1 John
1 John front
१ यूहन्नाको परिचय
भाग १: सामान्य परिचय
१ यूहन्नाको पुस्तकको रूपरेखा
- परिचय (१:१-४)
- ख्रीष्टिएन जीवन (१:५-३:१०)
- एक अर्कालाई प्रेम गर्ने आज्ञा (३:११-५:१२)
- निष्कर्ष (५:१३-२१)
१ यूहन्नाको पुस्तक कसले लेखे ?
यस पुस्तकले लेखकको नाम दिँदैन । तापनि, सुरुका ख्रीष्टिएन समयहरूदेखि नै, अधिकांश ख्रीष्टिएनहरूले प्रेरित यूहन्ना नै लेखक हुन् भनी ठानेका छन् । उनले यूहन्नाको सुसमाचार पनि लेखे ।
१ यूहन्नाको पुस्तक केको बारेमा हो ?
यूहन्नाले यो पत्र ख्रीष्टिएनहरूलाई त्यो समयमा लेखे जब झूटा शिक्षकहरूले तिनीहरूलाई सताइरहेका थिए । यूहन्नाले यो पत्र लेख्नुको उद्देश्य चाहिँ विश्वासीहरूलाई पाप गर्नबाट जोगाउनु थियो । उनले विश्वासीहरूलाई झूटा शिक्षाहरूबाट जोगाउन चाहन्थे । साथै तिनीहरूले उद्धार पाएका छन् भनेर पनि उनी विश्वासीहरूलाई भरोसा दिलाउन चाहन्थे ।
यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?
अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ यूहन्ना” वा “पहिलो यूहन्ना” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यूहन्नाबाटको पहिलो पत्र” वा “यूहन्नाले लेखेको पहिलो पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
यूहन्नाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?
यूहन्नाले जुन मानिसहरूको विरुद्धमा बोले तिनीहरू सम्भवतः ती थिए जसलाई “नोस्टिकहरू” भनेर चिनिने थियो । भौतिक संसार दुष्ट छ भनी यी मानिसहरूले विश्वास गर्थे । किनकि तिनीहरूले विश्वास गर्थे कि येशू चाहिँ ईश्वरीय हुनुहुन्थ्यो, तिनीहरूले उहाँ साँचो रूपमा मानिस पनि हुनुहुन्थ्यो भन्ने कुरालाई इन्कार गरे । यसको कारण चाहिँ भौतिक शरीर दुष्ट भएको कारण परमेश्वर मानव बन्नुहुने थिएन भनेर तिनीहरूले ठान्थे । (हेर्नुहोस्ः दुष्ट, अधर्मी, दुष्टता)
भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू
१ यूहन्नामा भएका “हुनु”, “रहनु” र “बस्नु” जस्ता शब्दहरूको अर्थ के हो ?
यूहन्नाले धेरैपटक “हुनु”, “रहनु” र “बस्नु” जस्ता शब्दहरूलाई अलङ्कारहरूको रूपमा प्रयोग गरे । यूहन्नाले कोही विश्वासी येशूप्रति अझ बढी विश्वासयोग्य हुने र येशूलाई अझ असल तरिकाले चिन्ने कुरालाई यसरी बताए मानौँ त्यो भनेको येशूको वचन त्यस विश्वासीमा “रहेको” हो । साथै, कोही व्यक्ति कसैसँग आत्मिक रूपले जोडिने कुरालाई यूहन्नाले यसरी बताए मानौँ त्यो भनेको त्यो व्यक्ति अर्को व्यक्तिमा “बसेको” हो । ख्रीष्टिएनहरू ख्रीष्टमा र परमेश्वरमा “रहन्छन्” भनी भनिन्छ । पिता पुत्रमा “रहनुहुन्छ” भनी भनिन्छ, र पुत्र पितामा “रहनुहुन्छ” भनी भनिन्छ । पुत्र विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ । पवित्र आत्मा पनि विश्वासीहरूमा “रहनुहुन्छ” भनी भनिन्छ ।
धेरै अनुवादकहरूले तिनीहरूका भाषाहरूमा यी अवधारणाहरूलाई जस्ताको तस्तै प्रतिनिधित्व गर्न असम्भव भएको पाउनेछन् । उदाहरणको लागि, यूहन्नाले “जसले आफू परमेश्वरमा रहन्छु भनी भन्छ” (१ यूहन्ना २:६) भन्दा उनले ख्रीष्टिएन परमेश्वरसँग आत्मिक रूपमा एकसाथ भएको अवधारणालाई व्यक्त गर्न खोजे । यूएसटीले भन्छ, “यदि हामी भन्छौँ कि हामी परमेश्वरसँग एकतामा छौँ”, तर अनुवादकहरूले कतिपटक यी अवधारणाहरूलाई राम्ररी सञ्चार गर्न अन्य अभिव्यक्तिहरू खोज्नुपर्ने हुन सक्छ ।
“परमेश्वरको वचन तिमीहरूमा रहन्छ” (१ यूहन्ना २:१३) भन्ने खण्डमा, यूएसटीले यो अवधारणालाई यसरी व्यक्त गर्छ, “तिमीहरूले परमेश्वरले आज्ञा गर्नुभएको कुरा पालन गर्न निरन्तरता दिन्छौ” । धेरै अनुवादकहरूले यो अनुवादलाई एउटा नमुनाको रूपमा प्रयोग गर्न सम्भव भएको पाउनेछन् ।
१ यूहन्नाको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?
निम्न दिइएका पदहरूको लागि बाइबलका केही नयाँ संस्करणहरू पुराना संस्करणहरूबाट फरक छन् । यूएलटीमा भएका खण्डहरूमा नयाँ भनाइ छ र पुरानो भनाइलाई पादटिप्पणीमा राखिएको छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउन सल्लाह दिइन्छ ।
- “अनि हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेका छौँ ताकि हाम्रो आनन्द पूर्ण होस्” (१:४) । केही पुराना संस्करणहरूमा यस्तो छ, “अनि हामी तिमीहरूलाई यी कुराहरू लेखिरहेका छौँ ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।”
- “अनि तिमीहरू सबैले सत्यता जान्दछौ” (२:२०) । अन्य नयाँ संस्करणहरूमा यसरी छ, “अनि तिमीहरू सबैसँग ज्ञान छ ।” केही पुराना संस्करणहरूमा यस्तो छ, “र तिमीहरूलाई सबैकुरा थाहा छ ।”
- “र हामी यो नै हौँ !” (३:१) । यूएलटी, यूएसटी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूले यो वाक्यांशलाई हटाउँछन् ।
- “र हरेक आत्मा जसले येशूलाई ग्रहण गर्दैन, त्यो परमेश्वरबाटको होइन” (४:३) । यूएलटी, यूएसटी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । केही पुराना संस्करणहरूमा यसरी भनिएको छ, “र हरेक आत्मा जसले येशू शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन, त्यो परमेश्वरबाटको होइन ।”
निम्न दिइएको खण्डको लागि अनुवादकहरूलाई यसको अनुवाद यूएलटीले गरेको झैँ गरी गर्न सुझाव दिइन्छ । तापनि, यदि अनुवादकको क्षेत्रमा यो खण्ड पाइने बाइबलका पुराना संस्करणहरू पाइन्छन् भने, अनुवादकहरूले यसलाई समावेश गर्न सक्छन् । यदि यसलाई समावेश गरिन्छ भने, त्यो सम्भवतः १ यूहन्नाको मूल संस्करणमा नभएको कुरा हो भनेर सङ्केत गर्नको लागि त्यसलाई ठूला कोष्ठकहरूभित्र ([]) राख्नुपर्छ ।
- “किनकि त्यहाँ साक्षी दिने तीनजना हुनुहुन्छः आत्मा, पानी, र रगत । यी तीन आपसमा सहमतिमा छन् ।” (५:७-८) केही पुराना संस्करणहरूमा यसरी छ, “किनकि त्यहाँ साक्षी दिने स्वर्गमा तीनजना हुनुहुन्छः पिता, वचन, र पवित्र आत्मा; र यी तीन एउटै हुन् । र पृथ्वीमा साक्षी दिने यी तीन हुन्ः आत्मा, पानी, र रगत; र यी तीन एउटै जस्तो हुन् ।”
(हेर्नुहोस्ः खण्डमा भएका भिन्नताहरू)
1 John 1
१ यूहन्ना ०१ सामान्य टिपोटहरू
संरचना र ढाँचा
यो एक पत्र हो जुन यूहन्नाले ख्रीष्टिएनहरूलाई लेखे ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टिएनहरू र पाप
यस अध्यायमा यूहन्नाले सिकाउँछन् कि सबै ख्रीष्टिएनहरू अझै पनि पापी नै हुन् । तर परमेश्वरले कोही ख्रीष्टिएनको पापहरूलाई क्षमा दिइरहनुहुन्छ । (हेर्नुहोस्ः पाप, पापूर्ण, पापी, पाप गर्दै अनि विश्वास अनि क्षमा दिनु, क्षमा)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कारहरू
यस अध्यायमा यूहन्नाले परमेश्वर ज्योति हुनुहुन्छ भनेर लेख्छन् । ज्योति भनेको समझदारी र धार्मिकताको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक अनि धर्मी, धार्मिकता)
यूहन्नाले मानिसहरू ज्योति वा अन्धकारमा हिँडिरहेका विषयमा पनि लेख्छन् । हिँड्नु भनेको आचरण देखाउनु वा जिउनुको लागि एउटा अलङ्कार हो । ज्योतिमा हिँड्ने मानिसहरूले के धर्मी हो भनेर बुझ्छन् र त्यो गर्छन् । अन्धकारमा हिँड्ने मानिसहरूले के धर्मी हो भनेर बुझ्दैनन्, र तिनीहरूले पापपूर्ण कुराहरू गर्छन् ।
1 John 1:1
प्रेरित यूहन्नाले यो पत्र विश्वासीहरूलाई लेखे । यहाँ भएका “तिमीहरू”, “तिमीहरूको”, र “तिमीहरूकै” शब्दका सबै प्रयोगहरूले सारा विश्वासीहरूलाई समावेश गर्छन् र ती बहुवचनमा छन् । यहाँ भएका “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र येशूसँग भएकाहरूलाई जनाउँछ । पदहरू १-२ मा “त्यो”, “जुन”, र “त्यस” जस्ता सर्वनामहरू प्रयोग भएका छन् । तिनीहरूले “जीवनको वचन” र “अनन्त जीवन”लाई जनाउँछन् । तर, किनकि यी येशूका लागि भएका नाउँहरू हुन्, तपाईंले “जो”, “जसलाई”, र “उहाँ” जस्ता व्यक्तिलाई जनाउने सर्वनामहरूको प्रयोग गर्न सक्नुहुन्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू अनि "हामी" को समावेशी र असमावेशी रूप अनि सर्वनामहरू)
ἀκηκόαμεν
“उहाँले सिकाउनुभएको हामीले सुनेका छौँ”
ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα
यसलाई जोड दिनको लागि दोहोर्याइएको छ । वैकल्पिक अनुवादः “जसलाई हामी आफैँले देखेका छौँ” (हेर्नुहोस्ः समान्तरता)
τοῦ λόγου τῆς ζωῆς
“येशू जसले मानिसहरूलाई सदासर्वदा जिउने तुल्याउनुहुन्छ ।”
τῆς ζωῆς
यस पत्रभर प्रयोग भएका “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
1 John 1:2
καὶ ἡ ζωὴ ἐφανερώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई अनन्त जीवन प्रकट गराउनुभयो” वा “परमेश्वरले हामीलाई उहाँलाई चिन्न सक्षम बनाउनुभयो, जो अनन्त जीवन हुनुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ἑωράκαμεν, καὶ μαρτυροῦμεν,
“हामीले उहाँलाई देखेका छौँ”
μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν
“हामी उहाँको बारेमा अरूहरूलाई गम्भीरताका साथ भन्छौँ”
τὴν ζωὴν τὴν αἰώνιον
यहाँ “अनन्त जीवन”ले त्यो जीवन दिनुहुने, येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँ जसले हामीलाई सदासर्वदा जिउन सक्षम तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
τὸν Πατέρα
“जो परमेश्वर पितासँग हुनुहुन्थ्यो”
καὶ ἐφανερώθη ἡμῖν
यो तब हो जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “उहाँ हाम्रा बीचमा बस्न आउनुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 1:3
