको छ जससँग मानिसहरूमाथि शक्ति हुन्छ । वैकल्पिक अनुवादः “उहाँ फेरि कहिल्यै मर्न सक्‍नुहुन्‍न” (हेर्नुहोस्ः मानवीकरण)

Romans 6:10

ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ

“एकैपटक सबैका लागि” भन्‍ने वाक्यांशले केही कुरालाई पूर्णतया सकाउनु भन्‍ने हुन्छ । तपाईंले यसको पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्पष्‍ट गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि जब उहाँ मर्नुभयो, उहाँले पापको शक्तिलाई पूर्ण रूपमा तोड्नुभयो” (हेर्नुहोस्ः टुक्काहरू अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 6:11

οὕτως καὶ ὑμεῖς, λογίζεσθε

“यसैकारण ... विचार गर”

λογίζεσθε ἑαυτοὺς εἶναι

“तिमीहरू आफैँलाई .... को रूपमा सोच” वा “तिमीहरू आफैँलाई ... को रूपमा हेर”

νεκροὺς μὲν τῇ ἁμαρτίᾳ

जसरी कोही व्यक्तिले लाशलाई कुनै पनि कुरा गर्नका लागि कर गर्न सक्‍दैन, विश्‍वासीहरूलाई परमेश्‍वरको अनादर गराउनका लागि बलजफ्‍ती गर्नलाई पापसँग कुनै शक्ति हुँदैन । वैकल्‍पिक अनुवादः “मानौँ तिमीहरू पापको शक्तिप्रति मृत थियौ” (हेर्नुहोस्ः रूपक)

νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ

“पापको शक्तिको लागि मरेको, तर परमेश्‍वरलाई सम्‍मान गर्नलाई जीवित”

ζῶντας…τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ

“ख्रीष्‍ट येशूले दिनुहुने शक्तिद्वारा परमेश्‍वरलाई सम्मान गर्नलाई जीवित”

Romans 6:12

पावलले हामीलाई सम्झना दिलाउँछन् कि हामीमाथि अनुग्रहले राज गर्छ, व्यवस्थाले होइन; हामी पापका कमाराहरू होइनौँ, तर परमेश्‍वरका कमाराहरू हौँ ।

μὴ…βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι

पाप गरिरहेका मानिसहरूको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ पाप चाहिँ तिनीहरूलाई नियन्‍त्रण गर्ने तिनीहरूको मालिक वा राजा हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण इच्‍छाहरूलाई तिमीहरूलाई नियन्‍त्रण गर्न नदेओ” (हेर्नुहोस्ः मानवीकरण)

ἐν τῷ θνητῷ ὑμῶν σώματι

यस वाक्यांशले व्यक्तिको शारीरिक भागलाई जनाउँछ, जुन मरिजानेछ । वैकल्‍पिक अनुवादः “तिमीहरू” (हेर्नुहोस्ः उपलक्षण)

εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ

पावलले दुष्‍ट चाहनाहरू भएको व्यक्तिको विषयमा यसरी बताउँछन् कि मानौँ उसको पाप चाहिँ दुष्‍ट चाहनाहरू भएको कुनै मालिक हो । (हेर्नुहोस्ः मानवीकरण)

Romans 6:13

μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν, ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ

यो दृश्य चाहिँ त्यस पापीले “उसका शरीरका अङ्गहरू” उसको मालिक वा राजालाई समर्पण गरिरहेको कुराको हो । कोही व्यक्तिको “शरीरका अङ्गहरू” भनेका सम्पूर्ण व्यक्तिको लागि प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्पिक अनुवादः “तिमीहरूले आफैँलाई पापको अगि समर्पण नगर जसले गर्दा तिमीहरू त्यो गर्न पुग जुन उचित छैन” (हेर्नुहोस्ः उपलक्षण)

ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας

यहाँ “अब जीवित बनाइएका” भन्‍ने कुराले विश्‍वासीको नयाँ आत्मिक जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर तिमीहरूले आफैँलाई परमेश्‍वरलाई समर्पण गर, किनभने उहाँले तिमीहरूलाई नयाँ आत्मिक जीवन दिनुभएको छ” वा “तर तिमीहरूले आफैँलाई तिनीहरू जसरी परमेश्‍वरकहाँ सुम्प जो मरेका थिए र अब जीवित छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

καὶ τὰ μέλη ὑμῶν, ὅπλα δικαιοσύνης τῷ Θεῷ

यहाँ “तिमीहरूका शरीरका अङ्हरू” भनेका प्रतिस्थापकीय शब्दहरू हुन् जसले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई खुशी बनाउने कुराको लागि तिमीहरूलाई प्रयोग गर्न उहाँलाई देओ” (हेर्नुहोस्ः उपलक्षण)

Romans 6:14

ἁμαρτία…ὑμῶν οὐ κυριεύσει,

यहाँ पावलले “पाप” चाहिँ एक राजा भए झैँ गरी कुरा गर्छन् जसले मानिसहरूमाथि राज गर्छ । वैकल्पिक अनुवादः “पापमय इच्छाहरूलाई तिमीहरूले गर्ने कुराहरूलाई नियन्‍त्रण गर्न नदेओ” वा “तिमीहरूले आफैँलाई ती पापपय कुराहरू गर्न अनुमति नदेओ जुन गर्न तिमीहरू चाहन्छौ” (हेर्नुहोस्ः मानवीकरण)

οὐ γάρ ἐστε ὑπὸ νόμον

“व्यवस्थामुनि” हुने कुराको अर्थ चाहिँ त्यसका सीमितता र कमजोरीहरूको अधीनमा हुनु भन्‍ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीहरू अब उप्रान्त मोशाको व्यवस्थासँग बाँधिएका छैनौ, जसले तिमीहरूलाई पाप गर्नलाई रोक्‍ने शक्ति दिन सकेन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀλλὰ ὑπὸ χάριν

“अनुग्रहमुनि” हुने कुराको अर्थ चाहिँ परमेश्‍वरको सित्तैको वरदानले पाप गर्नबाट टाढा रहने शक्ति प्रदान गर्छ भन्‍ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई तपाईंको अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरू परमेश्‍वरको अनुग्रहसँग बाँधिएका छौ, जसले चाहिँ तिमीहरूलाई पाप गर्नलाई रोक्‍ने शक्ति दिन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 6:15

τί οὖν? ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν?

अनुग्रहमुनि जिउनु चाहिँ पाप गर्नलाई कारण होइन भनेर जोड दिनका लागि पावलले एउटा प्रश्‍नलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “तथापि, हामी मोशाको व्यवस्थासँग नभएर अनुग्रहसँग बाँधिएका छौँ भन्दैमा हामीलाई पाप गर्न स्वीकृति दिइएको छ भन्‍ने हुँदैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο

“हामी त्यस्तो कहिल्यै भएको चाहन्‍नौँ !” वा “त्यस्तो नगर्न परमेश्‍वरले मलाई सहायता गरून् !” यस अभिव्यक्तिले यस्तो नहोस् भनेर चिताएको असाध्यै प्रबल चाहनालाई देखाउँछ । तपार्इंसँग तपार्इंको भाषामा यस्तै समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । तपार्इंले यसलाई रोमीहरू ३:३१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Romans 6:16

οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε— ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην?

परमेश्‍वरको अनुग्रह चाहिँ पाप गरिरहनका लागि एउटा कारण हो भनेर सोच्‍ने जो कोही पनि व्यक्तिलाई हप्‍काउनका लागि पावलले एउटा प्रश्‍नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई थाहा हुनुपर्छ कि तिमीहरूले आज्ञापालन गर्नलाई चुनेको मालिकको तिमीहरू दासहरू हौ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἤτοι ἁμαρτίας…ἢ ὑπακοῆς

यहाँ पावलले “पाप” र “आज्ञाकारिता”लाई मालिकहरूको रूपमा बताउँछन् जसलाई दासले सेवा पुर्‍याउँछ । वैकल्पिक अनुवादः “चाहे तिमीहरू पापका दासहरू हौ ... वा आज्ञाकारिताका दासहरू जस्तै हौ” वा “तिमी कि त पापका दास हौ ... वा तिमी आज्ञाकारिताको दास हौ” (हेर्नुहोस्ः मानवीकरण)

εἰς θάνατον…εἰς δικαιοσύνην

which results in death ... which results in righteousness

Romans 6:17

χάρις δὲ τῷ Θεῷ

“तर म परमेश्‍वरलाई धन्यवाद चढाउँछु !”

ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας

पापको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ पाप गर्नलाई यति प्रबल चाहना गर्ने भन्‍ने हुन्छ कि कोही व्यक्तिले आफैँलाई पाप गर्नबाट रोक्‍न असक्षम बन्छ । यो यस्तो हो कि मानौँ पापले त्यो व्यक्तिलाई नियन्‍त्रण गर्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू पापका कमाराहरू झैँ थियौ” वा “तिमीहरू पापद्वारा नियन्त्रित थियौ” (हेर्नुहोस्ः रूपक)

ὑπηκούσατε δὲ ἐκ καρδίας

यहाँ “हृदय” शब्दले केही कुरा गर्नलाई भएको साँचो वा इमान्दार अभिप्रायहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तर तिमीहरूले साँचो रूपले आज्ञापालन गर्‍यौ” (हेर्नुहोस्ः लक्षणा)

εἰς ὃν παρεδόθητε τύπον διδαχῆς

यहाँ “ढाँचा”ले त्यस्तो जीवनशैलीलाई जनाउँछ जसले धार्मिकतातर्फ डोहोर्‍याउँछ । ख्रीष्‍टिएन अगुवाहरूले विश्‍वासीहरूलाई सिकाएअनुसारको जीवन जिउने नयाँ तरिकासित मेल खाने गरी जिउनका लागि तिनीहरूले आफ्‍नो पुरानो जीवनशैलीलाई परिवर्तन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टिएन अगुवाहरूले तिमीहरूलाई दिएको शिक्षा” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 6:18

ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूलाई पापबाट स्वतन्‍त्र पार्नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας

यहाँ “पापबाट स्वतन्‍त्र” भनेको पाप गर्नलाई अब अरू बढी प्रबल इच्‍छा नहुने र आफैँलाई पाप गर्नबाट रोक्‍न सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिमीहरूको पाप गर्ने चाहनालाई हटाइएको छ” वा “तिमीहरूलाई तिमीहरूमाथिको पापको नियन्‍त्रणबाट स्वतन्‍त्र पारिएको छ”

ἐδουλώθητε τῇ δικαιοσύνῃ

धार्मिकताको दासत्व भनेको एउटा अलङ्कार हो जसको अर्थ उचित कुरा गर्नलाई प्रबल चाहना बोक्‍ने भन्‍ने हुन्छ । यो यस्तो हो कि मानौँ धार्मिकताले त्यो व्यक्तिलाई नियन्‍त्रण गर्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू धार्मिकताका दासहरू झैँ बनाइएका छौ” वा “तिमीहरू धार्मिकताद्वारा नियन्त्रित छौ” (हेर्नुहोस्ः रूपक)

ἐδουλώθητε τῇ δικαιοσύνῃ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूलाई धार्मिकताका दासहरू बनाउनुभएको छ” वा “ख्रीष्‍टले तिमीहरूलाई परिवर्तन गरिदिनुभएको छ ताकि तिमीहरू अब धार्मिकताद्वारा नियन्त्रित भएका होओ”

Romans 6:19

ἀνθρώπινον λέγω

पावलले किन दासत्व र स्वतन्‍त्रताको विषयमा कुरा गरिरहेका थिए भनेर उनका पाठकहरूले विचार गर्नेछन् भनेर उनले अपेक्षा गरेका हुन सक्‍छन् । मानिसहरू कि त पापद्वारा कि त धार्मिकताद्वारा नियन्त्रित हुन्छन् भनेर बुझ्‍नलाई मदत गर्नका लागि उनले ती अवधारणाहरूलाई तिनीहरूको दैनिक अनुभवबाट प्रयोग गरिरहेका छन् भनेर यहाँ उनले भनिरहेका छन् । वैकल्‍पिक अनुवादः “मैले यसको बारेमा मानवीय भाषाहरूमा बोलिरहेको छ” वा “मैले दैनिक जीवनबाटको उदाहरणहरू प्रयोग गरिरहेको छु”

διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν

पावलले धेरैपटक “शरीर” भन्‍ने शब्दलाई “आत्मा”को विपरीतको रूपमा प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले आत्मिक कुराहरू पूर्ण रूपमा बुझ्‍दैनौ” (हेर्नुहोस्ः लक्षणा)

παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, καὶ τῇ ἀνομίᾳ

यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “आफैँलाई कमारा झैँ ती सबै कुराको निम्ति सुम्पियौ, जुन कुराहरू दुष्‍ट र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने खालका थिए” (हेर्नुहोस्ः उपलक्षण)

παραστήσατε τὰ μέλη ὑμῶν, δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν

यहाँ “शरीरका अङ्गहरू”ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको अगि जे सही छ, त्यसको निम्ति आफैँलाई कमारा झैँ सुम्पिदेओ ताकि उहाँको सेवा गर्नको निम्ति उहाँले तिमीहरूलाई अलग गर्नुभएको होस् र उहाँको सेवा गर्नलाई शक्ति दिनुभएको होस्” (हेर्नुहोस्ः उपलक्षण)

Romans 6:20

ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ

यहाँ “धार्मिकताबाट स्वतन्‍त्र” भनेको धर्मी कुरा गर्नु नपर्ने अवस्थालाई जनाउने अलङ्कार हो । मानिसहरूले जे उचित छ तिनीहरूले सो गर्न जरुरी छैन भनेर सोचेको जसरी तिनीहरू जिइरहेका थिए । वैकल्‍पिक अनुवादः “यो चाहिँ तिमीहरू धार्मिकताबाट स्वतन्‍त्र रहेको जस्तै थियो” वा “तिमीहरूले यसरी व्यवहार गर्‍यौ कि मानौँ तिमीहरूले जे उचित छ सो गर्न जरुरी थिएन” (हेर्नुहोस्ः रूपक अनि व्यङ्ग्य)

Romans 6:21

τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε

यहाँ “फल” चाहिँ “प्रतिफल” वा “परिणाम”को लागि भएको अलङ्कार हो । पाप गर्नाले कुनै राम्रो नतिजा ल्याउँदैन भन्‍ने कुरालाई जोड दिनका लागि पावलले एउटा प्रश्‍नलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “ती कुराहरूबाट केही पनि असल कुराहरू आएनन् जसले अहिले तिमीहरूलाई शर्ममा पार्छन्” वा “तिमीहरूले ती कुराहरू गरेर केही प्राप्‍त गरेनौ जुन कुराहरूले तिमीहरूलाई अहिले शर्ममा पार्छन्” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 6:22

νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर अब किनकि तिमीहरू पापबाट स्वतन्‍त्र भएका छौ र परमेश्‍वरका दासहरू भएका छौ” वा “तर अब किनकि परमेश्‍वरले तिमीहरूलाई पापबाट स्वतन्‍त्र बनाउनुभएको छ र उहाँका दासहरू बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας

“पापबाट स्वतन्‍त्र हुनु” भनेको पाप नगर्नलाई सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तर अब किनकि परमेश्‍वरले तिमीहरूलाई पाप नगर्नलाई सक्षम बनाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)

δουλωθέντες δὲ τῷ Θεῷ

परमेश्‍वरको “दास बनाइनु” भनेको परमेश्‍वरको सेवा र आज्ञापालन गर्नलाई सक्षम हुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “र परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्नलाई सक्षम बनाउनुभएको छ” (हेर्नुहोस्ः रूपक)

ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν

यहाँ “फल” चाहिँ “प्रतिफल” वा “फाइदा”को लागि भएको अलङ्कार हो । वैकल्‍पिक अनुवादः “फाइदा चाहिँ तिमीहरूको शुद्धिकरण हो” वा “फाइदा चाहिँ यो हो कि तिमीहरू पवित्र तवरले जिउँछौ” (हेर्नुहोस्ः रूपक)

τὸ δὲ τέλος ζωὴν αἰώνιον

“यो सबैको परिणाम यो हो कि तिमीहरू परमेश्‍वरसँग सदासर्वदा जिउनेछौ”

Romans 6:23

τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος

“ज्याला” भन्‍ने शब्दले कसैले काम गरेबापत दिइने भुक्तानीलाई जनाउँछ । “किनकि यदि तिमीहरूले पापको सेवा गर्छौ भने, तिमीहरूले भुक्तानीको रूपमा आत्मिक मृत्यु पाउनेछौ” वा “किनकि यदि तिमीले निरन्तर पाप गर्‍यौ भने, परमेश्‍वरले तिमीहरूलाई आत्मिक मृत्युद्वारा दण्ड दिनुहुनेछ”

τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν

“तर परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो ख्रीष्‍ट येशू हाम्रा प्रभुका हुन्”

Romans 7

रोमीहरू ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

“अथवा के तिमीहरूलाई थाहा छैन”

पावलले यसभन्दा अघि दिइएको शिक्षाको पछि आउने कुराहरूलाई जोड्दै एउटा नयाँ विषयमा छलफल गर्न यस वाक्यांशको प्रयोग गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“हामी व्यवस्थाबाट स्‍वतन्‍त्र पारिएका छौँ”

पावलले व्याख्या गर्छन् कि मोशाको व्यवस्थाको अब असर छैन । जबकि यो सत्य हो, व्यवस्थाको पछाडि रहेका सिद्धान्तहरू जसले समयसँग सम्बन्ध राख्दैनन्, तिनीहरूले परमेश्‍वरको चरित्रलाई प्रतिबिम्बित गर्छन् । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

विवाह

धर्मशास्‍त्रले सामान्यतया विवाहलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्छ । यहाँ चाहिँ मण्‍डली मोशाको व्यवस्था र अब ख्रीष्‍टसँग कसरी सम्बन्धित छ भनेर वर्णन गर्नलाई पावलले त्यसलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः रूपक)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्‍छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गर्नलाई निरन्तरता दिइरहनेछौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः मासु, देह अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

Romans 7:1

व्यवस्थामुनि जिउन चाहनेहरूलाई व्‍यवस्थाले कसरी नियन्‍त्रण गर्छ भनेर पावलले व्याख्या गर्छन् ।

ἢ ἀγνοεῖτε, ἀδελφοί (γινώσκουσιν γὰρ νόμον λαλῶ), ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ?

पावलले यो प्रश्‍न जोड थप्‍नका लागि सोध्छन् । वैकल्‍पिक अनुवादः “त्यसैले निश्‍चय पनि तिमीहरू जान्दछौ कि मानिसहरूले तिनीहरू जीवित छँदा मात्र नियमहरूको पालना गर्नुपर्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

Romans 7:2

“व्यवस्थाले एक व्यक्तिलाई ऊ बाँचुञ्‍जेलसम्‍म नियन्‍त्रण गर्छ” भनेर पावलले के भन्‍न खोजेका हुन् भन्‍ने कुराको विवरणलाई यस पदले सुरु गर्छ (रोमीहरू ७:१) ।

ἡ…ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ

यहाँ “व्यवस्थाद्वारा त्यसको पतिसँग बाँधिएकी” भनेको चाहिँ विवाहको नियमअनुसार स्‍त्री मानिस आफ्‍नो पतिसँग एक भएको कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “व्यवस्थाअनुसार, विवाहित स्‍त्री त्यसको पतिसँग एक भएकी हुन्छे” (हेर्नुहोस्ः रूपक)

ἡ…ὕπανδρος γυνὴ

यसले विवाह भएको कुनै पनि स्‍त्रीलाई जनाउँछ ।

Romans 7:3

“व्यवस्थाले एक व्यक्तिलाई ऊ बाँचुञ्‍जेलसम्‍म नियन्‍त्रण गर्छ” भनेर पावलले के भन्‍न खोजेका हुन् भन्‍ने कुराको विवरणलाई यस पदले अन्त गर्छ (रोमीहरू ७:१) ।

μοιχαλὶς χρηματίσει

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले त्यसलाई एक व्यभिचारिणी मान्‍नुहुनेछ” वा “मानिसहरूले त्यसलाई एक व्यभिचारिणी भन्‍नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου

यहाँ व्यवस्थाबाट स्वतन्‍त्र हुनु भनेको व्यवस्थाको आज्ञापालन गर्न नपर्ने हुनु हो । यहाँ चाहिँ, विवाहित स्‍त्रीले अर्को पुरुषसँग विवाह गर्न हुँदैन भन्‍ने व्यवस्थालाई त्यस स्‍त्रीले पालना गर्नुपर्दैन भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “त्यसले त्यो व्यवस्थाको पालना गर्नुपर्दैन”

Romans 7:4

ὥστε, ἀδελφοί μου

यसले अगाडि रोमीहरू ७:१ मा भएको कुरालाई जनाउँछ ।

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू व्यवस्थाको लेखि मर्‍यौ पनि जब ख्रीष्‍टद्वारा तिमीहरू क्रूसमा मर्‍यौ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῷ ἐκ νεκρῶν ἐγερθέντι

यहाँ “बिउँताइएको” भनेको “पुनः जीवित हुने तुल्याइएको” भन्‍ने कुरालाई जनाउने वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उहासँग जसलाई पुनः जीवित हुने तुल्याइएको थियो” वा “उहाँसँग जसलाई परमेश्‍वरले मृतकहरूबाट बौह्राउनुभयो” वा “उहाँसँग जसलाई परमेश्‍वरले पुनः जीवित हुने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)

καρποφορήσωμεν τῷ Θεῷ

यहाँ “फल” भनेको परमेश्‍वरलाई खुशी बनाउने कार्यहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “हामी परमेश्‍वरलाई खुशी बनाउने कुराहरू गर्न सक्षम होऔँ” (हेर्नुहोस्ः रूपक)

Romans 7:5

εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ

यहाँ “फल” भनेको “कसैको कार्यहरूको परिणाम” वा “कसैको कार्यहरूको प्रतिफल”लाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जसको परिणाम आत्मिक मृत्यु भयो” वा “जसको प्रतिफल चाहिँ हाम्रो आफ्‍नै आत्मिक मृत्यु थियो” (हेर्नुहोस्ः रूपक)

Romans 7:6

पावलले हामीलाई सम्झाउँछन् कि परमेश्‍वरले हामीलाई व्यवस्थाद्वारा पवित्र बनाउनुहुन्‍न ।

κατηργήθημεν ἀπὸ τοῦ νόμου

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले हामीलाई व्यवस्थाबाट छुटकारा दिनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

κατηργήθημεν

यस सर्वनामले पावल र विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἐν ᾧ κατειχόμεθα

यसले व्यवस्थालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “व्यवस्थाको लागि जसले हामीलाई समातेको थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

γράμματος

यसले मोशाको व्यवस्थालाई जनाउँछ । वैकल्पिक अनुवादः “मोशाको व्यवस्था” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 7:7

τί οὖν ἐροῦμεν?

पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο

“त्यो अवश्‍य पनि सत्य होइन !” यस अभिव्यक्तिले यस अघिको आलङ्कारिक प्रश्‍नको‍ लागि सम्भव भएसम्‍मको सबैभन्दा बढी नकारात्मक जवाफ दिन्छ । तपाईंसँग तपाईंको भाषामा यस्तै किसिमको अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । तपाईंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου

पावलले पापलाई काम गर्न सक्‍ने कुनै व्यक्तिको रूपमा बताइरहेका छन् । (हेर्नुहोस्ः मानवीकरण)

“पाप गर्ने मेरो इच्छा”

Romans 7:8

ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν;

पावलले पापलाई काम गर्न सक्‍ने कुनै व्यक्तिसँग तुलना गर्नलाई निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः मानवीकरण)

यो शब्दले अरू मानिसहरूसँग भएको कुरालाई प्राप्‍त गर्ने चाहना र गलत यौन इच्‍छा दुवैलाई समावेश गर्छ ।

χωρὶς…νόμου, ἁμαρτία νεκρά

“यदि त्यहाँ कुनै व्यवस्था थिएन भने, व्यवस्थाको उलङ्घन गर्ने भन्‍ने कुरा नै हुने थिएन, त्यसैले त्यहाँ कुनै पाप हुने थिएन”

Romans 7:9

ἡ ἁμαρτία ἀνέζησεν

यसको अर्थ हुन सक्छ १) “मैले पाप गर्दै थिएँ भन्‍ने मैले महसुस गरेँ” वा २) “मैले पाप गर्न असाध्यै चाहना गरेँ” (हेर्नुहोस्ः मानवीकरण)

Romans 7:10

εὑρέθη μοι ἡ ἐντολὴ, ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.

पावलले परमेश्‍वरको दण्‍डाज्ञाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले मुख्यतया शारीरिक मृत्युको परिणाम ल्यायो । वैकल्पिक अनुवादः “म बाँच्न सकूँ भनेर परमेश्‍वरले मलाई आज्ञा दिनुभयो, तर त्यसको साटोमा त्यसले मलाई मार्‍यो” (हेर्नुहोस्ः रूपक)

Romans 7:11

ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν

रोमीहरू ७:७-८ मा झैँ गरी, पावलले पापलाई एउटा व्यक्तिको रूपमा वर्णन गरिरहेका छन् जसले तीनवटा कुराहरू गर्न सक्‍छः मौका छोप्‍न, छल्‍न, र मार्न । वैकल्पिक अनुवादः “किनकि म पाप गर्न चाहन्थेँ, मैले एकै समयमा पाप पनि गर्न सक्‍छु र आज्ञापालन पनि गर्न सक्‍छु भनेर आफैँलाई छलेँ, तर मैले आज्ञाको अवज्ञा गरेकोमा मलाई आफूबाट अलग गर्नुभएर परमेश्‍वरले मलाई दण्‍ड दिनुभयो” (हेर्नुहोस्ः मानवीकरण)

ἡ…ἁμαρτία

“मेरो पाप गर्ने इच्छा”

पावलले पापलाई काम गर्न सक्‍ने कुनै व्यक्तिसँग तुलना गरिरहेका छन् । तपाईंले यसलाई रोमीहरू ७:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः मानवीकरण)

ἀπέκτεινεν

पावलले परमेश्‍वरको दण्‍डाज्ञाको विषयमा यसरी बताउँछन् कि मानौँ त्यसले मुख्यतया शारीरिक मृत्युको परिणाम ल्यायो । वैकल्पिक अनुवादः “त्यसले मलाई परमेश्‍वरबाट अलग गर्‍यो” (हेर्नुहोस्ः रूपक)

Romans 7:12

नैतिक रूपमा सिद्ध, पापरहित

Romans 7:13

पावलले उनको भित्री मानिस र उनको दिमागमा भएको पाप र परमेश्‍वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।

οὖν

पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् ।

τὸ…ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος?

पावलले यो प्रश्‍न जोड थप्‍नका लागि प्रयोग गर्छन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τὸ…ἀγαθὸν

यसले परमेश्‍वरको व्यवस्थालाई जनाउँछ ।

ἐμοὶ ἐγένετο θάνατος

“मलाई मर्न लगाउने”

μὴ γένοιτο!

