1 Thessalonians
1 Thessalonians front
१ थेसलोनिकीहरूको परिचय
भाग १: सामान्य परिचय
१ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा
- अभिवादन (१:१)
- थेसलोनिकी ख्रीष्टिएनहरूका लागि धन्यवादको प्रार्थना (१:२-१०)
- थेसलोनिकेमा पावलको सेवकाइ (२:१-१६)
- तिनीहरूको आत्मिक वृद्धिको लागि पावलको फिक्री
- आमा झैँ (२:७)
- बाबु झैँ (२:११)
- पावलले तिमोथीलाई थेसलोनिकीहरूकहाँ पठाउँछन् र तिमोथीले पावललाई खबर पठाउँछन् (३:१-१३)
- व्यवहारिक निर्देशनहरू
- परमेश्वरलाई खुशी बनाउन जिउने (४:१-१२)
- मरेकाहरूको सम्बन्धमा सान्तवना (४:१२-१८)
- ख्रीष्टको पुनरागमन धर्मी जीवनको जिउनको लागि हौसला हो (५:१-११)
- आखिरी आशिष्, धन्यवाद, र प्रार्थनाहरू (५:१२-२८)
१ थेसलोनिकी कसले लेखे ?
१ थेसलोनिकी पावलले लेखे । पावल तार्सस सहरका मानिस थिए । तिनको सुरुको जीवनमा तिनलाई साउल भन्थे । ख्रीष्टिएन बन्नुभन्दा पहिले पावल फरिसी थिए । त्यस बेला तिनले ख्रीष्टिएनहरूलाई सताए । तिनी ख्रीष्टिएन भएपछि, मानिसहरूलाई येशूको बारेमा प्रचार गर्दै रोमी साम्राज्यभरि तिनले धेरैपल्ट यात्रा गरे ।
पावल कोरिन्थ सहरमा बसेको समयमा तिनले यो पत्र लेखे । बाइबलमा भएका पावलका सबै पत्रमध्ये १ थेसलोनिकी नै तिनको पहिलो पत्र थियो भन्ने धेरै विद्वानहरूको विचार रहेको छ ।
१ थेसलोनिकीहरूको पुस्तक केको बारेमा हो ?
पावलले यो पत्र थेसलोनिकी सहरका विश्वासीहरूलाई लेखे । सहरका यहूदीहरूले तिनलाई सहर छोड्न बाध्य पारेपछि तिनले तिनले यो पत्र लेखे । तिनलाई छोड्न बाध्य पारिएको भए तापनि तिनले थेसलोनिकीकहाँ गरेको भ्रमण सफल रह्यो भनी तिनले यो पत्रमा उल्लेख गरे ।
थेसलोनिकीका विश्वासीहरूका बारेमा तिमोथीले ल्याएको समाचार सुनेर पावलले जवाफ लेखे । त्यहाँका विश्वासीहरूले सतावटको सामना गरिरहेका थिए । यसर्थ, निरन्तर परमेश्वरलाई मनपर्दो जीवन बिताउन तिनले उनीहरूलाई उत्साह दिए । ख्रीष्टको दोस्रो आगमनभन्दा पहिले मर्ने विश्वासीहरूका बारेमा के हुन्छ भन्ने कुरा स्पष्ट पारेर तिनले उनीहरूलाई सान्त्वना दिए ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ थेसलोनिकीहरू” वा “पहिलो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । तिनीहरूले त्यसको साटोमा अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको पहिलो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
येशूको “दोस्रो आगमन” भनेको के हो ?
येशू फेरि यस पृथ्वीमा फर्केर आउनुहुने कुराका बारेमा पावलले धेरै कुरा लेखे । जब येशू फर्कनुहुन्छ, तब उहाँले सबै मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि राज्य गर्नुहुन्छ र त्यस बेला सबैतिर शान्ति हुनेछ ।
ख्रीष्टको पुनरागमनभन्दा अगाडि मरेकाहरूलाई के हुनेछ ?
ख्रीष्ट फेरि दोस्रोपटक आउनुभन्दा पहिले मर्नेहरूका जीवनमा फेरि फर्केर आउनेछन् र येशूको साथमा हुनेछन् भनेर पावलले स्पष्ट पारेका छन् । तिनीहरू सदासर्वदा मरिरहने छैनन् । थेसलोनिकीहरूलाई उत्साह दिनका लागि पावलले यो पत्र लेखे । किनभने मर्नेहरूले येशूको पुनरागमनको महान् दिनलाई देख्न पाउनेछैनन् भनेर तिनीहरूमध्ये कसैले चिन्ता गरेका थिए ।
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
पावलले “ख्रीष्टमा”, “प्रभुमा” जस्ता अभिव्यक्तिहरूले के अर्थ दिन खोजेका हुन् ?
ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।
१ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
तलका पदहरूका लागि, बाइबलका आधुनिक अनुवादहरू पुराना अनुवादहरूभन्दा अलि फरक छन् । यूएलटीमा आधुनिक अनुवादका पदहरू लिएको छ, र पुरानो अनुवादलाई पादटिप्पणीमा राखेको छ । यदि कुनै क्षेत्रमा बाइबलका पुराना अनुवाद छन् भने, अनुवादकहरूले ती अनुवादमा पाइने पाठलाई विचार गरून् । अन्यथा, अनुवादकहरूले बाइबलका आधुनिक अनुवादहरू प्रयोग गरून् भन्ने सुझाव रहेको छ ।
- “तिमीहरूलाई अनुग्रह र शान्ति होस्” (१:१) । केही पुराना संस्करणहरूमा यसरी भनिएको छः “परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति भएको होस् ।”
- “बरु, एउटी आमाले तिनका आफ्नै छोराछोरीहरूलाई स्याहार-सुसार गरिरहेको झैँ गरेर हामी तिमीहरूको माझमा कोमल थियौँ ।” (२:७) अन्य नयाँ संस्करणहरू र पुराना संस्करणहरूमा यसरी भनिएको छ, “बरु, एउटी आमाले तिनका आफ्नै छोराछोरीहरूलाई स्याहार-सुसार गरेको बेलामा जस्तै हामी तिमीहरूको माझमा शिशुहरू झैँ थियौँ ।”
- “तिमोथी, हाम्रा भाइ र परमेश्वरको लागि सङ्गी सेवक” (३:२) । केही अरू संस्करणहरूमा यसरी भनिएको छः “तिमोथी, हाम्रो भाइ र परमेश्वरको दास ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 Thessalonians 1
१ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
पद १ ले औपचारिक रूपमा यो पत्रको परिचय गराउँछ । प्राचीन मध्यपूर्वका पत्र लेखकहरूले सामान्य रूपमा यस्तै किसिमका परिचय लेख्ने गर्थे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
कठिनाइ
थेसलोनिकीमा भएका ख्रीष्टिएनहरूलाई अरू मानिसहरूले सताए । तर त्यहाँ भएका ख्रीष्टिएनहरूले त्यसलाई राम्रोसँग सम्हाले । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Thessalonians 1:1
पावलले आफूलाई यो पत्रका लेखकका रूपमा परिचय गराउँछन्, र थेसलोनिकीमा भएको मण्डलीलाई अभिवादन गर्दछन् ।
Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος; τῇ ἐκκλησίᾳ
यो पत्र लेख्ने पावल हुन् भनी युडीबीले स्पष्ट पार्छ । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
χάρις ὑμῖν καὶ εἰρήνη