यहाँ “हामी”, “हामीलाई” र “हाम्रो” जस्ता शब्दहरूले यूहन्ना र येशूसँगै भएकाहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः "हामी" को समावेशी र असमावेशी रूप)
ὃ ἑωράκαμεν, καὶ ἀκηκόαμεν
“हामीले देखेका र सुनेका कुराहरू पनि हामी तिमीहरूलाई भन्छौँ”
καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν…ἡ κοινωνία…ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς, καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ
“हाम्रा घनिष्ठ मित्रहरू बन । हामी परमेश्वर पिताका मित्रहरू हौँ”
ἡ κοινωνία…ἡ ἡμετέρα
यूहन्नाले उनका पाठकहरूलाई समावेश गरिरहेका छन् वा छैनन् भनेर स्पष्ट छैन । तपार्इं यसलाई दुवै तरिकाले नै अनुवाद गर्न सक्नुहुन्छ ।
τοῦ Πατρὸς…τοῦ Υἱοῦ αὐτοῦ
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 1:4
ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη
“हाम्रो आनन्द पूर्ण बनाउन” वा “हामी आफैँलाई पूर्ण रूपमा खुशी बनाउन”
1 John 1:5
ἀκηκόαμεν
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले सबै विश्वासीहरूलाई जनाउँछन्, जसमा यूहन्नाले पत्र लेखिरहेका मानिसहरू पनि समावेश गरिएका छन् । अन्य किसिमले उल्लेख नगरिएसम्म, यस पुस्तकको बाँकीको सबै भागमा तिनको अर्थ त्यही नै हो । (हेर्नुहोस्ः समावेशी “हामी”)
यहाँदेखि अर्को अध्यायसम्मै, यूहन्नाले सङ्गति-परमेश्वर र अन्य विश्वासीहरूसँगको घनिष्ठ सम्बन्धको विषयमा लेख्छन् ।
ὁ Θεὸς φῶς ἐστιν
यसको तात्पर्य परमेश्वर पूर्ण रूपमा शुद्ध र पवित्र हुनुहुन्छ भन्ने हुन्छ । ती समाजहरू जसले भलाइलाई ज्योतिसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै ज्योतिको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्वर शुद्ध ज्योतिजस्तो शुद्ध रूपमा धर्मी हुनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
σκοτία ἐν αὐτῷ, οὐκ ἔστιν οὐδεμία
यसको तात्पर्य परमेश्वरले कहिल्यै पाप गर्नुहुन्न र उहाँ कुनै पनि तवरमा दुष्ट हुनुहुन्न भन्ने हुन्छ । ती समाजहरू जसले दुष्टतालाई अन्धकारसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै अन्धकारको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “उहाँमा कुनै दुष्ट कुरा छैन” (हेर्नुहोस्ः रूपक)
1 John 1:6
ἐν τῷ σκότει περιπατῶμεν
यहाँ “हिँड्नु” भनेको कोही व्यक्ति कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “अन्धकार” भनेको “दुष्टता”को लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जे दुष्ट छ सो गर्नु” (हेर्नुहोस्ः रूपक)
1 John 1:7
ἐν τῷ φωτὶ περιπατῶμεν
यहाँ “हिँड्नु” भनेको कोही व्यक्ति कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि एउटा अलङ्कार हो । यहाँ “ज्योति” भनेको “भलाइ” वा “ठीक कुरा”को लागि भएको एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “जे असल छ सो गर किनकि परमेश्वर सिद्ध रूपमा असल हुनुहुन्छ” वा “जे ठीक छ सो गर किनकि परमेश्वर सिद्ध रूपमा ठीक हुनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
τὸ αἷμα Ἰησοῦ
यसले येशूको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः लक्षणा)
Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 1:9
πιστός ἐστιν…ἵνα ἀφῇ
यहाँ “उहाँ”, “उहाँलाई”, र “उहाँको” शब्दहरूले परमेश्वरलाई जनाउँछन् । (हेर्नुहोस्ः १ यूहन्ना १:५)
1 John 1:8
ἁμαρτίαν οὐκ ἔχομεν
“कहिल्यै पाप नगर्नु”
ἑαυτοὺς πλανῶμεν
“छल गर्दैछन्” वा “ ... लाई झूट बोलिरहेका छन्”
ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ ती कुनै वस्तु हुन् जुन विश्वासीहरूभित्र हुन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्वरले सत्य भन्नुभएको कुरालाई हामी विश्वास गर्दैनौँ” (हेर्नुहोस्ः रूपक)
1 John 1:9
ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας
आधारभूत रूपमा यी दुवै वाक्यांशहरूको एउटै अर्थ हुन्छ । परमेश्वरले हाम्रो पाप अवश्य क्षमा गर्नुहुन्छ भनी जोड दिन यूहन्नाले ती प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “र हामीले गरेका गल्तीको निमित्त हामीलाई पूर्ण रूपमा क्षमा गर्नुहुनेछ” (हेर्नुहोस्ः समान्तरता)
1 John 1:10
ψεύστην ποιοῦμεν αὐτὸν
यो आशय दिइएको छ कि जुन व्यक्तिले आफू पापरहित भएको दाबी गर्छ त्यसले परमेश्वरलाई झूटा भनिरहेको हुन्छ किनभने उहाँले भन्नुभयो कि सबैजना पापी छन् । वैकल्पिक अनुवादः “यो उहाँलाई झूटा भनिरहेको जस्तै हो, किनभने उहाँले भन्नुभयो कि हामी सबैले पाप गरेका छौँ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν
यहाँ “वचन” भनेको “सन्देश”को लागि एउटा प्रतिस्थापन शब्द हो । परमेश्वरको वचनलाई पालना गर्ने र सम्मान गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको उहाँको वचन विश्वासीहरूभित्र रहेको जस्तो हो । वैकल्पिक अनुवादः “हामी परमेश्वरको वचनलाई बुझ्दैनौँ नता उहाँले भन्नुभएको कुराको पालना गर्छौँ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
1 John 2
१ यूहन्ना ०२ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
ख्रीष्टविरोधी
यस अध्यायमा यूहन्नाले कुनै खास ख्रीष्टविरोधी र थुप्रै ख्रीष्टविरोधीहरू दुवैको विषयमा लेख्छन् । “ख्रीष्टविरोधी” शब्दले “ख्रीष्टको विरुद्धमा भएको” भन्ने अर्थ दिन्छ । ख्रीष्टविरोधी एउटा व्यक्ति हो जो अन्तिम दिनहरूमा आउनेछ र येशूको कामको नक्कल गर्नेछ, तर त्यसले त्यो दुष्टताको लागि गर्नेछ । यो व्यक्ति आउनभन्दा अगाडि, त्यहाँ धेरै मानिसहरू हुनेछन् जो ख्रीष्टको विरुद्धमा काम गर्छन्; तिनीहरूलाई पनि “ख्रीष्टविरोधीहरू” भनिन्छ । (हेर्नुहोस्ः ख्रीष्ट-विरोधी अनि अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू अनि दुष्ट, अधर्मी, दुष्टता)
यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
अलङ्कार
त्यहाँ थुप्रै त्यस्ता समान किसिमका अलङ्कार समूहहरू छन् जुन यस अध्यायभर प्रयोग भएका छन् ।
परमेश्वरमा हुनु भनेको परमेश्वरसँग सङ्गति गर्ने कुराको लागि एउटा अलङ्कार हो, र मानिसहरूमा परमेश्वरको वचन र सत्यता हुने कुरा भनेको मानिसहरूले परमेश्वरको वचन जान्ने र आज्ञापालन गर्ने कुराको लागि अलङ्कार हो ।
हिँड्नु भनेको स्वभाव देखाउने कुराको लागि अलङ्कार हो, कोही व्यक्ति आफू कहाँ जाँदैछु भनेर नजान्नु भनेको कसरी व्यवहार देखाउने भनेर नजान्नुको लागि अलङ्कार हो, र ठेस खानु भनेको पाप गर्नुको लागि अलङ्कार हो ।
ज्योति चाहिँ कुनै विषयलाई थाहा गर्ने र ठीक कुरा गर्ने कुराको लागि अलङ्कार हो, र अन्धकार र अन्धोपन चाहिँ के ठीक छ भनी नजान्ने र जे गलत छ सो गर्ने कुराको लागि अलङ्कार हो ।
मानिसहरूलाई भड्काउने भनेको मानिसहरूलाई असत्य कुराहरू सिकाउने कुराको लागि अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
1 John 2:1
यहाँ “हामी” र “हामीलाई” शब्दहरूले यूहन्ना र सारा विश्वासीहरूलाई जनाउँछन् । “उहाँलाई” र “उहाँको” शब्दहरूले परमेश्वर पिता वा येशूलाई जनाएको हुनसक्छ । (हेर्नुहोस्ः समावेशी “हामी”)
यूहन्नाले सङ्गतिको विषयमा लेख्नलाई निरन्तरता दिन्छन् र येशू विश्वासीहरू र पिताको बीचमा जानुहुने कारणले त्यो सम्भव छ भनी देखाउँछन् ।
τεκνία μου
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
ταῦτα γράφω
“म यो पत्र लेखिरहेको छु”
ἐάν τις ἁμάρτῃ, Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα
“तर जब कसैले पाप गर्छ ।” यो केही कुरा हो जुन हुन सम्भव छ ।
Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν
यहाँ “अधिवक्ता” शब्दले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ, जो धर्मी हुनुहुन्छ, जसले पितासँग कुरा गर्नुहुन्छ र हामीलाई क्षमा गर्न उहाँसँग बिन्ती गर्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 2:2
αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου
“परमेश्वर अब हामीसँग रिसाउनुभएको छैन किनभने येशूले हाम्रो पापहरूको लागि आफ्नै जीवन त्याग्नुभयो” वा “येशू नै त्यो व्यक्ति हुनुहुन्छ जसले आफ्नो जीवन हाम्रा पापहरूको लागि बलिदान गर्नुभयो, त्यसैले परमेश्वर अब हाम्रा पापहरूको कारण हामीसँग रिसाउनुभएको छैन”
1 John 2:3
γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν
“हामी जान्दछौँ कि हामी उहाँलाई चिन्छौँ” वा “हामी जान्दछौँ हाम्रो उहाँसँग असल सम्बन्ध छ”
ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
“यदि हामीले उहाँले अह्राउनुभएको कुराको पालना गर्छौँ भने”
1 John 2:4
ὁ λέγων
“कोही जसले भन्छ” वा “ती व्यक्ति जसले भन्छ”
ἔγνωκα αὐτὸν
“मेरो परमेश्वरसँग राम्रो सम्बन्ध छ”
μὴ τηρῶν
“आज्ञापालन गर्दैन” वा “अनाज्ञापालन गर्छ”
“परमेश्वरले उसलाई अह्राउनुभएका कुराहरू”
καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν
सत्यताको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै वस्तु हो जुन विश्वासीहरूभित्र हुन सक्छ । वैकल्पिक अनुवादः “उसले परमेश्वरले सत्य भनी भन्नुभएको कुरालाई विश्वास गर्दैन” (हेर्नुहोस्ः रूपक)
1 John 2:5
τηρῇ αὐτοῦ τὸν λόγον
यहाँ कसैको वचनको पालना गर्नु भनेको आज्ञापालन गर्नको निमित्त भएको वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्वरले उसलाई अह्राउनुभएका कुराहरू गर्छ” (हेर्नुहोस्ः टुक्काहरू)
ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “परमेश्वरको प्रेम”ले कुनै व्यक्तिले परमेश्वरलाई प्रेम गरेको कुरालाई जनाउँछ, साथै “सिद्ध पारिएको”ले सम्पूर्ण रूपमा वा पूर्णतया भएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यो त्यही व्यक्ति हो जसले परमेश्वरलाई सम्पूर्ण रूपले प्रेम गर्छ” वा २) “परमेश्वरको प्रेम”ले परमेश्वरले मानिसहरूलाई प्रेम गर्नुभएको कुरालाई जनाउँछ, र “सिद्ध पारिएको”ले त्यसको उद्देश्यलाई पूरा गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्वरको प्रेमले त्यस व्यक्तिको जीवनमा त्यसको उद्देश्य प्राप्त गरेको छ” (हेर्नुहोस्ः स्वामित्व अनि कर्तृवाच्य र कर्मवाच्य)
ἐν αὐτῷ ἐσμεν
“हामी उहाँमा छौँ” भन्ने वाक्यांशको अर्थ विश्वासीको परमेश्वरसँग सङ्गति छ भन्ने हुन्छ । वैकल्पिक अनुवादः “जब हामी परमेश्वरले भन्नुभएको कुराको पालना गर्छौँ, हामी निश्चित हुन सक्छौँ कि हाम्रो उहाँसँग सङ्गति छ” वा “यसैद्वारा हामी जान्दछौँ कि हामी परमेश्वरसँग जोडिएका छौँ” (हेर्नुहोस्ः रूपक)
1 John 2:6
ἐν αὐτῷ μένειν
परमेश्वरमा रहनु भनेको परमेश्वरसँग सङ्गति गर्न निरन्तरता दिनु हो । वैकल्पिक अनुवादः “परमेश्वरसँग सङ्गति गर्न निरन्तरता दिन्छ” वा “परमेश्वरसँग जोडिएर रहन्छ” (हेर्नुहोस्ः रूपक)
ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς περιπατεῖν
कोही व्यक्तिले आफ्नो जीवन चलाउने कुरालाई त्यो कुनै हिँडाइ भएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “उहाँ जिउनुभएको जसरी नै जिउनुपर्छ” वा “ ... पनि परमेश्वरको आज्ञापालन गर्नुपर्छ जसरी येशू ख्रीष्टले गर्नुभयो” (हेर्नुहोस्ः रूपक)
1 John 2:7
यूहन्नाले विश्वासीहरूलाई सङ्गतिको मूलभूत सिद्धान्तहरू दिन्छन्-आज्ञापालन र प्रेम ।
ἀγαπητοί
“तिमी मानिसहरू जसलाई म प्रेम गर्छु, म ... छु” वा “प्रिय साथीहरू, म लेख्दै छु”
ὁ λόγος ὃν ἠκούσατε
“एक अर्कालाई प्रेम गर भनी म तिमीहरूलाई लेख्छु, जुन गर्नलाई कुनै नयाँ कुरा होइन तर तिमीहरूले सुनेको पुरानै आज्ञा हो ।” यूहन्नाले एक अर्कालाई प्रेम गर्नको निमित्त येशूले गर्नुभएको आज्ञालाई जनाउँछन् ।
ἀπ’ ἀρχῆς
यहाँ, “सुरुवात”ले तिनीहरूले ख्रीष्टलाई पछ्याउनलाई निर्णय गरेको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले ख्रीष्टमा पहिलो पल्ट विश्वास गरेको बेलादेखि” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ὁ λόγος ὃν ἠκούσατε
“पुरानो आज्ञा तिमीहरूले सुनेको सन्देश नै हो”
1 John 2:8
ἐντολὴν καινὴν γράφω ὑμῖν
“तर एक किसिमले मैले तिमीहरूलाई लेखेको आज्ञा नयाँ पनि हो”
ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν
“जुन सत्य हो, ख्रीष्टले गर्नुभएको कामहरूमा र तिमीहरूले गरेका कामहरूमा देखाइएको अनुसार”
ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει
यहाँ “अन्धकार”ले खराबलाई र “ज्योति”ले भलाइलाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले खराब गर्न छोड्दैछौ र तिमीहरूले झन्-झन् असल गर्दैछौ” (हेर्नुहोस्ः रूपक)
1 John 2:9
τὸν ἀδελφὸν αὐτοῦ
यहाँ “भाइ” शब्दले कुनै सङ्गी ख्रीष्टिएनलाई जनाउँछ ।
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι
“कोही जसले भन्छ” वा “कोही जसले दाबी गर्छ ।” यसले कुनै व्यक्ति विशेषलाई जनाउँदैन ।
ἐν τῷ φωτὶ εἶναι
यहाँ “ज्योतिमा हुनु” भनेको ठीक कुरा गर्नेलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “उसले जे उचित छ त्यही गर्छ” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ σκοτίᾳ ἐστὶν
यहाँ “अन्धकारमा हुनु” भनेको दुष्ट कुरा गर्नेलाई जनाउने लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “जे खराब छ त्यहि गर्छ” (हेर्नुहोस्ः रूपक)
1 John 2:10
σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν
“उसलाई केही कुराले पनि ठेस लगाउन सक्नेछैन ।” “ठेस लाग्नु” भन्ने शब्द एउटा अलङ्कार हो जसको अर्थ आत्मिक रूपमा वा नैतिक रूपमा चुक्नु हुन्छ । वैकल्पिक अनुवादः “केही कुराले पनि उसलाई पाप गर्न लगाउन सक्दैन” वा “परमेश्वरलाई प्रसन्न पार्ने कुरा गर्न ऊ चुक्नेछैन” (हेर्नुहोस्ः रूपक)
1 John 2:11
ἐν τῇ σκοτίᾳ περιπατεῖ
यहाँ “हिँड्नु” भनेको कोही व्यक्तिले कसरी जिउँछ वा स्वभाव देखाउँछ भन्ने कुराको लागि अलङ्कार हो । यहाँ “अन्धकारमा छ” र “अन्धकारमा हिँड्छ” भन्ने कुराहरूले एउटै कुराको अर्थ दिन्छ । सङ्गी विश्वासीलाई घृणा गर्नु कति खराब कुरा हो भन्नेमा यसले ध्यानाकर्षण गराउँछ । वैकल्पिक अनुवादः “जे खराब छ त्यहि गर्छ” (हेर्नुहोस्ः रूपक अनि समान्तरता)
οὐκ οἶδεν ποῦ ὑπάγει
यो एक ख्रीष्टिएनले जिउनुपर्ने तरिकाले नजिइरहेको विश्वासीको चित्रण हो । वैकल्पिक अनुवादः “उसले के गर्नुपर्छ भनी ऊ जान्दैन” (हेर्नुहोस्ः रूपक)
ἐν τῇ σκοτίᾳ ἐστὶν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ
“अन्धकारले उसलाई देख्न असक्षम बनाएको छ ।” अन्धकार भनेको पाप वा दुष्टताको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “पापले उसलाई सत्यतालाई बुझ्न असम्भव बनाएको छ” (हेर्नुहोस्ः रूपक)
1 John 2:12
यूहन्नाले कि त फरक-फरक उमेर समूहका मानिसहरूलाई वा परिपक्वतामा भिन्नता भएका विश्वासीहरूलाई उनको पत्र किन लेखिरहेका छन् भनेर उनले व्याख्या गर्छन् । यी वाक्यहरूको लागि समान किसिमको शब्दहरूलाई प्रयोग गर्ने कोसिस गर्नुहोस्, किनकि तिनीहरू कविताको शैलीमा लेखिएका छन् ।
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तान जस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गर्नुहुन्छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
διὰ τὸ ὄνομα αὐτοῦ
“उहाँको नाउँ”ले ख्रीष्ट र उहाँ को हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्टले तिमीहरूको लागि गर्नुभएको कुराको कारण” (हेर्नुहोस्ः लक्षणा)
1 John 2:13
πατέρες
यहाँ भएको “पिताहरू” शब्द सम्भवतः एउटा अलङ्कार हो जसले परिपक्व विश्वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परिपक्व विश्वासीहरू, म तिमीहरूलाई लेखिरहेको छु” (हेर्नुहोस्ः रूपक)
ἐγνώκατε
“ ... सँग तिमीहरूको सम्बन्ध छ”
τὸν ἀπ’ ἀρχῆς
“उहाँ जो सदैव जिउनुभएको छ” वा “उहाँ जो सदैव अस्तित्वमा रहनुभएको छ ।” यसले कि त “येशू” वा “परमेश्वर पिता”लाई जनाउँछ ।
νεανίσκοι
यसले सम्भवतः तिनीहरूलाई जनाउँछ जो अब नयाँ विश्वासीहरू होइनन् तर आत्मिक परिपक्वतर्फ हुर्कँदै छन् । वैकल्पिक अनुवादः “जवान विश्वासीहरू” (हेर्नुहोस्ः रूपक)
νενικήκατε τὸν πονηρόν
विश्वासीहरूले शैतानलाई पछ्याउने कुरालाई इन्कार गर्ने र उसका योजनाहरूलाई तिनीहरूले नष्ट गर्ने विषयमा लेखकले यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उसलाई पराजित गर्ने विषय हो । (हेर्नुहोस्ः रूपक)
1 John 2:14
ἰσχυροί ἐστε
यहाँ “बलिया”ले विश्वासीहरूको शारीरिक शक्तिलाई होइन तर ख्रीष्टप्रतिको तिनीहरूको विश्वासयोग्यतालाई जनाउँछ । (हेर्नुहोस्ः रूपक)
ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
यहाँ “परमेश्वरको वचन” भनेको परमेश्वरबाटको सन्देशको लागि प्रतिस्थापन शब्द हो । लेखकले ख्रीष्टप्रतिको विश्वासीहरूको वृद्धि भएको विश्वासयोग्यता र उहाँमा भएको ज्ञानलाई यसरी जनाउँछन् मानौँ उनले परमेश्वरको वचन तिनीहरूमा रहिरहेको विषयमा कुरा गरिरहेका छन् । वैकल्पिक अनुवादः “परमेश्वरको वचनले तिमीहरूलाई सिकाइरहन्छ” वा “तिमीहरूले परमेश्वरको वचन जान्दछौ” (हेर्नुहोस्ः रूपक अनि लक्षणा)
1 John 2:15
μὴ ἀγαπᾶτε τὸν κόσμον
पदहरू २:१५-१७ मा “संसार” शब्दले मानिसहरूले गर्न चाहने ती सबै कुराहरूलाई जनाउँछ जसले परमेश्वरको आदर गर्दैन । वैकल्पिक अनुवादः “परमेश्वरलाई आदर र प्रेम नगर्ने संसारका मानिसजस्तो व्यवहार नगर” (हेर्नुहोस्ः लक्षणा)
μηδὲ τὰ ἐν τῷ κόσμῳ
“परमेश्वरका आदर नगर्नेहरूले चाह गर्ने थोकहरू”
ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ
एउटा व्यक्तिले यस संसारलाई र परमेश्वरलाई अनादर गर्ने सबै थोकहरूलाई अनि पितालाई एकै समयमा प्रेम गर्न सक्दैन । (हेर्नुहोस्ः रूपक)
οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ
“उसले पितालाई प्रेम गर्दैन”
1 John 2:16
ἡ ἐπιθυμία τῆς σαρκὸς
“पापपूर्ण शारीरिक आनन्द भोग गर्ने उत्कट इच्छा”
ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν
“हामीले देखेका कुराहरू प्राप्त गर्ने उत्कट इच्छा”
οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν
“पिताबाट आउँदैन” वा “पिताले हामीलाई जिउन सिकाउनुभए अनुसारको होइन”
1 John 2:17
ὁ κόσμος παράγεται
“बितेर जान्छ” वा “एक दिन यहाँ हुनेछैन”
1 John 2:18
यूहन्नाले ती मानिसहरूको विषयमा चेतावनी दिन्छन् जो ख्रीष्टको विरुद्धमा छन् ।
παιδία
“अपरिपक्व ख्रीष्टिएनहरू ।” तपाईले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
ἐσχάτη ὥρα ἐστίν
“अन्तिम घडी” भन्ने वाक्यांशले येशू फर्कनभन्दा ठीक अगाडिको समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू चाँडै फर्कनुहुनेछ” (हेर्नुहोस्ः लक्षणा)
ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν
“त्यहाँ धेरै मानिसहरू छन् जो ख्रीष्टको विरुद्धमा छन्”
