Jude
Jude front
यहूदाको परिचय
भाग १: सामान्य परिचय
यहूदाको पुस्तकको रूपरेखा
- परिचय (१:१-२
- झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी (1:३-४)
- पुरानो करारका उदाहरणहरू (१:५-१६)
- उचित प्रतिक्रिया (१:१७-२३)
- परमेश्वरलाई प्रशंसाहरू (१:२४-२५)
यहूदाको पुस्तक कसले लेखे ?
लेखकले आफैँलाई याकूबका भाइ यहूदाको रूपमा परिचय गराए । यहूदा र याकूब दुवै येशूका अर्ध-भाइहरू थिए । यो कुनै खास मण्डलीको लागि थियो वा के थियो भनेर जानिएको छैन ।
यहूदाको पुस्तक केको बारेमा हो ?
यस पत्रको उद्देश्य भनेको विश्वासीहरूलाई झूटा शिक्षकहरूको विरुद्धमा चेतावनी दिनु हो । यहूदाले उनका तर्कहरूलाई समर्थन प्रदान गर्नलाई पुरानो करारका विवरणहरूलाई उल्लेख गर्छन् । यसकारण, लेखकले यहूदी ख्रीष्टिएन श्रोताहरूलाई लेखिरहेका हुन सक्छन् । यस पत्रमा स्वर्गदूतहरू, दुष्टताको चिन्हस्वरूप सदोम र गमोरा, झूटा शिक्षकहरूको विरुद्धमा चेतावनीहरू जस्ता अवधारणाहरू २ पत्रुसमा भएको जस्तै छ । यहूदाले यो पत्र झूटा शिक्षकहरूको विषयमा विश्वासीहरूलाई चेतावनी दिनलाई लेखे । यहूदाले धेरैपटक पुरानो करारलाई उल्लेख गरे । यसले सुझाव दिन सक्छ कि यहूदाले यो पत्र यहूदी ख्रीष्टिएन पाठकहरूलाई लेखिरहेका थिए । यो पत्र र २ पत्रुसमा भएका खण्डहरू समान तवरका छन् । तिनीहरू दुवैले स्वर्गदूतहरू, सदोम र गमोरा, र झूटा शिक्षकहरूको विषयमा कुरा गर्छन् ।
यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?
अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “यहूदा” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “यहूदाबाटको पत्र” वा “यहूदाले लेखेको पत्र” । (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू
यहूदाले कुन मानिसहरूको विरुद्धमा बोलेका थिए ?
यो सम्भव छ कि यहूदाले ती मानिसहरूको विरुद्धमा बोलेका थिए जसलाई पछि गएर “नोस्टिकहरू” भनेर चिनिने थियो । यी शिक्षकहरूले तिनीहरूको आफ्नै फाइदाको निमित्त धर्मशास्त्रको शिक्षाहरूलाई बङ्गाए । तिनीहरू अनैतिक तवरले जिउँथे र अरूहरूलाई पनि त्यसै गर्न सिकाउँथे ।
Jude 1
Jude 1:1
Ἰούδας
यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् । यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ । (हेर्नुहोस्ः तिमीका रूपहरू)
Ἰούδας
यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ” (हेर्नुहोस्ः नाउँहरूको अनुवाद कसरी गर्ने)
ἀδελφὸς…Ἰακώβου
याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।
Jude 1:2
ἔλεος ὑμῖν, καὶ εἰρήνη, καὶ ἀγάπη πληθυνθείη
“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । भाववाचक नामपद शब्दहरू जस्तै “दया”, “शान्ति”, र “प्रेम”लाई हटाउनको लागि यसलाई फरक भनाइमा पुनः बताउन सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वर तिमीहरूप्रति दयालु भइरहनुभएको होस् ताकि तिमीहरू शान्तिपूर्ण ढङ्गले जिउन सक र एक अर्कालाई अझै बढी र अझै बढी प्रेम गर्न सक” (हेर्नुहोस्ः भाववाचक नाम)
Jude 1:3
ἡμῶν
यस पत्रमा प्रयोग भएको शब्द “हामी” ले यहूदा र विश्वासी दुवैलाई जनाउँछ । (हेर्नुहोस्ः समावेशी “हामी”)
πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν
यहूदाले यस पत्र लेख्नुका कारणहरू विश्वासीहरूलाई बताउँछन् ।
περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας
“हामी सबैको एउटै मुक्ति”
ἀνάγκην ἔσχον γράψαι
“मैले यो लेख्नुको ठूलो आवश्यकता महसुस गरेँ” वा “मैले यो लेख्नु अत्यावश्यक भएको महसुस गरेँ”
παρακαλῶν ἐπαγωνίζεσθαι τῇ…πίστει