मानिसहरूसँग दयापूर्व र शान्तिपूर्ण किसिमले व्यवहार गर्ने व्यक्तिलाई जनाउने लक्षणाका रूपमा “अनुग्रह” र “शान्ति” शब्दहरूको प्रयोग भएको छ । वैकल्पिक अनुवादः “परमेश्वरको दया तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्ति होस्” (हेर्नुहोस्ः लक्षणा)
ὑμῖν
यहाँ “तिमीहरू” भन्ने शब्दले थेसलोनिकेका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
1 Thessalonians 1:2
यस पत्रमा अन्य किसिमले नबताइएसम्म, “हामी” र “हामीलाई” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचन हो, र यसले थेसलोनिकीको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε
यहाँ “सधैँ” भन्नाले यो बुझिन्छ कि जब पावल परमेश्वरलाई प्रार्थना गर्छन्, उनले थेसलोनिकीहरूलाई उनको प्रार्थनाहरूमा निरन्तर परमेश्वरकहाँ प्रस्तुत गर्थे ।
μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
“हामी निरन्तर तिमीहरूको निम्ति प्रार्थना गर्दछौँ”
1 Thessalonians 1:3
τοῦ ἔργου τῆς πίστεως
परमेश्वरमा भरोसा भएको कारणले गरिएका कार्यहरू (युडीबी)
1 Thessalonians 1:4
थेसलोनिकीमा भएका विश्वासीहरूलाई पावलले निरन्तर धन्यवाद दिन्छन् र परमेश्वरमा भएको तिनीहरूको विश्वासको लागि तिनीहरूको प्रशंसा गर्दछन् । परमेश्वरको वचन प्रचारको कार्यद्वारा मात्र होइन ।
ἀδελφοὶ
यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी विश्वासीहरू हुन्छ ।
“हामी” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
1 Thessalonians 1:5
οὐκ…ἐν λόγῳ μόνον
“हामीले भनेका कुरामा मात्र होइन”
ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι Ἁγίῳ
सम्भावित अर्थहरू हुन् १) पावल र उनका सहकर्मीहरूले पवित्र आत्माद्वारा सक्षम भएर शक्तिशाली रूपमा प्रचार गरे वा २) पवित्र आत्माले थेसलोनिकेका विश्वासीहरूको माझमा सुसमाचारको प्रचारको शक्तिशाली प्रभाव पर्न दिनुभयो वा ३) पवित्र आत्माले आश्चर्यकर्महरू, चिन्हहरू, र उदेकलाग्दा कार्यहरूको माध्यमद्वारा सुसमाचारको प्रचारको सत्यता प्रदर्शन गर्नुभयो ।
πληροφορίᾳ πολλῇ
भाववाचक नामपद शब्द “निश्चयता”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यो सत्य थियो भनी परमेश्वरले तिमीहरूलाई निश्चित बनाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)
οἷοι
“हामी आफैँले कसरी व्यवहार गर्यौँ जब”
1 Thessalonians 1:6
ὑμεῖς μιμηταὶ…ἐγενήθητε
“देखासिकी” गर्नुको अर्थ त्यस्तै काम गर्नु वा अर्को व्यक्तिको व्यवहारको नक्कल गर्नु हो ।
δεξάμενοι τὸν λόγον
“सन्देशलाई स्वागत गर्यौ” वा “हामीले जे बताउनुपर्ने थियो सो स्वीकार गर्यौ”
ἐν θλίψει πολλῇ
“ठुला-ठुला कष्टहरूको समयमा” वा “ज्यादै सतावटमा”
1 Thessalonians 1:7
ἐν τῇ Ἀχαΐᾳ
यो एउटा प्राचीन प्रान्त हो, जहाँ अहिलेको ग्रिस पर्छ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
1 Thessalonians 1:8
ὁ λόγος τοῦ Κυρίου
यहाँ “वचन” भनेको “सन्देश”को लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “प्रभुका शिक्षाहरू” (हेर्नुहोस्ः लक्षणा)
ἐξήχηται
यहाँ थेसलोनिकीका विश्वासीहरूले उत्पन्न गरेका ख्रीष्टिएन साक्षी घण्टी बजाएको वा कुनै साङ्गीतिक बाजा बजाएको जस्तो गरी पावलले उल्लेख गरेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 1:9
αὐτοὶ…ἀπαγγέλλουσιν
पावलले वरिपरिका क्षेत्रहरूमा पहिलेदेखि नै भएका मण्डलीहरूको उल्लेख गर्छन्, जसले थेसलोनिकीको विश्वासीहरूबारे सुनेका छन् ।
αὐτοὶ
यहाँ “तिनीहरू आफैँले” भन्ने शब्दले थेसलोनिकीका विश्वासीहरूका बारेमा सुनेकाहरूलाई जोड दिन प्रयोग भएको हो । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς
भाववाचक नाउँ “स्वीकार” लाई क्रियापद “ग्रहण गर्यौ” वा “स्वागत गर्यौ,” लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले हामीलाई कति न्यानो किसिमले ग्रहण गर्यौ” वा “तिमीहरूले कसरी हामीलाई न्यानो स्वागत गर्यौ” (हेर्नुहोस्ः लक्षणा)
ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ
यहाँ “छोडेर ... फर्क्यौ” शब्द अलङ्कार हो, र यसको अर्थ कुनै व्यक्तिसँग निष्ठावन् हुन सुरु गर्ने र कसैसँग निष्ठावन् हुन छोड्ने कुरा हो । वैकल्पिक अनुवादः “मूर्तिपूजा गर्न छोड्यौ, र जीवित र साँचो परमेश्वरको सेवा गर्न सुरु गर्यौ” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 1:10
τὸν Υἱὸν αὐτοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὃν ἤγειρεν
“जसलाई परमेश्वरले फेरि जिउने तुल्याउनुभयो”
ἐκ τῶν νεκρῶν
“र यसरी उहाँ फेरि मरेको हुनुहुन्न ।” यो वाक्यले मरेर पातालमा भएका सबै मानिसलाई एकसाथ जनाउँछ । तिनीहरूका बीचबाट फर्केर आउने कुरालाई पावलले फेरि जीवित हुने भनेका छन् ।
τὸν ῥυόμενον ἡμᾶς
यहाँ पावलले थेसलोनिकेका विश्वासीहरूलाई समेट्छन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
1 Thessalonians 2
१ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टिएन साक्षी
पावलले उनको “ख्रीष्टिएन साक्षी”लाई सुसमाचारको सत्यताको प्रमाणको रूपमा महत्त्व दिन्छन् । पावल भन्दछन्, भक्त अर्थात् पवित्र हुनु भनेको गैर-ख्रीष्टिएनहरूलाई साक्षी दिनु पनि हो । पावलले आफ्नो चरित्रका बारेमा बचाउ गर्दछन्, र यसले तिनको साक्षीलाई प्रभाव पारेन । (हेर्नुहोस्ः गवाही, गवाही दिनु, प्रमाण अनि ईश्वरीय, ईश्वरभक्ति अनि पवित्र, पवित्रता)
1 Thessalonians 2:1
विश्वासीहरूका लागि सेवा र इनामको बारेमा पावलले स्पष्ट पार्दछन् ।
αὐτοὶ…οἴδατε