“आएका छन्, र यसैकारण हामी जान्दछौँ” वा “आएका छन्, र किनभने धेरै ख्रीष्टविरोधीहरू आएका छन्, हामी जान्दछौँ”
1 John 2:19
ἐξ ἡμῶν ἐξῆλθαν
“तिनीहरूले हामीलाई छोडे”
ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν…οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν
“तर तिनीहरू हाम्रा छँदा पनि थिएनन्” वा “तर प्रथमतः तिनीहरू हाम्रा समूहका हिस्सा छँदा पनि थिएनन् ।” तिनीहरू समूहका हिस्सा नहुनुको कारण यो हो कि तिनीहरू येशूमा विश्वासीहरू थिएनन् ।
μεμενήκεισαν ἂν μεθ’ ἡμῶν
“हामी यो जान्दछौँ किनभने यदि तिनीहरू साँच्चै विश्वासीहरू भएका भए तिनीहरूले हामीलाई छोड्ने थिएनन्”
1 John 2:20
पुरानो करारमा “अभिषेक” शब्दले कुनै व्यक्तिलाई परमेश्वरको सेवा गर्नको निमित्त अलग गर्नलाई त्यसमाथि तेल खनाउने कुरालाई जनाउँथ्यो ।
ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου
यूहन्नाले पवित्र आत्माको विषयमा यसरी बताउँछन् मानौँ उहाँ कुनै “अभिषेक” हुनुहुन्छ जुन मानिसहरूले येशूबाट प्राप्त गरे । भाववाचक शब्द “अभिषेक”लाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर तिमीहरूलाई पवित्र हुनुहुनेले तिमीहरूलाई अभिषेक गर्नुभएको छ” वा “तर पवित्र हुनुहुने येशू ख्रीष्टले तिमीहरूलाई उहाँको आत्मा दिनुभएको छ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
τοῦ Ἁγίου
यसले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पवित्र जन, येशू” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 2:21
τὴν ἀλήθειαν…ἐκ τῆς ἀληθείας
भाववाचक नामपद शब्द “सत्यता”लाई एउटा विशेषणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जे सत्य छ ... जे सत्य छ त्यसबाट कुनै पनि झूट आउँदैन” (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 2:22
τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός?
“झूटा को हो ? येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्ने जो कोही पनि हो ।” झूटाहरू को-को हुन् भनी जोड दिनलाई यूहन्नाले एउटा प्रश्न प्रयोग गरे । (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός
“येशू नै ख्रीष्ट हुनुहुन्छ भन्न अस्वीकार गर्छ” वा “येशू मसिह हुनुहुन्न भनी भन्छ”
ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν
“पिता र पुत्रको विषयमा सत्यता भन्नलाई इन्कार गर्छ” वा “पिता र पुत्रलाई इन्कार गर्छ ।”
τὸν Πατέρα καὶ τὸν Υἱόν
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 2:23
ὁ ὁμολογῶν τὸν Υἱὸν
“पुत्रको बारेमा सत्य बोल्छ”
οὐδὲ τὸν Πατέρα ἔχει…καὶ τὸν Πατέρα ἔχει
“पिताको हो”
1 John 2:24
यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ र यसले यूहन्नाले पत्र लेखेको मानिसहरू र साथै सारा विश्वासीहरूलाई जनाउँछ । “उहाँ” शब्दमा जोड छ र त्यसले ख्रीष्टलाई जनाउँछ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
यूहन्नाले विश्वासीहरूलाई तिनीहरूले पहिले सुनेका कुराहरूमा निरन्तरता दिनलाई याद दिलाउँछन् ।
तिनीहरूले ख्रीष्टको विरुद्धमा भएका मानिसहरूको विपरीतमा येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भनेर यूहन्नाले बताएका कुरालाई यसले अङ्कित गर्छ ।
ὃ ἠκούσατε…ὃ…ἠκούσατε
“तिमीहरूले सुरुदेखि सुनेका कुरा सम्झ र विश्वास गर ।” उनीहरूले कसरी सुने, उनीहरूले के सुने, र “सुरु” को अर्थ के हो भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छः वैकल्पिक अनुवादः “तिमीहरू पहिले विश्वासी भएदेखि हामीले तिमीहरूलाई येशूको बारेमा सिकाएका कुराहरूमा तिमीहरूले जसरी भरोसा गरेका थियौ, त्यसरी नै भरोसा गरिरहो” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
ἀπ’ ἀρχῆς
“तिमीहरू पहिले विश्वासी हुँदा हामीले तिमीहरूलाई येशूको बारेमा जे सिकायौँ”
ἐν ὑμῖν μενέτω…ἐν ὑμῖν μείνῃ
“रहन्छ” शब्दले सम्बन्धको बारेमा कुरा गरिरहेको छ, उद्धारको बारेमा होइन । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई पहिले सिकाएका कुराहरू यदि तिमीहरूले भरोसा गरिरहन्छौ भने”
καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε
“रहनु” भन्ने कुराको अर्थ कसैसँग सङ्गति गर्ने भन्ने हुन्छ । तपाईंले यस्तै समान वाक्यांशलाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “साथै पुत्र र पितासँग पनि सङ्गतिमा हुनेछौ” वा “साथै पुत्र र पितासँग पनि जोडिएर रहनेछौ” (हेर्नुहोस्ः रूपक)
1 John 2:25
ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν
“अनि उहाँले हामीलाई दिने प्रतिज्ञा गर्नुभएको यही हो- अनन्त जीवन” वा “अनि उहाँले हामीलाई सदासर्वदा जिउने तुल्याउने प्रतिज्ञा गर्नुभएको छ”
τὴν ζωὴν τὴν αἰώνιον
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढीको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित रहने कुरालाई जनाउँछ । तपाईंले यसलाई १ यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
1 John 2:26
τῶν πλανώντων ὑμᾶς
यहाँ “अन्यत्र बहाकाउनु” भनेको कसैलाई असत्य कुरालाई विश्वास गर्न मनाउने कुराको लागि भएको अलङ्कार हो । वैकल्पिक अनुवादः “तिनीहरू जसले तिमीहरूलाई छल गर्न चाहन्छन्” वा “तिनीहरू जसले तिमीहरूलाई येशू ख्रीष्टको बारेमा झूटा कुराहरू विश्वास गर्ने बनाउन चाहन्छन्” (हेर्नुहोस्ः रूपक)
1 John 2:27
पद २९ देखि सुरु गरेर, यूहन्नाले परमेश्वरको राज्यमा जन्मने विषयमा भएको धारणलाई परिचय गराउँछन् । अघिल्लो पदले देखाउँछ कि विश्वासीहरूले पाप गरिरहन्छन्; यो भागले देखाउँछ कि विश्वासीहरूसँग नयाँ स्वभाव पनि हुन्छ, जसले पाप गर्न सक्दैन । विश्वासीहरूले एकले अर्कालाई कसरी पहिचान गर्न सक्छन् भनेर देखाउनलाई यसले निरन्तरता दिन्छ ।
ख्रीष्टको विरुद्धमा भएका मानिसहरूको साटोमा तिनीहरू येशूका अनुयायीहरूको रूपमा कसरी जिउनुपर्छ भन्ने बारेमा यूहन्नाले तिनीहरूलाई अरू नै केही कुरा बताइरहेको कुरालाई यसले अङ्कित गर्छ ।
τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ
यसले “परमेश्वरको आत्मा” लाई जनाउँछ । “अभिषेक”को बारेमा १ यूहन्ना २:२० मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
περὶ πάντων
यहाँ “सबैकुरा” शब्द सामान्यकरण हो । वैकल्पिक अनुवादः “किनभने उहाँको अभिषेकले तिमीहरूलाई थाहा हुनुपर्ने सबैकुरा सिकाउँछ” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
μένετε ἐν αὐτῷ
कसैमा रहने कुराले त्यस व्यक्तिसँग निरन्तर सङ्गतिमा रहने कुराको अर्थ दिन्छ । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता देओ” वा “उहाँसँग जोडिएर रहो” (हेर्नुहोस्ः रूपक)
1 John 2:28
καὶ νῦν
यहाँ यो शब्द पत्रको नयाँ भागलाई दर्शाउन प्रयोग गरिएको छ ।
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
ἐὰν φανερωθῇ
“हामी उहाँलाई देख्छौँ”
σχῶμεν παρρησίαν
कुनै डर नभएको
μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ
“उहाँको उपस्थितिमा लज्जित नहुन”
ἐν τῇ παρουσίᾳ αὐτοῦ
“जब उहाँ फेरि आउनुहुन्छ”
1 John 2:29
πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται
“ ... परमेश्वरबाट जन्मेको हो” वा “परमेश्वरको बालक हो”
1 John 3
१ यूहन्ना ०३ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरका सन्तान
परमेश्वरले सबै मानिसहरूलाई सृजना गर्नुभयो, तर मानिसहरू येशूमा विश्वास गरेर मात्र परमेश्वरका सन्तान हुन सक्छन् । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
कयिन
कयिन पहिलो मानिस, आदम र पहिलो स्त्री, हव्वाका छोरा थिए । उनी आफ्नो भाइको डाही थिए र तिनको हत्या गरे । पाठकहरूले उत्पत्तिको पुस्तक पढेका छैनन् भने तिनीहरूलाई कयिन को थिए भनी थाहा नहुन सक्छ । तपाईंले यो कुरा तिनीहरूलाई व्याख्या गरिदिनुभयो भने त्यसले तिनीहरूलाई सहयोग गर्न सक्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
“जान्नलाई”
“जान्नु” क्रियापदलाई यस अध्यायमा दुई फरक किसिमले प्रयोग गरिएको छ । ३:२, ३:५, र ३:१९ मा जस्तै कहिलेकाहीँ यसलाई कुनै तथ्यको बारेमा थाहा गर्ने बारेमा प्रयोग गरिएको छ । ३:१, ३:६, ३:१६, र ३:२० मा जस्तै कहिलेकाहीँ यसको अर्थ कसैलाई वा केही कुरालाई अनुभव गर्नु र बुझ्नु भन्ने हुन्छ । केही भाषाहरूमा यी फरक अर्थहरूको लागि फरक शब्दहरू हुन्छन् ।
“जसले परमेश्वरका आज्ञाहरू पालन गर्छ त्यो उहाँमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ”
धेरै विद्वानहरूले विश्वास गर्छन् कि यो भनेको परमेश्वरको इच्छामा रहने बारेमा हो र उद्धार पाउने विषयमा होइन । (हेर्नुहोस्ः सधैँ रहिरहने, अनन्त, अनन्तता अनि बचाउनु, सुरक्षित)
1 John 3:1
यस भागमा यूहन्नाले विश्वासीहरूलाई तिनीहरूको नयाँ स्वभावको विषयमा बताउँछन्, जसले पाप गर्न सक्दैन ।
ἴδετε
“हाम्रा पिताले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने बारेमा विचार गर”
ἵνα τέκνα Θεοῦ κληθῶμεν
“पिताले हामीलाई उहाँको सन्तान भनी बोलाउनुभयो”
यहाँ यसको अर्थ ती मानिसहरू हुन् जो येशूमा विश्वासद्वारा परमेश्वरका भएका छन् ।
διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν
सम्भावित अर्थहरू हुन् १) “किनकि हामी परमेश्वरका सन्तानहरू हौँ र किनभने संसारले परमेश्वरलाई चिनेन, त्यसले हामीलाई चिन्दैन” वा २) “किनभने संसारले परमेश्वरलाई चिनेन, त्यसले हामीलाई चिन्दैन ।”