यस अभिव्यक्तिले अघिल्लो आलङ्कारिक प्रश्‍नलाई सम्भव भएसम्मकै सबैभन्दा बढी नकारात्मक उत्तर दिन्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्‍य पनि त्यो सत्य होइन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἡ ἁμαρτία…μοι κατεργαζομένη θάνατον;

पावलले पापलाई काम गर्न सक्‍ने व्यक्तिको रूपमा हेरिरहेका छन् । (हेर्नुहोस्ः मानवीकरण)

μοι κατεργαζομένη θάνατον

“मलाई परमेश्‍वरबाट अलग गर्‍यो”

διὰ τῆς ἐντολῆς

“किनभने मैले आज्ञाको पालना गरिन”

Romans 7:15

पावलले उनको शरीर र परमेश्‍वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।

ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω

“मैले गर्ने केही कुराहरू म किन गर्छु भनेर म पक्‍का छैन”

ὃ γὰρ κατεργάζομαι

“किनभने म जे गर्छु”

οὐ…ὃ θέλω, τοῦτο πράσσω

“म गर्दिन” भन्‍ने शब्दहरू चाहिँ पावलले आफूलाई इच्‍छा लागेको कुराहरू उनले मन लागे जति गर्दैनन् वा उनले त्यति गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्‍जन हुन् । वैकल्‍पिक अनुवादः “म सधैँ त्यो कुरा गर्दिन जुन म गर्न चाहन्छु” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

ὃ μισῶ, τοῦτο ποιῶ.

“म गर्छु” भन्‍ने शब्दहरू चाहिँ, जसले अर्थ दिन्छ कि उनले सधैँ त्यो काम गर्छन् जुन गर्न उनले घृणा गर्छन्, पावलले त्यति धेरै गर्न नचाहने कुराहरू गर्छन् भनेर जोड दिनका लागि गरिएको अतिरञ्‍जन हुन् । वैकल्पिक अनुवादः “मैले कहिलेकाहीँ गर्ने कुराहरू ती नै हुन् जुन असल छैनन् भनेर मलाई थाहा छ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Romans 7:16

εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ

“तथापि, यदि म गर्छु भने”

σύνφημι τῷ νόμῳ, ὅτι καλός

“मलाई थाहा छ कि परमेश्‍वरको व्यवस्था असल छ”

Romans 7:17

ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία

पावलले पापलाई उनलाई प्रभाव पार्न सक्‍ने शक्ति भएको जीवित प्राणीको रूपमा वर्णन गर्छन् । (हेर्नुहोस्ः मानवीकरण)

Romans 7:18

τῇ σαρκί μου

यहाँ “शरीर” भनेको पापपूर्ण स्वभावको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवाद “मेरो पापपूर्ण स्वभाव” (हेर्नुहोस्ः लक्षणा)

Romans 7:19

ἀγαθόν

“असल कार्यहरू” वा “असल व्यवहारहरू”

κακὸν

“दुष्‍ट कार्यहरू” वा “दुष्‍ट व्यवहारहरू”

Romans 7:20

ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

पावलले “पाप”को विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो जीवित थियो र उनीभित्र वास गरिरहेको थियो । (हेर्नुहोस्ः मानवीकरण)

Romans 7:21

ὅτι ἐμοὶ τὸ κακὸν παράκειται

पावलले “दुष्‍टता”को विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो जीवित थियो र उनीभित्र वास गरिरहेको थियो । (हेर्नुहोस्ः मानवीकरण)

Romans 7:22

τὸν ἔσω ἄνθρωπον

यो ख्रीष्‍टमा भरोसा गर्ने कोही एक व्यक्तिको नयाँ गरी जागृत गराइएको आत्मा हो । (हेर्नुहोस्ः रूपक)

Romans 7:23

βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με

“म केवल मेरो पुरानो स्वभावले मलाई जे भन्छ सो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैन”

τῷ νόμῳ τοῦ νοός μου

यो एउटा आत्मिक रूपमा जीवित रहेको नयाँ स्वभाव हो ।

ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου

यो पुरानो स्वभाव हो, मानिसहरू जन्मँदा जुन चालचलन लिएर जन्मन्छन् ।

τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου

“मेरो पापी स्वभाव”

Romans 7:24

τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου?

पावलले यो प्रश्‍न ठूलो मनोवेगलाई व्यक्त गर्नका लागि प्रयोग गर्छन् । यदि तपार्इंको भाषामा उद्‌गार वा प्रश्‍नद्वारा ठूलो मनोवेगलाई देखाउने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मेरो शरीरले चाहने कुराहरूको नियन्त्रणबाट कसैले मलाई स्वतन्त्र गराओस् भन्‍ने म चाहन्छु !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

με ῥύσεται

“मलाई उद्धार गर्न”

τοῦ σώματος τοῦ θανάτου τούτου

यो एउटा अलङ्कार हो जसको अर्थ शारीरिक मृत्युलाई अनुभव गर्ने देह भन्‍ने हुन्छ । (हेर्नुहोस्ः रूपक)

Romans 7:25

χάρις τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν

यो ७:२४ मा भएको प्रश्‍नको उत्तर हो ।

ἄρα οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ; τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας

परमेश्‍वरको व्यवस्थाको वा पापको सिद्धान्तको सेवा गर्ने कुरामा दिमाग र शरीर कसरी तुलना हुन्छन् भनेर देखाउनका लागि तिनीहरूलाई यहाँ प्रयोग गरिएको छ । दिमाग वा बौद्धिकताले परमेश्‍वरलाई खुशी बनाउन र आज्ञापालन गर्नलाई रोज्‍न सक्‍छ अनि शरीर वा शारीरिक स्वभावले पापको सेवा गर्न रोज्‍न सक्छ । वैकल्पिक अनुवादः “मेरो दिमागले परमेश्‍वरलाई खुसी तुल्याउन रोज्छ, तर मेरो शरीरले पापको आज्ञापालन गर्न रोज्छ” (हेर्नुहोस्ः रूपक)

Romans 8

रोमीहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायको पहिलो पद एउटा संयोजक वाक्य हो । पावलले अध्याय ७ मा भएको उनको शिक्षालाई टुङ्गो लगाउँछन् र अध्याय ८ का शब्दहरूतर्फ डोहोर्‍याउँछन् ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ३६ सँग यसै गर्छ । पावलले यी शब्दहरू पुरानो करारबाट लिन्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आत्माको अन्तरवास

पवित्र आत्मा कुनै व्यक्ति वा तिनीहरूका हृदयभित्र बस्‍नुहुन्छ भनेर भनिन्छ । यदि आत्मा उपस्थित हुनुहुन्छ भने, त्यस व्यक्तिले उद्धार पाएको छ भनेर यसले चिन्ह दिन्छ । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)

“यिनीहरू परमेश्‍वरका छोराहरू हुन्”

येशू एक अद्वितीय तरिकाले परमेश्‍वरको पुत्र हुनुहुन्छ । साथै परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई उहाँका सन्तानहरू हुनलाई ग्रहण गर्नुहुन्छ । (हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र अनि दत्तकग्रहण (धर्मपुत्र बनाउने कार्य))

पूर्वनिर्धारण

धेरै विद्वानहरूले विश्‍वास गर्छन् कि पावलले यस अध्यायमा “पूर्वनिर्धारण” भनेर जानिएको एउटा विषयको बारेमा सिकाउँछन् । यो “पूर्वनिर्धारण गर्ने” भन्‍ने एउटा बाइबलीय अवधारणासँग सम्बन्धित छ । केहीले यसलाई परमेश्‍वरले, संसारको उत्पत्तिभन्दा अगाडिदेखि नै कति मानिसहरूलाई अनन्तको लागि उद्धार प्राप्‍त गर्नलाई चुन्‍नुभएको छ भन्‍ने कुरालाई सङ्केत गर्ने कुराको रूपमा लिन्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भन्‍ने कुरालाई लिएर ख्रीष्‍टिएनहरू विभिन्‍न दृष्‍टिकोणहरू राख्‍छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा, खासगरी कारक तत्त्वहरूको सम्बन्धमा अनुवादकहरूले अतिरिक्त सावधानी अपनाउनुपर्छ । (हेर्नुहोस्ः पूर्व-नियिजन गर्नु, पूर्व-नियोजित अनि बचाउनु, सुरक्षित)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

पावलले उनका शिक्षाहरूलाई ३८ र ३९ पदहरूमा एउटा विस्तारित अलङ्कारको रूपमा साहित्यिक तरिकाले प्रस्तुत गर्छन् । उनले व्याख्या गर्छन् कि कुनै व्यक्तिलाई येशूमा भएको परमेश्‍वरको प्रेमबाट केही कुराले पनि अलग गर्न सक्दैन । (हेर्नुहोस्ः रूपक)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

कुनै दोषारोपन छैन

यस वाक्यांशलाई सैद्धान्तिक बेमेल नल्याउनको लागि होसियारीसाथ अनुवाद गर्नुपर्छ । मानिसहरू अझै पनि तिनीहरूको पापको दोषी छन् । येशूमा विश्‍वासमा आइसकेपछि पनि, परमेश्‍वरले पापी तरिकाले व्यवहार गर्ने कुरालाई अस्‍वीकार गर्नुहुन्छ । परमेश्‍वरले अझै पनि विश्‍वासीहरूका पापहरूलाई दण्‍ड दिनुहुन्छ, तर येशूले तिनीहरूका पापको दण्‍डको मूल्य चुकाइसक्‍नुभएको छ । यहाँ पावलले व्यक्त गरेको कुरा यही नै हो । “दोषी ठहराउने” भन्‍ने कुराको थुप्रै सम्भाव्य अर्थहरू छन् । यहाँ चाहिँ येशूमा विश्‍वास गर्ने मानिसहरू अब उप्रान्त तिनीहरूको पापको लागि “नरकको भागीदार ठहराइएर” अनन्तसम्‍मलाई दण्‍डित हुँदैनन् भनेर पावलले जोड दिन्छन् । (हेर्नुहोस्ः दोष, दोषी अनि विश्‍वास अनि दण्डाज्ञा दिनु, दण्डाज्ञा)

शरीर

यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्‍छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गर्नलाई निरन्तरता दिइरहनेछौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः मासु, देह)

Romans 8:1

पाप र भलाइसँगको पावलको सङ्घर्षको बारेमा उनले जवाफ दिन्छन् ।

οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ

यहाँ “दण्‍डाज्ञा”ले मानिसहरूलाई सजाय दिने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍ट येशूसँग जोडिएकाहरूलाई पापको दोष लगाउनुहुनेछैन र सजाय दिनुहुनेछैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἄρα

“त्यस कारणले गर्दा” वा “किनभने मैले तिमीहरूलाई भर्खर जे भनेँ सो सत्य हो”

Romans 8:2

ὁ…νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ

यसले परमेश्‍वरको आत्मालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट येशूमा हुनुभएको परमेश्‍वरको आत्मा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου

पाप र मृत्युको व्यवस्थाबाट स्वतन्‍त्र हुनु भनेको चाहिँ पाप र मृत्युको व्यवस्थाद्वारा नियन्‍त्रित नहुने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “पाप र मृत्युको व्यवस्थालाई तिमीहरूलाई अरू बढी नियन्‍त्रण नगर्ने बनाएको छ” (हेर्नुहोस्ः रूपक)

τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου

सम्भाव्य रूपमा यसले यी कुराहरूलाई जनाउन सक्‍छ १) व्यवस्था, जसले मानिसहरूलाई पाप गर्न उक्साउँछ, र तिनीहरूको पापले तिनीहरूलाई मर्न लगाउँछ । वैकल्‍पिक अनुवादः “व्यवस्था जसले पाप र मृत्यु ल्याउँछ” वा २) मानिसहरूले पाप गर्छन् र मर्छन् भन्‍ने सिद्धान्त ।

Romans 8:3

τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς

यहाँ व्यवस्थालाई कुनै व्यक्तिको रूपमा वर्णन गरिएको छ जसले पापको शक्तिलाई तोड्न सकेन । वैकल्पिक अनुवादः “हामीलाई पाप गर्नबाट रोक्‍नको निम्ति व्यवस्थासँग सामर्थ्य थिएन, किनभने हामीभित्र रहेको पापको शक्ति ज्यादै शक्तिशाली थियो । तर परमेश्‍वरले हामीलाई पाप गर्नबाट रोक्‍नुभयो” (हेर्नुहोस्ः मानवीकरण)

διὰ τῆς σαρκός

“मानिसहरूको पापमय स्वभावको कारण”

τὸν ἑαυτοῦ Υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν

पापको लागि अनन्तको बलिदानको रूपमा उहाँको आफ्‍नै शरीर र मानवीय जीवनलाई दिनुभएर परमेश्‍वरको पुत्रले हाम्रो पापको विरुद्धमा भएको परमेश्‍वरको पवित्र क्रोधलाई सधैँको लागि शान्त पार्नुभयो ।

Υἱὸν

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας

“जो अन्य पापी मानव प्राणी जस्तै देखिनुहुन्थ्यो”

καὶ περὶ ἁμαρτίας

“ताकि हाम्रा पापहरूको बलिदानको रूपमा उहाँ मर्न सक्‍नुभएको होस्”

κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί

“परमेश्‍वरले उहाँका पुत्रको शरीरद्वारा पापको शक्तिलाई तोड्नुभयो”

Romans 8:4

τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यवस्थाले खोजेका कुराहरू पूरा गर्न सकौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν

कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले आफ्‍नो जीवन कसरी जिउँछ भन्‍ने कुरालाई जनाउने एउटा अलङ्कार हो । शरीर चाहिँ पापपूर्ण मानवीय स्वभावलाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “हामी जसले हाम्रा पापमय इच्छाहरूको पालना गर्दैनौँ” (हेर्नुहोस्ः रूपक or टुक्काहरू)

ἀλλὰ κατὰ Πνεῦμα

“तर जसले पवित्र आत्माको आज्ञापालन गर्छौँ”

Romans 8:6

पावलले शरीर र अब हामीसँग हुनुभएको आत्माको बीचमा भएको भिन्‍नतालाई देखाउन निरन्तरता दिन्छन् ।

τὸ…φρόνημα τῆς σαρκὸς…τὸ δὲ φρόνημα τοῦ Πνεύματος

यहाँ पावलले “शरीर” र “आत्मा” दुवैको विषयमा तिनीहरू जीवित व्यक्तिहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “पापी मानिसहरूले विचार गर्ने तरिका ... पवित्र आत्मालाई सुन्‍ने मानिसहरूले विचार गर्ने तरिका” (हेर्नुहोस्ः मानवीकरण)

यहाँ यसको अर्थ एक व्यक्तिलाई परमेश्‍वरबाट अलग गर्ने भन्‍ने हुन्छ ।

Romans 8:8

οἱ…ἐν σαρκὶ ὄντες

यसले ती मानिसहरूलाई जनाउँछ जसले तिनीहरूको पापी स्वभावले तिनीहरूलाई गर्न भनेको कुरा गर्छन् ।

Romans 8:9

ἐν σαρκὶ

“तिमीहरूको पापपूर्ण स्वभावअनुसार व्यवहार गर्दै ।” “शरीर” शब्दलाई रोमीहरू ८:५ मा कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।

ἐν Πνεύματι

“पवित्र आत्माअनुसार व्यवहार गर्दै”

Πνεύματι,…Πνεῦμα Θεοῦ…Πνεῦμα Χριστοῦ

यी सबैले पवित्र आत्मालाई जनाउँछन् ।

εἴπερ

तिनीहरूमध्ये कोहीमा पवित्र आत्मा हुनहुन्थ्यो भनेर पावलले शङ्का गर्छन् भन्‍ने चाहिँ यस वाक्यांशको अर्थ होइन । तिनीहरू सबैसँग परमेश्‍वरको आत्मा हुनुहुन्छ भनेर तिनीहरूले थाहा गरेका पावल चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि” वा “किनभने”

Romans 8:10

εἰ…Χριστὸς ἐν ὑμῖν

कुनै मानिसमा कसरी ख्रीष्‍ट वास गर्नुहुन्छ भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि पवित्र आत्माद्वारा ख्रीष्‍ट तिमीहरूमा वास गर्नुहुन्छ भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν

सम्भावित अर्थहरू हुन् १) कोही व्यक्ति पापको शक्तिको लेखि आत्मिक रूपमा मरेको हुन्छ वा २) पापको कारण भौतिक शरीर अझै पनि मर्नेछ । (हेर्नुहोस्ः टुक्काहरू)

τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην

सम्भावित अर्थहरू हुन् १) कोही व्यक्ति आत्मिक रूपमा जीवित हुन्छ किनभने परमेश्‍वरले उसलाई जे ठीक छ सो गर्नलाई शक्ति दिनुभएको छ वा २) परमेश्‍वरले त्यस व्यक्तिलाई ऊ मरिसकेपछि पुनः जीवनमा फर्काउनुहुनेछ किनभने परमेश्‍वर धार्मिक हुनुहुन्छ र विश्‍वासीहरूलाई अनन्त जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)

Romans 8:11

εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν

पवित्र आत्मा उनका पाठकहरूमा वास गर्नुहुन्छ भनेर पावलले अनुमान गर्छन् । वैकल्पिक अनुवादः “किनकि आत्मा ... तिमीहरूमा वास गर्नुहुन्छ”

τοῦ ἐγείραντος

“परमेश्‍वरको, जसले बौह्राउनुभयो”

ἐγείραντος τὸν Ἰησοῦν

यहाँ बौह्राउनु भनेको मरिगएको कोही व्यक्तिलाई पुनः जीवित हुन तुल्याउने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्‍पिक अनुवादः “येशूलाई फेरि जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)

τὰ θνητὰ σώματα ὑμῶν

“भौतिक शरीरहरू” वा “शरीरहरू, जुन एकदिन मर्नेछन्”

Romans 8:12

ἄρα οὖν

“किनकि मैले तिमीहरूलाई भर्खर भनेको कुरा सत्य हो”

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

ὀφειλέται ἐσμέν

पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्‍ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “हामीले आज्ञापालन गर्न जरुरी छ” (हेर्नुहोस्ः रूपक)

οὐ τῇ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν

फेरि पनि पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्‍ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । तपाईंले “ऋृणीहरू” भनेर अर्थ लागेको शब्दलाई समावेश गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी शरीरका ऋृणीहरू होइनौँ, र हामीले हाम्रा पापमय इच्छाहरूको आज्ञापालन गर्नुपर्दैन” (हेर्नुहोस्ः शब्दलोप अनि रूपक)

Romans 8:13

εἰ γὰρ κατὰ σάρκα ζῆτε

“किनभने यदि तिमीहरू तिमीहरूका पापमय इच्छाहरूलाई प्रसन्‍न गर्नलाई मात्र जिउँछौ भने”

μέλλετε ἀποθνῄσκειν

“तिमीहरू निश्‍चय नै परमेश्‍वरबाट अलग गरिनेछौ”

εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε

पावलले ख्रीष्‍टसँग क्रूसमा टाँगिएको “पुरानो मानिस” चाहिँ उनका पापपूर्ण इच्‍छाहरूको लागि जिम्‍मेवार रहेको व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तर यदि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले आफ्ना पापमय इच्छाहरूको आज्ञापालन गर्न छोड्यौ भने” (हेर्नुहोस्ः रूपक)

Romans 8:14

ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि ती सबै मानिसहरू जसलाई परमेश्‍वरको आत्माले डोहोर्‍याउनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

υἱοί Θεοῦ

यहाँ यसको अर्थ येशूमा भएका सारा विश्‍वासहरू भन्‍ने हुन्छ र यसलाई धेरैपटक “परमेश्‍वरका सन्तान” भनेर अनुवाद गरिन्छ ।

Romans 8:15

ἐν ᾧ κράζομεν

“जसले हामीलाई ... पुकार्न लगाउनुहुन्छ”

Ἀββά, ὁ Πατήρ

आरमेइक भाषामा “अब्बा” भनेको “पिता” हो । (हेर्नुहोस्ः अज्ञातहरूको अनुवाद गर्नुहोस् अनि नाउँहरूको अनुवाद कसरी गर्ने)

Romans 8:17

κληρονόμοι μὲν Θεοῦ

पावलले ख्रीष्‍टिएन विश्‍वासीहरूको विषयमा तिनीहरूले परिवारको कुनै सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउने भए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “हामीले पनि एकदिन परमेश्‍वरले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्नेछौँ” (हेर्नुहोस्ः रूपक)

συνκληρονόμοι…Χριστοῦ

पावलले ख्रीष्‍टिएन विश्‍वासीहरूको विषयमा तिनीहरूले परिवारको कुनै सदस्यबाट सम्पत्ति वा जायजेथाको अंश पाउने भए झैँ गरेर बताउँछन् । परमेश्‍वरले हामीलाई ती कुराहरू दिनुहुनेछ जुन उहाँले ख्रीष्‍टलाई दिनुहुन्छ । वैकल्‍पिक अनुवादः “हामीले ती कुराहरू पनि प्राप्‍त गर्नेछौँ जुन उहाँले हामीलाई र ख्रीष्‍टलाई एकसाथ प्रतिज्ञा गर्नुभएको छ” (हेर्नुहोस्ः रूपक)

ἵνα καὶ συνδοξασθῶμεν

परमेश्‍वरले ख्रीष्‍टलाई सम्‍मान दिनुहुँदा ख्रीष्‍टिएन विश्‍वासीहरूलाई पनि सम्‍मान दिनुहुनेछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कि परमेश्‍वरले हामीलाई उहाँसँगै महिमित पार्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 8:18

रोमीहरू ८:२५ मा गएर अन्त हुने यस खण्‍डमा पावलले हामीलाई विश्‍वासीहरूको रूपमा सम्झना दिलाउँछन् कि हाम्रा शरीरहरूको उद्धारको समयमा हाम्रा शरीरहरू चाहिँ परिवर्तन हुनेछन् ।

γὰρ

यसले “म मान्छु” भन्‍ने कुरालाई जोड दिन्छ । यसको अर्थ “किनभने” भन्‍ने हुँदैन ।

λογίζομαι…ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म यस वर्तमान समयको दुःखभोगलाई ... सँग तुलना गर्न सक्दिन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

μέλλουσαν…ἀποκαλυφθῆναι

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले प्रकट गर्नुहुनेछ” वा “तिनीहरूलाई परमेश्‍वरले चिनाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 8:19

ἡ…ἀποκαραδοκία τῆς κτίσεως, τὴν…ἀπεκδέχεται

परमेश्‍वरले सृष्‍टि गर्नुभएका सबै कुरालाई पावलले एक व्यक्तिको रूपमा वर्णन गर्छन् जसले केही कुरालाई उत्कटताका साथ पर्खन्छ । (हेर्नुहोस्ः मानवीकरण)

τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यस समयको लागि जब परमेश्‍वरले उहाँका सन्तानलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῶν υἱῶν τοῦ Θεοῦ

यहाँ यसको अर्थ येशूमा भएका सारा विश्‍वासीहरू भन्‍ने हुन्छ । तपाईंले यसलाई “परमेश्‍वरका सन्तान” भनेर अनुवाद गर्न सक्‍नुहुन्छ ।

Romans 8:20

τῇ γὰρ ματαιότητι, ἡ κτίσις ὑπετάγη

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले उहाँले बनाउनुभएको कुराहरूलाई उहाँले राख्‍नुभएको उद्देश्यलाई प्राप्‍त गर्न नसक्‍ने तुल्याउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα

यहाँ पावलले “सृष्‍टि”लाई इच्छा गर्न सक्‍ने कोही एक व्यक्तिको रूपमा वर्णन गर्छन् । वैकल्पिक अनुवादः “सृष्‍टि गरिएका कुराहरूले यस्तो इच्छा गरेको कारणले होइन, तर किनभने त्यो परमेश्‍वरले चाहनुभएको कुरा हो” (हेर्नुहोस्ः मानवीकरण)

Romans 8:21

αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सृष्‍टिलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἀπὸ τῆς δουλείας τῆς φθορᾶς

यहाँ विनाशको दासत्व भन्‍ने कुरा चाहिँ नाश हुनलाई पक्‍का भएको भनेर जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः वैकल्पिक अनुवादः “विनाशको दास झैँ बन्‍नुबाट” (हेर्नुहोस्ः रूपक)

εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ

यहाँ “स्वतन्‍त्रता” भन्‍ने कुरा चाहिँ विनाशको दासत्व भन्‍ने कुरासँग विपरीतमा छ । यो चाहिँ सृष्‍टि विनाश भएर जानेछैन भनेर अर्थ दिने एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “कि त्यो चाहिँ परमेश्‍वरका सन्तानहरू जस्तै गरी विनाश हुनुबाट महिमामय तवरले स्वतन्‍त्र बन्‍नेछ” (हेर्नुहोस्ः रूपक)

Romans 8:22

οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συνστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν

एक बालकलाई जन्म दिने बेलामा पीडामा कराइरहेकी एउटी स्‍त्रीसँग यस सृष्‍टिलाई तुलना गरिएको छ । वैकल्पिक अनुवादः “किनकि हामी जान्दछौँ कि परमेश्‍वरले सृष्‍टि गर्नुभएका हरेक थोक स्वतन्त्र हुन चाहन्छ र बालक जन्माइरहेकी कोही स्‍त्रीले पीडाले कराए झैँ गरी त्यसको लागि आर्तनाद गर्छ” (हेर्नुहोस्ः रूपक)

Romans 8:23

υἱοθεσίαν ἀπεκδεχόμενοι

यहाँ “हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गरिने कुरा” भन्‍नुको अर्थ चाहिँ जब हामी ग्रहण गरिएका सन्तानहरूको रूपमा परमेश्‍वरको परिवारको पूर्ण सदस्यहरू बन्छौँ भन्‍ने हुन्छ । “उद्धार” शब्दको अर्थ परमेश्‍वरले हामीलाई बचाउनुहुने समय भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “कहिले हामी पूर्ण रूपमा परमेश्‍वरको परिवारको सदस्यहरू हुन्छौँ र उहाँले हाम्रा शरीरहरूलाई कुहिनबाट र मृत्युबाट बचाउनुहुन्छ भनेर प्रतीक्षा गर्दै” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि रूपक)

Romans 8:24

τῇ γὰρ ἐλπίδι ἐσώθημεν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले हामीहरूलाई बचाउनुभयो किनभने हामीले उहाँमा आशा राख्यौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς; ὃ γὰρ βλέπει τις, ἐλπίζει?