“तिमीहरू” र “तिमीहरू आफैँ” भन्ने शब्दहरूले थेसलोनिकेका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
ἀδελφοί
यहाँ यसले पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
τὴν εἴσοδον ἡμῶν
“हाम्रो” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेकी विश्वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
οὐ κενὴ γέγονεν
यसलाई सकारात्मक तवरमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “ज्यादै अर्थपूर्ण थियो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 Thessalonians 2:2
προπαθόντες καὶ ὑβρισθέντες
“दुर्व्यवहार र बेइज्जत गरिएका थिए”
ἐν πολλῷ ἀγῶνι
“कठोर खेदोनिन्दा बीचको सङ्घर्षमा”
1 Thessalonians 2:3
οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὐδὲ ἐν δόλῳ
“सत्य, शुद्ध, र ईमानदार थियो”
1 Thessalonians 2:4
δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι
पावल परमेश्वरद्वारा जाँचिएका र भरोसायोग्य प्रमाणित गरिएका थिए ।
λαλοῦμεν
पावलले सुसमाचारको सन्देश प्रचार गर्ने कुराका बारेमा उल्लेख गर्दै छन् । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν
यहाँ “हृदय” कुनै व्यक्तिको इच्छाहरू र विचारहरूलाई जनाउने अलङ्कार शब्द हो । वैकल्पिक अनुवादः “जसले हाम्रा इच्छाहरू र विचारहरू जान्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
1 Thessalonians 2:5
आफ्नो व्यवहार चाप्लुसी, लोभ वा आफ्नै महिमा गर्ने कुरामा आधारित थिएन भनेर पावलले थेसलोनिकीका विश्वासीहरूलाई भन्दछन् ।
οὔτε…ἐν λόγῳ κολακίας ἐγενήθημεν
“हामीले कहिल्यै झुटो प्रशंसासाथ तिमीहरूसँग बोलेनौँ”
1 Thessalonians 2:7
ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα
जसरी आमाले आफ्नो बालकलाई कोमलतापूर्वक सान्त्वना दिन्छिन्, त्यसैगरी पावल, सिलास र तिमोथीले थेसलोनिकेका विश्वासीहरूसँग कोमलतासाथ बोले । (हेर्नुहोस्ः उपमा)
1 Thessalonians 2:8
οὕτως ὁμειρόμενοι ὑμῶν
“तिमीहरूप्रतिको हाम्रो गहिरो प्रेमलाई हामीले यसरी दर्सायौँ”
ὁμειρόμενοι ὑμῶν
“हामीले तिमीहरूलाई प्रेम गर्यौँ”
εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς
सुसमाचारको सन्देश र आफ्नो जीवन र तिनका साथमा भएका अरू मानिसहरूका जीवन कसैले अरूसँग बाँड्न मिल्ने भौतिक वस्तु हो झैँ गरी पावलले भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरूसँग परमेश्वरको सुसमाचार भन्न मात्र होइन तर तिमीहरूसँग समय बिताउन र तिमीहरूलाई मदत पुर्याउन पनि हामी आनन्दित थियौँ” (हेर्नुहोस्ः रूपक)
ἀγαπητοὶ ἡμῖν ἐγενήθητε
“हामीले तिमीहरूलाई गहिरोसँग वास्ता गर्यौँ”
1 Thessalonians 2:9
ἀδελφοί
यसले दुवै पुरुष र महिला गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον
सामान्यतया “परिश्रम” र “मेहनत” भन्ने शब्दहरूको अर्थ उस्तै हुन्छ । पावलले तिनीहरूको निम्ति कति धेरै कडा परिश्रम गरेका थिए भन्ने कुरालाई जोड दिनको निम्ति ती शब्दहरू प्रयोग गरेका थिए । वैकल्पिक अनुवादः “हामीले कति कडा परिश्रम गर्यौँ” (हेर्नुहोस्ः प्रतिरूपी)
νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν
“आफ्नो जीविकाको निम्ति हामीले कडा परिश्रम गर्यौँ, ताकि तिमीहरूले हामीलाई सहायता गर्नु नपरोस्”
1 Thessalonians 2:10
ὁσίως, καὶ δικαίως, καὶ ἀμέμπτως
तिनीहरूले थेसलोनिकेकी विश्वासीहरूलाई ज्यादै असल तरिकाले व्यवहार गरेका थिए भन्ने कुरा वर्णन गर्नलाई पावल यी तीनवटा शब्दको प्रयोग गर्छन् ।
1 Thessalonians 2:11
ὡς πατὴρ τέκνα ἑαυτοῦ
पावलले थेसलोनिकीहरूलाई कसरी उत्साह दिएका थिए भन्ने कुरालाई उनले पिताले आफ्ना सन्तानहरूलाई कसरी व्यवहार गर्ने भनेर सिकाएको कुरासँग तुलना गर्छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 2:12
παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι…ὑμᾶς
पावलले झुण्डले कसरी जोसका साथ थेसलोनिकेका विश्वासीहरूलाई उत्साह दिएका थिए भन्ने कुरालाई व्यक्त गर्न “अर्ती”, “उत्साह”, र “आग्रह” शब्दहरू सँगै प्रयोग गरिएका छन् । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई जोडका साथ उत्साह दिइरहेका थियौँ” (हेर्नुहोस्ः प्रतिरूपी)
εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν
“महिमा” भन्ने शब्दले “राज्य” भन्ने शब्दलाई वर्णन गर्दछ । वैकल्पिक अनुवादः “उहाँको आफ्नै महिमामय राज्यमा” (हेर्नुहोस्ः दुई शब्दको बिचमा 'र' राखेर एउटै विचार व्यक्त गर्ने अभिव्यञ्जना)
εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ Θεοῦ
यहाँ “हिँड्नु” भनेको “जिउनु”लाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जीवन बिताओ, र यसरी मानिसहरूले परमेश्वरको बारेमा असल कुरा भन्न सकून्” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 2:13
आफू र आफूसँग भएका यात्रा सहकर्मीहरूलाई जनाउन “हामी” र थेसलोनिकीका विश्वासीहरूलाई जनाउन “तिमीहरू” शब्दहरूको प्रयोग पावलले निरन्तर रूपमा गरेका छन् ।
καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως
पावलले तिनीहरूसँग बाँडेको सुसमाचारको सन्देशलाई तिनीहरूले स्वीकार गरेका कारणले तिनले परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छन् ।
οὐ λόγον ἀνθρώπων
“मानिस आफैँले प्रचार गरेको सन्देश” लाई जनाउन यहाँ “मानिसको वचन” उपलक्षणाको रूपमा प्रयोग भएको हो । वैकल्पिक अनुवादः “(यो) सन्देश मानिसले बनाएको सन्देश होइन” (हेर्नुहोस्ः उपलक्षण)
λόγον Θεοῦ