διὰ τοῦτο, ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν
यहाँ “संसार” शब्दले परमेश्वरलाई सम्मान नगर्ने मानिसहरूलाई जनाउँछ । संसारले के कुरालाई चिनेन भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छः वैकल्पिक अनुवादः “हामी परमेश्वरका हौँ भनेर परमेश्वरलाई सम्मान नगर्नेहरूले जान्दैनन्, किनभने तिनीहरूले परमेश्वरलाई चिनेनन्” (हेर्नुहोस्ः लक्षणा अनि ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
1 John 3:2
ἀγαπητοί
“तिमी मानिसहरू जसलाई म प्रेम गर्छु, हामी ... हौँ” वा “प्रिय मित्रहरू, हामी ... हौँ ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
οὔπω ἐφανερώθη τί ἐσόμεθα
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले अहिलेसम्म प्रकट गर्नुभएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
यहाँ यसको अर्थ कि त “बताइएको”, “प्रदर्शन गरिएको” वा “देखाइएको” भन्ने हुन सक्छ ।
1 John 3:3
πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ
“हेरक जसले ख्रीष्ट जस्तो हुनुहुन्छ त्यस्तै देख्ने दृढताका साथ अपेक्षा गर्छ उसले आफैँलाई ख्रीष्ट शुद्ध हुनुभए झैँ गरी शुद्ध राख्नेछ”
1 John 3:5
ἐκεῖνος ἐφανερώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्ट देखा पर्नुभयो” वा “पिताले ख्रीष्टलाई प्रकट गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 3:6
πᾶς ὁ ἐν αὐτῷ μένων
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्न निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनवाद गर्नुभयो। सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग निरन्तर सङ्गति गर्छ” वा “उहाँसँग जोडिएर रहन्छ” (हेर्नुहोस्ः रूपक)
οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν
पाप गर्ने व्यक्तिले ख्रीष्टलाईआत्मिक बुझाइमा कहिल्यै भेटेको छैन भनेर भन्नलाई यूहन्नाले “देखेको” र “चिनेको” शब्दहरूको प्रयोग गर्छन् । आफ्नो पापी स्वभावअनुसार व्यवहार गर्ने व्यक्तिले ख्रीष्टलाई चिन्न सक्दैन । वैकल्पिक अनुवादः “कसैले पनि ... उहाँमा साँचो रूपमा कहिल्यै विश्वास गरेको छैन” (हेर्नुहोस्ः प्रतिरूपी)
1 John 3:7
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
μηδεὶς πλανάτω ὑμᾶς
यहाँ “तिमीहरूलाई बहकाउन” भनेको कसैलाई असत्य कुरामा विश्वास गर्नलाई मनाउने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कसैलाई पनि तिमीहरूलाई मूर्ख बनाउन नदेओ” वा “कसैलाई पनि तिमीहरूलाई छल्न नदेओ” (हेर्नुहोस्ः रूपक)
ὁ ποιῶν τὴν δικαιοσύνην
“जे ठीक छ त्यही गर्ने ख्रीष्ट येशूले जस्तै परमेश्वरलाई प्रसन्न पार्ने व्यक्ति हो ।”
1 John 3:8
ἐκ τοῦ διαβόλου ἐστίν
“शैतानको हुन्छ” वा “शैतानजस्तै हो”
ἀπ’ ἀρχῆς
यसले पहिलो मानिसहरूले पाप गर्नभन्दा अगाडिको सृष्टिको अति प्राचीन समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “सृष्टिको सबैभन्दा प्राचीन समयदेखि” (हेर्नुहोस्ः लक्षणा)
ἐφανερώθη
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्ना पुत्र प्रकट गर्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 3:9
हालको लागि यूहन्नाले नयाँ जन्म र पाप गर्न नसक्ने नयाँ स्वभावको विषयमा भएको यो खण्डलाई अन्त गर्छन् ।
πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ…ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले आफ्नो सन्तान बनाउनुभएको जो पनि” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει
यसले पवित्र आत्माको विषयमा कुरा गर्छ, जसलाई परमेश्वरले विश्वासीहरूलाई दिनुहुन्छ र जसले तिनीहरूलाई पापलाई इन्कार गर्न र परमेश्वरलाई प्रसन्न बनाउने कुराहरू गर्न सक्षम बनाउनुहुन्छ, मानौँ उहाँ कुनै भौतिक बिउ हुनुहुन्छ जसलाई जमिनमा रोपिन्छ र जुन बढ्छ । यसलाई कहिलेकाहीँ नयाँ स्वभावको रूपमा जनाइन्छ । वैकल्पिक अनुवादः “पवित्र आत्मा” (हेर्नुहोस्ः रूपक)
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले त्यसलाई नयाँ आत्मिक जीवन दिनुभएको छ” वा “त्यो परमेश्वरको बालक हो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 3:10
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसरी हामी परमेश्वरका सन्तान र शैतानको सन्तानलाई चिन्दछौँ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ
“परमेश्वरबाटको” शब्दलाई वाक्यको दोस्रो भागमा बुझिएको छ । यसलाई सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो कोही जसले जे धर्मी छ सो गर्दैन त्यो परमेश्वरबाटको होइन; जो कोही जसले आफ्नो भाइलाई प्रेम गर्दैन त्यो पनि परमेश्वरबाटको होइन” वा “तिनीहरू जसले जे धर्मी छ सो गर्छन्, तिनीहरू परमेश्वरबाटका हुन्, र तिनीहरू जसले तिनीहरूका भाइहरूलाई प्रेम गर्छन्, तिनीहरू परमेश्वरबाटका हुन्” (हेर्नुहोस्ः दोहोरो नकारात्मक अनि शब्दलोप)
τὸν ἀδελφὸν αὐτοῦ
यहाँ “भाइ”को अर्थ सङ्गी ख्रीष्टिएनहरू हुन्छ ।
1 John 3:11
कयिन र हाबिल आदम र हव्वाका पहिला छोराहरू थिए, जो पहिलो मानिस र स्त्री थिए ।
यहाँ विश्वासीहरूले तिनीहरूले जीवन जिउने तरिकाले कसरी एक अर्कालाई चिन्न सक्छन् भनेर यूहन्नाले सिकाउँछन्; उनले आफ्ना पाठकहरूलाई एक अर्कालाई प्रेम गर्न सिकाउँछन् ।
1 John 3:12
οὐ καθὼς Κάϊν
“हामीले कयिनले गरेको जस्तो गर्नुहुँदैन”
Κάϊν…ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ
यसले कयिनको कान्छा भाइ हाबिललाई जनाउँछ ।
καὶ χάριν τίνος ἔσφαξεν αὐτόν? ὅτι
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । यसलाई कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनले तिनलाई मारे किनभने” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ, δίκαια
“कामहरू ... थिए” शब्दहरूलाई दोस्रो वाक्यांशमा पनि बुझिएको छ । वैकल्पिक अनुवादः “कयिनका कामहरू दुष्ट थिए र उनका भाइका कामहरू धर्मी थिए” वा “कयिनले दुष्ट कुराहरू गरे र उनको भाइले जे ठीक थियो सो गरे” (हेर्नुहोस्ः शब्दलोप)
1 John 3:13
ἀδελφοί
“मेरा सङ्गी विश्वासीहरू ।” यूहन्नाका पाठकहरू पुरुष र महिला दुवै थिए ।
εἰ μισεῖ ὑμᾶς ὁ κόσμος
यहाँ “संसार” शब्दले परमेश्वरलाई आदर नगर्ने मानिसलाई जनाउँछ । वैकल्पिक अनुवादः “यदि परमेश्वरलाई आदर नगर्नेहरूले तिमीहरू परमेश्वरलाई आदर गर्नेहरूलाई घृणा गर्छन् भने” (हेर्नुहोस्ः लक्षणा)
1 John 3:14
μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
जीवित र मृतको अवस्थाको बारेमा यसरी भनिएको छ मानौं त्यो भनेको तिनीहरू कुनै भौतिक स्थलहरू हुन् जहाँबाट कोही व्यक्ति हिँड्न वा त्यहाँ जान सक्छ । भाववाचक नाउँहरू “जीवन” र “मृत्यु”लाई क्रियापद भएको वाक्यांशहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी अब आत्मिक रूपमा मृत छैनौँ, तर आत्मिक रूपमा जीवित छौँ” (हेर्नुहोस्ः रूपक अनि भाववाचक नाम)
μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν
यो पत्र भर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवन भन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”को अर्थ आत्मिक रूपमा जीवित हुने हुन्छ । तपाईंले यसलाई १ यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः लक्षणा)
μένει ἐν τῷ θανάτῳ
“अझ पनि आत्मिक रूपमा मृत छ”
1 John 3:15
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστίν
यूहन्नाले अर्को विश्वासीलाई घृणा गर्ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति कुनै हत्यारा हो । किनकि मानिसहरूले अरू मानिसहरूलाई घृणाको कारण हत्या गर्छन्, परमेश्वरले घृणा गर्ने जो कोही पनि मानिसलाई अरूलाई मार्ने व्यक्ति जत्तिकै दोषी सम्झनुहुन्छ । वैकल्पिक अनुवादः “जसले अरू विश्वासीलाई घृणा गर्छ त्यो कुनै मानिसलाई हत्या गर्ने जत्तिकै दोषी हुन्छ” (हेर्नुहोस्ः रूपक)
οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν
“अनन्त जीवन” भनेको विश्वासीहरूलाई मृत्युपछि परमेश्वरले दिनुहुने कुरा हो, तर यो यसै जीवनमा तिनीहरूलाई पाप गर्न छोड्न र उहाँलाई प्रसन्न पार्ने कुरा गर्न सहायता गर्नलाई परमेश्वरले दिनुहुने शक्ति पनि हो । यहाँ अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जो कसैभित्र वास गर्न सक्छ । वैकल्पिक अनुवादः “एक हत्यारासँग अनन्त जीवनको शक्ति हुँदैन” (हेर्नुहोस्ः मानवीकरण)
1 John 3:16
ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν
यस अभिव्यक्तिको अर्थ “ख्रीष्टले हाम्रा निम्ति उहाँको जीवन स्वेच्छाले दिनुभयो” वा “ख्रीष्ट हाम्रा निम्ति स्वेच्छाले मर्नुभयो” भन्ने हुन्छ । (हेर्नुहोस्ः टुक्काहरू)
1 John 3:17
τὸν βίον τοῦ κόσμου
पैसा, खानेकुरा, वा कपडाजस्ता वस्तुगत सम्पत्तिहरू
χρείαν ἔχοντα
“सङ्गी विश्वासीलाई सहायताको आवश्यक परेको महसुस गर्छ”
κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’ αὐτοῦ
यहाँ “हृदय” भनेको “सोचहरू” वा “भावनाहरू”को लागि प्रतिस्थापन शब्द हो । यहाँ “उसको दयाको हृदय बन्द गर्नु” भन्ने वाक्यांश कसैलाई अब दया नदेखाउने कुराको लागि एउटा अलङ्कार हो । वैकल्पिक अनुवादः “उसलाई दया देखाउँदैन” वा “स्वेच्छाले उसलाई सहायता गर्दैन” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ?