पावलले आफ्ना श्रोतागणलाई “आशा” के हो भनेर बुझ्नलाई सहायता गर्नका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर यदि हामीले पक्‍का निश्‍चयताका साथ पर्खिरहेका छौँ भने, त्यसको अर्थ यो हो कि हामीले चाहेको कुरा अझै पनि हामीसँग छैन । कसैले पनि आफूले चाहेको कुरा उससँग पहिल्यैबाट छ भने त्यसको लागि निश्‍चयताका साथ पर्खन सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 8:26

विश्‍वासीहरूमा शरीर र आत्माको बीचमा लडन्त छ भनेर पावलले जोड दिइरहेका भएतापनि, आत्माले हामीलाई सहायता गरिरहनुभएको छ भनेर उनले पुष्‍टि गर्छन् ।

στεναγμοῖς ἀλαλήτοις

“सुस्केराहरू जसलाई हामीले शब्दहरूमा व्यक्त गर्न सक्दैनौँ”

Romans 8:27

ὁ…ἐραυνῶν τὰς καρδίας

यहाँ “उहाँ” शब्दले परमेश्‍वरलाई जनाउँछ । यहाँ “हृदयहरू” भनेको कोही व्यक्तिको सोचाइहरू र भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ “हृदयहरूलाई खोज्‍नुहुन्छ” भनेको चाहिँ सोचाइहरू र भावनाहरूलाई जाँच गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वर, जसले हाम्रा सबै सोचाइहरू र भावनाहरू जान्‍नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

Romans 8:28

पावलले विश्‍वासीहरूलाई सम्झना दिलाउँछन् कि तिनीहरूलाई केही कुराले पनि परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्दैन ।

τοῖς…κλητοῖς οὖσιν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूको लागि जसलाई परमेश्‍वरले चुन्‍नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 8:29

οὓς προέγνω

“तिनीहरू जसलाई उहाँले तिनीहरूको सृष्‍टि गर्नुभन्दा पनि पहिल्यैबाट चिन्‍नुहुन्थ्यो”

καὶ προώρισεν

“उहाँले त्यसलाई तिनीहरूको गन्तव्य पनि बनाउनुभयो” वा “उहाँले पहिल्यैबाट योजना पनि गर्नुभयो”

συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ

येशू, परमेश्‍वरको पुत्रमा विश्‍वास गर्नेहरूलाई येशू जस्तै भएका व्यक्तिहरूमा हुर्काउनलाई सृष्‍टिको सुरुवातभन्दा पनि अगाडिदेखि नै परमेश्‍वरले योजना गर्नुभयो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि उहाँले तिनीहरूलाई उहाँको पुत्र जस्तै हुनको निम्ति परिवर्तन गर्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τοῦ Υἱοῦ αὐτοῦ

यो येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον

“ताकि उहाँको पुत्र ज्येष्‍ठ हुनुभएको होस्”

ἐν πολλοῖς ἀδελφοῖς

यहाँ “भाइहरू” शब्दले पुरुष र स्‍त्री दुवै गरेर सारा विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको परिवारका धेरै दाजुभाइहरू र दिदीबहिनीहरूमध्येमा” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 8:30

οὓς…προώρισεν

“तिनीहरू जसको लागि परमेश्‍वरले अगाडिबाटै योजना बनाउनुभयो”

τούτους καὶ ἐδικαίωσεν

यहाँ “धर्मी ठहराउनुभयो” भनेको यो कुरा निश्‍चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्‍पिक अनुवादः “यिनीहरूलाई उहाँले आफ्‍नो सामु धर्मी पनि बनाउनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τούτους καὶ ἐδόξασεν

“महिमित पार्नुभयो” भन्‍ने शब्दहरू यो कुरा निश्‍चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्पिक अनुवादः “यिनीहरूलाई उहाँले महिमित पनि पार्नुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 8:31

τί οὖν ἐροῦμεν πρὸς ταῦτα? εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν?

पावलले अगाडि भनेको कुराको मुख्य कुरालाई जोड दिनका लागि उनले प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो सबैबाट हामीले थाहा पाउनुपर्ने कुरा यही होः किनकि परमेश्‍वरले हामीलाई सहायता गरिरहनुभएको छ, कसैले पनि हामीलाई पराजित गर्न सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 8:32

ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο

परमेश्‍वर पिताले परमेश्‍वरको पुत्र, येशू ख्रीष्‍टलाई मानवजातिको पापको विरुद्धमा भएको परमेश्‍वरको असीम, पवित्र स्वभावलाई शान्त पार्नलाई आवश्‍यक रहेको पवित्र, असीम बलिदानको रूपमा क्रूसमा पठाउनुभयो । यहाँ “पुत्र” भनेको येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)

ἀλλὰ…παρέδωκεν αὐτόν

“तर उहाँका शत्रुहरूका हातमा उहाँलाई सुम्पिदिनुभयो”

πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται?

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “उहाँले निश्‍चय नै हामीलाई सबैकुरा सित्तैमा दिनुहुनेछ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται

“हामीलाई सबैथोक दयापूर्वक दिनु”

Romans 8:33

τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ? Θεὸς ὁ δικαιῶν.

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको अगाडि कसैले पनि हामीलाई अभियोग लगाउन सक्दैन किनभने उहाँले नै हामीलाई उहाँको अगाडि धर्मी तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 8:34

τίς ὁ κατακρινῶν?

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । उनले जवाफको अपेक्षा गर्दैनन् । वैकल्पिक अनुवादः “कसैले पनि हामीलाई दोषी ठहर्‍याउनेछैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ

परमेश्‍वरको “दाहिने हातपट्टि” हुनु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकारलाई प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “जो परमेश्‍वरको छेउमा सम्‍मानको स्थानमा हुनुहुन्छ” (हेर्नुहोस्ः प्रतीकात्मक कार्य)

Romans 8:35

τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ?

कुनै कुराले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैन भनेर सिकाउनका लागि पावलले यस प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट कहिल्यै अलग गर्नेछैन !” वा “कुनै थोकले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट कहिल्यै पनि अलग गर्नेछैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα?

“ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्नेछ” भन्‍ने शब्दहरूलाई अघिल्‍लो प्रश्‍नबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “के सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्नेछ ?” (हेर्नुहोस्ः शब्दलोप)

θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα?

यी कुराहरूले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् भनेर जोड दिनका लागि पावलले यस प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “सङ्कष्‍ट, दुःख, सतावट, भोक, नग्‍नता, खतरा, र तरवारले पनि हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα

भाववाचक नामपद शब्दहरूलाई क्रियापद भएका वाक्यांशहरूका साथ व्यक्त गर्न सकिन्छ । यहाँ “तरवार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले हिंस्रक तरिकाले मारिने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले हामीलाई समस्या दिए पनि, हामीलाई चोट लगाए पनि, हाम्रा वस्‍त्रहरू र खानेकुरा लगिदिए पनि, वा हामीलाई मारे भने पनि, तिनीहरूले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः भाववाचक नाम अनि लक्षणा)

θλῖψις, ἢ στενοχωρία

यी दुवै शब्दहरूको अर्थ एउटै हुन्छ । (हेर्नुहोस्ः प्रतिरूपी)

Romans 8:36

ὅτι ἕνεκεν σοῦ

यहाँ “तपार्इंको” भन्‍ने शब्द एकवचनमा छ र परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपार्इंको लागि” (हेर्नुहोस्ः तिमीका रूपहरू)

θανατούμεθα ὅλην τὴν ἡμέραν

यहाँ “हामी” भन्‍ने शब्दले धर्मशास्‍त्रको यस खण्ड लेख्‍ने व्यक्तिलाई जनाउँछ, तर उनको पाठकलाई जनाउँदैन, जो चाहिँ यहाँ परमेश्‍वर नै हुनुहुन्छ । “दिनभरि” भन्‍ने शब्द चाहिँ तिनीहरू कति धेरै खतरामा छन् भन्‍ने कुरालाई जोड दिनका लागि गरिएको अतिरञ्‍जन हो । सबै जो परमेश्‍वरका हुन् तिनीहरूले अप्ठेरा समयहरूको अपेक्षा गर्नुपर्छ भनेर दखाउनका लागि पावलले धर्मशास्‍त्रको यस खण्‍डलाई प्रयोग गर्छन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हाम्रा शत्रुहरू निरन्तर हामीलाई मार्न खोजिरहन्छन्” (हेर्नुहोस्ः समावेशी “हामी” अनि अतिशयोक्ति र सामान्यीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς

यहाँ पावलले वस्तुभाउसँग तिनीहरूलाई तुलना गर्छन् जसलाई मानिसहरूले परमेश्‍वरप्रति बफादार भएको कारण मार्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मार्ने भेडाहरूभन्दा कुनै बढी मूल्य हाम्रा जीवनहरूको तिनीहरूको लागि हुँदैन” (हेर्नुहोस्ः उपमा अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 8:37

ὑπερνικῶμεν

“हामीसँग पूर्ण विजय छ”

διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς

येशूले जुन किसिमको प्रेम देखाउनुभयो त्यसलाई तपाईंले स्पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “येशूको कारण, जसले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँ हाम्रो निम्ति मर्न तयार हुनुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 8:38

πέπεισμαι

“म विश्‍वस्त छु” वा “म ढुक्‍क छु”

ἀρχαὶ

सम्भावित अर्थहरू हुन् १) दुष्‍टहरू वा (२) मानवीय राजाहरू र शासकहरू ।

οὔτε δυνάμεις

सम्भावित अर्थहरू हुन् १) शक्ति भएका आत्मिक प्राणीहरू वा २) शक्ति भएका मानिसहरू ।

Romans 9

रोमीहरू ०९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायमा, पावलले उनले सिकाइरहेका कुराको विषय बदल्छन् । ९-११ का अध्यायहरूमा, उनले इस्राएलको जातिमा ध्यान लगाउँछन् ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका २५-२९ का पदहरू र पद ३३ सँग यूएलटीले यसै गर्छ । पावलले यी सबै शब्दहरू पुरानो करारबाट लिन्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

शरीर

पावलले “शरीर” शब्दलाई यस अध्यायमा केवल इस्राएलीहरूलाई मात्र जनाउनलाई प्रयोग गर्छन्, जो शारीरिक रूपमा अब्राहामबाट, परमेश्‍वरले इस्राएल नाउँ दिनुभएको याकूबद्वारा जन्म लिएका मानिसहरू हुन् । (हेर्नुहोस्ः मासु, देह)

अन्य अध्यायहरूमा, पावलले सङ्गी ख्रीष्‍टिएनहरूको अर्थ दिनलाई “भाइ” शब्दको प्रयोग गर्छन् । तैपनि, यस अध्यायमा, उनले रगतको नाता लाग्‍ने उनका मानिसहरू, इस्राएलीहरूको अर्थ दिनलाई “मेरा भाइहरू”को प्रयोग गर्छन् ।

पावलले येशूमा विश्‍वास गर्नेहरूलाई “परमेश्‍वरका सन्तानहरू” वा “प्रतिज्ञाका सन्तानहरू” भनेर जनाउँछन् ।

पूर्वनिर्धारण

धेरै विद्वानहरू विश्‍वास गर्छन् कि यस अध्यायमा पावलले “पूर्वनिर्धारण” भन्‍ने विषयमा विस्तृत रूपमा शिक्षा दिन्छन् । यो “पूर्वनिर्धारण गर्ने” भन्‍ने बाइबलीय अवधारणासँग सम्बन्धित छ । केहीले यसलाई परमेश्‍वरले, संसारको उत्पत्तिभन्दा अगाडिदेखि नै कति मानिसहरूलाई अनन्तको लागि उद्धार प्राप्‍त गर्नलाई चुन्‍नुभएको छ भन्‍ने कुरालाई सङ्केत गर्ने कुराको रूपमा लिन्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भन्‍ने कुरालाई लिएर ख्रीष्‍टिएनहरू विभिन्‍न दृष्‍टिकोणहरू राख्‍छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा अनुवादकहरूले अतिरिक्त सावधानी अपनाउनुपर्छ । (हेर्नुहोस्ः पूर्व-नियिजन गर्नु, पूर्व-नियोजित अनि बचाउनु, सुरक्षित)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
ठेस खुवाउने ढुङ्गा

पावलले व्याख्या गर्छन् कि जहाँ केही अन्यजातिहरूले येशूमा विश्‍वास गरेर उहाँलाई तिनीहरूको मुक्तिदाताको रूपमा उहाँमा स्‍वीकार गरे, अधिकांश यहूदीहरू भने तिनीहरूको मुक्ति कमाउन कोसिस गरिरहेका थिए र त्यसैले येशूलाई इन्कार गरे । पावलले, पुरानो करारलाई उद्‌धृत गर्दै, येशूलाई यहूदीहरू हिँड्दाखेरी ठेस खाने ढुङ्गाको रूपमा वर्णन गर्छन् । यो “ठेस लगाउने ढुङ्गा”ले तिनीहरूलाई “लडाउँछ” । (हेर्नुहोस्ः रूपक)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“इस्राएलमा भएका सबैजना साँचोगरी इस्राएलका होइनन्”

पावलले यस पदमा “इस्राएल” शब्दलाई दुई फरक अर्थहरूको साथमा प्रयोग गर्छन् । पहिलो “इस्राएल”ले याकूबद्वारा जन्मेका अब्राहामका शरीरअनुसारका सन्तानहरूको अर्थ दिन्छ । दोस्रो “इस्राएल”ले तिनीहरूको अर्थ दिन्छ जो विश्‍वासद्वारा परमेश्‍वरका मानिसहरू हुन् । यूएसटीले यसलाई झल्‍काउँछ ।

Romans 9:1

इस्राएलको जातिका मानिसहरू बचेका होऊन् भन्‍ने बारेमा भएको पावलको व्यक्तिगत चाहनाको विषयमा उनले बताउँछन् । तब उनले ती तरिकाहरूलाई जोड दिन्छन् कि जसद्वारा विश्‍वास गर्ने बनाउनको लागि परमेश्‍वरले तिनीहरूलाई तयार पार्नुभएको छ ।

ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι

यी दुई अभिव्यक्तिहरूको सामान्यतया एउटै अर्थ हुन्छ । उनले सत्य भनिरहेका छन् भनेर जोड दिनका लागि पावलले तिनलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)

συνμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ

“पवित्र आत्माले मेरो विवेकलाई नियन्त्रण गर्नुहुन्छ र मैले भनेको कुरालाई पुष्‍टि गर्नुहुन्छ”

Romans 9:2

ὅτι λύπη μοί ἐστιν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου

यहाँ “मेरो हृदयमा भएको अटुट पीडा” भनेको चाहिँ एउटा वाक्‍पद्धति हो जुन पावलले उनको भावनात्मक कष्‍टलाई बाँड्नको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई भन्छु कि म ज्यादै धेरै र गहन रूपमा दुःख मान्छु” (हेर्नुहोस्ः टुक्काहरू)

λύπη…μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη

यी दुई अभिव्यक्तिहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले आफ्ना भावनाहरू कति ठूला छन् भनेर जोड दिनलाई तिनीहरूलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः प्रतिरूपी)

Romans 9:3

ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς, ἐγὼ ἀπὸ τοῦ Χριστοῦ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई मलाई सराप्‍न दिन, र मलाई ख्रीष्‍टबाट सधैँको निम्ति अलग गर्न दिन म व्यक्तिगत राजी हुन्थेँ, यदि त्यसो गर्नाले मेरा सङ्गी इस्राएलीहरू, मेरो आफ्‍नै मानिसहरूको समूहलाई ख्रीष्‍टमा विश्‍वास गर्नलाई सहायता गर्ने थियो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῶν ἀδελφῶν

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

Romans 9:4

οἵτινές εἰσιν Ἰσραηλεῖται

“तिनीहरू, म जस्तै, इस्राएलीहरू हुन् । परमेश्‍वरले तिनीहरूलाई याकूबको सन्तान हुनको निम्ति चुन्‍नुभयो”

ὧν ἡ υἱοθεσία

इस्राएलीहरू परमेश्‍वरका सन्तानहरू जस्तै हुन् भनेर सङ्केत गर्नलाई पावलले “धर्मपुत्रको रूपमा ग्रहण गर्ने कुरा”को अलङ्कारलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूसँग परमेश्‍वर तिनीहरूको बाबुको रूपमा हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)

Romans 9:6

पावलले जोड दिन्छन् कि इस्राएलको परिवारमा जन्मनेहरूले वास्तविक रूपमा विश्‍वासद्वारा मात्रै इस्राएलको एक साँचो अंश हुन सक्छन् ।

οὐχ οἷον δὲ, ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ

“तर परमेश्‍वर आफ्ना प्रतिज्ञाहरू कायम राख्‍नमा विफल हुनुभएको छैन” वा “परमेश्‍वरले उहाँका प्रतिज्ञाहरू कायम राख्‍नुभएको छ”

οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ οὗτοι, Ἰσραήλ

परमेश्‍वरले इस्राएलका (वा याकूबका) सबै शारीरिक सन्ततिहरूको निम्ति उहाँका प्रतिज्ञाहरू गर्नुभएको होइन, तर उनका आत्मिक सन्तानहरूका निम्ति ती प्रतिज्ञाहरू गर्नुभएको हो, अर्थात् तिनीहरू जसले येशूमा विश्‍वास गर्छन् ।

Romans 9:7

οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ πάντες τέκνα

“नता अब्राहामका सन्तान हुँदैमा मात्र तिनीहरू सबै परमेश्‍वरका छोराछोरीहरू हुन्”

Romans 9:8

τὰ τέκνα τῆς σαρκὸς,

यहाँ “शरीरका सन्तानहरू” भनेको प्रतिस्थापन शब्द हो जसले अब्राहामका शारीरिक सन्ततिहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “अब्राहामका सबै सन्ततिहरू ... होइनन्” (हेर्नुहोस्ः लक्षणा)

οὐ…ταῦτα τέκνα τοῦ Θεοῦ

यो एउटा अलङ्कार हो जसले ती मानिसहरूलाई जनाउँछ जो आत्मिक सन्तानहरू हुन्, तिनीहरू जसले येशूमा विश्‍वास गर्छन् । (हेर्नुहोस्ः रूपक)

τὰ τέκνα τῆς ἐπαγγελίας

यसले ती मानिसहरूलाई जनाउँछ जसले परमेश्‍वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञाहरू अंशको रूपमा पाउनेछन् ।

Romans 9:9

ἐπαγγελίας…ὁ λόγος οὗτος

“यी ती वचनहरू हुन् जुन परमेश्‍वरले आफ्‍नो प्रतिज्ञा गर्नुहुँदा उहाँले प्रयोग गर्नुभयो”

ἔσται τῇ Σάρρᾳ υἱός

परमेश्‍वरले सारालाई एउटा छोरा दिनुहुनेछ भनेर व्यक्त गर्नका लागि तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म सारालाई एउटा छोरा दिनेछु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 9:10

τοῦ πατρὸς ἡμῶν

पावलले इसहाकलाई “हाम्रा पिता” भनेर जनाउँछन् किनभने इसहाक चाहिँ पावल र रोममा भएका यहूदी विश्‍वासीहरूका पूर्खा थिए । (हेर्नुहोस्ः समावेशी “हामी”)

κοίτην, ἔχουσα

“गर्भवती भएकी थिइन्”

Romans 9:11

μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον

“बालकहरू जन्मनुभन्दा अगाडि र तिनीहरूले केही गर्नुभन्दा अगाडि, चाहे असल होस् वा खराब”

ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ

“ताकि परमेश्‍वरले उहाँको चुनाउअनुसार जे भएको चाहनुहुन्छ सो होओस्”

μήπω γὰρ γεννηθέντων

“सन्तानहरू जन्मनभन्दा अगाडि”

μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον

“तिनीहरूले गरेका कुनै कुराको कारणले गर्दा होइन”

Romans 9:12

तपाईंको भाषामा यस पदलाई पद १० र पद ११ को बीचमा राख्‍न जरुरी हुन सक्छः “हाम्रा पिता इसहाक ... , तिनलाई यसो भनिएको थियो, ‘जेठाले कान्छाको सेवा गर्नेछ ।’ अब सन्तानहरूको अझै जन्म भइसकेको थिएन र त्यसबेलासम्‍म असल वा खराब केही गरेका थिएनन्, तर चुनाउअनुसारको परमेश्‍वरको उद्देश्य ठहरिन सकोस् भनेर - कामहरूको कारणले होइन, तर उहाँको कारणले जसले बोलाउनुहुन्छ । यो उचित छ”

ἐκ τοῦ

परमेश्‍वरको कारण

ἐρρέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι

“परमेश्‍वरले रिबेकालाई भन्‍नुभयो, ‘जेठो छोरोले कान्छो छोरोको सेवा गर्नेछ’”

Romans 9:13

τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα

“घृणा गरेँ” भन्‍ने शब्दहरू अतिरञ्‍जन गरिएका कुरा हुन् । परमेश्‍वरले याकूबलाई एसावलाई भन्दा निकै ज्यादा प्रेम गर्नुभयो । उहाँले साँच्‍चै नै एसावलाई घृणा गर्नुभएको होइन । (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Romans 9:14

τί οὖν ἐροῦμεν?

पावलले उनको पाठकहरूको ध्यान पाउनको लागि प्रश्‍नको प्रयोग गरिरहेका छन् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο!

“यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !” यो कुरा हुन सक्‍छ भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंसँग यहाँ प्रयोग गर्न सकिने यस्तै समान अभिव्यक्ति तपार्इंको भाषामा हुन सक्छ ।

Romans 9:15

τῷ Μωϋσεῖ γὰρ λέγει

परमेश्‍वरले मोशासँग गर्नुभएको कुराकानीको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो वर्तमान समयमा भइरहेको छ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वर मोशालाई भन्‍नुभयो” (हेर्नुहोस्ः रूपक)

Romans 9:16

οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος

“यो मानिसहरूले के चाहन्छन् अथवा तिनीहरूले कडा मिहिनेत गर्छन् भन्‍ने कारणले गर्दा होइन”

οὐδὲ τοῦ τρέχοντος

परमेश्‍वरको कृपा पाउनका लागि असल कुराहरू गर्ने कोही एक व्यक्तिको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति कुनै दौडमा दौडिरहेको थियो । (हेर्नुहोस्ः रूपक)

Romans 9:17

λέγει γὰρ ἡ Γραφὴ

परमेश्‍वरले फारोसँग कुरा गरिरहनुभएको झैँ गरेर यहाँ धर्मशास्‍त्रलाई व्यक्तित्वकरण गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यसो भन्‍नुभयो भनेर धर्मशास्‍त्रले अभिलेख राख्छ” (हेर्नुहोस्ः मानवीकरण)

ἐξήγειρά σε…ἐνδείξωμαι…μου

परमेश्‍वरले आफैँलाई जनाउँदै हुनुहुन्छ ।

σε

एकवचन (हेर्नुहोस्ः तिमीका रूपहरू)

ἐξήγειρά σε

यहाँ “खडा गरेँ” भनेको “कसैलाई केही हुन लगाउनु जुन त्यो हो” भनेर जनाउने वाक्पद्धति हो । वैकल्पिक अनुवादः “मैले तँलाई त्यो शक्तिशाली मानिस बनाएँ जुन तँ छस्” (हेर्नुहोस्ः टुक्काहरू)

ὅπως διαγγελῇ τὸ ὄνομά μου

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कि मानिसहरूले मेरो नाउँ घोषणा गरून्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὸ ὄνομά μου

यस प्रतिस्थापन शब्दले कि त १) परमेश्‍वरलाई उहाँको सारा व्यक्तित्वमा जनाउँछ । वैकल्पिक अनुवादः “जो म हुँ” वा २) उहाँको प्रतिष्‍ठालाई जनाउँछ । वैकल्पिक अनुवादः “म कति महान् छु” (हेर्नुहोस्ः लक्षणा)

ἐν πάσῃ τῇ γῇ

“ती हरेक ठाउँहरूमा जहाँ मानिसहरू छन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Romans 9:18

ὃν δὲ θέλει, σκληρύνει

परमेश्‍वरले त्यसलाई हठी बनाउनुहुन्छ जसलाई हठी बनाउन उहाँ इच्छा गर्नुहुन्छ ।

Romans 9:19

ἐρεῖς μοι οὖν

पावलले उनको शिक्षाको आलोचकहरूसँग यसरी कुरा गरिरहेका छन् कि मानौँ उनले केवक एक व्यक्तिसँग मात्र कुरा गरिरहेका छन् । यहाँ बहुवचनको प्रयोग गर्न तपाईंलाई आवश्‍यक पर्न सक्‍छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

τί οὖν ἔτι μέμφεται? τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκεν?

यी आलङ्कारिक प्रश्‍नहरू हुन् जुन चाहिँ परमेश्‍वरको विरुद्धमा गरिएका गुनासोहरू हुन् । तपाईंले तिनीहरूलाई कडा भनाइहरूको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले हामीमा दोष भेट्टाउन हुँदैन । उहाँको इच्‍छाको विरुद्धमा कोही पनि कहिल्यै खडा हुन सकेको छैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μέμφεται…αὐτοῦ

यहाँ “उहाँ” र “उहाँको” भन्‍ने शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

τῷ…βουλήματι αὐτοῦ, τίς ἀνθέστηκεν

“उहाँलाई चाहना लागेको कुरा गर्नबाट उहाँलाई रोकेको छ”

Romans 9:20

μὴ ἐρεῖ τὸ πλάσμα, τῷ πλάσαντι, τί με ἐποίησας οὕτως?

सृष्‍टिकर्ताले आफ्नो सृष्‍टिसँग उहाँलाई इच्‍छा लागेको जे पनि कुरा गर्न पाउने उहाँको अधिकारलाई जनाउनलाई कुमालेले माटोबाट जुनसुकै भाँडा पनि बनाउन सक्‍ने उसको अधिकारलाई पावलले अलङ्कारको रूपमा प्रयोग गर्छन् । पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्‍नहरू सोध्‍छन् । यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही व्यक्तिले आकार दिएको कुराले आकार दिनेलाई कहिल्यै यसो भन्‍नुहुँदैन, ‘किन यसरी ... ?’” (हेर्नुहोस्ः रूपक अनि आलङ्‍कारिक प्रश्‍न)

τί με ἐποίησας οὕτως

यो प्रश्‍न एउटा हप्‍की हो र यसलाई कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले मलाई यसरी बनाउनुहुँदैनथ्यो !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 9:21

ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν?