यहाँ “वचन” शब्द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “तिमीहरूले परमेश्वरवाट आएको सन्देशलाई जस्ताको तस्तै ग्रहण गर्यौ” (हेर्नुहोस्ः लक्षणा)
ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν
परमेश्वरको सुसमाचारको सन्देश काम गरिरहने कुनै व्यक्ति हो झैँ गरी पावलले भनेका छन् । “वचन” शब्द “सन्देश”लाई जनाउने उपलक्षणा हो । वैकल्पिक अनुवादः “तिमी विश्वास गर्नेहरूले सुन्छौ र आज्ञापालन गर्न सुरु गरेका छौ” (हेर्नुहोस्ः मानवीकरण अनि लक्षणा)
1 Thessalonians 2:14
ἀδελφοί
यहाँ यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
μιμηταὶ ἐγενήθητε…τῶν ἐκκλησιῶν
थेसलोनिकी विश्वासीहरूले यहूदीयाका विश्वासीहरूको जस्तै सतावट भोगे । “मण्डलीहरू जस्तै भए”
ὑπὸ τῶν ἰδίων συμφυλετῶν
“अरू थेसलोनिकीहरूबाट”
1 Thessalonians 2:16
κωλυόντων ἡμᾶς…λαλῆσαι
“तिनीहरूले हामीलाई बोल्नलाई रोक्न खोज्छन्”
εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε
कुनै मानिसले पानीले भाँडो भरे झैँ गरी उसका आफ्नै पापहरूले भाँडो भर्न सक्ने जस्तै गरी पावलले बताउँदछन् । (हेर्नुहोस्ः रूपक)
ἔφθασεν…ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος
मानिसहरूका पापका लागि परमेश्वरले आखिरीमा तिनीहरूको न्याय गर्नुहुने र दण्ड दिनुहुने कुरालाई यसले जनाउँछ ।
1 Thessalonians 2:17
ἀδελφοί
यसको अर्थ पुरुष र महिला दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
προσώπῳ οὐ καρδίᾳ
यहाँ “हृदय” शब्दले विचारहरू र भावनाहरूलाई जनाउँछ । पावल र तिनका यात्रा सहकर्मीहरू भौतिक रूपमा थेसलोनिकीमा थिएनन् । तापनि तिनीहरूले निरन्तर रूपमा त्यहाँका विश्वासीहरूको वास्ता र विचार गर्दछन् । वैकल्पिक अनुवादः “शरीरमा, तर हामीले तिमीहरूको बारेमा निरन्तर सोच्यौँ” (हेर्नुहोस्ः लक्षणा)
τὸ πρόσωπον ὑμῶν ἰδεῖν
यहाँ “तिमीहरूको मुहार” शब्दले सम्पूर्ण व्यक्तिको अर्थ दिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूलाई भेट्न” वा “तिमीहरूसँग हुन” (हेर्नुहोस्ः उपलक्षण)
1 Thessalonians 2:19
τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως? ἢ οὐχὶ καὶ ὑμεῖς, ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν τῇ αὐτοῦ παρουσίᾳ?
पावलले थेसलोनिकीका विश्वासीहरूसँग भेट गर्न जाने कारणमा जोड दिनलाई प्रश्नको प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरू, अरू विश्वासीहरू जस्तै, प्रभु येशूको सामुन्ने उहाँको आगमनमा भविष्यको निम्ति हाम्रो निश्चयता, र आनन्द, र गौरवको मुकुट हौ” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἡμῶν ἐλπὶς…ἢ οὐχὶ καὶ ὑμεῖς
परमेश्वरले आफ्नो कामको लागि इनाम दिनुहुन्छ भन्ने निश्चयता जनाउन पावलले “आशा” भनेका हुन् । तिनको आफ्नो आशाका लागि थेसलोनिकीका ख्रीष्टिएनहरू कारण हुन् । (हेर्नुहोस्ः लक्षणा)
ἢ χαρὰ
थेसलोनिकीहरू उनको आनन्दको कारण हुन् । (हेर्नुहोस्ः लक्षणा)
στέφανος καυχήσεως
यहाँ “मुकुट” शब्दले विजयी खेलाडीहरूलाई सम्मान स्वरूप प्रदान गर्ने पात गाँसेर बनाएको मुकुटलाई जनाउँछ । “महिमाको मुकुट” को अर्थ विजयी भएको वा उत्तम नतिजा ल्याएको लागि दिने इनाम हो । (हेर्नुहोस्ः लक्षणा)
1 Thessalonians 3
१ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
खडा रहने
यस अध्यायमा दह्रिलो हुने कुरालाई पावलले “स्थिर रहने” कुरा गर्दछन् । दह्रिलो हुने वा विश्वासयोग्य हुने कुरालाई स्पष्ट पार्ने यो सामान्य तरिका हो । दह्रिलो हुने कुराको विपरित अर्थ जनाउन पावलले “खलबलिने” शब्द प्रयोग गर्दछन् । (हेर्नुहोस्ः विश्वासयोग्य, विश्वासयोग्यता)
1 Thessalonians 3:1
पावलले विश्वासीहरूलाई बताउँछन् कि तिनीहरूको विश्वासलाई बलियो बनाउनका लागि उनले तिमोथीलाई पठाएका छन् ।
μηκέτι στέγοντες
“हामी तिमीहरूको चिन्ता थप लिइरहन सकेनौँ”
ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι
“सिलास र मलाई एथेन्समा रहन असल लाग्यो”
ηὐδοκήσαμεν
“त्यो ठिक थियो” वा “त्यो सुहाउँदो थियो”
Ἀθήναις
अखैया प्रान्तमा रहेको एउटा सहर हो, जुन अहिलेको आधुनिक ग्रीसमा पर्दछ । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
1 Thessalonians 3:2
τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον
यी दुवै वाक्यले तिमोथीलाई जनाउँछन् ।
1 Thessalonians 3:3
μηδένα σαίνεσθαι
“डग्मगाउने” शब्द डराउने जनाउने लक्षणा हो । वैकल्पिक अनुवादः “ख्रीष्टलाई विश्वास गर्न कोही पनि डराउने छैन” (हेर्नुहोस्ः टुक्काहरू)
κείμεθα
परमेश्वरले नै पावललाई नियुक्त गर्नुभयो भनेर हरेक ख्रीष्टिएनलाई थाहा छ भन्ने अनुमान पावलले गर्दछन् । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई नियुक्त गर्नुभएको छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Thessalonians 3:4
θλίβεσθαι
“अरूहरूबाट दुर्व्यवहार गरिन”
1 Thessalonians 3:5
κἀγὼ μηκέτι στέγων
पावलले एउटा लक्षणाको प्रयोग गरी तिनको आफ्नै भावनाहरूको वर्णन गरेका छन् । वैकल्पिक अनुवादः “मैले धैर्य गरी पर्खन सकिनँ” (हेर्नुहोस्ः टुक्काहरू)
ἔπεμψα
यसको अर्थ पावल आफैँले तिमोथीलाई पठाए । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “मैले तिमोथीलाई पठाएँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ κόπος ἡμῶν
“तिमीहरूका बीचमा हामीले गरेका कडा मेहनतको काम” वा “हामीले तिमीहरूका बीचमा सिकाएका कुराहरू”
εἰς κενὸν
“बेकम्मा”
1 Thessalonians 3:6
तिमोथीले थेसलोनिकीसँग भेटघाट गरी फर्केर पावललाई खबर दिएपछि पावलले ती कुरा आफ्ना पाठकहरूलाई भनेका छन् ।