यूहन्नाले आफ्ना श्रोतागणलाई सिकाउन एउटा प्रश्नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्वरको प्रेम उसमा हुँदैन” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
1 John 3:18
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
μὴ ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ
“वचनमा” र “मुखमा” भन्ने वाक्यांशहरू दुवैले कोही व्यक्तिले भनेको कुरालाई जनाउँछ । वाक्यको दोस्रो भागमा “प्रेम” शब्दलाई बुझिएको छ । वैकल्पिक अनुवादः “मानिसहरूलाई प्रेम गर्छु मात्र नभन, तर मानिसहरूलाई सहायता गरेर तिमीहरूले उनीहरूलाई साँच्चै प्रेम गर्छौ भन्ने देखाओ” (हेर्नुहोस्ः प्रतिरूपी अनि लक्षणा अनि शब्दलोप)
1 John 3:19
यहाँ यूहन्नाले बताउन खोजेका कुरा सम्भवतः यो हो कि विश्वासीहरूको परमेश्वरलाई र एक अर्कालाई साँचो रूपमा प्रेम गर्ने क्षमता (हेर्नुहोस्ः १ यूहन्ना ३:१८) वास्तवमा ख्रीष्टको बारेमा भएको सत्यताबाट उत्पत्ति भएको हो ।
ἐκ τῆς ἀληθείας ἐσμέν
“हामी सत्यका हौँ” वा वैकल्पिक अनुवादः “हामी येशूले हामीलाई सिकाउनुभए बमोजिम जिइरहेका छौँ”
πείσομεν τὰς καρδίας ἡμῶν
यहाँ “हृदय” शब्दले भावनाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी दोषी महसुस गर्दैनौँ” (हेर्नुहोस्ः लक्षणा)
1 John 3:20
ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία
यहाँ “हृदयहरू” भनेको मानिसहरूको सोच वा विवेकको लागि भएको प्रतिस्थापन शब्द हो । यहाँ “हृदयले हामीलाई दोष लगाउँछ” भनेको दोषी महसुस गर्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “यदि हामीले पाप गरेका छौँ भनी जान्दछौँ र फलस्वरूप दोषी महसुस गर्छौँ भने” (हेर्नुहोस्ः लक्षणा अनि रूपक)
μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα
यहाँ “हृदयहरू” भनेको मानिसहरूको सोच वा विवेकको लागि भएको प्रतिस्थापन शब्द हो । परमेश्वर “हाम्रा हृदयहरू भन्दा बढी महान्” हुनुहुन्छ भन्नुको अर्थ परमेश्वरले कुनै व्यक्तिले भन्दा बढी जान्नुहुन्छ भन्ने हो । यसैकारण उहाँले कुनै व्यक्तिले भन्दा बढी उत्तम तरिकाले मामिलाहरूको इन्साफ गर्न सक्नुहुन्छ । यो सत्यताको प्रभाव सम्भवतः यो हो कि परमेश्वर हाम्रो विवेकले कल्पना गर्नेभन्दा बढी दयालु हुनुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीले जानेको भन्दा बढी जान्नुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
1 John 3:21
ἀγαπητοί
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, यदि” वा “प्रिय मित्रहरू, यदि ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1 John 3:22
τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ
परमेश्वरको रायको विषयमा यसरी बताइएको छ मानौँ त्यो उहाँले आफ्नो अगाडि जे भएको देख्नुहुन्छ त्यसमा भर पर्छ । वैकल्पिक अनुवादः “हामी उहाँलाई प्रसन्न बनाउने कुराहरू गर्छौँ” (हेर्नुहोस्ः रूपक)
1 John 3:23
αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ
भाववाचक नामपद शब्द “आज्ञा”लाई “अह्राउनु” भनेर उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई यही गर्न आज्ञा गर्नुहुन्छः विश्वास गर ... जसरी उहाँले हामीलाई त्यो गर्नलाई अह्राउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम)
τοῦ Υἱοῦ
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 3:24
ἐν αὐτῷ μένει
कसैमा रहनु भनेको त्यस व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तर दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने वाक्यांशलाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “उहाँसँग सङ्गति गर्न निरन्तरता दिन्छ, र परमेश्वरले उससँग सङ्गति गर्नलाई निरन्तरता दिनुहुन्छ” वा “उहाँसँग जोडिएर रहन्छ, र परमेश्वर उससँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
1 John 4
१ यूहन्ना ०४ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
आत्मा
यो “आत्मा” शब्दलाई यस अध्यायमा विभिन्न किसिमले प्रयोग गरिएको छ । कहिलेकाहीँ “आत्मा” शब्दले आत्मिक प्राणीहरूलाई जनाउँछ । कहिलेकाहीँ यसले केही कुराको स्वभावलाई जनाउँछ । उदाहरणको लागि, “ख्रीष्टविरोधीको आत्मा”, “सत्यताको आत्मा”, र “भूलको आत्मा” जस्ता कुराहरूले ख्रीष्टविरोधी, सत्यता, र भूलको गुणबोधक कुराहरूलाई जनाउँछन् । “आत्मा” (जसलाई अङ्ग्रेजीमा ठूलो “एस”सँग लेखिन्छ) र “परमेश्वरको आत्मा”ले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः ख्रीष्ट-विरोधी)
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
परमेश्वरलाई प्रेम गर्ने
यदि मानिसहरूले परमेश्वरलाई प्रेम गर्छन् भने, तिनीहरूले जीवन जिउने तरिकामा र तिनीहरूले अरू मानिसहरूलाई व्यवहार गर्ने तरिकामा त्यो कुरा देखाउनुपर्छ । यसो गर्नाले परमेश्वरले हामीलाई बचाउनुभएको छ र हामी उहाँका हौँ भनेर हामीलाई भरोसा दिलाउन सक्छ, तर अरूहरूलाई प्रेम गर्नाले हामीले मुक्ति पाउने भने होइन । (हेर्नुहोस्ः बचाउनु, सुरक्षित)
1 John 4:1
यूहन्नाले झूटा शिक्षकहरूको विुरुद्धमा चेतावनी दिन्छन् जसले ख्रीष्टसँग मानव शरीर थियो भन्ने कुराको विरुद्धमा सिकाउँछन् र ती शिक्षकहरूको विरुद्धमा पनि चेतावनी दिन्छन् जसले संसारलाई प्रेम गर्नेहरूले जसरी कुरा गर्छन् ।
ἀγαπητοί
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, विश्वास नगर” वा “प्रिय मित्रहरू, विश्वास नगर ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα
यहाँ “आत्मा” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “त्यो हरेक अगमवक्तालाई विश्वास नगर जसले आत्माबाट सन्देश पाएको दाबी गर्छ” (हेर्नुहोस्ः लक्षणा)
यहाँ “आत्माहरू” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले भन्ने कुरालाई होशियारीपूर्वक विचार गर” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:2
Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα
यहाँ “शरीर”ले मानव देहको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “मानव प्राणीको रूपमा आउनुभएको छ” वा “भौतिक शरीरमा आउनुभएको छ” (हेर्नुहोस्ः उपलक्षण)
1 John 4:3
τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου
“यिनीहरू ख्रीष्टको विपरीतमा भएका अगमवक्ताहरू हुन्, जो तिमीहरूले आउँदै छन् भनी सुनेका छौ, र अहिले अगिदेखि नै संसारमा छन्”
1 John 4:4
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
νενικήκατε αὐτούς
“झूटा शिक्षकहरूलाई विश्वास गरेका छैनौ”
ἐστὶν ὁ ἐν ὑμῖν
“परमेश्वर जो तिमीहरूमा हुनुहुन्छ”
ὁ ἐν τῷ κόσμῳ
दुई सम्भावित अर्थहरू हुन् १) यसले शैतानलाई जनाउँछ । वैकल्पिक अनुवादः “शैतान, जो संसारमा छ” वा “शैतान, जसले परमेश्वरको आज्ञापालन नगर्नेहरू मार्फत काम गर्दछ” वा २) यसले सांसारिक शिक्षकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सांसारिक शिक्षकहरू” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:5
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν; διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν
“ ... बाटका हुन्” शब्दहरू “तिनीहरूको शक्ति र अधिकार ग्रहण” गर्ने कुराको लागि अलङ्कार हो । “संसार” भनेको हुन त खुशीसाथ तिनीहरूको कुरा सुन्ने र र तिनीहरूलाई अधिकार पनि दिने पापी मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो, यो अन्ततः शैतान, “त्यो जो संसारमा छ”, त्यसलाई जनाउने प्रतिस्थापन शब्द हो । (हेर्नुहोस्ः लक्षणा)
यहाँ “संसार” भनेको हुन त खुशीसाथ तिनीहरूको कुरा सुन्ने र र तिनीहरूलाई अधिकार पनि दिने पापी मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो, यो अन्ततः शैतान, “त्यो जो संसारमा छ”, त्यसलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसकारण तिनीहरू ती कुराहरू सिकाउँछन् जुन तिनीहरूले पापी मानिसहरूबाट सिकेका छन्” (हेर्नुहोस्ः लक्षणा)
ὁ κόσμος αὐτῶν ἀκούει
“संसार” शब्द परमेश्वरको आज्ञापालन नगर्ने मानिसहरूको लागि भएको प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “त्यसैले, परमेश्वरका आज्ञा पालन नगर्ने मानिसहरूले तिनीहरूका कुरा सुन्छन्” (हेर्नुहोस्ः लक्षणा)
1 John 4:7
यूहन्नाले नयाँ स्वभावको बारेमा सिकाइरहन्छन् । उनले आफ्ना पाठकहरूलाई परमेश्वरको प्रेम र एकले अर्कालाई प्रेम गर्नुपर्ने विषयमा सिकाउँछन् ।
ἀγαπητοί
“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, हामी प्रेम गरौँ” वा “प्रिय मित्रहरू, हामी प्रेम गरौँ ।” तपाईंले “प्रियहरू”लाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
“विश्वासीहरूले अरू विश्वासीहरूलाई प्रेम गर्नुपर्छ”
πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται
“र किनभने आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्नेहरू परमेश्वरका सन्तानहरू भएका छन् र तिनीहरूले उहाँलाई चिन्छन्”
ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν
“किनभने परमेश्वरले हामीलाई एक-अर्कालाई प्रेम गर्ने तुल्याउनुहुन्छ”
πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται
यो एउटा अलङ्कार हो, जसको अर्थ कोही व्यक्तिसँग छोराको आफ्नो बाबुसँग भएको जस्तो परमेश्वरसँग सम्बन्ध छ भन्ने हुन्छ । (हेर्नुहोस्ः रूपक)
1 John 4:8
ὁ Θεὸς ἀγάπη ἐστίν
“परमेश्वर प्रेम हुनुहुन्छ” भन्ने वाक्यांश एउटा अलङ्कार हो जसको अर्थ “परमेश्वरको चरित्र प्रेम हो” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू जसले आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्दैनन्, तिनीहरूले परमेश्वरलाई चिन्दैनन् किनभने परमेश्वरको चरित्र चरित्र चाहिँ मानिसहरूलाई प्रेम गर्नु हो” (हेर्नुहोस्ः रूपक)
1 John 4:9
ἐν τούτῳ
“यसको कारण ... हामीहरूको माझमाः परमेश्वरले आफ्नो एकमात्र पुत्र पठाउनुभएको छ” “यसको कारण” भन्ने वाक्यांशले “कि परमेश्वरले आफ्नो एकमात्र पुत्र पठाउनुभएको छ” भन्ने वाक्यांशलाई जनाउँछ ।
ἡ ἀγάπη τοῦ Θεοῦ