यो आलङ्कारिक प्रश्‍न एउटा हप्‍की हो । वैकल्पिक अनुवादः “कुमालेसँग निश्‍चय पनि ... दैनिक प्रयोगको लागि बनाउने अधिकार हुन्छ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 9:22

σκεύη ὀργῆς

पावलले मानिसहरूलाई तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “क्रोधको लायकका मानिसहरू” (हेर्नुहोस्ः रूपक)

Romans 9:23

γνωρίσῃ…αὐτοῦ

यहाँ “उहाँ” र “उहाँको” भन्‍ने शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

σκεύη ἐλέους

पावलले मानिसहरूलाई तिनीहरू भाँडाहरू भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “दयाको लायकका मानिसहरू” (हेर्नुहोस्ः रूपक)

τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ

यहाँ पावलले परमेश्‍वरका अचम्‍मका कार्यहरूलाई महान् “सम्पत्तिहरू”सँग तुलना गर्छन् । वैकल्‍पिक अनुवादः “उहाँको महिमा, जुन बडो मूल्यवान् छ,” (हेर्नुहोस्ः रूपक)

ἃ προητοίμασεν εἰς δόξαν

यहाँ “महिमा”ले स्वर्गमा परमेश्‍वरसँग भएको जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसलाई उहाँले अगाडिदेखि नै तयार पार्नुभयो ताकि तिनीहरू उहाँसँग जिउन सकून्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 9:24

καὶ…ἡμᾶς

यहाँ “हाम्रो” भन्‍ने शब्दले पावल र सङ्गी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἐκάλεσεν

यहाँ “बोलाउनुभयो” भन्‍ने कुराको अर्थ चाहिँ परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तानहरू हुनलाई, उहाँका सेवकहरू हुनलाई र येशूद्वारा पाउने उद्धारको विषयमा भएको उहाँको सन्देशको घोषणा गर्नेहरू हुनलाई नियुक्त गर्नुभएको छ वा चुन्‍नुभएको छ भन्‍ने हुन्छ ।

Romans 9:25

यस खण्‍डमा एक जातिको रूपमा इस्राएलको अविश्‍वासको विषयमा होशे अगमवक्ताद्वारा कसरी अगाडिबाट नै भनिएको थियो भनेर पावलले व्याख्या गर्छन् ।

ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει

यहाँ “उहाँ”ले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसरी परमेश्‍वरले होशेले लेखेका पुस्तकमा पनि भन्‍नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τῷ Ὡσηὲ

होशे एक अगमवक्ता थिए । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

καλέσω τὸν οὐ λαόν μου, λαόν μου

“म तिनीहरूलाई मेरा मानिसहरू हुनलाई चुन्‍नेछु जो मेरा मानिसहरू थिएनन्”

τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην

यहाँ “त्यसलाई” शब्दले होशेकी पत्‍नी, गोमेरलाई जनाउँछ, जसले इस्राएलको जातिलाई प्रतिनिधित्व गर्छिन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म त्यसलाई मैले प्रेम गरेको व्यक्ति हुनलाई चुन्‍नेछु जसलाई म प्रेम गर्दैनथेँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 9:26

υἱοὶ Θεοῦ ζῶντος

“जीवित” भन्‍ने शब्दले केवल परमेश्‍वर मात्र साँचो परमेश्‍वर हुनहुन्छ, झूटा मूर्तिहरूजस्तो हुनुहुन्‍न भन्‍ने तथ्यलाई सत्यतालाई जनाएको हुन सक्छ । वैकल्पिक अनुवादः “साँचो परमेश्‍वरका सन्तानहरू”

Romans 9:27

κράζει

“ठूलो आवाजले भन्छन्”

ὡς ἡ ἄμμος τῆς θαλάσσης

यहाँ पावलले इस्राएलका मानिसहरूको सङ्ख्यालाई समुद्रमा भएको बालुवाका कणहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “अनगिन्ती” (हेर्नुहोस्ः उपमा)

σωθήσεται

पावलले “बचाइनु” शब्दलाई आत्मिक बुझाइमा प्रयोग गर्छन् । यदि परमेश्‍वरले एक व्यक्तिलाई बचाउनुहुन्छ भने, त्यसको अर्थ यो हो कि क्रूसमा भएको येशूको मृत्युद्वारा कुनै व्यक्‍ति “बचाइएको” को अर्थ हुन्छ कि, क्रुसमा येशूको मृत्युद्वारा परमेश्‍वरले उसलाई क्षमा दिनुभएको छ र उसको पापको खातिर दण्ड पाउनबाट उसलाई उद्धार गर्नुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 9:28

λόγον…ποιήσει Κύριος ἐπὶ τῆς γῆς

यहाँ “आदेश”ले उहाँले मानिसहरूलाई कसरी दण्‍ड दिने निर्णय गर्नुभएको छ भन्‍ने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभुले पृथ्‍वीमा भएका मानिसहरूलाई उहाँले भन्‍नुभएअनुसार दण्ड दिनुहुनेछ”

Romans 9:29

ἡμῖν…ν ἐγενήθημεν

यहाँ “हामीलाई” र “हामी” भन्‍ने शब्दहरूले यशैयालाई र तिनले कुरा गरेका मानिसहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν

परमेश्‍वरले सदोम र गमोराका सबै मानिसहरूलाई तिनीहरूको पापको कारण मार्नुभयो । वैकल्पिक अनुवादः “सदोम र गमोराका मानिसहरू नष्‍ट गरिए झैँ गरी हामी सबै नष्‍ट गरिने थियौँ” वा “परमेश्‍वरले हामी सबैलाई नष्‍ट गरिसकेको हुनुहुने थियो, जसरी उहाँले सदोम र गमोराका सहरहरूलाई नष्‍ट गर्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 9:30

τί οὖν ἐροῦμεν?

पावलले यो प्रश्‍न उनका पाठकहरूको ध्यान पाउनलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हामीले भन्‍नुपर्ने कुरा यही हो” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ὅτι ἔθνη

“हामी भन्‍नेछौँ कि अन्यजातिहरू”

τὰ μὴ διώκοντα δικαιοσύνην

“जसले परमेश्‍वरलाई खुशी बनाउन कोसिस गरिरहेका थिएनन्”

δικαιοσύνην…τὴν ἐκ πίστεως

यहाँ “विश्‍वासद्वारा” भन्‍ने कुराले कोही व्यक्तिले आफ्‍नो भरोसा ख्रीष्‍टमा राख्‍ने कुरालाई जनाउँछ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो सामु धर्मी बनाउनुभयो जब तिनीहरूले ख्रीष्‍टमा भरोसा गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 9:31

εἰς νόμον οὐκ ἔφθασεν

यसको अर्थ हो कि इस्राएलीहरूले व्यवस्थाको पालना गर्ने कोसिस गरेर परमेश्‍वरलाई खुशी बनाउन सकेनन् । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “व्यवस्थाको पालना गरेर परमेश्‍वरलाई खुशी बनाउन सक्षम भएनन् किनभने तिनीहरूले त्यसको पालना गर्न सकेनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 9:32

διὰ τί?

यहाँ शब्दहरू हटाइएको छ । भन्‍न खोजिएका शब्दहरूलाई तपाईंले आफ्‍नो अनुवादमा समावेश गर्न सक्‍नुहुन्छ । पावलले यो प्रश्‍न उनका पाठकहरूको ध्यान पाउनलाई सोध्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले किन धार्मिकता प्राप्‍त गर्न सकेनन् त ?” (हेर्नुहोस्ः शब्दलोप अनि आलङ्‍कारिक प्रश्‍न)

ὡς ἐξ ἔργων

यसले परमेश्‍वरलाई खुशी पार्ने कोसिस गर्न मानिसहरूले गर्ने कुराहरूलाई जनाउँछ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ती कुराहरू गर्ने कोसिस गरेर जसले परमेश्‍वरलाई खुशी बनाउने थियो” वा “व्यवस्थाको पालना गरेर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 9:33

καθὼς γέγραπται

यो यशैयाले लेखेका हुन् भनेर तपाईंले सङ्केत गर्न सक्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी यशैया अगमवक्ताले लेखे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐν Σιὼν

यहाँ सियोन एउटा प्रतिस्थापन शब्द हो जसले इस्राएललाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “इस्राएलमा” (हेर्नुहोस्ः लक्षणा)

λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου

यी दुवै वाक्यांशहरूको अर्थ मूलभूत रूपमा एउटै हुन्छ र ती येशू र क्रूसमा भएको उहाँको मृत्युलाई जनाउने अलङ्कारहरू हुन् । यो चाहिँ मानिसहरू एउटा ढुङ्गामा ठेस खाएको जस्तै हो किनभने तिनीहरूले क्रूसमा भएको येशूको मृत्युलाई विचार गर्दा तिनीहरूले त्यसलाई घृणा गरेका थिए । (हेर्नुहोस्ः प्रतिरूपी अनि रूपक)

πιστεύων ἐπ’ αὐτῷ

किनभने ढुङ्गाले मानिसलाई जनाउँछ, तपार्इंले “उहाँमा विश्‍वास गर्छ” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ ।

Romans 10

रोमीहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ८ मा भएका उद्‌धृत गरेर ल्याइएका शब्दहरूसँग यसै गर्छ ।

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले यस अध्यायको १८-२० का पदहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरको धार्मिकता

पावलले यहाँ सिकाउँछन् कि जबकि धेरै यहूदीहरूले व्यग्रताका साथ धर्मी हुनलाई कोसिस गरेका थिए, तिनीहरू सफल भएनन् । हामीले परमेश्‍वरको धार्मिकतालाई कमाउन सक्दैनौँ । परमेश्‍वरले हामीलाई येशूको धार्मिकता दिनुहुन्छ जब हामी उहाँमा विश्‍वास गर्छौँ । (हेर्नुहोस्ः धर्मी, धार्मिकता अनि विश्‍वास)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

आलङ्कारिक प्रश्‍नहरू

पावलले यस अध्यायमा थुप्रै आलङ्कारिक प्रश्‍नहरूको प्रयोग गर्छन् । परमेश्‍वरले केवल हिब्रू मानिसहरूलाई मात्र बचाउनुहुन्‍न भनेर उनका पाठकहरूलाई विश्‍वस्त बनाउनको लागि उनले यसो गर्छन्, त्यसैले ख्रीष्‍टिएनहरू सारा संसारमा जान र सुसमाचार बाँड्नलाई तयार हुनुपर्छ । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि बचाउनु, सुरक्षित)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“म तिमीहरूलाई जो एउटा जाति नै होइन त्यसद्वारा डाह गर्ने तुल्याउनेछु”

परमेश्‍वरले हिब्रू मानिसहरूलाई डाही तुल्याउनलाई मण्‍डलीको प्रयोग गर्नुहुनेछ भनेर व्याख्या गर्नलाई पावलले यस अगमवाणीको प्रयोग गर्छन् । तिनीहरूले परमेश्‍वरलाई खोजून् र सुसमाचारलाई विश्‍वास गरून् भनेर यो यसो हो । (हेर्नुहोस्ः अगमवक्‍ता, अगमवाणी, अगमवाणी गर्नु, दर्शी, अगमवादिनी अनि डाही, डाह अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 10:1

इस्राएलले विश्‍वास गरोस् भन्‍ने विषयमा भएको पावलको चाहनालाई व्यक्त गर्न उनले निरन्तरता दिन्छन् तर तिनीहरू दुवै जो यहूदीहरू हुन् र बाँकीका अरूहरू हुन्, येशूमा विश्‍वासद्वारा मात्र बचाइन सक्छन् भनेर जोड दिन्छन् ।

ἀδελφοί

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूको अर्थ दिन्छ ।

ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας

यहाँ “हृदय” भनेको व्यक्तिको भावनाहरू वा भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “मेरो सर्वोत्कृष्‍ट इच्छा” (हेर्नुहोस्ः लक्षणा)

ὑπὲρ αὐτῶν εἰς σωτηρίαν

“परमेश्‍वरले यहूदीहरूलाई बचाउनुभएको होस् भन्‍ने हो”

Romans 10:2

μαρτυρῶ…αὐτοῖς

“म तिनीहरूको बारेमा सत्यतापूर्वक घोषणा गर्छु”

Romans 10:3

ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην

यहाँ “धार्मिकता”ले परमेश्‍वरले मानिसहरूलाई उहाँको सामु धर्मी बनाउनुहुने तरिकालाई जनाउँछ । तपाईंले यसलाई अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले मानिसहरूलाई कसरी उहाँको सामु धर्मी बनाउनुहुन्छ भनेर तिनीहरू जान्दैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν

“परमेश्‍वरले मानिसहरूलाई आफ्‍नो सामु धर्मी बनाउने उहाँको तरिकालाई तिनीहरूले स्वीकार गरेनन्”

Romans 10:4

τέλος γὰρ νόμου Χριστὸς

“किनकि ख्रीष्‍टले व्यवस्थालाई सम्पूर्ण रूपमा पूरा गर्नुभयो”

εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι

यहाँ “विश्‍वास गर्ने” भन्‍ने कुराको अर्थ “भरोसा राख्‍ने” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “उहाँमा भरोसा राख्‍ने सबैजनालाई उहाँले परमेश्‍वरको सामु धर्मी बनाउनुभएको होस् भनेर” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 10:5

τὴν δικαιοσύνην τὴν ἐκ νόμου

पावलले “धार्मिकता”को विषयमा त्यो जीवित भएको र चल्‍न सक्‍ने भएको झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “कसरी व्यवस्थाले एक व्यक्तिलाई परमेश्‍वरको सामु धर्मी बनाउँछ” (हेर्नुहोस्ः मानवीकरण)

ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος, ζήσεται ἐν αὐτῇ

व्यवस्थाद्वारा परमेश्‍वरको सामु धर्मी ठहराइनलाई, एक व्यक्तिले व्यवस्थालाई सिद्ध रूपमा पालना गर्नुपर्थ्यो, जुन सम्भव छैन । वैकल्पिक अनुवादः “व्यवस्थालाई सिद्ध रूपमा पालना गर्ने व्यक्ति बाँच्नेछ किनभने त्यस व्यवस्थाले उसलाई परमेश्‍वरको सामु धर्मी बनाउनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ζήσεται

“बाँच्‍नेछ” भन्‍ने शब्दले १) कि त अनन्त जीवनलाई जनाउन सक्छ वा २) परमेश्‍वरसँग सङ्गतिमा रहेको मरणशील जीवनलाई जनाउन सक्छ ।

Romans 10:6

ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει

यहाँ “धार्मिकता”लाई बोल्न सक्‍ने व्यक्तिको रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तर विश्‍वासले परमेश्‍वरको अगाडि मानिसलाई कसरी धर्मी बनाउँछ भन्‍ने बारेमा मोशाले यस्तो लेख्छन्” (हेर्नुहोस्ः मानवीकरण)

μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου

मोशाले मानिसहरूलाई केवल एक व्यक्तिसँग मात्र कुरा गरिरहेको झैँ गरी सम्बोधन गरिरहेका थिए । यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीले आफैँलाई यसो नभन” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि लक्षणा)

τίς ἀναβήσεται εἰς τὸν οὐρανόν?

मोशाले आफूलाई सुनिरहेका मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । उनको अगाडिको “ ... नभन” भन्‍ने निर्देशनले यस प्रश्‍नलाई एउटा नकारात्मक जवाफ खोज्‍छ । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कोही पनि स्वर्गमा चढी जान सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν

“तिनीहरूले ख्रीष्‍टलाई तल पृथ्वीमा आउनुहुने बनाउनको निम्ति”

Romans 10:7

τίς καταβήσεται εἰς τὴν Ἄβυσσον?

मोशाले आफूलाई सुनिरहेका मानिसहरूलाई सिकाउनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । उनको अगाडिको “ ... नभन” भन्‍ने निर्देशनले यस प्रश्‍नलाई एउटा नकारात्मक जवाफ खोज्‍छ । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कोही पनि तल गएर मृत व्यक्तिहरूका आत्माहरू भएको ठाउँमा प्रवेश गर्न सक्दैन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἐκ νεκρῶν

ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबृ मृत मानिसहरूलाई एकसाथ जनाउँछ । तिनीहरूको माझबाट माथि ल्याइनु भनेको पुनः जीवित बन्‍नु हो ।

νεκρῶν

यहाँ शब्दले शारीरिक मृत्युको बारेमा बताउँछ ।

Romans 10:8

ἀλλὰ τί λέγει?

“यसले” भन्‍ने शब्दले रोमीहरू १०:६ को “धार्मिकता”लाई जनाउँछ । यहाँ पावलले “धार्मिकता”लाई बोल्न सक्‍ने व्यक्तिको रूपमा वर्णन गर्छन् । पावलले आफूले दिन लागेका उत्तरलाई जोड दिनको निम्ति प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर मोशाले यसो भन्छन्” (हेर्नुहोस्ः मानवीकरण अनि आलङ्‍कारिक प्रश्‍न)

ἐγγύς σου τὸ ῥῆμά ἐστιν

पावलले परमेश्‍वरको “सन्देश”लाई चल्‍न सक्‍ने व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिमीले सन्देश सुनेका छौ” (हेर्नुहोस्ः मानवीकरण)

ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου

“मुख” शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले बोल्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कसरी बोल्‍ने भनेर तिमीलाई थाहा छ ... परमेश्‍वरको सन्देश” (हेर्नुहोस्ः लक्षणा)

ἐν τῇ καρδίᾳ σου

“तिम्रो हृदयमा” भन्‍ने वाक्यांश चाहिँ एउटा प्रतिस्थापन शब्द हो जसले एक व्यक्तिले सोच्‍ने र विश्‍वास गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको सन्देशको अर्थ के हो भनेर तिमी जान्दछौ” (हेर्नुहोस्ः लक्षणा)

τὸ ῥῆμα τῆς πίστεως

“परमेश्‍वरको सन्देश जसले हामीलाई बताउँछ कि हामीले उहाँमा विश्‍वास गर्नुपर्छ”

Romans 10:9

ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, Κύριον Ἰησοῦν

“यदि येशू प्रभु हुनुहुन्छ भनी तिमीले ग्रहण गर्छौ”

πιστεύσῃς ἐν τῇ καρδίᾳ σου

यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिम्रो दिमागमा विश्‍वास गर्छौ” वा “साँचो रूपमा विश्‍वास गर्छौ” (हेर्नुहोस्ः लक्षणा)

αὐτὸν ἤγειρεν ἐκ νεκρῶν

यहाँ “बौह्राउनुभयो” भनेको “पुनः जिउने तुल्याउनुभयो” भन्‍ने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्पिक अनुवादः “उहाँलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः टुक्काहरू)

σωθήσῃ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 10:10

καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν

यहाँ “हृदय” भनेको प्रतिस्थापन शब्द हो जसले दिमाग वा इच्‍छालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “किनकि व्यक्तिले दिमागले भरोसा गर्छ र परमेश्‍वरको अगाडि धर्मी बन्छ, र व्यक्तिले मुखले स्वीकार गर्छ र परमेश्‍वरले उसलाई बचाउनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

στόματι

यहाँ “मुख” भनेको प्रतिस्थापकीय शब्द हो जसले व्यक्तिको बोल्‍ने क्षमतालाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः उपलक्षण)

Romans 10:11

λέγει γὰρ ἡ Γραφή

पावलले धर्मशास्‍त्रलाई त्यो जीवित भएको र त्यससँग स्वर भएको झैँ गरी बताउँछन् । यहाँ पावलले प्रयोग गरेको धर्मशास्‍त्रको खण्‍डलाई कसले लेख्यो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि यशैयाले धर्मशास्‍त्रमा लेखे” (हेर्नुहोस्ः मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται

यो यसो भन्‍नुको बराबर छः “सबैजना जसले विश्‍वास गर्दैनन्, ती शर्ममा पर्नेछन् ।” जोड दिनका लागि यहाँ अकरण शैलीको भाषा प्रयोग गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई विश्‍वास गर्ने सबैजनालाई सम्मान गर्नुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 10:12

οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος

परमेश्‍वरले सबै मानिसहरूलाई एकैनासले व्यवहार गर्नुहुनेछ भन्‍ने अर्थ पावलले दिन्छन् । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यसरी, परमेश्‍वरले यहूदीहरू र गैर-यहूदीहरू दुवैलाई समान रूपमा व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν

यहाँ “उहाँ धनी हुनुहुन्छ” भन्‍ने कुराको अर्थ परमेश्‍वरले प्रशस्त गरी आशिष् दिनुहुन्छ भन्‍ने हुन्छ । तपाईंले यसलाई आशिषित अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँमा भरोसा गर्नेहरू सबैलाई उहाँले प्रशस्त मात्रामा आशिष् दिनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 10:13

πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται

यहाँ “नाम” शब्द चाहिँ येशूलाई जनाउने प्रतिस्थापन शब्द हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभुले उहाँमाथि भरोसा गर्नेहरू सबैलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 10:14

πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν?

पावलले ख्रीष्‍टको सुसमाचार नसुनेकाहरूकहाँ त्यो पुर्‍याउनुको महत्त्वलाई जोड दिनको निम्ति एउटा प्रश्‍नको प्रयोग गर्छन् । “तिनीहरू” भन्‍ने शब्दले अझसम्‍म परमेश्‍वरका नभएकाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरमा विश्‍वास नगर्नेहरूले उहाँलाई पुकार्न सक्दैनन् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

πῶς…πιστεύσωσιν οὗ οὐκ ἤκουσαν?

पावलले सोही कारणको निम्ति अर्को प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र यदि तिनीहरूले उहाँको सन्देश सुनेका छैनन् भने उहाँमा विश्‍वास गर्न सक्दैनन् !” वा “र यदि तिनीहरूले उहाँको बारेमा भएको सन्देश सुनेका छैनन् भने तिनीहरूले उहाँमा विश्‍वास गर्न सक्दैनन् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

πιστεύσωσιν

यहाँ यसको अर्थ त्यस व्यक्तिले भनेका कुराहरूलाई सत्य हो भनेर स्वीकार गर्नु हो ।

πῶς…ἀκούσωσιν χωρὶς κηρύσσοντος?

पावलले सोही कारणको निम्ति अर्को प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र यदि कसैले तिनीहरूलाई बताउँदैन भने तिनीहरूले त्यो सन्देश सुन्‍न सक्दैनन् !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 10:15

ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!

पावलले “पाउ” शब्द तिनीहरूलाई प्रतिनिधित्व गर्न प्रयोग गर्छन् जसले सन्देश नसुनेकाहरूकहाँ यात्रा गरेर त्यो ल्याउँछन् । वैकल्पिक अनुवादः “यो उदेकको कुरा छ जब सन्देशवाहकहरू आउँछन् र हामीलाई खुशीको खबर भन्छन्” (हेर्नुहोस्ः लक्षणा)

Romans 10:16

οὐ πάντες ὑπήκουσαν

यहाँ “तिनीहरू” शब्दले यहूदीहरूलाई जनाउँछ । “तर सबै यहूदीहरूले मानेनन्”

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν?

धेरै यहूदीहरूले येशूमा विश्‍वास गर्नेछैनन् भनेर धर्मशास्‍त्रमा यशैयाले भविष्‍यवाणी गरे भनेर जोड दिनलाई पावलले यस प्रश्‍नलाई प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभु, तिनीहरूमध्ये कति धेरैले हाम्रो सन्देशलाई विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τῇ ἀκοῇ ἡμῶν

यहाँ, “हाम्रो” शब्दले परमेश्‍वर र यशैयालाई जनाउँछ ।

Romans 10:17

ἡ πίστις ἐξ ἀκοῆς

यहाँ “विश्‍वास”ले “ख्रीष्‍टमा विश्‍वास गर्ने कुरा”लाई जनाउँछ ।

ἡ…ἀκοὴ διὰ ῥήματος Χριστοῦ

“सुनाइ चाहिँ ख्रीष्‍टको बारेमा भएको सन्देशलाई सुनेर”

Romans 10:18

ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν? μενοῦνγε

पावलले जोड दिनलाई एउटा प्रश्‍नको प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर म भन्छु, कि यहूदीहरूले निश्‍चय नै ख्रीष्‍टको बारेमा भएको सन्देश सुनेका छन्” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν; καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν

यी दुवै भनाइहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र जोड दिनको निम्ति पावलले तिनीहरूलाई प्रयोग गर्छन् । “तिनीहरूको” भन्‍ने शब्दले सूर्य, चन्द्रमा र ताराहरूलाई जनाउँछ । यहाँ तिनीहरूलाई मानव सन्देशवाहकहरूको रूपमा वर्णन गरिएको छ जसले मानिसहरूलाई परमेश्‍वरको बारेमा बताउँछन् । तिनीहरूको अस्तित्वले परमेश्‍वरको शक्ति र महिमालाई कसरी देखाउँछ भन्‍ने कुरालाई यसले जनाउँछ । पावलले धर्मशास्‍त्रबाट उद्धरण गरिरहेका छन् भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धर्मशास्‍त्रले अभिलेख राख्छ, ‘सूर्य, चन्द्रमा, र ताराहरू परमेश्‍वरको शक्ति र महिमाको प्रमाण हुन्, र यस संसारमा भएका सबैजनाले तिनीहरूलाई देख्छन् र परमेश्‍वरको बारेमा भएको सत्यता थाहा पाउँछन् ।’” (हेर्नुहोस्ः समान्तरता अनि मानवीकरण अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 10:19

ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω?

पावलले जोड दिनको निम्ति एउटा प्रश्‍नको प्रयोग गर्छन् । “इस्राएल” शब्द चाहिँ इस्राएलको राष्‍ट्रमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “इस्राएलका मानिसहरूलाई त्यो सन्देश थाहा थियो भनेर म तिमीहरूलाई फेरि पनि भन्छु” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि लक्षणा)

πρῶτος Μωϋσῆς λέγει

यसको अर्थ चाहिँ परमेश्‍वरले भन्‍नुभएको कुरालाई मोशाले लेखे भन्‍ने हुन्छ । “म” शब्दले परमेश्‍वरलाई जनाउँछ, र “तिमीहरू” भन्‍ने शब्दले इस्राएलीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पहिले मोशाले भन्छन् कि परमेश्‍वरले तिमीहरूलाई ... डाही तुल्याउनुहुनेछ ... परमेश्‍वरले तिमीहरूलाई ... क्रोधित तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः तिमीका रूपहरू अनि प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू)

ἐπ’ οὐκ ἔθνει

“तिनीहरूद्वारा जसलाई तिमीहरू एक साँचो जाति मान्दैनौ” वा “ती मानिसहरूद्वारा जो कुनै जातिका होइनन्”

ἐπ’ ἔθνει ἀσυνέτῳ

यहाँ “समझ नभएको” भन्‍ने कुराको अर्थ ती मानिसहरूले परमेश्‍वरलाई जान्दैनन् भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू भएको एउटा जातिद्वारा जसले मलाई चिन्दैनन् वा मेरा आज्ञाहरू जान्दैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

παροργιῶ ὑμᾶς

“म तिमीहरूलाई रीस उठाउनेछु” वा “म तिमीहरूलाई रुष्‍ट बनाउनेछु”

ὑμᾶς

यसले इस्राएल जातिलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

Romans 10:20

यहाँ “म”, “मलाई”, र “मेरो” जस्ता शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει

यसको अर्थ चाहिँ परमेश्‍वरले भन्‍नुभएको कुरा यशैया अगमवक्ताले लेखे भन्‍ने हुन्छ ।

εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν

धेरैपटक अगमवक्ताहरूले भविष्यमा हुने कुराहरूलाई तिनीहरू पहिले नै भइसकेका छन् भने झैँ गरेर बताउँछन् । यसले त्यो भविष्यवाणी निश्‍चय नै सत्य भएर आउनेछ भन्‍ने कुरालाई जोड दिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हुन त अन्यजाति मानिसहरूले मलाई खोज्‍नेछैनन्, तापनि तिनीहरूले मलाई भेट्टाउनेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐμφανὴς ἐγενόμην

“मैले ... आफैँलाई परिचित गराएँ”

λέγει

“उहाँ” शब्दले परमेश्‍वरलाई जनाउँछ, जो यशैयाद्वारा बोल्दै हुनुहुन्छ ।

Romans 10:21

ὅλην τὴν ἡμέραν

यस वाक्यांशलाई परमेश्‍वरको निरन्तरको प्रयासलाई जोड दिनको निम्ति प्रयोग गरिएको छ । “निरन्तर रूपमा”

ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα

“मैले तिमीहरूलाई स्वागत गर्न र सहायता गर्न चाहेँ, तर तिमीहरूले मेरो सहायतालाई अस्वीकार गर्‍यौ र अनाज्ञापालन गर्न निरन्तरता दियौ”

Romans 11

रोमीहरू ११ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । ९-१०, २६-२७, र ३४-३५ का पदहरूसँग यूएलटीले यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कलमी बाँध्‍ने

पावलले परमेश्‍वरको योजनाहरूमा अन्यजातिहरू र यहूदीहरूको स्थानलाई जनाउनको लागि “कलमी बाँध्ने” कुराको चित्रणको प्रयोग गर्छन् । “कलमी बाँध्ने” भनेको एउटा प्रक्रिया हो जसमा एउटा बिरुवालाई स्थायी रूपले अर्को बिरुवाको भाग बनाइन्छ । परमेश्‍वरले अन्यजातिहरूलाई एउटा जङ्गली हाँगाको रूपमा उहाँका मुक्तिका योजनाहरूमा कलमी बाँध्‍नुभएको चित्रणलाई पावलले प्रयोग गर्छन् । तर परमेश्‍वरले यहूदीहरूको बारेमा भुल्‍नुभएको छैन, जसलाई प्राकृतिक रूपमै बढेको बिरुवाको रूपमा बताइएको छ । परमेश्‍वरले ती यहूदीहरूलाई पनि बचाउनहुनेछ जसले येशूमा विश्‍वास गर्छन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“के परमेश्‍वरले उहाँका मानिसहरूलाई इन्कार गर्नुभयो ? त्यस्तो कहिल्यै नहोस्”

परमेश्‍वरका योजनाहरूमा इस्राएल (अब्राहाम, इसहाक, र याकूबका शारीरिक सन्तानहरू)को कुनै भविष्‍य छ वा मण्‍डलीद्वारा परमेश्‍वरका योजनाहरूमा तिनीहरूलाई प्रतिस्थापित गरिएको छ भन्‍ने कुरा ९-११ का अध्यायहरूमा भएको प्रमुख ईश्‍वरशास्‍त्रीय विषय हो । यो वाक्यांश रोमीहरूको यो खण्‍डको एउटा महत्त्वपूर्ण भाग हो । यसले यस्तो सङ्केत गरेको जस्तो देखिन्छ कि इस्राएल मण्‍डलीबाट भिन्‍न नै रहन्छ । सबै विद्वानहरू यो निष्‍कर्षमा आइपुग्‍दैनन् । येशूलाई तिनीहरूको मसिहको रूपमा तिनीहरूको हालको इन्कारको बाबजुद पनि, इस्राएलको लागि परमेश्‍वरको अनुग्रह र दया सकिएको छैन । (हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह अनि अनुग्रह, अनुग्रहमय अनि कृपा, कृपालु)

Romans 11:1

हुन त एक जातिको रूपमा इस्राएलले परमेश्‍वरलाई इन्कार गरेको छ, उद्धार चाहिँ अनुग्रहद्वारा कामहरू बिना नै आउँछ भनेर तिनीहरूले बुझेको परमेश्‍वर चाहनुहुन्छ ।

λέγω οὖν

“म, पावल, त्यसभए भन्छु”

μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ?