πρὸς ἡμᾶς
“हामी” भन्ने शब्दले पावल र सिलासलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
τὴν πίστιν…ὑμῶν
यस कुराले ख्रीष्टमा भएको विश्वासलाई जनाउँछ भन्ने बुझ्न सकिन्छ । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको विश्वासको असल प्रतिवेदन” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἔχετε μνείαν…ἀγαθὴν πάντοτε
तिनीहरूले पावलका बारेमा विचार गर्दा तिनीहरूसँग सधैँ असल विचारहरू मात्र छन् ।
ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν
“तिमीहरू हामीलाई भेट्ने इच्छुक छौ”
1 Thessalonians 3:7
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
διὰ τῆς ὑμῶν πίστεως
यस कुराले ख्रीष्टमा भएको विश्वासलाई जनाउँछ । यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टमा तिमीहरूको विश्वासको कारण” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν
“कष्ट” भन्ने शब्दले तिनीहरू किन “हैरानीमा” छन् भन्ने कुरालाई व्याख्या गर्दछ । वैकल्पिक अनुवादः “हाम्रो कष्टहरूले दिएको हाम्रा सबै हैरानीहरूमा” (हेर्नुहोस्ः प्रतिरूपी)
1 Thessalonians 3:8
ζῶμεν
यो लक्षणा हो, र यसले सन्तुष्ट जीवन बिताउने कुराको बारेमा बताउँछ । वैकल्पिक अनुवादः “हामी ज्यादै उत्साहित भएका छौँ” (हेर्नुहोस्ः टुक्काहरू)
ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ
“स्थिरसँग खडा हुनु” एउटा उपमा हो जसको अर्थ निरन्तर विश्वासयोग्य रहनु हो । वैकल्पिक अनुवादः “यदि तिमीले प्रभुमा भरोसा गरिराख्यौ भने” (युडीबी) (हेर्नुहोस्ः टुक्काहरू)
1 Thessalonians 3:9
τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς, ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν
यस आलङ्कारिक प्रश्नलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका लागि जे गर्नुभएको छ, त्यसका लागि हामीले उहाँलाई दिनुपर्ने जति धन्यवाद दिन सक्दैनौँ ! हाम्रा परमेश्वरमा हामीले प्रार्थना चढाउँदा हामी धेरै आनन्दित हुन्छौँ !” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν
पावल र तिनका सहकर्मीहरू भौतिक रूपमा नै परमेश्वरको उपस्थितिमा भए झैँ तिनले कुरा गरेका छन् । तिनले शायद प्रार्थनाको कार्यकलापलाई जनाउन खोजेका हुन सक्छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 3:10
ὑπέρἐκπερισσοῦ
“तीव्रताका साथ”
εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον
“मुहार” शब्दले तिनीहरूका सम्पूर्ण व्यक्तित्वलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीलाई भेट्न” (हेर्नुहोस्ः उपलक्षण)
1 Thessalonians 3:11
यी पदमा, “हाम्रा” शब्दले सधैँ एकै समूहका मानिसहरूलाई जनाउँदैन । कृपा गरी विशेष अर्थ बुझ्नलाई अनुवादका टिपोटहरूलाई हेर्नुहोस् ।
ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν…ὁ Κύριος ἡμῶν
पावलले आफ्नो सेवाकार्यको समूहभित्र थेसलोनिकीका विश्वासीहरूलाई समावेश गर्दछन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν…κατευθύναι
“हामी प्रार्थना गर्छौं कि हाम्रा परमेश्वरले”
κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς
थेसलोनिकीका ख्रीष्टिएनहरूसँग भेटघाट गर्न जान पावल र तिनका सहयात्री मित्रहरूलाई परमेश्वरले मार्गदर्शन गरून् भन्ने तिनको इच्छा रहेको छ । तिनले भन्न खोजेको कुराको अर्थ परमेश्वरले तिनीहरूलाई त्यसो गर्न सक्षम तुल्याउन् भन्ने हो । (हेर्नुहोस्ः रूपक)
τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς
“हाम्रो” भन्ने शब्दले पावल, सिलास, र तिमोथीलाई जनाउँछ, तर थेसलोनिकेका विश्वासीहरूलाई होइन । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
αὐτὸς…Πατὴρ
यहाँ “आफैँ” भन्ने शब्द जोड दिनको लागि फिर्ता पितालाई नै जनाउँछ । (हेर्नुहोस्ः निजवाचक सर्वनाम)
1 Thessalonians 3:12
ὑμᾶς…ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ
प्रेम कुनै वस्तु हो र कसैले यसबाट धेरै प्राप्त गर्न सक्दछ भने झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 3:13
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας, ἀμέμπτους
यहाँ “हृदय” चाहिँ कसैको विश्वास र कसैलाई बोध हुने कुराहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बलिया ... , ताकि तिमीहरू ... हुन सक” (हेर्नुहोस्ः लक्षणा)
ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ
“जब येशू पृथ्वीमा फर्केर आउनुहुन्छ”
μετὰ πάντων τῶν ἁγίων αὐτοῦ
“जो उहाँका हुन् ती सबैसँग”
1 Thessalonians 4
१ थेसलोनिकीहरू ०४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
यौन अनैतिकता
यौनको अनैतिकताका बारेमा भिन्नभिन्न संस्कृतिमा भिन्नभिन्न मानकहरू भएको पाइन्छ । यस्ता विभिन्न संस्कृतिक मानकले गर्दा यो खण्ड अनुवाद गर्न कठिनाइ पर्न सक्छ । संस्कृतिक रूपमा निषेधित कुराका बारेमा पनि अनुवादकहरू जानकार हुनुपर्दछ । यी शीर्षकमा छलफल गर्न समेत उचित मानिँदैन ।
ख्रीष्टको दोस्रो आगमनभन्दा पहिला मृत्यु हुने
सुरुको मन्डलीमा, ख्रीष्टको दोस्रो आगमनभन्दा पहिला नै विश्वासीहरू मरे भने के हुने होला भनेर विश्वासीहरू अलमलमा परेका थिए । ख्रीष्टको दोस्रो आगमनभन्दा पहिला मर्ने विश्वासीहरू परमेश्वरको राज्यका सहभागीहरू होलान् कि नहोलान् भनेर तिनीहरू चिन्तामा परेका थिए । त्यो चासोको विषयमा पावलले जवाफ दिएका छन् ।
“प्रभुलाई आकाशमा भेट्नलाई बादलमा लगिएका”