नामपद शब्द “प्रेम”लाई एउटा क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । यस क्रियापदलाई कर्तृ वाच्यमा ल्याउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ भनेर देखाउनुभयो” (हेर्नुहोस्ः भाववाचक नाम अनि कर्तृवाच्य र कर्मवाच्य)
ἵνα ζήσωμεν δι’ αὐτοῦ
“येशूले जे गर्नुभयो, त्यसको कारण हामीलाई अनन्तसम्म जिउन सक्षम तुल्याउन”
1 John 4:10
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη
“साँचो प्रेम के हो भनेर परमेश्वरले हामीलाई देखाउनुभयो”
ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν
यहाँ “प्रायश्चित” भन्ने कुराले पापको विरूद्धमा भएको परमेश्वरको क्रोधलाई शान्त पार्ने क्रूसमा येशूको मृत्युलाई जनाउँछ । यो शब्दलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले आफ्नो पुत्रलाई बलिदान हुनलाई पठाउनुभयो जसले हाम्रा पापहरूको विरुद्धमा भएको उहाँको क्रोधलाई शान्त बनायो” (हेर्नुहोस्ः भाववाचक नाम)
1 John 4:11
ἀγαπητοί
तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, यदि” वा “प्रिय मित्रहरू, यदि ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς
“किनकि परमेश्वरले हामीलाई यस्तो किसिमले प्रेम गर्नुभयो”
“विश्वासीहरूले अरू विश्वासीहरूलाई प्रेम गर्नुपर्छ”
1 John 4:12
ὁ Θεὸς ἐν ἡμῖν μένει
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले हामीसँग सङ्गति गरिरहनुहुन्छ” वा “परमेश्वर हामीसँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστιν
“परमेश्वरको प्रेम हामीमा पूर्ण भएको छ”
1 John 4:13
ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “हामी परमेश्वरसँग सङ्गति गरिरहन्छौँ र उहाँले हामीसँग सङ्गति गर्नलाई निरन्तरता दिनुहुन्छ” वा “हामी परमेश्वरसँग जोडिएर रहन्छौँ र उहाँ हामीसँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν
“रहनुहुन्छ” भन्ने शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “र उहाँ हामीमा रहनुहुन्छ” (हेर्नुहोस्ः शब्दलोप)
ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν
तपाईंले कि त “यसैद्वारा” वा “किनकि” शब्दलाई हटाउनुभयो भने तपाईंको अनुवाद बढी स्पष्ट हुन सक्छ । वैकल्पिक अनुवादः “हामी जान्दछौँ ... हामीमा ... किनभने उहाँले ... दिनुभयो” वा “यसैद्वारा हामी जान्दछौँ ... हामीमा ... : उहाँले ... दिनुभयो”
ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν
“किनभने उहाँले हामीलाई उहाँको आत्मा दिनुभयो” वा “किनभने उहाँले आफ्नो पवित्र आत्मा हामीभित्र राखिदिनुभएको छ ।” यद्यपि, यस वाक्यांशले यो भन्न खोजेको होइन कि परमेश्वरले हामीलाई उहाँको आत्माको केही भाग दिनुभएपछि उहाँसँग आफ्नो आत्माको मात्रा कम भएको छ ।
1 John 4:14
ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι
“अनि हामी प्रेरितहरूले परमेश्वरका पुत्रलाई देखेका छौँ र सबैलाई बताउँछौँ कि परमेश्वर पिताले उहाँको पुत्रलाई पृथ्वीका मानिसहरूलाई बचाउन पठाउनुभएको छ”
ὁ Πατὴρ…τὸν Υἱὸν
यी महत्त्वपूर्ण उपाधिहरू हुन् जसले परमेश्वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छन् । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 4:15
ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ
“जसले उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी येशूको बारेमा सत्य बोल्छ”
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:५-६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरले त्यससँग सङ्गति गरिरहनुहुन्छ र त्यसले परमेश्वरसँग सङ्गति गरिरहन्छ” वा “परमेश्वर त्यससँग जोडिएर रहनुहुन्छ र त्यो परमेश्वरसँग जोडिएर रहन्छ” (हेर्नुहोस्ः रूपक)
ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
“रहन्छ” भन्ने शब्दलाई अघिल्लो वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “र त्यो परमेश्वरमा रहन्छ” (हेर्नुहोस्ः शब्दहरूलाई समावेश नगर्ने ढाँचा)
1 John 4:16
ὁ Θεὸς ἀγάπη ἐστίν
यो एउटा अलङ्कार हो जसको अर्थ “परमेश्वरको विशेषता प्रेम हो” भन्ने हुन्छ । तपाईंले यसलाई १ यूहन्ना ४:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः रूपक)
ὁ μένων ἐν τῇ ἀγάπῃ
“तिनीहरू जसले अरूहरूलाई प्रेम गरिरहन्छन्”
ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει
कसैमा रहनु भनेको त्यो व्यक्तिसँग सङ्गति गर्नलाई निरन्तरता दिनु हो । तपाईंले “परमेश्वरमा रहन्छ” भन्ने कुरालाई १ यूहन्ना २:५-६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “परमेश्वरसँग सङ्गति गरिरहन्छ र परमेश्वरले त्यससँग सङ्गति गरिरहनुहुन्छ” वा “परमेश्वरसँग जोडिएर रहन्छ र परमेश्वर त्यससँग जोडिएर रहनुहुन्छ” (हेर्नुहोस्ः रूपक)
1 John 4:17
ἐν τούτῳ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “यसैकारण” शब्दले १ यूहन्ना ४:१६ लाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने जो पनि व्यक्ति जो प्रेममा जिउँछ त्यो परमेश्वरमा हुन्छ र परमेश्वर त्यसमा हुनुहुन्छ, परमेश्वरले हाम्रो लागि उहाँको प्रेम पूर्ण पार्नुभएको हुन्छ, ताकि हामीसँग पूर्ण दृढता होस्” वा २) “यसैकारण” शब्दले “हामीसँग दृढता होस्” भन्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले सबैको इन्साफ गर्नुभएको समयमा उहाँले हामीलाई स्वीकार गर्नुहुनेछ भन्ने कुरामा ढुक्क छौँ, त्यसैले हामी जान्दछौँ कि उहाँले हाम्रो लागि भएको उहाँको प्रेमलाई पूर्ण बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले हाम्रो लागि भएको उहाँको प्रेमलाई पूर्ण बनाउनुभएको छ” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν
“किनभने येशूको परमेश्वरसँग जे सम्बन्ध छ, यस संसारमा परमेश्वरसँगको हाम्रो सम्बन्ध पनि त्यही नै हो”
1 John 4:18
ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον
यहाँ “प्रेम”लाई डर हटाउने शक्ति भएको व्यक्तिलाई झैँ गरी वर्णन गरिएको छ । परमेश्वरको प्रेम सिद्ध छ । वैकल्पिक अनुवादः “तर जब हाम्रो प्रेम पूर्ण हुन्छ, हामी त्यस उप्रान्त डराउँदैनौँ” (हेर्नुहोस्ः मानवीकरण)
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει
“किनभने परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछ कि भनेर सोच्यौँ भने मात्र हामी डराउने थियौँ”
ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर जब कुनै व्यक्ति परमेश्वरले दण्ड दिनुहुनेछ भनी डराउँछ, उहाँको प्रेम पूर्ण भएको छैन” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
1 John 4:20
τὸν ἀδελφὸν αὐτοῦ
“सङ्गी विश्वासीलाई घृणा गर्छ”
ὁ…μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ…τὸν Θεὸν…οὐ δύναται ἀγαπᾶν
यदि एकैफेरमा दुई नकारात्मक भनाइहरू राख्नाले गर्दा अलमलाउने हुन्छ भने, यसलाई फरक किसिमले अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः“जसले आफ्ना भाइलाई घृणा गर्दछ, जसलाई उसले देखेको छ, उसले परमेश्वरलाई प्रेम गर्न सक्दैन, जसलाई उसले देखेको छैन” (हेर्नुहोस्ः दोहोरो नकारात्मक)
1 John 5
१ यूहन्ना ०५ सामान्य टिपोटहरू
यस अध्यायमा भएका विशेष अवधारणाहरू
परमेश्वरबाट जन्मेका छोछोरीहरू
जब मानिसहरूले येशूमा विश्वास गर्छन्, परमेश्वरले तिनीहरूलाई उहाँका छोराछोरीहरू बनाउनुहुन्छ र तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
ख्रीष्टिएन जीवन
येशूमा विश्वास गर्ने मानिसहरूले परमेश्वरका आज्ञाहरूको पालना गर्नुपर्छ र उहाँका सन्तानालाई प्रेम गर्नुपर्छ ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
मृत्यु
यस अध्यायमा जब यूहन्नाले मृत्युको विषयमा लेख्छन्, उनले शारीरिक मृत्युलाई जनाएका हुन् । (हेर्नुहोस्ः मर्नु, मृत, घातक, मृत्यु)
“सारा संसार दुष्टको शक्ति अन्तर्गत छ”
“दुष्ट” भन्ने वाक्यांशले शैतानलाई जनाउँछ । परमेश्वरले त्यसलाई संसारमाथि शासन गर्न स्वीकृति दिनुभएको छ, तर परमेश्वरले नै अन्ततः सबैकुराहरूमाथि नियन्त्रण गर्नुहुन्छ । परमेश्वरले उहाँका सन्तानलाई दुष्टबाट सुरक्षित राख्नुहुन्छ । (हेर्नुहोस्ः शैतान, दियाबलस, दुष्ट)
1 John 5:1
यूहन्नाले आफ्ना पाठकहरूलाई परमेश्वरको प्रेम र विश्वासीहरूमा हुनुपर्ने प्रेमको बारेमा सिकाउनलाई निरन्तरता दिन्छन् किनकि तिनीहरूसँग परमेश्वरबाटको यो नयाँ स्वभाव छ ।
πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται
“परमेश्वरको बालक हो”
1 John 5:2
ἐν τούτῳ γινώσκομεν ὅτι
“जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँले आज्ञा गर्नुभएअनुसार गर्छौं, तब हामी जान्दछौँ कि हामी उहाँका सन्तानलाई प्रेम गर्छौं”
1 John 5:3
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
“किनभने जब हामी उहाँले जे आज्ञा गर्हुन्छ त्यही गर्छौं, त्यो नै परमेश्वरको निम्ति साँचो प्रेम हो”
ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν
“उहाँले अह्राउनुभएको कुरा कठिन छैन”
αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν
“गह्रौँ” वा “लदाउने” वा “अप्ठेरो”
1 John 5:4
πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ
“परमेश्वरका सबै छोराछोरीहरूले जित्छन्”
νικᾷ τὸν κόσμον
“संसारमाथि विजय प्राप्त गर्छ”, वा “संसारको विरूद्धमा सफल हुन्छ”, वा “अविश्वासीहरूले गर्ने दुष्ट कुराहरू गर्न अस्वीकार गर्छ”
τὸν κόσμον
यो खण्डले संसारमा भएका सबै पापी मानिसहरू र दुष्ट व्यवस्थाहरूलाई जनाउनको लागि “संसार”को प्रयोग गर्छ । वैकल्पिक अनुवादः “संसारमा भएका सबैकुराहरू जुन परमेश्वरको विरूद्धमा छन्” (हेर्नुहोस्ः लक्षणा)
ἡ νικήσασα τὸν κόσμον
“र हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्नलाई डोहोर्याउने कुराको प्रतिकार गर्ने शक्ति दिने कुरा यही नै होः हाम्रो विश्वास” वा “र यो हाम्रो विश्वास नै हो जसले हामीलाई परमेश्वरको विरुद्धमा पाप गर्न लगाउने कुनै पनि कुराको प्रतिकार गर्ने शक्ति दिन्छ”
1 John 5:5
τίς ἐστιν δέ ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ?