पावलले यो प्रश्‍न सोध्छन् ताकि परमेश्‍वरले अन्यजातिहरूलाई उहाँका मानिसहरूका बीचमा संलग्‍न गर्नुभएको तर यहूदीहरूको हृदय चाहिँ कठोर पारिएको कुरामा दुःखी भएका अन्य यहूदीहरूका प्रश्‍नहरूको उनले उत्तर दिन सकून् । (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο

“त्यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !” यो कुरा हुन सक्थ्यो भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको कुनै अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । तपार्इंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

φυλῆς Βενιαμείν

यसले बेन्यामीनबाट निस्केको वंशलाई जनाउँछ, जो १२ कुलहरूमध्येको एक थिए जसमा परमेश्‍वरले इस्राएलका मानिसहरूलाई विभाजन गर्नुभएयो ।

Romans 11:2

ὃν προέγνω

“जसलाई उहाँले अगाडिबाट नै चिन्‍नुहुन्थ्यो”

ἢ οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ?

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले परमेश्‍वरसँग इस्राएलको विरुद्धमा बिन्ती गरेको समयको बारेमा धर्मशास्‍त्रले के अभिलेख राख्छ भन्‍ने कुरालाई पक्‍कै पनि तिमीहरू जान्दछौ” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

τί λέγει ἡ Γραφή

पावलले धर्मशास्‍त्रलाई मानौँ त्यसले बोल्‍न सक्थ्यो भने झैँ गरेर जनाइरहेका छन् । (हेर्नुहोस्ः मानवीकरण)

Romans 11:3

ἀπέκτειναν

“तिनीहरू” शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

κἀγὼ ὑπελείφθην μόνος

यहाँ “म” सर्वनामले एलियालाई जनाउँछ ।

ζητοῦσιν τὴν ψυχήν μου

“मलाई मार्न चाहँदै”

Romans 11:4

ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός?

पावलले पाठकलाई उनको अर्को भनाइमा लैजानको निम्ति यस प्रश्‍नको प्रयोग गरिरहेका छन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनलाई कसरी जवाफ दिनुहुन्छ ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

αὐτῷ

यहाँ “तिनलाई” सर्वनामले एलियालाई जनाउँछ ।

“७,००० जना मानिसहरू” (हेर्नुहोस्ः सङ्ख्याहरू)

Romans 11:5

λῖμμα

यहाँ यसको अर्थ मानिसहरूको एक सानो समूह हो जसलाई परमेश्‍वरले उहाँको अनुग्रह प्राप्‍त गर्नको निम्ति चुन्‍नुभयो ।

Romans 11:6

εἰ δὲ χάριτι

परमेश्‍वरको करुणाले कसरी काम गर्छ भनेर व्याख्या गर्नलाई पावलले निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “तर किनकि परमेश्‍वरको करुणाले अनुग्रहद्वारा काम गर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 11:7

τί οὖν?

“हामीले के निष्कर्ष निकालौँ त ?” पावलले उनको पाठकलाई आफ्‍नो अर्को भनाइतर्फ लैजानलाई यस प्रश्‍न सोध्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले स्मरण गर्नुपर्ने कुरा यही हो” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

Romans 11:8

ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν

मानिसहरू आत्मिक रूपमा बोधा छन् भनेर जनाउने तथ्यको बारेमा यो एउटा अलङ्कार हो । तिनीहरू आत्मिक सत्यता सुन्‍न वा ग्रहण गर्न सक्षम छैनन् । (हेर्नुहोस्ः रूपक)

πνεῦμα κατανύξεως

यहाँ यसको अर्थ “ ... को गुण भएको” भन्‍ने हुन्छ, जस्तो कि “बुद्धिको आत्मा” ।

ὀφθαλμοὺς τοῦ μὴ βλέπειν

कसैको आँखाले देख्‍ने अवधारणालाई समझशक्ति प्राप्‍त गर्नु सरह मानिन्थ्यो ।

ὦτα τοῦ μὴ ἀκούειν

कसैको कानले सुन्‍ने अवधारणालाई आज्ञापालन सरह मानिन्थ्यो ।

Romans 11:9

γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν

यहाँ “टेबुल” एउटा प्रतिस्थापन शब्द हो जसले भोज खाने कुरालाई प्रतिनिधित्व गर्छ, र “जाल” र “पासो” भनेका अलङ्कारहरू हुन् जसले दण्डलाई प्रतिनिधित्व गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हे परमेश्‍वर, कृपया तिनीहरूको भोजहरूलाई एउटा पासो झैँ बनाउनुहोस् जसले तिनीहरूलाई पक्रन्छ” (हेर्नुहोस्ः लक्षणा अनि रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

σκάνδαλον

एउटा “ठेस खुवाउने ढुङ्गा” भनेको कुनै पनि त्यस्तो कुरा हो जसले कुनै व्यक्तिलाई अल्झिने बनाउँछ जसले गर्दा ऊ लड्छ । यहाँ यसले त्यस्तो केही कुरालाई प्रतिनिधित्व गर्छ जसले एक व्यक्तिलाई पाप गर्ने परीक्षा दिन्छ । वैकल्पिक अनुवादः “केही कुरा जसले तिनीहरूलाई पाप गर्ने परीक्षा दिन्छ” (हेर्नुहोस्ः रूपक)

ἀνταπόδομα αὐτοῖς

“केही कुरा जसले तिमीहरूलाई तिनीहरूसँग बदला लिन दिन्छ”

Romans 11:10

τὸν νῶτον αὐτῶν διὰ παντὸς σύνκαμψον

यहाँ “तिनीहरूको ढाडलाई कुप्रो पार्नु” भनेको दासहरूलाई तिनीहरूका ढाडहरूमा बोझिला भारीहरू बोक्‍नलाई कर लगाउनुलाई जनाउने प्रतिस्थापन शब्द हो । यो तिनीहरूलाई सतावट भोग्‍न लाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई गह्रौँ वजनहरू बोक्‍ने मानिसहरू झैँ कष्‍ट भोग्‍ने बनाउनु” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

Romans 11:11

एक जातिको रूपमा इस्राएलले परमेश्‍वरलाई इन्कार गरिरहँदा, पावलले अन्यजातिहरूलाई होसियार बन्‍नलाई चेतावनी दिन्छन् ताकि तिनीहरूले पनि त्यही गल्ती नगरून् ।

μὴ ἔπταισαν ἵνα πέσωσιν?

पावलले जोड थप्‍नका लागि यस प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “के तिनीहरूले पाप गरेको कारण परमेश्‍वरले तिनीहरूलाई सदाको लागि त्याग्‍नुभएको छ ?” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

μὴ γένοιτο!

“त्यो सम्भव छैन !” वा “निश्‍चय नै होइन !” यो कुरा हुन सक्थ्यो भन्‍ने कुरालाई यस अभिव्यक्तिले कडा रूपमा इन्कार गर्छ । तपार्इंको भाषामा तपाईंसँग यस्तै किसिमको कुनै अभिव्यक्ति हुन सक्छ जसलाई तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । तपाईंले यसलाई रोमीहरू ९:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

παραζηλῶσαι αὐτούς

तपाईंले यस वाक्यांशलाई रोमीहरू १०:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

Romans 11:12

εἰ…τὸ παράπτωμα αὐτῶν, πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν, πλοῦτος ἐθνῶν

यी दुवै वाक्यांशहरूको मूलभूत रूपमा एउटै अर्थ हुन्छ । यदि तपाईंलाई आवश्‍यक पर्छ भने, तपाईंले तिनीहरूलाई आफ्‍नो अनुवादमा जोड्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जब यहूदीहरू आत्मिक रूपमा विफल भए, त्यसको परिणाम यो भयो कि परमेश्‍वरले गैर-यहूदीहरूलाई प्रशस्त गरी आशिष् दिनुभयो” (हेर्नुहोस्ः प्रतिरूपी)

πλοῦτος ἐθνῶν

किनकि यहूदीहरूले ख्रीष्‍टलाई इन्कार गरे, परमेश्‍वरले अन्यजातिहरूलाई ख्रीष्‍टलाई ग्रहण गर्ने अवसर दिनुभएर प्रचुर मात्रामा आशिष् दिनुभयो ।

κόσμου

यहाँ “संसार” भनेको प्रतिस्थापन शब्द हो जसले संसारमा बस्‍ने मानिसहरूलाई, र विशेषगरी अन्यजातिहरूलाई जनाउँछ ।

Romans 11:14

παραζηλώσω

तपाईंले यस वाक्यांशलाई रोमीहरू १०:१९ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

μου τὴν σάρκα

यसले “मेरा सङ्गी यहूदीहरू”लाई जनाउँछ ।

καὶ σώσω τινὰς ἐξ αὐτῶν

परमेश्‍वरले विश्‍वास गर्नेहरूलाई बचाउनुहुनेछ । वैकल्‍पिक अनुवादः “शायद केहीले विश्‍वास गर्नेछन् र परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 11:15

εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου

“किनकि यदि परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको कारण, उहाँले बाँकीको संसारलाई आफूसँग पुनर्मिलापमा ल्याउनुहुन्छ भने”

ἡ ἀποβολὴ αὐτῶν

“तिनीहरूको” भन्‍ने सर्वनामले यहूदी विश्‍वासीहरूलाई जनाउँछ ।

κόσμου

यहाँ “संसार” भनेको संसारमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “संसारमा भएका मानिसहरू” (हेर्नुहोस्ः लक्षणा)

τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν?

जब परमेश्‍वरले यहूदीहरूलाई स्वीकार गर्नुहुन्छ, तब त्यो उदेककको कुरा हुनेछ भनेर जोड दिनलाई पावलले यो प्रश्‍न सोध्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुँदा त्यो कस्तो हुनेछ ? त्यो चाहिँ तिनीहरू मृतकहरूबाट जीवनमा फर्कीआएका झैँ हुनेछ !” वा “तब जब परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्छ, त्यो चाहिँ तिनीहरू मरेर फेरि जीवित बनेका झैँ हुनेछ !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न अनि कर्तृवाच्य र कर्मवाच्य)

νεκρῶν

यी शब्दहरूले तल पातालको संसारमा भएका सबै मृत मानिसहरूको विषयमा एकसाथ बताउँछन् ।

Romans 11:16

εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα;

पावलले इस्राएलीहरूका पूर्खाहरू, अब्राहाम, इसहाक र याकूबका विषयमा तिनीहरू कटनी गरिने प्रथम फसल वा “प्रथम फलहरू” भए झैँ गरेर बताइरहेका छन् । उनले पनि तिनीहरू “मुछेको पीठो” भए झैँ गरेर बताइरहेका छन् जुन पीठो तिनीहरूले फसलबाट बनाए । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरलाई चढाइएका कुराहरूमा अब्राहामलाई प्रथम गनिन्छ भने, त्यसपछिका हाम्रा सबै पूर्खाहरूलाई पनि परमेश्‍वरको धनको रूपमा गनिनुपर्छ” (हेर्नुहोस्ः रूपक)

εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι

पावलले इस्राएलीहरूका पूर्खाहरू, अब्राहाम, इसहाक र याकूबका विषयमा तिनीहरू कुनै रूखको जरा भए झैँ गरेर बताइरहेका छन्, र ती मानिसहरूका सन्तानहरू, इस्राएलीहरूका विषयमा तिनीहरू त्यस रूखका “हाँगाहरू” भए झैँ गरेर बताइरहेका छन् । (हेर्नुहोस्ः रूपक)

ἁγία

मानिसहरूले तिनीहरूले कटनी गरेका प्रथम फसललाई सधैँ परमेश्‍वरलाई अर्पण गर्थे । यहाँ “प्रथम फसल”को अर्थ ख्रीष्‍टमा विश्‍वास गर्ने प्रथम मानिसहरू हुन्छ । (हेर्नुहोस्ः रूपक)

Romans 11:17

σὺ δὲ ἀγριέλαιος ὢν

यहाँ “तिमी” सर्वनाम, र “जङ्गली जैतूनको हाँगा” भन्‍ने वाक्यांशले अन्यजाति मानिसहरूलाई जनाउँछन् जसले येशूद्वारा उद्धारलाई ग्रहण गरेका छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि रूपक)

εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν

यहाँ पावलले येशूलाई इन्कार गर्ने यहूदीहरूलाई “भाँचिएका हाँगाहरू”को रूपमा जनाउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तर यदि कसैले केही हाँगाहरूलाई भाँच्यो भने” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐνεκεντρίσθης ἐν αὐτοῖς

यहाँ पावलले अन्यजाति ख्रीष्‍टिएनहरूको विषयमा तिनीहरू “कलमी बाँधिएका हाँगाहरू” भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई बाँकीका हाँगाहरूका माझमा रूखमा गाँस्‍नुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου

यहाँ “उर्बर जरा” भनेको एउटा अलङ्कार हो जसले परमेश्‍वरका प्रतिज्ञाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)

Romans 11:18

μὴ κατακαυχῶ τῶν κλάδων

यहाँ “हाँगाहरू” भनेको एउटा अलङ्कार हो जसले यहूदी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरले इन्कार गर्नुभएको यहूदी मानिसहरूभन्दा उत्तम हौ भनेर नभन” (हेर्नुहोस्ः रूपक)

οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλὰ ἡ ῥίζα σέ

फेरि पनि पावलले अन्यजाति विश्‍वासीहरू हाँगाहरू हुन् भन्‍ने अर्थ लगाउँछन् । परमेश्‍वरले यहूदीहरूसँग गर्नुभएको करारका प्रतिज्ञाहरूको कारणले गर्दा मात्रै उहाँले तिनीहरूलाई बचाउनुहुन्छ । (हेर्नुहोस्ः रूपक)

Romans 11:19

ἐξεκλάσθησαν κλάδοι

यहाँ “हाँगाहरू”ले ती यहूदीहरूलाई जनाउँछ जसले येशूलाई इन्कार गरे र जसलाई अब परमेश्‍वरले इन्कार गर्नुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हाँगाहरूलाई तोड्नुभयो” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐγὼ ἐνκεντρισθῶ

पावलले यस वाक्यांशलाई परमेश्‍वरले स्वीकार गर्नुभएको अन्यजाति विश्‍वासीहरूलाई जनाउनका लागि प्रयोग गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई गाँस्‍नुभएको होस्” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 11:20

τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν

“तिनीहरूको” र “तिनीहरू” भन्‍ने सर्वनामहरूले ती यहूदी मानिसहरूलाई जनाउँछन् जसले विश्‍वास गरेनन् ।

σὺ δὲ τῇ πίστει ἕστηκας

पावलले अन्यजाति विश्‍वासीहरू विश्‍वासयोग्य रहिरहेका कुरालाई तिनीहरू खडा भएर उभिरहेका र तिनीहरूलाई कसैले सार्न नसक्‍ने भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तर तिमीहरू आफ्नो विश्‍वासको कारण रहन्छौ” (हेर्नुहोस्ः रूपक)

Romans 11:21

εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται

यहाँ “प्राकृतिक हाँगाहरू”ले ती यहूदी मानिसहरूलाई जनाउँछ जसले येशूलाई इन्कार गरे । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले कुनै एउटा रूखको जराबाट आएका प्राकृतिक हाँगाहरूको रूपमा बढेका ती अविश्‍वासी यहूदीहरूलाई बाँकी राख्‍नुभएन भने, यदि तिमीले विश्‍वास गरेनौ भने, उहाँले तिमीलाई पनि बाँकी राख्‍नुहुने छैन” (हेर्नुहोस्ः रूपक)

Romans 11:22

χρηστότητα καὶ ἀποτομίαν Θεοῦ

पावलले अन्यजाति विश्‍वासीहरूलाई स्मरण गराउँदैछन् कि परमेश्‍वरले तिनीहरूप्रति दयापूर्ण रूपमा व्यवहार गर्नुभए तापनि, उहाँले तिनीहरूको इन्साफ गर्न र तिनीहरूलाई दण्ड दिन हिचकिचाउनुहुनेछैन ।

ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία; ἐπὶ δὲ σὲ, χρηστότης Θεοῦ

भाववाचक नामपद शब्दहरू “कठोरता” र “दया”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “पतन भएका यहूदीहरूसँग परमेश्‍वरले कठोर तवरले व्यवहार गर्नुभयो ... तर परमेश्‍वरले तिमीलाई दयालु भएर व्यवहार गर्नुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

τοὺς πεσόντας

गलत कुरा गर्नुलाई पतन हुने कुराको रूपमा बताइएको छ । वैकल्‍पिक अनुवादः “ती यहूदीहरू जसले गल्ती गरेका छन्” वा “ती यहूदीहरू जसले ख्रीष्‍टमा भरोसा गर्नलाई इन्कार गरेका छन्” (हेर्नुहोस्ः रूपक)

ἐὰν ἐπιμένῃς τῇ χρηστότητι

भाववाचक नामपद शब्द “दया”लाई हटाउने गरेर यसलाई पुनः व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीले जे ठीक छ सो गरिरह्‌यौ भने ताकि उहाँ तिमीप्रति दयालु भइरहनुहुन्छ” (हेर्नुहोस्ः भाववाचक नाम)

ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ

पावलले फेरि पनि हाँगाको अलङ्कारलाई प्रयोग गर्छन्, जसलाई परमेश्‍वरले उहाँलाई चाहिएको खण्‍डमा “काट्न सक्‍नुहुन्छ” । यहाँ “काट्नु” भनेको कसैलाई इन्कार गरेको कुरालाई जनाउने अलङ्कार हो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “नत्रता परमेश्‍वरले तिमीलाई काट्नुहुनेछ” वा “नत्रता परमेश्‍वरले तिमीलाई इन्कार गर्नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 11:23

ἐὰν μὴ ἐπιμένωσι τῇ ἀπιστίᾳ

“आफ्ना अविश्‍वासमा लागिरहँदैनन्” भन्‍ने वाक्यांश युगल अकरण हो । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यदि यहूदीहरू ख्रीष्‍टमा विश्‍वास गर्न थाल्छन् भने” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἐνκεντρισθήσονται

पावलले यहूदीहरूको विषयमा तिनीहरू हाँगाहरू भए झैँ गरेर बताउँछन् जसले येशूमा विश्‍वास गर्न थाले भने तिनीहरूलाई पुनः रूखमा कलमी बाँधिन सकिन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई पुनः कलमी बाँध्‍नुहुनेछ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐνκεντρίσαι

यो एउटा चलिआएको प्रक्रिया हो जसमा एउटा रूखको जीवित हाँगाको अन्तिम भागलाई अर्को रूखमा जोडिन्छ ताकि नयाँ हाँगा त्यस रूखमा बढिरहोस् ।

κἀκεῖνοι…αὐτούς

“तिनीहरू” वा “तिनीहरूलाई” शब्दहरूका सबै प्रयोगहरूले यहूदीहरूलाई जनाउँछन् ।

Romans 11:24

εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν ἐνκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ

पावलले अन्यजाति विश्‍वासीहरू र यहूदीहरूको विषयमा तिनीहरू रूखका हाँगाहरू भए झैँ गरेर बताउनलाई निरन्तरता दिन्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि यदि परमेश्‍वरले तिमीलाई स्वाभावैले जङ्गली रहेको जैतूनको रूखबाट काट्नुभएको थियो, र त्यस स्वभावको विपरीतमा एउटा असल जैतूनको रूखमा कलमी बाँध्‍नुभएको थियो भने, उहाँले यी यहूदीहरूलाई, जो प्राकृतिक हाँगाहरू हुन्, कति धेरै तिनीहरूको आफ्नै जैतूनको रूखमा कलमी बाँध्‍नुहुनेछ ?” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

οἱ κατὰ φύσιν

पावलले अन्यजातिहरू र यहूदीहरूको विषयमा तिनीहरू रूखका हाँगाहरू भए झैँ गरेर बताइरहेका छन् । The “प्राकृतिक हाँगाहरू”ले यहूदीहरूलाई प्रतिनिधित्व गर्छ, र “कलमी बाँधिएका हाँगाहरू”ले अन्यजाति विश्‍वासीहरूलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः रूपक)

Romans 11:25

οὐ…θέλω ὑμᾶς ἀγνοεῖν

यहाँ पावलले युगल अकरणलाई प्रयोग गर्छन् । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “म तिमीहरू सचेत भएको धेरै चाहन्छु” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ἀδελφοί

यहाँ “भाइहरू” शब्दको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

θέλω

“म” सर्वनामले पावललाई जनाउँछ ।

ὑμᾶς…ἦτε…ἑαυτοῖς

“तिमीहरू” र “तिमीहरूको” भन्‍ने सर्वनामहरूले अन्यजाति विश्‍वासीहरूलाई जनाउँछन् ।

ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι

अन्यजाति विश्‍वासीहरूले आफैँलाई यहूदी अविश्‍वासीहरूभन्दा बढी बुद्धिमान् सोचेका पावल चाहँदैनन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले आफैँलाई तिमीहरू जति छौ सोभन्दा बढी बुद्धिमान् ठान्‍नेछैनौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν

पावलले “कठोर पार्ने काम” वा हठीपनाको विषयमा ती चाहिँ जिउका शारीरिक अङ्गहरूलाई कडा बनाउने कुरा भए झैँ गरेर बताउँछन् । केही यहूदीहरूले येशूद्वारा पाउने उद्धारलाई इन्कार गरेका छन् । वैकल्‍पिक अनुवादः “इस्राएलका धेरै मानिसहरूले हठी हुनलाई निरन्तरता दिन्छन्” (हेर्नुहोस्ः रूपक)

ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ

“जबसम्म” भन्‍ने शब्दले यहाँ यो अर्थ दिन्छ कि परमेश्‍वरले अन्यजातिहरूलाई मण्डलीमा ल्याउने कार्य सकाउनुभएपछि मात्रै केही यहूदीहरूले विश्‍वास गर्नेछन् ।

Romans 11:26

पावलले भन्छन् कि एकजना छुटकारा दिनुहुने इस्राएलबाट परमेश्‍वरको महिमामा आउनुहुनेछ ।

καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारण परमेश्‍वरले सम्पूर्ण इस्राएललाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καθὼς γέγραπται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसरी धर्मशास्‍त्रले अभिलेख राख्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐκ Σιὼν

“सियोन”लाई परमेश्‍वर बस्‍नुहुने वासस्थानलाई जनाउने प्रतिस्थापन शब्दको रूपमा प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “त्यहाँबाट जहाँ परमेश्‍वर यहूदीहरूको माझमा हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

ὁ ῥυόμενος

“उहाँ जसले आफ्‍ना मानिसहरूलाई सुरक्षामा ल्याउनुहुन्छ”

ἀποστρέψει ἀσεβείας

पावलले ईश्‍वरहीनतालाई त्यो कुनै वस्तु भए झैँ गरेर बताउँछन् जसलाई कसैले हटाउन सक्थ्यो, शायद जसरी कोही व्यक्तिले कुनै वस्‍त्रलाई हटाउँछ । (हेर्नुहोस्ः रूपक)

ἀπὸ Ἰακώβ

यहाँ “याकूब”लाई इस्राएललाई जनाउने प्रतिस्थापन शब्दको रूपमा प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “इस्राएली मानिसहरूबाट” (हेर्नुहोस्ः लक्षणा)

Romans 11:27

ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν

यहाँ पावलले पापहरूको विषयमा तिनीहरू वस्तुहरू भए झैँ गरेर बताउँछन् जसलाई कसैले लैजान सक्थ्यो । वैकल्‍पिक अनुवादः “म तिनीहरूका पापहरूका बोझहरूलाई हटाउनेछु” (हेर्नुहोस्ः रूपक)

Romans 11:28

κατὰ μὲν τὸ εὐαγγέλιον

पावलले सुसमाचारलाई किन उल्‍लेख गर्छन् भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने यहूदीहरूले सुसमाचारलाई इन्कार गरे” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐχθροὶ δι’ ὑμᾶς

तिनीहरू कसका शत्रुहरू हुन, र यो कसरी अन्यजातिहरूको खातिर थियो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू तिमीहरूका खातिर परमेश्‍वरला शत्रुहरू हुन्” वा “तिमीहरूले पनि सुसमाचार सुनेका होओ भनेर परमेश्‍वरले तिनीहरूलाई शत्रहरूको रूपमा व्यवहार गर्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

κατὰ…τὴν ἐκλογὴν

पावलले चुनाउलाई किन उल्‍लेख गर्छन् भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले यहूदीहरूलाई चुनाउ गर्नुभएको छ” वा “किनभने परमेश्‍वरले यहूदीहरूलाई चुन्‍नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀγαπητοὶ διὰ τοὺς πατέρας

यहूदीहरूलाई कसले प्रेम गर्नुहुन्छ र पावलले तिनीहरूका पूर्खाहरूलाई किन उल्‍लेख गर्छन् भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिनीहरूका पूर्खाहरूका लागि आफूले जे गर्ने प्रतिज्ञा गर्नुभयो त्यसको कारण उहाँले तिनीहरूलाई अझै पनि प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 11:29

ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ

परमेश्‍वरले उहाँका मानिसहरूलाई दिने प्रतिज्ञा गर्नुभएको आत्मिक र भौतिक आशिष्‌हरूको विषयमा पावलले ती वरदानहरू भए झैँ गरेर बताउँछन् । परमेश्‍वरको बोलावटले परमेश्‍वरले यहूदीहरूलाई उहाँका मानिसहरू हुनलाई बोलाउनुभयो भन्‍ने तथ्यलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको कुराको बारेमा, र उहाँले तिनीहरूलाई कसरी उहाँका मानिसहरू हुनलाई बोलाउनुभएको छ भन्‍ने बारेमा उहाँले कहिल्यै पनि आफ्‍नो मन बदल्‍नुहुन्‍न” (हेर्नुहोस्ः रूपक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 11:30

ὑμεῖς ποτε ἠπειθήσατε

“तिमीहरूले विगतमा आज्ञाको पालना गरेनौ”

ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ

यहाँ दयाको अर्थ परमेश्‍वरका आशिष्‌हरू भन्‍ने हुन्छ जुन पाउन कोही लायकको थिएन । वैकल्‍पिक अनुवादः “किनभने यहूदीहरूले येशूलाई इन्कार गरेका छन्, तिमीहरूले आशिष्‌हरू प्राप्‍त गरेका छौ जुन पाउने हैसियत तिमीहरूको थिएन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὑμεῖς

यसले अन्यजाति विश्‍वासीहरूलाई जनाउँछ, र यो बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

Romans 11:32

συνέκλεισεν…ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν

परमेश्‍वरले उहाँको अनाज्ञापालन गर्ने मानिसहरूलाई ती कैदीहरू जस्तो व्यवहार गर्नुभएको छ जो झ्यालखानाबाट उम्कन सक्दैनन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँको अनाज्ञापालन गर्ने मानिसहरूलाई कैदीहरू बनाउनुभएको छ । अब तिनीहरूले परमेश्‍वरको अनाज्ञापालन गर्नलाई रोक्‍न सक्दैनन्” (हेर्नुहोस्ः रूपक)

Romans 11:33

ὦ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ

यहाँ “बुद्धि” र “ज्ञान”को अर्थ मूलभूत रूपमा एउटै हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको बुद्धि र ज्ञान दुवैका प्रशस्त लाभहरू कति आश्‍चर्यजनक छन् !” (हेर्नुहोस्ः प्रतिरूपी)

ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ

“उहाँले निर्णय गर्नुभएका कुराहरू बुझ्नलाई र उहाँले हामीलाई गर्नुहुने व्यवहारका तरिकाहरू पत्ता लगाउनलाई हामी पूर्णतया असक्षम छौँ र हामीसँग उहाँले गर्नुहुने व्यवहार पत्ता लगाउन हामी पूर्ण रूपमा असक्षम छौँ”

Romans 11:34

τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο?