“साँचो शिक्षाको सुरक्षा गर्नको निम्ति तिमीहरूलाई उत्साह दिनलाई”
ἅπαξ
“अन्ततः र पूर्णरूपमा”
Jude 1:4
παρεισέδυσαν γάρ τινες ἄνθρωποι
“किनकि केही मानिसहरूले आफूपहरूप्रति ध्यानाकर्षण नगराईकन नै तिनीहरू विश्वासीहरूका माझमा आएका छन्”
οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα
यसलाई कर्तृवाच्यमा पनि उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरू जसलाई परमेश्वरले दण्ड दिनको निम्ति चुन्नुभयो” (हेर्नुहोस्ः कर्तृवाच्य र कर्मवाच्य)
τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν
परमेश्वरको अनुग्रहलाई यस्तो वस्तुको रूपमा उल्लेख गरिएको छ जसलाई कुनै खराब कुरामा परिणत गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसले परमेश्वरको अनुग्रहले मानिसलाई व्यभिचारमा लागिरहन अनुमति दिन्छ भनेर सिकाउँछन्” (हेर्नुहोस्ः रूपक)
τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν, ἀρνούμενοι
सम्भावित अर्थहरू हुन् १) उहाँ परमेश्वर हुनुहुन्न भनेर तिनीहरूले सिकाउँछन् वा २) यी मानिसहरूले येशू ख्रीष्टको आज्ञा मान्दैनन् ।
Jude 1:5
πάντα
प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।
λαὸν ἐκ γῆς Αἰγύπτου σώσας
“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”
Jude 1:6
τὴν ἑαυτῶν ἀρχὴν
“परमेश्वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”
δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν
“परमेश्वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”
ὑπὸ ζόφον
यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “नरकमा घोर अन्धकारमा” (हेर्नुहोस्ः लक्षणा)
μεγάλης ἡμέρας
परमेश्वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन
Jude 1:7
Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις
यहाँ शब्द “सहरहरू”ले त्यहाँ बस्ने मानिसहरूलाई जनाउँछ ।(हेर्नुहोस्ः लक्षणा)
τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι
सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।
πρόκεινται δεῖγμα
सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।
Jude 1:8
οὗτοι ἐνυπνιαζόμενοι
ती मानिसहरू जसले परमेश्वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए
σάρκα μὲν μιαίνουσιν
यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः रूपक)
“अपमानजनक कुराहरू बोल्नु”
δόξας
यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।
Jude 1:9
बालाम एक अगमवक्ता थियो जसले एक शत्रुको निम्ति इस्राएललाई सराप्न इन्कार गर्यो, तर पछि मानिसहरूलाई, विश्वास नगर्नेहरूसँग विवाह गर्न लगाउन र मूर्तिपूजकहरू बनाउन त्यस शत्रुलाई सिकायो । कोरह त्यो व्यक्ति थियो जसले मोशाको अगुवापन र हारूनको पूजाहारीगिरीको विरुद्धमा विद्रोह गर्यो ।
κρίσιν ἐπενεγκεῖν βλασφημίας
“आफैँलाई नियन्त्रण गरे । तिनले ल्याएनन्” वा “ल्याउने इच्छा गरेनन्”
“खराब बोलीको इन्साफ” वा “खराब इन्साफ”
κρίσιν ἐπενεγκεῖν βλασφημίας
“ ... बारेमा दुष्ट, असत्य कुराहरू भन्नु”
Jude 1:10
οὗτοι
ईश्वरहीन मानिसहरू
ὅσα…οὐκ οἴδασιν
“ती सबै कुराहरू जसको अर्थ तिनीहरूलाई थाहै छैन ।” सम्भावित अर्थहरू हुन् १) “ती सबै असल कुराहरू जुन तिनीहरूले बुझ्दैनन्” वा २) “ती महिमितहरू, जसलाई तिनीहरूले बुझ्दैनन्” (यहूदा १:८ ।
Jude 1:11
τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν
यहाँ “मार्गमा हिँडे” भनेको “उही तरिकाले जिए” भन्ने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कयिनको जिएकै तरिकाले जिए” (हेर्नुहोस्ः रूपक)