यो खण्डले येशूले उहाँमाथि विश्वास गर्नेहरूलाई आफूकहाँ बोलाउनुहुने समयलाई जनाउँछ । यसले येशूको आखिरी महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्ने बारेमा भने विद्वानहरूका बिचमा मतभेद भएको पाइन्छ । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
1 Thessalonians 4:1
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν
पावलले तिनीहरूलाई अत्यन्तै उत्साह दिएका थिए भन्ने कुरालाई जोड दिनलाई “उत्साह” र “अर्ती” शब्दहरू प्रयोग गरेका हुन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूलाई अत्यन्तै उत्साह दिन्छौँ” (हेर्नुहोस्ः प्रतिरूपी)
παρελάβετε παρ’ ἡμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकायौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
δεῖ ὑμᾶς περιπατεῖν
यहाँ “हिँड्नु” भन्ने शब्दले एउटा मानिसले जिउने तरिकालाई व्यक्त गर्दछ । वैकल्पिक अनुवादः “तिमीहरू जिउनुपर्छ” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 4:2
διὰ τοῦ Κυρίου Ἰησοῦ
पावल आफूले दिने सुझावहरू स्वयम् येशूले नै दिनुभए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 4:3
ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας
“तिमीहरू यौन अनैतिक कार्यहरूबाट टाढा रहनू”
1 Thessalonians 4:4
εἰδέναι…τὸ ἑαυτοῦ σκεῦος, κτᾶσθαι
सम्भावित अर्थहरू हुन् १) “उसको आफ्नो श्रीमतीसँग कसरी जिउने थाहा पाउनु” वा २) “उसको आफ्नो शरिरलाई कसरी नियन्त्रण गर्ने थाहा पाउनु”
1 Thessalonians 4:5
ἐν πάθει ἐπιθυμίας
“गलत यौन क्रियाकलापको चाहनासँग”
1 Thessalonians 4:6
यहाँ “मानिस” शब्दले पुरुष वा स्त्रीलाई जनाउँछ । “कोही होइन” वा “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः पुलिङ्गी शब्दहरूले स्त्रीलाई पनि जनाउने अवस्थाहरू)
ὑπερβαίνειν καὶ πλεονεκτεῖν
यो एउटै कुरालाई दुई तवरले भनेर अवधारणालाई जोड दिने तरिका हो । वैकल्पिक अनुवादः “गलत कुराहरू गर्नु” (हेर्नुहोस्ः प्रतिरूपी)
ἔκδικος Κύριος
यसलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अपराध गर्नेलाई प्रभुले दण्ड दिनुहुनेछ र अन्याय हुनेलाई उहाँले जोगाउनुहुनेछ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα
“तिमीहरूलाई पहिल्यै बतायौँ र कडासँग चेताउनी दियौँ”
1 Thessalonians 4:7
οὐ…ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई शुद्धता र पवित्रताको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
οὐ…ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς
“हामीलाई” भन्ने शब्दले सबै विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
1 Thessalonians 4:8
ὁ ἀθετῶν
“जसले यो शिक्षालाई महत्त्व दिँदैन” वा “जसले यो शिक्षालाई बेवास्ता गर्छ”
ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν
पावलले आफ्नो शिक्षा मानिसबाट होइन, तर परमेश्वरबाट नै आएको हो भन्ने कुरामा तिनले जोड दिएका छन् ।
1 Thessalonians 4:9
τῆς φιλαδελφίας
“सङ्गी विश्वासीहरूको लागि प्रेम”
1 Thessalonians 4:10
ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ
“तिमीहरूले माकेडोनियाभरी भएका सबै विश्वासीहरूलाई प्रेम देखाउँछौ”
ἀδελφοὺς
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
1 Thessalonians 4:11
φιλοτιμεῖσθαι
“कोसिस गर्न”
ἡσυχάζειν
कसैले आफ्नो समुदायसँग शान्तिपूर्ण किसिमले जिउने र झगडा उत्पन्न नगर्ने कुरालाई स्पष्ट पार्न पावलले “शान्त तवरमा” भन्ने शब्द प्रयोग गर्दछन् । वैकल्पिक अनुवादः “शान्त र व्यवस्थित किसिमले जिउने” (हेर्नुहोस्ः रूपक)
πράσσειν τὰ ἴδια
“तिमीहरूको आफ्नै काम गर” वा “तिमीहरू जिम्मेवार भएका कुराहरूको ख्याल गर ।” यसको अर्थ हामीले अरू मानिसको चासोमा निन्दा र हस्तक्षेप पनि गर्न हुँदैन । (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν
उत्पादनशील जीवन यापन गर्नका लागि यो एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “आफ्नो जीविकाको निम्ति खाँचो पर्ने थोकहरू कमाउनको निम्ति तिमीहरूको आफ्नै पेशा गर” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 4:12
περιπατῆτε εὐσχημόνως
यहाँ “हिँड्नु” शब्द चाहिँ “जिउने” वा “व्यवहार गर्ने” कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “ठीकसँग व्यवहार गर” (हेर्नुहोस्ः रूपक)
εὐσχημόνως
अरूहरूलाई आदर देखाउने र तिनीहरूको आदर कमाउने तरिकामा
πρὸς τοὺς ἔξω
ख्रीष्टलाई विश्वास नगर्नेहरूका बारेमा तिनीहरू विश्वासीहरू बसेका ठाउँदेखि बाहिर र टाढा छन् भनेजस्तो गरी पावलले कुरा गरेका छन् । “तिनीहरूको नजरमा जसले ख्रीष्टमा विश्वास गर्दैनन्” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 4:13
मृत्यु भइसकेका ख्रीष्टिएन विश्वासीहरू, अझै जिवित रहेका ख्रीष्टिएनहरू, र ख्रीष्टको पुनरागमनको समयमा जीवित रहेका ख्रीष्टिएनहरूको विषयमा पावलले कुरा गर्छन् ।
οὐ θέλομεν…ὑμᾶς ἀγνοεῖν
यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूले जानेको चाहन्छौँ” वा “हामी तिमीहरूले थाहा पाएको चाहन्छौँ”
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
τῶν κοιμωμένων
यहाँ “सुत्नु” भनेको मृत रहेको कुरालाई जनाउने मृदुभाषी शब्द हो । वैकल्पिक अनुवादः “तिनीहरू जो मरेका छन्” (हेर्नुहोस्ः व्यञ्जना)
ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ
“किनभने हामी तिमीहरूले बाँकीले जस्तै शोक मनाएको चाहँदैनौँ”
μὴ λυπῆσθε
शोक मनाउनु, केही कुराको लागि निरास हुनु
καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα
“भविष्यको प्रतिज्ञामा विश्वास नभएका मानिसहरूजस्ता ।” ती मानिसले जे कुरामा विश्वास गर्दैनन्, त्यो स्पष्ट रूपमा लेख्न सकिन्छ । वैकल्पिक अनुवादः “मृत्युबाट आफ्नो पुनरुत्थान हुन्छ भनेर दृढ भरोसा नभएका मानिसहरूजस्ता” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Thessalonians 4:14
εἰ…πιστεύομεν
यहाँ “हामी”ले पावल र उनका श्रोतागणलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἀνέστη
“फेरि जिउनको लागि उठ्नुभयो”
τοὺς κοιμηθέντας
यहाँ “निदाएका” भनेको मरेको कुरालाई जनाउने नरम शैली हो । (हेर्नुहोस्ः व्यञ्जना)
1 Thessalonians 4:15
ἐν λόγῳ Κυρίου
“वचन” शब्द लक्षणा हो, र यसले सन्देशलाई जनाउँछ । वैकल्पिक अनुवादः “प्रभुका शिक्षाहरूलाई बुझ्ने माध्यमद्वारा” (हेर्नुहोस्ः लक्षणा)
εἰς τὴν παρουσίαν τοῦ Κυρίου
“जब प्रभु फर्कनुहुन्छ”
1 Thessalonians 4:16
αὐτὸς ὁ Κύριος…καταβήσεται
“प्रभु स्वयम् तल आउनुहुनेछ”
ἀρχαγγέλου
“मुख्य स्वर्गदूत”
οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον
“ख्रीष्टमा मरेकाहरू” भन्नाले बितेर गएका विश्वासीहरू हुन् । वैकल्पिक अनुवादः “येशू ख्रीष्टमा विश्वास गर्नेहरू, जो पहिल्यै मरिसकेका छन्, तिनीहरू पहिले जिई उठ्नेछन्” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 Thessalonians 4:17
ἡμεῖς οἱ ζῶντες
यहाँ “हामी”ले सबै विश्वासीहरूलाई जनाउँछ जो मरेका छैनन् । (हेर्नुहोस्ः समावेशी “हामी”)
σὺν αὐτοῖς
“तिनीहरू” शब्दले मरेका विश्वासीहरूलाई जनाउँछ, जो फेरि जीवित बनाइएका थिए ।
ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα
“प्रभु येशूलाई आकाशमा भेट्नु”
1 Thessalonians 5
१ थेसलोनिकीहरू 05 सामान्य टिपोटहरू
संरचना र ढाँचा
विशेष गरी प्रचीन मध्यपूर्वमा चलेको चलनजस्तै गरी पावलले आफ्नो पत्रको समापन गरेका छन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
प्रभुको दिन
प्रभुको आगामी दिनको ठिक समय संसारका लागि अचानक हुनेछ । “राती चोर आए झैँ गरी” भन्ने उपमाको अर्थ यही हो । यसैकारणले ख्रीष्टिएनहरूले प्रभुको आगमनको लागि तयार जीवन जिउनुपर्छ । (हेर्नुहोस्ः प्रभुको दिन, याहोवेको दिन अनि उपमा)
आत्मालाई निभाउनु
यसको अर्थ चाहिँ पवित्र आत्माको अगुवाइ र कामलाई बेवास्ता गर्नु वा त्यसको विरुद्धमा काम गर्नु भन्ने हुन्छ ।
1 Thessalonians 5:1
अन्य किसिमले नबताइएसम्म, यस अध्यायमा प्रयोग भएका “हामी” र “हामीलाई” भन्ने शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचन हो, र यसले थेसलोनिकीको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप अनि तिमीका रूपहरू)
पावलले निरन्तर रूपमा येशू आउनुहुने दिनको बारेमा कुरा गर्दछन् ।
τῶν χρόνων καὶ τῶν καιρῶν
यसले प्रभु येशूको दोस्रो आगमन हुनुअगिका घटनाहरूलाई सङ्केत गर्दछ ।
ἀδελφοί
यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
1 Thessalonians 5:2
ἀκριβῶς
“ज्यादै असल” वा “ठ्याक्कै मिल्ने गरेर”
ὡς κλέπτης ἐν νυκτὶ οὕτως
जसरी कुन चाहिँ रातमा चोर आउँछ होला भनेर कसैले पनि जान्न सक्दैन, त्यसै गरी कुन दिनमा प्रभु आउनुहुन्छ भनेर हामीले जान्न सक्दैनौँ । वैकल्पिक अनुवादः “अपेक्षा नगरे झैँ” (हेर्नुहोस्ः उपमा)
1 Thessalonians 5:3
ὅταν λέγωσιν
“जब मानिसहरूले भन्दछन्”
τότε αἰφνίδιος…ὄλεθρος
“त्यसपछि नसोचिएको प्रकारले नाश हुन्छ”
ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ
जसरी गर्भवती महिलामा अचानक प्रसव-वेदना आउँछ र बच्चा नजन्मेसम्म त्यो रोकिँदैन, त्यसरी नै विनाश आउनेछ र मानिसहरू उम्कन पाउनेछैनन् । (हेर्नुहोस्ः उपमा)
1 Thessalonians 5:4
ὑμεῖς…ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
οὐκ ἐστὲ ἐν σκότει
परमेश्वरको विरुद्धमा दुष्ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्धकार भनेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अन्जान छैनौ, अन्धकारमा बस्ने मानिसहरू झैँ” (हेर्नुहोस्ः रूपक)
ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτας καταλάβῃ
जुन दिन प्रभु आउनुहुन्छ त्यो दिन विश्वासीहरूको लागि कुनै अचम्मको कुरा हुनुहुँदैन । (हेर्नुहोस्ः उपमा)
1 Thessalonians 5:5
πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας
पावलले सत्य कुरालाई ज्योति र दिन भनेका छन् । वैकल्पिक अनुवादः “किनकि ज्योतिमा जिउने मानिस, दिनमा काम गर्ने मानिस झैँ तिमीहरू सत्य जान्दछौ (हेर्नुहोस्ः रूपक)
οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους
परमेश्वरको विरुद्धमा दुष्ट हुने वा अज्ञानी हुने कुरालाई पावलले अन्धकार भनेका छन् । वैकल्पिक अनुवादः “हामी अन्धकारमा जिउने मानिसहरू झैँ, रातमा काम गर्ने मानिसहरू झैँ अन्जान छैनौँ” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:6
μὴ καθεύδωμεν ὡς οἱ λοιποί
पावलले आत्मिक अचेतनालाई त्यो कुनै सुताइ जस्तो हो भनेर बताउँछन् । वैकल्पिक अनुवादः “हामी अरूहरू जस्तो नहोऔँ जो येशू फर्केर आउँदै हुनुहुन्छ भनेर सचेत छैनन्” (हेर्नुहोस्ः रूपक)
μὴ καθεύδωμεν
“हामी” भन्ने शब्दले सबै विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
γρηγορῶμεν καὶ νήφωμεν
आत्मिक रूपमा जानकार हुने कुरालाई पावलले सुत्ने र मद्यपान गर्ने कुराको विपरीत अर्थमा स्पष्ट पार्ने काम गरेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:7
οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσιν
जसरी मानिसहरू जब सुत्छन् र के भइरहेको छ भनी थाहा पाउँदैनन्, त्यसरी नै यो संसारका मानिसहरूले ख्रीष्ट आउनुहुनेछ भनी जान्दैनन् । (हेर्नुहोस्ः रूपक)
οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν
पावल बताउँदैछन् कि त्यो रातमा हो जब मानिसहरू मद्य पिएर मात्छन्, त्यसैले जब मानिसहरू ख्रीष्टको पुनरागमनको बारेमा सचेत हुँदैनन् तिनीहरू आत्मसंयमी जीवन जिउँदैनन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:8
८-१० का पदहरूमा, “हामी” शब्दले सारा विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
ἡμεῖς…ἡμέρας ὄντες
परमेश्वरको सत्यता जान्ने कुरा दिनको कुरा भए झैँ गरी पावलले बताएका छन् । वैकल्पिक अनुवादः “हामी सत्य जान्दछौँ” वा “हामीले सत्यताको ज्योति पाएका छौँ” (हेर्नुहोस्ः रूपक)
νήφωμεν
शान्त हुने कुरालाई पावलले आत्म-संयम् हुने कुरासँग तुलना गर्दछन् । वैकल्पिक अनुवादः “हामी आत्मसंयमलाई अभ्यास गरौँ” (हेर्नुहोस्ः रूपक)
ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης
सिपाहीले आफ्नो शरीरको सुरक्षा गर्न छाती-पाता धारण गरे झैँ, विश्वास र प्रेमद्वारा जिउने विश्वासी सुरक्षित हुनेछ । वैकल्पिक अनुवादः “विश्वास र प्रेमद्वारा हामीले आफैँलाई जोगाउने” वा “ख्रीष्टलाई भरोसा र प्रेम गरेर हामीले आफैँलाई जोगाउने” (हेर्नुहोस्ः रूपक)
περικεφαλαίαν, ἐλπίδα σωτηρίας
टोपले सिपाहीको सुरक्षा गरे झैँ मुक्तिको विश्वस्तताले विश्वासीलाई सुरक्षा दिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्टले हामीलाई बचाउनुहुनेछ भन्ने कुरामा ढुक्क भएर हामीले आफूलाई सुरक्षित राख्ने” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:10
εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν
यी जीवित वा मृतलाई जनाउने नरम तरिकाहरू हुन् । वैकल्पिक अनुवादः “चाहे हामी जीवित होऔँ वा मृत होऔँ” (हेर्नुहोस्ः व्यञ्जना)
1 Thessalonians 5:11
οἰκοδομεῖτε εἷς τὸν ἕνα
यहाँ “निर्माण” शब्द उत्साह दिनु भन्नका लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “एकले अर्कालाई उत्साह देओ” (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:12
पावलले थेसलोनिकीको मण्डलीलाई आफ्नो आखिरी सुझावहरू दिन सुरु गर्छन् ।
ἀδελφοί
यहाँ “भाइहरू”को अर्थ सङ्गी विश्वासीहरू हुन्छ ।
εἰδέναι τοὺς κοπιῶντας
“अगुवाइमा सहभागी हुनेहरूलाई सम्मान र कदर गर्नु”
προϊσταμένους ὑμῶν ἐν Κυρίῳ
यसले विश्वासीहरूको स्थानीय समूहको अगुवाहरूको रूपमा सेवा गर्न परमेश्वरले नियुक्त गर्नुभएको मानिसहरूलाई जनाउँछ ।
1 Thessalonians 5:13
ἡγεῖσθαι αὐτοὺς ὑπέρἐκπερισσοῦ ἐν ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν
आफ्ना मण्डलीका अगुवाहरूप्रति प्रेम र आदर गर्न पावलले विश्वासीहरूलाई प्रोत्साहन दिन्छन् ।
1 Thessalonians 5:16
πάντοτε χαίρετε
सबै कुराहरूमा आनन्दित हुने आत्मिक स्वभावलाई कायम राख्न पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
1 Thessalonians 5:17
ἀδιαλείπτως προσεύχεσθε
प्रार्थनाद्वारा सतर्क हुन पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
1 Thessalonians 5:18
ἐν παντὶ εὐχαριστεῖτε
सबै थोकप्रति धन्यवाद व्यक्त गर्न पावलले विश्वासीहरूलाई अर्ती दिँदै छन् ।
ἐν παντὶ
सबै परिस्थितिहरूमा
τοῦτο γὰρ θέλημα Θεοῦ
पावलले भर्खर उल्लेख गरेका व्यवहार नै विश्वासीहरूका लागि परमेश्वरको इच्छा हो भनेर जनाइरहेका छन् ।
1 Thessalonians 5:19
τὸ Πνεῦμα μὴ σβέννυτε
“तिमीहरूका माझमा पवित्र आत्मालाई काम गर्नको निम्ति नरोक”
1 Thessalonians 5:20
προφητείας μὴ ἐξουθενεῖτε
“अगमवाणीहरूको लागि तिरस्कार नराख” वा “कसैलाई पवित्र आत्माले भन्नुभएको कुरालाई घृणा नगर”
1 Thessalonians 5:21
πάντα δοκιμάζετε
“परमेश्वरबाट आएको जस्तो देखिने सबै सन्देशहरू साँच्चै उहाँबाटै आएको हो भन्ने कुरामा पक्का गर”
τὸ καλὸν κατέχετε
पवित्र आत्माका सन्देशहरू कसैले हातले समात्न सक्ने वस्तुहरू भए झैँ गरी पावलले भनेका छन् । (हेर्नुहोस्ः रूपक)
1 Thessalonians 5:23
ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς
यसले परमेश्वरले कुनै व्यक्तिलाई आफ्नो दृष्टिमा पापरहित र सिद्ध बनाउनुहुने कुरालाई जनाउँछ ।
ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα, ἀμέμπτως…τηρηθείη
यहाँ “आत्मा, प्राण र शरीर” ले सम्पूर्ण व्यक्तिलाई जनाउँछ । यदि तपाईंको भाषामा यी तीन भागका लागि शब्दहरू छैनन् भने, तपाईंले यसलाई “तिमीहरूका सम्पूर्ण जीवन” वा “तिमीहरू” भनेर लेख्न सक्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका सम्पूर्ण जीवनलाई पापरहित बनाउनुभएको होस्” वा “परमेश्वरले तिमीहरूलाई पूर्ण रूपले दोषरहित राख्नुभएको होस्” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 Thessalonians 5:24
πιστὸς ὁ καλῶν ὑμᾶς
“उहाँ विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बोलाउनुहुन्छ”
ὃς καὶ ποιήσει
“उहाँले तिमीहरूलाई सहायता गर्नुहुनेछ”
1 Thessalonians 5:25
पावलले उनको टुङ्ग्याउने भनाइहरू दिन्छन् ।
1 Thessalonians 5:26
ἀδελφοὺς
यहाँ “भाइहरू”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ ।
1 Thessalonians 5:27
ἐνορκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म निवेदन गर्दछु, मानौँ प्रभु आफैँ तिमीहरूसँग बोलिरहनुभएको थियो झैँ गरी म निवेदन गर्दछु कि मानिसहरूलाई यो पत्र पढेर सुनाउन लगाओ” वा “प्रभुको अधिकारमा म तिमीहरूलाई यो पत्र पढ्न निर्देशन दिन्छु” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)