कोही पनि प्रभु जत्तिकै बुद्धिमान् छैन भनेर जोड दिनका लागि पावलले यस प्रश्‍नलाई प्रयोग गर्छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि कहिल्यै प्रभुको मनलाई थाहा गरेको छैन, र कोही पनि उहाँको सल्‍लाहकार भएको छैन ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

νοῦν Κυρίου

यहाँ “मन” भनेको कुराहरू थाहा पाउने वा कुराहरूको बारेमा सोच्‍ने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “ती सबै जो प्रभुले जान्‍नुहुन्छ” वा “जसको बारेमा प्रभुले सोच्‍नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)

Romans 11:35

ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ?

पावलले उनको भनाइलाई जोड दिनका लागि यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “कसैले पनि परमेश्‍वरलाई त्यस्तो केही कुरा दिएको छैन जुन उसले सुरुमा परमेश्‍वरबाट प्राप्‍त गरेन” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न) * किनकि उहाँबाट ... उहाँद्वारा ... उहाँला‌ई - यहाँ “उहाँ”का सबै प्रयोगहरूले परमेश्‍वरलाई जनाउँछन् ।

Romans 11:36

αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας

यसले सबै मानिसहरूले परमेश्‍वरलाई सम्‍मान गरून् भन्‍ने पावलको इच्‍छालाई व्यक्त गर्छ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सबै मानिसहरूले उहाँलाई सदा सम्‍मान गरून् !” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 12

रोमीहरू १२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद २० का शब्दहरूसँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका हुन् ।

धेरै विद्वानहरू विश्‍वास गर्छन् कि पावलले १-११ का अध्यायहरूका सबैकुराहरूलाई जनाउनको लागि रोमीहरू १२:१ मा “त्यसैकारण” शब्दको प्रयोग गर्छन् । ख्रीष्‍टिएन सुसमाचारलाई होसियारीपूर्वक व्याख्या गरेपश्‍चात, यी महान् सत्यताहरूको प्रकाशमा ख्रीष्‍टिएनहरू कसरी जिउनुपर्छ भनेर पावलले अब व्याख्या गर्छन् । १२-१६ का अध्यायहरू एक व्यक्तिले आफ्‍नो ख्रीष्‍टिएन विश्‍वासमा कसरी जिउनुपर्छ भन्‍ने विषयमा केन्द्रित रहेका छन् । पावलले यी व्यवहारिक निर्देशनहरू दिनको लागि यी अध्यायहरूमा थुप्रै विभिन्‍न आज्ञाहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः विश्‍वास)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टिएन जीवन

मोशाको व्यवस्थामुनि, मानिसहरूले मन्दिरमा पशुहरूको बलि वा अनाजको भेटी चढाउनुपर्थ्यो । अब ख्रीष्‍टिएनहरूले तिनीहरूको जीवन परमेश्‍वरको सामु एउटा बलिदानको रूपमा जिउनुपर्छ । भौतिक बलिदानहरूको अब कुनै आवश्‍यकता छैन । (हेर्नुहोस्ः व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

ख्रीष्‍टको शरीर

ख्रीष्‍टको शरीर मण्‍डलीलाई जनाउनको लागि धर्मशास्‍त्रमा प्रयोग गरिएको एउटा महत्त्वपूर्ण अलङ्कार वा चित्रण हो । हरेक मण्‍डली सदस्यले एक अद्वितीय र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । ख्रीष्‍टिएनहरूलाई एकअर्काको खाँचो हुन्छ । (हेर्नुहोस्ः शरीर अनि रूपक)

Romans 12:1

एक विश्‍वासीको जीवन कस्तो हुनुपर्छ र विश्‍वासीहरूले कसरी सेवा गर्नुपर्छ भनेर पावलले बताउँछन् ।

παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ

यहाँ “भाइहरू”ले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “मेरा सङ्गी विश्‍वासीहरू हो, परमेश्‍वरले तिमीहरूलाई दिनुभएको महान् कृपाको कारण तिमीहरूले ... म निकै चाहन्छु” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν

यहाँ पावलले “शरीर” भन्‍ने शब्दलाई पूर्ण व्यक्तिलाई जनाउनको निम्ति प्रयोग गर्छन् । परमेश्‍वरको पूर्ण रूपमा आज्ञापालन गर्ने ख्रीष्‍टमा एक विश्‍वासीलाई पावलले यहूदीहरूले मारेर परमेश्‍वरलाई चढाएका कुनै पशुसँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू जीवित हुँदा नै आफैँलाई पूर्ण रूपमा परमेश्‍वरमा अर्पित गर्नु मानौँ तिमीहरू मन्दिरको वेदीमा चढाइएको मृत बलि हौ” (हेर्नुहोस्ः उपलक्षण अनि रूपक)

ἁγίαν, εὐάρεστον, τῷ Θεῷ

सम्भावित अर्थहरू हुन् १) “एउटा बलि जो तिमीहरूले केवल परमेश्‍वरलाई दिन्छौ र जसले उहाँलाई प्रसन्‍न बनाउँछ” वा २)” नैतिक रूपमा शुद्ध भएको कारणले परमेश्‍वरको निम्ति ग्रहणयोग्य” (हेर्नुहोस्ः प्रतिरूपी)

τὴν λογικὴν λατρείαν ὑμῶν

“यो परमेश्‍वरलाई आराधना गर्ने सही तरिका हो”

Romans 12:2

μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ

सम्भावित अर्थहरू हुन् १) “त्यसरी व्यवहार नगर जसरी संसारले व्यवहार गर्छ” वा २) “त्यसरी नसोच जसरी संसारले सोच्‍छ” (हेर्नुहोस्ः रूपक)

μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ

सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले के गर्नुपर्छ र सोच्‍नुपर्छ भनेर संसारलाई भन्‍न नदेओ” वा “तिमीहरूले आफैँलाई संसारले जसरी व्यवहार गर्न वा काम गर्न नदेओ ।” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῷ αἰῶνι τούτῳ

यसले अविश्‍वासीहरूलाई जनाउँछ जो यस संसारमा बस्छन् । (हेर्नुहोस्ः लक्षणा)

ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूले सोच्‍ने र व्यवहार गर्ने तरिकालाई परमेश्‍वरलाई बदल्‍न देओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 12:3

διὰ τῆς χάριτος τῆς δοθείσης μοι

यहाँ “अनुग्रह”ले पावललाई परमेश्‍वरले एक प्रेरित र मण्डलीको अगुवा हुनलाई चुन्‍नुभएको कुरालाई जनाउँछ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले मलाई स्वतन्त्र रूपमा एक प्रेरित हुनको निम्ति चुन्‍नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν

“कि तिमीहरूका माझमा भएको कसैले पनि तिनीहरू अरू मानिसहरूभन्दा उत्तम छन् भनेर नसोचोस्”

ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν

“तर तिमीहरू आफ्नै बारेमा कसरी विचार गर्छौ भन्‍ने कुरामा तिमीहरू बुद्धिमान् हुनुपर्छ”

ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως

पावलले यहाँ अर्थ लगाउँछन् कि विश्‍वासीहरूसँग विभिन्‍न क्षमताहरू हुन्छ जुन परमेश्‍वरमा तिनीहरूको विश्‍वासअनुसार हुन्छ । वैकल्‍पिक अनुवादः “किनकि तिमीहरूको परमेश्‍वरमा भएको विश्‍वासको कारण परमेश्‍वरले तिमीहरू हरेकलाई विभिन्‍न क्षमताहरू दिनुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 12:4

γὰρ

केही ख्रीष्‍टिएनहरूले किन तिनीहरू अरूहरूभन्दा उत्तम छन् भनेर सोच्‍नुहुँदैन भनेर अब पावलले व्याख्या गर्नेछन् भनेर देखाउनलाई उनले यो शब्दलाई प्रयोग गर्छन् ।

ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν

पावलले ख्रीष्‍टमा भएका सारा विश्‍वासीहरूलाई तिनीहरू मानव शरीरको विभिन्‍न भागहरू भए झैँ गरेर जनाउँछन् । विश्‍वासीहरूले ख्रीष्‍टलाई विभिन्‍न तरिकाहरूमा सेवा गर्न सकेतापनि, हरेक व्यक्ति ख्रीष्‍टको हो र एउटा महत्त्वपूर्ण ढङ्गमा सेवा गर्छ भनेर प्रस्‍ट पार्नलाई उनले यसो गर्छन् । (हेर्नुहोस्ः रूपक)

μέλη

यी चाहिँ आँखा, पेट, र हात जस्ता कुरा हुन् ।

Romans 12:5

τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη

पावलले विश्‍वासीहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरूलाई मानव शरीरको भागहरूलाई झैँ गरेर परमेश्‍वरले शारीरिक रूपमा एकसाथ जोड्नुभएको थियो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हरेक विश्‍वासीलाई अरू सारा विश्‍वासीहरूसँग एकसाथ जोड्नुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 12:6

ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα

पावलले विश्‍वासीहरूका विभिन्‍न क्षमताहरू परमेश्‍वरबाटका सित्तैको वरदानहरू भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी हरेकलाई उहाँको निम्ति विभिन्‍न कार्य गर्नलाई सित्तैमा क्षमता दिनुभएको छ” (हेर्नुहोस्ः रूपक)

κατὰ τὴν ἀναλογίαν τῆς πίστεως

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले हामीलाई दिनुभएको विश्‍वासको परिमाणभन्दा बाहिर नजाने गरेर उसले अगमवाणीहरू बोलोस्” वा २) “हाम्रो विश्‍वासको शिक्षाहरूसँग मेल खाने गरेर उसले अगमवाणीहरू बोलोस् ।”

Romans 12:8

ὁ μεταδιδοὺς

यहाँ “दिने कुरा”ले पैसा र अन्य थोकहरू मानिसहरूलाई दिने कुरालाई जनाउँछ । तपाईंले यस अर्थलाई आफ्‍नो अनुवादमा स्पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यदि एकजनासँग आवश्यकतामा परेका मानिसहरूलाई पैसा वा अन्य थोकहरू दिने वरदान छ भने” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 12:9

ἡ ἀγάπη ἀνυπόκριτος

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले मानिसहरूलाई इमान्दार र सच्‍चा तरिकाले प्रेम गर्नुपर्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἡ ἀγάπη

यहाँ पावलले प्रयोग गरेका शब्दले त्यस किसिमको प्रेमलाई जनाउँछ जुन परमेश्‍वरबाट आउँछ र अरूहरूको भलाइमा केन्द्रीत हुन्छ, तब पनि जब त्यसले त्यो व्यक्ति आफैँलाई फाइदा गर्दैन ।

Romans 12:10

τῇ φιλαδελφίᾳ

यो दाजुभाइ बीचको प्रेम वा साथी वा परिवारको सदस्यको निम्ति गरिने प्रेमको लागि अर्को शब्द हो । यो साथीहरू वा आफन्तहरू बीचमा भएको स्वाभाविक मानवीय प्रेम हो ।

τῇ φιλαδελφίᾳ…φιλόστοργοι

पावलले नौवटा कुराको सूचीलाई सुरु गर्दै छन्, जसमा विश्‍वासीहरूलाई तिनीहरू कस्ता व्यक्ति हुनुपर्छ भनेर बताउन उनले सबै “ ... विषयमा ... होऊ” भन्‍ने ढाँचालाई प्रयोग गरेका छन् । तपार्इंले केहीलाई “ ... विषयमा ... गर” भनेर अनुवाद गर्नुपर्ने हुन सक्छ । त्यो सूची रोमीहरू १२:१३ सम्म लम्बिन्छ ।

τῇ φιλαδελφίᾳ

“तिमीहरूले आफ्ना सङ्गी विश्‍वासीहरूलाई कसरी प्रेम गर्छौ भन्‍ने विषयमा”

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “स्नेह देखाओ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῇ τιμῇ ἀλλήλους προηγούμενοι

“एक अर्कालाई सम्मान र आदर गर” वा “तिमीहरूले आफ्ना सङ्गी विश्‍वासीहरूलाई आदर गरेर तिनीहरूलाई सम्मान गर”

Romans 12:11

τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες

“आफ्नो कर्तव्यमा अल्छी नहोऊ, तर आत्मालाई पछ्याउन र प्रभुको सेवा गर्न उत्साही होऊ”

Romans 12:12

τῇ θλίψει ὑπομένοντες

“तिमीहरूलाई समस्या पर्दा धैर्य गरेर पर्ख”

Romans 12:13

ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες

यो रोमीहरू १२:९ मा सुरु भएको सूचीमा भएको अन्तिम कुरा हो । “जब सङ्गी ख्रीष्‍टिएनहरू कष्‍टमा हुन्छन्, तिनीहरूलाई आवश्यक परेको कुरामा सहायता गर”

τὴν φιλοξενίαν διώκοντες

“तिनीहरूलाई कतै बस्‍ने ठाउँको आवश्यकता हुँदा आफ्ना घरहरूमा सधैँ स्वागत गर”

Romans 12:16

τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ एकतामा जिउनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमत होओ” वा “एक अर्कासँग एकतामा बस” (हेर्नुहोस्ः टुक्काहरू)

μὴ τὰ ὑψηλὰ φρονοῦντες

“तिमीहरू आफैँलाई अरूभन्दा बढी महत्त्वको छु भनेर नठान”

τοῖς ταπεινοῖς συναπαγόμενοι

“महत्त्वपूर्ण नदेखिने मानिसहरूलाई स्वागत गर”

μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς

“अरू सबैभन्दा आफूलाई धेरै बुद्धि भएको व्यक्तिको रूपमा नसम्झ”

Romans 12:17

μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες

“यदि तिमीहरूको विरुद्धमा कसैले खराब काम गरेको छ भने, त्यसको विरुद्धमा खराबी नगर”

προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων

“सबैजनाले असल मान्‍ने कामहरू गर”

Romans 12:18

τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες

“सबैजनासँग मिलापमा बस्‍नको निम्ति तिमीहरूले सक्दो प्रयास गर”

Romans 12:19

δότε τόπον τῇ ὀργῇ

यहाँ “क्रोध” भनेको परमेश्‍वरको दण्‍डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई दण्‍ड दिन परमेश्‍वरलाई दिनु” (हेर्नुहोस्ः लक्षणा)

γέγραπται γάρ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि कसैले लेखेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἐμοὶ ἐκδίκησις; ἐγὼ ἀνταποδώσω

यी दुईवटा वाक्यांशले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्‍वरले उहाँका मानिसहरूको बदला लिनुहुनेछ भनेर जोड दिन्छन् । वैकल्पिक अनुवादः “म निश्‍चय नै तिमीहरूको साटोमा बदला लिनेछु” (हेर्नुहोस्ः समान्तरता)

Romans 12:20

ὁ ἐχθρός σου…σωρεύσεις

यहाँ भएका सबै “तिमी” र “तिम्रो” शब्दहरी एक व्यक्तिको निम्ति भए झैँ गरेर प्रयोग भएका छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν; ἐὰν διψᾷ, πότιζε αὐτόν; τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

१२:२० मा पावलले धर्मशास्‍त्रको अर्को खण्डलाई उद्धरण गर्छन् । वैकल्पिक अनुवादः “तर धर्मशास्‍त्रले यसो पनि भन्छ, ‘यदि तिम्रो शत्रु भोको छ भने ... उसको टाउको’”

“उसलाई केही खाने कुरा देऊ”

ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ

ती शत्रुहरूले पाउने दण्डलाई पावलले तिनीहरूका टाउकोमा तातो कोइलाको भुङ्ग्रो खनाइएको रूपमा तुलना गरेका छन् । सम्भावित अर्थहरू हुन् १) “जुन मानिसले तिमीलाई चोट पुर्‍याएको छ, त्यसले तिमीलाई दुर्व्यवहार गरेकोमा उसलाई खराब महसुस गराऊ” वा २) तिम्रो शत्रुलाई झन् कडा रूपमा इन्साफ गर्नको निम्ति परमेश्‍वरलाई कारण देऊ ।” (हेर्नुहोस्ः रूपक)

Romans 12:21

μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν

पावलले “खराबी”लाई त्यो कुनै व्यक्ति भए झैँ गरेर वर्णन गर्छन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जो दुष्‍ट छन्, तिमीलाई पराजित गर्न तिनीहरूलाई नदेऊ, तर असल थोकहरू गरेर तिनीहरूलाई पराजित गर” (हेर्नुहोस्ः मानवीकरण अनि कर्तृवाच्य र कर्मवाच्य)

μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα…τὸ κακόν

यी क्रियापदहरू एक व्यक्तिलाई झैँ गरेर सम्बोधन गरिएका छन् त्यसैले ती एकवचनमा छन् । (हेर्नुहोस्ः तिमीका रूपहरू)

Romans 13

रोमीहरू १३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायको पहिलो भागमा, ख्रीष्‍टिएनहरूले तिनीहरूलाई शासन गर्ने शासकहरूको पालना गर्नुपर्छ भनेर पावलले तिनीहरूलाई सिकाउँछन् । त्यो समयमा, दुष्‍ट रोमी शासकहरूले त्यस भूभागमा शासन गर्थे । (हेर्नुहोस्ः ईश्‍वरीय, ईश्‍वरभक्‍ति)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दुष्‍ट शासकहरू

शासकहरूको पालना गर्नुपर्छ भनेर जब पावलले सिकाउँछन्, केही पाठकहरूले यसलाई बुझ्‍न कठिन भएको पाउनेछन्, विशेषगरी ती स्थानहरूमा जहाँ शासकहरूले मण्‍डलीलाई सतावट दिन्छन् । परमेश्‍वरले ख्रीष्‍टिएनहरूलाई गर्नलाई स्पष्‍टसँग आज्ञा गर्नुभएको केही कुरा गर्नलाई शासकहरूले बन्देज नलगाएसम्‍म ख्रीष्‍टिएनहरूले परमेश्‍वरको आज्ञापालनको साथसाथै तिनीहरूका शासकहरूको पनि पालना गर्नैपर्छ । त्यहाँ त्यस्ता समयहरू पनि हुन्छन् जब एक विश्‍वासी यी शासकहरूको अधीनमा पर्नुपर्छ र तिनीहरूबाट कष्‍ट पाउनुपर्छ । ख्रीष्‍टिएनहरूले बुझ्‍छन् कि यो संसार अस्थायी हो र आखिरमा तिनीहरू सदाको लागि परमेश्‍वरसँग हुनेछन् । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो । “शरीर” चाहिँ सम्भाव्य रूपमा हाम्रो पापी स्वभावको लागि एउटा अलङ्कार हुन सक्‍छ । हाम्रा भौतिक शरीरहरू पापपूर्ण हुन्छन् भनेर पावलले सिकाइरहेका छैनन् । यस्तो देखिन्छ कि जबसम्म ख्रीष्‍टिएनहरू जीवित रहन्छन् (“शरीरमा”), हामी पाप गर्नलाई निरन्तरता दिइरहनेछौँ । तर हाम्रो नयाँ स्वभाव हाम्रो पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । (हेर्नुहोस्ः मासु, देह अनि पाप, पापूर्ण, पापी, पाप गर्दै)

Romans 13:1

पावलले विश्‍वासीहरूलाई तिनीहरूका शासकहरूको मुनि रहेर कसरी जिउने भन्‍ने विषयमा बताउँछन् ।

πᾶσα ψυχὴ…ὑποτασσέσθω

यहाँ “प्राण” भनेको सम्पूर्ण व्यक्तिलाई जनाउने प्रतिस्थापकीय शब्द हो । “हरेक ख्रीष्‍टिएनले ... को आज्ञापालन गर्नुपर्छ” वा “सबैजनाले ... को आज्ञापालन गर्नुपर्छ” (हेर्नुहोस्ः उपलक्षण)

ἐξουσίαις ὑπερεχούσαις

“सरकारी अधिकारीहरू”

because

οὐ…ἔστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ

“सबै अधिकार परमेश्‍वरबाट आउँछ”

αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अधिकारमा भएका व्यक्तिहरू त्यो पदमा छन् किनभने परमेश्‍वरले तिनीहरूलाई त्यहाँ राख्‍नुभएको हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 13:2

τῇ ἐξουσίᾳ

“त्यो सरकारी अधिकार” वा “त्यो अधिकार जसलाई परमेश्‍वरले शक्तिमा राख्‍नुभयो”

οἱ…ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήμψονται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको इन्साफ गर्नुहुनेछ जो सरकारी अधिकारीहरूको विरुद्धमा चल्छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 13:3

γὰρ

पावलले रोमीहरू १३:२ को उनको व्याख्यालाई सुरु गर्न र सरकारले कोही एक व्यक्तिलाई दोष लगायो भने के परिणाम हुनेछ भनी भन्‍नलाई पावलले यो शब्द प्रयोग गर्छन् ।

οἱ…ἄρχοντες οὐκ εἰσὶν φόβος

शासकहरूले असल मानिसहरूलाई त्रसित गर्दैनन् ।

τῷ ἀγαθῷ ἔργῳ,…τῷ κακῷ

मानिसहरू तिनीहरूका “असल कामहरू” वा “खराब कामहरू”द्वारा चिनिन्छन् ।

θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν?

शासकहरूसँग डराउनुपर्ने नहुनलाई तिनीहरूले के गर्न आवश्‍यक छ भनेर मानिसहरूलाई सोच्‍न लगाउनका निमित्त पावलले यस प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरू कसरी शासकसँग नडराउने हुन सक्छौ भनेर मलाई बताउन देओ ।” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

ἕξεις ἔπαινον ἐξ αὐτῆς

असल काम गर्ने मानिसहरूको बारेमा शासन गर्नेले पनि असल कुराहरू बताउनेछन् ।

Romans 13:4

οὐ…εἰκῇ τὴν μάχαιραν φορεῖ

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनले एउटा धेरै असल कारणको निम्ति तरवार भिर्छन्” वा “तिनीसँग मानिसहरूलाई दण्ड दिने अधिकार छ, र तिनले मानिसहरूलाई दण्ड दिनेछन्” (हेर्नुहोस्ः निषेधात्मक)

τὴν μάχαιραν φορεῖ

रोमी अधिकारीहरूले तिनीहरूको अधिकारको चिन्हस्वरूप एउटा छोटो तरवार भिर्थे । (हेर्नुहोस्ः लक्षणा)

ἔκδικος εἰς ὀργὴν

यहाँ “क्रोध”ले मानिसहरूले पाउने दण्‍डलाई प्रतिनिधित्व गर्छ जब तिनीहरूले खराब कामहरू गर्छन् । वैकल्पिक अनुवादः “खराब गर्ने मानिसहरूको विरुद्धमा शासकको क्रोध व्यक्त गर्नको निम्ति दण्ड दिने व्यक्ति” (हेर्नुहोस्ः लक्षणा)

Romans 13:5

οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν

“शासन गर्नेले तिमीहरूलाई दण्ड नदिऊन् भनेर मात्र होइन, तर परमेश्‍वरको अगाडि तिमीहरूको स्वच्छ विवेक होस् भनेर पनि”

Romans 13:6

διὰ τοῦτο

“खराब काम गर्नेहरूलाई शासन गर्नेले दण्ड दिने कारणले”

τελεῖτε

पावलले यहाँ विश्‍वासीहरूलाई सम्बोधन गर्दैछन्, त्यसैले यो बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

γὰρ…εἰσιν

“तिमीहरूले यसकारणले गर्दा कर तिर्नुपर्छः अधिकारीहरू”

“प्रदान गर्नु” वा “ ... मा काम गर्नु”

Romans 13:7

ἀπόδοτε πᾶσι

पावलले यहाँ विश्‍वासीहरूलाई सम्बोधन गर्दैछन्, त्यसैले यो बहुवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

τῷ τὸν φόρον, τὸν φόρον; τῷ τὸ τέλος, τὸ τέλος; τῷ τὸν φόβον, τὸν φόβον; τῷ τὴν τιμὴν, τὴν τιμήν

अघिल्‍लो वाक्यबाट “तिर” शब्दलाई बुझिएको छ । वैकल्‍पिक अनुवादः “कर तिर्नुपर्नेलाई कर तिर र महसूल तिर्नुपर्नेलाई महसूल तिर । डर मान्‍नुपर्नेसँग डर मान र सम्‍मान गर्नुपर्नेलाई सम्‍मान गर” (हेर्नुहोस्ः शब्दलोप)

τῷ τὸν φόβον, τὸν φόβον; τῷ τὴν τιμὴν, τὴν τιμήν

यहाँ डर मान्‍नु र सम्‍मान दिनु भनेको डर मानिनुपर्ने र सम्‍मान गरिनुपर्नेको डर मान्‍ने र सम्‍मान गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “तिनीहरूको डर मान जसको डर मानिनुपर्छ, र तिनीहरूलाई सम्‍मान गर जसलाई सम्‍मान गरिनुपर्छ” वा “तिमीहरूले आदर गर्नुपर्नेहरूलाई आदर गर, र तिमीहरूले सम्‍मान गर्नुपर्नेहरूलाई सम्‍मान गर” (हेर्नुहोस्ः रूपक)

τὸ τέλος

यो एक प्रकारको कर हो ।

Romans 13:8

विश्‍वासीहरूले छिमेकीहरूसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पावलले बताउँछन् ।

μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν

यो युगल अकरण हो । तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः“तिमीहरूले तिर्नुपर्ने जति सबैलाई तिर, र एक अर्कालाई प्रेम गर” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

ὀφείλετε

यो क्रियापद बहुवचन हो र यो सबै रोमी ख्रीष्‍टिएनहरूमा लागु हुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν

यो नै एउटा ऋृण हो जुन माथि भएको टिप्‍पणीमा देखाइए झैँ गरेर रहन सक्छ ।

ἀγαπᾶν

यो त्यो प्रेम हो जुन परमेश्‍वरबाट आउँछ र आफ्नो निम्ति फाइदाजनक नभए तापनि अरूको हितको निम्ति केन्द्रित हुन्छ ।

Romans 13:9

अर्को व्यक्तिसँग भएका कुराहरू पाउन वा आफ्‍नो बनाउन इच्‍छा गर्नु ।

Romans 13:10

ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται

यस वाक्यांशले प्रेमलाई कुनै मानिसको रूपमा चित्रित गर्छ जो अरू मानिसप्रति दयालु हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो छिमेकीलाई प्रेम गर्ने व्यक्तिले तिनीहरूलाई चोट पुर्‍याउँदैन” (हेर्नुहोस्ः मानवीकरण)

Romans 13:11

εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι

पावलले रोमी विश्‍वासीहरूले तिनीहरूको व्यवहारलाई परिवर्तन गर्नुपर्ने आवश्‍यकतालाई तिनीहरू निद्राबाट बिउँझिनुपर्ने कुरा भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः रूपक)

Romans 13:12

ἡ νὺξ προέκοψεν

मानिसहरूले दुष्‍ट कामहरू गरेका समयलाई पावलले रातको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “पापमय समय समाप्‍त हुनै लागेको छ” वा “यो चाहिँ रात लगभग बितिसकेको जस्तै हो” (हेर्नुहोस्ः रूपक)

ἡ…ἡμέρα ἤγγικεν

मानिसहरूले दुष्‍ट कामहरू गर्न रोक्ने समयलाई पावलले दिनको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “धार्मिकताको समय चाँडै सुरु हुनेछ” वा “यो चाहिँ दिन छिट्टै सुरु हुन लागेको जस्तै हो” (हेर्नुहोस्ः रूपक)

ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους

पावलले “अन्धकारका कामहरू”को विषयमा तिनीहरू कुनै वस्‍त्र भए झैँ गरेर बताउँछन् जसलाई कोही एक व्यक्तिले एकतिर राख्छ । यहाँ “एकतिर राख्‍नु” भनेको केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । यहाँ “अन्धकार” भनेको दुष्‍टताको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “त्यसकारण हामी ती दुष्‍ट कुराहरू गर्न छोडौँ जुन मानिसहरूले अन्धकारमा गर्छन्” (हेर्नुहोस्ः रूपक)

ἐνδυσώμεθα…τὰ ὅπλα τοῦ φωτός

यहाँ “ज्योति” भनेको असल र ठीक कुरालाई जनाउने अलङ्कार हो । ठीक कुरा गर्ने काम चाहिँ कोही एक व्यक्तिले आफ्‍नो रक्षा गर्नलाई हातहतियार धारण गर्ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “जे ठीक छ सो गर्न हामी थालौँ । यसो गर्नाले एक सिपाहीलाई सुरक्षा कवचले जोगाए झैँ गरेर हामीलाई दुष्‍टताबाट बचाउनेछ” (हेर्नुहोस्ः रूपक)

Romans 13:13

περιπατήσωμεν

पावलले आफैँसँग उनका पाठकहरू र अन्य विश्‍वासीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν

साँचा विश्‍वासीहरूको रूपमा जिउने कुरा चाहिँ कोही एक व्यक्ति दिनको समयमा हिँडिरहेको कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “सबैले हामीलाई देख्‍न सक्छन् भन्‍ने कुरा जानेर हामी देखिने तरिकामा हिँडौँ” (हेर्नुहोस्ः रूपक)

κοίταις καὶ ἀσελγείαις

यी अवधारणाहरूको मूलभूत रूपमा एउटै अर्थ हुन्छ । तपाईंले तिनीहरूलाई आफ्‍नो अनुवादमा जोड्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यौन सम्बन्धीका अनैतिक कार्यहरू” (हेर्नुहोस्ः प्रतिरूपी)

ἔριδι

यसले अरू मानिसहरूको विरुद्धमा षड्यन्त्र गर्ने र तिनीहरूसँग बहस गर्ने कुरालाई जनाउँछ ।

यसले अर्को व्यक्तिको अरूहरूको भन्दा बढी सफलता वा फाइदाको विरुद्धमा भएका नकारात्मक विचारहरूलाई जनाउँछ ।

Romans 13:14

ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν

ख्रीष्‍टको नैतिक स्वभावलाई स्वीकार गर्ने कुराको विषयमा पावलले उहाँ हाम्रो बाहिरी वस्‍त्र हुनुभए झैँ गरेर बताउँछन् जुन वस्‍त्रलाई मानिसहरूले देख्‍न सक्छन् । (हेर्नुहोस्ः रूपक)

ἐνδύσασθε

यदि तपार्इंको भाषामा आदेशहरूको निम्ति बहुवचन छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε

यहाँ “शरीर”ले परमेश्‍वरको विरोध गर्ने मानिसहरूका आत्म-केन्द्रित स्वभावलाई जनाउँछ । यो चाहिँ मानिसहरूको पापपूर्ण स्वभाव हो । वैकल्पिक अनुवादः “तिमीहरूको पुरानो दुष्‍ट हृदयलाई खराब कुराहरू गर्न कुनै पनि मौका नदेओ” (हेर्नुहोस्ः लक्षणा)

Romans 14

रोमीहरू १४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यस अध्यायका पद ४ र १०-१८ का पदहरूसँग यूएलटीले यस अध्यायको पद ११ सँग यसै गर्छ, जुन पावलले पुरानो करारबाट लिन्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

विश्‍वासमा कमजोर

पावलले सिकाउँछन् कि ख्रीष्‍टिएनहरूसँग साँचो विश्‍वास भएको हुन सक्‍छ र त्यही समयमा दिइएको कुनै परिस्‍थितिमा तिनीहरू “विश्‍वासमा कमजोर” पनि हुन सक्‍छन् । यसले ती ख्रीष्‍टिएनहरूलाई वर्णन गर्छ जो अपरिपक्व छन्, बलिया छैनन्, अथवा गलत बुझाइमा छन् । (हेर्नुहोस्ः विश्‍वास)

खानेकुरा सम्बन्धिका बन्देजहरू

प्राचीन पूर्व नजिक क्षेत्रहरूमा भएका थुप्रै धर्महरूले खाइने कुरामाथि बन्देज लगाउँथे । ख्रीष्‍टिएनहरूसँग तिनीहरूलाई मन लागेको कुरा खान स्‍वतन्‍त्रता थियो । तर तिनीहरूले यो स्‍वतन्‍त्रतालाई बुद्धिमानीपूर्वक, र प्रभुलाई सम्‍मान गर्ने र अरूहरूलाई पाप गर्न नलगाउने तरिकामा प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै)

परमेश्‍वरको न्याय आसन

परमेश्‍वरको वा ख्रीष्‍टको न्याय आसनले त्यो समयको प्रतिनिधित्व गर्छ जब ख्रीष्‍टिएनहरू समेत गरेर सारा मानिसहरूलाई तिनीहरूले आफ्‍नो जीवन जिएको तरिकाको लागि जवाफदेही बनाइनेछ ।

Romans 14:1

विश्‍वासीहरू परमेश्‍वरप्रति उत्तरदायी हुन्छन् भनेर सम्झिनलाई पावलले तिनीहरूलाई प्रोत्साहन गर्छन् ।

ἀσθενοῦντα τῇ πίστει

यसले केही कुराहरू खाएको वा पिएको कारण ग्लानि महसुस गर्नेहरूलाई जनाउँछ ।

μὴ εἰς διακρίσεις διαλογισμῶν

“अनि तिनीहरूको रायहरूको लागि तिनीहरूलाई दोष नलगाओ”

Romans 14:2

ὃς μὲν πιστεύει φαγεῖν πάντα

यहाँ “विश्‍वास”ले त्यो कुरा गर्नुलाई जनाउँछ जुन कोही व्यक्तिले उसलाई परमेश्‍वरले गर्नलाई भनिरहनुभएको छ भनेर विश्‍वास गर्छ ।

ὁ…ἀσθενῶν λάχανα ἐσθίει

यसले त्यो व्यक्तिलाई वर्णन गर्छ जसले विश्‍वास गर्छ कि उसले मासु खाएको परमेश्‍वर चाहनुहुन्‍न ।

Romans 14:4

σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην?

अरूहरूको इन्साफ गर्ने व्यक्तिहरूलाई हप्‍काउनको निम्ति पावलले एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वर होइनौ, र तिमीहरूलाई उहाँको सेवकहरूमध्ये कुनै एउटाको इन्साफ गर्ने अनुमति दिइएको छैन !” (हेर्नुहोस्ः आलङ्‍कारिक प्रश्‍न)

σὺ…ὁ κρίνων

यहाँ भएको “तिमी” एकवचनमा छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει

पावलले परमेश्‍वरको विषयमा उहाँ चाहिँ नोकरहरू भएको कुनै एक मालिकको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “मालिकले मात्र नोकरलाई स्वीकार गर्ने वा नगर्ने भनेर निर्णय गर्न सक्छ” (हेर्नुहोस्ः रूपक)

σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ Κύριος στῆσαι αὐτόν

पावलले परमेश्‍वरको लागि योग्‍य मानिएको नोकरको विषयमा उसलाई लड्नुको साटोमा खडा हुन लगाइएको थियो भने झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर प्रभुले उसलाई स्वीकार गर्नुहुनेछ किनभने उहाँ त्यस नोकरलाई ग्रहणयोग्य बनाउन सक्षम हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 14:5

ὃς μὲν κρίνει ἡμέραν παρ’ ἡμέραν; ὃς δὲ κρίνει πᾶσαν ἡμέραν.

“एउटा मानिसले विचार गर्छ कि एउटा दिन अरू सबै दिनहरूभन्दा महत्त्वपूर्ण छ, तर अर्को मानिसले सबै दिन समान हुन् भनेर विचार गर्छ”

ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω

तपाईंले पूर्ण अर्थलाई स्पष्‍ट पार्न सक्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हरेक मानिस यो कुरामा विश्‍वस्त होस् कि उनीहरूले जे गर्दै छन् त्यो प्रभुलाई सम्‍मान गर्नलाई हो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:6

ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ

यहाँ “पालना” गर्नुले आराधना गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै एक दिनमा आराधना गर्ने व्यक्तिले सो कुरा प्रभुलाई सम्‍मान गर्नको निम्ति गर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ὁ ἐσθίων

“सबैकुरा” भन्‍ने शब्दलाई रोमीहरू १४:३ बाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जसले सबै किसिमको खानेकुरा खान्छ” (हेर्नुहोस्ः शब्दलोप)

Κυρίῳ ἐσθίει

“प्रभुलाई सम्‍मा गर्नलाई खान्छ” वा “प्रभुलाई सम्‍मान गर्नलाई त्यसरी खान्छ”

καὶ ὁ μὴ ἐσθίων

“सबैकुरा” भन्‍ने शब्दलाई रोमीहरू १४:३ बाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “ऊ जसले केही पनि खाँदैन” वा “त्यो व्यक्ति जसले केही निश्‍चित किसिमका खानेकुरा खाँदैन” (हेर्नुहोस्ः शब्दलोप)

Romans 14:7

οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ

यहाँ “आफ्‍नै लागि जिउनु” भन्‍ने कुराको अर्थ आफैँलाई खुशी बनाउन मात्र जिउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “हामीमध्ये कोही पनि केवल आफूहरूलाई मात्र खुशी बनाउनलाई जिउनुहुँदैन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οὐδεὶς…ἡμῶν

पावलले उनका पाठकहरूलाई समावेश गर्दै छन्, त्यसैले यो समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)

οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει

यसको अर्थ एउटाको मृत्युले अरू मानिसहरूलाई असर गर्छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “हामीमध्ये कसैले पनि यस्तो सोच्‍नुहुँदैन कि जब हामी मर्छौँ, त्यसले हामीलाई मात्र असर पार्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:8

पावलले उनको आफ्‍नै र उनका पाठकहरूको विषयमा बोल्दैछन्, त्यसैले “हामी” शब्दका सबै प्रयोहरू समावेशी छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

Romans 14:10

τί κρίνεις τὸν ἀδελφόν σου? ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου?

यी प्रश्‍नहरूको प्रयोग गरेर, पावलले उनका पाठकहरूमध्ये केहीलाई उनले कसरी गाली गर्न आवश्‍यक पर्न सक्छ भनेर देखाइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीले तिम्रो भाइको इन्साफ गर्नु गलत कुरा हो, अनि तिमीले तिम्रो भाइलाई तुच्छ ठान्‍नु गलत हो !” वा “तिम्रो भाइलाई इन्साफ गर्न र तुच्‍छ ठान्‍न बन्द गर !” (हेर्नुहोस्ः तिमीका रूपहरू)

τὸν ἀδελφόν

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन हुन्छ, चाहे पुरुष होस् वा स्‍त्री ।

πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ

“न्याय आसन”ले परमेश्‍वरको न्याय गर्ने अधिकारलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनकि परमेश्‍वरले हामी सबैको इन्साफ गर्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)

Romans 14:11

γέγραπται γάρ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि कसैले धर्मशास्‍त्रमा लेखेको छः ‘जस्तो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ζῶ ἐγώ

यो वाक्यांश एउटा शपथ वा गम्भीर प्रतिज्ञालाई प्रारम्भ गर्नको निम्ति प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “यो सत्य हो भनेर तिमी निश्‍चित हुन सक्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ

पावलले “घुँडा” र “जिब्रो” भन्‍ने शब्दहरूले सम्पूर्ण व्यक्तिलाई जनाउनलाई प्रयोग गर्छन् । साथै, प्रभुले आफैँलाई जनाउनलाई “परमेश्‍वर” शब्दलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “सबै व्यक्तिले शिर झुकाउनेछन् र मलाई प्रशंसा दिनेछन्” (हेर्नुहोस्ः उपलक्षण अनि प्रथम, दोस्रो वा तेस्रो पुरुष)

Romans 14:12

περὶ ἑαυτοῦ, λόγον δώσει τῷ Θεῷ

“हाम्रा कार्यहरू परमेश्‍वरलाई व्याख्या गर्नुपर्नेछ”

Romans 14:13

ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον

यहाँ “ठेस खाने ढुङ्गा” वा “पासो”ले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । वैकल्पिक अनुवादः “तर बरु एक सङ्गी विश्‍वासीलाई पाप गर्न लगाउने कुनै किसिमको कुरा गर्ने वा भन्‍ने छैनौ भन्‍ने कुरालाई तिम्रो लक्ष्य बनाऊ” (हेर्नुहोस्ः प्रतिरूपी)

τῷ ἀδελφῷ

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन भन्‍ने हुन्छ, चाहे पुरुष होस् वा स्‍त्री ।

Romans 14:14

οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ

यहाँ “जान्दछु” र “विश्‍वस्त छु” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन्; पावलले उनको निश्‍चयतालाई जोड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “प्रभु येशूसँगको मेरो सम्बन्धको कारण म निश्‍चित छु” (हेर्नुहोस्ः प्रतिरूपी)

οὐδὲν κοινὸν δι’ ἑαυτοῦ

तपाईंले यसलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सबैकुरा आफैँमा शुद्ध नै हुन्छ” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)

δι’ ἑαυτοῦ

“त्यसको स्वभावद्वारा” वा “यो जे हो त्यसको कारण”

εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν

पावलले यहाँ अर्थ लगाउँछन् कि एक व्यक्तिले त्यस्तो कुनै पनि कुराबाट अलग बस्‍नुपर्छ जसलाई उसले अशुद्ध ठान्छ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर यदि कोही व्यक्तिले केही कुरा अशुद्ध मान्छ भने, उसको निम्ति त्यो अशुद्धै हुन्छ र ऊ त्यो कुराबाट अलग रहनुपर्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:15

εἰ…διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται

“यदि तिमीले तिम्रो सङ्गी विश्‍वासीको विश्‍वासलाई खानाको विषयमा चोट पुर्‍यायौ भने ।” यहाँ “तिम्रो” भन्‍ने शब्दले तिनीहरूलाई जनाउँछ जो विश्‍वासमा बलिया छन् र “भाइ” भन्‍ने शब्दले विश्‍वासमा कमजोर रहेकाहरूलाई जनाउँछ ।

ὁ ἀδελφός

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन भन्‍ने हुन्छ, चाहे पुरुष होस् वा स्‍त्री ।

οὐκέτι κατὰ ἀγάπην περιπατεῖς

पावलले विश्‍वासीहरूको व्यवहारको विषयमा त्यो चाहिँ कुनै हिँडाइ भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तब तिमीले प्रेम देखाइरहेका हुँदैनौ” (हेर्नुहोस्ः रूपक)

Romans 14:16

μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν

“यदि कसैले केही कुरा दुष्‍ट छ भनी सोच्‍छ भने, तिमीलाई त्यो कुरा असल लागे तापनि, त्यो नगर”

Romans 14:17

οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ

पावलले तर्क गर्छन् कि परमेश्‍वरले उहाँको राज्य स्थापित गर्नुभयो ताकि उहाँले हामीलाई उहाँसँग ठीक सम्बन्ध दिन सक्‍नुभएको होस्, र शान्ति र आनन्द प्रदान गर्नुभएको होस् । वैकल्पिक अनुवादः “हामीले खाने र पिउने कुरामाथि शासन गर्नको निम्ति परमेश्‍वरले आफ्नो राज्य स्थापना गर्नुभएको होइन । हामीले उहाँसँग असल सम्बन्ध राख्‍न सकौँ, र उहाँले हामीलाई शान्ति र आनन्द दिन सक्‍नुभएको होस् भनेर उहाँले आफ्नो राज्य स्थापना गर्नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:18

δόκιμος τοῖς ἀνθρώποις

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले उसलाई समर्थन गर्नेछन्” वा “मानिसहरूले उसलाई आदर गर्नेछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 14:19

τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους

यहाँ “एक अर्कालाई निर्माण गर्ने” भन्‍ने कुराले एक अर्कालाई विश्‍वासमा हुर्कनलाई सहायता गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी एकसाथ शान्तिमा रहन र एक अर्कालाई विश्‍वासमा बलियो हुन सहायता गर्न खोजौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:20

μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ Θεοῦ

तपाईंले यस वाक्यको पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीलाई कुनै खानेकुरा खान मन लागेको कारणले गर्दा मात्रै परमेश्‍वरले एक सङ्गी विश्‍वासीको लागि गर्नुभएको कुरालाई नगरेको नबनाऊ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι

यहाँ “उसलाई ठेस खान लगाउने” कुनै पनि कुराको अर्थ त्यसले कमजोर भाइलाई उसको विवेकको विरुद्धमा केही कुरा गर्न लगाउँछ भन्‍ने हो । वैकल्‍पिक अनुवादः “तर कसैले खानेकुरा खानु भनेको पाप हुनेछ, जुन खानु गलत हो भनेर अर्को भाइले सोच्‍छ, यदि त्यो खानुले कमजोर भाइलाई केही कुरा गर्न लगाउँछ जुन उसको विवेकको विरुद्धमा छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 14:21

καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει

“मासु नखानु, वा मद्यपान नगर्नु वा तिम्रो भाइलाई पाप गर्न लगाउने कुनै काम नगर्नु असल हुन्छ”

ὁ ἀδελφός

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन भन्‍ने हुन्छ, चाहे पुरुष होस् वा स्‍त्री ।

σου

यसले विश्‍वासमा बलियो भएकोलाई जनाउँछ र “भाइ”ले विश्‍वासमा कमजोर भएकोलाई जनाउँछ ।

Romans 14:22

σὺ πίστιν ἣν ἔχεις

यसले खाने र पिउने कुराको बारेमा अगाडि उल्‍लेख गरिएका मान्यताहरूलाई जनाउँछ ।

σὺ…σεαυτὸν

एकवचन । किनकि पावलले विश्‍वासीहरूलाई सम्बोधन गरिरहेका छन्, तपाईंले यसलाई बहुवचनलाई प्रयोग गरेर अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)

μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει

“ती मानिसहरू धन्यका हुन् जसले आफूले निर्णय गरेका कुराहरूमा दोषी महसुस गर्दैनन्”

Romans 14:23

ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले कुनै खानेकुरा खान ठीक छ कि छैन भन्‍ने कुरामा निश्‍चित छैन, तर पनि उसले त्यो खान्छ भने त्यो व्यक्तिले गल्ती गरेको ठहर्छ भनेर परमेश्‍वरले भन्‍नुहुनेछ” वा “कुनै व्यक्ति जो कुनै खानेकुरा खान ठीक छ कि छैन भन्‍ने कुरामा निश्‍चित छैन, तर पछि उसले त्यो खान्छ भने उसको अन्तस्करणमा अशान्ति हुनेछ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ὅτι οὐκ ἐκ πίστεως

“विश्‍वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्‍वर चाहनुहुन्‍न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ऊ गलत छ भनेर भन्‍नुहुनेछ किनभने जुन कुरा उसले खाएको परमेश्‍वरले चाहनुहुन्‍न भनी उसले विश्‍वास गर्छ, उसले त्यही खाँदै छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν

“विश्‍वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्‍वर चाहनुहुन्‍न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले कुनै काम गर्दै छौ जुन काम परमेश्‍वरले तिमीले गरेको चाहनुहुन्छ भनेर तिमीले विश्‍वास गर्दैनौ भने तिमीले पाप गरिरहेका हुन्छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15

रोमीहरू १५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले यस अध्यायका ९-११ का पदहरू र पद २१ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

केही अनुवादहरूले पढ्न सजिलो बनाउनलाई पुरानो करारका उद्धरणहरूलाई पृष्‍ठमा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद १२ मा उद्‌धृत गरी ल्याइएका शब्दहरूसँग यसै गर्छ ।

रोमीहरू १५:१४ मा, पावलले अझ बढी व्यक्तिगत रीतिले कुरा गर्न सुरु गर्छन् । उनी शिक्षा दिनेबाट उनका व्यक्तिगत योजनाहरूको बारेमा बताउनतर्फ लाग्‍छन् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

बलियो/कमजोर

यी शब्दहरूलाई ती मानिसहरूलाई जनाउन प्रयोग गरिएको छ जो तिनीहरूका विश्‍वासमा परिपक्व र अपरिपक्व छन् । पावलले सिकाउँछन् कि विश्‍वासमा बलिया हुनेहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ जो विश्‍वासमा कमजोर छन् । (हेर्नुहोस्ः विश्‍वास)

Romans 15:1

विश्‍वासीहरू अरूहरूको लागि कसरी जिउनुपर्छ भन्‍ने बारेमा भएको यस खण्‍डलाई पावलले ख्रीष्‍ट कसरी जिउनुभयो भन्‍ने कुरा तिनीहरूलाई सम्झाएर समापन गर्छन् ।

δὲ

कुनै बहसमा नयाँ विचार राख्‍नको निम्ति तपार्इंको भाषाले प्रयोग गर्ने शब्दहरूको प्रयोग गरी अनुवाद गर्नुहोस् ।

ἡμεῖς, οἱ δυνατοὶ

यहाँ “बलिया”ले ती मानिसहरूलाई जनाउँछ जो तिनीहरूको विश्‍वासमा बलिया छन् । तिनीहरू विश्‍वास गर्छन् कि परमेश्‍वरले तिनीहरूलाई कुनै पनि किसिमको खानेकुरा खानलाई अनुमति दिनुहुन्छ । वैकल्पिक अनुवादः “हामी जो विश्‍वासमा बलिया छौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἡμεῖς

यसले पावल, तिनका पाठकहरू र अन्य विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)

τῶν ἀδυνάτων

यहाँ “दर्बलहरू”ले ती मानिसहरूलाई जनाउँछ जो तिनीहरूको विश्‍वासमा कमजोर छन् । तिनीहरूले विश्‍वास गर्छन् कि परमेश्‍वरले तिनीहरूलाई केही प्रकारका खानेकुरा खान अनुमति दिनुहुँदैन । वैकल्पिक अनुवादः “विश्‍वासमा कमजोर भएकाहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:2

πρὸς οἰκοδομήν

यसद्वारा, पावलले कसैको विश्‍वासलाई बलियो बनाउन भन्‍न खोजेका हुन् । वैकल्पिक अनुवादः “उसको विश्‍वासलाई बलियो बनाउनको निम्ति” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:3

καθὼς γέγραπται

यहाँ पावलले धर्मशास्‍त्रलाई एउटा खण्‍डलाई जनाउँछन् जहाँ ख्रीष्‍ट (मसिह) परमेश्‍वरसँग बोल्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “धर्मशास्‍त्रमा मसिहले परमेश्‍वरलाई भन्‍नुभयो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, ἐπέπεσαν ἐπ’ ἐμέ

परमेश्‍वरको अपमान गर्नेहरूको अपमान ख्रीष्‍टमाथि पर्‍यो ।

Romans 15:4

ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि विगतमा अगमवक्ताहरूले सबैकुरा हाम्रो शिक्षाको निम्ति धर्मशास्‍त्रमा लेखे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

ἡμετέραν…ἔχωμεν

पावलले यसमा आफ्ना पाठकहरू र अन्य विश्‍वासीहरूलाई पनि समावेश गरेका छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)

ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν

यहाँ “निश्‍चयता हुनु” भन्‍ने कुराको अर्थ परमेश्‍वरले उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर विश्‍वासीहरूले जान्‍नेछन् भन्‍ने हुन्छ । तपाईंले पूर्ण अर्थलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यसरी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सबैकुरा उहाँले हाम्रो लागि गर्नुहुनेछ भनेर अपेक्षा गर्नलाई धर्मशास्‍त्रले हामीलाई उत्साह दिनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:5

विश्‍वास गर्ने अन्यजाति विश्‍वासीहरू र यहूदीहरू दुवै ख्रीष्‍टमा एउटै बनाइएका छन् भनेर सम्झनलाई पावलले विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् ।

Θεὸς…δῴη

“म प्रार्थना गर्दछु कि ... परमेश्‍वरले ... दिनुभएको होस्”

τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις

यहाँ “एउटै मन”को हुनुभनेको प्रतिस्थापन शब्द हो जसको अर्थ एक अर्कासँग सहमतिमा हुनु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कासँग सहमतिमा हुने” वा “एकीकृत हुन” (हेर्नुहोस्ः लक्षणा)

Romans 15:6

ἐν ἑνὶ στόματι, δοξάζητε

यसको अर्थ परमेश्‍वरलाई प्रशंसा गर्नमा एउटै हुने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एउटै मुखले मात्र बोले झैँ गरेर परमेश्‍वरलाई एकतामा प्रशंसा गर्नु” (हेर्नुहोस्ः लक्षणा)

Romans 15:7

προσλαμβάνεσθε ἀλλήλους

“एक अर्कालाई स्वीकार गर्नु”

Romans 15:8

λέγω γὰρ

“म” शब्दले पावललाई जनाउँछ ।

Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς

यहाँ “खतना” भनेको प्रतिस्थापन शब्द हो जसले यहूदीहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍ट यहूदीहरूको एक सेवक हुनुभएको छ” (हेर्नुहोस्ः लक्षणा अनि कर्तृवाच्य र कर्मवाच्य)

εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας

यो दुईवटा उद्देश्‍यहरूमध्ये एउटा हो जसको लागि ख्रीष्‍ट खतनाको सेवक हुनुभयो ।

τὰς ἐπαγγελίας τῶν πατέρων

यहाँ “पूर्खाहरू”ले यहूदी मानिसहरूका पूर्वजहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यहूदीहरूका पूर्वजहरूलाई परमेश्‍वरले दिनुभएका प्रतिज्ञाहरू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 15:9

τὰ δὲ ἔθνη, ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν

यो दोस्रो कारण हो जसको लागि ख्रीष्‍ट खतनाको सेवक हुनुभयो । वैकल्पिक अनुवादः “अनि अन्यजातिहरूले परमेश्‍वरलाई उहाँको दयाको कारण महिमा गरून् भनेर”

καθὼς γέγραπται

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसरी कसैले धर्मशास्‍त्रमा लेखेको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τῷ ὀνόματί σου ψαλῶ

यहाँ “तपाईंको नाउँ” भनेको प्रतिस्थापन शब्द हो जसले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “तपाईंलाई प्रशंसा गरून्” (हेर्नुहोस्ः लक्षणा)

Romans 15:10

καὶ πάλιν λέγει

“फेरि धर्मशास्‍त्रले भन्छ”

μετὰ τοῦ λαοῦ αὐτοῦ

यसले परमेश्‍वरका मानिसहरूलाई जनाउँछ । तपाईंले यसलाई आफ्‍नो अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका मानिसहरूसँग” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:11

ἐπαινεσάτωσαν αὐτὸν

“प्रभुलाई प्रशंसा गर्नु”

Romans 15:12

ἡ ῥίζα τοῦ Ἰεσσαί

यिशै दाऊद राजाका शारीरिक पिता थिए । वैकल्पिक अनुवादः “यिशैको वंश” (हेर्नुहोस्ः लक्षणा)

ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν

यहाँ “उहाँ”ले यिशैको सन्तान, मसिहलाई जनाउँछ । उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भनेर जो यहूदीहरू होइनन् तिनीहरूले पनि उहाँलाई भरोसा गर्नेछन् । वैकल्‍पिक अनुवादः “उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू गर्नुहुन्छ भनेर ती मानिसहरू जो यहूदीहरू होइनन् तिनीहरूले उहाँलाई भरोस गर्न सक्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:13

πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης

यहाँ पावलले उनको भनाइलाई जोड दिनका लागि अतिरञ्‍जन गर्छन् । वैकल्पिक अनुवादः “महान् आनन्द र शान्तिले तिमीहरूलाई भरून्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Romans 15:14

अन्यजातिहरूकहाँ पुग्‍नलाई परमेश्‍वरले पावलललाई चुन्‍नुभयो भनेर उनले रोममा भएका विश्‍वासीहरूलाई सम्झना गराउँछन् ।

πέπεισμαι…ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν

रोममा भएका विश्‍वासीहरूले एक अर्कालाई व्यवहार गर्नमा सम्मान गरिरहेका छन् भनेर पावल पूरा निश्‍चित छन् । वैकल्‍पिक अनुवादः “म आफैँ पूर्ण रूपमा निश्‍चित छु कि तिमीहरू आफैँले अरूहरूप्रति पूर्णतया असल तरिकाले व्यवहार गरेका छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

πεπληρωμένοι πάσης γνώσεως

यहाँ पावलले उनको भनाइलाई जोड दिनका लागि अतिरञ्‍जन गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई पछ्याउनको निम्ति पर्याप्‍त ज्ञानले भरिएका” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν

यहाँ “अर्ती दिनु” भनेको सिकाउनु भनेको हो । वैकल्पिक अनुवादः “एक अर्कालाई सिकाउन पनि सक्षम छौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:15

τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ

पावलले अनुग्रहको विषयमा त्यो कुनै भौतिक वरदान भए झैँ गरेर बताउँछन् जुन परमेश्‍वरले उनलाई दिनुभएको थियो । पावलले येशूलाई पछ्याउने निर्णय गर्नुभन्दा पहिले विश्‍वासीहरूलाई सतावट दिएको भएतापनि परमेश्‍वरले उनलाई एक प्रेरित नियुक्त गर्नुभएको थियो । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई दिनुभएको अनुग्रह” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 15:16

γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος

पावलले उनको सुसमाचार प्रचार गर्नुलाई मानौँ उनले, एक पूजाहारीको रूपमा, परमेश्‍वरलाई भेटी चढाइरहेका थिए भने झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “अन्यजातिहरूले परमेश्‍वरलाई खुशी बनाउन सकून् जब तिनीहरूले उहाँको आज्ञापालन गर्छन्” (हेर्नुहोस्ः रूपक)

Romans 15:18

εἰς ὑπακοὴν ἐθνῶν

“ताकि अन्यजातिहरूले परमेश्‍वरलाई आज्ञापालन गर्नेछन्”

λόγῳ καὶ ἔργῳ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्पिक अनुवादः “यी ती कुराहरू हुन् जुन ख्रीष्‍टले मैले भनेका र गरेका कुराहरूद्वारा पूरा गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ

तपाईंले यस युगल अकरणलाई सकारात्मक रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । यहाँ “यी ... कुराहरू हुन्” भन्‍ने कुराले ख्रीष्‍टले पावलद्वारा पूरा गर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “अन्यजातिहरूको आज्ञापालनको खातिर, ख्रीष्‍टले मद्वारा मेरा वचनहरू र कार्यहरूमा र पवित्र आत्माको शक्तिद्वारा चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्तिद्वारा पूरा गर्नुभएका कुराहरूका विषयमा मात्र म बोल्दछु” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:19

σημείων καὶ τεράτων

यी दुई शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र विभिन्‍न किसिमका आश्‍चर्यकर्महरूलाई जनाउँछन् । (हेर्नुहोस्ः प्रतिरूपी)

ὥστε…ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ

यो यरूशलेमको सहरदेखि इल्लुरिकनको प्रान्तसम्म हो, जुन इटाली नजिकैको क्षेत्र हो ।

Romans 15:20

οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός

पावलले ती मानिसहरूलाई मात्र प्रचार गर्न चाहन्छन् जसले कहिल्यै ख्रीष्‍टको बारेमा सुनेका छैनन् । वैकल्पिक अनुवादः “यस कारणले, म ती ठाउँहरूमा सुसमाचार सुनाउन चाहन्छु जहाँ मानिसहरूले ख्रीष्‍टको बारेमा कहिल्यै सुनेका छैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ

पावलले उनको सेवकाइको कामको विषयमा त्यो चाहिँ उनले कुनै जगमाथि घर निर्माण गर्ने कुरा भए झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “ताकि मैले सामान्य रूपमा अरू कसैले थालिसकेको कामलाई नै निरन्तरता दिइरहेको नहोऊँ । म त्यो मानिस हुन चाहन्‍न जसले अर्काको जगमाथि घर निर्माण गर्छ” (हेर्नुहोस्ः रूपक)

Romans 15:21

καθὼς γέγραπται

यहाँ पावलले यशैयाले धर्मशास्‍त्रमा लेखेका कुराहरूलाई जनाउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ र अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जे भइरहेको छ त्यो यशैयाले धर्मशास्‍त्रमा लेखेको अनुसार छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ

यहाँ पावलले “खबरहरू” वा ख्रीष्‍टको बारेमा भएको सन्देशको विषयमा त्यो जीवित थियो र आफैँ सर्न सक्थ्यो भने झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई कसैले उहाँको बारेमा भएको सन्देश सुनाएको थिएन” (हेर्नुहोस्ः मानवीकरण)

Romans 15:22

पावलले रोममा भएका विश्‍वासीहरूलाई तिनीहरूलाई भेट्ने उनको व्यक्तिगत योजनाहरूको विषयमा बताउँछन् र विश्‍वासीहरूलाई प्रार्थना गर्नका लागि अनुरोध गर्छन् ।

καὶ ἐνεκοπτόμην

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पनि मलाई अवरोध गरे” वा “मानिसहरूले पनि मलाई अवरोध गरे” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 15:23

μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις

पावलले यहाँ भन्‍ने खोजेको कुरा चाहिँ अब त्यहाँ यी क्षेत्रहरूमा कुनै त्यस्तो स्थान छैन जहाँ ती मानिसहरू बस्छन् जसले ख्रीष्‍टको बारेमा सुनेका छैनन् । वैकल्‍पिक अनुवादः “यी क्षेत्रहरूमा कुनै त्यस्ता स्थानहरू छैनन् जहाँ मानिसहरूले ख्रीष्‍टको बारेमा सुनेका छैनन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:24

τὴν Σπανίαν

यो रोमको पश्‍चिमी प्रान्त हो जहाँ पावललाई जाने इच्छा थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

διαπορευόμενος

“जसै म रोमबाट भएर जान्छु” वा “म मेरो बाटोमा हुँदा”

καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ

यहाँ पावलले भन्‍न खोजेका कुरा चाहिँ रोमी विश्‍वासीहरूले उनलाई उनको स्पेनतर्फको यात्रामा केही आर्थिक सहयोग जुटाएका उनले चाहन्छन् भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “कि तिमीहरूले मलाई मेरो यात्रामा सहायता गर्नेछौ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी अनि कर्तृवाच्य र कर्मवाच्य)

ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ

“तिमीहरूसँग केही समय बिताउनलाई आनन्द मनाएको छु” वा “तिमीहरूलाई भेट गरेकोमा रमाएको छु”

Romans 15:26

εὐδόκησαν…Μακεδονία καὶ Ἀχαΐα

यहाँ “माकेडोनिया” र “अखैया” जस्ता शब्दहरू ती क्षेत्रहरूमा बस्‍ने मानिसहरूलाई जनाउने प्रतिस्थापकीय शब्दहरू हुन् । वैकल्पिक अनुवादः “माकेडोनिया र अखैयाका प्रान्तमा भएका विश्‍वासीहरू हर्षित थिए” (हेर्नुहोस्ः उपलक्षण)

Romans 15:27

εὐδόκησαν γάρ

“माकेडोनिया र अखैयाका विश्‍वासीहरू त्यो कार्य गर्न पाउँदा हर्षित थिए”

ὀφειλέται εἰσὶν αὐτῶν

“साँच्‍चै, माकेडोनिया र अखैयाका मानिसहरू यरूशलेमका विश्‍वासीहरूका ऋृणी हुन्”

εἰ…τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς

“अन्यजातिहरू यरूशलेमका विश्‍वासीहरूका आत्मिक कुराहरूमा सहभागी भएका कारण, अन्यजातिहरूले यरूशलेमका विश्‍वासीहरूलाई सेवा पुर्‍याउनुपर्छ”

Romans 15:28

σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον

पावलले यरूशलेममा लगिरहेको पैसा चाहिँ कुनै फल भए झैँ गरेर बताउँछन् जुन तिनीहरूको लागि सङ्कलन गरिएको थियो । वैकल्‍पिक अनुवादः “र यो भेटीलाई तिनीहरूकहाँ सुरक्षित तवरमा पुर्‍याएर” (हेर्नुहोस्ः रूपक)

Romans 15:29

ἐν πληρώματι εὐλογίας Χριστοῦ, ἐλεύσομαι

यो वाक्यांशको अर्थ चाहिँ ख्रीष्‍टले पावल र रोमी विश्‍वासीहरूलाई आशिष्‌ दिनुहुनेछ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “अनि म जान्दछु कि जब म तिमीहरूलाई भेट्छु, ख्रीष्‍टले हामीलाई प्रशस्‍त गरी आशिष्‌ दिनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:30

δὲ

यदि तपार्इंको भाषामा पावलले आफू विश्‍वस्त भएका असल कुराहरूका बारेमा (रोमीहरू १५:२९) भन्‍न रोकेर उनले सामना गर्नु परेका जोखिमहरूका बारेमा बताउन सुरु गरेको कुरालाई व्यक्त गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

παρακαλῶ…ὑμᾶς

“म तिमीहरूलाई उत्साह दिन चाहन्छु”

ἀδελφοί

यहाँ भाइहरू भन्‍नाले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू हुन् ।

συναγωνίσασθαί

“तिमीहरू कडा परिश्रम गर्छौ” वा “तिमीहरू सङ्घर्ष गर्छौ”

Romans 15:31

ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई तिनीहरूबाट मुक्त गर्नुभएको होस् जो अनाज्ञाकारी छन्” वा “परमेश्‍वरले तिनीहरूलाई मलाई हानी गर्नबाट रोक्‍नुभएको होस् जो अनाज्ञाकारी छन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται

यहाँ यरूशलेममा भएका विश्‍वासीहरूले माकेडोनिया र अखैयामा भएका विश्‍वासीहरूबाटका पैसालाई खुशीसाथ स्वीकार गरून् भन्‍ने उनको चाहनालाई पावलले व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “प्रार्थना गर कि यरूशलेममा भएका विश्‍वासीहरू मैले तिनीहरूलाई ल्याइरहेको पैसा प्राप्‍त गर्नमा खुशी होऊन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 15:33

ὁ…Θεὸς τῆς εἰρήνης μετὰ

“शान्तिका परमेश्‍वर”को अर्थ परमेश्‍वर जसले विश्‍वासीहरूमा भित्री शान्ति हुन लगाउनुहुन्छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “म प्रार्थना गर्छु कि परमेश्‍वर जसले हामी सबैसँग भित्री शान्ति हुने गराउनुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 16

रोमीहरू १६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायमा, पावलले रोममा भएका केही ख्रीष्‍टिएनहरूलाई व्यक्तिगत अभिवादनहरू दिन्छन् । यस किसिमको व्यक्तिगत अभिवादनको साथमा कुनै पत्रलाई अन्त्य गर्नु भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा चलेको चलन थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

यो अध्यायको व्यक्तिगत किसिमको ढाँचाको कारण, सन्दर्भको बारेमा धेरै जानकारी छैन । यसले अनुवादलाई कठिन बनाउनेछ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 16:1

तब पावलले रोममा भएका धेरै विश्‍वासीहरूलाई नामै लिएर अभिवादन गर्छन् ।

συνίστημι δὲ ὑμῖν Φοίβην

“तिमीहरूले फिबीलाई आदर गरेको म चाहन्छु”

Φοίβην

यो एउटी स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

τὴν ἀδελφὴν ἡμῶν

“हाम्री” शब्दले पावल र सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा हाम्री बहिनी” (हेर्नुहोस्ः समावेशी “हामी”)

Κενχρεαῖς

यो ग्रीसको बन्दरगाह सहर थियो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

Romans 16:2

αὐτὴν προσδέξησθε ἐν Κυρίῳ

पावलले फिबीलाई एक सङ्गी विश्‍वासीको रूपमा स्वागत गर्नलाई रोमी विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् । वैकल्पिक अनुवादः “तिनलाई स्वागत गर किनभने हामी सबै प्रभुका हौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

ἀξίως τῶν ἁγίων

“एक विश्‍वासीले अरू विश्‍वासीहरूलाई स्वागत गर्ने तरिकामा”

παραστῆτε αὐτῇ

पावलले फिबीलाई चाहिएको कुराहरू तिनलाई दिनलाई रोमी विश्‍वासीहरूलाई प्रोत्साहन गर्छन् । वैकल्पिक अनुवादः “तिनलाई चाहिएको कुनै पनि कुरा दिएर तिनलाई सहायता गर” (हेर्नुहोस्ः व्यञ्‍जना)

καὶ…προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ

“धेरै मानिसहरूलाई सहायता गरेकी छिन्, र तिनले मलाई पनि सहायता गरेकी छिन्”

Romans 16:3

Πρίσκαν καὶ Ἀκύλαν

प्रिस्किला अकिलासकी पत्‍नी थिइन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ

पावलका “सङ्गी सहकर्मीहरू” भनेका ती मानिसहरू हुन् जसले पनि अरूहरूलाई येशूको बारेमा बताउँछन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई ख्रीष्‍ट येशूको बारेमा बताउनको निम्ति मसँगै काम गर्छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 16:5

καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν

“तिनीहरूको घरमा आराधनाको निम्ति भेला हुने विश्‍वासीहरूलाई अभिवादन गर”

Ἐπαίνετον

यो एक पुरुषको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν

पावलले इपेनितसको विषयमा तिनी उनले कटनी गर्ने कुनै फल भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “एसियामा येशूलाई विश्‍वास गर्ने पहिलो व्यक्ति (हेर्नुहोस्ः रूपक)

Romans 16:6

Μαρίαν

यो एक स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Romans 16:7

Ἀνδρόνικον

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Ἰουνίαν

यो कि त १) युनिया भन्‍ने एक स्‍त्रीको नाम हुन सक्छ वा अझ कम सम्भाव्य रूपमा २) युनियस भन्‍ने एक पुरुषको नाम हुन सक्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रेरितहरूले तिनीहरूलाई धेरै राम्ररी जान्दछन्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

Romans 16:8

Ἀμπλιᾶτον

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

τὸν ἀγαπητόν μου ἐν Κυρίῳ

“मेरा प्रिय साथी र सङ्गी विश्‍वासी”

Romans 16:9

Οὐρβανὸν…Στάχυν

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Romans 16:10

Ἀπελλῆν…Ἀριστοβούλου

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

τὸν δόκιμον ἐν Χριστῷ

“समर्थन गरिएका” भन्‍ने शब्दले त्यो व्यक्तिलाई जनाउँछ जसको जाँच गरिएको छ र साँचो प्रमाणित भएको छ । वैकल्पिक अनुवादः “जसलाई ख्रीष्‍टले समर्थन गर्नुभएको छ”

Romans 16:11

Ἡρῳδίωνα…Ναρκίσσου

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

τοὺς ὄντας ἐν Κυρίῳ

यसले येशूमा भरोसा गर्नेहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जो विश्‍वासीहरू हुन्” वा “जो प्रभुका हुन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 16:12

Τρύφαιναν…Τρυφῶσαν…Περσίδα

यी स्‍त्रीहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

Romans 16:13

Ῥοῦφον

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

τὸν ἐκλεκτὸν ἐν Κυρίῳ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले चुन्‍नुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)

τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ

पावलले रूफसको आमालाई उनको आफ्‍नै आमा भए झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “तिनकी आमा, जसलाई म पनि मेरी आमा जस्तो मान्छु” (हेर्नुहोस्ः रूपक)

Romans 16:14

Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

ἀδελφούς

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

Romans 16:15

Φιλόλογον…Νηρέα…Ὀλυμπᾶν

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

Ἰουλίαν

यो एक स्‍त्रीको नाउँ हो । युलिया सम्भवतः फिलोलोगसकी पत्‍नी थिइन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने अनि अज्ञातहरूको अनुवाद गर्नुहोस्)

Romans 16:16

φιλήματι ἁγίῳ

सङ्गी विश्‍वासीहरूको लागि प्रेम देखाउने अभिव्यक्ति

ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ

यहाँ पावलले ख्रीष्‍टका मण्‍डलीहरूका सम्बन्धमा सामान्य तवरमा कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “यस क्षेत्रमा भएका सारा मण्‍डलीहरूका विश्‍वासीहरूले तिमीहरूलाई तिनीहरूका अभिवादनहरू पठाउँछन्” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)

Romans 16:17

पावलले विश्‍वासीहरूलाई एकता र परमेश्‍वरको लागि जिउने सम्बन्धमा एउटा अन्तिम चेतावनी दिन्छन् ।

ἀδελφοί

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

σκοπεῖν

“ ... माथि नजर राख्‍न”

τὰς διχοστασίας καὶ τὰ σκάνδαλα…ποιοῦντας

यसले तिनीहरूलाई जनाउँछ जसले वादविवाद गर्छन् र अरूहरूलाई येशूमा विश्‍वास गर्नलाई छोड्न लगाउँछन् । वैकल्पिक अनुवादः “जसले विश्‍वासीहरूलाई एक अर्कासँग बहस गर्न लगाउने र परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक लगाइरहेका छन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε

“तिमीहरूले सिकिसकेका सत्यतासँग मेल नखाने कुराहरू तिनीहरू सिकाउँछन्”

ἐκκλίνετε ἀπ’ αὐτῶν

यहाँ “फर्कनु” भनेको “सुन्‍नलाई इन्कार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरूलाई नसुन” (हेर्नुहोस्ः रूपक)

Romans 16:18

ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ

“तिनीहरूले सेवा गर्छन्” भन्‍ने शब्दहरूलाई अगाडिको वाक्यांशबाट बुझिएको छ । यसलाई एउटा अलग वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बरु, तिनीहरूले तिनीहरूको आफ्‍नै पेटको सेवा गर्छन्” (हेर्नुहोस्ः शब्दलोप)

ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ

यहाँ “पेट” भनेको प्रतिस्थापन शब्द हो जसले शारीरिक इच्छाहरूलाई जनाउँछ । तिनीहरूको पेटको सेवा गर्ने कुराले तिनीहरूका इच्छाहरूलाई सन्तुष्‍ट बनाउने कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तर तिनीहरू केवल तिनीहरूका आफ्नै स्वार्थी इच्छाहरूलाई मात्र सन्तुष्‍ट पार्न चाहन्छन्” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)

καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας

यहाँ “चिप्‍ला” र “चाप्लुसी” भन्‍ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले यहाँ यी मानिसहरूले कसरी विश्‍वासीहरूलाई झुक्याइरहेका छन् भन्‍ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “असल र सत्य लाग्‍ने कुराहरू भनेर” (हेर्नुहोस्ः प्रतिरूपी)

ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων

यहाँ “हृदय” भनेको व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरूले निर्दोष विश्‍वासीहरूलाई छल्छन्” (हेर्नुहोस्ः लक्षणा)

τῶν ἀκάκων

यसले तिनीहरूलाई जनाउँछ जो सरल, अनुभव नभएका र एकदमै नयाँ हुन्छन् । वैकल्पिक अनुवादः “जसले तिनीहरूलाई निर्दोष तवरमा विश्‍वास गर्छन्” वा “जसले यी शिक्षकहरूले झुक्याउँदै छन् भनेर जान्दैनन्”

Romans 16:19

ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο

यहाँ पावलले रोमी विश्‍वासीहरूको आज्ञाकारिता चाहिँ कुनै एक व्यक्ति भए झैँ गरेर कुरा गर्छन् जो मानिसहरूकहाँ जान सक्थ्यो । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले कसरी येशूको आज्ञापालन गर्छौ भनेर सबैजनाले सुनेका छन्” (हेर्नुहोस्ः मानवीकरण)

ἀκεραίους…εἰς τὸ κακόν

“दुष्‍ट कुराहरू गर्नमा संलग्‍न नभएको”

Romans 16:20

ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει

“तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ” भन्‍ने वाक्यांशले शत्रुमाथिको पूर्ण विजयलाई जनाउँछ । यहाँ शैतानमाथिको विजय भनेको चाहिँ मानौँ रोमी विश्‍वासीहरूले कुनै शत्रुलाई तिनीहरूको पैतालामुनि कुल्चिरहेका थिए भने झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “चाँडै नै परमेश्‍वरले तिमीहरूलाई शान्ति दिनुहुनेछ र शैतानमाथि पूर्ण विजय दिनुहुनेछ” (हेर्नुहोस्ः रूपक)

Romans 16:21

पावलले तिनीसँग भएका विश्‍वासीहरूबाट अभिवादन दिन्छन् ।

Λούκιος…Ἰάσων…Σωσίπατρος

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

Romans 16:22

ἐγὼ, Τέρτιος, ὁ γράψας τὴν ἐπιστολὴν

तर्तियस ती मानिस हुन् जसले पावलले बोलेका कुरा पत्रमा लेखे । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ἀσπάζομαι ὑμᾶς…ἐν Κυρίῳ

“तिमीहरूलाई प्रभुमा एक सङ्गी विश्‍वासीको रूपमा अभिवादन गर्छु”

Romans 16:23

Γάϊος…Ἔραστος…Κούαρτος

यी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)

ὁ ξένος

यसले गायसलाई जनाउँछ, ती व्यक्ति जसको घरमा पावल र उनका सङ्गी विश्‍वासीहरू आराधनाको लागि भेला हुन्थे ।

ὁ οἰκονόμος

यो त्यो व्यक्ति हो जसले समूहको रुपियाँ-पैसाको रेखदेख गर्छ ।

Romans 16:25

पावलले एउटा आशिष्‌को प्रार्थनाले समापन गर्छन् ।

δὲ

यहाँ “अब” भन्‍ने शब्दले यस पत्रको अन्तिम भागलाई सङ्केत गर्छ । यदि तपाईंको भाषामा यसो गर्ने कुनै तरिका छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

ὑμᾶς στηρίξαι

यहाँ पावलले बलियो विश्‍वास राख्‍ने कुरालाई कुनै व्यक्ति लड्नुको साटोमा उभिरहने कुरा भए झैँ गरेर बताउँछन् ।वैकल्पिक अनुवादः “तिमीहरूको विश्‍वासलाई बलियो बनाउन” (हेर्नुहोस्ः रूपक)

κατὰ τὸ εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ

“येशू ख्रीष्‍टको बारेमा मैले प्रचार गरेको सुसमाचारद्वारा”

κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου

पावलले भन्छन् कि अगाडि लुकाइएका सत्यताहरूलाई परमेश्‍वरले विश्‍वासीहरूको समक्ष प्रकट गर्नुभएको छ । उनले यी सत्यताहरूको विषयमा मानौँ तिनीहरू कुनै गोप्‍य कुरा भए झैँ गरेर बताउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने परमेश्‍वरले धेरै अगाडिदेखि गुप्‍त राख्‍नुभएको कुरालाई हामी विश्‍वासीहरूलाई प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः रूपक अनि कर्तृवाच्य र कर्मवाच्य)

Romans 16:26

φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος

“प्रकट गरिएको” र “थाहा गराइएको” भन्‍ने क्रियापदहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले तिनीहरू दुवैलाई उनको भनाइलाई जोड दिनका लागि प्रयोग गर्छन् । तपाईंले यी शब्दहरूलाई जोड्न सक्‍नुहुन्छ र यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर अब अनन्तका परमेश्‍वरले त्यसलाई अगमवाणीका लेखहरूद्वारा सबै जातिहरूलाई थाहा गराउनुभएको छ” (हेर्नुहोस्ः प्रतिरूपी अनि कर्तृवाच्य र कर्मवाच्य)

εἰς ὑπακοὴν πίστεως

यहाँ “आज्ञाकारिता” र “विश्‍वास” भनेका भाववाचक नामपद शब्दहरू हुन् । तपाईंले “आज्ञापालन गर्नु” र “भरोसा गर्नु” भन्‍ने क्रियापदहरूलाई तपाईंको अनुवादमा प्रयोग गर्न सक्‍नुहुन्छ । कसले आज्ञापालन गर्नेछन् र विश्‍वास गर्नेछन् भन्‍ने कुरालाई तपाईंले स्‍पष्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “ताकि सबै जातिहरूले परमेश्‍वरको आज्ञापालन गरून् किनभने तिनीहरूले उहाँमा भरोसा गर्छन्” (हेर्नुहोस्ः भाववाचक नाम अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)

Romans 16:27

μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν!

यहाँ “येशू ख्रीष्‍टद्वारा” भन्‍ने कुराले येशूले गर्नुभएको कुरालाई जनाउँछ । “महिमा” दिनुको अर्थ परमेश्‍वरलाई प्रशंसा गर्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍टले हाम्रो लागि गर्नुभएको कुराको कारण, हामी सदासर्वदा उहाँलाई प्रशंसा गर्नेछौँ जो मात्र परमेश्‍वर हुनुहुन्छ र जो मात्र बुद्धिमान् हुनुहुन्छ । आमेन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)