Jude 1:12
ईश्वरहीन मानिसहरूका विषयमा बयान गर्न यहूदाले लगातार केही अलङ्कारहरूलाई प्रयोग गर्दछन् । विश्वासीहरूले आफ्ना माझमा यस्ता मानिसहरूलाई कसरी चिन्न सक्छन् भनी उनले तिनीहरूलाई भन्छन् ।
οὗτοί
यहाँ “यिनीहरू” शब्दले यहूदा १:४ मा उल्लिखित “ईश्वरहीन मानिसहरूलाई” जनाउँछ ।
σπιλάδες
यसले समुद्रको पानीको सतहको नजिक रहेका ठूला चट्टानहरूलाई जनाउँछ । डुङ्गा चलाउनेहरूले ती चट्टानहरूलाई देख्न सक्दैनन्, यसैकारणले ती धेरै खतरनाक हुन्छन् । डुङ्गाहरू यस चट्टानमा ठोक्किए भने, ती सजिलैसोत ध्वस्त हुन सक्छन् । (हेर्नुहोस्ः रूपक)
δὶς ἀποθανόντα ἐκριζωθέντα
कसैले जराहरूसितै उखेलेको रूख मृत्युको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः रूपक)
ἐκριζωθέντα
जसरी रूखहरूलाई तिनीहरूका जराहरूसँगै जमिनबाट बाहिर उखेलिन्छ, त्यसरी नै ईश्वरहीन मानिसहरू परमेश्वरबाट अलग गरिएका छन्, जो जीवनको स्रोत हुनुहुन्छ । (हेर्नुहोस्ः रूपक)
Jude 1:13
κύματα ἄγρια θαλάσσης
जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्वरहीन मानिसहरू सजिलैसित विभिन्न दिशाहरूमा बहकाइन्छन् । (हेर्नुहोस्ः रूपक)
ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας
जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन्” (हेर्नुहोस्ः रूपक)
ἀστέρες πλανῆται
प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “तिनीहरू हिँडिरहने ताराहरू जस्तै हुन्” (हेर्नुहोस्ः रूपक)
οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται
यहाँ “अन्धकार” भनेको एउटा प्रतिस्थापन शब्द हो जसले मृतकहरूको स्थान वा नरकलाई प्रतिनिधित्व गर्दछ । यहाँ “घोर अन्धकार” भनेको एउटा वाक्पद्धति हो जसको अर्थ “धेरै अँध्यारो” भन्ने हुन्छ । “साँचिएको छ” भन्ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र परमेश्वरले तिनीहरूलाई नरकको नैराश्यता र अन्धकारमा सदाको लागि राख्नुहुनेछ” (हेर्नुहोस्ः लक्षणा अनि टुक्काहरू अनि कर्तृवाच्य र कर्मवाच्य)
Jude 1:14
ἕβδομος ἀπὸ Ἀδὰμ
यदि आदमलाई मानिव-जातिको पहिलो पुस्ता भनेर मानियो भने, हनोकचाहिँ सातौँ पुस्ताका हुन् । यदि आदमको छोरालाई पहिलो मानियो भने, हनोकचाहिँ छैटौँ हुन्छन् ।
ἰδοὺ
“सुन” वा “मैले अब भन्न गइरहेको यस महत्त्वपूर्ण कुरामाथि ध्यान लगाओ”
Jude 1:15
ποιῆσαι κρίσιν κατὰ
“... माथि न्याय गर्न” वा “न्याय गर्न”
Jude 1:16
οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι
ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ईश्वरीय अधिकारको विरुद्धमा बोल्दछन् । ती मानिसहरू जसले आज्ञाको पालना गर्न चाहँदैनन् र ईश्वरीय अधिकारको विरुद्धमा बोल्दछन् । “गनगन गर्नेहरू” मन्द रूपमा बोल्दछन्, तर “गुनासो गर्नेहरू” खुला रूपमा बोल्दछन् ।
λαλεῖ ὑπέρογκα
अरू मानिसहरूले सुनून् भनेर आफ्नै प्रशंसा गर्ने मानिसहरू ।
θαυμάζοντες πρόσωπα
“अरूहरूको झुटो प्रशंसा गर्दछन्”
Jude 1:18
κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
यी मानिसहरूका विषयमा यसरी बोलिएको छ, कि तिनीहरूका इच्छाहरू राजाहरू झैँ हुन् जसले तिनीहरूमाथि शासन गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूले अभिलाषा गरेका दुष्ट कुराहरूलाई तिनीहरूले निरन्तर रूपमा गरेर परमेश्वरको अनादर गर्ने कामलाई कहिल्यै पनि अन्त गर्न सक्दैनन्” (हेर्नुहोस्ः रूपक)
κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
ईश्वरहीन अभिलाषाहरूलाई कुनै व्यक्तिले पछ्याउने बाटो भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः रूपक)