आफूले सिकाउन चाहेको केही कुराको परिचय गराउनलाई यूहन्नाले यो प्रश्नको प्रयोग गरे हो । वैकल्पिक अनुवादः “संसारलाई कसले जित्छ भनेर म तिमीहरूलाई भन्नेछुः” (हेर्नुहोस्ः आलङ्कारिक प्रश्न)
νικῶν τὸν κόσμον
यसले कुनै व्यक्ति विशेषलाई जनाउँदैन तर यसलाई विश्वास गर्ने जो कोही पनि व्यक्तिलाई जनाउँछ । वैकल्पिक अनुवादः “जो कोही पनि जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ”
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:6
यूहन्नाले येशू ख्रीष्टको बारेमा र परमेश्वरले उहाँको बारेमा भन्नुभएको कुराको बारेमा सिकाउँछन् ।
οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος
“पानी र रगतद्वारा आउनुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ ।” यहाँ “पानी” भनेको सम्भवतः येशूको बप्तिस्माको लागि प्रतिस्थापन शब्द हो, र “रगत”ले क्रूसमा भएको येशूको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशूको बप्तिस्मामा र उहाँको क्रूसको मृत्युमा परमेश्वरले येशू ख्रीष्ट उहाँको पुत्र हुनुहुन्छ भनी देखाउनुभयो” (हेर्नुहोस्ः लक्षणा)
यहाँ “पानी” भनेको सम्भवतः येशूको बप्तिस्माको लागि प्रतिस्थापन शब्द हो, र “रगत”ले क्रूसमा भएको येशूको मृत्युलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू उहाँका पुत्र हुनुहुन्थ्यो भनेर परमेश्वरले उहाँको बप्तिस्माद्वारा मात्र देखाउनुभएन, तर उहाँको बप्तिस्मा र क्रूसमा भएको उहाँको मृत्युद्वारा” (हेर्नुहोस्ः लक्षणा)
1 John 5:9
ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν
परमेश्वरको भन्नुहुने कुरामा हामीले किन विश्वास गर्नुपर्दछ भन्ने बारेमा अन्तर्निहित कारणलाई अनुवादकले अझ स्पष्टसँग बताउन सक्छन्ः वैकल्पिक अनुवादः “यदि हामी मानिसहरूले भनेको कुरा विश्वास गर्छौं भने, तब परमेश्वरले भन्नुहुने कुरामा हामीले विश्वास गर्नुपर्छ, किनभने उहाँले सदैव सत्य बोल्नुहुन्छ” (हेर्नुहोस्ः ग्रहण गरिएको ज्ञान र अन्तर्निहित जानकारी)
τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν
“गवाही ग्रहण गर्नु” भन्ने वाक्पद्धतिको अर्थ अर्को व्यक्तिले उसले देखेको केही कुराको विषयमा दिएको साक्षीलाई विश्वास गर्नु भन्ने हुन्छ । भाववाचक नामपद शब्द “गवाही”लाई क्रियापद भएको वाक्यांशसँग अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले साक्षी दिएको कुरामा विश्वास गर्नु” वा “आफूहरूले देखेका कुराको विषयमा मानिसहरूले बताएको कुरालाई विश्वास गर्नु” (हेर्नुहोस्ः टुक्काहरू अनि भाववाचक नाम)
ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν
परमेश्वरको गवाही अझ बढी महत्त्वपूर्ण र बढी भरपर्दो हुन्छ
τοῦ Υἱοῦ αὐτοῦ
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:10
ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ
“जो कोही जसले येशूमा विश्वास गर्दछ, उसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी निश्चित रूपमा जान्दछ”
ψεύστην πεποίηκεν αὐτόν
“परमेश्वरलाई झूटा भनेको छ”
τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ
“किनभने परमेश्वरले उहाँको पुत्रको बारेमा सत्यता बताउनुभएको छ भनेर उसले विश्वास गरेको छैन”
1 John 5:11
αὕτη ἐστὶν ἡ μαρτυρία
“परमेश्वरले यसो भन्नुहुन्छ”
ζωὴν αἰώνιον
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । तपाईंले यसलाई १ यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः भाववाचक नाम)
ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν
“यो जीवन चाहिँ उहाँको पुत्र मार्फत हो” वा “यदि हामी उहाँको पुत्रमा सहभागी भयौँ भने हामी सदासर्वदा जिउँनेछौँ” वा “यदि हामी उहाँको पुत्रसँग एकीकृत भयौँ भने हामी सदासर्वदा जिउँनेछौँ”
τῷ Υἱῷ
यो येशू, परमेश्वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:12
ὁ ἔχων τὸν Υἱὸν, ἔχει τὴν ζωήν; ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει
पुत्रसँग नजिकको सम्बन्धमा हुने कुरालाई पुत्र त्यस व्यक्तिसँग हुनुभएको जसरी बताइएको छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । जसले परमेश्वरको पुत्रमा विश्वास गर्दैन, त्यससँग अनन्त जीवन हुँदैन” (हेर्नुहोस्ः रूपक)
1 John 5:13
यसले यूहन्नाको पत्रको अन्त्यलाई सुरू गर्छ । उनले आफ्ना पाठकहरूलाई उनको पत्रको अन्तिम उद्देश्य बताउँछन् र तिनीहरूलाई केही आखिरी शिक्षाहरू दिन्छन् ।
ταῦτα
“यो पत्र”
τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ
यहाँ “नाउँ” भनेको परमेश्वरका पुत्रको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई जसले परमेश्वरको पुत्रमा विश्वास गर्छौ” (हेर्नुहोस्ः लक्षणा)
τοῦ Υἱοῦ τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
1 John 5:14
αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν
भाववाचक नाउँ “दृढता”लाई “ढुक्क” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी परमेश्वरको उपस्थितिमा ढुक्क छौँ किनभने हामी जान्दछौँ कि” (हेर्नुहोस्ः भाववाचक नाम)
ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ
“यदि हामी परमेश्वरले इच्छा गर्नुहुने थोकहरूको लागि माग्छौँ भने”
1 John 5:15
οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ’ αὐτοῦ
“हामी जान्दछौँ कि हामीले त्यो कुरा प्राप्त गर्नेछौँ जसको लागि हामीले परमेश्वरसँग मागेका छौँ”
1 John 5:16
τὸν ἀδελφὸν αὐτοῦ
“सङ्गी विश्वासी”
δώσει αὐτῷ ζωήν
यस पत्रभर प्रयोग भएको “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी रहेको कुरालाई जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । तपाईंले यसलाई १ यूहन्ना १:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः भाववाचक नाम)
ἔστιν ἁμαρτία πρὸς θάνατον; οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ
यसले परमेश्वरको उपस्थितिबाट अलग भएर बिताउनुपर्ने अनन्तता, अर्थात अनन्त मृत्युलाई जनाउँछ ।
1 John 5:18
विश्वासीहरूको पाप गर्न नसक्ने नयाँ स्वभावको बारेमा आफूले भनेका कुराहरूलाई समीक्षा गर्दै यूहन्नाले आफ्नो पत्रलाई समापन गर्छन् र तिनीहरूलाई मूर्तिहरूबाट आफूहरूलाई अलग राख्नलाई याद दिलाउँछन् ।
ὁ πονηρὸς
“दुष्ट” शब्दले शैतान, दियाबलसलाई जनाउँछ ।
1 John 5:19
ἐν τῷ πονηρῷ κεῖται
कसैको शक्तिको अन्तर्गतमा पर्ने कुराले त्यसद्वारा नियन्त्रित हुने वा शासित हुने कुराको प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “सारा संसार त्यस दुष्टद्वारा नियन्त्रित छ” (हेर्नुहोस्ः रूपक)
ὁ κόσμος ὅλος
यहाँ “संसार” भनेको एउटा तरिका हो जसमा केही बाइबलका लेखकहरूले परमेश्वरसँग विद्रोहमा रहेर संसारमा जिइरहेका मानिसहरूलाई र जनाउँछन् र पापको भ्रष्ट बनाउने शक्तिद्वारा हर किसिमले प्रभावित बनेको संसारको व्यवस्थालाई पनि जनाउँछन् । (हेर्नुहोस्ः लक्षणा)
1 John 5:20
ὁ Υἱὸς τοῦ Θεοῦ
यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः पुत्र र पिताको अनुवाद)
δέδωκεν ἡμῖν διάνοιαν
“हामीलाई सत्यतालाई बुझ्नका निमित्त सक्षम तुल्याउनुभएको छ”
ἐσμὲν ἐν τῷ Ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ
“कसैमा” हुने कुराले त्यस व्यक्तिसँग घनिष्ठ सम्बन्ध राख्ने कुराको प्रतिनिधित्व गर्दछ, जुन भनेको उससँग एकीकृत हुनु वा उसको हुनु हो । “उहाँ जो सत्य हुनुहुन्छ” भन्ने वाक्यांशले साँचो परमेश्वरलाई जनाउँछ, र “उहाँको पुत्र येशू ख्रीष्टमा” भन्ने वाक्यांशले हामी कसरी जो सत्य हुनुहुन्छ उहाँमा छौँ भन्ने कुरालाई व्याख्या गर्छ । वैकल्पिक अनुवादः “हामी उहाँको पुत्र येशू ख्रीष्टसँग एकीकृत भएर उहाँ जो सत्य हुनुहुन्छ उहाँसँग एकीकृत भएका छौँ” (हेर्नुहोस्ः रूपक)
τὸν Ἀληθινόν…τῷ Ἀληθινῷ
“सत्य जन” वा “साँचो परमेश्वर”
οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς
सम्भावित अर्थहरू हुन् १) “उहाँ चाहिँ”ले येशू ख्रीष्टलाई जनाउँछ, वा २) “उहाँ चाहिँ” एक साँचो परमेश्वरलाई जनाउँछ ।
ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος
उहाँलाई “अनन्त जीवन” भनिन्छ किनभने उहाँले हामिलाई अनन्त जीवन दिनुहुन्छ । वैकल्पिक अनुवादः “र उहाँ जसले अनन्त जीवन दिनुहुन्छ” (हेर्नुहोस्ः लक्षणा)
1 John 5:21
τεκνία
यूहन्ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानहरू जस्तै प्रिय छौ” (हेर्नुहोस्ः रूपक)
φυλάξατε ἑαυτὰ
“मूर्तिहरूबाट टाढै रहो” वा “मूर्तिहरूको पूजा नगर”