Jude 1:19
οὗτοί
“यो यिनै गिल्ला गर्नेहरू हुन्” वा “यी गिल्ला गर्नेहरू ती व्यक्तिहरू हुन्”
ψυχικοί
अरू ईश्वरहीन मानिसहरूले विचार गरेजस्तै गरी विचार गर्दछन्, विश्वास नगर्ने मानिसहरूले मूल्यवान् ठान्ने कुराहरूलाई तिनीहरू पनि मूल्यवान् ठान्दछन् (हेर्नुहोस्ः रूपक)
Πνεῦμα μὴ ἔχοντες
पवित्र आत्माको विषयमा यसरी बोलिएको छ, कि उहाँ कुनै यस्तो वस्तु हुनुहुन्छ जसलाई मानिसहरूले प्राप्त गर्न सक्छन् । वैकल्पिक अनुवादः “आत्मा तिनीहरूभित्र हुनुहुन्न”
Jude 1:20
विश्वासीहरू कसरी जिउनुपर्छ र विश्वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।
ἀγαπητοί
“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”
ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει
परमेश्वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः रूपक)
Jude 1:21
ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε
परमेश्वरको प्रेमलाई स्वीकार्नको निम्ति सक्षम रहनु भन्ने कुरालाई कोही एक जनाले आफैँलाई कुनै ठाउँमा राखेको झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः रूपक)
προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν
“ ... को निम्ति उत्सुक भएर प्रतिक्षा गर”
τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ
यहाँ “कृपा” शब्दले येशू ख्रीष्ट आफैँलाई जनाउँछ, जसले विश्वासीहरूलाई अनन्तको लागि उहाँसँगै बस्ने बनाउनुभएर आफ्नो कृपा तिनीहरूलाई देखाउनुहुन्छ । (हेर्नुहोस्ः लक्षणा)
Jude 1:22
οὓς…διακρινομένους
“जसले येशू परमेश्वर हुनुहुन्छ भनेर अझै विश्वास गर्दैनन्”
Jude 1:23
ἐκ πυρὸς ἁρπάζοντες
यो मानिसहरूलाई आगोबाट जल्नुभन्दा अगाडि बाहिर तानेर निकाल्दै गरेको चित्रण हो । वैकल्पिक अनुवादः “ख्रीष्टबाट अलग भएर मर्नबाट तिनीहरूलाई बचाउनलाई तिनीहरूका निम्ति जे गर्न आवश्यक छ त्यो गर्नु । यो तिनीहरूलाई आगोबाट तानेर निकालेको जस्तै हो” (हेर्नुहोस्ः रूपक)
ἐλεᾶτε
“अरूहरूप्रति दयालु होओ, तर तिनीहरूले गरेजस्तो गरी पाप गर्न डराओ”
μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα
तिनीहरू पनि ती पापीहरू जस्तै हुन सक्छन् भनेर यहूदाले उनका पाठकहरूलाई चेतावनी दिनको निमित्त अतिरञ्जित गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले तिनीहरूका वस्त्रहरू छोयौ मात्र भने पनि तिमीहरू पापको दोषी हुन्छौ भने जस्तो गरी तिनीहरूसँग व्यवहार गर” (हेर्नुहोस्ः अतिशयोक्ति र सामान्यीकरण)
Jude 1:24
τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους
यहूदाले आशिष्द्वारा अन्त्य गर्दछन् ।
στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ
उहाँको महिमा तेजस्वी प्रकाश हो जसले उहाँको महानताको प्रतिनिधित्व गर्दछ । वैकल्पिक अनुवादः “र तिमीहरूलाई उहाँको महिमाको आनन्द लिन र आराधना गर्न अनुमति दिन” (हेर्नुहोस्ः रूपक)
ἐν ἀγαλλιάσει
यहाँ पापलाई कुनै व्यक्तिको शरीरमा भएको फोहोर वा त्रुटी भए झैँ गरी बोलिएको छ । वैकल्पिक अनुवादः “महिमामय उपस्थिति, जहाँ तिमीहरू पापरहित हुनेछौ र ... ” (हेर्नुहोस्ः रूपक)
Jude 1:25
μόνῳ Θεῷ Σωτῆρι ἡμῶν
“केवल एक मात्र परमेश्वरलाई, जसले येशू ख्रीष्टले हाम्रा निम्ति गर्नुभएका कुराहरूद्वारा हामीलाई बचाउनुभयो ।” यसले यो कुरालाई जोड दिन्छ कि परमेश्वर पिता र पुत्र, दुवै नै मुक्तिदाता हुनुहुन्छ ।
μόνῳ Θεῷ…δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία
सबै कुराहरूमा परमेश्वरको महिमा, पूर्ण प्रभुत्व र नियन्त्रण पहिलेदेखि थियो, अहिले छ, र सधैँ रहिरहनेछ ।